साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
कार्तिक 18 देखि 24 कार्तिक सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– प्रारम्भको दिनहरुमा अबरोध गर्न  आउनेहरु बढे ता पनि हिम्मतले सफलता प्राप्त हुनेछ्।  स्वास्थ्यमा केहि सामान्य समस्या हरु देखिनेछन्।  झुटा आरोप एवं गालीहरु आउन सक्छन् भने साताको अन्त्यतिर मनमा संतुस्ती प्राप्त हुनेछ्।  मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– घरेलु समस्या देखापर्न सक्छन्। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। तर आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ तर स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ। प्रेम सम्बन्धहरु बढ्नेछ भने मनमा साहित्यिक भावना सिर्जना हुनेछ। पढाइमा रुचि बढ्नेछ भने प्रगति हुने पनि देखिन्छ। सन्तान पक्षबाट शुभ समाचारहर्रु आउँनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– घरभित्रको जिम्मेवारी बढ्नेछ्। नजिकैका बेक्तिहरुबाट केहि अवरोध वा कस्टहरु प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। प्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।  ऋणहरु बढ्नेछन् भने खर्च पनि नियन्त्रण गर्न गाह्रो हुन् सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– लेनदेन र बोली–व्यवहारमा अलि सावधान रहनुहोला। सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। जोश जागर बढ्नेछ भने, आफ्नो पराक्रमले कामहरु अगाडि बढ्नेछन्। स्वाशाप्रस्वाश सग सम्बन्धित समस्याहरु देखा पर्न सक्छ अलि सजग रहनुहोलाा।  धैर्यता गर्ने बानि विकास गर्नुभयो भने प्रतिफलहरु पनि राम्रै आउनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। गोपनीयतामा ध्यान दिनुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम सम्पादन हुनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। शिरसग सम्बन्धित समस्याले सताउन सक्छ।  जिम्मेवारीहरु बढेको महसुस होला।  साझेदारीका कामहरुमा उतारचढाव आउनेछन्।  सामाजिक वा राजनैतिक कार्यमा अग्रसर भैएला।  प्रारम्भका दिनहरुमा केहि  भए पनि मध्यबाट आर्थिक एव पराक्रमको द्रिस्टिकोणले शुभ हुदै जाने देखिन्छ।  नया सोच, उर्जा र जागर बढ्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। केहि ढिलासुस्ती वा मनमा अशान्ति हुनेछ।   कुनै विशेस कामले वा योजनाले गर्दा मनमा शंकाहरु बढ्नेछन्।   सम्बन्धहरु सुधार हुदै जानेछ भने गरेका कामहरु साताको मध्यतिर देखि सफल हुदै जानेछन् ।   ब्यापार व्यवसाय बाट सफलता हुने देखिन्छ भने कमाई एव वचतमा पनि सुधारिदै जानेछ।   मानसम्मान तथा विशेस अवसरहरुको योग रहेको छ।   समयलाई राम्रोसग सदुपयोग गर्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। वैदेशिक रोजगार को लागि गरिएको कार्यबाट शुभ संकेत प्राप्त हुनेछ। साथीभाई सग भेटघाट हुने अवसर मिल्नेछ। नसोचेको ठाउमा खर्च गर्नुपर्ने देखिन्छ भने साताको अन्त्यतिर केहि कामको लागि घरभन्दा बाहिरको यात्रा गर्नुपर्ने हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।  नया रोजगारी एवं कामको अवसरहरु आउनेछन्।  मनमा चंचलता बढ्नेछ भने शरीर केहि कामजोर भएको महसुस हुनेछ।  मनोरन्जनामा समय व्यतित गर्नुपर्ने देखिन्छ।  उत्साह एवं जोस जागरहरु बढ्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
–  सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।धर्र्मिक कार्य एवं तिर्थस्थालाहरुमा सहभागी हुने मौका मिल्नेछ। वौद्धिक ब्यक्तित्वहरुसग भेटघाट तथा सम्बन्धहरु सुधार हुनेछन्। कार्यक्षेत्र राम्रो हुदै जानेछ। आफुले गरिरहेको क्षेत्रबाट मानसम्मान तथा व्यक्तित्व विकास हुनेछ। धर्म कर्म तथा आध्यात्ममा मन जानेछ। सामान्यतय यो साता प्रगतिशील नै देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– अप्ठ्यारा कामको बोझ थपिन सक्छ। अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। आवश्यक परेको खण्डमा मित्रहरुबाट सहयोग प्राप्त हुनेछ।  समय कसैको प्रतीक्षामा बित्नेछ भने मनमा अलिक खिन्नता पनि उत्पन्न हुन् सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
-पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर वादविवादमा अघि नसर्नुहोला। भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। पेटको समस्याले दुख दिन सक्छ, खानपिनमा भने विचार पुर्याउनुहोला। जीवनासाथिसगको सम्बन्धमा उतारचढाव आउनेछ। प्रेम प्रशंग्गहर्रु पनि बढ्नेछन्।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष  विज्ञान परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा- १७, बिरौटा
९८४६५१४३०५

कृषकका समस्या समाधान भए सरकार बलियो हुन्छ : मृषि मन्त्री खनाल

संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले पर्यटकिय गन्तब्यलाई ब्यबस्थित गरिनुपर्नेमा जोड दिएका छन् । कृषि–पर्यटनको एकिकृत बिकास भई मौलिक नेपाली संस्कृति र सामाजिक सदभाव बढ्ने प्रचुर संभावना रहेकोले समेत गन्तब्यको उचित ब्यबस्थित गरिनुपर्ने उनले बताए । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) केन्द्रिय समितीले कपिलबस्तु सदरमुकाम तौलिहवामा राखेको हजार नया गन्तब्य पहिचान र प्रर्वद्धन बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै उनले व्यवसायिक स्थायीत्व र युवा कृषकको कृषिमा सहभागिता बढ्ने भएकोले कृषिलाई पर्यटनसंग जोड्न जरुरी रहेकोमा जोड दिए ।
चिनारी एवं चिनोको रुपमा प्रदान गरिने स्थानिय उत्पादनको उपहार आदीले बजार विस्तार हुदैं राष्टिय आयमा समेत बृद्धि हुने मन्त्री खनालले बताए । स्वदेशको कृषिउपजबाट निर्मित पहिचान बस्तु विदेशमा विस्तार हुने सुनिस्चित भएकोले पर्यटनलाई कृषिसंग जोड्नु जरुरी रहेको मन्त्री खनालको भनाइ छ ।

पर्यटनलाई हरियो डलर भित्राउने गतिलो व्यवसायका रूपमा नेपाली समाजमा चित्रित गरिनु आवश्यक रहेको प्रदेश सांसद बिष्णु पन्थीले बताएका छन् । पुरातनवादी सोचले ग्रसित नेपाली समाजमा पर्यटन प्रवद्र्धन गर्दा पनि संकुचित अवस्थालाई चिर्न जरुरी रहेको अर्का सांसद धर्मबहादुर लाल श्रीवास्तवले बताए ।

नयाँ–नयाँ गन्तव्य र क्षेत्रहरूमा लगानी, पहिचान प्रवद्र्धनमा समय खर्चिन अव लोभ गर्न नहुने कपिलबस्तुका स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन् । नेपालको कृषि पर्यटनलाई आन्तरिक र बाह्य पर्यटक भित्राउन भू–बनोटले पनि साथ दिएको छ, जसका लागि सरकारी र निजी क्षेत्र एक भई रणनीतिक योजना तर्जुमा गर्दै प्रभावकारी कार्यक्रम लागू गरी राष्ट्रिय र अन्र्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके प्रत्यक्ष अप्रत्यक्ष कैयौंले रोजगार पाउने सम्भावना उत्तिकै रहेको नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुबिचार)ले बताए ।

संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवको प्रमुख आतिथ्यता रहेको कार्यक्तममा प्रदेश सांसद बिष्णु पन्थी, सहसराम यादव, धर्मबहादुर लाल श्रीवास्तव, बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, मायादेवी गाउपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, बिजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापा, प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, प्रहरी नायब उपरिक्षक रबि रावल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुसाल लगायतको आतिथ्यता रहेको थियो । नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा (ऋतुबिचार)को अध्यक्षता रहेको कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ कोषाध्यक्ष भुपाल थापाको स्वागत मन्तब्य रहेको थियो ।

यसैबिच कपिलवस्तुको चन्द्रौटामा नेपाल कम्नियुष्ट पार्टी नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा मन्त्री खनाले सरकार मात्र वलियो भएर नहुने जिकिर गर्दै किसान र जनताको सरकार बन्न सक्यो या सकेन भन्ने विषय मुख्य रहेको वताए । चुनावको बेलामा भुमीहिन जनतालाइ जग्गा वितरण गरिने भनेको स्मरण गर्दै मन्त्री खनालले अहिले सरकारले त्यस कार्यलाई अघि वढाएको वताए । विगतको सरकारले गर्न नसकेको कामहरु अहिलेको सरकारले गरिरहेको वताउदैँ पर्यटनको क्षेत्रमा विकाशले फडको मारेको वताए । ठुला योजनाहरु सगै मेलम्ची,नौमुरे योजनाहरु सुरु भइरहेको जनाए । मन्त्री खनालले पार्टीलाई तल्लो तहसम्म एकिकरणको काम भइरहेको वताउदै दुई चार दिन ढिला भयो भन्दैमा नहुने हो कि भन्ने संका नर्गन आग्रह गरे । पार्टीका नेता कार्यक्रताहरुलाई नकारात्मक कुरा गर्न नहुने वताए । कपिलवस्तुको वाणगंगा करिडोरको योजना रहेकोले यसको लागी तयारी भइरहेको जनाए । तिलौराकोट वाट लुम्वीनि सम्म मायादेवी पैदल परिपथ भनेर ५० लाख वजेट विनियोजन भएको वताए । पर्यटनको ठुलो सम्भावना भएको क्षेत्र भएकोले कृषि सगै प्रर्यटनलाई पनि प्राथमिकता दिएको वताए ।जिल्ला भरि एउटा धानको जोन रहेकोमा त्यसलाई सुपरजोन बनाएकोले जिल्लाका सवै स्थानिय तह समेटिने वताए। माछाको जोन,तराकारी जोन गराउने उद्देश्यले वजार ब्यावस्थापनको लागी कपिलवस्तु जिल्ला मात्रलाई ३ कारोड बजेट छुट्टाएको वताए ।

चियापन तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपामा केन्द्रीय सदस्य गिरिधारी लाल न्यौपाने, डोर प्रसाद उपाध्य, विमला घिमिरे नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगाएत वोलेका थिए ।

कपिलवस्तुको शुद्धोधनमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया

शुद्धोधन गाउापािलका गाउँकार्यपालिकाको अयोजना तथा नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुको सहजिकरणमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम लवनिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, वडासदस्यहरु, स्थानियहरु, सुरक्षा कर्मि र नेपाल विद्युत वितरण केन्द्रका प्रमुख सहित कर्मचारिहरुको संयुक्त रोहवरमा विद्युत चुहावट नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले गाउँपािलकका लागि पोल, तार, ट्रान्सफर्मर मिटरको माग गर्दै सेवा सुविधा छिटो छरितो दिनुपर्ने माग राखेका थिए । प्राधिकरणले यस्ता खालका सुविधा दिएका यस गाउँपालिका भित्र कुनै किसिमको विद्युत चुहावट हुन नदिने प्रतिवद्धता जाहेर गरे । साथै दलित गरिव र निमुखाहरुका लागि राजश्वको ब्यवस्था गाउँपालिकाले गरिदिने अध्यक्ष खाँले तबाए । आर्थिक बर्षका लागि विद्युत प्राधिकरण संग समन्वय गरेर गाउँपालिकाले बजेट विनियोजन गर्ने उनले बताए ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जय कुमार यादवले मिटर जडान प्रक्रियाको सम्पुर्ण कार्यक्रम गाउँपािलकामै गरिदिने बताए । कार्यक्रममा सहजिकरण गर्दै प्रमुख यादवले पोल, तार र ट्रान्सफर्मर प्राधिकरणको बजेटको परिधिमा रहि उपलब्ध गराउँने र लाईनको सुधार गरिदिने समेत बताएका छन् । यति गर्दा गर्दै पनि स्थानियहरुले अटेर गरि विद्युत चुहावट गरेको पाईएमा सुरुक्षा निकायलाई परिचालन गरि पक्राउ गरि नेपाल विद्युत प्राधिकरणका ऐन सम्बन्धि कारवािह गरि जेल चलान समेत गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपािलकाका उपाध्यक्ष सुधादेवी पाण्डेय, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोख्रेल, प्रहरि ईन्चार्ज पदम बहादुर रोकाया लगायतले मन्तब्य दिएको फिल्ड सुपरभाईजर कृष्ण पौडेलले जानकारि दिए ।

श्रीमतीको हत्या आरोपमा श्रीमान् प्रकाउ

गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पनाहामा श्रीमतीको हत्या आरोपमा श्रीमान प्रकाउ परेका छन् । मदाने गाउँपालिका ६ का ३३ वर्षीय दुर्गाबहादुर नेपालीलाई श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो । आरोपी नेपालीले श्रीमती सीता नेपालीलाई गत कार्तिक १५ गते ढोकाको अगुलोले टाउको, हातखुट्टालगायत शरीरका विभिन्न ठाउँहरूमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक दीपक कुमार बस्नेतले बताए ।

तीन महिनाअघि माइती गएकी सीतालाई एकान्तमा भेटी घर जामभन्दा सीता नमानेपछि आवेगमा आएर हत्या गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । हत्या आरोपी नेपालीमाथि कर्तब्य ज्यानसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । उनका छोरा र एक छोरी रहेका छन् ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता प्रतिस्पर्धात्मक बन्दै, सोमवारबाट सेमिफाईनल सुरु हुँने

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । आईतवारबाट क्वाटरफाईनल खेल सकिएका छन् । सोमवारबाट सेमिफाईनलका खेल सुरु हुँने आयोजकले जनाएको छ ।

आईतवार भएको पहिलो खेलमा सामाजिक विकास मञ्च विजयी भएको छ । टस जितेर बलिङ रोजेको ज्ञानोदय गोल्ड लाई आयोजकले ५ विकेटको क्षतिमा १ सय ७४ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको ज्ञानोदय गोल्ड ७ विकेटको क्षतिमा ९१ रनमै हार ब्यहोरेको हो । पहिलो खेलबाट लोक राना म्यान अफ द म्याच बन्न सफल भए उनले ७६ रन ३ विकेट लिएका थिए ।

शान्ति युथ क्लव लुम्बिनी र द राईजिङ युथ क्लव गोरुसिङगे बिच विच भएको दोस्रो खेलमा शान्ति युथ क्लव विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको द राईजिङले १३ ओभरको समाप्तिमा अलआउट हुँदै ७० रनको लक्ष्य दिएको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा शान्ति युथ क्लव ९ ओभरमा ४ विकेटको क्षतिमा विजयी भएको हो । दोस्रो खेलबाट जमसेद अलि म्यान अफ द म्याच बन्न सफल भए उनले १६ रन तथा २ विकेट लिए ।

त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा खाँन ईलावेन १७ रनले विजयी भएको छ । स्टयाडर्ड टेलरिङ लक्ष्मणघाट र खाँन ईलावेन बिच भएके खेलमा टस जितेर ब्याटिङ रोजेको खाँले ८ विकेटको क्षतिमा ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा स्टयाडर्ड टेलरिङ ८ विकेट गुमाउँदै ७५ रनमै सिमित भएको थियो । तेसा्रे खेलबाट विरु कुर्मि म्यान अफ द म्याच बन्न सफल भए उनले ४ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै सोमवारबाट सेमिफाईनलका खेल सुरु हुनेछन् । पहिलो खेल शान्ति यसथ क्लव लुम्बिनी र खाँन ईलावेन भैरहवा बिच हुनेछ र दोस्रो खेल आयोजक र परिवर्तनशिल युवा क्लव बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

अर्घाखाँचीमा चितुवाको आक्रमण बाट ४ बर्षिय बालकको मृत्यु

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ४ बर्षिय वालकको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेँहाले निवासी ४ बर्षिय बालक आर एन घिमिरे लाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो । स्थानीय माधब प्रसाद घिमिरे मदन का ४ बर्षिय छोरा लाई बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बेला चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा उनको को जिल्ला अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।

चितुवाले बालकको घाँटिमा आक्रमण गरि बारिमा फालेको थियो। स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याएपछि उपचार सुरु गर्न पाउँदा नपाँउदै डाक्टरले मृत घोषणा गरेको हो ।

निजका बुबा आमा घरमै रहेको बुझिएको छ। अहिलेसम्म अर्घाखाँची जिल्लामा १५ वटा बालबालिका लाई चितुवाले आक्रमण गरि नोक्सान गरेको छ भने ६ जना गम्भीर घाइते पछि निको भएको छ। चितुवाले बिगत ३ बर्ष देखि आतंक फैलाउँदा जिल्ला बासि अत्यन्तै त्रासमा बस्न बाध्य भएका छन । चितुवा नियन्त्रण गर्न अनेक प्रयास गर्दा सम्म कुनै उपलब्धि हुन सकेको छैन।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । शनिवारबाट क्वाटरफाईनल खेल सुरु भएको छ । आजको तेस्रो खेलबाट क्वाटरफाईनल सुरु भएको हो । शनिवार भएको पहिलो खेलमा ज्ञानोदय गोल्ड विजयी भएको छ । टस जितेर बलिङ रोजेको बुद्धभुमि युथ क्लवलाई ज्ञानोदयले ७ विकेटको क्षतिमा १ सय १४ रनको लक्ष्य दिएको थियो जवाफि ब्याटिङमा उत्रिएको बुद्धभुमि ७१ रनमै अलआउट हुँदै हार ब्यहोरेको हो । पहिलो खेलबाट अजय कौशल्य म्यान अफ द म्याच बन्न सफल भए उनले २५ रन २ विकेट लिएका थिए ।

खाँन ईलावेन भैरहवा र जय नेपाल क्रिकेट क्लव बिच विच भएको दोस्रो खेलमा खाँन ईलावेन ५ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय नेपाल क्रिकेट क्लवले खाँन ईलावेनलाई १ सय ८ रनको लक्ष्य दिएकोमा खाँने ११ दशमलव १ ओभरमा ५ विकेटको क्षति ब्यहार्दै विजयी भएको हो । दोस्रो खेलबाट रुपेश कुर्मि म्यान अफ द म्याच बन्न सफल भए उनले ३४ रन तथा ३ विकेट लिए ।

त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा र परिवर्तनशिल युवा क्लव मधुवन बिच भएको खेलमा टस जितेर बलिङ राजेको परिवर्तनशिललाई ट्रेनिङ सेन्टरले १ सय ४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशिलले ८ विकेटको क्षतिमा विजयी हात पारेको हो । तेस्रो खेलबाट अजय पाण्डे म्यान अफ द म्याच बन्न सफल भए उनले ४६ रन लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै आईतवार पनि क्वाटरफाईनल खेल हुनेछन् । पहिलो खेल ज्ञानोदय गोल्ड र आयोजक टिम बिच हुनेछ, दोस्रो खेल शान्ति युथ क्लव लुम्बिनी र अल स्टार क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो खेल लक्ष्मणघाट क्रिकेट क्लव र खाँन ईलावेन क्रिकेट क्लव धगदई बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

अझै गुमिसकेको छैन सरकारले काम गर्ने अवसर


ओली नेतृत्वको मन्त्री परिषदको पहिलो बैठक

दुर्गमको एक गाउँमा एउटा चिया पसल थियो। त्यस चिया पसलमा गाउँका प्रभावशाली व्यक्तिहरुको नियमित जमघट हुने गर्दथ्यो। बढ्दो उमेरका युवाहरु पनि आफ्नो प्रभाव देखाउन त्यहीँ गएर ठूला बडाहरुको कुरा सुन्नेमौका मिल्यो भने आफ्ना कुराहरु पनि राख्ने गर्थे।

ठूलाबडाहरु भने युवाहरुको कुराकामा ध्यान दिँदैनथे। तर युवाहरु आफ्ना कुरा सुनाउननिकै लालायित हुन्थे। त्यसैले उनीहरु  आफूलाई परिपक्व देखाउन आफ्ना बाका हजुरबाका जस्तै कपडा लगाउँथे। बाहजुरबाहरुकै नक्कल गरेर पसलमा गई चिया खानेचुरोट खाने गर्दथे।

एक दिन एक युवाले हजुरबाको कपडा लगाएर पसल नजिकै  गएर रवाफिलो पारामा स्टाइलका साथ रु. २० को नोट दिँदै चुरोट माग्यो। तर पसलकी युवतीले यस युवालाई वास्तै गरिनन्। यसबीचमा पसलकी साहुनीले २३ जना ग्राहकलाई सामान बेचिसकेकी थिइन्। आफूलाई बेवास्ता गरेको देखेर युवक रिसले भुतुक्कै हुन्छ र रिसाउँदै चश्मा खोलेर हेर्न थाल्यो।

तरदोकान उ भएको ठाउँबााट ३ सय मिटर टाढा पो रहेछ। हजुरबाको पावरवाला चश्माको कारण दोकान नजिकै देखिएको रहेछ।

यति बेला नेपाल सरकारका सबै मन्त्री र उनीहरुका आसेपासेहरुले देशभरि तीब्र विकास भएकोसुशासन कायम भएकोकानूनी राज्यको स्थापना भएको र विगतका कुनै पनि सरकारले गर्न नसकेका पानीजहाजरेलटे«ड एण्ड ट्रान्जिट सन्धि लगायतका विकासैविकासका कार्यहरु भएको देखेका छन्। तर जब चश्मा खोलेर वास्तविकताको धरातलबाट हेर्नेछन् तब महशुस गर्नेछन् किकसरी समय र श्रोतको बर्बादी गरिएको रहेछ।

सायद त्यतिबेला धेरै ढिलो भएको हुनेछ। यो सरकारको पतन भइसकेको हुनेछ। देशमा कम्युनिष्टहरुको पहिचान पनि एक फटाहा र छद्मभेषी शक्तिको रुपमा स्थापित भएको हुनेछ। समय छँदै सरकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले नेपाली समाजको विशिष्ठतामा आधारित विकासका प्राथामिकताहरुमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न थाले भने अझै केही ढिलो भएको छैन।

विहानै घरवाट निस्केको मानिस विहानको खाना खान नआएपनि दिउसो खाजाखान आयो भने अलमलिएको मात्रै भनिन्छहराएको वा भागेको भनिदैन। त्यसकारण विगतका ७ महिनामा सरकार निकै अलमलिएको छ। खान नपाउनेभोकानाङ्गा र सामाजिक रुपमा सदियौँदेखि विभेदको अपमानवाट प्रताडित जनताहरुले नयाँ भविष्य र भाग्यको आशाभरोसासहित बनाएको सरकारले त्यस वर्गका जनताहरुका दैनिक जनजीवनसँग जोडिएका अवस्थाहरुप्रतिको बेवास्ताले सरकारलाई जनताबाट अलग्याइदिएको छ।

सरतपाईं सकारात्मक सोचले सकारात्मक रुपान्तरण हुन्छ त भन्नु हुन्छतर हामी जनताले प्रयोग गर्ने वीरगञ्ज अस्पताल अस्पताल जस्तो छैन। हामीले पढ्ने विद्यालय अस्तब्यस्त छ। त्यहाँ पढ्ने विद्यार्थीहरुलाई सबैले छिःछिः र दुरदुर गर्दछन्। सरकारी कार्यालयमा जाँदा अपमानढिलासुस्ती बेहोर्नुपर्छहामीले हिँड्ने बाटो धुलाम्मे र हिलाम्मे छ। हाम्रालागि सरकार कहाँ छहाम्रो गाउँमा अझैपनि आमाहजुरआमाहरुलाई बोक्सी भनिन्छ। हाम्रो जातका मान्छेले बाटो काटेमा साइत बिग्रन्छ भनिन्छ। १२ वर्ष पुग्ने बित्तिकै हामीलाई विवाह गर्न दबाब दिइन्छबाआमाले दाइजो दिन नसकेका कारण दिदीहरुलाई दिउसै डढाइन्छ। तर न्याय पाइँदैन। वार्डदेखि संघीय सरकारहरुलाई हाम्रा यी यावत समस्याहरुप्रति चासो छैन।   हामीलाई यति विघ्न किन बेवास्ता गरिन्छहाम्रा हजुरबाका पालादेखिका हाम्रा समस्या ज्यूकात्यूँ छन्। यो सरकारले पनि हाम्रा समस्यालाई केही वास्ता गर्दैन भने आखिर हाम्रो देशको सरकार कसको लागि होकिन यति ठूलो सञ्जाल भएको कम्युनिष्ट पार्टी केही बोल्दैनकुरीतिविभेदभ्रष्टाचारअन्यायअत्याचारविरुद्ध सामाजिक आन्दोलनको नेतृत्व गर्दै । यदि सधैँ यस्तै भइरहने हो भने कतिवर्षमा यो देश परिवर्तन हुन्छ?

गत महिना लायन्स क्लब अफ वीरगञ्जद्धारा आयोजित कार्यक्रममा सहभागीहरुले उठाएको यी प्रश्न नै यो देशको भाग्य र भविष्यसँग जोडिएका प्रश्न हुन्।

ठाकुरबाबा  नगरपालिका (बर्दिया) को २० वर्षे गुरुयोजना निर्माण प्रक्रियाको सहजीकरण गर्ने सिलसिलामा गत हप्ता म बर्दिया पुगेको थिएँ। त्यहाँ भएको छलफलपछि मेयरउपमेयर र सबै वडाका वडाअध्यक्षहरुले सर्वसम्मतिद्वारा आगामी ५ वर्षमा विकासका प्राथमिकताहरुको निर्धारण र गरी सोही आधारमा आगामी नीति तथा कार्यक्रमहरु एवं विकासका योजना कार्यान्वयन गर्ने निर्णय गरे।

उनीहरुले विकास रणनीतिको पहिलो प्राथामीकतामा जनशक्तिको सिर्जनासामाजिक तथा राजनीतिक विकासलाई निर्धारण गरे भने दोश्रोमा प्राकृतिक श्रोत र साधनहरुको व्यवस्थापन भएको ठहर गरे।  तेश्रोमा पूँजीको बद्धि तथा प्रविधि विकास र चौँथोमा वातावरण मैत्री एवं समावेशीभौतिक पूर्वाधार तथा संरचनालाई ठहर्‍याए।

नगरपालिकाभित्र भएका ग्राभेल सडकलाई आगामी पाँच बर्षभित्र पिच नगर्ने निर्णय पनि बैठकले गर्‍यो। यस्तो निर्णय भएपछि किन बाटो पिच नगर्ने? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने नै भयो । मेयर मेयर घननारायण श्रेष्ठको उत्तर थियो, ‘यो नगरपालिकाभित्र बसोबास गर्ने ९८ प्रतिशत जनता साइकलमा यात्रा गर्छन्।  यदि हामीले सडक पिच गर्न थाल्यौँ भने नगरको सबै बजेट  बाटोलाई पिच गर्दैमा सकिन्छ। त्यो पिच दुई वर्षमा भत्किन्छबिग्रिन्छ। भएको बजेट जति सबै बाटोमा लगायौँ भने हामीले अरु काम  गर्न सक्दैनौँ। बाटो पिच गर्दा लाग्ने खर्च जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन खर्च गर्‍यौँ भने त्यसपछि कस्तो बाटो बनाउने होत्यस्तै बनाउन सक्छौँ। त्यसकारण यहाँ जनताहरुको लागि आयआर्जन र रोजगारीका अवसर बृद्धि गर्नेसामाजिक विभेद हटाउने कार्यक्रममा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्न सकियोस् भनेर यो निर्णय गरिएको हो। 

मेयर श्रेष्ठको यो भनाइले यस देशविकासका प्राथामिकता के हुनु पर्दछ भन्ने कुरालाई स्पष्ट पारेको छ। यदि संघीय सरकारले पनि ठाकुर बाबा नगरपालिकाबाट समयमै सिक्यो भने गुम्दै गरेको साख जोगाउन सक्दछ। सदियौँ देखि हेपिएका र पिल्सिएका  जनताहरुलाई परिवर्तनको आभाष दिलाएर दैनिक जनजीवनमा परिवर्तन ल्याउनका लागि सामाजिक  विकासशैक्षिक गुणस्तरको सुनिश्चिततास्वास्थ्यमा सहज पहुँचकृषि प्रविधि एवम् सिपको विकासवन व्यवस्थापन जस्ता कुरा निकै महत्वपूर्ण छन्।

जनतामा केन्द्रित भएर गरिने यस्ता विकासका योजनाहरुले नगरपालिकालाई र जनताहरुलाई सदैव जोडी रहनेछजनताले पनि नगरपालिकालाई भरोसायोग्य अविभावकको रुपमा ग्रहण गर्नेछन्। यस प्रकारका कार्यक्रमबाट आगामी ५ वर्षमा जनताको जीवनमा आउने सकारात्मक परिवर्तन प्रष्ट देख्न सकिन्छ।

यतिबेला चारैतिरबाट आलोचना र तिरष्कार खेपेको सरकारले सुशासन र जनताका दैनिक जनजीवनलाई सम्बोधन गर्न नेपालको सामाजिक संरचनामा आधारित विकासका प्राथामिकता र कार्यक्रम तर्जुमा गरेर सञ्चालन गर्न सकेमा सरकारको गिर्दो साख बचाउन सकिन्छ भने नेपालमा राजनीतिक विकासको प्रक्रिया पनि शुरु हुन सक्छ।

देश यतिबेला अनियन्त्रित भ्रष्टाचारको सिकार वनेको छ भने विकास प्राथामिकताको अभावमा जनताका समस्या दिन प्रतिदिन बढेर गएका छन्।

सत्तारुढ नेकपाले अहिले जुन शक्ति आर्जन गरेको छयो शक्ति कसैको चाहना वा कामनाका कारण यो शक्ति आर्जन गरेको होइन।  यो शक्ति आर्जन गर्दासम्म प्रधानमन्त्री केपी शर्मा ओली लगायत लाखौँ जनताको त्यागबलिदान र करोडौँको चाहना र भावना सहभागी भएको छ।   यो शान र सौकात बचाउनु मात्रै होइनबढाउनु पनि वर्तमान सरकारको कर्तव्य हो। सरकारको मुख्य कर्तव्य  सुशासनको हो। छिमेकीसँगको सम्बन्ध जति नै समुधुर बनाएपनि र जति नै ठूलाठूला ट्रेड एण्ड ट्रान्जिट सन्धि गरेपनि  यसको बदलामा भ्रष्टतस्करठगहरुलाई पुरस्कृत गरेर सरकारको विरोध गर्नु भएन भन्नुको कुनै पनि हालतमा सकारात्मक अर्थ लाग्दैन।

कम्युनिष्ट सरकारले गनुपर्ने अनुकरणीय कार्य मार्फत् बर्षाैँदेखिका जोरीपरि र बैरीहरुलाई  झापड हान्नुपर्नेमा त्यो केही हुन नसकेपछि हामीजस्ता निरीह बबुराहरुले अब के भनेर कम्युनिष्ट सरकारको प्रतिवाद गर्ने होबालुवाटारपुल्चोक र सिँहदरवारबाट हेर्दा कलंकीकालीमाटीरिङ्गरोडचिल्लो देखिएलानेता र मन्त्रीहरु चढ्ने गाडीमा बज्ने साइरनका कारण उनीहरु हिँड्दा सडकमा जामपनि नहोला। उनीहरुका नातेदारहरुले उपचार गर्ने अस्पताल र यातायात नियमित होलान्। तर हामी निरिह जनताले हिड्ने बाटाभरि खाल्डा खुल्डी छन्अस्पतालहरु सुविधाविहीन छन्विद्यालयहरु गुणस्तरहीन छन्।

ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि नेपालमा भ्रष्टाचार चरम रुपमा बढेको छ भन्छ। तर शक्तिशाली सरकारले ८ महिना बिताइसक्दा समेत एउटा पनि भ्रष्टाचारी भेट्टाउँदैन। तर जन्ममिति ढाँटेर सम्बैधानिक निकायको उच्च तहमा पुगेकै आधारमा तक्माले विभूषित गर्छ।

कुनै दिन वीरगञ्जबाट काठमाडौँ आउन रात्रीबसको टिकट काट्न नसक्नेहरुको सुरक्षाका लागि अगाडिपछाडि आज सुरक्षाकर्मीको लर्को छजति भीड भएपनि चारैतिर मान सम्मानको ओइरो छहाछ्युँ आउँदापनि मिडियाको केन्द्रविन्दुमा उनीहरुले आफूलाई पाउँछन्। तिनीहरुले आफू सत्तामा भएका बेला देशमा भयंकर प्रगति भएको अनुभव गर्नु जायजै होला।

तर, मेचीदेखि महाकालीहिमालदेखि तराइसम्मका भोका नांगाहरु जनताले नलगाएको चश्माले हिजो र आजमा कुनै फरक देख्न सकेका छैनन्। राम्रो हुँदैछ भन्ने कुराको महसुसपनि गर्न सकेका छैनन्। राम्रो भएको अनुभूति व्यवहारमा पनि गर्न सकेका छैनन्।

समय अझै छबाँकी समयको सदुपयोग गर्न ढिला नहोस्। शुभकामना!

– डा. रामचन्द्र लामिछाने  इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन्

हलीको लौरो किन हुँदैन संग्रहालयमा , किन हुन्छ राजाको राजदण्डमात्र ? – प्रधानमन्त्री ओली


नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली
फोटो: रत्न श्रेष्ठ/रासस
‘फ्रम इम्पोरर टु सिटिजन’ जस्तै ‘फ्रम अ किङ टु सिटिजन’ का रुपमा सत्य कुराहरु लेखे हुने हो। अलिक अशोभनीय ढंगले, असामयिक बोली आउनु त्यति वान्छनीय होइन। त्यो भन्दा बढी म भन्न चाहन्नँ।

घटना हेर्दा अलिक सानो जस्तो लाग्ला, तर हामी अत्यन्तै महत्वपूर्ण दिन र क्षणमा छौँ। दुनियाँ गतिशील छ। प्रकृतिपनि गतिशील छ। नेपाल पनि गतिशील छ।

लामो समयदेखि धेरै नेपाली जन्मसिद्ध श्रेष्ठता– जन्मँदै शासक हुने सिद्धान्त, दैवी शक्तिबाट शासक हुने झुठो इमानहीन सिद्धान्तका विरुद्ध लडे। त्यो सिद्धान्त, व्यक्ति वा परिवार, स्वार्थ र अहंकारको मारमा आम जनता परे। त्यसको अन्त्यका लागि दुनियाँले लड्यो, नेपालले लड्यो, नेपाली जनताले लडे।

त्यसक्रममा लखन थापा लडे, योगमाया लडिन्। कृष्णलालहरु लडे, (लक्ष्मीप्रसाद) देवकोटाहरु लडे। (बालकृष्ण) समहरु लडे, अरु थुप्रै विद्धानहरु लडे, सर्जकहरु लडे। कृष्णप्रसाद कोइरालाहरु लडे, मनमोहन अधिकारीहरु लडे, बीपी कोइरालाहरु लडे, मातृकाप्रसादहरु लडे, रामनाथ दाहालहरु लडे, १९९७ का चार जना शहीदहरु लडे, शहीद नभएका ज्यूँदा शहीदहरु लडे।

राणा शासन विरोधी आन्दोलन भयो, राजतन्त्र विरोधी आन्दोलन भयो र नयाँ परिवर्तन भयो।

गणतान्त्रिक प्रणालीको मागमा पनि अनेकन संघर्षहरु भए। गणतन्त्रको स्पष्ट माग लिएर आजभन्दा ४८ बर्षअघि म आफै एउटा संघर्षमा सामेल भएको थिएँ। ती सबै संघर्ष, योगदान र वलिदानको फलस्वरुप राजतन्त्र र राजदण्ड संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनीमा आएको छ। यसबाट शहीदहरुको सम्मान भएको छ।
०००
यस प्रसङ्गमा, इतिहासको कालखण्डमा राजतन्त्रले खेलेको सकारात्मक भूमिका, नेपालको एकिकरणमा पृथ्वीनारायण शाहको योगदान जस्ता प्रसङ्गहरुलाई पनि म स्मरण गर्न चाहन्छु। राष्ट्रियताको सवालमा राजतन्त्रले समय–समयमा खेलेको योगदान, राष्ट्रियताको सवालमा जंगबहादुरले पुर्‍याएको योगदान समेत स्मरण गर्न चाहन्छु।

तर, यसको अर्थ– इतिहासको कालखण्डमा कुनै कुरामा सकारात्मक योगदान पुर्‍याएको थियो भन्दैमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अथवा जन्मसिद्ध शासकीय सिद्धान्त तर्कयुक्त छैन, तथ्ययुक्त छैन। जनताबाट निर्वाचित जनताको शासन नै वास्तविकता हो, यथार्थ हो, यो नै तर्कपूर्ण छ। र, यही प्रणालीमा हामी आज आइपुगेका छौँ। आजको यो दिनले सारा इतिहासको स्मरण गराउँछ। र, नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने कुराको राम्रो तथ्य प्रस्तुत गरेको छ।

हामीले आज श्रीपेच र राजतन्त्र प्रदर्शन गर्‍यौँ। श्रीपेचको बारेमा म व्याख्या गरिरहन चाहन्नँ।

चीनका अन्तिम बादशाह पु यी भन्ने थिए। उनले ‘फ्रम इम्पोरर टु सिटिजन’ भन्ने किताब लेखे। हि वाज एन इम्पोरर फ्रम नाइन्टी थर्टी वान टु नाइन्टिन् फोर्टी फाइभ (सन् १९३१–१९४५)। हि वाज् एन पावरफूल इम्पोरर इन चाइना।

तर, फोटी फाइभ (१९४५) मा उनी अपदस्त भए। पछि उनले पुस्तक लेखे– ‘फ्रम इम्पोरर टु सिटिजन’ अर्थात् ‘सम्राटदेखि नागरिक’ सम्म। त्यो किताबमा सम्राट हुँदाका अनुभवपनि छन्, नागरिक हुँदाका अनुभवपनि समेटिएका छन्।

श्रीपेचका बारेमा तिनले लेखे– श्रीपेच किन लगाउनु पर्दछ, राजदण्ड किन हातमा लिनुपर्दछ, आफैले आफैलाई विभिन्न ठूलाठूला मानपदवी दिएर किन विभूषित गर्नुपर्दछ, अनौठा अनौठा कपडाहरु किन लगाउनु पर्दछ, अलिक कम बोल्ने धेरै सुन्ने किन गर्नुपर्दछ?

यो मेरो भनाई होइन, उनको भनाई हो– ‘बादशाहहरु भित्रबाट खोक्रा हुन्छन्, त्यो खोक्रोपन नदेखियोस्। भित्रबाट त्रसित हुन्छन्, त्यो त्रास नदेखियोस्। यही भनेर उनीहरु हातमा तरवार लिन्छन्। विशेष प्रकारको पहिरन लगाएका हुन्छन्, अनौठो पाराको श्रीपेच लगाएका हुन्छन्, जुन अरुले लगाएका हुन्नन्।’

यसरी उनीहरु यस्तो भ्रम दिइरहेका हुन्छन् कि उनीहरुसँग दैवी शक्ति छ, विशेष प्रकारको शक्ति छ।

तर शक्ति श्रीपेचमा हुँदैन, शक्ति त जनतामा हुन्छ। शक्ति राजदण्डमा होइन, जनताको मत–अभिमतमा हुन्छ। तर जनतालाई आफूपनि शक्तिशाली भनेर ठान्न नदिन, बुझ्न नदिन राजाहरुले सबै विधिहरु प्रयोग गरेका हुन्छन्।

ती चिनियाँ सम्राटले भनेका छन्– राजदण्ड बोक्ने, श्रीपेच लगाउने यी सबै अनौठो किन गर्नुपर्छ भने, त्यो खोक्रोपनलाई ढाक्नका निम्ति, त्रासलाई छोप्नका निम्ति। जनताले आफूलाई भ्रमपूर्ण ढंगले बुझोस्, त्यसका निम्ति।

तर, आज त्यो भ्रम उत्रिएको छ। र, त्यो भ्रम अब संग्रहालयमा कैद भएको छ।

जनताले फालेको–ढालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर, नेपालमा हामीले अत्यन्त उदार, फराकिलो लोकतन्त्र ल्याएका छौँ र अभ्यास गरेका छौँ, जहाँ संघर्ष गरेर फालिएको राजतन्त्रलाई सम्मानसाथ व्यवहार गरेका छौँ।

‘फ्रम इम्पोरर टु सिटिजन’ जस्तै ‘फ्रम अ किङ टु सिटिजन’ का रुपमा सत्य कुराहरु लेखे हुने हो। अलिक अशोभनीय ढंगले, असामयिक बोली आउनु त्यति वान्छनीय होइन। त्यो भन्दा बढी म भन्न चाहन्नँ।
०००
अब यस संग्रहालयलाई हामी दरवार इतिहास संग्रहालयको रुपमा विकास गर्न चाहन्छौँ, जसले नेपालको इतिहासलाई अभिव्यक्त गरोस्। अगाडिदेखि यसलाई हामी यसरी विकास गर्छौँ।

खासगरी त्यसबेलाका विकास र वैभवहरु शासकहरुका दरवारमा नै प्रकट हुन्थे। जनता त खेतमा असारे गाउँथ्यो, रोदी घरमा मादल बजाएर गाउँथ्यो, सोरठी र मारुनी नाच्थ्यो, घाँस–दाउरा–पानीमा गीतहरुको दोहोरी चल्थ्यो। तर, ती संग्रहित हुन पाउँदैनथे। ती व्यवस्थित हुन पाउँदैनथे, ती लिपिवद्ध हुन पाउँदैनथे। जनता त लड्थ्यो, तर तिनको इतिहास लेखिन पाउँदैनथ्यो।

जनताले बलिदान दिनमात्र पाउँथ्यो। मैले पृथ्वीनारायण शाहको कुरा गरेँ। काटिने त कालु पाँडे थिए, पृथ्वीनारायण शाह होइन। इतिहासमा काटिने त दामोदर पाँडे हुन्। देशका लागि सेरिनुपर्ने अवस्थामा पुग्ने त भीमसेन थापा हुन्। तर, वाण लागेको भए अर्जुनलाई लाग्थ्यो, कृष्ण त पछाडि बसेर निर्देशन दिने न हुन्।

नायकहरुले नायकत्व गर्छन्। तर साँच्चैको मैदानमा मर्नेहरुको इतिहास नै लेखिएको हुँदैन। हामीले इतिहास त दरवारमा बस्नेहरुको मात्र पढ्न पाउँछौँ। किनभने इतिहास तिनकै लेखिएको हुन्छ। संग्रहालयमा तिनीहरुकै वस्तु संग्रहित भएको हुन्छ।

जो जनता र देशका लागि लड्छ, त्यसका त माटाका भाँडा, आल्मुनियमका भाँडा हुन्छन्। माटा र आल्मुनियमका भाँडा कहाँबाट संरक्षित हुनु? कता गए तिनका इतिहासहरु?

कुनै हलीको गोरु धपाउने लौरो बस्छ संग्रहालयमा? राजदण्ड न बस्छ संग्रहालयमा। राजदण्ड बन्नु भन्दा हजारौँ बर्ष पहिले गोरु धपाउने लौरो हाम्रो इतिहासमा थियो। तर अब त्यो कहाँ गयो, गयो। धेरै पछि बनेको राजदण्ड संग्रहालयमा राखियो।

हाम्रो इतिहास सत्यमोहन जोशीलाई थाहा छ, जो यो कार्यक्रममा बसिरहनु भएको छ। उहाँले यी सबै इतिहासहरु हेर्नुभएको छ, हलीको लौराको हालत के छ? राजदण्डको हालत के छ?

तरपनि यो एउटा इतिहास हो हाम्रो। हाम्रो वैरभाव तानाशाहीसँग थियो, इतिहाससँग होइन। त्यसकारण हामी इतिहासको संरक्षण गर्छौँ। इतिहासको सम्मान गर्छौँ। जे थियो, त्यसको संरक्षण गर्छौँ।

कार्यक्रममा सत्यमोहन जोशी लगायत

कार्यक्रममा सत्यमोहन जोशी लगायत

नारायणहिटी संग्रहालयमा केही कोठाहरु खुलेका छन्, अरु कोठाहरु पनि खोल्ने प्रबन्ध गरौँ। संग्रहालयलाई संग्रहालयका रुपमा विकास गर्ने अरु कामहरु छिटो गरौँ। के गरेर यसलाई अगाडि बढाउनुपर्छ, त्यो गरौँ। अरु खोज अनुसन्धान गर्नुहुन्छ भने– सत्यमोहन जोशी पाको भइसक्नु भएको छैन, भर्खर सय बर्ष पुग्नुभएको छ। हामीले उहाँसँग ज्ञान र शिक्षा लिन सक्छौँ।

हामीपनि नारायणहिटीलाई भर्साइल दरवार जस्तै, पिटर्स प्यालेस जस्तै, नेपोलियनको प्यालेसजस्तै वा चीनको ‘फरविडन सिटी’ जस्तै विकास गर्न सक्छौँ। यतापट्टिपनि हामी ध्यान दिन्छौँ।

विनायोजना कहिले के पार्क बनाउने, कहिले के गर्ने, कहिले के गर्ने भन्ने ढंगले होइन, अब यसको ‘मास्टरप्लान’ अन्तर्गत यसलाई ‘प्यालेस हिष्ट्री म्युजियम’ का रुपमा विकास गर्नुपर्छ। जहाँ हाम्रो सम्पूर्ण इतिहास संग्रहित होस्, गोपालवंशदेखिको इतिहास प्रतिविम्वित हुने काम होस्।

हाम्रा अरु कुराहरुपनि प्रतिविम्वित हुने, जस्तोः हाम्रो संस्कृति प्रतिविम्वित हुने, हाम्रो विविधता प्रतिविम्वित हुने ढंगले यसको विकास गर्न सकिन्छ। यसका लागि ध्यान दिन, सोच्न म सबैसँग आग्रह गर्न चाहन्छु।

(प्रधानमन्त्री ओलीले २९ असोज २०७५ मा नारायणहिटी दरवारमा रहेका श्रीपेच, राजदण्ड लगायत अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनीको उद्घाटन कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)

फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । चर्चित साङ्गीतिक रियालिटी शो नेपाल आइडल मार्फत फिल्मको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्न फिल्मका निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत कार्यक्रममा पुगेका थिए ।

निःसन्तान दम्पतीको कथा समेटिएको फिल्मको सार्वजनिक ट्रेलरमा सन्तान हुँदा पती र पत्नी (अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ) बिचमा उत्पन्न हुने मनमुटाव संगै सामाजले हेर्ने दृष्‍टिकोण देखाइएको छ । निःसन्तान हुँदा उत्पन्न हुने मानसिक तनाव परिवारमा बिस्पोट हुन थालेपछी हुने बाहिरी चलखेलले कस्तो परिस्थिती निम्त्याउन सक्छ भन्ने ट्रेलरले प्रस्टाएको छ । ट्रेलरमा निःसन्तान रहेका विपिन-नम्रताको दाम्पत्य जीवनमा अभिनेता निश्चल बस्नेत भिलेन बनेका छन् ।

फिल्म ‘प्रसाद’को कथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । यस अघी सार्वजनिक फिल्मको लै लै बोलको गीतले उत्कृष्ट प्रतिकृया पाएको थियो भने दोश्रो सार्वजनिक गीत ‘बनकी चरी’ले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । सुभाष थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।

निःसन्तान विपिन-नम्रता, निश्चलको चलखेल,

धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित स्वास्थ्यमा गम्भीर असर,

बुटवल। रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भइ वातावरण नै प्रदूषित भएको छ ।

धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकले बताएका छन् । जिल्लाको सैनामैना नगरपालिका, बुटवल उप–महानगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका स्थानमा कृषकले काटेको धान खेतमा नै थ्रेसर लगाउँदा निस्केको धूलोले मानव स्वास्थ्यमा प्रतिकूल असर परेकोछ ।

वरिष्ठ फिजिसियन डा नन्दु पाठक थ्रेसरबाट निस्केको धूलोले ‘ब्रोडकाइटिस’, निमोनिया लगायतको स्वास्थ्य समस्या देखा पर्नसक्ने र खासगरी दमका बिरामीलाई धेरै अप्ठेरो हुनसक्छ भन्नुहुन्छ ।

उहाँले धूलोको कणसहितले मानिसलाई श्वाशप्रश्वासमासमेत असहज हुने जानकारी दिँदै त्यस्तो धूलोबाट बच्न आग्रह गर्नुभयो । काटेको धानमा थ्रेसर लगाएर धानको फल निकालिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर भन्दा सानो भन्ने मापन विन्दु तय गरेको छ । हावामा साना कणको सङ्ख्या जति धेरै भयो उति यसका गुणस्तर कम ठानिन्छ । साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छ ।

हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ । त्यस अनुसार दुई दशमलव ५ पिएमभन्दा साना कर्णलाई खतरनाक मानिएको छ ।

हावामा रहने विभिन्न हानिकारक वस्तुले घाँटी चिलाएजस्तो हुने, खसखस हुने, औषधि खाँदा कम भएजस्तो हुने तर ठीक नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता स्वास्थ्य समस्या धूलोका कारण निम्तिएको चिकित्सकले बताएका छन् ।

चलचित्र बुलबुलको  गीत ‘खुद्राखुद्री’ सार्वजनिक (भिडियो)

काठमाडौ ।  चलचित्र बुलबुल फागुन ३ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यसै चलचित्रको पहिलो गीत ‘खुद्राखुद्री’ विहिबार सार्वजनिक गरिएको छ । गीत रिलिजका लागी निर्माण टिमले नयाँ शैली अपनाएको छ ।

काठमाडौ मल अगाडि दिनको ४ बजे नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसाल तथा अन्य कोरस डान्सरहरु नाचेर गीत रिलिज गरिएको छ । फ्ल्यास मोब शैलीमा रिलिज गरिएको गीत रिलिजमा भिड भाडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाचेका थिए । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमको भनाई छ । यस गीत काठमाडौको काठमाडौं मलसँगै पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा पनि एकै समयमा अन्य डान्सरहरु नाचेर रिलिज गरियो ।

https://www.youtube.com/watch?v=dsdgSVjMF-U

विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा स्वस्तिमा खडकाका, मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा स्वस्तिमा एक टेम्पो चालक युवतीको भूमिकामा देखिएकी छन् ।

फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा (भिडियो)

काठमाडौँ ।  फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्म अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ ।

साम्राज्ञी र सलिनसंगौ सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर लगाएतका कलाकालहरुले  फिल्ममा अभिनय गरेको छ।

तिहारकाे बेला म्याद नाघेको अखाद्य वस्तुमिश्रित मिठार्इ नगरपालिकाले गर्‍याे नष्ट,

भक्तपुर  तिहारकाे बेला भक्तपुरका अधिका‌ंश मिठार्इ पसलमा अखाद्य वस्तुमिश्रित मिठार्इ भेटिएकाे छ । भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ ।

समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश पसलमा तेल र रङ्ग भएको मिठाई, बासी मिठाई र म्याद नाघेका सामान ठूलो मात्रामा जफत गरी बाराही स्थानमा ल्याएर नष्ट गरिएकोे उक्त वडाका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

समितिले च्यामासिंहस्थित प्रकाश बासुकलाको मिठाई पसल, आरएम खाजा घर (मिठाई) पसल, न्यू लासिवा मिठाई भण्डार, नवदुर्गा एण्ड चाट हाउस, लक्ष्मी स्वीट एण्ड चाट प्यालेस, दिनेश लाछिमस्यूको साधारण रेष्टुराँ तथा मिठाइ पसल, रामकेशर प्रजापतिको चिया पसल र बिमल थापाको मिठाई पसलमा अनुगमन गरी त्यस्ता खान अयोग्य हुने मिठाई र प्रयोग गरिएका रङ्ग जफत गरेको थियो ।

यस्तै नवशक्ति इन्टरप्राइजेजबाट म्याद नाघेको अरुण केशरी खाद्य रङ्ग १३० बट्टा नष्ट गरिएको थियो । कतिपय ठिठाइ पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको थियो ।

गुणस्तरहीन तेलमा पकाएको मिठाई बेचबिखन गरेमा पाँच वर्ष जेल सजाय र रु ५० हजारसमेत जरिवाना हुने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले बताए ।

पश्चिमाअञ्चल वस व्यवसायी र जीप व्यवसायी द्वारा नयाँ रुट सञ्चालन

-पश्चिमाअञ्चल वस व्यवसायी र जीप व्यवसायी द्वारा नयाँ रुट सञ्चालन गरेको छ ।
नेपाल पश्चिमाअञ्चल वस व्यवायीस र जिप व्यवसायी द्वारा संयुक्त रुपमा अाज वाणगंगा ८ वोर्डगाउँबाट नयाँ रुटको अौपचारीक सुरुवात गरेको छ । नयाँ रुट अन्तर्गत वोर्डगाउँ , मोर्मी हुँदै भलवाड जिनुवाको लागि रुटको सुरुवात भएको हो र पछि यसलाई अर्घाखाँची सम्म विस्तार हुने कार्य अगाडि बढाईएको बताईएको छ ।

कार्यक्रम वाणगंगा वडा नम्बर ८ अध्यक्ष गुणनिधी भुसाल , ९ का अध्यक्ष धुव्र बेल्वासे पुर्व बाटो निर्माण समिति सदस्यहरु , बाटो विस्तारका लागि निरन्तर पल गर्न समाज सेवी कुमार मधु बेल्वासे , समाज सेवी एवमं पुर्व सचिव दयाराम घिमिरे , वुटबल वस व्यसायी संघका कोयाध्यक्ष , सदस्यरु , सडक विभागका सदस्यहरु लगायतको उपस्थित रहेको थियो । उक्त रुटमा दैनिक ४ अोटा सवारी चल्ने बताईएको छ । उक्त रुट सञ्चालन भए पछि वोर्डगाउँ देखि भलवाड जिनुवा लगायतका वासिन्दालाई निकै लाभदायिक भएको उपस्थितिहरुले जनाएका थिए ।

रुटमा क्यम्पस लक्षित गर्दै विहान ६ बजे देखि सवारी चल्ने बताईएको छ । उक्त रुट सञ्चालन भए पछि भलवाड बासी लगायत मोर्मी बासीहरु निकै खुसि भएका थिए । अाज पहिलो दिन उक्त रुटका गाडीलाई भलवाड जिनुवा वासिले भव्य रुपमा स्वागत गरेका थिए । कार्यक्रममा युवा व्यवसायीक तथा समाज सेवी ईन्द्र पोख्रेलको मुख्य नेतृत्व रहेको थियो ।

-परदेश र आत्महत्या

– यदि मान्छे लाई आफ्नै परिवार देखी सपोर्ट र एक अर्काको सहारा मिल्दैन भने त्यो परिवार र त्यस परिवार का सदस्य कहिले पनि खुसी हुन सक्दैनन । हाम्रो बुवा आमा ले हाम्रो लागी दु:ख गर्नु भयो र हामी ले आफ्नो संतान र ती बुढा बा-आमा को लागी दुख गर्दै छौँ । यदि उनीहरुले नै तपाईं लाई बुझ्ने कोशिस गरेनन भने तपाईं ले किन र कसको लागि दुख गर्नु हुन्छ ? यदि आफ्नै जीवन संगिनी ले रुखो वचन लागाउँछिन र बा आमा ले तपाईं को मर्का बुझ्नु हुँदैन भने तपाईं ले यो खाडी मुलुक वा अर्काको देश मा गएर आफ्नो जिन्दगी किन र के का लागि बेच्दै हुनुहुन्छ ? परदेश मा रहेका आफ्ना छोरा आफ्ना पति आफ्नो बुवा लाई पैसा को खानी न सोँच्नु होला । पल्ला घर को रामे र तँ सङ्गै गएका थियौ उस्के यति पैसा पठायो तेरो आएन भन्ने ।

आफ्नो बुढा लाई संका गर्ने अनि आफ्नो सानो सानो बच्चा हरु सङ्ग बाबा को बारेमा नराम्रो कुरा हरु भन्ने यस्तो कहिले पनि नगर्नु होला । जिन्दगी आज छ भोलि छैन । परदेस मा कति दुख छ तपाईं लाई के थाहा ? मैले मेरो आफनै कुरा गर्छु म एक दिन बिरामी भएँ धेरै नै ज्वोरो आएको थियो म उठेर हिँड्न पनि सकेको थिएन मेरो रूम को सबै साथी हरु आफ्नो आफ्नो काम मा गएका थिए म बिरामी भएका कारण आफ्नो बिस्तरा बाट पनि उठ्न सकेको थिएन । भोक लागेको थियो प्यास लागेको थियो औसधि खान मन लागेको थियो तर मलाई सहयोग गर्ने कोहि थिएन । मेरो गाउँ को एक जना लेखनाथ पैडेल दाजु आर्कै कम्पनी मा काम गर्नु हुन्थ्यो त्यो दिन उहाँ को छुट्टि रहेछ र मैले त्यो दाजी सङ्ग फोन मा कुरा गरेर धेरै रोएको थिएँ मलाई आज पनि याद छ त्यो दाइ एक घन्टा खाडिको घाम मा पैदल हिँडेर म भएको मेरो रूम मा आउनु भयो र मलाई खाना पानी औसधि दिनु भएको थियो । आमा यहाँ कोहि पनि आफ्नो हुँदैन आमा कोठा मा सुतेको बेला सुतेको सुतै भयो भने पनि 2-3 दिन मा मात्र थाहा हुन्छ यहाँ पैसा र काम मात्र प्यरो हुन्छ मान्छे न प्यारो हुन्छ न त आफ्नो हुन्छ । यो मेरो भोगाई हो ।

म भन्दा धेरै दुख पाएका साथी भाइ हरु धेरै छन यहाँ सबै को समस्या र कथा लेखौँ भने म आफू लाई नै सम्हाल्न सक्दिन । घर देश होईन यो परदेश हो यहाँ काम को तनाब हुन्छ , बा- आमा को चिन्ता हुन्छ आफ्ना छोरा छोरी को चिन्ता हुन्छ आफ्नी श्रीमती को चिन्ता हुन्छ यो परदेशी लाई आफ्नो ख्याल आफै राख्नु पर्ने हुन्छ दसैं मनाउन नपाएको चिन्ता हुन्छ । तिहार मनाउन नपाएको चिन्ता हुन्छ । समय मा सेलरी न आएको चिन्ता हुन्छ । यहाँ एउटा नेपाली बाट नै आर्को नेपाली शोषित हुन्छ । बिहनै पलास्टिक मा बोकेर लगेको खाना दिउँसो खाँदा ठुस्स गनाउँछ घर मा आमा ले बनाएको मीठो खाना को याद आउँछ आँखा रसाउँछ । काम गनाउँछ सानो गल्ती भयो भने गाली सुन्नु पर्छ यहाँ सुख छैन परदेश मा काम गर्न लाई । हजारौं चिन्ताहरु सहेर आफ्नो परिवार लाई खुशी राख्दा राख्दै उसको आफ्नो जिन्दगी त यहि बिदेश मा बेचिएको पत्तो पाउँदैन परदेसी ले ।

यहाँ एक रुपैया खर्च गर्न १० पटक सोँच्नु पर्ने हुन्छ । उसले मीठो खाएको हुँदैन राम्रो लगाएको हुँदैन तर घर मा सबै लाई महङ्गो महङ्गो फोन चहिएको हुन्छ । सबै लाई महङ्गो समान चाहिन्छ । आई फोन चाहिन्छ आवस्यक भन्दा धेरै सोपिङ्ग गर्न पैसा चाहिन्छ । महिना को अन्तिम मा पैसा को लागि फोन आउँछ तर अरु बेला के छ कस्तो छ भनेर जान्ने कोसिस गरिदैन त्यही भएर विशेष गरि खाडिमा युवा हरु आत्महत्या गर्ने गर्छन किनभने उसलाई सबै ले पैसा फल्ने रुख सम्झन्छन् । घर को याद आएर जति पटक घर मा फोन गर्यो त्यत्ति पटक पैसा को कुरा नगर्नु उसलाई कस्तो छ के खाएको छ ?

काम कस्तो छ ? बसाई कस्तो छ मन खोलेर मीठो मीठो कुरा गर्नुस र उसको साथ मा भएको आभास गराउनुस । यदि यस्तो गर्न सक्नु भएन भने तपाईं को छोरा , बाबा, पति धेरै तनाब मा आएर डिप्रेसन को सिकार हुन्छन र आफू लाई एक्लो महसुस गर्छन अनि आत्महत्या गर्न बाध्य हुन्छन् । घर देखि टाढा हुनु हामी नेपाली को बाध्यता हो तर तपाईं हरुको खुसी को लागि परदेश आएको मान्छे लाई बुझ्ने कोसिस गर्नुस माया दिनुहोस् आफ्नो पन दिनुहोस् बल्ल तपाईं को सपना पूरा हुने छ तपाईंको परदेसिएको मान्छे खुसी हुने छ । यदि उसलाई पैसा आउने ATM मेसिन सम्झनु भयो र नराम्रो व्यवहार गर्नु भयो वा आफ्नो पन देखाउनु भएन भने तपाईं को मान्छे ले जरुर आत्महत्या गर्ने छ र रातो बाकस मा आउन बाध्य हुनेछ ।

  •    यो लेखक को ब्यक्तिगत बिचार हो !

 

जीवन भेट्टाउने मिसनबारे नासाको खुलासा : छिट्टै भेटिनसक्छ अर्को पृथ्वी ! 

खरीबोट
नासाले जीवनमैत्री आशंकाका थुप्रै ग्रहहरु मिल्की वेमा हुनसक्ने बताउँदै आएको छ । तस्बिरमा देखाइएको कलाकारको कन्सेप्ट हो, जहाँ हाम्रै तारामण्डलमा चट्टानी र बस्नलायक ग्रहहरु रहेका हुनसक्ने संकेत गरिएको छ । तस्बिर : डेली मेल

पृथ्वीजस्तै अर्को जीवनमैत्री ग्रह भेट्टाउने मिसनमा लागेको अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)ले आफ्नो अनुसन्धानको पछिल्लो उपलब्धिबारे खुलासा गरेको छ । उसले आफ्नो मिसन सफलताको नजिक पुग्नलागेको बताएको हो ।

नासाका अनुसार निरन्तरको अनुसन्धानका क्रममा जीवनका संकेतहरुयुक्त ग्रहहरुबारे सूक्ष्म अध्ययन भइरहेको र छिट्टै पृथ्वीजस्तै अर्को जीवनमैत्री ग्रह भेटिनेछ । त्यसो त नासाले मिल्की वेमा ठूलो क्षेत्र ओगटेका ग्रहहरु यसअघि नै पहिचान गरिसकेको छ । त्यस्ता ग्रहहरुमा कुनै ताता, कुनै ग्यास नै ग्यासले भरिएका, कुनै साना र कुनै चट्टानी तथा कुनै रहस्यमय पृथ्वीभन्दा ठूला र कुनै नवग्रहमध्येको एक वरुणभन्दा पनि साना ग्रहहरु रहेका छन् ।

जीवन भेटिनसक्ने अनुमान गरिएका हजारौँ ग्रहहरुको सूची तयार पारिसकेको नासाले अब हाम्रो पृथ्वीजस्तै जीवनमैत्री ग्रहहरुबारे प्रमाणहरुको पनि खोजी थालेको छ । यसका लागि नासाले पुनः शून्यबाटै अनुसन्धान अगाडि बढाउने बताएको छ । पछिल्लो समय अर्को पुस्ताका नवीनतम प्रविधिले युक्त टेलिस्कोपहरुको विकास र आविष्कारप्रति आशावादी रहँदै नासाले अर्को पृथ्वीको खोजीलाई सशक्त पार्ने तयारी गरेको हो ।

नासाले अर्को पुस्ताका नवीनतम प्रविधिबाट निर्मित टेलिस्कोपहरुको धेरैभन्दा धेरै प्रयोग गरी त्यस्ता ग्रहहरुको खोजी गर्नेछ, जहाँ बस्नलायक स्थान र जीवनमैत्री वातावरण रहेको छ । त्यस्तै अहिलेसम्मको यसबारेको अनुसन्धान र तथ्यहरुले सामान्य मानिसदेखि वैज्ञानिकहरुसम्मलाई कुतूहल र आश्चर्यचकित पारेको पनि नासाको भनाइ छ ।

नासाले पृथ्वीकै आकारका थुप्रै चट्टानी ग्रहहरुको खोजी गरे पनि तिनमा समुद्र र वायुमण्डलको अवस्थाबारे ठोस पहिचान गर्न भने अझै नसकेको बताइएको छ ।

उक्त स्याटेलाइटले नवीनतम प्रविधिको सहयोगले ताराहरुको चम्किलोपना, दूरी र संरचनासमेतको अध्ययन गरी मिल्की वे ग्यालेक्सीको त्रिविधात्मक नक्सांकन गरेको नासाले जनाएको छ ।

आगामी दिनमा अन्तरिक्षमा रहने टेलिस्कोपहरुले ती कुराहरुको पनि सूक्ष्म अनुसन्धान र अध्ययन गर्न सफल हुने नासाको दाबी छ । खासगरी त्यस्ता ग्रहहरुको उत्पत्ति, विकास र आकारको अवस्था यसको मातृग्रह (ठूला ताराहरु)को प्रकृतिसँग सम्बन्धित हुने भएकाले पनि यसलाई निकै संवेदनशील मानिएको छ ।

त्यस्ता ग्रहहरु मातृताराभन्दा कति टाढा रहेका हुन्छन्, तिनीहरुको मातृताराहरुको आकार तथा तिनको आयु तथा बस्नलायक स्थानको अवस्था, तापक्रमको अवस्थाले तरल पानीमा पारेको प्रभाव आदि कुराहरु महत्वपूर्ण हुन्छन् ।

नासाले युरोपेली अन्तरिक्ष अनुसन्धान संस्थाको सन् २०१३ मा प्रक्षेपण गरिएको गाइया स्याटेलाइटलाई पनि ऐतिहासिक र विशाल तारामापक (ताराहरुको नक्सांकन गर्ने स्याटेलाइट)का रुपमा टिप्पणी गरेको छ । उक्त स्याटेलाइटले नवीनतम प्रविधिको सहयोगले ताराहरुको चम्किलोपना, दूरी र संरचनासमेतको अध्ययन गरी मिल्की वे ग्यालेक्सीको त्रिविधात्मक नक्सांकन गरेको नासाले जनाएको छ ।

उक्त स्याटेलाइटले तयार पारेको नक्सामा करिब १.७ बिलियन अर्थात् १ अर्ब ७० करोड ताराहरुको स्थान र १ अर्ब ३० करोडको दूरी समेत समावेश गरेको बताइएको छ । तिनमध्ये, नासाका अनुसार वैज्ञानिकहरुले सोचेभन्दा कुनै विशालतम, कुनै निकै साना, कुनै अँध्यारा तथा कुनै एकदमै चहकिला रहेका छन् ।

गाइया स्पेस प्रोबबाट संकलित पछिल्ला तथ्यांकहरुले बस्नलायक क्षेत्रयुक्त ग्रहहरुबारे अवलोकन भएको विश्वास गरिएको छ । नासाको केप्लर टेलिस्कोपले पनि गाइयाले जस्तै अन्तरिक्षमै रहेर ह्याबिटेबल जोनहरुको अध्ययन र खोजी गरिरहेको छ ।

अहिलेसम्म वैज्ञानिकहरुले ३७ सयवटा ग्रह र एक्सोप्लानेट (हाम्रो सौर्य प्रणालीदेखि बाहिर रहेका ग्रहहरु) रहेको पत्ता लागेको छ । तिनमा २६ सयवटा केप्लर टेलिस्कोपले पाएको हो । केप्लरले आफ्नो मातृताराको परिभ्रमण गरिरहेका ग्रहहरुको खोजी गरिरहेको छ ।

केप्लरले पत्ता लगाएका तथ्यहरुको विश्लेषणले आकाशमा रहेका २० देखि ५० प्रतिशत ताराहरुमा साना, तिनमा पनि चट्टानी ग्रहहरु रहेको र ती ग्रहहरुमा बस्नका लागि उपयुक्त वातावरण रहेको विश्वास गरिएको छ । त्यस्तै केप्लर स्पेसक्राफ्टले २०१७ जुन १९ सम्म त्यस्ता सम्भावित जीवनमैत्री ३० वटा ग्रह पत्ता लगाएको नासाले बताएको छ ।
तर त्यस्ता ग्रहहरु २ देखि १२ वटासम्म मात्रै रहेका छन् । यद्यपि अझै निक्र्योल गर्न भने धेरै तथ्य, तथ्यांकहरु आवश्यक हुने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेसको चियापान :  (फोटो फिचर)

वैखरी काठमाडौँ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् ।

काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले शुरु गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै आवश्यक रहेको बताए ।

कार्यक्रममा काङ्ग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गर्नुभएको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताए । उनले भोलिको नेपाल शान्तिपूर्ण, भेद्भावरहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गतिशील होस् भनी शुभकामना दिए । सभापति देउवाले मुलुकमा सहमति, सहकार्य र मेलमिलापको सधँै आवश्यकता रहिरहने र त्यसका लागि सत्तापक्षले पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्यको संस्कृतिलाई विकास गर्न मद्दत गर्ने बताए । उनले भने, “यसबीचमा आफूले राष्ट्रिय राजनीतिमा प्रतिपक्षी दल खोजिरहेको थिए, कता हरायो भन्ने लागेको थियो तर सानेपा (काङ्ग्रेस केन्द्रीय कार्यालय) आउँदा भने भव्यरुपमा चियापान कार्यक्रमको आयोजना गरिरहेको पाए, खुशी लाग्यो ।’

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको हितका लागि मेलमिलापको संस्कृति अझ अगाडि बढेर जानुपर्ने बताउँदै नेपालको राजनीतिक र भौगोलिक परिस्थितिअनुसार मेलमिलाप सधैँ आवश्यक हुने धारणा व्यक्त गरे ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुभकामना कार्यक्रम सकारात्मक संस्कृति हो भन्दै यसले आफन्तपन र सहकार्यको विकास गर्न योगदान पु¥याउने उल्लेख गरे । उनले अहिले मुलुक राजनीतिक परिवर्तनको उपलब्धिपछि समृद्धिको नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा यस्ता कार्यक्रमले भिन्नताका बीच पनि एकताबद्ध भएर आर्थिक विकास र समृद्धितर्फ सहयोग गर्ने वातावरण बनाउने बताए ।

काङ्ग्रेसको महासमिति बैठक सर्न सक्ने 

काङ्ग्रेस महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राविधिक कारणले महासमितिको बैठक एक-दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी गराए । काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो ।

उनले काङ्ग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणा व्यक्त गरे । साथै आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामर्थ्य राख्ने उनको भनाइ थियो ।

बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले बिपीकै आदर्श र नीतिअनुसार नै काङ्ग्रेस अघि बढेको बताए । मुलुकको हितका लागि फरक विचार तथा दलसँग पनि मिलेर जानुपर्छ भनेर बिपीले २०३३ सालमा मेलमिलापको नीति ल्याएको बताउँदै उनले काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले काङ्ग्रेसको चियापान कार्यक्रमले लोकतन्त्र संस्थागत सुदृढीकरण र मुलुकमा राम्रो सहकार्यको राजनीतिक वातावरण बनोस् भन्ने सन्देश जाने बताए ।

राजपा नेपालका नेता शरत्सिंह भण्डारीले मुलुकमा असहजताको अवस्था र निषेधको विभाजनको राजनीति अघि बढेको बेला सबैले एक पटक आपसी सद्भाव र पुनर्मिलनको बाटोबाट अघि बढेर मुलुकलाई अघि बढाउनुपर्छ भन्ने आफ्नो पार्टीको भनाइ रहेको बताए ।

हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गरिएको हो । झण्डै पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रको चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम अवधिभर राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकारलगायत हजारौँ विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

कार्यक्रमको उचित व्यवस्थापन 

अन्य वर्षको तुलनामा काँग्रेसको यस पटकको चियापान कार्यक्रम निकै भव्य र व्यवस्थित भएको भन्दै कार्यक्रममा आउनुहुने अतिथिले प्रशङ्सा गरिरहेको सुनिन्थ्यो । केन्द्रीय कार्यालयको पश्चिमी द्वारबाट अतिथिका लागि छुट्टाछुट्टै प्रवेश लाइन र पूर्वी द्वारबाट बाहिरीने व्यवस्था गरिएकोले कार्यक्रममा अनावश्यक भिड देखिँदैन्थ्यो ।

पार्टीका स्वयंसेवीले निम्तालुको लाइन व्यवस्थापन गरेका थिए । सञ्चारकर्मीका लागि छट्टै स्थानमा स्टेजको व्यवस्था गरिएको कारण समाचार सङ्कलनमा सहज भएको थियो । चियापानमा विभिन्न क्षेत्रका अतिथिको स्वागतका लागि पार्टीका विभिन्न नेता समूहमा खटिएका थिए ।

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

कपिलवस्तुको शिवपुरमा १३ बर्षिय बालिका बलात्कृत ।।

 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं । १ मा बुधबार राती १३ बर्षिय बालिका बलात्कृत भएकी छिन । राती शौच गर्न जादा स्थानीय २२ बर्षिय खिम बहादुर वि ।क । ले बारीमा लागी जवरजस्ती करणी गरेको भनि पिडित बालिका (नाम परिर्वतन सिमा )का परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन ।

देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जादै गर्दा जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पिडितले आरोप लगाएकी छिन । परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि परिवार विहिवार विहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

उजुरीका आधारमा प्रहरीले युवकलाई विहिबार नै पक्राउ गरेर म्याद थप गरि अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताउनु भयो ।
घेराउ गरी दोषीलाई कानुन बमोजिम कारबार्हि गर्न दवाव सिर्जना गर्ने जनाएको छ ।

नेपाली काग्रेस कपिलवस्तुले यसरी मनायो शुभकामना आदान प्रदान कार्यक्रम(फोटोफिचर)

नेपाली काग्रेस कपिलवस्तुले नेपालीहरुको महान पर्व दशै तिहार तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टी कार्यालय तौलीहवामा भएको कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख सहित कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।

कपिलवस्तु जेसिज वर्ष २०१८ ले जेसिज सप्ताह भब्य रुपमा मनाउँदै

शनिवारदेखि जेसिज सप्ताह २०१८ सुरु हुने भएको छ । सप्ताहको अवसरमा कपिलवस्तु जेसिज वर्ष २०१८ ले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । जेसिस सप्ताहका अवसरमा भोलि कात्तिक १७ गते देखि विभिन्न कार्यक्रमहरु सुरु गरि २० गते जितपुर चोकमा सिधा कुरा स्थानिय सरकारसंग कार्यक्रम सञ्चालन गरि अन्त्य गरिने जेसिसका अध्यक्ष सुन्दर पाण्डेले बताए ।

शनिवार अमृत घिमिरेको संयोजकत्वमा कोठि पुल देखि बनगाई पुल सम्म मिनि म्याराथन, सुनिल पाण्डेको संयोजकत्वमा १७ र १८ गते बुद्ध रंगशालामा मैत्रिपुर्ण फुटवल प्रतियोगिता, बाबुराम अर्यालको संयोजकत्वमा १९ गते जेसिज सचिवालयमा बक्ततृत्वकला प्रतियोगिता, बाबुराम अर्यालको संयोजकत्वमा २० गते ओदारिमा ट्राफिक सचेतना तता सरफाई, २० गते नै प्रविन पौडेलको संयोजकत्वमा विहान ८ बजे सामुदायिक अस्पतालमा रक्तदान तथा दिउँसो २ बजे गुरुदेव पौडेलको संयोजकत्वमा जितपुर चोकमा स्थानिय सरकार संग सिधा प्रश्न कार्यक्रम गरिने अध्यक्ष पाण्डेले बताए ।

साथै जेसि सप्ताहलाई भब्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्णको सहयोगको आवश्यकता रहेको मुल संयोजक मनोज कुमार खत्रि तथा महासचिव गुरुदेव पौडलले बताएका छन् ।

वाणगंगाका शिक्षकद्धारा नगरपालिकामा धर्ना, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने माग

कपिलवस्तुको वाणगंगा नगरपालिकाका शिक्षकहरले तलव वृद्धिको माग गर्दै नगरपालिकाको कार्यालयमा गई धर्ना दिएका छन् । शिक्षक महासंघका अध्यक्ष अर्जुन शाहि, नगर महासंघका अध्यक्ष लगायत नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थिले शिक्षक महासंघले देश ब्यापि रुपमा स्थानिय तहमा धर्ना गरेको बताएका छन् । २७ बुँदे माग सहित भर्ना गरिएको हो ।

शिक्षकहरुको हक अधिकारको पक्षमा स्थानिय तहले पर्याप्त ऐन नबनाएको शिक्षक मासंघले ऐननै नै नबनाएकाले विरोध गरिएको उनले बताए । स्थानिय तहसंगै प्रदेश र सिंह दरवार समेत घेराउँ गर्ने बताईएको छ । कार्यरत राहत शिक्षकहरुलाई दरबन्दिमा लैजानुपर्ने, कर्मचारिहरुलाई स्थायि बनाउँनुपर्ने, स्थानिय तहले बनाएका ऐन खारेज गर्नुपर्ने लगायतका २७ बुँदे माग सहित २ सय जनाको सहभागितामा ज्ञापन पत्र बुझाएको वाणगंगा नगरका नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा शनिवारबाट क्वाटरफाईनलका खेल सुरु हुने

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगितामा शनिवारको तेस्रो खेलबाट क्वाटरफाईनल खेल सुरु हुने आयोजकले जनाएको छ ।
शुक्रवार भएको पहिलो खेल आयोजक टिम सनराईज सामाजिक विकास मञ्च र द वुद्ध ल्याण्ड मधौली विच भएको थियो जसमा आयोजक ए विजेता भएको छ । टस जितेर बलिङ रोजेको आयोजकलाई द् वुद्ध ल्याण्डले ७ विकेट गुमाउदै ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा आयोजक ए ८ विकेट गुमाउदै विजयी भएको हो । पहिलो खेलबाट महेन्द्र सुवेदि म्यान अफ द म्याच भएका छन् उनले ६४ रन लिएका थिए ।

द राईजिङ क्लव र नव प्रगति क्रिकेट क्लव सुद्योेदन विच भएको दोस्रो खेलमा द् राईजिङ क्लव १३६ रनले विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको द् राईजिङ क्लबले नव प्रगतिलाई १७५ रन लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँने क्रममा नव प्रगति क्रिकेट क्लवले अलआउट हुदै ३९ रन मा ल्याई हार ब्यहोरेको हो । दोस्रो खेलमा हेमन्त थापा क्षेत्री म्यान अफ द म्याच बन्न सफल भए । उनले ५ विकेट ल्याएका थिए ।

त्यस्तै तेस्रो खेलमा स्ट्याडर्ड टेलर क्रिकेट क्लव ९२ रनले विजयी भएको छ । टस जितेर बलिङ रोजेको स्टार स्पोर्ट क्लव लमटैयालाई स्ट्याडर्डले सबै ओभर पुरा गरि १३७ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको स्टार स्पोर्ट १० दशमलव २ ओभरै सबै विकेट गुमाई ४४ रनमै सिमित भई हार ब्यरेको हो । तेस्रो खेलबाट नानु पौडेल म्यान अफ द म्याच बन्न सफल भए । उनले १९ रन ३ विकेट लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै शनिवार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल बुद्धभुमी युथ क्लव र ज्ञानोदय गोल्ड आयोजक टि ए र द बुद्ध क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल जय नेपाल क्रिकेट क्लव कृष्णननगर र खाँन ईलावेन क्रिकेट क्लव भैरहवा बिच हुनेछ भने तेस्रो खेलबाट क्वाटरफाईनल सुरु हुने छ । क्वाटरफाईनल खेल परिवर्तनशिल युवा क्लव मधुवन र कपिलवस्तु क्रिकेट एकेडेमि बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

काठमाडौँ, १६ कात्तिक-पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ। संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ।

सन् २०११ देखि सन् २०१७ सम्मको तत्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको होथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो। प्रतिवेदनअनुसार सन् २०११ मा २१ दशमलब दुई प्रतिशतले मात्रै बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थिए भने सन् २०१७ को अन्त्यमा आइपुग्दा सो सङ्ख्या बढेर ४१ दशमलब ६ प्रतिशतमा पुगेको छ।

प्रतिवेदनले महिला क्रमशः वित्तीय संस्थाको पहुँचमा पुग्दै गएको र त्यो सङ्ख्या क्रमशः बढ्दै जाने देखाएको छ। शहरी तथा ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच बढ्दै गएको, बचत गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण पनि महिलाको सङ्ख्यामा वृद्धि भएको हो।

सरकारले चालू आर्थिक वर्षको बजेटमा हरेक नेपालीको एक बैंक खाता अनिवार्य खोल्ने कार्यक्रम ल्याएको छ। सो कार्यक्रमले समेत महिलाको सङ्ख्यामा वृद्धि हुने देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत २०७५ भदौ मसान्तमा १५१ रहेका छन्।

हाल २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ लघुवित्त संस्था सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत २०७५ भदौ मसान्तसम्ममा छ हजार ८१९ पुगेका छन्।

सङ्घीयता कार्यान्वयनका क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ। सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकलाई आफ्ना शाखा विस्तार गर्न बाध्यकारी व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्दप्रसाद नागिलाका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने नेपालीको सङ्ख्या दुई करोड ३५ लाख रहेका छन्। “एकै व्यक्तिका पनि तीन-चार वटासम्म बैंक खाता रहेका छन्, सबै खातालाई फरकफरक खाताका रुपमा लिइन्छ”, सहायक प्रवक्ता नागिलाले भने।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमध्ये भारतमा सन् २०११ मा २६ दशमलब पाँच प्रतिशत महिलाले खाता खोलेकामा सन् २०१७ मा बढेर ७६ दशमलब ६ प्रतिशत पुगेको छ।

यस्तै भूटानमा २७ दशमलब ७ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका छन्। पाकिस्तानमा सन् २०११ मा मात्रै तीन प्रतिशत महिलाले बैंक तथा वित्तीय संस्थामा खाता खोलेकामा सन् २०१७ मा पुग्दा सात प्रतिशत पुगेका छन्।

छिमेकी देश बङ्गलादेशमा सन् २०११ मा २६ प्रतिशत महिला बैंक तथा वित्तीय संस्थामा आबद्ध रहेको र त्यो सङ्ख्या सन् २०१७ को अन्त्यसम्म बढेर ३५ दशमलब आठ प्रतिशतमा पुगेको छ। अफगानिस्तानमा सात दशमलब दुई प्रतिशत महिला मात्रै वित्तीय संस्थाको पहुँचमा रहेका छन्। यस्तै श्रीलङ्कामा ७३ दशमलब चार प्रतिशत महिला वित्तीय संस्थाको पहुँचमा छन्।

अष्ट्रेलियामा ९९ दशमलब दुई, अष्ट्रेलियामा ९८ दशमलब चार, बेल्जियममा ९८.८, चीनमा ७६ दशमलब चार प्रतिशत महिलाको पहुँचमा बैंक तथा वित्तीय संस्था रहेका छन् । यस्तै बेलायतमा ९६ दशमलब एक प्रतिशत ४, अमेरिकामा ९२ दशमलब ७ प्रतिशत मात्रै बैंकिङ पहुँचमा रहेका छन्।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले महिलालाई नै केन्द्रित गरेर खाता खोल्ने कार्यक्रम अगाडि सारेका छन्। राष्ट्रिय वाणिज्य बैंकले महिलालाई नै केन्द्रित गरे महालक्ष्मी बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । कृषि विकास बैंकले एक घर, एक खाता हाम्रो अभियान सञ्चालन गरेको छ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि महिला केन्द्रित खाता कार्यक्रम सञ्चालनमा ल्याएका छन्। यी विभिन्न कार्यक्रमले बैंक तथा वित्तीय संस्थामा महिलाको पहुँच बढाएको छ।-रासस

‘अदुवा’का फाईदाहरु ! रोग अनुसार यसरी प्रयोग गरौँ

एजेन्सी । अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ ।

 

दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।

सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ रु अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।तपाईन्लाई भोक लागेको छैन रु यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।उकुसमुकुस वा वाकवाकी भइरहन्छ रु अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।

पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ रु तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् ।
बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ ।यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ ।घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।

बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।

प्रदेश ३ का मन्त्री केशव स्थापित बर्खास्त

हेटौडा,१६ कार्तिक — प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई शुक्रबार पदबाट हटाइएको छ। मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् ।

संविधानको धारा १६९ को उपाधार २ को खण्ड ‘ख’ अनुसार मुख्यमन्त्री पौडेलले स्थापितलाई बर्खास्त गर्दै उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका हुन् ।

मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलका अनुसार तत्कालका लागि स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैले सम्हाल्नेछन् ।

स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न उनी बिहीबार काठमाडौं पुगेका थिए। उनले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेटेर सहमति लिइ स्थापितलाई बर्खास्त गरेका हुन्।

अभद्र र अशिष्ट व्यवहार गर्ने, तर आफ्नो पदीय जिम्मेवारी भने बहन नगर्ने भएकाले हटाइएको पौडेलले जानकारी दिए।

मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक पटक अपमान गरेको आरोप लाग्दै आएको थियो।

बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए।

यो पनि पढ्नुहोस् -अदुवा एक लाभ अनेक ! रोग अनुसार यसरी प्रयोग गरौँ

एजेन्सी । अदुवा पृथ्वीमैै सबैभन्दा बढी स्वस्थकर बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ ।

 

दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ ।

सामुद्र पार गर्दा हुने स्वास्थ्य समस्यादेखि क्यान्सरका विरामीलाई केमोथोरापी गर्दा समेत अदुवा उपयोग हुन्छ ।विशेष गरी गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको अत्यधिक उपयोग हुन्छ । अदुवाको उपयोग बारे केही महिनाअगाडि गर्भवती महिलामाथि गरिएका १२ अध्ययनमा अदुवाको उपयोग पुष्टि भएको छ । अध्ययनमा बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट धेरै हदसम्म छुट्कारा पाउने देखिएको थियो ।

मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ रु अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ ।

अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो ।महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।

अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ ।तपाईन्लाई भोक लागेको छैन रु यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।

अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।उकुसमुकुस वा वाकवाकी भइरहन्छ रु अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।

पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ रु तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् ।
बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ ।यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ ।घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।

बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।

 

 

गंगा नदीमा चल्यो नेपालको पानीजहाज,

गंगा नदीमा चल्यो पानीजहाज, नेपाललार्इ बंगालकाे खाडीसँग जोडिन सहज


पानीजहाज

पानीजहाज

नेपालले हिन्द महासागरसम्म पुग्न जलमार्गको रुपमा प्रयोग गर्ने तयारी गरेको भारतको गंगा नदीमा मंगलबारदेखि कार्गो पानीजहाज सञ्चालनमा आएको छ।

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणको पानीजहाज पेप्सी इन्डियाका १६ कन्टेनर सामाग्री बोकेर कोलकोताबाट उत्तर प्रदेशको वाराणसीका लागि छुटेको हो। एक कन्टेनरमा एक ट्रक सामाग्री हुन्छ। यसमा पेय पदार्थ र खाद्यन्न रहेका छन्। भारतको सिपिङ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत स्वतन्त्र भएपछि पहिलो पटक नदीमा पानीजहाजको माध्यबाट सामान ओरासपोरास शुरु गरेको जनाएको छ।

एमभी आरएन टेगोर नामको सो पानीजहाजले पश्चिम बंगालको कोलकोताबाट उत्तर प्रदेश वारणसीसम्म पुग्न ९ वा १० दिन लगाउनेछ। सो पानीजहाज फर्किंदा भने इलाहावाद नजिकै फुलपुरबाट इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (आइएफएफसिओ) को मल बोकेर फर्किनेछ।

भारत सरकारको जलमार्ग विकास परियोजना अन्तगर्त एक नम्बरका राष्ट्रिय जलमार्गमा गंगा नदी पर्छ। विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भारतले हल्दियादेखि वारणसीसम्मका १ हजार ३९० किलोमिटरमा जलमार्गका निर्माणका लागि ५३ अर्ब ६९ करोड भारतीय रुपैया खर्च गरिरहको छ।

पानीजहाजबाट कार्गो ओसारपोसार गर्दा लागत कम लाग्ने, सहज र क्षति कम हुने भारतीय सिपिङ मन्त्रालयको दाबी छ। सो मन्त्रालयले प्राविधिक र वातावरणीय दुवै रुपमा गंगा जलमार्ग उपयुक्त रहेको जनाएको छ।

नेपालले पनि भारतसँग जलमार्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनामा गरेको भारत भ्रमणको क्रममा जलमार्ग प्रयोग सम्बन्धी समझदारीपत्रका हस्ताक्षर गरेका थिए। नेपालले कोशी र नारायणी नदीको प्रयोग गर्ने गरी काम अघि बढाएको छ। दुवै नदीहरु गंगामा गएर मिसिन्छन्।

गत महिना मात्रै नेपाली अधिकारीहरुले वाराणसीदेखि कोलकोताको भ्रमण गरेर जलमार्गको अवस्थामा बारेमा जानकारी लिएका थिए।

नेपालकाे प्राथमिकतामा नारायणी

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १६ गते हनुमान नगर (सप्तरी) बाट छुट्ने पानीजहाजमा चढ्न निम्तो दिएका छन्। तर सरकारले पछिल्लो दिनमा कोशीभन्दा नारायणीमा पानीजहाज सञ्चालनका लागि उपयुक्त रहेको निष्कर्ष निकाल्दै त्यसलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ।

थिङ्क ट्याङ्क ब्रकिङ्स इन्स्टिच्युट इन्डियाका फेलो कोस्टान्टिनो जेभियरले गंगा नदीमा कार्गो पानीजहाज सञ्चालनलाई महत्वपूर्ण कदम भनेका छन्। ‘भारतको राम्रो आन्तरिक जलमार्ग कनेक्टिभिटीले भूपरिवेष्ठित नेपाललाई बंगाल खाडीसँग जोड्न सहज बनाउनेछ,’ जेभियरले भनेका छन्। भारतले नेपाल र बंगलादेशसँग जलमार्ग प्रयोगका विषयमा समझदारी गरेको छ।

कोशी गंगामा मिसिने कुर्सेला घाट नेपाल(भारत सीमाबाट २ सय ३६ टाढा छ। गण्डक-गंगा मिसिने हाजिपुर चाहिँ करिब तीन सय किमीको दुरीमा छ। भारतले कोशी र गण्डकमा क्रमश चार–चार वटा टर्मिनल बनाउन काम गरिरहेको छ।

भारतले पछिल्लो समय १ सय ६ वटा ‘इनल्यान्ड वाटरवेज’ निर्माणको घोषणा गरेका छ। त्यसमध्ये गंगा नदीमा निर्माणाधिन वाटरवेज’ (जलमार्ग) एक हो।

भारतले ‘एनडब्लु ९नेसनल वाटरवेज० वान’ परियोजना अर्थात् हल्दिया(फरक्का(पटना(इलाहावाद वाटरवेज परियोजनाअन्तर्गत हुगली, गंगा र भागिरथी नदीमा जलमार्ग सञ्चालन गर्दैछ। यो परियोजनाको लम्बाई १ हजार ६ सय २० किमी छ।

जानकारहरुका भनाईमा, पानीजहाज सञ्चालनका लागि पानीको गहिराई २५(६० मिटर हुन आवश्यक छ। यति गहिराईमा एक सय टन सामान बोक्ने क्षमता भएको पानीजहाज चलाउन सकिन्छ। र, त्यसलाई विकास गरेर ६ सय टनसम्म पुर्याउन सकिने स्थिति छ।

विश्वकपमा नेपाल प्रहरीको सहयोग खोज्दै कतार


नेपाल र कतारबीच आशय पत्रमा हस्ताक्षर

नेपाल र कतारबीच आशय पत्रमा हस्ताक्षर

कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले विश्वकपमा नेपालले सुरक्षा सहयोग दिनुपर्ने सम्बन्धमा छलफल गरेको छ।

खनालको भ्रमणमा कतार सरकारले सन् २०२२ मा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीको सुरक्षा सहयोगका विषयमा छलफल गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए।

सुवेदीका अनुसार विश्वकप अवधिमा मेडिकल र प्राविधिक टोलीको आवश्यकता कतारले औंल्याएको हो। यस विषयमा पछि विस्तारमा छलफल हुने प्रवक्ता सुवेदीले बताए।

‘विश्वकपमा सहयोग गर्न नेपाल प्रहरी कतार जाने विषयमा अहिले छलफलमात्र भएको छ, अन्य केही विषयमा सहकार्य गर्ने आशय पत्रमा हस्ताक्षर भएको हो,’ प्रवक्ता सुवेदीले नेपालखबरसँग भने।

सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको थियो।

गत साउनमा काठमाडौंमा गृहमन्त्री रामबहादुर थापासँग भेटेर नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपका लागि नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान इच्छुक रहेको औपचारिक जानकारी गराएका थिए।

महानिरीक्षक खनालको भ्रमणको क्रममा नेपाल प्रहरी र कतारको आन्तरिक मामिला मन्त्रालयबीच अपराध रोकथाम र नियन्त्रण, तालिम र प्राविधिक सहयोगमा सहकार्य गर्ने समझदारी भएको छ।

कतारको आन्तरिक मामिला मन्त्रालय र नेपाल प्रहरीबीच बुधबार यस सम्बन्धी आशय पत्रमा हस्ताक्षर भएको हो।

यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको नेतृत्वमा गएको टोलीले विषयगत छलफलमा सहमती जनाएर फर्किएको थियो। एआईजी कार्कीको टोलीले दुई देशबीच तालिम आदानप्रदानका विषयमा समझदारी गरेको थियो।

कतारको आन्तरिक मामिला मन्त्रालयका अनुसार महानिरीक्षक सर्वेन्द्र खनाल र सार्वजनिक सुरक्षाका महानिर्देशक स्टाफ मेजर जर्नेल शाद विन जसिम अल खुलाइफीले आसयपत्रमा हस्ताक्षर गरेका हुन्।

 

नेपाल बैंक लिमिटेडले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाटै दरखास्त दिन सकिने (विवरणसहित)


नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आज (शुक्रबार) देखि दरखास्त दिन सकिने गरी विभिन्न पदमा विज्ञापन खुलाएको हो।

लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि बैंकले दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले शुक्रबारदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित १६ कार्तिक २०७५, शुक्रबार | 2018-11-02 09:04:32

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा प्रि क्वाटरफाईनलका खेल सुरु

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको आजबाट प्रि क्वाटरफाईनल खेल सुरु भएको छ । क्वाटरफाईनल सुरु भएसंगै खेल १५ ओभरमा छोट्याईएको छ ।

विहिवार भएको पहिलो खेलमा कपिलवस्तु ट्रेनिङ सेन्टर ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको राजपुर युवा क्लवले ट्रेनिङ सेन्टरले ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा कपिलवस्तु ट्रेनिङ सेन्टर विजयी भएको हो । पहिलो खेलबाट बिशाल मौरिया म्यान अफ द म्याच भएका छन् उनले २८ रन तथा १ विकेट लिएका थिए ।

शान्ति युथ क्लव र बुद्यम युथ क्लवबिच भएको दोस्रो खेलमा शान्तियुथ क्लव विजयी भएको छ । टस जितेर बलिङ रोजेको शान्ति युथ क्लवलाई बुद्यम युथ क्लवले ३६ रन लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँने क्रममा शान्तियुथ क्लव ९ विकेटले विजयी भएको हो । दोस्रो खेलमा जावेद अलि म्यान अफ द म्याच बन्न सफल भए । उनले ३ विकेट ल्याएका थिए ।

त्यस्तै तेस्रो परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । जय वुद्य युथ क्लव तौलिहवा र परिवर्तनशिल युवा क्लव बिच भएको खेलमा टस जितेर ब्याटिङ रोजेको जयवुद्यले परिवर्तनशिललाई ११० रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको जवाफि ब्याटिङमा उत्रिएको परिवर्तनशिलले १४ ओभरमा ३ विकेटको क्षति ब्यहोर्दै जित निकाल्न सफल भएको हो । तेस्रो खेलबाट गोविन्द केसि म्यान अफ द म्याच बन्न सफल भएका छन् । उनले ९ रन तथा २ विकेट एिको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै शुक्रवार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल आयोजक टि ए र द बुद्ध क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल न्यु क्रिकेट शुद्दोधन र अल स्टार युथ क्लव गोरुसिङगे बिच हुनेछ भने तेस्रो खेल लक्ष्मणघाट युवा क्लव र स्टार स्पोर्ट क्लव बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।