कपिलवस्तुमा घाटीमात्र डुबेको अवस्थामा शव फेला

कपिलवस्तुमा घाटी मात्र पानीमा डुबेको अवस्थामा एक जना मृत फेला परेका छन । कपिलवस्तुको मायादेवि गाउपालिकामा नामथर नखुलेको एक ब्यतिm मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनको घाटीदेखि माथीको भाग मात्र पानीमा डुबेको थियो । पोष्टमाट्मका लागी उनको शव जिल्ला अस्पताल कपिलवस्तु पठाएको प्रहरीले जनाएको छ ।

कक्षा १० पास नगरेको गाउ

कपिलवस्तुको बाणगंगा नगरपालिकामा एउटा यस्तो गाउ छ, जहाँ हालसम्म त्यो गाउबाट कसैले कक्षा १० पास गरेका छैन्न । सुन्दा पत्याउन निकै गाह्रो हुने यो घटना बाणगंगा वडा नः ८ सिसेनी गाउको हो । करिव ४० घरधुरी रहेको गाउमा कक्षा १० पास गर्न कसैले नसकेर भने होइन । गाउका प्राय सबै कक्षा ७÷८ सम्म पढेर छोडने गरेका छन । मुसलीम समुदायको बाहुल्यता रहेको उतm गाउमा कसैले कक्षा १० पास गरे बाजागाज र फुलमाला सहित निकाल्ने योजना गाउको बुढापाकाहरुको छ । गरिविका कारण धेरै पढन गाह्रो हुने भएकाले कक्षा ७÷८ सम्म पढेर घर खर्च जुटाउने काममा त्यहाका बालबालिका लाग्ने गरेका छन । बाणगंगा नदी नजिक भएकाले कोही त्यहाँ त कोही ज्याला मजदुरी गरी जिविका पार्जन गर्नुपर्ने गाउको बाध्यता रहेको छ । उतm गाउमा करिव ६० जना बालबालिका बिद्यालय जाने उमेरका रहेको छन । जसमध्य १५ जना बालबालिकाले हाल कक्षा ६,७, र आठमा अध्ययन गर्दै आएको भएपनि गाउले समाजसेविहरुकै दवाव र आग्रहमा बिद्यालय गई पठनपाठन गर्न लगाइएको छ ।

बिस्तारै पढनुपर्छ भन्ने महशुस गाउकाले गरेकाले हाल कक्षा ७÷८ मा पढेका बालबालिकालाई कक्षा १० पढाउने चाहाना रहेकाले सोही बमोजिम सल्लाह सुझाव तथा सहयोग गरेको गाउका समाजसेवि सौकत अलीले बताए । छोरीलाई नपढाउने र छोराहरुलाई १२÷१३ बर्षको उमेरपछि घर खर्च जुटाउन खोलामा काम गर्न पठाउने परम्परा रहेको अली बताउछन । सो गाउबाट हाल तीन जना बिदेश गएका छन भने पुरुष प्राय सबै जाने क्रममा समेत छन । गाउबाट जसले सबैभन्दा पहिला कक्षा १० पास गर्छ , उसलाई बोडगाउबाट चा नः जितपुर र बनगाई सम्म अबिर माला लगाई ¥याली निकाल्ने चाहाना आफनो रहेको उनी बताउछन । वडाका अन्य गाउ भन्दा सिशेनि गाउपछि परेको स्वीकार गर्दै वडा नः ८ का वडा अध्यक्ष गुणनिधि भुसालले अवका बिकासका योजना सोही गाउमा केन्द्रीत गरिने बताए । सोही गाउमा मद्रसा शिक्षा र कक्षा तीनसम्म प्रावि सञ्चालनमा रहेको छ । त्यहँका बालबालिका वडाको लागी गहना भएकाले सबै बालबालिकालाई बिद्यालयसम्म पु¥याई उच्च शिक्षाका लागी वडाले समेत पहल गर्नुका साथै सहयोग गर्न तयार रहेको अध्यक्ष भुसालले बताए । सडक छेउको बिकास लाई आधार मानेर बिकास भएको मान्नु मुर्खता भएको बताउदै उनले गाउघर भित्रको बिकासलाई प्राथमिकता दिन आवश्यक रहेको उनको भनाई छ । बिकासका दृष्टीले समेत वडाका अन्य गाउभन्दा पछि परेको उतm गाउमा सडकको बिस्तार गर्न ब्यवस्थित गर्न आवश्यक रहको उनी बताउछन । बासका पोल बनाई गाउमा बिद्युत त आयो तर पोल हालसम्म आएको छैन । उतm गाउमध्य २ घरको मात्र नम्बरी जग्गा रहेको छ भने अन्य सबै बाणगंगा नदी किनारको अ‍ैलानीजग्गा बसोबास गर्दै आएका छन ।

कपिलवस्तु बासीलाई छाडागाइवस्तुको हैरानी

कपिलवस्तुको बाणगंगा अन्र्तगत चार नम्बर जितपुरमा छाडा गाइवस्तुको बिगबिगि बढदै गएको छ । जसका कारण जितपुरका स्थानिय बासी हैरानी परेका छन । गाउघरमा रातको समयमा बाली खाने छाडा गाइवस्तु अहिले बजारमा देखिन थालेका हुन । बिशेष गरेर गाउघरमा धान रोपाइ चलेकाले छाडा गाइवस्तु गाउबाट बजार केन्द्रित भएका हुन । १०÷१५ को समुहमा छाडागाइवस्तु सडकमा बस्ने , हुल बाधेर हिडने, हान्ने, ठेलाका फलफुल तथा सागसब्जी खाइदिने जस्ता समस्याले जितपुरबासी अहिले ग्रसित भएका छन । बिच सडकमा छाडा गाइवस्तु बसी दिनाले कहिले काहीँ सडक जाम हुने, सर्व साधारणलाई बाटो काट्न अफ्ठयारो हुने गरेको छ । उनीहरुको दिशा पिसावले समेत बजार दुर्घधित बन्दै गएको छ । नगरपालिका भित्र रहेका छाडा गाइवस्तु ब्यवस्थापनको जिम्मेवारी पाएको नगरपालिकाले पनि यसको ब्यसव्थापनका कुनै चासो देखाएको छैन । जहिले पनि छाडा गाइवस्तु हामीलाई हैरान बनाए यसप्रति कसैको ध्यान जादैन जितपुरका स्थानिय युवा जितेन्द्रं श्रेष्ठले बताए । यस बिषयमा आफुहरुले पटक पटक नगरपालिकालाई जानकारी गराएको तर कुनै सुनुवाई नभएको उनले जानकारी दिए । छाडागाई वस्तुले हिडने सर्वसाधारणलाई हान्ने समेत गरेको उनी बताउछन । हालसम्म करिव ५÷६ जनालाई हानेर उपचारका लागी समेत यहाँबाट लगेको उनी बताउछन । केही पटक छाडागाइवस्तुले हानेर अस्पतालमा लगी उपचार गरी बिरामीलाई घर फर्काएको प्रंहरीले समेत जनाएको छ ।
यस बिषयमा बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले छाडा गाइवस्तु ब्यवस्थापनका लागी संयन्त्र तयार पारी सकेको र स्थानिय निकायको निर्वाचनका कारण उतm काममा ढिलाई भएको बताएका छन । ब्यापक जन गुनासो आएपछि काम सुरु गर्न लाग्दा चुनावका कारण समयमै छाडागाइवस्तु ब्यवस्थापन गर्न नसकिएको उनले बताउ । साथै अव उनले तत्काल जनप्रतिनिधिहरुको नेर्तत्वदायी सहभागीतासहित छाडा गाइवस्तु ब्यवस्थापनका क्षेत्रमा काम गर्ने उनले बताएका छन । छाडा गाइवस्तु ब्यवस्थाप जितपुरको समस्या रहेको बताउदै बाणगंगाका मेयर मगंल प्रसाद थारुले यसका लागी कान्जीहाउस निमार्ण प्रक्रिया तत्काल सुरु गर्न पहल थाल्ने बताएका छन ।

कपिलवस्तुको रामदतिवनको संरक्षणमा राज्य उदासिन

पौराणिक महत्व बोकेको श्रीराम दतिउन जलेश्वरधामको उचित संरक्षणमा राज्यले कुनै सहयोग गरेको छैन् । ऐतिहासिक तथा पौराणिक महत्वको रुपमा चिनिने कपिलवस्तुको वाणगंगा–१६ मा रहेको उक्त जलेश्वरधाम उचित संरक्षणको प्रखाईमा रहेको छ । तर राज्यबाट अझै कुनै सहयोग हुन नसक्दा संरक्षण अभावमा जलेश्वधामको महत्व विस्तारै हराउँदो छ । पुर्व पश्चिम राजमार्ग अन्र्तरगत कोइली बनगाई पुल देखि करिब २ सय मिटर अगाडी पानीको धाराबाट उक्त जलेश्वरधाम जाँनको लागी उत्तर लाग्नु पर्दछ । बाटो बाट करिब ७ किलोमिटर भित्रि घना जंगलको बिचमा राम दतिउन जलेश्वरधाम पर्दछ । त्यहाँ पौराणिक महत्व बोकेका पुरातात्विक बस्तु फेला पार्न सकिन्छ ।

पौराणिक मान्यता अनुसार रामदतिउन भगवान श्रीराम बास बस्नु भएको स्थल हो । त्रेता युगमा भगवान श्रीराम अजोदिया जाने क्रममा रामदतिउनमा आएर बसेको मानिन्छ । भगवान श्रीराम वनबास हिड्दा यस ठाउँमा आई एक रात बास बसेर दतिउन गरेको पौराणिक कथन रही आएको छ । त्यहि क्रममा सीतामाताले श्रीरामलाई भोजन पनि गराइकी थिइन । त्यहि पौराणिक मान्यता अनुसार यस ठाउँ धार्मिक हिसाबले उत्कृष्ट तीर्थस्थल मानिन्छ । यस ठाउँमा ऋषिको आश्रम, राम विश्राम, सिताको विन्दि, रामको धनुष, रामको पाइला, बिष्णु भगवान कक्ष औतार, लवकुशको धनुष, सिता कुवा, सिताको चुलो, रामको पाइला लगायतको पौराणिक वस्तुको आकृति हेर्न सकिन्छ । साथै भैरव बाबा, हनुमान प्रकट, लक्ष्मण र शक्तिशाली शिवजी प्रकट हुनु भएकोले तीर्थस्थलको लागी यो ठाउँ निकै महत्वको रहेको छ ।

अहिले श्रीराम दतिउनमा भोलेबाबाको बसोबास रहेको छ । उहाँबाट यस तीर्थस्थलको संरक्षण हुदै भक्तजनको लागी सेवामा भोलेबाबा समर्पित रहेका छन । भालेबाबा यस मन्दिरमा आएर काम गरेको कथा पनि निकै रोचक छ । वि.सं. २०६० सालको कुरा हो । सप्तरी जिल्ला भक्तेपुर गाविस वडा नं. ३ मा जन्मनुभएको भोले बाबा ७ बर्ष देखि देवि प्रकट हुन थालेको जनाइन्छ । सानै उमेरमा सपनामा बडबडाउने, काम्ने, जंगल पस्ने, खाना नखाने जस्ता उदृश्य शक्ति बोलेबाबालाई प्रकट भएको थियो । यहि क्रममा बोलेबाबा ९ बर्षको उमेरमा आएपछि एक्कासी सप्तरीबाट एक दैवि शक्तिले जंगलको बिचमा भगवान श्रीराम प्रकट भए , शिवजीको शक्ति पिठ भएको, रामको पाइला भएको ठाउँमा गई ध्यान गर तिमीलाई पुण्य हुन्छ भनी बताएको बोलेबाबाले बताए । त्यहि अदृश्य शक्तिको सहायताले यस रामदतिउन सम्म आएको उनले बताए । यस ठाउँमा आइ सके पछि सात दिन, सात रात जलमा डुबेर बसेको उनँले बताए । घना जंगलमा तपस्या गरे पश्चात ज्योतिष शिवलिङ्ग प्रकट हुनु भएको भोले बाबा बताउँछन ।

पछि घाँस, दाउरा खोज्न आउनेले भोलेबाबालाई देखे पछि रामदतिउनको प्रचार प्रसार भए पश्चात मानिसको आवत जावत बढेको उी बताउछन । जलबाट प्रकट हुनु भएका ज्योतिष शिवलिङ्गलाई बनमा गाई बाख्रा चराउन आउने मान्छेले यस्तो ढुङ्गो पनि देवता हुन्छ भनी लाति देखाए पछि सो शिवलिङ्ग हराएको भोलेबाबाले तर्क गरे । करिब तीन पटक सम्म शिव लिङ्ग देखिए पनि मानिसले नपत्ताई अपहेलना गरे पछि हराउन पुगेको उनी तर्क दिन्छन । धेरै समयको अन्तरालमा शिवलिङ्ग हराए पनि अचानक सोहि स्थानबाट जलेश्वर उत्पत्ती भए । शिवको महाशक्ति जलबाट उत्पत्ति पश्चात त्यस ठाउँलाई जलेश्वरधामको रुपमा हेरिने गरिन्छ । साथै हनुमान, राम, दुर्गा माता लगायतको त्यहाँ पुजाआजा गर्ने गरिन्छ । यसरी यो ठाउँ तीर्थ स्थलको रुपमा महत्वपुर्ण ठाउँको रुपमा मानिने गरिन्छ ।

कपिलवस्तुमा जिल्लामा प्रचार प्रसारको अभाव भएपनि रामदतिउनमा बाहिर जिल्लाका भक्तजनको घुइँचो लाग्ने गरेको छ । हाल यहाँ चितवन, तनहुँ, नवलपरासी, स्याङ्जा, पाल्पा, गुल्मि, अर्घाखाँची, प्युठान, दाङ हुदै डडेलधुरा सम्ममा भक्तजन आउने गरेका छन् । साथै भारतका विभिन्न स्थानहरुबाट यहाँ भक्तजन आउने गरेको भोले बाबाले बताए । बिशेषगरी तीर्थालुको साथै सिकिस्त बिरामीहरु यहाँ उपचारको लागी आउने गरेका छन् । बाबाले खासगरी चिनाको नाम, ग्रहदशा हेराउने गर्नुहुन्छ । साथै मानसकि रोगी, प्यारालाइसेस, मृगीरोग, सुगर लगायतका बिरामीको उपचार गर्दै आएका छन । यति धेरै पौराणिक महत्व बोकेको रामदतिउनको बिकासमा राज्यले कुनै पहल गरेको छैन् । पुर्व पश्चिम राजर्माग छोडेर हिड्दा वित्तिकै यस ठाउँ पुग्ने बाटो निकै अप्ठ्यारो छ । बर्खा लागे संगै अहिले अहिले बाटो हिलाम्मे छ । हिउँदमा बाटो धुलाम्मे हुन्छ । ऐतिहासिक स्थल भएको हुँदा भक्तजनहरु जसोतसो रामदतिउन जाने गरेका छन् । जंगलको बिचमा बन कार्यालयले ठुला ठुला रुखमा चिह्न लगाएको देख्न सकिन्छ । बन जंगलको वास्तविक संरक्षण गर्ने राज्यले पौराणिक महत्वको यस स्थललाई एक रुपैया पनि सहयोग गरेको छैन् । बरु भोलेबाबा बस्ने स्थलमा बन कार्यालयका कर्मचारीले बेला बेला दादागिरी मच्चाउने गरेको एक भक्तजनले बताए ।

पटक पटक बन कार्यालयका कर्मचारी काठ तस्कर गर्न बसेको भनी भोलेबाबालाई धक्काउने गरेको ती भक्तजनले नाम नबताउने शर्तमा बताए । बन कार्यालयको दबाबको कारण मन्दिर स्थापना गर्न निकै समस्या भएको भक्तजनहरुले बताए । मानसिक पिडाका बिरामीहरु लामो समय देखि त्यहि ठाउँमा बसोबास गर्दै आएका छन् ।भक्तजन बस्ने ठाउँ बनाउन ७ किलोमिटरको कच्चि बाटो हुदै इट्टाको गारो, जस्ताको छानो र फलामको बलोको मद्दतले साना साना टहरा निर्माण गरिएको छ ।गत बर्ष भारतको बृन्द्रबनधाम तुलसी बनबाटिकाबाट आउनुभएका श्री मथुरा स्वामीले नेपाल सरकारलाई रामदतिउनको संरक्षणमा जुट्न आग्रह गरेका छन ।

शान्ति सेनामा खटिएका सैनिक सुडानमा गोली लागेर घाइते

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा रहेका एक सैनिक गोली लागेर घाइते भएका छन्।

अनमिस मिसन अन्तर्गत सुडानमा रहेको सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानको आइतबार बेलुका स्थानिय समय अनुसार साढे आठ बजे खुट्टामा गोली लागेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त सैनिक खतरामुक्त भएको र अहिले उनको दक्षिण सुडानमा सुडानको राजधानी जुवामा उपचार भइरहेको जनाइएको छ। गोली दक्षिण सुडानको पिपुल्स लिबरेशन आर्मीका जवानले चलाएको बताइएकाे छ।

नेपाल र भुटानलाई भारतसँग नझुकी सुखै छैन – भारतीय सेना प्रमुखको विवादस्पद अभिव्यक्ति

भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन्। भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन्।

रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने बताएका हुन्। उनले चीनतिर ढल्कनका लागि दुवै देशलाई भौगोलिक बनावटले साथ नदिने तर्क गरेका थिए। सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नमा रावतले भने, ‘नेपालले आफूलाई भारतबाट अलग गर्नै सक्दैन, भौगोलिक बनावटका कारण पनि नेपाल र भुटान जस्ता देश स्वभाविक रुपमै भारततर्फ झुकाव राख्नुपर्ने खालका छन्।’ बिम्स्टेकमार्फत् छिमेकीहरूसँग सम्बन्ध सुदढ बनाउने प्रयासमा भारत रहेको भन्दै सेना प्रमुख रावतले ठूलो देश भएका नाताले आफूहरूले पहलकदमी लिएको उल्लेख गरेका थिए।

पछि त्यसलाई अन्य देशहरूले पनि अनुशरण गर्ने उनको भनाई थियो। रावतको उक्त भनाइको नेपाल र भारतका कुटनीतिक निकायले कुनै अभिव्यक्ति निकालेका छैनन्। बिम्स्टेक सैन्य अभ्यासमा भारत, म्यानमार, भुटान, श्रीलंका र बंगालदेशका सेना सहभागी थिए भने थाइल्याण्ड र नेपालले पर्यवेक्षक पठाएको थियो। काठमाडौंमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सैन्य अभ्यासमा सहभागी हुने निर्णय गरेपनि चौतर्फी आलोचना भएपछि नेपाल सरकारले सेनालाई भाग लिन जान रोक लगाएको थियो।

भारतीय अन्लाइन पत्रीका द ईण्डियन एक्स्प्रेसमा छापिएको समाचार

 

बिकास गर्न नसकेको भन्दै रुपन्देहीमा वडाअध्यक्षले दिए राजीनामा

तिलोत्तमा नगरपालिका वडा नम्वर १५ का अध्यक्ष खेमराज गुरूड्ले वडाबासीलाई सम्वोधन गर्दै आज  पदबाट राजिनामा दिनु भएको छ ।वडाअध्यक्ष  गुरूड्ले आज बिहान वडाबासीहरुलाई सम्वोधन गर्दै सामासिजक सञ्जाल फेशबुकमा मार्फत राजिनामा दिनु भएको हो । गुरूड्ले सामाजिक सञ्जाल फेशबुकमा वडाबासीलाई सम्वोधन गरी राजिनामा  दिएपनि नगरपालिकामा त्यससम्वन्धि कुनै जानकारी गराउनु भएको छैन ।  गुरूड्को मोवाइल फोन उठदैन । पटक पटकको मोवाइलमा फोन गर्दा पनि उहाले उठाउनु भएको छैन । उहाको राजिनामाका सम्वन्धमा नगरप्रमुख बासुदेव घिमिरेसंग जिज्ञासा राख्दा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । नगरप्रमुख घिमिरेले हिजो र अस्तिका नगरपालिकाका बैठकमा गुरुगं सहभागि हुनु भएको र पर्सी संबिधान दिवशको दिन आयोजना गरीएको प्रतियोगिताको समेत संयोजक भई काम गरीरहेको बताउनु भयो ।नेकपा एमालेका तर्फबाट निर्वाचित गुरुगंले आफनो पारश्रमिक समेत सामाजिक क्षेत्रमा लगाउदै आउनु भएको छ ।
गुरूड्ले सामाजिक सञ्जालमा दिनु भएको राजिनामाको पुर्णपाठ

आदर्णिय् मेरा तिलोत्तमा वडा नम्बर १५ बासी
बिषय : पद राजीनामा बारे
उपरक्त बिषय म मलाई तपाईहरूले जसरी चुनावी समयमा
जसरी बिजयी माया दिएर समय दिएर आर्थिक दिएर सर्व सम्मत बिजयी गराउनु भयो त्यस प्रति हार्दिक नमन क्रितक्य अभिवादन गर्दै स(धन्यवाद दिदै मैले मेरो वडालाई भनेको काम मा प्रतिबध्यता हरू पुरा गर्नु न सकेको ले मलाई क्षमा याचना भन्दै म जस्तो वडा अघक्ष्यले बिकास न गर्नु सक्नेलाई यस्तो जिम्मेवारी मा बस्नु उचित न हुनु भएको ले मैले आज मिति २०७५।६।१ गते यस गरीमय पद बाटी राजीनामा दिएको जानकारी गर्दछु
धन्यवाद
खेमराज गुरूड्

प्रधानमन्त्री ओलीको बोलीको परिपक्वता ???

वैखरी काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली कति अपरिपक्व छन् भन्ने कुरा त उनको बोलीले नै पुष्टि गरेको छ । धेरैजसो उखानटुक्का भनेर विपक्षीहरुलाई शब्दाक्रमण गर्ने ओली अहिले पार्टीको अध्यक्षमात्र हैन, देशकै प्रधानमन्त्री समेत हुन् । त्यसकारण पार्टीको अध्यक्षमात्रै रहँदा बोलिने बोलीभन्दा धेरै शक्तिशाली हुन्छ प्रधानमन्त्रीको बोली । यस्तोमा विचार पुर्याउनुपर्छ भन्ने सायद उनलाई राम्रो सँग थाहा छ ।

बोलीले कतिसम्म धोका हुन्छ भन्ने कुरा प्रधानमन्त्री ओलीलाई सम्झाइरहन आवश्यकै नै छैन । नाकाबन्दीका बेला मधेश आन्दोलनविरोधी देखाउन उनले एक दुई आन्दोलनकारी मरे पनि हुने आशयको आँपको बोटबाट १-२ वटा आँप झर्दा केही नहुने बताएका थिए । फलतः उनले लामो समय मधेश झर्ने आँट गर्न सकेनन् । ती पुरानो कुरा छोडौँ । ओलीले कम्युनिष्ट नेता पोष्टबहादुर बोगटीको चौँथो स्मृतिसभामा फेरि उनको बोली अहिले चर्चाको विषय बनेको छ। त्यो थियो ‘पार्टीमाथि हमला भए अरिंगाल जस्तै खनिनुहोस् !’ कार्यकर्तालाई उक्साउन ओकलिएको आक्रोशको ज्वाला जस्तो यो शब्दावलीले भन्न खोजेको के हो ? स्पष्ट छ, विपक्षीविरुद्ध जेजसरी हुन्छ जाइलाग्नुहोस्, हामी दुई तिहाइ शक्तिको उन्मादमा छौँ । सायद, ओलीले यही भनेका हुन् बुझिने अर्थमा ।

दुई दिनअघिको कुरा हो यो । त्योभन्दा दुई दिनअघि ओलीकै पार्टीका र ओलीसमान हैसियतका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफैँलाई ज्यादै निर्लज्ज हुने गरी लख काटेका थिए – महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्र जस्तो देखियो । सरकार समेत आफ्नो पकडमा रहेका बखत सरकार चलाउने दलका अध्यक्षद्वयले ओकलेका शब्दावली कति घृणित र दूषित छन्, भनिरहनु परोइन । देशलाई शान्ति र समृद्धि दिलाउँछु, पाँच वर्ष सरकार चलाउँछु भनेर प्रधानमन्त्री बनेका ओलीको बोलीको परिपक्वता कति कमजोर छ भन्ने देखाउँछ । त्यस्तै प्रचण्डको उक्त घिनलाग्दो लखकटाइ उत्तिकै दुर्भाग्य छ ।

अहिले देश महिला हिंसा, बलात्कार, हत्याजस्ता सामाजिक हिंसालाई लिएर न्याय मागिरहेको छ । शनिबार देशैभर एक बालिकाको बलात्कारपछि भएको हत्याविरुद्ध अपराधीलाई सजाय माग्दै आन्दोलित भइरहेका छन् तर त्यो आन्दोलनलाई अध्यक्षद्वयले सरकार गिराउने अभ्यासका रुपमा बुझ्न थाल्नु कति जायज छ ? दुई तिहाइको त्यसमाथि पनि पाँच वर्षे म्यान्डेट पाएको भनी खोक्दै हिँड्ने स्वयं प्रधानमन्त्री आखिर देश र जनताले न्याय देऊ भन्दा खुट्टा कँपाउन थाल्नुले ओलीलाई जनताको बलियो प्रधानमन्त्री भनेर कसरी भन्न सकिएला ? कार्यकर्तालाई शूर्याउन धेरै झूटो बोल्नुभन्दा एउटामात्रै सत्य बोले पनि त्यो प्रभावकारी हुन्छ । आजको चेतनशील समाज ओली, प्रचण्डका हरकुरा गम्भीर भएर लिन्छ । अझ न्यायका लागि उठिरहेको आवाजलाई प्रतिक्रियावादीहरुले के निहुँ पाऊँ कनिका चपाऊँ गरिरहेका छन् भनी त्यससँग तौलिनु कति उचित होला ?

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले एउटा पार्टीको मात्र प्रधानमन्त्री जस्तो गरी बोल्नु प्रधानमन्त्री पदको अपमान मात्र होइन जिम्मेवारी बोधको अभाव पनि ओलीमा देखिएको छ। अब प्रधानमन्त्री ओलीले आफ्नै बोलीले आफ्नो सरकारको आयु घटाउदै लागेको विश्लेषण शुरु हुन् थालेको छ।

केहि समय अगाडी प्रधानमन्त्री ओलीले निकै तामझामका साथ विराटनगरमा पाइपबाट ग्यास वितरण गरेको भन्दै उद्घाटन गरेका थिए, तर त्यसको १० दिन पछि पाइपबाट ग्यास आउन छोडिसकेको छ । यसलाई ओलीले ग्यास सिलिन्डरमुक्त युगको संज्ञा दिएका थिए तर स्थानीय भने अब बजारमा त्यही सिलिन्डर खोज्न जानुपर्ने अवस्था आएको छ ।
केही समयअघि राजधानीमा बिम्स्टेक सम्मेलन भएको थियो । भारतीय प्रधानमन्त्री मोदीसहित म्यान्मार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंकासमेतका प्रधानमन्त्री÷राष्ट्रपति नेपाल आएका थिए । मोदीले बिम्स्टेक सम्मेलनमै भारतमा हुने बिम्स्टेक सैन्यअभ्यासको कुरा बोलिसकेका थिए तर प्रधानमन्त्री ओलीले भने संसदमा सिधै बिम्स्टेकमा सैन्य अभ्यासको कुरै नउठेको भनी जनप्रतिनिधिहरुलाई ढाँटेका थिए ।

आफ्नै पार्टीका नेताहरुले विरोध गरेको बहानामा ओलीले अभ्यासमा जान तम्तयार सेनालाई नजान ठाडो आदेश दिए । बल्ल बल्ल सुधारेको आफ्नो भारतसँगको व्यक्तिगत सम्बन्ध समेत यो प्रकरणले शंकास्पद स्थितिमा पुगेको छ । यस प्रकरणमा सरकारको,प्रधानमन्त्रीको कम्जोर कुटनीति उदाङ्गो भएको छ।

देशमा सुशासन कायम गर्ने प्रण गरे पनि ओली निमुखा साबित भएका छन् । आफैँले अयोग्यताको भारी बोकाएर राजीनामा गर्न लगाएका दिगम्बर झालाई पुनः दूरसञ्चार प्राधिकरणमा नियुक्ति गर्ने काम होस् कि ३३ किलो सुनकाण्डको प्रतिवेदन गोप्य राख्ने काम होस्, इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओली निष्प्रभावी देखिएका छन् । कतिसम्म भने यातायातको सिण्डिकेट अन्त्य गराउन उल्लेख्य भूमिका खेल्नेलाई व्यवसायीको दबाब थेग्न नसकी सरुवासम्म गराउनुपर्ने बाध्यता ओली सरकारले खेपेको छ ।

सुशासनको सपना देखाउने प्रधानमन्त्री ओलीले कार्यकर्ता उक्साउने होइन, जनता रिझाउने काम गरेर सबै जनतालाई कार्यकर्ता बनाउन सक्छु भन्ने हिम्मत पाल्नुपर्छ । चिल्ला र बकम्फुसे कुरा गरेर जनताले फेरि ‘राष्ट्रवादी’ बनाइदेलान् भन्ने सोच राखेको भए अब त्यसको कुनै औचित्य छैन । पाँच वर्षभित्र कायापलट गर्छु भनेका प्रधानमन्त्री ओलीले आशा गरिएका ठूला योजनाको शिलान्यास नै गर्न भ्याएका छैनन् तर रेल चढेको र पानीजहाज चढ्ने कुरा भने हरेको दिन गर्ने गर्दछन्। प्रधानमन्त्रीको रुपमा ओलीले पाएको यो अभूतपूर्व साथ र समय दिनदिनै बर्बाद हुदै गएको महसुस आम रुपमा एक बर्ष नहुदै हुन लागेको छ।

आफ्नै कार्यक्षेत्र बाटै यु ए इ मा निर्मला का निम्ति न्याय अभियानमा युवाहरू 

निर्मला का निम्ति न्याय  युवाहरू  अभियानमा युवाहरू  

झन्डै ५० दिन पुगिसग्दा पनि कंचनपुर कि निर्मला पन्त को हत्यारा पत्ता नलाग्नुले देश मात्र दुखेको छैन !

सन्सार भरी बस्ने नेपाली हरु पनि मर्माहित बनेका छ्न ! आज बिहान यु ए इ को दुबई मा पनि निर्मला का निम्ति न्याय विशेष अभियान मा केही देश प्रेमी युवा हरु हातमा प्लेकार्ड ब्यानर हरु लिएर सरकार लाई हाम्रो कुरा पनि संबंधित निकाय सम्म पुगोस्

र छिट्टै बलात्कारी पत्ता लागोस र न्याय को उचित छानबिन होस् भन्ने नारा सहित आन्दोलन मा उत्रिएका थिए !,

जापान् , मलेसिया नर्बे , अमेरिकी देशहरू मा पनि निर्मला का निम्ति न्याय अभियानमा नेपाली युवाहरू को सचेतना विशेष कार्यक्रम भएको बैखरी लाई यु.ए.इ. बाट राजु चालिसे ले जानकारी गराउनु भएको छ !

गाली गरेको निहुँमा ढुंगाले हानेर बालकको हत्या

बझाङ । छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

आजको कान्तिपुरको पृष्ठ १३ मा छापिएको समाचारअनुसार, गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।

सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् ।

तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँु, तिलकले भने, ुत्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ । तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् ।
Source : Malika News

कथा: रिमाल्नी दिदी र कर्केनी भाउजु

कर्केनी भाऊजुका दुई छोरी थिए, रिमाल्नी दिदीका दुई छोरा । 

ऊनिहरू छिमेकी छिमेकी थिए । 

रिमाल्नी दिदीलाई आफ्ना दुई छोरा भएकोमा बडो गर्ब मात्र थिएन, घमन्ड नै थियो । ती बेलाबखत घुमाई फिराई कुरा गरेर कर्केनी भाउजुलाई छोरा नभएकोमा चोट पुर्याइ रहन मन पराऊँथिन् । 

घरी बुढेसकालमा एक्लै हुने त्रास त घरी छोरीलाई फटाह केटाले बलत्कार गरिदिने त्रास देखाइ रहन्थिन् ।  घरी विहे गरेर घर जाँदा पनि राम्रो केटा पर्छ भन्ने के ग्यारेन्टी छ ? मान्छेका छोरीहरू रूँदै रूँदै हिंडेका छन्  – भन्थिन् ।

घरी ‘कुन चाहिंले कुन बेला भुडी बोकाइ दिन्छ , छोरी मान्छेको जात त हो’ भन्दै कर्केनी भाउजुको प्रतिक्रिया कुर्थिन् । कर्केनी भाउजुको अनुहार कालो भयो भने उनको आत्मालाई शान्ती मिल्थ्यो । सकेसम्म कर्केनी भाउजु दु:खी भएको हेर्न चाहन्थिन् रिमाल्नी दिदी । ऊनी कर्केनी भाउजुलाई छोरीहरूले भोग्नुपरेका र हुँदै नभएका दु:खका कथाहरू पनि सबै हो जस्तै बनाएर सुनाऊँथिन् । आज यस्तो सुने, उस्तो सुने, रेडियोले भनेको, समाचारमा थ्यो रे ! हुन चाहि हो, तर हल्ला नगर्नु , आदि आदि । 

सँधै झै एक दिन रिमाल्नी दिदी हाँसको पोथी झैं बहुत शानका साथ कर्केनी दिदीको घर तर्फ लागिन् । कर्केनी भाउजु भर्खर बजारबाट आएकी थिइन् । ऊनले आफ्ना नौ बर्षे र बाह्र बर्षे छोरीको निम्ति कानमा लाउने सुन्दर कुन्डलहरू र नयाँ जामाहरू ल्याएकी रहिछन् । हल्का गुलाबी रंगका जामामा सुहाउने एक एक जोर बैजनी रंगका जुत्ताहरू पनि । कर्केनी भाऊजुका छोरीहरू भर्खर स्वर्गबाट झरेका एन्जेल जस्ता सुन्दर देखिन्थे । यो देखेर रिमाल्नी दिदी भित्र ईर्स्याले सीमा नाघ्यो । 

रिमाल्नी दिदीले कर्केनी भाऊजुलाई भनिन् – तिम्रा दुई दुई छोरीहरू छन् । छोरीहरूलाई  हुर्काउन सजिलो छैन । परी परीका जामाहरू, गरगहनाहरू, अनेक किसिमका शृंगारहरू-बहुत खर्चीला हुन्छन् छोरीहरू । तिमी कसरी हुर्काऊँछौ या दुई दुईवटी छोरीहरू ? 

कहिल्यै बचन नफर्काऊने कर्केनी भाउजुलाई अति नै भइसकेको रहेछ । कर्केनी भाउजुले भनिन् – बरू तिमी पो भनन कसरी हुर्काऊँछौ तिम्रा दुई दुई छोराहरू ? मेरा छोरीहरूलाई त मैले हुर्काउनु पर्ने समय अब त्यस्तै आठ दश बर्ष होला । त्यसपछि त विहे गरेर ज्वाईँको घर गइहाल्छन् । तर तिमी पो भनन- “तिम्रा छोराले विहे गरेर ल्याएपछि तिम्रा दुई दुई वुहारी सँधै तिम्रै छोरासँग हुन्छन् क्यारे । कसरी सम्हाल्छौ दुई दुई बुहारी जिन्दगी भर ? कि गाह्रो हुन्छ छोरी मान्छे सम्हाल्न भनेर तिम्रा छोरालाई छोरा मान्छे नै विहे गरेर ल्याऊँछौ ? तिमी मेरो चिन्ता नगर । आफ्नो बारेमा सोच । भन त तिम्रा छोरालाई विहे गरेर त छोरी मान्छे नै ल्याऊँछौ होला नि ? कि के गर्छौ ? 

सँधै जित्न पल्केकी रिमाल्नी दिदी एकाएक तातोपानीमा चोबेको सिस्नो जस्ती भइन् । ऊनी एक शब्द पनि नबोली फटाफट आँगनबाट बाहिरिइन् । 

रिमाल्नी दिदी घरमा पुगिन् । लज्जास्पद हार र ग्लानीले ऊनको मुटु एक तमासाले उफ्रिरहेको छ । ऊनी रातभर सुत्न सकिनन् । ऊनले आजसम्मको कर्केनी भाऊजु माथिको उनको व्यबहार सबै सम्झेर ल्याइन् । कहिल्यै बचन नफर्काउने सोझी जस्ती लागेकी कर्केनी भाउजुको बचन वाणले निक्कै दिनसम्म रिमाल्नी दिदी घाइते भइन् । ऊनको गाऊँमा देखिने चुरूफुरू पनि क्रमश: घट्दै गयो । 

धेरै बर्ष पछिको घटना । शरदको विहानी थियो । गाऊँमा कोही रोइरहेको आवाज आयो । कर्केनी भाउजुको घरमा कोही रोइरहेको थियो । गाऊँलेहरू भेला भइरहेका थिए । तर त्यहाँ त  रिमाल्नी दिदी कर्केनी भाउजुलाई अँगालो हालेर रोइरहेकी थिइन् । कर्केनी भाउजु भने रिमाल्नी दिदीलाई सम्झाइ रहेकी थिइन् । बर्षौ पछि कर्केनी भाउजुको आँगनमा एउटा अनौठो दृष्य खडा भएको थियो । 

रिमाल्नी दिदीको जेठो छोराले एक बर्ष अघि विहे गरेको थियो । केही महिना पछि नै ऊनको बुहारीसँग झगडा पर्न सुरू गरिहाल्यो । अक्सर साँझको समय गाऊँमा हल्लीखल्ली हुन्थ्यो त रिमाल्नी दिदीकै घरमा बढी हुन्थ्यो । 

अस्ती असारदेखि रिमाल्नी दिदी खुट्टो खेच्याएर हिंड्न थालेकी थिइन् । मान्छेहरू कुरा काट्थे – बुहारीले चिर्पटले हानेकी रे ! अरूले कुरा काट्छन् भनेर मात्रै रिमाल्नी दिदीले लिस्नाबाट खसेको भनेकी हुन् रे ! रिमाल्नी दिदी दिन दिनै उनको उमेर भन्दा अलि बढी नै बुढी देखिन थालेकी थिइन् । पन्ध्र बर्षदेखि मलेसियामा काम गर्दै आएका ऊनका श्रीमान् तीन बर्ष अघिबाट एकाएक हराएका थिए । कसैले भन्थे फिलिपिनी विहे गरेर बस्यो होला । कसैले भन्थे – पाकिस्तानी फटाहा हुन्छन्, मारेर कतै फालिदिए होला । कसैले भन्थे-कुनैले जाली अपराधमा फँसाएर पुलिसले कुट्दा कुट्दै मान्छे मर्यो भने पनि पुलिसले नै दबाऊँछन् । जस्ले जे जे भने पनि रिमाल्नी दिदीले सुनिदिनु थियो । जुन कथा सुने पनि ऊनलाई आफूमाथि पहरो खसेजस्तो हुन्थ्यो । केही समयदेखि त ऊनले कसैका कुरा सुन्नै छाडेकी थिइन् । अली झर्केर बोल्ने र बोल्दा पनि फटाहा शब्दहरू प्रयोग गर्ने आदत ऊनमा बढ्दै गएको थियो ।

बुहारीसँगको ऊनको झगडाको कारण पनि रिमाल्नी दिदीमा बढ्दै गएको डिप्रेशन प्रमुख कारण हो भन्ने धेरैको अनुमान थियो । तर आज त छोरा बुहारीले घरै छोडेर हिडेछन् । रिमाल्नी दिदी भक्कानिएर रूँदै थिइन् । मैले जति गाली गरे पनि म त आमा हुँ नि ! तिनीहरूकै भलाई सोचेर मैले … ऊनी रूँदा रूँदै रोकिए जस्ती भइन् । कर्केनी भाऊजु भने रिमाल्नी दिदीलाई सम्झाऊँदै ….खै ! के सोचेर हो कुन्नि  बेला बेला आफू पनि रोइरहेकी थिइन् । 

रिमाल्नी दिदीको कान्छो छोरो छ महिना अघि कामको शिलशिलामा दुबही पुगेको थियो । हेर्दा गाऊँभरीकै सुन्दर, सलक्क परेको लक्का जवान थियो ऊ । गाऊँका विहे, जागृत, चाडबाडहरूमा उसकै कारण एउटा रौनकता जम्थ्यो । पढाइमा भने ऊ खास सफल हुन सकेन । खेल जगतमा उसको विशेष रूची थियो । तर खेल खेलेर जीविका चल्ने नबुझेर ऊ पनि भर्खर विदेसिएको थियो । यता कर्केनी भाऊजु अठार बर्ष पहिले देखिकी एकल महिला । ऊनले छोरीहरूलाई साह्रै राम्रो शिक्षा दिक्षा दिइन् । ऊनका छोरीहरूले एकदमै पढेलेखेका ज्वाईहरूसँग विवहा गरे, तर छोरीहरू जतिसुकै असल र ज्ञानी भए पनि कर्केनी भाऊजुका ज्वाईंहरू भने त्यस्ता आइ लागेनन् । जति नै पढेलेखेका भए पनि अत्यान्तै रूखो स्वभाव भएका ज्वाईहरूको कारण छोरीहरूले पटक पटक सँगै बस्न अनुरोध गरे पनि कर्केनी भाऊजु आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । 

रिमाल्नी दिदीको अनुहार उठाएर कर्केनी भाउजुले भनिन्- आजदेखि म र तिमी दिदी बहिनी । नरोऊ । जिन्दगी भनेकै यस्तै हो । भगवानले सँधै कठिन कठिन प्रश्नहरू खडा गरेर हाम्रो परिक्षा लिइरहनुहुन्छ । हामीले त्यसको जवाफ मुस्कुराएर दिनसक्नुपर्छ, रोएर होइन । 

कर्केनी भाउजुका कुरा सुनेर रिमाल्नी दिदी भने झन् डाको छोडेर रोइरहिन् । कर्केनी भाउजु भने उनलाई झन् झन् अँगालोमा बाधेर भनिरहेकी थिइन् – हो मलाई तिमी साँच्चिकै मेरी आफ्नै बहिनी झैं लाग्छ । तिमी मेरी बहिनी हौ । आज तिमी धेरै बर्ष पछि तिम्रो दिदीको घरमा आएकी छौ, अब तिम्रा आँसुहरू पुछ्ने जिम्मा तिम्री दिदीको भयो । क्रमश: रिमाल्नी दिदीको सुँक्क सुँक्क कम हुँदै गइरहेको थियो । गाऊँलेहरू सबैका अनुहार उज्याला देखिंदै गएका थिए । 

लेखक: मणि भट्टराई 

दशैका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने

काठमाडौं। दशैका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने भएको छ । यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन् । छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए।

विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने जानकारी दिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि टिकट खोल्न सहमत भएको बताए ।

दशैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेका छन्। हरेक बर्ष दशैँमा १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा उपत्यकाबाट बाहिरिने गरेका छन्।

एक पटक अवस्य पढ्न पर्ने कविता :- खामभित्र | जीवित खड्का मगर 

खामभित्र -- जीवित खड्का मगर 



तिमीले नै लेखिपठाएका 

पन्ना-पन्नाका जम्मै अक्षर जति 

फिर्ता लै'गए पनि 

मेरो बन्दखामभित्र -- 

पुरानू कागज, शब्दको फोटो र आँसुको दाग 

अहिले पनि सुरक्षित छ । 




फोकिलामा जतनसाथ बेरिएका मेरा मायालु हरफलाई 

लेनदेनको हिसाब सकिए झैँ 

जब तिमीले प्रेमको तमसुक च्यात्यौ 

त्यही दिनदेखि तिम्रै आँखाको सागरमा उर्लेका 

एकएक भुल्का निक्लिँदै-हराउने छालहरूमा 

तिम्रो प्रतिबिम्बलाई देखेँ । 




देख्दाबखत -- 

कस्सम होला सेन्नानी !

झलकमानको गीत झैँ 

निर्जन वनको डाली-डाली उभिएर 

एक्लो ढुकुरले कुर... कुर गरेको अहिल्यै जस्तो लाग्छ । 




बैँस रहुन्जेल 

पहरामा लहराहुँदै हतारहतार हाम्फाल्ने छहराहरू पनि 

खडेरी पर्खेर बग्दैछन् - उमेरको ओरालो 

सावनी आँखामा हुलाकी वैशाख नआए जस्तो । 




अब त सेन्नानी 

हामीले अडेस'लाई बात मार्दा-नमार्दै 

लाज्जै नमानी फूल्ने त्यो गुराँसको रूख पनि सुकिसकेछ 

सुके झैँ, मैले रोपेको विश्वासको गमलामा 

तिमीले दिएको गुलाबी वोट । 




आज लामू दिनपछि 

भेट जुर्नुरै'छ, र 

तिमीसँग जम्काभेट भयो यै बाटोमा ।

ए सेन्नानी ! 

कतै बिर्सेकी त छैनौँ यो कुरा भनेकी तिमीले ? 

-- यै बाटोछेउ 

   बूढो चिउरीको हाँगोमा नाम्लो हालेर 

   जोल्टेपिङ खेलौँ मच्ची-मच्ची ...




तर कुन्नि के भयो तिमीलाई ! 

यो बाटोको त्यो चौबाटो उभिएर साँझमा 

घाम अस्ताएझैँ सरक्क्क सर्किँदै गएकी तिमी 

फरक्क्क फर्केर एकबाजी'नि हेरिनौँ ...! 

तर सेन्नानी ! 

यो तिमीले डोर्‍याउँदै लिएको बकेर्ना गाइसँग 

म भित्र गोठमा बाँधिराखेको बहरगोरू 

अहिले पनि मन्द्राउने छैन । 




अँ, सुन त ! फर्किजाने बेलामा -- 

तिमीले छोडिराखेको बन्दखाम 

शब्दको फोटो र आँसुका दागहरू 

जम्मै फिर्ता दिनुछ, तिमीलाई 

नबिर्सी सम्झाउनू है !


- जीवित खड्का मगर

एक पटक अवस्य पढ्न पर्ने कविता – चिहानबाट अाग्रह

चिहानबाट अाग्रह  - रविन शर्मा 


कपडा कुन लगाउँछौ ? 

गरिबिले “जरो”गाडे पछि 

लगाऊने एक “सरो” पनि 

किनिदिन सकिन , 

यो कुराले मलाई पोलिरहने छ 

जसरि आगोले दाऊरा पोल्छ 

खरानि भयर सकिन्छ 

कुनै दिन मन पोलेको मान्छे 

सकिन समय कुर्न पर्छ र ? 




मसँग केही रहेनछ भन्ने भान हुन 

 मैँले संसार छाड्नै पर्छ , 

तिमीलाई यस्तो नपरोस् कि  

म गएपछि माया रैछ भन्ने भान 

किनकि चन्द्र नअस्ताए सम्म घाम भेटिँदैन 

मैले संसार छाडेँ भने मात्र तिम्रो बाटो खुल्छ र ?

बाटो बन्द भएको थाहा नपाएरै मैँले 

तिमीलाई अन्तिम सास सम्म पनि प्रेम  

गरिरहेँ 

बाटो बन्द भएको थाहा पाउँदाको दिन 

सास बन्द भो 

मलाई बन्द कुराहरू बहुत मन पर्छन 

जस्तो कि तिम्रो पहिलो प्रेम पत्र “बन्द खाम “ 




माया मागेँ  , 

एउटा  प्रेमिल दिल  मागेँ   

, संसारको सबैभन्दा गरिब म तिम्रो प्रेमी, 

तिमीसँग त्यही मागेँ , 

तिम्रो आवश्यकता

र खुसी  पूरा गर्न नसकेर जाँदैछु 

देउताहरूको घर , 

जहाँ बस्न घडेरी  किन्नु पर्दैनँँ , 

गाँसको लागि खाना किन्नु पर्दैनँ, 

किन्नु परे पनि 

तिमी मेरो अन्तिम दाहसंस्कार गरेको ठाउँमा 

पुगेर 

दान गरिदिनू कालो कपडा र मासको दाल 

यी  हीरा जस्तै देखिने मानिसहरू

व्यावहारमा काला हुनेँ रहेछन् 

भेटि हरु बोकेर आऊने हरुलाई 

चिनी र मिस्री लिएर नआउनू भनिदिनू

मलाई प्रेम गुलियो हुन्छ भनेर सिकाउँनेहरूले नै अमिलो बनाइदिए 

दान गर्ने बेला एउटा 

अमिलो निबुवा पनि पठाइदिनू ल  






रविन शर्मा

एक पटक अवस्य पढ्न पर्ने कविता :- गाँउको सडक



              गाँउको सडक - गीता  गीता पुडासैनी 

 
                 महासय,
                यो बाटो गाउँलेहरुको हो
                जहाँ
बर्षौं पहिले गाउँलेहरुले पसिना बिछ्याएर
   सडक वनाएका थिए
 र, दौडाएका थिए
गाउँले सपना बोकेका ईन्द्रेणी जहाजहरु
 र, उडाएका थिए
चङ्गा जसैगरी आकाशभरी
आफ्नो माटोको झण्डा ।




त्यो दिन,
जुन दिन
तिमी यहि बाटैबाटो
माथि टाकुरामा पुगेर
गाउँ बेचेको उद्घोष ग¥यौ
त्यही दिनदेखि
खर्क र भेडीगोठहरुका आँखा
बगिरहेछन् अविरल 
जसरी बगिरहेछन् सदियांैदेखि मेचीकाली ।




बेच्न त तिमीले उहिल्यै बेचेका रहेछौ
ती चौंरी खर्क,
भेडी गोठ,
पाखाभरी फुलेका सुनाखरी र निर्मसीका बुट्टाहरु
झर्नामा टल्किरहेको मेरो देशको नक्सा
यही सडकैसडक मेरो आँगनसम्म आउने
घाम र जुनको कलिला पैताला
बुढी आमाको सेतै फुलेको कपाल
नाम्लोको डाम बसेको बाको खुइलिएको तालु
र, बैनीको फरिया ।




मलाई यो पनि थाहा छ
तिमीले मुखभरी सुनको दाँत हाल्नमात्र
बेचिदिएछौ 
आफुलाई पनि ।




महाशय,
यो बाटो गाउँलेहरुको हो
जहाँ वर्षौ पहिले गाउँलेहरुले ढुङ्गा बिछ्याएर 
सडक बनाएका थिए
तर
तिमीले खोस्न लगाएछौ
यो सडकको रुट पर्मिट
यी गाउँका मालबाहक ट्रकहरुको लाइसेन्स 
बन्द गरिदिएछौ तेलका ट्याङ्करहरु
तल बन्दरगाह नआइपुग्दै
उता हेरिरहेका छन् भेडि गोठ र चौंरी खर्क
एक अर्काको आँखामा राखेको देशको नक्सा ।




महाशय,
देश भनेको ढुङ्गा र माटो मात्र होइन
तिमीलाइ थाहा नहोला
तिमीले सब थोक बेचेर गएपछि
देश किन्नेले तिमीलाई पनि 
विस्थापित बनाइदिएछन् 
र त फर्र्किएर आएछौ गाउँमा
बाँकी सुनको दाँत पनि बेचेर ।




खबरदार ! 
जानकारी गराउँछु
सिमानामै उभिएर
अहिले यो सडक गाउँलेहरुको हो
ऊ परबाट अहिले पनि यतै आइरहेछ
गाउँको सपना बोकेको
एउटा मालबाहक ट्रक 
त्यसैले, यो बाटो हिड्न
पूर्ण निषेध गरिएको छ 
तिमी र तिमीजस्ता बेइमानहरुलाई ।

कपिलवस्तुमा लागु औषध सहित ३ जना पक्राउ ।

कपिलबस्को वाणगंगा नगरपालिकामा लागु औषध सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी निरिक्षक चन्द्र बहादुर के.सि.को टोलिले बाणगंगा १ बैरियाबाट ३ जनालाई पक्राउ गरेको हो । सडकको छेऊमा बसिरहेको अवस्थामा शंका लागि चेक जाच गर्ने क्रममा लु १४ प ९३३२ नंम्बरको मोटरसाईकलको टुल बक्स भित्र लुकाई छिपाई राखेको स्पास्मो क्यापसुल २ सय ८४ पिस र नाईट्रोजिपम क्यासुल २७ पिस सहित बाणगंगा १ बस्ने बर्ष १८ का रोशन मल्ल, सोहि ठाउँका बर्ष २२ का नारायण थापा र मोटरसाईकल धनि बर्ष ३१ का दिनेश थारु पक्राउ परेको प्रहरि निरिक्षक केसिले जानकारि दिए । अन्य अनुसन्धान कार्य भैरहेका ईलाका प्रहरी कार्यालय पिपराले जानकारि दिएको छ ।

निर्मलाका निम्ति न्याय अभियान !! देशभर प्रदर्शन, (फोटो फिचर)

देस छ , सरकार छ, सुरक्षा निकाय पनि छ तर पशुपतिको पित्तलको बसाहा जस्तै । न बोल्छ न चल्छ न सुन्छ ?

वैखरी काठमाडौं –     कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन नाघिसक्दा पनि वास्तविक अपराधी पत्ता नलगाएको भन्दै देशभर प्रदर्शन भएको छ ।

माइतीघरदेखि नयॉ बानेस्वर, – निर्मलाका लागि न्याय खोज्दै काठमाडौँमा गरिएको प्रदर्शनमा उनका आमाबुबा समेत सहभागी छन्।

निर्मलाका निम्ति न्याय अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा पाँच हजारभन्दा बढी सर्वसाधरण सहभागी भएका थिए । यस्तै विभिन्न जिल्लामा पनि प्रदर्शन गरिएकाे थियो । केही ठाउँमा भने अझै प्रदर्शन भइरहेको छ ।

कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रर्दशनमा कलाकर्मी, नागरिक अगुवाहरु, विद्यार्थी, विभिन्न पेशाकर्मीलगायतको उपस्थिती रहेको थियो ।

 

बास्तविक हत्यारा पत्त्ता लगाइ कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन आह्वान गर्दै गरिएको प्रदर्शनमा स्वतःस्फर्तरुमा हजारौँ मानिस सहभागी भएका हुन्। राजधानी काठमाडौँ लगायत देशैभर निर्मलाका पक्षमा न्याय माग्दै प्रदर्शन गरिएको छ।

काठमाडौँमा भएको प्रदर्शनमा पनि हजारौँ मानिस सहभागी भएका छन्। ‘निर्मलाका निम्ति न्याय’, ‘दोषीलाई उन्मुक्ति, निर्दोषलाई यातना?’, ‘सरकार देखाउ इच्छा, खै त महिलाको सुरक्षा’, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी’ लगायतका प्लेकार्डसहित हजारौँ मानिसले सरकारलाई खवरदारी गरिरहेका छन्।

 

 

आज झापाको काँकडभिट्टा, अर्जुनधारा, चन्द्रगढी र दमकमा प्रदर्शन भयो । यस्तै सुनसरीको धरान, इटहरी र इनरुवामा, मोरङको विराटनगर र विराटचोकमा, सप्तरीको राजविराज र कञ्चनपुरमा, सिराह सदरमुकाम सिराहमा पनि प्रदर्शन भएको छ ।

धनुषाको जनकपुर, मकवानपुको हेटौंडा, नुवाकोटको विदुर, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्चीमा पनि सर्वसाधरण प्रदर्शनमा उत्रिएका छन् ।

 

कपिलबस्तु

पोखरा, बुटवल, कोहलपुरलगायतका ठाउँमा पनि प्रदर्शन भएको छ भने भरतपुर, नेपालगञ्ज र विरगञ्जमा प्रदर्शन भएको छ !!

तस्बिर : सामाजिक सञ्जालबाट

फिलिपिन्समा पनि शक्तिशाली आँधी

फिलिपिन्स / फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने  अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् ।

प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए । स्थानीय समयानुसार गएराती १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । यो अवधिमा सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।फिलिपिन्समा प्रत्येक बर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुनेगरेको छ । त्यसैका कारण दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन् ।
त्यसैगरी हजारौ बासिन्दा बाढी पहिरोबाट पनि प्रभावित हुने गरेको समाचारमा जनाइएको छ । रासस

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
 भदौ 31 देखि असोज 06  सम्म

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

– प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ।  सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागर बढ्नेछ।  संयमता भने अपनौनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

  – प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ।  मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।


सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
 – स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्।   कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।  जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।  सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
–  प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। मध्येदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ।  रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ।  आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र संगै समय बिताउने मौका हरु आउँन  सक्छन्।  पराक्रम र धैर्यताले कामहरुमा बढोत्तर हुनेछ।  ठुला सोचहरुको विकास हुनेछन्।  सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 – परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ।  धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
 – प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।   तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।  ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा  व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्।  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ।  काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरु आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ।   साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
 – कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
 –   धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

यूवा  ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

निर्मलाका बुवाआमासँगको भेटमा गृहमन्त्रीले भने– हत्यारा नजिक पुगिएको छ, छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री थापाले निर्मलाका बुवाआमा तथा कञ्चनपुरका महिला अधिकारकर्मीसँग शुक्रबार साँझ काठमाडौंमा भएको भेटमा हत्यारा नजिक पुगिएको उल्लेख गर्दै छिट्टै सार्वजनिक गर्ने आश्वासन दिएका हुन्।

हत्यारालाई छिट्टै सार्वजनिक गरी पीडितलाई न्याय दिने आश्वासन गृहमन्त्री थापाले दिएका कञ्चनपुुरकी अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन्। उनले गृहमन्त्री थापाले पीडितलाई न्याय दिने आश्वासन दिएपछि न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिइन्।

निर्मला पन्तका बुवाआमासहितको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर : अशोक घिमिरे(रासस)

हत्या गरिएकी निर्मलाका बुबा, आमा र स्थानीय अधिकारकर्मीहरुले गृहमन्त्री थापासँगको भेटमा सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिमा स्थानीय नागरिकका तर्फबाट एक जनाको प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। नागरिक समाजलाई समेत समेटेर छानबिन समिति गठन नगरिएको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको चन्दले जानकारी दिइन्।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका पीडित परिवारले लामो समयसम्म पनि न्याय नपाएपछि पीडित परिवार र कञ्चनपुरका अधिकारकर्मीहरु न्यायको खोजीमा केही दिनदेखि काठमाडौंमा छन्। उनीहरुले हत्यारालाई सार्वजनिक गरी कडा कारबाही नगरेसम्म काठमाडौंबाट नफर्कने चेतावनी पनि सरकारलाई दिएका छन्।

यसरी हुर्काऔं अबका बालबालिका

हामीले बालबालिकाका लागि निर्णय गरिदिनैपर्ने अवस्थामा म के चाहन्छु भन्दा पनि बालक के चाहन्छ, उसले चाहेको कुरा पाउने तरिका के–के छन्, बुझेर मात्र गर्नुपर्छ, त्यसो गर्दा हामी बच्चाको आवश्यकता र चाहनाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्दैनौ ।

बालबालिकाहरु कौतुहलताले भरिएका हुन्छन् । उनीहरुले कुनै काम बिगारे भने पनि अधिकांसले गाली होइन माया नै गर्छन् । हामी बालकलाई किन यति धेरै आत्मीय ठान्छौं होला ? के उसका ठूलाठूला सपनाको संसारमा रमाउने बानी नै हो त हामीलाई मोहित बनाउने, या उसमा हुने गरेको कौतुहलता र अबोधपनाले हो हामीलाई उनीहरुको क्रियाकलापमा भुल्याउने ?

सायद यी अनि थुप्रै अरु कुराले नै बालकलाई हामी माझ प्रिय बनाएको छ । प्रिय बनाउँदै, उसलाई सही बाटोतिर हिँडाउन प्रोत्साहित गराउने भूमिकामा समावेश गराएको छ । कहिले परिवारको हिस्साको रुपमा त कहिले विद्यालयको, कहिले समाजको हिस्साको रुपमा त कहिले मानवको । अनेक रुपले हामीलाई बालकको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपले समावेश गरिनै रहेको हुन्छ । फृउड, पियाजे, ब्यान्डुरा, भिगोस्कीलेजस्ता मनोवैज्ञानिकले पनि बालकलाई जीवनका सिपहरुमा पोख्त बनाउन उसका नजिकका सम्बन्धहरु र वातावरणले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गरेका छन् ।

हामी सहि नियत राखेर, बच्चाहरूलाई अनेक सल्लाह र सुझाव दिने गर्दछौं, केहि सिकाउछौँ, अनि थोरैले केही सिक्छौं । अझ हाम्रो समाजमा त हामी बाच्चाको हरेक निर्णय लिने जिम्मेवारी समेत आमाबुवाको हो, भन्ने बुझ्छौं । जिम्मेवारी लिनु, बच्चाको वास्ता गर्नु, उसको चिन्ता गर्नु जस्ता कुरा असल अभिभावकमा हुनुपर्ने विशेषता पनि हुन् ।

तर जिम्मेवारी पूरा गर्दैगर्दा कहिलेकाही नजानिदो तरिकाले हामी, बच्चाहरूलाई सुझाव दिन भन्दा कर गर्न तिर बढी प्रयत्न गर्दछौं । उसको भलाईको लागि परिवारले गरिदिने गरेको, सरल तथा जटिल निर्णय पछाडिको कारणहरु पनि प्रायः हामी बच्चालाई बुझाउन जरुरी ठान्दैनौं । सरल निर्णय जस्तै कुन लुगा लगाइदिने, घुमाउन कहिले लग्ने जस्ता कुरा देखि जटिल निर्णय जस्तै कुन विषय पढाउने, बच्चालाई घरमा राख्ने कि होस्टेलमा राख्ने जस्ता कुराहरुले, बालबालिकाको जीवनलाई आकार दिने काम गर्दछ ।

उनीहरुले संसारलाइ बुझ्ने तरिका, सहि र गलत बुझ्ने तरिका साथै उनीहरुको व्यक्तित्वको विकासमा यी विभिन्न निर्णयहरुले अनुकुल तथा प्रतिकुल असर पारिरहेको हुन्छ । यस्तै केही सिक्दै गरेका, सपना देख्दै गरेका बालक, ‘दिवस’ संगको कुराकानी मेरो जिज्ञासामा प्रकाश छर्ने काम गर्यो ।

पोखरा, घर भएका ‘दिवस’ तीक्ष्ण बुद्धिका छन् । उनी घरका दुई सन्तान मध्येका कान्छो छोरा हुन् । जो कक्षा ४ मा पढ्दैछन् । उनी उद्देश्य भविष्यमा डाक्टर बन्नु हो । भविष्यमा डाक्टर बन्न चाहनुको कारण मैले सोधिनसक्दै उनले भने, ‘ममीले सधैं डाक्टर बन्नुपर्छ, डाक्टर बन्नुपर्छ भनिराख्नु हुन्छ त्यसैले ।’

उनले फेरि थपे, ‘तर मलाई वकिल मन पर्छ । मलाई म्याथ पढ्नै मन लाग्दैन । तर मेरो म्याथमा पनि राम्रो आउँछ ।’ मैले अझै बढी उसलाई बुझ्न चाहने हेतुले सोधेँ, तिमीलाइ डाक्टर बन्न र बनिसकेपछि के–के गर्नपर्छ थाहा छ ? ‘खै साइन्स पढ्नपर्छ अनि पछि बिरामीलाइ औषधि दिने हो ।’ मैले फेरि सोधें, वकिल बन्न नि ? उनले भने, ‘पहिला पुलिसले आरोपीलाई समात्छ । अनि त्यो मुद्दा बनेपछि अदालतमा जान्छ । कालो कोट लगाउँछ वकिलले अनि केहि वर्ष काम गरेपछि त्यो हम्मरले अर्डर अर्डर गर्न नि पाइन्छ ।’

म सोच्न थालेँ, पक्कै पनि डाक्टर र वकिल बन्न चाहिने कुराको केहि जानकारी अनि आफू के कुरा गरेर बढी खुसी हुन्छु भन्ने कुराको अन्दाज यो बच्चालाई छ । तर आफूलाइ मन्पर्ने कुरा गर्दा, कुनै पनि क्षेत्रमा मान्छे उत्कृष्ट भएर निस्कन सक्ने कुराको विश्वास पर्याप्त मात्रामा उसमा छैन । म सोचिरहे, दिवस त एउटा उदाहरण हो, हाम्रो समाजको । उ जस्तै हजारौं बालबालिका आफ्नो सपना र परिवारको सपना बिचको पर्खाल देखेर अन्योलमा होलान् । कोहि बालबालिका आमाबुवाले लिएको निर्णय पछाडिको परिवर्तन अंगाल्न नसकी आफूलाइ सारा जीवन एउटा पर्दाभित्र लुकाएर बाँचिरहेका होलान् । कोहि भने आफ्नो सपना बिर्सिएर बाँच्न परेकोमा जिउने कला भुलाइ रहेका होलान् ।

आजसम्म बालबालिकालाई हुर्काउँदा जे गल्ती भईरह्यो । हामीले बालबालिकालाई सहजै बुझ्न सक्छौं भन्ने अन्धविश्वासले भयो होला, हाम्रो आज्ञानताले भयो होला, त्यो समयमा अरु उत्कृष्ट हल निकाल्न नसकेर भयो होला । साथै कति गल्ती हाम्रो सपना पूरा गर्ने एउटा मात्र माध्यम हामीले बालबालिकालाई बनाइरहँदा भयो होला । पहिलाको समाजमा बालापनको महत्व कमैलाइ थाहा थियो, जीवन जिउँने आधार खोज्ने बाटाहरु कम थिए, पछि गएर अंगाल्न सक्ने पेशाहरु आजको तुलनामा कम थिए । त्यसैले बालबालिकाको विकासका लागि धेरै गर्न सकिएन ।

तर अब हामी जस्ता चौतर्फी ज्ञान बटुल्ने, जीवनमा खुसी भएर बाँच्नुपर्छ भन्ने विश्वास राख्ने, जीवनलाई सार्थक बनाउनुपर्छ भनेर सोच्ने पुस्ताले बालबालिकालाई गरिने व्यवहार र हुर्काइने तरिकामा परिवर्तन ल्याउन आवश्यक छ । हामीले बालबालिकाका लागि निर्णय गरिदिनैपर्ने अवस्थामा म के चाहन्छु भन्दा पनि बालक के चाहन्छ, उसले चाहेको कुरा पाउने तरिका के–के छन्, बुझेर मात्र गर्नुपर्छ, त्यसो गर्दा हामी बच्चाको आवश्यकता र चाहनाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्दैनौ ।

बालबालिकालाई सिकाउने भन्दा पनि बढि सुनिदिने गर्नपर्छ, केही सिकाउनै परेमा, त्यो क्रियाकलाप गर्न पछाडिको कारण पनि भन्ने ग¥यौं भने उनीहरुमा चेतनाको विकास हुनेछ । बालबालिकाको सपनामा कुनै पनि किसिमको घेरा नलगाई, उसलाइ हामीले निःस्वार्थ रुपमा अपनाउनुपर्दछ । र अति आवश्यक कुरा भने हामीले आफ्नो सपना पूरा गर्ने बाटो, सानो बालबालिकालाई बनाएर उसको सपना कुल्चिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ, उनीहरुलाइ आफूजस्तै अर्को मानवको दर्जामा राखेर व्यवहार गर्नुपर्छ । यसो गरेमा हामी बालबालिकाको जीवनलाई न्याय गरी उसको जीवनको उद्देश्यतर्फका बाटाहरु खोलिदिनेछौं, जसमा उसले अर्को पेले बन्न सक्ने, अर्को बुद्ध बन्न सक्ने, अर्को आइन्स्टाइन बन्न सक्ने, अर्को लक्ष्मीप्रसाद देवकोटा बन्न सक्ने, अर्को लता मंगेस्कर बन्न सक्ने, अर्को सुशीला बन्न सक्ने बिश्वासका साथ सिढी बनाउने छन र त्यसमा चढ्ने छन् ।

३३ किलो सुन तस्करी प्रकरण: एसएसपी लोहनीलाई सादा तारेखमा छाड्न आदेश

संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका अभियुक्तमध्येका निलम्बित एसएसपी दिवेश लोहनीलाई उच्च अदालतले सादा तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश नरेन्द्रनाथ कर्ण र तारंगा सुवेदीको इजलाशले आज लोहनीलाई छाड्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश ठहर नहुने देखिएको भन्दै सादा तारेखमा छाडेर मुद्दा कारबाही अघि बढाउने आदेश भएको रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

लोहनीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ताहरु देवेन्द्र कोइराला र रामचन्द्र सुवेदीले इजलाशसमक्ष बहस गरेका थिए । सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु पुण्यप्रसाद पाठक, गोपालप्रसाद रिजाल र राजेन्द्रसिंह भण्डारीले बहस प्रस्तुत गरेका थिए । यो प्रकरणमा एसएसपी लोहनीलाई गत बैशाख १६ गते सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतको आदेशपछि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ ।

जिल्ला अदालतले तत्काल देखिएको प्रमाणका आधारमा दोषी देखिएको भन्दै लोहनीसहितका अभियुक्तलाई पुपक्र्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्लाको यो आदेश बेरितको भएको भन्दै उनका कानुन व्यवसायीले उच्च अदालतमा त्यसबेला प्रचलित मुलुकी ऐन अदालती बन्दोबस्तको १७ नम्बर बमोजिम बदरको आदेश माग गर्दै निवेदन दिएका थिए । यसअघि उच्च अदालत विराटनगरले अभियुक्तमध्ये ६ जनालाई थुनामा राख्ने आदेश दिइसकेको छ । जिल्ला अदालत मोरङले यसअघि गरेको आदेश सदर गर्दै उच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश थिरबहादुर कार्की र हरिप्रसाद भण्डारीको इजलाशले बिहीबार डिएसपी सञ्जयबहादुर राउतलाई थुनामा राख्ने आदेश सदर गरेको थियो ।

यस्तै अभियुक्तहरु तुलाराम थारु र लाक्पा शेर्पालाई पनि थुनामा राख्ने जिल्लाको आदेश सदर भएको थियो । यसैगरी यो मुद्दामा अरु तीन अभियुक्तलाई थुनामा राख्न मातहत अदालतले दिएको आदेश बेरितको नभएको भन्दै उच्च अदालतले सदर गरेको थियो । अभियुक्तहरु पु्ण्यप्रसाद लामा, सम्बिर तोलाङगे र राजन कुमारको हकमा उच्च अदालतले जिल्लाकै सदर गर्दै आदेश बेरितको नभएको ठहर्‍याएको हो । अभियुक्तहरुमध्ये डिआइजीद्वय गोविन्द निरौला र श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेललगायतका तर्फबाट पनि कानुन व्यवसायीहरुले उच्च अदालतमा निवेदन दिएका छन् । ती निवेदनमा सुनुवाई हुन बाँकी रहेको अदालतले जनाएको छ । यो प्रकरणमा सरकारी वकिलको कार्यालयले बैशाख तेस्रो साता मुख्य कारोबारी गोरे भनिने चूडामणि उप्रेतीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध आपराधिक समुह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा उनीहरु विरुद्ध अभियोगपत्र दर्ता गरेको थियो । यो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैया ९० पैसा विगो माग दाबी गरिएको छ । ३३ मध्ये ३१ जनालाई जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजलाशले पुर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । एकजनालाई धरौटी र अर्का एकजनालाई सादा तारेखमा छाड्ने आदेश भएको थियो ।

प्रकाण्ड फेरी पक्राउ, सर्वोच्चको असन्तुष्टि

 

खरीबोट

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फेरि पक्राउ परेका छन् ।

दाङबाट काठमाडौं ल्याईएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै आज न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको थियो । आदेश अनुसार प्रहरीले प्रकाण्डलाई रिहा गरे पनि सर्वोच्च अदालतकै ढोकाबाटै पक्रेको छ ।

चन्दा उठाएको आरोपमा गएको असारमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भएर आज चौथो पटक पक्राउ परेका हुन् । पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई अर्को अभियोगमा अनुसन्धान गर्नका लागि पक्राउ गरेको भने पनि कारण खुलाइएको छैन ।

यसैबीच सर्वोच्च प्रकाण्डलाई पटक–पटक पक्राउ गरेको प्रति सरकारसँग सर्वोच्च अदालत असन्तुष्ट पनि बनेको छ । नागरिकको व्यक्तिगत स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु जिम्मेवार नभए अदालत मौन रहेर बस्न नसक्ने आदेशमा उल्लेख छ ।

न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई पटक–पटक पक्राउ गरकोे सरकारले अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दामा कारबाही गर्नु पर्ने स्थिति आउनेतर्फ सचेत गराएको छ ।

विधिको शासन भएको लोकतन्त्रमा अदालतको आदेशलाई पालना नगर्ने काम क्षम्य हुन नसक्ने आदेशमा उल्लेख छ ।

अब आईफोनमा पनि डबल सिम, यस्ता छन् विशेषता

काठमाडौं । एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्‍यो ।

यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ ।

आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन  छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ ।

यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

आईफोन एस एक्स म्याक्स र एक्स एस

आइफोन एक्स एस म्याक्सको स्क्रिन डिस्प्ले ६.५ इन्चको छ । यसलाई सबैभन्दा ठूलो डिस्प्ले भएको फोन भनिएको छ ।

यसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । यो फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ । यो फोन गोल्ड, सिल्भर र स्पेस ग्रे रंगमा उपलब्ध छ ।

यसमा ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमता छ । आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ ।

आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्रि क्षमता छ ।

आइओएस १२ सफ्ट्वेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दावी गरिएको छ ।

दुईवटा सिम सपोर्ट, थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टेरियो साउन्ड, फेस आइडी मार्फत फोन अनलक सुविधा यसका थप विशेषता हुन् ।

आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।

आइफोन एक्स एसको स्क्रिन डिस्प्ले भने ५.८ इन्चको छ । अरु फिचर्स भने एक्स एस म्याक्सको जस्तै छन् ।

यसको बजार मूल्य १०९९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर मूल्य राखिएको छ ।

होम बटन नभएको आइफोन एक्स आर

आईफोन एक्स आरमा ३२६ पीपीआई (रेटिना डिस्प्ले)युक्त ६.१ इन्चको स्क्रिन छ । यसमा वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामरा छ ।

६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज अप्सन भएको यो आइफोनमा एक्स एसमा फेस डिटेक्सनको सुविधा छ । यसमा पनि ए १२ बायोनिक चिप जडान गरिएको छ ।

यसको ब्याट्री अरु आइफोनको भन्दा बढी टिकाउ छ । व्याट्री लाइफ आइफोन एट प्लसभन्दा डेढ घण्टा बढी रहेको एप्पलले दाबी गरेको छ ।

डस्ट र लिक्विडबाट सुरक्षित रहेको यो आइफोनमा आइओएस १२ सफ्वेयर जडान गरिएको छ । यसमा होम बटन छैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर्स छ । यो निलो, गुलाबी, पहेँलो, सेतो, कालो र रातो रंगमा उपलब्ध छ ।

यसको बजार मूल्य ७४९ अमेरिकी डलरदेखि सुरु हुन्छ । ६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर मूल्य राखिएको छ ।

गीतिकविता  -डल्ला फोर्दै जाऔँ             

गीतिकविता  डल्ला फोर्दै जाऔँ  -रमेशचन्द्र घिमिरे

कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ

स्वाभिमान थिचिन्छ कि थिच्न दिनुहुन्न
साँध किल्ला मिचिन्छ कि मिच्न दिनुहुन्न
सगरमाथा जस्तै उच्च शिर हुनुपर्छ
यो देशलाई जोगाउने वीर हुनुपर्छ

आकाश छुन धौलागिरी अझ अग्लो हुन्छ
हिउँ पग्ली पहाड र तराईलाई धुन्छ
हिमाल, पहाड, तराईलाई एकै ठाउँमा घोलौँ
जब यौटा होस्टे भन्छ अरु हैँसे बोलौँ

पाखुरीमा हिम्मत र आँट जुटाएर
हत्केलामा डाँडाकाँडा पहाड उठाएर
नेपालको माटोलाई जोगाएर राखौँ
अन्तै जाला गौरव हाम्रो सम्हालेर राखौँ

मेची, कोसी, गण्डकीलाई अँगालोले छोपी
यो पानीले यै खेतको टारी, खेत रोपी
कान्ला कान्ला सिर्जनाको रेखा कोर्दै जाऔँ
गह्राभरि जाँगर पोखी डल्ला फोर्दै जाऔँ ।

 

– भोर्लेटार, लमजुङ

घुस लिएको आरोपमा चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

खरीबोट

चाङ्चुङ। सिन्ह्वा चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ ।

उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहर्याएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।

चीनको जनअदालतले दोषी ठहर्याएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुन् ।

लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ ।

उहाँले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ ।

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताएका छन् ।

३३ किलो सुन काण्ड : निलम्बित डिएसपी राउतलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश 

खरीबोट

मोरङ।  उच्च अदालत विराटनगरमा सनम शाक्यको हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाइ सुरु भएको छ ।

आज भएको सुनुवाइमा अदालतले निलम्बित डिएसपी सञ्जय बहादुर राउतलाई जिल्ला अदालतले गरेको निर्णय सदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश थिरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलाशले राउतलाई थुनमा राख्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘मोहन काफ्लेको घरबाट बरामद भएको रजिष्टरमा  उल्लेखित संजय मामा भन्ने व्यक्ति यीनै सञ्जय राउत हुन्  भनी सहप्रतिवादी बिष्णुबहादुर खड्काले लेखिदिएको, उक्त रजिष्टरबाट १२ लाख सञ्जयबहादुर राउतले लिएको भन्ने उल्लेख भएको समेतका तत्काल प्राप्त प्रमाणका  आधारपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी यी निवेदकलाई मुद्दा पुर्पक्षका लागि  थुनामा राख्नु पर्ने अवस्था देखिन आयो ।’

निवेदकलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने भनी जिल्ला अदालत मोरङबाट मिति २०७५-२-८ मा भएको  आदेशलाई बेरितको नदेखिँदा केही  परिवर्तन गरिरहन नपरेको आदेशमा भनिएको उच्च अदालतका शाखा अधिकृत राजु प्रसाद दाहालले जानकारी दिए ।

निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्टसहित तीन जनाको डिएनए परिक्षण शुरु  

खरीबोट

काठमाडौँ । कन्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित तीन जनाको डीएनए परिक्षण गर्न लागिएको छ ।

निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरू गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार क्षेत्रीले जानकारी दिएका छन् ।

डिएनए परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटीएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टसहित तीन जनाको डीएनए परिक्षण गर्न लागिएको हो।

संविधान दिवस भव्यताका साथ मनाउने जिल्ला समन्वय समिति कपिलवस्तुको तयारी ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको केन्द्रिय कायक्रम अनुसार कपिलवस्तु जिल्लामा पनि संविधान दिवस भव्यताका साथ मनाउन तयारी थालिएको छ । दिवस भव्यताका साथ मनाउन भन्दै जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा मुल समारोह समितिको गठन गरेको छ ।
गठित समितिले संविधान दिवस २०७५ मनाउन आगामी असोज २,३ र ४ गते ३ दिन सम्म कार्यालय तथा घर घरमा सबैले साँझ दिपावली गर्न अनुरोध गरेको छ । त्यस्तै जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य लाभको लागि उपचार गराई रहेका बिरामीहरुलाइ संविधान दिवसका दिन फलफुल बितरण गर्ने समेत जनाएको छ ।
संविधान दिवस अर्थात अशोज ३ गते विहान ७ बजे जिल्ला समारोह समितिका पदाधिकारीहरु तथा जिल्ला स्थित सरकारी कार्यालयका सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई समेत जिल्ला प्रशासन कार्यालयको अगाडी भेला भई ब्यानर सहित प्रभातफेरी गरी जिल्ला समन्वय समितिको सभाहल÷ कपिलबस्तु नगरपालिकामा मञ्चको कार्यक्रम गर्ने कार्यक्रम समेत तय भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ ।
त्यस्तै दिवसलाई लक्षित गरी जिल्ला सदरमुकाम स्थित सरकारी कार्यालय तथा निजी घर संघसंस्था परिसर भित्र सरसफाईका लागी अनुरोध गरिएको छ भने नगर क्षेत्रभित्र सार्वजनिक स्थान र सडकहरुमा समेत बिशेष सरसफाईका लागि कपिलवस्तु नगरपालिकालाई अनुरोध गरेको छ । त्यस्तै संविधान दिवसलाई लक्षित गरी जिललामा खेलकुद कार्यक्रमको पनि आयोजना गरिएको छ । असोज २ गते बुद्ध पदम मा.वि. तौलिहवाको प्राङगणमा म्युजिकल चियर प्रतियोगिताको आयोजन गरिएको छ । उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख ज्युहरु शैक्षिक संघ संस्थाका प्रमुखहरुलाई सहभागी गराईने र उक्त प्रतियोगितमा प्रथम हुनेलाई रु ३०००। द्धितीयलाई रु २००० र तृतियलाई रु १५०० पुरस्कार उपलब्ध गराउने साथै घैटो फुटाउने प्रतियोगिता अन्तरगत जिल्ला समन्वय समितिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधिहरु र कपिलबस्तु नगरपालिका सदस्यहरुलाई सहभागी गराईने र उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३००० पुरस्कार उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । समन्वय समितिले संविधान दिवसको मुल कार्यक्रमको खर्च व्यवस्थापनको लागि लिडो नेपाल लाई अनुरोध गर्ने समेत जनाएको छ । संविधान दिवस आयोजना मुल समारोह समितिमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालकोे अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, जि.स.स.उप प्रमुख, जिल्ला समन्वय अधिकारी, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख÷उप प्रमुख, जिल्ला स्थित राजनैतिक दलका प्रमुख÷प्रतिनिधि, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, क्याम्पस प्रमुख, नेपाल बार एसोसिएसन, गैर सरकारी संस्था महासंघ, उद्योग बाणिज्य संघ, निर्माण ब्यवसायी संघ, नेपाल पत्रकार महासंघ, नागरिक समाज, शैक्षिक संस्थाका प्रमुखहरु, अन्र्तपार्टी महिला सञ्जाल, खेलकुद विकास समिति, निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन, मदरसा संघ नेपाल सहितको समिति गठन पनि गरिने भएको छ ।

७ दिन देखी हराएकी युवतीको माइती नेपाल द्वारा उद्वार

७ दिन देखी हराएकी युवतीको माइती नेपाल द्वारा उद्वार

कपिलवस्तु बाणगंगा – ९ भलवाड बाट ७ दिन देखि हराएकी १६ वर्षीय युवती बसन्ता बन्जाडे चितवन क्षेत्रमा सकुशल भेटिएकी छिन !

भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क बिहीन भएपछि घरपरिवारमा चिन्ता छाएको थियो ! केही दिन पहिले स्थानीय महिलाले उनलाई मोटरसाइकलमा बसालेर लगेको भन्ने खबर आएको थियो ! पारिवारिक श्रोतका अनुसार चितवन प्रहरी र माइती नेपालको सहयोगमा हराएकी युवतीको उद्वार गरिएको छ !

बसन्ता बन्जाडेलाइ  अहिले चितवन बाट कपिलवस्तु ल्याउँदै गरिएको पारिवारिक श्रोतले जनाएको छ !

#दिउसो प्रकाशित समाचारलाई सम्पादन गरिएको छ