उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

उदाउँदाे सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

unn.prixa.net

महोत्तरी – मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ ।

सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका हुन् । सप्तमीका दिन बिहान सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘भोरका अरख’ भन्ने गरिन्छ ।

मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ । सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ ।

आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसाद खाने ख्वाउने क्रम सुरु भएको छ ।

छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रम भने मिथिलाञ्चलमा लामो समयसम्म जारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ ।

यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।

 

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

काठमाडौँ  । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सचिवालयसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संसोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

काठमाडौंमै नक्कली स्याम्पु र मसला, दुई सञ्चालक पक्राउ
काठमाडौं । बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् ।आजको नयाँ पत्रिकामा यो खबर छ । वासु र ज्योति श्रीमान् र श्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् । उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए ।ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु ,मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

सामाजिक सुरक्षा योजना सार्वजनिक हुँदै
काठमाडौं। संसदबाट पारित गरिसकिएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ राष्ट्रपतिको कार्यालयाट प्रमाणिकरणसमेत भइसकेको छ ।उक्त ऐन मन्त्रालयको नाम श्रम तथा रोजगार मन्त्रालय रहेका बेला २०७४ साल साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । सो मन्त्रालयको नाम अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।उक्त ऐन कार्यान्वयन गर्न नियमावली बनाइँदै गरेको जानकारी दिँदै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले नियमावलीको मस्यौदा क्याबिनेट पुगेको बताउनुभयो ।

मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास
काठमाडौं / मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । त्यही आईएनजीओ एसिया फाउन्डेसनको सहयोगमा उनी प्रदेशको १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लागिरहेका छन् । तीन तल्ले घरको बीचको तल्लामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन् । भैंसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो । आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खबर रहेकाे छ ।

मोरङमा अवैध सम्बन्ध ढाकछोप गर्न प्रेमीसँग मिलेर श्रीमानको हत्या

विराटनगर / अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका–३ की ३० वर्षीया फुलमुनी हेमरमले आफ्नो प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय श्रीमान सोहिम हेमरमको हत्या गरेको रहस्य खुलेको छ ।प्रेमीसँगको सम्बन्धको श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-वामदेवलाई अर्को झड्का, प्रधानमन्त्रीद्धारा गौतमकाे नयाँ प्रस्ताव अस्वीकार
काठमाडौं। राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् ।रुष्ट गौतमले गैरनाफामुलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् ।गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भुमिकामा फर्कन आतुर छन् ।संसदमा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।अरु सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफुलार्य संसदमा जान रोकेको उनको गुनासो छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुननिर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यो पनि पढ्नुहोस्-मधुमेहले गुम्न सक्छ आँखाको ज्योती
काडठमाडौं। विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश बर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ ।मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ ।यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन् ।मंगलबार विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा तिलगंगा अस्पतालले मधुमेह रोगीलाई बेलैमा आफ्नो आँखाको परीक्षण गर्न सुझाएका छन् ।चिकित्सकका अनुसार मधुमेह बढेमा आँखाको दृष्टि पर्दाको नसामा असर गर्छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

यो पनि पढ्नुहोस्-संसदमा उचाल्न नमिल्ने जोडिएका कुर्सी
काठमाडौं। संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ ।प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो ।अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुटटै उचाल्न नमिल्ने गरी जोड्दिै छ ।बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर ताडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ ।सचिवालयका अधिकारीले भने कुर्सीमा एकरुपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

गिरीको जरुवाजल सार्वजनिक

भरतपुर, २७ कात्तिक । गजलकार धनराज गिरीको गजल संग्रह जरुवाजलको गृह विमोचन गरिएको छ । गजल मञ्च चितवनको आयोजनामा सगुन पार्टी प्यालेसमा कृतिको विमोचन गरिएको हो । कवि तथा गजलकार गोविन्दराज बिनोदी, एलबी क्षेत्री र प्रभाकर पण्डितले संयुक्तरूपमा कृतिको विमोचन गरे । विमोचन कार्यक्रममा स्रस्टा गिरीले केही गजल पनि सुनाए । विभिन्न चरणमा गरेर उनले सस्वर वाचन गर्नुकासाथै केही गजल गाएर प्रस्तुत गरे ।

कृतिका सन्दर्भमा रहेर समालोचक रमेश प्रभातले कृतिको चिरफार गरे । गिरी उमेरले पाका भए पनि उनले तन्नेरी गजल लेखेका छन्, रमेश प्रभातले भने – समाजशास्त्रीय कोणबाट उनका गजल अझै अब्बल छन् । गजलकार गिरी चितवनमा मात्रै नभएर देशैभर प्रसिद्द छन् । व्यवहारमा जस्तै लेखनमा पनि विशेषगरी ठट्यौली पाराका उनलाई बिदेशमा रहेका नेपाली स्रस्टाले पनि उत्तिकै रूपमा चिनेका छन् । धनराज मित्रताको लामो लहरा भएका मान्छे हुन्, समालोचक रमाकान्त सापकोटाले भने – धनराजको साथी बन्न पाउनु जो कोहिका लागि पनि सुखद पक्ष हो । कवि एलबी क्षेत्रीले गिरी धेरै गजल लेख्ने स्रस्टा भए पनि उनका केही गजलमा काव्यिक सौन्दर्यताको चेत भएको दाबी गरे । कवि गोविन्दराज बिनोदीले गिरी आशुकवि भएको बताए । गिरीमा कुनै पनि सन्दर्भमा तुरुन्तै कविता, गजल लेख्न सक्ने क्षमता छ, बिनोदीले भने – उनले लेखेका गजल करेक्सन गर्न नपर्ने खालका उत्कृष्ट हुन्छन् ।

कार्यक्रममा किसान प्रेमी र द्वारिका नेपालले पनि उनका गजल माथी बोलेका थिए । गजलकार गिरी गजल मञ्च चितवनका स्थापनाकालीन अध्यक्ष हुन् । मञ्चका संस्थापकको गजल संग्रह विमोचन गर्न पाउनु संस्थाको ठुलो उपलब्धि भएको कार्यक्रमका सभापति प्रभाकर पण्डितले बताए ।

मन्त्रिपरिषद् बैठक – गुपचुप गरिएकै दिन १६ निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्यो ।

बैठकलगत्तै सरकारका प्रवक्तासमेत रहेका सञ्चार एवं सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चारकर्मीसामु उपस्थित भए । तर, बैठकका कुनै निर्णय सार्वजनिक गरेनन् ।

पत्रकार सार्थीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णहरु गरिएको छ, समयक्रममा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ, उनले भने, डिटेल दिन केही प्रबन्ध गर्दैछौँ, फरक ब्यवस्थापन आउँछौँ होला ।

सरकारका प्रवक्ताले निर्णय सार्वजनिक नगरे पनि मन्त्रिपरिषदका अन्य सदस्यले सञ्चारमाध्यमलाई निर्णयका सुचना चुहाए ।

सुचना बाहिर आईहाल्यो । तर, सरकारले सुचना लुकाउन खाजेको भन्दै आलोचना भईरहेको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

घस्रिएयर छठघाटमा पुग्दै विराटनगर महानगरका मेयर !

घस्रिएयर छठघाटमा पुग्दै विराटनगर महानगरका मेयर !
खरीबोट

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली यसपटक पनि घिस्रिँदै सिंघीया घाट गएका छन् । यसअघिका वर्षझैं यसवर्ष पनि छठ पर्वको ब्रत बसेका पराजुली तीन किलोमिटरसम्म १५औं पटक दण्ड प्रणाम गर्दै घिस्रिँदै सिंघीया घाट गएका हुन् ।

१५ वर्षयता छठ माताको ब्रत बस्दै आएका उनी यस वर्ष पनि निराहार ब्रत बसेका छन् । तीन किलोमिटरसम्म दण्ड प्रणाम गर्दै सिंघीया नदीमा छठको पूजा गर्न गए । उनी विराटनगरको ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरदेखि खोलासम्म घिस्रिँदै गएका हुन् ।

पराजुलीको सजिलोको लागि बारुण यन्त्र प्रयोग गरी सडकमा पानी छर्किएको छ । मध्याह्न १२ बजेबाट घिस्रिन सुरु गरेका उनले तीन किलोमिटरको यात्रा पार गर्न करीब ४ घण्टा लाग्ने बताइएको छ ।

महानगर प्रमुख भएपछिको यो उनको दोस्रो पटक दण्ड प्रणाम हो।  सिंघिया खोलाको परोपकार घाटमा पुगेर अस्ताउँदो सूर्यको उपासना गर्दै व्रत पूरा गर्नेछन्। पराजुलीको यो दण्ड प्रणाम तीन किलो मिटरको दूरी हो। सडकमा घिस्रदै दण्ड प्रणाम गर्दै गरिने कर्मले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

– नेपाली काँग्रेसभित्र पार्टी नेतृत्व कब्जा गर्ने रणनिति

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र पार्टी नेतृत्व कब्जा गर्ने रणनिति बनाउने दौडधुप सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले गत साता पार्टीको उपसभापति पदमा विजय गच्छदारलाई नियुक्ति गरेपछि काँग्रेसभित्रको विवाद फेरी बढेको छ।

यसै बीच काँग्रेस नेता रामचन्द्र पौडेलसहित नेतृत्वसँग असन्तुष्ट नेताहरुको भेला सोमबार बसेको छ । त्यस्तै नेविसंघको महाधिवेशन समयमा गर्न नखोजेको भन्दै महामन्त्री कुन्दन राज काफ्लेलगायतका असन्तुष्ट समुहले विधिवत महाधिवेशन गर्न आग्रह गरेको छ भने टिके प्रथाबाट नेतृत्व चयन गर्न खोजे पार्टी नेतृत्वविरुद्ध नै संघर्ष गर्ने चेतावनी दिएका छन्।

अहिले संघीय संरचना अनुसार पार्टीको विधान बनाउन जुटेको काँग्रेसले आफु अनुकुल बनाउने प्रयासमा लागेको देखिएको छ। त्यस्तै अर्को तिर गुट-उपगुटमा विभाजित काँग्रेस सभापति देउवाविरुद्ध अन्य समुह एकजुट हुनसक्ने देखिएको छ। निर्वाचनमा पराजय पछि विक्षिप्त बनेको काँग्रेस पार्टी भित्रको आन्तरिक बबण्डरले झन् कम्जोर हुनसक्ने विश्लेषण राजनीतिक विश्लेषकहरुले गरिरहेका छन्।

प्रतिपक्षी दलको भूमिका काँग्रेसले सहीरुपमा खेल्न नसकेको आरोप लागिरहेका बेला काँग्रेस फेरी आन्तरिक झगडामा फस्दै जाँदा यसको फाइदा सरकार र सत्तारुढ दल नेकपालाई हुने विश्लेषण पनि गर्न थालिएको छ। पार्टीलाई मनोमानी ढंगले चलाएको र पछिल्लो पटक गच्छदारको नियुक्तिले काँग्रेसमा ठुलो बबण्डर ल्याउने र सभापति देउवालाई अप्ठारो पर्ने संकेत पछिल्ला घटनाक्रमले देखाएको छ।

सभापति देउवालाई कम्जोर बनाउन कोइराला परिवारका नेताहरुसहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह अर्जुननरसिंह केसी र रामशरण महत एक ठाउमा उभिनुले देउवाका विरोधीहरु एक ठाउमा हुने वातावरण बन्दै गएको देखिएको छ। यसको असर मङ्सिरमा हुने पार्टीको महासमिति बैठकमा पनि देखिन सक्ने बताइन्छ।

सुजाताको घरमा भेला :

काँग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सोमबार बिहान भएको बैठकमा रामचन्द्र पौडेलसहित शेखर कोइराला, सशांक कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी सहभागी थिए ।

अनौपचारिक रुपमा बसेको यस बैठकमा सभापति देउवाले गच्छादारलाई उपसभापति बनाएको विषय जोडदार रुपमा उठेको बताइएको छ। सुजाताले उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्ति गर्नु आपत्तिजनक काम भएको विषय उठाएकी थिइन् । अन्य नेताहरुले समेत सभापतिको निर्णयमा असन्तुष्टि व्यक्त गरेका बताइएको छ ।

यसअघि पनि सुजाता कोइरालाले पार्टीको आन्तरिक विवादबारे छलफल गर्न भन्दै शेखर र सशांक कोइरालालाई एक बिहान आफ्नै निवासमा बोलाएर छलफल गरेकी थिइन् ।
साथै बैठकमा अर्का नेता अर्जुन नरसिंह केसीले देउवाले विधान र प्रक्रिया मिचेर गच्छदारलाई नियुक्त गरेको भन्दै गच्छदारलाई उपसभापति बनाउने बिषयमा कुनै विवाद नभएपनि प्रक्रिया पूरा गरेर जानुपर्ने सुझाव दिएका थिए।

बैठकमा रामचन्द्र पौडेल, रामशरण महतलगायतका नेताहरुले आफ्ना धरान राखेपनि महामन्त्री डा.शशांक कोइरालाले कह्सै केहि नबोलेको बताइएको छ । बैठकमा महासमिति बैठक, नेविसंघ विवादलगायत विषयमा पनि छलफल भएको थियो।

नेविसंघमा विवाद :

नेविसंघको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो ।

नेविसंघ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि कार्तिक २० गते बसेको केन्द्रीय समितिको बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको भएपनि त्यसले ठोसरुपमा काम गरेको देखिएको छैन ।

वर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ गते सकिएको भए पनि तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गतेसम्मका लागि म्याद थपिएको थियो ।

नेविसंघले पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।

पार्टीका नेताहरु नै नेविसंघको उमेरहद र विधानमा विवादित बनेका कारण नेविसंघले कात्तिक १६ देखि १८ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेको हो ।

नेविसंघका अध्यक्ष महर नेविसङ्घको केन्द्रीय समितिले तोकिएकै समयमा महाधिवेशन गर्नका लागि विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले फाइनल नगर्दा निर्वाचन गर्न नसकिएको बताउछन् । पार्टीले विधान र नियमावलीलाई अन्तिम रूप दिएर नेविसङ्घमा पठाए निर्वाचन गराउन आफू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट काङ्ग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसङ्घमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि नेविसङ्घको महाधिवेशन थप अनिश्चित बनेको हो ।

असन्तुष्टहरुको चेतावनी :

कात्तिक १६ गतेदेखि काठमाडौंमा हुने भनिएको १२ औं महाधिवेशन पनि पछि सरेपछि महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट पक्षले महाधिवेशनको सुनिश्चित गराउन माग गर्दै पार्टी सोमबार सभापति शेरबहादुर देउवालाई दवाव दिएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महामन्त्री काफ्लेले विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गराउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउनु परेको बताए । उनले संस्थापन पक्षले नेतृत्व कब्जा गर्न विधान विपरितका गतिविधि गरेको भन्दै त्यसलाई रोक्न पनि पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।

असन्तुष्ट पक्षले तत्काल महाधिवेशन सुनिश्चित हुने वातावरण नबनाए पार्टी नेतृत्वविरुद्ध नै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ । असन्तुष्ट पक्षले नेतृत्वका लागि ३२ वर्षको उमेर हद तोक्ने पार्टीको निर्णयप्रति पनि आपत्ति जनाउँदै आएको छ । महामन्त्री काफ्लेले पार्टी नेतृत्वले संघको स्वायत्त अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

घेराबन्दीमा देउवा :

सरकार लगातार अलोकप्रिय हुदै गर्दा त्यसको प्रत्यक्ष फाइदा लिनु पर्ने प्रतिपक्षी दल काँग्रेस अहिले आफ्नै घेराबन्दीमा परेको छ।  नेविसंघ विवाद र मूल पार्टी भित्र नेताहरु नेतृत्वविरुद्ध एकत्रित हुदै गर्दा सभापति देउवा विस्तारै पार्टी भित्र घेराबन्दीमा पर्दै गएको देखिएको छ। पार्टीको पराजय पछि स्पष्ट कारण दिन नसकेएको साढे २ बर्षसम्मपनि पार्टीका समितिहरुले पूर्णता नपाएको, नियुक्तिहरु पनि विवादरहित हुन् नसकेको, नेविसंघको विवाद बढ्दै गएको अवस्थामा पार्टी सभापति घेराबन्दीमा परेका छन्।
निर्वाचनमा पराजयपछि देउवाले पार्टीको स्पष्ट बाटो देखाउन र निराश रहेका कार्यकर्तालाई आस्वस्त पार्न नसकेको देखिएको छ। यसको असरको रुपमा उनले पार्टीको महासमिति बैठकमा अन्य गुट एक भएर देउवाविरुद्ध जाइलाग्ने सम्भावना देखिएको छ।

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

काठमाडौँ। छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

यस्तो छ व्रत विधि :

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् । पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ( खीर ) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन ।

यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष काटिएको छ । दुई नं प्रदेशमा भने प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

भूकम्पले विनाश बारपाकमा ८५ प्रतिशत पुनर्निर्माण सकियो । 

बारपाक (गोरखा) । तीन वर्षअघिको विनाशकारी भूकम्पले थङथिलो पारेको बारपाकमा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बारपाकमा भूकम्पपछिको पुनर्निर्माणको काम करिब ८५ प्रतिशत सकिएको खरीबोटलाई जानकारी दिएका हुन् ।

उनले भने, ‘बारपाकमा भूकम्पपछिको पुननिर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।’ उनका अनुसार भूकम्पले भत्काएको बारपाकको भग्नावशेष लगभग ठडिइसकेको छ । मुख्य गरेर बारपाकभित्र मनिडाँडा, ताक्लेनान, गैरीगाउँ,  मिलनचोक,  कोट, पँधेरा, लाकुरीबोट, दमाईं टोल, खड्काटोल, लिवाचे, माउँचे,   पोखरी, मान्द्रे, तुलसिकुवा, पुँजे, सन्यानी, थल थलीडाँडा, अलगाउँ, उखुरे लगायतका ठाउँहरु सुलिकोट गाउँपालिका १ बारपाकभित्र पर्ने ठाउँहरु हुन्  ।

ढुङ्गा, माटोले बनेको एकैनासे १४ सय ७० घर ०७२ वैशाख १२ को एक मिनेटबराबरको भूकम्पले भताभुङ्ग पार्नुको साथै ७० जनाको मृत्यु समेत भएको थियो । विनाशबाट नै विकास सम्भव हुन्छ भन्ने सोचाइ राख्ने वडाअध्यक्ष विकले  भूकम्प नगएको भए बारपाकमा यतिसम्मको विकास नहुने समेत दाबी गरे ।

उनले भने, ‘भूकम्प गयो क्षति धेरै भयो, एउटा ठूलो र सिङ्गो गाउँ एकै मिनेटमा खण्डहरमा परिणत भयो तर त्यही विपत्ले बारपाकको मुहार परिवर्तन भयो ।’ उनले भनेजस्तै ढुङ्गा र माटाले बनेको गाउँले परिवेशको बारपाक अहिले सहरजस्तै बनेको छ । उनले भूकम्पले फेरिएको बारपाकको हालको अवस्था हेर्दा  विनाश नै विकासको माध्यम बन्ने कुरा पुष्टि भएको समेत बताए ।


भूकम्पले बारपाकमा व्यापक परिवर्तन आएको छ खासगरी घरटहरा निर्माणको संरचनामा । तर पछिल्लो अवस्थाको बारपाकको पुनर्निर्माणपछिको नयाँ संरचनाले पुरानो बारपाकको पहिचान भने सदाका लागि मेटाएको छ ।

यद्यपि आफ्नो पहिचानभन्दा पनि सुरक्षा महत्वपूर्ण कुरा भएको अध्यक्ष विकले दाबी गरे । अहिले बारपाकमा भूकम्प प्रतिरोधात्मक घर निर्माण हुनु खुसीको कुरा भएको उनको भनाइ छ । अध्यक्ष विकले हाल प्राविधिकको सल्लाहमा भूकम्पप्रतिरोधी घरहरु निर्माण भएको बताए  ।

उनले अगाडि भने,    ‘केही घरहरु भने भत्काउँदा र बनाउँदा उत्तिनै खर्च लाग्ने भएको कारण बनाउन समस्या भएको छ ।’

एउटा घर बनाउन ६ लाख खर्च 
उक्त विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाकमा अहिले धमाधम पुनर्निर्माणको काम भइरहेको छ । जहाँ सामान्य २ कोठाको घर बनाउन ६ लाख रुपैयाँसम्म लागेको वडाअध्यक्ष विकले जानकारी दिए ।

सरकारले दिएको ३ लाख राहत रकमले ठूलो सहयोग गरेको उनको भनाइ छ । त्यस्तै, निर्माण सामग्रीहरु तलबाट माथि गाउँसम्म लैजान ढुवानी खर्च धेरै लाग्ने भएकाले घर निर्माणमा खर्च धेरै लागेको उनले बताए  ।

भूकम्पपछि घरघरमा एम्बुलेन्स 
भूकम्पअघि बारपाकको बसपार्कसम्म मात्र मोटरबाटो पुगेको थियो तर अहिले घर–घरमा एम्बुलेन्स जान मिल्ने गरी बाटो बनाइएको छ । ‘घर–घरमा एम्बुलेन्स छिराउने काम भयो, ठूलो बाटो त छैन तर एम्बुलेन्ससम्म छिर्ने बाटो निर्माण भएको छ, यो आफैँमा खुसीको कुरा हो’, उनले भने  ।

डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

  • अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।

थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४२ पुगेको काउन्टीका प्रहरी अधिकारी कोरी होनेआले पत्रकार सम्मेलनमा बताउनु भएको छ । यसअघि २९ व्यक्तिको मृत्यु भएको बताइएको थियो ।

अमेरिकी सञ्चार माध्यमहरुले विभिन्न स्रोत उल्लेख गरी अझ २०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन् । बेपत्ता व्यक्तिहरुको खोजी, उद्धार र आगो निभाउने कार्यमा करिब आठ हजार अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।

डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुश्किलले मात्र देखिएको बताइएको छ । भूइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।

डढेलो प्रभावित क्षेत्रका हजारौ व्यक्तिलाई उक्त ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको छ । बिहीबार बिहान सुरु भएको डढेलो प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।

डढेलोका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी ६ हजार ७०० भन्दाबढी भवन क्षतिग्रस्त भएका छन् ।

डढेलो लागेको जङ्गलमा लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।

१६ वर्ष भात नखाएका राजेश हमाल !

१६ वर्ष भात नखाएका राजेश हमाल !

unn.prixa.net

कुनै समय प्रत्येक नेपालीको मनमा छाउन सफल नायक हुन् महानायक राजेश हमाल ।

कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोस्टरमा महानायकको तस्बिर राख्नु पथ्र्यो । उनिलाई सानो भए पनि भूमिका दिनै पथ्र्यो । उनले चलचित्रमा बोलेका संवादहरु बच्चादेखि वृद्धसम्मको मुखमुखमा झुण्डिने गथ्र्यो । कतिपयले महानायक राजेश हमाललाई हालसम्म पनि भारतका सुपरस्टार अमिताभ बच्चनँसग तुलना गर्ने गर्दछन् ।

हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भातसमेत खाएनन् । अहिले पनि उनी भात निकै कम खाने गर्छन् ।

भातमा कार्बोहाइड्रेट्सको  मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको उनी बताउँछन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको उनको भनाई छ ।

पहिले–पहिले उनी धुम्रपानसमेत गर्ने गर्थे तर बिस्तारै उनले आफूलाई धुम्रपानबाट टाढा बनाए । उनीसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धुम्रपानबाट टाढा रहन सुझाव दिन्छन् ।

पछिल्लो समय उनी चलचित्र नगरीबाट टाढा छन् । तर पनि विभिन्न टेलिभिजन कार्यक्रमतथा विज्ञापनहरुमा भने व्यस्त रहेका छन् ।

 

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौं – निर्वाचन आयोग  अब हुने आवधिक चुनावमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन तयारीका लागि गृहकार्यमा जुटेको छ ।

विदेशमा रहेका नेपालीलाई कसरी चुनावमा सहभागी गराउन सकिन्छ भनेर तयारीका लागि गृहकार्य थालेको आयोगले जनाएको छ ।

त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन ÷अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने अवस्था नरहे पनि अदालतको निर्देशनलाई पालना गर्न आयोगले आफ्नो स्रोत र साधनले भ्याएसम्म अध्ययन गर्ने कार्य शुरु गरिएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्नु भनी गत चैत ७ गते सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

नेपाल जस्तै बाहिर कामदार पठाउने एशियाली देशमा मतदाता अधिकारसम्बन्धी व्यवस्थाको अध्ययन गरी हामीसँग मिल्ने प्रणाली हेरेर मात्र प्रक्रिया शुरु गर्न उपयुक्त हुने आयोगले सोच बनाएको छ ।

विदेशमा बसेको भएतापनि नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको, मतदानका लागि कानूनबमोजिम उमेर पूरा भई मतदाता परिचयपत्र भएको तथा कूटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिलाई ‘एक्सटर्नल भोटिङ’ का लागि योग्य मानी सोही अनुसारको व्यवस्था गर्न पनि अदालतले भनेको छ ।

‘आउँदो आवधिक चुनावमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सन्दर्भमा पक्कै पनि कुनै न कुनै नमूना अपनाउनुपर्ने हुन्छ र त्यसमा हामी जान सक्छौँ,’ प्रवक्ता सुवेदीले भन्नुभयो ।

विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने सिलसिलामा बृहत अध्ययन गर्न आउँदो वर्षका लागि अर्थ मन्त्रालयसँग रकमको व्यवस्था गर्न अनुरोध गर्ने आयोगले बताएको छ ।

विश्वका विभिन्न मुलुकको अन्तरिक कानून फरक–फरक हुने भएकाले कतिपय देशले भनेको समय र दिनमा बिदा नदिन सक्ने सम्भावनालाई दृष्टिगत गरी त्यहाँको कानूनअनुसार मतदानको अधिकार पाउने कि नपाउने भन्ने पक्ष पनि बुझ्न अदालतले सरकारलाई भनेको थियो ।

निर्वाचन आयोगले विदेशमा रहेका नागरिकको मतदान अधिकारबारे विभिन्न देशले अपनाएको सफल अभ्यासलाई नमूना आधार बनाएर योजना अघि बढाउने आयोगले सोच बनाएको छ ।

श्रम मन्त्रालयबाट कामदारका लागि गएका ५० औँ लाखले श्रम स्वीकृति लिएका तथा वैदेशिक कामदारमा रहेका अभिलेखबाहेक विभिन्न पेशा र व्यवसायमा २० लाख बढी नेपाली विदेशमा रहेको बताइएको छ ।

मतदानमा भाग लिन पाउने नागरिको सार्वभौम र लोकतान्त्रिक अधिकार भएकाले उक्त अधिकार दिलाउने सन्दर्भमा चाहिने आवश्यक कानून निर्माण गरी अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदानमा सहभागी हुनसक्ने वातावरण मिलाउन अदालतले सरकारलाई सुझाव दिएको थियो ।

विदेशमा रहेका नागरिकलाई मतदानको अवसर प्रदान गर्ने सन्दर्भमा आइपर्ने चुनौती, निर्वाचन खर्च, प्रविधिको प्रयोग, समयावधि, नागरिको पहुँच, राजनीतिक दल र उम्मेदवारको तयारीलगायतका पाटो पक्षलाई मसिनोसँग अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको निर्वाचनका क्षेत्रमा काम गर्दै आउनुभएका अनुभवी बताउँछन् ।

‘प्रत्यक्षरुपमा विदेशस्थित कूटनीतिक निकायमा, प्रतिनिधिमार्फत, हुलाकमार्फत वा विद्युतीय मतदानमध्ये कुन विकल्पको प्रयोग गर्दा अधिक नागरिकलाई स्वच्छ, निश्पक्ष, धाँधलीरहित र गोप्य तरिकाबाट आर्थिक र व्यवस्थापकीय भारबहन गर्नसक्ने गरी मतदानको अवसर प्रदान गर्न सकिन्छ सो सम्बन्धमा विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतसँग परामर्श गरी आवश्यकता परे नमूना मतदान गरी उपयुक्त व्यवस्था मिलाउन आदेशमा उल्लेख गरिएको छ ।

कतिपय देशले अझै सन्देह मानिरहेका तथा नेपालभित्रै पनि विद्युतीय मतदान प्रयोग गर्ने विश्वसनीय हिसाबले हेर्न नसकेको अवस्थामा सोचेजस्तो बाह्य मुलुकमा रहेका नागरिकलाई मतदानमा भाग लिने व्यवस्था मिलाउनु निकै चुनौती भए पनि आयोगको पहल अदालतको आदेशको पूर्ण कार्यान्वयन गर्नेतर्फ लक्षित हुने आयोगले जनाएको छ ।

सङ्घीय संसद्ले निर्माण गर्ने कानून र सरकारले तय गर्ने विधिका आधारमा मात्र विदेशमा रहेका नेपाली नागरिकलाई रहे बसेकै देशबाट आयोगले मतदानमा सहभागी गराउन सक्नेछ ।

आगामी दिनमा कुनै पनि नेपाली नागरिकलाई मतदानबाट बञ्चित हुन नपर्ने ढङ्गबाट आयोगले निर्णय लिने प्रवक्ता सुवेदीले बताउनुभयो ।

जागिर छाडेर फूलखेतीबाटै मासिक २ लाख

unn.prixa.net

लमजुङ – माटो र फूलसँगै खेल्दै जिन्दगी व्यतित गर्न पाउँदा औधी खुशी हुनुहुन्छ, हुमा गुरुङ । घाम उदाएदेखि अस्ताएसम्म उहाँको प्रायः समय फूलबारी र पुष्प नर्सरीमै बित्ने गर्छ । यसरी माटो र माटोमै फुलेका फूलसँगै रम्न पाउँदा बेसीशहर–२, बोहोराबेसीकी हुमालाई सारा दुःख, पीडा भुलेको महसुस हुन्छ ।

‘फूलको हेरचाहमै दिन बित्छ । बिहान उठेदेखि नै फूलमा सिंचाइ गर्‍याे । गोडमेल गर्‍याे । समय बितेको पत्तै हुँदैन । माटो र फूलसँग खेल्न पाउँदा निकै खुशी मिल्छ । तनाव हट्छ’, हुमाले आफ्नो दैनिकी एक सासमा सुनाउनुभयो ।

फूलबारी र नर्सरी नजिकै उहाँले ४ कोठाको एउटा चिटिक्क परेको सानो घर पनि बनाउनुभएको छ । उहाँ त्यही घरमा बस्दै आउनुभएको छ । घर, शौचालय वरिपरि पनि गमलामा विभिन्न जातका फूलहरु रोपिएका, फुलेका देख्न सकिन्छ । दैला अगाडि ढकमक्क फुलेका फूलले उहाँको घरको शोभा बढाएको छ ।

१० लाख लगानीमा फूल खेती सुरु

हुमाले आफैले कमाएको केही रकम र ऋणाधन गरी बोहोराबेसीमा जग्गा किन्नुभयो । विगतमा जग्गामा मौसमअनुसारका खेती लगाइन्थ्यो । खेतीलाई चटक्कै छाडेर उहाँले आफ्नै १० लाखको लगानीमा पुष्प व्यवसाय सुरु गर्नुभयो । र जिल्लामै पहिलो पुष्प व्यवसायीको परिचय बनाउन सफल हुनुभयो ।

‘१० लाख ऋण गरेरै पुष्प व्यवसायमा हात हालेकी हूँ । २०७१ सालदेखि म यस व्यवसायमा छु । मैले व्यवसाय चलाउन बाबाआमासँग एक पैसा पनि मागिनँ’, ३८ वर्षे हुमाले भन्नुभयो ।

जागिर छोडेर फूल खेतीमा

हुमाले व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई पूरा गर्नुभएको छ । लामो समयसम्म एक गैरसरकारी संस्थामा काम गर्नुभएकी उहाँलाई ‘आफ्नै लगानीमा केही उद्यम गर्नुपर्छ’ भन्ने भावनाले मनमा डेरा जमाउन थाल्यो ।

त्यसपछि, उहाँले जागिर छोडेर विगतमा बोहोराबेसीमा किनेको जग्गामा पुष्प व्यवसाय गर्ने आँट गर्नुभएको हो ।

‘पुष्प व्यवसायसम्बन्धी खासै जानकारी त थिएन । तर जिल्लामा कसैले पुष्प व्यवसाय नगरेकाले केही नयाँ गरौँ न त भनेर यस व्यवसायलाई अँगालेको हूँ’, विगतलाई स्मरण गर्दै हुमाले भन्नुभयो ।

हुमाले साढे चार रोपनी जग्गामा पुष्प व्यवसाय सञ्चालन गर्नुभएको छ । हुमाले दुई रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गर्नुभएको छ । साढे दुई रोपनी जग्गामा विभिन्न जातका फूल लगाउनुभएको छ ।

मासिक २ लाख आम्दानी

तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट मात्रै हुमाले यसवर्ष ७ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । फूलको बीउ भने थाइल्यान्डबाट ल्याइएको उहाँले बताउनुभयो । आफ्नो फूलबारी, नर्सरीमा उत्पादन भएको फूल, बिरुवाले बजार पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

‘जोसजाँगरका साथ आवश्यक ज्ञान, सीप आर्जन गरी फूल खेती गर्न सके राम्रो कमाउन सकिन्छ । मैले यसै व्यवसायबाट मासिक २ लाख कमाउँछु’, राम्रो तलवबो जागिर छोडेर पुष्प व्यवसायमा लाग्नुभएकी हुमाले हौसिँदै भन्नुभयो ।

उहाँले दुईवटा ग्रीनहाउस निर्माण गर्नुभएको छ । ग्रीन हाउसमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रीलगायतका फूलका बिरुवा उत्पादन भइरहेका छन् । राम्रो मूल्यमा धमाधम बिक्री भइरहेको छ ।

उहाँका अनुसार ग्रीन हाउसमा हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोगार्ड, सुन्तला, मुन्तला का बिरुवा पनि छन् । नर्सरीमै उत्पादित एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार जातका फूलका बिरुवा पनि बिक्री भइरहेको छ । ‘फूलमा भन्दा फूलका बिरुवा बेच्न फाइदा हुन्छ’, उहाँले सुनाउनुभयो ।

फूल खेतीमा जोखिम

फूल खेतीबाट राम्रो आम्दानी गर्न सकिए पनि यसमा अलि जोखिम हुने उहाँको अनुभव छ । ‘फूल खेतीलाई बढी हेरचाह चाहिन्छ । समय मिलाएर फूल रोप्नपुर्छ । रोग किराले सतायो भने त बर्बादै हुन्छ’, उहाँले भन्नुभयो ।

फूल खेतीमा बढी खतरा हुने भएकाले किसानले सही समयमा सही जातको बिरुवा रोप्नुपर्ने उहाँले सुझाउनुभयो । उहाँका अनुसार फूलको बीउ निकै महँगो हुन्छ । सहज रुपमा पाइँदैन । नर्सरीमा बिरुवा तयार गर्न पनि निकै सकस हुन्छ ।

राज्यको सहयोग आवश्यक  

हुमाको बारीमा उत्पादित फूल र नर्सरीमा उत्पादित बिरुवा लमजुङ, गोर्खा, तनहुँ, चितवन काठमाडौँ लगायतका शहरमा पुग्ने गरेका छन् ।

किसानका लागि सरकारी सहयोग निकै कम रहेको उहाँले बताउनुभयो । किसानहरुलाई कृषिसम्बन्धी विभिन्न तालिमहरु पनि दिनु आवश्यक रहेको उहाँको कथन छ ।

‘कृषि क्षेत्रको विकासको लाग राज्यले अझै थप सहयोग गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘कृषि व्यवसायमा रमाउन सकेँ मनमा पनि आनन्द हुन्छ । गोजीमा पैसा टुट्दैन । स्वदेशमै बसेर जीवन गुजार्न सकिन्छ । फूल खेतीलाई नै निरन्तरता दिन्छु ।’

ब्राेइलर कुखुराको मूल्य घटेपछि किसान समस्यामा

unn.prixa.net

सर्लाही – सर्लाहीमा जिउँदो ब्राेइलर खुखुराको मूल्य घटेपछि कुखुरा पालक किसान समस्यामा परेका छन् ।

एक महिनादेखि जिउँदो ब्राेइलर कुखुराको मूल्य लगातार घटेकाले पोल्ट्रि व्यावसायीहरुको पेशा संकटमा परेको छ । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रति केजी १ सय ३५ रुपैयाँमा झरेपछि किसानलाई  लागत मूल्य उठाउन समस्या परेको हरिपुरका किसान हरि सापकोटाले गुनासो गर्नुभयो ।

महँगोमा चल्ला–दाना खरिद गरेर कुखुरा पालेका किसानले  भनेको जस्तो मूल्य नपाएपछि  पोल्ट्रि व्यावसाय नै छोडेको हजरियाका किसान देवेन्द्र रायले गुनासो गर्नुभयो । तीन महिनाअघि जिउँदै ब्राेइलर दुई सय  रुपैयाँसम्ममा बिक्री भएकोमा दसैँसँगै मूल्य घटेपछि पेशा नै संकट परेको किसानहरुको गुनासो छ ।

किसानले व्यापारीसँग चल्ल  प्रति गोटा ८०र८५ रुपैयाँ  र दान प्रति केजी ५८ रुपैयाँमा खरिद गर्ने गरेका छन । ४० देखि ४५ दिन ब्राेइलर कुखुरा पाल्दा  एउटा  ब्राेइलर कुखुरा बराबर दुई किलो ५०० ग्रामको कुखुरा उत्पादन हुने गरेको किसान बताउँछन् ।

४० दिनमा एउटा ब्राेइलर कुखुराले ४ किलो २०० ग्राम दाना खाने गरेको उनीहरुको भनाई छ । किसानलाई  दाना चल्ला औषधी र लागत मूल्य उठाउन  जिउँदो ब्राेइलर कुखुरा प्रति केजी १ सय ८० रुपैयाँभन्दा माथिमा बिक्री हुनु पर्ने किसानहरु बताउँछन् ।

व्यापारीहरुको एकाधिकारको  कारण पनि किसानले  कुखुराको मूल्य लिन नसकेका हुन् । ब्राेइलरको मूल्य घटेपछि  व्यापारी भनेको बेला कुखुरा नउठाउने गरेका कारण किसान झनै समस्यमा पर्ने गरेका छ ।

यति बेला सर्लाहीका  किसानको फर्ममा ३ किलोभन्दा माथिको तयारी कुखुरा छन् । कुखुराको मूल्य घटे पनि उपभोक्तले भने घटेको मूल्यमा मासु उपभोग गर्न पाएका छैनन् । अहिले जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रतिकेजी ६५ रुपैयाँ र मासुको मूल्य केजीमा २० रुपैयाँ मात्र घटेको छ ।

 

लोकप्रिय कलाकार हरिवंश आचार्य आजदेखि ६१ वर्षमा प्रवेश,

-बुवा ७३ वर्षको हुँदा हरिवंशको जन्म भएको थियो । तर उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा निधन भयो । सानै उमेरमा आमाबुवा गुमाउँदाको पीडा र दुख कस्तो हुँदो रहेछ ? भन्ने कुरा कसैले उनीसँग सोध्दा सायद राम्रो जवाफ पाउँछ ।

लोकप्रिय कलाकार हरिवंश आचार्य आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०१४ साल कात्तिक २७ गते काठमाडाैंको गैरीधारामा जन्मिएका हरिवंश, हरिवंश पूजापछि  जन्मेका परिवारका एक मात्र छोरा हुन् ।

पाँचजना छोरी मात्र जन्मेपछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोराको चाहमा हरिवंशका आमाबुवाले हरिवंश पूजा लगाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश राखिएको हो । आमाबुवाका रुढीबादी सोंचका कारण आफू जन्मिन पाएको हरिवंश बताउँछन् ।

आमाबुवा नहुँदा जीवनमा जेठी दिदी बिन्दु आचार्यले अभिभावकको जिम्मेवारी पूरा गरेको हरिवंश बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन् ।

१७ वर्षको उमेरदेखि कलाकारिताको सुरुवात गरेका हरिवंशले  रेडियो नेपालका हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलासीसँगको सहयोगले २०३१ सालमा कलाकारिताको सुरुवात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघरमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो ।  यो गाईजात्रामा काम गरेपछि उनको चर्चा परिचर्चा सुरु भयो ।

निरन्तर ६ वर्ष कलाकारितामा संघर्ष गरेपछि उनको मदनकृष्ण श्रेष्ठसँग भेट भयो । मदनकृष्णसँग भेट भएपछि उनले उनीसँगको सहकार्यमा स्टेज नाटकदेखि टेलिसिरियल बनाउने काम गरे । मदनकृष्णसँग हरिवंशको यात्रा चार दशक पार गरिसकेको छ । उनी मदनकृष्णलाई जीवनसाथी भन्न नमिल्ने भन्दै जीवनदाइ भन्न रुचाउँछन् । मदनकृष्णसँग मिलेर उनले लालपूर्जा, हरिबहादुर मदनबहादुर, १५ गतेलगायतका सिरियलहरु बनाए जुन अत्याधिक रुचाइएका सिरियलहरु हुन् ।

पर्दामा बुढी आमाको भूमिका होस् या तन्नेरी युवाको उनले हरेक चरित्रलाई न्याय दिएका छन् । उनको अभिनयबाट जोकोही पनि सहजै प्रभावित हुन्छ । पर्दामा अभिनय गरेर अरुलाई सहजै हँसाउने उनी स्वयमले भने जीवनमा हाँसो भन्दा धेरै आँसु पिएका छन् ।

बाल्यकालमै आमाबुवा गुमाएकाउनले ५३ वर्षको उमेरमा फेरि एकपटक जीवनको महत्वपूर्ण व्यक्तिलाई गुमाए । श्रीमती मीरा उनको जीवनबाट सदाका लागि टाढा भइन् ।  अरुलाई हँसाउन संघर्ष गरिरहने हरिवंशले आफ्नो जीवनमा भने आँसु धेरै पाए । हाँस्यकलाकार भएर पनि उनी अरुलाई हँसाउन सहज र आफू हाँस्न गाह्रो भएको बताउँछन् ।

दोस्रो विवाह

२६ वर्षको उमेरमा हरिवंश वैवाहिक बन्धनमा बाँधिए । व्रिकम सम्वत २०४० मा मीरासँग विवाह गरेका हरिवंश दुई सन्तान त्रिलोक र मोहितका पिता पनि बने ।  तर मीरासँग हरिवंशले आधा जिन्दगी मात्रै काटे । २० वर्षसम्म मुटुमा पेसमेकर राखेर बाँचेकी मीरा मस्तिष्क पक्षघातका कारण संसारबाट बिदा भइन् ।

मीराको निधनपछि हरिवंश आचार्य पूर्ण रुपमा टुटे । उनी केही समय डिप्रेशनमा पनिगएका थिए । मीराको निधनपछि नै हरिवंशले जीवनमा आएका आरोहअवरोहरुलाई समेटेर किताब लेख्ने मन बनाएका थिए । मीराले साथ छोडेपछि उनको एक्लोपनलाई बिसाउन आइन् बुटवलकी रमिला पाठक ।

आफूभन्दा १३ वर्ष कान्छी रमिलासँग उनले मीराको निधन भएको ठीक एक वर्षपछि विवाह गरे । रमिलाले पनि पतिवियोग सहेकी थिइन् । मीराको निधनसँगै एक्लिएका हरिवंश रमिलाको आगमनले दोस्रो जन्म पाएको बताउँछन् ।   अहिले हरि र मीरा प्रायः एकसाथ हुन्छन् ।

कुकुर र हरिवंशको सम्बन्ध

हरिवंशले आफ्नो अटोबायोग्राफी ‘चिना हराएको मान्छे’ मा जीवनका सबै सुख र दुःखहरुलाई स्थान दिएका छन् । यसबाहेक पनि उनले प्रस्तुत गरेका केही प्रसंगहरु निकै चाखलाग्दा छन् । तर उनको कुकुरसँगको सम्बन्धको प्रसंग भने चाखलाग्दो मात्रै हैन अचम्मको छ । उनले आफ्नो जीवनलाई कुकुरको जीवनसँग तुलना गरेका छन् ।

कात्तिकमा जन्मेका उनलाई सानोमा केही बदमासी गर्दा अरुले कात्तिके भनेर बोलाउँथे । किनभने कात्तिक महिनालाई कुकुरको सिजनको रुपमा लिइन्छ । कात्तिकमै जन्मेका उनले कुकुरसँग तुलना गर्दै आफूले जीवनमा कुकुरले जस्तो दुःख र सुख दुवै पाएको बताउँछन् । रंगमञ्चमा काम गरेर उनले जीवनमा पहिलो पटक पाएको प्रमाणपत्र पनि कुकुरसँगै सम्बन्धित थियो । उनले पहिलो पटक कुकुरकै भुकाईबाट प्रशंसापत्र पाएका थिए ।

जसरी बाटोमा बसेको कुकुरलाई केहीले  खाने कुरा  दिन्छन् केहीले लखेट्छन् त्यसरी नै उनले पनि जीवन भोगाईको अनुभव संगालेका छन् । केही भुस्याहा कुकुरहरु हुन्छन् त केही महंगा कुकुरहरु । भुस्याहा कुकुरहरुले दुःख पाउँछन् भने  महंगा कुकुरहरुले एयर कंडिसनिङ गाडीमा बस्न पाउँछन् । मालिकमालिक्नीको काखमा बसेर खेल्ने अनि महंगा खानेकुराहरु खाने गर्छन् ।

आफ्नो जिन्दगी पनि यस्तै दुईथरि कुकुरको जस्तै भएको उनको भनाई छ । जीवनमा कुकुरले पाउने दुःख पनि पाएको र सुख पनि पाएका कारण उनले आफूलाई कुकुरसँग तुलना गरेका हुन् ।

कुकुर हरिवंशलाई एकदमै मन पर्ने जनावरमा पर्छ । संयोगवस उनी कुकुरसँगै सम्बन्धित संस्थाको अध्यक्ष पनि भए । ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर’ मा पनि उनले अध्यक्ष भएर काम गरे । त्यस संस्थाले बाटोमा हिँड्ने भुस्याहा कुकुरहरुलाई विष खुवाएर मार्न नपरोस् भनेर  परिवार नियोजन गर्ने गर्थ्यो ।

लुतो आएर छटपटिएका कुकुरहरुलाई सफा गरिदिने अनि उपचार गरिसकेपछि भने त्यसलाई जहाँबाट ल्याएको हो त्यही ठाउँमा लगेर छोडिदिने त्यहाँको नियम थियो । तर दुर्भाग्य त्यो संस्था अहिले बन्द छ । यो संस्थालार्ई लण्डनकी जेन शल्टर भन्ने महिलाले सुरु गरेकी हुन् । उनले आफू रिटायर्ड भएको पैसा ल्याएर यो संस्थाको  सुरुवात गरेकी थिइन ।

रेडियो अडियोले हरिवंशको जन्मदिन विशेष बनायो

नेपालका प्रायः सबै हास्यकलाकारको जन्मदिन विशेष प्रकारले मनाउने परम्परा नै बसालेको रेडियो अडियोले वरिष्ठ हास्यअभिनेता हरिवंश आचार्यको जन्मदिन पनि विशेष प्रकारले मनाएको छ । उनलाई जन्मदिनको शुभकामना दिनका लागि वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, सिताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, शिशिर वाङ्देललगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । सबैले आआफ्नो तर्फबाट वरिष्ठ हास्यकलाकार हरिवंशलाई शुभकामना दिएका थिए ।

हरिवंश अचार्यलाई जन्मदिनका अवसरमा हाम्रो तर्फबाट पनि सुस्वास्थ्य र दीर्घ जीवनको कामना ।

मालिकको मृत्यु भएकै सडकमा ८० दिनदेखि बसिरहेको कुकुर

 (भिडियोसहित)
unn.prixa.net

चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ ।

भित्री मंगोलियाको होहटमा बिच सडकमा बसिरहेको यो तस्बिरलाई लोकप्रिय ‘साइना वेइबो माइक्रोब्लग’ मा १६ लाख पटक हेरिसकेको छ ।

चाइनाको पिएर भिडियो वेबसाइटले अगस्ट २१ तारिकका दिन आफ्नो मालिक्नीको मृत्यु भएदेखि प्रत्येक दिन कुकुर त्यहि सडकमा देखिदै आएको बताएको छ । कोही मानिस कुकुरलाई सहयोग गर्न गयोे भने भागेर यताउता जाने त्यहाँका एकजना ट्याक्सी चालकले बताएका छन् । उनी भन्छन्, केही खानेकुरा दियो भने खान्छ, तर हामी बाहिर झर्ने बित्तिकै तर्सेर अन्तै गैहाल्छ ।

उनीहरुका अनुसार कुकुरको आफ्नी मालिकसंग गहिरो सम्बन्ध थियो । मालिकनीको मृत्यु भएदेखि कुकुर त्यही सडकमा कसैको प्रतिक्षारत उभिएको देखिन्छ ।

कुकुरको यो भिडियो १० नोभेम्बरमा खिचिएको थियो । चाइनामा फेसबुक र ट्विटरको सट्टामा प्रयोग गरिने वेवसाइट ‘सिना वेबो’  मा यो भिडियो शेयर भएपछि यसले लाखौँ प्रयोगकर्ताको ध्यानाकर्षण गरेको छ । सबैले यसलाई एक वफदार कुकुर भन्दै प्रतिक्रिया दिएका छन् ।

कात्तिक २७, २०७५

आमा खोज्दै कुवेत : न सास भेटियो, न लास

काठमाडौं – गाउँमा धेरैका आमा विदेश जान्थे र कमाएर फर्किन्थे । सिन्धुपाल्चोकका कुमार लामालाई आफ्नी आमा पनि कुवेतबाट साथीका आमाझैं कमाएर फर्किने आश थियो ।

तर झण्डै १२ वर्ष बितिसक्यो, कुमारकी आमा सममाई फर्कनुभएको छैन । कहाँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने समेत पत्तो छैन । न सास भेटिएको छ, न लास नै ।

आमा विदेश जाँदा १४ वर्षको हुनुहुन्थ्यो कुमार । घर छाडेदेखि नै आमाको कुनै खबर आएन । १८ वर्षको भएपछि कुमार आफैं आमा खोज्न कुवेत पुग्नुभयो । तर कुवेतमा पनि आमा भेटिएन, निराशा मात्रै भेटियो ।

‘गाउँका सुन्तली, चमेली सबै मेरो आमा जसरी नै विदेश गएका हुन्, तर उनीहरु फर्किए, म त आमा लिन कुवेत नै पुगें र पनि भेटिएन,’ अँध्यारो अनुहार बनाउँदै कुमारले भन्नुभयो ।

अहिले त १२ वर्ष भइसक्यो कुमारको आमा सममाई कुवेत गएको पनि । दिन, रात, महिना हुँदै वर्षौं बित्यो, तर अहिलेसम्म कुनै खबर आएको छैन ।

आफैं खोज्न जाँदा समेत नभेटिएकी आमा भेटिने आश मार्न पनि सकिएको छैन, न त खोजेर भेटिने आश बढाउन नै । तर पनि कुमारले आमा खोज्न छाड्नुभएको छैन ।

घरमै आएर दलाले लगे

१२ वर्षअघिको कुरा हो । कुमारको गाउँभन्दा पल्लो गाउँ अर्थात सिन्धुपाल्चोक पाल्चोकका रामबहादुर बम्जन दिल्लीबाट गाउँ आएका थिए ।

रामबहादुरले गाउँ आएका बेला गाउँका महिलालाई विदेश पठाइदिने भन्दै लिएर जान्थे । पासपोर्ट बनाउनेदेखि विदेश जाने प्रक्रियासम्म उनले नै मिलाइदिन्थे ।

त्योबेला कुमारका आमाबुवा दुवैलाई विदेश पठाइदिने भए रामबहादुरले । रामबहादुरले नै दुबैजनाको पासपोर्ट लिएर काठमाडौं गए । तर बुवाको भिसा तत्काल आएन, आमाको विदेश जाने प्रक्रिया मिलिहाल्यो ।

दलालले विदेशमा धेरै कमाई हुने सपना देखाएका थिए । कुमारका बुवा आमाको सपना पनि त्यही थियो – गाउँघरमा घाँसदाउरा गर्नुभन्दा विदेश गएर दुईचार वर्ष कमाउने, अनि सुखैले बाँकी जीवन कटाउने ।

तर बुवाको भिसा आउन समय लाग्ने भएपछि एउटै सपना साँचेका कुमारका आमाबुवालाई छुट्टिनु पर्यो । एकै सपना पालेका यी जोडीका सपनासँगै साथ पनि छुट्यो ।

‘नेपालमा कुवेतको दूतावास छैन, भारतबाट जानु पर्छ, उतैबाट भिसा लगाउने हो भनेर आमासहित गाउँका अरु महिलालाई पनि लिएर गयो,’ कुमार आमालाई विदेश लान दलालले गरेको चलाखी सुनाउनुभयो, ‘आमाहरु लिएर जाँदा रामबहादुर नेपालगञ्जमा समातिएछन्, तीन वर्ष जेल पनि पर्‍यो, अनि आमाहरुलाई उसको श्रीमतीले नेपालगञ्जबाट लगेर कुवेत पठाएको रहेछ ।’

कुमारका बुवा केही समयपछि साउदी गए, फर्किए । तर दलालमार्फत कुवेत पुगेकी सममाईको १२ वर्ष बित्दा समेत कुनै खबर आएको छैन ।

आमा विदेश जाँदा कुमार १४ वर्षको हुनुहुन्थ्यो । घर छाडेदेखि सममाईको कुनै खबर आएको थिएन । चार वर्ष बितिसकेको थियो । त्यतिबेला १८ वर्ष लाग्नुभएको थियो कुमार ।

आमालाई विदेश पठाउने दलाल रामबहादुर फेरि गाउँ आए । आफन्तको मृत्यु भएपछि काजकिरिया गर्न आएका रामबहादुरलाई कुमारले त्यहीबेला आमाको हालखबर सोध्न पाउनुभयो ।

तर कुवेत पुर्‍याएरै अर्कै दलाललाई जिम्मा दिएकाले आफूलाई थाहा नभएको बताए रामबहादुरले । जसले जहाँ लगेको भए पनि कुमारलाई आमाको खबर चाहिएको थियो ।

‘त्योबेला त्यसलाई च्याप समातेर आमाको कि लास चाहियो कि सास चाहियो भनें, रामबहादुरले केही सीप नलागेर मलाई नै आमा खोज्न कुवेत हिँड भन्यो,’ कुमारले भन्नुभयो ।

दलालले आमा खोज्न कुवेत नै हिँड भनेपछि के चाहियो र ! कुमार आमा खोज्न कुवेत जान तयार हुनुभयो ।

‘कुवेतमा कतै लुकेर बसेको भए पनि आफ्नो छोरो देखेर फुत्त रोडमा निस्किन्छ कि तेरो आमा भने सबैले,’ कुमार सम्झनुहुन्छ ।

अरुले भनेझैं उहाँलाई मनमा लाग्यो – आमाले छोरो खोज्न आएको पक्कै थाहा पाउँछिन् । अनि छोरालाई सडकमा हिँडेको देखेर बोलाई पो हाल्छिन् कि भन्ने ठूलो आश थियो कुमारलाई ।

आमा खोज्न कुवेत पुग्दा

आमालाई लगेर बेपत्ता बनाउने उनै रामबहादुरको पछि लागेर २०६७ सालमा कुवेत पुग्नुभयो कुमार । आमा खोज्न कुवेतको विमानस्थल उत्रँदा कुमारको मन फुरुङ्ग भयो । जहाजको सिटमा आमासँगै बसेर फर्किने सपना थियो कुमारको ।

तर परदेश सोचेजस्तो किन हुन्थ्यो र ! ‘मसँग आमाको भिसाको फोटोकपी चाहिँ थियो, त्यही आधारमा घरमा पुगियो तर त्यहाँका मान्छेले केही कुरा बताउनै मानेनन्, मात्र घर छाडेर गैसक्यो मात्र भने’ कुमारले आमा खोज्दाका घटनाक्रम सुनाउनुभयो ।

नेपाली दूतावासदेखि कुवेतका नेपाली संघसंस्था धाउनुभयो । त्यहाँबाट पनि आमा भेटिने सकारात्मक सन्देश मिलेन ।

‘दूतावास त दिनहुँ जान्थें, दिनकै आएर भेटिन्छ त भनेर थर्काउँथे दूतावासका मान्छेले,’ कुमार दूतावाससँग गुनासो गर्दै भन्नुहुन्छ, ‘त्यो बेलामा म कहाँ जानु र, आफ्नो आमा हराएको छ, सहयोग त परको कुरा, उनीहरुले उल्टै थर्काए ।’ खाने र बस्ने व्यवस्था दलाले नै मिलाइदिएका थिए । आमा खोज्न चाहिँ कुमार एक्लै बजार बजार  हिँड्नुहुन्थ्याे ।

आमा भेटिने आशमा कुवेतका शहर बिहानदेखि रातिसम्म डुल्नुहुन्थ्यो कुमार । प्रत्येक घरका झ्याल र ढोका हेर्नुहुन्थ्यो । बन्द झ्याल ढोका कतै आफ्नै आमाले पो खोलेर बोलाउँछिन् कि झैं लाग्थ्यो कुमारलाई । बाटोमा हिँड्नेलाई सोध्नुभयो । तर कसैले पनि आमालाई भेटेको र देखेको छु भनेनन् ।

जता खोज्दा पनि आमा नभेटिएपछि कुमार कुवेत गएको एक महिना १४ दिनपछि रित्तै घर फर्किनुभयो । उहाँलाई आमा भेटिने त्यही एउटै आशाको त्यान्द्रो बाँकी थियो, त्यो पनि चुँडियो ।

आशाको त्यान्द्रो

आफू कुवेत नजाँदासम्म त कुमारलाई आमा भेटिने ठूलो आश थियो । तर कुवेत नै पुगेर खोज्दा पनि कुनै खबर मिलेन । त्यो बेला त चार वर्ष मात्रै भएको थियो । तर अहिले १२ वर्ष बितिसक्यो । आमाको कुनै पत्तो छैन । कुमारका मनमा अनेक कुरा खेल्छन् ।

‘आमा गएको पनि यतिका वर्ष बितिसक्यो, अहिलेसम्म कुनै खबर आएको छैन, यतिका वर्ष बित्दा पनि कुनै खबर नआएको देख्दा त कसैले मारेर फालिदियो कि झैं लाग्छ,’ कुमारले घोसेमुन्टो लगाएर मसिनो स्वरमा भन्नुभयो ।

तर कुवेतबाट फर्किनेहरुले सुनाएको कुराले भने आमा फर्किने आशको त्यान्द्रो जीवित राखेको छ । कुवेतबाट फर्किने गाउँका चिनजानका मानिसले कुमारलाई आमा भेटिएको कुरा सुनाए ।

‘कुवेतमा गाउँका मान्छेले भेटेको रे, तेरो आमाको त कपाल सबै झरेर तालु भएछ, हामीले बजारमा भेटेको भने,’ कुमार आश मान्दै भन्नुहुन्छ, ‘मैले किन नबोलाएको त भनेको साहुले कहाँ बोल्न दिन्छ त साहुसँगै थियो भने, त्यो खबर पाएदेखि आमा जिउँदै छिन् किझैं पनि लाग्छ ।’ निभ्नै लागेको आमासँग भेट्ने कुमारको आशा फेरि जाग्छ ।

‘आमालाई केही भएको भए त सपनामा पनि यसो छेको दिनुपर्ने नि, कहिल्यै नराम्रो देख्दिन,’ आशाको त्यान्द्रो बलियो बनाउँदै कुमारले सपनाका कुरा सुनाउनुभयो ।

१२ वर्षअघि कुवेत लाग्दा ३८ वर्षकी हुनुहुन्थ्यो सममाई । अहिले त १२ वर्ष बितिसक्यो । उमेरले ५० टेक्यो । आमा कुवेत जाँदा १४ वर्ष उमेर भएका कुमारको अहिले बालबच्चा भइसक्यो । अथवा सममाई हजुरआमा भैसक्नुभएको छ ।

सममाईकी एक छोरा र तीन छोरी । कुमार र एक छोरीको घरबार भयो । दुई छोरीको बाँकी छ । आमा हराउँदाको पीडा एकातिर छ, अर्कातिर आफन्तले लगाएको आरोपले पनि उस्तै पोल्छ कुमारलाई ।

‘आमा जाँदा मलाई विदेश गएको हो भन्ने त थाहा थिएन राम्रोसँग, गाउँका बाजेहरुले आमा बेचेर खायो भनेर पनि आरोप लगाउँछन्,’ कुमारले मन गाँठो पार्दै भन्नुभयो ।

अरुले जे जे भने पनि कुमारले वास्ता गर्नुभएन । आमा खोज्न चारतिर धाउनुभयो । कुवेत पुगेर गल्लीगल्ली त चाहार्नुभयो नै । नेपालकै विभिन्न संघसँस्थामा पनि पुग्नुभयो । तर कुनै पत्तो लागेन ।

कुमार दिग्दार मान्दै भन्नुहुन्छ, ‘मरे बाँचेको खबर पाउन पाए त हुनेथियो, भएजति सबैतिर खोजें, अब आमा खोज्न कहाँ जाउँ ।’

कुमारले आमाको खोजीका लागि सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सिन्धुपाल्चोक चौतारामा रहेको सूचना केन्द्रमा २०७३ सालमै निवेदन दिनुभएको थियो ।
सूचना केन्द्रले थप खोजीका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पठाएको छ । पिएनसिसीले खोधीखोजीको प्रयास भैरहेको जनाएको छ ।

सूचना केन्द्रकै पहलमा कन्सुलर सेवा विभागमा पनि खोजीका लागि निवेदन दिनुभयो कुमारले, तर अहिलेसम कुनै जानकारी मिलेको छैन । कुवेतमा रहेको नेपाली दूतावाससँग समन्वय गरेर खोजीका लागि थप पहल गरिने सूचना केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी, पदबाटै बर्खास्त

unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ ।

नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।

सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।

सोडारीको ठाउँमा तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णराज सुवेदीलाई ल्याउने तयारी रहेको छ ।

पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

शुद्धोधन मा.वि वर्ष दिन देखी व्यवस्थापन समिती बिहिन

कपिलवस्तु जिल्ला वाणगंगा ९ भलवाड जिनुवामा अवस्थित शुद्धोधन मा.वि एक वर्ष देखि व्यवस्थापन समिति विहीन बनेको छ ।

वैखरी कपिलवस्तु कार्तिक -२७   – पूर्व अध्यक्ष हरि राज घिमिरेको नेतृत्वमा रहेको समितिको म्याद सकेको एक वर्ष भन्दा बढी हुँदा सम्म शुद्धोदन जन जीवन मा वि वाणगंगा ९ जिनुवाले अझै सम्म व्यवस्थापन समिति गठन गर्न सकेको छैन । कपिलवस्तु जिल्ला स्थित महेन्द्र राजर्माग बाट निकै नजिक रहेको यो विद्यालयमा गत साल २०७४ मा कृषि पशु विज्ञान विद्यालय सञ्चालन गर्नका लागि महायज्ञको आयोजना गरिएको थियो तर त्यसले पनि अहिले सम्म कुनै काम गरेको भने छैन ।

स्रोत केन्द्र गजेहडा , जिल्ला शिक्षा कार्यालय नजिक रहेता पनि यस विद्यालय सुधार हुन नसक्दा आम जनतामा निराशा छाएको छ । विद्यालय व्वस्थापना समिति समेत गठन हुन नसक्दा र फितलो व्वस्थापनाका कारण स्थानीय विद्यार्थीहरू बाहिरी वडाहरुमा अध्ययन गर्न जाने क्रम बढ्दो रूपमा रहेको छ , व्यवस्थापनमा कमजोरी , विद्यालय भित्र राजनीति लगायतका कारणले यस विद्यालय भन्दा बाहिर अध्यन गर्न जाने गरेको विद्यार्थी बताउन्छन् । यस क्षेत्र अर्घाखाँची सँग बाटो जोडीएकाले पनि राम्रो सँग व्यवस्थापन गरे अर्घाखाँची लगायतका ठाउँबाट अध्यन गर्न आउने विद्यार्थीको सङ्ख्या बढ्ने आम बासीको भनाई छ ।

पटक पटकको अभिभावक भेला , विद्यालय पूर्व व्यवस्थापन समितिको बैकठ , सल्लाहकारहरूको बैठकले पनि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयमा व्यवस्थापन समिति नहुँदा निर्माणधिन भवन बजेटका कारण अलपत्र परेको छ। पूर्व प्राचार्य अफाक अहमद खाँ ले अवकास प्राप्त गरे पछी कार्यवाहक प्र अ को जिम्मेवारी टेकलाल अधिकारीले समाल्नु भएको छ । दलीय भाग बण्डका कारण विद्यालयमा अझै पनि व्यवस्थापन समिति गठन हुन नसकेको अभिभावकहरूको बुझाई छ । कार्तिक १९ गते बसेको बैठकले पुन मङ्सिर २ गतेलाई बैकठ राख्ने निर्णय गरेको छ ।

जानिराखौ कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदाहरु

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ।

१. खुशी बढाउँछ, निराश हटाउँछ

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ।

२. मुटु रोगको जोखिम घटाउँछ

कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ। कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ। यसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ।

३. छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

४. स्वस्थ दैनिकीलाई प्रोत्साहन

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ।

५. कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन् ।

नोट: कुकुरको दिसामा मानव स्वास्थ्यलाई असर गर्ने जीवणु हुने भएकाले जथाभावी रुपमा कुकुरलाई दिसा गराउन हुँदैन। साभार श्राेतः स्वास्थ्यखबरपत्रिका बाट

यो पनि पढ्नुहोस् -किन गर्छन् मानिसले पशुसँग याैन सम्पर्क ?

भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो । भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भयाे बलात्कार पछि भोलिपल्ट बाख्राको मृत्यु भएको खबरले भारतमा हंगामा नै मच्चाइिदयाे ।

मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ । तर प्रहरीले कसैलाई पक्रिएको छैन । प्रहरी प्रवक्ता जितेन्द्र कुमारले घटनाको अनुसन्धान भइरहेको बताए ।

जनावरसँग सेक्स !

जनावरसँग ‘सेक्स’ गर्नुलाई अंग्रेजीमा बेस्टिएलिटी भनिन्छ । यसको अर्को एक अर्थ पनि छ ‘अति क्रूर व्यवहार’ । अक्सफोर्ड डिक्सनरीका अनुसार कुनै व्यक्ति र जनावरबीचको शारीरिक सम्पर्कलाई बेस्टिएलिटी भनिन्छ । नेसनल सेन्टर फर वायोटेक्नोलोजी इन्फरमेसन अर्थात एनसीबीआई वेबसाइटका अनुसार कुनै व्यक्तिले जनावरसँग सेक्स गर्नु ज्यादै गम्भीर विषय हो । तर जनावरमाथि हिंसाका जुन मुद्दा दर्ता हुन्छन्, त्यसमा यस प्रकारका मुद्दा निकै कम हुन्छन् । यो दण्डनीय अपराध हो ।

एनसीबीआई रिसर्च जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार बेस्टिएलिटी एक प्रकारको यौन हिंसा हो जसमा कुनै जनावरको प्रयोग यौन सन्तुष्टिका लागि गरिन्छ । यसको उद्देश्य केबल शारीरिक सन्तुष्टि हो, यसमा कुनै भावनात्मक सम्बन्ध हुँदैन ।

एनसीबीआईका अनुसार केही समुदायमा बेस्टिएलिटीलाई यौन संक्रमित बिरामीको उपचारको रुपमा पनि हेरिन्छ । दिल्लीस्थित सेक्सोलोजिस्ट विनोद रैनाका अनुसार यस्ता व्यक्ति ‘सेडिस्ट’ प्रवृत्तिका हुन्छन् । यो पूरै एक प्रकारको दिमागी कुरा हो ।

डा. रैनाको बिचारमा बेस्टिएलिटी मुख्य दुई कारणले हुन सक्छ । एक, यौन कुण्ठा र अर्को यौन कल्पना ।

एक रिपोर्टका अनुसार कहिलेकाहिँ बच्चाहरुले पनि यस प्रकारको हर्कत गर्दछन् तर कुनै बच्चाको सन्दर्भमा यस्तो कुरा आयो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । पछि गएर यो खतरनाक हुन सक्छ । रिपोर्टमा यस कुरामा पनि जोड दिइएको छ कि अक्सर यस प्रकारको मामिलालाई नजरअन्दाज गरिन्छ तर यस्तो गर्नु खतरनाक हुनसक्छ ।

बेस्टिएलिटीका लागि धेरै पटक वातावरण पनि जिम्मेवार हुन्छ । धेरै पटक परिवारमा पनि सेक्सलाई लिएर यस प्रकारको माहोल बन्छ कि मानिसहरु खुलेर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा सेक्सको चाहनामा मानिसहरुले जनावरलाई प्रयोग गर्दछन् ।

पहिलो घटना होइन

हरियाणाको यस घटनाले सबैलाई चकित पारेको छ । तर यो पहिलो घटना भने होइन । अमेरिकाको उत्तरपूर्वी फ्लोरिडामा पशुहरुमाथि हुने यौन हिंसामध्ये बाख्राहरु सबैभन्दा बढी निशानामा पर्ने गरेका छन् ।

एनसीबीआईको रिपोर्टमा पनि एक यस्तै घटनाको उदाहरण दिइएको छ जसमा एक १८ वर्षीय युवकले आफूले पालेका दुई बाच्छीहरुमाथि दुष्कर्म गरे । दुई बाच्छीहरुमध्ये एउटाको मृत्यु भयो । त्यसको स्वास्थ्य परीक्षण गर्दा मानिसको वीर्य भेटियो । युवकलाई पक्राउ गरेर सोधपुछ गर्दा उसले कुनै पनि पछुतो मानेन ।

भारतमा यस्तै घटनामा संविधानको धारा ३७७ अनुसार मुद्दा दर्ता गरिएको छ । भारतका साथै धेरै युरोपीय देश जस्तै नेदरल्याण्ड, फ्रान्स तथा स्विजरल्याण्ड, डेनमार्कमा यो प्रतिबन्धित छ । यसका अलावा जर्मनीमा पनि यो प्रतिबन्धित छ । ब्रिटेनमा सन् २००३ मा यससँग सम्बन्धित सजायमा संशोधन गरियो र आजीवन कारावासको व्यवस्थालाई घटाएर दुई वर्ष कायम गरियो ।

यद्यपि, हंगेरी, फिनल्याण्डमा पशुसँग मानिसको यौन सम्पर्कलाई अपराध मानिँदैन । सन् २०११ मा डेनमार्क सरकारको एक रिपोर्टअनुसार १७ प्रतिशत जनावरका डाक्टरहरु मान्दछन् कि उनीहरुले हालसम्म जति जनावरको उपचार गरे, तिनीहरुमध्ये कम्तीमा एक जनावरसँग मानिसले दुष्कर्म गरेका छन् ।

के यो कुनै मनोविकार हो ?

एनसीबीआईको रिपोर्टलाई मान्ने हो भने यस प्रकारको समस्या व्यक्तिहरुमा हुन्छ जो असन्तुलित जीवन गुजार्छन् । जसको बाल्यकाल घरेलु हिंसा र तनावको बीच गुज्रिन्छ । यसका साथै जो बाल्यकालमा यौन हिंसाको शिकार हुन्छन्, उनीहरुमा पनि यस प्रकारको व्यवहारको आशंका बढ्दछ ।

मनोवैज्ञानिक डा. प्रवीण भन्छन् कि असामान्य सेक्सुअल एक्टिभिटीलाई पेरिफिलिया भनिन्छ । पेरिफिलिया धेरै प्रकारका हुन्छन् । बेस्टिएलिटी योमध्येको एक हो । बेस्टिएलिटी असामान्य व्यवहार र बिरामीको बीचको अवस्था हो । तर असामान्य व्यवहार मात्रै होइन । नेक्रोफिलिया यसको दोस्रो प्रकार हो, जसमा व्यक्तिले कुनै मृतकको साथ शारीरिक सम्बन्ध राख्दछ । यसको प्रमुख कारणमा बाल्यकालमा नराम्रो अनुभव, एक्लोपन र मानसिक समस्यालाई लिन सकिन्छ ।

के हो यसको उपचार ?

डा. प्रवीणका अनुसार यस्ता समस्या समाधानका लागि अवर्सिव थेरापी दिइन्छ । तर आजभोलि यो चलनचल्तीमा छैन । यो थेरापीबाट व्यक्तिलाई यो महसुस गराइन्छ कि उ कुनै जनावरसँग छ । तर, उसलाई करेन्ट लगाइन्छ ताकि पछि यदि उसले यस्तो कुनै केही गर्‍यो भने पीडाको महसुस होस् र उ आफै टाढा रहोस् ।

यद्यपि अब यो तरिका चलमा छैन । यस्ता व्यक्तिलाई अरु पनि केही उपचार छन् तर कुनै पनि उपाय प्रभावकारी छैनन् । डा. प्रवीण मान्दछन् कि यस प्रकारका मामला निकै कम देखिन्छ । तर यसलाई केबल बिरामी मान्न सकिँदैन । उनी मान्दछन् कि यस्ता समस्यामा शक्ति प्रदान गर्ने र सही उपचार दिने दुवै सँगसँगै गरेमा मात्र फाइदा हुनसक्छ ।

पशुसँग सेक्स गर्ने व्यक्ति को कस्ता ?

ह्युमन एनिमल रोल प्लेयर्स- जसले जनावरका साथ कहिल्यै सेक्स गरेनन् तर सेक्सको इच्छा जागेपछि जनावरतर्फ आकर्षित हुन्छन् ।
रोमान्टिक पशुप्रेमी- यस्ता व्यक्ति जनावरलाई पालेर राख्दछन् र साइको सेक्सुअलिटीतर्फ आकर्षित हुन थाल्दछन् । तर सेक्स गर्दैनन् ।
असामान्य कल्पनाशील- यसमा यस्ता व्यक्तिहरु पर्दछन् जो पशु्हरुसँग सेक्सुअल इन्टरकोर्सको बारेमा सोच्दछन् तर त्यस्तो कहिल्यै गर्दैनन् ।
पशुसँग कामवासना- यस्ता व्यक्ति पशुहरुलाई स्पर्श गर्दछन् । यी पशुहरुलाई अंगालो हाल्दछन् । उनीहरुले पशुहरुको गुप्तांगलाई पनि छुन्छन् तर सेक्स गर्दैनन् ।
अतिउत्साही- यी पशुहरुको हरेक अंगलाई हेर्दछन् । धेरैपटक यिनीहरु कामुक नजरले हेर्दछन् । यहाँसम्मकी पशुहरुबीच हुने यौन गतिविधिको बेला अलि बढी नै सक्रिय हुन्छन् ।
क्रुर कामुकता- यिनीहरुले पशुहरुलाई बलात्कार गर्दछन् र पीडा पनि दिन्छन् ।
मौका परस्त- यिनीहरु यौन सम्बन्धको मामलामा सामान्य हुनछन् तर मौका मिल्नासाथ पशुहरुलाई पनि बाँकी राख्दैनन् ।
नियमित पशुप्रेमी- यस्ता व्यक्ति पशुहरुसँग यौन सम्पर्क गर्न बढी रमाइलो मान्दछन् ।
हिंस्रक- यिनीहरु सेक्सको बेला पशुहरुलाई पनि मार्दिन्छन् । यहाँसम्म कि मरिसकेपछि पनि उनीहरुले सेक्स गरिरहन्छन् ।
एक्सक्लुसिभ पशुप्रेमी- यस्ता व्यक्तिहरु केबल पशुहरुसँग मात्र सेक्स गर्छन् । बीबीसी हिन्दीबाट, कृषीडेल्लीबाट

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक- उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। घट्नाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

यो पनि पढ्नुहोस् -किन अायाे नेकपा एकता प्रक्रियामा शिथिलता ?

काठमाडौं । सत्तारुढ नेकपाका युवा नेताले पार्टी बैठक अनिश्चित बन्दै गएपछि शीर्ष नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। नीति निर्माण गर्ने महत्वपूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ।

विधानअनुसार ३ महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ यता बस्न सकेको छैन। यही अल्झनले दुई कम्युनिस्ट पार्टीबीच ३ जेठमा भएको एकता प्रक्रियाले तल्लो तहसम्म पूर्णता पाउन सकेको छैन। केन्द्रीय सचिवालयमै पनि तल्लो तहसम्मको पार्टी एकता र सरकारको प्रभावकारिताका विषयमा नेताहरूबीच मतैक्य हुन सकेको छैन।

‘पार्टी संगठनको काम भद्रगोल छ, सरकारको काम प्रभावकारी बन्न सकिरहेको छैन। यस्तो बेला पार्टी बैठक बस्न नसक्दा अन्योल झन् बढेको छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने, ‘तत्काल बैठक बोलाउन, तल्लो तहसम्म एकता टुंग्याउन र सरकारको काम प्रभावकारी बनाएर लैजान हामीले शीर्ष नेताहरूको ध्यानाकर्षण गराउन थालेका छौं।’

स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर), योगेश भट्टराई, पौडेललगायतका नेता संगठित रूपमै दबाब अभियानमा लागिपरेका छन् । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ।

 

 

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

बैतडी / बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए ।, आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

यो पनि –एनसेलका चार मुद्दा सर्वोच्चमा
काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलसँग जोठिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । केही सयमअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैंले रिट दायर गरेको छ भने अन्य राजस्वसम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा छन् ।

जसका कारणले सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ । आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

यो पनि –भिसा नभएका विदेशीलाई टिकट दिनेविमान कम्पनीलाई कारबाही
काठमाडौं / अध्यागमन विभागले प्रवेशाज्ञा भिसा र आगमन छाप आईरभल नभएका विदेशीलाई हवाई टिकट दिने आन्तरिक वायु सेवा कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । नेपालका कतिपय निजी कम्पनीले भिसा नभएका विदेशी नागरिकलाई समेत जथाभावी टिकट दिने गरेका छन् । विभागले जथाभावी टिकट दिने गरेका छन् ।

विभागले आईन्दा त्यस्तो दोहोरिए कडा कारबाही गर्ने चेतावनी वायुसेवा कम्पनीहरुलाई दिएको छ । भिसाबिना नेपाल छिर्ने विदेशीलाई समेत कडा कारवाही गर्ने तयारी विभागले गरेको जनाएको छ । अध्यागमन विभागले नेपालको भिसा र आगमन छाप नभएका विदेशीलाई हवाई टिकट नदिन आइतबार पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको छ ।, आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

यो पनि –उच्च अदालतले उल्ट्यायो जिल्लाको आदेश, धरौटीमा छुटेका बलात्कार आरोपीलाई पक्रेर मुद्दा अघि बढाउन आदेश
काठमाडौं । जिल्ला अदालत दोलखाले बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनले थुनामा राखेर मुद्दा चलाउन आदेश गरेको छ ।

समाचारका अनुसार उच्च अदालतका न्यायाधीश राजकुमार बम र नातिबाबु लामिछानेको संयुक्त इजलासले १६ वर्षकी किशोरी बलात्कारको मुद्दामा धरौटीमा छुटेका इराज गिरीलाई पुनः थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

दोलखाकी १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इराज गिरीलाई जिल्ला अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
कार्तिक २५ देखि मंगसिर ०१ सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरु पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केहि लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– जोस र जागर बढ्नेछ भने ठूलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरु पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केहि मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

ज्योति माविका विद्यार्थिलाई छात्रवृति वितरण

ज्योति मावि सितगंगा ठाडा अर्घाखाँचीमा स्थापित मोहन बेल्वासे अक्षयकोष छात्रवृति वितरण कार्यक्रम एक् भब्य समारोहका विच सम्पन्न भएको छ । उक्त छात्रवृति स्वर्गिय मोहन बेल्वासेको नाममा उनका पिता स्व मिन वहादुर बेल्वासे र माता कमला देवी बेल्वासे द्वारा विस २०७२ सालमा स्थापना गरिएको थियो ।

मोहन बेल्वासे अक्षयकोषमा रहेको रकम रू १ लाख ५१ हजार १ सय ११ वाट प्राप्त हुने ब्याज वाट ज्योति माविमा अध्ययनरत कक्षाा ८,एस ई ई र कक्षा ११र१२ तर्फ सर्वोतकृष्ट अंक प्राप्त गर्ने जम्मा ६ जना छात्र छात्राहरूलाई प्रत्येक बर्ष उक्त छात्रवृति प्रदान गदिैँ आएको छ । उक्त छात्रवृति प्राप्त गर्न सफल जेहेन्दार विद्यार्थीहरूमा कक्षा ८ वाट छात्र दर्पण पौडेल, छात्रा शिला श्रेष्ठ, एस ई ई तर्फ छात्र भुवन खनाल, छात्रा सम्झना उपाध्याय, १२र१२ तर्फ छात्र काशिनाथ अधिकारी र छात्रा सुनिता आचार्य रहेका छन् ।

कार्यक्रममा ज्योति बहुमुखी क्याम्पस का अध्यक्ष कुमार केशव सिहं, मोहन बेल्वासेका अभिभावक सुरेन्द्र बेल्वासे, ज्योति मावि का प्रअशंकर अर्याल, समाज सेवि वुद्धिजिवी केदार बेल्वासे लगायतका बक्ताहरूले स्व मोहन वेल्वासे र पिता मिन वहादुर बेल्वासेले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको चर्चा गरेका थिए ।

कोषका संरक्षक सदस्य शेर बहादुर सिह बेल्वासेको अध्यक्षता , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारीको प्रमुख आतिथ्यता र शिक्षक विष्णुप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ह्यांगओभर (कथा)

ह्यांगओभर -चिरञ्जीवी आचार्य
“रमेश ! ए रमेश !! हैन यो केटालाई ढोका खोल्न पनिकति बेर लाग्छ हँ?”

बाहिरबाट आएको आवाजले रमेश झस्किन्छ र हत्तपत्त ढोका खोल्छ ।

“के भयो किन ढोका खोल्न धेरै बेर लगाएको ?” ढोका खोल्नेबित्तिकै रमेशमाथि बाबुको अर्को प्रश्न तेर्सिन्छ । निन्याउरो अनुहार लगाएर बसेको रमेश केही बोल्दैन ।

“के भयो किन बोल्दैनस्, तँ आज काममा नगएको ?” लगातारको तेस्रो प्रश्नमा भने रमेश उत्तर दिन बाध्य हुन्छ र विस्तारै भन्छ – आज मन लागेन ।

सायद बाबुलाई उसमाथि अर्को प्रश्न थप्न मन लाग्दैन, “खै के हुन्छ यो केटालाई, मन लागेन भनेर काममा नगई बस्छ” गुनगुनाउँदै बाबु अर्को कोठामा पस्छन् ।

त्यति बेलासम्म रमेशलाई बाबुले यो काम गर र काममा देखिएको यो समस्यालाई यसरी पार लगाएस् भनेर सिकाउनुपरेको छैन, त्यसैले रमेशले गरेको काम ठीकै होला भन्ने विश्वास गर्छन् । त्यसैले उसलाई धेरै प्रश्न गरेर तनाव बढाउन बाबुलाई मन लाग्दैन । यद्यपि आजकाल रमेशको अवस्था भने ठीक नभएको प्रष्ट देखिन्छ तर उसको कार्यव्यस्तताको कारण बाबुले उसलाई आफ्नै बाबुले पनि लामो समयसम्म कुरा गर्न पाएका छैनन् ।

केही समयदेखि रमेश कामबाट फर्केपछि हाँसो, ठट्टा र रमाइलोभन्दा टाढै बस्न थालेको छ । पहिला उसको हाँसो रोक्नकालागिबाबुले ४÷५ पटकसम्म चेतावनीदिनुपथ्र्यो तर अहिले आएको र नआएको थाहापाउनउसको ओछ्यान हेर्नुपर्ने भइसकेको छ । रमेशलाई के भएको छ भनेर बाबुलाई चिन्ता परे पनिउनले घरका अरुसँग केही कुरा गरेका छैनन् ।

सायद कामको तनाव बढी भयो होलाभन्ने उनलाई लागेको हुनुपर्छ ।

बाबु घरमा आएको लामो समयसम्म पनि रमेश मौन छ र एकोहोरो टोलाइरहेको छ । बाबु झसङ्ग हुन्छन् । कहिलेकाहीँ रमेशलाई धेरै कराउँछस् ? भनेर हप्काउने गर्थे । रमेश नीति, संस्कार, सोच र भविष्यको योजना, ज्ञान विज्ञान जुनसुकै क्षेत्रमा पनि लामो समयसम्म तथ्य र विश्लेषण दिन सक्थ्यो । उसका कुराहरु सुन्न दिक्दार भएपछि बाबुले भन्ने गर्थे, “यो केटाको मुख कसैले थुनिदियो भने पनि अन्त कतैबाट बोल्छजस्तो लाग्छ मलाई …..”

आजको वातावरण बिल्कुल फरक छ । उसका सबै बोलीहरु हराएका छन् भने सधैं प्रसन्न मुद्रामा रहने मुहार निन्याउरो देखिन्छ र धेरै क्षेत्रमा एकैसाथ चल्ने उसको दिमाग एकोहोरो छ । “ओई सुन् त !, मलाई तेरो काकाको घरसम्म पु¥याइदे त ! अब तँ घरमै रहेछस्, म के गाडीमा गइराख्नु ? खोइ के काम पर्‍यो भन्दै थ्यो ।” रमेश केही बोल्दैन खालि मौन स्वीकृति दिन्छ । “ल ल छिटो गर्” बाबु हिँड्ने तयारी गर्छन् ।

रमेशको काकाको घर पुग्न त्यस्तै ३० मिनेट मोटरसाइकलमा लाग्छ । गाडीमा जाँदा एक घण्टाभन्दा बढी समय लाग्ने भएकाले रमेशलाई बाबुले आग्रह गरेका थिए । आज रमेश काममा नगएको मौका बाबुलाई मिलेको थियो । मोटरसाइकलमा घरबाट केही पर पुगेपछि रमेशले सोध्छ, “तपाइँलाई एउटा कुरा भनूँ ?”

“के कुरा नि !, तँलाई पनि थाहा नभएको भनेपछि गाह्रै कुरा रहेछ क्यारे…” बाबु ठट्टा गर्न खोज्छन् ।

“मन मार्नेलाई पाप लाग्छ कि लाग्दैन बुबा?” मधुर स्वरमा रमेशको प्रश्न सुनिन्छ ।

“उसको उत्तर सोझो ढङ्गले नदिने निष्कर्षमा पुगेका बाबुले भन्छन् – मन मार्ने अवसर कसैलाई दिनु नै हुँदैन । मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुपर्छ ।
“नियन्त्रणमा राख्ने भनेको के हो ?” आज त्यसै यो विषयलाई छाड्ने पक्षमा रमेश देखिँदैन ।

“नियन्त्रणमा राख्ने भनेको आफूले पाउने र पाउनका लागि योग्य भएको कुरामा मात्र आशा राख्ने र सही र गलतलाई राम्रोसँग बुझेर मात्र त्यसमा आफ्नो मन लगाउने नि”बाबु यस विषयमा खासै कुरा नगर्ने पक्षमा अडिग छन् ।

“त्यसो भए मन मार्नचाहिँ पाइन्छ ?”, रमेश ढिपी गर्न खोज्छ । बाबुलाई अलि अप्ठ्यारोमा परेजस्तो अनुभव हुन्छ र सहजै पन्छिने गरी भन्छन् – तँ आफैं सबै कुरा जानेको छस् त । अध्ययन गर् के रहेछ थाहा पाइहाल्छस् नि …….. !

अब रमेश चुप हुन्छ । उसलाई आफ्नो द्विविधा शान्त नहुने निश्चित हुन्छ । केही समयमा उनीहरु काकाको घरमा पुग्छन् ।

बाबु र काका आफ्नो कामको विषयमा कुरा गर्न थाल्छन् । रमेश भने मोबाइल र झोला कतै फ्याँकेर एकान्तमा टोलाइरहेको हुन्छ । यत्तिकैमा काकाकी छोरी ऋतुको आवाज आउँछ – दादा ! यो कसको फोटो नि ? उसले अघिदेखि नै रमेशको मोबाइल चलाइरहेकी थिई । उसले एउटा केटीको फोटो देखाउँछे, जुन केटीलाई रमेशले धेरै नै चाहन्थ्यो ।

“यो केटीले मलाई धेरै नै तनाव दिइसकी”, एक्कासी रमेशको यस्तो वाक्य फुत्किन्छ । धेरै कुरा बुझेको मान्छेको बारेमा कुरा गर्दा ऋतुको कहिल्यै नछुटाउने नाम हो – रमेश । त्यसैले रमेश उक्त केटीको प्रेममा छ पनि हुनसक्छ भन्ने कुरामा उसको ध्यान पनि जाँदैन ।

“अनि किन यस्को फोटो राख्नुभएको नि मोबाइलमा ?”, उसले फेरि प्रश्न गर्छे । “अँ….. त्यत्तिकै” रमेश त्यति राम्रो बोल्दैन ।

“यस्ता केटीहरुको फोटो राख्नुहुन्न मोबाइलमा…….. डुबाउँछन् यिनीहरुले……… मैले सबै फोटो डिलिट हान्दिएँ ।”

ऋतु अन्जान थिई कि त्यो फोटो उसको दाजुको मनमा कसैले पनि मेट्न नसक्ने गरी टाँसिएको थियो । रमेश बहिनीको यो कार्यमा कुनै हस्तक्षेप नगरी मनमनै भन्छ, “यो ग्यालरीको फोटोजस्तै मनमा सजाइएको कसैको याद पनि सहजै मेटाउन सक्ने भए संसारमा धेरै मानिसहरु सुखी हुन्थे होला …. ।।”

“दाइ म वाइफाइ अन गर्छु है हेर्नु न मेरो मोबाइल नै अस्तिदेखि बिग्रिरहेको छ भन्या …. ।” उसले अघिदेखि पछि लाग्नुको भेद खोल्छे । रमेश केही झस्किन्छ अनि अलि सम्हालिएर भन्छ,– खै ले म खोलिदिन्छु तेरो आईडी ।

रमेश आफ्नो मोबाइलका फोटोहरु हेरिसकेकी बहिनीले म्यासेन्जरको म्यासेज नदेखोस् भन्ने लाग्छ । उसले वाइफाइ अन गरेपछि सबैभन्दा पहिला उक्त केटीसँगको सबै कुराकानीहरु हटाउँछ र बहिनीले दाजुको यो कार्य हेरिरहे पनि तर केही प्रतिक्रिया दिन्न । म्यासेज डिलेट गरेपछि ढुक्क भएर मोबाइल दिँदै भन्छ – “मेरो आईडी अलआउट गर्, अनि चला ।”

मोबाइल हात लाग्ना साथ उसले सोध्छे – दादा अघि त्यो म्यासेज डिलिट गरेको केटीको नाम के रे ?

उसको प्रश्नको गलत उत्तर दिनु रमेशको लागि निरर्थक थियो किनकि उसले अघि नै उसको नाम देखिसकेकी थिई । उसले केही समय मोबाइल चलाएपछि फिर्ता दिँदै भन्छे, “दाइ मैले त्यो केटीलाई तपाइँको आईडीबाट ब्लक हान्देको छु है ।”

“किन ब्लक हानेकी त ? जान्ने भएर” रमेश रिसाउँछ ।

“यसले तनाव देकी छे भन्या हैन, अब ढुक्क भए हुन्छ, यसले सताउँदिन”, उसले सहज स्पष्टीकरण दिन्छे । रमेश केही बोल्दैन …… । “कुनै बाटोमा हिँड्दा अनावश्यक दुःख हुन्छ भने बाटो परिवर्तन गर्नु एकमात्र विकल्प हो…. यो तपार्इँकै नीति हैन दाजु ?” रमेशको मौनताको कारण बुझ्दै उसले थप्छे । “अँ हो, त्यस्तो केही छैन”, रमेश फिस्स हाँस्दै भन्छ ।
रमेश वास्तवमा दुःखी थियो । उसलाई त्यो केटीलाई ब्लक गर्दा निकै दुःख लागेको थियो तर केटीले उसलाई आजसम्म कसैले नगरेको बेवास्ताले उसको तनाव दिनानुदिन बढ्दै थियो । अब भने उसको लागि महत्वपूर्ण आधार मानिएका क्षेत्रहरुबाट केटीप्रतिको सम्बन्ध सकिइसकेको थियो ।

“सायद अब उसको संसार पनि ध्वस्त हुँदै छ् , पहिला मेरो प्रत्येक गतिविधिमा उसकै राज हुन्थ्यो, आज उसको स्थान केवल मनमा आएर अड्किएको छ ……. !”
रमेश पुनः टोलाउन थाल्छ,  “सायद, मायाको ह्यांगओभर यस्तै हुन्छ ।”

नवलपुरको देवचुलीमा बिहानै गैंडा आतंक,स्थानिय त्रसित

नवलपुरको देवचुलीमा बिहानै गैंडा आतंक,स्थानिय त्रसित –

कार्तिक-२४,आदर्श सुशील,देवचुली- देवचुलीको रजहरमा गैंडाको आक्रमणबाट ३ जना घाईते भएका छन् । एकाबिहानै मुण्डे क्षेत्रमा देखिएको गैंडा लक्ष्मीपुर हुँदै रजहर बजार क्षेत्रमा प्रवेश गरेको हो।बिहान करिब साढे दश बजे पछीको समयमा गैंडाले आक्रमण गर्दा देवचुली ७ बस्ने ५६ वर्षका गंङगा बाहादुर सोमै,१२ बजे देवचुली १६ रजहरमा ५५ वर्षका दल बहादुर परियार र देवचुली २ का १२ वर्षका कृष भण्डारीलाई आक्रमण गरेको प्रहरी कार्यलय रजहरले जानकारी दिएको छ ।

यसैगरी राजमार्गमा गुडिरहेको बा ७ च ५६ ५४ नम्बरको कारलाई पनि क्षति पुर्‍याएको छ । साथै गैंडाले गाईवस्तुलाई पनि आक्रमण गरेको छ। घाईतेहरुलाई प्राथामीक स्वास्थ चौकी दुम्कौली लगीएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको जनाईएको छ। बिहानै बस्ती पसेको गैंडा स्थानियको कोलाहलले हिंस्रक बनेको हो। गैंडा हाल निकुञ्ज क्षेत्रमा प्रवेश गरिसकेको छ।

 

आफ्नो सुन्दरताकै कारण वेश्या बनिन् संसारकी सबैभन्दा सुन्दर महिला

एजेसी। संसारकै सुन्दर महिला आफ्नो सुन्दरताकै कारण वेश्या बनेको सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ तर इतिहासका पानामा यस्ता अनेकौं घटना उल्लिखित छन् जसमाथि विश्वास गर्न मुस्किल पर्छ । इतिहासमा विश्वकै सबैभन्दा सुन्दरीको रुपमा उल्लेख गरिएकी आम्रपालीको कहानी यस्तै अविश्वसनीय छ । आम्रपाली इसापूर्व ६०० को आसपासमा वैशाली राज्यको राजकीय बगैंचामा जन्मिएकी थिइन् ।

आम्रपालीलाई इतिहासकै सबैभन्दा सुन्दर महिला मानिन्छ र भनिन्छ उनीजति सुन्दर कुनै अरु महिला छैनन् । आम्रपालीलाई जन्मिनासाथ उनका मातापिताले आँपको रुखमुनि छोडेर गएका थिए । यही कारण उनको नाम आम्रापाली रहन गयो । बगैंचामा आँपको रुखमुनि छोडिएकी बालिकालाई अर्का एक दम्पतीले फेला पारेर पालेका थिए । उनीहरुले नै बासलकाको नाम राखेका थिए ।

युवा अवस्थामा पुग्दा आम्रपाली निनकै सुन्दर भइन् । उनको सुन्दरताले संसारभरका मानिसहरु मुग्ध हुन थाले तर उनको लागि त्यही सुन्दरता नै सबैभन्दा ठूलो दुश्मन बन्न पुग्यो । आम्रपाली जब पूर्ण युवा अवस्थामा पुगिन् तब त्यस क्षेत्रका हरेक पुरुषले उनीसँग विवाह गर्ने चाहना राखे । आम्रपालीलाई पाउनको लागि पुरुषहरु एक अर्कासँग युद्ध गर्न थाले । आम्रपालीको सुन्दरताको चर्चा जताततै हुन थाल्यो र उनका मातापिताको लागि समस्या थपिँदै गयो किनकि जो कोहीले उनीहरुकी छोरीमाथि नजर गाडेर बसेका थिए ।

उनका मातापिताले बुझिसकेका थिए कि यदि उनीहरुले आम्रपालीको विवाह कुनै एक युवकसँग गरिदिएमा बाँकी सबै उसकै ज्यानको दुश्मन बन्नेछन् । यस्तो गम्भीर समस्याको समाधान गर्नको लागि उक दिन वैशालीमा सभाको आयोजना गरियो । हरेक किसिमले प्रयास गर्दा पनि यो समस्याको कुनै समाधान निस्किएन । अन्ततः सबैको सहमतिले आम्रपालीलाई वैशालीकी नगरवधू (वेश्या) घोषित गरियो । किनकि त्यहाँ यो बाहेक अर्को कुनै विकल्प थिएन ।यसरी एक सुन्दर युवती आफ्नो सहमतिबिना नगरवधू बनिन् र कैयौं वर्षसम्म वैशालीका मानिसहरुको मनोरञ्जन गरिरहिन् । उमेर ढलेपछि जब उनी वेश्यावृत्तिबाट वाक्क भइन् त्यसपछि उनले सबथोक त्यागेर बौद्ध भिक्षुणी बनिन् । त्यसपछि अहिलेसम्म पनि आम्रापालीलाई उनको सुन्दरताकै कारण वेश्या बन्नुपरेको विभिन्न ग्रन्थहरुमा उल्लिखित छ ।

 

लामो आयु र निरोगी जीवनको लागि ‘शाकाहार’ भोजन

दशैं सकिएको छ । तिहारको रौनकले घरआँगन रंगाइसकेको छ । दशैं र तिहारको दुई फरक विशेषता खानपानसँग जोडिएको छ । दशैंमा माछामासुको परिकार विशेष मानिन्छ । तिहारमा, मिठाई । दशैंमा जसरी हरेक भान्सामा खसीको पक्कु पाक्छ, उसैगरी तिहारमा सेलरोटी ।

तर, स्वास्थ्यका दृष्टिले माछामासु र मिठाइजन्य परिकार उति उचित मानिदैन । नियन्त्रित मात्रामा सेवन गर्दा त उति हानी नहोला, तर मिठो-मसिनो देखेपछि हामी मुख बार्दैनौं । मनलाग्दो खाइदिन्छौं । आखिरमा रोगग्रस्त बन्न पुग्छौं ।

खानपानसँग स्वास्थ्यको खास नाता छ । जस्तो खान्छौं, हाम्रो स्वस्थ्य पनि त्यस्तै हुन्छ । कतिसम्म भनिन्छ भने, खानपानले हाम्रो सोंच-चिन्तनलाई पनि प्रभावित बनाउँछ । त्यसैले त पूर्खाहरुले पोषणयुक्त, सुपाच्य र सन्तुलित खाना खानुपर्छ भनेका हुन् ।

खानपान र स्वास्थ्यको कुरा गर्दा मासुजन्य परिकार त्यती उपयुक्त मानिदैन । निश्चय पनि मासुमा केही किसिमका पोषक तत्व हुन्छन् । यद्यपी मासु बाहेकका खानेकुरामा पनि ति पोषक तत्व पाइन्छ । मासुजन्य परिकारले जिब्रोलाई त लोभ्याउँछ, तर पाचन यन्त्रलाई बोझिलो बनाउँछ ।

सामान्य अनुभव के गर्न सकिन्छ भने, मासु खाएको बेला हाम्रो पेट भारी हुन्छ । लामो समय हामीलाई भोक लाग्दैन । यसको सोझो अर्थ हो, मासुलाई पचाउने प्रक्रिया लामो हुन्छ । जब मासु खान छाड्छौं, शरीरमा बेग्लै ताजगी महसुष हुन्छ । फूर्ति आउँछ । पेट हल्का हुन्छ ।

पोषक-तत्व होइन, रोगको स्रोत

खासगरी हाम्रो सन्दर्भमा मासु पोषक तत्व भन्दा बढी रोगको स्रोत हो । हामीकहाँ कस्तो जनवार बध गरिन्छ, कसरी भण्डारण गरिन्छ भन्ने कुरामा खास चासो राखिदैन । जबकी कुनैपनि जनवार बध गर्नुअघि त्यो निरोगी हुनैपर्छ । जनवारलाई बध गर्ने विधी पनि उन्नत हुनुपर्छ । तर, हामी जस्तो पनि पशु बध गर्छौं, रोगी होस् वा निरोगी । बध गर्ने शैली पनि फरक छ । पशुलाई तड्पाएर वा दुख दिएर बध गर्छौं । यसरी मारिएको पशुको मासु खानु भावनात्मक हिसाबले मात्र होइन, बैज्ञानिक हिसाबले पनि उचित मानिदैन ।

मारिएको पशुलाई भण्डारण गर्ने तरिका पनि ठिक छैन । जथाभावी राखेर बिक्री गरिन्छ । जबकी मासु आफैमा यति संवेदनसिल कुरा हो, जसमा चाडै जीवाणु फैलन सक्छ ।

अक्सर हामी मासु पकाउँदा स्वास्थ्यलाई ख्याल गरेर होइन, स्वादलाई ख्याल गरेर पकाउँछौं । पर्याप्त तेल, मरमसला आदि मिश्रण गरेर पकाइन्छ । यसरी पकाएको खानेकुरा पाचन यन्त्रका लागि भार बन्छ ।

मांसहार घट्दैछ

अहिले विश्वमै मांसाहारको संख्या घट्दैछ । स्वास्थ्य र संवेदनाको ख्याल गर्दै धेरैले शाकाहार भोजनमा आफुलाई अभ्यस्त बनाइरहेका छन् ।

आखिर मासुजन्य परिकार छाडेर शाकाहार भोजन सेवन गर्दा के हुन्छ त फाइदा ?

जब हामी मासुजन्य परिकार त्याग गर्छौं, त्यसो प्रभाव तुरुन्तै अनुभव गर्न सकिन्छ । यसले सबैभन्दा पहिले त पाचन यन्त्रमा प्रभाव पार्छ । शाकाहार खानेकुरा सजिलै पचाइन्छ । पेट भारी हुँदैन । शाकाहार भोजन पचाउनका लागि शरीरले कम उर्जा खर्च गर्नुपर्छ ।

अहिले उच्च रक्तचाप, कोलोस्टोर, मोटोपन आदिमा मासुजन्य परिकार पनि एउटा कारण बनेको छ । जब मासुजन्य परिकार छाडिन्छ, यावत् रोगको भयवाट मुक्त भइन्छ ।

शाकाहार भोजनमा पानीको मात्रा अधिक हुन्छ, यसको सेवनले एन्टिअक्सिडेन्ट र भिटामिन प्राप्त हुन्छ । यसले छालाको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।

शाकाहारमा फ्याट र सोडियमको मात्रा कम हुन्छ । यसले उच्च रक्तचापको जोखिम कम गर्छ र रक्त प्रवाह राम्ररी गराउँछ । मासुजन्य परिकार त्यागेर सागसब्जी बढी सेवन गर्दा शरीरमा ब्लड सुगर लेभल पनि नियन्त्रण हुन्छ । अस्वस्थ्यकर मासु खाने व्यक्तिको तुलनामा शाकाहारी व्यक्तिको कोलेस्टोर एकदम नर्मल हुन्छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दीर्घ रोगहरुको जोखिममा हुँदैनन् । मांसाहारको तुलनामा शाकाहार व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुन्छ ।

के, किन खाने ?

– सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।

– फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।

– शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

– दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनिक भोजनमा दाल सामेल गर्न सकिन्छ ।

– हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ, यसमा फोलिक एसिड भरपुर मात्रामा पाइन्छ, जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।स्रोत अनलाइन खबर

मुख्यमन्त्री रार्इको समाचार लेख्दा अमेरिकामा कुटिए पत्रकार

काठमाडौँ,२४ कार्तिक –प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो ।

समाचारका अनुसार पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।

२१ जुवाडे पक्राउ
काठमाडौं,२४ कार्तिक- दाङ गढवामा गए राति एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो ।

गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो । पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को ९क० अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए।

त्यसैगरी प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची–७ भारती थोकबाट रु ६० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले शुक्रवार राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । जुवा खेल्ने बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए।

केही दिनअघि पनि प्रहरीले मेलम्ची–११ बाट छ जुवाडेलाई नगद रु ३४ हजारसहित पक्राउ गरेको थियो । आजसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई भोलि म्याद थपको लागि अदालत लगिने मल्लले जानकारी दिए। लाखौं रुपैयाँ तासमा हार्न थालेपछि घरकापरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा, तास खेल्ने सङ्ख्या वृद्धि भएको प्रहरीको भनाइ छ ।

तिहारमा ५० लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक- यस वर्ष तिहारमा जनकपुरमा ५० लाख बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब रु ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए।

भण्डारीका अनुसार धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख बराबरको फूल आयात गरिएको थियो भने यस वर्ष फूलको माग बढेको हो ।

पुष्प व्यवसायीका अनुसार यस वर्षको काग तिहार र कुकुर तिहारमा मात्र २५ लाख बराबरको फूल बिक्री भएको छ । धनुषामा यस वर्ष फूलखेती गर्ने किसान बढेको र फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौँदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए।

फूल व्यवसायी मालीले भने, “हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ, तर फूललको माग बढेपछि गेना (सयपत्री), रजनीगन्धा (गोदावरी), मखमली (सुपारी फूल) र गुलाब फूल बाहिरबाट मगाएका हौँ ।”

यहाँ भारतको कलकत्ता, पटना, सिलीगुडीबाट फूल आयात गरिने व्यापारी बताउँछन् । व्यापारीका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपरेको मालीको भनाइ छ ।

यस क्षेत्रमा रहेका जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधामलगायतका धार्मिक मठमन्दिरमा अन्य दिनमा पनि दैनिक २० देखि २५ हजार बराबरको फूल बिक्री हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताउनुभयो । उनले भने, “म जानकी मन्दिर तथा राम मन्दिरको फूल स्टलबाट दैनिक रु तीनदेखि चार हजारको फूल बेच्ने गर्छु ।”

यसरी बिक्रीको अनुपात हेर्दा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान लगाउन सकिन्छ । फूलमालाको माग राम्रो भएको हुँदा यहाँ स्थानीयस्तरमै पुष्पखेती व्यावसायिक रूपले गर्न सके पुष्पमा जनकपुरलाई आत्मनिर्भर बनाउन सकिने धारणा जिल्ला वनस्पती कार्यालयका प्रमुख ताहिर हुसैनको छ ।रासस

 

ट्याक्सी र जीप एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु, २ जना घाइते

सिमरा,२४ कार्तिक -बाराको निजगढमा ट्याक्सी र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको हो। मृतक सबै टयाक्सीमा सवार रहेका थिए।

आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाईते भएका छन्। घाईतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राती १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएको थियो। निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएको थियो।

ग्रामीण बाटो हुदै राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जीपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए।

सहचालक मृत फेला

धनगढी / धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिनुभयो । बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताउनुभयो । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।