कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ। उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए ।

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।

बाजुरामा हिमपात

जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लोक्षत्र तिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अत्याधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासी वुद्धि बोगटीले बताउनुभएको छ । चिसोका कारण जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकालगायत सदरमुकाम मार्तडी र आसपासका स्थानीय बजार आङ्शिक बन्द छन् ।

हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको स्थानीयवासी प्रेम सार्कीले जानकारी दिनुभएको छ । चिसो छल्न बेसी झरेकालाई पनि दिनभर बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुसी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ ।

जन्ती चढेको जिप दुर्घटना, बेहुलाका आमा-बुवा सहित ६ जनाको मृत्यु

दाङ- दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र वस ठोक्किदा ६ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर उपचार भैरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् ।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलही लिएर अर्काे स्कारपियोमा दुलहा थिए । बुवाआमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुबै ‘पन्छी’ एकै स्थानमा

विष्णु खत्री / मंसिर २६ सैनामैना -प्रदेश नं ५ को सान अमित बराललाई खुलेर गरौ सम्मान,नेपालको सान लुम्बिनीको पहिचान,आउँदैछन् दुबै पंक्षी एकै स्थान भन्ने नारा मार्फत रुपन्देहीमा गायक पुष्पन प्रधान र नेपाल आईडलका अमित बराललाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यायमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपाल आईडल सिजन टु को टप फाईभमा पुग्न सफल मुर्गियाका अमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले गायक पुष्पन र अमित दाजुभाई बनेर सैनामैनामा आउँदा निकै खुसी लागेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले अमितले समग्र सैनामैनालाई विश्वसामु चिनाउन सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले अमित देशकै गहना भएको बताए । उनले अमित टप फाईभमा पुग्नु ठुलो उपलिब्ध ठानेको उल्लेख गर्दै उज्जवल भविष्यको कामना गरे ।

कार्यक्रममा पुष्पन र अमितले एकै साथ ‘पन्छी’ ‘बाबुको जुंगो’ ‘ठुल्दाजु’ ‘सुन साईली’ लगायतका गीतहरु प्रस्तुत गरे । ‘पन्छी’ गीतमा पुष्पन र अमितले एकै साथ गाउँदा फ्यान र शुभचिन्तकको घुँईचो नै लागेको थियो । अमितले सबैको अपार माँयाले नै आफु यहाँ सम्म आउन सफल भएको भन्दै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरे । बरालले सम्पुर्ण सैनामैनाबासी लगायत सबैप्रति आफु सधै ऋणि रहेको बताए ।

कार्यक्रममा पुष्पन प्रधानले भने – रुपन्देही बासीको चाहनाको सम्मान गर्दै र अमित आफ्नो जिवनमा विधाता बनेर आएकाले सैनामैनामा सँगै आएको हुँ । गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसा समेत गरे ।

कार्यक्रम अमित बरालका बुवा जिवन बरालको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,गायक पुष्पन प्रधान,नेपाल आईडलको टप ५ मा पुग्न सफल अमित बरालको विशिष्ठ आतिथ्यता,अमितका गुरु बिकाश बोलखे,नेपाल आईडलको टप नाईनमा पुग्न सफल सुर्खेतका सुबिन सिंह,नेकपा नगर संयोजक खुसीराम चौधरी,कांग्रेस नगरसभापति रामप्रसाद अधिकारी,लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सी,सुनगाभा पब्लिक विद्यालयका प्राचार्य तिलब के.सी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम विकाश बोलखेको धन्यवाद ज्ञापन तथा खिम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच प्रभात आवसीय बोडिङ स्कुलमा पुष्पन र अमितलाई एक साथ स्वागत एवम् सम्मान गरिएको छ । प्रभात आवसीय विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेका बराललाई विद्यालय परिवारले पुष्प गुच्छा सहित स्वागत गरेको हो । प्राचार्य अनन्तराम शर्माले अमितले सैनामैना गायन क्षेत्रमा पनि अब्बल रहेको कुरा साबित गरेको बताए । शर्माले प्रतिभाको कदर एवम् सम्मान सबैले गर्नुृपर्ने बताउँदै विद्यालय परिवार सदैव सहयोग गर्न तयार रहेको बताए ।

सोमबार दिउँसो भैरहवा एयरपोर्टबाट गृह जिल्ला ओर्लिएका अमित र गायक पुष्पनको स्वागत एवम् सम्मानका लागि विमानस्थलमै बाजागाजा सहितको टोली पुगेको थियो । बाजागाजा सँगैको टोलीलाई सैनामैनामा आमा समुह,क्लव,विद्यालय,सँघ संस्था तथा सैनामैनाबासीले अबिर पुष्प गुच्छा सहित स्वागत गरेका हुन् ।

चर्चामा कसरी आयो ? ‘पन्छी’ 

नेपाल आईडलको यात्रामा प्रतिस्पर्धा गरेका अमितले सबै दर्शकश्रोताको मन मनमा कसरी अट्न सकिएला भन्ने सोचिरहका थिए । उनले कुन गीतमा उत्कृष्ट प्रस्तुति प्रस्तुत गरी सबैको मन जित्न सक्छु होला ? यस्तै सोचिरहन्थे ।

यसैक्रममा उनले देश तथा विदेशमा रहने सम्पुर्ण नेपालीहरुको मन जित्न नेपालीहरुको यथार्थता सँग जोडएको गीत ‘पन्छी’ आईडलको स्टेजबाट गाउने निर्णय गरे ।

उनले बिहिबार ‘पर्फमेन्स डे’ को दिन उक्त गीतमा स्वर दिए । अमितले गायक पुष्पन प्रधानको ‘पन्छी’ गीतमा आईडलको स्टेजबाट उत्कृष्ट स्वर दिएर ‘पर्फमेन्स अफ डे’ समेत बने । निर्णयकहरु न्यू बज्राचार्य,कालिप्रसाद बाँस्कोटा र ईन्दिरा जोशी सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरुलाई गीतमार्फत अमितले रुवाए । यो सँगै ‘पन्छी’ ले सर्वत्र चर्चा बटुल्यो ।

अमितले आईडलको स्टेजबाट स्वर दिएपछि पन्छी नामक गीत युटुबमा सबैले सर्च गरी हेर्न सुन्न थाले । यस्तै आईडलको स्टेजमा अमितले पुष्पन प्रधान सँगै एक साथ गीत गाउने अवसर प्राप्त गरे ।

सोही स्टेजबाट पुष्पनले अमितलाई आफ्नो जिवनमा अमित विधाता बनेर आएको समेत उल्लेख गरे । यो सँगै गायक पुष्पन र आईडलका अमित बरालले दर्शक श्रोताको मन जित्दै अपार माँया पाउन थाले ।

नेपाल आईडलबाट उत्कृष्ट ५ बाट अमित एलिमिनेसन भएपछि अमितको गृह जिल्ला रुपन्देही सहित पुष्पन र अमित ‘दुबै पन्छी एकै स्थान’ भनी अन्य जिल्लामा पनि स्वागत एवम् सम्मानका लागि सरिक हुँदैछन् ।

भारतको तीन राज्यमा काँग्रेसले बिजेपीलाई हरायो

नयाँ दिल्ली। भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) को बलियो पकड रहेको मध्यप्रदेश, छात्तिसगढ़ र राजस्थानमा भारतीय काँग्रेसले जित हासिल गरेको छ। काँग्रेसले छत्तिसगढ र राजस्थानमा स्पष्ट बहुमत हासिल गरेको छ भने मध्यप्रदेशमा बहुमतबाट केहि सिट मात्र पछि रहेको छ।
त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले जित हासिल गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले जित हासिल गरेको छ।

मध्यप्रदेश राज्यमा कुल २३० स्थानमा काँग्रेसले ११४ सिटमा जित हासिल गरेको छ भने बिजेपीले १०९ स्थानमा जित हासिल गरको छ। त्यस्तै अन्यले ७ स्थानमा जित हासिल गरेका छन्। त्यस्तै अर्को राज्य राजस्थानमा १९९ सिटमा काँग्रेसले सय सिट र बिजेपीले ७३ सिट हासिल गरेको छ भने अन्यले २६ सिटमा जित हासिल गरेका छन् । त्यस्तै छात्तिसगढ़मा ९० सिटमा काँग्रेसले ६८ सिटमा जित हासिल गरेको छ भने बिजेपीले १५ सिटमा जित हासिल गरेको छ। त्यस्तै तेलंगानाका कुल ११९ सिटमा टिआरएसले ८८ सिट जितेको छ भने काँग्रेसले २१ र बिजेपीले एक सिटमा जित हैस्ल गरेका छन्। त्यस्तै मिजोरममा कुल ४० सिटमा मिजो नेशनल फ्रन्टले २६ सिटमा जित हासिल गरेको छ भने काँग्रेसले ५, बिजेपीले एक सिट र अन्यले ८ सिटमा जित हासिल गरेका छन्।

भारतमा भएको ५ राज्यको यो निर्वाचनलाई चार महिना पछि हुने आम निर्वाचनको लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ। निर्वाचन पछि प्रतिक्रिया दिदै राहुल गान्धीले २०१९ को निर्वाचनमा पनि बिजेपीलाई पराजित गर्ने दाबि गरेका छन्।

पाँच महिनाअघि तयार गरेको प्रतिवेदनप्रति भारतीय प्रधानमन्त्री मोदीलाई अस्वीकार्य

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् । १९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ ।

इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ ।

नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ । इपिजीको म्याद गत असारमै सकिएको हो । एकपटक सैद्धान्तिक सहमति भइसकेको प्रतिवेदन सच्याउन सम्भव छैन । त्यसबारे भारतीय पक्षले नेपाली पक्षलाई वास्तविकता जानकारी गराएको पनि सकेको छैन । आजको नयाँपत्रिका दैनिकमा खबर रहेकाे छ ।

तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

काठमाडौँ / दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ । आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर रहकाे छ ।

कपाल नुहाउने वित्तिकै यी गल्ती त गरिरहनु भएको छैन् ?

काठमाडौँ,  मङ्सिर-दिनभर हामीले केही यस्ता गल्ती गछौँ, जसकारण कपाल झर्ने समस्या सुरु भएको हुन्छ। केही गल्ती यस्ता जस जुन धेरै व्यक्तिहरुले कपाल नुहाएपछि गर्ने गर्छन्।

हेयर एण्ड व्यूटी एक्सपर्टका अनुसार नुहाएपछि हाम्रो कपालको जरा कमजोर हुने गर्दछ। त्यो बेला हामीले केही गल्ती गर्यौ भने हाम्रो टुक्रिने तथा कपाल झर्ने समस्या बढ्न थाल्दछ। लामो समयसम्म यस्ता गल्ती गर्दा पुरुषमा तालु खुइलिने समस्या देखिन सक्छ।

आज हामीले नुहाएपछि गरिने केही गल्तीका बारेमा जानकारी दिदै छौँ :

मालिस गर्नु
चिसो कपाललाई मालिस गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसका कारण कपाल झर्न थाल्दछ। त्यसैले नुहाउने वित्तिकै चिसो कपाल कहिलै पनि मालिस नगर्नुहोस्।

कपाल कोर्नु
नुहाउने वित्तिकै चिसो कपाल नकोर्नुहोस्। चिसो कपालको जरा कमजोर हुने हुँदा कोर्दा झर्ने र टुक्रने समस्या बढ्न थाल्दछ।

हेयर स्टाइलिङ मेसिनको प्रयोग
कपाल नुहाउने वित्तिकै ड्राइ वा स्ट्रेट मेसिनको आवश्यक भन्दा बढी प्रयोग गर्दा कपालको जरा कमजोर हुने गर्दछ। जसकारण कपाल झर्ने र हाँगा आउने समस्या देखिन थाल्दछ।

कपाल बाँधनु
नुहाउने वित्तिकै चिसो कपाल नबाँधनुहोस्। जसका कारण इन्फेक्सन वा चायाँको समस्या बढ्छ र कपाल झर्ने समस्या देखिन थाल्दछ।

तुरुन्त बाहिर निस्किनु
कपाल नुहाउने वित्तिकै चिसो कपिाल लिएर बाहिर ननिस्किनुहोस्। चिसो कपालमा धुँलो कपालमा जम्छ र त्यसले चायाँ तथा इन्फेक्सनको समस्या समस्या देखिन थाल्छ। जसका कारण कपाल झर्न सुरु हुने गर्दछ।एजेन्सी

सिंहदरबारका ‘छायाँ शासक’ जस्को सरकारदेखि प्रशासनसम्म दबदबा छ

काठमाडौं २६ मंसिर -प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, त्यसमा सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’

स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाउँछन् । त्यसका लागि कार्यतालिका नै बनाएका छन् । दैनिक कम्तीमा एक सचिवलाई उनले ‘१० मिनेट तपाईंका लागि समय छुट्टाइएको छ’ भन्ने सन्देश पठाउँदै झिकाउने गर्छन् । र, मन्त्रीले दिनभर के–के गरे, मन्त्रालयका कामका प्रगति विवरण के छन् भन्दै रिपोर्टिङ लिन्छन् ।

धरहार पुनर्निमाणको टेन्डर गत भदौ १७ गते जिआइइटीसी÷रमन जेभीले पायो । ३ अर्व ४५ करोड रुपैया लागतको उक्त टेन्डरमा प्राविधकि प्रस्ताव ५ वटा कम्पनीका पास भएका थिए । त्यस्तैमा कुनै एकको कागजात शंकास्पद छ भनी कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुल्ला गर्ने कार्य रोकियो । स्रोतका अनुसार अन्त्यमा रिमाल आफैले कागजात सिधै प्रधानमन्त्री कार्यालयमा ताने । र, उनले चाहेको जिआइइटीसी÷रमन जेभीलाई टेन्डर दिलाए ।

मुख्य सल्लाहकार रिमालको कार्यशैली देशकै छायाँ ‘शासक’ का देखिन थालेको कर्मचारी मात्र होइन, नेकपाका नेताहरुसमेत बताउँछन् । उनले जे चाहँदैनन्, सिंहदरबाट त्यो सम्भव हुन छाडेको छ । ‘जे चाहन्छन्, त्यो भएरै छाड्छ’, एक मन्त्री स्वयं बिलौना गर्छन्, ‘सचिवको त कुरै छाडौं, हामी मन्त्रीसमेत उनको क्रियाकलापबाट आजित छौं ।’

स्वघोषित ‘शक्तिशाली’

रिमालले ‘मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकन गरिरहेको र तिनको ग्रेडिङ गरिने’ केही महिनाअघि बताएका थिए । त्यसमा उनी आफैं लागिपरिरहेको उनको आशय थियो । ‘प्रधानमन्त्रीको सल्लाहकारले मन्त्रीको मूल्यांकन कसरी गर्न सक्छन् रु ’ ती मन्त्रीले भने, ‘तर, अचम्म यहाँ सकिरहेका छन् ।’

उनको प्रभाव ऐन निर्माणसम्म पनि छ । कर्मचारी समायोजन ऐन अगाडी वढाउने दायित्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हो । तर, रिमालकै दबाबमा ऐन संसद छलेर अहिले ल्याइएको स्रोतले बतायो । त्यसमा राष्ट्रपतिले लालमोहरसमेत लगाइसकेकी छन् ।

संघीय मामिला मन्त्रालयअन्र्तगत कर्मचारी प्रशासन शाखा ९कप्र० ले कर्मचारी सरुवासम्बन्धी काम गर्छ । केन्द्र, प्रदेश र स्थानिय तहका कर्मचारी सरुवा यसैको जिम्मेवारी हो । मन्त्रालयका अधिकारीहरू भन्छन्, ‘यो शाखामा पनि रिमालले आफ्ना निकट कर्मचारीहरु लगी सेटिङ मिलाएर राखेका छन् । कसलाई कहाँ सरुवा गर्ने भन्नेमा उनको अदृश्य हस्तक्षेप हुन्छ ।’

त्यसो त मन्त्रीहरुमा समेत मुख्य सल्लाहकार रिमाल नै हावी देखिएका छन् । मन्त्रीहरुले प्रधानमन्त्रीलाई होइन, खासमा रिमाललाई ब्रिफिङ गर्नु परेका घटना धेरै छन् । ‘प्रधानमन्त्रीले प्रायः एक्लै कुनै मन्त्रीका ब्रिफिङ सुन्नुहुन्न, रिमाल संगै हुन्छन्’, एक मन्त्रीले अन्नपूर्ण पोस्टसँग भने, ‘हाम्रो विफ्रिङ केहीबेर सुनेपछि रिमाललाई नै थप ब्रिफिङ गर्न निर्देशन दिएर प्रधानमन्त्री हिड्नुहुन्छ । त्यहीअनुसार हामीले रिमाललाई विफ्रिङ गरिरहनु परेको छ ।’ साथै, केन्द्रदेखि प्रदेशसम्मका सचिव सरुवा–वढुवाको रोष्टर तयार पार्नेसम्मका काम रिमालले नै गरिरहेका छन् ।

राजनीतिक ‘सिन्डिकेट’

नेकपाका पुराना नेता भरतमोहन अधिकारीले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएयता एकै पटक पनि भेट्न पाएका छैनन् । उनले नीतिगत सुझावका लागि प्रधानमन्त्रीलाई भेट्न मुख्य सल्लाहकार रिमालसँग पटक–पटक आग्रह नगरेका होइनन् । अर्थमन्त्री डा। युवराज खतिवडालाई बजेट ल्याउनुअघि र प्रधानमन्त्रीलाई पनि ३० देखि ४५ मिनेट आफना सुझाव राख्न उनले समय मागेका थिए । तर, त्यो आग्रह सचिवालयभन्दा माथि पुग्नै पाएन ।

‘मेरै पार्टी हो, म आफैले लामो जीवन यसै पार्टीका लागि विताएको छु । थप के भनूँ’, अधिकारीले अन्नपूर्ण पोस्टसंग भने, ‘यस विषयमा २९ मंसिर ९स्थायी समिति वैठक० पछि म थप धारणा सार्वजनिक गर्नेछु ।’ अन्नपूर्णपोष्टबाट

 

जनता बैंकले नगद लाभांश दिने

जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो। बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

बैंकका अनुसार आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो।

बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सो बैंकले आव २०७४-७५ मा ९३ करोड ४७ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो।

कथा – विष पुरुषको पीयूष माया

बरण्डामा उभिएर मेरै बाटो हेरिरहेकी ऊ कोठाभित्र पस्दा नपस्दै विस्फोट भई ” मलाई तिम्रा गर्लफ्रेन्ड जति सौता जस्ता लाग्छन् ,झन् त्यो सरला किन तिम्रो काँधमा काँध मिलाएर हिँड्छे ?”
” के सम्बन्ध छ तिम्रो त्यो सँग ? त्यो बिचमा आएकी कि ,म बिचमा आइपुगेँ हँ ??
उसको यस्तो अप्रत्याशित प्रश्नले मलाई एक पटक खङ्रङ्ग बनाउँछ । चोरी पक्रिएको मेरो पुरुषत्व डग मगाउँछ । आशङ्काको आगो ओकलेको उसको प्रश्नले एकाएक ऊ प्रति तीव्र वितृष्णा जस्तो पनि पलाउँछ, जब मैले बोलिहाल्न उचित शब्द भेटिनँ, त्यसपछि झन्डै झन्डै हात उठिसकेको थियो मेरो । सोफामा असरल्ल रहेका लुगा पट्याउँदै दराजमा राख्न लागेकी ऊ मेरो मौनतामाथि विजयको हुँकार छोड्छे अझै र भन्छे ” बोल्ने ठाउँ राखेको भए पो सक्नु ?त्यो अर्काकी स्वास्नी , बच्चाकी आमासँग कस्तो लसपस हो तिम्रो ?”
म तिम्रो स्वास्नी मात्रै होइन ,तिमी मेरो प्रेम पनि हौ । मलाई तिम्रो प्रत्येक धड्कनको पूर्वानुमान हुन्छ । त्यो कसको र कस्तो नाममा धड्केको छ तिमीले छलेर छलिन्न ।”
म सुने नसुने झैँ अस्थिर मन टिभीको स्क्रिनमा एकत्रित गर्न खोज्छु , मोबाइलमा टिङटिङ गरेर न्यु म्यासेजको सङ्केत देखिन्छ ।
ऊ एकोहोरो पुराण सुनाइरहेकी छ । म घरी टिभी, घरी मोबाइलको म्यासेज बक्समा आँखा कुदाउँछु । म्यासेज बक्समा १,२,३ गर्दै ७,८ ओटै इनबक्स जम्मा भइसके । म पुरै बेवास्ता गरिरहेको छु ,कारण अगाडि हतकडी लगाउने तरखरमा छे ऊ ,अर्थात् मेरी जीवनयामिनी ।
सरला मेरो कलेज पढ्दाखेरीकी सहपाठी । प्राय एउटै बेन्चमा बस्थ्यौँ ।धेरैजसो क्लास सकिँदा लगभग म पनि उसको पूरा स्केच बनाएर सक्थेँ । अनि ऊ ती चित्रहरूलाई उसका गुलाबी ओठको छाप बस्ने गरी चुप्पा गर्थी र चित्र सहित चम्पट हुन्थी ।
भोलि ,भोलि र फेरि अर्को भोलिहरु पनि यसै गरी बिते र ऊ त्यसै गरी चित्र लिएर भागेकी फेरि जीवनको आधा अध्याय सकेर मात्रै भेटिई ।
सादा थिई,रङ्गिन भइछ । रङ्गहीन पनि सुन्दर थिई, अहिले रङ्गिन विरुप भइछ । प्रेममा पहिलोपल्ट हारेको आभास गरेँ ।
साथी र लेक्चररको आँखा छलेर मेरो हातका अौँला खेलाउँथी र भन्थी “कस्तो चिसो छौ के तिमी ” , “चिसो अौँला हुनेहरूको लभ true हुन्छ नि त” म उसले छोइरहोस् भनेर हौवा बनिदिन्थेँ । ऊ मेरा आँखामा एकदम बेग्लै गरी हेर्थी र भन्थी ” कसम ?”
बदलामा म उसको अौँलामा बेस्सरी नङ गाडिदिन्थेँ, ऊ आँखा चिम्लन्थी र निस्सासिएर गहिरो सास फाल्थी ।
कहिलेकाहीँ मेरा स्केचमा ऊ आफूलाई भेट्दैनथी र मेरो मेहनत च्यातेर डस्बिनमा हालिदिन्थी । यसरी सरला मेरो जीवनमा याद बनेर रही, उन्माद चढेर आई अनि न्यास्रो बनेर बेपत्ता भएकी थिई ।
लगभग दुई दशकपछि फेसबुकमा भेटिई र फेरि मलाई त्यही क्याम्पसको लास्ट बेन्चमा पुर्‍याएर मेरो अौँला मात्रै होइन मुटु पनि छामिरहेकी छ । ऊ सँग छुटेपछिका मेरा चित्रहरूमा उसैलाई खोजिरहेकी छ । तर पहिला जस्तो बहुलाएर च्यातिदिएकी छैन, हेर्छे, हेर्छे अनि थकित सुस्केरा छोड्छे र भन्छे ” मलाई तिम्रो कुचीमा सजिन लेखिएकै रहेनछ नि ” । म मौन रहन्छु । ऊ अङ्गालिन चाहन्छे, छुन चाहन्छे ,मेरो काँधमा ,मेरो छातीमा पोखिन चाहन्छे । जब उसको तातो श्वासले मेरो निधार चुम्छ म हताश हुन्छु र जुरुक्क उठेर बाटो लाग्छु । जान्छु पनि भन्न सक्दिनँ ,यसो नगर म अरूको भइसकेँ ,तिमी अर्कैको भइसक्यौ पनि भन्न सक्दिन ।

एक पाखो मन त्यही सरलाको आँखामा पिलपिलाइरहेका आँसुमा छोडेर म भर्खरै मात्रै कोठामा छिरेको हुन्छु र यसरी केरकारमा परेको छु । मलाई थाहा छ, मोबाइलको म्यासेज बक्स उहीँ सरलाले भरेकी हो , गुनासो होला, आँसु होला, तिक्तता , रिस, अाक्रोस्, प्रेम के के लेखेकी होली । यता ऊ उग्र भएकी छ र यो सबुद भेट्नु भनेको उसका आरोपहरू सही सत्य हुनु मात्रै होइन , पारपाचुके सम्मको परिणाम सुनिश्चित हुनु पनि हो । म जीवनमा दोस्रोपल्ट आफ्नै प्रेमसँग हार्छु र हतार हतार नपढिएको इन्बक्स म्यासेज डिलिट गरिदिन्छु र उसको नम्बर ब्ल्याक लिस्टमा हालिदिन्छु । जल्दै गरेको घर पानी छम्केर निभाए जत्तिकै शीतल महसुस भो । मेरो हातको मोबाइल खोसेर ऊ मेरो म्यासेज बक्स या फेसबुक च्याट चेक गर्ने खालकी होइन । अाजसम्म त्यसो गरेकी छैन र पनि आज अज्ञात भयले म निलो भएको छु ।यो चिसो मौसमलाई च्यालेन्ज गर्दै मलाई पसिनाले लत्पताएको छ ।
मेरो यो अस्वाभाविक मौनताले ऊ फतफताउन छोड्छे र नजिकै अाएर मेरो निधार छाम्छे , हनहनी तातेको मेरो टाउकोमा मसिना अौंलाहरु (जो यो चिसोमा लुगा पट्याउँदा पट्याउँदै चिसिएका छन् ) खेलाउँछे मलाई एक किसिमको बेग्लै सन्तुष्टि मिल्छ । प्याट्ट मेरो कुममा हिर्काउँदै भन्छे ” अघि नै भन्नू पर्दैन सन्चो छैन भनेर ?”
म उसलाई हेरेर फिस्स हाँस्छु । सम्झन्छु चिसा अौँलाको ट्रु ( true ) लभ ।

प्रहरीमाथि विश्वासको संकट, डीएनए परीक्षण किन प्रहरीकै ल्याबमा ?

काठमाडौं । प्रहरीमाथि विश्वासको संकट छ। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरबाही गर्‍यो। मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्तको रूपमा खडा गरिएका कारण प्रहरीमाथि सबैतिरबाट प्रश्न उठिरहेको छ। यस्तो अवस्थामा थप आशंकित व्यक्तिहरूको डीएनए परीक्षण पनि प्रहरीकै प्रयोगशालाबाटै भइरहेको छ। जब कि प्रहरीको भन्दा अत्याधुनिक प्रयोगशाला खुमलटारमा छ।

सरकारै मातहतको केन्द्रीय विधिविज्ञान प्रयोगशाला भए पनि प्रहरीले आफैँ डीएनए परीक्षण गर्नुले पनि ऊमाथि थप आशंका बढेको छ। हाल थुनामा रहेका प्रदीप र विशालसहित थप १५ जनाको डीएनए परीक्षणको क्रममा छ। केन्द्रीय विधिविज्ञानको सहयोग लिएर प्रहरीले आफैँ त्यसको परीक्षण गरिरहेको छ।

डीएनए स्याम्पलिङका लागि मात्र प्रहरीले केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउने गरेको छ। प्रहरीको प्रयोगशाला अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त रहेको र त्यहाँ विशेष्ज्ञहरू रहेकाले कुनै शंका गर्नुनपर्ने प्रहरी प्रवक्ता उत्तमराज सुवेदी बताउँछन्।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

आईजीपीले कड्किँदै भने- ‘कमजोरी देखिए मेरो बर्दी फुकालिदिनुस्’ तर कमजोरी भएको स्वीकारे

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो ।

महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।”

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले साेमबार प्रहरी प्रमुखलाई आमन्त्रण गरेको थियाे । महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको घुमाउराे पाराले स्वीकार गरे । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

 

आईजीपीले कड्किँदै भने- ‘कमजोरी देखिए मेरो बर्दी फुकालिदिनुस्’ तर कमजोरी भएको स्वीकारे

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो ।

महानिरीक्षक खनालले भन्नुभयो, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।”

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले साेमबार प्रहरी प्रमुखलाई आमन्त्रण गरेको थियाे । महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको घुमाउराे पाराले स्वीकार गरे । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

नेपालमा फेरी ८ रेक्टरको भूकम्प आउने भारतीय वैज्ञानिककाे दावी

काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् ।

जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ ।

‘दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको पश्चिमी हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा ठूलो भूकम्पको सम्भावना छ ।’

जियोलोजिकल सर्भे अफ इन्डियासँग भएको भूबनोटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय स्पेस एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्बिरको सहयोगमा भूकम्पीय जोखिमको अध्ययन अनुसन्धान गरिएको भूगर्भविद् राजेन्द्रले जानकारी दिए ।

उनका अनुसार भूकम्पको जोखिम अत्यधिक भएकाले सुरक्षित संरचना निर्माण आवश्यक छ । प्रतिवेदनमा जोखिमको सम्भावना भएको नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रमा निर्माण गरिने भौतिक संरचानाहरु सुरक्षित हुने गरी बनाउन सुझाव दिइएको छ । याे खबर अाजकाे राजधानी दैनिकले छापेकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, २३ मङ्सिर- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन पेश गरेको हो। नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ।प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष शर्माले गएको एक वर्षमा मानवअधिकारसम्बन्धी १५२ उजुरी दर्ता भएको जानकारी गराए। पुराना तथा नयाँ गरी ३५० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र ४६३ पटक अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।‘सबैका लागि घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार’ भन्ने नारालाई प्राथमिकतामा राखी आयोगले ३२४ वटा संवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको प्रतिवेदनमा जनाइएको छ।

मानवअधिकार संरक्षणमा चुनौती कायमै

आयोगले संविधान कार्यान्वयनको आरम्भ भई मौलिक हकसम्बन्धी कानून र मानवअिधकारसम्बन्धी ऐन निर्माण भए पनि मानवअधिकार संरक्षणमा चुनौती भने कायमै रहेको जनाएको छ।आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारलगायत अन्य मानवअधिकारको अवस्था वाञ्छितरूपमा प्रगतिउन्मुख हुन नसकेको आयोगका अध्यक्ष शर्माले बताए।आज राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा अध्यक्ष शर्माले मानवअधिकारको समग्र अवस्था भने सन्तोषजनक नभएको उल्लेख गरे। शान्तिप्रक्रिया शुरु भएको दशक नाघ्दा पनि पीडितहरूले न्याय पाउन नसकेको आयोगको प्रतिवेदनमा भनिएको छ।मौलिक हकसम्बन्धी कानून निर्माण भए पनि कार्यान्वयनको पक्ष जटिल भएको आयोगको निष्कर्ष छ। निर्वाचनमा बालबालिकाको प्रयोग, जातीय भेदभावको अवस्था, स्वास्थ्य सेवामा सबैको पहुँच नहुनु, संविधानप्रदत्त हक उपयोगमा जटिलताको अवस्था रहेको आयोगले जनाएको छ।

वैदेशिक रोजगारीमा गएकाहरूमाथि श्रम शोषण, बढ्दो घरेलु हिंसाका साथै भूकम्प पीडितहरूको अवस्था अझै पनि दयनीय रहेको उनले बताए।दण्डहीनताको अवस्था कायमै रहेको र सिफारिश कार्यान्वयन हुन नसकेको भन्दै आयोगले सरकारबाट अपेक्षित सहयोग हुन नसकेको गुनासोसमेत गरेको छ। भूकम्पबाट क्षतिग्रस्त भवन बन्न नसक्दा भौतिक पूर्वाधारको अभावमा आयोगले काम गरिरहेको आयोगको भनाइ थियो।सरकारको संवैधानिक अङ्गका रूपमा रहेको आयोगले मानवअधिकार अवस्थाको गुनासो सुन्ने, अनुगमन, अनुसन्धान, मानवअधिकार शिक्षाको प्रवद्र्धन गर्ने र प्राप्त निष्कर्षका आधारमा राज्य, सरकार तथा सरोकारलालाई कार्यान्वयनका लागि सिफारिश गर्ने गर्दछ।

 

मट्टितेल छर्केर आफैलाई यसरी ज्युँदै जलाए, उपचारको क्रममा मृत्यु

कपिलवस्तुमा एक जना ब्यक्तिले आफ्नो शरीरमा मट्टितेल छर्किएर आगो लगएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ५ चन्द्रौटा बजार नजिकै दिहवाका ३५ बर्षिय बदु मियाले अाफैमाथि  मट्टितेल छर्किएपछि उनकाे ज्यान गएकाे हाे ।

शनिबार आफ्नै शरीर जलाएका मियाँको आज उपचारको क्रममा पाल्पाको मिशन अस्पतालमा ज्यान गएको प्रहरीले जानकारी दिए । मियाँ शनिवार दिउँसो दिवाह गाउँका सहदअलि मियाँको नयाँ घरमा रङ्ग लगाउने काम गर्न गएका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनले  घरधनीलाई रङ्ग लगाउनका लागि मट्टितेल किनेर ल्याउन लगाएको र खाजा खानका लागि पैसा समेत मागेका थिए । घरधनीबाट मट्टिते लिएर छतमा रंग लगाउन गएकाे केहिबेरपछि उनी छतबाट शरिरमा आगाको ज्वाला सहित बचाओ भन्दै भुँईमा खसेको घरधनीले बताएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

उपाध्यायका अनुसार मुम्वईमा रहेकी श्रीमति मुगुन मियाँसंग सम्वन्ध राम्रो नभएपछि उनलाई उतै छाडेर मियाँ दुई महिना अघि मात्र घर आएर कहिले काम गर्ने त कहिले त्यतिकै भौतारिन्थे । उनका सात बर्षिय छोरा समेत आमा संगै रहेको बताईएको छ । डरलाग्दो अबस्थामा जलेका मियाँलाई थप उपचारका लागि बुटवल पुराईएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि पाल्पा पठाईएको प्रहरी निरीक्षक उपाध्यायले बताए ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पाल्पामा पुराई उनका बाबुृलाई उनको शव बुझाइसकेको प्रहरीले जनाए । यस घटनाका सम्वन्धमा थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

पाकिस्तानका प्रधानमन्त्री इमरानजस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्।शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए।

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने।उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए।

‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने। प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्लारु’ ओलीले प्रश्न गरे।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

आन्तरिक सुरक्षाको नयाँ कानुन बन्दै

काठमाडौं। सरकारले मुलुकको कुनै भागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि भई मुलुक तथा प्रदेशको आन्तरिक सुरक्षामा गम्भीर संकट सिर्जना भएमा केन्द्रीय कमान्ड फोर्सले नै नियन्त्रण गर्ने गरी आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी कानुनको मस्यौदालाई अन्तिम रूप दिएको छ ।गृह मन्त्रालयले तयार पारेको आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन, २०७५ को मस्यौदा परामर्शका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले संघीय शासनअनुरूप हुने गरी मुलुकको समग्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले पहिलोपटक नयाँ कानुन निर्माणलाई अघि बढाएको हो ।गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी विधेयकको मस्यौदा आवश्यक परामर्शका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिए । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

काठमाडौं | आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको  खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ  ।समाचारकाे अनुसार परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ ।

नवलपुरको देवचुलीमा फेरि गैंडाको आक्रमण, एक महिला घाईते

मङ्सिर -२२,आदर्श सुशील,देवचुली नवलपुरको देवचुली नगरपालिकामा शनिबार गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छिन् । देवचुली १ केउरेनी बस्ने बर्ष अन्दाजी ५०/५५ की सीता लम्साल घाईते भएकी हुन् । दिउँसो करिव २ बजे तिर दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी लम्साललाई गैंडाले आक्रमण गरेको हो। घाईतेलाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय रजहरले ह्याप्पी एफ एमलाई जानकारी दिएको छ।आक्रमण गर्ने गैंडा केही समय अगाडी देवचुलीमा आतंक मच्चाउने गैंडा हो कि हैन भनेर एकिन हुन सकेको छैन।

चितवनमा वन्यजन्तुको आक्रमणबाट चार महिनामा आठको मृत्यु

चितवन | पछिल्लो साढे चार महिनामा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ । मृतक ८ मध्ये ५ जना माडीवासी हुन् । माडी चितवन निकुञ्जको जंगल र सोमेश्वर पर्वत शृंखलाअन्तर्गतको जंगलले चारैतर्फबाट घेरिएको इलाका हो ।भरतपुरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर छन् । गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु भएको थियो ।

विवाह लगत्तै दीपिकाको हट फोटोशुट (फोटोफिचर)

 केही समय अगाडि मात्रै दीपिका पादुकोण रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी छन्। भारतीय संचारमाध्यमका अनुसार विवाह पछि दीपिका फिल्मको शुटिङमा व्यस्त भएकी छन्।

विवाह लगत्तै दीपिकाको हट फोटोशुट (फोटोफिचर)

 केही समय अगाडि मात्रै दीपिका पादुकोण रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी छन्। भारतीय संचारमाध्यमका अनुसार विवाह पछि दीपिका फिल्मको शुटिङमा व्यस्त भएकी छन्।

उता रणवीर सिंह पनि आफ्नो नयाँ फिल्म ‘सिम्बा’ लाई लिएर निकै व्यस्त छन्। विवाह गरेको केही दिनपछि नै दीपिकाले जीक्यू म्यागेजीनकालागि हट फोटोशुट गराएकी छन्।

म्याजेजीनले उक्त  फोटोशुटका तस्वीर आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेको छ। दीपिकाका यी फोटा इन्टरनेटमा निकै भाइरल भइरहेका छन्।

दीपिकाले यी तस्वीरमा ग्यामरस पोज  दिएकी छन्। दीपिका चाँडै नै अट्याक सर्वाइभरमा आधारित फिल्ममा देखिने भएकी छन्।एजेन्सी

मेक्सिकोकी सुन्दरी भेनेसालार्इ मिस वर्ल्डको उपाधि,श्रृङ्खला मिस वर्ल्डको उत्कृष्ट १२ मा सीमित

काठमाडौं, २२ मंसिर- २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा डिसियानले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीहरुलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। मिस इन्टरनेसनलको उपाधि भने मिस थाइल्याण्ड निकोनेले निस्नुकान जितेकी छन्।

नेपालकी श्रृङ्खला खतिवडा मिस वर्डको उत्कृष्ट १२ मा सीमित भएकी छिन् । पहिलो चरणमा प्रतियोगीबाट उत्कृष्ट १२मा पुगेकी उनी दोस्रो चरणमा १२ बाट माथि जान नसकेकी हुन् । दोस्रो चरणमा १२ मध्ये उत्कृष्ट ५ छानिन्छ ।चीनको सान्यामा भइरहेको  ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितिसकेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।

सेमीफाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् । ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमीफाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् । आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए।

थारु राष्ट्रिय साहित्यिक सम्मेलन-२०७५ चैत्र २२ र २३ गते रूपन्देहीमा हुने ॥

राम अवतार चाैधरीरूपन्देही/२२ मंसिर,
थारु राष्ट्रिय साहित्यिक सम्मेलन-२०७५, भाग-४ रूपन्देहीकाे सैनामैना नगरपालिकामा हुने भएकाे छ । थारु लेखक संघकाे हिजाे रूपन्देहीको सैनामैना न.पा.४, मुर्गियामा बसेकाे केन्द्रीय बैठकले कार्यक्रम हुने मिति स्थान तय गरेकाे हाे ।गत बर्ष थारु राष्ट्रिय साहित्यिक सम्मेलन बढै्या ताल बर्दियामा भएकाे थियाे । अहिले भने साहित्यिक सम्मेलन यहि चैत्र २२ र २३ गते स्थानीय मुल संयाेजक थारु कल्याणकारी सभा सैनामैना नगर समितिको अायाेजनामा रूपन्देहीकाे सैनामैना नगरपालिका उच्च डिहवा थारु हाेम स्टेमा हुन लागेकाे थारु लेखक संघका केन्द्रीय अध्यक्ष कृष्ण राज सर्वहारीले जानकारी दिनुभयाे ।
उक्त कार्यक्रममा थारु जाति र गाैतम बुद्ध बीच बृहत् बाैद्धिक बहस कार्यक्रम देखि लिए विभिन्न साहित्यकार तथा लेखकहरूले प्रकाशन गरेका पुस्तकहरूकाे प्रदर्शन समेत गरिने बताएको छ । थारु राष्ट्रिय साहित्यिक सम्मेलन भव्य, सव्य र पारदर्शी बनाउन सबै संघ संस्थहरूले उल्लेखनीय भूमिका खेल्नुपर्ने अगुवाहरूकाे भनाई छ ।

लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचन वाचन कार्यक्रम सम्पन्न ॥

राम अवतार चाैधरी कपिलवस्तु/ २२ मंसिर ।कपिलवस्तुको शिवराज न.पा.१, शिवपुर नेपाल अादर्श मा.वि.मा लैंगिक हिंसा विरुद्ध साहित्यिक सचेतनामूलक रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।”लैङ्गकि हिंसा दुव्र्यवहार, छैन् हामीलाई स्वीकार” भन्ने मुल नारा सहित सञ्चालन भएकाे २७अाैँ अन्तर्राष्ट्रिय लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत “भाषा, साहित्य, कला र संस्कृति राष्ट्राकाे अमूल्य निजी सम्पत्ति” साहित्यिक रचना वाचन कार्यक्रम शिवगढी साहित्य संगमकाे समन्वय र शिवराज नगरपालिकाकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे ।शिवराज नगरपालिका प्रमुख तथा शिवगढी साहित्य संगमका सल्लाहकार र रचना वाचन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेत्र राज अधिकारी कार्यक्रमलाई सम्बाेधन गर्दै नारी पुरुष दुबै समान हुनुपर्छ । साहित्यले मात्रै लैङ्गकि हिंसा पूरा नियन्त्रण गर्न त सक्दिैन तर साहित्य नै समाजकाे ऐना हाे त्यसैले कदम उठाउनु अहिलेकाे ठाेस निर्णय रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयो “महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन्” यी दुई बीचको सम्बन्ध नङ र मासुकाे सम्बन्ध हाे यसलाई सुमधुर कायम राख्नु जरुरी छ । मानिसलाई लठ्ठीले जति चाेट लाग्दैन बाेलिले लाग्छ, त्यसैले हिंसा भनेकाे दृश्य मात्रै हाेइन् अदृश्य पनि हुन्छ बाेलीलाई पनि ध्यान पुर्‍याउनु अावश्यक छ । हिंसा व्यवहारमा मात्रै हाेइन बाेलिमा पनि हुन्छ प्रमुख अतिथि अधिकारीले भन्नू भयाे ।उक्त कार्यक्रममा साहित्यकारहरूले लैङ्गकि तथा महिला हिंसा विरुद्ध जनचेतनामूलक रचना वाचन गरेका थिए ।
शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन(शर)कुमार पाैडेलकाे अध्यक्षता,  शिवराज नगरपालिका प्रमुख तथा शिवगढी साहित्य संगमाका सल्लाहकार नेत्र राज अधिकारीकाे प्रमुख अातिथ्यता, महिला सदस्य टीका बि.का., राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडा, नेपाल अादर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पाेख्रेल लगायतको अातिथ्यता, श्रीधर अाचार्यकाे स्वागत मन्तव्य, हेमराज शर्माकाे सञ्चालन र साहित्यिक स्रष्टाहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम सञ्चालक शर्माले जानकारी दिए ।

साप्ताहिक राशिफल

मेष – प्रारम्भमा अरूका निम्ति लागिपरे पनि पछि आफैँलाई फाइदा हुनेछ। हिम्मतले सफलता मिलाउनेछ भने प्रतिष्ठित जिम्मेवारी हात पार्न पनि सफल भइनेछ। यसै गरी अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला। बुधवार भन्दा पछि सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्तिसँग भेट हुने अवसर जुट्नेछ। अथाह प्रयास एवं जिम्मेवारी बहन गर्नाले समाजमा इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ भने व्यवसाय तरफ पानी विभिन्न अवसरहरू जुट्नाले प्रशस्त लाभ मिल्नेछ। सप्ताहको अन्तिम तीर जिम्मेवारी पूरा गर्न केही चुनौती देखा पर्न सक्छ।

वृष
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। परिवारमा अस्वस्थताका साथसाथै कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ भने केही चुनौतीहरू पानी थापिनिछन्। अरूको काममा उपयोग भइनेछ, सजग रहनुहोला। मङ्गलवारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ अवसर जुतनाले उत्साह जाग्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। केही अभावको कारण आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनुका साथसाथै विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

मिथुन
– सुरुमा रमाइला तथा मनोरन्जनात्मक गतिविधिमा उपस्थित हुनुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग को भेटघाटले मनमा हर्ष हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ। संयोग बस आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। मङ्गलवारदेखि परिस्थिति असहज बन्नाले अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला। टाढिएका साथीभाइ नजिकिनाले उत्साह जाग्नेछ। शुभचिन्तकहरूको पनि सहयोग जुट्नेछ।

कर्कट
-प्रारम्भमा आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। सम्मानयोग्य कामले धन र मानसमेत दिलाउनेछ। व्यवस्थित तथा कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोस–जाँगर बढ्नेछ नयाँ योजनाहरू पानी लिएर अगाडी बढ्ने हिम्मत जुट्नेछ। प्रशस्त फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मनमा एवं आनन्द महसुस हुनेछ। बुधवार-बिहीबारतिर केही अप्ठ्यारो परिस्थिति तथा अवरोध सिर्जना हुनसक्ने सम्भाव्यता देखिन्छ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला। साताको अन्त्यतिर भने चोटपटक लाग्ने, पेटमा समस्या आउने , झुटा आरोप र चुनौती आइलाग्ने आदि हुनसक्छ, विशेष विचार गर्नुहोला।

सिंह
– आफ्नो समाजमा एवं कार्यक्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आत्मविश्वासले अड्किएको कामले पुन सकेला । अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ साथै अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्मा तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष मजबुत हू सक्छन्। प्रत्स्पर्धीहरुलाई पछि पॉर्न सफल भइनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। साताको अन्त्यतिर प्रियजनसँग रमाइलो भेटघाट हुने अवसर मिल्नेछ। केही व्यावहारिक परिस्थितिका कारण केही समस्या देखा पर्न सक्छ।

कन्या
– जोस र जागिर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउले उपलब्धिका लागि केही विलम्ब हू सक्छ। केही काम वा कार्यालयको कामलाई संशोधन गर्नुपर्ने हुनसक्छ। मिहिनेत तथा बुद्धिको सहायताले सफलता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार तथा उद्योगबाट लाभ मिल्नेछ भने साझेदारीको काम बाट पनि नयाँ कुरा सिकने अवसर मिल्नेछ। राम्रो नतिजाका लागि धैर्यता एवं साथ काम लिनुहोला। मिहिनेत गर्दा चिताएको काम पूरा हुनेछ। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागिर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

तुला
– प्रारम्भमा आयआर्जन बढ्नेछ भने सोच अनुरूप फाइदा हुने कामको सुरुवात हुनेछ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। धैर्यता एवं जोस र जाँगरले काममा सफलता दिलाउनेछ। तर मङ्गलवारदेखि सहयोगका लागी कोही नभेटिने सक्छन् । काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति समेत स्वतः: सुल्झनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

वृश्चिक
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दु:ख दिन सक्छन्।तर पानी आफूलाई फाइदा हुने कामको अवसर मिलन सक्छ। सानो प्रयत्नले ठुलो काम बन्नेछ भने मिहिनेत तथा लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले पनि व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागिर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्। सप्ताह को अन्त्यतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। घरेलु समस्यामा अलि सावधान रहनुहोला। चुनौतीको सामना गैर्न सफल भइनेछ।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

धनु
– प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने हिम्मत जुट्नेछ। प्रतिष्ठित एवं जिम्मेवारी कामहरूले अरूलाई सजिलै प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोग मिलनाले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ। सानो प्रयत्नले ठुलो काम बन्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अचानकको परिस्थितिले केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउ र मनमा उत्पन्न होने शङ्काले अप्ठ्यारो पर्न सक्छ, सजग रहनु होला।

मगर
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ भने केही खर्च बढ्नाले अर्थ अभावको महसुस गराउन सक्छ। रोकिएका कामहरूमा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ने अवस्था सिर्जना हूँन सक्छ । आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। मङ्गलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ। प्रतिस्पर्धी एवं आलोचना गर्ने हरूले पनि प्रशंसा गर्न थाल्नेछन् भने आवश्यक सहयोग को लागि पनि तैयार रहनेछन्। लाभप्रद कामको जिम्मेवारी हात लग्न सक्छ। सप्ताहको अन्त्यतिर धन लाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

कुम्भ
– सुरुमा आयआर्जन बढ्नुका साथै लाभ हुने काम आरम्भ गर्ने अवसर मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी भईएला। मङ्गलवारदेखि खर्च बढ्नाले आर्थिक अभावको साथसाथै मानसिक अशान्तिको महसुस हुनेछ। टाढा रहेका साथीभाइसँगको भेटघाट होने एवं लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ तर मनग्गे आम्दानी भने हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागिर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहको अन्त्यतिर चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ। अन्त्यतिर परिस्थिति अनुकूल बन्नुका साथै मिहिनेत गर्दा नाम र दाम हात पार्न सकिनेछ।

मीन
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय भने रहेको छ। हिम्मतले कार्यमा सफलता दिलाउनेछ भने अधुरा कामहरू पानी निरन्तर गैर्न सकिएला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मनग्गे आम्दानी हुनाले अप्थ्यारोपण एवं अकस्मात आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। सप्ताहको मध्यतिर खर्च बढ्नुका साथै आर्थिक अभावले सताउने हुनसक्छ भने एउटै कामलाई दोहोर्याएर गर्नुपर्नेछ परिस्थिति सिर्जना हुन सक्छ । यसै गरी परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ भने अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

पाइल्सकाे घरेलु औषधि

एजेन्सी । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

त्यस्तै घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ।

काँचो केरा उसिनेर बिहान,बेलुका खाँदा पनि फाइदा मिल्छ ।

 

दक्षिण कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

काठमाडौं। दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् ।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् ।

डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ ।

यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ ।

यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

काठको चिर्पटले हानेर छोराले गरे बुवा र ठूलो बुवाको हत्या, आमा समेत शख्त घाइते

कैलाली, २१ मंसिर । सामान्य घरयासी झगडा हुंदा कैलालीमा विभत्स हत्याको रुप लिएको छ । परिवारकै सदस्यबिच भएको सामान्य झगडा बढेर हिंसात्मक बनेको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा छोराले आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका छन् भने आमा पनि शख्त घाइते भएकी छन् । घरायसी विवाद हुँदा २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चक्र चौधरी र ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन् ।

शुक्रबार विहान चौधरीले काठको चिर्पट प्रहार गर्दा उनका बुवा र ठूलो बुवाको घटनास्थलमै मृत्यु भएको हो । ५० वर्षिया आमा दिलबहादी देबी चौधरी पनि घाइते भएकी छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । हत्या गर्ने चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

शेयर गरौ -मिस वल्र्डमा अर्को तहल्का ! यसरी गुञ्जियो नेपाली गीत, विश्वभरिका सुन्दरीले गरे यस्तो स्वागत- (भिडियो सहित)-शेयर गरौ

काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल भोटिङ विहीबार साँझदेखि खुल्ला भएको छ । फाइनल राउन्डको भोटिङ सुरु भएपछि नेपालबाट प्रतिनिधित्व गरेकी श्रंखला खतिवडाले भोट गर्न फेरी एक पटक अपिल गरेकी छिन् ।

फाइनल राउन्डका लागि भोटिङ खोलिएको मिस वल्र्डको आधिकारिक फेसबुकबाट जानकारी पनि गराएको छ । आफुलाई मनपर्ने प्रतियोगीलाई मोडल पावर लाइभ र मबस्टारबाट पनि भोट गर्न सकिने जनाइएको छ ।

https://www.youtube.com/watch?time_continue=19&v=AJ26YAFAzMw

श्रृङ्खलाले आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म भोट गरिरहन सवैलाई आग्रह गरेकी छिन् । ‘मलाई फिनालेसम्म भोट गरिरहनुहोला तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै दिँदैछु’ उनले फेसबुक पेजमा लेखेकी छिन् ।

ब्यूटी विद् अ पर्पस अवार्ड जित्न सफल श्रृंखलाको भिडियोको गीत मिस वल्र्डमा गुञ्जिएको छ । प्रतियोगीहरुमध्ये जसले प्रस्तुत गरेको समाजसेवाको कार्यक्रमले निर्णायक मण्डलको मन जित्छ त्यही प्रतियोगीले यो अवार्ड प्राप्त गर्दछ ।

चिनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर संसारभर चर्चा कमाइरहेकि नेपाली चेली श्रृङ्खला खतिवडाले राखिन मिस वर्ल्डकाे इतिहासमै यस्ताे रेकर्ड जुन अाजसम्म कुनै देशका सुन्दरीले राखेकि छैनन । अाखिर के हाे त्याे रेकर्ड ? सबैका लागि जिज्ञासाकाे बिषय बन्नु स्वभाविक हाे ।

मिस वर्ल्डकाे प्रतिस्पर्धामा देशलाइ चिनाइरहेकि मिस नेपाल शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड २०१८ को अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी छन् । हेड टे हेडमा पराजित भएर निराश भएकि शृङ्खलाले फेरि सारा नेपालीलाइ खुसि दिलाएकि छिन । भनिन्छ नि प्रतिक्षाकाे फल मिठाे हुन्छ । अाखिर मिठै भएर निस्कियाे प्रतिक्षाकाे फल पनि । अन्तः मिस नेपाल शृङ्खलाले जितिन दुइटा अवार्ड ।

नेपालकी चेली श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जितेर इतिहास रच्न सफल भएकी छिन् ।दुई वटा अवार्ड जितेसंगै यो यस्ताे रेकर्ड बन्याे कि जुन अाजसम्म कुनै देशका सुन्दरीले बनाउन सकेका छैनन । सँगै मिस वल्र्ड प्रतियोगितामा दिइने फास्ट ट्रयाक अवार्ड जम्मा ५ वटा मात्रै छन । त्यसमा पनि अाजसम्म कुनै देशका सुन्दरीले २ अवार्ड जितेका छैनन । तर मिस नेपाल २०१८ श्रृङ्खलाले मिस वल्र्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जित्दै मिस वल्र्ड प्रतियोगिताकाे इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बन्न सफल बनेकि छिन याे संसारभर रहेका नेपालीहरूकाे लागि खुसिकाे खबर हाे ।

उनले मल्टिमिडिया अवार्ड र व्युटि विथ अ प्रपल अवार्ड गरि दुइवटा अवार्ड अाफ्नाे पाेल्टामा पारिन र मिस वर्ल्ड को फाईनलमा स्थान बनाइन । दाेस्राे हेड टु हेडमा सिंगापुरसंग पराजित भएपनि अन्तः श्रृङखला मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकी हुन । यतिमात्र हाेइन टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृङखलाले तेस्रो स्थान बनाउँन सफल भएको छ । मेक्सिको र केन्याका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मल्टिमिडया अवार्ड हात पारेकी हुन् । उक्त अवर्डाका लागि चीन, केन्या, पोर्टी रिको, नेपाल र वेलायत भिडियो च्यालेञ्जका आधारमा उत्कृष्ट ५ मा परेका थिए । दुई वटा अवार्ड जितेसंगै संसारभर अनकाे चर्चा अझै चुलिएकाे छ ।

यतिबेला संसारभरका साेसल मिडियाहरूमा शृङ्खलाकाे चर्चा परिचर्चा भइरहेकाे पाइन्छ । धेरैले त उनलाइ यसपटककाे मिस वर्ल्डमा मुख्य दाबेदारका रूपमा हेरेका छन । पटकको मिस वर्ल्ड मा श्रृङखला जतिको चर्चा र प्रशंसा अरु सुन्दरीहरुको कमै भएको थियो । विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा श्रृङखला परेपछि उनलाई लिएर नेपालीहरु ज्यादै उत्साहित र आसावादी बनेका थिए । नेपालले पहिलो पटक फाईनलमा स्थान बनाएसंगै नेपालीहरुमा उत्साह छाएको छ । उनलाई नेपाल लगायत बिदेशीहरुले पनि शुभकामना दिईरहेका छन् ।

मिस नेपाल शृङ्खला खतिवडाले चिनबाट मिस वर्ल्डकाे पेजबाट दिएकाे सुचना

जरुरी सूचना, नमस्ते सबैलाई।

मैले ऐले सामजिक संजालमा मेरो नाम प्रयोग भएका धेरै facebook page हरु देखिरहेको छु। म केवल miss world को official page मा मात्रै active रहेको छु र अन्य सबै pageहरु fake वा fan page हरु भएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । साथै facebook page को post share गरेर missworld को vote count हुँदैन । miss world मा vote गर्न

१. mobstar app डाउनलोड गरि त्यसमा भएका posts लाइक गरेर र

२. miss world को आधिकारिक website मा गएर मेरो नाम मा vote हालेर मलाइ सहयोग गर्न सक्नु हुन्छ https://missworld.com/#/contestants/5435

miss world को multimedia award अझै बाकी छ त्यसैले सक्दो vote गरि सहयोग गरिदिनु होला र भ्रामक कुरा हरु लेखी vote को लागि photo share गर्नु भन्ने fake page हरु लाइ report गरिदिनु होला। साथै मलाई दिनुभएको यति माया र साथ को लागि धेरै आभारी छु। सबै को जानकारी को लागि यो post SHARE गर्नुहोला। https://m.facebook.com/Miss-World-Nepal-297574443671301/

 

 एउटै बाख्राले पायो ६ वटा पाठापाठी


दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ। तुलसीपुर उपमहानरपालिका–९ बेलुवा का लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो।

तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताए।

बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताए। उनका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो। एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिए।

यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उनले बताए। एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ।

बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उनले बताए। तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ।

 २१ मंसिर २०७५, शुक्रबार

सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता

काठमाडौँ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडौँ उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई यही मङ्सिर ६ देखि आगामी फागुन ६ गतेभित्र कोषमा सूचीकृत हुन आग्रह गरेको थियो । दैनिक करीब १०-१५ को सङ्ख्यामा रोजगारदाता कम्पनीले सूचीकरणका लागि आवेदन गर्ने गरेको कोषले जनाएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरण प्रक्रियामा बढीभन्दा बढी सहभागी गराउँदै सरल र सहज बनाउन अनलाइन पद्धति अपनाइएको जानकारी दिए । उनले भने, “अनलाइन प्रणालीमाफर्त सूचीकरणलाई व्यवस्थित बनाइएको छ, जसले गर्दा रोजगारदातालाई सूचीकरण प्रणालीमा आउन सहज भएको छ ।”

अनलाइन दर्ता प्रक्रियाका कारण रोजगारादता तथा श्रमिक एवं कर्मचारीको सूचीकरण आगामी दिनमा झन् तीव्र हुने उनले विश्वास व्यक्त गरे । श्रम स्वीकृति लिएर नेपालमा श्रम गर्दै आएका विदेशी श्रमिकले समेत यस योजनामा सहभागी हुनसक्ने कोषले जनाएको छ ।

सम्पूर्ण प्रतिष्ठानले अनिवार्य रुपमा यस योजनामा सहभागी हुनुपर्ने व्यवस्था भएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सम्झौताका रुपमा आएको यस कार्यक्रममा सम्पूर्ण प्रतिष्ठानले सहभागिता जनाउने विश्वास व्यक्त गरे । उनले भने, “सबै रोजगारदाता र श्रमिक सामाजिक सुरक्षाको दायराभित्र अनिवार्य आउनुपर्ने छ, यस प्रक्रियामा सहभागी नहुने रोजगारदातालाई कानूनी कारबाही हुन्छ ।”

कार्यकारी निर्देशक अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले रोजगारदाता तथा श्रमिक एवं कर्मचारी सबैको हित सुनिश्चित गर्ने बताए । यस योजनाको सफल कार्यान्वयनबाट नेपालको औद्योगिक वातावरण अझ राम्रो हुने बताउँदै उनले रोजगारदाता कम्पनीलाई आफ्नो तथा श्रमिक एवं कर्मचारीको सूचीकरण गरी योजनालाई सफल बनाउन अनुरोध गरे ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा नारायण रेग्मीले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै विस्तारै अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि पनि योजना लागू गरिने बताए ।

रोजगारदाता कम्पनी सूचीकृत भएपछि कोषले सूचीकरण नम्बर प्रदान गर्नेछ । त्यसपछि सो कम्पनीले आफ्ना श्रमिक तथा कर्मचारीलाई कोषमा दर्ता गराउनुपर्ने हुन्छ । कोषमा दर्ता हुने श्रमिक तथा कर्मचारीलाई छुट्टाछुट्टै सामाजिक सुरक्षा नम्बर उपलब्ध हुनेछ । त्यही नम्बरमा उनीहरुले गरेको योगदान र प्रतिष्ठानले थप गरेको रकम जम्मा हुनेछ ।

यस योजनामा सरकारको विभिन्न निकायमा दर्ता भएका सम्पूर्ण संस्थाले सहभागिता जनाउनुपर्ने छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार, नेपालमा करीब नौ लाख प्रतिष्ठान दर्ता छन् ।

योजनामा सहभागी हुन आतुर 

समयसीमा तोकेरै रोजगारदाता कम्पनीलाई कोषमा सूचीकृत हुन आह्वान गरिएपनि कतिपय कम्पनी समयसीमा अगावै सूचीकृत भएका छन् । काठमाडौँ उपत्यकाका रोजगारदाता कम्पनीलाई यही मङ्सिर ६ गतेदेखि सूचीकरण गर्ने भनिए पनि सिडिएम इन्टरनेशनल इन्कर्पोरेटेड र जावलाखेल ग्रुप आफ इन्डष्ट्रिज प्रालिले मङ्सिर ५ गते नै सूचीकृत भएको कोषले जनाएको छ ।

यसअवधिमा होटल, अस्पताल, निजी विद्यालय, विभिन्न औद्योगिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी संस्था कोषमा सूचीकृत भइसकेका छन् । कोषका अनुसार सोल्टी होटल, कान्तिपुर इन्जिनियरिङ कलेज, भगवती स्टिल, नेपाल जलविद्युत् विकास कम्पनी, नर्भिक इन्टरनेशनल अस्पताल, चन्द्रागिरी हिल्स, हेल्भेटास नेपाल, सिजी फुड्स, लक्ष्मी बैंक, सिजी सिमेन्ट, यति एयरलाइन्स, बज्र बाराही सेक्युरिटी सर्भिस, नेपाल पर्यटन बोर्ड, देउराली जनता फर्मास्युटिकल्स र मङ्गलसेन नगरपालिकालगायतले आफूलाई कोषमा सूचीकृत गराइसकेका छन् ।

वैशाखसम्म सम्पूर्ण रोजगारदाता सूचीकृत हुनुपर्ने 

सरकारले आगामी वैशाखसम्म सम्पूर्ण रोजगारदाता कम्पनी कोषमा सूचीकृत भइसक्नु पर्ने गरी कार्यतालीका सार्वजनिक गरिसकेको छ । योजनामा सूचीकरणका लागि प्रदेशगत समयसीमा निर्माण गरिएको छ । काठमाडौँ उपत्यकाबाहेक प्रदेश नं ३ का अन्य स्थानका रोजगारदाता कम्पनीले आगामी फागुन १५, प्रदेश नं १ मा आगामी चैत १ र प्रदेश नं २ आगामी चैत १५ गतेभित्र कोषमा सूचीकृत भइसक्नुपर्नेछ । गण्डकी प्रदेश र प्रदेश नं ५ का रोजगारदाता कम्पनीले आगामी वैशाख १ गतेभित्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाता कम्पनीले आगामी वैशाख १५ गतेभित्र कोषमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ ले रोजगारदाता आफू दर्ता भएको तीन महीनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचीकरण गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडाैंको कालोपुलमा गोली चल्यो,

काठमाडाैंको कालोपुलमा गोली चल्यो, एक जना घाइते

काठमाडाैं। काठमाडाैंको कालोपुलमा प्रहरीसँग मुठभेड हुँदा राजन लिम्बू घाइते भएका छन् ।

लिम्बूसँग गोली र पेस्तोल भएको सूचनाका आधारमा पक्राउ गर्न खोज्दा लिम्बूले प्रहरीमाथि नै आक्रमण गरेपछि जवाफी कारबाही गरेको महानगरीय प्रहरी जानकारी दिएको छ ।

सुनसरीकाको ईटहरी उपमहानगरपालिका ५ घर भएका लिम्बूले विभिन्न अपराधमा १३ वर्ष जेल सजाय भोगिसकेका छन् । घाइते लिम्बूको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हुवावे उपप्रमुख मेङ्ग वान्जु लाई पक्रन अमेरिकाको निर्देशन


मेङ्ग वान्जु

मेङ्ग वान्जु

चीनको विशाल दुरसंचार तथा मोबाइल कम्पनी हुवावेकी उप–प्रमुख तथा वित्त प्रमुख मेङ्ग वान्जु क्यानडामा पक्राउ परेकी छन्।

हुवावेका संस्थापक रेन जेनफीकी छोरी वान्जुलाई गत डिसेम्बर १ मा पक्राउ गरिएको क्यानडाको न्याय मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयले अमेरिकी सुरक्षा निकायको आग्रहमा आफूले उनलाई पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउबारे क्यानडाले विस्तृत जानकारी नदिएपनि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको विषयमा अमेरिकाले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ।

घटना लगत्तै क्यानडामा रहेको चिनियाँ दूतावासले वान्जुलाई विना कारण पक्राउ गरिएको भन्दै विरोध जनाएको छ।

चिनियाँ दूतावासले तत्काल रिहा गर्न आग्रह गरेको छ। हुवावेले वान्जुले अमेरिका र इरानबीचको मामलामा कुनै नकरात्मक काम नगरेको स्पष्टिकरण दिएको छ।

अमेरिकी सञ्चार माध्यम के भन्छन्?
अमेरिकी सञ्चार माध्यमहरुले अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवावेले तोडेको बारे अनुसन्धान गरिरहेको बताएका छन्।

‘न्यूयोर्क टाइम्स’ का अनुसार, अमेरिकी वाणिज्य विभागले इरान र उत्तर कोरियामाथि लगाएको अमेरिकी प्रतिबन्ध हुवावेले उल्लंघन गरेको विषयमा तथ्यहरु जुटाइरहेको छ।

अमेरिकी विधान निर्माताहरुले बारम्बार हुवावेलाई अमेरिकी सुरक्षाको खतरा रहेको बताउँदै आएका छन्।

हुवावेले आफ्नो मोबाइलमार्फत् अमेरिकासहित अन्य राष्ट्रको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ।

हुवावे उप–प्रमुखको गिरफ्तारीको खबरसँगै अमेरिकी सिनेटर बेन सासेले एपीसँग चीन अमेरिकी सुरक्षाको मामला भड्काउन लागिपरेको आरोप लगाएका छन्।

चीनले र हुवावेले के भने?
हुवावेले कम्पनीकी उपप्रमुख वान्जुलाई पक्राउ गरिएको खबरसँगै एक विज्ञप्ती जारी भनेको छ,‘हुवावेले संयुक्त राष्ट्रसंघ, अमेरिका र यूरोपेली युनियनको सबै किसिमको नियम, कानुन र प्रतिबन्धलाई आफुले पालना गरेको छ।’

क्यानडास्थित चिनिया दूतावास भने हुवावे भन्दा अझ कडा रुपमा उत्रिएको छ।

दूतावासले अमेरिकी र क्यानाडेली कुनै कानुन उल्लंघन नगरी वान्जु पक्राउ हुनु मानव अधिकारको उल्लंघन भएको बताएको छ।

चिनियाँ दूतावासले वान्जुलाई तत्काल रिहा पनि माग गरेको छ।

हुवावेमा पश्चिमा चासो किन?
हुवावे विश्वमै एक विशाल मोबाइल तथा दुरसंचार कम्पनी हो। हालै मात्र अमेरिकी एप्पल कम्पनीलाई पछि पार्दै हुवावे सामसुङपछि दोस्रो ठूलो स्मार्ट फोन बनाउने कम्पनी बनेको छ।

चिनियाँ हुवावे मोबाइलले एप्पलको बजार प्रतिस्थापन गर्नेभएपछि अमेरिकाले हुवावेले चीन सरकारलाई हुवावेको मोबाइल तथा विद्युतीय उपकरणबाट जासुसी गर्ने आरोप लगाएको छ।

चीन र अमेरिकाको व्यापार युद्धले समेत अमेरिकी बजार ओरालो लाग्न थालेको छ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 13:18:21