
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १३ का वडा अध्यक्षले सुचना लुकाएर आफनै श्रीमतिलाई जागिर खुवाएको खुलासा भएको छ । वडा नः १३ का वडा अध्यक्ष दुर्गा बिसिले आफनै श्रीमतिलाई बिद्यालयमा जागिर खुवाउन बिद्यालय सगं मिलेर सूचना लुकाएका हुन् ।
वडा नः १३ मा रहेको श्री बुद्ध आधारभुत बिद्यालयमा नेपाली बिषयका लागी राहात कोटामा आवेदन गरिएको सुचना गुपचुप गरी आफ्नै श्रीमतिलाई जागिर खुवाएपछि अहिले चौतर्फि बिरोध भईरहेको छ । लकडाउनको समयमा वडा अध्यक्षको आग्रहमा बिज्ञापन निकाल्दै त्यसलाई लुकाएर एकलौटी रुपमा नतिजा समेत प्रकाशन गरी सकेका छन ।
अच्चमको बिषय त के छ भने उक्त सूचना लुकाइएका कारण वडा अध्यक्ष बिसिकी श्रीमति मात्र परिक्षामा सहभागि भएकी थिइन । शिक्षा नियमानुसार एक जना मात्रै सहभागि भएको खण्डमा पुनः सूचना निकाल्नु पर्ने प्रावधान रहेको छ ।
यस बिषयमा बिद्यालयका प्रअ संग बुझ्न खोज्दा आवाज बुझीएन, साझ बिहान कुरा गर्ने भन्दै टारेको छन । यसरि सूचना लुकाउनमा स्वयम प्रअ आफै पनि मिलेको बुझिएको छ । उता वडा अध्यक्ष दुर्गा बिसिले सबै ठाउमा सूचना राखीएको र शिक्षा नियमावली अनुसारनै परिक्षा भएको बताएका छन । जहा ४ जनाले परिक्षा दिएको समेत उनी बताउछन , तर साउन २० गते १५ दिने निकालिएको सूचना वडा कार्यलय र बिद्यालयमा नटासिएको स्थानियहरु बताउछन ।
लकडाउनका कारण छ महिना देखि बन्द रहेको बिद्यालयमा वडा अध्यक्षको श्रिमतिलाई जागिर खुवाउने बाहनामा सूचना निकाल्नुनै गलत रहेको सरोकारवालाहरु बताउछन् ।









