गृहपृष्ठ खबर छाडा चौपायाको दिगो व्यवस्थापन गर्छु : मुख्यमन्त्री चौधरी

छाडा चौपायाको दिगो व्यवस्थापन गर्छु : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले छाडा चौपाया दिगो व्यवस्थापन गरीने बताउनु भएको छ । लुम्बिनी प्रदेश छाडा चौपाया व्यवस्थापनका लागि विकास समिति बनाई अघी बढने मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन मुख्यमन्त्री चौधरीले विकास समितिले छाडा चौपायाको समस्या समाधान गर्ने बताउनुभयो । मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश स्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका १ सय ९ वटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापन गरीने जानकारी दिनुभयो ।

अहिले छाडा गाई सबैभन्दा बढी समस्या भएको हुदाँ गाईलाई उत्पादनसगँ जोडेर अघी बढ्नेको मुख्यमन्त्री चौधरीले बताउनुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, “छाडा चौपाया व्यवस्थापनका लागि एक विज्ञ समुह बनाई यही महिना भित्रै व्यवस्थापन कार्य सुरु गरिनेछ ।”
सोही कार्यक्रमम बोल्दै प्रदेश सभा सदस्य तथा पुर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले छाडा चौपाया व्यवस्थापनका लागि प्रदेशले छिटै योजनाका साथ काम गर्ने बताउनुभयो । जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्यचुनौतीको रुपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीर भएर लाग्ने जानकारी दिनुभयो ।

जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन गरेको बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुदाँ यो समस्या तत्काल समाधान गरिनु पर्ने धारण राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले छाडा चौपाया गाईलाई कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको तिनघरवा जंगलमा तारबार गरी राख्नु पर्ने सुझाव दिएका छन । छाडा चौपाया व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा जिल्लाका दशैवटा पालिकाका जनप्रतिनिधीहरु, वन कार्यालयको प्रतिनिधी, पत्रकारको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार