गृहपृष्ठ खबर गोरूसिङ्गे–सन्धिखर्क सडक तीन दिनदेखि अवरुद्ध, अझै सञ्चालनमा आउन सकेन्

गोरूसिङ्गे–सन्धिखर्क सडक तीन दिनदेखि अवरुद्ध, अझै सञ्चालनमा आउन सकेन्

प्रकाशित मिति:

पहिरो अवरुद्ध गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड तीन दिनदेखि अझै सञ्चालनमा आउन सकेको छैन। लगातार परेको अविरल वर्षाका कारण सडक खण्डको करिब तीन दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक सञ्चालनमा ल्याउन कठिन भएको हो।

शनिबार सीतापुर राजुबाँस नजिकै गएको पहिरो हटाए पनि सुपादेउराली अगाडि खाँचीखोलाको उकालोमा करिब डेढ सय मिटर माथिबाट चट्टानसहित खसेको पहिरो हटाउन स्काभेटर प्रयोग गरिए पनि सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला सशस्त्र प्रहरी प्रमुख माधव रेग्मीले बताए। पहिरो सोमबार बिहान पनि थपिएकाले हटाउन केही दिन दिन लाग्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए।

अर्घाखाँची प्रवेश गर्ने मुख्य सडक नै लामो समयदेखि अवरुद्ध भएपछि सामान ढुवानी गर्न, मानिस आवतजावत गर्न ठप्प भएको छ। सडक अवरुद्ध हुँदा अन्य जिल्लामा उपचार गर्न जानुपर्ने बिरामीले सास्ती खेप्नु परेको छ।

सम्बन्धित् समाचार