म र मेरो यो दशैँ

म र दशैँ  – आमा , बुवा को हात को टीका नलगाएको १३ बर्ष भयो यो दसैँ मा ।

दसैं र तिहार कस्तो हुन्छ लगभग बिर्सिएँ भन्दा फरक नपर्ला । आफ्नै बाद्यता र गरिबी को कारण म २००६ मा परदेस पसेको थिएँ । कति दसैं आए गए तर मेरो निधार सधैं रित्तो नै रह्यो । दसैं मनाउन घर जाने मन हुँदा हुँदै पनि बाद्यता ले जान पाईन म । आज मेरो आमा मेरो साथ मा हुनुहुन्न जब आमा हुनु हुन्थ्यो छोरा दसैंमा त आउ घर मा भनेर रुनु हुन्थ्यो म आमा लाई आफ्नो बाद्यता सुनाउँथें

आमा रुनु हुन्थ्यो फोन मा नै आमा सङ्गै म पनि रुन्थेँ । आमा यो दसैं मा त आउन पाईन आर्को दसैं मा पक्का आउँछु भनेर समझाउँथें । आर्को बर्ष दसैं आउँथ्यो कम्पनी बाट छुट्टि मिल्दैन थियो फेरि भन्थें आमा यो दसैं मा आउन पाईन आर्को दसैं मा आउँछु है बुवा आमा रुनु हुन्थ्यो पोहोर पनि यस्तै भनेको थियौ छोरा । आमा भन्नू हुन्थ्यो म बिरामी छु खोइ आर्को दसैं देख्न पाउँछु कि पाउँदैन भनेर म फोन मा बोल्न सक्थिन फोन काटेर एक्लै रुन्थे धेरै रुन्थें परदेस मा आमा बुवा र दसैं सम्झेर ।

यस्तै यस्तै गर्दा गर्दै कति बर्ष बिते दसैं तिहार बिते तर म जान पाईन । आमा ले भने जस्तै २०७३ साल मा आमा बित्नु भयो आमा ले हामी सबै लाई छोडेर जानू भयो रहर र मन हुँदा हुँदै पनि मैले दसैं को टीका आमा को हात बाट लगाउन पाईन । अहिले बुवा पनि बुढो हुनु भयो फोन गर्दा बुवा रुनु हुन्छ छोरा यो दसैं मा त आउँछौ होला नि धेरै आस र भरोसा गरेको छु अब म पनि बुढो भएँ । म केही बोल्नै सक्दिन मेरो कम्पनी को काम नै त्यस्तै छ दसै र तिहार को बेला धेरै बिजि हुने हुँदा छुट्टी पाउन सकिदैन ।

फेरि बुवा लाई उहीँ पुरानो जवाफ दिन बाद्य छु । बुवा अहिले आउन सकिन आर्को दसैं मा आउँछु । फेरि भक्कनिएर रुन मन लाग्छ आमा लाई सम्झन्छु आमा ले भनेका कुरा हरु सम्झन्छु र आमा लाई गरेका ती बाचा हरु सम्झन्छु । जिन्दगी अँध्यारो लाग्छ जिन्दगी खल्लो लाग्छ र जिन्दगी यो एउटा नाटक जस्तो लाग्छ । आखिर आफन्त आफ्ना र जिन्दगी भन्दा ठूलो पैसा जस्तो लाग्छ ! अस्ति बुवा सङ्ग फोन मा कुरा गर्दा गर्दै बुवा ले बाबू आउँछौ होला नि यो दसैं मा भन्नू भयो मैले केही जवाफ दिन सकिन बुवा आँखा भरी आँसु बनाउँदै कति बर्ष भयो तेरो आमा पनि ……..

भन्दै कुरा गर्न सक्नु भएन यता मेरो आँखा भरी आँसु भयो मैले रुन्चे स्वर मा भने बुवा आर्को दसैं मा कोसिस गर्छु । बुवा केही बोल्नै सक्नु भएन मैले फोन राखे मेरो आँसु हरु रोकिएनन म कोठा मा बेसरी रोएँछु । अरु बेला मन भुल्छ परदेश मा तर जब दसैं तिहार आउँछ अनि म घरमा जान पाउँदिन तब आफुलाई सम्हाल्नै सकिँदैन यस्तै रहेछ परदेश भनेको । मेरो छोरी ले पनि मलाई अस्ति फोन मा कुरा गर्दा बाबा दसै मा आउनुस न सबै का बाबा हरु आउनु हुन्छ हजुर कहिले पनि आउनु हुँदैन बाबा हजुर लाई धेरै सम्झेकी छु बाबा जसरी भए पनि आउनुस है भनेर भन्दै थिईन छोरी को बोली सुनेर मेरो मुटु नै भक्कानियो आफू लाई सम्हाल्दै नानू म आउँछु नि आर्को दसैं मा भनेर बाचा गर्न बाहेक अरु कुनै बिकल्प थिएन म सङ्ग ।

बुवा लाई आर्को दसैं मा आउने बचा गरेको छु छुट्टि त मिल्दैन तर ५ दिन को लागि भए पनि म आउँछु भनेको छु हेरौँ समय ले कहाँ सम्म साथ दिन्छ । र अन्त्य मा आमा हजुर लाई गरेका बाचा हरु मैले पूरा गर्न सकिन म हजुर को हात को टीका लगाउन आउन सकिन मलाई माफ गर्नु होला जहाँ हुनुहुन्छ खुशी रहनु होला र बुवा दसैं राम्रो सङ्ग मनाउनु होला दुखी नहुनु होला समय ले साथ दियो र हजुर को आशिर्वाद ले गर्दा मिल्यो भने म आर्को दसैं मा पक्का आउने छु ।

दसैं आएको छ सबै का छोरा छोरी हरु परदेश बाट आफ्ना आफ्ना घरमा गएका छन रहर र मन हुँदा हुँदै पनि म आउन सकिन बुवा । र नानू मेरो छोरी दसैं राम्रो सङ्ग मनाउनु बाबा को आशीर्वाद र माया तिमी हरुको साथ मा छ । बाबा रहर ले होइन बाद्यता ले गर्दा आउन पाउनु भएन उदास र निरास नहुनु है नानू कोसिस गर्ने छु आर्को दसै मा तिमी हरु सङ्ग हुने छु म ।

राजु चालिसे , दुबई

मुहान कपको उपाधिका लागी आयोजक मुहान र बाणगंगाा वेलफेयर भिडने

कपिलवस्तुको वाणगंगा ३ राजापानीमा जारी मुहान जिल्ला स्तरीय नक आउट फुटवलको फाइनलमा वाणगंगा स्पोट्र्स एण्ड वेलफेयर सोसाइटी र आयोजक मुहान एफसी भीड्ने भएका छन् ।
विहीबार भएको दोश्रो सेमिफाइनलमा बाणगंगाले सनराइज मोतिपुरलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेपछि वाणगंगा र मुहान उपाधिको लागि भीड्ने भएका हुन् । अब फाइनल भीडन्त असोज २७ गते शनिबार राजापानी खेल मैदानमा दिउँसो ३ बजे हुने छ । फाइनलमा बाणगंगााले मुहानको सामना गर्ने छ । दुवै टिम उत्तिकै शशक्त भएकाले उपाधि भीडन्त रोचक हुने अनुमान गरिएको छ ।प्रतियोगिताको फाइनल खेलमा सहभागीभई हेर्नका लागी जिल्ला फुटवल सघंका अध्यक्ष राम सेन ठकुरीले आग्रहसमेत गरेका छन ।

कर्णप्रिय आवाज मा मन चोरेको गुनासो गर्दै गायक सुजन खड़का

नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको एउटा नयाँ नया कलाकार सुजन खड़का को अत्यन्तै कर्णप्रिय डेभ्यु आवाज “मन मेरो चोरी गै ” सार्बजनिक भएको छ !नुवाकोट को खडक भन्ज्याङ्ग मा जन्मनुभएका सुजन संगीत मा एम् ए गर्नुभएको छ !
निखारिएको स्वर , प्रस्ट आवाज अनी कर्णप्रिय माधुर्यता मिसिएको “मन मेरो चोरी गै “Artomuse Recording Studio ले बजार मा ल्याएको हो !शब्द  संगीत र सम्पादन – दिनेश थापा को रहेको छ भने अभिनय – प्रगति / केदार सँगै सुजन आफै पनि छन ! भिडियो जुक क्रिएशन ले खिचेको थियो ! र म्युजिक भिडिओ को डाइरेक्शन कुमार तामाङ्ग र टेकेन्द्र कार्की ले गर्नुभएको छ ! सोच – कुमार थापा को रहेको छ !हार्दिक बधाई तथा सुभ  कामना  यो नयाँ कदम को लागी कलाकार सुजन खड़का लाइ !!

यो पनि पढ्नुहोस्
यी २ फिल्म पछि ‘छक्का पन्जा २’ य़ूटुबमा सार्बजनिक हुने तर कहिले ?
बहुप्रतिक्षित चलचित्र छक्का पन्जा ३ घटस्थापनाको दिन बाट प्रदर्शनमा आएको छ । दर्शकको बाक्लो उपस्थिति संगै साथ् पाएको छक्का पन्जा सिरिजले अहिले सम्मकै सर्बाधिक ब्यापार गर्दै रेकर्ड राखेको छ । यता प्रदर्शनरत ‘छक्का पन्जा ३’ ले पनि बक्स अफिसमा तहल्का मच्चाइरको छ । हास्यव्यंग्य कथाबस्तु उठाएर यस अघि निर्माण गरेका दुइ चलचित्र मध्ये छक्का पन्जा २ अहिले सम्म य़ूटुबमा सार्बजनिक भएको छैन ।

हामि संगको कुराकानीमा निर्माता दिपकराज गिरीले ‘फिल्म हामीले हाइलाइट्स नेपाललाई पहिले नै य़ूटूब सार्बजनिकको लागि आधिकारिकता दिइसकेको हुनाले हामि संग यही बेला सार्बजनिक हुन्छ भनेर यकिन गर्न सक्दैनौ तर हाइलाइट्स नेपालले जानकारी गराए अनुसार हामि भन्दा अगाडी आधिकारिकता लिइसकेको ‘२ रुपैया’ र ‘प्रेम गित २’ पछि हाम्रो पालो छ’। यस अर्थमा निर्माता दिपकको अनुसार सम्भबत छक्का पन्जा २ तिहार पछि हाइलाइट्स नेपाल मार्फत युटुबमा सार्बजनिक हुने छ ।

दसैंको मुखमा हजारौं कर्मचारी बेखर्ची

काठमाडौं / प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।

प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्
ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको जनाइएकाे छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
यो पनि पढ्नुहोस्

निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

काठमाडौं / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो ।

आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको हो । आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको जनाए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।
यो पनि पढ्नुहोस्

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् ।

रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् । यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्

एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

काठमाडौं २६ असोज- राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन्।

दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।

१९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको समाचार आजको नागरिक दैनिकले पृष्ठ २ मा छापेको छ ।

 

होसियार ! किड्नि फेल हुन सक्छ भुलेर पनि नगर्नुहोस यस्ता काम-

किड्नी मानव शरीरको निकै महत्वपूर्ण अंगमध्ये एक हो । यसले रगतलाई फिल्टर गरेर त्यसमा रहेका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्छ । तर,हाम्रै लहपार्बाहीले पनि किड्नी खराब हुने गर्दछ । किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।

 

के कारणले किड्नी बिग्रिन्छ जानी राख्नुहोस:

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति वेवास्ता नगर्नुहोस । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

७ . सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)

चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।

यसबाट बच्ने उपाय

१. एक दिनमा कम्तिमा ४ देखि ६ गिलास पानी पिउनुस् । यसले गर्दा शरीरबाट टक्सिन्स बाहिर निस्किन्छ । जसले किड्नीलाई स्वस्थ रहन मद्दत गर्दछ ।

२. खानामा नुनको मात्रालाई कन्ट्रोल गर्नुहोस् । नुनमा सोडियम हुन्छ । जसले ब्लड प्रेसर बढाउने मात्र होइन, किड्नी खराब गर्न पनि भूमिका खेल्छ ।

३. डायबिटिज र ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् । यी दुवै समस्या किड्नीका लागि नोक्सानदायक छन् ।
४. ज्यादा मसलेदार खाना खाने बानी नगर्नुस् ।

५. चुरोट, रक्सी या अन्य सूर्तीजन्य पदार्थको सेवनमा कन्ट्रोल गर्नुहोस् । यस्ता पदार्थहरुले शरीरमा टक्सिन्सको मात्रा बढाउन र किड्नी खराब गर्न भूमिका खेल्छ ।

कपिलवस्तुको चार नः जितपुरमा बजार अनुगमन

बाणगंगा नगरपालिकाले चार नः जितपुर बजार क्षेत्रको अनुगमन गरेको छ । चाड पर्व नजिकिएसगै नगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्रमा नगरपालिकाले बजार अनुगमन गरेको हो । जितपुर बजारमा रहेको पसलहरुमध्य करिव एक सय बढि पसलहरुमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन गरेका मध्य केही मासुपसल ब्यवस्थित रुपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकाशं पसलहरुमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए । अनुगमन गरेका पसलहरुमध्य केहीमा डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनीवार्य रुपमा मुल्यसुची राख्नु पर्ने निर्देशन दिइएको बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले बताए । चाडपर्व नजिकिएसगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए । हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मुल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरुले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुरर क्षेत्रीले बताए । बिकासमा तिव्रता लिएको जितपुर चार नःको बजारलाई ब्यवस्थित बनाउन वडाले बिशेष पहल गर्ने बताउदै स्वच्छ प्रतिस्पर्धा गरि ब्यवसाय गर्न वडा नः ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले बताए । अनुगमनमा कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष छविरेश्मी मगर, पत्रकार महासघंका अध्यक्ष डिलाराम भुसाल, पत्रकार अशोक पौडेल, अभिनाश बेल्बासे, बाणगंगा नगरपालिका पशु सेवाका प्रमुख रुप नारायण श्रेष्ठ, स्वासथ्य शाखाका प्रमुख कमल ज्ञवाली लगायतको अनुगमन सहभागिता रहेको थियो ।

ब्ततबअजmभलतक बचभब

जनता लाई सरकारले दुख दियोे – सांसद कमाल

प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवानले सरकारले जनतालाई दुख दिने बाहेक केही गर्न नसकेको बताएका छन । अन्यायमा परेका जनतालाई यस सरकारबाट न्याय पाउने आश मरिसकेको बताउदै नेता कमालले काग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा उनले जोड दिएका छन । नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले जिल्लाको तौलीहवामा राखेको कार्यक्रममा बोल्दै उनले कम्युनिष्ठले सरकारले जनतालाई सपना मात्र देखाएको बताउदै, बढदो महङ्गी, हत्या हिंसा र बलत्कारका घटनामा सरकारले ध्यान नदिएको समेत उनले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह, पार्टी सभापति सुरेन्द्रराज आर्चाय, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेश सभा सदस्य रिना नेपाल, महिला नेतृ सुमित्रा शर्मा, मिना केसि, बाणगंगा मेयर मगंल प्रसाद थारु, बुद्धभुमिका केयर केशव श्रेष्ठ, यशोधरा गाउपालिकाका प्रमुख विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसि लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा नेपाली काग्रेसका जिल्ला नेता सहित करिव ५ सय बढिको सहभागिता रहेको थियो ।

याे पनी पढ्नुहोस्

सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय

 

सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय

नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले सुर्धिएर आए कारर्बाहीमा परेकालाइ फुकुवा गरिने बताएका छन । जिल्लाको तौलीहवा नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । पार्टीमा अव अनुशासनलाई कडाइका साथ लैजाने बताउदै उनले पार्टी निति नियम भन्दा बाहिर गएकालाई एक पटक फुकुवाको अवसर दिने बताए । प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवानले सरकारले जनतालाई दुख दिने बाहेक केही गर्न नसकेको बताएका छन । अन्यायमा परेका जनतालाई यस सरकारबाट न्याय पाउने आश मरिसकेको बताउदै नेता कमालले काग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा उनले जोड दिएका छन ।
त्यस्तै अभिशेष प्रताप शाहले बुद्धको बिषयमा सामाजिक सञ्चालमा आएको कुरा एकपक्षीय भएको बताउदै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानीको मुद्धा हाल्न लागेको जानकारी दिए । साथै उनले नेपाल सरकारले बुद्ध जन्मको बिषयमा रहेको बिवादका बिषयमा भारतसगं कुरा गर्न नसकेको भए बुद्ध नेपालमै जन्मीएका हुन भन्दै त्यसको नेतृत्व गरी भारतको माथिल्लो तहमा छलफल गर्ने समेत बताए । कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेश सभा सदस्य रिना नेपाल, महिला नेतृ सुमित्रा शर्मा, मिना केसि, बाणगंगा मेयर मगंल प्रसाद थारु, बुद्धभुमिका केयर केशव श्रेष्ठ, यशोधरा गाउपालिकाका प्रमुख विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसि लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा नेपाली काग्रेसका जिल्ला नेता सहित करिव ५ सय बढिको सहभागिता रहेको थियो ।

बुद्ध नेपालमै जन्मेका हुन, बदनाम गर्न भ्रामक प्रचार गरीदै छ – सांसद अभिशेख शाह (भिडियो सहित)

नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य अभिशेख प्रताप शाह अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका छन । भारतको उत्तर प्रदेश त्यहाँका मुख्यमन्त्री आदित्य नाथ प्रमुख अथिति र नेपालका सासंद शाह बिशिष्ठ अथिति रहेको एक कार्यक्रममा बुद्ध भारतमा जन्मीएका हुन भन्ने लेखीएको मायाको चिनो उनलाई दिएपछि उक्त्त कुरा भाइरल भएको हो ।

उनले सामाजिक सञ्चालमा आएको कुरा एकपक्षीय भएको बताउदै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानीको मुद्धा हाल्न लागेको कपिलवस्तुको तौलीहवामा नेपाली काग्रेसले राखेको शुभकामना आदानप्रदान कार्यक्रममा जानकारी दिए । साथै उनले नेपाल सरकारले बुद्ध जन्मको बिषयमा रहेको बिवादका बिषयमा भारतसगं कुरा गर्न नसकेको भए बुद्ध नेपाल मै जन्मीएका हुन भन्दै त्यसको नेतृत्व गरी भारतको माथिल्लो तहमा छलफल गर्ने समेत बताए ।

बुद्ध नेपालमै जन्मेको हो भन्ने कुरा अन्तराष्ट्रीय मञ्चमा समेत बोली सकेकोले मलाई यो बिषयलाई लिएर केही पत्रकारलाई मशाला भएको बताए । बुद्धको बिषयमा बुद्ध सर्किट पनि भारत हो तर बुद्ध भारतमा जन्मीएका होइनन, यो कुरा म जहाँ गएर पनि भन्न तयार रहेको बताउदै एकपक्षीय भएर समाचार नलेख्न समेत उनले पत्रकारलाई आग्रह गरेका छन ।

प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको तयारि तिव्र

सनराईज सामाजिक विकास मञ्चको आयोजनामा हुने प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको तयारि तिव्र गतिमा अगाडि बढेको छ । यहि असोज ८ गतेदेखि २० गते सम्म खेल आयोजना गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित मायाँदेवि रंगशालामा खेल हुने कार्यक्रम संयोजक माधव पौडेलले जानकारि दिए । खेलको ७० प्रतिशत तयारि पुरा भएको छ ।

खेल मैदान तथा अन्य ब्यवसथापन सम्बन्धिका कार्यपनिको पनि तयारि भैसकेको बताईएको छ । त्यस्तै कात्तिक १ गते सम्म सम्पुर्ण तयारि पुरा हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । अहिलेसम्म २० टिमले नाम दर्ता गराईसकेका छन् । अधिकचम ३२ मात्र दर्ता गर्नुपर्ने प्रावधान रहेकाले अव १२ वटा टिम मात्र दर्ता गर्न बाँकि रहेको छ । दर्ता शुल्क मिशन डेभलपमेण्ट बैँकको संस्थाको खाता नं. १०१६ L००११०००००५१७ मार्फत जम्मा गर्न सकिनेछ ।

सम्पर्कका लागि कार्यक्रम संयोजक माधव पौडेललाई सम्पर्क गर्न सकिने छ । टिम प्रतियोगितामा प्रथमम पुरस्कार रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय पुरस्कार रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सानत्वना पुरस्कार रु ५ हजार शिल्ड तथा प्रमाण पत्र रहेको छ । प्रतियोगितामा टिम दर्ता शूल्क रु ४ हजार निर्धारण गरिएको कार्यक्रम संयोजक पौडेलले वैखरिलाई जानकारि दिए ।

सेवाग्राही नआएपछि शनिबार दिइँदै आएको सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय दाङले शनिबार दिंदै आएको सेवा आगामी कात्तिकदेखि स्थगन गर्ने भएको छ । गत भदौबाट शनिवार पनि कार्यालय खुल्ला सेवाग्राहीलाई दिंदै आएको सेवा स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो समयमा कार्यालयमा सेवाग्राहीहरु सेवा लिन नआएकाले सेवा स्थगित गर्नु परेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।

सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै शनिवार पनि कार्यालय खुल्ला गरे पनि अपेक्षाअनुसार सेवाग्राही नआएकाले कर्मचारी खाली बस्नु परेको प्रजिअ श्रेष्ठले बताए । शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला हुँदै आएको थियो ।

माग भएमा कार्यालयले पुनः सेवा सञ्चालन गर्न तयार रहेको प्रजिअ श्रेष्ठले बताए । कार्यालयले गत दसैंमा पनि सेवा प्रवाह गरेको थियो । तर, यस वर्ष दसंैमा भने सेवा प्रवाह नगर्ने जानकारी दिइएको छ ।

बलात्कार पछि युवतीको बिवाह टुट्यो

गत असोज १७ गते करणीको घटना भए पछि शिवराज नगरपालिका– १० लालपुरकी एक युवतीको तय भएको बिवाह टुटेको छ । २० बर्षिया ती युवतीलाई छिमेकी २ जनाले राति बलात्कार गरेका थिए । भात खाएर नलमा चुठेन जानेक्रममा उनीहरुले बलात्कार गरेको पीडीत युवतीले तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा बताईन । २१ बर्षे रहमान गद्दी र ५१ बर्षे जैसुल्लाह गद्दीले बलत्कार गरेका उनले बताईन । घर पछि रहेको मासको खेतमा दुबैले मुख थुनेर बलात्कार गरेको पीडीतय युवतीले बताईन । सो भटना सार्बजनकि भए पछि छोरीको बिवाह नै टुटेको पीडीत युवतीको आमाले बताईन । बलात्कार घटना पछि छोरीको जीवन अन्धकार भएको उनले बताईन । पीडकका काकाले घटनालाई मिलाउन २ बिघा खेत र ५ लाख रुपैयको प्रस्ताव गरेको पीडीतका आमाले बताईन ।

पीडकका काका लाल मोहम्मदले दिनहु आफुहरुलाई मुद्दा फिर्ता लिन दबाव दिने गरेको बताईन् । घटनाको तेश्रो दिन ५१ बर्षे जैसल्लाह घरबाटै पक्राउ परेका थिए । अर्का ओरोपी रहमान भने घटना पछि फरार भएका छन् । श्रोतका अनुसार उनी भारतको सिद्धार्थनगर जिल्लाको थाना ढेबरुवा र्खरी स्थित आफ्नो घरमा छन् । पक्राउ परेको जैसुल्लह काठ ब्यापारी हुन । उनको प्रहरीसंग हेमचेम रहकोले घटना पछि पनि ढुक्कसंग घर बसेको थिए । गाउलेहरुको दवाब पछि प्रहरीले उनलाइ पक्रेको थियो । यस अघि पनि युवतीहरुको घटनामा पटक पकट उनी मुछिएका छन् । ४ महिना अघि पनि गाउकै १७ बर्षे युतवीलाई जबरजस्ती गरको आरोपमा गाउलेहरुले उनलाई कुटेका थिए । लेनदेन पछि सो घट्ना पनि मिलाईएको थियो ।

अहिलको घटना मिलाउन पनि पीडकका काकाले प्रहरीलाइ २ लाख रकम दिएको कुरा सुनेको पीडीत युवतीका आमाले आरोप लगाइन् । । प्रहरीले समेत फरार रहेका ओरोपीलाइ पक्राउ गर्न कुनै चासो नदिएको र पक्राउ परेका गद्दीलाई समेत छुटाउन चलखेल गरेको उनले अरोप लगाईन् । प्रहरी श्रोतका अनुसार शिवराज अस्पताल बहादुरगंजमा युवतीको परिक्षण पछि बलात्कार गरिएको पुष्टी भएको छ । रहमानले बलत्कार गरे पछि जैसुल्लाहले बलत्कार गर्न जाँदा युवती चिच्चाए पछि गाउँलेहरु जम्मा भएका थिए । त्यस बेला दुबै आरोपी फरार भएका थिए । पीडीत युवतीका दुई छोरा बैदेशिक रोजगारमा छन् । घरमा दुई छोरी र उनी छन् । उनका श्रीमान अघि नै बितेका थिए ।

प्रहरी नायब उपरिक्षक रबि रावलका अनुसार घटनाको अनुसंधान र फरार रहेका अभियुक्तको खोजी भईरहेको छ । प्रहरीले रहमानलाई जबरजसती र जैसुल्लाहलाई करण्ी उद्योगको मुद्दा चलाएको जनाएको छ ।

नेपालको चौथो बगलामुखी मुर्तिको मन्दीर जितपुरमा

कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुरमा नेपालको चौथो बगलामुखी मुर्तिको मन्दीरमा प्राण प्रतिष्ठा गरिएको छ । तन्त्रअनुसार दश महाबिद्यामध्य बगलामुखी पनि एक रहेको छ । जितपुर टोल बिकास समितिको अयोजनामा भएको कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले जितपुरको बिकासका लागी टोल बिकास समितिले गरेको काम प्रंशसा गर्दै सो क्षेत्रलाई बनबाटिकाको रुपमा बिकास गरी पर्यटकीय क्षेत्र बनाउने बताए । बनबाटिकाका रुपमा पर्यटकीय क्षेत्रका रुपमा बिकास गरी आर्थिक रुपमा फाइदा मिल्नुका साथै यहाँँको बिकासका लागी सहयोग पुग्ने समेत उनले बताए । सो अवसरमा बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी , मन्दीर निमार्ण समितिका अध्यक्ष प्रेम बहादुर बिक, जितपुर टोल बिकास समितिका अध्यक्ष मदन ढुङ्गगाना, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा मन्दीर संरक्षणको लागी तारबार गरिने प्रतिबद्धता मेयर, उपमेयर र वडा अध्यक्षले गरेका छन । स्थानियको सहयोगमा निर्मित मन्दीरलाई सहयोग गर्ने करिव यस क्षेत्रका ५० बढिलाई सो अवसरमा कदर पत्र र राम न्वामी ओडाएर सम्मान गरिएको थियो । पाच हजार बढि रकम वा जिन्सी दिएर सहयोग गर्नेको नाम शिलालखेमा लेखीने जितपुर टोल बिकास समितिका उपाध्यक्ष कृष्ण प्रसाद चालिसेलाई जानकारी दिए ।

कार्यक्रममा गजेहडा खानेपानि उपभोक्ता समितीका अध्यक्ष शंकर पौडेल, सिद्धार्थ बचत तथा ऋण सहकारि संस्थाकी उपाध्यक्ष विना सुवेदि कमाल, बरिष्ठ समाजसेवि दोलखराम घिमिरे, शंकर पाण्डे, कमल आचार्य लगायतको पनि सहभागिता रहेको थियो । साथै मन्दीर निमार्ण समितिका उपाध्यक्ष मन कुमारी खाण, सचिव गणेश बेल्बासे, कोषाध्यक्ष बिमला मल्ल, सदस्यहरु जानुुका राना, नेत्र बहादुर सेन, सिता आर्चाय, तुल्सीराम पौडेल, गोमा विसि, बिष्णु बोटे, बलिमद्र कडेललाई समेत मन्दीर निमार्णमा गरेको सहयोगका लागी भन्दै सहयोग गरीएको युवा समाजसेवि राज कुमार खाणले बताए ।

कपिलवस्तुको बैरीयामा बाणगंगा अटो ट्रेर्डस अाैपचारीक सञ्चालनमा

अशोक पौडेल
जितपुुर(कपिलवस्तु) २४ असोज ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ मा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेर्डस सञ्चालनमा आएको छ । अटो ट्रेर्डसको उद्यघाटन गर्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले अटो ब्यवसायको बिकासले देशका युवाका लागी रोजगारी दिएकाले यसको दिर्घकालिन सोचका साथ बिकास गर्न आवश्यक रहेकोमा जोड दिए । साथै प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले अटो ब्यवसायलाई पर्यटकीय क्षेत्रसगं जोड फाइदा हुने बताए । साथै सो अवसरमा प्रदेश सभा सदस्य माला गोतामे, जगदम्भा मोटर र्पाटसका कार्यकारी निर्देशक अखिल गुप्ता, नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल , लुम्बिनि बिकास कोषका सदस्य राजेश ज्ञवाली, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगर, बुद्धिजिवि सगंठनका केन्द्रीय सचिव दा्रेणराज सुवेदी, बाणगंगा अटो ट्रेर्डसका अध्यक्ष उमानाथ पौडेल, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । भारतको सर्वाधिक बिक्रि हुने टिभिएस बाइक नेपालमा जगदम्भा मोर्टसले मुख्य बिक्रेताको जिम्मा लिएपछि पछिल्लो ६ महिनामा देशभर १६ प्रतिशतले टिभिएसको बिक्री बढेको समेत ट्रेर्डसका अध्यक्ष उमानाथ पौडेलले बताए । सजिलै पार्टस पाइने भएकाले टिभिएसको बाइक आफुले रोजेको बाणगंगा १० का रामेश्वर थारुले बताए ।

गायक कडेलको के यो माया होले बजार तताउँदै ( भिडियो सहित)

पछिल्लो सार्वजनिक गीत ‘ हल्ला फिजयो’  ले अझ  चर्चामा आएका युवा गायक तथा संगीतकार मिलन कडेलको नया गीत ‘के यो माया हो’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा  ‘के यो माया हो’ बोलको गीतमा गायक  मिलनकै शब्द तथा संगीत रहेको छ भने यस गीतलाई गायक स्वयम्ले नै एरेन्ज समेत गरेका छन ।

सार्वजनिक गीतको भिडियोलाई निर्देशक जीवन आचार्यले निर्देशन गरेको हुन् । मोडल अर्जुन अधिकारी र रिया क्षेत्रिको अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा गायक मिलन पनि फिचरमा रहेका छन्। गीतको भिडियोलाई  बुद्ध थापाले छायांकन गरेका हुन् र  सम्पादन निशान्त घिमिरेको रहेको छ ।

 

 

काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भन्दै दिदीले मलाई ठमेल लगिन

राजधानी छिर्दा मसँग सपनाका चाङ थिए । प्रवेशिका परीक्षा उतिर्ण गरेर राजधानीको प्रवेश गर्दै गर्दा मैले सोचेकी थिएँ, ‘कुनै दिन राजधानीबाट ठूलो न्छे बनेर आफ्नो गाउँ फर्किने छु ।’

 

थाहा थियो, सपना सप्पैका पुरा हुँदैनन् । जसले आफूले देखेका सपनामा छाँद हाल्दै अगाडि बढिरहन्छ उसैले सपनालाई विपनामा परीणत गर्न सक्छ । अक्सर म सपना देख्ने गर्दथेँ । सपना देख्न मलाई रात पर्नु पर्दैनथ्यो । दिउसै पनि म सपना देख्थेँ । मलाई विश्वास थियो, अचेत अवस्थामा देखिएको सपना भन्दा सचेत अवस्थामा मथिङ्गलमा कोरिएका कल्पनाले नै मुर्तता पाउन सक्छन् । त्यसैले मैले सपना देख्न छाडिनँ ।

खर काट्न खर्क उक्लँदा होस् या पाखाहरूमा घाँसको फेरो मार्दा होस् म तिनै सपनाहरूमा हराइरहेकी हुन्थेँ । किनकी मलाई सपनाहरू निकै मिठा र गुलिया लाग्दथे ।

प्रवेशीका परीक्षा उतिर्ण गरेर सहर त छिरेँ तर सहरमा सपना पुरा गर्न त्यती सहज थिएन । गाउँका दुःख, कष्ट र पीडाले चितोथोरिएको म यहाँ आएर रातारात सपनाको संसारमा हराई हाल्न सम्भव थिएन । राजधानी हेर्दा जति आकर्षक र मनमोहक लाग्थ्यो बुझ्दै जाँदा यहाँभित्र निकै दुःख र बेदनाका कथाहरू सन्निहित रहेछन् । सवैका अनुहार हतास, त्रास, करूणा र रोदनले भरिएका हुँदा रहेछन् । आफैँबाट भागिरहेका, अभाव वियोगमा कतै हराएका भावसून्य भीडमा म पनि मिसिन आइपुगेँ । हो, त्यस पछि सुरूभयो मेरो दुःखदायी यात्रा ।

अचेल ति दिन सम्झँदा मेरा आँखाबाट बलिन्द्रधारा आँसु खस्छन् । पीडाले मन भक्कानिन्छ, गरुङ्गो भएर आउँछ । व्यथाले मन झन् आक्रान्त हुन्छ । वास्तवमै म दलदलमा फसेँ । चाहेर फसेँ की नचाहेरै फसेँ त्यो त म के जानूँ र !

म बि.सं.२०५९ सालको दशैँ पछि पहिलोपट काठमाडौँ खाल्डोमा प्रवेश गरेको हुँ । त्यतीवेला मुलुकमा संकटकाल थियो । काम गरेर खाने अवस्था थिएन । नयाँ मानिस देख्दा, भेट्दा पनि आत्तिनुपर्ने अवस्था थियो । प्रवेशीका परीक्षा त पास गरियो तर त्यसभन्दा माथि पढ्ने र परिवारले पढाउने अवस्था थिएन । यसो भन्दा फरक पर्दैन हाम्रो परिवार गरिवी, अभावले यति विघ्न थिचिएको थियो, जसका कारण मेरो चाहना सायदै पुरा हुन्थ्यो । र पनि मनमा थुप्रै सपना थिए जसले मलाई अगाडि बढ्न घच्घच्याई रहन्थ्यो । मनका ति रूमानी सपना मलाई लाग्दैनथ्यो अनायास ओइलाएर झरुन् । अभावले खङ्ग्रङ्ग सुकुन् । चैते खडेरीझैँ नांगिउन् । उजाडिउन् ।

त्यसपछि म काठमाडौँको एक सरकारी कलेजमा भर्ना भएँ । आन्दोलनको मौसम पनि थियो त्यतिवेला । तत्कालिन राजा ज्ञानेन्द्रले चालेको १९ असोजको कदम पछि विद्यार्थीहरू आन्दोलित भएका थिए । दिनुहँ जसोको आन्दोलन, प्रहरी विद्यार्थीबीचको दोहोरो झडपले क्याम्पसहरू रणभुमीमा परीणत भएका थिए । पढ्ने वातावरण थिएन । कालोपुल नजिकै कोठा भाडामा लिएको थिएँ त्यसवेला मैले ।

कोठाभाडा मासिक सातसय रुपैँया थियो । महिनामा त्यस्तै दुई तिनहजार खर्च चाहिन्थ्यो । सुरुवातको दुई महिना त घरबाटै पैसा ल्याएर खर्च चलाएँ । त्यसपछि घरबाट पैसा ल्याएर यहाँको खर्च चलाउन अफ्ठ्यारो लाग्न थाल्यो । सोचेँ अव केही काम खोज्नु पर्दछ । काम त खोज्ने तर कहाँ ? कसरी ? कुनै ज्ञान थिएन । चिनेका मान्छे पनि थिएनन् ।

म नजिकै कोठमा बस्ने एक जना दिदी थिइन् । सायद पूर्व तिरको थिइन् । आकर्षक जिऊडाल भएकी उनी प्रायः मेरो कोठमा आइरहन्थिन् । एक्लै भएकाले म कहाँ नै खाना खाउँ भन्थिन् । मैले उनको कुरा नकार्न नसकेर उनीकहाँ नै खाना खान्थेँ । यस्तैमा उनले तिमी काम गर्ने भए म एक ठाउँमा भन्दिन्छु भनिन् । मैले पनि काम खोजेको निकै भएको थियो तर पाउन सकिराखेको थिइनँ । उनको त्यो कुरा सुन्नासाथ उत्साहित भएर हुँन्छ भनेँ ।

भोली पल्ट उनले मलाई ठमेल लगेर गइन् । कर्मचारी सञ्चयकोसको भित्रि गल्लीबाट केही पर उनले भनेको अफिस रहेछ । त्यो मसाज पार्लर थियो ।

काम के हो, कसरी गर्ने, के गर्ने कुनै जानकारी थिएन । म त त्यही दिदीको पछि लागेर गएको थिएँ । त्यस अफिसमा म जस्तै अरु दुई जना महिला थिए । दिदीले के कुरा गरिन्, मलाई थाहा भएन हामी त्यहाँ आधा घण्टा पनि नबसी भोलीबाट काम सुरू गर्ने भनेर डेरामै फर्कियौँ । दिदीले बाटामा काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भनिन् । काम पाइयो भनेर मन ढुक्क भयो । भित्रभित्रै फुरुङ्ग भएँ ।

भोलीपल्ट तोकिएको समयमै अफिस पुगेँ । तर, काम मैले सोचे र कल्पना गरे भन्दा नितान्त भिन्न थियो । आवश्यकताले मलाई यति निचोरेको थियो की मैले त्यो काम नगरी धरै थिएन । मैले त्यहाँ आएका ग्राहकहरूको मसाज गर्ने काम गरेँ । सुरुवाती दिनहरूमा मलाई त्यस्तो काम नगरौँ नलागेको होइन । आफूले गर्न थालेको काम प्रति आफैँलाई चित्त बुझेको पनि थिएन । काम सम्झेर र आफ्नो दुःख सम्झेर म घण्टौँ रुन्थेँ । के गर्नु बाध्यता निर्मम हुँदो रहेछ ! तर त्यहाँ आएका ग्राहकले दिने पैसाले मन लोभिँदै थाल्यो । प्रायः उच्च घरानीयाका व्यक्तिहरू र विदेशीहरुनै त्यहाँका ग्राहकहरू हुन्थे । उनीहरूले भनेजति पैसा दिन्थे । म मेहनत गर्ने नै भएकाले मसाज पार्लरको धनीले पनि छिट्टै विश्वास गर्यो । काम सुरू गरेको दुई महिना भर्खर हुँदै थियो । त्यस्तैमा एक जना ग्राहकले मलाई अचम्मको प्रस्ताव राखे । ति ग्राहक त्यहाँ नियमित पनि आउँथे र मसाज गराउन मलाई नै रोज्थे ।

उनको प्रस्ताव मैले स्वीकार्न सक्ने अवस्था थिएन । तर, उनको प्रस्ताव नस्वीकारे साहुले भोलीबाट काममा नआउनु भने । त्यसपछि बाध्य भएर मैले उसलाई शरीर सुम्पनु पर्यो । त्यसपछि त्यहाँ आउने थुप्रै ग्राहकले मलाई नै आँखा लगाउन थाले । म उनीहरूको यौनको भोक मेटाउने साधन बन्न पुगेँ । र म नचाँहदा नचाँहदै यौनकर्मको दलदलमा फस्न पुगेँ । त्यो झण सम्झँदा अहिले पनि मन अमिलो हुन्छ र आँखाबाट आँसु खस्छ ।

त्यो मसाज पार्लरमा मैले त्यस्तै एक वर्ष काम गरेँ । त्यसपछि म अर्को मसाज पार्लरमा गएँ । त्यहाँ तीन वर्ष बिताएँ । मसाज पार्लर पछि पेशेवर यौनकर्मी

मसाजपार्लरको त्यो कर्म पछि म कतिखेर पेशेवर यौनकर्मी बन्न पुगिसकेछु । मसाज पार्लरमा आउने ग्राहकहरू नै मेरा नियमित ग्राहक हुन थाले । अचेल म तिनै नियमित ग्राहकहरूको यौन चाहना पुरा गरे जीवन धान्न विवश छु । मेरो यो कामबारे मेरा घर परिवार कसैलाई थाहा छैन । मेरो आर्थिक अवस्था पनि राम्रै छ । पछिल्लो समय घरमा विवाह गर्न कर गर्न थालेका छन् । तर, विवाह गरेर सामाजिक जीवन अगाडी बढाउने अवस्था छैन । मसँग यौनसन्तुष्टि मेटाउन आउने ग्राहकले पनि विवाह गरौँ नभनेका होइनन् । उनीहरूसँग बैवाहिक जीवन टिकाउ हुनेमा मलाई खासै विश्वास छैन । गरिवी, अभाव र आवश्यकताले म यो पेशामा लाग्न बाध्य भएँ । आज म जस्तै युप्रै यौनकर्मीहरू रहरले भन्दा पनि बाध्यताले यही पेशामा लागेका छन् । दलदलमा फसेका छन् । तर उनीहरू सवै यो पेशाबाट बाहिर आउन चाहन्छन्।

यौनकर्मी रमा केशी (नाम परिवर्तनसँग) कुराकानीमा आधारित)-अन्लाइनहरु बाट साभार

यी चार सेलेब्रिटी, जसको यौन काण्डका कारण करियर सकियो

काठमाडौँ, असोज-आफूले गरेको यौन दुव्र्यवहारबाट उन्मुक्ति पाएको सोचेकाहरु अहिले फेरि त्यही मुद्दामा अल्झिएका छन्। फिल्म ‘क्वीन’ का निर्देशक विकास बहलको करियरमाथि नै प्रश्न चिन्ह उठेको छ।

उनीमाथि फैंटम फिल्म्सको एक महिला कामदारमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। त्यतिमात्रै होइन, कंगना रनोटले पनि उनीमाथि प्रश्न उठाएकी छन्। विकासको व्यवहार सार्वजनिक भएपछि फैंटम फिल्म्सका उनका पार्टनर अनुराग कश्यप र विक्रम मोटवाने विकासबाट अलग हुने भएका छन्।

अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकर विरुद्ध यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि एकपछि अर्को गर्दै यौन दुव्र्यवहारका विषय सार्वजनिक हुन थालेका छन्। शाइनी आहूजा माथि २००९ मा घरमा काम गर्न राखिएकी युवतीको बलात्कार गरेको आरोप लागेको थियो। त्यसपछि उनको करियरमा पूर्ण विराम लागेको थियो।

शाइनीकी घरका काम गर्ने युवतीका अनुसार उनकी श्रीमती घरमा नभएका बेला शाइनीले उनको बलात्कार गरेका थिए। उक्त आरोपको शाइनीले अस्वीकार गरेपनि डीएनए परीक्षणमा उनले बलात्कार गरेको पुष्टि भएको थियो। तर पछि यी युवतीले आफ्नो आरोप फिर्ता लिएकी थिइन्। पछि शाइनीलाई अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो।

‘इण्डियाज मोस्ट वान्टेड’ का स्टिङ अपरेशनमा अमन वर्माले पनि एक युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो। तर उनले कास्टिङ काउचको आरोप अस्वीकार गरेका थिए। तर भिडियोमा उनको अश्लिल हर्कत कैद भएको थियो। यो स्क्याण्डलले निकै चर्चा बटुल्यो।

२००५ मा बलिउडका रील लाइफ भिलेन शक्ति कपुर रियल लाइफमा पनि भिलेनका रुपमा प्रस्तुत भए। एक स्टिङ अपरेशनका क्रममा शक्ति कपुरलाई एक युवतीलाई फिल्ममा रोल दिने वहानामा यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा फेला पारिएको थियो। यो काण्डपनि निकै चर्चित भयो।
आदित्य पंचोलीमाथि पनि घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लाग्यो। त्यतिबेला आदित्य र पूजा बेदी नजिकका साथी थिए। तर, आदित्यको व्यवहारका कारण पूजाले उनीसँगको सम्बन्ध तोडिन्।एजेन्सी

दशैँ किन आइस् ? रमेश पौडेल

दशैँ किन आइस् ?
घरका भित्ता पोतेकै छैन
गरिखाने खेत जोतेकै छैन
छोरछोरीको कपडा सिलाएकै छैन
खर्चको मेसो मिलाएकै छैन
नाङ्गो शरीर ढाक्नै मुस्किल छ पहिले
छोरछोरी भन्छन् खसी ढाल्ने कहिले
हुने खानेको त खाइस् खाइस्
ए दशैँ !!
हामी गरिबलाई चुस्न तँ
फेरि किन आइस् ???

खेतको धान स्याहारेकै छैन
पोहोरको ऋण तिरेकै छैन
स्वास्नीको गुन्यु किनेकै छैन
सुख के हो अझैसम्म चिनेकै छैन
आफ्नो खुसी त कहिले हो कहिले
परिवारकै खुसी पुरा भाछैन पहिले
पोहोर परार त आइस् आइस्
ए दशैँ !!
यसपालि नि दुख दिन तँ
फेरि किन आइस् ???

स्वास्नीको भोक मेटिएकै छैन
छोरीको बैँस पनि छेकिएकै छैन
सिरक डसनाका खोल फेरेकै छैन
भत्केको छानो त हेरेकै छैन
बिहान बेलुकीको छाक टार्ने कसरी
दशैँ दशालाई फेरि तार्ने कसरी
छोराछोरी त रुवाइस् रुवाइस्
ए दशैँ !!
हामीलाई पनि रुवाउन तँ
फेरि किन आइस् ???

साहुको ऋण तिर्ने टुंगो छैन
खाली खुट्टाले नछोएको ढुङ्गो छैन
जीवन नैया हाक्नै दुख पाएको बेला
अभावकाे पहिरो माथमा आएको बेला
गरिबकै टाउकोमा फेरि बज्रपात पार्न
दुखरुपी समुन्द्र बनाई आँशुलाई झार्न
धनीका घरमा त खुसी लिई आइस्
ए दशैँ !!
तर हामी गरिबकहाँ तँ
दुख लिई फेरि किन आइस् ???
ए दशैँ ! फेरि नि तँ किन आइस् ???
रमेश पौडेल

पूर्वयौनकर्मीको आत्मसमीक्षा

जीवनको उर्वर समय सबरिन्ना भालिसीले यौन पेसामा बिताइन् । उनी ‘यौन व्यवसायलाई अपराध मान्नुहुँदैन’ भन्ने अभियानमा लामो समय सक्रिय रहिन् । तर, अहिले सोचाइ फेरियो । उनी यौन व्यवसायीसँग सम्बन्ध राख्ने पुरुषहरूमाथि कानुनी कारबाही हुनुपर्ने तर्क गर्छिन् । कसरी फेरियो भालिसीको सोच ? उनको कथालाई ‘द पिम्पिङ अफ प्रोस्टिचुसन अबोल्सिङ द सेक्स वर्क मिथ’ पुस्तकका लेखक जुली बिन्डेलले उतारेका छन् । बिबिसी म्यागेजिनमा प्रकाशित भालिसीको कथा यस्तो छ:

जब सबरिना भालिसी १२ वर्षकी थिइन् । उनका बाबुले आत्महत्या गरे । आमाले अर्को बिहे गरिन् । उनको परिवार अस्ट्रेलियाबाट न्युजिल्यान्डको वेलिङ्टन सर्‍यो, यहीँबाट उनको जीवनको पीडादायी अध्याय सुरु भयो । ‘म धेरै दुखी थिएँ,’ भालिसी भन्छिन्, ‘मेरा सौतेनी बाबु उच्छृंखल थिए । मसँग कुरा गर्नका लागि कोही थिएन ।’

सबरिन्ना भालिसी :यौन व्यवसायविरोधी महिलावादी अभियन्ता
उनको सपना नृत्यंगना बन्ने थियो । त्यसका लागि स्कुलको ‘ब्रेकटाइम’मा उनी ‘ब्यालेट क्लास’ सञ्चालन गर्थिन् । यसको लोकप्रियता यति धेरै थियोे कि स्थानीय स्तरमा चर्चित नृत्य समूहका सदस्यहरूसमेत नाच सिक्न आउन थाले । तर, पैसा अभावका कारण केही महिनामै उनले आफूलाई सडकमा पाइन् । बाँच्नका लागि शरीर बेच्नुपर्ने भयो ।

भालिसी स्कुलबाट घर फर्किने क्रममा पार्कमा एक व्यक्ति भेटिए । उनले यौन सम्पर्कका लागि एक सय अमेरिकी डलरको प्रस्ताव गरे । ‘म स्कुल युनिफर्ममै थिएँ । त्यसैले त्यो मेरो उमेरको दोष थिएन,’ उनले भनिन् ।

वेलिङ्टनबाट भागेर अकल्यान्ड जान उनले यही पैसालाई प्रयोग गरिन् । तर, अकल्यान्ड जाने क्रममा उनी वाइएमसिएमा प्रहरी चेकजाँचमा परिन् । ‘म कसैलाई सहयोग माग्नका लागि होस्टेल बाहिरको फोनबुथमा थिएँ । तर, फोन व्यस्त थियो । त्यसैले पर्खिएर बसेँ,’ उनी भन्छिन्, ‘प्रहरीले रोक्यो र सोध्यो । मैले फोन प्रयोग गर्नका लागि पर्खिएर बसेको सुनाएँ । तर, प्रहरीले फोन कसैले प्रयोग गरेको छैन भन्दै कुर्न आवश्यक नभएको जवाफ फर्काए । प्रहरीलाई लागेको थियो कि उनीहरू धेरै चलाख छन् ।’

भालिसीले प्रहरीलाई सम्झाउने प्रयास गरिन् । फोन व्यस्त भएको बारम्बार बताइन् । तर, प्रहरीले मानेनन् । उनीहरूले भालिसीलाई यौनकर्मी सोचेर प्रश्न तेस्र्याइरहेका थिए । कन्डम बोकेको आशंकामा भिलासीलाई चेकजाँच गरे, किनभने वाइसिएमए कुख्यात यौन अखडा मानिने कारांगाहेपी रोडनजिक पर्छ ।

‘सांकेतिक रूपमा यो मलाई पैसा कमाउने उपाय सिकाइएको थियो । प्रहरीले डर सिर्जना गर्‍यो । तर, मैले के बुझेँ भने मसँग पैसा भएन भने सडकमा पुग्छु । पर्खाल नाघेर गरिने खुला काम यसै पनि जोखिमपूर्ण छ । म भए वा नभए पनि यस काममा कुनै फरक पर्ने छैन भन्ने बुझेँ ।’ भालिसी कारांगाहोपी रोड हुँदै गइन् । उनले एक महिलासँग यही रोडमै काम गर्ने सल्लाह मागिन् ।

उनी भन्छिन्, ‘महिलाले काम गर्न सक्ने दुई ठाउँ देखाइदिइन् । मलाई उनले कन्डम पनि दिइन् । यहाँ लिन सकिने आधारभूत मूल्यका विषयमा सल्लाह दिइन् । आफ्नो सेवाबापतको पैसा लिनका लागि लड्न सिकाइन् । उनी धेरै असल थिइन् । धेरै सानी थिइन् । तर, चलाखीपूर्वक यहाँ लामो समयदेखि बसेकी रहिछन् ।’

दुई वर्ष यसरी सडकमा बिताएपछि सन् १९८९ मा भालिसीले क्राइसचर्चस्थित न्युजिल्यान्ड प्रोस्टिच्युट्स कलेक्टिभ (एनजेडपिसी) भ्रमण गरिन् । ‘म केही सहयोग खोजिरहेको थिएँ, यौन व्यवसायबाट अलग हुनका लागि । तर, मलाई कन्डम मात्रै प्राप्त भइरहेको थियो ।’ एनजेडपिसीले हरेक शुक्रबार राति आयोजना गर्ने वाइन तथा चिज पार्टीमा समेत निमन्त्रणा आउन थाल्यो । ‘उनीहरू यौनकर्मीमाथि गरिने लज्जास्पद व्यवहार सबैभन्दा खराब पाटो रहेको बताउँथे । यौन पेसा पनि अन्य पेसाजस्तै सामान्य रहेको उनीहरूको भनाइ थियो,’ भालिसीले सम्झिन् ।

यस्ता कुराले आफूले गर्दै आएको कामप्रति आनन्दित हुन सघाउँथ्यो । उनी एनजेडपिसीको मसाज पार्लर संयोजक बनिन् । यौन व्यवसाय अपराध होइन, भन्ने अभियानमा लागिन् । यो व्यवसायमा आबद्ध यौनकर्मी तथा दलालसमेत अपराधी होइनन् भन्ने उनको मान्यता रह्यो । ‘मलाई लाग्थ्यो कि परिवर्तन नजिक छ । यौन अपराध होइन भन्ने मान्यता स्थापित हुँदा महिलाहरूलाई धेरै हदसम्म राम्रो हुनेछ भन्ने लागेको थियो । म धेरै रोमाञ्चित थिएँ,’ उनले सुनाइन् ।

सन् २००३ मा न्युजिल्यान्डमा यौन व्यवसायको वैधानिकता भित्रियो । ‘यौनकर्म श्रम हो, अन्य कामजस्तै, यौन व्यवसायको परिधि कुनै पनि कानुन वा ऐनसँग बाझिने छैन’ भनेर सामाजिक तथा नैतिक परिभाषालाई चुनौती दिने गरी काननमै लेखियो । यसअघि यौन व्यवसायविरुद्ध बनेका काननहरू स्वतः खारेज भए । वेश्यालय, यौनकर्मीका एजेन्ट र सडकमै हुने यौन व्यवसाय स्वतन्त्र भयो । एनजेडपिसीले यस कानुन बनेको खुसियालीमा आयोजना गरेको भव्य पार्टीमा भालिसी सहभागी भइन् ।

तर, लगत्तै उनी मर्कामा पर्न थालिन् । ‘वेश्यावृत्ति सुधार’ ऐनले वेश्यालयहरूलाई अधिकारसम्पन्न व्यवसाय बनायो । यो कानुनलाई यौन व्यवसायलाई महिलाको सबैभन्दा सुरक्षित विकल्पसमेत भनियो । तर, भालिसी यो कानुनलाई विध्वंश मान्छिन् । दलाल र ग्राहकहरूले मात्रै यो कानुनको फाइदा लिएको उनको बुझाइ छ ।

‘मैले यो कानुनले महिलाहरूलाई थप शक्ति र अधिकार दिन्छ भन्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘तर, छिट्टै महसुस गरेँ । यो त उल्टो रहेछ ।’ यस कानुनको एउटा समस्या भनेको वेश्यालयका सञ्चालकहरूले ग्राहकसँग ‘अल इन्क्लुसिभ’ डिल गर्ने भए । ग्राहकहरूले निश्चित रकम बुझाएपछि महिलासँग जे चाह्यो, त्यो गर्न पाउने भए ।

‘हामीसँग एउटा बाचा के गरिएको थियो भने अल इन्क्लुसिभ डिल हुने छैन,’ भालिसीले भनिन्, ‘किनभने यसको अर्थ महिलाले यौन सेवा दिएबापत आफैँ आफ्नो मूल्य निर्धारण गर्न पाउने छैनन् । यस्तो नभएको भए यौन व्यवसायको वैधीकरणबाट सम्भावित फाइदा हुने थियो।’

४० वर्षको उमेरमा भालिसीले वेलिङ्टनको एक वेश्यालयमा जागिर खान प्रस्ताव राखिन् । त्यसपछि उनी स्तब्ध भइन् । ‘पहिलो सिफ्टका दौरान मैले एउटा महिला आफ्नो कामबाट फर्किएको देखेँ । उनीमाथि आक्रमण भएको थियो । उनी रुँदै थिइन् । बोल्न सक्ने अवस्थामा थिइनन् । तर, रिसेप्सनिस्टले उल्टै उनलाई झर्किएर काममा फर्किन निर्देशन दिइरहेकी थिइन् । मैले उनको हात समातेँ र त्यहाँबाट हिडेँ,’ उनले भनिन् ।

केही समयपछि उनले वेलिङ्टनस्थित एनजेडपिसीमा उजुरी गरिन् । आफूले प्रत्यक्ष देखेका कुरा सुनाइन् । तर, सुनुवाइ भएन । त्यसपछि उनले यो संस्थासँगको आबद्धता नै छाडिन् । आफ्नो यात्रा दास बन्ने दिशामा छ भन्ने हेक्का उनलाई बल्ल भयो । संस्था छाडेसँगै उनले यो यात्राबाट मुक्ति पाइन् ।

यतिवेलासम्म यो संस्था मात्रै उनको सहयोगका लागि उभिने संस्था थियो । एउटा यस्तो ठाउँ, जहाँ उनलाई यौन व्यवसायी भनेर कसैले फरक व्यवहार गरेन । उनी स्वयंसेवीका रूपमा यहाँ कार्यरत थिइन् । ‘एनजेडपिसीमा मेरो एउटा काम मिडिया क्लिपिङहरू राख्ने थियो । मैले त्यहाँ एउटा कुरा पढेको थिएँ । कसैले आँसु झारेको छ, तर थाहा छैन किन ? र, यस्तो भावनाका विषयमा त्यतिवेलासम्म थाहा हुने छैन, जतिवेलासम्म उनीहरू यौन व्यवसायबाट बाहिर हुने छैनन्,’ उनले भनिन्, ‘म वर्षौंसम्म यस्ता विषयमा सोचिरहन्थेँ । म किन यस्तो महसुस गर्छु भन्ने पनि थाहा भएन । यस्तो पढेपछि मलाई महसुस भएको थियो, त्यो व्यक्ति म आफैँ हुँ ।’

भालिसीसामु पछाडि फर्किने बाटो थिएन । उनले सन् २०११ मा यौन पेसा छाडिन् । त्यसपछि अस्टे«लियाको क्विन्स्ल्यान्डस्थित गोल्डकोस्ट सरिन् । नयाँ जीवन र नयाँ काम खोज्दै नयाँ देश रोजे पनि उनको मनमा उत्साह पलाएन । उनी द्विविधा र तनावमा परिन् । नयाँ छिमेकीले वेभक्याम सेक्समार्फत उनलाई यस व्यवसायमा फेरि जोड्ने प्रयास गरे । उनले विनम्रतापूर्वक प्रस्ताव लत्याइन् । ‘मलाई यस्तो लाग्थ्यो कि, मेरो निधारमै स्ट्याम्प ठोकिएको छ । कसरी ती छिमेकीले मलाई नै प्रस्ताव गरे ? त्यसपछि मैले थाहा पाएँ, महिला हुनु नै त्यसको एक मात्र कारण थियो,’ भालिसी भन्छिन् । प्रस्ताव अस्वीकार गरेपछि छिमेकीले जहिले भेट्थे, त्यतिवेला भालिसीमाथि अपमानजनक शब्दहरूको वर्षा गर्थे ।

भालिसीले अनलाइनमा विभिन्न महिलालाई भेट्न थालिन् । त्यस्ता महिला, जो यौन व्यवसाय वैधानिकताको विरोधमा छन् । उनीहरू दास बन्न छाडेका छन् । भालिसीले ‘अस्ट्रेलियन र्‍याडिकल फेमिनिस्ट’ नामक एक समूह गठन गरिन् । त्यसको केही समयमै उनले गत वर्ष अस्ट्रेलियाको मेलवर्नमा यौन पेसाबाट मुक्ति खोज्ने उद्देश्यका साथ गरिएको पहिलो सम्मेलनमा भाग लिइन् । अस्टे«लिया त्यस्तो देश हो, जहाँका अहिले धेरै राज्यमा वेश्यालयले वैधता पाएका छन् ।

मेलवर्नमा पनि सन् १९८० को दशकपछि कानुनी रूपमै थुप्रै वेश्यालय खुलेका छन् । यहाँ वेश्यालयलाई कानुनी मान्यता दिनुपर्ने आवाज जति चर्को रूपमा उठेको छ, दिनुहुँदैन भन्ने अभियान पनि बढ्दो छ ।

यौन व्यवसायविरोधी महिलावादी अभियन्ता बनेपछि भालिसी आफ्नो विगतका विषयमा खुलेर भन्न सक्ने भएकी छिन् । उनी यस अवस्थालाई आफ्नो जीवनको नयाँ सुरुवात भन्छिन् । ‘म पहिले भावनाले बहकिएर चलेँ, त्यसपछि शरीरले र अन्त्यमा बौद्धिकताले’ उनी भन्छिन् । बिभिन्न अनलाइन

यूएईमा नेपालीलाई ५ वर्ष जेल

काठमाडौं / यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई आबुधाबीको केन्द्रीय कारागारमा राखिएको छ ।

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार जोशीले जेल सजाय भुक्तान गरी पीडित परिवारलाई २ लाख दिराम ब्लडमनि बुझाएपछि मात्रै स्वदेश फिर्न पाउने छन् ।

फिलिपिनोको हत्या २० अगस्ट २०१४ मा भएको थियो । सर्वोच्चको पूर्ण इजलासले फैसला सुनाएको हो । ‘जोशी सुपरभाइजर थिए । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नु होस्

‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’

काठमाडौं / प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् । संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादसैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर परेको दाबी गरे ।

‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु,’ उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको बताउँदै आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए । न्यायालयभित्र सुधार गरेर अगाडि बढ्न आफूले काम गरिरहेको उनको भनाइ थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

वामदेवका लागि उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने

काठमाडौँ / नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो ।

गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ। त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो। गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन। सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् ।

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ। उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

आज देखी बडा दशैं प्रारम्भ ,प्रमुख पूजा र उत्सव को बारेमा जानी राखौ

काठमाडौं,२४ असोज –प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

घटस्थापना

आश्विन शुक्ल पक्षदेवीभागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ । यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् ।

अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि |वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

प्रमुख पूजा र उत्सव 

महासप्तमी

नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।

महाष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम् |महिषाsजवराहाणां वलिर्दानं विशिष्यते ||(-देवीभागवत नवरात्रप्रकरण ) यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न|अभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्||-(मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै राङ्गा,बोकाको बलि पनि चढाइन्छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ निङ्गलाशैनी मन्दिरमा लगभग १३०० राङ्गा र ४०० बोकाको बलि चढाइन्छ ।

महानवमी

नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ मध्ये एक उदयदेव मन्दिरमा पनि लगभग १०० राङा र ५० बोकाको बलि चढाउदै आइरहेको छ ।

विजया दशमी

नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ | यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

(आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।)

सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

(दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।)

मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।। (मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।)

किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

(कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।)

उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त (मध्याह्नको समय) लाई लिनुपर्ने हुन्छ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ | वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ |चान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्-बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ|यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्-बढ् हुने कुरै भएन ,कृष्णपक्षमा पनि केवल १४औं दिन मध्याह्न पछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन | आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद-पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ |जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ | षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
टीका लाउँदा दिने आशिषः-
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ।यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

‘आवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

केही सामाग्रीहरु नेपाली विकिपिडियाबाट सभार गरिएको

काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् ।

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ। उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

यो पनि पढ्नु होस्

नेकपाभित्र चुलिदै विवाद, गुटका कारण एकता प्रक्रिया जटिल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित रुपमा नै फरक मत राखेपछि विवादले उग्र रुप लिएको छ ।

विवाद चुलिदै गएपछि सांगठानिक एकताको प्रक्रियाले गति लिन सकेको छैन् । असोज ५ गते सचिवालयको बैठकले प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएपछि नेकपाभित्र विवाद सुरु भएको छ ।

तीन महिनाभित्र पार्टीको सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेपनि चार महिना बितिसक्दा समेत एकताको सुरुवात हुन सकेको छैन् । पार्टी एकताको क्रममा पूर्व एमाले र पूर्व माओवादी केन्द्र कसले नेतृत्व लिने रस्साकस्सी चलेको छ भने दुई पार्टीभित्र रहेको गुटको कारण पनि एकता प्रक्रिया जटिल बन्दै गएको नेकपाका एक नेताले बताए । नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

रानिवन युवा क्लवको आयोजनामा दशै विशेष सांस्कृतिक कार्यक्रम हुने, कलाकारको नाम सहित

हिन्दुहरुको महान चाड विजयादशमिको पावन अवसरमा रानिवन युवा क्लव शितगंगा नगरपालिका ६ अर्घाखाँचीको आयोजनामा वृहत दशै विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम कात्तिक ३ गते एकादशि तिथिका दिन शितगंगा नगरपालिका वडा ६ नं. सानाढुङ्ग्रेको खेल मैदानमा खेल हुने आयोजक क्लवले जनाएको छ ।

उक्त क्लवले स्थापनाकाल देखिनै विभिन्न चेतनामुलक, सिपमुलक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आईरहको छ । कार्यक्रममा विजय सुनाम, नेपाल आईडलको थ्रेटर राउण्डमा पुग्न सफल सुशिल आचार्य, दर्पण यात्रि, दिनेश पाण्डे, सुनिता परियार, पुस्कर सारु, खुमराज घिमिरे, सुरज पुन र शिलु मगर तथा अन्य कलाकारहरुको पनि सहभागिता रहने आयोजकले जानकारि दिएको छ । सबैजना उपस्थित भई कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजकले सबैलाई आग्रह गरेको छ ।

क्वाटर फाईनल खेलमा अायोजक लिङ्कन र मुहान F.C बिजयी

क्वाटर फाईनल खेलमा अायोजक लिङ्कन र मुहान F.C बिजयी
नवराज बेल्वासे , वैखरी अनलाइन
***************************
वाणगंगा ९ मा सञ्चालित प्रथम भलवाड कप २०७५ को क्वाटर फाईनलका २ खेल सम्पन्न भएका छन् । अाज भएको पहिलो खेलमा अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी ए र सनराईज युवा क्लव वालापुर मोतिपुर बिच निकै रोमाञ्चक खेल भएको थियो । निर्धारित ९० मिनेट भित्र दुवै टिमले ३-३ गोल गर्दै खेल टाईवेकर मा गएको थियो । सुरुवाति २ गोलको अग्रता लिएको लिङ्कन त्यस पछि सनराईजले ३ गोल गर्दै खेल अाफ्नो पक्षमा राख्यो । खेल करिव अन्तिम समयमा डिएरिया भित्र सनराईज हेण्ड बल हुदा अायोजकले पेनाल्टी माफत खेल ३-३ को बराबरी मा लिएको थियो । त्यस पछि कुनै पक्षबाट गोल नहुदाँ खेल टाईवेकरमा गएको थियो । टाईवेकरमा अायोजक ४-५ ले अायोजक विजय भएको थियो । भने दोस्रो खेलमा मुहान F.C झुगा २ का विरूद ७ गोलले विजय भएको छ । भने क्वाटर फाईनल अन्तर्गत २४ गतेका खेलहरु पहिलो खेल न्यु युगमा युवा क्लव पडरिया र युनाइटेड कपिलवस्तु विच दिउँसो १:०० बजे हुनेछ भने दोस्रो खेल अायोजक लिङ्कन वि बिच वाणगंगा स्पोर्ट्स एण्ड वेयरफर सोसाईटी विच दिउँसो ३:०० बजे हुने छ । सेमि फाईनलका खेलहरु भने असोज २६ शुक्रवारबाट हुने अायोजकले जनाकारी दिएको छ

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) द्धारा सरसफाई तथा शुभकामना आदानप्रदान

अनेरास्ववियु क्याम्पस कमिटि र अनेरास्ववियू (क्रान्तिकारी) बाणगंगा बहुमुखी क्याम्पस लौगाई कमिटिको संयुक्त आयोजनामा “ म सफा गर्छु मेरो क्याम्पस ” भन्ने नाराका साथ क्याम्पस सरसफाई एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालिहरुको महान चाड विजया दशमि, शुभ दिपावलि र छठ पर्वकोे पावन अवसरमा क्याम्पस सरसफाई तथा शुभकामान आदान प्रदान पनि गरिएको अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष सुदन पाण्डेले जानकारि दिए ।

अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सुदन पाण्डे र क्रान्तिकारि क्याम्पस कमिटिका अध्यक्ष मदन पौडेलको संयोजकत्वमा कार्यक्रम गरिएको बताईएको छ । म सफा गर्छु मेरो क्याम्पस अभियान अन्तर्गत क्याम्पस प्राङ्गणमा सरसफाई गरिएको हो । क्याम्पसलाई सफा राखि क्याम्पसको गरिमालाई अझ उच्च राख्ने उद्देश्यका साथ उक्त सरसफाई गरिएको कार्यक्रमक संयोजक पाण्डेले बताए ।

क्याम्पसको वरिपरि रहेको फोहोर ब्यबस्थापन गरि सरसफाईको बारेमा विद्यार्थिहरुलाई चेतना पनि दिईएको थियो । अनेरास्ववियुका जिला अध्यक्ष बावुराम अर्यालले क्याम्पस कमिटिले गरेको उक्त अभियान उललेखनिय भएको र जसको लागि जिल्ला कमिटिले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अनेरास्ववियुका जिला अध्यक्ष बावुराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष सागर घिमिरे, अनेरास्ववियु क्रान्तिकारिका जिल्ला सहसंयोजक दयाराम पौडेल, अनेरास्ववियुका जिल्ला सहसचिव ईन्दिरा पौडेल, कोषाध्यक्ष अन्जित खनाल, स्ववियु सिद्धार्थ क्याम्पसका अध्यक्ष सुशिल खत्रि, स्ववियु सदस्य शान्ता भुसाल, क्याम्पसका विद्यार्थिहरुको उल्लेखनिय सहभागितामा सरसफाई गरिएको संयुक्त क्याम्पस कमिटिले जनाएको छ ।

“नोकर जिन्दगी”- दीप पाठक

“नोकर जिन्दगी”
– दीप पाठक

हामी यी भूगोलहरूमा,
र यी घन्टाउके देशहरूमा पुगेका छौ,
जसले आफूलाई शक्तिशाली ठान्छन्
र छन पनी
हामीलाई नोकरी चाहिएको छ,
जहाँ नोकरी प्रशस्त छन्
र दिन्छन पनी।।

सडक बढार्ने देखि,
सिमाना रक्षा गर्ने नोकरी छन्
५२ डिग्री सेल्सियसको तातो बालुवा माथि,
माईनस २० डिग्री सेल्सियसको फ्रोजन भित्र,
नोकरी छन्,
गल्ली भित्रका गेट बाहिर,
अनगिन्ती वेश्यालयमा,
कति वधशालामा,
र कति चिहान घर सम्म
नोकरी छन्।।

भनिन्छ
आणविक विकीरणले
क्यान्सर निम्त्याइदिन्छ रे
रसायनले
मुटु-कलेजोसम्म असर गर्छ रे
त्यसैले होला
आणविक भट्टीमा
अनि केमिकलका कारखानामा
हामीलाई नोकरी पाईन्छन
फलतः देशमा पुजी भित्राइन्छ।।

राती सुतेका हामी
बिहान नउठ्नुमा पनी कारण छन्
मौसमले च्यालेन्ज गर्दिन्छ जिन्दगी माथि,
सोलुबाट कुवेत र अरेबिया पुग्नु परेपछि
तराईबाट ओस्लो र रसिया पुग्नु परेपछि।
जीवनमा यी एक जोर पैंतलाले
यति विघ्न धर्ती चहार्नुको पछाडि
मेरो सरकारले नजन्मँदै
थाप्लोमा ऋण बोकाइदिएको साईनो छ।
र मैले देश रहनु मा
जुन माटोमा जन्मिएको साईनो छ।।

वर्षकीछोरी पाँचवर्षकी हुँदापनी
अझै फर्किन सकेको छैन
जिन्दगी लिएर जिन्दगी सम्म।
यी’आँखाले त्यो आकृति पलपल खोज्छन्
तर अफसोच
छोरीले कापी-कलम खोज्छे
बाका मक्किएका हड्डीले
बाच्नलाई थोरै बल खोज्छन्
आमाका फुटेका पैतालाले एक जोर
चप्पल खोज्छन्
त्यसैले म बेचिएको छु,गालिएको छु
आरनमा पगालिने
कवाडी फलामजस्तै सस्तो मूल्यमा
ब्याजको स्याजसम्म तिर्नुपर्ने ऋण बोकेर।।

मान्छे जस्तै काम गर्ने रोबर्ट देख्छु
अनि गाउँका ढिकी र जाँतो सम्झिन्छु,
हरेक दिन म नोकरी जादाँ चढेको रेल
फ्लाई ओभर माथि दगुर्दा,
कर्णालीका तुइन सम्झिन्छु,
आखिर सम्झीनु रहेछ जिन्दगी
फगत देश सम्झी रहन्छ
बेचिएको यो
नोकर जिन्दगी।।

कथा :- “हराएको रात”-राजन पराजुली

कथा :- “हराएको रात”
राजन पराजुली
“ओ हेल्लो”
म एता उति चारै तिर हेर्छु कोही देख्दिन
“तपाई लाई नै हो के सुन्नु भएन कि क्या हो ह ?”
गिलासमा वाईन बोकेकी एक सुन्दर युवती म बसि रहेको ठाउँ मा
खाली रहेको कुर्चीमा बस्दै वाईनको गिलास टेबलमा राख्छे ।
“ओ वईटर”
ठूलो ठूलो आँखा बनाएर वईटरलाई बोलाउछे।
“भन्नु के सेवा गर्न सक्छु ?” वइटले सोध्छ ।
“दुई बोतल वाईन अनि एक प्याकेट सूर्य चुरोट ल्याई दिनु अनि एउटा
गिलास पनि साथमा है ।” उसको कुरो सुने पछी वईटर हस भन्दै जान्छ ।
म अचम्म परेर एकोहोरो उसलाई नै हेरि रहन्छु
चिन्दै नचिने कि देख्दै नदेखे कि मलाई त अझ
उसको नाम पनि थाहा छैन फेरी मलाई नै बोलाएर म बसेको ठाउँमा आएर
मेरो लागि फ्रि को वाईन किन पिलाउदै छे ? म सोच्न बाध्य हुन्छु ।
तपाईले अडर गरेको सबै चिज आयो लिनुस भन्दै वइटले सबै चिज टेबलमा
राख्दिन्छ ।
सूर्य चुरोटको प्याकेट बाट एउटा खिल्लि निकालेर उस्ले ओठमा राखि
फ्वाई फ्वाई तान्न थाल्छे ।
तपाई तान्नु हुन्छ चुरोट ? ऊ सोध्छे ।
मैले नाई तान्दिन भन्ने जवाफ दिन्छु ।
हैट अहिले जमानमा पनि चुरोट नतान्ने मनुष्य देखे
धुवालाई हावामा छोड्दै सासले बोल्छे ।
खलललललल टबलमा रहेको दुबै गिलासमा वाईन हाल्छे ।
“लिनुस मेरो तर्फबाट तपाई लाई आज पाटी भयो पिउनु होस जति
पिउन मन छ पैसा सबै म तिर्दिन्छु ।”
एउटा हातमा वाईनको गिलास र आर्को हातमा
सूर्य चुरोट लिदै उसले भन्छे ।
“म एकोहोरो उसलाई नै हेरि रहन्छु ।
हेर्नुहोस चुरोट नताने सम्म त मलाई यो वाईन पिएको हो कि पानी
थाहा पत्तो हुदैन वाईनको साथमा चुरोट तान्दा पो मंजा नै छुट्टै नि !”
ति कलिला ओठले चुरोट र वाईनको चुस्कि लिदै बर्बराई रहेको थियो
     मेरो गिलासमा राखेको वाईन जस्ताको उस्तै रहि रहन्छ ।
“ओ वईटर भाई एता आऊ त !”
उसको आवाज सुनेपछी वइट दकुर्दै आई पुग्छ ।
“दुई पिलेट मःम एक पिलेट चिकेन फ्राई छिटो लिएर आऊ” एक गिलास
वाईन एकै पटकमा स्वाट तानेर भन्छे ।
म चुईक्क केही बोल्दिन उसको पारा एक्लै हेरि रहन्छु ।
“ओ हो तपाईले त एक चोटि पनि चुस्कि लिनु भएको छैन त गिलास
भरी नै वाईन छ त”
सूर्य चुरोटको प्याकेट बाट आर्को एक खिल्लि चुरोट निकालेर ओठमा
राखि सल्काउदै भन्छे ।
तपाईले अडर गरेको चिज वइटले सबै टेबलमा राखी दिन्छ ।
ऊ गपागप मःम का डल्ला मुखमा राखेर चपाउदै खान्छे ।
“यो एक पिलेट मःम तपाईको लागि हो खानुहोस
पैसा लाग्दैन के वाईन पनि पिउनु होस म आज सबै हजुरलाई फ्रि मा खुवाउदै
छु ढुक्क भएर खानु ।”
एक बोतल वाईन सकाएपछि आर्को बोतल खोल्दै
उसले भन्छे ।
मैले हल्का एक चुस्कि वाईन मुखमा राख्छु अनि मःम को एक पिस चपाउछु
     “केटी भएर एसरी रक्सि पिउन लाज लाग्दैन तिमीलाई”
म भावुक भएर सोध्छु ।
“रक्सि कहा हो त यो त वाईन हो त्यही पनि नाङ्गो भएर पिएको छु र
लाज लाउन लाई एति लामो लुगा लगाएर त्यो पनि हजुर सँग बसेर पिउदै छु
के को लाज ।”
हाहाहाःहाहा हाहाहाःहाहा
त्यही भनेर ऊ एकोहोरो हास्छे ।
दुई बोतल वाईन, एक पिलेट मःम सकाएर चिकेन फ्राई चपाउन थाल्छे ।
म भने अचम्म परि रहन्छु
“तपाई मलाई चिह्नु हुन्छ ?” मुखमा मःम को डल्लो हाल्दै उसलाई सोध्छु ।
“नाई चिन्दिन तर तपाई आफ्नो मान्छे जस्तै लाग्यो
त्यसैले बोलाएकी नजिक भएकी म !”
हातले वईटर लाई आफु तिर बोलाउदै भन्दै थिई ।
“धेरै भयो कि अब त रात पनि लम्बिदै छ घर जानु पर्दैन र ?” भावुक भएर
भन्छु ।
  भन्नु के चाईयो वइट फटटटट दकुर्दै हाम्रो टेबल नजिक आएर सोध्छ ।
“हि तपाई पनि रात धेरै भाको छैन नआतिनु न म छु नि तपाई ढुक्क भएर
बस्नु आजको सबै खर्च मेरो तर्फबाट हो ।” आर्को एक बतल वाईन मगाउदै
भन्छे ।
     उफ् जिन्दगी के नै छ र आज मर्यो भोली दुई दिन
भईहाल्छ हैन र हाहाहाःहाहा फेरी चुरोटको बट्टा बाट एक खिल्लि
निकालेर सल्काई स्वाई स्वाई तान्दै बर्बराउदै हास्दै गर्न थाल्छे ।
रातीको समय केटी मान्छे एक्लै छोडेर जाऊ पनि कसरी एहा बसौ भने
अबेला भैसक्यो कस्तो समयमा भेट भएछ ऊ सँग भन्दै दिक्क मान्छु म ।
टेबल मा आर्को एक बोतल वाईन झ्याप आई पुग्छ ।
खटटटटट् खटटटटट्
उसले आफ्नो गिलास पूरै भर्छे ।
आँखा चिम्म गरेर गटटट गटटट स्वाट स्वाट पानी पिए झै पिउछे आर्को
हातले चुरोट तान्दै धुवा फुररर् फुरर् हावामा मिल्काउछे ।
एक बतल वाईन पूरै सकाएपछि ऊ एता उति चल्न नसक्ने गरि बसेको
कुर्चिमा भुस पर्छे ।
“लिनुस तपाईहरूको बिल”
वइटले हाम्रो बिल टेबलमा राखि दिन्छ । म एस्सो हेर्छु बिस हजारको
बिल आएको रहेछ । केटीले मैले तिर्छु भनेकि थिई उसको पस हेर्छु मात्र एक
एक रूपयाको ढिक्का रहेछ । मलाई उल्लु बनाई छे नमज्जा सँग ।
खोल्टीबाट पस निकाल्छु जम्मा पाच हजार रैछ अब मेरो बेईज्जत हुने
पक्का भो ।
कसरी ईज्जत जोगाउन सकिएला त म निकै सोच्छु ।
“हिहिहि तपाईलाई आज उल्लु बनाई छे प्रत्येक दिन एसै गरि एक न एक
जना पुरूष लाई एस्तै उल्लु बनाएर फ्रि चिज बिच खान्छे यो केटी त छिटो
पैसो तिर्नु अबेला भैसक्यो बार बन्द गर्नु पर्छ नत्र पुलिस आई पुग्छ ।”
वइटले म थिम आएर हास्दै भन्छ ।
उफ् उफ् लामो सास फेर्छु
गोजीमा पैसो नै छैन पाच हजार भन्दा कसरी के भनेर एहाबाट निस्किएर
घरमा पुगेर ईज्जतको सास फेरौला जस्तै भयो ।
“सर के भयो छिटो गर्नु त ?” काउंटर बाट चिच्याएर भन्छ ।
“म सँग त पाच हजार भन्दा पैसा नै छैन के गरौ ?” नरम स्वरमा भन्छु ।
“साथमा पैसो नहुनेले केटी राखेर ठूलो होटलमा बसेर मगाई मगाई खान
लाज लागेन सर खुरूक्क तिर्नु !”
रिषको आवेग आउछ उताबाट ।
“मलाई फसाईएको छ अब म के गरू लिनुस पाच हजार बाकी भोली ल्याई
दिउला ।” म भन्छु ।
“पहिलो पल्ट अनुहार देख्दै छु हाम्रो होटलमा भोली ल्याई दिन्छु रे खुब
भागौला भन्ने सोच्दै होला हैन खुरूक्क तिर्ने नत्र पोलिस बोलाई दिन
नपरोस ।” उताबाट झन आवेगमा आवाज आउछ ।
छि कस्तो केटीको जालमा फसेछु
उसको बोलीमा विश्वास नै गर्न नहुने मैले मन मनै सोच्छु ।
“दिउसो भरिको सबैले खाएका जुठा भाडा छ गएर माझ्नु पैसा
मिनाह गरि दिउला” काउंटर बाट साउजीले भन्छन ।
घरमा आफुले खाएको थाल त नमाझ्ने म अब दुनियाले खाएको जुठा
भाडा कसरी माझ्नु “छि छि घिन लाउछ मलाई अरूले खाएका जुठा भाडा
माझ्न” म उत्तर फर्काउछु ।
साउले गोरुको जत्रै आँखा बनाएर मलाई हेर्दै म भए तिर
आउछ ।
“छिटो उठ् छिटो उठ्
हेर त आठ बजी सक्यो ।”
कोठामा कोही चिच्याएर मलाई उठाउदै थिए
एस्सो हेर्छु आमाले हैछ
हैट कस्तो सपना देखेछु धन्न सबै सपना रहेछ ।
कस्तो म त पूरै बिपना बनाई रहेको
हाईईईईई मुख आ गरेर हाई तान्दै म आफु हराएको
रात सम्झिएर एक्लै हाहाहाःहाहा गरेर हास्छु ।।
 चितवन

मेरी आमा र दशैं-नवीन काफ्ले (अभि)

मेरी आमा र दशैं

नवीन काफ्ले (अभि)

मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग पोतिन सुरु भई सकेको थियो । हामी विधार्थीहरु पनि एक खाले दशैका रंगहरुसँग प्रगाढहुदै दसैँ तिर नै लस्कीरहेका थियौ । घटस्थापनाको २ दिन अघि देखि नै हाम्रो पाठशाला लगभग बन्द जस्तै थियो, नहोस् पो किन सबै शिक्षकहरू जिल्ला बाहिरका थिए । स्कुल पनि लगभग बिदा जस्तै भए पछि म पनि स्कुल जान मन हँुदैन थ्यो यसका पछाडि मलाई दशैका रँगहरुले रंगाईसकेको थियो ।
बिहानको त्यस्तै आठ बजिसकेको थियो होला ,मेरी आमा बजार दूध पुर्‍याएर घर आई सकेकी रहीछन् ए “भुजेल” हेर यो केटो त अहिले सम्म सुत्याकै छ त सारै सुतुवा भयो यो त , म बजार दूध पुर्‍याईकन आईगयाँ चाडो उठ त क्या, आज घर पोत्नु छ । आमा कराए पछि बल्ल मेरो निन्द्रा खुल्यो । सपनाका तरङ्गबाट बाहिरिएर म एकहातले सिरक पाल्दै जुरुक्क उठे ।  गाउँमा उ जमानामा चर्पीका नामले परिचित हालको ट्वाइलेट प्रयोग गरे, दाँत प्रायः म दुईदिनको एक चोटीमात्र माझ्ने बानीको थिए । बहिनीले दूध तताएकी रहीछ , हिजो साँझ बचेको मकैको रोटी दूधमा मोलेर अलिकति आगोमा तताए जुन मेरा लागि सारै मन पसनको खाना थियो तर यो खाना खान भन्दा बढी त्यो तताएको भाँडो माझ्न सारै कष्टकर हुन्थ्यो  किनकि आगोले यसलाई राम्रै सँग रंगाउथ्यो ।

वर्षामा पानीका थोपाहरूले अन्तर स्पर्श गर्ने गरी छिचोलिएका टाकुराहरू र ती टाकुराहरूलाई औधी छिचोलीनबाट बचाएका ती विविध रुखहरूमा बिहानको शिलत घामको स्पन्दले तताई रहँदा मेरी आमा अब दसैँ सुरु भयो भन्दै बेला बेलामा सुस्केरा मार्ने गर्थिन । आमाले यसो भनी रहँदा बेरी बहिनी पनि आमै दसैँ आयो दसैँ आयो अब त मासु खाने है भन्दै आमालाई झस्काऊ थि । असोजको महिना यसै त राम्रो लाग्ने गथ्र्यो मलाइ, झन् पहारिला घाम, खेतमा लटरम्म झुलेका ती धानका बाला, बारीका पाखामा शीतका थोपाहरूको मार खेपी खेपी पनि आफ्नै सौन्दर्य देखाउन बिलकुलै बाँकी नराखी झुलेका ती कोदाका बालाहरूलाई हेर्दा मेरा मनका कुनाहरूमा जीवनका सुन्दर अनुभूतिहरू चलमलाई रहन्थे । अर्का तिर परदेशीका मेरा बा घर आउने परिकल्पना भई रहन्थ्यो ।

घटस्थापनाको दिन गाउँमा पिङहाल्नका लागि बाबियो काट्न भनी अघिल्लै दिन मैयाँ दिदीले सबैका घर घर उर्दी जारी गर्दै आएकी थिइन्। बिहान ९ बजे तिर हामी मैयाँ दिदीको घरमा गाउँका सबै जना भेला भयौ । मैयाँ दिदी यस्ताकाममा सारै फुर्तिली थिइन् उनको घर पञ्चायतकालमा २ पाला प्रधान खाई सकेका बाबैको घर हो, त्यसैले उनको घरलाई सबैले प्रधानको घर भनी मान्ने गरेका थिए । बाबियो काट्ने त्यो जमातमा सबैका बा  आमा  दिदी सामेल भईरहदाँ  मेरा घरबाट भने म सामेल थिए, किनकि मेरी आमालाई घरकै कामले फुर्सद थिएन तै पनि तँ नजा म बन गएको बेला दुई मुठा काटेर ल्याई दिउँला भन्दै थिइन् । सबैले भैगो काले तँ नजा भनिरहँदा म भने म के कम भनेर लागि परेको थिए र सफल पनि भए । तल्लो वनमा बाबियो काँटी रहँदा मन पिङका सर्काहरूसँग रमाई हरेको थियो । घटस्थापनाको भोलिपल्ट गाउँमा पिङबाट्नको लागि भनी साँझ पख सबैलाई निम्तो गरियो र सबैका घरबाट पिङ बाट्नेका लागि खिर बनाउन भनी दूध उठाइयो । साँझ पख पिङबाट्नका लागि सबैका घरबाट बाहरू उपस्थित भइरहँदा मेरा बा लाहुरेका रूपमा परदेशीका थिए बा घर नआएको त्यस्तै १०,११ वर्ष भएको थियो त्यसैले  मेरा घरबाट म उपस्थित भए ।,,

सबैले मेरा बा को कुरा काट्न थाले । लाले परदेशिएको पनि १० ,११ वर्ष भइगो काँ गयो होला घरमा यी लाला बाला छोरा छोरीहरू छोडेर ,त्यसलाई त्यसकी बुढीको माया नलागे पनि यी भुरा भुरीको त माया लाग्नु पर्ने नि त भन्दै । साईला काकाले मलाई ए काले तँ आएर हुन्छ तेरी आमालाई पठाई दे जाँ भन्दै धकेले । म कुदै कुदै घर गए , आमै—आमै तिमी तल पिङ बाट्ने ठाउँ आउने। आमा आफ्नै सुरमा जाँतो पिस्दै थिइन् मैले भनेको सुन्दै नसुनी पिसिरहीन् ।म फेरी चिच्याएँ आमै भन्न किन तिमी नजाने मैलै जिद्धीपारमा सोधे पछि मेरी आमाका रिसहरू जुरमुराउन थाली सकेका थिए । आमैले ठुला—ठुला आँखा म तिर तर्दै तेरा बा लाई बोलाएर ल्या अनि जान्छन् तेरा बा भन्दै गर्दा आमाका आँखा रसाई सकेका थिए, तै पनि आफ्नै सुरमा जस्तो गर्दै थिइन् ।

म फेरी जिद्दी र रुन्चे हुँदै भने आमै तिमी पिङ बाट्न न गए त हामीलाई भोलि खेल्नै दिन्नन् हिँड न क्या। आमा अहिले त सारै कराइन् “हेर काले त मेरो टाउको न खा खुरुक्क खाना खाएर पढ्न बस त, हैन कुरो बुझ्ने भईत अब तँ त म आइमाई मान्छे कसरी जाँउ भन त फेरी ती तेरा काका भनाउदाँहरु कम्तीका छैनन्, जिउँदै पोली खाउँला जस्तो गर्छन्  त्यहाँ म एउटी आइमाईको बदनाम गराउन जाँउ त सोच त आफै” आमा रुँदै भन्न थालिन् तेरा बा आज घर भई दिए मैले यतिका आरोप र दुख झेल्नु पर्दैन थियो होला ,यो समाजले मलाई पोइलाई यसैले लखेटेकी हो बिचरा लाले न त काँ यस्तो गथ्र्यो र भन्ने आरोप लगाएको छ हुन त घरकाले श्रीमान्को मर्यादा गर्न नसक्ने आइमाई भन्दै बारबार हेपी रहन्छन् त बाहिरका किन नभनुन् । आमाको यति कुरा मेरो मनमा गएर भक्कानीन थाल्यो २१ औ शताब्दीको बाटो हिँडिरहेको मेरो देश जहाँ राज्यका सर्वश्रेष्ठ पदहरूमा महिलाको बहाली छ , खोइ त समानता खोइ त मेरी आमाहरूलाई स्वतन्त्रता, कि मेरी आमाहरू पुरुष भनाउँदाहरुको अगाडी गएर ढुक्क सँग बस्न नपाउने हुन्, कि मेरी आमाहरूको बोलीहरू नसुनिने हो,के मेरा बा जस्ता धेरै बा हरू मुगलानीदा मेरी आमाहरू जस्ता आमा यस्तै पिडाको तपन भई रहने हुन् त , कहाँ छ यो समानता ? कहाँ गयो स्वतन्त्रता ? मन भरी यस्तै विविध प्रश्नहरूको बाढी उर्लेर आयो । र एक पटक मेरा बा देखि सारै रिस उठेर नि आयो “काँ गए होलान् ती बड्डा यति का वर्ष सम्म ।” अब मलाई पिङ बाट्ने ठाउँ जानै मन लागेन किनकि मेरा बा परदेशीका छन् जसको कारणले मेरी आमा यो समाजबाट हेपिएकी छन्।
दशैमा आफ्ना घर फर्कने परदेशी लाहुरेहरू काँधमा टेप राखेर ठुलै स्वरमा घन्काउँदै आउँथे । सबैका घरमा परदेशबाट ल्याएको नयाँ कपडा, खाने कुराहरू हुन्थे मेरा घरमा भने उही आँटो र मकैका रोटी अनि उही पुराना झुत्रा कपडा, चुटेर पलाष्टिकको डोरीले बाटेर जोडेका चप्पल । हाम्रालागि परदेशको समान र कपडा त कल्पना मात्र थियो ।

दशैको तिन दिन अघि तल्लार बाजेकाँ खसी काटेका थिए आमा बन घाँस लिन गएकी थिइन्, बाजेले ए काले तेरा घर मासु खानेकी नाइँ भन्दै चिच्चाए घरमा बहिनी र म मात्रै थियौ अलमल पर्‍यौ बहिनीले दाइ खाने भन के, भन के कर गरी  बहिनीको कुरालाई काट्न नसकेर मैले नि आधा किलो खाने हो बाजे भन्दे । घरमा मासु पनि आयो । आमा घाँसबाट आएर आराम गर्नै पाएकी थिइनन् बहिनी कुदै गएर आमै आज हामीले खसीको मासु ल्याएका छौ तल्लार बाट । बस् यति सुने पछि आमैका रिसले कानका रौ ठाडा भई सकेका थिए । अब तिरौला के गरी तिर्ने रहिछौ तिमीहरूका दुईभाईले है न कस्ता केटा केटी रहिछन् हो मेरा त नसोची नबुझी त्यसै आँट्ने,अब मैले काँ बाट तिर्ने पैसा हे भगवान् । आमालाई तनाव भएछ क्यार खानै नखाईकन कोदो काट्न गइन् यति बेला सोचे त्यो मासु फिर्ता गरिदिन्छु तर फेरी सोचे यो कुनै गणितको हिसाब पनि त हैन नि जति बेला मन लाग्यो त्यति बेला फिर्ता र सापटी लिन दिन  मिल्ने । साँझ आमाले पाखे धानको चामल पै चो मागेर ल्याइन जेठी आमासँग । बहिनी आमाको काखमा बस्दै भनी आमै पर्सि दसैँ हो त अनि मलाई कपडा खोईत, आमा चुपचाप थिइन् फेरी कराइ बहिनी सुनिनौ आमै । खोइ आमा के सोच्दै थिइन् पहिले नै आँखा भरी आशु बनाएकी थिइन् बहिनीको कुराले त झनै भक्कानीदै भनिन् हेर म कसरी तिमीहरूलाई कपडा हालीदिउ तिमीहरूलाई पढाउ कसरी , घर चलाऊ कसरी म के गरु न त माइतीले हेर्छन् न त घरकाले हेर्छन् मैले कस्तो जीवन पाएछु । पारी पाखामा तेरा बाले मलाई भगाउन कम्तीका बहाना बनाएका थिएनन् उति बेला त राम्रै थिए घर पनि राम्रै थियो अहिले त खोइ कसैले पनि हेदैनन् । यति का वर्ष भई सक्यो मुग्लान गएको पनि केही अत्तो पत्तो छैन , काँ गए होलान् मलाई यस्तो भुमरीमा पारेर । आमा रुन थालिन् ।
आमाका आँसु आमैका काखमा बसेकी बहिनीले आँखा भरी आँसु पार्दै पुछ्दै भनी आमा नराउन क्या हामीलाई कपडा चाँहीदैन हामी तिमीले जे दिन्छ्यौ त्यही खान्छौ लाउँछौ पढ्छौ भोलि जागिर खाएर तिमीलाई रानी बनाएर राख्छौ क्या किन रुन्छ्यौ । यो काले ले तिमीलाई न हेरे पनि तिमीलाई म कहिल्यै छोडेर जाँदैन । ११ वर्षे बहिनीको यस्तो कुरा सुनेर रुन्चे मुख पार्दै मेरी आमा फिसीक्क हाँसिन् । म वर्ष १४को भएता पनि म माँ मेरी आमालाई मेरी बहिनीले जति  सम्झाउने आँट थिएन । सायद त्यही भएर होला नारी सन्सारकै सर्वश्रेष्ठ सहनशिल र मनकारी भनेको । उ बेला मेरा बाले आमालाई बाख्रा गोठालाबाट भगाएर लगेका थिए रे त्यति बेला रिसाएका मेरा मामाहरू हाम्रो खासै चासो राख्दैन थिए तै पनि कहिले काहीँ बोलाउँथे । आमालाई तिजमा लगाएस् भनेर दिएको चोलीको कपडाको आमैले बहिनीलाई कुर्ता सिलाइदिन बहिनी त्यतिमा खुसी भई, म भने यो दशैमा उही स्कुलमा लगाउने पछाडि पट्टी टालो हालेको पाइन्ट र त्यही स्कुलको ड्रेस सर्ट नै लगाउने भए । मेरी आमा भने त्यही पोहोर साल मामाले दिएको मखमलको बाउला च्यातीएको चोली मै रमाएकी थिइन् ।

दशैको दिन आमाले हामीलाई जमरा र टिका लगाइदिन मामा घर पल्लो गाउँ थियो भैँसी र गोरुलाई घाँस पात कुँडो पानी गरी सकेपछि हामी मामा घर लायौ । बाटोमा सबैले हामीलाई हेर्थे तै पनि खासै वास्ता लागेन तर मामा घर पुग्नै लाग्ला आमाकी परिचित साथीले भनिन् बिचरा यिनीहरूको हालत के गर्नु बाउ राम्रा नभए पछि । मलाई यो शब्दले साह्रै पोल्यो के मेरा बा साँच्चै नराम्रा हुन त कि उनलाई यो गरिबीको चपेटाले यस्तो बनायो । कि उनले जानीजानी यस्तो गरेका हुन् ? मन पुरै अशान्त भयो तै पनि मामा घरमा टिका ग्रहण पछि भाइ बहिनी त्यतै खेल्न थाल्यौ मामाका छोरा छोरी सँग । सबैले नयाँ लुगा लगाएका थिए लगाएका थियौ त हामीले मात्रै पुराना । खै बहिनीलाई के लागेछ मेरो हात तान्दै दाइ हिँड् घर जाँउ भन्न थाली ,,मेरो मन पनि सबैका नयाँ लुगा लगाएको देख्दा कुँडिएर आएको थियो ।

घर फर्किदा हामी हाम्रै गाउँमा अस्ति बाटेर हालेको पिङ खेल्ने ठाउँ गयौ ।त्यहाँ पनि सबै नयाँ नयाँ लुगामा थिए सबैले हामीलाई हेर्दै कानेखुसी गर्न थाले ,हामीलाई सबैले हेरेको देखेर मेरी बहिनी मेरो हात तान्न थाली काले हिन् के घर जाँउ ह्या सबैले हामीलाई मात्रै हेर्न लागे छिटो । मलाई पनि रति भर बस्न मन थिएन दुई बहिनी दाइ घर फर्कियौ ।
सबैले नयाँ लगाउँदा,नयाँ लगाउन नचाहने यो सन्सारमा को होला र हामीलाई मन नलाग्नु तै पनि मेरी आमाले जे दिइन् त्यही लायौ, खायौ, पढ्यौ हामीलाई दसैँ तिहार जस्ता चाडपर्वले कहिल्यै रोकेन । मेरी आमाले दसैँ तिहार जस्ता चाडपर्वमा पनि खुसी नै राखिन् दुःख पाइन् त उनी आफैले । आज म ध्यचमि द्यबलप को कर्मचारी छु मेरी बहिनी नेपाल सरकारको शाखा अधिकृत छ, घाँस र दाउराको सन्सारमा रमाउने मेरी आमा काखमा नातिनी लिएर नातिनीले त्ख् मा हेर्ने मोटु पत्लु हेर्दै नातिनीसँगै रमाउँदै छिन् । बेला बेलामा आजभोलि पनि भनी रहन्छीन् मेरी आमा दुःख सफलताको शिखर सम्म पुर्‍याउने बाटो हो जसले यसमा भएका अप्ठेराहरू पन्छाउँछ त्यही सफल हुन्छ ,,आत्तिनु र मात्तिनु हुँदैन ।

-हामी जादूगर हैनौं तर भोट माग्ने भाषण गर्दा उत्तेजित भाका जरुर हौं – सम्माननीय प्रधानमन्त्री ज्यू,,

सम्माननीय प्रधानमन्त्री ज्यू,,

तपाई आक्रामक बाट रक्षात्मक बन्नुभएको छ । भन्न थाल्नु भएको छ- “हामी जादुगर हैनौं,फ्याट्ट रूमाल देखाएर झ्याट्ट अण्डा निकाल्ने । मलाई कसैले टेरेनन,कर्मचारी पुलिस प्रशासन कसैले पनि ! यस्तै यस्तै..!”

प्रधानमन्त्री ज्यू,
देश र सिस्टमको अवस्था तपाईलाई राम्रोसंग थाहा थियो । तर तपाई केवल भिड कसरी हाँस्छ र के गरे ताली पड्काउँछ भन्ने कुरामा बढ़ी केन्द्रित हनु भो । दुई तिहाई भोटको महत्व अलि बुझ्नुभएन तपाईले जस्तो लाग्छ । त्यो शानदार विजय अभिमान भन्दा जिम्मेवारी हो भनेर तपाईका आसेपासेले बताएनन तपाईलाई । तपाई ऊटपटाँग गरेर हँसाइरहने र उनीहरू सधै राज्य संयन्त्रमा तर मारिरहने अवस्थाको सृजना तपाई आफ़ैले गर्नु भो । अहिले तपाईलाई धेरैले जोकर प्रधानमन्त्री भन्न थालिसके । टेर्न छोडिसके सत्य हो ।

समय बितेको छैन । तपाई गम्भीर बन्नु पर्छ । सधैको हाँसो ठट्टा र कांग्रेस लगायतका विपक्षीलाई कटाक्ष मात्र गरेर सरकार चलाउन निकै धौ हुन्छ प्रधानमन्त्री ज्यू । यो कुरो तपाईले बुझिसक्नुभो । अझै चार वर्ष तपाई संग छ । जसले जति विरोध र आलोचना गरे पनि गणितीय रूपमा तपाईको सरकार ढाल्ने सामर्थ्य कसैमा छैन ।

तपाई एक्लो मान्छे,लैजानु पनि पक्कै केही छैन र थुपारिदिनु पनि कसैलाई केही छैन पक्कै । तपाईको कमजोरी भनेको तपाईको स्वेच्छाचारी शैली र ‘सेन्स अफ कृटिकल ह्यूमर’ हो । तपाई जस्तो भाषा प्रयोग गर्नुहुन्छ ती भाषा या विपक्षी नेतालाई या गाइजात्राको हांस्य-व्यंग्य कलाकारलाई मात्र सुहाउँछन। तपाई प्रधानमन्त्री हो, तपाईलाई सुहाउँदैनन । तपाईको अर्को कमजोरी भनेको गुटको संरक्षण र गुटका मानिसको आरक्षण हो जसको कारण तपाईकै पार्टी भित्र ठूलो भूसको आगो सल्किइरहेको हामी बाहिरका मान्छेले पनि देख्न र महसूस गर्न सक्छौं ।

विरोध हैन प्रधानमन्त्री ज्यू, सदीक्षा हो । चार वर्ष अझै पनि देश तपाईको हातमा छ । चार वर्षको तपाईको सत्प्रयासले कम्युनिस्ट पार्टीलाई थप दश वर्ष देश चलाउने जिम्मेवारी र अवसर प्रदान गरिरहन सक्छ । अहिलेकै अवस्था हो भने चाहिं विश्व बाट हराइरहेको कम्यूनिज्म कम्तिमा नाममा त बाँकी थियो नेपालमा,त्यो पनि हराउने खतरा हामी देख्छौं ।

हामी आलोचकहरू बरु तपाईका सच्चा साथी हौं,शुभचिन्तक हौं । तपाईले जसो गरे पनि तपाईको बचाऊमा अरुलाई आक्रमण गर्ने अरिंगालहरू भने तपाईलाई,तपाईको पार्टीलाई र सिंगो कम्यूनिष्ट सिद्धान्तलाई अफ्टेरोमा पार्ने साधन र कारण बन्न सक्छन होस पूर्याउनुहोला ।

मानिसहरुले कुरा गरिरहेको सुन्छु म- “हामीले कमाउने,हामी बन्ने मौका यही हो । पहिले कांग्रेसले खायो अब हामीले ख़ाने हो “। यस्तो भन्ने मानिसहरु तपाईको बचाऊ गर्न लागि पर्ने गर्छन । तपाईको सफलता र प्रतिष्ठाको लागि होइन,आफ्नो स्वार्थ सिद्धिको लागि ।

स्वयं तपाईलाई अनुभूत भइसक्यो मानिसले तपाईलाई टेर्न छोडिसके । अभिभावक ‘वेटलेस’ भए भने सन्तानले टेर्न छोड्छन प्रधानमन्त्री ज्यू, नमिठो सत्य यही हो । धेरै केही गर्नै पर्दैन । काम यो वा यो भन्दा थोरै बढ़ी बढ़ी रफ्तारमा गरे पनि हुन्छ, जादूको छडी कसैले खोजेका पनि छैनन तर मुख कम चलाउनुस बिन्ति । जे बोलोस तपाईको कामले बोलोस । चार वर्ष अझै बाँकि छ । हाम्रा प्रधानमन्त्रीलाई सबैले टेर्ने,सबैले सहयोग गर्ने र सबैले ‘वाह’ भन्ने परिस्थिति बनोस ।

तपाईको शुभचिन्तक परदेशबाट ।??