सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।
श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ ।

श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे । रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो । त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाई रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।

कर्णाली नदीमा डुङ्गा पल्टीदा २ जना बेपत्ता, ३ जना बाँच्न सफल

लम्की। कैलालीको महोन्याल गाउपालिका र लम्कीचुहा नगरपालिकाको सिमानामा पर्ने पिचमारीस्थित कर्णाली नदिमा डुङ्गा पल्टीदा २ जना बेपत्ता भएका छन् ।

डुङ्गामा सवार जोशीपुर गाउपालिका वडा नम्बर ५ का २२ बर्षिय समिर र २३ बर्षिय पुरुषोत्तम चौधरी बेपता रहेको इलाका प्रहरी कार्यालय चिसापनीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले जानकारी दिए ।

घुम्नको लागि जोशीपुरका समिर बडेला र पुरुषोत्तम एक मोटरसाईकलमा र बौनियाका दुसान्त हमाल र चक्र विडारी अर्को मोटरसाईकलमा चिसापानी, पिचमारी गएको बताइएको छ । पिचमारीदेखि चिसापानीतर्फ २ वटा मोटरसाइकलमा सवार चारै जना पिचमारीबाट चिसापानीसम्म लैजान आग्रह गदै डुङ्गामा चढेका बताइएको छ।

सवार चारै जनाले मदिरा सेवन गरेकाले डुङ्गामा बस्दा असन्तुलन हुदा डुङ्गा पल्टिएको चालक सुगरखालका प्रकास विष्टले बयान दिएको प्रहरीले जनाएको छ । ढुङ्गामा सवार बौनियाका दुसान्त हमाल, चक्र विजाडी र चालक सुगरखालका प्रकास विष्ट पौडेर बाच्न सफल भएको प्रहरी जनाएको छ ।

बेपताको खोजि कार्य भैरहेको छ । घटना साझ अबेर भएकाले अहिले रातमा खोजि गर्न अप्ठारो भएको र भोली बिहानबाट खोजि कार्य फेरी सुरु गर्ने इलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज प्रहरी निरीक्षक दिपेन्द्र के.सिले बताए। पिचमारीको जंगलमा राखिएका दुई मोटरसाईकल भने प्रहरीले प्रहरी कार्यालयमा ल्याएको छ ।

राष्ट्रपतिले सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने समय तोकियो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ ।

राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो ।

यस्तै निजामती, जङ्गी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

टीकाको दिन पोखरामा प्रहरीको निःशुल्क बस सेवा

दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

कात्तिक २ गते दशैँको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए।

लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ।

बस्नेत भन्छन्, “दशैँ हामी पनि मान्छौँ तर जनता हाम्रो पहिलो प्राथमिकता हो। सशस्त्र प्रहरी र जनताको सम्बन्धलाई सेवा सञ्चालनबाट अझ नजिक बनाउन मद्दत गर्दछ।” बस सेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ।

त्यस्तै तालीम शिक्षालयले टीकाको दिन पोखरा बजारभित्र आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने बताइएको छ।

कपिलवस्तुमा दोस्रो नगरस्तरीय भलिबल प्रतियोगिता सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ११ मा नगरस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । सुर्योदय युवा क्लवको आयोजनामा असोज ३१ गतेसम्म हुने प्रतियोतामा नगर भित्रका १२ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले १६,०१६ द्धितिय हुनेले १०,०१० तृतिय हुनेले ५,०११ र सान्तवना पुरस्कार २०११ रहेको प्रतियोगिताका संयोजक प्रेम लुइटेलले जानकारी दिएका छन । दोस्रो नगरस्तरीय प्रतियोगिता सुर्योदय युवा क्लवले आयोजना गर्दा यस क्षेत्रका भलिबल खेलका खेलाडी र पारखीको निकै मन छोएको क्लवका निर्देशक हरी ढुङ्गानाले बताएका छन । प्रतियोगिता ३१ गते समापन हुने स सोही दिन साझ राष्ट्रीय कलाकारको साथमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको सास्कृतिक संयोजक अर्जुन भुसालले बताए । प्रतियोगितालाई सफल पार्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सास्कृतिक कार्यक्रममा सहभागि हुने क्लवका अध्यक्ष दामोदर गौतमले आग्रह गरेका छन ।

गुल्मीमा जीप दुर्घटना, २ को मृत्यु

बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । लु १ ज २१८१ नम्बरको जीप चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीले दुर्घटनाको पुष्टि गर्दै चन्द्रकोट गाउँपालिका-२ का ३५ वर्षीय लालबहादुर गुरुङ र ५२ वर्षीय भरत गुरुङको मृत्यु भएको जानकारी दिएको छ ।

जीपमा कति सवार थिए र के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

जिवनस्तर उकास्न सहकारी आवश्यक

नेपालीहरुको जिवनस्तर उकास्न सहकारी आवश्यक रहेको एक कार्यक्रमका बतmाले जोड दिएका । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा सिर्नजि बचत तथा ऋण सहकारीको संस्थाको एघारौ साधारण सभामा बोल्ने बतmाले सो कुरामा जोड दिएका हुन । न्युन आय भएकालाई सस्तो ब्याजमा ऋण दिई ब्यवसायीकता तर्फ उन्मुख गराउन सहकारीको महत्वपुर्ण भुमिका भएकाले भावी समयमा थप योजना बनाई सेवा दिन आवश्यक रहेकोमा जोद दिएका हुन । बाणगंगा नगरपालिकाकाका मेयर मगंल प्रसाद थारु , उपमेयर चक्र अर्यालले सहकारी मार्फत न्युन आय भएका र ठुला ब्यवसायी लाई छुट्टै योजना बनाई ऋण दिन आवश्यक रहेको बताए । सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलसहकारीका सल्लाहकार दोलकराम घिमिरे, अर्जुन शाही, गुणनिधि भुसाल, जिल्ला बचत सघंका जिल्ला अध्यक्ष गुणनिधि भुसाल, जिल्ला सहकारीका सघंका उपाध्यक्ष तेज प्रसाद आर्चाय, सिर्नजि बचत तथा ऋण सहकारीका निवर्तमान अध्यक्ष अर्जुन खरेल, साना किसान सहकारी अध्यक्ष मधु कुमार बेल्बासे लगातयले आआफनो धारणा राखेको सिर्नजि बचत तथा ऋण सहकारीकाका ब्यवस्थापक दिनामणी खनालले जानकारी दिए । ३५ सय बढि शेयरसदस्य रहेको सिर्नजि बचत तथा ऋण सहकारी जिल्लाकै अब्बल सहकारीका रुपमा मानिएको छ ।

बृद्ध दम्पतिलाई सहयोगी हात जुट्दै

कपिलवस्तुको बाणगंगा नगरपालिका बैकुण्ठपुरमा रहेका निस्तान अशतm बृद्ध दम्पतिलाई सहयोग जुटन थालेको छ । निस्तान बृद्ध दम्पतिलाई रुपन्देहीको भैरहवामा रहेको पर्वत ज्वेर्लस र ऋषि पाल्पा ज्वेर्लसका सञ्चालकले सहयोग गरेका छन । पर्वत ज्वेर्लसका सञ्चालक पुर्ण बहादुर बिकले पाच हजार र ऋषि पाल्पा ज्र्वेलसका सञ्चालक राजल रसाइलीले नगद रु तीन हजार सहित चामल दाल फलफुल दिएका छन । त्यस्तै कपिलवस्तुको गोरुसिङेमा रहेको नारायण दलले पनि बृद्ध दम्पतिलाई ४० किलो चामल, १० केजि दाल, तेल नुन लगायतका सामाग्री प्रदान गरेको छ । दलका प्रमुख सेनानी शसी थापाले सोलार बत्ती समेत केही दिनमा जडान गरीदिने जनाएका छन । ट्रस्ट मार्फत सहयोग उठाउनका लागी पहल गर्ने र घर निमार्णका लागी आफुहरुले समेत सहयोेग गर्ने उनले बताए ।
उतm समाचार बुटवल टुडेमा प्रकासित भएपछि देशबिदेशबाट समेत उनीहरुलाई सहयोग गर्न सम्र्पक गरीरहेको स्थानिय कृष्ण पोख्रेलले बताए । बाणगंगा नगरपालिका वडा नम्बर ५ वैकुण्ठपुरका ८६ वर्षीय यन बहादुर क्षेत्रीलाइ आफ्नी ८८ वर्षीय श्रीमतीको रेखदेख र स्याहारसुसार गर्दै ठिक्क छ । उमेरले चार बीस कटेका बृद्ध दम्पती जस्को दैनिकी तपाइँ हामीले सोचे जस्तो सामान्य भने छैन ।

दसैंमा कस्तो रोग लागेको बिरामीले के खाने वा के नखाने?जानि राखौँ

काठमाडौं-दसैंले नेपाली हिन्दूहरुलाई छपक्कै छोपिसकेको छ । यतिबेला अधिंकासको घरमा खसि, राँगा, तथा कुखुरा लगायतका पशुपंक्षि काटिएका छन् । आफ्नै घरमा नकाट्नेले पनि अन्यत्रबाट चार/पाँच दिनलाई पुग्ने मासु किनेर ल्याइसकेका छन् ।

दसैंलाई नेपालीहरुले खानपिन र रमाइलोको रुपमा लिने गर्छन् । अझ बढी यो पर्वलाई मासु खाने पर्वका रुपमा पनि चिनिन्छ । त्यसैले त दसैंको नाम लिने वित्तिकै सवैको मुखमा मासुको परीकार आइहाल्छ । टिका, जमारा, पिङ भेटघाट रमाइलो भन्दा पनि दसैंको समयमा सबैभन्दा पहिला मासुका विभिन्न परीकार नै आउँछन ।

दसैंको समयमा मानिसहरु बढी मात्रामा खानपिन गर्ने भएकाले निरोगी मानिस समेत रोगी हुन्छन् । झन् दीर्घ रोग लागेकाले खानपिनमा ध्यान नदिँदा बिरामीलाई गम्भिर अवस्थामा अस्पतालमा पुर्‍याउनु परेका थुप्रै उदाहरणहरु छन् ।

भेटघाट, रमाइलो भन्दा पनि स्वादको पछाडी लागेर खानपिनमा सामान्य हेलचक्राई गर्दा पनि धेरैको दसैंअस्पतालमा पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । त्यही भएर चिकित्सकहरुले दसैंको समयमा सबैलाई खानपिनमा विशेष ध्यान दिन आग्रह गरिरहेका हुन्छन् ।

चिकित्सकहरुका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका विरामीको संख्या हृवात्तै बढ्छ । रातो मासु, छाला वा त्यसमा हुने वोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने संभावना उत्तिकै रहेको बरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंह बताउँछन् ।

उनका अनुसार दसैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ ।

मासुले स्वास्थ्यलाई फाइदा पुर्‍याउछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउन सक्दछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरीक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ । दसैंको समयमा कुन रोगका बिरामीले के खाने के नखाने भन्ने विषयमा हामीले विभिन्न चिकित्सकहरुसँगको कुराकानीका आधारमा केही सुझाब यहाँ प्रस्तुत गरेका छौँ:

-मुटुरोगी

चिकित्सकहरुका अनुसार नेपालीको भान्छामा पाक्ने खाने कुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । त्यो पनि अत्याधिक मात्रामा चिल्लो हालिएका । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकार खानेकुरा हुन् ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले यो समयमा स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु अर्थात खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरुले एक दुई टुक्रा सेतो मासु र प्रसस्त मात्रामा हरियो सागसब्जि तथा फलफुल खानु नै सबैभन्दा उत्तम हुने डा. रेग्मीको भनाई छ ।

-मिर्गौला रोगी

दशैंको सयममा नेपालीहरुले हरेक पटकको खानेकुरा तथा खाजाको समयमा मासुलाई छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसलेदार र अधिक चिल्लोपना भएका खानेकुरा बढि खाइन्छ ।

यसका साथै मदिरा पनि अत्याधिक मात्रामा पिउने गरिन्छ । मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतका अनुसार बढी चिल्लो र मदिराका कारण मिर्गौला असन्तुलन हुन गई मिर्गौला फेल समेत हुन सक्छ । त्यसकारण मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्याधिक चिल्लो छुनु नै हुँदैन । यसका साथै सामान्य समस्या देखिएकाले पनि चाडवाडको समयमा मदिरा र खानपिनमा ध्यान नदिँदा मिर्गौलाले गर्ने नियमित क्रियाकलापमा सन्तुलन गर्ने प्रक्रियामा असर गर्न सक्छ ।

डा. बस्नेतका अनुसार मिर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ । वियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । वियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ । मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, हृविस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना हुने उनको भनाई छ ।

-मधुमेहका बिरामी

बरिष्ठ मधुमेहरोग विशेषज्ञ डा. ज्योती भट्टराईका अनुसार चाडबाडको समयमा मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्तै यस्ता बिरामीले प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड छुनै हुँदैन । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर, तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हँुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।

मधुमेहीलाई थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा (मुरै), कर्नफ्लेक्स, चाउमिन, गेडागुडी -दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) खान हुन्छ । यस्तै माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ तर स्वास्थ्यको ख्याल गरी निकै थोरै परणाममा मात्र यस्ता खाने कुरा खान डा. भट्टराई बिरामीलाई आग्रह गर्छिन ।

उनका अनुसार मधुमेहका रोगीले स्वास्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ । मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ ।

-युरिक एसिडका बिरामी

वीर अस्पतालका बरिष्ठ चिकित्सक डा. भुपेन्द्र बस्नेतका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

यदी यस्ता समस्या भएका मानिसले यस्तो खाना बढी मात्रामा खाएमा हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।

कलेजोका बिरामी

कलेजोरोग विशेषज्ञ डा. दिलिप शर्माका अनुसार दसैंको समयमा खानामा ध्यान नदिँदा कलेजो विग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ ।

उनका अनुसार मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो । कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।

रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ । त्यसकारण दसैंको समयमा मदिरा र मासु खाँदा विशेष ध्यान दिन डा. शर्माको सुझाउँछन् ।

-बाथका बिरामी
वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरूण गुप्ताका अनुसार युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधि हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ । बाथ खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।

एजेन्सी

पाकिस्तानले दियो भारतमा आक्रमण गर्ने चेतावनी

पाकिस्तानी सेनाले भारतमा सर्जिकल स्ट्राइक गर्ने चेतावनी दिएको छ । उसले भनेको छ, ‘यदि भारतले एक पटक आक्रमण गर्यो भने हामी १० सर्जिकल स्ट्राइक गर्ने छौं ।’

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नेल आसिफ गफूरले शनिबार लण्डनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गफूरले यस्तो चेतावनी दिँदा पाकिस्तानी सेना प्रमुख जर्नेल कमर जावेद बाजवापनि साथमै थिए ।

गफूरले भने, ‘जो मानिस कुनै पनि गलत काम गर्ने सोच राख्छन्, उनीहरुको दिमागमा पाकिस्तानको क्षमतामाथि शंका नहुनुपर्ने हो ।’ उनले यस्तो चेतावनी भारतीय सेनालाई दिएको बताइएको छ ।

भारतीय सेनाले पाकिस्तानी सीमा भित्र गएर सर्जिकल स्ट्राइक गरिने भन्दै आएको सन्दर्भमा पाकिस्तानी सेनाले त्यसको जवाफ दिएको हो ।

अन्य फरक प्रसंगमा पाकिस्तानी सेनाका प्रवक्ता गफूरले चीन र पाकिस्तानको सहकार्यमा बनिरहेका परियोजना सेनाको अनुगमनमा भइरहेको बताए । उनले यसबाट पाकिस्तानको आर्थिक विकास हुनेसमेत दावी गरे ।

उनले पाकिस्तानमा बलियो लोकतन्त्र आवश्यक भएकोसमेत बताए । उनले पाकिस्तानमा नराम्रोमात्र नभएको भन्दै राम्रो पनि भएको बताए । उनले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको सम्मान भइहरकोसमेत दावी गरेको समाचारमा जनाइएको छ ।एजेन्सी

यो पनि पढ्नुहोस्

आक्रमणमा मृत्यु हुनेको संख्या २२ पुग्यो

अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी र्यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

अफगानिस्तानमा यही अक्टोबर २० तारिखका दिन हुने संसदीय र प्रान्तीय निर्वाचन नजिकिँदै गर्दा हिंसाका घटनाहरु बढ्दै गएका छन्।निर्वाचन लक्षित हिंसात्मक घटनामा परी अहिलेसम्म सयौंको मृत्यु भइसकेको छ। शनिबार ताखार प्रान्तमा आयोजित र्यालीमा भएको आक्रमणमा परी ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्।

आक्रमणकारीहरुले उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराएका थिए। रासस/एएफपी

बलात्कारीको टाउको काटेर टाउको सहित प्रहरी चौकी पुग्ने पशुपति को हुन ?

काठमाडौ । सामाजिक सञ्जाल अझ विशेष गरि अहिलेको समयमा फेसबुक सबैंका बिच एकदमैं चर्चामा रहेको छ । सामाजिक सञ्जालमा आउने केही भिडियो समयसमयमा भाइरल हुने गर्छन । पछिल्लो समय एक भिडियो भाइरल भयो जहाँ एकजना युवक कुनैं व्यक्तिको टाउको लिएर हिडिरहेको देख्न सकिन्छ ।

भाइरल भिडियो भारतको केरेला राज्यको भएको जनाइएको छ । त्यो भिडियोमा भएका व्यक्ति नेपाली भएको र उनले आफ्नो बहिनीको बलात्कार गर्ने युवकको टाउको काटेर प्रहरी चौकीमा बुझाएको जिकिर नेपाली फेसबुक प्रयोगकर्ताहरुले गरेका छन ।

उता भारतीय फेशबुक प्रयोगकर्ताहरुले भने एक मुस्लिम त्यो पनि भारतीय कांग्रेसका एक कार्यकताले एक हिन्दु महिलामाथि बलात्कार गरेपछि ति महिलाका भाइले मुस्लिम केटाको टाउको काटेर प्रहरीकोमा बुझाएको बताएका छन । भारत लगायत नेपालमा समेत्त भाइरल यो भिडियोमा भनिएको कुराहरु भने सत्य होईनन ।

यो भिडियोमा जो देखिरहेका छन उनको नाम पशुपति हो । यो भिडियो कर्नाटक राज्यको मन्डीया जिल्लाको हो जहाँ २९ सेप्टेम्बर चिकाबगीलु गाउँमा वस्ने गिरीश सँग पशुपतिको लामो समय देखि झगडा भइरहेको थियो । एकदिन बोलाबोल हुने क्रममा गिरीशले पशुपतिकी आमालाई गालि गरे अनि रिसको आवेगमा आएर २४ वर्षका पशुपतिले २९ वर्षका गिरीशको टाउको काटिदिएका थिए ।

त्यही काटिएको टाउको लिएर मालावाली प्रहरी चौकीमा आएको एसएचओ शिवप्रकास देवराजुले जानकारी दिए । उनका अनुसार दुई जना विचको आपसी लडाईमा गिरीशले आमालाई गाली गर्दा आवेशमा पशुपतिले हत्या गरेका हुन । उनले प्रहरीसमक्ष आत्मसर्मण पनि गरिसकेको प्रहरीले जनाएको छ । अहिले पशुपति जेलमा छन र घटनाको बारेमा अनुसन्धान भइरहेको छ । अचेल उक्त फोटो र पोष्ट नेपालमा भइरहेको पछिल्ला घटनाप्रतिको आक्रोश र जाति विचारलाई आगोको रुपमा फैलाएर अशान्ति मच्याउने उदेश्यले ल्याईएको खुल्न आएको छ । वास्तविक सत्य यहाँ खुलाईएको छ । सचेत बनौँ । सेयर गरेर सचेत बनाऊँ । भारतीय सञ्चारमाध्यमको सहयोगमा

हिउँ आँधीमा परेकाको शव काठमाडौं ल्याइयो

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आइतबार पोखरा हुँदै काठमाडौँ पठाइएको छ। शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच कोरियालीसहित नौ जनाको निधन भएको थियो।

हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव संकलन गरी चार खेपमा गुर्जा पुर्‍याउन सफल भएको थियो। घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आइतबार साँझ काठमाडौं पठाइएको पोखरा विमानस्थलमा खटिएका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ। यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर संखुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे, दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुर्जा हिमाल आरोहण हुन लागेको यो पहिलो टोली थियो। वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका अन्य हिमाल आरोहण हुँदै आए पनि यो हिमालको आरोहणका लागि पहिलो पटक टोली पुगेको थियो। लामो समयपछि हिमाल आरोहणमा आएको टोली दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमग्न भएको छ। ट्रेकिङ क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू हिउँ आँधीमा परेको स्थानमा पुग्न म्याग्दीको सदरमुकाम बेनीदेखि लगभग चार घण्टा गाडी र १३ घण्टा पैदलयात्रा गर्नुपर्ने बताइएको छ।

६ वर्षिय बालकको अपहरणपछि हत्या, दुई पक्राउ

बारा ।  बारामा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ ।

असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटस्थापनाको दिन देखि नै बेपता भएको दिपकको स्थानीय बांही जंगलमा हत्या गरिएको अवस्थामा शनिबार राति शव फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो चार बजेदेखि बेपता भएको बालक सांझसम्म पनि घर नफर्केपछि आफन्तजनहरुले खोजतलाश गरेका थिए । खोज तलाश गर्दा पनि दिपकको पत्ता नलाग्दा सांझ सात बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जानकारी गराएका थिए ।

अपहरणकारीहरुले दिपकको आफन्तजनसंग १० लाखको फिरौती मांग गरेपछि फिरौतीको जोहो गर्न लाग्दा हत्या गरिएको शव फेला परेको स्थानीयहरुले बताएका छन । हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी दुई जनालाई सार्वजनिक गरेको छ ।

सिम्रौनगढ नपा ३ नयकाटोलका गगनदेव कुशवाहाका १७ वर्षीय छोरा हरेन्द्र कुमार कुशवाहा र नयकाटोलकै सुखल बैठाको छोरा २३ वर्षीय श्याम बैठालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले बताए ।

एक महिना अगाडी धनेश्वर प्रसाद यादवस“ग दुई लाख रुपैया सापटी मांग गरेको र यादवले सापटी नदिएको कारण यादवको छोरा दिपक यादवको अपहरण गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रनाउ राठौरले बताए ।

 

यो पनि पढ्नुहोस्

चार वर्षीया बालिकामाथि बलात्कारको प्रयास

काठमाडौं,असोज –भक्तपुरको चाँगुनारायण नगरपालिका–९ सुडालखालमा चार वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ।

स्थानीय ४५ वर्षीय रिफेल गोतामेले बलिकालाई आफ्नै पसलमा चक्लेट दिन्छु भनी बोलाएर ललाइफकाई जवर्जस्ती गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनाबारे बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। गोतामे फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ। घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको छ।

कपिलवस्तुमा दुईजनाको जनाको मृत्यु

कपिलवस्तुमा जीपको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । विहान नेपाल बिद्धुत प्राधिकरणको जीपले ठक्करबाट दिदा एक शिवराज नगरपालिका ५, बाख्रा बजार बस्ने ५५ का गणेश भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको बा १ अ १८६१ नम्बरको नेपाल बिद्धुत प्राधिकरणको गाडीले बहादुरगन्ज आँखा अस्पताल अगाडि भट्राईलाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागी शिवराज अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक भट्राई बहादुरगंज अस्पतालमै काम गर्नुहुन्थ्यो ।  अस्पतालमा आउने क्रममा गाडीले ठक्कर दिएको हो । मृतक भट्टराईको शव पोष्ट्मार्टमका लागि शव शिवराज अस्पताल बहादुरगन्जमा राखिएको छ भने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यसैबिच कृष्णनगर नगरपलिकामा एक बृद्ध मृत भेटिएका छन् । कृष्णनगर नगरपलिका वडा नं. २ बस पार्क स्थित सर्मिला होटल अगाडीको नालामा एक पुरुष ब्यक्ति मृत अबस्थामा रहेको प्रहरिले जनाएको छ । मृतक रुपन्देहि जिल्ला बुटवल उप महानगरपालिका १ वतन घर भएका बर्ष ७० का जित ब. सुनार रहेको बताईएको छ । उनको साथमा सानो झोला रहेको र थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरि कार्यालय कृष्णनगरलाई उद्धृत गर्दै कपिलवस्तु प्रहरिेले जनाएको छ ।

छानविन समितिले प्रतिवेदन बुझायो, म्यासेन्जर च्याट किर्ते भएको ठहर

गत असोज २६ गते शिवराज नगरपालिकाको एक अस्पतालका सञ्चालक र पत्रकार चिन्ता परियार बिच भएको समाचारको विवादको अनुसन्धान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । शिवराज वडा नं. ५ बस्ने विजय जैसवालले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल पत्रकार महासंघका सदस्य तथा दर्शन न्यूज र मेरो साथी एफएमका व्यवस्थापक चिन्ता बहादुर दर्जी परियारले शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा हस्पिटल प्रा.लि.का संचालक मायादेवी गाउँपालिका वडा नंं ९ बस्ने अब्दुल अलिम संग समाचार प्रकाशन बारे रकम बार्गेनिङ गरेको म्यासेन्जर च्याट सहित प्रेषित गरेका थिए ।

त्यस पश्चात असोज २७ गते पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा गठित घटना छानबिनका लागि पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरीको संयोजकत्वमा महासंघ प्रदेश नं. ५ का सदस्य मनोज कुमार श्रीवास्तव, पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुसाल सदस्य रहेको समितिले प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनको ठहर अनुसार समितिले गरेको प्रत्यक्ष सोधपुछ तथा जानकारीका क्रममा विजय जैसवालले आफ्नो फेसबुक वालमा पोष्ट गरेको च्याट अस्पताल संचालक बाट आएको भन्ने बयान दिएको तर कहाँ बाट आयो भन्ने बारे मोबाइलमा देखाउन नमानेको, अस्पताल संचालक अब्दुल अलिमले अस्पताल दर्ता नभएको स्वीकारेको, आफुले फेसबुक नचलाउने बयान दिएको अनुसन्धानको क्रममा पाईएको समितिले जनाएको छ ।

परियार संग प्रत्यक्ष भेटमा विज्ञापन बारे कुराकानी भएपनि फेसबुक च्याटमा कुनै कुराकानी नभएको र अर्कै व्यक्ति (भारतीय) तनविर संग कुराकानी गरेको तर के कुराकानी भयो यसबारे थाहा नभएको, २ दिन सम्म अलिमले तनविर भन्ने व्यक्तिलाई सम्पर्क नगराएको तथा पत्रकार परियारको फेसबुक र म्यासेन्जरमा अलिम, तनविर तथा विजय जैसवाल संग कुनै कुराकानी नभएको भेटिएको हुदा विजय जैसवालले फेसबुक वालमा प्रेषित गरेको उक्त म्यासेन्जर च्याट किर्ते भएको छानबिन समितिको ठहर छ । पत्रकार परियार तथा जैसवाल बिच विगत लामो समय देखि व्यक्तिगत द्धन्द्ध भएको र सोहि रिसिइभीका आधारमा परियारको चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको उक्त किर्ते पद्धतीको पत्रकार महासंघ घोर आपत्ती प्रकट गर्दछ प्रतिवेदनमा उल्लेख छ ।

“ उक्त घटनाबाट पत्रकार परियारको सामाजिक, मानसिक पीडा प्रति महासंघ दुखः व्यक्त गर्दै किर्ते विवरण सामाजिक संजालमा हाल्ने विजय जैसवाललाई विद्युतिय अपराध ऐन अनुसार हदै सम्मको कारवाहीका लागि पत्रकार महासंघ सम्बन्धित निकाय संग जोडदार माग गर्दछ । साथै पत्रकारका विषयमा सामाजिक संजालमा केहि दिन यता भइरहेको उछ्रङ्खल र असभ्य टिका टिप्पणी तथा आरोप प्रति महासंघ गम्भीर बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताले आवश्यक प्रमाण तथा आधार बिना लगाइने आरोप तथा टिकाटिप्पणी प्रति नसच्चिए कानूनी उपचार खोज्न महासंघ बाध्य हुने यसै विज्ञप्ती मार्फत अवगत गराउँछौ ” उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मुहान F.C झुगाले चुम्यो भलवाड कप २०७५

-सम्वृद्व नेपाल युवाको निकाश , खेलकुद शारीरीक , मानसिक र स्वास्थको विकास भन्ने मुल नारा सहित असोज १८ गते देखि जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी द्वारा अायोजित जिल्ला स्तरीय प्रथम भलवाड कपको उपाधी मुहान F.C झुगा ले उचालेको छ ।

खेलको ७० र ८५ अौँ मिनेटमा गोल गर्दै खेल पुर्ण रुपमा २-० लेझुगाँले अाफ्नो पक्षमा लिएको थियो । भने न्यु युगमा युवा क्लव पडरियाका दजनौँ प्रहार झुगाँका गोल रक्षकले रोक्दा युगमा पुर्ण रुपमा खेलमा हार व्योर्हन पुगेको थियो । प्रथम हुँदै झुगाँले नगद ६१ हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हात पार्यो भने दोस्रो हुँदै न्यु युगमाले नगद ३१ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र चित्त बुझाउनु पर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी लिङ्कनका सन्दिप गाहा , उत्कृष्ट गोल रक्षक मुहानका दिपक राना , उच्च गोलकर्ता मुहानका सन्जु सेनले प्राप्त गरे ।प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा संसाद अतहर कमालको प्रमुख अाथितियता , वाणगंगा नगरपालिका उपमेयर चक्रमणिअर्याल , वाणगंगा ९ का वडा अध्यक्ष धुव्र बेल्वासे , साना किसान कृषि सहकारी संस्था लिका प्रमुख तथा सहकारीका केन्द्रीय सदस्य कुमार मधु बेल्वासे , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेस्मी मगर लगायतको विशिष्ट अाथितियता , संस्थाका सल्लहार कमल पौडेल , विष्णु भुसाल , यादुराम भुसाल , पत्रकार वाबुराम रायमाझी , बुटवल टुटे सम्पादक नवीन घिमिरे , वैखरी राष्ट्रिय अनलाइन संवाद दाता नवराज बेल्वासे , लगायतको अाथितियता रहको थियो ।

कार्यक्रममा विशिष्ट अथिति उपमेयर चक्रमणी अर्याल र वडा अध्यक्ष धुव्र बेल्वासेले प्रतियोगिता अायोजना गर्न सहयोग गर्न सबैलाई स- धन्यवाद व्यक्त गर्दै खेलाडीको उज्वल भविष्यको कामना गर्नु भएको थियो भने अध्यक्ष दुर्गा थापाले खेलाडी , दर्शक र प्रतियोगिता अायोजना गर्न सबैलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा सहयोगि दाताहरुलाई सम्मान पत्र , मायाको चिनो वितरण गरिएको थियो भने प्रथम पुस्कार समाजसेवी कृष्ण कुवारँले सौजन्य गर्नु भएको थियो भने दोस्रो पुरस्कार साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडले सौजन्य गरेको थियो । कार्यक्रम क्लवका अध्यक्ष दुर्गा थापाको अध्यक्षता , सदस्य नेत्र खनालको स्वागत मन्तव्य तथा

सह – सचिव लेखनाथ पौडेल को सञ्चालनमा सम्पन्न भएको थियो । खेलको भिडियो युटुव च्यानल साझा पत्र T.V मा हेर्न सक्ने अायोजकले जनाएको छ ।

मिस्टर एण्ड मिस टिन कपिलवस्तुको अडीसन जितपुरमा सम्पन्न

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा मिस्टर एण्ड मिस टिन कपिलवस्तुको अडीसन सम्पन्न भएको छ । ए एण्ड ए इभेण्टको आयोजनामा कपिलवस्तुका किशोर किशोरीहरुको अन्तर निहित क्षमता प्रस्फुटन गर्ने उदेश्ययका साथ मिस्टर एण्ड मिस टिन कपिलवस्तुको अडीसन जितपुरमा सम्पन्न भएको हो । चार नः जितपुरमा रहेको बिगबाइट रेष्टुरेण्टमा भएको अडिसनमा जिल्ला भित्रका २१ जनाको सहभागिता रहेको थियो । अडिसनमा प्रमुख निर्यायकका रुपमा छवि रेश्मी मगर, निर्णायकका रुपमा टप मेनि क्युन मिस तिलोत्तमा र भिभोको अफिसियल मोडल अस्मी भट्टराई, कोरीयोग्राफर जोशनमान गौचन र बिजय सारु रहेका थिए । अडिसनबाट उत्कृष्ट हुनेलाई अध्ययनमा पचास प्रतिशत छुट तथा आरजे र भिजेका लागी रोजगारी ब्यवस्था गरीने ए एण्ड ए इभेण्टका कार्यकारी निर्देशक अनमाेल सिहंले जानकारी दिए । दोस्रो अडिसन कात्तिक दश गते चार नः जितपुरकाे बिगबाइट रेष्टुरेण्टमा हुने समेत उनले जानकारी दिए ।

 

सांसद कमालको पहलमा सामुदायिक अस्पताललाई १८ लाखको सामाग्री हस्तान्त्रण

कपिलवस्तुको चार नः जितपुरमा रहेको सामुदायिक अस्पतालमा एक कार्यक्रमकाबिच करिव १८ लाख बराबरको सामाग्री हस्तान्त्रण गरिएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पताललाई सामाग्री हस्तान्त्रण गरिएको हो । अन्तराष्ट्रीय सस्था हेल्पीङ्ग हेण्डको सहायोग र प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानको पहलमा सामुदायिक अस्पताललाई आइसियु बेड, स्टेचर लगायतका अस्पताललाई आवश्यक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा बोल्दै हेल्पीङ्ग हेण्डका कार्यक्रम संयोजक जिवनाथ पोख्रेलले सामुदायिक अस्पताल जिल्लाकै बिश्वासिलो अस्पतालका रुपमा स्थापित भएको पाउदा खुशी लागेको बताउदै अस्पतालबाट प्रदान गरिने सेवा सुविधा थप गर्नका लागी आफनो सस्थाले पनि भावी दिनमा थप पहल गर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले जिल्ला भित्रनैसबै रोगको उपचार गर्न दक्ष जनशतिm सहित आवश्यक प्रविधि र सामाग्रीका लागी सबैले हातेमालो गरी काम गर्नु पर्नेमा जोड दिए । सो अवसरमा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, महासचिव पोम नारायण पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ समाजसेवि बिष्णु प्रसाद न्यौपाने, दुर्गा केसि लगायत ५० बढिको सहभागिता रहेको थियो ।

कपिलवस्तुकाे पिपरामा बजार अनुगमन

बाणगंगा नगरपालिकाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नः २ अन्र्तगत पिपरामा बजार क्षेत्रको अनुगमन गरेको छ । चाड पर्व नजिकिएसगै नगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्रमा नगरपालिकाले बजार अनुगमन गरेको हो । पिपरा बजारमा रहेका पसलहरुमध्य करिव सय बढि पसलहरुमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन गरेका मध्य केही मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले जानकारी दिए । अनुगमन गरेका पसलहरुमध्य केहीमा डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने निर्देशन दिइएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । चाडपर्व नजिकिएसगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले ताए । हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मुल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरुले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा पौडेलले बताए । अनुगमनमा कपिलवस्तु उद्योग बाणिज्य सघंका कोषाध्यक्ष कृष्ण गैरे, पत्रकार अशोक पौडेल, बाणगंगा नगरपालिकाका पशु सेवाका प्रमुख रुप नारायण श्रेष्ठ लगायतको अनुगमन सहभागिता रहेको थियो ।

दशैं, तिहार र छठका अवसरमा जेसीजमा शुभकामना आदान प्रदान कार्यक्रम

नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको उपलक्ष्यमा कपिलवस्तु शाखाका जेसीज सदस्यहरुले बाणगंगा–१ बैरिया, जेसीज हलमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
कपिलवस्तु जेसीजले आयोजना गरेको उक्त कार्यक्रमका कार्यक्रम संयोजक मनोज खत्रीले दसैं सामाजिक सद्भावको पर्व भएकाले जेसीजको वार्षिक कार्यक्रम अन्तर्गत शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष पोष्टराज गौतम, रुक बहादुर भुसाल, रमेशचन्द्र भुसाल, अनुराग पाण्डे, बुद्ध आवाज रेडियोका स्टेशन म्यानेजर भेषराज पाण्डे, लुम्बिनी दर्पण साप्ताहिकका प्रधान सम्पादक कृष्णप्रसाद पौडेल, प्याब्सन बाणगंगा नगर अध्यक्ष रोमकान्त घिमिरे, डोलकराम घिमिरे, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति सुशील खत्री, विद्यार्थी नेता सुशील पौडेल, शंकर न्यौपाने, नेपाल किसान ट्रेक्टर समितिका महासचिव झविन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जेसीजका सदस्यहरुका बाक्लो उपस्थिति रहेको थियो । कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सविच बाबुराम अर्यालले गरेका थिए ।

बर्तमान सरकार मुल्य वृद्धि तर्फ मात्र अग्रसर भयो ःसभापति आर्चाय

वर्तमान सरकारले दैनिक उपभोग्य जन्य सामग्रीकाे मुल्य बृद्धि गरि जनतालाई ढाड सेक्ने मात्र काम गरेको नेपाली काग्रेस कपिलवस्तुका सभापति एवं पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । नेपाली काग्रेस इकाइ समिति यशोधरा गाउंपालिका वडा नं ६ रगंपुरले आयोजना गरेको विजया दशमी तथा दिपावली र छठपर्वको अवसरमा उनले यस्तो वताएका हुन । विगतको सरकार भन्दा वर्तमान के पी ओली नेतृत्वको सरकारले इन्धन र खाघान्नमा अत्याधिक मुल्य बुद्धि गरी चाडवार्डमा जनतालाई सास्ती मात्र दिने काम गरेको समेत आर्चायले बताएका छन् । महगी, अनावश्यक कर हटाउन र हत्या हिंसा गर्नेलाई तत्काल कारवाही गर्नको लागी आइतवार कागे्रंले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउने् समेत आर्चायले बताए । कार्यक्रमा वोल्दै पुर्व पार्टी सभापति सुधाकर पाण्डेयले सरकारले बहुमतको आडमा अराजग कार्यहरू गरेको बताए । देशमा वलत्कार, हत्या हिंसामा लागेका आरोपिलाई कारवाही गर्न नसक्नुले कानुन माथी नै प्रश्न चिन्ह खडा भएको पाण्डेयले बताए । सो अवसरमा क्षेत्रिय सभापति एवं यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले स्थानीय रूपमा स्रोत साधनले भ्याएसम्म गाउंपालिकाले विकासका काम गरेको बताए । केन्द्रिय र प्रदेश सरकारको अन्योलताले गर्दा काम गर्दा समस्या आएको वताए । इकाई सभापति राम प्यारे उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय सचिव देवेन्द्र कुमार पाण्डेय , वडा अध्यक्ष
श्यामनारायण उपाध्याय वृहस्पति पाण्डेय, जगतनारायण दुवे लगायतले विजया दशमी तथा दिपावली र छठपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

“माइकल” आँधीबाट मर्नेको संख्या १७ पुग्यो

एजेन्सी l संयुक्तराज्य अमेरिका / अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ । फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले “मेक्सिको बीच पूर्ण रुपमा उजाड भएको” बताउनुभयो । बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो ।

“यहाँ त बम पड्किएझैं भएको थियो,” स्कटले भन्नुभयो । करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि भन्नुभयो, “यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको छ ।” उद्धार टोलीहरुले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए । अमेरिकी सञ्चार माध्यमहरुले सहरमा एक जना वृद्धको मृत्यु भएको खबर प्रशारण गरेका थिए । ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो ।

सङ्घीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताउनुभयो । “मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो, तर परिस्थिति हेर्दा ज्यादै प्रभावित इलाकाहरुमा खोजी कार्य बाँकी नै रहेकाले अरु केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ,” उहाँले बताउनुभयो ।

मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग नै उखेलिएको र त्यसलाई २५० किमी प्रतिघण्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पु¥याएको वा धुलोपिठो पारेको पाइएको छ । लङले भन्नुभयो, “आँधीको बितण्डाका बारेमा बताउने त्यहाँ वरपर मानिस समेत भेटिएका छैनन् ।” स्थानीय अधिकारीहरुका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रुपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिसले अटेर गरेर घरमै बसेका थिए ।

फ्लोरिडाका सिनेटर मार्को रुबिओले भन्नुभयो, “अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन् ।” राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने योजना बनाएको बताउनुभयो । “मानिसहरुलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन,” ट्रम्पले ट्वीट गर्दै भन्नुभयो, “म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदैछु । हामी सबै ठाउँमा काम गरिरहेका छौं । हामी तपाईंहरुकै साथमा छौं ।”

फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको “माइकल” नामको आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ । पेन्टागनका अनुसार करिब पाँच हजार सेना र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ । यहाँ एक सय हेलिकप्टर र एक हजार ८०० पानीमा चल्ने उपकरण परिचालन गरिएको छ ।

भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु !

लसुन हामीले भान्सामा दैनिक प्रयोग गर्दै आएको चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक छ । विभिन्न अध्ययनले भुटेको लसुनले हामीलाई विभिन्न रोगहरुबाट बचाउन मद्धत गर्ने देखाएको छ ।

भुटेको लसुनले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

यो पनि पढ्नुहोस्

होसियार भुलेर पनि सेवन नगर्नुस यी ५ ब्यक्तिले लसुन नत्र ज्यान पनि जान सक्छ….

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

 

२. झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

कपाल फुल्ने समस्या छ ? अब घरमै बसेर अपनाउनु होस् घरेलु उपचार

एजेन्सी । यदि तपाईको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ ।

मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो कपाल । कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निकै फाइदाजनक छ ।

– कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस् । र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटक सम्म गर्नुस् ।

– नरिवलको तेलको दोस्रो कागतीको रससँग गर्नुस् । कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।

– प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।

– बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।

– कपाल कालो गर्नमा महेन्दी नामक विरुवाको पातको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । एक मुठ्ठी महेन्दीका पातलाई पिसेर लेदो बनाउनुस् । यसको लेदोमा तीन चम्चा अमला पाउडर, एक चम्चा दही मिलाएर आफ्नो कपालमा समान रुपमा लगाउनुस् । सुकेपछि धुनुस् ।

– नरिवलको तेलमा करी(एकप्रकारको जडीबुटी)को पातलाई मिसाएर कालो हुँदासम्म उमाल्नुस् । चिसिएपछि यसलाई आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । र ४५ मिनेटपछि मात्रै कपाल धुनुस् ।

– कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ ।

– कालो चियाले कपाललाई कालो बनाउनुका साथै नरम र चमकदार बनाउँछ । एक कप पानीमा दुई चम्चा चियापत्ति मिसाएर उमाल्नुस् । त्यसमा एक चम्चा नुन पनि मिसाउनुस् । चिसिएपछि छान्नीमा छानेर त्यो कालो पानीले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् र एक घण्टापछि चिसो पानीले धुनुस् ।

– लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई (एक प्रकारको हरियो सब्जी)को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ ।

– लौकाको तेल अथवा भृंगराज (एक प्रकारको जडीबुटी)को तेल सेतो कपालको उपचारका अर्काे उत्तम उपाय हो ।

जंकफूडले शरीरलाई कसरी विषालु बनाउँछ ?

आजभोलीको तन्नेरी पुस्ताले अत्यधिक मात्रामा जंक फुडको सेवन गर्ने गर्छन् । छिटो र मिठो हुने भएकाले जंक फुडले हरेकको जिब्रोलाई लोभ्याएको छ ।

जंक फुडको लत लागेपछि केही न केही खाइरहन मन लाग्छ । मुख खाली राख्न मन लाग्दैन ।
तर, मिठो र छिटो यो खान्कीले स्वास्थ्यमा भने खराब असर गरिरहेको हुन्छ । यसको साइड इफेक्ट भयानक छ । त्यसैपनि तयारी वा प्याकेजिङ गरिएका यस्ता जंक फुडमा थोरै पोषकतत्व हुन्छन् ।

यस्ता खानेकुरामा धेरै क्यालोरी फ्याट र सुगर हुन्छ तर फाइबर, प्रोटिन, भिटामिन्स र मिनरल्स भने कम हुन्छ । धेरै मात्रामा जंक फुडको सेवन गर्नाले मोटोपना हुने खतरा बढ्छ ।

जति धेरै जंक फुडको सेवन गरिन्छ त्यसले शरीरमा पोषक तत्वको मात्रा त्यति नै कम हुँदै जान्छ । जंक फुडको सेवन गर्नाले स्वास्थ्यमा असर गर्छ भन्ने त तपाईंलाई थाहै होला । तर, तपाइर्ंलाई यसले तपाईंको मस्तिस्कमा पनि नकरात्मक प्रभाव पार्छ भन्ने कुरा थाहा नहुन सक्छ ।
जंक फुडको अत्यधिक सेवन गर्नाले हुने हानीकारक प्रभावहरुको बारेमा जानीराखौंः

डिप्रेशन

तपाइर्ंले जब धेरै मात्रामा जंक फुड खान थाल्नुहुन्छ त्यतिखेर सुगर र फ्याटयुक्त भोजन गर्नाले दिमागमा केमिकल एक्टिभिटीमा परिवर्तन आउँछ । तर, जब यी जंक फुडको सेवन गर्न बन्द गर्नुहुन्छ त्यतिखेर तपाईं तनावको शिकार हुन सक्नुहुन्छ र डिप्रेशन महसुस हुन्छ ।

त्यसलाई टाढा गर्न फेरि जंक फुड खान थाल्नुहुन्छ । जंक फुड धेरै खानाले शरीरमा एमिनो एसिड जस्ता पोषक तत्व कम हुन्छन् जसको कारण डिप्रेशन बढ्छ । शरीरमा असन्तुलित फ्याटी एसिडको कारणले पनि डिप्रेशनको खतरा बढ्छ ।

भोक नियन्त्रण गर्ने क्षमता कम गर्छ

जंक फुडको सेवन गर्नाले मस्तिस्कलाई संकेत मिल्छ जसको कारणले तपाईंको कहिले भोक लाग्यो र के खानुभयो भन्ने बिर्सन सक्नुहुन्छ । यस्तो धेरै खानाको कारणले हुन्छ ।

मस्तिस्कको स्वस्थ कार्य सम्पादनको लागि दैनिक फ्याटी एसिड जस्तै ओमेगा ६ र ओमेगा ३ को आवश्कता हुन्छ । यी चीजहरुको कमी हुनाले मस्तिस्कसंग सम्बन्धित समस्याहरु हुन्छ ।

धैर्यताको कमी

दैनिक दुनोट वा यस्तै केही गुलियो खाना खानाले ब्लड सुगर लेभल बढ्छ जसले तपाईंलाई सुरुमा खुसी महसुस हुन्छ र सन्तुष्टि मिल्छ । तर, केही समय पछि यसले तपाईंलाई चिडचिडापन महसुस हुन्छ ।

जंक फुडमा कार्बोहाइड्रेट धेरै हुन्छ जसको कारण रगतमा ब्लड सुगर लेभलमा परिवर्तन भइरहन्छ । यदि सुगर लेभल कम भएमा चिन्ता र थकानको समस्या हुन्छ ।

धेरै सुगर र फ्याटयुक्त खाना खानाले तपाईं भोकलाई शान्त गर्नको लागी धेरै र छिटोछिटो खाना खान थाल्नुुहुन्छ । जंक फुडको लत लागेमा तपाईंलाई हरेक समय केही खाने इच्छा हुन्छ ।

स्मरण सम्बन्धि समस्या

उच्च मात्रामा सुगर र फ्याट युक्त भोजनको सेवन गर्नाले पेप्टाइड भनिने दिमागको एक्टिभिटी कम हुन्छ । यो एक्टिभिटिले कुनै कुरा स्मरण गर्न मद्धत गर्छ ।

यसको साथै मस्तिस्कमा सिनेप्सिस हुन्छ जसले स्मरणशक्ति र अरु कुराहरु ध्यान राख्न मद्धत गर्छ । धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ ।
एजेन्सी

हड्डी कमजोर हुने कारण र बँच्ने उपाय

ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिने सम्भावना अत्याधिक हुन्छ । यसले हड्डीलाई यति कमजोर बनाइदिन्छ कि साधारण चोटपटकले पनि हड्डी भाँचिन सक्छ । ओस्टियोपोरोसिस भएमा कुहिना, नाडी वा ढाडको हड्डी भाचिने गर्छ । साधारण गतिविधिका क्रममा समेत यी भागका हड्डी भाचिन सक्छ ।

ओस्टियोपोरोसिसले महिला वा पुरुष दुवैलाई प्रभावित पार्न सक्छ । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ ।
नेपालमा ओस्टियोपोरोसिस रोगबाट ग्रसित मानिसहरुको यकिन तथ्यांक छैन । तर ४० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या धेरै भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टु रोग पश्चात्त ओस्टियोपोसिस विश्वकै ठूलो स्वास्थ्य समस्या हो ।

ओस्टियोपोरोसिसका प्रकार:
ओस्टियोपोरोसिसका मुख्य चारवटा प्रकार हुन्छन् । जुन यस प्रकार छन् ।

प्रारम्भिक ओस्टियोपोरोसिस
ओस्टियोपोरोसिसको सामान्य प्रकार हो, प्राथमिक ओस्टियोपोरोसिस । यस प्रकारको ओस्टियोपोरोसिस बढ्दो उमेरसँगै बढेर जान्छ । महिलाहरुमा रजनोवृत्ति पश्चात्त हड्डी कमजोर हुन थाल्छ, जसका कारण यो समस्या पुरुषको तुलनामा महिलालाई धेरै हुने गर्छ ।

माध्यामिक ओस्टियोपोरोसिस
हाइपरथाइराइडिज्म, हाइपरपेरायरायडिज्म वा ल्युकेमिया लगायतका मेडिकल अवस्थाका कारण माध्यामिक ओस्टियोपोरोसिस हुने गर्छ । हड्डी कमजोर बनाउने औषधीका कारण पनि यो समस्या हुने गर्छ । त्यस्तै, स्तन क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीकेा सेवनले पनि यो समस्या कुनै पनि उमेरमा उत्पन्न हुनसक्छ ।

ओस्टियोजेनेसिस इम्पफेक्टा
ओस्टियोजेनेसिस इम्पफेक्टा, ओस्टियोपोरोसिसको एक दुर्लभ समस्या हो, जुन जन्मजातै उत्पन्न हुने गर्छ । यो रोग लागेमा विना कारण पनि हड्डी भाचिने गर्छ ।

इडियोप्याथिक जुवेनाइल ओस्टियोपोरोसिस
यो पनि एक किसिमको दुर्लभ समस्या हो । आठ देखि चौध वर्षको उमेर समूहका बालबालिकामा धेरै देखिने यो रोगका कुनै खास कारण छैन । यो समस्या भएमा कि त शरीरमा कम हड्डीको निर्माण हुने गर्छ । अन्यथा, हड्डीमा अत्याधिक मात्रामा कमजोरी हुने गर्छ । यो अवस्थामा हड्डी भाच्चिने सम्भावना पनि उच्च हुने गर्छ ।

आस्टियोपोरोसिसको चरण
ओस्टियोपोरोसिसको जम्मा चारवटा चरण हुन्छ । सुरुवाती चरण तीस वर्षको उमेरमा सुरु हुन्छ । तर यसमा ध्यान दिने खासै केही लक्षण हुँदैन । यसमा पुरानो हड्डी कमजोर हुने तथा नयाँ हड्डी बन्ने एक नाशले हुन्छ ।

दोश्रो चरणमा पनि यो रोग खासै पत्ता लाग्दैन । यो रोग धेरैजसो ३५ वर्षको उमेर पार गरेपछि सुरु हुन्छ । यो समस्या तब सुरु हुन्छ, जब पुरानो तथा नयाँ हड्डीको सन्तुलन विग्रन थाल्छ । यस चरणमा नयाँ हड्डी बन्ने भन्दा पुरुानो हड्डी भाचिने समस्या तिव्र गतिमा हुन्छ ।

दोश्रो चरण पार गरी तेश्रो चरणमा पुगेपछि माात्र यो रोगको लक्षण देखा पर्न सुरु हुन्छ , जसले ४५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्छ । यस चरणमा हड्डी कमजोर भई सजिलै भाच्चिने गर्छ । र, यही चरणमा आएर नै ओस्टियोपोरोसिस रोगको उचार हुने गर्छ ।

यस चरणमा पनि रोगको सही उपचार नभएको खण्डमा हड्डीको फ्याक्चर धेरै भन्दा धेरै हुने गर्छ । यस चरणमा हड्डी दुख्ने समस्या निरन्तर हुने गर्छ । यसमा विकलांगता तथा रीढको समस्या आम मानिन्छ ।

ओस्टियोपोरोसिसको लक्षण
प्रारम्भिक चरणमा ओस्टियोपोसिसको लक्षण सजिलै देखा पर्दैन । र, जबसम्म कुहिना, रीढ वा नाडीको हड्डी भाच्चिदैन वा फ्याक्चर हुदैन, तब सम्म यसको लक्षण पनि पत्ता लाग्दैन । तथापी, केही लक्षणद्धारा हड्डीको कमजोरीको अन्दाज लगाउन सकिन्छ ।

ओस्टियोपोसिसको लक्षणहरू निम्न छन्
-गिजा तथा बंगारा कमजोर हुनु
-हातले राम्ररी सामान नपकिडनु
-नङ्ग कमजोर हुनु
-ढाड कुपि्रनु
-हड्डी भाच्चिनु
-गर्दन तथा ढाड दुख्नु

ओस्टियोपोरोसिसका कारण
नयाँ र पुरानो हड्डीबीच असन्तुलन कायम भएमा ओस्टियोपोरोसिस हुने गर्छ । हड्डीलाई मजबुत बनाउन शरीरमा क्याल्सियम त था फोस्फेटको आवश्यकता पर्छ । शरीरले यी खनिज पदार्थको प्रयोगद्धारा नै हड्डीको निर्माण गर्छ । शरीरमा क्याल्सियमको कमी भएमा हड्डी कमजोर हुने तथा भाच्चिने गर्दछ । उमेर बढेसँयै यो समस्या गम्भीर हुने गर्छ । केही मानिसहरुमा यो समस्या गम्भीर हुनसक्छ ।

ओस्टियोपोरोसिस विभिन्न कारणले पनि हुनसक्छः
-लामो समयसम्म कार्टिकास्टिराइड औषधीको प्रयोग
-हर्मोन सम्बन्धि समस्या, सुन्निने समस्या लगायतका कारण
-परिवारमा कसैलाई ओस्टियोपोरोसिसको समस्या भएमा
-शरीरको बडी माक्स इन्डेक्स कम भएमा
-अत्याधिक मदिरापान वा धुमपान
ओस्टियोपोरोसिसबाट बच्ने तरीका
-पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’को सेवन
-कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन
– नियमित व्यायाम
-धुमपान नगर्ने
-मदिरा त्याग्ने

ओस्टियोपोरोसिसको जोखिम कारक
ओस्टियोपोरोसिस हुनुमा विभिन्न तत्व जोखिम कारकको रुपमा रहने गर्छ । त्यसमा उमेर, लिङ्ग परिवारिक इतिहास, हड्डीको संरचना, शरीरको वजन, केही रोग तथा विभिन्न रोगमा प्रयोग गरिने औषधी प्रमुख मानिन्छ ।
र, ओस्टियोपोरोसिस भएमा हड्डी भाच्चिने, गतिविधि सिमित हुने, डिप्रेसन हुने तथा शरीरमा पिडा हुने गर्दछ ।

ओस्टियोपोरोसिस भएमा के नखाने ?
-प्रोसेस्ड मिट
-पिज्जा, बर्गर लगायतका फास्ट फुड
-फि्रजमा राखेको खानेकुरा
-बोतलमा बन्द गरिएको पेय पदार्थ
-तारेको, भुटेको खानेकुरा

ओस्टियोपोरोसिसका विरामीले के खाने ?
ओस्टियोपोरोसिस हुनु भनेकै हड्डी कमजोर हुनु भएकोले ओस्टियोपोरोसिस भएमा दूध, दही, पनीर लगायतका क्याल्सियमयुक्त डेरी प्रोडक्टको सेवन गर्नु पर्छ ।

त्यस्तै, क्याल्सियम युक्त पत्तेदार हरिया साजसब्जीको सेवनले पनि यो समस्या कम गर्न सकिन्छ । तुलसी, पुदिना सुप, दालचिनी, लसु, ज्वानोले पनि हड्डीलाई मजबुत बनाउने हुदाँ यस्ता खानेकुराको सेवन पनि ओस्टियोपोरोसिसमा लाभदायक मानिन्छ ।

त्यसबाहेक, माछा, मासु, सुुन्तला, बदाम, तिल पनि क्याल्सियमको राम्रो स्रोत भएकोले यस्ता खानेकुरा पनि ओस्टियोपोरोसिसमा लाभदायक मानिन्छ ।
-अनलाइनखबर

अगरबत्तीको धुँवा चुरोटभन्दा पनि हानिकारक

काठमाडौं । हिन्दू परम्परामा अगरबत्तीको भूमिका निकै महत्वपूर्ण हुन्छ । कुनै पनि पूजा वा आरधनाको लागि अगरबत्तीको प्रयोग गर्ने गरिन्छ । यद्यपि अगरबत्तीको धुँवा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने एक विवरणले देखाएको छ ।

अगरबत्तीको धुँवा चुरोटभन्दा पनि धेरै हानिकारक हुने गरेको विवरणमा पाइएको हो । सन् २०१५ मा चीनले गरेको अध्ययनको क्रममा अगरबत्तीको धुँवाले मानिसले भित्री कोषमा पुगेर असर पुर्‍याउने गरेको पाइएको थियो ।

अध्ययनमा अगरबत्तीको धुँवाले तीन किसिमको हानिकारक रसायनहरु निस्किने र यसले क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको छ । साथै यसले अन्य फोक्सोसम्बन्धी समस्याहरु पनि बढाउनसक्ने बताइएको छ ।

अगरबत्तीको धुँवा आइरहेको स्थानमा एकपटक श्वास लिँदा ६४ किसिमका हानिकारक रसायनहरु मिसिएको अवयव फोक्सोमा पुग्ने अध्ययनले बताएको छ । यसले श्वासप्रश्वासमा अनियमितताका लागि अन्य केही समस्या आउनसक्ने बताइएको छ ।

अगरबत्तीको धुँवा धेरै हानिकारक हुनुमा यसमा प्रयोग गरिएको निकै साना अवयवहरु रहेको बताइएको छ । यस किसिमका अवयवहरु मानिसको शरीरका लागि निकै हानिकारक हुने अध्ययनकर्ताहरुले बताएका छन् । (एजेन्सी

चिनीमा चलखेल

काठमाडौं २६ असोज- सदनको  सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनीको मूल्यवृद्धि गराउन ठूलो आर्थिक चलखेल भएको निष्कर्ष निकालेको छ। उसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसमा छानबिन गर्न निर्देशन दिन समितिलाई सिफारिस गरेको छ।

चाडपर्वका समयमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमाथि छलफल तथा थप अनुसन्धान गरी कार्यान्वयन गरिने समितिका सभापति भरतकुमार साहले जानकारी दिए।

वैशाखमा चिनी उद्योगले फ्याक्ट्री मूल्य ५३ रुपैयाँ प्रतिकिलोमा ‐मूल्य अभिवृद्धि करबाहेक) बेचेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन प्रतिवेदनमा पाएको उपसमितिको अध्ययनले देखाएको छ। सोहीअनुसार चिनीको बजारमूल्य ६३ रुपैयाँ प्रतिकिलोभन्दा कम पर्ने उनीहरूको निष्कर्ष छ।

यसअघि लेखा समितिको बैठकमा पूर्ववाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सांसद लेखराज भट्टले चिनीमा ठूलो आर्थिक चलखेल भएकै कारण आयात रोकिएको, बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको दाबी गरेका थिए ।

उद्योगीको अनुचित प्रभावमा परी अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय तथा मातहतका विभागले चिनी आयातमा पूर्ण बन्देज लगाएको उपसमितिको आरोप छ। ‘अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय र मातहतका विभागको मिलेमतोमा हाल आयात बन्द भएका कारण जगेडा चिनी बेच्दा बजारमा १२ वटा उद्योगको कार्टेलिङ गराइएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘भदौ २१ मा प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, सरकारी पदाधिकारी, उखु किसान र चिनी उद्योग संघका प्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नगरी ७० रुपैयाँ बजार रुपैयाँ मूल्य कायम गराई बजारमा चिनीको चरम मूल्य वृद्धि गराउन प्रत्यक्ष सहयोग रहेको देखिन्छ। यसमा ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिनुपर्ने उपसमितिको ठहर छ।’

बजारमा सरकारको उपस्थिति नभएको र तत्काल हस्तक्षेप गरी चिनीलगायत अत्यावश्यक उपभोग्य वस्तुमा भएको आर्थिक चलखेलमा संलग्न व्यक्ति वा संस्थाको पहिचान गरी कारबाही गर्नुपर्ने उपसमितिको निष्कर्ष छ। ‘हामीले पटकपटक विभिन्न मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई बोलाएर निर्देशन दिँदा पनि उहाँहरू एउटा कानले सुनेर अर्काे कानबाट उडाउँदै आउनुभएको छ’, उपसमितिका सदस्य प्रमबहादुर आलेले भने, ‘निर्देशन दिएको एक हप्ता बित्दा पनि पालना भएको छैन।’

संसदीय समितिलाई अटेर गरेर बसेपछि आयोगलाई अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिनु उपयुक्त हुने उनले बताए।

चिनीको मूल्य ६३ रुपैयाँ बनाउन पुनः निर्देशन

समितिले असोज १८ मा गरेको निर्णयअनुसार चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ५३ रुपैयाँ कायम भएको थियो। सोहीअनुसार उपभोक्तासम्म पुग्दा भने ६३ रुपैयाँ उपयुक्त हुने उल्लेख गर्दै समितिले पुनः सरकारलाई निर्देशन दिनुपर्ने सुझाव दोहो¥याएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुमानअनुसार वार्षिक औसत २ लाख ३० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ। त्यसमा वार्षिक १०-१५ प्रतिशतले खपत बढ्ने अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ। चालू आवमा चिनीको खपत २ लाख ६४ हजार टनसम्म पुग्ने अनुमान छ। आन्तरिक उत्पादन १ लाख ४० हजार टन हुन्छ।
अन्नपूर्णपोष्टबाट

फ्लोरिडाका आँधी पीडितहरुको खोजी र उद्धारको काम शुरु

पानामा सिटी, संयुक्त राज्य राज्य अमेरिका, २६ असोज-अमेरिकाको फ्लोरिडालगायतका राज्यमा भएको आँधी पीडितहरुको उद्धारको काम शुरु गरिएको छ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडासहितका तीन ओटा राज्यमा आएको आँधीका कारण भएको क्षतिको खोजी गर्नुका साथै यसका पीडितको उद्धारका लागि विशेष उद्धार समूह परिचालन गरिएको छ।

‘माइकल’ नामक यस आँधी ‘क्याटगोरी ४’ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ। माइकल अमेरिकामा ८० वर्षयताकै शक्तिशाली आँधी भएको जनाइएको छ।

अमेरिकाको तीन ओटा राज्य प्रभावित हुने गरी आएको यस आँधीमा परी छ जनाको ज्यान गएको छ। यसबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको बताइएको छ। फ्लोरिडा राज्यको पनि उत्तरपश्चिमी क्षेत्र प्यानह्यान्डल सबैभन्दा बढी प्रभावित भएको छ।

मेक्सिकोतर्फको समुद्री किनारमा आँधी आएपछि त्यसले वरपरका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ। सयौँ घर उडाएको छ भने बाटोघाटो लगायतका आधारभूत सञ्चार र संरचनामा ठूलो क्षति पुगेको छ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले आँधीले अकल्पनीय क्षति पुर्याएको बताए। यसबाट भएको क्षतिको विवरण सङ्कलनका साथै हराएका व्यक्तिको खोजीकार्य शुरु गरिएको उनले बताए।

उनले भने– हराएका व्यक्तिको खोजी र उद्धार पहिलो प्राथमिकता हो र यसका लागि हामीले प्रभावकारी मानिएको उद्धार समूह परिचालन गरेका छौँ।

उनले एबिसी मिडियासँगको कुराकानीमा भने– यो आँधी निकै नै शक्तिशाली हो तर पनि मानवीय क्षति त्यति धेरै भएको छैन। तर हराएका व्यक्तिहरु अझै पनि कतै जिवीतै रहेको हुनसक्ने भएकोले उनीहरुको जिवीतै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ।

करिब २ हजार जना फ्लोरिडाका सैनिक खोजीका लागि परिचालन गरिएको जानकारी अमेरिकी सैनिकले जनाएको छ। सैनिकको साथमा अरु तालिमप्राप्त उद्धारकर्मीहरु पनि खटेका सेनाले जनाएको छ।

फ्लोरिडा र यसको छिमेकी अरु दुई राज्यका ४ लाखभन्दा बढी घर विद्युतविहीन भएका छन्। ती क्षेत्रमा विजुलीको व्यवस्थाका लागि विद्युत सेवाका करिब २० हजार जना कर्मचारीलाई खटाइएको उक्त कार्यालयले जनाएको छ।

मेक्सिको समुद्री किनारबाट प्रतिघण्टा करिब १५५ माइल गतिमा आएको यस आँधीका कारण भएको सबै क्षतिको विवरण प्राप्त भएको छैन।

यसबाट ६ जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताइएको छ। यस आँधीले ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुर्याएको बताइएको छ।

आँधी पीडितको सहयोगका लागि अमेरिकी सरकारले सबैसँग अनुरोध गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेको छ।रासस/एएफपी

न्यु युगमा र मुहान F. C फाईनलमा प्रवेश

न्यु युगमा र मुहान F.C फाईनल प्रवेश
नवराज बेल्वासे , कपिलबस्तु
******************************
जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी वाणगंगा ९ द्वारा अायोजित जिल्ला स्तरीय नकअाउट फुटबल प्रथम भलवाड कप २०७५ को सेमि फाइनलका खेल सम्पन्न भए सँगै फाईनल खेलको समिकरण पुरा भएको । सेमि फाईनल खेलमा अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी र न्यु युगमा युवा क्लव पडरिया विच भएको कडा प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा दुवै तर्फबाट २-२ गोल हुदाँ खेलको निर्णय ट्राई वेकरमा भएको हो । सुरुवाती १७ अौँ मिनेटमा न्यु युगमाले पाएको फ्रि किकलाई गोलमा परिणत गरे पछि खेलमा न्यु युगमाले अग्रता लिएको थियो । त्यसपछि खेलको ३४ अौँ मिनेटमा जिनुवाले गोल गरे पछि खेल १-१ को बराबरीमा गएको थियो ।

खेल जारी रहदै खेलको ५२ अौँ मिनेटमा जिनुवाले गोल गर्दै खेल २-१ को स्थितिमा पुरायो र त्यस पछि खेलको ७५ अौँ मिनेटमा न्यु युगमाले गोल गर्दै खेल बारबारीमा पुराएको थिए । त्यस पछि दुवै तर्फबाट गोल हुन सकेन र खेल ट्राई वेकरमा गएको थियो । ट्राई वेकरमा न्यु युगमा ५ का बिरूद ६ गोलले विजय हुँदै फाईनल यात्र कायम राखेको हो । अाजै भएको दोस्रो सेमिफाइनल खेल मुहान F.C र वाणगंगा स्पोर्ट्स एण्ड वेयरफल सोसाईटी जितपुर सगँ कडा प्रतिस्पर्धा भएको थियो । खेलमा मुहानका ५० र ६५ अौँ मिनेटमा गोल गर्दै खेल अाफ्नो पक्षमा लिएको थियो ।

वाणगंगाले मुहानलाई सुरुवातमा केही दवाव राखेता पनि खेल पुर्ण रुपमा जित हासिँल गर्न सकेन र खेल ० को विरूद २ गोलले हार व्यहोदै वाणगंगा स्पोर्ट्स सेमिफाईनलबाट बाहिरियो । अब हुने फाईनल खेल भने असोज २८ गते मुहान F.C झुगा र न्यु युगमा युवा क्लव पडरिया विच दिउँसो १ बजेबाट हुने अायोजकले बताएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने छ

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
असोज २८ देखि कार्तिक ३ सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– जोस र जागर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउन सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305