आखिर कस्तो हुन्छ त टेन टु फाइभ को सुटिङ स्पट मा !! (तस्बीर सँगै )

नेपाल कै पहिलो HD च्यानल AP-1 बाट हरेक आइतबार प्रसारण हुने बिशुद्द हास्यास्पद टेलिचलचित्र टेन टु फाइभ ले एकाउन्न स्वर्णिम एपिसोड पुरा गरेको छ !!

राजनीति व्यंग्य, समय सापेक्ष घटनाक्रम लाइ व्यंग्यात्मक सैलिबाट बडो मिठासपुर्ण ढङ्गबाट प्रस्तुत गरिन्छ ! कार्यक्रम को डाइरेक्सन मा निर्मल शर्मा र कमल कान्त मैनाली हुनुहुन्छ !

कार्यक्रम को Co -ordinator – रजनी केसि ले गर्नुहुन्छ !

लेखक : कमल मैनाली को रहेको यो कार्यक्रम मा सान्तिप्रिय को साङ्गितिक सब्दलाइ जेम्स प्रधान ले आवाज भरेर ब्याकराउण्ड गित मिठ्ठो बनेको छ ! कार्यक्रम को एडिटिङ मधु सन्जेल ले गर्नुहुन्छ !

– अफिस अफिस चाहर्दैमा दिन एसै बित्छ ! लोकतन्त्र कि ठोकतन्त्र कसले कस्को सुन्छ !!

कार्यक्रम मा अफिसियल कमेडी तर्फ

– निर्मल शर्मा ,

कमल कान्त मैनाली ,

मुकुन्द मैनाली ,

केशव भट्टराई ,

रबि शर्मा ” घाटो”

रजनी के सि,

शिबहरी आचार्य ,

राजनीति तर्फ – 

घनश्याम गौतम ” प्रचण्ड ”

– गोपाल ढकाल ” देउवा ”

– सुरेश तिमिल्सिना ” ओलि ” को भुमिका मा देखिन्छन् !

अनि कार्यक्रम लाइ समग्रमा राम्रो बनाउन बिभिन्न भुमिकामा खेल्ने अन्य पात्र हरु पनि हुनुहुन्छ ! – गणेश मुनाल – सुबाश गजुरेल – कृष्ण ढुंगाना – बिन्दा खतिवडा – शिव शंकर रिजाल – डाक्टर राम हरि सुबेदी – रामेस्वर के सि – प्रेम पाण्डे ” मनको साथी” – प्रमोद पौडेल – अनुगमन मन्त्री – रितु भन्डारी – स्वानिका बास्तोला – प्रमिला कार्की – बिस्व घिमिरे – स्मारिका खनाल – मनोज खड्का लगाएत थुप्रै नयाँ पुराना कलाकार हरुको बेजोड प्रस्तुति ले कार्यक्रम अझै रमाइलो बनेको छ !

कार्यक्रम लाइ सुसज्जित बनाउन श्रृङ्गार तर्फ – अन्जु पण्डित – एलिजा सिलवाल – सुसिला अधिकारी

क्यामरा मा – रितिक सिंह ठकुरी – जिबन भण्डारी लगाएत हुनुहुन्छ !

समग्रमा सुटिङ अबधि मा एहा सधै खुसी साटिन्छ ! आत्मियता बाढिन्छ ! रमाइलो गर्दै फोटो आदानप्रदान गरिन्छ ! कसैले कसैलाई प्रत्यक्ष असर पर्ने कुनै काम हुदैनन् ! नितान्त घर जस्तै महसुस हुन्छ टेन टु फाइभ को सुटिङ स्पट , सबैले सबैलाई दाजुभाइ दिदिबहिनी सर म्याडम सम्बोधन गरिन्छ !

कार्यक्रम अबधिमा हुने खाजा खाना को बेलामा त एउटा संयुक्त परिवार मा बसेर रमाइलो मानिरहेको कुनै पर्ब जस्तै लाग्छ ! आफुभन्दा अग्रज को सम्मान , अनि जुनियर लाइ आत्मीय माया सिक्न लायक देखिन्छ ! सुटिङ स्पट मा !

अझै हजारौं सुखद प्रस्तुति को सुभकामना हास्य टेलि चलचित्र टेन टु फाइभ लाइ !! हाम्रो अनलाइन वैखरी.कम को मझेरी बाट !!

तेस्रो जिल्ला स्तरीय सेभेन ए साइड कप सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नः जितपुरमा रहेको बुद्ध रगंशालामा तेस्रो जिल्ला स्तरीय सेभेन ए साइड रनिङ्ग कप सुरु भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भएको खेलकुदमा आयोजक सहित गरि २० वटा समुहको सहभागिता रहेको छ ।

उद्यघाटन कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उपमेयर चक्र अर्याल, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगर, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ सामाजिक बिकास सस्थाका अध्यक्ष तेज प्रसाद आर्चाय, निवर्तमान अध्यक्ष पदम सेन, वेलफेयरका अध्यक्ष राज कुमार खाण, महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) क्षेत्री, युवा समाजसेवि तिलक थापा, सुरेन्द्र सेन लगायतले आआफनो धारणा राखेका थिए । शुक्रबार भएको पहिलो खेलमा दर्पण युवा क्लव राजपुरले शान्ती समाज युवा क्लवलाई ४÷३ ले हराएको छ । यसबिच शनिबार कानुङ्ग युवा क्लव सोनपुर र जयनगर स्टार क्लवबिच पहिलो र उदय युवा क्लव ढोडेकोल र बैजलपुर युवा क्लवबिच खेल हुने आयोजकले जनाएको छ ।

सटफुटमा कपिलवस्तुलाई स्वर्ण पदक

काठमाण्डौ जारी प्रथम उपराष्ट्रपति कपमा कपिलवस्तुका तुल्सीराम थारुले सटफुटमा स्वर्ण पदक ल्याएका छन । देशभरबाट छनोट भएका खेलाडीहरुलाई पछाडी पार्दै कपिलवस्तु स्थित जग्दीशपुरका थारुले स्वर्ण पदक ल्याएका छन । उनले सटफुटमा १२.९३ फुट टाढा प्mयाक्दै स्वर्ण पदक ल्याएका हुन । दुई सय मिटर दौड तर्फ भने उनले कास्य पदक ल्याएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए । प्रथम उपराष्ट्रपति कपमा कपिलवस्तुबाट ४ खेलमा सहभागी हुन जिल्लाका ८ खेलाडी काठमाण्डौमा रहेको अध्यक्ष मगरले जानकारी दिए ।

अवैध सामान छाडेर तस्कर फरार

कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट ३० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। १२३ बोरा कालो मरिचसहित ३० लाख ८२ हजार ८८० रुपैयाँ बराबरको भारतबाट भन्सार छली ल्याउँदै गरेको र नेपालबाट भारततर्फ लैजादै गरेको सामान बरामद गरिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए। प्रहरीले कपिलवस्तुको मर्यादपुर, कृष्णनगर, रंगपुरलगायत ठाउँबाट उक्त परिमाणको अवैध सामान बरामद गरेको बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरेका समान सार्वजनिक गरेको छ।  प्रहरीले २२ लाख ६० हजार ५०० बराबरको कालो मरिच, १२२ कार्टुन स्याउ, ५२ पेटी क्लोज अप, सहारा चुरोट दुई पेटी, भोला ११ बोरा, फ्रेन लवली तीन पेटी, खुकुरी चुरोट ३६ पेटी, नुन दुई बोरा, बिस्कुट १२ पोका, सेमई (मिठाई) २८ के.जी , छोडा पाँच केजी, नरिवल पाँच् केजी, कम्मल १० थान, चिनीलगायतका मालसामान बरामद गरेको छ। जिल्ला सिमावर्ती क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले अबैध मालसमान नियन्त्रणमा लिएको हो। सिमावर्ती क्षेत्रबाट विनाभन्सार ल्याउदै गरेको अवैध मालसमान प्रहरीलाई देखेपछि छाडेर तस्करहरु भागेका प्रहरीले जनाएको छ। बरामद सामान कृष्णनगर भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरिक्षक यादवले बताए।  दुई दिनको अन्तरालमा ६३ वटा अबैध रुपमा भित्र्याइएका गोरूसमेत प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि गोरू तस्करी नरोकिएको भन्ने ब्यापक जनआवाज उठेपछि प्रहरीले गोरू तस्करी नियन्त्रणमा कडाई गरेको छ। प्रहरीले विशेष कडाई र निगा्रनी गरेपछि केहि समय यता गोरु तस्करी रोकिएको प्रहरीको दाबी छ। प्रहरीले ४ दिन यता मात्र तस्करी गरी नेपाल भित्राउन लागिएका ५६ वटा गोरू पक्राउ गरी भन्सार चलान गरेको छ। गोरूको मूल्य ५ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। गत जेठ ७ गते कृष्णनगर–१ मडाहामा २२ वटा, सिसिंहवामा २१ वटा तथा गत जेठ ८ गते यशोधरा गाउपालिका– ७ सोमडिहमा १३ वटा गोरू पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरू तस्करहरूले भन्सार, पुश क्वारेन्टाइन, भन्सारका कर्मचारी, प्रहरी, पशु हाजबजारका मान्छेलाई मिलाएर निर्वाध गोरू तस्कारी गर्दै आएका थिए। प्रजिअ मदन भुजेलले कडा निर्देशन दिएपछि १० दिनअघि सरुवा भई कपिलबस्तु आएका प्रहरी उपरीक्षक मनोज कुमार यादवले गोरू तस्कारी रोकेका हुन्।  प्रजिअ भुजेलले कृषि प्रयोजन बाहेक अब जिल्ला बाहिर गोरू लैजान नदिने बताए। प्रहरी उपरीक्षक यादवले गोरू तस्करी मात्र नभै सबैखाले तस्करी रोक्ने बताए। ‘सबै खाले तस्करीलाइ शून्यमा झार्छौँ’ उनले भने ‘ तस्करी रोक्न नाकाहरुमा विशेष निग्रानी गरेका छौँ।’

शान्ती सृजना युवा नेपाल क्लवद्धारा प्रतिक्षालय निमार्ण

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ मा रहेको शान्ती सृजना युवा नेपाल क्लवले प्रतिक्षालय निमार्ण गरेको छ । घेरुवा बनगाईको पश्चिम तथा उत्तर तर्फ सडकको निकै छेउमा रहेका दुवै पैतिक्षालयलाई भत्काएर सडक भन्दा टाढा उपयुतm ठाउमा क्लवले नया प्रतिक्षालय निमार्ण गरेको हो । करिव ३ लाख बढि खर्चमा मोवाइल चार्ज गर्न मिल्ने गरि प्रतिक्षालय बनाइएको क्लवका अध्यक्ष तथा युवा समाजसेवि दिपक केसिले बताए । क्लवले बिकास निमार्णका कार्यमा बिशेष ध्यान दिएको बताउदै अध्यक्ष केसिले सिसिटिभि जडान पछि प्रतिक्षालय ब्यवस्थापन आवश्यक मानेर योकाम गरेको उनले बताए । यस अघिका प्रतिक्षालय सडक छेउमै रहेकाले सडक साघुरो हुनुका साथै सडक दुर्घटनामा बढि नहोस भन्नका लागी ती प्रतिक्षालय भत्काएर सुविधायुतm नया प्रतिक्षालय निमार्ण गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष अशोक वाग्लेले बताए । युवाहरुको सक्रियतामा बनगाई क्षेत्रमा बिकासका गतिविधि बढ्न थालेपछि यहाँ स्थानिय समेत खुशी भएका छन ।

 

अमेरिका र उत्तर कोरियाबीचको वार्ता स्थगित

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरिएको बताएका छन् ।

किमलाई बिहिबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरिएको जानकारी गराएका हुन् ।

उत्तर कोरियाको प्रशासनले अमेरिकासँग शत्रुतापूर्ण व्यवहार नत्यागेकाले शिखर वार्ता स्थगित गर्नु परेको ट्रम्पले पत्रमा उल्लेख गरेका छन् ।

“दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरुका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु,” ट्रम्पले पठाएको पत्रमा लेखिएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गरेपछि उत्तर कोरियाले पेन्सलाई ‘अज्ञानी र मुर्ख’को संज्ञा दिएको थियो ।

ट्रम्पको पत्र उत्तर कोरियाको यसै भनाईपछि आएको हो ।

मदन भण्डारी लोकमार्गले रिडी र तम्घासको भविश्य चक्काउँदै

स्थानिय तहको निर्वाचनसँगै मानिसहरुको चहलपहल घट्दै जाना थालेपछि सदरमुकाम तम्घासको व्यापार व्यवसाय घट्दै गएको थियो ।

यहाँको जग्गा कारोबार समेत न्यून हुँदै र  यहाँको बेचेर घडेरी खोज्न बुटवलतिर  मानिसहरु जान थालेका बेला हालै नेकपाको सरकारले निर्माण गर्न लागेको मदन भण्डार लोकमार्गले सदरमुकाम तम्घास, रिडी बजार र सिमलटारीको वजारको भविश्य  उज्वल पार्ने निश्चित भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सरकारले स्व. नेता  मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारेपछि यहाँका बजारको भविश्य उज्वल हुने भएको हो  ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पूर्वमा झापाको शान्तिनगरदेखि पश्चिममा डडेलधुराको रूपाल (महाकाली नदी)  सम्म मदन भण्डारी लोकमार्ग बनाउने निर्णय गरेको छ  ।

यसको लम्बाइ १ हजार २ सय किलोमिटर हुने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

चौथो पूर्व–पश्चिम लोकमार्ग चुरे र भित्री मधेसमा पर्ने झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ ।

यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ ।

पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो । निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमि लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्ग २५ वर्षदेखि सञ्चालनमा छ ।

झापादेखि कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्ग निर्माण धीमा गतिमा भइरहेको छ ।

झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमि लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशत हाराहारी मात्र सकिएको छ । करिब ८० प्रतिशत ठाउँमा ट्रयाक खोल्नै बाँकी छ ।

२०५० मा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखर नेपाल भ्रमणमा आउँदा भारतले हुलाकी लोकमार्ग बनाइदिने घोषणा गरेको थियो । भारतीय सहयोग पर्याप्त नआउँदा निर्माणले गति लिन सकेको छैन । अघिल्लो वर्षदेखि सरकारले आफ्नै खर्चमा निर्माणलाई गति दिने निर्णय गरे पनि काम अघि बढेको छैन ।

तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य सकिनै लागेको छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ ।

पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ७ सय ७६ किमि छ । ट्रयाक खुलेपछि सडकको रेखांकन सोझ्याएर १ हजार ३ सय किमिमा छोट्टयाउने योजना मन्त्रालयको छ ।

चौथो मदन भण्डारी पूर्व–पश्चिम लोकमार्गमा पर्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा खण्डमा खोलिएको ट्रयाक यातायात सञ्चालन हुन सक्ने अवस्थामा छ ।

यो खण्डको लम्बाइ ३ सय ८० किमि छ । मधेस आन्दोलनका बेला महेन्द्र लोकमार्ग बन्द हुँदा तराईका यात्रु र मालवाहक गाडी यो खण्डको धरान–चतरा हुुँदै हेटौंडा र राजधानी आउने तथा राजधानी–हेटौंडा हुँदै धरानसम्म जाने गरेका थिए ।

कालोपत्रे र पुल निर्माण सुरु भइसकेको यस खण्डमा सरकारले एक वर्षअघि नै करिब १२ अर्ब रुपैयाँमा चारवटा ठेक्का सम्झौता गरी काम अघि बढाएको छ ।

बाँकी खण्डको भने अध्ययन र सडकको एलाइन्मेन्ट (रेखांकन) गर्नै बाँकी छ । यो काम तत्काल अघि बढाइने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले दिए ।

ती अधिकारीका अनुसार कतिपय ठाउँमा निर्माण भइसकेका सडकसमेत पर्ने भएकाले लोकमार्ग निर्माण छिटो अघि बढाउन सकिनेछ ।

नीति तथा कार्यक्रममार्फत सरकारले यो लोकमार्ग निर्माण गर्ने घोषणा गरिसकेको छ । जेठ १५ मा आउने बजेटमा रकम विनियोजन गरिने जानकारीसमेत ती अधिकारीले दिए ।  लोक मार्ग संगै रेसुङ्गा विमन स्थलको अव छिट्टै परिक्षण उडान समेत हुने र नियमित उडान पश्चात तम्घासको विकासले  तिव्रगतिमा फड्को मार्ने भएको छ ।

यस कार्यलाई संघिय सरकारका दुवै मन्त्री प्रदिपकुमार ज्ञवाली र गोकर्णराज विष्टको उपहारका रुपमा गुल्मेली जनताले लिएका छन् ।

पिशाचिनी – कथा:

आजभन्दा झन्डै चवालीस–पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी थिएँ । म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ । हाम्रो तीनओटा ससाना कोठा भएको एउटा घर थियो जसमा म, मेरी आमा र दाजु कर्णवीर बस्ने गर्दथ्यौँ । एउटा कोठामा म र आमा सुत्दथ्यौँ भने सँगैको अर्को कोठामा दाजु सुत्ने गर्दथे ।

म र मेरी आमा सुत्ने कोठामा पूर्वपट्टिको भित्तामा काठको फलेक ठोकेर त्यसमा शिवपार्वतीको सानो फोटो राखिएको थियो । मेरी आमा हरेक साँझबिहान त्यस फोटोका अघि चोखो पानी, फूल राखेर दियोबत्ती बाल्ने गर्नुहुन्थ्यो । त्यतिमात्र होइन, उहाँ धुपौरोमा बलेको कोइला राखेर त्यसमा धूपको धुलो छर्कंदै सबै कोठामा डुलाउने गर्नुहुन्थ्यो ।

धूपको सुगन्धित वासना घरभरि फैलिन्थ्यो ।

मेरा दाजुले बल्लतल्ल प्रवेशिका उत्तीर्ण गरेर एउटा प्रेसमा कम्पोजिटरको जागिर खान थाल्नुभएको थियो । त्यस समयमा दस कक्षा उत्तीर्ण गरेको मानिसलाई पढेलेखेको मानिस भनेर सबैले आदर गर्दथे । एउटा दाजुको कमाइले हामीलाई राम्रैसँग खानलाउन पुग्ने भए तापनि हाम्री आमाले पहिलेदेखि आफूले गर्दै आएको ज्यालामा स्विटर बुन्ने काम छोड्नुभएको थिएन ।

मेरी एउटी दिदी पनि थिइन्, उनको विवह भएको करिब दुई वर्षजति भएको थियो । मेरी दिदीको जिउडाल र रूपरङ खुबै राम्रो थियो । उमेर पनि उनको यस्तै अठारउन्नाइस वर्षको हुँदो हो । कहिलेकाहीँ दिदी माइत बस्न आउँदा उहाँ भिनाजुको विषयमा अनेक थरीका कुरा सुनाएर मलाई चकित पार्ने गर्नुहुन्थ्यो ।

“तेरो भिनाजु मलाई असाध्यै माया गर्नुहुन्छ, मसँग एकछिन पनि छुट्टिन मन गर्नुहुन्न । बिहेअघि त मलाई अर्काको घरमा चिन्दै नचिनेको मानिससँग कसरी जीवन बिताउन सकुँला भनेर असाध्यै पीर लाग्दथ्यो तर अहिले मैले तेरो भिनाजुको माया पाएर आफूलाई समेत बिर्सेकी छु ।”

दिदीले भिनाजुको विषयमा कुरा गर्दा उहाँका गाला राता हुन्थे र उहाँको अनुहार नै उज्यालो हुने गर्दथ्यो ।

“दिदी, तपाईंलाई कसरी थाहा भयो भिनाजुले तपाईंलाई धेरै माया गर्नुहुन्छ भनेर ?’ म जिज्ञासा राख्दथेँ ।

“धत् लाटी ! कस्तो कुरो सोधेकी ? ल ल, भोलिपर्सि तँ पनि ठूली भएर बिहे भएपछि थाहा पाउलिस् नि पोइले आफूलाई माया गरेको कुरो कसरी थाहा पाइन्छ भनेर ।” दिदी मतिर हेरेर हाँस्दै भन्ने गर्नुहुन्थ्यो ।

भन्छन्, ‘मानिसको जीवनमा दुःखको पहाड खस्नु छ भने कुनै पूर्वसंकेत नदिएर पनि खस्न सक्दछ जसले गर्दा मानिसको जीवन तहसनहस हुन्छ ।’

मेरी दिदीको जीवनमा पनि त्यस्तै भएको थियो । भिनाजु असमयमै बित्नुभएको थियो ।

भिनाजुको असामयिक मृत्युको कारणले मेरी दिदीको जीवनमा अकल्पनीय आँधीबेरी आएको थियो ।

जवान पतिको असामयिक मृत्युले गर्दा मेरी दिदी विक्षिप्तजस्ती भएकी थिइन् ।

भिनाजुको मृत्युपश्चात् उनका सासूससुराले उनलाई ‘पोइटोकुई’ भनेर घरबाट निकालिदिएका थिए । त्यसैकारण दिदी माइतमा आएर हामीसँगै बस्न लागेकी थिइन् ।

दिदीको श्रृङ्गारविहीन रूप र उनका उदास आँखा देखेर हाम्री आमा र दाजुलाई मात्र होइन, मलाईसमेत साह्रै नै नराम्रो लाग्दथ्यो ।

दिदीको अवस्था देखेर आमा रोएको बेला आमालाई सान्त्वना दिँदै दाजु भन्ने गर्नुहुन्थ्यो, “आमा ! तपाईं किन पीर गर्नुहुन्छ ? मेरी बहिनीलाई म जीवनभरि मसँगै राख्नेछु । उसलाई कुनै प्रकारको दुःख हुन दिनेछैनँ ।”

मेरी दिदी माइत बस्न लागेको करिब दुई वर्षजति भएको थियो । घरमा दाजुको बिहेको कुरो चल्न लागेको थियो ।

दाजुलाई केटी रोजाएपछि आमाले भन्नुभएको थियो, “म त बुहारी भित्र्याएपछि घरमा उपरखुट्टी लाएर बस्नेछु ।”

दाजुको बिहे साधारण किसिमले भएको थियो तापनि मलाई भने बिहेको चहलपहल निकै रमाइलो लागेको थियो ।

मलाई अझ पनि प्रस्टसँग सम्झना छ— दाजुले बिहे गरेर दुलही भित्र्याएको राति करिब आधीरातमा एक्कासि मेरी दिदी रुने, चिच्याउने, छट्पटाउने र डग्डग काम्ने गरेकी थिइन् ।

दाह्रा किट्दै राता बल्ढ्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्डग कामिरहेकी दिदीतिर हेरेर “दिदीलाई के भएको हो आमा ?” भनी मैले सोधेकी थिएँ ।

“खोइ के भएको हो कुन्नि । भुत लागेको जस्तो छ । बिजुवालाई डाकेर देखाउनुपर्छ अनि मात्र थाहा हुन्छ ।” आमाले भन्नुभएको थियो । दाजु साथी लिएर अर्को गाउँमा गई बिजुवालाई लिएर आएका थिए । बिजुवासँगै उसको एउटो चेलो पनि आएको थियो ।

त्यो बिजुवा बलिष्ठ शरीर भएको एउटा अधबैँसे मानिस थियो ।

बिजुवाले आउनेबित्तिकै दिदीको नाडी छामेको थियो ।

बिजुवाले दिदीको नाडी समाउनासाथ दिदी आँखा चिम्म पारी अघिपछि गर्दै झुम्न लागेकी थिइन् ।

“अहो ! मैयाँलाई त पिशाचिनीले छोएकोजस्तो छ । खै, अक्षता र धूप दिनुहोस् । अँ, एउटा अम्खोरामा चोखो पानी पनि ल्याउनुहोस् ।” बिजुवाले मेरी आमालाई अह्राएको थियो ।

त्यसपछि बिजुवाले केके मन्त्र जप्दै अक्षताले दिदीको शरीरमा हान्न थाल्यो । बेलाबेलामा उसले अँजुलीभरि पानी लिएर दिदीको शरीरमा छर्किने काम पनि गर्न थाल्यो ।

बिजुवा जतिजति चामल र पानी दिदीको शरीरमा छर्किन्थ्यो, उतिउति दिदी अझ बढी वेगसँग काम्ने गरेकी थिइन् ।

“हुँ… हुँ… मलाई अझ चिनेको छैनस्, म पिशाचिनी हुँ, पिशाचिनी । मैले यो केटीको शरीरमा प्रवेश गरिसकेकी छु । यसर्थ मलाई भगाउने प्रयास गर्नु व्यर्थ छ, बरु मलाई पूजा गरेर राख् । मलाई सन्तुष्ट पार् । मेरो कुरो मानिनस् भने म यो घरको सबै प्राणीको रगत चुसेर मार्नेछु … हुँ… हुँ… ।”

आँखा चिम्म गरेर अघिपछि झुम्दै गरेकी मेरी दिदीको मुखबाट बरबराहट निस्केको थियो ।

त्यसपछि त्यो आधीरातमा गाउँबाट कालो कुखुरो खोजेर ल्याई त्यसलाई काटेपछि त्यसको रगतमा चामल मुछेर दिदीको शरीरमा जताततै छर्किंदै मन्त्र पढ्यो बिजुवाले ।

त्यसपछिका दिनहरूमा पनि दिदीको अवस्था बल्झिरह्यो । प्रायः आधीरातमा दिदी काम्ने र चिच्याउने गर्दा आमाले त्यही बिजुवालाई डाक्न पठाउने गर्नुहुन्थ्यो । हामी आमा त्यो बिजुवा आएपछि उही कुखुरो काट्ने, अक्षता छर्ने, थाल ठटाउने काम हुन्थ्यो ।

कहिलेकाहीँ त त्यस्तो बलिष्ठ शरीर भएको बिजुवालाई समेत दिदीलाई नियन्त्रणमा ल्याउन धौधौ पर्दथ्यो, कारण बिजुवाले दिदीको नाडी समाउनासाथ उहाँ बिजुवामाथि झम्टिन पुग्नुहुन्थ्यो र कहिलेकाहीँ त उसको हात समातेर आफ्नो मुखमा लगी टोक्ने प्रयास पनि गर्नुहुन्थ्यो ।

यो क्रम लामै समयसम्म चल्यो । यसबाट दाइलाई पनि दिक्क लाग्न थालेको थियो ।

पछिपछि त दाइलाई उठाउन खोज्दा उहाँ ढोका खोलेर झर्किंदै “सधैँभरिको के चाला हो यस्तो ! राम्रोसँग निदाउन पनि नपाइने” भन्न लाग्नुभएको थियो ।

एक रात दिदीलाई त्यस्तै रोगले च्याप्दा म र आमाले उहाँलाई सम्हाल्न सकेनौँ र दाइभाउजू सुतेको कोठाको दैलो निकै बेरसम्म ढक्ढक्याएपछि बल्ल ढोका खोलेका थिए दाइले ।

“यहाँ बहिनी भने पिशाचिनीले अँठ्याएर छट्पटिइरहेकी छ, तिमीहरूचाहिँ सुनेर पनि नसुनेको झैँ गरी दैलो थुनेर बस्ने ?” भनेर आमाले दाइभाउजूलाई निकै झपार्नुभएको थियो ।

“यो सधैँभरिको के नाटक हो कुन्नि” एकदिन त दिदीलाई बिजुवाले मन्त्रतन्त्र गर्दै गरेको बेला भाउजूको मुखबाट अनायासै कुरो फुस्केको थियो ।

“मेरै छोरीलाई बिरामी परेको बेला तैँले नाटक गरेकी हो भन्ने ठानेकी रहिछेस् । लाज पचेकी राँड ! तँलाई लोग्ने भए पुग्ने रहेछ । तैँले यो घरमा पाइला टेकेकै दिनबाट मेरी छोरीको यो दुर्गति भएको छ । अलच्छिनी !” भाउजूलाई निकै रिसाएर गाली गर्नुभएको थियो मेरी आमाले ।

आमाले गाली गरेको भोलिपल्टै भाउजू माइत गएर बस्नुभएको थियो ।

भाउजू माइत गएपछि दाजु पनि कुनै न कुनै निहुँ पारेर आफ्नो ससुरालीतिर गई रात बिताउन थाल्नुभएको थियो ।

एक रातको कुरो हो । दिदी पहिलेपहिलेझैँ जगल्टा फिँजाएर बल्ढ्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्डग कामिरहेका बेला त्यस बिजुवाले दिदीको दुवै कुममा आफ्नो दुवै हातले समातेर उहाँलाई थुम्थुम्याउने प्रयास गरिरहेको थियो । त्यत्तिकैमा दिदीले काम्दै भन्नुभएको थियो “ल, रातो अक्षता लिएर मेरो ढाड माडिदे ! ढाड माडिदे… ! हुँ… हुँ… हुँ… !”

त्यसपछि त्यस बिजुवाले पछिल्तिरबाट दिदीको चोलो अलिक माथि सारेर अक्षताले दिदीको ढाड माडिदिन लागेको थियो ।

“हे परमेश्वर ! हामीले केही गल्ती गरेका छौँ भने हामीलाई अज्ञानी सम्झेर माफ गरिदिनुहोस् र यो केटीको शरीरबाट निस्केर अन्तै गएर विलीन हुनुहोस्, बिन्ती छ ।” दिदीको ढाडमा रातो अक्षता दल्दै बिजुवाले भनेको थियो ।

“हा.. हाहा… ! हा.. हाहा… !!” बिजुवाको कुरो सुनेर दिदी अट्टहास गर्दै हाँसेकी थिइन् ।

कहिलेकाहीँ ता दिदी काम्दाकाम्दै दाँत बाँधेर भुर्ईंमा लडीबुडी गर्न लाग्नुहुन्थ्यो । त्यस्तो बेला बिजुवाले आफ्ना औँलाले दिदीको मुख खोल्ने प्रयास गर्दथ्यो । मलाई त कतै दिदीले बिजुवाको औँलो टोकिदिने हो कि भनेर डर लाग्दथ्यो तर अचम्म ! उनले बिजुवाको औँलो कहिल्यै पनि टोकिनन् ।

पहिलेपहिले म दिदीले अनौठो क्रियाकलाप गर्दा राति अबेरसम्म चकित भएर उनलाई हेर्ने गर्दथेँ तर पछिपछि मलाई दिदीको रुवाइ, छटपटी र अन्य क्रियाकलापमा चाख लाग्न छोडेको हुनाले घरमा जस्तोसुकै होहल्ला भए तापनि मस्तसँग निदाउन थालेँ ।

कुनैकुनै दिन म बिहान उठ्दा त्यो बिजुवालाई भान्साकोठामा भएको सानो खटियामा सुतिराखेको देख्दथेँ ।

“के गर्ने, हिजो राति तेरी दिदीले आधीरात बित्दासम्म बेस्सरी दुःख पाई । बिजुवा नानी नभएको भए मलाई साह्रै पर्ने थियो । धन्य बेलाबेला यसो सोध्न आउँछन् र मात्रै, नत्र घरमा तेरो दाजु पनि नभएको बेला मेरो के गति हुने थियो । त्यसै कारण ‘राति यतै सुते हुन्छ । भोलि बिहानै जानू’ भनेर राखेकी हुँ मैले ।” बिजुवाको विषयमा भन्नुहुन्थ्यो अमा ।

बिजुवाले दिदीको उपचार गर्न थालेपछि बिस्तारैबिस्तारै मेरी दिदीको स्वभावमा परिवर्तन आउन थालेको थियो ।

उनी पहिलेजस्तै हाँसेर बोल्ने, एक्ली हुँदा गुन्गुनाउने र कोरीबाटी गरेर सफासुग्घर बस्न थालेकी थिइन् । पकाइतुल्याइ गर्नमा पनि दिदीको रुचि बढ्न थालेको थियो ।

“अबदेखि त्यस बिजुवालाई म मेरो घरमा खुट्टा राख्नै दिन्नँ । दुनियाँले नानाथरीका कुरा गर्न लागिसकेका छन् । तपाईं भने आँखा बन्द गरेर बस्नुहुन्छ ।” एकदिन अचानक दाजु घरमा आएर आमासँग कराउँदै भनेका थिए ।

“यो कस्तो कुरो गर्दै छस् बाबु ! उसले त तेरी बहिनीलाई जीवनदान दिएको छ । अरूको कुरो सुनेर यसरी बिनासित्तिमा रिसाउनु हुन्छ ?” दाजुको कुरो सुनेपछि आमाले दाजुसँग भन्नुभएको थियो ।

“त्यो सब म केही जान्दिनँ । त्यो नआएर मेरी बहिनी मर्छे भने मरोस् तर म त्यसलाई मेरो घरमा पाइला राख्न पनि दिन्नँ ।” दाजुले दृढ स्वरमा भनेका थिए ।

“आफूहरू लोग्नेस्वास्नी सल्लाह गरेर मलाई यस घरबाट निकाल्न खोजेका होलान् नि … ।”

दाजुले आमासँग भनेको कुरो मैले दिदीलाई सुनाउँदा उनले भनेकी थिइन् तर केही समयको अन्तरालमा नै एकरात मेरी दिदी कसैलाई थाहा नदिई घर छोडेर हिँडिन् ।

“मलाई त पहिल्यै थाहा थियो त्यसलाई पिशाचिनी लागेको होइन, बैँस लागको हो भनेर ।” दिदी त्यही बिजुवासँगै बस्न थालेपछि भाउजूले आफ्नो प्रतिक्रिया जनाइन् ।

“मेरी छोरी सबैको हेला भएकी हुनाले त्यस्तो मोरो अशिक्षित बुढोसँग बस्न बाध्य भएकी हो ।” आमाले चित्तमा गाँठो पारेर भन्नुभएको थियो ।

“तिम्री दिदीको शरीरबाट मन्त्रको बलले पिशाचिनी भगाउन त सफल भएँ तर तिम्री दिदीले नै आफू पिशाचिनी भएर मलाई आफ्नो प्रेमजालमा फँसाइन् । अब त म जीवनपर्यन्त यो जालबाट उम्कन सक्दिनँ ।” केही महिनापछि म दिदीलाई भेट्न उनको घरमा जाँदा बिजुवाभिनाजुले हाँस्दै मतिर हेरेर भनेका थिए ।

नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

संस्मरण

 

२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट पुगिसकेको हुन्छु । वाह ! क्या जुहारी खुलेको स्वर । मूलाधारदेखि प्रवाहित स्वरको चमत्कार सुन्दा लाग्थ्यो– भित्र षड्ज साधना चलिरहेछ । म यन्त्रवत् डोरिएर उनको सामु पुग्छु । मेरो उपस्थितिको आभास पाएर हार्मोनियममा चलायमान औंलाहरुसंगै त्यो प्रभावशाली गम्भीर स्वरमा विराम लाग्छ र जिज्ञासु नजरहरु म तर्फ फर्कन्छन् । म अभिवादन गरेर आफ्नो परिचय दिन्छु र मैले सम्पादन गरेको ‘मधुमास’ साहित्यिक पत्रिकाका केही अङ्कहरु उनलाई उपहार दिन्छु । साथै मैले रचना गरेको गीत सबै बेहोसी नशा पिएरु लाई संङ्गीतवध्द गरी गाइदिनका लागि अनुरोध गर्दै उक्त गीत डायरीबाट सारेर उनलाई दिन्छु ।

यसरी भएको थियो उनी अर्थात यस संस्मरणका नायक भक्तराजसँग मेरो पहिलो भेट । त्यो पहिलो भेट मै म उनीसँग प्रभावित भइसकेको थिएँ । श्यामवर्णको झट्ट हेर्दा सामान्य नेपालीको कद भन्दा केही अग्लो भान हुने । पूर्ण आत्माविश्वास र दृढता झल्किरहेको अनुहार । उनको शारीरिक बनावटमा जुन दृढता झल्कन्थ्यो, उनीसँगको बार्तालाप पश्चात लाग्यो–आन्तरिक रुपमा पनि उनी त्यत्तिकै दृढ छन् । आफ्ना विचार र मान्यतालाई बिना लोलोपोतो स्पष्ट रुपमा राख्ने खरो स्वभावका भक्तराज मेरो मन मस्तिष्कमा पहिलो भेटदेखि नै अमिट रुपमा रहन पुगे ।

मेरो गीत ‘सबै बेहोसी नशा पिएर’  रेडियो नेपालमा रिकर्ड भएको आज पच्चीस वर्ष पुगेकोछ । पच्चीस वर्ष अर्थात नेपालीहरुको सरदर आयुका आधारमा झन्डै आधा जीवनको कालखण्डमा कैयन् परिवर्तनहरु भए । पप,–याप, रिमिक्स जस्ता विविध शैली तथा प्रयोगहरु भए नेपाली सङगीतमा । तर भक्तराजले गाएको यो गीतको शैली तथा उनको गायकीले जुनसुकै नव शैलीका गायक, सङगीतकार तथा श्रोतालाई पनि उत्तिकै आनन्द प्रदान गरिरहेको छ । २०३९ आश्विनमा रिकर्ड भएको यो गीत रेडियोमा प्रसारण हुन लामो समय लागेको थियो । रिकर्ड भएको करिब तीन महिना पश्चात पुष महिनाको कुनै गोधुलिको बेला थियो, जब मैले यो रेकर्डड गीत रेडियो नेपालबाट पहिलो पटक बज्दै गरेको सुनें–गोरखाको मनकामना स्थित एउटा लजमा बसेर । गीत सुनेर म अत्यन्त रोमाञ्चित भएको थिए । त्यो मेरो जीवनको अविस्मरणीय आनन्दको क्षण थियो । म अब कवि र कथाकारमात्र नभै एउटा गीतकारको रुपमा पनि स्थापित भए । मेरो गीतका भाव अनुरुप मेरा अनुभूतिहरुलाई हुबहु फिलिङ्ग्समा उतारेर मेरा सर्वाधिक प्रिय गायकले मेरा शब्दहरुमाथि न्याय गरेका थिए । रेडियोमा यति लामो समयपछि गीत प्रसारण हुनका पछाडि मूलतः एउटै कारण थियो भक्तराजको गायनप्रति नक्कली गायकहरुको ईष्र्या र डाहा । नक्कली शब्द म यसकारण प्रयोग गर्न चाहन्छु कि सक्कली स्रष्टाले कहिल्यै पनि अरु स्रष्टाको विरोध गर्दैन । तर नाभिदेखि प्रवाहित वजनदार र सुरिलो स्वरका धनी भक्तराजको लोकप्रियताबाट आत्तिएको एउटा गिरोह भक्तराज निरुत्साहित तुल्याउने दुष्प्रयासमा सधै लागिरहेको देखिन्थयो । भक्तराजका धेरै गीतका spool हरु बेपत्ता हुनु र उनका गीतका कार्टेजहरु नष्ट भएको पाइनुले पनि यस कुराको पुष्टि हुन्छ । उनका कतिपय गीतहरु सुन्दा उनको आवाजमा अलग अलग स्वर ध्वनित भई आवजमा एकरुपता नपाइनुले रेकर्डिस्टहरुले समेत परोक्ष रुपमा उनको सृजनालाई दबाउने कार्य गरेका हुन कि भन्ने शङका उत्पन्न हुन्छ ।

रेडियोमा गीत रेकर्ड पश्चात मूल रेकर्ड spool बाट गीत सारेर बजाइदिनका लागि पनि सोर्स चाहिन्थ्योस अन्यथा गीत एउटा कुनामा थन्किएर रहन्थ्यो । मेरो गीतमा पनि यही कुरा लागू भएको थियो । एकातिर कसैसँग नझुक्ने स्वाभिमानी स्रष्टाले यो गीत गाएका थिए भने अर्कोतिर म थिएँ अन्तर्मुखी स्वभावको नव गीतकार । अतः स्वतस्फूर्त रुपमा यो गीत बज्ने कुरै थिएन । पुरुषोत्तम पोखरेल नामका एक सहृदयी प्राविधिकले खोजतलास गरेर अत्यन्त हार्दिकताकासाथ मेरो गीत सारिदिएपछि मात्र यो गीत रेडियोमा बज्न थालेको थियो ।

माथि नै उल्लेख गरियो–भक्तराजका गीतहरुलाई सकेसम्म नष्ट गर्ने दुष्प्रयास  भइरहन्थ्यो । यस सन्दर्भमा सुभाषचन्द्र ढुङ्गेलको रचना ‘जति चोट दिन्छौ’ को मास्टर कपी नै नष्ट भएपछि भक्तराजले यो गीत दोस्रोपटक रिकर्ड गरेका थिए । यस क्रममा मेरो राष्ट्रिय गीत ‘मेचीदेखि कालीसम्म एक शक्ति हौ युवा’ पनि दुई पटक रेकर्ड भएको थियो । यो गीतलाई भक्तराज दाई कै आग्रहमा मैले २०४१–४२ सालतिर लेखेको थिए –जसमा तीनवटा अन्तराहरु थिए । तेस्रो अन्तराको अन्तिम पङक्ति थियो– ‘घात गर्ने बैरीलाई महाकाल हौ युवा’ । गीत रेकर्ड हुनु अगाडि गीतको शब्द पास गराउनुपर्नेमा कहिलेकाहीँ गीत पास गर्ने अधिकारी रेडियोमा उपलब्ध नभएको र तत्काल गीत रेकर्ड गर्नुपर्ने आवस्था सिर्जना भएमा गीतको शब्द पास गर्नका लागि अधिकारीको टेवुलमा छोडि रिकर्ड गर्दै गर्ने चलन रहेछ । यो गीत रेकर्ड हुँदाहुँदै कुनै लाउकेले गीत पास गर्ने अधिकारी (नाम उल्लेख गर्न चाहन्न) लाई के कुरा लाएछ कुन्नि, तेस्रो अन्तराको ‘घात गर्ने बैरी’ भन्ने शब्दप्रति असहमति जनाई गीतको तेस्रो अन्तरालाई अधिकारीले सेन्सर गरी काटिदिएछन् । उनको लिंडे तर्क थियो– ‘नेपाललाई वहुसङ्ख्यक राष्ट्रले शान्ति क्षेत्र घोषित गरिसेको अवस्थामा नेपालको कुनै बैरी (शत्रु) नै छैन ।’  विवाद बढेपछि गीत पास गर्ने अधिकारी र भक्तराज बीच झन्डै हातहालाहालको स्थिति सिर्जना भएछ । अन्नतः त्यो गीत भक्तराजले पुनः रेकर्ड गरेछन्, जसको जानकारी मलाई पछि मात्र भएको थियो ।

 भक्तराजका बारेमा केही भ्रमहरु थिए र सायद अझै पनि हुन सक्छन् । नियोजित रुपमा सिर्जित ती भ्रमहरुमा यथार्थता बिलकुल देखिदैन । भक्तराजले बिना पैसा गीत गाउदैनन् भन्ने हल्ला चलाइएको थियो । यसमा केही हदसम्म सत्यता भेटिएला, तर त्यसको कारण अथवा पृष्ठभूमि तर्फ फर्केर हेर्दा भक्तराजको विवशता प्रस्ट रुपमा दृष्टिगोचर हुन्थ्यो । भारतीय भूमिमा आफ्ना प्रतिभाको कदर हुन सक्ने अवस्था छँदाछदै प्रवासबाट आफ्नै देशको माटो सम्झेर स्वदेश फर्केका भक्तराजले आफ्ना सङघर्षका दिनहरुमा रेडियोमा एउटा गीत गाएवापत बढीमा एक दुई सय रुपैयाँसम्म पारिश्रमिक पाउँथे । रेडियो नेपालको जागिरबाट प्राप्त रकमले दुई कलिला छोराहरुसँगै श्रीमतीको पालन पोषण सम्भव थिएन । उनी स्पष्ट शब्दमा आफ्नो अवस्था गीतकारलाई अवगत गराउँथे । उनी कसैसँग मागेर, ढाँटेर वा छलेर रकम लिदैनथे । उनको तत्कालीन अवस्थाप्रति सहानुभूति राख्ने संवेदनशील केही सम्पन्न गीतकारहरुले उनलाई आर्थिक सहयोग गरेका छन् भने त्यसलाई अन्यथा लिनु अत्यन्त दुखद कुरो हो भन्ने मलाई लाग्छ ।

भक्तराजप्रति सिर्जित अर्को भ्रम उनको दुखद दुर्घटनापछि सिर्जना भएको हो । भक्तराजसंग मैले कैयन् साँझ उनको कोठामा, बाहिर सडक–पार्कहरुमा र चिया पसलहरुमा घण्टौसम्म भलाकुसारी गरेर बिताएको छु । म सँग उनले कहिल्यै पनि ड्रिङ्क्स गर्ने इच्छा ब्यक्त गरेनन् । विशेष औपचारिक समारोहहरुमा एक दुई पेग लिनु त सभ्य समाजको चलनभित्रै पर्ने कुरा हो तर उनी  ड्रिङ्क्सको सधै विरोध गर्दथे । तर परिवन्दलाई नबुझ्नेहरु उनको दुर्घटनालाई ड्रिङ्क्ससंग लगेर जोड्ने गर्छन । यो भन्दा ठूलो विडम्बना अर्को के हुन सक्छ ?

जुन दिन भक्तराजलाई निर्घात कुटपिट गरेर घाईते बनाइयो, त्यो दिन नेपाली आधुनिक सङ्गीतको इतिहासमा एउटा कलंङ्कको दिन थियो । यस घटनादेखि नै उनको सङगीत यात्रामा बिराम लाग्न थाल्यो । एउटा विशिष्ट उचाईमा पुगेको राष्ट्रको अमूल्य प्रतिभा, स्वर र सङ्गीतका जादूगर, लाखौ लाख श्रोताहरुका प्रिय गायकको जिभ्रो काटिएपछि त झन् उनको गायन यात्रामा पूर्णविराम नै लाग्यो । उनको नियतिले नेपाली सङगीतजगतले एउटा अपूरणीय क्षति बेर्होर्नु प–यो । यो क्षति, यो खपिनसक्नुको पीडा भक्तराजको मात्र नभएर उनका परिवार, समाज र समग्र राष्ट्रकै पीडा हो ।

भक्तराजको आगमन हुँदा नेपाली सङ्गीताकाशमा नातिकाजी, बच्चुकैलाश, तारादेवी, नारायणगोपाल, माणिकरत्न, गोपाल योञ्जन, अम्वर गुरुङ्ग, अरुण लामा, योगेश वैद्य, दीप श्रेष्ठ जस्ता आधुनिक गायक तथा संङ्गीतकारहरुको उज्यालो छरिरहेको थियो । यस्तो समयमा भक्तराज आफ्नो पृथक स्वर तथा शैली लिएर  देखापरे । थोरै समयमा नै आफ्नो अलग पहिचान राख्न सफल भक्तराजका शास्त्रीय ढङ्गले साधित स्वर मन्द्र सप्तकदेखि तार सप्तकसम्म बिना अवरोध प्रवाहित हुँदै नवीन सृजनाहरु प्रस्तुत हुन थाल्यो । यस क्रममा ‘चौतारीमा राजा भेटियो’ बोलको राजावादी गीतदेखि लिएर ‘जो रामको भेष धरेर रावणको कर्तुत गर्दछु’ जस्ता विद्रोही गीत समेत उनले गाएका छन् । आधुनिक गीत होस्, राष्ट्रिय गीत होस् वा भजन हरेक विधामा उनी सशक्त देखिन्छन् । उनका समकालीनहरुमा विशिष्टता एवं लोकप्रियताका आधारमा समेत अग्रपङ्क्तिमा देखा पर्ने कलाकारहरु नारायणगोपाल र भक्तराज नै हुन् । नारायणगोपालले  गाएका गीतहरु साहित्यक पक्ष वा रचनाकारिताका दृष्टिले उत्कृष्ट देखिन्छन् भने  ुटिपिकल आवाजुका धनी भक्तराजका गीतहरुमा भने उच्चारण पक्ष समेत अत्यन्त मजबुत रहेको पाइन्छ । ‘ण’ र ‘न’  ‘स’ र ‘श’ को उच्चारणको भेदलाई भाषिक बिज्ञानका हिसाबले राम्रोसँग बुझेका भक्तराजका गीतहरुमा शाब्दिक उच्चारण अत्यन्त शुध्द तथा स्पष्ट रुपमा भएको भेटिन्छ ।

भक्तराजलाई ‘भजन सम्राट’ उपाधि प्रदान गरेर उनको कलाकारिताको सही मूल्याङ्कन भएको छ । तर उपाधि र सम्मान मात्रले उनका समग्र सृजनाहरुको सम्मान नहुने हुँदा उनको प्रतिभाको अझै उच्च मूल्याङ्कन गरिनुपर्छ । यसका लागि प्रायः लोप हुने अवस्थमा पुगेका उनले गाउका गीतहरुलाई उनकै फिलिङ्समा गाउन सक्षम उनका युवा प्रतिभाशाली छोराहरु सत्यराज र स्वरुपराजका स्वरहरुमा पुनः रिमिक्स रेकर्ड गराउने ब्यवस्था राज्यले अविलम्व गर्नुपर्छ । यसबाट जीवनपर्यन्त सङ्गीत मै समर्पित एउटा स्रष्टाको मात्र सम्मान नभई सङ्गीत जगत् नै सम्मानित हुन पुग्नेछ भन्ने मलाई लाग्छ । अन्यथा भक्तराजका ती विशिष्ट सर्वकालिन गीतहरु भावी पुस्ताका लागि मात्र एउटा मिथक बन्न पुग्नेछन् । अस्तु ।

(सङ्गीत शिखर भक्तराज आचार्य ‘प्रथम संस्करण-२०६७’ बाट साभार )

कफी र ‘गजल’को संयोजन

कफी र ‘गजल’को संयोजन ।
गैंडाकोट, जेठ ५/ लेखराम सापकोटा

हिजोआज नवलपुर नियमितरूपमा गजलले गुन्जिन थालेको छ । सिर्जन साहित्य प्रतिष्ठान गैंडाकोटले मासिक रूपमा गर्दै आइरहेको कफी र काफियाको ९ औं शृङ्खलामा प्रस्तुत भएका युवा गजलकार जिएस पौडेल र कमल अर्यालले माहोललाई दुई घन्टासम्म तताए ।
कार्यक्रमको सुरुआतमा कमल अर्याल तीन वटा गजलको साथमा प्रस्तुत भए । उनले सबै गजललाई आफ्नै शैलीमा गुनगुनाएर सुनाए ।

जब दील र अाँखा मारामार हुन्छ
कवि हुन्छ मान्छे कलाकार हुन्छ

अब टाढा कतै धाउनु पर्ने छैन ,
तिम्रो रोगको यतै उपचार हुन्छ ।

चितवनका कमल अर्याल करिब दुई दशकदेखि गजलमा कलम चलाउँदै आएका युवा स्रस्टा हुन् । उनलेे तिमी आउनु अघि र तिमी आएपछि गरि दुई वटा गजल सङ्ग्रह बजारमा ल्याएका छन् । अर्यालका केही गजल सांगीतिक रूपमा पनि रेकर्ड भएका छन् । उनी विशेषगरी गजल बिधामै रम्ने र रमाउने स्रस्टा हुन् ।
अर्यालसँगै प्रस्तुत भएका जिएस पौडेलले पनि
गजल सुन्न जम्मा भएको माहोललाई आफ्नै बसमा पार्न कोसिस गर्दै थिए । पौडेलले प्रेममय भावमा सिर्जना गरेका शेरहरुबाट मेहफिल जमाए ।
कुरै बुझ्दिन म खै क्यारी जमाए
मुसो मार्छु भन्थे भकारी जलाए

गुनि बर खोज्दै छन् रे छोरी दिन,
हिजो मात्र जसले बुहारी जलाए ।

गैंडाकोटका स्रस्टा पौडेलले पनि गजलमा कलम चलाउन थालेको दुई दशक कटिसकेको छ । रत्नराज्य मावि भेंडाबारी तथा बालकुमारी मावि नारायणगढमा पढ्दा देखि नै उनी गजलमा होमिएका हुन् । पछिल्ला वर्ष रोजगारीको सिलसिलामा माल्दिभ्समा रहँदै आएका पौडेल छुट्टिमा घर आएका बखत यसरी कफी र काफियामा उभिएका हुन् । युगल गजल वाचनको कार्यक्रम कफी र काफियामा दुबै स्रस्टाले १०/१० गजल सुनाए । गैंडाकोटस्थित नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा वाचन भएका अधिकांश गजल शृङ्गार रसका थिए । अर्याल र पौडेल दुबैले गेयात्मक रूपमा गजल सुनाउँदा उपस्थित माहोल उनिहरुसँगै लयमा लय मिलाईरहेका थिए । कार्यक्रममा वाचन भएका गजलहरु माथी पुष्प अधिकारी अञ्जलीले टिप्पणी गरे । प्रेमिल बिषयका गजलको शब्द र भाव उत्कृष्ट छन् , अञ्जलीले भने – दुबै स्रस्टाको गायनकला आशालग्दो पनि छ । पौडेल गजल सँगसँगै आख्यानमा पनि कलम चलाउँदै आइरहेका छन् । उनको गत महिना `एक सर्को माया´ उपन्यास सार्वजनिक भएको छ । बुलबुल प्रकाशनले छापेको उपन्यासमा लागूऔषधको कुलतमा फसेको युवाको प्रेमकथा समेटिएको छ ।
सिर्जन साहित्य प्रतिष्ठान गैंडाकोटले गत वर्ष देखि शुरु गरेको कफि र काफिया नामक कार्यक्रमलाई बाहिरी जिल्लाका स्रष्टाहरुले समेत महत्त्वपूर्ण तरिकाले नियाली रहेको पाइन्छ कार्यक्रममा चितवन र नवलपरासी आसपासका स्रष्टाहरुको बाक्लो उपस्थिति समेत रहेको थियो ।

युवा समाजसेवि थापाद्धारा अभिभावकत्व ग्रहण

कपिलवस्तुको बाणगंगा नगरपालिकाका युवा समाजसेवि तिलक थापाले अभिभावकत्व ग्रहण गरेका छन । समाजसेवामा सक्रिय रहेका युवा तिलक थापाले बाणगंगा नगरपालिका वडा नः ४ का श्रवण बिसिको अभिभावकत्व ग्रहण गरेका हुन । अभिभावकत्व ग्रहण गरेपछि बिसिकि आमा एकल महिला गोमा बिसिले खुशीका आसु झारेकी थिइन । बिसि बर्ष ३ का छन । कक्षा १० सम्म पढदाको सबै खर्च बेर्होने जिम्मा लिएका थापा नेपाल तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति समेत रहेका छन । युवा समाजसेवि थापा यहाँ हरेक बिकासका गतिविधिमा सक्रिय हुनुका साथै शालिन स्वभावका सबैसगं मिल्न सक्ने युवा नेताका रुपमा समेत परिचित छन ।

“अप्रकाशित कथा”

 

“अप्रकाशित कथा”
-सोतन्त्र नेपाल

सुत्ने बेला कवी नवराज पराजुलीको ” सगरमाथाको गहिराइ” शिषकको कविता सुनेर सुतेको थिए। खै सुतेको पनि के भन्नु र ? म निदाए कै थिएन भोली बिहानै भालेको डाको सँगै घर छोडेर हिंड्न् थियो। घर छोड्ने हिम्मत म मा नभएको होइन तर घर छोड्ने बेलामा आमाको आँखामा हेर्न सक्ने शक्ती मलाई इश्वरले प्रदान गरुन भन्दै पुकारी रहेको थिए रातभरी। जन्मिदै राहदानी लिएर जन्मिनु पर्ने देशको नागरिक विरताको ईतिहासहरु पढ्दा हामी भन्दा भाग्यमानी कोही छैनन संसारमा लाग्छ तर देशको राजनीतिक अस्थिरता र अस्तव्यस्त परिस्थितीको शिकार बनी रहेका म र म जस्ता युवाहरु लाखौंमा छौ। जो हातमा हरियो राहदानी, दराजमा शैक्षिक प्रमाणपत्र र तिर्नुपर्ने ॠणको तमसुक सिरानीमुनी राखेर प्रत्येक रात सुस्केरामा कटाउने गरेका हुन्छौ। आज पुष १६ गते आइतबार, हिड्न त म हिजो नै चाहेको थिए काठमाण्डौ त्यसैले रात्रीबसको टिकट काट्न नै आटेको थिए तर आमाले भन्नु भयो ” बाबु आज चाडको दिन, शनीबार अशुभ बार पनि हो, भोली बिहान गए हुदैन र ?” विश्वास मलाई तिथी र मीतीमा भन्दा पनि आमामा लायो त्यसैले आज ।१६ गते नै हिंड्ने निर्णय गरेको थिए। नजिकका साथीभाइलाई हिजो नै बिदाइ गरिसकेको थिए । बिदाइको हात हल्लाउन मेरो लागि सहज थिएन हिंड्ने बेलामा र मलाई चिन्ने जान्ने सबैलाई म बिदेशीन लागेको खबर गर्न मन लागेन। किनकी मलाई थाहा छ म बिदेशिन खबर पाएपछी जो कोहिले पनि भन्ने थियो ” त जस्तो मान्छे बिदेश जाने होइन यही केही गर्नुपर्छ ” भनेर तर म जस्तो मान्छेले यहाँ के गर्नुपर्छ भन्ने कुरा कसैले कहिल्यै बताएनन त्यसैले म जस्तो मान्छेहरु बिदेसिनुको कारण म जस्ता मान्छेहर्लाई मात्र थाहा छ। देशको बिभिन्न भागमा पढाइ तथा रोगजारको शिलशिलामा बसेका हामी ५ जना साथीहरु मिलेर अनलाइन मिडिया सञ्चालन गरेका थियौ बिगत १ बर्षदेखी। सामाजिक प्रतिष्ठा पनि राम्रै थियो तर तर प्रतिष्ठाले पेट नभरिदो रहेछ। पेट भर्नका लाई पिठो चाहिने, पिठोको लागि पैसा र पत्रकारिताबाट प्राप्त हुने पैसाले पेट भर्न पनि धौधौ भाईरहेको थियो।त्यसैले चुपचाप बिदेशिदै थिए।

मोबाइको घडीमा ५.१५ बजेको थियो जुरुक्क उठे र उठ्न साथ बाथरुम छिरे नुहाइ,धुवाइ गरे । म चाहन्थे म हिंड्ने बेला कसैले थाहा नपाउन तर जाने तर्खर गर्दागर्दै आमा कोठा भित्र छिर्नु भयो। हिजो राती म मात्र होइन आमा पनि सुत्नु भएको रैनछ । मेरो आँखा भन्दा पनि राता भएका थिए आमाका आँखाहरु । मेरो अनिदोले आमाको आशुले। आमाको हातमा प्लेट र प्लेट माथि रोटी तरकारी थियो। प्राय जसो खाने बेलामा म आमालाई दङ्लाउने गर्थे तर आज आमाले खा नभन्दै प्लेट समाते र चुपचाप खान थाले । थाहा थिएन फेरी यो अवसर कती बर्षपछी जुट्ने हो। रोटी तरकारी खाइ सकेर घर बाहिरको धारामा हात धुन निस्किदै थिए धारामा दिदिले मुख धुदै थिइ। प्राय : ढिलो उठेर आमाको गाली खाने दिदी आज एकबिहानै उठीसकेकी थिइ। परदेशिदा जती परदेशीनीलाई पिडा हुन्छ त्यती नै पिडा हुदो रैछ घरका अन्य सदस्यहरुलाई पनि यो कुराको महसुस धारामा दिदीलाई देखेपछी गरे। हिंड्ने बेला आमाले टिका लगाइदिनु भो र दही खुवाइदिनु भयो मैले शिर निहुराएर ढोग गरे आमा र दीदीलाई । आमाले आशिर्वाद दिदै भन्नु भयो ” बाबु पूजा कोठामा गएर भगवान,कुल र पित्रीलाई धुप बत्ती बालेर जाउ यात्रा शुभ हुन्छ” मैले आमले भने जस्तै गरे तर प्रार्थनामा मैले यात्रा शुभ होस् भनेर होइन म फर्केर आउँदा मेरो परिवार स-कुशल देख्न पाउ भनेर मागे भगवान सँग।

मोबाइले हेरे ६:२० हुन थालेको थियो बुटवलबाट काठमाण्डौको लागि जाने winger गाडी ७:१५ मा आइपुग्थियो राजमार्ग चौरहा अझै पनि करीब-कारीब एक घण्टा नै थियो मसंग तर म चाहन्थें हिंड्ने बेला छरछीमेकले पनि थाहा नपाउन त्यसैले झोला टिपे ल हिंडे है राम्ररी बस्नु भन्दै आफु हिंड्न लागेको जानकारी गराए आमालाई। दिदी मलाई गाडी चढाउन राजमार्ग चौरहा सम्म आउन चाहन्थी तर मैले पर्दैन भनेर दिदीलाई आउन दिइन । भाईको कोठा खोले भाई निदाइ रहेको थियो शायद राति अबेर सम्म फेसबुक चलाएको हुनुपर्छ डाटा अफ गर्न भुलेछ म्यासेन्जरमा म्यासेज आएको नोटिफिकेसन आइरहेको थियो। भाईको निन्द्रा बिथोल्न मन लागेन त्यसैले उठाइन। बालाई खोकि लागेको थिएन ठिकै हुनुहुन्थ्यो हिजो सम्म तर एक्कासी खोकेको जस्तो आवाज निकाल्नु भयो आफ्नो कोठाबाट। बा’को त्यो नक्कली खोकीको आवाजले मलाई शुभ यात्रा भनीरहेको थियो। आमाको माया आँखामा देखे बा’को खोकीमा। मन त बा’लाई पनि थियो कि हिंड्न् बेला मलाई आशिर्वाद दिने तर मन भन्दा धेरै डर थियो कतै म टुट्छु छु कि भन्ने ? बा’लाई डर थियो मैले जवर्जस्ती लुकाएर राखेको आशुहरुले धर्म छोडिदिन्छन कि हन्ने त्यसैले बा कोठाबाट बाहिर आउनु भएन मैले यही अनुमान लगाए। अन्तिम पटक गए है भन्दै घरबाट निस्किए बुवाले झन ठुलो निकाल्नु भयो खोकेको जस्तो आवाज शायद यही नै थियो बा’को तर्फबाट मेरो लाई आशिर्वाद र कामना। झोला घिसार्दै लागे बुटवल स्थित राजमार्ग चौराहा जहाँबाट म काठमाण्डौ जाने गाडी चढ्नु थियो। घरबाट चौरहा सम्म पुग्न १० मिनेट जती लाग्थियो ५ मिनेट अगाडि जतीमा केही कुकुरहरुले बाटो छेकेर भुक्न थाले। मलाई देखेर भुके वा झोलालाई अनुमान लगाउन सकिन मन-मनले भने राज्यबाट लुटिएर, बिदेशमा जवानी लुटाउन जान लागेको म जस्तो पीडितलाई देखेर के भुक्छौ ? राजमार्ग चौरहा आइपुग्दा करिब ।६:३० भएको थियो। चौरहामा हातमा लौरी बोकेका केही सुरक्षाकर्मीहरु सुरक्षार्था खटीरहेका थिए, आसपासमा ३ वटा चियाको ठेलामा पसलेले चिया बनाउदै थिए। मर्निङ वाक गर्नेहरु चिया पिउदै थिए। सुरक्षाकर्मीहरुलाई देख्दा यस्तो लाग्यो। पीडितलाई न्याय दिलाउने पनि तपाईंहरुकै काम मध्यको एक काम हो तर आज तपाईंहरुकै अगाडि राज्यबाट पिडीत भएको एक युवा रातो टिका लगाएर उब्बिरहेको छ तर पनि तपाईंहरु मौन हुनुहुन्छ शायद त्यसैले नै भन्ने गरिएको होला “कानुन अन्धो हुन्छ” । यि बिचारहरुलाई मनमै सेलाएर म पनि नजिकै गए चियाको ठेलाको र पर पर सम्म हेरे कोही छ कि मलाई चिन्ने भनेर तर कोही देखिन पसले दाईलाई ” दाई चिया पिउन ” भन्न साथ पाकिरहेको चिया खनाउन थाले गिलासमा मैले सानो स्वरमा चुरोट छ भनेर सोधे, सोध्न नपाउदै बट्टानै तेर्साइदिए म तिर पसले दाईले। एउटा निकालेर सल्काए। कारण यही थियो मैले घरबाट हिंड्ने बेला दिदीलाई आफुसंग आउन नदिएको। तातो-तातो चिया पिउदै उडाउदै थिए धुवा र संगै आयु पनि । मोबाइलमा घण्टी बज्यो मनिषले फोन गरेको रहेछ। मनिष अर्थात मेरो साथी जो हामीले सञ्चालन गरेको अनलाईन मिडीयाकै एक सदस्य थियो। पुन : शुभ यात्रा भन्न फोन गरेको रहेछ पहिलो शुभ यात्रा त हिजै ग्रहण गरेको थिए उसले दिएको घडी उपहार सहित। उसले दिएको घडी यती प्यारो लाग्यो कि हातमा लगाउदा पानी छिर्ने र बिग्रिने डरले झोलामा राखेको थिए। यतिकैमा ७:१० भैसकेको थियो। केही समयमै winger आयो ६२९५ नम्बरको। चिया पसले दाईलाई १०० रुपैया दिएर थप ३ वटा चुरोट र एउटा सलाई लिए पसले दाईले पैसा फिर्ता गरेनन ५ वटा नेहा ” मिठो सुपारी” दिए। ४ वटा चुरोट, एक कप चिया, एक सलाई र ५ वटा नेहाको १०० रुपैया खै कसरी भयो भनेर पनि सोध्न भुलेछु बुटवल कटेपछी बल्ल याद आयो। बुटवल -काठमाण्डौ को रुटमा चल्ने Winger गाडीमा सह-चाकल प्राय हुँदैनन चालकले नै सबै काम गरिरहेका हुन्छन। ढोका चालक दाईले खोलीसकेका थिए म गाडी भित्र छिरे। छिर्ने बित्तिकै चालक पछाडिको सिटमा सेतो कुर्ता सर्वाल माथि पातलो खाले कालो स्वेटर लगाएकि एुउती अन्दाजी २४,२५ बर्ष कि केटी बसेकी थिइन मेरो सिट ढोकै निरको थियो। उनको र मेरो सिट बिचमा २ वटा सिट खाली नै थिए बाँकी सबैमा यात्रुहरु बसिसकेका थिए। उनिलाई देख्न साथ उनको सिट सँगै टासीएको सिटमा गएर टासिएर नै बस्न मन थियो तर त्यत्रो आट थिएन त्यसैले मेरो सिट संग टासिएको सिटमा बसे आफ्नो सिट छोडेर,अब उनी र म बिचमा केवल एउटा मात्र सिटको दुरि थियो मेरो बाँया तिर एउटा सिट अनी ढोका थियो उनिको दाँया तिर झ्याल थियो उनी झ्याल बाहिर हेरिरहेकी थिइन। winger केही बेरमै देवदह स्थित खैरेनी चोक आइपुग्यो। चोकबाट अन्दाजी ६०,६५ बर्षको बृद्द गाडीमा चढे म उनको सिटमा बसिरहेको थिए । उनीलाई देख्न साथ सिट छोडिदिए तर उन्को सुर्ती खाने बानी रैछ बेलाबेलामा थुकीरहने पर्ने हुनाले ढोका तिर नै बस्न चाहेको कुरा बताए ।वास्तमा मैले पनि चाहेको यही थिए तर मनमा एउटा डर अझै थियो कि अझै खाली रहेको एउटा सिटमा को आउने हो भनेर ? त्यसैले चालकलाई सोधे ” दाई अरु कोही छ कि नाइ चढ्ने भनेर ” चालकले एउटा सिट खाली भएको दु:ख व्यक्त गर्दै छैन सर भन्ने जवाफ दिए म भित्र भित्रै खुशी थिए चालकको दु:खमा होइन उनी र म बिचको त्यो खाली सिट खाली नै हुने भयो अर्को प्यासेन्जर नपाउदा सम्म भन्ने कुराले । गाडी सुनवल आइपुगेको थियो। ” दाई गीत लगाउनुस् न ” भन्दै आग्रह गरिन उनले चालकलाई उनी अर्थात सेतो कुर्ता सरवालवाली ।

” मेरो मोबाइलको मेमोरी कार्ड बिग्रेको छ बहिनी तपाईंसंग छ भने दिनुस् ” भन्दै चालकले मेमोरी मागे उनी सँग म चुपचाप थिए। मैले दाइ भनेर सम्बोधन गर्दा सर भनेर सम्बोधन गर्ने चालकले उनिले दाई भनेर सम्बोधन गर्दा बहिनी भनेर सम्बोधन गरे। चालकहरुले राम्रो केटी देख्न साथ लाइन हान्छन भन्ने सुनेको थिए धेरै जनाको मुखबाट तर आज महसुस भयो कि चालकहरुले होइन चालक पेशा गर्ने मध्यका केही चालकले गर्दा हुन, मान्छे सबै उस्तै कहाँ हुन्छन र ? गाडीभित्र गीत बजिरहेको थियो रातभरी नसुतेको म कती बेला निदाएछु पत्तै पाइन एक्कासी झस्किए जब अरुणखोला पुल भन्दा अगाडिको बिच जङगलमा पुगेर हामी यात्रा गरिरहेको गाडीको पछाडी पट्टीको टायर पड्कियो र गाडी थोरै अनियन्त्रीत भयो। यही अनियन्त्रणमै म उनको नजिकैको सिटमा पुगिसकेको थिए। उनी र म बिचको दुरी पञ्चर भएको ट्यारले हटाइदियो। गाडी रोकिने बित्तिकै सबै यात्रुहरु गाडीबाट झरे। पहिलो पटक राम्रोसँग उनको अनुहार हेर्ने मौका पाए। अन्दाजि ५ फिट ५ इन्च भन्दा धेरै उचाइ नभएकी उनी कालो चुन्नीले मुख छोप्दै गाडीको पछाडि उब्बिएकी थिइन। एकै छिनमा महेन्द्रनगरबाट काठमाडौको लागि छुटेको रात्रीबस तिब्र गतीमा हाम्रो गाडीलाई उछिनेर अगाडि बढ्यो। तिब्र गतिमा आएको बस संगसगैको हावाको बेगले झण्डै उडाएन उनले ओढेको चुन्नी।

गाडीमा चालक र म बाहेक ३५ बर्ष मुनिका र २५ बर्ष भन्दा माथिका कोही पनि पुरुष यात्री थिएनन। त्यसैले यहाँ पनि सहचालकको भूमिका मैले नै निभाउनु परेको थियो। पञ्चर भएको ट्यार बदलेर ९:३० बजे तिर हामी त्यो जङगलबाट छुट्यो र अन्दजी १२ बजे मुग्लिङ पुगी सकेका थियौ। चालकले ल खान खाउ भन्दै मुग्लिन बजारमा रहेको मुस्ताङ होटल अगाडि गाडी रोक्यो,सबै उत्रिए केवल उनी छोडेर । मन त थियो जाउ खाना खान भन्ने तर थिएन त केवल आट खाना खाएर गाडी भित्र आइपुग्दा करिब १२:३५ भएको थियो उनी बारम्बार फोन लगाइरहेकी थिइन। म चुपचाप सिटमा बसे र सबै यात्रीहरु आ- आफ्नो सिटमा। गाडी मुग्लिङबाट छुटेको केही समयमै मैले आट गरेर नै सोधे। खान किन नखानु भएको ? उमेरले त पक्कै म भन्दा सानी थिइन तर कुनै त्यस्तो सम्बन्ध थिएन कि म उनिलाई तिमी भनेर सम्बोधन गर्न सक्थे। जवाफमा उनले खान मन थिएन भन्दै मेरो प्रश्नको सही उतर दिन खोजिनन। सुरुवात गर्न पो गार्हो सुरु गरीसकेपछी निरन्तरता दिन सजिलो हुन्छ भन्ने सुनेको थिए साच्चिकै हो रहेछ। म भित्रको डर मैले सोधेको पहिलो प्रश्नबाट नै घटीसकेको थियो त्यसैले निरन्तर सोधिरहे प्रश्नहरु …..
घर कता?
के गर्नुहुन्छ ?
लगायतका प्रश्नका उतरहरु केवल एक एक शब्दमा दिइरहेकी थिइन उनले।
बुटवल घुम्न आएकी थिए
घर काठमाण्डौ
केही गर्दिन
जवाफ यत्ती मात्र।
उनका जवाफहरुले यस्तो लागिरहेको थियो मानौ कुनै हाजिरजवाफ प्रतियोगिताको सहभागी हुन ।
राम्रो मान्छे घमण्डी हुने गर्छन भनेर भन्ने गर्दछन आज उनिले प्रमाणीत नै गर्दै थिइन ।
यतिकैमा गाडी कुरिनटार आइपुग्यो । हामी भन्दा अगाडि थुप्रै गाडीहरुका लस्कर थिए। काठमाडौबाट पुर्वका लागी छुटेको र पश्चिमबाट काठमाडौ तर्फ गइरहेको गाडी कुरिनटार भन्दा अन्दाजी ५ किलो मिटर अगाडि एक आपसमा ठोकिदा २ जनाको मृत्यु र थुप्रै घाइते भएका रहेछन । यहि जानकारी प्राप्त भयो स्थानीयहरुबाट। हार्मो गाडी भन्दा ५ किलो मिटर अगाडि सम्म गाडीको जाम छ, बाटो किलियर हुँदा सम्म साझ परीसक्ने अनुमान मैले मात्र होइन गाडी भित्रका सबै यात्रािहरुले गरीसकेका थिए। त्यसैले सबै उत्रिए गाडीबाट तर उनी उत्रिनन र मलाई उत्रिन मन लागेन। मलाई उनी सँग प्रेम भएर होइन उनको नाडीमा खोपिएको ट्याटु जहाँ ” आमा ” लेखिएको थियो त्यो ट्याटुले बारम्बार हिंड्ने बेला मलाई मलिन अनुहार गराएर बिदाइ गरेकी आमालाई सम्झाइरहेको थियो । मन त थियो झोला टिपौ र फर्किउ घरतिर तर झोला भन्दा पनि गरुङ्गो जिम्मेवारीले मलाई रोकिरहेको थियो । यतिकैमा मौनता तोड्दै उनिले मलाई सोधिन
” अनी तपाईंको घर कता नि?
उनिलाई मसँग कुरा गर्ने मन भएर त पक्कै होइन तर समय बिताउने बिकल्प उनी सँग पनि केही थिएन मसँग कुरा गर्न बाहेक ।
हाम्रो एकोहोरो वार्तालाप दोहोरो हुँदै गयो मैले पनि बताउदै गए आफ्नो बारेमा….

घर बुटवल
पेशा पत्रकारीता
काठमाडौ एउटा सेमिनारको लाई हिंडेको भनेर …

झुट बोल्ने मन त थिएन तर हामी बाचेको समाजले दुबइ, कतार लगायतका खाडी मुलुकमा जाने सबै नेपाली असिक्षित हुन भन्ने जुन एउटा धारणा बनाएको छ मलाई डर थियो कि त्यही धारणा उनिले पनि बनाइन भने, भर्खरै सुरु भएको वार्तालाप क्रमिक रुपमा छोटिदै जानेछ भन्ने त्यसैले झुट नै बोलेर आफ्नो प्रतिष्ठाको उचाइ मा इट्टा थपीरहे । उनको घर काठमाडौ रहेछ, पढाइ बि बि एस् बताइन तर कुन कलेज र कुन बर्ष बताइन । मलाई पनि सोध्न मन् लागेन तर मैले पत्रकारीता मेरो पेशा भने लगत्तै “कुन कुन मिडियामा आबद्द हुनुहुन्छ भनेर प्रश्न गरिन समिक्षाले ” । हामी बिचको दोहोरो वार्तापालले बताएको थियो उनको नाम तर थर उनिले पनि बताइन र मैले पनी सोध्न चाहिन, कमसेकम यो पुस्ताका म र हामीहरुले अब जातलाई प्राथमिकता दिन हुन्न भनेर।
मैले जवाफ भने ” धेरै मिडियाहरुमा आबद्ध छु तर पत्रकारीता सुरु गरेको ujyaalolalteen.com नामक अन्लाईन बाट हो । उज्यालो लाल्टिनको नाम सुन्ने बित्तिकै समिक्षा झस्किन खै किन झस्किन त्यो बताइनन मैले सोध्दा पनि। पुन प्रश्न गरिन समिक्षाले नै ” अनी पत्रकार ज्यु, आफुले मात्र लेखेको समाचार, लेख र रचनाहरु प्रकाशन गर्नु हुन्छ कि अरुका पनि गरिदिनु हुन्छ ? मैले जवाफमा भने प्रकाशन योग्य भएका सबैको गरिदिन्छौ यदी गर्न चाहने भेटिए भने। प्रश्न गर्ने पालो पुन समिक्षाकै थियो पुन सोधिन ” मेरो पनी गर्दिनु हुन्छ”? जवाफमा मैले भने गर्दिन्छौ यदी प्रकाशन योग्य छ भने। मेरो जवाफ सुनेपछी समिक्षाले आफु सँग पनि एउटा कथा रहेको तर लेखी नसकेको र यदी प्रकाशन गरिदिने भए काठमाडौ पुगेर उपलब्ध गराउने कुरा बताइन। भोली साझ ।७ बजेको गल्फ एयरलाइनबाट कतार जादै थिए छ्न त काठमाडौमा आफन्त र साथीहरु टन्नै छन तर मलाई कसैलाई भेट्न् मन थिएन हिंड्ने बेलामा। त्यसैले समिक्षाको कथा लिने बहानामै भोलीको सिङ्गो दिन बिताउन चाहन्थे। केही नसोची अफर गरीहाले ” ल भोली बिहान १० बजे कलङकीको Cozy food land मा भेटौ न त ?कफी पिउदै तपाईं कथा बताउदै जानु म लेख्दै जाने छु । मेरो यो प्रस्ताबलाई दुई पटक सोच्दै नसोची एकैपटकमा निर्णय गरेर जवाफ दिइन समिक्षाले । होइन पर्दैन त्यत्रो दु:ख गर्न म काठमाडौ पुग्नसाथ तपाईंलाई whats app मा म्यासेज गर्ने छु हजुरकै शब्दमा योग्य भएमा प्रकाशित गरिदिनु। उनको जवाफले कता कता खिन्न लाग्यो आफ्नो प्रस्ताव अस्वीकार भएकोमा तर पनि हुन्छ हजुरको जो ईच्छा भन्दै जवाफ दिए ” म Whats app चलाउदिन, फेसबुकमा पठाउन मिल्दैन र् हजुरको के नामबाट छ फेसबुक भन्नुस त म friend Request पठाउछु भन्दै गोजीबाट मोबाइल निकाल्दै थिए त्यतिकैमा समिक्षाले पुन जवाफ दिइन फेसबुक deactivaed गरेकी छु whats app मा पठाउछु हजुरलाई काठमाडौ पुग्न साथ।

समिक्षाले मेरा प्रत्येक् अफरहरुलाई बारम्बार अस्विकार गरीरहेकी थिइन यसपाली पनि यस्तै भयो। हुन्छ भन्न पनि सकिन चुप्चाप मुन्टो हल्लाए र भने “मैले Whats app नै चलाऊदिन”। मेरो कुरा सुन्न साथ समिक्षा जबर्जस्ती हासे जस्तै फिस्स मुस्कान दिदै भनिन के भो त install गर्नुस् न ल Share it खोल्नुस् म पठाइदिन्छु। मेरो काम उनको प्रत्येक् कुरामा सहमती जनाउनु जस्तै भएको थियो अघिनै झिक्न लागेको मोबाइल झिके र share it खोले एकै छिनमा Whats App त Install भयो तर समिक्षा र म अझै जोडिएका थिएनौ। यस्पाली मलाई अत्ती भएको थियो मेरा प्रत्येक् कुराहरु अस्वीकार भएकै कारण होला मनमा एक प्रकारको रिश नै उठेको थियो त्यसैले ठाडो प्रश्न गरे। मिस whats app त install भो तर नम्बर ? के अब नम्बर पनि काठमाडौ पुगेर नै दिने विचार गर्नु भो क्या ? समिक्षाले सहजै जवाफ दिइन पत्रकार पर्नु भो त्यसैले होला बुझीसक्नु भएछ …..
काठमाडौ पुगेपछी नै म तपाईंलाई मेरो कथा पठाउने छु हजुरको नम्बर दिनुहोस् म आँफै Add गर्छु। उनको जवाफले मलाई स्तब्ध नै बनाइदियो। “नम्बर न मागेको थिए त्यो पनि हजुरकै कथा प्रकाशित गर्नको लाई तर नम्बर दिन पर्दा नि किडनी दिन परे जस्तै गर्नु भो । लौ भयो चाहिदैन तपाईंको नम्बर ” भनेर भनौ जस्तो भएको थियो तर खै किन किन रोकिए शायद म उनी संग कुनै नकुनै बहानामा नजिकिन चाहन्थे। उनको नजरमा एक असल पुरुष सावित हुन चाहन्थे त्यसैले पनि उनका प्रत्येक् कुरामा सहमती नै जनाइरहेको थिए। ल लिनुस् नम्बर भन्दै दिए आफ्नो नम्बर ९८१८१५३४११, पत्रकार भनेर save गरिन मोबाइलमा अचम्म लाग्यो मेरो नाम नै नभए जस्तै गरेर उनिले मैले बताएको मेरो पेशालाई नै मेरो पारीचय बनाइदीइन । अब बाँकी सोध्नु पर्ने केही थिएन समिक्षाले पुरै जवाफ दिसकेकी थिइन बोलौ पनि के बोलौ कहाँ बाट के कुरा सुरुवात गरौ थाहा थिएन । घडीमा २ :२० भएको थियो गाडीमा बस्दा बस्दै पट्यार लागेको थियो संग संगै चुरोटको तलतल पनि त्यसैले गाडिबाट तल ओर्लिने निर्णय गरे। मलाई थाहा थियो यदी मैले जाउ तल भने भने पनि समिक्षाले नकार्थीइन तर पनि औपचारिकता निभाउदै जाउ तल तिर केही खाउ भने जवाफ मैले अनुमान गरे जस्तै आयो चुपचाप तल झरे परसम्म पुगे। यात्रुहरु बाटै भरीथिए। केही घण्टा अगाडि देखी सुरु भएको जामले मुल्यबृद्दी पनि गराइसकेछ नजिकका पसलेहरुले बाल्टीमा पानी बिस्कुट लग्यातका फास्टफुड लिएर हिड्दै थिए। एक बोतल पानी ४० रुपैयामा। अधिकृति बिक्रेताले धेरैमा १२ रुपैयामा बिक्री गरेर खुल्ला बिक्रेताले २० देखी २५ सम्ममा बेच्ने पानी एकाएक ४० भएको थियो। पत्रकार हुँ भनेर परिचय दिएको थिए समिक्षालाई बहस गरौ किन मुल्य बढ्यो एकाएक भनेर भन्ने विचार आएको थियो मनमा तर झोला भित्रको हरियो राहदानी सम्झिए। बिरक्त लाग्यो केही बोलिन चुपचाप पानी लिए र अगाडि बढे। भोक खसै लागेको थिएन, पानी पिए र एताउता हेरेर चुरोट ताने। राजमार्ग चौरहामा ति चिया पसले दाईले दिएको नेहा मिठो सुपारी यहाँ आएर काम लाग्यो , श्वास गनाउछ कि भन्ने डरले सबै चपाए। प्रहरीको समुहले बाटो खुलाउने काम गरिरहेको थियो एक तर्फी बाटो खुलेको थियो प्रत्येक् पटक २० -२० का दरले गाडीहरु वारपार गराइरहेका थिए हाम्रो गाडीको पनि पालो आयो अरिब ५ बजे तिर।। बाटो खुलेता पनी बिच बिचमा १५,२० मिनेटको जाम पारीरहेको थियो । धादिङ पुग्दा ८ बजीसकेको थियो त्यसपछी म निदाएछु केही थाहा पाएन हिजो रातिको अनिदो र दिनभरको थकानले शरीर गलेको थियो गाडी एक्कासी काठमाडौ बसपार्क पुगेर रोकियो यात्राुहरु झर्दै थिए झोला निकाल्दै थिए म बिउँझीए धादिङ सम्म छेउमा बसेकी समिक्षा कतिबेला कहाँ ओर्लिन केही थाहा पाएन । रिस पनि उठ्यो कस्ती केटी रैछ जानेबेला जान्छु त भन्नु पर्छ नि भन्दै मनमनले रिश पोखे आखिर रिश पोखौ पनि कहाँ पोखौ कुनै माध्यम थिएन उनीलाई सम्पर्क गर्ने जब सम्म उनी आँफैले मलाई संपर्क गर्थिनन। घडीमा ९ : १५ बजेको थियो र गाडीमा गीत, शायद मेमोरी कार्ड पनि भुलेरै गैछिन। चालकलाई सोधे दाई त्यो मेमोरी कार्ड म संग अस्ने केटीको होइन र ? हो सर बैनीले पनि माग्न भुल्नु भएछ मैले पनि दिन बिर्सिएछु भनेर जवाफ दिए चालकले र उनीबाट नै पत्ता लगाए समिक्षा कलङकी ओर्लिएकी रहेछीन। समिक्षाको नम्बर आफु सँग भएको र उनीसँग भोली भेट हुने भन्दै चालकबाट त्यो मेमोरी मागे र लागे म प्राय बस्ने होटल इमेज तिर। बुटवल तिरकै दाईले सञ्चालन गरेको होटल भएका कारणले पनि म काठमाडौ आउँदा सधैं त्यही होटलमा बस्ने गर्थे। होटलको काउन्टरमा होटल सञ्चालक दाई हुनुहुन्थ्यो मलाई देख्न साथ हासेर स्वागत गर्नु भो, एकछिन काउन्टरमै राखिएका टेबलमा बसे WAITER भाईले चिया बनाएर ल्याइदिए। रुम सबै प्याक थियो तर रुम नम्बर ५०४ खाली हुँदै रहेछ १० बजे चेकआउट हुनेवाला थियो । कसैलाई पनि भेट्दिने भन्ने सोचेको थिए तर मनले मानेन व्यवहारले साथी तर नाताले भाई सुमन काठमाडौमै थियो म काठमाडौ आएको जानकारी दिए । होटलमा Wifi सेवा उपलब्ध थियो काउण्टरको दाई सँग password मागे म सधैं फेसबुक म्यासेन्जर हेर्ने गर्थे net Connection हुने बित्तिकै तर यसपाली सिधै whats app खोले मोबाइलमा Save भएका संपर्क नम्बर मध्यबाट १५४ जनाले whats App प्रयोग गर्ने रैछन। समिक्षाको म्यासेज छ कि भनेर नै चेक गरेको थिए तर म्यासेज थिएन। सुमन आइपुग्दा १० बजिसकेको थियो होटलको मेन गेट पनि बन्द गर्न लागेका थिए सञ्चालक दाइेल र रुम पनि खाली भैंसकेको थियो। मलाई भेटदा दाई भन्दै हासेर नजिक आउने सुमनको अनुहार आज मलिन थियो कारण जान्न चाहिन सुमनले सोध्नु भन्दा पहिले नै आफु बिदेस जान लागेको र भोली नै आफ्नो उडान हुने सबै जानकारी गराए। सुमानको अनुहार झन मलिन भयो तर पनि आफुलाई सम्हालेर ल दाइ उसो भए आज जमाउनुपर्छ भन्दै Drink गर्ने चाहना राख्यो सुमनले मैले सहमती जनाए र २ भेज खाना, ३ बोटल टुबोर्ग बियर, भट्ट साँधेको एक पिलेट, केही पानी र चुरोट मगाए। खान त मलाई मटन मन थियो तर सुमन भेज खान्थ्यो त्यसैले पनि दुइटै भेज खान मगाएको थिए। सुमनले मलाई झोला उचाल्न दिएन आँफै लिएर हिड्यो म भन्दा अगाडि। मलाई सुमनले औधी माया गर्थ्यो तर आज अरु दिन भन्दा पनि धेरै माया देखाएको थियो शायद भोली देश छोड्दै छ दाइले भनेर पनि होला । रुममा पुगेर लुगा चेन्ज गरे केही समय मै खान आयो सँगसंगै बियर पनि। मलाई पहिले खाना खान मन थियो तर सुमनले भन्यो दाई बियर पहिले खाउ खाना खाएपछी त बियर खानै सकिदैन। मैले पनि सहमती जनाए र हामी बियर पिउन थाल्यौ , एक बोत्तल बियर पिउदा पिउदै म लठ्ठी सकेको थिए तर सुमनलाई छोएको पनि थिएन बियरले शायद म गलेको भएर पनी होला। मैले बारम्बार मोबाइल चलाइरहेको थिए समिक्षाले म्यासेज गर्छिन कि भनेर सुमनले ख्याल गरेको रैछ। प्राय साथीभाइ सँग बस्दा सबैले मलाई गाली गर्ने गर्ने गर्दथे मोबाइल चलायो भनेर तर सुमनले गाली गर्न सकेन दाई कती मोबाइले चलाएको भन्दा कता कता मैले खल्लो बनाइरहेको जस्तो महसुस गरायो मलाई । मैले दिनभरको सबै कुराहरु सुमनलाई बताए सुमनले मेरो कुरालाई खासै सिरियस लिएन उस्ले उल्टो अर्को बोतल खोल्यो र दाई चियर्स दाइको लब परेछ भन्दै हासोमा उडाइ दियो । सुमनले राम्रा कविता लेख्छ जस्तो लेख्छ त्यो भन्दा अझै राम्रो उसको वाचन शैली छ धेरै पटक उस्का कविताहरु सुनेर म स्तब्ध भएको छु । आज उस्को कविताहरु सुन्न मन थियो अनुरोध गरे उसले पनि हुन्छ भन्दै ” रातो बाकस” शिर्षकको कविता सुनायो देश छोड्दै गरेको युवाको व्यथालाई सेमटेको कविता रातो बाकस सुमनले मेरै लागि लेखेको जस्तै महसुस भयो। प्रेममा परेर छुटेपछी नारायण गोपालका गीतहरु अरु बेला भन्दा पनि धेरै मन पराउछन रे बिछोडमा परेका प्रेमी, प्रेमिकाहरुले मलाई पनि सुमनको कविताले उस्तै बनाएको थियो। दोस्रो बोतल पनि रित्तियो ११:३० भएको थियो मेरो आँखा तिर्मिराइ सकेको थियो तेस्रो बोतल पनि हामीले पिउनै पर्छ भन्दै कर गर्यो सुमनले र गिलास भरीदियो म पिउदा पिउदै निदाएछु ।

बिहान एकैचोटी ९ बजे मोबाइलको घण्टी बज्यो २ % मात्र थियो ब्याट्री मनिषले फोन गरेको रैछ। फोन उठाए मनिष बोल्न नपाउदै सिधै भने मनिष मोबाइलेमा २ प्रतिशत छ ब्याट्री म काठमाडौ आइपुगे तलाई म एक्छिनमा फोन गर्छु यत्ती भनेर फोन काटीदिए र हतार हतार मोबाइल चार्जमा हाले । हिजो राती मगाएको खान जस्तो को त्यस्तै थियो। सुमनले अलिकती खाएर सुतेछ सुमन निदाइरहेको थियो। मोबाइलमा ८ मिसकल आएको रहेछ ३ मिसकल आमाले गर्नु भएको रहेछ ५ पटक मनिषले। म बाथरुम छिरे फ्रेश भए, सुमनलाई उठाए सुमन उठेर बाथरुम गयो म काउन्टरमा गएर चिया र नास्ता मगाए। रुममा आउँदा फेरी घण्टी बजिरहेको थियो आमाले फोन गर्नु भएको रैछ आमाको आवाजबाट नै प्रष्ट थियो मेरो फोन नउठदा उहा चिन्तित हुनुहुन्थ्यो शायद हिजोको त्यो दुर्घटनाको बारेमा थाहा पाएर पनि होला। आमालाई शकुसल काठमाडौ पुगेको जानकारी गराए र फोन राखे। एकछिन भुलेको रैछु म प्रतिक्षामा थिए हिजोदेखी समिक्षाको म्यासेजको। मोबाइलको Screen मा आएको Whats app को म्यासेजले मलाई स्मरण गरायो।
ntc को पोस्टपेड नम्बरबाट सञ्चालन भएको Whats app बाट आएको थियो। पहिले contact Add गरे र म्यासेज हेरे म्यासेज समिक्षाकै थियो । सुरुमै लेखेकी थिइन पत्रकार ज्यु,

माफि चाहन्छु मैले कथा भनेर एउटा यथार्थ पठाएकी छु, प्रकाशन लायक छ कि छैन त्यो थाहा छैन तर यत्ती विश्वास छ् कि तपाईंले लायक नै नभएता पनि प्रकाशन गरिदिनु हुने छ भन्ने किनकी मैले यो मेरो आफ्नै यथार्थबाट कसैलाई केही जानकारी दिन खोजिरहेकी छु.

पत्रकार ज्यु,
म अपराधी हुँ। अचम्म नमान्नु होला मैले साच्चिकै अपराध गरेकी छु। हिजो तपाईंले एउटा अपराधी सँग सँगै यात्रा गर्नु भयो। म त्यस्तो अपराधी हुँ जसले कानुन समक्ष आफ्नो अपराधको कबुल गरेर सजाय पनि लिन सक्दैन। शायद म जस्ता थुप्रै अपराधीहरु यही समाजमा बाचिरहेका नै होलान भित्रभित्रैबाट आफुलाई सजाय दिएर तर म प्रत्येक घडी भित्रभित्रै आफुलाई सजाय दिन सक्दैन त्यसैले पनि यो सब तपाईंलाई बताउदै छु।

मैले मेरो र उसको प्रेमको निसानीको हत्या गरिदिए। उसको अर्थात मैले माया गरेको मान्छे जसलाई म मेरो संसार ठानेकी थिए। उसको नाम यहाँ लेखेर म उसलाई बदनाम गर्न चाहदिन किनकि प्रेममा त्याग हुन्छ बदला होइन। उसको र मेरो भेट काठमाडौमा नै भएको हो। उ र म एउटै ईन्स्टिच्युटमा अध्यान गर्दै थियौ जापानीज ल्याङवयज। सपना उसको र मेरो साझा थियो जापान जाने र सुनौलो भबिस्यको निर्माण गर्ने। यही सपनालाई साकार गर्ने कोशीस गर्दा गर्दै कती बेला मन साटिछु आँफैलाई थाहा छैन मेरो ” उ” अर्थात मैले प्रेम गरेको मान्छेको शालीनता र भद्र व्यवहारले म उ प्रती यती धेरै समर्पित थिए कि आफ्नो शरीर सुम्पिन पर्दा पनि मैले कुनै अफ्ट्यारो मानिन् । जापानिङ ल्याङवयेज अध्यानकै क्रममा प्रेम सम्बन्धमा बाधियौ, जापानको प्रोसेसले निकै समय लियो तर हामी दुबै सफल हुन सकेनौ त्यसपछी नेपालमै केही गर्ने सोच राखेर निरन्तर सँघर्श गर्दै थियौ। प्रेम सम्बन्धमा बाधिएको ६ महिना पछी हामी बिच पटक पटक शारिरिक सम्पर्क पनि भयो र उसको र मेरो प्रेमको निशानीले बास गर्यो मेरो गर्भमा। जब यो कुरा थाहा पाए मैले उसलाइ सबै कुरा बताएकी पनि थिए उ यो कुराले कती पनि चिन्तीत भएन खुशीले गदगद हुँदै अब छिट्टै बिहे गर्ने कुरा बतायो आफ्नो परिवारलाई सबै कुरा बताएर घरबाट नै बिहे गर्नुपर्छ भनेर अनेकौ सपना देखायो मैले सपना देखी रहे। उ परिवारलाई सबै कुरा बताएर तिमीलाई लिन आउछु भनेर घर गयो र घरबाट फर्केर पनि आयो तर मलाई लिना होइन पारिवारिक समस्याहरु अनेकौ बताउन र बिस्तार उ टाढा हुँदै गयो मेरो संपर्कबाट बिहिन नै भयो एक्कासी, उसको प्रतिक्षामा मैले मेरो गर्वमा रहेको उसको र मेरो प्रेमको निशानीलाई सुरक्षित राख्दै ३ महिना सम्म उसकै बाटो हेरेर बिताए। तर उ म बाट साच्चिकै टाढा गएछ मसँग जोडिएका सबै थोकबाट टाढा रहयो, फोन फेसबुक इत्यादी सबैबाट। समयले निरन्तर दौडीरहेको थियो र मेरो गर्भको उसको र मेरो प्रेमको निशानीले ४ महिना काटीसकेको थियो म निकै तनाबमा थिए। एक मनले सोचेकी पनि हुँ किउसको र मेरो प्रेमको निशानीलाई जन्माएर म एकल अभिभावक भएर हुर्काउछु, आमा मात्र होइन म बा पनि बन्छु तर सोच्दा सोच्दै फेरी सोच्न थाले समाजको बारेमा आखिर मलाई बाच्नु त यही समाजमा नै पर्दछ र यो समाजले मलाई मात्र होइन मैले जन्माउने बच्चालाई पनि प्रत्येक दिन मार्ने छ बाउको नाम सोधेर, बाउ बिनाको सन्तानको नाम दिएर। कानुनमा के छ त्यो कानुनकै किताबमा सिमित छ तर यथार्थमा यहाँ एकल अभिभावक भएर जती नै गर्न खोजेपनी अन्तमा एउटै प्रश्न गरिन्छ ” बा खोइ त ? मलाई यही डरले नै कम्जोर बनायो र यो सब कुरा बुटवलको मेरो एउटा साथीलाई बताएकी थिए उसकै सुझावमा म बुटवल पुगे बुटवलबाट सुनौली नाका नजिक पर्ने र गर्भ तुहाउने औषधीहरु सहजै पाइने कुरा साथीबाट नै थाहा पाए। उसकै सहयोगमा मैले औषधी सेवन गरेर संसार नै देख्न नपाएको एउटा निर्दोषको हत्या गरिदिए। हत्या गरेपछी केही दिन बुटवल मै बसेर म काठमाडौ फर्किदा हजुरसँग भेट भो यात्रामा जुन मेरो लागि एउटा अवसर पनि थियो मैले प्रेम गरेको मान्छेलाई यो सब बताउने। किनकी तपाईंहरुले सञ्चालन गरेको अन्लाईनको उ दैनिक पाठक थियो र हो पनि। मसँग संपर्कमा हुँदा भन्ने गर्थ्यो मेरो दिनको सुरुवात यो ujyaalolalteen.com अन्लाइनका समाचार र लेख रचना पढेपछी नै सुरु हुन्छ। म संग संपर्कमा रहदा हजुरहरुको अन्लाईनका प्राय जसो समाचार,लेख र रचनाहरु उसले आफ्नो फेसबुकमा शेयर गर्ने गर्थ्यो आज उ कहाँ छ मलाई थाहा छैन तर यत्ती थाहा छ आज पनि दैनिक रुपमा हजुरहरुको अन्लाइन हेर्ने गर्दछ र पढ्ने गर्दछ उसले र यदी यो मेरो सन्देश प्रकाशित गरिदिनु भो भने उस्ले पक्कै पनि पढ्ने छ। उसले मलाई धोका दिएपनी म उसलाई दु:ख दिन चाहदिन, म चाहदिन कि उसले म कहाँ छु भन्ने बारेमा समय खर्चिएर दु:ख पाओस।

पत्रकार ज्यु,
प्रेम गर्नु र सम्बन्ध निभाउनुमा धेरै अन्तर हुदो रहेछ त्यसैले पनि मैले मेरो गर्वमा हुर्किरहेको प्रेमको निशानीलाई बचाउन सकिन। जन्म दिन र हुर्काउन त सक्थे तर यो समाजले उसलाई प्रत्येक् दिन मारिदिन्थ्यो। सधैं मर्नु भन्दा एकै पटक मर्नु नै सही लाग्यो र हत्या गरिदिए। मैले गरेको यो अपराधको मलाई अपसोच कतीपनी छैन तर पनि म अपराधी हुँ।कानुन समक्ष आत्म समपर्ण गरेर मैले सजाय भोग्न पनी सक्दिन किननी म पछाडी मेरो परिवार छ मैले भोग्ने सजाय मेरो परिवारलाई पनि दिन्छ समाजले। म मुनी दुईवटी बहिनिहरु छन उनीहरुको बिहे पनि हुन गार्हो पर्छ मेरो नाम सँग जोडेर मैले गरेको गल्तीको सजाय यो समाजले मेरो परिवारको सदस्यहरुलाई पनि दिनेछ र म यो अपराध लुकाएर बाँच्न पनि सक्दिन। यो अपराध मात्र होइन पाप पनि त्यसैले नै मैले आफुले गरेको अपराधको सजायमा आफ्नो प्राण त्याग्दै छु। म आँफैलाई मार्दै छु।
डियर ” ए ” अलविदा।
तिम्रो “पापुरे”

समिक्षाको यो कथा पढेर म झस्याङ भए, कथा भनेर पढेको थिए तर यो उनको सुसाइड नोट रहेछ जुन हाम्रो अनलाइनबाट प्रकाशित गरेर हाम्रो अनलाइनको दैनिक पाठक उनको “उ” अर्थात उनिले माया गरेको मान्छेलाई बताउन खोजिरहेकी थिइन। एकछिन दिमागले काम गरेन उनले म्यासेज गरेको नम्बरमा कल गए फोन अफ थियो। फेसबुकमा समिक्षा भनेर खोजे कतै भेटीन, Whats app मा पनि म्यासेज गरे Delivered त भयो तर seen भएन म के गरौ के नगरौ केही सोच्नै सकिन। उनकी प्रेमीको बारेमा जान्नको लागि हाम्रो अन्लाइन खोले जहाँ feature news मै उनको फोटो सहित हाम्रो समुहकै एउटा अर्को सम्बाददाता “रविन” जो नवलपरासीको हुनुहुन्थ्यो उहाले आफ्नो user बाट एउटा समाचार प्रकाशित गर्नु भएको रहेछ समाचारको अन्तयमा ” साभार भनेर ekantipur.com लेखिएको थियो र समाचारको शिर्शकमा “अपरिचित युवतीको लाश फेला”। शरिर चिस्सिएर आयो, यस्तो लाग्यो म जिवित नै छैन। हिजो सँगै यात्रा गरेको मान्छे जो सँग म नजिक हुन खोजिरहेको थिए आज उसले आफ्नो सुसाइड नोट मलाई पठाएर आफ्नै हत्या गर्यो। मैले चाहेर पनि उसलाई बचाउन सकिन। बाथरुम छिरेको सुमन भाई कोठामा आएर सुतिरहेको थियो उसलाई हिजोको बियरले अझै छोडेको थिएन तर मलाई जिन्दगीमा कहिल्यै नौत्रिने गरी झट्का लाग्यो समिक्षाको आत्महत्याले। हिजो राती मगाएको चुरोट एक खिल्ली बचेँको थियो सल्काए र अनी याद आयो मैले हिजो यात्रा गरेको Winger बाट समिक्षाले बिर्सीएको मेमोरीको। जुन आज फिर्ता गरिदिने भनेर ल्याएको थिए। कतै केही भेट्छु कि भनेर मेमोरी निकालेर मेरो मोबाइलमा हाले, सिधै gallery मा गए केही भिडियोहरु थिए तर मैले फोटो भएको फाइलमा गए जहाँ “डियर ए ” लेखिएको फोलडर खोले २५४ वटा फोटाहरु थिए उक्त फोलडर भित्र माथि माथि समिक्षाका केही एकल तस्बिरहरु थिए र तल लगभग २०, २५ वटा जती एक अर्कोको हात समाएका, काखमा सुतेका जोडी फोटाहरु थिए। समिक्षा र अरुणका, अरुण यादव अर्थात मेरो साथी जसको घर बिरगन्ज हो। जीवनको एक कालखण्डमा मैले बिरगंजमा ३ बर्ष बिताएको थिए त्यही शिलशिलामा भेटेको थिए अरुणलाई। अरुण अत्यन्तै सहयोगी भावना भएको मान्छे थियो। म उसको सधैं ॠणी छु। बिदेश जाने पक्का पक्की भएपछी केही दिन अगाडि म बिरगंज गएको थिए ठुलो दिदी र भिनाजुलाई भेटन। त्यती नै बेला मैले पुराना साथीहरुलाई पनि भेटेको थिए। संगम, असिम, प्रदिप लगायतका साथीहरुलाई र अरुण पनि काठमाडौबाट बिरगंज आएको मौका परेको रहेछ अशिमबाट अरुणको नम्बर लिएर फोन गरेर भेटेको थिए उसलाई। उसकै अनुरोधमा त्यो दिन उसको घरमा बसेको थिए म। निकै दिन देखी कुनै तनावले ग्रसित जस्तो देखिन्थ्यो अरुण, दार्ही झुस्स बढेको थियो आँखामुनी कालो दाग बसेको थियो जसले बताइरहेको थियो उ निकै दिन देखी राम्रोसँग सुतेको छैन । अरुणको सबै परिवारले मलाई राम्रोसँग चिन्नु हुन्थ्यो निकै माया गर्नु हुन्थ्यो मलाई पहिलेदेखी नै। त्यसरात खाना खाएर अरुण र म बाहिर निस्किएका थियौ घुम्न , हिडदै हामी घन्टाघर सम्म पुगेका थियौ बाटोमा उसले मलाई बताएको थियो काठमाडौमा मेरो प्रेमिका छिन अत्यन्तै माया गर्छिन म उनीसंगै नै बिहे गर्न चाहन्छु त्यसैले घरमा कुरा राखेको तर बुवा आमा मान्नु हुन्न पहाडी र मदेशीको रिती रिवाज मिल्दैन, समाजले हेप्छन आफ्नो संस्कृती र भाषा मिल्ने संग नै बिहे गर्नुपर्छ भनेर पारिवारिक दबाब दिरहनु भएको छ। बुवा मुटु रोगी हुनुहुन्छ कुनै तनाब दिन हुन्न उहालाई। म बुवाको कुरा काट्न पनि सक्दिन र मेरो प्रेमिकालाई धोका दिन पनि सक्दिन म के गरु यार भनेर मलाई सोधेको पनि थियो मैले सुझाव दिएको थिए बुवा आमालाई सम्झाउ राम्रो सँग भनेर। मैले उसको प्रेमिकाको बारेमा जान्न खोजे तर उस्ले बताउन चाहेन बिदेश जादै रहेछौ केही दिनमा म पनि काठमाडौ जान्छु र भेटाउछु तिमीसँग भनेको थियो मैले पनि चुपचाप सहमती जनाएको थियो।

समिक्षाको प्रेमी अर्थाथ मेरो साथी अरुण यादव जसलाई धोकेबाज भनेर समिक्षाले एउटा निर्दोशको हत्या गरेर आफ्नै हत्या गरेकी थिइन तर अरुणले पनि माया गर्थ्यो समिक्षालाई जसको साची स्यवम म थिए। समिक्षाले सुसाइड नोटमा आत्महत्याको कारण अरुण र यो समाज बताएकी थिइन यद्दपी कुनै सजायको अपिल नगरेता पनि तर म दोष कसलाई दिउ? अरुणलाई फोन गरे निरन्तर ५ औ पटक फोन गर्दा पनि फोन उठेन, म्यासेज गरे इमेरजेन्सी छ फोन उठाउ भनेर तर पनि फोन उठेन, अरुणको बहिनी सुश्मा जो मसँग फेसबुकमा पनि एड थिइन र सुश्मा एउटा सामाजिक सस्थामा आबद्द थिइन । २०७२ सालमा गएको भुकम्पमा उनी आबद्ध भएको सस्थाले राहात संकलन गरेको थियो जसको सयोजक सुशमाले नै गरेकी थिइन थुप्रै पोस्टहरु थिए सहयोगको अपिल सहितका जहाँ सुश्माले आफ्नो नम्बर पनि राखेकी थिइन सहयोगका लागि संपर्क भनेर त्यहि नम्बरमा फोन गरे सुश्मालाई ४ पटकमा फोन उठ्यो। बहिनी म सोतन्त्र दाई बोलेको अरुण खोइ कहाँ छन किन फोन उठाउदैनन मेरो? सुश्मा मेरो कुरा सुनेर रोइ रहिन निकै बेरसम्म मैले सोधीरहे के भयो बहिनी किन रोएको अरुण खोइ? अन्तममा सुश्माले “दाइले हिजो राती आफ्नै कोठाको फ्यानमा झुण्डिएर सुसाइड गर्नु भयो” यत्ती भनेर फोन काटीदीइन सुश्माले ।

मेरो हातबाट फोन भुइममा झर्यो निकै बेर सम्म के के भयो केही थाहा पाउन सकिन जब होस् आयो म बेडमा थिए सुमनले मेरो आँखाको अगाडि थियो हातमा पानीको बोतल लिएर बसेको थियो मेरो नै बेडमा। म पुरै भिजेको थिए। बेहोस् भएको रहेछु सुमनले पानी खनाइरहेको रहेछ मलाई उठाउन ।

सङ्गीतकर्मी सघंको प्रदेश भेला सम्पन्न

कपिलवस्तुको बाणगंगा चार नः जितपुरमा सङ्गीतकर्मी सघं प्रदेश नः ५ को भेला सम्पन्न भएको छ । प्रदेश नः ५ का सङ्गीतकर्मीहरुको भेला यहाँ सम्पन्न भएको हो । यही जेठ १२ र १३ गते राष्ट्रीय सङ्गीतकर्मी सघंको चौथो केन्द्रीय महाधिवेशन काठमाण्डौमा हुन लागेको हुदा सो लगायत अन्य बिषयमा सङ्गीतकर्मीहरुको भेला सम्पन्न भएको हो । साथै भेलाले महाधिवेशनका लागी प्रदेशबाट ५५ जना प्रतिनिधी छनोट समेत गरेको छ । सो अवसरमा प्रदेश संयोजक लालमणी भसाल, महासचिव थानेश्वर अधिकारी, उपाध्यक्षद्धय दिपा गोर्खाली र भिष्मराज ढुङगाना, कपिलवस्तु जिल्ला अध्यक्ष पुर्णचन्द्र परियार, सचिव शिव खनाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा नेपाल, गुल्मी सचिव सन्त कुमार श्रेष्ठ लगायतले सङ्गीत क्षेत्रको बिकास हकहितका लागी जोडदार उठाउने साथै यस क्षेत्रमा देखिएका समस्याको समाधानका क्षेत्रमा काम गर्नेमा उनीहरुले जोड दिएका थिए ।

साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे पक्राउ

सनम शाक्य हत्या प्रकरणसँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार हालै गोरेलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप जानकारी छानबिन समितिले आज १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी दिन लागेको जानकारी प्राप्त भएकोछ ।

बिद्युत र खानेपानी आएपछि स्थानिय खुशी

वैखरी अर्घाखाची संवाददाता, ७ जेठ ।
अर्घाखाचीको सितगंगा १४ सुखौराका स्थानियले आफनो गाउमा बिद्युत र खानेपानीको सुबिधा पाएपछि खुशी भएका छन । बिद्युत र खानेपानीको समस्या झेल्दै आएका सुखौराबासीले सुखका दिन आएको बताउदै खुशी भएका हुन । सुखौरामा आयोजित एक कार्यक्रममा प्रदेशसभा सदस्य रामजी घिमिरेले बिद्युतको स्वीच अन गरी र धाराको पानीको टुटी खोली उद्यघाटन गरेका थिए । उद्यघाटन गर्दै बिद्युत र खानेपानीको समस्या समाधान हनाले पनि यस क्षेत्रलाई बिकासको गतिमा अगाडी बढेको महशुस भएको उनले बताए । त्यस्तै सितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारीले सुखौरा क्षेत्रलाई बिकासका हिसावले प्राथमिकतामा राखीएको बताउदै बिकासका सबै पुर्वाधारको बिकास र बिस्तारमा जोड दिइएको उनले बताए । कार्यक्रममा सितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मी, वडा नः १४ का वडा अध्यक्ष तथा सितगंगा नगरपालिकाका प्रवतmा दामोदर न्यौपाने , ईलाका बन कार्यालय पावराका जितेन्द्र खडका लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढि स्थानियको सहभागिता रहेको थियो ।

कविता- विचारहरु

 

कविता-विचारहरु
 गणेश श्रमण


विचारहरू त विकार हुन
सफा गर्नु छ यिनलाई।

जसरी सफा गरिन्छ
शरीर भित्रकाे मलमुत्र
शाैचालयमा छिरेर

जसरी सफा गरिन्छ
शरीर बाहिरकाे पसिना,मयल र गन्ध
बाथरुम भित्र छिरेर्

या जसरी सफा गर्ने गरिन्छ 
अति विकृत मानसिकताकाे तनावलाई
मैथुनक्रिया गरेर

यसरीनै  सफा गरिन्छ
अल्छीपनलाई- हाई गरेर
रुघालाई -हाच्छिऊ गरेर

त्यसैगरी सफा गर्नु छ
विचारका यी विकारहरु

किन लाग्छ
मन्दिर पसेर निस्केकाे पुजारीकाे भन्दा
भट्टी पसेर टन्न मातेर हल्ला गर्दै निस्केका मानिसहरुका विचारहरू पवित्र

किन लाग्छ
न्यायलयकाे कुर्सीमा बस्ने 
न्यायाधीशकाे भन्दा
अध्यारो काेठीमा बस्ने
पिङ्गलानगरबधुकाे विचार स्वच्छ

किन कुनै बलत्कारीकाे 
कल्पना भन्दा पनि
कुरुपछन् विचारहरु

किन कुनै हत्याराका
साेचाइभन्दा पनि
भयावह छन् विचारहरु

किन कुनै लुटेराकाे
याेजना भन्दा पनि
डरलाग्दा छन् -विचारहरु

यस्तै यस्तै खराब भन्दा नि खराब
विचारहरुलाई अाेत दिएर
जरागाडेर बसेकाे छ बर्षाैदेखि -
राजनीतिकाे विचार

विचारहरु त विकार हुन
सफा गर्नु छ यिनलाई ।
      ।।।

 

कपिलबस्तुमा विद्यार्थीलाई निर्घात कुटपिट गरि शिक्षक फरार

 

कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाको एक स्कुलमा शिक्षकले विद्यार्थिलाई निर्घात कुटपिट गरि फरार भएका छन् । चन्द्रौटा स्थित सनराईज ईंग्लिश बोर्डिङ स्कुलका शिक्षक राहुल तिवारीले कक्षा ३ का नाबालक इच्छा थापा, साहिल अलि, साईना खातुन लगाएत अन्य ७, ८ जना विद्यार्थीलाई निर्घात कुटपिट गरि फरार भएका हुन् ।प्रधानाध्यापक दिपक बेल्बासेले भने शिक्षकले गरेको गल्तिलाई सम्पुर्ण विद्यालय प्रशासनले जिम्मेवारि लिने बतएका छन् । उनले शिक्षक स्कुलमा हाजिरनै नभएको र जति सक्दो छिटो फरार शिक्षकलाई हाजिर गराउँने समेत बताए । ती वालवालिकाहरुका अभिभावकहरुले वडा प्रहरि कार्यालय चन्द्रौटामा मौखिक निवेदन मात्र दिएको र प्रहरि कार्यालयले स्कुल प्रशासन सगं सम्पर्क गर्दा शिक्षकले गरेको गल्तिलाई स्कुलले गम्भिर रुपमा लिएको र उनलाई कार्वाहि गर्ने जनाएको छ । घट्नाको अनुसन्धान वडा प्रहरि कार्यालय चन्द्रौटाले जनाएको छ । त्यस्तै स्कुलका प्रधानाध्यापकले भने जिम्मेवारि पुर्ण अभिव्यक्ति नदिएकोे अभिभावकले गुनासो गरेका छन् । यस्ता शिक्षकलाई छिटोभन्दा छिटो कारबाही हुन जरुरि छ ।

आहा ! यसरी पो मान्छे हिरो बन्दो रहेछ !! सजिलो उपाय सिकिहाल्नोस्…

पर्दामा सिनेमा हेर्दा जति सहज देखिन्छ, बनाउँदा त्यस्तो हुँदो रहेनछ ! त्यहाँ त पापड बेल्नु पर्दो रहेछ, तातो तेलमा चुलुम्म डुब्नु पर्दो रहेछ ! पर्दामा चिटिक्क देखिने पात्रहरु आफ्ना दु:खले मात्रै आज्र्याका होईन रहेछन्, स्पटब्वाई, मेकअप पर्सनदेखि निर्देशकसम्मको साझा पापड बेलाई रहेछ !  प्रश्तुत छ, सिने संसारका वास्तविक हिरोहरुको फोटो कथा ।

 

यिनि हुन् ‘भान्सा’का हिरो कुमार शाही ठकुरी ! भाले नबास्दै उठि सक्छन् । पोथी नकराउँदै किचनमा पसि सक्छन् । अण्डा नझर्दै चिया पकाई सक्छन् । चल्ला नकोरल्दै कलाकारका बेड-बेडमा पुऱ्याई सक्छन् । उनको टीमले सिनेमाका हिरोहरुलाई हिरो देखिने स्वादिष्ट भोजन र मिठा परिकारहरु बनाएर कलाकारलाई कलात्मक खाना खुवाउँदा रहेछन् !

 

 

खुवाउनेमात्र हैन, हिरोलाई हिरोजस्तो बनाई दिने अर्कै हुँदो रहेछ ! कुर्सीमा बस्ने यी हेण्डसम युवा अमृत ढुंगाना हुन्, ‘१०० कडा १०’ का हिरो ! अमृतसँगै अमित पोखरेल, उत्सव न्यौपाने, सोनिया राई, राजाराम पौडेल, रश्मि भट्ट, प्रसिद्ध थापा, म लगायतलाई पर्दाको हिरो बनाउन पर्दा पछाडीका यी दुई महा-हिरोहरुको ठूलो हात छ । ती हिरोहरुको नाम हो, होचो कान्छो रुपक थापा र मोटे माईलो शंकर थापा जसको पद मेकअप आर्टिष्ट रहेछ !

 

 

अनि यी चाहीं मुख्य नायीका हुन्, करुणा श्रेष्ठ । पहिलो पटक सिनेमा पाईला राखेकी उनको अभिनय र रुपबाट जो कोही पनि ढल्न सक्छन् । झन् उनको आकर्षक केश सजावटबाट धेरै युवाहरु ढल्न सक्छन्, युवतीहरु जल्न सक्छन् । यिनको सुन्दरतालाई निखार्ने पर्दा पछाडी अर्कै हुन्छ, केश विन्यास ! गीता अधिकारी विन्यासले नै करुणालाई थप सुन्दर देखिएको हो ।

हिरोलाई हिरो बनाउने पर्दा अर्का हिरोको नाम हो, श्रृंगार तथा आर्ट डाईरेक्ट अर्थात् जीवन पौडेल । उनी कपडा लगाउन नजान्नेलाई पनि चिटिक्क पारेर सजाउँछन् । उनको अर्को काम पनि छ, आर्ट डाईरेक्टर !हिरो हिरोईन नाँच्ने सेटदेखी सेटको सजावट गर्छन् ।

 

 

हिरोलाई टाईममा स्पटमा पुऱ्याउने, टाईममा होटल छोड्ने, आईज भन्दा आउने, लैजा भन्दा लैजाने चालक, सहचालक पर्दा पछाडीका महा–हिरोहरु हुन् ।

 

 

सिनेमा निर्माणलाई सहज र सरल बनाउने अर्का हिरो हुँदा रहेछन्, प्रोडक्सन म्यानेजर ! सुटिङ्कालागि सिडियोसँग संवाद गर्नेदेखि स्थानीयसँग बिबाद मिलाउनेसम्मका च्यालेन्जिङ् काम यो गर्दा रहेछन् । यो सिनेमाका त्यो नायक हुन्, माधव पण्डित । आँखा चिम्लिएर यिनको कुरा सुन्यो भने शुरबिर पण्डित नै लाग्छ ।

 

कलाकारलाई कलाकार बनाउने पर्दा पछाडीका महा कलाकारहरुको अर्को पद हो, स्पटब्वाई । सुटिङ्मा खाना खुवाउने, चिया पिलाउने, स्पटलाई क्लियर बनाउने र पर्दामा हेर्दा चिटिक्क पार्न सहयोग गर्ने काम उनिहरुले नै हो ।

 

 

सिनेमा सुन्दर हुनुमा क्यामेरा मेनको ठूलो महत्व हुन्छ । उनलाई पनि सघाउने अर्को टोली हुँदो रहेछ छ । तिनले क्यामेरा टेकर, ट्र्ली व्वाई, रिफ्लेक्टर, क्रेन, जोनी जीप सञ्चालन गर्न मद्धत गर्दा रहेछन् । अनि पो क्यामेराम्यानले सुन्दर दृष्य पस्किंन सक्दा रहेछन् ।

 

 

कलाकारलाई सुन्दर ढंगले क्यामेरामा कैद्ध गर्ने यिनि हुन्, क्यामेरा पर्सन रामेश्वर कार्की । उनको काम हो, जस्तो नराम्रो दृष्यलाई पनि राम्रो देखाउनु । पर्दा पछाडीका टप थ्रि नायक मध्येका एक क्यामेरा पर्सन नै हुँदा रहेछन् ।

 

 

कलाकारलाई कथा अनुसारको पोशाक चाहिन्छ । त्यसको जिम्मा ड्रेस डिजाईनरको हो । यो सिनेमामा बोनिका र रित खड्काले यो कमाण्ड सम्हालेका छन् । लौकाजस्ता लाम्चा, फर्सिजस्ता मोड्का, जस्तासुकै कलाकारलाई डिजाईनरले चिटिक्क देखिने ड्रेस तयार पारेर हेण्डसम र ब्युटि बनाई दिने यिनिहरु पर्दा पछाडीका नायीका हुन् ।

 

 

हिरोलाई नाँच्न सिकाउने अर्को पद छ, डान्स डाईरेक्टर । उनले मनमनै मात्र नाँच्न सक्ने मान्छेलाई पनि फकाउँदै, हप्काउँंदै, सिकाउँदै, सातो लिंदै, बातो बसाउँदै नचाउँछन् । यहाँसम्म कि आँगन टेडो देख्नेलाई समेत राम्रो डान्सर बनाएर पर्दा देखाउँदा रहेछन् । यिनको नाम हो, दिलिप ओखेडा ।

 

 

पर्दा पछाडी अर्को हिरो हुँदा रहेछन्, मुख्य सहायक निर्देशक । यो सिनेमामा ललीत बिष्टले यो काम सम्हालेका छन् । यीनको काम हुँदो रहेछ, निर्देशकलाई सहयोग गर्ने । यसलाई यसरी बुझौं, प्लेनमा दुईजना पाईलट हुन्छन् । एउटाले चलाउने, अर्कोले उडाएको हेर्ने ।

 

 

प्लेनमा एयर होष्टेज भएजस्तै फिलिममा पनि सहायक निर्देशक हुँदा रहेछन् । ‘१०० कडा १०’ को उडानमा पनि २ जना पुरुष एयर होष्टेजहरु छन्, साजन थापा र सुदीप पौडेल । उनिहरुको काम हो, पाईलट र को-पाईलटलाई सघाउने र यात्रुहरुलाई नमस्ते गर्ने अर्थात् पात्रलाई कमाण्ड गर्ने ।

 

अनि यी चाहीं पर्दा पछाडीका मूख्य हिरो हुन्, निर्देशक राम शरण पाठक । क्यामेरा, पोजिसन, संवाद सबैको नियन्त्रण यिनका हातमा हुन्छ । कलाकारको संवाद, मुड, एक्सप्रेसन यिनै हेर्छन् । अभिनय राम्रो भएन भने टेक, रिटेक र टेकका टेक लिएर पनि जिरोलाई हिरो बनाई छाड्छन् । क्यामेरा अगाडी पर्नासाथ ओठ मुख सुक्ने म जस्तालाई पनि सिनेमामा चलाउने दुस्साहस गर्छन् ।

 

 

मानौं, सिनेमा एउटा ब्यापार हो । ब्यापार चुर्लूम्मै डुब्न पनि सक्छ, तैरिन पनि सक्छ । अब सिनेमाको भाषा बोलौं, सुपर हिट पनि हुनसक्छ, पानी खान नपाएर घिटिक घिटिक मर्न सक्छ । यी दुबै संभावनाको बिचमा घडेरी बेचेर, घर धितो राखेर, सुन बन्दगी राखेर भएपनि यो महासागरमा हाम फाल्ने दह्रो मुटु भएका मान्छेलाई निर्माता भनिंदो रहेछ । ‘१०० कडा १०’ मा चाहिं त्यस्तो नहोला, किनभने धन भएका उत्तम खत्री, रज्जु प्रधान छन् । तिनका पछाडी पनि मन भएका सामाजिक अभियन्ताहरु थुप्रै छन् ।

कुरो ‘१०० कडा १०’ भएपनि कहानी लगभग सबै सिनेमाको हो । । बिहान चियाको कप कलाकारका ओछ्यानसम्म पुऱ्र्याई दिने अर्कै हुँदो रहेछ । खाना खुवाउने पनि अर्कै हुन्छ । लुगा बनाई दिने अर्कै हुँदो रहेछ, लगाई दिने पनि अर्कै हुँदो रहेछ । चाउरिएको अनुहार पनि चिटिक्क बनाई दिने अर्कै, गीत लेखिदिने अर्कै, संगीत भर्ने अर्कै, गाउने पनि अर्कै हुन्छ । नाँच्न सिकाउने अर्कै, फाईट सिकाउने अर्कै हुन्छ । यहाँसम्म कि कैलेकाहीं सम्वाद बोलिदिने पनि अर्कै हुँदो रहेछ, जस्लाई डबिङ् भनिन्छ रे । अझ रमाईलो त लड्न भिंड्न नजान्ने/नसक्नेका लागि डमी पनि अर्कै भई दिन्छ रे । यसरी सामुहिक प्रयासद्धारा एउटा ब्यक्ति पर्दामा कलाकार भएर देखा पर्छ । अब भन्नोस्, वास्तविक हिरो को होला ?!

प्रस्तुत लेख आदरणीय दाई मनोज गजुरेल को gajureal.com बाट  सांभार  गरिएको हो !! waikhari.com  सम्बाददाता  प्रेम पाण्डे  ” मनको साथी ” काठमाण्डौ

नेकपाको केन्द्रिय सदस्यमा बिमला घिमिरे चयन

नेकपाको केन्द्रिय समितिमा साविक एमालेवाट थप हुने ४१ सदस्यमा कपिलवस्तुकी एमाले महिला नेतृ विमला घिमिरे पर्न सफल हुनु भएकोछ । दुबैपार्टी एकतापछि एमालेका तर्फवाट २४१ जना र माओवादीका तर्फवाट २०० जना रहने सहमति अनुसार एमालेले कपिलवस्तुकी नेतृ विमलालाई सदस्य वनाउने गरी ४१ नया सदस्यको सूची फाइनल गरेको हो । घिमिरे कपिलवस्तुवाट केन्द्रिय सदस्य बन्न सफल भएकोमा नेकपा एकता संयोजन समितीका संयोजक झविलाल पोख्रेलले विज्ञप्ती जारी गरेर बधाई ज्ञापन गर्नु भएकोछ । उहाले नेकपाका अध्यक्ष केपि ओली सहितका स्थायी कमिटीका नेताहरुलाई कपिलवस्तुका लागि दिएको स्थानप्रति कृतज्ञता प्रकट गर्नु भएकोछ । यता नेतृ घिमिरेले एकपछि अर्काे राजनैतिक उचाई हासिल गर्न सफल हुनु भएकोछ । गत हप्ता मात्र एमाले प्रदेश कमिटी प्रदेश नं ५ मा मनोनित हुनु भएकी नेतृ पुनः केन्द्रिय सदस्य बन्न सफल हुनु भएको हो ।

संस्मरण-फकिर, गब्बर र फिरोज खान

फकिर, गब्बर र फिरोज खान
बाबु त्रिपाठी

आज उसको नामचैँ सोधेरै छाड्छु ।

बाको फोन आयो–“कस्तो छ ?”
मैले भनेँ–“बा, मलाई ठीक छ ।”
बाले उताबाट भन्नु भो–“तँलाई कस्ले सोध्या छ । छोरीलाई कस्तो छ भनेको ?”
“ठीक छ बा ।”
बाले “जय होस्” भन्नु भो । सुइले गर्दा छोरी रुने कुरा चैँ
बासँग गरिनँ ।

घोडाको टापमा जसरी फलाम बस्छ । उसले बोकेको लौरोमा पनि उसै गरी फलाम बसेको हुन्छ । अग्राठको लौरो समाउँछ र अलिकति निहुरिन्छ ट्याक्सी स्ट्याण्ड लेखिएको बोर्डनिर आएर । फेरि सिधा हुन्छ । आँखा भासिएको छ उसको । को हो ऊ ?

कहाँबाट आयो ? मलाई उसको नाम जान्नु छ । काँ बस्छ ? के खान्छ । बेलुकी ठीक आठ बजे ट्याक्सी स्ट्याण्ड लेखिएको बोर्ड नजिक आएर ऊ किन एकछिन सुस्ताउँछ ? हातमा किन चारवटा घडी लाउँछ ? ऊ दारी किन कहिल्यै काट्दैन । किन त्यति दुब्लो भाको हो ? यसरी जम्मा गरेका कार्टुन काँ लगेर बेच्छ ? दिनभरि काँ जान्छ ? यो सबै जान्नु छ । तर ऊसँग बात गर्ने अवसर मिलेको छैन ।

मेरो दोस्त छ एउटा फकिर । उसलाई सोधेथेँ ऊ रिसायो र भन्यो –“त्यो मुजीको कुरा नगरम त ।”

“मुख नछाड न । किन नि ?”
त्योसँग मेरो पहिल्यै झगडा परिसकेको छ । यति भन्यो । तर के कारण भो त्यो चैँ भनेन । मेले पनि सोधिनँ ।
“साले बाल बच्चा भएको फकिर । तँ फकिर चैँ कसरी ? फकिरका त कोही हुन्नन् ।”
सहज जवाफ दियो– “म सबै भएको फकिर ।” यति भनेपछि खल्तीबाट चुरोट निकाल्यो र हातमा खेलाउन थाल्यो ।
त्यो दिन पनि उसले सोलमारी लगाइसकेको थियो । ह्वास्स गनायो । ऊ सोलमारी बहुत मन पराउँछ । मलाई पनि सोलमारीको बानी पारिदियो बजियाले । आफूले नलाएको बेलामाचैँ अरुको
मुखबाट आएको गन्ध पनि वाक्क लाग्ने ।

सार्क सम्मेलन ताका भारतका प्रधानमन्त्री आउने भएपछि बाटोका डिभाइडर सप्पै हटायो पुलिसले क्रेन लगाएर । त्यो डिभाइर अचेल चिया पिउनेहरूको चिया पिइसकेपछिको कप राख्ने ठाम भाछ । डिभाइडर हटाएर सरकारले बाटोलाई अझै चौडा बनायो । तर दुर्घटनालाई अझ निम्त्यायो । त्यो बाटामो अचेल गेर लगाइ लगाइकन मृत्युहरू कुद्छन् । जाऊँ जाऊँ गुरुजी ।

सधैँझैँ यतातिर दुई युवती र उसकी आमा कित्लीमा चिया राखेर चिया बेच्न बसेका छन् । अगाडि नगरपालिकाको थोत्रो योजना उभिएको छ खाम्लाझैँ गरेर । चियाको कित्ली चलाइरहेकीको नाम कञ्चन । गिलास पखाली रहेकीको नाम मृदुला । मृदुलाभन्दा कञ्चन बढी हँसिली छिन् । उनी चिया पसलमा उभिदाँ अझ सुन्दर बनेर उभिन्छिन् । कञ्चनसँग महँगो मोबाइल पनि छ ।

उनी बाचाल पनि छिन् । सधैँ झैँ फकिरले कञ्चनको नाम लिएर दुई कप चिया माग्यो । तर चिया बोकेर मृदुला आइन । फकिरले “धन्यवाद” भन्यो । उनी मुस्कुराइन मात्र ।

उतातिर आमा र बुहारी । पहिला स्वस्तिका थिइन् । त्यहीँ चिया पिउन आउने ठीटोसँग स्वस्तिकाको लव प¥यो । उडाइदियो बजियाले । उजाड बनाइदियो चिया पसल । त्यो दिनदेखि उताको चियाको स्वाद पनि खल्लो भो ।

फकिरले भन्यो–“बर्बाद भो ।”
ठिटोको घरमा पहिल्यै श्रीमति भाको कुरा स्वस्तिकाले पछि चाल पाइन । यो कुरा कताकताबाट फकिरले पनि चाल पायो । यो कुरा मलाई भन्ने पनि फकिरनै हो । पछि उनका आमा बाबुले चाल पाए । अनि त्यो ठिटोसँग छुटाइदिए स्वस्तिकालाई र अर्कै केटासँग बिहे गरेर पठाइदिए । त्यसदिनदेखि मैले स्वस्तिकालाई देखेको छैन । फकिरले पनि देखेको छैन । नत्र देखेँ भन्थ्यो मसँग ।

पहिला यी दुबै चिया पसल टाँसिएर बसेका थिए । गिलास राख्ने तरिका एउटै । ग्याँसको सिलिण्डर बस्ने ठाम उस्तै । चिनी राख्ने भाँडो उस्तै । चियाको कित्ली उस्तै । स्टोभ उही । बसेर
चिया पिउने ठाम उही । एउटा पसलको नमुना हेरेपछि अर्कोलाई हेर्न पर्दैनथ्यो मलाई लाग्थ्यो फोटो कपी ।

डिभाइडरनिर नाङ्लोमा चुरोट, पान पराग बेच्न एक जना आमा बसेकी छिन् । अन्दाज गर्दा उनको उमेर लाग्छ साठी ।

मैले फकिरसँग भनेँ–“अरे यार ती आमाको नाङ्लो पसलमा भएको सबैको दाम लगाउने हो भने पनि चार सय कट्दैन तीनले कति बेच्छिन् र कति फाइदा लिन्छिन् ?”
“तँ मुर्ख होस् । यो बजारमा बिहानदेखि बेलुकासम्म बस् अनेक दृष्य देख्न पाइन्छ । त्यो नाङ्लो पसल त ती आमाको देखाउने दाँत हो । तीनको चपाउने दाँत अर्कै छ ।”
“मतलब ।”
“मतलब साफ छ । उनी चुरोट र पान परागको बाहानामा गाँजा बेच्छिन् । मैले पनि तिनीसँग किन्ने हो । खान्छस् गाँजा ।”
“दिम्सै ।”
“ऊ त्यो लजमा अस्ती पुलिसले रेड हान्यो ।” उसले नदेखिएको लजतिर आफ्नो चोर औँला देखायो ।
“तँलाई सबै थाछ हगी ?
“घाटघाटको पानी खाछु ।”

साँझको पाँच बजेपछि सडकको उपल्लो पेटीमा झेलाबाट पुराना तथा टल्केका जुत्ताहरू फुत्त फुत्त बाहिर निस्किन्छन् ।
”ओइ दिदिनै यत्तिका पुराना जुत्ता कहाँबाट आउँछन् ?”
”यो चोरीको जुत्ता हो । मठ मन्दिरहरु के का लागि त ।”
”कलंकीदेखि बसपार्क र बसपार्कदेखि चढेका पाकेटमारहरूको ओर्लने ठाम पनि यही हो । उक्लने ठाम पनि यही हो” –फकिरले यो पनि भन्यो ।

छेउमा लहरै स्थायी बसोबास गरेर बसेका छन् पूर्व जाने डिलक्सका टिकट काउन्टरहरू ।
ट्याक्सी स्ट्याण्ड लेखेको नजिक अन्दाजी तेइस वर्षको लक्का जवान गाडामा चटपट, मकै, भटमास, बदाम बेचिरहेछ । उसको अनुहार नियाल्दा गुरुङ जस्तो लाग्छ । उसको घर चैँ सिन्धुपाल्चोक । रातो आँखा पारेर एउटा फटाहा गाडामा अडेस लगायो र बदामको सानो मानातिर औँला देखाउँदै भन्यो– ”यो तुरी जत्रो मानामा राखेको बदामको चैँ कति नि ?”

उसले आफ्नो धर्म निभायो र भन्यो– ”बीस रुपियाँ ।”
”बीस रुपियाँ, खान्न मुजी” सात दाना जति झिक्यो रहिँड्यो ।
”जड्याहा साले । जाँड खान पैसा हुन्छ ।” ऊ मकै भुट्न थाल्यो ।

हरियो केराउ र आलु राखेर उसले बनाएको चटपट बहुत मनपर्छ । भुजा हालेको चटपट मलाई पनि मन पर्दैन । फकिरलाई पनि । पीरो अमिलो पनि ट्वाक्क बनाउँछ । फकिरलाई झन् मनपर्छ । गाँजा खान्छ नि त । चालीस रुपियाँको चटपट बजायौँ हामीले । मलाई पीरो भो ।

मैले उसलाई एकदिन सोधेको थिएँ–दिनमा कति कमाउनु हुन्छ–मकै भुट्दै उसले भन्यो “दिनको एक हजार । मलाई कतार र मलेसिया यहीँ भाछ ।” यति भनिसक्दा उसले मलाई हेर्न पनि भ्याएको थिएन । यति भन्न नपाउँदै अर्को ग्राहक मकै भनिहाल्छ बीस रुपियाँको नोट देखाएर ।

रातको नौ बजेपछि एउटी अर्धवैँशे महिला र एकापटीको आँखा अलि सानो भएको एउटी युवतीलाई म बारम्बार त्यहाँ देख्छु । बात मारिरहेका भेटिन्छन् युवाहरू । के बात होला दिन्दिनै पनि । बात मार्ने युवाहरू चैँ बदलिरहन्छन् ।

छेउमा चाउमिन बसिरहेको गाडा छ । गाडावाला दुई जना हेर्दा बाउ छोराजस्ता लाग्छन् सोधेको छैन । उनीहरू सबैभन्दा ढिलोसम्म त्यहाँ गाडा राख्छन् । रोटी पकाउँछन् । रोटीलाई पत्रिकामा बेर्छन् र त्यहीँभित्र काटिएको बन्दाको टुक्रा हाल्छन्, अचार हाल्छन् र खान आउनेलाई दिन्छन् ।

तारेको माछा पसल हुन्छ छेउको गाडामा । आज नबिकेको माछा के गर्लान् यो सोचिरहेछु वर्षौँदेखि । तर सोधेको छैन । तातो तेलमा उफ्रिरहेको हुन्छ अलि उता पुरी । कराइमा हुन्छ तरकारी र एउटा भाँडामा हुन्छ । अचार । उतापटी । अलि उता चटपटसँग सिजन सिजनको चीज बेच्छ सप्तरीको पतेन्द्र ।

उतापटी अर्को ठेलामा अन्टा फ्राइ गरिरहेका भेटिन्छन् बाराका मृत्येश्वर ।

टुथपेष्ट देखि मोजासम्म एउटै पसलमा राखेर बेच्छे धनुषाकी जुलिमा ।

देश छाडेर जान आत्तुरहरूको भीड दिनदिनै बाक्लिन्छ । दलालहरू र जानेहरूको संख्या बराबरी । हातमा पासपोर्ट च्यापेका त कत्ति हो कत्ति । पासपोर्ट च्याप्नेहरू बढी तराई मूलकै छन् । हामी यो दृष्य म वर्षौदेखि देखिरहेका छौँ । क्रमश यो दोहोरिरहन्छ ।

यहाँ सबथोक पुरानो छ तर एउटा कुरा अनौठो छ । ऊ ठीक बेलुकीको आठ बजे आइपुग्छ । चाउचाउका कार्टुन देखि लिएर भएभरको भेटेको कार्टुन जम्मा पारेर ल्याउँछ र ट्याक्सी सट्याण्ड लेखेको बोर्ड निर आएर आफ्नो भारी बिसाउँछ । लौरो चैँ हत्तपत्त बिसाउँदैन । केही बोल्दैन । चिया पसललेले चियाका गिलास धोएर भरि बनाएको बाटालाई जुरुक्क उचाल्छ र अलिपरतिर लगेर खन्याएर आउँछ र एक कप चिया खान्छ । यो दृष्य पनि निरन्रत दोहोरिहन्छ । त्यो दिन फकिर आइपुगेको थिएन ।

मैले भनेँ–“तपाइँको नाम के हो ?”
हातमा लौरो टुटेको थिएन । उसले आफ्नो नाम “गब्बर बतायो ।”
उसलाई एक कप चिया मगाइदिएँ ।
“गब्बर त त्यो शोलेको खुङ्खार डाँकुको नाम हैन र ?”
“हो, म पनि त खुङ्खार हुँ । मेरो हुलिया हेर्नुस् र गब्बरलाई हेर्नुस् । गब्बर पनि फोहोरी थियो म पनि फोहोरी छु । ऊ पनि सुर्ती खान्थ्यो म पनि सुर्ती खान्छु । गब्बर पनि दारु पिउँथ्यो । म
पनि दारु पिउँछु ।”
“गब्बरले दारु पिएको त देखिन त मैले शोलेमा ?”
“के कुरा गर्नुहुन्छ ? तु बहारौँ से निकला, चाँद सितारोँ से निकला गीतमा हेलेनलाई नचाएछ गब्बरले दारु पिएर । अझ अर्को कुरा, ऊ कितने आदमी थे भन्थ्यो । यता म पनि त्यही भन्छु ।

फरक यत्ति हो मैले जस्तो चार वटा घडी चैँ गब्बरले लगाउँदैनथ्यो ।
“घर काँ नि तपाइँको ?”
“गब्बरको पनि घर थिएन । मेरो पनि घर छैन ।”
उसले पहिला चार वटा घडी लगाएको आफ्नो दुईटा नाडी देखायो । तर चार वटै घडी बिग्रिएको । बिग्रिएको घडीले पनि दिनमा दुईपल्ट सही समय दिन्छ ।

“तपाइँ गुन्डा हो र ?”
मेरो यो प्रश्नको उत्तर नदिइकन गब्बर अर्को चिया पसलको पानी फाल्न गयो ।
ऊ कहाँ सुत्छ, कहाँ खान्छ कसैलाई पनि थाहा छैन । उसको साथी छ एउटा कुकुर । कालो वर्णको छ कुकुर पनि ।

ऊ कुकुरलाई औधी माया गर्छ । ऊ त्यो चिया पसलमा आएपछि कुकुर पनि कता कताबाट आइ पुग्छ । कैलेकाहीँ चैँ आमा गाली दिन्छ त्यो कुकुरलाई ।

फेरि आयो र भन्यो– “अझ सुन्नुस् गब्बरको खास आदमी छ साम्भा । मेरो पनि खास छ यो कुकुर यसको नाम पनि साम्भा हो ।”
“लौरो चैँ किन बोक्या नि ?”
“सुरक्षा ।”
“तपाइँ र गब्बरमा अरु के परक छ त ?”
“एउटा फरक छ गब्बर र ममा । गब्बर टाइ लगाउँदैनथ्यो । म टिसर्टमा पनि टाइ लगाउँछु ।”
“गब्बर त सुरक्षाको लागि बन्दुक बोक्थ्यो । तपाइँचैँ लौरो बोक्नुहुन्छ, मिलेन नि त ।”
“मेरो यो लौरोले बन्दुकको काम गर्छु ।” उसले आफ्नो बन्दुकअरुलाई पनि देखायो । दशैँताका गब्बर हरायो ।
……………………………….
दशैमा फकिर र मैले खसीको भुटन र सोलमारी लगायौँ । उसले पहिल्यै लगाइसकेको रहेछ । उसको हातमा चुरोट टुट्दैन । उसको मुख मलाई चिम्नी लाग्छ ।

मैले फकिरलाई भनेँ– “उसले त आफ्नो नाम गब्बर बतायो मलाई ।”
“त्यसकै पछि लाग ।”
उसको कुरा सुन्न ऊ मान्दैन ।

साँझ प¥यो । छेउको लजमा दुई युवा र युवती गए । लजको ढोकानिर लौरो बोकेर सुरक्षाको लागि प्रहरी दाइ उभिनु भएको घण्टौँ भैसक्यो । अचेल सुन्छु त्यो लजमा जुवा पनि खेल्छन् रे । “छापा मार्नु नि हो । जुवा चैँ खेल्न दिन त भए न नि ।”
फकिरले भन्यो– “दिन दिनै पनि कहीँ रेड हुन्छ भन्या । यसरी दिनदिनै रेड गर्ने हो भने नेपालभरका लज बन्द गरिदिए हुन्छ । धेरैको रोजगारी चट् हुन्छ ।”

उसको कुरालाई समर्थन जनाएँ ।

बस बिसौनीनिर मोजा बेच्ने र पुरी बेच्नी महिलाबीच एक्कासी हानाहान चल्यो । के कारण हानाहान भो कसैले चाल पाएनन् । हानाहान हेर्नेहरूको अर्को बजार लाग्यो । महिला हानाहान बीच उनीहरुकै पुरुषपुरुषबीच हानाहान चल्यो । केहीछिन सम्म चलिरह्यो । कारण पत्ता लगाउन नजिकै जान सकिएन । कारण पनि खोजेनौँ । त्यहाँ फुर्सद भएकाहरू रौँझैँ गुजुल्टिरहे ।

त्यो ठाउँको अर्को विशेषता भनेको गाली चैँ मज्जा मज्जाका सुन्न पाइन्छन् । हिन्दी र नेपालीमा ।
…………………………..
आँखा अगाडि उही दृष्यहरू घुमिरहेका छन् । मलाई त्यहाँ भएका मान्छेहरू चार वर्ष अघि देखेकै मान्छे लाग्छन् । तर हैन । अनुहार फेरिएको छ । मैले अन्दाज नलगाएको । चार वर्ष अगाडि देखिएका अनुहार त यतिबेला खाडीमा छन् । यी अनुहारहरू खाडी जाने तयारीका लागि उभिएका हुन् । पासपोर्ट हातमा बोकेर । दलाललाई कुरी बसेका हुन् ।

छोरीकी आमाको फोन आयो । उनले एकाएक भनिन्–“लौन छोरीले त औँला चुस्न पो थाली ।”
मैले भनेँ–”कतिखेर देखी ?”
उसले भनी “भर्खर । चार वटा औँला मुखमा हाल्छे त ।”
मैले भनेँ–“छोरी ठूली भई ।” फोन काटेँ ।
अस्ती छोरी खुब रोइ सुइ लगाएपछि । ज्वरो पनि आयो निक्कै । औषधीले छोएन । छोरी रोएपछि उसकी आमा पनि रोइ ।
अघिल्लो महिना पनि उसै गरी रोए आमाछोरी ।

मलाई अस्ती हवाइजहाजदेखि खुब रिस उठ्यो । सुइले गर्दा एकातिर छोरी रोइरहेकी छ । अर्कोतिर बल्ल बल्ल फकाएपछिछोरी निदाउन खोज्छे तब ठूलो आवाज गरेर जहाज छोरी निदाएकै माथिबाट आउँछ र जान्छ । आवाजले छोरी फेरि बिउँझिन्छे र रुन्छे । हैन मैरै छोरी निदाउने बेलामा जहाज आउनु पर्ने ?
…………………………..
तिहार लगत्तै मैले गब्बरलाई फेरि सोही भेषमा देखेँ र भनेँ–“के छ गब्बर ?”
उसले भन्यो– ”को गब्बर ? ”
मैले भनेँ–“तपाइँ ।”
“मेरो नाम फिरोज खान हो” –उसले भन्यो
“फिरोज खान, अस्ती नै त गब्बर भन्या हैन र ?”
“काँ भनेँ ?”
“फिरोज खान ऊ बेलाको सदावहार नायक । अलि अगाडिको वेलकम फिलीमको गुन्डा । आर.डि.एक्स. ।”
“हो म फिरोज खान ।”
“बिहे भो तपाइँको ?”
“भै सक्यो । मेरा चार वटा स्वास्नी छ ।”
पुरानो फाटेको ज्याकेटको भित्रिखल्तीबाट फोटो निकाल्यो र भन्यो– “यी मेरा दुईटी स्वास्नीको फोटो । दुईटी चैँ घरमा राखेको छु ।”
नियालेर फोटो हेरेँ । एउटा तस्बीर थियो रेखाको अर्को तस्बीर थियो माधुरी दिक्षितको ।
“अर्को दुईटीको नाम भन्न मिल्छ ।”
ऊ नबोली फर्कियो ।

अब मलाई फिरोज खानसँग अझै बात मार्न मन लाग्यो । उ गएकै तिर गएँ र भनेँ–“फिरोज खान चिया पिउने हो, म पिलाउँछ ।”
“उसले भन्यो नाइँ ।”
“दारु पिउने त ?”
“नाइँ । फिरोज खान दारु पिउँदैन ।”
चिया पसल्नीले भन्नु भो– “यो पागलसँग के कुरा गरिरहनु भएको । यसले त दिनमै आफ्नो नाम बदल्छ । भोलि अर्कै भन्छ । पागल हो यो । हिर्काउला ध्यान दिनू ।”

रात परिसकेको थियो । फिरोज खानले मौन भो । तर उतापटी गएर फत्फताइरह्यो । नौ बज्यो फिरोज खान कार्टुन बोकेर हिँड्यो ।

फकिरलाई अर्को दिन भनेँ– “उसले त आज आफ्नो नाम फिरोज खान पो भन्यो त । स्वास्नीको कुरा ग¥यो । स्वास्नी भन्दै फिलीमको नायिकाको फोटो देखायो ।”
“दिनदिनै नाम बदल्छ सालेले ।”
“भन्न चैँ आफूलाई फकिर भन्नी, अनि यसरी मुख छाड्नी ।”
फकिरले खल्तीमा हात लग्यो । मलाई लाग्यो चुरोट झिक्न लाग्यो ।

त्यो दिन म फकिरसँग बिदा भएर हिँडे । त्यसपछि फकिरसँग मेरो भेट भएन । न रिसायो कि मसँग । ऊ बेपत्ता भएको पनि धेरै दिन भो । लाग्छ न कहीँ सोलमारी लगाएर पो बसिराछ कि । न गाँजाको ध्याउन्नमा पशुपति कुटीतिर पो छ कि ? मलाई उसको अभाव भैरह्यो ।

फिरोज खानलाई भेट्न भोलिपल्ट अलि चाँडै गए । ऊ आएको थिएन । साउनीसँग सोधेँ –“साउनी फिरोज खान आएको छैन ?”
“को त्यो पागल । आज त आछैन । आउँदै होला ।” नौ बज्यो फिरोज खान आएन ।

मनमा एउटा थक्थकी लागिरह्यो । फिरोज खानको अर्की दुईटी स्वास्नी कुन नायिका होलिन् । कुन नायिकाको फोटो देखाउँथ्यो होला उसले । अजिबको पात्र । दिनहरू बिते । फकिर पनि आएन । गब्बर पनि आएन । फिरोज खान पनि आएन । बजार उसै गरी चलिरहेछ ।
…………………
चटपट, पानीपुरी, पुरी, तरकारी, अचार, जुत्ता, मोजा, टुथपेष्ट, चाउमिन, मम, चिया, माछा, उसै गरी बिक्रि भैरहेका छन् । हातहातमा पासपोर्ट बोकेर उसैगरी उभिएका भेटिन्छन् अहिले पनि । जहाज आइरहन्छ । गैरहन्छ ।

“गजल “अमर प्रेमले समर्पण खोज्छ, मदनमा पनि, मुनामा पनि !!

आँखा हुन्छ, भुसुनामा पनि,
कर्तुत लुक्दैन, कुनामा पनि ।

अमर प्रेमले समर्पण खोज्छ,
मदनमा पनि, मुनामा पनि ।

आस्था ठूलो हो,उपहार हैन,
गोदान अटाउछ,दुनामा पनि ।

विश्वासमा नै अडिन्छ इज्जत ,
सुरुवालको एउटा तुनामा पनि ।

पीडाभित्र हुन्छ रे सिर्जना !
रामायण रचियो थुनामा पनि ।

‘सागर’ स्वदेश खोजिरहन्छ,
परदेशीको पाहुनामा पनि ।

©जे. सागर
# सिर्जना वाचन डबली १२ औं शृङ्खला विशेष

“देशको लालपुर्जा “

– आमाको चीत्कारले केही दिन यता म सुत्न सकेको छैन !!

बा´को सुस्केरा संगै कामेको छ मुटु  !!

हिजो मात्र सपनीमा बुद्द आएका थिए नयन भरि आँसु लिएर,

सीता र भृकुटीले सुरक्षित स्थान खोज्दै छ्न नाम्चे बजार डुबानमा छ

सगरमाथाको आँसुले डाफे घाइते छ पखेटा गुमाएर,

फिक्का फिक्का छ सिम्रीक तेजिलो छैन चन्द्र न्यानो छैन सुर्य  !!!

कोशी, कर्णालि र महाकाली त्रसित छ्न बग्न पुर्व, पश्चिम् र दक्षिण तिर !!

लिलामिमा छ मेरो राष्ट्रियता

त्यसैले माइती नेपाल सिमाना पार गर्ने लागेका

नेपाली चेलीहरुको अनुसन्धान संगै चेक जाच पनि गर्नु

सिमाना पार गर्न लागेका नेताका झोलाहरु भेटिन सक्छन

ति झोला भित्र मेरो देशको नक्सा र लालपुर्जा  !!!

                                            :: कबि उज्यालो लाल्टिन प्रतिस्ठान रुपन्देही का सस्थापक अध्यक्ष हुनुहुन्छ

” धमिलो प्रेम ” – कथा

 

“सुसिल छे ! ईमान्दार जस्तै देखिन्छे ! सायद तँलाई राम्रैसंग माया दिन्छे ! एकपटक त हेर ! फोटो पनि साथमा नै छ ! नभए उस्को नाम टाईप गरेर फेसबुकमा पनि हेर ! धेरै राम्री छे ! अझै कति यसरी हल्लिदै हिंड्छस् ? अब तँलाई बाँधेर राख्ने बुहारी नभित्राएसम्म चैन आउदैन हामीलाई !” बा ले भन्दैहुनुहुन्थ्यो !

मनमनै गाली गर्दै थिएँ ” यि बा ले बिहे नगरी सुख नदिने भए ! जहिले केटीका कुरा गरेका छन् ! यो राम्री उ राम्री ! ”

नभनुन् पनि कसरी ? संगै खेलेका संगै हुर्केका केटाहरुले बिहे गरेर छोरा छोरी समेत खेलाउन लागीसके ! साथीलाई भेट्न उस्को घर जाँदा पनि छोरोले “अंकल तपाईको बिहे भएको छैन ? ” भन्दै सोँध्छन् ! जवाफ दिनु त मन लाग्थ्यो ” बुबा यति छिट्टै बर्बाद भैसके मलाई बर्बाद गराउन तँ पनि आतुर छस् ? ” तर त्यसो भन्ने आँट आउने थिएन ! किनकी त्यहाँ त साथी हाँस्ला एकान्तमा कान निमोठ्ने त त्यहि साथी नै हो !

म बा लाई म अहिले बिहे गर्ने मुडमा छैन ! भन्दै घरबाट निस्कन लाग्दै थिए !

” यसै गरेर कति हल्लिन्छस् ? आमा रोगी छे ! मेरो पनि अब कति आश राख्छस् ? यसो सघाउन त कता हो कता ! बुहारी ल्याईदिए त हलुका हुन्थ्यो आमालाई ! ”

आकास धमिलीदै थियो ! सायद पानी पर्छ क्यारे ! बाटोमा सोँच्दै थिएँ ! कति सजिलो हुन्छ ! बा लाई बिहे गर् ! यतिका सर्टिफिकेट जम्मापारेर गरेर बोकेर हिड्दा पनि जागीर को मेलो मेसो कतै छैन ! सरकार सुत्दैछ ! बेरोजगारी भएरै बिहे गरेँ भने के हाल हुन्छ होला ? श्रीमतीलाई एउटा लिपीस्टिक उपहार दिन पनी बा लाई नै गुहार्नपर्ने स्थिती भयो भने मेरो हालत के होला ? मलाई एक जनाको खर्चको कुरा गर्दा त बुढा बेहोस् नै हुन्छन् कि जस्तो गर्छन् फेरी श्रिमतीको लागी पनि खर्च सुनाउदा त .. ! मै सोँचमग्न हुन्छु !

लिपीस्टिक मात्रै दलेर पनि त कहाँ होला र ? अझै फेसन् फेसन् का कपडा चाहिने , के के हुन् मुहार मा दल्नुपर्ने ! हैट ! सोँच्दा सोँच्दै कता पुगिएछ !

असत्तीहरु कति आईलाग्छन् ! बा लाई भड्काउन ! बरु मलाई आफै कुरा गर्नु नि ! आएका छन् बा लाई कानमा हावा फुकेका छन् ! केटी राम्री होस् नहोस् ! तारीफका शब्दहरु घोलेका छन् ! फोटोसपले टल्काईएका फोटाहरु बोकेका छन् ! झुठा तारीफहरु गर्दै जालमा फसाएका छन् !

फोटो हेरेर चरित्र कसरी पत्ता लगाउनु र खै ? हुन त अल्लि पहिलेका मान्छेहरुले एक नजरमा नै बिहे गर्थे ! अहिले कसरी मिल्ला र खै ? त्यसैमा बा उहि पुरानै तबरमा हुनुहुन्छ !

हल्का पानी पर्ला जस्तै गर्यो ! रिसको झोंकमा छाता लिएर हिड्न बिर्सेछु ! रिसले आफैलाई बर्बाद गराउछ भन्छन् साँचो रहेछ ! रिसले हत्यारा लुटेरा सबै चिज गराउछ ! बडो खतरनाक हुन्छ रिस् !

पानी अलिक बेजोड् पर्दै थियो ! बेला बेला चट्यांग को आवाजले मन लाई त्रासपुर्ण बनाईरहेको थियो ! हल्का हल्का भिजाउन शुरु गर्यो शरिर ! अब चैँ साँच्चिकै ग्लानी हुन लाग्यो छाताको ! त्यै पनि रिसलाई मारेर धेरै ग्लानी गर्न तर्फ लागेन ! बढ्दै गए पाईलाहरु .. शरिरलाई भिजाउन छोडेको छैन बर्षादले !

हिड्दै हिड्दै रोडसम्म पुगेँ ! बाटो क्रस गर्नै लाग्दा एकजना केटीले ” तपाई त साह्रै भिज्नुभएछ नि ! आउनुहोस् यहि छाता ओडौँ ! ”

केहि बोल्नै सकेन ! म असजिलो महसुस गर्दै छाता को ओतमा टाउको मात्रै अटाउने गरेर घुसेँ !

– ” कता जान लाग्नुभएको ? ”

ओह ! दाधार परेँ ! कता भनौँ ? मैले त बा को कचकच सुन्न नसकेर यत्तिकै पो हिडीरहेको मान्छे ! के जवाफ दिनु ?

– ” यहिँ अलि पर सम्म !”

– ” बिहानै देखी पानी पर्ने संकेत देखाईदिएको थियो त आकासले किन छाता नबोकी हिड्नुभएको ?”

अक्कमक्क परेँ !

– ” थोरै बेर मा फर्किन्छु होला सोँचिराथेँ ! ठुलै पानी पर्यो ! ”

– ” अनि तपाईको नाम ? ”

– ” भुपी ”

– ” आहा ! साहित्यकार नै पो हो कि ? ” भन्दै उ हाँस्न लागी !

मैले त्यो हाँसोमा आफैलाई होँचो ठाँने ! मलाई गिज्यायो त्यो हाँसोले ! हुन त उ मलाई गिज्याएर नै हाँस्दै थिई ! स्वभाब नै हो मान्छेको ! आफुलाई होईन अर्कैलाई गिज्याओस् ताकी सँगै मन खुलेर हाँस्न सकुँ ! तर त्यसो हुन सकेन !

हाँसो बडो गजबको थियो ! गिज्याएको थाहा हुँदा हुँदै पनी सँगसँगै हाँसिदीएँ ! एकै छिन् रोकिन्छे फेरी सायद त्यहि सोँच्दिहो .. फेरी हाँस्छे !

– ” कति मिठो हाँसो ! ”

हाँस्न रोक्नु बेर सोधीहालेँ !

– ” हाँस्नु स्वास्थ्यको लागी फाईदाजनक् हुन्छ रेन्त !”

– ” यसरी अरुलाई उल्लाएर हाँस्नु हानीकारक पनि त हुन्छ रेन्त !”

उसैको स्टाईलमा बोलिदीएँ !

फेरी म नै बोलेँ !

– मेरो नाम भुपेन्द्र हो ! मैले सर्टकर्ट मा भुपी भनेको पो त ! ”

– ” अनि के गर्नुहुन्छ त ? ”

अब फेरी अर्को आपत ! के गर्छु भन्ने ? न जागीर छ ! साना काम आफैलाई मन नपर्ने ठुलो कामलाई आफ्नो औकातले नभेट्ने !

– ” अहिले जवलेस् छु !”

– ” लौ हेर तपाई पनि मेरै ग्रुपमा पर्नुभयो ! ”

थोरै रोमान्टिक हुँदै बोलेँ !

– ” म केटो हो हौ ! कहाँ केटीको ग्रुपमा लिएर पेलीदिएको ? जबर्जस्ती छ कि क्याहो ? मलाई केटी बन्नु छैन मेरै ठाँउमा ठिक छु ! ”

भन्दै म हाँस्न लागेँ ! उ पनि हाँसीदिई ! यो हाँसोले अलिकती लोभ्यायो मलाई ! हाँसो सँगै अनुहार नियाल्ने मौका पनि पाएँ !

टेलिफोन् को तारजस्तै घुमाउरो केश ! केशका केहि भागले आधा आँखा सम्म छोपीएको थियो ! आँखामा गाजल ! त्यती धेरै शृंगार गर्नु नपर्ने भएरै होला सायद ! मेकअप खासै देखिन ! हाँस्दा डिम्पलसँगै चलाएमान् गालाहरु ! आहा ! खुबै सुन्दर देखिएको थियो ! रातो सुट लगाएकी साईड ब्याग पनी रातो नै थियो !

पानी संगसंगै हाँसो पनी रोकियो ! मैले भने भुसुक्कै बिर्सेछु !

– ” तिम्रो नाम के हो ? ”

– ” कति छिट्टै सोध्नुभएको ? अझै केहि बाटो बाँकि छ !”

फेरी हाँस्न लागी ! म आफुलाई गिज्याएर हाँस्दा साह्रै नमज्जा लाग्थ्यो !

मान्छेको स्वभाव नै हो ! अरुलाई उल्लाउँदै हाँस्न पाए आन्द्रा बाहिर निस्किएको पनि थाहा हुँदैन ! आफुलाई उल्लाउँदा साह्रै चित्त दुखाउँछ ! जस्तै म !

– ” मेरो नाम नै खोज्नुभएको ? ”

– ” अनि के मैले खानाको नाम सोधेको छु त ? ”

म पनि मजाकमा नै बोलिदिएँ !

– ” होईन होईन , तपाई भिज्नुभएको छ नि त्यसैले भोक लागेको पनि हुन सक्छ ! ”

– ” कुरा जोड्न त कोहि तिमी बाटै सिकोस् ! ”

– ” भुपी जि ! तपाई त साँच्चीकै ज्योतीष पनी हो कि क्याहो ? ”

फेरी हाँस्न थाली !

– ” हिंग नभए पनी हिंग बाँधेको टालो त पक्कै हो ! ”

– ” अरे वा ! नाम पनि आफै पत्ता लगाउनुहोस् ! ”

– ” नाम मात्रै होईन सबै चिज बताउन सक्थेँ ! तर अहिले खोई पात्रो पो लिन बिर्सेछु ! ”

अब चै ! उ अल्लि जोडले हाँस्न लागी ! लाग्यो अरुले उल्लाएको भन्दा आफै उल्लु भएको नाटक गर्दा उस्को हाँसो फस्टाउने रहेछ !

सुन्दरता भरिपुर्ण त मैले हाँसोमा मात्रै देखेँ ! हुन त मुस्कान भएको अनुहार मेक अप गरेको अनुहार भन्दा कयौँ गुना राम्रो देखिन्छ !

हाँसो रोकेर एकैछिन् सन्नाटा छायो !

– ” मेरो नाम सम्झना ! ” 

– ” यति नाम भन्न पनि यति सोँच्नुपर्ने ? ” 

– ” केटि हुँ ! अलिकती केहि भाउ त खान्छु नै ! ” 

– ” तर मैले सोँचेको भन्दा त छिट्टै नाम सुन्न पाएँ ! ” 

– ” अँ .. तपाईलाई कति अल्झाउनु भनेर नि ! ” 

– ” घर कता ? ” 

– ” सबै कुरा एकै पटक सोध्नु पर्छ र ? ” 

– ” के थाहा फेरी पनि भेटघाट हुने मौका नै पो मिल्छ कि ? ” 

– ” सधैभरि त्यहि बाटो क्रस् गर्ने ठाँउमा नै पनि त नपर्ला कि ? ” 

– ” त्यहि आएर कुर्दै गर्दा एक दिन त बर्षन्छ कि बर्षा ? ” 

– ” त्यहिँ बाटो क्रस् गर्ने ठाँउमा मेरै लागी भनेर कुर्नुहुन्छ होला कि ? ” 

– ” कुरेँ भने त एक दिन अवस्य भेट हुन्छ होला नि है ? ” 

कुरै कुरा मा साथी को घर नजिकै पुगिएछ ! म छुट्टिनु पर्ने भयो ! 

उस्लाई हात हल्लाएर बिदा गरिदीएँ ! केहि उत्सुकता मनमा पनि जागिरह्यो ! कतै फेरि भेट्न पो सक्छु कि ? आहै ! उस्को मुस्कान् .. उस्को मजाक गर्ने शैली ले मेरो मनमा ढ्यांग्रो पिटीरहेको थियो ! कति अचम्मको मन , एक पटकमा नै यतिका उथल पुथल गराउन सक्ने ! साँच्चिकै सम्झनाले भने सम्झन लायक बनाएरै छुट्टिएकि थिई !

म सधै त्यहि बाटो क्रस् गर्ने ठाउमा गएरै बस्न लागेँ ! उस्का मुस्कानले मलाई त्यतै कुदाईरह्यो म कुदिरहेँ !

फेरि अचानक हाम्रो भेट त्यहि ठाँउमा नै भयो ! स्पस्ट खुल्ला थियो आकास् ! पानिको संकेत थिएन कतै ! बादल लुकिरहेका थिए ! उसले मलाई नचिनेको जस्तै गरि ! मैले भने कोट्याउन लागेँ !

– हाई , सम्झना !

– ओ हल्लो ! तपाई त आज यहिँ भेटिनुभयो ! तर आज चैँ पानि परिराछैन ! छाता छैन है म सँग , भन्दिराछु ! ”

हाँस्न लागी उ !

– बास्तब् मा मैले छाताको रहरले होईन मुस्कान् को अदा ले च्यापेर यहाँ कुरिरहेको छु !

– हम्म् मलाई नै कुरिरहनुभएको ? हाउ लक्कि म !

मैले केहि बेर कुरा गरेर कफि पिउनको लागि आह्वान् गरेँ ! सम्झना पनि मन्जुर नै भई ! केहि बेरको कफि कुराकानी बाट मैले उसको फोन् नम्बर पनि लिएँ ! र उसलाई पनि नम्बर दिएँ ! केहि बेर पछी छुट्टियौ हामी !

अब शुरु हुन लाग्यो मिसकल को बर्षाद ! कहिले उसैले गर्छे कहिले मैले पनि ! कहिलेकाहीँ कुरा पनि हुन्थ्यो ! एसएमएस् ओहोर दोहोर हुन लाग्यो ! हामी प्राय फोनमा भन्दा म्यासेजमा नै भुल्न थाल्यौँ !

कहिलेकाँही मजाकैमा बोलिदीन्थेँ ” तिमीलाई यो मनको रानी बनाउन पाए ? ” उ पनि मजाकमा नै बोलिदीन्थी ” बनाउनु न म पनि त तयार नै छु ! ” भन्दै हाँस्थी उ र सँगसँगै मेरो अनुहारमा पनि हाँसो छरिदीन्थी !

कुरा हुदै गयो ! म भने उसलाई मन पराउथेँ तर उस्ले पो के गर्छे ? बुझ्नै नसकिने ! प्राय मजाक नै गरिदीन्थी !

उत्सुकताहरुलाई पन्छाउदै मैले एकदिन आँट गरेरै उस्लाई साँच्चीकै मन पराउने कुराहरु म्यासेज मार्फत दर्साईदिएँ ! तर त्यस् पछी उस्ले म्यासेज नै गरिन !

परेँ दोधार ! म आफैलाई सराप्न लागेँ ! ” बेबकुफ .. यति राम्रो सम्बन्धलाई तैँले आत्महत्या गराउन बाध्य बनाईस् ? के लाग्छ तँलाई प्रेम ? के तैँले बोलेको “लभ यू ” शब्द मात्रै हो ? तलाई समय समयमा कल गर्नु , हरेक कुरामा हँसाउन खोज्नु ! प्रत्यक कुराहरु शेयर गर्नु ! तिनी कुराहरु पनि त ” लभ यू शब्दभन्दा मिठो हुन्छ ! तैँले शब्दलाई मात्रै प्रेम गरिस् ? तैँले बुझिस् प्रेमको अर्थ ? बेबकुफी काम गरिस् ! तैँले शब्दलाई मात्र प्रेम गरिस् ! ”

ओह ! यहि त सोँच्दै रहेँ .. सोँचीमात्रै रहेँ !

अर्को दिन बिहान मोबाईल हेरेँ ! साह्रै खुशी भयो मन् ! यस्तो लाग्थ्यो कि मैले सँसार पुरै गर्लम्मै अंगाल्न सक्छु खुशीले ! मोबाईलमा म्यासेज थियो ! जुन सम्झनाले पठाएकी थिई ! ” पागल मैले पनि मन पराउँछु तपाईलाई ! ” होस् हराएको मान्छे जस्तै मैले पनि कोठा बन्द गरेर एक्लै उफ्रिएँ !

भोकाएको मान्छेलाई खिर पाएजस्तो ! मन नै दंग परिरहेको थियो ! मुहार आफैलाई चम्किलो लाग्दैथियो ! हाम्रो सम्बन्ध अपरिचीत .. परिचीत .. आत्मिय हुँदै प्रेमी प्रेमीका सम्म पुगिसक्यो ! बडो रोमान्टिक कुराहरु हुन लागे ! हामि चैँ फोनसम्पर्क , म्यासेज हुँदै भेटघाटमा परिवर्तित हुन लाग्यौँ !

कति नौलो लाग्छन् तिनै ठाँउहरु साथै काँधमा टाउको टेकाउने मान्छे हुन्छ ! सधै हेरिरहने त्यहि ठाँउ .. देख्दा दिक्क लागीरहने चिजहरु ! जब उ सँगसँगै रहन्छु त त्यहि ठाँउहरु त्यहि चिजहरु नौलो लाग्छ ! अनौठो लाग्छ !

साना साना खुशीहरु बटुल्दै , साथहरुलाई समेट्दै हिडेँ ! धनिहरुको लिस्टमा पर्न नसकेको करोडपती भएँ म !

हाम्रो सम्बन्ध प्राय फोन वार्तालाप , फेसबुक च्याट र अक्कलझुक्कल भेटहरु ! तर ति हर्कतहरुले पनि मन मा अनौठो तरंग फैलाईदिन्थ्यो !

आत्मिय बन्दै गयो सम्बन्ध ! उस्का कतिपय कुराहरुमा आफैलाई भेट्थेँ ! मजाकमा आफुलाई भेटेपनी हाँस्नु चैँ छोडेन मैले पनी !

हाम्रो सम्बन्ध नै अरु के थियो र ? फोनमा कुराकानी र फेस्बुकका वालमा रहेका फोटामा ओहोरदोहोर भईरहने लाईक बटन ! र फेसबुकका च्याट् हरु ! आखिर सम्बन्ध नै त्यसैले अडाउनमा मद्दत गरिरहेको थियो !

एकदिन उस्को फेसबुक प्रोफाईल हेर्दै गर्दा अचानक मैले उ सँग जोडिएर खिचीएको फोटो ट्याग भएको देखेँ ! ओह ! मन त कुँडिन पो थाल्यो ! र लेखेको थियो क्याप्सन् मा ” तिम्रो मुस्कान् मै फिदा भएँ म ! ”

ओह ! मन शंका आशंकामा उथलपुथल हुन लाग्यो ! त्यो फोटो ट्याग गर्ने मान्छेको प्रोफाईल पनि हेरेँ ! उस्का फोटाहरुमा पनि “angry रियाक्ट ” हान्दिएँ ! मनले मानेन ! सम्झना लाई म्यासेज पनि गरिहेरेँ !

शंका बडो खतरा चिज रहेछ ! केहि बेर अगाडीको सम्बन्धलाई पनि धमिलाउन सक्ने ! मन यति कठोर बनाईदिन सक्ने ! शंकाले लंका जलाउछ भन्छन् सायद ठिकै रहेछ ! मेरो मन सम्हालिनसक्नु तरिकाले रिस् ले चट्टान् भएको थियो !

उस्को म्यासेज आयो ! ” ए त्यो ! त्यो त मेरो साथी पो हो त ! ”

तर अहँ मेरो मनले त्यो पनि स्विकार गरेन ! मैले उस्लाई मुखभरीको अटाउन सक्ने गाली गरेँ ! उस्लाई एउटा आरोप पनि लगाएँ ” सयौँ ठाउमा मायाको जाल बुन्दै हिँड्ने जाली ” उस्लाई यो कुरा असैह्य भएछ क्यारे ! मलाई फेसबुक बाट ब्लक लिस्टमा राखीदिई !

अब पर्यो दोधार ! सानो कुरा थियो ! मैले त्यो कुरामा सुधार होला भनेर उस्लाई सम्झाउन खोजेँ ! तर मेरो सम्झाउने तरिका नै गलत रह्यो ! मैले फोन् गरेँ फोन् पनि उठेन !

हो गल्ति मेरै थियो ! म संग शब्दहरु तौल गर्ने तराजु थिएन ! जति आउछ शब्दहरु सबै हुत्याईदिएँ ! तर एउटा कुरा मैले रिसमा जहिले भुलिरहेँ ! शब्दको बाणले कुच्चिएको मन कहिल्यै फर्कदैन ! किनकी शब्दलेनै हो मन पिरोल्ने , खुम्च्याउने , टुटाउने , फुटाउने ! अक्सर मान्छेहरु आबेगमा बिभीन्न तरहका गाली ग्लौज गर्छन् तर फुर्सदमा पछुताउनुपर्ने त आफै हो !

अर्को कुरा ! आजकलको सम्बन्धहरु यस्तै , फेसबुक च्याटहरु र फोन सम्पर्कमा मात्रै अडिएको छ ! जब जब फेसबुक लिस्टबाट ब्लक लिस्ट मा जान्छन् अनि मोबाईल नम्बरहरु परिवर्तन् हुन्छन् त्यतिबेलै सम्बन्धको समाप्त हुन्छ ! सम्बन्ध पनि परिवर्तित हुन्छ !

त्यसैले यति कमजोर सम्बन्ध पनि नबनाउनुहोस् ! रिस को आबेगमा मनपरी बोल्ने काम पनि नगरौँ ! र धेरै शंका पनि नगरौँ ! ??

NARAYANPOKHREL.OVER-BLOG.COM  बाट  सांभार  गरिएको हो ! नारायण पोख्रेल  जी का कैयौ कृति हरु यो ब्लग  मा  पढ़न पाउनुहुनेछ !!

साप्ताहिक राशिफल

१. मेष : ( चु, चे, चो, ला, ली, लु, ले लो, अ )
– समय राम्रो छ। कुनै पनि पाटि वा समारोहमा सहभागी हुने अवसर मिल्ला। यसै गरि छोटा यात्राहरुको सम्भाव्यता पनि देखिन्छ। जग्गा जमिनको कामबाट विशेष लाभ मिल्नेछ । व्यापार व्यवसायबाट राम्रै लाभ मिल्नेछ तर केहि उत्तेजना वा उग्रताको कारण सम्बन्धमा भने केहि खटपट आउन सक्छ। संतान्हारुबाट खुसीको समाचारहरु प्राप्त हुनेछन भने मन हर्सित रहनेछ।
२ वृष: ( इ, उ, ए, वो, वा, वि, वु, वे, वो )
– सप्ताह सुखमय नै छ। सोचेजस्ता प्रतिफलहरु आउनेछन्। आत्माविश्वाश बढ्नेछ। जोस र जागरका साथ् कार्यमा रुचि बढ्नेछ। रोजगारीका नया बाटाहरु पनि देखिनेछन् भने घरपरिवार भित्र जिम्मेवारी पनि बढ्नेछ। कुनै पनि निर्णय गर्दा सोच विचार गरेर मात्र गर्नुहोला।
३. मिथुन: ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
– यो सप्ताह सामान्यतय राम्रै देखिन्छ। जागीरमा पदोन्नति वा स्थान्तरणको सभाव्यता रहेको छ। व्यवसायमा भने त्यति सन्तोजनक रहने देखिदैन। मनमा अशान्ति वा भ्रम आउनेछ। नसोचेका सम्बन्धि वा मित्र सग भेट होला। अनावश्यक विवादले समय खर्च हुन् सक्छ। समयको सदुपयोग गरेर अगाडी बढ्नुहोला।
कर्कट: ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
– सप्ताह सामान्य रहेको छ। अधुरा कामहरु पुरा हुनेछन्। सन्तान पक्ष बाट भने केहि असन्तुस्टी देखिनेछ। कुनै कार्यक्रम वा समारोह मा तपाइको प्रस्तुति राम्रो रहनेछ। पढाइमा रुचि र प्रेम सम्बन्धमा प्रगतिशील रहनेछ। उठाउन बाकी रहेका धनहरु आउनेछन भने नसोचेका खर्चहरु हुने सम्भाव्यता पनि देखिन्छ।
सिंह: ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
– व्यसायबाट राम्रो लाभ प्राप्त गर्न सकिनेछ। आर्थिक द्रिस्टिकोनबाट तपाइको यो सप्ताह राम्रै मान्न सकिन्छ। नया सम्झौता वा साझेदारी बढ्नेछन् भने स्वस्थ स्थितिमा केहि खराबी देखिन सक्छ।
कन्या: ( टो, पा, पी, पु, ष, ण, ठ, पे, पो )
– परिस्थिति तपाइको सोचे अनुरुप नै बित्नेछ। गर्न खोजेका काम कारोबार हरु सफल हुनेछन् भने छोटा यात्राहरुको पनि प्रवल सम्भावना रहेको छ। सानातिन चोटपटक वा मानसिक तनावले दुख दिन सक्छ। काममा अवरोध गर्न खोज्नेहरु आएता पनि सफलता मिल्नेछ।
तुला: ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
– नोकरीमा समस्या आउन सक्छ भने शिरमा कामका बोझहरु बढ्नेछन्। थकानको महसुस हुनेछ। आलास्यताको कारण कामहरु भने अधुरा रहन सक्छन्। मन भगवानातार्फ़ आकर्षित हुनेछ भने कुनै मन्दिरको दर्शन गर्ने अवसरहरु पनि मिल्नेछ। आर्थिक लेनदेनमा भने विचार पुर्याउनुहोला।
वृश्चिक: ( तो, ना, नि, नु, ने, नो, या, यी, यू)
– घरेलु समस्याले दुख दिन सक्छ। स्वाशाप्रश्वासको समस्याले स्वास्थ्यलाई प्रभावित बनाउन सक्छ। खासगरी यो हप्ता तपाइको लागि परिवर्तनशील रहेको छ। नया कार्यको सुरुवात, पुनर्निर्माण, यात्रा, आदिको लागि शुभ समय रहेको छ। जीवनसाथीको साथ् र सहयोग मिल्नेछ बिग्रिएका सम्बन्धहरु पनि बलिया हुनेछन्।
धनु: ( ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
– सुरुवातका दिनमा केहि तनाव वा चिन्तापूर्ण भएता पनि सप्ताहको अन्त्यतिर भने सोचेजस्तो हुनेछ। विरोधीहरु पनि तपाइको पक्षमा नै उभिनेछन्। प्रतियोगिताहरुमा सफलता मिल्नेछ। रोकिएको धन कहिँ न कहिँ बाट प्राप्त होला।
मकर: ( भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी )
– यो हप्ता तपाइको लागि मध्यम नै रहेको छ। थोरै व्याकुलता वा उग्रताको कारण विवादमा फस्नुपर्ने देखिन्छ। बोलीमा नियन्त्रण राख्नुहोला र मनलाई धर्मकर्ममा लगाउनुहोला। पढाइमा तेती लाभ हुदैन भने मित्रसगको भेटघाटले समय व्यर्थमा बितेको अनुभब हुनेछ।
कुम्भ: ( गु, गे, गो, सा, सी, सु, से, सो, दा )
– सोचेका योजनाहरुमा अवरोध आउन सक्छन्। एकदम सावधानीको साथ कार्यलाई अगाडी बढाउनु होला। मातापीता सागको सम्बन्धमा उतारचढाव आउनेछ भने मनमा आशंकाहरु बढ्नेछन्। होसियारी या धैर्यताका साथ् अगाडी बढ्नुहोला।
मीन: ( दि, डु, थ, झा, ञं, दे, दो, चा, ची )
– नोकरीबाट संतुष्टता मिल्नेछ। मानसम्मानको योग रहेको छ भने महत्वपुर्ण ब्यक्तिहरुसगको भेटले नया सोचको विकास हुनेछ । मनोरन्जनामा समय बित्नेछ। मनमा आननादको अनूभूति होला।
युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र, पोखरा

‘छाता ओढेर’ संगै फेरियो परिचय ।

छाता ओढेर’ संगै फेरीयो परिचय

वैखरी !बुटवल ५ जेष्ठ

विगतका केही वर्षहरु देखी आफ्नो कुशल नृत्य प्रस्तुत गरेर दर्शकहरु माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल नृत्यांगना अमृता अधिकारीले आफ्नो अर्को पहिचान थप्न सफल भएकी छन् ।

आजै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको जे पि रेग्मीको लोक पप गित ‘छाता ओढेर’मा आफ्नो आवाज दिएर ‘डान्सर’ अमृता अधिकारी गायन क्षेत्रमा प्रवेश गरेकी हुन । जेपि रेग्मीको शब्द , संगीत रहेको गित ‘छाता ओढेर’को भिडियोमा कलाकार चक्र बम र अनु शाहको अभिनय रहेको छ भने स्वयं गितकार जेपि रेग्मी र अमृता अधिकारीको स्वरमा रहेको गित बि स्टार फिलिम्सले बजारमा ल्याएको हो आजै सार्वजनिक गरिएको भिडियो युट्युबमा लोकप्रिय बन्दै गइरहेको छ ।

 

हास्य अभिनेता घनश्याम गौतम ” नक्कली प्रचण्ड ” सानो पर्दा को ठूलो नायक !!

 कलाकार  – घनश्याम गाैतम प्रचण्ड

नक्कली प्रचण्ड ले परिचित घनश्याम गौतम  नेपाली सानो पर्दा  को  होनहार कलाकार हुनुहुन्छ।

झापा जिल्लाकाे सुन्दर नगर गाैरादहकाे जाेघरे गाउँमा बि स २०३८ साल असाेज १५ गते मात नरबदा गाैतम र पिता गँगा प्रसाद गाैतमकाेकाे चार भाइ छाेरा मध्येका कान्छा छाेरा काे रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गाैतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लाेकप्रिय छन! ११ बर्ष सम्मकाे बालापन जाेरघरे गाउँ र गाैरादह वरपरकाे परिबेशमा बिताएका गाैतमले प्रारम्भिक शिक्षा मैदानघाेपाकाे कञ्चनजँघा प्राथमिक बिद्यालय बाट शुरु गरेका थिए ५ कक्षा सम्म त्यहि अध्ययन गरेपछि गाैरादहकाे जनता माध्यमिक बिद्यालयमा ६ र ७ कक्षा पढेपक्षि बि स २०५१ सालमा अाफ्नाे कलाकारिता यात्राकाे सपना पूरा गर्न कठमाण्डाै छिरेपछि उनकाे कलाकारिताकाे सँघर्ष शुरु भएकाे थियाे!! बालबालिकाका प्रिय दाजु बासुदेब मुनालले रेडियाे नेपालकाे बालकार्यक्रममा नाटक गर्ने अवसर दिएपछि रेडियाे नाटक हुँदै हातेमालाे बाल कार्यक्रम सञ्चालन गरेर कलाकारिता सुरु गरेपछि सर्वनाम पुगेका गाैतम सर्वनाम मा बालकलाकार बनेर थुप्रै नाटकमा अभिनय गरे ! सन् १९९९ मा नयाँ दिल्ली भारतमा सम्पन्न भएकाे तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सबमा नेपालकाे तर्फबाट गाेल्ड मेडल बिजेता कलाकार गाैतम बि स २०५९ मा नाटक “जिउँदा अवशेसहरु” मा उत्कृष्ट चरित्र अभिनेता बाट राष्ट्रिय पुरस्कार पनि पाएका छन् सर्वनाम नाट्य सँस्थामा २०५५ सालदेखी सडक नाटक र मन्च नाटकहरु गर्दै अाएका गाैतमले ५ हजार भन्दा वढि रेडियाे नाटकमा अभिनय गरिसकेका छन भने सयाैँ सडक नाटक र मन्च नाटक गरेका छन!!

अाफ्ना गुरु अशेष मल्ललाई अादर्श मान्ने गाैतम अाफ्नाे अामा र ठुलाे मामालाई प्रेरणाकाे श्राेत मान्दछन्! हातेमालाे बालक्लब बाट थुप्रै तालिमहरु र प्रतियाेगिताहरुमा भाग लिएका रङ्गकर्मी गाैतम ले एक दर्जन भन्दा बढि मान सम्मान र पुरस्कार पाई सकेका छन्! हातेमालाे सञ्चारकी सँस्थापक तथा बाल अधिकारकर्मी नुपुर भट्टचार्य बरिष्ठ नाट्यकर्मी अशेष मल्ल र बालबालिका हरुका अाइकन तथा गायक बासुदेब मुनाललाई अाफ्नाे मार्ग दर्शक र गुरु मान्ने गाैतम! अाफ्नाे सफलताकाे श्रेय अामा र श्रीमतीलाइ दिन चाहान्छन!! अहिले हातेमालाे सञ्चारकाे सचिब तथा नाट्य बिभागका सँयाेजक समेत रहेका गाैतम हातेमालाे लाई अाफ्नाे कर्मथलाेकाे रुपमा लिन्छन! बरिष्ठ रङ्गकर्मी बीरेन्द्र हमालकाे एम अार्ट थिएटरमा ३ बर्ष अभिनय काेेर्ष सिकेकाे गाैतम गितकार तथा सण्चारकर्मी पनि हुन्!!! नाटक भित्रै अाफ्नाे सन्तुष्टि भेट्ने गाैतम स्नातक तह सम्म अध्ययन सके पछि पढाइलाइ निरन्तरता दिन सकेनन् र निरन्तर नाटकमा लागिरहे! विभिन्न सँघ सँस्था तथा स्कुल कलेजहरुमा नाटक र अभिनय पढाउँदै अाएका गाैतम कलाकार सँग सँगै स्क्रिप्ट राइटर र निर्देशक पनि हुन्!! बि स २०६७ साल बाट सानाे पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गाैतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई”, सिस्नुपानी, मेरी बास्सै, सुनाैलाै बिहानी,खास खुस, ट्वाक्क टुक्क रिट्नर्स, कमेडि गाईज, टेन टु फाइभगाेलमाल मा समेत अभिनय गरेका छन्!

मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाकाे शिखरमा पुगेका गाैतम अहिले nk Tv बाट प्रसारण हुने ट्वाकेन्द्र निवासमा ट्वाकेन्द्र काका बनेर कमेडि टक शाे कार्यक्रम चलाइ रहेका छन! सम्मान तथा पुरस्कार १. गाेल्ड मेडल ” तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सब १९९९ नयाँ दिल्ली,भारत २. उत्कृष्ट चरित्र अभिनेता २०५९ ” नाटक जिउँदा अवशेषहरु ( सरुभक्त) ३. उत्कृष्ट स्क्रिप्ट राईटर २०६४ भ्वाइस अफ युथ एफ एम ९६.८ ४. दाेस्राे पुरस्कार ( लेखन/ निर्देशन) नाटक अधिकार उपत्यका व्यापी स्कुल स्तरिय नाटक प्रतियाेगिता १९९९ ५. द्वितीय स्थान “नाटक: खाेसिन्छन अधिकारहरु” प्रथम बाल नाटक महाेत्सब २०५७ हातेमालाे बाल समूह ६. “युवा रङ्गकर्मी सम्मान २०७१” एक्सन डेभलपमेन्ट सेन्टर राजबिराज, सप्तरी ७. “अालु पार्टी हाँस्यब्यङ्ग सम्मान २०७४” अालु पार्टी हाँस्यव्यङ्ग समाराेह, राम कुमार पाँडे अावद्धता/ सँलग्नता १. अध्यक्ष : अभियान थियटर ( भक्तपुर) २. सचिव तथा नाटक निर्देशक : हातेमालाे सञ्चार ३. उपाध्यक्ष : गन्तव्य नेपाल ४. महा सचिब : गाेठाटार साहित्यिक मन्च ५. सल्लाहकार : शुभारम्भ नेपाल ६. सँस्थापक : मितेरी मन्च नेपाल ७. सदस्य : नाट्य सँस्था महासँघ  लगायत मा  आबद्ध  हुनुहुन्छ !!

कविता – वितृष्णा

कविता - वितृष्णा                                          लक्ष्मण पुरी 

निरास
थकित
अनि विस्मित
मेरा आँखाहरु

लथालिड्ड
भताभुड्ड
अनि विरक्तिएका
मेरा सपनाहरु

कुण्ठित
सीमित
अनि च्यातिएका
मेरा चाहनाहरु

यि आँखाहरु त्यसै थाकेका होइनन्
यी सपनाहरु त्यसै लुकेका होइनन्
यी चाहनाहरु त्यसै खुम्चिएका होइनन्

मात्र चोरिएका हुन्
ठगिएका हुन्
खोसिएका हुन्
झुक्याइएका हुन्

नवीन परिवर्तनको आशामा
समृद्ध निर्माणको कल्पनामा
अनि सुन्दर भविष्यको भरोसामा ।

लक्ष्मण पुरी 
कपिलवस्तु ।

 

 रँगमञ्च मा  चम्किदै गरेको नाम  – बिन्दा खतिवडा 

 

– जीबन मा  कलाकारिता लाइ मनले  माया गर्ने  बिन्दा खतिवडा को जन्म २०४० साल मा  सिन्धुपाल्चोक को ज्योतिष गाउ भोटे चौर मा  भएको थियो ! मिसेस इण्टरनेशनल नेपाल को इण्टरनेशनल फस्ट  रनर अफ  बिन्दा  थुप्रै रास्टीय  अवार्ड हरु ले  बिभूषित भइसकेकी छिन –  सोसियल वेल फेयर एम्बेस्डर, बेस्ट प्रफोमर ,कुसल कबि  बिन्दा खतिवडा  नेपाली राष्ट्रीय टेलीफिलिम की कुसल कलाकार हुन।
https://www.youtube.com/watch?v=cpjARxzxwXg
उनी द्वारा  अभिनीत टेलिचलचित्र हरु : खुल्दुली , जीबन चक्र ,खासखुस , अत्ति भयो , कमेडिको झड़का , टेन टू फाइभ ,ट्वाक्क टुक्क , हुन  टेली सीरियल लगायत थुप्रै ब्यापारिक बिज्ञापन , म्यूजिक भिडियो मा  अभिनीत  बिन्दा खतिवडा  को आगामी फिलिम इनटू मिन्टू  लण्डन मा  प्रदर्सन को तैयारी मा छ।  कलाकारिता सँगै  बिन्दा गीत गाउन , नाच्न  र सबैलाई नचाउन  उत्तिकै खप्पिस छिन।  समसामयिक घटना बनाएर सामजिक सड़क नाटक , नाटक मन्चन रेडियो नाटक , पनि कैयौ पटक सबैलाई मन्त्र  मुग्ध  बनाउने उनमा  सानेदेखि  अलग प्रतिभा किसिम को प्रतिभा थियो , बिद्यार्थी जीबन मा सधै  प्रथम हुने   बिन्दा ले समता  शिक्षा  निकेतन काठमाण्डौ  मा  तीन बर्ष  अध्यापन पनि  गरेकी छिन।
 र  उनै    बिन्दा खतिवडा  द्धारा  अभिनीत जीबन को दौड़ मा  बोलको गीत अहिले सर्बप्रिय बनेको छ  स्वरुप राज आचार्य को स्वर रहेको  यो गीत मा  उनलाई साथ दिएका छन  नेपाली रजतपट का सदाबहार नायक सरोज खनाल।

चित्रमा प्राण भर्ने मिठ्ठु

‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे।

कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही।

थारु समुदायमा जमिन्दारको घरमा काम गर्ने मानिसलाई कमैया भनिन्छ भने कमैया बनेका श्रीमानकी श्रीमतीलाई बुक्रही।

‘६ जनाको परिवार थियो हाम्रो, खान लाउनै धौधौ हुन्थ्यो’ मिठ्ठुले सुनाए, ‘जमिन्दारको घरबाट वर्षको २–३ बोरा चामल मिल्थ्यो, त्यस्तो आर्थिक अवस्था भएको परिवारको मान्छेले कहाँ पढ्न पाउनु?’

रुचि नै प्रेरणा
यस्तो गरिबीमा हुर्केका उनी कसरी यहाँसम्म आइपुगे त?

‘सायद मेरो धैर्यता र मेहनत नै होला यो सफलताको कारण,’ उनले निष्कर्ष एक वाक्यमा सुनाए।

मिठ्ठुलाई सानैदेखि चित्र बनाउनमा रुचि थियो। उनले ६ वर्षको उमेरदेखि नै चित्र कोर्न सुरु गरे। तर उनीसँग रङ र कूची त परै जाओस्, कापी कलम किन्ने समेत पैसासमेत हुन्नथ्यो।

त्यसैले, मिठ्ठु कहिले हातको औंलाले भुइँमा चित्र कोर्थे त कहिले घरको भित्तामा। खेतमा काम गर्न जाँदासमेत उनी माटाका डल्लाहरुलाई विभिन्न आकारमा ढाल्ने कोसिस गर्थे।

कुनै न कुनै आकृति बनाउन उनका औंला जतिबेला पनि सल्बलाइरहन्थे। हात्ती, घोडा, चरा जस्ता पशुपंक्षीको चित्र र आकृति बनाउन उनलाई एकदमै मजा लाग्थ्यो।

‘चित्रहरु बनाइसकेपछि सिमीको पात पिसेर हरियो, बेसारको पहेंलो, कोइला पिसेर कालो, इँटाको धुलो घोलेर रातो रङ बनाउँथे’ उनले सुनाए, ‘तिनै रङबाट आफ्ना चित्र रङउँथे।’

रङ र चित्रप्रति कति ठूलो माया? उनको यस्तो लगाव नै उनको प्रेरणाको स्रोत बन्यो।

‘मलाई कसैले प्रेरणा दिएका होइनन्, म सानैदेखि चित्र कोर्न मन पराउँथे’ बाल्यकाल सम्झँदै उनले थपे, ‘कलाप्रतिको मेरो लगाव र झुकावले मलाई कलाकार बनायो।’

उनी चित्र त बनाउँथे, गाउँलेहरुले आहा त भनिदिन्थे तर कमैयाको बस्तीमा हुर्केकी उनलाई चित्रकारिताको पनि भविष्य छ है भनिदिने कोही हुन्नथ्यो।

‘प्रोत्साहन दिने र बाटो देखाइदिने कोही नभएपनि मैले आफ्नो रुची र इच्छालाई मार्न सकिनँ’ उनले थपे, ‘त्यसैले, सफलताका लागि संघर्ष गरें।’

काठमाडौं यात्रा
कमैयाका छोरा भएपनि गाउँकै विद्यालयमा उनले जेनतेन ४ कक्षासम्म पढे। त्यसपछि उनको परिवारले पढाउन सकेन।

चित्रकलामा रुचि छँदैथियो। पढ्ने इच्छा पनि उत्तिकै थियो।

आर्थिक हैसियत नभएपनि बाआमाको इच्छापनि छोरा पढाउन पाए हुन्थ्यो भन्ने थियो। काम सघाइदिने सर्तमा कसैले छोरा लगेर पढाइदिए हुन्थ्यो भन्ने उनीहरुको चाहना थियो।

काका नाता पर्ने एकजना मानिस मार्फत् त्यस्तो घर पत्ता लाग्यो, जस्तो बाआमाले चाहेका थिए। अर्थात् मिठ्ठुले त्यो घरको काम गरिदिने, त्यसबापत घरधनीले उनलाई पढाइदिने।

१३ वर्षको उमेरमा उनी काठमाडौं आए। बिहान बेलुका भान्सामा सघाउने काम थियो। दिउँसो स्कुल जान पाउँथे। त्यो घर लोकन्थलीस्थित रामभरोसा वैद्यको थियो। वैद्य नेपाली सेनाबाट अवकासप्राप्त मेजर थिए।

केही डर, केही उत्साहका साथ काठमाडौं आएर त्यहाँ बसेका उनले वैद्य परिवारबाट यति धेरै माया र सहयोग पाए कि ‘घरको काम गर्ने केटी’ भनेर उनले अपहेलित हुनु परेन।

‘मलाई अंकल–आण्टीले जहिल्यै पनि छोरासरह व्यवहार गर्नुभयो, उहाँहरु मेरो दोश्रो अभिभावक हुनुहुन्छ’ वैद्य परिवारप्रति अनुगृहित हुँदै उनले सुनाए, ‘उहाँहरुकै साथ र सहयोगले म यहाँसम्म आइपुगेको हुँ। उहाँहरुले लगाउनु भएको गुनको म ऋणी छु।’

चित्रकला यात्रा
अरुको घरमा काम गर्ने मान्छे, चित्रकलामा उति साह्रो समय दिन भ्याउन्नथे। तर अलिकति फुर्सद पाउनासाथ चित्र बनाइछाड्थे। अरुले जसरी उनले टेलिभिजन हेरेर वा खाली बसेर समय बिताएनन्। त्यसको साटो रङ र कुची समाइहाल्थे।

जब उनले एसएलसी उतीर्ण गरे, विजेश्वरी माविमा चित्रकला विषय पढ्ने गरी भर्ना भए। कलेज पढ्न थालेपछि चित्रकला प्रदर्शनी र अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने मौका पाए।

यस्ता कार्यक्रममा सहभागी हुन थालेपछि चित्रकलामा अझ रस पस्दै गयो। उनले आफ्नो रुचीप्रति अरु गर्व गर्न थाले।

अहिले उनी ललितकला क्याम्पसमा पेन्टिङ्गलाई मुख्य विषय बनाएर अध्ययनरत छन्।

चित्रकला विषय लिएर पढ्न थालेपछि आफूले कोरेका पहिलेका चित्र र अहिलेका चित्रमा गुणात्मक अन्तर देख्न थालेका छन्। उनी चित्रकलाका अलावा मूर्तिकलामा पनि पोख्त भइसकेका छन्।

पहिले चित्रकलाबारे व्यवहारिक जानकारी मात्र थियो, क्याम्पसमा पढ्न थालेपछि चित्रकलाबारे प्राज्ञिक ज्ञानसमेत थपिएको छ।

भन्छन्, ‘हरेक चित्रमा भाव हुनुपर्छ। नत्र त्यो प्राणबिनाको कंकाल जस्तै हुन्छ। कला भनेको सिर्जनलशीलता र कल्पनाशीलताले भरिपूर्ण हुनुपर्छ।’

सामाजिक सञ्जालले चिनायो
क्षणभरमै कसैलाई उचाइमा पु¥याइदिनसक्ने माध्यम बनेको छ आजकल सामाजिक सञ्जाल। यसैले कसैलाई उठ्नै नसक्ने गरी पछारिदिन्छ पनि।

मिठ्ठुले सामाजिक सञ्जाललाई आफ्नो चित्र प्रचारप्रचारको थलो बनाए। उनी आफूले बनाएका चित्रहरु सामाजिक सञ्जालमा पोस्ट गर्छन्। उनले ‘आर्ट एन्ड आर्टिस्ट अफ नेपाल’ को फेसबुक पेजबाट ‘नेसनल अनलाइन आर्ट कम्पिटिसन–२०७२’ मा पहिलो स्थान प्राप्त गरे, त्यसपछि उनी थप चिनिए।

त्यो फेसबुक पेजमा उनले राखेका चित्रहरुका लागि अर्डर आउने गरेका छन्। उनका चित्रहरु ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।

चित्रको तुलनामा मूर्ति कम बिक्री हुन्छन्। मूर्तिहरु ८ हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।

मिठ्ठुले दुई वटा विद्यालयमा चित्रकला सम्बन्धी प्रशिक्षण पनि दिँदै आएका छन्।

 

रचना वाचन कार्यक्रम सम्पन्न ।

अनुराग साहित्य समाज रुपन्देहीको आयोजनामा ‘दर्जन स्रष्टाका दर्जनौ रचना वाचन नामक कार्यक्रम’ सम्पन्न भएको छ प्रमुख अतिथि वरिष्ठ गजलकार बुद राना ले बाल कविता वाचन गरेर औपचारिक शुरूवात गर्नु भएको कार्यक्रममा विभिन्न जिल्लाहरु बाट कार्यक्रममा उपस्थित १२ जना स्रष्टाहरुले कविता ,गजल र मुक्तकहरु वाचन गरेका थिए रुपन्देहीको देवदहमा सम्पन्न भएको कार्यक्रम समाजका सचीव श्याम प्रसाद न्यौपानेको संचालन, प्रथम उपाध्यक्ष राजु अर्यालको स्वागत मन्तव्य र समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको हो ।