कपडा उद्योग बन्द ५० हजार कामदार बेरोजगार


नेपाली कपडा उद्योगीहरुले भ्याट फिर्ता पाउनुपर्ने माग राख्दै उद्योग बन्द गराएका छन्। चालू आर्थिक वर्ष २०७५।०७६ को बजेट र आर्थिक ऐन मार्फत सरकारले उद्योगीहरुलाई दिँदै आएको भ्याट फिर्ता हटाएको थियो। सर्वसाधारणले तिरेको भ्याट उद्योगीहरुले नै पाउनु पर्ने माग राख्दै उद्योगीहरु आजदेखि आन्दोलित भएका हुन्।

उनीहरुले पहिलो चरणकाे आन्दोलन स्वरुप उद्योगहरु बन्द गराएका छन्। ७ दिन भित्र पनि उद्योगीहरुको माग पुरा गर्न सरकार तयार नरहेको खण्डमा अर्को चरणको आन्दोलन गर्ने उद्याेगीले सरकारलार्इ चेतावनी दिएका छन्। नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले चेतावनी दिँदै भने, ‘८ गते देखि उद्योगीहरुको सल्लाहमा अर्को रणनितिक आन्दोलन पनि हुन सक्छ।’

अहिले देशभर रहेका दुई सय ५० वटै कपडा उद्योग बन्द भएका छन्। उद्योगहरु बन्द हुँदा ५० हजार कामदार बेरोजगार बनेका छन् भने उनीहरुसँग आश्रित करिब २ लाख ५० हजार जनसंख्या प्रभावित बनेका छन्।

उद्योगीहरुले सरकारी नीतिका कारण अर्बौ लगानी भइसकेका कपडा उद्योग समस्यामा परेको बताएका छन्। सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएकोले विरोध गर्नुपरेकाे उद्योगीहरुको भनाई छ। गत असोज १३ गते सरकारलाई नीति सच्याउन माग गरेकाेमा त्यसको सुनुवाई नभएपछि विरोध गरिएकाे उनीहरु बताउँछन्।

त्यस्तै नेपालमा भन्सार छलि भएर भित्रिएका कपडासँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकोले नेपाली उद्योगलाई सरकारले सहलियत दिनु पर्ने उद्योगीहरुको माग छ। भन्सार छली भएर आउने सामानलाई मात्रै रोक्न सके पनि नेपाली उत्पादनले केही बजार पाउने र उद्योग टिक्न सक्ने उनीहरुको भनाई छ।

उद्योग संघले जानकारी गराए अनुसार नेपालमा वार्षिक १ अर्ब ५ करोड मिटर पहिरनको कपडा खपत भएपनि स्वदेशी उद्योगबाट जम्मा ६ करोड २५ लाख कपडा मात्रै उत्पादन भैरहेको छ। यसबाहेक घरायसी कपडा (तन्ना, पर्दा, तौलिया, सिरक लगायत) को वार्षिक खपत ९० करोड मिटर र औद्योगिक कपडामा ३० करोड मिटर कपडा खपत हुने गरेको छ।

परराष्ट्रमन्त्री ज्ञवाली जापान प्रस्थान

काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार अपाह्न्न जापानको टोकियोतर्फ प्रस्थान गरेका छन् ।

आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका क्रममा दुई देशका मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा यही मङ्सिर ३ गते नेपाल र जापानबीच खाद्य सहायतासम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भई परस्परमा आदानप्रदान हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तथा जापानी उद्यमी व्यवसायीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिन आयोजना हुने नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने छन् भने जापानमा रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख सहसचिव गणेशप्रसाद ढकाल र महाशाखाका उपसचिव रोशन खनाल परराष्ट्रमन्त्रीको सचिवालयका उपसचिव तेजबहादुर क्षेत्री र अर्थमन्त्रीको सचिवालयका एक जना उपसचिव रहेका छन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्ड थाइल्याण्डको दुईदिने भ्रमणसमेत पूरा गरी यही मङ्सिर ७ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव पौड्याललगायत सोही मन्त्रालयका उच्च अधिकारीले मन्त्री ज्ञवाली नेतृत्वको प्रमण्डललाई बिदाइ गरेका थिए ।

पोखरामा थपियो नयाँ साहसिक खेल : हट एयर बेलुन

 

चिप्लेढुङ्गा। पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका छन्। मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले पर्यटकलाई थप आकर्षित गर्ने बताए । उनले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे ।

प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउँदै मुख्यमन्त्री गुरुङले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए । हट एयर बेलुन उडाउन प्रालिले रु एक करोड ५० लाखको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए।

बेलुन चढ्न नेपाली पर्यटकले रु ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ । सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चढ्ने प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको महर्जनले बताए ।

निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बञ्जीजम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।

काठमाडौँ / ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।

बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।

“भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा आठ जनाले उडान भर्न मिल्छ”, उनले भने ।

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उनको भनाइ छ । बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालीम शुरु गरिने महर्जनले जानकारी दिए ।

प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडान गर्नेछ । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई शुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ ।

राजनीतिमा ‘साली’को चर्चा !

काठमाडौँ। अहिले सरकारले इजरायलका लागि राजदूतमा नियुक्त गरेकी डा. अन्जना शाक्यको चर्चा छ। उनको चर्चा अहिले नयाँ राजदूतभन्दा पनि प्रधानमन्त्रीकी साली भनेर भएको छ। पछिल्लो समयमा सामाजिक संजालको बढ्दो प्रयोगसँगै एक समयमा एक विषय समाजमा तरंगित हुने गरेको छ। एक समय मार्सी चामल, अरिंगालजस्ता विषयको मिडियादेखि सामाजिक संजालमा निकै चर्चा भएको थियो। अहिले आएर सालीको चर्चा पनि त्यतिकै भइरहेको छ।

मिडिया र सामाजिक सञ्जालमा सरकारको आलोचना हुनुलाई अहिलेको समयमा सामान्यरुपमा लिन सकिन्छ तर अहिले हाम्रो समाज हरेक विषयमा जसरी विभाजित हुँदै छ त्यो भने डरलाग्दो देखिन्छ। अहिले विषय र प्रसंगभन्दा पनि दलगत रुपमा हाम्रो विचार विभाजित भएको छ। सत्य र असत्य, सही र गलत भन्दा पनि पक्षको कि विपक्षको भन्ने विषय अहिले प्रधान हुनथालेको छ। यसले समाजलाई त विभाजित गरेकै छ नै सँगसँगै विचार कुन हो र सही विश्लेषण के हो भन्ने विषय नै अन्योलमा परेको छ।

अहिले सर्वाधिक चर्चामा रहेको साली प्रसंग पनि यस्तै बहस र चर्चाको एउटा श्रृंखला हो। नाताले प्रधानमन्त्रीको नजिकको साली पर्ने डा. शाक्यको नियुक्ति आफैँमा ठीक हो या बेठीक हो, यसको सही उत्तर के हो भन्ने कुरा भन्न सकिन्न तर एउटा कुरा के चाहिँ हो भने उनी प्रधानमन्त्रीको नजिक भएकाले नै राजदूतको नियुक्ति पाएकी हुन्। सरकारका परराष्ट्रमन्त्रीले मापदण्ड बनाएर राजदूतको नियुक्ति हुन्छ भनिरहँदा डा. शाक्यको नियुक्तिले उनलाई गिज्याइरहेको भए पनि नेपाली राजनीतिमा उनको नियुक्तिले हाम्रा नेताहरुमा रहेको पुरानो सोच र कार्यशैलीमा कुनै परिवर्तन नआएको प्रष्ट देख्न सकिन्छ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा सासुलाई राजदूत बनाए, अहिले प्रधानमन्त्री ओलीले सालीलाई। व्यक्तिको योग्यता र क्षमता छ वा छैन त्यसलाई हेरिन छोडेजस्तो देखिएको छ । लोकतान्त्रिक चरित्रअनुसार यस्ता गहन जिम्मेवारी दिँदा मापदण्ड, प्रणाली, नियमअनुसार हुनुपर्ने हो तर राजनीतिक नियुक्तिहरुमा सालासाली, ज्वाइँ, ससुरा र सम्धी प्राथमिकतामा पर्नु गणतान्त्रिक देशको विडम्बना हो ।

जनताको अपार जनमत पाएको सरकारले परिवर्तनको आभास आम जनतालाई गराउनुपर्थ्यो। दुई तिहाइ जनमत भएको सरकार ‘साली’ मा अल्झिनुभन्दा पहिला प्रष्ट र पारदर्शी मापदण्ड बनाएर नियुक्ति प्रक्रिया अगाडि बढाएर भविष्यमा आउने सरकारलाई बलियो सिस्टम दिन सक्नुपर्थ्यो। विकास र समृद्धिको मन्त्र जपिरहँदा सरकारले आउँदो पिँढीलाई पनि  साला, ज्वाइँ, ससुरा र सम्धीकै नियुक्ति गर्ने परम्पराले निरन्तरता पाउनुले परिवर्तनको आभास कत्ति पनि दिँदैन ।

सरकार बनेको १० महिना अब पुगेको छ। प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्ति जति सुन्दर र सुनौं सुनौं लाग्छ काम त्यति नै बिर्सौं बिर्सौं जस्तो लाग्ने देखिएको छ । जनताको आशालाई निराशामा बदलेर यतिधेरै मत पाएको सरकार अलोकप्रिय बनेको छ, जसले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने विषयमा व्यापक आशंका पैदा गरेको छ।

सरकार एउटा नियम, मापदण्ड, प्रक्रियाअनुसार काम गर्ने हुनुपर्छ । सरकारको स्वभाव भनेकै पारदर्शिता हो । सरकारले सही ट्रयाक नसमातेकै कारण दुई तिहाइको सरकारको विकल्प सत्तारुढ दलभित्रै खोजिन थालिएको छ। यसले न हाम्री गणतन्त्रलाई राम्रो गर्छ, न त हामी विकासको बाटोमा नै हिँड्न सक्छौँ। अहिलेको विकल्प यही सरकार नै हो। यो सरकार पाँच वर्ष चल्नैपर्छ। तर त्यसका लागि सरकार ‘साली’ संस्कारबाट बाहिर आउनु जरुरी छ।

अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिलाई जसरी वर्तमान सरकारले अन्त्य गरेर जनतामा पारदर्शिताको संस्कार देखाउने छनक देखाएको थियो, त्यसरी ओली सरकार आफैँ आफ्नो स्वच्छताको बाटोमा हिँड्न नसकेको पछिल्लो प्रकरणले पुष्टि गर्छ । त्यसरी हटाएको त अहिले आफ्नालाई नियुक्ति दिन पो रहेछ भन्ने देखिएको छ । संस्कार बसाल्नै गरेको थियो भने त महत्वपूर्ण कूटनीतिक पदहरुमा हाम्रालाई भन्दा राम्रालाई लैजाने थियो नि ।

  – नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् । तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । शाक्य संखुवासभाकी हुन्।”””

माथिका वाक्यहरु आँफै प्रमाण दिईरहेका छन कि त्यो हेडलाइन केवल एउटा सन्सनी मच्चाउने प्रोपागान्डा थियो। मलाई ओली, देउवा, सरकार या राजनितीका बारेमा कुनै प्रतिकृया दिनु छैन। तर कुनै अमूक नेता या पार्टीप्रतीको इगो राखेर यस्तो सनसनी पूर्ण अफवाह फैलिरहदा म सिफारिस भएकी डाक्टर अज्जान शाक्यको बारेमा सोच्दै छु। एक मिनेटमा लेखिएको एउटा इगोमा लपेटिएको समाचारका कारण एउटा व्यक्तिले जिन्दगीभर सँघर्ष गरेर आर्जन गरेको वौद्दिकता र अनुभव कसरी पलभरमै धुमिल हुन जाँदो रहेछ।

पत्रकार महोदय, तपाँईको पहिलो समाचार हुनु पर्थ्यो कि सिफारिस गरिएको व्यक्ति सो पदका लागि योग्य छ या छैन? उसले कार्य सम्पादन गर्ने ल्याकत राख्छ कि राख्दैन? र उसको व्यक्तिगत आचरण कस्तो छ?

१) अज्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन्।
२) शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ।
३) उनले अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन्।
४) परराष्ट्र मामिलामा सक्रिय शाक्य नेपाल ओमेन च्याम्बरको अध्यक्ष भएरसमेत काम गरेकी छन्।
५) उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन्।
६) शाक्यसँग लामो समय पद्मकन्याा कलेजमा प्राध्याापन गरेको अनुभवसमेत छ।

तपाँईले कसैप्रती इगो राखेर या आफ्नो पत्रिकाको पपुलारिटीका लागि एक मिनेटमा जस्तो हेड्लाइन छाप्नु भयो त्यसले डाक्टर अज्जान शाक्यले जिन्दगीको अमुल्य समय खर्चेर कमाएको माथि उल्लेखित व्यक्तित्वलाई राजनितिकरण मात्रै गरिदियो। आम मानिसले उनको व्यक्तिगत योग्यता, क्षमता के-कती छ भनेर जाँचेनन केवल ओलीकी सालीको ट्याग लगाइदिए।के तपाँईलाई त्यसो गर्ने अधिकार छ?

व्यक्तिगत रुपमा मैले अज्जान शाक्यलाई चिन्दिन। माथि उल्लेखित बुँदाहरु पनि अन्नपूर्ण पोष्टबाट लिएको हुँ। मलाई लाग्यो अज्जान शाक्य जो कोही पनि हुन सक्छ। हातमा पत्रकारिताको सलाई बोक्नेहरुले के ख्याल गर्नु पर्छ भने उनिहरुले कोर्ने “गलत” झिल्कोले कसैको संसार जलेर खरानी हुन सक्छ। पत्रकारिता संवेदनशिल बिषय हो।

वैदिक ज्योतिष शास्त्र र विज्ञानको परिचय र उपयोगिता

संक्षिप्त परिचय
भारतवर्षमा ज्योतिष शास्त्रको उद्भव वा विकास आज भन्दा हजारौँ वर्ष पूर्व भैसकेको थियो। कतिपय भारतीय मानक ग्रन्थहरूमा यसको पुष्टि पाइन्छ कि भारतवर्षले सम्पूर्ण विश्वको कल्याणको लागी ज्योतिषको अद्वितीय ज्ञान को विकास गरेको थियो । यसै गरी वैदिक ज्योतिष शास्त्रका प्रवर्तक १८ जना महर्षि हुनुहुन्छ र ज्योतिषको ज्ञान स्वयं भगवानद्वारा नै प्रदान गरिएको भन्ने कुरा वैदिक ग्रन्थमा नै स्पष्ट पाइन्छ। बृहतपाराशर होराशास्त्रमा पाराशर मुनिले मैत्रेय जी लाई भन्नुभएको छ कि- तिमीलाई मैले ब्रम्हाको मुखबाट जे सुने त्यो ज्ञान जस्ताको तस्तै बताउदैछु। आज सम्म पनि ज्योतिष शास्त्रको उपयोगिता यति प्रखर छ, कि यो आफ्नो पुरानो रूपमा स्थित छ र धर्तीमा हुनेवाला धेरै घटना चक्र को जानकारी दिने गर्छ। साथसाथै मानव जीवनमा घटनेवाला घटना सुख-दुःख को एकदम सटिक जानकारी दिएर उसबाट हुनसक्ने सम्भावित दुखद समयको जानकारी दिएर लाभ दिन्छ। ज्योतिष शास्त्रको माध्यम द्वारा केवल ब्रह्माण्डमा घटेन घटनाको मात्र सटिक कुरा थाह पाउन सकिँदैन अपितु व्यक्तिको जीवनमा कहिले कहाँ कसरी घटना घटित हुने वाला छ, उक्त विषयको पनि सही जानकारी पत्ता लगाउने एवं खोज गर्ने शक्ति ज्योतिष शास्त्र मा नै छ। यसलाई “कालाश्रितं ज्ञान” पनि भन्ने गरिन्छ। अर्थात् जो हाम्रो शुभाशुभ समयको ज्ञान गराउँछ त्यही नै ज्योतिष शास्त्र हो। आजको समयमा मानव जीवन मा रोग, तनाव, निराशा, आत्तिने , असन्तोष समाज व परिवारको उपेक्षा जस्ता नकारात्मक गुण मा निरन्तर वृद्धि हुँदै गइरहेको छ यसको सङ्केतले यो कुरा कुरा बताउन खोजिरहेको छ कि मान्छे आफ्नो शुभाशुभ प्रभाव बाट आफ्नो जिद्दिपनको कारण परिचित हुन सक्दैन। जसमा उ धेरै प्रकारको दुखले पीडित रहिरहन्छ।

ज्योतिषको उत्पत्ति
ज्योतिष शास्त्रको उत्पत्ति आज भन्दा धेरै हजारौँ वर्ष अगाडि भएको थियो । यो आफ्नो प्रमाणिकताको कारण वैदिक कालमा नै तीन स्कन्धमा विभक्त गरिएको थियो। जसमा सिद्धान्त, संहिता एवं होरा शास्त्र गरेर विभाजन गरिएको छ। तर ज्योतिष बिस्तारै बिस्तारै अझ वैज्ञानिक एवं विकसित हुँदै आइरहेको छ। जसन्तर्गत सिद्धान्तमा ज्योतिषीय गणनालाई समावेश गरिएको छ जसबाट ग्रह नक्षत्र को गति, पंचाग निर्माण आदि सहित काल वा समयको सूक्ष्म एकाइको सृजन गरिएको छ। संहिता खण्ड मा ब्रह्माण्डमा घटनेवाला घटना क्रमको उल्लेख गरेको छ जसमा मेदिनी खण्ड, वर्षा खण्ड तथा शकुन एवं लक्षण विज्ञान को वर्णन गरिएको छ। होरा शास्त्रले व्यक्तिको जीवन बाट मृत्यु सम्म हुनेवाला शुभाशुभ घटनाको वर्णन गर्दछ। जसलाई फलित ज्योतिषको नाम ले पनि बुझ्न सकिन्छ। यसै प्रकार ज्योतिष शास्त्रको क्रमिक विकास हुँदै आइरहेछ र आज पनि सबै जना यसको उपयोगबाट लाभान्वित भइरहेका छन्।

ज्योतिष शास्त्रको प्रमाणिकता
ज्योतिष शास्त्र युगौँ देखि आफ्नो सटिक भविष्यवाणीको लागि विशेष रहेको छ। आज पनि वैदिक पञ्चाङ्गमा प्रस्तुत हुने प्रतिदिनको सूर्योदय वा सूर्यास्त को समय सहित सूर्य वा चन्द्र ग्रहण जस्तो विशेष खगोलिय घटना हरू उक्त देश वा काल मा निर्धारित समयमा हुने गर्छ। ज्योतिष शास्त्रको यही वैज्ञानिक एवं सटिक गणनाको नतिजाले आजको विज्ञान जगत् पनि आश्चर्यमा रहेको छ। अर्थात् काल गणना मात्र होइन, अपितु फलितको क्षेत्र मा पनि यस्तै अनगिन्ति घटनाहरू छन् , जो क्रमशः सत्य हुँदै गइरहेका छन्, जसबाट ज्योतिष शास्त्र स्वतः: प्रमाणित भएको मान्न सकिन्छ। कुनै पनि व्यक्तिको जीवन मा जन्म, रोग, प्रगति, विवाह, पद, प्रतिष्ठा, सन्तान, मित्र, शत्रु आदि अनेक विषयको अनेकौँ भविष्यवाणी अक्षरशः सत्य हुँदै गइरहेको छ। जसबाट आज पनि यो शास्त्र प्रमाणित एवं प्रमाणिक छ भनेर स्वीकार गर्न सकिन्छ।

ज्योतिष शास्त्रको उपयोगिता
ज्योतिष शास्त्र मानव कल्याणकै एक अनुपम विद्या हो। जसबाट व्यक्ति आफ्नो जीवनमा हुनसक्ने सुखद वा दुखद घटनाको पहिले नै अनुमानित गर्न सक्दछ र आउने वाला समस्याको समाधान खोज्न सक्छ । आज हामीहरू उच्च स्तरमा रहे तापनि ज्योतिषको सहारा बिना हाम्रो जीवन पूर्ण नहुन सक्छ त्यसैले पनि ठुला प्रगतिशील व्यक्तिहरू कुनै महत्त्वपूर्ण कार्य वा व्यवसाय गर्दा ज्योतिषको सहायता लिएर शुभ समय निकालेर गर्ने गर्छन् र सोही अनुसारको लाभ एवं प्रगति पनि गर्ने गर्छन्। हामीहरू अनेक भयावह घटनाहरूदेखि ज्योतिषको माध्यमबाट नै सतर्क रहन सकिन्छ र आउने वाला जीवनलाई सुखद एवं सुन्दर बनाउन सकिन्छ। अर्थात् ज्योतिष शास्त्रको उपयोगिता प्रत्येक व्यक्तिका लागि प्रत्येक युग मा रही नै रहन्छ चाहे यो जुनसुकै देशको सीमा होस् , जुनसुकै जाति या धर्मको होस्, उसलाई ज्योतिषीय सहयोग एवं उपचारको आवश्यकता तथा प्रभाव भने रहिरहेको हुन्छ।

ज्योतिषको उपयोग द्वारा सुखी एवं सहज जीवन
जब देखि मान्छे यो धर्तीमा जन्मियो उस दिन देखि सुख दुःख को प्रभाव परिरहेको हुन्छ र चेतना विकास हुँदै जान्छ। मान्छेमा चेता अभिवृद्धि भएपछि सुन्दर सपनाहरूको निर्माण गर्छ र समाजमा आफ्नो मान सम्मान सहित स्थान सुरक्षित गर्न चाह्न्छ र यति मात्र नभै इ आफ्नो सुन्दर एवं संबृद्ध भविष्यको लागि लागिरहन्छ। जस अन्तर्गत अनेक चुनौती वा परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। चाहे त्यो कर्मले डोर्‍याएको क्रमिक घटना होस् या कुनै पनि आकस्मिक घटना होस् अथवा केही अंतरालम घटेन घटना वा रोगहरू होस् , यीनिहरुबाट मान्छे सदैव हडबडाईरहन्छ। मानव जीवन केवल दुर्लभ मात्र छैन परन्तु अनमोल पनि छ । भारतवर्षको भूमिमा धर्म, अर्थ, काम, मोक्ष यी चार विधिलाई पुरूषार्थ को लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। जो प्रत्येक व्यक्तिको जीवनको उद्देश्यतर्फ औँल्याउँदै गरेको हुन्छ । यद्यपि ज्योतिषको उपयोग बिना न मानव जीवन सुखी रहन सक्छ न यिनै चतुर विधि पुरूषार्थ को प्राप्त गर्न सक्छ। यसको लागि विद्वान एवं ज्योतिषमा कार्यरत व्यक्तिहरूसँग परामर्श लिन सकिन्छ जस्तै तपाईँको जन्मांकमा कुन ग्रह नक्षत्र एवं चर दशाहरूको शुभाशुभ प्रभाव चलिरहेको छ। तपाईँले त्यी ग्रह नक्षत्र आदिको उपाय एवं जप अथवा पूजा गर्दा ठिक होस् जसको उक्त उपचार विधि द्वारा सकारात्मक ऊर्जा प्राप्त हुनेछ र सम्बन्धित क्षेत्रमा कीर्तिमान स्थापित गर्न सफल हुनेछ। अर्थात् यदि तपाईँ यिनै साना साना तर उपयोगी विषयलाई ध्यानमा राख्नुहुन्छ भने तपाईँ आफ्नो परिवार सहित सुखी जीवन बिताउनमा सफल रहनुहुनेछ।

अन्त्यमा
ज्योतिष शास्त्रको माध्यम द्वारा मानव जीवनलाई उपयोगी वा सुखद बनाउने क्रम अति प्राचीन नै हो। मानव जगतमा मानवताको कल्याण हेतु ज्योतिष शास्त्रको प्रयोग भइरहेको छ। चाहे यो वर्षा, बाढी, हिमपात, उत्पादन, एवं यस्तै प्राकृतिक घटना सँग सम्बन्धित विषय होस् या त कुनै पनि व्यक्तिको जीवनसँग सम्बन्धित व्यक्तिगत घटनाहरू होस्, ज्योतिषीय ज्ञानको माध्यम बाट नै यी घटनाहरूको पूर्वानुमान लगाउन सकिन्छ भने सम्बन्धित घटनाहरूबाट सुरक्षित रहनका लागि पनि सहयोग प्राप्त गर्न सकिन्छ।

कुमार बस्नेत नेपालको पहिलो पप गायक !

‘राजा महेन्द्रसँग घर नमाग्दा उनका सम्धीले तोरीको फूल देख्नेगरी चड्कन लगाए’
  मंसिर १, २०७५ शनिबार
unn.prixa.net

‘मेरो अनुहार देख्ने भाग्यमानी हुन्’, हामीसँगको भेटमा कड्किलो र गर्विलो स्वरमा कुमार बस्नेतले भने ।

अचेल जिन्दगानी कसरी चल्दैछ ? जवाफमा बस्नेत भन्छन्,  ‘कलाकार भनेपछि खकार, डकार, हाहाकार, धिक्कार भन्ने चलन छ । ठ्याक्कै त्यस्तै ।’

केही समयको अनौपचारिक भलाकुसारीपछि खुल्दै उनले भने, ‘कलाकार भनेपछि रक्सी खाने चलन छ । साथीहरुसँग बसेर खाइन्छ । युरिक एसिडले अलि दुःख दिन्छ । गाली गर्दछन् मलाई साथीहरुले यो उमेरमा यसरी खटिनु भएन, केही भइहाल्यो भने के गर्ने ?’

साथीभाइको कुरा त बस्नेतले सुन्ने मात्रै हो, निर्णय आफैले गर्ने ।  आफ्नो दैनिकीमा  कहिल्यै  आँच आउन नदिने । उनको विशेषता नै हो ।

उमेरले ७५ वर्ष । तर कतै पुग्नु पर्यो भने उनी मोटरसाइकलमा नै दौडिन्छन् । ‘छ नि छन  त गाडी  । तर अहिले यो जाम के–के, के–के । छिटो पुगिन्छ, त्यसैले म दुईखुट्टेमा नै दौडन्छु,  यमराजले अहिलेसम्म  भेउ पाएको छैन कि के हो ? म छेउ आइपुगेको छैन ।’

काठमाडौंको कमलपोखरीमा जन्मिएका अग्रज लोकगायक अहिले बालुवाटार बस्छन् । तर उनको बाल्यकाल बित्यो दोलखामा । सानो बेलामा साह्रै रोगी भएपछि हजुरआमाले सानैमा दोलखा लैजानुभयो । आमाको होइन, बस्नेत भैँसीको दूध खाएर गोठमा हुर्के ।

उनलाई गोठ र गोठालोको त्यसैले पनि औधी माया लाग्छ । दोलखामा मात्रै होइन सँगैका जिल्ला सिन्धुपाल्चोकका भिरपाखा आफ्नै बारी जस्तो लाग्छ उनलाई । भेदभाव त झन् गर्ने कुरै भएन । जसको घरमा भए पनि  पाकेको ‘ढिँडो’ र ‘तिहुन’ खासै छुटाउँदैनन् थिए उनी ।

दर्शक श्रोताको माया नै सबैथोक

पारिवारिक माहोल त्यति रमाइलो छैन । बस्नेत भन्छन्, ‘सबै आफ्नै काममा व्यस्त । दुइटा हातखुट्टा सग्लै छन् । हट्टाकट्टा छु । त्यसै नि म काम गरिरहन्छु । दर्शक श्रोताको मायाले नै म बाँचिरहेको छु । माया गर्दछन्, मलाई, भन्नेले त भने नि हग्ने पाद्ने र गाई गोठालाको गीत गाएर हिट् भइस् ।’

भिरपाखा डुल्नु धेरै ठूलो कुरो होइन तर सानो पनि छैन । जुकाले चुसेका रगत र काँडाले कोतरेको भनि साध्य नै छैन् । कहिले तामाङ, कहिले मगरगाउँ बास माग्यो, ढिँडो खायो, रात बितायो अनि भाले बासेसँगै सबैरै फेरि बाटो लाग्यो ।

सञ्चय कोषमा जागिर । ३९ वर्षसम्म उनले त्यहीँ जागिर खाए । नियम कानुनमा बसेर नै काम गरे । मन जागिरमा भन्दा गीतसंगीतमा थियो । २००८ सालमा भैरवबहादुर थापा राष्ट्रिय नाच घरको नृत्य निर्देशक हुनुहुन्थ्यो । थापासँगको टोलीमा बस्दाबस्दै बस्नेतलाई गाउन र बजाउन रहर जाग्यो ।  त्यसपछि उनी गायनमा निरन्तर लागिरहे ।

‘अर्काको देशमा के छ, जे छ हाम्रो देशमा पो छ । हामी सानो देशका मान्छे तर संस्कृति र रीतिरिवाज धेरै । तर राजनीतिक अस्थिरताका कारण हामी उँभो भन्दा उँधोतिर लाग्दैछाैँ’, अमिलो मन बनाउँदै बस्नेतले देशको बेथितिमा बोले ।

देशमा समृद्धि आएको हेर्नु मन छ उनलाई ।  तर डाँडा पारिको घाम भइसकेका उनको यो चाहना पूरा हुने उनलाई शंकै छ ।

आर्शीवाद र स्याब्बासीले सँधै थप्यो उर्जा

आफूभन्दा अग्रजको आर्शिवाद र स्याब्बासीले बाटो बिराएन । रहर त शास्त्रीय संगीतमा पनि थियो । शास्त्रीय गुरुलाई भेटी नचढाएको पनि होइन । तर गुरुले नै तिमी जे हौ त्यही बन भनेर बाटो खुलाइदिए । ‘गुरुले जे गर्नु भयो ठीक गर्नुभयो, म शास्त्रीय संगीतमा लागेको भए अहिलेको कुमार बस्नेत कहाँ हुन्थेँ र ? अझै हाआ ..हाआ.. गर्दै बसिराखेको हुन्थेँ ।’

अग्रज श्रष्टाहरुको माया र आशीर्वादले नै आफू यहाँसम्म आइपुगेको बताउँछन् बस्नेत, ‘नाटककार बालकृष्ण समले उर्जा दिनुहुन्थ्यो ।  सम भन्नुहुन्थ्यो, अहो तैँले गाएको गीत राम्रो, गाइरहनु है।’

कुमार बस्नेत नेपालको पहिलो पप गायक !

हो, म त्यो व्यक्ति हुँ जसले पहिलो पटक ड्रम सेटमा गीत गाउन पायो । त्यो उपाधि त छैन तर त्यतिबेलाका उनका अग्रजले उनलाई पहिलो पप गायक भएको भन्दै स्याब्बासी दिएका थिए । बस्नेतले ड्रम सेट भारतको कोलकातामा देखेको । सुरुमा त ड्रम सेट देख्दा ‘अचम्मकै भाँडो’ जस्तो  लाग्थ्यो । ड्रम सेटमा गीत गाउन थालेपछि उनलाई विदेशीभन्दा आफू कम नभएको भान पनि भयो ।

गंगा गुरुङसँगको सहकार्यमा उनले “स्टेज किङ”को उपमा पाए । राष्ट्रिय नाचघरको स्टेज कार्यक्रममा गंगा गुरुङसित ‘ओइ नाना ओइ नाना…’ गीत गाएपछि महिलासित युगल गाउने यात्राको ढोका पनि उघ्रियो, सँगै गुरुङ गीतमा उनी ‘फिट’ पनि भए ।

राष्ट्रिय नाचघरमा नाचेर नै सांगीतिक यात्रा सुरु गरेका उनले २०२२ सालतिरदेखि नाच्न भने छोडे ।

ड्राइभरसँग बिन्ती बिसाउँदा

खल्तीमा जाबो एक मोहोर । न बाटो खर्च पुग्ने, न पेट नै भर्ने  । काठमाडौंको जागिर गर्न, फर्कनु छ कालिञ्चोकदेखि । त्यो पहाडबाट सिन्धुपाल्चोकको बाह्रबिसे त हिड्ँदै झरे । तर त्यहाँबाट हिँडदै काठमाडौं आउन सकिएन ।

उनी एकछिन घोत्लिए । जहाँ इच्छा त्यहाँ उपाय । आइडिया फुरिहाल्यो । उनी गुरुजीको छेउमा गए, अनि बिसाए आफ्नो बिन्ती ।

श्रीमतीको नाममा रहेको सम्पत्ति लिन मुद्दा जित्न सात वर्ष लाग्यो । तर मेरो साथीहरुले ‘गाइनेले राजाको आर्शीवादमा घर पायो भने ।

‘उ बेला सित्तैमा कसले ल्याइदिन्थ्यो । एक छिन त ड्राइभर चुप बसे  । पछि उनले ल गायक रहेछौँ पछाडिको सिटमा बस भने, गाडीको पछाडि बसेर फर्किएँ म । ती ड्राइभर मेरा लागि त्यो दिन भगवान भए ।’

धेरै तामाङ सेलो कुमार बस्नेतले सिन्धुपाल्चोको यात्रा गर्दा सिके । एउटै सिटमा बसेका तामाङ दाजुभाइ उनका लागि गीतको स्रोत बन्थ्यो । यस्तै गाउँका तामाङ बस्ती, छ्याङ खाने थलो मात्रै होइन गीत सिक्ने मन्दिर बन्थ्यो ।

गाउँघरका छोरी बिगारेको बात लाग्यो

छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन झिल्के डाइभरले ।।

कलियुगको बेलैमा जोशमा हुन्न होस
उनकै छोरी तरुनी हामीलाई के को दोष

लप्सीकोे गेडो चुसेर
ज्यामिर, निबुवा साँधेर
चटचट जिब्रो पड्काउँदै
घाममा सुतेर बिताउने
के रोग लाग्यो केटीलाई

यस्तो, अमिलो मात्रै रुचाउने, जस्ता गीत लोकप्रिय भए । तर यो लोकप्रियतासँगै उनले धेरै आलोचना सहनुपर्यो । केहीले त उनलाई छोरी चेली बिगारेको आरोपसमेत लगाए । हुन त उनले २०१४ सालतिरै ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’ भन्ने जस्ता धेरै गीत गाए । तर यस्ता गीत खासै रुचाइएन ।

उनले स्थानीय जात्रा, मेलापातमा गाउने गीत जस्ताको त्यस्तै टपक्कै टिपेर राष्ट्रिय रुपमा चिनाए । ‘मेरो गीत मन पराउनु भनेर मैले भन्दैमा गीत लोकप्रिय हुँदैन । गोठाला र ठेलागाडाको गीत गाएर ठूलो भइस भने । हाम्रो खास संस्कृति त त्यही हो नि ।’

आफ्ना गीतबारे धेरैले आलोचना गरेको सुनाउँछन् उनी, ‘छोरीभन्दा आमा तरुनी भन्ने गीत गाउन पाएको छैन, ढोल पिटेभन्दा बढ्दा हुने अनि अरु गीत गाउँदा कसैले नसुन्ने । जसले जे भने पनि मैले लोकले रुचाएको गीत नै गाएँ ।’

ठट्टा गर्द लट्टा चाहिँ पर्‍याे की परेन ? भन्ने प्रश्नमा उनी भन्छन् , ‘पर्‍याे नि किन नपर्नु । तर गाउँका दिदीबहिनीले चाहिँ औधी माया गर्ने । कतिपयले काठमाडौंबाट आउँदा ‘क्लिप’ र ‘धागो’ ल्याइदिनु है सम्म भन्थे ।’

अपजसको भारी 

‘श्रीमतीको नाममा रहेको सम्पत्ति लिन मुद्दा जित्न सात वर्ष लाग्यो । तर मेरो साथीहरुले ‘गाइनेले राजाको आर्शीवादमा घर पायो भने ।’

पुराना कुरा सम्झँदै कुमार बस्नेत भन्छन्, ‘२०२६ सालतिर राजा महेन्द्रले कार्यक्रम गराएका रहेछन् । त्यो कार्यक्रममा म पनि पुगेको थिएँ । कुमार बस्नेत पनि आएको छ भन्ने हल्ला चलेछ । राजाले मलाई पनि गीत गाउन  लगाए । मैले तीन चारवटा गीत पनि गाएँ । उबेला चाकरी चल्ने क्या । राजा मेरो नजिक आएर र सोधे ‘कुमार तिमीलाई केही भन्नु छ ?’, मैले केही छैन भने । राजा गए । सवारी चल्यो । त्यसको केहीबेरपछि राजा महेन्द्रका सम्धी केन्द्र शमशेर मेरो छेउमा आए । तोरीको फूल देख्ने गरी एक झापड गालामा लगाए । म त रनभुल्लमा परेँ । केन्द्र  शमशेरले मलाई गाली गरे – “म तेरो बाउ, बाजे  सबैलाई चिन्दछु । राजाले केही भन्नु छ ? भन्दा हजुर घर छैन भन्नु पर्दैन ।” केन्द्र शमशेरले यति भनेपछि पो म झसङ्ग भएँ । त्यो दिनको झापडले म १० दिनसम्म सुतेँ ।’ राजाको चाकरी नगर्ने उनले आफ्नै बलबुताले बसोबासको व्यवस्था गरे ।

लोक संस्कृतिका जिउँदो इतिहास हुन् कुमार बस्नेत । उनी ७५ वर्षको उमेरमा पनि उतिकै सक्रिय छन् । अहिले पनि उत्तिकै जोश जाँगर छ । देउडादेखि पूर्व–पश्चिमका गीत कुनै छुटाएका छैनन् उनले । युवा पुस्तालाई मन पर्ने पप गीतसमेत उतिकै रसिलो गरी प्रस्तुत गरेका छन् ।

लामो समयसम्म प्रतिलिपि अधिकारका क्षेत्रमा काम गर्दै उनी संगीत संघको अध्यक्षसम्म पनि भए । बुढ्यौलीले छुँदासमेत उनी आफ्नै कमाईमा बाँच्ने इच्छा राख्छन् ।

अन्तिम अपडेट: मंसिर १, २०७५

प्रचण्डको भुँडी सन्देश !

प्रचण्डको भुँडी  !

  मंसिर १, २०७५ शनिबार
unn.prixa.net

ठूलो मान्छेका ठूलै भुँडी । आश्चर्य, अचम्म र उदेकलाग्दो कुरो त हैन । तर पहिलोपटक ठूलो मान्छेका पुटुक्क परेको ठूलो भुँडी देख्दा देख्नेहरुलाई अचम्मै लाग्यो ।

ओहो प्रचण्डको भुँडी त कति ठूलो ! अझ बादलको त झन् घ्याम्पो जत्रो ! यो भुँडीभित्र के होला ? यति ठूलो भुँडी कसरी बोकेर हिँड्न सकेको होला ? के खाएर भुँडी त्यत्रो भएको होला ?

केही काम नपाउनेहरुका भुँडी छेउको मनभित्र भुँडीबारे नानाभाँतीका कुरा खेले । घ्याम्पे भुँडी भएका अरु भुँडीवालहरुलाई आरिस लाग्यो । भुँड्के भुँडीहरुलाई डाहा लाग्यो । ख्याउटे भुँडीहरुलाई त अचम्म र उदेग मात्रै लाग्यो–बडेमानको भुँडी देखेर ।

कपडाले छोपेको भुँडी हतपती देखाउन हुँदैनथियो, देखिहाल्यो । भुँडी देखियो भनेर मान्छेले कुरा काटे । तातोपानीमा नुहाउन गए भनेर पनि रिस गरे । त्यसमाथि हेलिकप्टर नै चढे भनेर पनि खेदो खने ।

त्यति ठूलो भुँडी भएका मान्छे काठमाडौंदेखि तातोपानीसम्म लखरलखर हिँडेर जान पनि मिल्दैनथियो । बसमै गएका भए पनि कुरा काट्नेले कुरै काट्थे – यति ठूलो भुँडी भएका मान्छे पनि के बस चढेर आएको होला भन्थे । हिँडेर गएको भए पनि कुरै काट्थे, गुडेर गएको भए पनि कुरै काट्थे ।

यसै पनि कुरा काट्ने, उसै पनि कुरा काट्ने भएपछि भुँडीवाललाई हेलिकप्टर नै चढ्नु ठीक लाग्यो । त्यसमाथि हेलिकप्टरले प्रायः भुँडीवालहरुलाई नै बोक्छ । अझ भनौं भुँडीवालहरुकै लागि हेलिकप्टर उड्ने गर्छ । हेलिकप्टरको अविष्कार नै भुँडीवालहरुका लागि त भएको हो । त्यसैले हेलिकप्टरले भुँडीवाललाई बोकेर नुहाउने ठाउँमा पुर्‍यायाे ।

ठूलो मान्छेले पनि नुहाउनुपर्छ, मैलोधैलो बस्न मिल्दैन । शरीरलाई सञ्चो गर्छ भने तातोपानीमा पनि डुबुल्की मार्न पाउनुपर्छ । ठूलो मान्छे भयो भन्दैमा कपडा लगाएरै नुहाउन मिल्दैन, खोल्नुपर्छ । कपडा खोलेपछि भुँडी देखिन्छ । धन्न भुँडी मात्र देखियो । समान प्रकारका दुई भुँडी ।

तातोपानीमा डुबुल्की मार्दा छर्लंग भएको भुँडी देखेर धेरैले भैरव अर्यालले ‘जय भुँडी’ पनि सम्झे । अर्यालले ‘जय भुँडी’ मा भुँडीलाई मुख्यतः चार भागमा वर्गीकरण गरेका छन् । हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, टाकनटुकन भुँडी र ठण्डाराम भुँडी ।

भैरव अर्यालको व्याख्या अनुसार हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तो मुख बाइरहेको हुन्छ । घ्याम्पे भुँडी हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्रायः उस्तैउस्तै हुन्छ । अनि टाकनटुकन भुँडीलाई चाहिँ नवैद्य अर्थात आहारा जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन । अनि ठण्डाराम भुँडी चाहिँ प्रायः खोक्रै रहन्छ । हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठण्डाराम भुँडीहरु सधैं भकुन्डिरहेका छन् ।

तातोपानीमा बडेमानको भुँडी देखेर तीनछक पर्नेहरुलाई त्यो भुँडीको प्रकार कुन हो भनेर छुट्याउन मुश्किल पर्ला । भुँडी देखेर आश्चर्य मान्ने टाकनटुकन र ठण्डाराम भुँडी भएकाहरुले त हाँडीघोप्टे या घ्याम्पे भुँडीकै जात हो पनि भनेका छन् । तर मेरो ठम्याई छ, तातोपानीमा सार्वजनिक भुँडी भैरव अर्यालको जय भुँडीमा छुट्याइएको कुनै वर्गको भुँडीसँग मेल खाँदैन । यो अर्कै जातको भुँडी हो ।

सबैले बुझ्दा हुन्छ पुटुक्क उठेको त्यो भुँडी समृद्धिको प्रतीक हो । सबैका भुँडी यसैगरी पुटुक्क भयो भने सुख र समृद्धि छिटै आउँछ भन्ने सन्देश हो । जनताको भुँडी र पेट भर्छु भनेर लागेकाहरु पहिले आफैं उदाहरण भएर प्रस्तुत हुनुपर्छ । जे गर्छु भनेको छ, पहिले आफैंले त्यो कुरा गरेर देखाउनुपर्छ । अनि मात्र अरुलाई यस्तै हुनुपर्छ भनेर भन्न सुहाउँछ ।

यी दुई भुँडी मात्र ठूला होइनन् । यसअघि अरुको भुँडी र पेट भर्छु भनेर कसम खाएकाहरुको भुँडी पनि यस्तै पुटुक्क छन् । जितेर बालुवाटार पस्नेहरुलाई हेर्नुस् या हारेर बोहोराटार थन्किनेहरुलाई हेर्नुस्, सबैका भुँडी उस्तै छन् । यी सबै भुँडीहरु सबै नेपालीको भुँडी पुटुक्क पार्ने अभियानमा छन् । सबैको भुँडी पुटुक्क बनाउन पहिले आफू ठाउँमा पुग्नुपर्छ र आफ्नो भुँडीलाई त्यस्तै आकारको बनाउनुपर्छ । अनि मात्र अरुको भुँडीलाई उकास्न सकिन्छ ।

तातोपानीमा देखिएको भुँडी यस्तै अभियानमा लागेकाहरुको नमुना भुँडी हो । कुरा काट्नेहरुलाई चेतना भया !

मंसिर १, २०७५

यी बाह्र नियुक्तिले बने प्रधानमन्त्री ओली पार्टीभित्रै आलोचित

काठमाडौं, ३० कात्तिक । मुलुकमा दुई तिहाईको शक्तिशाली कम्युनिस्ट सरकार छ । घोषणापत्रमा उल्लेखित प्रतिवद्धता अनुरूप यतिबेला सरकारले समृद्धिको दिशा तय गरिसक्नुपर्ने हो । तर, सरकार गठन भएको नौ महिना नबित्दै पार्टीभित्रै सरकारप्रति असन्तुष्टि झाँगिन थालेको छ ।

त्यसो त सरकारले ठीक ढंगले काम गर्न नसक्नुको पछाडि ‘कर्मचारीतन्त्र’लाई समेत दोष देखाउन थालिएको छ । नेपाल कम्युनिस्ट पार्टीका (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले सरकारले जनअपेक्षानुरूप काम गर्न नसक्नुका पछाडि कर्मचारीको सोच, चिन्तन र कार्यशैली बाधक रहेको औँल्याएका थिए ।

गत साता विराटनगर र पोखरामा आयोजित कार्यक्रममा प्रचण्डले कर्मचारीहरु नसुध्रिएको भन्दै सरकारको सुस्तताको पछाडि कर्मचारी नै बाधक रहेको किटान गरेका थिए ।

तर, वास्तविकता त्यस्तो नभएको ने क पाकै केन्द्रीय नेताहरू बताउँछन् । सरकारको नेतृत्व दुई तिहाईको समर्थन रहेको कम्युनिस्टको हुने तर नियुक्ति दिँदा गैरकम्युनिस्ट र पार्टीको घेराभन्दा बाहिरका व्यक्ति छनोट गरिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको छ ।

पार्टीमा योगदान दिएका आधारमा नियुक्ति नदिइएको भन्दै उनको आलोचना गरिएको हो । आफूनिकट नभएमा पार्टी नहेरेको गुनासो केपी ओली इतर विचार समूह (गुट)ले गर्दै आएका छन् ।

यी हुन् पछिल्ला नियुक्ति

मदन खरेल
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कमाण्ड सम्हालिरहेका प्रधानमन्त्री ओलीको अचम्मको ‘झापा मोह’ देखिएको छ । महान्यायाधिवक्ता अग्नी खरेलदेखि अर्थमन्त्री डा. युवराज खतिवडासम्म उनकै गृहजिल्ला निवासी हुन् ।

त्यसबाहेक उनको सचिवालयमा पनि झापा इतरका नेता–कार्यकर्ता विरलै अटाउँछन् । अझ प्रवेश नै पाउँदैनन् भन्दा हुन्छ । त्यसैले हुनुपर्छ— केही दिन पहिले झापाकै मदन खरेललाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष नियुक्ति दिलाए ।

अहिले सञ्चार जगतमा व्यापक चर्चामा छ– वाइड बडी विमानमा घोटाला प्रकरण । यसको सत्यतथ्य समयक्रममा खुल्दै जालान् । वाइड बडी खरिद् प्रकरणमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार र खरेल पक्ष तथा विपक्षमा उभिएका थिए । खरेल वाइड बडी विमान किन्नै हुँदैन भन्ने तर्कमा उभिँदै आएका थिए । तर, प्रधानमन्त्री ओलीले तिनै खरेललाई योग्य देखेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।

“निगमका महाप्रवन्धकका रूपमा सुगतरत्न कंसाकार बहाल छँदैछन् । एउटै संस्थानमा समानान्तर पद सिर्जना गरी खरेललाई अर्को कार्यकारी नियुक्त गर्न आवश्यक नै थिएन,” ती नेताको तर्क छ ।

दिगम्बर झा
दूरसञ्चार प्राधिकरण, अध्यक्ष

अचेल प्रधानमन्त्रीको श्रवणीय थेगो छ– “म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेलाई सहँदै सहन्न ।” त्यसो त राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार गर्दिन भनेर दिनहुँ किरिया नै खानुपर्ने अवस्था छ ।
तर, प्रधानमन्त्रीको सदाचारमोहलाई उनकै नियुक्तिले ‘लोप्पा’ खुवाइदिएको छ । त्यसको जीउँदोजाग्दो उदाहरण हुन्– दिगम्बर झा । शेरबहादुर देउवा सरकारका पालामा दूरसञ्चार प्राधिकरण अध्यक्षमा नियुक्त भएका झालाई शुरूमा ओली नेतृत्वकै सरकारले ‘कुनै पनि काम नगर्न निर्देशन’ दिएको थियो ।

लगत्तै ओली नेतृत्वको सरकारले देउवाका पालामा गरिएको सबै निर्णय खारेज गर्ने निर्णय ग¥यो । अदालतले पुनर्वहाली गरिदिँदा झाको पद फिर्ता भए पनि उनले आफ्नो मुद्दा फिर्ता लिएकाले अध्यक्षमा थमौती भएनन् ।

तिनै झालाई २१ भदौको मन्त्रिपरिषद् बैठकले दूरसञ्चार प्राधिकरण अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएपछि पार्टीभित्र असन्तोष प्रकट भइरहेको छ ।

“एउटै व्यक्ति आयल निगम, दूग्ध विकास संस्थान, दूर सञ्चार सबैतिर फिट हुने प्रधानमन्त्री ओलीको कस्तो मापदण्ड हो ? हामीलाई अचम्मित तुल्याएको छ,” बाह्रखरीसँग ने क पाका एक केन्द्रीय नेताले गुनासो गरे ।

सुरज वैद्य
राष्ट्रिय संयोजक, नेपाल भ्रमण वर्ष–२०२०

कम्युनिस्ट विचारधारासँग साइनोसम्बन्धै नभए पनि कम्युनिस्ट सरकारबाटै पद प्राप्त गर्ने अर्का ‘भाग्यशाली’ पात्र हुन्– व्यवसायी सुरज वैद्य । व्यवसायिक घराना वैद्य अर्गनाइजेसन र टोयोटाको नेपालमा बिक्री प्रतिनिधि वैद्यलाई नाता सम्बन्धै नजोडिएको पर्यटन क्षेत्रबाट समृद्धि आर्जन गर्ने गरी नेपाल भ्रमण वर्ष–२०२० को राष्ट्रिय संयोजक बनाएको विषय पार्टीभित्र बहसमा छ । वैद्य नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष हुन् भने सार्क चेम्बर अफ कमर्सका अध्यक्ष पनि छन् ।

अवदेशकुमार त्रिपाठी
उपाध्यक्ष, लुम्बिनी विकास कोष

तीन महिनाअघि लुम्बिनी विकास कोषका उपाध्यक्षमा पुनः नियुक्त गरिएका अवदेशकुमार त्रिपाठीबारे पनि ने क पा नेता सन्तुष्ट छैनन् । त्रिपाठी बौद्धमार्गीसमेत नभएको र पटक–पटक उनैलाई नियुक्त गरिनुका कारण खोज्नुपर्ने बताउँछन्– ने क पाका कार्यकर्ता ।

“कांग्रेस नेतृत्वको सरकारले नियुक्ति दिएर कुनै कार्यसम्पादन गर्न नसकेको व्यक्ति कम्युनिस्ट सरकारलाई कसरी योग्य हुन्छ ?,” ने क पाका नेता प्रश्न गर्छन् ।

“पार्टीभित्र योग्य व्यक्ति नै नभएजस्तो गरी कांग्रेसमा पनि अटाएका, कम्युनिस्टमा पनि अटाएका, हुँदाहुँदा राजतन्त्रलाई समेत प्रिय भएका ‘उभयचर’ जस्ता पात्र खोज्न थालिएको छ,” थप्छन् उनी ।

नीलाम्बर आचार्य
भारतका लागि प्रस्तावित राजदूत

नीलाम्बर आचार्यलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेपछि ने क पाभित्रै आलोचना भएको छ । तर विपक्षीले उनको नियुक्ति सही भएको टिप्पणी गर्दै आएका छन् ।

भर्खरै सरकारले भारतका लागि राजदूत सिफारिस गरेका आचार्य शुरूमा नेकपा रायमाझी समूहमा थिए । मानन्धर समूह, विक्रम सम्वत् २०४८ सालमा दर्ता भएको नेकपा (प्रजातन्त्रवादी) आदि पार्टीभित्र रहेर कम्युनिष्ट विचारधाराको ओतमुनि अटाएका आचार्य २०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा कानुनमन्त्री थिए ।

त्यसपछि कांग्रेसको कोटाबाट श्रीलंकाको राजदूत बनेका थिए । संविधानसभामा कांग्रेसले नै उनलाई सांसद बनाएको थियो । पार्टीमा योगदान गरेको व्यक्तिलाई राजदूत बनाउन प्रधानमन्त्रीलाई दबाब थियो । तर प्रधानमन्त्रीले आफ्नो गुटको व्यक्ति छनोटमा नपरेर आचार्यलाई बनाएको हुन सक्ने अन्य गुटको आशंका छ ।

त्यसो त ओली नेतृत्वकै सरकारले नीलकण्ठ उप्रेतीलाई राजदूत बनाउने तयारी गरेको थियो । तर, उनको सिफारिस पार्टीभित्र विवादमा परेपछि आचार्यको नाम अघि सारिएको हो ।

सुशील भट्ट
सदस्य राष्ट्रिय, योजना आयोग

ई. सुशील भट्टलाई राष्ट्रिय योजना आयोगको सदस्य मनोनीत गरिएको विषय पनि ‘भुसको आगो’ बनेको छ ।

“उनको यो सरकारको नीति, कार्यक्रम, योजनासँग कुनै साइनो–सम्बन्ध छैन । उनका सहोदर भाइ दीपक भट्ट मुलुककै माथिल्लो तहको ठेकेदार रहेकाले पार्टी अध्यक्षद्वय ओली, प्रचण्ड र वामदेव गौतमलाईसमेत प्रभावमा पारेर दाइलाई नियुक्ति दिलाएका हुन्” ने क पाका एक नेताको दाबी छ ।

सुनील पौडेल
राष्ट्रिय सूचना प्रविधि केन्द्र, कार्यकारी निर्देशक

सरकारले सञ्चारमन्त्रालय अन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका सुनील पौडेलबारे पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ । कांग्रेस पृष्ठभूमिका र विषयसँग असम्बन्धित पौडलेलाई सञ्चारमन्त्री बास्कोटाको ठाडो निर्देशनमा सूचना प्रविधिको मुख्य पद जिम्मा लगाइएको भन्दै पार्टीका नेताहरू रुष्ट बनेका छन् ।

कृष्णमुरारी भण्डारी
कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान

पत्रकार तथा स्तम्भकार कृष्णमुरारी भण्डारीलाई सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ । उनलाई असोज २१ गतेको मन्त्रिपरिषद् बैठकले चारवर्षका लागि अध्यक्ष नियुक्त गरेको हो । निर्वतमान अध्यक्ष गोविन्द पोखरेललाई हटाएर सरकारले उनलाई अध्यक्ष पद थमाएको हो । “पार्टीलाई कुनै योगदान, कुनै विशिष्ट योग्यता, क्षमता भएर होइन, अध्यक्ष ओलीको समर्थनमा स्तम्भ लेखेकैले उनलाई पुरस्कृत गरिएको”भन्दै ने क पाका नेता रुष्ट बनेका छन् ।

देवप्रकाश त्रिपाठी

देवयानी र फौजदारी संहितामा पत्रकारको हक कुण्ठित भएको भन्दै पत्रकार महासंघ ढिला गरी आन्दोलित भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध संहिता ऐन २०७४ लगायतका कानूनी व्यवस्थाका विषयमा सम्बद्ध क्षेत्रसँग परामर्श गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा समिति गठन गर्‍यो ।

कार्यदलमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासंघका पूर्व सभापति धर्मेन्द्र झा, नेपाल प्रेस इस्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल, ब्रोडकास्टिङ्ग एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङ, पत्रकारहरू टिकाराम राई, डा. राजेश अहिराज र पूर्ण बस्नेत सदस्य छन् ।

त्यहाँ पनि पत्रकारिता क्षेत्रमा लागेका वाम–प्रगतिशीलहरूलाई पछाडि पारेर गैर–कम्युनिस्टलाई समितिको संयोजकको जिम्मेवारी दिएको भन्दै ने क पाभित्र विवाद भएको नेताहरू बताउँछन् ।

समितिकै सदस्य रहेका अहिराजका विषयमा पनि ने क पाका नेताहरू रूष्ट छन् । “अहिराजको पार्टीमा खास योगदान र भूमिका छैन, तथापि सरकारले उनैलाई जिम्मेवारी दिएको छ,” एक नेताले टिप्पणी गरे ।

त्यस्तै, नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’को बारेमा पनि पार्टीका नेताहरूले पार्टी नेतृत्वको सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् ।

सरकारले ‘फन्डिङ’ गरेको कार्यक्रम सञ्चालनका लागि कुनै निजी कम्पनीलाई दिइएको र गैर–कम्युनिस्टले कार्यक्रम चलाएको भन्दै नेतृत्वको आलोचना भएको हो

अञ्जान शाक्य
इजरायलका लागि प्रस्तावित राजदूत

नियुक्ति प्रकरणले विवाद निम्तने पछिल्लो पात्र बनेकी छिन्– अञ्जान शाक्य । शाक्यलाई चारदिन अघि बसेको मन्त्रिपरिषद् बैठकले इजरायलको राजदूतका लागि सिफारिस गरेको थियो । र, सोको जानकारी बिहीबार मात्रै पत्रकार सम्मेलन गरेर दिइयो ।

गीत, संगीतको क्षेत्रमा लागेकी र कूटनीतिक चेत भएकी शाक्य पद वहन पनि गर्न सक्छिन् । तर, ने क पामा क्रियाशील नरहेकी तर प्रधानमन्त्री निकट भएकैले उनलाई राजदूत सिफारिस गरिएको भन्दै पार्टीभित्र तीव्र आलोचना भइरहेको छ । “शाक्य पञ्चायतकालमा चाँदनी शाहका गीत गाएर हिँड्नुहुन्थ्यो, वर्तमान प्रधानमन्त्री उपप्रधानतथा परराष्ट्रमन्त्री भएकाबेला ओलीसँग चिनापर्ची भएको हो, त्यही चिनजानले राजदूत पद दिलायो,” ने क पाका नेता बताउँछन् ।

अञ्जानका पति अजयक्रान्ति शाक्य काठमाडौं– ९(क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

बाह्रखरीबाट

धुमधामका साथ  लुम्बिनीमा त्रिपिटक पाठ

कपिलवस्तु – १८ देशका ५ सयभन्दा बढी भिक्षु भिक्षुणी र उपासकसमेत गरी झण्डै २ हजार जनाको उपस्थितिमा ३ दिने त्रिपिटक वाचन कार्यक्रम लुम्बिनीको मायादेवी मन्दिर नजिकैको बगैँचामा सुरु गरिएको हो । नेपालमै पहिलो पटक बौद्ध धर्म ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम भव्यताका साथ बुधबारबाट लुम्बिनीमा सुरु भएको छ ।

यो कार्यक्रमले  लुम्बिनीलाई विश्व शान्तिको मुहानको रुपमा चिनाउन निकै सहयोग पुग्छ भन्ने सोचेका छौँ’, सदस्य सचिव भट्राईले भन्नुभयो,

कार्यक्रमअनुसार पहिलो दिन हिजो बुधबार थाई भिक्षुहरुबाट सुरु गरिएको त्रिपिटक पाठ नेपाली, म्यानमार, थाइल्याण्ड र श्रीलंकाका भिक्षुले गरेका थिए । यसैगरी कार्यक्रमको आज दोस्रो दिन नेपालका महायनी सम्प्रदाय, हिमाली लामा, चीन, जापानी र भियतनामी भिक्षुले पाठ गरेका छन् । त्यसै अवसरमा आज बिहान कार्यक्रमस्थलमा नेपालका लागि अमेरिकी राजदूतको पनि उपस्थति रहेको थियो ।

नेपालमै पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमबाट आम नेपाली तथा विदेशीहरुमा बुद्ध धर्म ग्रन्थ त्रिपिटकको बारेमा प्रचार हुने अपेक्षासहित बुद्ध जन्मस्थल लुम्बिनीको संसारभर प्रचारप्रसार हुने अपेक्षा गरिएको कार्यक्रमका आयोजक एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले बताउनुभयो ।

कार्यक्रमअनुसार शुक्रबार थाई भन्तेको नेतृत्वमा पाठ सुरु हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले त्रिपिटक पाठ गर्ने लुम्बिनी विकास कोषका का.मु. सदस्य सचिव सरोज भट्राईले बताउनुभयो । ‘‘शाक्य मुनि बुद्धका बारेमा बुझेका नेपालीहरुलाई बुद्ध धर्म ग्रन्थ त्रिपिटकको बारेमा जानकारी दिन र बुद्ध जन्मस्थल लुम्बिनीको महिमा एवं प्रचारप्रसार संसारभर फैलाउन कार्यक्रम फलदायी हुनेछ ।’

कार्यक्रमस्थल लुम्बिनी क्षेत्रलाई पूर्ण सरसफाइ, पुष्प गुच्छा, बौद्ध झण्डा, तुल, ब्यानरले सिंगारिएको छ । प्रत्येक दिन ५ बजे पाठ सकि पछि २ घण्टा बौद्ध विद्वान, संघ नायक र रिम्पोछेबाट धर्म देशना दिने गरिएको छ ।

कार्यक्रममा भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नु भएको वसन्त्र जातक सुत्र पाठ गरिएको छ । त्यस्तै शाक्य र कोलीयहरुबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै देशना गर्नु भएको महासमय सुत्र पाठ गरिएको छ । यहा पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरिसकिएको छ ।

फोटो: ujyaaloonline

 

आजको राशिफल / वि.सं. २०७५ कार्तिक ३० गते शुक्रबार

वि.सं. २०७५ कार्तिक ३० गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२६ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे,  कार्तिक शुक्लपक्षको अष्टमी तिथि, बिहान ०७:१८ बजेसम्म, त्यसपछि नवमी तिथि, धनिष्ठा नक्षत्र, बिहान १०:२९ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), ध्रुव योग, साँझ ०६:०३ बजेसम्म, त्यसपछि व्याघात योग, बब करण, बेलुका ०८:१७ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : धाता, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, आजको चाडपर्व र उत्सव : कार्तिक मसान्त

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : मार्ग संक्रान्ति, सत्ययुगादि, कुष्माण्ड नवमी, हेटौंडा कूुष्माण्ड सरोवरमा मेला, सको चंगुवने, ०२ गते : बलम्बु महालक्ष्मी यात्रा, धादिंग, फूलखर्कमा गंगाजमुना मेला, ०३ गते : हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चकारम्भ, बराहक्षेत्र सुनसरीमा धार्मिक मेला प्रारम्भ, खोटांगको बराहपोखरीमा मेला,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

मेयरको इट्टा उद्योगमा गाँजाको कारोबार

विराटनगर / मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले संचालन गरेको आन्नद इट्टा उद्योगमा अवैध गाँजाको कारोबार हुने गरेको पाइएको छ । उद्योग भित्र काम गर्ने कामदारले अवैध रुपमा गाँजा भित्रयाएर विक्री गर्दै गर्दा प्रहरीले एक भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलसा भएको हो ।

आनन्द ईटा उद्योगको इट्टा भट्टामा लेवर काम गर्ने भारत बंगाल कुसबिहार वस्ने ३० वर्षिय हेमन्त बर्मनले उद्योग परिसर भित्र गाँजाको कारोबार समेत गर्नेे गरेको अनुसन्धानबाट खुलेको छ । उद्योग भित्रको क्यान्टिन समेत चलाउने गरेका उनले बाहिरबाट गोप्य रुपमा गाँजा माग गर्ने र भित्र काम गर्ने कामदारलाई विक्री गर्ने गरेको प्रहरीले जनाएको छ । गाँजाको कारोबार गर्न माहिर रहेका हेमन्तले उद्योग भित्र रहेको क्यानटिनमा गाँजा भरेर एक चिलिमको भारु ५० रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलको छ । प्रहरीका अनुसार करिव एक हजारको संख्यामा मजदुर रहेको उक्त उद्योगका धेरै पुरुष कामदारहरूलाई गाँजा भरेर पैसा लिंदै चिलिमको हिसाबले विक्री गर्थे ।

इटा उद्योग भित्र गाँजाको कारोबार गर्ने गरेको इलका प्रहरी कार्यालय रङ्गेलीलाई गोप्य सूचना आएपछि छापा मार्दा प्रहरीले विक्री गर्ने रातो झोलामा प्याक गरी लुकाई राखेको लागु औषध गाँजा साढे दुई केजी सहित कारोबारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए । ‘उद्योग भित्रको क्यान्टिनमा छापा मार्ने क्रममा गाजा फेला प¥यो,’ इप्रका रङगेलीका प्रमुख,’ कार्कीले भने, ‘बुझदै जाँदा पक्राउ परेका व्यक्तिले नेपाल र भारतबाट गाँजा मगाउने गरेको खुलेको छ ।’ पक्राउ परेका भारतीय नगरिकलाई लागूऔषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भईरहेको छ ।

उक्त उद्योगको संचालक बगडिया रङ्गेलीका मेयर समेत हुन् । यस अघि श्रम कार्यालय विराटनगरले अनुगमनको क्रममा व्यापक रुपमा श्रम शोषण गरेको फेला परेको थियो । श्रम कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलको नेतृत्वमा गएको अनुगमनको टोलीले यस्तो फेला पारेको थियो । मजदुरको श्रम शोषण गरेको पाइएपछि उद्योगलाई तत्काल श्रम ऐन लागू गर्न दिर्नेशन समेत दिएको सञ्जेलले बताए ।

लागूऔषधसहित २ पक्राउ

वडा प्रहरी कार्यालय (ख) विराटनगर हाटखोलाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका २ स्थित रेल्वे बाटोमा दक्षिणबाट उतरतर्फ आउदै गरेका कटहरी गापा ४ बस्ने २९ वर्षिय मो. मताज मियाँ र सोही वडाका २० वर्षिय अनिल कुमार यादवलाई प्रहरीले पक्राउृ गरेको हो । प्रहरीले उनीहलाई नाईट्रोसन ९० ट्याब्लेट सहित पक्राउ गरी लागु औषध अन्तर्गत म्याद थप भई थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

उद्योगबाट गाँजाको कारोवार हुने गरेको पाइएपछि इँटा उद्योगका संचालक एवं रंगेलीका मेयर दिलिप बगडियासंग पनि प्रहरीले सोधपुछ गरेको छ । ‘उद्योग खोलेको २५ वर्ष भयो,’ बगडियाले भने, ‘अहिले सम्म यस्तो धन्दा संचालन भएको थाहै थिएन ।’ उनले अवैध कारोवार गर्नेलाई कानुन अनुसार कारवाही गर्ने र विना कारवाही छुटाउनका लागि प्रहरीलाई कुनै पनि दवाव नदिने बताए । उनले भट्टामा काम गर्नका लागि नयाँ मजदुर आएको आठ÷दश दिन मात्रै भएको बताए ।

सिंहदरबारको ‘रोग’ले प्रदेशमा ‘महामारी’को खतरा !

सिंहदरबारको ‘रोग’ले प्रदेशमा ‘महामारी’को खतरा !
खरीबोट

काठमाडौं । सामान्यतया सरकारमा हेरफेर हुनुलाई प्रजातन्त्रकै एक अभ्यास मानिन्छ । तर पाँच वर्षको जनमत हासिल गरेर गठन भएको सरकारले वार्षिक अनुभव हासिल गर्न नपाउँदै मन्त्रीहरुको फेरबदल अनुभव गर्नथाल्यो भने त्यसलाई प्रजातान्त्रिक अभ्यासभन्दा पनि राजनीतिक विकृति वा अराजकताको अवस्था भन्नुपर्ने हुन्छ । जनताको मत लिएर सरकारको अंग बनिसकेपछि केन्द्र होस् या प्रदेश, मन्त्रीहरुको कर्तव्य जनताको सेवा गर्नु हो तर भर्खरै नेपालमा थालिएको संघीय अभ्यासमा भने प्रजातान्त्रिक चरित्र देख्न पाइएको छैन ।

निर्वाचन हुनु, कुनै पार्टीले बहुमत पाउनु र उसैले जनमतअनुसार सत्ता चलाउनु प्रजातन्त्रको सौन्दर्य हो तर निर्वाचनले दिएको परिणामलाई शिरोधार्य गर्न नसक्नु, छाडावादलाई प्रश्रय दिनु, सूचनाको जनताको मौलिक हककै अपहरण गर्न खोज्नु, सार्वजनिक रुपमा सरकारका गलत कामको विरोध गर्ने जनअधिकारमाथि प्रतिबन्ध लगाइनु, समाजसेवीहरुले गर्ने आन्दोलनमाथि प्रतिबन्ध लगाइनु, भएजति अधिकार आफूमा अन्तर्निहित गर्नु, कच्चा कूटनैतिक अभ्यास गरिनु, बहुमतको दम्भ प्रदर्शन गर्नु कुनै पनि मानेमा प्रजातान्त्रिक अभ्यासको उदाहरण प्रदर्शन होइन ।

सिधा कुरा गर्नुपर्दा प्रजातन्त्रप्राप्तिको यति लामो अवधिमा लोकतान्त्रिक संघीय शासनप्रणालीको अभ्यास गरिरहेको देशमा जनमत हासिल गरेर सत्तामा पुगेका मन्त्रीहरुको गैरजिम्मेवार हर्कतहरु प्रजातन्त्र, गणतन्त्र र संघीयताकै शत्रु बन्ने खतरा देखिन थालेको छ । ५-६ महिना वा वर्षैपिच्छे सरकारमा फेरबदल भइरहनु नेपाली राजनीतिको परम्परा नै हो । दोस्रो जन आन्दोलनताकासम्म यसलाई विभिन्न समस्याले गर्दा सामान्य रुपमा लिइए पनि अहिले ती समस्याहरुबाट देशले पार पाइसकेको र विकास र समृद्धिको पथमा अग्रसर भइसकेको अवस्थामा पनि सोही कुरा परम्पराकै रुपमा देखा परिरहनु विडम्बना हो ।

प्रदेशमा सरकार गठन भएको छ, केन्द्रमा सरकार गठन भएको छ, वर्षदिनसमेत मनाउन बाँकी रहेको अवस्थामा जनताका लागि ती सरकारले उल्लेखनीय काम त गर्नसकेका छैनन् नै उल्टै सिंहदरबारको रोग अब विकेन्द्रीकृत भएर प्रदेशमा सरेको आभास हुनथालेको छ ।

केही दिनअघि मात्रै प्रदेश ३ का मुख्यमन्त्रीबाट अराजक मन्त्री केशव स्थापित बर्खास्तीमा परे । अनुशासनहीन काम गरेको, जनमतको सम्मान गर्न नसकेको, मुख्यमन्त्रीलाई असहयोग गरेकोजस्ता आरोप त स्थापितमाथि छँदै थियो, आफू काठमाडौं महानगरको मेयर रहँदा कर्मचारीमाथि यौनशोषण गर्न खोजेको र नमान्दा ती कर्मचारीले जागिर गुमाएको पोल खुल्नु अहिले विश्वव्यापीकरण भइरहेको मिटू आन्दोलनको केही देन पनि हो । यस्तोमा आफूलाई असहयोग गर्ने मन्त्री हटाउन मुख्यमन्त्री डोरमणि पौडेललाई सजिलो भयो ।

त्यसको केही दिनपछि नै सुदूरपश्चिम प्रदेशबाट सामाजिक विकासमन्त्री दीर्घ सोडारी पदमुक्त भएका छन् । उनीमाथि पदीय आचरणविपरीत काम गरेको आरोप लगाइएको छ भने उनको पार्टी नेकपाले साधारण सदस्यता पनि खारेज गरिदिएको छ । यी दुई उदाहरणहरुले के देखाउँछ भने प्रदेशमा पनि केन्द्रकै पुरानो ‘रोग’ सरेको छ । केन्द्र त उक्त रोगबाट ग्रस्त थियो नै अब प्रदेशहरु पनि त्यस्तै हुँदै छन् है भन्ने बलियो संकेत हो यो । त्यसो त यी दुई घटनाअघि केन्द्रकै एक मन्त्रीले समेत मुख नियन्त्रण गर्न नसक्दा पद गुमाउनुपरेको थियो । यी सबै घटना पछिल्लो निर्वाचनपछिको तथाकथित ‘स्थायी राजनीतिक अभ्यास’ सुरु भएपछिको हो ।

घटनाहरु यतिमात्रै छैनन् । यस्ता विकृतिमूलक कुराहरु नेपाली राजनीतिकै उपज हुन् भन्ने कुरामा दुई मत छैन । किनकि त्यसको मूल केन्द्र अर्थात् नेपालको मूलधारको राजनीति नै हो भने ती कुराहरु प्रदेशमा देखिनु नौलो कुरा होइन । केही दिनअघि मात्रै प्रदेश ३ सरकार, प्रदेश संसदले बालुवातस्करीलाई बढावा दिने गरी कानुनको मस्यौदा तयार गरिरहेका समाचारहरु आएका थिए भने कतिपय ठूला राष्ट्रिय दैनिकमा काम गर्ने पत्रकारहरुले धादिङका बालुवामाफियासँग मिलेर रकम खाएको कुराले चर्चा पाएको थियो । उता कर्णाली प्रदेशका कतिपय मन्त्रीहरु आफैँ ठेकेदार रहेका कुराहरु पनि आइरहेकै थिए । त्यस्तै अन्य प्रदेशका मुख्यमन्त्रीको उपचारार्थ विदेश भ्रमणहरुबारेका विवादहरु पनि छँदै छन् । यी सबै कुराहरु प्रदेशले केन्द्रको राजनीतिक इतिहासबाटै सिकेको बुझ्नुपर्छ ।

नेपालका नेताहरुलाई ज्वरो आउँदा, पेट दुःख्दा थाइल्याण्ड, सिंगापुर उपचार गर्न जानु कुनै नौलो कुरा होइन । सोही कुराको अनुशरण अहिले प्रदेशका राजनीतिज्ञहरुले गरिरहेका हुन् । १ वर्षको पुगनपुग संघीय अभ्यासमा केन्द्रको संसदबाट प्रदेशको संसदमा राजनीतिक विकृतिहरु सरेका छन् । सुख, सुविधाभोगी मानसिकताहरु यता त छँदै छन्, उता पनि सरेका छन् भने सामान्य जीविकोपार्जनका लागि गरिने व्यवसायमा अचाक्ली करआतंक देखिएकै हुन् । देखिने गरी प्रदेशले काम गर्न पनि सकेका छैनन् । न त कर्मचारीहरुलाई केन्द्र सरकारले ठाउँ तोकेर पठाउन नै सकेको छ । अटेर कर्मचारी, अराजक नेताहरु र दलाल मानसिकता भएका सांसद्हरुको कारण बल्लतल्ल आएको संघीयता नै धरापमा पर्ने डर पैदा हुँदै गएको छ ।

देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता आउनुको अभिप्रायः माथिका विकृतिहरुको अपेक्षा पक्कै हुँदै होइन तर ‘रोगी’ र ‘भ्रष्ट’ मानसिकताका नेताहरुको कार्यशैलीले जनताले सुख, समृद्धि पाउनेभन्दा दुःख, कष्ट झेल्नुपर्ने पो हो कि भनेझैँ हुनथालेको छ ।

अहिले प्रदेश सरकार हुन् या स्थानीय सरकार हुन् ठोस रुपमा विकासको खाका बनाउन र जनतालाई आस्वस्त पार्न सकेका छैनन्। जनताका न्युनतम समस्या शिक्षा, स्वास्थ्य, खानेपानीमा दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुको साटो भ्यू टावरको सिलान्यास गरेर विकासे योजना बनाएको दाबि गर्दै छन् । यसका लागि न त केन्द्रले प्रदेश र स्थानीय तहलाई स्पष्टरुपमा बाटो देखाउन सकेको छ न त प्रदेश र स्थानीय तहले उपलब्ध स्रोत र साधनको सहि उपयोग गरेर जनताको विस्वास जित नै सकेका छन्। गाउँ गाउँमा सिंहदरबार पुर्यायौ भन्नेहरुले सिंह दरबारसँगै सिंहदरबारमा रहेको ‘रोग’ पनि पठाईदिदा यसले महामारीको रुपले लिने खतरा पैदा भएको छ।

क्रुर अामा, जसले छोरीलाई दुर्इ वर्षसम्म कारको डिक्कीमा राखिन्


भनिन्छ ‘आमा’ भगवानको अर्को रुप हो। तर त्यसको ठिक विपरित एक फ्रान्सेली आमाले आफ्नै सन्तानप्रति दानवको रुप देखाएकी छन्।

सन् २०१३ मा रोजा–मारिया डा क्रुज जब कार बनाउन टाराससन–लाभिलेडिउको ग्यारेज पुगिन्। तब मेकानिकले कारबाट बच्चा कराएको आवाज सुने।

उनले कारको डिक्की खोल्दा २ वर्षकी एक बालिकालाई देखे। उनलाई देख्ने वित्तिकै ती बालिका मुस्कुराएकी थिइन्। त्यस बखत आफू निकै भावुक भएको मेकानिकले बताएका थिए।

उनैले यस क्रुर घटनालाई विश्वभर सार्वजनिक गरेका थिए। ती बालिका अशक्त थिइन्। यतिबेला ती बालिका ७ वर्षकी भएकी छन्। उनी बालबालिका सुरक्षा केन्द्रमा हुर्किरहेकी छन्।

यसैहप्ता सोही घटनामा दोषी मानिएकी ५० वर्षिया रोजा–मारियालाई अदालतमा खडा गरिएको छ। उनीमाथि छोरी डिक्किमा राखिएको घटनाबारे छानबिन सुरु भएको छ।

घटनामा दोषी पाइए उनलाई २० वर्षको जेल हुनसक्छ। उनीमाथि एक हप्तासम्म अनुसन्धान हुनेछ। ९ देखि १५ वर्षसम्मका उनका अन्य २ छोरा र एक छोरी छन्।

सन् २०१३ को घटनापछि त्यहाँको सरकारले उनका सबै सन्तानलाई सुरक्षा केन्द्रमा राखेको थियो। त्यस समय उनका पतिले त्यस छोरीका बारेमा आफूलाई थाहा नभएको बताएका थिए।

त्यसपछि यस घटनामा शंकास्पद मानिएका उनीमाथि समेत प्रहरीले मुद्धा लगाएको थियो। तर महिलाले त्यस छोरीका बारेमा परिवारलाई लुकाएको बताएपछि पतिमाथि लागेको मुद्धा खारेज भएको थियो।

ती महिलाले २ वर्षसम्म ती छोरीलाई डिक्किमा राखेको हुनसक्ने प्रहरीको आशंका छ। सोही कारण उनी अशक्त हुन पुगेको समेत प्रहरीको तर्क छ। एजेन्सी

 

 

 

पाँचखालका कृष्ण, चीनका ‘सरिफ’ होटल म्यानेजर


कृष्ण तिमल्सिना

कृष्ण तिमल्सिना

‘बेलायती म्यानेजरले ब्रेनवाश गर्दै भन्यो– जुन देशमा गएपनि भाषिक कठिनाइ हुन्छ, दुईचार दिन दिमागलाई आराम देऊ, अनि आऊ!’

विदेशिएको कुनै पनि नागरिकको काँधमा सो देशको इज्जत प्रतिष्ठा पनि बोकिएको हुन्छ। नेपालीहरू जहाँ गएपनि देशको संस्कृति बोकेरै हिँड्छन्। तर देशको संस्कृति थाम्ने नाममा कति नेपालीले दौरा सुरूवाल, साडी चोलो र पेटीकोट बोकी हिँडेका होलान्!

यो डिसेम्बरमा चीनलाई कर्मथलो बनाएको १२ वर्ष पुग्दैछ। काभ्रे पाँचखालका कृष्ण तिमल्सिना पनि मुटुमा नेपाल र देहमा दौरा, सुरूवाल अनि साडी पेटिकोट बोकी हिँड्नेमध्ये एक हुन्। भन्छन्, ‘अहिले पनि पेटिकोट, सारी र दौरा सुरूवालको सेट साथमै छ। संस्कृति त देखाउनै पर्यो नि।’

चीनको राजधानी बेइजिङदेखि ३०० किमी पूर्व, हपै प्रान्तमा पर्ने छिन्ह्वाङ्ताउको पोहाइ समुद्र किनारमा एउटा होटल छ। चिनियाँ, भारतीय र पश्चिमा रेस्टुरेन्टमा काम गर्नैका लागि सन् २००६ मा उनी चीन भित्रिएका थिए। चीनमा पनि कुनै विदेशीले काम गर्न पाउँछ भन्ने नै पहिलो पटक सुनेका तिमल्सिनाको हुट्हुटी झण्डै झण्डै ठप्प भयो जतिखेर उनको डकुमेन्ट नै अपुग भनियो।

पर्यटक भिसामा चीन छिरेका उनलाई एक महिनाभित्रै जेड (रोजगार) भिसा बदल्नुपर्ने थियो, नेपाल वा मकाउ गएर। नेपाल छोडेको एक महिना भा’छैन, फर्कियो भन्ने थाहा पाए भने आफन्त साथीभाइले खिसीट्युरी गर्ने चिन्ता। उनले दोश्रो विकल्प रोजे। एकजना फिलिपिनि साथीलाई मकाउमा खबर गरे। सबै कागजात ठिक्क पारे। भोलिपल्ट मकाउस्थित चिनियाँ भिसा कार्यालय पुगेपछि उनलाई डकुमेन्ट नपुगेको बताइयो।

उनका निधारमा पसीना चिट्चिटाउन थाले। अब यहाँ हेल्थ सर्टिफिकेट कहाँबाट ल्याउने? परेन फसाद!

फिलिपिनी साथीले त्यहाँबाट फर्किन सुझाए। फर्किने नै भएपछि अरू एक दुई दिन सोचौं न त भन्दै उनी मकाउकै होटलमा नुन खाएको कुखुरो झैं भएर फर्किए। आफूसँग रहेको झोला पुरै खोतलखातल् गरे। चीन आउनुअघि पाटनको कुनै अस्पतालमा बनाएको एउटा स्वास्थ्य रिपोर्ट भेटियो अंग्रेजी र चिनियाँ लिपिको।

ओठतालु सुकिसकेका बेला मरूभूमिमा पानीको मुहान नै भेटेजस्तो भयो उनलाई। तर प्रशासनिक माग बमोजिम डकुमेन्ट सही हो होइन अझै यकिन थिएन।

भोलिपल्ट दिउँसो त्यही कागज बोकेर आशाको त्यान्द्रो हल्लाउँदै उनी भिसा कार्यालय पुगे।

ओके!

अब उनलाई अरू के चाहियो र? खुशीले फुलेल् फुलेल्। फिलिपिनोलाई लिएर क्यासिनोको राजधानी भनिने मकाउ टापूमा खुशी मनाए।

छिन्ह्वाङ्ताउ सी भ्यू होटलमा ९ वर्ष बिताएपछि उनी उत्तरपूर्वी ल्याउनिङ प्रान्तको पुलम्यानमा १ वर्ष र फेरि युन्नान प्रान्तको सिश्वाङपान्नास्थित वान्ता भिस्टा रिसोर्टमा १० महिना अल्मलिए। घुम्दैफिर्दै रूम्जाटार भने झैं उनी छिन्ह्वाङ्ताउमै फर्किए।

चीनका ४ वटा शहरमा काम गरेको र दुई दर्जन शहर घुमेको दृश्य छ उनका आँखामा। शुरूदेखि नै रेस्टुरेन्ट एण्ड बार म्यानेजरको रूपमा काम थालेका तिमल्सिना फुड एण्ड बेभरेज (एफ एण्ड बी) सहायक म्यानेजर, म्यानेजर, डाइरेक्टर हुँदै अहिले होटल म्यानेजरका रूपमा कार्यरत छन्। १२ वर्षमा खोला फर्किन्छ भनेजस्तै भयो। पुनः चिनियाँ सरकारी होटलमा उनको माग भयो। पुरानो भरोसा र विश्वासकै कारण होटल म्यानेजरको रूपमा उनलाई पुनः डाकियो।

काभ्रे, पाँचखालमा उनको पुग्दो खेतबारी छँदै थियो। नगरकोटको क्बल हिमालयमा जागिर पनि खाँदै थिए। तर कहिल्यै विदेश जाने नसोचेका उनको भाग्यले कता कताबाट डोर्याएर उत्तरी हिमाल कटाइदियो।

अरनिको राजमार्ग हुँदै ल्हासा पुगेका कृष्णले जीवनमा पहिलो पटक विमान चढे। त्यसअघि खासा नै उनले बुझेको चीन थियो। तर चीनमा बिरलै पाइने काम गर्ने अवसरका लागि खुट्टो उचालिरहेका बेला परिवार नै बाधक बन्ने भयो। उनले घरपरिवारको गोलमेच सम्मेलन बोलाए। अन्नतः १ वर्षमा फर्किने गरी स्वीकृति पाए। आमा, श्रीमती र तीन छोराछोरीको कमाण्डिङ गरिरहेका आचार्य यतिखेर आफूमुनि २ सय बढी कर्मचारीसहित पूरै होटेलको कमाण्डिङ सम्हाल्छन्।

चिनियाँमा ‘निहाउ’ पनि गलत उच्चारण गर्थे रे। बेइजिङ विमानस्थलमा प्लेकार्ड उठाएर उभिरहेको मान्छे देखे। उसैको गाडीमा चढे, त्यहींबाट उनको भाषिक समस्या प्रारम्भ भयो। चिनियाँ चालकले के भन्थ्यो, उनी बुझ्दैनथे। उनी के भन्थे, चालक बुझ्दैनथ्यो।

चीनमा सन् २००८ मा ओलम्पिक खेल हुँदैथियो। त्यति नै बेला चीनमा अंग्रेजी सल्बलाउन थाल्यो। छिन्ह्वाङताउ पनि ओलम्पिकको अफिसियल होटल थियो। जहाँ १३ देशका फुटबल खेलाडी थिए। उनी इन्चार्जका रूपमा त्यहाँ बोलाइएका।

होटलमा छिर्ने बित्तिकै देब्रेपट्टि भित्तामा झुण्ड्याइएका १३ देशका खेलाडीहरूको बिचमा देखिन्छन्, इन्चार्ज तिमल्सिना। रोनाल्डिन्हो लगायतका त्यतिबेलाका स्टार खेलाडीसँग उनको फोटो हेरिसकेपछि अलिभित्र जाँदा ओलम्पिक कर्नर देखिन्छ, जहाँ प्रत्येक देशका खेलाडीले हस्ताक्षर गरेका फुटबलहरू देखिन्छन्।

अघिदेखि नै चीनमा लामो समय काम गर्ने गरी केही विदेशीहरू त्यो होटलमा बस्दै आएका रहेछन्। तर त्यहाँका कर्मचारी अंग्रेजी नबोल्ने भएकाले उनलाई चिठ्ठा पर्यो। उनी त्यहाँ जागिरे भए तर उनका सहकर्मी स्टाफ कसैले पनि अंग्रेजी नजान्ने। जे चाहिए पनि आफैं कुद्नुपर्ने। एक महिनामै उनी लखतरान् भए।

बेलायती म्यानेजर अघि गएर उनले सुनाए, ‘सरी बोस्, आई कान्ट वर्क एनि मोर (अब म काम गर्न सक्दिनँ)।’

बेलायती म्यानेजरले उनको ब्रेनवाश गर्दै भन्यो, ‘जुन देशमा गएपनि भाषिक कठिनाइ त हुन्छ। अरू दुईचार दिन दिमागलाई आराम देऊ, अनि आऊ।’

उनी होटलबाट सीधै बजारतिर गए र शब्दकोष किने। दैनिक २ वटा शब्द सिक्न थाले। चिनियाँसँग कनीकुथी बोल्न थाले। भाषा जान्दै गएपछि चिनियाँ जीवनशैलीमा रस पस्न थाल्यो। पैसा त कमाए, ठाँवैपिच्छे अनगिन्ती साथीहरू पनि कमाए। सीधा प्रश्नको सीधा जवाफ दिन संकोच मान्ने तिमल्सिनाले भने, ‘साथीहरू त कति पुगे भनेर गन्ने कुरा भएन, बताइरहनु पर्ने कुरा पनि भएन। फूलको आँखामा फुलै संसार।’

सबै स्टाफले मन पराए भने कोही पनि हाकिम बनिरहन सक्दैन। त्यत्रा साथीभाइ र कर्मचारीहरूमाझ उनी अधिकांशका नजरमा ‘सरिफ’ दरिन्छन्। उदार मनको भएकाले उनीहरूमाझ संस्कृतिको कुरा पनि आउँछ। संस्कृति जगेर्ना हेतु उनले होटलमै शुरू गरे, नेपाली शैलीको नाचगान र सांस्कृतिक कार्यक्रम। उनले भने, ‘संस्कृति देखाउनकै लागि भनेर जहाँ जहाँ जान्छु, त्यहाँ त्यहाँ वार्षिक पार्टी र दिपावलीमा नेपाली नाचगान संयोजन गर्छु। आफैं महिला वा पुरूष भएर नाच्छु, आफैं गाउँछु। चिनियाँहरूलाई पनि नेपाली संस्कृतिमा भिजाइदिन्छु।’

संस्कृतिमा भिज्दाभिज्दै उनी चीनको विकासतर्फ मोडिन्छन्। चीन यतिखेर इन्जिनियरिङ र प्रविधिमा अघि छ। यो कुरा नेपालले सिक्नसक्छ। ‘तर नेपालीहरूमा एउटा आदत के छ भने जुन सरकार भएपनि दोष दिइहाल्ने, यही नै हाम्रो ठूलो भूल हो’, कुनै पार्टी विशेषको पक्ष नलिइकन उनले भने, ‘देशमा स्थिरता होस्, चीनजस्तै विकास होस्, जुनसुकै सरकार आएपनि हामीलाई मतलव भएन। इच्छाशक्ति भयो भने नेपालीहरूले गरिखाने केही न केही अवसर नेपालमै छ।’

नेपाल नै नचिन्ने चिनियाँहरू पनि छन्। तर चिनेकाहरूले भारतभन्दा बढी माया र विश्वास गर्छन्। कथंकदाचित ‘गरीब नेपाली’ भन्ने सुने भने उनी पनि के कम– भन्छन्, ‘हो चीन धनी छ, नेपाल गरीब छ। तर चिनियाँ भन्दा नेपाली धनी नै छन्। नेपालीसँग जमीन हुन्छ। पूर्खाको सम्पत्ति हुन्छ। चिनियाँको सम्पत्ति त ७० वर्षका लागि मात्रै न हो।’

नेपालीमा मानसिक समृद्धि आवश्यक रहेको उनी देख्छन्। ‘नेपालको बाटोघाटो राम्रो छैन, धुलो धुँवा, अव्यवस्था छ’, उनी भन्छन्, ‘तथापी नेपालीसँग जीवनभरका लागि केही चीज छ, सानै भएपनि एक टुक्रा जमीन छ।’

प्रधानमन्त्री ओली बालुवाटार बाहिर नजाने !!


प्रधानमन्त्री केपी शर्मा ओली कोलम्बो प्रोसेसको काठमाडौंमा जारी सम्मेलनअन्तर्गत आज (शुक्रबार) हुने मन्त्री स्तरीय बैठकमा सहभागी नहुने भएका छन्।

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था कोलम्बो प्रोसेसकाे बिहान ११ बजे काठमाडौंको एक होटलमा मन्त्रीस्तरीय बैठक हुँदैछ।

त्यसलाई सम्बाेधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा आएको छ।

तर उनी उक्त कार्यक्रमा सहभागी नहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेपालखबरलाई जानकारी दिए।

कात्तिक ६ गते विद्युतिय बसको शुभारम्भ गरेयता ओली सार्जवनिक कार्यक्रममा उपस्थित भएका छैनन्।

प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते बिहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा चार दिनपछि उनी कात्तिक १६ गते बालुवाटार फर्किएका थिए।

त्यसयता उनी बालुवाटार बाहिरको कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन्।

स्वास्थ्यकै कारण प्रधानन्त्री ओली बाहिरको कार्यक्रममा नजाने हुनुभएको हो भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘त्यस्तो हैन, उहाँ स्वस्थ भइसक्नुभएको छ। अहिले उहाँ अन्य काममै व्यस्त भएकाले त्यो कार्यक्रममा जानुहुन्न।’

उनको उपचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले पनि प्रधानमन्त्री ओली पूर्ण स्वस्थ भइसकेको बताएका छन्। ‘तर अझै उहाँ केही दिन बालुवाटर बाहिरको कार्यक्रममा निस्कनुहुन्न,’ प्रेस संयोजक अधिकारीले भने।

कात्तिक ६ गते विद्युतिय बसको शुभारम्भ गर्न बालुवाटार बाहिर निस्केका थिए। त्यसयता ओली, सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्।

प्रकाशित ३० कार्तिक २०७५, शुक्रबार | 2018-11-16 10:54:21

रणवीर र दीपिकाको बिहेमा निम्तालुलाई समेत फोटो खिच्न निषेध!


बलिउडका स्टार कलाकार रणवीर सिंह र दीपिका पादुकोन अब पति पत्नी बनेका छन्।

दुबैको बुधबार कौंकणी र बिहीबार सिन्धी संस्कार र रिवाज अनुसार विवाह गरेसँगै उनीहरु औपचारिक रुपमा पति पत्नी बनेका हुन्।

यी दुवैको बैवाहिक कार्यक्रम इटालीमा आयोजना गरिएको थियो भने सीमित व्यक्तिहरुलाई मात्र विवाह कार्यक्रममा सहभागी बनाइएको थियो। ‘राम(लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’जस्ता फिल्ममा एकसाथ काम गरेका यो जोडी विगत दुई वर्षदेखि प्रेममा रहेको थियो।

इटालीमा विवाह गरे पनि उनीहरुले विवाहको पार्टी भने ब्यांग्लोरको बेलगुरमा २१ तरिखका दिन आयोजना गरेका छन्। जहाँ बलिउड फिल्म उद्योगका उनीहरुका नजिकका आफ्न्तहरु सहभागी हुने बताइएको छ।

रणवीर र दीपिकाको विवाह कार्यक्रम सम्पन्न भए पनि उनीहरुको विवाहको भिडियो र फोटोहरु अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन्।

बलिउडका स्टार कलाकारका रुपमा परिचित यो जोडीको विवाहको तस्वीर हेर्न अहिले पनि लाखौँ प्रसंसक व्यग्र प्रतीक्षामा रहेका छन्।

अत्यन्त गोप्य रुपमा गरिएको विवाहक कार्यक्रममा मिडियालाई प्रवेश निषेध गरिएको थियो भने अत्यन्त कम निम्तालु बालाइएको थियो र निम्तालुहरुलाई पनि क्यामेरा लैजान र मोबाइलबाट फोटो खिच्न निषेध गरिएको थियो।

उनीहरुलेआफ्नो विवाहको फोटो बिहीबार साँझ ६ बजे सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने भारतीय मिडियाहरुले जनाएका छन्।

प्रदेश-५ मा एक चौथाइ खेतीयोग्य जमिन बाँझो

बुटवल- प्रदेश-५ मा कुल भूभागको २२ दशमलव ७ प्रतिशत खेतीयोग्य जमिन छ। तर, त्यसमध्ये एक चौथाइ जमिन बाँझो छ।

रूपन्देहीको मोतीपुरमा खेतीयोग्य जमिनमा बसेको बस्ती।

तराईका खेत ‘प्लटिङ’मा परिणत हुँदै गर्दा पहाडका बारीमा खेती हुन छाडेको छ। १७ हजार ८१० वर्गकिलोमिटरमा फैलिएको यो प्रदेशमा ४ लाख ४ हजार ५४१ हेक्टर खेतीयोग्य जमिन छ। राष्ट्र बैंकको तथ्यांकअनुसार त्यसमध्ये ७४ दशमलव ८ प्रतिशत क्षेत्रफलमा मात्र खेती हुन्छ। २५ दशमलव २ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ।

यही अनुपातमा खेतीयोग्य जमिन घट्दै जाने हो भने हाल खाद्यान्न निर्यातको सामथ्र्यमा रहेको प्रदेश केही वर्षभित्रै आयातको अवस्थामा पुग्ने नेपाल राष्ट्र बैंकको प्रक्षेपण छ।

खेतीयोग्य जमिन घट्ने क्रम पहाड र तराई दुवैतिर बढेको छ। जमिन बाँझो रहने कारण तराई र पहाडमा फरक-फरक रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। “तराईमा जनघनत्व बढ्दै जाँदा प्लटिङका कारण बाँझो राखिएको छ,” उनी भन्छन्, “पहाडमा जनसंख्या घटेका कारण खेतीयोग्य जमिन बाँझिएको छ।’

एक तथ्यांकअनुसार देशभर कुल खेतीयोग्य जमिनको ७९ दशमलव ३ प्रतिशतमा खेती हुन्छ।

प्रदेश-५ को आर्थिक उपार्जनको मुख्य स्रोत कृषि हो। यहाँको कुल उत्पादनमा कृषिले ४५ दशमलव ६ प्रतिशत योगदान दिन्छ, जुन मुलुकभरको कुल कृषि उत्पादनको १८ दशमलव ४ प्रतिशत हो।

प्रदेश सरकारले सार्वजनिक गरेको स्थितिपत्रअनुसार ३८ लाख २० हजार मानिस कृषिमा संलग्न छन्। प्रदेश-२ पछि सबैभन्दा धेरै मानिस कृषिमा आवद्ध छन्।

“कृषिलाई आर्थिक उपार्जनको मुख्य पाटो मान्ने हो भने खेतीयोग्य भूमि जोगाउन आवश्यक छ,” कार्यकारी निर्देशक थापा भन्छन्, “त्यसका लागि तीन वटै तहका सरकारबीच समन्वयमा काम गर्नुपर्छ।” तराईको खेतीयोग्य भूमिको प्लटिङ हटाउन र पहाडको बाँझोपन रोक्नु आवश्यक रहेको उनको भनाइ छ।

पहाडका ६ र तराईका ६ जिल्ला रहेको प्रदेश-५ मा कुल खेतीयोग्य जमिनमध्ये ४० दशमलव ३ प्रतिशतमा सिँचाइ सुविधा छ। त्यसबाहेकका जमिनमा लागत बढी हुने भएकाले किसानले खेत बाँझै राखेका छन्।

कतिपयले थोरै जमिनमा निर्वाहमुखी कृषि गरेका छन्। भरपर्दो सिँचाइ सुविधा र व्यावसायिक कृषिको व्यवस्था भए उत्पादन र उत्पादन क्षेत्र दुवै बढाउन सकिने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्।

प्रदेश-५ मा सिक्टा सिँचाइ, भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालगायत राष्ट्रिय गौरवका परियोजना सञ्चालनमा छन्। कालीगण्डकी तिनाउ डाइभर्सनबाट रूपन्देही, नवलपरासी र कपिलवस्तुमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ विस्तृत अध्ययन शुरु भएको छ। नौमुरे जलविद्युत आयोजनाबाट कपिलवस्तुका केही क्षेत्रमा सिँचाइ पुर्‍याउने लक्ष्य छ।

जमिन हुने मानिस कृषिमा नलाग्ने र नहुनेले खेती गर्न नसक्ने प्रदेशको अर्को समस्या हो। यो समस्या हटाउन प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि जमिन भाडामा दिएर खेती गराउने योजना ल्याएको छ। त्यसका लागि किसानले ५ बिघासम्मको जमिनको प्रस्ताव ल्याउनुपर्नेछ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाका अनुसार उक्त जमिनको भाडा प्रदेश सरकारले नै तिरिदिनेछ।

यसका साथै तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकाले थप भूमि मासिन नदिन भूमि उपयोगबारे नीति बनाएका छन्। र, प्लटिङलाई पूर्ण निषेध गरेका छन्। “१-२ नगरले गरेर मात्रै हुँदैन,” सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की भन्छन्, “प्रदेश सरकारले नै कृषिका लागि प्रारम्भिक सुविधा पुर्‍याउने र खेतीयोग्य जमिन खाली राख्न नपाइने नियम बनाउने हो भने बल्ल खेतीयोग्य जमिनको घट्ने समस्या हट्ने छ।”

आईपीएलका २०१९ का लागि सन्दीप दिल्लीमै,

अार्इपीएल २०१९: सन्दीप दिल्लीमै, गम्भीर र म्याक्सवेल अाउट

unn.prixa.net

आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ ।

रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएकाे संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेकाे थियाे ।

अक्शनअगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्र्याएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ ।

यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन भएका छन् ।

View image on Twitter
रिटेन गरिएका खेलाडी

श्रेयस अय्यर, पृथ्वी श, रिशभ पन्त, मनजोत काल्रा, कोलिन मुन्रो, क्रिश मोरिस, जयन्त यादव, राहुल तेवतिया, हर्शल पटेल, अमित मिश्रा, कगिसो रबाडा, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने, अवेश खान

रिलिज गरिएका खेलाडी

गौतम गम्भीर, जेसन रोय, गुरकीरत मान, ग्लेन म्याक्सवेल, मोहम्मद शामी, ड्यान क्रिस्टियन, सायन घोष, लियाम प्लंकेट, जुनियर डाला, नमन ओझा

ट्रेडेड खेलाडी

विजय शंकर, अभिषेक शर्मा, शाहबाज नदीम, शिखर धवन

यस्ताे थियाे पहिलाे अार्इपीएलमा सन्दीपकाे सनसनी

सन्दीपलार्इ अनुबन्ध गरेकाे पहिलाे वर्ष अर्थात गएकाे अार्इपीएलमा उनलार्इ पहिलो ११ खेलसम्म प्लेइङ ११ मा राखिएन । १२ औं खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरका विरुद्ध पहिलोपल्ट खेल्ने मौका पाए । पहिलो खेलमा पहिलो ओभर नै उनलाइ थमाइएको थियो । उनले आत्मविश्वासी हिसाबले बलिङ गरे ।

सन्दीपले बेंग्लोरका पार्थिब पटेलको विकेट लिएपछि क्रिजमा रहेका ए बी डीभीलीयर्स र विराट कोहलीलाई बलिङ गर्ने मौका पाए । उनको स्पिनमा डीभीलीयर्स पनि जसोतसो आउट हुनबाट बचे ।

४ ओभरको स्पेलमा कुनै अतिरिक्त रन नदिइ २५ रन खर्च गर्दै १ विकेट लिंदा नेपालका १५ वर्षे ठिटो सबैका छलफलको विषय बने । उनले दोस्रो खेलमा चेन्नइका सुरेश रैनाको विकेट लिए । त्यो खेल दिल्लीले ३४ रनले जित्यो ।

तेस्रो खेलमा मुम्बइ इन्डियन्सलाई ११ रनले हराउँदा सन्दिपको योगदान स्मरणीय रह्यो । उनले सूर्यकुमार यादव, कायरन पोलर्ड तथा क्रुणाल पाण्ड्याको महत्वपूर्ण विकेट लिएका थिए । उनले समग्रमा ३ खेलमा १६.४४ को औसतमा ५ विकेट लिंदै ६.८३ को इकोनोमीका साथ जम्मा ८२ रनमात्र खर्चिएका थिए ।
यी सबै खेलमा भारतका अभिषेक शर्मा तथा पृथ्वी शा को योगदान पनि महत्वपूर्ण रह्यो ।

सन्दीपसँगै १२ औं खेलमा डेब्यू गरेका अभिषेकले बेंग्लोविरुद्ध अविजित १९ बलमा ४६ रन बनाएका थिए । पृथ्वी शा भने पहिले नै हैदराबाद विरुद्ध ६५, राजस्थान रोयल्सविरुद्ध ४७ तथा कोलकाताविरुद्ध ६२ रन बनाउँदै यू १९ विश्वकप जिताउने टिमको कप्तान तथा सुरुवाती ब्याट्सम्यान भएको तथ्य प्रमाणित गरिसकेका थिए । उनले ९ खेलमा जम्मा २४५ रनको योगदान दिए ।

 

भुवनको ठेलागाडा व्यापार : ‘विदेश जाने रहर छैन, पढेर नि सेकुवा पोल्छु’

unn.prixa.net

काठमाडौं – ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’ नाङ्लोमा यस्तो आकर्षक मेमो लेखेर ठेलागाडाको बाहिर झुण्ड्याइएको छ । बाटोमा हिँड्नेहरु एकछिन टक्क रोकिन्छन् र हेर्छन्, बसको झ्यालबाट चियाउनेहरु पनि हुन्छन् । कसैले फोटो खिच्छन् ।नेपाली नबुझ्ने विदेशीहरु पनि के लेखेको रहेछ भनेर अरुलाई सोध्छन् । कसैले बुझाइदिएपछि मख्ख पर्छन् । अनि यति राम्रो सन्देश लेखेको ठाउँभित्र के रहेछ भनेर ठेला भएतिर जान्छन् ।

ठेलाभित्र राखिएका खानेकुराका परिकार देखेर मन नरसाउने कुरै भएन । मःम को अर्डर गरिहाल्छन् । काठमाडौं ठमेलको पिपलको चौताराबाट कपुरधारातर्फ थोरै ओरालो लागेपछि सडकको बायाँपट्टि राखेको यो ठेलागाडा काभ्रेपलाञ्चोकका २७ वर्षीय भुवन हुमागाईँको हो । चार वर्षअघि मलेसियाबाट फर्किएका हुमागाईंले ठेला सञ्चालन गर्नुभएको धेरै समय पनि भएको छैन । यसपालीको दसैँमा उहाँले ठेलागाडा किनेर काम थाल्नुभएको हो ।

ठेलागाडामा मःम बेच्नु कुनै नौलौ काम त होइन । तर उहाँले भने त्यही सामान्य कामलाई नौलो तरीकाले प्रस्तुत गर्नुभयो । उहाँको दिमागमा ग्राहकलाई आकर्षण गर्ने एउटा नयाँ विचार फुर्यो । जुन विचार उहाँको लामो समयको संघर्ष र अनुभवले जन्माएको हो । त्यही भएर त लेख्न मन लाग्यो, ‘विदेश जाने रहर छैन, देशले कर गरेको नि छैन, पढेर नि सेकुवा पोल्छु आफ्नै देशमा । मलाई लाज लाग्दैन ।’

एकलाखको लगानीमा चिटिक्कको तयारी

महिनाको सात हजार भाडा दिने सम्झौतामा ठमेलमा दुई आना जति खाली जग्गा भेटियो । ठेलागाडा, चुलो, मःम पकाउने भाँडा, ग्यास सिलिण्डर, बस्नको लागि केही थान कुर्सी र आवश्यक सामान जोडेर उहाँले करिब एकलाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गर्नुभयो ।

दिउँसो एक बजेदेखि राति १० बजेसम्म उहाँको ठेलामा व्यापार चल्छ । ठमेल क्षेत्रमा मान्छेहरुको चहलपहल अरुबेला भन्दा साँझ र राति बढी हुने भएकाले त्यतिबेला व्यापार पनि बढी हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँको ठेलागाडामा बफ मःम, आलुचिप्स, चिकेन ललिपप, ससेज लगायतका परिकार पाइन्छन् ।

दैनिक पाँचदेखि सात हजार रुपैयाँसम्म कारोबार हुँदै आएको छ । बिस्तारै ग्राहकले यहाँका खाजाको स्वाद चाखेपछि व्यापार बढ्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

भुवनले पहिले पनि होटेल क्षेत्रमा नै काम गरेकाले खाजाका परिकार बनाउन समस्या नै भएन । काममा उहाँलाई भाइ र श्रीमतीले सघाउनुहुन्छ । भुवन आफू पनि व्यस्त हुनुहुन्छ । उहाँ तीन बजेदेखि राति १० बजेसम्म सानेपाको एउटा रेष्टुरेण्टमा  व्यवस्थापन हेर्ने काम गर्नुहुन्छ । बिहानभरि मःम तथा स्न्याक्सका अन्य सामानहरु तयार गर्ने काम हुन्छ । त्यसपछि  दिउँसोको एक बजेतिर ठेला तयार पारेर आफ्नो कामको लागि उहाँ सानेपा जानुहुन्छ ।

भाइ पनि ठमेलकै कुनै रेष्टुरेण्टमा दिनभरी काम गर्नुहुन्छ । श्रीमती बिहानको समय क्याम्पस पढ्न जानुहुन्छ । दिउँसो एक बजेदेखि साँझ पाँच बजेसम्म ठेलागाडा उहाँले नै हेर्नुहुन्छ । त्यसपछि रातिको समयमा भुवनको भाइले ।

तीनैजना कहीँ न कहीँ व्यस्त भए पनि ठेला व्यवसायको लागि समय छुट्याउन सफल भएका छन् । ‘काम गर्ने भनेको तर समय नै मिल्दैन’ भन्नेहरुका लागि उहाँको ठेला व्यवसाय अपवाद हो ।

‘विदेश गएर के नै हुन्छ र ?’

भुवनको परिवारमा बुवाआमा, श्रीमती र भाइ हुनुहुन्छ । गाउँमा बुवाआमा मात्र बस्नुहुन्छ । भाइ र श्रीमतीसँगै भुवन काठमाडौंमै बस्नुहुन्छ ।

घरको आर्थिक अवस्था कमजोर भएकाले उहाँले धेरै पढ्न पाउनुभएन । स्कुल जाने उमेरमा कमाउन हिँड्नुपर्यो । ११ वर्षकै उमेरमा उहाँ घरबाट काठमाडौं आउनुभयो । यहाँ विभिन्न होटेलमा काम गर्दै कमाउन थाल्नुभयो । केही पैसा घर पठाउने गर्नुभयो । यति कमाइले उहाँलाई चित्त बुझेन । उहाँ भारतको चेन्नई कलकत्ता, बैंगलोरसम्म पुग्नुभयो । जहाँ गए पनि होटेल क्षेत्रमा नै काम गर्दै जाँदा उहाँलाई यसमा राम्रो अनुभव भयो । खानाका विभिन्न परिकारहरु बनाउने काम सिक्नुभयो ।

सबै साथीहरु विदेश गए । भुवनलाई पनि विदेश गयो भने यताको भन्दा राम्रो कमाई हुन्छ भन्ने लाग्यो । वि.सं २०७१ मा भुवन मलेसियाको लागि उड्नुभयो । त्यहाँ गएर होटेलमा काम त मिल्यो, तर भनेजति पैसा भने मिलेन । ‘नेपालबाट नेपाली ५० हजार तलबको सम्झौता भएको थियो । तर त्यहाँ एयरपोर्टमा झर्नेबित्तिकै सम्झौतापत्र र पासपोर्ट नै गायब पारियो’ उहाँले दुखेसो पोख्नुभयो, ‘११ महिना जसोतसो काम गरेपछि नेपाली राजदूतावासबाट विभिन्न प्रक्रिया गरेर पासपोर्टबिना नै नेपाल आइयो ।’

मलेसियामा दुःख खेपिरहँदा नेपाल फर्किन पाए मात्र पनि नेपालमै केही गर्थें भन्ने उहाँको सोच थियो । ‘यस्तो गर्नुपर्छ भन्ने कुरा पनि उतै हुँदा सोचेको हो’ उहाँले हाँस्दै भन्नुभयो ।

विदेशमा भन्दा स्वदेशमै बसेर आफ्नो काम गर्न पाउनु ठूलो उपलब्धी हो भन्नुहुन्छ, भुवन । एकपटक वैदेशिक रोजगारीमा दुःख झेलेर फर्किएका उहाँ भन्नुहुन्छ, ‘के छ र विदेशमा ? दुःख गर्न सक्यो भने यहाँ नै राम्रो कमाई गर्न सकिन्छ ।’

श्रीमतीको साथ

भुवनको गएको असारमा मात्रै बिहे भएको हो । उहाँकी श्रीमती कविता बीबीएस तेस्रो वर्षमा पढ्दै हुनुहुन्छ । आफूले पारिवारिक समस्याले गर्दा राम्रो पढाई गर्न नसके पनि श्रीमतीको पढाई राम्रो होस भन्ने चाहनुहुन्छ, भुवन ।

पढाईसँगै काम गर्दा यसले पढाइमा असर नगर्ने तर उल्टै सजिलो हुने कविता बताउनुहुन्छ । बिहेपछि श्रीमानको कमाइमा निर्भर हुने कतिपयको तुलनामा कविता फरक हुनुहुन्छ । ‘मोवाइलमा रिचार्ज कार्डको लागि पनि अरुलाई माग्न मन लाग्दैन’ उहाँ भन्नुहुन्छ, ‘स्नातक सकिएपछि एलएलबी गर्ने सोच छ, त्यतिबेलासम्म श्रीमानको काममा नै सहयोग गर्छुँ, कुनै पनि काम सानो ठूलो हुँदैन ।’

कविता आफू शाकाहारी हुनुहुन्छ । तर पनि बफ मःम र चिकेन परिकारहरु बनाउने र बेच्ने गर्नुहुन्छ । साथीहरुले सोध्ने गर्छन्, भेजिटेरियन भएर पनि ननभेजको काम गर्दा अप्ठ्यारो लाग्दैन भनेर । त्यस्तालाई उहाँले प्रतिप्रश्न गर्नुहुन्छ, ‘काम गर्न पनि कतै अप्ठ्यारो हुन्छ र ?’

काम गर्दै मिलेको शिक्षा

‘एघार वर्षको उमेरमा घरबाट भागेर काठमाडौं आएदेखि होटलमा काम गर्न थालियो । पछि अरु काम गर्ने मनै लागेन’ भुवनले भन्नुभयो, ‘एउटै क्षेत्रमा लामो समय काम गरेर होला खाना बनाउनेदेखि लिएर व्यवस्थापनसम्मको प्रायः सबै ज्ञान छ ।’

भुवनले यही ज्ञानको प्रयोग गरेर आफ्नो व्यवसाय गर्ने सोच बनाउनुभयो । एकै पटक धेरै लगानी गर्न उहाँको मनले मानेन । एकैपटक ठूलो लगानी गरेर डुब्नुभन्दा सानो लगानीबाटै ठूलो आम्दानी गर्नुपर्छ जस्तो उहाँलाई लाग्छ । ‘राम्रो लगानी गरेका होटेलहरु पनि डुबेको आफैंले देखेको छु’ उहाँले भन्नुभयो ।

सानै उमेरदेखि काम गर्दै हुर्केका भुवन भारतदेखि मलेसियासम्म पुग्नुभयो तर अर्काकै होटलमा काम गर्न । ‘यति घुमेर मलाई एउटा कुराको ज्ञान मिल्यो’ उहाँले भन्नुभयो, ‘अर्काकोमा जति काम गरे पनि सन्तुष्टी त आफ्नै कामले दिनेरहेछ । काम सानो होस् या ठूलो खासै फरक नपार्दो रहेछ ।’

 

अन्तिम अपडेट: कात्तिक ३०, २०७५

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– साताको प्रारम्भ भने  उत्साहवर्द्धक नै  रहनेछ।  कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला।  सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ।  चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ।  मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा  यात्रा हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने  केही चुनौती हरु  पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने  सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
–  प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।  घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।  रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने  देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ।  पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि  यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि  व्यापार र उद्योगमा भने  केहि लाभ नै  हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्।  जोगिएर काममा जुट्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– जोस र जागर बढ्नेछ भने  ठूलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) – प्रारम्भमा बोलीको प्रभाव   देखिनेछ तर  धेरै बोल्ने बानीले भने  विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने  प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि  आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने  धेरै काम हरु  पनि सहज हुनेछन्।  बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक  भूमिका थपिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केहि मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि  राम्रो साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर  भने  लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।  एकाग्रतामा भने  कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य-ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र ,पोखरा-१७ बिरौटा  9846514305

 

थाह पाउनु भएको छ महिलाका सात गोप्य कुरा ? हेर्नुस्

एजेन्सी । अधिकांश पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थात् विदेशी भूमिको सज्ञा दिएका । कहिलेकाँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन् । यहाँ महिलाले पुरुषलाई नभन्ने ७ कुराबारे चर्चा गरिएको छ ।

१- एक महिला अर्की महिलासँग प्रेम गर्छे महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ ।

२- पूर्व प्रेमीको निगरानी केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन् ।

३- अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ । खासमा केटीहरु पनि अश्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।

४- आफ्नै शरीरसँग प्रेम हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ ।

५- एक्लै हुँदा महिलाहरु अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् । ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन् ।

६-इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ । विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान देखेर भने इर्श्या गर्छन् । आफूलाई महिलाका समस्याका कारण दुखार्इ वा पीडा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो उनीहरुलाई लाग्छ ।

७- हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको शंका हुन्छ । उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।

घुम्ने बहानामा आएर ‘धर्म प्रचार’ गर्ने १६३ विदेशी देशनिकाला

काठमाडौं । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन्। चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक देश निकालामा परेका हुन्। पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यपारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको खबर राजधानी दैनिकमा छ।

विभागले यस्तो धन्दा सञ्चालन गर्नेविरुद्ध ‘सर्च’ अभियान थालेपछि यो संख्या बढेको हो। भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई हालै गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगार्इ निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-जसको नाममा पैसा आयो उसैलाई पत्तो छैन ! काठमाडौं / अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आव २०७३/०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ। सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृ निकायबाट ४८ लाख ९० हजार रुपैयाँ प्राप्त भएको छ।एकै आर्थिक वर्षमा दातृ निकायबाट आयोगका नाममा झन्डै साढे पाँच करोड रुपैयाँ उपलब्ध भएर खर्च भएको अर्थको पुस्तिकामा जनाइए पनि आयोगलाई कुनै जानकारी छैन। खर्च गरेको भनिएको दुई वर्षसम्म मानवअधिकार आयोग बेखबर छ।

काठमाडौं – अर्थ मन्त्रालयको ‘स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर एसिस्ट्यान्ट’ पुस्तिकामा मानवअधिकार आयोगको ‘शान्ति, अधिकार र सुशासन कार्यक्रम’ का लागि आव २०७३/०७४ मा डेनमार्कले ४ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराएको उल्लेख छ। सोही वर्ष आयोजना खर्च शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगका नाममा दातृ निकायबाट ४८ लाख ९० हजार रुपैयाँ प्राप्त भएको छ।एकै आर्थिक वर्षमा दातृ निकायबाट आयोगका नाममा झन्डै साढे पाँच करोड रुपैयाँ उपलब्ध भएर खर्च भएको अर्थको पुस्तिकामा जनाइए पनि आयोगलाई कुनै जानकारी छैन। खर्च गरेको भनिएको दुई वर्षसम्म मानवअधिकार आयोग बेखबर छ।,आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-दुई जापानीसहित एक अस्ट्रेलियन महिला पक्राउ काठमाडौं / पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा अस्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरु अहिले अध्यागमन विभागको हिरासतमा छन् ।, यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्ट्रेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

आमाको काखबाटै खोसेर बाँदरले मार्‍यो शिशु

काठमाडौं ३० कार्तिक- भारतको आग्रामा आमाको दूध चुसिरहेका एक १२ दिने शिशुलाई बाँदरले खोसेर मारिदिएको छ । घरभित्र पसेको बाँदरले शिशुलाई काखबाट खोसेको थियो ।शिशुलाई लगेपछि स्थानीयले बाँदरलाई लखेटेका थिए । त्यही क्रममा बाँदरले शिशुलाई छिमेकीको छतमा फ्याँकिदिएको बीबीसीले जनाएको छ । बाँदरले लछारपछार गर्दै टोकेकाले शिशु गम्भीर घाइतेे भएका थिए । बाँदरबाट मुक्त गरेपछि तत्कालै अस्पताल पुर्याइएका शिशुकोउपचारको क्रममा मृत्यु भएकोपरिवारले जनाएको बीबीसीले उद्धृत गर्दै लेखेको छ ।स्थानीय प्रहरी कार्यालयका अधिकृत अजय कुशलले रोयटर्सलाई बताए अनुसार बाँदरको आक्रमणबाट शिशुको शरिरमा चोटैचोट लागेकोथियो।

स्थानीयका अनुसार उक्त क्षेत्रमा बाँदरको आतंक बढ्दो छ।दुई महिना अघि पनि बाँदरको आक्रमण परी एक बालक सख्त घाइते भएका थिए। गत मेमा ताजमहल क्षेत्रमा दुई पर्यटकलाई बाँदर आक्रमणकोगरेको थियो । ‘आग्राका सबै क्षेत्रहरुमा बाँदर छन्’ स्थानीय वातवरण अभियन्ता श्रवणकुमार सिंहले भने,’उनीहरु खानाका लागि खोस्न र आक्रमण गर्न माहिर छन्।’ सहर विस्तारका क्रममा प्राकृतिक बासस्थान भत्कन थालेपछि बाँदरहरु झन् हिंस्रक बन्दै गएका छन् ।

अमेरिकाको नासा भन्छ- ‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’
काठमाडौं ,३० कार्तिक – प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुद्री सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ ।तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारतको महादेसिय प्लेट एसियामा धसिएपछि जमिनको भाग अकासिन पुग्दा सगरमाथा बनेको थियो ।

यथार्थमा एभरेष्ट समुद्री सतहबाट २९ हजार ३५ फिट र माउना किया १३ हजार ७ सय ९६ फिट माथि रहेका छन् । तर माउना किया प्रशान्त महासागर भित्र करिव १९ हजार ७ सय फिट डुबेको अवस्थामा रहेको छ । यस अर्थमा भन्ने हो भने माउना कियाको उचाई करिव ३३ हजार ५ सय फिट अग्लो अर्थात एभरेष्ट भन्दा झण्डै एक माइल अग्लो रहेको छ । वास्तवमा माउना किया हवाई टापुमा अवस्थित ठूलो निष्क्रिय ज्वालामुखी पहाड हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

जहाज एउटाको, ‘बेच्ने’ अर्कै ?

काठमाडौं / बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो। विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अचम्मित छन्। ‘हामीसँग बिल अफ सेल बकाइदा छ’, कंसाकारको भनाइ छ, ‘जुन जहाजको स्वामित्व भएको पुष्टि हो।’

‘किन्ने र बेच्नेबीचको सम्झौता लालपुर्जा होइन। त्यसो भए जग्गा किन्न मालपोत र गाडी किन्न यातायात कार्यालय जानै पर्ने थिएन’, एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, ‘जहाज क्रेतालाई उत्पादक एयरबसले आधिकारिक कागज दिएको हुन्छ। जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको जनाएकाे छ ।

नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छानिएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको, आफ्नो कन्सोर्टियम पार्टनरसँग भएको बताएको थियो । त्यसपछि जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा थपिएका थिए । अाजकाे अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी
वासिङ्टन / एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ । विश्वका ठूला बजारमा यी फोनको मागमा कमी आएको छ ।

स्मार्टफोनको प्रयोगलाई जीवन्त राख्न चाँडै प्रयोगमा आउन लागेको पाँचौं पुस्ताको तारविहीन नेटवर्क अर्थात् फाइभजीले सहयोग गर्ने अनुमान गरिएको छ । तर कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई अरु कुनै बिल्कुलै भिन्न उपकरणले बिस्थापित गर्ने सम्भावना औंल्याएका छन् ।फ्युचर टुडे इन्स्टिच्यूटका संस्थापक आमी वेबले प्रविधिको बदलिँदो झुकावसम्बन्धी वार्षिक प्रतिवेदनमा सन् २०१८ ले परम्परागत स्मार्टफोनको अन्त्यको सुरुआत गर्ने उल्लेख गर्नुभएको छ । उहाँले अबको युगमा यी उपकरणहरु आवाज, सङ्केत र सम्पर्ककै माध्यमबाट चल्नेछन् ।

“स्मार्टफोनबाट स्मार्ट वेयरेबल्स (लगाउनयोग्य वस्तु) र अदृश्य इन्टरफेसतर्फको रुपान्तरणले भौतिक संसारमा आज हामीले अनुभूत गरिरहेका कुराहरुमा आमूल परिवर्तन ल्याउनेछ । जस्तै, कानमा राखेर सुन्ने वस्तुमा बायोमेट्रिक सेन्सर र स्पिकर रहनेछ, औंठी र ब्रासलेटले चाललाई थाहा पाउनेछ, स्मार्ट ग्लासले सूचनाहरु रेकर्ड गर्ने र देखाउनेछ,” वेबले लेख्नुभएको छ ।बजारमा केही रोकावट आए पनि अरु कतिपय विश्लेषकहरुले स्मार्टफोनलाई तत्कालै विस्थापन गर्न नसकिने बताएका छन् । “स्मार्टफोनको प्रयोग रोकिन्न, तर यसको आकार र रुपमा परिवर्तन हुन सक्दछ,” एबीआई रिसर्चसँग आबद्ध विश्लेषक डेभिड म्याकक्वीनले बताउनुभयो । “स्मार्टफोनको बजार अझै केही वर्ष यथावत रहनेछ ।”

म्याकक्वीनले हालै प्रकाशित एक रिपोर्टमा कमभन्दा कम छोएर चलाउन मिल्ने स्मार्टफोनको माग बढ्दै गएको बताउनुभएको छ । उहाँले यस्ता स्मार्टफोनमा कृत्रिम प्रज्ञा (आर्टिफिसियल इन्टेलिजेन्स) तथा सङ्केतबाटै चल्ने सुविधाको खोजी भइरहेको छ । नयाँ स्मार्टफोनमा सुधारिएको बायोमेट्रिक राख्नेतर्फ ध्यान जान थालेको छ, जस्तै अनुहार चिन्ने । साथै मोबाइलका स्क्रिनलाई पट्याउन मिल्ने अर्थात् फोल्ड गर्न मिल्ने बनाउने प्रयत्न भएका छन् ।

एबीआईको अनुसन्धानमा भनिएको छ, गूगल र अमेजनले आगामी पाँच–छ वर्षको अवधिमा स्मार्टफोनमा नवीन प्रविधि भित्र्याउन तथा त्यससँग सम्बन्धित प्रविधिमा सुधार ल्याउनेतर्फ नेतृत्व गर्न सक्नेछन् । नवीन प्रविधिको प्रयोगका क्षेत्रमा यी कम्पनीको क्षमता निकै बढी छ ।आइडीसी अनुसन्धान कम्पनीका अनुसार, विश्वमा सन् २०१८ मा स्मार्टफोनको बिक्रीमा ०.७ प्रतिशतले कमी आई करिब एक अर्ब ४५ लाख थान मोबाइल बिक्री भएको थियो । आइडीसीले मोबाइलको बजारमा सामान्य सुधार आउने र सन् २०२२ सम्ममा वार्षिक बिक्री करिब एक अर्ब ६४ करोड पुग्ने जनाएको छ ।

“हाम्रो विचारमा आगामी वर्षहरुमा स्मार्टफोनको बजारमा स्वस्थ वृद्धि हुनेछ, तर बजारको खोजी गर्न तथा प्रतिस्पर्धामा टिक्न निकै चुनौतीपूर्ण हुनेछ,” आइडीसीका विश्लेषक रायन रेथले बताउनुभयो ।संयुक्तराज्य अमेरिकामा ५० वर्षभन्दा कम उमेरका ९१ प्रतिशत वयस्कहरुले स्मार्टफोनको प्रयोग गरिरहेका छन् भने १३ वर्षदेखि १९ वर्ष उमेरका बालबालिकामध्ये ९५ प्रतिशतसँग एउटा फोन छ, पिउ रिसर्च सेन्टरले जनाएको छ ।युरोपमा सन् २०१७ को अन्त्यसम्ममा करिब ४६ करोड ५० लाखसँग मोबाइल फोन छ । यो कूल जनसंख्याको करिब ८५ प्रतिशत हो । यी मोबाइलमध्ये दुई तिहाई स्मार्टफोन नै रहेका छन् ।

टेकएनालिसिस रिसर्चका संस्थापक बब ओ–डोन्नेलले संयुक्तराज्य अमेरिका र कतिपय विकसित मुलुकमा स्मार्टफोनको बिक्री घटेको बताउनुभयो । “मानिसहरुले क्यारिअरको निर्भरता छाडेर सोझै बजारबाट मोबाइल खरिद गर्न थालेकाले त्यस्ता मोबाइलको प्रयोग उनीहरुले लामो अवधिसम्म गर्न थालेका छन् ।”ओ–डोन्नेलका अनुसार सन् २०१९ मा फाइभजी र फोल्ड गर्न मिल्ने स्क्रिनका कारण मोबाइल बिक्री बढ्न सक्ने बताउनुभयो । “मानिसहरुले केही समयदेखि फोल्ड गर्न मिल्ने स्क्रिनका कुरा गरिरहेका थिए र अर्को वर्ष यस्ता फोन बजारमा आउने सम्भावना बढेको छ ।”उहाँले स्मार्टफोनलाई अझ उन्नत प्रविधियुक्त र स्मार्ट बनाउने होडबाजी चलेकाले रुपान्तरित स्मार्टफोनले बजारमा प्रभाव कायमै राख्ने विश्वास व्यक्त गर्नुभयो ।

काम गर्न विदेश गएकाहरुको मृगौलामा यसकारण समस्या देखिन सक्छ !!

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले एक वर्षमा एक सय ५० जनाभन्दा धेरैको मृगौला प्रत्यारोपण गर्ने गरेको बताएको छ । त्यसमध्ये २५ प्रतिशत चाहिँ वैदेशिक रोजगारीबाट फर्किएकाहरु रहेको केन्द्रको भनाई छ । वैदेशिक रोजगारीमा जानेहरुको मृगौलामा समस्या देखिनुको कारण र यसबाट बच्ने उपायबारे केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौं । 

वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरुमा देखिने मृगौलाको समस्या कस्तो छ ?

वैदेशिक रोजगारीमा गएर फर्किनेहरुमा देखिने मृगौलाको समस्यालाई हामीले गम्भीर समस्याको रुपमा लिएका छौं । किनभने हाम्रो अनुभवमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक वर्षमा डेढसय जनाभन्दा धेरैको मृगौला प्रत्यारोपण हुन्छ । त्यसमध्ये २५ प्रतिशतभन्दा धेरै चाहिँ वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्छन् । भनेपछि विदेश गएर फर्किनेहरुमा मृगौलाको समस्या किन यति धेरै भइरहेको छ भनेर सुक्ष्म अध्ययन नै गर्नुपर्ने देखेका छौं ।

भनेपछि पहिलाको भन्दा सङ्ख्या बढ्दै गएकाले हो तपाईंले गम्भीर हुनुपर्छ भन्नुभएको ?

पक्कै पनि हो । किनभने जाने बेलामा उनीहरुको स्वास्थ्य परीक्षण गरेर स्वस्थ छ भन्ने प्रमाणित भएपछि मात्रै पठाइएको हुन्छ । उसमा केही समस्या छ भने त ऊ वैदेशिक रोजगारीमा जान योग्य मानिँदैन । तर मलाई त त्यसमा पनि शंका छ । हामीले परीक्षण गर्ने ल्याबको स्तर के छ ?, हामीले गर्ने परीक्षण कत्तिको स्तरीय छ ? हामीले कामदारको स्वास्थ्य परीक्षण गरेर दिएको नतिजा भरपर्दो छ कि छैन ? भन्ने शंका गर्नुपर्ने स्थिति छ ।

कारण, यहाँबाट स्वस्थ भनेर पठाइएका व्यक्तिहरु त्यहाँ पुगेर गरिएको परीक्षणमा फेल भएर फर्किएका कुरा पनि हामीले सुनेकै छौं । गएको ६ महिनामै मृगौला फेल भएर फर्र्किएका व्यक्ति पनि भेटेको छु । किन यस्तो भयो त ? त्यसैले त्यो ‘मेकानिजम’ कै बारेमा पनि सोच्नुपर्छ जस्तो लाग्छ ?

अनि साँच्चै नै मृगौला स्वस्थ हुँदा हुँदै गएका व्यक्तिहरु पनि मृगौला फेल भएर फर्किएका छन् । त्यसैले हाम्रो कुन कुन तहमा कमजोरी छ भनेर एक पटक सुरुदेखि नै विचार पु¥याउनुपर्ने भएको छ ।

विदेश जानेहरुमा मृगौलाको समस्या देखिनुका कारण चाहिँ के के पाउनुभएको छ ?

उनीहरुसँग कुरा गर्दा के स्पष्ट हुन्छ भने विदेशको धेरै गर्मी, काम गर्ने ठाउँमा पानी पिउने राम्रो व्यवस्था नहुनु, सन्तुलित खाना खान नपाउनु आफूलाई स्वस्थ राख्न गर्नुपर्ने यस्ता साधारण उपाय पनि वैदेशिक रोजगारीमा जाने नेपालीहरुले गर्न पाएका छैनन् ।

त्यसले गर्दा मृगौलासहित अरु पनि स्वास्थ्य समस्या देखिइरहेको छ । धेरै नेपालीहरु विदेशमा शारीरिक परिश्रम धेरै हुने ठाउँमा काम गर्नुहुन्छ । एक त शारीरिक परिश्रम त्यसमा पनि त्यहाँको धेरै गर्मी त्यसले गर्दा उहाँहरुले धेरै पानी पिउनुपर्छ तर अवस्था उल्टो छ । काम यस्तो गरे पनि पर्याप्त मात्रामा पानी पिउन पाउनुहुन्न ।

लामो समय यस्तो भइरहँदा ‘डिहाइडे«सन’ हुन्छ । त्यही समस्या केही समयसम्म रहिरह्यो भने त्यसले मृगौलामा असर पर्न थाल्छ । धपेडीमा काम गर्ने, आराम गर्न नपाउने अनि दिनभरी काम गरेर ज्यान थाकेपनि बेलुका सन्तुलित खाना नभई जे उपलब्ध हुन्छ त्यही खाँदा मृगौलाको समस्या भएको पाएका छौं ।

त्यति मात्रै होइन हामी शक्ति दिन्छ भनेर विभिन्न खालका पेय पदार्थहरु पनि पिउँछौं । त्यसले हामीले थाहा नपाउने गरी मृगौला जस्ता शरीरका एकदमै महत्वपूर्ण अंगहरुमा प्रभाव पारिरहेको हुन्छ ।

अर्को कुरा वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बस्ने व्यवस्था कस्तो छ भन्ने कुराले पनि प्रभाव पार्छ । उहाँहरु धेरै हल्ला हुने ठाउँमा बस्नुहुन्छ भने त्यसले तनावमा पर्छ । त्यही तनावका कारणले मृगौलामा असर पर्न सक्छ । यो त हामीले बिरामीहरुसँग कुरा गरेर थाहा पाएको कुरा हो । अझै यस बारेमा प्रष्ट हुन त अध्ययन गर्नु नै जरुरी छ ।

साधारणतया सबैले भन्ने कुरा भनेको चाहिँ मृगौलालाई बचाउन पानी पर्याप्त पिउने अनि खानामा ध्यान दिने भन्छौं । योभन्दा अरु कुरा चाहिँ छैनन परदेशमा भएकाहरुका मृगौलालाई असर पार्ने ?

मैले अध्ययन त गरेको छैन । त्यसका लागि अध्ययन नै गर्नुपर्छ । तर उहाँ भएको ठाउँमा नपुगे पनि यहीँबाट सोच्दा र बिरामी भएर फर्किएकाहरुले भनेको सुन्दा दिनभरी काम गरेर ज्यान दुख्यो भने दुखाई कम गर्ने औषधीहरु पनि खाने गरेको पाएको छु ।

ब्रुफिन जस्ता दुखाई कम गर्ने औषधी डाक्टरसँग सल्लाह नै गरी खाँदा त्यसले पनि मृगौलालाई असर पार्छ । अनि अर्को कुरा कतिको तनाव भयो भनेर रक्सी खाने बानी हुन्छ । त्यसले पनि मृगौलामा असर पार्छ । यसरी हेर्दा यही एउटा कारणले नै विदेश गएकाहरुको मृगौला बिग्रियो भन्न सक्ने अवस्थामा म छैन । यसका लागि त अघि नै मैले भनेको जस्तै अध्ययन गर्नु नै जरुरी छ ।

तपाईंले अघि भन्नुभयो नि दुखाई कम गर्ने औषधीले पनि असर गर्छ भनेर हामीले रिपोर्टिङका क्रममा नवलपरासीमा भेटेको मुन्ना हरिजनले पनि बिरामी हुँदा छिटो निको हुने औषधी दिन्थ्यो भन्नुभएको थियो ? उहाँ १४ महिनामा दुवै मृगौला फेल भएर घर फर्किनुभयो । उहाँको निधन भयो । के मृगौला नै फेल गर्ने खालका औषधी पनि हुन्छन ?

यस्तो कुरा बस्तुगत रुपमा अध्ययन नगरी भन्न सकिँदैन । यसका लागि कुन औषधी दिएको थियो, कति मात्रामा दिएको थियो भनेर अध्ययन नै गर्नु जरुरी छ । तर कतिपय औषधीहरु चाहिँ डाक्टरसँग सल्लाह नगरी खाँदा त्यसको मात्रा फरक पर्छ । त्यसले शरीरका विभिन्न भागमा नोक्सानी पु¥याउँछ । त्यसैले कुनै पनि औषधी डाक्टरसँग सल्लाह नगरी खानु हुँदैन ।

यसबाट जोगिन रोजगारीका लागि विदेश गएको व्यक्ति आफैंले के गर्न सक्छ ?

सबैभन्दा महत्वपूर्ण कुरा त मृगौलाको परीक्षण नै हो । हरेक व्यक्तिले मेरो मृगौला ठिक छ कि छैन भनेर प्रत्येक ६÷६ महिनामा जाँच गर्नुपर्छ । यदी ६ महिनामा सम्भव छैन भने पनि वर्षमा एकपटक चाहिँ जाँच गर्नुपर्छ ।

किनकी जाँच नगरी बस्दा मृगौलामा समस्या भएको थाहा नै हुँदैन । यसको लक्षण चाहिँ मृगौला ९० प्रतिशत खराब भइसकेपछि मात्रै थाहा हुन्छ । ९० प्रतिशत खराब हुनु भनेको फेल हुनु बराबर नै हो । त्यो अवस्था मात्रै थाहा पाइने हुनाले सावधानी अपनाउनु नै पहिलो उपाय हो ।

जाँचबाट थाहा भएपछि निको पार्न सक्ने अवस्थामा छ भने त्यही अनुसारको उपचार गर्न सकिन्छ भने यदी उपचार गरेर नहुने अवस्था भइसकेको छ भने त्यसलाई लामो समय कसरी टिकाउन सकिन्छ त्यो उपाय अपनाउन सकिन्छ ।

नियमित स्वास्थ्य परीक्षण गर्ने त स्वस्थ व्यक्तिले हो । यदि व्यक्तिमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या छ भने त उनीहरुको मृगौलामा समस्या देखिने सम्भावना धेरै नै हुन्छ । त्यसैले यस्ता व्यक्तिले झनै ध्यान पु¥याउनुपर्छ । अर्को कुरा शरीरको तौल र मोटाइ बढ्न नदिने, शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा खानुपर्ने कुरा त छँदैछ ।

हामीले भन्न त भन्छौं तर रोजगारीका लागि विदेश पुगेका व्यक्तिहरुलाई यी सबै कुरा गर्न समय अनि सुविधा मिल्दैन । यस्ता अवस्थामा चाहिँ के गर्ने ?

स्वास्थ्य परीक्षणको विकल्प त के छ र । परीक्षण नगरी सचेत नभई जोगिन सकिन्छ भनेर त म भन्न सक्दिन । आफू स्वस्थ भइयो भने न सबै कुरा रहन्छ । उहाँ स्वस्थ हुन्जेल मात्रै न कम्पनीले काम दिने हो ।

बिरामी भएको वा मृगौलामा समस्या देखिएको दिन त उहाँलाई कम्पनीले फिर्ता पठाइहाल्छ नी । यस्तो भयो भने कमाएको पैसा पनि सकिन्छ । ज्यान पनि कमजोर हुन्छ । त्यसैले यदी कम्पनीले यस्तो सुविधा दिएको छैन भने पनि आफैं सचेत भएर स्वास्थ्य परीक्षण चाहिँ गर्नै पर्छ ।

अनि यसमा सरकारको दायित्व चाहिँ ?

सरकारको त झनै ठूलो दायित्व छ । अहिले रेमिट्यान्स देशको अर्थतन्त्रको ठूलो हिस्सा हो भन्ने अनि कामदारको स्वास्थ्यमा चाहिँ ध्यान नदिने हो भने यो त एक दिन गुम्न सक्छ । आज दुई जनाको भयो भनेर चुप लागेर बस्ने हो भने भोलि ५, पर्सि १० हुँदै यो सङ्ख्या बढेर जान्छ । त्यसैले सरकारले यसमा ध्यान दिनु जरुरी छ ।

यसका लागि सरकारले त्यही देशको रोजगारदातासँग कामदारको स्वास्थ्य परीक्षण र उनीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुविधा दिलाउन पहल गर्नुपर्छ । सबैभन्दा व्यवहारिक पनि त्यही हो ।

यदि त्यो गर्न सकिँदैन भने सरकारले नै केही लगानी गरेन वैदेशिक रोजगारीमा गएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी छठ पूजाका लागि कमलपोखरीमा,

खरीबोट

       काठमाडौँ। छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर आज राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अर्घ दिई पूजार्चना गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेकी हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।

छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएकाले अहिले झकिझकाउ छ । कमलपोखरीमा शुरुदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री सहभागी हुँदै आएकामा यस पटक बिरामी हुनभएकाले प्रधानमन्त्री केपी शर्मा ओली भने सरिक हुन सकेनन् ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुरयाउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरेकी थिइन् ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए । नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उनले बताए ।

आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २६० कक्ष बुकिङ भएको बताए । सो क्रममा महेशकुमार अग्रवाल, नरोत्तम वैद्यलगायतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले आकर्षक बनेको छ । काठमाडौँका थापाथली, गौरीघाट, रानीपोखरी र कमलपोखरीमा छठ पूजा गर्ने गरिएकामा रानीपोखरी क्षतिग्रस्त छ । तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो ।

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाराधना गरी अघ्र्य दिइएको छ । बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ ।

विश्व मधुमेह दिवस : 

चितवन। असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् ।

सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस। वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् । उनका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् ।

सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा. अधिकारीले भने, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उनले बताए ।

विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् ।

विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउनुहुन्छ । उहाँ जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा. अधिकारीको भनाइ छ । लायन्स इन्टरनेशनलले गरेको एक सर्वेक्षणमा यस्तो देखिएको उनले बताए ।

जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउछन् । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उनको सुझाव छ ।

यस्तै चुरोट, बिँडी सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने सचिव देवकोटाले बताए ।

डा अधिकारीका अनुसार ३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पु¥याउने खतरा रहने उनले बताए ।

मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिनको पनि आवश्यकता पर्ने उनले बताए ।

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताउनुभयो । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गाैला, दिमाग र रगत तथा स्नायुका नसामा असर पु¥याउन नसक्ने चिकित्सकको भनाइ छ ।

बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आउनुभएका वरिष्ठ फिजिसियन प्रा डा विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिन्छन् ।

उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उनले सल्लाह दिए । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिने पनि उनको भनाइ छ ।

विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै

विलासी जीवनले मधुमेहका रोगी बढ्दै, साँझ ७ बजेपछि खाना नखान सुझाव
  कात्तिक २८, २०७५ बुधबार

चितवन – असन्तुलित खानपानसँगैको विलासी जीवनका कारण दिनहुँ मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको छ । जसकारण नसर्ने अन्य रोगहरुबाट प्रभावित हुनेहरु पनि बढ्दै गएका छन् ।

सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘परिवार र मधुमेह’ रहेको छ । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय डा भोजराज अधिकारीका अनुसार मधुमेह बिरामी बर्षेनी थपिँदै गएका छन् । उहाँका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेको तथ्याङ्क छ । तीमध्ये सात १० प्रतिशत उच्च जोखिमका छन् ।

सबैभन्दा बढी भारत र चीनमा मधुमेहका रोगी छन् । डा। अधिकारीले भन्नुभयो, “विश्वका मधुमेह रोगीमध्ये २० प्रतिशत भारत र चीनमा छन् ।” यी दुई देशको बीचमा नेपाल छ । एउटै रहनसहन र खानपानका कारण नेपाल पनि मधुमेहको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

विकासोन्मुख देशहरुका जनता गरीबबाट धनी हुँदै जाँदा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगीहरु ह्वात्तै बढ्ने गरेका छन् ।

विसं २०६७ मा सात जना मधुमेहका बिरामीबाट उपचार शुरु गरेको बताउने डा अधिकारी अहिले सात हजार हाराहारी आफ्नो निगरानीमा रहेको बताउनुहुन्छ । उहाँ जस्ता अरू धेरै चिकित्सकले नेपालमा मधुमेहका बिरामी हेर्दै आएका छन् । नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र सात दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्याङ्क छ । चितवनमा यो १० देखि १२ प्रतिशत रहेको डा। अधिकारीको भनाइ छ । लायन्स इन्टरनेशनलले गरेको एक सर्वेक्षणमा यस्तो देखिएको उहाँले बताउनुभयो ।

जिल्लाको सौराहामा गरिएको एक सर्वेक्षणमा २४४ परिवारमध्ये ५० परिवारमा मधुमेह भेटिएको थियो । मधुमेह समाज चितवनका सचिव केशव देवकोटा अनियन्त्रित आहारविहार, असन्तुलित खानपान र विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । मधुमेह रोगीलाई चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा, चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना नखान उहाँको सुझाव छ ।

यस्तै चुरोट, बिँडी सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थ तथा बियर, रक्सीजस्ता मदिराजन्य पदार्थ सेवन नगर्ने, लामो समयसम्म भोकै नबस्ने जस्ता क्रियाकलाप गर्न सके मधुमेहबाट बच्न सकिने सचिव देवकोटाले बताउनुभयो ।

डा अधिकारीका अनुसार ३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पु¥याउने खतरा रहने उहाँले बताउनुभयो ।

मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने चिकित्सक बताउँछन् । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुँदा वा उत्पादित इन्सुलिन प्रभावकारी नहुँदा वा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकतानुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिनको पनि आवश्यकता पर्ने उहाँ बताउनुहुन्छ ।

मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु, पटक पटक पिसाब हुनु, पिसाबको मात्रा धेरै हुनु, राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु, रुचि बढ्नु वा भोक धेरै लाग्नु, बराबर घाउ खटिरा आउनु तर निको हुन समय लाग्नु, शरीर खासगरी गुप्ताङ्क चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झम्झमाउनु मधुमेहको मुख्य लक्षण रहेको डा अधिकारीले बताउनुभयो । बेलैमा नियन्त्रणमा राख्न सकेमा मधुमेहले शरीरका अति महत्वपूर्ण अङ्ग आँखा, मुटु, मिर्गौला, दिमाग र रगत तथा स्नायुका नसामा असर पु¥याउन नसक्ने चिकित्सकको भनाइ छ ।

बीस वर्षदेखि मधुमेहका बिरामी उपचार गर्दै आउनुभएका वरिष्ठ फिजिसियन प्रा डा विजय पौडेल शारीरिक रुपमा सक्रिय रहन, नियमित व्यायाम गर्न, स्वास्थ्यवद्र्धक ग्लुकोज, चिनी नभएका खाना खान, दैनिक ६ पटक थोरै थोरै खाना खान, साँझ ७ बजेपछि खाना नखान सुझाव दिनुहुन्छ ।

उचाइअनुसार तौल कायम राख्न, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खान, चिकित्सकको सल्लाहअनुसार नियमित उपचार गर्न उहाँले सल्लाह दिनुभयो । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकताअनुसारको औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिने पनि उहाँको भनाइ छ ।

 

आजदेखि लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ ,

unn.prixa.net

कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ ।

विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो । यस्तै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न  लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा नोभेम्बर १४ देखि १६ (कात्तिक २८ देखि ३० गते) सम्म तीनदिन कार्यक्रम गरिनेछ ।

कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्ने छन् । बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । ‘बुद्धबारे धेरैलाई थाहा भए पनि बौद्ध धर्मग्रन्थ त्रिपिटक देखेकै छैनन्’, भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले भन्नुभयो, ‘त्यसको महत्व बुझाउन पनि पाठ हुनु आवश्यक थियो ।’

‘पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा हो’, उहाँले भन्नुभयो, ‘अब त्यो गौरवलाई विश्वभरि फैलाउन लागेका छौं ।’

यसअघि यो कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो ।

‘यो कार्यक्रम नेपालमा पनि गर्नु पर्छ भन्ने लाग्यो’ अध्यक्ष मैत्री महअस्थवीरले भन्नुभयो, ‘उनीहरुलाई अनुरोध गरेर कार्यक्रम यहाँ पनि गर्न लागिएको हो । तर लाग्ने सबै खर्च र व्यवस्थापन हामीले आफैँ गर्नु पर्छ । ’ पहिलो दिन बिहान १० बजेदेखि सुरु हुने सत्रमा थाई भिक्षुहरुले त्रिपिटक पाठ गर्नेछन् । भोजन पछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक÷एक घण्टा पाठ गर्छन् ।

दोस्रो दिन ८ बजेदेखि पाठ सुरु हुन्छ । नेपालका महायनी संप्रदायले पाठ गर्छन् । १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन् । त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन् ।

तेस्रोदिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरू हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले पाठ गर्छन् । प्रत्येक दिन ५ बजे पाठ सकिएपछि २ घण्टा धर्मदेशना दिइनेछ । बौद्ध विद्वान, संघनायक र रिम्पोछेबाट धर्मदेशना दिने कार्यक्रम छ ।

‘यसले शान्ति र अध्यात्मिक चिन्तन बढाउँछ’ लुम्बिनी विकास कोषका कार्यवाहक सचिव सरोज भट्टराईले भन्नुभयो, ‘अध्यात्मिक पर्यटनको बढावा दिन्छ ।’ यहाँ भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गर्नुभएको वसन्त्र जातक सुत्र पाठ गरिने छ । त्यस्तै शाक्य र कोलीयहरुबीच युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ ।

यहाँ पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरि सकिएको छ । कार्यक्रममा ४ सय विदेशी सहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७ सय सहभागी हुने बताइएको छ । कार्यक्रमका लागि करिब ३५ लाख लाग्ने रकम सबै स्थानीय सहयोगबाट उठाइएको छ । फूल सजावटका सामग्री रोयल थाई विहारले सहयोग गरेको छ । त्यस्तै टेण्ट र साउण्ड सिस्टम र कुर्सी लुम्बिनी विकास कोषले सहयोग गरेको छ । खाना र खाजाको व्यवस्था  पनि लुम्बिनीका पर्यटन व्यवासायीले गरेका छन् ।

ट्याक्सी र कार ठोक्किँदा एकजनाको मृत्यु, ४ जना घाइते

unn.prixa.net

काठमाडौं – सानो भर्‍याङमा ट्याक्सी र कार ठोक्किँदा एकजना वृद्धाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

मंगलबार राति बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार ठोक्किँदा ट्याक्सीमा सवार टोखा ११ महादेवटार बस्ने गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० वर्षकी मोतीसरा भूजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्सीमा सवार अरु ४ जना घाइते भएका छन् । उनीहरुको स्यम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।