धनगढीका मेयरलाई पक्राउ गर्न प्रदेश सांसदले दिए सामूहिक उजुरी

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई पक्राउ गरिनुपर्ने भन्दै प्रदेश ७ का २० जना सांसदले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारबाही गर्न माग गर्दै संयुक्त उजुरी दिएका हुन् । बुधबार प्रदेशसभा अगाडि आन्दोलनलाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिलाई लिएर मृद्धा दर्ता भएको हो ।

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेको समितिले गोदावरीमा राजधानी बनाउन सिफारिस गरेपछि भएको विरोधमा प्रमुख वडले सांसदहरुलाई २४ घन्टामा धनगढी छोड्न निर्देशन दिनुभएको थियो । बुधबार भएको प्रदर्शनमा वडले धनगढीबाट राजधानी सारिए संसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने र सांसदलाई नै जलाउने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

उनीहरुले मेयरको अभिव्यक्तिपछि आफूहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन भन्दै माग गरेका छन् । कोही पनि व्यक्ति संविधानभन्दा माथि नहुने उनीहरुको भनाई छ । राजनैतिक विचार र असहमति राख्न सक्ने भए पनि संसद भवनमा नै आगो लगाउने जस्ता आपराधिक शब्द बोल्नुका साथै यो क्षेत्रमा दंगा फैलाउने खाले अभिव्यक्ति दिएकाले तत्काल कारबाहीको माग गरेको सांसदहरुले बताएका छन् ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु, एक घाईते

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिकामा लु ४ त १२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । दुर्घटनाबाट भुमिकास्थान नगरपालिका वडा नं ४ धारापानी बस्ने २१ बर्षीय हुमा भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खेत जोत्न जान लागेको ट्याक्टर ओरालो बाटोको भीत्तामा ठोक्किदा दुर्घटना भएको हो । ट्याक्टरमा चालक र भुसाल सँगै भएको र दुर्घटना पछि घाईते भएका भुसालको जिल्ला अस्पताल सन्धिखर्क र्पुयाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालकलाई सामान्य चोटपटक लागेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको धारापानी प्रहरी चौकीका ईन्चार्ज सूर्य बिकले बताए ।

अवाकसबाट सिद्धान्तको सिकाई प्रभावकारि बन्दै

जन ज्योति आधारभुत विद्यालय विरपुरमा अवाकसबाट सिद्धान्तको सिकाई वा प्रयोगद्धारा कक्षा सञ्चालन प्रभावकारि बन्दै गएको छ । यस विद्यालयमा अध्ययनरत कक्षा ३ देखि ५ सम्मका १ सय १ जना विद्यार्थिहरुका लागि अवाकसबाट सिद्धान्तको सिकाई वा प्रयोगद्धारा कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यस प्रकारको सिकाईबाट छात्र छात्राहरुले सहज रुपमा छिटो बुझ्न सक्ने शक्ति प्राप्त गरेको र गणितिय आधारभुत सिपहरु सजिलो तरिकाले सिक्न र बुझ्न सक्ने भएको जनज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक रविलाल घिमिरेले बताएका छन् ।

त्यस्तै विद्यालयका ३ जना विज्ञान गणित कम्प्युटर पढाउँने शिक्षकहरुलई हप्ताको मंगलवर र वुधवार तालिम दिइएको छ । अवाकसबाट सिद्धान्तको सिकाई सम्बन्धि तालिमको सिकाई यहि भाद्र १५ देखि सुरु गरिएको वार्षिक रुपमा सञ्चालन हुने ३ वटा कोर्षको लागत रु १ हजार ६ सय लाग्छ । उक्त रकम विद्यालय व्यहोर्ने प्रधानाध्यापक घिमिरले बताए । छात्रछात्राहरले अवाकसको सिद्धान्तबाट बुझ्न सजिलो भएको बताएका छन् ।

यस सिकाईले गण्नितिय माध्यमलाई सिक्न र बुझ्न विद्यार्थिहरु बताउँछन् । सो कक्षा एभरेष्ट एजुकेशन एण्ड होलिडेज संस्था चार नम्बर जितपुरको प्राविधिक सहयोग, जनज्योति आधारभुत विद्यालय विरपुर र बूद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

बुद्धभुमीका ७ र ८ वडा साक्षर घोषणा, २० गते नगर नै घोषणा हुने

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं ७ र ८ लाई एक समारोहका विच पुर्ण साक्षर वडा घोषणा गरिएको छ । साविकका हरिहरपुर र मानपुर गाविसहरुमा १५ देखी ६० वर्ष उमेर समुहका ९५ प्रतिशत भन्दा बढि नागरिकहरु साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष कपिलवदेव तिवारीले वडामा रहेका १ हजार ४ सय ९२ जना निरक्षर नागरिक मध्ये साक्षरता कक्षा संचालन गरेपछि १ हजार ४ सय ९२ जना साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको बताए । त्यस्तै वडा नं ८ का अध्यक्ष राजेश्वर सिंहले जना ५ सय २ निरक्षर नागरिकको तथ्यांक आएकोमा साक्षर कक्षा संचालन गरेपछि जना ४ सय ८१ जना साक्षर भएकोले वडालाई साक्षर घोषणा गरिएको बताए ।

कार्यक्रममा वोल्दै बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाका १० वटै वडा साक्षर घोषणा भएको बताए । नगरपालिकालाई औपचारिक रुपमा यहि असोज २० गते साक्षर नगर घोषणा गरिने बताए । यो सगै नगरपालिकामा पुर्ण भर्ना र ४ वटा वडा वालविवाह मुत्त वडा भैसकेकोले विस्तारै अरु वडालाई घोषणा गरिने बताए र छिटौ वालमैत्री नगर घोषणा गर्नको लागी सूचकहरु पार गदै गएको बताए ।

नगर पालिकाले भौतिथ विकासका साथै सामाजिक विकास र परिवर्तनको लागी संग सगै लिएर जाने समेत उनले बताए । साक्षर कक्षा संचालनको लागी राजपुर सिएलसीले जिम्वेवारी लिई समुदायमा साक्षरताका कक्षाहरु सचालन गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले नगरलाई विकास र सामाजिक र शैक्षिक परिवर्तन गर्नको लागी क्रमस साक्षर, पुर्ण भर्ना, खोप, वातावरणमैत्री तथा वालमैत्री नगर वनाउने बताए ।

कार्यक्रमा सामाजिक विकास अधिकृत हिमलाल विक, विद्यालय निरिक्षक खिमबहादुर जिसी, स्रोत व्यात्ति खेमराज पौडेल वडा अध्यक्ष नन्दलाल यादव, भेषराज खनाल, खुमान्नद न्यौपाने, त्रिलोकी खरविन्द, गोविन्द्र आर्चाय, सनसाइन सामाजि विकास केन्द्रका अध्यक्ष तुलसीराम यादव राजपुर सिएलसीकी शान्ती शाही, वडा सतिव नरहरी खनाल, नारायण खनाल शिक्षक गोकर्ण पोख्रेल लगायतले शुभकामना दिएका थिए ।

यात्रुको सुविधाको लागि नागरिक सहायता सेवा केन्द्र स्थापना

हिन्दु नेपालीहरुको महान् चाड पर्वमा नेपाल भारत सिमा क्षेत्र चाकरचौडा अलीगढ़वामा यात्रुहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी आज नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुहरुले यात्राका क्रममा कुनै समस्या भोग्न नपरोस् र समस्या भएमा समाधानका लागि सम्पर्क गर्न अनुरोध गर्दै सहायता कक्ष स्थापना गरिएको हो ।

विजयादशमी, दिपावली र छठ पर्वको शुभकामनासँगै यात्रा गर्दा यात्रुहरुमा पर्ने असुविधाहरु समाधान गर्नु नागरिक साहेता कक्षको मुख्य उदेश्य रहेको छ । लुटपाट, दोहोरो टिकट, सामान हराउने समस्या र स्टापहरुको व्यवहार चित्त नबुझ्दो भएमा तत्काल सहायता कक्षले सहयोग गर्ने छ । यात्राका क्रममा यस्ता कुनै समस्या परेमा सम्पर्क गर्न आग्रह गरिएको छ । इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलले यात्राका क्रममा कुनैपनि अवाञ्छित गतिविधि भएको पाइएमा तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ । चाकरचौडाको सिमा क्षेत्र र बसपार्कमा विभिन्न स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको पोखरेलले जानकारी दिनुभयो ।

कुनैपनि प्रकारको समस्या यात्रुहरुले देखेमा वा भोगेमा तत्काल जिल्ला प्रहरी कार्यलय कपिलवस्तुको कन्ट्रोल नम्बर १०० इलाका प्रहरी कार्यालय पकडी संचारको ९८५७०९०२७३ र कार्यलय प्रमुखको ९८५७०९०४३३ मा फोन गरेर सूचना दिन इलाका प्रहरी प्रमुख पोखरेलले आग्रह गरेका छन् । सूचना पाए लगतै त्यहाँ पुगेर तत्काल कारवाही हुने उहाँले जानकारी दिनुभएको छ । चालकलाई सचेतना मुलक पर्चा वितरण तथा चाडपर्वको समयमा सवारी दुर्घटना हुन सक्ने भएकाले चालकहरुलाई सचेत गराइएको छ ।

बुटवल का अमीत बराल गाला राउन्ड मा प्रवेश, अबको निर्णय जनताको हातमा ,

 – मधुर आवाज का धनी, मिलनसार कर्णप्रिय बुटवल का अमित बराल को अहिले देशैभरी चर्चा छ !

सामान्य परिवारमा जन्मिएका अमित असाधारण क्षमताका कारण अहिले लाखौँ दर्शक श्रोताहरूका प्रिय बनिरहेका छन् ! नेपाल आइडल सिजन -२ का उत्कृष्ट १२ प्रतियोगी मध्य का बराल अन्ततः गाला राउन्डमा पर्न सफल भए ! बुवा वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ भने घरमा आमा बैनी र भाइ रहेका छन् !!

जिन्दगीको विभिन्न काल खण्डमा सङ्गीत साधना र आर्थिक अवस्थाका कारण बुटवलका विभिन्न क्लबहरूमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका अमितले आफ्नो गायनको प्रेरणाको रूपमा आफ्नो स्वर्गीय दाजु लाई लिने गरेका छ्न ! सायद दाजुको प्रिय माया र आशिर्वाद ले पनि होला अमित अहिले देश कै संगीत प्रेमीहरुको नजरमा लालायित छ्न , प्रिय बनिरहेका छन ! अमीत बराल लाई नेपाल आइडल बनाउने यो अभियानमा जुट्नु भएका बिकाश बोलखे सिजन -१ देखी नै सच्चा कला र गलाको पुजा हुनुपर्छ भन्नू हुन्छ !

https://www.youtube.com/watch?v=TwJO2FQbDkY

र यो कला को अभियान यो गला को अभियान मा सौरभ राज चौहान को पनि सिङ्गो देश ब्यापी अभियानमा विशेष भुमिका रहेको छ ! जापान मा रहनुहुने र सबै सधै देश को कला र गला को उच्च सम्मान गरिरहने – दिपेन्द्र भुसाल जि यो अभियान मा अत्यन्तै विशेष रुपले लागिरहनु भएको छ , अमीत बराल सङ्गै ब्याण्डमा कार्यरत हुदा देखि अहिले सम्म सारिरिक अस्वस्थता भएपनी यो कार्यमा भाइ किरण बराल को विशेष भुमिका रहेको बताउनुहुन्छ !

https://www.youtube.com/watch?v=Yxv6ak-10Xc

अमीत बराल, र नेपाल आइडल सङ्ग जानकारी प्राप्त भएअनुसार आजबाट भोटिङ लाइन पनि सुरु भैसकेको खबर प्राप्त भैरहेको छ ! सिजन -1 मा पनि बुटवल बाट बैनी सुजाता पाण्डे पाँचौ दाबेदारी आफ्नो हकमा सुनिश्चित गरेकी थिइन एसैले पनि सम्पुर्ण लुम्बिनी बासी अमीत बराल ले आफ्नो बर्चस्व बनाउने मा निश्चितै जस्तैः भएको जनाउछन ! पियानो राउन्डमा समकक्षी हिना मल्ल बराइली सङ्गै – इसारा ले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन बोलको गितले त झन अमीत लाई सिखर नै चडायो ! जजहरु को उत्कृष्ट माया, सल्लाह अनि सुभ चिन्तकहरुको प्यारो सपोर्टले त बराल लाई अहिले बाटै नेपाल आइडल भैसके को भन्न पनि भ्याए ! जज न्युह बज्राचार्य !!

काली प्रसाद बास्कोटा, इन्दिरा जोशी को पनि खुब सकारात्मक अभिव्यक्ति पायका अमीत आफैमा पनि यो आइडल आफुले जितेमा देशलाइ सङ्गीत को नयाँ धार पस्किने ( हास्दै) बताउछ्न! थिएटर राउन्डमा सुगम पोख्रेल को “मायाले बोलेको बोली मीठो भो” भन्ने गित मा त आफ्नो आवाज को जादु बेस्सरी छरिदिए समकक्षी श्रीजना कार्की सङ्गै, मन्त्र ब्याण्ड को सधै सधै, अनि के यो माया हो जस्ता गित गाएर चर्चामा रहेका अमीत लाई अझैसम्म पछाडि फर्कनै परेको छैन !!

, र यो यात्रा लामो रहने मा नेपाल आइडल का जज हरु पनि ढुक्क रहेको बताउछन ! राइज एण्ड रेस्पेक्ट अनलाइन भोटिङ पार्टनर रहेको ले बिदेशमा बस्नुहुने सबैले यो याप्स डाउनलोड गरेर कम्तिमा – ५०० भोट गर्न सक्ने छन् ! अनि नेपाल बाट प्रतेक सिम बाट अनलिमिटेड भोट गर्न सकिने छ र एउटा सिम बाट – रेस्पेक्ट एण्ड राइज को याप्स बाट ५०० भोट गर्न सकिने कुरा संबंधित निकाय बाट जानकारी प्राप्त भएको छ !!

म्यासेज बक्समा गएर ( 01) टाइप गरी 31009 मा म्यासेज गर्नु पर्ने अनि यो म्यासेज अबधी हरेक बिहिवार साझ 8:30 देखि हरेक शुक्रबार राती 12:00 सम्म खुल्ला रहने कुरा बिकास बोलखे ले जनाउनु भएको छ ! अडिसन राउन्ड देखि नै कला को मूल्य बुझ्नु भएका बिकास बोलखे को यो कार्यमा विशेष भुमिका रहेको छ ! र वहाँ को देश बिदेश मा सकारात्मक सामाजिक भुमिका रहेको छ !

विश्व पर्यटन दिवसको अवसर पारि कपिलवस्तुमा रक्तदान

विश्व पर्यटन दिवसको अवसरमा व्यापार संघ कपिलवस्तुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको चन्द्रौटामा भएको कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन् । विगतका वर्षहरु जस्तै रक्तदान जीवनदान भन्ने नारा सहित व्यापार संघ कपिलवस्तुले पर्यटन दिवसको अवसरमा सो आयोजना गर्ने गरेको संघका अध्यक्ष महादेव पोख्रेलले वताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसीले एक थोपा रगतले गर्दा कसैको ज्यान वच्ने भएकोले रक्तदान कार्यक्रमको प्रसंशा गरे । पर्यटन दिवसको अवशर पारेर कार्यक्रम आयोजना गरेकोमा सांसद केसीले व्यापार संघलाई धन्यवाद दिए । कपिलवस्तु पर्यटनको खानी रहेको भन्दै पश्चिमि क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको उत्खनन् कार्य छिटै हुने भएको हुदाँ पर्यटकहरुको आगमनमा सम्भावना क्षेत्र रहेको वताए । पर्यटन क्षेत्रले समृद्धी तर्फ लैजाने भन्दै चन्द्रौटालाई पर्यटनको हव बनाउने उद्धघोष गरे ।

सोनवागढ,शिवगढी, रमुवादह क्षेत्र ऐतिहासीक क्षेत्र रहेकोले सवैले आ आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने वताए । शिवगढी जिल्लाकै एक धरोहर रहेकोले त्यहा पुराना संरचना देखा परेकाहुदा दशै पछि पुरातत्व विभागले उत्खन्न गरिने जनाए । पर्यटनवाट समृद्ध हुनेमा जोड दिदै प्रदेशका विभिन्न मन्त्रालयमा छलफल गरेको केसीले वताए ।

रक्तादान कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले भने रक्तदानले गर्दा सवैमा भाइचारको सम्वन्ध स्थापित हुनेमा जोड दिए । विभिन्न वाहानामा विभेद भएको भन्दै रक्तदानले त्यसलाई निराकरण गर्ने जनाए । रगतको आवश्यकता परेको समयमा हिन्दु, मस्लीम, शत्रु, मित्र केहि नभनिने भएकोले रक्तदानले समाजमा सदभाव कायम हुने जिकिर गरे । रक्तदान गरेर पुण्य कमाएकाहरुलाई मेयर अधिकारीले धन्यवाद दिए । अधिकारीले शिवराज नगरपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरि विश्व सामु चिनाउनुपर्ने वताए । नगरपालिकाले यस वर्ष पर्यटकिय स्थलको वृतचित्र निमार्ण गरि प्रचार प्रसार गर्ने अधिकारीले वताए ।

मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णुप्रसाद खतिवडाले व्यापार संघ कपिलवस्तुका व्यापारीकोहरु हक अधिकारको लागी काम गर्ने सस्था भएतापनि सामाजिक क्षेत्रमा ठुलो योगदान गरेको वताए । रगतको अभावका कारण कैँयौ मानिसहरुको ज्यान गएको भन्दै समाजिक सस्थाहरुले रक्तदान कार्यकम आयोजना गर्नुपर्ने धारणा राखे । औपचारीक कार्यक्रम समापन गर्दै व्यापर संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले पर्यटनको विकास विना कुनै पनि विकास नहुने वताए । पर्यटकीय स्थलको प्रवद्धन गर्ने उद्देश्यले नै पर्यटन दिवशको अवशरमा रक्तदान कार्यक्रम गरिएको अध्यक्षको पोख्रलेको भनाई छ ।

कपिलवस्तुमा बजार अनुगमन

बाणगंगा नगरपालिकाको आयोजनामा नगरपालिकाले ओदारी बजारको अनुगमन गरेको छ । बाणगंगा नगरपालिका नगरपालिका वडा नः ११ मा रहेको ओदारी बजारमा सञ्चारमा रहेको ब्यवसायीक पसलहरुको नगरपालिकाको आयोजनामा बजार अनुगमन गरिएकोे हो । ओदारी बजारमा रहेका करिव एक सय बढि पसलहरु मध्य कुनै पनि मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए । अब्यवस्थित रुपमा सञ्चालनमा रहेका मासु पसलमा खुल्ला ठाउमा मासु राखी बेच्न नपाइने, डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने सो क्रममा अनुगमन पछि निर्देशन दिइएको बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले बताए । सात दिन भित्र पसल ब्यवस्थित गर्न नसके नगरपालिकाले पसलनै उठाउनेसम्मको कारबाही गर्ने उनले बताए । ओदारी बजार क्षेत्रभित्र रहेको ७ मासु पसलमा बिशेष निगरानी गर्नुका साथै अव नगरपालिका भित्र रहेको होटल, मिठाइ पसल र मासु पसलमा छड्के अनुगमन गर्ने तयारी रहेको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जानकारी दिएका छन । चाडपर्व नजिकिएसगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको उनले बताए ।

हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मुल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरुले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए । बिकासमा तिव्रता लिएको ओदारी बजारलाई ब्यवस्थित बनाउन वडाले बिशेष पहल गर्ने बताउदै स्वच्छ प्रतिस्पर्धा गरि ब्यवसाय गर्न वडा नः ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताए । अनुगमनमा बाणगंगा प्रशासनका प्रमुख बिक्रम शर्मा, बाणगंगा नगरपालिका पशु सेवाका प्रमुख रुप नारायण श्रेष्ठ पत्रकार अशोक पौडेल लगायतको अनुगमन सहभागिता रहेको थियो ।

१५० दीनमा १४ सय बलात्कारका घटना

पाँच महिनाको अवधिमा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वननिक गरेको हो ।महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने, ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’अघिल्ला वर्षहरुको तुलनामा १० प्रतिशत बलात्कार घटना बढेको उनले जानकारी दिए ।

महिला मन्त्रालयको अर्कै तथ्यांक 

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने फरक तथ्यांक प्रस्तुत गरेको छ । मन्त्री थममाया थापा मगरले नेपाल प्रहरीबाट प्राप्त भन्दै प्रस्तुत गरेको तथ्यांकमा भने बलात्कार घटना केही कम देखाइएको छ । ७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना भएको उनले बताइन् ।

कहाँ हुनुहुन्छ गृहमन्त्री ? संसदमा माधव नेपालको प्रश्न ।

नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् ।संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् ।

‘बलात्कार, एसिडबाट आक्रमण अनेकौं यस्ता घटना घटेका छन्, भ्रष्टाचार बढेको छ, रोक्ने, नियन्त्रण गर्ने अंग छ कि छैन, कोही गिरफ्तार भएका छन् कि छैनन्’ उनले भने ‘मान्छे हेर्न चाहन्छन् काम, मान्छे हेर्न चाहन्छन् परिणाम ।’खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि सरकार चुप लागेको नेता नेपालले बताए । ‘गृहमन्त्री कहाँ हुनुहुन्छ ?, गृह प्रशासन छ कि छैन ?’ उनले प्रश्न गरे ‘खुलेआम देशलाई टुक्र्याउने व्यक्ति छन् । त्यस्तालाई देशभित्रैकाले साथ दिइरहेका छन् ।’

अहिले सांसदहरुले पनि लाज मानेर र शीर निहुराएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताए । ‘बाटाघाटामा हिँड्दा, बसमा हिँड्दा के भन्लान्, पैदल हिँड्दा के भन्लान्, पसलमा छिर्दा के भन्लान् ?’ नेता नेपालले भने ‘ अर्को अधिवेशनमा आउँदा शीर ठाडो हुने गरी आउन पाइयोस् ।’भ्रष्टाचार गर्ने र ठेक्कामा ढिलासुस्ती गर्ने र कालोसूचीमा परेकाहरु नै पुरस्कृत भइरहेको भन्दै उनले तिनीहरुलाई पटक पटक जिम्मेवारी दिनुको कारण के हो भन्ने प्रश्न उठेको बताए ।

अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए । ‘यो सरकारले राम्रो काम गरोस्, भ्रष्टाचार गर्दिन भनेर होइन नगरेर देखाउनुपर्छ । छोराछोरी, पीए नातेदार विभिन्न च्यानल मिलाएर यस्ता कहिँ कतै छन् भने अन्त्य होस्,’ उनले भने ।

एक महिनाभित्र राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिने

 गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ ।नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित आफ्नो परिचयपत्र छाप्नका लागि तस्बिर खिचेका छन् ।पहिलो चरणमा सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु र पाँचथर जिल्लामा यो परिचयपत्र प्रदान गरिने बताइएको छ ।त्यसलगत्तै यो आर्थिक वर्षभित्र १५ जिल्लामा परिचयपत्र वितरण गर्ने लक्ष्य गृह मन्त्रालयले लिएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए । यो मेशिनले २४ घण्टामा १० हजार प्रति परिचयपत्र छाप्न सक्ने उनले जनाए ।

कपिलवस्तु कजहरवाका विकास प्रेमी केसी

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ८ कजरहवाका वडाअध्यक्ष हुन योगेन्द्र कुमार केसी । योगेन्द्र केसी अहिले वडा विकासका लागि दिनोरात खटि रहेका छन । योगेन्द्र केसी वडाको शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, भौतीक पुर्वाधार विकास निर्माण, समाज उत्थान, वाणगंगा नदी कटान नियान्त्रणका लागि केन्द्र देखी जिल्ला सम्म लागि रहनु भएको छ ।

केसीको पुर्खाली घर पहाड भएपनी उहाको पुर्खाहरु कजहरवामा बसाई सराई गरी सदियौ देखी बस्दै आएका छन । केसी परिवारले मधेश पहाडी नभनी भवानात्मक एकतालाई आत्मासाथ गर्दै कजहरवाको विकासका लागि कदम चालिरहनु भएको छ । स्थानिय तहको निर्वाचनमा भारी मतले विजयी भएपछी उहाले गाउको विकासमा अधीकांस समय खर्चिनु भएको छ ।

आफनो एक बर्षे कालको समिक्षा गर्दै केसीले अझै गाउको विकास गर्न आफुले धेरै गर्न बाकी रहेको बताउनु भयो । उहाले आर्थिक बर्ष २०७४,०७५ मा कजरहवाको विकासको लागि अहिले गाउमा विकासका लागि खटिरहनु भएको छ । उहाले कजरहवाको विकासका लागि विशेष किसिमको योजना ल्याउने बताउनु भयो ।

महाराजगंज नगरपालिकाको किचड मुक्त नगरपालिका निर्माण अन्तरगत गत आर्थिक बर्षको बजेटमा उहाले कजरहवा, सोनबर्षा, सिगंहा लगायतका गाउमा योजना सञ्चालन गरेको बताउनु भउो । उहाले हिलो मुक्त योजना मार्फता गाउमा आर सि सि ढलान पि सिसि ढलान , नाली लगायत कार्य गरी गाउलाई नमुनाको रुपमा विकास गरेको बताउनु भयो ।

आफुन्ले काम विशेषले गर्दा बाहिरा जादा वडाको कार्म नगर प्रमुख अब्दुल कलामको सल्लाह अनुसार उप प्रमुख शुभावती कुर्मीले गर्ने गरेको पाइएको छ । नागरिकहरुको सेवााई मध्येनजर गर्दै यस्तो कार्य गरेको केसीले बताउनु भयो । वडाबाट प्रवाह हुने सेवा सुविधामा समेत विशेष जोड दिएको बताउनु भयो ।

केसीले कृषिको लागि किसानहरुलाई विउ विजन र घाँसको विउ वितरण, पशुहरुलाई विभिन्न किसिमको भ्यक्सीन शिविर सञ्चालन गरेको बताउनु भयो । त्यस्तै उहाले शिक्षा क्षेत्रमा समेत अतुलनिय योगदान पुर्याएको बताउनु भयो । उहाले शिक्षा अन्तरगत वडामा रहेका रहेको विद्यालय र मदरसाको भौतिक पुर्वाधार निर्माण, अपुग शिक्षक पुर्ती, गुणस्तरिय शिक्षामा समेत जोड दिएको बताउनु भएको छ । केसीले वडाको मुख्य समस्याको रुपमा रहेको बाणगंगा नदी कटान र ढुबान नियन्त्रण गरेको, गाउलाई सरसफाईमा विशेष जोड दिएको बताउनु भयो ।

हजारौँ प्रतिस्पर्धीहरू लाई उछिन्दै टप १२ मा अमित

नवलपरासीको माकर ४ बर्दघाटमा जन्मिएर हाल रुपन्देहीको सैनामैनामा स्थाई बसोबास गर्ने अमित बराल जस्ले नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धी हरू लाई उछिन्दै टप १२ मा आफूलाई सुरक्षित राखेका छन्, !

नेपाल आइडल सिजन २ मा भैरहवा बाट अडिसन दिएका अमितले अडिसन राउण्डमै निर्णायकहरूको मन जित्न सफल भएका थिए हाल आइडलका विभिन्न चरणहरू पार गर्दै टप १२ मा आफूलाई सुरक्षित राखेका छन् !

https://www.youtube.com/watch?v=4ugSU0SL9fE

सामान्य परिवारमा जन्मिएका अमित असाधारण क्षमताका कारण अहिले लाखौँ दर्शक श्रोताहरूका प्रिय बनिरहेका छन् बुवा वैदेशिक रोजगारीको सिलसिलामा कतार हुनुहुन्छ भने घरमा आमा  बैनी र  भाइ रहेका छन् जिन्दगीको विभिन्न काल खण्डमा सङ्गीत साधना र आर्थिक अवस्थाका कारण बुटवलका विभिन्न क्लबहरूमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने गरेका अमितले आफ्नो गायनको प्रेरणाको रूपमा आफ्नो स्वर्गीय दाजु लाई लिने गरेका छन !

शालीन र मिलनसार स्वभावका अमित साथीहरू माझ पनि प्रिय रहेको जनकपुरका सौरभ राज चौहानले बताए , अडिसन , पियानो राउन्ड पार गर्दै गाला राउन्ड सम्म आइपुगेका अमितले नेपाल आइडल सिजन २ को उपाधि जित्नेमा आफू ढुक्क रहेको स्याङ्जाका दीपेन्द्र भट्टराईले दाबी गर्नु भयो !

 

सङ्गीत साधना र गायनमा व्यस्त अमित बराल लाई आगामी यात्राका लागि हाम्रो पनि शुभकामना !!

आफ्नै श्रीमानको जिब्रो टोकिदिए पछी .…

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् ।

श्रीमान्–श्रीमतीबीच हरेकदिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए ।

एकैछिनपछि श्रीमानले श्रीमतीलाई यौनसम्पर्क गर्न किस गर्न थाले । त्यसक्रममा उनकी श्रीमतीले जिब्रो टोकेर ठूलो घाउ बनाइदिएको प्रहरीले जनाएको छ ।

घटनामा श्रीमानले आफ्नो आधा जिब्रो गुमाएका छन् । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारले प्रहरीलाई खबर गरेपछि श्रीमती पक्राउ परेकी छिन् ।

दिल्लीको एक अस्पतालमा जिब्रो काटिएका श्रीमानको शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न डाक्टरहरूले उनले फेरि बोल्न सक्ने वा नसक्ने कुरा अहिले नै भन्न नसक्ने बताएका छन् ।

आठ महिनाकी गर्भवती महिला अहिले प्रहरी हिरासतमा छिन् । उनीहरूको दुईवर्ष अघि विवाह भएको थियो । एजेन्सी

 

यो पनि पढ्नुहोस्

बिहेपछि पनि किन हुन्छ अनैतिक सम्बन्ध ?

विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ । विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।

यौन मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।  एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् ।

यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् । आफ्नो जिवनसंगिनीसँगबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ ।वेबसाइटका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ । मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउने उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् ।

विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो । हाम्रो संस्कारमा श्रीमानले बाहिर जागिर गर्छ भने श्रीमतीले घरधन्दा । जसका कारण पुरुष बाहिरी समस्याका कारण तनावग्रस्त हुन्छ । परिणामस्वरुप उसले आफ्नी जिवनसंगिनीका इच्छामा ध्यान पूराउन सक्दैन । साथै तनावका बेला ऊ श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः यसले ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दैजान्छ । फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु, एक जना गम्भिर घाइते

रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित संकरनगर चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार बर्ष २० कि बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने अनु श्रेस्ठको मृत्यु भएको छ भने मोटरसाइकल चालक पुष्कर शाहि गम्भिर घाइते भएका छन |घाइते शाहिको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहेको प्रहरिको भनाइ छ ।

लु १ ख ७३४९ नम्बरको ट्रकले बा ७५ प ४९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
तिब्र गतिमा अाएकाे ट्रकले ठक्कर दिएकाे स्थानियले बताएका छन । ट्रक र चालक अहिले प्रहरिको नियन्त्रणमा रहेको  प्रहरीले जनाएको छ ।

नेकपाको जिल्ला र स्थानीय तहको एकीकरण दसैँपछि

नेपाल कम्युनिष्ट पार्टी नेकपा ले प्रदेश तहको जिम्मेवारी बाँडफाँड टुंग्याएसँगै अब जिल्ला र स्थानीय तहको एकीकरणलाई तीव्रता दिएको छ । सातै प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको टुंगो लागेपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने नेकपाले विश्वास लिएको छ । नेकपाले जिल्ला र स्थानीय तहको एकीकरण गर्ने जिम्मा प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवलाई दिएको छ । केन्द्रमा पार्टी एकीकरण भएको चार महिना वितिसक्दा पनि तल्लो तहसम्मको एकीकरण भने हुन सकेको छैन । अब तल्लो तहसम्मको एकीकरणलाई पूर्णता दिन आफूहरुले काम थालेको नेकपा प्रदेश एकका इन्चार्ज भीम आचार्यले बताउनुभयो ।

पार्टीले तल्लो तहसम्मको एकीकरण गर्न भन्दै यसअघि गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनकै आधारमा रहेर आफूहरुले काम अगाडि बढाएको पनि आचार्यले जानकारी दिनुभयो । पार्टीले जिल्ला तहमा एकीकरणको प्रस्ताव तयार गर्न गठन गरेका कार्यदलले यसअघि नै प्रतिवेदन तयार पारेको थियो । कार्यदलले टुंग्याएको नेतृत्व र नामका विषयमा अहिले गठन भएको प्रदेश कमिटीले अझै छलफल र सहमति गरेर निष्कर्ष दिने छ । कार्यदलले दिएको प्रतिवेदन पार्टीको सचिवालयले छलफल गरेर स्थायी समितिले टुंगो लगाउने यसअघि तयारी गरेको भए पनि विभिन्न जिल्लामा देखिएको विवाद मिलाएर अन्तिम टुंगो लगाउन प्रदेशलाई फेरि जिम्मेवारी दिइएको हो ।

पूर्व एमाले र पूर्व माओवादी पृष्ठभूमिबाट एकता गर्नुपर्ने अवस्था रहेकाले जुन जिल्लामा जसको बहुलता थियो, त्यसैको नेतृत्व हुने गरी कार्यदलले एकताको प्रतिवेदन तयार पारेको थियो । जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरेर एकता प्रकृया मिलाउने तयारी अहिलेको प्रदेश कमिटीले गर्ने गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले बताउनुभयो । कार्यदलले पनि यस्तै प्रतिवेदन तयार पारेको थियो । सबै प्रदेशमा कार्यदलले प्रतिवेदन तयार पारिसकेका छन् । त्यही प्रतिवेदनमा रहेर छलफल गरि प्रदेश कमिटीले एकतालाई टुंग्याउने प्रयास गर्ने प्रदेश ३ का सह–इन्चार्ज नारायण दाहालले बताउनुभयो ।

पार्टीको तल्लो तहसम्मको एकता तिहारपछिसम्म पनि लम्बिन सक्छ । जिल्ला तहको दसैँ अगाडि नै सक्ने गरी काम गर्न लागिएको र स्थानीय तहसम्मको एकता तिहारसम्म पुग्नसक्ने प्रदेश १ का इन्चार्ज भीम आचार्य बताउनुहुन्छ । प्रदेश १ को १४ वटा जिल्लामध्ये ७ वटा जिल्लामा बाँडफाँड टुंगो लागिसकेको र बाँकी सातवटा जिल्लाको बाँडफाँड पनि मिलाउने काम भइरहेको प्रदेश एकका इन्चार्ज आचार्यले बताउनुभयो । आचार्यका अनुसार अहिलेसम्म इलाम, झापा, मोरङ, धनकुटा, संघुवासभा, भोजपुर र तेह्रथुम जिल्लाको बाँडफाँड टुंगो लागिसकेको छ । सुनसरी, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, पाँचथर र ताप्लेजुङको टुंगो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो । मिल्न बाँकी रहेका जिल्लामा पनि सहमति गरेर सबै जिल्लाको टुंगो दसैँअघि नै सक्ने तयारीमा आफूहरु रहेको आचार्यले जानकारी दिनुभयो ।

यस्तै प्रदेश २ मा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । ८ जिल्ला रहेको प्रदेश २ मा ४र४ जिल्लाको नेतृत्व बाँडफाँड गर्ने विषयमा सहमति भए पनि कुन जिल्लामा कसको नेतृत्व भन्ने टुंगो लाग्न सकेको छैन । कार्यदलले सप्तरी, धनुषा, सर्लाही र पर्सामा पूर्व एमाले तथा महोत्तरी, सिरहा, बारा र रौतहटको नेतृत्वमा पूर्व माओवादीलाई दिन सकिने प्रतिवेदन तयार पारेको थियो । यस विषयमा छलफल भएर अन्तिम निष्कर्ष पठाउने तयारीमा प्रदेश कमिटी लागेको छ । तथापि प्रदेश कमिटीको बैठक भने अहिलेसम्म पनि बस्न सकेको छैन ।

यस्तै प्रदेश नम्बर तीनमा रहेको भूगोल तर्फ १३ र गैरभूगोल तर्फ ४ गरी १७ वटा जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउने जिम्मा पाएको प्रदेश कमिटीको बैठक आजसम्म बसेको छैन । यसअघिको कार्यदलले कतिपय जिल्लाहरुमा नीतिगत कुराहरु टुंगो लगाएको थियो ।

१७ वटै कमिटीका लागि मोटामोटी जिल्ला कमिटीमा रहने संख्या र अध्यक्ष एवं सचिवको टुंगो लगाइसकेकाले अब छिट्टै बैठक बसेर त्यसलाई अन्तिम टुंगो लगाइने प्रदेश तीनका सह–इन्चार्ज नारायण दाहालले बताउनुभयो ।

‘पूर्व माओवादी र पूर्व एमालेका सिनियरमध्येबाट नेतृत्व छानिने प्रकृया अनुसार हामीले काम गर्ने हो’, उहाँले भन्नुभयो, ‘तर केन्द्रले जिम्मेवारी दिएको दिनदेखि विभिन्न कारणले हाम्रो औपचारिक बैठक भने अझैसम्म बस्न सकेको छैन । हामी छिट्टै बैठक बसेर यसबारेमा टुंगो लगाउने छौँ ।’

अन्य जिल्लामा लगभग सहमति नजिक देखिए पनि भक्तपुरमा अलि बढी विवाद रहेको उहाँले बताउनुभयो । प्रदेश कमिटीले सकेसम्म सबै विवाद मिलाएर नेतृत्व टुंगो लगाउने गरी काम थाल्ने पनि उहाँले बताउनुभयो । नेतृत्व विवाद मिल्न नसकेका जिल्लामा प्रदेशले आवश्यक रायसहित केन्द्रमा सिफारिस दाहालले जानकारी दिनुभयो ।

पूर्व माओवादी र पूर्व एमाले विचारलाई एउटै पार्टीमा समाहित गर्ने काम दहीचिउरा खाएजस्तो सजिलो नरहे पनि केन्द्र र प्रदेश टुंगो लागिसकेको अवस्थामा जिल्ला र स्थानीय तहमा पनि छिट्टै एकताले टुंगो लिने उहाँले बताउनुभयो । सकेसम्म यही दसैँ अगाडि जिल्लाको र तिहार अगाडि स्थानीय तहको एकतालाई अन्तिम रुप दिने गरी काम थालनी गरिने तयारीमा आफूहरु रहेको पनि सह–इन्चार्ज दाहालले बताउनुभयो ।

यस्तै गण्डकी प्रदेशभित्रका ११ जिल्लाको नेतृत्व दसैँ अगाडि नै टुंगो लगाइने प्रदेश सह–इन्चार्ज खगराज अधिकारीले बताउनुभयो । प्रदेशका केही पदाधिकारी बाहिर भएकाले आएपछि जिल्लाको एकता टुंगो लगाउन यही असोज १७ गते प्रदेश कमिटीको बैठक बस्न लागेको पनि उहाँले जानकारी दिनुभयो । जिल्ला तहको कमिटी टुंगो लगाएपछि स्थानीय तहको एकता सहज हुने अधिकारीको भनाई छ । यस अघि गठित कार्यदलले सर्वसम्मत जिल्ला तहको नेतृत्व टुंगो लगाइसकेको अवस्था छ । त्यसैलाई प्रदेशले थपघटसहित अन्तिम रुप दिने अधिकारीले बताउनुभयो ।

प्रदेश नम्बर पाँचमा यसअघि कार्यदलले गरेको सिफारिसमा केही विवाद थियो । कार्यदलले तयार पारेको एकताको प्रतिवेदनलाई आधार मानेर एकतालाई टुंगोमा पुर्याउने गरी प्रदेश कमिटीले काम गरिरहेको प्रदेश पाँचका सह–इन्चार्ज दलबहादुर रानाले बताउनुभयो । कार्यदलले दिएको प्रतिवेदनमा केही जिल्लामा विवाद देखिएकाले त्यसलाई मिलाएर अघि बढ्ने गरि काम गरिने उहाँको भनाई छ । प्रदेश पाँचमा बाह्र जिल्ला छन् । केन्द्रले पठाएको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डकै आधारमा सबै विवादलाई टुंगो लाग्नेमा आफूहरु विश्वस्त रहेको पनि रानाले बताउनुभयो ।

कर्णाली प्रदेशमा पनि अधिकांश जिल्लामा विवाद नरहेको सचिव मयाप्रसाद शर्माले बताउनुभयो । केही विवादलाई प्रदेश कमिटीले छलफल गरेर टुंगो लगाइने उहाँले बताउनुभयो । दशवटा जिल्ला रहेको कर्णाली प्रदेशमा खासै विवाद नरहेको र यो दसैँ अगाडि जिल्ला तहको एकता टुंग्याउने र दसैँपछि स्थानीय तहको एकतालाई निष्कर्ष दिइने शर्माले बताउनुभयो । यस्तै सात नम्बर प्रदेशको यसअघि नै कार्यदलले एकताको सर्वसम्मत प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनका आधारमा रहेर जिल्ला तह र स्थानीय तहको एकता टुंग्याइने प्रदेश सातका सचिव नेपबहादुर चौधरीले बताउनुभयो ।

प्रदेश कमिटीले अझै पनि पूर्णता पाएको अवस्था छैन । तर इञ्चार्ज, सह–इइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव तोकिसकिएको अवस्था छ । प्रदेश कमिटीले पूर्णता नपाउँदासम्मका लागि उनीहरुले नै नियमित बैठक राखेर जिल्ला तहको एकीकरण गर्ने जिम्मा पाएका हुन् । प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवले पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिसका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिइएको हो ।

यसैगरी सम्बन्धित तहका पूर्ण कमिटी र तिनका पदाधिकारी तथा सदस्यसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण गर्ने, आफ्नो तह र मातहतका पार्टी कार्यलयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने, आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी पनि उनीहरुले नै पाएका छन् । यसैगरी प्रदेश र स्थानीय तहको पार्टी कामलाई प्रभावकारी रुपमा अघि बढाउने जिम्मेवारी समेत प्रदेश इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवले पाएका छन् ।

यू(१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाई

अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुने यू(१८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलार्इ बिदाई गरेको छ  आगामी सेप्टेम्बर २८ देखि ७ अक्टोबरसम्म हुने च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । जसमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले पहिलो खेल सेप्टम्बर २८ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले अक्टोबर २ मा बङ्गलादेशको सामना गर्नेछ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालले समूह चरणमा पाकिस्तान र बङ्गलादेशसंग खेल्नेछन् । नेपाली खेलाडीहरुमा गोलकिपर कविता राई, अन्जना राना मगर र उषा नाथ रहेका छन् ।

त्यसैगरी डिफेन्डरमा विमला विक, कोपिला धिमाल, पुनम फरसवान, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, पुजा राना मगर छन् । त्यस्तै मिडफिल्डरमा मनिषा राउत, सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, सम्झना लावती रहेका छन् भने स्ट्राइकरमा एलिसा जाम्बा, सम्झना शर्मा, रश्मी कुमारी घिसिङ र रेखा पौडेल रहेका छन् ।

बलात्कारको प्रयासपछि बेहोश भएकी श्रेयाको ढुंगाले हानेर हत्या

पोखरा २२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारको प्रयासमा हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरी बालिका हत्या गर्ने २७ वर्षीय कुसुम पौडललाई सार्वजनिक गर्दै पौडेलले बलात्कारको प्रयास गर्दा बालिकाको ज्यान गएको जानकारी दिएको हो । अघिल्लो दिनदेखि नै साथीहरुसँग मिलेर जाँडरक्सी खाएर बसेका कुसुमले मंगलबार साँझ साढे ५ बजेतिर बिस्कुट किन्न पसल गएकी श्रेयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिएको र फेरि अलि तल पुगेपछि १० रुपैयाँ दिन्छु भनि बोलाएर जबर्जस्तीको प्रयास गरेका थिए ।

जबजस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्दै चिच्याउन थालेपछि झाडीमा धकेलेर दुवै हातले घाँटी थिचेको पौडेलले बयान दिएको प्रहरीले जनाएको छ ।  बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । कास्की प्रहरीले घटनाको २४ घण्टाभित्रै सोमबार राति साढे ८ बजेतिर पौडेललाई पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई कानुन अनुसार कार्बाही हुने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताउनुभयो । सोमबार साँझ ६ बजे घरदेखि ५ मिनेटको दूरीमा पर्ने पसलमा ५ रुपैयाँ बोकेर बिस्कुट लिन गएकी श्रेया मंगलबार बिहान ८ बजे घर र पसलबीचको कोदीको झाडीमा मृत भेटिएकी थिईन् । बालिकाको शव रगताम्मे अवस्थामा भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेकोमा कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो ।

त्यसैले प्रहरीले छिमेकी नै संलग्न भएको निचोडमा पुगेर खोजी तीव्र पारेको थियो । घटनास्थलबाट श्रेयाको मामाघर २ मिनेट जति र अभियुक्त पौडेलको घर ५ मिनेट दुरीमा पर्दछ । मामाघर नै बसेर स्थानीय लीला आधारभूत माविमा ३ कक्षामा पढ्ने श्रेया मंगलबार स्कुलबाट आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गएकी थिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गएपछि पसल हिँडेकी श्रेया घाँस काटेर घर आउँदा नदेखेपछि हजुरआमा, मामा लगायत छिमेकीले खोजी गरेका थिए ।

झाडीमा माथिको कपडा घाँटीसम्म सोहोरिएको, तल घुँडामुनि सुरुवाल झरेको अर्धनग्न अवस्थामा भेटिएकी श्रेयाको बलात्कारपछि नै हत्या भएको भन्दै स्थानीयले मंगलबार नै प्रहरीसमक्ष दोषीलाई कार्बाही गर्नुपर्ने तथा घटनामा संलग्नलाई ढाकछोप नगर्न अनुरोध गरेका थिए । कञ्चनपुरको जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न नदिएका स्थानीयले चिनेकै चिकित्सक समावेश गरी स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याउन दिएका थिए । चिकित्सकले बलात्कार भएको घटनास्थलमै स्थानीयलाई बताएका थिए । पोष्टमार्टम रिर्पोट भने आउन बाँकी नै छ । श्रेयाकी आमा बेली विक बिरामी छन् । लामो समय अस्पताल बसेकी बेली पूर्ण रुपमा स्वस्थ्य नहुँदै फेरि अर्को बज्रपात बेहोर्नु परेको छ ।

श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरुलाई वास्ता गर्न छोडेको धेरै भइसकेको छ । श्रीमानको हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिइन् । यसैबीच श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुससहित विरोध जनाएका छन् । पुम्दीभुम्दीको कोदीबाट निस्किएको जुलुुुस जिल्ला प्रहरी कार्यालय कास्की आइपुगेको थियो । उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । साथै हत्यारा उम्कन नदिन स्थानीय बासिन्दाले दबाब समूह पनि गठन गरेका छन् । अपराधीलाई कानुनी कठघरामा ल्याउन दबाब दिन बालिकाका ठुलोबुबा मिनबहादुर बिकको संयोजकत्वमा २१ सदस्यीय शान्तिपूर्ण दबाब समूह गठन गरिएको हो । समूहमा स्थानीय आमा समूह, क्लब, टोलसुधार समितिका प्रतिनिधि रहेका छन् ।

प्रदेश ५ लाई खुला दिशामुक्त घोषणा गर्न कपिलवस्तु बाधक

प्रदेश नम्बर ५ लाई नै खुला दिशामुक्त बनाउने अभियानमा कपिलवस्तु बाधक बनेको छ । प्रदेश नम्बर ५ का १२ जिल्ला मध्ये कपिलवस्तु सरसफाईको दृष्टिले सबै भन्दा पछि रहेको तथ्यांकले देखाएको छ । एक दशक देखि जिल्लामा खुला दिशामुक्त बनाउने अभियान जारी छ । तर त्यसले अझै सम्म सार्थकता पाउन भने सकेको छैन ।
पछिल्लो पटक फेरी जिल्लालाई खुला दिशाुमक्त घोषणाका लागि मिति सरेको छ ।

जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न गरिएको मिति सरेको स¥यैछ । समयमा काम पुरा हुन नसकेपछि ६ औं पटक मिति सारिएको छ । ०७१ देखि ०७४ चैत्र सम्म घोषणा गर्ने भन्दै सरोकारवालाले ५ पटक प्रतिबद्धता गरेका थिए । पटक पटक मिति सार्दै प्रतिबद्धता गर्दापनि जिल्ला खुला दिशामुक्त हुने अवस्था देखिएको छैन् । पछिल्लो पटक गत साता तौलिहवामा खुला दिशामुक्त घोषणा गर्न आयोजित सुक्ष्म कार्ययोजना तयारी कार्यशाला गोष्ठीमा सरोकारवालाले जिल्लालाई मंसिर मसान्त भित्र खुला दिशामुक्त गर्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रममा सहभाग स्थानीय निकायका प्रमुख र उप प्रमुखहरुले मंसिर भिध जसरी पनि जिल्लालाई खुला दिशामुक्त बनाउने प्रतिबद्धता जनाएका हुन ।

‘३ महिना पनि समय छैन्’ जिल्ला समन्वय समितिका प्रमख तथा जिल्ला खानेपानी तथा सरसफाई स्वच्ता समन्वय समितिका अध्यक्ष नारायण खनालले भने, ‘शौचालयमा कमजोर पुर्वाधार रहेको कपिलवस्तु र कृष्णनगर नगरपालिकाको काम प्रभावकारी नहुदा फेरी पनि समस्या आउन सक्छ ।’ विषयमा संवेदनशिल नहुदा उक्त नगरपालिकाका जिम्मेवार व्यक्तीहरु बैठक, गोष्ठी र भेलामै आउदैनन्, त्यसकारण पनि समस्या भईरहेको छ उनले भने । जब सम्म उक्त नगरपालिकाले चासो दिदैनन्, तब सम्म जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न निक्कै गाहैं छ उनले भने । सुरुमा सन् ०७१ सालमा सन् २०१५ भित्रै खुला दिशामुक्त बनाउने घोषणा गरिएको थियो । त्यसपछि सन् २०१६ भित्र, नभए पछि सन् २०१७ भित्र घोषणा गर्ने प्रतिबद्धता भएको थियो । त्यसपछि ०७४ चैत्र मसान्त भित्र र त्यो पनि हुन नसकेपछि ०७५ असार मसान्त भित्र घोषणा गर्ने योजना थियो । राष्ट्रिय खानेपानी तथा सरसफाई समन्वय समितिका सचिव दबेन्द्र कुमार झाले जिल्लालाई खुला दिशामुक्त बनाउने अभिभारा सबै सराकारवलाको रहेको बताए । उनले सबैले मिलेर जिल्लालाई चाडोभन्दा चाडो खुला दिशामुक्त बनाउनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारि अर्जुन प्रसाद पोख्रेलले सुक्ष्म योजना बनाई अघि बढे जिल्ला खुला दिशामुक्त हुने बताए ।

यहाका १० स्थानीय तह मध्ये वाणगंगा र बुद्धभूमि नगरपालिका तथा विजयनगर गाउपालिका मात्र खुला दिशामुक्त बनेका छन् । ७ स्थानीय तह खुलादिशा मुक्त घोषणा हुन सकेका छैनन् । जिल्लाका ९२ हजार ७ सय ३३ घरधुरी मध्ये ९३ दशमलव १५ घरधुरीमा मात्र शौचालय बनेका छन् । ६ हजार ३ सय ६७ घर शौचालय विहिन छन् । कपिलवस्तु नगरपालिकाको वार्ड नं. १, २ र ३ खुलादिशा मुक्त हुन सकेका छैनन् । त्यस्तै वार्ड नं. ४, ५, ६ र ७ पनि हुन सकेका छैनन् ।महाराजगंज नगरपालिका वार्ड नं. २, ३ र ८ पनि हुन सकेका छैनन् । शिवराज नगरपालिका वार्ड नं. ६, ७ र ८ पनि भएका छैनन् । कृष्णनगर नगरपालिका वार्ड नं. १, २, ३ र ४ भएका छैनन् । त्यस्तै वार्ड नं. ७, ८, ९, १० र १२ पनि हुन सकेका छैनन् । यशोधरा गाउपालिका वार्ड नं. १ र ५ तथा मायादेवी गाउपालिका वार्ड नं. १ र ८ भएका छैनन् । शुद्धोदन गाउपालिका वार्ड नं. ३, ४ र ६ पनि भएका छैनन् ।

सबैभन्दा कमजोर अवस्था कृष्णनगर नगरपालिको छ । त्यहाका ९ वटा वार्ड अझै खुला दिशामुक्त हुन सकेको छैनन् । कपिलवस्तु नगरपालिकाकाका ७ वटा, महाराजगंज नगरपालिकाका ३ वटा र शिवराज नगरपालिकाको ३ वटा वार्ड खुला दिशामुक्त घोषणा भएका छैनन् । यस्तै यशोधरा र मायादेवीको २÷२ वटा वार्ड, मायादेवीको ३ वटा र शुद्धोदन गाउपालिकाका ३ वटा वार्ड खुला दिशामुक्त भएका छैनन् । सघन अभियान चलाएपनि पुर्व प्रतिबद्धता अनुसार जिल्ला खुला दिशामुक्त हुन नसक्दा समस्या भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताए । महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलकराज ढकालले नगरपालिकालाई १ महिना भित्र खुला दिशामुक्त बनाउने गरि काम गरिरहेको बताए ।

आर्टिजन बोरिङ संचालनमा रोक लगाउनु पर्ने माग माग

कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित पिपरा हवामा जडान गरिएको आर्टिजन बोरिङले गर्दा पानीको मुहान सुकेर नलमा पानी आउन छाडेको बिषयमा ३ गाउका ५० बढी जनताहरु बुधवार प्रशासन कार्यालयमा डेलीगेस गएका छन । उनीहरुले सो आर्टिजन बोरिङले गर्दा दउपुरा, लाहरौला र पिपरहवामा रहेको नलहरु सुकेर पानी नआएको भन्दै पमुख जिल्ला अधिकारि अर्जुन प्रसाद पोख्रेललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

पिराहवामा रहेका केही ब्यक्तिको निहित स्वार्थ र सोनु ईटा भट्टा उद्योगलाई मात्र फाईदा पुग्ने गरी जडान गरिएको आर्टिजन बोरिङले गाउमा खानेपानीको हाहाकार भएको ८० बर्षे फुचन्द केवटले बताए ।

पोख्रेलले ज्ञापन पत्र बुझ्दै समस्या समाधानका लागि पहल गर्ने बताए । दाङमा रहेको भुमीगत सिंचाईले सो बोरिङ २ बर्ष अघि जडान गरेको थियो । त्यहा प्राबिधिकहरुलाई त्यस बारे जानकारी गराउने र समस्याको समाधान गरिने पोख्रेलले बताए । ४ सय मिटरमा तलका पानी तान्ने गरी बोरिङ जाडन गरिउको थियो । तर ढेड सय देखि चार सय मिटर भित्रको लेयरमा जाली लागईएकोले यस्तो समस्या आएको गाउँलेहरुले बताएका छन् ।

– साहित्यिक अनुरागी मन्जु त्रिपाठी का चार गजल !!

      



        "गजल - १ "

तिमीलाई  पाउने अझैनी, आश उस्तै छ।
सजिएका छौ मुटु भित्र, आभाष उस्तै छ।

झपक्कै फुलेको फुल ओइलि झरेपनी,
मन आनन्द तुल्याउने, सुवास उस्तै छ।

तिमीले त भुल्यौ प्यारा, भुल्न सकेकी छैन,
तिम्रो पर्खाइमा यो मन, उदास उस्तै छ।

आफू त! मायाकै लागि तड्पिरहेको मान्छे,
पक्का फर्की आउँछौ भन्ने, बिश्वास उस्तै छ।

नफर्कने  गरि  जोबन,  ढल्दै गयो   हेर,
चंचले मनको चाह , एकनास उस्तै छ।


    "गजल  - २ "



हेरेको   मैले  मायाले  हो, करले है'न।
झुकेको  शिर श्रद्धाले  हो, डरले है'न।

सत्यवचन! ओठमा, मुस्कान सुहाएको,
अमृत  रुपि   बोलिले,  जहरले   है'न।

व्यक्तित्व! वाणी र व्यबहारमा झल्कन्छ,
महल   जस्तो  आलिशान,  घरले है'न।

आफ्नै   रुहाउँने,  आफ्नैले   हसाउँने,
जीवन   चल्ने   पराइको,  भरले  है'न।

संस्कार बाबाकोमै, सिकेकी छ छोरीले,
पहिचान  खुल्ने  पतीको,  थरले  है'न।


       "गजल - ३"

यो कोमल मुटु, फोडेको तिमीलेनै हो।
ति पाइला अन्तै, मोडेको तिमीलेनै हो।

पै'ले जस्ती किन छैनौ, मेरी माया भन्छौ,
सिसासरी  दिल,  तोडेको तिमीलेनै हो।

टाढा हुन  बुन्ने गर्थ्यौ , हजार बहाना ,
यता  रोपि उता, गोडेको तिमीलेनै हो।

फर्किएर आज फेरि, गर्नु रै'छ गुनासो,
मनमर्जी नाता, जोडेको तिमीलेनै हो।

कसम तिम्रो अभाव, नभएको होइन,
मझधारमा हात, छोडेको तिमीलेनै हो।


    "  गजल - ४"


पुर्णिामाको  चाँदनी  रात, फिका लाग्छ अचेल ।
साथीभाइ  सङ्गिको  माझ, फिका लाग्छ अचेल।

पाँचतारे   र  तिनतारेमा ,   गुज्रिएको    दिनाचार्य,
क्यासिनोमा जुवाको खाल, फिका लाग्छ अचेल।

आफ्नैले  गर्दा  सम्बन्धमा,   तुषारोपात   छाएर,
आफ्ठ्यारोमा थामेको काध, फिका लाग्छ अचेल।

मुटुभित्र   कता   हो!   कता , गहिरो  दुखाइ  छ,
देखावटी  मन्द   मुस्कान ,  फिका  लाग्छ अचेल।

मुहारमा     मुखौटा,    बुझीनसक्नु    कुटनीति ,
जस्लाई रोजेँ उसैको साथ, फिका लाग्छ अचेल।


        मन्जु  त्रिपाठी   धादिङ


मुटुरोग दिवसमा तौलिहवामा बृहद साईकल र्याली निकालिने

आउने शनिवार असोज १३ गते २० औ बिश्व मुटु रोग दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा सय बढी युवाहरुको सहभागीतमा साईकल र्याली निकालिने भएको छ । बेनी फेन्डस क्लव, पेडल क्लव र साईकल राईडर्सका कपिलवस्तुको संयुक्त आयोजनमा मुटुको रोग सहीत जिल्लाको पर्यटकीय विकासका लागि साईलक ¥याली निकालिने भएको हो ।

बेनी फेन्ड्स क्लवका आदिल खाले मुटु रोगका लागि साईलक यात्रा र बुद्धस्थलहरुको प्रचारप्रसारका लागि २० किलो मिटरको साईकल ¥याली निकालिने बताए । उनले यो अभियानमा सरिक हुन सबैलाई आग्रह समेत गरे । साईलक राईडर्स दिनेश हमालले मुटु रोगबाट बच्न दिनहु साईकल यात्रा गर्नु पर्ने बताए ।

मुटुको रोगको बृहद प्रचारप्रसार र बुद्धस्थलको पर्यटकीय विकासका लागि अभियान थालिने बताए । अभियानको सुरुवात शनिवार बिहान कपिलवस्तु क्याम्पसबाट गरिनेछ । बुद्धपदम उमाबिको प्राङगढमा यात्राको समापन हुनेछ । अभियानमा गौतम बुद्ध हाटेल, नित्यान्द ज्वेलर्स, अजित ज्वेलर्स गौतम बुद्ध हाटेल, बेस्ट प्वाइन्ट बोडिङ स्कुल लगातयका संस्थाहरुले सहयोग गरेका छन् ।

स्थानीय तहको मनपरी – सामान्य सिफारिसको दुई हजार शुल्क

असोज १० ,
नवराज बेल्वासे
अर्घाखाँचीमा बसाइसराइ को शुल्क रु दुई हजार,
अाधुनिक समय सगैँ सेवा सुविधा लिन खोज्ने मान्छेहरुको अाजभोली एउटा चलननै भएको छ । पहाडी क्षेत्रबाट बसाई सरी तराईँ क्षेत्रमा अाउने प्रचलन पनि बढी सकेको छ । पहाडी क्षेत्रको दुर्गाम क्षेत्रबाट पहाडी क्षेत्रकै अल्ली विकसित ठाउँमा अाउने प्रचलन पनि बढ्दै गएको छ । एक ठाउँबाट अर्का ठाउँमा जदा बसाई सराई प्रमाण पत्र लिने गरीन्छ ।

तर भने त्यहीँ बसाई सराई गर्दा सरकारको नियम अनुसार केही शुल्क भने सेवा सुविधधा बापत तिनुपर्न हुन्छ । स्थानिय सरकार सञ्चालन कार्यविधि २०७४ अनुसार बसाई सराईको रु १०० लिने प्रवधान गरेता पनि सितगंगा नगरपालिका वडा नम्बर ४ ले बसाई सराईको २००० सम्म लिने गरेको पाईएको छ ।
यश सम्बन्धि हामी वाणगंगा नगरपालिका ९ का अध्यक्ष धुव्र बेल्वासे कुरा गयौँ उहाँ भन्नू हुन्छ –

करको चर्चा साच्चै बाणगंगा नगरपालिका न.पा.मा रू.१०० ।- हुने बसाई सराई शुल्क छिमेकी न.पा.सितगंगामा रू २०००।- यस्तो भए पछि जनताले कस्तो अनुभुति गर्लान ! नगर सभा बस्ने नगर सभा सद ज्यू सभामा निदाए जस्तो लाग्यो । जनताका जनप्रतिनिधि को काम पहाड तोडेर बाटा बनाउने मात्र हैन जनतालाई  समृद्धि तिर लैजान कर बढाउनु राम्रो हैन करको दायारा बढाउनु हो। सबैलाई करको दायरामा ल्यादा उत्तम होला ।

यो नियम बिपरित हो यसमा सम्बन्धि निकायले समयमा ध्यान नदिने सितगंगा नगरपालिकाले नगरबासीलाई करको भार बोकाउने कार्यले गर्दा जनता पिडित हुने बताउनु भयो ।

जनप्रतिनिधी माथी कार्यालय परिसरमा नै हातपात ।

कपिलवस्तु बिजयनगर गाउँपालिकामा जन प्रतिनिधि माथी कार्यालय परिसरमा नै हातपात भएको छ ।गाउपालिका कार्यालय परिसर मै वडा न ४ का वडा अध्यक्ष तिलक कंडेल माथी हात पात भएको हो ।

आर्थिक लेनदेनको विवाद लाई गाउँपालिकाको न्यायिक समितिमा निवेदन परेपछि गाउँपालिकाले निवेदक सोहि गाउँपालिका वडा नं. ६ तेज प्रसाद पौडेल र वडा नं.  ४ का अध्यक्ष कडेंललाई छलफलका लागि आइतबार बोलाएको थियो । छलफलका लागि न्यायिक समितिले बोलाए पनि न्यायिक समितिको छलफल शुरु हुनु भन्दा अगाडी नै विवादले उग्ररुप लिएको र पौडेलले अध्यक्ष कडेंललाई हातपात गरेको गाउँपालिकाले जनाएको छ ।

यता वडा अध्यक्षले कडेंले पौडेललाई आफुले कुनै पनि रकम दिन बाकि नरहेको बताए छन । उ संग विगत लामो समय देखि विवाद भइरहेको हुदाँ पुरानो रिसइबीका कारण मेरो विरुद्ध न्यायपालिकामा उजुरी परेको र सोही दिन छलफल नहुदै प्रतिशोधको भावनाले पौडेलले आफुमाथी हातपात गरेको कडेलले बताए ।

हातपात गर्ने पौडेलले पछि गाउँपालिका प्रतिनिधी र कर्मचारी विच सोही दिन नै अध्यक्ष कंडेल सग माफी मागेको भए पनि कडेलले मंगलबार इलाका प्रहरी कार्यालय कृष्णनगरमा पौडेल विरुद्ध उजुरी दिए पछि घटना बाहिरिएको हो । ०७२÷०७३ मा लोक मार्ग स्तर उन्नती गर्दा सडकमा मिस्कट दिएका पौडेलले सोही काम वापतको बाकी रकम ४५ हजार पटक—पटक माग्दा पनि अध्यक्ष कडेले नदिए पछि न्यायिक समितिमा निवेदन दिनु परेको उनले बताए । छलफल शुरु हुनु भन्दा अगाडी नै आवेसमा आएर मैले गल्ती गरेको हुँ तर त्यसको लागि मैले सोही दिन माफी पनि मागि सकेको छु । हातपातको घटना भएको ३ दिन पछि फेरी अध्यक्ष कडेलले उजुरी दिएको पौडेलले बताए ।

पुरानो लेनदेनको विवाद न्यायिक समितिमा उजुरी परे पछि छलफलको लागि गाउँपालिकामा बोलाइएको र छलफल शुरु नहुँदै अक्रोसित भइ अध्यक्ष माथी पौडेलले गाउँपालिका परिसरमा नै हातपात गरेको प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले बताए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई यसरी कार्यालय परिसरमा नै आएर हातपात गर्नु गलत भएको हुदाँ गाउँपालिकाले निज पौडेललाई कारबाहिको लागि सिफारिस गरेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । पुरानो आर्थिक लेनदेनको विवादले आवेशमा भएको यस किसिमको घटना भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सूर्य बोगटीले बताए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हातपात गरेको हुनाले गाउँपालिकाको सिफारीसमा सार्वजनिक शान्ति विरुद्ध अन्र्तगतको उजुरी परेको बोगटीले जानकारी दिए ।

कपिलवस्तुमा वडा कार्यालयले सचेतना फैलाउदै

तस्बिर : सनिउल्ला धोबी,कपिलवस्तु

यो दृश्य कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ११ बलरमवापुरको हो । यहा वडा अध्यक्ष जगदिश प्रसाद तिवारी, वडा सदस्य बनशप्ती कोरी, रामपत यादव, राधेश्याम कुर्मी र चनतारा लोहरले साउण्ड लिएर सचेतना फैलाउने कार्य गर्दै हुनुहुन्छ । वडाबाट दिइने सेवा सुविधा नागरिकले सहि तवरले उपयोग गर्न पाउन भन्दै माइक लिएर घरदैलो कार्यक्रम नै गरिदै आएको छ । घरदैलो कार्यक्रमले यहाबाट प्रवाह हुने सेवा सुविधा नागरिकहरुलाई प्रत्यक्ष जानकारी गराउनका लागि गरीएको बलरमवापुरका वडा अध्यक्ष जगदिश प्रसाद तिवारीले जानकारी दिनुभयो ।वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाका बारेमा अझै पनि नागरिकहरु अनविज्ञ रहेको भन्दै यो घरदैलो अभियान चलाइएको वडा सदस्य बनशप्ती कोरीले बताउनु भयो ।

यहाका नागरिक बर्षो सम्म जन्मदर्ता नागरिकता नबनाउने, राजस्व नबुझाउने भएकोले वडा नं ११ का विभिन्न गाउमा गाएर साउण्ड सिस्टमबाट जानकारी गराउदै सचेतना फैलाइएको छ । वडाबाट प्रवाह हुने सेवा सुविधा नागरिकहरुले जानकारी गराउदा कार्यालयमा नागरिकहरुको चाप बढने विश्वासका साथ यो कार्य गरीएको कार्यालय सहायक नरसिंह कहारले जानकारी दिनु भयो ।
वडाले सञ्चालन गरेको यस्तो किसिमको अभियानले आफुहरुलाई धेरै जानकारी भएको स्थानियले बताएका छन । पहिले पहिले छुटै कानुन थियो अहिले विस बर्ष पछी स्थानिय तहको निर्वाचन भयो केही प्रक्रिया परिवर्तन भएको छ । वडाले सञ्चालन गरेको यो अभियानले हामीलाई धेरै फाइद भएको स्थानिय कमलावती कहारले बताउनु भयो ।

स्थानीय तहको शासन सञ्चालन सम्बन्धीमा जारी गरेको आदेशअनुसार वडाले विकास निर्माणका काम सञ्चालनदेखि विभिन्न ३७ किसिमका सिफारिस गर्नेछन् । हाल वडा कार्यालयबाट नाता प्रमाणित, नागरिकता र प्रतिलिपी सिफारिस, घर बहाल कर शिफारिस, मोहि लगत कत्ता शिफारिस, घर जग्गा कर, जन्ममिति प्रमाणित, व्यापार व्यवसाय खोलेको बन्द गरेको, मिलापत्र, विवाहित अविवाहित लगायत ३७ वटा सिफारिस दिने नियम रहेको छ ।

मासिक डेढ लाख आम्दानी


पशुपालन

वालिङका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन्।

स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका हुन्।

झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आएका छन्। भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताए। युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन्।

‘फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना छन्’ युवा व्यवसायी डुम्रेले भने, ‘अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ।’

यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ।

‘मैले साउदीमा रहँदा पनि यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको हुँ त्यहाँ रहँदा सिकेका सीप यहाँ आएर आफ्नै ठाउँमा गरेको छु’ युवा व्यवसायी डुम्रेले भने,’दूधका अलावा कसैले पनिर, घ्यू, दही, नौनीको माग गर्नुभएमा पनि फार्मबाटै उपलब्ध गराउने गरेको छु।’

फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रे बताउँछन्। डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिएका छन्।

‘साउदीमा सिकेको सीप पूरै यहाँ कार्यान्वयन गर्न सकिरहेको छैन’ युवा व्यवसायी डुम्रेले भने, ‘गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना छ तर लगानी अझै थप्नुपर्छ के गर्नु कृषि भाषणको विषय भयो बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन्।’ रासस

प्रकाशित १० असोज २०७५, बुधबार |

कसको भुँडी, कसको सन्तान ?



सांकेतिक तस्बिर

सांकेतिक तस्बिर
देश छोराहरूको हो। छोरीका लागि त यो माइती मात्रै बनेको छ, एउटा पुरानो गीतमा भनिएझैं ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर।’ आफ्नो कहिल्यै नहुने, तर प्राणभन्दा प्यारो मान्नैपर्ने।

गाउँघरतिर उहिले–उहिले अविवाहित महिला दुई जिउकी देखिइन् भने सात गाउँ हल्ला हुन्थ्यो, अझै हुन्छ– ‘फलानीले कसको भुँडी बोकी?’ सबैको जोड हुन्थ्यो– कसको? कुनै महिलाले बिहे नगरी बच्चा जन्माइन् भने जगतै उल्टेर त्यो सन्तानलाई अपमान गथ्र्यो, अझै गर्छ– ‘ढिस्कानी बिना बाउकी छोरी हो वा ढिस्कानो बिना बाउको छोरो हो।’

गणतन्त्र नेपालको नयाँ कानुनले नेपाली समाजको त्यही रीति र त्यही चरित्रलाई मान्यता प्रदान गर्न खोजेको छ। यो देश स्वतन्त्र छोरी र मुक्त आमाहरू चाहँदैन। बरु गर्वसहित गर्भ बोकेर हिँड्ने आमालाई औंला ठड्याएर सोध्छ– कसको भुँडी थियो, कसको? कसको सन्तान पाइस्, कसको? नागरिकतासम्बन्धी संसदमा पठाइएको कानुनको पेटबोलीले यही भन्छ। आमाले सन्तानलाई नागरिकता दिलाउनुपर्यो भने बाबु किन पहिचान नभएको भनेर प्रष्टिकरण दिनुपर्ने प्रावधान राखिएको छ।

नेपाली समाजमा बच्चा जन्माउनु वा नजन्माउनु नै पुरुषको इच्छा, निर्णय र आवश्यकतामा निर्भर गर्छ, आमाको आत्मनिर्णय वा इच्छामा होइन। महिला बच्चा उत्पादन गर्ने मेशिन र हुर्काउने धाइको भूमिकामा मात्रै हुन्छन्। स्वतन्त्र महिलाले गर्भधारण गरिन वा बच्चा हुर्काइन भने बाबु कोहो भनेर ¥याख¥याख पारिन्छ। यौनको एकाधिकारी पनि पुरुषै छ। सबैतिर पुरुषकै एकाधिकार भएपछि महिलाले स्वतन्त्र निर्णयले गर्भधारण गर्नु वा बच्चा जन्माउनु पुरुषनिर्मित आचासंहिता पालन नगर्नु हो। अनि पुरुषप्रधान समाजको पन्जाबाट खुकुलिने प्रयत्न गर्नु हो।

त्यसैकारण व्यक्ति, समाज र राज्यले नै केरकार गर्न थाल्छ– यो भुँडीको मालिक को हो? यो सन्तानको बाउ को हो?

कानुन भनेको समाजलाई बाँध्ने, रीतिमा राख्ने र शासन गर्ने संहिता हो। कुनै पनि समाजमा जुन मूल्य र विश्वास परम्पराका रूपमा हुन्छ, बहुसंख्यक मानिसले त्यसैलाई स्वाभाविक ठानेर पालन गरिरहेका हुन्छन्। धेरै कानुन तिनै परम्पराले निर्धारण गरेको हुन्छ। कति कुरा कानुनमा बेग्लै भए पनि व्यवहारमा परम्पराले नै समाज डो¥याइरहेको हुन्छ। अहिले सन्तानको नागरिकताका लागि आमा विवाहित हो–होइन, होइन भने बलात्कारमा परेको हो या सहमतिमै गर्भधारण भएको हो? यौनसम्बन्ध राखेर पनि बिहे किन नगरेको? यस्ता प्रश्नले घेरिनुपर्ने भएको छ। बाबु नहुनुका पुष्ट्याइँ पेश गरेपछि मात्र नागरिकताका लागि निवेदन दिन पाइने व्यवस्था गरिएको छ।

छोरीलाई नागरिकताको अधिकार नदिइनुमा नेपाली समाजमा विद्यमान परम्परागत पितृसत्तात्मक मूल्यको सबैभन्दा ठूलो भूमिका छ। हिन्दू मान्यताप्रभावी नेपाली समाजमा छोरी सन्तानको मूल्यमा हुँदिन। जन्मैदेखि उसलाई पराइघर पठाउने वस्तुका रूपमा व्यवहार गरिन्छ। शब्दै छ, कन्यादान। अर्थात् ऊ दान दिने वस्तु हो। कि बाउआमा कि त दाजुभाइ नै दिदीबहिनीका सुरक्षाकवच मानिन्छन्। ‘छोरी हो अर्काको घर गइहाल्छे’ भन्दै हुर्काइन्छ। वस्तुसरह दान दिनेको के मानवीय भाउताउ?

छोरीलाई दोयम दर्जाको व्यवहार गर्ने र मानवीय पहिचानबाट बर्खास्ती गर्ने काम घरघरका सानासाना रीतिथितिबाट हुँदै आइरहेको छ। छोरीलाई टीका र पूजा, छोरीलाई ढोगभेट र दक्षिणा। किन? बाआमा भन्छन्, ‘छोरो भनेको बाबुको अंश खाने हो, छोरीले दानदक्षिणा।’ छोरी न वंशको हकदार, न अंशको अधिकारी। छोरी अर्कैको घर सम्हाल्न जानुपर्ने प्राणी। छोरी न बुढेसकालका सहारा मानिन्छन्, न अर्को लोक तार्ने माध्यम। यस्तो विश्वासमा चलेको समाज छ, अनि राज्यले त्यसैलाई निरन्तरता दिनु नौलो होइन।

यो देश छोराहरूको, पुरुषहरूको, बाउहरूको र लोग्नेहरूको घर हो। तर छोरीको घर होइन, उसको त माइती हो। यो सीताको माइतीघर हो। माइतीघर भनेको जन्मघर त हो, तर त्यसमा बिहेपछि कुनै अधिकार हुँदैन। माइती भनेको चाडपर्व, बिहे–वर्तुन, श्राद्ध, मरोपरोमा मात्रै कर्म फुकाउन पुग्नुपर्ने मुकाम हुन्छ। कहिलेकाहीँ आइदिएर माइतीको शोभा बढाइदिने हो ‘चेलीबेटी’ले, अधिकार खोज्ने होइन।

ठीक त्यसरी नै देश पनि छोरीका लागि माइती मात्रै बनेको छ, एउटा पुरानो गीतमा भनिएझैं ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर।’ आफ्नो कहिल्यै नहुने, तर प्राणभन्दा प्यारो मान्नैपर्ने।

संसदमा अहिले पेश भएको नागरिकतासम्बन्धी विधेयक यो समाजको परम्पराको निरन्तरता हो, संविधानको व्याख्या हो। संविधानले नै नागरिकतासम्बन्धमा छोरीलाई स्वतन्त्र हुन छेकारो हालेको छ, जसलाई बदल्न थुप्रै आमा–दिदी–बहिनी दुःख पाउन तयार हुनुपर्नेछ र न्याय खोज्ने एउटा पुस्ताले अझै संघर्षको बाटो तय गर्नुपर्नेछ।

समाजसेवी ज्ञवालीकाे नेत्र ज्याेति संघ कपिलवस्तुकाे अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नेपाल नेत्र ज्याेति संघ कपिलवस्तुकाे अधिवेशनमा समाजसेवी युवा राजेश ज्ञवालीले अध्यक्ष पदमा उम्मेदवारी  दिने घाेषणा गर्नु भएकाे छ । असोज १९ र २० गते ताैलिहवामा हुन गइरहेको संघको अधिबेशनमा वर्तमान कार्यवाहक अध्यक्ष ज्ञवालीले उम्मेदवारी दिने घोषणा गर्नु भएकाे हाे ।

ज्ञवाली अाफुले विगत १५ बर्ष देखि संघको विभिन्न पदमा बसी काम गर्दे आइरहेको बताउनुभयो । ज्ञवाली युवा नेता तथा समाज सेवीको रुपमा परिचत रहनु भएकाे छ । अाफु संघकाे कार्यवाहक अध्यक्ष समेत भइसकेका कारण यस पटक संघकाे अवस्था सुधारका लागि अाफ्नाे उम्मेदवारी रहने बताउनु भयाे । संघकाे अध्यक्ष पदका लागि रमेश शर्मा र राम दयाल ठाकुरकाे पनि नाम चर्चामा रहेकाे छ ।

बलात्कारी र हत्यारा सार्वजनिक

पत्रकार सम्मेलन भइरहँदा अर्काे कुनामा बेहाेस श्रीयाकी अामा

 

कास्की प्रहरीले श्रीया सुनारका बलात्कारी र हत्यारालाई सार्वजनिक गरेको छ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यारा कुशुम पौडेललाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा हत्यारा पौडेलले बलात्कारपछि श्रीयाको हत्या गरेको स्वीकारेका छन्।
‘मैले रक्सी खाएर त्यो (बलात्कार र हत्या) गरेको हो’, पत्रकार सम्मेलनमा कुशुमले भने,‘पछि मैले टाउकोमा ढुंगाले हानेँ।’ प्रहरीले अपराधी सार्वजनिक गरिरहँदा छेउकै कोठामा रहेकी श्रीयाकी आमा भने अर्धचेत अवस्थामा भक्कानो हालेर रोइरहेकी थिइन्।
प्रहरीकाअनुसार ज्यामी काम गर्ने २७ वर्षीय कुशुम श्रीयाका छिमेकी हुन्। १० वर्षीया श्रीया आमासँगै पोखरा–२२, पुम्दी भुम्दीको कोदीमा रहेको मामा कृष्ण सुनारकोमा बस्ने गर्थिन्।
मजदूरी गर्ने कुशुमको घरमा श्रीमती र ८ वर्षको छोरा पनि छन्। घटनाको दिन सोमबार कुशुमले बिहान ११ बजेदेखि नै गाउँमै रहेको हेमबहादुर विकको भट्टीमा बसेर रक्सी खान सुरु गरेको थियो। कुशुमलाई प्रकाश बराललगायतले साथ दिएका थिए। उनीहरु दिनको १२ बजेतिर बाँकी भएको रक्सी बोकेर डाँडातिर उक्लिए। दिनभर सक्सी खाए। रक्सी र गाँजाले मात्तिएको कुशुम साँझ पौने ८ बजेतिर चुरोट किन्ने भन्दै डाँडाबाट तलतिर लाग्यो।
त्यो बेला श्रीया पनि बिस्कुट किन्ने भन्दै घरबाट पसलतिर जाँदै थिइन्।
सधैँजसो स्कूलबाट फर्केपछि श्रीया साथीकोमा गइन्। साथीको घरबाट फर्केपछि घरमा रहेकी हजुरआमासँग भोक लाग्यो भनिन्। हजुरआमाले ‘माइजूले भात पकाएकी होला खाऊ’ भन्दा पनि उनले पाँच रुपैयाँ मागिरहिन्। हजुरआमाले दिएको पाँच रुपैयाँ हातमा लिएर पसल हिँडेकी श्रीयालाई रक्सीले मातेका कुशुमले देखेका थिए।
उसले सुरुमा श्रीयालाई चक्लेट खाऊ भन्दै पाँच रुपैयाँ दियो। एक्लै हिँडेकी कुशुमलाई देखेपछि उसको मनमा पाप पलायो। उसले कुुशुमलाई फेरि १० रुपैयाँ दिन्छु भनेर बोलायो र जवर्जस्ती गर्न खोज्यो। श्रीयाले प्रतिकार गरिन्। रक्सीले मात्तिएको कुशुले श्रीयालाई त्यहीँनेरको पानी ट्याङ्कीमुनि रहेको झाडीमा धकेलिदियो। ऊ झाडीमा पुग्यो र बलात्कार गर्न खोज्यो। श्रीया चिच्याउन थालेपछि उसले दुबै हातले घाँटी अँचेट्यो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार त्यसपछि श्रीया बेहोस भइन्। ‘त्यसपछि उसले श्रीया मरी भन्ने ठानी त्यहीँ रहेको ढुंगाले अनुहार, टाउको लगायतका ठाउँमा प्रहार गर्दै टाउको थिची हत्या गरेको बयान दिएको छ ’, प्रहरी उपरीक्षक रानाले भने,‘ऊ त्यसपछि झाडीकै बाटो हुँदै मूल सडकमा गयोर त्यहीँ रहेको पानीको मूलमा हात खुट्टा धोई पखाली निरज खाजा घर नाम रहेको पसलमा पुगी चुरोट किनेर खायो।’
चुरोट खाएर पसलमा बसिरहेको कुशुमलाई दूध किन्न सोही पसलमा आएकी श्रीमतीले घर जाऊँ भन्दै सँगै लिएर गएको प्रहरीले जनाएको छ। कुशुम केही समय विदेश बसेर फर्केको पनि प्रहरीेले जनाएको छ। तालीमप्राप्त कुुकुरसहित घटनास्थल पुगेको प्रहरीले कुकुरले दिएको संकेतकै आधारमा घटनामा छिमेकी संलग्न रहेको निष्कर्ष निकालेको थियो।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्की नेतृत्वको टोलीले स्थानीय केही युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा कुशुमले आफू बलात्कार र हत्यामा संलग्न भएको स्वीकारेको थियो। कास्की प्रहरीले बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै अदालत पेश गर्ने जनाएको छ।

 

प्रकाशित १० असोज २०७५, बुधबार |

पैसा तिरेर अब चन्द्रमामा घुम्न जान पाइने

चन्द्रमामा घुम्न जान इच्छुकहरुका लागि ‘स्पेस एक्स’ एरो स्पेस कम्पनीले नयाँ सुविधा लिएर आएको छ। अब मानिसले चन्द्रमा पैसा तिरेर भ्रमण गर्न पाउनेछन्।

तर कति रकम लाग्ने भन्नेबारेमा केही खुलाइएको छैन। अमेरिकी राज्य क्यालिफोर्निमा मुख्य कार्यालय भएको स्पेस एक्सका कार्यकारी अधिकृत तथा संस्थापक एलन मस्कले चन्द्रमामा भ्रमण गर्न चाहनेका लागि यो उपयुक्त कदम भएको बताए।

स्पेस एक्स अन्तरिक्ष विमान तथा उपग्रहहरु निर्माता तथा विक्रेता निजी कम्पनी हो।

स्पेस एक्सले चन्द्रमामा घुम्न जाने इच्छुकका बारे बताएपछि जापानका अर्बपति तथा अनलाइन फेसन कम्पनीका स्थापित उद्योगपति ४२ वर्षीय युसाकु मेजावाले चन्द्रमामा आफू भ्रमण गर्न इच्छुक रहेको बताएका छन्।

युसाकु मेजावा

फोर्ब्सका अनुसार उनीसँग २.९ अर्ब अमेरिकी डलर सम्पत्ति छ। सन् २०२३ मा चन्द्रमामा भ्रमण गराउने योजना भएको स्पेस एक्सले बिग फाल्कन रकेट बिएफआर चन्द्रमामा पठाउने छ। जसमा युसाकु मेजावाले भ्रमण गर्न पाउनेछन्।

अर्बपति मेजावा गत वर्ष जिन माइकल बास्कुवायटको चित्रकलालाई ११०.५ मिलियन अमेरिकी डलरमा खरिद गरेकाले चर्चामा आएका थिए। उनले अन्य ८ जनालाई समेत चन्द्रमा भ्रमणमा समावेश गराउने पनि बताएका छन्।

इतिहासमा २४ जना मानिसमात्र चन्द्रमामा पुगेका छन्। अन्तिम पटक सन् १९७२ मा एपोल्लो मिसनपछि कसैले जुनमा पाइला टेकेका छैनन्।

 

प्रकाशित १० असोज २०७५, बुधबार