वाइडबडी खरिदमा ‘नक्कली लालपुर्जा’ को सक्कली कथा यस्ताे छ

काठमाडौं । नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा हामीसँगै छ।’

विमानको ‘लालपुर्जा’ सुनेर अचम्मित भएका हवाई क्षेत्रका विज्ञ तब झस्किए, जब उनले देखाएका कागजातमा खोटैखोट भेटिए। एउटा अनलाइनसँग उनले भनेका थिए, ‘२५ अर्बको सामान बिनास्वामित्व किन्ने मूर्ख होइन म।’

‘तर, पच्चीस अर्बको सामान आफैंले बनाएको कम्पनीसँग किन्न र त्यही कागजलाई लालपुर्जा भन्न मिल्छ ? ’ नेपाल एयरलाइन्सकै एक पदाधिकारी प्रश्न गर्छन्, ‘सम्झौता गर्ने कन्सोर्टियमका पार्टनरको हस्ताक्षर बिल अफ सेल नामक कागजमा किन राखिएन ? ’

सम्झौतामा राखिएको बिल अफ सेलको नमुना र अहिले बाँडिएको बिल अफ सेल भनिएको कागज

नेपाल एयरलाइन्स र हाई फ्लाई एक्सबीच गरिएको जहाज खरिद सम्झौतामा बिल अफ सेलमा कन्सोर्टियका तीनवटै कम्पनीको पनि हस्ताक्षर हुने व्यवस्था राखिएको थियो। सम्झौताको पृष्ठ ३९ मा बिल अफ सेलको नमुना सामेल थियो। त्यसमा पाँचै कम्पनी लोगोसहित देखिन्थे। विमानसँग पठाइएको ‘बिल अफ सेल’ मा भने ती कम्पनी सरक्क हटेर हाई फ्लाई एक्सलाई मात्र हस्ताक्षर गराएका छन्। त्यसैलाई ‘सक्कली’ बिल अफ सेल ठानेर भन्सार विभागले जहाजको भन्सार लिएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वामित्वसहित दर्ता गरिदिएको छ। याे विशेष रिपाेर्ट आजको अन्नपूर्ण पाेस्टमाछ।

कांग्रेसकाे बन्दसत्रमा ‘धर्म बहस’ : ‘धर्मनिरपेक्षता’को विरोध, हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर

काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे।

धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए ।

बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ । हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार रहेका नेता राजुराज जोशीले गरिरहेका छन् । उनले सोमबार बैठकमा लिखित रूपमै हस्ताक्षर पेश गर्ने तयारी रहेको बताए ।

हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् । आइतबार साँझसम्म ६ सय नेताले हस्ताक्षर गरिसकेका छन् । याे खबर आजको अन्नपूर्णा पाेष्टमा छापिएकाे छ ।

स्वास्थ्य मन्त्रालयले दियाे अस्पतालका नाउँमा ‘खाली भवन’लाई २ करोड !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ । जनताले सस्तो र गुणस्तरीय सेवा लिन टाढा जान नपरोस् भनी सरकारले देशभरका सामुदायिक अस्पताललाई वर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ ।

मन्त्रालयले डडेलधुराको अपी सामुदायिक अस्पताललाई दुई करोड चार लाख ६० हजार रुपैयााँ दियो । तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनमा जाँदा अस्पतालमा सेवा लिन बिरामी नै नआएको फेला पर्यो । मन्त्रालयका अनुसार एक महिनामा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ ।

उनीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किने गरेका थिए । अस्पतालले मापदण्ड पनि पूरा गरेको छैन । उपक्षेत्रीय अस्पताल भन्दा करीब १५ सय मिटरमा रहेको उक्त अस्पताललाई अनुदान रकम दिन जरुरी नभएको सरकारी टोलीले ठहर गरेको छ । याे खबर आजको नयाँ पत्रिकामा छ।

पर्यटकलाई बिरामी बनाउँदै हेलिकोप्टरबाट उद्धारका नाममा भएका लुटको पर्दाफास

काठमाडाैं । पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरू बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्, तर पर्यटकलाई योजनाबद्ध रूपमा औषधि खुवाएर बिरामी पारी उद्धारका नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गत जेठमा सत्य–तथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झा सदस्य तथा पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्यसचिव थिए । उद्धारका नाममा भएका लुटको पर्दाफास गर्दै समितिले तयार पारेको प्रतिवेदन आजको नयाँ पत्रिकाले छापेकाे छ ।

अश्लीलता पस्किने तीन लाख वेभसाइट बन्द

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पच्चीस लाख अश्लील वेभसाइट बन्द गरिएको र क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गरिने जानकारी दिए ।

इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । याे खबर आजको  नेपाल समाचारपत्रमा छापिएकाे छ ।

सरकारको आलोचना गर्न आवश्यक छैन – मन्त्री खनाल

वैखरी कपिलवस्तु,

वर्तमान सरकारले दिगो योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको हुनाले बजारमा हुने गरेका सरकार विरोधी टीका टिप्पणीहरू अनावश्यक रहेको कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले बताउनु भएको छ ।१० औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन एवम् औद्योगिक प्रदर्शनी २०७५ को समापन सत्रमा बोल्दै मन्त्री खनालले उक्त कुरा बताउनु भएको हो ।

सरकारले जनता सँग प्रत्यक्ष जोडिएका राष्ट्रको समग्र विकासका निमित्त समृद्धि र विकासको योजना सफल पार्न विशेष योजनाहरू तयार गरेको र उक्त योजनाहरू पाँच वर्ष भित्र सफल बनाएर सुखी र समृद्ध नेपाल बनाउने तयारीमा सरकार जुटेको बताउनु भयो ।पाँच वर्ष भित्र देशमा ऊर्जा र कृषि क्षेत्रमा असीमित विकास हुने तथा देशमा लाखौँ पर्यटक भित्रिने गरी सरकारले खास योजनाहरू तयार गरेको मन्त्री खनालले बताउनु भयो ।

देशको समग्र विकास ,पलायन हुँदै गरेको देशको श्रमशक्तिलाई रोक्ने गरी एकीकृत योजनाहरूको तयारीमा समेत सरकार जुटिरहेको प्रस्ट पार्नु भयो ।जिल्लाका पुराना नगरपालिकाहरू भन्दा बाणगंगा नगरपालिकाले विकासमा फड्को मार्दै गएको भन्दै मन्त्री खनालले कपिलवस्तु जिल्लाको समग्र विकासको नेतृत्व लिने गरी बाणगंगा नगरपालिकाले विशेष योजनाहरू तयार पार्नु पर्ने कुरामा जोड दिनु भयो नगरपालिकाले समग्र विकासको क्षेत्रमा योजनाहरू बनाएर अन्य नगरहरूले समेत अनुकरण गर्ने गरी योजनाहरू तयार गर्नु पर्ने समेत बताउनु भयो ।

आठौं टिभिएस कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापालाई (फोटो फिचर )

आठौँ कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापाले जितेकी छिन । वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मण घाट निवासी थापाले  कपिलवस्तु जिल्ला भरिका ८८ जना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै  उपाधि चुम्न सफल भएकी हुन उपाधि सँगै उन्ले टिभिएस स्कुटर प्राप्त गरेकी छिन । प्रतियोगितामा वाणगंगा नगरपालिका वडा नं. ८  का  पूजन मल्ल दोस्रो हुन सफल भएका छन् उन्ले नगद रू एक लाख रुपैयाँ प्राप्त गरेका छन् भने वाणगंगा नगरपालिका वडा नं. ७ कि  चाहना गिरी तेस्रो स्थानमा आउन सफल भएकी छिन उन्ले नगद रू पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गरेकी छिन । प्रतियोगिताको चौथो स्थानमा आज्ञा शर्मा आउन सफल भएकी छिन उन्ले पच्चिस हजार  नगद प्राप्त गरेकी  छिन ।

 

 

आठौँ कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापाले जितेकी छिन । वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मण घाट निवासी थापाले  कपिलवस्तु जिल्ला भरिका ८८ जना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै  उपाधि चुम्न सफल भएकी हुन उपाधि सँगै उन्ले टिभिएस स्कुटर प्राप्त गरेकी छिन । प्रतियोगितामा वाणगंगा नगरपालिका वडा नं. ८  का  पूजन मल्ल दोस्रो हुन सफल भएका छन् उन्ले नगद रू एक लाख रुपैयाँ प्राप्त गरेका छन् भने वाणगंगा नगरपालिका वडा नं. ७ कि  चाहना गिरी तेस्रो स्थानमा आउन सफल भएकी छिन उन्ले नगद रू पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गरेकी छिन । प्रतियोगिताको चौथो स्थानमा आज्ञा शर्मा आउन सफल भएकी छिन उन्ले पच्चिस हजार  नगद प्राप्त गरेकी  छिन ।

 

 

 

आठौँ कपिलवस्तु डान्स आइडलको उपाधि स्नेहा थापाले जितेकी छिन । वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मण घाट निवासी थापाले  कपिलवस्तु जिल्ला भरिका ८८ जना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै  उपाधि चुम्न सफल भएकी हुन उपाधि सँगै उन्ले टिभिएस स्कुटर प्राप्त गरेकी छिन । प्रतियोगितामा वाणगंगा नगरपालिका वडा नं. ८  का  पूजन मल्ल दोस्रो हुन सफल भएका छन् उन्ले नगद रू एक लाख रुपैयाँ प्राप्त गरेका छन् भने वाणगंगा नगरपालिका वडा नं. ७ कि  चाहना गिरी तेस्रो स्थानमा आउन सफल भएकी छिन उन्ले नगद रू पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गरेकी छिन । प्रतियोगिताको चौथो स्थानमा आज्ञा शर्मा आउन सफल भएकी छिन उन्ले पच्चिस हजार  नगद प्राप्त गरेकी  छिन ।

 

 

 

 

 

नेतृत्वमाथि वामदेवका ६ प्रहार : पार्टीको टाउको छ, ज्यान छैन

काठमाडौं १ पुस – नेकपा स्थायी कमिटी सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै गौतमले पार्टी नेतृत्वमाथि गुटबन्दी गरेको तथा एकताको भावनाविपरीत काम गरेर पार्टीको छवि धुमिल बनाएको आरोप लगाएका हुन्।अध्यक्षद्वयले प्रस्तुत गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा १६ पृष्ठको फरक मत राख्दै गौतमले नेतृत्वको गैरजिम्मेवार व्यवहारका कारण पार्टीले प्रभावकारी ढंगले काम गर्न नसकेको दाबी गरेका हुन्। यस्ता छन् उनका आरोप :१. जन्मदै गुटबन्दीको गन्ध

पूर्व एमालेभित्र गुटबन्दीको रोग सबैले महसुस गरेको उनको भनाइ छ। तर एकीकृत पार्टीलाई पनि त्यो रोगले गाँजेको उनको भनाइ छ। खास नेताले आफ्नो पक्ष बलियो बनाउन पार्टीमा गुटबन्दी गरिरहेको गौतमले आरोप छ।

‘पुनर्गठित नेकपाभित्र एकीकरण प्रयत्न सुरु गरिएकै अवस्थादेखि गुटबन्दीको गन्ध आउन थाल्यो’, प्रतिवेदनमा उल्लेख छ, ‘अहिले जति कमिटी एकीकरण गरिँदैछ, तिनमा खास नेताले आफ्नो पक्ष बलियो बनाउन मापदण्ड, मूल्य, मान्यता मिच्दै र पदको दुरुपयोग गर्दै आफ्नो पक्षका व्यक्तिलाई भर्ती गर्ने प्रयत्न भइरहेको छ।’

‘निश्चित योजनाका साथ गोप्य रुपमा प्रशिक्षण दिन थालिएको चर्चा सुनिन थालेको’, उनले उल्लेख गरेका छन्।

२) पार्टीको टाउको छ, ज्यान छैन

राजनीतिक पार्टीका निम्ति केन्द्रीय कमिटी टाउको र मातहतका कमिटी हातखुट्टा भएको चर्चा गर्दै गौतमले नेकपासँग हातखुट्टा नभएको उल्लेख गरेका छन्। ‘आज नेकपासँग केही सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ, तर हात र खुट्टासहितको अवयव छैन’, उनले भनेका छन्, ‘६ महिनासम्म यो पार्टीको टाउको त केही हदसम्म चलमलाएको देखिन्छ तर हातखुट्टासहितका अवयव बनेकै छैनन। बनेका कमिटीका बैठक पनि हुन सकेका छैनन।’

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन हुन नसकेको उल्लेख गर्दै उनको फरक मतमा लेखिएको छ, ‘कार्यविभाजन नभएपछि केन्द्रीय सदस्य हुनु र नहुनुमा फरक छैन। पार्टीका सदस्य र सबै कार्यकर्ता दिग्भ्रमित छन्, समर्थक/शुभचिन्तक अन्योल र दुविधाग्रस्त छन्।’

३) …सत्य यस्तै छ

देश विदेशमा पूर्व एमालेका करिब चार लाख र पूर्व माओवादी केन्द्रका करिब ३ लाख सदस्य रहेको तर उनीहरूले आधिकारिक रुपमा अहिले पनि पार्टी एकीकरणको जानकारी नपाएको गौतमले उल्लेख गरेका छन्। ‘७ महिनासम्म ७ लाख पार्टी सदस्यको खोजबिन छैन, भेटघाट छैन, नीति निर्देश छैन, छलफल छैन, अधिकार र कर्तव्यको पालना के भइरहेको छ केन्द्रीय कमिटीलाई थाहा छैन’, उनले लेखेका छन्।

ओली-प्रचण्डको राजनीतिक प्रतिवेदनमा बामदेवको फरक मत

‘निर्वाचन आयोगमा नेकपा दर्ता भएपछि ७ लाख पार्टी सदस्यले केन्द्रीय कार्यालयतर्फ मुख फर्काएर बसेका छन्। तर उनीहरूले सिंगो पार्टीको अनुहार देख्न पाएका छैनन्’, प्रतिवेदनमा भनिएको छ, ‘केही महिना पहिले मात्र नेकपाका दुई ठूला पार्टीलाई मतदान गरेका करिब ५० लाख जनता पार्टीलाई खोज्न आँखा घुमाउँछन्, तर पार्टी कहीँ पाउँदैनन्।’

गौतमले यसको जिम्मेवार पार्टीको नेतृत्व भएको दाबी गरेका छन्। ‘एकीकृत पार्टीका नेताहरूको गैरजिम्मेवार व्यवहारकै कारण यसो भएको हो भन्दा कसैकसैलाई पत्याउन गाह्रो लाग्छ होला तर सत्य यस्तै छ।’

४) नेतृत्वले संगठनको महत्व बुझेन

नेकपाको नेतृत्वमा रहेका व्यक्तिमा पार्टीको संगठनात्मक संरचनाको महत्व स्थापित हुन नसकेको गौतमको भनाइ छ। ‘या त उहाँहरूले संगठनात्मक संरचनाको महत्व बुझ्नै सक्नुभएको छैन या बुझेर पनि बेवास्था गरिरहनु भएको छ’, गौतमले लेखेका छन्, ‘यो भन्दा अर्को निष्कर्ष निस्कन सक्दैन।’

नेतृत्वका कारण कम्युनिस्ट आन्दोलनप्रति नै वितृष्णाको अवस्था आएको गौतमको विश्लेषण छ। ‘आधा शताब्दी लामो संघर्षबाट नेपाली जनताको मनमस्तिस्कमा परेको कम्युनिस्ट आन्दोलनप्रतिको सकारात्मक छापमा जे जति नोक्सान या गतिशून्यताले पारेको छ, त्यसको क्षति भयावह अर्को बलिदान र त्यागले पनि पूरा गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसको जवाफदेही कसले लिने ?’, गौतमले प्रश्न गरेका छन्, ‘यो करोड नेपाली जनता र लाखौँ पार्टी सदस्यले अगाडि सार्ने पार्टीको जीवन मरणसँग सम्बन्धित प्रश्न हो।’

५. सैद्धान्तिक छलफल भएन

पूर्व एमाले र पूर्व माओवादी केन्द्रका आआफ्ना मार्गदर्शक सिद्धान्तको छलफल पनि उपयुक्त ढंगबाट हुन नसकेको उनको आरोप छ।

एमालेले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो सैद्धान्तिक मार्गदर्शक सिद्धान्त मान्थ्यो भने माओवादी केन्द्रले मार्क्सवाद, लेनिनवाद, माओवाद र एक्काइसौँ शताब्दीको जनवादलाई। ‘तर अहिलेसम्म सैद्धान्तिक छलफलका नित्मि उपयुक्त समय खोज्ने काम भएकै छैन’, उनले भनेका छन्

६. घोषित विरोधीलाई संरक्षण

हालै सरकारी सहयोग र संलग्नतामा भएको एसिया प्रशान्त क्षेत्रीय सम्मेलनबारे पनि उनले आफ्नो प्रतिवेदनमा असन्तुष्टि देखाएका छन्। पार्टीका घोषित विरोधीलाई सरकारले सहयोग र संरक्षण गरेको उनको आरोप छ।

‘कम्युनिस्ट विचार र पार्टीका घोषित विरोधी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी सहयोग र संरक्षण दिएको देखिएको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘यस्तो प्रवृत्ति हालै काठमाडौंमा आयोजित एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा प्रकट भएको छ।’

ओली र प्रचण्डकाे संयुक्त प्रतिवेदनलाई ‘टक्कर’ दिने वामदेवकाे छुट्टै प्रतिवेदन यस्ताे छ (पूर्ण पाठसहित)

काठमाडौं । झण्डै पाँच महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारबाट सुरु भएको छ । पार्टी मुख्यालय धूम्बाहरीमा शुरू भएकाे बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

स्थायी कमिटीमा नेता वामदेव गौतमले भने छुट्टै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेता गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनलाई ‘टक्कर’ दिँदै फरक प्रतिवेदन पेश गरेका हुन् । ‘व्यक्तिगत’ भनिए पनि गौतमको फरक मतलाई नेतृत्वप्रति असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको एकीकृत धारणा ठानिएको छ ।

ओली निकट मानिएका गौतम पछिल्लो समय नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । उनले आफ्नो प्रतिवेदन व्यक्तिगत रुपमा पेश गरेको बैठकमा जानकारी गराएको छ ।

प्रतिवेदन पेशपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । अाज दुबै प्रतिवेदनमा अध्ययनका लागि समय दिइएको नेकपाले जनाएको छ ।

छुट्टै प्रतिवेदनको पूर्ण पाठ

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)
पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा
स्थायी कमिटीमा प्रस्तुत मेरो विचार
(१)
दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्नसकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो । दशक पहिलेदेखि पार्टी एकीकरणका प्रयत्न शुरु गरिएको भएपनि तात्कालिक राजनीतिक अवस्थाका कारण पार्टीको सिद्धान्त, विचार रआन्दोलनका दौरान विकसित कतिपय मूल्य र मान्यताहरुका सम्बन्धमा व्यापक छलफल र तार्किक निष्कर्षमा पुर्‍याउन नपाउँदै पार्टी एकीकरण गर्ने निष्कर्षमा हामी पुग्यौं । पार्टी एकता संयोजन समिति निर्माण गरेर तत्काल साझा घोषणाका आधारमा नेपालको संविधान जारी भएपछिको प्रतिनिधि सभा र प्रदेश सभाकोे पहिलो निर्वाचनमा हामी ठूलो उत्साहका साथ सामेल भयौं । निर्वाचनमा अपेक्षित परिणाम प्राप्त भएपछि केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा सरकार निर्माण गर्ने काममा लाग्दै हामीले पार्टी एकीकरणको कामलाई अगाडि बढायौं । एकीकरण भन्दा पहिले नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बाट निर्वाचित भएका प्रतिनिधिसभाका सदस्यहरुको समर्थनमा तत्कालिन नेकपा (एमाले) का अध्यक्ष क.के.पी. ओली २०७४ फागुन ३ गते नेपालको ४१औं प्रधानमन्त्री नियुक्त हुनुभयो । उहाँले नयाँ मन्त्रीमण्डलको गठन गर्दै सरकारको वागडोर सम्हाल्नु भएको सर्वविदितै छ ।सरकार निर्माण भएको दुई महिनापछि दुबै पार्टीका केन्द्रीय कमिटीको सर्वसम्मत अनुमोदनमा पार्टी एकीकरण गर्ने ऐतिहासिक निर्णय भयो । तद्नुरुप वि.सं.२०७४ जेठ ३ गते दुबै पार्टीका केन्द्रीय कमिटी समावेश गरी ४४१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्माण गरियो । पार्टी एकता संयोजन समितिको प्रस्तावमा केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय केन्द्रीय सचिवालय निर्माण ग¥यो । सोही समितिले निर्माण गरेका कार्यदलहरुले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र विधानलाई केन्द्रीय कमिटीले अनुमोदन ग¥यो । तिनकै आधारमा ऐतिहासिक पार्टी एकीकरणको घोषणा गर्दै निर्वाचन आयोगमा दर्ता गरियो र पार्टीको नाम, झण्डा र निर्वाचन चिन्ह समेत प्राप्त भयो ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कोे उदयलाई नेपाल र संसारभरीका कम्युनिष्ट क्रान्तिकारीहरुले ठूलो उत्साह, आशा र भरोसाका साथ हार्दिक स्वागत गरे । झण्डै दुईतिहाई स्थानकासाथ संघीय संसद्मा नेकपाको उपस्थितिबाट ६० वर्षभन्दा लामो समयदेखि कायम राजनीतिक अस्थिरता समाप्त भएको निष्कर्षका साथ फड्को मारेर राष्ट्रमा समृद्धि कायम हुनेछ भन्ने आशा बहुसंख्यक जनताले व्यक्त गरे । त्यहीभएर नेकपाका अध्यक्ष प्रधानमन्त्री नियुक्त हुँदा जनताले ठूलो उत्साहका साथ हार्दिक स्वागत गरे । तर सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरे पछि चारैतिर निराशा छाउन थाल्यो । अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरुका गतिविधिहरुले जनतामा निराशा झन् बढ्न थालेको छ ।

अहिले पार्टी एकीकरण घोषणा पछिका ७ महिना र सरकार निर्माण पछिका ९ महिना वितिसकेका छन् । यस अवधिमा एकीकृत केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालय निर्माण गर्नु भन्दा एकीकरणका अरु काम अगाडि बढ्न सकेका छैनन् । नेपालको संविधानको मार्गदर्शन तथा पार्टीले निर्वाचनमा अघिसारेको घोषणापत्र बमोजिम नयाँ युग निर्माण गर्ने उद्घोषका साथ नीति, कार्यक्रम र बजेट प्रस्तुुत हुन नसक्दा जनतामा निराशा उत्पन्न भयो । पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनु भएका कमरेडहरुले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सृजना गर्ने तर्फ कुनै कदम चाल्नु भएन । तीब्र गतिमा पार्टीको पुनर्गंठन गर्दै सरकारलाई जनताको अपेक्षा अनुरुपका लोकप्रिय कार्यक्रमहरु घोषणा गर्नेतर्फ पार्टीका प्रमुख नेताहरु लाग्नुहुन्छ की भन्ने अहिलेसम्मको स्थितिलाई हेर्दा आशा गर्न सकिने अवस्था देखिएन । यस्तो अवस्थामा देशको आवश्यकता तथा नेपाली जनताका आशा–अपेक्षा पूरा गर्नेतर्फ पार्टी र सरकारलाई अघि बढाउन नेपालको कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गरेका र त्यसका निम्ति क्रियाशील नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार कमरेडहरुबाट गम्भीर चिन्ताका साथ सम्पूर्ण नेता र सिंगो पार्टीको ध्यानाकर्षण गर्न यो दस्तावेज प्रस्तुत गरिएको छ । आशा छ पार्टी नेतृत्वले यसलाई सकारात्मक रुपमा लिनेछ ।

(२)
पार्टी एकता संयोजन समिति निर्माण हुँदा नै प्रधानमन्त्री र एकीकृत पार्टीको नेतृत्व सम्वन्धमा भएको समझदारी वमोजिम तत्कालिन नेकपा(एमाले) का अध्यक्ष क. केपी शर्मा ओली प्रधानमन्त्री वन्ने कुरा दुबै पार्टीका कार्यकर्ताहरुले बुझिसकेका थिए । त्यसो भएतापनि पार्टीको सर्वोच्चता स्थापित गर्न अध्यक्ष क. केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार वनाउन पार्टीको संस्थागत निर्णय हुनुपर्दथ्यो । तर, हतार–हतार ससंदीय दलको नेता मनोनित गराईयो र त्यसै दिन साँझ प्रधानमन्त्रीलाई शपथ दिलाइयो । त्यसबेला पार्टी कमिटिको बैठक बोलाई विधिवत निर्णय गराउने आवश्यकता पार्टी अध्यक्षले महसुस गर्नुभएन । प्रधानमन्त्रीले शपथ गरेकै दिन २ जना मन्त्रीहरुलाई पनि शपथ गराइयो । तर, त्यसका निम्ति पनि पार्टीमा निर्णय गर्ने आवश्यकता देखिएन । त्यसपछि विभिन्न चरणमा मन्त्रीमण्डलमा मन्त्रीहरु थप्दै २३ जना पु¥याइयो । तत्कालिन पार्टीमा जानकारी दिने आवश्यकता पनि ठानिएन । पार्टी एकीकरण पछि संघीय समाजवादी फोरमलाई सरकारमा साझेदारी गर्न लगाइयो र २ जना मन्त्रीहरु थप्ने काम भयो ।

मन्त्रीमण्डलमा २ जना व्यक्ति पठाउने अर्कै पार्टीको जिम्मेवारी भएपनि त्यो पार्टीलाई सरकारमा साझेदारी गराउने सम्वन्धमा नेकपाको संस्थागत निर्णय जरुरी थियो । तर, प्रमुख नेताहरुलाई पार्टी निर्णयको आवश्यकता नै महसुस भएन । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट गत बैसाख र जेठमा प्रस्तुत गरेको छ । यसबारे पार्टी निर्णयको त कुरै छोडौं जिम्मेवार निकाय र पार्टीका अन्य नेताहरुलाई जानकारी समेत दिइएन । राष्ट्रिय सभामा तीन जना सदस्यहरु मनोनयन गर्दा पनि पार्टीको कुनै निकायसित सल्लाह, सुझाव लिने, छलफल र निर्णय गर्ने आवश्यकता नै ठानिएन । दुई पटक विभिन्न देशमा विभिन्न व्यक्तिहरुलाई राजदुत बनाएर पठाउने सरकारले निर्णय गर्‍यो तर पार्टीको कुनै निकायमा छलफल र निर्णयको आवश्यकता महसूश गरिएन ।

भर्खरै नेपाल सरकार संलग्न एउटा अन्तर्राष्ट्रिय गैर सरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडेरेशनको आयोजनामा काठमाण्डौमा एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन भयो ।त्यसमा पार्टीका उच्च पदस्थ नेताहरु, नेपाल सरकारसहित प्रदेश र स्थानीय तहका सरकारहरुलाई पनि सामेल गराइयो । तर यस किसिमको कार्यक्रममा सरकार र नेताहरुको संलग्नताका निम्ति पार्टीमा निर्णय गर्नुपर्ने आवश्यकता नै ठानिएन । अन्तिम वेलामा सम्मेलन शुरु हुनु दुई दिन पहिले केन्द्रीय सचिवालयको बैठकमा सचिवालयका सदस्यहरुले विरोध गर्दै प्रश्न उठाए पछि प्रधानमन्त्रीले जानकारीसम्म गराउनु भयो ।

सरकारका ९ महिनाका गतिविधिले सरकार प्रगतिशील परिवर्तन र प्रगति पथमा अघिबढ्न नसकेको स्पष्ट भएको छ । सरकारसंग संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणको एउटा पनि कार्यक्रम छैन । निर्वाचन घोषणापत्रमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन अर्थात् पाँच वर्ष, दश वर्ष, र पच्चिस वर्षसम्मका लक्ष्यहरु अगाडि सारिएका छन् । आगामी पच्चिस वर्षमा विकसित देशको दाँजोमा पुग्ने घोषणा गरिएको छ । तर सरकारसंग निर्वाचन घोषणापत्रमा अघि सारिएका नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता नै देखिएन । सरकारसंग पार्टीमा छलफल गरी वैधानिक रुपमा निर्माण गरिएको कुनै रणनीतिक योजना पनि छैन ।

अहिले देशको पुनर्निर्माण र विकास पार्टीको मुख्य अभिभारा हो । विगत ६० वर्षको क्रान्ति र राजनीतिक आन्दोलनका निष्कर्षहरुलाई अहिले देशको पुनर्निर्माण र विकासमा रुपान्तरण गर्नुपर्ने आवश्यकता छ । यतिवेला नेपाली समाजको वर्गसंघर्ष यसैमा केन्द्रीत भएको छ । आज नेपाली समाजको प्रधान अन्तरविरोध राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र एकतालाई सुदृढ तुल्याउँदै देशको पुनर्निर्माण गरी समाजवाद उन्मुख विकास गर्ने र नगर्नेका वीच रहेको छ । जनतालाई तत्काल गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी तथा सम्मानपूर्ण समृद्ध जीवन चाहिएको छ । तर वर्तमान सरकारले यसलाई सम्बोधन गर्ने स्पष्ट नीति र कार्यक्रम अघि सार्न सकेको छैन ।

दुई ठूला राजनीतिक पार्टीहरुको चुनावी तालमेलबाट अपेक्षा गरिएकै परिणाम प्राप्त हुँदा नेकपाको अत्यधिक बहुमतका साथ केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारहरु बनेका छन् । पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै अर्को पार्टीलाई पनि सरकारमा सामेल गरिएको छ । मन्त्रीहरु र पार्टीका ठूला नेताहरु दुईतिहाई बहुमतका साथ यो सरकार अगाडि बढेको प्रचार गरिरहेका छन् । नेपालको लोकतान्त्रिक इतिहासमा सबभन्दा शक्तिशाली संस्थाका रुपमा रहेको वर्तमान सरकार भने दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको छ । प्रतिद्वन्द्वी पार्टीका नेताहरुले लगाएका आरोप र विरोधहरुको प्रतिवाद गर्दै सरकारको पक्षपोषण गर्ने नेकपाको कुनै बौद्धिक व्यक्तित्व देखापर्न सकेको छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरेपनि कार्यकर्ताहरु नत अरिंगाल बन्न सकेका छन् न मौरी बनेर मह दिन सकेका छन् ।

निर्वाचन र सो भन्दा पहिलेको पार्टीको लोकप्रियता निरन्तर घटेको अवस्था बारे कार्यकर्ताहरु चिन्ताग्रस्त देखिन्छन् । दुईतिहाई समर्थन प्राप्त सरकारको पक्षमा न संसद्मा, न सडकमा, न छापामा, न भाषणमा, न बोलिमा कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण गरेको देखिदैन । चारैतिर नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरु उर्जा समाप्त भएका उत्साहहिन, चिन्तित र मौनधारणको अवस्थामा छन् । यस्तो अवस्था कसरी सृजना भयो ? सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरुले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन् । सरकारका कमजोरीहरु माथि पर्दा लगाउने कोशीस भने गरिरहेका छन् ।

नेपालको संविधान संसारकै एउटा मौलिक विशेषता भएको दस्तावेज हो । कुनै पनि देशको संविधान भन्दा फरक किसिमले तयार गरिएको र जनताले जारि गरेको यो संविधानमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने मार्ग निर्देशन छ । अनेकौं मौलिक विशेषताहरु मध्ये यो एउटा अत्यन्त महत्वपूर्ण विशेषताका रुपमा नेपालको संविधानमा समाहित छ ।

संविधानमा यसलाई समावेश गर्न वि.सं.२००६ सालदेखि नेकपाका हजारौ योद्धाहरुले बलिदान गरेका छन्, लाखौंले त्याग र तपस्या गरेका छन् र लाखौंले अकथनीय दुःख र पिडाको सामना गरेका छन् । उनीहरुकै योगदानहरुको निष्कर्षमा नेपाली विशेषताको समाजवादका निम्ति संविधानमा यो अवधारणा अगाडि सारिएको हो । यो २१औं शताब्दीको विशेषतामा वैज्ञानिक समाजवाद निर्माण गर्ने सैद्धान्तिक मान्यतामा आधारित छ । वैज्ञानिक समाजवाद निर्माण गर्ने विगत १८१ वर्षको इतिहासमा यो ऐतिहासिक मोड हो । नेपालको संविधानमा यस्तो व्यवस्था भएको बेला केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टीको बर्चस्वयुक्त सरकार हुनु अत्यन्त सुनौलो अवसर हो । तर यस्तो अवसरको सदुपयोग गर्नेतर्फ नेतृत्व गम्भीर देखिदैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम पहिलो ऐतिहासिक आम निर्वाचन आयोजना भइरहेका वेला पार्टी एकता संयोजन समितिले तत्कालिन दुबै पार्टीभित्र रहेका जिम्मेवार नेता र विषय विज्ञ विद्वानहरुको एउटा कार्यदल निर्माण गरी आजको विशेषतामा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध समाजवाद निर्माण सम्बन्धी निर्वाचन घोषणापत्र तयार गर्न जिम्मेवारी दियो । दुई महिना लगाएर घोषणापत्र तयार भयो ।

साझा घोषणाका रुपमा संयोजन समितिले त्यसलाई जारी गर्‍यो । जनतामा छिटै अत्यन्त लोकप्रिय बनेको साझा घोषणापत्र हातहातमा लिएर लाखौं पार्टी सदस्यहरु पार्टीका समर्थक, शुभेच्छुक, शुभचिन्तकहरु तथा आम जनताका घरघरमा पुगे । सो घोषणापत्रप्रति आस्था र विश्वास प्रकट गर्दै १ करोड ९ लाख मतदाताहरु मध्ये करिब ५० लाख वालिगहरुले दुबै पार्टीका साझा उम्मेदवारहरुलाई मतदान गरे । परिणामतः नेकपाका बहुसंख्यक उमेदवारहरु निर्वाचन जितेर प्रतिनिधि सभा र राष्ट्रिय सभामा पुगे । त्यसैगरी ७ प्रदेशहरु मध्ये ६ प्रदेशमा अत्यधिक बहुमतका साथ नेकपाका प्रतिनिधिहरु प्रदेश सभामा पुगे । ६ प्रदेशमा नेकपा कै नेतृत्वमा सरकारहरु बने । ७५३ स्थानीय तहहरु मध्ये अत्यधिक स्थानीय तहहरुमा समेत पार्टीकै नेतृत्वमा स्थानीय सरकारहरु गठन भए ।

यसै सन्दर्भमा फेरि पार्टी संयोजन समितिले निर्वाचन घोषणापत्र र नेपालको संविधानले मार्गदर्शन गरेका विषयहरुमा आधारित भई सुशासन र विकासका प्राथमिकता सम्बन्धी सुझाव प्रतिवेदन तयार गर्न एउटा कार्यदल बनायो । एक महिनाको समय लगाएर कार्यदलले कार्यादेश बमोजिमको प्रतिवेदन पार्टीका दुबै अध्यक्षहरुलाई बुझायो ।

नेपालको संविधान, नेकपाको निर्वाचन घोषणापत्र र कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनको आधारमा सरकारले संसद्मा नीति, कार्यक्रम र बजेट पेश गर्नेछ र सिंगो राष्ट्र एकतावद्ध भएर समाजवाद उन्मुख सामाजिक आार्थिक रुपान्तरणद्वारा समृद्ध समाजवाद निर्माणको कार्यमा सामेल हुनेछ भन्ने पार्टीका नेता, कार्यकर्ता, सदस्यहरु र आम नेपाली जनताको अपेक्षा रहेको थियो । तर सरकारले उपरोक्त सबै आधारहरुलाई वेवास्ता गर्दै योजना आयोगको जानकारी विना नै गैर जिम्मेवार र अलोकप्रिय नीति, कार्यक्रम र बजेट प्रस्तुत ग¥यो । यसले आम नेपाली जनताको आशामा तुषारापात गराएको छ ।

सरकारले प्रस्तुत गरेको वार्षिक नीति, कार्यक्रम र बजेटलाई आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गरेको हुनाले कतिपय सांसदहरुले मनमा विरोध रहँदारहँदै समर्थनमा दुईचार शब्द व्यक्त गरे पनि ठूलो संख्या चुप रह्यो । पार्टी ह्वीपको पालना गर्दै मतदानबाट नीति, कार्यक्रम बजेट पारित त गरियो तर समर्थनमा स्वेच्छाल सांसद्हरुले ताली बजाएनन् । आज पनि सरकारको विरोधमा नेकपाका कुनै समर्थक, शुभचिन्तक तथा कार्यकर्ता लागेका छैनन् तर कसैले पनि बजेटलाई समर्थन पनि गर्न सकेका छैनन् ।

सरकार बनेपछि पार्टीका सांसदहरु र कार्यकर्ताहरुले समेत लोकप्रिय कार्यक्रमहरु समावेश गर्नका निम्ति सुझावहरु प्रस्तुत गरे, तर सरकारले त्यस्ता कार्यक्रमहरु अगाडि सार्न चाहेन । त्यतिमात्र होइन सरकारले गरेका कुनै पनि निर्णय योजनाबद्ध देखिदैनन् । सरकारका कामहरु योजना आयोगसंग पनि सम्बन्धित छैनन् ।

योजना आयोगका सदस्यहरु सरकारको यस्तो व्यवहारबाट अचम्मित भएका छन् । आफ्नो असहमति कतै प्रकट भयो भने कारबाहीमा परिने हो की भनेर भयग्रस्त छन् । यसै बीच पार्टीमा कुनै छलफल नगरी नीति प्रतिष्ठान बनाइएको छ । यस प्रतिष्ठानले योजना आयोगको भन्दा भिन्न के काम गर्छ र योजना आयोगसंग यसको तादात्म्य कसरी हुन्छ भन्ने कुनै कानूनी आधार छैन । छिमेकी देशमा रहेको नीति आयोगको नेपालमा पनि सहकार्य गराउने भन्ने विगत नेकांको नेतृत्वमा रहेको सरकारले गरेको सहमतिको प्रति छाया जस्तै यो नीति प्रतिष्ठान देखिएको छ । प्रधानमन्त्री योजनामै नपरेका विषयहरुलाई चमत्कारीक रुपमा प्रस्तुत गर्नुहुन्छ र मन्त्रीहरु पनि त्यसकै अनुसरण गरिरहेका छन् । मन्त्रालयका सचिवहरु मन्त्रीहरुको होइन प्रधानमन्त्री कार्यालयको निर्देशनमा काम गर्छन् र दैनिक प्रतिवेदन पनि उतै पठाउँछन् । मन्त्रालयहरुले गर्ने निर्णय र नियुक्तिहरु प्रधानमन्त्रीको निर्देशन बमोजिम गरिन्छन् ।

यस्तो अवस्थामा मन्त्रीहरु मान मात्र खाने व्यक्ति बन्न पुगेका छन् । अहिले त लगानी वोर्ड तथा मन्त्रालयहरुले गर्ने विकास निर्माणका ठूला कामहरु पनि प्रधानमन्त्री कार्यालय अन्तरगत लगिने भएका छन् । देशको अत्यन्त संवेदनशील वर्तमान अवस्थामा सक्रिय र प्रभावकारी रुपमा संचालन गरिनुपर्ने राष्ट्रिय अनुसन्धान विभाग जस्तो संस्थालाई कुनै कानूनी आधार बिना प्रधानमन्त्री कार्यालयमा तानिएको घोषणा गरिएको छ । तर कानूनी र प्रशासनिक दृष्टिले त्यो विभाग गृह मन्त्रालयबाट निर्देशित हुनुपर्ने भई त्यसको प्रभावकारितामा अवरोध उत्पन्न भएको छ । बुझ्न नसकिने यो कार्यशैली जताततै हावी हुनपुगेको छ ।

निर्वाचन घोषणापत्र तथा सुशासन र विकासका प्राथमिकताहरुलाई वेवास्ता गरेपछि सरकारसंग अहिले न दूरदृष्टि छ नत प्रभावकारी वार्षिक कार्ययोजना । सामाजिक आर्थिक रुपान्तरणको प्रकृयाद्वारा अभूतपूर्व गतिशीलता सृजना गर्दै समृद्ध समाजवाद निर्माणको शुरुवात ग¥यौं भन्ने सन्देश दिनुपर्ने अवस्थामा चारैतिर गतिहिनता, योजनाहिनता र विवेकहिनताको अवस्था देखापरेको छ । शान्ति, सुरक्षा र अमनचयन खलबलिरहेकै छ ।

महिला हिंसा चरम अवस्थामा देखापरिरहेको छ । हरेक दिन वालबालिकाहरु वलात्कृत र हत्यामा परेका छन् । त्यसैगरी भ्रष्टाचार, कालोबजारी, घुसखोरीका घटनाहरु बढ्दै गएको चर्चा स्वयंम प्रधानमन्त्रीले गरेको सुनिन थालेको छ । श्रमशक्तिका रुपमा रहेका लाखौ युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी काममा लगाउनुको बदला वैदेशीक रोजगारमा जानका निम्ति सहजता, सुगमता र सुलभता प्रदान गरिएका विषय गौरवका साथ गाउने गरिन्छ । हरेक दिन कलकलाउँदा नेपाली युवाहरुका आधा दर्जन लासहरु विदेशबाट नेपाल भित्रिन्छन् । यस्तो अवस्थामा के ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा सफल होला ?धेरैले यो प्रश्न गर्न लागेका छन्, तर जवाफ पाउन सकेका छैनन् ।

नेपाल सरकार र युद्धरत माओवादी पार्टीका वीच बृहत् शान्ति सम्झौता भएको १२ वर्ष पुगेको छ । तर शान्ति प्रक्रियाको महत्वपूर्ण काम बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अहिलेसम्म सम्पन्न भएको छैन । यो काम सम्पन्न नगर्दासम्म तत्कालिन दुबै युद्धरत पक्षका अनेकन नेताहरुका शीरमाथि तरवार झुण्डीरहने छ । संसारका अनेकौ देशहरुमा यस्ता घटनाहरु भएका छन् । धेरै नेताहरु मानव अधिकार हनन्का आरोपहरुबाट अपमानित भएका घटनाहरु सबैलाई थाहा भएकै हुनुपर्छ । निर्वाचनका वेला एक वर्षमै यो काम गर्ने प्रचार गरिएको थियो । एक वर्ष पुग्नै लाग्यो तर अहिले चर्चासम्म छैन । त्यहीभएर नेपाली समाजको एउटा महत्वपूर्ण हिस्सा यसै विषयलाई लिएर आन्दोलित भइ पनि रहेको छ ।

नेपालको इतिहासमा पहिलो पटक दुई तिहाई बहुमतका साथ संचालित सरकारले पार्टीको आधार र प्रभावलाई बलियो बनाउन अवसरहरुको वितरण अत्यन्त विवेकशील भएर गर्नुपर्ने हो । कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको पक्षमा उभिने जनशक्तिलाई राष्ट्रव्यापी रुपमा एकजुट तुल्याउनको लागि न्यायसंगत, युक्तिसंग, समाजवादी मान्यता संगत र विवेकसंगत किसिमले राज्य र सरकारबाट उपलब्ध हुनसक्ने अवसरहरुको वितरण हुनुपर्ने हो । तर त्यसो नभई पार्टी विरोधी र कम्युनिष्ट विरोधीहरुमा त्यस्ता अवसरहरु पुगेको, कुनै निश्चित क्षेत्र र आग्रहमा अवसरको केन्द्रीकरण भइरहेको आवाज उठ्न थालेको छ ।

नेपालको संविधान निर्माण तथा शान्ति प्रक्रियाका चरणहरुमा नेपालका राजनीतिक दल तथा जनताले वाह्य हस्तक्षेप र दवावका अनेकौं श्रृंखलाहरुको सामना गर्नुपरेको थियो । नेपालमा भारतीय नाकाबन्दी रहेको समयमा राष्ट्रीय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिएको कारणबाट निर्वाचनहरुमा कम्युनिष्ट पार्टी तथा पार्टी नेताको पक्षमा जनमत उर्लिएको थियो । तर अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाई समर्थन प्राप्त सरकार भएको अवस्थामा नेपालको राष्ट्रियतासंग सम्बन्धित विषयहरुमा कमजोरी देखापर्न थालेका छन् ।

बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको सहभागिता, बेलायती सेनामा नेपाली महिलाहरुको भर्तिको शुरुआत देखि एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनका साथै नागरिकतासम्बन्धी विधेयकमा समेत यस्ता कमजोरी प्रकट भएका छन् । नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि भन्दै आएका तथा गत निर्वाचनमा हामीले घोषणापत्र मार्फत सार्वजनिक गरेका राष्ट्रियतासम्बन्धी कतिपय विषय अनुरुप सरकार अगाडि बढिरहेको अनुभूति भइरहेको छैन । नेपाल कम्युनिष्ट पार्टीको यति ठूलो बहुमतको सरकारले राष्ट्रियताको झण्डालाई बुलन्द गर्न सकेन भने भविष्यमा जनताको प्रतिक्रिया कस्तो होला ? समयमै विचार गर्नुपर्छ की !

नेपाली इतिहासको पहिलो स्थीर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अव हुने आमनिर्वाचनमा सरकारले आफुलाई मात्र होइन इतिहासको पहिलो शक्तिशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लाई समेत गंभीर धक्का लगाउने पक्का देखिन्छ । आज प्राप्त भएको दुई तिहाई बहुमत आफैलाई च्याप्ने बोझ बनेर प्रकट हुने सम्भावना बारे बौद्धिक व्यक्तित्वहरु विश्लेषण गर्न लागेका छन् ।

आजको सरकार नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, देशभक्तिको आन्दोलन र नेपाल राष्ट्रको उज्वल भविष्यसंग प्रत्यक्ष जोडिएको छ । यतिमात्र होइन यो सरकार दक्षिण एसियामा कम्युनिष्ट आन्दोलन र सच्चा लोकतान्त्रिक आन्दोलनको विकाससंग पनि जोडिएको छ । आगामी १० वर्षमा समृद्ध समाजवादमा नेपाली समाजलाई डो¥याउन सकियो भने संसारलाई उदाहरण दिने गरी समाजवाद उन्मुख दक्षिण एसिया उदाउने तर्फ आधार सिर्जना हुनसक्ने प्रवल सम्भावना छ । अतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आजको यो सरकारलाई असफल हुने कुनै छुट छैन । पार्टी र सरकारको सम्पूर्ण शक्ति त्यसतर्फ परिचालित हुनुपर्छ । जसले असफल गराउने भूमिका खेल्नेछ त्यसलाई इतिहासले कहिल्यै क्षमा दिनेछैन ।

(३)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का करिब ७ लाख पार्टी सदस्यहरु तथा लाखौ समर्थक र शुभचिन्तकहरुमा सरकारको गतिहिनता र पार्टीमा संगठनात्मक शून्यताका कारण कुण्ठा, निराशा र हतोत्साह देखापर्न थालेको छ । गत निर्वाचन पछि आज एक वर्षसम्म पार्टी सदस्यहरुले कुनै गतिविधि गर्न नपाउनु पार्टी एकीकरण पछि ७ महिनासम्म संगठीत हुन नपाउनु, आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारका काम कारबाहीमा भाग लिन नपाउनु, पार्टी एकीकरण जस्ता यति ठूल्ठूला परिवर्तनमा आफ्ना विचार राख्न नपाउनु र तमाम घटनाहरुमा पार्टीका दृष्टिकोणहरु आधिकारिक रुपले प्राप्त गर्न नसक्नु तथा पार्टी सदस्यता दिने, नविकरण गर्ने जस्ता अत्यावश्यक संगठनात्मक कामहरु ठप्प हुनुका कारणहरु सिंगो पार्टी पंक्तिले बुझ्न चाहेको छ । तर, पार्टीको मुख्य नेतृत्व कार्यकर्ताहरुलाई ओठे जवाफ दिएर चुप लगाउने कोशिस गर्दैछ ।

कम्युनिष्ट पार्टी सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायीत्वको आधारमा चल्ने राजनीतिक पार्टी हो । जहाँ यो मान्यता भंग हुन्छ र पार्टीमा कुनै खास नेताको व्यक्तिगत नेतृत्वमा पार्टी संचालन हुने प्रक्रिया आरंभ हुन्छ त्यहाँ असफलता मात्र हात परेको इतिहास साक्षी छ । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा यही सामुहिक नेतृत्व प्रणाली स्थापित हुनसकेको छैन । आलोचना र आत्मालोचना कम्युनिष्ट पार्टीको जीवन हुन्छ त्यही जीवन यो पार्टीमा विकसित हुनै सकेको छैन । कम्युनिष्ट पार्टीको जीवनशक्ति आफ्नो संगठनमा हुन्छ त्यही संगठन आज यो पार्टीमा निर्माण नै हुन सकेको छैन । भएका संगठनहरु भंग गरिएको छ । कुनै गतिविधि नगर्न निर्देशन गरिएको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी दर्ता भएको छ । साच्चै भन्ने हो भने त्यो केन्द्रीय कमिटी अहिलेसम्म परिचालित नै छैन ।

पार्टीमा केन्द्रीय कमिटी दुई महाधिवेशनका वीच सर्वोच्च संस्था हुन्छ । आयोगमा दर्ता भएको यो केन्द्रीय कमिटीले आफुलाई दर्ता गर्ने बाहेक अरु कुनै निर्णय गर्न पाएको छैन । स्थायी कमिटी र केन्द्रीय सचिवालय केन्द्रीय कमिटीले निर्णय गरेको होइन अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय कमिटी कार्यकारी संस्था हो । यसले निर्णय गर्छ र आफै कार्यान्वयन गर्छ । तर पार्टीको सर्वोच्च संस्थाको रुपमा रहेको केन्द्रीय कमिटीका सदस्यहरु मध्ये तीन जना बाहेक ४३८ जना केन्द्रीय कमिटीका सदस्यहरुले ७ महिनासम्म कामको कुनै कार्यक्षेत्र प्राप्त गरेका छैनन् । सदस्यहरुले कार्यक्षेत्र प्राप्त नगरेको अवस्थामा रहेको पार्टी कमिटीले वास्तविक कमिटीको हैसियत नै प्राप्त गर्नसक्दैन ।

कम्युनिष्ट पार्टीमा व्यक्तिगत रुपमा कार्यक्षेत्र तोक्न नपर्ने संस्थाहरु पनि हुन्छन् । तिनलाई महाधिवेशन, अधिवेशन, परिषद्, सम्मेलन र भेला आदि भनिन्छ । यिनलाई विभिन्न नाममा सभा भन्ने पनि चलन छ । यीसंस्थाहरुले कमिटीहरुलाई सल्लाह, सुझाव र मार्गदर्शन दिन्छन् । कमिटीहरुले निर्णय गर्छन र आफै कार्यान्वयन गर्छन्, उपरोक्त संस्थाहरुले निर्णय गरे पनि कार्यान्वयनका लागि अरुलार्ई जिम्मा दिन्छन् यही नै पाटीर्, संस्था-सभा र कमिटी वीचको भिन्नता हुन्छ । अहिले नेकपामा केन्द्रीय कमिटी भन्दा तल कुनै कमिटी अस्तित्वमा छैनन् । देशैभरी नेता र कार्यकर्ता तथा साधारण र संगठीत सदस्यहरु रहेका छन् । तर उनीहरु ७ महिनादेखि संगठीत छैनन् र कुनै किसिमको पार्टी काम पनि गर्न पाएका छैनन् । के यस्तो पनि कम्युनिष्ट पार्टी हुन सक्छ ?तर अहिले नेकपाले देशको सबभन्दा ठूलो शक्तिशाली कम्युनिष्ट पार्टीको मान पाएकोछ तर यसले ७ लाख भन्दा धेरै सदस्यहरुलाई संगठीत नगरेर अलपत्र पारेको छ । वास्तविकता के हो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत र संगठित भएकै छैन ।

पार्टी र सरकारमा भएका उपरोक्त क्रियाकलाप र गतिविधिले के प्रष्ट पार्छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सर्वत्र व्यक्तिवादी कार्यशैली लागू गरिएको छ । व्यक्तिवादी कार्यशैली सच्चा कम्युनिष्ट पार्टीले स्वीकार गर्न सक्दैन । पार्टी सदस्यहरुमा सैद्धान्तिक र राजनीतिक गतिशिलता अहिले शून्यप्राय छ । यसप्रति नेतृत्वको कुनै जिम्मेवारी वोध देखिन्न । पार्टी अध्यक्षहरु कार्यकर्तालाई जाग्न, उठ्न र दौड्न आह्वान गर्नुहुन्छ तर न कोही जाग्छ, न कोही उठ्छ र नत कोही दौडिन्छ । यसका निम्ति अरु व्यक्ति तिर दोष फालिन्छ तर आफुभित्र रहेकै व्यक्तिवादी कार्यशैलीतर्फ ध्यान दिने आवश्यकता ठानिन्न । आज पार्टीले सरकार चलाएको छ की सरकारले पार्टी चलाएको छ बुद्धिजीवीहरुले प्रश्न गर्न थालेका छन् । दुःखका साथ भन्नु पर्छ पार्टीले सरकार त चलाएकै छैन, सरकारले पार्टी चलाउने कुरै आउदैन ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्वथा नयाँ पार्टी होइन । नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनितीक प्रतिनिधिका रुपमा वि.स.२००६ साल बैसाख १० गते निर्माण भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताका रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुनर्गठन भएको हो । कम्युनिष्ट पार्टी निर्माण र संचालनका आफ्नै सैद्धान्तिक मार्गदर्शन,मूल्य र मान्यताहरु रहेका छन् । नेपालमा मात्र कम्यनिष्ट पार्टीको उदय भएको होइन । संसारका धेरै देशहरुमा कम्युनिष्ट पार्टी क्रियाशील छन् । कम्युनिष्ट पार्टीका सिद्धान्त, मूल्य, मान्यता र आदर्श परित्याग गर्ने हो भने त्यो पार्टी अरु कुनै भएपनि कम्युनिष्ट पार्टी हुन सक्दैन । कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसको संगठनात्मक मार्गदर्शक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हो । लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार कुनै पनि पार्टी सदस्य असंगठित रहन सक्दैन । पार्टी कमिटीमा संगठित नभएको व्यक्तिलाई माक्र्सवादी साहित्यमा पण्डित नै भएपनि कम्युनिष्ट मानिदैन । सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धि संगठित शक्तिका आधारमा मात्र प्राप्त गर्न सकिन्छ । वर्ग संघर्ष समाजमा वर्गको उत्पति भएदेखि आजसम्म चलेकै छ । तर माक्र्सवाद र लेनिनवादको उदय पछि मात्र सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धिका प्रयत्नहरुमा सफलता प्राप्त हुँदै आएको छ । वर्गहरुको उदय आदिम मातृप्रधान समाजको अन्त्य पछि भएको हो । समयको हिसावले भन्ने हो भने १० हजार वर्षभन्दा पहिले नै मातृप्रधान समाजको अन्त्य भएको छ । तर सर्वहारा श्रमजीवी वर्गको मुक्ति र समृद्धिको संघर्षको शुरुवात १८१ वर्ष मात्र भएको छ । पहिलेका वर्ग संघर्षहरुले धेरै असफलता प्राप्त गरेका भएपनिशासक वर्गलाई राज्यव्यवस्थामा महत्वपूर्ण सुधारसम्म गर्न वाध्य गरेका थिए । तर १८१ वर्ष पहिले शुरु भएको आधुनिक सर्वहारा श्रमजीवी वर्गको संघर्षले समाजलाई अत्यन्त उन्नत अवस्थामा लैजान युगीन महत्वका सफलताहरु प्राप्त गरेका छन् । आज मानवजाति यिनै सर्वहारा श्रमजीवी वर्गका संघर्षका कारण समाजवादसम्म पुगेको छ । चीन, भियतनाम, क्यूवा, उत्तर कोरिया, लाओसमा समाजवाद विकसित भइरहेको छ । संसारका धेरै देशहरुमा कम्युनिष्ट पार्टीहरु पुनर्गठीत भइरहेका छन् ।

आजसम्मका यिनै संघर्षहरुले पूँजीवादी साम्राज्यवादलाई समाजवादले अगाडि सारेका कतिपय जनपक्षीय सुधारहरु गर्न वाध्य पारेका छन् । अहिले पनि समाजवादी मुलुकमा रहेर समृद्ध समाजवाद निर्माणमा जुटीरहेका जनता र समाजवाद प्राप्तिका निम्ति संघर्ष गरिरहेका जनताको संख्या करिब २ अर्ब नाघिसकेको छ । सोभियत संघको विघटन र त्यहाँ समाजवादको असफलता पछि नयाँ किसिमले समाजवाद निर्माण र त्यसका निम्ति संघर्ष शुरु भएको छ । सोभियतसंघ र समाजवादको असफलता पछि देखापरेको निराशा समाप्त हुँदैछ र फेरि उज्वल भविष्यको आशा पलाउन शुरु गरेको छ । त्यसको अत्यन्त महत्वपूर्ण उदाहरण नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्राप्त गरेको आजको सफलता हो । नेपाली जनताले प्राप्त गरेको उपरोक्त सफलताले शान्तिपूर्ण र वैधानिक बाटोबाट मुक्ति र समृद्धिका निम्ति लडिरहेका संसारभरीका जनतालाई उनीहरुले संचालन गरेको संघर्ष र विजयका निम्ति उत्साह र प्रेरणा प्रदान गरिरहेको छ ।

राजनीतिक पार्टीहरुको निर्माण सिद्धान्त, विचार, नीति र संगठनका आधारमा हुन्छ । सिद्धान्त, विचार र नीतिहरुले मार्गदर्शनको काम गर्छन् । संगठनहरुले तिनलाई बोकेर हिड्न शुरु गर्छन् । तब मात्र राजनीतिक पार्टीको अस्तित्व कायम हुन्छ । सिद्धान्त, विचार र नीतिहरु जतिसुकै राम्रा भएपनि संगठन भएन भने ती कितावमा उल्लेख भएका विषय भन्दा बढि हुदैनन् अथवा तिनमा प्राण भरिएको हुदैन । सिद्धान्त, विचार र नीति भएनन् भने संगठनहरु केही समयका लागि शारिरीक शक्ति देखाउने झुण्ड भन्दा अरु हुन सक्दैनन् । त्यहीभएर सिद्धान्त, विचार र नीति सहितका संगठनहरु मात्र पार्टी हुन सक्दछन् ।

कुनै पनि राजनीतिक पार्टीका निम्ति केन्द्रीय कमिटी टाउको हो भने त्यसका मातहत कमिटीहरु हात खुट्टा झैं अवयवका रुपमा रहेका हुन्छन् । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग केही सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ, तर हात र खुट्टासहितको अवयव छैन । ६ महिनासम्म यो पार्टीको टाउको त केही हदसम्म चलमलाएको देखिन्छ तर हात र खुट्टासहितका अवयवहरु बनेकै छैनन् । बनेका कमिटीका बैठकहरु पनि हुनसकेका छैनन् । केन्द्रीय कमिटीका सदस्यहरुको अहिलेसम्म कार्यविभाजन भएको छैन ।

कार्यविभाजन नभएपछि केन्द्रीय कमिटी सदस्य हुनु र नहुनुमा केही फरक परेको छैन । त्यही भएर काठमाडौं र देशका कतिपय शहरहरुमा आयोजित चियापान समारोहहरुमा पार्टीका नेताहरु देखा पर्छन् तर पार्टी देखा पर्दैन । तल्लो तहका कमिटीहरु नभए पछि सो तहका पार्टी कमिटीको नाममा गतिविधी शून्य छ । पार्टीका सदस्य र सबै कार्यकर्ताहरु दिग्भ्रमित छन् । समर्थक, शुभचिन्तकहरु अन्यौल र दुविधाग्रस्त भएका छन् ।

पूर्व नेकपा(एमाले) का करिब ४ लाख पार्टी संगठित सदस्य र पूर्व नेकपा(माओवादी केन्द्र)का करिब ३ लाख पार्टी सदस्यहरु अहिले पनि देश र विदेशमा छरिएर रहेका छन् । आधिकारिक रुपमा अहिले पनि उनीहरुले पार्टी एकीकरणको जानकारी पाएका छैनन् । जानकारी पाएको भए उनीहरुका कमिटीहरु एकीकृत भइसकेका हुने थिए । सात महिनासम्म७ लाख पार्टी सदस्यहरुको खोजविन छैन, भेटघाट छैन, नीति निर्देशन छैन, छलफल छैन र अधिकार र कर्तव्यको पालना के भइरहेको छ केन्द्रीय कमिटीलाई थाहा छैन ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएपछि ७ लाख पार्टी सदस्यहरुले केन्द्रीय कार्यालय तर्फ मुख फर्काएर बसेका छन् तर उनीहरुले सिंगो पार्टीको अनुहार देख्न पाएका छैनन् । केही महिना पहिले मात्र नेकपाका दुई ठूला पार्टीलाई मतदान गरेका झण्डै ५० लाख जनता पार्टीलाई खोज्न आँखा घुमाउछन् तर पार्टी कहीँ पाउँदैनन् । यति ठूलो शक्तिशाली पार्टीको यो अवस्था! कसैले पत्याउन सक्दैन । तर पार्टीको बेहाल अवस्था बस्तुगत सत्य भएको छ । एकीकृत पार्टीका नेताहरुको गैर जिम्मेवार व्यवहारकै कारण यसो भएको हो भन्दा कसै कसैलाई पत्याउन गाह्रो लाग्छ होला तर सत्य यस्तै छ ।

पार्टी एकीकरण पछिको ७ महिने अन्तरालको यो अवस्थाले के स्पष्ट पार्छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेका व्यक्तिहरुमा पार्टीको संगठनात्मक संरचनाको महत्व स्थापित हुन सकेको छैन । यो यथार्थले के देखाउँछ भने यात उहाँहरुले संगठनात्मक संरचनाको महत्व बुझ्नै सक्नु भएको छैन, या बुझेर पनि वेवास्ता गरिरहनु भएको छ । यो भन्दा अर्को निष्कर्ष निष्कन सक्दैन । संगठनात्मक संरचनाहरु खडा गरिएनन् भन्ने मात्र कुरा होइन, कुरा अझ महत्वपूर्ण के हो भने आधा शताब्दी भन्दा लामो संघर्षबाट नेपाली जनताको मनमस्तिष्कमा परेको कम्युनिष्ट आन्दोलन प्रतिको सकारात्मक छापमा जे जति नोक्सान यो गतिशून्यताले पारेको छ, त्यसको क्षति भयावहअर्को बलिदान र त्यागले पनि पूरा गर्न नसक्ने अवस्था सिर्जना भयो भने त्यसको जवाफदेही कस्ले लिने ? यो करोडौं नेपाली जनता र लाखौं पार्टी सदस्यहरुले अगाडि सार्ने पार्टीको जीवन मरणसंग सम्बन्धित प्रश्न हो ।

खास दर्शन, सिद्धान्त, राजनीतिक मूल्य, मान्यता, आदर्श र उद्देश्यले दिशाबोध गरेको सामुहिक भावनामा आवद्ध, केन्द्रीकृत नेतृत्व, विकेन्द्रीत अधिकारले युक्त श्रृखंलावद्ध कमिटी प्रणालीमा आवद्ध तलदेखि माथिसम्म उर्जा र उत्साहले भरिएका संगठनात्मक शक्तिको नाम हो राजनीतिक पार्टी । विचार, सिद्धान्त, राजनीतिक दिशा र योजना तय गरिसकेपछि कार्यान्वयनमा जान पार्टीको संगठनात्मक संरचना मुख्य शक्तिका रुपमा देखापर्छ। संगठनात्मक संरचना कुनै पनि राजनीतिक पार्टीको अत्यन्त महत्वपूर्ण पक्ष हुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निम्ति पनि यो त्यतिकै सही निष्कर्ष हो । सात महिनादेखि पुराना पार्टी कमिटीहरु र जनवर्गीय संगठनहरु भंग छन् । नेकपाका प्रदेश र स्थानीय तहमा गतिविधिहरु पनि शून्य छन् । जवसम्म तलदेखि माथिसम्मका संगठनात्मक संरचना खडा गरिने छैनन् तबसम्म यो अवस्था यथावत रहनेछ ।

पार्टी जीवनको अर्को अत्यन्त महत्वपूर्ण पक्षका रुपमा विचार र सिद्धान्त हुन्छन् । एकीकरण भन्दा पहिले नेकपा(एमाले) ले माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो सैद्धान्तिक मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित गरेको थियो । त्यसैगरी नेकपा(माओवादी केन्द्र) ले माक्र्सवाद, लेनिनवाद, माओवाद र एक्काइसौ शताब्दीमा जनवादको विकासलाई आफ्नो सैद्धातिक मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गरेको थियोे । दुई पार्टीको एकीकरण पछि माक्र्सवाद र लेनिनवादलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सैद्धान्तिक मार्गदर्शक सिद्धान्त मानिएको छ । संगठनात्मक सिद्धान्तका रुपमा जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अवलम्बन गरिएको छ ।

आगामी एकताको महाधिवेशनसम्म माओवाद, जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीमा जनवादको विकासहरुलाई मार्गदर्शक सिद्धान्तबाट हटाई छलफलमा राखिएको छ । छलफलमा राखिनुको अर्थ निलम्बन होइन र प्रतिवन्ध पनि होइन । उपयुक्त समयमा पार्टीले यी विषयहरुमा व्यवस्थित छलफल चलाउनु पर्छ भन्ने नै यसको अर्थ हो । तर अहिलेसम्म सैद्धान्तिक छलफलका निम्ति उपयुक्त समय खोज्ने काम भएकै छैन । एकातर्फ यसरी कम्युनिष्ट पार्टीका सैद्धान्तिक मान्यताहरुको प्रबद्र्धनतर्फ उदासिनता देखिदै छ भने अर्कोतर्फ कम्युनिष्ट विचार र पार्टीका घोषित विरोधी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारी सहयोग र संरक्षण दिइएको देखिएको छ । यस्तो प्रवृत्ति हालै काठमाण्डौमा आयोजित एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा प्रकट भएको छ ।

नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मूल्य– मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने विषय नेकपाको रणनीतिक लक्ष्य होइन, यो तात्कालिक उद्देश्य हो । बहुदलीय प्रतिस्पर्धा विना लोकतान्त्रिक मूल्य–मान्यता स्थापित हुन सक्दैन । बहुदलीय प्रतिस्पर्धा, समानुपातिक समावेशी प्रणाली लोकतान्त्रिक मूल्य–मान्यताका रुपमा रहेका छन् । यसमा बहुदलीय प्रतिस्पर्धा मुख्य रहेको छ । समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण, लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद, बहुदलीय प्रतिस्पर्धा र समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली अहिले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का मुख्य राजनीतिक दिशा र महत्वपूर्ण विचारधारात्मक पक्ष बनेका छन् ।

अहिले शीतयुद्धको विश्व व्यवस्था छैन । कम्युनिष्ट आन्दोलन पनि अन्तर्राष्ट्रिय अवस्थामा छैन । कोरा सिद्धान्तका रुपमा मात्र साम्राज्यवादको विरोधले खासै अर्थ राख्दैन । तर नेपालको संविधानको मार्ग निर्देशन, संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील तथा असंलग्नताका सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्दै नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक खडा हुन भने चुक्नु हुदैन । विगतका सरकारहरुले गरेका अपमानजनक र असमान सन्धी तथा सम्वन्धहरुलाई राष्ट्रिय हितको पक्षमा रहेको सम्मानजनक नयाँ सन्धी र नयाँ सम्वन्ध विकास गर्ने कामलाई एक मिनेट पनि भुल्नुहुन्न । अहिले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउने राम्रो अवसर प्राप्त भएको छ । यसै दिशामा नेपालले आफ्नो पक्षमा अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्नुपर्छ । नेकपाले संसारभरीका मित्र देशका शुभेच्छुक जनतासंग मिलेर आफ्नो देशमा समृद्ध समाजवाद निर्माण गर्नुपर्छ । हामी कुनैपनि देश विशेषसंग कुनै प्रकारको विद्वेष र विरोधको भावना राख्दैनौं । तर देशहरुका बीचको सम्बन्ध पारस्परिक सम्मान, समानता र हितको आधारमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यतामा चुक्दैनौ । अहिले पनि संसारका कतिपय ठाउँहरुमा युद्धहरु भइरहेका छन् । हाम्रो देश त्यस्ता युद्धहरुको पक्षमा रहन सक्दैन । संसारका कुनै पनि दुई राज्य वीचका युद्धमा पनि असंलग्नता नेपालको मुख्य सिद्धान्त बन्नु पर्छ । नेकपाको राजनीतिक दृष्टिकोण यही विश्लेषणका आधारमा तय गरिनुपर्छ । कूटनीतिक नियुक्ति र संचालन पनि सोही मान्यता अनुरुप गरिनु पर्छ ।

पार्टीले राजनीतिक प्रतिवेदन, विधान र त्यसको नियमावली गरी तीन वटा दस्तावेजहरु पारित गरेको हो । तर राजनीतिक प्रतिवेदन ७ महिनादेखि गायव छ । राजनीतिक प्रतिवेदनले नै सिंगो पार्टीलाई सैद्धान्तिक, वैचारिक र राजनीतिक दृष्टिकोण दिनेगर्छ । यो प्रतिवेदनको अभावमा कमिटीमा बस्न नपाएका लाखौं पार्टी सदस्यहरु दृष्टिकोणविहीन भएका छन् । पार्टी नेपालकै इतिहासमा सबभन्दा शक्तिशाली भनिने तर जनताका वीच शक्तिहिनता र गतिहिनता देखिइरहने यो विरोधाभाषपूर्ण अवस्था रहिरहने हो भने नेकपालाई उज्वल भविष्य उन्मुख भन्न सकिने छैन ।

पार्टी विधानबमोजिम अब केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बैठक नै बस्न नसक्ने सदस्यहरुको संख्या भएका कमिटी बन्नेछन् । ठूलो संख्यामा सदस्य रहेका संगठनहरुलाई कमिटी भनिए पनि ती कार्यकारी कमिटीका रुपमा रहन सक्दैनन् । पार्टी कमिटी होइन, स्थायी परिषद् खडा हुनेछन्। भन्नत केन्द्र, प्रदेश, जिल्ला र यी भन्दा तलका सबैलाई कमिटीकै नामाकरण गरिएको छ । तर तिनीहरुको बैठक आयोजना गरियो भने परिषद्कै रुपमा काम गर्न वाध्य हुनेछन् । पार्टी जीवनमा महाधिवेशन, अधिवेशन, परिषद् र सम्मेलनहरु महत्वपूर्ण संस्थाका रुपमा रहेका हुन्छन् । तर तिनीहरुले कार्यकारी भूमिका निर्वाह गर्दैनन् । कार्यकारी भूमिका कमिटीहरुले मात्र निर्वाह गर्न सक्दछन् । हरेक कमिटीहरुमा कार्यकारी भूमिका निर्वाह गर्न सकिने गरी संख्या र पदाधिकारीहरुको व्यवस्था गरिएको हुन्छ । कमिटीमा ठूलो संख्या राखियो भने कार्यकारी भूमिकामा केही नेताहरु मात्र रहन्छन् । कमिटी कार्यकारी भनिने तर कमिटीका सदस्यहरु नेताहरुको वोलिमा तालि पिटेर समर्थन गर्ने भएपछि त्यो पार्टी यात निरंकुुश नेता जन्माउने हुन्छ या विसर्जन तर्फ लाग्छ ।

कम्युनिष्ट पार्टीका सबै कमिटीहरु र निकायका बैठकहरु तोकिएको समयमा बस्छन्, विषयबस्तु माथि गम्भीर छलफल गर्छन् र छलफलमा कमिटीका प्रत्येक व्यक्तिले भाग लिन्छन् । छलफलहरु गुटबन्दीमा आधारित हुदैनन् तथा खुला खुलस्त र डर त्रास विना सदस्यहरुले बैठकमा आफ्ना विचार राख्छन् । अहिले नेकपा भित्र यस किसिमको शैली हराएको छ । केन्द्रीय कमिटी ४४१सदस्यीय घोषणा भएको छ । राजनीतिक दल सम्बन्धी ऐनमा व्यवस्था गरेबमोजिम हरेक तहमा ३३ प्रतिशत महिला राख्नुपर्छ । केन्द्रीय कमिटीमा अहिले १७ प्रतिशत मात्र महिलाको उपस्थिति छ । बाँकी १६ प्रतिशत महिला समावेश गरियो भने झण्डै ५११ सदस्यीय केन्द्रीय कमिटी पुग्नेछ ।

पार्टी एकीकरणको घोषणा गर्न बसेको बैठक पछि केन्द्रीय कमिटीको कुनै बैठकको आवश्यकता देखाइएको छैन । पोलिटव्यूरोको वैधानिक व्यवस्था छ तर अहिलेसम्म बनाइएकै छैन । ठूलो संख्याका कमिटीहरुलाई स्वतन्त्र कार्यविभाजनले केही हदसम्म व्यवस्थित गर्न सक्छ तर केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन अहिलेसम्म हुन सकेको छैन । कम्युनिष्ट पार्टीका सदस्यहरु कमिटीमा आवद्ध भएनन् भने सदस्यता खारेज हुन्छ तर यस पार्टीमा वर्षौसम्म कमिटीमा आवद्ध नभए पनि सदस्यता मात्र होइन नेता भइरहन पाइने स्थिति सिर्जना भएको छ । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह कमिटीमा रहेका सदस्यहरुको मात्र कार्यविभाजन होइन त्यो भन्दा तलका सबै सदस्यहरुको स्वतन्त्र कार्यविभाजन हुनुपर्छ । विधानमा केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन केन्द्रीय कमिटीले नै गर्ने व्यवस्थाछ । तर केन्द्रीय कमिटीका सदस्यहरुलाई प्रदेश कमिटीमा थन्क्याउने व्यवस्था गरिन्छ । विधानमा भएको व्यवस्था देखाउनका निम्ति, व्यवहारमा जे मन लाग्यो गर्ने कार्यशैलीलाई कम्युनिष्ट कार्यशैली भनिदैन । तर नेकपामा त्यही भइरहेको छ । ठीक किसिमले कमिटी व्यवस्थापन नहुँदा अहिले पार्टी भनेको सचिवालय भएको छ । सचिवालय भित्र जाँदा पार्टी भनेको अध्यक्ष मात्र हुनुहुन्छ ।

सचिवालयको बैठक पनि उहाँहरु दुबै जना नहुँदासम्म बस्न सक्दैन । अधिकार प्रत्यायोजनको व्यवस्था दुबै अध्यक्ष नहुँदा मात्र लागू हुने व्यवस्था छ । अध्यक्षता गर्ने अध्यक्षले सचिवलायले गरेको निर्णय किञ्चित नमानी उल्ट्याइ दिनुहुन्छ । सचिवालयले नै गरेको निर्णय मन परेन भने त्यसको विरुद्ध सामाजिक संजाल मार्फत जेहाद छेडिन्छ । आफुसँग असहमत हुने कुनै कमरेडहरुका बारेमा अनर्गल कुरा गर्न र पार्टी विरोधी भन्न हिचकिचाहट नै हुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व तथा संगठनात्मक विषयमा महत्वपूर्ण ठानिने विषय पार्टीमा छलफल हुने स्थिति नै छैन । मुख्य व्यक्तिले नै संगठनात्मक अनुशासनलाई यसरी लत्याए पछि पार्टीमा गुटबन्दी हुने तथा पार्टी नेताहरुले सार्वजनिक रुपमा आफ्ना स्वतन्त्र अभिव्यक्ति दिने अवस्था उत्पन्न हुनु अनिवार्य जस्तै हुने कुरा पक्का छ ।

ठूलो सदस्य संख्या भएका कमिटीहरुको बैठक संचालन गर्ने वैज्ञानिक पद्धतिहरु छन् । त्यसलाई अवलम्वन गरियो भने सबै कमिटीहरु व्यवस्थित हुनेछन् । सबै कमिटीहरु कार्यकारी भएपनि धेरै सदस्य संख्या भएका कमिटीहरुले अधिकार प्रत्यायोजन गरी कार्यकारी कामका लागि कमिटीभित्रै उप कमिटीहरु निर्माण गर्नुपर्छ । त्यसो गर्न विधानले व्यवस्था गरेको पनि छ । केन्द्रीय कमिटी र पोलिटव्यूरोले गरेका निर्णयहरु र स्थायी कमिटीले कार्यान्वयन गर्नुपर्छ । कतिपय अवस्थामा सचिवालयले केन्द्रीय कमिटीका तर्फबाट निर्णय गर्नपर्ने वाध्यात्मक व्यवस्था पनि छ । विशेष परिस्थिति वाहेक केन्द्रीय सचिवालयले अरु अवस्थामा निर्णय गर्नुहुन्न । स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीले गरेका निर्णयहरु कार्यान्यन गर्ने र ती कमिटीहरुले प्रत्यायोजन गरेको अधिकार मात्र अधिकार केन्द्रीय सचिवालयलाई हुन्छ । पार्टी विधानमा कतिपय कामका सम्बन्धमा निर्णय गर्ने सचिवालयको अधिकार पार्टी र राष्ट्रको हितका निम्ति नगरी नहुने वाध्यात्मक अवस्थाका निम्ति मात्र हो । तर, यो पार्टीमा केन्द्रीय सचिवालयलाई पार्टीका सबै कमिटीहरुका अधिकार प्रयोग गर्ने शक्तिशाली निकाय वनाइएको छ ।

कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने र अन्तमा समाप्त गर्ने रोग भनेको गुटबन्दी हुन्छ । पूर्व नेकपा (एमाले) भित्र यो रोग सबैले महशुस गरेका थिए । अहिले पुनर्गठित नेकपाभित्र एकीकरण प्रयत्न शुरु गरिएकै अवस्थादेखि गुटबन्दीको गन्ध आउन थाल्यो । अहिले जति कमिटीहरु एकीकरण गरिदैछ तिनमा खास नेताहरुले आफ्नो पक्ष बलियो बनाउनका लागि मापदण्ड, मूल्य– मान्यता मिच्दै र पदको दुरुपयोग गर्दै आफ्नो पक्षका व्यक्तिहरुलाई भर्ति गर्ने प्रयत्न भइरहेको छ । अहिले सुनिदैंछ, पार्टी एकीकरणका वेला कतिपय नेताहरुले आफ्नो पक्षका व्यक्तिहरुलार्ई नेतृत्वमा ल्याउने शर्तमा एकीकरणलाइ अगाडि बढाउन सहमत हुनुभएको थियो । अहिले सुन्नमा आइरहेको छ योजनवद्ध रुपमा प्रदेश कमिटीमा आफ्नो गुटको बहुमत पु¥याउन गरेका काम जस्तै जिल्ला र स्थानीय तह तथा जनवर्गीय संगठनहरुमा व्यक्तिहरुलाई समावेश गरिदैंछ ।

पार्टी एकीकरण गर्दा मनोनित गरेर नै पार्टी कमिटीहरु निर्माण गर्न सकिन्छ भन्ने नाममा केन्द्रीय सचिवालयले नै एकीकरणको काम सम्पन्न गर्नुपर्छ भनियो । अहिले प्रदेश कमिटीका कार्यालयहरुले नै सबै स्थानीय तह र जनवर्गीय संगठनका स्थानीय कमिटीहरुको एकीकरण गर्ने प्रयास भएको सुन्नमा आएको छ । यी सबै क्रियाकलापहरुलाई हेर्दा अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जन्मदै गुटबन्दीको शिकार भइरहेको छ भन्ने निष्कर्ष निकाल्न गाह्रो पर्दैन । निश्चिते योजनाका साथ गोप्य रुपमा प्रशिक्षण दिन थालिएको भन्ने चर्चा सुनिन थालेको छ ।

नेकपा भित्र ठूलो संख्यामा इमान्दार र समर्पित नेता तथा कार्यकर्ता रहेका छन् । यिनै कार्यकर्ताहरुका जोडबलले नै यो पार्टी एकीकरणको निष्कर्षमा पुगिएको हो । पार्टी एकीकरण नहुने खतरा पैदा हुँदा पनि यिनै नेता तथा कार्यकर्ताले त्यसलाई दृढतापूर्वक टारेका थिए । आज फेरि गुटबन्दीमा लाग्न नचाहने सम्पूर्ण नेता तथा कार्यकर्ताले गुटबन्दीपूर्ण क्रियाकलापको खुलेर विरोध गर्न तयार हुनुपर्छ । पार्टी कमिटीहरुमा जिम्मेवारी बाँडफाड गर्दा, अवसरको उपभोग गर्दा कसैमाथि अन्याय नहुने गरी काम सम्पन्न गर्नुपर्छ । कम्युनिष्ट पार्टीमा बरिष्ठता, कार्यकुशलता र सृजनात्मकतालाई ठूलो महत्व दिइन्छ । त्यसैले नयाँ र पुराना नेता कार्यकर्ताहरुको कमिटीमा सन्तुलन कायम गरिन्छ । उपयुक्त व्यक्तिले उपयुक्त जिम्मेवारी प्राप्त गर्ने, खुला र खुलस्त विचारहरु राख्न पाउने तथा फरक विचार राखेकै आधारमा कुनै किसिमको भेदभाव नहुने हो भने गुटबन्दीलाई कमिटीमा प्रवेश गर्नै नदिने अवस्था सृजना गर्न सकिन्छ ।

पार्टी कमिटीमा सामुहिक छलफलबाट निकालिएको निष्कर्षलाई नै निर्णय बनाउन सक्ने हो भने कसैलाई पनि गुटबन्दीको आवश्यकता पर्दैन । तर पार्टीमा गुटबन्दीमा निर्लिप्त भएकाहरुले गुटबन्दी गर्न छोड्दैनन् । यस्तो अवस्थामा गुटबन्दी नचाहनेहरुले यस्तो प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्न तयार हुनैपर्छ । यस्तो अवस्थामा गुटबन्दी नचाहनेहरुले पार्टीलाई विधिसम्मत संचालन गर्नको निम्ति गुटबन्दी विरोधी पंक्ति तयार गर्नुपर्ने हुनसक्छ । पार्टी नेतृत्वको शीर्षस्थ स्थानमा रहनेहरुबाट हुने गुटबन्दी क्रियाकलापका कस्ता गम्भीर परिणाम हुनसक्छन् भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका अनुभवहरुले स्पष्ट पारिसकेका छन् । नेतृत्वबाट हुने गुटबन्दी तथा पक्षपात र पूर्वाग्रहपूर्ण कार्यलाई रोक्न सकिएन भने पार्टीका इमान्दार नेता र कार्यकर्ता पलाएन हुने स्थिति आउनसक्छ । अतः सबै इमान्दार नेता र कार्यकर्ताहरुले यसतर्फ गम्भीर हुँदैे गुटबन्दीपूर्ण क्रियाकलापमा पार्टी र सरकारको दुरुपयोग हुननदिन सचेत र एकजुट हुनु आावश्यक हुन्छ ।

(४)
अव के गर्ने?

क. संगठनात्मक क्षेत्रमा निम्न निर्णयहरु गर्ने
 १५ दिनको समय दिएर केन्द्रीय कमिटीको बैठक बोलाउने, बैठकमा आत्मालोचक शैलीमा लेखिएको समग्र प्रतिवेदन प्रस्तुत गर्ने र पारित गर्ने,
 कुनै पनि नेतालाई विशेष अधिकारयुक्त वनाउने व्यवस्था समाप्त गरी पार्टीमा सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको प्रणाली कायम गर्ने र व्यक्तिवादी कार्यशैलीको दृढतापूर्वक अन्त्य गर्ने,
 पार्टीको स्थायी कमिटीलाई केन्द्रीय कमिटी र पोलिटब्यूरोका निर्णयहरु कार्यान्वयन गर्ने र आवश्यकता वमोजिम अन्य निर्णय पनि गर्नसक्ने अधिकार दिने,
 अति जरुरी अवस्था सृजना भएपनि राजनीतिक विषयमा निर्णय गर्नुपर्दा स्थायी कमिटीबाट नै गर्ने, सरकारले गर्न पर्ने महत्वपूर्ण निर्णयहरु स्थायी कमिटीको जानकारी विना गर्न नपाइने व्यवस्था गर्ने, 
 राष्ट्रियता र पार्टीको सैद्धान्तिक विषयसंग सम्बन्धित विषयवस्तुमा पोलिटव्यूरो वा केन्द्रीय कमिटीले मात्र निर्णय गर्ने,

 केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेका विषयमा मात्र निर्णय लिने अधिकार दिने, यसलाई अन्य कमिटीहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्ने र पार्टी तथा सरकारका कामहरुको अनुगमन गर्ने उच्च स्तरको संस्थाका रुपमा स्थापित गर्ने, 
 अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार संचालन गर्ने तर्फ नै ध्यान बढि दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी संचालन गर्नेतर्फ ध्यान बढि दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने,
 नेपालको संविधान बमोजिम तीनै तहमा निर्माण गरिने पार्टी कमिटीमा नेपालको कानून बमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने, एकीकरण पछि निर्माण गरिएको केन्द्रीय कमिटीमा महिलाको १७ प्रतिशत मात्र छ । त्यसो भएर अब केन्द्रीय कमिटीमा ७७ महिला सदस्य थप गर्ने,
 भर्खरै निर्माण गरिएका प्रदेश कमिटीहरुमा महिला सदस्यहरुको नगन्य उपस्थिति छ । सबै प्रदेश कमिटीमा आगामी एक महिनाभित्र ३३ प्रतिशत महिला सदस्य थप गर्ने,
 अब बन्ने जिल्ला कमिटी र स्थानीय तहका कमिटीहरुमा ३३ प्रतिशत महिला सदस्यहरु अनिवार्य समावेश गर्ने । ३३ प्रतिशत महिला सदस्य नपुग्ने अवस्थामा महिला र पुरुषको बराबरी स्थान खाली राख्ने, 
 पार्टी कमिटी भित्रका उप कमिटीहरु (कार्यालय, सचिवालय, स्थायी कमिटी र पोलिटव्युरो) मा पनि महिला सदस्य रहनुपर्ने अनिवार्य व्यवस्था गर्ने । त्यसरी समावेश गर्दा न्यूनतम् दुई महिला सदस्य रहनै पर्ने व्यवस्था गर्ने,
 केन्द्रीय कमिटीको कुल संख्याको एकतिहाई संख्यापुग्ने गरी १७१ सदस्यीय पोलिटव्यूरो निर्माण गर्ने,
 पोलिटव्यूरोका निर्वाचित सदस्यहरुबाट पर्ने गरी पोलिटव्यूरोको एकतिहाई संख्यामा नबढ्ने सुनिश्चितता गर्दै स्थायी कमिटीको सदस्य संख्या ५७ पु¥याउने,
 स्थायी कमिटीका सदस्यहरुबाट स्थायी कमिटीको एकतिहाई संख्यामा नबढ्ने गरी केन्द्रीय सचिवालयको सदस्य संख्या १९ पु¥याउने,
 हाल घोषणा गरिएका प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको मापदण्ड अनुरुप भए नभएको छानविन गरी मापदण्ड अनुरुप व्यवस्थित गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिने । स्थायी कमिटीले २ महिनाभित्र मापदण्डभित्र नपरेका पदाधिकारी तथा सदस्यहरुलाई हटाई मापदण्ड अनुरुप व्यवस्थित गर्ने,
 आगामी एक महिना भित्र दुबै पूर्व पार्टीका कमिटी सदस्यहरु समावेश गरी तल्ला कमिटीहरुको एकीकरण गर्ने । एकीकरण गर्दा पार्टीका पहिलेकै पदाधिकारीहरुबाट अध्यक्ष र सचिव तोक्ने,
 आगामी एक महिनाभित्र प्रदेश, जिल्ला र स्थानीय तहमा व्यवस्थित पार्टी कार्यालयहरु स्थापना गर्ने, स्थानीय तहका पार्टी कमिटीहरु निर्माण भएको ३ महिनाभित्र पार्टीका सम्पूर्ण सदस्यहरुलाई कमिटीमा संगठित गर्ने,
 आगामी तीन महिना भित्र वाँकी सबै पार्टी कमिटीहरु, विभागहरु, आयोगहरु निर्माण गरिसक्ने,
 आगामी एक महिना भित्र सबै जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्ला तहहरुमा एकीकरण सम्पन्न गर्ने, 
 स्थायी कमिटी सदस्यको संयोजकत्वमा केन्द्रीय कार्यालय व्यवस्थापन कमिटी निर्माण गरी कार्यालय सुचारु गर्ने,
 आधारभूत तहमा पार्टी निर्माण गर्न, सुदृढ गर्न र विस्तार गर्न स्थानीय तहमा पुगेका पार्टी सदस्यहरुलाई प्रशिक्षित गर्न आगामी २ वर्षमा प्रत्येक परिवारलाई पार्टीको वरीपरी गोलवन्द गर्ने उद्देश्य पूरा गर्न प्रत्येक जिल्लामा एक जना इन्चार्जका दरले ७७ जना, १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा २ जनाका दरले ६८ जना, २ वा सो भन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४३ जिल्लामा एउटा निर्वाचन क्षेत्रमा एकजनाका दरले १३१ जनागरी जम्मा १९९ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई अनुगमनकर्ताका रुपमा कार्यक्षेत्र प्रदान गर्ने । त्यसैगरी प्रत्येक प्रदेशमा स्थायी कमिटी सदस्यइन्चार्ज एकका दरले ७ जना र प्रवासमा नेपाली नागरिकको सहयोगार्थ ९ जना गरी जम्मा २९२ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पूर्णकालिक बनाउने,
 जिल्ला इन्चार्जका रुपमा खटाइएका केन्द्रीय कमिटीका बरिष्ठ सदस्यको संयोजकत्वमा त्यहाँ खटाइएका केन्द्रीय अनुगमनकर्ता सहितको जिल्ला अनुगमन समन्वय कमिटी बनाउने । पार्टीको जिल्ला कार्यालयमा अनुगमन समन्वय कमिटीको पनि कार्यालय रहने । जिल्ला अनुगमन कमिटीले प्रत्येक महिना जिल्लाको समग्र कामको विश्लेषणात्मक प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने,

ख. विचारधारात्मक कामका निम्ति निम्न निर्णयहरुगर्ने
 आगामी १५ दिनभित्र राजनीतिक प्रतिवेदन छापेर वितरण गर्ने,
 मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, संगठनात्मक सिद्धान्त र राजनीतिक प्रतिवेदन तथा पार्टी विधानमाथि हरेक पार्टी कमिटीमा छलफल चलाउने,
 पार्टीका सबै तहमा पार्टी स्कूल खोलेर ईतिहास, दर्शन, अर्थशास्त्रका सम्वन्धमा नियमित कक्षा संचालन गर्ने,
 केन्द्रीय पार्टी स्कूल विभागले सबै तहमा कक्षा संचालनका लागि पाठ्यक्रम र पाठ्य सामाग्री उपलब्ध गराउने,
 केन्द्रीय मुखपत्रलाई सैद्धान्तिक पत्रिकाका रुपमा संचालन गर्ने, स्थायी कमिटीका सदस्यको संयोजकत्वमा सम्पादक मण्डल बनाउने,
 पार्टीका राष्ट्रव्यापी गतिविधिहरुको जानकारी जनतालाई दिनका लागि अब विद्युतीय(अनलाइन) दैनिक पत्रिका नेपाली र अंग्रेजी भाषामा प्रकाशन गर्ने, त्यसका निम्ति स्थायी कमिटीका सदस्यको संयोजकत्वमा योग्य व्यक्तिहरु समाहित सम्पादक मण्डल निर्माण गरी जिम्मा दिने,
 पार्टीको लगानीमा निष्पक्ष तथा विश्लेषणात्मक समाचार सहितका सामाग्रीहरु प्रशारण गर्ने गरि एफ्.एम्. रेडियो तथा टेलिभिजन संचालनको व्यवस्था गर्ने ।

ग) राष्ट्रियतासम्बन्धी विषयमा तदारुकता
 विगतको साम्राज्यवादी र सामन्ती प्रभुत्वको समयमा नेपालको राष्ट्रियतामा प्रतिकूल प्रभाव पर्ने गरी भएका सबै सन्धि सम्झौता र सहमति खारेज गरि पञ्चशीलको सिद्धान्तका आधारमा नयाँ सन्धी सम्झौता गर्ने । हालै बेलायती सेनामा शुरु गरिएको नेपाली महिलाको भर्ति तुरुन्त बन्द गर्न पहल गर्ने,
 नेपालको सीमानाको रक्षा र सुरक्षाका लागि नीतिगत र व्यवहारिक कार्ययोजना बनाई लागु गर्ने र यससम्बन्धमा छिमेकी देशहरुसंग रहेका मतभेदको टुंगो लगाउने,
 नागरिकताको सम्बन्धमा ल्याइने कानून र नीति देशको चीरकाल अस्तित्व र स्वाधीनतालाई ध्यानमा राखेर अगाडि बढाउने,
 नेपालको संविधानको व्यवस्था तथा परिवर्तित परिस्थिति अनुरुप नेपालको सर्वोपरी हितमा आधारित राष्ट्रिय सुरक्षा नीति लागु गर्र्ने,
 नेपालका प्राकृतिक स्रोतलाई नेपालको राष्ट्रिय हित र समृद्धिका लागि उपयोग गर्ने नीतिको दृढतापूर्वक कार्यान्वयन गर्ने । 
 सम्पूर्ण पार्टी पंक्ति र जनतालाई देशभक्तिपूर्ण भावनाबाट प्रशिक्षित र दिक्षित गर्ने । यसका लागि सबै तहका पाठ्यक्रममा सोही अनुरुपको विषयवस्तु राख्ने ।
घ) राष्ट्रिय सुरक्षा
 राष्ट्रिय सुरक्षालाई सुदृढ गर्न राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्ने
 सुरक्षा अंगहरुलाई परिवर्तिति स्थिति अनुरुप सुदृढ तुल्याउने,
 राजनीति, अर्थतन्त्र, व्यापार–व्यवसाय, शिक्षा र कूटनीति लगायतका सबै क्षेत्रमा राष्ट्रिय हित र सुरक्षालाई ध्यानमा राखेर काम गर्ने,
 यातायातका सबै क्षेत्र र पक्षमा राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर व्यवस्थापन गर्ने ।

ङ) विकास निर्माणका सम्बन्धमा निम्न निर्णयहरु गर्ने 
 राष्ट्रव्यापी प्रभाव पर्ने र पार्टी जवाफदेही हुने गम्भीर विषयमा पार्टी केन्द्रीय सचिवालयबाट सुझाव लिएर मात्र सरकारले निर्णय गर्ने । 
 आगामी २ महिनाभित्र गत निर्वाचनमा जारी घोषणापत्रका आधारमा तयार गरी प्रतिनिधि सभामा पुरक बजेट प्रस्तुत गर्ने र सबै लोकप्रिय कार्यक्रमहरु पुनस्र्थापित गर्ने, 
 आगामी एक वर्षभित्र सम्पन्न हुनेगरी बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई अत्यधिक गतिशीलताका साथ अगाडि बढाउने,
 हुलाकी राजमार्ग, पूर्व–पश्चिम महेन्द्रराजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, लिम्पियाधुराबाट शुरु भई सम्पूर्ण हिमाली क्षेत्रमा हुँदै झिनासङचुलीसम्मको हिमाली पर्यटन राजमार्ग, किमाथाङ्का–विराटनगर राजमार्ग, रसुवागढी–काठमाण्डौ राजमार्ग, मुस्ताङ–भैरहवा राजमार्ग, हिल्सा–जुम्ला–नेपालगंज राजमार्ग, ताक्लाकोट–धनगढी राजमार्ग, सेती लोकमार्ग, निजगढ–काठमाण्डौ द्रुतमार्ग यथासमयमा सम्पन्न हुनेगरी निर्माण, पुनर्निर्माण तथा स्तरोन्नत गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने,
 आगामी ५ वर्षभित्र सम्पन्न हुनेगरी पूर्व–पश्चिम राजमार्गको समानान्तर दु्रतगतिको रेलमार्ग संचालन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । त्यसैगरी केरुङ–काठमाण्डौ–वीरगंज रेलमार्गको यथासम्भव सञ्चालन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने,
 रेल मार्ग संचालन गर्दा त्यसको जिम्मा विदेशीहरुलाई नदिई प्राविधिक र आर्थिक सहयोग लिने तथा नेपाली जनशक्तिलाई अहिलेदेखि नै तालिम प्रशिक्षण दिई आवश्यक जनशक्ति तयार गर्ने, 
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी विमानस्थल, विराटनगर विमानस्थललाई यथासम्भव समयमा सम्पन्न गर्न अन्तर्राष्ट्रिय स्तरको निर्माण, सुधार, पुनर्निर्माण तथा स्तरोन्नत गर्नकालागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने । शुरु भइसकेका विमानस्थलहरु घोषित समयमै सम्पन्न गर्ने, 
 आगामी ७ वर्षभित्र सम्पन्न हुनेगरी पश्चिम सेती, कर्णाली चिसापानी, नौमुरे, उत्तरगंगा, अरुण, तमोर र कोशी जलविद्यूत् योजनाहरु निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी यथासम्भव समयमा शुरु गर्ने,
 पटक–पटक म्याद थप्दा पनि माथिल्लो कर्णाली आयोजनाको वित्तिय व्यवस्था गर्ननसकेको विदेशी कम्पनीले प्रमाणपत्र अरु कसैसंग विक्री गरेर उक्त आयोजनालाई महंगो बनाउन सक्ने सम्भावनालाई ध्यान दिई अब म्याद नथप्ने र सरकारले उपयुक्त विकल्प खोज्ने वा आफै निर्माण गर्ने । 
 राजधानी उपत्यकाका सबै शहरहरुलाई आधुनीकीकरण गर्ने, सबै शहरहरु स्मार्ट सिटीका आधारमा पुनर्निमार्णका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी आगामी आ.व.मा निर्माण शुरु गर्ने
 आगामी ६ महिनाभित्र उपत्यकाका सबै सहरहरुमा धुलो र हिलो मुक्त बनाउन सबै सडकहरु कालोपत्रे गर्ने तथा सडक र खाली ठाउँ, सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्ने,
 उपत्यकाका सबै शहरमा विद्युतीय बाहनबाट पेट्रोल चालित बाहन प्रतिस्थापन गर्ने कार्य अगाडि बढाउने,
 आगामी आ.व.भित्र निर्माण शुरु गर्ने गरी चक्रपथ, थानकोट–धुलीखेल, बुढानिलकण्ठ–बुङमति, चाबहिल–साँखु तथा सातदोबाटो–गोदावारीमा स्काई टे«न संचालन गर्न संसारका कुनै पनि उपयुक्त कम्पनीसंग सम्झौता गर्ने,
 आगामी २ वर्षमा शुरु गर्नेगरी झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, कैलाली र कन्चनपुरसमेत १८ जिल्लामा पूर्वपश्चिम राजमार्गबाट शुरु भई जिल्ला सदरमुकाम हुँदै नेपाल भारत सिमानासम्म पुग्ने गरी विद्युत÷सौर्य उर्जा प्रणालीमा आधारित स्काई ट्रेन संचालन गर्ने योजना बनाउने, 
 आगामी एक वर्षभित्र नेपालका सबै शहर र सडकहरुमा सोलार सिस्टममा आधारित सडक बत्ति स्थापना गर्न सुरु गर्ने,
 शिक्षा, स्वास्थ्य, आवास, पिउनेपानी, खेलकूद, जेष्ठ नागरिक संरक्षण, बाबुआमा नभएका बालबालिकाहरुको संरक्षण र अपांगता भएका व्यक्तिहरुको संरक्षणका लागि उपयुक्त व्यवस्था गर्ने,
 कम्तिमा २० लाख जनताले रोजगारी तथा स्वरोजगारी प्राप्त गर्ने गरी प्रत्येक स्थानीय तहका महानगर र उपमहानगरपालिकामा व्यवस्थित औद्योगिक प्रतिष्ठान निर्माण, पुनर्निर्माण र स्तरोन्नत गर्ने, प्रत्येक नगरपालिका र गाउँपालिकाहरुमा औद्योगिीक क्षेत्र र औद्योगिक ग्रामहरु स्थापना गर्ने,
 कृषि भूमिमा चक्लाबन्दी लागू गरी सामुहिक तथा व्यक्तिगत कृषि फर्महरुको विकास गर्ने, भू–उपयोग नीतिको आधारमा कृषिमा आत्मनिर्भर भई निर्यात प्रवद्र्धन गर्न अत्याधुनिक कृषिफर्म, पोल्ट्रीफर्म, पिगफर्म, डेरीर्फमहरु तथा मत्श्य र मौरी पालनको विकास गरी कृृषि क्षेत्रमा रहेका सम्पूर्ण परिवारलाई रोजगारी तथा स्वरोजगारी उपलब्ध गराउने,

च) सामाजिक सुरक्षाका सम्बन्धमा निम्न कार्यहरु गर्ने
 अहिलेदेखि शुरु गरी आगामी २ वर्षभित्र कुनै पनि कारणबाट घरबारविहीन सबै परिवारलाई सुविधायुक्त आवास उपलब्ध गराउने,
 आगामी ५ वर्षभित्र सबै जनतालाई स्वच्छ पिउने पानीको व्यवस्था गर्ने,
 आगामी २ वर्षभित्र सरकारी, नीजि र सामुदायिक अस्पतालहरुबाट नेपाली नागरिकलाई वीमामा आधारित शुलभ स्वास्थ्य उपचारको व्यवस्था गर्ने । गरिबीको रेखामुनी रहेका परिवारका लागि वीमा शुल्क सरकारले अनुदान स्वरुप प्रदान गर्ने,
 १२ कक्षासम्म सबै नेपालीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, सबै विद्यालयहरुमा स्वच्छ पिउने पानी, महिला, पुरुष र अपांगता भएकाहरुका लागि छुट्टाछुट्टै शौचालय, महिला विद्यार्थीहरुका लागि निःशुल्क सेफ्टी प्याड र बन्द कक्षमा र खुला किसिमले खेलिने खेलको समुचित व्यवस्था गर्नुका साथै पोषणयुक्त खाजाको व्यवस्था गर्ने, टाढाबाट आउने विद्यार्थीहरुलाई ल्याउन र लैजानका लागि बसको व्यवस्था गर्ने, यसका साथै मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गर्ने,
 एउटा पनि रोजगारी नभएका परिवारमा न्यूनतम एक रोजगारीको व्यवस्था गर्नुका साथै रोजगारी प्राप्त नहँुदासम्म विशेष आर्थिक सहायता उपलब्ध गराउने,
 घोषणापत्रमा उल्लेख भएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता आगामी ५ वर्षभित्र रु.५ हजार पु¥याउने गरी यसै वर्षदेखि पहिले दिदैं आएको भत्तामा यथासक्य थप गर्ने । 
 सबै जिल्ला सदरमुकाम, प्रदेश सदरमुकाम र राजधानीमा असहाय, ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न आवास क्षेत्र स्थापना गर्ने, त्यसैगरी बालग्राम, विपत्मा परेका महिलाहरुका लागि आवास र रोजगारीको व्यवस्था गर्ने,
 देशका सबै शहरमा घरबार नभएका विखर्ची भएका र विस्थापित भएका नेपाली नागरिकका लागि आवश्यकता बमोजिम प्रतिछाक रु.२५ मा पोषणयुक्त खाना र रु.२५ मा एकरात बस्न सक्ने गरी सुलभ पाहुना घरको व्यवस्था गर्ने, 
 स्थानीय तहका सबै ६,७४२ वडाहरुमा त्यहाँ रहेका जनताको आधारभूत आवश्यकता बमोजिम उपभोग्य बस्तुहरु उत्पादन मूल्यमा उपलब्ध गराउने गरी सस्तो पसल संचालन गर्ने ।

धन्यवाद !
हार्दिक अभिवादन सहित !
वामदेव गौतम
सदस्य
केन्द्रीय सचिवालय
२९ मंसिर, २०७५

न्युज24 र अन्नपूर्णपोष्टबाट

काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

काठमाडौं / गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। देशभरका ७७ जिसस पदाधिकारीलाई प्रदेशपिच्छे आकर्षक तलब सुविधा छ।

झन्डै झन्डै कामविहीन जिसस पदाधिकारी सुविधामा मस्त छन्। संविधानको धारा २२० मा गाउँपालिका र नगरपालिकबीच समन्वय गर्न जिल्ला समन्वय समितिको व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले पनि जिससको भूमिका किटानी गरेको छ।

संविधान र कानुनले निर्दिष्ट गरेअनुसार जिससले परिणाम दिने खालका काम भने गर्न सकेको छैन। उसले तहका बजेट खर्च तथा कार्यक्रमको समीक्षासमेत गर्न सकेको छैन। प्रदेश र केन्द्र सरकारलाई पठाउनुपर्ने बजेटको वस्तुस्थिति समीक्षा पनि पठाउन सकेको छैन। तर प्रदेश सरकारले प्रदेश कानुनअनुसार जिसस पदाधिकारीलाई आकर्षक तलब सुविधा दिएको छ। प्रदेश १ सरकारले जिसस प्रमुखको तलब ३३ हजार, उपप्रमुखको २६ हजार र सदस्यको १४ हजार रुपैयाँ निर्धारण गरेको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

यातायात सिन्डिकेट पक्षधरसँग फेरि झुक्यो सरकार

काठमाडौँ / सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ ÷ समिति मातहत रहेका यातायता व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो । सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारबाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरुकै पक्ष लिएको हो । यातायात व्यवसायी अनेक बहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्याउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी

काठमाडौं / सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो । समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको छ ।

सो कार्ययोजना अनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षण लगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो ।
सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा १४ हजार दरबन्दी रिक्त हुन सक्ने आँकलन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । सो प्रक्षेपण अनुसार माघ मसान्तसम्म १४ हजार पदमा लोकसेवा खुलाउने गरी कार्ययोजना तयार पारिएको सचिव थपलियाले बताए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

भारु नसाटिँदा स्थानीय मर्कामा, साना व्यापारी भन्छन्– चौपटै हुने भइयो

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय २ सय, ५ सय र २ हजारका नोटहरु नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका स्थानीय समस्यामा परेका हुन् ।

कामका लागि भारतका बिभिन्न शहर गएका सुदूरपश्चिम प्रदेशका स्थानियले घर फर्किदा ल्याएका भारतिय नोटहरु अहिले नसाटिन थालेपछि उनिहरु निकै समस्यामा परेको डोटीका स्थानिय चेतराज भट्टले बताउनु भयो । ‘भारत गएकाहरुले पुरै भारतिय नोट ल्याएका छन् सरकारले नसाट्ने भनेपछि समस्या भएको छ, उहाँले भन्नुभयो ‘हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।’

यस्तै दिपायलको पिपल्लामा रहेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले आफुकहाँ दैनिक दर्जनौ ग्राहक भारु लिएर आउने गरेको जानकारी दिँदै भन्नुभयो–‘कुनै पनि सामान किन्दा भारु दिन्छन् तर सरकारले भारु चल्दैन भनेको छ, दैनिक ग्राहक फर्काउनु परेको छ, के गर्ने ? आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

नेकपा स्थायी समिति बैठकमा शीर्ष नेताहरुबीचमै धम्की र घुर्की

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन् । पार्टी एकता भएपछि दोस्रो पटक बसेको स्थायी समितिको बैठकमा पनि पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले फरक दस्तावेज पेश गर्नुभएको छ ।

प्रदेश कमिटीको एकता प्रक्रिया टुंगो लगाएसँगै शीर्ष नेताहरुबीच विवाद चर्किदै गएको छ । शनिवारबाट सुरु भएको उक्त पार्टीको स्थायी समिति बैठकमा प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराउनुभएको छ।

२२ पृष्ठ लामो राजनीतिक प्रतिबेदन अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको छ । प्रवक्ता श्रेष्ठले सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

एक डेन्टिस्ट, जसले दाँतको उपचारमा आएका पूर्व ब्वाइफ्रेन्डका सवै दाँत उखेलिदिइन्

पोल्यान्डकी एक डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको सवै दाँत निकालिदिएकी छिन्। आफूलाई छाडेर नयाँ केटीसाथी बनाएको झोकमा उनले यस्तो गरेकी हुन् ।अन्ना म्याविक नामकी ती डेन्टिस्टले आफ्ना पूर्व केटासाथीको दाँतको उपचार गर्ने क्रममा गरेको गल्तीले तीन वर्ष जेल सजाय भोग्न सक्ने देखिएको छ ।उनका पूर्व केटासाथी मारेक वल्सजेवस्कीले ब्रेकअपको केही दिनपछि दाँत दुख्न थालेपछि डेन्टिस्ट पूर्व केटीसाथी अन्नालाई गुहारेका थिए ।

‘मैले व्यवसायिक हुने प्रयास गरेकी थिएँ तर मेरो आवेगसँग हारें,’ ३४ वषीया अन्ना भन्छिन्, ‘मैले जब ऊ पल्टिरहेको देखें, लाग्यो– कस्ता वाइयात मान्छे ।’त्यसपछि उनले तुरुन्तै एनेस्थेसियाको कडा डोज दिइन्। एकपछि अर्को गर्दै सवै दाँत उखेली दिइन् ।उनले गिँजामा ब्यान्डेज बाँधिदिइन्। सामान्य तरिकाले त्यहाँबाट बाहिरिइन् ।

‘जब म होसमा आएँ, मलाई थाहा भयो कि केही न केही गलत भएको छ,’ ४५ वर्षीय वल्सजेवस्की भन्छन्, ‘मैले मेरो मुखमा कुनैपनि दाँत नरहेको र गिँजामा ब्यान्डेज बाँधिएको महशुस गरें ।’उनले आफ्नो अपार्टमेन्ट नपुगुन्जेल आफूमाथि यति डरलाग्दो घटना घटेको भने थाहा पाउन सकेनन् । ‘मैले घर पुगेर ऐना हेरें । म आफैंलाई विश्वास लागेन । उनले त मेरो पूरै मुख खाली गरिदिइछन्,’ उनले भने ।त्यसपछि वल्सजेवस्कीले दाँत प्रत्यारोपण गरेका छन् । उनकी नयाँ केटीसाथीले दाँत नभएको केटासाथी झेल्न सकनिन्, त्यसैले छाडिदिइन् । डेन्टिस्ट अन्नामाथि मेडिकल मालप्य्राक्टिस गरेको भन्दै अनुसन्धान भइरहेको छ।

हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ


काठमाडौँ – हिन्दु परम्परामा बिवाहित महिलाले पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई निकै नै मान्यता दिइन्छ । सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको धार्मिकसगैँ वैज्ञानिक सत्य पनि छ:

१. सिन्दुर  लगाउनुको वैज्ञानिक कारण-
सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको ।

वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ ।यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ । किनकी विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ।

२. काँचका चुरा लगाउनु वैज्ञानिक कारण –हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ
विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।

३. मंगलसुत्रको पहिरनसँग जोडिएको वैज्ञानिक कारण-
मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ ।  हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु मंगलसुत्र नदेखिने ठाउँमा लगाउनु पर्ने सल्लाह दिने गर्छन् । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।

४. खुट्टाको औलामा किन लगाईन्छ औठी-
विवाहिता हिन्दु महिला खुट्टाको दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ । किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ?

खुट्टाको जुन औलामा औठी पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला सजिलै गर्भधारण गर्न सक्दछन् भने महिनावारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु-याउँदछ ।

५. कानमा पहिरिने झुम्काको विज्ञान-
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ । कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ । शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई कम गर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।

६.  पाउजु पहिरिनुको विज्ञान-
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ । साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ।एजेन्सी ।

घ्याङफेदी दुर्घटना अपडेट : मृतकको सङ्ख्या २० पुग्यो, घाइते १५ जनाको काठमाडाैंमा उपचार हुँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उनले बताए। घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए। कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।रासस

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँबराबरका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

नेकपाभित्र गम्भिर छलफल : प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब

काठमाडौं / सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। शनिवार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेको बताए। पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको र सरकार सञ्चालन पनि राम्रोसँग नभएको बताउँदे उनले बैठकमा गन्भीर छलफल हुने बताए। ‘बैठक हुन्छ तर छलफल नै हुँदैन’, उनले भने नियष्मित बैठक बस्नुपर्छ गम्भीर छलफल हुनुपर्छ।’ पार्टी प्रदेश संगठन निर्माणको मापदण्ड तथा त्यसका कार्यबारे स्पष्ट गर्नुपर्ने उनको माग छ। आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

कांग्रेस महासमिति बैठकः बिहानको खाजा र खाना मात्रै पार्टीको

काठमाडौं / कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि शनिबार सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो। नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ। महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ।

महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ। कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ। बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ। तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

आजदेखि अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

काठमाडाैँ । नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजदेखि लागु भएको छ । संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको ‘मोन्ट्रियल कन्भेन्सन’ आजदेखि लागुभएको हो । सन् १९९९ मा पारित भएको महासन्धि नेपालमा कार्यान्वयन आएसँगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ ।

विगतमा वार्सा महासन्धिअनुसार नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए । अब क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर भएको छ । नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइनेछ ।

त्यसैगरी कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ, ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तोकिएको छ । यस्तै समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने छ ।

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

काठमाडौं / सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ। नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। सबैको मापन फरकफरक निस्किएको छ। नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो।

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो। चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाइ लिइएको थियो। आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

आँफै सेनटरी प्याड बनाउन सक्षम बन्दै देवचुलीका किशोरीहरु

मङ्सिर -२८,एलिना केसी,देवचुली महिना बारी भन्ने बितिकै किशोरी महिलाहरुमा महिनै पिछे हुने रजस्वला प्रक्रिया हो । महिनाबारी हुदाँ किशोरी महिलाहरुलाई सेनटरी प्याड को निकै नै आवश्यकता पर्ने गर्दछ। त्यसैले यतिबेला देवचुलीका किशोरीहरु आफै सेनटरी प्याड बनाउन सक्षम बनिरहेका छन् । बजारीया प्याड भन्दा घरमै निर्माण प्याडले आरामदायी हुने उनीहरु बताउछन् । किशोरीशरुले आफनो पहिलो रजस्वाला हुँदाको अनुभवहरु मज्जाले साटा साट गरेको छन्।

महिलाहरु र किशोरीहरुको जिवनमा एउटा महत्वपूर्ण अंगको रुपमा रहेको रजस्वाला अर्थात गाँउले भाषामा भन्दा पर सर्नेको बारेमा रहेका जुन रुढीवादी सोच र परम्परा रहेको छ, सो को न्युनीकरणको लागि स्वयम किशोरीहरुद्धारा नै यस्तो खालको अभियान सुरु गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालद्धारा क्यान्नालनको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका ३० जना किशोरीहरुलाई महिनावारी सरसफाई र सेनेटरी प्याडको निर्माणको तालिम पश्चात अहिले विद्यालयमा र समुदायस्तरमा रहेका किशोरीहरुलाई यसको बारेमा तालिमहरु सञ्चालन गरेको कुरा संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले र महासचिव दिपक शर्माले बताउनुभयो ।

सुरु सुरुमा आफुलाई पनि एकदमे अफ्टयारो महसुस भएको र पछि त सवै साथिहरुले समेत आफ्नो अनुभवहरु सुनाउन थालेको र आफुलाई परेको समस्याहरुको बारेमा समेत भन्न थालेको कुरा किशोरी अभियन्ता प्रभा वाग्ले बताउनुहुन्छ । महिनावारीको समस्या प्राकृतिक रुपमा रहेको र यसलाई समस्याको रुपमा लिने होईन की यो त सन्तान उत्पादन र संसारको सृष्टिकर्ताको रुपमा रहेकोले सोही अनुसार नै लिई विशेष सरसफाई र पौष्टिक युक्त खानेकुरा खानुपर्ने कुरामा जोड दिइएको अर्की अभियन्ता मोतिसरा थापाले बताउनुहुन्छ ।

आजको तालिम कार्यक्रममा घरमा नै कसरी सेनेटरी प्याडको निर्माण गर्न सकीन्छ भनेर समेत प्राक्टिकल रुपमा नै सञ्चालन गरिएको थियो ।कार्यक्रम देवचुली १४ मा रहेको जन ज्योती नमुना माध्यमिक विधालयमा गरिएको थियो । कार्यक्रममा २५ जना किशोरीहरुको सहभागिता रहेको थियो । यस्तो तालिमले आफनो आर्थिक अवस्थामा पनि फाईदा पुराउने तालिम प्राप्त किशोरीहरुले बताएका छन् ।

हेमराज माविमा लगाईएको ताला खोलियो

हरि आाचार्य कपिलवस्त, मंसिर २८ हेमराज मावि हथौसामा लगाईएको ताला खोलिएको छ । अभिभावकहरुको छलफलमा वाणगंगा नगरपालिका ११ को हेमराज माविको ताला खोलिएको हो । पुष १५ गतेका लागि छलफल तय गरिएको विद्यलाय ब्यबस्थापन समितीका पुर्व अध्यक्ष भग्गु थारुले बताए । उक्त छलफलबाट ब्यबस्थापन समिती, लगायत अभिभावकले गरेका मागहरुको बारेमा वृहत छलफल गरिने पनि थारुले बताए । त्यस्तै नयाँ विद्यालय ब्यबस्थापनि समिती गठन नहुनुन्जेल सम्म शिक्षक सरुवाको निर्णयलाई कार्यान्वन नगर्ने निर्णय गरिएको अभिभावकले बताएका छन् ।

यस्तै करिव डेढ वर्षसम्म ब्यबस्थापन समिती विहिन सुर्योदय मावि वरवाको ब्यवस्थापन समितिको बारेमा ठोस निर्णय भएको छ । आज भएको छलफलले सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने र नसके चुनावमा जाने गरि हुमनाथ अधिकारि, पंकनाथ मरासिनि र धु्रवचन्द्र थारुको ३ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले पुस १० गते सम्म सवैसम्मत गर्ने प्रयास गर्ने र सहमतिमा नपुगे ११ गते उक्त समितिले अभिभावकलाई छलफलका लागि बोलाउँने विद्यालयका प्रधानाध्यापक जगनाथ मरासिनिले बताए । विद्यालयमा वर्षैदेखि समिति गठन नहुँदा धेरै अप्ठ्यारो परिरहेको शिक्षक नारायण मरासिनिले बताए । त्यसैले छिटो भन्दा छिटो ब्यबस्थापन समिती गठन गर्नुपर्ने विद्यार्थिहरुले माग गरेका छन् ।

रजत बर्षमा नवलपुरको विश्वज्योति माविको स्कुल मेला सम्पन्न

आदर्श सुशील,मङ्सिर २८,देवचुली नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक बिध्यालयले रजत बर्ष अर्थात् २५ औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार बिध्यालयमा आयोजना गरिएको बार्षिकोत्सव समारोहलाई बिध्यालयले स्कुल मेलाको रुपमा मनाएको छ । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोती प्रसाद अर्यालको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आथित्यतामा स्कुल मेला सम्पन्न भएको हो ।

यसैगरि बिशेष अतिथिको रुपमा जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण चन्द्र पोखरेल क्षेत्रीय शिक्षा निर्देशक खड्क बहादुर कर्मा लगायातको उपस्थिति रहेको थियो । स्कुल मेलामा बिभिन्न परम्परागत तथा सांस्कृतिक प्रदर्शनी,चित्रकला प्रदर्शनी,बिज्ञान प्रदर्शनी,इन्टरनेसनल स्कुल अवार्ड (आईएसए)प्रदर्शनी गरिएको थियो । साथै बिध्यालयमा जंक फूड निषेध गर्न बिद्यार्थी आँफैले स्वस्थकर खाना,खाजा तयार पारेका थिए ।

मेला अवधी भए साना देखि ठूला बिद्यार्थीले बिभिन्न नृत्य प्रस्तुति,र्याम्प,प्रहसन समेत गरेका थिए । कार्यक्रममा बोल्दै बिध्यालयका संस्थापक अध्यक्ष बिष्णु प्रसाद बस्तोलाले बिध्यालयको स्थापना देखि आज सम्म आईपुग्दा निकै लगनशीलता महेनत र पसिना बगाउनु परेको स्मरण गर्नु भयो । हाल यो बिध्यालयले गुणस्तरिय शिक्षा मात्र नभई प्राविधिक र विश्वस्तरको शिक्षा प्रणाली अबलम्बन गर्न तर्फ अग्रसर रहेको पनि बास्तोलाले बताउनु भयो ।

यसैगरि कार्यक्रमका प्रमुख अतिथि पूर्ण कुमार श्रेष्ठले विश्वज्योति देवचुली नगरपालिकाको निजी स्तरबाट सञ्चालित उत्कृष्ट शैक्षिक संस्था रहेको बताउनु भयो । साथै बिध्यालयलाई प्रविधिमैत्री बनाई अगाड़ी बढ्नुपर्नेमा जोड दिनु भयो । स्कुल मेलाको सत्र सय बिद्यार्थी,पन्ध्र सय भन्दा बढी अभिभावक गरि करिव चार हजारले अवलोकन गरेका थिए ।

यि हुन स्त्रीले सुधार्नु पर्ने पाँच स्वभाबहरू

राम्रो स्वभाव भएका स्त्री भयो भने पतिको जिबन एकदम राम्रो हुन्छ । अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जिबन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जिबन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्येसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ ।

१. पतिलाई आफ्नोमात्रै ठान्ने- पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई संकटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।

२. नमिठो वचन बोल्ने- वचनको वाण निकै घातक हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ ।

३. मनि माइन्डेड अर्थात पैसालाई मात्र महत्व दिने- आफ्नो श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । दाम्पत्य जीवनमा पैसाले प्रेम, समर्पण र बफादारिताको ठाँउ लिएपछि आत्मीयता भन्ने कुरा हराउछ। पैसाप्रति मात्रै आशक्ति राख्ने आफ्नो पतिको मात्रै होइन आफ्नै जीवन पनि निकै निरस बनाउँछन् ।

४.कचकचे र रुञ्चे- सामान्य कुरामा पनि किचकिच गर्ने र रुञ्चे स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । दिनहुँको गनगन कचकच र गुनासोले पुरुषको मनोबल गिर्दै जान्छ । यस प्रकारको स्वभाव भएका महिलाले पुरुषलाई हौसला दिनुको साटो उसको जीवनलाई निराश र कुण्ठाग्रस्त बनाउँछन् ।

५. हस्तक्षेपकारी स्वभाव- कुनै-कुनै महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न मन पराउँछन् । यसरी हस्तक्षेप गर्दा आफूले जितेको महसुस गर्दछन् । तर यस्तो कार्यले पुरुषको जीवनको स्वतन्त्रता तथा निजत्व समाप्त हुन्छ भन्ने उनीहरुलाई अलिकति पनि ख्याल हुदैन । अनि स्वतन्त्रताविनाको जीवन निरस हुने नै भयो ।

ओएसिस स्कुलको परोपकारी काम,भेट्टाएको रकम हस्तान्तरण

मङ्सिर २८,आदर्श सुशिल,देवचुली देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको ओएसिस बोर्डिंग स्कुलका बिद्यार्थी र स्थानीय माधव न्यौपानेले फेला पार्नुभएको नगद अट्ठाईस हजार दुई सय रुपैया सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको छ । गत मंसिर २४ गते फारम चोकबाट पिप्रहर सामुदायिक होम स्टे जाने बाटोमा ओएसिस स्कुल अगाडी सो रकम फेला परेको हो ।

बिभिन्न प्रमाणका आधारमा उक्त रकम देवचुली १७ निवासी रामदीन गुरौको रहेको पुष्टि भएपछि देवचुली वडा नं १७ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्य र देवचुली कलेजका क्याम्पस प्रमुख राजन गौतमको रोहबरमा गुरौलाई उक्त रकम फिर्ता गरिएको ओएसिस बोडिंग स्कुलका प्रधानाध्यापक मैना ढकालले वैखरी डटकम लाई जानकारी दिनु भयो ।

साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्मा तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– जोस र जागर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्यासित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

हरिहर र कृष्टिनको ‘शुभ लभ’ को पोस्टर सार्बजनिक

चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभलभ’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक फस्टलुकमा यसका मुख्य कलाकार हरिहर अधिकारी र नव–नायिका कृष्टिन पौडेल समाविष्ट छन् । हरिहर अधिकारी ज्योतिष बिधामा पनि उत्तिकै चर्चित रहेका छन्।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् ।सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा धर्मराज शर्माको लगानी छ । चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।दुई जनाबीचको रोमान्सलाई पोष्टरमा देखाइएको छ । चैत्र १५ गतेबाट रिलिज हुने यहि चलचित्रबाट हरिहरसँगै कृष्टिनले पनि डेब्यू गर्दैछिन् ।

 

नुवाकोटमा मिनि ट्रक दुर्घटना,३० जना भन्दा बढीको मृत्यु भएको आशंका !

काठमाडौं । नुवाकोटको ध्याङफेदी सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा ३ ख ३९१३ नम्बरको गाडी दुप्चेश्वर गाउँपालिकामा दुर्घटना भएको छ । प्रहरीले जानकारी गराए अनुसार सो गाडीमा ४६ जना सवार थिए । जसमध्ये १० जनाको शव भेटिनुका साथै २० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

यसै घटनाको बारेमा खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटको डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटना स्थलतर्फ लागेको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार यस दुर्घटनामा धेरैको मृत्‍यु भएको आशंका गरिएको छ ।

पुरुषका लागि पनि गर्भनिरोधक सुई, एकपटक लगाए एकवर्ष ढुक्क

महिलाका लागि अस्थायी गर्भनिरोधका अनेक विधि छन् । सुर्इ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।तर पुरुषका लागि भने अस्थायी गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुर्इ जस्तै अस्थायी गर्भनिरोधक सुर्इको आविष्कार गरेका छन् ।पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुर्इ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुर्इको आविष्कार गरेको बताइएको छ ।शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुर्इ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरि मानिसका लागि गर्भनिरोधक सुर्इको रुपमासमेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसलजेल नाम दिएका छन् ।अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने उनीहरुको भनार्इ छ । एजेन्सी ।

अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने छैन जानकारी

काठमाडौँ -पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन ।प्राकृतिक रुपमा महिलामा रागरस (हार्मोन) का कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरभित्रको भित्री तह तुहिएर रगत बग्ने प्रक्रियालाई महिनावारी भन्ने गरिन्छ । महिनावारी हुनु भनेको महिलाको प्रजनन गर्न सक्ने उमेरमा प्रवेशको सङ्केत मानिन्छ ।पहिलो पटकको महिनावारीका कारण छात्राले विद्यालय जान छाड्ने, विद्यालयका शौचालय छात्रा मैत्री नहुँदा उनीहरु विद्यालय नै नजाने तथा छात्राको कम उमेरमा विवाह हुने प्रवृत्तिमा समेत नेपालले खासै सुधार गर्न नसकेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।महिनावारी हुँदा प्रयोग हुने लुगा (प्याड) को सहज पहुँचको उपलब्धता नहुनु, सरसफाइका लागि पानी नहुनु तथा फोहर कपडाले उत्पन्न गर्ने प्रजनन रोगको समस्यामा कमी नआएको कार्यक्रममा औँल्याइयो ।जर्मन विकास नियोग, जर्मनको सङ्घीय आर्थिक तथा विकास मन्त्रालय र महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीद्वारा संयुक्तरुपमा नेपालमा दोस्रो पटक महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी कार्यक्रमका सहभागीले सो कुरा औँल्याएका हुन् ।‘विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारी बेला अघि बढ्न सकून् भनेर सुनिश्चित गरौँ’ भन्ने सम्मेलनमा यस क्षेत्रमा कार्यरत महिला, बालबालिका, शिक्षा तथा विज्ञान प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी तथा सरसफाइ मन्त्रायलय, यहाँस्थित दातृ निकायका प्रतिनिधि तथा विज्ञ लगायतको सहभागिता थियो ।

सफा पानी, सुरक्षित र लैङ्गिकरुपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्दछन् भन्ने अध्ययनसमेत भएको छैन ।

पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन सरकारी निकायले उच्च प्राथमिकता दिएका छन् । एक विद्यालय एक नर्स कार्यक्रमको शुरुआत शिक्षा मन्त्रालयले गरेको छ । यसलाई अन्तर्राष्ट्रियजगत्ले स्वागतसमेत गरेका छन् ।‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन स्थानीय निकाय तथा विद्यालयले स्वतःस्फूर्त रुपमा लगानी बढाउन थालेका बताइन्छ ।कार्यक्रममा आयोजक संस्था जिआइजेडका स्वास्थ्य कार्यक्रम संयोजक भ्यालेरी ब्रोच अलभ्रेञ्जाले ग्रामीण क्षेत्रमा महिनावारी व्यवस्थापन गर्न नेपाल सरकारलाई सहयोग गर्न सम्मेलनले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘पहिलो पटक हुने महिनावारी, महिनावारी स्वास्थ्य, महिनावारी सरसफाइमा दिगोपनामा विद्यमान ज्ञान तथा जनचेतना अभियानमा केन्द्रित रही किशोरावस्थाको स्वास्थ्य र विकासमा रहेका अन्तरहरुलाई मेट्न सम्मेलन आयोजन गरिएको हो ।’

महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारीका संयोजक गुणराज श्रेष्ठले महिनावारी व्यवस्थापन कार्यक्रमलाई विद्यालयका पाठ्यक्रममा समावेश गराई जनचेतनामा जगाउन जोड दिए ।सम्मेलनमा शिक्षा, जनचेतन तथा सिकाइ, नीति तथा पैरवी, दिगोपन, अनुसन्धान तथा विश्लेषण, पानी, सरसफाइ तथा महिनावारी स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा सहभागीका बीचमा छलफल भएको थियो ।

महिनावारी स्वास्थ्य व्यवस्थापनका अन्तर्राष्ट्रिय विज्ञ डा. मरनी सोमरले महिनावारी स्वास्थ्य व्यवस्थापन चिकित्सक र नर्सको मात्र नभई समुदायले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै पछिल्लो समय नेपालले यस क्षेत्रमा उल्लेखनीय सुधार गरेको बताइन् ।पूर्वनेपाल सुन्दरी माल्भिका सुब्बाले महिनावारीका कारण आफूले पनि भान्साका छिर्न नपाएको उदाहरण प्रस्तुत गर्दै आफ्नो पहिलो सन्तानको अन्नप्राशनको अघिल्लो दिन महिनावारी हुँदा पनि अन्नप्राशन कार्यक्रममा सहभागी भएको उदाहरण प्रस्तुत गरिन् ।अधिकारकर्मी बन्दना राणाले महिनावारी स्वास्थ्य व्यवस्थापनका गर्न किशोरीलाई नमूना बनाई चेतना जगाउने कार्यमा ध्यान दिन आग्रह गरिन् । रासस

तीन दरका भारतीय नोट चलनचल्तीमा नल्याउने सरकारको निर्णय

काठमाडौं – सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणका लागि जग्गा अधिग्रहण गर्ने क्रममा छुट भएकाहरुलाई  क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

गएको २४ गते बसेको मन्त्रिपरिषद बैठकले छुटेका ९६ जना र कार्यदल बेसक्याम्पभित्र परेका ५ जना गरी १ सय १ जनालाई ऐलानी जग्गा र त्यसमा निर्मित संरचनाबापत क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले बालाजु–त्रिशूली–छहरे–विदुर सडक योजना स्तरोन्नतिका लागि झण्डै २ हजार ६ सय रुख हटाउन स्वीकृति दिएको छ ।

त्यसैगरी सरकारले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीको समय १५ दिन थप गरेको छ । बैठकले  २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।भारत सरकारले २०७३ साल कात्तिक २३ गते रातिदेखि ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले पनि भारतीय नोट सटहीमा रोक लगाएको थियो । नेपालमा रहेका वैध भारतीय रुपैयाँको व्यवस्थापन हुन नसकेपछि सरकारले एक सयको बाहेक अन्य भारतीय नोट ल्याउन र राख्न गैर कानूनी हुने भन्दै प्रयोगमा नल्याउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी, नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने तथा साना किसानहरुले तत्कालीन साझा सहकारी संस्थाहरुबाट लिएको ऋण मिनाहा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले ग्रामीण स्वावलम्बन कोषका कार्यक्रमहरु साना किसान लघुवित्त वित्तीय संस्थाबाट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिनुको साथै मानवअधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ स्वीकृत गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले खानेपानीसम्बन्धी संघीय आयोजनाका काम समयमै सम्पन्न गर्न १ सय ६७ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, २०६६ कात्तिक २४ गते हत्या भएका सिरहाका प्रमोद साहका श्रीमती गितादेवी शाहलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने, प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश परामर्शका लागि लोकसेवा आयोगमा पठाउने, नेपाल र कम्बोडिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने, मोही लागेको जग्गा जग्गावाला र मोहीले बाँडफाँड गरी लिन दिन निवेदन दिने म्याद नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी एक महिना सम्म तोक्ने निर्णय गरेको छ ।

बैठकले एसियाली विकास बैकको सहयोगमा भारत सरकारबाट बनाउन लागिएको मेची पुल निर्माणका क्रममा दाँया र बाँया जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिन स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी गोरखापत्र संस्थानमा टीकाराम राई, मोरङलाई व्यवस्थापन, मार्केटिङ र प्रिन्टिङसम्बन्धी मामला हेर्ने गरी विज्ञ सल्लाहकार पदमा र अधिवक्ता कुमारप्रसाद भट्टराई(काभ्रे)लाई कानुनी सल्लाहकार पदमा नियुक्त गरिएको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गएको २४ गतेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी गराउनु भएको हो ।