गृहपृष्ठ खबर नवलपरासीको सुनवलमा कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु

नवलपरासीको सुनवलमा कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु

मंसिर २७

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरा स्थित सुन्दर बस्तीमा गएराति कारले साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुनवलले दिएको जानकारी अनुसार पुर्व बाट पश्चिम तर्फ जादै गरेको बा १३ च ७४८८ नम्बरको कारले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवल नगरपालिका १३ सन्तपुर बस्ने २८ बर्षिय रमेश शाहीको उपचारको क्रममा सिटी अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बलराम गिरीले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार