भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

बुटवल– फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पुर्याउन भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक पर्ने फूल तथा माला तयार गर्न उनीसँग व्यावसायिक फूल खेतीमा लागेका अन्य महिलाहरु बिहानदेखि दिनभरि नै ब्यस्त रहेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा भाडामा लिएर वाग्लेलगायत ८ जना महिलाको समूहले तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर यसवर्षदेखि एक बिघा क्षेत्रफलमा पुष्प खेती शुरु गरेका थिए ।

समूहमा रहेका आठैजना महिला कृषि ब्यवसायमा नितान्त नौलो रहेका छन् । उनीहरुलाई तिहार तथा अन्य महत्वपूर्ण कार्यक्रममा अत्यधिक रुपमा भारतीय फूल तथा माला प्रयोग हुने र आयातित भारतीय मालाले शरीरमा लगाएका कपडासमेत बिगार्ने देखेपछि फूल खेतीको सोच आएर शुरु गरिएको वाग्ले बताउँछिन् ।

उनका अनुसार फूल खेती गर्ने योजनासहित संरचना बनाएर गत भदौमा चितवन र काठमाडौंबाट बिरुवा मगाइयो र यसवर्ष मात्र झण्डै १५ हजार बिरुवा रोप्ने काम भयो ।

हिन्दूहरुको पर्व तिहार शुरु हुन अब करिब एकसाता मात्र बाँकी छ । तिहारका लागि फूल टिप्ने र माला उन्ने कामका लागि समूहका सबै महिला थप ब्यस्त हुनुपरेको समूहका अध्यक्ष समेत रहेकी वाग्ले बताउँछिन् । ‘तिहार नजिकियो, भर्खरै मात्र मालाको माग आएकाले समूहका सबैजना फूल टिप्न व्यस्त छौं,’ उनले भनिन्।

तिहारमा मात्रै दुई हजारदेखि दुई हजार ५०० थान माला बिक्री हुने अपेक्षा उनले गरेकी छन् । मालाको मूल्य भने अहिले नै यकिन गर्न नसकिने उनको बुझाइ छ । ‘हेरौं बजारको मूल्य कसरी तय हुन्छ, हामीले पनि त्यसै अनुसार मूल्य तोक्नुपर्छ,’ उनले भनिन् ।

तिहारमा मात्रै लाखौंका फूल आयात गर्न भारतीय बजार पुग्ने अवस्थामा स्थानीय बाँझो जग्गामा व्यावसायिक फूल खेती थाल्नु उपयुक्तनै होला भनेर खेती शुरु गरिएको र पहिलो पटकको व्यापारलाई हेरेर भविष्यमा फूलको व्यावसायिक खेती बढाउने योजना बनाएको उनी बताउँछिन् ।

भारतबाट आएका फूलको माला अहिले बिक्री हुँदै आए पनि स्थानीय उत्पादनमा जोड दिइए र उत्पादन लागत कम गर्न सकिए भारतीय फूलको बजारलाई विस्थापन गर्न सकिने द्विविधा छैन । तर, स्थानीय उत्पादनको निरन्तरता, त्यसको बजारीकरण र बढी लागत चुनौतीका रुपमा रहेका छन् ।

तिहारमा मात्र नभएर बुटवल, भैरहवालगायत ग्रामीण क्षेत्रमा हुने मेला, महोत्सव र कार्यक्रमहरुमा मालाको प्रयोग अत्यधिक हुने गरेकाले आफूहरुको उत्पादनले बजारमा रामै्र स्थान पाउने उनको विश्वास छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकै ड्राइभर टोलमा रहेको गुप्ता नर्सरीमा यतिबेला तिहारका लागि भनेर ढकमक्क फुलेका सयपत्री फूलका बिरुवा किन्नेको भीड नै देख्न पाइन्छ ।

गुप्ता नर्सरीले यस क्षेत्रमा व्यावसायिक नर्सरी खेती थालेको झण्डै चार दशकभन्दा बढी भयो । उक्त नर्सरीमा विभिन्न प्रजातिका सदाबहार तथा मौसमी फूल र फलफूलको व्यावसायिक खेती राम्रोसँग मौलाएको छ । उक्त नर्सरीको विभिन्न स्थानमा गरेर अहिले झण्डै ५ बिघा क्षेत्रफलमा फूल खेती हुने गरेको नर्सरीका सञ्चालक सुरेश गुप्ता बताउँछन् ।

उनको अनुभवमा तिहार तथा मेला महोत्सवका बेला मौसमी फूलहरुको अत्यधिक माग हुनेगर्छ । सयपत्री, गोदावरीलगायतका फूल मात्रै हैन बिरुवासमेत राम्रै बिक्री हुने गरेको छ ।

रुपन्देही क्षेत्रमा तिहारका बेला मात्रै भारतीय बजारबाट नेपालमा लाखौं रुपैयाँको फूल तथा फूलका माला आयात हुने गरेको छ । यस बाहेक विवाह तथा मेला महोत्सवका अवसरमा सजाउनका लागि विभिन्न प्रकारका फूल तथा माला, फूलका गुच्छाहरु आयात हुने गरेको रुपन्देहीमा लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका रमेश पाण्डे बताउँछन् ।

तिहारका बेला रुपन्देहीमा खपत हुने फूल र मालामध्ये स्थानीय र पाल्पा जिल्लाबाट आउनेको हिस्सा करिब २५ प्रतिशत रहने अनुमान छ । बाँकी सबै भारतीय बजारबाटै आउने गरेको उनी बताउँछन् ।

भारतीय उत्पादनमा निर्भर नेपालको फूल तथा फूलजन्य बजारलाई विस्थापन गर्न प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा पुष्प उत्पादनलाई प्रोत्साहन दिन अनुदानका लागि १ करोड विनियोजन गरेको छ । अब छिट्टै नै प्रस्ताव आह्वान गरेर पुष्प खेतीमा लाग्न चाहने व्यवसायीहरुलाई छनौट गरी अनुदान वितरण गरिने प्रदेश सरकारका कृषि, सहकारी तथा भूमि व्यवस्था सचिव याम नारायण देवकोटा बताउँछन् ।

उनी भन्छन्– ‘अनुदानका लागि छिट्टै नै प्रस्ताव माग्छौं र तिहार लगत्तै पाँच किसानलाई छनोट गरेर २० लाख अनुदान वितरण गर्दैछौं ।’ रासस

वनलाई कृषि संग जोड्नु पर्छ – मन्त्री गिरी

डिभिजन बन कार्यालय गौतमवुद्धको उद्धघाटन वनलाई कृषि संग जोड्नु पर्छ – बन मन्त्री गिरी

वनलाई कृषि क्षेत्र संग जोडेर आय आर्जनको माध्यम बनाउनु पर्ने प्रदेश न ५ का उद्योग ,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनु भएको छ । बन जन्य जडीबुटीहरुको उत्पादनलाई प्राथमिकता दिएर वनलाई सम्बद्र्धन र संरक्षणमा पनि ध्यान दिनु पर्ने डिभिजन बन कार्यालय कपिलवस्तु (गौत्तम बुद्ध) को उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेपाल सरकारको निर्णय बमोजिम प्रदेश मन्त्रालयको मातहतमा रहने गरि कपिलवस्तु जिल्लामा २ वटा डिभिजन कार्यालय रहने व्यावस्था अनुरुप विहिबार गौत्तम बुद्ध डिभिजन कार्यालय चन्द्रौटामा रहेको छ । कार्यलयको उद्धघाटन गर्दै मन्त्री गिरिले बन कार्यलयको बन काट्ने र वेच्ने मात्र काम नभई अव बनमै जडिवुटीहरु उत्पादन गरी समृद्ध नेपालको लक्ष्यलाई पुरा जनाउनु भयो । संघिय सरकारले बनलाई प्रदेशको मातहतमा हुने गरि जिम्मा दिएको जनाउदै बैज्ञानिक बन व्यवस्थापन गर्दा पुराना तथा समय अवधि सकिएका रुखहरु लाई विस्तापित गरि नया विरुवाहरु रोपेर हराभरा बनाउन प्रदेशकै १२ वटा जिल्लामा काम भइरहेको बताउनु भयो । सिमसार क्षेत्र भनेर चिनिने कपिलवस्तुमा ताल तलौया तथा खोलानालाहरु धेरै भएका हुदाँ वाढि कटानीको कारणले वर्षेनी बन मासिएको बताउनु भयो ।

मन्त्रिी गिरीले जिल्लाको चन्द्रौटामा रहेको सो डिभिजन कार्यालय वाट आम नागरिकले सहज ढ्रङगवाट सेवा लिन सक्ने विश्वास व्यक्त गर्नु भयो ।बन कार्यालय र आम जनता मिलेर काम गरेमा मात्र बन संरक्षण र सरकारको योजना पुरामा उहाँले जोड दिनु भयो । चन्द्रौटामा डिभिजन कार्यालयको लागि भौतिक पुर्वधार कम रहेको वताउदै भौतिक संरचना निमार्णको लागी प्रदेश तहबाट सहयोग गर्ने आश्वासन आश्वासनसमेत मन्त्री गिरीले दिनु भयो । कार्यक्रममा वोल्दै प्रदेश संसाद दिर्घनारायण पाण्डेले सर्वसुलभ सेवा दिने उद्देश्यले एउटा जिल्लामा दुई वटा डिभिजन कार्यालय स्थापना गरेको बताउनु भयो ।बनमा काठ तस्करहरु सलवलाई रहेको भन्दै काठ तस्करि र वन अतिक्रमण लाई कम गर्न जनचेतना र कानुन निमार्ण गर्न आवश्यक रहेको समेत उल्लेख गर्नु भयो । सांसद पाण्डेले वैज्ञानिक बन व्यवस्थापनले वनमा हरियाली र संरक्षण देखिएकोले यसमा सवैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बनको विषयमा विभिन्न कानुनहरु वाझिएकोले ति कानुन पुर्ण बनाएर सवै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । काठ तस्करी र बन अतिक्रमण अत्याधिक भएकोले यसलाई रोकथाम गर्न सकेमा मात्र बन व्यवस्थापन हुने चौधरीले जिकीर गर्नु भयो । अब जिल्ला बन कार्यालयबाट हुने सम्पूर्ण कामहरु डिभिजन बन कार्यालय कपिलवस्तु (गौत्तम बुद्ध) चन्द्रौटाबाटै हुने कार्यालय प्रमुख दुर्गा कार्कीले बताउनु भयो ।

पर्यटकको गन्तव्य बन्दै शंकर भगवान नुहाउने शंकरपुर ताल,

शंकर भगवान नुहाउने शंकरपुर ताल पर्यटकको गन्तव्य बन्दै । 

–  जिल्लाकै पश्चिम क्षेत्रमा रहेको शंकरपुर ताल व्यवस्थित बन्ने भएको छ । ताललाई पर्यटकको गन्तव्य बनाउन विजयनगर गाउँपालिका र स्थानियहरुले तयारी सुरु गरेका छन । वडा न ४ मा रहेको सो ताल घना जंगलको विच भागमा पर्दछ । गाउँपालिका कै पर्यटकिय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल जिल्लाको पश्चिमि क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा वजार वाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको वुढापाका वताउछन ।

शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानिय ७२ बर्षिय काशिराम पुनले बताए । शकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताल क्षेत्र घना जंगल संग जोडिएको हदाँ प्रकृतिको विचरण गर्नेहरुका लागी ताल क्षेत्र राम्रो गन्तव्य बनेको छ ।

चराचुरुंगीको चिरबिर आवज संगै आखाले नभ्याउने गरी भरिएको जलाशयमा आहाराको खोजीमा आउने विभिन्न प्रजातीका चराहरुको हुलले पनि ताललाई मनमोहक बनाएको छ । गाउँपालिकाले ताललाई व्यवस्थित बनाउन गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले वताए । योजना अनुसार ताल क्षेत्रमा पर्यटकलाई आर्कषण गर्न तालको चारै तर्फ रिग रोड, विभिन्न खालका मन्दिर, पिकनिक स्थल ,बाल उद्यान निर्माण लगायतका कामहरु भइरहेको उनले बताए ।

तालमा डुंगाको व्यवस्था गरी तालमा सयर गर्ने व्यवस्था मिलाउने ,पार्क निमार्ण गरि जिल्ला भन्दा वाहिरका र विदेशवाट पनि भम्रणको लागी शंकरपुर ताल आउने वातारण मिलाउने उद्देश्यले गुरुयोजना निमार्ण गरिएको अध्यक्ष थापाले वताए । गत वर्ष मात्र ४० लाख वजेट विनियोजन गरेर ताल परिसरमा वाउण्ड्रि सडक,नहर व्यवस्थापन, ताल पुग्ने सडक कालोपत्रे लगाएत अन्य काम सम्पन्न भइसकेको वडा अध्यक्ष तिलक कडेलले वताए । यस ताललाई पर्यटकिय स्थल वनाउने उद्देश्यले काम भइरहेको छ अव तालमा वोरिग निमार्ण,ताल व्यवस्थापन लगाएतका काम हुन्छ ।

कडेलले भने “गाउँपालिका कै पहिचानका रुपमा रहेको ताललाई हामी व्यवस्थित र संरक्षण गर्दै छौं , ताल क्षेत्रमा पर्यटक भित्राउन सकियो भने ताल नजिक रहेका बस्ती त्रिपालनगर,ज्योतिनगर र भू.पू. गाउँका नागरिकको जिवीको पार्जन सहज हुनसक्छ” ताल क्षेत्रको संरक्षण र यसको व्यवस्थापन का लागि यस आर्थिक बर्षको बजेटमा १५ लाख विनियोजन भएको कडेलले बताए । ताल क्षेत्रमा हाल तालको किनारा मिलाउने , पानीको संभाव्यता अध्ययन गर्ने नजिकैको सुरही खोलाबाट पानी लिप्ट गर्ने जस्ता योजना रहेको उनले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गबाट करिब ५ कि.मी.पश्चिममा रहेको ताल क्षेत्र वरिपरि मगर जनजातीको बाहुल्यता रहेको बस्ती छ । ताललाई व्यवस्थित बनाउने र सोही गाउँमा होम स्टे संचालन गर्न सकिने भने ताल राम्रो आय स्रोत बन्ने स्थानीय अग्नी सापकोटाले बताए । ताल संरक्षण संगै यसको प्रचार प्रचार गर्न सकियो भने पर्यटकहरुको लागी राम्रो गन्तव्य शंकरपुर ताल बन्न सक्छ उनले भने ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १७ वटा वटा खेल सकिए, मैत्रिपुर्ण खेलमा मिडियाकर्मी विजयी

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । अहिलेसम्म जम्मा १७ वटा खेल सम्पन्न भएका छन् भने बुधवार ३ मैत्रिपुर्ण सहित ३ वटा खेल सम्पन्न भएका हुन् ।

पहिलो खेलमा राईजिङ स्पोर्ट क्लव गोरुसिङगे विजयी भएको छ । टस जितेर बलिङ रोजेको राईजिङ स्पोर्टलाई वुटवल स्पोर्ट युथ क्लवले ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँने क्रममा राईजिङ स्पोर्टले ११ ओभरमा ५ विकेटमको क्षति ब्यहोर्दै विजयी भएको हो । पहिलो खेलबाट सन्जु बोहारा म्यान अफ द म्याच भएका छन् उनले ६ रन तथा ४ विकेट लिएका थिए ।

लुम्बिनी सांस्कृतिक युथ क्लव र खाँन ईलाबेन बिच भएको दास्रो खेलमा खाँन ईलाबेन विजयी भएको छ । टस जितेर बलिङ रोजेको लुम्बिनी सांस्कृतिकलाई खाँन ईलाबेनले ४ विकेटको क्षतिमा १ सय ८५ रनको लक्ष्य दिएको थियो सो लक्ष्य पछ्याउँने क्रममा लुम्बिनी अलआउट हुँदै १०० रनमै सिमित भयो । खाँन ईलाबेनका खेलाडि रुपेश कुर्मिले सर्वाधिक ६५ रन ल्याएका थिए भने निश्चल चौधरिले ५४ रन ल्याएका थिए । दोस्रो खेलमा रुपेश कुर्मि म्यान अफ द म्याच बन्न सफल भए ।

त्यस्तै तेस्रो मैत्रिपुर्ण खेलमा मिडियाकर्मिको टिम विजयी भएको छ । आयोजक र मिडियाकर्मि बिच भएको खेलमा टस जितेर बलिङ रोजेको मिडियालाई आयोजकले सबै ओभर खेलि ८ विकेटको क्षतिमा ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो जवाफि ब्याटिङमा उत्रिएको मिडियाले १ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो । मिडिया टिमका चन्द्रकान्त न्यौपानेले सर्वाधिक २६ रन ल्याउँन सफल भए । तेस्रो मैत्रिपुर्ण खेलबाट मिडियाकर्मि कृष्ण हरिजन म्यान अफ द म्याच बन्न सफल भएका छन् । उनले १६ रन तथा हेट्रिक गरेको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै विहिवार पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल कपिलवस्तु क्रिकेट एकेडेमि र राजपुर युवा क्लव बिच हुनेछ, दोस्रो खेल बुद्धभुमि युथ क्लव बैजलपुर र शान्ति युथ क्लव लुम्बिनी बिच हुनेछ भने तेस्रो खेल परिवर्तनशिल युवा क्लव मधुवन र जय बुद्ध क्रिकेट क्लव तौलिहवा बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सेनाको हेलिकप्टर दुर्घटना हुदाँ चालकदलका सदस्यसहित २५ जनाको गयो ज्यान

अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । उक्त सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको हो।अन्तराष्ट्रिय मिडियाका अनुसार दुर्घटनामा चालकदलका सदस्यसहित २५ जनाको मृत्यु भएको बताइएको छ ।फाराह प्रान्तबाट हेरात जाँदै गरेका सेनाका दुई हेलिकप्टर मध्ये एउटा दुर्घटनामा परेको बताएको छ।

उक्त सेनाको हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको फाराह प्रान्तका गर्भनरका प्रवक्त नासर मेहरीले बताएका छन् ।यता हेलिकप्टर दुर्घटनाबारे सरकारी अधिकारीको दाबी विपरीत बिद्रोही समूह तालिबानले भने आफूहरुले हेलिकप्टर आक्रमण गरी खसालेको जिकीर गरेको छ । एजेन्सी

काबुल कारागारनजिक आत्मघाती आक्रमण

काबुल / अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका व्यक्ति भएको बताउनुभयो । कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा ती व्यक्तिले आत्मघाती आक्रमण गरेका थिए । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेटका लडाकूहरुले पछिल्ला महिनाहरुमा काबुलमा आत्मघाती आक्रमणमा तिब्रता दिएका छन् ।

काबुलको निर्वाचन आयोगमा आत्मघाती आक्रमण भएको एकदिन पछि नै यो आक्रमण भएको हो, जसबाट एक जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए । अफगानिस्तानको यसपटकको संसदीय चुनावमा व्यापक मात्रामा हिंसात्मक आक्रमणका घटना भएका छन् । अफगानिस्तानमा जारी हिंसा अन्त्यको उपाय खोजी गर्न यसै महिनाको शुरुमा नवनियुक्त अमेरिकी दूत जाल्मे खलिलजादले तालिबानका प्रतिनिधिहरुसँग कतारमा भेटवार्ता गर्नुभएको थियो ।

उक्त भेटवार्ताको दुई सातापछि नै पाकिस्तानी जेलमा आठ वर्षदेखि थुनामा रहेका तालिबानका एक जना उच्च कमान्डरलाई मुक्त गरिएको थियो ।
एक जना वरिष्ट तालिबानी नेताले खलिलजादसँगको भेटमा अब्दुल घानी बरादर र अरु धेरै नेताहरुलाई मुक्त गर्न आग्रह गरिएको बताउनुभयो ।

बलात्कारका दोषीलाई अमेरिकामा सुई लगाएर मृत्युदण्ड दिइयाे

वासिङ्टन- अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदण्ड दिइएको थियो ।

अदालती सुनुवाईका क्रममा बर्गेटले आफू मृत्युदण्डको सजाय पाउन योग्य रहेको बताएका थिए । तैपनि अपिलका कारण उनको सजायमा ढिलाई भएको थियो । तर सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए । सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदण्ड सम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदण्डको सजाय हो ।

उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदण्ड दिइएको थियो । अमेरिकी सञ्चार माध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । इताजाखबरबाट

पांचौ चन्द्रौटा महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने

दिपक के.सी. कपिलवस्तु कार्तिक १४,

कृषि, पर्यटन ,उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार भन्ने मुल नाराका साथ ब्यापार संघ कपिलबस्तुको आयोजनामा हुन लागेको पाँचौ चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा पहिलो पटक थारु साँस्कृतिक नृत्य प्रतिस्पर्धा हुने भएको छ । थारु समुदायको संस्कृति रितिरीवाज झल्कने गरी थारु कला र संस्कृतिको संरक्षण एवं प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले पाँचौ चन्द्रौटा महोत्सवमा थारु साँस्कृतिक नृत्य प्रतियोगिता पनि राखिने महोत्सव संयोजक तथा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनु भयो । महोत्सवलाई आर्कषक भव्य र सभ्य बनाउन यति बेला आयोजकले विभिन्न तयारीलाई तिब्रता दिएको छ ।

महोत्सव स्थलमा स्टल, सचिवालय निर्माण लगायतको सम्पन्न भइ सकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिनु भयो । पाँचौं चन्द्रौटा महोत्सवमा २६० बढि विभिन्न सामाग्रीका स्टलहरु रहने ९० प्रतिशत स्टलहरु बुकिङ्ग भइसकेको उहाँले बताउनु भयो । साथै महोत्सवमा स्टल राख्न चहाने स्थानिय व्यापारीहरुका लागि विषेश छुटको व्यवस्था समेत रहेको न्यौपाने जानकारी दिनु भयो । आयोजकले महोत्सव सफल पार्न विभिन्न सरोकालवालाहरु सँग छलफल पनि गरि रहेको छ । शिबराज नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरु , अटो रिक्सा व्यवसायी, कृषक, बुद्धिजीवी बर्ग संग पनि आयोजकले महोत्सव सफल पार्न छलफल गरिसकेको संयोजक पोखरेलले बताउनु भयो । महोत्सवमा विद्यार्थीहरुको सहभागिता बढाउन विद्यार्थीद्धारा निर्मित सामाग्रीहरुको प्रदर्शनी समेत राखिने छ ।

विगतका बर्षहरुमा अटो रिक्सा व्यवसायीहरुलाई पार्किङ्ग शुल्क महङ्गो परेकोले दर्शकलाई महोत्सव स्थल सम्म पुराउने अटो रिक्साको पार्किङ्ग शुल्क निशुल्क वा न्यूनतम गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताउनु भयो । मेला लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागी २४ वटा उपसमिती , ३२ सदस्य रहेको स्टेरिङग् कमिटी, १३ सदस्यको सचिवालय कमिटी बनाइएको छ । मङसिर ६ गते बाट १६ गते सम्म सञ्चालन हुन लागेको पाँचौ चन्द्रौटा महोत्सव गत बर्ष महोत्सव सञ्चालन भएको स्थानमा नै यो बर्ष पनि हुन लागेको हो ।

कपिलबस्तुका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने तथा शिवराज नगरपालिका भित्र रहेका ब्रथिङ सेन्टरहरुलाई प्रति टिकट रु १ सहयोग गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको ब्यापार संघले जनाएको छ । यो बर्ष मुख्य आर्कषकमा बालउद्यान ,मौतका कुवा, रोटे पिङ, जादुगर ,कुस्ती खेल,पाँचौ डान्स आइडल,थारु नृत्य प्रतियोगिता स्थानिय स्तरमा उत्पादित कृषि उत्पादन , हस्तकला जडिबुटीहरुको प्रदर्शनी, स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुती, जिल्लाका पर्यटकीय एवम धार्मिक स्थलहरुको प्रचार प्रसार बिभिन्न सांस्कृतिक झाकी, जिल्लाका पर्यटकिय एवम धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदशनी लगायतका बिशेषता रहेको सचिव गोपाल बन्जाडेले जानकारी दिनु भयो । हरेक बर्ष भएका महोत्सव भन्दा यस पटक महोत्सव उकृष्ठ बनाउने तयारी भइरहेको बन्जाडेले बताउनु भयो । महोत्सवमा बिज्ञान र प्रबिधिको समेत ब्यापक प्रयोग र बिभिन्न स्टलहरु रहने महोत्सव आयोजक व्यापार संघ कपिलवस्तुले जनाएको छ ।

भोलिदेखि नेपालमा पाराग्लाइडिङको विश्वकप सुरू हुदै

स्याङजा — भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुने भएको छ ।

नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुने लागेको हो ।

हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो । स्याङजामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप आयोजना गर्न लागिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुने प्रतियोगिता कात्तिक १९ सम्म चल्नेछ ।

मैदानबाट उडेको ग्लाइडरले डौवाफाँटमा ल्यान्डिङ गर्नेछन् । पुरुष र महिला एकल र टिम एक्युरेसी गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, बेलायत, जापान, दक्षिण्न कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले यसअघि नै जनाएको थियो ।

‘हामीले ३० देशका १ सय ५० पाराग्लाइडरको सहभागिता रहने अनुमान गरेका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘हालसम्म २० देशका ९४ खेलाडीले नाम दर्ता गराएका छन् ।’ विश्वकपका लागि प्रमुख जज बेलग्रेड र इन्डोनेसियाबाट आउने छन् ।

आयोजकका अनुसार खेल ६ चरणको हुनेछ । तोकिएको घेराभित्र ल्यान्डिङ गर्नुपर्ने हुन्छ । सबै चरणको प्रदर्शनपछि विजेता चयन हुनेछ ।

व्यक्तिगतर्फ विजेताले एक हजार युरो, दोस्रोले ७ सय ५० युरो र तेस्रो हुनेले ५ सय युरो जित्नेछन् । टिमतर्फ विजेताले १५ सय युरो, दोस्रोले १२ सय र तेस्रो हुनेले ७ सय युरो पाउने आयोजकले जनाएको छ ।

खेलाडीका लागि खानेबस्ने व्यवस्था आयोजकले नै गर्नेछ । पहिलो दिन उद्घाटन हुनेछ भने शुक्रबारदेखि तीन दिन प्रतिस्पर्धाको तालिका छ ।

प्रतियोगिता आयोजना र व्यवस्थापनका लागि जिल्लाका एघारवटै स्थानीय तह, सरकारी कार्यालय र विभिन्न संघसंस्थाको समन्वयकारी भूमिका रहने आयोजकले जनाएका छन् । विश्वभरका हवाई खेलाडी आउने प्रतियोगिताबाट १ करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी र १ करोड ५७ लाख ७ हजार ८ सय खर्च हुने अनुमान आयोजकको छ ।

स्वरेक मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास भइरहेको श्रेष्ठले बताए । गत वर्ष पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिसकेको छ । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने सरकारको लक्ष्यअनुरुप प्रतियोगिता गर्न लागिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

आयोजक पुग्न ढिलाइ
स्वरेकमा हुने एक्युरेसी विश्वकपका लागि प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेकाले बाबु एड्भेन्चरका पदाधिकारी तयारीमा जुटेका छन् । तर अरु तीन संस्थाका पदाधिकारी मंगलबारसम्म स्वरेक पुगिसकेका छैनन् । क्लबका प्रमुख सानोबाबु सुनुवारले आयोजक समितिका पदाधिकारी आइपुग्न ढिला गरेकाले एक्लै खटिनुपरेको गुनासो गरेका छन् ।

खेल सञ्चालनमा सघाउने जिम्मेवारी जिल्ला समन्वय समितिको छ । प्रमुख सीता सुन्दास आयोजक पदाधिकारी आगमनको ढिलाइले अन्योल भइरहेको बताउँछिन् । सहभागी खेलाडीका लागि खाना, सवारी र एम्बुलेन्स लगायत व्यवस्थापन भइसकेको पाराग्लाइडर सुनुवारले बताए ।

उद्घाटन समारोह गर्न स्टेज, खेलाडीको आकस्मिक उपचार र दर्शक सुविधाका लागि स्टेज व्यवस्थापन हुन बाँकी छ । प्रतियोगिता आयोजनामा सघाउने भनेर गठित समिति र उपसमितिको जिम्मा लिएका पदाधिकारी निस्क्रिय भइदिँदा समस्या भएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताएका छन् ।

प्रदेश ५ को राजधानी तोक्न अलमल

स्थायी राजधानीसम्बन्धी प्रतिवेदन तयार गर्न बनेको संसदको विशेष समितिले नेतृत्व नपाउँदा समितिका काममा प्रगति हुन सकेको छैन । प्रतिवेदन तयार गर्न ३ महिनाको समय पाएको समितिको आगामी कात्तिक २३ गते म्याद सकिँदै छ ।

समितिले यो समयमा कुनै ठोस काम गरेको छैन । प्रदेश स्थापना भएको ८ महिना बितिसक्दा समेत प्रदेश ५ को स्थायी राजधानी र नामकरण टुङ्गो लाग्न नसकेको विषयमा प्रदेश सभा बैठकमा समेत पटक पटक आवाज उठेको छ । प्रदेशका सबै जिल्लामा सर्वपक्षीय छलफल र अध्ययन गरी राजधानी र नामकरणबारे प्रतिवेदन तयार गर्ने जिम्मा पाएको समिति निस्कृयजस्तै हुँदा प्रदेशको नामकरण र राजधानीबारे अन्योल बढेको प्राध्यापक डा. बाबुराम ज्ञवालीले बताए । उनले भने, ‘यो व्यापक छलफल र अध्ययन गर्नुपर्ने विषय हो तर सबै काम शून्यजस्तै छ ।’

प्रतिवेदन तयार गर्न सभाको दोस्रो अधिवेशनको २८औँ बैठकले साउन २४ गते विशेष समिति गठन गरेको थियो । १५ सदस्यीय यो समितिका भदौ १२ र असोज २ गते दुईवटा बैठक बसे । समितिले प्रतिवेदन सभामुखलाई बुझाउने र उक्त प्रतिवेदन सभामुखले सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रदेश सभाको दुई तिहाई मतले प्रदेशको राजधानी तोक्ने र नामकरण गर्न सक्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभा सचिवलाय सचिव दुर्लभकुमार पुन मगरले समितिको म्याद सकिने अवस्थामा पुगे पनि काम नभएको बताए । उनले दशैँ तिहार र सांसदहरू पनि जिल्ला गएकाले बैठक अलि कम बसेको बताए ।

लागूऔषधसहित पाँचजना पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय बिजय लिम्बु, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन बिक, सोही ठाउँका १८ वर्षीय बेबेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपिन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय बिशाल रायमाझीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

मंगलबार राति ९ बजे रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका पुर्णबहादुर थकालीको घरमा लागूऔषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेसजस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए ।

अहिले जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले धेरै जक्सनमा सूक्ष्म अनुसन्धान भएकाले कारबाही गर्दै जाने बताए ।

रूपन्देहीका अमित, नेपाल आईडलको उत्कृष्ट ९ मा

रूपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय अमित बराल नेपाल आईडलको उत्कृष्ट टप नाईनमा पर्न सफल भएका छन् । एक पटक डेन्जर जोनमा परेका अमित उत्कृष्ट प्रस्तुति दिँदै आफूलाई टप ९ मा सुरक्षित गर्न सफल बनेका हुन् । उनले नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण सबैको मन जितेका छन् । बरालले आइडलमा एउटा इतिहास रच्दै एक चोटी ‘पफर्मेस अफ द डे’ बनिसकेका छन् ।
आफ्ना दाजु स्व.सुमित बरालको साङ्गितिक सपना साकार पार्न अघि बढेका अमित बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् ।
बुबा जिबन बराल र आमा सिता बरालको कोखबाट माईलो सुपुत्रको रूपमा वि.सं. २०५१ साल असोज २ गते नवलपरासीको बर्दघाटमा उनको जन्म भएको हो । उनले बर्दघाट न्युलाईट बोडिङ स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरे । त्यस पश्चात आफ्नो घरपरिवार सैनामैनामा बसाइँसराइँ गरेसँगै प्रभात आवसीय ईंङ्लिस बोडिङ स्कुलमा कक्षा १० सम्मको अध्ययन गरे । एस.एल सी उत्तिर्ण गरी उच्च शिक्षाका लागि बुटवलमा रहेको अन्नपुर्ण मोडेल कलेजमा भर्ना भई अध्ययन गरे र प्लस टु उत्तीर्ण गरे ।
आफ्ना दाजुको साङ्गितिक क्षेत्रको सपना पुरा गर्न कस्सिएर लागेका बराल नवलपरासी आईडलमा टप ५ मा पर्न समेत सफल भएका थिए । उनले लुम्बिनी कला केन्द्र बुटवलमा २ वर्ष सम्म संगीत सिकेका थिए । उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाडांैमा पनि उनले केही समय संगित शिक्षा लिए ।
अमितले नेपाल आइडलमा लगातार उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । प्रत्येक बिहिबार बेलुका ८ः ३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ९ मा पुगेका अमितलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’को अडिसनमा गत साता अमितर्ले पैसा होईन पासो छ, परदेशमा बोलाउँदै छन् आफन्तले स्वदेशमा भन्न‘पन्छी‘ गित मार्फत उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दै निर्णयक सहित देश विदेशमा रहने सम्पुर्ण नेपालीहरूलाई गित मार्फत रुवाएका थिए ।
अमितका बुवा जिबन बरालले आफ्ना छोरालाई जिताउन सबैसँग भोटका लागि अपिल गरेका छन् । अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । भोट हरेक हप्ताको विहीबार राति ८ः ३० देखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र गर्न सकिने जनाइएको छ । देश र बिदेशबाट Respeact & Rise एप बाट पनि भोट गर्न सकिने छ ।

करोड मूल्यको यार्सा गायब भएपछी

भदौ महिनामा नेपालगन्जको राँझा बिमानस्थलबाट बरामद गरेको बहुमूल्य जडिबुटी लिलाम गर्दा देखाएको यार्सा धनीले आरोप लगाएका छन् ।  उनले करोड बढि मूल्य पर्ने यार्सा गायब पारिएको दाबी गरेका छन् । गत भदौ १६ गते नेपालगन्ज—१६ राँझा स्थित नेपालगंज बिमानस्थलमा डोल्पा बाट नेपालगन्ज आएको समिट बिमानमा आएका जिल्ला डोल्पा ठूलो भेरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३० को श्ववर्ण कुमार बुढाबाट यार्सा बरामद गरेको थियो । पक्राउ परेका बुढा र यार्सा प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको थियो । वनले बुढाका बिरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता ग¥यो । जिल्ला अदालत बाँकेले असोज २२ गते ‘हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम बिक्री’ को आदेश दिएपछि डिभिजन वन कार्यालयले प्रक्रिया सुरु ग¥यो । सार्वजनिक सूचना जारी गरी गत सोमबार लिलाम गर्ने क्रममा कसैले टेण्डर हालेनन् । टेण्डर हाल्न गएका यार्सा धनी बुढाले आफूबाट बरामद भएको यार्सा फरक देखाइएको बताए । ‘जुन मूल्यको यार्सा हो त्यो गायब पारिएको छ । करोड पर्ने यार्सालाई लाख मूल्यमा झारियो,’ मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनमा बुढाले भने । उनले गायब पारिएको यार्सा खोजी हुनुपर्ने बताए । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेल ले यार्सा फरक परेको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । यार्सा शिल गरिएको र सुरक्षा घेरा भित्र रहेको हुँदा यार्सा फरक पर्न नसक्ने उनको दाबी छ ।
नेपालगन्जलाई ट्रान्जिट बनाएर जडिबुटीको कारोबार हुने गर्छ । त्यसक्रममा प्रहरीले अबैध जडिबुटी पक्राउ गर्दै आएको छ । बुढासँग बरामद गरिएको जडिबुटी पनि बिदेश लैजाने तयारी थियो । तर प्रहरीले पक्राउ गरेपछि मुद्दा दर्ता भयो । बहुमुल्य जडिबुटी आफूबाट बिनाकारण बरामद गरिएको बुढाको दाबी छ ।

सैनामैना महोत्सवमा कलाकारको बेजोड प्रस्तुति

सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला अवलोकन गर्ने दर्शकको भिडभाड बढेको छ ।
मंगलबार छैँठौ दिन सांस्कृतिक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल सङ्गै, लोक तथा दोहोरी गायक बैकुण्ठ महत, गायिका विष्णु श्रीपाली लगायत स्थानिय कलाकारहरूको प्रस्तुति हेर्ने दर्शकको भिडभाड बढेको व्यापार संघका सचिव एवम् मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी बताए । मेलामा मंगलबार एक दिनमात्र करिब १० हजार जनाले मेला अवलोकन गरेको र ३० लाख बराबरको आर्थिक कारोबार भएको ढकालले बताए ।
साथै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता, वडा स्तरीय दोहोरी गित प्रतियोगिता र डान्सिङ आईडल दिन प्रतिदिन रोचक हुँदै गएपछि मेला हेर्ने दर्शकको संख्या बढ्दै गएको हो । महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७५ मा मंगलबार ८ जना प्रतस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् भने बुधबार देखि हरेक दिन १ जना प्रतिस्पर्धी बाहिरिँदै जाने अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुवेदीले जानकारी दिए । निर्णायक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्ने प्रतियोगी बाहिरिने छन् ।
यसैगरी वडा स्तरीय दोहोरी गित प्रतियोगितामा मंगलबार वडा नं ९ विजयी भएको छ । वडा नं. ५ र वडा नं ९ का बिच भएको प्रतिस्पर्धात्मक घम्साघम्सी दोहोरी गित प्रतियोगितामा वडा नं ९ विजयी भएको मेलाका सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिए । आज वडा नं. ३ र वडा नं ५ का बिचमा दोहोरी प्रतियोगिता हुनेछ । साथै मेलामा बुधबार राष्ट्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी, थारु गायक श्री निवास चौधरी, लोक तथा दोहोरी गायिका इन्दिरा गैरे (इन्दु) का साथमा मम्मी डान्स लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने न्यौपानेले बताए । मेलामा सोमबारदेखि सुरु भएको खुल्ला भलिबल प्रतियोगितामा मंगलबार कन्चन भलिबल क्लब र बेभ्र गोर्खा बुटवल विजयी भएका छन् ।
मंगलबार भएको पहिलो खेलमा मुर्गिया युथ क्लव सेतो र कन्चन भलिबल क्लबबीच भएको खेलमा कन्चन भलिबल क्लब ३–२ ले विजयी भएको हो । त्यसैगरी दोस्रो खेलमा ब्रेभ गोर्खा बुटबल र कालिजंगगण सालझण्डी बिच भएको खेलमा ३–० को सोझो सेटले बेभ्र गोर्खा बुटवल विजयी भएको हो ।
खेलमा आज ३ खेल हुने भएका छन् । जसमा पहिलो खेल जिल्ला भलिबल संघ गुल्मी र मुर्गिया युथ क्लव रातो र दोस्रो खेलमा मणिमुकुन्द तिलोत्तमा र रिभर साईड कन्चनका बीच प्रतिस्पर्धा रहने खेलकुद संंयोजक प्रकाश पौडेलले जानकारी दिए । यसैगरी तेस्रो खेलमा बेभ्र गोर्खा बुटबल र कालिगण्डकी स्याङ्जाका बीच खेल हुने पौडेलले बताए ।

लुम्बिनीका बस काठमाडौं लगेपछि स्थानीय आक्रोसित news

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीमा बिद्युतिय बस गुड्ने बाटो नै नभएको बताएका छन् । उनले यहाँ बाटो नभएको कारण तत्कालको लागी सो बस काठमाडौंमा सञ्चालन गरिएको बताएका हुन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानास्थलमा पत्रकाहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले बाटो बनेपछि त्यो बस लुम्बिनीमै सञ्चालन हुने उनले बताए । “बस लुम्बिनीकै लागी ल्याईएका हुन, बस चलाउने बाटो नै छैन, बाटो बने पछि पुनः बस यहि सञ्चालन हुन्छन ।” मन्त्री अधिकारीले भने । उनले त्यो बस लुम्बिनीलाई नै केन्द्रबिन्दु बनाएर सञ्चालन हुने बताए । लुम्बिनीमा बिद्युतिय बस सञ्चालन हुने खबरले लुम्बिनीवासीलाई जति खुशी बनाएको थिएन त्यो भन्दा बढी यहाको लागी आएको बस काठमाण्डौ लानुले बढी आक्रोशित बनाएको छ ।
लुम्बिनीकै लागी आएको बिद्युतिय बस ओली सरकारले साझा यातायाताको सहयोगमा काठमाण्डौमा सञ्चालन हुने गरि उद्घाटन गरे पछि यस क्षेत्रका स्थानिय वासी अक्रोशित बनेका हुन । लुम्बिनीमा बढिरहेको ध्वनी प्रदूषण मुक्त गरी यहाँ आउने पर्यटकलाई सुविधासम्पन्न विजुली बसमा चढाउने योजनासहित लुम्बिनी विकास कोष र एशियाली विकास बैंक अन्तर्गत एशियन क्लिन इनर्जी बीच सहमति भइ ५ वटा विजुली बस र ११ वटा कार सहयोग गर्ने सम्झौता भएको थियो । दुई पक्षबीच ९ जनवरी २०१८ मा सहमति भएर चीनको विआइबी कम्पनीले निर्माण गरेको २० सिट क्षमताका २ वटा विजुली बस नेपाल ल्याइयो । तर एकाएक बस साझा यातायातले संचालनमा ल्याउने गरी काठमाडौं पु¥यायो । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ शुभारम्भ गरे । लुम्बिनी ल्याउने भनिएका बस एकाएक काठमाडौं पुराएर शुभारम्भ भएपछि अब लुम्बिनीमा विजुली बस गुड्छ की गुड्दैन भन्ने चातर्फी चासोको विषय बनेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीमा बिद्युतिय बस गुड्ने बाटो नै नभएको बताए पछि त्यो अन्यौलता झन थपिएको छ । बेलहिया– बुटवल ब्यापारीक मार्ग निर्माण शुरु भएको ८ बर्ष पुगेको छ । अहिले सम्म निर्माण सम्पन्न भई सकेको छैन । भैरहवा–तौलिहवा सडक खण्ड भर्खर निर्माण शुरु भएको छ । यसले कहिले पूर्णता पाउने र कहिले बस सञ्चालन हुनेमा स्थानियहरूमा अन्यौल छाएको हो ।
‘सहमतिअनुसार बस लुम्बिनी ल्याएर भैरहवा–लुम्बिनी क्षेत्रमा गुडाउनु पर्ने हो । तर, स्वार्थ पूर्तिका लागि काठमाडौं लगियो’ प्रदेश सभा सदस्य सन्तोष पाण्डेले भने । “सरकारले काठमाण्डौंलाई मात्र नेपाल मानेको छ, काठमाण्डौं बाहिर आएको सहयोगलाई पनि त्यही लग्दै छ यसको हामी घोर बिरोध गर्छौ ।” पाण्डेले भने । सरकारले बस लुम्बिनी फिर्ता नपठाए सम्म सडक र सदनबाट बिरोधका कार्यक्रम अगाडी बढाउने उनले बताए । लुम्बिनीको लागी आएको बस एकपटक चार्जगरेपछि बस ४ सय किलोमिटरसम्म गुड्न सक्छ । दाताले बस नेपाल पठाएपछि लुम्बिनी संग्रहालय नजिकै धमाधम चार्जिङ् स्टेशन निर्माण थालिएको छ । बस भने एकाएक काठमाडौं पुराइएको छ । अझै ३ वटा बस र ११ वटा विजुली कार (भ्यान) नेपाल ल्याउन बाँकी छ । ती बाँकी बस र कार पनि लुम्बिनी ल्याइन्छ भन्ने ग्यारेन्टी नभएको लुम्बिनी विकास कोषको भनाई छ । ‘सरकारले निर्णय गर्ने कुरा हो, बाँकी बस र कार पनि यहाँ ल्याइन्छ भन्ने छैन’, विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले भने, ‘के कति कारणले बसहरू काठमाडौं लगियो यस विषयमा विकास समितिमा छलफल हुन्छ ।’बस काठमाडौं लगिए पनि त्यहाँ चार्जिङ् स्टेशन निर्माणका काम सुरु गरिएको छैन । जसले गर्दा बस संचालनको शुभारम्भ गरिए पनि नचलाई थन्काएर राखिएको छ भने लुम्बिनीमा बन्न लागेको स्टेशन अब के हुने भन्ने अन्यौलता देखिएको छ । ‘सम्झौता तोडेर दातृ निकायले स्टेशन सार्छ भन्ने हामीलाई लाग्दैन’, विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले भने । सम्झौताविपरीत काम गर्दा दातृ निकायले दिएको सहयोग पनि फिर्ता लैजाने र लुम्बिनीमा विजुली बस नगुड्ने हुसक्ने भन्दै यहाँका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । प्रदूषणबाट पर्यटकलाई बचाउन र स्तरीय सेवमा थप पर्यटक भित्र्याउन लुम्बिनी विकास कोषको पहलमा एडिविले उक्त बस र कार सहयोग गरेको हो । तर एडिबीसँगको सम्झौता विपरीत तत्काल साझा यातायातको व्यवस्थापनमा काठमाडौंमै चल्नेगरी हतारहतारमा बिजुली बस त्यहाँ पुराइएपछि स्थानीय र पर्यटन व्यवसायी चिन्तित छन् ।

३२ अर्बमा चिनियाँ गाई

पोखरा / गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो ।

त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ । प्रदेश सरकारले गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गण्डकीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले दूध तथा दुग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजनाअनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको जनाए । फार्म प्रदेश दुग्ध विकास बोर्डमार्फत सञ्चालन हुनेछ । बोर्ड गठनका लागि बनाएको विधेयक प्रदेशसभाबाट पारित भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

यो पनि पढ्नुहोस्-एक वर्षमा टाट पल्टिन सक्छ निगम
काठमाडौं / व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर रहेकाे छ ।

नेपाल-कतारबीच के भयो सहमति ?
काठमाडौं / नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

डाइटिङ बिनानै मोटोपन घटाएर स्लिम हुन मन छ ? दिनहुँ पिउनुहोस् कागती पानी

काठमाडौँ-दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ। कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ। कागतीमा भिटामिन सी र बि प्रशस्त पाइन्छ । कागतीमा कपर, क्याल्सियम, आइरन, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्स पनि पाइन्छ।

कागती पानीको जुस रक्तचाप नियन्त्रण गर्न, रुघाखोकी र घाँटी दुख्ने समस्याका लागि निकै प्रभावकारी मानिन्छ । दिनहुँ कागती पानी पिउदा कब्जियता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ-यदि तपार्इँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा घुम्दै हुनुहुन्छ वा पानी परेको समयमा बाहिर निस्कदै हुनुहुन्छ भने जानुभन्दा अगाडि भिटामिन सीयुक्त कागतीपानी खाएर सम्भावित चिसोबाट बच्न सक्नुहुन्छ।

तौल घटाउँछ-कागती पानीले शरिरमा हुने निश्चित चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरी शरिरको रगत र कलेजोको कोलोस्ट्रोल तहलाई घटाउँछ। शरीरमा हुने मेटाबोलिजम प्रक्रियालाई सशक्त बनाउँछ।

छालामा चमक-कागतीमा एन्टिअक्सिडियन्ट्स हुन्छ जसले सूर्यको कडा प्रकाश, प्रदुषण र एलर्जीपछि हुने छालाजन्य समस्याबाट बचाउँछ। भिटामिन सीले बुढ्यौलीपनलाई रोक्छ र अनुहारको छालालाई कसिलो बनाउँछ।

अम्लियपनले शरिरमा क्षार बढाउछ-कागतीले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ। किड्नीले साबधानीपूर्वक रगतलाई नियन्त्रण गरी पीएच ७ दशमलब ४ बनाउँछ। तर, कागती पानी खाएर यसलाई हलुका बनाउन सकिन्छ।

राम्रो पाचन प्रक्रिया-कागती पानीले आन्द्रालाई सफा गरि पाचन प्रणालीलाई सहज बनाइदिन्छ। आन्द्रामा रहेका उत्तेजित विकारलाई कागतीको अमिलोले एउटा फलसको काम गर्छ।

कलेजो र किड्नीको विष हरण गरिदिन्छ-कागतीले कलेजोलाई सफा र कलेजोलाई सशक्त बनाइदिन्छ। कलेजोका इन्जाईमहरु कमजोर भएमा उर्जा प्रदान गर्छ र रगतको उत्तेजक पर्दाथलाई फिल्टर गरिदिन्छ।

ऊर्जा दिन्छ-सामान्यभन्दा बढी थकित महशुस गर्नुभएको छ। राम्रोसँग सुत्दा पनि कमजोर भइरहेको छ ? यदि यस्तो लक्षण देखिएको छ भने तपाईँमा रक्तअल्पताको संकेत हो र भिटामिन सीयुक्त कागती एउटा अचुक औषधी नै हो । किनकी यसले तपाईको शरिरलाई आइरन सोस्न सहयोग पुर्याउँछ।

क्यान्सरबाट बचाउँछ-एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ।

स्वस्थ शरीर-कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ।

ताजा सास-सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ।एजेन्सी

प्रधानमन्त्री ओलीको बारेमा भ्रामक समाचार पोस्ट गर्ने मानन्धर पक्राउ

काठमाडौं,१४ कार्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार प्रहरीले पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो।महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो। प्रहरीले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुर गरेको बताएको छ। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका थिए। मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति बताएका हुन्।

यो पनि पढ्नुहोस् -खानेपानी संस्थानमा करोडौं घोटाला, महाप्रबन्धकसहित ५ जनालाई कारबाही सिफारिस

काठमाडौं १४ कार्तिक – छानबिन समितिले सामान खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ ।

अनियमित खरिदमा महाप्रबन्धक प्रसाद, उपप्रबन्धक ईश्वर प्रसाद, बुटवल शाखाका कामु सहायक प्रबन्धक मोहनदत्त भट्ट, नेपालगन्जका इन्जिनियर आशिष कार्की र केन्द्रीय कार्यालयका सहायक प्रबन्धक त्रिदिपकुमार श्रेष्ठको संलग्नता औंल्याउँदै कारबाही सिफारिस गरिएको हो । संस्थानको बुटवल तथा नेपालगन्ज कार्यालयका लागि डीआई पाइप तथा फिटिङ समान खरिदमा घोटाला भएको समितिको दाबी छ ।

‘संस्थानले दुई कार्यालयका लागि २५/२५ करोड रुपैयाँको पाइप खरिद गरेको देखाएको छ तर भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिएको छ । दुई ठाउँमा गरी संस्थानलाई २५ करोड घाटा भएको छ,’ प्रतिवेदनमा छ । संस्थानमा अनियमितता भएको विषय उठेपछि खानेपानी मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले उनीहरूमाथि भ्रष्टाचार ऐनअनुसार कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको जानकारी दिए । ‘प्रतिवेदन अख्तियारलाई बुझाएका छौं,’ उनले भने, ‘उसले जे निर्णय गर्छ, त्यही हुन्छ ।’ कान्तिपुरबाट

यो पनि पढ्नुहोस्-डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, एक वर्ष कैदको सजाय

काठमाडौं १४ कार्तिक- विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचारी ठहर गरेको छ।

अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले श्रेष्ठलाई १ करोड १८ लाख ६६ हजार ७७६ गैरकानूनी रुपमा आर्जन गरेको ठहर गरेको हो। श्रेष्ठलाई एक वर्ष कैद हुने ठहरसमेत गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल फागुन २ गते श्रेष्ठ र उनकी पत्नीविरुद्ध १ करोड ६७ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

२०५४ साल साउन १ गते सेवा प्रवेश गरेका भक्तमानको २०७० साल साउन ४ गतेसम्मको सम्पत्ति मूल्यांकन भएको थियो। त्यसक्रममा तीन करोड ७९ लाख रुपैयाँ आर्जन गरेकोमा एक करोड ८५ लाख रुपैयाँमात्रै वैध देखिएको अख्तियारको दाबी थियो। अख्तियारले उनकी पत्नी शिलुलाई समेत प्रतिवादी बनाएको थियो। कान्तिपुरबाट

 

शिवराजका ११ मध्ये ६ र ७ वडा मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकि

नेपाललाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको लक्ष्य अनुसार शिबराज नगरपालिकाले यो अभियानलाई सशक्त रुपमा अंगाडि बढाएको छ । नगरपालिकाको वडा नंं ८ लाई मंगलबार एक कार्यक्रमका बिच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यो वडा संगै शिवराज नगरपालिकाको ११ वटा वडा मध्ये ९ वटा वडा खुल्ला दिसा मुक्त वडा भएका छन् ।

बाँकी रहेका वडा नं. ६ र ७ लाई पनि छिट्टै खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य अनुरुप काम भइरहेको उपप्रमुख शिवकुमारी थारुले बताईन । घोषण सँगै आगामि दिनमा शौचालयको नियमित प्रयोग हुनुपर्ने, शौचालयको सहि प्रयोग भए नभएको अनुगमन गरिने र अब खुलाठाँउमा दिसा गरेको पाईए कारवार्ही समेत हुने नगरउप प्रमुख थारुले बताईन् । कार्यक्रममा बोल्दै थारुले सबैले आफ्नो आनीबानीमा परिर्वतन ल्याई शौचालयको प्रयोग गर्नु पर्नेमा जोड दिइन् ।

वडा नम्बर ८ मा रहेका कुल ७०२ घरमा शौचालय निर्माण भएको प्रतिबेदन वडा अध्यक्ष शंकर अहिर प्रस्तुत गरे । वडा नं. ८ लाई खुल्ला दिसामुक्त वडा घोषणा बनाउन सहयोग पुराउने सम्पूर्ण वडा बासीलाई उनले धन्यवाद समेत व्यक्त गरेका छन् । अब शौचालयमा नै गएर दिसा गर्ने बानी बसाल्नु पर्ने अध्यक्ष अहिरले वडा बासीमा अनुरोध पनि गरे । कार्यक्रममा शिवराज नगरपालिका सरफाइ दुत महादेव पोखरेलले लामो प्रयास पछि वडा लाई खुल्ला दिसा मुक्त बनाउन सकिएको बताए । सरसफाई र आनीबानीमा परिर्वतन गर्दै अब पूर्ण सरसफाई घोषणा तर्फ लाग्नु पर्नेमा पोखरेलले जोड दिए । अब सम्पूर्ण नगरपालिका लाई खुला दिशा मुक्त गर्न सबै एकजुट भएर लागेर नगरपालिकालाई खुला दिसा मुक्त गराउन तर्फ सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, वडा नं. ६ का अध्यक्ष सन्तरी प्रसाद कुर्मी, वडा नं. ७ का अध्यक्ष अनुप कुमार चौधरी, वास अफिसर राजेश चौधरी, स्वस्थ्य स्वयम् सेविका, स्थानीय बुद्धिजीवी, समाजसेवी, वडा बासी संचारकर्मीको उपस्थितीमा वडालाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको हो ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा १४ वटा खेल सकिए, मधौलि क्रिकेट क्लव स्वतः विजयी

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा भईरहको अहिलेसम्म जम्मा १४ वटा खेल सम्पन्न भएका छन् भने आज २ वटा खेल सम्पन्न भएका हुन् ।

मंगलवार भएको पहिलो खेलमा लक्ष्मणघाट क्रिकेट क्लवले मोतिपुर डाँडा क्रिकेट क्लवलाई ६८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको लक्ष्मणघाट क्रिकेट क्लवले १५ ओभरको खेलमा मोतिपुरलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको मोतिपुरले ११ ओभरमा अलआउट हुँदै ९४ रनमा हार ब्यहारेको हो । पहिलो खेलबाट राजेश चौधरि म्यान अफ द म्याच भएका छन् उनले ८० रन तथा २ विकेट लिएका थिए ।

नवदुर्गा भवानि चप्परगाउँ र जय नेपाल स्पोर्ट क्लव कृष्णननगर बिच भएको दास्रो खेलमा जय नेपाल स्पोर्ट क्लव कृष्णननगर १ सय १५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय स्पोर्टले १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा नवदुर्गा १२ ओभरमै अलआउट हुँदै ८० रनमै सिमित भएको हो । सेवाज खाँन म्यान अफ द म्याच बन्दै ८० रन १ विकेट हात पारेका थिए ।

त्यस्तै तेस्रो खेलमा मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको छ । मधौलि क्रिकेट क्लव र हरनामपुर क्रिकेट क्लव बिच निर्धारण गरिएको खेलमा हरनामपुर क्रिकेट क्लवको सहभागि नभएपछि मधौलि क्रिकेट क्लव स्वतः विजयी भएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै बुधवार तिनओटा खेल हुनेछन् । पहिलो खेल बुटवल स्पोर्ट क्लव र अल स्टार क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल लुम्बिनी क्रिकेट क्लव र धगदई क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो मैत्रिपुर्ण खेल हुनेछ आयोजक टिम बि र मिडियाकर्मि बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

तरुणदल कपिलवस्तुद्धारा शैक्षिक सामाग्री बितरण

नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुले आफनो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री बितरण गरेको छ । नेपाल तरुण दलको ६५ औ स्थापना दिवसको अवसरमा कपिलवस्तुको लवनीमा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रमको आयोजना गरी तरुण दलले स्थापना दिवस मनाएको हो । सो अवसरमा गरिव जेहेनदार करिव ७५ बिद्यार्थीलाइ करीव ३० हजारको सामाग्री बितरण गरिएको छ । सो अवसरमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलवानले देश गम्भीर मोडमा रहेको बताउदै तरुणहरुलाई सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका छन । सरकार असफल भइ सकेको बताउदै उनले सरकार रहेको महशुस गराउन प्रतिपक्षको भुमिका आवश्यक रहेकोमा उनले जोड दिए । त्यस्तै नेपाल तरुणदल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी शतिmले तरुण आन्दोलनका लागी मात्र नभई असल समाज निमार्णको नेतृत्वका लागी भएको बताए । खराव मानिसको सख्या धेरै र सज्जन मानिस नबोल्दा समाज बिग्रीने बताउदै उनले सरकारका गलत काममा मौन नहुन समेत उनले युवालाई आग्रह गरेका छन ।

यी हुन् विश्वभर भाइरल भएका अनौठा यौनकाण्ड

एजेन्सी । विश्वमा प्रायः अनौठा किसिमका घटनाहरू घटिरहेका हुन्छन् । जुन मानिसले कल्पना पनि गर्न सक्दैनन् । त्यस्तै यौन उत्तेजनालाई नियन्त्रण गर्न नसक्दा त्यसले घटनाको रुप पनि लिनसक्छ । विश्वमा त्यस्ता केही यौनकाण्डहरू छन् जुन पछिसम्म पनि भाइरल भएका थिए ।

कृत्रिम महिलासँग न्यायधिस
१० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो ।

सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो ।

पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए ।

उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो ।

प्रहरीको भ्यानमै रोमान्च
नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए ।

प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन ।

दरबारको बगैंचामा यौनक्रिडा
सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।

बैंककाण्ड
मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् ।
यौनक्रियाले विमान दुर्घटना
सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठर्हयाइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो ।

चर्चभित्र दुई आवाज
चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो ।

बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

एटीएम बुथमा नग्न
स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए ।

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो । पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन् ।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन् । यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन ।

मेलम्चीको पानी काठमाडौं आउन अझै कम्तीमा दुई महिना लाग्ने

खानेपानीमन्त्री बीना मगरले २०७५ सालको दसैंअघि नै मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरिने बताएपनि मेलम्चीको पानी काठमाडौं आइपुग्न अझै केही समय लाग्ने देखिएको छ ।

अहिलेकै रफ्तारमा काम अघि बढेको खन्डमा पनि दुई महिनायता मेलम्चीको पानी काठमाडौंवासीले प्रयोग गर्न नपाउने पक्का भएको छ ।

काठमाडौं उपत्यकावासीले वर्षाैंदेखि मेलम्चीको पानीको सपना देख्दै आएका छन् । मेलम्चीको पानी खाने सपना देख्दा–देख्दै कत्तिको इहलीला समाप्त भइसक्यो ।

त्यसमाथि मेलम्चीको पानी वितरणको मिति तोक्ने र सार्नेक्रम पनि केही वर्षयता जारी छ ।

जब मेलम्चीको पानी वितरणका लागि घरघरमा पाइप जडान गरियो, सर्वसाधारणमा फेरि मेलम्चीको पानी प्रयोग गर्न पाइन्छ भन्ने उत्साह जाग्यो ।

पछिल्लो समय खानेपानीमन्त्री बीना मगरले गत दसैंअघि नै घरघरमा मेलम्चीको पानी वितरण गर्ने बताइन् ।

दसैंको मिति पार भइसक्दासमेत सुरुङ ढलानको काम अभैm सकिएको छैन ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त पानी वितरण गर्न अझै कम्तीमा दुई महिना लाग्ने बताउँछन् ।

समितिकाअनुसार मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्मको कुल २६ किलोमिटर सुरुङमध्ये ६.५ किलोमिटर सुरुङको ‘फिनिसिङ’को काम बाँकी छ ।

दैनिक २५० मिटरको हाराहारीमा ढलान भइरहेको र काममा अवरोध नआए एक महिनाभित्र ढलानको काम सकिने समितिले जनाएको छ ।

त्यसपछि पनि अन्तिम चरणका कामहरु सक्न अर्को एक महिना लाग्नेछ ।

कोरियाली युद्ध अन्त्यको घोषणाको तयारी

उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ ।

सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यी दुई कोरियालाई टुक्र्याएको उक्त युद्धको अन्त्य भएको घोषणा अहिलेसम्म नभएकाले यसै वर्षको अन्त्यतिर सो घोषणा गर्ने तयारी भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन् ।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिएको हो ।

त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । गत अप्रिलमा सो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो ।

गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ ।रासस/सिन्ह्वा

दाङमा बजार अनुगमन नहुँदा मनोमानी मूल्य

दाङमा चाडपर्वको मौका छोपी बजारमा फेरी पनि उपभोग्य सामाग्रीहरूको व्यवसायीहरूले मनोमानि रूपले मूल्य गरेको उपभोक्ताहरूले गुनासो गरेका छन । दीपावलीमा वढी मात्रामा खपत हुने तेल जन्य पदार्थदेखि, चिनी, मैदा गेडागुडी, पिय पदार्थ मदिरा लगायतमा पसल पिच्छे मनोमानी मूल्य गरेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ताहरू परेको बताउँछ ।
दैनिक उपभोग्य सामग्रीहरूको मूल्यवृद्धी तथा पसल पिच्छे मूल्य फरक हुँदा समेत जिल्ला बजार अनुगमन समिति मौन देखिएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
बजारमा विक्रि वितरणका लागि राखिएका तेलहरू सुर्यमुखी तथा सोयाविन तेल प्रति लिटरमा पसल पिच्छे १० रूपैया फरक पर्ने गरेको लमही नगरपालिका १ सिमा केसीले वताइन । उनका अनुसार केही पसलहरूमा रु १ सय ३० रूपैया प्रतिलिटर भए पनि जोडियको अर्को पसलमा प्रति लिटर १ सय ४० रूपैया पर्ने गरेको वताइन । तेल मात्र होइन चिनीमा समेत फरक फरक मूल्य भएको वताइन ।
नेपाल सरकारले चिनीको मूल्य रु ७० कायम गर्ने भनिय पनि देउखुरीका पसलहरूमा ७५ देखिरु ८५ रूपैया प्रतिकिलोमा विक्रि वितरण हुदै आएको उपभोक्ता केसीले वताउछीन । संगै जोडिका पसलहरूमा यस्तै यस्तै विन्नता छ । नत पसलहरूमा मूल्य सुचि राखेका छन । हामी जस्तो सोझो उपभोक्ताले के गर्ने केसीले भनिन् । अन्य सयममा उपभोक्ता ठगियको चक्रो स्वरले वोल्ने उपभोक्ता हक हित संरक्षणमा काम गर्दै आएका गैर सहकारी संघ÷संस्थाहरू समेत उदासिनता देखिएको उनले वताइन । अनुगनम कहाँ हुन्छ वजारको चोकमा एक दुइवटा मात्र पसल मात्र हुन्छ अनि कारवाही हुदैन । एकातिर मूल्यमा एकरूपता छैन अर्कोतिर म्याद गरेका सामग्रीहरू समेत पसलहरूमा राखेको देखिन्छ ।

निर्णय कार्यान्वयनका लागि ज्ञापनपत्र

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ स्थित बैदौली स्वास्थ्य केन्द्रलाई १५ शैयामा स्तरोन्नती गर्ने निर्णय कार्यान्वयनको माग गर्दै स्थानियले ज्ञापत्रपत्र बुझाएका छन । स्थानिय युवा मोहित मिश्राको नेतृत्वमा गएका स्थानियले स्वास्थ्य केन्द्रको स्तरोन्नतीको निर्णय कार्यान्वयनको लागी पहल गर्नु पर्ने भन्दै १ हजार बढि स्थानियको हस्ताक्षर सहितको ज्ञापनपत्र गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेयलाई बुझाएका छन ।
गाउँपालिकाको २०७४ भाद्र ३१ गते सम्पन्न पहिलो परिषदको ५३ नम्बर बुदाँको निर्णयमा सो स्वास्थ्य केन्द्रलाई १५ शैयाको बनाउने बिषयमा निर्णय गरिएको भए पनि हाल सम्म निर्णय कार्यान्वयन नभएकाले कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाईएको मिश्राले बताए । यस अघि गाउँपालिकाको परिषद बैठकको निर्णय पश्चात २०७५ जेठ २१ गतेको गाउँ कार्यपालिका बैठकले समेत स्वास्थ्य केन्द्र स्तारोन्नतीका लागी स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको थियो । सो स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने बिषयमा गाँउपालिकाका सम्पुर्ण वडा, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला समन्वय समितीले समेत सिफारिस गरेका छन ।
“स्तरोन्नतिको निर्णय कार्यान्वयन गर्न समन्वयात्मक बातावरण बनाउन ज्ञापनपत्र दिएका हौ । अन्य सरोकारवाला निकायमा समेत दबाब दिने कार्य गर्ने छौ । ” अर्का स्थानिय मनिष मिश्राले भने । ज्ञापनपत्र बुझदै गाउँपालिका प्रमुख पाण्डेयले आफुहरूले गरेको निर्णय कार्यान्वयन गराउन अग्रसर रहेको बताए ।
“बैदौली स्वास्थ्य केन्द्र स्तरोन्नतीको निर्णय कार्यान्वयन गराउन प्रतिबद्ध छौ । केहि काजगात पुरा गरे सगै सम्बन्धित मन्त्रालयमा फाईल पठाउछौ । निर्णय कार्यान्वयनका लागी सबैको सहकार्य आवश्यक छ ।” गाउँपालिका प्रमुख पाण्डेयले भने ।

छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेपछि

काठमाडौं १३ कार्तिक –छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका हुन् ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेका थिए ।

पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताए । घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका अध्यक्ष रामछविला साहले महिला गर्भवती रहेकोे बताए । अन्नपूर्णपोष्टबाट

यो पनि पढ्नुहोस्-चर्चामै नरहेका १७ समूहसँग वार्ता

काठमाडौं १३ कार्तिक-सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले हिंसात्मक क्रियाकलाप र विखण्डनकारी गतिविधिमा संलग्नसँग भन्दा खासै चर्चामा नरहेका समूहसँग वार्ता अघि बढाएको छ ।

आफ्नो अस्तित्व र प्रभाव देखाउन हिंसात्मक गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई वार्ता टोलीले छलफलका लागि पत्राचारसमेत गरेको छैन । त्यस्तै मधेसलाई छुट्टै देश बनाउनुपर्ने माग राख्ने सीके राउतसँग पनि वार्ता भएको छैन ।

टोलीले ३२ वटा असन्तुष्ट समूह पहिचान गरी १७ वटासँग वार्ता गरेको संयोजक सोमप्रसाद पाण्डेयले बताए । तीमध्ये चारवटा सशस्त्र समूह भएको उनको भनाइ छ । ३२ समूहका १ हजार १ सय ८६ जना जेलमा रहेको र वार्ताका लागि तिनलाई रिहा गर्नुपर्ने माग ती समूहले राखेका छन् ।

वार्तामा आउने समूहले वारेन्ट रद्द गर्नुपर्ने, आत्मनिर्णय सहितको स्वायत्त राज्य, सशस्त्र समूह सञ्चालन गर्दाको खर्च तिरिदिनुपर्ने, जलेका गाडीको क्षतिपूर्ति दिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई रोजगारीसहित भत्ता दिनुपर्ने माग राख्ने गरेको पाण्डेयले बताए । ‘सबैको प्रमुख माग जेलमा रहेकालाई छाड्नुपर्ने छ,’ उनले भने, ‘वार्तामा आएका समूहको मागअनुसार कसलाई के मुद्दा चलाइएको थियो, मिसिल अध्ययन गर्न लागेका छौं ।’

विप्लव समूहसँग अनौपचारिक छलफल भएको र औपचारिक पत्राचार हुन बाँकी रहेको उनले बताए । ‘सीके राउतले मुलुक टुक्र्याउने पृथकतावादी अभियान चलाएकाले वार्ता गर्ने योजना छैन,’ उनले भने । विप्लव समूहसँग वार्ता गर्न थुनामा रहेका उनको पार्टीका नेताहरू खडगबहादुर विश्वकर्मा, उमा भुजेल, पदम राई र चन्द्रबहादुर खडकालाई टोलीकै पहलमा रिहा गरिएको पाण्डेयले जनाए ।

सरकारले सशस्त्र, नि:शस्त्र, द्वन्द्वरत, असन्तुष्ट र संविधानको दायराभन्दा बाहिर रहेका समूहसँग वार्ता गर्न भदौ ८ मा पाँच सदस्यीय टोली गठन गरेको थियो । टोलीलाई यस्ता पार्टी र पक्षसँग वार्ता गरी सहमति, सम्झौताको विषयमा अध्ययन–विश्लेषण गरेर सरकारलाई सुझाव दिने कार्यादेश तोकिएको छ । कान्तिपुरबाट

धपेडीले गलायो प्रधानमन्त्रीलाई

काठमाडौं १३ कार्तिक-प्रधानमन्त्री केपी ओली गत बिहीबारसम्म स्वस्थ थिए । शुक्रबारबाट उनको स्वास्थ्यमा गडबडी सुरु भएको हो । उनले शुक्रबार भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीसँग प्रधानमन्त्री निवास बालुवाटारमा लामो कुराकानी गरेका थिए ।

प्रधानमन्त्री शनिबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएनन् । ‘चिकित्सकले धेरै भीडभाड हुने स्थानमा नजान सल्लाह दिएकाले उहाँ चियापानमा सरिक नहुनुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीलाई अलिक बढी भीडभाड र धपेडी हुने खालका कार्यक्रममा सकेसम्म कम गर्ने हाम्रो प्रयास हुन्छ तर बाध्यताले कतिपय कार्यक्रममा उहाँ जानुपर्ने हुन्छ ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीको धपेडी निकै थियो । विशेषगरी दसंैको कार्यक्रममा उनी व्यस्त भएका थिए । नवमीको दिन गृहजिल्ला झापा पुगे । त्यहाँ पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । भोलिपल्ट कात्तिक २ देखि दसंैको टीका कार्यक्रममा व्यस्त भए । टीकाको दिन बिहान ९:४५ देखि १० बजेसम्म उनले बाबु मोहनप्रसाद ओलीको हातबाट टीका लगाए । दिउँसो १ बजेसम्म आफ्नो सचिवालयमा रहेका व्यक्तिलाई टीका लगाइदिए । र, राष्ट्रपतिसँग टीका लगाउन शीतलनिवास गए ।
शीतलनिवासबाट फर्किंदा बालुवाटारमा उनको हातबाट टीका लगाउन आउने पार्टी कार्यकर्ता र शुभेच्छुकको भीड थियो । राष्ट्रपति कार्यालयबाट फर्केपछि उनले करिब डेढ घण्टा आराम गरे । त्यसपछि बालुवाटार आएकालाई साँझसम्म टीका लगाइदिए ।

टीका कार्यक्रम त्यत्तिकैमा सकिएन । कात्तिक ३ गते एकादशीदेखि ६ गते चतुर्दशीका दिनसम्म बालुवाटारमा बिहान ९ देखि ११ बजेसम्म टीका लगाइदिने कार्यतालिका सार्वजनिक गरियो । प्रधानमन्त्रीले विजयादशमीपछि चारै दिन टीका लगाइदिए । टीका लगाउन हेरक दिन बालुवाटारमा भीड लागेको थियो । त्यही बीचमा उनी कात्तिक ४ गते साझा यातायातको बिजुली बस उद्घाटन गर्ने कार्यक्रममा सहभागी भए । यस क्रममा उनले सयौं मानिससँग नजिकबाट संसर्ग गरे ।

प्रधानमन्त्री कार्यालयमा उनलाई प्रमुख अतिथि बनाउने र व्यक्तिगत रूपमा भेटघाट खोज्नेहरूको संख्या धेरै हुन्छ । ‘कुन कार्यक्रममा सहभागी हुने/नहुने भन्ने हामीले एक प्रकारको स्क्रिनिङ त गर्छौं तर उहाँ राजनीतिक व्यक्ति भएकाले पदीय जिम्मेवारीले गर्नैपर्ने र जानैपर्ने कार्यक्रम पनि हुन्छन्,’ प्रेस सल्लाहकार अर्यालले भने, ‘कार्यक्रम आयोजना गर्ने र भेटघाट गर्न खोज्नेहरूले पनि अलिकति विचार पुर्‍याइदिँदा सहज हुन्थ्यो ।’

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली तीन वर्षअघि फंगल इन्फेक्सनका कारण निकै थलिएका थिए । थाइल्यान्डमा लामो समय उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । त्यतिबेला उनलाई चिकित्सकले धेरै व्यक्तिसँग नजिक नबस्न सुझाएका थिए । त्यसपछि उनको निवास बालकोटमा भेट्न आउनेसँग निकै पर कुर्सी राखेर कुराकानी गर्ने व्यवस्था मिलाइएको थियो । कान्तिपुरबाट

मंसिर ८ गते सार्वजनिक हँदै विप्लप, वैद्यलाई निम्तो

काठमाडौं १३ कार्तिक- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।
आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ । युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं ।’
दलाल सत्ताको विरोध, वैज्ञानिक राज्यसत्ताको स्थापना र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने क्रान्तिकारीका महासचिब शाहीले बताउनुभयो ।

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हौं, वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं भन्ने उद्देश्यका साथ सभाको आयोजना गर्न लागिएको हो । पार्टी पुनःस्थापना भएको अवसरमा जनसभा गर्न लागेको बताइएको छ ।

सो पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य राखेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई कडा निगरानीका रुपमा राखेको छ । केही समय अघि सो पार्टीका केन्द्रीय स्तरका अधिकांश नेतालाई प्रहरीले चन्दा असुली गरेको आरोपमा पक्राउ गरेको थियो । नेपालसमाचारपत्रबाट

तरुणदल कपिलबस्तुले शौक्षिक सामाग्री बितरण गरि स्थापना दिवस मनाउने

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले मगंलबार एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । आफनो ६५ औ स्थापना दिवसको अवसर पारेर तरुण दलले कपिलवस्तुको लवनीमा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रम आयोजना गरिएको तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सचिव तथा युवा नेता अमर पौडेल ले जानकारी दिए ।

गरिव तथा जेहेनदार बिद्यार्थीलाइ शैक्षिक सामाग्री बितरण कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय, प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहने जिल्ला सचिव अमर पौडेलले जानकारी दिए ।

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ११ वटा खेल सकिए, आज ३ वटा खेल सम्पन्न

मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिनप्रतिदिन प्रतिस्पर्धात्मक तथा रोचक बन्दै गएको छ । कपिलवस्तुको वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा भईरहेको खेलमा अहिलेसम्म जम्मा ११ वटा खेल सम्पन्न भएका छन् भने आज ३ वटा खेल सम्पन्न भएका हुन् ।

आज भएको पहिलो खेलमा परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जे एम सि युवा क्लव भक्तौलिले १५ ओभर खेल्दै अलआउटमा ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो उक्त लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशिल युवा क्लवले ८ ओभरमै ६ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो । उक्त खेलमा अजय पाण्डे म्यान अफ द म्याच बन्न सफल भएका छन् उनले २३ रन तथा ४ विकेट लिएका थिए ।

त्यस्तै दोस्रो खेल प्रगति युवा क्लव र स्टार स्पोर्ट क्रिकेट क्लव बिच भएको थियो । जसमा स्टार स्पोर्ट क्रिकेट क्लवले २ विकेटले जित निकाल्न सफल भएको छ । टस जितेर ब्याटिङ रोजेको प्रगतिले १२ ओभरमा अलआउट हुँदै १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा उत्रिएको स्टार स्पोर्टले १२ ओभरमै ११६ रन पु¥याउँदै जित निकाल्न सफल भएको हो । दोस्रो खेलबाट रोशन लम्तरि म्यान अफ द म्याच बनेका छन् उनले ५३ रन तथा १ विकेट ल्याएका थिए ।

यसैबिच शान्ति श्रृजना युवा क्लव वनगाई र न्यु पं्रगति क्रिकेट क्लव प्रगनिगर बिच भएकोे तेस्रो खेलमा न्यु पं्रगति क्रिकेट क्लव ६ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको शान्ति श्रृजना क्लवले १५ ओभरमा १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो भने लक्ष्य पछ्याउँने क्रममा न्यु पं्रगति क्रिकेट क्लवले १२ आभररमै जित निकाल्न सफल भएको हो । तेस्रो खेलबाट सेअर्बिन सारु म्यान अफ द म्याच घोषित भए उनले २५ रन ल्याउँदै ४ विकेटको मद्धत गरेको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

यस्तै भोलि पनि तिनओटा खेल हुनेछन् । पहिलो खेल हरनामपुर क्रिकेट क्लव र मधौलि क्रिकेट क्लव बिच हुनेछ, दोस्रो खेल लक्ष्मणघाट क्रिकेट क्लव र मोतिपुर डाँडा क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो खेल नव दुर्गा भवानि क्लव चप्परगाउँ र कृष्णननगर क्रिकेट क्लव बिच हुने खेल संयोजक माधव पौडेलले जानकारि दिए ।