म १८ वर्षीया युवती हुँ । मैले आजसम्म यौनसम्पर्क गरेकी छैन-यौन जिज्ञासा र समाधान

म १८ वर्षीया युवती हुँ । मैले आजसम्म यौनसम्पर्क गरेकी छैन, तर बेलाबखत हातले छोएर तथा खेलाएर यौनअनुभव प्राप्त गर्थें । केही महिनापछि मेरो विवाह हुँदैछ । मेरो यो अनुभवका कारण विवाहित जीवनमा कुनै समस्या हुने त होइन ? पुरुषहरूलाई कुनै पनि महिलाले विवाहअघि नै यौनसम्पर्क गरेको वा नगरेको थाहा हुन्छ भन्ने कुरा कत्तिको सत्य हो ? सत्य हो भने पुरुषहरूले यस्तो कुरा कसरी थाहा पाउँछन् ?


उत्तर
– डा. राजेन्द्र भद्रा

यौनसम्पर्क गरे–नगरेको ?
तपाईंले यौनसम्पर्क नगरेको तर यौनांग खेलाएको कुरा लेख्नुभएको छ । यौन क्रियाकलाप विभिन्न किसिमका हुन्छन्, जस्तै– चुम्बन, यौनअंगको स्पर्श वा मर्दन, हस्तमैथुन । आफ्नै हातले यौनांग छुने वा योनिमा पसाउने कार्य हस्तमैथुन हो । कतिपयले योनि–लिंग मैथुनलाई मात्र यौनसम्पर्क मान्छन् भने यौनांगको संलग्नतासहित गरिने अन्य यौन क्रियाकलापलाई पनि यौनसम्पर्क मानिन्छ ।

विवाहमा के असर पर्ला ?
यौनसम्पर्क गरेकै भरमा विवाहित जीवन नचल्ने होइन, नत्र पुनर्विवाह गर्नेको जीवन जहिले पनि दु:खपूर्ण हुने थियो । कुनै यौन क्रियाकलापमा संलग्न भएकै कारण शारीरिक रूपमा यौनसुख लिनेदिने कार्यमा संलग्न हुन नसक्ने पनि होइन । यदि विवाहपछि विवाहअघिको यौन क्रियाकलापले कुनै असर पर्छ भने त्यस्तो असर मनोसामाजिक रूपमा देखा पर्छ । अर्को व्यक्तिसँग यौनसम्पर्क गरेको थाहा हुनुलाई धेरैले अप्रिय मान्छन् । यस्तो कुरा थाहा पाउने कुरा यौनांगको स्वरूप हेरेर होइन, कसैले भनिदिएर हुनसक्छ । आफैले यौनांग स्पर्श गरेको कुरा धेरैलाई अपाच्य लाग्दैन ।

यौनसम्पर्क र कौमार्यको कुरा
विशेष गरेर युवतीको कौमार्य भंग भए–नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ । कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भंग हुनु हो । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भंग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भंग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि यो कुरा विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर परेको देखिन्छ । योनिच्छद योनिद्वारनजिक रहेको पातलो छालाको झिल्ली हो । पहिलो यौनसम्पर्कमा यही झिल्ली च्यातिने र यस क्रममा रगत आएको मानिन्छ र धेरै समाजमा यसैलाई कौमार्यको बलियो आधार बनाइएको पाईन्छ । यसमा कत्तिको सत्यता छ, हेरौं ।

विवाहपूर्वको यौनसम्पर्क थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौन सम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने कुरा थाहा पाउन सजिलो छैन । महिला यौनअंगको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने त थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउनु त अझ गाह्रो कुरा हो । आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो वा होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन ।

कुमारित्व थाहा पाउन योनिच्छद भए–नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसैलाई बलियो आधार मान्न सकिँदैन । किनभने कुनै–कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नै नभएको हुन सक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीको योनिच्छद शारीरिक क्रियाकलापको दौरान च्यातिन सक्छ । कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ ।

यस्तो स्थितिमा कतिपय महिलामा यौनसम्पर्क राखिसकेपछि पनि उक्त पातलो झिल्ली नच्यातिएको हुनसक्छ । यस्तो स्थितिमा कौमार्य भंग भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ । देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुष प्रसस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन युगमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म भेटिएका छन् । यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यत: पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको कुरा निश्चित रूपमा थाहा पाउन सक्दैनन् ।

पुरुषलाई महिला यौनांगसम्बन्धी ज्ञान ?
व्यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, शरीर, हात–खुट्टा आधारभूत कुरामा समानता भए पनि यी सबैमा केही न केही भिन्नता हुन्छ नै । यो कुरा यौनांगमा पनि लागू हुन्छ । महिलाको भगक्षेत्र, भगोष्ठहरू, योनि, भगांकुर अनि योनिच्छद सबै कुरामा विविधता हुन्छ । सामान्य रूपमा कुन व्यक्तिमा यसको आकार कस्तो हुनुपर्छ सजिलै भन्न सकिने कुरा होइन । युवतीमा कौमार्यको आधार मानिने योनिच्छदको आकार, बनावट तथा मोटाइ अनि त्यसको लचकता व्यक्ति–व्यक्तिअनुसार निकै फरक हुनसक्छ ।
योनिद्वारको वरिपरि घेरा हालेजस्तो भए त्यसलाई बललगबिच योनिच्छद भनिन्छ भने उक्त झिल्लीको बीचबाट केही पट्टीजस्तो भए त्यसलाई योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वाल–प्वाल परेको हुन्छ, जसलाई भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशको घेरामात्र भएको पाइन्छ । विरलै मात्र यो पूर्ण रूपमा बन्द भएको अवस्थामा हुन्छ । अब तपाईं आफैं सोच्नुहोस् कि कुनै पुरुषले तपाईंले सोचेजस्तो योनिच्छद च्यातिएको वा विवाहपूर्व नै यौनसम्पर्क भएको कुरा कसरी थाहा पाउला ? कान्तिपुर -साप्ताहिक बाट

चुरोट छोड्न पिँजडामा थुने टाउको, चाबी श्रीमतीसँग

काठमाडौं- ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ।

आखिर किन?

इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्।

उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस प्रकारको कदम लिन बाध्य भएका हुन्।

युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए। युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निणर्य गरेका थिए।

सुरूमा, उनको परिवारलाई यस उपायले पनि उनी चुरोट सेवनबाट पार लाग्न नसक्नेमा शंका लागेको ‘रिपब्लिक वोल्र्ड’ लाई बताएका थिए। युसलमा यस लतमा निकै सुधार आएको पनि‘रिपब्लिक वोर्ल्ड’ उल्लेख गरेको छ।

कसरी आयो यस्तो उपाय ?

उनलाई यस उपायका लागि प्रेरणा भने मोटरबाइकमा हेलमेटको प्रयोगको लागि संचालन हुन लागेको हेल्थ क्याम्पेनबाट यस्तो उपाय आएको बताए। चुृरोट आफ्नो मुखसम्म नपुगोस् भनि उनले आफ्नो टाउकोलाई घेरेका हुन्।

जापानमा पनि धुम्रपानविरुद्ध अभियान

चुरोट कै कारण, जापानस्थित टोकियोका केही कम्पनीहरूले चुरोट सेवन नगर्ने कर्मचारीहरूलाई ६ दिनको तलबी बिदा दिन थालेका छन्।

कम्पनीमा चुरोट सेवन गर्ने कर्मचारीहरूले दिनमा ४० मिनेट देखि १ घण्टाको ब्रेक लिने गरेका कारण यस प्रकारको ठोस कदम लिन कम्पनी बाध्य भएको हो।
धुम्रपानमा निरुत्साह गर्ने अभिप्रायले यस प्रकारको ठोस कदम चलाएको कम्पनीका प्रवक्ताले जनाए।

यस कदमसँगै, ४२ धुम्रपान गर्ने कर्मचारी मध्ये ४ कर्मचारीले चुरोट सेवन गर्न छोडेका छन्। जापानमा प्राय कम्पनीहरूलाई चुुरोट सेवन गर्न कर्मचारीहरूलाई ब्यान्ड गरेका छन्।

जापानमा चुरोट सेवन गर्नेको चाप उच्च रहेको छ। जापानमा, प्रत्येक ५ मध्ये १ युवा धुम्रपानका अलमी छन्।एजेन्सी

पुराना गाडीको ‘डम्पिङ साइट’ बन्यो सिंहदरबार

काठमाडौँ । प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्।
अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्।

सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान शन्नी, फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका थोत्रा गाडी सिंहदरबारभित्र छन्।

न कसैले बनाएर चलाउँछ, न त्यहाँबाट अन्यत्र हटाउँछ। जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ–सिंहदरबार थोत्रा गाडीहरूको डम्पिङ साइट हो।

 

मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन्। रेडियो नेपाल परिसरमा २०\२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन्।

पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार। प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन्। वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन्।

सिंहदरबारभित्रका खाली जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन्। प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन्।

पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेको छ। त्यसको व्यवस्थापनको काम भइरहेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

जिल्ला सभापति र महासमिति सदस्यहरुलाई देउवाको चियापान, पौडेलको रात्रिभोज

काठमाडौँ । कांग्रेस शीर्ष नेताहरुले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई बिदाइ भोज दिएका छन् । ।

सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् ।

यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई सोमबार बेलुका रात्रिभोज दिए । योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ

निर्मला हत्या प्रकरण : रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक

काठमाडौँ । उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ ।

गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए ।

तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा अझै पत्ता नलागेको बताए ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

निर्मलाकाे हत्यारा प्रहरीलाई भन्दा पत्रकारलाई बढी थाहा छ : महानिरीक्षक खनाल

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछि जसले हत्या गरेको भए पनि दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रहरी मुख्यालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदुपयोग गरिरहेको बताए। उनले प्रहरीले हत्यारा पत्ता लगाउन इमान्दार भएर काम गरिरहेको बताए ।

महानिरीक्षक खनालले निर्मला हत्याका विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा भएको बताए। ‘ निर्मलाका विषयमा प्रहरीलाई भन्दा धेरै पत्रकारलाई थाहा छ’, उनले भने, ‘यहाँहरू फिल्डमा जानु भएको छ। अनुसन्धानमूलक पत्रकारिता गर्नु भएको छ।’

सम्मेलनमा एआईजीद्वय पुष्कर कार्की र ठूले राई, सिआइबीका प्रमुख डिआईजी निरज शाही, महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीसहितका अधिकारीको सहभागी थियो। आजको नेपाल समाचारपत्रमा याे खबर छ।

बैंकमा ७८ हजार रूपैयाँ राख्दा कसरी भयाे ७८ लाख ?

काठमाडौं । बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसँग ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

नयाँपत्रिका दैनिकका अनुसार बैंक ठगीको आरोपमा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबीले पक्राउ गरेको हो। एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर खर्च गरेको खुलेको हो।

गतवर्ष श्रेष्ठले वाणिज्य बैंकको न्युरोड शाखामा खाता खोलेका थिए। सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरे त्यसरी पैसा ट्रन्सफर गर्दा अचम्मै भयो, रुपैयाँमा जम्मा गर्दा सिधै डलर भयो। बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस)ले राम्ररी काम नगर्दा यस्तो भएको थियो तर, बैंकले चालै पाएन। याे खबर अाजकाे नयाँ पत्रिकामा छ।

अर्थमन्त्रीको मुठीमा अर्थतन्त्र, बजार पुँजीकरण ८ खर्बले घट्याे

काठमाडौँ । दुई वर्षअघि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो। अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो।

यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न पुग्यो। यसलाई सच्याउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुदेखि नै बचत वृद्धिका आधारमा मात्र कर्जा परिचालन गर्न दिने भन्यो। राष्ट्र बैंकले यो व्यवस्था लागू गर्न सकेन।

 

कारण आर्थिक वृद्धिदर बढाउन भनेर अर्र्थमन्त्रीले वित्तीय क्षेत्रको स्वास्थ्यसँग सम्झौता गरिदिए। वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको भूमिका कमजोर बनाएर अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नै मुठीमा चलाएका छन्।

‘सरकारको विकास खर्चको अवस्था नाजुक छ। सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा त जनताले कुनै तात्विक फरकको अनुभूति गर्नै पाएका छैनन्,’ पूर्व अर्थमन्त्री डा. रामशरण महत भन्छन्। याे खबर आजको  अन्नपूर्ण पाेस्टमा छ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा ईटहरीका पौडेल बिजयी

नेपाल जेसीज वर्ष २०१९ का लागी ४५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ईटहरीका जेसी महेश पौडेल अत्याधिक मतका सथा बिजयी भएका छन ।

कार्यकारिणी उपाध्यक्षमा क्रमश रविन पोखरेल, श्यामसुन्दर पौडेल(मिलन), रमेशचन्द्र भुसाल र अमिश ढकाल विजयी भएका छन । जनकपुरमा भएको महाधिबेशनबाट उनीहरु बिजयी भएका हुन ।

 

लुँडो खेलेर बस्छन् प्रधानमन्त्री कार्यालयका कर्मचारी

काठमाडौँ । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् ।

खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् ।

टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घण्टौँ लुँडो खेलिरहिन । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

संविधानअनुसार विधान बनाउने पहिलो पार्टी कांग्रेस

काठमाडौँ, ९ पुस-नेपाली कांग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ।

कांग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ।

महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका पार्टीका संरचना हुने र सबै तहमा समावेशी सिद्धान्त लागू भएका छन्।

विधान मस्यौदामा खासगरी शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा लामो बहस र चर्काचर्की भए पनि अन्ततः १४ पदाधिकारीसहित १६७ सदस्यीय पूर्ण समावेशी केन्द्रीय समिति बनाउने सहमत भएको थियो।

परिमार्जित विधानको परिच्छेद–६ दफा २१ मा केन्द्रीय कार्यसमितिबारे व्यवस्था गरिएको छ। जसअुनसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीको व्यवस्था छ।

संविधानका सबै क्लष्टरलाई समावेश

आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेको समावेशिताका महिला, आदिवासी÷जनजाति, दलित, मधेशी, खस, आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र सबै समावेशिताका क्लष्टर समावेश गरिएको छ। साथै पार्टीका सबै संरचनामा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएको छ।

त्यस्तै विधानले खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट एक जना महिलासहित तीन जनाका दरले २१ सदस्य, चार महिलासहित नौ दलित, सात महिलासहित १५ आदिवासी÷जनजाति सदस्य, छ महिलासहित खसआर्य १३, चार महिलासहित मधेशी नौ, दुई महिलासहित चार थारु, एक महिलासहित तीन मुस्लिम, पछिडिएको क्षेत्र एकबाट सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। विधानमा अल्पसङ्ख्यकबाट एक र अपाङ्गता भएकाबाट एक जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

निर्वाचितबाहेक केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी कार्यसमितिमा ३३ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ।

आठ तहका संरचना

विधानले सङ्घीय संरचनाअनुसार आठ तहका पार्टीका संरचना हुने व्यवस्था गरेको छ। जसमा सबैभन्दा मुनि टोल कार्यसमिति हुनेछ। टोल कार्यसमितिमा समावेशिताका आधारमा बढीमा ११ सदस्यीय हुनेछ। त्यसभन्दा माथि वडा कार्यसमिति र त्यसमाथि सम्बन्धित स्थानीय तहअनुसारका पार्टीका कार्यसमिति हुने विधानमा व्यवस्था छ।

स्थानीय तहका संरचनामाथि क्रमशः प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिको व्यवस्था कांग्रेसले गरेको छ। प्रदेश कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र सदस्य सङ्ख्याका आधारमा आवश्यकताअनुसार समावेशितालाई मध्यनजर गरी सदस्य हुने व्यवस्था छ।

केन्द्रमा २८ र प्रदेशमा २२ विभाग

कांग्रेसले सङ्गठन विस्तारमा साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यता हुने व्यवस्था गरेको छ। विभिन्न क्षेत्र र विषयलाई समेट्ने गरी पार्टीले सबै तहमा आवश्यकतानुसार विभाग गठनको समेत व्यवस्था गरेको छ। प्रदेशमा २२ र केन्द्रमा भने २८ विभागको व्यवस्था गरिएको छ।

विधानको दफा ३१ मा सङ्घीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गरिने उल्लेख छ। केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन्।

केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन् भने केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य हुनेछन्। सभापतिले यसरी प्रस्ताव गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी गर्नु पर्नेछ।

संसदीय दलको नेता संसदीय समितिको पदेन सदस्य हुनेछ। प्रदेश कार्यसमितिको सभापतिलाई सम्बन्धित प्रदेशको सङ्घीय संसद् र प्रदेशसभाको उम्मेदवारको निर्णय गर्दा केन्द्रीय संसदीय समितिको बैठकमा आमन्त्रित गरिने विधानमा उल्लेख छ। रासस

न्यायिक समितिले लगायो पीडितको घाउमा मलम

कपिलवस्तु  हरी आचार्य ,  पौष ९

कपिलवस्तु वाणगंगा १० कि शान्ति कँडेललाई घरपरिवारले खान लाउन नदिएको भन्ने उजुरी वाणगंगाको न्यायिक समिति सम्म पुग्यो । पटक पटक यही उजुरी प्रहरी सामु दिँदै आउनुभएकी कँडेलले अरू निकायबाट न्याय पाउनुभएको थिएन । कँडेल न्याय लय सम्म नपुगे पनि स्थानीय स्तरमा रहेका प्रहरी प्रशासन, छरछिमेक सबै समक्ष उजुरी दिनुभएको थियो । तर, वाणगंगा नगरपालिकाको न्यायिक समितिमा उजुरी पर्दा बित्तिकै समिति सक्रिय भयो । समितिले यो उजुरीलाई प्राथमिकता दिँदै पीडित र पीडक दुवै पक्षलाई बोलायो । छलफल गरायो । दुवै पक्ष राजी भए । मिलापत्र भयो । अहिले कँडेलको घरपरिवारमा पहिला जस्तो समस्या छैन ।

कँडेल जस्तै वाणगंगा–३ की दुहनी थारु सापटी दिएको रकम पाउन नसके पछि बढो चिन्तामा हुनुहन्थ्यो । तमसुक गरी गाउँकै हरी नारायण थारुलाई दिएको तीन लाख २० हजार नगद पैसा पटक पटक माग्दा पनि थारुले पाउन सक्नुभएन । तमसुकमा मासिक ३ प्रतिशत व्याज दिने हिसाबले दिएको रकम समयमा पाउन नसके पछि थारु निकै चिन्तामा हुनुहुन्थ्यो । न्यायको खोजीमा भौ तारी रहेकी थारुलाई न्यायिक समितिमा उजुरी दिए न्याय पाउने कुरा कहीँ कतैबाट थाहा भयो । न्यायिक समितिको ढोका ढक ढकाउँदै थारु नगरपालिका सम्म पुग्नुभयो । उजुरी दिनुभयो । उजुरी दिएको केही हप्ता पछि न्यायिक समितिले छलफलमा बोलायो । दुवै पक्षको राजीले पैसा लगे बापतको रकम दिन नसके पनि जग्गामा सहमति भयो । अहिले थारु पनि निकै खुसी हुनुहुन्छ ।कँडेल र थारु त एक प्रतिनिधि पात्र मात्र हुन । स्थानीय तहहरूमा गठन भएको न्यायिक समितिले धेरैको आशु पुछ्ने काम गरेको छ । न्याय नपाएर भौ तारी रहेका पीडितहरूलाई मलमाको काम गरेको छ ।

न्यायको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई जनप्रतिनिधिकै रोहबरमा न्याय दिने कानुनी व्यवस्था भए पनि पीडितहरू खुसी देखिएका छन् ।वाणगंगाको न्यायिक समितिमा अहिले सम्म झन्डै ५५ उजुरी आएका छन् । जसमा गत वर्षका ३५ उजुरीमध्ये २० उजुरी फस्र्यौट भएका छन् भने कुनै उजुरी प्रक्रियामा रहेका छन् । यस आव पछि समितिले १८ उजुरीको फस्र्यौट गरिसकेको छ । केही उजुरी प्रक्रियामा रहेकोले चाडै नै टुङ्गिने समितिले जनाएको छ ।

पहिले पहिले साना साना मुद्दाहरू प्रहरी कहाँ लानुपर्ने बाध्यता थियो । प्रहरी कहाँ पर्ने अधिकांश मुद्दामा पहुँचको भरमा फैसला हुने परम्पराले पीडित दुखी हुने गरेका तथ्य पनि छन् । तर, स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट पीडित अहिले सन्तृष्ट रहेको नागरिक अगुवाको ठहर छ । न्यायिक समितिमा आउने मुद्दा अधिकांश मिलापत्रमा टुङ्गिने गरेका छन् । उजुरी दिने उजुरी कर्ता र पीडा दिने पीडक बिच राखेर गरिने छलफलले धेरै मुद्दाहरू मिलापत्रमा नै सल्टिने गरेका छन् । यद्यपि कुनै मुद्दा समितिमा मिलाउन नसके अदालत सम्म पुर्याउने गरिएको छ ।

चन्द्रौटा ट्राफिकद्धारा चेकजाँचमा कडाइ

हरी आचार्य कपिलवस्तु चन्द्रौटा पौष ९

चन्द्रौटा ट्राफिकले पछिल्लो समय सवारी चेकजाँचमा कडाइ गरेको छ । पूर्व पश्चिम राजमार्गमा हिडने सवारीलाई ट्राफिकले नियमको पालना सिकाउँदै कानुन विपरीत चलाउने चालकलाई कारबाही गर्ने गरेको छ । अस्थायी ट्राफिक पोस्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालको टोली पश्चिमी क्षेत्रमा सवारी दुर्घटना न्युनिकरणका लागी विभिन्न कार्यक्रम समेत गरेको छ । अव्यवस्थित भएको गुनासो आए पछि शिवराज नगरपालिकामा रहेका अटो रिक्साहरूको ट्राफिक प्रहरी कार्यालय चन्द्रौटाले छड्के अनुगमन गरेको छ ।

तीव्र गतिमा हिँड्ने, मनपरी भाडा लिने गरेको गुनासो आए पछि गरिएको अनुगमनमा ६० वटा अटोहरूको चेक जाँच गर्दा अधिकांश अटोहरू तोकिए भन्दा बढी यात्रु लिएर हिँड्ने गरेको पाइएको छ । चालक सहित ४ जना बोक्न पाउने अटो रिक्साको नियम भए पनि ८ जना सम्म सवारी बोक्ने गरेको पाइएको अस्थायी ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरीक्षक रामशरण कुमालले जानकारी दिए । चेक जाँच गर्दा एउटै अटोमा १८ जना सम्म विद्यार्थी बोक्ने गरेको भेटिएको थियो । शिवराज नगरपालिकामा रहेका अधिकांश अटोहरू लाइसन्स बिना नै सञ्चालन भएको पाइएको छ ।

५० वटा अटो चेक गर्दा ३५ वटा अटो लाइसेन्स नभएको भेटिएको छ भने क्षमता भन्दा बढी बोक्ने ९ वटा कुनै प्रकारको कागज पत्र नहुने ७ वटा अटोलाई कारबाही गरिएको कुमालले बताए । पहिलो पटक नियमको बारेमा जानकारी दिएर सम्झाई बुझाई पठाएको र फेरी पनि ओभर लोड बोक्ने तीव्र गतिमा हिँड्ने, कागजपत्र नबोक्ने अटोलाई कारबाही गर्ने जनाए । लाइसेन्सको बारेमा भने केही सँग लाइसेन्स भएको, केहीले परीक्षा दिएर बसेको र अन्यको लाइसेन्स नभएकोले सबैलाई लाइसेन्सको प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताउँदै समय समयमा यसरी नै छड्के चेक जाँच गर्ने कुमालले बताए ।

साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढेको भन्दै जिल्लामै पहिलो पटक शिवराज नगरपालिकाको शिवपुरबाट उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरीक्षक रामशरण कुमाल बताए । रात्रिकालीन समयमा साइकलबाट दुर्घटना बढेको भन्दै साइकल तथा साना सवारीहरुम प्राथमिकतामा राखी स्टिकर टाँस्ने काम गरेको कुमालले जनाए । त्यस्तै प्रहरीले सवारी चालकहरूलाई टाइम कार्ड तथा ट्राफिक नियम सिकाउने गरेको बताइएको छ ।

यस्तै चन्द्रौटा बजार आसपासमा ट्राफिक व्यवस्थापनको लागी शिवराज नगरपालिकाले १ लाख बजेट विनियोजन गरेको छ । जसमा प्रहरी अहिले शिवराज नगरपालिका ५ चन्द्रौटा आसपासमा सवारी रोक्ने स्थान छनोट,गति नियन्त्रण गर्न कर्नर बार्क,डिवाइडर लगायत राखिएको कुमालले जनाकारी दिए । यता ट्राफिक प्रहरीले कपिलवस्तुमा टिप्परलाई टाइम कार्ड लागु गरेपछि गति कम गर्ने गरेको दाबी गरेको छ ।

मुख्यमन्त्री पोख्रेलले भेटे बस दुर्घटनाका घाइते

वैखरी , पौष ९

मुख्यमन्त्री शङ्कर पोख्रेलले गत शुक्रवार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । आज काठमाडौँको ट्रमा सेन्टर पुगेर मुख्यमन्त्री पोख्रेलले घाइतेहरूको बारेमा जानकारी लिएका हुन् । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।

त्यहाँ उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचारबारे उपचारमा संलग्न चिकित्सकले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन भइसकेको छ ।

दृष्टिविहिन भएकै कारण शिक्षक हुनवाट बन्चीत

वैखरी ,कपिलवस्तु पौष ९

अंग्रेजी वाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । गत असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस गर्यो । पुष ७ गते भर विद्यालयमा गए । विद्यालयमा एकाएक विद्यालय व्यवस्थापन समितिले भरको पहिलो दिननै वैठक बसी भरलाई हाजीर नगराउने निर्णय गरेको छ ।

अपाङ्गता भएकै कारण आफूमाथि विभेद गरेको भरले दुखेसो पोखे । विद्यालयमा पढाउन आएको पहिलो दिन नै म माथि यस्तो दुर्व्यवहार गरियो, भरले भने म माथि यति अपमान होला भन्ने सोचेको थिएन । भरले लामो समय सम्म अन्य निजी तथा सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका थिए । विद्यालय प्रशासनले हाजिर नगरे पनि आफूले विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको जनाए । गाउँपालिकामा नै परीक्षा दिएर उर्तिण भएको व्यक्ति विद्यालय प्रशासनले हाजिरी नगराउनु आफैमा गलत भएको बुझाइ रहेको छ ।

दृष्टिविहीन भएकैकै कारण विद्यालयले शिक्षकलाई हाजिर नगराएकोमा स्थानीय बुद्धिजीवीहरूले पनि आलोचना गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गन प्रसाद गुप्ताले दृष्टिविहीन व्यक्ति विद्यालयमा पढाउन नसक्ने भएकोले समितिले निर्णय गरेको जनाए । यता विजय नगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विकले विद्यालय समितिले यस्तो निर्णय गरेको भए शिक्षकलाई अन्य ठाउँमा सरुवा गर्न सकिने बताए । शाखाले गरेको विभाजनका क्रममा सोही विद्यालयमा शिक्षकलाई पठाएकोले शिक्षकलाई व्यवस्थापन गर्न सकिने जनाए । अपाङ्गता पुुनस्थापना समितिले शिक्षक भरलाई विद्यालयले गरेको दुर्व्यवहार निन्दा गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरू अव यो देशमा बाच्न पाउने अधिकार नै नरहेको जस्तो गरेर विद्यालयले निर्णय गरेको भन्दै समितिका अध्यक्ष दीपक खड्काले निर्णय सच्याउन विद्यालय प्रशासनलाई आग्रह गरेका छन् । विद्यालय पढ्दै उच्च शिक्षा सम्म ज्ञान हासिल गरेका व्यक्तिलाई अपाङ्गता भएकैकै कारण अवसर नदिनु र प्रतिस्पर्धा गरेर आएको भए पनि विद्यालयलेले हाजिरी नगरेर विद्यालयले विभेद गरेको जनाए ।

राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिद्धारा योजना गोष्ठीमा विद्युत चुहावट नियन्त्रणका लागि अन्तर्कृया ।

हरी आचार्य , पौष ९ कपिलवस्तु

राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले वार्षिक कार्यक्रम संचालनका लागि आज जनप्रतिनिधहरु सहितको सहभागितामा अभिमुखिकरण तथा योजना गोष्ठि सम्पन्न गरेको छ । वाणगंगा नगरपालिकामा आयोजित योजना गोष्ठिले वाणगंगा नदि व्यवस्थापनका लागि यस वर्ष विनियोजन गरेको कुल १ करोड ४२ लाख बजेट कार्यान्वयनका लागि निश्चित मापदण्ड तयार गरी योजनाका कामलाई अघि बढाउने भएको छ ।

विशेष गरी चुरे क्षत्रको संरक्षणका लागि नदि व्यवस्थापन र नदि क्षेत्रमा तटबन्ध निर्माृण गर्ने, पानिको रिजरवेसनको काम गर्ने जनाइएको छ । वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभावित क्षेत्रका वडा अध्यक्षहरु बालकुमारी अधिकारी, विष्णु पौडेल, गणेशबहादुर क्षेत्री, भिष्मराज भुसाल, गुणानिधि भुसाल, र धुव्र वेल्वासेको उपस्थिति सहित नगरकार्यपालिकाको योजना अनुसार नदि व्यवस्थापन र चुरे संरक्षणको काम गरीने भएको छ । यसैबिच कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्र विद्युत चुहावट नियन्त्रणका लागि पनि आज जनप्रतिनिधिहरुको साथमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा अयोजित अन्र्तक्रियाले कपिलवस्तु जिल्लाको अन्य स्थानिय निकायको तुलनामा वाणगंगा नगरपालिकामा विद्युत चुहावटको समस्य कम भए पनि समस्याको निमूल पार्न जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको जनाएको छ । मेयर मंगल थारु सहित प्रदेश सासंद विष्णु पन्थी, उपमेर चक्र अर्याल नगरका सबै वडाका वडा अध्यक्षहरु लगाएत नेपाल विद्युत प्राधिकरण विधुत वितरण केन्द्र तौलिहवाका प्रमुख जयकुमार यादव, चारनम्बर विद्युत वितरण केन्द्रका प्रमुख कृष्ण प्रसाद पौडेलको उपस्थितिमा सो अन्र्तक्रिया सम्पन्न भएको हो ।

नगरका कृुनैपनि क्षेत्रमा विद्युत चुहावटको आरोपमा समातिने नागरिकरुको रिहाइको माग गर्दै जनप्रतिनिधिहरु आउने काम बन्द गर्नूपर्ने कुरामा जोड दिइएको छ । त्यसतै वितरण केन्द्रका प्रमुखहरुले चुहावट नियन्त्रणका लाग स्थानिय तहका सबै जनप्रतिनिधिहरु पनि आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पनि जनाएका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ ।

हरि आचार्य,कपिलवस्तु, पुष ९

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ वस्ने वर्ष ३० को सोलिन्दर अहिर करणिको आरोपमा पक्राउ परेका हुन् । अहिरले २१ वर्षिया एक युवतीलाई एक्कासी हात खुट्टा समाती घिसार्दै कुखुराको फार्म भित्र लगी जवरजस्ती करणी गरेको भन्दै कारवाहिको माग गर्दै जाहेरिमा उल्लेख गरिएको कपिलवस्तु प्रहरिले जानकारि दिएको छ । सोहि जाहेरिको आधारमा आरोपि अहिरलाई आईतवार पक्राउ गरि थप १० दिनको म्याद लिई अनुसनधान भईरहेको जिल्ला प्रहरिका प्रबक्ता प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए । युवतिको नाम तथा ठेगाना भने गोप्य राखिएको जिल्ला प्रहरि कपिलवस्तुले जनाएको छ ।

घुससहित बुटवलमा वडा-सचिव पक्राउ

बुटवल : बुटवल उपमहानगरका वडासचिव घुससहित अख्तियारको नियन्त्रणमा परेका छन्। वडा नम्बर १३ का सचिव भरत काउचालाई अख्तियार बुटवलले पक्राउ गरेका हो।

सेवग्राहीबाट ५ हजार घुस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ।बुटवल उपमहानगरपालिका गेट अगाडिको एक रेष्टुरेन्टमा उनले रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार जनाएको छ।

रुपन्देहीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विष्णु खत्री, सैनामैना । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जिल्लाको सैनामैना नगरपालिका वडा नं ४ मुर्गिया ईलाका प्रहरी कार्यालय अगाडि ठक्कर दिदा सैनामैना ६ निवासी ३५ वर्षीय जगदिश चौधरीको मृत्यु भएको हो ।

पुर्व तर्फ जादै गरेको लु २ ख १३९ नम्बरको बस र विपरीत दिशाबाट आएकोे लु ९ प ६९७ नम्बरको मोटारसाईकललाई ठक्कर दिदा गम्भीर घाईते भएका चौधरीलाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको नियन्त्रणमा रहेका छन् ।

शेयर बजार:वृद्धि

काठमाडौँ, ८ पुस- धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब ३८ पुगेको छ । कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरीद–बिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोवार भएका उपसमूहमध्ये उत्पादनबाहेक सबै उपसमूहका शेयर बढेका हुन् । उत्पादन छ दशमलब ०५ बिन्दुले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८ दशमलब ०२ले बढेको छ । बैंकिङ २४ दशमलब ९२, होटल ६३ दशमलब ९२, विकास बैंक २८ दशमलब ६४, जलविद्युत् २६ दशमलब १६, वित्त चार दशमलब ९३, अन्य १७ दशमलब २९ लघुवित्त ६३ दशमलब ७५ र जीवन बीमा २४७ दशमलब ३३ ले बढेको छ ।

यसैगरी आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् ।

यस्तै कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन् ।

स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाब

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नोमात्रै ठान्ने- पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

२. नमिठो वचन बोल्ने- वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

३. मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने- आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

४.कचकचे र रुञ्चे- सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

५. हस्तक्षेपकारी स्वभाव- कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।

एजेन्सी

मेयरले बेथिति र भ्रष्टाचार भित्र्याएपछि बन्द हुने अवस्थामा कोरिया नेपाल मैत्री अस्पताल

भक्तपुर । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् ।कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ ।

कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहरुसंग मिलेमतो गरेर मेयर श्रेष्ठले अस्पताल ध्वस्त बनाउदा तीन महिनादेखि डाक्टरले तलब समेत खान नपाएको गुनासो गरेका छन् ।

मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले काम गरेको देखाउन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेर बोर्ड समेत राखेर र लेटरप्याड समेत त्यही बनाएपछि अन्य निकायबाट आउने सहयोग र मन्त्रालयबाट आउने स्थानीय विकास मन्त्रालयबाट आउने बार्षिक बजेट समेत रोकिएको छ । मन्त्रालयले जनप्रतिनिधी आएपछि बजेट पठाउनै छाडेको कर्मचारीको भनाई छ ।

मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएर आर्थिक कारोबारको गर्ने गरि चेकमा हस्ताक्षर गर्न अधिकार दिएपछि अस्पतालमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिर आएको छ । अस्पतालमा हप्तामा एक वा दुई दिन केही घण्टाका लागि आउने कायस्थ अस्पतालमा कार्यकारी भएरै छिरेपछि काठमाण्र्डौ युनिभर्सिटी धुलिखेलमा भ्रष्टाचार गरेर लखेटिएर पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान (कलेज) मा प्रशासन प्रमुखका रुपमा रहेका प्रकाश खड्कालाई कायस्थले भित्र्याएपछि अस्पतालमा ब्रम्हलुट मच्चिएको छ । याे खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

नेपालमा जोसुकैले उत्पादन गरेको बिजुली किन्न भारत तयार

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यपारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ।

२०१६ डिसेम्बर ५ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेको नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको शर्त उल्ट्याएको हो।

अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ। याे समाचार आजको नागरिक दैनिकमा छ।

सम्बन्ध विच्छेदका घटना बढ्दै, मुद्दा हाल्नेमा पुरुष बढी

गुल्मी । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए ।

गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ ।

नयाँ मुलुकी ऐन लागू भएपछि भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्धा दर्ता गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

यसैगरी असोजमा नौ महिला र छ पुरुष, कार्तिकमा १६ पुरुष १२ महिला र मंसिरमा चार पुरुष र आठ महिलाले अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए । यो खबर आजको राजधानी दैनिकले छापको छ ।

गुणस्तरहीन दूध बेचे ५ वर्ष जेल र ५० हजार जरिवाना

काठमाडौं । मानव स्वास्थ्यमा गम्भीर असर पार्नेगरी न्यून गुणस्तरीय दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतलाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले दूध मापदण्ड कार्यान्वयनमा ल्याएको हो।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेच्नेलाई निर्देशिका र खाद्य ऐनअनुसार कारबाही हुन्छ।

गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। विभागले पहिलोपटक निर्देशिका ल्याएको हो। याे खबर अाजकाे नागरिक दैनिकमा छ।

भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ।

आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए। नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटा लगायतका नेताले साथ दिए।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भनेर कड्किँदै जवाफ दिएपछि बैठकमा चर्काचर्की बढ्यो। बैठकमा सहभागी एक नेताका अनुसार रावल सहितका नेताहरुले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो।

बैठकमा सहभागी एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोडदैनौँ, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने?’ अध्यक्ष ओली पनि के कम। ‘पार्टी र सरकार प्रमुखको हैसियतले एसिया प्यासिफिक सम्मेलनमा सहभागि भएर मैले कुनै गल्ती गरेको छैन्’ उनले भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ।’ याे समाचार राजधानी दैनिकमा छ।

सम्झीन्छ उ ति दिन ‘नविन काफ्ले अभि’

सम्झीन्छ उ ति दिन

 आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्,  उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । दिउसो उसले गाँउमा देखेको थियो हतियार धारीलाई । उसका मनमा चिसो पसेको थियो दिन बाटै आज के हुने हो भनेर । लगातार एक घण्टासम्म त्यहि ड्याम ड्याम डुमडमको आवाज सुनीयो । उसलाई उसका बाले सुनाएको पौराणिक युद्ध कथाको याद आयो । मन भित्र डरका तिता डुसाहरु मौलाए ।त्यसपछि सारा गाँउ भरि हतियार धारीहरुको प्रवेश भयो । आमाले दिनभरी दुःख ले गरेको कामबाट थकित शरिरले छोरा छोरीहरुको आत्मसन्तुष्टि पुरा गर्नका लागि अगेनोमा बसेर मकैका रोटी हामीलाई दुधमा मोलेर खुवाउदै थिईन् । उ सानो थियो तर पनि जान्ने जस्तो गर्दथ्यो हरेक कुरामा । गाँउमा हतियार धारीहरुको प्रवेश भईसकेको छ भन्ने संकेत उसले आमालाई दियो । आमा आत्तिदै ढोका बन्द गर्दै  थिईन् टाढैबाट एक जना हतियार धारीले त्यो घरको ढोका बन्द हुदै छ म त्यहि गए हामी आएको देखेर बाठा भईसके गाँउलेहरु यो त पक्कै पनि आर्मीकै घर हो छोड्न हुँदैन भन्दै दौडियो । आमा हतारमा भित्र दौडिदै दाईको फोटो लुकाउदै थिई उसले खोसिदियो । को हो भन भनेर झन् आतङ्कीत पार्न थाल्यो । आमा डराउदै मेरो छोरा हो बाबु भन्दै थिईन् । उ भने अगेनोको छेउमा आगोका गोलहरुसँग खेल्दै थियो । त्यहाँ केही नभए जस्तो गरेर । बहिनी आमाको गुन्यूको फेरोमा लुटिपुटी गर्दै थिई। हतियार धारीले बा खोई भनेर सोधिरहेका थिए । आमा केही समय सम्म ना जवाफ थिईन् , धेरै धम्काएपछि बल्ल मुख खोलिन् “मुगलान गएका छन् ” उनिहरुले दाईको फोटो देखाउदै यो काँ गयो भन् आमा रुन थालिन् दाईको कुरा निकाले पछि रुदै भनिन् खोई भागेर गएको हो आज सम्म घर आएको छैन । हतियार धारीले थर्काएर भन्यो “छोरालाई आर्मीमा हामी बिरुद्ध लड्न पठाउछेस् अझ रुन्छेस् ।”

अध्यारोमा आमाले उनिहरुलाई खाना बनाएर खुवाईन्। राति जाने बेलामा उनीहरुले भने अब हेर तिम्रो एउटा छोरो सरकारी पक्ष बाट लड्ने भईहाल्यो अब एउटा हाम्रो पक्षबाट लड्छ बराबरी हुन्छ । यसलाई हामी लगेर जान्छौ । उसकी आमा भक्कानीएर रुन थालिन् नाई बाबु बिन्ती छ यसलाई नलैजानु मर्दको नाँउमा घरमा यत्ति छ यो गयो भने हामी के गरौँला ।आमाको रुवाई  झनै बढ्दै गएको थियो । उनीहरु भनी रहेका थिए देश र जनताको लागि लड्ने हो यहाँ कोही पनि आफ्नो लागि लड्न आएको छैन , केही समयको रुवाबासीबाट उनीहरुले उसको हात समाएर जाँउ भन्दै उठाए । त हिन आजबाट त पनि सामन्तबादका विरुद्धमा लड्छस् । आमाले उसको हात च्याप्प समातिन र रुदै भनिन् बावु न जाँ हामीलाई एक्लै छोडेर त गईस भने हाम्रो के हालत होला तेरा बा कति गुनासिएलान् न जा बावु न जा । आमाको कारुणीक रुवाईले उसका आँखाहरुमा आँशुका छालहरु एकै पटक उर्लेर आए र ति हतियार धारीको हात छुटाएर उ दौडिदै आमा भए तिर गयो र ग्वाम्मै  अँगालो हाल्यो , आमाको काखको त्यो न्यानो भित्र दिल खुलाएर रोयो, आमा सुक्क सुक्क गर्दै नरो बावु भन्दै थिईन् हतियार धारीले पुनः हात समाएर तान्यो, विचरा उ आमाको काखमा मजैले रुनै पाएन । उसमा ति कलिला हातहरुलाई ठुलै भद्धा हातहरुको अईठन पर्यो । के गरोस् उ नचाहाँदा नचाहादै आमाको काख छाडेर देश र जनताको भलाईको लागि बाहिरियो ।

खै कता लिए त्यो निर्दोश बालकलाई । राति त्यस्तै १ बजे तिर सन्नाट रातमा कसैको घरमा लिएर सुताए । तिनिहरु त राम्रै  सुते तर उ सुत्नै सकेन ,उसलाई मनमनै डर लागि रहेको थियो कहाँ लान्छन् कता जाने हो भनेर । माटोका भित्ताहरुको अडेस लागेर घर सम्झीरहेको थियो । उसका आँखामा उसको प्यारो गाँउ, पानी पँधेरो, खेतबारी, बहिनी, उसले पालेका ति साना साना कुखुराका चल्लाहरु, तल्लाघरे साईला बाजे जो सँग उ सबै भन्दा बढि जिस्कन्थ्यो , अनि गाँउ भरि उसको नाम जोडेर सबैले जिस्काउने उसकी बेलरुपा सबै भन्दा बढि उसले उसकी आमालाई सम्झियो । के थाहा उसलाई ति सबै उसका अतित बन्दै छन् भनेर , के थाहा उसलाई उ एक लडाकु कमाण्डर बन्दै  छ भनेर ।

   उसकी आमाका आँखाबाट अविरल रुपमा बगेका ति आँशुहरु भनि रहेका थिए “बावु न जा त तेरा ति कलम समाउने हातहरुले कसरी त्यति ठुलो बन्दुक समाउलास्, बन्दुक सँग कसरी खेलास्, ति बारुदका झिल्काहरु मा तँ कति डराउलास्, न जा बावु न जा । तर केही सिप चलेन उसकी आमाका ति अविरत आँशुहरुको लगेरै छाडे  १५ बर्षे निर्दोश बच्चाहरुलाई ।

         त्यस राती उसले तिनिहरुबाट भाग्नलाई धेरै संघर्ष गरेको थियो तर सकेन, सकोस् पनि कसरी बिचरा उसले नचिनेको गाँउमा थियो र उसलाई कता ल्याई पुर्याए भनेर  थाहा थिएन । उसले त्यस राती आफै सँग एक बाचा गरेको थियो दृढ आशाका साथ । एक दिन उ अवश्य पनि आफ्नो गाँउ फर्कने छ आफ्नै घर खेतमा लोकभाका गाउदै उकाली ओराली गर्ने छ, फेरी पनि तल्लाघरे बाजे सँग जिस्कने छ , उसको नाम जोडिएकी बेलमायालाई आफ्नो बनाउने छ उसले र आमाका काखमा मजैले सुखको निन्द्रा पुर्याउने छ  ।

                        उ त्यस्तै सोच्दा सोच्दै बिहान ५ बजे तिर निदाएछ । बिहान डाँडामा किरणहरु धकेला धकेल गर्दै अगाडि बढ्दै थिए। घाम पुरै एैठन परे जस्तै गरेर निसासिएको थियो । मधुरताबाट उन्माद उज्यालो तर्फ लम्किएका धिरमिर राता धर्साहरु पहाडको पहाडको टाउकोमा टेक्दै उफ्रीदै थिए । एक छापामारले उसलाई घचघचायो उठ् भन्दै उ जुरुक्कै उठ्यो आमाले उठाएजस्तै लागेछ उसलाई आमा भन्दै आँखा खोल्यो । उसको आमा शब्दले उसको अगाडी रहेको एक लडाकुले भन्यो “तेरी आमा घरमा छिन् अहिले तँ नेपाल आमाको काखमा छस् उठ अब जानेहो यहाँबाट ।” हरेक दिन उड्ने बित्तिकै उसले आमाको मुख नहेरेका दिन हुँदैन थियो तर अब उसले आमाको मुखको कल्पनामा मात्रै हेर्न पाउने छ । उसले मुख धोएर आउदै थियो उसलाई एक लडाकुले उ भन्दा पनि ठुलो राईफल समाउन दियो । त्यो राईफल समाई रहँदा खेरी उसले स्कुलका कागजको बन्दुक बनाएर चोर पुलीस खेल्ने ति साथिहरुलाई खुबै आद गर्यो । त्यही दिन देखि उसले कलम समाउने कलिला हातहरुले बन्दुक समायो ।

उसले अब साँचिकै एक अटोट गर्यो म यो सामन्तबादका बिरुद्धमा लडेरै यो देशको रक्षा गर्छु । म कहिल्यै पनि गलत बाटोमा हिड्ने छैन अन्याय र अत्याचारको बिरुद्धामा लड्ने छु । सत्यता र निश्पक्षताका हातहरु समाएर अगाडी बढ्ने छु , नेपाल आमाको रक्ष ागर्ने छु ।

त्यस दिन देखि उ एक छापामार बन्यो । उसले निधारमा रातो रंङको फेटा बाध्यो ।

उसलाई हिमाली क्षेत्रमा रहेको लडाकुहरुको क्याम्प नं.  ३ तालिम केन्द्रमा भर्ना गरियो । उसलाई त्यहाँ १ वर्षे तालिमका लागि छाडियो । जिवनमा पढेर के के गर्छु भन्ने सोच बनाएको थियो उसले, जिवनलाई बेलमायाको मायाले बाँधेर काँ सम्म पुर्याउनु थियो , कति मिठो मिठो खाना खानै बाँकी थियो सुनौला गन्तव्यमा पाईला चाल्नु थियो तर आज आएर उसका ति सुनौला सपनाहरुलाई चैतमासको हावाले रुख ढाले जस्तै, धुलो उडाएजस्तै गरि ढालिदियो उडाईदियो ।

          क्याम्पमा उ जस्ता नावालकहरु धेरै थिए । अब त उ पनि बानी परिसक्यो लाल सलाम भन्न । उसको तालिमको ६ महिना बितिसकेको थियो । उ तालिममा हुँदा सुरक्षित महशुस गरिरहेको थियो । उसले त्यहाँ साथिहरु पनि बनायो केटा केटी दुवै । एक दिन उसलाई खानाको लागि कमरेड अन्जलीको नेतृत्वमा बनमा तरुल र गिठा खोज्न पठाईयो । पुरै दिन भरि पनि उनिहरुले आफ्नो पल्टनलाई पुग्ने गरि खाना खोज्न सकेनन् । उसको त्यो कमाण्डमा सबै भन्दा सानो उ र कमाण्डर मात्रै थिए अरु सबै ठुलठुला थिए तै पनि कमरेट अन्जली  कमाण्डर थिई किनकी उसमा साहस आँट अनि आईडिया थियो । कमरेट अन्जली र उसको उमेर विचमा २ वर्ष मात्रै फरक थियो उ कान्छो थियो । साँझपख पल्टनमा पुगेर दिनभरीको प्रगति विवरण दिदा पल्टनको कमाण्डरले खुवै थर्कायो सबैलाई दुईदिन सम्म पनि खाना नखाने गरि सजाए सुनायो । दुई दिनसम्म खाना नखाने सजायले उ झस्कीयो कसरी बाँचिन्छ दुईदिन सम्म पनि खाना नखाएर ।सुरु भयो उनीहरुको सजाय त्यसै दिन देखी । खै किन हो कमरेट अन्जली भाबुक भएर उसका छेमा नै सुत्न आई । उसको हात समाएर सुक्क सुक्क गर्र्दै रुन थाली उसले पनि उसका आँखामा आशु देखेर उ प्रति सहनशिलताको भाव देखायो । भोलीपल्टबाट उनीहरु एकले अर्काको ख्याल गर्ने भएका थिए ।

उसले आजसम्मको जिवनमा एउटै कुरा बुझको छैन , उसले आमालाई सबै भन्दा धेरै माया गर्छ तर किन उसलाई यस्तो हुँदैन जो कमरेट अन्जलीलाई केही समय नदेख्दा उसलाई हुन्छ । आखिर कस्तो अचम्मको कुरा पनि होईन अनौठै मान्नु पर्ने । उसले विस्तारै थाहा पाउदै छ उसले अन्जलीलाई माया गर्छु भन्ने कुरा । हुन त अन्जली पनि उसलाई माया गर्छे एक पटक उ बिरामी पर्दा सबै भन्दा बढि उसले नै ख्याल राखेकी थिई।

तालिम सकीएर उनीहरुलाई लडाईमै होमीदै थिईयो । जाजरकोट र जुम्लाको सिमा क्षेत्रमा उनीहरु तैनाथ थिए । लगभग उनीहरु एक हप्ताको सिमा क्षेत्र बसाईबाट उनीहरु जुम्लाको खलङ्गा क्याम्प हमलाको लागि प्रस्थान गरे  । लगभग तिन दिन हिडेर उनीहरु खलङ्गा नजिकैको हिमाल छेउमा लुकेर बसे र त्यहीबाट तयारीमा जुटिरेहेका थिए ।

            बच्चा हँुदा उसले कागजको बन्दुक चलाएर चोर समातेको थियो तर आज साँच्चिकै बन्दुक समाएर राज्यका विरुद्धमा लड्दै थियो । उसले तालिममा माओबादका धेरै कुरा पढेको थियो । विश्वका कम्न्यूटहरुको उदय कसरी भयो, किन उनीहरुले द्धन्द्धकै बाटो अपनाए,  र जनतालाई सम्मान कसरी मुक्ति दिलाए यस्तै विविध । तत्कालिन सरकारको अन्याय र अत्याचार कति सहने, अनि कति सहने साहु महाजनको दबाव, रवाफ । यहि पिडाले उसका बा परदेशी भए र उसको दाई जागिरका नाउमा सेनामा भर्ति भयो । उसका मनमा आमाको खुबै आद आईरहेको थियो । आमा म आज जिवनको पहिलो यद्ध लड्दै छु उसले मन मनै आमालाई भनि रहेको थियो । डुम्म डुम्म फाएरको आवाज आयो उसको मन कापि रहेको थियो । फायर उसकै साथिहरुले गरेका रहेछन् । उसले पनि आफ्नो हातको बन्दुकमा गोली चेक गर्यो । लाईनमा बिचमा थियो उ तर सबै तेर्सो लाईनमा डाँडामा सुतेर निसाना लगाउँदै गर्दा उ छेउमा परेको थियो । मनमा जतिसुकै साहस भए पनि जंङका अगाडीको आट ठुलै हुने रहेछ । उसले ठुलो साहस लगेर पहिलो फाईरिङ गर्यो हातहरु कापिरहेका थिए उसका मन  भड्कीएको थियो । यत्तिकैमा उताबाट लगातार फाईरिङ आयो ,छेउको साथि ड्याम्मै ढल्यो विचरा आमा पानी भन्दै थियो ,के गर्न सकेन उसले दौडियो अगाडी त्यो घाईतेको प्रवाह नगरी । खलङ्गा बजार माथिको त्यो डाँडाबाट उनीहरु दौडिदै क्याम्प नजिकै आईसकेका थिए । उ बन्दुक सोझाउदै अगाडि बढ्यो , बढ्दै थियो अकस्मात उसकै कन्चटमा बन्दुक तेर्सियो उ चुपचाप हतार हतार बन्दुक भुईमा राखेर हातहरु माथि उठायो र बन्दुक तेर्साउने तिर के हेरको थियो उसको मुखबाट फुत्कीयो दाई तँपाई । दाईले पनि भाई तँ । कस्तो अचम्मको भेट दुईभाईको दुवै कति बाध्यतामा छन् । तै पनि एउटै रगत भएर होला एकले अर्कालाई बचाउन थाले दुबैको मुखबाट निस्कीयो भागौँ यहाँ नबसौँ । उ दाईलाई बजारको एउटा घर नजिकै लगेर छाडेर त्यहाँबाट आफ्नो टिममा फर्कियो । त्यतिबेला सम्म मैदान सान्त भई सकेको थियो । तिला नदिमा उनीहरुले पानी खाए । निर्मल कन्चन त्यो पानीमा रक्ताम्मे भएका ति हात गोडा पखालेर त्यहाँबाट लुक्दै भाग्दै हिडे ।

देशै भरि ठुलो जमातमा संगठित भएर युद्धविरामको आह्वान गरिरहेका थिए । तर ति साना बस्तीहरुका दुःख उस्तै थिए , उस्तै थियो लाचारी सरकार । तर यसको बाटो युद्धबाट मात्रै होईन भन्ने  उसले बुझी सकेको थियो । आखिर युद्ध गरेर के फाईदा हामी हाम्रै दाजुभाई लडिरहेका रहेछौ । मानवता हामीमा हराएछ । बुद्धको देशमा अंहिशा कत्ति पनि नसुहाएको उसले महशुुस गर्यो । उ यस्तै कुरामा धेरै बेर टोलाएर बसिरहेको थियो । कमरेट अन्जलीले उसलाई झस्काई ।

गल्ती ति नाजवाफ जन्ताको के थियो र सरकारी पक्षबाट अन्धाधुन्द गोली चलाईएको छ थिर्पुकोटमा । लडाकु कमान्डरहरु बस्छन् भन्ने निहुँमा । सरकारले बास्तविकता नबुझी त्यो सभ्य मानव बस्तीमाथि पशु अवतार देखायो । मान्छेका ति सिर्जना र विवेकले भरिएका मानसपटल, ति निश्पक्ष र निश्वार्थी आँखा, माया र संवेदनाले भरिपूर्ण मुटु, मुस्कानले भरिएका ति ओठहरु, शिल्पी हातहरु,लगनशिल र मेहेनेतीका पाईलाहरु दैत्यको अवतारले तहसनहस भए। आँधिको चपेटा र पिडा खेपेको खरे घर जस्तै भयो त्यो मानब बस्ती । पानीका धाराहरुको रङ रातो भयो । सबै  रक्ताम्मे भयो बस्ती । भोली पल्ट समााचार आयो थिर्पुकोटमा दोहोरो झडमा परि लडाकुहरुको ज्यान गयो ।

                 उसलाई यस्ता अत्यााचार लाग्दा समाचारहरु सुनेर रिस उठेर आउथ्यो । बिचरा ति सभ्य बस्तीका मानिसहरु कसरी  लडाकु भए , लडाकुको रिशले तिनिहरुमाथि अत्याचार भएको उसले महशुुस गर्यो । सरकारले बिद्रोहीको नाममा जनतालाई हेपेको छ , पछारेको छ , तर ति निश्वार्थ भावना बोकेका जनताको बारेमा सोचेको छैन ।

           विद्रोहीको नाममा ज्यान गुमाउने ति परिवारका सेतो बस्त्रधारी नारीहरु र ति लालाबालाहरुको स्थिति अवस्था सम्झन्छ उसलाई डाको छोडेर रुन मन लाग्छ आत्म गलानी हुन्छ । कान्तिपुर र नागरिक दैनिकका फ्रन्ट पेजमा छापिएका ति अवला विधवा नारीहरुको विचल्लीका तस्वीरहरु सम्झन्छ ,झन् धेरै पिडा हुन्छ । सम्पतिको नाममा समाजमा रहेका कलंकहरुले गर्दा नै यस्तो अवस्थामा आईपुगेको उसको मनले स्विर्काछ । र उसलाई थाहा छ अब यो सामन्तबादको जरा धोटीएरै सकीदै छ तर कहिले सकिन्छ थाहा छैन ।

                              वि.सं २०६२ मंसिर महिनामा भएको १२ बुदे सहमतिले यद्धलाई केही हदसम्म नियन्त्रण गरेको थियो । यसै बिचमा २०६३ मंसिर ५ मा भएको सरकार र द्धन्द्धरत पक्ष बिचमा सधैका लागि बलिरहेको द्धन्द्धको आगो निभाउने सहमतीले साकार रुप पायो । देशमा शान्ति स्थापना भयो , मनमा हरेक दिन डर र तरास लिएर बाँचेका मुटुहरुले शान्तिले श्वास फेर्न पाएका छन् । अब त सबै स्वतन्त्र भए आजात पंक्षी जस्तै ।

                  द्धन्द्धमा होमीएका उ जस्ता धेरै आज आएर बेरोजगारी छन् जसको बाध्यता बिदेशीनु छ । द्धन्द्धको आगो निभेको ११ वर्ष भन्दा बढि भई सक्यो । यस बिचमा धेरै सरकार आए , गए तर उ जस्तालाई कुनै सरकारले फर्केर हेरेन । पढ्ने समयमा बन्दुक समाउन आमाका काखबाट लुछेर लगियो शन्ति स्थापना पछि तिनैलाई अयोग्य लडाकु नामको ट्याग टाँसीदियो सरकारले । देशमा शान्ति स्थापनाका खातिर लागे बाफतको पसिनाको मुल्य पैसमा नापेर घर पठायो । तैपनि उ जस्ता धेरैले मन बुझाएकै छन् ।

उनीहरु चाहन्छन् देशका हरेक चेलीहरु सुरक्षीत महशुस गरुन, जहाँ जाउन त्यही सम्मानीत र ढुक्क  भएर बस्न पाउन् । बा आमालाई मेरा छोरा छोरी जता गए नि सुरक्षित छन् भन्ने महशुस होस् । कसैले पनि बिदेशीनु नपरोस् ।सरकारले सबैका पक्षमा बराबरी बकालत गरोस् , राजनीतीको मारमा कोही नपरोस् सुदुरका समस्यालाई पुर्वले र पुर्वका समस्याहरु सुदुरले समाधान गर्ने वातावरण होस् ।तराईको बाढिमा हिमालले सहारा दिन सकोस् र हिमालका पहिराहरुमा तराईले सहारा देवस्, महिला र पुरुष दुई जातिहरुले सँगै हातेमालो गरेर देश विकास गर्ने वातावरण बनोस् ।  

लेखकः नविन काफ्ले अभि 

लेखकलाई सामाजिक सजांलमा भेट्न यहाँ थिच्नुहोस्

कपिलवस्तुको शिवराज नगरपालिकामा नवाैँ माघी(खिचडी) महाेत्सव हुने ॥

राम अवतार चाैधरी
चन्द्राैटा(कपिलवस्तु)/ ८ पाैष ।
थारु समुदायको माघी(खिचडी)नजिकिँदै गर्दा थारु कल्याणकारी सभाले कपिलवस्तुमा हुना लागेकाे महाेत्सवकाे तयारीका लागि १ सय १३ मूल कार्य समिति गठन गरेकाे छ ।
 हिजाे जिल्लाको बुद्धभुमि न.पा.२, गाेरूसिंगे स्थित थाकसकाे प्राङ्गणमा बसेकाे बैठकले शिवराज नगरपालिकामा नवाैँ माघी महाेत्सव २०७५ माघ २,३ र ४ गते शिवराज नगरपालिकामा लगाउने निर्णय गरेकाे हाे ।
 थारु कल्याणकारी सभाकाे कपिलवस्तु जिल्ला संयाेजक उमा शंकर थारुकाे संयाेजकत्वमा बसेकाे बैठकले महाेत्सवलाई भव्य र सभ्य सफल बनाउन मूल समिति गठन गरेकाे छ । जसकाे समितिका सह-संयाेजकमा बाणगंगा नगरपालिका-५ का महादेव थारु, सह-संयाेजकमै महिला सभापति मञ्जु थारु र अर्का सह-संयाेजकमै शिवराज नगरपालिकाबाट सुमन थारु रहेका छन् ।
यसैगरी सदस्यहरूमा कपिलवस्तु जिल्ला कार्य समितिका पदाधिकारी(१० जना), जिल्ला सल्लाहकार सदस्यहरू, इकाई सभाका सभापतिहरू(१९ जना), उप-समितिका संयाेजक तथा सदस्यहरू(७७ जना) रहेका छन् । त्यसैगरी कपिलवस्तु जिल्लाका महिला सभाका पदाधिकारी तथा सदस्यहरू र जिल्ला युवा सभाका पदाधिकारी तथा सदस्यहरू रहेकाे अायाेजक कमिटीले बताएकाे छ ।
 यसैबीच थारु समुदायको महान चाँड अर्थात् नयाँ बर्ष माघी(खिचडी) काे अवसरमा कपिलवस्तु जिल्ला अन्तर्गत समग्र थारु समुदायको संस्कृति, भेषभुषा, रहनसहन रितिरिवाज वा परम्परालाई सम्प्रेषण, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले नवाैँ माघी(खिचडी) महाेत्सव अायाेजना गर्न लागेकाे थारु कल्याणकारी सभाकाे केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बताए ।
उक्त माघी महाेत्सव सम्बन्धि छलफल, निर्णय तथा अावश्यक जिम्मेवारी प्रदान गर्न स्थानीय कमिटी लगायत विभिन्न कार्य समिति गठन गर्न शिवराज नगरपालिका-५, चन्द्राैटामा यहि पाैष १० गते बस्ने निर्णय गरेकाे थाकसकाे जिल्ला सभापति उमा शंकर थारुले जानकारी गराएका हुन् ।

दाङ दुर्घटना : शोकमा दाङका बजार र विद्यालय बन्द, रित्तियो शिक्षालय

दाङ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कपिलवस्तुको ओदारीमा निशुल्क स्वास्थ्य परिक्षण

कपिलवस्तुको बाणगंगा नगरपालिकाको वडा नः ११ ओदारीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइसिएफसि फाइनान्स लिमिटेड ओदारी शाखा र सि एण्डसि अस्पताल जितपुरकोे सहकार्यमा निशुल्क स्वास्थ्य परिक्षणको आयोजना गरिएको हो । सो अवसरमा दन्त परिक्षण, मुटुको ईसिजि, रतmचाप , मधुमेहको जाचसगै निशुल्क उपचारको ब्यवस्था समेत गरिएको आइसिएफसि फाइनान्स लिमिटेडका क्षेत्रीय ब्यवस्थापक अमृत शर्माले जानकारी दिए । बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको स्वास्थ्य परिक्षण गर्दै निशुल्क स्वास्थ्य शिविर उद्यघाटन गरिएको थियो । बित्तिय सस्थाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर उदारणीय काम गरेको बताउदै अन्य बित्तिय सस्थाले पनि यसको सिको गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले बताए ।

विरमा बाणगंगा र कपिलवस्तु नगरपालिकाका साथै शुद्धोधन गाउपालिकाबाट ४२५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको आइसिएफसि फाइनान्स लिमिटेड ओदारीका प्रमुख रमेश ज्ञवालीले बताए । सो अवसरमा सि एण्डसि अस्पतालका डा.प्रकाश पुन, डा. निलम थापा र डा लक्ष्मण खडकाले बिरामीको जाच गरेको आइसिएफसि फाइनान्स लिमिटेड ओदारी शाखाका कर प्रमुख कुमार थापाले जानकारी दिए । ओदारी बजारमा यसरी निशुल्क स्वास्थ्य परिक्षण हुदा सहभागि निकै खुशी भएको बताउदै समयसमयमा यस्ता राम्रा काम निरन्तर हुन आवश्यक रहेको बताए थिए ।

फेसबुकमा पीडा पाेख्दै एसपी विष्ट, भन्छन्- ‘इमानदार बन्दाबन्दै जागिर गयाे’

डोटी । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।

‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो, तर निष्ठा र स्वाभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’ सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेख्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।