विश्वको भूराजनीतिमा नेपाल
विगतको नेपालको जनयुद्ध भनिएको दशबर्षे गृहयुद्धलाई भारतले नेपालमा अस्थिरता ल्याउन, अमञ्चयनमा खलल पुर्याउन, संघीयताको नाममा देशलाई वर्गीकरण गर्न, जातियताको नाममा सामाजिक साम्प्रदायिकता बिथोल्न प्रयोग गरेको रहेछ भनेर दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरू (गागा) मा भर्खर स्थापित बिओपी ले देखाएको छ । छारुङ्गमा सशस्त्रयुद्ध अघि सुरक्षा चेकपोस्ट थियो भनेर अहिले पनि पढ्न पाइन्छ । संकटकालमा सुरक्षाको कारण पोस्ट हटेको रहेछ । त्यसैको मौका छोपेर भारतले सो स्थानको एक्सरे गर्यो, योजना बनायो । शान्ति सम्झौताको नाममा दिल्लीमा १२ बुँदे सम्झौता भए लगत्तै उत्तर भारतिय राज्य उत्तराखण्डको धार्चुला जिल्लको सदरमुकाम पिथौरागढबाट चीन प्रशासित तिब्बतको मानसरोवर जोड्ने रोड लिङ्क लञ्च गरियो । यस सडकको महत्त्व बारे मैले पछिल्लो लेखमा प्रकाश पारेको छु ।
अमेरिका विश्व महाशक्ति भएका कारण भारतले शुरु गराएको सशस्त्रयुद्धमा अमेरिकी स्वार्थ संलग्न गराउन अनिवार्य थियो । उपयुक्त समयमा अमेरिकाको स्वार्थ पूरा गरिने आश्वासन भारतले दिएपछि जनयुद्ध शुरु भएको हुनुपर्छ । त्यो उपयुक्त स्वार्थ र समय भनेको ‘धार्मिक निरपेक्षता’ थियो । यसर्थमा विगतको नेपालको सशस्त्रयुद्ध इन्डो-अमेरिकी रणनीतिको प्रारूप थियो बुझ्नुपर्दछ । अमेरिका र सिङ्गो पश्चिम, विश्वका सबै धर्म नासेर कृश्चियन मात्रै बाँकी राख्नुपर्छ भनेर सोच्छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । अफ्रिकाका कैयन प्रकृति पुजक (नेपालका राउटे जस्ता) लाई विभिन्न बहानामा कृश्चियन धर्म अनुशरण गर्न लगाएर ती मौलिक धर्म सिद्ध्यइएको छ । त्यहाँका ४० भन्दा बढी धर्म र संस्कृति पूर्णरूपमा सिद्ध्याइएको छ ।
पृथ्वीनारायण शाहको पालामा धर्म प्रचारार्थ काठमाण्डौ छिरेका पादरीलाई शाहले नेटो कटाएपछी (केहीले पादरीलाई शाहले काटेको भनेतापनी उनीहरूलाई देश निकाला मात्रै गरिएको इतिहासकारहरूको भनाइ छ ) पश्चिमीहरू पृथ्वीनारायणलाई अत्यन्तै घृणा गर्छन् । जसकारण उनलाई गलाउन अंग्रेजले सकेको गर्यो – केही गर्न नसकेपछि भित्रैका मान्छेलाई दलाल बनाउन शुरु गर्यो । बुलेटले नसकेको काम ब्यालेटले गर्यो ।
पृथ्वीनारायण ज्यूँदै हुँदा नेपाल तिर हेर्न डराउनेहरू अचेल उनको मुर्ती फुटाल्ने भएका छन् । उनको नाम लेखेर त्यसमा थुक्ने भएका छन् । यसको प्रमुख कारण नै अङ्ग्रेजको स्वार्थ पूरा हुन नदिएको पृथ्वीनारायण कार्यकाल हो । नेपाल कै राष्ट्रनिर्मातालाई नेपाली कै मुखबाट थुक्न लगाउनु पश्चिमी सफलता हो ।
धर्म निरपेक्षताका अन्य धेरै आयाम हुनसक्छन् । जस्तो कि ललितपुर आजको समयमा नेपाल मै सबैभन्दा धेरै चर्च भएको जिल्ला हो भनिन्छ । ललितपुर हिन्दु धर्म र वाग्मती सभ्यताको लागि पनि उत्तिकै महत्त्वपूर्ण ठाउँ हो । नेपाल राज्यको स्थापनाको लागि पनि एउटा फरक किस्सा र हिस्सा ओगटेको जिल्ला पनि हो । भनें उपत्यकाका तिनै शहर बिनाको इतिहास वा देश केही पनि परिकल्पना गर्न सकिँदैन भनेर पश्चिमा जगत राम्रैसँग परिचित छ । उपत्यकाको मल्लकालिन बिकास र सभ्यता आधुनिक विज्ञानलाई मात खुवाउने खालको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको चोरी पैठारीमा सबैभन्दा ठूलो हात नै पश्चिमको छ । नेपाल बाट जे जति सामान आजसम्म चोरी भए ती सबै पश्चिमको कुनै न कुनै देशको कुनै न कुनै संग्राहलयमा छन् । वीर शमशेरले बनाएको विरगन होस् चाहे सोलुखुम्बुमा भेटिएको हिमाली मनुष्य यतिको कंकाल होस् । सबै नेपाली बाट चोराइएर पश्चिमी देश पुगेको कुरा घामजस्तै छर्लङ्ग छ ।
पश्चिमी कृश्चियन जगत हिजोको नेपाली मौलिक सभ्यतासँग भन्दा त्यसको पुस्ता हस्तान्तरण सँग बढी डराएको हो । नेपालको मौलिक संस्कृती आफैंमा यति लोभलाग्दो थियो, जसले युगौंसम्म नेपाललाई आन्तरिकरूपमा मजबुत बनाइरहन्थ्यो । यिनको अवसानको लागि र आफ्ना संस्कृतिको विकास एवं प्रवर्द्धनको निम्ति पश्चिमा जगतले यसको खण्डीकरण र विभाजन अनिवार्य सम्झियो । त्यो किन जरुरी थियो भनें यदि पश्चिमी संस्कृति विश्वभरमा नफैल्याएको भए साम्राज्यवाद टिकिरहन असफल हुन्थ्यो भनें, विश्वका सबै देशलाई एउटै निर्देशनमा ‘कन्ट्रोल’ गर्न नसकिने अवस्था रहन्थ्यो । त्यही देशका जनताको विश्वासको मत समेत साम्राज्यवाद प्रती जोगाइरहन उनीहरूको संस्कृति अरुहरूमा लागू गरेको देखाउनै पर्ने अनिवार्यता पश्चिमी शासकलाई आइपर्यो । यो नै सबैभन्दा ठूलो कारण हो जसले गर्दा जर्मन, पोर्चुगल, फ्रान्स, इटली र बेलायतले विश्वको धेरै हिस्सामा लामो समय राज गरे । त्यहाँका मौलिक संस्कृति बिगारे, भत्काए र सिध्याए । अन्त्यमा त्यो भूमि छोडे, तर त्यहाँ आफ्नो संस्कृतिलाई स्थापित गरेर छोडे । दोस्रो विश्वयुद्ध पछि अमेरिकाले हिँडेको बाटो पनि यहि हो ।
अपार संस्कृति र इतिहासको भण्डार रहेको नेपालमा पश्चिमी आँखा गढ्नु अस्वभाविक होइन ।
जनयुद्ध ठीक त्यहाँबाट शुरु भएको छ अमेरिकी रिपोर्ट अनुसार जहाँ नेपालमै सबैभन्दा बढी र राम्रो गाँजा उत्पादन हुन्थ्यो । यसको अध्यन भारतमा इस्ट इन्डिया कम्पनी हुँदै गरिएको भन्ने तथ्य कतैकतै पढ्न पाइन्छ । त्यसबेला नेपालका अधिकांश मान्छे घरमै बनेको बिँडी हुक्का वा यस्तै किसिमका धुमपान गर्ने गर्थे । जब अङ्ग्रेजहरूले भारतमा चुरोट कारखाना खोले तब त्यसको बजारको लागि नेपालका गाउँगाउँसम्म ती चुरोटहरू नि:शुल्क बाँडिए भनिएको छ । बानी लागेपछि मानिसहरू आफैं किनेर खान थाले । तर चुरोटको उत्पादन र व्यापारले गाँजाको उत्पादनमा असर गरेन । गाँजा बहुउपयोगी खेती थियो । त्यसकारण त्यो भारतका सिमावर्ती शहरसम्म पुग्थ्यो । अमेरिका-भियतनाम युद्धको बहानामा यसलाई विश्वव्यापी व्यापारिक प्रतिबन्ध गर्दा समेत उत्पादनमा कमी नआएको निष्कर्ष पछि जनयुद्ध रोल्पा रुकुममा केन्द्रित भएको हुनुपर्छ ।
एकातिर चुरोटको बानी लगाउन अङ्ग्रेजले सित्तैमा चुरोट बाँडे र बानी लगाए भनें अर्कोतिर नेपालमा त्यसबेलासम्म नेपाल मै उत्पादन भएका तामाका भाँडा प्रयोग हुन्थे । त्यसको बदलामा अङ्ग्रेजले स्टिलका पातला, हल्का, सस्ता र आकर्षक भाँडाकुँडा बजारसम्म ल्याए । त्यसपछि नेपालको तामा उत्पादन बिस्तारै घट्दै गयो । त्यो पेशा सँग आवद्ध सबैको जीवनको रङ फेरिन थाल्यो । त्यो समयको करिब २०० बर्ष पछि आज नेपालमा खानी उत्खनन ‘एकादेशको कथा’ भएको छ ।
यस क्षेत्रको गरीबीले मुख्यतः दुइटा फाइदा भारतको लागि हुन्थ्यो । पहिलो भारतिय उद्योगको लागि आवश्यक मजदुर उत्पादन गर्यो । दोस्रो त्यस क्षेत्रका युवाजनशक्ती कि त युद्धमा होमिए, कि त भारतमा रोजगारीको लागि गए । भारत गएका नेपालीले पठाएको पैसा मुख्यत युद्धकै लागि खर्च भयो भनें त्यो खर्चले भारतीय हतियार निर्माता कम्पनीद्वारा उत्पादित हतियारमा भयो । जसले ती कम्पनीको उत्पादन खपत पनि हुनपुग्यो । भारतीय हतियार कम्पनीका प्रतिनिधि, नेपालमा सशस्त्र युद्ध सञ्चालन गरेका युद्ध प्रतिनिधि र भारतीय जासुसी संस्था ‘रअ’ का प्रतिनिधि बीच हुने गरेका संवादको किस्सा पुर्व लडाकु नेता बाटै सुन्न पाइएको कुरा हो । यसरी त्यस युद्धले गर्दा एकतिहाई नेपालको विकास शून्यमा झर्यो । भारत बिकासको रफ्तारमा बिस्तारै अघि बढी नै रह्यो ।
एक्काइसौं शताब्दीको शुरूवात सँगै भारतले विश्वशक्ती बन्ने इच्छाशक्ति देखाउन थाल्यो । विश्वशक्ती बन्नकालागी सबैभन्दा पहिला उसलाई क्षेत्रीय शक्ति बन्न आवश्यक थियो । भारतको बढ्दो जनसंख्या र बढ्दो आधुनिक हतियारको उत्पादन एवं बढ्दो औद्योगिक उत्पादनका कारण भारतीय बजार ठोसरूपमा फैलिन थाल्यो । त्यसबाट सबैभन्दा पहिला तेल बजारबाट द्रुत गतिमा विकासको बाटोमा लागेको मध्यपूर्वका देशहरूमा भारतीय प्रभाव सबैभन्दा छिटो पर्न गयो । भौगोलिक दूरीको हिसाबले कम लागतमा भारतीय कच्चापदार्थ खाडीका देशमा पुग्नुले त्यहाँको विकासको प्रमुख साझेदार भारत बन्न पुग्यो भनें भारतको शैक्षिक जनशक्ति समेत त्यसको लागि खपत हुनपुग्यो ।
एक्काइसौं शताब्दीको शुरूवात सँगै भारतले विश्वशक्ती बन्ने इच्छाशक्ति देखाउन थाल्यो । विश्वशक्ती बन्नकालागी सबैभन्दा पहिला उसलाई क्षेत्रीय शक्ति बन्न आवश्यक थियो । भारतको बढ्दो जनसंख्या र बढ्दो आधुनिक हतियारको उत्पादन एवं बढ्दो औद्योगिक उत्पादनका कारण भारतीय बजार ठोसरूपमा फैलिन थाल्यो । त्यसबाट सबैभन्दा पहिला तेल बजारबाट द्रुत गतिमा विकासको बाटोमा लागेको मध्यपूर्वका देशहरूमा भारतीय प्रभाव सबैभन्दा छिटो पर्न गयो । भौगोलिक दूरीको हिसाबले कम लागतमा भारतीय कच्चापदार्थ खाडीका देशमा पुग्नुले त्यहाँको विकासको प्रमुख साझेदार भारत बन्न पुग्यो भनें भारतको शैक्षिक जनशक्ति समेत त्यसको लागि खपत हुनपुग्यो ।
बारम्बार राजनैतिक अस्थिरताको शिकार भएका भारतका छिमेकी देश नेपाल पाकिस्तान बाङ्लादेश र श्रीलंकामा समेत भारतीय प्रभाव बढ्दै गयो । त्यसको लागि भारतले इजरायल र इरानजस्ता देशको गुप्तचर शैलीको भरपूर प्रयोग गर्न थाल्यो । यसैको प्रतिफल अनुरुप नै बाङ्लादेश श्रीलंका र नेपालमा राजनैतिक हत्या र गृहयुद्धजस्ता घटना विकसित भए । यसले यी देशको गिर्दो आर्थिक अवस्थाको बजारमा भारतीय बजार मौलाउने मौका पायो ।
भारतको राजनैतिक संस्कार आफ्ना छिमेकका देशमा राजनैतिक स्थायित्व कायम नहोस् भन्नेमा बढी केन्द्रित छ । यो शैली ठीक इजरायलको राजनैतिक संस्कारसँग मेल खान्छ । इजरायल आफ्ना सबै छिमेकी राष्ट्रसँग दुश्मनीको सम्बन्ध राख्छ । त्यसैकारण त्यहाँको प्रमुख एजेन्डा नै छिमेकीको गुप्त निगरानी गर्नु, ती देशको कमजोरी पत्ता लगाउनु, त्यसैमा लगातार राजनीतिकरण गरिरहनु र राजनैतिक हत्या गर्नु/गराउनु हो । सत्ता र संसदमा लगातार वैमनस्य र अस्थिरता कायम भइरहँदा हुन जाने आर्थिक नोक्सानीको फाइदा खासगरी पुँजिवादी देशको अर्थतन्त्रले निर्धारण गरेका मान्यतामा निर्भर रहनुपर्ने हुन्छ । त्यसैको आधारमा विश्व बैंक र संयुक्त राष्ट्रसंघले शक्तिसम्पन्न राष्ट्रको स्वार्थ अनुकुलको आर्थिक राजनैतिक परिवेश खडा गर्न काम गरिरहन्छन् । यी संस्थाले खासगरी सबै देशको जनसंख्या, साक्षरता प्रतिशत, भूगोलको अवस्था, प्राकृतिक स्रोत साधनको अवस्था, भाषा, धर्म सामुहिक परिवेश, भेषभुषा आदि इत्यादी सबै शीर्षकमा त्यही देशमा बसेर, त्यहाँ कै जनशक्तिको प्रयोग गरेर भिन्नभिन्न अध्यन गर्छन् । जसको विश्लेषण पश्चिमादेशमा हुन्छ । र त्यसपछि ती देशले तय गर्छन् – उक्त देशको आर्थिक सामाजिक राजनैतिक एवं सांस्कृतिक चरित्र कस्तो हुने भनेर । यदि पश्चिमासँग सहमत हुन अस्वीकार गरे उत्तर कोरिया वा इरानको जस्तो शैलीमा प्रस्तुत हुने आजसम्मको अमेरिकी, पश्चिमी र सिङ्गो पुँजीवादी रणनीति छ जस्तो देखिएको छ ।
नेपालमा भारतीय प्रभाव सबैभन्दा बढी देखिनु नेपालको भूराजनैतिक बनोट नै प्रमुख कारण हो । यसको इतिहास दोस्रो र संस्कृति तेस्रो कुरा हुनसक्छन् । तर अबको नेपाली राज्यव्यवस्था र समाज झनै जटिलता तिर जानेछ । अहिलेको अवस्थामा नेपाल भारतबाट सामान किन्ने पाचौं राष्ट्र भएको छ । यो स्थान बि.सं. २०३० तिर धान उत्पादनको क्षेत्रमा हुने गर्थ्यो । भारतले पटकपटक गरेका नाकाबन्दीको क्रममा नेपाल नुन र पेट्रोलियम पदार्थ बाहेक अन्य साधनस्रोतमा निर्भर थियो। यसकारण भारतीय स्वार्थ यहाँ लागू हुन सकेनन् । तर अब हामी त्यो इतिहास भन्दा धेरै पर आइपुगेका छौं ।
अन्त्यमा –
देश बचाउने नै हो भनें सबैभन्दा पहिला देशको गुप्तचर संस्था बलियो बनाउनुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने राजदुतावासजस्ता ठाउँमा कार्यकर्ता भर्ती बन्द गर्नुपर्छ । देशकै कानुन प्रयोग गरेर देशकै ढुकुटीमा रजाइँ गर्ने परिपाटीको समुल अन्त्य नभएसम्म साधारण रूपमै पनि परिवर्तन सम्भव देखिँदैन । अझ यसका जटिलताका अनेक पाटा अरु पनि होलान् ।
लेखकबाट थप:
किन छ रहस्यमयी ? मोना लिजाको चित्राकृती-https://www.waikhari.com/2020/05/22622/
किन दुख्छ सधैं लिपुलेक, लिम्पियाधुरा ?- https://www.waikhari.com/2020/05/22991/
अध्यादेशको ‘नेगेटिभ टेष्ट’ मा ओलिवाद – https://www.waikhari.com/2020/05/22486/
राजनीति र रविन्द्र मिश्र – https://www.waikhari.com/2020/04/22021/
