जटिल समस्याहरु समाधान गरी खुशी हुन कसरी सकिन्छ ?

हामी जीवनको कुनै पनि मोडमा हुन सक्छौँ तर जुन अवस्थामा भए पनि आफुलाई बलियो र शशक्त पार्नको लागि खुशी आवश्यक पर्छ । हामीलाई आइपर्ने विभिन्न समस्याहरुबाट धेरै विचलित र चिन्तित हुन्छौं । तर आफुलाई फुर्तिलो बनाउनको लागि खुशी अत्यावश्यक हुन्छ । खुशी हुन सक्यौँ भने जटिल समस्याहरु पनि सहजै पार लगाउन सकिन्छ ।

१ आफुलाई चिन्ने

प्रत्येक मानिसहरु आफैमा अद्धितीय हुन्छन् । अन्य मानिसहरुलाई छोडेर आफैँले आफैलाई चिन्न खोज्ने । आफ्नो व्यक्तित्व प्रति कौतुहल र रुचि जगाउने ।

२ प्राथमिकता दिने

हामीहरु आफुलाई खुशी नदिने कुरालाई धेरै महत्वपुर्ण मान्छौँ । हामीलाई धेरै तनाव दिने कामहरुलाई मात्रै महत्वपुर्ण ठान्ने गर्छौ । तर हामी आफुलाई नै खुशी दिन कामलाई त्यति वास्ता गर्दैनौ । हाम्रो खुशीहरु त्यत्तिकै सकिएर जान्छ ।

हामीले आफ्नो जीवनलाई खुशी राख्न आफ्नो प्राथमिकता के हो ? त्यस्लाई जोड दिनुपर्छ । पारिवारिक र व्यावहारिक त आफ्नो ठाउँमा भइनै हाल्छ तर हामीले पछि सम्म आफु खुशी बन्नु छ भने आफ्नो जीवनको प्राथमिकतामा जोड दिन आवश्यक छ ।

३ सफलतामा रमाइलो गर्ने

हामीहरु अरुको सफलतामा रमाइलो गर्ने गर्छाैँ । तर आफ्नो उपलब्धिमा ध्यान दिदैनौ । सफलता चाहे सानो होस् या ठुलो आफ्नो सफलता पाएको कठिन मोडहरुलाई छोडेर सफलताको रमाइलो गर्न सके हामीहरु सधैँ खुशी हुन सक्छौँ । यस्ता सफलताका रमाइलो पलहरुले हामीलाई खुशी मात्र पार्दैन आउने चुनौतिहरुलाई समेत लड्नको लागि प्रेरित बनाउँछ ।

४ स्वास्थ्यको ध्यान राख्ने

अस्वस्थ्य भएपछि आफुलाई खुशी राख्न असम्भव हुन्छ । आफ्नो शरीरलाई मानसिक एवम् शारिरिक रुपमा तन्दुरुस्त राख्न सक्यौँ भने हाम्रो शरीर अस्वस्थ हुने सम्भावना रहँदैन । हामी स्वस्थ भएपछि हामीलाई काम गरेर पनि अधिक सन्तोष र खुशी मिल्छ ।

५ आफ्नो शौक जीवित राख्ने

हामीहरु कामको व्यस्ततामा धेरै कुराहरुलाई समय दिन सक्दैनौ । आफुलाई मन लागेको कुराहरु समय अभावले गर्न पाउँदैनौ । तर यस्ता साना कुराहरुले नै हामीलाई खुशी राख्न मद्दत गर्दछ । आफ्नो रुचीलाई ध्यान राखेर समय निकाल्ने र रुचीका कामहरु गर्ने हो भने पनि हामीलाई धेरै खुशी मिल्ने गर्छ ।

६ आफुलाई आफैले चुनौती दिने

हामीहरुले आफुलाई खुशी राख्नु छ भने कहिलेकाहिँ आफ्नो दिनचर्याबाट समय निकालेर केही फरक काम गर्नुपर्छ । यसले हाम्रो जीवनमा नविनताका साथै शरीरलाइ फुर्तिलो बनाउँछ । यदि हामी खुशी हुनु छ भने पहिले कहिल्यै नगरेको काम गर्नुपर्छ । अथवा पुरानै कामलाई नयाँ तरिकाले प्रस्तुत गर्नुपर्छ । यसो गर्दा हामीलाई एउटा छुट्टै आनन्द र खुशी मिल्छ ।

७ आफैलाई साथी बनाउने

यदि हामीहरु आफैले आफैलाई साथी जस्तै बनाउन सकियो भने लुकेका खुशीहरु स्वतः बाहिर आउँछन् । हामी जसरी साथीको गल्तीलाई माफ गर्दिन्छौँ, उस प्रति सहृदयी हुन्छौ । त्यसैगरि हामी आफ्नो लागि पनि सहृदयी र उदार हुन सक्छौँ । यसले हामीलाई जस्तो बेलामा पनि एक्लोपन र अधुरोपनको भान हुँदैन जसले हामीलाई खुशी र प्रसन्न राख्छ ।

शरिरमा निस्किने दाद र जतिसुकै पुरानो दाग सजिलै निर्मुल पार्ने : जानौँ यो घरेलु उपाय [सेयर गरौँ]

मानिसका शरीरका विभिन्न भाग, हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर रातै खटिरा आउने वा खटिरा पाकेर दाग बस्ने जस्ता समस्या आयो भने हामी यसलाई दाद भनिन्छ। शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्या एक आम समस्या हो । आज हामी जस्तो सुकै पुरानो वा भयंकर दादलाई पनि पूर्ण रुपमा हटाएर छाला पहिला जस्तै सफा बनाउने एउटा गोप्य र प्रभावकारी घरेलु उपचार विधि बताउन गइरहेका छौँ। यसका लागि प्रयोग हुने सामग्रीहरु एकदम सस्तो र आसपासको पसलहरुमा किन्न सकिन्छ ।

चाहिने सामग्रीहरु : नरिवलको तेल, कपुर, कागती

बनाउने र लगाउने विधिस् एक सफा कचौरामा दुई चम्चा नरिवलको तेल र कपुरको दुइटा दानालाई धुलो बनाएर मिसाउने। कपुरलाई सजिलै हातले नै धुलो पार्न सकिन्छ । यी दुई सामग्रीलाई राम्ररी मिसाएर मिक्स्चर बनिसकेपछी ।

एउटा कागतीलाई दुई टुक्रामा काट्नुहोस्। अब नरिवलको तेल र कपुर मिसाएर बनाएको मिक्स्चरमा आधा भाग कागतीको टुक्रालाई चोपेर जहाँ जहाँ दाद छन् त्यहाँ विस्तारै यसले सर्कुलर मोसनमा लगाउने। कागतीले पोलेको छ भने यत्तिकै हातले नै लगाउन सक्नुहुनेछ।

यसरी लगाईसकेपछी करिब १५ मिनेट सम्म राख्नुहोस्। १५ मिनेट पछी धोएर तपाइँ संग दाद सम्बन्धी कुनै प्रकारको क्रिम छ भने लगाउनु होस् । यदि त्यस्तो कुनै क्रिम छैन भने ठिकै छ। यी सामग्रीहरु दाद अथवा फंगल इन्फेक्सनको लागि एक अचुक औषधी हो। यस्ता दाद, खटिराहरु पुरै निको नहुन्जेल यो विधि अपनाउनुहोस्। जनबाेलीबाट

क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

काठमाडौँ / विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

कमल थापाले एकताको बाटो बन्द गरेपछि…

काठमाडौं / राप्रपा प्रजातान्त्रिकका महामनत्ती सुनील थापाले कमल थापाले एकताको बाटो बन्द गरेपछि राप्रपा राष्ट्रवादी र राप्रपाका असन्तुष्ट नेताहरुसँग आफुहरुले एकताका लागि छलफल अगाडि बढाएको स्वीकारे ।

समान विचारधारा भएका तीन राप्रपाका एकीकरण गर्ने प्रयास हाम्रो थियो । तर, राप्रपा अध्यक्ष कमल थापाले एकताको बाटो सहज छैन आ—आफ्ना बाटो जाओँ पार्टी एकता नगरौँ भनेपछि हामीले उहाँलार्य छाडेर बाँकी शक्तिबीच एकता गर्ने छलफल अगाडि बढाएका छौँ, उनले भने वार्ता सकारात्मक भएको छ ।

केही दिनमै एकता घोषणा हुने वातावरण बन्दैछ । राप्रपा अध्यक्ष थापाले एकताको वातावरण बिथोलेपछि पार्टीका पाच पुर्वपदाधिकारीसहित १९ जनाले हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि लचिलो बन्न आग्रह गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

यस्तो रहेछ मलेसियाको रोजगारी खुल्न नसक्नुको कारण

काठमाडौं / श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो।

बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ । कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा गरी लाग्ने करिब १८ हजार रुपैयाँ आफ्नै देशका रोजगारदातालाई तिराउन राजी भयो। त्यसलाई स्वीकार्न बाध्य भएका मन्त्री विष्टले तिनका ठाउँमा नयाँ व्यवसायी भित्र्याउन चाहेको मन्त्रालय स्रोतले बतायो। यो आकर्षक कमाइ हुने व्यवसाय हो।

स्रोतका अनुसार भीएलएन र ओएससीका लागि पूजा चन्द ठकुरी, आईएससीका लागि सन्तोष कार्की र बायोमेट्रिक मेडिकलमा रघु पुरीलगायत केही व्यवसायी वैकल्पिक अवसरको दाउमा छन्। चन्द ऊर्जा व्यवसायी हुन्। पुरीको दि रिभर ओभरसिज बढी उजुरी पर्ने म्यानपावरमा पर्छ। आजको अन्नपुर्ण पोष्टमा दैनिकमा खबर रहेकाे छ ।

 

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
२०७५ मंसिर 16  देखि मंसिर 22  सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) -प्रारम्भमा  आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ।  पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि  यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि  व्यापार र उद्योगमा भने  केहि लाभ नै  हुनेछ। सम्मानयोग्य  कामले धन र मानसमेत दिलाउनेछ। ब्यवस्थित तथा  कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ  नया योजनाहरु पानी लिएर अगाडी बढ़ने हिम्मत जुट्नेछ। प्रशस्त  फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मनमाँ  एवं आनंद महसूस  हुनेछ। बुधवार-बिहीवारतिर केहि अप्ठ्यारो परिस्थिति  तथा अवरोध सिर्जना हुनसक्ने संभाव्यता देखिन्छ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।  साताको अन्त्यतिर भने चोटपटक लाग्ने, पेटमा समस्या आउने  , झुटा आरोप र चुनौती आइलाग्ने आदि हुनसक्छ, विशेष विचार गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
   – आफ्नो समाजमा एवं कार्यक्षेत्रमा  राम्रै प्रभाव जमाउन सकिनेछ। आत्मविश्वासले अड्किएको कामले पून  सकेला ।  अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ साथै अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष मजबूत हूँ सक्छन्। प्रत्स्पर्धीहरुलाई पछि  पॉर्न  सफल भइनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्।  साताको अन्त्यतिर  प्रियजनसँग रमाइलो भेटघाट हुने अवसर मिल्नेछ। केहि व्यावहारिक परिश्थितिका कारण  केही समस्या  देखापर्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– जोस र जागर बढ्नेछ भने  ठूलै काममा हिम्मत दिलाउनेछ।    धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउले  उपलब्धिका लागि केहि बिलम्ब हूँ सक्छ। केहि काम वा कार्यालयको कामलाई संसोधन गर्नुपर्ने हुनसक्छ। मिहिनेत तथा बुद्धिको सहायताले  सफलता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार तथा  उद्योगबाट  लाभ मिल्नेछ भने साझेदांरीको काम बाट पनि नया कुरा सिकने अवसर मिल्नेछ।  राम्रो नतिजाका लागि धैर्यता एवं साथ  काम लिनुहोला। मिहिनेत गर्दा चिताएको काम पूरा हुनेछ। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– प्रारम्भमा आयआर्जन बढ्नेछ भने सोच अनुरूप  फाइदा हुने कामको  सुरुवात  हुनेछ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।  प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ। धैर्यता एवं जोस र जागरले  काममा सफलता दिलाउनेछ। तर मंगलवारदेखि सहयोगका लागी कोही नभेटिना सक्छंन् ।  काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति समेत स्वत: सुल्झनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि  आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने  धेरै काम हरु  पनि सहज हुनेछन्।  बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक  भूमिका थपिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा बोलीको प्रभाव   देखिनेछ तर  धेरै बोल्ने बानीले भने  विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्।   प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दु:ख दिन सक्छन्।तर पानी  आफुलाई  फाइदा हुने कामको अवसर मिलन सक्छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ भने  मिहिनेत तथा  लगनषीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ।  प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले पनि  व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि  राम्रो साथ दिनेछन्।  सप्ताह को अन्त्येतिर  केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। घरेलु समस्यामा अलि सावधान रहनुहोला।  चुनौतीको  सामना गैर्न  सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
–  प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने हिम्मत  जुट्नेछ। प्रतिष्ठित एवं जिम्मेवारी कामहरूले अरुलाई सजिलै  प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोग मिलनाले  हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर  भने  लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।  एकाग्रतामा भने  कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।  सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अचानकको  परिस्थितिले  केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउ र मनमा उत्पन्न होने शंकाले  अप्ठ्याराे पर्न सक्छ, सजग रहनु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– साताको प्रारम्भ भने  उत्साहवर्द्धक नै  रहनेछ।  कर्मयोगले समाजमा स्थापित गराउन सक्छ भने केहि  खर्च बढ्नाले अर्थ अभावको महसूस गराउन  सक्छ। रोकिएका कामहरुमा पनि  दोहोर्याएर प्रयत्न गर्नुपर्ने अवस्था सिर्जना हूँन  सक्छ । आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला।  सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ।  चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ। प्रतिस्पर्धी एवं आलोचना गर्ने हरुले  पनि प्रशंसा गर्न थाल्नेछन् भने आवश्यक सहयोग को लागि पनि तैयार रहनेछन्। लाभप्रद कामको जिम्मेवारी हात लग्न सक्छ। सप्ताहको अन्त्येतिर  धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– सुरुमा आयआर्जन बढ्नुका साथै लाभ  हुने काम आरम्भ  गर्ने अवसर मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ।  मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी भईएला।  मंगलवारदेखि  खर्च बढ्नाले आर्थिक अभावको साथसाथै मानसिक अशान्तिको  महसूस  हुनेछ।  टाढा रहेका  साथीभाइसँगको भेटघाट होने एवं  लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछतर  मनग्गे आम्दानी भने  हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहको अन्त्येतिर  चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।  अन्त्यतिर परिस्थिति अनुकूल बन्नुका साथै मिहिनेत गर्दा नाम र दाम हातपार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय भने रहेको छ। हिम्मतले  कार्यमा  सफलता दिलाउनेछ भने अधूरा कामहरू पानी निरंतर गैर्न सकिएला।  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मनग्गे आम्दानी हुनाले अप्थ्यारोपण एवं अकस्मात्  आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। सप्ताहको मध्यातिर  खर्च बढ्नुका साथै आर्थिक अभावले सताउने हुनसक्छ भने एउटै कामलाई दोहोर्याएर  गर्नुपर्नेछ परिस्थिति सिर्जना हुन  सक्छ  । यसैगरी  परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ भने  अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा  यात्रा हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा अरूका निम्ति  लागिपरे  पनि पछि आफैंलाई फाइदा हुनेछ।  हिम्मतले सफलता मिलाउनेछ भने   प्रतिष्ठित जिम्मेवारी हातपार्न पनि सफल भइनेछ। यसैगरी अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने  केही चुनौती हरु  पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने  सजग रहनुहोला। बुधबार भन्दा पछि  सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्तिसँग  भेट हुने  अवसर जुट्नेछ। अथाह प्रयास एवं जिम्मेवारी बहन गर्नाले समाजमा  इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछभने  व्यवसाय तरफ पानी  विभिन्न अवसरहरु  जुट्नाले प्रशस्त लाभ मिल्नेछ।  सप्ताहको अंतिम तीर  जिम्मेवारी पूरा गर्न  केहि  चुनौती देखापर्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। परिवारमा  अस्वस्थताका साथसाथै  कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ भने  केही चुनौतीहरु पानी थापिनिछन्। अरूको काममा उपयोग भइनेछ, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। नया अवसर जुतनाले उत्साह जाग्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। केहि  अभावको कारण  आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनुका साथसाथै  विवादास्पद जिम्मेवारी पनि  वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– सुरुमा रमाइला तथा मनोरन्जनात्मक गतिविधिमा उपस्थित हुनुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग को   भेटघाटले मनमा हर्ष  हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ।  संयोगबस आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।  मंगलवारदेखि परिस्थिति असहज बन्नाले अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।  रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने  देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।  टाढिएका साथीभाइ नजिकिनाले उत्साह जाग्नेछ। शुभचिन्तकहरूको पनि सहयोग जुट्नेछ।

मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित, (भिडियो)

श्रृंखला खतिवडा

श्रृंखला खतिवडा

मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित भएकी छन्।

चीनमा जारी प्रतिस्पर्धामा शनिबार राति भएको हेड टु हेडमा मिस नेपाल श्रृंखला, सिंगापुरकी सुन्दरीसँग ३-० ले पराजित भएकी हुन्। तर, हेड टु हेडको यो च्यालेन्जमा पराजित भए पनि उनको मिस वर्ल्ड यात्रा भने टुंगिएकाे छैन।

मिस वर्ल्डको टप ३० मा अझै पनि १७ ठाउँ खाली छन्। यस्तै ब्युटी विथ पर्पस् र मल्टिमिडिया अवार्ड पनि बाँकी नै छन्। जसमा श्रृंखलाको सम्भावना बलियो छ। हेड टु हेडमा जितेको भए श्रृखंला सीधै टप ३० मा पुग्ने थिइन्। दुर्भाग्य पराजित भइन्। त्यसपछि भिडियो पोस्ट गर्दै उनले दिएको प्रतिक्रिया यस्तो छ:

नमस्ते नेपाल।

हेड टु हेड च्यालेन्जको भिडियो युट्युबमा पोस्ट भैसकेको छ। यहाँहरूले हेरिसक्नु भयो होला। म र सिंगापुरसँगै परेका थियौं। हाम्रो च्यालेन्जमा सिंगापुरकीले जितिन्। युटुयुबमा अपलोड हुँदा कस्तो प्रतिक्रिया आउने होला भनेर डर लागिरहेको थियो। हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाईहरूको अपेक्षा पूरा गर्न सकिनँ भनेर। तर, सिंगापुरले डिजर्भ गरेको थियो र उसैले जित्यो। त्यसैले प्लिज युट्युबमा नेपालले जित्नुपर्थ्यो। सिंगापुरले किन जित्यो नभन्नु होला। ऊ मेरो राम्रो साथी पनि हो। म एकदम खुसी छु ।

अवश्य पनि मन थियो, नेपालका लागि हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुग्ने । तर नआत्तिनुहोला ।अझै पनि ३० वटामध्ये १७ वटा स्पट खाली नै छन्। त्यसैले यो नैअन्त्य होइन। सरी, भन्न चाहन्छु। राम्रो गर्न सक्थेँ अझै। तर हामीलाई ब्रिफिङमा चाहिँ अाफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नु होला। यो प्रस्तुती शैलीबारे मात्रै हो भनिएको थियो। मैले त्यही ब्रिफिङ फलो गरेँ। साढे एक मिनेट मात्रै समय थियो। टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ। सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक-दुई लाइनचाहिँ भन्न छुटेको रहेछ। सायद त्यो कनेक्ट नभएर। मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड आफैलाई पनि फिल भएन।

सरी नेपाल !यत्रो भोट गरेर टप २० मा पुऱ्याइदिनुभयो। टप १० मा हेड टु हेडमा पुग्न सकिनँ। तर अझ पनि आशावादी छु- टप ३० मा पुग्न सक्छु भन्रे। अझै १७ वटा स्पट खाली नै छन्। त्यसैले हार नमान्दिनु होला। यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्रे सोच्न मात्रै आउँछ। नेपाल आएर धेरै काम गर्न मन छ।

मलाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो। मिस वर्ल्ड पनि मेराे अावाज बलियो बनाउने माध्यम मात्रै हो। 

म एउटा मान्छेले पनि संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु। सायद अलि बढी कुरा गरी जस्तो लाग्छ होला। तर मलाई थाहा छ, मैले भनेका कुराहरू कति इमान्दारीका साथ भन्छु र कति विश्वासका साथ भन्छु।

९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ। भविष्यको योजना के हो प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो। मैले त्यसमै फोकस गर्न खोजेँ। सायद अति तयारी भयोजस्तो लाग्यो। भिडियो हेरेर मैले महसुस गरिसकेँ। सिंगापुरले डिजर्भ गरेको थियो। सिंगापुरले मेहनत गरेर जितेको थियो। उसलाई पनि सपोर्ट गरिदिनुस्। कमेन्टमा नेपालले जित्नुपर्थ्यो भनेर भन्दाखेरि पक्कै पनि उसलाई राम्रो लाग्दैन् र हाम्रो पनि एउटा राम्रो व्यवहार देखिदैँन। जसरी फुटबल म्याचमा सौहार्दपूर्ण वातावरणमा हामीले जिते पनि हारे पनि स्वीकार गर्नुपर्छ। अरुको जितमा पनि रमाउनुपर्छ। त्यसै गर्न सिकौं। 

सरी, मेरो साइडबाट मैले गर्न सकिनँ। तर सिंगापुरलाई पनि पक्षपात नगरिदिनु होला। यति धेरै माया गर्नुभएकोमा धन्यवाद। सबैलाई माया।अझै पनि मौका छ। ब्युटी विथ द पर्पस् ।अनि मल्टिमिडिया अवार्ड बाँकी छ। टप ३० का लागि अझै पनि ठाउँहरू खाली नै छन्। अझै पनि सम्भावना बाँकी छ। नआत्तिनुहोला, अनि मलाई यहाँसम्म पुऱ्याइदिनुभएकोमा सम्पूर्णप्रति आभारी छु।

भिडियो

प्रकाशित १६ मंसिर २०७५, आइतबार | 2018-12-02 09:46:43

‘नेपाल आइडल’का प्रस्तोता आसिफले किन मागे माफी ?

चर्चित कार्यक्रम ‘नेपाल आइडल’ का प्रस्तोता आसिफ शाहले माफी मागेका छन्।

अभिनेतासमेत रहेका शाहले बिहीबार प्रसारित कार्यक्रममा बोलेका शब्दले दृष्टिविहीनहरूको उपेक्षा गरेको भन्दै व्यापक आलोचना भएपछि माफी मागेका हुन्।

आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै उनले माफी मागेका हुन्।

कार्यक्रममा नेत्र विशेषज्ञ डा. सन्दुक रुइतको योगदानलाई उल्लेख गर्ने क्रममा आसिफले ‘आँखा नहुँदो हो त यो सप्तरंगी संसार व्यर्थ हुँदो हो…. ’ भनेका थिए। उक्त भनाइले दृष्टिविहीनहरूको भावनामा चोट पुर्याएको भन्दै टीकाटिप्पणी र आलोचना भएको हो।

शब्द चयनमा ध्यान नदिएको भन्दै कार्यक्रमको स्क्रिप्ट लेख्नेदेखि लिएर नेपाल आइडल टिमकै आलोचना भएपछि भएपछि आशिफले फेसबुमार्फत माफी मागेका हुन्।

अभिनेता तथा नेपाल आइडल सिजन २ का प्रस्तोता आसिफले आफ्नो फेसबुकमा लेखेका छन्– ‘गत बिहीबार प्रसारित नेपाल आइडलको राष्ट्रभक्तिसम्बन्धी विशेष एपिसोडमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वहरूको भनाइसमेत प्रस्तुत गर्ने क्रममा नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतका लागि मबाट बोलिएका केही लाइनबाट सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति म व्यक्तिगत रूपमा क्षमायाचना गर्दछु । यस बारेमा लगत्तै अर्को दिनको एपिसोडमासमेत उल्लेख गरिसकेका थियौँ र त्यसरी नलिन अनुरोधसमेत गरेका थियौं । कसैको भावना कुनै ठेस पुगोस् त्यस्तो हामीले चाहना राख्नुपर्ने कुनै कारण छैन । पुनः एकपटक संसारभरबाट रेकर्ड संख्यामा नेपाली दर्शकले दर्शाउनुभएको मायाप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा शब्द चयनमा अझ बढी सचेत हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

उनले अगाडि लेखेका छन्– ‘म हिजोका दिनमा पनि दृष्टिविहीनप्रति निकै संवेदनशील थिएँ, भोलिका दिनमा पनि हुनेछु । यो घटनाले मलाई आगामी दिनमा दृष्टिविहीनप्रति अझ सम्मान र सद्भाव प्रकट गर्न सिकाएको छ।’

यसअघि नेपाल आइडलमा हास्य कलाकार सन्दीप क्षेत्रीले मजाक गर्दै ‘मि-टु’ अभियानकाे खिल्ली उडाएका थिए। जसकाे यसका अभियानकर्ताहरूले चर्को आलोचना गरेका थिए।आलोचना बढेपछि नेपाल आइडलले माफी नै मागेका थिए।

 १६ मंसिर २०७५, आइतबार |

चितुवाले दुई बालक मार्‍यो,

चितुवाले १७ दिनमा दुई बालक मार्‍यो, स्थानीय त्रसित

 

 

तनहुँ मंसिर १६ तनहुँको भानुमा १७ दिनको अवधिमा चितुवाको आक्रमणबाट दुई बालकको मृत्यु भएको छ।
चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु भएको १७ दिनपछि शनिबार राती १० वर्षीय अर्का बालकको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय बालक अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले घिस्याउँदै लगेको हो। चुठ्न बाहिर गएको छोरो नफर्किएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो। उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए। उनको घाँटीमा चितुवाको नङग्राले चिथोरेको थियो।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएलगत्तै चितुवालाई नियन्त्रण लिन प्रहरी परिचालन गरिएको छ।

भानुमा चितुवाको त्रास
भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ। चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएको स्थानीय भगवान त्रिपाठीले बताए।

कात्तिक २९ गते चितुवाको आक्रमणबाट भानु नगरपालिका–४ जोखाने निवासी चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो। उक्त घटना भएको १७औँ दिनको दिन शनिबार राति १० वर्षीय अमृतको समेत चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

त्यस्तै मङ्सिर १ गते नै भानु नगरपालिका–२ मा सात वर्षीय सञ्जन नेपालीलाई समेत चितुवाले आक्रमण गरेको थियो। तर नेपाली भने सामान्य घाइते मात्रै भएका थिए।

१६ मंसिर २०७५, आइतबार |

उत्तरकी अप्सरा सार्वजनिक

-भरतपुर / १५ मंसिर युवा लेखक कमल अर्यालको नयाँ कृति उत्तरकी अप्सराको विमोचन गरिएको छ । नारायणगढ स्थित सम्पूर्ण किताबको हलमा शनिबार एक कार्यक्रमको आयोजना गरि कृतिको विमोचन गरिएको हो । कृति यात्रा साहित्य हो । अर्यालको लेखन सुललित छ । उनको लेखनमा साहित्य छल्किएको छ ।

उत्तरकी अप्सरा सार्वजनिक कृति माथि बोल्दै समीक्षक एलबी क्षेत्रीले भने – चितवनबाट प्रकाशित यात्रा साहित्यका कृति मध्य अर्यालको कृति यात्रा साहित्यको अब्बल किताब हो । समीक्षक रामबाबु घिमिरेले कमलको लेखनले सगरमाथा छुन सक्ने क्षमता राख्नुपर्ने बताए । अहिलेको लेखनी हेर्दा उनिबाट यात्रा साहित्यका अझै राम्रा कृति आउने संभावना जिवित छन् – घिमिरेले भने । उनको ब्यक्तित्व र कृतित्व माथी केशवराज आमोदी, धनराज गिरी, उदय अधिकारी, भूपिन, राजेन्द्र पराजुली, डिएन अर्याल, विजय विश्वकर्मा, लेखराम सापकोटा लगायतले पनि बोलेका थिए । अर्याल विशेषगरी गजल लेख्छन् ।

गजल गायनमा पनि उनको विशेष दखल छ । गजल लेख्दालेख्दै लेखन बृत्तलाई फराकिलो बनाएका उनले सगरमाथाको आधारशिविर घुमघामका क्रममा बटुलेका अनुभवलाई यात्रा साहित्य भनेर संकलन गरेका हुन् । उनका यसअघि तिमी आउनु अघि, तिमी आएपछि र लौरो गरि तीन गजल संग्रह प्रकाशित छन् ।

कपिलवस्तु डान्स आइडलका लागी को को छनोट भए ?(नामसहित)

दशौ कपिलवस्तु महोत्सवमा हुने डान्स आइडलका लागी अन्तीम छनोट चरण सकिएको छ । जम्मा ९७ जनामध्य १७ जना छनोट भएका छन । जसमा स्नेहा थापा,कमला राजालीमगर, मेनुका मल्ल, सुनिता चौधरी, साहिल घिमिरे, बविता धिताल, अनुराधा चौरसिया, चाहाना गिरि, सोनी लामीछाने ,सन्तोष रेग्मी, आज्ञा शर्मा,सुजन मल्ल, जेनी थारु अबिरल अधिकारी , माया थापामगर, प्रशंसा पाण्डे, लविशा घिमिरे र श्रृष्टी खडका रहेका छन । छनौटमा उद्योग उपाध्यक्ष छविरेश्मी मगर, समाजसेवी विष्णु थापा र विरेन्द्र खाण निर्णायकको भूमिकामा रहनुभएको थियो । आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए । जारी अडिसनमा सहभागी भएका १३ जना मध्ये ८ जना पहिलो चरणको छनौटमा परेका छन । आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए ।

 

जिल्लाकै पहिचान र विकासका लागी दशौ कपिलवस्तु महोत्सव

दशौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ यहि मंसिर १८ गते देखि पौष १ गते सम्म वाणगंगा नगरपालिकाको बुद्धरंगशालामा संचालन हुदैछ । २०६५ सालमा पहिलो पटक तत्कालिन कपिलवस्तु व्यापार संघले आयोजना गरेर संचालन हुदै आएको कपिलवस्तु महोत्सवको अहिले दशौ संस्करणको रुपमा अन्तिम तयारीमा संघ जुटेको छ । नवौ बर्षसम्मको अनुभव बटुलिसकेको र संस्थागत विकास भइसकेको बिश्वास छ । महोत्सवको संचालनको योजनाबारे दशौं कपिलवस्तु महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलसंग बुटवल टुडेले गरेको संक्षिप्त कुराकानी ।

दशौ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी किन र के का लागि ?
 कपिलवस्तु महोत्सवलाई हामीले कपिलवस्तु जिल्लाकै पहिचान र विकाससँग जोडेर हेरेका छौं । यो महोत्सवले समग्र जिल्लाको स्थानीय उत्पादन र बजारीकरणलाई प्रवर्धन गर्नु हो । साथै यहाँका ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचार प्रसार, कला, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने कार्यमा पनि महोत्सवले टेवा पुग्नेछ भन्ने सन्देश दिन चाहन्छौं । कपिलवस्तु जिल्ला शान्ति क्षेत्रको मुहान र यसलाई बढावा दिन र विभिन्न जातजाती बिच सद्भाव कायम गर्नपनि आठौ कपिलवस्तु महोत्सवलाई निरन्तरता दिएका छौं । यसले स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार व्यवसाय, महिला उद्यमीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, विक्री वितरण र बजारीकरणमा समेत टेवा पुग्नेछ । अर्को कुरा कपिलवस्तु महोत्सवको शुरुवात जिल्लामा तत्कालिन कपिलवस्तु व्यापार संघ हालको कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको हुँदा त्यसको पनि निरन्तरताको अध्याय हो ।

महोत्सवका मुख्य आकर्षण के हुन् ?
 महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कृषिजन्य वस्तु, हस्तकला, मौलिक कला, संस्कृति, शैक्षिक एवं विभिन्न वस्तुहरुको प्रदर्शनी रहेका छन् । कृषीलाई प्राथमिकता दिदै यही महोत्सव स्थलबाट विभिन्न जातका बिरुवा बितरण गर्ने योजना समेत हामीले बताएका छौ । मेलाको अर्को आकर्षणको रुपमा कपिलवस्तुका धार्मिक, पुरातात्विक स्थलहरुको प्रचार प्रसार र प्रदर्शनी रहेको छ । कपिलवस्तु डान्स आइडलबाट स्थानीय प्रतिभा प्रस्फुटन गरी कलाकारको खोजी र प्रोत्साहन गर्नु रहेको छ । नेपालमा लाग्ने महोत्सुवहरु मध्य एक मात्र महोत्सव कपिलवस्त महोत्सव हो जहाँ डान्स आइडल बिजेतालाई स्कुटी या बाइक तथा द्धितिय हुनेलाई एक लाख नगद पुरस्कार दिदैछौ । यसपटक प्रविधिलाई बढावा दिने हेतुले मेला अवधिभर फ्रि वाईफाईको व्यवस्था मिलाएका छौं । शान्ति सुरक्षालाई मध्यनजर गरी सीसी क्यामराको व्यवस्था र सम्पर्क समन्वयलाई प्रभावकारी बनाउन नेपाल टेलिकमको मोबाइल टावरको व्यवस्था मिलाएका छौं । दर्शकहरुका मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै डान्स ग्रुपको बेजोड प्रस्तुति रहनेछ । साथै मनोरञ्जनका रुपमा मौतका कुँवा, बालउद्यान, झुला, पिङ लगायत मुख्य आकर्षण रहेका छन् ।

महोत्सव राम्रो बनाउन ध्यान जान्छ कि तपाइको कार्यकालमा बन्न लागेको सघंको भवन निमाणर््ा गर्नका लागी लागेको रकम बचाउन ?
महोत्सव राम्रो बनाउन कुनै कसर बाकी राख्दैनौ, महोत्सव राम्रो बनाउन घाटानै लाग्ने भएपनि लागोस तर महोत्सव रकम अभावले नराम्रो हुदैन । यद्यपि बिगत भन्दा हामीले यो साल धेरै मेहेनत गरेका छौ, खर्च ब्यवस्थापनमा निकै राम्रो छ । तर रकम बचेको खण्डमा दुई तल्ला भवन निमार्णमा लगाउनेछौ, जुन अहिले बनीरहेको छ ।

अन्त्यमा ?
 अन्त्यमा सम्पूर्ण संचारकर्मी, उद्योगी व्यापारी, कृषक, विद्यालयका प्रधानाध्यापक, राजनैतिक दल, यस क्षेत्रका प्रभुत्व व्यक्तित्वहरु एवं यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु महोत्सव स्थलमा आई अवलोकन तथा सुझाव सल्लाह र सहयोग गरिदिनुहुन चुले निम्तो दिन चाहन्छु ।

कपिलवस्तुकी युवती भारतको हरियाणमामा मृत अवस्थामा फेला, हत्या गरीएको आशंका

भारतको हरियाणमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ माइती भएकी वर्ष २३ की खेमकली सुनार मृत अवस्थामा फेला परेकी छिन् । बिहिबार उनको सव पङखामा झुन्डाइएको अवस्थामा भेटिएको बताइएको छ । सान बहादुर सुनार र कौशिल्या सुनार की छोरीको नेपाल घर सैनामैना नगरपालिका बुद्धनगर घर भई भारतको हरियाणामा बस्दै आएका गोर्खा पुलिसको आर्मि नं. ५३५१९९६ एन के ५४ जि आर सुनिल दुतराज सँग ३ वर्ष अगाडी विवाह भएको थियो ।

उनको १० महिनाको बच्चा समेत रहेको छ । मुखमा पट्टी बाँधिएको अवस्थामा शव फेला परेको र घर पक्षकाले उक्त घटनाको बारेमा माइती पक्षलाइ जानकारी नदिइ अरुले नै जानकारी दिएको भन्दै माइती पक्षले आत्महत्या नभइ हत्या गरीएको आशंका गरेका छन् । घरमा उनलाई उनका श्रीमान, सासु ससुराले दाईजोको विषयमा सधै दवाव दिने गरेको स्थानियले बताएका छन् । यति बेला न्यायको खोजीमा माइती पक्षका केही मानिस भारत प्रस्थान गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ । घट्नाको अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरिले जनाएको छ ।

 

आइएसविएन नम्बर अब अनलाइनबाटै

काठमाडौँ, १४ मङ्सिर-‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ।

पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताए। यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो। अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बैंकबाट पठाउनुपर्नेछ।

सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ। उनका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन्।

आइएसविएनका लागि पुस्तकालयले ३०० शुल्क लिने गरेको छ। पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ। पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताए।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ। उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताए।

पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ। त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ। अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन्।

त्रिपाठी कार्यदलको प्रतिवेदन मन्त्री बाँस्कोटालाई हस्तान्तरण

काठमाडौँ, १४ मङ्सिर  ः मुलुकी अपराध (संहिता) ऐन, २०७४ लगायत कानूनी व्यवस्थासम्बन्धी गठित अध्ययन तथा सुझाव सिफारिश कार्यदलले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन बुझाएको छ ।

सूचना तथा सञ्चारका क्षेत्रसँग जोडिएका विषयमा प्रश्न उठेपछि सरकारले वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा सञ्चारसँग सम्बन्धित प्रायःसबै संस्थाका प्रतिनिधि सदस्य हुनुहुन्थ्यो । सो कार्यदलले आज सूचना मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको हो । सरकारले गत भदौ २६ गते उक्त कार्यदल गठन गरेको थियो । कार्यदलले अपराधसंहितामा रहेका प्रेस तथा सञ्चार क्षेत्रसँग बाझिएका विषयमा गहिरो अध्ययन गरी सुझाव दिइएको जनाएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री बाँस्कोटाले सरकारले प्रेसलाई कुण्ठित गर्ने कुनै पनि नियत र उद्देश्य नराखेको भए पनि केही भ्रम देखा परेकाले त्यसलाई सम्बोधन गर्न कार्यदल गठन गरिएकोे बताउनुभयो । उहाँले प्रेसलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन चाहेको तथा राष्ट्रिय एकता, सद्भावलाई बढावा दिँदै समृद्धिको यात्रामा अग्रसर गराउन खोजेको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले प्रेस क्षेत्रमा सुधार गर्नुपर्ने विषयलाई कार्यदलको प्रतिवेदनले समेटेको छ भन्दै उपयुक्त समयमा प्रतिवेदन आएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निकै मेहनत गरेर, सरोकार भएका सबै क्षेत्रलाई समेटेर देशका विभिन्न भागमा पुगेर प्रतिवेदन तयार पार्नुभएको छ । समय पर्याप्त थिएन, सीमा पनि थिए तर जुनस्तरको प्रतिवेदन तयार पार्नुभएको छ त्यो नै महत्वपूर्ण रहेको छ ।”

स्वतन्त्रताको उपभोग गर्दा अरूको स्वतन्त्रता र सम्मानलाई पनि कदर गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले निकट भविष्यमा नै नयाँ मिडिया काउन्सिल र सञ्चार ऐन ल्याउन लागेको तथा सार्वजनिक प्रसारण संस्थामा पनि जान लागेकाले प्रतिवेदन एउटा मार्गदर्शक हुने भएकाले सरकारलाई काम गर्न यसबाट मार्गप्रशस्त हुने मन्त्री बाँस्कोटाको विश्वास थियो ।

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पत्रकारिता क्षेत्र नै जुर्मुराउनुपर्नेमा जोड दिँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “कुनै पनि सञ्चारगृहमा काम गर्न प्रवेश गर्नेबित्तिकै पत्रकारले न्यूनतम पारिश्रमिक पाउनैपर्छ ।” सरकारले पछिल्लो पटक पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु२४ हजार ५०० तोकेको छ । उहाँले सरकारले विज्ञापन ऐन पनि ल्याउने कोशिश गरिरहेको जानकारी दिँदै स्रोतको सुनिश्चितता, विज्ञापन पाउने अधिकार र वैज्ञानिक एवं समानुपातिक वितरण गर्ने प्रणालीको विकास गर्न खोजिएको बताउनुभयो ।

कार्यदलका संयोजक त्रिपाठीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि द्विविधा नहुने गरी प्रेसलाई मर्यादित, विश्वसनीय र जवाफदेही बनाउने गरी सुझाव दिइएको बताउँदै प्रतिवेदन कार्यान्वयन गर्न सरकारले तत्परता देखाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यदलले अपराधसंहिता २०७४ मा रहेका प्रावधानमध्ये दफा ५०, ५६, ५८, ६०, ६५, ६८, ६९, ११९, १२०, १२१, १५१, १५२, १५६, २९२, २९३, २९५, २९६, २९८, २९९, ३००, ३०२, ३०३, ३०४, ३०५, ३०६ र ३०७ पहिचान गरेको जनाइएको छ । यस्तै सार्वजनिक स्थानमा तस्वीर खिंच्ने र दृश्य सामग्री लिनेसम्बन्धी अपराधसंहितामा रहेको प्रावधान हटाउनुपर्ने सुझाव दिइएको छ । पत्रकारका लागि छुट्टै आमसञ्चार ऐन जरुरी छ भन्दै कार्यदलले विद्युतीय कारोवार ऐन खारेज गर्न र गोपनीयतासम्बन्धी प्रावधान थप परिमार्जन गर्न भनेको छ ।

यस्तै पत्रकारले कमजोरी गरे भने पनि फौजदारी अभियोग लगाउने विषय गलत छ भन्दै प्रतिवेदनमा असल मनसायले गरिएको पत्रकारिता कर्म कुण्ठित हुने गरी कानून बनाउन नहुनेमा जोड दिइएको छ । संहितामा रहेका बन्देजकारी व्यवस्था खारेज गर्नुपर्ने र पत्रकारले पनि सीमाभित्र रही काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ । संहितामा भएका कतिपय प्रावधानमार्फत लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आमसञ्चार क्षेत्रलाई सङ्कुचन तथा नियन्त्रण गर्ने तथा सञ्चारको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुण्ठित एवम् कटौती गर्ने मनसाय देखिएको भनी टीकाटिप्पणी भएको थियो ।

कार्यदललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ लगायत कानूनी दस्तावेजमा रहेका कुनै प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर परेको भए तिनको विकल्पमा राखिनुपर्ने कानूनी प्रावधानका विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रचलन, मौलिक अभ्यास र सम्बद्ध क्षेत्रसँग समेत परामर्श गरी सुझाव दिन कार्यादेश तोकिएको थियो । कार्यदलले मुलुकीसंहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सम्पूर्ण प्रावधान हटाएको छ भने भविष्यमा कानून बनाउँदा राख्नुपर्ने प्रावधानका विषयमा सुझाव दिएको छ । (रासस)

दाइजो नदिएको निहुँमा हत्या

कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् ।
बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन् । डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने पत्रकारसँगको कराकानीका क्रममा जानकारी दिएको छ ।

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ । दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ । घटनाका विषयमा बुझ्नका लागि माइती पक्षबाट बुबा र आमा भारततर्फ गएका जनाइएको छ । आफ्नो बहिनीको दाइजोकै नाममा हत्या भएकाले हत्यारालाई कारवाही गर्नुपर्ने मृतककी दिदी दीपा बिकले बताउनुभयो ।

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता


नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ सान सुकीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

 राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाडौँ आइपुगेकी हुन्।

सुकीले आजै दरबारमार्गस्थित अन्नपूर्ण होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछिन्। सो अवसरमा प्रधानमन्त्र िओलीले आयोजना गरेको दिवा भोजमा समेत उनी सहभागी हुने कार्यक्रम छ।

‘असारसम्म भैरहवामा ठूला विमान उड्छन्’-महानिर्देशक सञ्जिव गौतम

unn.prixa.net

काठमाडौं – भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम चलिरहेको छ ।

झण्डै ११ अर्ब रुपैयाँको लागतमा निर्माण भैरहेको विमानस्थल निर्माणको ५८ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । रन वे, पार्किङ, ट्याक्सी वे, एप्रोनलगायतका सबैजसो काम अन्तिम चरणमा पुगेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पनि ठूलो मानिएको विमानस्थल आउँदो जुनदेखि सञ्चालनमा ल्याउने गरी काम भैरहेको आयोजनाले जनाएको छ । यस्तै काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तारको काम पनि भैरहेको छ । यिनै विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमसँग अर्जुन पोख्रेलले गरेको कुराकानी :

त्रिभुवन विमानस्थल विस्तारको योजना लामो समयदेखि पूरा भएको छैन, अहिले चाहिँ विस्तारको काम के भैरहेको छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा  समस्या देखिएका छन् । यस्तै समस्या कम गर्न विमानस्थल विभिन्न उपाय अनुसार काम भैरहेको छ । त्यसको लागि पहिलो उपाय भनेको विमानस्थलको क्षमता वृद्धि हो । विमानस्थलको ट्याक्सी वे बनाउने, पार्किङ बनाउने, टर्मिनल भवन बनाउनेलगायतका कुरामा हामी लागेका थियौँ ।

तर अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो मानिएको सान्जोेसे कम्पनीले काम नगर्दा हामीले ठेक्का तोड्यौँ । त्यसपछि अहिले टर्मिनल भवन, रनवे र अरु कामको लागि फरक–फरक  तरिकाले ठेक्का आह्वान गरेर काम सुरु गरेका छौँ । यो असार मसान्तसम्म टर्मिनल भवनको विस्तार सम्पन्न भैसक्छ । त्यसपछि अहिले टर्मिनल भवनमा भएको भिडभाड कम हुन्छ ।

त्यस्तै आकाशमा जहाजको चाप कम गर्न एअर स्पेस म्यानेजमेन्टलाई पनि हामीले अघि बढाएका छौं । सँगसँगै स्लट व्यवस्थापनलाई पनि हामी व्यवस्थित गर्दैछौँ । हामीले केही उपाय अपनाइसकेकाले पोहोरको तुलनामा जहाजको संख्या बढे पनि चाप भने कम रहेको छ ।

विमानस्थलको क्षमता विस्तारमा पहिले सान्जोसे कम्पनीले धोका दियो, अहिले धोका हुन्न भन्ने के ग्यारेन्टी छ त  ?

टर्मिनल भवनको धेरै काम सकिइसकेको छ, प्रस्थानको संरचना पूरा भएर आगमनतर्फको काम सुरु भैसकेको छ । रन वे  विस्तारको लागि पनि अहिले काम भैरहेको छ । यो अर्थिक वर्षमा ४० प्रतिशत काम सकिन्छ । यस्तै अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने जहाजको लागि छुट्टाछुट्टै पार्किङ वे निर्माण गरिरहेका छौँ ।

असार मसान्तसम्म हामीसँग थप ४ वटा पार्किङ वे आइसक्छन् । त्यसपछि पार्किङको कारण आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।

भनेपछि आउँदो असारपछि त त्रिभुवन विमानस्थलमा पनि धेरै संरचना पो बन्ने रहेछन् त ?

हो, अहिलेको विमानस्थल र आउँदो असारपछिको विमानस्थल भिन्न हुनेछ । धेरै कुरामा तपाईँले विमानस्थलमा परिवर्तन देख्न पाउनुहुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउनकै लागि भैरहवामा अन्र्राष्ट्रिय विमानस्थल बन्दैछ । आउँदो जुनमा त काम सकिने भन्नुभएको छ, प्रगति के छ ?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आउँदो जुन महिनासम्म हामीसँग समय छ । जुनसम्म हामीले विमानस्थलको सबै काम पूरा गर्छौँ ।

विमानस्थलको भौतिक संरचना पूरा हुँदाका बखत हामीले सञ्चालनका लागि पनि अन्य तयारी गर्नुपर्छ । हामीसँग टर्मिनल भवन हुन्छ, रन वे हुन्छ, एप्रोन हुन्छ, ट्याक्सी वे हुन्छ । तर त्यतिले मात्रै विमानस्थल चलाउन सकिन्न, त्यसको लागि आवश्यक अरु उपकरणहरुको लागि पनि हामीले ठेक्का आह्वान गरिसकेका छौँ । र आजभोलि मै ठेक्का खोल्छौँ । यसको मतलब विमानस्थलको भौतिक संरचना तयार हुँदाबित्तिकै अन्य उपकरण जडान गर्नका लागि पनि हामी तयार छौँ ।

यो अहिले पनि सञ्चालनमा आइरहेको विमानस्थल हो । अहिले आन्तरिक उडान भैरहेका छन् । अहिले आन्तरिक जहाजले प्रयोग गर्ने रन वे भविष्यमा हामीले ट्याक्सी वे को रुपमा प्रयोग गर्दैछौं ।

तर यो रन वेले ट्याक्सी वे को लागि नधान्न सक्छ । त्यसैले आउँदो फागुनसम्म अन्तर्राष्ट्रिय विमानस्थलकै रन वे पूरा हुन्छ, फागुनदेखि अन्तर्राष्ट्रिय धावनमार्गमा आन्तरिक जहाजलाई उडान अवतरण गराइने छ र अहिले भैरहेको आन्तरिक धावनमार्गलाई स्तरोन्नति गरेर ट्याक्सी वेको रुपमा विस्तार गरिनेछ । त्यसैले कुनै पनि दिन आन्तरिक उडान बन्द नहुनेगरी हामीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गरिरहेका छौँ ।

तपाईँहरुले निर्माण कम्पनीलाई जुन महिनासम्म काम सक्न दबाब मात्रै दिएको हो या आउँदो जुनमा विमानस्थलको काम ठ्याक्कै सकिन्छ भन्ने ग्यारेन्टी नै छ ?

मैले फेरि पनि भन्छु, हामीसँग भएको म्याद भनेको जुन महिनासम्मको मात्रै हो । जुन महिनामा जुनसुकै हालतमा पनि भौतिक संरचना निर्माणको काम सक्नेगरी हामी अघि बढिसकेका छौँ । संरचना निर्माण अन्तरगत  रन वे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन, टावर, अग्नी नियन्त्रण भवनलगायतका सबै संरचना विमानस्थल परियोजनाको ७० प्रतिशत काम मात्रै हो ।

यो अन्तर्गतका संरचनाको काम ५८ प्रतिशत पूरा भैसकेका छन् । संरचनाको काम पूरा नहोला भन्ने शंका नै छैन, उपकरण जडानका लागि पनि ठेक्का एक दुई दिनमै खोलिन्छ, जुनमा सबै काम पूरा हुन्छ ।

सँगसँगै अन्य सरकारी कार्यालयहरु पनि स्थापना गर्नुपर्छ, त्यसका लागि तयारी के छ ?

भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुरक्षा पोष्ट, हुलाकलगायतका निकाय स्थापनाका लागि पनि हामीले सम्बन्धित ठाउँमा पत्राचार गरिसकेका छौँ । त्यस्तै यात्रुको सहजताका लागि पैसा साटने ठाउँदेखि, क्याटेरिङसम्मको लागि पनि हामीले योजना बनाइसकेका छौँ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जे जति सुविधा छन्, भैरहवामा पहिलो अन्तर्राष्ट्रिय उडान भएको दिन ती सबै सुविधा आवश्यक पर्छन् । त्यसैलाई ध्यानमा राखेर हामीले योजना र निर्देशनको काम गरिरहेका छौँ ।

तपाईँले निकै उत्साहित कुरा गर्नुभयो, आउँदो जुन महिनादेखि भैरहवा विमानस्थलबाट कस्ता खालका विमान उड्न सक्छन् ?

भैरहवाको रन वेको सुविधा काठमाडौंका भन्दा बढी सुविधासम्पन्न हो । भैरहवामा २ सय मिटरको मात्रै भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सक्नेगरी उपकरण जडानको तयारी भैरहेको छ । त्यहाँ काठमाडौंमा भन्दा पनि ठूलो क्षमताका जहाज अवतरण गर्न सकिन्छ ।

काठमाडौंमा हामीले भौगोलिक कारणले गर्दाखेरी एयरबस ३३०/२०० सिरिजका जहाज मात्रै जहाज अवतरण गर्न सकेका छौँ । तर भैरहवामा भने बोइङ ७४७ सिरिजका जहाज पनि अवतरण गर्न सकिन्छ ।  यस्तै एयरबस ३३० सिरिजका जहाज पनि त्यहाँ अवतरण गर्न सकिनेछ । नागरिकले बुझ्नेगरी भन्नुपर्दा काठमाडौंको जुन क्षमता छ, भैरहवाको क्षमता त्योभन्दा पनि धेरै हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जुनमै सकिने र अन्तर्राष्ट्रिय उडान र अवतरण गर्न सकिने भन्नुभयो । तर अहिलेसम्म विमानस्थल कस्ले चलाउने भन्ने टुंगो त लागेको छैन नि ?

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर (गभर्मेन्ट टु गभर्मेन्ट)जी टु जी सम्झौताका लागि गृहकार्य गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ ।  यस्तै अन्तर्राष्ट्रिय वित्त कम्पनीको परामर्श सेवामा अन्तर्राष्ट्रिय निजी क्षेत्रबाट प्रस्ताव आह्वान गर्न बाटो खुला गरिदिएको छ ।

आउँदो जुनमै गौतम बुद्ध विमानस्थल सञ्चालन नै गर्ने तयारी गरेर  प्राधिकरणले सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर जी टु जी सम्झौताको लागि गृहकार्य गरिसकेको छ । तर आउँदो जुन महिनासम्म पनि अर्थ मन्त्रालयले दिएका दुईवटै विकल्प अनुसारका कम्पनी नेपाल आउन नसकेमा विमानस्थल आफैले चलाउने योजना बनाएको छ  ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि हामीले नै चलाइरहेका छौँ र त्यो क्षमता हामीमा छ,  त्यसैले विदेशी कम्पनी नआएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हामीले नै चलाउने गरी तयारी पनि गरिहेका छौँ । विदेशी कम्पनी नआएमा, कतै अवरोध भएमा तयार भएको विमानस्थल खाली राखेर बस्न हामी सक्दैनौँ, क्यानले नै विमानस्थल चलाउँछ ।

अहिले त्रिभुवन विमानस्थल चलाउन त तपाईँहरुलाई गाह्रो भएको छ, भैरहवा पनि सञ्चालन गर्दा झनै समस्या होला, अनि त्रिभुवन विमानस्थलको जस्तै भद्रगोल हुने डर पनि त हुन्छ नि ?

तपाईँले ठिकै भन्नुभयो, त्रिभुवन विमानस्थल हामीले चस्त ढंगले चलाउन सकेका छैनौँ । यात्रु सुरक्षा र राम्रो व्यवस्थापन गर्न नसकेमा विमानस्थल दीगो हिसाबले चल्न सक्दैन । त्यसैले सरकारी निजी साझेदारीमा काम गरेर पनि राम्रो व्यवस्थापनसहित विमानस्थल चलाउन दिन सकिन्छ । त्यसैले हामीले बनाएको विमानस्थल सरकारी निजी साझेदारी या सरकारी–सरकारी कम्पनीविचको सम्झौताका आधारमा राम्रो व्यवस्थापन गर्न सकिन्छ । तर तत्कालै अरु कम्पनी आएनन् भने हामी पनि तयार र सक्षम छौँ भनेको हो मैले ।

भैरहवापछि पोखरातर्फ लागौँ, पोखरा विमानस्थल निर्माणको अवस्था के छ ?

पहिला त म पोखरा विमानस्थलमा भैरहेका हल्लाबारे खण्डन गर्न चाहन्छु । त्यहाँ ठूला विमान बस्न सक्दैनन् भनेर हल्ला भएको पनि पाइयो । तर विमानस्थल बनाउनुअघि नै कत्रा विमान उडान अवतरण गर्न सकिन्छ भन्ने टुंगो लाग्छ । पोखरामा पनि २ सय यात्रु बोकेर ८ घण्टासम्म उड्ने विमानले सजिलै उडान र अवतरण गर्न सक्छन् ।

विमानस्थलको काम अहिले तीव्र रुपले अघि बढिरहेको छ । सन् २०२१ भित्र काम सक्ने तालिकासहित काम अघि बढिरहेको छ । यो विमानस्थल निर्माणका लागि समय र रकम तलमाथि हुँदैन । तोकिएकै समयमा काम पूरा हुन्छ ।

क्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै

काठमाडौँ, १४ मङ्सिर (रासस) : तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ ।

आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो बैठक काठमाडाँैमा बस्न लागेको हो । बैठकमा आइससिसीका प्रतिनिधिसहित नेपालबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निलम्बित क्यानका प्रतिनिधि सहभागी हुने निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकमा क्यानको जिल्ला निर्वाचनका विषयमा औपचारिक छलफल हुनेछ ।

यसअघि गत साउन अन्तिम साता काठमाडौँमा मनिटरिङ कमिटीको बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने विषयमा सहमति जुटाएको थियो । यसअघिको बैठकले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन र क्यानको तदर्थ समिति भङ्ग गर्न क्रिकेटका सरोकारवाला पक्षलाई आग्रह गरेको थियो । तर निलम्बित क्यानले विवाद समाधानको मार्गचित्र नबनेसम्म मुद्दा फिर्ता लिन नसकिने जिकिर गर्दै आएको छ । तर विवाद समाधानका लागि मुद्दा फिर्ताको सैद्धान्तिक सहमति भने बोर्डबाट पास गराइसकेको छ ।

निलम्बित क्यानको गत कात्तिक १० गते बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको थियो । बैठकले मुद्दा फिर्तासँगै क्यानको निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको थियो । समितिको संयोजकमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरू दिवाकर घले, शैलेश चौधरी र सञ्जयराज सिंह हुनुहुन्छ ।

यता राखेपले तीन महिना म्याद राखेर गठन गरिएको तदर्थ समितिको कुनै औचित्य नभएको भन्दै त्यसलाई भङ्ग गर्न आवश्यक नरहेको जिकिर गर्दै आएको छ । तत्कालीन परिस्थितिमा विधिसम्मत क्यानको निर्वाचन नभएपछि निर्वाचित समितिलाई मान्यता दिन नसकिएको भन्दै राखेपले विधिसम्मत छ महिनाभित्र पुनः निर्वाचन गराउन रमेश सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । राखेप सदस्यसचिव केशवकुमार विष्टले छ महिनाभित्र सिलवाल नेतृत्वको तदर्थ समितिले पनि निर्वाचन गराउन नसकेपछि तदर्थ समिति स्वतः भङ्ग भइसकेको बताउनुभयो ।

२०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

२०७२ साल मङ्सिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन गर्यो । तर, क्यानकै तत्कालीन अध्यक्ष टङ्क आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्न राखेपमा उजुरी दिएको थियो । राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव गराएरै छाडे, जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो । त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।

क्यान विवादले उग्ररूप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै क्यानलाई प्रतिबन्ध लगायो । अहिले क्यानलाई आइसिसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नमिले आइसिसीको सदस्यताबाटै खारेज हुन सक्छ ।

सडकमा आम जनताको बेहाल ! सरकार पाहुनालाई स्वागत गर्न व्यस्त !

खरीबोट

काठमाडौँ। अहिले सरकार द एसिया प्यासिफिक समिटमा आएका पाहुनालाई स्वागत सत्कार गर्नमा व्यस्त छ। अतिथि देवो भव: हाम्रो संस्कार हो संस्कृति हो। आफुकँहा आएका पाहुनाको स्वागत संत्कारमा पछाडी हट्नु हुदैन तर अहिले यस प्रसंगमा सरकारले पर्यटन प्रवर्धनका नाममा जुन विवादस्पद कार्यक्रमलाई सफल बनाउन तदारुकता देखाएको छ यसले नेपालको राजनीतिक पृष्ठभूमिमा लामो समयसम्म असर पार्ने देखिन्छ।

क्रिसियन धर्म प्रचारमा संलग्न रहँदै अाएकाे युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले आयोजना गर्न लागेको  ‘द एसिया प्यासिफिक समिट २०१८’ को श आयोजक हैन आयोजक कै भूमिकामा सरकार देखेको छ। समिटमा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री आङ साङ सुकीको भ्रमणलाई सरकारले औपचारिक बनाएको छ। उनीहरुको मुख्य उद्धेश्य समिटमा भाग लिन आउनु हो तर यसै बहानामा सरकारले औपचारीक बनाएर उनीहरुलाई महत्व त दिएको छ तर यसको उपलब्धि भने पर्यटन प्रवर्धन भनेको छ।

समिटमा भाग लिन म्यान्मारकी स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी, नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी काठमाडौँमा हुने छन् । त्यस्तै फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबारदेखि नै काठमाडौँमा छन् । त्यस्तै सम्मेलनमा भारतका पूर्व प्रधानमन्त्री एच.डी. देवेगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी, फिलिपिन्सका उपराष्ट्रपति लिनी रोब्रेडो, कोलम्बियाका पूर्वराष्ट्रपति एन्ड्रेस पास्ट्राना एरान्गो पनि सहभागी हुने बताइएको छ।

सम्मेलनलाई स्वीकार्य बनाउन हिन्दु धर्म र बौद्ध धर्मका धर्मगुरुहरुलाई पनि आमन्त्रण गरिएको बुझिएको छ।

सम्मेलनमा विश्वका ४५ देशबाट १५ सय हाराहारीमा प्रतिनिधि उपस्थित हुने समेत जानकारी दिए । तीमध्ये ५ सय ‘अति विशिष्ट’ पाहुना हुने आयोजकले बताएका छन् ।

सम्मेलनलाई स्वीकार्य बनाउन आईक्यापलाई सहभागी गराइएको छ। यो संस्थामा विश्वका धेरै मुलुकका राजनीतिक पार्टी सदस्य छन्। तर सम्मेलनमा कोरियाली संस्था यूपीएस सहभागी हुनुले आशंका उब्जाएको छ। सरकारी निकायले उक्त संस्थालाई धर्म प्रचारक संस्थाको रुपमा हेर्छ। त्यसका अध्यक्ष हुन् पूर्वमन्त्री एकनाथ ढकाल।

नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), युनिभर्सल पिस फेडेरेशन (युपिएफ), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्था सम्मेलनको आयोजक छन् । युपिएफ संयुक्त राष्ट्र सङ्घ, आर्थिक तथा सामाजिक परिषद्बाट मान्यताप्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको क्रियाशीलता छ । तर यसको क्रियाशीलता क्रिसियन धर्म प्रचारमा रहेको सबै जानकार नै छन्।

यस सम्मेलनको नेपाल सरकार सहआयोजक भनिए पनि पछि सहयोगी मात्र भएको बताइयो तर अहिले निमन्त्रणा कार्डदेखि सबै सामग्रीमा नेपाल सरकारको लोगो दुरुपयोग भएको छ। सरकारले यस्तो विवादस्पद सम्मेलनमा अग्रसरता देखाएर भविश्यमा देशमा अस्थिरताको विजारोपण गरेको सजिलै अनुमान गर्न सकिन्छ। यस सम्मेलनका आयोजकहरुको विगत कसैबाट लुकेको छैन तर सरकारले त्यसविषयलाई नजरअन्दाज गरेर एक कदम अगाडी बढ्दै आम जनतालाई सम्मेलनका नाममा सास्ती दिदै जोर विजोर प्रणाली लागु गर्ने देखि सडक बन्द गर्ने सम्मको कुकृत्य गरेको छ।

हालै सम्पन्न विमस्टेक सम्मेलनपछि प्रधानमन्त्री ओलीले भविश्यमा यस्ता सम्मेलन हुदा आम जनताको समस्यालाई ध्यान दिने प्रतिबद्धता जनाएका थिए र केहि महिनामै उनले त्यो प्रतिबद्धता बिर्सेर आम जनतालाई उपत्यकामा ४-४ दिनसम्म पिडा दिएका छन् । सरकारको सक्रियता हेर्दा कार्यक्रमको प्रमुख आयोजक नै सरकार जस्तो देखिएको छ।

काठमाडौँको हयातमा ४ दिनसम्म चल्ने सम्मेलनमा शान्ति, विकास, सुशासन तथा अन्तर-धार्मिक संगठनकाे भूमिकाका साथै जलवायु परिवर्तन लगायत विषयमा छलफल हुने जनाइएकाे छ । सम्मेलनकै लागि हायातमा करिव ३६ सयजना अट्ने अस्थायी सम्मेलन हल निर्माण गरिएको छ ।

सम्मेलनकाे अन्तिम दिन पारिवारिक मेलमिलाप र विवाह, वैवाहिक प्रतिबद्धता लगायत विषयमा ‘फादर मुन’काे सिद्धान्तमा अाधारित प्रवचन समेत दिइने जनाइएकाे छ ।

यही सम्मेलनका क्रममा युनिफिकेशन चर्चकाे नेतृत्व गरिरहेकी युपीएफका संस्थापक नेता सन म्याेंग मुन (फादर मुन)की श्रीमती  डा‍. हाक जा हानलाई ‘जिससकी एक मात्र सच्चा छाेरी’ घाेषणा गर्ने कार्यक्रम समेत रहेकाे बताइएको छ।

हिलबर्ट र बाल मा. वि. को सहकार्यमा परियोजना कार्य सम्पन्न

कपिलवस्तु जिल्लाको बाणगंगा न.पा. वडा नं.२ मा अवस्थित जिल्लाको ‘क’ वर्गमा सूचिकृत यस हिलबर्ट विद्यालयले BRITISH COUNCIL द्वारा सञ्चालित विभिन्न ISA परियोजना कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । यसै सन्दर्भमा संस्थागत तथा सामुदायिक विद्यालयको सहकार्यमा सम्पन्न गरिनु पर्ने “DON’T BE DISRUPTIVE, USE CONTRACEPTIVE” परियोजनाको मंसिरको पहिलो हप्तादेखि शुभारम्भ गरि तोकिएका विभिन्न कार्यहरु जस्तै समूहगत छलफल, स्थलगत अध्ययन, विषय विशेषज्ञ डाक्टर, समुदायका व्यक्तिहरुको परिवार नियोजन र यसका लागि प्रयोग गरिने स्थायी तथा अस्थायी साधन प्रतिको धारणाका साथसाथै विद्यार्थीलाई यस विषयवस्तु प्रति पूर्ण जानकारी लिन लगाई दुई विद्यालयवीच मिति: २०७५/०८/१३ मा ESSAY & SLOGAN WRITING COMPETITION सम्पन्न भएको छ । राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा वढ्दै गएको शैक्षिक माग र प्रतिस्पर्धालाई मध्यनजर र दृष्टिगत गर्दै, यस विद्यालयले विश्वका विभिन्न देशका नमुना विद्यालयसँग समन्वयात्मक सम्बन्ध राख्दै विविध परियोजना कार्य गरि रहेको छ । यस परियोजना कार्यक्रमको समापनको अवसरमा यस विद्यालयका ISA COORDINATOR सुरज न्यौपानेका साथै विद्यालयका प्राचार्य श्री सुरेन्द्र पाण्डेज्यूको अध्यक्षता र विद्यालयका प्रवन्ध निर्देशक श्री बुद्धिराम पौडेलज्यूको प्रमुख आतिथ्यता र श्री बाल मा. वि. बैरियाकी साधना पन्थीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दुवै विधामा विजेता कक्षा ८ का भाइबैनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रम सञ्चालक शिक्षक तेजप्रसाद आचार्यले गर्नुभएको थियो ।

कपिलवस्तु डान्स आइडलमा अडीसन जारी

आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए । जारी अडिसनमा सहभागी भएका १३ जना मध्ये ८ जना पहिलो चरणको छनौटमा परेका छन ।  पहिलो, दोश्रो र तेश्रो चरणको प्रारम्भिक छनौट पछि १५ गते अन्तिम चरणको छनौट गरिने आयोजकले जनाएको छ । डान्स आइडलका लागि प्रारम्भिक छनौटमा परेका सहभागीहरु मध्येबाट १५ देखि २० जना दर्शकहरुको बीचमा प्रतिस्पर्धामा उत्रनेछन् ।छनौटमा उद्योग उपाध्यक्ष छविरेश्मी मगर, समाजसेवी विष्णु थापा र विरेन्द्र खाण निर्णायकको भूमिकामा रहनुभएको थियो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका कोषाध्यक्ष मोहन न्यौपाने, सचिव मनोज पौडेल, पत्रकार बाबुराम रायमाझी, सूर्य चुदाली लगाएतको सहभागीता रहेको थियो ।

किशोरीहरुलाई अपांगता अधिकार र लागू औषधबारे अभिमुखीकरण

किशोरीहरुलाई अपांगता अधिकार र लागू औषध नियन्त्रणबारे सचेतीकरण गरिएको छ । किशोरीहरुका माध्यमबाट अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिताका लागि अभिमुखीकरण दिइएको हो । कपिलवस्तुको शिवराज नगरपालिका १, चैनपुरका श्रृजनशील किशोरी सम्बाद केन्द्रका किशोरीहरुलाई अपांगता भएका व्यक्तिहरुले पाउने सेवा सुविधा, नीति नियम कार्यान्वयनका बारेमा सचेतीकरण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिवराज नगरपालिका १ का वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले हरेक निकाय अपांगमैत्री हुनुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरुका लागि राज्यले कानुन बनाउँछ तर कार्यान्वयन नहुँदा अपांगता भएका व्यक्तिहरु अधिकारबाट बन्चित हुनुपरेको गुनासो गरे । वडाध्यक्ष घर्तीक्षेत्रीले स्थानीय निकायबाट हुने हरेक किसिमको सेवा सुविधा अपांगमैत्री बनाउन भरपूर कोशिस गर्ने प्रतिबद्धता जाहेर गरे ।

यसैगरी शिवराज नगर नगरकार्यपालिका सदस्य लक्ष्मी हमालले सबैले आ आफ्नो ठाउँबाट आवाज उठाएमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा अपांगता पुनस्र्थापना केन्द्र शिवराजका अध्यक्ष दिपक खडकाले अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा, नीति, नियमबारे सहजीकरण गरेका थिए । दिगो तथा मर्या्दित, सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत किशोरीहरुमार्फत समाजमा जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम गरिएको खडकाले बताए । कार्यक्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक शेर बहादुर थापाले लागू औषधका बारेमा जानकारी दिंदै नियन्त्रणका किशोरीहरुले स्थानीय स्तरबाट आवाज उठाउनुपर्नेमा जोड दिए ।

किर्डाक नेपाल, स्ट्रोम फाउण्डेसनको आयोजना तथा शिवराज नगरपालिका र वडा प्रहरी कार्यालय चन्द्रौटाको सहयोग रहेको कार्यक्रम रामकिस्नी थारुको अध्यक्षता र इन्दू थारुको संचालनमा सम्पन्न भएको थियो ।

गुहँको बीउको लागि भौतारिँदै कपिलवस्तुका कृषक

कपिलवस्तुमा जिल्ला कै दोश्रो मुख्य बालीको रुपमा रहेको गहुँ को विउँ अभाव भएको छ । गहुँको वीउ नपाएपछि कषकहरु झन मर्कामा परेका छन् । बजारमा बीउ अभावले गर्दा अहिले सम्म उम्री सक्ने गहु खेतमा छर्न समेत उनीहरुले पाएका छैनन् । यहाँका कृषक अहिले वीउका लागि भौतारीनु परेको छ । गत वर्षको पुरानो वीउ पनि अत्यन्तै मंहगो भएकाले अहिले गहु खेती गर्नेको संख्यामा कमी आउने देखिन्छ । वीउ अभावले गर्दा जिल्लामा गहु उत्पादन प्रभावित हुने देखिएको छ । दुई बर्र्ष अघि सम्म सरकारले छुट र अनुदानमा गहँुको बीउ उपलब्ध गराएको थियो । तर यस बर्ष जिल्लाका १० वटै स्थानिय निकायले गहुको बीउमा अनुदान दिने कार्यक्रम नल्याए पछि कृषकहरु मर्कामा छन् ।

गहुको बीउ अभाव भए पछि बीउ बिजन बिक्रताले त्यस्ता बीउ महंगोमा बिक्री गरीरहेको कृषकहरुले गुनासो गरेका छन् । बिक्रेताहरुले अहिले कृषकहरुसंग चर्को मुल्य लिएर बिउ बिक्री गरी रहेको उनीहरले बताए । कपिललवस्तु नगरपालिका– ३ बरनडीहवाका कृषक गोपाल यादवले बजारमा धाए पनि नपाएको गुनासो गरे । कपिलवस्तु नगरपालिका– ५ गोटिहवा गाविसका वृजेश यादवले बजारमा गहँुको वीउ नपाएपछि बाध्य भएर भारतमा गई मंहगो मूल्य तिरेर वीउ ल्याउनु परेको बताए । कृषि क्षेत्रको प्रर्बद्धनको मुख्य नारा दिएको यस आर्थिक वर्षमा गहु वीउको अभावले यहाको कृषक मारमा परेका छन् ।

भारतीय सीमाना छेउ भएका गाउलेहरुले भारतबाट मंहगोमा वीउ किन्न बाध्य छन् । यता भने नेपाल सरकारले वीउ उप्लब्ध नगराउँदा अधिकांश खेतहरु बाझै छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २७ हजार बढी हेक्टरमा गहु खेती गरिन्छ । तर यस बर्ष सिंचाईको असुबिधा र बिउको अभावले गुह खेतीको क्षेत्रफल समे घटने अनुमान गरिएको छ । बिगत बर्षहरुमा कृषि कार्यालय मार्फत ४० प्रतिशत अनुदानमा गहुको बीउ डिल मार्फत बिक्री गर्ने गरिएको थियो । तर यस बर्ष स्थानीय निकायले गहुक खेतीमा ध्यान दिएको किसान संघका जिल्ल अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख सहरसाम यादवले आफनो कार्यालयले प्राबिधक ज्ञान मात्र दिने गरेको बताए । कपिलवस्तुमा भृकुटी, बिजया, आदिल, एनएल र गौतम जातको गहुँ लगाईने गरिन्छ ।

कपिलवस्तुमा बजेट अख्तियार हस्तान्तरणले बहुवर्षीय योजना अलपत्र

कपिलवस्तुमा जिल्लस्तरीय बहुवर्षीय योजनाहरू अलपत्र परेका छन् । संघीय सरकारले केन्द्रबाट बिनियोजन गरिएका बजेट तथा दायित्व प्रदेशलाई अख्तियार गर्दा योजनाहरू अलपत्र परेका हुन् । अर्थ मन्त्रालयले बहुवर्षीय योजना अन्तर्गतका मुख्य सडकको बजेट प्रदेश सरकारको मातहतमा हुने गरी अख्तियारी दिँदा निर्माण कार्य ठप्प भएको हो । कपिलवस्तुमा निर्माणाधीन बहुवर्षीय योजनाका सडकको निर्माण कार्य सोही कदमका कारण रोकिएका छन् ।

क्षेत्रीय तथा पर्यटकीय महत्वका जिल्लाका ५ वटा मुख्य सडकको बजेट केन्द्रबाट विनियोजन नभएको भन्दै सडक विभागले उक्त कार्य रोक्न निर्देशन दिएको छ । योजना अघि नबढाउन मन्त्रालयले पत्राचार गरेसँगै निर्माण कार्य रोकिएको हो। बहुवर्षीय योजनाका सबै सडकको दायित्व तथा बजेट प्रदेश सरकारलाई दिएपछि विभागले उक्त कार्य नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

सडक डिभिजन शिवपुर कपिलवस्तुमार्फत बहुवर्षीय सडकको काम नगर्न र सबै सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न डिभिजन शिवपुरलाई विभागले पत्राचारसमेत गरेको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडेर बुद्धको राजदरबार तिलौराकोट जोड्ने (तिलौराकोट–लक्ष्मणघाट–कोइली बनगाई), (बैदौली–देउवापार–कोपवा), (पकडी–जयनगरा), (चाकरचौडा–गौरा–पिपरा–सिसहनिया) र (बर्रो्हिया–पचेहरा) सडक निर्माण अहिले रोकिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक ५ गते पत्राचार गरेलगत्तै निर्माण कार्य रोकिएको छ ।

बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट प्रदेशमा पठाएको हुँदा उक्त सडक प्रदेशले हेर्ने सडक डिभिजन शिवपुरले जनाएको छ । उक्त सडक योजनाहरूमा अब आफूहरुको कुनै पनि जिम्मेवारी नरहेको डिभिजन प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालको भनाइ छ ।

हत्यामा पक्राउ गरिएको निर्दोष ब्यक्तिलाई तत्काल रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेस कपिलवस्तुले गत मंसिर ७ गते सुद्धोदन गाउपालिका– ४ मोतिभारीमा स्थानीय नेता राजाबावु भन्ने दिपेन्द्र चौधरीको हत्यामा संलग्न नभएका निर्दोष ब्यक्तिलाई पक्राउ गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । घटनामा तत्कालीन बिठुवा गाबिसका नेपाली कांग्रेस बुथ ईकाई समितिका सभापति अमित कुमार पाण्डेयलाई अनाहकमा पक्राउ गरिएको भन्दै कांग्रेसले पक्राउ परेको पाण्ेयलाई तत्कालै रिहा गर्न माग गरेको छ । पार्टीको जिल्ला सचिव महेन्द्र पाठकले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी निकालेको प्रेस बिज्ञप्तीमा सो माग गरिएको छ ।

केही राजनीीतक दलको दवामा प्रहरी प्रशासनले पाण्डेयलाई पक्राउ गरी मुद्दा समते चलाउने प्रयास गरेको र पाण्डेयको घरमा प्रहरी कै अगाडी अज्ञात जनताले लुटपाट र आगनी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पाण्डेयको मोतिभारीमा रहेको घर, कम्पाईन, ट्याक्टर, मोटरसाईकलमा आगजनी तथा अन्नपात, नगद, जिन्सी सामान समेत लुटपाट हुदा पनि प्रहरी प्रशासन मौन बस्नु दुः खद घटना भएको सचवि पाण्डेयले बताए । मंसिर ८ गते प्रहरीले ठोस कदम नचाल्दा लुटपाटर अगाजनी भएको उनले आरोप लगाए । उनले घटनाको वास्तविक दोाष्ीलाइ पक्राउ गरी कडा कारबाही नर्ग माग गरेका छन् । आगवजनी तोडपाmेड र लुटपाट घटनाको घोर भत्सना गदैृ घटनाको छानबिन सहीत शान्ति सुब्यवस्था कायम गर्न माग गरिएको छ ।

घटनामा मृतकका बुवाले किटानी जाहेरी दिईएको थिए । सामान्य बिवाद पछि अमितका भाई अजितले राजा वावुको गोली हानी हत्या गरेका थिए । घटनाको बेला अमित आफनो घरमा परिवारसंग रहेको सचिव पाण्डेयले बताए । दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई घटनाको दिन राती नै प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाका मुख्य अभियुक्त भने बन्टी भनिने अजित पाण्डे सहीत अन्य ५ जना भने फरार रहेको छन् ।

निर्माण व्यवसायीको मुख्य रोग एउटाको नाम अर्काको काम : मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्माण व्यवसायीको मुख्य रोग भनेको एउटाको नाम अर्काको काम रहेको बताएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेश ५ को प्रथम साधारणसभा तथा अधिवेशनको दाङको घोराहीमा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले एउटा निर्माण कम्पनीले ठेक्का लिने र अर्कैले काम गर्ने गरेका कारण गुणस्तरीय निर्माण काम हुन नसकेको भन्दै यो संस्कार अन्त्य गर्न आवश्यक रहेको बताए।

मुख्यमन्त्री पोखरेलले विवादमा रहेको पप्पु कन्ट्रक्सनको उदाहरण दिँदै एउटाको नाममा टेण्डर लिने र अर्कै निर्माण कम्पनीले काम गर्ने गरेको बताएका हुन् । यसको अन्त्य गर्न सकेमा निर्माण कार्यमा हुने ढिलासुस्ती र गुणस्तहीनताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे। निर्माण कम्पनीहरूको सानो लापरवाहीले देशले ठूलो आर्थिक नोक्सान बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । साथै उनले निर्माण व्यवसायीलाई जिम्मेवार भएर निर्माणका काम गर्न निर्देशन पनि दिए ।

प्रदेश ५ का अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले निर्माणसम्बन्धी ऐनहरू संशोधन गर्न सरकारलाई अनुरोध गरे। उनले निर्माणको काममा ढिलाई हुनु, गुणस्तरीय नहुनुमा निर्माण कम्पनीमात्र दोषी नभई कर्मचारीहरू पनि दोषी रहेको बताए ।

एनएमबि बैंक ले चुम्यो बैंक अफ दि इयर २०१८ अवार्ड

एनएमबी बैंक लिमिटेड ले बैंक अफ दि इयर २०१८ को अवार्ड प्राप्त गरेको छ ,२०७२ सालमा तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेड , पाथिभरा विकास बैंक लिमिटेड , भृकुटी डेभलपमेन्ट बैंक लिमिटेड , प्रडेन्सियल फाइनान्स कम्पनी लिमिटेड एनएमबि बैंकमा गाभिएका थिए । काठमाडौको बबरमहलमा केन्द्रिय कार्यालय रहेको एनएमबि बैंक लिमिटेड नेपाल रास्ट्र बैंक बाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो जस्ले सन २०१७ को बैंक अफ दि इयरको उपाधी समेत प्राप्त गरेको थियो ।

यशोदा फुड्स द्वारा छात्रवृत्ति वितरण

यशोदा फुड्स प्रा.ली ले कपिलवस्तु जिल्लाको राष्ट्रिय मा वि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय मा वि को आयोजना र यशोदा फुड्स को प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कक्षा दश मा अध्ययन गर्ने बिमला पोख्रेललाई नगद रु पांच हजार सहित लाली चाउचाउ एक कार्टुन कम्पनीको लोगो भयको टि सर्ट कपी र कलम एक एक थान पुरस्कार प्रदान गरिएको थियो।

उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्न र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ चाउचाउ खाने तरिका पनि सिकाउने गर्दै आइरहेको कुरा यशोदा फुड्स कि जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयको थियो।

सभापतिको स्थान बाट विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डे तथा नगर शिक्षा प्रमुख पूर्ण बहादुर बि क ले उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिका ले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै प्रायोजक यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। प्रमुख अतिथि वडा नम्बर पाँचका वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे ज्युले आफ्ना भनाईहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको कुरा स्रहानी भयको भन्दै आभार प्रकट गर्नु भएको थियो।कम्पनीका होलसेल बिक्रेता श्याम लाल बन्जाडे सुरज बन्जाडे तथा सृष्‍टि शाक्य को उपस्थिति रहेको उक्त कार्यक्रम सहायक प्रधानाध्यापक झबिलाल भण्डारी ज्युको स्वागत र शिव लाल गौतमज्युको संचालनमा सम्पन्न भएको थियो ।

रानीमहल नेपालको ताजमहल ,जिन्दगीमा १ चोटी पुग्नै पर्ने ठाउ

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् । यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ।
दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ ।

विसं १९६०मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय वासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’ का रूपमा लिइने गरिन्छ ।
सभार : बुटवल नाओ डट काम

चन्द्रौटा महोत्सवको सातौँ दिन ४० लाखको कारोवार

कपिलवस्तुको चन्द्रौटामा जारी पाँचौं चन्द्रौटा महोत्सवको सातौ सम्म भव्य रुपमा सम्पन्न भएको छ ।“कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६ गतेदेखि संचालित महोत्सवमा सातौ दिन ११ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका प्रवक्ता जगत पौडेलले वताए । महोत्सव सोचेभन्दा राम्रो भएको वताउदै सातौ दिन ४० लाख वढिको कारोवार भएको प्रवक्ता पौडेले जानकारी दिए ।

यसैगरी नेपालकै सबैभन्दा होची युवतीलाई हेर्न समेत दर्शकको घुइँचो लाग्ने गरेको स्टल संयोजक नवराज न्यौपानेले बताए । महोत्सवको मुख्य आकर्षण बनेको पाँचौ चन्द्रौटा डान्स आइडलमा ७ जनाले प्रतिष्पर्धा गरेका छन् । दर्शकको टिकटको भोट देशका बिभिन्न स्थानबाट एस.एम.एस.बाट दिएको भोटको आधारमा डान्सको नतिजा निकालिने गरिएको छ ।

महोत्सवको सातौ दिनमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षकमा पप गायक कमल खत्री, लोक गायक सपना गाहा,श्रीनिवास चौधरी,किरण खड्काले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै मंसिर १३ गते विहिवार शान्ती श्री परियार, प्रेम शर्मा, शिर्जन खत्री, वर्षा लम्साल, उत्तम चौधरी लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।

कपिलवस्तुमा ट्रकको ठक्कर बाट एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्कर बाट एक जनाको ज्यान गएको छ । कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिका अन्तरगत पर्ने गोरुसिंगे बनगाई जंगलको हर्कुर खोलामा भैरहवाबाट दाङ तर्फ जादै गरेको ना ६ ख १२०१ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको लु ३६ प ४९९३ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा बुद्धभुमी नगरपालिका २ गोरुसिंगे निवासी २५ वर्षिय सबिकुल पपियाको मृत्यु भएको प्रहरिले जनाएको छ ।

ठक्करबाट पपियाको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो । चोट लागि गम्भिर घाइते भएका पपियालाइ उपचारको लागि बुटवल स्थित लुम्बिनी अञ्चल अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको कपिलबस्तु प्रहरिले जनाएको छ ।ट्रक , ट्रक चालक र मोटरसाइकल इलाका प्रहरि कार्यलय गोरुसिंगेको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

यसैविच कपिलबस्तु प्रहरिले अबैध रुपमा भारत बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । प्रहरिले कृष्णनगर नगरपालिका वडा नं। १० औरहवा स्थित सुरहि खोलामा एम एच ५ ए जि ३७ ७५ नम्बरको मोटरसाइकलमा सामान ल्याउदै गर्दा सामान फेलापारेको हो । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा अन्दाजी मुल्य उनानब्बे हजार बराबरको सामान बरामद गरेको हो । मोटरसाईकल र सामानहरु नियन्त्रणमा लिई भन्सार कार्यालय कृष्णनगरमा पठाउने पहल भै रहेको कपिलबस्तु प्रहरिले जनाएको छ ।