उज्यालो लालटिनको ‘उज्यालो’ काम

‘उज्यालो लाल्टिन प्रतिष्ठान’ देवदह रुपन्देहीद्वारा आयोजित १ दिने निशुल्क स्वास्थ्य शिबिर कञ्चन गााउँपालिका अन्तर्गत शिवशक्ति आधारभूत विद्यालयमा आज सम्पन्न भएको छ ।
“समाजको पारदर्शीता, साहित्य र पत्रकारीता“ भन्ने मुल नारा बोकेर देवदह नगरीमा केन्द्रिय कार्यालय सन्चालन गरी सामाजिक रुपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ लागिपरेको उज्यालो लाल्टिन प्रतिष्ठान देवदह रुपन्देहीले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
कञ्चन गााउँपालिका वडा न.४ को र लालिगुँरास युवा क्लब कञ्चन(३ हरैयाको सह आयोजनामा सन्चालित शिविरमा ,लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर भैरहवा , आले डेन्टल हस्पिटल प्रा.लि. बुटवल र सि एण्ड सी अस्पताल ४ नम्बर जीतपुर कपिलवस्तुको प्राविधिक सहयोग र समाज सेवा अभियान रूपन्देही कतार तथा नव जागृती आमा समुह कञ्चन ४ सहयोगमा प्रतिष्ठानले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उज्यालो लाल्टिन प्रतिष्ठानका सदस्य रविन शर्मा चापागाईको अध्यक्षता , कञ्चन गााउँपालिकाका अध्यक्ष गोकर्ण ब. क्षेत्रीको प्रमुख आतिध्यता तथा रुद्रपुर स्वास्थ्य चौकीका प्रमुख कर्णराज शमार्को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा रण अम्बिका आखाँ अस्पतालका सुजन नकर्मी, लालीगुराँस युवा क्लबका अध्यक्ष राम ब. थापा, वडा न.४ का वडाध्यक्ष दुर्गा सिंह क्षेत्री, उज्यालो लाल्टिन प्रतिष्ठानका राजिव सापकोटा लगायतले बोल्नु भएको थियो ।
रेडियो कञ्चनका स्टेशन म्यानेजर जगिलाल थापाको सञ्चालनमा सम्पन्न भएको शिविरमा २२९ जनाले आँखा, १०६ जनाले दात र १३६ जनाले जनरल फिजिसियन तर्फ आफ्नो स्वास्थ्य जाचँ गराएका थिए भने १९ जना मोतिया बिन्दुको समस्या देखा परेका बिरामीलाई ६१ प्रतिशत छुटमा रण अम्बिका शाह आँखा अस्पतालले शल्यकृया गरिदिने भएको छ। आजको शिबिरमा दाँत र फिजिसियन सम्बन्धि औषधी बितरण पनि गरिएको प्रतिष्ठानका सदस्य एवम् शिबिरका संयोजक सन्देश ज्ञवालीले जानकारी दिनुभएको छ।

 

नक्कली नोट छाप्ने प्रचलन थिएन, चलचित्रमा यसरी देखाइन्छ पैसाको बन्डल

चलचित्र निर्माता माधव वाग्ले २ करोड ५२ लाख रुपैयाँ नक्कली नोटसहित बुधबार पक्राउ परे । यो घटनाले चलचित्र क्षेत्रलाई नै तरंगित तुल्याएको छ ।

निर्माता वाग्लेले प्रहरीसँगको बयानमा आफूले चलचित्र ‘चङ्गाचेट’का लागि यो नक्कली नोट छाप्न लगाएको बताएका छन् । चलचित्रमा ३ करोडभन्दा बढी रकम चोरिएको दृश्य देखाउनुपर्ने भएकाले नक्कली नोट छाप्न लगाइएको उनको दावी छ । चलचित्रका लागि नक्कली नोट ४ वटा प्लेटमा छापिएको छ । तर, नोट छाप्नका लागि कतैबाट पनि अनुमति लिएको देखिदैन ।

यस सम्वन्धमा निर्माता संघले एक विज्ञप्ति जारी गरी वाग्लेको बचाउ गरेको छ । विगतमा पनि धेरै पैसा देखाउनुपर्ने दृष्यमा यसैगरी नक्कली नोट छापिने गरेको उक्त विज्ञप्तिमा उल्लेख छ । तर, चलचित्रमा यसरी पैसाका बन्डल देखाउन नक्कली पैसा छाप्नुपर्ने वाध्यता हुँदैन । विभिन्न उपायबाट यस्ता नोटको बन्डल देखाउने गरिएको अभ्यास छ । हामीले केही चलचित्रकर्मीसँग यस्ता दृष्य कसरी छायांकन गरियो भनेर बुझेका छौं ।

विगतमा पनि यसैगरी नक्कली नोट छापिन्थ्यो भनेर दावी गर्ने निर्माता रोज राणाले आफ्नै चलचित्र ‘दादागिरी’को एउटा गीतमा बारमा पैसा उडाउने दृश्य खिचेका थिए । तर, त्यसका लागि उनले नक्कली नोट बनाएका थिएनन् ।

उनी भन्छन्, ‘हामीले, सो दृश्यका लागि केही पैसा फोटोकपी गरेका थियौ । सादा कागजमा हजारको नोटको एक साइडको फोटोकपी गरेका थियौ । जसलेगर्दा, एक साइड पैसा जस्तो देखिएतापनि अर्को साइडमा केही पनि हुदैन । चलचित्रका लागि यति नै काफी हुन्छ ।’

चलचित्र ‘जात्रा’मा एक बोरा पैसा खन्याएको दृष्य छ । यत्रो, पैसा देखाउनका लागि के गरिएको थियो ? चलचित्रका निर्माता तथा प्रोडक्शन म्यानेजर यादव भट्टराइले भने-‘हामीले २ सय पिस पैसा फोटोकपी गरेका थियौ । सक्कली पैसाको फोटोकपी एक साइड मात्र गरेर माथि-माथि राख्यौ । तल, सबै कागजहरु राखिएको थियो । चलचित्रको छायांकन सकिएलगतै हामीले जलाएर नष्ट गर्‍यौ ।’

चलचित्रमा थोरै पैसा देखाउनु छ भने सक्कली नै देखाउने गरिएको र धेरै देखाउनु छ भने फोटोकपीको सहारा लिने गरिएको भट्टराइले बताए । यस्तै, धेरै चलचित्रमा प्रोडक्सन डिजाइनर भएर काम गरिसकेका अनन्त तिमिल्सिना भन्छन्-‘ हजारको नोटको फोटोकपी गरेर त्यसकै साइजमा काटिन्छ । त्यसपछि, माथि त्यो पैसा राखेर तल कागज राखिन्छ ।’

चलचित्रमा धेरै पैसा देखाउनु परेमा हजार र पाँच सयका नोटको फोटोकपी गरेर देखाउने प्रचलन थियो । तर, यसपटक चलचित्र ‘चङ्गाचेट’का लागि भने निर्माता माधव वाग्ले र उनको टिमले सक्कली नोट जस्तै देखिने पैसा छाप्न किन लगाए भन्ने प्रश्न उठेको छ । त्यसमाथि सबै नोटहरुमा ‘नक्कली’ नलेखिएकाले पनि वाग्ले फँसेका छन् ।

निर्देशक भन्छन्, मेरो आइडिया होइन
चलचित्रका कुन दृष्य कसरी खिच्ने भन्ने निर्देशकको हातमा हुन्छ । तर, ‘चंगाचेट’का निर्देशक दिपेन्द्र के खनालले नक्कली पैसा छाप्नेबारे आफूसँग सरसल्लाह नभएको बताए । उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘सुटिङका लागि आवश्यक सरसामानहरु कसरी बन्दोबस्त गरिएका हुन्छन भन्ने सबैकुरा निर्देशकलाई थाहा हुँदैन । नक्कली पैसा छाप्ने आइडीया मेरो होइन ।’

उनले फिल्ममा ओरिजानिलिटी देखाउनका लागि निर्माताले पैसा छापेको हुन सक्ने बताए । ‘फोटोकपी गरेर पनि गर्न सकिन्थ्यो होला, तर सकेसम्म दुरुस्त देखाउनका लागि यो गरिएको हेाला,’ उनले भने ।

कृषी मा कपिलबस्तु लाइ आत्मनिर्भर बनाउने प्रण गर्दैछन युवाकृषक भाष्कर पंगेनी

युवाकृषक भाष्कर पंगेनी   एउटा एस्तो नाम हो ! जो न कहिले थाक्न जान्यो न कहिले पछाडी फर्किन नै जान्यो ! जीबन संघर्ष हो हामी यो संघर्ष सँगै जिउन जान्नु पर्छ भन्ने भास्कर कैयौ ठुला  अबसर हरु छोडेर कृषि क्रान्ति  माँ होमिएका छन !  अहिले कपिलबस्तु का हरेक भान्सा  मा  उनै  द्धारा  उत्पादित तरकारी पाक्छ  !!  उनै  साहसी युवा  भास्कर का केहि कुरा केहि तस्बीर !!

बिरुवा जमाउन नर्सरी ट्रे कोक्पिट/पिटमस अाएको छ झार गोड्नु पर्दैन मल्चिङ पलास्टिक अाएको छ
पानी हाल्नु सजिलो छ थोपा सिचाइ स्प्रिङकल अाएको छ किरा पुतलि छेक्ने इन्सेक नेट जालि अाएको छ  असिना बाट जोगाउने हेलनेट अाएको छ  गर्मी कम बनाउने सेड नेट अाएको छ  तापक्रम बढाउने थर्मल नेट अाएको छ  लामो समय सम्म टिक्ने यु भि पलास्टिक अाएको छ खन्ने जोत्ने गोडमेल , ड्याङ बनाउने मेसिन अाएको छ  धान गहु काट्ने मेसिन रिपर अाएको छ !!  धान मकै लगायत अन्य रोप्ने सिडलर मेसिन अाएको छ  !! रोगकिरा नियन्त्रण गर्ने अाई पि एम ल्युर ट्रयाप अाएको छजानेर सिकेर बुझेर खेती गर्ने लाई  ! धेरै सजिलो छ अहिले  !!  नेपालमा धेरै नयाँ अाधुनिक प्रबिधि अाई सकेका छन

#अाउ साथीहरू अब हामी सबै मिलेर कृषिमा लागौ !!
#यहि देशमा प्रसस्त संभावना छ  !!
#अाफ्नै जन्मभुमि मा पसिना बगाउ  !!
#यही माटोमा सुन फलाउ !!
#जय कृषि जय किसान  !!

मेहेनत गरेर उत्पादन लिने बेला हुनै लाग्दा केही दिन अघि परेको ठुलो असिना पानीले पाल्पा तथा गुल्मी क्षेत्रमा अत्यन्तै ठूलो नोक्सान पुर्याएको छ। समग्र नोक्सान मध्य तरकारी बालीमा मात्र ५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। सरकारी तबरमा क्षतिपूर्तिको निति नै बनेको छैन। नचिताएको नोक्सान्ले बर्षको ५०% भन्दा बढी आम्दानी हुने यो समयमा किसान प्रती परेको मर्का कस्ले बुझिदिने?? 

धेरैले सोध्नुहुन्छ,”साच्चै भास्कर जी कृषीमा लाग्ने प्रेरणा कसरी मिल्यो नी?”
मेरो उत्तर: प्रेरणा समय अनि परिस्थितिले दियो।
२०६५ साल मा s.l.c दिनेवाला थिएँ बाबा हराउनु भो। धेरै खोज्यौँ भेटिनुभएन मम्मी एक्लैले काठमाडौको त्यो शहरमा कसरी दुई छोराछोरी अनि आफ्नो ज्यान पाल्नु, ज्यान पाल्न मात्रै त के थियोे। कोठा भाडा, बिजुली बत्ती, gas, school fee,नुन, तेल रासन, तरकारी, एक त आफ्नो साथीको वियोगमा कम्जोर अर्को तर्फ बोझ।हुन त आफ्ना छोराछोरी आमालाई कहिले पो बोझ भएको थियो र। गर्नुभो, १५-१६ बर्ष भको थें सायेद आमालाई हलुको पार्न पढ्दै काम गर्दै गर्न लागे। तर सानै देखि काठमाडौको धुलो मैलो बस्तीमा हुर्केको मेरो मन गाँउमै जान खोज्थ्यो। संघर्ष जति नै गरे पनि काठमाडौ काठमाडौ नै हो। पैसाले चल्ने शहर । पैसाले पुर्याउनै पर्ने। तरकारी बिना त छाक टरिहाल्छ नि। न टारेर पो के गर्ने ??
महंगो !
पुर्याउनै पर्ने
एक छाक तरकारी किन्न एक हप्तै कुर्नु पर्ने
जसो तसो
चल्दै गयौं …बाबा बिना को केही बर्ष बिते।
पढाइ – काम संगै
बाबा हराउने त्यो शहरमा आमालाई कति दु:खमा राख्ने भनी मम्मिलाई request गरेँ “गाउँ मा जाँऔ घर जग्गा छ भाडा तिर्न त पर्दैन, दुई छाक आफ्नै खेत बारी ले खान त पुर्याउँछ, येसरी मेहनत गर्ने र अरुलाई बुझाउने कैले सम्म?? जाम म गर्छु गाँउमा नि त रोज्गारी को अवसर पाईन्छ नि थोरै कमाउँला तर येहाँ भन्दा धेरै बच्छ ।”
आइयो।
मलाई वीरुवा को “व” थाहा थिएन कृषि को “क” तर मलाई आफ्नो लागी साग्सब्जी फलाउनु थियो, जिज्ञासु अनि लगनशील भएर गरेँ ।
गरेँ पछि नहुने के पो छ र।
भनिन्छ नि परिश्रमी हातलाई भगवान्ले पनि चुम्छन्।
भग्वानको कृपा बर्सन थाल्यो।

आफुलाई पुग्न लाग्यो।
त्यसपछी ओल्तिर पल्तिर बाड्न।
तेस्पछी नुन तेलको लागि खर्च तरकारी बाटै पुग्न थाल्यो।
दिउँसो नजिकैको बोर्डिङ स्कुलमा पढाउन जान्थे
समय बित्दै गयो।
बिहान साझँ आफ्नो खेतमा गरेको मेहेनतले दिउँसो भरी स्कुल पढाएर हुने कमाईभन्दा बढी कमाई हुन थाल्यो। सोछे यी बिहान साझ को मेहनत को कमाल त येस्तो छ, तल्लीन भएर पुर्ण रुपमा कृषिमा लागे भनेँ कसो नहोला भनी ४ बर्ष देखी अपनाएको शिक्षक पेशा पुर्ण रुपमा छोडेर लागेको छु,

कृषि मा क्रान्ति ल्याउने सपना छ।
मेरा कर्म संगै लगन, आत्मविश्वास अनि देशभक्ती चलेकै छ।
यो यात्रामा आउने हरेक अवरोधहरुलाई दृण भै सामना गर्नु परे पनि वा अवरोध पन्छ्याउनै परे पनि तयार छु। तर यति दृण छु कि अबका केही बर्षमा देशको कृषि जगतले म बाट केही अवस्य पाउँछ।
प्रयास जारी छ
आशा छ सफल हुन्छु, पक्का।

युवाकृषक भाष्कर पंगेनी पुष्कर को आत्माबिश्वास , हिम्मत सोचलाई सलाम छ । देशलाई यस्तै ब्यक्तिहरूको खाँचो छ । हामी सबैले उहाँबाट धेरै सिक्न सक्छौँ । यो देश बनाउनु छ भने पुष्कर जि कै जस्तो मिहिनेत , लगनशीलताले मात्र सम्भव छ ।

“आखेट”को साङगीतिक कोसेली “सन्सार छुट्टै थियो” बजारमा

 

 

 

काठमाण्डौ/ “तिमीलाई भेट्नु पूर्व मेरो संसार छुट्टै थियो”
सांगीतिक गजलको म्युजिक भिडियो अब तपाइँहरू माझ आइसकेको छ।

कुशल गायक खेम थापाको स्वर संगीतमा रहेको “ संसार छुट्टै थियो ” गजलको भिडियो म्यूजिक नेपाल ले यूट्यूब च्यानल मा सार्वजनिक गरेको छ।

“संसार छुट्टै थियो” सांगीतिक गजलको भिडियोमा पूर्व मिस गोर्खा कि सुशीला थापा, बिद्रोही बिष्णु र युजिन क्षेत्रीले अभिनय गरेका छन् भने दक्ष निर्देशक खमेश श्रेष्ठले निर्देशन गरेका छन्।

“तिमीलाई भेट्नु पूर्व मेरो संसार छुट्टै थियो
आफ्नो जिन्दगीलाई गर्ने प्यार छुट्टै थियो”

निकै नै भावुक शब्दका कारण रेकर्ड हुँदादेखि नै सबैको ध्यान तान्न सफल यो गजल प्रकाश सापकोटा “आखेट” ले लेखेका हुन। यो उनको पहिलो कोसेली हो।

डिआईजी सरुवाको तयारी, प्रदेशमा नयाँ मात्रै

काठमाडौं । गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका एसएसपीहरुले शुक्रबार डिआईजीको फूली लगाउने भएका छन् । गृह स्रोतका अनुसार उनीहरु मध्येबाट रिक्त रहेका प्रदेशको प्रहरी प्रमुखमा खटाउने गृहको तयारी छ । एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन् ।

गृह मन्त्रालयले प्रहरीलाई संघिय संरचनामा लैजाने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ । जसको आधारमा प्रदेश प्रहरी प्रमुखमा डिआईजीलाई खटाउने पक्का पक्की जस्तै छ । एआईजीलाई खटाउन प्रोटोकल नमिल्ने भएकाले प्रदेशमा अब डिआईजीलाई खटाउन लागिएको हो ।

गृह मन्त्रालयमा एआईजी कति जना राख्ने भन्ने बारेमा समेत छलफल भइरहेको छ । तर, एआईजीमा बढुवा भने केहि समय लम्बिने देखिएको छ । प्रदेशमा बढुवा भएका नयाँ डिआईजीलाई पठाउनका लागि गृहकार्य शुरु भइसकेको छ । जसअनुसार केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का, रबिन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल र महेशबिक्रम शाहमध्येबाट सातवटै प्रदेशमा पठाउने सरकारको तयारी छ । गृहले महानगरीय प्रहरी कार्यालयमा डिआईजीलाई प्रमुख बनाउने पनि तयारी गरेको छ ।

यि मध्येबाट रिजाललाई महानगरीय प्रहरी कार्यालयको प्रमुख, थापालाई दुई नम्बर प्रदेश, अधिकारीलाई एक नम्बर र सिआईवीमा बस्नेतलाई पठाइने स्रोतले बतायो । एआईजी बढुवा लम्बिले भएका कारण आईजीपी सर्वेन्द्र खनालका व्याजी डिआईजीहरुमध्येहरुबाट पनि केही प्रदेश प्रहरीको प्रमुखमा पठाउने तयारी छ ।

बढुवा सिफारिसमा परेका रविन्द्र शर्मा, प्रेम चन्द र श्याम खड्काले ३० बर्षे उमेर हदका कारण असार २९ मा अबकाश पाउँदै छन् । त्यस्तै डिआईजीहरु उत्तम कार्की, छविलाल जोशी र पवनप्रसाद खरेलले पनि असार २९ मै अवकाश पाउँदैछन् ।

  एआईजी र आईजीपीको कार्य अवधि संसदको ऐनबाटै पारित हुनु पर्ने भएका कारण ऐन परिमार्जन गर्न अझै ६ महिना लाग्ने भएको हुँदा कार्की, जोशी र खरेल एआईजीमा बढुवा नभए डिआईजीबाट घर जाँदैछन् । गृहले लागूऔषध नियन्त्रण व्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागमा पनि नयाँ डिआईजीमध्येबाटै प्रमुख बनाउने संभावना छ । (यूनाइटेड पोस्ट साप्ताहिक)

मैले खराब सपना देखें

 

मैले खराब सपना देखें


सधै हाँसिरहने हिमालको दाँत थिएन,
रगतहरु जिस्कदै थिए माटो माथी,
रातो फुल्ने गुराँस सुकेको मुस्कुराउँदै
चिहानतिर देखाउँदै थियो।

नदिहरु  धक मान्दै थिए बग्न पनि,
यता कर्णाली बेस्सरी रोइरहेथ्यो
उता कोशी बेसुरले हाँस्दै थियो।

अचम्म भयो !
हिजो राती मैले खराब सपना देखें।

हिजो सम्म बस्नलाई गुन्द्री दिएको देशले
आज जाउ भन्दै पासपोर्ट दिएको देखें।

घाम पनि धुरी मात्र छोएर फर्किएथ्यो,
बाटोहरुका खुट्टा लर्बराईरहेथ्ये।
गौथली पनि दलिन बाट भुर्र उडेर गएथ्यो,
खै कसले हो माटोको छातिमा ब्वाङ ब्वाङ
हिर्काईरहेथ्यो।

त्यतिनै बेला चिहानभन्दा अगाडि पलेटी कसेर
पर्खिरहेथ्यो मृत्यु पनि
र अर्को तिर कुर्सिमा बसेर चपाईरहेथ्ये
मुनाल बस्ने घर।

ओ प्रिय मनहरु!!
मलाई भनिदिनुहोस न !
यो खराब सपनाको संकेतअनुसार
को बढी खतरामा छ? 
म या देश?

- बन्धु

रुपन्देही

 

मदनका हत्यारा दुबै दलका नेतालाई प्रष्ट थाहा छ । या भन्दिनु पर्यो को हो भनेर या आफ्नो नाम सम्झेर म म भन्नुपर्यो

मदन आश्रित को पच्चीसौ दिवंगत  घड़ी को दिन पारेर पाटी एकीकरण  को  कसरतमा  जुटीरहेका कम्युनिस्ट हरुलाई – मीडिया कर्मी, लेखक ,राजनितिक बिश्लेसक  हेमन्त  गिरी जापान बाट  लेख्नु हुन्छ ,  –

मदन-आश्रित गएको वर्ष दिन पछि देखि माओवादीले बन्दूक समाएको। लाखौं गरीब र उत्पीडितलाई सपना देखाएको । मदनको दल चाहिं चरम गुटबन्दी र दलाल पूँजीपतिको चंगुलमा फसेको ।
आज तिनै दल एक हुँदै छन । शुभकामना ।
कहिलेकाहिं चोरहरु पनि मिल्छन रे ठूलो चोरीको लागि ! यस्तो नहोस ।
मदनका हत्यारा दुबै दलका नेतालाई प्रष्ट थाहा छ । या भन्दिनु पर्यो को हो भनेर या आफ्नो नाम सम्झेर म म भन्नुपर्यो ।
मदन-आश्रितलाई त्रीशुलीमा हुत्याउनु मात्र हत्या थिएन । यतिका वर्ष सम्म कसैले उनैका नारा भजाएर व्याज खानु त कसैले ती नारा बाट पार लागिन्न भनेर युद्धको विज रोप्नू पनि पनि उनीहरुको हत्या नै हो ।
नामको ‘कम्यूनिष्ट’ शब्द हटाएर इमानदारी देखाएमा ‘केपी-पिके मिलन’ लाई मेरो साधुवाद रहनेछ । 

  •  

जसले ‘जात्रा’बनायो, उसैले ‘शत्रु गते’ बनाएको हो र ? ‘जात्रा’ हेरेका दर्शक ‘शत्रु गते’ हेरिसकेपछि ‘कन्फ्युज’ हुन सक्छन् ।

नोट :नागरिक – सुक्रबार बाट सांभार गरिएको हो

(बिहिबार, १५ चैत २०७४, ०२ : ५२ ) अनिल यादव नागरिक – सुक्रबार मा लेख्नुहुन्छ ,हरिवंशको बिर्सन लायक फिल्म !!!

दर्शक हाँस्छन्, हँसाउनुपर्छ । बजारमा चल्छ, चलाउनुपर्छ । फिल्म हेरेपछि लाग्यो, ‘शत्रु गते’ पनि यस्तै मनोभावको उत्पादन हो ।

फिल्ममा दीपकराज गिरी–दिपाश्री निरौलाको प्रवेशले कतै यो फिल्मपनि ‘६क्कापञ्जा’ शृंखलाकै निरन्तरता त होइन भन्ने अनुमान त पहिल्यै थियो । तापनि यस फिल्मलाई ‘जात्रा’जस्तो सफल फिल्म निर्देशन गरेर आफ्नो कलात्मक छवि देखाइसकेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिए । त्यसैले फिल्म अलि फरक नै बन्ला भन्ने आशा पनि थियो । त्यसमाथि हास्यव्यंग्य तथा अभिनयका ‘ब्रान्ड’ महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कमब्याक फिल्म भएकाले यो फिल्मबाट झन बढी अपेक्षा त हुने नै भयो ।

‘जात्रा’का निर्देशकले बनाएको अर्थात् महजोडीको फिल्म भन्दै यस्तै आशा र अपेक्षा बोकेर फिल्म हेर्न हल जाँदै हुनुहुन्छ भने एकचोटी पुनर्विचार गरे उत्तम । निर्देशक र कलाकारको विगत हेरेर हलमा जानुभयो भने निराशा मात्र हात पर्छ । फिल्मले दर्शकको मुहारमा प्राकृतिक हाँसो ल्याउन सक्दैन । जबरजस्ती हास्य सिर्जना भने गर्छ । हल्का रमाइलो हुनसक्छ तर रमाइलो गराउनु र राम्रो हुनु फरक कुरा हुन् ।

‘शत्रु गते’ एउटा कोलोनीबासीको कथा हो । कोलोनीमा दुई परिवार छ, एउटा सुरज (पल शाह) र अर्को सन्ध्या (आँचल शर्मा) । गहिरो प्रेममा रहेका सुरज र सन्ध्याको बिहे गराउन दुवै परिवार लगभग सहमत छ तर सुरजका बुबा गोपाल (हरिवंश आचार्य) भरसक बिहे नहोस् भन्ने चाहन्छन् । कारण– मधेशका नेता रहेका सन्ध्याका बुबा (रमेश रञ्जन झा)लाई उनी घुसखोरी ठान्छन्, रुचाउँदैनन् ।

दुवैका पिताबीच सम्बन्ध त्यति राम्रो छैन तापनि छोराछोरीको खुसीका अघि दुवै सम्बन्ध जोड्न तयार हुन्छन् । अचानक कोलोनीमा युट्युबर राहुल (दीपकराज गिरी) प्रवेश गर्छन् । उनको युट्युब धन्दाले दुवैको परिवारमा द्वन्द्व निम्त्याउने काम गर्छ । त्यसपछि सुरज र सन्ध्याको बिहे के हुन्छ ? फिल्म यी दुई परिवारको सम्बन्ध वरिपरि जेलिएको छ ।

फिल्मको कथा सुरज–सन्ध्याको बिहे गराउने क्रममा उत्पन्न हुने तनाव र परिस्थिति वरिपरि घुमेको छ । स्मरण रहोस्, महजोडीले यसअघि यस्तै कथामा आधारित ‘पन्ध्र गते’ टेलिफिल्म बनाएका थिए, जहाँ बिहेकै तनावको कथा थियो । ‘१५ गते’को कथा सापटी लिए पनि गुणस्तरमा भने धेरै फरक छ ।

फिल्मलाई यदि कला र दृश्य भाषाको सशक्त माध्यम मान्ने हो भने यसमा निर्देशक भट्टराई नराम्ररी चुकेका छन् । फिल्ममा दृश्यभन्दा बढी संवाद र कलाकारको भीड छ । तीन पुस्ताका कलाकारको जमघट छ । फिल्ममा मह जोडीदेखि दीपक–दिपाहुँदै पल–आँचलसम्मका कलाकार छन् ।

फिल्ममा अनुप्रास मिलेका संवादमार्फत् दर्शक हँसाउने प्रयास जोडदार छ । यसबाहेक नयाँ केही छैन । परिवार र प्रेमसँग जोडिएका यस्ता कथा सयौंपल्ट बनेका छन् । प्रस्तुतिमा कुनै नयाँपन भेटिँदैन । फिल्मको पटकथा निर्देशक भट्टराई र दीपकराज गिरी मिलेर लेखेको बताइएको छ तर फिल्मको बगाई हेर्दा थाहा हुन्छ– दीपक बढी नै हावी छन् ।

जसले ‘जात्रा’बनायो, उसैले ‘शत्रु गते’ बनाएको हो र ? ‘जात्रा’ हेरेका दर्शक ‘शत्रु गते’ हेरिसकेपछि ‘कन्फ्युज’ हुन सक्छन् । अपेक्षा पूरा हुँदै हुन्न । ‘शत्रु गते’लाई लिएर यसका निर्देशक रमाउनु भनेको उनका लागि ‘जात्रा’ बाट बढेको आफ्नो कद घटाउनु मात्र हो ।

फिल्ममा हरिवंशको पैसा असुल्ने योजनाबाहेक अर्को लक्ष्य देखिएन । अभिनय कलाको उत्तराद्र्धमा यस्तो बिर्सन योग्य फिल्म दिनु हरिवंशका लागि दुर्भाग्य हो । यद्यपि अभिनयका हिसाबले यो फिल्ममा सबैभन्दा बढी नजरमा कोही पर्छन् भने त्यो उनी नै हुन् । उनको गेटअप, लवज, हाउभाउले दर्शकको ध्यान खिच्छ ।
कमिक टाइमिङलाई दर्शकले रुचाउँछन् तर फिल्म एक कलाकारको अभिनयले मात्र बलियो हुन सक्दैन, सायद उनले भन्दा बढी यो कुरा कसले बुझेको होला ?

हास्यरसमै आधारित भएर पनि उनले बेजोड सिनेमा बनाउन सक्थे । बलिउडमै राजकुमार हिरानीले बनाएका ‘पिके’ र ‘मुन्नाभाइ एमबीबीएस’, उमेश शुक्लाको ‘ओएमजी’ आदि फिल्म उनका लागि बलियो उदाहरण छँदैथिए ।

अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ र ‘प्याडम्यान’ दुवै बलिया सन्देशसहित दर्शकमाझ आएका हास्यरसयुक्त फिल्म थिए । तिनले दर्शकलाई हँसाएनन् मात्र, सन्देश पनि रमाइलो गराउँदै दिए ।

‘शुत्रु गते’मा मदनकृष्णको उपस्थितिको कारण खुल्दैन । प्रियंका कार्की र आँचल शर्माको चरित्र चित्रण स्वभाविक लाग्दैन । थुप्रै दृश्य छन्, जो सस्ता र अविश्वसनीय लाग्छन् ।

आफू स्टार बन्ने पथमा हिँडिरहेका अभिनेता पल शाहले यो फिल्ममार्फत् अभिनयमा फेरि आफूलाई कमजोर साबित गरेका छन् । उनको अभिनयमा कुनै आकर्षण छैन । न रुँदा स्वभाविक देखिन्छन्, न संवाद बोलिरहँदा । म्युजिक भिडियोबाट दर्शकको नजरमा परेका उनले म्युजिक भिडियोको मोडलिङ र फिल्मको अभिनय बीचको फरक छुट्ट्याउन सक्नुपर्छ । होइन भने उनको करिअर उँभो नलाग्ने पक्का छ । अभिनय भनेको ‘लुक्स’ मात्रै होइन, ‘एक्सप्रेसन’ र ‘डायलग डेलिभरी’को तालमेल पनि हो । यो कुरा पलले बुझ्न जरुरी छ ।

फिल्मले पुलिस–गुन्डा प्रेम, मधेसी–पहाडे परिवारको सम्बन्ध लगायत विविध विषयमा हात त हालेको छ तर मोती हात नपार्ने गरी सतही मात्र छ । दीपकको अभिनयमा कुनै नौलोपन नभेटिए पनि उनको युट्युबरको चरित्र फिल्ममा नौलो लाग्छ । युट्युबमा दर्शक बढाएर पैसा कमाउनका लागि जे पनि खिचेर अपलोड गर्न तयार हुने जमातलाई उनको चरित्रमार्फत् गतिलो झापड हान्न खोजेका छन् । रमेशरञ्जन झा र दीपाश्रीको अभिनय चरित्रअनुसार स्वभाविक नै छ ।

फिल्मका दुवै गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ जति मिठासपुर्ण छन् त्यसको ‘प्लेसमेन्ट’ त्यति सान्दर्भिक लाग्दैन । ‘पिरतीको बर्को’ त फिल्ममा आवश्यकताबिनै देखापर्छ ।

फिल्मको दरिलो पक्ष मानिने ब्याकग्राउन्ड स्कोर पनि लाउड लाग्छ, पटकथा र संवादसँग लय नमिलेको भान गराउँछ । यद्यपि फिल्मको खिचाई, लोकेसन लगायत प्राविधिक पक्ष राम्रै छन् ।

समग्रमा यो फिल्मले कलाकारिताभन्दा बढी जोकरकारिता बढावा दिएको छ । फिल्मले व्यापार त गर्ला, दर्शकलाई हँसाउला पनि तर नेपाली फिल्मको स्तर उकास्न कुनै मद्दत गर्दैन । व्यापारिक सफलताकै आधारमा यस्ता फिल्म ‘सफल’ सूचीमा पर्याे भने यो नेपाली फिल्मकै दुर्भाग्य मात्रै हो ।

‘एनी हाउ दर्शकलाई हसाऊ’ र ‘एनी हाउ पैसा कमाऊ’– यही फर्मुलामा रहेर दीपक–दीपाले फिल्म बनाइरहेका थिए । विडम्बना, उनीहरुको बिजनेसमा हरिवंश पनि मिसिए । ‘शत्रु गते’बाट हरिवंशले दीपक–दीपाको गुणस्तर उकास्ने धेरैको आशा थियो । यसमा उनी असफल भए । यता दीपक–दीपा सफल भए र हरिवंशलाई आफ्नो स्तरमा ओराले ।

संसार कै कान्छो निर्देशक सौगात बिस्ट को अर्को अर्थपूर्ण चलचित्र ” हैरान “

भोलीदेखि देशभर रिलिज हुन लागेको चलचित्र ‘हैरान’मा समावेश ‘दाग छैन अब जुनमा पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा चन्द्रमणि भट्टराइको शब्द, किरण कँडेलको संगीत र यूवराज चौलागाई, इन्दिरा जोशी र निश्मा घिमिरेको स्वर छ । गम्भिर बिष्टले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार निश्मा घिमिरे र गजित बिष्टलाई फिचरिङ गरिएको छ । चलचित्रका कलाकार गजित बिष्ट दर्शकले विभिन्न प्रचार साम्रागीलाई रुचाएको भन्दै चलचित्र चल्नेमा विश्वस्त देखिएका छन् । विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्टले निर्देशन गरेको यो चलचित्रलाई कमेडी र एक्सन जनरामा तयार पारिएको छ ।

चलचित्रमा सत्यराजआचार्य , गजित विष्ट , मोहमदवसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोहीशर्मा लगायतको अभिनय रहेको छ ।
डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।
प्रेम पाण्डे ” मन को साथी ”
काठमाण्डौ

गोलभेंडाका तीन रंग

गोलभेंडाका तीन रंग - जीवन युगीन 

                                         
गोलभेंडालाई 
हरियो जीऊ
र हरियो नै  पहिरनमा पनि देखेको हुँ 

मैले गोलभेंडालाई 
कुमारी, मसिना पहेँला फूलमा पनि देखेको हुँ 

तिनै फूलमा 
नदेखिने पराग मिसिएपछी, 
डल्ला, डल्ला फल लाग्दै गरेको पनि देखेको हुं 

त्यत्तिबेला सोचें, 
जीन्दगी,
यो जिन्दगी 
कम्तिमा पनि गोलभेंडा जति काम लाग्ने हुनैपर्छ 

पछि 
लटरम्म फलेको देखेपछि 
लाग्यो , जीन्दगीको घर गोठ, पाली 
भान्छा र भकारी 
लालाबाला
सारा रहस्य 
सिङ्गो भविष्य 
गोलभेंडाकै छेउछाऊ 
पो छ कि? 

अहो ! किचिरा गोलभेंडाको बैँस ?
गोलभेंडाको वैंशमै मोहीनी छ कि ? 
गोलभेंडाको बैँस आतंक 
ख्यालख्यालमै उत्सव बनिसकेर 
सुहागको क्षणभित्र 
पराग पोखिने बित्तिकै, 
जीन्दगीले सांच्चै यु टर्न लिंदोरहेछ 

आखीर जिन्दगी 
फूल,पात र फल
विऊ पात वा जराको 
दु:ख, सुख जा जालझेलको 
जे देखिएपनी, 
जसरी लेखिएपनी 
पहेंलो, नीलो र रातो 
तीन रंगको तालमेल न रहेछ 

जीन्दगी 
आखिर 
एक डल्लो गोलभेंडा न रहेछ 
होइन र ?

प्रश्न:- स्वर्ग कहाँ छ ?

प्रश्न:- स्वर्ग कहाँ छ ?

उत्तर:-विदाको दिन थियो । म गोरु चराउन वनमा गएको थिएँ । चर्दाचर्दै गोरु अलिक टाढा पुगे । म पनि गोरुको पछि लाग्दै गएँ ।

पर पुगेपछि गोरु चर्न थालेको देखेँ । म पनि सालको रुखमुनि बसेँ । र, सङ्गै लगेको सामान्यज्ञानको किताब पढ्न थालेँ ।

म पुस्तकमा ध्यानस्थ भएँ ।

रुखबाट एउटा पात खस्यो । उक्त पात मेरो शिरमा बज्रिन आइपुग्यो । म झसङ्ग भएँ । गोरु हेरेँ । कतै देखिनँ ।

अहो ! गोरु कता गए भन्ने ध्याउन्न छुट्यो । कसैको धान खान पुगेको भए मार्छन् भन्ने डर पनि लाग्यो ।

गोरु खोज्दै गएँ, तर कतै पनि देखिनँ ।

खोज्दाखोज्दै निकै टाढासम्म पुगेँ । तर पनि गोरु भेटिएनन् । कोइरालको रुखमा चढेर हेरेँ । गोरु देखिएनन्, बरु पर एउटा ओडार  देखेँ ।

कतै गोरु त्यही ओडारतिर पो पसे कि भन्ने ठानी म पनि त्यही ओडारतिरको बाटो तताएँ ।

म त्यस ओडारमा कहिल्यै पुगेको थिइनँ । ओडार अँध्यारो देखिन्थ्यो । गोरु कतै यही ओडारमा छिरेका छन् कि भनेर डर लागीलागी भित्र गएँ ।

भित्र पस्ने बित्तिकै म हराएँ ।

………………………………

जब ओडारमा पग राखेँ, तब म त्यहींभित्र विलीन भएँ, कालो छिद्र (Black Hole) मा विलीन भएको आकाशीय पिण्ड जस्तै । त्यसपछि मलाई के भयो, तनिक पनि याद भएन ।

त्यहाँबाट गायब हुने बित्तिकै म एउटा वनमा पुगेँ । जहाँ अग्लाअग्ला रुख, रुखका ठूलाठूला पात, घाँसका बोट नै मभन्दा अग्ला थिए । त्यो वनमा मेरो आकार कमिलाको जस्तै थियो । म कुन दुनियाँमा पुगेको थिएँ, अलिकति पनि मेसो पाउन सकिनँ । त्यहाँका किरा अनि फट्याङ्ग्रा पनि निकै भीमकाय देखिन्थे । म छक्कै परेँ, त्यहाँका कमिलाको आकार यहाँका हात्तीको जत्रो थियो । कमिलाको सापेक्षमा मेरो आकार तिलको डल्लो जत्तिकै हुँदो हो ।

निकै आश्चर्यचकित हुँदै म परपर गएँ ।

पर पुगेपछि कसैले ‘ॐ’ को उच्चारण गर्दै गरेको सुनें ।

त्यसै बखत,

“ॐ त्रेयम्बकं यजामहे सुगन्धिं पुष्टिबर्धनम् ।उर्वारुकमिव् बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ।।”

भन्दै महामृत्युञ्जय मन्त्रको जप गर्दै गरेको सुनेँ ।

सोचें, यो पक्कै ॠषिमुनिहरूको आध्यात्मिक तपोवन हुनुपर्छ; यहाँ ॠषिहरूले ध्यान गर्दै गरेका होलान् ।

म त्यही आवाजलाई पछ्याउँदै केही पर पुगेँ । त्यहाँ एउटा कुटी वा ऋषिआश्रम देखेँ । म त्यतैतिर लागेँ ।

जब आश्रमतिर पाइला बढाउँदै लगेँ, ममा आध्यात्मिक वातावरणको प्रभाव बढ्दै गएको अनुभूति गरेँ ।

जब कुटीको समीपमै पुगेँ, तब एउटी स्त्रीले ध्यान गर्दै गरेको देखेँ । ऋषिहरूले ध्यान र तपस्या गरेको निकै सुनेको थिएँ, तर नारीहरूले ध्यान गरेको कमै सुनेको थिएँ ।

यस्तो निर्जन वनमा एक्लै ध्यानस्थ भएर बस्ने को होलिन् भन्ने कौतुहलता प्रादुर्भाव भयो मनमा ।

नजिकै गएर हेरें, गेरु वस्त्र धारण गरेर ध्यानस्थ देवी जस्तै लाग्ने नारीलाई देखेँ ।

सुनेको थिएँ, ध्यानमा लीन भएका व्यक्तिहरूको ध्यान भङ्ग गरिदिनु हुँदैन । त्यसैले उनलाई ध्यानबाट उठाउने दुष्प्रयास गर्न चाहिनँ । र, त्यहाँबाट फर्किएर पर जान थालेँ ।

“पर्ख वत्स ।” पछाडिबाट एक्कासी आवाज आयो । म झसङ्गिएँ । फर्केर हेरेँ, उनका आँखा खोलिएका थिएनन् । फेरि सोचें, म यहाँ आएको उनले कसरी थाहा पाइन् जब कि आफ्ना नयन खोलेकी नै छैनन् ?

म फर्केर आफ्ना पग उनैतिर डोर्‍याएँ ।

“मेरै इच्छा बमोजिम तिमी यहाँ आएका हौ। फर्कन हतार नगर वत्स ।” उनले आँखा नखोलीकन नै आफ्नो मुख खोलिन् । म झन् छक्क परें । अनि सोचें, यिनी पक्कै कुनै मायावी हुनुपर्छ, जसले नेत्र नखोलीकन नै मेरो बारे बताइरहेछिन् ।

“मेरो सान्निध्यमा आऊ वत्स ।” उनले आफ्नो नजिकतिर आऊ भनिन् । म डरैडरै गएँ ।

जब म उनको नजिकै गएँ, उनका आँखा खोलिए । ती आँखाबाट अचानक दैवी शक्ति निस्कियो र ममा समाहित भयो ।

जब ममा दैवीशक्ति सञ्चार भयो, तब ब्रह्मज्ञान पाएँ । दिव्यदृष्टि पाएँ ।

तब बल्ल वहाँलाई चिनेँ । वहाँ त साक्षात माता “वैष्णवीदेवी” हुनुहुँदो रहेछ ।

मलाई बल्ल ज्ञात भयो, म त त्रेतायुगमा पो पुगेको रहेछु । त्रेतायुगमा कसरी पुगेँ, सोच्नतर्फ लागिनंँ । यसलाई ईश्वरको लीला सम्झेर आनन्द लिएँ ।

……………

“प्रणाम माता !” शिर निहुर्‍याएर मातालाई प्रणाम गरेँ ।

“आयुष्मान भव ! तेजस्वी भव ! ज्ञानी भव वत्स ।” माताले मलाई आशीर्वादको श्रीपेच लगाइदिनुभयो । म धन्य भएँ ।

माताको साक्षात दर्शन पाएर आफ्नो जीवन धन्य भएको तथ्य प्रकट गरेँ । माता मुस्कुराउनुभयो ।

माता: “वत्स ! तिम्रो भक्तिबाट म प्रशन्न भएकी छु । माग, के वर चाहन्छौं ?”

म:- “माता ! जब स्वयं हजुर मेरो समीपमा उपस्थित हुनुहुन्छ भने मेरो लागि योभन्दा ठूलो वर अरू के हुनसक्छ र ! हजुरको साक्षात दर्शन नै मेरो लागि अनुपम वर हो माता ।” आफ्नो विनम्रता माताको काखमा अर्पण गरेँ ।

माताले दिव्य मुस्कान छर्नुभयो ।

म:-“माता ! बरु मेरो मनमा उब्जिएको एउटा प्रश्न निवारण गरिदिनुभयो भने आभारी हुने थिएँ ।”

माता:-“कस्तो प्रश्न वत्स ? निसंकोच सोध ।”

म:-“माता ! वास्तवमा स्वर्ग कहाँ छ? यो मृत्युलोकमा स्वर्गीय जीवन बिताउन सम्भव छ माता ?”

माता:-“सम्भव छ वत्स । तिमी स्वयंले पनि स्वर्गीय जीवनको अनुभूति लिइसकेका छौ वत्स ।”

माताको कुरा सुनेर म झसङ्गिएँ । सधैं दु:खानुभूति गरेको सम्झने मलाई माताले स्वर्गीय जीवनको अनुभूति लिएका छौ भन्दा छक्कै परें ।

म:-“कसरी माता ?” आश्चर्यजनक अनुहार मातातिर तेर्स्याएँ ।

माता:-“वत्स ! स्वर्ग त्यो होइन, जहाँ सदैव सुखैसुख होस् । स्वर्ग त्यहाँ छ जहाँ केही पाउनु पनि छैन र केही गुमाउनु पनि छैन । अर्थात् न त प्राप्तिको अभिलाषा छ, न त गुम्ने भय छ, त्यस्तो स्थान नै स्वर्ग हो वत्स ।”

माताको कुरा मेरो बोधो मस्तिष्कले भेउ पाएन । कताकता विरोधाभास पनि प्रतीत भयो ।

म:-“त्यस्तो स्थान कहाँ छ माता?”

माता:-“आमाको गर्भ । हरेक मनुष्यले आमाको गर्भमा स्वर्गीय जीवन बिताएर यस मृत्युलोकमा पदार्पण गरेको हुन्छ वत्स ।”

म:-“आमाको गर्भ नै स्वर्ग हो भन्नुभयो माता ! यसलाई पुष्टि गरिदिनुहोस् न ।”

माता:-“वत्स ! जब तिमी आमाको गर्भमा थियौ, तिमीलाई कुनै कुराको चिन्ता थिएन । दु:ख थिएन ।

तिमी स्वयंले केही खानु पर्दैनथ्यो; आमाले खाइदिए पुग्थ्यो ।

तिमी स्वयंले श्वाससमेत फेर्नुपर्दैनथ्यो; आमाले फेरिदिए पुग्थ्यो । तिमीले पानी प्यून पर्दैनथ्यो; आमाले पिइदिए पुग्थ्यो ।

तिमीलाई न त गर्मीको प्रवाह हुन्थ्यो, न त जाडोको चिन्ता, उपयुक्त तापमानमा बस्न पाएका थियौ ।

न त कपडा लगाउनुपर्दथ्यो, न त जुत्ताचप्पल ।

न त स्वास्थ्यको चिन्ता हुन्थ्यो, न त खानपानको चिन्ता ।

न त तिमीलाई पढ्नुपर्थ्यो, न त आफ्ना सन्तानलाई पढाउनुपर्थ्यो ।

न त विहान के खाऊँ, न त बेलुका के खाऊँ भन्ने चिन्ता हुन्थ्यो ।

न त धन आर्जन गर्नुपर्थ्यो, न त विद्या ग्रहण गर्नुपर्थ्यो ।

न त तिमीलाई कोठाभाडा कसरी तिरौं भन्ने चिन्ता हुन्थ्यो, न त ग्यास सिद्धिएको चिन्ता, न त चामलका बोरा रित्तिएको चिन्ता ।

न त कसैलाई पाउने अभिलाषा, न त कसैलाई गुमाउने भय-चिन्ता ।

न त कामको चिन्ता, न त जागिर वा पेशाको चिन्ता । न त कानूनको भय, न त नैतिकता ह्रास हुने डर ।

न त श्रीमतीको चिन्ता, न त लालाबालाको चिन्ता ।

न त आफ्नो भविष्यको चिन्ता, न परिवारको चिन्ता, न समाजको चिन्ता, न त देशको चिन्ता र न सारा विश्वको चिन्ता ।

वत्स ! आमाको गर्भमा हुँदासम्म तिमीलाई न त केही पाउनु थियो, न त केही गुमाउनु थियो । अत: आमाको गर्भको ९ महिने समय  तिम्रो लागि स्वर्गीय थियो ।”

म:-“दिव्यज्ञान प्रदान गर्नुभयो माता ! मैले त स्वर्ग भनेर यस मृत्युलोकभन्दा परको संसारलाई बुझिरहेको थिएँ । आज हजुरले मेरा भ्रमित नेत्र खोलिदिनुभयो माता ! हजुर धन्य हुनुहुन्छ ।”

माता:-“वत्स ! जब मनुष्य यस मृत्युलोकमा आउँछ, जब ऊ स्वर्गीय जीवनबाट वञ्चित हुन्छ । तर उसको अवचेतनले उक्त स्वर्गीय जीवनको वासना उसको मृत्यु नहुन्जेलसम्म झक्झकाइरहन्छ । स्वर्गीय जीवनको छाप उसको अवचेतनमा टाँसिएर अक्षुण्ण भई बस्दछ । त्यही अवचेतनको निर्देशनानुसार मनुष्य आजीवन स्वर्गीय जीवनको खोजीमा भौंतारिरहन्छ । तर उसले यो मृत्युलोकमा कहिल्यै त्यस्तो जीवन पाउन सक्दैन ।

यस मृत्युलोकमा उसले जति धन, सम्पत्ति, यश, कीर्ति, नाम र शक्ति प्राप्त गरेपनि मनुष्य कहिल्यै सुखी र खुसी बन्न सक्दैन ।

त्यसैले वत्स !

मनुष्य रुँदै जन्मन्छ; स्वर्गीय जीवनबाट अलग्गिनु परेकोमा,

गुनासो गर्दै बाँच्छ; स्वर्गीय जीवन प्राप्त गर्न असम्भव भएको देखेर, र

निराश हुँदै मर्छ; मृत्युलोकमा स्वर्गीय जीवन प्राप्त गर्ने स्वप्न चिताग्निसङ्गै जलेर भस्म हुन्छ ।”

मृत्युलोकीय जीवनमा मनुष्य किन कहिल्यै सुखी र खुसी हुन सक्दैन भन्ने दिव्यज्ञान माताले मलाई प्रदान गर्नुभयो । तत्पश्चात् जीवनमा उपरान्त बडो महत्त्वाकांक्षी नहुने, जीवनप्रति गुनासो नगर्ने र दु:खी नहुने प्रण गरेँ, मातालाई साक्षी राखेर ।

अन्तमा माताले भन्नुभयो,

“वत्स ! अब तिमी जाऊ ! तिम्रा वस्तुभाउले तिमीलाई कुरिरहेका छन् ।”

म मातालाई प्रणाम गर्दै त्यहाँबाट फर्किएँ ।

नाम:- कवीन्द्र लम्साल ‘कप्रल’

ठेगाना:- इश्मा गाउँपालिका-५, गुल्मी

हाल:- काठमाडौं ।

 

गाउँबाट

धेरै चोटी करायो आगनको डिलको पैंयुमा बसेर कालो काग

विहान उठेर दैलो पोत्नु अघि पुग्छन् आँखा घरको तालातिर

 

 

तर , सधै उस्तै गरेर झुल्किन्छ घाम – किन फरक हुदैन घामको रङ ?

दिनभरी चुपचाप शीरमाथी हिडिरहने घाम किन बोल्दैन कहिले ?

आकासमा भटभटे कराएको सुनेर केटाकेटीहरू

आँगनमा दौडिन्छन् – पैसा झारिदे भनेर

मलाई थाहा छ – भटभटेले केहि पनि झार्दैन

तर, पनि मन उतै दौडिन्छ कुनै खबर आयो कि ?

कैयौं पर्वहरू दैलो भित्र नपसी – दलान बाटै फर्किए

कैयौं आशाहरू – टुकी निभाए संगै निभीगए

तालोमा आईपुग्छ – निरासाको वादल

दैलो ढक्ढकाउँछ वेदनाको छाँयाले

डाँडातिर कोही नयाँ मान्छे उक्लिएको देखे पनि तिम्रै झल्को लाग्छ

वेसी तिर कोही झरे पनि तिम्लाई खबर पठाउन मन लाग्छ

आईसल आँउछु भनेर हिडेको छोरा – तिम्रो आईसल कहिले आउला ?

चरीले रूख छाडे जस्तै सबैले गाउँ छाडीसके छोरा

तिम्री कान्छी आमाले बुहारी भित्र बाहिर गराएको देख्दा

छनछनी चुरा र पाउजु बजेको सुन्न निकै हतारिएकी छु

तिमीलाई गरिखान सम्पती बाउले जोडिदिएकै थिए

एक्लो छोरो सबै रहर पुराएकै थिए

आखिर के छ र बाबु त्यो देशमा – जो यो गाउँमा छैन

परदेशमा पसिना बगाएर हुने भए – बगाएकै हुन् तिम्रा बाले रगत

बाको पाखुरीमा गोलीको दाग देख्दा देख्दै पनि

किन प्यारो भयो कुन्नि तिमीलाई परदेश ?

थाहा छ बाबु तिमी दुख मेरै लागि गरेका छौ

तर आँसुको तातोलाई न्यानो मान्न तयार छैन यो मन

सबैले सोध्छन् लाहुरे कहिले आउँछ

प्रत्येक पूर्णिमाको जून देख्दा आजै आउँछ जस्तो लाग्छ

तर जून दिनदिनै घट्दै जान्छ

र औंसिको रात भन्दा अँध्यारो हुन्छ यो मन

आकासको वादल फाट्दा पनि मनको बादल हट्दैन

मध्यान्हको चर्को घाममा पनि मन चिसै रहन्छ

छोरा उज्यालो हुनु भनेको घाम लाग्नु मात्रै रहेनछ

ज्योति छर्नु भनेको बत्ती बाल्नु मात्रै रहेनछ

छोरा वरू निस्तै अघाउँला – भोकै परौंला

अब त फर्की आऊ म पनि डाँडा माथीकी घाम भैसकें ।

-शेखर विकल्प

बस पल्टिँदा ५ जनाको मृत्यु

प्युठान, वैशाख ३० – प्युठानमा रात्री बस पल्टिँदा ५ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । घाइते ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको हो । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने

काठमाडाैं, वैशाख ३० – वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने छ ।

भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो ।

भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा शुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरु भएको हो । किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणिमाणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।

भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रासस

आइतवार नेपाल बन्दको आह्वान:

बिप्लव नेतृत्वकाे नेकपाले आज आइतवार नेपाल बन्दको आह्वान गरेको छ ।

अरुण तेस्रो भारतलाई निमार्ण गर्न दिने यस अघिको निर्णयलाई संयुक्त सिलन्यास गरिएको ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश लगायतको विरोध स्वरुप नेपाल बन्दको आह्वान गरिएको नेकपाका रुपन्देही इन्चार्ज शरद ओलीले नागरिक आवाजलाई जानकारी दिए ।

बन्दका क्रममा कक्षा ११ का परिक्षा दिने विद्यार्थी, एम्वुलेन्स, दुध, तरकारी बोक्ने साधन,सव वाहान, कुटनीतिक नियोग, पत्रकारका साधन संचालनमा रोक नलगाइने उनकाे भनाई छ ।

बन्द आईतवार विहान ५ बजे देखि साझ ५ बजे सम्म रहने नेकपाले जनाएको छ ।

भारतको हातमा ५० देखि ९०० मेगावाटसम्मका आयोजना

 

 

 

काठमाडौं । भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएका छन् ।

भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्युत्त आयोजनाहरु निर्माण गर्न २५ भारतीय कम्पनीले सर्भेलाइसेन्स लिएका छन् ।

केही अहिनाअघिसम्म २८ वटा बम्पनीले सर्भेलाइसेन्स लिएका थिए । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुनमा तीनवटा आयोजनाको इजाजतपत्र खारेज गरिदिएपछि २५ वटामा सीमित भएका छन् ।

ती आयोजनाबाट कुल ७ हजार ५ सय १ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । (नागरिक दैनिक)

२२ जना एसपीहरु एसएसपी बढुवामा सिफारिस, को को परे ?

 

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरिक्षक (एसपी)हरु बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको लागि सिफारिसमा परेका छन् ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको बढुवा सुचीअनुसार एसपीबाट एसएसपी बढुवाको सिफारिसमा पर्नेहरुमा क्रमशः राजेन्द्र ढकाल, सहकुल थापा, अरुण कुमार बिसी, प्रकाश अधिकारी, सुशिलकुमार यादब, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले, दिलिपबहादुर बस्नेत, पुजा सिंह, बिभुतीराज पाण्डे, बिक्रमबहादुर चन्द, भोजजँग शाह, नलप्रसाद उपाध्यय, देबबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खा, किशोरकुमार दाहाल, सेखर कोइराला र प्रदिप कुमार श्रेष्ठ रहेका छन् । (नेपाल समाचारपत्र दैनिक)

मोदी जी ! हामीलाई त्यो नाकाबन्दी अझै याद छ !

 

मोदी जी ! हामीलाई त्यो नाकाबन्दी अझै याद छ !

आदरणीय नरेन्द्र मोदी जी, नमस्कार !
तपाईँले केही वर्ष पहिले नेपाल भ्रमणको समयमा हाम्रो संसद् भवनमा बोल्दै भन्नू भएको थियो “नेपाल ऋषि मुनिहरूको देश हो , गौतम बुद्धको देश हो दुनियाँमा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ पशुपतिनाथ बिराजमान छन् , यस्तो पवित्र देव भूमिको छिमेकी हुन पाउँदा भारतले आफूलाई गर्विलो महसुस गरेको छ ”

तपाईँलाई याद होला त्यति बेला तपाईँको ‘ऋषिमन’लाई हामी नेपालीहरूले खुब प्रशंसा गरेका थियौ , तपाईँले हाम्रो दिल जित्नु भयो ,रोटी र बेटीको सम्बन्ध अझ सुन्दर भयो । जब तपाईँ भ्रमणमा आउनु भएको थियो त्यो समय तपाईँ प्रति श्रद्धा भावले म नतमस्तक भएको थिए मिलेको भए म तपाईँलाई अँगालोमा बेर्ने थिए र चरणस्पर्श गर्ने थिए ! भारतको सबै भन्दा राम्रो प्रधानमन्त्री जो नेपालको हित चाहन्छ , नेपाललाई प्रेम गर्छ भन्ने सम्झिएर नेपाली जनताले तपाईँलाई हृदय देखि प्रेम र सम्मान गरे ।

तपाईँलाई थाहा नै छ नेपालले दशकौंदेखिको सशस्त्र युद्ध झेलेर, हजारौँ नेपालीहरू सहिद भएर आफ्नो संविधान लेख्ने अवसर प्राप्त गरेका थिए संविधान लेखिँदै थियो , शान्ति पुनर्स्थापना सङै सङ्घीय राज्यको अवधारणा र समृद्ध नेपालको सपना हामीहरूले बुन्दै थियौ , देश सानो जरुर थियो तर तपाईँहरूले जस्तो अग्रेजको गुलामी गर्न परेन , विकासमा थोरै पछाडि छौ तर सगरमाथा र बुद्धको चरणकमलमा छौ ! प्रकृति माताले संसार कै सुन्दर देश बनाएकी थिइन , राजनीतिक परिवर्तन सङै हाम्ले अपेक्षा गरेका थियौ की हामीहरू पनि दुनियाँमा केही बन्न सक्छौ , हामीहरू पनि केही गर्न सक्छौ ।

२०७२ वैशाख १२ गतेका दिन हाम्रो देशको लागि कालो दिन बन्यो । विनाशकारी महा-भूकम्पले नौ हजार भन्दा धेरै प्राण हामी बाट खोस्यो । तपाईँहरूले त्यो कठिन समयमा गर्नु भएको मानवीय सहायता प्रति सारा नेपाल कृतज्ञ थियो । ‘छिमेकी भनेको यस्तो हुनुपर्छ ‘ भन्न हामीलाई कुनै आपत्ति थिएन । मन दुखेको बेलामा आँखाबाट खुसीको हिमाल पग्लिएको थियो।

तर हाम्रो खुसी धेरै टिक्न पाएन भूकम्पले थिलो थिलो परेको हाम्रो भावनात्मक र भौतिक अवस्था माथि तपाईँले अकारण अघोषित नाकाबन्दीको बज्र प्रहार गर्नु भयो
जति बेला हाम्रा आँखामा भूकम्पको पीडा बगिरहेको थियो
जति बेला हाम्रो मन आफन्त गुमाएको पिडामा तड्पिदै थियो
जति बेला हामी दुखको सागरमा तैरिदै थियौ
नब्बे प्रतिशत भन्दा धेरैको बहुमतले बनेको संविधान तपाईँलाई स्वीकार्य भएन ६ महिना भन्दा धेरै
तपाईँले गरेको अघोषित नाकाबन्दीको पीडा यहाँ वर्णन गरेर सकिँदैन मोदी साहेब !

हेर्दा हेर्दै तपाईँको ‘ऋषिमन’ ‘राक्षस मन ‘ मा फेरियो , तपाईँले हाम्रो आशु देख्नु भएन , भूकम्पको पीडा बाट माथि उठ्दै गरेका हामी नेपालीहरूलाई तपाइले लाज नमानी पुनः पिडा दिनु भयो !

सुनेको छु तपाईँ पुनः नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ , पद र प्रतिष्ठा जोगाउन सरकारले तपाईँलाई खुब तामझाम सँग स्वागत गर्ला तर यो पटक कुनै पनि देश भक्त नेपाली नागरिकले तपाईँलाई मन बाट अभिनन्दन गर्ने छैन , प्रेमले सम्मान गर्ने छैन तपाईँले रोटी र बेटीको सम्बन्ध बिर्सिँदै गरेको नाकाबन्दी हामीहरूले बिर्सिएका छैनौ आफ्नो स्वार्थका लागि सरकारले तपाईँलाई खुसी बनाउला तर मोदी जी तपाईँ सँग तपाईँकै आस्थाका देवता पशुपतिनाथ र मुक्तिनाथ पनि दुखी छन् भवगान बुद्ध पनि रिसाएका छन् !

नाकाबन्दीमा तपाईँ सँग टक्कर लिने ओली जी ले सरकारमा गएपछि तपाईँको त्यो अप्रिय हर्कत बिर्सनु भयो होला तर त्यति बेलाको मनोबैज्ञानिक पीडा कुनै पनि नेपालीले सजिलै बिर्सिने छैनन् यहाँ सम्म कि नाकाबन्दीको विपक्षमा भारतीय जनताहरू समेत उपस्थित भए ।

हामीलाई दु:ख लागेको छ : तपाईँले हाम्रो सुस्ता, लिम्पुवाधारा,कन्चनपुर, कालापानी मा हजारौँ हेक्टर जमिन कब्जा गर्नु भएको छ ।
हामीलाई आपत्ति छ तपाईँले हाम्रो हजारौँ हेक्टर जमिन सिमावर्ती क्षेत्रमा बाध निर्माण गरी डुबाउनु भएको छ ।
हामीलाई आपत्ति छ : हाम्रा तमाम नेताहरूको अकर्मण्यताको कारण तपाईँले उनीहरूलाई गुलाम बनाउनु भएको छ
हामीलाई आपत्ति छ : तपाईँले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्नु भएको छ
छिमेकी बाट गरिने यस्तो व्यवहार कसरी ऋषि मन भयो ? तपाईँको यो कस्तो ‘ऋषि मन ‘ ?

अरे पत्थरको मन भएका मोदी जी ! हाम्रो पनि मन हुन्छ जुन तपाईँको कारणले टुटेको छ सिसा र मन एक पटक फुटे पछि जोड्न सकिँदैन एक पटक फुटे पछि फुट्यो फुट्यो ! जब सम्म तपाईँ सम्पूर्ण नेपालीहरू समक्ष आफ्नो गल्ती स्वीकार गर्नु हुँदैन तब सम्म तपाईँलाई हामीले कसरी श्रद्धा गर्न सक्छौ ?फेरि पनि हाम्रो दिल पत्थरको छैन बस् मोदी जी तपाईँले गर्नु भएको त्यो क्रूर ‘नाकाबन्दी’को प्रायश्चित गर्नुस् जानकी मन्दिर र मुक्तिनाथ मा गएर ‘नाकाबन्दी’को पाप पखाल्नुस् , कब्जा गरेको नेपाली भूमि फिर्ता गर्नुस् , दशगजामा एस •एस •बी ले गरिरहेका ज्यादतीहरु रोक्नुस् , एउटा सोतन्त्र देशको सार्वभौमिकताको सम्मान गर्नुस् ।

जाँदा जाँदै फेरि पनि याद गराउन चाहन्छु ” मोदी जी हामीहरूले त्यो नाकाबन्दी अझै बिर्सिएका छैनौ ” एक पटक गल्ती स्वीकार गर्नुस् गल्ती प्रायश्चित गर्नु नै महानता हो आगे तपाईँको मर्जी ।

सरगम भट्टराई

 

[प्रकाशित सामाग्री www.setopage.com मार्फत  हिन्दी सस्करण अनुवाद गरिएको हो ]

 

पुटिनले लिए शपथ, मेदभेदेभलाई पुनः प्रधानमन्त्रीमा प्रस्ताव

 

 

मस्को, रूस । पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन् । सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु ।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए ।

पैसठ्ठी वर्षीय पुटिनले यस बर्षको मार्चमा भएको निर्वाचनमा झण्डै ७७ प्रतिशत मत प्राप्त गरी निर्वाचित बनेपछि रूसमा जोसेफ स्टालिनपछि सबैभन्दा लामो समय जिम्मेवारी लिने व्यक्ति बनेका छन् ।

नयाँ राष्ट्रपतिका रूपमा उनले आफ्नो चौथो कार्यकाललाई रूसको अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रतिवद्धता जनाउनु भएको छ । यद्यपि उनिमाथि अन्तर्राष्ट्रिय विवादका कारण काम गर्दा दवाव भने रहेने देखिएको छ ।

करिब दुई दशकदेखि रूसी नेतृत्वमा रहेका पुटिनले आगामी छ वर्ष रूसको शासन व्यवस्था सम्हाल्नेछन् । पश्चिमा प्रतिस्पर्धीहरूसँग तनाब चर्किरहेका समय जिम्मेवारी सम्हालेका पुटिनले उनीहरूसँगको सम्बन्धलाई गाढा बनाउन नसकेको भएपनि उनले जिम्मेवारी सम्हाल्ने समयको तुलनामा केही शान्त भने बनाका छन् ।  दुई दशक पहिले रूसको कटु आलोचना गर्ने कतिपय मुलुकहरूले पछिल्ला वर्षहरूमा रूसको उपस्थितिलाई कूटनीतिक मञ्चहरूमा सहर्ष स्वीकार गर्न लागेका छन् । यसको अर्थ रूसको सम्बन्ध विश्वसमुदायसँग विश्वयुद्ध पहिलेको अवस्थामा भने पुगेको छैन ।

सपथ ग्रहणका लागि आयोजित समारोहमा आउँदा यस पहिले तीन पटकसम्म विश्वका केही अति आरामदायी कारमध्ये एक मानिने स्वदेशी मर्सेडिज कारको प्रयोग गरेका पुटिनले यसपटक भने रूसी सिनेट लिमोसाइन कारको प्रयोग गरेका छन् ।

प्रधानमन्त्रीमा मेदभेदेभलाई प्रस्ताव

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्रीका रूपमा लामो समयदेखि उनको निकट रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालमा लाने प्रस्ताव सोमबार गरेका छन् ।

राष्ट्रपति पुटिनले रूसी संसदमा निवर्तमान प्रधानमन्त्री मेदभेदेभलाई नयाँ प्रधानमन्त्री बनाउन आग्रह गरेको  रूसी अधिकारीले बताएका छन् ।

“राष्ट्रपति पुटिनले मेदभेदेभको प्रधानमन्त्रीको उम्मेदवारीलाई सहज स्वीकार गर्दै उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कानूनी आधार पास गर्न रूसी संसद (डुमा)लाई आग्रह गर्नुभएको छ,” रूसी प्रशासन केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिनले चौँथो कार्यकाल औपचारिक रूफमा सम्हालेलगत्तै संक्षिप्त विज्ञप्ति जारी गरी जनाएको छ । एएफपी

ललित स्मृति फुटबल प्रतियोगिता हुने

 

 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ। एन्फाको नवनिर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो। यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सहकोषाध्यक्ष थिए।

त्यस्तै एन्फाका मानार्थ अध्यक्षमा टासी घले, वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राई, मनार्थ उपाध्यक्ष तथा आर्थिक समितिका संयोजकमा शिक्षित पराजुली र अन्तर्राष्ट्रिय प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिका संयोजकमा नवीन पाण्डेलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्यमा निर्वाचित किरण राईलाई बैठकले प्रवक्ताको जिम्मेवारी दिएको छ भने लेखा परीक्षण र अनुशासन समितिका संयोजकमा दीपक खातीलाई मनोनयन गरेको छ। बैठकले १८ वर्षमुनिको ललित स्मृति फुटबल प्रतियोगिता आगामी जेठ २९ गतेदेखि गर्ने, एन्फामा आबद्ध जिल्ला संघको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रीय प्रतियागिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता सञ्चालन गर्नेलगायत विषयमा निर्णय भएको एन्फाले जनाएको छ। रासस

योग स्वास्थ्य र यसको महत्व

योग स्वास्थ्य र यसको महत्व
कमल पौड्याल – योगाचार्य
योग प्रशिक्षक एवं उत्प्रेरक
वर्तमान समयमा योगलाई आध्यात्मिक उत्कर्षका लागि मात्र नभएर स्वस्थता प्राप्तिका लागि पनि प्रयोग गर्न थालीएको छ । वैदिक कालमा कुना कन्दरा, गुफा एवं हिमालयमा लुकेर बसेको योग आज हरेक व्यक्ति व्यक्तिको मस्तिष्कमा सकारात्मक रुपले बसेको छ । नेपाल देश योगको उत्पत्ति स्थानहो जहाँ आदियोगी शिवले पार्वतिलाई सर्वप्रथम योग शिक्षा प्रदान गर्नुभएको थियो । योग उत्पत्तिको कारण मनुष्य भित्रको दुखहो । दुख निवारणका अनेक यौगिक विधिहरु छन् जस मध्ये वर्तमान समयमा रोग निवारणका लागि वैकल्पिक चिकित्सामा योगलाई उपचारको राम्रो बिधिमानिन्छ । अष्टागं आयुर्वेद हस्पिटलएण्ड रिसर्च सेन्टरमा पनि यसै बिधिबाट बिरामीहरुको उपचार गरिदै आएको छ । सामान्य अर्थमा योग भनेको जोड्नु हो जहाँदुई पक्षलाई जोडिन्छ । शरीर र मनको जोड , आत्मा र परमात्माको जोड आदि विभिन्न परिभाषाहरु योग ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । योगको अर्थ आफ्नो चेतना वा अस्तित्वको बोध हो । यो शारीरिक,मानसिक तथा आध्यात्मिक अनुसासनहो जसले शरीर र मनलाई सकारात्मक परिवर्तन गर्दछ ।

योगको बिषयमा भगवद गितामा योग कर्मसु कौसलम् भनेर परिभाषित गरिएको छ भने पतन्जली योग सुत्रमा योगश्चित्तबृत्तिनिरोध भनेर उल्लेख गरेको पाईन्छ । जसले दैनिक रुपमा गरिने सम्पूर्ण खाले कामलाई कुशलतापूर्वक सम्पादन गर्न सक्नु र चित्तका अनेर चन्चलता वा वृत्तिहरुलाई सर्वथा निरोध गरेर आफ्नो वास्तविक रुपमा स्थित हुनु भन्ने बुझिन्छ । यसको अलावा योगका विभिन्न विद्वान, महर्षि , एवं योगीहरुले आ आफ्नै अनुभव अनुसार परिभाषित गरेको पाईन्छ ।

यौगिक भाषामा योग को अर्थ आत्मालाई परमात्मासंग जोड्नु भन्ने हुन्छ । बर्तमान बैज्ञानिक युगमा आत्मा र परमात्माको कुरा गर्दा मानिसहरुले यसलाई अन्धबिश्वास भनेर पनि भन्ने गर्दछन् । किनकी अहिले मानिस पुर्ण रुपमा भौतिकबादमा जकडि सकेको छ ।आधुनिक युगमा विज्ञानको प्रविधि संग—संगै सुख—सुविधाका पनि नयाँ—नयाँ साधनहरु आविस्कार भएको छ । कतै यी साधनहरुले हाम्रो जीवन सुगम—सुखमय बनाई राखेको छ भने कतै यसकाकारण अकर्मण्यता, आलस्य ,प्रतियोगिता एवं परिणामतः एक—आपसमा द्वेषको भावना पनि बलवती हुँदै गैराखेको छ । यहि कारणले गर्दा अधिकांस मनुष्यहरु असफलता,निराशा,हताशा, शारीरिक—मानसिक रोग , भावनात्मक असंनुलन तथा अशान्ति संग लडिरहेकाछन् । कुनै पनि मनुष्य पूर्णरुपेण सुखि र शान्त छैन । यदि गहिराईका साथ विचार गर्ने हो भने सर्वसम्मतीले एउटामात्र कारण देखिन्छ , र त्यो हो — व्यक्तित्वको विघटन । यसै कारण थोरै विपरित परिस्थितिले पनि व्यक्तिलाई उद्वेलित गरिदिन्छ र त्यसदेखि बच्नका लागि उ सहि गलतको विचार नै नगरी जे सुकै गर्नका लागि तैयार हुन्छ । यसैको परिणाम स्वरुप प्रत्यक्ष रुपमा देख्न सकिन्छ—समाज, एवं राष्ट्रमा व्याप्त विविध समस्याहरु ।
यस व्यक्तित्व विघटनको उपचारका लागि धार्मिक, दार्शनिक तथा वैज्ञानिक—प्रत्येक स्तरबाट केहि न केहि उपायगरि राखिएको छ तर प्रत्येक उपायहरु आफ्ना दायराहरुमा मात्र बाँधिएको अवस्था छ , धर्म—विज्ञान सम्म पुग्न चाहँदैन भने विज्ञान—धर्मलाई रुढीवादी मानेर त्यसको सकारात्मक प्रयासहरुलाई पनि सिधै नकारी दिन्छ , यस कारण व्यक्तित्व विकासको प्रक्रिया अबरुद्ध हुन पुगेको छ । योग एक सर्वाड्डपूर्ण प्रणाली हो, यसले व्यक्तित्वमा रहेको विघटनलाई हटाउनका लागि व्यवहारिक एवं प्रयोग सम्मत उपचार प्रस्तुत गर्दछ । योग आध्यात्मिक मात्र नभएर, पूर्णरुपेण वैज्ञानिक पनि हो । यसले व्यक्तित्वको केन्द्रको, मूल उपचारलाई प्रस्तुतगर्दछ । जबकि अन्यविज्ञान सतहसम्म मात्र पुग्दछन् ।
केहि गहिरिएर नियाल्ने र समय लगाएर खोजिगर्ने हो भने योगजीवनको अति नै महत्वपुर्ण वा भनौ जीवनसंग अनोन्याश्रीत सम्बन्ध राख्ने गहन पक्ष हो । जसले आज बिश्वसामु आफ्नो बैज्ञानिक आधार बनाएको छ । वा भनौ पुरानो प्रमाणित पक्षलाई नँयापिडिका सामु उजागर गर्देछ । जसको फलस्वरुप आज बिश्वभर बिश्वयोग दिवस मनाईन्छ ।
योग पुर्बिय दर्शनको बैज्ञानिक मार्गदर्शक हो र यसले सम्पुर्ण हिसाबले मानबिय समबेदनालाई समेट्ने गर्दछ । पुर्बिय दर्शनमा आधारित रहेर बिश्वसामु आफ्नो चौतर्फि प्रभाब फैलाउदै गएको योगको नेपालमा पनि उत्तिकै महत्व छ तर यसले प्राथमिकता पाईसकेको भने देखिदैन । योगले तनाब नियन्त्रण गरि यसबाट उत्पन्न हुने नसर्ने रोगहरु जस्तै मधुमेह,मुटुसम्बन्धि रोगहरु,जोर्नी सम्बन्धि समस्या,मोटो पना ,ब्याक पेन ,थाईराईड ,क्यान्सर लगाएत बिभिन्न प्रकारका मानसिक रोगहरु प्नि नियन्त्रण र निराकरण हुन्छ । मानसिक,सामाजिक,भौतिकएवं शारीरिक स्वास्थ्यका लागि योग प्राकृतिक औषधी नै हो । योग गर्नाले हाम्रो मस्तिष्कमा गामा एमिनो ब्युटाईरिक एसिडगाबा नामक अत्यन्तै महत्वपुर्ण न्युरोट्रन्समिटर उत्पादन हुन्छ । यसले मस्तिकलाई आनन्दमय बनाउने हुँदा हैरानी ,डिप्रेसन तनाबआदी समस्याबाट मुक्त भईन्छ । योगले मस्तिष्कमा ग्रे म्याटर को मात्रापनिबढाउछ ।
ग्रे म्याटर हाम्रो मस्तिष्कको सेरेब्रल करटेक्स र सव कर्टिकलको बिच भागमा रहेको हुन्छ । यसको कमी भएमा स्मरण शक्तीनास हुने ,तनाबबढ्ने ,संबेदनशिलतामा गडबढी आउने,टाउको दुख्ने र बोलिचाली गर्दा शब्दको उचितप्रबाह नहुने हुन्छ । योगा गर्नाले उक्त ग्रे म्याटरको मात्राबढ्न गई यि सम्पुर्ण समस्याबाट मुक्ती पाईन्छ र कुनै औषधी सेवन गरीरहनु पर्देन र औषधीको हानिकारक असरबाट छुट्कारा पाईन्छ । त्यस्तै गर्भवती महिलामा पनि हल्का तनाब र दुखाईको समस्या आउने हुनाले योगा गरेमा मस्तिष्कमा आनन्द र आराम हुनुको साथै दुखाईको समस्या समेत हलहुन्छ । मस्तिष्कमा पाईने यो ग्रे म्याटर लाई नेचुरल पेन किलर पनि भनिन्छ ।
सोंच कल्पनाशक्तिको उपजहो । जसबाट विचारको आविस्कार हुन्छ । मानव जीवनमा विचारको अत्यन्तै महत्व छ । अबको परिवर्तन विचार परिवर्तन हो । मानवीय मस्तिष्क सम्पूर्ण सम्भावनाहरुको केन्द्र हो । हामीले जुनकुरालाई प्रश्रय दिन्छौं भोलिको हाम्रो भविष्य पनि तदनुसार नै अगि बढ्दै जाने हो ।
आजको मान्छेसंग समय कम छ र जीवनका महत्वाकांक्षाहरु अधिक । साधनबढ्दै गैराखेको छ भने साधना घट्दै छ । मान्छेको शरीर फराकिलो हुदैछ भने हृदय साँधुरो । आत्मविश्वास कम र अधिकविश्वास बढी । यी सम्पूर्ण कुराहरुले मान्छे शैलीविहिन भएर जीवनको सारलाई नै रंग विनाको बनाई राखेको छ । जीवनको आनन्द होसमा हुनु मै छ । सचेत र सजगअवस्था नै जीवनबाँच्ने सुन्दर शैली हो । तसर्थ उत्कृष्ट शैली अपनाएर जीवन परिवर्तन गर्ने मार्ग नै योगको मार्ग हो ।

 

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

मिति २०७५।०१।०९ गते म जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेको समयमा सोहि दिन बेलुका प्रहरी प्रधान कार्यालयको पत्र मार्फत म नेपाल सरकार गृहमन्त्रालय बिशेष अनुसन्धान टोली समक्ष उपस्थित हुनुपर्ने जानकारी प्राप्त गरी म मिति २०७५।०१।१० गते बेलुका काठमाडौं पुगेर मिति २०७५।०१।११ गते बिहान १०ः३० बजेको समयमा गृह मन्त्रालय पुगि बिशेष अनुसन्धान टोलीका सदस्यहरुसंग भेट भयो ।

सो समयमा सह–सचिव ईश्वरराज पौडेल सो स्थानमा नरहेका कारण सो स्थानमा रहेका अन्य सदस्यहरुले मलाई सोहि स्थानमा बस्दै गर्नुहोला भनी भनेको हुँदा म सोही स्थानमा बसे ।

दिनको अं.१५ः०० बजेको समयमा सो स्थानमा सहसचिव ईश्वरराज पौडेल आए पश्चात मलाई घट्नाको पृष्ठभुमी समेत जानकारी गराउनु भयो ।

सो पश्चात वहाँहरुले करिब ४५ मिनेट सम्म सनम शाक्यको हत्या, त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलबाट हुने गरेको सुनको तस्करी, मिति २०७४।१०।०९ गते बिमानस्थलबाट तस्करी भई आएको सुन काठमाडौंको अनामनगरबाट लुटिएको घट्ना लगायतका बारेमा मलाई सोधपुछ गर्नुभयो ।

सो सम्बन्धमा मलाई जानकारी भए सम्मको कुरा मैले बिशेष अनुसन्धान टोली समक्ष बताए जसको भिडियो रेकर्ड समेत सो टिमले राखेको हुनुपर्दछ ।

सो पश्चात बिशेष अनुसन्धान टोलीका सरहरु बहिर जानुभयो भने म सोही कोठामा लगभग ३० मिनेट जती बसे र पुनः अर्को कोठामा लगभग २ घण्टा जति बसे ।

सो दिन बेलुका करिब २०ः०० बजेको समयमा बिशेष अनुसन्धान टोलीले मलाई सशस्त्र प्रहरी गण नं.१ नक्शालमा राख्न पठाएर पुनः भोलिपल्ट मिति २०७५।०१।१२ गते गृह मन्त्रालयमा लगी पक्राउ पुर्जी दिएर सवारी साधन मार्फत सोहि दिन बेलुका २२ः३० बजेको समयमा मलाई  जिल्ला प्रहरी कार्यालय मोरङमा दाखिला गराएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको बाहिरि सुरक्षाको जिम्मेवारी नेपाल आर्मीको रहेको र आन्तरीक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको रहेको हुनाले म सो कार्यालयमा कार्यरत रहेको समयमा बिभागिय निति निर्देशन र कार्यालय प्रमुखको निर्देशन बमोजिम चुस्त दुरुस्त रुपमा आफूले प्राप्त गरेको जिम्मेवारी निर्वाह गर्ने गरेको थिए ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मेरो जिम्मेवारी आन्तरीक सुरक्षा व्यवस्थाको अनुगमन, प्रहरी सुरक्षा कर्मिहरुलाई रेखदेख, अनुगमन तथा निर्देशन, ख्क्ष्एरख्ख्क्ष्ए को सुरक्षा व्यवस्थापन तथा समन्वय, अनाधिकृत व्यक्ती तथा सवारी साधनको प्रवेशमा रोक लगाउने, अन्य सरोकारवालहरुसंग समन्वय गर्ने लगायत रहेको थियो । बिमानस्थलबाट सुन, बिदेशी रकम, बिधुतीय सामाग्रीहरुको तस्करी हुने गरेको कुरा हामीहरुले बिभिन्न संचार माध्यमबाट समेत जानकारी प्राप्त गरेको हुनाले म लगायतले सुरक्षा व्यवस्था कडा पारेका थियौँ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित भन्सार कार्यालयको भन्सार चेकजाँच गर्ने स्थानबाट भन्सार नतिरी बाहिर गएको सामनहरु मात्र प्रहरीले पक्राउ गर्न मिल्ने हुनाले म सो स्थानमा कार्यरत रहेको समयमा भन्सार छली हुने गरेका चोरी तस्करीका कार्यहरुलाई निरुत्साहित गरि सुन, टि.भी., बिधुतीय सामाग्रीहरु समेत पक्राउ गर्नुका साथै बिमानस्थलबाट अन्य देशहरुमा तस्करी हुने बिदेशी मुद्रा, लागुऔषध लगायतका सामाग्रीहरु पक्राउ गरी सम्बन्धित कार्यालयहरुमा आवश्यक कारबाहिको लागि पठाउने गरेको थिए । सोको रेकर्ड समेत बिमानस्थल लगायत सम्बन्धित कार्यालयमा सुरक्षित हुनुपर्दछ ।

मिति २०७४।११।१८ गते मोरङ जिल्लाको उर्लाबारीमा एक जना मानिसको हत्या भएको र मिति २०७४।११।१९ गते मोरङ जिल्लाको बिराटनगरमा लाश फेला परेको र केही मानिसहरु समेत पक्राउ परेको कुरा मैले पत्रपत्रीका मार्फत लाश फेला परेको २÷३ दिन पछाडि मलाई जानकारी प्राप्त भएको हो । मिति २०७४।१०।०९ गते बिमानस्थलबाट तस्करी भई काठमाडौंबाट सोही दिन लुटिएको भनिएको साढे ३३ के.जी.सुनको बिषयमा समेत मलाई केहि पनि जानकारी छैन ।

सनम शाक्यको मृत्यु सम्बन्धमा मलाई कुनै जानकारी छैन । के कसरी मृत्यु भएको हो सो समेत घट्नाको २÷३ दिन पछि पत्रपत्रिकाबाट मात्र थाहा पाएको हो र मैले आज सम्म कुनै पनि व्यक्तिसंग मिली अवैध सुन तस्करी गरेको छैन ।

म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा गार्ड कार्यालय गौचरमा डि.एस.पी.दर्जामा वि.सं.२०६५ साल मंसिर देखी वि.सं.२०६६ सालको मंसिर महिना सम्म कार्यरत रहेको समयमा एस.एस.पी.गणेशराज राई, डि.आई.जी.रमेश शेखर बज्राचार्य, एस.पी.गोविन्द प्रसाद निरौला, डि.एस.पी.प्रकाश चन्द, डि.एस.पी.गणेश ऐर, डि.एस.पी.पोशराज पोखरेल लगायत कार्यरत रहनु भएको थियो ।

यसैगरी वि.सं.२०७१ सालको चैत्र महिना देखी वि.सं.२०७२ सालको सालको पुष महिना सम्म म बिमानस्थलमा एस.पी.दर्जामा कार्यरत रहेको समयमा डि.आई.जी.बिजयलाल कायस्थ, एस.एस.पी.भुपाल भण्डारी र भुपाल सर सरुवा भएर गएपछि एस.एस.पी.श्याम बहादुर खत्री, डि.एस.पी.संजय बहादुर राउत, डि.एस.पी.मित्र बन्धु शर्मा, डि.एस.पी.हिरा पाण्डे, डि.एस.पी.डम्बर बि.क., डि.एस.पी.बिनोद घिमिरे, ईन्स्पेक्टर सुकदेव खनाल लगायतका सिनियर प्रहरी कर्मचारीहरु कार्यरत रहनु भएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी विकाशराज खनालको वयान ।

श्री मोरंग जिल्ला अदालत, विराटनगरमा, सरकारी मुद्दा संवन्धी ऐन २०४९ को दफा १८(१) वमोजिम प्रस्तुत गरिएको अभियोगपत्रबाट साभार

#Ratopati