आर्यघाटको मेचमा बस्दा करेन्ट लागेर मृत्यु

मान्छेलाई नै करेन्ट लागेर ज्यान गएको यो पहिलो घटना हो, यसअघि यस्तो करेन्टमा बाँदर पर्ने गरेका थिए । डेढ दशकअघि एकैपटक पचासभन्दा बढी बाँदरको मृत्यु भएको थियो ।

 

काठमाडौँ — सोमबार दिउँसो ३ बजे । पशुपतिको दक्षिणी ढोकाबाट भित्र छिर्दै गरेकी अधवैंशे महिलाले ३/४ वर्षकी नानीको हात समातेकी थिइन् । ‘यता नचलाउ भन्दै छु, करेन्ट लाग्छ,’ ती नानीलाई सचेत गराएपछि सँगै रहेकी महिलालाई उनले भनिन्, ‘अस्ति यहाँ एक जना करेन्ट लागेर मरेको रे ।’

त्यसैबेला अलि पर पशुपति आर्यघाटको २ नं. चितामा पुष्प गन्धर्वको दाहसंस्कार हुँदै थियो । ती महिलाले उल्लेख गरेका, करेन्ट लागेर मृत्यु भएका व्यक्ति पुष्प थिए । ४४ वर्षीय पुष्प गन्धर्वको शनिबार बेञ्चमा बस्दा करेन्ट लागेर मृत्यु भएको थियो ।

पशुपति क्षेत्रमा गाइडको काम गर्दै ६ जनाको परिवार चलाउँदै आएका गन्धर्वको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । ‘त्यो दिन दिउँसोसम्म ३/४ जना टुरिस्टलाई घुमाउनुभएको थियो,’ गन्धर्वका साथी तथा गाइड एसोसिएसन अफ पशुपतिनाथका अध्यक्ष सुनील थापामगरले भने ।
गन्धर्वले त्यसै दिन एसोसिएसनका सदस्यले बुझाउनुपर्ने मासिक शुल्क पनि बुझाएका थिए । दिनभरिको काम सकेपछि उनी एकैछिन सुस्ताउन त्यहाँ बसेका थिए ।

पशुपति क्षेत्रमै कार्यरत एक गाइडका अनुसार आरती सकिएको केहीबेर मात्रै भएको थियो । व्यवस्थापन कार्यालयसँगै रहेको मलामी बस्ने फलामे मेचमाथि बस्दा गन्धर्वलाई करेन्ट लाग्यो ।
त्यसदिन राति ८ बजेतिर गन्धर्वलाई त्यहीं काम गर्ने नवराज प्याकुरेलले देखेका थिए । ‘दिनहुँ देखिरहेकै मान्छे, घाँटी बांगो बनाएर बेञ्चमाथि ढल्केका थिए । के भएछ भनेर मैले उठाउन खोजेको थिएँ । प्रहरीले रक्सी खाएको मान्छे होला छाडिदिनुस् भनेपछि उठाइनँ,’ उनले भने । पछि बालबालिकाले आएर सास नचलेको भनेपछि गन्धर्वका छोरालाई खबर गरियो । प्रहरीलाई पनि ।

परिवारका सदस्य आइपुगेपछि उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइयो । त्यहाँबाट टिचिङ लगियो । त्यहीं उनको ज्यान गयो । आइतबार उनका परिवार र गाइड एसोसिएसनले पशुपति विकास कोषविरुद्ध गौशाला प्रहरीमा उजुरी दिए । कोषको लापरबाहीले प्रवाहित करेन्टका कारण गन्धर्वको मृत्यु भएको भन्दै दोषीलाई कारवाही र क्षतिपूर्ति माग गर्दै प्रदर्शन पनि भयो ।

गन्धर्व आराम गर्न बसेको फलामे बेञ्चनजिकै बिजुलीको पोल छ । पोलसँगै खरीको बोट । बेञ्चमा बटारेर बाँधिएको नाङ्गो तार खरीको बोटमाथि हुँदै पोलमा जोडिएको थियो । ‘त्यो तार कसले जोड्यो, किन र कहिले जोडियो कसैलाई थाहा छैन । दिनभरि बत्ती नबल्ने भएकाले तारमा करेन्ट प्रवाह हुँदैन तर राति त्यसमा करेन्ट हुन्छ,’ अध्यक्ष थापामगरले भने, ‘यसमा कोषको लापरबाही देखियो ।’

ती तारहरू त्यसै फालिएको देखेर कसैले मेचमा बाँधेको हो वा कसैले बिजुलीको कुनै काम गरेर त्यत्तिकै छोडिदिएको हो, कसैलाई थाहा छैन । मान्छेलाई नै करेन्ट लागेर ज्यान गएको यो पहिलो घटना हो, यसअघि यस्तो करेन्टमा बाँदर पर्ने गरेको त्यहाँ कार्यरत रहेकाहरू बताउँछन् । काठमाडौं महानगर– ८ का अध्यक्ष दिनेशकुमार डंगोलले झन्डै डेढ दशकअघि कैलाशमा लगाइएको तारजालीमा करेन्ट प्रवाह भएपछि एकैपटक पचासभन्दा बढी बाँदरको मृत्यु भएको बताए ।

पशुपति विकास कोषले गन्धर्वका परिवारलाई क्षतिपूर्तिबापत १४ लाख रूपैयाँ एक साताभित्र उपलब्ध गराउने र मृतककी श्रीमती अनितालाई करारमा जागिर दिने सहमति उनको परिवारसँग गरेको छ । कोषले घटनाको नैतिक जिम्मेवारी लिएको र छानबिन गर्न समिति गठन गरेको एक कर्मचारीले जानकारी दिए । आफ्नो लापरबाही भएको स्वीकार्दै उनले कोषले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।

घटनाको भोलिपल्ट तार र सबै मेच हटाइएको छ । तर, मेच हटाउँदैमा समस्या नहट्ने यस क्षेत्रमा कार्यरतहरू बताउँछन् । फलामका संरचनासँगै नांगा तार हुँदा जतिखेर जे पनि हुन सक्ने थापामगर बताउँछन् ।

 भाद्र ६, २०७५ ०९:०६

औषधिको मुल्य तोक्ने, सस्तो हुने अपेक्षा 

सरकारले औषधिको मुल्य तोक्ने,

 

काठमाडौँ — सरकारले मुलुकमा उपलब्ध औषधिहरुको मुल्य तोक्न सक्ने कानुनी व्यवस्था गर्दै छ । संघीय संसदमा दर्ता भएको जनस्वास्थ्य सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा ‘औषधिको मुल्य निर्धारण नेपाल सरकारले तोके वमोजिम हुनेछ’ भन्ने उल्लेख छ ।

‘अब औषधिको अधिकतम् मुल्य तोक्ने नियम बन्छ’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन्, ‘मुलुकमा विक्रिवितरण हुने (स्वदेशी/विदेशी) औषधिमा सरकारले तोकेको अधिकतम् मुल्य भन्दा बढी लिन पाइने छैन।’

सरकारले जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधानसंगै यसको मुल्यसमेत तोक्न सक्ने व्यवस्था गर्न लागेको हो। ‘जेनरिक औषधि भित्रसमेत प्रतिस्पर्धा छ’, ढकालका अनुसार यसले गर्दा विरामीले उचित मुल्यमा औषधि पाउने अवस्था आउने छ।

हालसम्म औषधिमा देखिएको गैरनैतिक क्रियाकलाप, वोनसको होडवाजीलगायतकालाई नियन्त्रण गर्ने एउटै तरिका औषधिको मुल्य सिमा निर्धारण गर्नु रहेको नेपाल फार्मेसी परिषद्का पुर्व अध्यक्ष एवं बरिष्ठ फर्मासिष्ट बाबुराम हुमागाई बताउँछन्।

उनका अनुसार केहि औषधि कम्पनीहरु औषधि प्रस्तावक र खुद्रा विक्रेता दुवैलाई प्रभावमा लिने रणनीति अपनाउँछन्। यस अन्तर्गत प्रभावमा पार्न वोनस दिने, लाभको सामाग्री हरु दिने, अन्य प्रकृयाले लाभ दिने आदि गर्दा प्रस्तावक र विक्रि गर्ने त्यहि औषधि लेख्न र बेच्न वाध्य हुन्छन्।

सरकारले मुल्य निर्धारण गर्दा नोक्सानी केहि नरहेको दाबी गर्दै यसले उपभोक्तालाई सस्तो मुल्यमा औषधि पाइनेसमेत उनको दाबी छ।

हाल उत्पादक र उपभोक्ताले फाइदा नपाएर वीचका खुद्रा व्यापारीले फाइदा पाइरहेको दाबी गर्दै हुमागाइ भन्छन्, ‘औषधि कम्पनीले ४०–५० प्रतिशत बोनस दिने त्यो वीचकोले खाने उपभोक्ताले केहि नपाउने अवस्था छ।’

औषधिमा वोनस बाहेह खुद्रा व्यापारीले लिने नाफा १६ प्रतिशत रहेको बताइएको छ। यस्तै थोक औषधि व्यापारीले ७ देखि १० प्रतिशतसम्म नाफा लिन पाउँछन्।

यति मात्र नभइ सरकारी, सामुदायिक, निजी, गैरनाफामुलुक जुनसुकै अस्पतालले दक्ष फार्मासिष्टको संलग्नतामा फार्मेसी सेवा आफै सञ्चालन गर्ने व्यवस्थासमेत आवश्यक रहेको अधिकारीहरुको भनाई रहेको छ।

नेपाल औषधि व्यवसायी संघको पनि यसमा सहमति रहेको छ। अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले औषधिको मुल्य तोक्नु पर्ने संघको धारणा रहेको बताउँछन्। श्रेष्ठ भन्छन–‘मुल्यमा धेरै छाडापन बढेको छ।’

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष उमेश लाल श्रेष्ठको भने यसमा फरक मत रहेको छ। उनी ‘फ्रि मार्केट इकोनमी’ सरकारले मुल्य तोक्न नहुने बताउँछन्। श्रेष्ठ प्रश्न गर्छन्, ‘चामल, दाल तेलको मुल्य तोक्न नसकेको सरकारले के आधारमा औषधिको मुल्य तोक्ने, हचुवा आधारमा तोक्ने हो?’

मुलुकमा स्वदेशी औषधि कम्पनीहरुलाइ कुनै पनि राहत, सुविधा आदि नभएको उल्लेख गर्दै जेनरिक बनाउने वित्तिकै औषधि सस्तो हुन्छ भन्ने गलत फहमी रहेको उनले बताए। मुल्य बजारले निर्धारण गर्ने जनाउँदै श्रेष्ठले अगाडी थपे, ‘सरकारले गुणस्तर नियन्त्रण, परीक्षण, कर दिएको वा नदिएको आदि हेर्ने हो।’

मुलुकमा औषधिको वार्षिक कारोवार बारे आधिकारिक तथ्याङ्क नरहेपनि वर्षेनी करिव ४० अर्वको औषधिको व्यापार हुने गरेको आंकलन गरिएको ढकाल बताउँछन। देशभरीमा सबै भन्दा बढी एन्टिवायोटिक समुहको औषधि खपत हुन्छ।

 भाद्र ६, २०७५ 

चर्चित गायक राजन राज सिवाकोटीले गोजीमा दाम छैन भनेपछि (भिडियो सहित)

बैखरी काठमाण्डौ
नेपाली गायन क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका राजन राज सिवाकोटीले गोजीमा दाम छैन भन्ने गित बजारमा ल्याएपछि झन एकाएक चार्चामा आएका छन । गायिका मेलिना राईको आवाज समेत रहेको उतm गित अहिले निकै चर्चामा रहेको छ ।

सयपत्रिमा बिद्यार्थीलाई अभिमुखीकरण

कपिलवस्तुको बाणगंगा बैरीयामा रहेको सयपत्रि क्याम्पसमा अभिमुखीकरण कार्यक्रम सम्पनन भएको छ । यसै बर्षबाट स्नातक तह प्रथम बर्षमा ब्यवस्थापन संकाय तर्फ अध्यापन सुरु गरेको क्याम्पसले बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रममा उपेन्द्र अधिकारीले प्रशिक्षण दिएका थिए । बुधबारबाट भर्ना कार्यक्रम सुरु हुने क्याम्पसका अध्यक्ष कृष्ण कसिले जानकारी दिए । अत्याधुनिक सुविधा सम्पन्न क्याम्पसमा यस क्षेत्रमा दशकौ देखि अध्यापन क्षेत्रमा लागेका प्रध्यापकहरुद्धारा अध्यापन हुने क्याम्पसले जनाएको छ ।

बाणगंगामा नदीनालाको अनुगमन

कपिलवस्तुको बाणगंगा नदी र सो क्षेत्र नजिकका खोलाहरुको अनुगमन भएको छ । रातको समयमा हुने नदीजन्य पदार्थको निकासि नियन्त्रणका लागी योजना बनाउन स्थलगत अनुगमन गरिएको हो । कपिलवस्तु क्षेत्र नः १ का प्रदेश सभा सदस्य बिष्णु पन्थी ,बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, २ का अध्यक्ष बिष्णु पौडेल, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख चन्द्र बहादुर केसि, बाणगंगा नगरपालिकाका राजश्व भाटका शान्ताराज आर्चाय, पत्रकार भेषराज पाण्डे, अशोक पौडेल लगायतको सहभागितामा अनुगमन भएको थियो । नदीजन्य पदार्थको नियन्त्रणका लागी जरिवानालाई बढाउनुका साथै थप योजना बनाउने नगरपालिकाले जनाएको छ ।

बाणगंगाको बैरीयाबाट म्याक्सीमा सीको बिक्रि सुरु

कपिलवस्तुको बाणगंगा १ बैरीयाबाट म्याक्सीमा सीको बिक्रि बितरण गरिएको छ । बजाजको आधिकारिक बितरक केदारनाथ टे«डसले थ्री ह्वीलर पिक अप लोडर म्याकसीमा सीको बिक्रि सुरु भएको हो । पेट्रोलबाट चल्ने उतm म्याक्सीमा सीको पाच लाख उनान्सय हजार नौ सय उनान्सय पर्ने केदारनाथ टे«डसका बिष्णु पाठकले बताए । साघुरो बाटोमा पनि सचिलै हिड्ने र ५१० केजि बराबरको लोड सजिलै बोक्ने भएकाले घरायसी प्रयोजनका लागी उपयुतm हुने टे«डसका ब्यवस्थापक बिनोद पाठकले बताए । उद्यघाटन कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्याल, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, समाजसेवि बिष्णु बेल्बासे लगायतले बोल्दै यस किसिमको अटोले एक लिटर पेट्रोलले करिव ३० किलोमिटर हिडने घरको लागी मलखात, धान बोक्नुका साथै बजारमा ब्यवसाय गर्नेका लागी बढि प्रभावकारी हुने बताएका थिए ।

वाणगंगा नगरको आर्थिक बर्ष २०७४÷७५ को वार्षिक गतिविधिको समिक्षा भदौ ७ गते ।।

वाणगंगा नगरकार्यपालिको तेस्रो बैठक सम्पन्न भएको छ । मंगलवार बसेको बैठकले महत्वपुर्ण निर्णयहरु गरको छ । बैठकले नगर भित्र बर्षाको समयमा भत्किएका सडक स्तर उन्नति गर्ने निर्णय गरेको छ । बाढिले गर्दा समयमा खाल्डा खुल्डि तथा विग्रिएका सडकहरुको पा्रविधिकहरुको अवलोकन पछि छिट्टै नगरपालिकाले स्तर उन्नति कार्य एक हप्ता भित्र अगाडि बढाउँने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए । त्यस्तै नगरको श्रमिकहरु र निर्माण सामाग्रिहरुहरुको दर रेट निर्धारण समेत गरिएको छ । यसैबिच नदिजन्य वस्तुहरको चोरि निकासिको बारेमा पनि केहि नियमहरु परिमार्जित गरेको छ । यसअघि नदिजन्य पदार्थको पहिलो पटक चोरि निकासि गरेको ब्यक्तिलाई १० हजार जरिवाना निर्धारण गरिएको थियो । मंगलवारको बैठकले पहिलो १५ पटक चोरि निकासि गर्ने हजार निर्धारण गरिएको छ ।  दोस्रो पटक देखि भेटिएमा १५ प्रतिशतका दरले जरिवाना बढाउँदै लैजाने नगरपालिकाले जनाएको छ ।

त्यस्तै भदौ ७ गते आर्थिक बर्ष २०७४÷७५ को वार्षिक गतिविधिको समिक्षा गरिने भएको छ । चार नम्बर स्थित वाणगंगा पार्टि प्यालेसमा कार्यक्रमको आयोजना गरि नगरपालिकाले एक बर्षमा गरेका गतिविधिहरुको समिक्षा गरिने बताईएको छ । बैठकमा नगर प्रमुख मंगल प्रसाल थारु, उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रसाशकिय अधिकृत तुल्सिराम मरासिनि, विषयगत शाखाहरुका प्रमुख, नगरका कानुनि सल्लाहकार हुमनाथ पाण्डे, वडाअध्यक्षहरुको उपस्थिती रहेको वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

पत्रकार पौडेल परिवारको उपचारार्थ सत्यवति ईन्फ्रास्ट्रक्चर कन्ट्रक्सन प्रालिद्धारा आर्थिक सहयोग प्रदान ।।

पत्रकार तथा हर्ट्विट एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश पौडेल परिवारको स्वास्थ्य उपचारका लागि विभिन्न संघ सस्थाहरुले आथिक सहयोग गरेका छन् । मंगलवार वाणगंगा नगरपालिका ११ मा अवस्थित निर्माणाधिन कम्पनि सत्यवति ईन्फ्रास्ट्रक्चर कन्ट्रक्सन प्रालिले २१ हजार सहयोग रकम हस्तान्त्रण गरेको छ । आज हर्टविट एफ एमको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि कम्पनिका अध्यक्ष चिरञ्जिवी पन्तद्धारा पौडेललाई उक्त रकम हस्तान्त्रण गरिएको हो । सहयोग रकम हस्तान्त्रण कार्यक्रममा कम्पनिका अध्यक्ष चिरञ्जिवी पन्त, खगेश्वर अधिकारि, रामलाल अधिकारि, नारायण प्रसाद बेल्वासे, राजेन्द्र गिरि, हरि सापकोटा, विष्णु घिमिरे, नवदत्त घिमिरे, लोक मणि पौडेल, राजीव शर्मा लगायत कम्पनिका सदस्यहरुको उपस्थिती रहेको थियो । पौडेलले सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गरे । गत असार १० गते मोटरसाईकल दुुर्घट्नामा परि परिवार सहित उनि गम्भिर घाईते भएका थिए ।

कपिलवस्तुको उद्योग बाणिज्य सघंको वस्तुगत उपाध्यक्षमा खनाल मनोनित

कपिलवस्तुु उद्योग बाणिज्य सघंको बैठकले बस्वतुगत उपाध्यक्षमा नारायण खनाललाई मनोनित गरेको छ । बाणगंगाको ओेदारीमा ब्यवसायी गर्दै आएका खनाल यस क्षेत्रका पुराना ब्यवसायीसगै युवा समाजसेविका रुपमा परिचित छन ।

कपिलवस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा भणडारी र सल्लाहकारमा ठकुरी मनाेनीत

कपिलवसस्तु उद्योग बाणिज्य सघंको उपाध्यक्षमा टोप नारायण भणडारी र सल्लाहकारमा खोम बहादुर सिहं शतिm ठकुरी चयन भएका छन । कपिलवस्तु उद्योग बाणिज्य सघंको बसेको बैठकले सो निर्णय गरेका हुन । भण्डारी र ठकुरी यस क्षेत्रका युवा समाजसेवीका रुपमा परिचित छन ।

मिस एण्ड मिस्टर कपिलवस्तुका सहभागीलाइ अभिमुखीकरण

मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ मा सहभागी प्रतियोगीहरुबिच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केनभस म्यानुअल प्लेयर्सद्धारा कपिलवस्तुमा आयोजित कार्यक्रममा सहभागी ४० मध्य छनोट भएकाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । कपिलवस्तु जिल्लामै पहिलो पटक आयोजना भएको मिस एण्ड मिस्टर कपिलवसतु २०७५ को अभिमुखीकरण कार्यक्रममा बोल्ने बतmाले अहिलेको समय आधुनिकतासगै सुन्दरता र प्रतिभावान ब्यतिmहरुले स्थान पाउने समय रहेकोमा जोड दिएका थिए । त्यही सुन्दरता र क्षमता भएका कपिलवस्तुका प्रतिभावान प्रतियोगिहरुलाई मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ उपयुतm मञ्च रहेकोमा उनीहरुको जोड रहेको थियो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नः १ का प्रदेश सभा सदस्य बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरे, सस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेन, रेडीयो बाणगंगाका अध्यक्ष दुर्गा केसि, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा, रोट्रयाक्ट कपिलवस्तुका अध्यक्ष माधव पौडेल, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेको रोटरी अफ कपिलवस्तु मिड टाउनकी सर्जनेन्ट एट आम्स सुष्मा खाणले जानकारी दिइन । कार्यक्रममा सहभागी प्रतियोगिसगै उनीहरुको सहभागीतासगै सास्कृतिक कार्यक्रम भएको आयोजक केनभस म्यानुअल प्लेर्यसका निर्देशक बिशु खाणले जानकारी दिए ।

‘ युद्धको पछुतो ‘





" युद्धको पछुतो "




बुबाको बर्षौँ छिप्पेको दम र उपचारको अभावले जिर्ण

बनेको आमाको बाथलाई

ठीक पार्न मुग्लान छिर्दै लाग्दा

समाज बदलेर

समानताको जग बसाल्ने

प्रलोभन देखाइ

मेरो  टिकट राहदानी च्यात्न लगाइयो




रोग र भोकको  खाडल पुर्न हिंडेका मेरा पाऊ

बाटो मोडेर

देश बदल्ने बाटोतिर लम्किए




पुसको चिसो रातमा

बोरामा खादेको चिसै भातले भोक टारेँ

भरुवा बन्दुकको सिरान लगाई

धर्ती बिछयाएर

आकाश ओढें




व्यवस्था बदल्न

आफ्नो कलिलो उमेरलाई

धितो राख्दै रगतले

ईतिहास लेख्छु भन्दाभन्दै

बा आमा रोगको प्यारो हुनुभयो

आँसु समेत झार्न नपाई

युद्धमा होमिइरहेँ




बर्षौं रगतको टाटो बोकेर बेहिसाब समानताको प्रतीक्षा गरें




मेरो मन बहकाई

राहदानी च्यातेर

हातमा गृनेट र खुकुरी थमाउनेहरु भान्से भए

डाडु पन्युँ   समाए

तर

मैले पेटभरी खान फेरि पाइन

देश बदल्ने सपनाले प्वाल परेको पाखुरा सिउन पाइन

उल्टै

अयोग्यताको बिल्ला भिराएर

फेरि राहदानी बनाउन बाध्य पारियो




पुनः जिन्दगीले १० बर्ष अघिको

स्थानमा ल्याइदियो ।




उ बेला राहदानी बोक्दा

मातापिताको हात यो शिरमा थियो

युवा जोस जाँगरले संसार उछिन्छु भन्ने आट साहस थियो

सबैको मुहारमा मेरो भरोसाको

आडले खुशी पोतिदिन्थ्यो

तर

अहिले बेसाहारा टुहुरो बनी

निर्बल शरीर,हराएको जोस

र बिक्षिप्त मन लिएर बाटो लागें




एउटै थालमा सँगै खाएर

सुतेको साथी

सदाको लागि निदाउदा समेत मैले मुग्लान छोडन नसकी

तिम्रै भोग विलासको जिन्दगीमा टेवा दिइरहेको छु




र त अहिले

पश्चाताप लागिरहन्छ

त्यो युद्धको




दश बर्ष पहिले

मैले टिकट  राहदानी नच्याती जहाज चढेको भए

कमसेकम मेरो बा आमाको

रोग निको पारेर

अरु केही बर्ष आशीर्वाद थाप्दै

आमाको ममता र

बुबाको आदर्शको अंगालोमा बेरिएर

एउटा सानो झुप्रो बनाइ

निदाउन त सक्थें होला




आखिर बर्षौं लडे पनि

फेरि राहदानी बनाई

च्यातिएको मन लिएर

जहाज त चढनै पर्ने रहेछ।







-डिआर न्यौपाने "सूर्य"

कालीगण्डकी २,अर्बेनी गुल्मी

हाल-दक्षिण कोरिया

‘तमसुक ‘



'तमसुक '

घर छाड्ने बेलामा 

घरको भित्ताभरि कुँदेँ 

फर्किएपछि बनाउँने अर्को घरको नक्सा 




झोलाभरि आमाको आशीर्वाद 

गोजीभरि बाले कोट टक्टक्याएर दिनुभएको 

सुर्तीको गन्ध आउने नोटहरू 

बोकेर हिँडेँ हृदयभरि तमसुकका अक्षरहरू 




आँखाभरि खिचेर लगेँ 

घरको आकृति 

मनभरि खिचेर लगेँ 

बाअामाका आँखाहरू  




हिड्ने बेलामा 

थपिए केही थान जिम्मेवारी 

जो मसँगै हुनेछन् म रहुञ्जेल 




चोरेर हिँडे अलिकति मुस्कान 

डिलमा उभिएर मलाई पर्खिरहेकी उनीको 




गोरेटो नै धमिलो देखेँ हिँड्नेँ बेलामा 

हावा नै रोकिए जस्तो 

तनभरि लेखेँ एउटा गीत 

गाएँ आफैँले सङ्गीत भरेर 




जहाजमा उक्लने बेला 

ढोगेँ देशको माटो र भनेँ 

देश ! म नआउञ्जेल तँ कतै नजानू ल ?

संविधान कुनै धर्मशास्त्र होइन, संशोधन हुन्छ,!! -ओली

खरीबोट

काठमाडौं । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर पुगेर यसअघि आफ्नै अडानका कारण पटक पटक संसदमा असफल बनाएको संविधान संशोधन अब गर्ने बताए । उनले प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै के पनि भने भने संविधान भनेको कुनै धर्मशास्त्र होइन अर्थात् यो परिवर्तन गर्न सकिन्छ । चाहिएको बेला संशोधन गर्न यो सरकार तयार छ । ठीक १ वर्षअघि यो संविधान संशोधन नै हुन नसक्ने भन्दै प्रतिपक्षमा रहेको तत्कालीन एमाले अर्थात् वर्तमान प्रधानमन्त्री ओलीले अध्यक्षता गरिरहेको दलको कारण दुई वटा संशोधन विधेयकहरु पहिलो सरकारले फिर्ता लिएको र दोस्रो संशोधन विधेयक संसदमा दुई तिहाइ मत नपुगेका कारण पारित हुन सकेको थिएन ।

तत्कालीन समयमा कांग्रेस र माओवादीले मधेशी दलहरुले राख्दै आएका प्रदेश सीमांकन, भाषा, नागरिकतासम्बन्धी कुराहरुलाई संशोधनमार्फत सम्बोधन गर्ने भनी उक्त विधेयक संसदमा लगे पनि ओलीको दलले अस्वीकार गर्दा संसदमा असफल भएको थियो । उक्त बेला ओली र मधेशवादी दलहरु एक नदीका दुई किनारा भएर कहिल्यै मिल्न नसक्नेजस्तो देखिएको थियो । कांग्रेस र तत्कालीन माओवादीको सुझबुझकै कारण मधेशवादी दल प्रदेश सीमांकनलगायतका आफ्ना मागहरु समेटिएको संशोधन संसदमा सफल नभए पनि संसदमा प्रस्तुत भएको भन्दै दोस्रो चरणमा भएको प्रदेश २ को स्थानीय निकाय निर्वाचनमा सहभागी भएका थिए । त्यतिबेला ओलीको दलले प्रदेश सीमांकन, नागरिकतालगायतबारे संविधान संशोधन गर्नै नहुने अडान लिएको थियो तर शनिबार भने तत्कालीन समयमा हुँदै हुन्न भन्ने ओली सोही प्रदेशको प्रदेशसभालाई ‘जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने’ बलियो आश्वासन बाँडिरहेका थिए ।

खासगरी आवश्यकता र औचित्यको आधारमा मात्रै संविधान संशोधन हुने भन्दै तत्कालीन एमालेले कांग्रेस र माओवादीको संयुक्त सरकारले ०७३ चैतमा  ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयक ०७४ भदौमा संसदमा भएको निर्वाचनमा असफल पारेको थियो । त्यसो त तत्कालीन समयमा ओली र उनको दलको अडानकै कारण उक्त विधेयक लामो समयको रस्साकस्सीपछि मात्रै संसदमा निर्वाचनमा लगिएको थियो । त्यसबेला वर्तमान प्रधानमन्त्री केपी ओलीमा चढेको ‘राष्ट्रवादको भूत’का कारण राजनीतिक गतिरोध लम्बिएको त छँदै थियो, मधेशी दलसँग उनको ‘पानी बाराबार’कै स्थिति थियो । यो स्थिति कतिसम्म थियो भने ओलीले त्यसबेला मधेश झर्ने हिम्मत समेत गर्न नसक्नेसम्मको थियो । कुनै पनि हालतमा संविधान संशोधन गर्नै नदिने अडानमा रहेका ओलीले त्यसअघि मधेशवादी दलले गरेका आन्दोलनमा भड्किएको हिंसालाई इंगित गर्दै ‘बोटबाट दुई÷चार आँप’ झर्दा खासै केही फरक नपर्ने भनी रिस पोख्ने गरेका थिए । तर यता संसदमा भने कांग्रेसका प्रदीप गिरीहरु राष्ट्रवादको नाममा मधेशवादी दललाई एक्ल्याउन नहुने बताइरहेका थिए । त्यस्तै दोस्रो संशोधन विधेयक असफल भएपछि तत्कालीन माओवादीले तत्कालीन एमालेमाथि त्यसको दोष गम्भीर रुपमा लगाएको थियो ।

अहिले तीनै तहको निर्वाचन सम्पन्न भएर सत्तामा आएपछि भने ओलीलाई कसरी पाँच वर्ष सत्तामा बसिराख्ने भन्ने चिन्ताले सताएको छ । सोही चिन्ताका कारण ओली निर्वाचनपछि जनमत लिएर गठन गरेको सरकारलाई पाँच वर्ष टिकाउनकै लागि पहिले आफैँले लिएका अडानहरु आफैँले छोड्दै आएका छन् । उनले अडान छोडेकै कारण तत्कालीन मधेशवादी दलहरु अर्थात् वर्तमान राजपा र संघीय समाजवादी फोरमजस्ता दलहरु समेतको समर्थन र समुपस्थिति ओली सरकारमा रहनपुगेको हो । माओवादी र एमाले मिलेर बनेको पार्टीको सरकार आफैँमा बहुमत प्राप्त भए पनि दुई तिहाइ शक्ति आर्जनका लागि उपेन्द्र यादवलगायतलाई फकाएर र राजपालाई संशोधनको लोभ देखाएर सरकारमा सामेल हुन र समर्थन गर्न लगाइनुको अन्तर्य नै आफू लामो समय शक्तिशाली बन्नकै लागि हो । वर्तमान अवस्थामा नेकपा, फोरम र राजपाले नेपालको संविधान संशोधन गर्न कांग्रेससँग औपचारिकता निभाउनेबाहेक अन्य केही सहयोग माग्नुपर्दैन । अहिले सरकारले जे निर्णय गर्न चाह्यो, जस्तो संशोधन गर्न चाह्यो त्यस्तै गर्न सक्छ ।

तर मुख्य कुरा के हो भने अब ओली सरकारले गर्ने संविधान संशोधनले भने ओलीकै लागि ठूलो ‘राजनीतिक पाठ’ सिकाउने नै छ, यसअघि झूठा कुरामा अडान राखेर प्रचारित उनको राष्ट्रवाद पनि खारेज हुनेछ । यो मुद्दामा शनिबारको ‘ओली महावाणी’ फेरिनु स्वाभाविक नै मान्नुपर्छ । उनले शनिबार प्रदेश सभामा भने, ‘संविधानले कसैलाई विभेद गर्दैन । विभेद भएको छ भने भन्नुस्, संविधान संशोधन गर्न तयार छौँ ।’ ओलीले प्रदेश २ को भूमि टेकेर यसो भन्नु उनले आफ्नै विगतको पदचाप मेटाएको बलियो प्रमाण हो । किनकि वर्ष दिनअघि ओली यो भन्ने अवस्थामै थिएनन्, सोही कारण प्रचण्ड र देउवासँग उनको मत बाझिन्थ्यो । यद्यपि त्यतिबेला पनि मधेशवादी दलले विभेद भएको भनिरहेका थिए, अहिले पनि सरकारलाई समर्थन गरिरहँदा समेत उनीहरुको उक्त भनाइ जस्ताको त्यस्तै छ । अझ राजपाले त संशोधन भएमात्र ओली सरकारलाई समर्थन जारी राख्ने समेत भनिरहेको छ ।

क्षणिक स्वार्थमा बहकिने र बदलाभावको राजनीति गर्ने ओलीको शनिबारको वक्तव्यको परीक्षा आगामी केही दिनमै हुनेछ भने त्यसमा पास भए पनि ओलीलाई हेर्ने जनताको शंकाभाव भने रहिरहनेछ ।

प्रदिप खड्काको फिल्म ‘रोजी’ को नाम परिवर्तन

खरीबोट

काठमाडौँ।  प्रदीप खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘रोजी’ को नाम परिवर्तन भएको छ । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको नाम ‘रोज’ राखिएको छ ।

गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म ‘रोजी’ को कथा र परिवेश मिलेको भन्दै पटक-पटक सो नाम नराख्न दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।

२०६८ सालमा ललितपुरकी रोजी महर्जनलाई उनकै प्रेमी सुबास उप्रेतीको योजनामा राजु लोहारले गोली हानी हत्या गरेका थिए । बिहिबार चलचित्र विकास बोर्डमा भएको बैठकमा निर्माण टिम ‘रोजी’ नाम हटाएर रोज राख्न तयार भएको हो ।

वार्तामा निर्माता तथा निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जन उपस्थित थिए । महर्जन परिवारले फिल्म निर्माणको सुरुदेखि ‘रोजी’ नाम नराख्न दबाब दिँदै आएका थिए ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउने सम्झौता भएको छ ।

महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि यो फिल्मको केही समय छायांकन समेत रोकिएको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा परिवर्तन गरिदिने बताएपछि अबरोध भएको छायांकन सुचारु भएको थियो ।

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी,

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी,

खरीबोट

यो तस्बिर स्याटेलाइट ग्यालेक्सीको वितरण हो । निलो घेराले चम्किला स्याटेलाइटलाई घेरेको छ भने सेता घेराले धुमिल स्याटेलाइट्सलाई घेरेको छ । तिनै धुमिल स्याटेलाइट पुराना ग्यालेक्सीहरु हुन् । तस्बिर : डोर्हाम युनिभर्सिटी/एसडब्ल्युएनएस डटकम/डेली मेल

चारवटा साना तारामण्डलहरुले मिल्कीवेको परिक्रमा गरिरहेको फेला परेपछि वैज्ञानिकहरुले यसलाई ब्रह्माण्डकै पुरानो तारामण्डल भएको दाबी गरेका छन् । खगोलविद्हरुले उक्त ससाना तारामण्डललाई १३ बिलियनभन्दा बढी वर्ष पुरानो र बिगब्यांग (महाविष्फोटन)पछि अस्त्वित्वमा आएको दाबी गरेका हुन् ।

द ड्वार्फ अर्थात् स्याटेलाइट ग्यालेक्सीहरु मिल्किवेतिर अर्बिट गरिरहेको अर्थात् चन्द्रमाले जसरी पृथ्वीलाई अर्बिट गर्छ सोही तरिकामा रहेको बताइएको छ । तर उक्त अर्बिट निकै ठूलो क्षेत्रमा रहेको छ । अनुसन्धाताहरु जसले यसलाई पत्ता लगाए उनीहरुले मानवयुक्त पृथ्वी समेत त्यसमा हुनसक्नेतर्फ पनि संकेत गरेका छन् ।

यो तथ्यसँगै ब्रह्माण्डको विकासप्रक्रियातर्फ पनि थप तथ्य पत्ता लाग्ने अनुमान गरिएको डर्हाम युनिभर्सिटीको इन्स्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी र एष्ट्रोफिजिक्सका द हार्वर्ड स्मिथसोनियन सेन्टरका अनुसन्धाताहरुले बताएका छन् ।

उक्त चारवटा ग्यालेक्सीहरुलाई सिग १, बुट्स आई, टुकाना आईआई, र उर्सा मेजर आई नाम दिइएको छ । यी चारैवटा सबैभन्दा पुराना ग्यालेक्सी रहेको उनीहरुको दाबी छ । इस्टिच्युट फर कम्प्युटेसनल कोस्मोलजी (आईसीसी)का निर्देशक प्रा. कार्लोस फ्रेन्कका अनुसार हाम्रो ब्रह्माण्डमा मिल्कीवेतिर घुमिरहेका सबैभन्दा पुराना ग्यालेक्सीसँगै मानवयुक्त पहिलो अनि पुरानो पृथ्वी भेटिनसक्नेछ, जुन निकै चाखलाग्दो हुनेछ ।

त्यस्तै रोयल सोसाइटी इनिभर्सिटी रिसर्चकर्तामध्ये एक डा. एलिस डेसनका अनुसार हाम्रै मिल्कीवेमा घुमिरहेका चम्किला स्याटेलाइट ग्यालेक्सीहरु पत्ता लाग्नुले प्राक्ब्रह्माण्डबारे बुझ्न मद्दत गर्न सक्छ । जब ब्रह्माण्ड ३ सय ८० हजार वर्षको थियो, तब मात्र सबैभन्दा पहिलाका अणुहरु जन्मिएका थिए । तिनीहरु हाइड्रोजनका चम्किला अंश रहेका र पेरियोडिक टेबलका सजिला तत्वहरु रहेका थिए ।

जब तिनीहरु बादलमा संगृहित हुनपुगे त्यसपछि तिनीहरु ससाना ‘हालोस’ अँध्यारा वस्तुको डल्लोमा रुपान्तरित भए जुन बिगब्यांगपछि देखा पर्न सुरु गरे । यसलाई ‘कुलिङ फेज’ अर्थात् चिसो विकासप्रक्रिया भन्न सकिन्छ, जसले आकाशीय अँध्यारो समयलाई दोब्बर बनाएर सय मिलियन वर्षसम्म राखिरह्यो ।

त्यसपछि हालोसभित्र ग्यासले चीसो पारिरहेका थियो, अस्थिर बन्न पुग्यो र ताराहरु बन्नेक्रम सुरु भयो । यी उक्त वस्तुहरु नै पहिला तारामण्डल बनेको मानिएको छ जसले ब्रह्माण्डमा प्रकाश ल्याएको थियो । योसँगै अध्यारो युगको अन्त्य भएको विश्वास गरिएको छ ।

द एष्ट्रोफिजिकल जर्नलमा प्रकाशित उक्त अध्ययनले धेरै धुमिल तारामण्डलको संख्याको पहिचान गरेको छ । जुन कोस्मिक डार्क एजमा बनेका थिए । अध्ययनले दोस्रो र अलिकति ज्यादा चम्किलो समूह जुन सयौँ मिलियन वर्षपछि बनेको पत्ता लगाएको छ ।

यस्तै उक्त हाइड्रोजन जसमा पहिलो तारामण्डलले उत्सर्जन गरेका अल्ट्राभायलेट विकीरणद्वारा विद्युत् प्रवाह भएको थियो, त्यसले नै धेरै र विशाल हार्लोसहरुलाई चिस्यानीकरण गरेको पनि मानिएको छ । विचारणीय कुरा त उक्त टोलीले ग्यालेक्सी फर्मेसन (विनिर्माण प्रक्रिया)को एउटा नमूना पनि पहिचान गरेको छ । यसले उनीहरुलाई स्याटेलाइट ग्यालेक्सीहरुको निर्माणसमयका लागि समेत अनुमति दिएको छ ।

प्राध्यापक फ्रेन्कका अनुसार टोलीले पत्ता लगाएका तथ्यांकले अहिलेको ब्रह्माण्डहरुबारेको विकास प्रक्रियाको नमूनालाई सहयोग गरेको छ । उक्त नमूनालाई ‘लाम्बदा कोल्ड डार्क म्याटर मोडेल भनिएको छ जहाँ तात्विक अंशहरुले अँध्यारोप्रेरित आकाशीय विकास प्रक्रियालाई बनाउँछ ।

प्रारम्भकालीन ग्यालेक्सीहरुद्वारा उत्सर्जित विकीरणले बाँकी रहेका हाइड्रोजन अणुहरुलाई नष्ट गरेको मानिएको छ । खासगरी हाइड्रोजनका इलेक्ट्रोनहरुलाई नष्ट गरी अर्थात् यस्ता ग्यासलाई चिस्यानीकरण गर्न र नयाँ तारा बन्न कठिन पारेको मानिएको छ ।

तारामण्डल निर्माणको विकास प्रक्रियाको आधार रोक्न र नयाँ तारामण्डलहरु बन्नबाट रोक्न करिब अर्को बिलियन वर्षभन्दा बढी सफल भएको विश्वास पनि गरिएको छ । फलस्वरुप डार्क म्याटरको हालोस विशाल हुनपुगेको र ग्यासले त्यसलाई शान्त पार्न सकेको पनि मानिएको छ ।

त्यसपछि पुनः ग्यालेक्सी फर्मेसन अर्थात् तारामण्डल बन्ने क्रम सुरु भई चम्किला तारामण्डल हाम्रो मिल्कीवेजस्तै बनेको विश्वास गरिएको छ । आईसीसीका पूर्वविद्यावारिधिकर्ता डा. सोनक बोस जो अहिले अमेरिकामा हार्वर्ड स्मिथसोनियन सेन्टर फर एष्ट्रोफिजिक्समा अनुसन्धाता छन्, उनका अनुसार वास्तविक तथ्य र सैद्धान्तिक नमूनाको भाविष्यवाणीहरुबीच करिब करिब सहमत हुने गरी अहिले राम्रो काम भइरहेको छ ।

दशकअघि नै धुमिल तारामण्डल जो मिल्कीवेवरपर रहेका छन् तिनीहरुबारे यी कुराहरु पत्ता लागिसक्नुपर्ने उनको भनाइ छ ।

रेल बन्ने ट्रयाकमा घर बन्दै

रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किनबेच : रेल बन्ने ट्रयाकमा घर बन्दै

खरीबोट

रेल्वेकाे पुरानो अफिस रहेको घर।

बारा , बाराको विभिन्न स्थानमा रहेको नेपाल रेल्वेको सरकारी जग्गाहरू अनधिकृत रूपमा किन बेच हुँन थालेको छ । अन्य क्षेत्रमा जग्गाको मूल्य अकासिए पछि रेल्वेको जग्गा हेर बिचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नैं किन बेच गर्न थालेको पाईएको हो । रेल्वेकाे लिकहरूमा दैनिक जसो मेला जस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद–बिक्रीको काम हुने गरेको पाइएको छ ।

अतिक्रमित रेल्वेको कतिपय जग्गा जिल्ला स्थित नापी र मालपोत जस्ता सरकारी अड्डाबाट जग्गा दलालले कागजात मिलाइ नम्बरी बनाएर बिक्री भइरहेको पाइएको छ , भने धेरै जसो जग्गा ऐलानी बिक्री भएको पाइन्छ ।

जिल्ला स्थित मालपोत र नापी कार्यालयका प्रमुखहरूले भने आफ्नों कार्यालयबाट अहिले त्यस्तो नभएको र बिगतमा भएको भए आफूहरूलाई थाहा नभएको दाबी गरे । तर , केही समय यता जीतपुर , सिमरा , अमलेखगंज , नितनपुर , परवानीपुर लगायतका स्थानमा किन बेच बढिरहेको पाइन्छ ।

“रेल्वेको सरकारी जग्गा कतिपयले नम्बरी बनाएर बेचेका छन्,” स्थानीय किशोर लामा भन्छन्, “अहिले रेल्वेको ऐलानी जग्गा नैं गाउँ तिर पर्ने एक लाख धुर बजार तिर पर्ने पाँच लाखमा धमाधम बिक्री भइरहेको छ , तर रोक्ने कोही छैन ।”

रेल्वेको लिक सबै चोरी भएकै कारण रेल्वेको जग्गा कहाँ देखि कहाँ सम्म हो भन्ने समेत थाहा हुन छाडेको छ । जसका कारण जग्गा किन बेचमा सहज बनेको छ ।  प्रायः सबै ऐलानी रहेको जग्गामा जग्गा दलालहरूले खाली जग्गा बाहेक पनि भवन सहित नैं बिक्री समेत गर्ने गरेका छन् ।

मूल्य धेरै आउने भए पछि पहिल्यै घरजग्गा बनाएकाहरूले समेत घरै बिक्री गरी पुनः रेल्वे कै अन्य खाली जग्गा ओगट्न जाने गरेको लामाले बताए । बिक्री भएका जग्गाहरूमा आवासीय घरबाहेक दर्जनौं होटल , पसल , निर्माण सामग्रीका गोदाम , हार्डवेयर सञ्चालनमा छन् । समाजमा न्यून आय भएकाहरूको सहज पहुचँ पुग्ने र हटाउने अनिश्चित भए पनि तत्काल काम चल्ने उद्देश्यले रेल्वेको जग्गा खरीद गर्नेहरू भेटिन्छन् ।

मसँग नम्बरी जग्गामा घर किनेर परिवार राख्ने क्षमता नैं छैन । जीतपुरमा रेल्वेको जग्गामा काठको घर किनेका रामशरण काफ्लेले भने, “मैले रेल्वेको जग्गा किनेँ, अब ५-१० वर्षलाई ढुक्क भएँ ।”  बिरगंजदेखि अमलेखगंज सम्म रेल आउने सबै लिक चोरी भइसकेको छ, भने सिमरा पथलैया अमलेखगंजका स्टेसनमा रहेका केही भवन अवशेषका रूपमा रहेका भेटिन्छन् । पथलैयाको स्टेसन व्यक्तिले कब्जा जमाएमा छन् , भने सिमरा र अमलेखगंजमा स्टेसनसँगै व्यक्तिले पक्की संरचनाको भवन निर्माण गरेको पाइन्छ ।

स्टेसन मैं पक्की भवन बनाएका एक व्यक्तिले भने, “रेल्वेले हटाउने अनिश्चित छ, फेरि हाम्रो मात्रै होइन अमलेखगंजदेखि बिरगंजसम्मको समस्या हो, सबै हटे हामी पनि हटौँला ।”

बारा जीतपुरकाे राताेपुल माथी चल्दै गरेकाे रेलकाे फाईल फाेटाे

…………………………………………………………………………..

निर्वाचनपछि स्थानीय जनप्रतिनिधीहरूको समेत रेल्वेको जग्गा खुलेआम बिक्री वितरण भइरहँदा पनि चासो रहेको पाइँदैन । सरकारले रक्सौल अमलेखगंज पाइपलाइन पनि रेल्वेको लिकबाट ल्याउन असफल हुनुमा त्यहाँ रहेको अनधिकृत बस्ती नैं कारण थियो । सरकारी अनुगमन निरन्तर नहुँदा अतिक्रमणमा परेको रेल्वेको जग्गा खाली गराउन सरकारलाई अब भने ठूलै समस्या पर्ने देखिन्छ ।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले रेल्वेले हेर्नु पर्ने नहेरीदिँदा यो अवस्था आएको र अहिले त रेल्वेको जग्गामा बस्नेको हक कायम भएको जस्तो देखिएको बताए । उनले पछिल्लो समय मुलुकमा नयाँ रेल्वेको चर्चा चलिरहँदा यस्ता जग्गा आवश्यक पर्ने भए खाली गराउन स्थानीय जनप्रतिनिधि मिलेर कार्य योजना बनाएर अगाडि बढ्ने बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडैलले नेपाल रेल्वेको कुरा संघीय र प्रदेश सरकारको विषय भएकाले आफूहरूले केही बताउन नसक्ने धारणा राखे । उनले किनबेच र अतिक्रमण रोक्न सकिए पनि बस्ती हटाउन आफूले केही गर्न नसक्ने बताएका छन् ।

शरीरमा पानीको मात्रा कम भयो भने यस्ता समस्याहरु निम्तिन्छन् !

मानव जीवनमा पानीको महत्व धेरै हुन्छ। खानेकुरा नखाई मानिस तीन चार दिनसम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ। तर पानी बिना भने प्राय बाँच असम्भव  । पानी जीवन हो। यो हाम्रो शरिरको महत्वपूर्ण अंश हो। शरिरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ। रगत, माशंपेशी, हड्डी सबैमा पानीको आवश्यकता पर्दछ।

पसिना र पिसाबबाट हाम्रो शरीरको पानी जाने गर्छ। विज्ञहरुका अनुसार शरीरमा पानीको मात्रा सन्तुलित रुपमा राख्न दैनिक ८ गिलास पानी पिउनुपर्छ।हाम्रो शरीरबाट खेर गएको पानीको मात्रा अनुसार पानी पिउनुपर्छ। शरीरको उचित कार्यका अतिरिक्त विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनु पर्छ। पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण लगायतका समस्या हुन्छ। शरीरलाई स्वस्थ राख्न रसिलो फलफुल खानुपर्छ।

पानीको अभावमा स्वास्थ्यमा निम्न समस्या देखा पर्दछन्ः

पाचन प्रणालीमा समस्याः

पानी शरीरको एउटा महत्वपूर्ण पर्दाथ हो, जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउँछ र पाचन प्रणालीलाई सफा बनाउँछ। पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ।

कमजोर र धमिलोः

शरीरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन्, जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न  गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ।

डिहाइड्रेसनः

पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ। डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ।

शरीरको तापक्रम बृद्धि गर्छः

शरीरमा पानीको मात्र कम हुद शरिरको तापक्रम घट्छ। शरिरलाई चिसो बनाउन पनि उचित मात्रामा पानी पिउनुपर्छ।

पेटको अल्सरः

शरीरमा पानीको अभावमा पेटको अल्सर हुन्छ। पेटमा म्युकोसको निर्माण हँदैन। यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ।

कब्जियतः

शरीरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ।

जोर्नी दुख्छः

जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ। जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरीर पोल्ने र जोर्नीमा पीडा हुन्छ।

रक्तचाप घट्छः 
रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ। तसर्थ शरीरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ।

मुटुको धड्कन बढ्छः

जब शरीरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ। यसले मुटुको चाल असामान्य बनाउँछ।एजेन्सी

इन्धन किन्दा वर्षमा१५२ अर्ब बाहिरिन्छ , सरकारले जनतासँग उठाउँछ थप ५५ अर्ब

काठमाडौं / स्थानीय तहले अचाक्ली कर उठाएको विषयमा ठूलो बहस भइरहेको छ । तर, केन्द्रीय सरकारले वर्षौँदेखि अत्यावश्यक उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा अचाक्ली कर उठाउँदै आएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो ।

नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ । निगमले गत आर्थिक वर्ष ०७३/७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

‘त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन (आइओसी)लाई मात्र करिब १ खर्ब ५२ अर्ब रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

भारतमा नहर निर्माणलाई टेन्डर

कञ्चनपुर / महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भूभागमा पर्ने नहरको निर्माण प्रक्रिया सुरु हुने भएको छ । टनकपुर ब्यारेजदेखि नेपाल-भारत सीमासम्म १२ सय मिटर मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको हो । भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले उक्त नहर निर्माणका लागि १८ महिनामा काम गर्ने लक्ष्यका साथ टेन्डर आह्वान गरेको छ । भारतीय भूभागमा नहर निर्माण नहुँदा आयोजना नै अन्यौलमा रहेको थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

कपिलबस्तुका दुई छुट्टाछुट्ट्रै स्थानमा दुई शव फेला ।।

कपिलबस्तुका दुई छुट्टाछुट्ट्रै स्थानमा दुईवटा शव फेला परेका छन् । शुद्दोधन गाउपालिकामा एक नावालक मृत अवस्थामा फेला परेका छन् । शुद्दोधन गाउपालिका वडा नं. ५ दोहनि बस्ने शुमन गोसाईको छोरा १८ महिनाको दिपक गोसाई मृत अवस्थामा फेला परेका हुन् । आफ्नै घरको बाटोको छेउमा रहेको नालिमा मृत अबस्थामा रहेको पारिवारिक स्रोतले जनाएको छ । अन्य अनुसन्धान भईरहेको प्रहरी चौकी हथिहवा दोहनीले जानकारि दिएको छ ।

यसैबिच महाराजगंज नगरपालिकामा पनि एक युवक मृत भेटिएका छन् । महाराजगंज नगरपालिका वडा नं.५ उदयपुर बस्ने मानसिक सन्तुलन ठिक नभएको ७५ बर्षका सहदेब कुर्मी मृत अवस्थामा भेटिएका हुन् । उनको शव सोहि स्थानको सुरनिया खोलामा मृत अबस्थामा फेला परेको प्रहरिले जानकारि दिएको छ । उ िनगत साउँन २९ गते देखि बेपत्ता भएका थिए प्रहरी टोलीद्धारा खोजतलास गर्दा शव फेला परेको हो । मुचुल्का कार्य पश्चात शिवराज अस्पताल बाहादुरगंजमा पोस्ट मार्टम पछि शवलाई परिवारलाई बुझाईएको प्रहरी चौकी उदयपुरले जनाएको छ ।

भेनेजुयलामा एक कप कफीको मूल्य २० लाख

लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । यसअघि मुद्राको अङ्कका तीन वटा शून्य निकाल्ने घोषणा पनि गरिएको थियो ।जब त्यसले पनि काम नगर्ने देखियो हाल अधिकारीहरुले थप दुई अङ्कलाई हटाउने भएका छन् । अब भेनेजुयलाको नयाँ मुद्राबाट पाँच शून्य हट्दैछ ।यी सतही रणनीति देखेपछि धेरै भेनेजुयलालीमा तत्कालै कुनै समाधान ननिक्लने आशंका पैदा भएको छ । यस्तै संशय युस्मार नोवाकमा पनि देखिन्छ । राजधानी काराकासमा कफि पसल खोलेर बसेका नोवाकलाई अब सरकारले एक कप कफीको मूल्य पनि घटाउन नसक्ने लाग्न थालेको छ । हाल त्यहाँ एक कप कफीको २० लाख बोलिभार पर्छ ।

भेनेजुयलाको मुद्रास्फीति पीडित मुद्रा बोलिभारबाट शून्य कटौती गर्ने विकल्प राष्ट्रपति निकोलस मदुरोको आफ्नो देशको डुब्दो अर्थतन्त्रलाई उकास्र्ने प्रयासमा अघि ल्याएका आर्थिक परिवर्तनहरुको सूचीको एक प्रमुख रणनीति हो ।आइएमएफले भेनेजुयलाले भोगेको पाँच अङ्कको विशाल मुद्रास्फितिको तुलना जिम्बाबे र पहिलो विश्वयुद्ध पछि जर्मनीले भोगेको अतिमुद्रास्फितिसँग गरेको छ ।
नयाँ छापिएको मुद्रालाई ‘सार्वभौम बोलिभार’ भनिनेछ र यो सोमबारबाट बजारमा लगिँदैछ । यस अतिरिक्त राष्ट्रपति मदुरोले केही चालकहरुको लागि ग्यासको मूल्य बृद्धि गर्दैछन् । उनले मुद्रा नियन्त्रणमा केही खुकुलोपन ल्याउँदैछन् । विगतमा मुद्रामा गरिएको कडाईले भेनेजुयाबासीलाई डलर पाउन कठिन भएको थियो ।यथपि अर्थशास्त्रीहरुलाई भने यी परिवर्तनले चित्त बुझाउन सकेको छैन । उनीहरुले पछिल्लो कदमलाई राष्ट्रपतिको समास्या समाधान प्रतिको व्यग्रता त माने तर उनीहरुले नयाँ मुद्रालाई दशकौको अव्यवस्थाको नयाँ अध्याय मात्र भएको बताएका छन् ।

“अहिले भइरहेको कुराहरु विशेष जुन शून्यको सन्दर्भ छ त्यो साजसज्जा मात्र हो, सतही कुरा” जोन हप्किन विश्वविद्यालयका अर्थशास्त्रका प्रद्यापक स्टीभ ह्याङ्कले भने ,“ आर्थिक नीति नबदलेसम्म कुनै सुधार आउनेवाला छैन ।”नयाँ मुद्रामा एक कप कफीलाई २० सार्भभौम बोलिभार पर्छ । तर धेरैले यो मूल्य पनि लामो समय स्थीर रहनेमा शंका गरेका छन् । भेनेजुयला सरकार विदेशी ऋण तिर्न आफ्नो सरकारी तेल कम्पनीबाट भएको विक्रीमा निर्भर छ । तर अव्यवस्थाको कारण हाल त्यहाँको उत्पादन जुलाईमा दैनिक १२ लाख ब्यारेलमा झरेका छ, जुन सन् १९४७ को मासिक उत्पादन भएको बराबर हो ।अभाब निम्तिएपछि सरकारले केन्द्रिय बैंकबाट मुद्रा छपाएर यस समास्यालाई समाधान गर्न खोज्यो ।

हुनत यसले अल्पकालिन समयको लागि सरकारी ऋण तिर्न सहयोग ग¥यो, तर अन्तत यसले बोलिभार बाहकहरुलाई असर ग¥यो । किनकी अतिरिक्त छापिएको नगदले विद्यमान मुद्रालाई मूल्यहीन बनाउदै लग्यो । भेनेन्जुयाली सरकारले मुद्रास्फिति अमेरिकाले र सरकार विरोधी व्यापारीले चलाएको ‘आर्थिक युद्ध’ ले निम्तिएको बताएको छ । तर अर्थशास्त्रीहरुले भेनेजुयलाले साँच्चै हालको मुद्रास्फिति रोक्ने हो भने नगद छाप्न रोक्नु पर्ने सुझाएका छन् । जोन हप्किन्स विश्वविद्यालयका अर्थशास्त्री ह्याङ्कले हाल भेनेजुयलाले चालेको विकल्पले समस्या समाधान नगर्ने बताउन यस्तै विकल्प रोजेको युगोस्लाभियाको स्मरण गरे । युगोस्लाभियाले मुद्रास्फितिको समस्या समाधान गर्नको लागि सन् १९९० मा मुद्रा परिवर्तन ग¥यो ।

बलात्कारीलाई फाँसीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् ।शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ ।‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर , बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।
उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् । विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो । भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ ।

भदौ १ बाट लागु भएको मुलुकी देवानी ऐनमा अंगपरिवर्तन र कृत्रिम गर्भाधारणमा यस्तो छ व्यवस्था

काठमाण्डौ / भदौ १ गतेबाट लागु भएको मुलुकी देवानी संहिता ,२०७४ मा कुनै पनि व्यतिmले कानुनको अधिनमा रहि आफ्नो शरीरको परीक्षण ,उपचार ,अङ्गपरिवर्तन वा शरीरको कुनै अङ्ग वा त्यसको अंश वा त्यसको कुनै नमुना संलग्न गर्न वा गराउन सकिने व्यवस्था रहेको छ ।  साथै विभिन्न रोग प्रतिरोधात्मक क्षमता ह्रास भएकाहरुले झुक्याएर बिहे गर्न नपाइने ऐनमा उल्लेख छ ।

शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु –एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेकाहरुले जालसाँजी गरेर बिहे गर्न नपाउने भएका हुन् । साथै, यौनाङ्ग नभएका ,नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणीत भैसकेको अवस्थामा केटा वा केटी दुवैले झुक्याएर बिहे गर्न पाउनेछैनन् ।

ऐनमा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने ,पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ट रोग भएको । होस ठेगानामा नरहेको ,विवाह भैसकेको, गर्भवती भएको अवस्थामा पनि बिहे वदर गर्न सक्ने व्यवस्था रहेको छ भने पीडितले मनासिब क्षतिपूर्ति दावी गर्न पाउने अधिकार रहेको छ ।  ऐनमा पतिपत्नीको मञ्जुरीले अन्य कुनै ब्यतिको वीर्यबाट कृत्रिम गर्भाधारण प्रणलीद्धारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोहि बमोजिम निजको पितृत्व निर्धारण हुने उल्लेख छ ।

मन्त्री भन्छिन्ः सेक्सका लागि सानो ठाउँ भए पुग्छ

‘सम्पत्तिलाई प्राथमिकता दिनु हुँदैन, किनकी सेक्स गर्नका लागि तपाइँलाई निकै सानो ठाउँ भए पुग्छ ।’यो भनाइ कुनै उरण्ठेउलो तन्नेरीले बन्द कोठाभित्रबाट निकालेको आवाज होइन । सिंगापुरकी एक वरिष्ठ मन्त्रीको भनाइ हो । जनसंख्या मामिला मन्त्री जोसेफिन तियोले विवाह तथा बच्चाको विषयमा सरकारी मिडियालार्य दिएको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

सिंगापुरका नयाँ पुस्ताका युवायुवतीहरुले आफ्नो घर नभएकै कारण बच्चा जन्माउन मन नगरेका पो हुन् की ? भन्ने प्रश्नमा तियोले सेक्सका लागि सानै ठाउँ भए पुग्ने र घर नै नचाहिने बताएकी हुन् ।अन्तरवार्ताका क्रममा तर्क विकर्त यहाँसम्म पुग्यो की युवाहरु इदि आफ्ना बाबुआमासँगै बसेमा उनका लागि बच्चा जन्माउन मुस्किल पर्ने बताइयो ।

 

स्मरण रहोस् विश्वका अन्य धनी मुलुकहरुमा जस्तै सिंगापुरमा पनि वृद्धहरुको जनसंख्या बढ्दै गएको छ र शिशु जन्मदर निकै न्यून छ ।त्यसैले सरकारले त्यहाँका युवायुवतीहरुलाई विवाह र सन्तानलाभका लागि प्रोत्साहित गरिरहेको छ ।गापुर देशसँग जमिनको कमी छ र हाउजिंग नीतिमा सरकारको कडा नियन्त्रण रहेको छ ।

सिंगापुरमा सन् २०१३ मा सरकारले एक नयाँ योजना सुरु गरेको थियो जसमा नयाँ घर खरिद गर्नका लागि त्यस्ता विवाहित जोडीहरुलाई प्राथमिकता दिने कुरा गरिएको थियो जसले बच्चा जन्माइसकेका छन् वा जन्माउने योजनामा छन् । बीबीसीको सहयोगमा

राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

काठमाडौं । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अिन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

जोशी र मिश्र को कायममुकायम ?

काठमाडौं । सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएलगत्तै सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा बसे । कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । बिदा आगामी ४ भदौ (सोमबार)मा सकिँदै छ ।

उनी बिदा बसेपछि वरीयताक्रममा उनीमुनिका न्यायाधीश ओम प्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार बिहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् ।

बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागू भएको अवसर पारेर सचिवालयमार्फत सन्देश जारी गरे । जहाँ उनको परिचय छ, ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद् ।’ फौजदारी र देवानी संहिता लागू भएको अवसरमा उनको सन्देशको मूल आशय छ, ‘न्यायका मान्य सिद्धान्तहरूको परिपालनाको गन्तव्यको पहिलो पाइला बनोस् ।’ आजको राजधानि दैनिकमा खबर रहेकाे छ ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
भदौ 03 देखि भदौ 09 सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिन सक्छन्। माल मत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– सुरुमा घरेलु समस्या देखा पर्न सक्छन्। केही अप्ठ्यारो परिस्थितिका कारण काम रोकिने सम्भावना छ। भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरू बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र सङ्कट आउँ सक्छ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। गीत संगीत् लगायतका मनोरन्जनामा मन जानेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउन्न सक्छन्। पराक्रम र धैर्यताले कामहरूमा बढोत्तरी हुनेछ। ठुला सोचहरूको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको विकास हुनेछ भने नयाँ कुराको खोजी गर्न मन प्रेरित हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबिच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किन सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थिति वश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरू आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। कर्मयोगीले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जागर बढ्नेछ। संयम ता भने अपनौनुहोला।

युवा ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

वाणगंगा २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न ।।

वाणगंगा नगरपालिका वडा नं. २ मा सार्वजनिक जनचासो कार्यक्रम सम्पन्न भएको छ । वडा नं. २ को वडाकार्यालय पिपरामा सम्पन्न भएको कार्यक्रममा वडावासिले विभिन्नि गुनासो तथा जिज्ञासा राखेका थिए । उनिहरुले वडामा भईरहेका विकास निर्माणका विषयहरुमा आफ्ना समस्या तथा जिज्ञासाहरु राखेका थिए । वडावासिले गरेका जिज्ञासाहरुको उत्तर भने जवाफदेहि निकायमा रहेका प्रदेश सांसद विष्णु पन्थि, वाणगंगा नगरका उपप्रमुख चक्रपाणि अर्याल, वडा न. २ का वडाअध्यक्ष विष्णु पौडेल, नागरिक समाजका उपाध्यक्ष ईन्दिरा भट्राई लगायतले दिनुभएको थियो । कार्यक्रममा वडा नं. २ का १५० वडावासिहरुको सहभागिता रहेको वडा नं. २ का वडाअध्यक्ष तथा नगर प्रवक्ता पौडेलले जानकारि दिएका छन् ।

नाग टास्दै मनाए बटुकले पनि नाग पञ्चमी

कपिलवस्तुको बाणगंगा २ मा रहेको मनकामना सस्कृत बिद्यापिठमा अध्ययन गर्ने बिद्यार्थी (बटुक) सस्कृति बचाउन सक्रिय रहेका छन । रक्षाबन्धन तथा नाग पञ्चमीका दिन घर घरमा गई नाग टास्ने र डोरो बाध्ने काम उनीहरु बर्षौ देखि गर्दै आएका छन । ठुलो भएर पण्डीत बन्ने लक्ष्य लिएका यहाँका बटुकहरु यसरी नाग टास्ने र डोरो बाध्ने काम गरी हिडेको देख्दा निकै खुशी लागेको बाणगंगा २ का समाजसेवि दोलकराम घिमिरेको भनाई रहेको छ । कुनै कुनै घरमा आफन्ती नाग टास्ने र डोरो बाध्न आउन नभ्याउने अवस्थामा बटुकहरु आउदा निकै खुशी लागेर स्थानिय रमाउने समेत गरेको उनको भनाई छ ।
पिठ भित्र रहेका ६५ बटुक १९ समुहमा बाढिएर उनीहरु यस क्षेत्रका घरहरुमा पुगी नाग टास्ने र डोरो बाध्ने काम गरेका हुन । उनीहरुले सो अवसरमा बिभिन्न घरमा गई मन्त्र जपेर नाग टास्ने र डोरो बाध्ने काम गर्दा स्थानिय समेत निकै खुशी भएको पाइएको छ ।
कपिलवस्तुको बाणगंगा राजपुर, नन्दनगर,बैरीया, पिपरा, बैजलपुर क्षेत्रका घरहरुमा गई उनीहरुले काम नाग टास्ने र डोरो बाधेका थिए । यसरी घरमा घरमा गई नाग टास्दा र डोरो बाध्दा आफुहरुलाई निकै मायाका गरेको र फेरी फेरी पनि आउदै गर्नु भनी स्थानियहरुले भन्ने गरेको मनकामना सस्कृत बिद्यापिठमा बटुक हरी कडेलले बताए । यसरी साथीहरुसगं घरघर गई सस्कृति बचाउने काम गरेकामा धेरैले धन्यवाद र आशिक समेत दिएको उनी बताउछन । त्यसी नाग टास्ने र डोरो बाध्न काम गरी उठेको रकमबाट उनीहरुकै स्तर उनन्तीका लागी उतm रकम खर्च गरीने पिठका अध्यक्ष दयाराम पौडेलले जानकारी दिए । उनीहरुकै नेतृत्व बिकासका लागी पिठ अन्य स्रोत जुटाई रकम खर्च गर्ने उनको भनाई छ ।