समाजलाई सचेत बनाउन शान्ती श्री परियारको अर्को मनछुने गित छोरी बजारमा (भिडियो सहित)

छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन ? छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ ?तर हाम्रो समाज छोरीलाई अझैपनी हेला अनि तिरस्कार गर्ने गरिन्छ । पुरातनवादी सोच अनि पुरुष प्रधान देश भएकाले यसै भन्न सकिने अवस्था छैन कि कहिलेबाट चै छोराछोरी बिच समान ब्यवहार गरिन्छ? हो यसैबिचमा चर्चित गायिका शान्ती श्री परियारले एउटा बुहारीले छोरी पाउदाको बेदनालाइ सुरिलो स्वर माफर्त सचेतनाका शब्द सहित छोरी बारेके गित बजारमा ल्याइकी छिन । जसमा उनले एक बुहारीको अभिनय समेत गरेकी छन भने चर्चीत निर्देशक तथा मोडल हरि शरण रिजाल अथिति कलाकारको भुमिका रहेका छन ।

अर्थ तन्त्र मजबुद बनाउनु पर्नेमा जोड ः गर्भनर

नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरिञ्जीवी नेपालले राष्ट्र समृद्ध बनाउन अर्थतन्त्रमजबुत बनाउनु पर्नेमा जोड दिएका छन । आर्थिक क्रियाकलप बढाए मात्र देशले बिकासका क्षेत्रमा गति लिने उनको भनाई छ । कपिलवस्तुको गोरुसिगेंमा सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रिय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पैसा कमाउनाका लागि विदेशको भर पर्नु भन्दा नेपालमा नै काम गरे यहाको विकास गर्न सजिलो हुने बताए । कपिलवस्तुको गोरुसिगेंमा आवस्थित सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड नेपालको प्रदेश नं ५ र ६ भित्रका १० वटा जिल्लामा आप्नो शाखाहरु खोल्ने बताएको छ । कपिलवस्तुमा केन्द्रीय कार्यालय खोल्ने पहिलो वित्तिय संस्था सत्यवती लघुवित्त वित्तिय संस्था लिमिटेड बनेको छ । यस वित्तिय सस्थाको कार्यक्षेत्र कपिलवस्तु सहित रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाची, रोल्पा, प्युठान, सल्यान र जाजरकोट रहेको कार्यकारी प्रमुख बाबुलाल नेपालले बताए ।

इन्जीनियरले बनाए नियम बिपरित पिपरा अस्पतालको भवन

कपिलवस्तुको बाणगंगा नगरपालिका पिपरामा रहेको पिपरा अस्पताल भवन डिभिजनका शाखा भैरहवाका इन्जीनियरले पोष्टमाट्मका लागी बनाइएको भवनमा सेप्m्टी ट्याकीं नबनाएको पाइएको छ । बिशेषत पोष्टमाट्म हुने भवनका लागी छुट्टै सेप्m्टी ट्याकीं बनाउने प्रावधान रहेको छ । भवन बनाउने इष्टीमेटमा छुट्टै सेप्m्टी ट्याकीं बनाउने उल्लेख गरेता पनि सो अनुसार काम भएको छैन । तत्कालिन समयमा भवनको सेप्m्टी ट्याकीं बनाउदा ब्यवस्थापनकै समितिकै सहमतिमा डाक्टर बस्ने क्वाटरको सेप्m्टी ट्याकींमा पोष्ट माट्म भवनको पाइप मिसाइएको हाल अवकाश पाएका तत्कालिन इन्जीनियर अरुण कुमार केशरी बताए । उता तत्कालिन अस्पताल ब्यवस्थापनका गोपाल भट्टराईले इन्जीनियरसगं त्यस्तो कुनैसहमति नभएको बताए । इष्टीमेटमा भए अनुसारनै भवन बनाउने जिम्मा इन्जीनियरको भएको र सो समयमा समितिको तर्फबाट कोहीसगं कुनै पनि सहमति नभएको उनको भनाई छ । भवन बनेर सक्दासम्म ब्यवस्थापन समिति परिर्वतन भई हालका अध्यक्ष दल बहादुर थापा ईश्वर थापाले भवनको इष्टीमेट र नक्सा मागेपछि डिभिजन शाखा भवन हस्तान्त्रण गर्ने बिषयमा कुरा गर्न छाडेको अध्यक्ष थापाले बताए । अस्पतालका भवन भुकम्प प्रतिरोधक भएतापनि भवको कही चिरा पर्ने, पानी सोस्ने, पानी चुहिने सम्म भई सकेका छन । पोष्टमाट्म भवन बनी सकेको दुई बर्ष भई सक्दा पनि प्रयोगमा आएको छैन । भवन डिभिजन शाखा भैरहवा, ठेकेदार पक्ष र अस्पताल ब्यवस्थापन समिति पक्षबिच कुराकानी तथा तालमेल नमिल्दा भवन हस्तान्त्रण हुन नसकेको हो ।

जितपुरमा पुराना कपडावाट गज्जबका नया सिरक डसना

कपिलवस्तुको बाणगंगामा पुराना कपडाबाट कपास बनाएर नयाँ सिरक डसना बन्ने भएपछि स्थानिय खुशी भएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा पुराना कपडालाई प्रयोग गरेर नया कपडा बनाउन थालेपछि स्थाानिय खुशी भएका हुन । यहाँ पुराना काम नलाग्ने कपडालाइ पुन नयाँ बनाएर प्रयोगमा ल्याउन उद्योग सँचालनमा आएको हो । काम नलाग्ने पुराना कपडाबाट नयाँ कपास बनाउने उद्योग सिद्धिपुरमा कपिलवस्तु कपास उद्योगको नामबाट सञ्चालनमा रहेको छ । प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाइ कार्डन मेसिनको सहयोगले नयाँ कपास बनाएर पुन नयाँ कपडा बनाउन सकिने सँचालक चन्द्रकान्त पोख्रेल(सिके) को भनाई रहेको छ । उक्त कपासवाट नयाँ सिरक,डसना,तकिया लगायतका नयाँ कपडा बनाउने गरिएको छ । उच्च प्रबिधीबाट पुराना कपडालाइ कपास उत्पादन गरि नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही समेत खुसी भएका छन ।
उद्योगले राम्रो बजार पाउनुका साथै ६ जनाले रोजगारी समेत पाएका छन । पुराना कपडा तह लगाउन सजिलो भएकाले खर्च जोगाउन चाहनेहरुको लर्को लाग्ने उनले बताए । कपडाहरु काटेपछि मेसिनमा पेलेर कपास उत्पादन गरिन्छ । एक किलो कपडा पेल्न उनले २० रुपैयाँ लिने गर्छन । ३० लाख लगानीबाट सुरु गरिएको उक्त उद्योगबाट प्रतिमहिना ५० हजार रुपैया आम्दानी हुने उद्योग सँचालक पोखरेलले जानकारी दिए । जसमा तिन जना युवाको सामुहिक लगानी रहेको छ । उद्योगका कारण बाणगंगा , बुद्धभुमि, कपिलवस्तु नगरपालिकाका स्थानियलाई फाइदा पुगेको छ ।

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
साउन 20 देखि 26 सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला।  आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र संगै समय बिताउने मौका हरु आउँन  सक्छन्।  पराक्रम र धैर्यताले कामहरुमा बढोत्तर हुनेछ।  ठुला सोचहरुको विकास हुनेछन्।  सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको बिकास हुनेछ भने नया कुराको खोजि गर्न मन प्रेरित  हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबीच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
–  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ।   नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन।  विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।   साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
–  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ।   नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन।  विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।   साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ।  धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
–  शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ।  सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागर बढ्नेछ।  संयमता भने अपनौनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिन सक्छन्। मालमत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– सुरुमा घरेलु समस्या देखापर्न सक्छन्। केहि अप्ठ्यारो परिश्थितिका कारण  काम रोकिने सम्भावना छ।  भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरु बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र संकट आउँ सक्छ।  नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन।  गीत संगीत्  लगाएतका मनोरन्जनामा मन जानेछ।  धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।

यूवा  ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५

“मकै”

काठमाण्डौको चलेकै तालिम गृहमा तिन दिनको कार्यशाला शुरु हुदै थियो । बिभिन्न जिल्लाका सहभागी पहीलो दिनको हाजिरी लाउदै परिचायात्मक औपचारिकतामा व्यस्त थिए । तिनै सहभागी बिच म पनि पुराना साथीहरु सँगको औपचारिकतामा व्यस्त भए । नयाँ मित्रहरु सँग नव परिचयका लागी मेरो अग्रसर कायमै थियो । सहभागी जुटदै थिए, त्यहि बिचमा तालिम गृहका वेटरले बिहानीको खाजा तयारी भएको जानकारी थिए । सबै खाजाका लागी खाजास्थलमा जान थाले । खाजा खानेहरुको लाम लाग्यो । चिया, जुस, ब्रेड, अण्डा र जाम सगै खाजाका बिभिन्न परिकार । जेठको टन्टलापुर गर्मिबाट राहत पाएको अनुभव गर्दै धेरै सहभागी खाजा खान व्यस्त भए । खाजाका बिभिन्न परिकार मध्य सबैलाई बढि मन थियो “तारेको हरियो मकै” । हुन पनि दुधिलो मकैलाई केप्सिकम, लसुन, पियाज र मसलाको मिश्रणमा लोभ लाग्दो गरि तेलमा तारिएको थियो । धेरै सहभागीले मकै नै थपेर खाए । मैले पनि मिठो लागे पछि तारेको हरियो मकै थपे । मकै दुधिलो थियो, त्यसै माथी न छोडाउनु पर्ने झन्झट न त मुख भरी कालो लाग्ला कि भन्ने चिन्ता । काठमाण्डौ मात्रै होईन प्राय अधिकांस रात्रीकालीन पार्टीहरुमा पनि ग्राहकले रुचाउन थालेछन “तारेको हरियो मकै” । मकैलाई हरियोमा मात्रै होईन फुला बनाएर पनि चलेका रिसोर्ट र सिनेमाहरुमा पनि “पप कर्न” भन्दै मिठो मानी मानी खाएको भेटे । सजाईएका कागजमा ठेउला नभएका फुला मकैलाई “पप कर्न” को संज्ञा दिएर मिठो मानी मानी खान थालिएछ ।


आफनै ठाँउका रेष्टुरेन्टमा रात्रीकालिन खाजामा पनि “तारेको हरियो मकै” खानेहरु बढि नै देखिए । सामान्य चलेको रेष्टुरेन्टका सञ्चालक सँग सोधे बारीमा मकै लाउनु भएको छ र ? उनले जवाफ दिए “रेष्टुरेन्ट बाटै फुर्सद छैन कहाँ मकै फलाउनु हजुर ?” । फेरी सोधे यस्ता दुधिला र हरिया मकै कहाँबाट ल्याउनु भयो त ? मधेसको दक्षिण तिर अझै मकै फल्ने सिजन नै भएको छैन । हुन पनि हाम्रो तिर साउनको अन्तिम साता तिर मकै फल्छ । उनले जवाफ फर्काए अहिले त “तारेको हरियो मकै” प्याकिङ्गमा आउछ । फ्रिजमा राख्छौ । धेरैले मन पराएर मकै नै खान खोज्छन । अहिले त धेरैले मन पराउन थाले पछि ताजा किने मात्रै हो स्टकमा पाउनै मुस्किल छ । यिनै संबाद बिच मकै र मकैका परिकारका कथा मेरा लागी रोचक थियो । कारण थियो २०÷२२ बर्ष अघि मकैको खाजा भन्दा हितनाबोध गराईने मकै अहिले चलेको परिकार बनेछ । कक्षा ६ का पढदा, मेरो दैनिकीको खाजा हुन्थ्यो “पोलेको मकै” अनि कहिले काही “भुटेको मकै” । हाम्रा कक्षा शिक्षक थिए अमेरिकाबाट नेपाल बुझ्न आएका हाम्रा कक्ष एरिक सम्बोय । धेरै पछि नेपालमा बालमैत्री शिक्षाको अवधारणा आए पनि नेपालमै बालमैत्री शिक्षाको अभ्यास गर्ने हामी भाग्यमानी बिधार्थी थियौ । उनै अमेरिकी कक्षा शिक्षकले हाम्रो मासिक परिक्षा लिन्थे, अनि अमेरिकीकाबाट लिएर आएको बिभिन्न ताराका स्टिकर कापीमा लगाई दिन्थे, अनि कक्षाका उत्कृष्टताको आधारमा उतैबाट ल्याएको चक्लेट बाड्थे । कक्षामा सबै भन्दा सानो बिधार्थी भएकाले उनले अन्य बिधार्थी भन्दा मलाई औधी माया गरेको अनुभुती हुन्थ्यो । मैले तिनै शिक्षकबाट लिईएको एउटा मासिक परिक्षामा दुई वटा तारा र चक्लेट पाएको थिए । हाम्रो कक्षामा महेन्द्र प्राथमिकमा कक्षा ५ सम्म पढेर आएका केहि साथीहरु ६ कक्षामा थपिएका थिए । मेरा साथीहरु प्रायः सदरमुकाम दक्षिणका थिए । मधेसी समुदायका उनीहरु खाजाका लागी घरबाट चामल लिएर आउथे अनि भुजा भुटने भारमा चार भाग लगाएर एक भाग भुजा भुटनेलाई दिएर बाकी तिन भागको भुजा भुटाएर दिउसोको खाजा खान्थे । मेरो खाजा भने कहिले घरबाट ल्याएको पोलेको मकै त कहिले भुटेको मकै हुन्थ्यो । धेरै साथीहरुले खाजा खान घरबाटै १÷२ रुपैया बोकेर आउथे । उनीहरुले टिफिनको समयमा त्यहि पैसाले टिकिया र चटपटे खान्थे । घरबाट चामल ल्याउने साथीहरु मध्य केहिले कहिले काही चामल चोरेर ल्याउथे । एक जनाले चामल बेचेर चटपटे र टिकिया किन्थे र सामुहिक रुपमा खाजा खान्थे । साथीहरुको दैनिकको फरक परिकारका बिच मेरो सधैको मकैको परिकार देख्दा केहि साथीहरुले “मकैवाला” भन्न समेत भ्याउथे । मलाई दैनिक भुटेको र पोलेको मकै लिएर जादाँ हिनताबोधको अनुभती हुन्थ्यो । फरक परिकारको खाजा भएकाले मेरो साथीहरु सँग सामुहिक खाजा खाने मेलो मेसोनै पर्दैन्थ्यो, अनि लुकेर भुटेको मकै र पोलेको मकैको खाजा खान्थे । टिकिया र चटपटे खान पैसा पनि हुदैनथ्यो अनि लाग्थ्यो मैले पनि टिकिया र चटपट खाने दिन कहिले आउला ? । त्यस बेला भारतिय चलचित्रको प्रभाव बढि थियो । शनिबार र आईतबार सबै काम छोडेर एन्टिना मिलाउने जिम्मा लिएर डिडि नेशनलमा फिलिम हेरिन्थ्यो । यसो झ्यार झ्यार भएको कि छतमा गएर एन्टिना मिलाएर सफा बनाउने मेरो जिम्मामा पर्थ्यो । फिलिममा हेरेको जस्तो आफु पनि ठुलो भएर हिरो बनौ बनौ जस्तो लाग्थ्यो । हामी अध्ययन गर्ने बेला सम्म स्कुले जिवनमा प्रायः छात्राहरु सँग बोल्ने बानी थिएन । बोल्नु परे लाज लाग्थ्यो । तर सोहि कक्षामा अध्ययनरत एक छात्रा हिरोईन जस्तो र म हिरो जस्तो छु भनेर साथीहरु सधै जिस्काउथे । सबै साथीहरुले दैनिक जिस्काउदा मलाई पनि कता कता त्यस्तै अनुभुती हुन थालेको थियो ।
गणित बिषयको कक्षा थियो, मैले आमालाई दुई दिन अघि खोई कराई गरेर नयाँ ज्यामेट्रिबक्स किनेको कक्षाका सबै साथी साथीलाई थाहा थियो । धेरै साथीले त्यो दिन ज्यामेट्रिबक्स ल्याउन बिर्सिएछन । अनि तिनै हिरोईन जस्तै भनेर म सँग जोडिने गरिएकी छात्राले मेरो छेउमा आएर ज्यामेट्रि बक्समा भएको गोलाकार बनाउने कम्पास मागिन । उनको कुराले साह्रै अतालिएको मैले “ज्यामेट्रिबक्स ल्यान बिर्सिएछु । ” भन्ने जवाफ दिए । कारण ज्यामेट्रिबक्स सगै मैले खाजाका लागी ल्याएको दुईवटा पोलेको मकै राखेको थिए । कम्पास दिन मन भए पनि पोलेको मकै देखिने डरले मैले त्यो दिन झुठो बोल्नु पर्दा साह्रै चित्त दुखेको थियो । एका तिर झुठो बोलेकोमा पश्चाताप अर्का तिर कतै झोला खोल्दा कम्पास देखिएला कि भन्ने पिर । यिनै दोधारका बिच म कक्षा छोडेर भागे । मनमा कता कता लाग्यो आज झोलामा पोलेको मकै नराखेको भए म यसरी कक्षा छोडेर भाग्नु पर्ने थिएन । त्यस पछि धेरै दिन खाजामा पोलेको मकै लान मानिन । केहि दिन पछि बारीका हरिया मकै सिद्दिए अनि मैले पोलेको मकै खाजामा लैजाने झन्झटै सकियो । हो यो त्यहि मकैको कथा थियो जस्ले मलाई स्कुले जिवनमा साथीहरुका बिच फरक भएको अनुभती गराएको थियो । बिगतको स्मरणले झसङ्ग बनायो, हो मेरो स्कुले जिवनमा पटक पटक मेरा लागी हितनाबोधको प्रर्याय बनेको “पोलेको र भुटेको मकै” अहिले ठुला होटल र सिनेमा घरमा चलेको तथा सबैका लागी रुचिलो खाजा बनेछ ।

खग प्रसाद चापागाई
कपिलवस्तु

सानालाई ऐन, ठुलालाई चैन कपिलवस्तुमा शसस्त्रद्वारा हुकिङ्ग, प्राधिकरण अनभिज्ञ

पछिल्लो समय बढदो लोडसेडिङ्ग हटाउने निर्णयलाई कार्यान्वयन गर्न कै लागी देशैभर बिद्युत चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिदै आएको छ । अभियानकै क्रममा कपिलवस्तु जिल्लामा रहेका नेपाल बिद्युत प्राधिकरणका बिभिन्न बितरण केन्द्रले चुहावट नियन्त्रण अभियान चलाएका तस्बिर सामाजिक सञ्जालमा दैनिक जसो भाईरल हुने गरेका छन । प्राधिकरणले अभियान प्रभावकारी बनाउकै लागी जिल्लास्तरमा कार्यदल समेत बनाएको छ । चुहावट नियन्त्रण अभियानमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोग रहेको बिषय अभियान सँग जोडिएका तस्बिरले समेत प्रष्टयाउदै आएको छ । तर चुहावट नियन्त्रण अभियानका क्रममा नागरिकले गल्ती गरेर चुहावटको कारवाही खेप्न बिद्युत प्राधिकरणलाई सहयोग पुर्याउने गरेको शसस्त्र प्रहरी बलले आफैले हुकिङ्ग गरि बिद्युत उपभोग गर्दै आएको भेटिएको छ । तौलिहवा जितपुर सडकखण्ड स्थित शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय अन्र्तगतको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ थुम्हवामा रहेको शसस्त्र प्रहरीको अस्थाई चेक पोष्टमा बिद्युत पोलबाटै सोझै हुकिङ्ग गरि बिद्युत उपभोग गरिने गरिएको छ ।
केहि बर्ष यता अस्थाई बिट राखि चेक जाँच गर्दै आएको शसस्त्र प्रहरीले अहीले चेकजाँचका लागी अस्थाई चेकपोष्ट निर्माण गरेको हो । सोहि चेक पोष्टमा भित्र बिद्युतको वायरिङ्गको कार्य सम्पन्न भएको भए मटिर जडान तर्फ ध्यान नदिई पोलबाट हुकिङ्ग गरि बिद्युत उपभोग गर्दै आएको भेटिएको छ । अस्थाई पोष्ट निर्माण पछि कार्यालयले तत्काल मिटरको लागी आवेदन दिएर मिटर प्राप्त गर्न सक्ने भए पनि शस्सत्र प्रहरी मिटर जडान गर्ने भन्दा हुकिङ्ग गर्ने कार्यका लागी अग्रसर भएको भेटिएको हो । टुडेकर्मीले हुकिङ्गका बिषयमा समाचार संप्रेषणका लागी तस्बिर लिन गए लगत्तै शसस्त्रले हुकिङ्ग हटाउने योजना बनाएको खुल्न आएको छ । शस्सत्र प्रहरीको सो चेक पोष्टमा हुकिङ्ग गरिएको बिषयमा आफु नै अनभिज्ञ रहेको शस्सत्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले बताए । “चेक पोष्टमा हुकिङ्ग गरिएको बिषयमा म अनभिज्ञ छु । हुकिङ्ग गर्ने कार्य गलत हो । तत्कालै हुकिङ्ग हटाएर मिटर जडानको प्रक्रियामा जानका लागी निर्देशन दिन्छु । ” उपरिक्षक अधिकारीले भने । आम नागरिकलाई बर्षौ सम्म मिटर नदिने र आकस्मिक रुपमा प्रयोग गर्दा कारवाही गर्ने बिद्युत प्राधिकरणले सुरक्षा निकायले हुकिङ्ग गर्दा अनभिज्ञता व्यक्त गर्नु दोहोरो चरित्र भएको सेवाग्राहीको आरोप छ । “अरुले हुकिङ्ग र मिटर बाईपास गरी चुहावट गरे बिद्युत चुहावट नियन्त्रण ऐन २०५८ को बिद्युत चोरी नियन्त्रण नियमावली २०५९ अनुसार कारवाही हुने अनी सुरक्षा निकायलाई किन कारवाही नहुने ? ” एक सेवाग्राहीले प्रश्न गरे । शसस्त्र प्रहरीले बिद्युत हुकिङ्ग गरि चुहावट गरेको प्रकरणमा प्रतिक्रिया लिदा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर अर्जुन पोख्रेलले अनभिज्ञता प्रकट गरे । सो पश्चात आफुहरुले मौखिक सुचनाका आधारमा शसस्त्र प्रहरीले बिद्युत हुकिङ्ग गरेका जानकारी पाउदाँ बिगतमा आफुहरुले बिद्युत हुकिङ्ग रोक्न भनेको भए पनि सो नगरिएको भए हटाउन लगाईने उनले प्रतिक्रिया दिए । 

फोटो क्याप्सन  शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कपिलवस्तुको कपिलवस्तु नगरपालिका ६ थुम्हवामा रहेको अस्थाई चेक पोष्टको भवनमा पोलबाट सोझै हुकिङ्ग गरि बिद्युत उपभोग गरिदै आएको छ ।

 

रोट्र्याक्ट द्धारा ट्राफिक बेरीयल हस्तान्त्रण

सडक दुर्घटना न्युनिकरणका लागी सबैले आफनो ठाउबाट सचेत भई लागे दुर्घटनामा कमी आउने एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन । रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले चार नः जितपुरमा राखेको ट्राफिक बेरीयल हस्तान्त्रण कार्यक्रममा बोल्ने वक्ताले   दुर्घटना न्युनिकरणका लागी सर्वप्रथम आफै सचेत हुनु पर्नेमा जोड दिएका थिए । बाणगंगा नगरपालिका वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र केसि, रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष बासुदेव घिमिरे लगायतले बोल्दै सामान्य साबधानि नअपनाउदा दुर्घटना बढि हुने गरेकोमा उनीहरुको जोड रहेको थियो । रोट्रेक्ट क्लव अफ कपिलवस्तु मिड टाउनले २ वटा बेरीयल ईलाका प्रहरी कार्यालय पिपरालाई दिएको हो । साथै सो अवसरमा रोटे«क्ट अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष माधव पौडेल, रोट्रयाक्टर समिर सायर , गणेश कार्की लगायतले समेत आआफनो धारणा राखेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो । बेरीयल ग्रहण गर्दै प्रहरि निरिक्षक केसिले दुर्घटना कमी आउनुका साथै , सवारी साधन आवात जावातको रर्कड राख्न समेत सजिलो हुने बिश्वास व्याक्त गरेका थिए ।

मच्छेड धपाउन बालेको आगोबाट घरमा आगलागी हुदा कपिलवस्तुमा लाखौको क्षति

कपिलवस्तुको मायादेवि गाउपालिकामा मच्छेड धपाउन बालेको धुपबाट घरमा आगलागी हुदा कपिलवस्तुमा लाखौको क्षति भएको छ । मायादेवि गाउपालिका वडा नः १ बरैया बस्ने झकरी यादव, चन्द्रीका यादव र छविलाल यादवको घरमा आगलागी भएको हो । खरले छाएको गोठमा मच्छेड धपाउन बालेको आगोबाट आगलागी हुदा २ वटा भैसी, एउटा पाडा घाइते हुनुका साथै र एक लाख पचास हजार बढिको क्षती भएको छ ।

लुम्बिनिमा मेरो विपश्यना अनुभव

कतै लाग्थ्यो कुनै ठुलो अपराध त गरेको छैन मैले ? किन कैदीको जिवन शैली भन्दा पनि कठोर जिवनशैली भयो ? १० दिनसम्म बोल्न नपाहिने रे , न मोबाइल चलाउन पाइने । घण्टीकै इशारामा चल्नुपर्ने । सुरुका तिनदिन निकै गाह्रो भयो । यो जेल होइन नि फेरी , यो थियो मेरो बिपश्यनाको यादगार अनुभव । २०७५ असार ३१ गतेदेखि साउन १० गतेसम्म नेपालको लुम्बिनि रहेको बिपश्यना ध्यान केन्द्रमा जादाको अनुभव म तपाइहरुको माझमा साटदै छु ।लुम्बिनि बिकास कोषको आयोजनामा भएका २ वटा कार्यक्रमलाई मैले उद्यघोषक भएर चलाउने अवसर पाए । त्यहाँबाट मैले यसको बारेमा थाहा पाए । कोठामा आएर युट्युवमा यसको बारेमा हेरे , राम्रो लाग्यो । अनि तुरुन्तै लुम्बिनि बिकास कोषका कर्मचारी, प्यारा दाई माधव आर्चायलाई फोन गरेर नाम टिपाउन लगाए । उहाले एक कल फोन गरेर मेरो नाम अवको बिपश्यना गर्नेमा टिपाई दिनुभयो । असार ३१ गते ११ बजेभित्र त्यहा पुग्नु होला भन्ने खबर दिएर उहाले फोन राख्नु भयो । सोही अनुसार ३१ गते बिहान कपिलवस्तुको चार नः जितपुरबाट म करिव २५ मिनेटको बाटो भएर मोटरसाइकलमा लुम्बिनि बिपश्यना ध्यान केन्द्र पुगे । त्यहाँ पुग्दा बिपश्यनाका लागी देश बिदेशबाट आउदै थिए । सुरुमा एउटा सामान्य र्फम भुर्न होला भनेर मलाई दिइयो , अनि मलाई मेरो कोठा देखाइयो । एउटा कोठामा हामी २ जना थियौ । मेरा अर्का साथीसगं सुरुमा परिचय त भयो तर १० दिनसम्म एउटै कोठामा सुत्ने भएतापनि एक अर्कासगं बोलिएन । त्यसदिन साझ त्यहा बस्दा पालन गर्न पर्ने नियम बारे जानकारी गराइयो र साझ ५ बजे नास्ता खाएपछि ६ बजे धम्म हलमा जान लगाइयो त्यहाँबाट आर्य मौन सुरु भयो । आर्य मौन भन्नाले कसैसग कुनैपनि तरिकाले नबोल्ने , जस्तै ईशारा, आखाको सकेंत, लेखन आदी । त्यस दिन नौ बजे आएर हामी सुत्यौ ।

बिहान चार बजे ठुलो आवाज आउने घण्टी बजाइन्छ । फेरी ४ः२० मा पनि घण्टी बजाइन्छ । त्यसपछि धम्म सेवक घरमा पुजा गर्दा प्रयोग गरिने सानो घण्टी कोठा बाहिर आएर बजाएर उठाएर जान्छन । धम्म सेवक त्यहा सहयोग गर्ने इच्छुक पुराना साधन हुन्छन । ४ः ३० देखि ६ः ३० सम्म ध्यान गर्नु पर्छ । ६ः३० देखि ८ बजेसम्म नास्ता खाने तथा नुहाई धुवाइको समय तोकिएको हुन्छ । फेरी ८ बजे घण्टी बज्छ र ११ बजेसम्मका लागी ध्यानमा बस्नुपर्छ । ११ बजे खाना खाने समय हुन्छ , १ बजेभित्र आफनो काम गनुृपर्छ । जुन समयमा म प्राय नुहाउने धुने काम गर्थे । १ बजे फेरी घण्टी बज्छ र ५ बजेसम्म ध्यानमा बस्नुपर्छ । ५ बजे नास्ता दिइन्छ जुन त्यस दिनको अन्तिम भोजन पनि हो । फेरी ६ बजे देखि ७ बजे ध्यान तथा साधना र ७ देखि करिव नौ बजेसम्म प्रवचन हुन्छ । तिन दिनसम्म आनापाना गर्नसिकाइन्छ । आनापाना भन्नाले स्वास गएको आएको महशुस गर्ने हो । चौथो दिनबाट शिर देखि पाउसम्म हुने समबेदनाको महशुस गर्ने साधना सिकाइन्छ ।

विपश्यना एक प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो । विपश्यनाको बिधि नेपाल, भारत, श्रीलंका आदि विश्वका सबै मुलुकमा लोप भएछ तर बर्मामा भने यसलाई राम्ररी जोगाएर राखिएको रहेछ । बर्मामा राखिएको अनमोल विपश्यना बिधि नै अहिले विश्वभरमा अभ्यास गरिंदै छ । यसलाई सत्य नारायण गोयन्काले प्रचार गरी धेरैलाई सहभागी गराएको मानिन्छ । विपश्यना ध्यान गर्न कम्तिमा पनि १० दिने कक्षा लिनु पर्दछ र उक्त अबधिभर ध्यानकेन्द्रमा नै बस्नु पर्दछ । विपश्यना १० दिने कक्षामा सहभागि हुन बडो दृढ संकल्प चाहिन्छ । १० दिन परिवार, आफन्तसंग विछोड सम्पर्क विहिन भएर बस्नुपर्ने, आफ्नो दैनिक ब्यस्त जिवनको १० दिन यसमा खर्च गनु एउटा बहुत कठिन निर्णय हो । १० दिन सम्म शाकाहारी खाना मात्र खानपाइने मांसाहारीका लागि अर्को चूनौतिको बिषय हो । त्यस्तै मदिरा खान नपाइने, शिक्षक वा व्यवस्थापनका पदाधिकारीहरुसंग बाहेक अन्य कोहिसंग पनि ९ दिनसम्म बोल्न नपाइने, अहिलेको संचार माध्यमको युगमा टेलिभिजन, फोन, कम्प्यूटर प्रयोग गर्न पाइदैन । यस ध्यानबाट मानिसहरु शान्ति प्राप्त गर्दछन् र सुखी र आनन्दको जिवन निर्वाह गर्न मद्दत गर्दछ । विपश्यनाको शाब्दिक अर्थ हो, प्राकृतिक रुपमा जे जस्तो अवस्थामा चिजहरु छन् तिनीहरुको अवलोकन गर्नु । विपश्यनाको ध्यानबाट आन्तरिक शान्ति महसुस गर्न सकिन्छ, दिमाग, मस्तिष्क शुद्धिकरण गर्दछ र विभिन्न विकारहरुलाई फाल्न मद्दत गर्दछ । यसले गर्दा यो मानव जिवन सुखी, आनन्दमयी हुन्छ र वरपर संसर्गमा आउनेहरुलाई पनि शान्तिमय जिवन ज्ञापन गर्न उत्प्रेरणा दिन्छ ।

आज विश्वभर ९० भन्दा बढी देशहरु विपश्यना ध्यान सिकाइन्छ । ध्यानकेन्द्रमा गुरु गोएन्काबाट शिक्षा पाएका स्वयंसेवी सहायक शिक्षकहरु हुन्छन्। गुरु गोएन्काबाट सिकाइएको ध्यानका विधिहरुको अडियो बजाई प्रशिक्षाथीहरुलाई ध्यान सिकाइन्छ। त्यस्तै गोएन्काको प्रवचनको भिडियो हरेक दिन सांझ सुनाइन्छ। केहि प्रश्नहरु भएमा सहायक शिक्षकलाई सोध्न सकिन्छ। हरेक ध्यान केन्द्रमा पुरुषहरुका लागि एक पुरुष सहायक शिक्षक र महिलाहरुकालागि एक महिला सहायक शिक्षिका ध्यानको समयमा बस्नु हुन्छ। खाना पकाउने र ध्यान व्यवस्थापन गर्ने सबै स्वयंसेवीहरुबाट हुन्छ। ध्यानगर्न १० दिने कक्षामादर्ता गर्दा वा ध्यानका लागि कुनै शुल्क तिर्नु पर्दैन। बस्ने, खाने सबै निःशुल्क छ। ध्यानको १० दिने कक्षा सकिएपछि आफ्नो गच्छे अनुसारको दान रकम दिए हुन्छ। अरुले दिएका दानबाट आफुले ध्यान गर्दा बस्न खान पाइयो त्यसरी नै पछि अरु आउनेहरुले पनि आफुले दिएको दानबाट त्यसरी नै लाभ उठाउन सकुन भनेर दान संकलन गरिन्छ । हरेक दिन सांझ ७ वजे देखि करिव एक घण्टाको प्रवचनको भिडियो बजाइन्छ। गुरु गोएन्काले प्रवचनका क्रममा बुद्ध धर्मका उपदेश, बुद्धका समयमा भएका घटनाहरुको कथा आदि सुनाउनु हुन्छ। १० दिन सम्म वेग्ला वेग्लै प्रवचनको भिडियो बजाइन्छ। अति प्रष्ट, राम्रो उदाहरणहरु दिएर भनिएको प्रवचन सुनीरहुं जस्तो लाग्दछ। दिनमा पनि कतिवेला सांझपर्ला र फेरी प्रवचन सुन्न पाइएला जस्तो हुन्छ। प्रवचनको सार कुरा, मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो। त्यस्तै भौतिक चिजहरु संग्रह गर्ने, प्रँप्तगर्ने अभिलाषा, आफु सधै ठिक आफु वाहेक अरु सबै गलत भन्ने सोचाई पनि दुःखको अर्को कारण हो। कुनै सुखदकुरा भएमा त्यसमा अति नै रमाई रहने र दुःख भएमा चिन्तित हुनु पनि दुःखको कारण हो। सुख दुःख सबै अवस्थामा समान दृष्टि, समान व्यवहार गर्न सके जिवन उत्तम हुन्छ। नियम पूर्वक आय आर्जन गर्नु, परिवार पाल्नु, अलिकति सहयोग समाजमा पनि गर्नु, झुठो नबोल्नु, सबै प्राणीमा दया माया गर्नु, कुनै कुरामा तुरुन्त प्रतिक्रिया नदिइहाल्नु, सोचेर सम्झेर विचार गरेर मात्र केहि बोल्नु आदि गरेमा जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्छ भनी प्रवचनमा भनिएको छ। नेपाल, भारत, अमेरिका, ब्रिटेन, न्यूजिल्याण्ड र ताइवान देशका कारागारका बन्दी तथा कर्मचारीहरुलाई विपश्यनाको १० दिने कक्षा दिइएको थियो। दिल्लीको पुलिस भर्नाकेन्द्रमा हजारौं पुलिसहरुले तालिम स्वरुप १० दिने विपश्यना कक्षा लिएका छन । अन्तमा एक पटक समय निकालेर तपाईपनि अवश्य त्यहा जानु होला । धन्यवाद अशोक पौडेल ,
कपिलवस्तु

चिल- जीवन युगीन

कबिता -चिल

 जीवन युगीन



तपाईं सोच्नुहोला

 म ठूलो पंक्षी हुँ 



बलियो पंक्षी हुँ



 त्यसैले माथी, 

धेरै माथी पुग्नसक्छु 



मलाई पनि हुरीहरुले 

आँधीहरुले

 भोक, प्यास र दु:खहरुले

 खुब ताने,

 तलै तल तान्न

 थुप्रै बाधाहरुले खुब प्रयत्न गरे



 महाशय !

 तपाईंले सोचे जस्तै

 सतही छैन 

मेरो ईतिहास



 आज बलियो छु

 तर कसैको बक्सिस होईन यो



 आज भूईँका यावत चिजभन्दा

 धेरै माथी छु 

यो कसैको अनुकम्पा होईन



 मेरा भन्दा ठूला आँखा भएका

 धेरै अस्तित्व भूंईमै छन 

मेरा भन्दा तेज आँखा भएका

 धेरै प्राणी हिलो आहाल वरिपरि 

नै छन

 र म आज जस्तो छु

 जहाँ छु 

जुन उँचाई 

र पहिचानमा छु 
त्यसको कारण हो ,
 केवल - आँखा र आँखामाथिको मेरो विश्वास ।

तौलिहवा उद्योग बाणिज्य संघकाे अायाेजनामा प्रजिअको बिदाई

कपिलवस्तु जिल्लाबाट बाके जिल्लामा सरुवा भै जान थालेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई तौलिहवा उद्योग बाणिज्य संघले एक कार्यक्रममा बिच बिदाई गरेको छ । संघको आयोजनामा तौलिहवामा प्रजिअ भुजेललाई बिदाई गरिएको हो । सो अवसरमा बोल्दै प्रजिअ भुजेलले आफनो ११ महिने कार्यकालमा उद्योगी व्यवसायीलाई निर्धक्क व्यवसाय गर्ने बातावरण बनाउन सफल भएको बताए । आगामी दिनमा उद्योगी व्यवसायीको अधिकारका लागी संघले थप क्रियाशिलताका साथ कार्य सम्पादन गर्नु पर्ने तथा सामाजिक सरोकारका बिषयमा अगुवाई गर्न आवश्यक रहेको सुझाव दिएका थिए । सो अवसरमा संघका अध्यक्ष गयादिन कुर्मीले प्रजिअ भुजेलको कार्यकालमा उद्योगी व्यवसायीले पुर्ण रुपमा सुरक्षाको प्रत्याभुती गरेको र व्यवसायमैत्री बातावरण निर्माण भएको बताए । आफुहरु व्यवसायीक हितमा क्रियाशिल रहेको स्पष्ट पार्दै स्थानिय प्रशासनले व्यवसायीलाई सहज रुपमा कार्य गर्ने बातावरण दिनु प्रशंसनिय रहेको बताए । प्रशासन र संघ बिचको राम्रो सम्बन्धले व्यवसायीको अधिकार संरक्षणमा सहयोग पुर्याएको संघकी महिला सदस्य सबिता श्रेष्ठले बताईन ।

कपिलवस्तुको बाणगंगाका कृषक बर्खामा झारा लगाएर बाध सार्न बाध्य

कपिलवस्तुको बाणगंगा नदिमा नदि जन्य पदार्थको उत्खननले बर्खामा कृषकले समस्या भोग्न बाध्य भएका छन । नदिमा नदि जन्य पदार्थको उत्खननले गहिरो भउपछि कृषकले बर्षेनि बाध सार्न बाध्य भएका हुन । बाणगंगा नदि अन्र्तगत कोपवा, अमौली, भक्लापुर, बैदौली क्षेत्रका कृषकले बर्षेनि बर्खामा झारा लगाएर बाध सार्ने गरेका छन । सो क्षेत्रका गाउलेलाई धानमा पानी लगाउन बाणगंगा नदिमा निर्भर पर्नु पर्ने बाध्यता रहेको छ । बाणगंगा नदि बर्षेनि गहिरिदै गएकाले पानी ठुलो बाडि नआउदासम्म बाणगंगा पल तलका गाउमा नजादा समस्या भएको कोपवाका कृषक राम लखन थारुले बताए ।
बिगका बर्षमा गाउमा पानी लैजान बाणगंगा पुलभन्दा करिव १ किलोमिटर तल बाध लगाएका कृषक हाल आएर बाणगंगा पुलमुनि बाध लगाई सिचाई सुविधा भोग्न बाध्य भएका हुन । गाउमा हाक लगाई झाराका लागी कृषकलाई बोलाएपछि बढघरको नेतृत्वमा काम हुने गाउलले बताए । नदिजन्य पदार्थ निकासि हुदा नदि गहिरिने र ठुलो बर्षा नभएसम्म पुल तलका गाउमा पानी नजाने भएकाले बाध बनाएर एकतर्फी नदिबाट पानी पु¥याउन झारा लगाउने गरिएको छ । उनीहरुले जगंलबाट झाला काटेर एकतर्फीबाट बाध बनाउने र त्यस माथि ढुङ्गगा राखेर बलियो बनाउने गरेको स्थानिय युवा मोहन बेल्बासेले बताए । उता ठुलो पानी आउदा पनि झारा लगाएर बनाएको बाध बगाएर लैजाने गरेको छ ।

” देश को रङ ” गन्थन

(देश दुख्दा सायदै नेपाली हरु नदुख्लान ! देश भित्र रहदा  अझ थोरै त्यो दुखाइ  कम होला, जब मन एतै छोडेर तनावी तन सहित परदेसिन्छ एउटा युवा अनि पोखिन्छन, आर्तनाद हरु एसरी !!)

जापान बाट  हेमन्त गिरी लेख्नुहुन्छ :

देश हो । अनेक रंगको हुन्छ । हाम्रोमा चाहिं हरेक रंग ट्वाक्कै देखिन्छ । कारण,देश सानो छ,समस्या ठूला छन । सेतो कपडामा दाग ट्वाक्कै देखिए झैं । ठमेलको हिलोमा पर्यटक लडेर पर्यटन नै कुरुप भएको रंग पनि देखिन्छ,शिंहदरबार भित्र म्याक-प्रो को चम्किलो अस्वाभाविक रंग पनि देखिन्छ, जुम्लामा अनशन भित्र आस अडेको रंग पनि देखिन्छ, विमानस्थलमा रातो बाकस भित्र लास बसेको रंग पनि देखिन्छ, किशानको धानलाई माला बनाई गलामा झुन्ड्याएको हरियो रंगको मजाक पनि देखिन्छ, तिनै किसानका खेतहरूले पानी नपाइ पहेंलपुर विजोग पनि देखिन्छ । देश हो, रंग अनेक देखिन्छ ।

एस. एल. सी. दिएर काठमाडौं घुम्न आउँदा दश रुपियाँको टिकट काटी विमानस्थलको बार्दलीमा बसेर मैले घन्टौं सम्म जहाज उडेको र उत्रेको दृश्य हेरेको थिएँ । जहाजमा उड्न मन लागे पनि जहाजमा उडेर परदेशी बन्न मन कैलै लागेन ! त्यसैले तीन दशक सम्म पनि कुनै लोभमा देश छोड्न सकिएन !
तर समय उस्तै रहेन । मलाई आखिर परदेशी बन्न उड्नै पर्यो । ती कारणहरुको रंग यहाँ बयान गरिसाध्य नहोला ! खैर, म उड्ने बेला मलाई छोड्न आएका केही आफन्तलाई एअरपोर्ट छिर्ने चक्रपथको मूल गेटमा रोकियो । दश रूपियाँको टिकट काटेर जहाज उडेको-उत्रेको हेर्ने समय धेरै पर छुटिसकेको थियो । सायद जहाजमा कुइन्टलका-कुइन्टल सुन र चरेश उड्ने जमाना आइसकेका भएर होला ! देशको रंग फेरिएको थियो !

जापान उत्रिएँ । विमानस्थलको सौन्दर्य,कर्मचारीको व्यवहार,सुरक्षाकर्मीको तैनाथी,प्रविधिको विकास सबले लोभ्याइरहे । म विकसित देशहरू संग हाम्रो देशलाई तुलना गर्ने धृष्टता कैलै गर्दिन ! तर म मानिसलाई मानिस संग चाहिं तुलना गर्छु । आखिर अमेरिका देखि लिएर अफ्रिका सम्म,जापान देखि लिएर नेपाल सम्म सबै मानिसले उनै अंग,उस्तै मगज र उस्तै मुटु बोक्छन भने तिनै मानिसले बनाउने देश किन फरक छन ?! देशहरूको रंग किन फरक छ ?

टोकियोको अति व्यस्त ‘हानेडा तथा नारीता विमानस्थलमा’ बोर्डिंग पास लिने ठाउँ सम्म जति पनि आफन्त गएर ‘लगेज’ सर-सामान चेक गराएर अन्तिम ‘इमिग्रेससन गेट’ बाट ‘बाइ बाइ!’ भनेर फर्किन सकिन्छ । अरु सुविधाका कुरा नगरौं,तुलना गरे जस्तो हुन्छ । तर हामी सुरक्षाका कुरा त गर्न सक्छौं । सुरक्षाकै रंग किन फरक होला देश-देशमा ?!

जापानमा यो वर्ष बाढी आयो,सयौं मानिस मरे । यो वर्ष उच्च गर्मी भयो जापानमा । केही मानिस मरे । देशमा बस्ने केही साथीहरूले कटाक्ष गरे, “जापान जस्तो देशमा पानी मानिस मर्दा रैछन नि,अब त्याहाँको सरकारलाई दोष दिने कि ?” भनेर ।

प्राकृतिक विपत्तिले यहाँको र त्याहाँको मानिस भन्दैन । प्राकृतिक विपत्तिको अगाडी कसैको जोर पनि चल्दैन । मात्र हामीले प्रकृति संग समन्वय कसरी गर्ने,प्रकृति संग परी आउँदा कसरी जुध्ने र अन्य बेला कसरी प्रकृतिको संरक्षण गर्ने भन्ने बारे सोंचे क्षति न्यूनतम हुन्छ । जापानका मानिस रबरले बनेका मानिस होइनन,मर्छन । जापानको सरकार जादुगर सरकार हैन, उसले प्राकृतिक विपत्ति पुरै रोक्न सक्दैन तर न्यूनिकरण गर्न सक्छ । र त्यो दिशामा जापानी सरकारले देखाउने रंग एकदम स्पष्ट छ । जापानी प्रधानमन्त्रीले श्रमिक पोशाक लगाएर विदेश भ्रमण स्थगित गरेर पीड़ित नागरिकका अगाडी घुँडा टेकेर सांत्वना दिएका तस्वीर त देख्नुभएकै होला ! ती कुनै चलचित्रको सुटिंगका दृश्य हैनन,जिम्मेवारी र जवाफदेहिताका जिउँदो दस्तावेज हुन । रंग क्लीयर छ जापानको ! मैले यहाँका मानिसले रातारात रेलवे स्टेशन फेरेको मेरै नांगा आँखाले देखेको छु ।

यो हप्ता मात्र दर्जन बढ़ी बलात्कारका खबर आए देश बाट । अधिकांश बालिकाहरूको । अधिकांश सुरक्षा निकाय वा सरकारी निकायका मानिसहरू बाट । यो क्रूर रंगको विषयमा सरकार बोलेकै छैन,सदन बोलेकै छैन,प्रतिपक्ष बोलेकै छैन,अधिकारकर्मी बोलेकै छैनन । नागरिकहरू मर्नु,बलात्कृत हुनु,राज्य द्वारा शोषित हुनु हाम्रो देशमा सामान्य लाग्छ । यी विषयमा हामी विदेशमा बस्नेहरू यहाँका नागरिकलाई राज्य द्वारा दिइने महत्व र नागरिक अधिकारका विषयमा केही बोल्यौं भने केही लेख्यौं भने सबै भन्दा बढ़ी देशमा बस्ने साथीलाई नै बिझाउँछ । लेख्ने उनीहरूकै नागरिक अधिकारको लागि हो तर उनीहरू जाती मान्दैनन । साथीहरूको रंग राजनीतिक छ,बोली राजनीतिक छ,शब्द राजनीतिक छन । साथीहरू नागरिक बन्न एकदम सकस मान्नुहुन्छ । सकस पनि छ ,नागरिकले दुःख गर्नुपर्छ,ईमानको कमाई खानु पर्छ । साथीहरूलाई त्यो बाटो अफ्टेरो लाग्दो हो । देशमा धेरै सजिला बाटा छन र ती बाटोको रंग दिनमा रातो र रातमा कालो हुन्छ !

कामनपाका मेयर काठमाडौंलाई गनाउने छोडेर जापान उड्नुभएको छ रे सुटुक्क, परराष्ट्र विभागलाई पनि खबर नदिई । उहाँ जापान आउनुहुन्छ । एक हुल साथीहरू उहाँको खातिरदारीको लागि तँछाड मछाड गर्नेछन जापान तिर ! उहाँसंग ‘‘काठमाडौलाई किन त्यस्तो बनाउनुभयो ? किन यस्तो बनाउनुहुन्न?’’ भनेर जापानका सहर कमै साथीहरूले देखाउने छन ! बरु कोठे बैठक गर्नेछन,गुटे बैठक गर्नेछन,कान भर्नेछन,नजिक नजिक सर्नेछन अनि नेपाल जाँदा एअरपोर्ट देखि निवास सम्म सुन्दर जी कै शरण पर्नेछन । कम्तिमा उहाँलाई जापान यस्तो छ भनेर यहाँको रंग कसैले चिनाइदिए ? यहाँ यस्तो हुन्छ भनेर यहाँको रंग कसैले देखाइदिए ? यहाँ यसरी काम गरिन्छ भनेर काम गर्ने ढंग कसैले बताइदिए ! विद्या आर्जन गरी सुन्दर जी विचारको रंगले साँच्चै सुन्दर बन्नुहुन्थ्यो कि ?!

खैर,उता देशमा चाहिं प्रन्याको कालो प्रमाणपत्रको रंग सेतो कांग्रेसले बोकिरहेको छ,,रातो कम्यूनिष्ट सरकारले चाहिं ढलेको धरहराको लाज हिंजो मात्रै सेतो टालोले छोपिदिएको छ ! मेरो कानमा चाहिं प्रमको ‘कोदालो र डोको भाषण’ गुन्जिरहेको छ !
मेरो देशको रंग होलीको दिनमा जबर्जस्ती गरिएकी एक अवलाको जस्तो देखिन्छ !

वाणगंगा नगरपालिकाको न्यायीक समितिमा परेका ३४ वटा मुद्धा मध्ये २४ वटा को टुङ्गो लाग्यो ।।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाले नगरपालिकाको न्यायीक समितिमा परेका मुद्धाहरुको फ्रस्यौटको कार्य अन्तिम चरणमा पु¥याएको जनाएको छ । नगरपालिकामा आर्थिक वर्ष २०७४(०७५ मा जम्मा ३४ वटा मुद्धा दर्ता भएका थिए । गत एक वर्षमा दर्ता भएका मुद्धाहरु मध्ये वाणगंगा नगरपालिका न्यायीक समितिले २४ वटा मुद्धाहरुको नगरपालिकाबाटै टुङ्गो लगाएको जनाएको छ भने बाकीँ १० वटा विभिन्न विषयका मुद्धाहरु टुङ्गो लगाउन बाकीँ रहेको जनाएको छ । न्यायीक समितिमा परेका मुद्धाहरुमा अधिकाशं जग्गा विवाद ,र श्रीमान श्रीमति विचका विवादका नाममा दर्ता भएका थिए ।

न्यायीक समितिमा दर्ता भएका मुद्धाहरु मध्ये बाकीँ रहेका १० वटा विभिन्न विषयमा दर्ता भएका मुद्धाहरुसँग सम्बद्ध व्यक्तिहरु अहिले न्यायिक समितिको सम्पर्क भन्दा बाहिर रहेको हुदा ति मुद्धाहरुको टुङ्गो लगाउन नसकिएको वाणगगा न्यायीक समिति सदस्य तथा नगर प्रवक्ता विष्णु पौडेलले बताएका छन् । नगरपालिकाका उपमेयर चक्रपाणि अर्याल संयोजक रहेको न्यायिक समितिमा वडा नम्बर १ र वडा नम्बर २ का वडा अध्यक्ष सहितको न्यायिक समिति रहेको छ । समितिले वाकीँ रहेका मुद्धाहरुको पनि सम्बन्धित व्यक्तिहरुलाई छिटो भन्दा छिटो सम्पर्कमा ल्याएर ति मुद्धाहरुको पनि साउन मसान्त सम्म टुङ्गो लगाउने जनाएको छ । समितिमा परेका मुद्धाहरु मध्ये अधिकाशं मुद्धाहरुमाथि विशेष छलफल र अन्र्तत्रिया गरी न्यायीक समितिबाटंैै मेलमिलाप गरिएको समितिका सदस्य तथा नगर प्रवक्ता पौडेलले जानकारि दिए ।

कपिलवस्तु ट्राफिकद्धारा साढे ३१ हजार सवारी कारबाहीमा, झण्डै २ करोड राजश्व सङ्कलन।।

कपिलवस्तुमा गत आवमा ३१ हजार ४ सय ९९ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो । जिल्ला ट्राफिकले आव २०७४।०७५ मा सवारी कारबाहीबाट १ करोड, ८४ लाख ५२ हजार ५सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिए । आव २०७३।०७४ मा कूल २६ हजार ५सय १३ सवारी कारबाहीमा परेका थिए । त्यसको दाँजोमा गत आवमा ४ हजार ९सय ८६ बढी सवारी कारबाहीमा परेका छन् –जसबाट २८ लाख ७ हजार रुपैयाँ बढी राजश्व असुली भएको छ ।
सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक परेका छन् । ट्रक मात्र २१ हजार १सय ४४ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाइकल ४ हजार ४सय ७४ वटा कारबाहीमा परे । यसैगरीे कारबाहीमा परेका बसको संख्या १ हजार २सय ७३, जीप÷कारको संख्या १ हजार ९सय १९ र ट्रेक्टरको संख्या २ हजार ६सय ८६ रहेको ट्राफिकले जनाएको छ । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पन्तले बताए ।

यता मादक पदार्थ सेवन गरी सवारी चलाउने ३६ जना कारबाहीमा परेका छन् । जसबाट ट्राफिकले ३६ हजार राजश्व असुली भएको ट्राफिकले जानकारी दिएको छ । गतवर्ष भने ३१ जनालाई मापसे कारबाही हुँदा ट्राफिकले ३१ हजार रकम असुली गरेको थियो ।
गत आव २०७४।०७५ मा १ सय २३ सडक दुर्घटना भएको छ । जसमा ६५ जनाले ज्यान गुमाएका छन् । भने ११६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।
एक वर्षमा १२३ सडक दुर्घटना हुँदा १८० वटा सवारीका क्षति भएको छ । सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेका छन् । मोटरसाइकल दुर्घटना मात्र ७४ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी सवारी दुर्घटनामा १८ वटा ट्रक, १४ वटा बस, २० वटा जीप÷कार, २२ वटा ट्रेक्टर परेका छन् । त्यसैगरी ट्याम्पो २, साइकल संख्या २५ र अन्य सवारी ५ वटा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘हर्सुटिज्म’ जस्ले महिलाहरूलाई पुरुष जस्तै बनाउँछ

केही महिलाहरुमा केटा मान्छे जस्तै दारी जुंगा र पेट , ढाड तथा छातिमा रौं पलाउने गर्छ । यसलाई हर्सुटिज्म भनिन्छ । यो कि चाहिं जेनेटिक कारण ले हुन्छ कि चाहिं पुरुष हर्मोन जस्तै testosterone बढी भएर हुन्छ ।

बिभिन्न प्रकारका रोग हरु जस्तै Polycystic ovary syndrome, cushing syndrome, congenital adrenal hyperplasia, tumors अथवा कुनै औषधी को साइड इफेक्टले गर्दा पनि यो हुन सक्छ । तर आत्तीन पर्दैन सबै भन्दा बढी हुने चाहिं वङ्शाणुगत कारण ले नै हो । के कारण ले भएको हो पत्ता लगाउन को लागी रगत को जांच गर्न सकिन्छ ।

यदी testosterone बढी भएमा ultrasound गरी PCOS भए नभएको हेर्न सकिन्छ । उपचार के हो त ? वङ्शाणुगत कारण ले हो भने लेजर बाट अनवश्यक रौं हरु हटाउन सकिन्छ । यदी अरु कुनै रोग ले गर्दा हो भने त्यो रोग को लागि उपचार को साथसाथै लेजर बाट उपचार गर्न सकिन्छ ।

#एजेन्सी -विभिन्न अनलाइन बाट

केही दिनमै अनुहार गोरो बनाउने अचुक उपाय (जानी राखौँ )

मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन् । कतिपय गोरा व्यक्तिहरु पनि अनुहारको गोरोपनमा कमी आउनुको कारण तनावमा हुन सक्छन् । विभिन्न कारणले मानिसहरुको गोरोपनमा कमी आउँछ, जस्तैटन्टलापुर घाम, प्रदूषण, अनुहारको दाग धब्बा आदि ।हाम्रो छाला धेरै नै संवेदनशील छ । बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरुको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरुको प्रयोग गर्नु हो ।

किनकि यसबाट कुनै प्रकारको हानी हुदैंन । अनुहारमा चमक पाउनको लागि हामी महँगा क्रिमहरुको प्रयोग गर्ने गर्दछौं । तर हामी आफैँले थोरै दिमाग लगाउने हो भने घरेलु उपायहरु अपनाएर पनि अनुहार गोरो बनाउन सकिन्छ । अनुहार तथा छाला गोरो बनाउन निम्न १० घरेलु उपायहरु अपनाउन सकिन्छ ।

१) बेकिंग सोडा : बेकिंग सोडा र पानीलाई मिलाएर पेस्ट बनाउनुहोस् । त्यसपछि आफ्नो अनुहार फेस वाशले धुुनुहोस् । अनि अनुहारमा तयार गरिएको पेस्टलाई लगाउनुहोस् । र १५ मिनेटपछि मुख धुनुहोस् ।
२) दूध र केरा: पाकेको केरालाई दूधसँग मिसाएर पेस्ट बनाउनुहोस् । अनि अनुहारमा लगाई २० मिनेटपछि सफा पानीले मुख धुनुहोस् ।
३) गुलाब जल: गुलाब जललाई दूधसँग मिसाएर सधैं राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउनुहोस् । यसले तपाईंको छालामा चमक ल्याउँदछ ।
४) घ्युकुमारीको लेदो: यसलाई अनुहार र घाँटीमा ३० मिनेट लगाउनुहोस् । यसले तपाईंको छालालाई गोरो, सफा र नरम बनाउने छ ।
५) सूर्यमुखीको बीउ: थोरै सूर्यमुखीको बीउलाई रातभर दूधमा भिजाएर राख्नुहोस् । त्यसपछि बिहान यसमा बेसार र केही केशरलाई हालेर पेस्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा १५ मिनेटसम्म लगाउनुहोस् । केही दिनमै तपाईंको अनुहार गोरो हुनेछ ।
६) आँपको बोक्रा: थोरै आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट बनाउनुहोस् । त्यसपछि यसलाई १५ मिनेटसम्म लगाई अनुहार सफा पानीले पखाल्नुहोस् । यसको प्रयोगले छाला गोरो हुनेछ ।
७) मह: महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुुहारमा लगाउनुहोस् । १५ मिनेटपछि मुख धुनुहोस् । यसले अनुहार सफा भई गोरो हुनेछ ।
८) चिनीले घोटेर सफा गर्ने: चिनीलाई कागतीको रससँग मिसाएर हातको मद्दतले अनुहारमा दल्नुहोस् । यसले मरेको सेललाई हटाई अनुहारलाई सफा बनाउँछ ।
९) नरिवलको पानी : दिनको दुईपल्ट अनुहारमा नरिवलको पानी लगाउनुहोस् । यसले दागधब्बा हटाउन मद्दत गरी छालालाई गोरो बनाउँछ ।
१०) पानीको धेरै प्रयोग :पानीले शरीरबाट गन्धलाई बाहिर निकाली अनुहारको छालालाई तन्काई चाउरीपन हटाउन मद्दत गर्दछ । तपाईंलाई दिनमा ८ घण्टाको निद्रा लिनु जरुरी छ । यसले आँखाको तलको भागको डार्क सर्कल हटाउँछ । साथै प्राकृतिक रुपमा चमक आउँछ र छाला गोरो देखिन्छ ।

  • एजेन्सी

गजल……

.गजल.

उसले मेरो एकछिन हैन पुरै दिन खायो
पैसा सापटी दिन्छु भन्दै जमिन खायो

जसले उ बेला हेला गर्थ्यो गरीब भनेर
उहि साहुले नै आज मबाट ॠण खायो

मदिरा सेवन गर्नु हुदैन भन्ने सिकाएर
डाक्टरले भट्टी गएर पुरै जर्किन खायो

घरमा छोराले फर्सी कहिल्यै खाएन
होटल धाएर चै उसले पम्किन खायो

यति सम्म महँगी बढिरको छ हेर्नुस
गरीबको घरमा धमिराले टिन खायो

नबिना रेग्मी 
बौद्ध काठमाण्डौं

ठेकेदारको लापरवाहिले ढलको नालीबाट पानी नबग्दा समस्या ।  जितपुर बजार दुर्घन्धित

कपिलवस्तुको चार नः जितपुरमा ढल निकासिको नालीबाट पानी नबग्दा यहाँका स्थानियले दुख भोग्न बाध्य भएका छन । ढल बनी सकेको र माथीबाट ढक्कन मात्र लगाउन बाकी रहदा अहिलनै पानी जमेर ढलको दुर्घन्धले यहाँँका स्थानिय दुख भोग्न बाध्य भएका छन । तौलीहवा जितपुर सडक खण्ड अन्र्तगत चार नः जितपुरमा बनाइएको ढल निकासिको नालीमा फोहार सहित पानी जम्दा जितपुर बजार दिनहु दुषित हुदै गएको छ । ठेकेदारले नाली बनाउदा स्लोप राम्रोसगं नबनाउदा यस्तो भएको चार नः जितपुरका ब्यवसायी गोपाल ज्ञवालीले बताए । राम्रो स्लोप बनेको भए ढलको पानी बग्दै जानेमा ठेकेदारको लापरवाहीले पानी नबग्ने र त्यही जम्ने हुदा दुषित हुनुका साथै लामखुट्टेका लगायतका अन्य किरा तथा किटाडुबाट रोग लाग्न सक्ने समेत डर रहेको उनले बताए ।
ढल निकासिको दुर्घन्धले तौलीहवा चार नः जितपुरको बाटो भएर यात्रा गर्ने यात्रुले मुख थुन्नु पर्ने अवस्था आउन थालेको र त्यस क्षेत्रमा रहेका ब्यवसायी पसलका सञ्चालक र आउने ग्राहक मुख थुन्दै बस्नु परेको जितपुरका अर्का ब्यवसायी दिनेश कुमार मरासिनिले बताए । जसका कारण बिभिन्न किसिमका रोग लाग्न सक्ने भन्दै चिन्ता समेत बढदै गएको उनको भनाई छ । ढल निकासिको समस्याका बारेमा हालसम्म थाहा नभएको र अव तत्काल ठेकेदारलाई परिपत्र गरि के कस्तो भएको हो सडक डिभिजनसगं सहकार्य गरि समस्या समाधानका लागी नगरपालिकाले पनि पहल गर्ने बाणगंगा नगरपालिकाकाल मेयर मगंल प्रसाद थारुले बताए । काम पुरा नहुदै यस्तो समस्या देखिनु दुुखत रहेको बताउदै समस्या समाधान हुनेमा बिश्वस्त रहन उनले आश्वासन समेत दिएका छन । उता स्लोप बिग्रीएको भए तत्काल आवश्यक ठाउमा पिच गरी समस्या समाधान हुने डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका प्रमुख रमेश पौडेलले बताए । सर्वसाधारणले ढलमा फोहोर मिसाउदा पनि पानी जम्ने लगायतका समस्या आउन सक्ने बताउदै सबै कुरा हेरेर समस्या समाधान गर्न डिभिजनले ठेकेदारलाई निर्देशन दिने प्रमुख पौडेलले बताए । जसका लागी आफुले उतm क्षेत्र तत्काल निरिक्षण गर्ने उनको भनाइ छ । बज्र गुरु विभा एम्के जेविकाले उतm कामको ठेक्का पाएको सोका इञ्जीनियर गणेश सापकोटाले निमार्ण कार्य बाकीनै रहेकोले त्यस्ता ठाउमा फेरी पिच गरिने बताए । साथै उनले स्थानिय ब्यवसायी तथा घरवालाहरुले फोहोर भाल्ने गरेकाले पनि यस्तो भएको हुन सक्ने उनको भनाई छ ।