‘सरकारका विरुद्ध माधव नेपाल बोलिसके, हाम्रा साथी एक शब्द बोल्दैनन्’

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन्। ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ। ओली सरकार दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वेच्छाचारी भएको उल्लेख गर्दै देउवाले सरकारको अधिनायकवाद बिरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बेला आएको बताएका हुन्।

राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनकालागि प्रदेश पाँचको भैरहवामा गरिएको कार्यशाला गोष्ठीलाइ सम्बोधन गर्दै बिहीबार सभापति देउवाले अधिनायकवादी सरकारबाट प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाइ नै खतरा रहेको दावी गरकाे समाचार नागरिक दैनिकमा छ।

कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लडन कांग्रेस बलियो हुनुपर्ने भन्दै देउवाले अन्तरघातको पुरानो रोगबाट मुक्त भर्इ सरकारको सर्वसत्तावाद र स्वेच्छाचारी कदम बिरुद्ध लड्नु पर्नेमा जोड दिए। ‘हत्या हिंसा, बलत्कारका घटना बढीरहेका छन्। महंगीले जनता आक्रान्त छन्। जनताले सुरक्षाको अनुभुती गर्न पाएका छैनन। यस्तो पनि बहुमतको शक्तिशाली सरकार हुन्छ’देउवाले भने।

यो पनि पढ्नुहोस्  ‘देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउँछौं’ : सुजाता कोइराला

काठमाडौं। नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरउकी छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’

उनले भनिन्,‘सभापति बन्नको लागि अब सबैजनाको तयारी त भैरहेको छ नि । अरुपनि छन् । देउवामात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ । उनले भनिन्,‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघिपनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुरदशा हामीले भोग्नुपरिरहेको छ ।’

उनले पार्टीको सिद्धान्त भनेको नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भएकोले यही सिद्धान्त टेकेर अघि बढ्यो भने अर्को चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउनेमा आफूलाई पूरा विश्वास रहेको पनि सुनाईन् । उनले थपिन्,‘तर, हाम्रो एकता हुनुपर्छ । पार्टीभित्र एक भईकन हामी अगाडि बढ्नुपर्छ ।’

नेतृ कोइरालाले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाईन् । उनले भनिन्,‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ । यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ । हामी तीन जना कोइरालाहरु सशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’

आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्,‘समय आएपछि सबैजना बसिकन् सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तर, अहिले भने हामीहरु तीन जना एकजुट भईकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्लाऔजिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’

उनले अहिलेपनि कांग्रेसका कोही पनि नेता तथा कार्यकर्ता निराशा बन्नुपर्ने अवस्था नरहेको जिकिर गरिन् । उनले भने,‘कांग्रेस अहिलेपनि बलियो छ । पहिलापनि धेरै चोटी नेपाली कांग्रेस सिद्दियो-सिद्दियो भन्ने हल्ला हुन्थ्यो । तर, फेरी कांग्रेस चुनाव जितेर आउँथ्यो । यस्तोपनि हामीले देखेका छौं । यो प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो । नेपाली जनताले प्रजातन्त्र चाहेका छन् । जनताले प्रजातन्त्रलाई नै पहिलो प्राथमिकता दिएका छन् । जनताको आवश्यकत्ता र भावनाअनुसार नै कांग्रेसले आन्दोलन गरेको ईतिहाँस छ ।’

उनले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहेको सुनाउँदै तर अहिलेपनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् । उनले भनिन्,‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौं । तर, यही समय सँधै रहिरहन्छ भन्ने छैन् । जनताको बिचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आँफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन् । प्रजातन्त्र समाप्त हुँदैन् ।’

कांग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको पनि उनले सुनाईन् । उनले भनिन्,‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधानपनि कांग्रेसले नै गरेको हो । मुलुकमा जतिपनि अस्थिरता हुन्छ, त्यसको समाधानपनि कांग्रेसले नै दिएको छ र दिन्छ । यो मुलुकलाई फेरी उचाइमा लिएर जान्छौं । देशमा गर्व गर्ने दिन फेरि आउँछ । त्यो दिन धेरै पर छैन् ।’

फरक प्रसँगमा उनले पार्टीभित्र सबै नेताको आ–आफ्नै ठाउँ, भूमिका, स्थान, क्षमता अस्तित्व रहेको सुनाउँदै भनिन्,‘सबैले सभापतिमा लड्नपनि सक्दैनन् । एउटै पद दश जनाले लिनपनि सक्दैनन् । त्यसैले मलाई लाग्यो, बरु म ब्याक भएर सहयोग गर्छु, अगाडि बढ्नुहोस् । राम्रो काम गर्नुहोस् । जो कोही पनि सभापति हुन सक्छन् । कोइराला नै हुन्छन् भन्ने छैन् । कोइरालाहरु अहिले एकजुट भएको कारण पनि पार्टी बचाउनकै लागि हो । अरु केही होईन् । संगठनलाई बलियो बनाउनकै लागि हो । पदको लागि होईन् । अस्ति भर्खरै शशांक र शेखर कोइरालाले बोलिपनि सक्नुभएको छ । र, म पनि तपाईहरुलाई त्यो भन्न चाहन्छु अरु पार्टीमा धेरै साथीहरु हुनुहुन्छ । सबैको आफ्नो आफ्नो ठाउँमा संघर्ष गरेको ईतिहाँस छ । जिम्मेवारी लिएर काम गरेको सबैको अनुभव छ । सबैजना हामी मिलेर नै जानुपर्छ ।’
सबैले पार्टीलाई नै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । नेतृ कोइरालाले भनिन्,‘पार्टी नै बलियो भएन भने हाम्रो कुनै अस्तित्व छैन । नेपाली कांग्रेस कमजोर भयो भने देशपनि कमजोर हुन्छ भन्ने कुरा त हामी देखिराखेका छौं ।’

कांग्रेसको नेतृत्वमा कोइराला परिवारबाट शशांक कि शेखर भन्ने प्रश्नमा उनले भनिन्,‘त्यो अहिले म भन्न सक्दिन् । के हुन्छ ? कसरी हुन्छ ? भन्ने कुरा अहिले कसरी भन्ने ? यो त पछिको कुरा हो । अरु साथीहरुपनि हुनुहुन्छ । अहिले समय आएको छैन् । समय आएपछि उहाँहरु बस्नुहुन्छ । सल्लाह गर्नुहुन्छ । अहिले त संगठन गर्ने बेला हो । त्यसको लागि हामी अघि बढ्छौं ।’

उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरीन्। उनले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ।’

उनले वर्तमान सरकारले जनताको हितमा एउटापनि काम गर्न नसकेको गम्भिर आरोप लगाईन् । उनले भने,‘म आँफै आश्चर्यमा परेकी छु, कि प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सिमा नै छैन् । साँच्चि भनेको मैले त कल्पना पनि गरेको थिईंन कि नेपालमा यत्रो भ्रष्टाचार, यति फाष्ट भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहीँ देशको लागि खतरनाक हो ।’
आफूहरुले यसलाई गम्भिर भएर समाधान गर्न नसके मुलक गम्भिर समस्यामा जाने उनको चिन्ता छ । उनले भनिन्,‘यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो । त्यसैले अब हामी गम्भिर हुनुपर्यो । हामी नेपाली कांग्रेस अब अगाडि बढ्छौं । अब यो देशको रक्षा गर्छौं । देशमा सुरक्षा दिन्छौं । र, यो देशको विकास पनि गर्छौं भनेर हामीले प्रतिबद्धता जनाएका छौं । अब प्रतिबद्धताहरु पूरा गरेर देखाउँछौं ।’

नेपालको विदेश नीति अहिलेपनि पञ्चशीलमा आधारित सिद्धान्त नै सान्दर्भिक रहेको उनले सुनाईन् । उनले भनिन्,‘ भारतसित हाम्रो खुल्ला सिमा छ । हाम्रो व्यापारपनि भारतसँग भैरहेको छ । विद्यार्थीहरु एक्सचेन्ज भैरहेको छ । धर्म, संस्कृति, भाषा, भेषभुषा पनि मिल्छ । भौगोलिक हिसाबलेपनि हामी भारतसँग नजिक छौं । हाम्रो सम्बन्ध धेरै राम्रो हुनुपर्छ । सम्बन्ध राम्रो भएन भनेदेखि मुलुकलाई पनि त्यसले धेरै क्षति पुर्याउन सक्छ । हाम्रो मुलुकलाई विकास गर्नुछ । सहयोग लिनुपर्छ । चीनको पनि सहयोग लिनुपर्छ ।’

चीनपनि असल र राम्रो छिमेकी भएकोले उसँगपनि सहयोग लिन सक्नुपर्ने उनको धारणा छ । उनले भनिन्,‘तर, हाम्रो डे–टु–डे बिजनेश छन्, खुल्ला बोर्डर भएकोले समस्याहरु पनि छन् । त्यसलाई समाधान गरेर जानुपर्छ । र, समाधान गर्ने क्षमतापनि राख्नुपर्छ । हाम्रो बीचमा आपसी विश्वास पनि हुनुपर्छ । र, सत्य पनि बोल्नुपर्छ । हामीले आफ्नो हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । विशेषगरि भारतसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ । भारतसँग कुराकानी गर्नपनि सजिलो छ । र, झगडा गर्नपनि सजिलो छ।’सभार स्रोत -हाम्रा कुरा डट कम

‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको वाइड बडी किन उडाइएन ?’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।‘वाइड बडी किन ल्याइयो, किन उडाइएन ?’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् ? ’ बैठकमा मन्त्री र सचिवहरु सहभागी थिए ।

यो पनि पढ्नुहोस् -सडक निर्माण अलपत्र, सम्पर्कमा छैन निर्माण कम्पनी

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रको सम्वृद्धिसँग जोडिएको कलुवापुर–बेलौरी सडकमा निर्माण कम्पनीहरुले लापरबाही गरेको हो । भारतको सिमाना खजुरियासम्मको २५ किलोमिटर क्षेत्रमा काम गर्ने सबै निर्माण कम्पनीले भने लापरबाही गरेका हुन् । ३ करोड ३५ लाखमा ३ दशमदव ४ किलोमिटर सडक डिएस महरा जेभिले निर्माण गरेकोमा त्यो पुर्ण रुपमा भत्किएको छ । वि.स २०७२ असारमा सम्झौता भएर २०७४ भदौमा निर्माण सकिएको सडकको सो क्षेत्रमा खाल्डाखुल्डी परेका छन् ।

निर्माण पुरा भएको एक बर्षमा सडक उप्किएर भताभङ्ग भएपछि निर्माण कम्पनीलाई मर्मत गर्न सडक डिभिजन कार्यालयले निर्देशन दिएको छ । ३ करोड ३५ लाखमा निर्माण गर्ने सम्झौता भएकोमा ३ करोड २० लाख मात्र खर्च भएको थियो । कलुवापुरदेखी खजुरियासम्म २५ किलोमिटर सडकले कञ्चनपुर दक्षिण क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरीएको थियो । सो सडकको सडक डिभिजन कार्यालय कञ्चनपुरले दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरेको थियो । अहिले निर्माण कम्पनी भागेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

यो पनि पढ्नुहोस् -कृषि फ्रेसको बदमासी : होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्रि

काठमाडौं। कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्रि गर्दै आएको पाइएको छ ।उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ ।कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल आउटलेट बाट गर्दै आईरहेको छ ।कृषि विकास बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रुपमा विगत ९ बर्षदेखि परिचित छ ।कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको कृषि फ्रेसको टीकाथलीमा रहेको फार्ममा पुर्याएर प्याकेजिङ गरी बजरामा अर्गानिकका नाममा पठाउने तथ्य फेला परेको खबर आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ?

सिकागो, संयुक्तराज्य अमेरिका-शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ। उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन्।

“लौ रु मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो।”

उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन। के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ “सम्भवत,” उनी स्वीकार्छन्।

तर उनीहरुले भनेजति खेल्न पाउँदैनन्। अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन्। कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ। उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु ?

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने। “उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,” उनकी आमा बार्ब हेली भन्छिन्। “ऊ रिसाउँछ, निराश हुन्छ। आमा कति खराब हुनुहुन्छ भन्छ। यो किन, केका लागि गरेको भन्छ।”

विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ। अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ। तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ। तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन्। सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे। आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए।

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन्। एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा “स्क्रीन टाइम” सुविधा थपेको छ।

यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ। गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन्।

तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन्।

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो। वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे। छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए।

“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” एलेन भन्छन्। त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे। कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए।

एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो। “त्यसपछि ऊ बाहिरियो।” यो अन्याय भो भन्दै ऊ बाहिर गयो। बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने ।

“मैले केही गल्ती त गरेको छैन नि,” एभरेटले पटकपटक भनिरह्यो ।

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई “कुलत” भन्न चाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई “गेमिङ हलचल वा गडबडी” भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ ।

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ ।

“एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,” न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन्। “यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ।”

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन्। एभरेटले साक्सोफोन पनि बजाउँछ। हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन्।रासस/एपी

किन हुन्छ, एसिडिटी ?

बद्लिदो जीवन शैली तथा खानपानका कारण पनि थुप्रै नेपालीहरुलाई एसिडिटीको समस्या हुने गरेको छ । एसिडिटी विशेषगरी खानपानसित सम्बन्धित समस्या हो । ग्यास वा एसिडीटीको समस्या भएमा पेटमा जलन हुने, पेट दुख्ने, अमिलो पानी आउने गर्दछ । अस्वस्थ्यकर खाना, समयमा खाना नखानु नै यसको प्रमुख कारण हो।

एसिडिटीको कारण
एसिडिटी हुनुको मुख्य कारण भनेको खानपिनमा हुने लापरवाही होे । आजकल मानिसहरु यत्ति व्यस्त छन् कि उनीहरुलाई खाने समय वा फुर्सद सम्म हुँदैन । जसका कारण मानिसलाई एसिडिटी हुने गर्छ । बढी मात्रामा भोजन गर्नाले पनि मानिसलाई अपचको समस्या हुने गर्छ । जसका कारण उनीहरुमा एसिडिटी पैदा हुन्छ ।

त्यसबाहेक, अमिलो, पिरो, तारेको, पोलेको लगायत अत्याधिक मसलाको प्रयोग गरिएको खानाको सेवनले पनि मानिसलाई एसिडिटीको समस्या हुने गर्छ भने कतिपय मानिसहरु आवश्यक्ता अनुसारको पानी पिउँदैनन् । जसले गर्दा शरीरमा पानीको कमी भएर पनि एसिडिटी हुने गर्छ ।

अत्याधिक मात्रामा धूपमान तथा मादक पदार्थको सेवनले पनि हाम्रो शरीरमा एसिडिटीको समस्या उत्पन्न गराउँछ । बासी खाना, दूध हालेको चिया, कफीले पनि मानिसमा एसिडिटीको समस्या बढाउने गर्छ । त्यतिमात्र हैन, खाना खानसाथ सुत्नाले पनि मानिसमा एसिडीको समस्या हुने गर्छ ।

यसका लक्षण
१. अचानक डर लाग्नु
२. सास लिनम समस्या उत्पन्न हुनु
३. पेट दुख्ने वा जलन हुने
४. पेट फुल्ने
५. मुखमा अमिलो पानी आउनु
६. वान्ता हुनु
७. भोक नलाग्नु/ खान मन नलाग्नु
८. अमिलो डकार आउनु
९. छाती पोल्नु

बच्ने उपायः
एसिडिटीबाट बच्न सबैभन्दा पहिले खानपानको तालमेल बनाउन जरुरी छ । त्यसको लागि तारेको तथा अत्याधिक मसला प्रयोग गरिएको खानबाट बच्नु पर्छ । त्यस्ैत, विहान खाली पेटमा मनतातो पानीकेा सेवन तथा नेपाली लसुुनको प्रयोगले पनि एसिडीटी हुनबाट तपाईलाई बचाउँछ ।

दैनिक नरिवल पानीको सेवन तथा गर्नाले पनि कव्जियत लगायत एसिडीको समस्या कम हुन्छ । एसिडिटी हुनेले घरमै बनाएको खाना खान आवश्यक छ । त्यस्तै, आवश्यक भन्दा कम खाना खाने, राती सुत्नु अगाडी मन तातो दूधको सेवन गर्नाले पनि एसिडीटीको समस्या कम हुन्छ । त्यस्तै, खाना खादाँ पचाएर खाने, समय समयमा खाना खाने, राती सुत्नुभन्दा करिब तीन घण्टा अगाडी खानाको सेवन गर्ने, समय समयमा खाना खाने गर्नु पर्छ ।

एसिडिटीबाट बच्न
एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ । त्यस्तै, एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन ।
दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हिंग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुलेको बस्दछ । साभार श्राेतः अनलार्इनखबर

गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने

बुटवल । बुटवलमा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बुटवलमा जग्गा उपलब्ध नभएपछि तिलोत्तमा नगरपालिकाले १० बिघा जग्गा दिने भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो मुटु अस्पताल हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुटु अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।५ वर्षदेखि बुटवलको रामनगरमा निजी भवन भाडामा लिएर संचालित अस्पतालले बुटवल रामनगरमा रहेको राष्टिय वनको जग्ग्ाा माग्दै आएको थियो । तर, आश्वासनमै सीमित भएपछि अस्पतालले तिलोत्तमा नगरपालिकासंग जग्गा मागेको थियो ।

अस्पतालले तिलोत्तमा नगरपालिकासाग १२ विगाह जग्गा प्राप्तिको लागि प्रस्ताव गरेकोमा नगर कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पााच कठ्ठा १९ धुर र त्यससाग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।सिफारिस गरिएको जग्गाको सन्दर्भमा वडा कार्यालयले सम्बन्धित वडाका बासिन्दाहरुसाग छलफल गरेको थियो भने कार्यपालिका सदस्यहरुसाग अस्पताल सञ्चालक समितिले अन्तरक्रिया समेत गरेको थियो ।भवन निर्माणको लागि यसअघि बुटवल-१० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरे पनि जग्गा प्राप्तिमा ढिलाइ भएपछि अस्पतालले तिलोत्तमाको विकल्प रोजेको हो ।

मुटु तथा मिर्गौला रोगको उपचार गर्दै आएको अस्पतालले जग्गा प्राप्तिसागै कम्तिमा ५० वर्षको दिर्घकालिन योजनाको साथ अत्याधुनिक सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्ने जनाएको छ ।तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मुटु र मिर्गौला रोगको उपचारमा उल्लेख्य योगदान पुराइरहेको काठमाडौं बाहिरको अस्पताल भएकाले जग्गा उपलब्ध गराइएको बताए ।अस्पतालले वाषिर्क ५० हजार विरामीलाई उपचार सेवा दिंदै आएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

अर्कै महिला संग विवाह गर्न लागेपहि प्रेमिको हत्या गरि मासुको भोज

प्रेममा पागल हुने हरु कति सम्म पागल हुँदा रहेछ भन्ने उदाहरण एक जना अमेरिकी महिलाले दिएकि छिन । उनले आफ्नो पाकिस्तानी प्रेमीको अर्कै महिला संग विवाह गर्न लागेको थाहा पाएपछि उनको हत्या गरेर उनको मासु भोज खुवाएकी थिइन् ।
समाचाका अनुसार ती महिलाले आफ्ना प्रेमीको हत्या गरि उनको शरिरका भागहरु संयुक्त राज्य इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमीकहरुलाई पकाएर खुवाएकि थिइन् ।

ती महिलाले आफ्ना प्रमीको तीन महिनाअघि हत्या गरेकी थिइन् । त्यसको पत्तो भने हालसालै मात्र उनको ब्लेन्डरमा मानव दाँत भेटेपछि मात्र थाहा भएको थियो । उनले प्रहरी सामु उक्त घटना लाई आफ्नो पागलपन लाई स्वीकार गरेको त्याहाँको सरकारी पत्रिका द न्यासनलले लेखेको छ । ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्ने छ । मृतक व्यक्ति उनी सात वर्ष देखिको प्रेम सम्बन्धमा थिइन् । द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्कि महिला संग विवाहको तयारी गरिरहेको जनाएपहि हत्या गरेको बताएकी छिन् ।

प्रहरीले उनको हत्या कसरी भएको भन्ने नखुलाए पनि ती व्यक्तिका अंगहरु भात र मासुको मिश्रीत परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिहेका पाकिस्तानी कामदारलाई खुवाएको बताइएको छ ।

विविसिले दिएको विवरण अनुसार पिडकका भाईले उनलाई ओमनको सिमा नजिकैको अल अलिनस्थित सहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए ।

उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए, जसले डि.एन.ए. परिक्षण गरेपछि उक्त दाँत हराईरहेका भनिएका उनका दाजुकौ रहेको पुष्टी भएको थियो ।

प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाईलाई घरबाट निकालिदिएको बताएकी थिइन् । तर दुवईस्थित गल्फन्युजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्वीकारेकी थिइन् ।

समाचार श्रोतका अनुसार उनले आफ्ना साथिहरुको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन् । ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । एजेन्सी

डोटीमा स्कुल बस दुर्घटना(अपडेट) : मृतकको संख्या १८ पुग्यो

डडेल्धुरा । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ८ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ ।  बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

बर्दियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु,१५ जना घाइते

काठमाडौं,६ मंसिर-बर्दियामा बस दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दुर्घटनामा १५ यात्रु घाइते भएका छन् ।

३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्षले जे गरे पनि हुने ?’

काठमाडौं,६ मंसिर-नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ? आजको नेपाल समाचारपत्रमा यो खबर छ, पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् ।

‘प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको जनवादलाई सम्मृद्ध गर्ने ?’, ज्ञापनपत्रमा भनिएको छ– ‘संसदीय दलमा पनि लोकतान्त्रिक अभ्यास छैन ।संसदीय दलको हरेक बैठक केही नेताको भाषण सुनाएर समापन गर्ने गरिएको छ । कुनै छलफल, समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती–कमजोरी पत्ता लाग्छन् ? कसरी सुधार हुन्छ ?’पार्टी महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठक, प्रधानमन्त्रीको कार्यशैलीलगायतका विषय केन्द्रित गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्टि गर्नुभयो ।

यो पनि पढ्नुहोस् – तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल

काठमाडौं,६ मंसिर-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।

कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने, ‘एभियोनिक्स कार्गो डोरमा समेत समस्या देखिएको छ। केही दिनभित्रै हल हुन्छ।’दोहा–काठमाडौ‌ उडानका क्रममा कातिक १६ गते दोहामा  विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियोर।, यो खबर आजको नागरिक दैनिकमा छ ।

यस्ता छन् महका फाइदा जानीराखौँ

काठमाडौँ, ५ मङ्सिर-मह मन नपर्ने सायद कोही नहोला । परापूर्व खाल देखि नै मानिसहरुले महलाई खान मात्र नभई होइन स्वास्थ्य उपचारमा पनि प्रयोग गर्दै आएका छन् । कतिपयले यसलाई घाउमा प्रयोग गर्छन, कतिपय ज्वरोलाई सन्चो गराउँन, कतिले एसिडिटी तथा अन्य रोगहरुको उपचारमा पनि प्रयोग गर्दै आएका छन् ।

अहिले भने महले क्यान्सर मुटु रोग ठिक गर्ने, अल्सरको सम्भावना क मगर्ने , पाचन प्रक्रियालाई सजिलो बनाउने, रगतमा चिनीको मात्रा नियमन गर्ने, खोकी ठिक पार्ने , शारीरिक तन्दुरुस्ती बढाउने आदि कार्यमा निकै ठूलो भूमिका खोल्ने दावी गरिदै आएको छ । र यी दावीहरुमध्ये कतिपय बैज्ञानिक रुपमा प्रमाणित समेत भइसकेका छन् ।

महका बारेमा ती प्रमाणित दावीहरु यसप्रकार छन् :

एन्टी व्याक्टेरियल प्रोपर्टी :
महले किटाणुहरुलाई मार्ने कुरामा कुनै दुई मत छैन । अनुसन्धानकर्ताहरु महको प्रयोग इकोलाई, साल्मोनेला आदि किटाणुको विरुद्ध निकै प्रभावकारी रहने जनाएका छन् ।

न्युजिल्याण्डमा पाइने ‘मनुका’ नामक मह र मलेसियामा पाइने ‘तुअलांग’ नामक मह पेप्टिक अल्सर गराउने किटाणु ‘एच पाइरोली’ को विरुद्ध लड्न निकै फाइदाजनक हुने बताइएको छ । महमा हुने हाइट्रोजन पेरोक्साएड र यसको यसिडिक प्रकृतिले गर्दा किटाणु विरुद्ध लडन सक्ने बनाउँछ ।

यसकारण पनि महलाई घाउ ठिक पार्न प्रयोग गरिन्छ । यस्तै अल्सर, जलेको छाला, विविरा आदिलाई ठिक गर्न पनि निकै प्रभावकारी मानिन्छ।

घाँटीको उपचारका लागि :
हालै १३९ जना बच्चाहरुमा गरिएको अध्ययन अनुसार महले रातीमा खोकी लाग्ने समस्या अहिले प्रयोगमा आएका औषधिरुले भन्दा चाँडो ठिक पार्ने देखियो । त्यस्तै इटालीमा गरिएको अर्को अध्ययनले खोकी मात्रै नभई स्वासप्रस्वास प्रक्रियामा समेत लाभदायी भएको पाइयो ।

तर सचेत रहनुहोस एक बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई महको सेवन गर्न दिनु हुँदैन । किनभने ती बच्चाहरुमा महमा हुनसक्ने अन्य विकारहरुलाई पचाउन सक्ने पाचन प्रक्रिया विकसित भईसकेको हुँदैन ।

शारीरिक तन्दुरुस्ती :
खेलाडीहरुलाई खेलको दौरान के खाँदा बढी शक्ति र स्टामिना प्राप्त हुन्छ भन्ने विषयमा बहस भैरहेको छ । यसैक्रममा युनिभर्सिटी अफ मेम्फिसमा गरिएको एक अध्ययनमा खेलाडी तथा शारीरिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुमा महको सेवन ग्लोकोजको सेवन भन्दा बढी फाइदाजनक रहने पाइएको छ । यसको मतलव तपाईँ नियमित जीम तथा व्यायममा सक्रिय हुनुहुन्छ भने महको सेवन गर्न नभुल्नुहोला ।

क्यान्सर, मुटुरोग र मधुमेह :
मधुमेह भएको मुसामा गरिएको एक अध्ययनले महको सेवनले रगतमा ग्लुकोजको मात्रा रेगुलेट गर्न मद्धत गर्ने पाइएको छ । तर विशेषज्ञहरु भने मानिसमा यो अध्ययनको नतिजा पुरा नआईसकेको जनाउँदै महको सेवन नगर्न बताउँदै आएका छन् ।

यसैगरी ल्यावमा गरिएको अध्ययनमा क्यान्सर र मुटुरोगको लागि पनि मह प्रभावकारी रहने भेटिएको भएपनि यसलार्य मानिसमा परीक्षण गर्न बाँकी नै छ ।नेपाली हेल्थ बाट

पानीपुरी र चटपट व्यापार गर्न प्रतिबन्ध !

गलकोट, ५ मङ्सिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठहर्याउदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सौन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।‘‘हेर्दा सामान्य निर्णय जस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,’’ प्रमुख पौडेलले भने, “व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।” हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्दछ ।

बागलुङ नगरपालिकाले हालै पानीपुरी चटपटमा प्रतिबन्ध गरेपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी तथा चटपटका पसल पूर्णरुपमा हटेको पाइएको छ । चटपटका पसल हटेसँगै बजारको सौंन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ । युवा युवती माझ पछिल्लो समय निकै लोकप्रिय बनेको पानीपुरी तथा चटपट स्वास्थ्यका लागि भने निकै हानिकारक भएको डाक्टरले बताउँछन् ।नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा पारेको छ । केही पानीपुरी तथा चटपटको व्यवसायी अहिले तरकाली तथा फलफूलको व्यापार शुरु गरेका छन्, भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लामा गएको बताइएको छ । स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपट व्यापारलाई प्रतिबन्ध लगाएसँगै आम नगरवासीले भने यस्तो निर्णयको स्वागत गरेका हुन् ।

विप्लव नेतृत्व पार्टी नेकपाको शनिबार काठमाडौंमा जनसभा हुने

काठमाडौं,५ मङसिर-नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ ।पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी ८ गते शनिबार काठमाडौंमा प्रर्दशनसहितको जनसभा आयोजना गर्न लागेको हो ।पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौंमा प्रर्दशनसहितको जनसभा गर्न लागिएको केन्द्रिय सदस्य चिरन पुनले जानकारी दिनु भयो । जनसभालाई पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्बोधन गर्नेछन ।

जनसभा काठमाडौंको शान्ति बाटिकामा आयोजना हुनेछ । जनसभामार्फत् पार्टी र सरकारसँग भएको वार्ता, पार्टीको भावी नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनसभामा सहभागी हुन पनि सबैलाई आह्वान गरिएको छ ।                                                         यो पनि पढ्नुहोस् -मुलुकभर चिसो बढयो                                                                                                        काठमाडौँ, ५ मङ्सिर-काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। ‘सिजनल इफेक्ट(मौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने।

मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ। पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए।महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ। केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।

विश्व सुन्दरीको ताज नजिक श्रृङ्खला खतिवडा (भिडियोसहित)

मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको ताजको नजिक पुगेकी छिन् । उनी यतिबेला चीनमा विश्वका १२१ देशका सुन्दरीहरुलाई पछिपार्दै प्रेडिक्टरहरुको नजर र अनलाइन भोटिङका आधारमा उत्कृष्ट तीनमा पर्न सफल भएकी छिन् ।

मिस वल्र्ड सन् २०१८ डिसेम्बर ८ मा हुँदैछ र उनी अहिले त्यहाँं उपस्थित धेरैलाई आफ्नो प्रभाव छोड्न सफल भएकी छिन् । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।सबैलाई आफूप्रति आकर्षित गर्न सफल भएकी श्रृङ्खलाले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति दिइरहेकी छिन् । हालसम्मको अवस्थालाई हेर्ने हो भने उनी २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्बरमा रहेकी छिन् ।


श्रृङ्खला मिस वर्ल्डको यात्रामा विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुले नेपाललाई पहिलो पटक टप १०, ५ हुँदै टप ३ भित्र राखेका छन् । जुन मिस वर्ल्डको उपाधीका लागि सहज बनाउन सक्छ ।उनलाई भोट गर्नको लागि पहिले मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर श्रृङ्खला सर्च गर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गरेर साथ दिन सकिन्छ ।

कृष्णनगरस्थित नेपाल–भारत सीमा बन्द |

मंसिर ५ ,कपिलबस्तु।
कपिलबस्तुको कृष्णनगरस्थित नेपाल–भारत नाका बुधबार मध्यान्हबाट बन्द गरिएको छ ।
मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मद मुस्तफाको १४९३ औ जन्मोत्सव (मोहम्मद डे)का दिन बुधबार निकालिने र्‍यालीको सुरक्षा स्थितिलाई ध्यानमा राखी नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ ।
आज मध्यान्ह १२ बजेदेखि लागू हुने गरि सीमाक्षेत्र सिल गरिएको प्रजिअ अर्जुन प्रसाद पोखे्रलले बताए । अत्यन्तै इमरजेन्सी र मानवीय संवेदनशीलता हेरेर परिचयपत्र खुलाएपछि आवतजावत गर्न दिइने उनले बताए ।

दिउँसो निकालिने र्‍याली सम्पन्न नहुञ्जेलसम्म सिमानाका बन्द गरिने उनले जानकारी दिए ।
मोहम्मद डेको पुर्वसन्ध्यामा कृष्णनगरस्थित सिर्सिहवा गाउमा पटकाजन्य पदार्थ बिस्फोट गराएपछि दुईजनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । स्थानीय बब्लु मनिहार र रिजवान पठानलाई उच्छृङ्खल गतिबिधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । गएराति उक्त स्थानमा र्‍याली निकालिएको थियो ।
कृष्णनगर क्षेत्रमा दशैंको बेला दुर्गाझाँकी बिर्सजनको क्रममा विवाद हुँदा स्थानीय प्रशासनले दुई दिन कर्फ्यु आदेश जारी गरेको थियो |

कार र मोटरसाइकल ठोक्किदा रुपन्देहीको सैनामैनामा २ जनाको मृत्यु

५ मंसिर, बुटवल ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको कार
र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले (मुर्गिया )जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन । कारसमेत सडकबाट तल खसेको खसेको प्रहरिले जानकारी दिएको छ  |

प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो

प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ ।
मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्यविधि बनाउन समेत सकेको थिएन ।

बैठकले समितिको म्याद थप गर्न सभामुख पूर्णबहादुर घर्तीसंग अनुरोध गर्ने निर्णय गरेको समितिका सदस्य सांसद वीरबहादुर रानाले  जानकारी दिए । बैठकले समितिका लागि आवश्यक कार्यविधि अध्ययन गरी रायसुझाव पेश गरेर छिट्टै अन्तिम रुप दिने निर्णय पनि गरेको छ ।

मंगलबारको वैठकमा प्रदेश सभा सचिवालयले पेश गरेको कार्यविधिबारे सामान्य छलफल भएको थियो । गत साउन २४ गते गठन भएको समितिलाई तीन महिनाभित्र राजधानी र नाम सिफारिस गर्न म्याद दिइएको थियो । गठन भएको एक महिनापछि भदौ १२ गतेमात्रै समितिको पहिलो वैठक बसेको थियो ।

समितिमा १५ जना सांसद सदस्य छन् । मंगलबारको वैठकमा राष्टिय जनमोर्चा र संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्ने एक एक जना सांसद अनुपस्थित थिए ।
संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ ।

प्रदेश ५ को नामका विषयमा खासै विवाद नभए पनि राजधानीको विषय पेचिलो देखिएको छ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो ।

मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती भने बाहिर मुख नखोले पनि भित्रीरुपमा बुटवललाई स्थायी राजधानी बनाउन नहुने पक्षमा देखिएका छन् ।

प्रदेशसभाको दुई तिहाई वहुमतले प्रदेशको राजधानी र नामाकरणको निर्णय गर्ने संवैधानिक व्यवस्था छ । खासगरी बुटवल र दाङ स्थायी राजधानीका लागि चर्चामा रहंदै आएका छन् ।

कपिलवस्तुमा १ सय ६५ ओटा विभिन्न घटना दर्ता

कपिलवस्तुमा सन २०१८ को अधिमा १सय ६५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू दर्ता भएको इन्सेकले मंगलवार सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ । झण्डै एक वर्षको अवधिमा घरेलु हिंसाका १ सय ३२, बलात्कारका ८, बलात्कार प्रयासका ४ , मानव बेचविखनका ९ ,ब्यक्तिगत हत्याका ५ ,अपहरण पछि हत्याको १ ,बोक्सिको आरोपका १ ,जातिय छुवाछुदका १ ,गिरफ्तारीको १ ,अपमानजनक ब्यावहार १ ,झडवको घटना १, गरि १सय ६५ घटना दर्ता भएकोमा १सय ७१ महिला र १९ जना पुरुष गरी १सय ९१ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ । बलात्कार र बलात्कार प्रयासका घटनामा पीडित ९ जना पीडित मध्ये ५ जना बालिका रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नन्दराम पौडेलले प्रस्तुत गरेका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख अतिथी  प्रदेश न ५ कपिलवस्तुका प्रदेश सभासद शहसराम यादवले इन्सेकले विगत वर्ष देखि मानवअधिकारको घटनाहरुको संकलन गरि वर्ष पुस्तक मार्फत नेपालको मानवअधिकारको अवस्था झल्काउने काम गरेको छ । वार्षीक प्रतिबेदनमा नागरिकका अधिकार तथा आर्थिक सामाजिक सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिबेदनमा उल्लेख गरिएको भन्दै बनेका कानुन कार्यन्वयनमा जोड दिए । पहुच नभएका पछाडी पारिका नागरिकहरुको आवाज पनि मानवअधिकार कर्मीले उठाउनु प्रर्ने भन्दै वर्ष पुस्तका समाबेश गर्न शुझाव दिए ।

सभासद यादवले शिक्षामा दरबन्दीको अभाव रहेको निशुल्क शिक्षा भने पनि विभिन्न बाहानामा शुल्क लिने काम भएको ति विषयवस्तु पनि समेटन आग्रह गरे । नागरिकले खाध्य अधिकार अन्तरगत समयमा विउमल नपाएको विषय पनि मानवअधिकार हनन हो भन्दै समयमा उपलब्ध गराउन सम्बन्धीत निकायलाई आग्रह गरेका थिए ।

यसैगरि विशिष्ठ अतिथी राष्टिय मानअधिकार आयोग प्रदेश न ५का प्रमुख पवन कुमार भट्टले इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताए ।नेपालमा विगत २६ वर्ष देखि मानवअधिकारको घटना तथा ज्याजतिका घटना समेटेर वर्ष पुस्तक प्रकासन गर्ने एक मात्र संस्था इन्सेक भएकोर वर्ष पुस्तकमाप्रकासन हुने घटनाहरुको पुर्वा समिक्षा गरि केलाउने कार्य सहनीय भएको बताए । मानवअधिकारको विषय बस्तु गहन भएकोले सबै नागरिक सम्मानित र स्वतन्त्र र मर्यादित रुपमा बाच्न पाउनु मात्रै हैन स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुति गर्न पनि मानवअधिकार भएको बताए ।

वर्ष पुस्तकमा धेरै विषयवस्तु समेटिए पनि आप्रावासि कामदारहरुको हक अधिकारका विषय स्वच्छ बातावरण, मिसावट रहित खाना ,पोषणका कुरा पनि समेटनु पर्ने सुझाव दिए । यसै गरी स्थानीय तहमा न्यायिक समितिले गरेका निर्णय र प्रकृयाको समेत अनुगमन तथा अवस्थाको वारे वर्ष पुस्तकमा समाबेश गर्न सुझाव दिएका छन । यसै गरि सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले इन्सेकले मानवअधिकारका घटना संकलन देखि मानविय कार्य गर्दै आएको बताउदै बेलाबेलामा राज्यका निकायलाई घचघचाउने कार्य गरेको बताए । वर्ष पुस्तक मानअधिकारको दस्ताबेज भएकोलेयसमा प्रकासन हुने कुरा सत्य तथ्य हुनु पर्ने सुझाव दिए । यसै गरि जिल्ला सरकारी वकिल कमल पन्थीले द्धन्द्धकालमा मानवअधिकारको अवस्थाका बारे जोखिम मोलेरर भए पनि बर्ष पुस्तक प्रकासन हुने गरेकोर अहिले डिएसपी रवि रावल यसको निरन्तरता रहनु महत्वपुर्ण रहेको भन्दै वर्ष पुस्तकमा सडकमा हिन्दाहिन्दै सवारी साधनले हानेर मान्छेको मृत्यु हुने कुरा पनि मान्छेको बाच्न पाउने अधिकार हनन भएकोले समाबेस गर्न आग्रह गरे । यसैगरि मौलिकहक लगाएतका कानु निमार्ण भए पनि नागरिकहरु कानुनकावारे अनवित्र रहेको भन्दै कानुनी सचेतना चलाउन समेत आग्रह गरे ।

यसैगरि डिएसपी रवि रावलले इन्सेकले संकलन गर्ने घटनामा धेरै कुराहरु समेटिएको भए पनि कतिपय घटना छुटेकोले प्रहरीसगं मागे सुचना उपलब्ध गराउने बताए ।जिल्लामा पुनस्थापना वा संरक्षण गृह नहुदा समस्या रहेकोले सो कुराको उठान गरिदिन आग्रह गरे । सडक दुर्भटना र लागु औषधका घटना पनि समाबेश गर्न सुझाव दिए । यसैगरी संचारीका समुह प्रदेश न ५की अध्यक्ष पार्वती पाण्डेले इन्सेक मात्र यस्तो संस्था हो जसले मानवअधिकारका सवालमा घटना सकलन गर्ने ,घटनाको अनुगमन गर्ने र डकुमेन्टेसन गर्ने गर्दछ र वाषर््िाक समिक्षा गरि वर्ष पुस्तक प्रकासन हुने हुदा सबै विषयवस्तु समेटन सुझाव दिदै बालविवाह घटना स्वास्थ्य उपचार नपाएका घटना छुटेकोले समाबेस गर्न सुझाव दिईन ।

समिक्षामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगत, जिल्ला समन्वय समितिका प्रतिनिधि रेशमराज शर्मा ,बार यसोसियसनका सचिव गजाधर पाण्डे ,मानवअधिकार निगरानी समुहकी संयोजक पुस्पा रेग्मी, नागरिक समाजका अध्यक्ष दोलक पछाई, गैरसरकारी संस्थाका अध्यक्ष प्रविण श्रीवास्तव पत्रकार महांसघका उपाध्यक्ष सरोज अर्याल, मानवअधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु खतिवडा, शान्ति पुनस्थापना गृहका संयोजक भुमि भट्टराई ,बालकल्याण समितिका सदस्य पशुपतिमणी त्रिपाठी एमनेष्टी इनटरनेशनल कपिलवस्तुका सभापति महेन्द्र खनाल, पत्रकार पार्वती आचार्यले सुझाव तथा टिप्पोणी गरेका थिए ।
वार्षिक समिक्षा कार्यक्रम तथा चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वन समितिको बैकठ प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलको अध्यता र इन्सेक प्रतिनिधि नन्दराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

पाँचौँ चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि, पर्यटन र उद्योगमा जोड

“पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” को तयारी पुरा भएको आयोजकले जनाएको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो । मंगलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक महादेव पोख्रेलले तयारी पुरा भएको जानकारी दिए । चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएको भन्दै महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण तवरवाट सम्पन्न हुनेमा जोड दिए ।

मंसिर ६ गतेदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने दावी गरे ।त्यस्तै महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको करोवार हुने आयोजकले अपेक्षा गरेको संयोजक पोख्रेलले वताए । महोत्सवले विगतका वर्ष जस्तो समाजिक कृयाकलाप पनि सक्रिय भएर प्रति टिकट रु १ का दरले शिवराज नगरपालिका भित्रका स्वास्थ्य चौकी वर्थिङ सेन्टरलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पत्रकारका जिज्ञासा मेटाउदै संयोजक पोख्रेलले महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिएको वताए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको जनाइएको छ ।साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने आयोजकको भनाई छ ।

महोत्सव अवधिभर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले वताए । त्यसैगरी महोत्सवको अर्को मुख्य आकर्षणको रुपमा थारु सांस्कृतिक नृत्य प्रतियोगितालाई पहिलो पटक प्राथमिकता दिइएको सापकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले पछिल्लो समयमा मेला महोत्सव फेसनको रुपमा देखिएको वताए । कपिलवस्तु जिल्लामा एक महिनाको अवधिमा २ वटा ठुलो महोत्सव आयोजना भएको हुदाँ यि महोत्सवहरुले कृषि र पर्यटनलाई जोड दिनुपर्ने वताए । कपिलवस्तुको पश्चिमि क्षेत्र औधगिक करिडोर भएकोले मेला महोत्सवले उद्योग क्षेत्रमा पनि विकाशमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे । महोत्सव संघिय सरकारका कृषि मन्त्री चक्रपाणि खनालले उद्धघाटन गर्ने आयोजकले जनाएको छ ।

पौडेल परिवारद्धारा आभार ब्यक्त

गत असार १० गते दुर्घट्नामा परेका वाणगंगा नगरपालिका ११ बरवा निवासि ओम प्रकाश पौडेल र उनकी श्रीमती कमला सापकोटा पौडेलले डाक्टर प्रति आभार ब्यक्त गरेका छन् । क्रिमसन हस्पिटल परिवार प्रति आभारि रहेको परिवारले जनाएको छ । राजधानि भन्दा अन्य स्थानमा उपचार सम्भव हुने नठानिएको उनकी श्रीमतीको २ पटक टाउको र १ पटक हातको सफल रुपमा शल्यक्रिया गरिदिएकोमा डाक्टर के.आई.सिं केसिलाई आभार ब्यक्त गरिएको बताईएको छ । साथै पौडेल परिवारले डाक्टरप्रति उत्तर उत्तर प्रगतिको मंगलमय शुभकामना ब्यक्त गरेको छ ।

 

सुन्दरता बन्याे समस्या ! घरभित्रै कैदी बनिन् यी युवती, कारण यस्तो

एजेन्सी / कतिपयलाई आफ्नै सुन्दरता पनि अभिषाप बन्छ भन्दा अचम्म लाग्न सक्छ । तर रुसकी एक युवतीलाई भने यस्तै भएको छ । २६ वर्षीया एन्जेलिका केनोभा धेरै सुन्दर भएकै कारण घर भित्रै कैद हुनुपरेको छ ।एन्जेलिकाका अभिभावकले उनलाई घरबाट निस्कन दिँदैनन्, किनकी बार्बी डल जस्तै सुन्दर देखिनी आफ्नी छोरीलाई अरुले गलत नजरले हेरेको उनीहरु मन पराउँदैनन् ।

एन्जेलिकाले भनेकी छिन् – ‘मानिसहरु मलाई घरभित्रै कैद बनाएको सोच्छन्, तर यो निकै गलत हो किनकी मेरो बुबाआमा मेरो धेरै हेरविचार गर्नुहुन्छ ।’यद्यपी उनी कहिल्यै एक्लै घरबाट निस्कँदिनन् । आफूलाई व्वाईफ्रेन्ड बनाउने छुट पनि नभएको र बाहिरी दुनिया बारे धेरै अनुभव नभएको उनले बताएकी छिन् ।२६ वर्षकी एन्जेलिकाको लागि आवश्यक सर सामान उनकी आमाले किनेर ल्याईदिने गर्छिन् । कतिपयलाई उनलाई प्लाष्टिक सर्जरी गराएको आरोप समेत लगाएका छन् । तर यो आरोप झुटो भएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस् – कति वर्ष उमेर समूहका ब्यक्तीले महिना,हप्ता दैनिक सहवास गर्दा उपयुक्त ?
समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ ।

अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ । दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त रु तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ ।

हरेक दिन यौनसम्पर्क गर्ने जोडी यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए ।

बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे ।

सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी
सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो –सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए ।
सातामा एक पटक सेक्स
औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो ।
५० काटेपछि सेक्समा घट्दो रुची
५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्को एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो ।
सेक्स गर्ने कुनै नियम हुदैन
निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ् । एजेन्सी

सबै मदनका ‘मुना’ हुँदैनन्

सबै मदनका ‘मुना’ हुँदैनन् — सबैले पढेर शेयर गर्नैपर्ने

कुसुम भट्टराई

सबै मदनका ‘मुना’ हुँदैनन् । मदनकी ‘मुना’ हुनको लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ ।
भर्खर बहुदल आएको थियो । २०४७ सालको जेठ १ गते हुनुपर्छ । हामी केही साथी परोपकार स्कुलनजिक प्रजातान्त्रिक राष्ट्रिय युवा सँघले आयोजना गरेको एउटा कार्यक्रममा पुगेका थियौं, जहाँ पहिलोपटक नेकपा मालेका तत्कालिन महासचिवले पहिलो पटक खुला सभामा सहभागि हुँदै थिए ।

हामी पुगेको केही बेरमै तत्कालिन मालेका नेता मदन भण्डारी साइकल चढेर कार्यक्रममा आए । आखिर, सामान्य सर्ट, पाइन्ट र कालो टोपी लगाएका भण्डारी कार्तिक २०४७ कार्तिक २३ गते प्रवक्ताको रुपमा सार्वजनिक भएका उनी पछि मालेका महासचिव रहेछन् भन्ने थाहा भयो । झलनाथ खनाललगायतका नेताहरु त्यतिबेलै सुटेट बुटेड र चिल्ला चाप्ला देखिन्थे, तर भण्डारीमा भने सादगिपन थियो

२०४९ सालतिर ‘नेपाल आवाज’का लागि मदन भण्डारीको अन्तर्वार्ता लिन पत्रकार जिवेन्द्र सिम्खडा र म नक्सालस्थित भण्डारी निवासमा गएका थियौं । त्यतिबेलासम्म भण्डारीको राष्ट्रिय अन्र्तराष्ट्रिय ख्याति चुलिइ सकेको थियो । भण्डारीकै बारेमा न्यूजविकले ‘जहाँ कार्लमाक्र्स जिवतै छन्’ भन्ने लेख प्रकाशित गरिसकेको थियो ।
उनको पार्टीले ६९ स्थानमा जितेको थियो र प्रमुख प्रतिपक्षीका रुपमा विरोध र आन्दोलनका कार्यक्रम चलाइरहेको थियो ।

चर्चित नेताको डेरामा जाँदा हामी चकित परेका थियौं । नक्सालको एउटा सामान्य पुरानो घर, एकतलामाथि दुई तिनवटा साँघुरा कोठामा उनी बस्थे । बेतका केही पुराना कुर्ची ।
एउटा चौध इन्चको ब्ल्याक एन्ड ह्वाइट टिभी । न त त्यहाँ कुनै भडकिलो सोफा थियो, न डेढ दुइ लाख पर्ने पलङ । सामान्य काठको दराजमा माक्र्स, लेनिन र माओका पुस्तक देखिन्थे । मदन र उनकी जीवनसँगीनी विद्या भण्डारीको लवाई खवाई बडो सामान्य थियो

विद्याले सामान्य सुतिको साडी लगाएकी थिइन् । उनको मुहारमा एउटा क्रान्तिकारी नेताकी सहयात्रीको झल्को पाउँन सकिन्थ्यो ।

उनले त्यतिबेला हामीलाई खुवाएको कालो चियाको स्वादमा नैतिकता, इमानदारिता र जनपक्षधरताको परिशुद्ध गुलियो घोलिएको थियो । हृदयदेखि नै लाग्यो, हामी एउटा सच्चा कम्युनिष्ट नेताको निवासमा पुगेका छौं ।

केही समयपछि २०५० साल जेठ २ गते दासढुँगा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । षडयन्त्र थियो कि सामान्य दुर्घटना, त्यो अझै रहष्यमय नै छ । तर, तत्कालिन एमालेले मदनको ‘शोकलाई शक्तिका बदल्ने’ निर्णय गर्दै आन्दोलन चर्काउँन थाल्यो

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै ‘मदनको हत्यारा’ भन्नेसम्मका आरोप लगाइयो । सडकका रेलिङ भाँचिए, टेलिफोन बुथहरु फुटाइयो । टायर बालेर पुरै शहर प्रदुषित पारियो । तत्कालिन एमालेले लासमाथि राजनीति थाल्यो ।

मदनको ख्याति र उनको निधनपछिको शोकको ‘मास सेन्टीमेन्ट’लाई भजाउँने र सहानुभूतिको भोट बटुल्ने हिसाबले एमालेले प्रतिनिधिसभामा मदनले जितेको तत्कालिन काठमाडौं क्षेत्र नम्बर एकमा उनकै विधवा विद्या भण्डारीलाई उम्मेदवार बनायो । ति प्रारम्भिक दिनहरुमा बिद्यालाई भाषण गर्नसमेत राम्ररी आउँदैनथ्यो ।

यसबारेमा विद्यासँग नजिक काठमाडौंका सक्रिय अगुवा नेता नेपालजीत लामाले आफ्नो हालै प्रकाशित पुस्तक ‘मन्थन’मा लेखेका छन्, ‘२०५० सालमा उपनिर्वाचन हुँदा बिद्या भण्डारीलाई काठमाडौं क्षेत्र नम्बर–१ बाटै उठाइयो । ‘जनताकी छोरी बिद्या भण्डारी’ नाराका साथ हामी उहाँको प्रचार प्रसारमा व्यापक रुपमा जुटयौं । पार्टी सदस्य भए पनि विद्याले पार्टीमा त्यतिबेलासम्म खासै काम गर्नु भएको रहेनछ । श्रीमानको शोकका साथै निर्वाचनको बोझ । मदनकी बिधवालाई जसरी पनि जिताउँनै पर्ने हाम्रो चुनौति थियो । जिल्ला कमीटीका साथीहरुले नै विद्यालाई भाषण गर्न सिकाउँथे । हाम्रो क्षेत्रमा त्यसताका प्रदीप नेपाल, युक्त भेटवाल, नारायण ढकाल र हिमाञ्चल भट्टराई सक्रिय थिए हुनुहुन्थ्यो । सार्वजनिक कार्यक्रम हुनुअघि उहाँलाई भाषणको रिहर्सल गर्न लगाउँथ्यौं । हामी दर्शक हुन्थ्यौं, उहाँ भाषणको अभ्यास गर्नुहुन्थ्यो ।’

उपनिर्वाचनमा विद्याका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई थिए । उनी विद्यासँग पनि हारे । किशुनजीलाई हराउँन त्योबेला कांग्रेस पार्टी भित्रैबाट अन्तर्घात भएको कुरा किशुनजी निकट पत्रकार रेवतीरमण सुवेदीले तत्कालिन जनमञ्च साप्ताहिकमा लेखेका थिए ।

किशुनजीको पराजयका कारण मुलुकको राजनीति ओरालो लाग्दै गयो । किनकी, त्यसले काँग्रेसमा कलह र विभाजन उत्पन्न गर्यो । छत्तिसे र चौहत्तरेको जन्म भयो, मुलुक मध्यावधि निर्वाचन र सत्ता समिकरणको दुश्चक्रमा फँस्यो

यता मदनको ‘लिगेसी’ या उत्तराधिकारको लाभ बिद्याले पाउँदै गइन् । सरकार र पार्टीमा उनको बढोत्तरी हुँदै गयो । र छोटो समयमै उनी पार्टीकी सशक्त नेतृ कहलिन थालिन् र अन्ततः उनी दुइ दुइ पटक राष्ट्रपति बन्न सफल भइन् ।
यो सबै जननेता मदनको लिगेसीबाटै उनलाई प्राप्त भएको हो । विद्या यदि मदनकी विधवा हुँदैनथिन भने आज उनी यो स्थानसम्म पुग्ने थिइनन्

किनकी, पार्टीमा लामो समयदेखि कार्यरत रहँदै आएका धेरै महिला नेतृहरु पाखा परेका छन् । स्वयं जीवराज आश्रितकी पत्नीको कुनै खोजखबर छैन । भूमिगत कालदेखि भिडेका त्यागी महिला नेतृको ठाउँमा टाठाबाठा, चल्तापुर्जा र सुन्दर नेतृ हावी भइरहेका छन्

कोमल वलीहरुको जगजगी छ । कम्युनिष्ट नेताहरु रेखा थापासँग नाच्ने युग आएको छ । कम्युनिष्ट पार्टीमा बुर्जुवा राजनीतिक सँस्कार हावी भइरहेको छ ।

यस्तो बेलामा मदनकी जिवनसँगीनी भएकै कारण मात्र विद्याप्रति सबै जनता र पार्टीको सहानुभूति भएको हो । उनको नेतृत्व सबैले स्वीकारेको हो र राष्ट्रपतिजस्तो गरिमामय पदसम्म पुर्याएको हो

वैचारिक, राजनीतिक र साँगठनिक रुपमा उनीभन्दा अग्रज नेतृ अरु थुपै्र थिए, तर भावनात्मक हिसाबले उनी सबैकै सहानुभूतिकी पात्र भएकी न हुन् ।

ठिक छ, मदनको उत्तराधिकारी हुने पुरापुर अधिकार विद्यालाई छ । तर, मदनको उत्तराधिकार या लिगेसी ग्रहण गर्ने भनेको पद र प्रतिष्ठा प्राप्तिका लागि मात्र त हैन होला । मदनको लिगेसी बोक्ने भनेको उनको आचरण, सँस्कार र विचार पनि त होला ।

मदन साइकल चढथे, उनमा कुनै भडकिलोपन थिएन । मदन कुन हदसम्म मितव्ययी थिए भने खामसमेत किन्दैनथे । पुराना पत्रिकालाई फोल्ड गरेर स्टीच मार्थे र खामको रुपमा प्रयोग गर्थे ।

यस्ता सरल र सादगीपूर्ण नेताकी विधवालाई आज किन चाहियो १८ करोडको विलासी गाडी ? किन चाहियो आँगनमै हेलिप्याड र किन सार्नुपर्यो प्रहरी तालिमकेन्द्र ? रगतको टिका र ल्याप्चे लगाएर कम्युनिष्ट पार्टीको सदस्य भएको त्यो गौरवमय इतिहास भुलेर आज किन राजा महाराजाले झैं राज्यका निकायका प्रमुखहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाइ दिनुपर्यो ?

धर्मनिरपेक्ष राज्यको राष्ट्रप्रमुख किन छठमा अर्घ दिन जानुपर्यो ? किन तिजमा पशुपति जानुपर्यो ? जाने नै हो भने अब उधौली उभौली, क्रिसमस, हेल्मो ल्होसार, तमु ल्होसार, तामाङ ल्होसार, बकर इद, माघीमा पनि सहभागी हुने कि नहुने ? मदन भण्डारी त धर्मलाई अफीम नै भन्नुहुन्थ्यो, उहाँको लिगेसीको दुहाइ दिँदा उहाँको विचार र दर्शनलाई तिलाञ्जली दिने कि अपनाउँने ?

प्रश्नहरु धेरै छन् । मदनको रहष्यमय दुर्घटनालाई हत्या नै ठहर गरी मुलुकमा उपद्रव मच्चाउँने केपी ओली प्रधानमन्त्री छन् । खै त हत्यारा पत्ता लगाएको ? दुई तिहाइ बहुमतवाला सरकारलाई मदनका हत्यारा पर्दाफास गर्न केले रोकेको छ ?

हो, यही अनुत्तरित प्रश्नले जोड जोडले भनिरहेको छ, सबै मदनका ‘मुना’ हुँदैनन् । मदनकी ‘मुना’ हुनका लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ । कसैको लिगेसी भजाएर उच्च पदमा पुग्नु र त्यो लिगेसीको इमानदारीपूर्वक सम्मान गर्नु फरक कुरा हो । मदन भण्डारीको लिगेसी भजाएर नेकपाका नेताले राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउँनु भनेको मदनको अपमान हो, उनको सपनाको उपहास हो ।

आन्तरिक विवादमा नेपाली काँग्रेस

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले आफ्नो आन्तरिक विवादमा फसेको छ। आइतबार साँझ अबेरसम्म केन्द्रीय समितिको बैठकले आफ्नो विद्यार्थी संघको केन्द्रिय समितिको म्याद २ महिना थपेको छ।

आफुलाई पुरानो प्रजातान्त्रिक पार्टी भन्ने काँग्रेसको पार्टी भित्रको प्रजातन्त्रको बारेमा त विगतदेखि नै प्रश्न उठिनै रहेको हो तर आफ्नो विद्यार्थी संघको महाधिवेशन समेत समयमा गर्न नसकेर विधान नै संशोधन गरेर म्याद थप्नु पर्ने अवस्थाले काँग्रेसको राजनीतिक अभ्यासमा समेत प्रश्न उठेको छ। जातान्त्रिक राजनीतिक पार्टी त्यो पनि देशको पुरानो पार्टी भित्रको राजनीतिक संस्कारले प्रश्न उठाएको हो।

काँग्रेसको भद्रगोल नेविसंघमा मात्र होइन तरुण दलमा पनि रहेको छ। तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ । तेस्रो महाधिवेशन भएको १० वर्षपछि २०७३ कात्तिक २७ देखि २९ सम्म पोखरामा सम्पन्न महाधिवेशनबाट चार पदाधिकारी सर्वसम्मत चयन भएपछि केन्द्रीय समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।विधानअनुसार तरुण दलको कार्यकाल तीन वर्ष रहेको छ ।

पोखरामा सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि हालसम्म पनि केन्द्रीय कार्यसमितिले पूर्णता पाउन सकेको छैन ।

पार्टीको तरुण दल हेर्ने गरी दलका पूर्वअध्यक्ष एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, महेन्द्र यादव, सरीता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, उमाकान्त चौधरी, हृदयराम थानी, शङ्कर भण्डारी र विश्वप्रकाश शर्मा सदस्य रहेका थिए।

त्यस्तै अघिल्लो साता बसेको केन्द्रिय समितिको बैठकले विजयकुमार गच्छादारलाई उपसभापतिमा नियुक्त गर्यो। काँग्रेसको विधानमै नभएको दुई उपसभापतिको व्यवस्थालाई मिचेर सभापतिले दुई सभापति बनाए। हाल महासमिति बैठकको तयारी गरिरहेको काँग्रेस महाधिवेशनको पनि संघारमा रहेको छ। तर लामो समयसम्म पार्टीका पदाधिकारी नियुक्त गर्न असफल भएको काँग्रेस नेतृत्व खासगरी काँग्रेस सभापति देउवाले विधान अनुसार पार्टीलाई चलाउन असफल भएका छन्। काँग्रेस अहिले पनि टिके प्रथामा आफ्ना संघ संस्थामा नेतृत्व चयन गरिरहेको छ । गुट र उपगुटले गाजिएको काँग्रेस लगातार आफूभित्रको प्रजातान्त्रिक चरित्र देखाउन चुकेको छ। हालै भएको नेविसंघ प्रकरणले यसको फेरी पुष्टि गरेको छ। निर्वाचन सम्पन्न भएको एक बर्षसम्म पनि निर्वाचनमा बेहोरेको हारबाट मुर्मुरिएको काँग्रेसमा नेतृत्वको भिजन र पार्टी चलाउने ‘सिस्टम’ को अभावमा आउदा दिनमा नेकपालाई चुनौती दिन गाह्रो हुने विश्लेषण गर्न थालिएको छ।

काँग्रेसमा अर्को समस्या केहि गर्छु भन्ने नेताहरु अल्पमतमा पर्नु पनि रहेको छ। दोस्रो तहका नेताहरु गुटकै खेतिमा लाग्नुले उनीहरुको पार्टी सुधारमा खासै भूमिका देखिएको छैन। उनीहरु गुटका बैठक र शिर्ष नेताहरुको चाकडीमै दिन बिताएको देखिएको छ। तेस्रो तह र युवा नेताहरुको मुद्धा पार्टीमा खासै सुनिएको देखिदैन। बेला बेलामा उनीहरुले आफ्नो विचार राखेर नेतृत्वलाई दबाब दिने प्रयास गरेपनि उनीहरुको संख्या कम हुदा उनीहरुले उठाएका मुद्धा ओझेलमा पर्दै आएका छन्।

त्यस्तै काँग्रेसमा अहिले कोइराला परिवारका तीन नेताहरु एक ठाउमा आएका छन्। महामन्त्री शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइराला एक ठाउमा आएका छन्। उनीहरुले कोइरालाको नयाँ गुट बनाएर महाधिवेशनमा पार्टीको नेतृत्व कोइराला परिवारमा फर्काउने प्रयासमा जुटेका छन्। एक समय काँग्रेस र कोइराला परिवार पर्याय रहेको अवस्थामा हालका सभापति शेरबहादुर देउवाले त्यो परम्परालाई तोड्दै सभापति भएपनि उनको नेतृत्वमा काँग्रेस अहिले इतिहास कै संकटपूर्ण अवस्थामा रहेको छ। तर अहिलेको काँग्रेसको गुटको समीकरण हेर्दा सभापति देउवा या वरिष्ठ नेता रामचन्द पौडेलको सहमति बेगर कोइराला परिवारको हातमा काँगेसको नेतृत्व आउने सम्भावना देखिदैन।

मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमितिको तयारीमा रहेको काँग्रेस अगाडी केहि महत्वपूर्ण प्रश्न तेर्सिएका छन्। नेविसंघ र तरुण दलका समस्या समाधान गर्न नसकेको या समस्या बढाइरहेको काँग्रेस मूल पार्टी भित्र नै सकसमा रहेको देखिन्छ। पार्टी भित्रको समस्याले काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा कमजोर देखिएको छ ।  आफ्नै  पार्टी भित्रको अप्रजातान्त्रिक अभ्यास कहिलेसम्म जारी रहन्छ ? गुट उपगुटको अन्त्य कहिले हुन्छ ? सरकारको अलोकप्रियताको फाइदा कसरी लिने ? देशको अहिलेको अवस्थामा काँग्रेसको प्रष्ट धारणा के हो ? भन्ने विषयमा काँग्रेस नेतृत्वले कस्तो जवाफ दिन्छ हेर्न बाँकी छ।

दुर्घट्ना कम गर्नका लागि ट्राफिक कार्यालय कपिलवस्तुले टाईम कार्ड वाड्यो

दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले टिप्पर चालकहरुलाई टाइम कार्ड वितरण गरेको छ । जिल्लाको चन्द्रौटामा जिल्ला ट्राफिक प्रहरि निरिक्षक बावुराजा पन्तले चालकहरुलाई ट्राफिक नियमको वारेमा समेत सचेत गराए । टिप्पर चालकहरुले अनियन्त्रित रुपमा सवारी चलाउदा दुर्घटना वढेको वताउदै चालकहरुलाई सचेत गराउन र गति कम गर्नको लागी सो कार्ड प्रदान गरेको निरिक्षक पन्तले वताए । दुर्घटना न्युनिकरणको माध्यमको रुपमा टाईम कार्ड भएको वताउदैँ पन्तले चालकलाई होसियार पर्वक सवारी चलाएमा आफु पनि वच्ने र अरुलाई पनि वचाउने वताए ।

टिप्पर चालकहरुले धेरै ट्रिप सामान ओसापोसार गर्नको लागी गति तिव्र गराउने हुदा तिव्र गतिकै कारण दुर्घटना धेरै हुने गरेको जनाइएको छ । साघुरो सडक र व्यस्त क्षेत्र रहेको हुदाँ चालकहरुले ट्राफिक नियमलाई पालन गर्नुपर्नेमा निरिक्षक पन्तले जोड दिए । टिप्पर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउने वताइएको छ । तोकिएकोे समय भन्दा छिटो आउने सवारीलाई तिब्र गतिमा सवारी चलाएको हुने हुदाँ आबश्यक कारवाही गर्ने पन्तले वताए ।

चन्द्रौटामा भेला भएका टिप्पर चालक तथा सहचालकले अव टाइक कार्ड वोक्ने छन् । सोमवार वितरण गरेको टाइम कार्डमा कपिलवस्तुको कृष्णनगर देखि चन्द्रौटा सम्म ३० मिनेट, चन्द्रौटा देखि गोरुसिगे सम्म ३० मिनेट, गोरुसिगे देखि पिपरा सम्म ३० मिनेट भन्दा पहिला पुग्न पाइने छैन ।

१० औँ कपिलवस्तु महोत्सवको तयारि तिव्र

कपिलवस्तुको वाणगंगा नगरपालिकामा मंसिर १८ बाट सुरु हुने १० औँ कपिलवस्तु महोत्सवको तयारी तिव्रताका साथ अगाडि बढाईएको छ । कृषि र पर्यटनमा आधारीत उद्योग व्यापार, समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार भन्ने मुल नाराका साथ मंसिर १८ देखी कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित बुद्ध रंगशालामा आयोजनामा हुन लागेको कपिलवस्तु महोत्सवको लागि अहिले विभिन्न विषयगत समिति तथा उपसमितिहरु गठन गरी महोत्सवलाई अघिल्ला वर्षहरुको तुलनामा भिन्न बनाउने तायारी थालिएको महोत्सव मुल आयोजक समिति संयोजक उमानाथ पौडेलले बताए ।

त्यस्तै महोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ जिल्ला भर नै प्रचार प्रसारलाई तिव्रताका साथ काम भइरहेको छ । विशेषत महोत्सवको सफलताका लागि आयोजनाको २० प्रतिशत अन्तरिक काम सँगै बाह्यि काम करिब ६५ प्रतिशत पुरा भएको संयोजक पौडेलले जानकारि दिएका छन् । जिल्लाका कृषिजन्य उत्पादनहरुको प्रवद्धन गरी कृर्षकहरुको उत्पादनलाई महोत्सवमा राखी कृषि उपजहरुको बजारीकरण गरी व्यावसायीक कृर्षक उत्पादनमा यस वर्षको महोत्सवले विशेष टेवा पु¥याउने आयोजक समितिले जनाएको छ ।

कपिलवस्तुको उद्योग तथा व्यापार व्यावसायका विशेष चिज र वस्तुहरुको बजारीकरणका लागि महोत्सवले विशेष स्टलहरुको व्यवस्था गरी स्टल दर्ता कार्यक्रम पनि संचालन गरीरहेको छ । ३ सय बढि स्टलहरु राखिने सो महोत्सवमा स्टल दर्ता सँगै अहिले बाउण्ट्री तारबार, स्टल निर्माण र स्थल व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघ जितपुरको आयोजनामा हुन लागेको यस वर्षको कपिलवस्तु महोत्सवमा दर्शकहरुको सहज उपस्थितिका लागि पनि महोत्सव आयोजक समिति विशेष तयरीमा लागेको उद्योेग वाणिजय संघ अध्यक्ष एवम महोत्सव मूल आयोजक समिति संयोजक उमानाथ पौडेलले बताए ।

महिलाहरू प्रत्येक दिन औसत २० हजार शब्द बोल्छन्। वैज्ञानिक कारण यस्तो छ

महिलाहरू  धेरै बोल्छन् । अनुसन्धानबाट पनि यो प्रमाणित भएको छ । एक अध्ययनका अनुसार एक जना महिला एक दिनमा २० हजार शब्द बोल्छन्, जबकी पुरुषका लागि यो तथ्यांक १३ हजार शब्द प्रतिदिनमा सीमित छ । महिला धेरै बोल्नुका वैज्ञानिक कारण पनि रहेको बताइएको छ ।अमेरिकाका म्यारिल्यान्ड युनिभर्सिटीका विशेषज्ञका अनुसार महिलाको दिमागमा ‘फोक्सपटु’ नामक केमिकल धेरै मात्रामा हुन्छ । ‘फोक्सपटु’ एक किसिमको भाषा प्रोटिन हो । यही प्रोटिनका कारण पुरुषभन्दा महिला बढी बोल्न सुरु गर्छन् । न्युरोसाइन्स जर्नलमा प्रकाशित रिपोर्टका अनुसार यही प्रोटिनका कारण महिलाहरूको शब्दकोष धेरै भएको हो ।

यस्तै ‘साइन्टिफिक रिपोर्टस’ मा प्रकाशित एक अध्ययनमा कामकाजी महिला खाना र खाजा खाने वेला बढी बोल्ने गरेको उल्लेख छ । यस्ता महिला अफिस आउँदा जाँदा अपरिचित मानिससँग पनि बोल्छन् ।साइन्टिफिक रिपोर्टसले सोसियोमिटर्सको सहयोगले यो अध्ययन गरेको हो । सोसियोमिटर हातमा बाँधिने स्मार्टफोन जत्रो डिभाइस हो, जो प्रयोगकर्ताको बोलाइको वास्तविक समयको डाटा जुटाउँछ ।यो सबैकाभन्दा भिन्दै टाइमडट कमको एक रिपोर्टले चाखलाग्दो खुलासा गरेको छ । यहाँ सात युनिभर्सिटीको फ्याकेल्टी मिटिङको रेकर्ड हेरेपछि अफिस र मिटिङमा पुरुष धेरै र महिला कम बोल्ने गरेको पाइएको छ । यस्ता मिटिङमा महिलाले बोलेका सबैभन्दा लामा वाक्य पुरुषले बोलेका सबैभन्दा साना वाक्यभन्दा कम थिए । तर, मिटिङबाट बाहिर निस्कनासाथ धेरै कमेन्ट गर्ने भने महिला नै पाइएका छन् ।

पुरुषका यी ५ अंगमा आकर्षित हुन्छन महिलाहरु
महिला र पुरूषबीचको आकर्षण प्राकृतिक हो । सामान्यतया हामीले पुरूषहरू महिलाप्रति र उनीहरुको शरिरप्रति आकर्षित हुने गर्छन् भन्ने गरिन्छ ।यो सत्य हो की पुरूषहरू महिलाप्रति र उनीहरूको शरिरप्रति आकर्षित हुन्छन् । तर, महिलाहरू पनि पुरूष र पुरूषको शरिरप्रति आकर्षित हुने गर्छन् ।अध्ययनबाट के पत्ता लागेको छ भने पुरूषहरू महिलाप्रति आकर्षित हुन्छन् भने महिलाहरू ओछ्यानमा पुरूषसँग बढी आकर्षित हुन्छन् ।पुरूषहरूको विभिन्न अंगप्रति महिलाको निकै आकर्षण हुने गर्छ भने उनीहरू उत्तेजित समेत हुने गर्छन् । आज हामि तपाइलाई महिलाहरू पुरूषको कुन-कुन अंगमा आकर्षित हुन्छन भन्ने जानकारी दिन गैरहेका छौ ।

लिङ्गः महिलाहरू प्राय पुरूषको ठुलो लिङ्गप्रति आकर्षित हुने गर्छन् । महिलाहरू लिङ्गको आकार जति ठूलो भयो उतीनै बढी उत्तेजित हुने र सेक्सका क्रममा आनन्द लिने गर्छन् । यस्तै महिलाहरू पुरूषको यो अंग छोएर पनि उत्तेजित हुने गर्छन् ।

कानः पुरूषको कानको पछिल्लो भाग निकै संवेदनशिल हुन्छ । पुरूषहरुको छोटो कान महिलालाई निकै आकर्षित गर्ने गर्छ भने सेक्सका क्रममा पुरूषलाई कानको मद्धतले पनि उत्तेजित गर्न सकिने अध्ययनमा बताइएको छ ।पुरूषको कानको पछिल्लो भागमा जिब्रो या नरम हातले चलाउँदा पनि पुरूषहरू उत्तेजित हुने गर्छन् ।

हिप्सः महिलाहरू सकेसम्म पुरूषको हिप्सको मोटाई कम भएको मन पराउँछन् । पुरूषहरूको हिप्समा यदी हल्का रूपले चलाउने हिप छ भने पनि उनीरूलाई उत्तेजित पार्न सकिन्छ ।

छातीः ठुलो छाती भएको पुरूषलाई महिलाले निकै मन पराउँछन् । ठूलो छाती भएका पुरूषलाइ महिलाहरूले सहजै सेक्सका क्रममा उत्तेजित गर्न सक्ने बताइएको छ ।

ओठः पुरूषको संवेदनशिल अंगका रूपमा ओठलाई पनि लिने गरिन्छ । ओठमा गरिने चुम्बनले पनि पुरूषलाई उत्तेजित बनाउन सकिने अध्ययनहरूबाट निकालिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

७५ प्रतिशत डिप्रेसनको कारक खराब हाकिम

वासिंगटन – यदि तपार्इं कुनै नोकरीमा आबद्ध हुनुहुन्छ भने तपार्इंको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईंको कार्यालय प्रमुखले तपार्इंसँग राम्रो व्यवहार गर्छ ।क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिब ७५ प्रतिशत कामदारहरूको डिप्रेसनको मुख्य कारण उनीहरूको हाकिम भएको खुलासा भएको छ ।हावर्ड बिजनेस स्कुल र स्ट्यानफोर्ड विश्व विद्यालयका शोधकर्ताहरूले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोटभन्दा बढी हानिकारक हुने देखाएको हो ।तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ ।अनुसन्धानमा भनिएको छ, ‘खराब प्रवृत्तिको हाकिमले चुरोटभन्दा बढी हानि गर्छ, तपार्इं जति दबाब दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यति तपाईंको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ ।’

केही कर्मचारीहरू आफूले गर्दै आएको नोकरी जान्छ कि भन्ने पीरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ, ‘तपाईंको हाकिम राम्रो छ हरेक कुरामा सघाउछ तपाईंसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपार्इं हरेक काममा सफल बन्न सक्नुहुन्छ, तर खराब छ भने तपार्इंको भविष्य नै खतरामा पर्न सक्छ ।’
नराम्रो प्रवृत्तिको हाकिम सधैँ रिसाहा र हिंस्रक हुने जसले सधैँ ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरू यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरूसँग अहिलेसम्म नोकरी छ आफूलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिनसमेत म यहाँ भएन भने तिमीहरूले सम्पूर्ण कुरा बिगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ ।एजेन्सी

यो पनि पढ्नुहोस् -मानिसले औसत ५ हजार अनुहार सम्झन सक्छ
वैज्ञानिकहरूको एउटा नयाँ शोधले मानिसले ५ हजारसम्म अनुहार सम्झन सक्ने कुरा पत्ता लगाएका छन् । बेलायतको यार्क विश्वविद्यालयका शाधकर्ताहरूले आफ्नो प्रयोगमार्फत मानिसले कतिजनासम्मको अनुहार समझन सक्छन् भन्ने पत्ता लगाएका हुन् । उनीहरूको शोधमा सञ्चार माध्यममा देखेकार व्यक्तिगत जीवनमा देखेका अनुहार सामेल गरेका थिए ।‘प्रोसेडिङ्स अफ द रोयल सोसाइटी बि’ पत्रिकामा प्रकाशित शोधमा एउटा आधार प्रस्ताव गरियो जसमा मानिसको अनुहारको तुलना अनुहार चिन्ने सफ्टवेयरबाट गरियो । यस्तो प्रविधिको प्रयोग एयरपोर्ट वा प्रहरी चेकजाँचमा गरिन्छ । यार्क विश्वविद्यालयका रोव जेनकिन्स भन्छन् ‘हाम्रो अध्ययन यो कुरामा केन्द्रित तियो कि मानिस साच्चै कतिको अनुहार चिन्छन् …. हामीले मानिसको मस्तिष्कले कतिको अनुहार चिन्न सक्छ भन्ने अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं ।’

शोधमा मानिसलाई एक घण्टामा ती मानिसको नाम लेख्न भनियो जो उनीहरूको जीवनसंग जोडिएका छन् । यसमा विद्यालय, कलेज, परिवारजनसमेत पर्दछन् । त्यसपछिउनीहरूलाई मसहुर हस्तीहरूको नाम लेख्न भनियो जो नेता, अभिनेता वा प्रसिद्ध व्यक्ति छन् । यो क्रममा सहभागिलाई पहिले त निकै मानिसको नाम आयो तर पछि अनुहार सम्झन निकै मुस्किल हुन थाल्यो । यसको परिणाम मानिसले एक हजारदेखि १० हजारकाबीचमा अनुहार चिन्न सक्छन् ।

पार्टी सभापति देउवाको कार्यशैलीले कांग्रेस कमजोर : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कायैशैलीले पार्टी कमजोर बनेको आरोप लगाएका छन् । देउवाले बहुमतको अस्त्र प्रयोग गरेर बिधान बिपरित काम गर्दा कांग्रेस कमजोर बन्दै गएको उनले बताए । बिधानले बिधानलाई लत्याउदै एक पछि अर्को मनपरीढगले निर्णय लिदा पार्टी अहिले झन समस्यामा फसेको बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा राखेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले बिधान बिपरित काम गरिदा पार्टी अहिले गलत बाटोमा हिडेको आरोप लगाए । पार्टी कमजारे भएकोले नै अहिले कम्युनीष्टहरुलाई फाइदा पुगेको उनी बताउँछन । पार्टी बिधानमा उप सभापति एक जना हुने उल्लेख भए पनि बिजय गच्छदारलाई सहमितिको नाममा पार्टीमा छलफल नगरी उप सभापति बनाउनु गलत भएको उनले बताए । यस्तै नेबि संघमा समेत पार्टीले बढि हस्तक्षेप गरेको उनले बताए ।

पार्टी बिधान मस्र्याैदा समितिले गृह कार्य गरीरहेको र अब उप्रान्त सबै सदस्य एकै प्रकारको हुने प्रावधानले पार्टीमा तरंग पैदा भएको उनले बताए । आफु साधारण सदस्य र क्रियाशील सदस्यको पक्षमा रहेको भन्दै पुराना र नया सदस्य भए भने पुराना कार्यकर्ताहरु अवमुल्यन हुने उनको तर्क छ । जनतालाई देखाईएको संबृद्धिको सपना केवल नारामामै सीमिति बनेको उनले बताए । सिन्डीकेट अन्त्य गर्न नसक्नु, निर्माला हत्याकान्ड, लगायतका बिषयले सरकार आफै असफल बन्दै गएको उनले बताए । संघीयतालाई सपल बनाउन कानुनहरु निर्माण्ढा गनुृ पर्नेमा काम गर्ने ब्यवसायीलाई र जनप्रतिििनधिहरुलाई समते सरकारले निरुत्साहीत बनाएको उनले आरोप लगाए ।

कार्यक्रममा केन्द्रिय सदस्य रामकृष्ण यादवले मधेसको समस्या समाधान गर्ने र सविधान संसोधनको नाममा मधेसवादी दल सरकारमा गएर संविधानको पनि स उच्चारण नगरी मधेसी जनतालाई पटक पटक छल गरेको बताए । त्यस्तै अर्का सदस्य हृदयराम थानीले वर्तमान सरकारले निर्मला पन्तको घटनालाई वाहिल ल्यान नसक्नु र प्रधानमन्त्रीले १० वर्ष पनि अनुसन्धान हुन्छ भनी अभिव्याक्तिले सरकारको काम हत्या हिंसालाई दिएको वढवा पुष्टि भएको बताए ।

नेपाली कागे्रस कपिलवस्तुका सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा सम्पन्न कार्यकर्ता भेलामा काठमाण्डौ सभापति सुवोध वानिया, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय,प्रदेश सभा सदस्य दिना विक, पुर्व सचिव हुमकान्त खनाल लागयत वोलेका थिए । पार्टी सचिव प्रेम बहादुर रायमाझिको संचालन र सदस्य रवि काफ्लेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

न्यायक्षेत्र समन्वय समिति कपिलवस्तुद्धारा फैसला कार्यान्वयन वर्ष घोषणा

न्यायक्षेत्र समन्वय समितिको बैठकले चालु आर्थिक बर्षलाई फैसला कार्यान्वय बर्ष घोषणा गरेको छ । आईतवार तौलिहवामा बसेको समितिको बैठकमा अदालतले चालु आर्थिक बर्षलाई फैसला कार्यान्वयन बर्षको रुपमा घोषणा गरेको हो । कार्यक्रममा अदालतबाट असुल गर्न बांकी दण्ड जरिवाना असुलीलाई प्रभावकारी बनाउन जिल्लाका संबन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा बांकी जरिवाना असुली गर्नका निम्ति सर्वोच्च अदालतबाट भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि घोषणा कार्यक्रमको आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखे्रलले अपराधि लार्ई डण्ड पिडित लाई न्याय भए मात्र फैसला कार्यन्यवयन हुने बताउदै तत्कालै कार्ययोजना बनाएर काम गर्नु पर्ने बताए । न्याधीशले निर्णय गरी फैसला गर्ने गर्दछ तर बिचौलियाहरु फैसलामा बधा पुर्याउने गरेको पाइएमा बिचौलियाहरु लाई कानुनी दायरामा ल्याई कारवाही गर्नु पर्ने आवश्यकता रहेको कुरा जिल्ला न्यायधीश लोक जगं शाहले बताए । कपिलवस्तु जिल्लामा अपराध गरेर बाहिर रहेका अपाराधिलाई कानुनि दयारामा ल्याउनु पर्ने प्रहरी उपरीक्षक अच्युतम प्रशाद पुडासैनिले बताए । बुद्धभुमि नगरपालिकाका नगर प्रमख केशव कुमार श्रेष्ठले मन्तब्य राख्दै निर्वाचित जनप्रतिनिधिलाई यस्तो कार्यक्रम सहभागि गराउदा धेरैकुराको जानकारी हुनुको साथै कार्य गर्न सहजता हुने कुरामा जोड दिए ।

त्यसै गरी शिवराज नगरपालिका का नगर प्रमुख नेत्र राज अधिकारी ले मन्तब्य राख्दै न्यायिक समितिमा हने मुद्धा ४० प्रतिशत जति मुद्धा मिलाइ सकेको समेत जानकारी गराए । समितिले फैसला कार्यान्वयन वर्ष घोषणा गर्दै अदालतबाट असुल गर्न दण्ड जरिवानाको लागत असुलीलाई प्रभावकारी बनाउन समबन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा बाँकि जरिवाना असुली, मुलुकी सहिंताको ब्यवस्था बमोजिम लागत कट्टा तथा व्यवस्थापन सम्बन्धि कार्यहरु प्रथामिकता पूर्वक गर्ने, निर्णय गरेको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बनधमा जिल्ला अदालत नियामवली २०७५ को ब्यवस्था कार्यान्वयन गर्न समबनधित निकायहरु सगं आपासी समन्वय गर्ने र मुद्धाको जिन्सी समानको लिलाम बिकी्र ता ब्यवस्थापन समेतका कार्यहरु अन्तरिक कार्यक्रम बनाई निरन्तर कार्यान्वयन गर्ने लगयतको निणार्य गरेको छ ।

जिल्ला न्यायधीश लोकजंग शाहको अध्यक्षता, जिल्ला समन्वय समिति सभापति नारायण खनालको प्रमुख अतिथ्यतामा भएको कार्यक्तममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको विशिष्ठ अतिथ्यता, प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनी, श्रेष्ठेदार डिल्लीराम शर्मा अर्याल, मालपोतका प्रमुख अधिकृत भोज बहादुर भणडारी, जिल्ला बारएसोसिसनका अध्यक्ष नुर महोमम्द ,बुद्धभुमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठ,बाणगंगा नगरपालिकाका नगर प्रमुख मगंल प्रशाद थारु, शुद्योधन गाउँपालिकाका गाउपालिका प्रमुख निसार अहमम्द खाँ, बिजयनगर गाउपालिकाका नगर प्रमुख गोपाल बहादुर थापा, बुद्धभुमि नगरपालिकाका न्यायिक समितिका उपाध्यक्ष मिरा थारु, महाराजगंज नगरपमलिकाका न्यायिक समितिका उपाध्यक्ष सुभावति कुर्र्मी लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला न्यायधीश भरत मणि खनालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने फैसाला कार्यन्वयन शैद्धान्तीक पक्ष भुमिका र महत्वा एवं फैसाला कार्यन्वयन तर्फको स्थिति सहितको विवरण, वस्तु सम्बन्धमा जिल्ला न्यायधिस गिरीराज गौतमले प्रष्ट पारेका थिए । कपिलवस्तु जिल्ला न्यायक्षेत्र समन्वय समितिको आयोजना भएको कार्यक्रममा कार्यक्रममा सरोकारवाला तथा विभिन्न गाउपालिका तथा नगरपालिका प्रशासकिय अधिकृत तथा बिभिन्न सघंसस्था का पदाधिकारी संचारकर्मी गरी करिब ३० जनाको रहभागिता रहेको उक्त कार्यक्रमको संचालन जिल्ला न्यायधिश कपिल मणि गौतमले गरेका थिए ।

कपिलवस्तुमा भोलीबाट लागु औषध विरुद्ध जनचेतनार्थ भागवत कथा तथा आनन्द उत्सव सुरु हुँदै

कपिलवस्तुमा सोमवारबाट लागु पदार्थ तथा दुव्र्यसनविरुद्ध जनचेतना एवम् विशाल श्रीमद्भागवत कथा तथा आनन्द उत्सव सुरु हुँदै छ । आध्यात्मिक कथा प्रवचनको माध्यमबाट जिल्लामा सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र जागरण कायम गर्न पहिलो पटक भजन कन्सर्टसहितको कार्यक्रम आयोजना गरिएको हो । जितपुर टोल विकास समितिको आयोजनामा बगलामुखी मन्दिर प्राङगण बाणगंगाा १ जितपुरमा सम्पन्न हुन लागेको आनन्द उत्सवको भोली प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नेू छन् ।
उद्घाटन सत्र अगाडी विहान साढे ९ बजे चार नम्बर चोकबाट भव्य कलस यात्रा आयोजना गरिएको आयोजक जितपुर टोल विकास समितिका अध्यक्ष मदन ढुङ्गानाले जानकारी दिए ।

कलस यात्रामा बाजा गाजासहित बिभिन्न संस्कृति झल्कने खालका प्रस्तुति हुने अध्यक्ष ढुंगानाले जानकारी दिए । कलस यात्रापछि उद्घाटन सत्र सुरु हुने छ । कार्यक्रमको अर्को लक्ष्य जिल्लाका प्रमुख पर्यटकीय चिनारीलाई विश्वभर पुर्याउनु रहेको छ । जिल्लाका तिलौराकोट, नन्दनगर, श्रृङगीघाट, भागिरथी नदी, शिवपुर, जगदिशपुर, राजापानी, सुपा देउराली पिपरा, वंगलामुखी मन्दिर, मधुवनधाम,लक्ष्मण्मघाट,रामदतिवन, कपिलधाम, बालाकण्ठ,पिपराको प्रकटेश्वर,उप्टहवाको छापेढुङगा,वैरियाको शिवालय मन्दिर आदिबारे रहेका किंवदन्ती, ऐतिहासिक पृष्ठभूमि र लुकेर रहेको विषयबस्तुहरुको बारेमा फोटो प्रदर्शनीका माध्यमबाट जानकारी दिइने आयोजकले जनाएको छ । ब्यासाचार्य एवम् कथा वाचक भुवन गुरुले बिभिन्न कुलत तथा दुव्र्यसनमा फसका व्यक्तिलाई मुण्डन गरी कर्ताको रुपमा राखिएको हुँदा यसले तिनलाई पुर्नस्थापित जीवन बाँच्न निकै सहज हुने जानकारी दिए ।

मुलुकमा नैतिकता,मानवीयता शुन्य भएका कारण दैनिक रुपमा युवायुवती पथभ्रष्ट भएको भन्दै यसले महिला हिंसा र बलात्कारजन्य घटना न्यूकरण गर्न भूमिका खेल्ने गुरुले बताए । कार्यक्रममा धन दान अनिवार्य नगरिए पनि स्तस्फुर्त सहयोग भने गर्न सकिने आयोजकले जनाएको छ । बाणगंगाा नगरपालिकाको संरक्षकत्व, मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् कैलास आश्रम नन्दनगरको सह आयोजना रहेको कार्यक्रममा राजेश आस्था फाउण्डेसन बाणगंगाा, र बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीले सहकार्य गरेका छन् । मंसिर १० गतेसम्म सञ्चालन हुने आनन्द उत्सवमा हरेक दिन साँझ भजन कन्सर्ट हुने छ । जुन नेपालमै पहिलो रहेको आयोजकको दाबी छ । म्युजिक थेरापीको माध्यमबाट युवायुवतीलाई नैतिकवान बनाउन भजन कन्सर्ट आयोजना गरिएको हो ।

कार्यक्रमलाई भक्ति दर्शन टेलिभिजन काठमाण्डौँ र न्यूज २४ टेलिभिजनले छायाँकन गरी संसारभर प्रसारण गर्ने मिडिया संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।

यसैबीच भोलीबाट नै लागु पदार्थ दुव्र्यसनरिुद्ध हस्ताक्षर संकलन सुरु हुने बताइएको छ । बाणगंगाा नगरलाई बि सं २०८० सालभित्र दुव्र्यसनरहित बनाउनको लागि हस्ताक्षर संकलन गरिने आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा यो अभियानमा मेरो पूर्ण प्रतिवद्धता छ भन्ने प्लेक्स ब्यानर हुने छ र त्यसमा हस्ताक्षर गर्न सकने छ । पछिल्लो समय बाणगंगाा नगरमा लागु औषध प्रयोग कर्ताको संख्या बढेको भन्दै यसको न्यूनिकरणको लागि सो अभियान सुरु गरिएकाले कार्यक्रम अवलोकन गर्नेहरुलाई अनिवार्य रुपमा हस्ताक्षर गर्न बाणगंगाा नगरले अनुरोध गरेको छ ।

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड

२ मंसिर, काठमाडौं । सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडीको सेट नै खरिद गर्ने भएको छ ।

अन्नपूर्णमा राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न १८ करोड निकासा भएकोसम्बन्धी खबर छ ।

अन्नपूर्ण लेख्छ– सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित ८ गाडी किन्ने तयारी छ ।’

०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको थियो । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो । सरकारले त्यतिबेला गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो ।

अन्नपूर्ण अगाडि लेख्छ– सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै ४ करोडले नपुग्ने बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो ।

गाडी खरिदका लागि १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा रहेको समाचारमा उल्लेख  छ ।

‘दाल भात तरकारी’ मा निरुता सिंह,

यो संसारबाट बिदा लिइरहँदा पनि मेरो अगाडि क्यामेरा होस्ः निरुता सिंह

निरुता सिंह

निरुता सिंह
दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे लगायत दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले ‘सकेन्ड इनिङ’ मा ‘दाल भात तरकारी’ मार्फत त्यही माया कमाउन सक्लिन् त?

‘नाई नभन्नु ल ५’ को सुटिङका क्रममा दिलिप रायमाझीले पछाडिबाट आएर आफ्ना दुई हातले निरुता सिंहको आँखा छोपिदिए। उनले ऐनाबाट दिलीप आइरहेको पहिल्यै देखेकी थिइन्। त्यसैले उनको मुटुको चाल बढ्न थाल्यो। खुसीले यति गद्गद् भइन् कि मन भक्कानिएर आयो। जब दिलीपले आफ्नो हात निकाले तब निरुताको गहभरी आँसु थियो – खुसीको।

कुनै जमाना निरुता र दिलीपको जोडी नेपाली फिल्मी क्षेत्रमा निकै जमेको थियो। नेपाली दर्शकका लागि उनीहरु सुपरस्टार थिए। जुन फिल्म खेलेपनि चल्ने। अभिनयमा उत्तिकै मीठास।

२०५० को दशकमा बाँधिएको यो जोडी लामो समय नेपाली फिल्मी क्षेत्रमा रहेन। दिलीप अमेरिका हानिए भने निरुता भारत।

उनै दिलीपसँग पुनः सुटिङस्थलमा भेट हुँदा निरुताले खुसीका आँसु बहाइन्। त्यो लोकप्रियता, दर्शकको त्यो निश्चल प्रेमले अझै पनि बेलाबेला उनलाई घचघच्याइरहन्छ।

भारतमा रहँदा निरुताको नेपाली फिल्ममा फर्कने इच्छा कहिल्यै मरेन। किनकी फिल्म उनको जीवन हो। जीवन उनका लागि नेपाली माटो। अनि नेपाली माटो, दर्शक उनका लागि भगवान। जसले उनलाई निरुता सिंहबाट स्टार निरुता सिंह बनाइदियो। त्यसैले आज फेरि फर्किएर आइन् उही माटो, उनै दर्शक सम्झिएर।

त्यसो त ‘नाई नभन्नु ल ५’ मार्फत पाँच वर्षपछि निरुताको नेपाली फिल्मी क्षेत्रमा पुनः आगमन भयो। तर, यसमा उनको रोल संकुचित छ। त्यसैले यसलाई उनी ‘कास्टिङ’ भन्न रुचाउँछिन्। ‘त्यस फिल्ममा मैले अतिथिको भूमिका निभाएकी हुँ, त्यसैले त्यो कास्टिङमात्र थियो, कमब्याक फिल्म नै भन्न नमिल्ला’ उनले भनिन्।

०००
भारतको प्रडक्सन हाउसमा निरुताले त्यत्तिकै काम पाएकी होइनन्। उनकै भाषामा भन्ने हो भने नेपाली सुपरस्टार भनेर उनीहरुले निरुतालाई राखेका हुन्। त्यसैले त उनलाई लाग्छ, भारतमा बसेर पनि उनी नेपाली फिल्मलाई ‘रिप्रिजेन्ट’ गरिरहेकी थिइन्।

भारतमा रहँदा निरुतालाई नेपाली फिल्ममा अफर नआएका होइनन्। बीचमा केही फिल्म उनले खेलिन् पनि र खासै चलेनन् पनि। त्यसैले उनले आफूलाई चित्त बुझ्ने र अभिनयलाई न्याय गर्न सक्ने फिल्मको अफर आएमात्र स्वीकार्ने प्रण कसिन्।

निरुता भन्छिन्, ‘मैले हालसम्म थुप्रै रोलहरु गरेँ। त्यसभन्दा केही भिन्न होस् भन्ने चाहन्थेँ। त्यसैले उचित समयको पर्खाइमा थिएँ र अहिले त्यो समय आएको छ।’

यससँगै ४५ वर्षीया निरुताको नेपाली फिल्ममा ‘सेकेन्ड इनिङ’ सुरु भएको छ। अब उनी बीचमै हराउने पक्षमा छैनन्। राम्रा अफरहरुलाई स्वीकार्नेछिन्। किनकी उनका लागि फिल्म प्यासन हो। र, त्यो प्यासन अभिनयलेमात्र पूरा गर्न सक्छ।

‘म बुझ्ने भएदेखि नै जानेको काम भनेको यही हो, त्यसैले म फिल्मभन्दा टाढा रहन सक्दिनँ’, उनी भन्छिन्।

निरुता चाहन्छिन्– जब उनी यो संसारबाट विदा लिइरहेकी हुनेछिन् त्यतिबेला पनि उनको अगाडि क्यामेरा होस्। यो फिल्मप्रतिको उनको लगाव हो। त्यसैले उनलाई आफू कुनैबेला नेपाली फिल्म जगतको सुपरस्टार थिएँ भन्ने कत्तिपनि घमन्ड छैन। सायद उनको मुख्य विशेषता यही हो।

‘जीवन नै सिकाइको एउटा प्रक्रिया हो’, निरुता भन्छिन्, ‘हरेकपटक फिल्म गर्दा मैले नयाँ–नयाँ कुरा सिकिरहेकी छु र मलाई अझै धेरै सिक्नु छ।’

०००
दर्शक तथा फ्यानले निरुतालाई फेसबुक, इन्टाग्राममार्फत म्यासेज गरेर फिल्ममा फर्कन आग्रह गरिरहन्थे। उनी पनि दर्शकको उस्तै माया देखेर मख्ख पर्थिन्। दर्शकको सोही मायाका कारण नाई नभन्नु ल ५ मा अभिनय गरिन् पनि। सबैले खुसी व्यक्त गरे। त्यसैले उनी अब दर्शकलाई निराश पार्न चाहन्नन्।

‘त्यसका लागि मैले आफ्नो अभिनयमा पनि बेस्ट दिने प्रयास गर्नेछु’ उनी भन्छिन्।

दक्षिणा फिल्ममा देखेपछि निरुतालाई दर्शकले ‘सपना भएर आँखामा आउने केटी’ भन्थे। पहिलो फिल्मबाटै उनी धेरैको मन, मस्तिष्कमा बस्न सफल भइन्। उनी हाँस्दा दर्शकहरु पनि सँगै हाँसे, उनी रुँदा रोइदिए। सबैले निरुतालाई आफ्नो घरको छोरी, बुहारी, चेली सम्झे। अब पनि निरुता दर्शकको त्यही माया चाहन्छिन्। त्यही साथ, त्यही सहयोग।

र, मुस्कुराउँदै भन्छिन्, ‘म पनि दर्शकलाई निराश पार्ने छैन।’

फिल्म खेलेर कसैले धेरै पैसा कमाए होलान्, कसैले थोरै। तर, निरुताले दर्शकको धेरै माया कमाएकी छन्। भारतसहित विश्वका जुनसुकै कुनामा जाँदा निरुतालाई चिन्ने, माया गर्ने नेपाली उत्तिकै छन्। उनलाई देख्नासाथ फोटो खिच्न आउनेको भीड नै लाग्ने गर्छ। उनले यही मायालाई आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ ठानेकी छन्। र, यसमै गर्व गर्छिन्।

०००
निरुता नेपाली फिल्ममा प्रवेश गर्दाको समय र अहिलेमा आकाश–जमिनको फरक छ। उतिबेला क्यामेरा म्यानले क्यामेराको लेन्सबाट हेरेको भरमा सुटिङ हुन्थ्यो। डाइरेक्टरले मनिटरमा हेर्न कहाँ पाउनु। अहिले नेपाली फिल्ममा पनि विज्ञान, प्रविधिको भरपुर प्रयोग हुने गरेकोप्रति उनी खुसी छन्। फिल्मको स्तर हेर्दा दंग पर्छिन्। गीतहरुमा प्रयोग भएका सिनहरु र एनिमेसनले उनलाई तान्छ। समग्रमा यसलाई उनी नेपाली फिल्मको विकास भन्न रुचाउँछिन्।

तर, निरुतालाई अहिले नेपाली फिल्म क्षेत्रमा देखिएको एउटा कुरा पटक्कै मन पर्दैन। त्यो हो –अस्वस्थ प्रतिस्पर्धा। भन्छिन्, ‘उतिबेला स्वस्थ प्रतिस्पर्धा हुन्थ्यो। फलानोलेभन्दा मैले कसरी राम्रो गर्ने भन्ने हुन्थ्यो तर, अरुलाई नराम्रो देखाएर, तल गिराएर, निचो देखाएर कहिल्यै प्रतिस्पर्धा हुँदैनथ्यो।’

उनलाई अहिले पनि आफ्ना समकालिनहरु उत्तिकै प्यारा लाग्छन्। जल शाह, विपना थापा, झरना थापा र दिलीप रायमाझीलाई उनी खुबै मीस गर्छिन्।

भावुक हुँदै निरुता भन्छिन्, ‘उसको बुबा बित्नुभएको समयमा जलसँग भाइबरमा कुरा भएको थियो। दुवैजना निकैबेर रोयौँ। हाम्रो आँसु नै थामिएन।’
०००
निरुतालाई सुटिङका हरेक दिन आफ्नो पहिलो दिन होजस्तो लाग्छ। उनमा २५ वर्षअघि अभिनय गर्दाको जुन उत्सुकता थियो त्यो आज पनि उही छ। त्यसैले उनी सधै काममा ११० प्रतिशत दिनुपर्छ भन्ने मान्यता राख्छिन्।

दक्षिणा, दर्पन छायाँ, माइती, मनमन्दिर, सिउँदोको सिन्दुर, आफ्नो मान्छे, आमाको काखलगायतका दर्जनौँ चर्चित फिल्ममा अभिनय गरेकी निरुताले अब आफ्नो ‘सकेन्ड इनिङ’ मा ‘दाल भात तरकारी’ मार्फत त्यही माया कमाउन सक्लिन् त?

समयले अवश्य बताउनेछ।

 

प्रकाशित १ मंसिर २०७५, शनिबार | 2018-11-17 13:50:3