गृहपृष्ठ खबर निगमको आज र भोलिका दोहा उडान रद्द

निगमको आज र भोलिका दोहा उडान रद्द

नेपाल वायुसेवा निगमले कतारका लागि तय आज र भोलिका दुवै उडान रद्द गरेको छ।

पश्चिम एसियामा सातायता अमेरिका–इजरायल र इरानबीचको युद्धले पछिल्लो समय निगमले दोहा उडान रद्द गर्दै आएको छ।

सोही सिलसिलामा बिहीबार र शुक्रबारका उडान रद्द गरिएको निगमले जनाएको छ।

निगमले यात्रुलाई पर्न गएको असुविधामा क्षमा मागेको छ।

साथै निगमले दुबई, दोहा र दमामका आगामी उडानबारे सूचना लिएर मात्रै विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ।

अत्यावश्यक सूचनाका लागि ९८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

सम्बन्धित् समाचार