किन भए सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बन्द ??

काठमाडौँ, २० मङ्सिर-सौर्य एयरलाइन्सको सम्पूर्ण उडान आज (बिहीबार)बाट बन्द भएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि सबै उडान रद्ध गरेको हो।

विमानस्थल कार्यालयले एयरलाइन्सले अहिलेसम्म ३ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । विमानस्थल कार्यालयले बिगत एक बर्षदेखि बक्यौता तिर्न पटक पटक म्याद दिंदै आएको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सौर्य एयरलाइन्सले बक्यौता तिर्न अटेर गरेकाले बाध्य भएर उडान रोकेको जानकारी दिए।  उनले बक्यौता नतिरेसम्म उडान खुल्ला नहुने जानकारी दिए। कम्तिमा २० देखि २५ लाख रुपैयाँ बक्यौता तिरे उडान सुचारु गर्न सकिने उनले बताए।

कम्पनीले आगामी सोमबारसम्म केही बक्यौता तिर्ने जानकारी दिएको उनले बताए । यस अघि करिब ४ करोड बक्यौता रहेकोमा ताकेतापछि १ करोड ७० लाख रुपैयाँ बक्यौता बुझाएको थियो।

त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत बापत एयरलायन्स कम्पनीहरुले शुल्क बुझाउनु पर्छ।

सौर्यले पछिल्लो समय ५० सिट क्षमतायुक्त युक्त एउटा मात्र जहाज उडाईरहेको थियो। सौर्यले काठमाडौंबाट नेपालगन्ज, विराटनगर, भैरहवालगायत गन्तव्यमा दैनिक तीनदेखि चार उडान गरिरहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० मा सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो ।

कान्छीको गजल

गजल

धर्तीलाई सोध अनि आकाशलाई सोध।

गरिबी के हो झुपडीको बासलाई सोध।

दुई हात जोड्छु मलाई नसोध बिन्ती ,

लालाबालाको आधा गाँसलाई सोध।

जाडो छेक्छौ कि छेक्दैनौ तिमीले

कसैको लाजै नढाक्ने हरको कपासलाई सोध।

इज्जत हुन्छकी ? हुँदैन? गरिबहरुको,

उध्रेको चोली हेर्ने बदमासलाई सोध।

तिमेसङै सपना जलाउँ कि नजलाउँ,

रातो बाकस भित्रको लासलाई सोध।

प्रतीक्षा शर्मा कान्छी मध्यनेपाल नगरपालिका ६,लमजुङ

‘म कालले पनि नपत्याएको मान्छे’

मेनुका थापा । जसले आफ्नो भाग्य आफैंले लेख्न संघर्ष गर्नुभयो । बुवा बितेपछि उहाँको आमालाई धेरै दबाब पर्यो । कतिले अरुकै ‘भुँडी’ बोकेको आरोप लगाए, कतिले बाउ ‘टोक्ने’लाई मार्नु पर्छ भने । आमालाई गर्भ तुहाउन धेरै दबाब पर्यो । मानसिक रुपमा आमा बिछिप्त हुनुभयो । तर आमाको ममतालाई उहाँले जोगाइराख्नुभयो ।
unn.prixa.net

आमाको गर्भमा छँदै बुवा गुमाएको । जन्मेपछि बाल्यकालमै आमाले पनि छोडेको । विष खाँदा पनि मर्न नसकेको । अर्थात कालले पनि नपत्याएको मान्छे  । विगतमा यही थियो, उहाँको परिचय ।

समय र परिवेशसँगै अहिले परिचय फेरिएको छ । उहाँकै शब्दमा भन्नु पर्दा, अहिले उहाँको परिचय – यो देशको एउटा जिम्मेवार नागरिक  । जन्म भयो, मेनुका थापाको । बाल्यकालमा आमा बावुबाट माया र स्नेह होइन,  ठीक विपरीत संघर्ष गर्नुपर्यो उहाँले । ‘बाउ टोक्ने’, ‘अलक्षिना’ जस्ता सुन्नै नसकिने शब्द मेनुकाले पचाएर हिँड्नु पर्यो । उहाँलाई नामले कम मात्रैले बोलाउँथे ।

समयसँगै फेरियो परिचय

आमाको साथ छुटेपछि आफन्तकहाँ शरण लिनु पर्यो । तर समाउने हात र साथको साटो उहाँले हेला र बेदना पाउनुभयो । अन्ततः उहाँलाई सडक नै सबैथोक बन्यो ।

बिहान सबेरै उठ्नु अनि खानपानको जोहो गर्न यताउता भौंतारिनु उहाँको दैनिकी थियो । दिनभरी चोक चोकमा भाैँतारियो, पेट भर्यो  । जब साँझ पर्दै जान्थ्यो, उहाँको मन पनि अमिलो हुन्थ्यो । तर एक हिसाबले भाग्यमानी उहाँ । सडककै बास भए पनि रातमा उहाँले सुरक्षित बास पाउनुहुन्थ्यो । उहाँ बस्ने सडकपेटी नजिकै चिया बेच्ने बुढाबुढी बस्दथे ।

‘दिनभरी जहाँ पुगे पनि रात परेपछि म उहाँहरुकोमा जान्थें । मलाई सुरक्षित महशुस हुन्थ्यो । यही बासकै कारण म बलात्कृत हुनबाट र बेचिनबाट जोगिएँ, अहिले त्यस्तै  लाग्छ’ उहाँ भन्नुहुन्छ ।

‘बाउ टोक्ने’, ‘अलक्षिना’ नामको अन्त्य त्यतिबेला भयो, जतिबेला सडकपेटीको बासका क्रममा देउता जस्तो बनेर आए मोहनबहादुर थापा ।

यो २०५५–०५६ सालतिरको कुरो । मनोविज्ञान पढेका मोहनबहादुर थापाले मेनुकाको भाव बुझ्नुभयो । उहाँले मेनुकाको उद्दार गर्ने सोच बनाउनुभयो । तर मेनुका यसमा विश्वस्त हुनु भएन । कारण – उहाँको बाल मस्तिष्कदेखि नै पुरुषप्रति ‘नेगेटिभ भाइभ्स्’ (नकारात्मक सोच) थियो । तर थापाकी श्रीमतीसँग मेनुकाको जब भेट भयो, मेनुकाको जीवनले एक घुम्ती नै पार गर्यो ।

‘बाउ टोक्काई भन्दै मलाई सबैले थुक्थे । आमा बुवा नभएपछि मामा र आफन्तको शरणमा पुगें । तर त्यहाँ पनि मलाई उठाउने भन्दा थुक्ने नै धेरै भए । जिन्दगी जसरी भए पनि आफैंले घिसार्ने हो । कहीँ ठक्कर पाए मैले नै खेप्नु पर्दछ । कहिलेकाहीँ म सम्झन्छु, कस्तो सिनेमा जस्तो छ मेरो जीवन । मैले कहिल्यै सोचेको थिईनँ कि मेरो जीवन आज यो अवस्थामा आउला भनेर’ उहाँले पहिले र अहिलेको क्षण सम्झनुभयो ।

‘मैले बावुलाई देखेकै छैन म कसरी बावु टोकाई भएँ ? मेरो मनमा सधैं यही आक्रोश थियो । मनको आक्रोश आँखामा पनि देखिन्थ्यो ।’

‘मोहनबहादुर थापासँग म नखुलेपछि श्रीमती मन थापा म छेउ आउनुभयो । महिला मात्रै रहेको परिवारमा हुर्केकी भएर म मन थापासँग घुलमिल भएँ । अन्ततः म उहाँसँगै गएँ । त्यसपछि सडकबाट मेरो जिन्दगी मन थापाको घर हुँदै क्याम्पससम्म पुग्यो’ उहाँले आफ्नो जिन्दगीमा आएको मोडबारे बताउनुभयो ।

पद्मरत्न क्याम्पसका पढाईसँगै थपिंदै गए साथी पनि । खान लाउन र पढ्न पाए पनि मेनुका  भित्रैदेखि सन्तुष्ट हुन सक्नु भएन । जीवनलाई अरुको सहारामा हिँडाउनुभन्दा पनि आफैं सबल बन्नु थियो ।

उहाँ गीत पनि गाउनुहुन्थ्यो । यही क्रममा एक, दुई जना साथी उहाँको गायनबाट प्रभावित थिए । उनीहरुले मेनुकाका लागि महिनामा ३ हजार कमाई हुने जागिर खोजिदिए । सबल बन्ने उहाँको चाहनाको पहिलो कदम बनिदियो, गीत । उहाँले रेष्टुरेन्ट बारमा गाउन थाल्नुभयो ।

‘जागिर पाएपछि कति खुशी भएँ । एक रुपैयाँ नकमाउने मैले अब महिनाको ३ हजार रुपैयाँ कमाउने भएँ । त्यो पनि केही घण्टा गीत गाएर । बेलुकाको जागिर भएकाले मैले अरु काम पनि सजिलै गर्न सक्दथें’ त्यतिबेलाको खुशी साट्दै उहाँले भन्नुभयो ।

तर उहाँको यो खुशीले न जरो गाड्न सक्यो, न फैलिन । ‘जब मैले रेष्टुरेन्ट, बारमा गीत गाउँदै गएँ, वास्तविकता थाहा हुँदै गयो । रेष्टुरेन्ट बारको देखाउने दाँत र चपाउने दाँत फरक हुँदो रहेछ । मैले त्यहाँ स्वाभिमान हैन हिंसा र दुव्र्यवहार देखेँ, भोगेँ । बिस्तारै मलाई असह्य हुँदै गयो । मैले काम गरे बापतको तलब मागेँ ।  जवाफमा साहूले भन्यो’ – “तलब चाहिन्छ भने फलानोसँग सुत्न जा …।”

गीत गाउन भनेर बोलाएको साहूले “ग्राहकसित सुत्न जा…,अनि तलब पाउँछेस्” भने पछि उहाँलाई असह्य भयो । गीत गाउन भनेर बोलाएपछि गाएको पैसा देउ, अरु थाहा छैन भन्दै साहूलाई उहाँले शब्दले प्रतिकार गर्नुभयो । तर साहूले नसुनेझैँ टार्न खोजे ।

‘अति भयो, मैले सहनै सकिन र छेउमा रहेको बियरको सिसी साहूको टाउकोमा बजारें । अनि त्यहाँबाट म हिँडे’ उहाँले  पुरानो घटना सम्झनुभयो ।

यो घटनापछि रेष्टुरेन्टका साथीभाइले मेनुकाको तारिफ गरे । मेनुकालाई अन्यायविरुद्ध आवाज उठाउन पे्ररित गरे  । बाँच्नैकै लागि सँघर्षका क्रममा उहाँले फेरि एउटा आन्दोलनको थालनी गर्नुभयो – महिला दिदी बहिनीको भलाईका लागि ।

साहूको टाउको फुटाएपछि मेनुका आफ्ना साथीभाइसहित १२ जनाको टोली लिएर अर्को रेष्टुरेन्ट, बारमा जानुभयो । जहाँ उहाँले आफ्नो प्रभाव र दबाब दुवै कायम गर्नुभयो ।

काम र जीवन यसैगरी बित्दै थियो । उहाँले आफूले पाएको सैद्धान्तिक शिक्षालाई बिस्तारै व्यवहारिक बनाउँदै लैजानुभयो । आफूसित काम गर्ने श्रमिकलाई उहाँले श्रम र पारिश्रमिक तथा ऐन कानुनको बारेमा जानकारी गराइरहनुभयो । फलस्वरुप उनीहरुले कुनै रेष्टुरेन्ट बारमा काम गर्नुभन्दा आफ्नै संस्था खेल्न सुझाएनन् मात्र, सहयोग पनि गरे ।

२०–२२ वर्षको उमेर । त्यसमाथि रेष्टुरेन्टमा गीत गाउने । थापाले संस्था दर्ता गर्न धेरै झमेला भोग्नुपर्यो । ‘त्यतिबेलाका सहायक प्रमुख जिल्ला अधिकारीले “संस्था दर्ता गर्न भन्दा जहाँ जे काम गर्छौं, त्यहीँ गर, नसके विवाह गरेर बस्नु ” भन्ने जवाफ दिए । तर भाग्यवश त्यहाँ सञ्चारकर्मी पुगेका रहेछन् । उनीहरुले हाम्रो खबर छापिदिएछन् । त्यसपछि बाध्य भएर हाम्रो संस्था दर्ता भयो ।’ उहाँले भन्नुभयो ।

छोरीको रक्षा गर्दै थापा 

‘धेरैको आरोप आउँछ । डलरको खेती गर्ने त्यो पनि पीडित छोरीको नाममा । म यसलाई सामान्य रुपमा लिन्छु किनकी हामीले दातृ संस्थासित डलर नै थाप्छौं । पैसा नभई कसरी काम गर्ने ? सम्भव छैन । यस विषयमा सरकारले निगरानी गर्नुपर्दछ’, थापाले भन्नुभयो ।

हिजो आज छोरी घरमै असुरक्षित छन् । हजुरबुवा, बुवा, दाइभाइ, काका मामा कोहीसँग सुरक्षित छैनन् छोरी । हिंसा र बलात्कारमा परेका केही छोरीले आत्महत्या नै गर्छन् । कोहीले मानसिक सन्तुलन नै गुमाउँछन् । यस्ता छोरीको हेरचाह र स्वास्थ, शिक्षामा मेनुका थापाले काम गर्दै आउनुभएको छ ।

मंसिर २०, २०७५

श्रोत: उज्ज्यालो अनलाइन

कठै !! बाच्ने रहर कसलाई हुँदैन र !! आउनुहोस् सबैलाई शेयर गरौं !! गरीबको साहरा बनौं ।

धादिङ – खेतीपाती गरेर जीविका चलाउँदै आएका तामाङ एक्कासि बिरामी भएर श्रीमतीले पोखराको मणिपाल अस्पतालमा उपचार गर्न लगेपछि मेन्जो तामाङ छाँगाबाट खसेजस्तै भएको बताउनुहुन्छ । कारण थियो २ वटै मृगौला फेल भएको रिपोर्ट । उहाँ भन्नुहुन्छ, ‘भारी मन लिएर घर फर्के पनि २ वटै मृगौला फेल भएको विश्वास गर्नै सकिनँ । भरतपुर हुँदै काठमाडौंका अस्पतालहरुसम्म जचाँउन पुगेँ । तर मैले विश्वास नगर्दैमा फेल भएको मृगौलाले काम गर्ने कहाँ हुन्थ्यो र ?’ तामाङ थप्नुहुन्छ, ‘मृगौलामा समस्या भएको पहिले कहिले थाहा भएन । बेलैमा उपचार गर्न पाइएको भए आजको यो अवस्था आउने थिएन होला ।

एउटाले मात्रै काम गर्ने भए पनि दुई छाकको जोहो गर्न त सक्थेँ नि । अहिले न घरको न घाटको भएँ’, भक्किानिदै उहाँले आफ्नो पीडा पोख्नुभयो । निन्याउरो अनुहार, समस्याको भूमरीसँग पैँठेजोेरी खेल्दाखेल्दै थाकेको ज्यान । घरबार श्रीसम्पत्ति उपचारमै सकियो । तर फेल भएको २ वटै मृगौला फेरेर खुशीले बाँच्ने दिन आएन । केवल पीर, पीडा अनि ऋणको भारीले उठ्नै नसक्नेगरी थिचियो मात्रै । २ मुठ्ठी सास रहेसम्म आश हुन्छ भनेझैँ दुवै मृगौला फेल भएका गंगाजमुना गाउँपालिका –१, धादिङका मेन्जो तामाङ भन्नुहुन्छ– बाँच्ने रहर छ सहयोग गर्दिनुस् न है ।

२०७३ साल जेठमा २ वटै मृगौला फेल भएको थाहा पाएपछि उपचारका लागि झण्डै १५/२० लाख रुपैयाँ खर्च भैसकेको तामाङको भनाई छ । उपचारको अन्तिम विकल्प मृगौला फेर्नु नै हो । उहाँले भन्नुभयो, ‘भएको सम्पत्ति उपचारमै सकेँ । घरघडेरी, खेतबारी सबै बेचिसकेँ । अहिले आफै भाडामा बस्दैछु । सातामा २ दिन डायलाइसिस गर्न काठमाडौं जान्छु । महिनाको १५ हजारभन्दा बढी खर्च हुन्छ । ऋणको भारीले थिचिन थालेपछि बीचमा केही महिना, सातामा एक दिन मात्रै डायलाइसिस गर्दा चापेर कसो मरिनँ’, उहाँले आत्तिँदै बताउनुभयो ।

सरकारले यस्ता बिरामीलाई विभिन्न सेवा तथा सुविधा दिए पनि केही नपाएको तामाङको गुनासो छ । पैसा तिरेका बिल र कागजपत्र एक झोला छ । उहाँले भन्नुभयो, ‘आफ्नो बलबुता र सम्पत्तिले रोग निको बनाउन सकिन । घर घडेरी खेतबारी बेचेर उपचारका नाममा पाएका कागजपत्र देख्दा मन साह्रै रुन्छ । अब त सम्पत्ति भने पनि, ऋण भने पनि यही कागजपत्र हो’, आँसु पुछ्दै उहाँले बताउनुभयो ।

अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ । ‘उपचार गर्न लिएको ऋणले उस्तै चुर्लुम्म भएको छु’, उहाँले बताउनुभयो, ‘लिएको ऋण साहुले माग्न थालिसके । कसरी तिर्नु, उपचार केले गर्नु । मर्ने काल आएन, बाँच्ने ताल पनि आएन । दुई मुठ्ठी सास रहेसम्म आश हुँदो रहेछ’, अहिलेसम्म कतैबाट सहयोग नपाएका तामाङ भक्कानिदै भन्नुहुन्छ, ‘बाँच्ने रहर छ, कृपया सहयोग गर्दिनुस् न है ।’

– तामाङलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नम्बर ९७४१४४०६०४ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

मंसिर २०, २०७५

आज १०औं कपिलवस्तु महोत्सव एवम कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को तेश्रो दिन !!

आज १०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को तेस्रो दिन !!
महोत्सव को आकर्षण आठौँ कपिलवस्तु डान्सर आइडल मा छानिएका १७ प्रतिस्पर्धी मध्यबाट भोटिङ र जज को मूल्याङ्कन को आधार मा आज दुइजना प्रतिस्पर्धी ले स्टेज छोड्ने छन् !

नृत्य संयोजक वीरेन्द्र खाण तथा जजहरू नरेश वीर सिङ र शिशिर खाती द्वारा मूल्याङ्कन भइरहेको कपिलवस्तु आठौँ कपिलवस्तु डान्स आइडलको मुख्य प्रायोजन भने जगदम्बा मोटर्स प्रा लिई ले गरेको छ । द्वित्तिय तर्फ समाजसेवी श्री कृष्ण कुँवर – रु – १००००० (एक लाख रुपैयाँ ) त्रितिय पुरस्कार म म संसार बुटवल को तर्फ बाट रु ५०००० (पचास हजार रुपैयाँ ) र शान्तवना तर्फ ऐश्वर्या पौडेल द्वारा रु – २५००० ( पच्चिस हजार रहेको छ । पुरुष तर्फ विजेता हुनेलाई १५० CC को मोटरसाइकल उपहार स्वरूप रहेको छ भने महिला तर्फ १२५ CC को स्कुटर रहेको छ ।

विशेष आकर्षक उपहार राखिएको यो पालिको डान्स आइडल लाई उच्च प्राथमिकता मा राखिएको छ ।पछिल्ला वर्षहरूभन्दा यो वर्ष आर्थिक कारोबार को अनुमान पनि उच्च रहेको सचिवालयले जनाएको छ । हिजो जिल्ला भन्दा बाहिरबाट पनि प्रदर्शनी अबलोकनकर्ता हरूको उल्लेख्य उपस्थिति रहेको र आर्थिक कारोबार पनि अपेक्षा गरेजस्तै रहेको पनि सचिबालय ले  जानकारी गराएको छ । थुप्रै आकर्षक व्यापारिक स्टल हरू रहेको १०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी मा आकर्षण का मनोरन्जनात्मक पिङ जादु,रेस्टुरेन्ट खाजा घर ,फेन्सी पसल फोटो स्टुडियो निःशुल्क दन्त परीक्षण आँखा परीक्षण स्टल हरू पनि रहेका छन् ।

आज रास्ट्रियस्तर बाट लोक गायिका – सपना गाह मगर, कृष्ण रयाउले लगायत को प्रस्तुति रहनेछ भने पछिल्लो समय १०० भन्दा बढी क्यारिकेचर गर्न सक्ने जिरे खुर्सानी को सानो हजुर वा भद्रगोलको एदुमे को हास्य प्रस्तुति रहने छ सङ्गै नियमित आकर्षण कपिलवस्तु डान्स आइडल तथा स्थानीय कलाकार हरूको प्रस्तुति पनि रहने छ ।

१०औ कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी -२०७५ को मुख्य प्रायोजक समृद्धि फुड प्रोडक्ट शिवराज -८ वीरपुर ले गरेको छ।महोत्सव एवम् कृषि पर्यटन तथा औद्धोगिक प्रदर्शनी का विशेष आकर्षण हरूमा -सबै प्रकारका कृषि प्रयोजन का मेशिन हरू,दूध दुहुने मेशिन जिरो भेटर धान काट्ने छर्ने रोप्ने लगायत आँप लिची र लहरे बाली काँक्रा घिरौँला बोडी लौका टिप्ने मेसिनरी औजार हरू ,बिरुवा एक ठाउँ बाट अर्को ठाउँमा सुरक्षित सार्ने मेसिनरी औजार रहेका छन् ।

नेपाली को रेल चढ्ने सपना साकार हुँदै, सरकारले रेल किन्न छुट्टायो ५० करोड रुपैया !!

भाडामा रेल ल्याएर संचालन गर्दा रेलको गुणस्तर तथा त्यसको लागत खर्च बढि लाग्ने देखेपछि भौतिक योजना तथा यातायात मन्त्रालय र मातहतको रेल विभाग पछि हट्यो। अहिले खरिद गरेर आफ्नै रेल संचालन गर्ने विषयमा मन्त्रालय अघि बढेको छ।

‘डिइएमयु’ रेल

डिइएमयु’ रेल

जयनगरदेखि जनकपुरको कुर्थासम्म करिव ३५ किलोमिटरमा सरकारले यही डिसेम्बरसम्म रेल संचालन गर्ने भनेर ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो। भौतिक योजना तथा यातायात मन्त्रालयले भाडामा रेल ल्याएर संचालन गर्ने योजना समेत बनाएको थियो। भारतको सरकारी नियकायसँग रेल भाडामा लिएर संचालन गर्ने प्रक्रिया पनि अपनाइसकेको थियो।

सरकारले खरिद गरेरै १० डिब्बासम्मको रेल संचालन गर्ने हो भने करिव १ अर्ब रुपैयाँ चाहिने भयो। उक्त रकमको बारेमा भौतिक योजना मन्त्रालयले अर्थसँग कुरा राखेको जनाइएको छ। यो विषय प्रधानमन्त्रीसँग समेत पुगेपछि प्रधानमन्त्रीको आदेशमा अर्थमन्त्रालयले ५० करोड रुपैयाँ निकाशा गराउन सहमत भएको हाे।

भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्मा भन्छन्, ‘आफ्नै रेल किनेर संचालन गर्दा र भाडामा संचालन गर्दा वार्षिक लागत लगभग उस्तै पर्ने देखिएकोले किनेर नै संचालन गर्ने भन्ने विषयमा छलफल भैरहेको छ।’ शर्माका अनुसार उक्त विषयमा भारतको सरकारी निकायसँग कुरा भैरहेको छ।

बजेटको लागि अब समस्या नदेखिएकाे र खरिदको मनसायमा मन्त्रालय र विभाग रहेको उनले जानकारी गराए। रेल विभागले प्रक्रिया अघि बढाइरहेको उनले बताए।

विभागका महानिर्देशक बलराम मिश्र र सिनियर डिभिजन इन्जिनियर अमन चित्रकार समेत अहिले रेलकै बारेमा कुरा गर्न भारत भ्रमणमा छन्।

नेपालले किन्न खोजेको रेल डिजेल मल्टि इलेक्ट्रोफायरिङ (डिमो) मोडलको हो। यसमा दुईवटा इन्जिन हुन्छ। त्यस्तै डिजाइनकाे १० डिब्बासम्मको रेल नेपालले खोजिरहेको छ। त्यो भन्दा सानो पनि हुनसक्छ। रेल विभागका एक इन्जिनियरका अनुसार एउटा डिब्बामा ७२ जनाका लागि बस्ने सिट हुन्छ।

यहि मंसिरको सुरुमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा विभागका महानिर्देशक बलराम मिश्र समेतको टोलि भारत गएको थियो। साे टाेलिले रेल खरिद गर्दा र भाडा कति लाग्ने भन्ने रेट बुझेर नेपाल फिर्किए पछि पुनः महानिर्देशक मिश्र भारत तर्फ गएका हुन्। उनले यो पटक खरिदको सम्पूर्ण तयारी नै गरेर फर्कने र खरिद सम्झौता पछि गर्ने गरी आउने बुझिएको छ।

जयनगरदेखि बर्दिबाससम्म नै सकारले यही वर्ष रेल संचालन गर्ने तयारी गरेको छ। तर कुर्थादेखि वर्दिबाससम्मको मार्ग भने निर्माणाधिन छ। ६९ किमिको उक्त मार्गमा सरकारले असार मसान्त अर्थात चालू आर्थिक वर्षसम्ममा रेल संचालन गर्ने योजना बनाएकाे छ।

प्रकाशित – मङ्शिर -२० वैखरी काठमाडौं |

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती !

पोखरा ,२० मंसिर – सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै  सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन्

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

नयाँदिल्ली ,२० मंसिर — नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो ।नेपाली महिलाको अवस्था पनि अज्ञात छ ।आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए ।चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पामाथि मानव तस्करीको आरोप, छानबिन गर्न माग

काठमाडौं,२० मंसिर –मानव तस्करीमा संलग्न भएको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानव तस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता राख्नु अझ गम्भीर विषय भएको जनाउनुभएको छ ।

निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

काठमाडौँ  / बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौँमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।

केही युवकले गल्ती आफूहरुले गरेको , तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।

तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्र्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

निर्मला पन्तको हत्यारा खोज्न गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी

काठमाडौं / कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो।

मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा। इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो। प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको ‘तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोली’ ले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

नेपालमा जुनसुकै बेला ८‍.५ रेक्टरको भूकम्प जान सक्ने भारतीय वैज्ञानिकको ठहर

जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्भविद् सीपी राजेन्द्रनले नेतृत्व गरेको अनुसन्धानले निटक भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो।

भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पीय जोखिममा रहेको औंल्याएका छन् । वैज्ञानिकहरुका अनुसार हिमालय क्षेत्रको आसपासमा जुन प्रकारको भौगोलिक घटना भइरहेका छन्, ती घटनालाई अध्ययन गर्दा यो क्षेत्रमा ८ दशवमल ५ रेक्टरस्केलको भूकम्प कुनै पनि बेला आउन सक्छ।

‘जियोलिजकल जर्नल’मा प्रकाशित लेखमा भनिएको छ–दक्षिण एसियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८।५ म्याग्निच्युडको भूकम्प जान सक्छ।’ नेपालको सुदूर पश्चिमको हिमाली क्षेत्र र भारतको उत्तराखण्ड क्षेत्रको तथ्यांकमा आधारित भएर गरिएको अध्ययनलेयस्तो देखाएको हो।

शोधकर्ताहरुले जियोलोजिकल सर्भे अफ इण्डियासँग भएको भूबनवटको तथ्यांक तथा त्यसको संरचनागत नक्सा, गुगल अर्थ तथा भारतीय अन्तरिक्ष एजेन्सी आईएसआरओले भूउपग्रहबाट खिचेका तस्वीरको सहयोगमा अनुसन्धान संचालन भएको थियो। पछिल्लो प्रवृत्तिबारे अनुसन्धान गरिरहेको अमेरिकाको युनिभर्सिटी अफ कोलोराडोका भूगर्भविद् प्राध्यापक रोजर विल्हमले भारतीय वैज्ञानिकको यो अनुसन्धान तथ्यपरक रहेको दाबी गरेका छन्।

‘हिमालय क्षेत्रमा ८.५ रेक्टरस्केलको भूकम्प जाने खतरा छ भन्ने भारतीय वैज्ञानिकको निष्कर्षमा कुनै शंका छैन,’ उनले भनेका छन्, ‘मेरो आफ्नै अध्ययनले कही वर्ष अघि पूर्वी आल्मोडादेखि नेपालसम्म ८.७ रेक्टरस्केलको भूकम्प जानसक्ने देखाएको थियो ।’

वैज्ञानिकहरुको निष्कर्षकालाई आधार मान्ने होभने हिमालय क्षेत्रमा कुनै पनि बेला ठूलो तीव्रताकासाथ भूकम्प जान सक्छ। हिमालय क्षेत्रमा अवस्थित नेपालमा सन् २०१५ मा गोर्खा केन्द्रविन्दु भएर गएको ७।८ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति पुर्याएको थियो।

बलीको बोको

कविता
शिर्षक: बलीको बोको 

मणि भट्टराई

मेरो अन्धताको उपयोग गरेर
कसैले छोडिदिन्छ मलाई
युगको पछिल्तिर फर्काएर

हिड्न त हिंडे जस्तो लागिरहन्छ
चढे जस्तो लागिरहन्छ उकालो
‘कहिं पुगें होला अब त’ – यस्तो भइरहन्छ
तर हरेक पटक फेरी उसरी नै
डल्लिंदै डल्लिंदै मेरो यात्रा
कतै आफ्नै पाइतलामै हराइरहन्छ !

पुराना आकांक्षाका क्यालेन्डरहरूबाट
अंकहरू झरेर गए
बुढा ‘बा’ का दाँत जस्तै गरेर,
विश्वासहरू च्यातिएर गए
आमाको थोत्रे पेटिकोट जस्तै भएर,
तै पनि म
त्यही च्यात्तिएको पेटिकोटले बेरिएको छु
गुट्मुटिएको छु त्यसैको न्यानोमा
जति हुर्कें भने पनि म
एक असक्त बालक छु युग युग
लाटो समयको काखमा ।

साला यो जिन्दगी भन्नु पनि
आफ्नै जीजिबिषाको सालनालमा कैद छ
आफ्नै रहरहरूमा पटक पटक शहीद छ
तै पनि
चिल्सा परेका
केही थोत्रा विचारहरूको भर्यांग लगाएर
कामै नलाग्ने केही सपनाहरूको बुईँ चढेर
पुरै संसारै छिचोले जस्तो गरेर
महत्वकांक्षा र अहम्को अँध्यारो तलामा
पटक पटक उक्लन खोजिरहन्छ ।

यहाँ मेरो बहादुरी
मैसँगै डराइरहेछ
उज्यालोको खोजमा निस्केको म
अँध्यारोसँग रमाइरहेछु
अँध्यारो भित्रै हराइरहेछु ।

कस्ले खनिदिन्छ र नयाँबाटो ?
म त पट्टी बाँधिएको युवा पुस्ता हुँ
बानी परेको छु हिंड्न
आफ्नै डडेंल्नो समातेर
उक्लँदा- उक्लन्छु आफ्नै काँधसम्म
झर्दा- ओर्लन्छु आफ्नै पाइतलासम्म ।

म सोच्न सक्छु – तर बोल्दिन
म देख्न सक्छु – तर हेर्दिन
इतिहासले डामेर छोडिदिएको छ मेरो जिब्रो
आफ्नै अज्ञानताले छोपेको छ आफ्नो आँखा
मेरो परम्पराले मलाई
अपराधीलाई पनि
निहुरेर नमस्कार गर्न सिकाएको छ
ऊसको स्वागतमा
परेड खेल्न र बुट बजार्न सिकाएको छ
झुठो हो मेरो वीरताको इतिहहाँस
खासमा मेरो बलिदानीको अर्थ कसैले बुझ्दैन,
सिवाय वलीको बोको ।

स्वर्गीय आफ्ना् बाबालाई किन लेखे यी बालकले चिठी, निकै दर्दनाक

स्कटल्याण्ड / स्कटल्याण्डका ७ वर्षका एक बालकले आफ्ना स्वर्गवासी पितालाई चिठी लेखे । चिठी लेखेर उनले एक हुलाकीलाई यो चिठी पुर्याउने जिम्मेवारी दिए । उनले हुलाकीमार्फत स्वर्गवासी पितालाई जन्मदिनको शुभकामना कार्ड पठाएका थिए । बालकलाई थाहा थिएन कि त्यो चिठी उनका पितासम्म पुग्न सक्दैन । तर, त्यतिबेला ती बालकको खुसीको सीमा रहेन जब हुलाक कम्पनीले बालकलाई एक पत्र पठाएर जानकारी दियो कि उनको पत्र सुरक्षित रुपले उनका पितासम्म पुर्याइएको छ ।

बालककी आमाले सामाजिक संजालमा एक भावुक बनाउने पोस्ट लेख्दै यो घटना शेयर गरेकी छिन् । साथमा उनले हुलाक कम्पनीलाई धन्यवाद पनि दिएकी छिन् । ती बालकका पिताको ४ वर्ष पहिले मृत्यु भएको थियो । स्कटल्याण्डको बाथगेट शहरमा बस्ने महिला टेरी कपल्याण्डले सामाजिक संजालमा आफ्ना छोराले पठाएको कार्ड र जवाफमा आएको पत्रसहित एक पोस्ट लेखेकी छिन् जुन संसारभर भाइरल भइरहेको छ ।

टेरीका पति जेम्सको २०१४ मा २८ वर्षको उमेरमा मृत्यु भएको थियो । यो जोडीका २ सन्तान छन् जसमा छोरा जेस ७ वर्षका र छोरी नीव १० वर्षकी छिन् । यस वर्ष २०१८ मा टेरीका ७ वर्षका छोरा जेसले पिताको जन्मदिन आउने बेलामा आफूले पितालाई शुभकामना कार्ड पठाउन चाहेको आमालाई बताएका थिए । बालकले भनेका थिए – कसैले पनि जन्मदिनमा गिफ्ट पाउन् वा नपाउन् शुभकामना भने पाउनुपर्छ । उनले कार्ड लिएर आए र हुलाकीलाई खास सन्देश पनि लेखे ।

टेरीका अनुसार उनका छोरालाई आशा थिएन कि उनले पठाएको कार्ड स्वर्गमा उनका पितासम्म पुर्याइनेछ । तर, हालै हुलाक कम्पनीले पठाएको जवाफ पाएपछि उनको खुसीको सीमा छैन । पिताको लागि लेखिएको कार्डबाहिर जेसले लेखेका थिए ‘मिस्टर पोस्टम्यान, मेरो पिताको जन्मदिनको लागि के तपाइँ यसलाई स्वर्गसम्म पुर्याउन सक्नुहुन्छ ? धन्यवाद ।’ जवाफमा हुलाक कम्पनी रोयल मेलले एक पत्र पठाउँदै बालक जेसलाई जानकारी दिएको छ कि उनले पठाएको पत्र सुरक्षित रुपमा स्वर्गमा उनका पितासम्म पुर्याइएको छ ।

कम्पनीका तर्फबाट असिस्टेन्ट डेलिभरी अफिस म्यानेजर स्याम मिल्गनले जवाफ लेख्दै भनेका छन् ‘म तपाइँलाई बताउन चाहन्छु कि हामीले स्वर्गमा रहेका तपाइँका पितासम्म तपाइँको पत्र पुर्याइदिएका छौं । यो निकै चुनौतीपूर्ण काम थियो जसमा तारा र आकाशगंगाका अन्य चीजहरुलाई पार गर्दै स्वर्गसम्म पुग्नुपर्ने थियो । यद्यपि तपाइँ भरोसा राख्नुस् कि त्यो जरुरी सामान डेलिभरी गरिसकिएको छ ।’ उनले अगाडि लेखेका छन् ‘रोयल मेलको प्राथमिकता ग्राहकले पठाएका सामानलाई सुरक्षित रुपले पुर्याउनु हो । हामीलाई थाहा छ तपाइँले पठाउनुभएको सामान कति महत्वपूर्ण थियो । स्वर्गसम्म सुरक्षित डेलिभरी गर्नको लागि हामी भविष्यमा पनि प्रतिबद्ध रहनेछौं ।’

हुलाक कम्पनीको पत्र पढेपछि बालककी आमा टेरी निकै प्रभावित भइन् । उनले यो पूरै घटनालाई एक पोस्टमार्फत सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले हुलाक कम्पनीलाई धन्यवाद दिइन् । टेरीले रोयल मेललाई सम्बोधन गर्दै लेखेकी छिन् ‘म बताउन सक्दिन, जब उनलाई थाहा भयो कि उनले पठाएको कार्ड उनका पितासम्म पुग्यो, उनी कति खुसी भए । तपाइँले जे गर्नुभयो त्यो सब गर्नु तपाइँको काम थिएन । तपाइँले चाहेको भए त्यसलाई बेवास्ता पनि गर्न सक्नुहुन्थ्यो । तपाइँले बालकको लागि जे गर्नुभयो त्यसको जति तारिफ गरे पनि कम हुन्छ । रोयल मेलले पुनः एक पटक मानवताप्रति मेरो विश्वास बलियो बनाइदिएको छ ।’

फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

काठमाडौँ, १८ मङ्सिर-फलफुल हाम्रो शरीरको लागि एकदम आवश्यकीय तत्व हो । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ। फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् –

मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्रा धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।

खरबुजाको बोक्रा – खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

सुन्तलाको बोक्रा – सुन्तलाबाट भिटामिन सि पाईन्छ। यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ। जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सकिन्छ। सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ।

केराको बोक्रा – केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ। केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ। केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ।एजेन्सी

‘हत्यारा पत्ता लगाउने नसक्न सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।

‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आज पनि चर्चित नै छ। यो कसको कमजोरी हो ? एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन्। अनि यो भन्दा निकम्मा सरकार अरु को होला?’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यो देशमा यतिका प्रहरी छन्। सशस्त्र प्रहरी छन्। सेना छ। लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन्। अझ नपुगेर भर्ना गरिँदैछ, के को लागि? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि?’ याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।

मन्त्रालयको खर्चमा घुम्दै संसदीय समिति सभापति र सांसद

काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सरकारले आयोजना गरेको कार्यक्रममा आफुहरुलाई पनि सहभागी गराउन निर्देशन दिँदै सरकारी खर्चमै संसदीय समितिका सदस्यहरु सहभागी भएका छन् ।

९ मंसिरदेखि सुरु भएको १६ दिने अभियानअन्र्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातवटै प्रदेशमा कार्यक्रम तय गर्यो । तर, संसदको महिला तथा सामाजिक समितिले १२ मंसिरमा आफुहरुलाई पनि कार्यक्रममा बोलाउन निर्देशन दियो ।

त्यसपछि मन्त्रालयले निमन्त्रण पठाएर आफ्नै खर्चमा समिति सभापति र सांसद्लाई प्रदेशस्तरमा हुने कार्यक्रममा सहभागी गराएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

पोस्टरसँग त्रसित प्रहरी

काठमाडाैं। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप आलोचित भएको छ ।

निर्मलाको न्यायका लागि दबाब दिँदै आएको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर अभियान सुरु गरेको थियो ।

‘एसिया प्यासिफिक समिटमा माइतीघर भिभिआइपी सवारी रुटमा परेकाले त्यहाँ आन्दोलन गर्न नदिनू भन्ने सरकारको निर्देशन थियो । तर, त्यही दिन प्रदर्शनमा आएको समूहका १२ जनालाई नियन्त्रणमा लिएका हौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्तकुमार लामाले भने, ‘यहीबीचमा एक प्रहरीले पोस्टर पनि च्यातिदिएछन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

हामी घटनाको छानबिन गरी निर्मलाको पोस्टर च्यात्ने प्रहरीलाई कारबाही गर्छौ । निर्मलाको पोस्टर च्यात्न प्रहरीलाई कुनै निर्देशन छैन ।’

उनले पोस्टर च्यात्ने प्रहरी को हो भनेर छानबिन भइरहेको, तर पहिचान हुन नसकेको बताए । आफैले खटाएका प्रहरीको तस्बिर सार्वजनिक हुँदा पनि पहिचान गर्न नसक्ने प्रहरीबाट बलात्कार र हत्याजस्तो जघन्य अपराधका दोषी पत्ता लाग्लान् भनेर आशा कसरी गर्ने ? प्रश्न यो पनि छ । त्यस्तै, एकजना प्रहरीले आफू खुसी पोस्टर च्यातेको भनिए पनि पोस्टर च्यात्दै गरेका प्रहरीको फोटो देशका विभिन्न ठाउँबाट आउन थालेका छन् ।

उठबस गराउँदा विद्यार्थी बेहोस !

काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै ।
कारण खोतल्दा थाहा भयो- गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए ।

यो थाहा पाएलगत्तै प्रधानाध्यापक ठाकुर भलामा दौड्दै पुगे । कसैले दर्शनलाई हम्किन थाले, कसैले पानी छम्किए । झन्डै आधा घण्टापछि उनको होस फिर्यो ।

हाफ छुट्टीमा दर्शनलाई नजिकैको स्वास्थ्यचौकी लगियो । विद्यालयले घटना गुपचुप राख्न खोज्यो । अभिभावकलाई जानकारी नै गराएन ।

होमवर्क नगरेकामा सजाय पाएकाले दर्शनले घरमा पनि केही भन्ने आँट गरेनन् । बाबु कुटनाथले भोलिपल्ट छोराको साथीबाट यसबारे थाहा पाए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

१० औँ कपिलवस्तु महोत्सव नेकपाका अध्यक्ष प्रचण्डद्धारा उद्घाटन (फोटो फिचर)

वैखरी कपिलवस्तु -हरि आचार्य , मंसिर १८ नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको वलिदानी र हरेक दश दश वर्षका अथक त्यागबाट नेपालको विकासको गतिमा बाटो खुलेको बताएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित बुद्धरङ्गशालमा आज देखि सुरु भएको १० औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दैै पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पाटी ( नेकपा) अध्यक्ष समेत रहेका दाहालले प्रदेश ५ को पवित्र भुमीको रुपमा रहेको लुम्विनी सँगै कपिलवस्तुको तिलौराकोट र अनेकौँ सम्भावनाको क्षेत्रहरुको विकासमा नै कपिलवस्तुको विकास रहेको प्रस्ट पारे । उनले हरेका धर्म सम्प्रदायका मानिसहरुले पुग्ने र अध्ययन गर्ने स्थलको रुपमा रहेको लुम्बिनीको विकास सँगै ५ नम्बर प्रदेशको नाम लुम्विनी र स्थाई राजधानी कपिलवस्तुको तिलौराकोट बनाउनुपर्ने कपिलवस्तुका जनताको माग जाहेज रहेको हुँदा आफुले सरकार सँग र पार्टी भित्र पनि त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उनले अबको दश वर्ष नेपाल र नेपाली जनताको स्वर्णिम विकासको समय रहने दावी समेत गरेका थिए । कृषि र पर्यटनमा आधारित उद्योग ब्यापार, सवृद्ध र सुखी कपिलवस्तु निर्माणको आधार भन्ने मुल नाराका साथ सुरु भएको कपिलवस्तु महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा महासचिव एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले तराइका जिल्लाहरुको बृहत्तर योजनाको रुपमा रहेको हुलाकी राजमार्गको पूर्णताका लागि सरकार गम्भिर रहेको र त्यसको लागि कपिलवस्तुको तिलौराकोट हुदै बहादुरगञ्ज सम्म चार लेनको सडकको रुपममा विकास गरीने बताए । उनले छिमेकी जिल्ला रुपन्देहिको जनप्रतिनिधि भएको नाताले पनि कपिलवस्तुलाई विकासमा पछाडि नपार्ने प्रतिबद्धता ब्याक्त गरे । साथै उनले वर्तमान सरकार बलियो र सक्षम सरकार भएकाले जनताका सबै आवश्यकता र समस्याहरुको पहिचान गर्दै अगाडि जाने दावि समेत गरे ।

त्यस्तै कार्यक्रममा नेपाल सरकारका कृर्षि तथा पशुपक्षीं विकास मन्त्री चक्रपाणी खनाल बलदेवले ५ नम्बर प्रदेशको एक बृहत्तर पहिचान र अस्तित्व सहितको जिल्लाको रुपमा रहेको कपिलवस्तु जिल्लाको विकासका लागि सरकारले कृर्षिको माध्यमबाट विकासको खाका कोरेको बताए । जिल्लामा अहिले ७५ प्रतिशत नागरिकहरु कृर्षिमा निर्भर रहेको हुँदा नागरिकको जिवनस्तर उकास्नका लागि सरकार गम्भिर भएको भन्दै उनले जिल्लालाई विकासको उच्च तहमा पुर्याउनका लागि सरकारले कृषि सँगै विकासका अन्य क्षेत्रमा यसवर्ष विनियोजन गरेको योजनाहरुको बारेका प्रष्ट पारे ।

त्यस्तै १० औँ कपिलवस्तु महोत्सवमा संघिय सरकारका सासँद एवम नेपाली कागेंश नेता अत्तहर कमालले ५ नम्बर प्रदेशको स्थाई राजधानी तिलौराकोट र प्रदेशको नाम लुम्बिनी घोषणा गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् । यता यसवर्षको कपिलवस्तु महोत्सव नाफाको लागि भन्दा पनि कपिलवस्तु जिल्लाका कृषि, पर्यटन, औद्योगिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार, प्रवद्र्धनका लागि आयोजना गरिएको आयोजक समितले जनाएको छ । उदघाटन समारोहमा जनवादी गायक जिवन शार्मा सहित ५ नम्बर प्रदेश सासंद विष्णु पन्थी, अर्जून केसी, दिर्धनारायण पाण्डे, धर्मबहादुर लाल श्रीवास्तव, लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल कम्यिुनिष्ट पार्टी जिल्ला नेता झविलाल पोख्रेल, नेपाली काग्रेस जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्य, लागएत वाणगंगा नगरपालिका सँगै जिल्लाका स्थानिय तहका निकायका प्रमुख तथा उप्रमुखहरु, जनप्रतिनिधि एवम् जिल्लाका संचारकर्मीहरुको उपस्थिति रहेको थियो

उद्घाटन समारोहमा कपिलवस्तु जिल्लाका १० वटै स्थानिय तहबाट सहभागि भएका हजारौ दर्शकहरुको सहभागिता रहेको थिायो । महोत्सव अब आगामी पौष १ गते सम्म संचालन हुने छ । उद्घाटनमा कपिलवस्तु जिल्लाका विभिन्न शैक्षिक संघ सस्थाका विद्यार्थी त्यस्तै विभिन्न पहिचान सहितका बाजा गाजा, झाकिँ, विभिन्न नारासहितका व्यानर तथा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेको मयुर नाँच सहित हजारौँ मानिसहरुको उपस्थितिमा जितपुरका विभिन्न स्थानमा भएका परिक्रमा र प्रभातफेरी पछि महोत्सव स्थल बुद्धरङ्गशालामा कार्यक्रको औपचारीक उद्घाटन समारोह सुरु भएको थियो । महोत्सवको उद्घाटन शत्र कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, कपिलवस्तु जिल्लाका विभिन्न निकायका जनप्रतिनिधहरुको आतिथ्यता तथा उद्योग वाणिज्य संघ कपिलवस्तुका महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न भएको हो । महोत्सवमा आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क आर्कषण रहेका छन् । मंसिर १८ देखि पुस १ गते सम्म संचालन हुने महोत्सवमा ३ सय बढि स्टल रहेका छन् ।

 

 

 

मन्दिरकाे देश अब बन्दै छ चर्चकाे देश : १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

काठमाडौं । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो तर, त्यसको आधिकारिक तथ्यांक भने छैन।

देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए।

आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ। नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब तीन लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन्।

सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा पर्छ। याे अाजकाे नयाँ पत्रिकामा छ।

नेपाललाई क्रिश्चियन मुलुक बनाएरै छाड्ने

काठमाडौँ । विवादै विवादमा जेलिएको एसिया प्यासिफिक सम्मेलन झन् विवादित भएको छ । यूनिफिकेशन चर्चकी प्रमुख एवम् आफूलाई जिसस क्राइस्टकी एकमात्र छोरी दाबी गर्ने कोरियन धर्मगुरु हाक जा हान मुनले ‘नेपाललाई पनि क्रिस्टियन मुलुक बनाउन’ आह्वान गरेका कारण कारण सम्मेलन थप विवादित भएको हो । हान मुनले दिएको अभिव्यिक्तका कारण प्यासिफिक सम्मेलन झन् विवादित बनेको छ ।

विवादै विवादमा जेलिएको एसिया प्यासिफिक सम्मेलनमा शनिबार हाक जा हान मुनले दिएको अभिव्यक्ति झन् विवादित बन्यो । उनले भनिन्, ‘म जिसस क्राइस्टकी एकमात्र छोरी हुँ । सच्चा माता हुँ । अब नेपाल पनि ईश्वरीय राष्ट्र बनेको छ ।’ उनले कोरियन भाषामा गरेको सम्बोधनको सारांश नेपालीमा यस्तो छ-

‘मानवीय जगत धार्मिक, पारिवारिक समस्या र द्वन्द्वबाट ग्रस्त छ । शान्तिको कल्पना सम्भावना छैन । यो ब्रह्माण्डका २०० देशका मालिक भगवान् हुन् । उहाँबारे बुझ्नै पर्छ । उहाँ भगवान् जिसस क्राइस्टकी छोरी हुनुको नाताले सबैलाई आशीर्वाद दिनु मेरो कर्तव्य हो । इजरायलहुँदै ईश्वर एसिया प्रवेश गर्नुभयो । र सच्चा माताको जिम्मेवारी मलाई दिनुभयो ।

जिससको छोरी मेरो जन्म १९४३ मा भयो र पछि सम्पूर्ण जिम्मा दिनुभयो । जतिबेला कोरिया जापानबाट कोलोनी भएर छुट्टिइसकेको थियो । कोरिया दुई ध्रुवमा बिभाजित भयो । अहिले कोरिया सम्पन्न भएको छ । जुन ईश्वरको आशीर्वादबाटै सम्भाव भएको हो । अर्थात् जिससको छोरीमार्फत् सम्भव भएको हो । दुई हजार वर्षसम्म क्रिश्चियनले गल्ती गरेको परिणामस्वरुप हाम्रो उदय भएको हो । जुन अहिले विश्वभर फैलदोँ छ । जब यूरोपमा कम्युनिष्ट बढ्दै गए, सत्यता मर्दै गयो । त्यो देख्न नसकेर ईश्वरले मलाई छोरीका रुपमा पठाउनु भएको हो । अहिले मेरो आशीर्वाद प्रत्यक्ष ईश्वरको आशीर्वाद जत्तिकै शक्तिशाली हुनेछ । त्यसैले ममार्फत् आशीर्वाद लिएर यो सन्देश सबैतिर फैलाउनुहोस् । यहाँ ईश्वरीय राष्ट्रको स्थापना सम्भव छ ।’

यसरी खुलेयाम क्रिस्टियन धर्म प्रचार भएको सम्मेलनमा ७ देशका राष्ट्र प्रमुख एवम् कार्यकारी प्रमुखसँगै ४५ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा सहभागी सबैले प्रायःले हानमुनको प्रशंसा गरे । सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको प्रशंसा गरे । तर उनले धार्मिक मुद्दालाई विषयान्तर गर्दै कार्यक्रम नेपालमा भएकोमा खुसी व्यक्त गरे । एउटा धार्मिक संस्थाले गरेको कार्यक्रममा यति धेरै देशका नेता एवम् नेतृत्वकर्ता आउनु साँच्चै अनौठो सवाल हो । सुरुदेखि नै विवादित भएको यो सम्मेलन आइतबारसम्म आइपुग्दा विवादको उत्कर्षमा पुग्यो । कार्यक्रम विवादकै कारण कम्बोडियाका प्रधानमन्त्रीले आफ्नो निर्धारित कार्यक्रम छोट्याएर शनिबार राति नै स्वदेश फर्किए ।

आइतबार युनिफिकेशन चर्चकी प्रमुख हान मुनले आशीर्वाद दिने भन्ने कार्यक्रममा सहभागी नै नभई म्यानमारकी नेतृ आङ साङ सूची पनि पहिले नै स्वदेश फर्किइन् । त्यस्तै, सम्मेलनमा सहभागी हुन आएका अरु थुप्रै देशका प्रतिनिधि सम्मेलन सकिनुपूर्व नै फर्किए । आशीर्वाद कार्यक्रममा नेपालका प्रधानमन्त्री दम्पत्तिसँगै उच्चपदस्थ अधिकारीका दम्पत्ति, स्थानीय तहका प्रमुखका दम्पत्ति सहभागी हुने भनिएको थियो । तर, ज्यादा विवाद भएपछि प्रधानमन्त्रीसँगै धेरै युनिफिकेशन चर्चकी प्रमुख हान मुनसँग आशीर्वाद ग्रहण गर्न गएनन् । आयोजकले ‘आशीर्वाद प्रदान÷ग्रहण कार्यक्रम’ विवादित हुने भएपछि नाम फेरेर ‘पारिवारिक उत्सव’को नाम दिएको थियो ।

के हो आशीर्वाद प्रदान/ग्रहण अर्थात् ‘ब्लेसिङ’ कार्यक्रम ?

पहिलो श्रीमतीसँग डिभोर्स भएपछि सन् १९६० मा आफूभन्दा २३ वर्ष कान्छी हाक जा हान मुनसँग दोस्रो बिहे गरेका यूनिफिकेसन चर्चका संस्थापक सन म्योङ मूनले आफ्नो जोडीलाई ‘ट्य्रु प्यारेन्ट्स’ अर्थात् सच्चा मातापिता भन्न लगाए र अन्य जोडीलाई ‘ब्लेसिङ’ दिन सुरु गरे । कोरियामा पहिलोपटक ब्लेसिङ समारोह हुँदा ३६ जोडी सहभागी थिए, जसमध्ये १२ जोडी पूर्वविवाहित थिए । ‘ब्लेसिङ’को सबैभन्दा ठूलो समारोह सन् १९९७ मा न्यूयोर्कमा भएको थियो, जहाँ ३० हजार जोडीले सहभागिता जनाएका थिए । सुरु–सुरुमा चर्चका सदस्यलाई मात्रै दिइने ‘ब्लेसिङ’ अहिले अरुलाई पनि दिन थालिएको छ ।

‘ब्लेसिङ’को प्रक्रिया : 
– पापको अन्त्य र नयाँ सुरुवात गर्ने भन्दै जोडी आपसमा तीनपटक टाउको ठोकाउँछन्, जसलाई ‘चास्टेनिङ सेरेमोनी’ भनिन्छ ।

– मुनको पापरहित बंशमा समाहित हुने भन्दै जोडीले ‘होली वाइन’ पिउँछन, जसलाई ‘होली वाइन सेरिमोनी’ भनिन्छ ।

– क्रिस्चियन शैलीअनुसार जोडीले कसम खान्छन् । सञ्चालकले एउटा प्रार्थना गर्छ र जोडीलाई ‘होली वाटर’ सेचन गरिन्छ । यसलाई ‘होली ब्लेसिङ सेरेमोनी’ भनिन्छ ।

– यसरी ‘ब्लेसिङ’ लिने जोडी ४० दिनसम्म शारीरिक सम्वन्धबाट टाढा रहन्छन् । यसलाई ‘सेपेरेसन पिरियड’ भनिन्छ ।

– सेपेरेसन पिरियड सकिएपछि लगातार तीन दिनसम्म फादर मुनको तस्वीर अगाडि जोडीले यौनसम्पर्क गर्छन । जसलाई ‘थ्री डे सेरिमोनी’ भनिन्छ ।

तर, थप विवादित हुने निश्चित भएपछि नेपालमा आइतबार गरिएको ‘ब्लेसिङ’मा सबै प्रक्रिया पूरा गरिएन । विवादित धार्मिक आइएनजिओः युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई नेपाल सरकारले अनावश्यक साथ, सहयोग र समर्थन गरेकोप्रति चौतर्फी विरोध भइरहेको छ । विवादित संस्था युनिभर्सल पिस फेडेरेसनको स्थापना सन् २००५ मा भएको हो । संस्थाका सस्थापक म्युङ म्युन पटक–पटक विवादमा परेका व्यक्ति हुन् । आफूलाई जिसस क्राइस्टको उत्तराधिकारी दाबी गर्ने मुनकाे सन् २०१२ मा मृत्यु भयो ।

त्यसपछि हक जा हान संस्थाको प्रमुख धार्मिक गुरु भएकी छन् । उनले पनि आफूलाई क्राइस्टको अवतार घोषणा गरेकी छन् । उनी सामुहिक बिबाह गराउने र बिहे गरिसकेको जोडीलाई आशीर्वाद दिएर पापमुक्त गराउने भन्दै हिँड्ने गर्छिन् । उनी अहिले युनिफिकेसन चर्चकी प्रमुख हुन् ।news24nepal.tv

एसिया प्यासिफिक सम्मेलनले नेकपामा विवाद, पुरस्कार ग्रहण पनि अनुचित

काठमाडौं । विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फाउण्डेसनले आयोजना गरेको दुईदिने एशिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टी नेतृत्वको प्रत्यक्ष सहभागितालाई लिएर नेकपाभित्रै तीव्र असन्तुष्टि प्रकट भएको छ । यस्तै, प्रधानमन्त्रीले एक लाख डलरको पुरस्कार लिनुलाई पनि ‘गलत’ भनिएको छ ।

जनदबाबपछि सरकार सम्मेलनको सह–आयोजकबाट बाहिरिएको भनिए पनि प्रधानमन्त्री, मन्त्री, अध्यक्ष र बरिष्ठ नेताको सहभागितालाई लिएर नेकपामा बिबाद बढेको हो । प्रधानमन्त्री ओली दुवै दिन सम्मेलनमा सहभागि थिए भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो दिनको एक सत्रका वत्ता थिए ।

बरिष्ठ नेता माधवकुमार नेपालले सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गर्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक सत्रमा नेपालको शान्ति प्रक्रियाबारे जानकारी गराएका थिए । नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई ‘ब्लेसिङ’मा सहभागि हुन बाध्य पारिएको मात्रै होइन सम्मेलनकै सफलतामा नेकपा र उ नेतृत्वको सरकारले अनावश्यक बल गरेको भन्दै नेकपाका केही नेताले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका हुन् । भीम रावल र घनश्याम भुषाल यो मामिलामा अगाडि छन् ।

इतिहासमै ठूलो कम्युनिष्ट पार्टी नेपालमा बनेको र देशका थुप्रै काम गर्नुपर्ने अवस्थामा सरकार र पार्टी गलत काममा लाग्दा जनस्तरमा नकारात्मक सन्देश गएको उनीहरुको दावी छ ।

यस्तै, विवादास्पद संस्थाको तर्फबाट नेपालका प्रधानमन्त्रीलाई दिएको १ लाख डलर नगदको नेतृत्व र सुशासन नामको पुरस्कार पनि विवादमा परेको छ । कतिपयले फिजीमा गर्न नदिइएको सम्मेलन काठमाडौंमा सफल बनाइदिए बापत प्रधानमन्त्रीलाई पुरस्कृत गरिएको टिप्पणीसमेत गरेका छन् । विदेशी निकायबाट कुनै अनुदान, ऋण वा अन्य सहयोग वा पुरस्कार लिन सरकारको स्वीकृति अनिवार्य रहेपनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पनि छलेर विवादास्पद संस्थाको पुरस्कार ग्रहण गरेको केहीको टिप्प्णी छ ।

विवाद केही मत्थर गर्न हुन सक्छ प्रधानमन्त्रीले पुरस्कार राशी सरकारलाई हस्तान्तरण गरी यूवा र बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन् । नेकपाका केही नेताले प्रधानमन्त्री ओली र पार्टी नेतृत्वको गतिविधिमा सांस्कृतिक अधपतन र नग्नता सुरु भएको भन्दै कडा टिप्पणी गरिरहेका छन् । नेकपाको पूर्व माओवादी समूह भने यो बहसमा ओर्लिसकेको छैन ।source-news24nepal.tv

कतारले ओपेकको सदस्यता त्याग्ने

दोहा, १७ मङ्सिर-खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गरे।

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।”

उनले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिए । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो ।

“हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,” मन्त्री साद अल–काबीले भने।

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए।

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ । रासस\एएफपी

 

शृंखला मिस वल्डको ‘फाइनल राउण्ड’मा

काठमाडौं,१८ मंसिर –मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् ।

शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।
यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् ।
मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

माधवको कोसिस्, ‘जिससपुत्री’को आशिष

काठमाडौं,१८ मंसिर –विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ ।

पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए ।

नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो ।

नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो ।

उनकै पहलमा युनिभसैल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् ।

कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पुर्वसभामुख होसे डे भनेनेसिया ६ महिनाअघि नेपाल आएका थिए ।

माधम नेपालमार्फत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए ।

फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

 

मदिरा उत्पादन तथा बिक्री वितरणमा कडाई

काठमाडौं १८ मंसिर- गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ । मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योगमा रोक लगाएको हो ।

गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ । ‘मदिरा उत्पादन तथा बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुमति पाउने छैनन् ।

त्यस्तै सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार र क्षमता अभिवृद्धिमा पनि रोक लगाइएको छ ।

मदिरा बिक्री वितरण गर्न इजाजतप्राप्त फर्म, कम्पनी वा व्यक्तिले मदिरा बिक्री वितरण गर्दा मदिरा खरिद गर्नेको पहिचान खुल्ने कागजात हेरी उसको नाम, ठेगाना र उमेरको अभिलेख राख्नु पर्नेछ । –नागरिक दैनिकबाट

महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक

दशौ कपिलवस्तु महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै मगंलबार हुने उद्यघाटनमा सबैलाई सहभागी हुन आग्रह गरेका छन । सघंको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षले कपिलवस्तु महोत्सवले जिल्लाको प्रतिष्ठा बोकेको बताउदै सबैलाई सहभागी हुन आग्रह गरेका छन । बिशेष गरेर अहिलेको महोत्सवमा नेपाल भरी लाग्ने महोत्सवमध्य फरक स्टेज, नेपालमा लाग्ने महोत्सवमा हुने प्रतियोगिता भित्र सबैभन्दा धेरै धनराशीको पुरस्कार(डान्स आइडल), पहिलो पटक महोत्सवबाट निशुल्क बिरुवा बितरण रहेको महोत्सवका निदेर्शक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले बताए । दुई दर्जन बढि पत्रकारको सहभागिता रहेको सम्मेलनमा सघंका निबर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई, सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्योपाने, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतको सहभागिता रहेको थियो ।

कपिलवस्तु महोत्सवमा निशुल्क बिरुवा पाइने

दशौ कपिलवस्तु महोत्सवमा निशुल्क बिरुवा पाइने भएको छ । सिसौ, हर्रो, बर्रो जातका बिरुवा निशुल्क पाइने कृषी संयोजक कृत्ति मल्लले बताए । सतिस साल सामुदायिक बनलाई बाढने योजना समेत रहेको उनले बताए । कृषीलाई बढावा दिने उदेश्यका साथ आयोजना गरिएको महोत्सवमा बल्छीबाट माछा मार्न पाउनुका साथै माछा पालन, मौरी पालनका बिषयमा जानकारी समेत गराइने मल्लले बताए ।

प्रधानमन्त्रीज्यू, निर्मलाको तस्बिर च्यात्ने कि माफी माग्ने?

प्रिय प्रधानमन्त्रीज्यू,

सुरु गरौँ ताजा मुद्दाबाटै। अमेरिकामा डोनाल्ड ट्रम्पको नाम र फोटोसहितको ‘ट्वाइलेट पेपर’ किन्न पाइन्छ। तर कुनै सामान्य नागरिकको तस्बिर त्यसमा भयो भने त्यो दण्डनीय अपराध ठानिन्छ। किन भनेर व्याख्या गरिरहनु नपर्ला। तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हुनुहुन्छ। सभ्य भाषामा न्याय मागिएको पोस्टरप्रति लोकतान्त्रिक सरकार कसरी असहिष्णु बन्न सक्छ? शान्तिपूर्ण ढङ्गले पोस्टर टाँस्नु र सरकारलाई अझ बढी जिम्मेबार बन्न आग्रह गर्नु नागरिक हक होइन र? डिभी भर्ने पोस्टर त्यहीँ छ, म्यानपावरका पोस्टर छन्, स्वास्थ्य र शिक्षाको व्यापारका लथालिङ्ग तस्बिर यत्रतत्र छन्। तीमध्येबाट निर्मलाको पोस्टरमात्रै हटाउँदै गर्दा कुन र कस्तो लोकतान्त्रिक मूल्यको रक्षा होला? सहिष्णु र नम्र बन्न सकिन्न? संसारमा सबै अपराध सुल्झिएका छैनन्। सधैँ सफल भइन्छ भन्ने हुँदैन। सबै कारणसहित असफलताका निम्ति क्षमायाचना गर्न र अन्य महिलाले भविष्यमा यस्तो अन्याय बेहोर्ने छैनन् भन्ने प्रतिबद्धता व्यक्त गर्न मिल्दैन?

Nepal Live

-तपाईं सानामसिना कार्यक्रममा गएर दुई घण्टा लामो भाषण गर्नुहुन्छ। जति लामो बोलिन्छ त्यति गल्ती हुन्छन्। त्यति नै पुनरुक्ति हुन्छ र त्यो हलुका हुन्छ। सचिवालय छ। एउटा शुभकामना सन्देश पठाए पुग्ने कार्यक्रममा आफैं नजानुहोस्। स्वास्थ्य, समय, साधनस्रोत त बच्छ नै गरिमा पनि बढ्छ।

तपाईं मुखिया हो। दिमागमा आइडिया आउँदैमा योजना बनिहाल्दैन। योजना आयोगदेखि सम्बन्धित मन्त्रालयसम्म छलफल गरेर मात्रै बोल्नुभो भने प्रधानमन्त्रीको बोलीको सम्मान हुन्छ।

-जसरी बिरामीको स्वास्थ्यपरीक्षण छालाबाट होइन रगतबाट सुरु हुन्छ, त्यसरी नै देशको परीक्षण अर्थतन्त्रबाट हुन्छ। देशको वार्षिक बजेटभन्दा व्यापारघाटा ठूलो बन्दै छ। मासिक एक खर्बभन्दा बढ़ी घाटा रहेछ। हामी वर्षमा १० खर्ब बढीको आयात गर्दा रहेछौं र निर्यात भने जम्मा एक खर्ब। सोझो भाषामा मासिक एक खर्ब विदेशी रुपियाँ देशले गुमाइरहेछ। देशको राजश्व जम्मा आठ खर्ब जति छ। यसो सोच्नुस् त, कति गम्भीर समस्या छ। यसमा धेरै विज्ञता चाहिन्न। सकेसम्म उत्पादन र निर्यात बढाउने अनि आयात निरुत्साहित गर्ने। एकैपल्ट व्यापारघाटालाई शून्यमा झार्न सकिन्न। बजार नखोजी र उत्पादन नगरी निर्यात बढ्दैन। त्यो रातारात हुँदैन। तर प्रिय प्रधानमन्त्रीज्यू, हरेक वर्ष कम्तीमा १०% व्यापारघाटा कम गर्ने गरी दिनरात काम गर्न त सकिन्छ नि! राष्ट्रिय सङ्कल्प गरेर त्यति गर्न सकिए एक वर्षमैं कम्तीमा एक खर्ब विदेशी रुपियाँ वचत हुन्छ। अबको पाँच वर्षमा धेरै होइन, खाद्यान्नमा सम्म भए पनि आत्मनिर्भर बन्ने सङ्कल्प गरौँ न, हुन्न?

-देशको वर्तमान आर्थिक स्थिति अध्ययन गर्ने जोकसैले पनि युवालाई एकदुई वर्षमा विदेश जान रोक्ने भाषण गर्न सक्दैन। एकदुई वर्षमैं देशमा दश खर्बको उत्पादन बढ्दैन। रेमिट्यान्स तीन महिना बन्द हुने हो भने शोधनान्तर घाटाले देश थला पर्छ। अन्य कुनै विकल्प भर्खरलाई छैन। त्यसैले गोर्खा भर्ती बन्द गर्ने, युवालाई विदेश जान रोक्नेजस्ता ‘पपुलिस्ट’ नाराको पछि नलाग्नुहोस्। देश बनेपछि कोही बाहिर जाँदैन, गएकाहरू आफै फर्किन्छन्। बरु गुणस्तरयुक्त अन्तर्राष्ट्रिय श्रमबजार कसरी विस्तार गर्न सकिन्छ र कसरी श्रमिकको सुरक्षा वृद्धि गर्न सकिन्छ भनेर कार्यक्रमहरू तय गर्नुहोस्।

-तपाईंको एउटा सुधार्नै पर्ने पक्ष छ। तपाईं यसो नयाँ कुरा सुन्ने या आइडिया आउनेबित्तिकै झ्याप्प समय तोकिहाल्नुहुन्छ। दुई वर्षमा यस्तो गर्छु। पेट्रोल निर्यात गर्नेदेखि माघमा जहाज चढ्ने निम्ता दिन्छु आदि आदि। कतिपय कुरा त साधनस्रोत र सम्भाव्यतासमेत नसोची समय तोक्नुहुन्छ। विकसित देशमैं पनि ठूला आयोजना समयमा पूरा नहुने समस्या छ। हामीकहाँ यो पुरानो रोग हो। मेलम्ची नै हेर्नुहोस्। रिङ्गरोड हेर्नुहोस्। त्यसमाथि विकास बजेट नै कति छ र? सबै तपाईंले गर्नै पर्छ भन्ने छैन। इमान्दारीपूर्वक सकेको गर्ने हो। कोसिस गर्ने हो। तपाईं मुखिया हो। दिमागमा आइडिया आउँदैमा योजना बनिहाल्दैन। योजना आयोगदेखि सम्बन्धित मन्त्रालयसम्म छलफल गरेर मात्रै बोल्नुभो भने प्रधानमन्त्रीको बोलीको सम्मान हुन्छ।

उपप्रधानमन्त्री उपेन्द्र यादवदेखि मन्त्री, उपसभामुख र सचिबहरू हप्तौं यता बरालिएको देख्दा उदेक लाग्छ। तिनबाट काम लिनुहोस्। दूतावासले प्रतिनिधित्व गरे हुने कार्यक्रममा मन्त्रीलाई विदेश जानबाट रोक्नुहोस्। पैसामात्रै होइन, उत्पादकत्व पनि जोगिन्छ।

-जब देशको राजश्वले चालू खर्चसमेत नधान्ने अवस्था छ भने पहिलो काम मितव्ययिता नै हो। एउटा कम्प्युटर र अधिकृत भए पुग्ने अफिसमा पाँच जना कर्मचारी मैले देखेको छु। टिप्पणी उठाउने एउटा, रसिद काट्ने अर्को, रुजु गर्ने र तोक लगाउने अर्कै अनि काम गर्ने फेरि अर्को। त्यसमाथि सेवाग्राहीलाई पाँच ठाउँमा लाइन लाग्नुपर्ने सास्ती। लाइसेन्स नवीकरणका निम्ति म गतसाल पाँच वटा झ्यालमा पाँच घण्टा लाइन बसेँ। बेलायतमा त्यो काम हुलाकबाटै हुन्छ र लाइसेन्स घरमैं आईपुग्छ। के प्रिन्टरसहितको एउटा टेबलबाट त्यो सुविधा दिन सकिन्न? अनि सेवाग्राही अपराधी नै हुन् जस्तो चार अमलको झ्यालबाट चिहाउनुपर्ने अवस्था छ। कर्मचारीमात्र होइन, सांसद, सेना, मन्त्री, सल्लाहकार सबैको सङ्ख्या घटाउन सकिन्छ। तर रिसाउनुहोला भन्ने डरले म त्यता गइनँ।

-अन्यथा नलिनुहोला। एउटा गरिब देशको सरकारका अधिकारीहरू हरेक महिना विदेश भ्रमणमा निस्किनै पर्छ भन्ने के छ र? तपाईंका धेरै मन्त्री कार्यालयमा भन्दा एनजियोका कार्यक्रममा अनि देशमा भन्दा विदेशमा बढ़ी हुन्छन्। बेलायतमा एकदुई महिनामा मात्रै मैले पचासभन्दा बढ़ी उच्च अधिकारी भेटेको छु। उपप्रधानमन्त्री उपेन्द्र यादवदेखि मन्त्री, उपसभामुख र सचिबहरू हप्तौं यता बरालिएको देख्दा उदेक लाग्छ। तिनबाट काम लिनुहोस्। दूतावासले प्रतिनिधित्व गरे हुने कार्यक्रममा मन्त्रीलाई विदेश जानबाट रोक्नुहोस्। पैसामात्रै होइन, उत्पादकत्व पनि जोगिन्छ। जानै पर्दा दुई या तीन दिनभन्दा बढ़ी नबस्ने व्यवस्था गर्न सकिन्छ।

-यत्रो वर्ष चल्यो। राष्ट्रपति र उपराष्ट्रपतिलाई थामथुम पारेर प्रहरी तालिमकेन्द्र र समाजकल्याण परिषद् बचाउनुभो भने अनावश्यक विवादबाट त जोगिनुहुन्छ नै ती निकायलाई अन्यत्र पुनर्स्थापना गर्न लाग्ने करोडौ खर्च र समय जोगिन्छ। ती उत्पादनमुखी काम होइनन्।

-भूमिसुधार अत्यावश्यक बनिसकेको छ। हदबन्दी वाला नीतिले पनि होला, जग्गा यति धेरै टुक्रियो कि कुनै ठूलो उद्योग या व्यावसायिक खेतीका लागि पर्याप्त खाली जमीन कहीँ देखिन्न। दिनप्रतिदिन उत्पादन घट्दो छ। तुरुन्तै एकीकृत वस्ती योजना, खेतीयोग्य जग्गा पहिचान र संरक्षण जरूरी भइसक्यो। ढिलो नगर्नुस्।

-भ्रष्टाचारबारे कति बोल्नु? तपाईं आफैंले शून्य सहनशीलताको कुरो गर्नुभएको छ। अख्तियारले क्षेत्र नै तोकेर भ्रष्टाचारको चित्र देखाएको छ। वाइडबड़ीको प्रसङ्गसँग पनि पक्कै बेखबर हुनुहुन्न होला। जनतामा सुशासनप्रति अविश्वास पैदा भयो भने फेरि विश्वास जित्न गाह्रो हुन्छ। आशा छ, तपाईं पनि हामीजस्तै चिन्तित हुनुहुन्छ।

कुनै एउटा दलको मात्रै अनि त्यसभित्र पनि कुनै एउटा गुटको मात्रै देखिने प्रधानमन्त्री कसलाई पो प्यारो लाग्छ र। तपाईं सबैको बन्नुहोस्। शुभकामना !

-तपाईंकै नेतृत्वमा तर स्वायत्त र पारदर्शी रहनेगरी एउटा राष्ट्र-निर्माण कोष गठन गर्नुहोस् र देशविदेशमा रहेका सर्वसाधारण नागरिकलाई त्यसमा लगानी या योगदान गर्न आग्रह गर्नुहोस्। धेरै मान्छे योगदान गर्न आतुर छन्। हरेक वर्ष राष्ट्रिय महत्त्वको कुनै ठूलो योजना त्यसबाट सम्पन्न गर्न सकिन्छ। देश बनाउने हुटहुटी धेरै नेपालीमा छ। गाँस काटेर सहयोग गर्नेछन्। मबाटै सुरु गर्न सकिन्छ।

-तपाईंलाई संसदमा झन्डै दुई तिहाइ समर्थन छ। देशैभरि आफ्नै अनुकूलको सरकार छ। राष्ट्रपतिदेखि सभामुखसम्म कतै अड्चन छैन। कर्मचारीको चुनाब पनि हेर्नुभो। मेलम्ची र माथिल्लो तामाकोशी लगभग सम्पन्न हुँदैछन्। यस्तो बेला फर्केर आउन्न। तपाईंलाई असफल हुने छूट छैन। त्यो असफलता तपाईंको मात्रै होइन, देशको र हामी सबैको हुनेछ।

देश हारेको, असफल भएको कसलाई पो मन पर्छ र? हाम्रा निरन्तर सावधानी र कटु टिप्पणीहरू सरकार ‘राम्रो’ या ‘अझ राम्रो’ होस् र अझ सक्रिय होस् भनेर हो। असफल होस् भनेर होइन। तिनलाई टार्गेट गरेर भाषणमा समय व्यतित नगर्नुहोस्। शब्दभन्दा कामको स्वर उच्च हुन्छ। मैले भूमिका नबाँधी बुँदागत रूपमा आफ्ना सुझाब राखेको छु। यो आदेश होइन, अनुरोध हो। आफ्नो प्रधानमन्त्रीप्रति गर्व र सम्मान गर्ने सपना हरेक नागरिकको हुन्छ। मेरो पनि छ। कुनै एउटा दलको मात्रै अनि त्यसभित्र पनि कुनै एउटा गुटको मात्रै देखिने प्रधानमन्त्री कसलाई पो प्यारो लाग्छ र। तपाईं सबैको बन्नुहोस्। शुभकामना ! अँ, प्रसङ्ग निर्मलाको थियो। तस्बिर च्यात्नुभन्दा एकपल्ट खुला मनले राज्यका तर्फबाट माफी माग्नु पो उत्तम हुन्छ कि?

संसारकै सबैभन्दा बढी चर्चाको भोक नेपालीहरूमा

चर्चाको भोक नेपालीलाई जति संसारमा अरू कुनै जातिलाई होला कि नहोला ? पेटमा मुसा कुदे पनि चर्चा हराउनु हुँदैन । अनिकालको भोक बरु भोक हुँदैन होला, त्यो भन्दा माथिल्लो तहको चर्चाको भोक छ नेपालीमा ।

उदाहरणको लागि –
कविहरू – तथानाम लेखेर भए पनि
कलाकारहरू – नांगिएर होस् या जानाजान विवाद खडा गरेर होस्
लेखकहरू- जस्तोसुकै कुतर्क सिर्जना गरेर होस्
राजनीतिज्ञहरू- अनेक अनेक अराजक फँडा मच्चाएर भए पनि
समाजसेवामा लागेकाहरू – बूढाबूढीलाई नुहाइदिए देखि नंग काटी दिएकोसम्म भिडियो अपलोड गरेर भए पनि चर्चामा आउन खोजिरहन्छन् ।

अरूको के कुरा देशको प्रम भइसकेको मान्छेमा पनि चर्चाको भोक उत्तिकै छ । संसारमा उहिल्यै प्राक्टिसमा आएको त्यति सामान्य निर्णय श्रमिकको पक्षमा हुँदा नेपालमा नयाँयुगकै सुरुवात हुन्छ त ? नयाँ युग भनेको के हो ? अनि त्यसको सुरुवात ??

कुनै क्षेत्र पनि अछुतो छैन । प्रायः हरेक कसरी चर्चित हुने भन्ने कुराले भोको छ ।

शृंखला आफै जिते त ठिकै छ । स्वाभाविक रूपमा समर्थनमा एक एक भोट हाल्नु पनि ठिकै छ । तर सयौँ आइडी बनाएर शृंखला खतिवडालाई भोट दिनु र जिताउन खोज्नु नेपालको नामसँग जोडिएको कुरा मात्र हो कि नेपालीहरूको भ्रष्ट मानसिकताको प्रदर्शनी पनि हो ?

के ती देशका मान्छेले त्यो देशलाई माया गर्दैनन् जुन देशबाट प्रतिनिधित्व गर्ने मिस वर्ल्डहरूको भोट कुल खसेको मतको १% पनि छैन ? के शृंखला खतिवडाले मिस वर्ल्ड जितिन् भने नेपाललाई संसारले चिन्ने होलान् र ? अनि चिनेर चाहिँ के होला ? मलाई अरूले चिनिरहँदा मलाई के हुन्छ फाइदा जब कि म भिख मागेर हिँडिरहेको छु भने । म पनि अनुहार देखाउन लायक हुनु पर्दैन । म अर्थात् देशले केही नगरे पनि हुन्छ ? अनुराधा कोइराला, पुष्पा बल्नेतहरूले सी एन एन हिरो भइदिए पुग्छ ? प्रशान्त तामाङले इन्डियन आइडल भइदिए सारा गोर्खालीको छाती यत्तिकै बयालिस इन्चको भइहाल्छ ? एउटा कलाकारले जिते जरुर त्यो कलाकारको भविष्य बनिन्छ । तर देशले कहिले जित्ने ? देशको भविष्य कहिले बन्ने ? के गर्दा देशले जित्छ ? देशले जित्नु भनेको के हो ? के त्यो शृंखला खतिवडाले मिस वर्ल्ड या अनुराधा कोइरालाले सी एन एन हिरोमा जितेपछि सकिने कुरा हो ? या अरू त्यस्तै केही ?

के एउटी चेलीलाई विश्वसुन्दरीमा भोट दिएर जिताएर उनको नामबाट देशलाई चिनाउनु पर्ने यस्तो झिनो सपनामा झुन्डिएर देशका नौजवान अनेक आइडीबाट अनलाइनमा भोट हालिरहँदा हात फतक्क गल्दैनन् ? जबकि सरकारले अझसम्म निर्मला पन्तको हत्यारा माथिको छानबिन प्रतिवेदन समेत सार्वजनिक गर्न सकिरहेको छैन । के साँच्ची दिक्क लाग्दैन ‘नयाँ युग’ को वितन्डा देखेर ?

राम्रो होस् न होस् ‘राम्रो’ भनिदिनु पर्‍यो । गतिलो होस् नहोस् ‘गतिलो’ भनिदिनु पर्‍यो । हुनलाई जतिसुकै दु:ख भए पनि ‘नेपाल जस्तो आनन्दको देश संसारमा कुनै छैन’ – यदि कोही विदेशीले यति भनिदिन्छ भने त्यति भए पुग्छ नेपालीलाई । त्यो व्यक्ति सबैको निम्ति लालगेडी बनिदिन्छ । सत्य यति कठिन भइसक्यो कि त्यसलाई पचाउने शायद कुनै हजमुला छैन ।

शृंखलाको चर्चा- त्यसमा पनि सरकार चलाउने नेताहरू नै त्यसको पछि लागिदिए पछि के चाहियो । बाँदरलाई लिस्नो । सबै गुटुटु त्यसैको पछि छन् । मैले शृंखला खतिवडाको विरोध गरेको होइन । ऊनले जितुन् । म पनि खुसी नै हुन्छु । तर यसरी भने होइन । त्यसो त मलाई व्यक्तिगत रूपमा कोही कोहीले शृंखलालाई निर्मलाको तस्बिरको समानान्तरमा राखेर दाँजेको मन परेको छैन । किनकि निर्मला वलत्कृत भइन् । मारिइन् । त्यसमा शृंखलाको के दोष ? दोष त त्यही अपराधीको हो नि ! तर त्यसको असर शृंखलाले भोग्नु परिरहेको छ । किनकि निर्मलाको न्यायको निम्ति एक शब्द नबोल्ने नेताहरूले शृंखलाको पक्षमा भोट मागेको कारणले जनतामा विद्रोह जागेको छ । यसर्थ कि, जनताहरू राज्यमा दण्डहीनता बढ्दै गएको हो कि भनेर बहुत चिन्तित छन् ।

यी कम्मर कसेर शृंखलालाई भोट माग्न कस्सिएका नेताहरू यसरी नै खटेर वर्ष दिन नपुग्दै भत्किएको सडकको यथार्थ बुझ्न लागि परेका छन् ? अस्पतालको लापरबाही र जन गुनासोमा यसरी नै समय दिएर लागि परेका छन् ? कति भयो हजारौँ वैदेशिक रोजगारमा जानेहरूको श्रम मन्त्रालयमा लागेको भीड र त्यहाँको भ्रष्टाचार र विचौलियाको बिगबिगी रवि लामिछानेले देखाएको ? त्यहाँ ईश्वर पोखरेल र योगेश भट्टराई गएर जनताको समस्या बुझेको सुन्नु भएको छ ? त्यो विषयमा कुनै टुइट ? स्टाटस ? कुनै पहल ? अनि मिस वर्ल्ड जितेर आएर शृंखला खतिवडाले यिनीहरूकै छत्रछायाँमा रहेर देश बदल्ने ? यो पनि हुनसक्छ कतै ?

कति छन् अरू लाखौँ समस्या ? भन्सारका समस्या ? हरेक जसो सहरमा प्रहरीकै मिलेमत्तोमा हुने गरेका ओमन ट्राफिकिंगका समस्या ? छौपडी समस्या ? छुवाछुतका समस्या ? यी विश्व सुन्दरीमा सृंखलालालाई जिताउन दिलो ज्यान दिएर लागेका क-कसले बोलेका छन् काठमाडौँमा माइक्रोमा भाडा उठाइरहेका हजारौँ नावालककहरूको भविष्यको पक्षमा ? तिनीहरूले राजनीति गर्दै आएको पार्टीसँग के योजना छ त्यसमाथि ? अनि के हुन्छ शृंखला विश्व सुन्दरी भएर ? देशको नाम संसारमा चम्किन्छ ? नेपाललाई संसारले चिन्छन् ? हो ? क-कसले हेर्छन् मिस वर्ल्ड कम्पिटिसन ? यहाँ त ९५ % मान्छेलाई यो पनि थाहा छैन होला कि यति बेला संसारको कुनै ठाउँमा मिस वर्ल्ड प्रतियोगिता हुँदैछ । यस्तो फोस्रो चर्चाको पछि देशको नाम रहन्छ भनेर लागि पर्नु मूर्खता हो । अझै पनि व्यक्तिगत रूपमा शृंखलाको भविष्य भने जरुर बदलिन्छ । उनलाई यस अर्थमा भने हार्दिक शुभकामना ! यसमा मेरो कुनै पूर्वाग्रह छैन ।

पूजीबादले सुन्दरतालाई कसरी लिन्छ ? त्यो धेरैलाई भनिरहनु पर्दैन । अझ कला र बौद्धिकता पनि पुँजीले खरिद गर्छ नै । नेपालको ब्रेन ट्रेन त्यसैको उपज हो । बौद्धिक सुन्दरता र शारीरिक सुन्दरताका दुवै बखानहरू अन्ततः: पुँजीवादको महासागरमा विलय हुन्छन् । देखियो – कम्युनिस्ट भनिनेहरू पनि सुन्दरता भनेपछि हुरुक्क हुँदा रहेछन् ! त्यसमा पनि आफ्नो सुन्दरता भनेपछि त्यसमा आफै जलर खरानी नै हुन खोज्दा रहेछ ! अनि सुन्दरतालाई पुँजीवादले जतिको माया कसैले गर्दैन । यति माया गर्छ कि गोजीमै बोकेर हिँड्छ । साह्रै माया गर्छ – काखमै सुताउँछ । बहुत अनौठो छ रहस्य ।

तर कुरो चर्चाको छ । जसरी हुन्छ चर्चा बटुल्नु पर्ने रहेछ भन्ने कुराले अझ जरा गाड्दै लगेको छ नेपाली जनमानसमा। जीवनमा संवृद्धि भनेकै चर्चा हो भन्ने कुरामा पुरा विश्वास हुन थालेको छ । यसर्थ यही चर्चाको सिद्धान्तलाई आधार मानेर भन्दा के भन्न सकिन्छ भने – शृंखलाको विजय पनि समृद्धिको महाअभियानमा एउटा इट्टा जरुर हुनसक्छ । त्यसो हुँदा भात पानी छोडेर एकै व्यक्तिले सयौँ भोट गरेर पनि शृंखलाको भोट चालिस प्रतिशत भन्दा तल झर्न दिनुहुन्न । नेपाललाई संसार सामु चिनाउनु पर्छ ।

हगि त ? नेपाललाई संसारमा चिनाउने कस्तो गज्जब काइदा ?

अँ अनि चर्चाकै कुरा गरिरहँदा – नेपाल आइडल र द भ्वाइस अफ नेपालमा पनि चर्चाको निम्ति बडो भिडन्त छ । देखिन्छ कलाको प्रतिस्पर्धा तर छ पुँजीको खेल । त्यसको चरम फाइदामा मुस्कुराइरहेछ पुँजीवाद – टेलिकम र आयोजकको ओठ भएर । लाखौँ भेला पारेर, मान्छेहरू हायर गरेर ड्याङ कि ड्याङ भोट गरिरहेछन् फ्यानहरू । कस्तो राम्रो तरिका आइडल हुने ? गज्जब छ । गज्जब ।

यतिसम्म भए पनि कुनै दिन चर्चाका नयाँ विधि फेला नपारेर नेपालीहरू एकपछि अर्को लाइन नै लागेर सामूहिक आत्महत्या गर्ने तर्फ लाग्ने अवस्था भने नहोस् । कुनै पनि कुरा नसा बन्दै गए पछि त्याग्न गाह्रो पर्दै जान्छ । बेलैमा नेताहरूलाई पनि सुधारौ । जनता पनि सुध्रौं । र देशलाई साँच्चै नै संसारमा चिनाउन सक्ने कामहरू गर्दै अघि बढ्न सकौँ ।

हामी सबैलाई असीम शुभकामना ।

कुरूप समयले मागेको कविता.. “मष्तिस्कको नग्नदृष्य”

मष्तिस्कको नग्नदृष्य
————————–

यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा
पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू
दनदनी बलिरहेको छ आगो चुल्होमा
टेस्टोस्टेरोन इन्धनले।

ताप्केमा तातो तेल भित्र
डीप फ्राइ हुदैछ
सन्नी लियोनीका टाङ्गहरू
कुक्करले सिट्टी बजाइरहेको छ
पोर्नसाइटका नग्न युवतीहरूलाई गिज्याउँदै।

भान्छा कोठामा पाकिरहेका परिकारहरूले
छोडेर गएको तिव्र काम वासना ।

अत्याधिक काम भोकले
अल्जाइमरको रोगी बनाएको हुनुपर्छ।
जे जस्तो जसलाई जसरी जुन अवस्थामा भएपनी
खानुछ उसलाई खानु मात्र छ।

अब चिन्दैन उसले आफ्नो-बिरानो
मान्दैन उसले धर्म-अधर्म
जान्दैन उसले सानो-ठूलो
ठान्दैन उसले दया-माया।

उ खान्छ
– शिशुको नयाँ भोटो
– बालिकाको फुलबुट्टे जामा
– किशोरीको कुर्ता सलवार
– युवतीको लेगिज
– बृद्धको गुन्यु चोली

अस्तव्यस्त डाइनिङ्ग टेवलमा
टोकी-टोकी खान्छ
लुसी-लुसी खान्छ
र कुल्ला गर्छ रगतले मुख।

ए! चिकित्सा बिज्ञान
तिमी के हेरेर बसेको??
निर्माण गर यस्तो औषधि
उसको दिमागमा पाक्न छोडोस्
अनैतिक अश्लील परिकारहरू।

#जनक_कार्की

तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द

१७ मंसिर,बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको हो ।

तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।

अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । निर्वाध चल्न पाउनेछन् ।

सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न  सबैमा आग्रह गरेको छ ।

यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५—२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान जाने गरेको छ ।
via:onlinekhabar

‘ग्रिन टि’ मस्तिष्कमा उर्जा संचार गराउन सहयोगी

-हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।व्यस्त जीवनका कारण मानिसहरु अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरु अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् ।

दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेटि्रक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ ।हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ।

हरियो चियामा पाइने इजिसिजी नामक तत्वले मस्तिष्कको क्रियाकलापमा तात्विक भिन्नता ल्याइदिने कुरामा भने उनीहरु पक्का छन्।सन् २०१४ मा बसेल विश्वविद्यालयका न्युरोसाइकियाट्रीका प्राध्यापक स्टिफन बर्गवार्डले गरेको अध्ययनले चियामा पाइने तत्व इजिसिजीको सेवनका कारण चार हप्ताभित्रै १२ जनामा काम गर्ने शैलीमा भिन्नता पाइएको थियो।

‘स्वस्थ मानिसमा चिया पिउनाले स्मरणशक्ति बढाउने देखियो,’ बर्गवार्डले भने, ‘हुन त हामीले थोरैमाथि गरेको यो उपलब्धिमा शंका गर्ने ठाउँ प्रशस्त छ तर परिणाम निकै उत्साहप्रद भएकाले यसलाई बाहिरै ल्याउन हामीले उचित ठहर्‍यायौँ। हुनसक्छ, नियमित रुपमा चिया पिउँदा कतिपय रोग निको पार्न पनि सहयोग गर्ला!’चियाले मानिसलाई बुढ्यौलीमा लाग्ने रोगहरु डिमेन्सिया (पागलपन) र अल्जाइमर्सका लागि पनि उपयोगी हुन सक्ने देखिएको छ।

पछिल्लो पटक डाउन सिन्ड्रोमका लागि पनि चियामा पाइने तत्व इजिसिजीले ठूलो काम गरेको वैज्ञानिकहरूको दाबी छ। प्रत्येक वर्ष संसारभर ३ हजारदेखि ५ हजार बालबालिका डाउन सिन्ड्रोम लिएरै जन्मिन्छन्। यस्ता बालबालिकाहरूमा अनुहार बिग्रने, आँखा टेढिने र सिक्न नसक्ने कैयौँ समस्या देखिन्छन्। त्यस्ता बालबालिकालाई चियामा पाइने इजिसिजीले पूर्ण रुपमा नभए पनि केही सहयोग गर्ने देखिएको वैज्ञानिकहरूको दाबी छ।एजेन्सी

काठमाडौंमा सुस्त–सुस्त बढ्दैछ जिगोलो बजार

काठमाडौं / एक महिलासँग हप्तामा १० हजार लिएर दुई दिनसम्म सेक्सको सेवा दिने काठमाडौंका एक युवाका १२ ग्राहक छन् । उनी, जिगोलो हुन् । अर्थात्, पुरुष बेश्या । तर हाइप्रोफाइल महिलालाई मात्र सेवा दिने उनी तारे होटलमा रात बिताउँछन्, अन्य समय मल र ठूला पबमा समय बिताउने गर्छन् । भन्छन्,‘विश्वबजारको जस्तो यो पनि एउटा पेशा बन्न थालेको छ ।’

जिगोलो बन्ने उनको चाहना थिएन । तर सुगठीत भएर फिल्ममा अभिनय गर्ने रहरले काठमाडौं उतारेको थियो । पछि डान्सबारमा बाउन्सको काम पनि गरे । क्लवमा काम गर्न थालेपछि उनले हाइप्रोफाइल परिवारका युवतीलाई सेवा दिन थाले । ‘चार बर्ष भयो यो पेशामा लागेको’, उनी भन्छन्,‘अहिले त कतिपय मेरा साथी पनि यहि पेशामा छन् । हामी ग्रुपमा पनि छौं, सल्लाहअनुसार नै ग्राहकलाई सेवा दिन्छौं ।’

व्यापारी घराना, धनाड्य परिवारका महिलाहरूलाई प्राय सेवा दिने गरेको जिगोलो पेशा काठमाडौंमा सुस्त सुस्त बढ्न थालेको छ । यसले बजारको रूप त पाएको छैन तर पेशाको आकार लिन थालिसकेको छ । जिगोलो सञ्जाल अहिले धरान, पोखरा, बुटबललगायतका ठाउँमा पनि छरिइसकेको ति युवकले बताए । झन्डै ३५ बर्षका देखिने उनी थप्छन्,‘ग्राहकको सेवा नै हाम्रो सन्तुष्टी हो ।’

पहिला साधारण हिसाबले यस्तो काम थालेका उनले जिगोलोको पेशाबारे विश्वबजारको अध्ययन पनि गरेका छन् । इन्टरनेटमार्फत अध्ययन गरेका उनी कतिपयलाई मोबाइल सम्पर्क र ह्वाट्स एपमार्फत पनि सेवा दिनका लागि तयार हुन्छन् । धेरै ग्राहक भए ग्रुपमा साथीहरूसँग कुरा गर्छन् । ‘त्यति धेरै ग्राहक पाउने सम्भावना कम हुन्छ, नियमित बाहेकका उनका साथीहरू थपिँदै जाँदा ग्राहक बढ्ने हुन् ।’

भाइबर र ह्वाट्स एप ग्रुपबाट सम्पर्क

भाइबर र ह्वाट्स एप ग्रुपमार्फत ग्राहक र सेवा दिने युवकबीच सम्पर्क हुने गरेका छन् । यस्तो जानकारी ग्रुपमा भएकालाई मात्र थाहा हुन्छ । जिगोलोले प्रायः ५ तारे होटल तथा राम्रा गेस्ट रुममा सेवा दिने गरेका छन् । घरमा भने जाने गरेका छैनन् ।

‘कतिपय ग्राहक उच्च घरानाका हुन्छन् । विदेशमा लामो समय काम गरेका महिलाहरू पनि सम्पर्कमा आउने गर्छन्’, ति युवक खुल्छन्,‘केही व्यापारीक, बैंकिङ क्षेत्र र वैदेशिक रोजगार व्यावसायीक क्षेत्रमा आवद्ध भएका पनि छन् ।’

नेपालका विभिन्न सहरमा महिला यौन व्यावसायी धेरैको संख्या भए पनि जिगोलोको संख्या न्यून छ । प्रहरीले पनि यस्तो पेशाका विषयमा त्यति हेक्का राखेको छैन । तर, सुसुप्त ढंगले यो पेशाको विस्तार हुन थालेको केही अध्ययनहरूले देखाउँछ ।

नयाँ दिल्लीमा छ व्यावसायीक बजार

भारतको राजधानी नयाँ दिल्लीमा त जिगोलो मार्केट नै छ । कलेज पढिरहेका राम्रो सुगठन भएका युवा राती १० बजेदेखि विहान ४ बजेसम्म सेवा दिनका लागि सक्रिय हुन्छन् । त्यो बजारमा उनीहरूको ड्रेसकोड पनि हुने गरेको भारतीय एजेन्सीहरूले उल्लेख गरेका छन् ।

नयाँ दिल्लीका विभिन्न बजारमा रहेका जिगोलोले सेता सर्ट र कालो पाइन्ट लगाउने गर्छन् । उनीहरू कफी हाउस, पब, लन्जलगायतका ठाउँमा छरिएर बसेका हुन्छन् । सामान्य युवाको एक रातको मुल्य १८ सय भारुदेखि ३ हजारसम्म हुने गरेको छ । सिक्स प्याकलगायत सुगठीत शरीर रहेका युवाको बोली भने १५ हजार भारुसम्म लाग्ने गर्छ ।

रिपोर्टहरूका अनुसार भारतमा त जिगोलो ट्रेनिङ समेत हुने गरेको छ । यस्तो तालिममा सेक्समात्र होइन, सम्बन्धित ग्राहकलाई माया गर्ने, सम्मान दिने र मित्रता गाँस्न सक्ने क्षमताबारे पनि सिकाउने गरिन्छ । सन् १९९२ देखि भारतमा जिगोलोको बजार खुला रूपमा नै हुने गरेको रिपोर्टहरूमा उल्लेख छ । विश्वविद्यालय, कलेजमा अध्ययन गर्ने, खर्च धान्न कठिन भएका युवाहरू यस्ता बजारमा भेटिने गरेको उल्लेख छ । साभार श्राेतः दैनिक नेपाल