गृहपृष्ठ खबर नवलपरासीको सुनवलमा कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु

नवलपरासीको सुनवलमा कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु

प्रकाशित मिति:

मंसिर २७

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरा स्थित सुन्दर बस्तीमा गएराति कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुनवलले दिएको जानकारी अनुसार पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा १३ च ७४८८ नम्बरको कारले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवल नगरपालिका १३ सन्तपुर बस्ने २८ बर्षिय रमेश शाहीको उपचारको क्रममा सिटी अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बलराम गिरीले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार