उमेर अनि म-अर्जुन भुसाल

उमेर अनि म!! १
म उमेरको भए
कि उमेर मेरो?
सधै साथ छ
मित्रता गहिरो
समय हाम्रो सेतु,
घडीका सुइ जसरी
म पनि घुमिरहे,
कँहा पुगे भनौ
फर्केर उही अाइपुगे।
जाँहा छोडे प्रश्न
त्यही उभिएका छन,
तर म अझै उस्तै
निर उत्तर हिजो
निर उत्तर आज,
न उमेर मेरो रहयो,
न म उमेरको नै।
अब जित्दै छ
उमेरले,
उत्सव मनाउदै
मलाइ गिजाउँछ,
हा! यो दौड,
अब ब्यर्थ लाग्दै छ,
अब आफ्नो हार पनी
विस्राम लाग्दै छ,
न रहेछ उमेर मेरो,
न म उमेरको नै।

आहा! म त गिद्द भएछु-२
म गिद्द भएछु
मलाइ सिनो मनपर्छ,
आफुलाइ शिकारी सम्झन्छु
तर म गिद्द भएछु।
लाचार लास देख्दा
मेरो रयाल निस्किन्छ,
म प्यास रोक्न सक्दिन,
म लास माथि झम्टिन्छु,
हो! म साचै गिद्द भएछु।
जब सिनो चिरा चिरा पर्छ
चोपटा निचोर्दा रस निस्किन्छ
मलाइ राक्षस चड्छ,
भोक कसिएर अाउँछ,
अनि म गिद्द हुन्छु।
मान्छे हुन गार्हो रहेछ,
माया, करुणा, सम्वेदना,
त्यसैले त म सिनो खान्छु
न प्रेम, न भावना, न शोक
केवल छ त नमेटिने भोक,
आहा! म त गिद्द भएछु।

हरि !३
निन्द्रा मेटिन्छ कि?
सपना टुट्छ कि?
खोज्दै छु मन्तर
कतै हरि भेटिन्छ कि?
हारमा हराउछु,
जितमा रमाउछु
छिनमै खुशि,
छिनमै आँसु,
मन नदि सङै बहन्छु,
पिडामा चुपचाप कराउँछु।
पिडा मेटिन्छ कि?
नदि रोकिन्छ कि?
खोज्दै छु मन्तर
कतै हरि भेटिन्छ कि?
‘अर्जुन भुसाल’

चीनको ग्रेटवालका भित्तामा भेटियो नेपाल र नेपाली गौरव ‘रञ्जना लिपि’को नेपाल भाषाका शब्दहरु

लक्ष्मी लम्साल -हरेक यात्राहरूमा केही न केही नटेकिएका गन्तव्यहरू हुन्छन्, जसबारे यात्रु स्वयं अनभिज्ञ हुने गर्दछन्। दार्शनिक मार्टिन बुबरको यो भनाईलाई अचेल प्रविधिको दुनियाँले हदैसम्म चरितार्थ गरेको छ। घुमघामलाई तस्वीर खिच्ने अवसर ठान्ने प्रवृत्तिले ‘कैयन् पुस्तक पढ्नुभन्दा धेरै ज्ञानोपयोगी हुने’ भनिएका भ्रमणहरू ओझेल पर्दै गएका छन्।

पाँचौदेखि १६औं शताब्दी लामो कालखण्ड लगाएर बनाइएको चीनको ग्रेटवाल पुग्ने चाहना संसारका कुनै पनि मानिसको हुन्छ। तर त्यहाँ पुगेका अधिकांश मानिसले लामो र अग्लो पर्खाल मात्रै देख्छन् र सकेसम्म पुरै पर्खाल आउने गरी तस्वीर खिच्न खोज्छन्।

बेइजिङमा रहेको ग्रेटवालमा पटक पटक पुग्ने मौका पाएपनि कहिल्यै संस्कृतमा कुँदिएका बुद्धसूत्र देख्ने अवसर मिलेको थिएन। हुन त समय छ, अझै पनि संभावना होला। तर यो पछिल्लो यात्रापश्चात् थाहा भयो, नेपालीले गर्वले छाती फुलाउने एउटा ठाउँ पनि रहेछ ग्रेटवाल सम्पदामा।
चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले संचालन गरेको ‘ग्रेटवालको सेरोफेरो’ विषयक प्रतियोगिताको चौथो तथा अन्तिम चरणको नतीजा सार्वजनिक गर्नका लागि चीनको बेइजिङ नगरपालिकाबाट ६० किलोमिटर टाढा पर्ने च्वीयुङक्वान, ग्रेटवाल पुग्दा थाहा भयो, बेइजिङको अर्को एउटा स्थानबाट पनि ग्रेटवाल चढ्न सकिने रहेछ। मु थ्यान यू, पातालिङपछि च्वीयुङक्वान मेरो लागि ग्रेटवाल चढ्ने अर्को नयाँ प्रवेश नाका बनेको थियो।

सन् १९८७ मा युनेस्को सम्पदामा सूचीकृत ग्रेटवाल विश्व सांस्कृतिक धरोहर त हुँदै हो, चीनको महत्वपूर्ण पूरातात्विक सम्पदा पनि। ग्रेटवालको कूल लम्बाइ २१ हजार १९६.१८ किलोमिटर छ। ग्रेटवालले चीनका १५ प्रान्त र स्वायत्त प्रदेशहरू छोएको छ। हपै, पैचिङ, थ्यानचिन, वल्लो शान्सी, पल्लो शान्सी, कान्सु, भित्री मंगोलिया, हैलुङच्याङ, चिलिन, ल्याउनिङ, शानतोङ, हनान, छिङहाइ, निङ्स्या र सिन्च्याङ। तर नेपाली मात्रैले गर्व गर्न लायकको ठाउँ चाहिं च्वीयुङक्वान नै हो।

शीतल पवन एकोहोरो बहिरहेको अक्टोबर १० तारिखको बिहान १० बजेतिर हामी चढेको जीप निर्धारित स्थलनेर रोकियो। ४० युआनको टिकट काटेपछि पर्खाल चढ्ने क्रम शुरू भयो। झण्डै ८०–८५ डिग्रीको ठाडो उकालो उक्लेपछि पर्खालको समथर सतह आयो, त्यहाँबाट सुस्ताउँदै चारैतिर नियाल्ने हो भने ग्रेटवालको मुन्तिरका ठाउँहरू पनि देखिन्छ। ग्रेटवाल पार गरेर मुन्तिरबाट निरन्तर सवारी साधन कुदिरहेका हुन्छन्। नजीकै विशाल दह छ, वारिपारी अग्ला अग्ला पहाड छन्। नागवेली पर्खालहरू पहाडी चुचुरातर्फ दगुरेजस्तो गरी उक्लिएका छन्। अनि बेतोडसँग हावाको सिर्सिराहट अविच्छिन्न चलिरहेको महसुस हुन्छ।

प्राचीनकालमा सुरक्षा रणनीति अनुरूप बनाइएका साना साना लुक्ने कुनाकाप्चाहरू छन्। त्यस्ता केही छत भएका साना साना थुम्का जस्ता कुनाहरू छिचोलेर ओर्लिँदा पर्खालकै भित्री भागमा पुगिन्छ। पर्खालको दाहिने भागमा युनथाइ प्रवेशद्वारजस्तो स्तम्भ देखिन्छ। केही अध्ययनको ध्येय नलिएर यात्रा गरिरहेको यात्रुले त्यो अर्ध वृत्ताकार विशाल स्तम्भ हेर्छ, भित्तामा कोरिएका केही अजंग, भयानक तस्वीरहरू पनि देख्छ र केही फोटो लिएर यात्रा टुंग्याउँछ। तर सूचनापाटीमा ध्यानपूर्वक जानकारी लिएर स्तम्भका भित्ताहरूमा आँखा गाड्यो भने धेरै कुरा देख्न सक्छ।

झण्डै साडे ९ मिटर उचाई, प्रस्तरबाट निर्मित प्रवेश द्वारका भित्ताहरूमा बुद्धमूर्ति र सूत्रहरू देखिन्छन्। चरा, ड्रागन, ह्वेल, कुमार किशोर, जनावर, अजङ्गको हात्ती लगायत भित्तामा कुँदिएको भेटिन्छ। युआन राजवंशकालको तिब्बती बुद्धिज्म छ त्यहाँ। सूचनापाटीमा लेखिएको छ– प्राचीन संस्कृत, तिब्बती, फाग्पा, युगुर, पश्चिमी (१०३८–१२२७) स्या शासनकालको भाषा र हान भाषामा बुद्ध मन्त्रहरू कुँदिएका छन्। स्वर्गका राजाको मूर्ति प्रष्ट देखिन्छ। स्वर्गका राजाले बुद्ध नै बुद्धको वस्त्राभूषण लगाएका छन्। सर्प, अस्त्र, बज्रका आकृति पनि छन्। हान जातिको पहिरन लगाएकी महिला र वरिपरि ग्रेटवाल बाहिरका जातिका मानिसहरूको प्रकृति छ।

यो च्वीयुङक्वान, युनथाइ बेइजिङको छाङफिङ जिल्लास्थित दक्षिणी मोहडातर्फ अवस्थित छ। युनथाइमा कुँदिएका तस्वीर र लिपिहरूले तत्कालीन राजाहरूको आध्यात्मिक जीवनशैलीको झल्को दिन्छन्। युनथाइ, तत्कालीन विश्वको सबैभन्दा पूरानो र सबैभन्दा ठूलो टावर थियो। युआन राजवंश कालमा बाटोमा यस्तो टावर बनाइएको थियो ताकि सर्वसाधारणले कल्याणका खातिर बुद्धको पूजा गर्न सकून्। सम्राट युआनशुनको पालामा सन् १३४२ मा ५ वर्ष लगाएर यसको स्थापना गरिएको थियो
१२४४ देखि १३०६ को अवधि नेपाली कलाकार अरनिकोको कलाप्रभावको युग थियो। उनले तिब्बत हुँदै चीनभरि बौद्ध धर्म, प्यागोडा शैलीका साथै रञ्जना लिपिको पनि प्रचार गरेका थिए। युनथाइमा तिब्बती बुद्धिज्म र रञ्जना लिपिको विश्लेषण गर्ने हो भने उनकै प्रतापले यस्तो लिपि कुँदिएको निष्कर्षमा पुग्न सकिन्छ।

सम्बन्धित स्थानमा नपुगेका मानिसहरूले ‘संस्कृत लिपि’ भन्ने सूचनामाथि भरोसा गर्न सक्छन्। तर त्यो संस्कृत लिपि भने पक्कै होइन। हुन त अनुसन्धान गर्दै जाँदा संस्कृत भाषामा कुँदिएको सूत्र ग्रेटवालका भित्तामा कहीं कतै भेटिएला। संस्कृत भाषा देखिएपछि नेपालीले मात्रै हैन, भारतीयहरूले पनि गर्व गर्न पाउँछन्।

च्वीयुङक्वानको युनथाइमा देखिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि त नेपाली मात्रैले एकलौटी रूपमा गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट नेपाल–चीन सम्बन्धमा थप आयाम पनि कोर्न सकिन्छ। -नेपालखबरबाट सभार

ताइवान रेल दुर्घटनामा १७ जनाको मृत्यु

यिलान, ताइवान / ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् ।ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ ।

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् ।उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ ।

स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् ।राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् ।

यो पनि पढ्नुहोस्
अमेरिकामा माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो
वासिङ्टन / अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ ।

फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो । फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो । यहाँ १३ जनाभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।

प्रियंकाको बिहेमा भिनाजु निकसँग करोडौं लिँदै परिणीति ! कति छ माग ?

अभिनेत्री प्रियंका चोपडाको बिहेको तयारी सुरु भएको छ । यसका साथै रिपोर्टसका अनुसार प्रियंका र निक जोनसको बिहेको मिति पनि सार्वजनिक भएको छ । अभिनेत्री प्रियंकाकी बहिनी तथा अभिनेत्री परिणीति चोपडा पनि निकै उत्साहित मुद्रामा देखिरहेकी छन् । परिणीतिले जुत्ता लुकाईमा भिनाजु निकसँग भारी रकम माग्ने कुरा गरेकी छन् । अभिनेत्री परिणीतिले आफ्नो हुनेवाला भिनाजु निकसँग धेरै पैसा मागेकी छन् ।

बलिउड हंगामाका अनुसार अभिनेत्री परिणीतिले जुत्ता लुकाई परम्पराको लागि भिनाजु निकसँग ३७ करोड भारुको माग गरेकी छन् । इन्टरभ्युको दौरानमा परिणीतिले भनेकी छन्, ‘दुई दिनअघि म निकसँग बसेकी थिए । मैले उनलाई भनेकी छु, अब ठूलो रकम तयार पार्नुपर्छ । मैले ६ मिलियन डलर (३७ करोड भारतीय रुपैया) भनेकी छु । तर निकले जवाफमा हाँस्दै भने १० डलर ।’

परिणीतिले थपिन्, ‘प्राइज मैले भन्दा निकलाई गाह्रो लागिरहेको थियो, तर मैले धेरै भन्दा धेरै पैसा माग्ने कोशिस गर्नेछु । म निकको असल साली बन्न चाहन्छु ।’ यता टाइम्स अफ इण्डियाको रिपोर्टका अनुसार डिसेम्बर २ तारिखका दिन प्रियंका र निक वैवाहिक बन्धनमा बाँधिनेछन् । यो विहेको समारोह जोधपुरमा तीन दिनसम्म चल्नेछ । यो ३० नोभेम्बर देखि २ डिसेम्बरसम्म चल्नेछ ।

प्रियंका र निकले जोधपुरको एक आलिशान महलमा विहे गर्नेछन् । समाचारमा आए अनुसार बिहेको लागि निक भारत आइसकेका छन् । यसका साथै निक र प्रियंका दुवैले आफ्नो बिहेको लागि ठाउँ तयार गरेका छन् । यो जोडी एक अर्काको परिवारसँग राम्ररी घुलमिल गरिसकेका छन् । गत अगष्ट १८ तारिखका दिन भारतीय पराम्परा अनुसार यो जोडीले इन्गेजमेन्ट गरिसकेका छन् । यो समारोहमा निका आमा बुबा पनि उपस्थित भएका थिए । यो जोडीले एक अर्कासँग लामो समय बिताइसकेका छन् । एजेन्सी

सुगर रोगलाई लाभदायक छ यो फल , विशेषताहरु पढ्नुहोस

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ । हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।

जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ । मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ । जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ ।

मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गर्रिको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो । जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।एजेन्सी

चालक निदाउँदा नवलपरासीमा बस दुर्घटना, ५ को मृत्यु

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको अनियन्त्रित हुँदा सडकबाट तल खसेको हो ।

प्रहरीका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ यात्रु बोकेको थियो ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ ।

जमिन र पानी दुवैमा चल्ने विश्वकै सबैभन्दा ठूलो विमान बनायो चीनले

काठमाडौं । चीनले बनाएको विश्वको सबैभन्दा ठुलो जमिन र पानी दुवैमा चल्ने विमानले आफ्नो पहिलो उडान भरेको छ । शनिबार चीनको उक्त विमानले आफ्नो पहिलो उडान भरेको हो ।

अहिले चीनले निर्माण गरेको यो विमानको क्षमता १२ घण्टाको रहेको छ ।

चीनको यो विमानको नाम एजी६०० दिइएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार शनिबार हुबेई प्रान्तको जिङमेनमा ल्याण्ड गराइएको थियो ।

यस महिनाको सुरुवातमा यो विमानको परीक्षण पानीमा पनि १४५ किलोमिटरको गतिमा गराइएको थियो ।

यो विमानको प्रयोग सामुद्रिक घटनाहरुको उद्धारका लागि प्रयोग गरिने बताइएको छ । यो विमानको पहिलो परीक्षण गत डिसेम्बर महिनामा गरिएको थियो ।

यो विमानको पहिलो परीक्षणयता आठवटा गरिएको थियो । पानीमा गरिएको परीक्षणको क्रममा यसको गति ८० तथा १२० किलोमिटर प्रतिघण्टाको रहेको थियो । एजेन्सी

यो पनि पढ्नुहोस्

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो, १४२ घाइते

काठमाडौं । भारतको पञ्जाबको अमृतसारमा भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । सो दुर्घटनामा परी  थप १४२ जना मानिसहरु घाइते भएका छन् । रावण दहन कार्यक्रम हेर्न पुगेका उनीहरु रेल दुर्घटनामा परेका हुन् । पटकाको ठुलो आवाजको कारण रेलको हर्नको आवाज नसुनिएको कारण यो दुर्घटना भएको बताइएको छ ।

कार्यक्रम हेरिरहेका मानिसहरु भएको स्थानमा दुई रेलहरु अगाडि पछाडिबाट एकै समयमा आएका थिए जसको कारण धेै मानिसहरुको ज्यान गएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा धेरै मानिसहरु उत्तरप्रदेश–विहारका मानिसहरु रहेको बताइएको छ । रावण दहन कार्यक्रमको लागि पर्याप्त स्थान नरहेको कारण मानिसहरु रेलमार्गमा बसेर कार्यक्रमको भिडियो बनाइरहेका थिए ।

प्रशासनको लापरबाही 

स्थानीय मानिसहरुले यो दुर्घटना हुनुमा प्रशासनको लापरबाही प्रमुख कारण रहेको बताएका छन् । प्रशासनले कार्यक्रमको लागि कुनै राम्रो व्यवस्था नगरेको आरोप लगाएका छन् । यहाँसम्म कि उनीहरुलाई कार्यक्रम भइरहेको समयमा रेल आएको सूचना दिने घण्टीको पनि व्यवस्था गरिएको थिएन । रेलमार्गभन्दा केवल २०० फिट पर रावणको पुत्ला जनाउने काम भइरहेको थियो । कार्यक्रम विना कुनै इजाजत भइरहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि पनि निकै ढिलो गरी पुगेको कारण कार्यक्रम ढिलो सुरु भएको थियो र अध्याँरोमा यो दुर्घटना भएको हो । यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा नवजित सिद्धुकी श्रीमती अवजोत कौरलाई बोलाइएको थियो ।

दुर्घटना भएपछि नवजोत कौरले रातभर अस्पतालमा बसेर घाइतेहरुको अवस्था निरीक्षण गरेकी थिइन् । स्थानीयले प्रशासनको लापरबाहीको कारण यो घटना भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । भारतीय प्धानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सबै निजी र सरकारी अस्पताल खुला रहने 

पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द सिंहले यो घटनामा दुःख व्यक्त गर्दै सबै निजी र सरकारी अस्पताललाई खुला राख्न निर्देशन दिएका छन् । साथै उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई ५/५ लाखको क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यो दुर्घटनामा घाइते भएका १४२ जनाको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

कमजोरी कसको ? 

यो दुर्घटनामा सबैभन्दा पहिलो कमजोरी आयोजकको देखिएको छ । आयोजकले कार्यक्रमको लागि कुनै लिखित अनुमति लिएका थिएनन् । त्यसका साथै प्रहरीको पनि यो घटनामा कमजोरी देखिएको छ । यो कार्यक्रमा चार हजारभन्दा बढी मानिसहरु आउने पक्का थियो तर प्रहरीले सुरक्षाको खासै तयारी गरेको थिएन । नवजोत कोर १ घण्टा ढिला गरी कार्यक्रममा पुगेकी थिइन् । यदि उनी समयमा नै कार्यक्रममा पुगेको खण्डमा कार्यक्रम छिटै सकिएर यो दुर्घटना टर्न सक्थ्यो ।

रेल प्रशासनलाई पनि रेलमार्गको किनारामा यो कार्यक्रम हुन्छ भन्ने जानकारी थियो । यसका बाबजुद पनिकुनै सूचना जारी गरिएन, जसको कारण रेल निकै तफ्तारमा चलाइयो । जसको कारण ब्रेक लगाउने समयमा पनि भएन र निरीक्षक पनि सतर्क थिएनन् । त्यसका साथै यसमा सरकारको पनि ठुलो कमजोरी रहेको बताइएको छ । वर्षेनी हुने यस किसिमको कार्यक्रमको कुनै विवरण तयार नगरिएको र यसको लागि कुनै छुट्टै मैदानको व्यवस्था नगरिएको कारण यो दुर्घटना भएको हो ।  एजेन्सी

 

ज्योतिषशास्त्र अनुसार यस्तो ठाउँमा कोठी हुने व्यक्ति हुन्छन् भाग्यमानी !

मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन् । तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ । ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ ।
हत्केलाको कोठीः

हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

नाकमा कोठीः

नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

चिउँडोमा कोठीः

चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

पिठ्युँमा कोठीः

जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।

 

निदाएको बेला एेठन हुन्छ ? कतै तपाईलाई यस्तो त भएको छैन ?

एजेन्सी । तपाईंलाइ कहिलेकाही यस्तो अनुभव भएको छरु तपाईं निदाइरहेको भएको छ तर वरिपरी के भैरहेको छ सबै निद्रामै सुन्न सक्नुहुन्छ ? के तपाईंलाइ यस्तो महसुस भएको छ की तपाईं निद्रामा हुनुहुन्छ र तपाईंलाइ सासै फेर्न गाह्रो हुनेगरी कसैले दबाइरहेको छ ?

के तपाईंलाई निद्रामा यस्तो लागेको छ की तपाईंले सबै कुरा देख्न सुन्न सक्नुहुन्छ तर तपाईं आफ्नो हात खुट्टा चलाउन सक्नुहुन्न किनकी तपाईंलाई कसैले दबाइरहेको छ ?

आजसम्म तपाईं कहिल्लै पनि त्यो ठाउँमा जानुभएको पनि छैन र त्यो काम गर्नु भएको पनि छैन तर तपाईंलाई त्यो ठाउँ पहिल्यै देखे जस्तो लाग्छ त्यो काम पनि पहिल्यै गरे जस्तो लाग्छ वास्तबमा त्यो तपाईंले पहिलो पटक गर्दै हुनुहुन्छ ?

के हो ऐठन ? नेपालीमा ऐठन भनेको के हो त ? त्यसको बारेमा यहाँ केही बैज्ञानिक कारणहरु यस्ता छन । ऐठन भनेको अस्थाई रुपमा निदाउदा आफ्नो शरीर चलाउन र बोल्न नसक्नु हो ।

यति बेला तपाईले वरपराका कुरा देख्नु हुन्छ महसुस गर्नु हुन्छ तर तपाईं चल्न र बोल्न सक्नु हुदैन । डर त त्यही बेला लाग्छ जब तपाईको दिमागले तपाईले सानोमा सुनेको भुत प्रेत आफ्नो आगाडी या आफू माथी कल्पना गर्छ ।

जसलाई हामी बैज्ञानिक भाषामा Hllaucination भन्ने गर्छौ । यो जति सुकै भयानक भएता पनि यसले कुनै हानी भने गर्दैन ।

ऐठन प्रय २ देखि ७ मिनेटको समय सम्म हुने गर्छ तरकसैकसैलाई यो रातभरी पनि हुन सक्छ । कसैलाई जिवनकालमा एक या दुई चोटीमात्र हुन्छ र कसैलाई केही समयको अन्तरालमा भैरहन्छ ।

प्राय निधाउन लाग्दा र निन्द्रा खुल्ने समयमा ऐठन भएको पाईन्छ । तपाईं यदि धेरै रात सुत्नु भएन दिनमा मत्रै सुत्नु भयो अनि अचानक निकै समय १र२ हप्ता पछि रातमा सुत्नु भयो भने पनि यसको सम्भावना बढेर आउँछ ।

यसको कारणः रातमा तपाईको शरीरले तपाईलाई निन्द्रामा हिड्न बाट रोक्नको लागि एउटा अजझष्अब िबनाउछ र तपाईंको दिमाग तपाईको शरीरको सहकार्यमा निदाउछ । तर यदि तपाईं केही मानसिक तनाब या दिमागमा निकै कुरा खेलाउदै निदाउनु हुन्छ भने तपाईको दिमागको एउटा सानो भाग बिउझन्छ र शरीर चलाउन खोज्छ तर शरीरले बनाएको त्यो अजझष्अब िले हामीलाई उठ्न दिदैन । त्यसैकारण एठन हुने गर्छ ।

ऐठन मान्छे मान्छेमा फरक हुन सक्छ । कसैले आवाज कल्पना गर्न सक्छन भने कसैले आफ्नो अगाडि या आफ्नो छातीमा कसैलाई महसुस गर्न सक्छन ।

ऐठन हुदा हामी भुत प्रत अगाडि पाउछौ र मन मनै भगवानको प्राथना गर्न थाल्छौ किनकि हामीलाई सानैबट सिकाईएको छ कि हामीलाई नोक्सान भुत प्रेतले गर्छ र हामीलाई भावानले बचाउछ । हाम्रो दिमागले पनि त्यही कल्पना गर्छ ।

ऐठनले तपाईलाई पनि भएको छ भने डराउनु पर्दैन यो कुनै भुत प्रेतको प्रभाब होईन न त मानसिक रोगनै हो । यो १०० मा ९८ जनालाई हुने नै गरेको पाईन्छ । तर यदि तपाईलाई हरेक रात झै एठन हुन्छ भने तपाईले एकपल्ट डाक्टर संग सम्पर्क गर्दा राम्रो हुन्छ । डाक्टरले तपाईलाई कसरी निदाउन सकिन्छ भनेर पुर्ण सहयोग गर्न सक्नु हुन्छ ।

शरीरमा रगतमा अक्सिजन को मात्रा कम हुँदा मस्तिष्कमा अवरोध उत्पन्न् हुनाले मन्सपेसी को नियन्त्रण गुम्दा अबचेतन अवस्थाको शृजना भइ त्यस्तो अनुभुती हुन्छ । अर्धचेत अबस्थामा मानिसको उर्जा अनियमित र क्रम भङ्ग को रूपमा बिचरण गर्ने हुंदा अनौठो अनौठो अनुभुती हुन्छ ।

शरिर सुतेपनि मन अर्धचेत अवस्थामा डुलिरहन्छ जव मान्छे मनोवल कमजोर भई आत्तिन्छ सो अवस्थामा शरिरमा पुग्नुपर्ने अक्सिजन पुग्दैन् तसर्थ कमजोर हुन्छ अर्धचेत र कमजोरीमा त्यस्ता खराव तत्व प्रवेश गरेर आक्रमण हुन्छ र ऐठन हुन्छ । किनकी मान्छेको शरिरमा सबै तत्व मिलेर रहेको छ । डर, त्रास कमजोरी मान्छेमा जन्मजातै छ ।

यसलाई रोक्नको लागिः १. मानसिक तनाब लिएर बिस्तारमा नजानु होला । यदि केहि मानसिक तनाब छ भने नुहाएर सुत्नु राम्रो हुन्छ । २. सुत्नु अघि मोबि, दूध या प्रयाप्त पानी पिएर निदाउनुले एठन रोक्न सक्छ । ३. सबै भन्दा राम्रो केही पढ्दै निदाउनु हुन्छ प्राय मान्छेहरु पढ्दा निदाउछन र दिमाग पनि अन्तै केन्द्रीत हुन्छ ।

राती तपाईलाई भयो र तपाईं बिउझनु भयो उठेर लामो सास लिनुस, बत्ती बाल्नुस, पानी पिउनुस, झ्याल खोलेर चिसो हावा लिनुस आफुलाई सम्झाउनुस यो केवल दिमागको खेल हो र यो रातमा एक पल्ट मत्रै हुन्छ भनेर । अनि आफू तयार भए झै लागे पछि आराम साथ निदाउनुहोस ।

जापानले ल्यायो ड्राइभर बिना नै चल्ने ट्याक्सी

अब जापानका व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् । विश्वमा अहिले सम्म स्वचालित ट्याक्सी नभएको बेला जापानको टोकियोका व्यस्त रोडहरुमा यस्ता ट्याक्सी चल्न थालेका छन् ।

जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहने निर्माता कम्पनीले जनाएको छ । यसको निर्माता कम्पनी डेभलपर भेन्चर कम्पनी जेएमपी इंक र ट्याक्सी कम्पनी हिनोमारु कोत्सुले स्वचालित ट्याक्सी विश्वमा नै पहिलो भएको बताएको छ ।

दुई हप्ताको परीक्षणपछि सोमबारबाट सुरु गरिएका यस्ता ट्याक्सी अब टोकियोका व्यस्त सडकहरुमा चल्ने भएका छन् । परीक्षणको बेला सम्भावित जोखिमलाई ध्यान दिई ड्राइभर बसे पनि ड्राइभरले केही गर्नुपरेको थिएन । उक्त प्रयोगपछि निर्माता कम्पनी ट्याक्सीलाई व्यस्त सडकमा आरामले चलाउन सकिनेमा ढुक्क छन् ।

जापानमा कामदारको अभाव बढिरहेको बेला यस्ता ट्याक्सी फाइदाजनक हुने बताइएको छ । ट्याक्सीको ढोका खोल्नको लागि एक मोबाइल एपको प्रयोग गर्नुपर्ने र प्रति यात्रु १५ सय येन अर्थात १३ डलर तिर्नुपर्ने छ । इताजाखबरबाट

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
कार्तिक 04 देखि कार्तिक 10 सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरु पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केहि लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– जोस र जागर बढ्नेछ भने ठूलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरु पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केहि मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ। पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन्। मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा.गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउँछिन। अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उनको भनाइ छ।

मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ।

रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उनले सुझाव दिए।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्छ। त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन्।

अलग-अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ। धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन्।

सोही अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउँछन्। चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उनको सुझाव छ। विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन्।चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन्।

अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताउँछन्। राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने उनको भनाइ छ। पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उनी यस्ता खानेकुरा नखान सुझाव दिन्छन्।

पशुजन्य स्रोतबाट प्राप्त बोसोले मानिसलाई मोटोपन बढाएर स्तन र पेटको क्यान्सर बनाउन सक्ने प्रमुख शिवाकोटी बताउँछन्। खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उनको सुझाव छ।

पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भावना देखिएको छ। यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन्। नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ।

चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ।दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ। मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन्।

मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ।

भरतपुर अस्पतालका डा.भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउँछन्। हामीले मासु खानैपर्दा ताजा नै खानुपर्ने उनको सुझाव छ। मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ। यी दुबै तरिका हानिकारक हुने उनको भनाइ छ।

फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै उनी भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउँछन्।

डा.अधिकारी भन्छन्, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ।” अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उनको भनाइ छ।

बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उनको सुझाव छ।

तपाईको घुर्ने समस्या छ ? छुटकारा पाउन अपनाउनुहोस् यि उपाय !

काठमाडौँ, २ कार्तिक -सुतेको समयमा मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । घुर्ने समस्याबाट अधिकांस व्यक्ति पीडित बनेका छन् । सुतेको समयमा गलाको पछिल्लो भाग थोरै सांघुरो हुन्छ । यस कारण अक्सिजन सांघुरिएको ठाउँमा पुगेपछि कम्पन हुन्छ । र यो कम्पनबाट निक्लिने आवाजलाई नै घुर्ने भनिन्छ । एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका यी घुर्नुको केही कारणहरु हुन्।

सुतेको समयमा मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । घुर्ने समस्याबाट अधिकांस व्यक्ति पीडित बनेका छन् । सुतेको समयमा गलाको पछिल्लो भाग थोरै सांघुरो हुन्छ । यस कारण अक्सिजन सांघुरिएको ठाउँमा पुगेपछि कम्पन हुन्छ । र यो कम्पनबाट निक्लिने आवाजलाई नै घुर्ने भनिन्छ । एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका यी घुर्नुको केही कारणहरु हुन्।

मनलाई शान्त राख्नुहोस्
घुर्ने समस्या भएका व्यक्तिहरुले रातको समयमा सुत्ने बेलामा मनलाई शान्त र दिमाखबाट बाहिरी कुराहरुलाई हटाउनु आवश्यक छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त गराउनु पहिलो शर्त हो।

भरपूर पानी पिउनूस्
शरीरमा पानीको कमी हुँदा पनि घुर्ने समस्या हुन्छ। जब शरीरमा पानीको कमी हुन्छ तब नाकको बाटोमा सुख्खा हुन्छ। यसले गर्दा हावाको गतिलाई श्वास संयन्त्रमा पुग्न समस्या हुने र श्वास लिन पनि कठिन हुने भएकाले घुर्ने समस्या देखिन्छ। यस कारण स्वस्थ रहन र घुर्ने समस्या अन्त्यका लागि दिनभर भरपूर पानी पिउनूस्।

शरीरको तौल कम राख्नुस्
अधिकांस मोटो व्यक्तिहरु घुर्ने समस्याबाट पीडित हुन्छन्। गलाको आसपास बासो युक्त कोशिका जम्मा हुने भएकाले घुर्ने समस्याले सताउने गर्छ। यस कारण घुर्ने समस्या अन्त्य गर्न चाहानु हुन्छ भने आफ्नो शरीरको तौल कम बनाउनुस्।

धुमपानबाट बच्नुहोस्
धुमपान गर्दा घुर्ने समस्या अधिक हुन्छ। धुमपानले वायुमार्गको झिल्लीमा असर पुर्याउने गर्छ। यसले नाक र गलामा हावा जानबाट रोक्छ। यस कारण घुर्ने समस्याबाट मुक्त हुन चाहानु हुन्छ भने धुमपान त्याग्नुस्।

निन्द्रा लाग्ने औषधि सेवन नगर्नुस्
निन्द्रा लाग्ने औषधिले मांसपेशीमा नकारात्मक असर पार्छ । सुत्नका लागि मादक पदार्थ, निन्द्रा लाग्ने औषधि या अन्य कुनै औषधिको प्रयोग नगर्नुस् । किन की यसले घुर्ने समस्या निम्त्याउँछ।

सुत्ने समय
घुर्ने समस्या हटाउनका लागि नियमित रुपमा एकै समयमा सुत्नु आवश्यक छ । सुत्ने समयमा आफ्नो शरीरलाई पूर्ण आराम दिनुस्। तथा सो समयमा ध्यान दिनूस् की कुनै पनि अंगमा जोड नपरोस्।

व्यायाम गर्ने
जसरी शरीरको व्यायाम गर्दा सारा मांसपेशी बलियो हुन्छ । त्यस्तै घुर्ने समस्या अन्त्यका लागि पनि गलाको मांसपेशीको व्यायाम आवश्यक छ।

कम मात्रमा नुनको सेवन
धेरै नुनको सेवनले शरीरमा यस्तो तरल पदार्थको निर्माण गर्छ की जसले नाकको प्वालमा बाधा उत्पन्न गर्छ । यस कारण घुर्ने समस्या निम्तिन्छ। नुनको सेवन कम गरेर गला भित्र सुनिने समस्यालाई न्युन गर्न सहयोग पुग्छ। र यसले घुर्ने समस्या पनि अन्त्य हुन्छ।

थोरै अग्लो सिरानीको प्रयोग गर्नुस्
यदी तपाईं घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुत्ने बेलामा सिरानी थोरै अग्लो पारेर सुत्नु आवश्यक छ। यसो गर्दा घुर्ने समस्याबाट बच्न सकिन्छ।एजेन्सी

अमेरिका र बेलायतद्वारा साउदीको लगानी सम्मेलन बहिष्कार

काठमाडौं । अमेरिकी वाणिज्यमन्त्री स्टेफिन म्युनिख र बेलायती अन्तर्राष्ट्रिय व्यापार सचिव लियाम फक्सले साउदीको लगानी सम्मेलन बहिष्कार गर्ने घोषणा गरेका छन् । साउदी अरेबियाका पत्रकार जमल खासोग्गीको बेपत्ता भएको विषयमा साउदी अरेबिया दोषी रहेको अरोप लागेको अवस्थामा उनीहरुले यस्तो घोषणा गरेका हुन् ।  खासोग्गी गत अक्टोबर २ मा साउदीको एक सम्मेलनमा प्रवेश गरेयता देखिएका छैनन् । टर्कीले भने उनको हत्या भएको दाबी गरेको छ ।

साउदी अरेबियाले भने उनको हत्या नभएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।  साउदी अरेबियाले मुलुकमाा लगानी व्यापक विस्तार गर्ने उद्देश्यका साथमा यस किसिमको योजना अघि सारेको हो । २३ देखि २५ अक्टोबरसम्म यो सम्मेलन चल्नेछ ।  साउदी राजकुमार मोहम्मद बिन सलमानले यो सम्मेलन आयोजना गर्न लागेका हुन् । उनले अघि सारेको मुलुकको पुनर्सरचनाको योजनालाई सहयोग गर्न यो योजना अघि सारिएको हो ।

बेलायत र अमेरिकाका वरिष्ठ अधिकारीहरुबाट आएको यस किसिमको घोषणाले भने साउदीको यो सम्मेलनमा धक्का पुगेको छ । पत्रकार बेपत्ता भएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि साउदी अरेबियालाई चेतावनी दिइसकेका छन् । एजेन्सी

यो पनि पढ्नुहोस्
भारतमा बग्ने ब्रह्मपुत्र नदी चीनमा थुनियो
ल्हसा। भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको छ। बुधबार सो क्षेत्रमा गएको भूकम्पका कारण पहिरो गएको थियो। सो पहिरोका कारण तिब्बतको यार्लूङ्ग चान्गो नदीमा ताल बनेको थियो।

सो ताल बढ्दै गएपछि उक्त नदी वरपरको क्षेत्रका वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न थालिएको छ। स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार अपरान्हसम्ममा त्यहाँबाट कम्तीमा पनि छ हजार जनालाई अन्यत्रै सारिएको छ। उक्त गाउँको वस्तीमा अरु हजारौँ स्थानीयको वासस्थान रहेको छ। बिहीबार अपरान्हसम्म छ हजारको उद्धार गरी अन्यत्रै सारिएको बताइएको छ।

स्थानीय अधिकरीहरुका अनुसार बुधबार बिहानै आएको भूकम्पका कारण गएको पहिरोले नदी थुनिएपछि ताल बनेको छ र त्यो ताल भरिएपछि गाउँ वस्तीमा पस्ने सम्भावना बढेकोले गाउँ नै सारिएको हो। त्यस भूकम्पले नदी थुनिएको कुरा बुधबार रातिमात्र थाहा भएको थियो। त्यसपछि ताल खुलाउन सेनाको सहयोगमा उद्धारकर्मीहरु लागेका थिए।

तर पनि ताल खुलाउन नसकेपछि गाउँको वस्ती नै सार्नुपरेको अधिकारीहरुले जनाएका छन्। साथै उद्धारकर्ताहरुले भूकम्पबाट भएको क्षतिका पीडितहरुलाई पनि सहयोग गरिरहेका बताइएको छ।

यार्लूङ्ग चान्गो नदी तिब्बत, भारत तथा बङ्गलादेश हुँदै बग्दछ। एसिया महादेशका ठूला नदीहरू मध्येको एउटा हो। यार्लूङ्ग नदी भारत प्रवेशसगैं यसलाई अरुनै नामबाट परिचित छ।

तिब्बतमा यसलाई यार्लुंग छंग्पो(सांग्पो,चान्गो) नदी भनिन्छ। यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग (दिहांग) नामले चिनिन्छ भने आसाम राज्यमा ब्रह्मपुत्र नामले। बङ्गलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। ब्रह्मपुत्र को उद्गमस्थल (चीन)को स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण-पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमवाहबाट भएको हो।

यस नदीले २९०० कि.मी. लामो यात्रा पूरा गर्दछ र यसको पथमा पर्ने सम्पूर्ण क्षेत्रहरुलाई सिंचाई, विद्युत् उत्पादन, यातायात, पेयजल, निर्माण सामग्रीहरू (ढुंगा, बालुवा आदि) प्रदान गर्ने एक मात्र नदी हो। यो नदी बङ्गलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बङ्गालको खाडीमा गएर टुङ्गिन्छ। संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ।

अाज विजयादशमी : टीकाकाे शुभसाइत बिहान ०९ः५१ मा

काठमाडौँ , आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ । राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

 

बृहत् काव्य गोष्ठी तथा स्रस्टा सम्मान कार्यक्रम हुने ।

वैखरी संवाददाता कार्तिक १ , कपिलवस्तु                                                                                                    दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा ६७ औं दधि जयन्तीको असवर पारेर भाषा , कला र साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न जिल्लाका स्रस्टाहरू सम्मानित हुने भएका छन् । समाजले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सम्मानित स्रस्टा र कार्यक्रमको बारेमा जानकारी दिएको थियो आगामी कार्तिक दश गते कपिलवस्तुको वैरीयामा आयोजना हुने कार्यक्रममा देशका विभिन्न जिल्लाहरू बाट कविहरूको उपस्थिति रहने समाजका संस्थापक ऋशीकेशब भारद्वाजले जानकारी दिनु भयो । डा. शिव प्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा  मनिराज जोशी ,धनगढी – शिव तुलसा छन्दरथी साहित्य पुरस्कार ,  लोकनाथ खराल ,नवलपरासी -टिकाराम काव्य साधक साहित्य पुरस्कार , लोकेन्द्र बन्जरा , झापा – आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार , शान्ती अधिकारी पोख्रेल, बाँके -वाशुदेव गजल शाधक साहित्य पुरस्कार , मनोज भण्डारी ,चितवन – अर्पण छन्द प्रतिभा पुरस्कार , सुविन रिमाल ,नुवाकोट – आदित्यराज बाल साहित्य पुरस्कार ७,जोशीका कडेँल ‘निशा’ ,कपिलवस्तु – प्राची बाल साहित्य पुरस्कार ले  स्रस्टाहरू सम्मानित हुने समाजका सचिव समीर शायर द्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आमाले कमेरोले घरको भित्ता र पिँढी पोत्दै भन्थिन्, “आजबाट दशहरा सुरू हुन्छ।”

दशैं -खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे। जताततै हरियाली हुन्थ्यो। धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आहा! कति मिठो लाग्थ्यो। धानको बाला वतासमा बयेली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो।
एका बिहानै आमाले गोबरले आँगन लिप्थिन्। कमेरोले घरको भित्ता र ओसरा(पिँढी) पोत्दै भन्थिन्, “आजबाट दशहरा सुरू हुन्छ।” अनि थाहा पाउँथेँ आजबाट दशैँ सुरु हुन्छ भनेर। बेलुकी तीन, चार बजेतिर टर्चको काम नलाग्ने पुरानो ब्याट्री आमाले ढुंगाले फुटाउथिन् । ब्याट्रीबाट कालो धुलो निस्कन्थ्यो । त्यो कालो धुलो एउटा कचौरामा राख्थिन् । अर्को कचौरामा सेतो चुनको धुलो राख्थिन् । छुट्टा छुट्टै कचौरामा राखिएको सेतो र कालो धुलोमा पानी हालेर झोल बनाउँथिन् । कप्टेरोले घर र गुहालीको ढोकाको छेउमा दुईटै भित्तामा चुन र कारीख(कालो धुलो) ले टाउको,आखाँ र कपाल, हात, खुट्टा भएको दुई जुईओटा साना साना मूर्ति बनाउँथिन् जसलाई डाइन- जोगीन भनिन्थ्यो।

डाइन जोगीनको मूर्ति बनाइसकेपछि सुतीको सानो कपडामा थोरै हिंग राखेर सियो धागोले त्यो कपडालाई सिलाएर सानो जन्तर जस्तो बनाउँथिन्। त्यो जन्तर र लसुनको दुई तिनओटा बिजुला धागोमा उनेर मेरो घँटीमा बाँधिदिन्थिन्। “यो माला दशैँभरि लगाउनुपर्छ। यो माला लगााइराखे भने नराम्रो शक्ति र बोक्सीहरूले कुनै टुनामुना र जादुमन्तर तँ माथि गर्न सक्दैन।” भन्थिन् ।

बेलुकी अँध्यारो हुनुभन्दा अगाडि ठुलो मादल बोकेर चमार सबैको घर, घरमा मादल बजाउन आइपुग्थ्यो। जसलाई ढोल बजाउनु पनि भनिन्थ्यो। “ढोल बजाए भने नराम्रो शक्ति घरमा प्रवेश गर्न पाउँदैन। ढोलको आवाज सुनेर काल र नराम्रो शक्ति र वर्षा याममा निस्केका सर्पहरू टाढा भाग्छन् ।”आमाले भन्थिन् । दशैँको पहिलो दिन कलशमा पानी भरेर सबैले गोसाइ(देउता) घरमा राख्थे। दशैँभरि बाहुनलाई बोलाएर कलशमा पूजा गर्न लगाउँथे।

अरु वेला हामी टोलभरिका केटाकेटीहरू राति अवेलासम्म डगहरमा खेलिरहन्थ्यौँ तर दशैँ परेको दिनदेखि बेलुकी हुने बित्तिकै हाम्रा आमा, बुबा हामीलाई खेल्न दिँदैनथे। हामीलाई डाक्दै घर बोलाउँथे। नसुनेझैँ गरेर खेलिराखेको वेला हामीलाई लिन आउँथे। जबरजस्ती हाम्रा हात तानेर घर लग्थे। बोक्सीहरूले टुनामुना गरिदिन्छन् भनेर हामीलाई खेल्न दिँदैनथे। खेल्न नपाउँदा हाम्रो मन खिन्न हुन्थ्यो। अर्कोतिर बोक्सीले केही गर्लान् कि भनेर डर पनि लाग्थ्यो। त्यतिखेर सोच्थेँ बोक्सी हुन्छन् र ? यदि हुन्छन भने कस्ता देखिन्छन्?

गाउभरिका मानिस आ-आफना घरमा घट्स्थापना, पन्चमी, सप्तमी, अष्टमी र दशमीको दिन धामी, झाक्रीलाई बोलाएर घरमा देउता छ कि छैन भनेर देउता घरमा बिहान र बेलुकी पूजा गर्न लगाउँथे। जसलाई घर जगाउनु पन भनिन्छ। “यही दिन गाउँ सुनसान भएपछि मध्य रातमा गाउँभन्द पर एकान्तमा बोक्सी आइमाईहरू टाउको र हातमा बलेको दीयो बोकेर नांगै नाच्छन्। यही दिन जेठो सन्तान र सिरीमानको बली चढाएर आइमाईहरू बोक्सी सिक्छन्। बोक्सीको मन्त्र अढाइ अछरको मात्र हुन्छ रे” भनेर आमाले भन्थिन् “दशैँमा दुर्गाको दशओटै द्वार खुल्ला हुन्छ। माता दुर्गा र काली दुवै जना डाइन(बोक्सी) हुन्छन्। त्यसैले दशैँमा डाइनहरूलाई यिनीहरूले रोक्न सक्दैनन्। सबै द्वार खुल्ला भएकोले नराम्रो शक्ति र डाइनहरूले आँखा लाउन नसकोस् भनेर घर र गुहालीको भित्तामा कारीख चुनको डाइजोगीन बनाउँछन र केटाकेटीको घाटीमा हिंगको जन्तर र लसुनको बिजुलो घँटीमा बाँधिदिन्छन्।” आमाको कुरा सुनेर मलाई आचम्म लाग्थ्यो।

सन्तान नहुने र ठुलो कष्टबाट मुक्त भए भने दुर्गााको मूर्ति बनाउने भाकल मान्छेले गर्थे। इच्छा पुरा भएपछि दशैँमा भाकल गरेको मान्छेले दुर्गााको मूर्ति गुहालीमा बनाउथे। गाउँमा मूर्ति बनाएपिछ हामी केटेकेटीलाई झन रमाईलो लाग्थ्यो किनकि मेला प्रत्येक दिन लाग्थ्यो। बिहान बेलुकी भजन कीर्तनले गाउँ नै गुन्जयमान हुन्थ्यो।

दशैँको सातौँ दिन अर्थात फुलपातीको दिन आमाले बिहानै घट्स्थापनाको दिन बनाएको डाइनजोगीनको मूर्तिलाई खुर्पाले खौरेर मेटाउथिन् र भिता पोत्थिन्। एउटा कचौरामा अरवा चामल भिज्न दिएकी हुन्थिन्। चामल भिजिसकेपछ सिलौटामा लोरोहोले भिजेको चामल पिस्थिन्। पिसेको चामल गिलो पिठो बन्थ्यो। गिलो पिठो थालमा राख्थिन्। त्यो पिठोमा कान्छी औँला र कान्छी औँलाको मुनिको हत्केला पिठोमा चोप्दै डाइनजोगीनको मूर्ति मेटाएको ठाउँमा घरको ढोकोको दुवैैपट्टि पिठोमा हात डुबाउँदै भित्तामा राख्थिन्। भित्तामा पिठोबाट एक किसिमको बुट्टा निस्किन्थ्यो। त्यो बुट्टामाथि आमाले सिन्दुरको टीका लगाइदिन्थिन्। सेतो बुट्टामाथि रातो सिन्दुर झन चम्किलो र राम्रो देखिन्थ्यो। भित्तामा कोरिएको बुट्टाले घर,आँगन झन सुन्दर र बेउली झैँ सजिसजाउ देखिन्थ्यो।

फुलपातीकै दिन निसन्तान दम्पत्तिहरू बेलुकी मूर्ति बनाएको ठाउँमा आउँथे । धामीझाक्री र गाउँका आमाहरू मूर्तिको छेउमा बसेर थरिथरिका भजन गाउँथे । धामीले केके मन्त्र उच्चारण गर्दै उभिरहेको दुर्गााको मूर्तिको हातमा रातो गुलाबको फुल राखिदिन्थ्यो । सन्तान नहुने दम्पतिलाई दुर्गााको मूर्तिको हातमुनि आँचल फैलाएर बस्न लगााउँथे । मिठो स्वरमा नरोकिकन आमा र धामीहरू कीर्तन गाइरहन्थे। मूर्तिको हातबाट निसन्तान दम्पतिको आँचलमा फुल नझरून्जेलसम्म कीर्तन गाइरहन्थे। फूल आँचलमा झरेपछि बल्ल कीर्तन गाउन बन्द गर्थे । कीर्तनको धून बिलापमय हुन्थ्यो।

धामीले पहिलेकै तरिकाले फेरि मन्त्र जाप गर्दै मूर्तिको हातमा फूल राख्थ्यो र अर्को निसन्तान दम्पतिलाई उस्तै तरिकाले मूर्तिको छेउमा बस्न लगाउँथ्यो। कसैको आँचलमा फूल चाँडै झर्थे भने कसैकोमा ढिला झर्थ्यो, कसैको आँचलमा झर्दैझर्दैन्थ्यो । फुल आँचलमा झर्ने दम्पति चाँडै बुबा आमा बन्ने अनुमान गरिन्थ्यो भने फुल आँचलमा नझर्ने दम्पतिको सन्तान नहुने विश्वास गरिन्थ्यो । आमा कीर्तन गाउन गएको वेला आमाको छेउमा बसेर सबै दृश्य म हेरिरहन्थेँ र सुनिरहन्थेँ।

अष्टमीको दिनबाट मूर्तिको अगाडि बोकाको बली दिन सुरू हुन्थ्यो । मेरो घरमा पनि मासु पाक्थ्यो । आफन्तहरू जम्मा हुन्थे । सहरमा बस्ने दाजु, भाउजु र दिदी,भिनाजु आउथे । सहरबाट बुबा, आमा र मेरो लागि नयाँ लुगा ल्याइदिएका हुन्थे । त्यही लुगाा लगाएर म मेला हेर्न जान्थेँ । नयाँ लुगाा लगाएर मन फुरूड. हुन्थ्यो।

दशैँमा गाँँउ नजिकैको बजारमा मेला लाग्थ्यो । जललाई दुर्गा मेला भनिन्थ्यो । बजारका सबै व्यापारीहरू चन्दा उठाएर बजारमा दुर्गाा, काली, लछ्मी, सरस्वती र गणेशको मूर्ति बनाएर मेला लगाउथे। दुर्गााको खुट्टामुनि राछसको मूर्ति हुन्थ्यो। त्यो राछसलाई दुर्गााले लातले कुल्चेर दाहिने हातले राछसको भुँडीमा त्रिशुल घोपेकी हुन्थिन्। मेला हेर्न गएको वेला दुर्गााले राछसलाई त्रिशुल घोपेको दृश्य हेर्दा डर लाग्थ्यो । आमाको हात समात्थेँ। दुर्गााको मूर्ति हेरेर मनमा एक प्रकारको सहास पलाउँथ्यो। लाग्थ्यो दुर्गाा माताले राछस र दुष्टहरूको सर्वनाश गर्छिन्।

दशमीको दिन मेला सकिसकेपछि बेलुकी दुर्गााको मूर्तिलाई नजिकैको तलाउ वा पोखरीमा डुबाउन लग्थ्यो जसलाई मूर्ति भसाउनु पनि भनिन्छ। देउता घरमा राखिएको कलशको पानी घामी मार्फत् घरको छाना र आँगनमा छर्किन लगाइन्थ्यो । त्यसपछि हाम्रो घरमा दशैँ समाप्त हुन्थ्यो।

दशैँ मनाउने सबैको आफ्नै चलन भए झैँ हाम्रो आफ्नै चलन छ। दशैँमा पिड. खेल्ने, जमरा र टीका लगाउने चलन हाम्रोमा छैन् तर दुर्गााको मूर्ति बनाएर पूजा गरी आफन्तहरूसँग भेटी मिठा परिकारहरू खाएर दशैँ मनाउने चलन छ। पहिलाको जस्तो चमार ढोल बजाउन आउँदैन। केटाकेटीलाई हिंर र लसुनको बिजुलो बाँधिदिने र बेलुकीसम्म घर बाहिर खेल्न नदिने चलनमा कमी आएको छ। सबै परम्परा र संस्कृतिमा गुण र अवगुण दुईटै हुन्छन् । मलाई मेरो परम्परा मन पर्छ। म आफ्नो परम्पराप्रतति गर्व गर्छु तर आधुनिक युगमा बोकाको बली दिने र बोक्सी प्रथा मान्ने परम्परा मलाई ठीक लागेन । चाडपर्व मनाउनुपर्छ तर अन्धविश्वास र पछौटेपनलाई प्रस्रय दिनु हुँदैन। अन्धविश्वास, पछौटेपन र बली प्रथाबाट मुक्त भएको दशैँ मनाउनुपर्छ। नराम्रो संस्कारलाई त्यागदै राम्रो संस्कारलाई अपनाउँदै दशैँ मनाउनुपर्छ।

दशैं: लंगुरबुर्जा र बच्छ्युँको टोकाई  

अहिलेको कंक्रीट शहर ऊ बेला, शान्त शितल हराभरा गाँऊ थियो । हामी भर्खर हाप कट्टुबाट बेलिबटन डिमान्ड गर्ने दिनताका थियौं । त्यतिबेला दशैं एउटा महान पर्व नै हो जस्तो लाग्थ्यो । हामी मधेसको गर्मीमा हुर्किएका केटाकेटी, गर्मी घटेर शितलताको आगमन हुने याम । कान समाऊ, उठवस , कुखुरा बन जस्ता यातनालय जस्तो विधालयको जेलमय संसारबाट पाईने लामो उन्मुक्ति, हुनेखाने साथीसंगीका हातवाट  पैसा, सुका, मोहोर र मौका परे ढ्याक हात पार्न खेलिने लंगुरवुर्जा, कौडा( करविरको दानाको), विंगो जस्ता खेलको रौनक, नयाँ लुगा । ‘स्वतन्त्रता र पैसाको रमझम हुने चाड दशैंको मोहीनी मन र मष्तिस्कको भित्री तहसम्म गढेको हुन्थ्यो ।दशैं विदा हुनु अघिदेखी नै दशैंमा लंगुरबुर्जा खेलाउने दाऊ  थियो मेरो, त्यसैले उतिसारो नपाईने सिमेन्टको बोरा साथीको घरबाट ल्याएँ । हेन्डीप्लास्टको बट्टा जोहो गरें। समस्या थियो गोटीको । त्यसका दुई विकल्प थिए । या त दुई जना साथी हुने र आधा आधा पैसा लगानी गरेर खेलाउनु, या त कुनै काठको गोटी बनाउनु । म दुवै विकल्पका लागि अघि बढें ।साथीले घरबाट गाली खाएपछि पछि हट्नुपर्‍यो । भारतबाट आएर सिकर्मी काम गर्ने मिस्त्रीलाई हैरान पारेर  मैले एक ईन्च वर्गाकार गोटी तयार पारें ।

विहान उठ्ने बित्तिकै गाई फूकाएर घरबाट निस्क्यो, अनि खुला चौरमा गाई छोडेर साथीहरु बट्याएर लंगुरबुर्जाको पाल थाप्यो एउटा नोठ पैसा हुन्थ्यो- जुन चुरोटको खोलबाट बनाईन्थ्यो । अर्को डलर हुन्थ्यो, जुन सुका, मोहोर र साँच्चैको डलरझैं मानिन्थ्यो । अहिलेको हाम्रो नेपाली नोठ र डलर जस्तै, सटही दर पनि अहिलेकै जस्तै थियो । एक डलर बरावर एक सय नोठ ।विहान स्कुल अघाडी र साँझ स्कुल पछाडी खेलाउँथें । अनि गाईले बाली चरेर एकदिन कान निमोठिएपछी, भाईलाई हात लिएं । आखिर पैसाको कुरा थियो । सुन्तला मिठाईँ मिसाएर भाइ र मेरो सम्झौता बन्यो । दशैं विदा शुरु भएपछी चाहिँ, काम कारोवार फैलिंदै गयो । नेपाली नोठ छोडेर, डलरमा मात्रै कारोवार हुन लाग्यो । आधा पैसा दिएर अठ्ठाईस विगाहबाट पूरनो गोटी मगाएं । दुई दिनपछि पाल पनि ल्याएँ । त्यो दशैं, वास्तबमै दशैं थियो ।

हातमा कन्डक्टरको भन्दा वेशी नगद पट्याउँथें । साथी भाई सबैले वाह वाह गर्थें । रौनक थियो । घरको सोह्र सराद चतुर्दशीमा पर्ने हुंदा फूपू लिन कोईलपानी गाऊँ जानुपर्ने भयो । खाशमा चाहिँ मलाई जानै मन थिएन । बुवाले भनेपछी मान्नै पर्‍यो ।स्कुलबाट फर्केपछी गोटी र पाल थन्क्याएर, नगद चाहिँ आधा लुकाएँ । आधा, करीव डेढसय गोजि हालेर कोईलापानी लगें । फुपुको गाऊँ पनि रमाईलो थियो, भाईहरु खुव रमाईलो गर्थे । सांझभरी लंगुरबुर्जाको महात्म्य सुनाईयो । फूपूलाई श्राद्ध्को निम्तो दिएर, रोटी र दूध खाइयो । ठूल्ठूला सालका मुढाले बारेको भेन्टिलेटेड घरमा रात काटेर बिहान सवेरै, महाराजा थान जंगलमा पिङको बलो काट्न लर्को बटालियन केटा लिएर अघि बढियो । लंगुरबुर्जाको कथा , भाईरल बन्यो । प्रमाण गोजिभरि थियो ।

करीव एक घन्टा जंगलको बाटो हिंडेपछी , महाराजा थान आईपुग्यो । त्यहाँ एकैछिन थकाई मारेर, चिसो पानी पियौं । सबैले ल्याएको मकै, भट्ट, च्युरा , सुक्का रोटीका टुक्रा सबै एकै ठाऊँमा मिसाएर खायौं । अनि जंगलमा सर्प, बिच्ची, बारुलो भेटिन सक्ने हुंदा जोगिएर अघि बढ्ने सल्लाहा पनि गर्‍यौं । हामी अग्लो, सुरिलो र सकेसम्म सालको रुख खोज्दै अघि बढ्यौं । एउटा रामविर भाइ अलि वेशी नै छुचो रहेछन । सबैलाई उछिन्नुपर्ने, दौडिनुपर्ने । त्यस्तैमा एउटा झुसे बारुलोको गोला देखियो । सतर्क हुँदै अघि बढ्दै थियौं । त्यत्तिकैमा रामविरले सालको पातमा गोलो बनाएर बसेको बच्छ्युँको गोलोमाथी धावा बोलेछन । आतंक शुरु भैहाल्यो । भागाभाग गर्‍यौं । उसलाई पाँच सात वटाले चिलेछ । मेरो पेटमा आएर एउटा बस्यो । मैले सर्ट उचालेर चिच्याउन थालें । मेरो फुपुको छोरा आएर पातले टिपेर त्यसलाई मिल्क्याईदिए । त्यत्तिकैमा अर्को एउटा आएर गर्धनमा चिल्यो । ओहो ! त्यो दुखाई । दुखाईको पनि गहिराई हुंदोरहेछ । यति दुख्यो, चिटचिट पसिना आयो । मुख सुक्यो ।रिंगटा लाग्यो ।  भाग्नै मुश्किल भयो । नभागे अरुले पनि टोक्ला भन्ने डर । भाग्दै गर्दा, कुन शिल्लिले अघिको बारुलोलाई ढुङ्गा हानेछ । ओहो ! अब बसिनसक्नुको आतंक भयो । सम्झिएँ, यसैगरी फर्किए होलान ऊ बेला अंग्रेज सेना नेपाली सेना देखेर ।

मलाई भाईले मन्दिरको कुनामा लुकाए । सबै तितर बितर भए । रामबिर बेहोस भएछन । ठूलो ढुङ्गाको फेंदामा दुईजना साथी मिलेर पानी छर्किंदै थिए । मलाई उसको निकै माया लाग्यो । आफ्नो दुखाई विर्सेर उनी नजिकै गएँ । जतिसक्दो चाँडो उसलाई मेडिकल लानुपर्थ्यो । हामीले झ्याईँकुटी पारेर तल झार्न लाग्यौं । मोहनले पाती निचोरेर चिलेको ठाऊँमा चुहाईदिंदै थियो । अलि तल आएपछी बिस्तारै उसको होश आयो । ओठ, केरा जत्रो भयो । कान रातो, तातो सुन्निएको थियो । सबैले उसैलाई गाली गर्दै, कसैले बलो काट्न नपएकोमा पछुतो मान्दै , कसैले उसलाई पानी खुंवाउँदै ओह्रालै ओह्रालो झर्‍यौं । उसलाई घर नजिकै छोडेर, सबै लाखापाखा लाग्यौं । उसलाई घरकाले उपचार गर्न लगे । हामी त्यहि गाउँका अलि पाका केटाहरुले खेलाउन लागेको लंगुरबुर्जाको खालमा झुम्मियौं । मैले पनि सुका बाट डब्ल्याउँदै थाप्दै गएं । थाप्दै गएं । थाप्दै गएं । पर्दै परेन । छक्का दाऊ परिरह्यो, पटक पटक । मेरो हुकुममा दाऊ लाग्दै लागेन । भए भरिको पैसा झ्वाम भएपछी, रोउँ रोउँ लाग्यो । बिहान सम्मको स्टारडम सम्झेर रुन पनि भएन । बरु त्यो बच्छ्युँले अलि वेशी टोकिदिएको भए पनि, यहाँ खेलिंदैनथ्यो । पैसा लुटिंदैनथ्यो जस्तो लाग्यो ।

मलाई रित्याएपछी उनिहरु खुव हाँसे । उनिहरुले टायरको टुक्राबाट बनाएको ट्वाक प्रयोग गरेका थिए । औंला छिराएर तीन गोटी नचल्ने गराउँदा रहेछन । बाँकी तीन गोटी चिहाएर हेरीहेरी राख्दा रहेछन । पूरै झ्याली गरेछन । तर पैसा उनीहरुसंग गैसकेको थियो । लड्न, खोस्न सकिंदैनथ्यो । त्यत्रो पैसा हारेको कुरा फेरि गाउँभरी भाईरल भयो । म फुपुको छेऊ लागेर, घर फर्किएँ । धन्न पूरै पैसा लगिएनछ । आधा जोगियो । त्यसको खास अर्थ होला नि भनेर टायरवाला ट्वाक बनाउने योजना बनाएर हिंडिरहें ।
त्यसपालीको दशैंमा बच्छ्युँको टोकाईभन्दा वेशी दुख्ने बन्यो, लंगुरबुर्जा । सम्झिईरहन मन लाग्ने खालको ।वास्तवमा हामी सुख खोज्छौं । तर सुखका भन्दा दु:खका दिनहरु मिठोगरी आईरहने रहेछन् ,सम्झनामा । यस्तै यस्तै दु:ख र सुखका लामो शृंखला भित्र निर्मित एउटा चौतारी न रहेछ दशैं ।

“दशैले दिएको आँसू”

श्रीमानले स्वदेशमा रहेकी आफ्नी पत्नीलाई लेखेको चिठ्ठी”
प्रिय आराम छु आरामको कामना गर्छु !!

– ओ हो एसपालि पनि त दशै आउन लाग्यो नि है कालि । जब जब दशै नजिकदै आउँछ तब तब मनमा त्यसै नमिठो सपनाहरूले सताउने गर्छ,आखिरि परदेसी त परियो । साथिहरू छुटि पाएर दशैमा घर जानको लागि जहाजको टिकट काटि सके,उनिहरूको मुहारमा छुट्टै खुसिहरू देख्न सकिन्छ,अनि कति म जस्ताको आँखामा खुसि होइन बेदनाका पिडाहरू देख्न सकिन्छ । मनमा हजारौ खुसिहरू लिएर दशैमा आमाको हातको टिका लगाउने भन्दै सपना बुनिन्छ अनि छुटि नपाएर ति सपनाहरूलाई छिन भरमै लात हान्नु पर्नु अबस्था आउने पनि धेरै छौ हामी यहां । आफ्नो जन्म भुमि छोड्ने रहर त कस्लाई पो हुदो हो र आमाको मिठो साथ जीवन संगिनीको मिठो माया मार्ने रहर कसलाई पो हुदो हो र ! आफ्नै परिबेस अनि देशको बेरोजगारिपनाले बिदेसिनु परेको न हो ।

मनमा खुसि बोकेर घर जाने सपना बुन्दै छुटि माग्न पुगेको थिए कालि तर एसपालि पनि घर जाने छुटि मिलेन । पोहोर पनि उस्तै भाथ्यो, एसपालि चै जसरि पनि आउछु भनेरै साहुकोमा छुटि माग्न गयको थिए तर उल्टै गालि गरेर फर्काई दियो, दुबै आँखाभरि आँशु भरिएर एकछिन त कोठामा आयर भक्कानो छोडेर रोए कालि ! देशको हालत उस्तै बेरोजगारीपना अनि बढ्दो राजनीति चलखेलको कारणले त हो नि तिमिहरूलाई खुसि राख्नको लागि चर्को गर्मि खादै पैसा बटुल्न खाडि आएको । फेरि सबै साहुको अधिनमा चल्नु पर्ने भयपछि कहा आफुले चाहेको बेला छुट्टि पाईन्छ र होइन र! मलाई पनि रहर लाग्दो हो आफ्नै आगनमा हाम्रो चाड मनाउन अनि तिमिसगै मनका रहरहरू साट्न आफुले चाहेको जस्तो अनि सोचेको जस्तो कहा हुने रहेछ र ।

घरको अगेनमा बसेर आमाले आँखा तन्काउदै तन्काउदै राति अबेर सम्म मेरो बाटो नै हेर्दै बस्नुहुन्छ होला ! पोहोर पनि आउछु भनेर आउन पाईन एसपालि पनि आमाले मन धमिलो पार्दै आँखाबाट आँशु झार्दै सोच्नु हुन्छु होला “फेरि जन्म दिने बुढि आमालाई ढाट्यो” आखिर आमालाई झुट बोले जस्तै त भाको छ । मनमा खुसि दिलाएर छिन भरमै भताभुङ्ग पारे जस्तै त भाको छ । सबैको घरमा परदेसबाट छोराहरू आएको देख्दा अनुहार अध्यारो पार्दै “एसपालि पनि कान्छो नआउने भो है” भन्दै तिमिलाई सोध्नु हुन्छ होला ! तिमि पनि आँखामा एक थोपा आँशु नझारि आमालाई सम्झाउ है । तिमिले त पढेकि पनि छौ अनि बुझेकि पनि त छौ ।रातो टिका र हरियो जमरा लगाउने चाहाना त मेरो पनि त थियो परदेसि ठाउँ त्यसमाथि अरूको काममा फसेको म बुझ्छौ नि तिमिले त आमालाई सम्झाई देउ है । आमाले रूधै भन्नु होला- “डाढामाथिको घाम न हु आर्को साल दशै नआउदै डुब्नपनि त सक्छु सबैको घरमा छोराहरूलाई आएको देख्दा आफ्नै छोरा नआउदा मन त रूने नै भयो नि हैन कति वर्ष भइसको यि हातले छोरालाई दशैमा टिका नलगाई दिएको एसपालि पनि उस्तै भो” भन्दै भक्कानो छोडेर पकै रूनु हुन्छ होला तर तिमिले आमाको आँशु पसेर सम्झाउ है, अनि तिमिले आफ्ना आँखाहरूको आँशु बाहिर नदेखाउ है भित्र भित्रै दबाएर बाहिर आमाको अगि मुस्कान भरि देउ है । थाहा छ नि तिमिलाई आमा बुढि भइसक्नु भो अनि रोगि पनि त हुनुहुन्छ अलिकति पनि पीडाहरू उहाले खप्न सक्नु हुन। तिम्रो भर छोडेर परदेस आएको न हु आँशु झर्न नदेउ है ?
हातमा ठुलो खसि डोराउदै हिड्ने गाउँले दाजुहरूलाई देख्दा अनि साथिहरूले नया नया कपडा लगाएको देख्दा हाम्रो फुच्चेले पनि तिमिलाई सताउन सक्छ हाम्रो- “बाबा कहिल्यै आउनु हुन्छ ममि”भन्दै तोति बोलि बोल्दै अझ भन्ला ममि मेरा थाथिहरूका थबैका बाबाहरू घर आईसक्नु भो हाम्रो बाबा कहिले आउनु हुन्छ ? भन्नु न ममि भन्दै अझ चर्को स्वरमा रोला पनि तिमि नरोइकन उस्लाई फकाउ है “बाबा हाम्रो लागि ढाटा खुसिहरू किन्न जानु भयको छ ठुलो जहाज भरि खुसि भरेर ल्याउनु हुन्छ तिमि र मलाई” भन्दै फुच्चेलाई फुलाउ है । कति गाह्रो हुन्छ तिमिलाई सबैको मन भुलाउदै आफ्नो पीडाहरू सँग भिड्न भनेर मलाई थाहा छ तिम्रा हरेक रहरहरू अनि इच्छाहरू पनि सबै मलाई थाहा छ ।

निधारभरि टिका लगाएका जोडिहरू हिडेको देख्दा तिम्रो मनमा ठुलो पीडा पर्न सक्छ मलाई त्यो पनि थाहा छ नि कालि । अनि गाउँ नजिकै चर्के पिङमा सबै खेलेको देख्दा तिमि एक्लै त्यहा जान तिम्रो मनले मान्दैन भन्ने पनि थाहा छ के गर्छौ एक छाक मिठो अनि एक सरो राम्रो लगाउन पाईएला भनेर नै त परदेस आएको हु नि बुझ्छौ नि है तिमिले त । मनलाई दरो बनाउ है बाहिरि मान्छेहरूलाई दशैको बेला आँशु नदेखाउ है पिडाहरू नपोख है हाम्रो आँशु अनि पीडालाई मलम लगाउनुको सट्टा नुन खुर्सानि छर्ने धेरै हुन्छन त्यहा ।

         देशमा नया सम्बिधान आएको पनि त छ नि है अब त देश छिटो विकास होलानि अनि हामिले आर्काको मरभुमिमा काम गरे पनि भोलि हाम्रा सन्तानले त नेपाल मै केहि गर्न सक्छन् नि हैन । तिम्रा ति साथिहरूले चटक्क परेर महगो गरगहनाले सजिएर हिड्दा तिम्रो ति हातहरूले रितो घाटि नसमाउ है अनि बुच्चो ति कानहरू ऐनामा नहेर है । तिम्रो लागि मैले महगा गहना किनि दिन सकिन बरू खुसिहरू त धेरै दिन सक्छु नि कालि मनमा पीडाहरू बल्झाएर आँखा भरि आँशु नपार है । अ अस्ति भनेकि थियौ नि एसपालिको दशैमा कतै घुम्न जाने त्यो सानो रहर पनि पुरा गरि दिन नसक्ने भय है मैले आधा जिन्दगि त मरभुमिमा तातो बाफ खाएर नै बित्ने भो झै लाउछ मलाई त कालि,अनि त्यसै त्यसै मन रोएर आउछ ।
आमालाई सम्झाउ अनि फुच्चेलाई हसाउ है घरमा जे छ त्यहि पकाएर राम्रो सँग दशै बनाउ है एसपालिको दशैपनि आखा भरि आँशु ल्यायर जाने भो तर आर्को सालको दशैमा त जसरि पनि खुसि लिएर म आउने छु केवल हाम्रो लागि आर्को साल सम्म प्रखनु है….
उही तिम्रो परदेसी….

आज महानवमी पर्व, जङ्गी निसानपूजा तथा कोतपूजा

काठमाडौँ, १ कात्तिक-आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ ।

सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

यो पनि पढ्नुहोस्

पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

काठमाडौँ / महाअष्टमीको दिन  पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो । उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।

 

अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जनाको मृत्यु

काठमाडौँ-युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको छ। क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।

उनले क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए। साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन्।

ती विद्यार्थीले आफ्नै सहपाठीमाथि किन गोली प्रहार गरे भन्ने खुलेको छैन्। क्याम्पसमा भएको अन्धाधुन्ध गोली प्रहारसम्बन्धी घटनाको अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएका छन् ।एजेन्सी

चन्द्र भण्डारीले यस बर्ष पनि माझीसँग दशैँ मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो वर्ष पनि माझी समुदायसँगै दशैंं मनाउने भएका छन् । गुल्मी निवासी नेता भण्डारीले जिल्लाका विभिन्न स्थानमा रहेका माझी अल्पसंख्यक समुदायहरुसँगै दशैं मनाउन सोमबार गृहजिल्ला गएका हुन् ।

उनले दशैंका अवसरमा बोटे माझी समुदायहरुलाई वितरण गर्ने सामग्रीहरु संकलन गरेर गृहजिल्ला गएका हुन् । अघिल्ला बर्षहरुमा झै नेता भण्डारीले दशैंका दिन यस बर्ष पनि बोटे बस्तीका महिलाहरुलाई टीका लगाइदिएर नगद दक्षिणासहित धोती, लुङ्गीलगायतका कपडाहरु उपहार दिने तयारी गरेका छन् ।

उनले दशैकै अवसरमा गुल्मीका ६ वटा विद्यालयका विद्यार्थीहरुको लागि उपहार स्वरुप शैक्षिक सामग्री पनि वितरण गर्ने भएका छन् ।

गुल्मीको बम्घा लक्ष्मी निमावि, आंँटीपाटा प्रावि, झेर्दी निमावि, मजुवा प्रावि, माझि प्रावि बलिथुम, नरहरी उमाविका बिद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गर्ने भएका हुन् । उनले गुल्मी जिल्लाका सीमान्तकृत बोटे तथा माझी र दलित बस्तीहरुमा ४ सय १५ सय घर निर्माण पनि गरिरहेका छन् ।एउटा घरकोे झण्डै ३ लाख निर्माण लागत पर्ने ती सवै घरहरु बनाउन झण्डै १२ करोड ४८ लाख खर्च हुने नेता भण्डारीले जानकारी दिए । जनता आबास कार्यक्रम अन्तर्गत ती घरहरु बनाउने काम भइरहेको उनको भनाई छ ।

बम्घा, चोरकाटे, हुंगा, रुपाकोट, बलिथुम, बामी टक्सार मुसिकोट, रुरु लगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदाय अन्तर्गत कुमाल, दलित र बोटे माझीहरुलाई उपहार निर्माण भइरहेको घरहरु चाँडै नै हस्तान्तरण गरिने नेता भण्डारीले बताए । काँग्रेस नेता भण्डारी गत बर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट उम्मेदबार भए पनि नेकपाका प्रदीप ज्ञवालीसँग पराजित भएका थिए भने २०७० सालमा ज्ञवालीलाई नै पराजित गरी विजयी भएका थिए । – हाम्रा कुरा मार्फत 

यी हुन् संसारकै सबैभन्दा खतरनाक ८ महिला डन

डन, अपराधीजस्ता शब्द सुन्ने बितिकै सबैभन्दा पहिले पुरुषको स्मरण हुन्छ । यस्ता कयौं डनहरुको बारेमा चर्चा हुने गरेको छ । तर, अपराधको संसारमा केही महिला यस्ती छन्, जसको दबदबा पुरुष ग्याङस्टारभन्दा कम छैन् । उनीहरु अपराध दुनियाँबाट अथाहा सम्पत्ति पनि कमाका छन् ।

१.सान्ड्रा : यस्ता केही ग्याङस्टार महिलाहरु छन् जो आफ्नो ग्ल्यामरका कारण पनि चर्चामा छन् । न्युजवन डटकम, रिचेष्टडटकम, इनसाइड डटकमका आधारमा आफ्नो समयमा सबैभन्दा प्रभाशाली ग्याङ लिडर महिलाहरुः यिनी मेक्सिकोकी लोकप्रिय ड्रग माफिया हुन् । ड्रगको अवैध आयात निर्यातका साथै उनीमाथि अवैध हतियार ओसार—पसार गरेको आरोप पनि छ ।

सान्ड्राले दुई पटक विवाह गरिन् तर दुवै पटक उनका पतिको हत्या भयो । उनका दुवै पति पनि आफ्नो समयका प्रख्यात ड्रग माफिया थिए । यिनका छोराको पनि अपहरण भएको थियो, जसलाई छुटाउनका लागि उनले ३३ करोड अपहरणकारीलाई बुझाएकी थिइन । अपराध सावित भएपछि उनी हाल जेलमा छिन् ।

२. क्लाउडिया ओछाओ फेलिक्स : क्लाउडियालाई मेक्सिकोमा संस्थागत अपराधकी किम कार्दयाशयनी भनिन्छ । उनी आफ्नो ग्ल्यामरका लागि पनि उतिकै लोकप्रिय छन् जति क्राइम संसारमा भएका कारण छन् । क्लाउडियालाई एन्ट्राक्स समूहकी लिडरका रुपमा चिनिन्छ, जो मेक्सिकोको सर्वाधिक खतरानाक अपराध समूहमध्ये एक हो । यस समूहमाथि सयौं हत्याका आरोपहरु छन् ।

पैसा लिएर अपराध गर्नुका साथै नशालु पदार्थहरुको तस्करी पनि यो ग्याङको मुख्य पेशा हो । क्लाउडिया सोसल मिडियामा पनि अक्सर चर्चामा रहन्छिन् । उनका लाखौं फलोवर्सहरु छन् । उनी ३ बच्चाकी आमा हुन् तर पनि आफ्नो सुन्दरताका कारण चर्चित रहेकी छन् । यिनको नाम मेक्सिकाका मिलिनियरहरुको क्लबमा सामेल छ ।

३. लिसेट ली : लिसेट ली दक्षिण कोरियाकी ड्रग डिलर हुन् । उनी लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहिन् र त्यहाँ उनको परिचय कयौं अपराधीहरुसँग भयो ।
ली सन् २०१०मा इन्फोर्समेण्ट एडमिनिष्ट्रेशनद्वारा करिब ३.५ करोड नशालु पदार्थसँगै पक्राउ परेकी थिइन । उनलाई ६ वर्षका लागि जेल चलान गरिएको छ । उनीसँग ३ करोड बढी सम्पत्ति भएको अनुमान छ ।

४. ग्रिसेल्डा ब्लैक, कोलम्बिया :संसारका टप सम्पत्तिवाला ग्याङस्टारहरुको लिष्टमा एकमात्र महिला ग्याङस्टार डन ग्रीसेल्डा ब्लैक पर्ने गरेकी छिन् । ‘कोकिन क्वीन’को नामले प्रख्यात उनको सम्पत्ति १३ सय करोड रुपैयाँ रहेको बताइन्छ । एनले कोकिनको तस्करी साउथ अमेरिकाका साथै संसारका अन्य कयौं देशहरुमा पनि गर्छिन् । ग्रीसेल्डाको सन् २०१२ मा ६८ वर्षको उमेरमा मृत्यु भइसकेको छ ।

५. अना ग्रिस्टिना, अमेरिका : अना सन् २०१२ मा चर्चित बनिन्, जब उनलाई हाइ क्लास सेक्स ¥याकेटमा संलग्न भएको आरोपमा पक्राउ गरियो । उनले आफ्नो र्याकेटमा प्लेब्वाइ र पेन्टाहाउसका मोडलहरुलाई संलग्न गरेकी थिइन । उनले सेक्स र्याकेटबाट करिब १०० करोड रुपैयाँ कमाएको मानिन्छ ।

६. थेल्मा राइट, अमेरिका :थेल्मा राइट फिलाडेल्फियाकी सबैभन्दा ठूली ड्रग डिलर जैकर राइटकी श्रीमती हुन् । पतिको सन् १९८६ मा हत्या भएपछि थेल्माले उनको पूरै कारोबार आफ्नो हातमा लिइन । विस्तारै—विस्तारै ड्रग्स सप्लाइमा उनको सबैभन्दा ठूलो नामका रुपमा चर्चा सुरु भयो । एक समय उनको महिनाको कमाइ २.५ करोड रुपैयाँ हुन्थ्यो ।

७. लियोना मिन्डी रोबट्र्स हेमस्ले, अमेरिका : लियोना अमेरिकी प्रख्यात विजनेश वुमन थिइन । उनीमाथि ट्याक्स छलीसहित अन्य कयौं क्रिमिनल क्रियाकलापमा संलग्न भएको आरोप लाग्यो । उनको रियल स्टेटको विजनेश थियो । उनले आफ्ना पति हैरी हेमस्लेसँग मिलेर रियल स्टेटको एम्पायर खडा गरेकी थिइन ।

दुवै जना मिलेर अमेरिकामा २३ होटलको चेन खडा गरेर प्रख्यात होटल ब्यवसायीको लिष्टमा समेत सामेल भए । लियोना अपराधीक क्रियाकलापमा संलग्न रहेका कारण १६ वर्षको जेल सजाय भयो । तर, उनी १९ महिनामै रिहा गरियो । सन् २००७ मा हार्ट फेलियर भएपछि उनको मृत्यु भयो । यिनीसँग ८ सय करोड डलरको सम्पत्ति रहेको मानिन्छ ।

८. रोसेट कुटुलो, इटली :रोसेट कुटुलो इटलीकी प्रभावशाली क्राइम बोस राफेलकी बहिनी हुन् । राफेल बढी समय जेलमा रहनु परेका कारण उनको पूरा कारोबार रोसेटको हातमा रह्यो ।
सन् १९८० ताका रोसेटको आम्दानी करोडौं थियो । सन् १९९३ मा उनी जेल परिन् । एजेन्सी

राजमुकुटमा ७५० टुक्रा हीरा, अमेरिकाबाट ल्याइन्थ्याे चराकाे प्वाँख

काठमाडौँ । सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको राजमुकुट अर्थात् श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् । पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणिमाणिक्य छन् । श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की चराको पुच्छर हो । दाहालका अनुसार बर्ड अफ प्याराडाइज नामक चरोको पुच्छरबाट कल्की बनाइएको हो ।यो चरा दुर्लभ र संरक्षित चरा हो ।

यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्षक बनाउने काम राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए त्यसक्रममा कल्की बाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो । श्रीपेचलाई शक्तिको प्रतिकको रुपमा लिइन्छ । हिजोकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नु होस्

यस कारण कैदीबन्दीहरुको सजाय मिनाह भएन यसपाली

असोज / नयाँ मुलुकी अपराध संहिताका कारण यो दशैमा विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका कैदीबन्दीको सजाय मिनाह रोकिएको छ । गणतन्त्र दिवस र वडा दशैंको अवसरमा सरकारले असल चालचलनको आधारमा कैद सजायको ४० प्रतिशत कैद जीवन भुक्तान गरेकालाई कैद मिनाह गर्दै आएको थियो । गृह मन्त्रालयले यसअघि असल चालचलन भएका जघन्य अपराधका मुद्दामा कैद सजाय भोगिरहेका बाहेकका कैदी बन्दीमध्ये ४० प्रतिशत कैद भुक्तान गरेका असल चालचलन भएकाको नामावली माग्ने गरेको थियो ।

तर यसपालि गृहले नामावली नमागेको केद्रीय कारागार सुन्धाराका जेलर वेदनिधि अधिरकारीले बताउनुभयो । नयाँ मुलुकी अपराध संहिताका कारण दशैंमा कैदी बन्दीले यो सुबिधा नपाएको गृहले जनाएको छ । गणतन्त्र दिवसका अवसरमा भने सरकारले माओवादी नेता बालकृष्ण ढुंगेल सहितलाई रिहा गरेको थियो ।

गत भदौबाट लागू भएको नयाँ अपराध संहिताका कारण मुलुकी अपराध संहिता अनुसार कैदीबन्दीले कैद मिनाह पाउन जघन्य अपराध अन्तर्गत भष्टाचार, जबर्जस्ती करणी, राज्यविरुद्धको अपराध, मानव बेचबिखन विरुद्धको अपराध, लागूऔषध कारोबार, शरीर बन्धन बाहेकका अन्य अपराधका मुद्दामा कम्तिमा ७५ प्रतिशत कैद जीवन भुक्तान गरेको हुनुपर्ने उल्लेख छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

अमेरिकाले सोमालियामा गरेको हवाई आक्रमणमा ६० चरमपन्थी मारिए

काठमाडौं । अमेरिकी सेनाले गरेको आक्रमणमा परी चरमपन्थी संगठन अल सबाबका ६० चरमपन्थीहरु मारिएका छन् । गत शुक्रबार गरिएको आक्रमणमा परी उनीहरुको ज्यान गएको अमेरिकी सेनाले बताएको हो ।

सोमालियाको हारार्डेमा गरिएको हवाई आक्रमणमा परी कुनै पनि सर्वसाधारणको ज्यान नगएको विवरणमा उल्लेख गरिएको छ । अमेरिकाले सो आक्रमण सोमालियाको सेनाको संयुक्ता प्रयासमा गरिएको आक्रमण रहेको बताएको छ । अहिले गरिएको यो हवाई आक्रमण सन् २०१७ को नोभेम्बरयताकै सबैभन्दा ठुलो आक्रमणको घटना हो ।

अघिल्लो वर्षको सो महिनामा भएको आक्रमणमा परी १०० जनाको ज्यान गएको थियो । अलकायदासँग सम्बन्ध रहेको अल सबाबले भने यो समाचारको पुष्टि गरेको छैन । सोमालियामा यस वर्ष अमेरिकाले दर्जनभन्दा बढी हवाई आक्रमण गरेको छ । जसमा केही ड्रोन आक्रमण पनि थियो ।

अमेरिकी सेनाले पछिल्लो आक्रमणमा अल सबाबको विरुद्धमा महत्वपूर्ण सफलता हासिल भएको बताउँदै आएको छ । मध्य सोमालियामा अल सबाब निकै शक्तिशाली आतंकवादी संगठन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा अमेरिकाले गत मार्चदेखि व्यापक मात्रामा सुरु गरेको थियो । एजेन्सी

आज महाअष्टमी र कालरात्रि मनाइँदै : किन दिइन्छ पशुबलि ?

काठमाडौँ– महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको उनको भनाइ छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा. गौतम बताउँछन् ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने  । यी तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ ।

आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।

देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

 

दसैंमा मासुका परिकार यसरी तयार गरौं

काठमाडौं, असोज ३१ – टाउको फ्राइ

सामग्री-खसीको टाउको २ सय ग्राम, जिरा आधा चम्चा, अदुवाको पेस्ट आधा चम्चा, लसुनको पेस्ट आधा चम्चा, बेसार आधा चम्चा, जिराको धूलो आधा चम्चा, धूलो खुर्सानी आधा चम्चा, भेंडेखुर्सानी एक टुक्रा काटेको, प्याज काटेको, गोलभेंडा काटेको, हरियो धनियाँ काटेको एक चम्चा, तोरीको तेल ४ चम्चा, नुन स्वादअनुसार, बाजेको मिट मसला आधा चम्चा ।

विधि-पहिले टाउकोलाई सफा गरेर उसिन्ने र साना–साना टुक्रा बनाउने । एउटा भाँडामा तोरीको तेल तताएर जिरा, खुर्सानी फुराई अदुवा, लसुन फ्राइ गर्ने अनि सम्पूर्ण सामग्री हालेर भुट्ने । स्वादअनुसार नुन र खुर्सानी हालेर माथिबाट धनियाँ छर्किने ।

प्यान ग्रिल अस्ट्रिच

सामग्री-बोनलेस अस्ट्रिचको मासु सय ग्राम, नुन स्वादअनुसार, कागतीको रस आधा चम्चा, रोजमेरी पेस्ट आधा चम्चा, चिकेन स्टक ३० मिलिलिटर, बटर १ चम्चा, मैदा १ चम्चा, सोया सस २० मिलिलिटर, लसुन १० ग्राम तथा गोलभेंडा र चुकन्दर एक–एकवटा।

विधि-अस्ट्रिचलाई एक इन्चको स्लाइस गरी काट्ने । फ्राइ प्यान तताएर तेल हाल्ने । अस्ट्रिचलाई साल्ट पेपर, रोजमेरी पेस्ट तथा कागतीको रसका साथ दुवैतिर राम्रोसँग पल्टाइ–पल्टाइ पकाउने ।

ससका लागि स् एउटा प्यानमा तेल वा बटर तताई स्लाइस लसुन हालेर हल्का भुट्ने । त्यसमा चिकेन स्टक, नुन, पेपर, कागतीको रस, सोया सस तथा नुन हाल्ने । मैदा हाली हल्का चलाइरहने । सस केही बाक्लो भएपछि ग्रिल अस्ट्रिच माथिबाट राखिदिने । यसलाई इच्छानुसार गोलभेंडा, चुकन्दर, धनियाँ आदिले सजाएर सर्भ गर्ने ।

भुटन साँधेको

सामग्री-भुटन २ सय ग्राम, भुटेको जिराको धूलो आधा चम्चा, अदुवा र लसुनको पेस्ट आधा चम्चा, कागतीको रस १० मिलिलिटर, हरियो धनियाँ काटेको एक चम्चा, चाट मसला ५ ग्राम, तोरीको तेल १० मिलिलिटर, खुर्सानीको धूलो, नुन स्वादअनुसार, बेसार ५ ग्राम ।

विधि-मासुलाई सफा गरेर उसिन्ने । चिस्याएर सम्पूर्ण मरमसला हाली मोल्ने । तोरीको तेलमा मेथी र बेसार फुराई भुटनलाई झान्ने ।

मस्टर्ड क्यास्विनट ग्रेभी फिस

सामग्री-माछा (काँडा नभएको बुहारी माछा) १ केजी, सस्र्युंको पेस्ट ५० ग्राम, प्याजको पेस्ट २५ ग्राम, लसुनको पेस्ट २५ ग्राम, जिराको पेस्ट १० ग्राम, गोलभेंडाको पेस्ट १ सय ग्राम, काजुको पेस्ट २५ ग्राम, बेसार आधा चम्चा, खुर्सानी र नुन स्वादअनुसार, जिराका दाना, सस्र्युं, सुकेको खुर्सानी र तेजपत्ता जम्मा ५ ग्राम ।

विधि-माछालाई सफा गरेर थोरै नुन–बेसारका साथ मोलेर केही बेर फ्रिजमा राख्ने । कराही वा तावामा तेल तताई माछालाई राम्रोसँग पाक्ने गरी ग्रिल गर्ने ।

सस बनाउने विधि-कराहीमा तेल तताई जिरा, सस्र्युं, सुकेको खुर्सानी, तेजपत्ता फुराउने । लसुनको पेस्ट, प्याजको पेस्ट तथा जिराको पेस्ट हालेर भुट्ने । त्यसलाई सस्र्युंको पेस्टका साथ केही बेर पकाउने । गोलभेंडाको पेस्ट हालेर फेरि पकाएपछि काजुको पेस्ट पनि हाल्ने । ग्रेभीबाट तेल निस्कन थालेपछि इच्छाअनुसार पानी हालेर लेदो बनाउने र ग्रिल माछा हाली केही बेर पकाउने । यसरी तयार मस्टर्ड क्यास्विनट ग्रेभी फिसमा केही थोपा कागतीको रस मिसाउने ।

ह्याकुल्ला डामेको

सामग्री-खसीको ह्याकुल्ला २ सय ग्राम, नुन स्वादअनुसार, तोरीको तेल २० मिलिलिटर, टिम्मुरको धूलो २ ग्राम, खुर्सानीको धूलो स्वादअनुसार ।

विधि-खसीको ह्याकुल्लालाई सफा गरी उसिन्ने र स्लाइस गरी काट्ने । प्यानमा तोरीको तेल तताएर काटेको ह्याकुल्लालाई डाम्ने । नुन, टिम्मुर तथा खुर्सानीको धूलो हालेर केही बेर पकाएपछि तात्तातो सर्भ गर्ने ।

मटन बोटी कबाब

सामग्री-मटनको करङको भाग २ सय ग्राम, बेसार १ चम्चा, धनियाँको धूलो १ चम्चा, खुर्सानीको धूलो १ चम्चा, नुन स्वादअनुसार, गरम मसला १ चम्चा, दही २ चम्चा, जिरा धूलो आधा चम्चा, तेल २ चम्चा, अदुवा र लसुनको पेस्ट १ चम्चा ।

विधि-माथिका सबै सामग्री मासुमा हालेर मोल्ने । यसलाई २ घन्टाजति फ्रिजमा राखी झिरमा उनेर १० मिनेटसम्म पल्टाइ–पल्टाइ पोलेपछि मटन बोटी कबाब तयार हुन्छ ।

टाउको साँधेको

सामग्री-खसीको टाउको २ सय ग्राम, गाजर १० ग्राम, केराउ १० ग्राम, प्याज १० ग्राम, हरियो लसुन १० ग्राम, भुटेको जिराको धूलो १० ग्राम, टिम्मुरको धूलो २ पिन्च, खुर्सानीको धूलो ५ ग्राम, अदुवा र लसुनको पेस्ट १० ग्राम, चाट मसला ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, गोलभेंडा काटेको १० ग्राम, नुन तथा कागतीको रस स्वादअनुसार ।

विधि-खसीको टाउकोलाई राम्रोसँग सफा गरेर उसिन्ने । पाकेपछि चिस्याएर सम्पूर्ण सामग्री हाली मोल्ने अनि तोरीको तेल तताई मेथी र बेसारले झान्ने।

चिकेन डामेको

सामग्री-बोनलेस चिकेन २ सय ग्राम, मैदा ५ ग्राम, अण्डाको सेतो भाग एउटा, अदुवा र लसुनको पेस्ट ५ ग्राम, तेल ५ मिलिलिटर, बटर १ चम्चा, नुन स्वादअनुसार, ब्वाइल भेज ९गाजर, सिमी, काउली र अन्य सिजनल भेज० १ सय ग्राम ।

विधि-मैदा र अण्डाको सेतो भाग, अदुवा–लसुनको पेस्ट र नुनको लेप बनाउने र त्यसलाई बोनलेस चिकेनसँग मोल्ने, एउटा सानो फ्राइ प्यानमा १ चम्चा बटर हाली तताउने र त्यसमा चिकेन राख्ने । २ मिनेटजति पकाई एकपटक उल्टाएर पकाउने । गोल्डेन ब्राउन कलर भएपछि निकालेर सिजनल भेज तथा आफूलाई मनपर्ने अचारसँग खाने ।

मटन सेकुवा

सामग्री-मटन १ केजी, जिराको धूलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, खुर्सानीको धूलो १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, कागतीको रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, नुन स्वादअनुसार ।

विधि-एउटा भाँडामा सबै सामग्रीका साथ मटनको पिस हालेर मोल्ने । ४ घन्टाजति फ्रिजमा राखेपछि आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, फ्राइ गरेर वा ओवनमा पकाएर सेकुवा तयार गर्न सकिन्छ ।एजेन्सी

विश्व मैत्रिपुर्ण फुटबलको उपाधि ब्राजिललाई

काठमाडौँ– विश्व मैत्रिपुर्ण फुटबलको उपाधि ब्राजिलले जितेको छ। ब्राजिलले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वि अर्जेन्टिनालाई १–० ले पराजित गर्दे उपाधि जितेको हो। अर्जेन्टिना जारी मैत्रिपुर्ण प्रष्पिर्धामा आफ्ना स्टार खेलाडीहरु लियोनेल मेसी, सर्जिओ अगुइरो, गोञ्जालो हिगुएन विना मैदानमा उत्रिएको थियो। अर्जेन्टिनाले अधिकाशं युवा स्टारलाई विश्वास गरेको छ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो। ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए। स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध नेमार, कोउटिन्हो र फिर्मिनोको आक्रामक जोडीले प्रभाव जमाउन सकेन।

अधिकाशं स्टार खेलाडी नभएपनि अर्जेन्टिनाले ब्राजिललाई खेल अवधिभर रोक्न सफल भएको थियो। चर्चित खेलाडीलाई मैदानमा उतारेको ब्राजिलले अर्जेन्टिनाको युवा टोलीलाई समस्या दिन सकेन। अर्जेन्टिनाका लागि फवार्डहरुले उल्लेख्य आक्रमण गर्न नसके पनि डिबालाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो।

त्यसअघि निकोलस ओटामेन्डीले मिरान्डाकै हेडरलाई गोललाइनबाट क्लियर गरेका थिए। अर्जेन्टिनाले विश्वकपपछि खेलेका चौथो खेलमा यो पहिलो हार हो।एजेन्सी

दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

रुकम, पश्चिम, ३० असोज-रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेको छ । सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाईते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन् । जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ । सो गाडी आज दिउँसो दुर्घटनामा परेको हो ।

हर्टविट एफ एमको आयोजनामा आज वृहत दशै कन्सर्ट हुँदै

हर्टविट एफ एमले वार्षिक उत्सवको अवसर पारि वृहत दशै कन्सर्ट कार्यक्रमको आयोजना गरेको छ । आज अर्थात असोज ३० गते चार नम्बर चोकमा दिउँसो १ बजे देखि ८ बजे सम्म संस्थाको वार्षिक उत्सव तथा विजयादशमीको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा राष्टिय स्तरका संजीव सिं, वर्षा लम्साल, मिलन कंडेल, विधान कार्कि, पुर्खे बा र अर्जुन मिश्र लगायत अन्य स्थानिय कलाकारहरुले विशेष मनोरञ्जनात्मक प्रस्तुती दिने आयोजकले जनाएको छ ।

प्रतिनिधि सभा सांसद अतहर कमालको प्रमुख आतिथ्यता, वाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यत्रक्रममा उपस्थित भई सफल पारिदिनुहुन सम्पुर्ण सहयोगिकर्ता, श्रोतामित्रहरु, विज्ञापनदाता, संघ संस्था, समाजसेवीलाई उपस्थितीका लागि एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश पौडलले आग्रह गरेका छन् ।