एलोभेरा जुसको सेवनले फाइदै फाइदा

काठमाडौं-प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ । यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ । तर, यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानि पनि पुग्छ ।के हो एलोभेरा ?-एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, एन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिन हुने गर्छ । यसको पात सीधै जमिनबाट उम्रने गर्छ र जुन २–३ फिट लामो र ३–४ इन्च चौडा हुन्छ । यसको दुवैपट्टि काँडा उम्रिएको हुन्छ । यसको पात गाढा हरियो रङको हुन्छ, जसलाई काट्दा वा खुर्किंदा घिउजस्तो जेल निस्कने गर्छ ।

जुस पिउँदा-एलोभेराको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । एलोभेराको जुसमा कैयौँ पोषण ततव, भिटामिन र मिनरल हुन्छन् । जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ । यस्तो जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता पनि बढेर जान्छ । यसका लागि एलोभेराको पात काटी त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुस् ।यसमा भएको एन्टिइन्फ्लेमेटरीले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

एलोभेरा जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । यसले छालाका विभिन्न समस्या, रिङ्कल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।शरीरमा भएका कैयौँ विषालु ततवले शरीरमा नकारात्मक प्रभाव पार्छ । जसका लागि शरीरलाई डिटाक्सको जरुरी हुन्छ ।

एलोभेरा जुसमा राम्रो डिटाक्सिफिकेसन गुण हुन्छ ।नियमित रूपमा एलोभेरा जुसको सेवनले अधिक तौल घटाउन पनि सहज हुन्छ । यसले पटक–पटक खानुपर्ने बानी पनि हटाउँछ । यसमा भएका विभिन्न पोषण ततवले शरीरलाई कमजोर हुुनबाट समेत बचाउँछ ।यस्तो जुसले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यसमा भएको एन्टिमाइक्रोबाइल गुणले दाँतलाई सफा गरी कीटाणुबाट जोगाउन पनि भूमिका खेल्छ । यसले माउथ फ्रेसनरको काम पनि गर्छ ।दैनिक ५० ग्राम एलोभेराको जुस पिउँदा क्यान्सररोगीका लागि लाभदायक हुन्छ । यस्तो जुसलाई केरा, मेवा, टुसाएका गेडागुडी र हरियो तरकारीसँग प्रयोग गर्न सकिन्छ ।बेफाइदा पनि छन आवश्यकता भन्दा बढी एलोभेराको जुस प्रयोग गर्दा वा गलत तरिकाले लिँदा शरीरमा विभिन्न समस्या पार्छ । यसले पोटासियमको मात्रालाई घटाउने काम गर्छ । जसका कारण मुटुको धड्कन अनियमित हुनुका साथै कमजोर महसुस हुन्छ ।यसमा ल्याक्सेटिभ एन्थ्रोक्विनोन लगायतका तत्व हुन्छ । त्यसैले यसको अनावश्यक प्रयोग गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।गर्भवती हुनुहुन्छ वा शिशुलाई स्तनपान गरिरहनुभएको छ भने एलोभेराको जुस सेवन गर्नुहुँदैन । यसो गर्दा गर्भपतन हुन सक्छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि एलोभेराको जुस खुवाउनु हुँदैन ।

 

क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गाईको गहुँत !

काठमाडौँ । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल रगतमा हुने बोसोले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभएको छ ।

सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्यूनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले पनि भैँसीको दूधमा लोङ्चन नामक चिल्लो पदार्थ बढी हुने र उक्त चिल्लो नसामा जम्ने भएकाले हृदयाघातको समस्या देखार्ने तथ्य सिद्ध गर्नुभएको छ ।

“गाईको दूध छातीका रोगीका लागि बरदान सावित भएको छ । गाईको गहुँतमा पनि अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारका औषधिको ‘पेटेन्ट राइट’ लिएको र भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि ‘पेटेन्ट राइट’ लिएको गोब्रती योगी सोमराज बताउनुहुन्छ ।

गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हबन गर्दा ‘प्रोपिलिन अक्साइड’, ‘इथिलिन अक्साइड’, ‘फारमेलडी हाइड ग्यास’ निस्किन्छ । ‘प्रोपिलिन अक्साइड’ ले वर्षा गर्न सहयोग पु¥याउँछ । ‘इथिलिन अक्साइड’ र ‘फारमेलडी हाइड’ ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्ने भएकाले गाईको घ्यूको महत्व बढेको हो ।

राष्ट्रिय जनावर भएर पनि गाईको बिनासको क्रम बढेकाले अहिले नेपालमा वृहत् अभियान नै शुरु गरिएको छ । नागरिकस्तरबाट शुरु गरिएको यो अभियानमा दिन प्रतिदिन सहभागिता बढ्न थालेको छ ।

सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि राम्रो नभएको वैज्ञानिक अनुसन्धानबाट समेत प्रमाणित भइसकेको अभियानकर्ताले बताएका छन् ।

शास्त्रमा भनिएको छ, “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु विकासे हुन् ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका सोमराज बताउनुहुन्छ ।

स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पु¥याउँछ ।

इटालीमा प्रा जि ई विङ्गेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गर्नुभएको छ । नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौलाले काम नगर्नेजस्ता समस्या आधुनिक कृषि प्रणालीका उपज हुन् ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट यस्ता रोग नलाग्ने भएकाले पछिल्लो समय युरोप र अमेरिकालगायत अन्य शहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन्, यस्ता गुणले भरिएको गाई दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कार्यक्रममा गोदान अर्थात् गाई दानको विधि रहेको हो”उहाँ भन्नुहुन्छ ।

यस किसिमको महत्व भएको राष्ट्रिय जनावर गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक प्रयास हुँदै आएकाले यसविरुद्धको अभियानमा आफु पनि लागेको पूर्व सांसद शङ्कर पाण्डे बताउनुहन्छ ।

“के बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, के अब यी सब हुन दिइरहने ?” –उहाँ जोेड दिनुहुन्छ ।

गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गाई पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे अर्थात् गोरु रहन गएको र धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ हुन गाएको बताइन्छ

यही भूिममा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाहरुले समेत यही भूमिमा शासन चलाएका थिए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखानाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको र गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो ।

यसैले शास्त्रमा भनिएको छ –
“यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । 
धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।।”

अर्थात् जसले गाई, देवता, वेद, साधु र धर्ममा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।

पञ्चगव्य उपचार पद्धति

स्थानीय गाईको पञ्चगव्य दूध, दही, घिउ, गहुँत र गोबर का माध्यमबाट हुने चिकित्साको तुलना विश्वका कुनै पनि चिकित्सा प्रणालीसित हुन नसक्ने वैज्ञानिक अध्ययन अनुसन्धानबाटै प्रमाणित भएको छ । यस चिकित्साले मधुमेह, उच्च रक्तचाप, बाथ, दम, युरिक एसिड, चर्म रोग र अर्थराइटिस जस्ता रोगमा समेत लाभ हुन्छ ।

‘मास्टर डिप्लोमा इन पञ्चगव्य थेरोपी’मा चेन्नई दक्षिण भारतबाट पञ्चगव्य चिकित्सा अध्ययन गर्नुभएका गोव्रती योगी यस्ता रोगमा पञ्चगव्य चिकित्सा बरदान सावित भएको बताउनुहुन्छ । यसैले देशभरका गौशालामा पञ्चगव्य चिकित्सा पद्धति पुनःस्थापना गर्न लागिएको उहाँको भनाइ छ ।

पञ्चगव्य चिकित्साको दक्षिण भारतको चेन्नईमा प्राज्ञिक अध्ययन अध्यापन हुने तर अन्यत्र भने प्रशिक्षण मात्र दिने गरिएको छ । नेपालमा अध्ययन अध्यापन त परै जावस् अहिलेसम्म प्रशिक्षण समेत भएको छैन । पञ्चगव्य चिकित्साको उपचार भने काठमाडौँस्थित नयाँसडकमा रहेको कल्याण आयुर्वेद केन्द्रमा शुरु भएको छ ।

भारतबाटै अध्ययन गरी आएकाले अहिले यस केन्द्रमा पञ्चगव्य चिकित्साबाट उपचार गरिरहेको केन्द्रका सञ्चालक महेश मोदी बताउनुहुन्छ ।- News24nepal.tv मार्फत

बाँकेमा झडपः ९ घाइते, १० पक्राउ

नेपालगञ्ज ,२३ कार्तिक- बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

म्याग्दी / बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका हुन् ।

यहाँ सङ्कलन हुने फोहर सडकमै फालिएकाले दुर्गन्धका साथै दुर्घटनाको जोखिमसमेत बढेको गलेश्वरका दीपक कार्कीले बताउनुभयो । यसअघि फोहर व्यवस्थापन गरिँदै आएको जलेश्वरस्थित कालीगण्डकी किनारमा गत साउनदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण लागिएकाले सडक छेउमै फोहर फालिएको हो ।

निर्माण भएको केन्द्र सञ्चालनमा ल्याउन ढिलाइ हुँदा नगरपालिकाले सडकमै फालेको फोहरले म्याग्दीको बारेमा नकारात्मक सन्देश फैलिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

म्याग्दी भ्रमण वर्ष मनाइरहेका बेला उत्तरी म्याग्दीको प्रवेशस्थलमा फोहर फालिनु नगरपालिकाको गम्भीर लापर्बाही भएको कार्कीको भनाइ थियो । बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले फोहर व्यवस्थापनमा खटिएका कर्मचारीको कमजोरीले फोहर व्यवस्थापनमा समस्या देखिएको बताउँदै आवश्यक उपकरण र प्रक्रिया पूरा गरेर फोहर व्यवस्थापन केन्द्र सञ्चालन गरिने जानकारी दिनुभयो ।

बेनी बजारको फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने उद्देश्यले उक्त नगरपालिको वडा नं ८ र ९ को सिमाना रातोपहिरोमा रु ४७ लाखको लागतमा उक्त केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुहिने फोहरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने नगरपालिकाले जनाएको छ ।

 

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

काठमाडौँ, २३ कात्तिक-यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

भाइटीका:-तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनी भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी आदि दिइन्छ। भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सय पत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिएको शान्ति बताउँछिन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

टिभी स्टारले तौलिया सम्हाल्न नसक्दा

एजेन्सी । ब्रिटिस टिभी स्टार क्लो फेरीले निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । रियालिटी टिभी स्टार क्लोले आफ्नै लापरबाहीका कारण यस्तो स्थितिको सामना गर्नपुगेकी हुन्।

नुहाइसकेपछि क्लो छातीमा तौलिया मात्र बेरेर घरबाहिनिस्किइन् । उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान समाल्छु भन्दा न त सामान नै सम्हालियो न त उनले बेरेको तौलिया नै । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।

त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । तर उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।

३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।

यो पनि पढ्नुहोस् -गुगलका ४८ कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप, कम्पनीले गर्‍यो सबैलाई बर्खास्त

एजेन्सी । गुगल कम्पनीले आफ्ना १३ वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ। यी सबैमाथि पछिल्लो २ वर्षयता यौन दुर्व्यवहारको आरोप लागेको थियो।

गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना कर्मचारीको नाम सार्वजनिक गर्दै एक पत्रमा लेखेका छन्, गुगल कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेका माथि यो कडा फैसला लिएको छ। यो पत्र न्यूयोर्क टाइम्सका एक रिर्पोटको जवाफमा लेखेका थिए, जसले भनेका थिए एंड्रोयड निर्माता एंण्डि रुबिनलाई उनीमाथि लागेको यौन दुर्व्यवहारको आरोपमा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो।

समाचारमा यो पनि लेखिएको थियो, रुबिनका एक प्रवत्ताले यस आरोप अस्वीकार गरेका छन्। रुबिनले सन् २०१४ मा आफ्नो कम्पनी छोडेका थिए। न्यूयोर्क टाइम्सका अनुसार उनलाई त्यस समय निकै ठूलो फेयरभेल दिइएको थियो।

सुन्दर पिचईले आफ्नो पत्रमा लेखेका छन्, न्यूयोर्क टाइम्सको यस रिर्पोट पर्न निकै कष्टदायक छ। गुगल यस मुद्दाप्रति निकै गम्भिर छ। गुगल आफ्ना कर्मचारी र सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर छ।

उनले लेखेका छन्, हामी यो सुनिश्चित गर्न चाहन्छौँ की हामी यौन उत्पिडनसँग जोडिएका हर आरोपीको जाँच गरेका छौँ। जाँचपछि हामीले यस फैसला गरेका छन्। उनले उक्त पत्रमा यौन दुर्व्यवहारको आरोपमा बर्खास्त भएका ४८ कर्मचारीको नाम पनि उल्लेख गरेका छन्।

यस्तो खाना बन्थ्यो दोस्रो विश्व युद्धमा

एजेन्सी । भोक र आवश्यकता मानिसलाई जे पनि गर्न बाध्य बनाउँछ । पेटको आगो निभाउन खाना नै अन्तिम उपाय हो । यही भोकले मानिसलाई विभिन्न किसिमका खाना बनाउन बाध्य बनाएको छ ।

हरेक देशमा कुनै न कुनै पराम्पारिक भोजन खास अवसरमा बनाइन्छ ।

यी भोजनको पहिचान कहिले खुसीको माहोलमा आयो भने कहिले संकटको अवस्थामा । नयाँ भोजन बनाउन अभावले सिकायो ।

खास गरि युद्धको अवस्थामा जब खानको कमी हुन्थ्यो, मानिसहरु बचेको खाना सम्हालेर राख्थे । र फेरि त्यसैबाट नयाँ भोजन तयार गर्थे ।
यस्ता भोजनका अनगिन्ती रेसिपी उपलब्ध छन, जसको बारेमा किताब पनि लेखिएका छन् ।

आज हामी यस्तै भोजनबारे जानकारी दिँदै छौं ।

द व्हैकी केक

सबैभन्दा पहिला कुरा गरौं द व्हैकी केकको । भनिन्छ, दोस्रो विश्व युद्धका समयमा अमेरिकीहरुले यो केक बनाउन सिकेका हुन् ।

सामान्य अवस्थामा केक मैदा, दूध, मक्खन, अण्डा जस्ता चिजबाट तयार गरिन्छ । तर व्हैकी केकमा भेजिटेबल ओयल, पिठो र चीनीमात्र प्रयोग हुन्छ । साथमा बेकिंग सोडा पनि मिलाइन्छ ।

केक इतिहासकार लारा शैपिरोले यो केक बनाउने तरीक़ा निकै सामान्य भएको बताइन् । तर, मानिसहरुले यो केक बनाउन युद्धका समयमा सिकेका हुन् भन्ने विश्वास गर्न गाह्रो छ ।

हुन सक्छ घरमा भएका समानबाट महिलाहरुले यो केक बनाउ सिकेका हुन सक्छन् । तर, यो केक बनाउन जुन ढंगले थोरै सामानको प्रयोग हुन्छ त्यो कारणले अनाजको कमी भएकाले यस्तो केक बनाउन सिकेको हुनसक्छ ।

मोक गूज

यस्तै किसिमको अर्को भोजन हो मोक गूज । जसलाई दोस्रा विश्व युद्धको खानाको रेसिपीमा समावेश गरिएको छ ।

अंग्रेजीको लगभग हज़ार वर्ष पुरानो कुकरीको किताबमा यसको चर्चा गरिएको छ । यो भोजनमा सेकिएको मासुको प्रयोग हुन्छ । तर, १७४७ मा हाना ग्लास नामकी लेखिकाले आफ्नो किताब द आर्ट ऑफ कुकिंगमा यो भोजनमा बंगुरको मासु प्रयोग हुने लेखेकी छन् ।

१८९७ मा पत्रिका हल डेली मेलमा यो भोजन बनाउने तरिकाबारे लेखिएको थियो । यसमा आलु र ससेजको प्रयोग हुने बताइएको थियो ।

यो भोजनको उद्देश्य सामान्य खर्चमा मिस्ठान्न भोजन बनाउने हो । तर, यस्तो उद्देश्य थियो भने यसमा मासुको प्रयोग किन भयो ? यसको जवाफ भने भेटिएको छैन । चीनमा यो भोजन अँझै पनि बन्छ । तर मासुको सट्टा सोयाविन प्रयोग गरिन्छ ।

स्टारविंग रेसिपी

दोस्रो विश्व युद्धका धmममा जर्मनीको कब्जा रहेको यूनानको राजधानी एथेन्समा हालत अँझ खराब थियो । २०११ मा ग्रीस इतिहासकार एलेनी निकोलाइडू एक किताब लिखे ‘स्टारविंग रेसिपी’ ।

यस किताबमा ती भोजनको चर्चा छ जुन युद्धका क्रममा यूनानका मानिसहरुले अपनाएका थिए । यूनानका पत्रिकामा पनि यसको चर्चा भएको पाइन्छ । यो त्यो बेला थियो जति बेला मानिसहरु भोकले मरिरहेका थिए ।

केही रेसिपीमा त जुन चिज खाइन्छ विस्तारै चपाएर खान सकियोस किनकी पेटमा खान थोरै जाओस र भोक मरोस भन्नेमात्र लेखिएके छ ।

भोकमरीका दिनको खाना

निकोलाइडोले आफ्नो किताब प्रकाशित गरेपछि द गार्जियन पत्रिकाले भोकमरीका दिनको एक अर्को खानाको नाम उल्लेख गर्यो । यो रेसिपी यस्तो मीटबल्सका बारेमा थियो जसमा मीटको प्रयोग हुँदैन ।

बरु प्याज, मसाला पिठोको उपयोग हुन्छ । यसलाई अलि स्वादिलो बनाउन यसमा अण्डाको प्रयोग गर्न सकिन्छ ।

कुनै समस्याग्रस्त अवस्थामा बनाइएका रेसिपी हालत ठिक भए पनि उपयोग गरिन्छन् । सायद कम खर्चमा यी खाना बन्ने भएकाले यस्तो भएको हुनसक्छ ।

यसका साथै जुन देशमा जे उत्पादन हुन्छ, त्यसैको उपयोग धरै गरिन्छ ।उदाहरणका रुपमा भारतमा आलूको रुपमा लिन सकिन्छ । आलू सायद सबैभन्दा धेरै किसिमले भोजन गर्न सकिने कृषि उत्पादन हो ।

यस्तै गाजर केक लण्डनमा निकै लोकप्रिय छ । यो रेसिपी संकटका अवस्थामा भने आएको होइन । तर, दोस्रो विश्व युद्धका अवस्थामा यसको प्रयोगमा व्यापक जोड दिइएको थियो । किनभने यहाँ गाजर निकै उत्पादन हुन्छ ।

आजभोली पनि जब गाजरको मौसम हुन्छ, यहाँ खानाको टेबलमा कुनै न कुनै रुपमा गाजर उपस्थित हुन्छ । कहिले सलाद त कहिले तरकारीका रुपमा । कहिले भने मिस्ठान्न गाजरको हलुवा ।

पुरानो भनाई छ आवश्यकता नै आविष्कारको जनी हो । मुस्किल समयमा बनाइएका खानपान यो भनाईलाई पक्का पुष्टि गर्छन् ।

मदिरामा कडाइ, ९ बजेपछि पानपसल समेत खोल्न नपाइने

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त बार र रेष्टुरेन्टसहितका होटलले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने भन्दै कडाइ गरेको छ । लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेका सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

तिहार र छठलाई लक्षित गरी जारी सूचना अनुसार मदिरा व्यवसायीहरुले बेलुका ८ बजेसम्म र बार व्यवसायीहरु (रेष्टुरेन्ट) ले राति ८ः३० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउनेछन् । साथै जिल्लाका पान पसलहरुmलाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भन्दै कडाइ गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु सामान बेच्न रोक

काठमाडौं । सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिनुभयो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-काठमाडौंबाटै कतारी भिसाको तयारी

काठमाडौं। काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

 

एम्बुलेन्स जाममा नपरोस्, जुवाडे झ्यालबाट नझरोस् टिको थाप्दा लम्पसार पर्नु नपरोस्(भिडियोसहित)

काठमाडौं,२२ कार्तिक -दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति गरेका थिए।

‘प्रज्ञा सिस्नुपानी देउसी’
हे भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
उहिले उहिले हाम्रो – बेलैमा
सत्ता ढलाउने – खेलैमा

छिनछिनमा सरकार – फेरिन्थे
दूतावास द्वारा –घेरिन्थे
टाला र टुली – गाँसिन्थे
नौ मैना नभै – मासिन्थे

दिल्लीमा गई – मुख बाउँथे
उहीँबाट पिएम – भै आउँथे
अहिले त सरकार – सग्लो छ
धरहराभन्दा – अग्लो छ

ललाट ठूलै – भाको छ
जनताको साथ – पाको छ
तै पनि कामकुरो – छिन्दैन
छिटो हिँड भन्यो – हिन्दैन।

नहिँड्या किन ? – राम जाने
के गरे हिँड्ला ? – राम जाने

राम जाने, राम जाने….
यो सरकारलाई के ले रोक्यो राम जाने
हे दुई तिहाइलाई के ले छेक्यो रामजाने ..

हामी त्यसै आएनौँ जनताले पठाए
दुई तिहाईलाई खबरदारी गर्न खटाए।

यसपालि त हाम्लाई देउसी खेल्न मनै थिएन
अरिङ्गालले चिलेर बस्नै दिएन।

यो सरकारको दिमाग चल्छ किन अङ्ग चल्दैन
डकारेको ग्याँसले घरको चुलोे बल्दैन।

पहिलो निसान सरकारले सिण्डिकेटलाई ताकेको
एकदुई पाइला चाल्दैमा किन थाकेको ?

पाँच महिनामा प्रगतिको ठूलै ग्रन्थ निस्केको
सात महिनामा जादू हो र ? भन्दै जिस्केको।

आकाशमार्ग मोडायौ जलमार्ग जोडायौ
भारतजीको एकाधिकार झण्डै तोडायौ ?

अनिवार्य निशुल्क भर्ना अभियान चलाउँछौ
स्कूल मात्रै बोलाउँछौ कि साँच्चै पढाउँछौ ?

सुन काण्डको छानबिन टोली फास्सफुस्स सेलायो
कसलाई जोगाउनु थ्यो र सरकार लोलायो।

छानबिनमाथि छानबिनमाथि छानबिनमाथि छानबिन
निर्मलाको दोषी खोज्न बोलाऊ अनमिन।

हाम्रा देशका सन्चारमन्त्री, कति मिठो बोलेका नि लै लै
पत्रकारलाई ङ्याकेर, दिगम्बरलाई च्यापेर
लोकतन्त्रमा हिलो छ्यापेका।

सरकारैका मन्त्री बादल, गड्याङगुडुङ गर्जिन्छन् नि लै लै
असिना नि झार्दैनन्, मसिना चैँ छाड्दैनन्
ठूला माछा मार्दै मार्दैनन्।

भन भन साथी – जनता
सबैभन्दा माथि –जनता

आँगन बढार्छ –जनता
सडकमा झार्छ –जनता
घुस दिन जान्छ –जनता
भ्रष्टाचार भन्छ –जनता

मान्छेलाई ठग्छ –जनता
ढुङ्गालाई ढोग्छ –जनता
बासी भात बेच्छ –जनता
अनुगमन छेक्छ – जनता

दलालकाँ जान्छ –जनता
तीन बल्ड्याङ खान्छ –जनता
खेत बाँझो राख्छ– जनता
चाउचाउ ताक्छ – जनता

नदीनाला मिच्छ –जनता
छोरी चेली बेच्छ–जनता
रक्सीमा बिक्छ – जनता
कर छल्न सिक्छ – जनता
झाँक्री भई काम्छ – जनता
बोक्सी भन्दै डाम्छ–जनता
दाइजो फलाउँछ– जनता
बुहारी जलाउँछ –जनता

तीनमहिना दर खान्छ –जनता
मोटाउन डर मान्छ –जनता
देश छोडी भाग्छ –जनता
फेसबुकमा जाग्छ –जनता

ऐनामा हेरौँ –जनता
ऐनामा हेरौँ –जनता
आफैँलाई फेरौँ –जनता
आफैँलाई फेरौँ –जनता।।

भिडियो हेर्नुहोस्

बालुवाटार छिर्छन् मन्त्री जोश बोकेर जुरुक्क
फर्की आउँदा पर्छन् तिनै किन लुरुक्क ?

केही गर्न खोज्छन् मन्त्री सल्लाहकारले छेक्छन् रे
पिएम एक्लै समृद्धिको सपना देख्छन् रे।

उड्डयन र पर्यटन श्रमको क्षेत्र सुध्रियो
भौतिक तथा यातायात ह्वाङ्गै उध्रियो।

फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर
गियर हो कि फेर्न खोज्या पिएम चियर?

ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार मच्चियो
घरबेटीले थर्काएछन् आफैँ थच्चियो।

केसी अनशन बस्नाले कांग्रेसले पायो काम
तिनले जुस खाएपछि कांग्रेस ठण्डाराम।

कसले भन्छ काँग्रेस हार्‍यो कम्निस्ट भन्दा कडा छ
रुखका ठुटा भन्दा धेरै गुट खडा छ।

के हे¥या थे चुनाउमा काँग्रेस पार्टी बगुन्जेल
काँग्रेस रहला नरहला देउवा रहुन्जेल।

ल्याङल्याङ गर्दै बिन्ति गर्छन् माधव र झलनाथ
हाम्रो पालो आउँछ आउन्न भन्देऊ भोलेनाथ।

देखाउन खोज्या थे रामवीर कमरेड दानवीर भै
वामदेवलाई हरियो काँक्रो कसले देला खोई ?
अख्तियारले पप्पुलाई एक झप्पु हानेछ
राष्ट्र बैंकले उसैलाई ठेकदार छानेछ।

न्वारान को भोज गर्न पार्टी प्यालेस पाइएन
बालुवाटारमै पाइने भयो अन्त चाहिएन।

राष्ट्रसेवक कर्मचारी, देश्का हुन् कि पा र्टी का नि लै लै
सरुवा–बढुवा रुङ्दछन् काममा भने उङ्दछन्
आफ्नै माऊलाई आफैँ ठुङ्दछन्।

संविधान दिवसैमा, तक्मा–बाँड्ने के सै मा नि लै लै
स्यालले पदक भिरेका, छेपारा नि छिरेका
मुसुमुसु हाँस्दै फिरेका।

भन भन साथी हो– बिचरा
कठै बरा – बिचरा
नेकपा बैठक – विचरा
कांग्रेसको विधान– विचरा

संघीयता –बिचरा
प्रदेश सरकार –बिचरा
प्रदेश राजधानी –विचरा
प्रदेश प्रमुख – विचरा

पुनर निर्माण –बिचरा
स्मार्ट लाइसेन्स –बिचरा
शेरबहादुर तामाङ –बिचरा
सर्वेन्द्र खनाल – बिचरा

नारायण काजी –बिचरा
लालबाबु पण्डित– बिचरा
बाबुराम भट्टराई – बिचरा
रामचन्द्र पौडेल–बिचरा।

टिभी वरिपरि घुम्छन् सन्चारकर्मी धमला
केपी वरिपरि घुम्छिन् ओली कोमल।

जति धेरै जन्म मिति उति योग्य न्यायधीश
नेपालको न्यायालय टाँय टाँय फिस।

आइएनजिओ नेपालमा विश्लेषक पाल्दछन्
आगो बाल्छन् द्वन्द्वको घिऊ हाल्दछन्।
हाम्रा ठूला मिडिया विदेशीका गुडिया
फस्ने हुन् कि मछली तिनकै ढडिया।

हेर्दा हेर्दै सिंहदरबार आयोे हाम्रो ठाउँमा
दरवार सँगै राजा – रानी आए गाउँमा।

वडा अध्यक्ष पनि उही डोजर पनि उसैको
डाँडाकाँडा चिरा पारे बजेट भुसै भो।

मोबाइल किन्छन् गाडी किन्छन् ठेक्कापट्टा मिलाउँछन्
आफूलार्ई तलवभत्ता आफैँं दिलाउँछन्।

कर माथि भ्याट लाग्छ भ्याटमाथि कर लाग्छ
निन्द्रामा नि कर लाग्ला कि भन्ने डर लाग्छ।

बिहे नवीकरण गराऊ वर्षैपिच्छे कर लगाऊ
जनता हो कर नतिरी हात नबढाऊ।

विद्याजीको महानगरमा फोहोरको डंगुर
पर्यटकलाई निषेध गरौँ पालौँ बङ्गुर।

कस्तो शान्त सुन्दर, काठमाण्डौ शहर
विद्यासुन्दर व्युँझेलान् हल्ला नगर।

हाम्रा मधेशवादी नेता, संविधानलाई कालो भन्छन् नि लै लै
कति–साह्रो ज्ञानी त्यै संविधान मानी
मन्त्री खान्छन् छानी छानी।

सर्वहारा सरकारैले, हाम्रो दुःख देखेको नि लै लै
जनपक्षी बनेर ठण्डी लाग्ला भनेर
महंगीले ढाडै सेकेको।

आशिष
एम्बुलेन्स जाममा नपरोस्, जुवाडे झ्यालबाट नझरोस्
टिको थाप्दा लम्पसार पर्नु नपरोस्।

सरकारले विरोध पचाओस् आफूलाई पाँच वर्ष बचाओस्
ढिला सुस्ती गर्ने अङ्ग छिटो जँचाओस्।

मार्सी खुवाउने खेत नहोस् एरपोर्टमा भिसी भेट नहोस्
नेकपाको एकता चङ्गा चेट् नहोस्।

किला ठोकी सडकमा बलात्कारी बाँधियोस्
भोटे कुकुर छाडेजस्तो टिपर छाडियोस्।

अहिले नगरे कहिले तिमीले नगरे कसले
इन्धन आयात घटाउला त यौटो बिजुली बसले?

डाँडा काँडा काटो सेनाले बनायो बाटो
यस्तै कर्म गरोस् सधैं व्यापारको साटो।

सत्यमोहनझैं शक्ति होस्, राष्ट्र कविझैं आयु होस्
वागमती झैँ सफाइ होस्, स्वच्छ वायु होस्।

हावाबाट बिजुली पाइपबाट ग्याँस आउला
भाइबर बाट दालभात खाउँला झ्याप्प निदाउँला।

निजगढ एयरपोर्ट झरौँला, फास्ट ट्रयाकभित्र छिरौँला
मेची पुगी महाकाली आजै फिरौँला।

पर्ख पर्ख मयालु म पनि त आउँला
चुच्चे रेलमा चढाएर रारा घुमाउँला।

भन्ने दिन आएसि तिम्रो भर परौँला
चन्द्र सूर्य झण्डा बोकी जयजय गरौँला।

कपिलवस्तुमा तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

कपिलवस्तुमा प्रहरीले तास खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब ३ बजेको समयमा प्रहरी निरीक्षक गोबिन्द रावतको कमाण्डमा खटिएको टोलीले कपिलबस्तु नगरपालिका–८ दोहनी चोकस्थित रामप्रकाश अग्रहरीको राईस मिलमा उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तास खेलेको ठाउँबाट नगद एक लाख २१ हजार ३१५ रुपैयाँ बरामद भएको छ । प्रहरीले १३ वटा मोटरसाइकल र १५ थान मोबाईल फोनसमेत नियन्त्रणमा लिएको छ । राईस मिलका सञ्चालक अग्रहरी भने फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा आफ्नै घरमा आगो लगाउने ब्यक्ति पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पुनले मादक पदार्थ सेवन गरी घरमा आगो लगाउँदा घर जलेर नष्ट भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

पुनलाई ईलाका प्रहरी कार्यालय ठाडामा राखिएको र घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मन्त्रीबाट बर्खास्तमा परेका स्थापित भन्छन्- ‘डोरमणि मुख्यमन्त्री हुन योग्य छैनन्’

काठमाडौं । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेल मुख्यमन्त्री हुन योग्य नभएको बताएका छन् । समाचारको अनुसार आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको स्थापितको दाबी छ।

‘हाम्रोमा पार्टीभित्र गुट छ। मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो। सभामुखमा पनि दाबी गरेको हो। अहिलेका डोरमणिको दाबी थिएन्। बरु अष्टलक्ष्मीको दाबी थियो। मलाई पूर्वाधारमन्त्री बनाउनु भनेर पौडेल हिँडेका हुन्। उहाँको हैसियत नै त्यही हो’, उनले भने, ‘त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो। हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो। तर, आज दम्भ देखाउने रु’ स्थापितले मुख्यमन्त्री पौडेलको चर्को आलोचना गरेका छन्। उनले पौडेलको साँठगाँठ सिआईएसँग रहेको आरोपसमेत लगाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-बेथितिः कन्डिसनका गाडी ग्यारेजमा नयाँ किन्न रकम माग

काठमाडौं / संघीय संसदका विषयगत समितिका सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो थियो– सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए । सभापति मात्र होइन, केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको गाडीमा चित् बुझाएनन्। पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेन्डा’ नै बन्यो। अनि एजेन्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।

संख्याको हिसाबले हेर्ने हो भने संघीय संसद सचिवालयसँग १०० भन्दा बढी गाडी छन्। प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवतजावतमा प्रयोग गरिए पनि अन्य सवारीसाधन पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् ।

कुल गाडीमध्ये दुई वर्षयता भित्र्याइएका गाडी नै २५ वटाभन्दा बढी छन् तर यी गाडीसमेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका छन्।, आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा

काठमाडौं,२१ कार्तिक — यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्सको पर्खाइमा रहेका ५ लाखलाई ४५ दिनमा लाईसेन्स दिने गरी काम थालेको छ । ५ लाख स्मार्ट लाईसेन्स ४५ दिनमा सकिने गरी काम भईरहेको छ, विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए ।

लाईसेन्स छपाईको सम्पुर्ण काम यातायात व्यवस्था विभागको परिसर मिनभवनमै भईरहेको बताए ।

लाइसेन्स छपाईएको सम्पुर्ण काम निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलार्य दिइएको विभागका प्रवक्ता उपाध्यायले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

 

अाज लक्ष्मीपूजा : धनधान्यकी देवी लक्ष्मी पूजा गरिदै

काठमाडौँ / यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी शब्दको अर्थ-लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” को पुरूषसूक्तमा भेटिन्छ । “श्रीश्च ते लक्ष्मीश्च ऊषाण ।” हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन् । तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् । विष्णु र लक्ष्मी एक-आपसमा अभिन्न छन् ।केवल सृष्टिको समयमा भिन्न देखिन्छन् । स्त्रीको चौसठ्ठि कला मानिएको छ । चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो ।

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

तिहारमा के खाने, के नखाने ?

काठमाडौं – हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारमा घरआँगन सफा सुग्गर राख्नुु, पटका पड्काउनु र झिलिमिली उज्यालो पार्नु यस पर्वका विशेषता हुन् । यसबाहेक तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

दिपावली एउटा रमाईलो पर्व हो । तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ । स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहार मनाउने केही टिप्स यस प्रकार छन्ः

फलफुल खानुहोस्ः तिहार भन्ने वित्तिकै गुलियो परिकार खाने आम विश्वास छ । तर स्वस्थ खानका लागि चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस् । गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस् । सकभर घरमै बनाएको चकलेट खानुहोस् ।

हाइडेड रहनेः चारैतिर खानेकुरा र गुलिया परिकार देख्दा कसको जिब्रो रसाउदैन र रु तसर्थ तिहारमा अन्य बेला भन्दा बढी गुलियो खाइन्छ । चकलेट खाइसकेपछि वा खानुअघि प्रशस्त पानी खानुपर्छ ।

बिहानदेखि बेलुकासम्म बारम्बार पानीको चुस्की लिनुहोस् । पानी पिउदा गुलियो परिकारले शरिरभित्र पार्ने अशर घटाउछ र शरिरको विषाधी समेत पखालिदिन्छ ।

कृतिम चकलेटबाट टाढै रहनुहोस्ः बजारमा कृत्रिम गुलियो मिसिएको परिकार पाइन्छन् । तर, यस्ता परिकारबाट सकभर टाढै रहनुहोस् । किनकी कृतिम गुलियोले ब्रेन ट्युमरदेखि क्यान्सरसम्म निम्त्याउँछ ।

चकलेटमा मिसाइएका अखाद्य र मिसावटयुक्त रसायनले किड्नी र दमको समस्या ल्याउछ, दिमागका कोषहरु बिगारिदिन्छ । तसर्थ मह चिनी, खुदो जस्ता प्राकृतिक गुलियोबाट बनेका चकलेट रोज्ननुोस् ।

आफ्नो रोगबारे बिचार पुयाउनुहोस्ः डायबिटिजबाट पीडित मानिसले तिहारको समयमा विशेष ख्याल गर्नुपर्छ । गुलियो परिकारबाट टाढा रहनुका अतिरिक्त उनीहरु अन्य खानेकुराहरु जस्तै सेल रोटी, खिर लगायतका खानेकुरामा हुने गुलियोको मात्रा पनि बिचार पुर्याउनुपर्छ।

पटका बारे सर्तकताः दिपावली पटकाको समेत पर्व भएकोले होशियार नरहेमा जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्य निम्तिन सक्छ । तसर्थ आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ ।

पटकाको ठूलो आवाजले कानको श्रवण शत्तिमा हानी पुर्याउन सक्ने र बहिरो हुने समस्या समेत आउन सक्छ । तसर्थ पटका पड्काईएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ ।

पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हुँदैन । खुवा र दुधबाट बनेको चकलेट सकभर नखानुहोस् । किनकी यसले फुड पोइजनिङ गराउन सक्छ ।

अन्य महत्वपूर्ण टिप्स
गुलियो खानेकुरा खाँदा थोरै लिएर बस्नुहोस, सकभर ढिलो खानुहोस ।चिनिको विकल्पको रुपा मह, खुदो प्रयोग गरेको परिकार खाने, फ्याट झिकेको दुधबाट चकलेट बनाउने।

गुलियो खाएपछि सलाद, दही अनिवार्य खाने।धेरै चकलेट वा गुलियो परिकार घरमा भन्डार नगर्ने । धेरै खानेकुरा देख्दा खाउँ–खाउँ लागि रहन्छ।

दिपावलीमा दिदीबहिनीले दाजुभाईलाई उपहार स्वरुप कपडा र गुलिया परिकार दिने प्रचलन छ । गुलिया परिकारको सट्टा फलफुल वा थोरै क्यालोरी भएको चकलेट दिने।

पसलमा अखाद्य र मिसावटयुक्त तथा कम स्वस्थकर परिकार बनाइने हुँदा सकभर घरमै बनाएको खानेकुरा खाने।परिचित पसलबाट मात्र खानेकुरा किन्नुपर्छ।सकभर खाली पेट गुलियो परिकार खाने । किनकी खानेकुरा खाएको पेटमा गुलियो खाँदा कार्बोहाईडेडलाई फ्याटमा परिवर्तन गरिदिन्छ।स्वास्थ्य खबरबाट

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि खाँन ईलावेन भैरहवालाई, आयोजक ३ विकेटले पराजित

प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको उपाधि खाँन ईलावेन भैरहवाले जितेको छ । मंगलवार भएको अन्तिम खेलमा खाँन ईलावेनले आयोजकलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो । कात्तिक ८ गतेबाट वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ५ नम्बर प्रदेशका २८ वटा टिमहरु सहभागि भएका थिए । आज भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजकले खाँनलाई २० ओभरको समाप्तिमा १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको खाँन ईलावेन १७ दशमलव ३ ओभरमा नै लक्ष्य चुमि विजयी हात पारेको हो । विजेता खाँनले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै आयोजक उपविजेता बन्न सफल भएको छ । आयोजकले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा शान्ति युथ क्लव लुम्बिनी स्वतः तृतीय स्थान हाँसिल गर्न सफल भएको छ । उसले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने परिवर्तनशिल युवा क्लव मधुवन सान्तवना स्थान हाँिसल गर्न सफल भएको छ । उसले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपक्षिं चक्रपाणि खनाल वलदेवले केहि समयमै मायाँदेवि रंगशालालाई पुनः निर्माण गरि परिवर्तन गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले खेलमैदानको भौतिक निर्माणमा विशेष जोड दिई खेलमैदानलाई राष्ट्रिय स्तरको बनाउँन पहल गर्ने समेत उनले बताए । नेपाल भन्दा विकासका पुर्वाधारमा कमि रहेका विश्वका अन्य देशहरुमा पनि खेलकुदका माध्यमबाट धेरै विकास भएको तर नेपालमा पर्याप्त स्रोत साधन, खेलाडि हुँदा हुँदै पनि विभिन्न कारणले गर्दा उचित ब्यवस्थापन हुँन नसकेकाले आफुले पहल गर्ने बताए ।

त्यस्तै जिल्ला खेलकुद समितिका अध्यक्ष छवि रेश्मी मगरले जिल्लामा राष्ट्रिय स्टेडियम बनाउँन आवश्यक रहेको बताए । उनले राजनितिक दलको उथल पुथलका कारण भईरहेका विभिन्न खेलकुदका समस्याहरुलाई समाधान गर्नका लागि मन्त्रि समक्ष माग गरे । त्यस्तै खेल संयोजक माधव पौडेलले प्रतियोगिता अनुशासन, मार्यादित रुपले सम्पन्न भएको र विजेता टिमलाई बधाई ब्यक्त गरे । प्रतियोगिताका पुरस्कार प्रायोजन गर्ने विभिन्न संघ सस्थाहरुलाई सम्मान गरिएको थियो । प्रथम पुरस्कार प्रायोजक सिद्धार्थ ओभरसिजका सञ्चालक कृष्ण कुवर रहनुभएको थियो ।

सनराईज सामाजिक विकास मञ्चका अध्यक्ष टेकराज भण्डारिको अध्यक्षता रहेको कार्यक्रम पत्रकार अशोक पौडेलको सञ्चानमा सम्पन्न भएको थियो ।

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौँ, २० कात्तिक-नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो।

चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन्। साधारण शेयर बिक्रीको अनुमतिको प्रक्रियामा रहेकामध्ये १० सङ्गठित संस्थाको निवेदन प्रारम्भिक पुनरावलोकनको प्रक्रियामा रहेका छन्। दुई संस्थालाई थप कागजात पेश गर्न सूचित गरिएको छ।

यस्तै प्रक्रियाका चार लघुवित्त वित्तीय संस्थालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम हुने गरी साधारण शेयर निष्काशन गर्न सूचित गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए।

बोर्डका अनुसार एक संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधन गर्न लेखेर पठाइएको तथा यस अवधिमा सात सङ्गठित संस्थाले बोर्डको राय सुझावबमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेका छन्। त्यसरी प्राप्त जवाफको पुनरावलोकन गरी तीन संस्थालाई राय सुझावबमोजिम विवरणपत्रमा सुधार गरी पुनःपेश गर्न भनिएको बोर्डले जनाएको छ।

आवेदन दिएकामध्ये साधारण शेयर बिक्रीका लागि आवेदन दिएका गर्जाङ उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर र युनिक हाइडेल कम्पनीलाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न बोर्डले भने पनि लामो समयसम्म ती संस्थाले कुनै प्रतिक्रिया दिएका छैनन्। चालू आवको पहिलो त्रैमासमा ११ सङ्गठित संस्थाले साधारण शेयर बिक्री गर्न भन्दै निवेदन दिएका छन्।

गत आवको सोही अवधिमा १९ सङ्गठित संस्थाको निवेदन अनुमतिको प्रक्रियामा रहेका थिए। सोही अवधिमा दुई सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका छन्। गत आवको सोही अवधिसम्ममा जम्मा ३१ सङ्गठित संस्थाको हकप्रद शेयर निष्काशन अनुमतिसम्बन्धी निवेदन प्रक्रियामा रहेका थिए।

अधिकांश बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको देखिएकाले हकप्रद शेयर निष्काशनमा कमी आएको छ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा तीन लघुवित्त वित्तीय संस्थालाई १६ करोड ९० लाख रकम बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डको भनाइ छ। त्यस्तै हकप्रद शेयर बिक्री गर्न अनुमति माग गरेका छ संस्थाको हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था तथा विवरण अध्ययन गरी आवश्यक सुधार गर्न पत्राचार गरिएको छ।

हकप्रद निष्काशनको प्रक्रियामा रहेकामध्ये अपि पावर कम्पनीले हालसम्म अद्यावधिक विवरण पेश नगरेको बोर्डको भनाइ छ । गत आवमा सोही अवधिमा जम्मा १४ कम्पनीलाई पाँच अर्ब ९८ करोड बराबरको हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो। बोर्डले चालू आवको तीन महीनामा दुई सङ्गठित संस्थालाई तीन अर्ब ८३ करोड रकम बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ। गत आवको सोही अवधिमा ऋणपत्र निष्काशन गर्न कुनै पनि सङ्गठित संस्थाले निवेदन पेश गरेका थिएनन्।

त्यसैगरी बोर्डले १७ सङ्गठित संस्थालाई पाँच अर्ब ७६ करोड रकम बराबरको बोनस शेयर दर्ता गर्न स्वीकृति दिएको छ। सार्वजनिक निष्काशन प्रक्रियालाई अनुमति दिने प्रक्रियालाई छिटो छरितो सम्पन्न गर्न बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३’ तथा ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४’ ले तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र निवेदन दिन र सो निवेदन प्राप्त भएको पाँच दिनभित्र अनुमति दिने गरिएको प्रवक्ता गिरीले जानकारी दिए।

बट्कुही वाचन बन्जरिया साहित्यिक कार्यक्रम सम्पन्न ॥

राम अवतार चाैधरी
कञ्चनपुर

बट्कुही वाचन बिशेष बन्जरिया साहित्यिक कार्यक्रम-२०७५ सम्पन्न भएकाे छ । कृष्णपुर न.पा.६, बन्जरिया, कञ्चनपुर बन्जरिया कृषक बचत संस्थाकाे भवनमा कार्यक्रम सम्पन्न भएकाे हाे । हरचाली त्रैमासिक तथा सुमिरन पत्रिकाकाे र बन्जरिया गाउँ समाजकाे संयुक्त अायाेजना कार्यक्रम गरिएको बन्जरिया गाउँ समाजकाे अगुवा सन्तराम थारुले बताउँनु भयाे ।
बन्जरिया साहित्यिक कार्यक्रमका प्रमुख अतिथि रहनुभएका थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारुले कार्यक्रममा मैन बत्ती बालेर समुद्घाटन गर्नु हुँदै थारु कला, संस्कृति र साहित्यलाई संरक्षण तथा सम्बर्द्धन गर्दै साहित्य समाजकाे ऐना भएकाे हुनले शहरमा मात्रै नभएर भित्र-भित्र गाउँ घरमा पनि यस्तो साहित्यिक कार्यक्रम गरेर नव अाग्नतुक एवम् सिकारु सर्जकहरूलाई पनि नयाँ बाटोकाे गाेरेटाेमा अाएर समाजलाई परिवर्तनको मुहार तर्फ डाेर्याउनु अाजकाे युवाहरूकाे जिम्मेवारी रहेकाेले त्यसलाई बहन् गर्नुकाे विकल्प नरहेकाे जिकिर गर्नुभयो ।

यसैबीच वरिष्ठ साहित्यकार छविलाल काेपिलाले कार्यक्रममा बाेल्नु हुँदै देशैभरबाट उपस्थिति जनाएका साहित्यकारहरूकाे रचना वाचनकाे समिक्षा गर्नुभयाे । थारु समुदायको अस्तित्व लाेप हुँदै गएकाेमा चिन्ता व्यक्त गर्दै अबका पुस्ताले साहित्यलाई मध्यनजर गरेर समाजमा लुकेर रहेकाे प्रतिभाकाे सदुपयोग गरेर थारु समुदाय मात्र नभएर समग्र देशकाे विकासमा साहित्यले टेवा पुर्‍याउदैँ गाउँ-गाउँमा समेत थारु हाेमस्टे देखि लिएर संग्रहालय पनि निर्माण गर्नु पर्ने बताउँदै थारु कला, संस्कृति जार्गेना गर्नुमा समेत उहाँले जाेड् दिनुभयो ।

त्यसैगरी बन्जरिया गाउँ समाजका मुखिया (बरघर/भलमंसा) तथा कार्यक्रम संयाेजक रहेका सन्तराम थारुले अाफ्नाे गाउँको नाम बन्जरिया हुनुकाे इतिहास बताउँदै ऐतिहासिक भएकाले गर्व गर्दै महाकाली सामुदायिक वन उपभोक्त समुहले गर्दा गाउँको समग्र विकास हुनुमा टेवा पुगेकाे बताउँदै भविष्यमा अाफ्नाे गाउँ पर्यटकीय स्थल बनाउँने प्रतिबद्धता समेत जनाउँनु भयाे ।

उक्त साहित्यिक कार्यक्रममा थारु लेखक संघका केन्द्रीय सदस्य सुशील थारुकाे प्रमुख अातिथ्यिता, वरिष्ठ साहित्यकार छविलाल काेपिलाकाे विशिष्ट अातिथ्यिता, महाकाली सामुदायिक वन उपभोक्त समुहको अध्यक्ष वीर बहादुर थारु, रेडियो नेपालका संवाददाता बिन्तीराम महताे, समाजसेवी माेहन प्रसाद चाैधरी, बुद्धिजीवी ईश्वरी थारु लगायतकाे अातिथ्यिता, जीत बहादुर थारुकाे स्वागत मन्तव्य र सागर कुस्मीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे कुस्मीले जानकारी दिनुभयो ।

‘समसामयिक कथा’-नविन काफ्ले अभि

समसामयिक कथा- लेखक: नविन काफ्ले अभि
अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए । जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा १२ को नतिजा आए पछि एक खालको जाँगर आएको थिायो स्नातक पढ्नलाई । त्यही जाँगरलाई सम्हाल्दै म पनि तिहार सकाएर राजधानी तिर लागे । पहिलो पटक राजधानी जादै थिए घरमा नजा यतै पढे पनि हुन्छ भन्दै हुनुहुन्थ्यो मैले जिद्धी गरैरे राजधानी लागेको थिए ।
कस्तो होला त्यो सपनाको सहर कस्ता होला त्यहाँका मानीस र घरहरु अनि कती धेरै होलान् त्यहाँका गाडिहरु यस्तै यस्तै सोच्दै थिए खाना खाएर गाडिमा बसे पछि खै कतिखेर निदाए छु पत्तै एक्कासी खलासी दाईले ल है चिया खाउ माथि जाम लाग्न सक्छ, पछि कचकच नगर्नु होला भन्दै कराएपछि विउझिए । चिया खाने ठाउँ धादिङको गल्छी भन्ने ठाउँ रहिछ । मैले पहिलो पटक यति लामो यात्रा गरेको थिए। ज्यान सारै आलस्य भएको थियो तर पेट भने खाली नै भएकोले मात्रै आलु खाए । गाडि नौविसेको उकालो लाग्दै गर्दा मेरो पेटमा अखि मैले हालेको आलु उर्लेर मुख सम्म आयो अलिकती बाहिरीयो पनि । लगभग २ घण्टाको लगातार जाम पछि थानकोट पुगियो । थानकोटबाट लगभग आधा घण्टामा कलंकी पुर्यायो । कलंकीबाट मामालाई फोन गरे मामाले बसपार्क गएर बस म आउछु भने पछि ढुक्क भए । मान्छेलाई आफुले न थाहा पाउदा सम्म कुनै कुरामा विस्वास र ढुक्कता हुँदैन भन्थे हो रहेछ मलाई पनि काठमाडौँ अरुले बयान गरे जस्तै छ भनेर ढुक्क हुनलाई यही आए पछि थाहा भयो ।
बसपार्कबाट मामाको बाईकमा बसेर मामाको घर कौशलटार पुगीयो ।मामाघरमा माईजु अफिस गई सकेकोेले मामा आफैले खाना पस्कनु भयो र मामा भान्जा खाना खाई सकेर कौशीमा घाम ताप्नलाई उक्लीयौ ।
काठमाडौमा खासै रमाउन सकेको थिएन। ममाले खोजीदिएको जडिबुटी नरेफाटको कोठामा सरियो । जिवनमा पहिलो पटक खाना बनाएर खाए बल्ल थाहा भयो, एक्लै खाना बनाएर खानुको पिडा कति हुँदो रहेछ ,विरक्त लाग्दो रहेछ , कति अल्छी अनि कति धेरै घरको याद, सोच्थे घरमा मम्मीलाई मिठो भएन भनेर भन्दा भन्नु हुन्थ्यो एक्लै बनाएर खाए पछि थाहा हुन्छ, हो रहेछ । खाना त बनाउथे तर कहिले भात गिलो, कहिले तरकारीका नुन चर्को त कहिले दान नपाकेको । थाहा पाउदै थिए मम्मीले कति मेहेनत गर्नु हुदो रहेछ भनेर खाना बनाउनका लागि । सोच्थे संसारमा मम्मी जत्तिको मिठो खाना कसैले बनाउदैन होला ।
मंसिरको पहिलो साता कलेज सुरु भयो । बबरमहलको मेघा कलेजमा मेरो भर्ना मामाले गरिदिनु भएको थियो । कलेज जान थाले पछि अलि सजिलो भएको थियो । दाङको एक जना साथि बनाएको थिए बसन्त उसँगै आउने जाने गर्थे। अब भने अलिक मन खुसी हुँदै थियो ।
श्ुाक्रबारको दिन थियो कोठामा खाना बनाउन जाँगर चलिरहेको थिएन, बाहीरै खाने सोचमा बसन्त र म कलेजबाट आएका थियौ । खाना बाहिर खाएर फर्किदै गर्दा बसन्तलाई ख्रै के झ्वाक चलेछ चुरोट ल्याउछु भन्दै बाटै बाट फर्कियो म भने त्यहि गल्लीमै उसलाई कुररै बसेको थिए ।्
खै मेरो ध्यान कता गएको थियो थाहै पाईन इज ज्भििय काँ छ हँ ध्यान यत्रो हर्न बजाईसके नसुन्ने बाटो छोड्नुस् काम छैन । पछाडी फकैदै नफर्की बाटो छोडे स्कुटीमा थिई उ अलि पर गएर पछाडी फर्केर हेरी । आचै खाउला झै गरेर ।
जिवनमा पहिलो पटक यस्तो हेराई देखेको थिए । मन एका एका चिसो भएर आयो हातखट्टा लकलग कापे खै कस्तो डर लागेको थियो। म माथि लाजका वर्षाहरु झरिरहेका थिए । जिवनमा बिना कारणनै लजाएको थिए ।
भित्रबाट कालो रङ्कको टिर्समा बाहीर लङ निलो कलरको ज्याकेट, निलै रङको पाईन्टलाई खुट्टामा अलिक फोल्ड गरेकी, गोरो अनुहार , लिपीस्टीक मिलाएर लगाएका पातला ओठहरु, अनी, अलि अलि रातो र खैरो देखिने सिल्की कपाल, खुट्टमा आफ बुट लगाएकी थिई । उ कुनै सिनेमाको हिरोईन भन्दा कम लाग्दैन थिई ।
बसन्तलाई लिएर साझपख नरेफाटको मनोहरा छेउको तरकारी संकलन केन्द्रमा तरकारी किन्न निस्कीए । तरकारी हेर्दै जाँदा मेरा आँखा ताजा फुल काउलीमा परे। फुलकाउली २ के.जी. जोखेर पैसा दिदै गर्दा एउटा आवाज सुने जुुन मैले अस्ति इज ज्भििय मा सुनेको थिए । दिदी काउली कसरी हो ,। मन एका एक आत्तियो खै किन उ सँग यस्तो डर लागी रहेको थियो पैसा तिरेर उसलाई नदेझै गरेर जाने सोचमा थिए । म पैसा दिदै गर्दा बसन्त भने उसँग कुरा गरिरहेको देखेर मन भने अलि सान्त भयो । म अलि ओरै बसेको थिए बसन्तले टाढैबाट मलाई साथि भनेर चिनायो उसले नचिनेरै हाल हल्लाई । उसँग उसको काकी आउनु भएको रहेछ । काकीलाई भएको तरकारी पनि दिँदै एक छिनमा आउछु भन्दै पठाई ।
उसको कस्तो अचम्मको लत कफी हरेक साँझ खानै पर्ने । नरेफाटको ग्रिन कफि सपमा छिराई उसले । झ्यालतिरको क्याविनमा बस्यौ । बस्दै गर्दा उसले सम्झी छ क्यार भनीहाली तपाई अस्तीवाला त्यही बाटो नछोड्ने मान्छे हैन । मलाई झनै लाज लागेर आयो । उसँग सिधै नजर जुझाउन सकीन ,,मन पुरै बहकिएर आयो । आफैलाई एक पटक झपारे ,मेरो अनुहार रातो तातो भएको रहेछ । उसले चाल पाईछ क्यार माहोल अलि सहज बनाउदै भनी अप्ठेरो नमान्नुस् कहिले काँही हुन्छ त्यस्तेै छाडिदिनुस् यस्तो कुरा त्यो दिन म नि अलि हतारमै थिए । बलथधबथ बरु परिचय गरौँ न है यो बसन्तले त हाम्रो परिचय पनि गराएनन् । उसले म तिर हाल दिँदै भनी म पुर्विज्ञा चन्द ठकुरी पहिले घर तम्घास गुल्मी, हाल यही नरेफाँटमै छ । म पनि उसले अलि सहज माहोल मिलाए पछि यसले दिएको हातमा हात मिलाउदै भने म राघब शर्मा घर सुर्खेत अहिले यहाँ नरेफाटमै कोठा भाडमा बस्छु । परिचयसँगै उ अब हामी पनि साथि भन्दै कफीका चुस्कीहरु सँगै मुस्कुराई । उसले उसका बाबा अख्तियार दुरुपयोग अनुसन्धानका उपसचिब र मम्मी सेफ द चिल्ड्रेनको काठमाडौँ जिल्ला कोडिनेटर र एउटा भाई छ उ अहिले ८ कक्षा पढ्दै छ भन्ने कुरा बताई , मैले पनि मेरो सबै जानकारी दिएँ । केही समय पछि हामी त्यहाँबाट निस्कीयौँ ।
चिसो बिदा भयो हाम्रो पौष १५ मा । बसन्त घर गयो म भने बुवा काठमाडौँ आउने कुराले म घर नजाने भए । बसन्त नभए पछि कँही ननिस्की कोठामै बसी रहेको थिए । पुर्विले म्यासेज पठाई
“राघब कता तिमी ”
“म कोठामै छु ”
“के गरिरहेका छौ त ”
“यसै तिम्रा फोटा हेदै बसेका”े उसलाई यहाँनेर पुरै ढाटे
“त्यसो भए कफीसप जाउ न है ”
मैले पनि खालि भएकोले सहजै हुन्छ भनी दिए ।
अस्ती हामी बसेको कफि सपमा आउन है भन्दै उ अफ भई ।
बाथरुम गए फ्रेस भए कालो रङको पाईन्ट लगाए, माथि रेतो निलो मिक्स टिर्सट र बाहीर ज्याकेट लगाए र लागे कफी सप तिर ।
म जानु भन्दा अघि नै उ त्यहाँ पुगिसकेकी थिई। हरीयो ज्याकेट, बाक्लो भुवावाला सुरुवाल, कपाल छोडेकी थिई हातमा मोबाईल समाएकी मलाई देखेर मुसुक्क मुस्कुउदै हात । मलाई उ ज्यादै राम्री लाग्दै थिई आज उसलाई देखेर मनका अन्तरङमा प्रेमका सान्त छालहरु आईरहेका थिए ।
छेउको क्याविनमा बस्यौ उसले सुरुमै कफी अर्डर गरी । उसले बसन्त र आफु कक्षा ११ र १२ सँगै पढेको जानकारी दिई जुन कुरा बसन्तले मलाई भनेको थिएन । कफी आयो । कफीका चुस्कीहरुमा रमायौ केही समय । उसलाई कस्तो मज्जाको लत बसेको मलाई नैै डाहा लागेर आउथ्यो कफीका चुस्कीहरुमा मुस्कान सँग रमाउने बानी उसको । मृग नयनी उसका आँखाहरुले मलाई राम्रैसँग नियालिरहेका थिए मानौ उ मलाई पुरै माया गर्छे र मायामा बहकिएर मलाई हेरेरै अगाउदिन । कफीलाई अन्तिम पटक चुस्की लगाएर सोधी राघब तिमीले आज सम्म कसैको इााभच मा बसेका छौ । उसको यो जवाफले मलाई पुरै तर्सायो । छैन भनौ यो ःयचमभल युगमा कसैले पत्ताउदैन छ भनौ उ मलाई अलि अलि गर्दै किस्ता किस्तामा मन पर्दै थिई।
उसलाई के थाहा म कक्षा ११ सम्म केटीको नजरमा राम्रो सँग नजर जुुझाउन सक्दैन थे भनेर । भनी दिए छैन भनेर । मेरो कुराले उ खित्का छोडेरै हासि दिई , दाँया बाँया बसेका सबैले उसलाई एक पटक चिहाए । थाहा पाईछ केर अलि सम्माली र भनी हुँदा हुँदा तिमीले पनि गफ दिन थालेउ है राघब । मेरा कुरामा कुनै पनि वास्तविकता देखिन उसले हुँदा पनि हो आज भोली यस्तो कुरामा कसरी विस्वास गर्नु जहाँ हरेक बच्चा बच्चीले द्ययथाचष्भलम र न्ष्चािचष्भलम भन्ने कुरालाई मजैले बुझेका छन् र बनाएका छन् । पुर्विलाई मेरा बारेमा धेरै सोधि खोजी गर्न मन लागेछ क्यार । मेरा सबै कुरामा उसले केर कार गर्न थाली । मैले पनि भए जति भन्दै गए । मेरा सबै कुराहरु थाहा पाए पछि उसले भनि “सबै कुरा कस्तो मिलेको है तिम्रो त । हाम्रोमा त भाई र म मात्रै हो भाई सानै छ खासै रमाईलो लाग्दैन मलाई त घरमा जे गरे नि आफै गर बाबा मम्मी अफिस गईसिन्छ भरे ढिला गरि मात्र फर्किसिन्छ , मलाई त झ्याउ लाग्छ । ”

जिवनमा कोही आफ्नो हुँदै छ भने कसैले केही गरि छेकबार लगाउन सक्दैन ।
मनै त हो हामी त्यहाँ कुरा गर्दै गर्दा एक अर्कामा साखै जस्तो भई सकेका थिएउ । पुर्विले पुनः एक पटक कफि खानलार्इृ आग्रह गरि । कफि खादै गर्दा हामी एक छिन लगभग सान्त भयौ । धेरै बेर देखि पुर्विले मेरा हालहरुलाई खुबै नियाली रहेकी थिई । सोची सोची उसले भनि “राघब आज देखि म तिम्रा हालको विग फ्यान भए नी मलाई तिम्रा हालहरु कति धेरै मन परेर आयो ।” म अचम्मीत भए मान्छेलाई आँखा, ओठ, मुस्कान मन परेको सुनेको थिए तर यो हात मन परेको चाही सुनेकै थिएन । एक पटक आफ्नै हालहरु हेरे उहँु कुनै कोणबाट मन परेन र पुर्वि तिर हेदै भने मलाई त मन पर्दैन त । पुर्विले बिना सङ्कोच मेरा हातहरु च्याप्प समाती र भनी “पागल तिमीलाई तिम्रै हात मन नपरे के भो त मलाई एक दमै मन पर्यो तिम्रा हातहरु , मलाई दिन्छौ नि ”
मेरा मनमा खोई कस्ता के का अनुरागहरु आउदै थिए चाल पाईन तर उ प्रति पुरै लगाब बढेर आई सकेको थियो । मन एक प्रकारले हर्षीत भएको थियो । भनि दिए “ तिमी सँधै यि हातहरु समाउन चाहन्छौ र मागेको, ल मानौ मैले दिए तिमी लिन तयार छौ ”।
अब भने पुर्वि अलिक लजाई म तिर सहजै हेर्न नसकेर झ्याल बाट बाहिर हेदै भनि “तिमीलाई के लाग्छ राघब मैले तिम्राहातहरु मन पराए भन्दैमा तिमीलाइृ मन पराए भन्ने सोचेको , म बाट आशा नगर यस्तो कुरामा अनि नि तिमी यति छिट्टै यस्तो महा साहित्यकार भई सकेउ । राघब हामी भैगो यस्तो कुरा छाडिदेयौ ।”
कुरा अलि सिरियर भए जस्तै लागेर मैले घरबाट फोन आएको बहाना बनाएर बाहिर निस्कीन खोजे उसले पनि कफिको पैसा भुक्तानी गरी ।हामी त्यहाँबाट बाहिरीयौ । छुट्टीने बेलामा मैले सकस मान्दै भने तिम्रो कन्ट्राक नम्बर देउ न है । केही बोलीन
मुसुक्क मुस्कुराई घर तिर लागि म भने लाटाले पापा हेरे झै हेरेको हेरै भए ।
यो केटीहरुको बानी नि कस्तो अचम्मको हुने आफुले सोध्दा सबै कुराहरु किलियर्ली चाहीने तर आफ्नो भन्दा चाँही अलिक बढि नै भाउ खोज्ने हत्त पत्त नभन्ने ।
मनहरु एक हुनलाई धेरै समय नचाहीने रहिछ । हामी विचमा पनि त्यस्तै भएको थियो । मलाई उ प्रतिको खै कस्तो लगाब हो राती उसका बारेमा मात्र सोचे । उ केही बोलीन ःबककबलनभच मा पनि । रात भरी उसका बारेमा ना ना थरि कुरा सोचे, उ कति राम्री लागि, उसका अखि कफी खाने बेलाका प्रत्येक क्रियाकलाप नियाले झन् राम्री लागि ,,फोन गरेरै उसको तारिफ गरु भई रहेको थियो । तर उसले मलाई नम्बरको साटो मुस्कान दिएर गएकी थिई विकल्पमा । उसका मुस्कान सँग कुरा गरे, हाउ भाउ सँग कुरा गरे अनि उसका मुस्कानलाई मानस पटलमा सँधैका लागि सुरक्षित राखे, मनका प्रत्येक कुनामा उसको हँसिलो अनुहार सजाय ।आफै दङ्ग परे, मुस्कुराए अनि उसले अखि पागल भनेको सम्झे फेरी पागल भए । सपनाका महलहरु बोकेर आएकी स्वप्न रानीले मलाई हमाला गरि सकेको महशुस भएको थियो ।आँखा चिम्लीए आँखा भरि नै उसको मुस्कुराएको चेहेरा मात्र थियो, उसलाई आँखामा नै सजाय र दुई परेलीको बार लगाएर ।
एका बिहानै फोन बज्यो फोनमा चार्ज नभएकोले हिजो साँझ चार्जमा राखेर सुतेको थिए । फोन लिन जान अल्छि लाग्यो उठाईन ,पुनः बज्यो आँखा चिम्मै गरेर गएर फोन हेरे कहिल्यै कसैले मलाई एका बिहानै फोन गर्दैन थे ,विल्कुलै नयाँ नम्बर अल्छि लागि लागि उठाए।
हजुर
उताबाट न्ययम mयचललष्न राघब सुतेकै छौ अहिले सम्म ”
उसको आवाज सुनेरै निन्द्रा विउझियो उठेर झ्यालको पर्दा मिलाउदै भने न्ययम mयचलष्लन पुर्वि उम् तिम्रो फोनले उठायो
उसले भनि राघब तिमीले मेरो म्यासेजको रिप्लाई नै गरे नौ किन
मैले उसको फोन नकाटेरै म्यासेज बक्समा हेरे होरै छ भने म सुतिसकेको रहेछु पुर्वि थाहै पाईन अब पढेर गर्छु नि है
उसले सहमति जनाई राघब छिटो गर न है मेरो मन कस्तो कस्तो भएको छ ।
मैले हु्न्छ भन्देै फोन राखे र म्यासेज हेरे लेखिएको थियो
राघब तिमीले दिनमा जुन कुरा मलाई सोधेका थियौ नि त्यहि कुराले मेरो मनमा राज गरीरहेको छ । तिमी मलाई खै किन राम्रो लाग्दै छौ , यो माया शब्द नै मलाई कस्तो अजिबको लाग्छ राघब, हिजो सम्म म यसैलाई बेवास्ता गदै थिए तर जब तिमीसँग बार बार भेट भई रह्यो तब तब खै कस्तो अनौठो लाग्दै छ , मन पुरै फुरुङ हुदै घरी सपना घरी विपना गरिरन्छ , निश्फीकृ र विना गन्तव्य आफ्नो ताँती बाधेर उडान भरी रहेका मलेवाका जोडी जस्तै भएको छ मेरो मन, तिमीलाई लिएर रातको यो २ बजे सम्म पनि सपनाका रङ्गीन महल बुनीरहेको छु । पहिला साथिहरुले कहिले काँही मैले सोचे जस्तै सोचेको देख्दा लाग्ने गर्थो मायामा परेका साच्चीकै पागल नै हुने रहेछन् भन्ने आज आफैलाई पर्दा थाहा पाई रहेको छु राघब । तिमीले के सोचेर हिजो भन्यौ थाहा छैन तर मलाई तिमी आफ्नै लाग्न लागिसकेयौ राघब ,के तिमी मलाई साच्चै माया गर्छौ त । जोडि खोजर निश्पट आकाशमा भौतारिएकी यो एक मलेवालाई सँगै सँधै साथमा रहेर उडान भर्न साथ दिन्छौ त राघब । म तिम्रो जवाफको लागि प्रतिक्षा गरिरहन्छु ।

प्ुार्विको यो म्यासेजले मेरो मनमा मायाका छालहरु एक्कासी उर्लिएर आए । एक पटक पुरै उफ्रीए । नाँचे मुस्कुराए र तत्कालै म्यासेज लेखे
“प्ुाविज्ञा तिमीलाई मैले जुन अवस्थामा देखे लागिरहेको थियो तीम्रो मनमा माया भन्ने कुनै शब्द छैन तर हैन रैछ तिमी त मायाको मनोविश्लेषक रैछौ मैले नभनीकनै मेरो मनका सबै कुरा बुझीसके छौ , तिमीले जे सोच्छौ म पनि तिमीलाई त्यही सोच्छु , तिमी जुन आफैमा एक कलात्मक छौ तिम्रा ति नयनहरुले ईसारा गरि रहन्छन् मायाको । तिमी जुनसुकै भेष्मा आउ मेरो छेउ मलाइृ आनन्द लागि रहन्छ, जब म तिम्रा नयनको हेराई भित्र डुब्छु तब डुबी रहन मन लाग्छ। प्र्वि तिमी धेरै नै खुबी युक्त छौ अझ बढि त त्यो तिम्रो मुस्कान अब खुल्ला आकाशमा तिमी र म मिली जिन्दगीको उडान भरौला हाम्रो उडान जहाँ सम्म पुग्छ त्यही सम्म एक अर्काको हात समाएर पुगौला, मन भरी आजसम्म संगालेर राखेका तिम्रा र मेरा भावनाहरुलाई पालै पालो साटौला, भएका खुसीका साना साना ईटाहरुले सके सम्मको खुसीका महलहरु खडा गरौला । पुर्वि तिमी मैले माया गरेको बाबा मम्मी पछिको पैलो मान्छे हौ त्यसैले मनका यि खाली कुनाहरुमा तिमी बसिसकेकी छौ जिवन भरीलाई पुग्ने गरि ,सातौ जुनी भनेर बाचा गदैन , यो जिवन जहाँसम्म चल्छ त्यही सम्म तिमीलाई माया गर्छु ।”

म्यासेजको रिप्लाई गरेपछि टोईलेट छिरे फ्रेस भएर आई वरी चिया उमाले हिजो नै किनेको एक खिल्ली चुरोट थियो बढो मायाले सल्काए पुर्विको मुस्कान सम्झदै चिया पिएर र कपडा धुन वाथरुम छिरे ।

हम्रो १५ दिने चिसो विदा पनि सकीसकेको थियो , बाबा पनि काठमाडौ आएर फर्किसक्नु भएको थियो । बसन्त नि घर गएर आएको ३ दिन भएको थियो । हाम्रो कलेज सुरु भयो ।
विहान ५ बजे तिर पुर्विले फोन गरेर बीउझाई ,उठेर फ्रेस भए ड्रेस लगाए र कोठाबाट निस्कीदै बसन्तलाई फोन गरे उसले आए भन्र्दै फोन काट्यो । म चोकमा पुग्दा पुर्वि र बसन्त कुरा गरिरहेका थिए । म पुगे पछि सबै भन्दा पहिले पुुर्विले मेरो हात समाएर चुमी ,,बसन्त अक्क न बक्क अनि भनी “बसन्त आज देखि राघब म सँगै जान्छ है तिमी गाडिमा आउ ल ” बसन्तले केही बुझ्नेै नपाई टाउको हल्लायो । पुर्विले स्कुटी स्टाट गरेर मलाई बसाई र कुदाई । सुरुमा यति धेरै डर लाग्यो उसको स्कुटीको स्पीड देखेर लाग्दै थियो म कुनै स्टन गर्नेमान्छेको पछाडी बसिरहेको छु । उसको स्पीड दर ७० थियो मैले आज सम्म ४० भन्दा माथि चलाएको थिएन ।
कलेज नजिकै लगेर सोेधि राघब चिया पिउन है कति चियो भयो मलाई। मलाई उसको भन्दा धेरै चिसो भएको थियो सहजै हुन्छ भनि दिए ।
क्यानटिन भित्र छिर्यौ गएर एउटा बेन्चमा बस्यौ । उसले मेरो देब्रेहात लाई अङ्गालो हाली र मेरो काधमा आफ्नो टाउको विसाई । मलाई लाजको तलतल ले सताईरहेको थियो । चियावाली दिदी हेर्दै थिईन् झन् लाज लागिरहेको थियो । उ भने आनन्दको अनुभुती गरीरहेकी थिई ।
यहि फरक हुने रहेछ खुल्ला संस्कारमा हुर्केका र बन्द संस्कारमा हुर्केका बिचमा । खुल्ला संस्कारमा हुर्केकाहरु ढुक्कसँग हरेक कुराको आनन्द लिन्छन् हामी बन्द संस्कारमा हुर्केकाहरु ीतनै कुरामा लजाउछौ ।
मलाई चिया सँगै चुरोटको तलतल लागेर आयो चिया सँगै चुरोट मगाए । पुर्वि मलाई हेर्दै थिई तै पनि सल्काए एक सर्को तानेर आकाशमा उडाए र एक चुस्की चिया पिए । चुरोटको धुँवा उसको मुखै वरिपरी घुमीरहँदा सोधी “तिमी अब धेरै चुरोट खाने नगर है, चुरोटले राम्रो गर्दैन नी तिमी आफै जान्ने छौ म के भनौ । ”
पुर्विको अनुहार नियादै मैले भने “थाहा छ पुर्वि यि चुरोटका सर्काहरुमा रमाउनुको मज्जा बेग्लै छ नि ,अब त यि ओठहरुलाई चुरोटका सर्का सँग रमाउने लत लागि सकेको छ , मैले खान छाडे यि ओठको लत कसले बुझिदिन्छ त ”
उसले मेरो हातको चुरोट तान्दै भनी “तिमी यो चुरोटलाई औधि माया गर्छौ है ”
“खै के माया भन्ने ओठमा राखेर चाहीने जति स्वार्थ लुट्छु अनि मन मर्यो भने पैतला मुनी राखेर कुल्चिन्छु अब तिमी नै भन यसलाई म कस्तो माया गर्छु । ”
गफाडी भन्दै जुरुक्क उठी र पैसा तिरेर आफु गएको संकेत गरि ।उसको कलेज बानेश्वर मेरो बबरमहल मलाई छोडेर उ आफ्नो कलेज तर्फ लागि ।
एक दिन पुर्विले आकाशे पुल नजिकै जाममा स्कुटी रोकेर भनी “राघब हामी कती धेरै नजिक भई सक्यौ है हामी एक अर्का विना अब रहन सक्छौ होला त” उसको यो कुरा सुनेर म पनि अलि सिरीएसै भएछु भने “म त सक्दैन पुर्वि तिमी के गछा्रै थाहा छैन ।” उसले योे सुनेर पागल केटा म सक्छु जस्तो लाग्छ त
हाम्रा दिनहरु इसै गरि वितिरहेका थिए । कहिले कतै घुमेर त कहिले फील्म हेरेर त कहिले कफी सममा गफ्फीदेै ।।

बसन्त ऋतु चैतको अन्तिम साता, बुढा भएका रुखहरुले पनि आफ्नो जवानी सकी नसकी देखाई रहेका थिए, साना साना प्रोथाहरु चिल्ला भएका थिए। जमिनमा पलाएको दुबोले हरियालीको आभास गराईरहेको थियो। मनहरु यसै रमेका थिए । बाबाले मलाई फागुनमा पल्सरको .एन. एस. २०० मोडेल निकाली दिनु भएको थियो । पुर्वीलाई मेरो बाईक चलाउने साह्रै रहर जागेको धेरै भएको थियो । हुन त यो उकै रोजाई हो । हाम्राबारेमा हामी दुवैका परिवारले थाहा पाएका थिए पुर्विका बाबा बाहेक ।
गर्मि बढिसकेको थियो बाहीर ।दिनको त्यस्तै ३ बजे तिर पुर्विले फोन गरि भक्तपुर दरबार धुम्न जाने भनेर, उसको कुरालाई मैले नकारीन ।
उसैले अस्ति किनीदिएको निलो रङको टिर्सट लगाए, बाहीर जिनको आउटर लगाए थोरै फरफ्युमले शरिर बास्नेदार बनाएर तल गएर बाईक स्टाट गरेर उसकै घर छेउमा रोके । आज पुर्विले स्कुटी नलिने भनेर अखि नै भनि सकेकी थिई ।
कालो रङको पाईन्छमा टप्स लगाएकी, कानमा सुनका साना पिपलका पात आकारमा टप, अनि हातमा मोबाईल समाएर म तर्फ आउदै थिई मेरी पुर्वि । आज पुर्वि आफैले बाईक चलाउछु भनी मलाई पछाडी बस्न आदेश दिई मैले उसले बाईक चलाएको कहिल्यै देखेको थिएन । बाईक स्टाट गर्दा उसलाई हेरेर अचम्म मान्दै थिए जब बसे डरको घेरा भित्र छिरे । जडिबुटी चोकबाट मेन रोडमा निस्कदा त ठिकै थियो तर जब मेन रोडमा निस्कीए तब मनको डरले बेग मार्दै थियो । कस्तो केटी गाडिहरु आएर ठक्कर देला जस्तै गरे पछि मात्रै साईट दिन्थी उसको स्पपिड ८०,९० थियो । स्कुटीमा त त्यस्तो स्पिड हाक्ने मेरी मेरी पुर्वि झन बाईकमा त के कम । उसका काधमा दुईहातले समाएको थिए मैले । भक्तपुर दरबार परिसरमा भने उसले विस्तारै चलाई सबैले उसैलाई नै हेरेका थिए बाटो भरि । मेरा मनमा पनि लागेको थियो कस्ती अचम्मकी छोरी जन्माएका रहेछन् बुडाले । पार्कीङमा बाईक पार्क गर्दै गर्दा उसलाई मैले सोधे पुर्वि तिमी स्टन गर्न किन नगएको मेरो कुरा सुनेर उसले मुसुक्क मुस्कुराई मात्रै ।
ग्रिनवे क्याफेको टप फ्लोरमा झ्याल तिरको क्याविनमा हामी बस्यौ । उसले सुरुमा कफी नै मगाई मैले भने चिया मगाए उसले अनौठो मान्दै भनी के होे राजाको आज अकै च्वईस । म मुसुक्क हाँदै भने आज राजा र रानी चिया र कफी पालै पालो खाने भनेर नि ।
उसले चिया तान्दा म कफी खान्थे उ कफि खादा म चिया खान्थे साह्रै रमाईलो भईरहेको थियो । चिया सकीए पछि उसले मेरो हाल समाई अनि झोलाबाट एउटा रवर र सुन मिक्स बाला लान्दै मलाई हेर्दै पहिराई, उसलाई मन पर्ने मेरा हातहरुमा २,३ पटक चुम्बन गरी र हात आफ्नो हात माथि राखेर मेरै लाग्दै भनी“ राघब मान्छेहरु किन प्रेमलाई मुना मदन , लैला मैजु रोमीयो जुलीयाको प्रेम सँग मात्रै तुलना गर्छन् , तुलना ति जोडिको पनि गरे हुन्थ्यो होला नि जो जिवनको रथलाई सकि नसकी सँगै तानीरहेका छन् , एकले अर्कालाई सच्चा प्रेम गर्छन्”।
मैले उसको प्रश्नको खास ठेट जवाफ केही पाईन र जिस्कीदै भने “तिनीहरुलाई साहित्यकारहरुले पुस्तकमा उतारे अनि सबैले चिने त्यही भएर होला नी” उ पनि मुस्कुराई
झ्यालबाट तल त्यो खुल्ला मैदानमा हिडिरहेका मानीसहरु हेर्दै थिई पुर्वी । मैले उसका निधार भरी छरपस्ट छरिएका रौहरु मिलाउदै भने “थाहा छ पुर्वि तिम्रा हरेक शब्दले मेरो मनलाई पुकारी रहन्छन् अनि मेरोे यो बेचैनी मन तिम्रो प्रखाइमा पर्खि रहन्छ । तिम्रो त्यो कोमल हृदयले जब मलाई सम्झीन्छ मेरो मन सगरमाथा झै माथि पुग्छ अनि उमङ्गको लामो सास फेर्छ । अनि मेरो धड्की रहेको मुटुमा हात राखी तिमीलाई महशुस गर्दछु , तिम्रो मायालाई सँधै आफ्नो हृदयमा सदाको लागि राखेको छुु । ”
मैले यसो भन्दै गर्दा पुर्विका आँखामा आशु टपटप भएका थिए मेरो छातीमा टाउको राखेर हालले मेराहातहरु बेसगरी कस्दै रुन्चे स्वरमा भनी राघब तिमी मलाई यति धेरै माया गर्छौ । उसका कानले मेरो घड्कन सुनीरहेका थिए । मैले टाउकोलाई मुसार्दै अँ भन्ने संकेत गरे ।
मलाई यी आँखाहरु खुबै नौटङ्की लाग्छ खुुसी हुँदा पनि रसाउने दुःखमा पनि रसाउने केही गरि सन्तुष्ट राख्न नसकीने ।
साँझ झमक्क भईसकेको थियो क्याफेबाट निस्कीदा यस पटक बाईक म आफैले चलाईले उसले मलाई हातहरुले छात्तीमा बेसगरी च्यापेकी थिई मानौ मेरो मुटु बाहिर आउदै छ उसले आउन रोकेकी छ । उसलाई घरम «छोडे एक पटक उसले मेरा हातहरु च्ुामी र एकदमै टाईट हक गरी ।

बैशाखको अन्तिम साताको बुधबारको दिन थियो फोनमै रातै भरी कुरा भईरहन्थ्यो । मंगलबार राती पुर्वि फोनमा एक्कासी राघब म तिमीलाई छोडेर जान सक्दीन राघब हुुँ हँ स्वा हुुँ हँ स्वा हुुँ हँ स्वा फोनमा यस्तै आवाज मात्रै आईरहयो । मेरो मन पनि एका एक भक्कानी न थालीसकेको थियो । सम्झाए पुर्वि भन न के हो के भयो म छु त किन रोएको त भन त के भयो
उ रुदै भन्दै थिई राघब बाबाले मेरो बिहे गरिदिने रे आज केटा मलाई हेर्नं आएको छ बिहृे गरेर अष्ट्रेलिया लैजान्छ रे हुुँ हँ स्वा
पुर्वि झनै रुन थाली उसको रुवाईले मलाई पनि बाँकी राखेन म पनि रोईदिए दुबै जना फोनमा केही नबोली ५ मिनेट जति रोएरै काट्यौ ।
बल्ल थाहा भयो मान्छे मायामा परे पछि किन रुन्छ, किन कम्जोर हुन्छ
उ भन्दै थिई राघब मलाई तिमी चाहीन्छ, मलाई तिम्रो आदत भई सक्यो तिमीलाई छोडेर म जादैन बरु म मरीदिन्छु ।
मलाई केही भन्न आएन भन्नु पर्ने थियो मलाई पनि त तिमी चाहिन्छ, म कसरी काटुला तिमी नहुँदाको कहाली लाग्दो जिवन
भने पुर्वि भोली हामी भृकुटी मण्डप जाँउ त्यही बसेर निर्णय गरौला ।
पुर्विलाई अलि सान्त्वना मिलेछ क्यार रुन चुप भई । रातको १२ बजिसकेको थियो । आज पुर्विले फोनमै गहिरो चुम्बन गरी मैले पनि स्वीकारे ।
भोली पल्टहामी भृकुटी मण्डप गयौ । भृकुटी मण्डपको भृकुटी क्याफेमा बसेर धेरै बेर मौन भयौ दुवैले एक अर्कालाई मायालु नजरमा बारबार हेरी रहेउ । पुुर्विले मेरा हातहरु सुमसुमादै थिई । मैले मौनतालाई चिर्दैैैै सोधे के गर्ने त अब पुर्वि
केही बेरको मौनतालाई उसले भङ्ग गर्दै भनी गालामा हातराखेर भनी राघब हामी भागौ अब है
उसले यसो भनी रहँदा म भने उसका फोटाहरु तल माथि सार्दै थिए झसङ्ग भए । मोबाईल टेबलमा राख्दै भने पुर्वि तिमी होसमा त छौ कस्तो बच्चा बच्चि जस्तो कुरा गरेको तिमीले
उ आँखा भरी आँशु टिलबिल पार्दै मेरा हात समाएर भन्र्दै थिई राघब म सँग यो भन्दा अर्को कुनै बिकल्प छैन
हुँदा पनि हो हामी एक अर्काको हने यो भन्दा अर्को विकल्प थिएन ।
केही भन्नै आएन मलाई आँटै आएन भाग्नलार्इृ चुपचाप बसे केही बोलेन
लगभग २ घण्टा बसे पछि हामी चुपचापै भएर घर फकीयौ । पुर्विलाई घरमा छोड्दा भने म फोन गर्छु सोचेर चिन्ता न गर
कोठामा गएर सोचे धेरै सोचे छोरालाई राम्रो बनाउन भनी पठाएका मेरा बुवा मम्मीलाइृ सोचे काठमाडौ पढ्न पठाएका कि बुहारी ल्याउन , सोचे बिहे पछिको त्यो जिवन , अझ बढि सोचे यदि विहे भएन भने हामी भागेनौ भने उसको बिहे भयो भने त्यस पछिको त्यो कहाली लाग्दो जिवन । सबै कुरा देखि डर लाग्यो । बसन्तलाई फोन गरे र सबै कुरा भने बसन्तले पनि भाग्नुको विकल्प छैन भन्ने नै बिचार पोख्यो।
घरमा फोन गरे मम्मीले फोन उठाउनु भयो । सिधै भने मम्मी म बुहारी लिएर आउर्दै छु बा बा लाई भनिदिनु होला । मम्मी हतारमा सोध्दै हुनुहुन्थ्यो बावु त्यसो नगर बरु घरमा कुरा गरौला नानीको
मम्मीलाई भने मम्मी घरमा भनेर अब हुनेबाला केही छैन हामी भोली यहाँबाट हिड्दै छौ । मम्मीलाई यति भनेर फोन राखेर पुर्विलाई फोन गरेँ ।
भोली हामी सुर्खेत जान्छौ तिम्रो घरमा थाहा नपाउने गरि तयारी गर है
बस पुर्विलाई यति चाहिएको थियो एक पटक जोडले हुर्रे भनेर चिच्चाई
हुन्छ र हुन्छ भन्दै फोन राखी दि
भोलीपल्ट रारामेट्रोको टिकेट काटेर हामी सुर्खेत लाग्यौ । काठमाडौँ छाड्दै गर्दा पुर्विले एक पटक बाबा मम्मी र भाईलाई सम्झी र आँखा भरी आशु ल्याउदै भनी राघब म आजसम्म बाबा मम्मीको हातमा थिए मैले जे गर्दा पनि हुन्थ्यो, जाँ जादा पनि हुन्थ्यो, म विरामी पर्दा उहाँहरुको सहारा र मायाले निको हुन्थ्यो, भाई सानै छ बिचरा के गर्ला म नै नभए पछि अब त्यसलाई डेरी मिल्क कसले ल्याईदिन्छ । बाबा मम्मीले मलाई साँझ कति खोज्नुहोला कति रुनुहोला मलाई सम्झेर । उहाँहरुले बनाएको मेरो सपनाको महल आज म मेरै हातबाट ढाल्दै छु ,जसले मलाई यो घर्तिमा ल्यायो उसकै मायालाई लत्याउर्र्दै छु । राघब अबको मेरो बाँकी जिन्दगी आजबाट तिम्रो हातमा छ म जेगर्छु तिम्रो सहारामा मात्रै गर्नेछु । जसले जे सुकै भने पनि खुल्
ला आकाशमा उडिरहेकी म आजबाट तिम्रो पिजडाँ भित्र जादैछु । पुर्वि गाडिमा मुख छोपेर आँशु झारी रही मलाई पनि उसले भनेका कुराहरु यर्थाथ र वास्तविक लागेका थिए । म पनि आजबाटै दुईटा जिवनको मालिक भएको थिए ।
भोलीपल्ट बिहान दिदी बसपार्क लिन आएकी थिई । पुर्विलाई देखेर दिदी मुसुक्क हाँसी र मेरो कानमा खुुसुक्क भन्दै थिई कति राम्री हो तेरो बुढी त
दिदीले यसो भन्दै गर्दा मलाई साह्रै लाज लागेको थियो । हामीले घर पुगेर बाबालाई सबै कुरा भन्यौ त्यस पछि बाबाले पुर्विको घरमा फोन गरेर र सबै भनीदिनु भयो ।
बैशाख महिनाको अन्तिम शुक्रबार हाम्रो बिवाह भयो मन्दिरमा सबै आफन्तहरु भेला भएर । पुर्विका घरमा पनि हामीलाई स्वीकारी सकेका थिए आखिर छोरीको खुसी न हो ।
आज हाम्रो विवाह भएको ८ वर्ष भयो छोरी तिमी हाम्रो विवाहको १७ महिना पछि जन्मेकी थियौ । स्वितिका मुसुक्क हाँसी र बाबाको काखबाट मम्मी मम्मी भन्दै भान्छा तिर दौडि म भने काकाको यो लभ स्टोरी सुनेर आनन्द लिदै गौरीकालाई फोेन गदै आफ्नो कोठातिर लागे ।

एउटा बाँझो निधार

एउटा बाँझो निधार
केही आना बाँझो निधार खहरेले ओधार्दै थियो,
र त पोखिदै थिए निधारै मुन्तिर का एक जोडी पंधेरीहरु,
अनि केही मुट्ठी मनहरु हिउँदले निचोर्दै थियो ,र त चिसिदै थिए भक्कानो भित्रका एक जोडी अट्टहास हरु !!

-ए ! आमा तिमी सङ्ग कहिल्यै केही गुनासा छैनन् अह छदै छैनन् ! हुने छैनन् !
तिम्रो पोल्टोमा एक निमेष मात्र निधाउन पाए सन्सार जिते झै लाग्छ ! आमा ,
अनि लाग्छ म संसारकै भाग्यमानी सन्तान र तिमी संसार कै प्यारी आमा !,

तर आमा मलाइ स्वार्थी सन्तान नभने है ?
आमा आज तिमी फिटिक्कै प्यारी लागेकै छैनौं
एकाएक कहिल्लै गुनासो नै नभएकी तिमिसंग आज एउटा ठुलै गुनासो खट्कियो आमा !!

– आंगन ढकमक्क मखमली र थुङ्गे ले सजिदा आँगन – आँगन जस्तै लागेन,
खहरेले उजाडेको बगरमा पुलेको काँश जस्तैः लाग्यो आमा !
गाउँ भरी मधुर गुन्जिएको मालाश्री- मालाश्री झै लागेन!
सारेगम नपुगेको नमिठो फिक्का संगीत जस्तैः लाग्यो आमा !
र तिमी आज कुन्नी किन अप्रिय लाग्यौ आमा,

मलाइ बैनी खै आमा ??
संघारमा ओखर फोरेर मेरो लामो आयु माग्ने मेरि बैनी मलाइ खै आमा !!
म सङ्ग लुट्पुटिदै , चकचक गर्दै, मेरो सिर र गला सजाइदिने मेरि बैनी खै आमा !?
मलाइ मेरि मखमली अनि मेरी सयपत्री खै आमा !!?
अनि सत्रु परास्त को लागि तेलको धर्को कोरिदिने र ओखर फोरिदिने मेरि बैनी खै आमा !?

कमेरो र गेरुले पोतिएका सुन्दर घरका भित्ता – भित्ता नै लागेनन,
मुखियाको ऋणले उम्किन नसकेर अलपत्रै छोडेको बिरेको बुकुरो झै लाग्यो आमा !
बजारै भरी सजिएका सप्तरङ्गी र भाइ मसला – केही लागेनन
लाग्यो त बस् केही काँचा घाउहरु उक्याउदा पोखिएका घिनलाग्दा रक्त मिश्रित माम्री हरु झै आमा !!

आमा !! तिमी पृथ्वी हौ !, सबै दियौं माया दियौ, प्रेरणा दियौ, भाग्य दियौ संसार जित्ने हिम्मत दियौ !
त्यै पनि म आज – आज किन हारिरहेको छु आमा !?

आमा !! फराकिलो निधार दियौ पोतिदिने बैनी दिइनौ !
संघार दियौ , ओखर दियौ, फोरिदिने लोहोरो दिइनौ !
फुल दियौ , घाँटी दियौ, पहिराइदिने हात दिइनौ !!

सबै दियौ , पोल्टो रित्तो हुने गरि दियौ तर बैनी दिइनौ !!
संसार दिने तिम्रो थैलीमा एउटी बैनी नहुदा, मलाइ स्वार्थी सन्तान नभने है ?
र तिमी आज कुन्नी किन अप्रिय लाग्यौ आमा,

– प्रेम पाण्डे ” मनको साथी”

-आलु खाएर पिडांलुको धाक लाउने पर्व सम्पन्न !!

-अालु पाटी २०७५ सम्पन्न बि स २०३४ साल देखि निरन्तर रुपमा हरेक बर्ष मनाउदै अाएकाे अालु पाटी हाँस्यब्यङ्ग उत्सब यसपाली पनि कागतिहारकाे दिन मनाइयाे !!

अालु बाट बनाइएकाे तेस्ाे लिङ्गि अालुलाई सभापति बनाइएकाे कार्यक्रममा!! थुप्रै हास्य ब्यङ्ग कवि कलाकारकाे उपस्थिति थियाे!! छक्का पन्जा टिमका दिपक दिपा जितु नेपाल , केदार घिमिरे प्रमुख अाकर्षण रहेकाे कार्यक्रममा घनश्याम गाैतम “नक्कली प्रचण्ड”काे प्यारेडी गित काे प्रस्तुति रहेकाे थियाे भने डम्बर घिमिरे , मनाेज अाचार्य, डा. बम बहादुर थापा जिताली, पिँडालु पँडित, मुना खतिवडा, टेक बहादुर काेईराला लगायतकाे कबिता ले दर्शकलाई मज्जाले हँसाएका थिए !

गायक अजय अधिकारी ” शुसिल”ले सन्चालन गरेकाे कार्यक्रममा अालु पाटी सरकार प्रमुख राम कुमार पाँडेले अालु पाटीकाे महिमा सुनाएका थिए! कागतिहारकाे दिनलाई हास्य ब्यङ्ग दिवसकाे रुपमा मनाउन शँखघाेस गरि खाेर्सानी काे धुप लगाएर १ मिनेट हाँसेर सबैले अनुमाेदन गरेका थिए!

जितु नेपाल, केदार घिमिरे र दिपा श्री ले समेत ब्यङ्ग गर्दै सबै दर्शक तथा सहभागीलाईप हँसाएका थिए ! कार्यक्रममा शिराेमणी दवाडीकाे मखमली, अश्विनि काेईरालाकाे पारिजात, बिजयराज अाचार्यकाे रातकी रानी र किरण पाैडेलकाे गाेदावरी नामक चार वटा हाइकु सँग्रह पनि बिमाेचन गरिएकाे थियाे!

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको विजेताको लागि आयोजक र खाँन ईलावेन बिच प्रतिस्पर्धा हुँदै

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । प्रतियोगिताको फाईनल मंगलवार हुने आयोजकले जनाएको छ । विजेताका लागि आयोजक र खाँन ईलावेन बिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै तृतीयका लागि भने परिवर्तनशिल युवा क्लव शान्ति युथ क्लव बिच प्रतिस्पर्धा हुँने आयोजकले जनाएको छ ।

सोमवार भएको पहिलो खेलमा खाँन ईलावेन विजयी भई फाईनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ रोजेको खाँनले शान्ति युथ क्लवलाई अलआउट हुँदै १ सय २० रनको लक्ष्य दिएको थियो जवाफि ब्याटिङमा उत्रिएको शान्ति युथ अलआउट हुँदै ९४ रनमै सिमित रह्यो । पहिलो खेलबाट अजित यादव म्यान अफ द म्याच बन्न सफल भए उनले ५ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेलमा ७६ रनले विजयी हुँदै आयोजक पनि फाईनल प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको आयोजकले परिवर्तनशिल युवा क्लव मधुवनलाई सबै बओभर खेलेर १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशील युवा क्लव १३ ओभरमा अलआउँट हुँदै ६४ रनमै सिमित रह्यो । दोस्रो खेलबाट लोक राना म्यान अफ द म्याच बन्न सफल भएक छन् उनले २९ रन ४ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै मंगलवार फाईनल हुनेछ । पहिलो खेल आयोजक र खाँन ईलावेन बिच हुने छ । अन्तिम खेल परिवर्तनशिल युवा क्लव शान्ति युथ क्लव बिच प्रतिस्पर्धा हुँने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

धार्मिक सहिष्णुता र एकताले राष्ट्रियता बलियो बनाउँछ : कृषि मन्त्रि खनाल

संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल (बलदेव)ले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियता बलियो बनाउने बताएका छन् । सांस्कृतिक पर्वहरुलाई जिवन्त राख्नका लागी समेत धार्मिक एकता आवश्यक रहेकोमा उनले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलबस्तुले सदरमुकाम तौलिहवामा राखेको चाडपर्व केन्द्रित गरि आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई संबोधन गर्दै उनले सबै धर्मको सार भनेकै आपसी सद्भाव र एकता रहेको बताए । मन्त्री खनालले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने बताउनु भयो । उहाले बुद्धको क्रिडास्थल प्राचिन तिलौराकोटलार्ई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जिकिर गरे ।

त्यस अवसरमा प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले चाडपर्वले दुख साटसाट गर्नलाई समेत महत्व राख्ने बताएका छन् । उनले कुनै पनि राजनितिक दलले कार्यक्रम आयोजना गर्दा सबै राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहनु सकारात्मक पक्ष भएको समेत बताए । धार्मिक एकता नै संस्कृती संरक्षणको मुख्य आधार समेत रहेको सांसद कमालको भनाइ छ ।

गौतम बुद्धका पिता राजा शुद्धोधनको राजदरबार रहेको बुद्धस्थल तिलौराकोटको बिकासका लागि पैदल परिपथको योजना ल्याउन खोजे पनि तिलौराकोटलाई पछाडी पार्न खोजिएको भन्दै कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरुले गुनासो गरेका थिए । पर्यटन प्रबद्र्धनका लागी भएका स्थलको बिकाससँगै पर्यटक टिक्ने पुर्वाधार बिकासका लागी लाग्नु पर्नेमा उनिहरुको जोड थियो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद सहसराम यादवले कुनै पनि जात जाति भाषा धर्म संस्कृतिको आधारमा विभेद नगरि सबैले आआफ्नो मान्यता अनुसार चाडवाड मनाउँनु पर्ने बताए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलबस्तुको पार्टी कार्यालयको समेत उद्घाटन समेत गरिएको छ । जिल्लामा आपसि सम्बन्ध र शुभकाना साटासाट गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।

कपिलवस्तुका १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रमुख, शासकिय अधिकृत, कार्यालयका प्रमुख, वडाअध्यक्ष, वडासदस्य, प्रमुख जिल्ला अधिकारि, कार्यकर्ता, सुरक्षाकर्मि र सञ्चारकर्मिको सहभागिता रहेको थियो । नेकपा नेता झविलाल पोख्रेलको अध्यक्षता रहेको कार्यक्रम विष्णु शाहको सञ्चालनमा सम्पन्न भएको थियो ।

९५ प्रतिशत बलात्कारका घटनामा राजनीतिक संरक्षण छ,


 बलात्कारविरुद्ध प्रदर्शनमा सावित्री सुवेदी

बलात्कारविरुद्ध प्रदर्शनमा सावित्री सुवेदी

‘क्याम्पस पढ्न जब वीरगञ्ज गएँ, बारामा पूजा शाह नाम गरेकी ७ वर्षीया बालिकाको बलात्कार भयो। उपचारका क्रममा उनलाई काठमाडौंको कान्ति बाल अस्पताल ल्याइयो। तर, बचाउन सकिएन। यस कुराले मलाई भित्रैदेखि पोल्यो।’

जय नारी अभियान
झन्डै ६ वर्षअघिको कुरा हो। मेरै घर नजिकको एकजना दिदीको बिहे भयो। केही समयपछि नै दाइजो कम भएको भन्दै उनलाई जलाएर मारियो। त्यो कुराले मलाई एकदमै छोयो। महिला हिँसाविरुद्ध आवाज उठाउनुपर्छ भन्ने लाग्यो। र, आफैसँग एउटा प्रयत्न गरेँ। यसलाई ‘जय नारी’ अभियानका रुपमा स्थापित गर्ने दृढ संकल्प लिएँ र अघि बढेँ। त्यसपछि गाउँ–गाउँमा गएर महिला शसक्तिकरणका लागि आवाज उठाएँ। स्थानीयस्तरमा यस अभियानले एक खालको माहोल सिर्जना गर्यो।

अभियानकै क्रममा बारा जिल्ला वरिपरी आमा समूह बनाएँ। सो समूहबाट महिला हिँसाविरुद्धका कार्यक्रमहरु गर्दै गयौँ। हिँसामा परेका महिलालाई साथ, सहयोग दिँदै गयौँ। महिला अधिकार, न्याय र स्वतन्त्रताका सवालमा सचेतना फैलाउँदै आर्थिक रुपमा महिला कसरी सक्षम हुने भन्ने कुरा सिकाउँदै अभियान विस्तार गर्दै गयौँ। बालविवाह, दाइजो, जबरजस्ती गर्भपतन, घरेलु हिँसा जस्ता समस्याविरुद्ध आवाज उठाउँदै आज यहाँसम्म आइपुगेकी छु।

जय नारी अभियान सुरुवाती दिनमा सोचेजस्तो सहज थिएन। अशिक्षित समाजमा हक–अधिकार र न्यायको कुरा कसले सुन्ने? कतिपयले त ‘मेरो छोरी हो, मैले जे गरौँ तँलाई के मतलव’ सम्म भने। चौधरी र मुसहर समुदायको बस्ती रहेको बारामा यो अभियान चलाउन निकै कठिन भयो। तर, कठिनाइका बीच पनि म कत्ति हतोत्साहित भइनँ। सम्झाउँदै, बुझाउँदै, सचेतना फैलाउँदै हिँडिरहेँ। र, यहाँसम्म आइपुग्दा अब मुसहर समुदायकै बालबालिका विद्यालय जाने वातारण बनेको छ। उनीहरुलाई कापी, कलम उपलब्ध गरिदिने वातावरण मैले मिलाइरहेकी छु।

बारामा जब पुजा शाहको बलात्कार भयो
क्याम्पस पढ्न जब वीरगञ्ज गएँ, बारामा २०७२ सालमा पूजा शाह नाम गरेकी ७ वर्षीया बालिकाको बलात्कार भयो र त्यसपश्चात उनको योनीमा काठ कोचियो। उपचारका क्रममा उनलाई काठमाडौंको कान्ति बाल अस्पताल ल्याइयो। तर, बचाउन सकिएन। यस कुराले मलाई भित्रैदेखि पोल्यो। ७ दिनसम्म शव राखेर हामीले ‘बेटी बचाऊँ’ अभियान चलायौँ। अभियानका क्रममा ठूलै आन्दोलन भयो। राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाले कभर गरे। आन्दोलन सफल पनि भयो। बलात्कारीलाई २८ वर्ष जेल र ४ लाख रुपैयाँ जरिवाना गरियो।

त्यसपछि जय नारी अभियान राष्ट्रियकरण भयो। जहाँ–जहाँ बलात्कारका घटना भए म त्यहाँ–त्यहाँ पुगेर यसविरुद्ध आवाज उठाउन थालेँ। बलात्कृतलाई कसरी न्यान दिन सकिन्छ, परिवारलाई कसरी सहयोग गर्न सकिन्छ र बलात्कृतको भविष्य कसरी सहज गराउन सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित भयो। यसरी म अगाडि बढ्न थालेँ।

जय नारी अभियानका क्रममा सुरुवाती दिनमा म एक्लै थिएँ। देशभर एक्लै पुग्थेँ, आवाज उठाउँथे। कतिपयले मलाई पागल पनि भने होलान्, कतिले मेरो अभियानलाई विफल पार्ने काम पनि गरे होलान्। तर, म ती कुराबाट कत्तिपनि निरुत्साहित भइनँ। मेरो सबैभन्दा ठूलो बल भनेको आत्मविश्वास थियो। आत्मविश्वासलाई बलियो हतियार बनाएर लडिरहेँ।

कुनै अभियान संचालनका लागि संस्था (एनजिओ, आइएनजिओ) चाहिन्छ, पार्टीमा आवद्ध हुनुपर्छ, धेरैको ब्याक सपोर्ट चाहिन्छ भन्ने गरिन्छ। तर, दृढ विश्वासका साथ राम्रो काममा लागिएको छ भने सबैभन्दा ठूलो बल सर्वसाधारणबाट पाइँदोरहेछ। जुन मैले महसुस गरेँ। र, महिला हिँसालाई समाजको सबैभन्दा ठूलो अपराधको रुपमा लिएर अघि बढिरहेँ। मेरो लक्ष्य हिँसाको न्यूनिकरण मात्रै होइन, अन्त्य नै गर्नुपर्छ भन्ने हो। त्यसका लागि नियम, कानुन बलियो हुनुपर्छ। सरकार, राजनीतिक दल जनताप्रति उत्तरदायी हुन जरुरी छ। तर, हामीकहाँ त्यसको उल्टो भएको छ। सरकार र राजनीतिक दल विभिन्न हिसावले अपराधिको संरक्षणमा लागेका देखिन्छन्। जसका कारण अपराध, हिँसा बढिरहेको छ। तर, म थाक्ने छैन। एकदिन मेरो अभियान सफल हुनेछ।

बलात्कारका घटना अझै खुल्दै जानेछन्
करिब ६ वर्षको अवधिमा मैले देशका विभिन्न कुना काप्चाको भ्रमण गरें। यस क्रममा मैले हाम्रो समाजलाई बुझ्ने अवसर पाएकी छु। घरपरिवार र समाजले नारीलाई हेर्ने, बुझ्ने दृष्टिकोण निकै संकुचित छ। हामी अझै पनि परम्परावादी सोच र विचारमा रुमलिएका छौँ। जबसम्म हाम्रो सोच र विचार परिवर्तन हुँदैन तबसम्म महिला हिँसा अन्त्य हुँदैन भन्ने मेरो बुझाई छ। त्यसका लागि परिवर्तन आफैबाट थाल्नुपर्छ। आर्थिक, सामाजिक रुपमा बलियो हुनुपर्छ। अन्यायविरुद्ध आवाज उठाउन सक्नुपर्छ, नारीहरु संगठित हुनुपर्छ।

खासमा हाम्रो सरकार निकै निरिह छ। महिला हिँसाविरुद्ध, महिला सशक्तिकरणका लागि सरकारले देशभर सचेतनामुलक अभियान संचालन गर्नुपर्ने हो। हाम्रो अभियानमा साथ, सहयोग दिनुपर्ने हो तर, त्यो हुन सकेको छैन। महिलालाई रोजगारी, शिक्षा प्रदान गर्ने, हिँसाविरुद्ध बोल्न प्रेरित गर्ने काम हुन सकेको छैन। सरकारको देशव्यापी रुपमा आफ्नै संजाल छ, त्यसले सरकारी पक्षबाट यसो भएको भए त्यसको प्रभाव चाँडो पर्ने थियो। हामीसँग धेरै जटिलता छन्। तर, पनि म हार खाने मध्यमा पर्दिनँ। एकदिन सरकार पनि मेरो बाटोमा अवश्य हिँड्नेछ।

मानिसको चेतनास्तर पहिलेकोभन्दा केही बृद्धि भने पक्कै भएको छ। विभिन्न हिँसा, बलात्कारका घटनाहरु बाहिर आउनु त्यसको उदाहरण हो। यदि अपराधविरुद्ध, न्यायका लागि बोल्नुपर्छ भन्ने चेतना नै हुँदैनथ्यो भने यस्ता घटना बाहिर आउने नै थिएनन्। अझै पनि धेरै स्थानमा कसैको डर, धम्की, दबाब, प्रलोभन, लाज, शक्तिको आडमा यस्ता घटना लुक्ने गरेका छन्। विस्तारै ती पनि खुल्र्दै जानेछन्।

यसकारण पेटिकोट लगायौं, कपाल मुन्डन गर्यौं
हामीले बलात्कारविरुद्ध जिल्ला–जिल्लामा अभियान चाल्दै आएका थियौँ। कहिले टाउकोमा कालो पट्टी बाँधेर, कहिले सिठ्ठी बजाएर त कहिले राँको बालेर महिला हिँसा, बलात्कार तथा अपराधको विरोध गरिरहेका थियौँ। सोही क्रममा एक बालिका बलात्कृत भएको विरोधमा म झापा पुगेकी थिएँ। त्यहाँ मैले बोलेको करिब ४ मिनेटको भिडियो सामाजिक संजालमा १० लाखभन्दा धेरैले हेरेपछि मिडियाले कभर गर्यो। सोही क्रममा एभिन्यूज टीभिमा अन्तर्वार्ता दिएर निस्कनै लाग्दा सानीआमाको घरमा बस्ने ७ वर्षीया बालिका बलात्कृत भएको खबर आयो। त्यो पनि ७० वर्षको बृद्धबाट। यो कुराले मेरो रगत उम्लियो।

हामीले जति जिल्लाव्यापी अभियान संचालन गर्यौँ त्यति सरकार निरिह बन्दै गयो। त्यसैले राजधानी केन्द्रित आन्दोलन नगरी सरकार जाग्दैन भन्ने लाग्यो। हाम्रो अर्को उद्धेश्य आन्दोलनले सरकारी तह, तप्कादेखि सामान्य मानिसको ध्यान खिच्न सक्नुपर्छ भन्ने थियो। त्यसकै फलस्वरुप माइतिघर मण्डलामा शान्तिपूर्ण रुपमा पेटिकोट आन्दोलन गर्न पुग्यौँ। र, हाम्रो आन्दोलन सफल पनि भयो। तर, सरकारी पक्षबाट जुन खालको हस्तक्षेप भयो त्यो आफैमा निन्दनीय छ। हामीले न्याय, समानता, अधिकारका निम्ती शान्तिपूर्ण ढंगले आवाज उठाउँदा सरकारले हस्तक्षेप गर्नुपर्ने कारण के? त्यो हामीले बुझ्न सकेका छैनौँ। आन्दोलनमा सरकारको विरोध गरेका थिएनौँ। केवल बलात्कारविरुद्ध महाअभियान चलाएका थियौँ। बलात्कारीलाई फासी हुनुपर्छ भन्ने आवाज उठाएका थियौँ। मलाई थाहा भएसम्म करिब ९५ प्रतिशत बलात्कारका घटनामा राजनीतिक संरक्षण छ। त्यसैले राजनीतिक रुपमा हाम्रो अभियान दबाउने काम भएको मैले महसुस गरेकी छु।

कपाल महिलाको सौन्दर्य हो। यसलाई धेरैले गहनाका रुपमा लिन्छन्। जसरी नारीको अस्मिता लुटिएको छ, त्यसलाई सांकेतिक रुपमा व्यंग्य गर्दै दबाब सिर्जना गर्न हामीले कपाल मुन्डन गरेका हौँ। अझै अरु छोरीचेलीको अस्मिता लुटिनुभन्दा पहिले नै सरकारको आँखा खुलोस् भन्नका लागि हामीले यो आन्दोलन चलाएका हौँ। यो हाम्रो आन्दोलन सांकेतिक थियो। जसरी कपालमा महिलाको सौन्दर्य रहेको हुन्छ र त्यसलाई काट्दा त्यो ह्रास भएको भन्ने बुझिन्छ त्यसैगरी महिलाको अस्मिता लुटिँदा एउटी नारीले धेरै कुरा गुमाउन पुग्छे। तर, सरकार त्यसलाई टुलुटुलु हेरेर बस्छ। निरिह बन्छ। यसरी हामीले सरकारले देख्नेगरी कपाल मुन्डन गरेर सांकेतिक रुपमा केही बुझाउन खोजेका हौँ।

बलात्कारी पुरुष होइनन्, अपराधी हुन्
कतिपयमा सावित्री सुवेदी पुरुषविरोधी हो भन्ने भ्रम परेको पाएकी छु। त्यो कदापी होइन। जय नारी अभियानमा अधिकांश पुरुषले साथ दिनुभएको छ। त्यसैले हामीले विरोध पुरुषको नभएर पितृसत्तात्मक समाजको गरेका हौँ। यहाँभित्र जडा गडेर रहेको गलत पुरुषवादी सोच, दम्भ र अहमको विरोध गरेका हौँ।

त्यसैले हामीले केही दिनमै ‘बलात्कारी पुरुष होइनन्, अपराधी हुन्’ भन्ने नारासहितको आन्दोलन गर्दैछौँ। महिला हिँसा र बलात्कारको अन्त्य नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ। दैनिक बलात्कारका घटना बढिरहेका बेला त्यसको अन्त्यका लागि बलात्कारीलाई फासी दिनुपर्छ भन्ने हाम्रो जोडदार माग हो। र, यसका लागि हामी आवाज उठाइरहनेछौँ ।

(कृष्ण आचार्यसँगको कुराकानीमा आधारित)

कार्तिक २०७५

केकीको ‘क’ मोह, ‘कोहलपुर एक्सप्रेस’पछि ‘कन्याकुमारी’


केकी अधिकारी

केकी अधिकारी

गतको बैशाखमा ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा ल्याएकी नायिका तथा निर्मात्री केकी अधिकारी नयाँ सिनेमा निर्माणमा जुटेकी छन्।

केकीले बनाउने नयाँ सिनेमाको नाम ‘कन्याकुमारी’ जुराइएको छ। संयोग हो या जानाजान हो नायिका केकी अधिकारीले आफ्नो नाम ‘क’ बाट सुरु भएको छ छ भने उनले निर्माण गर्ने दोस्रो सिनेमाको नाम पनि ‘क’ बाटै जुराइएको छ, ‘कन्याकुमारी’।

यस अघि ‘क’ बाटै सुरु भएको नाम ‘कोहलपुर एक्सप्रेस’ राखेकी केकीले दोस्रो सिनेमा ‘कन्याकुमारी’ नै राख्नुका कारण नबताइए पनि उनको ‘क’प्रतिको मोह भएको बुझ्न सकिन्छ।

सिनेमाको नाम मात्रै फाइनल भएको बताउदै केकीले कथाको विकास गरिएको बताएकी छन्। प्राप्त जानकारी अनुसार उनी स्वयम् का साथै प्रियङ्का कार्की र ऋचा शर्मा फाइनल भएकी छन्।

सिनेमालाई ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका विशाल भण्डारीले गर्ने चर्चा छ। यता केकीले निर्देशनका लागि कोही पनि फाइनल नभएको बताएकी छन्।

स्क्रिप्ट र कास्ट पक्का गरेर ‘कन्याकुमारी’को छायाँकन यस वर्षको फागुनबाट सुरु गर्ने केकी बताउँछिन्। जुनकिरी आर्टस्बाट केकीले दोश्रो फिल्म निर्माण गर्ने तयारी गरेकी हुन्। उनी यतिबेला ‘सरकारी जागिर’को छायाँकनमा व्यस्त छिन्।

– पञ्चकमा राजाको जूवा झ्याली पिटेर यसरी फुक्थ्यो


तरुनी सुसारे सुत्ने कोठा सदा रातोदिन खुला रहने हुँदा नै, राणाजीहरुका अविवाहित छोराहरु आफ्नो कोठामा राति सुतेपछि, कोठाबाहिरको ढोकामा बैठके अथवा द्वार्नीले ताल्चा मारिदिने चलन थियो– बाबुका पेवाजस्ता अनेक तरुनी तालीमी र सुसारेपट्टि छोराहरु नसल्कून् भनी।

त्यस बखत काठमाडौंमा अनेक किसिमका सस्ता, नेपालीपनाका र रसरङ्गपूर्ण खेलबाड हुन्थे। जूवाबाहेक अरु जुनसुकै र जस्तोसुकै खेलको जितहारको बाजी प्रायः जिनिसमै राखिन्थ्यो। खास गरेर दिल बहलाउने ध्येयले खेलिने ती खेल हुँदा, हारजितले कसैलाई पनि कुनै ठूलो मर्का पार्दैनथ्यो। साना–ठूला, धनी–गरीब सबले आफ्नो उमेर र इज्जत सुहाउँदा खेल फुर्सदका समयमा खेल्दथे–मन बहलाउनलाई।

पञ्चकमा अधिराज्यभरि फुकेको जूवामा बाहेक अरु बेलामा ठूलो काँटमा बाह्रमासे खेलिने चलन कम थियो। खेलिहाले भने दश–पन्ध्र रुपैयाँमा पाइने जक्खू खसीसम्म बाजी राखेर पासा खेल्दथे। तर जुन बेला–बखतमा जे खेल खेलिने हो त्यो भने सबले छाती फुकाएर खेल्दथे। जूवा फुक्दा डिल्लीबजारको चारखाल अड्डादेखि कसाई र कुस्लेले झ्याली, पिठ्न थाल्दथे, ‘राजाको जूवा फुक्यो’ भन्ने घोषणा गर्दै। अनि झ्यालीको पछिपछि खाल थापिन र कौडी हानिन शुरु हुन्थ्यो– फेरी जूवा रोक्ने झ्याली नपिटिँदासम्म। जूवाका भोका नेपालीहरु सो फुक्दा एकछिन पनि खेल फाल्न चाहँदैनथे।

यसरी झ्याली पिटेर उपत्यकाभित्र हरेक जूवा फुक्दथे र बन्द हुन्थे। खालि पञ्चकमा अधिराज्यभर पाँच दिन जूवा खेल्ने चलन र नियम त मुलुकी बन्दोबस्त ऐनमा नै किटिएको थियो। नेपाल खाल्डोमा भने चैते दशैंमा टुँडिखेलमा, कोजाग्रतमा उपत्यकाभरि, भोटो देखाउँदा जाउलाखेलमा, बीस्केटजात्रामा भक्तपुरमा र विशेष समारोहमा काठमाडौंमा जूवा फुक्दथ्यो।

सिंहदरबारमा लहडबाजी गर्न प्रधानमन्त्रीले जहिले फुकाए पनि जूवा फुक्ने हुँदा, त्यहाँ बराबर ठूलोसानो खालमा पयठ जूवा खेलिन्थ्यो। यसलाई फर्मायस जूवा भन्दथे। ठूलो खालमा सत्र भाइका बाबुखलक र सानामा छोरा तथा भाइ–भारदार जूवा खेल्दथे। ठूलो खालमा पयठ (मुखले यति राखें र उति राखें भनेर खेलिने) जूवा हुन्थ्यो। एकजना कर्मचारीले त्यस्तो पयठे जूवाको हिसाब राख्तथ्यो र खाल उठेपछि जितहार सुनाइन्थ्यो र लेनदेन हुन्थ्यो। यस्तै खेलमा एक दिन श्री ३ पद्मको पालामा मे.ज. महावीरले पू.क.ज. केशशम्शेरको चार लाख रुपैयाँ मारेथे। त्यस बखतको चार लाख रुपैयाँ आजकलको हिसाबमा चार करोड रुपैयाँ पुग्दछ।

भातै नखाएर र आँखा झिमिक्क नगरीकन पञ्चकमा रातदिन जूवाका खालमा जूवाडीले लम्पट कस्दथे। त्यस्ता जूवाडी दाजु–भाइले भाइटीकामा दिदी–बहिनीको हातबाट टीका थाप्नसम्म पनि उच्छार नपाउने हुँदा, सो दिन केही घण्टा जूवा बन्द गर्ने चलन पछि श्री ३ जुद्धको पालामा बस्यो। घर–घर, टोल–टोलमा जूवाको खाल थापिन्थे। विष्णुध्वज, मुञ्जा, डिल्लीबजारे तर्कराज बडागुर्जु, विक्रमराज पुरोहितकहाँ थापिएका खालमा च्याँखे थापेका चाँदीका रुपैयाँ गन्न समय लाग्ने हुँदा, तुलामा जोखिन्थ्यो। शहरका सडक, चोक, डबली जताततै जूवाका खाल थापिन्थे– खालको बहालबाट निकै पैसा कमिने हुँदा।

मोहरभन्दा भारतीय नोट र गिन्नीको खालमा बढी चल्ती हुन्थ्यो, जोख्न नपरी जूवाको खेल चाँडो सर्ने हुँदा। जत्ति धेरैबाजि हानथाप भयो उत्ति बढी खालेले कटनी पाउँदथ्यो। त्यसैले च्याँखेलहरुले प्रायः देशी नोट (२००२ सालसम्म नेपाली नोट निस्केको थिएन) र गिन्नी नै प्राय च्याँखे थाप्दथे। एक गिन्नीलाई खालमा सोह्र रुपैयाँ पर्दथ्यो, जूवाको बेला गिन्नीमा बट्टा लाग्ने हुँदा। ठूला–ठूला खालमा लक्कुका लक्कु गिन्नी राखेर जूवा खेलेको देखिन्थ्यो। हरेक बाजिको हार–जीतमा खालेले खालको बहाल हातैपिच्छे एकाध प्रतिशत उठाउँदथ्यो।

जूवा रहँदासम्म जूवाडीको भाउ निकै बढ्दथ्यो। खाल थाप्नेहरुले जूवाडीलाई खूब ख्वाउँदथे र मोटरमा चढाएर ल्याउँदथे। त्यस बखत नेपालमा नामी जूवाडी कहलिएका थिए– श्री दिव्यदेव पन्त, झ्याउँकीरी सरदार, मे.ज. महावीरशम्शेर, तर्कराज बडागुर्जु, विक्रमराज पुरोहित, केशरशम्शेरहरु। दिव्यदेव पन्तले त मुख्तियारले च्याँखे थापेको मो.रु. दश–बाह्र हजारको रकमसम्मलाई ‘चानुचुने भारेभुरे बात’ भन्दथे अरे। उनले मोतीटारकी भगवती साधेकाले अक्सर जूवा हार्दैनथे भन्ने कुरा पनि सुनिन्थ्यो।

मोतीटारकारका मानिसहरु बढी जूवाबाज हुँदा, जूवाको खालमा झेल बखेडा भयो भने ‘कस्तो मोतीटारेजस्तै रहेछ’ भन्ने चलन थियो। खालमा सबैले कौडा खेल्दथे, त्यो खेल्ने नियम मुलुकी सवालमा किटिएको थियो। पञ्चकमा सबैले थोर–बहुत जूवा खेल्दथे बूढाहरुले पासा र गञ्जीफा, युवकले कौडी, तास र बालकहरुले लङ्गुरबुर्जा। कौडी खिपेर हान्न मनाही थियो; खाल थाप्नेहरुले दाउ हान्नेलाई भन्दा च्याँखे थाप्नेलाई बढी रुचाउँदथे– च्याँखेले पैसा बल्झाएपिच्छे, खालको बहाल कटाउन पाइने हुँदा। केही मोतीटारेजस्तो जूवाडीले ध्यानसिंग कौडा (जसरी हाने पनि खालि एकै दाउ मात्र पर्ने) हानेर पक्डाउमा परेको हल्ला पनि चल्दथ्यो। जूवा सकिएपछि एकाध हरुवा जूवाडेहरु रानीपोखरीमा हामफालेको बराबर देखिन्थ्यो।

लडाइँ र जूवामा सुरिने नेपालीहरुको, एक प्रकारले पुरानो जातीय बानी हो; समयान्तरमा लडाइँ लड्ने चलन घट्दै गए पनि, जूवा खेल्ने जोश जस्ताकोतस्तै थियो। वर्षको एकबाजि चार–पाँच दिनसम्म मन फुकाएर जूवा खेल्न नेपालीहरु अति रमाउँदथे। जापानीजस्तै भोगी थिए नेपाली जूवामा।

…. तासको खेल त्यस बेला उति जमिसकेको थिएन। बढी पासाकै खेल हुन्थ्यो। तास खेली हाले पनि कताकति तुरुप र छक्काचाल खेल्थे–त्यो पनि स्याल कराउने अथवा थोर–बहुत हलुवाईको रोटी खाने बाजी राखिकन। विष्णुमती र वागमतीमा बाढी आउँदा लडकाहरु जानी–नजानी पौडी खेल्दथे। व्याड्मिन्टन र क्यारम खेल्ने चलन १९०९ सालतिर नेपालमा बल्ल भेटिएको थियो। राणाजीको कुनैकुनै घरमा टेनिस खेलिन्थ्यो। ठूलो गोचरमा राणाजी र एकाध अङ्ग्रेजले गल्फ खेल्दथे। लात्ती भकुण्डाको खेलको निकै चल्ती भइसकेको थियो।

लाग्दो कार्तिक ताका साना–ठूला सबैले चङ्गा उडाउँदथे। शुरुमा चङ्गा लखनउबाट आएकोले होला राम्रो ठूलो चङ्गालाई ‘लखनउया’ भन्ने चलन थियो। वर्षको एक–दुईबाजि चङ्गा उडाउने ताका श्री ५ महाराजाधिराज त्रिभुवन आफै पनि छाउनीमा चङ्गा उडाउन सवारी हुन्थ्यो। महाराजाधिराजले उडाएको चङ्गा काटियो भने ह्लासा पुग्दछ भन्ने किम्वदन्ती थियो। तर त्यो काटिएको चङ्गा उडाउने धागोमा अक्सर गरेर हाँसको फुलमा ऐनाको धुलो मिसाएर माजा लगाइन्थ्यो– अरुको चङ्गा सजिलैसँग काट्नलाई। सुका पैसाका एक रिल धागो र एक–दुई पैसामा ठूला–ठूला चङ्गा पाइन्थे।

कपर्दी, ढाडे, डण्डीबियो, कुस्ती खेल्ने चलन त्यस बखत नेपालमा निकै थियो। प्रायः टोलैपिच्छे कुस्ती खेल्ने अखडा र पहलमानहरु हुन्थे। कपर्दी र ढाडे खेल्ने ठूला–साना बहाल र चौर टोलैपिच्छे थिए र डण्डीबियो त सडकैमा पनि खेल्दथे– सडकमा कम मानिस हिंड्ने र घण्टौंमा एकाध मोटर चल्ने हुँदा। त्यस बखत काठमाडौंमा ठहिटीका साञ्चा पहलमानको निकै नाम चलेको थियो। उनी मे.ज. आनन्दशम्शेरसँग कुस्तीको अभ्यास गर्दथे। यस्ता पहलमाहरु कुनै न कुनै राणाजीको दरबारबाट पालिएका हुन्थे। त्यो सहकाल र सामन्ती जमाना हुँदा बाबुबाजेको पालादेखि दरबारबाट पालिएर आएका, किसिम–किसिमका व्यवसाय भएका– वस्दात, पहलमान, सवार, नगिनी, छिपानी, बैद्यहरुलाई काम लागे पनि नलागे पनि राणाजीहरु पालिरहन्थे एक पुस्ताले लगाएका गुण धेरै पुस्ताले सम्झने चलन हुँदा। मतलब पर्दा कोरीको पनि पाउ दाप्ने, नपर्दा एकबाजि गुन लगाएको मानिसलाई देखे पनि नदेखेजस्तो गर्ने त नेपालको आधुनिक चलन हो। अघिअघि मानिस त्यस्ता थिएनन्।

गाउँका पण्डितले गाउँले केटाहरुलाई निःशुल्क विद्या दिने खानदानी चलनजस्तै नेपाल शहरमा टोल–टोलका लडकाहरुलाई टोलका वस्ताजले हारमानियम, तबला, पकवाज, बेला इत्यादि निःशुल्क बजाउन सिकाउँदथे। टोलका वस्ताजको घरमा रोज बिहान–बेलुकी टोले लडकाको गानाको अभ्यास हुन्थ्यो। यसरी गानाबाजाना र नाच सिकेका ठिटाहरु नै गाईजात्रामा नाच्दथे र माघेजात्रामा गाउँदथे। टोलैपिच्छेका भजनघरहरु नै टोले लडकालाई हारमोनियम, तबला, पकवाज, बजाउन, र गाउन सिकाउने र बूढाहरुलाई गाँजा ख्वाउने अखडासमान थिए। बाहुनहरुका घरमा संघघण्टा बजेझैं टोलका वस्तादको घरमा बेहानभरि हारमोनियम तबला बज्दथे।

बथानका–बथान ज्यापूहरु कानमा गुनकेसरीको गुच्छा, चाँदीको खिप भएको इष्टकोट, पिँडौलासम्म सेहारेको छोटो प्रायः घरबुना र खेसको सुरुवाल, लामो लवेदा, कम्मरभरि पटुका बाँधी, भादगाउँले टोपी लगाएर, बाँसुरी र खिँबाजा बजाउँदै पर्व–पर्वमा देव–देवीका मन्दिरमा गएको देखिन्थ्यो। राता, काला र सेता चमरीको पुच्छर गाँसिएका दश–बाह्र हात लामा बाँसका टाँगालाई जाँडले मस्त भएका ज्यापूले आफ्नो टाउकामाथि भुरुङ रिँगाएझैं किसिम–किसिमले धुन्या–मुन्या रिँगाउँदथे।

धेरैजसो राणाको दरबारमा तालीमी (दरबारभित्र सुसारेलाई बाजा बजाउन, नाच्न र गाउन सिकाउने चलनलाई तालीम भनिन्थ्यो) र बैण्डबाजा हुन्थे। कति टुटेका मानिसले आफ्ना राम्रा छोरी–बहिनीलाई तालीमी हुन दरबार हुल्दथे। राम्रो अनुहार र मीठो स्वर भएका त्यस्ता तालीमी ठिटीहरुको भाग्य पनि भए नानी र काकताली परे रानीसाहेव र महारानीसम्म पनि हुने गुञ्जायस थियो। श्री ५, श्री ३ हरुकहाँ बाहेक, केशरशम्शेर, तर्कराज गुरुज्यू, विक्रमराज पुरोहितहरुका घरका तालीमीहरुको नाच गानको बयान त्यस ताका काठमाडौंमा निकै चलेको थियो। सबै दरबारमा साँझ सुसारेहरुले भजन गर्दथे, नाच्दथे, र कुनैकुनै दिग्गज राणाको दरबारमा दमाई र कुस्लेहरुले बैण्डबाजा बजाउँदथे। ठूला–ठूला दरबारमा बैण्ड स्टायण्ड थिए। त्यस्ता नानीहरु बस्ने ठाउँलाई खलङ्ग अथवा नानीगञ्ज भनिन्थ्यो। त्यो प्रायः दरबारका बुइँगलमा हुन्थ्यो। दुई–तीनजना नानीहरु एकै कोठामा सुत्ने मात्र हैन, कुनैकुनै दरबारमा त उनीहरु राति सुत्दा प्रायः कोठामा ढोका लगाउन मनाही हुन्थ्यो। मुख्य मालिकबाहेक अरु कुनै लोग्नेमासिन पनि बिना साथी नानीहरु बस्ने लङ्गमा जान पाउँदैनथे।

तरुनी सुसारे सुत्ने कोठा सदा रातोदिन खुला रहने हुँदा नै, राणाजीहरुका अविवाहित छोराहरु आफ्नो कोठामा राति सुतेपछि, कोठाबाहिरको ढोकामा बैठके अथवा द्वार्नीले ताल्चा मारिदिने चलन थियो– बाबुका पेवाजस्ता अनेक तरुनी तालीमी र सुसारेपट्टि छोराहरु नसल्कून् भनी। धेरैजसो राणाजीहरुमा बाबुछोराको मनोमालिन्य हुनाको एक कारण दरबारका तरुनी तालीमी र सुसारे बन्दथे। राणाजीहरुको एक परम सोखको विषय बन्दथ्यो दरबारभित्रका तरुनी सुसारेहरुको नाच–गान। धनी राणाजीको दरबारैपिच्छे नाच्ने स्टेज हुन्थे; नहुनेकहाँ पनि बत्ती बल्दा सुसारेहरुले बाजा बजाएर मङ्गल गीत रोज गाउँदथे। बेलुकाको बत्ती बलेपछि मान्यजनलाई ढोग्ने र दर्शन गर्ने दरबारमा आम चलन थियो।

जुनसुकै अभिप्रायले तालीमी राखिएका भए पनि यसको जरियाबाट नाच्ने र गाउने–पुरानो कला नेपालमा जिनतिन चलि नै राखेको र परम्परादेखि यसै पेशाबाट एकथरीको जीवन निर्वाह पनि भएको थियो। एक न एक स्वदेशी–विदेशी वस्ताज नभएका दिग्गज राणाजीका दरबार हुँदैनथे। त्यस बेला नेपालमा नामी वस्ताज कहलिएका थिए– बद्री, झुम्मक, आनन्द, अन्धा गणेशलाल, रामबहादुर, भागतकृष्ण, खेमचन इत्यादिहरु। कसैकसैकहाँ त भारतबाट पनि वस्ताज झिकाएर तालीमीहरुलाई नाच्न–गाउन सिकाइन्थ्यो।

बैंस ढल्केपछि ती तालीमीहरु अरु सुसारेभन्दा बढी पैसा कमाएर दरबारबाट निस्कन्थे, निस्कन पाए भने। सुसारेको मासिक तलब एकाध रुपैयाँ भए पनि मालिक रिझाएर उनीहरुले निकै पैसा कमाउँदथे। दरबारबाट सुसारे अथवा तालीमी निस्कनासाथ शहरी गुण्डा (त्यस ताका राम्रो लुगा लगाएर काम नगरी गल्लीमा डुलेर खाने मानिसहरुलाई ‘गुण्डा’ भन्ने चलन थियो– आजकल ‘लोफर’ भनेझैं। गुण्डामध्ये पनि राति घरमा सुकुल बिछ्याएर सुत्ने, धोवीकहाँबाट बहालगिरीमा चुनेका लुगा ल्याई दिउँसो डटेर निस्कने खालका गुण्डाहरु ‘सुकुलगुण्डा’ भनिन्थे) को होडबाजी हुन्थ्यो दरबारबाट निस्केकी माल्दार सुसारे र तालीमी उछिट्याउन र तिनले ल्याएको पैसा कुमल्याउन। तर जागीरदारले दरबारबाट निस्केका सुसारे र तालीमीलाई नोकर्नी बनाउन ल्यायो भने पनि बात लाग्दथ्यो–जागीरै जाने गरी।

१९८२ सालमा करियामोचन भएपछि दरबारका नानीहरुलाई पनि राजीखुशी गराउँदा (दरबारमा बस्न मन छ, छैन भनेर सोद्धा) अति कोकिलमय गला भएकी र श्री ३ चन्द्रशम्शेरको पनि निकै मनपरेकी मेलवा भन्ने तालीमी दरबारको वैभवबाट मिच्छिएर बाहिर निस्कन खोज्दा सबैले आश्चर्य माने। दरबारबाट निस्केकी मेलवा दरबारकै वस्ताद श्री भगवतकृष्णसँग क्षेत्रपाटीमा बस्न जाँदा, वस्तादको जागीर खोसियो, दबारबाट निस्केका नानीहरुलाई जागीदारकहाँ राख्न नहुने चलनले गर्दा। दरबार छाडे पनि दरबारको हाउले छाड्दैनथ्यो।

हनुमान ढोकामा चिर गाडेदखि सो नढाल्दासम्म सात दिन नेपालमा फागु अति रमाइलोसँग खेलिन्थ्यो। चार पैसामा एक पाउ अबीर पाइने हुँदा, फागु सकिँदा शहरका गल्ली नै राताम्ये हुन्थे। फागु ताका थरीथरीका मइनका लोला बनाउने त नेपालमा एक किसिमले कुटीर उद्योग थियो। कति लोलासा अबीरसँग सितारा र अभ्रख मिसाइएको हुन्थ्यो। ‘राजाको फागु जाइजान लाग्यो फुट्न लाग्यो छाती हो’, भन्ने गीत गाउँदै डफ्फाका–डफ्फा युवकहरु बाटोमा आएको दृष्यलाई कर्के झ्याल पारेर हेर्ने तरुनी नानीमाथि यस्तै लोला सडकबाट बर्साउँथे। स्त्रीहरुलाई हात हालेर अबीर घस्न मनाही हुँदा, लोला हान्ने चलन चलेको थियो।

श्री ५ र श्री ३ का दरबारमा कर्मचारीहरुलाई फागुको उर्दी हुँदा सबले रङ्गीचङ्गी चुनेका पोशाक लगाएर जानपर्दथ्यो। ठूलठूला ताउला र फोसीमा रङ्ग र ठाउँ–ठाउँमा थैलाका–थैला अबीर दरबारमा राखिएको हुन्थ्यो। श्री ५ ले श्री ३ लाई नारायणिहिटी दरबारमा र श्री ३ ले मुख्तियारलाई सिंहरबारमा अबीरको टीका अथवा पचकाले रङ्ग हालेपछि त्यहाँ फागु फुक्दथ्यो। उपस्थित कर्मचारीले रङ्ग छेपाछेप र अबीर हालाहाल गर्दथे र घर फर्कंदा सबैको तीन खल्ती अबीरले टन्न भरिएको हुन्थ्यो। परम्परावाद अथवा सामन्दतवाद जे भने पनि ती सब नेपालमा त्यस बखत प्रचुर मात्रामा हँुँदा, यी सब खेलवाड र रसरङ्ग तिनैका उपज हुन् भने हुन्छ।

तरुनी सुसारे सुत्ने कोठा सदा रातोदिन खुला रहने हुँदा नै, राणाजीहरुका अविवाहित छोराहरु आफ्नो कोठामा राति सुतेपछि, कोठाबाहिरको ढोकामा बैठके अथवा द्वार्नीले ताल्चा मारिदिने चलन थियो– बाबुका पेवाजस्ता अनेक तरुनी तालीमी र सुसारेपट्टि छोराहरु नसल्कून् भनी।

…. पचास–साठी वर्षअघि, पनि आजकलजस्तै, नेपालमा निकै लोकप्रिय खेल बन्दै आएको थियो फुटबल। नेपालमा यस खेलका गुरु हुन् ठमेलका नर्सिङ्ग, राणा र नक्सालका थापाहरु। प्रथम महायुद्धमा भारतको वजिरिस्थानको लडाइँमा जाने नेपाली पल्टनमा प्रशस्त राणाजीका छोरा भतिजाहरु र भारदारहरुका छोराहरु पनि सरिक भएकोले उनीहरु भारतबाट फर्केर आएपछि दरबार– दरबारमा फुटबलको खेल बढाए। ठमेलमा धेरै नर्सिङ्ग राणाहरु, नक्सालमा थापाहरु जङ्गीमा अधिकृत भएकाले त्यहाँ आफ्ना–आफ्ना फुटबल टीम जमाएका थिए। थापाहरुले सानो गौचर र नर्सिङ्ग राणाहरुले लैनचौरमा फुटबल खेल्दथे।

चारबुर्जा, लालदरबार, सिंहरदबार, टङ्गालदरबार र जाउलाखेलका फुटबल टीम तगडा थिए। ‘सी’ क्लासका रोलमा चढेका राणाहरु चाकरीदारहरु चारबुर्जा, लालदरबार, टङ्गालदरबारमा र ‘ए’ क्लासका रोलवालाको सिंहदरबार, लक्ष्मीनिवास र जाउलाखेलमा फुटबलको टीम जमाएका थिए। यी दुई थरीको बीच खेल हुँदा भकुण्डो भन्दा पनि राजनीतिक वातावरणको बढी प्रदर्शन हुन्थ्यो– कोभन्दा को कम भन्ने यी दुई रोल र बेरोलवाला राणाजीको भित्री भावना बढेकाले। त्यस बखत फुटबल खेलमा कहलिएका थिए, सर्वश्री शेरबहादुर सिंह, क. शेरजङ्ग थापा, जुद्धवीर गुरुङ, थापाथलीका नानीराजा, ख. बिजुलीमान, नजरमानहरु।

…. जनतामा त्यस बखत आजकलजस्तो सन्तान दरसन्तानलाई मनग्य खान पुग्ने गरी धन कमाउन मरिमेट्ने प्रवृत्रि पनि उस्तो मौलाई नसकेकोले र जमीन्दारी, बिर्ता, भत्ता, खवा, मानोचामल, जजमानी इत्यादि साना–ठूला खान्दानी व्यवसायको आम्दानीबाट घरमा बसीबसी खान पुग्ने मानिसको सङ्ख्या कम नभएकाले, पुगिसरी आउने मानिसहरुले यस्तै खेलबाड रसरङ्ग र लहडबाजीमा आनन्दले जीवन बिताउँदथे। सबैजसो शहरियाहरुको घरमा मोहीले बताएका तौली, मार्सी र मसिनो धान बोकेर ल्याइदिन्थे। बजारमा महँगीले प्रवेश पनि गरिसकेको थिएन।

पचास–साठी वर्षअघि नेपाल उपत्यकाको जनसङ्ख्या करीब दुई लाख जति थियो र उब्जनी त्यस बेला प्रशस्त हुन्थ्यो। त्यसैले सहकाल थियो। त्यस्ताका खेत मासेर घर बनाउने चलन पनि थिएन र चार भज्याङभित्र स्वदेशी–विदेशी पर्यटकहरु पनि कत्ति आउँदैनथे। त्यसैले उपत्यकाको उब्जनीले सबैलाई मनग्य खान पुग्ने हुँदा बहुत–थोरै थिए के खाऊँ, के लाऊँ भन्ने खालका मानिस। उहिले (धेरैअघि) फुक्कादास र एकमुरी धानको बराबर दरबन्दी भएको लगत्र पशुपतिनाथको गुठीमा अझै पाइन्छ। राणाकालको पछिसम्म पनि पैसाको सङ्ख्या र चल्ती–फिर्ती कम हुँदा महँगीले नेपालमा प्रवेश गरेको थिएन।

त्यसैले एकाध माग्नेलाई सबैले मुठी दिन्थे र देवताहरुलाई मुठीभर अच्छेता चढाउँदथे। मध्यमवर्गका जनताको मौजा, बिर्ता, भत्ता हुने र उनीहरु कुनै न कुनै सानो–ठूलो व्यवसायमा लाग्ने हुँदा राजीखुशी पनि थिए। शान्त तवरले बगिरहेको नदीको निर्मल पानीजस्तै आनन्दले बितिरहेको थियो त्यस सहकालमा काठमाडौंको एकथरी जनताको जीवन। भरी पेट र सीमित आकाङ्क्षाले गर्दा मध्यमवर्गका मानिसहरु आफ्नै किसिमले आनन्दी थिए, त्यसैले एक थरी मानिस त खेलेर खान्थे।

खास कुरो, त्यस बेला नेपालमा औगात नाघेर खर्च कसैले पनि नगर्ने हुँदा आजकलजस्तो बढ्दो ठस्सा र भडक पु¥याउन दुई नम्बरी धन्दा, कालोबजार, तस्करी व्यापार गर्न र घूस खान पर्दैनथ्यो। त्यसैले मानिसको मन कालो नभएकोले मुख हँसिलो थियो– हँसिलो मुख हो, निर्दोष र कञ्चन दिलको प्रतिबिम्ब। हँसिलो मुखका लागि पनि नेपालीहरु विश्वप्रखयात हुनाको कारण यही हो।

पेट खोक्रिँदै गएपछि मुख पनि चाउरिँदै जाने हुँदा, चाउरी परेको मुखमा, करबलले हाँसेको हाँसो सुहाउँदैन भन्ने तथ्य नेपालका भावी सन्ततिले पछिपछि बुझ्लान यदि उनीहरु निर्धन हुँदै गएनन् भने। तर आजतक नेपालीहरु हँसिलो मुखलाई विश्वप्रख्यात हुनाको खासकारण हो, पुस्तान्देखि उनीहरुमा बस्दै आएको मुसुक्क हाँसेर बोल्ने, खानदानी बानी र अखण्ड राष्ट्रिय स्व्तन्त्रता। अझै पनि नेपाललाई कसै–कसैले ‘अजीव’ भन्नाको एक कारण हो, नेपालीको मुखमा झुण्डिएको त्यो मधुर मुस्कान। अरु गुणहरु मासिँदै गए पनि हाम्रो खिस्स हाँसेर बोल्ने बानी यथावत् छ। त्यो कसैले रोकेर नरोकिने र मारेर नमर्ने कुरा हुँदा।

(सरदार भमिबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल– राणकालीन आखिरी तीन दशक’– पहिलो भागः राणा व्यवस्था चरमचोटीमाबाट)

प्रकाशित १७ कार्तिक २०७५, शनिबार |

डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते बनेका छन्।

सोमबार दिउँसो सदरमुकाम दुनैबाट जुफाल जाँदै गरेको भे१च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ कालागौडामा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो।

डोल्पाका प्रहरी प्रमुख डिएसपी अवदेश विष्टले दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि गरे । ‘दुर्घटनाको खबर पाउनासाथ सिडियो साप र डाक्टरको टोलीसहित हामी घटनास्थल पुगेका थियौँ’ नेपालखबरसँग कुरा गर्दै डिएसपी विष्टले भने, ‘डक्टरले दुई १० जनाको मृत्यु भइसकेको पुष्टि गर्नुभएको छ।’ उनले घटनामा दुई जनाको भने उद्धार गरिएको बताए।

घाइते दुबै जनाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको डिएसपी विष्टले बताए।

जिप सडकबाट भेरी नदीमा खसेको थियो। दुर्घटनाका मृतकको अहिलेसम्म सनाखत हुन नसकेको उनले जानकारी दिए।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

नेपालकै पहिलाे पाँचतारे ग्रीन हाेटल- साेल्टी वेस्टेन्ड प्रिमियर:


नेपालगन्जस्थित साेल्टी वेस्टेन्ड प्रिमियम

नेपालगन्जस्थित साेल्टी वेस्टेन्ड प्रिमियम

भुजईगाउँ, बासुदेवपुर नेपालगन्जमा हालसालै सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर देख्दा सामान्य भए पनि धेरै होटलभन्दा फरक छ।

 झन्डै दुई बिघामा फैलिएको यो होटल नेपालकै पहिलो ग्रिन होटल हो। बाहिरबाट हेर्दा सामान्य होटल जस्तै देखिने भए पनि यो कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल हो।

पहिलो पाँचतारे ग्रीन होटलका महाप्रबन्धक इन्द्र खड्का आफू यो होटलसँग जोडिन पाउँदा गौरब महसुश भएको बताउँछन्। नेपालगञ्जको यो सोल्टी वेस्टेन्ड प्रिमियर काठमाडौंस्थित सोल्टी होटलको पहिलो भगिनि होटल हो।

वातावरण जोगाउने उद्देश्यले यूएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिबेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक खड्काले नेपालखरबलाई बताए। ‘होटलको डिजाइन, संरचना, होटल बन्ने क्षेत्र लगाउत सबै काउन्सिलको मापदण्डमा आधारित रहेर तयार गरिएको हो,’ उनले भने, ‘यूएस ग्रिन बिल्डिङ काउन्सिले सोल्टी वेस्टेन्ड प्रिमियरलाई कार्बनडाइअक्साइट उत्पादन नगर्ने श्रेणीमा सिल्बर क्याटागोरी अन्तर्गत राखेको छ।’

१ अर्ब २५ करोडभन्दा बढी पैसामा निर्माण भएको यो होटलमा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा प्राप्त गर्न सक्छन्। २६ महिनामा निर्माण पूरा भएको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेट पनि छन्। क्यासिनो भने महिना दिनभित्र निर्माण गरिसक्ने योजना छ।५ तारे होटलको मान्यता पाउने प्रक्रियामा रहेको सोल्टी वेस्टेन्ड प्रिमियरमा ८१ कोठा छन्।

यो नमुना होटल सञ्चालनमा आएको मात्र ११ महिना मात्र भएको छ।

नेपालगञ्जनमा रहेको यो होटलमा मध्यम वर्गले समेत सेवा लिन सक्ने गरी मूल्य निर्धारण गरिएको महाप्रबन्धक खड्का बताउछन्। यहाँ एक जना एक रात बस्न चाहेमा ४ हजार ३ सय कोठा भाडा पर्नेछ। दुई जना एउटै कोठामा बस्न चाहेमा मात्र ४ हजार ८ सय रुपैयाँ लाग्ने उनले जानकारी दिए। डोल्पा, रारा, मानसरोबर जाने पर्यटक यो होटलमा बस्ने गरेका छन्। पाहुनालाई होटलका ७० कर्मचारीले सेवा पुर्याउँछन्।

होटल भित्र नै हुन्छ फोहर व्यवस्थापन
ग्रिन होटल हुनका लागि मुख्य विशेषता भनेको कार्बनडाइअक्साइट उत्पादन नगर्नु हो। यो होटलले कार्बन्डाइअक्साइट उत्पान नहोस् भन्नका लागि एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिरहेको छ।

फोहर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार गरिएको छ। ‘काउन्सिलको मापदण्डअनुसार होटलबाट निस्केका कुनै प्रकारको फोहर बाहिर फालिँदैन,’ खड्काले सुनाए, ‘ती फोहरलाई समेत फिल्टर गरेर पुनः प्रयोग गर्ने गरेका छौं।’ उनका अनुसार बाथरुमबाट निस्केको फोहरल व्यवस्थापन गरी पुनःप्रयोग गरिँदै आएको छ।

सोल्टी पोखरा र भैरहवामा पनि फैलिँदैसन् १९६५ मा काठमाडौंमा स्थापना भएको सोल्टी होटलको पहिलो भगिनी होटलको रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएको हो। नेपालको पहिलो पाँचतारे यो होटलले छिटै पोखरा र भैरहवामा समेत दुई होटल स्थापना गर्दैछ। सोल्टीको आधिकारिक वेबसाइटमा भनिएको छ, ‘यो बाहेक देशका अन्य भागमा होटल विस्तार गर्ने योजना छ।’

प्रकाशित १९ कार्तिक २०७५, सोमबार |

पानीपुरी बेचेरै छोरीलाई दुई लाखको दाइजो

काठमाडौं – बिहारको मोतिहारी र काठमाडौंमध्ये कुन बढी मन पर्छ भन्दा उहाँलाई जवाफ दिन निकै सोच्नुपर्छ । जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाललाई बनाउँदै आइका राम पण्डितलाई काठमाडौं आफ्नो मामा घर जस्तै लाग्छ । नलागोस पनि किन, आफ्नो जिन्दगीका ३० वसन्त उहाँले काठमाडौंमै बिताउनुभएको छ ।
unn.prixa.net

रामले बेलामा पढ्न सक्नुभएन । घरपरिवारको समस्या र जिम्मेवारीको बोझले पिरोलेपछि  उहाँलाई अब त कमाउनुपर्छ भन्ने लाग्यो । त्यसपछि १८ वर्षको हुँदा घरबाट  निस्कनुभयो । नेपाल आउँछु भनेर केही सोच्नुभएको थिएन । रक्सौलमा पुगेपछि गाउँको मान्छेसँग भेट भयो । उनी काठमाडौं आउने भएपछि राम पनि उनकै पछि लागेर काठमाडौं आउनुभयो ।

काठमाडौं आएर गाउँको मान्छेसँगै जोरपाटी बस्न थाल्नुभयो । त्यतिबेला कालिमाटीबाट साइकलमा तरकारी बोकेर जोरपाटीमा बेच्नुहुन्थ्यो । साइकलमा एक क्वीन्टलसम्म तरकारी राखेर जोरपाटी पुर्याउनुहुन्थ्यो । त्यो क्षण सम्झिंदै उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला मेहनत बढी, कमाई कम हुन्थ्यो । कम लगानीमा बढी कमाउने सोचेर अब पानीपुरी बेच्नुपर्छ भन्ने लाग्यो ।’

त्यसपछि सुरु भयो पानीपुरी बेच्ने काम । टाउकोमाथि पानीपुरीको भाँडो राखेर बेच्न थाल्नुभयो । एक रुपैयाँ प्लेटमा बेच्न सुरु गरेको पानीपुरीको अहिले प्रतिप्लेट ४० रुपैयाँ पुगिसक्यो ।

बीस वर्ष भइसक्यो उहाँले पानीपुरी मात्रै बेच्न थाल्नुभएको । पानीपुरी बेचेर नै उहाँले परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।

पाँच जना छोराछोरीहरुलाई पढाउनु भयो, घर बनाउनुभयो, गाउँमै जग्गा लिनुभयो र छोरीको बिहे गर्नुभयो । बिहे मात्र होइन, छोरीलाई दुई लाख रुपैयाँको दाइजो पनि दिनुभयो । ‘के गर्ने, गाउँघरको चलन मान्नैपर्र्योे, दाइजो नदिएर त हाम्रोमा बिहे नै हुँदैन ’ उहाँले भन्नुभयो, ‘यो सबै गर्न यही पानीपुरीले नै सघायो ।’

सुरुमा उहाँले काठमाडौंमा पानीपुरी बेच्दा यहाँका मान्छेहरुलाई यसको बारेमा थाहा नै थिएन रे । उहाँ आफ्ना जीवनका रमाइला किस्सा सुनाउनुहुन्छ, ‘त्यतिबेला काठमाडौंमा पानीपुरी कमै बेचिन्थ्यो । फाट्टफुट्ट कतैकतै मात्र देखिन्थे । कतिले त  यो के हो भनेर पनि सोध्थे ।’

लामो वर्ष काठमाडौंमा बस्नुभयो । उहाँको साथीहरुले जनआन्दोलनको बेला नेपाली नागरिकता बनाए । तर राम पण्डितलाई भने, यसरी नागरिकता बनाउनु अपराध हो भन्ने लाग्यो । उहाँले दलालको हातमा एक हजार थमाएर नेपाली नागरिकता पाउने आशा कहिल्यै राख्नुभएन । भन्नुहुन्छ, ‘मनमा खोट राखेर पाएको कुनै पनि चिजले मान्छेलाई खुशी बनाउँदैन ।’

भारतबाट नेपालमा काम गर्न आउने धेरैले पानीपुरी बेचेर नै लाखौं कमाएर जान्छन् । तर नेपालीहरु भने यो काम गर्न अझै पनि लजाउँछन् । ‘खान नलजाउनेले काम गर्न चाहिँ किन लजाउनु ?’

दैनिक कति कमाइ भयो, यसले केही फरक पार्दैन । तर महत्वपूर्ण कुरा भनेको कति बचाउनसक्यो भन्ने हो । उहाँ सानो व्यापार गर्ने नेपालीहरुमा यो गुण छैन भन्नुहुन्छ । ‘हामीहरु चाहे जस्तोसुकै होस्, महिनामा पन्ध्र, बीस हजार रुपैयाँ घर पठाएकै हुन्छौं । तर यताका साथीहरु भने त्यही काम गरेर पनि महिनाको भाडा तिर्न पुग्दैन भन्छन्’ आफूले भोगेको र देखेसुनेको कुरा उहाँले बताउनुभयो ।

नेपालीहरुमा केटा मान्छे भन्दा पनि केटी मान्छेले नै यस्तो काम गरेको उहाँले देख्नुभएको छ । ‘अझैसम्म बुझ्न सकेको छैन यताको लोग्ने मान्छेहरुले किन यो काम नगर्नुभएको ?’, उहाँ आफैसँग प्रश्न गर्नुुहुन्छ ।

भारतबाट नेपालमा काम गर्न आउने धेरैले पानीपुरी बेचेर नै लाखौं कमाएर जान्छन् । तर नेपालीहरु भने यो काम गर्न अझै पनि लजाउँछन् । राम पण्डित व्यंग्यात्मक शैलीमा भन्नुहुन्छ, ‘खान नलजाउनेले काम गर्न चाहिँ किन लजाउनु ?’

अहिले राम पण्डित बागबजारमा दुई कोठा लिएर बस्नुभएको छ । कोठामा गाउँकै तीनजना साथीहरु पनि छन् । उहाँ जस्तै अरु साथीहरु पनि पानीपुरी बेच्ने काम गर्नुहुन्छ । पानीपुरीको सबै सामान उहाँहरु आफैं बनाउनुहुन्छ । आफैले बनाउँदा सस्तो पर्ने र स्वादिलो पनि हुने उहाँले बताउनुभयो । एक प्लेट पानीपुरी तयार गर्न १० रुपैयाँ जति लाग्छ । त्यसलाई उहाँले ४० रुपैयाँमा बेच्नुहुन्छ ।

बिहान ९, १० बजेतिर पानीपुरी बेच्न भृकुटीमण्डपतिर निस्किनुहुन्छ । ठेला त्यहीँ बाँधेर राखेको हुन्छ । आफूले कोठकाबाट बनाएर ल्याएका सामान ठेलामा मिलाएर राखेपछि सुरु हुन्छ उहाँको पानीपुरी बेच्ने दैनिकी । कहिले त्यहाँ बसेर खासै राम्रो कमाई नभएको जस्तो लाग्यो भने टाउकोमा बोकेर वसन्तपुरसम्म पनि पुग्नुहुन्छ । किनकी उहाँले जसरी भए पनि महिनाको पन्ध्र, बीस हजार रुपैयाँ बचत गर्नुपर्छ । अहिलेसम्म उहाँले सोचेजति कमाई पनि गर्दै आउनुभएको छ ।

 

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर – (फोटो–फिचर)

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सडक निर्माण भएको कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर –

काठमाडौं – काठमाडौंको कलंकी–कोटेश्वर सडकमा पुग्दा कुनै विकसित देशमा पुगेको आभाष हुन्छ ।

चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप ।
चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड हो यो ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सडक निर्माण भएको हो । सडक बनाउने क्रममा यो सडकमा हिँड्नेहरु धुलो उडेर हैरान बनेका थिए । तर अहिले कुनै विदेशी भूमिमा पुगेको आभाष हुन्छ ।

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २०७१ सालमा यो सडक विस्तार सुरु गरेको थियो । सुरुमा २०७४ भित्र सडक बनाइसक्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दीलगायत विभिन्न समस्याका कारण झण्डै दुई वर्ष ढिलो गरी सडक निर्माण भएको हो ।

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो । सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिसकेको छ ।

 

 

 

कागेश्वरीमा कागको मूर्तिमा विशेष काग पूजा

काठमाडौँ, कात्तिक  ! कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ ।

प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ । नगरपालिकाको नामकरण भएकाले काग तिहारमा विशेष मेला समेत शुरु गरिएको हो । सनातनदेखि नै यहाँ भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्न आउने भक्तजनको भीड लाग्थ्यो । पूजा गर्न आउने भक्तजनका माध्यमबाट मेलासमेत लाग्ने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन् । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

भाद्र शुक्ल अष्टमीमा कुनै कारणले चढाउन नपाएका भक्तजनले कार्तिक कृष्ण त्रयोदशीका कागेश्वरी महादेवलाई गोसाइँकुण्डको जल चढाउँछन् । नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेल कागका रूपमा रहेका कागेश्वरी महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश भई सुख, शान्ति प्राप्त हुने विश्वास रहेको बताउनुहुन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । कागेश्वरी मेलामा लाखौँ हिन्दू र बौद्ध धर्माबलम्बीको भीड लाग्छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम र नगरपालिकाको रु १३ लाख लागतमा २२७ किलोको कागको मूर्ति स्थापना गरिएको थियो ।

हजार किलोको कागको मूर्ति

धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी गर्नुभएको छ भने नफाल्नुस्, त्यसलाई कागेश्वरी नगरपालिका–१ मा दिए त्यो कागको विश्वकै ठूलो मूर्ति बनाउन उपयोग हुनेछ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका –१ मा कागेश्वरी मन्दिर नजीकै रहेको लोकतान्त्रिक शहीद उद्यान गागलफेदीमा अनुमानित रु ५० लाखको लागतमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको हो ।

मूर्ति स्थापना गर्न स्तम्भ निर्माण भइसकेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो । शहीद उद्यान जाने मार्ग निर्माणका लागि रु पाँच करोड खर्च भइसकेको छ । “कवाड दिनुहोस् तपाईँ, सम्पदा बनाउँछौँ हामी’ अभियानअन्तर्गत धार्मिक पर्यटनमार्फत् रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न तथा यस क्षेत्रका गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी, सुन्दरीमाई, शिवपुरी र मणिचूडलाई चिनाउन कागको ठूलो मूर्ति स्थापना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

यसका लागि नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्टधातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्टधातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो ।
सुन, चाँदी, तामा, पित्तल, फलामलगायत धातुका सामग्री कवाडीलाई नदिई सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी– आलापोट– भद्रवास– डाँछी– मूलपानी– गोठाटारलगायत क्षेत्रमा सार्वजनिक पदयात्रा गर्ने तयारीसमेत भइरहेको छ ।

कागको मूर्ति बनाउन रु ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नाम कागेश्वरी धामको शिलालेखमा उल्लेख गरिनेछ । सहयोग गर्न चाहनेले लोकतान्त्रिक शहीद उद्यान गागल निर्माण उपभोक्ता समितिका नाममा रहेको कृषि विकास बैंकको खाता नं. ०२१०८०११८२७३७०१७ मा रकम जम्मा गर्न सक्नेछन् ।

कागेश्वरी महादेवलाई राष्ट्रियस्तरको धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्न लागिएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । कागेश्वरी मन्दिरसम्म पुग्न चाबहिल– जोरपाटी– डाँछी– भद्रवास–आलापोट, चाबहिल– जोरपाटी– गोकर्णेश्वर–दोबाटो चोक–आलापोट र चाबहिल– जोरपाटी– ब्रह्मखेल– गागलफेदी हुँदै पनि पुग्न सकिने वडाध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

प्रदेश नं ३ सरकारले लोकतान्त्रिक शहीद उद्यान गागलफेदी जाने सडक निर्माणका लाग चालु आर्थिक वर्षको बजेटमा रु ३८ करोड छुट्याएको छ । बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयो । उद्यानको विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ । कागेश्वरी धाम निर्माणका लागि नगरपालिकाले पनि रु पाँच करोड बजेट व्यवस्था गरेको नगर प्रमुख थापाले जानकारी दिनुभयो । धाम बनाउन प्रदेश सरकारले पनि रु ३० लाख बजेट राखेको छ ।

आमरण अनशन बस्ने निर्मलाका बुबाको चेतावनी

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नगरे सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।

हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिएका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएका छन् । यदि धर्नापछि पनि सुनुवाई नभए सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्या भएको तीन महिना भन्दा बढी भइसके पनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ ।

घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा सम्लग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।