अपडेट कपिलवस्तुमा भएको सवारी दुर्घटना मृत्यु हुनेको संख्या तीन पुग्यो ।

कपिलवस्तुको गोरुसिगे जितपुर सडक खण्डमा सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट बुटवल तर्फ जादै गरेको लु २ ख १४७७ नम्बरको टिप्पर र बुटवलबाट दाङ तर्फ जादै गरेको ना ६ ख २५०० नम्बरको बस एकआपसमा ठोकिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिगेले जनाएको छ ।

मृत्यु हुनेमा दाङ गढवा गाउँ पालिका वडा नम्बर ४ की पूजा नेपाली र सोही स्थानका ४ बर्षिय बालक शुसान्त सुनार रहेका छन । मृतक एक जनाको अझै पहिचान खुल्न सकेको छैन ।

घटनामा ३१ जना घाइते भएका छन । जस मध्ये ११ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । त्यस मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ । घाइतेहरुको कपिलवस्तु सामुदायिक हस्पिटल , युनाइटेड हस्पिटल प्रा ली कपिलवस्तु ,सी एण्ड सी हस्पिटल कपिलवस्तु लगायत रुपन्देहीका अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् -कपिलवस्तुमा सवारी दुर्घटना २ जनाको मृत्यु ।।

कपिलवस्तुको गोरुसिगे जितपुर सडक खण्डमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट बुटवल तर्फ जादै गरेको लु २ ख १४७७ नम्बरको टिप्पर र बुटवलबाट दाङ तर्फ जादै गरेको ना ६ ख २५०० नम्बरको बस एकआपसमा ठोकिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिगेले जनाएको छ । दुर्घटनामा घाइते हुनेको संख्या अझै पत्ता लागेको छैन । प्रहरीका अनुसार ११ जना घाइतेहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुने हरुको अझै सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय गोरुसिगेले जनाएको छ

तितिर्खी पूर्ण भर्ना र बालविवाह मुक्त वडा

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर १ (साबिक तिर्तिखी गाबिस) लाई शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । तोकिएका सुचकहरू पुरा भए सगै पुर्ण भर्ना र बालविवाह मुक्त घोषणा गरिएको आयोजकले जनाए । यशोधरा गाँउपालिका, लुम्बिनी एकिकृत बिकास संस्था र सेभ द चिल्ड्रेनको सहयोगमा सचेतना अभियान पश्चात वडालाई सो घोषणा गरिएको हो ।
अभियान सफल पार्नकै लागी गाँउपालिकाले वडामा बिशेष अभियान चलाएको गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेयले बताए । १ सय २९ बालिका र १ सय ८४ बालक गरि कुल ३ सय १३ बालबालिकालाई अभियान अन्र्तगत बिद्यालय भर्ना गरि ५ देखि १२ बर्ष उमेर समुहका १ हजार ६८ बालबालिका बिद्यालय जान थाले पछि वडालाई शत प्रतिशत भर्ना वडा घोषणा गर्न थालिएको पाण्डेयले तथ्याङ्क प्रस्तुत गरे । बि.सं. २०७१ मा ५७ प्रतिशत बालबिवाह २०७३ मा ५० प्रतिशत रहेकोमा २०७४ मा भने ५ प्रतिशतमा झरेको उनले जनाए । चालु आर्थिक बर्षमा वडामा बालविवाह नभएको दाबी गर्दै बालबिवाह न्यूनीकरणमा समुदाय सचेत भएसँगै वडालाई बालविवाह मुक्त घोषणा गर्न थालिएको उनले जनाए ।
“घोषणा पश्चातका सचेतना र अन्य कार्यक्रमका लागी गाउँपालिका संवेदनशील रहने छ । अन्य वडामा समेत अभियानलाई निरन्तरता दिने छौ ।” प्रमुख पाण्डेयले भने । बालविवाह मुक्त र शत प्रतिशत भर्ना घोषणा गरिएको वडामा थप सचेतना प्रवाह गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । आफूहरूले चलाएको अभियानले मुर्त रूपमा लिएकोमा खुसी प्रकट गर्दै वडा अध्यक्ष शिवपुजन पासीले वडालाई शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा भएको तथ्य प्रस्तुत गर्दै घोषणा गरे । घोषणा सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पासीले सबैको सहयोग र सहकार्यमा अभियान सफल भएको बताए । सो अवसरमा कार्यक्रममा सहभागी र स्थानीयले शत प्रतिशत भर्ना तथा बालविवाह मुक्त वडा घोषणाको ब्यानरमा लिखित प्रतिबद्धता जनाएका थिए । बालबालिकाको शिक्षामा लगानी गर्न सके देशको बिकासलाई सहयोग पुग्ने प्रतिनिधीसभाका सांसद अतहर कमालले बताए । उनले बालबालिका लाई शिक्षाको अधिकार प्रदान गर्नुका साथै बालबिवाहका जोखिमबारे समयमै सचेत गराएर बालविवाह न्यूनीकरणमा भूमिका खेल्न सकिने बताए ।
कपिलवस्तु जिल्लामा बालविवाहको क्रम अझै पनि रहेकाले कार्ययोजना सहित अगाडी बढनु पर्नेमा जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरीले जोड दिईन । बिद्यालय भर्ना भएका बालबालिकालाई बिद्यालयमा टिकाई राख्नका लागी सबै पक्षले सरोकार राख्नु पर्ने उनको सुझाव थियो । २० बर्ष मुनीको बिवाहलाई कानुनले नै बर्जित गरेको जनाउदै कानुन कार्यान्वयन सगै सचेतना प्रवाह गरि बालविवाह रोक्न भुमिका खेल्नु पर्ने सहायक प्रजिअ रामेश्वर अर्यालले सुझाव दिए ।
स्थानिय तहले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा आउने बातावरण बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिदै नमुना कार्यलाई अन्य वडाले समेत सिको गरेर अगाडी बढनु पर्ने उनको सुझाव थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख बाबुराम भट्टराई, सेभ द चिल्ड्रेनका प्रतिनिधी, समाजसेवी लगायतले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सो वडाले शत प्रतिशत भर्ना र बालविवाह मुक्त वडा घोषणा गर्नु उदाहरणीय रहेको बताउँदै अन्य वडाले समेत सो अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

नेपाल–मलेसियाबीच भएको श्रम समझदारीमा के छ ?

नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो ।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको हो । यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।

यस समझदारीसँगै ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समझदारी महत्वपूर्ण कदम भएको जनाइएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने गरी सम्झौता भएको छ ।

समझदारीसँगै मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण गराउँदा लाग्ने खर्च, सुरक्षा जाँचलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।

अब नेपाली कामदारलाई लाग्दै आएको ‘लेवी’समेत नलाग्ने भएको छ ।

कामदारहरुको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ ।

कपिलवस्तुमा स्थापना दिवसको अवसरमा तरुण दलले शैक्षिक सामाग्री बितरण गर्ने

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले मगंलबार एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । आफनो ६५ औ स्थापना दिवसको अवसर पारेर तरुण दलले कपिलवस्तुको लवनीमा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रम आयोजना गरिएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष तथा युवा नेता खोम बहादुर सिहं ठकुरी(शतिm)ले जानकारी दिए । गरिव तथा जेहेनदार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहने जिल्ला सभापति शतिmले बैखरी अनलाइनलाई जानकारी दिए ।

श्रीमतीलाई बन्चरो हानी हत्या गर्ने परियार पक्राउ ।।

दिपक के.सी.
कार्तिक १२ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ बनकट्टा मा आफ्नै श्रीमानले बन्चरोले हान्दा सोमबार राती एक महिलाईको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा आफ्नै श्रीमान ४० बर्षे बसन्त परियारले श्रीमती बर्ष ३५ की सुमित्रा परियारलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन ।
राति करीब ११ बजेको समयमा घरभित्र भुईंमा विस्तरा लगाएका छोराछोरी सहित सबै सुतिरहेको बेला बसन्तले राति उठेर श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
श्रीमतीको हत्या गरेर फरार भएका र बसन्त परियार लुक्दै भाग्दै गरको अबस्थामा विजयनगर गाउपालिका १ मदवानगर हुदै भारत प्रवेश गर्न लाग्दा मंगलबार दिउसो पक्राउ परेका छन । पयिारलाई भारत जान लाग्दै गरेको अवस्थामा पक्रिएको इलाका प्रहरी कार्यालय गणेशपुरका कार्यालयका प्रमुख नविन पौडेलले बताए । परियारलाईे वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको छ । परियारलाई म्याद थप गर्न जिल्ला पठाईएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्ययले बताए ।
बन्चरो प्रहारपछि बसन्त राति नै फरार भएका थिए । रगतले कपडा भिजेपछि बल्ल आफूहरुले थाहा पाएको छोरी बुनुले बताइन् । रुन कराउन थालेपछि अंकल अन्टी आएर गाउघरमा हल्ला गरेको छोरा सुजनको भनाई छ ।
स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली राति नै घटनास्थल पुगेको थियो । मृतक सुमित्राको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाएको बताएको छ ।

कपिलवस्तुमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु

कपिलवस्तुमा दुर्घटना २ जनाको मृत्यु ।।
कपिलवस्तुको गोरुसिगे जितपुर सडक खण्डामा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।
पश्चिमबाट बुटवल तर्फ जादै गरेको लु २ ख १४७७ नम्बरको टिप्पर र बुटवलबाट दाङ तर्फ जादै गरेको ना ६ ख २५०० नम्बरको बस एकआपसमा ठोकिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिगेले जनाएको छ । दुर्घटनामा घाइते हुनेको संख्या अझै पत्ता लागेको छैन । प्रहरीका अनुसार ११ जना घाइतेहरु मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुने हरुको अझै सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय गोरुसिगेले जनाएको छ

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
कार्तिक ११   देखि  १७   कार्तिक   सम्म
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

– प्रारम्भमा बोलीको प्रभाव   देखिनेछ तर  धेरै बोल्ने बानीले भने  विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने  प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि  आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने  धेरै काम हरु  पनि सहज हुनेछन्।  बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक  भूमिका थपिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केहि मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि  राम्रो साथ दिनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर  भने  लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।  एकाग्रतामा भने  कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

– साताको प्रारम्भ भने  उत्साहवर्द्धक नै  रहनेछ।  कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला।  सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ।  चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ।  मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा  यात्रा हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने  केही चुनौती हरु  पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने  सजग रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
–  प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।  घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।  रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने  देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ।  पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि  यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि  व्यापार र उद्योगमा भने  केहि लाभ नै  हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्।  जोगिएर काममा जुट्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– जोस र जागर बढ्नेछ भने  ठूलै काममा हिम्मत दिलाउनेछ।    धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

देशकै ठुलो सितगंगा नगरपालीकामा अझै पुगेन टेलिफोन र ईन्टरनेट सेवा

अर्घाखाँचीको सितगंगानगरपालीकाका नागरिकले लेनलाईन टेलिफोन र एडि एस एल ईन्टरनेट सेवा अझैसम्म पाउन सकेका छैनन् । लेनलाईन टेलिफोन र ईन्टरनेट सेवा सुबिधा नहुँदा यहाँ रहेका दर्जनौं सरकारी तथा गैरसरकारी कार्यालयको दैनिकी कामकाज समेत प्रभावित हुने गरेको छ । लेनलाईन टेलिफोन रईन्टरनेट सेवाबाट टाढा रहेका यहाँका नयाँ पुस्ताले अहिलेको युगमा ईन्टरनेट सेवा बिना कुनै पनि काममा अगाडि बढ्न नसकिने भन्दै लेनलाईन टेलिफोन सगै एडि एस एल ईन्टरनेट जडानका लागि नेपाल दुरसंचार समक्ष मागपत्र पेश गरेता पनि अहिलेसम्म नेपाल दुरसंचार कार्यालयले सेवाजडानमा कुनै चासो दिनसकेको छैन ।

यहाँका सरकारी तथा गैरसरकारी कार्यालय, ब्यापारी केन्द्र, बिधालय क्याम्पस, राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकाश बैंक सहित दर्जन भन्दाबढि लघुबित्त संस्थाहरू रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय, नेपाली सेनाको कार्यालय, सडक बिभाग, शिक्षा, स्वास्थ्य लगायत ठाडादह, अमराई, सितापुर, चाक्ला, सुपादेउराली यसनगरपालीकाको मुख्य व्यापारीकेन्द्र हुन् ।

नेपालकै भौगोलिक हिसावमा ठूलो र जिल्लाको मुल ढोकाको रूपमा ठानिएको यस सितगंगा नगरपालीकामा लेनलाईन र एडि एस एल ईन्टरनेट सेवा नहँुदा नागरिकले ठूलो सास्ती खेप्नुपरेको हो ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता प्रतिस्पर्धात्मक बन्दै, ८ खेल सम्पन्न

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । अहिलेसम्म जम्मा ८ वटा खेल सम्पन्न भएका छन् भने आज २ वटा खेल सम्पन्न भएका हुन् । आज भएको पहिलो खेलमा बुद्यम युथ क्लव वैजलपुरले सुर्योदय युवा क्लव बुङचिलाई १ सय १ रनले हराएको छ । टस हारेर ब्याटिङ सम्हालेको बुद्यम युथ क्लवले सुर्योदयका सामु २०५ रनको लक्ष्य प्रस्तुत गरको थियो । लक्ष्य पछ्याउँने क्रममा सुर्योदय अलआउट हुँदै १०४ रनमै सिमिति भयो । पहिलो खेलमा मनोज ज्ञवालि म्यान अफ द म्याच घोषित भएका छन् उनले २७ रन ३ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा एरियल युवा क्लव गोलपार्क र जय बुद्ध युवा क्लव बिच प्रतिस्पर्धा भएको थियो । जसमा जय बुद्ध युवा क्लव ११२ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय बुद्ध युवा क्लवले एरियल युवा क्लव गोलपार्कका सामु २ सय ३ बरनको लक्ष्य प्रस्तुत गरको थियो । जवाफि ब्याटिङमा उत्रिएको एरियल युवा क्लवले अलआउट हुँदै ९१ रनमै सिमित भएको आयोजकले जनाएको छ । दास्रो खेलबाट नेसद एडमट म्याच अफ द म्यान घोषित भएका छन् उनले ४ ओभरमा ९ रन खर्चिदै ५ विकेट लिएको मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् ।

यस्तै भोलि पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल परिवर्तन शिल युवा क्लव मधुवन र भक्तौलि क्रिकेट क्लव बिच हुनेछ त्यस्तै अल स्टार स्पोर्ट क्रिकेट क्लव लमटैया र सुनौलो क्रिकेट क्लव बुटवल बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

बृहत् काव्य गोष्ठी तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

१० कार्तिक , कपिलवस्तु
६७ औं दधि जयन्तिको अवसर पारेर शनिवार दधि स्मृती साहित्य समाज कपिलवस्तुले राष्ट्रिय कवि गोष्ठि, रचना वाचन, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वाणगंगा नगरपालिका बैरिया स्थित जेसिज सभाहलमा आयोजित कार्यक्रममा ५ नम्बर प्रदेश सँगै पुर्व मेची देखि सुदुरपश्चिम् सम्मका प्रतिनिधि मुलक कविहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भाषा , कला र साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएका विभिन्न जिल्लाका स्रस्टाहरू सम्मानित भएका छन् । वरिष्ठ कवि एवम् साहित्यकार मनिराज जोशी शिव तुलसा छन्द रथी साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । त्यस्तै कार्यक्रममा दमक झापाका गजलकार लोकेन्द्र बन्जरा आदित्य जंग गजल गौरब साहित्य पुरस्कारबाट सम्मानित भए भने नवलपरासीका छन्द कवि लोकनाथ खराल टिकाराम काव्य साधक साहित्य पुरस्कार बाट सम्मानित भएका हुन तेस्तै युवा कवि मनोज भण्डारी अर्पण छन्द प्रतिभा पुरस्कार र बाँकेकि गजलकार शान्ती अधिकारी पोख्रेल बासुदेव गजल साधक साहित्य पुरस्कार बाट सम्मानित भएकी छिन् । कार्यक्रममा कपिलवस्तुकी बाल कवि जोशीका कंडेल ‘निशा’ प्राची बाल साहित्य प्रतिभा पुरस्कार बाट सम्मानित भएकी थिइन भने नुवाकोटका बाल कवि सुबिन रिमाल प्रशान्त लाई आदित्यराज बाल साहित्य प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

५ नम्बर प्रदेश सँगै देशका विभिन्न जिल्लाबाट उपस्थित साहित्यकार एवम कवि ,गजलकारहरुले आ-आफ्ना रचना समेत वाचन गरेका थिए । राष्ट्रिय भावले ओतप्रोत कविता र गजल सँगै कार्यक्रममा कृति समेत विमोचन भएको छ । कपिलवस्तुका साहित्यकार लेखनाथ घिमिरेको मेरो देश शिर्षकको कविता संग्रह सोहि कार्यक्रममा विमोचन गरीएको हो । विमोचन गरीएको संग्रहमा ३३ वटा कविता रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काशी हिन्दु विश्व विद्यालयका अतिथि प्राध्यापक डा. शिव प्रसाद पौड्यालले साहित्यकारहरुले देशको धर्म, संस्कृति तथा ईतिहासलाई झल्काउँने रचनाहरुमा कलम चलाउँन आवश्यक रहेको बताए । उनले कपिलवस्तु एक साहित्यिक भुमि भएकाले यहाँको साहित्यीक स्तर पनि उच्च रहेको जिकिर गरे । दधि स्मृति साहित्य समाज कपिलवस्तु राष्ट्रिय स्तरको संस्था भईसकेको र यसलाई अझ उच्च बनाउँन आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । साथै उनले साहित्यकारहरु राष्ट्रका गहना भएकाले साहित्यकारहरुलाई संरक्षण गर्ने जिम्मा राज्यको भएको बताए । साथै उनले साहित्यकारहरुले देशको मर्म बुझेर देशको राजनितिक, सामाजिक, समसामायिक, समाजमा भएका विकृतिहरुलाई पनि उजागर गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने खालका रचनाहरु लेख्न आवश्यक रहेको बताए । कार्यक्रममा दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता सहित काशी हिन्दु विश्वविद्यालय वाराणिसीका अतिथि प्राध्यापक डा . शिव प्रसाद पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपस्थित कविहरुले रास्ट्र भावले भरिएका कविता र गजल वाचन गरेका थिए । साथै सोहि कार्यक्रमका विच दधि स्मृति साहित्य समाजले आफनो चौथो वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । जसमा दिलिप कार्कीको अध्यक्षतामा नौँ सदस्यीय समिती सर्वसम्मत निर्वाचित भएका छन् ।

शितगंगा वडा नं.९ को सिलिङखोलामा एकीकृत घुम्ती शिविर

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.९ स्थित सिलिङखोला गाउँमामा एक दिने एकीकृत घुम्ती शिविर सम्पन्न गरिएको छ । दुर्गम गाउँका सर्वसाधारणलाई गाउँमै सेवा पुर्‍याउने उद्धेश्यले सिलिङखोलामा शनिबार बिहान देखि शुरु गरिएको १ दिने घुम्ती शिविर सम्पन्न भएको हो ।

वडा स्तरीय घुम्ती शिविरमा वडाबाट प्रदान गरिने जन्मदर्ता, मृत्युदर्ता, घरजग्गा तिरो, बसाई सराई सिफारिस तथा प्रमाणित लगाएत स्वास्थ्य सेवा प्रदान गरेको वडा नं.९ को वडा कार्यालयले जनाएको छ । वडा नं. ९ र लामिदमार स्वास्थ इकाई लामिदमारकाे संयुक्त अायाेजनामा एकिकृत घुम्ती शिविर अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ ।

स्वास्थ्य सेवा पाउने हाम्रो अधिकार भन्ने मुल नाराका साथ शनिबार वडा नं. ९ को सिलिङखोला गाउँमामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७० जना भन्दा सर्वसाधारणहरूलाई स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी वितरण गरिरएको थियो । सबै वडावासीलाई स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि शिविर अायाेजना गरिएको वडाध्यक्ष भिम बहादुर केसीले बताए साथै अागामि दिनमा पनि अाफ्नै कार्ययोजना तय गरि जनताकाे हित तथा विकास निर्माणका कार्यक्रममा निरन्तर रूपमा अग्रसर रहने उनकाे प्रतिबद्धता छ ।
शिविरमा प्रेसर, ज्वरो, टाइफाइड, रुघाखोकी लगायतका विरामीको स्वास्थ्य परिक्षणका साथै सर्वसाधारणहरूलाई औषधी वितरण गरिएको स्वास्थ्य प्रमुख ओमलाल ओलीले बताए । निशुल्क स्वास्थ्य शिविर अाफ्नै क्षेत्रमा पाएपछि त्यस क्षेत्रका बिरामीहरू लाभान्वित भएका थिए ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा आज यी टिम भिड्दै

कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगितामा शनिवार ३ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा आयोजक टिम ए ले झण्डा क्रिकेट क्लवलाई पराजित गरेको छ । टस हारेर ब्याटिङ सम्हालेको झण्डा क्रिकेट क्लवले १७ भोभरमा १० विकेटको नोक्सानिमा ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर बलिङ रोजेको आयोजक टिम ए ले १२ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन पुरा गरि विजयी भएको हो । पहिलो खेलबाट जिजेता आयोजक टिम ए का खेलाडि प्रकाश भुसाल म्यान अफ दम्याच घोषित भएका छन् । उनले झण्डा क्रिकेट क्लव विरुद्ध १८ रन १ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा शान्ति युथ क्लव लुम्बिनी विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्ट युथ क्लव बुटवलले शान्ति युथ क्लव लुम्बिनीका सामु १६ ओभरमा १० विकेट गुमाउँदै ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै शान्ति युथ क्लवले ११ ओभरमा जम्मा २ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरि जिजयी भएको हो । दोस्रो खेलबाट जावेद ५ छक्का ५ चौका प्रहार गर्दै ५८ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।

त्यस्तै तेस्रो खेलमा आयोजक टिम बि र ज्ञानोदयय गोल्ड बुटवल बिच प्रतिस्पर्धा भएको थियो । जसमा ज्ञानोदयय गोल्ड बुटवल ८ विकेटले विजयी भएको छ । समय अभावका कारण आजको अन्तिम खेल १२ ओभरमा छोट्याईएको थियो । जसमा टस जितेर पहिले ब्याटिङ राजेको आयोजक बि ले ज्ञानोदयलाई सबै ओभर पुरा गरि २ विकेटको क्षतिमा १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा ज्ञानोदयले ११ दशमलव ४ ओभरमा २ विकेट ब्यहोरि जित हासिले गरेको हो । तेस्रो खेलबाट अजय कौशिल्या २ छक्का ९ चौका प्रहार गर्दै ६५ रनमा म्यान अफ दम्याच घोषित भएका छन् ।

खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् ।

यस्तै आज पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे सुर्योदय युवा क्लव बुङची र बैजलपुर क्रिकेट क्लवबिच हुनेछ त्यस्तै दोस्रो खेल गोलपार्क क्रिकेट क्लव र जय वुद्ध क्रिकेट तौलिहवा क्लवविच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

बिशालको “रास्ट्रप्रेम” बिमोचन

कार्तिक-१०,नवलपुर गायक,संगीतकार तथा गीतकार बिशाल पौडेलको रास्ट्रभक्तिले ओतप्रोत गीत “रास्ट्रप्रेम” आज बिमोचन भएको छ। बरिस्ठ चलचित्रकर्मी रिद्दीचरण श्रेष्ठले सो गीतको अडियो तथा भिडियो गैंडाकोट १७ झराई खोला स्थित होटल सेन्टर प्वाईन्टमा बिमोचन गर्नुभएको हो। बिमोचन पश्चात् बोल्दै रंगकर्मी श्रेष्ठले बिशालको रास्ट्रप्रेमले सबै नेपालीलाई एकताको शुत्रमा बाँध्ने बिश्वास ब्यक्त गर्नु भयो। बिमोचनमा रास्ट्रप्रेमको गर्भको कथा सुँनाउदै आजसम्म रास्ट्रप्रेम आफ्नो भएको तर आजबाट सम्पुर्ण श्रोता दर्शकको भएको बताउनु भयो। बिमोचन कार्यक्रममा गीतकार विशाल ढकाल,गायक भुवन प्यासी लगायतकाको उपस्थिती रहेको थियो। रास्ट्रप्रेम गीतमा विशाल पौडेल, केशव आचार्य, विवेक पाण्डे, काव्या आचार्य, गीता शाही, कल्पना सापकोटाको स्वर रहेको छ । विशाल पौडेल को शब्द तथा सङगीत, आशिष अविरल को सङीत संयोजन रहेको छ । प्रवीण भण्डारीको निर्देशन, नारायणप्रसाद आचार्य को छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको सो गीत को म्युजिक भिडियो नवलपुरका विभिन्न ठाँउमा छायांकन गरिएको थियो।

प्रदेश ५ सडक दुर्घटना : १५ दिनमा २५ जनाको मृत्यु

दशैँको समयमा प्रदेश ५ मा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्मको अवधिमा प्रदेश ५ का १२ जिल्लाका विभिन्न स्थानमा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको हो ।  प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न ५५ स्थानमा गाडी दुर्घटना भएका थिए भने ७३ वटा गाडी दुर्घटनामा परेका थिए ।

ती दुर्घटनामा परी ७८ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला कार्यक्षेत्र रहेको ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत वर्ष दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो ।

बालिकालाई करणीको प्रयास गर्ने युवक पक्राउ

कपिलवस्तुको यशोधरा गाउपालिका– ८ मधुनगरा स्थित एक युवाले १३ बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका छन । प्रहरीले यो घटनालाई गोप्य राखे पनि पीडीत परिवारले संचारकर्मीलाई जानकारी गारए पछि यो घटना बाहिर आएको हो । गत असोज ३१ गते राति यशोधरा गाउपालिका– ४ अम्लोनहाका २३ बर्षे लक्ष्मण पासी कोठामा पसेर बालिकालाई जबरजस्तीतकरणीको प्रयास गरेका थिए ।

आफ्नो मामा घर मुधनगर गएका बेला पीडीत बालिकाको मुख थनेर खुट्टा समाती कराणीको प्रयास गरे पछि पीडीत बालिका उम्केर हो हल्ला गरेकी थिईन् । हार गुहार र हल्ला गरे पछि गाउलेहरुले लक्ष्मणलाई नियन्त्रणमा लिई कुट्पीट् समेत गरेका थिए । गाउँलेहरुले लक्ष्मणलाई त्यही राति प्रहरीलाई बुझाएका थिए । प्रहरीले सो घटनाका बिषयमा पीडीत र पीडक पक्ष बिच छलफल गराएको थियो । पीडीत बालिकाले आफुलाई लक्ष्मणले नै करणीको प्रयास गरेको बताएकी थिईन् ।

पीडीतको बुवाले लक्ष्मण बिरुद्ध किटानी जाहरी दिए पछि लक्ष्मण बिरुद्ध जरबस्तीकरणि उद्योगका मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । उनले अदालतबाट म्याद थपी कारबाही प्रक्रिया अघि बढाईएको बताएका छन् ।

विद्युत चुहावट कम गर्नको लागि समिति गठन गर्ने

कपिलवस्तुको मायाँदेवी गाउँपालिकाले विद्युत चुहवाट कम गर्नको लागि आफ्नै गाउँपालिका स्तरिय समिति गठन गर्न लागेको छ । मायादेवी गाउँपालिकाको अयोजना तथा नेपाल विद्युत प्रधिकारण तौलिहवा वितरण केन्द्रको सहजिकरणमा भएको अन्तरक्रिया कार्यक्रममा मायादेवी गाउँपालिका स्तारिय विद्युत चुहवाट नियन्त्रण समिति बनाउने गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताएका छन् ।

विद्युत चुहवाट कम गर्नको लागि गाउँपालिका भित्र विभिन्न प्रकारका जनचेतना मुलक कार्यक्रम संचालन गर्ने बताएका छन् । कुर्मीले अबको दिनमा विद्युत कार्यालय संग समन्वय गरि सबैको घरमा मिटर जडान गर्ने बताएका छन् । गाउँपालिकाको विभिन्न सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा मिटर जडान, तार तान्ने, विद्युत ट्रन्सफारमर, समयमा मिटर रिडिङ्ग नहुने जस्ता समस्यहरु आएका थिए ।

सो समयस्यहरुको समाधानको लागि अबका दिनमा जे जास्तो भए पनि मिटर वितरण तथा जडान, विद्युत तार तन्ने, पोल, ट्रन्सफारमर, समयमा मिटर रिडिङ्ग सबै समयमा हुने नेपाल विद्युत प्रधिकारण तौलिहवा वितरण केन्द्रका प्रमुख जय कुमार यादवले प्रतिबद्धाता व्याक्त गर्नु भएको छ । मायादेवी गाउँपालिकामा कति मिटरको अवश्यकता रहेको छ । सबै अवश्यकताका अधारमा मिटर उपल्बध गराउने समेत यादवले बताएका छन् ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा आज राजपुर र वुद्धभुमि युवा क्लव विजयी

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता जारि रहेको छ । आज भएको पहिलो खेलमा राजपुर युवा क्लवले नव प्रभात युवा क्लवलाई ५८ रनले पराजित गरेको थियो । राजपुरले नव प्रभातका सामु ७ विकेटको नोक्सानीमा १५० रनको लक्ष्य प्रस्तुत गरेकोमा टस जितेर पहिले बलिङ रोजेको नव प्रभात ४९ रनमै अलआउट हुँदै हार ब्यहारेको हो । पहिलो खेलबाट राजपुर युवा क्लवका खेलाडि प्रभात केसिले नवप्रभात क्लव विरुद्ध ५ विकेट ल्याई म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बुद्ध भुमि युवा क्लव विजयी भएको छ । उसले जिनुवा स्पोर्ट क्लव जिनुवालाई ५ विकेटले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको जिनुवा स्पोर्टले बुद्धभुमिलाई ६९ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य बुद्धभुमिले १० दशमलव १ ओभरमै ७३ रन पुरा गरेको थियो । दोस्रो खेलबाट वुद्धभुमि युवा क्लवका खेलाडि शंकर महरा ३ विकेट तथा ७ रनका साथ नटआउट भई म्यान अफ द म्याच घोषित भएको मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् ।

भोलि पनि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे आयोजक टिम ए र झन्डा क्रिकेट क्लवबिच हुनेछ त्यस्तै दोस्रो खेल शान्ति युथ क्लव लुम्विनी र एभरेष्ट क्रिकेट क्लव बुटवल विच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

“सुल्ताना”-अविरल यात्री

“सुल्ताना”
=-=-=-=-=

दुबई ।
दशैँकाे पूर्वसन्ध्या ।

युनियन मेट्राे स्टेसनकाे विशाल अन्डरग्राउन्ड स्टेसन । रेडलाइनबाट जाबेल अलि – रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ – इन्टरजङ्कसन ।

याे स्टेसनमा हजाराैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटिन्छन् ।

मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ । मेट्राे सुनसान थियाे । खासै यात्रीहरू थिएनन् । हातमा अरबीक साहित्यकाे किताब बाेकेकाे थिएँ । निकै रहरले शिरमा “घाेत्र” भन्ने अरबी कपडा बाँधेकाे थिएँ । याे अरबी लूक मलाई निकै मनपर्थ्याे । ध्यान चाहिँ किताब भन्दा बाहिर हेर्नुमा थियाे ।

म सीटमा एकसुरले बसेर सुरुङ मुनि छँदा अन्डरग्राउन्डकाे अँध्याराेसँगै शान्त हुन्थेँ अनि बाहिर निस्केपछि गगनचुम्बी महलकाे उचाईसँगै अग्लिइन्थेँ ।

“सलाम अलैकुम !”
निकै मधुर नारी अावाजले मलाई बाेलायाे ।

“वालेकुम सलाम!” मैले फर्केर हेरेँ । काखमा सुँकसुकाइरहेकाे बच्चा लिएकी ती महिलाका अति सुन्दर नीला अाँखा मात्रै देखिएका थिए । बाँकी शरीरलाई पुरै कालाे “अबाया”ले ढाकिरहेकाे थियाे । बच्चा मानिरहेकाे थिएन ।

उनकाे सुन्दरतालाई उनका अाँखाले स्पष्ट बाहिर देखाउँथे । दुइ अाँखाबीचकाे भागमा काला बाक्ला अाँखिभाैँ ! गाेराे रङ्ग । मानाैँ – कुनै गुलाबलाई कालाे कपडाले पर्दा गरेजस्तै ।

हादा फादी? (के याे खाली हाे ?) मेराे छेउकाे सीट देखाएर भनिन् ।

सानाे झाेला छेउमा राखेर मेरै सीट नजिक अाएर बसिन् । म उनलाई सजिलो हाेस् भनेर उठेँ । भनिन् – ला ला ! जलिस् ! माफि मुस्किल ।
(हाेइन हाेइन बस । केही समस्या छैन) ।

“इन्ता आरफ अरबी ? (अरबी अाउँछ तिमीलाई ?)” । म‌ैले भनें – अल हमदुलिल्लाह ! (भगवानकाे कृपा छ।)

उनले मुख ढाकेकाे कपडा हटाएर लुकाएको चन्द्रमुहार देखाइदिइन् । साक्षात् पूर्णिमा । मानाैँ, कुनै देवी सशरीर मेराे सामुन्ने उपस्थित छन् ।

साेधिन् –
“सू इस्मक?” (के नाम तिम्राे?)
– अना अविरल !
– माशाअल्लाह ! हिन्दी ?
(कति राम्रो नाम ! इन्डियन हाै )
ल्या, निबाली ।
(हाेइन, म नेपाली)
– निबाली ? माशाअल्लाह ! निबाली वाइद हेलो, तैइब यानी।
(नेपाली अति सुन्दर र असल हुन्छन् )
– हाम्दुलिल्लाह ( भगवानकाे कृपा)
– सू इस्मि ? (तिम्राे नाम नि )
– सुल्ताना
– सुब्हान अल्लाह !!
– इन्ती मघरिबी ? ( तिमी माेरक्कन हाै )
– ल्या, सूरी ! (हाेइन, सिरियन)

सुँकसुकाइरहेकाे बच्चा मलाई हेरेर रून थाल्याे । मलाई देखेर डरायाे कि भनेर मैले भनेँ – लेस इब्कि बच्चा ? खाैफ ? (बच्चा किन राेएकाे, डराएर हाे ?)

सन्नाटा छायाे । केवल रेल गुडेकाे अावाज मात्रै कानमा अाइरह्याे । एकछिन पछि रसिला अाँखा पारेर भनिन् – यसकाे बाबा “अहमद” तिमीजस्तै अग्लाे थियाे, ठूलाे ज्यान, हेन्सम । अार्मीमा थियाे, सिरियामा शहीद भयाे । यसले बाबालाई खूब माया गर्थ्याे, अाज तिमीलाई देख्दा बाबा सम्झियाे सायद !!

अस्तघफिरूल्लाह ! – मैले अरबी भाषामै सहानुभूति जनाएँ ।

“जन्नत(स्वर्ग)जस्ताे सिरिया हेर्दाहेर्दै जेहन्ना(नर्क)भयाे । म लतिफा (कविता) लेख्थेँ, उ मेराे काखमा सुतेर सुन्थ्याे । घरमा अाउँदा मलाई पार्कमा लैजान्थ्याे । आरुस (विवाह) भएकाे रात उसले मलाई पत्थर भएकाे सुन्दर अङ्गुठी उपहार दिएकाे थियाे……

उ मारिएपछि सेनाकाे परिवार बस्न सक्ने अवस्था रहेन । भागेर तुर्की जाने पानीजहाजमा चढेँ । जहाजमा मान्छे धेरै भएर मेरा बुबाअामासहित सबै समुद्रमा डुबे । म भाग्यले बाँचे । मरेकाे भए पनि हुन्थ्याे, दुख लेखेकाे । काखमा याे बच्चा, खबुस र पानीकाे भर । अनिष्टकाे अाशङ्का । कुनै गुनाह नगरी अल्लाहले यत्राे “कहर” दियाे । ठुलाे मुस्किलले म बाँचेर याे देश इमारातमा अाएँ । मलाई अल्लाहसँग ठूलाे गुनासाे छ……

सरकारले खबुस र घुर्फा(काेठा) त दिएकाे छ तर म लासजस्ताे भएकी छु ! न “अहमद” साथमा, न परिवार ।

“हेर ! उसले दिएको अङ्गुठीकाे पत्थर हरायाे तर अङ्गुठी छ मसँग………… !” हातका अाैँला ढाकेकाे कपडा हटाएर उसले अङ्गुठी देखाई ।

“उ पत्थर रहेछ, म अङ्गुठी ! पत्थर हराएकाे अङ्गुठीजस्तै मेराे जीवन !” उसकाे अन्तरस्करण बाेल्याे ।

“याे बच्चाकाे व्यवस्था राम्रो भैदिए म “अहमद” लाई भेट्न छिटै जन्नत (स्वर्ग) जानेथिएँ………… इन्शाअल्लाह !!”

त्यसमाथि “अहमद” जस्तै तिमी अाज भेटिएर उसकाे घाउ झन् दुखाइदिइयाै ……………

मलाई हजार बिच्छीले टाेकेकाे भान भयाे । मेराे पत्थर दिल पग्लियाे । अाँखाकाे डिल फुट्याे । बच्चालाई काखमा लिन मन लागेकाे थियाे तर फर्केर हेर्ने हिम्मत अाएन । वाक्य फुट्नै सकेन । मेराे पत्थर-दिलले अाज मलाई नराम्रोसँग धाेका दियाे र परेलीकाे डिल भत्काइदियाे ।

सिरियाकाे युद्धले म लाखाैँ किलोमिटर टाढा बस्ने नेपालीलाई पनि नराम्ररी रुवाइदियाे !

रेल DAFZ स्टेसनबाट अघि बढ्याे । मैले पछाडि फर्केर हेरेँ । अधिकांश मान्छे झरिसकेछन् । मेट्राे लगभग खाली थियाे । स्पिकरमा अावाज अायाे – अर्काे स्टेसन “अल कुसैस” हुनेछ ।

उसले भनी – ……… खलास्, अना नेजिल हिना। माअस्सलामा अविरल ! ( तिमीसँगकाे यात्रा पनि “अहमद”सँगकाे जस्तै छाेटाे रहेछ अविरल ! म जान्छु । तिमीलाई अल्लाहले खुशी राखुन्)

रेलले गति लियाे । उसलाई झाेला हातमा दिन उठेकाे मात्र थिएँ, एक्कासी बच्चासहित मलाई अँगालो हालेर झम्टेर राेइ । बच्चाले पनि मलाई “बाबा !” भनेर च्याप्प समातेर राेयाे, म केही गरे पनि सम्हालिनै सकिनँ र राेएँ । सबै सँगै राेयाैँ । अपरिचितसँगकाे याे रुवाई परिचितसँगकाे भन्दा बढी पिडादायी भयाे ।

जाने बेला “५०० दिरहाम जरिवाना” काे प्रवाह नगरिकन
भिजेका परेला र चिसाे अाेठले हृदयसम्म पुग्ने गरी मेराे निधार, गाला र अाेठ चुमी र एकपटक पनि मतिर नहेरी बाहिर निस्की !

40 मिनेट अघि भेटिइ र जीवनभरिकाे लागि सम्झेर रुने पलहरू उपहार दिएर “सुल्ताना” कता हाे कता गइ । हेर्दाहेर्दै उसकाे अाकृति स्टेसनभित्रै धमिलाे भयाे अनि हरायाे ।

गालाकाे बाटाे हुँदै झरेका मेरा अाँशुजस्तै गरी रेल पनि अाफ्नाे प्रवाहमा अन्तिम स्टेसनतर्फ अाेरालाे लाग्याे……………

लेखक – अविरल यात्राी

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त

काठमाडौं । नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त भएका छन् ।गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गरेको हो । उनीहरुलाई निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको कार्य प्रभावकारी नगरेको आरोप लागेको थियो ।

सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिए दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए  र दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै  गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको  भन्दै विज्ञप्ति जारी गरेको छ ।

यो पनि पढ्नुहोस्
अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ
काठमाडौँ । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् ।

धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी ईन्दिराले ललितपुर कुपण्डोलका व्यवसायीलाई सुरुमा फेसबुकमा निशा अधिकारी नामबाट साथी बनी उक्त व्यवसायीसंग कुरा गर्दै जाँदा काम छ भनी उनको नम्बर मागेकी थिईन् ।

उनी नम्बर पाउनासाथ गत असार ३ गते अफिसमा भेट्न गई आफ्नो घर झापा बुधवारे र नाम ईन्दु बताउँदै व्यवसायीले थाहा नपाउने गरी मोबाईलको क्यामेरा खुल्ला राखी आफूले अंगालो मारी चुम्बन समेत गरेको रेकर्ड गरी फर्किएकाे समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।

ईन्दिरा त्यहाँबाट गएपछि गणेश लामाको नाम बताउदै एक व्यक्तिले निज व्यवसायीलाई इमो मार्फत फोन गरि सो भिडियोको रेकर्ड आफूसँग रहेको भन्दै एक करोड रुपैया रकम माग गरेका थिए । यदि पैसा नदिए यूट्युब तथा फेसबुकमा राखिदने बताउँदै धम्काएका थिए ।

वाणगंगामा प्रदेश स्तरिय खुल्ला क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा कपिलवस्तु ट्रेनिङ विजयी

सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता विहिवारबाट सुरु भएको छ । कपिलवस्तुको वाणगंगा नगररपालिका ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा उक्त प्रतियोगिता सुरु गरिएको खेल संयोजक माधव पौडेलले जानकारि दिए । प्रदेश नं. ५ का भौतिक तथा योजना मन्त्रि वैजनाथ चौधरिले ब्याटिङ र जिल्ला खेलकुद विकास समिति अध्यक्ष छवि रेश्मी मगरले बलिङ गरि खेलको उद्घाटन गरेका हुन् । खेलको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश ५ का भौतिक तथा योजना मन्त्रि चौधरिले प्रदेशलाई खेलको माध्यमबाट अगाडि बढाउँन खोजिरहेको बताए । उनले पहिले भन्दा अहिलेको अवस्थामा राज्यले पनि खेलकुद क्षेत्रमा ध्यान दिएकाले प्रदेश सरकारले पनि प्रत्येक जिल्लामा कम्तिमा एउटा खेल मैदानको ब्यवस्था गर्ने प्रयास गरेको बताए । मन्त्रि चौधरिले रोजगार, पर्यटनमा पनि योजनावद्ध रुपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहको जिकिर गरे । देश आर्थिक तथा अन्य स्तरमा गरिवि देखिएपनि क्रिकेटमा भने धेरै विकसित भएको बताए । प्रतियोगिताको आयोजना गरि प्रदेशमै एक नमुना खालको काम गरेकाले आयोजक संस्थालाई प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए । साथै उनले सम्पुर्ण खेलाडिहरुलाई शुभकामना समेत ब्यक्त गरे ।

प्रदेश सांसद विष्णु पन्थिले प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पु¥याउनको लागि प्रतियोगिता आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद ब्यक्त गरे । उद्घाटन समारोहको समापन गर्दै आयोजक संस्थाका अध्यक्ष टेकराज भण्डारिले प्रतियोगितालाई सफल पार्नका लागि सहयोगको आवश्यकता रहेको बताउँदै कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खेल संयोजक माधव पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगर, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल लगायतले आ–आफ्नो धारणा राखेका थिए । संस्थाका अध्यक्ष टेकराज भण्डारि बाबुरामको अध्यक्षता, नगर प्रवक्ता विष्णु पौडेल, वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालल, ७ का वडाअध्यक्ष विष्णु गिरि, मिडिया संयोजक हरि घिमिरे लागायतको आतिथ्यता रहेको थियो ।

आज भएको उद्घाटन खेलमा कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवाले जितगढि क्रिकेट क्लव वुटवललाई १२७ रनले पराजित गरको छ । कपिलवस्तु ट्रेनिङ सेन्टर २२६ रनको लक्ष्य प्रस्तुत गरेकोमा जितगढि क्रिकेट क्लव १४.५ ओभरमा ९९ रनमै सिमित भयो । कपिलवस्तु ट्रेनिङका खेलाडि विशाल गौड म्यान अफ द म्याच घोषित भएका छन् । उनले ६४ रन प्राप्त गरे । खेलमा प्रथम हुनेले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय हुनेले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय हुनेले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना हुनेले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् । भोलि दुईओटा खेल हुनेछन् । पहिलो खेल विहान ८ः३० बजे राजपुर क्रिकेट क्लव र नव प्रभात क्रिकेट क्लव ठाकुरापुर बिच हुनेछ भने दास्रो खेल दिउँसो १ बजे ज्ञानोदय क्रिकेट क्लव र गोरुसिङ्गे क्रिकेट क्लवबिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारि पुरा

सनराईज सामाजिक विकास मञ्चको आयोजनामा हुने प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारि पुरा भएको छ । प्रदेश नं. ५ का सााजिक विकास मन्त्रि सुदर्शन वरालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ । यहि कात्तिक ८ गते अर्थात भोलि देखि २० गते सम्म खेल हुने छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित मायाँदेवि रंगशालामा खेल हुने कार्यक्रम संयोजक माधव पौडेलले जानकारि दिए । प्रतियोगितामा २८ टिम दर्ता भएका छन् ।

खेल मैदान तथा अन्य ब्यवस्थापन सम्बन्धिका कार्यपनिको पनि तयारि भैसकेको बताईएको छ । प्रतियोगितामा प्रथमम पुरस्कार रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय पुरस्कार रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार रु ५ हजार शिल्ड तथा प्रमाण पत्र रहेको छ । प्रतियोगितामा कात्तिक ५ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शूल्क रु ४ हजार निर्धारण गरिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य सिद्धार्थ गौतमबुद्ध ओभरसिजका संचालक तथा समाजसेवी कृष्ण कुँवरले गरेका छन् । प्रदेश पाँचमा लुकेर रहेका क्रिकेट खेलाडीहरुलाई पहिचान गरी राष्ट्रियस्तर सम्म पुर्याउनको लागि प्रतियोगिता आयोजना गरिएको हो । वाणगंगा नगरपालिकामा प्रदेशकै ठुलो पुरस्कार राशी राखिएको प्रतियोगिता सम्पन्न गर्न सहयोगको लागि सबैमा आग्रह गरिएको छ । उद्घाटन खेलमा जितगढि क्रिकेट क्लव वुटवल र कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा बिच प्रतिस्पर्धा हुने मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

कपिलवस्तुको बनगाईमा बृहत सांस्कृतिक कार्यक्रम हुने ।

वैखरी कपिलवस्तु, छठ पर्वको अवसर पारेर शान्ति श्रृजना युवा क्लब बनगाई कपिलवस्तुले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।गत वर्षहरूमा जस्तै यो बर्ष पनि सांस्कृतिक कार्यक्रमलाई निरंतरता दिइएको क्लबका अध्यक्ष युग बहादुर के सी ले बताए सामाजिक क्षेत्रमा सक्रियताका साथ आफ्नो उपस्थिति जनाएको क्लबले पछिल्ला केही वर्षहरू देखि सास्कृंतिक कार्यक्रम गर्दै विभिन्न भौतिक संरचना लगायत सामाजिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

२०५५सालमा स्थापना भएको क्लबले भवन निर्माण र CCTV क्यामेरा जडान गर्ने उद्देश्य सहित सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । अघिल्ला बर्षहरुमा सांस्कृतिक कार्यक्रम संचालन गरि सडक बत्ती , CCTV क्यामेरा , सडक बिस्तार संगै आधुनिक यात्रु प्रतीक्षालय निर्माण गरेको थियो ।

‘समृद्ध समाज निर्माणमा युवा अग्रसरता हाम्रो अभियान ‘ भन्ने मुल नाराका साथ संचालन हुने सांस्कृतिक कार्यक्रममा बहु चर्चित गायिका मेलिना राई र चर्चित पप गायक कमल खत्रीको बिशेष प्रस्तुति रहने छ भने कपिलवस्तु डान्स आइडल र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा करिब चार हजार माथीको सहभागिता रहने आयोजक क्लबले अपेक्षा राखेको छ ।

यो पनि पढ्नुहोस्
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ ।
उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।

यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः

व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ ।कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ ।यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः

तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ ।त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः

दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् ।अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः

संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः

यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः

अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।
घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

आज दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत रहेको उनले बताए । ‘कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ, यस वर्ष तिथिको घटबढका कारण अखिल बलि पूर्ति मंगलबार परेको छ,
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेयप्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याउने गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

सितगंगा बिकाशमा सबै एक हुनुको बिकल्प छैन : सांसद घिमिरे

अर्घाखाँची क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले निर्वा्चित जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारीलाई इमानदारी पुर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । सितगंगा नगरपालीका द्धारा ठाडा दहमा आयोजित २०७५ सालको बडादशै तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा संबोधन गर्दै नेता घिमिरेले पछिल्लो समयमा २, ४ हजारको लालचमा फसेर जनप्रतिनीधि र कर्मचारीले जनता प्रतिको विश्वास घटाउदै गएको भन्दै अवको करिव ४ बर्ष जनप्रतिनिधीले र कर्मचारीले इमानदारी पुर्वक तुत्छ स्वार्थमा नलागी जनताको सेवक भएर काम गर्न सुझाव दिए ।

नेता घिमिरेले सितगंगा भित्रका राजनिती बिच तिब्र मतभेद देखिएको औँल्याउँदै एउटा पार्टी भित्र दुई ओटा पार्टी बनेपछि यसले समग्र सितगंगाको बिकाशमा ठेस पुग्ने जिकिर समेत गरे

विद्युत चुहावट नियन्त्रण गर्नका लागि अन्तरक्रिया

नेपाल विद्युत प्राधिकरण केन्द्र तौलिहवा शाखाले विद्युत चुहावट नियन्त्रण गर्नका लागि सार्वजनिक सुनुवाई अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्षेत्र अन्तर्गत स्थानिय तह हरुका वडामा चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरि विभिन्न किार्यक्रमलाई सहज बनाउँनका लागि उक्त कार्यक्रमको सुरुवात गरिएको कार्यालयले जनाएको छ । विद्युत चुहावट नियन्त्रणमा लिई कानुनि प्रक्रियाअनुसार कारवाहि गरिनु मात्र नभई सम्बन्धित क्षेत्रमै चुहावट सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दा जनताहरु सुशुचित हुने हुँदा यस्तो कार्यक्रमको थालनि गरिएको वितरण केन्द्र प्रमुख ईन्जिनियर जयकुमार यादवले बताएका छन् ।

असोज २२ गते शुद्धोधन गाउँपािलका वडा नं. १ सुर्यवलिया मा विद्युत चुहावट समिति गठन गरिएको छ । सो वडामा राम बहालको अध्यक्षता र वडा सदस्य नथ्य प्रसाद यादवको नेतृत्वमा बैठक बसि चुहावट नियन्त्रण सम्बन्धि समिति गठन गरिएको हो । उक्त वडाका ३ वटा टोलले आगामि दिनमा विन्द्युत चुहावट नगर्ने र गर्नेलाई नियन्त्रण गर्ने प्रतिवद्धता समेत गरेको फिल्ड सुपरभाईजर कृष्ण पौडेलले बताए ।

त्यस्तै सम्बन्धित नगरपालिका र गाउँपािलकाका वडामा विद्युत चुहावट नियनत्रण सम्बन्धि अन्तरक्रिया गर्दा विद्युत चोरि गर्ने बतावरणलाई कमी गर्न सकिने र गठन गरिएको समितिको जिम्मेवारिले चुहावटामा नियन्त्रण गर्न सकिने बताइएको छ । चुहावट नियन्त्रण अन्तरक्रिया कार्यक्रम गर्दा सम्बन्धित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाका वडाअध्यक्ष, वडासदस्य, सम्पुर्ण राजनितिक दल, नागरिक समाज तथा वुद्धिजिवि लगायतको रोहवर मा समिति गठन गरिनेछ । अब मायाँदेवी गाउँपलिकाबाट उक्त चुहावट नियन्त्रण अन्तरक्रिया सुरु गरिने वितरण केन्द्र प्रमुख यादवले बताए ।

चीनले बनायो समुद्रमा विश्वकै लामो पुल(भिडियो हेर्नुहोस् )

काठमाडौं / चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ ।हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत-जावत गर्ने अनुमान छ ।

यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन् । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यो पुलबाट तीनवटै शहर केबल एक घण्टामा पुग्न सकिन्छ । यसबाट आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान छ ।चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्पलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुलाई समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाउनु परेको थियो । यसको माध्यमबाट पुललाई जमिनसँग जोडियो ताकि समुद्रका ठूला छाल र आँधीहरुबाट पनि पुल नडमगाओस् ।हङकङ-झुहाई-मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार पुल निर्माणमा करिब १४ हजार मजदुरहरुलाई खटाइएको थियो । यसबाहेक सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन भइरहे ।

समुद्रभित्र पनि पुल

यो पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ-हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०-४० मिटरभित्र गहिराइमा रहेर काम गरे ।हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत् हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

हङक र मकाउ दुवै सन् १९९० देखि चीनको नियन्त्रणमा छन् । यी दुवै ‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चल्दै आएका छन् जसले उनीहरुलाई ५० वर्षसम्म चीनबाट स्वतन्त्ररुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति छ ।

हेर्नुस् भिडियो

हृदयघात र यसबाट बच्ने उपाए जानिराखौ

मानिसको मुटुमा तीन मुख्य रक्तनलीहरु हुन्छन । यी तीन नलीहरुको काम मुटुका मांसपेशीहरुमा रक्तसंचार गराउनु नै हो। रगतकै माध्यमबाट मुटुका मांसपेशीलाई चाहिने अक्सिजनको पूर्ति हुन्छ । मुटुले बढी काम गर्नुपर्दा रक्तनलीहरु फुलेर बढी रगत प्रवाह गरेर बढी अक्सिजनको आपूर्ति गर्दछन् ।

विभिन्न कारणहरुले गर्दा यदि रक्तनलीहरु साँघुरिन गयो र त्यो साँघुरिएको नलीमा रगत जम्न गर्ई मांसपेशीमा रक्तप्रवाह बन्द हुनपुगेमा मांसपेशीहरु मर्न गई कामै नगर्ने अवस्थामा पुग्छ । यो अवस्थालाई हार्ट अट्याक भनिन्छ ।

समयमै छिटो भन्दा छिटो उपचार गरि बन्द रक्तनली खोल्नसकिएमा मुटुको अवस्थालाई सामान्य अवस्थामा ल्याउन सकिन्छ भने उपचार ढिला भएमा मांसपेशी पूर्णरुपमा मर्न गई कामै गर्न नसक्ने हुन्छ जसको कारण मानिसको मृत्यु हुन्छ।

मुटुका रक्तनलीहरु साँघुरिने प्रक्रिया बर्षौ लागेर हुने प्रक्रिया हो र साँघुरिने क्रम सानो अवस्थाबाट विस्तारै बढ्दै ठूलो रुप लिने किसिमको हुन्छ। उच्च रक्तचाप, सुगर भएका, मोटोपना बढी भएका, रगतमा बोसो कोलेष्ट्रोलको मात्रा अनियन्त्रित भएका व्यक्तिहरुमा रक्तनली साँघुरिने समस्या बढी हुन्छ।

यसका साथै मांसाहारी सेवन बढी गर्ने, तेल चिल्लो बढी खाने, सूर्तीजन्य पदार्थ सेवन गर्ने तथा बढी समय तनावमा रहने मानिसहरुमा पनि रक्तनली साँघुरिने समस्या बढी हुन्छ। अझ परिवारको नजीकको सदस्यमा कसैलाई हार्ट अट्याक भएको थियो भने त्यस्ता व्यक्तिमा पनि वंशानुगत नै साँघुरिने समस्या हुनसक्छ
लक्षण :
.एक्कासी मुटु र देब्रे हात सहनै नसक्ने गरी दुख्ने
.श्वास फेर्न गाह्रो हुने, पसिना आउने र डर लाग्ने ।

हृदयाघातका जोखिमहरू :
.समयमै हृदयाघातका जोखिमहरूको पहिचान गरी जीवनशैली परिवर्तन गरेमा हृदयाघातबाट बच्न सकिन्छ ।
. उच्च रक्तचाप
. धूमपान
. मधुमेह
. निष्क्रिय जीवनशैली
. मानसिक तनाव
. मोटोपनाउच्च
. कोलेस्टोल
. अस्वस्थ खाना ।
. आपतकालीन अवस्थाका लागि Aspirin tablet/Clopidogrel घरमा राख्ने, हृदयाघातको लक्षण देखा पर्नासाथ सो त्बदभित खाने र उपचारका लागि अस्पताल तुरुन्त जानुपर्छ ।

वास्तविक कारण :
मुटुमा रहेको धमनीमा बोसो जमेर धमनीलाई बन्द गरिदिन्छ त्यसपछि मुटुको मासंपेशीले अक्सिजन नपाई मृत्यु हुन्छ । यसलाई नै हृदयाघात भनिन्छ ।
. वंशाणु
मुटु रोग छ कि छैन भनेर पत्ता लगाउन प्रत्येक ६ महिनामा निम्न जाँच गर्नुपर्छ :
. लिपिड
. प्रोफाइल
. मुटुको गतिई
. सीजी, रक्तचापको जाँच
. इको

मुटुलाई रक्षा गर्ने खानेकुराहरू :

. जौ
. आल्मोन्ड
. साग(हरियो)
. ब्रोकाउली
. लसुन, प्याज
. चिया (कालो)
. टमाटर
. ओखर, माछा
. गाँजर
. सखरखण्ड
. थुप्रै प्रकारका गेडागुडी
. स्याउ, कालो अंगुर, अनार, मेवा, सुन्तला र अन्य फल

अपनाउनुपर्ने जीवनशैली :

. उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्ने
. तनावमुक्त जीवन जिउने
. मोटोपन घटाउन ब्यायाम तथा योगा नियमित गर्ने । कम्तीमा पनि ३० मिनेट ९बिहान र साँझ०
. चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
. नियमित रूपमा शरीरको लिपिड परीक्षण गराउने
. नियमित रूपमा चिकित्सकको सल्लाह लिने ।

सन्तुलित आहार :

. सीमित (चिनी, मिठाइ, सेकेको वस्तु, चिल्लो, चिप्स)
. साप्ताहिक (बोसोरहित मासु, अण्डा)
. दैनिक ठिक्क मात्रामा (सिमी, केराउ, भटमासको वस्तु, माछा, ओखर, तोरीको तेल, नरिवलको तेल, जैतुन तेल, दुग्ध पदार्थ र कालो चिया)
. पटक–पटक दैनिक अन्न, गहुँको रोटी, जौ, मकै, केरा, स्याउ, अनार, खरबुजा, कालो अंगुर, बन्दा, सागपात, गाँजर, मसरुम, फर्सी, गेडागुडी, लौका, ग्रिन ब्रोकाउली, प्याज, लसुन र टमाटर ।

एक्लै हुँदा हार्टअट्याकबाट बच्ने तरिका :

. एक्लै भएका बेला हार्टअट्याकबाट बच्ने उपाय जानिराख्नुपर्छ । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाउनुपरिरहेको छ । हार्टअट्याकले धनी वा गरिब भन्दैन । यो रोगले उमेर पनि भन्दैन ।

. सानो तथा ठूलो जोसुकैलाई आक्रमण गर्न सक्छ । हार्टअट्याक यो समय र यति बजे आउँदै छु भनेर भनिहाल्ने बेथा पनि होइन । तर हार्टअट्याक हुनासाथै के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो बेथालाई सजिलै जित्न सकिन्छ ।

. हार्टअट्याकले आक्रमण गर्‍यो भने मानिसहरूले यसबाट बच्न अनेक संघर्ष गर्नुपर्ने हुन्छ । यदि तपाईंलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेतको अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने यस बखत तपाईंसँग ह्रास गुमाउनुपूर्व जम्मा दस सेकेन्ड समय रहन्छ ।

. तर धेरै मानिसलाई आफैंले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू आत्तिनु र हडबडाउनु हुँदैन । साथै आफू बेहोस हुनबाट पनि जोगिनुपर्छ । र, त्यसका लागि सकेसम्म खोकी राख्नुपर्छ ।

खोक्ने तरिका :

. खोक्नुभन्दा पहिले ठूलो सास लिनुपर्छ । गहिरो र लामो समयसम्म खोक्नुपर्छ । यसरी खोक्नुहोस् ताकि तपाईं आफ्नो फोक्सोमा जमेको थुक, खकार तथा अन्य केही कुरालाई बाहिर फाल्न चाहँदै हुनुहुन्छ ।

. प्रत्येक २ सेकेन्डमा नबिराईकन श्वास लिनुपर्छ र खोक्नुपर्छ । यो प्रक्रिया डाक्टर नआएसम्म वा मुटुको धड्कन नर्मल नभएसम्म जारी राख्नुपर्छ । खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ ।

. यसले तपाईंको मुटु र रगत सञ्चारको गतिमा नियमितता ल्याउँछ । यस प्रकारको प्रेसर अर्थात् दबाबले तपाईंको मुटुको धड्कनको गतिलाई ब्यालेन्समा ल्याउन मद्दत पुर्‍याउँछ । डाक्टर नआइपुगेन्जेलसम्मका लागि यो एकदम भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ७ को घाटखोला भन्ने स्थानमा जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।सन्धिखर्कबाट गुल्मीको भनभनेको लागी छुटेको लु १ ज ३५०३ नम्वरको जिप दुर्घटनाहुदाँ चालक ईन्द्र भनिने सेरबहादुर थापा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलयका प्रबक्ता खिमबहादुर घमले जानकारी दिए । जिप सड्कै पल्टिएको छ ।चालकले जिपबाट हाम फालदा सोही गाडिले किचेर चालकको ज्यान गएको बताईएको छ ।

यो पनि पढ्नुहोस्-

पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै  स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते  भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले  जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन्। उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । ११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटनामा परेको हो ।

र‌ङ्गेहात पक्राउ परेका १५ जुवाडेलाई जुवा ऐनअनुसार कारवाही

नवलपरासी । पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ ।

आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सोहीअनुसार कारवाही हुने प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट–१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–५ का विमल श्रेष्ठ, भरतपुर–२ का खुमप्रसाद श्रेष्ठ, भरतपुर–३ का अनिल शाह, भरतपुर–४ का श्याम लामा, भरतपुर–२ का प्रदीप लामा, भरतपुर–११ का निर्मल श्रेष्ठ, भरतपुर–१९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका–१४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्लाका बेँसीशहर–२ का विपीन गुरुङ रहेका छन् ।

यो पनि पढ्नुहोस्-३९ बिघा जग्गा हडप्न भूमाफियाकाे चलखेल, राजनीतिक नेतृत्वकै मिलेमताे

धरान । करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

इटहरीको कान्छी चोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यहाँको जग्गा हत्याउन भूमाफिया सल्बलाएका हुन् । स्थानीय राजनीतिक नेतृत्वको पनि यसमा मिलेमतो रहेको स्रोतको दाबी छ । २०२७ सालमा नापी हुँदा २२ जनाको नाममा फिल्डमा जग्गा दर्ता भएको हुनाले उक्त क्षेत्र २२ बिघे नामले प्रसिद्ध छ । २२ बिघे भनिए पनि कुल जग्गाको क्षेत्रफल ३९ बिघा छ । स्रेस्ता कायम नभएको र पुर्जा पनि नबनेको उक्त जग्गालाई वनले आफ्नो दाबी गर्दै आएको विशेष रिपाेर्ट नागरिक दैनिकमा छापिएकाे छ ।

अहिले सोही जग्गा हत्याउन भूमाफिया र हकवाला जग्गाधनी भनिएका व्यक्तिबीच ८ बुँदे सहमति भएको सर्तनामा कागज फेलापरेको छ । उक्त सर्तनामामा जग्गा छुट दर्तासम्बन्धी काम गर्दा लाग्ने सम्पूर्ण खर्च दोस्रो पक्ष (भूमाफिया) ले बेहोर्ने र उक्त खर्चमा पहिलो पक्ष (हकवाला जग्गाधनी) को कुनै दायित्व नरहने उल्लेख छ ।

जग्गा दर्ता गर्ने प्रयोजनका लागि कानुन व्यवसायी, वारेसलगायत खटाउँदा तथा जग्गादर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च पनि दोस्रो पक्षले बेहोर्ने र पहिलो पक्षको नाममा जग्ग दर्ता भई पुर्जा प्राप्त हुनासाथ ४५ प्रतिशत जग्गा दोस्रो पक्ष वा दोस्रो पक्षले देखाएको मानिसको नाममा सम्बन्धित अड्डामा गई रजिष्ट्रेसन पास गरिदिनुपर्ने उल्लेख छ।

 

भारतबाट ल्याइँदै गरेकाे डेढ सय मेट्रिक टन चिनी भन्सारमै रोकियाे

नेपालगन्ज । भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ ।

सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो । मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।नेपालगन्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जनाकारी दिएका छन्, याे समाचार आजको कारोबार दैनिकमा छ ।

यो पनि पढ्नुहोस् -जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना : मेसिन वीरगन्जबाट, अाइडिया इन्टरनेटबाट

काठमाडौं । कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ परेका अभियुक्तले नोट छाप्ने अाइडिया इन्टरनेटबाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए । जुन बेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले ।

यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन-८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएकाे समाचार नयाँ पत्रिकामा छ । इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए ।