चिसोले जम्यो खोला, पानीका लागि बरफ पगाल्दै

काठमाडौं ८ पुस- जंगलमा लागेको आगो हेर्न शनिबार बिहान ९ बजेतिर हिँडेका सशस्त्र प्रहरी ३२ नं. गुल्म चामेका डीएसपी नीलकमल आचार्य तलेखु नजिकै रोकिए । मर्स्याङ्दी नदी पारिपट्टिको ठाडोखोला जमेको देखेपछि उनी दंग परे ।

खोला बगेको डोब हेर्दै मर्स्याङ्दी किनारसम्म आँखा डुलाउँदा मर्स्याङ्दी छेउछाउसमेत उनले जमेको देखे। उनीसँगै अन्य प्रहरी अधिकृत तथा जवानसमेत गएर बग्दाबग्दै जमेको छहरा र पानीलाई नजिकबाट नियाले। ‘बग्दाबग्दैको पानी जमेको त पहिलो पटक देखें,’ उनले भने, ‘भरिएको पानी, बाटोको पानी तथा शीत भोलिपल्ट जमेको त देखेकै हो। झर्दाझर्दैको पानी जमेको देखेर पो अनौठो लाग्यो।

चिसोका कारण जमेको पानी बिहान १० बजेसम्म पनि माथिबाट बग्न सकेको थिएन। भित्रभित्रै केही बगिरहेको थियो। बाहिरबाट हेर्दा सबै जमेको। मैले चाख लागेर फोटो पनि लिएँ,’ पानीले खोतलेर बनाएको पोखरीको पानी जमेकाले मान्छे डुब्ने पोखरीमा जुत्ताचप्पल लगाएर हिँड्न र उभिन सकिने उनले बताए। माथिल्लो मनाङस्थित मनाङ सामुदायिक लघु जलविद्युत् आयोजनाको ट्यांकी चिसोका कारण पुरै बरफले भरिएको थियो। स्थानीय मुखिया गोतामे (स्नोमङकी) का अनुसार समितिका सदस्य तथा स्थानीयलाई बरफ फाल्न शनिबार बिहानभर लाग्यो। ‘पाइपबाट आएको पानी ट्यांकीमा जमेको रहेछ। हामीले गल–बेल्चाको सहयोगले फाल्यौं’ उनले भने।

मनाङमा अहिले घरभित्रबाहेक खानेपानीसमेत पाउन मुस्किल छ। बरफ पगालेर खानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार वरपरका स–साना पानीका स्रोत सबै जमेका छन्। चिसोका कारण जनजीवन कष्टकर भइरहेका बेला पानीका स्रोतसमेत जमेपछि थप समयस्या भएको छ। सामान्यत: शून्य डिग्रीमा पानी जम्ने भए पनि बग्दै गरेको पानी अत्यधिक चिसो भएमात्रै जम्ने गर्छ। मनाङको तापक्रम रातिको समय माइनस १४ सम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। ‘न धारामा पानी आउँछ। न स–साना खोला बगेको देखिन्छ। बग्दै गरेको खोला जमेको देख्छु। मस्र्याङदी त्यत्रो ठूलो खोलाको छेउछेउ त जम्दोरहेछ,’ उनले भने। ‘दिनभर घाम लागे केही राहतको महसुस हुन्छ,’ उनले भने, ‘नत्र अत्यासै लाग्ने रहेछ।’ चिसो बढेपछि कतिपय कार्यालयका प्रमुख तथा कर्मचारी बिदा मिलाएर घर फर्केको देवकोटाले बतए। ‘यहाँ त बस्न सके पो?’ उनले भने।

मौसम निकै चिसो भए पनि स्थानीयलाई भने खासै नौलो भने लाग्दैन। उनीहरू यसलाई प्रकृतिको नियम ठान्छन्। चामेकी मेलिना गुरुङका अनुसार धारामा पानी आउँदैन। भाडामा पानी भरेर घरबाहिर राखे जम्छ। चिसोले कहिलेकाहीं प्लास्टिकका पाइपसमेत फुटाउँछ। चिसो बढेपछि सानो खोला जम्ने गर्छ। मस्र्याङदी किनार पनि जमेको देखिनु कुनै नौलो होइन। ठूलो भएकाले वेगले सबै बगाएर लाने गर्छ। ‘अहिले धेरै चिसो छ। एक/दुई वर्ष होइन, वर्षैपिच्छे हुने कुरा हो। खासै नौलो लाग्दैन,’ उनले भनिन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार चिसो लागेसँगै चक्रीय अन्नपूर्ण पदमार्ग र गाउँबस्ती सुनसान देखिएको छ। पर्यटकलाई मौसमी अवस्थाबारे जानकारी गराउँदै आएको उनले बताए। कान्तिपुरबाट

दलितले पाउँदैनन् जन्ती र मलामीः भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण

सुर्खेत,८ पुस –  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।

गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् ।

उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् ।

कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् ।

चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए ।

भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य

काठमाडौं ८ पुस -गर्भपतन गराउने सयजनामध्ये ५८ महिलाले असुरक्षित ढंगबाट गर्भपतन गराउने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महिलाले गर्ने गर्भपतनमध्ये ४२ प्रतिशतले मात्र सुरक्षित विधि प्रयोग गर्ने गरेका छन् ।मन्त्रालयका अनुसार गर्भपतन गराउने सय जनामध्ये ४२ जनाले मात्र सुरक्षित विधि अपनाउने गरेका छन् ।

नेपाल कानुन र चिकित्सकका अनुसार १२ साताभन्दा बढीको गर्भ आवश्यक तालिम नलिएका वा अनुमति नलिएका स्वास्थ्यकर्मीबाट हुने र जोखिमपूर्ण विधिबाट गर्भाशयमा रहेको भ्रुण नष्ट गर्ने कार्य असुरक्षित गर्भपतन हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २०७४/०७५ मा मात्र ८० हजार ६७२ जनाले गर्भपतन गराएका छन् । ती मध्ये २ हजार १६५ जना २० बर्षभन्दा मुनिका किशोरी छन् । -राजधानी दैनिकबाट

तीन युवा स्रष्टाको रचनामा झुम्यो नवलपुरको सदरमुकाम कावासोती

पुस–७, निलकण्ठ पोखरेल, नवलपुर
शनिवार नवलपुरको सदरमुकाम कावासोती साहित्यमय बन्यो । नवलपुरका तिन युवा स्रष्टाहरु आदर्श सुशिल, संञ्जय भट्टराई र प्रतिक्षा सम्मितले माहोललाई साहित्यमय बनाए । मञ्जरी सृजनात्मक समुहको आयोजना र नवलपुर युवा मन्चको सह–आयोजनामा तीन स्रष्टाहरु कविता, गजल र मुत्तक बाचनका लागि उभिएका हुन ।

ए आमै
तिमि बाटो हराएकि बटुवा हौं कि
मेरो हराएको देश हौं ?

कवि आदर्श सुशिलले आफ्नो पहिलो कविता मोक्षको खोजीमाको अन्तीम हरफ सुनाईरहदा उपस्थित साहित्य अनुरागीहरु सोचमग्न भएका थिए । पहिलो चरणमा कविले आफ्ना दुई ओटा कविता सुनाए । कविता पछि गजल सुनाउन आएकि नवलपुरकी उदयमान नारी स्रष्टा प्रतिक्षा सम्मितले आफ्ना भावना गजल मार्फत यसरी पोखिन ।

उकालो लिनेहरु ओरालो लिएर फर्कन्छन्
पालै पालो यसरी नै जीन्दगी जिएर फर्कन्छन्

यसैगरि पहिलो चरणमा मुक्तकको स्वाद चखाउन आएका अर्का युवा मुत्तककार संजय भट्टराईले बर्तमान परिप्रेक्षलाई मुक्तक मार्फत यसरी झटारो हाने ।

बिहान उठि भकारोमा गोबर थुप्रो सोर्नु पर्छ
दुख छ साँझ बिहान एक एक मानो जोर्नु पर्छ
तिम्रो श्रृङ्गार घामपानीमा कति बेर टिक्ला र खै ?
घाँसका भारी बोक्नु पर्छ डल्ला पनि फोर्नु पर्छ

पहिलो चरणमा दुई कबिता, तिन गजल र पाँच मुक्तक गरि दश रचना बाचन गरिएको थियो । दोस्रो चरणमा पनि दश रचना, तेस्रो चरणमा सात र अन्तिम चरणमा एक÷एक रचना बाचन गरिएको थियो ।युवा स्रष्टाहरुले तिस रचना बाचन गरे । मञ्जरीको मझेरीमा तिन सर्जकको तिस सृजना नाम दिईएको गजल, कविता र मुक्तकको त्रिवेणी कार्यक्रम कावासोती–२ को ब्याम्बो कटेजमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व मञ्जरी सृजनात्मक समुहका अध्यक्ष किरण भुर्तेलले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बिजय चालिसेले गर्नु भएको थियो । नवलपुरको सदरमुकाम कावासोतीमा सार्वजनिक पुस्तकालय स्थापना गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किरण भुर्तेलले जानकारी दिनु भयो।कार्यक्रममा नवलपुरका पचास भन्दा बढि साहित्यकार तथा साहित्य अनुरागीहरुको उपस्थिती रहेको थियो ।

कपिलवस्तुको पटनामा दन्त शिविर

पटना स्वास्थ्य चौकी बाणगंगा नगरपालिका–१०, कपिलवस्तुमा एक दिने निशुल्क दन्त स्वास्थ्य शिविर संचालन भएको छ । बिहिबार सम्पन्न शिविरमा २५० जना बिरामीले निशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले जानकारी दिए । स्थानीय जनतालाई दन्त सम्बन्धी सेवा स्वास्थ्य चौकीमै दिने र दन्त स्वास्थ्यको बारेमा जनचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको रेग्मीले बताए ।

शिविर संचालनमा प्राविधिक सहयोग युनिभर्सल कलेज अप मेडिकल साइन्सले गरेको थियो । शिविरमा डा. भेन्कट रमण सिहको नेतृत्वमा रहेका आठ जनाको विशेषज्ञ सहितको टोलीले सेवा दिएको थियो । कार्यक्रममा बाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुले दाँत मानव अंगको महत्वपूर्ण अंग भएको र यसको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुँदा स्वास्थ्य चौकीहरुमा आयोजना गरिने दन्त सम्बन्धी स्वास्थ्य शिविरको भूमिका महत्वपूर्ण भएको हुँदा आगामी दिनमा पनि यस्ता खाले शिविरहरु आयोजना गर्नुपर्ने बताए । वडा नं. १० का वडा अध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष राम हरि चौधरीले स्थानीय जनताको दन्त स्वास्थयका लागि यस्ता शिविरले यहाँका जनताको आँखा खोलिदिएको बताउँदै प्राविधिक सहयोग गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवालाई धन्यवाद दिए ।

साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जाँगर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– जोस र जाँगर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जाँगर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जाँगर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

यसरी ‘वयस्क’ बनाइन्छ नेपाली बालिका र बेचिन्छ

काठमाडौं / यौन व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौन व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो चक्की दिन्थे । उनलाई औषधिको नाम थाह हुँदैनथ्यो ।

‘म औषधि लिन्थे तर त्यसले मेरा शरिर, अंगहरू निक्कै वयस्क र आकर्षक बनाएको अनुभुति मैले पनि गरें’, उनले सुनाइन्,‘औषधिको बारेमा सोध्दा पछिमात्र थाहा भयो, यो हार्मोन बढाउने चक्की रहेछ ।’ बालिकालाई बयस्क देखाउनका लागि यौन व्यावसायीले ‘ग्रोथ हार्मोन’का विभिन्न उपाय अपनाउने गरेका छन् । प्रायः भारतका कोठी र नेपालका पनि यौन व्यावसाय चलाउने ठाउँमा चक्की, सिरिन्चको प्रयोगबाट ग्रोथ हार्मोनको प्रयोग गर्दै आएका छन् ।

आठ वर्षको उमेरमै तस्करीको माध्यमबाट भारत पुराइएकी एउटी नेपाली किशोरीले हरेक दिन रातो औषधि खुवाइएको संस्मरण सुनाएकी छन् । हरेक पटक औषधि सेवन गरेपछि बमिट हुने अनुभव उनले साटिन् । ‘मलाई त्यो रातो औषधि खान राम्रो लाग्दैन थियो तर मलाई जबरजस्ती गरिन्थ्यो र यदि मैलै अस्वीकार गरेको खण्डमा कुटपिट गरिन्थ्यो । उनीहरू मलाई भन्थे कि औषधि सेवन गरेपछि म चाँडै ठुलो हुनेछु र चाँडै घर फर्कने पाउनेछु’, उनले बीबीससँग यस्तो संस्मरण सुनाएकी थिइन् ।

उत्तरी नेपालको एउटा परिवारकी यी किशोरी आठ भाइबहिनीमध्ये सबैभन्दा जेठी सन्तान हुन् । उनलाई राम्रो शिक्षा दिने भनेर सानै उमेरमा झुक्याएर काठमाडौं ल्याइएको थियो, काठमाडौं हुँदै भारतसम्म पुराइयो । ती बालिकासँग चार जनाको परिवारका लागि घरेलु काम गराइन्थ्यो । दुई वर्षसम्म उक्त परिवारका साथ रहेपछि उनलाई कुनै अर्कै सहरमा पठाइयो । उनी भन्छिन्,‘त्यहाँ पनि म एउटा नेपाली परिवारका साथमा करिब दुई वर्षसम्म बसेँ । त्यही मलाई त्यो गलत औषधि दिन्थे । त्यसपछि उनीहरूले मलाई नराम्रो ठाउँमा बेचिदिए । म त्यहाँ सबैभन्दा सानी थिएँ ।’

६ महिनासम्म वेश्यालयमा राखिएकी ति युवतीलाई प्रहरीले उद्दार गरेको थियो । त्यो समयबीच उनलाई वयस्क देखाउनका लागि दबाबले दिइएको औषधीका बारेमा खुलासा गरेकी थिइन् ।
नेपालका गरिब र विपन्न परिवारका बालिकाको तस्करी गरी भारतसम्म पुराएर यौन व्यापारमा संलग्न गराउनका लागि यस्तो औषधिको प्रयोग गरिने खुलेको हो । माइति नेपालका निर्देशक विश्वम्भर खड्काका अनुसार तस्करहरूले कम उमेरका बालिकाहरूलाई भारतसम्म पुराउनुको रहस्य खोजीरहेका छन् । प्रहरीले पनि बालिका तस्करीको अचम्मको जालो निस्तेज पार्ने क्रममा यस्ता तथ्य फेला पारेको थियो ।

तस्करहरूले गरिब परिवारजनलाई बालिकालाई राम्रो शिक्षादिक्षा दिने सपना देखाएर प्रलोभनमा पार्ने गर्दछन् । तस्करको शिकार युवतीहरूको संस्था शक्ति समूहकी संस्थापक तथा निर्देशक सुनिता दनुवारका अनुसार उनले पनि यस्ता किशोरी देखेकी छन् जसलाई चाँडै तरुनी बनाउनका लागि हर्मोन दिने गरिएको छ । उनले बीबीसीसँगै सुनाएकी छन्,‘हामी बस्थ्यौ त्यहाँ एउटी युवतीलाई करिब दुई महिनाका लागि लगियो, जब उनी फर्किइन् तब उनी विचित्र ढंगले बढेकी थिइन् । उनको शरीर कुनै जवान युवतीकोजस्तो थियो र आवाज बच्चाको जस्तो थियो ।’

दनुवारका अनुसार आमरुपमा ९ देखि १२ वर्षका किशोरीलाई हर्मोन दिने गरिन्छ । डाक्टरहरूका अनुसार जुन किशोरीहरूलाई ग्रोथ हर्मोन दिइन्छ । उनीहरूको छाती र नितम्ब चाँडै ठुलो होस् भन्नका लागि यस्तो औषधि दिने गरिएको हो । जसका कारण उनीहरू चाँडै जवान देखिन्छन् ।
डाक्टर अरुणा उप्रेतीका अनुसार हर्मोन बालिकाहरूको शरीरलाई जवान गरिदिन्छ र उसका कारण उनीहरूको उमेरभरका लागि स्वास्थ्यसँग सम्बन्धित समस्या रहन्छ । यसबाट उनीहरूको हड्डी र गर्भाशयमा असर पर्दछ ।

उप्रेतीले सुनाइन्,‘भारतमा मैले निकै ठुलो स्तन भएकी एउटा युवती भेटेँ । उनले बताइन् कि उनलाई बाल्यकालमै तस्करी गरेर ल्याइएको थियो र बेश्यालयमा काम गराउनुअघि उनलाई ग्रोथ हर्मोन दिइएको थियो ।’

नेपाल प्रहरीको रिपोर्टमा पनि भारततिर तस्करी हुने बालिकाको संख्या उल्लेख्य गरेको छ । अन्य प्रयोजनका लागि नभई तस्करहरूले भारतमा वैधानिक रहेका कोठीका लागि नेपाली बालिकालाई लैजाने र ग्रोथ हार्मोनको प्रयोग बढाउने गरेका छन् ।

के हो ग्रोथ हार्मोन ?

ग्रोथ हाम्रोन मानव शरीरलाई तत्काल वयस्क देखाउन सक्ने औषधि हो । यो औषधिको प्रयोगले मानिसको कोषहरू फुल्छन् । यसलाई सोमाटोट्रोफिनका नाममा पनि चिनिन्छ । यसको प्रयोगले कोषको पुर्ननिर्माण, पुर्नविकासको काम हुन्छ । ग्रोथ हार्मोन १९१– एमिनो एसीड हो । यसले ग्लुकोज र फ्याट बढाउने काम पनि गर्छ । यो शरिरीविकासमा कमजोर भएका बालबालिका र युवा युवतीमा हार्मोन विकासका लागि डाक्टरको सल्लाहका आधारमा मात्र प्रयोग हुने गरेको छ । अन्यथा, कानुनतः मान्यता दिइँदैन ।

पुर्बेली न्युज मार्फत

भिआइपी उडानका बेला हतियारसहित टावरमा पुग्छन् सेना, जुन एटसीलाई सहज लाग्दैन

काठमाडौं । सुरक्षित हवाई यात्रामा पाइलटको भूमिका त सबैलाई थाहा छ । तर, पाइलटलाई नै निर्देशन दिएर हवाई यात्रा सुरक्षित बनाउने पात्रबारे धेरैलाई थाहा छैन । त्यस्ता पात्र हुन् एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ।

एटीसीको अनुमतिबिना हवाई उडान नै सम्भव छैन । त्यसैले त हवाई उडानमा एटीसीलाई ककपिटबाहिरका कमाण्डर भनिन्छ । जहाजको इन्जिन खोल्नेदेखि बन्द गर्नेसम्मको प्रक्रियामा एटीसीको अनुमति लिनैपर्छ । एटीसीको निर्देशन उलंघन गर्नु दुर्घटनालाई निम्ता गर्नु हो ।

देशभर करीब ३०० एटीसी रहेका छन् । भीभीआईपीको उडान गर्ने र ल्याण्ड गर्ने समयमा सेनाको प्रतिनिधि हतियारसहित एटीसी युनिटमा जाने गर्छन् । जुन एटीसीलाई सहज लाग्दैन । गलत निर्देशन देलान् र जहाजलाई खतरामा उडाउलान् भनेर निगरानी हुने गरेको हो । तर नियमअनुसार यसरी हतियारसहित एटीसी युनिटतिर जान पाइँदैन । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

सिंगै बस्ती एउटैको नाममा, ८९ परिवार समस्यामा

परासी । झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् ।

यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनहीमा यस्तो समस्या देखिएको हो ।

यहाँको एउटा पूरै बस्ती एक व्यक्तिको नाममारहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

पाल्हीनन्दन गाउँपालिका–६ का राजेश साहनी साबिकको सनही गाविस अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदासमेत बस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन । यो खबर आजका कान्तिपुर दैनिकमा छ ।

सुत्केरी बचाउन जहाज चार्टर

जाजरकोट । चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।

२ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो। उनको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ।

प्रतिभाले चार दिनअघि भेरी अञ्चल अस्पतालमा नर्मल डेलिभरीबाट छोरा जन्माएकी हुन्। बिहीबार घर फर्किएको केही समयपछि रक्तस्राव बढ्दै गएपछि उनी बेहोस भएकी थिइन्। तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि दक्ष चिकित्सक र उपकरण अभावमा उनको उपचार हुन सकेको थिएन।

अस्पतालले नेपालगन्ज रिफर गरिदियो। ‘सुत्केरीको ज्यान बचाउन छिटो सुविधा सम्पन्न अस्पताल लैजान जाजरकोट अस्पतालका डाक्टरले सल्लाह दिए’, श्रीमान् पदम थापाले भने, ‘तर कसरी लैजाने ? स्थलमार्गबाट लैजाँदा कम्तीमा ५ घण्टा लाग्छ, त्यसैले जहाज चार्टर गर्नुपर्‍यो।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

दाङको राम्रीमा भएको बस दुर्घटना : तीन महिलासहित २२ जनाको मृत्यु, १५ घाईते (अपडेट)

तुलसीपुर ।  सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २२ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।

सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।

दाङको तुलसीपुरस्थित राम्री नजिक भएको बस दुर्घटनामा १० को मत्यु, २० घाइते

दाङ, ६ पुष । दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको छ, २० घाइते जना घाइते भएका छन् ।वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै गरेको राप्ती प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट खस्दा सडकबाट देख्न नसक्ने अवस्थामा पुगेको थियो । ९ महिला र २१ जना पुरुष सवार बसमा के कति हताहती भयो भन्ने खुल्न बाँकी छ । तर प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार १ महिला र ९ पुरुषको शव घटनास्थलमा पाइएको छ ।

घटनामा परेकाहरुको उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । वसमा सवार विद्यार्थी तथा शिक्षकहरु सल्यानको कपुरकोटस्थ्ति मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै थिए ।

-सबै जनप्रतिनिधी नराम्रा छैनन केही उदाहरणीय पनि छन।

जनप्रतिनिधिका उदाहरणीय काम : आफू चढ्ने गाडीको सट्टा पुल र एम्बुलेन्स

ओखलढुङगाको खिजीदेम्बा गाउँपालिका ९ का दोर्जी शेर्पा वडा सदस्य हुनुहुन्छ । जनप्रतिनिधि भएपछि उहाँले अरु कामसँगै दुईवटा पुल पनि बनाउनुभयो । उहाँले भत्ता र नपुग रकम थपथाप गरी २ लाख ३५ हजार लागतमा गाउँमा दुईवटा पुल बनाउनुभएको हो । काठैकाठले बनेको पुलमाथि जस्ताको छाना राखिएको छ । पुल बनेपछि चुनावमा बोलेको वाचा मात्रै पूरा भएन, खोला तर्न समेत सहज भएको वडा सदस्य शेर्पाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाभित्रका युवालाई रोजगारी सिर्जना गरी चर्चामा आएको कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नै तलब समेत खर्च गरी एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नुभएको छ । बिभिन्न संघसंस्था र गाउँपालिकाबाट एम्बुलेन्स खरिदका लागि ३ लाख ७८ हजार ७ सय १५ रुपैयाँ रहेको र बमको मासिक ३० हजार रुपैयाँका दरले १६ महिनाको तलब ४ लाख ८० हजार रुपैयाँ जम्मा गरी एम्बुलेन्स किन्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

बाँकेको खजुरा गाउँपालिका ४ का वडाअध्यक्ष तिलकवीर सुनारले डी गाउँकी प्रतिमा शर्मालाई एमबीबीएस पढ्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । त्यति मात्र होइन उहाँले थप सहयोग जुटाउन गाउँपालिकामा अभियान नै चलाउनुभएको छ । अभियानबाट अहिलेसम्म झण्डै ७ लाख रुपैयाँ जम्मा भएको वडाअध्यक्ष सुनारले बताउनुभयो ।

अछामका २ स्थानीय तह रामारोशन र तुर्माखाँद गाउँपालिकामा यातायात सुविधाका लागि छुट्याएको बजेट जनप्रतिनिधिले विकास निर्माणमा खर्च गर्दैछन् । रामारोशन गाउँपालिकाको दोस्रो गाउँसभाबाट गाडी किन्न विनियोजित १ करोड २५ लाख रुपैयाँ रामारोशन पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माणमा खर्च गर्ने भएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताउनुभयो । आफू गाडी चढेर सुविधाभोगी हुनुभन्दा विकास निर्माणमा खर्च गर्दा नै राम्रो हुने उहाँको भनाइ छ ।

त्यस्तै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले वडा नम्बर १ र २ मा सडक पु¥याउन ६० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । सबै वडामा गाडी पुग्ने नभइकन आफूले गाडी नकिन्ने घोषणा गरेको पनि शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको सबै वडामा सडक पुगेको छैन, नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन्, म मात्रै किन करोडौंको गाडीमा चढ्ने ?’

जुम्लाको तिला गाउँपालिका ९ का वडाअध्यक्ष शेरबहादुर बोहोराले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने गर्नुभएको छ । वडा कार्यालय पुग्न ४/५ घण्टासम्म लाग्ने भएकाले जनप्रतिनिधि नै घरघरमा पुगेपछि स्थानीयबासिन्दाले साँच्चिकै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ का वडाअध्यक्ष आसेफ कुँवर भुन्टुले सरकारी सुविधा नलिने भन्दै आफ्नो तलब भत्ता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ । लोकसेवा पास गरी तलब भत्ता खाने गरी स्थानीय तहमा नआएको भन्दै उहाँले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने समेत बताउनुभयो ।

जुम्लाका बोहोरा र कञ्चनपुरका कुँवरले जस्तै काठमाडौंको शंखरापुर नगरपालिका ७ का वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठले पनि उदाहरणीय काम गर्नुभएको छ । सरकारी सेवा सुविधा नलिने मात्रै होइन उहाँले आफै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ । आफ्नो कार्यकालसम्म नै घरघरमै पुगेर भत्ता वितरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

म्याग्दीको रघुगङगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पनि तलब भत्ता शिक्षामा परिचालन गर्ने गरी कोष स्थापना गर्नुभएको छ । उहाँले मासिक ३० हजार रुपैयाँ तलब पाउनुहुन्छ । पहिलो वर्षको रकम सबै कोषमा जम्मा गरिसकेको भण्डारीले बताउनुभयो । पाँच वर्षको अवधिमा झण्डै २५ लाख रुपैयाँ कोषमा जम्मा हुनेछ ।

म्याग्दीकै मङगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलबबाट किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका २ का जनप्रतिनिधिले पनि आफ्नो तलब भत्ताबाट सरस्वती आधारभूत विद्यालयलाई भौतिक सामग्री र विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अरुणा राई, अग्नी गुरुङ, सीता भुषाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गर्नुभएको हो । न्यानो कपडा वितरण अगाडि जनप्रतिनिधिले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गरेका थिए ।

देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधि छन् । धेरै स्थानीय तहमा राम्रा कामभन्दा बेतिथिकै चर्चा बढी सुनिन्छ । तर मन भित्रैबाट इच्छाशक्ति भए जनप्रतिनिधिले पनि राम्रा काम गर्न सक्छन् भन्ने यी त केही उदाहरण मात्रै हुन् । अरु केही जनप्रतिनिधिले पनि यसैगरी नागरिकको मन जित्ने गरी काम गरिरहेका छन् । उनीहरु जनप्रतिनिधिका रुपमा उदाहरण समेत बनेका छन् ।

आज डिसेम्बर २१ तारिख-वर्षको सबैभन्दा छोटो दिन

गुगलले आफ्नो डुडलमा निलो र सेतो रङ प्रयोग गरेको छ जसमा एउटा एनिमेटेड कार्टुन हिउँमा मज्जा लिइरहेको देख्न सकिन्छ । विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।

 

गुगलले हरेक विशेष दिनलाई डुडल बनाएर मनाउँछ । यसै सिलसिलामा गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।

सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ किनभने सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिनेछ । यो एक खगोलीय घटना हो र आज बेलुकी नेपाली समयानुसार चार बजेर ८ मिनेट मा हुनेछ । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ । आयरल्याण्डमा मानिसहरु एक पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुन्छन् । साथै, चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ ।

दुर्घटनामा एक जनाको मृत्यु कावासोती

कावासोती १४ चालीसकिलोमा विहिबार बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । विहिबार विहान पौने ८ बजे पूर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ७०४६ नं. को बस अनियन्त्रीत भई सडक छेउ खोलामा खस्दा १ जनाको मृत्यु भएको हो भने चालक सहित २४ जना घाईते भएका छन् । ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने एक जनाको नामवतन खुल्न सकेको छैन भने घाईतेहरुको भरतपुर र कावासोतीका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जानाएको छ ।

हिलबर्ट स्कुल पिपरामा “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” निर्वाचन सम्पन्न

कलिवस्तु जिल्लाको बाणगंगा न.पा –०२, पिपरामा अवस्थित हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलले “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” पुर्नगठन निर्वाचन मार्फत सम्पन्न गरेको छ । नयाँ नेतृत्व चयनका लागि विद्यालयमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका जम्मा ३१० जना विद्यार्थीहरुले निर्वाचनमा सहभागिता गराइएको थियो । जसमा २९९ जना विद्यार्थीहरुले अध्यक्ष लगायत १५ सदस्यीय पदाधीकारी चयनका लागि मताधिकारको प्रयोग गरेका थिए । ११ जना विद्यार्थीहरुको भने निर्वाचनमा अनुपस्थिति रहेको थियो । अत्यन्तै मर्यादित, शिष्ट र अनुशासित रुपमा सम्पन्न भएको निर्वाचनमा बदर मत शुन्य रहेको थियो । १५ पदाधिकारीका लागि भएको निर्वाचनमा जम्मा ४६ जना उमेदवारको प्रतिस्पर्धा रहेको थियो । मिति २०७५/०९/०२ गते सम्पन्न भएको निर्वाचनको मत गणना पश्चात् मिति २०७५/०९/०३ गते निर्वाचित सदस्यहरुको नाम घोषणा गरिएको थियो । जसअन्र्तगत अध्यक्ष पदका उमेदवार श्रीधर घिमिरे(सम्राट) १८९ भारी मतका साथ अन्य अध्यक्ष पदका प्रत्यासी भावना खनाल र हिमाल पौडेललाई पराजित गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा शुसांक कार्की १२५ मतका साथ विजय भएका छन् । सचिव पदमा विनय के.सीले १५३ मत, सहसचिव पदमा खुसी खड्काले १४२ मत, कोषाध्यक्ष पदमा करण घिमिरे १६७ मतका साथ विजय प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा शिवम् ढकाल, मेनुका मल्ल, कशिस थापा, नेहा क्षेत्री, मोनिका मल्ल, सृष्टि गैरे, मनिषा थारु, शुभमु खत्री, सुमिना सिंजाली र सुप्रिया मल्ल निर्वाचित भएका छन् ।

कम्युनिस्ट पार्टीको बैठक : भूतदेखि सुनपानी छर्किनेसम्मका कुरा !

काठमाडौं,५ पुस-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारदेखि जारी छ। बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोग अध्यक्ष अमृत बोहरा र अमिक शेरचनसँगै चार आमन्त्रित सदस्य गरी ५१ नेता सहभागी छन्।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अहिलेसम्म २६ नेताले धारणा राखेका छन्।  केही नेता पार्टी नेतृत्व र कार्यशैलीप्रति आक्रोशित छन् भने केही नेता जयजयकार गरिरहेका छन्।

मंगलबारको बैठकमा योगेश भट्टराईले पार्टी एकताका नाममा फरक मत राख्ने नेता-कार्यकतालाई लखेटिएको भन्दै नेतृत्वले भविष्यमा चैनको निद्रा सुत्न नसक्ने दाबी गरे। ‘एकताका नाममा एउटा विचार समूहका नेतालाई लखेट्ने, सिध्याउने काम गरिरहनुभएको छ’, भट्टराईले भने, ‘मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न।’

बुधबारको बैठकमा अध्यक्षदय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को साझा राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको प्रस्तावका विषयमा आठ नेताले धारणा राखे। बुधबार नेता देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले बुधबार धारणा राखेका हुन्।

नेता सुरेन्द्र पाण्डेले एसिया प्यासेफिक सम्मेलनले सरकार र पार्टी नै अछुतो भए आत्मआलोचना गर्दै चोख्याउनुपर्ने बताए। ‘विदेश गएको छोराछोरी घर फर्किदा सुनपानी छर्किएर घरमा प्रवेश दिइन्छ’, नेता पाण्डेले भने, ‘एसिया पिस फेडेरेशनको कार्यक्रमले पार्टी र सरकार नै अछुत भएको हो भने। यो बैठकले सुनपानी छर्केर चोख्याउनुपर्छ।’

बैठकमा बोल्दै नेता रघुजी पन्तले मन्त्रिपरिषद् पुनर्गठन गर्न माग गरे। ‘मन्त्रीले चित्तबुझ्दो काम नगरे मन्त्रिपरिषद् पुनर्गठन गरेर सरकारका कामलाई प्रभावकारी बनाउन सकिन्छ’, नेता पन्तले भने। उनले मन्त्रीलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए। ‘प्रधानमन्त्रीले सबै मन्त्रीको बोझ बोक्ने होइन’, पन्तले भने, ‘मन्त्रीलाई जिम्मेवार बनाउनुपर्छ ।’

कुन नेताले के भने ?

स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे फरक धारणा राखेका छन्। उनले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठनात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरेका छन्।

एकीकृत पार्टीमा दुई अध्यक्ष हुने निर्णय भएपनि सचिवालय बनाउँदा मनोमानी गरिएको पनि उनले जिकिर गरे। ‘पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पूर्ण कमिटी र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा अनुसार हुने हो र ? प्रतिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ?’रावलले लिखित धारणा राख्दै टिप्पणी गरे।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुको औचित्यबारे पनि रावलले पार्टी नेतृत्वलाई प्रश्न गरे। ‘आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई ढृढतापूर्वक कार्यान्वयनन गर्ने बाटोमा हिंडनुपर्नेमा विपरीत सिद्धान्त बोकेका पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो ? ’ रावलले भने।

नेता भट्टराईले थप भने, ‘म महाधिवशेनवाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र अहिले यो कमिटीमा छु। तर यो स्थायी समिति एमालेको नेताहरूबाट छनौट हुने भएको भए सायद म यहाँ हुने थिइन।’

उनले दुई अध्यक्षको प्रतिवेदनलाई अपूर्ण, अस्पष्ट र वैचारिक रूपमा भुत्ते भएको भन्दै आलोचना गरे। ‘राजनीतिक प्रतिवेदन वैचारिक रूपमा भुत्ते र अष्पष्ट छ। प्रतिवेदन भनेको पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने हतियार हो। भुत्ते, काट्दै नकाट्ने हतियार लिएर लड्न जाऊ भनेर युद्ध जित्न सकिँदैन।’

भट्टराईले वामदेव गौतमको प्रतिवेदनमा कतिपय राम्रा कुरा रहेकोले त्यसलाई पनि समेटनुपर्ने बताए। गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीसँग व्यक्तिगत सम्बन्ध बिग्रेर मात्र प्रतिवेदन ल्याइएको भए गलत हुने भन्दै मूल प्रतिवेदन नै पुनर्लेखन गर्न आग्रह गरे।

ओलीको पक्षमा को बोले ?

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको धेरै आलोचना हुन थालेपछि उनी पक्षधर नेताहरूले मंगलबार उनको बचाउ गरे। मंगलबार बोल्ने ८ मध्ये ५ नेता अध्यक्षद्वयका पक्षमा बोलेका थिए। शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, केशव बडाल, सत्यनारायण मण्डल र सोमनाथ प्यासीले अध्यक्ष ओलीको प्रशंसा गरे। स्थायी समिति सदस्य टोपबहादुर रायमाझी भने बीचबीचमा रहेर प्रतिवेदनको समर्थन बोलेको एक नेताले सुनाए।

माधव नेपालको ‘नोट अफ डिसेन्ट’
वरिष्ठ नेता माधव नेपालले गण्डकी र ५ नम्बर प्रदेशमा ओली पक्षधर नेताहरू पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई विधानविपरीत दोहोरो जिम्मेवारी दिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। पोखरेल र गुरुङ नेकपाका प्रदेश इन्चार्ज र मुख्यमन्त्री दुवै छन्।

पोखरेलले पार्टीले आफूलाई आवश्यक ठानेर जिम्मेवारी दिएकोले आलोचना गर्नुको अर्थ नभएको बताए। ‘केही नेताले काम ओभरलोड भयो भन्नुभएको छ। आलोचना गरेको पनि सुनें। मैले ५ नम्बर प्रदेशमा सबैभन्दा सहज रूपमा सरकारसँगको भेटघाट र पार्टी काम परिचालन गर्न सकेको छु,’ पोखरेलले भने, ‘कसैलाई ओभरलोड भयो भन्ने लाग्छ भने म मुख्यमन्त्री छाडेर पार्टीको काम गर्न तयार छु। मलाई मुख्यमन्त्रीको पदभन्दा पार्टीको काम महत्वपूर्ण लाग्छ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दुई पार्टीबीचको एकताको काम जटिल भए पनि नेतृत्वले सही व्यवस्थापन गर्न खोजिरहेको बताए। उनले दोहोरो जिम्मेवारीका विषयमा भने कुनै प्रतिक्रिया को बैठकमा सहभागी सोमनाथ प्यासी अधिकारीले बताए।अन्नपूर्णपोष्ट

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

काठमाडौं,५ पुस – झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय तहमा चुनाव लड्ने राजनीतिक दलले चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा बनाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् ।

जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् ।

कसले चाट्दैछन् चिनीको चास्नी ? अझ घटेन मूल्य

काठमाडौं,५ पुस-गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मुल्य  तिर्नु  पर्‍यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आर्थिक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ ।

बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।

ठूलो परिणाममा चिनी मौज्दात रहेको पनि उद्योगी व्यवसाइीहरुले चिनीमा प्रतिस्पर्धी बजारको अवस्था सिर्जना हुन भने अझै दिएका छैनन् ।

यी हुन् पकेटमारले सार्वजनिक स्थलमा प्रयोग १५ कोड भाषा ,उपत्यकाकाे ७७ जना पाकेटमार प्रहरीको फन्दामा

काठमाडौं । चोरी र लुटपाटमा संलग्न ७७ जना प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाबाट पक्राउ गरिएको हो ।  १५ दिन भित्र एक बच्चाकी आमासंगै ७७ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुकाे चोरी र लुटपाट  गर्ने ठाउँहरु उपत्यकाको सार्वजनिक सवारी साधन, घर र सार्वजनिक स्थल लगाएतका क्षेत्र रहेकाे छ । चोरी र लुटपाटमा संलग्न गिरोहका ६ जनाको समूह रहेको र उक्त समूहले सार्वजनिक सवारी साधनहरुमा यात्रा गरिरहेका यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको खुल्नमा आएको प्रहरीले जनाए ।

प्रहरीले पक्राउ परेकाहरुबाट नगत , नक्कली पेस्तोल, चक्कुल ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना जस्ता सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधनमा खटाइ चोरी र लुटपाटमा संलग्नलाई पक्राउ गर्न सफल भएकाे परिसरका एसएसपी वसन्त लामाले बताए।

प्रहरीका अनुसार एउटा बसमा पकेटमारले ६ जनाको सम्म समूह बनाएर पैसा,मोबाइल, सिक्री लगायत सामग्री चोर्ने गर्थे। अनुसन्धानपछि प्रहरीले चोरले प्रयोग गर्ने भाषा पनि पत्ता लगाएर सार्वजनिक गरेको छ।प्रहरीका अनुसार चोरले प्रयोग गर्ने भाषा यी हुन्।

पैसा – द

मोवाइल – कान

पकेटमारी पिडित – रामे

पकेटमारी गर्ने (मास्टर) – काशी

पैसा धेरै छ – टानको द

पैसा थोरै छ – जुटको द

गाडी -कांचा

केटा – छापा

केटी -भद्री

पुलिस आयो – ठुल्दाइ आयो

ड्राईभर – माम

खलासी- मले

गाडीबाट झरेर भाग-  टप्की

गाडी भित्र अगाडी सर – अकल जा

गाडी भित्र पछाडी सर – चिछल जा

निर्मला हत्या प्रकरण : लापरबाही गर्ने ३ दर्जन प्रहरीलाई कारबाही गर्न सिफारिस

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ ।

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ ।

सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ ।

केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’ याे खबर आजको नयाँ पत्रिकामा छ ।

काठमाडौ‌ंँ महानगरपालिकाको बैठक भत्ता १ करोड ५८ लाख !

काठमाडौं । एक करोड ५८ लाख ६० हजार रुपैयाँ। यो कुनै विकास बजेट होइन। काठमाडौं महानगरपालिका कार्यालयको वार्षिक बैठक भत्ता हो।

महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ। वर्षभरि कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार आठ रुपैयाँ हुन आउँछ। ३२ वडाका १५६ जवनप्रतिनिधिले प्रतिबैठक एक हजार दुई सय ३० रुपैयाँ लिएका हुन्। जबकि महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले प्रमुखको अध्यक्षतामा बसे प्रतिबैठक दुई हजार पाँच सय र उपप्रमुख र कार्यकारी अधिकृतको अध्यक्षतामा बसे दुई हजारका दरले पाइने बताए।

वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता लिन पाइन्छ तर, उनीहरूले कतिवटा बैठक बसे र कति–कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन। बैठक भत्ता मात्र होइन खाजा र यातायातमा पनि महानगरको खर्च अचाक्ली छ। यी तीन शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०७४ ७५ को विवरण माग्दा सुरुमा सूचना अधिकारी आचार्यले आलटाल गरेका थिए। याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ।

मेलम्चीमा फेरि अर्काे झमेला : ठेकेदार काम छाेडेर भाग्न खाेजेपछि…

काठमाडौं । तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ ।

आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ ।

ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ । आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो ।

तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ । याे खबर आजको नयाँ पत्रिकामा छ ।

वैद्यले भने- ‘विप्लवसँग छिट्टै एकता हुन्छ, सच्चा कम्युनिस्ट आवश्यक छ’

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए ।

दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः पद दिइए पनि अधिकार दिइएन

काठमाडौँ । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् ।सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो ।

यौनको मामलामा रातो रंगको कपडा बढी उर्जावान

रातो राम्रो गुलियो मिठो बुढापाकाहरुको भनाईलाई आत्मासाथ गरौं । साँच्ची नै भन्ने हो भने यो सत्य हो । रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन् । रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ ।

हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ । पछिल्लो अनुसन्धान अनुसार रातो रंगले मानिसलाई उर्जावान, तागतिले र बलियो पनि बनाउँछ । युनिभर्सिटी अफ रोचेस्टरका प्रा. एन्ड्रयु एलियट भन्छन्, ‘रातो रंगको आभास मात्रैले पनि हामीलाई हरेक विषयमा तीव्रता साथ लाग्न प्रेरित गर्छ, शक्तिशाली बनाउँछ ।’ रातो रंगले खतराको संकेत गर्छ, त्यसैले यो सिधै हाम्रो शारीरिक प्रक्रियासँग जोडिएको छ ।

रातो रंग खेलाडीको लागि पनि सहयोगी हुन्छ । किनभने खेलाडीहरुलाई शक्ति प्रदर्शन गर्नुपर्ने हुन्छ । एलिटले आफ्नो अध्ययनमा के सम्म पाएका रहेछन् भने फुटबल म्याचमा अहिलेसम्म जति पनि टिम विजयी भएका छन्, तीमध्ये अधिकाँशको जर्सीमा रातो रंगको मात्रा बढी थियो । कतै यहि विशेषताका कारण विहेको दिन हाम्रो संस्कारमा दुलहीले रातो रंगको सारी, चुरा र अन्य कुरा लगाएका त होइनन् ? उर्जाले भरिएको सुहागरात मनाउन त होइन ?

परपुरुषसँग सल्केकी श्रीमतीको निर्मम हत्या: छोरी निशा भन्छिन,आमाले हात जोडेपनि बुबाले हानिरहे

खाना खाइसकेपछि टिभी हेर्दै निदाएकी निशाले मध्यराति चट्याङ परेजस्तो आवाज सुनिन्। निन्द्राबाट उठ्दा उनीकी आमा रोइरहेकी थिइन्। कोखाबाट रगत बगिरहेको देखेपछि १२ वर्षीया निशाको होस् उड्यो। उनले आमालाई छुन नपाउँदै अर्को आवाज आयो र उनकी आमा ओझ्यानबाट तल ढलिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना बिहीबार मध्यरातको हो। बाँकेको डडुवा गाउँपालिका-३ वनकट्टिीकाकी १२ वर्षीया निशा वर्माले आफ्नी २८ वर्षीया आमा शान्तिदेवी वर्माको हत्या आफ्नै आँखा अगाडि देखिन्। उनकी आमाले दुई हात जोडेर नमार्न अनुरोध गरिरहेकी थिइन्। तर, निर्दयी सञ्जयले पत्नीको चित्कार नै नसुनी दोस्रो पटक बन्दुक लोड गरे र पत्नीमाथि प्रहार गरे।

साँझ मिठा कुराकानी गर्दै सुतेका बाबाले आमाको यसरी हत्या गरेको देखेपछि उनी कोठाबाट भागिन्। तेस्रो पटक बन्दुक लोड गर्दै गरेका बुबा सञ्जयकुमार बर्माले आफूलाई समेत मार्न सक्ने डरले उनी बज्यै भएको कोठमा पुगिन्। दुईपटक बन्दुक पड्केको आवाजले तत्लोतलामा सुतेकी सञ्जयकी आमाको निद्रा खुलिसकेको थियो।

उनले भाग्दै आएकी नातिनीलाई बाहिर निकालिन्। अर्धपागल झै भएका सञ्जय कुमारले श्रीमती मारेको देखेपछि उनकी आमाले बाहिरबाट ढोकाको चुकुल लगाइदिन्। आँखै अगाडि आफ्नै बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि निशाको चेत खुल्न सकेको छैन।

तत्कालै मध्यराति १२ बजे नजिकैको प्रहरी चौकी बनकट्टीबाट खटिएको प्रहरी हतियारसहित सञ्जय कुमारलामई नियन्त्रणमा लियो। निशाले बुबाले आफूलाई समेत बन्दुक ताकेको भन्दै अझैसम्म डराइरहेकी छिन्।

छोरी निशालाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार पहिले कोखामा गोली हानीसकेपछि थाहा पाएर बन्दुक खोस्न खोज्दा दोस्रो राउण्ड शान्तिदेवीको हातमा लागेको थियो। रिसले चुर भएका सञ्जयले तेस्रो राउण्ड लोड गर्न लागेको मौकामा डराएकी निशा घटनास्थलबाट भागेर तल्लो तला पुगेकी थिइन्। पारिवारिक स्रोतका अनुसार सञ्जयले यसअघि पनि पत्नी शान्तीदेवीलाई ज्यान मार्ने प्रयास गरेका थिए। परपुरुषसँग सम्बन्ध गाँसेको भन्दै निर्घात कुटपिट गर्नुका साथै विष खुवाउने प्रयास समेत गरेका थिए। मृतक शान्तिदेवीको शव पोष्टमार्टम गरी उनकै जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

छिमेकीले लामो समयदेखि मानसिक रोगका विरामी सञ्जयले औषधि सेवन गरिरहेका थिए। उनले एक पटक आफ्नै आमालाई आक्रमण गरेका थिए। बन्दुकको गोलीबाट शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटना भएको कोठमाबाट दुई राउण्ड खोका समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउण्ड गोली प्रहार गरी बर्माले हत्या गरेका थिए। ‘घटना लगत्तै वनकट्टी र जिल्लाबाट प्रहरी टोली पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं,’ विष्टले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३० वर्षीय सञ्जयकुमारले आफ्नी पत्नी परपुरुषसँग सम्बन्धमा रहेकाले आफूले सहन नसकी गोली हानेको स्वीकारेका छन्। उनले आफू डिप्रेशनको बिरामी भए पनि पटक-पटकको आग्रहमा पत्नीले नमान्दा अन्त्यमा रिसले सहन गर्न नसकेर गोली हानेको बताएको प्रहरीले जनाएको छ। इसेन्ससहितको हतियार नियन्त्रणमा लिन छिमेकीले बारम्बार प्रहरीलाई अनुरोध गरेपनि सञ्जयले आफूलाई असुरक्षा भएको भन्दै बन्दुक प्रहरीलाई बुझाएका थिएनन्।

एनएमबी बैंकमा १५ लाखसम्मको ऋण बिनाधितो उपलब्ध , बैंकले विनाधितो ७ प्रकारका कर्जा प्रदान गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने बैंकले जनाएको छ ।

विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा विनाधितो प्रदान गर्न लागिएकाे जनाएकाे छ ।बैंकले एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ ।

त्यसैगरी, बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ ।यस्ताे कर्जा बढीमा पाँच वर्षकाे लागि प्रदान गरिने छ । कर्जा लिन व्यवसायिक याेजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेकाे, ४० वर्ष भन्दा कम उमेरकाे, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम लिएकाे हुनुपर्नेछ ।

यी सात प्रकारका कर्जाकाे व्याज करिब ८ प्रतिशत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । यस्ताे कर्जामा कुनै पनि प्रकारका शुल्क नलाग्ने प्रमुख व्यापार अधिकृत गाेविन्द घिमिरेले जानकारी दिए ।त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् । यस्ताे कर्जा लिन धिताे आवश्यक हुनेछ ।

हजार बचतमा १० लाखको बीमा

एनएमबी बैंकले निक्षेपकर्ताहरुलाई “एनएमबि सहारा बचत खाता” नामक नयाँ योजना ल्याएको छ । एक हजार रुपैयाँ बचत राखेर खोल्न सकिने यस खातामा निक्षेपकर्ताले ७ प्रतिशत व्याज र १० लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउने छन् ।बैंकले विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएको अवस्थामा बैंकले निक्षेपकर्तालाई बीमा वाफत १० लाख रुपैयाँ भुक्तानी दिनेछ । बचतकर्ताको बीमा शिखर इन्स्योरेन्समा हुनेछ ।

बचतकर्तालाई गम्भिर रोगहरु लागेको रिपोर्टसहित डाक्टरले सिफारिस गरेपछि उपचार हुनु पूर्व नै बीमा दावी भुक्तानी गरिने शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।

बचतकर्तालाई व्याजले मात्र आकर्षित नगरी अतिरिक्त सुविधा दिने उदेश्यसहित यस्तो योजना ल्याएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । ‘थोरै रकम बचत राखेर खोल्न सकिने एनएमबी सहारा बचत खाता’मा व्याज पनि उच्चतम दिएका छौं । बीमा सुविधा पनि राम्रो दिएका छौं’ केसी भन्छन्–यसले सर्वसाधारणमा बचत गर्न प्रोत्साहित गर्नेछ ।’

यस्ताे बचत खाता जाे काेहीले पनि खाेल्न सक्ने र सबै उमेरका बचतकर्तालाई बीमामा सहभागि गराइने केसीले जानकारी दिए ।

पिनास के हो ? लक्षण,समस्या र समाधान

काठमाडाैँ । पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो। हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने चलन छ ।

 

कतिपय रोगहरू निश्चित समयपछि आफै निको हुन्छ । विरामीहरू अात्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ ।

कसरी जोगिने ?

– प्रशस्त मात्रामा पानी पिउने ।

– चिसोबाट जागिने ।

– तातोपानीको बाफ लिने ।

– धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

– साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

– एलर्जीको उपचार गराउने ।

– नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

पिनासका लक्षण

बच्चा लाई रूघा लागेको जस्तो लक्षण हुन्छ जस्तो नाकबाटसिँगान बगिरहनु ज्वरो आउनु आदि,
वयस्कमा दिउसो सुख्खा खोकी आउनु । रूघाको लक्षण देखिनु ज्वरो, खराब पेट, दांत दुखाइ, कानमा दुखाइ इत्यादी लक्षण देखिए पिनास हुन सक्छ,
नाक बन्द भइरहने,
टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
सुँघ्ने शक्तिमा कमि आउने,
साइनास को क्षेत्रमा पीडा हुने,
आधाकपाल दुख्ने,
नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने,
माथिल्ला दाँतहरू दुख्ने,
आँखाको परेला सुन्निने,
नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

बच्ने उपाय

-धुवाँ, धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।

-विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।

-चिसोको कारण पिनास हुने भएकाले चिसोबाट बच्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । चिसो खाद्यपदार्थको कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।

-पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा  झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।

 

सांसदले गरे घरभाडा फिर्ता, कोहि सांसद आश्चार्यमा

काठमाडौं । राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् ।

संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् ।

‘अरु माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ’, सचिवालयका एक कर्मचारीले भने । सांसद् उमेश श्रेष्ठले घरभाडा लिने सांसद्को सुचीमा नाम आएपछि चिन्तित् भएको बताएका छन् ।

संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै आफुले ललितपुरको झम्सिखेलमा घर भको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चार्यमा परेको उनले उल्लेख गरेका छन् ।

महासचिवलाई लेखेको पत्रमा भनिएको छ, मेरो नाममा घरभाडावापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।