वैखरी अनलाइन, कपिलवस्तु ।
नेपाली कागे्रस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले सूरुवात गरेको पालिका संवाद कार्यक्रम शुक्रबारदेखी कपिलबस्तुमा सुरू भएको छ ।
कपिलबस्तु स्थित बुद्धभुमी र महराजगन्ज नगरपालिकामा भएको कार्यक्रममा लुम्बिनि प्रदेश सभापति अमरसिंह पुनले स्थानीय स्तरमा एवं जनताका समस्या र सरकार तथा पार्टिको गतिविधी बारे तल्लो तहका कार्यक्रता सम्म लैजानको लागि संवाद आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रदेश महामन्त्री तथा पुर्वमन्त्री सुरेन्द्र राज आचार्य, पूर्व केन्द्रीय सदस्य अत्तहर कमल मुसलमान , जिल्ला सभापति अब्दुल कलाम , प्रदेश सदस्य रवि ठाकुर , जिल्ला उपसभापति रजतराज आर्चाय, जिल्ला सचिव शक्ति सिंह ठकुरी, प्रेम बहादुर रायमाझि ,सह सचिव ओजी अरसद , नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ का क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठ लगायत सो अवसरमा आआफनो धारणा राखेका थिए ।
नेपाली कांग्रेस लुम्बिनि प्रदेशले जिल्लाका १० वटै पालिकामा संवाद कार्यक्रम गर्ने आयोजना बनाएको छ ।