तातोले जिब्रो पाेल्यो ? यसो गर्नुहोस्

धेरै तातो खाए वा पिएमा जिब्रो पिल्सिन्छ(जल्छ) । तातोले पिल्सिएको जिब्रो निको हुन केही दिन लाग्छ, त्यसबेलासम्म तपाईले जे खाए पनि स्वाद थाहा पाउनुहुन्न । यदि तपाई पनि यस्तो समस्यामा परिरहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् ।

– जिब्रो जलेमा जिब्रोलाई बाहिर राखेर मुखबाट श्वास लिनुहोस् । यसो गर्दा भित्र चिसो हावा जान्छ र तपाईलाई आराम मिल्छ ।

– बरफको टुक्रालाई तत्काल मुखमा राख्नाले जलेको जिब्रोबाट राहत मिल्छ । यसबाहेक तपाईले तातो पानीले ३० सेकेन्डसम्म कुल्ला गर्न पनि सक्नुहुन्छ ।

– दुध तथा दही खाएमा पनि आराम मिल्छ ।यदि तपाईले फ्रिजमा दही राख्नुभएको छ भने, त्यसलाई तातोले पिल्सिएको जिब्रोमा राख्नुहोस् ।

– जलेको जिब्रोलाई ठिक गर्न चिनी एक असरदार उपाय हो । यसका लागि जलेको वा पिल्सिएको जिबोमा चिनी राख्नुहोस् । यदि मिल्छ भने चिनीको ठाउँमा मह पनि राख्न सक्नुहुन्छ ।

– यस्तै, औषधी पसलमा पाइने भिटामिन ईको क्याप्सुललाई खोलेर त्यसको तेललाई जलेको जिब्रोमा राख्न सकिन्छ ।

– तत्काल राहतका लागि तपाई ध्युकुमारीको जेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यद्यपी, तपाईलाई तितो लाग्न सक्छ, तर यसले जलेको ठाउँलाई चाँडै ठिक गरिदिन्छ ।

– यसबाहेक तपाई जिब्रो जलेमा टमाटर, साइट्रिक फल, सिरका तथा बढी नुनिलो पदार्थ खानबाट बच्नुहोस् ।

एजेन्सी

१५ हजार सरकारी कर्मचारी गरिबको सूचीमा

काठमाडौं २५ साउन-गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सूचीमा परेका छन् ।

०७० मा संकलन गरिएको उक्त तथ्यांकमा शंका लागेका करिब ३ हजार कर्मचारीलाई भने सूचीबाट हटाइएको थियो । अधिकृत वा सोसरह कर्मचारीको तलबबराबरलाई आधार मानेर केही कर्मचारीलाई सूचीबाट हटाइएको हो । त्यतिवेला करिब ३ हजार कर्मचारीको नाम गरिबको सूचीबाट हटाइए पनि अरू कर्मचारीको सूची हटाउने जोखिम लिन नसकिएको बोर्डका कर्मचारीले बताए । यस्तो सूचीमा शिक्षक तथा अन्य स्थानीय कर्मचारी बढी छन् ।

तथ्यांक संकलन सकिएका २६ जिल्लामै गरिब परिचयपत्रको विवाद देखिएको छ । धनीको हातमा गरिब परिचयपत्र पुगेको र गरिबहरू छुटेको भन्दै गुनासा आइरहेका छन् । बोर्डका एक कर्मचारीले भने, ‘केही जिल्लाका स्थानीय तहले त परिचयपत्र वितरण गर्न नसक्ने जानकारी बोर्डलाई दिएका छन् ।’

काठमाडौं र जिल्ला सदरमुकाम तथा बजारमै घर भएकाहरू गरिबको परिचयपत्र पाउने सूचीमा अटाएपछि विवाद सुरु भएको हो । धनीको हातमा परिचयपत्र पुगेको गुनासो आइरहेको तर त्यसमा अध्ययन भइनसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए । ‘तथ्यांक संकलन ०७० मा भएको हो, त्यसैले त्यतिवेला गलत टिपाइएको हुन सक्छ वा यसबीचमा धनी भएको हुन सक्छ,’ सचिव मैनाली नयाँ पत्रिकासँग भने ।

साउनभरि वितरण गर्ने समय भएकाले कुन–कुन जिल्ला र स्थानीय तहमा वितरण गरिएन भन्ने यकिन तथ्यांक भने बोर्डमा आएको छैन । बोर्डका निर्देशक रामहरि गैरेका अनुसार हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु र बाग्लुङ जिल्लामा भने परिचयपत्र वितरण कार्य सकिएको छ ।

गरिबी निवारण मन्त्रालयले साउनभित्र स्थानीय तहलाई परिचयपत्र वितरण गर्ने जिम्मा दिएको छ । स्थलगत अध्ययनका क्रममा भरिएको फारमका आधारमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनिएको हो । तर, बोर्डका कर्मचारी त्यतिवेला फारम भर्ने व्यक्ति र आफ्नो विवरण दिने व्यक्तिका कारणले पनि धनी र गरिबबीच समस्या देखिएको बताउँछन् ।

कार्यक्रम नै अन्योलमा
एकातिर परिचयपत्र वितरणमा स्थानीय तहबाट विवाद आइरहेको छ । अर्कोतिर गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्ड सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । यो अवस्थामा अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयभित्रै कुनै संयन्त्र बनाएर नयाँ निर्णय लिने तयारीमा सरकार छ । धेरै विवाद आएकाले कार्यक्रम नै खारेज गर्ने तहबाट पनि छलफल सुरु भएको छ ।

सचिव मैनालीले बोर्ड नरहने निर्णय सरकारले गरिसकेको बताए । तर, विकल्पमा अर्को कुनै निकाय भने खडा गरिएको छैन । त्यसो त बोर्डका कर्मचारी अरुणकुमार गुप्ताले खारेजीको हल्ला भए पनि आधिकारिक पत्र नआएको बताए ।

अहिले मन्त्रालयसँग बोर्डले गर्ने २६ जिल्लाका गरिब परिचयपत्र वितरण गर्ने र बाँकी रहेका ५१ जिल्लामा पहिचानका लागि अध्ययन गर्ने कार्यक्रम छ । यसका लागि ६३ करोड बजेट छ । तर, सचिव मैनाली यो कार्यक्रमका लागि करिब ४ अर्ब बजेट चाहिने बताउँछन् । नयाँपत्रिकाबाट

साउदीमा ज्यान गुमाएका ४१ जना कामदारका परिवार लाई २१ करोड

साउन २५ शुक्रबार ,साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो ।

त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।, आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

यी हुन् साउथका ९ अविवाहित नायिका

एजेन्सी। फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्।

अनुष्का शेट्टी

कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म ‘सुपर’बाट करिअर सुरु गरेकी थिइन। ३५ वर्षिया अनुष्काले ‘बाहुबली’ समेत विक्रमकुडु (२००६), ‘डन’ (२००७), ‘किंग’ (२००८), ‘शौर्यम’ (२००८), ‘बिल्ला’ (२००९), अरुंधति (२००९), ‘रगडा’ (२०१०), ‘वेदम’ (२०१०), ‘रुद्रमादेवी’ (२०१५), ‘सिंघम-2’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन्।

नगमा

नगमाको जन्म सन् १९७४ डिसेम्बर २५ मा भएको थियो। उनले साउथका साथै बलिउडका फिल्महरुमा पनि काम गरेकी छिन्। ‘बागी’ (१९९०), ‘बेवफा सनम’ (१९९१), ‘यलगार’ (१९९२), ‘किङ्ग अंकल'(१९९२), ‘ये तेरा घर ये मेरा घर’ (२००१) सहित कयौं हिन्दी फिल्ममा काम गरेकी छिन्।
उनले ‘पेद्दिन्ति अल्लुदु’ (१९९१), ‘अल्लरी अल्लुडु’ (१९९३), ‘अरविंधन’ (१९९७), ‘अल्लारी रामुडु’ (२००७) जस्ता साउथका फिल्ममा अभिनय गरेकी छिन्।

नमिता

सन् १९८१ मे १० मा जन्मेकी नमिता साउथमा निकै चर्चित नायिका मध्येकी एक हुन। उनले ‘जैमिनी’ (२००२), ‘चाणक्य’ (२००५), ‘व्यापारी’ (२००७), ‘थी’ (२००८), ‘इलाइगन’ (२०११) लगायत कयौं फिल्ममा अभिनय गरेकी छिन्।

तृषा कृष्णन

तृषाको जन्म सन् १९८३ मे ४ मा भएको थियो। उनले वर्षम’ (२००४), ‘जी’ (२००५), ‘आरू’ (२००५), ‘कृष्णा’ (२००८), ‘भीमा’ (२००८), ‘समर’ (२०१३) सहित कयौं साउथका फिल्ममा काम गरेकी छिन्। त्यस्तै उनलाई बलिउडको ‘खट्टा मिठा’ (२०१०)मा पनि देख्न सकिन्छ।

श्रीया सरन

श्रीयाको जन्म सन् १९८२ सेप्टेम्बर ११ मा भएको थियो। उनले बलिउडका फिल्म ‘मिसन इस्तान्बुल’ (२००८), दृश्यम (२०१५)मा अभिनय गरेकी छिन्। उनलाई साउथका ‘संतोषम’ (२००२), ‘टैगोर’ (२००३), ‘शिवाजी: द बॉस’ (२००७) ‘कंदस्वामी’ (२००९) सहित कयौं फिल्ममा देख्न सकिन्छ।

नयनतारा

नयनताराको जनम सन् १९८४ नोभेम्बर १८ मा भएको थियो। मनसिनक्कारे’ (२००३), ‘रप्पकल’ (२००५), ‘गजनी’ (२००५), ‘योगी’ (२००७), ‘बिल्ला’ (२००७) सहित उनले कयौं साउथ इन्डियन फिल्ममा काम गरिसकेकी छिन्।

प्रियमणि

प्रियमणिको जन्म सन् १९८४ जुन २ मा भएको थियो। उनी साउथकी नामी नायिका हुन। उनले ‘द्रोणा’ (२००८), ‘राज’ (2010), ‘चण्डी’ (२०१३) ‘साध्यम’ (२००९) जस्ता फिल्ममा काम गरिसकेकी छिन्।

श्रुति हासन

श्रुतिको जन्म सन् १९८६ जनवरी २८ मा भएको थियो। श्रुतिले बलिउड फिल्म ‘लक’ (2009), ‘दिल तो बच्चा है जी’ ( 2011), ‘डी डे’ (2013), ‘वेलकम ब्याक’ (२०१५) जस्ता फिल्ममा अभियन गरेकी छिन्।
उनलाई ‘अनगनगा ओ धीरुदु’ (२०११), ‘ओ माय फ्रेन्ड’ (२०११), ‘येवदु’ (२०१३), ‘बलुपू’ (२०१३) सहित कयौं साउथ इन्डियन फिल्ममा देख्न सकिन्छ।

काजल अग्रवाल

सन् १९८५ जुन १९ मा जन्मेकी काजल अग्रवाल साउथमा चर्चा पाएपछि बलिउड तर्फ मोडिएकी थिइन। ‘स्पेशल 26’ (२०१३) और ‘सिंघम’ (२०१०) जस्ता बलिउडका फिल्ममा अभिनय गरेकी काजल साउथकी निकै चर्चित नायिका हुन। उनले ‘मगधीरा’ (२०१०), ‘थुप्पाकी’ (२०१२), ‘चन्दामामा’ (२००७) जस्ता साउथका फिल्ममा काम गरेकी छिन्।

परिवारभित्रै बलात्कारको त्रासः बुबाले छोरीलाई नातिले हजुरआमालाई !

साउन २५ शुक्रबार

हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।, आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

आयल निगम जग्गा खरिद प्रकरण : फेरि संसदमा

साउन २५ शुक्रबार

अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता फेरि संसदीय समितिमा प्रवेश गरेको छ। तत्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले छानबिन गरी कारबाही गर्न तालुक मन्त्रालय र अख्तियारलाई दिएको निर्देशन परिणाममुखी नभएपछि सांसदहरूले निगमको जग्गा खरिद गर्दा भएको अनियमितताका विषयमा विभागीय मन्त्रीसँग जबाफ मागेका हुन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसद रामवीर मानन्धरले निगमको जग्गा खरिदमा भएको अनियमितताबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएका थिए।

मानन्धर यसअघिको संसदीय समितिमा निगमको जग्गा खरिद अनियमितता छानबिन समिति सदस्य थिए। तत्कालीन संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खरिदमा संलग्न अधिकारीमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

फोहोर ब्यवस्थापनमा बाणगंगा जिल्लामै कमजोर । काम भन्दा कुरा बढि

ऐतिहासिक तथा प्राचिन महत्व बोकेको कपिलवस्तुको बाणगंगा नदी र कोठीपुल क्षेत्र अन्र्तगत राजमार्गको पुल आसपासको क्षेत्र दुर्गन्धीत भएको छ । प्राचिन भागिरथी नदीको नामबाट समेत परिचित नदी आसपासका क्षेत्रमा बाणगँगा नगरपालीकाले जथाभावी फोहर फाल्दा दुर्गन्धीत बनेको छ । फोहोरब्यवस्थापनका हकमा जिल्लाकै सबैभन्दा कमजोर नगरपालिकाका रुपमा हाल आएर जिल्ला भरनै बाणगंगा नगरपालिका चिनिएको छ । फोहोर ब्यवस्थापनका हकमा बाणगंगा नगरपालिकाले स्थानिय निकायको निर्वाचनपछि पछिल्लो एक बर्षको अवधिमा फोहोर निषेधित क्षेत्रको बोर्ड लगाउनु बाहेक कुनै पनि काम नगर्दा यहाँका निर्वाचित मेयर, उपमेयर तथा वडा अध्यक्षको कार्यशैलीप्रति स्थानिय आजित भएका छन । फोहोर ब्यवस्थापनमा कमजोर मानिएको कृष्णनगर बजार क्षेत्र र तौलीहवा बजार क्षेत्र भन्दा पनि बाणगंगा पुल र कोठी खोला क्षेत्रमा फोहोरको मात्रा अध्याधिक बढेपछि वातावराणनै प्रदुषण भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए । उद्योग बाणिज्य सघंले सरसफाई अभियान चाल्दा नगरपालिकासगं सहयोग र सहकार्यको कुरा गर्दा हाम्रो यसका लागी छुट्टै समिति र रकम भएकाले नगरपालिका आफैले सरसफाइ गर्ने कुरा नगर प्रमुख मगंल प्रसाद थारुले गरेको र हालसम्म नगरपालिकाले सरसफाइ र फोहोर ब्यवस्थापनका लागी कुनै चासो नदेखाउदा दुख लागेको उनले बताए । गरपालिकाले यसको जिम्मा लिन नसके उद्योग बाणिज्य सघं आफैले नया योजनाका साथ नगरपालिकालाई पुर्णसरसफाई युतm बनाउन तयार समेत रहेको उनले बताए ।
बाणगँगा पुल नजिक यत्रतत्र फोहर फाल्दा बर्षाको पानीले बगाएर फोहरमैला लग्ने हुँदा नदी दुर्गन्धीत भएको शिवमन्दीर सामुदायिक बन उपभोतmा समुहका अध्यक्ष यमलाल गिरिले बताए । नगरपालिकाको असक्षमताका कारण फोहोर जति हावाले उडाएर बन भित्र लैजादा बन समेत फोहोर भएको उनको भनाई छ । जिल्लाका प्राचिन ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने दायित्वसगै नगर सफा गर्ने नगरपालीकाको भएको बताउँदै नगरप्रमुख मँगल प्रसाद थारुले स्थायी रुपमा डम्पिङ साइडको खोजीमा लागी परेको बताउँदै उक्त स्थानबाट फोहर तत्काल हटाउने बताए । उनले गतबर्ष फोहोर ब्यवस्थापनका हकमा यही बाक्य प्रयोग गरेको भएता पनि कुनै काम गर्न नसकेको जितपुरका स्थानिय बासिको आरोप रहेको छ । लामो समयसम्म फोहर नहटाउँदा राजमार्गमा आवतजावत गर्ने सयौ यात्रुले समेत दुर्गन्धको पिडा भोग्दै आएका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नगरको फोहोर ब्यवस्थित गर्न चासो नदेखाउदा नगरबासीले हैरानी खेप्नु परेको छ । जिल्लाकै स्वच्छ नगरपालिका भनी नगरपालिकाका प्रमुख देखि कर्मचारीले भन्दै आएतापनि एउटा फोहोर फाल्ने डम्पीङ साइड(फोहोर फाल्ने क्षेत्र) बनाउने तर्फ नगरपालिकाले चासो नदेखाउदा नगरपलिका दिनप्रतिदिन दुर्घधित बन्दै गएको हो । नगरपालिकाको पहलमा नगरपालिका भित्र कुनै पनि फोहोर ब्यवस्थापनका लागी डम्पीङ साइड निमार्ण गर्न नसक्नु सम्पुर्ण नगरबासीका लागी लज्जाको बिषय भएको बाणगंगा नगरपालिका पिपराका मुराउ थारुले बताए । जिल्लाकै सबैभन्दा स्वच्छ र शिक्षित नागरिकहरुको बसोबास भएको क्षेत्र भनी सुनीने कुरा अहिले आएर हासो उठ्ने बिषय बनेको उनले बताए । सडक छेउमा फोहोर फाल्ने भएकाले हावाहुरी चल्दा गन्धले त्यस क्षेत्रमा हिडनै नसकिने अवस्था रहेको बाणगंगा बोडगाउ झलक थापाले बताए । “ठुलो हावाहुरी चल्नुपर्छ फोहोरको गन्धले हिडनै सकिदैन ” उनले बताए । यसमा नगरपालिकाले चासो नदेखाएकै कारण फोहोर बाणगंगा पुल आसपास देखि सडकमै फोहोरका बोरा र डब्वा फेला पर्ने उनले बताए ।

भारतले व्यापार घाटा कम गर्न सघाउने

नयाँदिल्ली / नोपलको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । समाचारमा लेखिएको छ, वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ ।

वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरुमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए । उनका अनुसार, बढ्दो व्यापार घाटा, वैदेशिक लगानी तथा सन्धीमा भएका भन्साररहित सुविधा विषयमा बैठक केन्द्रित थियो ।

नोपली उत्पादन भन्साररहित सुविधामा भारत निकासी गर्दा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्ने हालको व्यवस्थालाई कम्तीमा २५ प्रतिशतमा झार्नुपर्ने नेपली पक्षको माग थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

वाणगंगा नगरपालिका वडा नं ९ मा ५ जनाद्धारा गरिवि परिचयपत्र लिन अस्वीकार ।।

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण कार्य तिव्र रुपमा अगाडि बढाएको छ । नगरपालिका भित्र ११ सय ८६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत रहेका छन् । जसमध्ये ४६६ जना अति गरिव, ३५९ जना मध्यम र ३६१ जना सामान्य गरिवको सुचिमा सुचिकृत रहेका छन् । सबै भन्दा धेरै वडा नं. १० मा २ सय ६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत छन् । त्यस्तै सबै भन्दा कम वडा नं. १ मा २३ घरपरिवार गरिवीमा सुचिकृत छन् ।
आज वाणगंगा नगरपालिका वडा नम्बर ८ का १ सय ३ घरपरिवार मध्ये ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको छ । २१ अति, २३ मध्यम र २४ सामान्य गरि ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् । वडा नं. ९ मा ५ घरपरिवारले अस्वीकार गरेका छन् । २ अति, २ मध्यम र १ सामान्य गरि ५ घरपरिवारले परिचय पत्र लिन अस्वीकार गरेका हुन् ।
वडा नं ९.को वडा कार्यालय भलवाडमा कार्यक्रम सम्पन्न भएको थियो । वडाबाट परिचय पत्र वितरण गर्न नसकिएका घरपरिवारलाई यहि साउँन २९ गते पछि नगरपालिकाबाट वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, दिपा केसि, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच भोलि र २७ गते वडा नं. १० मा गरिवी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् ।

प्रदेश ५ मा राजधानी र नाम टुंग्याउन विशेष समिति गठन ।।

प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्रो अधिवेशन सकिएको छ । वैशाख ३१ गते सुरू भएको दोस्रो अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ ।  दोस्रो अधिवेशनको अन्तिम बैठकले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि १५ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा सबैभन्दा बढी अर्घाखाँचीबाट  चेतनारायण आचार्य, निर्मला क्षेत्री र कल्पना पाण्डे, रुपन्देहीबाट तुल्सी चौधरी र रमा अर्याल, कपिलवस्तुबाट विष्णु पन्थी र सहशराम यादव, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य,दाङबाट सरस्वती गौतम, गुल्मीबाट दिनेश पन्थी, बर्दियाबाट भुवनेश्वर चौधरी, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जिसी, बाँकेबाट बाबुराम गौतम रहेका छन्।  समितिमा नवलपरासी (पश्चिम) र रुकुम (पूर्व) बाट प्रतिनिधित्व छैन ।  समितिलाई प्रदेश सभाले ३ महिनाभित्र प्रतिवेदन तयार पारेर पेश गर्न समयसीमा तोकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नामाकरण गर्ने भए पनि कुनै पनि स्थानका लागि दुई तिहाई नपुग्ने भएपछि सहमतिका माध्यमबाट राजधानी र नामाकरण टुंगाउनुपर्ने बाध्यता छ ।  प्रदेश राजधानीका लागि बुटवल, कपिलवस्तु र दाङको दाबेदारी छ । नामका बारेमा भने लुम्बिनीमा सहमति जुट्ने संभावना छ भने कतिपयले बुद्धभूमि राख्नुपर्ने अनौपचारिक प्रस्तावहरू राख्ने गरेका छन् ।

आधुनिक शिक्षा प्रणालीलाई अपनाउदै कपिलवस्तुको बाणगंगामा सयपत्रि क्याम्पस सञ्चालन

कपिलवस्तुमै पहिलो पटक आधुनिक शिक्षा प्रणालीलाई अपनाउदै ब्यवस्थापन संकायमा उत्कृष्ठ बिद्यार्थी उत्पादन गर्ने उदेश्यका साथ कपिलवस्तुको बाणगंगामा १ बैरीयामा सयपत्रि क्याम्पस सञ्चालनमा आएको छ । सयपत्रि क्याम्पसमा ब्यवस्थापन सकांयमा यस क्षेत्रका क्याम्पसमा बिगत एक दशक बढि प्रध्यापकका रुपमा संलग्न भइ अनुभव लिई सक्नु भएका शिक्षकबाट अध्यापन हुने क्याम्पसका अध्यक्ष कृष्ण केसिले बताए ।

सयपत्रि क्याम्पसले यसै बर्षबाट प्रथम बर्षका लागी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लामै पहिलो वाताअनुकुलित (एसि) कक्षा कोठाहरुका साथै प्रोजेक्टरबाट अध्यापन गराउने क्याम्पस भएकाले पनि बिद्यार्थीहरुको पहिलो रोजाई हुने क्याम्पसका प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरेले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न हालको समयमा आधुनिक शिक्षा प्रणालीलाई अपनाउदै शताब्दी सुहाउदो शिक्षा प्रणाली कपिलवस्तुमा सुरु गरिएको कार्यक्रम संयोजक कुशल पौडेलले बताए ।

कपिलस्तुमा आगो लगाई नाबालक छोरा सहीत एक अामाले गरीन आत्महत्या 

श्रीमानको चरम यातनाका कारण कपिलस्तुको यशोधरा गाउपालिका– २ की एक महिलाले नाबालक छोरा सहीत आत्म हत्या गरकी छिन् । श्रीमानको यातना सहन नसके पछि बाध्य भई गोरीको गणेशपुरकी ३० बर्षिया सकुन्तला यादवले शरीरमा आफनो लगाई आफना २ संतान सहीत आत्महत्या गरेकी हुन । नाबालक छोरा छोरीलाई आफनो शरीरमा बाधेर शरीरमा मट्टीतेल खनाएर सकुन्तलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनामा सकुन्ता र उनका ५ बर्षे छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरिक्ष रबि रावलले बताए । २ बर्षे छोरी आर्या भने बच्न सफल भएकी छिन । घटनामा उनी सामान्य घाईते भएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्ष रावलले बताए । गुपचुप रहेको यो घटना भारतको उत्तरप्रदेश सिद्धार्थनगर जिल्लाको मिश्रौलिया ग्रामका सुकुन्तालाकी बुवा राज किशोर यादवले बुधवार प्रहरीमा आफनै ज्वाई ३५ बर्षे राम किशुन यादव बिरुद्ध किटानी जाहेरी दिए पछि बाहिर आएको हो । घटना गत साउन ६ गते राति ११ बजेतिर भएको प्रहरीले जनाएको छ । राज किशोरले आफनी छोरी, नाीतलाई आगो लगाएर मारको भन्दै ज्वाई राम किशनु बिरुद्ध किटानी दिएका छन । सकुन्तलाको कम्मर देखि माथीको भा जलेको र आर्यनको कम्मत तलको भाग जलेको थियो । गंभीर घाईते भएका दुबैलाई उपचारकालागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगएिको थियो । सकुन्तालको उपचारकोक्रममा साउन ८ गते मृत्यृ भएको प्रहरीले जनाएको छ ।

बालक आर्यनको भने साउन २२ गते उपचारकोक्रममा पाल्पा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले आरोपी राम किशुनलाई पाल्पाबाट पक्राउ गरी ल्याएको छ । सकुन्तालाका बुवा राज किशोरले ज्वाई, सहीत संम्धी संबन्धिनी मिलेर छोरालाई बर्षो देखि यातना कुटपटि गर्दै आएको बताए । सकुन्तालको ७ बर्ष अघि बिवाह भएको थियो । ‘ बिवाह भएको केही महिना पछि नै छोरीलाई ज्वाइले दिनहु कुटपटि गर्ने गर्थे ’ छोरीको मृत्युले निकै दुःखी भएका उनले भने ‘ आखिर ज्वाई र उसका परिवार मिलेर छोरी र नीतलाई जलाएर मारी छाडे ’ । ज्वाई र उनकी भाउजु पार्वती अहिर बिच अनैतिक संबन्ध रहेको र त्यसै बिषयमा छोरी र ज्वाईको दिनहुजासो झगडा हुने गरको राज किशोरले बताए । ‘ अनैतिक संबन्धकै कारण छोरीलाई ज्वाईले हत्या गरेको उनको आरोप छ । उनको ज्वाई सहीत घटनामा संलग्न सबैलाई कडा कारबाहकिो माग गरे । राम किशुनले सकुन्तालाई तेस्रो श्रीमितिकोरुपमा विवाह गरेको प्रहरीको अनुसंधानबाट खुलेका छ । सकुन्तालसंग बिवाह गर्न अघि नौ बर्ष पहिले कपिलवस्तु नगरपालिका– ३ महिताकी एक महिलासंग रामकिशुनले बिवाह गरेका थिए । केही महिना मै उनले पनि बिष सेवन गरी आत्महत्या गरेकी थिईन । त्यो घटना पनि आत्महत्या नभई हत्या नै रहेको गणेशपुरका गाउलेहरु बताउछन । यधपि सो घटनालाई आत्महत्या कायम गरी फाईल बन्द गरिएको थियो । त्यसका केही महिना मै फेरी राम किशुनले कपिलवस्तु नगरपालिका– ४ पिपरीकी एक महिलासंग पुनः दोस्रो बिवाह गरेका थिए । उनलाई पनि कुटपटि र यातना दिन थाले पछि दुई महिना मै घर छाडेर माईती गएकी थिईन । त्यस पछि उनी कहिले त्यहा फर्केर गईनन । प्रहरी उपरिक्षक मनोज कुमार यादवले घटना आत्महत्या वा हत्या त्यो अनुसंधानको बिषय रहेको बताए । उनले ओरोपी राम किशुनको घटनामा संलग्नता रहेको बताए । ओरोपी र उनकी भाउजु बिच अनैतिक संबन्ध रहेको र त्यही बिषयमा श्रीमान र श्रीमिति बिच दिनहु झगडा हुने गरेको प्रारंभिक अनुसंधानबाट खुलेको उनले बताए । कत्तब्र्य ज्यान संबन्धी मुद्दामा राम किशनुलाई अदालतबाट म्याद थपेर अनुसंधान प्रकृया अघि बढाईएको छ । घटनाको सुक्ष्म अनुसंधान भईरहेको उनले बताए । घटना लगत्तै राम किशुनका बुवा बाहाउ यादव, आमा पार्वती, भाउजु घिरौनी फरार छन । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । २ बर्षे आर्या भने राज किशोरको घरमा रहेकी छिन । घिरौनीका श्रीमान बिष्णु रोजगारीका लागि मलेसियामा रहेका छन् ।

टाउको धेरै दुख्छ ? अपनाउनुहोस् यी ५ तरिका दुखाइ कम हुन्छ

१. पानीः महिनामा दुई पल्ट कडा वा पाँच पल्ट सामान्य टाउको दुख्ने मानिस सहभागी गराएर एउटा अनुसन्धान गरियो। सहभागीहरूलाई पर्याप्त निदाउन र तनाव व्यवस्थापन गर्न पनि सिकाइयो। दुई समूहमध्ये एउटा समूहलाई अनुसन्धान अवधिभर उनीहरूले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउन भनियो।

तीन महिनामा बढी पानी पिउने समूहका सहभागीको माइग्रेनमा उल्लेख्य सुधार भएको पाइयो। समूहका ४७ प्रतिशतले टाउको दुखाइ निकै कम भएको अनुभव सुनाए। जबकि बढी पानी नपिउने समूहका सहभागीमध्ये २५ प्रतिशतले मात्र टाउको दुखाइमा सुधार भएको बताए। टाउको दुखाइको अवधि र ‘फ्रिक्वेन्सी’मा भने फरक परेन।

तर, अलिकति बढी पानी खाँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस्। पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस्।

२. क्याफिनः क्याफिनले दुखाइ कम गर्न सक्छ। ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो।

सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्ने थिए। कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर (इबुप्रोफिन वा प्यारासिटामोल) सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो।

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो। सहभागीमध्ये सबैभन्दा बढी क्याफिन (दैनिक ५४० मिलिग्राम) सेवन गर्नेहरूलाई माइग्रेन लगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो।

तर जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन (दैनिक २४० मिलिग्राम) सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो। यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो।

अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लगाए। ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए।

निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ। हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ।

३. धेरै उपवास नबस्ने : केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ। खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ। डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो।

दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन (लो एनर्जी डाइटिङ) गर्दा टाउको दुख्न सक्छ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने।

अर्को एउटा ‘थर्टिफोर पिपल विद न्यु–अनसेट माइग्रेन’ अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाइ सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो। अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरियो। यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ।

४. मध्यपान नगर्नुहाेस : अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो। तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ।

अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ। यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ।

कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु (मेटाबोलिज्म) परेपछि ह्याङओभर हुनेगर्छ।

अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेन समेत निम्त्याउन सक्छ।

अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै हुन्। र, तपाईं अल्कोहलप्रति धेरै संवदेनशील हुनुहुन्छ भने सेवन नगर्नु नै उत्तम विकल्प हो।

५. फोलेटयुक्त भोजनको मात्रा : हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो। त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ।

स्वास्थ्य खबरपत्रिकाबाट

अधिकार नदिए संघर्ष समिति बनाएर लड्छौं : उपप्रमुख खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भनिन्,‘संविधानले दिएको अधिकार हामीले उपयोग गर्न पाउनुपर्छ । अब अधिकारविहीन उप–प्रमुखको काम छैन । देशैभरिबाट उपप्रमुखहरुले मलाई फोनमा समेत गुनासो पोख्नुभएको छ । मैले त अधिकार पाएको छैन । त्यसैले अब म संघर्ष समिति बनाएर अघि बढ्ने पक्षमा छु, उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिईन् । अधिकार नपाएकोमा आक्रोश पोख्दै खड्गीले अघि थपिन्,‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ । मैले यो मेरो लागि भनेको होईन । भोलि आउने उपमेयरको लागि पनि अधिकार हुनुपर्छ भनेको हुँ।’

उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु पुरिने समेत जिकिर गरिन् । उनले थपिन्,‘मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो । म सँग त अधिकार छैन् ।’ रानीपोखरी र धरहराको पूनर्निर्माणमा सम्पदा जोगाउनको लागि आफूले अडान लिएको पनि उनको दाबी थियो ।
समग्र काठमाडौंको विकासको लागि पञ्च वर्षीय गुरुयोजना आवश्यक रहेको पनि उनले बताईन् । उनले भनिन्,‘अहिले त हाम्रो एक वर्षको समय विभिन्न नियम, कानून र ऐन बनाउँदैमा बित्यो । हुन त हामीले भोट माँग्दा घर–घरमा सिंहदरबार पुर्याउँछौं भनेका थियौं, तर अहिले खोई त सिहंदरबार भनेर स्थानीयहरुले सोध्न थाल्नुभएको छ ।’
अहिलेपनि सरकारको मानसिकता स्थानीय तहलाई दिएको अधिकार कटौती गर्ने खालको देखिएको उनको गुनासो छ । उनले भनिन्,‘हाम्रो माग भनेको नै स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने नै हो । यतातिर सरकारको ध्यान जाओस्।’

स्थानीय जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने कुरा स्विकार्दै उनले आफूहरु जनभावना अनुसार नै काम गर्न निरन्तर सक्रिय रहेको जिकिर गरिन् । काठमाडौंको विकासको लागि अहिले विभिन्न सरकारी निकायबीच समन्वयको अभाव रहेको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘साँच्चै काठमाडौंको विकास गर्ने हो भने विद्युत, खानेपानी, ढल व्यवस्थापन, टेलिकम र सडकलाई काठमाडौं महानगरपालिका मातहत ल्याउनुपर्छ ।’

काठमाडौंको फोहोर व्यवस्थापनको लागि आफूहरुले नयाँ वैकल्पिक स्थानको समेत पहिचान गरिसकेको खड्गीले जनाईन् । उनले भनिन्,‘यसअघि काठमाडौंको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्नेगरि ४ वर्षको लागि सम्झौता गरिएको थियो । तर, अहिले उक्त सम्झौता भएको १४ वर्ष वितिसक्यो । धन्न त्यहाँका जनताले यतिका वर्षसम्म फोहोर व्यवस्थापन गर्न दिए । म त स्वयम् त्यहाँ पुगेर आएकी छु । सरकारले यो विषयमा हेलचेक्र्याँई गरेको छ ।’
पछिल्लो केही दिन यता काठमाडौंको फोहोर उठ्न नसक्नुको मुख्य कारण पनि अहिले सिसडोलले फोहोरको भार थाम्न नसक्नु नै रहेको उनले सुनाईन् । उनले थपिन्,‘फोहोरको थुप्रो पानी परेको कारणले बाटोसम्म आईपुगेको छ । अब सिसडोलबाट यसलाई अन्यत्र सार्नुपर्छ ।’

सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहर बनाउनेगरि नयाँ समझदारी हुन लागेको जनाउँदै उनले भनिन्,‘फोहोर व्यवस्थापनको लागि कामनपाले नयाँ ठाउँ पहिचान गरेको छ । बनचरी डाँडामा फोहोर व्यवस्थापन गर्न सकिन्छ, मैले स्थलगत् अध्ययन र अवलोकन समेत गरेर आएँ । अब सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहोर बनाउनगेरि समझदारी हुँदैछ ।’

काठमाडौंमा धुलो र धुवाँ हुनुको प्रमुख कारण मेलम्ची खानेपानी आयोजना नै रहेको उनको भनाई छ । उनले भनिन्,‘मेलम्चीको कारण अहिले काठमाडौंका सडकहरुको अवस्था अस्तव्यस्त छ । जताततै खनेर छोडिएको छ । चाँडोभन्दा चाँडो काम सम्पन्न हुनुपर्छ ।’
फरक प्रसँगमा उनले स्वीकृति नलिई नक्शा पासविपरित निर्माणधिन अवस्थामा रहेका घरहरुको निर्माण कार्य सम्पन्न गर्नको लागि भर्खरै नगर परिषदको निर्णयले फुकुवा गरेको पनि जनाईन् । उनले भनिन्,‘एकपटकलाई हामीले जरिवाना लिएर काम अघि बढाउन फुकुवा गरेका छौं । अब त्यस्तो नक्शा पास विपरित घर बनाउन पाईँदैन्।’

एसिया कप छनोटका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं । एसिया कप छनोटको लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको नेतृत्वमा रहेको टोलीले १९ सदस्यीय टोलीको छनोट गरेको हो ।

साउन २९ गतेबाट बन्द प्रशिक्षण सुरु हुनेछ । सो बन्द प्रशिक्षणबाट एसिया कप खेल्ने १५ जना खेलाडीहरु छानिनेछन् । दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर टोलीबाट बाहिरिएका छन् । उनलाई अझै चार साता आराम गर्नुपर्ने भएकोले उनी यो टोलीको प्ररम्भिक छनोटमा नअटाएका हुन् ।

 

घोषणा गरिएअनुसारको नेपाली प्रारम्भिक टोलीमा पारस खड्काले कप्तानी गर्ने भएका छन् । टोलीका अन्य सदस्यहरुमा अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी रहेका छन् ।

मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म  हुने प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ l

हर्टविट एफ एमका स्टेशन म्यानेजर पौडेलको उपचारार्थ सहयोग प्रदान 

पत्रकार तथा यस हर्टविट एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश पौडेलको स्वास्थ्य उपचारका लागि विभिन्न संघ सस्थाहरुले आथिक सहयोग गरेका छन् । आज प्याब्सन वाणगंगा नगर समितिको आयोजनामा गरिएको एक कार्यक्रममा जम्मा २ लाख ३१ हजार रकम सहयोग गरिएको छ । जसमध्ये प्याब्सन वाणगंगा नगर समितिले १ लाख ८१ हजार ९ सय १० रकम सहयोग गरेको छ । त्यस्तै सिद्धार्थ क्याम्पसले २३ हजार, वाणगंगा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्यालले १० हजार १ सय, होराईजन आवासिय माविका पा्रचार्य तथा रोटरि क्लव अफ मिडटाउँनका अध्यक्ष वासुदेव घिमिरले ब्यक्तिगत ५ हजार, कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेनले ब्यक्तिगत ५ हजार ५ सय १ तथा कमल क्षेत्री आईएम आईले ५ हजार ५ सय ५५ रकम सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सांसद विष्णु पन्थिले चार नम्बर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको खाँचो रहेको औल्याउँनुभयो । उहाँले त्यहि अस्पतालको निर्माणमा आफुु लागि परेको जिकिर गर्नुभयो ।

पत्रकार तथा  हर्टविट एफ एमका स्टेशन म्यानेजर पौडेलले सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नुभयो । प्याब्सन वाणगंगा नगर समितिका अध्यक्ष रोमाकान्त घिमिरेको अध्यक्षता, पदेश सांसद विष्णु पन्थिको प्रमुख आतिथ्यता, ब्यावसनका केन्द्रिय सदस्य सर्वेन्द्र देव खनाल, ब्याब्सन प्रदेश ५ का सहसचिव केशव सापकोटा, नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका पुर्व अध्यक्ष भेषराज पाण्डे, सिद्धार्थ क्याम्पस प्रमुख वालाराम ज्ञवालि वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्याल लगायतको विशिष्ठ आतिथ्यता, कमल क्षत्री, हर्टविट एफ एमका अध्यक्ष कृष्ण प्रसाद भट्राईको आतिथ्यता रहेको थियो । भुपु सैनिक ईङलिस वोर्डिङ स्कुलका प्रिन्सिपल राज कुमार क्षेत्रीको स्वागत मन्तब्य तथा प्याब्सन वाणगंगा नगर समितिका सचिव राजु अधिकारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फर्जी शङ्कराचार्य ~मनोज भण्डारी 

 
                                            लेखक -मनोज भण्डारी 
फर्जी शङ्कराचार्य -मनोज भण्डारी
कुनै पनि संस्था/धर्म/राष्ट्र लाई खुकुलो र शक्तिहीन बनाउन त्यसको आधिकारिक एवं उच्च पदमा अनधिकृत व्यक्ति रहनुको महत्त्वपूर्ण हात रहन्छ । सृष्टिको सुरुवातदेखि चल्दै आएको सनातन धर्म यो प्रहारबाट मुक्त छैन । हिन्दू धर्मको सर्वोच्च पद मानिने शङ्कराचार्य पदमा नेपालकी चेली स्वामी हेमानन्दगिरि अभिषिक्त भएको खबरले यस्तै सङ्केत दिएको छ ।
यस लेखमा शङ्कराचार्य गद्दी “ज्योतिर्मठ” र त्यसमा अभिषिक्त भनिएकी स्वामी हेमानन्द गिरिको कुनै पनि साइनो नरहेको कुराको स्पष्टीकरण दिन खोजिएको छ ।
शङ्कराचार्य कस्तो पद हो ?
विद्वानहरूका अनुसार करिब ७८८इसवीय संवतमा भारतको केरलप्रदेश जन्म लिएका भगवत्पाद शङ्कराचार्यलाई सनातन धर्मको संरक्षण गर्नका लागि भगवान शिवले लिएको मानवअवतार मानिन्छ । वैदिक धर्मको उजागर गर्दै , यसमा उत्पन्न अनेक सम्प्रदाय र उनीहरूले फैलाएको विकृतिलाई नाश गर्न उद्यत शङ्कराचार्य वेदान्तदर्शनका परमज्ञाता थिए ।
अाठ वर्षमा ४ वेदको समग्र अध्ययन , बाह्र वर्षमा सबै शास्त्रको अध्ययन , १६ वर्षमा ब्रह्मसूत्र उपनिषद् गीता आदिको भाष्यलेखन गरी ३२ वर्षमा उनको शरीर पूरा भएको थियोे । शास्त्रार्थको माध्यमले पूरा भारतवर्षमाथि विजय गरी वेद-वेदान्तको पुन: प्रचार गर्ने शङ्कराचार्यले आफ्नो अन्तिम समयमा आफ्ना चार शिष्यहरूलाई चारवटा क्षेत्रमा रहेर धर्मरक्षा शास्त्ररक्षाको आदेश दिएर छाडेको र ती चारवटा पदमा रहने संन्यासीलाई पनि शङ्कराचार्य भन्ने गरेको पाइन्छ ।
हिन्दुधर्मको मूल वेद हो । वेदको मूल तत्त्व वेदान्त हो । त्यस वेदान्तको अध्ययन गरेर अध्यापन गरेर सुयोग्य बनेका वीतराग संन्यासी नै यस पदमा रहने व्यवस्था छ ।
ज्योतिर्मठको शङ्कराचार्य ?
आदि शंकराचार्यले वैदिक सनातन धर्मको संरक्षण र प्रचार प्रसारका लागि चार मठ चार वेदको हिसाबले स्थापना गरेका थिए ।
ती यस प्रकार छन् :
१)पूर्व गोवर्धन मठ(पुरी) प्रथम मठाधीश : स्वामी पद्मपादाचार्य वर्तमान मठाधीश: स्वामी निश्चलानन्द सरस्वती वेद=ऋग्वेद। महावाक्य= प्रज्ञानं ब्रह्म।
२)पश्चिम शारदामठ (द्वारिका) प्रथम मठाधीश: स्वामी हस्तामलकाचार्य वर्तमानमा : स्वामी स्वरूपानन्द सरस्वती वेद = सामवेद।महावाक्य=तत्त्वमसि।
३)उत्तर ज्योतिर्मठ(जोशीमठ बदरिकाश्रम) प्रथम मठाधीश: स्वामी तोटकाचार्य। वेद=अथर्ववेद। महावाक्य=अयमात्मा ब्रह्म। वर्तमान मठाधीश: स्वामी स्वरूपानन्द सरस्वती
४) दक्षिण वेदान्त ज्ञानमठ श्रृगेंरी(रामेश्वरम्) प्रथम मठाधीश: स्वामी सुरेश्वराचार्य। वेद=यजुर्वेद। महावाक्य= अहं ब्रह्मास्मि। वर्तमान मठाधीश :स्वामी भारतीकृष्ण तीर्थ महाराज।
यहाँ स्वामी हेमानन्द गिरिको नाम कहाँनेर छ ? पाठकले नजर लगाउन सक्छन् । हल्लाको सुरुवात शङ्कराचार्यको पदमा आसीन व्यक्तिले आफुपछिको उत्तराधिकारी कुनै सुयोग्य शिष्यलाई नियुक्त गर्ने प्रावधान छ । केही गरी नियुक्त नगर्दै शङ्कराचार्यको निधन भएको खण्डमा चाहिँ त्यो नियुक्तिका लागि अधिकार विद्वान् हरूमा सुम्पिइन्छ । उत्तराखण्डमा अवस्थित ज्योतिर्मठको शङ्कराचार्यको पदका लागि स्वामी वासुदेवानन्द सरस्वती र स्वामी स्वरूपानन्द सरस्वती दुवैले दाबी गरेपछि इलाहवाद हाइकोर्टले दुवैको दाबी खारेज गर्यो र ३ महिनाभित्रमा नयाँ शङ्कराचार्य चुन्न आदेश दियो । अखिल भारत धर्म महामण्डल र काशी विद्वत्परिषद् का विद्वान् मिलेर शङ्कराचार्य चुन्नका लागि न्यायालयले आदेश दियो । त्यस बीचमा शङ्कराचार्य पदका लागि थुप्रैले आवेदन दिए । आवेदन दिने हजारौं मान्छेहरूमध्ये एक हेमानन्द गिरि पनि थिइन् । यत्ति कुरालाई बढाएर यति चाँडै नेपालभरि व्यापक गरियो कि ठूलाठूला मिडियाले पनि बिना खोजखबर उनलाई शङ्कराचार्यकै रूपमा उपस्थित गरायो ।
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् । हेमानन्दगिरिलाई शङ्कराचार्य कसले बनायो ? हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् ।
हेमानन्द गिरिलाई शङ्कराचार्य कसले बनायो ?
हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो । कहानीले अर्को मोड लियो । त्यसको केही समयमै काशी-विद्वत्परिषद् का विद्वान्हरूले उनलाई शङ्कराचार्य घोषणा गरेको समाचार पढ्न पाइयो । बनारस प्राचीन कालदेखि नै विद्या र धर्मको केन्द्र रहँदै आएको हो । यहाँका विद्वानहरूको “श्रीकाशीविद्वत्परिषद्” नामक संस्था विश्वभरकै हिन्दुहरूको निम्ति निर्णायक संस्था मानिन्छ । यो संस्थाका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षसँगको प्रत्यक्ष भेटपछि थाहा भयो कि त्यो संस्थाका विद्वान्हरूलाई आउने जाने हवाइ सुविधा एवं “दिव्य-दक्षिणा”का नाममा बोलाइएको भए पनि शङ्कराचार्य पद कसैले चाहेर दिन नमिल्ने भएको हुनाले संस्थागत रूपमै अस्वीकार गरिएको थियोे । उनलाई शङ्कराचार्य पद दिने संस्था “अखिल-भारतीय-विद्वत्-परिषद् ” रहेछ । उक्त संस्थाले गरेको सम्मान संस्कृतभाषामा छ । परम विद्वान्हरूद्वारा प्रदत्त दुई वाक्यको उक्त सम्मान पत्रमा आधा दर्जनभन्दा धेरै अशुद्धि छैनन् । उक्त सम्मान-पत्रमा नेपाल राष्ट्रमा महान् धर्मकार्य गरेकी महामण्डलेश्वर हेमानन्दगिरिलाई “पशुपति मठ”को शङ्कराचार्य घोषणा गरिएको रहेछ । नेपाल-भारत-श्रीलंका-भुटान कहीं नभएको पशुपतिमठको शङ्कराचार्य गद्दीको स्वामित्व उनलाई कसरी मिल्यो ? अस्तित्वमै नरहेको मठमा कसले कुन उद्देश्यले कहाँबाट प्रेरित भएर अभिषिक्त गर्यो? अनुसन्धान जरुरी छ ।
                                         हेमानन्द गिरी – तस्बिर वेव
पशुपति मन्दिर आसपासका कुनै मठमा यस “काल्पनिक “पदको दुष्प्रभाव नपर्ला भन्न सकिन्न । यसमा जनसमुदाय सचेत हुनु जरुरी छ ।
हेमानन्द-गिरि शङ्कराचार्य हुन् ?
हेमा ढुङ्गानाको धार्मिक अनुवाद हेमानन्दगिरि यस अनुवादमा उल्था हुनुअगाडिका जीवनबारेमा थुप्रै खुलासाहरू बजारमा आइरहेका छन् । ती सबैलाई विश्वास गर्ने यथेष्ट आधार छैन । तर हेमानन्दगिरि शङ्कराचार्यका चारै पीठमध्ये कुनैमा अभिषिक्त नभएको र हुँदै नभएको मठमा नेपाल नदेखेका एकाध भारतीय  “विद्वान्”हरूले भन्दैमा शङ्कराचार्य भन्न नसकिने हुँदा उनी शङ्कराचार्य होइनन् भन्न निर्धक्क सकिन्छ । यसबाहेक उनको महामण्डलेश्वर आदि पदवीका बारेमा चाहिँ लेखक अनभिज्ञ छ। नेपालमा उनी शङ्कराचार्य बनेको हल्लाले भारतका विद्वान्हरूले स्पष्ट शब्दमा निर्णायक जवाफ दिएका छन् । हालै नेपालमा पशुपति परिसरकै शङ्कराचार्य मठमा आयोजित राष्ट्रिय विद्वत्सम्मेलनले पनि उनको शङ्कराचार्य पदको खण्डन गरेको छ ।
“काशी पण्डित सभा ” एवं काशी-विद्वत्परिषद्” दुवै संस्थाले यसको भर्त्सना गरेका छन् । विना अध्ययन समाचार छाप्ने बानी परेका नेपाली मिडियामा भने अझै पनि ” बाह्रसय पचास वर्षको इतिहासमा पहिलो नेपाली महिला शङ्कराचार्य: नेपालका लागि गौरव” भन्दै समाचार छापिरहेका छन् ।

चन्दा असुलीको आरोपमा ‘प्रकाण्ड’ सगै कपिलवस्तु बाणगंगाका श्रेष्ठ पनि प्रकाउ

(विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ सगै कपिलवस्तुका का मनबहादुर श्रेष्ठ पनि प्रकाउ परेका छन । जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका(१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका(६ का हरिचन्द्र आचार्य छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको घनास्थलमै मृत्यु ।।

अर्घाखाँची जिल्लाको वांगला कोटफेरामा यात्रु बाहक जिप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७० नम्वरको जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो । मथुराबेशिमा यात्रुलाई र्पुयाई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पक्की सडकमा खाडल, ग्राभेल र कच्चीमा हिलो

बर्षौ देखि सडकको अवस्थाका कारण अहिले आएर सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन । बर्षायामका समय सडक भत्कने, भासीने तथा हिलो हुदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका हुन । बिशेष गरी पक्की सडकमा खाल्टा पर्नुका साथै ग्राभेल मात्र गबरीएका र गाउघर भित्रका सडक ठुला ठुला खाडल सहित हिलोमय छन । महेन्द्र लोकमार्ग अन्र्तगत कपिलवस्तुको पुर्वी सिमाना कोठीखोला देखि पश्चिमि सिमाना धानखोलासम्म भत्कीएको सडक एक महिना अगाडी मात्र टालीएकोमा सबै ठाउमा भत्कनुका साथै बिभिन्न ठाउमा सडक भासीएको छ । जसका कारण सवारी दुर्घटना बढने सम्भावना बढेको छ । जिल्लाको कोठीखोला क्षेत्र, बैरीया, जितपुर चार नम्बर, बनगाई, गोरुसिङे, इमिलिया, डुमरा, चन्द्रौटा क्षेत्रको लोकमार्गमै पक्की सडक भत्कीएको छ । टालेका सडक सोही ठाउबाट सडक सधै भत्कीदा सर्वसाधारण अच्चममा परेका छन ।
महेन्द्र लोक मार्ग अन्र्तगत कोइली बनगाई पुल क्षेत्र र गोरुसिङे क्षेत्रको जगंलमा सडक भासीएको छ । साथै ग्राभेल गरीएका तथा कच्ची सडक हिलोले गर्दा गाउघरका सर्वसाधारण समेत हैरानी खेपेका छन । हिलो हुदा साइकल, मोटरसाइकल चलाउन समेत सर्वसाधारणलाई अफ्ठ्यारो भएको छ । चार चक्के गाडी भने हिलोमा फस्ने गरेको छ । ग्राभेल सडकमा समेत पानी जम्दा खाल्टो पर्ने र त्यो पछि गएर ग्राफेल नगरेको जस्तै देखिने चार नः जितपुरमा रहेको माछापुच्छ्रे होटेलका सञ्चालक शोभाखर पराजुलीले बताए । गाउघरमा बर्घाको समयमा अझ टे«क्टरले बाटोमा खाल्टा बनाउने भत्काउछ तर बनाउदैन्न, त्यसको समस्या पनि सर्वसाधारणले भोग्नु परेको उनले बताए । सडकमा परेका खाडल समयमै नपुर्दा पछि गएर ठुला खाडल बन्ने हुदा ठुलो सवारी दुर्घटनाको जोखिम समेत रहेको छ । बाणगंगा नगरपालिका अन्र्तगत पटना, कोपवा, भलवाड, नन्दनगर, राजपुर, पिपराका भित्रि ग्राभेल बाटो खाडल सहित हिलोमय हुने गरेका छन ।

नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागी प्रहरी सक्रिय

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा नदीजन्य पदार्थको चोरी बढदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागी बिशेष अभियान समेत थालेको छ । जसअन्र्तगत २ महिनाको अवधिमा मात्र ९ वटा ट्रेक्टरलाई रातको समयमा नदीजन्य पदार्थको चोरी गर्दै गर्दा प्रक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जसअन्र्तगत सोमबार रातको समयमा चोरी गर्दै गर्दा २ वटा ट्रेक्टर प्रक्राउ गरी कारबाहीका लागी पठाइएको इर्लाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसिले जानकारी दिए । पानी परेको मौसम बाहेकको समय नदीबाट ढुङगा गिट्टी बालुवा चोरी गर्ने गरेको पाइए पछि चोरी नियन्त्रणका लागी बिशेष योजना बनाई काम गरेको प्रहरी निरिक्षक केसिले बताए । नदीजन्य पदार्थकको नियन्त्रणका लागी थप जनशतिm माग गरी चोरी निकासि हुने ठाउमा चौबिसै घण्टा निगरानि गर्न आफुले पहल थालेको उनको भनाई छ । जसका लागी नदीजन्य पदार्थ चोरी भएको खबर दिन सर्वसाधारणलाई आग्रह समेत गरे । त्यसरी नदीजन्य पदार्थको चोरी निकासि गर्नेलाई जिल्ला समन्वय समितिले पहिलो पटकको लागी दश हजार र त्यसपछिको लागी १५ हजार जरिवाना काटदै आएको अव नगरपालिकाले पनि बारम्बार चोरी गर्नेलाई जरिवाना बढाउदै लैजाने निति ल्याउन आवश्यक रहेको उनको भनाई छ । यसैबिच चोरी निकासिका घटनामा बृद्धि भएपछि सोमबार बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालको नेतृत्वमा वडा नः २, ४, ८, र ११ का वडा अध्यक्ष सहितको टोलीले समेत चोरी निकासि हुने क्षेत्रको अनुगमन गरेको छ । चोरी निकासि नियन्त्रणका लागी नगरपालिकाले पनि बिशेष योजना बनाउने उपमेयर चक्र अर्यालले बताए ।

भदौ ४ देखि कोरिया जाने कामदारको स्वास्थ्य परीक्षण

२०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।

कपिलवस्तु सामुदायिक अस्पतालबाट निजि स्तरको सेवा

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको कपिलवस्तु सामुदायिक अस्पतालले यस क्षेत्रका बिरामीलाई प्रभावकारी सेवा दिदै आएको छ । जसका कारण दैनिक करिव सय बढि बिरामी उपचारका लागी अस्पतालमा आउने गरेका छन । अस्पतालमा कपिलवस्तु, रुपन्देही जिल्लाको सैनामैना क्षेत्र र कञ्चन गाउपालिका क्षेत्र, अर्घाखाची, दाङ, प्युुठान र रोल्पा क्षेत्रबाट बिरामीहरु उपचारका लागी आउने गरेको डाक्टर दिपेन्द्र चन्दले बताए ।
अस्पतालले ओपिडि, आकस्मीक सेवा, ल्याव सेवा, डि एक्से रे, भिडियो एक्सरे र मेडीकल चेक जस्ता सेवा अस्पतालले प्रदान गर्दै आएको अस्तालका प्रशासकीय अधिकृत प्रविण पौडेलले बताए । साथै प्रसुती सेव अव केही समयमै सुरुवात गरिने अस्पतालका अध्यक्ष राम जि सेनले बताए । सरकारी स्तरको शुल्कमा निजि स्तरको सेवा प्रदान गर्ने उदेश्य हाम्रो रहेको अध्यक्ष सेनले बताए ।

“अन्जान”का तीन गजल

 

"अन्जान"का तीन गजल 

पहिलो

राख्न पनि कति अफ्ठ्यारो ठाँउमा राखिदियो..
नियतिले यो जिन्दगीलाई दाउमा राखिदियो।। 

को संग गुनासो गर्नु के दुखेसो पोख्नु र खै..
आफन्तै आएर नुनचुक घाउमा राखिदियो।।

सम्मान गर्यो या अपमान सोच्नै सकिएन..
ल्याएर शिरको टोपी पाउमा राखिदियो ।।

सफल होला या बिफल साहस कि अहमता.. 
माझीले दुईखुट्टा दुईटा नाउमा राखिदियो।। 

सबैकुराको खरिद बिक्री चलिरहेकै बेला..
एक गरीबले शरीर नै सस्तो भाउमा राखिदियो!!


 दोस्रो 
के कानै पो गरेँ भन्छ बन्दुक बनाएर..
आएका छन साहु कृर्ते तमसुक बनाएर।।

बैशाखी पठाएछ उपहारमा सर्कारले..
आन्दोलनमा दुबै खुट्टा नाजुक बनाएर।।

तथानाम भन्छ पहिला मौका हेरी हेरी..
सान्त्वना दिन्छ पछि भावुक बनाएर।।

सित्तैमा पाए देखी भुटुवा मगाउँछ ..
घर बस्छे श्रीमतीले गुन्द्रुक बनाएर।।

बेरोजगारको प्रमाणपत्र राहदानी पाएपछी
फर्के लाखौ युवाहरु बाहिरी मुलुक बनाएर।


तेस्रो
भेटिन्छन् गद्दारहरु भेटिन्छन् सज्जनहरु भेटिन्छन् ..
यात्रामा कैलेकाँही भुल्नै नसक्ने मनहरु भेटिन्छन् ।।

वस्तु पुरानो हुन सक्छ महत्व पुरानो हुदैन कदापी..
जीन्दगीको तस्वीर हेर्दा रमाईला बच्पनहरु भेटिन्छन् ।।

एक दशकको द्वन्दले कुन परिवर्तन ल्यायो थाहाछैन..
खोल्सा खाल्सीमा अचेल गाडिएका गर्धनहरु भेटिन्छन् ।।

विमानबाट लुम्बिनी र पोखरा हेरेर फर्कियौ सरकार..
फुर्सदमा कर्णाली जाऊ वास्तबिक जीवनहरु भेटिन्छन् ।।

मागी विवाहलाई हो सर्वथोक जुराउनु र मिलाउनु पर्ने..
प्रेम विवाहलाई त बाह्रै महिना लगनहरु भेटिन्छन् ।

तिलक भट्टराई "अन्जान"
सुनवल १२ भुमही
नवलपरासी

वाणगंगा नगरपालिकाले गरिबी परिचयपत्र वितरण कार्य वडा नं. ६ मा पुर्यायो ।।

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र गरिबीको सूचीमा सूचीकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण कार्य तीव्र रूपमा अगाडि बढाएको छ । नगरपालिका भित्र ११ सय ८६ घरपरिवार गरिबीको सूचीमा सूचीकृत रहेका छन् । जसमध्ये ४६६ जना अति गरिब, ३५९ जना मध्यम र ३६१ जना सामान्य गरिबको सूचीमा सूचीकृत रहेका छन् । सबै भन्दा धेरै वडा नं. १० मा २ सय ६ घरपरिवार गरिबीको सूचीमा सूचीकृत छन् । त्यस्तै सबै भन्दा कम वडा नं. १ मा २३ घरपरिवार गरिबीमा सूचीकृत छन् ।
आज वाणगंगा नगरपालिका वडा नम्बर ६ का ११४ घरपरिवार मध्ये ७२ घरपरिवारलाई उक्त गरिबी परिचय पत्र वितरण गरिएको हो । २९ अति गरिब, २६ मध्यम र १७ सामान्य गरी जम्मा ७२ घरपरिवारलाई उक्त गरिबी परिचय पत्र वितरण गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । वडा नं ६.को वडा कार्यालय कार्यक्रम सम्पन्न भएको थियो । परिचय पत्र पाएपछि सर्वसाधारणहरूले खुसी व्यक्त गरेको र परिचय पत्र मात्र नभई राहत छिट्टै पाउनुपर्ने बताएका छन् ।

वडामा वितरण गर्दा अनुपस्थित भई गरिबी परिचय पत्र वितरण गर्न नसकिएका घरपरिवारलाई यही साउन २९ गते पछि नगरपालिकाबाट वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, दीपा केसी, वडा अध्यक्ष सुक देव थारु, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यही साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच भोलि वडा नं.७ को वडा कार्यालय मोतिपुर मा गरिबी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन् ।

‘इमरान’लाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद, २० साउन-पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार)औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ। पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ ।

“पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उने बताए।उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गरे।

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाई छ । तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उनले जानकारी दिए। बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन् ।

पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआइ सबैभन्दा ठूलो पार्टी भएपछि उहाँको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो ।

खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।

एजेन्सी

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन् नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भई राख्दैन । यसै प्रसङ्गलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदि कुनै मासिनको जीवनमा यी ६ कुराहरू प्राप्त छन् भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।

श्लोक यस प्रकार छ स् अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्र अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ स् धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धन प्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१. धन
सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धन सम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठुलो सहारा चाहिन्छ । यसर्थ मान सम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोग लाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।

२. निरोगी शरीर
जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदि शरीरमा कुनै रोग छ भने तपाईँ राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईँ जीवनका हरेक कुराबाट वञ्चित हुनुहुन्छ । यदि तपाईँमा साना साना रोगहरू छन् भने पनि तपाईँ कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाइँदैन । श्रम गर्नका लागि शरीर स्वास्थ्य हुनु प¥यो । स्वास्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो ईश्वरको वरदान हो ।

३. सुन्दर पत्नी
महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईँको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाव मुक्त भएपछि तपाइको बाहिरियासँग सम्बन्ध रहँदैन र अनेकौँ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार सञ्चालन हुन सक्छ ।

४. मीठो बोल्ने पत्नी
सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदि नमिठो बोल्ने श्रीमती घरमा छन् भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यस प्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकी । न उनीहरूको सहयोग प्राप्त हुन्छ ।

५. आज्ञाकारी पुत्र
वर्तमान समयमा सबैभन्दा ठुलो समस्या सन्तान हो । सन्तान यदि गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठुलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मूर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

६. धन पैदा गर्ने विद्या
पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौँ पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धन वान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आफ्नो भएको पैतृक सम्पत्ति अनियन्त्रित रूपले खर्च गर्छन् । यस्तो स्थितिबाट बच्नको लागि तपाईँ सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईँसँग पैसा छैन तर कला छ भने तपाईँ त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जीवनयापन गर्न सक्नु हुन्छ ।

बलात्कारपछि किशोरीको घाँटी थिचेर हत्या भएको खुलासा

कञ्चनपुरको भीमदत्त नगरपालिका –२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको रहस्य खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट यो कुरा पुष्टि भएको जनाएको छ ।

कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले भनेका छन्, ‘हामीले जे शंका गरेका थियौं, त्यही पुष्टी भयो ।’ यद्यपि, बलात्कार गर्ने समूहमा थियो वा एक्लै भन्ने कुराको पुष्टि अझै नभएको उनले बताएका छन् ।

उनले अहिलेसम्म घट्नास्थल पहिचान गर्न नसकेको बताएका छन् । उनले अगाडि भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने कुरा यकिन गर्न सकिएको छैन ।’

जिल्ला प्रहरीले प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । जसमा प्रदेश ७ का ९ वटै जिल्लामा अनुसन्धानमा दखल राख्ने र अनुभवी सबै प्रहरी सामेल छन् ।

अनुसन्धानका क्रममा ४० भन्दा बढीलाई नियन्त्रणमा लिई सोधपुछ भईसकेको छ ।

सिद्धार्थ क्याम्पसकी अर्याल कक्षा १२ को नतिजामा जिल्ला प्रथम

कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा रहेको सिद्धार्थ क्याम्पसमा अध्ययन गर्ने अरुणा अर्याल कक्षा १२ को परिक्षामा जिल्ला प्रथम भएकी छन । कक्षा १२ को नतिजामा अर्यालले ३.५९ जिपिए ग्रेड हासिल गर्दै जिल्ला प्रथम भएकि हुन । उनी सहित क्याम्पस द्धितिय र तृतिय हुदै उत्तीर्ण हुनेलाई क्याम्पसले एक कार्यक्रमकाबिच आइतबार सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बालाराम ज्ञवालीले उत्तीर्ण भएका सबै बिद्यार्थीको उज्जवल भविष्यको कामना गनुृका साथै यो उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षक अभिभावकलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । क्याम्पसले ए ग्रेडमा ४ जना साथै वि र बि प्लस ग्रेडमा ३१ जना बिद्यार्थीलाई उत्तीण गराउन सफल भएको छ ।

 

कपिवलवस्तुका बिष्णु थापा राष्ट्रीय मगर सघंको केन्द्रीय सदस्यमा निर्वाचित

कपिलवस्तुका बरिष्ठ समाजसेवि तथा नेपाली काग्रेस बाणगंगाका कार्यबाहाक नगर सभापति बिष्णु थापा नेपाल राष्ट्रीय मगर सघंको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । काठमाणडौमा भएको दोस्रो एतिहासिक महाधिवेशनबाट थापा केन्द्रीय सदस्यमा निर्वाचित भएको कुमार थापाले जानकारी दिए ।