डोटीको रुवसकाँडामा बस दुर्घटना

 

धनगढी। दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बाढीले विद्यालय भवन बगायो,

म्याग्दी। म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ । रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षत्ती पुर्याएको हो ।

छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनिएपछि बुधबार साँझ आएको बाढीले कटान गरेर विद्यालयको दुई वटा भवन, एक वटा शौचालय पूर्ण र एक वटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।

उहाँका अनुसार ४ कोठे र २ कोठे भवन पूर्ण तथा ३ कोठे भवनको आधा भाग बगाएको छ । घ्याँसीखर्क स्थित स्वास्थ्य चौकीको भवन खोलाले बगाएर ल्याएको बाढी थुप्रिएर पुरीएको छ । तिन वटा झोलुङ्गे पुलमा पनी बाढीले क्षत्ती पुर्याएको छ ।

खरिबोट स्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर नदीले कटान गरेर बगाएको छ । कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एक वटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए ।

करिब बिस घरको बसोबास रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोपछि रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्याएको छ ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्कि पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए । करिब पचास मिटर पक्कि पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ । यसैगरी रघुगंगा गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तरगतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ वारीबेनीदेखि बगरफाँटतर्फ जाने करिब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताए । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुस्ताङ जाने आउने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादीत स्याउ बजार पठाउन समस्या भएको छ ।

यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जो स्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरीएर पूर्ण रुपमा क्षत्ती पुगेको छ । थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षत्ती पुगेको छ ।

मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराहन्न पाँच बजेदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राती सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्कन थालेका छन् ।

नेकपा सचिवालय बैठक आज पनि बस्दै,

   –  सांगठानिक एकीकरणबारे छलफल

खरीबोट

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गर्नुभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।

बैठकमा उठेका विषयमाथि थप परामर्श गरी गर्न पार्टीले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।

विश्वको दुई अर्ब जनसंख्या स्वच्छ खानेपानीबाट वञ्चित,

खरीबोट

विश्व । पिउनका लागि स्वच्छ पानी चाहिन्छ । यतिमात्र नभई धुनपखाल्न, खानेकुरा उत्पादन गर्न र ऊर्जा निकाल्न पनि पानीकै आवश्यकता पर्दछ । आधुनिक जीवनका हरेक पक्षसँग पानी जोडिएको हुन्छ तर पृथ्वीको ७.६ बिलियन जनसंख्यामध्ये २ बिलियन जनसंख्या जनसंख्या स्वच्छ खानेपानी पाउनबाट वञ्चित भएको पाइएको छ ।

जुनमा निकालिएको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनअनुसार समग्र विश्व सुरक्षित पानी र सरसफाइको पहुँच २०३० सम्ममा सबैमा पुग्ने राष्ट्रसंघको लक्ष्य पछ्याउन असफल हुने देखिएको हो । उक्त प्रतिवेदनले बरु २०५० सम्ममा विश्वको आधा जनसंख्या सुरक्षित पानीबाट वञ्चित हुने देखाएको छ ।

मानिसहरुसँग पर्याप्त पानी छ त बाँच्नका लागि ?

दुईवटा मुख्य कुरा छन् जसले भविष्यमा पृथ्वीलाई काकाकूल बनाउने देखिन्छ । ती दुई कुरा जनसंख्या वृद्धि र जलवायु परिवर्तन रहेको छ । बढ्दो जनसंख्यालाई कसरी स्वच्छ पानी वितरण गरी सन्तुलन मिलाउने भन्ने मुख्य समस्या रहेको छ ।

भारतका गाउँ क्षेत्रमा स्वच्छ पानीको अवस्थामा सुधार आएको छ तर यति हुँदाहुँदै पनि १ सय ६० मिलियन मानिसहरु पानी पाउनबाट वञ्चित रहेका छन् । स्वच्छ पानी नपाउने सूचीमा अगाडि रहेको भारतभन्दा पछाडि अर्थात् दोस्रो स्थानमा इथियोपिया छ, जसका ६१ मिलियन मानिस स्वच्छ पानी पाउनबाट वञ्चित छन् । इथियोपियाले पनि सन् २००० यता यसमा सुधार ल्याएको त छ तर धेरै प्रतिशत जनसंख्या भने अझै उही समस्या भोगिरहेका छन् ।

यस्तो संकटपूर्ण भविष्य देखिएपछि मानवजातिले स्वच्छ पानीका लागि पृथ्वीका सबैखाले स्रोतको खोजी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

विश्वका धेरैजसो स्वच्छ पानी कृषिमा, बाली सिँचाइमा जान्छन् तर पशुपन्छी हुर्काउन र माछापालन र वृक्षरोपणमा पनि जान्छन् । विश्वमा जनसंख्या वृद्धि उच्च हुँदै गएपछि कृषि उत्पादन पनि सोही मागपूर्ति हेरेर बढाउनुपर्ने हुन्छ । विगत केही दशकहरुमा जमिनमुनिदेखि तालतलैया र नदीसम्मबाट पानी झिक्ने क्रम बढेको छ । चाहे त्यो कृषिका लागि होस् कि औद्योगिक प्रयोजनका लागि गरिने यो कार्य सन् १९४० देखि यता जनसंख्या वृद्धिदरभन्दा धेरै छिटो रहेको छ ।

यसको मतलब स्वच्छ पानीको हरथोपाको मूल्य बढ्दै गएको छ । त्यसकारण अब कडा निर्णय लिन आवश्यक भएको छ । इन्धनको लागि इथानेल बनाउन जमिनमा उखु लगाउँदा परिवारको लागि बाली लगाइँदैन, विद्युत् उत्पादन गर्न नदी छेक्दा त्यसदेखि तल माछा रहन्न, सतहमुनिको पानी पनि पम्प गरी निकाल्दा छिमेकीको घरमुनि पानी नरहन सक्छ जसले झगडा निम्त्याउँछ । यसलाई अध्येताहरुले फुड वाटर इनर्जी नेक्सस संज्ञा दिँदै औद्योगिक, विश्वव्यापीकृत तिर्खालु विश्वकै ठूलो चुनौती भनेका छन् ।

सबै मानवीय आवश्यकता पूरा गर्न पानी नपुग्ने युनिभर्सिटी अफ क्यालिफोर्निया, बार्केलेका वातावरण वैज्ञानिक पाउलो डी ओडोरिकोले बताए । उनको टिमले नेक्ससबारे गत अप्रिलमा रिभ्युज अफ जिओफिजिक्समा प्रकाशित गरेका छन् ।

अझ आगामी दशकमा ऊर्जाको लागि जलस्रोतको व्यापक दोहन हुने बताइएको छ । झट्ट हेर्दा यसलाई राम्रो काम मानिए पनि यसले अन्य कुरामा भने नराम्रो असर पार्ने हुन्छ ।
अर्को चुनौतीपूर्ण समस्या भनेको जलवायु परिवर्तन पनि हो । पृथ्वीको वायुमण्डलमा जसै ग्रिनहाउस ग्यास उत्सर्जन हुन्छन्, यसले पृथ्वीको मौसम, जलवायुमा परिवर्तन ल्याउँछ । विश्वकै तापक्रममा वृद्धि हुने गर्दा यसले जलचक्रमा समेत परिवर्तन ल्याउँछ । यस्तोको चपेटामा स्वच्छ जलस्रोतहरु पर्छन् भने कतै बाढी, कतै खडेरीको समस्या आउँछ । यही कुरा अहिले विश्वमा भइरहेको छ । चाहिने ठाउँमा कम र नचाहिने ठाउँमा बढी रुपमा पानी रहन्छ ।

नक्साले २०४० सम्ममा पानी प्रयोगको अवस्थालाई देखाउँछ । यसले कार्बन उत्सर्जन व्यापक बढ्ने र वाटर स्ट्रेस उच्च हुने आँकलन गरेको छ । जसले सहरहरुमा पानीको संकट नै आउनसक्नेछ । यही वर्षको सुरुतिर दक्षिण अफ्रिकाको केप टाउनमा झण्डै ४ मिलियन जनसंख्या पानीविहीन बन्नुपरेको देखिएको थियो । यो संकट धेरैमध्येको पहिलो रहेको वैज्ञानिकहरुको भनाइ छ ।

सन् २०५० सम्ममा ३.५ बिलियनदेखि ४.४ बिलियन विश्वका जनसंख्या पानीको सीमित पहुँचमा बाँच्नुपर्ने देखिएको छ भने त्यसमध्ये १ बिलियनभन्दा बढी जनसंख्या सहरका हुने बताइएको छ । ४ सय ८२ सहरमध्ये एक भाग संख्याले धेरै आपूर्तिको माग गर्ने अध्ययनले देखाएको छ । यसको मतलब सहरमा बढिरहेको जनसंख्यावृद्धि भविष्यको लागि पानी संकटको मुख्य कारक हुनेछ । यस्तो संकट पर्ने सहरमध्ये अमेरिकाको लस एन्जेल्स पहिलो नम्बरमा पर्ने आँकलन गरिएको छ । किनभने यसको जनसंख्या अझै बढ्ने र जलवाय परिवर्तनले यसका जलस्रोतहरु सुकाउनेछ । अझै अन्य क्षेत्रले समेत पानीकै उपभोगलाई प्राथमिक बनाएको खण्डमा सहरहरु ध्वस्त हुनेछन् ।

तर जलस्रोत जोगाउने उपाय भने वैज्ञानिकहरुसँग छन् । जस्तै सन् २०१५ को पेरिस सम्झौता यद्यपि यसबाट अमेरिकाले भने बाहिरिन चाहेको बताइसकेको छ तर यसले भविष्यको जलसंकट कम गर्नसक्छ । यसका लागि प्रतिबद्धता जनाएका राष्ट्रहरुले गम्भीरताचाहिँ देखाउन सक्नुपर्छ । यदि देशहरु प्रतिबद्ध भएको खण्डमा यस सम्झौता कार्यान्वयनले २०५० सम्ममा एसियाका ६० मिलियन जनसंख्याले यस्तो संकट भोग्नु नपर्ने हुनसक्ने जुनमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ । तर उक्त सम्झौतामात्रै पर्याप्त नरहेको बताइएको छ ।

मानिसहरुले आफ्नो जीवनशैली र व्यवहारमै परिवर्तन ल्याउन आवश्यक भइसकेको युनिभर्सिटी अफ कासेलका वातावरण तथा ऊर्जा वैज्ञानिक मार्टिना फ्लोर्केको भनाइ छ । उनका अनुसार प्रकृतिको महत्व र आवश्यकता दुवै बुझ्न जरुरी छ ।

तिलौराकोट दरबारमा बृहत सरसफाई अभियान ।

प्राचिन कपिलवस्तुको तिलौराकोट दरबारमा बृहत सरसफाई अभियान संचालन गरिएको छ । लुम्बिनी विकास कोष र सुरक्षाकर्मीको संयुक्त टोलीले तिलौरकोट दरबारमा अभियान संचानल गरेको हो । फोहर र झारपातले कुरुप बन्दै गए पछि त्यहा अभिान संचनल गरिएको कोषले जननाएको छ । तिलौराकोट दरबार क्षेत्रमा झाडी बढेपछि उत्खनन् गरिएको क्षेत्र सम्म जान र हेर्न पर्यटकले सास्ती भोग्दै आएका थिए । नेपाल प्रहरी, शशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाली सेनाको १ सय १७ जनाको संयुक्त टोलीले दरबारको मुख्य क्षेत्रमा सरसफाई गरेका थिए । करिब १५ विगहा क्षेत्रफलमा फैलिएको दरबारको झाडी सफा गर्न लुम्बिनी विकास कोषले समेत कामदार खटाएको छ । यस पटक ठोस रुपमा अभियान संचालन गरिएको कोष उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए । तिलौरकोट बिश्प संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित गरिएको स्थल समते हो । ‘ अन्तर्राष्ट्रिय महत्व बाकेको स्थलमा सरसफाई नहुदा यहा आउने पर्यटकहरु निराश बनी फर्कने गरका छन । यस्तोमा अभियान पछि अब यस क्षेत्रलाई मनोरम बनाईने कोषा उपाध्यक्ष त्रिपाठीले बताए । उनले अभियान पछि झारपात मार्ने औाषधी राखिने बताए । अन्तराष्ट्रिय तथा पुरातात्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफा गर्न सुरक्षाकर्मीको योगदान महत्वपूर्ण भएको कोषका सदस्य सचिव सरोज कुमार भट्टराईले बताए उपाध्यक्ष त्रिपाठीले विश्व बौद्ध दर्शनको महत्वपूर्ण क्षेत्रको विकासमा सबैको साथ आवश्यक रहेको बताए । सरसफाई कार्यक्रममा सहभागी उपाध्यक्ष त्रिपाठीले पुरातात्विक मूल्य र मान्यताको कारण तिलौराकोटका सुन्दरीकरण गर्न नसक्दा बर्षेनी झाडी, बुट्यान र खरघारीमा सम्पदा लुक्ने गरेको छ । सरसफाई अभियानमा सहभागी नेपाल प्रहरी उपरिक्षक मनोज कुमार यादवले नेपाल प्रहरी नियमित सरसफाईमा सक्रिय बन्ने बताए े । ‘ पुरातात्विक क्षेत्रको संरक्षण र सम्र्बद्धन सुरक्षाकर्मीको पनि दायित्व हो ’ उनले भने । सरसफाई पछि दरबार क्षेत्र पुन सुन्दर बन्ने र पर्यटकलाई उत्खनन् गरिएको क्षेत्र अवलोकनमा सहज हुने कोषका तिलौराकोट प्रतिनिधी माधव आचार्यले बताए । तिलौराकोटमा बेलायतको दुर्हम बिश्व बिश्व बिद्यालय, पुरातत्व बिभाग को टोलीले बिगत ५ बर्ष देखि उत्खनन र अनुसंधानको काम अघि बढाउदै आएको छ । तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद र बुद्धकाले २९ बर्ष बिताएको स्थलकारुपमा मानिदै आएको छ । यस्तै सोही टोलीले निग्राधराम कुदानमा बृक्षारोपण समेत गरेको छ । कोषका उपाध्यक्ष सहीतको टोलीले त्यहा बिभिन्न जातका बिरुवाहरु रोपको थिए । अभियान प्रदेश नम्बर ५ का सदस्य धरम बहादुर लाल श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको थियो ।

रमाइलो तिज २८ गते बिहिबार बाल माध्यमिक बिद्यालयमा हुने

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा तिजको दिन हुने भनिएको कार्यक्रम २८ गते बिहिबार हुने भएको छ । २७ गते दिनभर पानी परेपछि २८ गते साझ ४ बजेबाट कार्यक्रम सुरु गर्ने निर्णय भएको ब्यालक बुल्स गाइजका कार्यक्रम संयोजक मिन थापाले बताए । कपिलवस्तुमै पहिलो पटक मिस्टर डिको प्रस्तुती सहित , सस्कार ब्याण्ड , डिजे पञ्चीभोको साथमा राष्ट्रीय लोक गायक गायिकाको प्रस्तुति रहने आयोजकका निर्देशक मोहन पाण्डेले बताए । दिनभर परेको पानीले कार्यक्रम स्थगित गर्नु परेकाले सोको कारण कार्यक्रम हेर्न आउनेलाई परेको असरप्रति आयोजकले क्षमायाचना समेत गरेको छ । कार्यक्रममा सहभागि हुन कलाकार जिल्ला आइ सकेकोमा २७ गते कार्यक्रम पानीले हुन नसकेतापनि २८ गते सबैलाई कार्यक्रम स्थलमा आउन आग्रह गरेका छन ।

पुनको हत्याको बिरोध गर्दै तरुण दल कपिलवस्तुद्धारा ज्ञापन पत्र ।

रोल्पा जिल्ला स्थित रोल्पा नगरपालिका तरुण दलका सभापति रोहीत पुनको गोली हानी हत्या गरेको बिरोधमा तरुण दल कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । हतियारधारी समुहले कानुनलाई हातमा लिई सत्ताको आडमा दादगिरि देखाउदै तरुण नेता पुनको हत्याको छानविन सहित दोशीलाई कडा भन्दा कडा कारबाहीको माग ज्ञापन पत्रमा गरिएको छ । ज्ञापन पत्र बुझाएपछि चार नः जितपुरमा पत्रकार सम्मेलन गर्दै नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं शतिm ठकुरीले मल्ललाई सहिद घोषणा गर्न माग गर्दै राज्यमा पछिल्लो समय बलात्कार चोरी डकैती मारपिटका घटना बढेकोमा चिन्ता ब्यतm गर्दै सरकारलाई यसप्रति गम्भिर हुन समेत उनले आग्रह गरेका छन । सो अवसरमा नेपाली काग्रेस जिल्ला सदस्य जमशेद खा, तरुण दल क्षेत्रीय सभापति तिलक थापा, बिद्यार्थी नेता दिनेश क्षेत्री, नेबिसघं क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।

कृष्णनगर भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व असुलि गर्दै ।।

कृष्णनगर भन्सार कार्यालय कपिलबस्तुले आर्थिक बर्षको २०७५÷७६ साउनँदेखि मासिक लक्ष्यअनुसार राजश्व असुलि गर्दै आएको छ । श्रावण महिनाको लक्ष्य ५७ करोड ५५ लाख ५१ हजार रहेकोमा ३६ करोड ८१ लाख ७१ हजार राजश्व असुलि भएको छ । त्यस्तै भाद्र महिनाको लक्ष्य ६५ करोड ७७ लाख ७२ हजार रहेकोमा ३४ करोड ४३ लाख ४२ हजार राजश्व असुलि भएको कृष्णनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए ।
आर्थि वर्ष २०७४÷७५ को श्रावण महिनाको लक्ष्य २८ करोड ९१ लाख ३८ हजार रहेकोमा ३८ करोड ६३ लाख ७८ हजार राजश्व संकलन भएको थियो भने भाद्र महिनाको लक्ष्य ३३ करोड ४४ लाख ४० हजार रहेकोमा ४१ करोड ६४ लाख ८९ हजार राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत खड्काको भनाई छ ।
वर्षातको मौसममा विभिन्न उद्योगिहरुले आफ्नो कम्पनिहरुको र्ममत संम्हार गर्नका लागि कम्पनिहरु वनद गर्नुपर्ने भएको हुँदा कच्चा पदार्थको आयातमा कमी भएको भन्सार अधिकृत शोभाकान्त वाग्लेले बताए । पछिल्लो समय कपडा, जुत्ता चपपल, फलफुल, सुर्तिजन्य पदार्थ, चामल तथा कनिका लगायतका सामाग्रिहरुबाट राजश्व असुलि भएको भन्सार कार्यालयले जनाएको छ । चोरि पैठारिलाई नियन्त्रण गर्ने उद्देश्यले चाडपर्वलाई पनि विशेष ख्याल गरेर दैनिक उपभोग्य वस्तुवाट राजश्व असुलि गरिएको भन्सार अधिकृत वाग्लेले बताए ।

कपिलवस्तु निर्माण ब्यवसायी संघमा गुप्ताको प्यानल विजयी ।

कपिलवस्तु निर्माण ब्यवसायी संघको अध्यक्षमा गुञ्जन कुमार गुप्ता निर्वाचित भएका छन् । उनले निवर्तमान अध्यक्ष चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् । तौलिहवामा सम्पन्न दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले नयाँ कार्यसमिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा विष्णु खनाल, द्धितीय उपाध्यक्षमा नारायण अर्याल, महासचिवमा सरोज अर्याल, सचिवमा अनन्त खड्का, कोषाध्यक्षमा अशोक गुप्ता र सह कोषाध्यक्षमा नगेन्द्र सिंह निर्वा्चित भएका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा गुन्जन कुमार गुप्ताको प्यानलबाट उम्मेदवार बनेका ६ जना सुनिल कुमार शुक्ल, रमेश मिश्र, युनिस फकिर, गम्म रैदास, चेतनारायण भण्डारी र धर्मेन्द्र कुमार शुक्ला निर्वा्चित हनु भएका छन् । कुल एक सय बैसट्ठी सदस्य रहेको निर्माण व्यवसायी संघमा एक सय पचास मत खसेको थियो ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड बाट १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन

 वैखरी  भलवाड  कपिलबस्तु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड गाउँबाट एक १६ बर्षीय युबती एकाएक सम्पर्कबिहीन भएकी छन् । गएको भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएको परीवारले जनाएका छन् ।

२१ गते बिहान करिब १० बजेतिर स्कुल जान्छु भनेर हिँडेकी उनी नत स्कुल गईन नत घरनै फर्किन आमा सुनिता बन्जाडेले भनिन स्कुल हिँडेकी छोरी साँझ सम्म घर नआएपछी सबै परीवार खोजि गर्न लागेको र स्कुल नगएर एउटा मोटरसाईकलमा एकजना स्थानिय महिला सहित बनगाई सम्म आएको जानकारी भएको आमाले बताइन् । उनले छोरी हराएको खबर प्रहरीमा जानकारी गराएको भन्दै प्रहरीले छोरी खोजिदिन तदारुकता नदेखाएको गुनासो गरेकी छन् । दुई दिनसम्म फोन समेत लागीरहेको र साथीलाई बुटवल छु अब आउँदिन होला भन्ने जस्ता म्यासेज गरेकी थिईन् ।

कुनै जानकारी नभएको स्थानीय एक युवासँग बिवाह गरी आएकी बाग्लु· बुर्तिवा· माईति घर भन्ने सिता परीवारले छोरीलाई ललाई फकाई गरी लगेको भन्दै उक्त महिलालाई पक्राउ गर्न आग्रह गरेकी छन् । छोरी एकाएक हराएपछी जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा किटानी सहीत निबेदन दिँदा समेत उक्त महीलालाई पक्राउ गर्न चासो नदीएको गुनासो गरेकी छन् । सिता बिक भन्ने महिलाले छोरी लगेको भन्ने स्थानियले देखेकाले उक्त महिलालाई नियन्त्रणमा लिएर कार्बाही गर्न प्रहरीलाई भनेको तर ५ दिन बितिसक्दा समेत कुनै अत्तोपत्तो नहँुदा मानसिक तनाब भैरहेको उनले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोज यादबले हराएकी बालिकाको हुलीया सम्पूर्ण कार्यालयमा परीपत्र गरीसकेको भन्दै खोजि कार्य भैरहेको प्रमुख यादबले बताए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले हराएकी युवती बुटबल आएको भन्ने सुचनाको आधारमा बिभिन्न ठाउँमा खोजतलास भैरहेको भन्दै युवती सँग रहेको भन्ने युवतीको समेत ब्यापक खोजी भैरहेको बताए तर घरका परीवार भने ५ दिन बितीसक्दा समेत कुनै जानकारी नपाउँदा थप समस्यामा परेका छन् ।

नारीहरुको महान पर्व तीज शुरु, आज दर खाने दिन।

आज हरितालिका तीजको अघिल्लो दिन, नेपाली हिन्दु नारीहरुले विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व धुमधामपूर्वक मनाउँदै छन् । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ ।
तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ५ बर्षिया बालिकाको मृत्यु ।।

अर्घाखाँचीको किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट ५ बर्षिया वालिकाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वाड नम्वर १० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ बर्षिय सदिक्षा रानाको तीजको समयमा मामाघर जादै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक नवराज मल्ले बताए । आफ्नो आमा संग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै बाट बालिकालाई चितुवाले आक्रमण गरेको हो । तीन बहिनी संगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरि जंगल तर्फ लगेको थियो । हामी बसेर चाउचाउ खाँदै थियौ बिचमा बसेको कान्छी बहिनिलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदिले बताएपछी स्थानीय बासिहरु हारगुहार गर्दै जंगल तर्फ गएका थिए । खोज्दै जादा चितुवाले खाएर क्षद विच्क्षद बनाएको अबस्थामा वालिकाको शब भेटिएको हो । घटनास्थलको प्रकृति मुजुल्का सहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लगिएको छ । नरभक्षी चितुवाले पछिल्लो ३ बर्षमा डेढ दर्जन वालवालिकामा आक्रमण गरेको छ । जस्का कारण १२ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचार पछि निको भएका छन । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवाको आतङ्कले जिल्लावासी त्रसित भई रहेका छन् ।

रहस्यमय बन्दै निर्मला हत्याको छानविन ,ज्यानको खतरा भएको भन्दै छानविन समिती बाट राजिनामा

काठमाडौं । कञ्चनपुर भीमदत्तनगर २ उल्टाखामकी निर्मला पन्त हत्याको छानविन थप रहस्यमय बन्दै गएको छ । उच्चस्तरीय छानबिन समितिका एक सदस्य आफूलाई ज्यान जोगाउनै मुस्किल परेको भन्दै समितिबाट अलग्गिएका छन् ।

उच्चस्तरीय छानविन समितिले कञ्चनपुरमा १५ दिन बसेर तयार पारेको प्रतिवेदनको मस्यौदा संशोधन हुँदैछ । केन्द्रमा तानिएका प्रहरी र प्रशासनिक अधिकारीहरुको विवरण समेट्न भन्दै उच्चस्तरीय छानविन समिति उनीहरुको बयानमा लागेको छ ।

प्रतिवेदन दिन दिईएको समय सकिएर म्याद थप भएको छ । समितिमा अब बाँकि रहेका ४ सदस्य गृहकै छन् । न्याय सेवाबाट रहेका सदस्य वीरेन्द्र बहादुर केसी आफ्नो हत्या हुनेसम्मको त्रासले बाहिरिएका छन् । उनले सार्वजनिक गरेको यो कुराले उच्चस्तरीय छानविन समितिको काममा पनि शंका उब्जिएको छ ।

गत साउन १० गते कञ्चनपुकी १३ वर्षीय बालिका पन्तको हत्या छानविन गर्न गठित उच्च स्तरिय छानबिन समिति सदस्यको जिम्मेवारी पाएका विरेन्द्र केसीले आफूले यसअघि राजिनामा दिइसकेको समेत बताए । उनले आफूले राजीनामा हुलाकमार्फत पठाएको स्पष्ट पारे ।

कार्यक्रममा पत्रकारहरुलाई वितरण गरिएको पत्रमा उनले लेखेका छन्, ‘म चाहान्थे वास्तविक अपराधी पहिचान गरी न्यायिक कठगराका उभ्याउन प्रति दिन २० घण्टाको दरले छानविन कार्यमा नै तल्लीन रहे अथक प्रयासको परिणामस्वरुप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पुर्यायो ।’

आफूले अनुसन्धानको प्राविधिक पक्ष उठाउँदै त्यसलाई गम्भीरताका साथ प्रस्तुत गरेको भए पनि आफ्ना सुझावलाई उपेक्षा गरिएको उनको गुनासो थियो ।

‘डिएनए टेस्टको कम्पोजिसन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समिति समक्ष बारम्बार आफ्नो धारणा राख्दै आएँ,’ उक्त पत्रमा भनिएको छ, ‘मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखि जिम्मेवारीबाट हटेको जानकारी नेपाल सरकार समक्षा पेश गर्न संयोजकमार्फत मिति २०७५ भाद्र १८ गते निवेदन पेश गरेँ ।’

अर्कोतिर, कञ्चनपुर प्रहरीको हिरासतमा रहेका बम दिदीबहिनीको म्याद थप मात्रै भईरहेको छ । उनीहरुले दिएको बयानबारे प्रहरीले कसैलाई केही जानकारी दिएको छैन । यस्तै, प्रहरीले निर्मलाको हत्या भएको २६औँ दिनमा संलग्न पनि सार्वजनिक गरेका दिलिप विष्टलाई पनि आइतबार ४ दिनको म्याद थप गरिएको छ । प्रहरीले मानसिक अवस्था ठिक नभएको भनिएका उननको मानिसिक र यौन उत्तेजनाबारेको स्वास्थ्य परीक्षण रिपोर्ट अदालतमा बुझाएको छ ।

कविता –  उनी अचेल आमा भएका छन् 

कविता   -  उनी अचेल आमा भएका छन् 




आजकल

मसँग जत्तिकै रत्तिन जानेछ उनीसँग पनि 

यो भान्सा , यी चुल्हो अनि चुलेसी 




कसौंडीमा पानी अड्कल्न जानेछन् चामलसँग 

तरकारीमा नुन , भुटुन अनि बेसार पनि 




छिनछिन छिनछिन चुराको धुनमा 

डाडु पनियो र कराइ 

सुखका आल्हादित गुन्जन

सुनिरहन्थे उनी ढोका बाहिरबाटै

तर आज ती चुरा बज्ने हातहरु विश्राममा छन् 




उनी आफ्नो मनको परिधिबाट 

अन्तरङ्गका धुनहरु गुन्जाउँदै 

तन्मयका साथ पकाइरहन्छन् माया र सद्भावको 

जाउलो दालभात र तरकारी 

सकेसम्म मुछेर प्रेमभाव 

सकेसम्म मुछेर प्रेमराग 




छोराछोरी उनीसँगै सोध्छन् अचेल

बाबा भात पाक्यो ?

छोराछोरी उनीसँगै भन्छन् अचेल 

बाबा भोक लाग्यो 




उनी आमा भएका छन् अचेल

हो,उनी आमा भएका छन्

आमा हुनुको गर्भानुभूती

उनले पनि पक्कै गरे होलान् 

आफ्ना नानीहरुको भोक र तिर्खासँग 

नजिकिए होलान् 

आमा हुनु भनेको पाठेघर सजाउनु मात्र कहाँ हो र ? 

आमा हुनु भनेको हृदयको सत्तलबाट 

मातृत्वको अनुराग छचल्काउनु पनि हो 




नानीहरुको सँगसँगै 

मेरो पनि त आमा भएका छन् उनी 

मेरो भोक मेरो तिर्खा र मेरो दुखाइमा 

थपक्क उनी नै अनुदित हुन्छन् 

र मेटाइ दिन्छन् 

मेरा सबै भोक तिर्खा र दुखाइ

म निदाइदिन्छु सुखको नीद

म बिसाइदिन्छु दुखको पहाड उनी माथी

म आजकल

पुरापुर उनीमा आशृत भएकी छु

हाँगा काटिएको घाइते उच्छवासमा पनि

बटुलेर टुक्राटुक्रा सपनाहरू 

उनी दिन्छन् मेरो अञ्जुलीमा

हजार झिल्काहरु कविताका 

बर्सिन नदिएर निराशाको झरी




हँसाइरहन्छन् बालेर मुस्कानको दियो 

म उनकै अदम्य साहस टेकेर तङ्गृदै छु 

पलाउन थालेका छन् मुर्झाएका पालुवाहरु 

उनकै काखमा राखेर शिर

मेरो संसार रङ्गाउन थालेकी छु मैले 

त्यसैले त भन्छु उनी आमा भएका छन् अचेल 




आजकल 

मसँग जत्तिकै रत्तिन जानेछ उनीसँग पनि 

यो भान्सा यो चुल्हो अनि चुलेसी ।

--सरस्वती श्रेष्ठ सरु

‘हल्ला नगर’ -जनक कार्की

हल्ला नगर

--------------




इस्स्स्स्स्स चुप !!

सरकार सुतिरहेको छ

हल्ला नगर्नुस् कृपया।




तपाईलाई भोक लागेको हो?

तपाईलाई अन्याय भएको हो??

तपाईलाई चित्त नबुझेको हो???




किन चिच्याइरहेको?

किन निर्वस्त्र भएको?

किन उफ्रेको ?

किन सन्केको?




इस्स्स्स्स्स्स्स चुप!

सरकार निदाइरहेको छ

हल्ला नगर गर्दै नगर




कुम्भकर्ण जाग्यो भने 

के हुन्छ सोचेका छौ?

अनिकाल लागिसकेको छ

भोको कुम्भेले खानेछ तिमीलाई।




सपना देख्दै छ 

नयाँ मुलुक बनाउने

हल्ला गर्दै नगर

अहिले सपना बिथोलिन सक्छ

सपना बिथोलियो भने

तिम्रा हल्ला गर्ने जिब्रो थुतेर 

निमुखा बनाइदिन सक्छ।




उसलाई मन पर्दैन 

कोहि चिच्याएर बोलेको

उ बैरो छ

अहिले सुन्छ फेरि।




गरिबी निर्मुल पार्न उसले

सोचिरहेको छ

नयाँ योजना बुन्दै छ

गरिबलाई नै सक्ने

उसको योजना छ।




भोक लागेको हो??

नकराउनुस् अहिले दुई थाल लाठीचार्ज

एक गिलास सिसाको गिलासमा

सिसाको तातो गोलीको जुस खुवाउँछ भनेको छ।।




इज्जतको ख्याल गर्नुस है

सरकारले रौसी पिएको छ

अहिले फेरि मातेको मान्छेले जे पनि गर्न सक्छ

करैकरले कर तिराएर बलात्कार गर्न सक्छ।




इस्स्स्स्स्स्स्स हल्ला नगर

चुप लाग 

सरकार सुतेको छ।




बापुजीले भनेको मान

नराम्रो नहेर हेर्दै नहेर

नराम्रो नसुन सुन्दै नसुन

नराम्रो नबोल बोल्दै नबोल




किनभने सहरमा अहिले 

गब्बर सिंह आएको छ

५० माइल पर वच्चा रोयो भने पनि थाहा पाउँछ

अनि नाच बसन्ती नाच  भन्दै जवर्जस्ती नचाउछ।




बल्ल खायौ तिमीले

भनेको मानेको थिएनौ नि

पायौ होइन उपहार श्री ५ बाट

अब देशमा राजतन्त्र आउदैछ

उ हेरत गणतन्त्रको पहिलो राजा

श्रीपेच लगाएर कसरी हात्ती सवार गरेको

तिमी कुकुर भुकेर के हुन्छ?




सुन्यौ होइन??

बुझ्यौ होइन??

इस्स्स्स्स्स्स्स चुप!!

सरकार सुतिरहेको छ

हल्ला नगर्नुस कृपया




उफ!

कति भयो नहाँसेको गाईजात्रा हेरेर हाँसौं न

नयाँ नेपाल गाउँको।




जनक कार्की 



‘ बा ‘ कसैले नदेख्ने स्थानमा बस्ने   गहिराइका ‘मोति’ हुन !


बा

सतहमा
कहिलै देखिएनन..
बा गहिराईका मोति हुन !
बाले चम्किला कुरा
कैलै गरेनन..
बा ऊँचाईका ज्योति हुन !

कविका कोमल हरफहरुमा
आमा लेखिइन !
गीतकारका सुन्दर पंक्तिहरुमा
प्रेयसी सजिइन !
बा सधै बिर्सिइए
बा सधै छोडिए
बा अलि कड़ा भए
सायद,
त्यसैले छोडिए !

सांच्चै,
बा साह्रै कड़ा !
बाले चन्द्रमा घरमै ल्याइदिने
लोरी कैलै गाएनन !
बाले परी र राजकुमारका
कथा पनि सुनाएनन !
कैले सिस्नुपानी त कैले गोर्खे लौरी
बाले चल्तीको दया देखाएनन !

कहिलेकाहिं कछुवा जस्ता लागे बा !
दुनियाँ रफ्तारमा चल्दा
बा कूटो कोदालोमै रमाए !
बाको मन्द गति देखेर
म हरेकपटक हतारोले कराएँ !
एक दिन नियालेर हेरें,
एकदमै कठोर कवजभित्र
लाखौं बेथा सजिलै लुकाउने बा,
सांच्चै कछुवा नै रहेछन !

कैले बा लट्टे नरिवल जस्ता देखिए !
झाम्रे,त्यान्द्रे,कडक..फोड्नै अफ्टेरा !
आधुनिक भनिने युगमा बा खै कता हराए ?
कहिलेकाहिं त
साथीभाईलाई चिनाउन सम्म लजाएँ !
एक दिन देखें,
असाध्यै कडा खोलभित्र
लपलपे खुस्बुदार नौनी पकाउने बा
सांच्चै जट्टे नरिवल नै रहेछन !

जब आफू बा बनियो
जगत् र जमानालाई चिनियो
तब महसूस भो,
दुनियाँमा यति विधि
लफडा रैछ र पो
बा कडा भएका रैछन,
जगतमा यति धेरै
बेईमानी रैछन र पो
बा चट्टान भएका रैछन !

नानी-बाबुलाई मन परेको
एक ज़ोर नाना किनिदिन
पुरै बजार चाहारेको
बाले कैलै सुनाएनन !
बुने-बुनीको खुसी किनिदिन
सधै झुकेको, सधै हारेको
बाले कैलै बताएनन !

बा कैलेकाहिं फोहोरी पनि लागे !
सधै मैलो सधै भिजेको
बाको दौराको फेर
अनि शीरको टोपी !
एक दिन नियालेर हेरें,
लुकी लुकी टोपीले
पसीना अनि
दौराको फेरोले
आंशु पुछिरहेका !

पुरुषले देखाउन नहुने भनिएको
आंशु त कुना पसी पुछेथे,ठिकै छ
देखाउन मिल्ने पसीना
किन लुकेर पुछेका होलान ?
सन्तानलाई सुकिलो बनाउन
कष्ट लुकाएर
धर्ती,आकास,जगत र ज़माना संग लड्ने बा
सांच्चै धुले, मैले र फोहोरी नै रहेछन !

बा कहिले गँवार जस्ता पनि लागे !
माया देखाउन जानेनन
चिप्ला कुरा गरेनन
लोकाचार कैलै पारेनन
तर
सन्तानलाई खुसी बनाउने
लिगलिगे दौडमा
बा कैलै हारेनन !
चाहना मार्ने बाले
बहाना कैलै गरेनन !

काजीले सुन्ना थपेर बनाएका
तमसुकका कुरा बताएनन !
मुखियाले मनपरी मिचेका
साँध र सिमाना देखाएनन !
मुगलानी मसानघाटका
डरलाग्दा दर्दहरु सुनाएनन !

अनेकौं तूफ़ान आए
लाखौं वेग आए
ज्वारभाटा हजारौं सल्बलाए,
बा कहिलै डगमगाएनन !
सायद
बा सतहमा बसेनन !
सबथोक सहजै सहने बा
गहिराइमा बसिरहे

सबको जीवनमा
सुन्दर लहर पैदा गरिरहे !

हरेक उन्मत्त ढुकढुकीहरुमा
प्राण भर्न अहोरात्र
सकिनसकी लडिरहने बा
हरेक बीमारका ओखती हुन !
खुसीका हजार तरंग
सतहमा फैलाइदिएर
आफू चुपचाप
कसैले नदेख्ने स्थानमा बस्ने बा
गहिराइका ‘मोति’ हुन !

-हेमन्त गिरी  टोकियो

‘बा’


आज बिहान नै त थियो .. बा संग सिंलिण्डर भर्न संगै हिडेको थिएँ तर “ ह्याप्पी फादर्स डे “ बोल्न सकिन .. किनकी मेरो घाँटी दबिएको थियो ! मेरो मुखमा ताल्चा लगाईएको थियो ! जब तपाईको पछी पछी म हिडेँ मेरो हात खुट्टा थरथराईरहेको थियो ! काँपीरहेको थियो .. जस्तो कि भुकम्पको धक्काले थर्काईएको जमिन जस्तै ! उसै पनि बा संग धेरै बोल्ने हिम्मत त छैन म संग फेसबुकमा एक्टिभ हुनुहुदैन त्यसैले लेख्न बाध्य हुन्छु “ ह्याप्पी फादर्स डे “ !

संगै सिलिण्डर लिन जाँदा एउटा फोटो सम्म खिच्ने आँट भएन ! ग्यालरी पल्टाउँदै गर्दा एउटा कुनै संयोग मिल्दा खिचेको फोटो भेटाएँ अनि त्यहि फोटो पोस्ट गर्दै स्टाटस् पनि लेखिदिएँ ! “ लभ यू ड्याड “ सहित ! आज सम्म आमा संग हरेक कुराहरुको माग गरियो .. त्यो सुन्दाबेर तपाई चुपचाप बजार छिरेर पुरा गर्दिनुभयो ! यो थाहा छ कि ईच्छाईएको चिज पुरा हुन्छ तर यो चिज चाहियो भनेर सिधै भन्ने आँट चैँ गरिएन ! यो पनि होईन कि नाईनीस्ती गर्नुहुन्न ! कहिल्यै कुनै कुरामा हात पनि उठाउनुहुन्न र पनि थाहा छैन यो डर कस्तो ?

तपाईले कहिल्यै कुनै पनि चिजको लागी मनाही गर्नुभएन ! न त कुनै कुरामा राकतोक गर्नुभयो ! हो यहि तपाईको बिस्वासले नै हामीमा गलत गर्नुपर्छ भन्ने धारणा न्युन रह्यो ! यस्तो होईन कि कहिल्यै गलत काम गरिएन तर गरेको भए पनि ढाकछोप गरेर बसियो तर त्यस्लाई आदत बनाईएन ! तपाईको प्रेम कहिल्यै नम्बरको प्रेमी भएन !

याद छ .. जब तपाई काम सकेर राती घर आउनुहुन्छ .. एक किसीमको डरले कतै कुनो छोपेर लुकिरहेको हुन्छु ! र कहिलेकाँही डरले सुतेको नाटक पनि गरेको हुन्छु ! र तपाईले सोँध्नुहुन्थ्यो आमालाई “ छोरोले खाना खायो ? “ अनि छाती फुलिन्थ्यो तर सरिर चिसो हुन्थ्यो ! तपाई आउदा तपाईको झोलामा आफ्नो लायक सामान खोज्नु त मेरो दिनचर्या नै थियो तर मनबाट नै .. झोलामा हात हाल्ने मेरो आँट थिएन ! हात नहाले पनि आफ्नो सामान पाउनु .. ओह ! सम्झिएरै मुस्कुराईदिन्छु ! कहिलेकाहीँ बाहिर खाना खाएर आउदा “पाको गास “ जबर्जस्ती खानु पर्ने बाध्यता !

धेरै कहानी लेखेँ .. सबै प्रेम कहानी भए ! सबै कहानीमा केटी .. प्रेमीका .. अन्य अन्य ! तर आजसम्म तपाईलाई एउटा पनि पढेर सुनाउने हिम्मत भएन ! न त पढ्नुहोस् भनेर थमाएँ ! लाज र डर दुबै कुराले पेल्दो रहेछ !

लेख्न त धेरै मन थियो .. तर यहाँ धेरै लेख्दा पनि “ फादर्स डे को स्वांग पारेको “ आरोपी बन्न सक्छु ! किनकी तपाईले कहिल्लै म माथीको कुनै पनि कुराको अपजस् सहन सक्नुहुन्न ! दुनिँयामा हर छोरामान्छेको भगवान् “ बा “ नै हुन्छन् ! जिम्मेवारी सिकाउने तरिका कोहि तपाईबाटै सिकोस् ! डर देखाउनु कोहि बा बाटै सिकोस् ! किनकी हरेक मार्गदर्सन् मा कुनै पनि तिखो प्रतिकृया होस् या सरल हरेक कुराको ज्ञान् भएका बा नै हुन् ! कुन कुरामा कस्तो व्यबहार गर्नुपर्छ त्यो सबै ज्ञान भएका बा नै हुन् !

र मलाई बचपन देखि धेरै चाहाना हुन्थ्यो .. यो बुनुँ त्यो बनुँ .. तर अहिले लाग्छ म बा जस्तै बनुँ ! ब्यबहारीक .. सहनसिल .. मेहनती ! हो म त्यस्तै बन्नु छ .. तपाईको हरेक कुराको भार उठाउनु मन छ !

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ। सामान्यतः अवस्थामा यो दुरी पार गर्न सडकमार्गबाट एक दिन पर्याप्त हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सुर्खेतबाट गम गढी पुग्न अचेल कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

दुई साताअघि मुगुको ताल्चा विमानस्थलमा गएको पहिरो निरीक्षण गर्न प्रदेश राजधानीबाट हिँडेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली पाँच दिन लगाएर गम गढी पुग्यो। ‘नाग्म (कालिकोट–जुम्ला सिमाना) सम्म चार वटा गाडी परिवर्तन गर्दै तीन दिनमा पुग्यौँ, त्यहाँबाट दुई दिन पैदल हिँड्नुप¥यो’, मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘फर्कँदा झन् बढी समय लाग्यो।’

वर्षात्का कारण ठाउँठाउँमा गएको पहिरो र बाढीका कारण कर्णाली राजमार्गको यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि छ। राजमार्गका विभिन्न खसेको पहिरोले घन्टौँ जाममा बस्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता छ। आजको नागरिक दैनिकमा खबर रहेको छ ।

पहिरो खसेर बाग्मती नदी थुनियो

काठमाडाैँ । शनिबार रातिदेखि ठूलो सुख्खा पहिरो खसेर थुनिएको बाग्मती नदी विस्तारै खुल्दै गएको छ । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकसँगैको पहाड खसेर बाग्मती थुनिएको हो । दक्षिणकाली नगरपालिका–२ फर्पिङमा कृषि फार्म सञ्चालन गर्दै आएका अमृत वलीका अनुसार चन्द्र शमशेरले बनाएको पावर हाउस नजिकै पहाडै खसेर बाग्मती थुनेको हो ।

बल्खु भन्दा करिब ९ किलोमिटर दक्षिणमा रहेको उक्त स्थानमा पहाड खसेर थुनिएपछि बाग्मतीले तालको रुप लिएको छ । वलीका अनुसार पहिरो छम्ती र बुङ्मतीतर्फबाट साँझ ६ बजेर ४५ मिनेटमा बाग्मतीको बहाव ठप्प पार्ने गरी खसेको छ ।

वलीका अनुसार राति १० बजे नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले डोजर लगाएर पहिरोबाट पानीको सानो निकास निकालेका छन्, तर बाग्मतीले तालको रुप भत्किएको छैन । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

नेविसंघ द्वारा कार्यकर्ताको स्‍मृतिमा अक्षयकोष स्थापना

कपिलबस्तु २५ ,

वाणगंगा नगरपालिकाको श्रीउच्च मा वि झण्डाका नेपाल विद्यार्थी संघ ईकाई समितिका सभापति २४ वर्षे स्वर्गीय सरोज खनालको स्मृतिमा १ लाखको अक्षयकोष खडा गरिएको छ । विद्यालयमा आयोजित एक समारोहका बिच सो रकम बिद्यालयलाई हस्तान्तरण गरिएको थियो । नेवि संघ सिद्धार्थ क्याम्पस बुङची र क्षेत्रीय समिति कपिलवस्तु छेत्र न१ द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेका केन्द्रिय सदस्य सांसद अतहर कमालले सो रकम बिद्यालयलाई हस्तान्तरण गरेका थिए ।

गत असार २२ गते खनालको दुर्घटनामा परी मृत्यु भएको थियो । अक्षयकोषबाट आउने ब्याजले बिद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्रि दिने खनालका बुवा जेद प्रसाद खनालले बताए । सो अवसरमा सांसद कमालले संघले एक होनाहार युवा गुमाएको प्रति समबेदना प्रकट गर्दै संघले राम्रो काम गरेको भन्दै प्रशंसा गरे । नेविसंघ सधैव आफ्ना कार्यकर्ताको संरक्षण गर्दै विद्यार्थीका हक हितका लागि लागि पर्नु पर्ने बताउनु भयो । यस्ता सामाजिक कार्यले नेविसंघलाई र समाज सँग अझ थप नजिक बाट समाजले नियाल्ने मौका पाउने र राम्रो कामले नै नेविसंघ प्रती विश्वासनियता बढाउदै लैजाने बताउनु भयो। नेविसंघ ले गरेका रचनात्मक कार्यमा सधैव साथ रहेन प्रतिबद्धता समेत गर्नुभएको थियो।यस्ता कार्यले आफ्ना कार्यकर्ता , बिद्यार्थी ,समाज सबैमा राम्रो सन्देश जानेछ र यस्ता कार्यले बिद्यार्थीलाइ थप सहयोग पुग्दै जाने बताउनु भयो। झन्डा बिध्यालय लाई आफुले पनि सक्दो सहयोग गर्ने र बिध्यालयको समग्र हक हित का लागि जस्तो सुकै सहयोग पनि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।सङगसङगै अक्षयकोष को स्थापना पश्चात् गरिब जेहेन्दार बिध्यार्थिको पढाइमा केही टेवा अवस्य पुग्नेछ भन्दै अझ थप सहयोग गर्नुपरेमा पछि नहटने भन्दै आगामी दिनमा झण्डा गाउँ समाज र बिध्यालयको समग्र चौतर्फी बिकासका लागि लागिपर्ने बताउनुभयो। उहाले समाजमा यस्ता सकारात्मक काममा लाग्न संघलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रममा संघका सह महामन्त्री बिशिस्ठ अतिथि प्रकाश घिमिरे ले नेविसंघ सदैव कार्यकर्ताको सुखदुःख मा साथ दिदै बिद्यार्थी बर्गको निम्ति संघर्ष गरिरहेको वताएका थिए  । तेस्तै तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी ले नेविसंघ लाई सधैव तरुण दल ले साथ दिने भन्दै अगाडि अझ सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

ने वि संघ जिल्ला सभापति राकेश पाण्डेय ,महाधिवेशन प्रतिनिधि छबिलाल नेपाली,नेका छेत्रीय उपसभापति सालिकराम चौधरी,नगर सभापति बिश्व थापा, क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेल, प्राचार्य कृष्णा टंडन,बिब्यस अध्यक्ष कमल प्रसाद खनाल, समाजसेवी मोहन ज्ञवाली, कार्यक्रम संयोजक मीन थापा ले कार्यक्रम को बारेमा प्रस्ट्याउदै नेविसंघले गरेका कार्य र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेका जिल्ला सदस्य रबि काफ्ले लगायतले मन्तब्य दिएका थिए ।

सिद्धार्थ क्याम्पस इकाई समितिका सभापति दिनेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोबिन्द आचार्यले गरेका थिए । सो अवसरमा क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले ने वि संघमा आवद्ध विद्यार्थीहरुको हकहितको लागी सामाजिक सहयोगका कामहरु गर्दै जाने बताए थिए ।

कवि एवंम् गीतकार बसन्त चौधरी देवदहमा आउने

देवदह २३ भदौ । अनुराग साहित्य समाजको आयोजनामा कविता र बसन्त नामक साहित्यिक कार्यक्रम रुपन्देहीको देवदहमा हुने भएको छ । यहि भदौ ३० गते शनिवारका दिन कवि एवंम् गीतकार बसन्त चौधरीको कविता र बसन्त नामक कार्यक्रम हुने भएको हो । साहित्यको विकास गर्ने उद्धेश्यले अनुराग साहित्य समाज नेपालले कवि एवंम् गीतकार बसन्त चौधरीलाई निम्त्याएर कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विभिन्न संघ संस्थाको सहयोगमा सम्पन्न गरिने कार्यक्रममा करिब ३ सय जना साहित्यप्रेमीहरुको उपस्थिति गराउने लक्ष्य लिएको समाजका अध्यक्ष निर्मल ढुङ्गानाले बताउनुभयो ।

पत्रकार सम्मलेनमा अध्यक्ष ढुङ्गानाले अनुराग साहित्य समाजले यस अघि पनि साहित्य प्रतिको अभिरुचिलाई बढावा दिन बिभिन्न प्रकृतिका कार्यक्रम, तालिम संचालन गर्नुका साथै राष्ट्रिय स्तरका साहित्यकार तथा लेखकहरूसँग कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाले कवि एवंम् गीतकार बसन्त चौधरीलाई देवदहमा ल्याउनु आफैमा गौरवको विषय रहेको बताउदै कार्यक्रम अवधिभर बसेर कविता श्रवण गरी साथ दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष यमलाल अर्यालले कवि एंवम् गीतकार बसन्त चौधरीको जीवनीबारे बताउदै सयौ हिन्दी र नेपाली भाषामा आफ्नो कविता तथा गीतहरु लेखेर प्रसिद्धि कमाइसकेको र चौधरी विश्वकाव्य यात्रा अभियान मार्फत अमेरिका, जापान, अस्ट्रेलिया लगायतका विश्वका १७ ठूला शहरहरुमा आफ्नो कविता सुनाएर लाखौको मन जितेको कुरा उल्लेख गर्नुभएको थियो ।

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

लेखनाथ । कास्कीको बेगनास तालमा शनिबार डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिए ।

बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडेलको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

डुङ्गा गन्तव्यमा पुग्नु भन्दा करिब दुई सय मिटर वर नै दुर्घटनाग्रस्त भएको हो ।

डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईं रहेकी छन् । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।

उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ ।

डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो ।

उद्धार गर्न खोज्दा डुङ्गा डुब्यो 

प्रहरीका अनुसार डुङ्गामा सवार प्राचीन पौडेल एक्कासी तालमा खसेपछि आमा निशा पौडेल उद्धारको लागि तालमा हाम फालिन् ।

तालमा हाम फालेपछि डुङ्गाको सन्तुलन गुम्यो र डुङ्गा पल्टिएसँगै सबै तालमा खसे । तालमा डुङ्गा पल्टिएलगत्तै स्थानीयबासी उद्धारमा जुटेकाले केहीलाई बचाउन सकिएको हो ।

घटनास्थलमा सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल, स्थानीयसँगै गोताखोर परिचालित भएकोे इप्रका शिशुवाका प्रहरी निरीक्षक रावतले जानरकारी दिए । बेपत्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उनको उद्धार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ ।

ल्यापटप पनि छाडेनन् नेताले

काठमाडौं / राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता गरेका छैनन् । समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् । यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको जनाएका छन्।

स्टोर शाखा प्रमुख माली भन्छन्, ‘यसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।’ मालीकै भनाइमा नियमाअनुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक काम हो ।आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

कालापानी भारतलाई बुझाउन प्रपञ्च रचिदै

काठमाडौं । लामो समयदेखि भारतीय सेना राखेर कब्जा गरिएको नेपाली भू–भाग कालापानी भारतलाई बुझाउने प्रपञ्च भइरहेको छ । एकातिर नेपालको नक्सा तथा अभिलेखबाटै कालापानीलाई हटाएर त्यसको प्रपञ्च रचिएको छ भने अर्र्कोतिर नेपाली कुटनीतिज्ञ तथा सरकारी अधिकारीहरू कालापानीबाट भारतले सेना नहटाउने र उक्त भू–भाग फिर्ता पनि नगर्ने अभिव्यक्ति दिइरहेका छन् ।

कुटनीतिज्ञ एवं पूर्वराजदूत प्रद्युम्नविक्रम शाहले एक सार्वजनिक कार्यक्रममा कालापानी र सुस्ता गम्भीर विषय भएको बताउँदै भारतले कुनै पनि हालतमा उक्त भू–भाग फिर्ता नगर्ने बताए ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह सक्रिय

काठमाडौं / भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएको छ ।
गिरोहले रोहिन्या र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ शिर्षकमा छापिएको समाचारमा भनिएको छ, गिरोहका नाइकेको रुपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पइएको छ ।

यसरी अवैध रुपमा काठमाडौ आइपुगेका बंगलादेशी र रोहिन्या आप्रवासी बूढानिलकण्ठ नगरपालिका ११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन् । निरन्तर रुपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए । आप्रवासी र स्थानीयबीच झडपको स्थिति उत्पन्न भएको थियो । घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको समाचार नागरिक दैनिको समाचारमा छापिएको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
भदौ 24 देखि 30 सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। मध्येदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हात पार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउन्न सक्छन्। पराक्रम र धैर्यताले कामहरूमा बढोत्तर हुनेछ। ठुला सोचहरूको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नयाँ कार्यको सुरुवात हुनेछ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किन सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– प्रारम्भमा व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरू आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यस बिचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीबारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जागर बढ्नेछ। संयम ता भने अपनौनुहोला।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

कपिलबस्तुका छुट्टाछुट्टै दुर्घट्नामा परि २ जनाको मृत्यु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ११ सैनहवामा मोटरसाइकलको ठक्करवाट ६ वर्षिको वालिकाको ज्यान गएको छ । मोतीपुर बस्ने गंगा प्रसाद यादवी छोरी सुमान्गी यादव विद्यालय वाट घर फर्किदै गर्दा माटरसाइकलले ठक्कर दिएको वताइएको छ । कृष्णनगर जादैँ गरेको लु ५ प ५३८६ नम्वरको मोटरसाईकको ठक्करवाट वालिका घाईते भएको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेले वताए ।
घाईते वालिकाको उपचारको लागी वुटवल लैजादै गर्दा वाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाईल प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरी निरिक्षक पौडेलले वताए । त्यस्तै कपिलवस्तुको गोरुसिगें– तौहिलवा सडकखण्डमा ट्रकको ठक्करले एक जनाको ज्यान गएको छ । तौलीहवातर्फ जँदै गरेको ना ५ ख १११ नं.को ट्रकले दिदा परिचय नखुलेको व्याक्तिको ज्यान गएको हो । ट्रक चालक कपिलबस्तु बणगंगा न.पा.५ मटरिया बस्ने बर्ष ३८ को दिनानाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का प्रतियोगिहरुलाई लक्षित कार्यक्रम ।।

क्यान्भास म्यानुअल प्लेअर्सद्धारा कपिलबस्तु जिल्लामै पहिलोपटक आयोजित मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ कार्यक्रम अन्तर्गत विशेष क्षमता प्रस्फुटन कार्यक्रम सम्पन्न गरिएको छ । मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का प्रतिष्पर्धिहरुले आफ्नो सौन्दर्यताको उद्देश्य सहित भनाई समेत राखेका थिए । प्रतिष्पर्धिहरको वोलने क्षमताको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम राखएको संस्थाले जनाएको छ । महिलाहरुका लागि बलात्कार विरुद्ध आवाजमा प्रतिष्पर्धा गराईएको थियो भने पुरुष तर्फ लागु पदार्थ दुव्र्यसनि विषयमा प्रतिष्पर्धा गराईएको थियो । करिव ३ दर्जन बढिबाट प्रतिष्पर्धा गराई छनौट गरिएका १८ जना प्रतियोगिहरु उक्त कार्यक्रममा सहभागि भएका हुन् । प्रतियोगिहरुले उत्साहका साथ आआफ्ना भनाई राखेका थिए । पहिलो दिनमा आफ्नो परिचय दिन पनि अप्ठ्यारो मान्ने सहभागिहरुले विभिन्न विषयमाथि महत्वपुर्ण भनाईहरु राख्दा तिनिहरुमा साच्चिकै सकारात्मक परिवर्तन आएको क्यान्भास म्यानुअल प्लेअर्सका अध्यक्ष विशु खाणले बताए । कार्यक्रममा नेपाल जेसिस, रोटरि क्लव अफ कपिलबस्तुका सल्लाहकार, सिद्धार्थ नगर विकास समिति उपाध्यक्ष तथा कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष समाजेसेवी रामजि सेन, रोटरि क्लव अफ कपिलबस्तुका अध्यक्ष तथा होराईजन उच्च माविका प्रिन्सिपल वासदेव घिमिरे र मिस्टर एण्ड मिस कपिलबस्तु २०७५ का ईभेन्ट कोर्डिनेटर सरिन थापा निर्णायकमा रहेका थिए । क्यान्भास म्यानुअल प्लेअर्सका अध्यक्ष विशु खाँणको अध्यक्षता तथा हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

शितगंगा १३ वडा कार्यालयको आयोजनामा सम्मान तथा वृहत तिज गित प्रतियोगिता सम्पन्न ।

शितगंगा नगरपालिका वडा नं.१३ वडा कार्यालयको आयोजनामा सम्मान तथा वृहत तिज तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।  कार्यक्रममा ज्येष्ठ शिक्षक, ज्येष्ठ निजामति कर्मचारि तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । महिलाहरुलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । साथै निजामति कर्मचारिको अवसरमा उक्त सम्मान कार्यक्र आयोजना गरिएको बताईएको छ । ज्येष्ठ शिक्षक तारापति विसि, ज्येष्ठ निजामति कर्मचारि महेन्द्र श्रेष्ठ तथा मीना विसिलाई सम्मान गरिएको थियो । प्रतियोगितामा रिकोट टोल प्रथम, सिमलपानि टोल द्धितीय तथा प्रभाकर माविका ए र बि टिम तृतीय र सान्त्वना भएका छन् ।
कार्यक्रममा शितगंगा ३ का वडाअध्यक्ष दुर्गा विसिको अध्यक्षता, नगर उपप्रमुख टिका रेश्मीको प्रमुख आतिथ्यता, नेकपा जिल्ला नेता बसन्त श्रेष्ठ, नेकपा नेता तथा समाजसेवि केशव राज बेल्वासेको विशिष्ट आथित्यता रहेको थियो । वडा नं. १३ र १४ का वडाअध्यक्षहरु, जनप्रतिनिधिहरु, सम्पुर्ण कार्यालयका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु तथा राजनितिक दलका नेताहरुको आतिथ्यता रहेको थियो भने श्रषिराम विसिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

शितलाबक्स माविका विद्यार्थि आन्दोलित ।।

शितलाबक्स मावि रेहरा कपिलबस्तु नगरपालिका ११ का विद्यार्थिहरु आन्दोलित भएका छन् । विद्यालयमा विगत ८ बर्षदेखि अध्यापन गराउँदै आएका शिक्षकहरुलाई हटाएर नयाँ शिक्षक भर्ना गर्ने निर्णयको विरोध गर्दै आन्दोलित भएका हुन् । त्यस्तै उनिहरुले विद्यालयका प्रधानाध्यापक घनश्याम बारिले विद्यालयमा पठनपाठन गर्न नसकेको र अन्य प्रकारको मनोमानि गर्ने भएकाले वार्षिक रुपले विद्यालयको आम्दानि खर्च हिसाव किताव अभिभावक भेला गराई सार्वजनिक सुनुवाई गर्न नसकेकोले प्रधानाध्यापकको सरुवा माग गरेका छन् ।
अस्थायि शिक्षकमा महेश कोहार र कार्यालय सहायक लेखापाल पदमा धनिराम कुर्मि चौधरिलाई नियम अनुसार भर्ना को लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन समेत दिएका छन् । गत साउँन २३ गते मनोमानि ढङगले वडा शिक्षा समिती गठन भएकाले त्यसलाई विघटन तथा पुर्नगठन गर्नुपर्ने, त्यस्तै नयाँ शिक्षा नियमावलि अनुसार नयाँ विद्यालय ब्यवस्थापन समित गठन गर्नुपर्ने जस्ता मागहरु उक्त निवेदनमा उल्लेख गरिएको छ । विद्यालयमा २ वटा शिक्षकहरुको कोटा आएको र ति शिक्षकहरको आफ्नै नातेदार भर्ना गराएको कक्षा १० का विद्यार्थि महेनद्र कुमार कुर्मिले बताए । त्यस्तै पहिला अध्यापन गराईराखेको शिक्षनै चाहिने र धेरै बर्ष देखि काम गरिरहेका शिक्षकहरुलाई नै गा्रयता दिनुपर्ने मागका साथ आनदोलनमा उत्रिएको कक्षा ९ का विद्यार्थि छायाँ बारिले बताए । अभिभावक मोमद रहिस मुसलवान र स्वयंवर नाउँले वडा कार्यालय, नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय र शिक्षा शिक्षा विकास तथा समन्वय ईकाई कपिलबस्तुका प्रमुखलाई ज्ञापन पत्र बुझाएको बताएका छन् । त्यस्तै शिक्षा कार्यालयका प्रमुख बाबुराम भट्राईले शिक्षा नियमावलि २०५९ अनुसार शिक्षक भर्ना गर्नुपर्ने बताएका छन् । यसरि ३ दिन सम्म विद्यालय वन्द हुँदा वालवालिकाहरुको पठनपाठनमा प्रत्यक्ष असर पुगेकाले विभिनन निकाय संग वार्ता गरि शुक्रवार बाट विद्यालय सञ्चालन गर्ने र आईतवार विद्यालय ब्यबस्थापन समितका पदाधिकारि, वडा अध्यक्ष, प्रधानाध्यापक समाजेसवी तथा बुद्धिजिवी वसेर ठोस निर्णमा पुग्ने उनले बताए । विद्यालयका प्रधानाध्यापक बारिले शिक्षा नियमावलि अनुसारनै हुनुपर्ने र परिक्षा र अन्तवार्ताको आधारमा शिक्षक नियुक्त गनुपर्नै प्रावधान रहेकाले यस्तो समस्या आएको स्वीकार गरेका छन् ।