अग्रिम टिकट बुकिङ खुल्यो, बिहानैदेखि घुइँचो,


दसैं मान्न काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जाने यात्रुका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ।

सरकारले गाडीभाडा बढाउने सहमति जनाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ खुला गरेको हो।

बुकिङ खुला भएपछि राजधानीका टिकट बुकिङ काउन्टरहरूमा बिहानैदेखि घुइँचो लागेको छ।

यसअघि गत शुक्रबारदेखि नै टिकट बुकिङ खुला गर्ने भनिए पनि गाडीभाडा वृद्धि, रोकिएका खाता सञ्चालन गर्नुपर्ने माग राख्दै महासंघले टिकट बुकिङ रोकेको थियो।

सोमबारदेखि गाडीभाडा १० प्रतिशत बढाउने तथा रोक्का खाता फुकुवाको प्रक्रिया पनि अघि बढाउने सहमति जनाएपछि दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाइएको महासंघका महासचिव सरोज सिटौलालले जानकारी दिए।

यातायात सिन्डिकेट अन्त्यको घोषणा गर्दै सरकारले यातायात समितिका बैंक खाता रोकेको थियो। खाता रोकिएकोमा व्यवसायीहररू रुष्ट हुँदै आएका छन्। खाता रोकिँदा आफ्ना कर्मचारीहररूले तलब खान नपाएको तथा यातायात दुर्घटना हुँदा मृत्यू हुने तथा घातेको उपचार पनि यातायात व्यवसायीले गराउन नसकेको यातायात व्यवसायीको भनाइ छ।

सरकारले यातायात सिन्डिकेट खारेज घोषणा गरे पनि व्यवहारमा भने सिन्डिकेट कायमै छ।

सरकारले यातायात व्यवसायीका सबै समिति खारेज भएको जनाएको थियो। तर, यातायात महासंघसँग नै वार्ता गरेर सरकारले भाडा बढाउने सहमति गरेको हो भने विभिन्न समितिका टिकट काउन्टरहरू पनि यथावत नै छन्।

प्रकाशित ९ असोज २०७५, मंगलबार |

३ किलो सुन काठमाडौंमा बरामद

फाइल फोटो

फाइल फोटो

प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडौं भित्रिएको ३ किलो सुनसहित दुई जना भरियालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले टोखामा दुई युवाका साथबाट १२ थान सुनका टुक्रा बरामद गरेको हो। पक्राउ परेका आरोपीले बेल्टमा बल्स बटम बनाएर सुनका टुक्रा लुकाएका थिए।

परिसर प्रमुख बसन्तकुमार लामाले केरुङ नाकाबाट मोटरसाइकलमा आएका उनीहरुलाई सूचनाका आधारमा पक्राउ गरिएको बताए। प्रहरीका अनुसार सोमबार राती रसुवाबाट मोटरसाइकलमा आएका पेम्वा लामा र नरबहादुर घललाई चेकजाँच गर्दा बेल्टमा लुकाएको अवस्थामा सुन बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले केही समयमा पत्रकार सम्मेलन आयोजना गरि बिस्तृत जानकारी दिने तयारी गरेको छ।

नेपालका सबै नागरिकलाई जलविद्युत् आयोजना शेयर दिने उर्जामन्त्री पुनको योजना

९ असोज २०७५, मंगलबार – सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ ३ हजार ५ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।

‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।

दुई करोड ८० लाखभन्दा बढी नेपाली नागरिकलाई नै जलविद्युत् आयोजनाको शेयरधनी बनाउँदा त्यसले आर्थिक समृद्धिका लागि समेत मार्ग प्रशस्त गर्ने र लगानीयोग्य रकमको खोजीका लागि चारैतिर भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने भएकाले त्यस्तो अवधारणा ल्याइएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उच्च प्रतिफल दिने र आकर्षक आयोजनाको छनोट कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘सबै नेपालीलाई शेयरमा लगानी गर्ने गरी आवश्यक व्यवस्था मिलाउन धितोपत्र बोर्ड र अन्य सरोकार भएका निकायसँग पनि छलफल भइसकेको छ’ मन्त्री पुनले भने, ‘कुन मोडालिटीमा कसरी लगानीको सुनिश्चितता गर्ने भन्ने विषयमा केही दिनभित्रै टुङ्गो लाग्छ।’

सबैलाई लगानी गर्न दिने वातावरण बनाउँदा आयोजना निर्माणमा समेत अपनत्व हुने र काम गर्न सहज हुने सरकारको बुझाइ छ। पछिल्ला दिनमा निजी क्षेत्रका जलविद्युत् आयोजनाले समेत स्थानीयवासीलाई १० प्रतिशत र आम सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिँदै आएका छन्। यो व्यवस्थाका कारण जलविद्युत् आयोजना निर्माण भएका जिल्ला तथा स्थानीय निकायमा आर्थिक उपार्जनको थप माध्यमसमेत बन्न पुगेको छ।

चिलिमे जलविद्युत् आयोजनाका कारण रसुवावासी आर्थिक रूपमा सम्पन्न भएको उदाहरण नै नेपालका लागि सफल उदारहण बन्न पुगेको छ। ‘हामीले एकदमै प्रतिफल दिने र आकर्षक र छिट्टै सम्पन्न गर्न सकिने केही आयोजनाको सूची बनाएका छौँ, त्यसमा नेपाली नागरिकको कम्तीमा ४९ प्रतिशत शेयर रहनेछ’ पुनले भने, ‘त्यसबाट सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प समेत पूरा गर्न सहज हुनेछ।’

सरकारले पहिलो चरणमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, करीब १०० मेगावाटको तामाकोशी पाचौँ र ४८ मेगावाट क्षमताको भेरी–बबइ डाइभर्सन आयोजनामा नागरिकलाई लगानीका लागि आह्वान गर्ने तयारी गरेको छ। आकर्षक आयोजनाको छनोट, लगानीको मोडालिटीको खोजी तथा स्थानीयवासीलाई समेत सहभागी गराउँदा आयोजना निर्माणमा हुने सहजता नै सफलताको मुख्य कारण बन्ने सरकारको बुझाइ छ।

मन्त्री पुनका अनुसार, न्यूनतम र अधिकतम सीमा निर्धारण गरेर लगानीका लागि आह्वान गर्ने तयारी गरिएको छ। सरकारले आगामी तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार र दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई पूरा गर्न सबै प्रकारको उपायको खोजी गर्न लागिएको मन्त्री पुन बताउँछन्।

करीब चार हजार मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेकाले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने देखिएको छ। यस्तै पाँच वर्षका लागि तय भएको लक्ष्यसमेत पूरा हुनेछ।

चालु आवको अन्त्यसम्म ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्न हुनेछ। यस्तै चिलिमे कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका तीन आयोजनासमेत सम्पन्न हुनेछन्।

एक सय ११ मेगावाट क्षमताको रसुवागढी, १ सय १ मेगावाट क्षमताको मध्य भोटेकोशी र साञ्जेनका दुई आयोजना क्रमशः ४२.५ र १४.८ मेगावाट क्षमताका आयोजना छन्। ती आयोजनाले साधारण शेयर समेत बिक्री गर्ने तयारी गरेका छन्।

माथिल्लो तामाकोशीले पनि आगामी कात्तिकसम्ममा सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। त्यस्तै साञ्जेन र रसुवागढीले पनि साधारण शेयर बिक्रीको तयारी गरेको छ।

नेपालका कोही पनि नागरिक जलविद्युत् आयोजनाको शेयरबाट बञ्चित नहोउन् भनेर नै सरकारले आवश्यक तयारी गरेको मन्त्री पुनको भनाइ छ। नेपाल विद्युत् प्राधिकरणले पनि कम्पनी ढाँचामा निर्माण हुने सबै आयोजनामा नेपाली नागरिकलाई शेयरधनी बनाउने लक्ष्य राखेको छ।

प्राधिकरणको महत्वाकांक्षी परियोजनाको रूपमा लिइएको माथिल्लो अरुण जलविद्युत् आयोजनामा समेत शेयर उपलब्ध गराउने तयारी छ। सो आयोजना गत शुक्रबार (४ असोज) को मन्त्रिपरिषद्को बैठकले कम्पनी ढाँचामा निर्माण गर्ने निर्णय गरेको थियो। करीब एक हजार मेगावाट क्षमताको सो आयोजना प्राधिकरणका लागि रणनीतिक महत्वको आयोजना हो।

बेरोजगारलाई रोजगारी, जागिर नपाए निर्वाह भत्ता !

८ असोज, काठमाडौं । नेपालको संविधानको धारा ३३ को कार्यान्वयनका लागि ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले ऐनको रुप लिएको छ । ऐनले प्रत्येक स्थानीय तहमा ‘रोजगार सेवा केन्द्र’ स्थापनाको परिकल्पना गरेको छ । यद्यपि अहिलेसम्म कुनै पनि स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छैनन् ।

रोजगारसम्बन्धी विधेयक संसदीय प्रक्रिया हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भइसकेको छ । यो विधेयक प्रमाणीकरण भई कार्यान्वयनमा गएको अवस्थामा अब कुनै पनि नागरिकले जागिर पाइनँ भनेर निवेदन दिन सक्छ ।

विधेयक प्रमाणीकरण भएर ऐनको रुप लिइसकेकाले अब स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गठन हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा १० मा स्थानीय तहमा रोजगार केन्द्र स्थापनाको व्यवस्था छ । ‘स्थानीय तह मातहत रही कार्य गर्ने गरी प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र स्थापना गरिनेछ’, ऐनमा भनिएको छ, ‘रोजगार सेवा केन्द्रको कामको संघीय तहबाट निर्देशन, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी मन्त्रालयको हुनेछ ।’

जागिर नपाए निर्वाह भत्ता !

स्थानीय तहमा स्थापना हुने केन्द्रमार्फत बेरोजगारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने ऐनमा व्यवस्था छ । जागिर दिन नसके निर्वाह भत्ता दिनुपर्ने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी रोजगार सेवा केन्द्रमा निवेदन दिन सक्नेछन् । ऐनको दफा ११ मा त्यस्तो निवेदन दिने व्यक्ति वास्तविक बेरोजगार हो वा होइन भन्नेबारे केन्द्रले आवश्यक जाँच गरी वास्तविक बेरोजगार व्यक्तिको सूची तयार गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था छ ।

रोजगार सेवा केन्द्रले वास्तविक बेरोजगार व्यक्तिको सूची तयार गरी नेपाल सरकार र सम्बन्धित प्रदेश सरकारलाई उपलब्ध गराउनेछ । केन्द्रले स्थानीय तहका अतिरिक्त कुनै सरकारी वा गैरसरकारी निकाय वा संघ संस्थालाई सम्बन्धित स्थानीय तहभित्रका रोजगारदातालाई माग गरिए बमोजिमको विवरण उपलब्ध गराउन लेखी पठाउन पनि सक्नेछ ।

रोजगारदाताले पनि कुनै कार्यका लागि आफूलाई आवश्यक पर्ने जनशक्ति रोजगार केन्द्रबाट लिन सक्नेछ । त्यसका लागि आवश्यक जनशक्तिको संख्या, योग्यता र अवधि खुलाई केन्द्रमा सूचना दिनुपर्नेछ ।

ऐनको दफा ११ मा रोजगारका लागि निवेदन दिएका व्यक्तिले निजी स्तरमार्फत नै काम गर्न थाले वा रोजगार सेवाकेन्द्र मार्फतको सेवा लिन नचाहेको खण्डमा भने तुरुन्त रोजगार सेवाकेन्द्रमा खबर गर्नुपर्ने व्यवस्था छ । त्यसपछि रोजगार सेवा केन्द्रले उक्त व्यक्तिको नाम बेरोजगारको सूचीबाट हटाउनेछ ।

ऐनको दफा २२ मा निर्वाह भत्ताको व्यवस्था छ । नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगार उपलब्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एक सय दिन बराबरको रकमको पचास प्रतिशत रकम तोकिएको शर्तमा अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराउने ऐनमा उल्लेख छ ।

एक आर्थिक वर्षमा एक सय दिन भन्दा कम अवधि मात्रै रोजगारी पाएको व्यक्तिको हकमा पनि निर्वाह भत्ताको व्यवस्था छ । तर त्यो व्यक्तिले एक सय दिन पुग्न बाँकी अवधिको मात्रै निर्वाह भत्ता पाउनेछ ।

निर्वाह भत्ताका मापदण्ड

निर्वाह भत्ता प्राप्त गर्ने व्यक्तिले बिभिन्न खालका तोकिए बमोजिमका शर्त पूरा गर्नुपर्ने हुन्छ ।

परिवारका कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा, नेपाल सरकारले तोके भन्दा कम वार्षिक आय भएका परिवारलाई निर्वाह भत्ता दिने भनिएको छ ।

निर्वाह भत्ता पाउनका लागि परिवारका कुनै पनि सदस्य स्वरोजगार भएको हुनु हुँदैन भने कुनै पनि सदस्य वैदेशिक रोजगारीमा गएको अवस्थामा पनि निर्वाह भत्ता पाउन मुस्किल हुन्छ ।

सरकारी कोष वा अन्य मुलुक वा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी कार्यालयबाट सेवा सुविधा लिइरहेकाहरुले पनि यस्तो सुविधा प्राप्त गर्न सक्ने छैनन् । निवृतिभरण, अवकाश सुविधा वा अन्य कुनैपनि किसिमको सहायता प्राप्त गरिरहेको व्यक्तिको परिवारका सदस्यले समेत निर्वाह भत्ता पाउने छैनन् ।

कसुर गरे कारवाही

रोजगारीको अधिकार दुरुपयोग गर्नेलाई कसुर हेरी १० देखि २५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

कसैले कुनै पनि नागरिकलाई निजको इच्छा विपरीत रोजगारीमा लगाएमा वा जबरजस्तस्ती बाध्य पारेमा २५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । बेरोजगार व्यक्तिलाई रोजगार दिने सन्दर्भमा भेदभाव गरेमा वा रोजगारी दिए पश्चात कानुन बमोजिम बाहेक हटाएमा १० हजारसम्म जरिवाना हुनेछ ।

कसैले पनि बेरोजगार व्यक्तिलाई रोजगार दिने सम्बन्धमा उत्पत्ति, धर्म वा समुदाय वा विचार जस्ता कुनै आधारमा भेदभाव गर्न नहुने भनिएको छ ।

रोजगारी दिइसकेपछि पनि सेवा शर्त सम्बन्धी कानुन बमोजिम बाहेक रोजगारीबाट हटाउन बन्देज गरिएको छ । विनाकारण कसैले रोजगारीबाट हटाएको खण्डमा हटाइएको व्यक्तिले आफू रोजगारीमा कायमै रहनका लागि कारणसहित सम्बन्धित रोजगार केन्द्रमा निवेदन दिन सक्नेछ ।

केन्द्रले निवेदन उपर आवश्यक जाँचबुझ गर्दा विना कारण हटाएको पुष्टि भए निवेदकलाई काममा लगाइराख्न सम्बन्धित रोजगारदातालाई निदेश गर्न सक्नेछ ।

केन्द्रमा निर्देशक समिति

श्रम मन्त्रीको नेतृत्वमा गठन हुने निर्देशक समिति पनि औपचारिक रुपमा अगाडि आइसकेको छैन । तर, नयाँ ऐनमा केन्द्रमा निर्देशक समिति रहने र त्यसले रोजगार सेवा केन्द्रलाई निर्देशन गर्ने व्यवस्था गरिएको छ ।

रोजगार सेवा केन्द्रको कामको संघीय तहबाट निगरानी हुनेछ । केन्द्रलाई निर्देशन, समन्वय र सहजीकरण गर्न केन्द्रमै एक निर्देशक समिति रहनेछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको अध्यक्षतामा रहने उक्त समितिले नागरिकको रोजगारीको हक संरक्षण सम्बन्धी कामकारबाहीका लागि सञ्चालन र निर्देशन गर्ने छ ।

बेरोजगार व्यक्तिका लागि रोजगार वा स्वरोजगार सिर्जना गर्न सरकार समक्ष सिफारिस गर्ने, कुनै परिवारको एक जना सदस्यले पनि रोजगार नपाएको अबस्थामा उसलाई बेरोजगार भत्ताको व्यवस्थाका लागि सिफारिस गर्ने काम पनि समितिले गर्नेछ ।

यो समितिमा राष्ट्रिय योजना आयोगका सम्बन्धित विषय हेर्ने व्यक्ति, श्रम मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सम्बन्धित विषय हेर्ने व्यक्ति सदस्यका रुपमा रहनेछन् । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने सहसचिव सदस्य सचिव रहने निर्देशक समितिमा उद्योग मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसमेत सदस्यका रुपमा रहनेछन् ।

प्रदेश र स्थानीय तहमा भने तोकिए बमोजिम निर्देशक समिति रहने व्यवस्था नयाँ ऐनमा गरिएको छ ।

निर्देशक समितिले श्रम बजारको माग र विद्यमान जनशक्तिको उपलब्धताको विश्लेषण र प्रक्षेपण गर्नेछ । बेरोजगार व्यक्तिका लागि रोजगार वा स्वरोजगारको व्यवस्था गर्न आवश्यक नीति नेपाल सरकार समक्ष सिफारिस गर्नेछ भने, प्रदेश सरकार र स्थानीय तहलाई मार्गदर्शन गर्ने समितिको काम, कर्तव्य र अधिकारभित्र समेटिएको छ ।

ऐनको दफा १९ मा उल्लेख गरिएको समितिको काम, कर्तव्य र अधिकार भित्र बेरोजगार व्यक्तिलाई राज्यको तर्फबाट उपलब्ध गराइने सहायता सम्बन्धी नीति तथा कार्यक्रम तयार पार्ने, निर्वाह भत्ताको सन्दर्भमा सरकारलाई सुझाव दिने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्ने र बेरोजगार सहायता कार्यक्रम कार्यान्वयनको मूल्यांकन गर्ने लगायत उल्लेख गरिएको छ ।

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि,

८ असोज, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनलाइनखबरलाई जानकारी दिए ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

रोजगारी, पढाइ लगायतको शिलशीलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।

लुक्ला उडेको निगमको विमान रामेछापमा,

 

८ असोज, काठमाडौं । नेपाल एयरलाइन्सले सोमबार वाई-१२ चिनियाँ जहाजको परीक्षण उडान गरेको छ । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको नयाँ जहाज मौसमको प्रतिकुलताका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थलीमा अवतरण भयो ।

परीक्षण उडानका लागि चालक दलका सदस्य र प्राविधिकसहित १० जनालाई बोकेर उडेको चिनियाँ विमान बाक्लो हुस्सु र बादलका कारण लुक्लामा अवतरण हुन नसकी रामेछापको मन्थली विमानस्थलमा अवतरण भएको थियो । मन्थलीबाट काठमाडौं फर्काइएको विमान मंगलबार बिहान साढे ५ बजे फेरि लुक्ला जाने निगम स्रोतले बतायो ।

सोमबारको परीक्षण उडानको नेतृत्व क्याप्टेनद्वय आङ नुरी शेर्पा र उद्वव घिमिरेले गरेका थिए । जहाजको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको पाइटललाई उद्धृत गर्दै निगम स्रोतले बतायो । निगमका एक कर्मचारीले अनलाइनखबरसँग भने- ‘यो हाम्रा लागि निकै ठूलो उपलब्धि र खुशीको कुरा हो, अब थन्किएको जहाज नियमित रुपमा उड्नेछ ।’

चीनबाट ल्याइएको १६ यात्रु बोक्ने क्षमताको वाई-१२ टि्वनअटर जहाज अहिलेसम्म परीक्षण उडान हुन नसकी थन्किइरहेको थियो । सुगतरत्न कंसाकारले व्यवस्थापन राम्रो गर्न नसकेको आरोप लागिरहेका बेला निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आएको एकसाता नबित्दै थन्किएको जहाजको परीक्षण उडान सुरु गरिएको हो ।

मंगलबार बिहान लुक्लाको परीक्षण उडान सकिएपछि रारा, डोल्पा, सिमिकोट र जोमसोममा पनि परीक्षण उडान गरिने र त्यसलगत्तै यात्रुहरुका लागि व्यवसायिक उडान सुरु गरिने वायु सेवा निगम स्रोतले  बतायो ।

दुध उत्पादन बढाउन कृषिमन्त्रि खनालको आग्रह

कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले खपत अनुसार उपादन हनु नसकेकोले व्यवसायिक दुग्ध उत्पादन गर्न आग्रह गरेका छन् । दुधले बजार नपाइरहेको गुनासो आइरहेको बेला मन्त्री खनालले कृषकहसंग उनले सो आग्रह गरे । उनले अब सरकारले किसानको दुध सहजै खरिद गर्ने बताए । मिल्क होलिडे हुन नदिन डिडिसीको पाउडर प्लान्टको क्षमता वृद्धिका लागि पहल गरिरहेको बताए । कपिलवस्तुको मायाँदेवी गाउँपालिका स्थित छत्रपाली तिर्थादेवी माविका विद्यार्थीहरुलाई दुग्धपानको महत्व बारे सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले किसानले दुध उत्पादन र विक्री मात्र नभई सेवन पनि गर्नुपर्नेमा जोड दिए । दुधमा पाइने तत्वहरुले बालबालिकाको मष्तिष्क विकास गर्ने भएकाले दुध र दुधजन्य वस्तु सेवनमा जोड दिन आग्रह गरे । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा गरिएको उक्त कार्यक्रमा बोल्दै कृषि मन्त्री खनालले दुध उत्पादनका लागि पशु नश्ल सुधार र उन्नत घाँस विउ विजन उप्लब्ध गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको बताए ।

मन्त्रालयले प्रदेश र स्थानीय तह मार्फत गोठ सुधार कार्यक्रम तथा विभिन्न पशु विकास कार्यक्रमहरु ल्याएको भन्दै त्यसको लाभ उठाउन किसानहरुलाई आग्रह गरे । किसानले अब दुध देखि तरकारी सम्म सबै व्यवसायिक उत्पादनमा जोड दिए मात्र देश आत्मनिर्भर तर्फ जाने खनालले बताए । दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले लुम्बिनी क्षेत्रलाई दुधमा आत्मनिर्भर बनाउदै निर्यातमुखी बनाउन रुपन्देही र कपिलवस्तुका दुग्ध सहकारीहरुलाई अभिमुखिकरण समेत गरिएको बताए । दुग्धजन्य वस्तु सेवन र स्वास्थमा फाइदा बारे बोर्डको अभियान विद्यालय मार्फत सुरु गरिएको पन्तले जानकारी दिए ।

सुठौली भन्सार नाकाको स्तरोन्नती

कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार कार्यालय संचालनमा आएको छ । छोटी भन्सारका रुपमा संचालन हुदै आएको सुठौली भन्सार कार्यालयमा बिधिवतरुपमा अनलाईन सेवा मार्फत निकासी पैठारी सुरु भएको छ । यससंगै नेपालमा ३४ भन्सार कार्यालय भएका छन् । सहीत देशका ५ साना भन्सारलाई स्तरोन्नती गरेको थियो । अव जिल्लामा २ वटा भन्सार कार्यालय भएका छन । कृष्णनगर भन्सार कार्यालय यस अघि नै संचालनमा रहेको छ । अर्थमन्त्री युवराज खतिवडाले भन्सारको उद्घाटन गर्दै सरकारको नीति तथा कार्यक्रम अनुसार भन्सारको स्त्तोरन्नती गरिएको बताए । उनले यसले निकासी पैठारीमा सहजता थप्ने बताए । उनले हुलाकी सडकका लागि सरकारले ठोस पहल गर्ने र ५ बर्ष भित्र निर्माण हुने प्रतिबद्धता ब्यक्त गरे । विकासको सुचकांकमा निकै पछि परेको कपिलवस्तुको विकासमा संघ प्राथमिकतामा परेको उनले बताए । सडक सहित पुवार्धार विकासमा प्रदेश सरकारले पनि यो जिल्लालाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए ।

सांसद बृजेश कुमार गप्ताले भन्सार कार्यालयका रुपमा स्त्तोरउन्नती गरिरको सुठौलीमा अध्यागमन काार्यलय समेत खडा गर्नु पर्ने माग गरे । उनले यो ब्यापारिक नाकालाई भारतबाट बुद्धस्थल भ्रमणमा आउने नाकाका रुपमा समेत विकसित गर्दै लैजानुपर्ने पर्ने बताए । सांसद अभिषेक प्रताप शाहले कृष्णनगर नाकालाई तेस्रो मुलुकबाट समते आयात निर्यात गर्ने गरी प्रकृया अघि बढाउनु पर्ने बताए । भन्सार बिभागका महानिर्देशक तोयम रायाले सुठौली भन्सारको पुर्वाधार विकासका लागि बजेट छुट्टाईएको बताए । उनले अब जग्गा खरिद गरी भवन लगायतका पुर्वाधार विकास गरिने बताए । ब्यस्त रुपन्देहीको बेलहिया नाकाले गर्दा मर्कामा परेका ब्यपारीहरुलाई सुठौली नाकाले केही सहजता थपेको तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।

सबै भन्दा बढी सडक मार्ग हुँदै बेलहिया नाकाबाट नेपालमा पर्यटकहरु भित्रिने गरेका छन । त्यसमध्ये बुद्धार्गीहरु धेरै हुन्छन । लुम्बिनी र प्राचीन कपिलस्तुको अवलोनकालागि भारत हुदै बेलयिहा नाकाबाट पर्यटकहरु आउने गर्छन । धेरै पर्यटकहरु कपिलवस्तु नआई उतै बाट फर्किने गरेका छन । बाटोघाटो, प्रचारप्रसारको अभावले गर्दा प्राचीन कपिलवस्तुमा निकै कम पर्यटकहरु आउने गरेका छन । यस्तोमा सुूठौली नाको संचालनमा आएको छ । अब त्यही नाकाबाट पर्पटकलाइ छिराउन सकिए बेलहियामा चाप कम हुने र प्राचीन कपिलस्तुको विकासमा समेत मद्दत मिल्ने पुर्व राजदुत दीप कुमार उपाध्याय बताउँछन । भारतल सीमा नाका खुनुवाम भन्सार संचालन गर्न तयार रहेको छ । सुठौलीको स्तरउन्ती हुदा अब ब्यापार र चहलपलह समेत बढने उपाध्यायले बताए । उनले सुठौलीमा अध्यागमन कार्यालयको ईकाई संचालन गरिए जिल्लाको पर्यटकीय विकासले फड्को मार्ने उनले बताए । बुद्धको क्रिडास्थल तिलौराकोट, कुदान, निगालीकोट, गोहिटहवा, सगरहवा लगायत सय भन्दा बढी बुद्धस्थल कपिलवस्तुमा छन ।

सांसद तथा पुर्व मन्त्री बृजेश कुमार गुप्ताले सुाठैली भन्सार कार्यालयको स्त्तोरउन्तीकालागि गरको पहले बल्ल सार्थकता पाएको बताए । कार्यक्रममा प्रदेश नम्बर ५ का सदस्य धरम बहादुरलाल श्रीवास्तव, चन्द्रौटा उद्याग बाणिज्य संघका अध्यक्ष जमसेर अली मिया, चन्द्रौटा ब्यापरा संघका अभध्यक्ष माहादेव पोख्रेल लगातयले शुभकामना मन्तब्य दिएका थिए । गत आर्थिक बर्ष सुठौल िभन्सार नाकामा २५ करोड बढी राजस्व संकलन भएको थियो । सुठौली भन्सारलाई ४ वटा छोटी भन्सारको जिम्मा दिईएको छ । कार्यक्रमको सञ्चालन कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले गरेका थिए ।

किरणको एक चुम्मनले भयो बबाल (भिडियो सहित)

बजारमा विभिन्न किसिमका गित हरु सार्वजनिक भैरहदा बुलबुल मिडियाको प्रस्तुतिमा सम्हाल्न बोलको पप गित युटुबमा सार्वजनिक भएको छ। जसमा किरण खडकाको एक चुम्मनले बबाल भएको छ ।

भिडियोको बिचमा उनले चुम्मन गर्दै गर्दाको पल दर्शकले बढि रुचाएको पाइएको छ । सोही गितमा किरण खड्का र रुपेश नेपालीले स्वर दिएका छन भने किरण खड्का निर्देशन गरेका छन। मोडलमा किरण खड्का,रुपेश नेपाली अन्सु,मोनिका लगायतले अभिनय गरेका छन। कपिलवस्तुका किरण जिल्लामा पपगित गाउने सुमधुर स्वरले चर्चामा रहेका छन ।

भिडयाे:

इन्टरपोलको रेड नोटिसमा १३ नेपाली, काे काे हुन नाम सहीत ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी), काठमाडौंले चार महिनाको अवधिमा १३ जनाविरुद्ध रेड रोटिस जारी गरेको छ । यो अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

विभिन्न किसिमका जघन्य एवं संगठित अपराधमा संलग्न भई विदेशमा रहेका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा नोटिस जारी गर्छ । हालसम्म जारी गरिएका नोटिसमध्ये २९ वटा रेड र २४ वटा डिफ्युजन छन् ।

पछिल्लो समय जारी भएका रेड नोटिसमा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति सबैभन्दा बढी छन् ।

संगठिन सुन तस्करी, अपहरण र हत्यामा संलग्न भएको आरोपमा रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल, हरिशरण खड्का र मोहमद उस्ताम मियाँविरुद्ध नेट नोटिस जारी भएको हो ।

उनीहरु मध्ये उप्रेती प्रकरणका मुख्य अभियुक्त चूडामणि ‘गोरे’ का भाइ हुन् । त्यस्तै, अग्रवाल मुख्य लगानीकर्ता हुन् । उनीहरुसहित सरकारी छाप तथा हस्ताक्षर कीर्ते गरेको आरोपमा सलबहादुर गुरुङविरुद्ध रेड नोटिस जारी भएको छ ।

११ जनाविरुद्ध डिफ्यूजन नोटिस

एनसीबी काठमाडौंका अनुसार पछिल्लो चार महिनाको अवधिमा ११ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।

जसमा मानबेचबिखन मुद्दा अन्तरगत प्रेरणालक्ष्मी मल्ल, विराज यादव र सन्तोषकुमार ल्वागुनसमेत गरी तीन जना छन् ।

त्यस्तै, जबरजस्तीकरणी मुद्दाका दिपक श्रेष्ठ र विकास गौतमविरुद्ध पनि डिफ्यूजन नोटिस जारी भएको छ । उनीहरु दरबारमार्ग बलात्कार प्रकरणका आरोपित हुन् ।

त्यस्तै, अपहरण, हत्या र संगठित अपराधमा संलग्न प्रयास पराजुली, संगठित अपराध सञ्जालको स्थापना गरेको आरोप लागेका सन्दिप खड्का, ठगी मुद्दाका सबिन प्रकाश दनुवार, जबरजस्तीकरणी मुद्दाका हेमराज राई, हत्यामा संलग्न लालबहादुर खड्का र होमबहादुर कार्की छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार अपराधी पक्राउसँगै जारी नोटिस र डिफ्युजन स्वतः निष्क्रिय हुन्छ । विगतमा न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गरेकोमा नोटिस जारी हुने क्रमको वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको उनले जनाए । इन्टरपोल नोटिसको आधारमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् ।

के हो इन्टरपोल नोटिस ?

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ । यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्छ ।

इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्दछ ।

प्रवक्ता थापा भन्छन्, ‘ग्बोवल भिलेजको कारणले संसार नै साघुँरो भएको छ । कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्याको समाधानको लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’

हाल डिफ्युजन कार्यान्वयनको क्रममा रहेका २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला छन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरुको खोजीका लागि डिफ्युजन जारी गरिने उनले बताए ।

अदालतमा मुद्दा दायर भइ वारेन्ट जारी भएका फरार अभियुक्तहरुको खोजी कार्यका लागि रेड नोटिस जारी गरिन्छ ।

नक्कली राहदानी प्रयोग गर्नेविरुद्ध माइन्ड डिभाइस

इन्टरपोलले हराएका तथा चोरी भएका राहदानी अपराधीले प्रयोग गरेर पहिचान फेरेर विदेश भाग्ने र आवत–जावत गर्नेलाई रोक्न समेत सुक्ष्म रुपमा निगरानी बढाएको छ ।

यसका लागि हराएका तथा चोरी भएका भनी राहदानी बिभागमा दर्ता भएका राहदानीको विवरण इन्टरपोलको ‘स्टोलन एण्ड लस्ट ट्राभल’ डाटावेशमा सन् २०१४ देखि नियमित दर्ता गर्दै आएको छ ।

इन्टरपोल नेपालले अन्य देशका एनसीबीबाट सोधिने त्यस्ता राहदानी र ट्राभल डकुमेन्टसम्बन्धी समस्याको निवारण समेत गर्दै आएको एनसीबी काठमाडौंले जनाएको छ ।

सन् २०१८ अप्रिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमन कार्यालयमा पनि मोबाइल इन्टरपोल नेटवर्क डेटावेस डिभाइस (माइन्ड) नामक डिभाइस प्रयोगमा ल्याइएको छ ।

नेपाल प्रहरीले हालसम्म १ लाख ८० हजार ६ सय ६१ हराएका तथा चोरी भएका राहदानीको विवरण डाटावेशमा राखेको छ ।

चोरी तथा हराएका राहदानी प्रयोग गरी भेष बद्लेर हिँड्ने अपराधीलाई विमानस्थलमै ‘माइन्ड’ डिभाइसको प्रयोग गरी पत्ता लगाइने गरिएको एसएसपी क्षेत्री बताउँछन् ।

नेपालले सन् १९६७ सेप्टेम्बर २७ मा १००औं राष्ट्रको रुपमा इन्टरपोलको सदस्यता लिएको हो । इन्टरपोलका सदस्य रहेका १ सय ९२ राष्ट्रमै यसका शाखा फैलिएका छन् ।

अन्य सदस्य राष्ट्रसँग समन्वय गर्न प्रत्येक राष्ट्रमा ‘नेशनल सेन्ट्रल ब्यूरो’(एनसिबी) नामको छुट्टै सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ । सम्बन्धित देशको प्रहरी प्रमुख नै एनसीबीको प्रमुख हुने प्रावधान छ ।

माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी नेता सोलिह विजयी

मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि परेका छन् ।

आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । चार दलीय गठबन्धनका उम्मेदवार बनेका सोहिलले यो आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको बीबीसीले लेखेको छ ।तर, निवर्तमान राष्ट्रपति यामिनको प्रतिक्रिया सार्वजनिक भएको छैन ।

मत गणना सुरु हुनुअघिसम्म यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो । मतदानको पूर्वसन्ध्यामा सरकार विरोधीलाई जेलमा हाल्ने, सरकार विरोधी दलका कार्यालयमा छापा मार्ने लगायतका काम गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।त्यसअघि युरोपेली संघ, अमेरिका, अन्तर्राष्ट्रिय पर्यवेक्षक र विपक्षी दलहरुले चुनाव निष्पक्ष हुनेमा आशंका गरेका थिए । अमेरिका र युरोपेली संघले चुनाव लोकतान्त्रिक प्रक्रियाबाट नभए मालदिभ्समा नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए ।

बीबीसीका अनुसार पछिल्लो समय मालदिभ्समा राजनीतिक गतिरोध सिर्जना भएको थियो । गत फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नशीदविरुद्धको मुद्दालाई असंवैधानिक ठहर गर्दै विपक्षीका नौ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।अदालतको यो फैसलालाई सरकारले अस्वीकार गर्दै संसदलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो । राष्ट्रपति यामिनले देशमा १५ दिनका लागि संकटकाल घोषणा गरे । त्यसक्रममा दुई न्यायाधीशहरु पनि पक्राउ परे । त्यसपछि अदालतले आफ्नो फैसला उल्ट्याएको थियो ।

यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णयविरुद्ध नेविसंघ सडकमा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौंमा चक्काजाम गरेको छ ।

सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो । चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिए ।
उनले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले जनविरोधी, अपराधि र राष्ट्रघाती भएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले ६ महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए ।

सरकारकाे अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन देउवाको निर्देशन

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिएका छन् ।

सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन पनि नेता, कार्यकर्तालाई आह्वान गरे ।

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौंदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे ।

एकातिर अनुसन्धान अर्कातिर बलात्कार,

कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो।

पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो। एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ। तर विडम्बना, कञ्चनपुरमा महिला तथा बालिकाहरुमाथिको बलात्कार प्रयासका घटनाहरु भने रोकिएका छैनन्।

निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग सडक र सदन उठिरहे पनि यहाँ आपराधिक गतिविधिमा कमी नआउँदा सुरक्षा चुनौती थपिएको छ।

गत असार ३२ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कविता विष्टलाई बलात्कारपछि हत्या गरी लालझाँडी जङ्गलमा शव फालिएको अवस्थामा भेटिएयता कञ्चनपुरमा मात्रै झण्डै एक दर्जन बलात्कारका घटनाहरु भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्ट हत्यामा संलग्न कष्णपुर नगरपालिकाकै मदन गिरी र भरत बोहरालाई पक्राउ गरी कारबाही अघि बढायो। दुवै अभियुक्त हाल पुर्पक्षका लागि कञ्चनपुर कारागारमा रहेका छन्। विष्ट हत्याको एकसातापछि साउन ६ गते पुनर्वास नगरपालिकाका १७ वर्षीया युवतीलाई सोही नगरपालिकाका २६ वर्षीय विकास बुढाले दोदा नदी छेउको उखुबारीसम्म पु¥याएर बलात्कार प्रयास गरेका थिए। ती युवती कराउँदै उखुबारीबाट भाग्न सफल भइन्। उक्त घटनाका आरोपित बुढा पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।

त्यसैगरी, साउन १० गते शुक्लाफाँटा नगरपालिका–८ का बिन्तरामी चौधरीले स्थानीय वृद्धालाई मध्यरातमा बलात्कार गरे। आफन्तबाटै बलात्कारको शिकार बनेकी वृद्धाले जाहेरी दिएको आधारमा अभियुक्त चौधरी पनि हाल पुर्पक्षका लागि कारागारमा छन्।

सोही दिन दिउँसो भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथी रोशनी बमको घरमा गृहकार्य गर्न आएकी भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मला पन्त अबेर साँझसम्म घर नफर्किएपछि आमा दुर्गादेवी पन्त छिमेकीसहित निर्मला खोज्न निस्किइन्।

प्रहरीसम्म खोजविनका लागि पुगेकी दुर्गादेवीको पुकार कहीँबाट सुनिएन। साउन ११ गते बिहान निर्मलाको शव उखुबारीमा भेटियो। उल्टाखामवासीले लामो समयदेखि गाउँमा अस्थायी प्रहरी बिट स्थापनाका लागि माग गर्दैआएका थिए। निर्मलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा स्थानीयवासीले अवरोध पु¥याए। गाउँलेले निर्मलाका हत्यारामाथि कारबाहीको माग गर्नाका साथ सुरक्षाको प्रत्याभूत गराउन पनि अपिल गरे।

चौकी स्थापनाका लागि केन्द्रमा लिखित पत्र पठाउँछु भन्दै प्रहरी पन्छिन खोजेको निर्मलाका आमा दुर्गादेवीको भनाइ छ। ‘सुरक्षाका लागि पहिले पनि गाउँलेहरुले पहल गर्दै आएका थिए,” उनले भनिन् ‘निर्मलाको घटनामा पनि त्यो स्वर गुञ्जियो तर सुनिएको छैन।’ उक्त घटनालाई सामान्य रुपमा लिइँदा आन्दोलन भड्कियो। भीमदत्तनगरमा दिनहुँ प्रर्दशनहरु भए।

आन्दोलनले उग्र रुप लिँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परे। निर्मला घटनाका तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक एकिन्द्र खड्का र तत्कालीन प्रवक्ता एवं प्रहरी नायब उपरीक्षकसहित ६ जना प्रहरी कर्मचारी पनि ढिलो गरी निलम्बनमा परे।

जिल्लामा नयाँ नेतृत्व आयो। जिल्ला प्रशासनको जिम्मेवारी लिएर प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुखको जिम्मेवारी लिएर प्रहरी उपरीक्षक कुबेर कडायत कञ्चनपुर आए। आन्दोलनले उग्र रुप लिन पुग्दा भीमदत्तनगरपालिका–१८ का सनी खुना शहीद बने।

गृह मन्त्रालयको उच्चस्तरीय छानबिन समिति, प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोलीले भिन्नभिन्न ढङ्गबाट अनुसन्धान गरिरहेका छन्।

घटनाको अनुसन्धान एवं समन्वयकर्ता भन्दै प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दलाई प्रहरीको केन्द्रीय कार्यालयले कञ्चनपुर पठाएको छ भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा अनुसन्धान अधिकृत भएर अनुसन्धान गरिरहेका छन्।

‘धेरै विज्ञसहितको टोलीहरुले अनेक कोणबाट निर्मला हत्या प्रकरणको सघन अनुसन्धान गर्दैछन्,’ जिप्रका कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले भने।

आन्दोलन र अनुसन्धान भइरहँदा पनि बलात्कार 

निर्मला प्रकरणले कञ्चनपुर अशान्त भइरहँदा पनि कञ्चनपुरमा बलात्कारका घटनाहरु दोहोरिरहे। निषेधाज्ञा जारी गरिएकै बेला साउन १९ गते भीमदत्तनगरपालिका–१० का ४० वर्षीय लक्ष्मीराम कोलीले पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरे। बालिकामाथि बलात्कारको प्रयास गर्दै गर्दा गाउँलेले थाहा पाएपछि पक्राउ परेका कोली पनि कारबाहीको दायरामा रहेको जिप्रका कञ्चनपुरले जनाएको छ।

त्यसैगरी, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई गाउँकै केही युवकले सामूहिक बलात्कारको प्रयास गरे। गाउँको नहर छेउमा मध्यरात स्थानीयवासी जनक खड्का र भानसिंह विष्टसहितको उक्त समूहले किशोरीलाई जबरजस्ती बलात्कार प्रयास गरेको थियो। उक्त घटनामा खड्का र विष्ट पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्। उनीहरुको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ।

गत भदौं २६ गते महाकाली नगरपालिकाका–४ का ४० वर्षीय आइते सुनारले सोही नगरपालिकाका १० वर्षीया बालिकालाई धानबारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको प्रहरीको अभिलेख छ। यो घटनामाथि अनुसन्धान भइरहेको छ।

यहाँको वेदकोट नगरपालिका–१० मा पनि साउन महिनामै ५३ वर्षीय ध्वजराम कामीले झारफुक गर्ने बहानामा ५१ वर्षीया महिलाई बलात्कार प्रयास गरेको थियो। घटना लगत्तै पक्राउ परेका कामी पनि प्रहरी अनुसन्धानमा छन्। जिप्रका कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–७ परासनका ३० वर्षीय नरेश राना पनि बलात्कार आरोपमा पक्राउ परेका छन्। भैंसी चराउन गएकी ३९ वर्षीया महिलालाई उखुबारीमा लगेर रानाले बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ।

त्यसैगरी, गत भदौको तेस्रो साता बेल्डाँडी गाउँपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पनि ६ वर्षीया बालिकामाथि बलात्कार आरोपमा पक्राउ परेको जिप्रकाले जनाएको छ। अभियुक्त विष्टले नाबालकलाई ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको बताइएको छ।

बलात्कार/जबरजस्ती करणीका घटनाहरु बढिरहेकै बेला गत बिहीबार कृष्णपुर नगरपालिकामा विद्यालयमै ७ वर्षीया बालिकालाई १० वर्षीय बालकले बलात्कार प्रयास गरे। बालक प्रहरी निगरानीमा रहेको जि प्रका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए।

कञ्चनपुरमा गत वर्ष बलात्कार र जबरजस्ती करणीका ३३ मुद्दा प्रहरीमा आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७४/७५ मा जबरजस्ती करणीमा १८ र जबरजस्ती करणी उद्योगमा १५ वटा मुद्दा दर्ता भएका थिए। ‘पहिले १६ वर्षभन्दामाथि उमेर समूहकालाई बलात्कार गरेका घटनाहरु बढी थिए,’ जिप्रका कञ्चनपुर स्रोतले भन्यो– ‘अहिले किशोरी र बालिकामाथि यसप्रकारका जघन्य अपराधहरु घट्दै गएको देखिन्छ।’

लागुपदार्थको दुव्र्यसन, कानूनबारेको अनभिज्ञता, अशिक्षा लगायतका कारण महिलामाथिका हिंसाका घटनाहरु बढिरहेको विज्ञहरु बताउँछन्।

नैतिक शिक्षा आवश्यक 

कञ्चनपुरका समाजसेवी लीलाध्वज बस्नेत जिल्लामा बलात्कारलगायत महिलामाथि भइरहेका हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्छन् र नैतिक शिक्षाको आवश्यकता औँल्याउँछन्।

“नैतिकवान्, आदर्शवान् र सचेत नागरिकका लागि घर र परिवारबाटै नैतिक शिक्षा बालबालिकालाई दिनु आवश्यक छ,” समाजसेवी बस्नेत भने, ‘राजनीतिज्ञदेखि सबै तह तप्काबाट पनि नैतिक शिक्षाका लागि जोडदार पहल हुन आवश्यक छ।’

युवा पुस्ता सामाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोगले पनि युवा पुस्ता बिग्रिरहेको उनको आकलन छ। ‘बाल यौनका कुरा मिडियाबाट पनि अनावश्यक रुपमा उछालिँदा गलत सन्देश गइरहेको देख्दैछु,’ उनले भने।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले अझै गाउँबस्तीमा बलात्कारका घटनाहरु पैसामा मोलमोलाई गरेर मिलाउने गरिएको बताइन्।

‘ग्रामीणस्तरसम्म बलात्कारलगायतका अपराध गरे कानूनी रुपमा यस्तो कारबाही हुन्छ भनेर जनचेतना फैलाउनु प¥यो,’ संयोजक भट्टले भने ‘चेतनास्तर माथि उकास्ने खालका प्याकेज लागू गर्नुपर्ने देखिन्छ ।’ नैतिक शिक्षा दिन स्थानीय तह र प्रदेश सरकारले पनि नयाँ योजनाहरु ल्याउनुपर्ने उनको सुझाव छ।

वेदकोट नगरपालिकाका उपप्रमुख सुशीला सिंह बलात्कार, बालविवाह, महिलाविरुद्धका हिंसाका घटनाहरु हुन नदिन अभिभावकको निगरानी धेरै नै महत्वपूर्ण हुने बताउछिन्।

निर्मला हत्याका ६० दिनः अनुसन्धानको प्रगति ‘शून्य’


                                                  ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६० दिन बितिसक्दा पनि अनुसन्धानको प्रगति भने शून्यमै रहेको छ।

भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा उनको शव फेला पारेका थिए।

साथीको घरमा होमवर्क गर्न भनेर गएकी बालिकाको बलात्कारपछि हत्या भएको दुई महिना बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन।

‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन,’ कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले भने, ‘गहन ढंगले अनुसन्धान भइरहेको छ, तर अपराधी को हुन भन्ने स्पष्ट भइसकेको छैन।’ उनले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरे।

एसपी कुबेर कडायत

एसपी कुबेर कडायत

अनुसन्धानमा कञ्चनपुर प्रहरीलाई प्रहरी प्रधान कार्यालयले बनाएको अनुसन्धान टोली पनि सघाइरहेको छ। गत भदौँ ३१ गते नेपाल प्रहरीले घटनाको विषयमा छानविन गर्न डीआइजी धिरु बस्नेतको संयोजकत्वमा समिति पुनगर्ठन गरि पुनः अनुसन्धानका लागि कञ्चनपुर पठाएको छ। तर, उक्त टोलीले पनि अहिलेसम्म ठोस प्रमाण जुटाउन सकेको छैन। यसरी हेर्दा प्रहरीको अनसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन्। प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ।

सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको पछिल्ला अनुसन्धान टोलीको निष्कर्ष छ। निर्मला हत्याकाण्डमा प्रहरी प्रशासन निकै आलोचित भयो। अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउनमा खोजेको आरोपमा फस्यो। प्रहरी इतिहास मै पहिलो पटक सिआईबी पनि अनुसन्धानमा चुकेको छ। यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ।

प्रहरीले नै प्रमाण नष्ट बनाएको भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असईलाई निलम्बन गरेको थियो। निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ।

छोरीको न्यायका लागि जिल्लामा मात्रै नभएर काठमाडौँसम्म पुगेका निर्मलाका आमाबाबु सरकारको रवैया र प्रहरी तथा अनुसन्धान टोलीको अनुसन्धानको गति हेर्दा न्याय पाउँने आशा मर्दै गएको बताउँछन्।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा देशैभर उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भइरहेको छ। हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको हो। मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो।

स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउनका लागि लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन गोलीसमेत चलायो। प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु प¥यो ।

घटना घटेको दुर्ई महिनाको अवधिमा कञ्चनपुर लगायत देशैभरि बिभिन्न घटना भए।

निर्मला हत्यापछिका घटनाक्रम यहाँ प्रस्तुत गरिएको छः

यस्तो निर्मला हत्याकाण्डपछिका ६० दिनको घटनाक्रम

साउन १०
— बिहान १० बजे गृहकार्य गर्छु भनि साथी रोशनी बमको घर गएकी र त्यहीबाट बेपत्ता भएकी।
— निर्मलाकी आमा दुर्गादेवीद्वारा प्रहरीमा छोरी हराएको जानकारी।

साउन ११
— निर्मलाको शव भीमदत्त नगरपालिका १९ स्थित उखुबारीमा भेटिएको।

साउन १२
— हत्याको बिरोधमा महेन्द्रनगरमा प्रदर्शन शुरुः वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै दिनदिनै प्रदर्शन।

साउन १४
— निर्मला पन्तको अन्त्यष्टि।

भदौ ४

— मुख्य अभियुक्त भनेर मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह बिष्ट पक्राउ।
— न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना।

भदौँ ६
—महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जन घाइते।
— प्रहरीद्वारा १० सेल अश्रुग्यास प्रहार।

भदौ ७
—आन्दोलनका क्रममा दुई प्रहरी र ६ आन्दोलनकारी घाइते। प्रहरीद्वारा आन्दोलनकारीमाथि गोली र अश्रुग्यास प्रहार।
— कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन।
— सिडियो कुमार खड्का र एसपी डिल्लीराज बिष्टलाई विभागमा फिर्ता बोलाई उनीहरुको स्थानमा क्रमशः तीर्थ अधिकारी र कुवेर कडायत खटाइए।

— आन्दोलनका क्रममा घाइते भएका सम्पूर्णको खर्च सरकारले ब्योहोर्ने घोषणा।

 

भदौ ८
— गृह मन्त्रालयले बनाएको छानबिन टोली महेन्द्रनगर पुगी काम शुरु।
— प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी कञ्चनपुरमा हाजिर।
— आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि सन्नी खुनाको मृत्यु।
— महेन्द्रनगर आसपासका क्षेत्रमा कफ्र्यु लगाउन शुरु।
— घाइते आन्दोलनकारीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा त्रिवि शिक्षण अस्पतालमा।

भदौ ९
— सोधपुछका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बम प्रहरी नियन्त्रणमा।
— सन्नी खुनाको अन्त्यष्टि।
— निर्मला पन्त र सन्नी खुनाको परिवारलाई राहतस्वरुप १०÷१० लाख दिने सरकारको घोषणा ।
— प्रहरीले चलाएको गोली लागेर घाइते भएका सुरेश प्रकाश चटौत र उमेश देउवालाई कोहलपुर रेफर।
— न्यायका लागि काठमाडाँैमा प्रदर्शन।
— एसपी डिल्लीराज बिष्ट निलम्वित।
— डिएसपी ज्ञानबहादुर सेटी र प्रहरी उपरिक्षक एकेन्द्र खड्का प्रहरी मुख्यालयमा फिर्ता।

भदौ १०
— बिहान १० बजेदेखि महेन्द्रनगरमा कफ्र्यु जारी।

भदौ ११
— बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म फेरी कफ्र्यु जारी।
— सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्रीको अपराधी पत्ता लगाउने प्रतिवद्धता।
— ‘निर्मलाका निम्ति न्याय’का लागि काठमाडौँको माइतीघरमा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी।

भदौँ १२
— डिएसपी कृष्णराज ओझाको नेतृत्व छानबिन समिति गठन ।
— महेन्द्रनगरमा पुनः कर्फ्यु आदेस जारी ।
— दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडाँै लगियो।

भदौ १५
— निर्मलाका सहपाठीद्वारा वास्तविक हतयाराको पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई खुला पत्र।
— खानेपानी मन्त्री बिना मगरद्वारा निर्मला र आन्दोलनमा मृत्यु भएका सन्नीका घर–परिवारसँग भेट।

भदौ २१
— प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा।
— अनुसन्धानमा व्यापक त्रुटी भएको मानव अधिकार आयोगको निष्कर्ष।
— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा निर्मलाको शव पोष्टमार्टमपछि अन्तिम दाहसंस्कारका लागि घाट लैजाने क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरको आँगनमा राखिएको, उच्चस्तरीय छानविन समितिलाई अनुसन्धानमा बाधा पुर्याएको लगायतका झुटो कुराहरु बोलेको भन्दै सर्वत्र बिरोध।

भदौ २२
— महानिरीक्षक खनालद्वारा घटनाको अनुसन्धान प्रक्रियामा प्रहरीको कमजोरी भएको स्वीकार।

भदौ २४
— दिलिपसिंह विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप।

भदौ २५
— हरिप्रसाल मैनाली नेतृत्वको उच्च स्तरीय छानविन टोलीका सदस्य वीरेन्द्रबहादुर केसीले सुरक्षाको कारण देखाउँदै समितिबाट राजीनामा।

भदौ २६
— दिलिपसिंह बिष्टको डिएनए म्याच नखाएपछि रिहाइ
— बम दिदिबहिनी पनि साधारण तारिखमा छुटे।

भदौ २७
— निर्मलाका आमाबुबा न्यायको लागि काठमाडौँ गए।
— उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका केसी पुनः समिति मै फिर्ता ।
— झुटो’अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारबाहीको तयारी।
— न्यायको माग गर्दै महेन्द्रनगरमा आमा समूह फेरि आन्दोलित, कालो साडी लगाएर कालो तीज ।
भदौँ २८
— निर्मलाका आमाबुबा र अधिकारकर्मीको पत्रकार सम्मेलन।
— नेपाली कांग्रेसद्धारा वास्तविक हत्यारा पक्राउको माग गर्दै संसद बैठक अवरुद्ध।
— निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु।
— न्याय माग्दै थाली, चम्चा, मोटर साइकल, अटो र साइकलको हर्न बजाएर महेन्द्रनगरमा प्रदर्शन।

भदौ २९
— सदनमा सांसदद्वारा सरकारको आलोचना।
— निर्मला हत्याकाण्डको अनुसन्धान अन्तिम चरणमा रहेको गृहमन्त्री थापाद्वारा सदनलाई जानकारी।

भदौ ३०
—डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का,र प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्वन।
— निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन।
— नेवि संघद्वारा महेन्द्रनगरमा प्रदर्शन र कञ्चनपुर बन्द।

भदौ ३१

— डीआइजी धिरु बस्नेतको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन।
— निर्मलाका लागि न्याय माग्दै झलारी, धनगढीसहित बैतडीमा पनि प्रर्दशन।
— झलारीमा देउडा खेल खेल्दै वास्तविक हत्यारा सार्वजनिकको माग।

असोज १
— निर्मलाका आमाबुबाद्वारा प्रधानमन्त्रीसँग भेट ।
— हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रधानमन्त्रीको आश्वासन।

असोज २
— पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटायो।
— निर्मलाका आमाबुवा काठमाडाँैबाट कञ्चनपुर फिर्ता।
— नेपाली काँग्रेस कञ्चनपुरद्वारा निर्मलाको हत्यारालाई छिटो कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने मागका साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र।

असोज ३
— संविधान दिवसका अवसरमा देशभर बिभिन्न कार्यक्रम गरिए पनि कञ्चनपुरमा भने निर्मलाको न्यायको लागि बिभिन्न छलफल, सडक नाटक गरिए।

असोज ७
— नेपाल महिला संघद्धारा कञ्चनपुर लगायत ७७ वटै जिल्लामा प्रदर्शन तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र।

 

आज ईन्द्रजात्रा मनाईदै, यसको लोकमान्यता एवं धार्मिक विश्वाश,

८ असोज २०७५, सोमबार – प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ भने यो पर्वले नेपालको ऐतिहासिक पृष्ठभुमि पनि ओगटेको छ। खासगरी वर्षा र सहकालका देवताको रुपमा  देवराज इन्द्रको पूजा–आराधना गरी  इन्द्रजात्रा पर्व मनाउने चलन रहेको छ।

ईन्द्रजात्रा सँग जोडिएको छुट्टै कथाहरु पनि सुन्न पाईन्छ भने नेपालको ईतिहासमा महत्त्वपूर्ण घटनाको दिनको रुपमा पनि लिईएको छ। नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले किर्तिपुर माथी विजय हासिल गर्ने क्रममा ईन्द्रजात्राको अवसरको प्रसङ्ग पनि आउने गर्छ।   स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालार्इ वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको फूल र कर्कलो चोर्न मानव रूप धारणगरी काठमाडौं शहरमा आएर बगैंचाको मालीलार्इ सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढालेपछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोककथन पनि पाईन्छ। र आज पनि काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

यसरी आफ्नो खातिर काठमाडौंवासीले बन्धनमा पारेका छोरा इन्द्रलार्इ त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठ्माण्डौ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरेकि थिईन् र स्थानीय राजी भई ईन्द्रलाई स्वर्ग फिर्ता पठाएका थिए भन्ने किंवदन्ती सुन्नमा पाईन्छ यहि प्रशङ्गसँग जोडिएर यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने विश्वास  पनि जनजिब्रोमा जीवितै छ। यसैगरी  इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना गर्नु र उल्लासपूर्ण माहौलमा रथयात्राको आयोजन गर्नु हो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहिआएको छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। उक्त लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।यसैगरी  शत्रुको रूपमा राजा ईन्द्र  पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त हुने विश्वास पनि जनमानसमा रहि आएको छ।

यसअघि तान्त्रिक विधिद्वारा बोकालाई पूजा गरी काभ्रेको नालास्थित जंगलमा  छोडिन्छ र उक्त बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। रूख काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउनका लागी पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। लिङ्गोमा विभिन्न चिह्न अङ्कित ध्वजा पताकाहरू सजाएर राखिएको हुन्छ। लिंगोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चना गर्ने गरीन्छ ।

मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ भने यसअघि  राजतन्त्र रहुञ्जेल राजाबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने  परम्परा रहेको थियो र यहि परम्परा आज पनि राष्ट्रपति द्वारा निरन्तरता दिईएको छ। इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्ग ठडाएपछी  आश्विन कृष्ण चौथीका दिनमा  ‘इन्द्रध्वज पातन’ गर्ने  विधान पनि रहेको छ। यतिमात्र नभई ज्योतिषीय सहयोग लिई चन्द्रमाको नक्षत्रको आधारमा शुभ समय हेरि पातन अर्थात लडाउने गरिन्छ। खासगरी आकाशमा चन्द्रमा भरणी नक्षत्रमा हुँदाको रातमा लिङ्ग ढ्लाउने शास्त्रीय मान्यता पनि छ जसलाई शास्त्रानुसार, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको पनि पाईन्छ। यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।

यसैगरी भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ भगवान् विष्णु को पूजा आराधना पनि गरिन्छ। यसैले यस दिनलाई अनन्त चतुर्दशीको  नामले मानिने गरिन्छ र  चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास रहिआएको छ।

मुद्दा हारेपछि गंगामायाका छोरा नुरप्रसादद्वारा इजलास अधिकृतमाथि कुर्सी प्रहार


आमा गंगामायासँग नुरप्रसाद।

आमा गंगामायासँग नुरप्रसाद,

अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन्।

आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले अाइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।

उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीकाे घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै अाएका थिए। ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन अाएका थिए। तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन्।

‘मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले नेपालखबरसँग भने, ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो।’

उनकाे आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ। यदि कुर्सीले लागेको भए बस्नेत गम्भीर घाइते हुने अवस्था रहेको रजिष्ट्रार दाहालले बताए। संयोगवश उनले कुर्सी छल्न भ्याएकाले ठूलो दुर्घटना हुनबबाट बचेको हाे।

साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन्। ‘ऊ जहिले ठूला कुरा मात्र गरिरहन्थ्यो,’ दाहालले भने, ‘सायद उसले जिम्मा लिएको मुद्दामा केही आश्वासन दिएकाे हुँदो हो, त्यो पूरा नभएपछि आक्रमणमा उत्रियो।’

घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। अहिले उनीहरु जावलाखेल प्रहरीकाे नियन्त्रणमा छन्।

 

माअाेवादी विद्राेहका बेला मारिएका गाेरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै अामा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ।

प्रकाशित ८ असोज २०७५, सोमबार |

ओलीले न्यूयोर्कमा कुन कुन देशका राष्ट्रपति र प्रधानमन्त्री भेट्दैछन्?


न्यूयोर्क प्रस्थान गर्नुअघि ६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रम ओली

न्यूयोर्क प्रस्थान गर्नुअघि ६ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रम ओली

 असोज ८ – संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने भएका छन्।

राष्ट्रसंघ महासभामा भेट हुनेबाहेक भियतनामका प्रधानमन्त्री हुन सेन, क्यानाडाका प्रधानमन्त्री जस्टिन थ्रडेउ, बेलायतकी प्रधानमन्त्री थेरेसा मे र स्वीट्जरल्याण्डका राष्ट्रपति अलेन बर्सेटसँग भेटवार्ता गर्नेछन्।

त्यसबाहेक ओलीले संयुक्त राष्ट्रसंघको महासभा उद्घाटनकै दिन बुधबार (९ असोज) मा राष्ट्रसंघका महासचिव न्टोनियो गुटेरेस र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन्।

महासचिव गुटरेससँग महासभाकै क्रममा ११ असोजमा भेटघाट हुन लागेको हो भने राष्ट्रपति ट्रम्पसँग भोलि साँझ उनले आयोजना गर्ने रात्रिभोजका क्रममा भेट हुन लागेको हो।

नेपाली प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल सरकारका अन्य बरिष्ठ अधिकारी छन्। लगायत छन्।

न्यूयोर्कस्थित नेपालको राष्ट्रसंघीय स्थायी नियोगले जनाए अनुसार, न्यूयोर्क पुगेको प्रतिनिधि मण्डललाई वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्की र न्यूयोर्कस्थित नेपाली नियोग उपप्रमुख निर्मलराज काफ्लेले स्वागत गरेका थिए।

भोलि (९ असोज) देखि सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले ११ असोजमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

भोलि नै प्रधानमन्त्री ओली स्व नेल्सन मण्डेलाको १०० औँ जन्मदिनको स्मृतिमा हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रमपनि छ। भोलि बेलुकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने रात्रिभोजमा पनि ओली सहभागी हुनेछन्।

सर्पको टोकाईबाट दिदि भाईको मृत्यु

दुखद खबर तिलोत्तमामा सर्पको टोकाईबाट दिदि भाईको मृत्यु ।

रुपन्देहीको तिलोत्तमा सर्पको टोकाईबाट एकै घरका दिदि भाईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा ६ गणेशपुरका सुस्मिता सुबेदी र सौगात सुबेदी रहेका छन । राति घरमै सुतिरहेको अवस्थामा उनिहरुलाई सर्पले टोकेको थियो । दुबैजनालाई हिजो बिहान गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो । मृतक दिदिभाई शान्ति नमुना मा.विमा अध्यनरत बिद्यार्थी हुन । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत बिद्यार्थी रहेको बिद्यालयका शिक्षक कृष्ण के.सीले जानकारी दिनुभयो ।

दुबै सन्तानको निधनपछि परिवारमा गहिरो शोक परेको छ ।

गोली लागेर नेपाली चेलीको मृत्‍यु

वाशिङ्टन / अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार बिहान ब्रेकफाष्टको समय थियो । क्याफेटेरियामा एउटी महिलाले अचानक बन्दुक चलाउन सुरु गरिन् । भागदौड सुरु भएको थियो । सबै जना भागे वृन्दा आफू पनि भागिन् । त्यसपछि के भयो थाहा छैन । तर बाहिर सुनेको अनुसार -‘भागदौडमा एउटा साथीको जुत्ता फुत्कियो । वृन्दाले त्यो जुत्ता टिप्न खोजिन्, दुर्भाग्य गोली लाग्यो र ढलिन् ।’

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिनुभयो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए ।सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आउनुभएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थाल्नुभएको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिनुहुँदै अमेरिकाको मूलधारको राजनीतिमा लाग्नुभएका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको राससलाई जानकारी दिनुभयो । पर्वतमा जन्मनुभएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आउनुभएको छ ।

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक : नयाँ भाडादर सूची सहित

काठमाडौं । सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक भएको छ । सरकारले शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको थियो । भाडा बढाउन सहमति भपछि सरकारले अजा आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका र अन्य क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ नयाँ भाडादरमा कायम गरिएको छ । नयाँ भाडादर सूची

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ ।

दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए ।

निर्मला हत्याको छानबिन प्रतिवेदन भयाे तयार

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण पर्सीमात्र बुझाउने समितिको तयारी छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

समितिका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताए । ‘प्रतिवेदन तयार भयो । यसमा म सन्तुष्ट छु’ उनले भने, ‘हामीले जे देखेको छौं, त्यही प्रतिवेदनमा लेखेका छौं ।’ प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका केसीले समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए । तर पछि फेरि राजीनामा फिर्ता लिएका थिए ।

प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । प्रहरीले छानबिनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका छानबिन समिति बनेको थियो ।

बाघको संंख्या दोब्बर गर्ने नेपाल बिश्वको पहिलो राष्ट्र

नेपालले बाघको सख्या झण्डै दोब्बर गर्न सफल भएको छ । पछिल्ले तथ्याङ्गक अनुसार बाघको सख्या दोब्बर गर्ने नेपाल बिश्वकै पहिलो राष्ट्र बनको हो । सन २००९ को गणनामा नेपालमा १२१ मात्र बाघ रहेकोको सन २०१८ आए बाघको सख्या बढेर २३५ पुगेको हो । नेपालले सन २०२२ सम्म बाघको सख्या दोब्बर गर्ने लक्ष्य राखेको थियो । जगंली जनाबरका क्षेत्रमा काम गर्ने वल्ड वाइल्डलाइफ भण्डले दिएको तथ्याङ्ले नेपाल बाघका लागी सुरक्षित र उपयुतm क्षेत्र मानिएको छ ।

पाटे बाघको संरक्षणमा सरकारले छुट्टै कार्यक्रम कार्यान्वयनमा ल्याएपछि दुर्लभ मानिएको बंगाल टाइगरको संख्या हालकोभन्दा दोब्बर हुने बलियो आधार बनेको हो । सन् २०१० को बाघको गणना अनुसार नेपालमा बाघको संख्या १२१ मात्र थियो । यो संख्या आगामी सन् २०२२ मा दोब्बर हुने दावी सरकारी अधिकारीको रहेको छ । संसारमा पाइने आठ प्रजातिका बाघमध्ये दुई प्रजातिका लोप भइसकेका छन् भने छ प्रजातिका बाघ मात्र हाल अस्तित्वमा रहेका छन् । तीमध्ये नेपालमा एक प्रकारको बाघ बंगाल टाइगर नामको बाघ प्रजाति मात्र पाइने गरेको छ ।

विभागका संरक्षण अधिकृत शेरसिंह ठगुन्नाका अनुसार बंगाल टाइगरका लागि नेपालको तराई क्षेत्र उचित बासस्थान मानिन्छ । विशेष गरी पर्सादेखि कञ्चनपुरसम्मको तराईका जंगलमा यो बाघ पाइने गरेको छ । संरक्षण अधिकृत ठगुन्नाले भन्नुभयो, बाघको संख्या बढाउनैका लागि सरकारले बाँकेमा राष्ट्रिय निकुञ्ज घोषणा गरेको हो । चितवनदेखि बर्दियाको बीचमा संरक्षित क्षेत्र नभएको तर बाघको विचरण गर्ने क्षेत्र भएकाले बांकेमा राष्ट्रिय निकुञ्ज स्थापना भएपछि हाल सो निकुञ्जमा पनि बाघ देखिन थालेका छन् ।

विभागका महानिर्देशक टीकाराम अधिकारी भन्नुहुन्छ— बाघको संरक्षणका लागि सुरक्षा निकाय, विभाग अन्तर्गतका सबै निकाय, भन्सार, सञ्चारजगत लगायतका सबै सरोकारवाला निकायको सक्रीय सहभागिता रहंदै आएकाले पनि बाघको संख्या दोब्बर पुर्याउने अभियानमा हामी सफल हुने देखिएका छौं । सरकारले विगत तीन वर्षदेखि बाघ संरक्षण कार्यक्रम भनेर छट्टै कार्यक्रम सञ्चालन हुंदै आएको छ । सो कार्यक्रमका लागि पर्याप्त बजेटको व्यवस्थापन, जनशक्तिको आपूर्ति, आवश्यक तालिम तथा उपकरणको सहयोग हुंदै आएको छ । विभागका अनुसार यो कार्यक्रमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष लगायतका संस्थाहरुको पनि आर्थिक तथा प्राविधिक सहयोग रहंदै आएको छ । जिरो पोचिड्ग अभियानले गैंडाको चोरी शिकार नियन्त्रण ल्यायो ।
नेपालका पछिल्ला वर्षमा बाघको चोरी शिकार घटेको अनुमान गरिएको छ । तिब्बततिर पठाउनका लागि नेपालका तातोपानी, अपि नाम्पाको टिंकर, हुम्ला तथा लामटाँगको टिमुरे हुंँदै केरुड नाकामा बढीजसो बाघको छाला, दांत, हड्डी, जुंगा, पञ्जा, नड्ग्रा लगायतका अंगहरु फेला पर्ने गरेका छन् । भारतबाट आउने गरेको यस्ता बाघका अंगहरुको व्यापारिक थलो तिब्बत भएको मानिन्छ ।

माेदी फेरी नेपाल अाउदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपालको भ्रमण गर्ने भएका छन् । नोभेम्बरको अन्तिम साता उनको भ्रमण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।बिमस्टेक सम्मेलनमा सहभागि भएर भारत पर्केका उनले पुनः चौथो नेपाल भ्रमण गर्न लागेको बताइएको छ ।

नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री मोदीले यसपटक लुम्बिनीको भ्रमण गर्ने निश्चित भएको छ । पहिलोपटक भ्रमण गर्दा देखिनै लुम्बनी भ्रमण गर्ने तय भएपनि प्रधानमन्त्री मोदी विभिन्न कारणले त्यहाँ पुग्न सकिरहेको थिएनन् ।यसपटक लुम्बिनी भ्रमणलाई विशेष प्राथमिकतामा राखेर भ्रमणमा आउन लागेको बताइएको छ ।

उनी बैशाखमा नेपाल भ्रमणमा आउँदा जसरी जनकपुर भ्रमणलाई विशेष प्राथमिकतामा राखेका थिए, त्यसरीनै यसपटक लुम्बनी भ्रमणलाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।त्यसबाहेक अन्य उच्चस्तरीय भेटघाट हुने बताइएको छ । यद्यपि, अहिले भ्रमणको मिति र कार्यक्रम तय नभएको उक्त स्रोतको दावी छ ।

श्रीमती लिएर गयो बा-आमा छोडेर गयो ,  उसले सुनको चक्करमा हिरा छोडेर गयो –  नकुल पौडेल

गजल एक
यहाँ कसैले कसैलाई प्रेम गर्ने फुर्सत छैन
छ त केवल स्वार्थ छ, घृणा छ मोहब्बत छैन l

एउटाले जीवन फुल हो भन्यो अर्कोले काँडा
दुबैको परिभाषा फरक छ तर गलत छैन l

मैन कसरी आफू जलेर अरुलाई प्रकाश दिन्छ
त्यो ज्ञान त सबैमा छ मात्र आदत छैन l

‘छोरी एक्लै बजार गएर फर्केको’ कथा पढेँ
कथा त राम्रो छ के गर्नु हकीकत छैन l

म तिम्रो लागि ताजमहल बनाउन सक्दिन प्रिय
म संग मजदुरको हात काट्ने हिम्मत  छैन l

गजल दुई
जीन्दगानी सधैँ एकनास कहाँ हुन्छ र ?
जता चाह्यो उतै बतास कहाँ हुन्छ र ?

बिहे गरे देखी हो उ झन् बिग्रिएको
हरेक मान्छे कालिदास कहाँ हुन्छ र ?

बगौँचामा पनि फुल्न सकेन एउटा फुल
सबै फुल लालीगुराँस कहाँ हुन्छ र ?

पहिला आफ्नै देश फर्कौँ अनि बाझो फोरौँ
राता रात देशको विकास कहाँ हुन्छ र ?

कहिलेकाहीँ होसमा पनि लेख्ने गर्छु गजल
सधैँ भरी छेउमा गिलास कहाँ हुन्छ र ?

गजल तीन

श्रीमती लिएर गयो बा-आमा छोडेर गयो l
उसले सुनको चक्करमा हिरा छोडेर गयो l

जो बाचुन्जेल मरिरह्यो पैसा पैसा भनेर
मरेपछि उसले पनि पैसा छोडेर गयो l

बेपत्ता भाइ सम्झेर आमा अझै रुनुहुन्छ
युद्धले नमिठो सम्झना एउटा छोडेर गयो l

गाउँमा मोटर आएको हल्ला सुनेछ बाहिर
छोराले थालमा पस्केको खाना छोडेर गयो l

हिजो जुन चिठ्ठी मैले तिमीलाई पठाएथे
त्यही चिठ्ठी घरमा कबाडिवाला छोडेर गयो l

नकुल पौडेल
रुपन्देही

संविधान दिवसको विरोधमा लेखिएको समाचार शेयर गर्दा जागिर चट

 असोज ३ गते संविधान दिवसको दिन संविधानको विरोधमा मधेसवादी दलले गरेको विरोध कार्यक्रम सम्बन्धी समाचारको लिंक सामाजिक सञ्जालमा शेयर गर्ने एक कर्मचारीको जागिर गएको छ।

जिल्ला अदालत धनुषामा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत कर्मचारी गुञ्जनकुमारी रायलाई संविधान दिवसको विरोधमा भएका कार्यक्रम बारे विभिन्न वेवसाइटमा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा शेयर गरेको कारण जागिरबाट निकालिएको हो।

रायले आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरेर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गुहार गरेकी छिन्। असोज ३ गते आफूले कम्तीमा चारदेखि पाँचवटा समाचार शेयर गरेको भएपनि ति समाचारप्रति आफ्नो विचार नराखेको रायले बताइन्।

असोज ४ गते अदालतका श्रेष्तेदार राधाकान्त झाले आफूलाई बोलाएर मौखिक रुपमा स्पष्टीकरण सोधेको र यस प्रकार संविधानका विरुद्धमा भएका क्रियाकलापको समाचार शेयर गरेर विरोधलाई समर्थन गरेको भन्दै कारबाही पर्न सक्ने बताएका थिए।

चढ़ने हैन त रेल ? तैयार भयो रेल मार्ग

भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म मंसीरदेखि रेल सञ्चालनको तयारी गरेपनि आफ्नै रेल सञ्चालन गर्ने वा भारतीय रेल भाडामा लिने भन्ने विषयमा नेपाल सरकारले अझै निर्णय गर्न सकेको छैन।

जनकपुर-जयनगरसम्मको ३५ किलोमिटर रेल मार्ग निर्माणाधीन अवस्थामा छ। आगामी कार्तिकसम्म रेलमार्ग निर्माण सम्पन्न भइसक्ने पक्काजस्तै भएपनि त्यहाँ सञ्चालन गरिने रेलबारे नेपाल सरकार अझै निर्णयमा पुग्न सकेको छैन।

नेपाल-भारत क्रस बोर्डर रेल सेवा सञ्चालनसम्बन्धी परियोजना स्टेररिङ कमिटी (पिएससी) को तीन महिनाअघि काठमाडौँमा भएको बैठकमा रेल भाडामा लिनेदिनेमा दुवै पक्ष सहमत भएका थिए।

त्यस्तै दुई महिनाअघि तत्कालिन रेल विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा एक टोली भारतमा रेल हेर्न गएको थियो। उक्त टोलीले जयनगर जनकपुरमा संचालन गरिने रेलको मोडलको बारेमा भारतको सरकारी पक्षसँग कुराकानी गरेको थियो।

भारत सरकारले नेपाललाई भाडामा १० डिब्बा हाराहारीको रेल दिन तयार भएको थियो। तर, नेपाली टोली नयाँ रेल नै किनेर संचालन गर्ने वा भाडामा लिनेबारे कुनै निर्णय नगरी फर्कियो।

नेपाली टोली फर्किएपछि अहिलेसम्म भारतीय पक्षसँग थप कुराकानी नभएको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेपालखबरलाई बताए।

‘नेपाली भूभागमा तयार भइरहेको रेलमार्गको अध्ययनमा नै हामी केन्द्रित छौँ’ शर्माले भने, ‘यस्तै खालको रेल ल्याउने भनेर निर्णय नभएकाले भारतीय पक्ष रेल भाडामा लिने कि नयाँ रेल किन्ने भन्ने विषयमा निर्णय हुन सकेको छैन।’

शर्माका भनाईमा, नेपाल आफैले रेल किनेर सञ्चालन गर्ने हो वा भाडामा ल्याएर सञ्चालन गर्ने हो, पहिले त्यो विषयमा निर्णय हुन आवस्यक छ।

‘के गर्ने भन्ने विषयमा हामीले निर्णय गरेपछि मात्रै भारतीय पक्षसँग कुरा गर्न सकिन्छ’ शर्माले भने, ‘भारत सरकारसँग पनि रेल छ, निजी कम्पनीहरुसँग पनि रेल छन्। कस्तो प्रयोग गर्ने भन्ने निर्णय भएपछि त्यस अनुसार रेल ल्याउन सकिन्छ।’

नेपाललाई रेल दिन सरकारी पक्षनै बढी उत्सुक रहेको जानकारहरु बताउँछन्। ‘भारतमा निजी कम्पनीका रेल सञ्चालनको क्रम बढेपछि सरकारी रेलहरु थन्किन थालेको छन्’ स्रोतले भन्यो, ‘त्यसैले पनि सरकारी पक्ष रेल दिन बढी अग्रसर देखिएको हो।’

उक्त मार्गमा रेल सञ्चालन गर्नका लागि नेपाल सरकारले २०६५/०६६ को बजेटमा ५० करोड रुपैयाँ बजेट छुट्याएको छ।

हाल जयनगरदेखि जनकपुरसम्म ३५ किलोमिटर रेलमार्गमा सञ्चालनको तयारी भइरहेको छ। यो रेलमार्गको निर्माण बर्दिबाससम्मको ६९ किलोमिटर लिक बिछ्याउने काम चाहिँ अहिले भइरहेको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा नै द्विपक्षीय सम्झौता भएको हो। सो सम्झौता अनुसार २०११ माघदेखि निर्माण कार्य थालनी भयो।

नेपालमा सुरु भएको रेल मार्ग ‘ब्रोडगेज’ प्रणालीको हो। निर्माण कार्यको ठेक्का भने भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा स्थानीय निर्माण कम्पनीले लिएको छ।

त्यसमध्ये नायक इन्फ्रास्ट्रक्चर प्रालि (असम, गुहाटी) लाई इनरुवा बोर्डरदेखि महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभेलको कामको ठेक्का दिइएको थियो।

सो कार्यका लागि भारतीय कम्पनीलाई ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको थियो।

आलुको बोरामा एक करोड १४ लाख भेटियो

कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन् । लम्कि चुहा नगरपालिका-१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो । से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए ।
उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए। डीएसपी सिंहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ पक्राउ गरिएको हो। पक्राउ परेका जैसी लम्किका व्यापारी हुन् ।

बुढी गण्डकी परियोजना  चिनियाँ कम्पनीलाई 

अन्तत बुढी गण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चिनिया गेजुवा कम्पनीले नै पाउने भएको छ।

सिँह दरवारस्थित उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उर्जामन्त्री बर्षमान पुनले यो कुरा बताएका हुन्।

पुष्पकमल दाहाल (प्रचण्ड) को प्रधानमन्त्रीत्वकालको अन्तिमताका यो योजना गेजुवालाई दिने सम्झौता भएको थियो।

तर, प्रचण्डपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारले सो सम्झौता खारेज गर्दै आफै बनाउने निर्णय गरेको थियो।

देउवा पछि बनेको नेकपा नेतृत्वको सरकारले पनि यो परियोजना आफै बनाउने निर्णय गरेपछि चिनिया पक्षले असन्तुष्टि जनाएको थियो।

त्यसपछि सरकारले बुढी गण्डकी परियोजना निर्माणको जिम्मा चिनिया गेजुवा कम्पनीलाई नै दिने निर्णय गरेको हो।