होसियार अब नेताको फोटो बिगारे वा ‘ब्लफ कल’ गरे दुई वर्ष कैद

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ ।

मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।

संहितामा विनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

त्यस्तै, अनुमति तलिई अरुको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । (राजधानी दैनिकबाट)

अर्घाखाँचीको शितगंगामा खरको छाना हटाई जस्तापाता लगाउन सुरु ।।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले खरको छानो भएका घरमा जस्ता पाता लगाउन सुरु गरेको छ । भौगोलिक रुपमा नेपालकै ठुलो शितगंगा नगरपालिकाको वाड नम्वर १२ मा खरको छानो भएका विपन्न परिवारका १२ घरमा एक कार्यक्रमको आयोजना गरि जस्तापाता हस्तान्तरण गरिएको छ । बर्षाको समयमा पानी चुहिने घरमा बसेका स्थानीयहरु जस्तापाता पाँउदा हर्षित भएका छन ।
खरले छाएका घरमा बस्ने विपन्नलाइ बर्षामा पानी चुहिने चिन्ता र गर्मीयाममा आगोलागीको डर भएको ठहर गर्दै जस्तापाता वितरण गरिएको शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले बताएका छन् । घरको साइज हेरिकन २५ देखि ३० पाता सम्मको दरले जस्ता वितरण गरिएको उनको भनाइ छ । अहिले १२ नम्वर वडामा मात्र यो अभियान सुरु गरिएको र यो अभियानलाइ सवै वडामा लैजाने कार्य योजना रहेको बताए ।
वडा भित्र रहेका खरको छानो भएका अति विपन्न १२ घरपरिवारलाइ जस्तापाता वितरण गरिएको वडा अध्यक्ष वावुराम गैरेले बताए । वडाका सबै घरमा जस्तापाता लगाउने कार्यक्रम अनुसार पहिलो चरणमा जस्तापाता वितरण गरिएको उनको भनाई छ ।

अनुदान रकम नपाएपछि किसानहरू अनशनमा

कपिलवस्तु चन्द्रौटा साउन ३०

कपिवस्तुमा सरकारले दिने भनेको उखु अनुदान रकम नपाएपछि किसानहरू अनशनमा बसेका छन् ।जिल्लाको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका छन् ।कपिलवस्तुका उखु किसानहरूलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले बताए ।

आव ०७१।७२ मा सरकारले प्रति क्विन्टल २५ रुपैयाँको दरले अनुदान दिने भनेपनी अहिलेसम्म नपाउँदा किसानहरू आन्दोलित भएका हुन ।कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन् । अन्य जिल्लाका किसानहरूले अनुदानको रकम पाए पनि कपिलवस्तु किसानले नपाएको अनशनरत स्थान वाट उखु कृषक ओम प्रकाश चौधरी बताए । उनले भने “करिब ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन हामीलाई सरकारले किन बेवास्ता गरेको छ” ।कपिलवस्तुमा मात्रै करिब ढाई करोड रकम किसानहरूले पाउनुपर्ने रहेको भए पनि सम्पूर्ण प्रक्रियाहरू पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

पटक पटक सरकारको ध्यानाकर्षण गरे पनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाइ गर्दा लगायतका कारण देखाउँदै सो रकम नदिएको चौधरीले बताए . कपिलवस्तु किसान सङ्घको आन्दोलनका कायर्कक्रमरु मध्य साउन २० गते आइतबार इलाका प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयलाई ज्ञापन पत्र समेत बुझाएको भए पनि कुनै सुनुवाई नगरेकोको चौधरीले बताए । किसानले दुख गरेर गरेको कामलाई सरकारले मुल्याङकन गरेर अनुदान दिने भने पनि नपाउँदा किसानहरू दुखित भएका छन् ।


सरकारले मुनै वास्ता नगर्दा सम्म हामी अनिश्चित कालको लागी अनशनमा बस्छौ अध्यक्ष चौधरीले बताए ।नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय आर्थिक तथा पूर्वाधार विकाश शाखाले २०७३ साल भदै ५ गते उखुको मूल्य भुक्तानी दिन पत्राचार गरे पनि कुनै वास्ता नभएको हुँदा उखु किसानहरू आन्दोलन गर्न बाध्य भएका छन् ।किसान सङ्घका अध्यक्ष अनुप कुमार चौधरी,उपाध्यक्ष राम व रायमाझी,हरिनारायण चौधरी,रामप्रकाश चौधरी,बलराम पाण्डे अनशनमा बसेका छन् ।इलाका प्रशासन कार्यालय चन्द्रौटा अगाडी सडमकै अनशन बसेका छन् ।

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

काठमान्डाैं / ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।  दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।  विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट कुनै शुल्क लिन पाइँदैन । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

उपसचिव माथि आक्रमण , मन्त्रालयमा तोडफोड

काठमाडौं / देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्सी उचालेर हान्न खोजियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउ“सो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए ।

मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उनले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

कपिलबस्तुमा खैरो हेरोईन सहीत एक पक्राउ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ को गोरुसिंगेको शिवशक्ति टोलमा एक युवा लागु औाषध खैरो हेरोईन सहीत पक्राउ परेका छन। २८ बर्षे स्थानीय राम बहादुर वि क ३६ पुरिया ( १ दशमलव शुन्य ८ ग्राम ) खैरो हेरोइन सहीत पक्राउ परेका हुन ।

शंका लागेर खानतलासी लिदा उनको पाईन्टको खल्तीबाट सो बरामद भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए । उनलाइ लागु औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाईएको रावलले बताए ।

वाणगंगा नगरपालिकाद्धारा गरिवि परिचय पत्र वितरण कार्य सम्पन्न ।।

कपिलबस्तुको वाणगंगा नगरपालिकाद्धारा वडाबाट गरिवि परिचय पत्र कार्य सम्पन्न गरिएको छ । साउन १४ बाट सुरु भएको सुरु भएको वितरण कार्य आज वडा नं. ११ मा वितरण गरि वडाबाट गरिएको वितरण कार्य सम्पन्न भएको हो । आज वडा नं. ११ का १ सय ६३ मध्ये १ सय ११ घरपरिवारलाई वितरण गरिएको छ । वडा नं. ११ मा ४८ अति, ३० मध्यम र ३३ सामान्य ३३ घरपरिवारलाई वितरण गरिएको हो । वाणगंगा नगरपालिका भित्रको कुल जनसंख्या मध्ये १ हजार १ सय ८६ परिवार गरिबिको सूचिमा सुचिकृत रहेका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्रका ११ वटा वडामा सञ्चालित परिचय पत्र वितरण अभियानमा वडा नम्बर १ देखि ११ सम्मका प्राय सबै वडामा वास्तविक गरिब परिवारहरु परिचय पत्र पाउनबाट बञ्चित भएका हुन । सम्पन्न र जमिनदार नागरिकहरुले परिचयपत्र पाउदा नगरभित्रका वास्तविक गरिब परिवारहरु आफुहरुलाई नगरपालिका र राज्यले वेवास्ता गरेको बताउन थालेका छन् । उता वाणगंगा नगरपालिकाले पनि नगरभित्रका वस्तविक परिवारहरु परिचय पत्र पाउनबाट अधिकाशं परिवार बञ्चित रहेको स्विकार गरेको छ । वडाबाट छुटेका घरपरिवारलाई नगरपालिकाबाट वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले  जानकारि दिनुभएको छ ।

स्ववियु वाणगंगा बहुमुखि क्याम्पसद्धारा कक्षा १२ उतिर्ण विद्यार्थिलाई सम्मान ।

स्वतन्त्र विद्यार्थि युनियन वाणगंगा बहुमुखि क्याम्पसको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा सफलहुने ६५ जना विद्यार्थिहरुलाई सम्मान गरिएको स्ववियुले जनाएको छ । कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले समय परिवर्तन सगै शिक्षामा परिवर्त हुनु पर्ने बताएका छन् । अध्यक्ष भुषालले अबको पिढीलाइ समय सापेक्ष शिक्षा आवश्यक रहेको बताए । उनले जिल्लामा धेरै वर्ष देखि शौक्षिक गुणस्तरमा राम्रो फड्को हासिल गरेको भन्दै बाणगंगा बहुमुखि क्यापस लौगाईका उतिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । राम्रो गुणस्तर ल्याउने विद्यालयलाई वडाले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हिमलाल पौडेलले पटक पटक राम्रो नतिजाल् याएकोमा शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिका पधाधीकारीहरुलाई धन्यवाद ज्ञापन गरे । क्याम्पस क्याम्पस प्रमुख डिवी रेश्मी, बाणगंगा माविका प्रध्यानध्यापक कुल राज पौडेल लगायतले राम्रो नतिजा ल्याएर विद्यार्थीलाई आगामी दिनको उच्च शिक्षाको लागि शुभकामना दिएका थिए । त्यस्तै स्ववियु सभापति माधव पौडेलले विद्यार्थिहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै विद्यार्थिहरुका समस्याहरु स्ववियुले समाधान गर्ने बताए ।
क्याम्पस प्रथम हुने छात्रा मनिषा क्षेत्रीलाई नगत सहित सम्मान गरिनुका साथै सम्पुर्ण विद्यार्थीलाई मायाको चिनो दिईएको थियो । कक्षा १२ उतिर्ण भएका छात्र शङ्कर भुषालले सफलतामा आफनो भन्दा धेरै शिक्षकको हात भएको बताए । स्वतन्त्र विद्यार्थी युनियनका सभापति माधव पौडेललेको अध्यक्षता, स्ववियु सदस्य शान्ता भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रम भगवती न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

विप्लवद्वारा २९ गते नेपाल बन्दको घोषणा

काठमाडौं । आफ्नो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रक्राउ परेलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ओली–प्रचण्ड सरकारका विरुद्धमा भीषण संघर्ष गर्ने चेतावनी दिएका छन् ।

विप्लवले साउन २३ गते एक प्रेस वक्तव्य जारी गर्दै ओली र प्रचण्डमाथि यस्तो धावा बोलेका हुन्।

महासचिव विप्लवद्वार जारी विज्ञप्तिमा भनिएको छ  ‘काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।  अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ ।’

त्यसबाट निस्किने परिस्थितिको बारे यो सरकार नै जवाफदेही रहने भन्दै विप्लवले विज्ञप्तीमा साउन २९ गते नेपाल बन्दको आव्हावन गरेको उल्लेख गरेका छन् ।

यस्तो राशि भएका पुरुषले पाउँछन् सुन्दर श्रीमती !

सबै पुरुषकाे चाहना हुन्छ आफ्नाे श्रीमती राम्रा हुन् भनेर । त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु । तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस् । यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ । अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

तुला राशि सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ । र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशि भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन् । यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन् ।

कन्या राशि कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ । यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ । जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन् ।

कर्कट राशि शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन् । यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन् । कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन् । यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह (लभ म्यारिज) गर्छन् ।

मकर राशि मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन् । आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ । उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन् । मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन् । जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन् ।

यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी घुससहित पक्राउ

बुटवल, साउन २८-यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारी घुससहित पक्राउ परेका छन्।

मेकानिकल इन्जिनियर सरोजकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको कार्यालयबाट खटिएको टोलीले २० हजार नगदसहित पक्राउ गरेको हो।

सवारी साधन दर्ताका लागि शाहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।

पशुपती शर्मा को अर्को नयाँ तीज गीत सार्बजनिक – के को आउथे हाम्रा मामा माइजु छोडेर

कमेडि सिरियल ” हाक्का हाक्की” अब नयाँ कथामा

कमेडि सिरियल ” हाक्का हाक्की” अब नयाँ कथामा “मेरि बास्सै” जस्ताे लाेकप्रिय कमेडि सिरियल सुरु गरेर थुप्रै कलाकार जन्माएका हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीले मेरी बास्सै, झ्याँइ कुटी झ्याई, हुँदै हाक्का हाक्की सम्म अाइ पुग्दा निकै अाराेह अबराेह पार गरेका छन्!!

एक ताका दमन रुपाखेती र जितु नेपालकाे जाेडीलाई दर्शकले निकै रुचाएका थिए तर दमन जितु काे जाेडि छुटे पछि जितु जिरे खाेर्सानी तिर र दमन मेरि बास्सै तिर लागेका थिए!!

अहिले भद्रगाेल, जिरे खाेर्सानी, ब्रेक फेल लगायतका सिरियल नेपाल टेलिभिजन बाट प्रसारण बन्द भए पनि हाक्का हाक्की सिरियल भने शनिबार ७ बजे नेपाल टेलिभिजन बाट प्रसारण भइरहेकाे छ!! हाक्का हाक्की कमेडि सिरियल अहिले नयाँ कथामा नयाँ रुपमा प्रसारण हुन थालेकाे छ !!

मेरी बास्सैमा घर ज्वाईँकाे भुमिकामा चर्चित भएका दमन ले हाक्का हाक्कीमा अहिले त्यहि चरित्रलाई पुनरागमन गरेका छन् र प्रचण्डकाे अभिनय गरेर लाेक प्रियता कमाएका कलाकार ” नक्कली प्रचण्ड ” घनश्याम गाैतम पनि हाक्का हाक्कीमा दमन काे ससुरा बनेर नयाँ चरित्रमा देखा परेका छन् कलाकार गाैतमकाे याे ससुराकाे चरित्रलाइ पनि दर्शकले निकै रुचाएका छन् छाेरीकाे भुमिका मा निर्जला काे अभिनय पनि राम्राे छ ! नयाँ कथाकाे याे सिरियल हाक्का हाक्कीकाे यु ट्युब मा पहिला भन्दा दर्शक भ्युज बढिरहेकाे छ!

हाक्का हाक्की सिरियलमा अहिले दमन रुपाखेती, राम थापा, घनश्याम गाैतम, लक्ष्मण बिक्रम बस्नेत ,पार्वन राई, निर्जला अधिकारी, भिमसेन अधिकारी, राजन चाैलागाई, दिपेन्द्र दाहाल, लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्

कथा – सौतेनिआमा

आमा त आमा नै हो नि है तर यो आमा को अगाडी सौतेनी थप्नु को मतलब के होला र किन होला ? जान्न चाहानु हुन्छ भने पुरै कथा पढ्नु होला ।
मलाई मेरो आमा याद छैन । म जन्मिएको केही महिना पछि नै मलाई मेरो आमा ले यो धर्ती मा एक्लै र टुहुरो बनाएर जानू भएको थियो यो संसार लाई छोडेर । त्यस्को केही महिना पछि बुवा ले आर्की आमा लेउनु भयो अर्थात मेरो सौतेनी आमा । समय सङ्गै म पनि ठूलो हुँदै गएँ मेरो सौतेनी आमा को कोख बाट भाइ र बैनी हरु जन्मिए । सानो मा त मलाई त्यति थाहा भएन जब जब समय सङ्गै म ठूलो हुँदै गएँ मलाई थाहा हुन लाग्यो म टुहुरो केटा मलाई जन्म दिने आमा त म जन्मिएको केही महिना मा नै मलाई छोडेर स्वर्ग जानू भएको भनेर ।
सानो हुँदा त्यति याद छैन ठूलो भए पछी मैले महसुस गर्न लागें म प्रती हुने अन्याय र अत्याचार अनि आफ्नो आमा नहुनु को पीडा । गरिबी को कारण मेरो बुवा भारतमा हुनुहुन्थ्यो । घर मा मेरो एउटा भाइ र एउटा बैनी उनी हरु पनि ठुला भैसकेका थिएँ । म सरकारी स्कुल मा पढ्थेँ भने भाइ र बैनी प्राईभेट स्कुल मा । स्कुल बाट फर्किए पछि मैले बिहान का सबै भाँडा हरु माझ्नु पर्थ्यो भने भाइ बैनी हरु खाजा खाएर आफ्नो होमवर्क गर्थे अनि खेल्न जान्थे । खेल्ने रहर मलाई पनि हुन्थ्यो कहिले काहीँ भागेर गाउँमा केटाकेटी हरु सङ्ग खेल्न जान्थें तर साँझ घर आए पछि मेरो सौतेनी आमा को पिटाई खाएर खुट्टा भरि मेरो शरीर भरी राता राता सुम्ला हुन्थे अर्थत डाम हुन्थे म रुन्थेँ आमा आमा भन्दै तर मेरि आमा हुनुहुन्नथियो र मेरो चीत्कार सुन्ने कोहि थियन त्यो पल त्यो बेला । त्यस पछि बिहान को भात साँझ खान्थेँ र भाँडा माझ्ने कुचो लगाउने सबै काम म बाट हुन्थ्यो भने ती भाइ बैनी लाई मेरि सौतेनी आमा ले खेलेर आएको खुट्टा दुखेको होला भन्दै तेल लगाएर मालिस गरि दिनुहुन्थ्यो । म चुपचाप कोठा मा गएर भुँईमा सुत्थेँ मेरो लागि सुत्ने खाट थिएन डसेना मात्र थियो भुँईमा बिच्छाएर सुत्ने गर्थे म रात भरी आमा लाई सम्झिँदै रुँदै र मनमनै सोँच्दै ।
जिन्दगी जसो तसो बिताउँदै थिएँ रोएर भए पनि । पिटाई र कुटाई त कति खाएँ खाएँ अब त सानो तिनो चोट ले मलाई दुख्न छोडेको थियो किनकि मेरो शरीरको छाला हरु नै मरेको थियो । आमा को कुरा सुनेर बाबा ले पनि पिट्नु हुन्थ्यो मलाई मेरो यो दुनिया मा कोहि थिएन म एक्लो थिएँ बिल्कुल एक्लो थिएँ सायद भगवान पनि त्यो बेला मा मेरो साथ मा थिएनन् । मेरो आँसु देख्ने मेरो चीत्कार सुन्ने मेरो पीडा बुझ्ने कोहि थिएन मेरो साथ मा । लाग्थ्यो सायद यहि नै जिन्दगी हो जिन्दगी यस्तै हुन्छ होला भनेर आफ्नो मन बुझाउने गर्थे । हरेक साँझ मेरो आमा को तस्बिर हेरेर रुन्थेँ आमा आमा भन्दै बोलाउँथें पनि तर आमा बोल्नु हुँदैन थियो बोल्नु पनि कसरी त्यो त यौटा तस्बिर थियो रुँदा रुँदै कति बेला निदाउँथे मलाई थाहा भएन ।
यस्तै यस्तै तरिका ले मेरो जिन्दगी बित्दै थियो म कक्षा १० मा पढ्थेँ कक्षा १० पनि पास गरेँ पढ्ने मन थियो तर मलाई त्यहाँ भन्दा माथी पढ्न दिईएन । आमा को व्यबहार यस्तो थियो कि म मान्छे नै होइन म पशु भन्दा पनि तल्लो मान्छे हुँ । घर मा गाई भैंसी थिए बिहान बेलुकी घाँस काट्ने गाई भैंसी को हेरचाह गर्ने यस्तै यस्तै किसिम ले मेरा दिन हरु बित्दै थियोे । घर मा दूध दहि घिउ सबै मा ताला लगाएर राखिन्थ्यो दिए खाने नदिए मन बुझाएर बस्ने । गर्दा गर्दै भाइ र बैनी ले पनि मेरो इज्जत गर्न छोडेका थिए कशम यति सम्म गर्थे कि आजकल त घर मा काम गर्ने नोकर लाई पनि त्यस्तो गरिँदैन । मलाई अझै राम्रो सङ्ग याद छ मेरो आफ्नै बाबा ले मलाई घाँटीमा रसिले बाँधेर झुन्डाउनु भएको थियो । छेमेकी दाईले देखेर मात्र म आज जिउँदो छु । अन्याय र अत्याचार त कति भएको छ कति । आफुले कमाउने नहुन्जेल कहिले पनि नयाँ कपडा लागाउन पाएन मैले । मलाई मीठो खान र राम्रो लागाउन भन्दा पनि मायाको जरुरत थियो । गाउँमा अरु का आमाहरुले आफ्ना छोरा छोरी लाई बाबू छोरा यहाँ आउ यसो गर यो खाउ भनेर माया गरेको सुन्दा र देख्दा म आफ्नो आमा सम्झेर धेरै रुन्थें । सौतेनी आमा को त कुरै छोडौँं मेरो आफ्नै बाबा ले पनि त मलाई कहिले आफ्नो खुन सोँच्नु भएन । कहिले आफ्नो छोरा सोंच्नु भएन ।

दिनहरु बित्दै थिए म पनि ठूलो भएको थिएँ गाउँ देखि सबै बिदेश गएर धेरै पैसा कमाएर घर बनाएका थिए साथीहरू ले मलाई पनि बिदेश जाने रहर लाग्यो र एक दिन बुवा सङ्ग कुरा गरें तर बुवा ले आफू सङ्ग पैसा नभएको र आफै खोजेर जान सक्छौं भने जाउ भन्ने कुरा गर्नु भयो । यसो उसो एता उता गरेर पास्पोर्ट बनाएँ र ९ नौँ महिना को प्रतीक्षा पछि म दुबै आएँ ।
बिदेश को दुख कष्ट र पीडा कस्तो हुन्छ तपाईंहरू लाई थाहा नै छ म केही भन्न चाहिन । सुरुमा त सप्लाई कम्पनी मा आएको थिएँ म आफू आएको रिन तिर्न नै मलाई एक बर्ष लाग्यो । सबै बुझ्दै गएँ बिस्तारै मैले त्यो कम्पनी चेन्ज गरेर आर्को राम्रो कम्पनी मा काम गर्न लागें । घर मा पैसा पठाउन पनि लागे बाबा आमा बैनी र भाइ सबै खुशी भए उनी हरुको माया पाएँ र केही बर्ष काम गरेर कमाएको पैसा ले एउटा राम्रो घर पनि बनाउन सफल भएँ म ।
बाबा सौतेनी आमा र भाइ बैनी सबै ले माया दिएका थिए तर त्यो माया भित्र को भित्री रहस्य मलाई थाहा थिएन ।
आज म लेख्न चाहन्छु मेरा पीडा र म माथी गरेको अन्याय र अत्याचार अनि मेरो जिन्दगी को एउटा कहाँली लाग्दो कथा ।
मैले बिदेश मा 10 बर्ष सम्म धेरै दुख कष्ट र पीडाहरु भोग्नु पर्यो । दिन रात नभनी मैले कमाएको पैसा ले घर बन्यो घडेरी पनि किने , थोरै खेत किने र बैनी को बिहे पनि धुमधाम सङ्ग भयो ।
म दशैँ को मौका पारेर छुट्टिमा घर गएँ । म खुशी थिएँ धेरै बर्ष पछि दसैं मनाउन पाएको मा र दसैं पनि नजिकै आउँदै थियो जमरा मैले आफ्नै हाथ ले राखेको थिएँ ।
दसैं आउन आज ४ चार दिन बाँकी थियो । त्यहि घर जुन घर मैले आफ्नो पसिना र रगत बगएर खाडीमा दुख गरि बनाएको थिएँ आज त्यही घर देखि छुट्टाउन भनेर बाबा ले केही मान्छे हरु लिएर घर आउनु भयो यो कुरा सुनेर मेरो मन कति रोय होला तपाईँहरु आफै महसुस गर्नुस । त्यो पनि दसैँ आउन चार दिन बाँकी थियो र मलाई मेरा गल्ती हरु देखाएर छुट्टाईयो र त्यही घर को एउटा कोठामा ४ चार महिना भित्र खाली गर्नु पर्ने भनेर राखियो । मैले आफ्नो भाग खोज्दा घर भएको घडेरी सौतेनी आमाको नाम मा रहेछ । मैले कमाएर किनेको घडेरी भाइ को नाममा र पुरानो खेत बैनी को नाम मा रहेछ । मेरो लागि घर बनाउन नमिल्ने एउटा सानो भित्री पट्टिको खेत । यो निर्णय सुन्दा मलाई साँच्चिकै यो दुनिया मा भगवान पनि छैनन जस्तो लाग्यो । त्यो दिन म आफ्नी आमा लाई सम्झेर कति रोय कति । आमा को तस्बिर छातिमा लगाएर आमा आमा भन्दै । आज पनि मलाई राम्रो सङ्ग याद छ छुट्टिदा को त्यो पहिलो रात मलाई मेरो छिमेकी दाजु ले बोलएर खाना खुवाउनु भएको थियो । जिन्दगी जहाँ बाट सुरु गरेको थिएँ आज त्यहिँ आएर उभियेको थियो ।
तर पनि मैले हिम्मत हरिन र केही गर्न सक्छु भन्ने आत्म बिस्वास आफू भित्र अझै मरेको थिएन । मैले त्यो घर एक महिना मा नै खाली गरेर फेरि बिदेश तर्फ लागें । 4-5 घन्टा मात्र सुतेर आफ्नो दुख सम्झेर दिन रात मेहनत गरेँ र 3 बर्ष को मेरो मिहेनत को पैसा आफै राखेर फेरि एउटा घडेरि किनेर आफू लाई बस्न मिल्ने एउटा सानो घर बनाएँ मैले तिनी हरु देखि धेरै टाढा र आफू सङ्ग रहेको केही पैसा ले नेपाल मा नै सानो व्यापार गरेर बसेको छु । र मैले बिहे पनि गरिसकेको छु मेरो एउटा छोरी छिन म त्यही छोरी लाई छोरा भन्दा राम्रो बनाएर पाल्ने छु र मेरो श्रीमती ले पनि मलाई सबै को माया दिएकी छन । आज म धेरै खुशी छु तर पनि कहिले कसो आमा लाई सम्झेर धेरै रुने गर्छु मेरि आमा मेरो साथ भएको भए अझै धेरै खुशी हुने थिएँ म ।
र अन्त्यमा म बाबा लाई केही भन्न चाहन्छु बाबा यति धेरै रिस र अत्याचार किन म माथि ? के म तपाईं को आफ्नो खुन होइन र कि मलाई कतै कहिँ भेटेर लेउनु भएको थियो ? आफ्नो छोरा आफ्नो खुन लाई त यस्तो अत्याचार कसैले गर्दैनन बाबा । तपाईं ले म प्रती जे सोचे पनि आखिर म तपाइँ को छोरा हुँ आफ्नो कर्तब्य देखी कहिले पनि पछि पर्ने छैन । सधैं तपाइँ को दुख मा साथ दिने छु ।

जिन्दगी आफुले सोँचे जस्तो सजिलो हुँदैन ।
कसैको जिन्दगी सङ्ग मिल्न गएमा संयोग मात्र हुनेछ ।

बहुमुखि प्रतिभाशाली कलाकार ” युगज्याेती क्रियाशिल”

कलाकार  युगज्याेती क्रियाशिल काठमाण्डाैकाे पक्नाजाेलमा बि स २०४६ सालमा जन्मिएकी युगज्याेती क्रियाशिल बहुमुखि प्रतिभाशाली कलाकार तथा रङ्गकर्मी हुन्!

सानै उमेर देखि नृत्य, अभिनय, तथा चित्रकलामा रुचि राख्दै पाइला चालेकी क्रियाशिल सु्न्दर गीत ,कबिता र गजल हरु पनि लेखेकि छिन! बुवा कृष्ण प्रसाद र अामा जाेशिलाकाे जेष्ठ सुपुत्री काे रुपमा जन्मिएकाे उनकाे एकजना भाइ पनि छन र भाइ बाबुराजा पनि कुशल डान्सर र डान्स डाईरेक्टर हुन् !

बाल्यकाल देखीनै अाफ्नाे अामाकाे सहयाेग समर्थन र प्रेरणा बाट कलाकारितामा अाफ्नाे यात्रा अगाडि बढाएकी युगज्याेतीले कुनै प्रशिक्षण बिना नै अभिनय नृत्य, र चित्रकला सिकेकि हुन् ! करिब १२ बर्षकाे उमेर देखीनै काेहलपुर बाट प्रसारण हुने नेपाल टेलिभिजनकाे क्षेत्रिय प्रसारण बाट दर्जनाै भाेजपुरी, अवधी तथा नेपाली भाषाकाे काे टेलिचलचित्र मा काम गर्न थालेकि उनले नृत्य बाट पनि सबकाे मन जित्न सफल भइन! जन्म काठमाण्डाैमा भएपनि स्थायी रुपमा नेपालगन्ज बसाेबास गरेकि क्रियाशिल बुबाकाे सरकारी जागिरकाे सिलसिलामा सरुवा हुदा विभिन्न ठाउँ घुम्ने माैका पनि पाइएकि छिन् !

नेपालगन्जकाे एभरेष्ट सैनिक बाेर्डिङ स्कुल बाट शिक्षा प्रारम्भ गरेकि क्रियाशियल उच्च शिक्षाका लागि कलेज पढ्न अाएपछि २०६२ साल तिर लाेक प्रिय हास्य टेलि सिरियल मेरि बास्सै मा बान्द्रेकाे प्रेमिका बनेर खेले पछि निकै चर्चा कमाईन! अहिले सम्म मेरि बास्सै, मृगतृष्णा, सिस्नुपानी झ्याम्म, ढुक्क, ल्याप्चे , बिकल्प प्रहरी अनुराेध , लगायत एक दर्जन भन्दा बढि नेपाली भासाकाे सिरियल खेलिसकेकि छिन भने थुप्रै अवधि तथा भाेजपुरी भाषाकाे सिरियल हरुमा काम गरेकि छिन! लघु चलचित्र ” सानी , भाँडाे, दशैँ लगायत थुप्रै लघुचलचित्र र डकुमेन्ट्री हरुमा समेत उनकाे अभिनय रहेकाे छ! चित्रकलामा पनि उत्तिकै सक्रिय क्रियाशिल ले हाल सम्म २५ भन्दा बढि साहित्यिक कृति हरुमा बुक कभर डिजाइन गरेकि छिन भने २०० वटा भन्दा बढि चित्र बनाएकि छिन् कुनै पनि प्रशिक्षण बिना पनि ब्यावशायिक कलाकारले जस्तै चित्र बनाएर उनले चित्रकला लाई पनि अाफ्नाे ब्यावशाय बनाएकि छिन् सानै उमेर देखि साहित्यमा कलम चलाएकि उनले “युगावाज” साहित्यिक पत्रिकाकाे सम्पादक भएर समेत काम गरिसकेकि छिन! एक दर्जन भन्दा बढि उनका गित  रेकर्ड भैसकेका छन भने अाधा भन्दा बढि गित निकै चर्चित पनि छन्! चरा चुरुङ्गी तथा पशुपँक्षी हरुकाे अावाजकाे दुरुस्तै नक्कल गर्ने उनी काग कराएर तिहारमा घर भरी काग जम्मा गर्छिन! एक दर्जन जति फिल्ममा काम गरिसकेकि क्रियाशिलले सयाैँकाे सँख्यामा सडक नाटक गरेकि छिन भने हजाराै रेडियाे नाटक गरेकि छिन् “साथी सँग मनका कुरा, युवा खुल्दुली, कर्मयाेगिकाे कथा, समझदारी, भन्छिन अामा, मिलन चाेक लगायत रेडियाे नाटक मा अभिनय गरेकि उनले यु ट्युबमा nk tv मार्फत कमेडि टक शाे ट्वाकेन्द्र निवासमा मट्टयाङ्ग्री काकी बनेर निकै चर्चा कमाएकि छिन! नेपालगञ्मा थुप्रै सडक नाटक, हरु समेत लेखन, निर्देशन गरेकि क्रियाशिल “अभियान नृत्य कला केन्द्र” कि अध्यक्ष समेत हुन् !

हरेक क्षेत्रमा अाफ्नाे बेग्लै परिचय बनाएका कारण र हरेक कार्यमा क्रियाशिल भएकै कारण उनलाई क्रियाशिल उपनाम नै दिइएकाे छ! पुरस्कार तथा सम्मान १. प्रथम पुरस्कार :- सुर्खेत खेलकुद निर्देशनालय , सुर्खेत, २०५८ २. “काव्य वैभव सम्मान २०६२” नेपालगँज, बाँके ३. “रेयुकाई नेपाल सम्मान २०६२” रेयुकाई नेपाल नेपालगँज ४. “प्राेत्साहन पुरस्कार” क्षेत्रिय नाटक प्रतियाेगिता २०६४ नेपालगँज ५. “राष्ट्रिय कला सम्मान २०६३” राष्ट्र्िय नृत्य कला केन्द्र ६. “बागेश्वरी असल शासन पुरस्कार ” बागेश्वरी असल शासन नेपालगँज सँलग्नता/ अावद्धता १. अध्यक्ष :- अभियान नृत्य कला केन्द्र २. सँस्थापक सचिब :- शुभारम्भ नेपाल ३. काेषाध्यक्ष :- अभियान थियटर ४. सम्पादक :- युगावाज ५. सह सम्पादक :- मजबुन ६. कलाकार : हातेमालाे सँचार भबिश्यमा राम्राे कलाकार बन्नुका साथै महिला छाँयाकार समेत बन्ने लक्ष्य लिएकी कलाकार युगज्याेती ड्रेस डिजाईन र कला निर्देशन काे काम पनि गर्छिन! चरित्रलाई राम्ररी बुझेर अभिनय गर्ने उनी १८ बर्षकी केटि देखि ७० बर्षकाे बुढि मान्छेकाे समेत जिबन्त अभिनय गर्छिन!!

फिल्म ‘कथा काठमाण्डौ’ को  दोस्रो गीत सार्वजनिक  

फिल्म ‘कथा काठमाण्डौ’ को  दोस्रो गीत सार्वजनिक

खरीबोट

काठमाडौँ।  फिल्म ‘कथा काठमाण्डौ’ को  दोस्रो गीत सार्वजनिक भएको छ । केहि दिन अगाडी मात्र पहिलो गीत सार्वजनिक गर्दै असोज १२ लाई रिलिज मिति तय गरेको फिल्मले दोस्रो गीत सार्वजनिक गरेको छ ।

गीतमा फिल्मका तिनै जोडीलाई देखाइएको छ भने यसलाई सुगम पोखरेलले गाएका छन् । पछिल्लो समय रोमान्टिक गीत गायनमा अगाडी रहेको सुगमको गीतमा शब्द ईशा सुब्बाको रहेको छ भने संगीत दिपेश सुब्बाले दिएका छन् । गीतको कोरियोग्राफी पनि फिल्मकै निर्देशक संगीता श्रेष्ठले गरेकी छिन ।

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफुलाई भिजेसँगै निर्देशकको रुपमा समेत परिचित गराएकी संगीता यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै्छिन । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मको पात्रको लुक्स र काठमाण्डौमा भोगिने केहि घटनाक्रमको प्रतिविम्ब चित्रण गरिएको छ ।

असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

नयाँ कानुन अनुसार भिख माग्न नपाइने, मागेमा जरिवानादेखि जेल सजायसम्म हुने

खरीबोट

काठमाण्डौ । भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अब सडकमा बसेर वा घरघरमा डुलेर मागेमा जरिवानादेखि जेल सजायसम्म हुने भएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को ऐनको दफा १२६ मा कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।

सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ ।

पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।

भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।

तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।’

मुलुकी ऐनसहित लागु हुने नयाँ कानुनमा यस्ता छन् प्रमुख व्यवस्था

खरीबोट

काठमाडौँ । आगामी भदौ १ देखि मुलुकी अपराध संहिता ऐनसहित छ नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक सेवा, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भावलगायत क्षेत्रको विसंगतिलाई सरकारले कडा कानुनी व्यवस्थाद्वारा नियमन गर्न खोजेको देखिन्छ।

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय यी ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको जनाएका छन्। निकै छलफल गरेर कानून बनाइएको र पारिवारि, आर्थिक, सामाजिक, मुलुकको शान्ति सुरक्षासँग जोडिएको कानून मुलुकी ऐन नै हो । विसं १९१० मा बनेको र २०२० सालमा संशोधन भएर ५५ वर्षसम्म लगातार जनताको मूल कानूनका रुपमा मुलुकी ऐनले काम गर्दै आएको छ ।

यी हुने भदौ १ मा लागू हुने ६ कानुन
१. मुलुकी देवानी (संहिता) ऐन
२. मुलुकी देवानी कार्यविधि (संहिता) ऐन,
३. मुलुकी अपराध संहिता ऐन,
४. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन,
५. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,
६. केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन भदौ १ गतेदेखि लागू हुनेगरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै छ ।

भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

नयाँ ऐनमा के के छ ?

भदौ १ गते देखि लागू हुन लागेको संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने, जथाभावी घर निर्माण गर्न नहुने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही हुने व्यवस्था गरेको छ ।

लागू हुन लागेको ऐनले कसैको सहमति बिना वा बिभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने जो कोहीलाई पनि कानुनी कारबाही हुने व्यवस्था गरेको छ । धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रमुख विशेषता :

चक्काजाम गरे ३ वर्ष जेल
धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल
मिसावट गर्नेलाई ५ वर्ष कैद
राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद
दाइजो मागे पाँच वर्ष कैद
बहुविवाहमा पाँच वर्ष जेल

यस्तै दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारबाही गरिने व्यवस्था अहिले आउन लागेको ऐनमा स्पष्टसँग उल्लेख छ । ऐनमा विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख छ ।

हाल प्रचलनमा रहेको संहिता कानुन मुलुकी ऐन २०२० मा दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था नै गरिएको थिएन । मुलुकी अपराध (संहिता) ऐन २०७४ भदौ १ देखि लागू भएपछि भने दाइजो मागेमा वा लेनदेनको शर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

नयाँ ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म दण्ड जरिवाना गरिने ऐनमा उल्लेख छ ।

नयाँ लागू हुन लागेको ऐनमा विवाह गर्ने उमेर पनि पहिले भन्दा २ वर्षले बढाइएको छ ।  मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ । यसअघि विवाह गर्ने उमेर महिलाको १८ वर्ष र पुरुषको २० वर्ष थियो ।

यस्तै पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख छ । यसले वर्षौँदेखि लिभिङ टुगेदरमा बस्नेहरुले सहमतिमै सम्पर्क राख्ने र बच्चा भए विवाद हुने गरेका घटनालाई अब निराकरण गर्ने विश्वास लिइएको छ ।

साथै सहमतिमा सम्पर्क भए पनि पछि उम्कन खोज्नेलाई यो ऐनले बाँधेको छ । तर जबर्जस्ती करणी र विवाह गर्न नहुने हाडनाता करणीबाट शिशु जन्मेमा भने विवाहको मान्यता नरहने पनि ऐनमा उल्लेख छ ।

सन्तान उत्पादन क्षमता नभए बिहे नहुने :

कार्यविधिमा विवाह गर्नु नहुने व्यवस्थालाई विभिन्न दफा  (७१) र उपदफामा समेटेको छ। शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु एचआईभी वा हेपाटाइटिस बी प्रकृतिका रोग लागेमा विवाह गर्न पाइने छैन।

यौनाङ्ग नभएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको भए पनि विवाह गर्न र गराउन पाइने छैन। त्यसैगरी पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहीन वा कुष्ठ रोगी भए, होस ठेगानमा नभए, गर्भवती भए र नैतिक पतन देखिने फौजदारी अभियोगमा कसर ठहरी भइ अदालतबाट सजाय पाएको भए पनि विवाह गर्न र गराउने पाइने छैन।

विवाहपछि महिलाको थर ?

कार्यविधिको दफा ८१ मा विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था गरिएको छ। विवाहित महिलाले विवाहपछि बाबु–आमाले प्रयोग गरेको थर वा निजको पतिको थर जुनपनि प्रयोग गर्न सक्छन्। विवाहित महिलाको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ। पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा बाबु-आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन्।

यस्तै बलात्कार अभियोगमा संलग्नलाई घटनाहेरी २० बर्ष सम्मको कैद र सोही अनुरुपको क्षतिपूर्ती तोकिएको छ ।

यस्तै पत्नीको मञ्जुरी बिना पनि पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था ऐनमा ल्याइएको छ । पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा वा पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेको ठहरेमा पतिले पत्नीको मञ्जुरी बिना सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरिएको हो ।

२०१६ सालमा बनेको ‘गाली र बेइज्जतीको ऐन २०३७ सालमा पहिलो संशोधन गरिएको थियो । नयाँ व्यवस्थामा रिस उठ्यो भन्दैमा कसैलाई गाली गरेमा पनि अबदेखि भने कारबाहीको भागीदार बन्नुपर्ने छ । गाली बेइज्जती गरेमा १० हजार रुपैयाँसम्म जरिवाना वा एकवर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था ऐनले गरेको छ ।

यस्तै सार्वजनिक रुपमा अश्लिल किताब तथा अश्लिल पर्चा बनाउने काममा रोक लगाइएको छ । ऐनमा भनिएको छ, ‘शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लिल किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न बन्देज गरिएको छ । यस्तो गरेको पाईए सो मा संलग्नलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।

विदेशमा भए दूतावासमै विवाह दर्ता :

मुलुकी देवानी (संहिता) ऐनले विदेशमा बसेकालाई त्यही विवाह दर्ता गर्ने व्यवस्था गरेको छ। एनेको दफा ७६ (२) मा भनिएको छ, ‘नेपाल बाहिर बसोबास गरेका पति पत्नीले आफू रहे बसेको मुलुकमा रहेको नेपालको दूतावास वा महावाणिज्य दूतावासमा विवाह दर्ताको निवेदन दिन सक्ने छन्।’ विवाह दर्ताका लागि पती वा पत्नी एकजनाले निवेदन दिन सक्छन्। यसरी निवेदन दिएको १५ दिनमा दूतावास वा महावाणिज्य दूतावासले विवाह दर्ताको प्रमाणपत्र दिनुपर्ने छ।

सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लिल गालिगलौज गर्न पनि बर्जित गरेको छ । १० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लिल इशारा गर्न पनि नहुने ऐनमा उल्लेख छ । यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने  व्यवस्था छ ।

अब घर निर्माण गर्दा पनि जथाभावी सडक नै छेकिने गरि निर्माण सामाग्री राख्न नपाईने व्यवस्था गरिएको छ । यस्तै कसैले घर निर्माण गर्दा भत्काउँदा वा मर्मत गर्दा त्यस्तो कार्यबाट हुन सक्ने खतरालाई रोक्न आवश्यक बन्दोबस्त नगरेमा पनि कसुर ठहर हुने ऐनमा उल्लेख छ । यस्तो गरेको नभेटिएमा कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १०हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ ।

कुखुरा, तथा हास जस्ता पंक्षीजन्य वस्तुलाई साईकल, मोटरसाईकलमा राखेर निर्दयी तरिकाले एक ठाउँबाट अर्को ठाउँमा लैजाने गरेकोमा अबदेखि त्यसमा बन्देज लगाइने प्रावधान ल्याइएको छ । त्यस्तो कार्य गर्नेलाई ३ महिनासम्म कैदा वा पाँच हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुन सक्ने व्यवस्था ऐनले गरेको छ ।

दोस्रो व्यक्तिसँग यौनसम्पर्क राखे सम्बन्ध विच्छेद :

पति र पत्नीले सम्बन्ध विच्छेदका लागि समान कानुन प्रयोग गर्नेछन्। तीन वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पती वा पत्नीले एक अर्कालाई घरबाट निकाला गरेमा, अंगभंग हुने वा शारीरिक र मानिसिक कष्ट हुने किसिमकले कुनै काम वा जाल प्रपञ्च गरेमा पति वा पत्नी दुवैले सम्बन्ध विच्छेद गर्न पाउने छन्। पती वा पत्नीले अन्य महिला र पुरुषसँग यौन सम्बन्ध राखेको ठहर गरेमा पनि सम्बन्धबिच्छेद गर्न सकिने छ। पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहर भएमा पनि सम्बन्ध विच्छेद गर्न पाइने छ।

यस्तै अपराध संहिताको परिच्छेद ५ को ११७ मा आफूले पालेको वा आफ्नाे नियन्त्रण रहेको  कुनै पनि पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो तथा सार्वजनिक स्थलमा छाडा छोड्न नहुने व्यवस्था गरिएको छ । यसरी छाडा छाडे त्यस्तो व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनले व्यवस्था गरेको छ ।

यस्तै गाई तथा गोरु मारेको अभियोगमा भने कारबाही घटाईएको छ । यस अघि गाई वा गोरु मारेको अभियोगमा ५ वर्ष कैद हुने व्यवस्था थियो । अब भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको ऐनमा भने त्यो सजायलाई घटाउँदै अभियोगमा संलग्नलाई ३ वर्ष मात्रै कैद गरिने व्यवस्था गरेको छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ आगामी भदौ १ गतेदेखि लागू गर्न लागिएको हो । दोस्रो संविधानसभाको विधायन समितिले यी ऐन बनाएर संसद्बाट पास गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) को संयोजक तत्कालीन सांसदहरू लक्ष्मणलाल कर्ण, मुलुकी देवानी (संहिता) को संयोजक राधेश्याम अधिकारी, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयनको संयोजक रामनारायण बिडारी र मुलुकी देवानी कार्यविधिको संयोजक रेवतीरमण भण्डारी थिए।

कपिलवस्तु जिल्ला

कपिलवस्तु जिल्ला
Kapilvastu district location.png
अञ्चल: लुम्बिनी अञ्चल
सदरमुकाम: तौलिहवा,
क्षेत्रफल: १,७३८ वर्ग कि.मि.
जनसंख्या:
गाउँपालिका(हरू):
नगरपालिका(हरू): तौलिहवा,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबै भन्दा अग्लो स्थान: शिवगढी धानखोला १४९१ मिटर
सबै भन्दा होचो स्थान : हर्देवा ७७मी मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: अवधी,नेपाली आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०७६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:

कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो। यो जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा हो। कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ भने, नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार यहाँको जनसङ्ख्या ४,८१,९७६ थियो तर नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ९१३२१ घरधुरी, २८५५९९पुरुष, २८६३३७ महिला गरी कूल ५७१९३६ जनसङ्ख्या रहेको छ । कपिलवस्तु संस्कृतिक हिसावले धनी छ।

नामाकरण

प्राचिनकालमा ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन् ।

जिल्लाका ऐतिहासिक स्थलहरू तथा पर्यटकिय क्षेत्र

खुला दिसामुक्त क्षेत्र घोषणा भएका गाविसहरू

बाणगंगाको बैरीयामा शोक सभा सम्पन्न

नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा नः १ ले बाणगंगा बैरीयामा तारा कुमार श्रेष्ठको निधनमा शोक सभा सम्पन्न गरेको छ । नेपाली काग्रेसका कृयाशिल सदस्य तारा कुमार श्रेष्ठको गत २१ गते ६१ बर्षको उमेरमा निधन भएको हो । शोक सभा बोल्दै नेपाली काग्रेसका बाणगंगा नगर सभापति बिष्णु थापा, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, नेपाली काग्रेसका नेता दोलक राम घिमिरे, वडा सभापति मणिराम शर्मा , सचिव झलक मल्लले प्रजातान्त्रीका आन्दोलनमा पु¥याएको आन्दोलनको चर्चा परिचर्चा गरेका थिए ।  शालिन स्वभावका श्रेष्ठ सामाजिक बिकासमा लगनशील भई काम गर्ने गरेको बताउदै उनीहरुले शोकाकुल परिवारप्रति समवेदना समेत ब्यतm गरेका थिए ।

बैजलपुर जनकल्याण सामुदायिक बनद्धारा तीन महिने कम्पयुटर तालिम सुरु

प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थीले सामुदायिक बनले गरिवि न्युनिकरणका लागी गर्ने आम्दानीको ३५ प्रतिशत रकमलाई प्रभावकारी बनाउदै लैजानु पर्नेमा जोड दिएका थिए । नेपालको धन हरियो बन भन्ने नारालाई गरिवि न्युनिकरणसगं जोडे नेपालमा चाडैनै गरिवि घटने बिश्वास उनले ब्यतm गरेका थिए । साथै सामुदायिक बनले सामाजिक बिकासमा खर्चने रकमले गाउको बिकासमा ठुलो योगदान पुग्ने बिश्वास ब्यतm गर्दै बैजलपुर सामुदायिक बनले गरेका बिकासका कामको प्रशंसा गरेका थिए । बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिद्धारा आयोजित तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिमको एक कार्यक्रमका बिच शनिवार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । कपिलबस्तु भोकेश्नल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा वाणगंगा नगरपालिका वडा नंं.२ का १००बढि युवायुवतीहरु सहभागि भएका छन् । पछिल्लो समय युवाहरुलाई प्रविधिमा अभिप्रेरित गरि समाज विकासमा सहयोग पु¥याउँने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । वेरोजगार युवाहरुले धेरै रकम खर्च गरि विभिन्न ठाउँमा गएर कम्प्युटर शिक्षा हासिल गर्न वाध्य भएकोले ती युवायुवतीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो । उक्त वनले धेरै समय देखिनै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । कार्यक्रममा ईलाका बन कार्यालय पिपराका प्रमुख खिल बहादुर तामाङ, बाणगंगा नगरपालिका प्रवतmा तथा वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेल, बैजलपुर जनकल्याण सामुदायिक बनका अध्यक्ष सत्य नारायण चौधरी, सचिव मधुकला भट्टराई लगायतले आआफनो धारणा राखेको बनका कोषाध्यक्ष रेम बहादुर रेश्मीले जानकारी दिए ।

मृगौला पीडित चौधरीलाई १ लाख ७९ हजार सहयोग

मृगौला पीडित लिखराम चौधरीलाई उपचाररार्थ आज १ लाख ७६ हजार सहयोग हस्तानरण गरिएको छ । लुम्विनी फोटोगा्रफर संघका सदस्य तथा चौधरी फोटो स्टुडियोका सञ्चालक समेत रहनु भएका दवै मृगौला पीडित चौधरीलाई एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरिएको हो । कपिलवस्तु र नवलपरासीका फोटो स्टुडियो सञ्चालकहरुबाट संकलन भएको रकम लुम्बिनी फोटोगा्रफर संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले हस्तानतरण गर्नुभयो । रकम हस्तानतरण गर्दै अध्यक्ष उपाध्यायाले विगत केही महिना यता दुवै मृगौलाबाट पीडित हुनुभएका चौधरीलाई सबैले सहयोग गर्नुे बताउदै यस्तो कार्यमा सबैको संलग्नता जरुरी भएको बताउनु भयो ।पीडित चौधरीले रकम ग्रहण गर्दै आफ्नो जीवन रक्षाको लागि सहयोग गर्ने सबैलाई धनयवाद दिनु भयो । लुम्बिनी फोटो ग्राफर संघका सदस्य रामचन्द्र बेल्बासेका अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा लुम्विनी फोटोग्राफर सघंका पुर्व अध्यक्ष दिनेश अर्याल, अर्जुन घिमिरे बाणगंगा नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष विष्णु पाण्डे , बाणगंगा १ का वडा अध्यक्ष बालकुमारी पन्त लगायतले बोल्दै पीडित चौधरकिो स्वास्थ्य लाभको कामना गर्दै आफूहरुले सक्दो सहयोग गर्ने बताउनु भयो । लगाएत वाण्गंगा २ पिपराकोे वडा कार्यलायमा सम्पन्न कार्यक्रमको सञ्चालन लुम्बिनी फोटो गा्रफर सघंको सचिव माधव प्रसाद पन्तले गर्नु भएको थियो ।

गुणस्तरहीन समान उत्पादन गरेको भन्दै ५० हजार वरावरको समान नष्ट

क्षेत्रीय खाध्य तथा गुण नियन्त्रक कार्यालय भैरहवाले कपिलवस्तुको चन्द्रौटामा रहेको निसा फुड प्रोडकमा छापा मारेको छ । वलवीर र छोटाभिम नामक चिप्स उत्पादन गर्दै आएको प्रोडकमा कार्यालयले छापा मारेको हो ।
उधोगले गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकोले १२ हजार पिस वलविर र छोटाभिम चिप्स नष्ट गरिएको खाध्य अनुसन्धान अधिकृत निरज कटुवालले जानकारी दिनुभयो । उजुरीको आधारमा उधोगमा छापा मार्दा गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकाले उधोगले उत्पादन गरेको करिव ५० हजार वरावरको चिप्स नष्ट गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जग्दीस अर्यालले वताउनुभयो ।
उधोग संचालकलाई गुणस्तरिय समान उत्पादन गरि विक्री वितरण गर्न कार्यालयले चेतावनी समेत दिएको छ । खाध्य तथा गुण नियन्त्रक कार्यालय भैरहवा , वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रसासन कार्यालय चन्द्रौटा शिवराज नगरपालीकाको कार्यपालीका सदस्य सान्ता सेन लगाएतको टोलीले उधोगमा छापा मारि सामान नष्ट गरेको हो ।

मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ सुरु

कपिलवस्तुको चार नः जितपुरबाट मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ सुरु भएको छ । केनभस म्यानुवल प्लेयर्सको आयोजनामा शनिबारबाट कपिलवस्तुमा मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ सुरु भएको हो । यस प्रतियोगितामा फेस अफ लुम्बिनि २०७५ का बिजेता बिनेश पौडेल, मिस क्युन लुम्बिनि २०७५ की बिजेता बिदुशी खाण ठकुरी, सिद्धार्थ नगर बिकास समतिका अध्यक्ष बिष्णु थापा, सामुदायिक रेडीयो बाणगंगाका अध्यक्ष दुर्गा केसि निर्णायकको भुमिकामा रहेका छन । पहिलो अडिसन अन्र्तगत २० जना मिस एण्ड मिस्टर कपिलवस्तुको उपाधिका लागी सहभागी भएको केनभस म्यानुवल प्लेयर्सका निर्देशक बिशु खाणले जानकारी दिए । सुन्दरतासगै युवा युवतिमा भएको भित्रि क्षमतालाई बाहिर ल्याउनका लागी पहिलो चुनौती र अवसरका बिचमा यो कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनकी सर्जनेत एट आम्स सुश्मा खाणले बताइन । कार्यक्रममा रोट्रीयन नन्द किशोर शुक्ला, टोप नारायण भण्डारी, कपिलवस्तु जेसिजका प्रदीप पौडेल, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन , कपिलवस्तु चेम्बर अफ कमर्स, सिद्धार्थ नगर बिकास समिति, बाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तु जेसिज र रोट्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउन सहयोगी सस्थाका रुपमा रहेका छन ।

जन्मदिनमा शैक्षिक सामग्री बितरण

अाफ्नो जन्मदिनको खुसियालिमा वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एक सामाजिक सेवाभावको सुरुवात गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी निवासी कमल आचार्य र उनकी छोरी सृष्टि आचार्यले सोहि वडामा अवस्थित जनसेवा निमावि उदयपुर मोर्मीमा अध्ययनरत वालवालिकाहरुका लागि शुक्रबार शैक्षिक सामग्री प्रदान गरि जन्मोत्सवलाई खुसियालीका साथ मनाएका छन् । अर्थिक रुपमा विपन्न सामु्दायीक विद्यालयमा अध्ययन गर्ने करिब २ सय विद्यार्थीहरुका लागि आज शैक्षिक सामग्री प्रदान गर्दै सामाजिक सेवा भावको कार्यको थालनि गरेका हुन् । सम्पन्न कार्यक्रम मार्फत विद्यालयको कक्षा १ र २ मा अध्ययन गर्ने सबै विद्यार्थीहरुको लागि एक एक थान पोशाक सहित कापि र कलम प्रदान गर्नूभएको थिायो । भने कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि भन्दै विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको हो । वाणगंग नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास सस्थाका कार्यकारी संयोजक दुर्गा प्रसाद अर्यालको प्रमूख आतिथ्ता रहेको थियो । कार्यक्रममा जन्मदिनको अवसरमा स्रहानिय कार्यको सुरुवात सँगै सामाजिका कार्यत्रको थालनि गरेको भन्दै विद्यालयका प्रअ ज्ञानप्रसाद पाण्डे, पत्रकारअशोक पौडेल लगाएतले जन्मदिन पर्ने कमल आचार्य र उहाकी छोरी सृष्टि आचार्यलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए । सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उनले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताए ।

‘अन्तरिक्ष सैन्य बल’ निर्माण गर्ने अमेरिकी घोषणा

वासिङटन – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गर्नुभएको छ । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भन्नुभयो, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिनुभएको थियो । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उहाँको भनाई छ ।तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।“हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,” पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भन्नुभयो ।

“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उहाँले भन्नुभयो । उहाँले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसक्नु भएको पनि जानकारी दिनुभयो ।पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दैै भन्नुभयो, “स्पेश फोर्स अब गठन भयो ।”अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ. केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उहाँले भन्नुभएको थियो, “आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।”तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् ।

पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताउनुभयो जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् ।“चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त कृयाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कृयाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,” पेन्सले भन्नुभयो ।अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन् : नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स ।डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिनुभयो । हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भन्नुभयो, “यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।”पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ ।

एजेन्सी

आत्मा, पुनर्जन्म र रसायन विद्या -कवीन्द्र लम्साल

आत्मा, पुनर्जन्म र रसायन विद्या

लेखक -कवीन्द्र लम्साल

रातको अन्तिम प्रहरले विहानीतर्फको उडान भर्दै थियो । बाहिर आकाशले एकतमासले इन्द्रावती वर्षाइरहेको थियो । झरी परेको समयमा सिरक ओढेर सुत्नुको आनन्द बेग्लै हुन्छ । म चिर-निद्रामा मस्त थिएँ, शेषनागमा आसीन ‘कमलनयन’ जस्तै ।

“ढक् ढक् ढक्” बाहिरबाट कसैले ढोकामा मुड्की बजारेको झैं सुनेँ । झसङ्गिँदै जागेँ । सोचेँ, हावा रिसाएर मेरै कोठामा बज्रिन आयो । त्यही सोचेर पुनः निदाउनेतर्फ लागेँ । करिब तीन मिनेटपश्चात् पुनः ढोकामा “ढक् ढक्” को आवाज आयो । त्यसपटक पनि सोचेँ, हावाकै ठक्कर हुनुपर्छ ।
फेरि निदाउन तर्फ लागेँ ।

एकैछिनपश्चात् पुनः ढोका बेस्सरी करायो । खङ्ग्रङ्ग्र हुँदै उठेँ । मनमा डरले परेड खेल्न थाल्यो । यति राती को ढोका ढक्ढक्याउन आयो भनेर मनमा त्रासको सञ्चार हुन थाल्यो । घाँटी सुक्यो । निधारबाट पसिनाले हाम हाल्न थाल्यो ।

उठेर बिजुली बाल्ने हिम्मत समेत जुटेन । त्यसदिन कोठामा एक्लै थिएंँ ।

बाहिरबाट पुनः चौथोपटक ढोका ढक्ढक्याएको आवाज आयो । मनमा अनौठो डरले गहिरो किला गाड्दै गयो ।
“ढोकामा को हो?” डरैडरै तीन शब्द रुद्रघण्टीबाट माथि उक्लिए ।
कुनै प्रतिक्रिया आएन । पुनः ढोका “ढक् ढक् ! ढक् ढक् !!” गरिरह्यो ।

जे पर्ला पर्ला भनेर ढोका उघार्न गएँ ।

जब बिस्तारै ढोकाको चुकल तल झारेर ढोका खोलेँ, “आमा !” भन्दै म चिच्याएँ । पुनः ढोका लगाउन खोजेँ, हात नै चलेनन् । प्यारालाइसिस भएको बिरामी जस्तै मेरो शरीर नै अचल भएको अनुभूति भयो ।
ढोकामा पारदर्शी/सेतो छायांँ उभिएको थियो ।
म पुनः “भूऽऽऽत” भन्दै चिच्याउन थालेँ ।
त्यो सेतो छायाँ बिस्तारै भित्र प्रवेश गर्‍यो ।
म डरले झन्झन् अतालिएँ । जसै छायाँ भित्र प्रवेश गर्‍यो, ढोका आफैं बन्द भयो ।
मलाई एकतर्फ सपना देखिरहेको भान हुन थाल्यो भने अर्कोतर्फ कुनै डरलाग्दो फिल्म “Horror Movie” हेरिरहेको भान हुन थाल्यो । तर त्यो पल ती दुवै थिएन । मैले सामना गरिरहेको त्यो क्षण वास्तविक घटना थियो ।
………
“नडराऊ कवि ! म भूतात्मा केही होइन ।”
छायाँबाट एक्कासी उपर्युक्त आवाज आयो । त्यो आवाज स्त्रिलिंगी थियो । म झन् झसङ्गिएँ । यो आत्मालाई मेरो नाम कसरी थाहा भयो? मैले तनिक पनि अड्कल काट्न सकिनँ । म द्विविधाको भूमरीमा रुमल्लिएँ ।

छायाँ:- “मलाई आत्मा या भूत केही नसम्झ कवि ! म तिम्रै अनुज्ञा हुँ ।”

म (डरैडरै):- अनुज्ञा ? को अनुज्ञा ?
अनुज्ञा:- कवि ! तिमीलाई पो तनिक पनि याद छैन किन्तु मलाई सबैथोक याद छ ।

म:- तिम्रो कुरालाई विश्वास गर्ने आधार के छ?

अनुज्ञा:- मैले हजारौँ वर्षदेखि तिम्रै प्रतीक्षा गरेर बसेकी थिएँ । पूर्वजन्ममा तिम्रो र मेरो अमर प्रेम कहानी अधुरो रह्यो । पूर्वजन्ममा म तिम्री हुन सकेकी थिइनँ । तिमीले बाध्यतावश मलाई त्यागेर अर्कीसङ्ग विवाह गरेका थियौ । त्यसपछि………………।

उसका कुराले मलाई थप द्विविधातिर घचेट्यो । उसले के भन्दैछे, मेरो बोधो मस्तिष्कले भेउ पाउन सकेन ।

म:- त्यसपछि ?

अनुज्ञा:- त्यसपछि मैले आत्महत्या गरेँ । आत्महत्या गर्नुपूर्व एउटा प्रण गरेकी थिएँ, “अर्को जन्ममा जसरी पनि म तिम्रै हुनेछु ।”

उसका कुरामा मलाई खासै विश्वास लागिरहेको थिएन । तर उसका कुरामा सत्यताको अंश अवश्य थियो ।

म:- अनि यो जन्ममा चाहिँ तिमी आत्मा बनेर सताउन आएकी मलाई ? जाऊ तिमी । मलाई एक्लै छोडिदेऊ ।

अनुज्ञा:- कवि ! तिमी किन डराएको? म तिमीलाई तर्साउन र सताउन आएकी होइन । म त अब उपरान्त तिम्रै समीपमा रहन आएकी हुँ ।

म (डरले काँप्दै):- मसङ्गै रहन रे? तिमी आत्मा मसङ्ग बस्ने?

अनुज्ञा:- हो कवि ! अब म सधैंको लागि तिमीसङ्ग बस्ने हो ।

म:- म तिमी आत्मासङ्ग बस्न चाहन्नँ । तिमी जाऊ अब यहाँबाट ।

अनुज्ञा:- न आत्तेऊ कवि तिमी ! म तिमीबाट टाढा जान होइन, यो जुनीमा सङ्गै बस्न आएकी हुंँ ।
तिमीलाई एउटा रहस्यमय कुरा गर्छु, ध्यान दिएर सुन ।

म (आश्चर्य मान्दै):- के कुरा?

अनुज्ञा:- पल्लो घरमा बस्ने, जसलाई तिमी काकी भन्छौँ, भगवती काकी गर्भस्थ हुनुहुन्छ । त्यो तिमीलाई थाहै छ । म वहाँकै गर्भमा प्रवेश गर्छु । जुन कन्या जन्मिने छिन्, त्यो म नै हुनेछु ।

म:- कस्तो कपोकल्पित कुरा गरेकी तिमी ! तिमी, आत्मा, ती काकीको गर्भमा प्रवेश गर्ने? किन नचाहिने कुरा गरेर मलाई हैरान बनाइरहेकी छौ?

अनुज्ञा:- कवि ! म जे भनिरहेकी छु, त्यसमा तनिक पनि असत्यता छैन । अब केही दिनमा काकीले शिशुलाई जन्म दिनुहुनेछ । म आजै पूर्णिमाको रात पारेर वहाँको गर्भमा प्रवेश गर्नेछु । र, सुन्दर कन्याको रूपमा जन्म लिनेछु ।

म:- ल मैले मानेँ कि तिमीले जन्म लियौ रे ! त्यसपछि तिमी त बच्ची हुन्छ्यौ । अनि के गर्नू?

अनुज्ञा:- हो म बच्ची नै भएर जन्मन्छु । तर म छिट्टै यौवनावस्थामा पुग्नेछु ।

म:- छिट्टै यौनवास्थामा? कसरी? तिमी यौनवास्थामा पुगुञ्जेल त मलाई प्रौढावस्थाले अङ्गालिसक्दछ ।

अनुज्ञा:- कवि ! म जन्मेपछिको प्रथम पूर्णिमाको रातमा तिमीले विशेष कार्य गर्नुपर्नेछ । त्यसपछि म यौनवास्थामा पुग्नेछु, तत्क्षण ।

म (थप आश्चर्यचकित हुंँदै):- कसरी सम्भव हुन्छ यस्तो?

अनुज्ञा:- कवि ! तिमीलाई महाभारतको थोरै अंश सुनाउँछु, त्यसपछि तिमी स्वयंले बुझ्नेछौ ।

तिमीलाई थाहा छ, शिवजीको तपस्या भङ्ग गरेपछि शिवजीको तेस्रो नेत्र खुल्दा कामदेव भस्म भएका थिए । पुनः शिवजीकै वरदानस्वरूप कामदेवले द्वापर युगमा श्रीकृष्ण र रुक्मिणीको गर्भबाट “प्रद्युम्न” को रूपमा जन्म लिए, यसको प्रयोजन असुर राज शम्ब्रसुरको वध गर्नु थियो ।
तर श्रीकृष्णकै लीला बमोजिम प्रद्युम्नलाई जन्मसाथ माता भानुमतीले हुर्काइन् । सानो बालक प्रद्युम्नलाई भानुमतीले तत्काल युवावस्थामा परिणत गराएकी थिइन् ।

म:- हो माता भानुमतीले “रसायन विद्या” को प्रयोग गरेर प्रद्युम्नलाई केही समयमै युवावस्थामा परिणत गराएकी थिइन् । त्यो कालचक्रको विरुद्धमा थियो ।

अनुज्ञा:- हो, म तिमीलाई त्यही रसायन विद्याको बारेमा स्मरण गराउन गइरहेकी थिएँ । अब तिमीले त्यही रसायन विद्याको प्रयोग गरेर मलाई पनि प्रद्युम्नलाई जस्तै छिट्टै यौवनावस्थामा परिणत गराउने छौ ।

म:- तर मलाई त्यो रसायन विद्या ज्ञात छैन । कसरी प्रयोग गरूँ?

अनुज्ञा:- त्यसका लागि तिमी धन्दा नमान । त्यो विद्या मैले सिकेकी छु । तर विडम्बना ! म स्वयंले त्यो विद्या प्रयोग गरेर आफैंलाई साकार रूपमा प्रकट गराउन सक्दिनँ ।
अब तिमी सुत ! तिमी जसै निदाउनेछौ, सपनामा तिमीलाई म त्यो विद्याबारे जानकारी गराउनेछु ।

(त्यसपछि म सुतेँ । उनी सपनामा आएर मलाई रसायन विद्या सिकाइन् । उनी पल्तिर भगवती काकीको गर्भमा प्रवेश गर्न गइन् ।)
……………
अर्को पूर्णिमाको रात उनको जन्म भयो । उनको अनुहार दिव्य थियो । पूर्णिमाको रातमा जन्मेकी उनको अनुहारमा कान्ति चम्किँदै थियो ।
अद्वितीय कन्याको जन्म भएपछि उनको दर्शन गर्न छिमेकीहरूको घुइँचो बढ्दै गयो ।

म भने पुनः अर्को पूर्णिमाको प्रतीक्षामा थिएँ । रसायन विद्याको प्रयोग गरी उनलाई शिशुबाट सुकुमारी कन्या बनाउनु थियो । पुनर्जन्ममा उनको नाम अनुज्ञा भएकाले यो जन्ममा पनि घुमाउरो पारामा यिनको नाम अनुज्ञा राख्नुपर्ने जिकिर गरेँ मैले, काकीसङ्ग ।
…………
मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो ।
पूर्णिमाको रातले धरतीमा अवतरण गर्‍यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।

मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो ।
पूर्णिमाको रातले धरतीमा अवतरण गर्‍यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।

म त्यस रात पल्तिर काकी कहाँ नै थिएँ ।
“काकी हजुरकी सुपुत्री दिव्य कन्या हुन् ।” काकीलाई बारम्बार यही भनेर मख्ख बनाइरहन्थेंँ ।
“बाबु ! एकैछिन अनुज्ञालाई हेर है । म शौचालय गएर आउँछु ।” ‘के खोज्छस् काना, आँखो’ भने झैं काकीको शौचालय गमनले मेरो योजनालाई थप सहजता प्रदान गर्‍यो ।
काकी शौचालय गइन् । अन्य सदस्यहरू भान्सातिर व्यस्त थिए । काकीको कोठामा अब सानी अनुज्ञा र म मात्रै भयौं । अनुज्ञाको बालरूप धीत मरुन्जेल हेरेँ । सोचेँ, यति सानैमा त यति सुन्दर छिन् भने अझ यौवनवस्थामा झन् कति सुन्दर होलिन्? आहा……… ।
म विलम्ब नगरी रसायन विद्याको मन्त्र जप्न थालेँ ।
मन्त्र जप्दै जाँदा योगशक्तिले एउटा भरी घडा उत्पन्न भयो । उक्त घडामा रासायनिक जल थियो । उक्त रासायनिक जलले उनको शरीर स्नान गराउनु थियो । म पुनः विलम्ब नगरी त्यो घडाको रासायनिक जल उनमा खन्याइदिएँ, बिस्तारै बिस्तारै । जसै घडाबाट उक्त जल उनमा पर्दै गयो, उनको शरीरको कद बिस्तारै बढ्दै गयो ।
घडाको जलको समाप्तिसङ्गै उनी यौवनावस्थामा प्रकट भइन् ।

आहा ! कुनै पौराणिक कथामा पढेको उर्वशी-अप्सराभन्दा पनि सुन्दर प्रतीत हुने कन्याको रूपमा प्रकट भइन्, अनुज्ञा ।
उनको शरीर कान्तिमय थियो ।
चट्ट मिलेको जिउडाल !
धपधप बलिरहेको अनुहार !
गहिरा आँखा !
गुराँस फुलाइरहेका लालुपाते ओठ !
शृङ्गारै-शृङ्गारले सजिएकी !
वाह अनुज्ञा ! म एक टकले उनलाई हेरिरहेँ ।
यो जन्ममा अनुज्ञा मेरै लागि प्रकट भएर आइन् ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
साउन 27 देखि भदौ 02 सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– सुरुमा घरेलु समस्या देखा पर्न सक्छन्। केही अप्ठ्यारो परिस्थितिका कारण काम रोकिने सम्भावना छ। भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरू बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र सङ्कट आउँ सक्छ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। गीत सङ्गीत लगायतका मनोरन्जनामा मन जानेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको सङ्गतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जाँगर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउँन सक्छन्। पराक्रम र धैर्यताले कामहरूमा बढोत्तरी हुनेछ। ठुला सोचहरूको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको विकास हुनेछ भने नयाँ कुराको खोजी गर्न मन प्रेरित हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबिच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। कर्मयोगीले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जाँगर बढ्नेछ। संयमता भने अपनौनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिनु सक्छन्। माल मत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

कपिलवस्तुको बाणगंगामा शव फेला

कपिलबस्तुको बाणगंगा नगरपालिकामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका वडा नं.२ गोर्बडिहयामा अर्घाखाँची घर भएका ३१ बर्षका गणेश थापा मृत भेटिएका हुन् । उनि किशोर थापाको घरमा बस्ने घर नजिकै रहेको टहरोमा मृत अबस्था फेला परेको प्रहरिले जानकारि दिएको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट टोली गई बुझ्दा अर्घाखाँची घर भई किशोर थापाको घरमा बिगत २५ बर्षदेखी आमा सँगै आई काम गर्दै आएका मृतक थापा बिहिबार खाना खाई घर नजिकै रहेको छाप्रोमा सुत्न गएकोमा आज मृत भेटिएका हुन् । घरधनिले मृत अबस्थामा देखेको, मृतकले नजिकै बान्ता र दिसा समेत गरेको र दाईने खुट्टाको पैतलाको माथितिर सर्पले टोकेको जस्तो घाउ देखिएको अवस्थामा शव फेला परको हो । शव पोष्ट मार्टम पश्चात घर धनी किशोर थापालाई बुझाईएको र अन्य अनुसन्धान कार्य भै रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारि दिएको छ ।

एसइईको पुनर्याेगको नतिजाबाट कपिलवस्तुमा जनताकी कृति खनाल जिल्ला प्रथम

एसइइएको पुनर्योगको नतिजाबाट जनताकी कृति खनाल जिल्ला प्रथम भएकी छन । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको जनता उच्च माध्यमिक बिद्यालयकी खनाल पुनर्योगको नतिजाबाट जिल्ला प्रथम भएकी हुन । यस अघि आएको एसइईको नतिजामा उनी छात्रा तफृ मात्र जिल्ला प्रथम भएको र पुनर्योगपछि ३.९५ नतिजा ल्याउदै उनी जिल्ला प्रथम भएको बिद्यालयका प्रार्चाय रमेश पन्थीले जानकारी दिएका छन । सामुदायिक तर्फ अग्रेजी माध्ययमबाट अध्यापन हुने जनता मावि जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।