४९ दिनसम्म समुद्रमा बगेका किशोर बाँचेर फर्के


इन्डोनेशियाका एक किशोर ४९ दिनसम्म समुद्रमा बगेपनि ज्यान जोगाउन सफल भएका छन्। १९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने काम गर्छन्।

समुद्रको मध्य भागमा माछालाई पासो लगाउने सानो डुंगाको झुप्रो गत मध्य जुलाइमा ठूलो हावाहुरीले डाेरी चुड्याउँदै बगाएपछि उनी वेपत्ता भएका थिए।

तर उनी हजारौं किलोमिटरको दुरीमा सकुशल फेला परेका हुन्। उनले समुद्रको पानी र माछा खाएर आफ्नो भोक टारेको बताएका छन्।

हप्तैपिच्छे अन्य कामदारहरु त्यस डुंगाको झुप्रो जहाँ माछालाई पासो लगाउने काम गरिन्थ्यो त्यहाँ खाना, पानी, इन्धन सहित माछा लिन आउने गर्थे। तर डुंगा सहित किशोरलाई बगाएपछि उनको निधन भएको आशंका गरिएको थियो।

म सँधै रुन्थे

गत जुलाइमा उनी डुंगासहित समुद्रमा हराएका थिए। उनले दिनहुँ आफू रुने गरेको द जकार्ता पोस्टलाई बताए।

‘जब जब म कुनै ठूलो जहाज देख्थें मनमा बाँच्ने आशा पलाएर आउथ्यो।’ उनले दुखी हुँदै ४९ दिनमा दश ठूला जहाज देखेको तर कोहीबाट सहयोग नपाएको बताए। उनले कुनै समय बाँच्ने आशा समेत हराएर गएको बताए।

प्रकाशित 10 असोज 2075, सोमबार

शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि अामाले गरिन् प्रहरीलार्इ खबर

जापानी प्रहरीले मृतशिशु पाँच वर्षसम्म लकरमा राखेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। ४९ वर्षिया इमरी सुजाकीले पाँच वर्षअघि मृत शिशु जन्म दिएकी थिइन्।

उनी आफैले यसै हप्ता प्रहरी समक्ष गएर सो वास्तविकता खुलाएकी थिइन्। उनको जानकारीपछि प्रहरीले लकर लोकर खोल्दा प्लास्टिकभित्र सडेको अवस्थामा शिशुको लास भेट्टाएको थियो।

प्रहरीका अनुसार सुजाकीले मृत शिशु जन्म दिएपछि त्यस विषयलाई ढाकछोप गर्न उनले वर्षौसम्म शिशुको लासलाई युजीसुदानी रेल स्टेसन नजिकैको लकरमा राखेका थिए।

उनले त्यस लकरको भाडाको पैसा तिर्दै आएकी थिइन्। लकरमा सामान राखिए वापत प्रतिघण्टा १.८० अमेरिकी डलर तीर्नुपर्ने पैसा तिर्नपर्छ। तिर्न नसके ८.८६ डलरसम्म जरिवाना लाग्ने र लकरमा रहेको सामान त्यहाँका सम्बन्धित व्यक्तिले हेर्न पाइने बताइएको छ।

सोमबार पुरुष साथीसँग झगडा परेपछि उनले त्यस घर छाड्दै बाहिर निस्केकी थिइन्। तर चाँबी त्यही छाडेपछि शिशु लकरमा राखिएको घटना बाहिर आउने त्रासमा उनी आफैले त्यस घटना सार्वजनिक गर्न बाध्य भएकी थिइन्। एजेन्सीं

 

प्रकाशित १० असोज २०७५, बुधबार |

दुईमुखे रेल किन्दै नेपाल

निर्माण कार्य सुरु भएको कम्तिमा ९ बर्षमा चिनिया रेलमार्ग काठमाडौँमा जोडिनेछ। भदौ पहिलो साता नेपाली पक्षलाई चिनिया पक्षले बुझाएको ‘लेक पाइकु’ (केरुङ)-काठमाडौँ रेलमार्ग सम्बन्धी पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनले यही निष्कर्षका निकालेको छ।

चिनिया रेलमार्गले काठमाडौँ जोडिने भएपछि भारतीय पक्षपनि रक्सौल-काठमाडौँलाई रेलमार्गले जोड्न कस्सिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चैत (०७४) अन्तिम साता भएको भारत भ्रमणमा यस सम्बन्धी सहमति भइसकेको छ। र, कोंकण रेलवे कर्पोरेसन लिमिटेडले यस सम्बन्धमा पूर्व सम्भाव्यता अध्ययन गर्दैछ।

भारतीय रेलमार्गले रक्सौल-काठमाडौँलाई कति अवधिमा जोड्न सक्छ, त्यो पूर्व सम्भाव्यता अध्ययन सकिएपछि थाहा होला। तर, जनकपुर-जयनगरसम्मको ३५ किलोमिटर रेल मार्ग निर्माणाधीन अवस्थामा छ। र,आगामी कार्तिकसम्म रेलमार्ग निर्माण सम्पन्न भइसक्नेछ।

त्यसबाहेक नेपालले मेचीदेखि-महाकालीसम्म पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्दैछ। कतिपय खण्डमा रेलमार्गको निर्माण भइरहेको छ भने कतिपय खण्डको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) निर्माणको क्रम जारी छ।

रक्सौल आउने भारतीय रेल वा लेक पाइकु (केरुङ) बाट आउने काठमाडौँलाई जोडोस् वा नजोडोस्, निर्माणाधीन पूर्व–पश्चिम रेलमार्ग र बर्दिबाससम्म विस्तार भएर आउने जयनगर-जनकपुर खण्डमा सञ्चालनका लागि नेपाललाई आफ्नै स्वामित्वको रेल आवस्यक छ।

निर्माण हुन लागेको रेलमार्ग र निर्माणाधीन खण्डमा कस्तो रेल ल्याउने भन्ने विषयमा नेपाली अधिकारीहरुले यसअघि नै अध्ययन गरिसकेका छन्। र, त्यस आधारमा कस्तो रेल ल्याउने भन्ने निचोडमा पनि उनीहरु पुगेका छन्।

नयाँ प्रविधि
स्रोतका अनुसार, नेपालले डिइएमयु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) किन्ने योजना बनाएको छ। यो भनेको डिजेलबाट चल्ने रेल हो। डिजेलले चल्ने भएपनि मूलत यो इलेक्ट्रिक रेल नै हो। किनभने, डिजेल मेसिनले रेल प्रणालीभित्रै विद्युत उत्पादन गर्छ र रेल चल्छ।

त्यसो त, पूर्णरुपमा विजुलीले चल्ने रेलपनि नभएका होइनन्। तर, पूर्णरुपमा विजुलीबाट चल्ने रेललाई इएमयु (इलेक्ट्रिक मल्टिपल युनिट) भन्ने गरिन्छ।

डिइएमयु र इएमयु प्रविधि आउनुअघि चाहिँ ‘लोकामोटिभ’ प्रविधिबाट रेल सञ्चालन हुँदै आएको थियो। यो प्रविधिमा रेलको सबैभन्दा अगाडि राखिएको इन्जिनले रेलका पछाडिका डिब्बाहरुलाई तान्छ र रेल अघि बढ्छ।

नेपालले प्रयोग गर्न लागेको ‘डिइएमयु’ प्रविधिमा चाहिँ रेलभित्रै डिजेल इन्जिनले विजुली उत्पादन गर्छ। त्यहीँ उत्पादित विजुलीले रेलका प्रत्येक डिब्बामुनि रहेका चक्काहरुलाई घुमाइदिन्छ। र, रेल अगाडि बढ्छ।

स्रोतका भनाईमा, सम्बद्ध अधिकारीहरुले ८ वटा डिब्बा भएको दुई मुखे रेल किन्ने योजना बनाएका छन्। दुई मुखे रेलका दुबैतर्फ मुख्य इन्जिन हुनेछन्। त्यसो हुँदा जहाँबाट आएको त्यतै फर्कनुपर्दा रेललाई घुमाउनु पर्नेछैन।

अर्थात्, कतै जाँदा रेलको अगाडिको इन्जिनले रेललाई अगाडि बढाउँछ। फर्कंदा चाहिँ पछाडिपट्टिको भाग अगाडि पर्छ र त्यही भागले रेललाई अगाडि बढाउँछ। ८ डिब्बाको भएपनि दुई तर्फका इन्जिनसमेत जोड्दा यो रेलमा कूल १० डिब्बा हुनेछन्।

बन्ने ठाउँ/लागत
पूर्व-पश्चिम रेलमार्ग, काठमाडौँ-रक्सौल र काठमाडौँ-लेक पाइकु (केरुङ) का अलावा समयक्रममा नेपालभित्र अन्य रेलमार्गपनि बन्ने भएका कारण नेपालले आफै रेल किन्ने योजना बनाएको छ। ती रेलहरु चेन्नईस्थित इन्टिग्रल कोच फ्याक्ट्री (आइसीएफ) बाट किन्ने योजना छ।

यो भारत सरकारको स्वामित्वको रेल निर्माण गर्ने कम्पनी हो। ‘आइसीएफ’ ले चेन्नईका अलावा कलकत्ता, बनारस लगायतका स्थानहरुबाट पनि रेल निर्माण गर्दै आएको छ। र, नेपालले सुरुवातमा करिव ४ वटा रेल किन्नेछ।

जानकार स्रोतका भनाईमा, २ अर्ब रुपैयाँमा आठ डिब्बायुक्त यात्रुबाहक रेल ४ वटा किन्न सकिन्छ। रेल किन्नका लागि सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा ५० करोड विनियोजन गरिसकेको छ। यति रकमबाट ‘डिइएमयु’ प्रविधिको एउटा रेल आउँछ।

सिट सहित रेलको भित्री भाग

सिट सहित रेलको भित्री भाग

८ वटा कोच (डिब्बा) भएको ‘डिइएमयु’ रेल १४ सय हर्स पावरको हुन्छ भने प्रत्येक कोचमा ७३ जना यात्रु बस्न सक्छ। वातानुकुलित (एयर कन्डिसन्ड) प्रत्येक डिब्बामा हुने दुई लहरमध्ये एकातिर ३ र अर्काेतिर २ गरी ५ वटा सुविधायुक्त सिट हुन्छन्।

इन्टिग्रल कोच फ्याक्ट्री (आइसीएफ) सरकारी स्वामित्वको कम्पनी हो। ‘त्यसैले, जिटुजी (सरकार टु सरकार) प्रक्रियाबाट ‘आइसीएफ’ बाट उत्पादित रेल ल्याउन सकिन्छ’ स्रोतले भन्यो, ‘प्रक्रिया झण्झटिलो नरहेकाले नेपालले यही रेल ल्याउने पक्काजस्तै छ।’

प्रकाशित १० असोज २०७५, बुधबार |

‘पोर्न साइट’ले बलात्कार बढायो: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले इन्टरनेटमा सहजै उपलब्ध हुने अश्लील सामग्रीका कारण बलात्कारका घटना वृद्धि भएको बताएका छन्।

गृहमन्त्री रामबहादुर थापा

 बुधबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै उनले भने, ‘इन्टरनेटमा पाइने अश्लील सामग्रीका कारण बलात्कारका घटना बढेका हुन्।’

गृहमन्त्रालयले केही दिन पहिले इन्टेरनेटका अश्लील सामग्री उपलब्ध गराउने साइट नियन्त्रण गर्न निर्देशन दिएको स्मरण गर्दै उनले पुँजीवादका कारण बलात्कार घटना वृद्धि भएको दाबी गरे।

इन्टरनेटमा यौन खोजीको पछिल्लो १२ महिनाको ट्रेन्ड हेर्दा नेपाल अश्लील सामग्री खोजी गर्ने मुलुकमध्ये विश्वकै अग्रणी मध्येमा पर्दछ। गुगल ट्रेन्डको विगत १२ महिनाको तथ्यांकअनुसार यौनजन्य भिडियो वेबसाइट पोर्नहब ब्राउज गर्ने मुलुकमध्ये नेपाल विश्वमै दोस्रो नम्बरमा छ।

हेर्नुहोस् तथ्यांक:

 

पाेर्नहब अधिक हेर्ने देशहरू माथिबाट तल

पाेर्नहब अधिक हेर्ने देशहरू माथिबाट तल

गृहमन्त्रीले बलात्कार बढ्नुको अर्को मुख्य कारण मदिराको खुला बिक्री वितरण रहेको उल्लेख गरे। मुलुकभरि बलात्कारका घटना बढ्दै गएकाे सन्दर्भमा बुधबार गृहमन्त्री थापा राज्य व्यवस्था समितिमा उपस्थित भएका थिए।

मदिराको कारोबारबाट ४०–४५ अर्ब राजस्व उठ्ने गरी पनि त्यसका कारण खर्बौं नोक्सानी भइरहेको उनको तर्क थियो। ‘मदिरा लिमिटमा खाए औषधि हो बढी खाए विष सर हो’, उनले भने, ‘अब हामीले मदिरा नियन्त्रण गर्नेतर्फ सोच्नुपर्छ।’

गृहमन्त्री थापाले कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तका हत्यारा छिटै पक्राउ पर्ने दाबी पनि गरे। केही घटना राजनीतिकरण गरिएको उनको भनाइ थियो।

निर्मलाको दुई महिनाअघि बलात्कारपछि हत्या भएको थियो। राज्यले घटनाका दोषी अझै पत्ता लगाउन सेकेको छैन।

प्रकाशित १० असोज २०७५, बुधबार |

सर्वसाधारण पहिरोमा पुरिएर घाइते मन्त्री भने हेलिकप्टरमा हरर..

सुर्खेत : एक साताअघि हुम्लाको चंखेली गाउँपालिका-५ नेक्पामा पहिरो गयो। पहिरोमा पुरिएर दुईको मृत्यु भयो। चार घाइते भए। उद्धारका लागि हेलिकप्टरको विकल्प थिएन। स्थानीयले प्रदेशदेखि केन्द्र सरकारसम्म हारगुहार गरे। कतैबाट सुनुवाइ नभएपछि १२ लाख ऋण काडेर हेलिकप्टर चार्टर गरे र घाइतेलाई नेपालगञ्ज तथा काठमाडौं पुर्‍याए।

पहिरोमा पुरिएर घाइते भएकाको ज्यान जोगाइदिन रोइकराई गर्दासमेत प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था गरिदिएन। विपद्मा सर्वसाधारणको उद्धारमा चासो नदिने कर्णालीका मुख्यमन्त्री र मन्त्री आफू भने हेलिकप्टरबिना जिल्लै जाँदैनन्।

यहाँका मुख्यमन्त्री र मन्त्रीले सामान्य मेलाको उद्घाटन र अनुगमनमा जिल्ला जाँदा पनि हेलिकप्टर चार्टर गर्दै आएका छन्। सडक पहुँच भएको स्थानमा पनि मन्त्रीहरू हेलिकप्टर चार्टर गरेर पुग्ने गरेका हुन्।

मुख्यमन्त्रीलाई मात्र निमन्त्रणा भएको कार्यक्रममा समेत हेलिकप्टर चढ्न मन्त्रीहरूबीच तछाँडमछाड हुन्छ। असोज १ गते कालिकोटको नरहरिनाथ गाउँपालिकाका रूपसामा मेला सञ्चालन भयो। हरेक वर्ष लाग्ने उक्त मेलाको उद्घाटन गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकप्टर चार्टर गरेर जान लागेको सुइँको पाएपछि मन्त्रीहरूबीच पनि हानथाप भयो। कानुनमन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह बुढा र कृषि तथा सहकारी मन्त्री विमला केसी हेलिकप्टर चढेर कालिकोट पुगे।

मन्त्रीहरूलाई कालिकोट पुर्‍याउन गाउँपालिकाले ६ लाखमा हेलिकप्टर चार्टर गर्‍यो। कालिकोट सडकमार्गबाट पनि पुग्न सकिन्छ।

भदौ १९ गते हुम्लाको लिमी महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढा हेलिकप्टरबाटै पुगे। हेलिकप्टर चार्टर गरेरै महोत्सवको उद्घाटन गरिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।

तामाङका अनुसार सिमकोटबाट लिमीसम्म करिब दुई लाखमा हेलिकप्टर चार्टर गरिएको थियो। सुर्खेतबाट सिमकोटसम्मको खर्च भने प्रदेश सरकार आफैले बेहोरेको उनले सुनाए। हेलिकप्टरबाट सुर्खेतबाट हुम्ला पुग्न ६ लाखसम्म भाडा लाग्छ।

मन्त्री भएपछि एकपटक डोल्पा पुगेका पर्यटनमन्त्री नन्दसिंह बुढा पनि हेलिकप्टर चार्टर गरेर गृह जिल्ला पुगेका थिए। शिक्षा दिवसमा प्रमुख अथिति बनेर डोल्पा पुगेका कानुन मन्त्री नरेश भण्डारी जहाजमा गए। तर उनी दुनैबाट हेलिकप्टर चार्टर गरेर डोल्पोबुद्ध गाउँपालिकाको एक प्रहरी चौकीमा पुगे। स्थानीय धो प्रहरी चौकीको अवलोकन गर्न उनी हेलिकप्टरबाट त्यहाँ गएका थिए।

केही दिनअघि मात्र कृषि तथा सहकारी मन्त्री विमला केसी हेलिकप्टर लिएरै मुगुमा रहेको कपास खेतीको अनुगमनमा पुगिन्। जहाजमा हुम्ला पुगेकी उनले त्यहाँबाट हेलिकप्टर चार्टर गरेर मुगुको सोरु गाउँपालिकाको वडा नम्बर ३ मा स्थानीयले गरेको कपास खेतीको अवलोकन गरेकी थिइन्। स्थानीय महिलासँग देउडा खेलेर फिर्ता भएकी मन्त्री केसीले चढेको हेलिकप्टरको भाडामा ६० हजार खर्च भएको स्थानीयले बताए।

हेलिकप्टर नहुँदा मुख्यमन्त्री र मन्त्रीहरू जिल्लामा बोलाइएको कार्यक्रममा जाँदैनन्। दैलेखको महावुमा जनैपूर्णिमाको अवसरमा मेला आयोजना गरिएको थियो। तर मौसम खराब भएपछि हेलिकप्टर गएन। हेलिकप्टर नगएपछि मुख्यमन्त्री पनि गएनन्। सडकमार्ग हुँदै गएका पर्यटनमन्त्री नन्दसिंह बुढा पनि आधा बाटोबाटै फिर्ता भएपछि मेला आयोजक निराश बनेका थिए।

आर्थिक हिसाबले गरिब प्रदेशका रूपमा चिनिने कर्णालीमा प्रदेश सरकारले आर्थिक मितव्ययीता र सुशासनका थुप्रै निर्णय गरेको छ। अनावश्यक खर्च कटौती गर्न मुख्यमन्त्रीको स्वीकृतिबिना मन्त्री आफूखुशी जिल्ला भ्रमणमा जान नपाउने प्रदेश मन्त्रिपरिषद् निर्णय छ।

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नै निर्णय कार्यान्वयन नगरेका हुन्। मन्त्रीहरूको जिल्ला भ्रमणमा नियमनको अधिकार पाएका मुख्यमन्त्री शाही नै जिल्लाका सामान्य कार्यक्रम र मेला उद्घाटनमा मन्त्रीहरूको लस्कर लगाएर पुग्छन्। हेलिकप्टर मोहकै कारण राज्य कोषको बजेट फजुल खर्च भइरहेको भन्दै आलोचना भइरहेको छ।

‘हामीले ज्यानको भिख माग्यौं, प्रदेश सरकारले हाम्रो आवाजै सुनेन’, हुम्ला चंखेली गाउँपालिका-५ का अध्यक्ष भैरव तामाङले भने, ‘पहिरोमा पुरिएर हाम्रा आफन्त छट्पटाइरहेका थिए, हेलिकप्टर पठाइदेऊ भन्दा मन्त्रीहरूले सुनेनन्। १२ लाख ऋण गर्‍यौं, अब घरजग्गा बेचेर तिर्नुपर्ने अवस्था छ।’

जनताको ज्यान बचाउन रोइकराई गर्दा पनि नसुन्ने प्रदेश सरकारका मन्त्री सामान्य काममा पनि हेलिकप्टर चढ्ने गरेको भन्दै उनले दुःख पोखे। जनताको काममा बाधा नहोस् भनेर प्रदेश सरकारले शनिबार मात्र मन्त्रिपरिषद् बैठक बस्ने र दिउँसोमा बैठक नबस्ने निर्णय पनि गरेको छ।

प्रचण्ड सिंगापुर जाँदै

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको फलोअप चेकअपका लागि अाज सिंगापुर जाँदैछन् । सीतालार्इ लिएर प्रचण्ड बुधबार बेलुकीको फ्लाइटबाट  सिंगापुर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बा अामासँगै छोरी गंगा पनि जाने छिन् ।

गत असारमा सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित  माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । छोरा प्रकाशको असामयिक निधनपछि सीतामा  स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतको भनाइ छ ।

छोटो भेटमा पनि ट्रम्पको प्रशंसा गर्न भ्याए ओलीले,

न्यूयोर्क : प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।

उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन ।’

संक्षिप्त समयको फाइदा उठाउदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रममै भए पनि भेटघाट गर्न पाएका थिएनन ।

गत वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागि भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए ।

ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।

सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।

गतवर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो । यसपटक त्यस्तो अवस्था भने आएन । प्रधानमन्त्रीले भित्र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटे । उनी दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदन प्रदानको बारेमा छलफल गरेका बताइएको छ ।

अमेरिकी राष्ट्रपति र प्रथम महिलाले महासभाको उच्चस्तरीय बसह आरम्भ हुने अघिल्लो दिन यस्तो भोज दिने चलन छ । त्यही प्रथालाई अमेरिकीले कायम गर्दै आएको हो ।

रोकिएन सुन तस्करी

काठमाडौं : साढे ३३ किलो सुन गायब प्रकरणमा गृहको छानबिन समितिले ७५ जनालाई प्रतिवादी बनाएर मुद्दा चलायो। केही पक्राउ पर्दै छुटे। केही फरार छन्। तर सुन तस्करी अझै सेलाएको छैन।

सोमबार साँझ काठमाडौं प्रहरीले टोखाबाट तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। केरुङ नाकाबाट काठमाडौंमा ल्याउँदै गरेको सुन बरामदसँगै पक्राउ परेका दुई व्यक्ति भरिया मात्रै हुन्। रसुवा गोसाइकुण्डका नरबहादुर घले र पेम्बा तामाङले पाइन्टमा पेटी घुसाउने ठाउँमा घुसाएर सुन ल्याएका थिए। सामान्यतः मोटरसाइकलमा सवार व्यक्तिले पेट्रोल ट्यांकी, एयर फिल्टर, साइलेन्सर र सिटमुनि सुन लुकाउँदै आएका थिए। घले र तामाङले भने नयाँ जुक्ति लगाएर सुन भित्र्रयाउन खोजेका थिए। प्रहरीले कम्मरतिर हात लगाउँदा भाग्न खोजेपछि उनीहरूको जुक्तिले काम गरेन।

एक किलो सुनको बिस्कुटलाई चार भागमा काटेर तीन किलो सुनका १२ टुक्रा बनाई लुकाएर ल्याइएको सुन घले र तामाङले केरुङको ग्रेटवाल होटलमा बस्दै आएका ‘भोट’ उपनामले चिनिने व्यक्तिले दिएको प्रहरीलाई बयान दिएका छन्। उनीहरूले एक किलो सुन काठमाडौं ल्याइदिएबापत तस्करले ५० हजार रुपैयाँ दिने गरेको रहस्य बयानमा खुलाएका छन्।

प्रहरीले सुन तस्करीमा प्रयोग भएको बा ७३ प ३४०२ नम्बरको मोटरसाइकल बरामद गरेको छ। रसुवामै घर बनाउने ठेक्काको काम गर्दै आएका घले र तामाङले योसहित काठमाडौंमा सुन भिœयाएको तेस्रो पटक हो। दुई पटक भने उनीहरू तीन किलो सुन ल्याउन सफल भएका थिए। उनीहरूले यसअघि पनि बालाजु माछापोखरीमा ल्याएर तिब्बतीलाई सुन बुझाएको प्रहरी बयानमा खुलाएका छन्।

एक किलो सुन काठमाडौं ल्याइदिएबापत तस्करले भरियालाई ५० हजार रुपैयाँ दिने गरेका छन्।

विशेष सूचनाका आधारमा सुन बरामद गर्न सफल भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त लामाले बताए। यसअघि साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिका सदस्यसमेत रहेका लामाले सुन तस्करी नियन्त्रण त्यति सजिलो नभएको स्विकारे। ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरेर संगठित रूपमा हुने सुन तस्करी रोकिएको छ।

अब केरुङ नाका सलबलाउन थालेको सूचना आएको छ’, उनले भने। काठमाडौं परिसरले केरुङबाट संगठीत रुपमा सुन तस्करी हुन थालेकाले तस्करको जालो तोड्न डीएसपीको कमान्डमा छुट्टै टोली परिचालन गरेको छ।

सुन बरामद घटनामा प्रारम्भिक रूपमा अभियुक्त पक्राउ पर्छन्। त्यसपछिका थप व्यक्ति कहिल्यै पक्राउ पर्दैैनन्। यसबारे लामा भन्छन्, ‘सुन सामात्नेबित्तिकै २४ घण्टाभित्र राजस्व अनुसन्धान विभागलाई सुन र पक्राउ परेका व्यक्ति बुझाउनुपर्छ। २४ घण्टामा प्रहरीले के अनुसन्धान गर्छ र थप व्यक्ति पक्राउ पर्छन् ? ’ राजस्वसँग बेलाबखत संयुक्त अपरेसन भए पनि सकभर विभाग प्रहरीलाई संयुक्त अपरेसनमा सहभागी नगराउने गरेको उनले बताए। ‘राजस्व प्रहरीसँग समन्वय गर्न चाहँदैन। यस्ता घटनामा तत्कालै कनेक्सन खुलाउन सकिएन भने मुख्य व्यक्ति पक्राउ गर्न सकिँदैन’, एसएसपी लामाले भने, ‘प्रहरीले सूचनाकै भर पर्नुपर्ने अवस्था छ।’

सुन प्रतिवेदन गोप्य

गृहका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको उच्चस्तरीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन गोप्य राखेको छ। प्रधानमन्त्री कार्यालयमा बुझाइएको प्रतिवेदनले औंल्याएका र दिएका सुझावबारे समितिका सदस्य र प्रधानमन्त्री कार्यालयका समन्वय अधिकृतबाहेक अन्य वेखबर छन्।

समितिकै सिफारिसमा जिल्ला अदालत मोरङमा मुद्दा चलाइएका प्रहरी अधिकृत भटाभट छुटेका छन्। प्रमाणमुखी छानबिन नगरीकनै कल डिटेलमा आधारमा मात्रै मुद्दा चलाइएका एसएसपी दिवेश लोहनी, एसपी विकास खनाल, डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन्। प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएकाले त्यसका सुझाव र शंकाको घेरामा राखिएका व्यक्तिबारे थप छानबिन गर्ने प्रहरी बाटो रोकिएको छ।

‘सजिलो छैन दर्शक हँसाउन’

‘सजिलो छैन दर्शक हँसाउन’
‘सजिलो छैन दर्शक हँसाउन’

मनोरञ्जन

काठमाडौं : मान्छे हँसाउने काम त्यति सजिलो छैन । मह जोडीले धेरै अन्तर्वार्तामा भनेका छन्, ‘हाँसिरहेको मान्छेलाई रुवाउन जति सजिलो छ, रोइरहेको मान्छेलाई हँसाउन त्यति नै गाह्रो ।’ त्यसैले पनि होला दर्शक हँसाउन हास्यकलाकारहरू अनेक उपाय निकाल्छन् ।

महिलासँगका प्रसंग अनेक रूपमा जोडिन्छ । महिलाको कपालको रंगदेखि खुट्टाको नङसम्मका विषय दर्शक हँसाउने माध्यम बन्छन् । साथै महिलाको अनुहार, चालडाल, लवाइखवाइ र शारीरिक अंगको प्रसंग जोडेर दर्शक हँसाउन बल गरिन्छ । गाईजात्रा महोत्सवमा पनि यस्तै प्रयास भए । साथै थुप्रै हास्य प्रस्तुतिमा महिला व्यंग्यका पात्र बन्दै आएका छन् ।

हास्यव्यंग्यमा सेन्सरसिप नहुँदा दर्शक हँसाउँदा महिलाको अपमान भइरहेको हास्यकलाकार जितु नेपाल (मुन्द्रे) बताउँछन् । फिल्म तथा टेलिसिरियलमा यस्ता विषयमा रोक लगाइए पनि सार्वजनिक हास्य कार्यक्रममा यस्तो प्रस्तुति नरोकिएको उनको भनाइ छ । ‘सुरुसुरुमा त मैले पनि नजान्दा यस्तै कुरामा व्यंग्य गर्थें’, जितुले भने, ‘आज दसौं वर्ष भयो मैले आफ्नो जिम्मेवारी बुझेर यो सब गर्न छाडेको छु ।’

महिलाको अंगमाथि सीधै व्यंग्य गर्नु उचित नभएको हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) को भनाइ छ । ‘तर सांकेतिक रूपमा हँसाउने प्रचलन पहिलेदेखि नै चलिआएको छ’, उनले भनिन्, ‘मैले गर्ने व्यंग्यमा पुरुषसरह महिला पनि सक्षम छन् भन्ने विषय उठाएकी छु ।’ उनको भनाइ छ, ‘परिवारमा बसेर हेर्न मिल्ने अभिनयमा बढी ध्यान दिन्छु ।’ महिलाबिना कुनै पनि प्रस्तुति सम्भव नभएको बताउने पल्पसा भन्छिन्, ‘निर्देशकलाई स्क्रिप्ट सच्याउन कर गर्दिनँ, कहिलेकाहीँ सुझाव दिने गरेकी छु ।’

जितु भने महिला कलाकार आफैं चुप रहँदा यो विषय दोहोरिएको बताउँछन् । ‘यस्तो विषयमा आवाज उठाएको खासै देख्दिनँ’, उनी भन्छन्, ‘महिला कलाकार नै भनेको भन्दा बढी गर्न तयार हुन्छन् ।’ महिला आफैं सचेत भए कसैले जबर्जस्ती गर्न नसक्ने उनी बताउँछन् ।

जिरे खुर्सानी टेलिसिरियलका लेखक सन्तोष खनालको भने अलि भिन्न विचार छ । शारीरिक हाउभाउ र स्वस्थ संवादको माध्यमबाट हँसाउनुपर्ने भए पनि नेपालमा त्यसको कमी छ । नेपाली दर्शकको हास्य चेत पनि कमजोर रहेको उनी बताउँछन् । ‘उच्चस्तरको हास्य प्रस्तुतिमा दर्शक खुलेर हाँस्न सक्दैनन्’, सन्तोष भन्छन्, ‘त्यसैले दर्शक हँसाउनकै निम्ति फितलो व्यंग्य गरिन्छ ।’

पछिल्लो समय नेपाली फिल्मामा कमेडी जनरा फस्टाएको छ । तीतोसत्य, जिरेखुर्सानी, भद्रगोल, महजोडीका हास्य टेलिशृंखला दर्शकले औधी रुचाए । अहिले कमेडी जनराले फिल्म उद्योगमा पनि आफ्नो प्रभाव जमाउन सक्षम भएको छ । विशेष समारोह, कार्यक्रम र चाडपर्वमा दर्शक हसाउन प्रहसन पनि प्रस्तुत हुँदै आएका छन् ।

हास्यकलाकार तथा निर्देशक दीपा श्री निरौलाका अनुसार ह्युमर जेमा छ कलाकारले त्यही विषयमा हँसाउने कोसिस गर्छ । त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषय मात्र फरक भएको उनको भनाइ छ । दर्शक हँसाउने काम त्यति सजिलो नभएको बताउँदै दीपा श्री भन्छिन्, ‘अहिले हास्यव्यंग्य क्षेत्रमा महिलाको आगमन निकै कम छ ।’ जो बिक्छ त्यही टिक्छ भन्ने सोचले पनि नयाँ कलाकार खासै नभित्रिएको उनको बुझाइ छ । दर्शक हँसाउन सक्ने क्षमता भगवान्ले दिएको आशीर्वाद ठान्ने दीपा श्रीका अनुसार जबर्जस्ती हँसाउनेभन्दा पनि हास्यव्यंग्य आफैं लेख्न सक्नेले मात्र दर्शकलाई स्वतःस्फुर्त हँसाउन सक्छ ।

दसैंमा ६३ अर्बका नयाँ नोट

दसैंमा ६३ अर्बका नयाँ नोट

काठमाडौं : राष्ट्र बैंकले दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाउने भएको छ। यो परिमाणअनुसार प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई र २१ गतेदेखि फूलपातीको एक दिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलाइएको जानकारी दिए।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ। सर्वसाधारणले आफूलाई पायकपर्ने बैंकका नोट कोष शाखाबाट नोट सट्ही गर्न सक्नेछन्। ‘दसैंमा करिब १३ अर्ब एक सयभन्दा कम दरका तथा ५० अर्ब बराबरका पाँच सय र हजार दरका नोट साटिने अनुमान गरेका छौं’, निरौलाले भने, ‘यस वर्षदेखि नोट साट्न राष्ट्र बैंक धाउनु पर्दैन।’

सर्वसाधारणलाई बिना झण्झट नयाँ नोट साट्न पहुँच पुर्याउन यस्तो व्यवस्था मिलाइएको उनले बताए। गत वर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिएको उनले जानकारी दिए। राष्ट्र बैंकका अनुसार बजारमा साना–ठूलाभन्दा मध्यमखालका २० र ५० दरका नोटको माग बढी छ।

सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका एक प्याकेटको थानमात्र साट्न सकिनेछ। एक थान वा प्याकेट नोटमा एक सयवटा नोट हुन्छन्।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिनेछ।

थापाथली बैंकिङ कार्यालयलगायत उपत्यका बाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने सुविधा मिलाएको निरौलाले जानकारी दिए। यसका साथै नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १७ वटा शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजाको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, टेकु, विशाल बजार, सानोठिमी र नक्साल शाखाबाट, नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, भक्तपुर कार्यालय र कृषि विकास बैंकका रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर, मंगलबजारलगायत शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ।

दसैंका लागि संवैधानिक निकाय, सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान अन्य संघसंस्थालगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रका आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ।

यस वर्षको दसैंका लागि राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ४८ करोड थान, १० दरका ३७ करोड थान र २० दरका २३ करोड थान नयाँ नोट बजारमा ल्याउनेछ। बजारमा ५० दरका १७ करोड थान, एक सय दरका १८ करोड थान, पाँच सय दरका २० करोड थान र हजार थानका ३६ करोड थान नोट चलन चल्तीमा छन्।

अकासियो चिनीको भाउ

अकासियो चिनीको भाउ

 १० असोज २०७५

काठमाडौं : सरकारले आयात रोकेको केही दिनमै थोक व्यापारीले मिलोमतो गरी चिनीको मूल्य बढाएका छन्। सरकारले केही दिनअघि मात्र भारतसहित तेस्रो मुलुकबाट चिनी आयातमा प्रतिबन्ध लगाएको थियो। चिनीको आपूर्तिमा कमी आएको मौकाछोपी मिलेमतोमा व्यापारीले मूल्य वृद्धि गरेका हुन्। उनीहरूले सार्वजनिक सवारीसाधनमा गरिएको भाडा वृद्धिलाईसमेत मूल्य वृद्धिको कारण देखाएका छन्।

सरकारले हालैमात्र सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ। आयात प्रतिबन्ध हुनु अघिसम्म थोकमा प्रतिकिलो ६२ देखि ६४ रुपैयाँ मूल्यमा बिक्री भएको चिनी अहिले ७२ रुपैयाँ पुगेको छ। खुद्रामा ८५ देखि ९५ रुपैयाँमा बिक्री हुन थालेको छ। भाटभटेनीमा भने चिनीको खुद्रा मूल्य ५९ रुपैयाँ प्रतिकिलो छ। यस्तै साल्ट ट्रेडिङले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गर्दै आएको छ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ढुवानी खर्च वृद्धि र आयातमा सरकारले लगाएको प्रतिबन्धका नाममा थोक व्यापारीले मिलोमतो गरी चिनीको मूल्य वृद्धि गरेको जानकारी दिए। ‘यी दुई कारण देखाएर थोक व्यापारीले चिनीको आफूखुसी मूल्य कायम गरेका छन्। मूल्य वृद्धि गरी आम उपभोक्तालाई दसैंको मुखमै सास्ती व्यहोर्न बाध्य बनाइयो’, अध्यक्ष बज्राचार्यले भने, ‘हामीले पनि थोक व्यापारीसँग वृद्धि भएको नयाँ मूल्यमा चिनी खरिद गर्नुपर्छ। महँगोमा खरिद गरी सस्तोमा व्यापार गर्न सक्दैनौं।’

खुद्रा व्यापार संघका अनुसार पछिल्लो समय ढुवानी भाडा बढेको भन्दै थोक व्यापारीले चामल, खानेतेल, मैदालगायतको पनि मूल्य बढाएका छन्। केही दिनअघिसम्म खुद्रामा एक सय ३० देखि एक सय ३३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको सोयाविन खानेतेलको मूल्य अहिले थोकमा एक सय ३५ पुर्याइएको छ। यो तेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ४५ पुगेको छ। यस्तै एक सय ४५ रुपैयाँ प्रतिलिटर बिक्री हुने सनफ्लावर तेलको मूल्य अहिले एक सय ५५ पुर्याइएको छ। यसैगरी ४८ रुपैयाँ प्रतिकिलोमा पाइने मैदा ५५ पुर्याइएको छ।

बजारमा सिन्डिकेट कायम गर्ने ठूला व्यापारीलाई अनुगमनको दायरामा नल्याएका कारण बजार अराजक बनेको उपभोक्ताकर्मी माधव तिम्लिसिनाले बताए। उनका अनुसार सरकार, उद्योगी र थोक व्यापारीको मिलेमतोमा बजारमा सिन्डिकेट कायम भएको छ। ‘बजारलाई अराजक बनाउने ठूला व्यापारी हुन्, सिन्डिकेट र कालोबजारी गर्ने पनि ठूला व्यापारी हुन्’, तिम्लिसिनाले भने, ‘तर यस्ता व्यापारीलाई कहिले पनि नियमन दायराभित्र ल्याइँदैन। निरिह खुद्रा व्यापारीलाई मात्रै नियमनको दायरामा ल्याउने र थुन्ने काम भएको छ।’

‘आयात प्रतिबन्ध हुनु अघि थोकमा प्रतिकिलो ६२ देखि ६४ रुपैयाँ मूल्यमा बिक्री भएको चिनी अहिले ७२ रुपैयाँ पुगेको छ।’

थोक खाद्य किराना व्यवसायी संघका उपाध्यक्ष कमलेशकुमार अग्रवाले अनुसार सरकारले दसैंको मुखमै वृद्धि गरेको सवारीसाधनको भाडाका कारण केही उपभोग्य वस्तुको मूल्य वृद्धि भएको दाबी गरे। उनका अनुसार दसंैं लाग्नै लाग्दा चिनी उद्योगीको माग पूरा गर्ने नाममा आयात नै ठप्प पार्ने सरकारी निर्णयको प्रत्येक्ष असर बजारमा परेको छ। भाडा समायोजनको नाममा सरकारले यातायात व्यवसायी सामु झुक्दै गत शनिबार यातायातको भाडा दर १० प्रतिशतले वृद्धि गरेको थियो।

‘सरकारले चिनीको आयातमा प्रतिबन्ध लगाएपछि बजारमा त्यसको प्रत्येक्ष प्रभाव परेको हो, प्रतिबन्धका कारण मागअनुसार भारतसहित तेस्रो मुलुकबाट चिनी आयात नहुँदा चिनीको अभाव भएको छ’, अग्रवालले भने,‘यसले गर्दा मूल्य वृद्धि भएको छ। मागअनुसार आपूर्ति नहुँदा मूल्य वृद्धि हुन्छ नै। फेरि, यही समयमा सरकारले सार्वजनिक सवारीको भाडादर वृद्धि गरिदियो। त्यसको पनि प्रभाव परेको छ।’ भाडादर वृद्धि हुँदा ढुवानी खर्च बढेको दाबी गर्दै अग्रवालले खुला अर्थतन्त्रमा वस्तुको मूल्य व्यापारीले तोक्ने जानकारी दिए।

सरकारको गल्ती

सरकारले स्वदेशी चिनी उद्योगीलाई जोगाउने नाममा कोटा तोकेर चिनीमा प्रतिबन्ध लगाउनु सबैभन्दा ठूलो गल्ति गर्यो। आयातमा प्रतिबन्ध गरिएपछि मूल्यमा नियन्त्रण राख्न सुपथ मूल्य तोक्नुपर्ने स्थानमा सरकारले व्यापारीकै हालिमुहाली हुने गरी छाडा रूपमा यो विषयलाई अलपत्र छाड्यो। यसले गर्दा चिनीमा सीमित उद्योगी र व्यापारीको सिन्डिकेट कायम भएको छ। उनीहरूले आफूखुसी मूल्य कायम गर्न पाएका छन्।

हालै स्वीकृत भएको उपभोक्ता संरक्षण ऐनको दफा ५२ मा अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो व्यवस्थामार्फत निर्धारण गरिएको अत्यावश्यक खाद्य वा अन्य वस्तु वा सेवा तोकिए बमोजिम सुपथ मूल्यमा उपलब्ध गराउन सकिने उल्लेख छ।

सन्दीपको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ

 ३० हजार डलरमा भारतीय क्लबमा अनुबन्ध
सन्दीपको अर्काे छलाङ, ३० हजार डलरमा भारतीय क्लबमा अनुबन्ध
                                                                    फाइल तस्बिर

 ०९ असोज २०७५

काठमाडौं : पछिल्लो समय अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्काे सफलता प्राप्त गरेका छन् ।

सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नयाँ ‘फर्‍म्याट’ को टी-१० लिगमा केलरा किङ्ससँग सोमबार अनुबन्ध भएका छन् । जुन आर्थिक पाटोबाट हेर्दा उनको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ पनि हो ।

सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३४ लाख ९० हजार रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट भएर दिल्ली डेयर डेभिल्सबाट खेलेयता सन्दीप निरन्तर अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त भएका छन् ।

गत वर्ष सन्दीप आईपीएल अन्तरगत दिल्ली डेयर डेभिल्ससँग २० लाख रुपैयाँ (३२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित भएका थिए । त्यसपछि वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा समेत छनोट भएका थिए । उनलाई सेन्ट् किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

आईपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी बिदेशी लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । उनी अघिल्लो साता मात्रै युएईमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि छनोट भएका थिए । अफगानिस्तान प्रिमियर लिगमा उनलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको थियो ।

सन्दीपलाई आईसीसीसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरिएको थियो । इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय उडान सुरू गरेका सन्दीप क्यारेबियन लिगमा समेत छाएका थिए। यसअघि हङकङ र क्यानडामासमेत लिग क्रिकेट खेलेका सन्दीप सबैभन्दा बढी विदेशी लिग खेल्ने नेपाली खेलाडी पनि बनेका छन् ।

पाँचथर, इलाम हुँदै मेची, जोडिए मेची र कोसी,

जोडिए मेची र कोसी राजमार्ग”
तमोर नदीको दोभान पुल। यो पुल सोमबारदेखि सञ्चालनमा आएको छ। तस्बिर : सीताराम गुरागाईं

 १० असोज २०७५

ताप्लेजुङ : सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङ कोसी राजमार्गसँग जोडिएको छ। तमोर नदीको दोभानमा पुल निर्माण भएसँगै मेची र कोसी राजमार्ग पनि जोडिएका छन्।

ताप्लेजुङबाट अब यी दुवै राजमार्ग हुँदै तराई–मधेस झर्न सकिने भएको छ। पाँचथर, इलाम हुँदै मेची राजमार्गबाट झापा अनि संखुवासभा, तेह्रथुम, धनकुटा हुँदै कोसी राजमार्गबाट सुनसरी पुगिने दोभान बजारका गुरु पौडेलले बताए। १० करोड ३५ लाख ६७ हजार रुपैयाँ लागतमा १० वर्षमा बनेको पुल सोमबारदेखि सञ्चालनमा आएको हो। ‘यो पुलले पूर्वका नौ जिल्लालाई चक्रपथ नै बनाएको छ’, दोभान उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका पौडेलले भने, ‘अब ताप्लेजुङ बाहिरकाले सोचेजस्तो विकट रहेन।’

तत्कालीन संविधानसभाका सभामुख सुवास नेम्बाङले २०६६ सालमा पुल शिलान्यास गरेका थिए। दुई वर्षमा पुल निर्माण सक्ने गरी सम्झौता भएको थियो। पुलबाट मालवाहक मात्र होइन, यात्रुवाहक सवारी साधनसमेत निर्वाध रूपमा चल्न थालेको दोभानकै गंगाराम गुरागाईंले जानकारी दिए। सोमबारै सदरमुकाम फुङलिङबाट गएका सवारी साधन मैवाखोला गाउँपालिका केन्द्र साँघु, आठराई त्रिवेणीको केन्द्र हाङपाङ र मेरिङ्देन गाउँपालिका केन्द्र सान्थाक्रा पुगेका छन्।

पुलबाट सबैभन्दा धेरै जिल्लाको निर्वाचन क्षेत्र नम्बर ‘ख’का स्थानीय लाभान्वित हुने मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। ‘गाउँमा ट्र्याक खोलेर पहिल्यै सडक पु¥याइएको थियो, हामी निर्वाचित भएर आएपछि पनि सडकको स्तरोन्नति र निर्माणलाई नै प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘तमोरमा पुल नबनेकै कारण हामीले खनेको सडकमा गाडी गुड्न सकेको थिएन।’

गाउँमा सडक पुगे पनि गाडी नचल्ने भएकाले कोही बिरामी परे डोकोमै बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता छ। ‘तमोरमा पुल बनेपछि यस्ता समस्याबाट मुक्ति पाइने आस छ’, आठराई त्रिवेणीका केशव चुडालले भने,‘साथै हामी दूरदराजका किसानले उत्पादन गरेका कृषिउपजसमेत बजारसम्म लैजान सकिने भयो।’

फाकुम्बा, साँघु, नाल्बो र पापुङका स्थानीय अब दोभान र फुङलिङ बजार पुगेर गाउँ फर्किन भ्याउँछन्। ‘यसले जिल्लाकै विकासको ढोका खोलेको छ’, मेरिङ्देन गाउँपालिकाका मानबहादुर मोक्तानले भने। स्थानीय व्यापारीलाई सामान ओसारपोसार गर्न र सर्वसाधारणलाई आवतजावतमा सजिलो भएको छ।

झापाको बिर्तामोडबाट ट्रक सामान बोकी सिधै दोभान बजार पुगेका छन्। यसअघि फुङलिङको ठोक्रेसम्म मालवाहक साधनले पु‍र्याएका सामान मानिसले बोक्नुपर्ने बाध्यता थियो। पुल सञ्चालनमा आएसँगै यातायात व्यवसायीले पनि ग्रामीण भेगसम्म रुटका गाडी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। ‘फुङलिङ बजारबाट नाल्बु, थुकिमा, निघुरादिन, हाङपाङ, साँघुलगायत गाउँसम्म पिकअप चलाउने तयारी थालेका छौं’, पूर्वाञ्चल जिप व्यवसायी संघका प्रेम लंवाले भने, ‘भाडादर कायम गर्ने र अन्य प्राविधिक प्रक्रियाबारे छलफल भइरहेको छ।’

दोभानबाट मैवाखोला र आठराई त्रिवेणी गाउँपालिका जान मैवा खोलामा एक वर्षअघि पुल बनेको थियो। आठराई त्रिवेणी गाउँपालिका केन्द्र जोड्ने सोभुवा खोलामा पनि पुल बनेको छ। ताप्लेजुङको मिक्वाखोलाबाहेक सबै स्थानीय तहका केन्द्र सडक सञ्जालमा जोडिएका छन्। भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले यही असोज १३ गते पुल उद्घाटन गर्ने तयारी रहेको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य सूर्य बराइलीले बताए।

बदनाम पप्पु कन्स्ट्रक्सनलाई ११ अर्बको काम

बदनाम पप्पुलाई ११ अर्बको काम

 

 १० असोज २०७५

काठमाडौं : पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षाैदेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ। पहिलो पटक पप्पुले भवन निर्माणमा हात हालेको हो।

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ।

यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ।

स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन।

विभागका अनुसार पप्पुले हात हालेका अधिकांश पुल अलपत्र छन्। उसले राजधानीको टेकु, डल्लु र तीनकुनेको पुल निर्माणको जिम्मा पाएको छ। टेकुमा निर्माण सम्पन्न भए पनि पुल स्वीकृत भएको छैन। यो पुल सञ्चालनमा सडक विभागले रोक लगाएको छ।

२०७१ पुसमा ठेक्का पाएको वाग्मती पुलको निर्माण अवधि सकेर पनि हालसम्म निर्माण सम्पन्न भएको छैन। गत असार मसान्तमा निर्माण अवधि सकिए पनि हालसम्म यो पुलको निर्माण २० प्रतिशत मात्रै सकिएको छ।

‘पप्पुले हात ठेक्का हात पार्ने तर वर्षौसम्म आयोजना अलपत्र पार्ने समस्या भेटिएको छ,’ पुल विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘निर्माण भएका पुलहरू पनि गुणस्तरमा कमजोर अवस्थाका छन्।’

संघीय समाजवादी फोरमका सांसदसमेत रहेका हरिनारायण रौनियारको नाममा पप्पु कन्स्ट्रक्सन छ। जटही जनकपुर सडक खण्डको कमला नदीमाथि निर्माण गर्नुपर्ने पुलको पनि म्याद सकिएको छ। कमला नदीमाथि पुल बनाउन उसले ३४ करोडको ठेक्का पाएको थियो। २०६८ सालमा सुरु गरी २०७३ साउन मसान्तमा निर्माण सक्नुपर्ने थियो। उक्त अवधिमा निर्माण सम्पन्न नहुँदा सरकारले एक वर्ष पुनः समय थप गरेको छ।

गुणस्तरहीन निर्माणका कारण कतिपय पुलले बाढीको स-साना भेललाई पनि थेग्न सकेका छैनन्। रौतहटको लालवकैया पुल गत वर्ष असारमा आएको बाढीबाट क्षतिग्रस्त बन्यो। यो पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त बनेको थियो। कमसल बनाएका कारण उक्त पुलमा क्षति पुगेको भन्दै पुल विभागले प्रतिवेदन बनायो। उक्त पुलमा पप्पुको कमजोरी देखिएकाले विभागले पुनर्निर्माण गर्न लगाएको थियो।

उपमहानिर्देशक थापाकाअनुसार अघिल्लो आर्थिक वर्षको साउनको अन्तिम सातामा आएको बाढीले बर्दियाको बबई नदीको पुलसमेत भाँचिएको थियो। यो पुल पनि हस्तान्तरण नहुँदै भाँचिएको थियो। उसैको खर्चमा उक्त पुल पुनर्निर्माण गर्न लगाइएको थियो। तर, हालसम्म निर्माण कार्य सुरु भएको छैन।

ठेक्का कबोल गरी निर्धारित समयमा गुणस्तरयुक्त निर्माण गर्न नसक्ने पप्पुको लापरवाहीअनुसार कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अग्रसर भएको छ। पप्पुसँग जरिवाना, हर्जाना तिराउनेदेखि बैंक धरौटीसम्म जफत गर्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउन लागेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।

‘निर्माण क्षेत्रमा उसले गरेका त्रुटिको प्रकृतिअनुसार आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित विभागलाई निर्देशन दिएको छु,’ सचिव अधिकारीले भने, ‘उसका त्रुटि प्रमाणित भए कालोसूचीमा पनि राख्न सक्छौं।’ यसका लागि पप्पुले पाएका सम्पूर्ण ठेक्का र निर्माण कार्यमाथि निगरानी बढाउन मन्त्रालयले निर्देशन दिइसकेको छ।

सुमित रौनियारलाई पक्राउ पुर्जी

रौतहटमा भएको डुंगा दुर्घटनाको कारण पुल भएको भन्दै निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ। गत भदौ ८ गते गौर नगरपालिकाको टिकुलिया घाटमा भएको डुंगा दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो। टिकुलिया घाटमा पुलको निर्माण समयअवधिमा सम्पन्न नहुँदा उक्त पुलको पिलरमा ठोक्किएर डु®ा दुर्घटना भएको थियो। उक्त पुलको ठेक्का पप्पुले लिएको छ।

जिल्ला प्रहरी कार्यालयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो। दुघर्टनामा परी पीडित बनेकाहरूले उनीविरुद्ध उजुरी दिएका थिए।

रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालका अनुसार यसअघि पनि रौनियारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएपनि उनी अटेर गरी बसेका थिए। पछिल्लो समयमा अदालतबाट अनुमति लिएर पुनः पक्राउ पुर्जी जारी गरिएको हो।

पप्पुलाई कालोसूचीमा राख : सांसद

सांसदहरूले सडक तथा पुल निर्माणको क्षेत्रमा बदनामी कमाएका पप्पू कन्स्ट्रक्सनलाई ‘कुख्यात खराब निर्माण कम्पनी’ अन्तर्गत कालोसूचीमा राख्न माग गरेका छन्। पप्पुले हालसम्म निर्माण गरेका सडक तथा पुलको गुणस्तर खस्किएको तथा समयमा पूरा नगरेको भन्दै सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन्।

मंगलबार बसेको संघीय संसद्का दुई समिति विकास तथा प्रविधि समिति तथा अर्थ समितिका सांसद पप्पु कन्स्ट्रक्सनविरुद्ध कडा रूपमा खनिएका थिए। सरकारले जानाजान निर्माणको जिम्मेवारी पप्पुलाई दिएको भन्दै उनीहरूले सरकारको कडा आलोचनासमेत गरे।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको ६ तले भवन निर्माणको ठेक्का समेत पप्पुलाई दिइएको विषयमा सांसदहरूले गुनासो पोखेका हुन्। समयमा काम नगरी मुलुकभरिका दर्जनांै पुल र सडक अलपत्र पारेको पप्पुलाई कारबाही गर्नुको साटो नयाँ ठूल्ठुला ठेक्का दिएको भन्दै उनीहरूले आपत्ति जनाए।

विकास समितिको बैठकमा सांसद टोपबहादुर रायमाझीले सरकारले पप्पुलाई कालोसूचीमा राख्नुपर्ने माग राखे। उनले भने, ‘कालोसूचीमा राख्नुपर्ने निर्माण कम्पनीलाई सरकारले भवन बनाउन जिम्मा दिएर पुरस्कृत गरेको छ।’

सांसद दुर्गा पौडेलले पप्पुले गुणस्तरहीन काम गरेकाले उसमाथि कारबाही गर्न माग गरिन्। ‘पप्पुले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति कसैबाट लुकेको छैन, यस्तो अवस्थामा फेरि त्यसैलाई किन ठेक्का दिन लागियो ? ’ विकास समितिले उक्त विषयमा छानविन गर्नुपर्ने पौडेलले माग गरिन्।

अर्थ समितिको बैठकमा सहभागी भएका सांसदले पनि पप्पुको कार्यशैलीप्रति आपत्ति जनाएका थिए। कामै नगर्ने कम्पनीलाई निमार्णको जिम्मा दिन नहुने सांसद रामकुमारी झाँक्रीले सुझाव दिइन्। उनले प्रश्न गरिन्, ‘सबै ठेक्का पप्पु कन्स्ट्रक्सनले नै पाउनु पर्ने कारण के हो ? ’

पप्पुजस्ता कम्पनीले सार्वजनिक खरिद ऐनको गलत फाइदा उठाएको भन्दै झार्कीले यस्ता कम्पनीलाई तह लगाउन सार्वजनिक खरिद ऐनमै सुधार गर्नुपर्ने माग समेत गरिन्।

‘खराबी सरकारको कार्यशैलीमा छ वा सार्वजनिक खरिद ऐनमा छ भन्ने अध्ययन गरी तत्कालै सुधार गर्नुपर्छ, यसलाई संशोधन गर्नुपर्ने बेला भयो’, सांसद श्यामकुमार श्रेष्ठले भने। उनले सार्वजनिक खरिद ऐनअनुसार सस्तोमा ठेक्का दिने नाममा एउटै व्यक्तिले बारम्बार ठेक्का पाइरहनु गलत भएको बताए।

ठेकेदारलाई विकास समिति सदस्य किन ?

विकास समिति सदस्यले निर्माण कार्यमा लापरवाही गरेका ठेकेदारलाई नै समिति सदस्य बनाइएको भन्दै चर्को आलोचना गरे। विकास निर्माण कार्यमा अनियमितता गरी गुणस्तरहीन काम गर्ने सांसदलाई समितिमा नराख्न विरोध जनाएका थिए।

पप्पुबारे सडकदेखि सदनसम्म चर्को विरोध भइरहँदा त्यसैका ठेकेदारलाई विकास समितिमा राख्न नहुने सांसद यज्ञराज सुनुवार बताए। ‘पप्पु कन्स्ट्रक्सनबारे यत्रो प्रश्न उठेपछि पनि ठेक्का दिने काम गर्नु आपत्तिजनक हो,’ सुनुवारले भने, ‘अब पप्पुका सञ्चालक माननीयले विकास समितिमा बस्ने कि नबस्ने भन्ने कुरा विचार पुर्‍याउनुपर्छ।’

समिति सभापति कल्याणी खड्काले पनि ठेकेदार सांसदहरू समितिमा बस्न नहुने धारणा राखिन्। ‘म उहाँहरू (ठेकेदार) सांसदहरूको स्वार्थअनुसार समितिमा निर्णय हुन दिन्नँ,’ सभापति खड्काले सञ्चारकर्मीसँग भनिन्।

सांसद राजेन्द्रकुमार राईले राष्ट्रिय गौरवका आयोजना भताभुंग अवस्थामा पुगेकाले समितिले सही मार्गमा ल्याउन पहल गर्नुपर्ने बताए।

नेकपाका सांसद गणेश पहाडीले पप्पु कन्स्ट्रक्सनबारे जताततै प्रश्न उठिरहेको भन्दै समितिलाई गम्भीर बन्न आग्रह गरे। उनले राष्ट्रिय गौरवका आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति पनि समितिले चासो दिनुपर्ने बताए।

सांसद इन्दुकुमारी शर्माले पछिल्लो समय निजगढ विमानस्थलबारे विभिन्न विषय सार्वजनिक भएकाले अनुगमन गर्नुपर्ने माग गरिन्। सांसद कमला रोक्काले दशैँअघि नै मेलम्चीको पानी राजधानी ल्याउने सरकारी प्रतिबद्धता पूरा नभएकाले आयोजनाको स्थलगत अनुगमन गर्नुपर्ने बताइन्।

(रौतहटबाट फणि महतको सहयोगमा)

निर्मला पन्तलाई समर्पण गर्दै गीतकार “राज क्षेत्रीले” ल्याए आशुं झार्ने गीत (हेरौ र शेयर गरौ )

वैखरी,

पछिल्लो समय बढी रहेको  बलात्कारका घटनाहरू बाट देशै भरी रहेका आम मानिसहरूमा चिन्ता र आक्रोश बढ्दै गएको छ l बलात्कारका घटनाहरू विरुद्ध देशै भरी आवाजहरू उठी रहेका छन् पीडितलाई न्याय र पिडकलाई कारबाहीको माग गर्दै कवि देखी कलाकारसम्म ,किसान देखी व्यापारी उद्धोगी सम्म , नागरिक समाज देखी सामाजिक अभियान्ता सम्म सडकमा छन् l

यसै क्रममा गीतकार राज क्षेत्री राहुलले ‘सेतो कागज’ नामक बलात्कार र महिला हिंसा विरुद्धको सचेतना मूलक आधुनिक गीत बजारमा ल्याएका छन् ‘ हाम्रो यात्रा ‘ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत ‘सेतो कागज’का उक्त गितमा भने गायिका मेनुका पौडेलको स्वर रहेको छ  शब्दहरू स्वयम् गीतकार राहुलले सृजना गरेका हुन भने संगितकार दिपकराज बिश्वकर्माको संगित रहेको छ साथै  गीतमा मेनका पौडेलले आवाज दिएकी छिन l

सेतो कागज दाग लागी मैलिनु पर्छ भने।
अस्मिता पिपासुलाई सुम्पिनु पर्छ भने।
जन्म नदेउ यो नर्कमा,गर्भमै मार्देउ आमा,
आफ्नाहरुबाटै यहाँ लुटिनु पर्छ भने।

पराई त्यसै पराई भए भर भएन बा’को पनि
घाति बनि निस्कन्छन साथी संगी भाको पनि
बजारका खेलौना जस्तै बेचिनु पर्छ भने
जन्म नदेउ यो नर्कमा गर्भमै मार्देउ आमा
आफ्नाहरुबाटै यहाँ लुटिनु पर्छ भने।

ताजा बहस बनेका छौँ अखबारको लागी
मागी खाने भाडो भयौं सरकारको लागी
रित्तिएर समाचारमा छापिनु पर्छ भने
जन्म नदेउ यो नर्कमा गर्भमै मार्देउ आमा
आफ्नाहरुबाटै यहाँ लुटिनु पर्छ भने।

 

भिडियो हेरौ

https://www.youtube.com/watch?v=Z5xg-y7wBS4&feature=share

प्रदेश ५ को प्रदेश समन्वय परिषदको पहिलो बैठक सुरु

नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास योजना हस्तान्तरण लगायतका विषयमा छलफल गर्न पहिलोपटक प्रदेश समन्वय परिषदको बैठक रुपन्देहीमा बसेको छ ।
प्रदेश तथा स्थानीय तहले गर्ने काम कारबाहीमा नीतिगत सामन्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग र बाँडफाँट सम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद रहने संविधानमा उल्लेख छ । बैठकमा प्रदेश ५ का एक सय ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, १२ जिल्लाका जिल्ला समन्वय समितिका संयोजक र प्रदेश सरकारका सांसद, मन्त्री तथा सचिवहरुको सहभागिता छ ।

वैठकलाई सम्बोधन गर्दै प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कानुन निर्माणको प्रक्रिया पूरा नहुँदा संघ, प्रदेश र स्थानीय तहबीच सरकार सञ्चालनमा जटिलता पैदा भएको बताए । नयाँ संविधान बमोजिम बन्नुपर्ने कानुन निर्माणको प्रक्रिया पूरा नभएको अवस्थामा प्रचलित कानुन क्रियाशिल रहँदा तीनवटै तहका सरकार सञ्चालनमा जटिलता देखिएको उनले बताए ।
प्रदेश ५ को पहिलो प्रदेश समन्वय परिषदको बैठकको मंगलबार रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।अदालत पनि संघीय कानुन अनुसार मात्रै चल्दा कतिपय मुद्दा मामिलाले प्रदेश सरकार सञ्चालनमा समस्या परेको पनि उनले दावी गरे ।

त्यस्तै प्रदेश ५ मा स्वास्थ्यको अवस्था नाजुक रहेको, बसाइसराई मुख्य चुनौतीका रुपमा देखिएको भन्दै बसाईसराई रोक्न पहाडमा रोजगारीका अवसर सिर्जना र स्वास्थ्यको क्षेत्रमा पनि योजनाबद्ध विकासको खाँचो उनले औंल्याए । कार्यक्रममा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले प्रदेश र स्थानीय तहका कानुनहरुबीचको अन्तर सम्बन्ध तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका डा. वैकुण्ठ अर्यालले प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तर सम्बन्ध विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि

नवराज बेल्वासे
असोज ९
*********
विजया दशमी २०७५ को अवसरमा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी  क्लवले जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि वाणगंगा ९ जिनुवाको खेल मैदानमा अायोजना गर्न लागेको छ ।

युवाहरुलाई खेलकुदमा थप शसक्त बनाउन र आपसी भाईचारा मजबुद बनाउन प्रतयोगिता अायोजना गर्न लागेको अायोजकले बताएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने अायोजक क्लवका अध्यक्ष दुर्गा थापाले वैखरी अनलाईन लाई जानकारी गराउनु भयो ।

कपिलवस्तुमा खैरो हेरोईन सहित एक युवा पक्राउ

कपिलवस्तुमा खैरो हेरोईन सहित एक युवा पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका २ बर्दहवका अलालुद्दीन मुसलमान खैरो हेरोईन सहीत पक्राउ परेका हुन् । उनलाई बिशेष सुराकीको आधारमा ८ पुरिया खैरो हेरोईन सहीत प्रहरीले पक्रेको हो ।

उनले सो लागु औषध प्लाष्टिकको झोलामा राखेका थिए । उनी विरुद्ध लागु औषध मुद्दा चलाई अदालतबाट म्याद समेत थपिएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

बुद्धभूमिका ३ गाउँमा खानेपानीको हाहाकार

एक साता देखि नलमा पानी आउन छाडे पछि कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– १० स्थित ३ गाउँमा खानेपानीका हाहाकार भएको छ । पानी आउन छाडे पछि तीन गाउका सय १ सय २५ बढी परिवार मर्कामा परहेका छन । उनीहरु गाउ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन । देउपुरा, लोहरौली र लोहरौलीको नया बस्ती टोल अहिले पानीको चरम अभाव छ ।

सोही वडाको गाउ नजिकै सोनु ईट्टा उद्योगले ठुलो बोरिङ संचालन गरे पछि गाउमा रहेको नलमा पानी आउन छाडेको गाउलेहरु बताउछन । बेस्सरी नल चलाउदा पनि पानी नआए पछि गाउमा २ वटा नल भाच्चिएको गाउलेहरु बताउछन । २ सय ३ फिट गहिरो पाइपको पानी खादै आएका केलशा केवटले जोडले नल चलाउदा आफनो नल भाच्चिएको बताए । ईटा उद्योगमा रहेको ठुलो बोरिङ गाउ देखि ७ सय मिटरको दुरीमा छ । ढड सय देखि ४ सय फिट सम्म जाली बाधेर ठुलो बोरिङमा पानी निकालिदा यस्तो समस्या आएको गाउलेहरु बताउँछन ।

कर्तब्य ज्यान मुद्दाको झेलीरहेकी उर्मिलाले पाईन सफाई

कर्तब्य ज्यानको मुद्दा झेलेकी कपिलवस्तुको बुद्धुभमी नगरपालिका – १० धनकौलीकी उर्मिला कुवरले सो मुद्दबाट सफाई पाएकी छिन् । आफनो बचाउ गर्दा प्रतिकारको क्रममा पीडकको ज्यान गएकाले यसमा निर्मलाको कुनै दोष नरहेको भन्दै अदालतले ठहर गरी उनलाई रिहा गरेको हो । अदालतका न्यायधिश भरतमणि खनालको एकल ईजलासले निर्मलालाई सो मुद्दाबाट सफाई दिएको अदालतका श्रेस्तेदार भरतमणि खनाले बताए । सोही मुद्दा लागको हिमला कुवर, निरमया कुवर र रेनु कुवरले समेत सफाई पाएका छन । घटना बेला उनीहरुले केही नगरी हेरी रहेको भन्दै पीडकका परिवारले उनीहरु बिरुद्ध मुद्दा दिएका थिए ।

यस अघि सोही मुद्दामा अदालतका न्याधिश गिरीराज गौतमले उर्मिलालाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएका थिए । जसका कारण उर्मिला ५१ दिन काराकारमा बस्नु परेको थियो । पुनराबेदन अदालत बुटवलको आदेश पछि उर्मिलालाई साधारण तारेखमा छाडिएको थियो । २०७४ कार्तिक १८ गते रामघाट मेलामाबाट फर्किने क्रमममा उर्मिलाले आफनो अस्मिता जोगाउने क्रममा यशोधरा गाउपालिकाको पर्सोसियाका रमेश ढाडीको मृत्यु भएको थियो । प्रहरीले कुवर सहीत उनका चार परिवार बिरुद्ध नै कर्तब्य ज्यान मुद्दा लगाएको थियो । ढाडीको मृत्यु कुटपीटबाट भएको भन्ने प्रहरीको प्रतिबेदनको आधारमा जिल्ला आदलते कुवरलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश पछि गत कार्तिक १९ देखि उनी कारागार रहदै आएकी थिईन । पुनरावेदनको माघ ११ को आदेश पछि कुवर रिहा भएकी थिईन । रिहा भए पछि उर्मिलाको परिवारमा खुशीयाली छाएको छ ।

घटनाका कारण मानसिक तनाव झलेकी उर्मिलाले अदालतले आफुलाई न्याय दिएको बताईन । यसले आफुमा आत्मबिश्वास र साहस बढेको बताईन् । उर्मिलाकी आमा भुन्टीले निर्दोष रहेही छोरीले न्याय पाएकोमा खुशी ब्यक्त गरिन् । अधिकारकर्मी बिजय लक्ष्मी सिंहले यो निर्णय ऐतिहासिक रहेको भन्दै स्वागत गरिन् । मेलामा रमाएर घर फर्किदा उर्मिला, उनकी भाउजु मीना र बहिनी हुमकुमारी संगै थिए । मेलामा मदिराले मातिएका यशोधरा गाउपालिकाकाका पर्सोसिया गाउँका २२ बर्षे रमेश ढाडीले पछ्याउँदै तिनै जनालाई र्दुब्यबहार गरेका थिए । ढाडीको चर्तिकला देखे पछि तिनै जना घर तर्फ भाग्ने क्रममा उर्मिला लडेकी थिईन् । त्यही मौका छोपी ढाडीले उर्मिलालाई समातेर जबरजस्तीको प्रयास गरे ।

ढाडीले उर्मिलालाई लछार पछार गर्दै कपडा समेत फुकालिदियो । उर्मिलाले पनि प्रतिकार गरिन । दुबै बिच कुटाकुट पनि भयो । आफनो अस्मिता बचाउने क्रममा गोरुसिंगे जंगलको नर्सरीमा भेटाएको सानो लठ्ठीले ढाडीलाई प्रहार गरी घर भाग्नेक्रममा ढाडीले पिछा गरेक थिए । त्यही क्रममा तारमा अल्झीएर ढाडी घाईते भएका थिए । हारगुहार पछि गाउँका मान्छे समेत जम्मा भए पछि निर्मला स्वयमले प्रहरीले घटनाको खबर गरेकी थिईन । घाईते ढाँडीलाई प्रहरीले नै उद्धार गरी तौहिहवा अस्पतालमा लगेको थियो । ढाडीको उपचारको क्रममा त्यही रात १ बजेतिर मृत्यु भएको थियो ।

फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष,

फेरि बन्दुक उठाउने मोहन वैद्यको उद्घोष

काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले फेरि बन्दुक उठाउनुपर्ने अवस्था आएको बताएका छन्। पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विशेष राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले क्रान्तिका लागि फेरि बन्दुक उठाउन जरुरी रहेको दावी गरे।

‘केही मान्छेहरु बन्दुक उठाउने कुरा गर्दा डराउने गर्छन। कोही डराउनु पर्दैन,’ उनले भने, ‘हिजो कांग्रेस, एमाले र सरकारमा रहेका रहेकाले पनि बन्दुक उठाएको हो। त्यसैले बन्दुक उठाउने कुरा गर्दा डराउनै पर्दैन।’

उनले माओवादी आन्दोलनमा गद्दारी भएको दावी गरे। ‘अत्यन्तै विश्वास गरिएकाबाट नै धोका भयो,’ उनले भने, ‘इतिहासका नायकहरु खलनायक भए। जनयुद्धमा महत्वपूर्ण भूमिका खेल्ने साथीहरु घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदीय व्यवस्थामा आएका छन्। संसदीय व्यवस्थाको लागि यत्रो पसिना, रगत बगाउन आवश्यक थिएन।’

उनले क्रान्तिकारीबीच एकता अभियान चालु रहेको बताए। ‘दक्षिणपन्थीहरु एकातिर भएको बेला अब क्रान्तिकारीबीच पनि एकता आवश्यक छ,’ उनले भने, ‘सत्तामा रहेका र यो सत्तालाई नमान्ने जो बाहिर छन् उनीहरुबीच एकता आवश्यक छ र वार्ता पनि भइराखेको छ। विद्रोहको निम्ति एकता आवश्यक छ।’

अहिलेका प्रकाण्डमाथिको धरपकड हेर्दा पञ्चायत र जनयुद्धको सम्झना दिलाएको उनले बताए। ‘त्यसैले पनि बन्दुक उठाउन जरुरी छ। तर बन्दुक हिजो जसरी उठ्दैन। अब हजारौँ लामबद्द भएर नयाँ ढंगले बन्दूक उठाउनुपर्छ,’ उनले भने।

उनले भ्रष्टाचार, बलात्कार, सुन प्रकरण लगायतका विषयमा केही गर्न नसक्दा बाम र कम्युनिस्टट खोल ओडेको सरकारको ढोंग उत्रिएको बताए। भने, ‘भ्रष्टाचारी, बलात्कार बढेको छ, ठूलो माछा साना माछा भन्ने कुरा उठे तर कसैले कुनै माछा छोप्न सकेको छैन। यसबाटा वाम र कम्युनिष्ट खोल ओडेका उनीहरुको ढोंग उत्रिएको छ।’

उनले सरकारमा राष्ट्रियताका कुरा गर्ने रहे पनि दार्चुलामाथि ३१० किमी भन्दा धैरै भारतमा पारिएको विषयलाई वास्ता नगरेको भन्दै सरकारको आलोचना गरे।

नेता सीपी गजुरेलले जनयुद्ध अहिले दुई कित्तामा बाँडिएको बताए। ‘एउटा शासक बनेको छ,’ गजुरेलले भने, ‘अर्को कित्ता चाहिँ सडकमा छौँ।’

केही दिनअघि क्रान्तिकारीमाथि डस्न कार्यकर्तालाई अरिंगाल बन्न प्रधानमन्त्रीले निर्देशन दिएको बताउँदै उनले कसैले डस्न आयो भने क्रान्तिकारीले तिनीहरुलाई सखाप पार्ने बताए।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्धको भुमिका !!

आजबाट  पितृपक्ष प्रारम्भ
  • बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका अाफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।

    दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा अाफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलार्इ थप स्पष्ट पार्छ ।

    यतिबेला अधिकांश तराइको भूभाग बाढिको विनास र त्यसले दिएको कृषि चुनाैतिबाट बाहिर निस्किएर सामान्य जनजीवन जिउने प्रयास गर्दै हुनुहुन्छ, यस बाहेक धेरै ठाउँमा बारीको मकै पाकीसके होलान, धान रोपेर भ्याइयो होला, आँपका बोटहरु अब केवल पातमात्र झुन्डिएका छन्, थोरै हरीया अनि बाक्लो खैरो ।

    हिजोअाज बिहान बिहानको माैसमले एकखाले चाडबाडको सुगन्ध सहितको संकेत दिन थालि सक्यो अर्थात नेपालमा दशैंको अनुभूति दिने यी बिहानहरूमा आकाशको नीलोपना अनि बादलको स्वच्छता बढ्दै गएको छ । आकाशतर्फ हेर्दा त यस्तो लाग्छ मानौं मोतीको माला चूँडिएर बादलका टुक्राका रुपमा यत्रतत्र छरिएका छन् । दशैंको जनाउ त हो नि यो सबै हैन र ?

    १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।

    यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा अावश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

    वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलार्इ नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

    सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन ।

    अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भनें पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

    पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।

    वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् !

निर्मला पन्तको हत्याबारे के छ प्रतिवेदनमा ? 

 

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले गृहमन्त्री रामबहादुर थापालाई गुपचुपमा प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनबारे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिर राखेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिवेदन बुझेका हुन्। छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले मन्त्री थापालाई प्रतिवेदन बुझाएका हुन्।

के छ प्रतिवेदनमा ? 

गत भदौ ७ गते गठित समितिले बुझाएको प्रतिवेदनमा प्रहरीका कयौँ कमजोरी औंल्याइएको छ। स्रोतका अनुसार प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रुप लिएको उल्लेख गरिएको छ।

‘निर्मला हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्वजानकारी रहेको हुनसक्ने आशंका व्यक्त गरिएको छ’, प्रतिवेदनबारे उल्लेख गर्दै समितिका एक सदस्यले भने । समितिले विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेला पर्नेमा ढुक्क हुन सकिने एकिन गरेको छ।

बोलेनन् मैनाली 

समितिका संयोजक तथा सहसचिव मैनाली प्रतिवेदनबारे पत्रकारसँग खुलेर बोल्न मानेनन्। ‘मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ त्यो मैले बोल्न मिल्दैन,’ पत्रकारसँग उनले यति मात्रै भने ।

राजनीतिक घुसपैठ

समितिले पन्त हत्यापछि कञ्चनपुरमा एक्कासी जनलहर उत्रिनुमा ‘राजनीतिक घुसपैठ’ भएको निर्क्यौल गरेको छ। ‘प्रहरीले घटनालाई सामान्यरुपमा लिनु र पीडितपक्षले आरोप लगाएका व्यक्तिमाथि गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र छ यसमा थप अनुसन्धान हुनुपर्छ,’ प्रतिवेदनबारे स्रोतले भन्यो,‘ असम्बन्धित व्यक्तिमाथि दोष थोपरेर मुख्य अभियुक्त उम्काउन खोजिएको देखियो।’

प्रतिवेदनले बलात्कारपछि हत्या जस्तो गम्भीर र संवेदनशील घटनाका पीडितलाई समयमै सम्बन्धित पक्षले सम्बोधन नगर्दा घटनाले उग्ररुप लिएको निचोड निकालेको

‘प्रहरीले जनविश्वास गुमाएपछि न्याय खोज्न जाने सर्वसाधरणले सरकारको ध्यानाकर्षणका लागि सडकमा आउनु स्वभाविकै हो,’ प्रतिवेदनमा भनिएको छ,‘यस्ता गम्भीर विषयमा प्रहरी चुक्नु भएन।’

एसपी विष्टबारे प्रश्न 

समितिले प्रतिवेदनमा प्रहरी कार्यालयमा सुपरिवेक्षण अभाव रहेको पनि खुलाएको छ। एसपी विष्ट विवादित व्यक्ति हुँदाहुँदै जिल्लाको इन्चार्ज बनाएर पठाउँदा ख्याल नगरिएकोमा पनि समितिले प्रहरी प्रधान कार्यालयमाथि प्रश्न गरेको छ।

अरोपित व्यक्ति खडा गर्दा भनेको र सुनेको आधारमा भन्दा पनि प्रमाणमुखी हुनुपर्नेमा प्रहरी चुकेकेको विषय प्रतिवेदनले उठान गरेको छ। प्रहरीले पक्राउ परेका दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।

निर्मलाको भिजनल स्वाबसँग विष्टको डिएनए नमिलेपछि उनी छुटेका थिए। प्रतिवेदनले घटनास्थललाई सुरक्षित नगर्दा प्रमाणहरु गायब हुने जानकारी हुँदाहुँदै पनि प्रहरी लापरबाही देखिएको प्रतिवेदन उल्लेख छ।

प्रतिवेदन बुझेपछि गृहमन्त्री थापाले समितिले औंल्याएका सुझाव पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। गत साउन १० गते साथीको घर गएको बेला निर्मलाको बलात्कारपछि हत्या भएको थियो।

ग्रिस लैजाने भन्दै टर्की पुर्‍याएर मानव बेचविखन, एक जना पक्राउ

Nepal Live

काठमाडौं– ग्रिस पठाउने भन्दै टर्की पुर्‍याएर मानव बेचविखन गर्न खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एक जनालाई पक्राउ गरेको छ।

प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएर टर्की पुर्‍याएर अलपत्र पारेको आरोपमा सिआइबीले बाग्लुङको ढोरपाटन नगरपालिका–७ का ३७ वर्षीय वीरबहादुर अदैलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।

टर्की पुर्‍याएर ४५ दिनसम्म शारीरिक मानसिक यातना दिएको भन्दै २ जना पीडितले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

पक्राउ परेका अदैलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ले यही महिनाबाट भत्ता पाउने,

unn.prixa.net

काठमाडौं – संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । मौलिक हक अन्तर्गत रहेको यही व्यवस्थालाई कार्यान्वयन गर्न प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘२०७५’ पारित गरेको छ ।

यो विधेयक अब राष्ट्रपतिले प्रमाणिकरण गरेर राजपत्रमा प्रकाशित भएपछि लागू हुने विधेयकमा उल्लेख छ ।

संविधानको धारा ४३ मा उल्लेख भए बमोजिको सामाजिक सुरक्षाको हकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पेश गर्नुभएको विधेयक संसदले पारित गरेको हो ।

अबको दुई चार दिनमै संसदले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नुहुने मन्त्रालयका सचिव एवं प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो ।

विधेयक प्रमाणित भएसँगै गम्भीर रोग लागेर ‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ व्यक्तिले अब मासिक रुपमा भत्ता पाउनेछन् । राष्ट्रपतिले दुई चार दिनमै यो विधेयक प्रमाणिकरण गरे सम्भवतः यही महिनाबाट ‘आफ्नो हेरचाह आफैं गर्न नसक्ने’ व्यक्तिले भत्ता पाउनेछन् ।

अल्जाइमर, पार्किन्सस, स्पाइनल कर्ड, इञ्जुरी, ब्रेन ह्यामरेज, सुस्त मनस्थिति, पक्षघात, मानसिक अवस्था ठीक नभएको, अटिजम जस्ता रोगलाई गम्भीर प्रकृतिको भनेर विधेयकमा परिभाषित गरिएको छ ।

यस्ता रोगबाट ग्रसित भई आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थामा रहेका भनेर चिकित्सकबाट प्रमाणित भएका व्यक्तिलाई अब सरकारले सामाजिक सुरक्षा भत्ताबापत मासिकरुपमा भत्ता दिनुपर्ने छ ।

पहिला यस्तो भत्ता दिने गरिएको थिएन । तर अब मौलिक हक कार्यान्वयन गर्न ल्याइएको विधेयकमै यसबारे प्रस्ट व्यवस्था गरिएकाले यस्ता व्यक्तिहरुले अब भत्ता पाउने प्रवक्ता अधिकारीले बताउनुभयो । ऐन कानुन बनेसँगै अब यस्ता व्यक्तिको पहिचानका लागि पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

यस्ता व्यक्तिको पहिचान गर्दै भत्ता वितरण प्रक्रियालाई अगाडि बढाउने तयारीमा मन्त्रालय रहेको अधिकारीले जानकारी दिनुभयो ।

यस्तै पारित विधेयकले विभिन्न १० जातिलाई पनि भत्ता दिने व्यवस्था गरेको छ । लोपोन्मुख जातिको सूचिमा कुसुण्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कुसवाडिया (पत्थरकट्टा, सिलकट, कुशबधिया र कुचबधिया) रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुसुण्डाको सङ्ख्या २७३, राउटेको ६१८ र हायुको सङ्ख्या २ हजार ९२५ छ । यस्तै वनकरियाको सङ्ख्या ६९ जना मात्रै रहेको राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा उल्लेख छ । यस्तै सुरेलको सङ्ख्या २३५ छ । उनीहरु दोलखामा बस्ने गरेको तथ्यांकमा उल्लेख छ । यस्तै राजी जातिको जनसङ्ख्या चार हजार २३५ छ ।

सरकारले कूल जनसङ्ख्याको ०.५० प्रतिशत भन्दा कम सङ्ख्या भएका जातजातिलाई अल्पसङ्ख्यकमा राखेको छ । उनीहरुलाई यसअघि पनि सरकारले सामाजिक भत्ताको व्यवस्था गर्दै आएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रियालाई यो विधेयकले व्यवस्थित गर्ने प्रवक्ता अधिकारीले बताउनुभयो । भदौ ८ गते संसदमा पेश भएको विधेयक असोज २ गते मात्रै पारित भएको हो । ३ गतेभित्र मौलिक हकसँग सम्बन्धित सबै विधेय पारित गरिसक्नुपर्ने बाध्यात्मक अवस्थाका कारण संसदले २ गते यो विधेयक पारित गरेको हो । आवश्यक  छलफल र परिमार्जनसहित विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ ।

विधेयक पारित हुनुभन्दा अघि पनि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको थियो । तर नयाँ आएको विधेयकले त्यसलाई थप व्यवस्थित बनाउने प्रवक्ता अधिकारीको भनाइ छ । ‘सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र मर्यादित बनाउनु हाम्रो लक्ष्य हो त्यसैले यो विधेयक ल्याएका हौँ,’ उहाँले भन्नुभयो ।’

यस्तै संसदबाट पारित भएको विधेयकमा कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्त भएको, निर्वाचित वा मनोनित भएको, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको र अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक वा सुविधा लिइरहेको व्यक्तिले भने त्यस्तो भत्ता नपाउने व्यवस्था गरेको छ ।

सामाजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकले स्वेच्छाले घोषणा गरेमा त्यस्ता नागरिकलाई स्थानीय तहले सम्मान गर्ने व्यवस्था मिलाईने पनि विधेयकले गरेको छ ।

यस्तै विधेयकमा अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ताको रुपमा बालपोषण भत्ता उपलब्ध गराउने उल्लेख छ । कर्णालीका एक आमाका बढीमा दुई बालबालिका, देशभरिका दलित परिवारका एक आमाका बढीमा दुई बालबालिकालाई पनि यस्तो मासिक भत्ता दिइँदै आएको छ ।

अहिले पनि लोपोन्मुख जातजातिलाई सरकारले मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापत उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिक र एकल महिलाले एक – एक हजार सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । पूर्ण अशक्त अपाङ्गता भएका नागरिकले  मासिक दुई हजार, आशिंक रुपमा अपाङ्गता भएकाले ६ सय रुपैयाँ लिँदै आएका छन् । लोपोन्मुख आदिवासी जनजातिले दुई हजार, कर्णाली र दलितका बालबालिकाले चार सय तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले औषधी उपचार खर्चवापत एक हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

एकल महिलामा विवाह नगरी बसेका ६० वर्ष पुगेका महिला, विवाह गरेका तर सम्बन्ध विच्छेद भएका ६० वर्ष उमेर पुगेका महिला, महिला बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकले पनि त्यस्तो भत्ता लिँदै आएका छन् ।

सामाजिक सुरक्षा भत्ता लिँदा विवरण ढाँट्ने, तथा भत्ता वितरण गर्ने, गलत विवरण पेश गरेर भत्ता लिनेलाई विगो बराबरको जरिवाना गरिने विधेयकमा व्यवस्था गरिएको छ ।  साथै गलत सिफारिस गर्ने सम्बन्धित अधिकारीलाई प्रचलित कानुन बमोजिम सजाय हुने पनि उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइ सराइँ गरी अन्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, मृत्यु भएमा त्यस्तो व्यक्तिले पाउँदै आएको भत्ता कटौती हुने छ । त्यस्तै कुनै पनि प्रदेश तथा स्थानीय तहले दोहोरो पर्ने गरी त्यस्तो कुनै पनि खालका भत्ता वितरण गर्न नपाउने व्यवस्था पनि विधेयकले गरेको छ ।

संसदले विधेयक पारित गरेसँगै सरकारले यो ऐन कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सक्ने र नियमावली नबनुन्जेलसम्म साविकमै दिईँदै आएको नियम अनुसार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन बाधा नपर्ने पनि उल्लेख छ ।

पहिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न कुनै कानुन नै थिएन । तर अहिले संविधानले नै प्रदत्त गरेको मौलिक हक कार्यान्वयन गर्न कानुन नै बनेकाले भत्ता वितरण प्रभावकारी हुनुका साथै पाउँदै आएको भत्तामा समेत बृद्धि गर्न सकिने प्रवक्ता अधिकारीले बताउनुभयो !!

नेपाल छिट्टै भारतमा विलय हुँदैछ,

चित्रबहादुर केसीले भने : नेपाल छिट्टै भारतमा विलय हुँदैछ

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताउनुभएको छ ।

अध्यक्ष केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो ।

काठमाडौंमा आयोजित ‘राष्टिय हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने’ विषयक अन्तरकृया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।

‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उहाँको आरोप थियो ।

अवैध तरिकाले नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नका लागि शक्तिशाली  आयोग बनाउनु पर्ने खाँचो रहेको पनि उहाँले औँल्याउनु भयो ।

‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उहाँले बताउनुभयो । ‘देश बचाउनु पर्ने भन्दै उहाँले भन्नुभयो, ‘देश रहे मात्रै हामी रहूँला ।’

भाउ बढ्यो, रिंगिट र दिनारको 

काठमाडौं –  सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३८ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैयाँ छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ०६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

‘पाँडे’लाई जन्मदिनमा जिग्रीको शुभकामना, नवप्रेमी काउलीको दह्रो ख्याल गर्नुहोला भन्न चाहन्छु !!

वैखरी मिडिया प्रा लि  को तर्फ  बाट  पनि  कलाकार अर्जुन घिमिरे ” पाँडे ” लाइ  अथाह सुभकामना जन्मदिनको !!

हास्यश्रृंखला ‘भद्रगोल’ बाट चर्चामा आएका कलाकार अर्जुन घिमिरे (पाँडे) को आज जन्मदिन।

सामाजिक सञ्जालमा चर्चित कलाकार तथा शुभचिन्तक र आफन्तहरूले उनलाई शुभकामना दिएका छन्।

चर्चित हास्यश्रृखंला भद्रगोलमा वृद्धको अभिनय गरेर चर्चित भएका पाँडे असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा ३३ वर्ष पहिले जन्मिएका हुन्। केही समय उनले सैनिक जीवनसमेत बिताएका थिए। घिमिरेकी श्रीमती सुनिता मल्ल हुन् भने एक सन्तान छन्।

जन्मदिन विशेष के छ? जावफमा पाँडे भन्छन्, ‘केही छैन। भद्रगोल छायांकनका लागि बिहानै यतातिर (मुड्को भञ्ज्याङ) आएको छु। सामाजिक सञ्जाल र फोनमा शुभकामनाहरू आइरहेका छन्। उहाँरूरुको माया शुभकामना नै मेरा लागि विशेष हो।

श्रीमतीको तर्फबाट के पाउनु भयो त ? उनले भने, ‘माया अनि शुभकामना। त्योभन्दा बढी के चाहियो र!?

कलाकारितासँगै सामाजिक सेवामा पनि सक्रिय घिमिरेले गत वर्ष पाँडेजिग्री प्रतिष्ठानबाट सप्तरीका नेत्रहीन तीन परिवारलाई आवास निर्माण गरिदिएका छन्। धुर्मुस–सुन्तलीको पहरी वस्ती, सिन्धुपाल्चोकको गिरानचौर वस्ती, महोत्तरीको मुसहर वस्ती, रौतहटको सन्तपुर वस्तीदेखि लिएर वीर अस्पताल सरसफाइसम्म उनले उपस्थिति जनाएका छन्।

उनलाई जन्मदिनको शुभकामना दिँदै कुमार कट्टेल जिग्रीले आफ्नो अनन्य मित्रका साथै कलाकारिता क्षेत्रको गुरु भएको बताएका छन्।

सामाजिक सेवाभाव बोकेका उर्जाशील व्यक्तित्व घिमिरेलाई कर्मस्थलमै (भद्रगोल छायांकन स्थल) शुभकामना दिन पाउँदा खुसी लागेको बताउँदै जिग्रीले उनलाई केही सुझावसमेत दिएका छन्।

मनमा तुष र रिस लामो समयसम्म नपाल्ने पाँडेको स्वभाव असल भए पनि कतिपय अवस्थामा छिटो आवेगमा आएर निर्णय गर्ने बानी खराब भएको बताए। ‘कुनै परिस्थितिमा शान्त रहेर बस्दा दीर्घकालीन रूपमा सुुखद् हुने भए पनि अर्जुनजी कहिलेकाहीं घटनास्थलमै आवेगमा आउनु हुन्छ,’ जिग्रीले भने।

राम्रोसँग नसोची गर्ने काम र निर्णयले कहिलेकाहीं ठूलै हानी पनि हुन सक्ने भएकाले संयमता अपनाउन पाँडेलाई जिग्रीको सुझाव छ।

त्यस्तै भद्रगोलका कलाकार कक्रोज् अर्थात् हरिश निरौलाले काउली बुढीको लभमा परेको पाँडे सोल्टीलाई बधाई दिएका छन् भने अर्जुन घिमिरेलाई चाहिँ जन्मदिनको शुभकामना दिएका छन्।

‘मेरो कलाकारिताका गुरुसमेत हुनुहुन्छ उहाँ। मलाई कलाकारिता अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हुने अर्जुन घिमिरेलाई जन्मदिनको शुभकामना छँदैछ। त्यसमाथि अचेल भद्रगोलमा पाँडे सोल्टीको काउली बुढीसँग भर्खर-भर्खर लभ परेको छ। नवप्रेमीलाई आफ्नो प्रेमिका काउलीको दह्रो ख्याल गर्नुहोला भन्न चाहन्छु (लामो हाँसो)।

यता सागर लम्साल ‘बले’ पनि पाँडे सोल्टीको जन्मदिन आफूहरूको पनि विशेष दिन भएको भन्दै अर्जुन घिमिरेको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। भद्रगोलको छायांकन सकेपछि केही विशेष पार्टी गर्ने सोच रहेको भन्दै उनले जन्मदिनको शुभकामना दिएका छन्।

प्रकाशित ९ असोज २०७५, मंगलबार |

नेपाल र क्यानडाबीच परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर,


प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त समझदारीपत्रबाट दुई मुलुकबीच सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुला भएको छ। समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो।

यस अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकामा खुसी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्प पछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिए।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुसी व्यक्त गरे। संयुक्त राष्ट्रसंघको महासभाको ७३औं अधिवेशनमा भाग लिन दुवै मुलुकका प्रधानमन्त्री यहाँ आएका हुन्।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित थिए।

प्रकाशित ९ असोज २०७५, मंगलबार |

नवलपरासीमा महिलामाथि एसिड आक्रमण,


नवलपुरमा एक महिलामाथि एसिड आक्रमण भएको छ। कावासोती नगरपालिका–९, डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको हो।

गम्भीर घाइते उनको अहिले चितवनस्थित भरतपुर अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्कसका अनुसार एसिडले वसन्तीको २५ प्रतिशत शरीर जलेको छ भने देब्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको छ। यसैगरी देब्रेतर्फ पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ।

आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ।

छिमेकमै रहेका विमल शिर्पालीले उनलाई एसिड तथा छुरा प्रहार गरेका हुन्। विमललाई प्रहरीले पक्राउ गरिसकेको छ।

वसन्ती परियारका एक छोरा र एक छोरी छन्। वैदेशिक रोजगारका लागि लामो समय मलेसियामा रहेका उनका श्रीमान् हालै मात्र नेपाल फर्किएका थिए।

आइतबार साँझ तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिएका हुन्। त्यसपछि तरकारी काट्ने चक्कुले अन्धाधुन्द प्रहार गरेका थिए।

उनले आफू लामो समयदेखि वसन्तीको प्रेममा रहेको र विवाह गर्न नमानेकाले आक्रमण गरेको प्रारम्भिक बयान दिएका छन्। विमल पनि विवाहित हुन्। तर, उनकी श्रीमती माइतमा बस्दै आएकाले सम्बन्धविच्छेद गर्ने तयारीमा रहेकाले वसन्तीमाथि आँखा लगाएको आशंका गरिएको छ।

वसन्तीका श्रीमान यमनारायण परियारले विमललाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् ।

एसिड आक्रमणमै कारण रौतहटकी सम्झना दासको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो।

 

प्रकाशित ९ असोज २०७५, मंगलबार |