कपिलवस्तुको उद्योग बाणिज्य सघंको वस्तुगत उपाध्यक्षमा खनाल मनोनित

कपिलवस्तुु उद्योग बाणिज्य सघंको बैठकले बस्वतुगत उपाध्यक्षमा नारायण खनाललाई मनोनित गरेको छ । बाणगंगाको ओेदारीमा ब्यवसायी गर्दै आएका खनाल यस क्षेत्रका पुराना ब्यवसायीसगै युवा समाजसेविका रुपमा परिचित छन ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा भणडारी र सल्लाहकारमा ठकुरी मनाेनीत

कपिलवसस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा टोप नारायण भणडारी र सल्लाहकारमा खोम बहादुर सिहं शतिm ठकुरी चयन भएका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंको बसेको बैठकले सो निर्णय गरेका हुन । भण्डारी र ठकुरी यस क्षेत्रका युवा समाजसेवीका रुपमा परिचित छन ।

मिस एण्ड मिस्टर कपिलवस्तुका सहभागीलाइ अभिमुखीकरण

मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ मा सहभागी प्रतियोगीहरुबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केनभस म्यानुअल प्लेयर्सद्धारा कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी ४० मध्य छनोट भएकाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । कपिलवस्तु जिल्लामै पहिलो पटक आयोजना भएको मिस एण्ड मिस्टर कपिलवसतु २०७५ को अभिमुखीकरण कार्यक्रममा बोल्ने बतmाले अहिलेको समय आधुनिकतासगै सुन्दरता र प्रतिभावान ब्यतिmहरुले स्थान पाउने समय रहेकोमा जोड दिएका थिए । त्यही सुन्दरता र क्षमता भएका कपिलवस्तुका प्रतिभावान प्रतियोगिहरुलाई मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ उपयुतm मञ्च रहेकोमा उनीहरुको जोड रहेको थियो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नः १ का प्रदेश सभा सदस्य बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरे, सस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, रेडीयो बाणगंगाका अध्यक्ष दुर्गा केसि, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा, रोट्रयाक्ट कपिलवस्तुका अध्यक्ष माधव पौडेल, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेको रोटरी अफ कपिलवस्तु मिड टाउनकी सर्जनेन्ट एट आम्स सुष्मा खाणले जानकारी दिइन । कार्यक्रममा सहभागी प्रतियोगिसगै उनीहरुको सहभागीतासगै सास्कृतिक कार्यक्रम भएको आयोजक केनभस म्यानुअल प्लेर्यसका निर्देशक बिशु खाणले जानकारी दिए ।

‘ युद्धको पछुतो ‘





" युद्धको पछुतो "




बुबाको बर्षौँ छिप्पेको दम र उपचारको अभावले जिर्ण

बनेको आमाको बाथलाई

ठीक पार्न मुग्लान छिर्दै लाग्दा

समाज बदलेर

समानताको जग बसाल्ने

प्रलोभन देखाइ

मेरो  टिकट राहदानी च्यात्न लगाइयो




रोग र भोकको  खाडल पुर्न हिंडेका मेरा पाऊ

बाटो मोडेर

देश बदल्ने बाटोतिर लम्किए




पुसको चिसो रातमा

बोरामा खादेको चिसै भातले भोक टारेँ

भरुवा बन्दुकको सिरान लगाई

धर्ती बिछयाएर

आकाश ओढें




व्यवस्था बदल्न

आफ्नो कलिलो उमेरलाई

धितो राख्दै रगतले

ईतिहास लेख्छु भन्दाभन्दै

बा आमा रोगको प्यारो हुनुभयो

आँसु समेत झार्न नपाई

युद्धमा होमिइरहेँ




बर्षौं रगतको टाटो बोकेर बेहिसाब समानताको प्रतीक्षा गरें




मेरो मन बहकाई

राहदानी च्यातेर

हातमा गृनेट र खुकुरी थमाउनेहरु भान्से भए

डाडु पन्युँ   समाए

तर

मैले पेटभरी खान फेरि पाइन

देश बदल्ने सपनाले प्वाल परेको पाखुरा सिउन पाइन

उल्टै

अयोग्यताको बिल्ला भिराएर

फेरि राहदानी बनाउन बाध्य पारियो




पुनः जिन्दगीले १० बर्ष अघिको

स्थानमा ल्याइदियो ।




उ बेला राहदानी बोक्दा

मातापिताको हात यो शिरमा थियो

युवा जोस जाँगरले संसार उछिन्छु भन्ने आट साहस थियो

सबैको मुहारमा मेरो भरोसाको

आडले खुशी पोतिदिन्थ्यो

तर

अहिले बेसाहारा टुहुरो बनी

निर्बल शरीर,हराएको जोस

र बिक्षिप्त मन लिएर बाटो लागें




एउटै थालमा सँगै खाएर

सुतेको साथी

सदाको लागि निदाउदा समेत मैले मुग्लान छोडन नसकी

तिम्रै भोग विलासको जिन्दगीमा टेवा दिइरहेको छु




र त अहिले

पश्चाताप लागिरहन्छ

त्यो युद्धको




दश बर्ष पहिले

मैले टिकट  राहदानी नच्याती जहाज चढेको भए

कमसेकम मेरो बा आमाको

रोग निको पारेर

अरु केही बर्ष आशीर्वाद थाप्दै

आमाको ममता र

बुबाको आदर्शको अंगालोमा बेरिएर

एउटा सानो झुप्रो बनाइ

निदाउन त सक्थें होला




आखिर बर्षौं लडे पनि

फेरि राहदानी बनाई

च्यातिएको मन लिएर

जहाज त चढनै पर्ने रहेछ।







-डिआर न्यौपाने "सूर्य"

कालीगण्डकी २,अर्बेनी गुल्मी

हाल-दक्षिण कोरिया

‘तमसुक ‘



'तमसुक '

घर छाड्ने बेलामा 

घरको भित्ताभरि कुँदेँ 

फर्किएपछि बनाउँने अर्को घरको नक्सा 




झोलाभरि आमाको आशीर्वाद 

गोजीभरि बाले कोट टक्टक्याएर दिनुभएको 

सुर्तीको गन्ध आउने नोटहरू 

बोकेर हिँडेँ हृदयभरि तमसुकका अक्षरहरू 




आँखाभरि खिचेर लगेँ 

घरको आकृति 

मनभरि खिचेर लगेँ 

बाअामाका आँखाहरू  




हिड्ने बेलामा 

थपिए केही थान जिम्मेवारी 

जो मसँगै हुनेछन् म रहुञ्जेल 




चोरेर हिँडे अलिकति मुस्कान 

डिलमा उभिएर मलाई पर्खिरहेकी उनीको 




गोरेटो नै धमिलो देखेँ हिँड्नेँ बेलामा 

हावा नै रोकिए जस्तो 

तनभरि लेखेँ एउटा गीत 

गाएँ आफैँले सङ्गीत भरेर 




जहाजमा उक्लने बेला 

ढोगेँ देशको माटो र भनेँ 

देश ! म नआउञ्जेल तँ कतै नजानू ल ?

संविधान कुनै धर्मशास्त्र होइन, संशोधन हुन्छ,!! -ओली

खरीबोट

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर पुगेर यसअघि आफ्नै अडानका कारण पटक पटक संसदमा असफल बनाएको संविधान संशोधन अब गर्ने बताए । उनले प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै के पनि भने भने संविधान भनेको कुनै धर्मशास्त्र होइन अर्थात् यो परिवर्तन गर्न सकिन्छ । चाहिएको बेला संशोधन गर्न यो सरकार तयार छ । ठीक १ वर्षअघि यो संविधान संशोधन नै हुन नसक्ने भन्दै प्रतिपक्षमा रहेको तत्कालीन एमाले अर्थात् वर्तमान प्रधानमन्त्री ओलीले अध्यक्षता गरिरहेको दलको कारण दुई वटा संशोधन विधेयकहरु पहिलो सरकारले फिर्ता लिएको र दोस्रो संशोधन विधेयक संसदमा दुई तिहाइ मत नपुगेका कारण पारित हुन सकेको थिएन ।

तत्कालीन समयमा कांग्रेस र माओवादीले मधेशी दलहरुले राख्दै आएका प्रदेश सीमांकन, भाषा, नागरिकतासम्बन्धी कुराहरुलाई संशोधनमार्फत सम्बोधन गर्ने भनी उक्त विधेयक संसदमा लगे पनि ओलीको दलले अस्वीकार गर्दा संसदमा असफल भएको थियो । उक्त बेला ओली र मधेशवादी दलहरु एक नदीका दुई किनारा भएर कहिल्यै मिल्न नसक्नेजस्तो देखिएको थियो । कांग्रेस र तत्कालीन माओवादीको सुझबुझकै कारण मधेशवादी दल प्रदेश सीमांकनलगायतका आफ्ना मागहरु समेटिएको संशोधन संसदमा सफल नभए पनि संसदमा प्रस्तुत भएको भन्दै दोस्रो चरणमा भएको प्रदेश २ को स्थानीय निकाय निर्वाचनमा सहभागी भएका थिए । त्यतिबेला ओलीको दलले प्रदेश सीमांकन, नागरिकतालगायतबारे संविधान संशोधन गर्नै नहुने अडान लिएको थियो तर शनिबार भने तत्कालीन समयमा हुँदै हुन्न भन्ने ओली सोही प्रदेशको प्रदेशसभालाई ‘जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने’ बलियो आश्वासन बाँडिरहेका थिए ।

खासगरी आवश्यकता र औचित्यको आधारमा मात्रै संविधान संशोधन हुने भन्दै तत्कालीन एमालेले कांग्रेस र माओवादीको संयुक्त सरकारले ०७३ चैतमा  ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयक ०७४ भदौमा संसदमा भएको निर्वाचनमा असफल पारेको थियो । त्यसो त तत्कालीन समयमा ओली र उनको दलको अडानकै कारण उक्त विधेयक लामो समयको रस्साकस्सीपछि मात्रै संसदमा निर्वाचनमा लगिएको थियो । त्यसबेला वर्तमान प्रधानमन्त्री केपी ओलीमा चढेको ‘राष्ट्रवादको भूत’का कारण राजनीतिक गतिरोध लम्बिएको त छँदै थियो, मधेशी दलसँग उनको ‘पानी बाराबार’कै स्थिति थियो । यो स्थिति कतिसम्म थियो भने ओलीले त्यसबेला मधेश झर्ने हिम्मत समेत गर्न नसक्नेसम्मको थियो । कुनै पनि हालतमा संविधान संशोधन गर्नै नदिने अडानमा रहेका ओलीले त्यसअघि मधेशवादी दलले गरेका आन्दोलनमा भड्किएको हिंसालाई इंगित गर्दै ‘बोटबाट दुई÷चार आँप’ झर्दा खासै केही फरक नपर्ने भनी रिस पोख्ने गरेका थिए । तर यता संसदमा भने कांग्रेसका प्रदीप गिरीहरु राष्ट्रवादको नाममा मधेशवादी दललाई एक्ल्याउन नहुने बताइरहेका थिए । त्यस्तै दोस्रो संशोधन विधेयक असफल भएपछि तत्कालीन माओवादीले तत्कालीन एमालेमाथि त्यसको दोष गम्भीर रुपमा लगाएको थियो ।

अहिले तीनै तहको निर्वाचन सम्पन्न भएर सत्तामा आएपछि भने ओलीलाई कसरी पाँच वर्ष सत्तामा बसिराख्ने भन्ने चिन्ताले सताएको छ । सोही चिन्ताका कारण ओली निर्वाचनपछि जनमत लिएर गठन गरेको सरकारलाई पाँच वर्ष टिकाउनकै लागि पहिले आफैँले लिएका अडानहरु आफैँले छोड्दै आएका छन् । उनले अडान छोडेकै कारण तत्कालीन मधेशवादी दलहरु अर्थात् वर्तमान राजपा र संघीय समाजवादी फोरमजस्ता दलहरु समेतको समर्थन र समुपस्थिति ओली सरकारमा रहनपुगेको हो । माओवादी र एमाले मिलेर बनेको पार्टीको सरकार आफैँमा बहुमत प्राप्त भए पनि दुई तिहाइ शक्ति आर्जनका लागि उपेन्द्र यादवलगायतलाई फकाएर र राजपालाई संशोधनको लोभ देखाएर सरकारमा सामेल हुन र समर्थन गर्न लगाइनुको अन्तर्य नै आफू लामो समय शक्तिशाली बन्नकै लागि हो । वर्तमान अवस्थामा नेकपा, फोरम र राजपाले नेपालको संविधान संशोधन गर्न कांग्रेससँग औपचारिकता निभाउनेबाहेक अन्य केही सहयोग माग्नुपर्दैन । अहिले सरकारले जे निर्णय गर्न चाह्यो, जस्तो संशोधन गर्न चाह्यो त्यस्तै गर्न सक्छ ।

तर मुख्य कुरा के हो भने अब ओली सरकारले गर्ने संविधान संशोधनले भने ओलीकै लागि ठूलो ‘राजनीतिक पाठ’ सिकाउने नै छ, यसअघि झूठा कुरामा अडान राखेर प्रचारित उनको राष्ट्रवाद पनि खारेज हुनेछ । यो मुद्दामा शनिबारको ‘ओली महावाणी’ फेरिनु स्वाभाविक नै मान्नुपर्छ । उनले शनिबार प्रदेश सभामा भने, ‘संविधानले कसैलाई विभेद गर्दैन । विभेद भएको छ भने भन्नुस्, संविधान संशोधन गर्न तयार छौँ ।’ ओलीले प्रदेश २ को भूमि टेकेर यसो भन्नु उनले आफ्नै विगतको पदचाप मेटाएको बलियो प्रमाण हो । किनकि वर्ष दिनअघि ओली यो भन्ने अवस्थामै थिएनन्, सोही कारण प्रचण्ड र देउवासँग उनको मत बाझिन्थ्यो । यद्यपि त्यतिबेला पनि मधेशवादी दलले विभेद भएको भनिरहेका थिए, अहिले पनि सरकारलाई समर्थन गरिरहँदा समेत उनीहरुको उक्त भनाइ जस्ताको त्यस्तै छ । अझ राजपाले त संशोधन भएमात्र ओली सरकारलाई समर्थन जारी राख्ने समेत भनिरहेको छ ।

क्षणिक स्वार्थमा बहकिने र बदलाभावको राजनीति गर्ने ओलीको शनिबारको वक्तव्यको परीक्षा आगामी केही दिनमै हुनेछ भने त्यसमा पास भए पनि ओलीलाई हेर्ने जनताको शंकाभाव भने रहिरहनेछ ।

प्रदिप खड्काको फिल्म ‘रोजी’ को नाम परिवर्तन

खरीबोट

काठमाडौँ।  प्रदीप खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘रोजी’ को नाम परिवर्तन भएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नाम ‘रोज’ राखिएको छ ।

गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै पटक-पटक सो नाम नराख्न दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

२०६८ सालमा ललितपुरकी रोजी महर्जनलाई उनकै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गोली हानी हत्या गरेका थिए । बिहिबार चलचित्र विकास बोर्डमा भएको बैठकमा निर्माण टिम ‘रोजी’ नाम हटाएर रोज राख्न तयार भएको हो ।

वार्तामा निर्माता तथा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जन उपस्थित थिए । महर्जन परिवारले फिल्म निर्माणको सुरुदेखि ‘रोजी’ नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउने सम्झौता भएको छ ।

महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि यो फिल्मको केही समय छायांकन समेत रोकिएको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायांकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी,

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी,

खरीबोट

यो तस्बिर स्याटेलाइट ग्यालेक्सीको वितरण हो । निलो घेराले चम्किला स्याटेलाइटलाई घेरेको छ भने सेता घेराले धुमिल स्याटेलाइट्सलाई घेरेको छ । तिनै धुमिल स्याटेलाइट पुराना ग्यालेक्सीहरु हुन् । तस्बिर : डोर्हाम युनिभर्सिटी/एसडब्ल्युएनएस डटकम/डेली मेल

चारवटा साना तारामण्डलहरुले मिल्कीवेको परिक्रमा गरिरहेको फेला परेपछि वैज्ञानिकहरुले यसलाई ब्रह्माण्डकै पुरानो तारामण्डल भएको दाबी गरेका छन् । खगोलविद्हरुले उक्त ससाना तारामण्डललाई १३ बिलियनभन्दा बढी वर्ष पुरानो र बिगब्यांग (महाविष्फोटन)पछि अस्त्वित्वमा आएको दाबी गरेका हुन् ।

द ड्वार्फ अर्थात् स्याटेलाइट ग्यालेक्सीहरु मिल्किवेतिर अर्बिट गरिरहेको अर्थात् चन्द्रमाले जसरी पृथ्वीलाई अर्बिट गर्छ सोही तरिकामा रहेको बताइएको छ । तर उक्त अर्बिट निकै ठूलो क्षेत्रमा रहेको छ । अनुसन्धाताहरु जसले यसलाई पत्ता लगाए उनीहरुले मानवयुक्त पृथ्वी समेत त्यसमा हुनसक्नेतर्फ पनि संकेत गरेका छन् ।

यो तथ्यसँगै ब्रह्माण्डको विकासप्रक्रियातर्फ पनि थप तथ्य पत्ता लाग्ने अनुमान गरिएको डर्हाम युनिभर्सिटीको इन्स्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी र एष्ट्रोफिजिक्सका द हार्वर्ड स्मिथसोनियन सेन्टरका अनुसन्धाताहरुले बताएका छन् ।

उक्त चारवटा ग्यालेक्सीहरुलाई सिग १, बुट्स आई, टुकाना आईआई, र उर्सा मेजर आई नाम दिइएको छ । यी चारैवटा सबैभन्दा पुराना ग्यालेक्सी रहेको उनीहरुको दाबी छ । इस्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी (आईसीसी)का निर्देशक प्रा. कार्लोस फ्रेन्कका अनुसार हाम्रो ब्रह्माण्डमा मिल्कीवेतिर घुमिरहेका सबैभन्दा पुराना ग्यालेक्सीसँगै मानवयुक्त पहिलो अनि पुरानो पृथ्वी भेटिनसक्नेछ, जुन निकै चाखलाग्दो हुनेछ ।

त्यस्तै रोयल सोसाइटी इनिभर्सिटी रिसर्चकर्तामध्ये एक डा. एलिस डेसनका अनुसार हाम्रै मिल्कीवेमा घुमिरहेका चम्किला स्याटेलाइट ग्यालेक्सीहरु पत्ता लाग्नुले प्राक्ब्रह्माण्डबारे बुझ्न मद्दत गर्न सक्छ । जब ब्रह्माण्ड ३ सय ८० हजार वर्षको थियो, तब मात्र सबैभन्दा पहिलाका अणुहरु जन्मिएका थिए । तिनीहरु हाइड्रोजनका चम्किला अंश रहेका र पेरियोडिक टेबलका सजिला तत्वहरु रहेका थिए ।

जब तिनीहरु बादलमा संगृहित हुनपुगे त्यसपछि तिनीहरु ससाना ‘हालोस’ अँध्यारा वस्तुको डल्लोमा रुपान्तरित भए जुन बिगब्यांगपछि देखा पर्न सुरु गरे । यसलाई ‘कुलिङ फेज’ अर्थात् चिसो विकासप्रक्रिया भन्न सकिन्छ, जसले आकाशीय अँध्यारो समयलाई दोब्बर बनाएर सय मिलियन वर्षसम्म राखिरह्यो ।

त्यसपछि हालोसभित्र ग्यासले चीसो पारिरहेका थियो, अस्थिर बन्न पुग्यो र ताराहरु बन्नेक्रम सुरु भयो । यी उक्त वस्तुहरु नै पहिला तारामण्डल बनेको मानिएको छ जसले ब्रह्माण्डमा प्रकाश ल्याएको थियो । योसँगै अध्यारो युगको अन्त्य भएको विश्वास गरिएको छ ।

द एष्ट्रोफिजिकल जर्नलमा प्रकाशित उक्त अध्ययनले धेरै धुमिल तारामण्डलको संख्याको पहिचान गरेको छ । जुन कोस्मिक डार्क एजमा बनेका थिए । अध्ययनले दोस्रो र अलिकति ज्यादा चम्किलो समूह जुन सयौँ मिलियन वर्षपछि बनेको पत्ता लगाएको छ ।

यस्तै उक्त हाइड्रोजन जसमा पहिलो तारामण्डलले उत्सर्जन गरेका अल्ट्राभायलेट विकीरणद्वारा विद्युत् प्रवाह भएको थियो, त्यसले नै धेरै र विशाल हार्लोसहरुलाई चिस्यानीकरण गरेको पनि मानिएको छ । विचारणीय कुरा त उक्त टोलीले ग्यालेक्सी फर्मेसन (विनिर्माण प्रक्रिया)को एउटा नमूना पनि पहिचान गरेको छ । यसले उनीहरुलाई स्याटेलाइट ग्यालेक्सीहरुको निर्माणसमयका लागि समेत अनुमति दिएको छ ।

प्राध्यापक फ्रेन्कका अनुसार टोलीले पत्ता लगाएका तथ्यांकले अहिलेको ब्रह्माण्डहरुबारेको विकास प्रक्रियाको नमूनालाई सहयोग गरेको छ । उक्त नमूनालाई ‘लाम्बदा कोल्ड डार्क म्याटर मोडेल भनिएको छ जहाँ तात्विक अंशहरुले अँध्यारोप्रेरित आकाशीय विकास प्रक्रियालाई बनाउँछ ।

प्रारम्भकालीन ग्यालेक्सीहरुद्वारा उत्सर्जित विकीरणले बाँकी रहेका हाइड्रोजन अणुहरुलाई नष्ट गरेको मानिएको छ । खासगरी हाइड्रोजनका इलेक्ट्रोनहरुलाई नष्ट गरी अर्थात् यस्ता ग्यासलाई चिस्यानीकरण गर्न र नयाँ तारा बन्न कठिन पारेको मानिएको छ ।

तारामण्डल निर्माणको विकास प्रक्रियाको आधार रोक्न र नयाँ तारामण्डलहरु बन्नबाट रोक्न करिब अर्को बिलियन वर्षभन्दा बढी सफल भएको विश्वास पनि गरिएको छ । फलस्वरुप डार्क म्याटरको हालोस विशाल हुनपुगेको र ग्यासले त्यसलाई शान्त पार्न सकेको पनि मानिएको छ ।

त्यसपछि पुनः ग्यालेक्सी फर्मेसन अर्थात् तारामण्डल बन्ने क्रम सुरु भई चम्किला तारामण्डल हाम्रो मिल्कीवेजस्तै बनेको विश्वास गरिएको छ । आईसीसीका पूर्वविद्यावारिधिकर्ता डा. सोनक बोस जो अहिले अमेरिकामा हार्वर्ड स्मिथसोनियन सेन्टर फर एष्ट्रोफिजिक्समा अनुसन्धाता छन्, उनका अनुसार वास्तविक तथ्य र सैद्धान्तिक नमूनाको भाविष्यवाणीहरुबीच करिब करिब सहमत हुने गरी अहिले राम्रो काम भइरहेको छ ।

दशकअघि नै धुमिल तारामण्डल जो मिल्कीवेवरपर रहेका छन् तिनीहरुबारे यी कुराहरु पत्ता लागिसक्नुपर्ने उनको भनाइ छ ।

रेल बन्ने ट्रयाकमा घर बन्दै

रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किनबेच : रेल बन्ने ट्रयाकमा घर बन्दै

खरीबोट

रेल्वेकाे पुरानो अफिस रहेको घर।

बारा , बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किन बेच हुँन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मूल्य अकासिए पछि रेल्वेको जग्गा हेर बिचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नैं किन बेच गर्न थालेको पाईएको हो । रेल्वेकाे लिकहरूमा दैनिक जसो मेला जस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद–बिक्रीको काम हुने गरेको पाइएको छ ।

अतिक्रमित रेल्वेको कतिपय जग्गा जिल्ला स्थित नापी र मालपोत जस्ता सरकारी अड्डाबाट जग्गा दलालले कागजात मिलाइ नम्बरी बनाएर बिक्री भइरहेको पाइएको छ , भने धेरै जसो जग्गा ऐलानी बिक्री भएको पाइन्छ ।

जिल्ला स्थित मालपोत र नापी कार्यालयका प्रमुखहरूले भने आफ्नों कार्यालयबाट अहिले त्यस्तो नभएको र बिगतमा भएको भए आफूहरूलाई थाहा नभएको दाबी गरे । तर , केही समय यता जीतपुर , सिमरा , अमलेखगंज , नितनपुर , परवानीपुर लगायतका स्थानमा किन बेच बढिरहेको पाइन्छ ।

“रेल्वेको सरकारी जग्गा कतिपयले नम्बरी बनाएर बेचेका छन्,” स्थानीय किशोर लामा भन्छन्, “अहिले रेल्वेको ऐलानी जग्गा नैं गाउँ तिर पर्ने एक लाख धुर बजार तिर पर्ने पाँच लाखमा धमाधम बिक्री भइरहेको छ , तर रोक्ने कोही छैन ।”

रेल्वेको लिक सबै चोरी भएकै कारण रेल्वेको जग्गा कहाँ देखि कहाँ सम्म हो भन्ने समेत थाहा हुन छाडेको छ । जसका कारण जग्गा किन बेचमा सहज बनेको छ ।  प्रायः सबै ऐलानी रहेको जग्गामा जग्गा दलालहरूले खाली जग्गा बाहेक पनि भवन सहित नैं बिक्री समेत गर्ने गरेका छन् ।

मूल्य धेरै आउने भए पछि पहिल्यै घरजग्गा बनाएकाहरूले समेत घरै बिक्री गरी पुनः रेल्वे कै अन्य खाली जग्गा ओगट्न जाने गरेको लामाले बताए । बिक्री भएका जग्गाहरूमा आवासीय घरबाहेक दर्जनौं होटल , पसल , निर्माण सामग्रीका गोदाम , हार्डवेयर सञ्चालनमा छन् । समाजमा न्यून आय भएकाहरूको सहज पहुचँ पुग्ने र हटाउने अनिश्चित भए पनि तत्काल काम चल्ने उद्देश्यले रेल्वेको जग्गा खरीद गर्नेहरू भेटिन्छन् ।

मसँग नम्बरी जग्गामा घर किनेर परिवार राख्ने क्षमता नैं छैन । जीतपुरमा रेल्वेको जग्गामा काठको घर किनेका रामशरण काफ्लेले भने, “मैले रेल्वेको जग्गा किनेँ, अब ५-१० वर्षलाई ढुक्क भएँ ।”  बिरगंजदेखि अमलेखगंज सम्म रेल आउने सबै लिक चोरी भइसकेको छ, भने सिमरा पथलैया अमलेखगंजका स्टेसनमा रहेका केही भवन अवशेषका रूपमा रहेका भेटिन्छन् । पथलैयाको स्टेसन व्यक्तिले कब्जा जमाएमा छन् , भने सिमरा र अमलेखगंजमा स्टेसनसँगै व्यक्तिले पक्की संरचनाको भवन निर्माण गरेको पाइन्छ ।

स्टेसन मैं पक्की भवन बनाएका एक व्यक्तिले भने, “रेल्वेले हटाउने अनिश्चित छ, फेरि हाम्रो मात्रै होइन अमलेखगंजदेखि बिरगंजसम्मको समस्या हो, सबै हटे हामी पनि हटौँला ।”

बारा जीतपुरकाे राताेपुल माथी चल्दै गरेकाे रेलकाे फाईल फाेटाे

…………………………………………………………………………..

निर्वाचनपछि स्थानीय जनप्रतिनिधीहरूको समेत रेल्वेको जग्गा खुलेआम बिक्री वितरण भइरहँदा पनि चासो रहेको पाइँदैन । सरकारले रक्सौल अमलेखगंज पाइपलाइन पनि रेल्वेको लिकबाट ल्याउन असफल हुनुमा त्यहाँ रहेको अनधिकृत बस्ती नैं कारण थियो । सरकारी अनुगमन निरन्तर नहुँदा अतिक्रमणमा परेको रेल्वेको जग्गा खाली गराउन सरकारलाई अब भने ठूलै समस्या पर्ने देखिन्छ ।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले रेल्वेले हेर्नु पर्ने नहेरीदिँदा यो अवस्था आएको र अहिले त रेल्वेको जग्गामा बस्नेको हक कायम भएको जस्तो देखिएको बताए । उनले पछिल्लो समय मुलुकमा नयाँ रेल्वेको चर्चा चलिरहँदा यस्ता जग्गा आवश्यक पर्ने भए खाली गराउन स्थानीय जनप्रतिनिधि मिलेर कार्य योजना बनाएर अगाडि बढ्ने बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडैलले नेपाल रेल्वेको कुरा संघीय र प्रदेश सरकारको विषय भएकाले आफूहरूले केही बताउन नसक्ने धारणा राखे । उनले किनबेच र अतिक्रमण रोक्न सकिए पनि बस्ती हटाउन आफूले केही गर्न नसक्ने बताएका छन् ।

शरीरमा पानीको मात्रा कम भयो भने यस्ता समस्याहरु निम्तिन्छन् !

मानव जीवनमा पानीको महत्व धेरै हुन्छ। खानेकुरा नखाई मानिस तीन चार दिनसम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ। तर पानी बिना भने प्राय बाँच असम्भव  । पानी जीवन हो। यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। रगत, माशंपेशी, हड्डी सबैमा पानीको आवश्यकता पर्दछ।

पसिना र पिसाबबाट हाम्रो शरीरको पानी जाने गर्छ। विज्ञहरुका अनुसार शरीरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ।हाम्रो शरीरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ। शरीरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ। पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायतका समस्या हुन्छ। शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ।

पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या देखा पर्दछन्ः

पाचन प्रणालीमा समस्याः

पानी शरीरको एउटा महत्वपूर्ण पर्दाथ हो, जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउँछ र पाचन प्रणालीलाई सफा बनाउँछ। पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

कमजोर र धमिलोः

शरीरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन्, जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न  गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ।

डिहाइड्रेसनः

पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ।

शरीरको तापक्रम बृद्धि गर्छः

शरीरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।

पेटको अल्सरः

शरीरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

कब्जियतः

शरीरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।

जोर्नी दुख्छः

जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरीर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

रक्तचाप घट्छः 
रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरीरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

मुटुको धड्कन बढ्छः

जब शरीरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ। यसले मुटुको चाल असामान्य बनाउँछ।एजेन्सी

इन्धन किन्दा वर्षमा१५२ अर्ब बाहिरिन्छ , सरकारले जनतासँग उठाउँछ थप ५५ अर्ब

काठमाडौं / स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो ।

नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ । निगमले गत आर्थिक वर्ष ०७३/७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

‘त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन (आइओसी)लाई मात्र करिब १ खर्ब ५२ अर्ब रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

भारतमा नहर निर्माणलाई टेन्डर

कञ्चनपुर / महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल-भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो । भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले उक्त नहर निर्माणका लागि १८ महिनामा काम गर्ने लक्ष्यका साथ टेन्डर आह्वान गरेको छ । भारतीय भूभागमा नहर निर्माण नहुँदा आयोजना नै अन्यौलमा रहेको थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

कपिलबस्तुका दुई छुट्टाछुट्ट्रै स्थानमा दुई शव फेला ।।

कपिलबस्तुका दुई छुट्टाछुट्ट्रै स्थानमा दुईवटा शव फेला परेका छन् । शुद्दोधन गाउपालिकामा एक नावालक मृत अवस्थामा फेला परेका छन् । शुद्दोधन गाउपालिका वडा नं. ५ दोहनि बस्ने शुमन गोसाईको छोरा १८ महिनाको दिपक गोसाई मृत अवस्थामा फेला परेका हुन् । आफ्नै घरको बाटोको छेउमा रहेको नालिमा मृत अबस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ । अन्य अनुसन्धान भईरहेको प्रहरी चौकी हथिहवा दोहनीले जानकारि दिएको छ ।

यसैबिच महाराजगंज नगरपालिकामा पनि एक युवक मृत भेटिएका छन् । महाराजगंज नगरपालिका वडा नं.५ उदयपुर बस्ने मानसिक सन्तुलन ठिक नभएको ७५ बर्षका सहदेब कुर्मी मृत अवस्थामा भेटिएका हुन् । उनको शव सोहि स्थानको सुरनिया खोलामा मृत अबस्थामा फेला परेको प्रहरिले जानकारि दिएको छ । उ िनगत साउँन २९ गते देखि बेपत्ता भएका थिए प्रहरी टोलीद्धारा खोजतलास गर्दा शव फेला परेको हो । मुचुल्का कार्य पश्चात शिवराज अस्पताल बाहादुरगंजमा पोस्ट मार्टम पछि शवलाई परिवारलाई बुझाईएको प्रहरी चौकी उदयपुरले जनाएको छ ।

भेनेजुयलामा एक कप कफीको मूल्य २० लाख

लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । यसअघि मुद्राको अङ्कका तीन वटा शून्य निकाल्ने घोषणा पनि गरिएको थियो ।जब त्यसले पनि काम नगर्ने देखियो हाल अधिकारीहरुले थप दुई अङ्कलाई हटाउने भएका छन् । अब भेनेजुयलाको नयाँ मुद्राबाट पाँच शून्य हट्दैछ ।यी सतही रणनीति देखेपछि धेरै भेनेजुयलालीमा तत्कालै कुनै समाधान ननिक्लने आशंका पैदा भएको छ । यस्तै संशय युस्मार नोवाकमा पनि देखिन्छ । राजधानी काराकासमा कफि पसल खोलेर बसेका नोवाकलाई अब सरकारले एक कप कफीको मूल्य पनि घटाउन नसक्ने लाग्न थालेको छ । हाल त्यहाँ एक कप कफीको २० लाख बोलिभार पर्छ ।

भेनेजुयलाको मुद्रास्फीति पीडित मुद्रा बोलिभारबाट शून्य कटौती गर्ने विकल्प राष्ट्रपति निकोलस मदुरोको आफ्नो देशको डुब्दो अर्थतन्त्रलाई उकास्र्ने प्रयासमा अघि ल्याएका आर्थिक परिवर्तनहरुको सूचीको एक प्रमुख रणनीति हो ।आइएमएफले भेनेजुयलाले भोगेको पाँच अङ्कको विशाल मुद्रास्फितिको तुलना जिम्बाबे र पहिलो विश्वयुद्ध पछि जर्मनीले भोगेको अतिमुद्रास्फितिसँग गरेको छ ।
नयाँ छापिएको मुद्रालाई ‘सार्वभौम बोलिभार’ भनिनेछ र यो सोमबारबाट बजारमा लगिँदैछ । यस अतिरिक्त राष्ट्रपति मदुरोले केही चालकहरुको लागि ग्यासको मूल्य बृद्धि गर्दैछन् । उनले मुद्रा नियन्त्रणमा केही खुकुलोपन ल्याउँदैछन् । विगतमा मुद्रामा गरिएको कडाईले भेनेजुयाबासीलाई डलर पाउन कठिन भएको थियो ।यथपि अर्थशास्त्रीहरुलाई भने यी परिवर्तनले चित्त बुझाउन सकेको छैन । उनीहरुले पछिल्लो कदमलाई राष्ट्रपतिको समास्या समाधान प्रतिको व्यग्रता त माने तर उनीहरुले नयाँ मुद्रालाई दशकौको अव्यवस्थाको नयाँ अध्याय मात्र भएको बताएका छन् ।

“अहिले भइरहेको कुराहरु विशेष जुन शून्यको सन्दर्भ छ त्यो साजसज्जा मात्र हो, सतही कुरा” जोन हप्किन विश्वविद्यालयका अर्थशास्त्रका प्रद्यापक स्टीभ ह्याङ्कले भने ,“ आर्थिक नीति नबदलेसम्म कुनै सुधार आउनेवाला छैन ।”नयाँ मुद्रामा एक कप कफीलाई २० सार्भभौम बोलिभार पर्छ । तर धेरैले यो मूल्य पनि लामो समय स्थीर रहनेमा शंका गरेका छन् । भेनेजुयला सरकार विदेशी ऋण तिर्न आफ्नो सरकारी तेल कम्पनीबाट भएको विक्रीमा निर्भर छ । तर अव्यवस्थाको कारण हाल त्यहाँको उत्पादन जुलाईमा दैनिक १२ लाख ब्यारेलमा झरेका छ, जुन सन् १९४७ को मासिक उत्पादन भएको बराबर हो ।अभाब निम्तिएपछि सरकारले केन्द्रिय बैंकबाट मुद्रा छपाएर यस समास्यालाई समाधान गर्न खोज्यो ।

हुनत यसले अल्पकालिन समयको लागि सरकारी ऋण तिर्न सहयोग ग¥यो, तर अन्तत यसले बोलिभार बाहकहरुलाई असर ग¥यो । किनकी अतिरिक्त छापिएको नगदले विद्यमान मुद्रालाई मूल्यहीन बनाउदै लग्यो । भेनेन्जुयाली सरकारले मुद्रास्फिति अमेरिकाले र सरकार विरोधी व्यापारीले चलाएको ‘आर्थिक युद्ध’ ले निम्तिएको बताएको छ । तर अर्थशास्त्रीहरुले भेनेजुयलाले साँच्चै हालको मुद्रास्फिति रोक्ने हो भने नगद छाप्न रोक्नु पर्ने सुझाएका छन् । जोन हप्किन्स विश्वविद्यालयका अर्थशास्त्री ह्याङ्कले हाल भेनेजुयलाले चालेको विकल्पले समस्या समाधान नगर्ने बताउन यस्तै विकल्प रोजेको युगोस्लाभियाको स्मरण गरे । युगोस्लाभियाले मुद्रास्फितिको समस्या समाधान गर्नको लागि सन् १९९० मा मुद्रा परिवर्तन ग¥यो ।

बलात्कारीलाई फाँसीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् ।शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ ।‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर , बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।
उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् । विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो । भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ ।

भदौ १ बाट लागु भएको मुलुकी देवानी ऐनमा अंगपरिवर्तन र कृत्रिम गर्भाधारणमा यस्तो छ व्यवस्था

काठमाण्डौ / भदौ १ गतेबाट लागु भएको मुलुकी देवानी संहिता ,२०७४ मा कुनै पनि व्यतिmले कानुनको अधिनमा रहि आफ्नो शरीरको परीक्षण ,उपचार ,अङ्गपरिवर्तन वा शरीरको कुनै अङ्ग वा त्यसको अंश वा त्यसको कुनै नमुना संलग्न गर्न वा गराउन सकिने व्यवस्था रहेको छ ।  साथै विभिन्न रोग प्रतिरोधात्मक क्षमता ह्रास भएकाहरुले झुक्याएर बिहे गर्न नपाइने ऐनमा उल्लेख छ ।

शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु –एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेकाहरुले जालसाँजी गरेर बिहे गर्न नपाउने भएका हुन् । साथै, यौनाङ्ग नभएका ,नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणीत भैसकेको अवस्थामा केटा वा केटी दुवैले झुक्याएर बिहे गर्न पाउनेछैनन् ।

ऐनमा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने ,पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ट रोग भएको । होस ठेगानामा नरहेको ,विवाह भैसकेको, गर्भवती भएको अवस्थामा पनि बिहे वदर गर्न सक्ने व्यवस्था रहेको छ भने पीडितले मनासिब क्षतिपूर्ति दावी गर्न पाउने अधिकार रहेको छ ।  ऐनमा पतिपत्नीको मञ्जुरीले अन्य कुनै ब्यतिको वीर्यबाट कृत्रिम गर्भाधारण प्रणलीद्धारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोहि बमोजिम निजको पितृत्व निर्धारण हुने उल्लेख छ ।

मन्त्री भन्छिन्ः सेक्सका लागि सानो ठाउँ भए पुग्छ

‘सम्पत्तिलाई प्राथमिकता दिनु हुँदैन, किनकी सेक्स गर्नका लागि तपाइँलाई निकै सानो ठाउँ भए पुग्छ ।’यो भनाइ कुनै उरण्ठेउलो तन्नेरीले बन्द कोठाभित्रबाट निकालेको आवाज होइन । सिंगापुरकी एक वरिष्ठ मन्त्रीको भनाइ हो । जनसंख्या मामिला मन्त्री जोसेफिन तियोले विवाह तथा बच्चाको विषयमा सरकारी मिडियालार्य दिएको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

सिंगापुरका नयाँ पुस्ताका युवायुवतीहरुले आफ्नो घर नभएकै कारण बच्चा जन्माउन मन नगरेका पो हुन् की ? भन्ने प्रश्नमा तियोले सेक्सका लागि सानै ठाउँ भए पुग्ने र घर नै नचाहिने बताएकी हुन् ।अन्तरवार्ताका क्रममा तर्क विकर्त यहाँसम्म पुग्यो की युवाहरु इदि आफ्ना बाबुआमासँगै बसेमा उनका लागि बच्चा जन्माउन मुस्किल पर्ने बताइयो ।

 

स्मरण रहोस् विश्वका अन्य धनी मुलुकहरुमा जस्तै सिंगापुरमा पनि वृद्धहरुको जनसंख्या बढ्दै गएको छ र शिशु जन्मदर निकै न्यून छ ।त्यसैले सरकारले त्यहाँका युवायुवतीहरुलाई विवाह र सन्तानलाभका लागि प्रोत्साहित गरिरहेको छ ।गापुर देशसँग जमिनको कमी छ र हाउजिंग नीतिमा सरकारको कडा नियन्त्रण रहेको छ ।

सिंगापुरमा सन् २०१३ मा सरकारले एक नयाँ योजना सुरु गरेको थियो जसमा नयाँ घर खरिद गर्नका लागि त्यस्ता विवाहित जोडीहरुलाई प्राथमिकता दिने कुरा गरिएको थियो जसले बच्चा जन्माइसकेका छन् वा जन्माउने योजनामा छन् । बीबीसीको सहयोगमा

राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

काठमाडौं । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अिन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

जोशी र मिश्र को कायममुकायम ?

काठमाडौं । सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएलगत्तै सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा बसे । कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । बिदा आगामी ४ भदौ (सोमबार)मा सकिँदै छ ।

उनी बिदा बसेपछि वरीयताक्रममा उनीमुनिका न्यायाधीश ओम प्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार बिहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् ।

बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागू भएको अवसर पारेर सचिवालयमार्फत सन्देश जारी गरे । जहाँ उनको परिचय छ, ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद् ।’ फौजदारी र देवानी संहिता लागू भएको अवसरमा उनको सन्देशको मूल आशय छ, ‘न्यायका मान्य सिद्धान्तहरूको परिपालनाको गन्तव्यको पहिलो पाइला बनोस् ।’ आजको राजधानि दैनिकमा खबर रहेकाे छ ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
भदौ 03 देखि भदौ 09 सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिन सक्छन्। माल मत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– सुरुमा घरेलु समस्या देखा पर्न सक्छन्। केही अप्ठ्यारो परिस्थितिका कारण काम रोकिने सम्भावना छ। भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरू बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र सङ्कट आउँ सक्छ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। गीत संगीत् लगायतका मनोरन्जनामा मन जानेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउन्न सक्छन्। पराक्रम र धैर्यताले कामहरूमा बढोत्तरी हुनेछ। ठुला सोचहरूको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको विकास हुनेछ भने नयाँ कुराको खोजी गर्न मन प्रेरित हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबिच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किन सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थिति वश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरू आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। कर्मयोगीले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जागर बढ्नेछ। संयम ता भने अपनौनुहोला।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

वाणगंगा २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न ।।

वाणगंगा नगरपालिका वडा नं. २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ को वडाकार्यालय पिपरामा सम्पन्न भएको कार्यक्रममा वडावासिले विभिन्नि गुनासो तथा जिज्ञासा राखेका थिए । उनिहरुले वडामा भईरहेका विकास निर्माणका विषयहरुमा आफ्ना समस्या तथा जिज्ञासाहरु राखेका थिए । वडावासिले गरेका जिज्ञासाहरुको उत्तर भने जवाफदेहि निकायमा रहेका प्रदेश सांसद विष्णु पन्थि, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल, वडा न. २ का वडाअध्यक्ष विष्णु पौडेल, नागरिक समाजका उपाध्यक्ष ईन्दिरा भट्राई लगायतले दिनुभएको थियो । कार्यक्रममा वडा नं. २ का १५० वडावासिहरुको सहभागिता रहेको वडा नं. २ का वडाअध्यक्ष तथा नगर प्रवक्ता पौडेलले जानकारि दिएका छन् ।

नाग टास्दै मनाए बटुकले पनि नाग पञ्चमी

कपिलवस्तुको बाणगंगा २ मा रहेको मनकामना सस्कृत बिद्यापिठमा अध्ययन गर्ने बिद्यार्थी (बटुक) सस्कृति बचाउन सक्रिय रहेका छन । रक्षाबन्धन तथा नाग पञ्चमीका दिन घर घरमा गई नाग टास्ने र डोरो बाध्ने काम उनीहरु बर्षौ देखि गर्दै आएका छन । ठुलो भएर पण्डीत बन्ने लक्ष्य लिएका यहाँका बटुकहरु यसरी नाग टास्ने र डोरो बाध्ने काम गरी हिडेको देख्दा निकै खुशी लागेको बाणगंगा २ का समाजसेवि दोलकराम घिमिरेको भनाई रहेको छ । कुनै कुनै घरमा आफन्ती नाग टास्ने र डोरो बाध्न आउन नभ्याउने अवस्थामा बटुकहरु आउदा निकै खुशी लागेर स्थानिय रमाउने समेत गरेको उनको भनाई छ ।
पिठ भित्र रहेका ६५ बटुक १९ समुहमा बाढिएर उनीहरु यस क्षेत्रका घरहरुमा पुगी नाग टास्ने र डोरो बाध्ने काम गरेका हुन । उनीहरुले सो अवसरमा बिभिन्न घरमा गई मन्त्र जपेर नाग टास्ने र डोरो बाध्ने काम गर्दा स्थानिय समेत निकै खुशी भएको पाइएको छ ।
कपिलवस्तुको बाणगंगा राजपुर, नन्दनगर,बैरीया, पिपरा, बैजलपुर क्षेत्रका घरहरुमा गई उनीहरुले काम नाग टास्ने र डोरो बाधेका थिए । यसरी घरमा घरमा गई नाग टास्दा र डोरो बाध्दा आफुहरुलाई निकै मायाका गरेको र फेरी फेरी पनि आउदै गर्नु भनी स्थानियहरुले भन्ने गरेको मनकामना सस्कृत बिद्यापिठमा बटुक हरी कडेलले बताए । यसरी साथीहरुसगं घरघर गई सस्कृति बचाउने काम गरेकामा धेरैले धन्यवाद र आशिक समेत दिएको उनी बताउछन । त्यसी नाग टास्ने र डोरो बाध्न काम गरी उठेको रकमबाट उनीहरुकै स्तर उनन्तीका लागी उतm रकम खर्च गरीने पिठका अध्यक्ष दयाराम पौडेलले जानकारी दिए । उनीहरुकै नेतृत्व बिकासका लागी पिठ अन्य स्रोत जुटाई रकम खर्च गर्ने उनको भनाई छ ।

कपिलवस्तु जेसिजद्धारा बृक्षरोपण

कपिलवस्तु जेसिजले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको बाणगंगा १ बैरीयामा रहेको आफनो भवनमा बृक्षरोपण गरिएको हो । अशोक जातका करिव ६० बिरुवा लगाइएको जेसिका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिए । सुन्दरतासगै हरियाली पनि हुने भएकाले अशोक जातका प्रजातीका बिरुवा लगाइएको कार्यकारीणी अध्यक्ष मनोज कुमार खत्रीले बताए । बृक्षरोपणपछि कार्यक्रममा जेसिजका उपाध्यक्ष प्रविण पौडेल, महासचिव गुरुदेव पौडेलले आआफनो धारणा राखेका थिए ।

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी

काठमाडौं, ३१ साउन ।

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।

उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको हो । अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साईन्स (एम्स) मा उनको “लाईफ सपोर्ट सिष्टम” मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।

भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।

उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

भारतीय जनता पार्टीका एकजना संस्थापक वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । उनि सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे ।उनको किड्नीमा संक्रमण भएको थियो ।तीन पटकसम्म भारतको प्रधानमन्त्री भइसकेका वाजपेयी ११ जुनमा अस्पताल भर्ना गरिएको थियो ।उनी भारत रत्नबाट पनि सम्मानित भएका थिए । उनले १५ वर्षअघि नै राजनीतिबाट सन्यास लिएका थिए ।

छोरीहरुको हत्या गरेर आमा फरार

काठमाडौं,३१ साउन –

के ९ महिना कोखमा राखेर आँफैले जन्माएको सन्तानको हत्या सम्भव छ ?  ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमा ले आफ्नै दुई छोरीलाई शौचालयमा लगेर निर्मम हत्या गरेकी छन्। कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ।

छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन्।कमलाकी आमाका अनुसार दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी थिइन्। तर, हिजो शौचालयको सेफ्टी ट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरेका थिए।

स्थानीयले त्यही चर्पीबाट एक बच्चीलाई जीवितै उद्दार गरेका छन्। मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी शिशुलाई स्थानीयले एम्बुलेन्समा हालेर बिर्तामोड पुर्याएको छ। तर, बुधबार साँझ उनको मृत्यु भएको छ।

अर्की बालिकाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो।कमलाको माइतीसँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसा समेत थिएन। उनीहरुले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए।

आफ्ना दुई शिशुलाई हत्या गरेर कमला कता गइन् भन्ने खुलेको छैन। प्रहरीले उनको खोजी कार्य गरिहेका छन्।कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको थियो।

पैसाको ओछ्यानबाट -निरा शर्मा

पैसाको ओछ्यानबाट 
निरा शर्मा 




गोरेटोमा भेटिएको दोबाटोले 

छुट्टिनु अघि बतासको भाकामा 

कानमै आएर सुटुक्क सोध्यो 

ओ बटुवा साथी 

सँधै मलाई छोएर हिड्छौ 

कवितै मात्र गुनगुनाइरहन्छौ 

कति गर्छौ माया प्रेमका कुरा ?

कति लेख्छौ जिन्दगीको पुरानै कविता ?

बरु बर्सौं हिँडी आएको बाटो 

यस्सो पछाडी फर्केर हेर 

र लेख एउटा यथार्थ कविता 




बन्धक राखेर फूल जस्तै मुस्कान 

बेचेर जून जस्तै जिन्दगी 

भन कति कमायौ 

सपना किन्ने हरिया डलरका बिटाहरु ?

कति रात साट्यौ

सुनको ओछ्यानसँग खुसीको निन्द्रा ?

कति पटक ढाक्यौ 

थकानको च्यादरले आफ्नै लखतरान तनलाई ? 

कति छाक खायौ चाँदीको थालमा 

आँसुले मुछेर हिरा मोतीका सिताहरु ?

र यो पनि भन 

कति गर्यौ बचत बैँकमा 

पसिनाले लप्रक्क भिजेका नोट र 

मुटु फुटेर बगेको रगत लतपत सिक्काहरू 

अझै भन मलाई 

कुन खुसीमा भत्काउँछौ 

जीवन बिर्सिएर उठाएको त्यो अग्लो पहाड दुखको ?




उसो त मै पनि लडिरहेको छु 

घर छोडेर दोबाटोमा 

फरक यत्ति हो 

यो धुलौटो माटोमा 

चिल्लो सडकमा भेटिने

तिम्रोजस्तो आनन्द कसैगरी भेट्न सकिन 




सियो जस्तै उसको कुरा निक्कैबेर गमेपछि 

नाघेर आएको संघर्षको पहाडतिर फर्केँ र भनेँ 

ओ साथी - 

यहाँ पैसा फलसँगै रुखभरि फल्छ 

हिमपातमा हिउँसँगै जिउभरि बर्सिन्छ 

पतझडमा पातसगैँ भुइभरि खस्छ 

यहाँको हावामा पैसै पैसा उड्छ धाराबाट पानी हैन पैसा पोखिन्छ 

हो साथी 

मैले नलगाएपनि हुन्छ 

आङ ढाक्ने कपडा 

मैले नपुगेपनि हुन्छ 

भोक बिसाउने चौतारी 

मैले बा-आमाले सपना देख्ने आँखा हेर्नु पर्दैन 

आफन्तको आसाको बिन्दु हुनु पनि छैन मलाई 

र मैले 

साथीभाइको रहर पनि 

सजिलै भुलिदिए हुन्छ 

साथी, 

मेरो त उहिल्यै देखि नै 

खर्चको हिमाल पग्लिन छोडेर 

बचत बैँकको खाता पनि सगरमाथा भैसक्यो 

भन बरु 

मेरा केही सुखहरु 

सापटी चाहिन्थ्यो कि तिमीलाई ?
                                                                          निरा शर्मा

प्रिय छोरा-शरद पोख्रेल

कविता- प्रिय छोरा !




प्रिय छोरा

तिमी आफैले उड्नुछ माथिसम्म

सूर्यको नजिक सम्म

चन्द्रको नजिक सम्म

र ल्याउनु पर्नेछ

हाम्रा साँघुरा र अँधेरा कोठाको लागि 

एक अन्जुली उज्यालो शीतल।




तिमी आफैले पुग्नु पर्नेछ माssथि सम्म

जालझेलका झाडीहरू पन्छाउदै

आफ्नो बाटो आफै बनाउदै

लड्दै उठ्दै र दौडदै

पुग्नु पर्नेछ पहाडैसम्म

र ल्याउनु पर्नेछ केही जडीबुटीहरू

बूढी आमाको लागि भरोसाको मलम

बूढा बाको दमको लागि पैंयूको लौरी 

बूढो घरको पुराना भित्ताका लागि

संरक्षणको धुर्मिलो कमेरो

र तिम्रो आफ्नै लालिगुराँसका लागि रङहरू।




तिमी परैसम्म पुग्नु पर्नेछ छोरा

कोशी नदीसम्मै।

र ल्याउनु पर्नेछ

एउटा आशालाग्दो कुलेसो

डोर्याउदै डोर्याउदै

महामारीमा फुटेका ओँठहरूको लागि

गोठमा बाधिएका समृद्धिहरूको लागि

डलरले बिर्साएर बाँझिएको बारीको लागि

र फुलाउनु पर्नेछ 

ती ओँठहरूमा आशाको मुस्कान

मुर्झाउनु पर्नेछ ती गोठहरूबाट

जीवनको लय

र बिउझाउनु पर्नेछ ती बारीहरूबाट

हरियो जिन्दगी।




प्रिय छोरा

मैले तिमीलाई केही सिकाउनेछैन

सिकाउन सकेको पनि छैन

सिकाउन सक्ने पनि छैन

जस्तो कि

- ठूली किन कम्लरी बसी

- माइल्दाई किन हली बने

- जुठे काका किन दुईबीसमै असी भए

- सानेले किन पढाइ छाड्यो

र तिम्रा बा किन तिम्रो बाल्यकालमा 

तिम्रो अगाडि छैनन्? 

-यी सबै सबैको जबाफ 

मैले समयलाई छोडेको छु।




त्यसैले छोरा

तिमी ती चरा पढ्नू

ती पहाड पढ्नू

ती नदी पढ्नू

र पढ्नू मान्छेहरूका आँखा।

यी सबैले तिमीलाई समय सिकाउनेछन्

र समयले तिमीलाई जिन्दगी सिकाउनेछ।




©️ शरद पोख्रेल
शरद पोख्रेल

अतिथि देवो भव:-प्रज्वल अधिकारी

अतिथि देवो भव:!




तिमी आउनुको सट्टा 

मिक्का सिँलाई पठाईदिएको भए हुने 

उनी आएको भए -

ढिँकाचिका गाएर 

हामीलाई अंग्रेजी महिना सिकाएर त जान्थे 

तिमीलाई थाह छ नि-

अंग्रेजीको महत्व कति छ !




तिमी आउनु भन्दा 

रामदेव बाबालाई पठाईदिएको भए हुने -

उनि आएको भए

हामीलाई सास फेर्न त सिकाउँथे 

तिमी आयौ हामीलाई ऐंठन भयो 




तिमी नआएर बरु आउनै नमान्ने 

उदित नारायणलाई 

गाली गरेर पठाईदिएको भए हुने

तिमीले नेपाली सिकेको खुशी भन्दा

कयौँ गुना दु:ख त 

उसले नेपाली बिर्सेकोमा लागेको छ 

तिमीलाई थाह छ नि -

भाषाको महत्व कति हुन्छ !




तिमी उतै बसेर पठाईदेको भए

नुन, तेल र चामल 

हामी अघाउँथ्यौ

तिमी आयौ

हामीले हाम्रो पेट कटाउनुपर्यो 




साँच्चै माया गर्छौ भने

निकालीदिनु-

बर्षौँदेखी कोशीको थिचिएको घाँटीबाट हात 

भनिदिनु -

सिमामा उभिएका तिम्रा मान्छेलाई 

जतिबेला पनि अरुकोमा नपस्नु ! भनेर

मुस्काईदिनु -

तिम्रो अनुहार हेरेर बसेका बन्धी सन्धितिर फर्केर 

यति गर्न तिमी यता आउनै पर्दैन 




तर,

हामीलाई थाह छ 

तिमी मन्दिर चाहर्न पल्केको मुसा हौ 

जसलाई भगवान मानेर पुज्दापुज्दै 

लडाईदिनेछ एकदिन 

हाम्रो स्वाभिमानको गजुर !




तिमी आउनु भन्दा त पठाईदिनु -

पशुपति दर्शन कुरेर बसेका बा- आमाहरू 

तिमीलाई मन लागे हुकुम गर्नु 

एउटा पशुपति उतै बन्नेछ

तिमीले त हुकुम गर्ने हो 

भन!

पानी, खानी र सिमा चाहियो !

तिम्रा भक्तहरूले प्रशाद चढाईहाल्छन !




तिमी आयौ 

हामीले देख्यौँ - हाम्रा मालिकहरूको चाकरी

जुन हामीलाई धेरै सरम लाग्यो

तिमी आयौ

हामीलाई हाम्रै शासकले नाकाबन्दी गरे

जुन हामीलाई असह्य भयो

तिमी आउँदा 

दिनरात बज्ने साईरनले हाम्रा नानीहरू निदाउनै सकेनन

जसले हामीलाई पीडा दियो




बिन्ती छ ! 

मिल्छ भने अब नआउनु यता

आइहाल्यौ भने सम्झिनु -

तिमी कसैको दास भएर बाँचिरहदा 

आफ्नो शासन आफै गरेर हाँसिरहेथ्यौँ; हामी 




आयौ भने पनि 

चुपचाप आउनु र चुपचाप जानु 

स्वागत छ !




केही नचाहिँदो गर्न लाग्दा सम्झिनु -

यदि, 

इतिहासको खलातीमा वीरताको श्वास हालेर

स्वाभिमानको गोलले अर्जापेको स्वतन्त्रताको खुकुरीमा

नालापानीको पानीले पाईन हाल्यौँ भनेँ हामीले 

सो खुकुरीले के के छिनाल्छ !




प्रज्वल अधिकारी

                                                                             प्रज्वल अधिकारी
 

निर्देशक सुमन दाहालले नीताको नाकैको फुलीमा नजर लाउँदा

काठमाडौं । नाकैमा फूली बोलको प्रतिक्षित गीत आज सार्बजनिक भएको छ ।सम्राट क्रियशनले यस गीतलाई सार्बजनिक गरेको हो । गीतमा अलिक बढी नै खर्च भएको कुरा सम्राट क्रियशनका सिइओ तथा गीतका निर्देशक सुमन दाहालले बताएका छन् ।

​नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको छ । सहिमा श्रेष्ठले पहिलेका गीत भन्दा फरक शैलीमा गाएकी छिन् ।

सहिमाले आफूले यस्तो खाले गीत पहिले कहिल्यै नगाएको पनि बताइन् । यस सार्बजनिक गीतको शब्द शान्तिप्रियले लेखेका छन् ।

नेपाली मन नेपाली पन भएको लोक पप शैलीमा आफूले गीत लेखेको प्रियले बताएका छन् ।

गीतका संगीतकार भने दिपक शर्मा हुन् । दिपकले गीतलाई नयाँ बनाउन प्रयास गरिएको बताए ।

गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् ।

गीतको भिडियो हेर्न लायकको बनेको प्रतिक्रिया निर्देशक दाहालले दिएका छन् ।

गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ ।

करमा मनपरीः पोहोर डेढ सय, अहिले ३८ सय ५०

दोलखा । भीमेश्वर नगरपालिका–७, साखिनेका सचिन कार्की १० दिनअघि आमाको नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिर्न वडा कार्यालय पुगे। सचिनले आर्थिक वर्ष ०७४–७५ मा आमा देवकुमारीको नाममा रहेको ५ कित्ता जग्गाको करबापत एक सय ५० रुपैयाँ स्थानीय सरकारलाई बुझाएका थिए ।

उनले २०७४ भदौ ११ गते आव ०७४–७५ को कर बुझाएका थिए । तर साउन १६ गते आव ०७५–७६ को कर बुझाउन वडा कार्यालय पुगेका उनी कर्मचारीले निकालेको हिसाब सुन्दा छाँगाबाट खसे झै भए।

‘अघिल्लो साल एक सय ५० रुपैयाँ तिरेकाले यसपालि बढीमा पाँच सय पुग्यो होला भनेर त्यति नै रुपैयाँ बोकेर वडा कार्यालय गएको थिएँ,’ सचिनले भने, ‘अहिले कर त बढेर ३८ सय ५० रुपैयाँ पुगेको हिसाब पो कर्मचारीले सुनाए । हिसाब सुन्दा म त झस्किएँ ।’ देवकुमारीसँग अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्ष नगरपालिका कार्यालयले लिएको करको अन्तर हेर्दा यसपटक २५.६६ गुणाले बढेको देखिन्छ।

वडा कार्यालयले उनलाई दिएको एकीकृत सम्पत्ति कर रसिदमा रकम मात्र बढाइएको छैन जग्गाको मूल्यांकन समेत १० गुणा बढी गरिएको छ । अघिल्लो आर्थिक वर्ष भीमेश्वर नगरपालिका–७ मा ८०१, ८०३, ८०५, ८०६ र ९९६ कित्ता नम्बरको ६ हजार १० वर्गमिटर क्षेत्रफल जग्गाको मूल्यांकन ६ लाख ४९ हजार चार सय १० रुपैयाँ गरिएको थियो।

पोहोरको तुलनामा यो वर्ष नगरपालिकाले उनको जग्गाको मूल्यांकन करिब ६।८७ गुणा बढाएर ५१ लाख एक हजार तीन सय ३५ रुपैयाँ पुर्याइदिएको छ । ‘वित्तीय संस्थाबाट पहिल्यै ऋण खाएकाले यो आर्थिक वर्षको कर तिरेको रसिद पेस गर्नुपर्ने भइका कारण केही नभनी कर तिरें,’ उनले भने, ‘चिया पसलमा आउने ग्राहकलाई सुनाउँदा स्थानीय सरकार बनेपछि प्रत्येक क्षेत्रमा कर बढेको भन्ने थाहा पाएँ।’

भीमेश्वर नगरपालिका ७ का वडाध्यक्ष कैलाशकुमार श्रेष्ठले कार्कीको रसिद र करको मूल्यांकन कर्मचारीले गरेकाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘आर्थिक कारोबार र हिसाब कर्मचारीले राखेर रसिद काटेका हुन्,’ उनले भने, ‘के भएको हो मैले तत्काल यसै भन्न सक्दिनँ, सबै कुरा बुझेर मात्र भन्न सक्छु।’

वडा कार्यालयका सचिव ऋषिप्रसाद दाहालले नगरपालिका कार्यालयले जारी गरेको आर्थिक ऐनअनुसार नै जग्गाको मूल्यांकन गरेर एकीकृत सम्पत्ति कर लिएको बताए । ‘उहाँ (देवकुमारी कार्की) को जग्गाको मूल्यांकन अघिल्लो साल प्रतिरोपनी ५५ देखि ६० हजार थियो,’ उनले भने, ‘ नगर कार्यपालिका बैठकले चालू अवका लागि जारी गरेको ऐनमा उक्त जग्गाको मूल्यांकन बढाएर प्रतिरोपनी पाँच लाख ७५ हजार पुर्याइएकाले कर पनि मूल्यांकनअनुसार बढेर ३८ सय ५० लिएका हौं ।’

कर तिर्दा कार्कीले एक सय ५० रुपैयाँबाट एकैपटक यति धेरै कसरी बढ्यो भनेर गुनासो गरेको पनि दाहालले सुनाए । ‘तर नगरपालिकाको आर्थिक ऐनअनुसार त्यत्ति नै लिनुपर्ने थियो,’ उनले भने।

नगरपालिकाले जारी गरेको आर्थिक ऐनमा लामोसाँघु–जिरी सडकले छोएको सचिनको आमाको नाममा रहेको एक कित्ता जग्गाको ४१ लाख र बाँकी जग्गाको १० लाख रुपैयाँ मूल्यांकन गरेको छ । अघिल्लो साल सोही जग्गाको मूल्यांकन ६ लाख ७५ हजार रुपैयाँ मात्र हुँदा उनले एक सय ५० रुपैयाँ कर तिरेका थिए । ‘यसपटक जग्गाको मूल्यांकन बढेको हुँदा कर पनि बढेर ३८ सय ५० रुपैयाँ पुगेको हो,’ वडासचिव दाहालले भने।

नगरपालिकाका एक वडाध्यक्षका अनुसार चालू आवको आर्थिक ऐन बनाएर पारित गर्ने बेलामा नगर कार्यपालिका बैठकमा तीन दिनसम्म बहस भएको थियो । ‘कर बढाउँदा जनतामा असन्तुष्टि बढ्छ, यस्तो नगरौं भनेको हुँ,’ ती वडाध्यक्षले भने, ‘तर केही साथीले नगरबासीलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सजिलो हुने भएकाले जग्गाको मूल्यांकन बढाउर्नपर्छ भनेर अड्डी कस्नुभयो।’

तर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण उप्रेतीले भने करको दर बढाउने नीति नगरपालिकाको नरहेको दाबी गरे । ‘नगर कार्यपालिका बैठकले करको दर बढाउने नीति लिएकै छैन,’ उनले भने, ‘ती व्यक्तिले बैंकबाट ऋण लिन बढी मूल्यांकन गर्न लगाएको हुन सक्छ ।’

उप्रेतीले वडास्तरका कर्मचारी र सम्बन्धित व्यक्तिसँग बुझेरमात्र यसबारेमा थाहा हुने बताए । ‘बढी कर तिर्ने कार्की कागजातसहित नगरपालिकाको सम्पर्कमा नआएका कारण के भएको हो भन्न सकिँदैन,’ उनले भने, ‘हाम्रा कर्मचारी र सम्बन्धित व्यक्तिसँग बुझेर छानबिनपछि मात्र सत्यतथ्य पत्ता लाग्छ।’ (नागरिक दैनिकबाट)