गृहपृष्ठ खबर कपिलवस्तुमा मास्क नलगाउनेलाई सडकमा रोकि पाठ पढाउँदै प्रहरी (फोटो फिचर)

कपिलवस्तुमा मास्क नलगाउनेलाई सडकमा रोकि पाठ पढाउँदै प्रहरी (फोटो फिचर)

कपिलवस्तुमा सर्वसाधारणहरु मास्क नलगाई हिँडिरहेका छन्। प्रहरीले सम्झाउँदा पनि अटेर गरेर हिँडिरहेकाहरु सरकारले जारी गरेको निर्देशनको अटेर त गरेकै छन् कोभिड १९ को जोखिम पनि बढाएका छन्। ईलाका प्रहरी कार्यलय पिपराबाट खटिएको टोली विहिबार सडकमा विना मास्क आवतजावत गर्ने सर्वसाधरणलाई सम्झाई बुझाई गरि मास्क लगाउन अनिवार्य गरेको छ ।

सडकमा मास्क नलगाई हिडनेलाई प्रहरीले रोकि केही समय होल्ड समेत गर्ने गरेको छ । प्रहरीले सबै सर्वसाधरणलाई कोरोनाको संक्रमणको जोखिमलाई ध्यानमा न्युन्तम स्वास्थ्यका उपायहरु पालना गर्न आग्रह समेत गरेको छ ।


मास्क नलगाई घरबाट निस्किएको पाईए कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यलय कपिलवस्तुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ सोही निर्देशन अनुसार विहिबार प्रहरीले टोली कपिलवस्तुको वाणगंगामा पनि संक्रियता देखाएको हो ।

सम्बन्धित् समाचार