शितगंगाका वडावडामा यातायात सेवा पुन संचालन हुँदै

गाेविन्द रसाईली
अर्घाखाँची, २३ अशाेज

दशैं तथा तिहार पर्व नजिक अाउनै लाग्दा अर्घाखाँचीको शितगंगाका केही वडामा वर्षाका कारण अवराेध भएका माेटरबाटाे खुल्ने क्रम जारी छ ।
शितगंगा ९ काे सिस्नेमा अाजबाट बस सेवा पुन संचालनमा अाएकाे छ भने लाैरीदेखी तल्लाे सिद्धारासम्म बाटाे खन्ने काम अाझैबाट सुरु गरीएकाे र लाैरीसम्म बस यही हप्तामा बस छुटाउने वडाध्यक्ष भिम के.सीले जानकारी दिए ।

त्यस्तै शिततगंगा १० मा पनि बस सेवा१९ गतेदेखी बस सेवा पुन संचालन भएकाे छ । चाक्लादेखी सिद्धारासम्म बस सेवा सुरु भएकाे १० का वडाध्यक्ष हिम्मत पाेख्रेललेजानकारी दिए ।  यस्तै गरेर ठाडा जुकेना हुँदै लामातालसम्म पनि बस तथा जिव सुचारु भैसकेकाे छ ।

नेविसंघमा ३२ वर्षे उमेर हद पारित

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औं महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादकारूपमा देखिएको सो व्यवस्था टुंगिएसँगै संघको १२औं महाधिवेशन गर्ने बाटो खुलेको छ ।

नेविसंघको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भइ तीन महिना समयावधि थपिएको छ ।

कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापनइतर पक्षको उमेरसम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो ।

बैठकले संघको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाएका थिए ।

संघको संशोधित विधानबारेमा कांग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिए ।

दिउँसो ३ बजेदेखि राति झन्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमासमेत निर्णय गरेको छ ।

बैठकले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुंगोमा पुर्‍याइ दोषीलाई कानुनी कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसले बूढीगन्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पुँजीमै बनाउनुपर्ने माग गरेको छ ।

बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उनले जानकारी दिए ।

मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ ।

महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ

सडक पेटीमा जुत्ता पोलिस गरेकै ५ दशक

कपिलवस्तु शिवराज नगरपालिकाको मुख्य व्यस्त बजार चन्द्रौटा । घडिको सुइले दिनको दुइ बजाए पछि सडकमा बनेको नाली माथी एक ६२ बर्षिय वृद्ध । सनो बोराबाट फाटेटुटे फुटेका चप्पल जुत्ता निकाल्छन र नियाल्छन सडकमा हिड्ने यात्रुहरुलाई । ती ६२ बर्षिय बृद्ध यात्रुको अनुहारमा होइन उनीहरुले लगाएको जुत्ता चप्पल निहाछर्न कतै फाटेको छ की भने ।दैनिक चन्द्रौटा कृष्णनगर रोडको पेटीमा भेटिने बृद्ध हुन चन्द्रौटा निवासी पिताम्बार ।
सडक पेटिमा उनको आफ्नै पसल छ फाटेका जुत्ता चप्पल सिलाउने र पोलिस गर्ने आफु जान्ने भए देखि नै यहि सडकमा बोरा डोसाएर आफ्नो पेशा फाटेका जुत्ता सिलाउने र पोलिस गर्दै आएको उनी बताउछन । “मैले जुत्ता सिलाउदा यो बजार नै थिएन , फाट्फुट्ट झुपडिहरु थिए , अहिले हेर्दा हेदै व्यस्त बजार बनिसक्यो” उनले मुस्काउदै भने ।
४ जनाको परिवार दिउसो २ बजेबाट सडक पेटिमा फाटेका जुत्ता सिलाएर र पोलिस गरेर आएको आम्दानीबाट चल्दै आएको उनले बताए । सडक पेटिको व्यापार भएकोले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफुले बस्ने ठाउँ नै नपाएको उनले बताए । अब सडकपेटिमा नै जीवनको यति लामो समय विताए , यहि पेशाबाट नै मेरो घर परिवार चलेको छ , अव सडक पेटिबाट नहटाए हुनेथ्यो आफै अवधी भाषामा उने भने ।
यस पेशाबाट कहिले काही राम्रै ५÷७ सय भैइहाल्ने र कहिले काही सय रुपैया पनि नहुने उनले बताए । पुख्र्यौली घर पर्सिया भए पनि हाल चन्द्रौटाको पुरानो बजारमा बस्दै आएका छन । सडकमै जुत्ता पोलिस गर्ने र सिलाउने हुदाँ धेरैले हेय दृष्टिले हेर्ने गरेको उने सुनाए ।“कसैकसैले राम्ररी नै बोलाउछन सम्मान गर्छन तर कोही कोहीले साह्रै हेपेर बोल्छन”पिताम्बरले भने ।
सडकमा नै ५ दशक पेशा अगांलेका उनलाई आफु बसेको सडक पेटीको साह्रै माया लाग्ने उनले बताए । विहान खासै भिडभाड नहुने हुदाँ दिउँसो २ बजेबाट आफु पेटीमा पोलिस गर्न बस्ने गरेको उनले बताए । चाडबाडको दिन भने विहानैबाट बस्ने गरेको उनले सुनाए ।

लोपन्मुख कछुवा सहित कपिलवस्तुमा ३ जना प्रकाउ

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न ७ को कोइली खोला नजिकबाट २ वटा लोपन्मुख कछुवा सहित ३ जना भारतीय नागरिक प्रकाउ परेका छन । पक्राउन पर्नेमा भारतको महाराजगञ्ज जिल्ला पतवारी बस्ने बर्ष ४० गिरिधारी बञ्जारा, बर्ष २५ का राज कुमार बञ्जारा र बर्ष ३६ का बख्खु बञ्जारा रहेका छन । उनीहरुले कोइली नदीबाट अन्दाजी १० र ७ केजिको दुई वटा लोपउन्मुख कछुवाको शिकार गरी लुकीछिपि लिएर जादै गर्दा स्थानियबासीले देखेपछि बन कार्यालयलाई खबर गरेका थिए । त्यस लगत्तै बन हेरालु , ईलाका प्रहरी कार्यालय कोपवा , डिभिजन बन कार्यालयका कपिलवस्तुका कर्मचारीहरु र लुम्बिनी दर्पणकर्मी पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा थप अनुशन्धानका लागि डिभिजन बन कार्यालय तौलिहवामा राखिएको छ । लोपउन्मुख कछुवा नेपालमा शिकार गर्न र ओसार पसार गर्न रोका लगाइएको छ ।

सिके राउतलाई लगाइयो राज्य विरुद्धको अपराधको मुद्दा

रौतहट / गौरबाट पक्राउ परेका डा सिके राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा लगाइएको छ । जिल्ला प्रहरी गौरले राउतलाई राज्य विरुद्धको अपराधको मुद्दा चलाएको हो । राउतलाई सोमबार प्रहरीले अदालत पेश गरी अनुसन्धानका लागि ४ दिनको म्याद लिएको छ । देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका उनलाई रौतहटको गौरबाट पक्राउ गरिएको थियो ।

राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएको प्रहरीको भनाई छ । डा. सिकेसँगै उनका दुई सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराज पनि पक्राउ परेका थिए । प्रहरीले देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि सिकेलाई पक्राउ गरिएको जनाएको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याएने अभिव्यक्ति दिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा रौतहटका डीएसपी महेन्द्रप्रसाद मरासयनीका अनुसार सिकेविरुद्ध अदालतमा मुद्दा परेकाले उनी त्यही मुद्दाको तारेखमा अदालतमा उपस्थित भएका थिए ।

यसरी पाउनुहोस् टाउको दुख्ने समस्याबाट राहत

आजभोलि धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन्। हुन त टाउको दुख्ने कुनै गम्भिर समस्या होइन्, तर यो समस्या भयो भने निकै तनाव दिने गर्दछ।

टाउको दुखेमा निद्रा पनि आउादैछन्। धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्। जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ।

आज हामी यस्तो जुसका बारेमा जानकारी दिदैछौँ, जसको सेवन गर्दा बिना कुनै साइड इफेक्ट तपाईको टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

सामाग्री :
आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल

बनाउने तरिका
जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्।

अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।  एजेन्सी

समूहचरणको खेल सकियो । वाणगंगा वेयरफयर र अायोजक सोसाइटी विजयी

समूहचरणको खेल सकियो । वाणगंगा वेयरफयर र अायोजक सोसाइटी विजय
नवराज बेल्वासे ,
****************
विजया दशमीको अवसर पारी अायोजित जिल्ला स्तरीय भलवाड कप २०७५ को समूह चरणका खेल सकिएका छन् । अाज असोज २२ गते समूह चरणको अन्तिम खेलहरुमा वाणगंगा वेयरफयर एण्ड स्पोर्ट्स सोसाइटी जितपुर र चन्द्र सुर्य युवा क्लव बर्दहवा विच भएको पहिलो खेलमा वाणगंगा वेयरफयर एण्ड स्पोर्ट्स सोसाइटी जितपुर १ गोलले विजय भएको छ । खेलको २२ अौँ मिनेटमा जितपुरले गरेको गोल नै निर्णयक गोल हुन पुग्यो भने उता चन्द्रसुर्यको अाधा दर्जन बढी प्रहारहरु गोल हुन् सकेन् भने समूह चरणको अन्तिम खेल जनप्रिय युवा क्लव पिपरा र अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी B बिच भएको निकै रोमाञ्चक खेलमा अायोजक बिजय भएको छ । निर्धारित समयमा कुनै पक्षबाट गोल नभए पछि खेल पेनाल्टी सुटअाउटमा गएको थियो । पेनाल्टी सुर्ट अाउटमा अायोजक २ का विरूद्द ४ ले विजय भयो । यसै बिच असोज २३ गतेबाट क्याटर फाईनलका खेलहरु हुने भएका छन् । २३ गतेको पहिलो खेल
अायोजक A बिच सनराईज युवा क्लव वालापुर मोतिपुर दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल नव प्रतिभा युवा क्लव तेनुहवा र न्यु युगमा युवा क्लव पडरिया विच दिउँसो ३ बजे हुने अायोजकले जनाएको छ ।

बौद्ध सङ्घको विस्तार र विकासमा प्राचीन कपिलवस्तुको योगदान

बौद्ध सङ्घको विस्तार र विकासमा प्राचीन कपिलवस्तुको योगदान

दीपक प्रसाद आचार्य, पिएचडि

बौद्ध संस्कृतिको पृष्ठभूमि सँग परिचित हुनका लागि कपिलवस्तुको संस्कृति र इतिहास सँग परिचित हुनु अत्यन्त आवश्यक छ । प्राचीन कपिलवस्तु आफ्नो अभूतपूर्व सांस्कृतिक वैभव, प्राकृतिक सौन्दर्य तथा जीवन्त आध्यात्मिक स्पन्दनका लागि सदा सर्वदा सबैको आकर्षणको केन्द्रको रूपमा रहेको पाइन्छ ।
कपिलवस्तुको भौगोलिक परिदृश्यमा दृष्टि दिने हो भने भूगोल सदा स्थायी रहँदैन, सदैव परिवर्तनशील रहेको पाइन्छ । तसर्थ, कपिलवस्तुको भूगोल पनि राजनैतिक, ऐतिहासिक तथा सांस्कृतिक कारणले गर्दा परिवर्तन भएको पाइन्छ । प्राचीन कपिलवस्तु राज्य विशाल रहेको र आजको कपिलवस्तु जिल्लामा मात्र सीमित नरहेको ज्ञात हुन आउँछ । प्राचीन कपिलवस्तु गणराज्यको सीमा पूर्वमा रोहिणी नदीदेखि पश्चिममा राप्ती नदीसम्म फैलिएको र उत्तरमा हिमालयदेखि दक्षिणमा भारतीय भू–भाग कुशीनगर र पावासम्म तराईको विशाल भू–भाग ओगटेको देखिन्छ ।

बौद्ध धर्मको इतिहासलाई अध्ययन गर्दा बौद्ध सङ्घको इतिहास गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसके पश्चात् बनारस नजिकै रहेको ऋषि पतन मृगदावन, सारनाथमा आफूसँगै पहिले ध्यानमार्गमा संलग्न पाँच साथीहरूलाई चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको उपदेश दिए पश्चात् उनीहरूको बौद्ध सङ्घमा भएको आबद्धताबाट सुरुवात भएको मानिन्छ । यसरी सङ्घमा आबद्ध हुने व्यक्तिहरू दिनानुदिन तीव्र रूपमा बढ्दै गई बुद्धको सङ्घ एउटा विशाल समूहको रूपमा नेपाल, भारत लगायतका देशहरूमा शान्ति, अहिंसा, करुणा, समानताको सन्देश फिजाउँदै हिँडेको इतिहास भेट्न सकिन्छ । यसको गौरवमय इतिहास साथै बौद्ध व्यवस्थापन आजको अशान्ति, भय, त्रास, निराशा र पृथ्वीको विनाशतर्फ लम्केको अवस्थाबाट निकास पाउनका लागि अध्ययन, चिन्तन–मनन र प्रयोग गर्नु सान्दर्भिक हुँदै गएको छ ।

प्रथम बौद्ध सङ्घको स्थापनामा कपिलवस्तुको योगदान .

घरबार त्यागी ज्ञानको खोजीमा घुमफिर गर्ने व्यक्तिलाई परिव्र्राजक भनिन्छ । यिनीहरूको उद्देश्य विविध दार्शनिक तथा विद्वानहरू सँग भेटी सत्य, ज्ञान, दर्शन, अध्यात्म आदि विषयमा प्रवचन सुन्नु, वादविवाद गर्नु रहेको देखिन्छ । बौद्ध भिक्षुहरू पनि एक प्रकारका परिव्राजक नै थिए जो घरबार त्यागी यत्रतत्र घुमफिर गर्दथे भनिएको पाइन्छ ।                     प्राचीन भारतीय उपमहाद्वीपमा परिव्राजक परम्परा गौतम बुद्धभन्दा पनि पहिल्यैदेखि चलि आएको देखिन्छ । त्यस समयमा विभिन्न प्रकारका परिव्राजकहरू विद्यमान थिए जसमा कोही कुनै योग्य गुरु फेला नपर्दासम्म एक गुरुको अधीनस्थ भई अध्ययन गर्दथे भने कोही कुनै गुरुको अधीनमा नरही स्वतन्त्र रूपले ज्ञानको खोजीमा यत्रतत्र घुमिरहने ज्ञात हुन आउँछ । स्त्री परिव्राजिकाहरू समेत हुने गरेको देखिन्छ । यस्ता परिव्राजकहरूको कुनै सङ्घ, नियम–उपनियम र निश्चित आदर्श भने थिएन । बुद्धले यसको विपरीत निश्चित आदर्श र सञ्चालन सम्बन्धी नियम सहितको सङ्घ स्थापना गरेको देखिन्छ ।

बुद्ध, धर्म र सङ्घलाई त्रिरत्नका नामले चिनिन्छ । यी त्रिरत्न बुद्ध धर्मको महत्वपूर्ण आधार स्तम्भहरू हुन् । सिद्धार्थ गौतम न्याग्रोध वृक्षको मुनी तपस्यारत थिए । आफ्नो भाकल अनुरूप यश नामक छोरा जन्मेकाले सेनानी कुलकी पुत्री सुजाताले मुलेठीको वनमा चराइएका गाइहरूको दूध पुनः आठ गाईहरूलाई खुवाइन । त्यस्ता गाईहरूबाट बाच्छा तथा बाच्छीहरूले नखाइकन दूध दुहेको तथा तताउँदा धुवाँ समेत आएन र उम्लदा समेत पोखिएन । त्यसरी बनेको क्षीर भोजन तपस्यारत सिद्धार्थ गौतमलाई वरदेवता सम्झी चढाइन । सुजाताको क्षीर भोजन र महापरिनिर्वाणको अघि चुन्दको भोजनदानलाई अति उत्तम भनी वर्णन पाइन्छ ।

गौतम बुद्धले हालको भारत देशको विहार राज्यमा अवस्थित बोध गया भन्ने स्थानमा वैशाख शुक्ल पूर्णिमाको दिन बुद्धत्व प्राप्त गरे । त्यसपछि उनलाई त्यो ज्ञान अरू मानिसहरूलाई बाडुँ वा नबाडौँ भन्ने अलमल भई अन्ततः बाँड्ने दृढ निश्चय गरी ज्ञान प्रदान गर्न सत्पात्रको खोजीमा निक्लँदा भारतको बनारस समीपमा अवस्थित सारनाथको मृगदावनमा कोण्डन्य, वप्पि, अस्सजी, महानाम, भद्दिय नाम भएका पाँच साथीहरूलाई भेटी चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको उपदेश गरे र यी पाँचजनाले बुद्धसँग प्रवज्या र उपसम्पदा माग्दा “यही भिख्खु, स्वाक्खातो धम्मो चरं ब्र≈मचरियं सम्म दुख्खस्स अन्त किरियाय” अर्थात् “भिक्षुहरू, आऊ, सुआख्यात (राम्रोसँग भनिएको) धर्ममा ब्र≈मचर्यको पालन गरी दुःख मुक्त होऊ” भनी सबैलाई भिक्षु बनाए पछि भिक्षु सङ्घको आरम्भ भएको मानिन्छ । यो घटना बुद्ध इतिहासमा …धर्मचक्रप्रवर्तन’का नामले प्रसिद्ध भई आएको छ । यी बुद्धका प्रथम पाँच शिष्यहरूलाई …पञ्चभद्रवर्गीय भिक्षु’ भनिन्छ । यसरी पाँच भिक्षुहरूबाट सुरु भएको सङ्घमा मानिसहरू शरणागत हुने क्रमले तीव्रता पायो । इतिहासमा प्रथम पटक तथागतले आफ्ना भिक्षुहरूको एक सङ्घ बनाए, त्यसको व्यवस्थाको लागि सङ्घको नियम बनाए र सङ्घका सदस्यहरूका माझमा एक निश्चित आदर्श प्रस्तुत गरेको देखिन्छ ।

वाराणसी देशका धनाढ्य महाजन तथा सुजाताका एक यश नाम गरेका पुत्र र उसका चवन्न साथीहरूको सङ्घमा प्रवेशसँगै दुई महिनामा सङ्घको आकार साठी नाघ्न पुगेको देखिन्छ । यशकुमारको प्रवज्यासँगै उनका पिता पनि स्रोतापन्न भई उपासकत्व ग्रहण गरेकाले उनलाई बुद्ध शासनको पहिलो …त्रैवाचिक उपासक’ भनिन्छ । त्यसै गरी, बुद्धको उरुवेला प्रस्थानमा तीन काश्यप दाजुभाइ उरुवेला काश्यप, नदी काश्यप र गया काश्यप र उनीहरूका पाँच सय, तीन सय र दुई सय चेला समेत सङ्घमा प्रवेश गरे पश्चात् सङ्घको सदस्य सङ्ख्या एक हजार पार गर्न पुगेको देखिन्छ ।
राजा बिम्बिसारलाई दिएको वचन पूरा गर्न एक हजार जटिल शिष्यहरू सहित गौतम बुद्ध राज गृह नगरतर्फ प्रस्थान गरे र यसको खबर पाई राजा बिम्बिसार लाखौँ ब्रा≈मण र गृहपतिहरू सहित लिई तथागत विश्राम गरेको यष्ठीवनोद्यानमा आएको देखिन्छ । तथागत द्वारा चतुरार्य सत्यको उपदेश भएको पाइन्छ । यसबाट बिम्बिसारका प्रमुख परिषद्का बाह्र भागमा एघार भागलाई निर्मल चर्मचक्षु लाभ भयो भने एक भागले उपासकत्व ग्रहण गरेको बुझिन्छ । राजा बिम्बिसारले पनि त्रिरत्न शरणागतीलाई स्विकारे र वेणुवन समेत बुद्ध सङ्घलाई दान दिए जुन सङ्घको प्रथम अचल सम्पत्ति थियो । भिक्षु सङ्घको प्रथम विहार त्यही वनमा स्थापना भएको देखिन्छ ।

कपिलवस्तुमा बौद्ध सङ्घ

कपिलवस्तुका राजा शुद्धोधनले सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको र बिम्बिसारद्वारा प्रदत्त वेणुवन उद्यानमा धर्मदेशना गरिरहेको खबर पाई छोरालाई ल्याउन प्रतिनिधि मण्डल पठाए । एक हजार सिपाही सहित गएको टोली बुद्धको धर्मदेशना सुनी आफूहरू गएको उद्देश्य बिर्सी धर्मोपदेशले प्रव्रजित भए र कपिलवस्तु फर्केनन् । यसै प्रकारले नौ पटकसम्म पठाएका दूतहरू फर्केनन् । अन्ततः कालुदायी नामक मन्त्री एवम् बुद्धका बालसखालाई उनले राखेको प्रव्रजित हुन पाउने सर्त मानी पठाइए । एक हजार सिपाही डफ्फा समेत गएका कालुदायी धर्मोपदेश सुनी प्रव्रजित भए र शाक्यमुनि बुद्धबाट उपसम्पदा समेत ग्रहण गरेको देखिन्छ ।

कालुदायीले शुद्धोधनको सन्देशलाई सम्प्रेषण गरेपश्चात् फाल्गुण पूर्णिमाको दिन तीन सय भिक्षुहरू सहित गौतम बुद्ध राजगृहबाट कपिलवस्तुतर्फ प्रस्थान गरेको देखिन्छ । ठुलो सङ्ख्यामा रहेका भिक्षुहरूलाई बसोबासका लागि राजा शुद्धोधनले निग्रोध शाक्य उद्यानमा एउटा विहार बनाउन लगाए जसको नाम …निग्रोधाराम’ रहन गएको र हाल त्यो …कुदान’ भएको अनुमान गरिएको छ । नेपालमा निर्माण भएको विहारहरूमा …निग्रोधाराम’ पहिलो विहार भएको अनुमान लगाउन सकिन्छ । बुद्धको भिक्षा पात्र समाती बुद्ध र सारीपुत्रसँगै …निग्रोधाराम’ पुगेका गौतम बुद्धका भाइ नन्दले प्रव्रज्या ग्रहण गरेको सन्दर्भ र लौकिक उत्तराधिकार खोज्न यशोधराद्वारा पठाइएका सात वर्षे बालक राहुल बौद्ध सङ्घमा प्रवेश गरेको रोचक प्रसँग भेटिन्छ । नन्द पछि राहुलको भिक्षुत्त्व ग्रहणबाट दुखित राजा शुद्धोधनले बुद्धलाई गुनासो पोख्न पुगे भने बुद्धले उनीहरूले दुःख मुक्तिको मार्गतर्फ अग्रसर हुने सुअवसर पाएको बताई उनलाई आश्वस्त पारको देखिन्छ । साथै अबदेखि नाबालकले प्रव्रज्याभन्दा अघि अभिभावकको आज्ञा लिनु पर्ने नियम बनाइयो । प्रव्रज्या लिने क्रम बढ्यो । त्यहाँ पाँच सय गृहस्थहरूले भिक्षुत्व ग्रहण गरे भने सामान्य उपासक उपासिकाको त गन्ती नै नभएको ज्ञात हुन आउँछ ।

राजा शुद्धोधनले राजकुमार सिद्धार्थ गौतमले उपभोग गर्ने गरेको राजधानीदेखि उत्तरमा अवस्थित ग्रीष्मकालीन दरबारका साथै उद्यान सङ्घलाई दान दिएका थिए, जसमा विहार निर्माण भयो र धर्म–प्रचार कार्यलाई टेवा पु¥यायो ।
गौतम बुद्धले कपिलवस्तु छोडेपछि शक्कोधन शाक्यका दुई पुत्रहरू महानाम र अनिरुद्ध नामक युवकहरूमा आपसमा पहिला को प्रव्रर्जित हुने भन्ने विषयमा वादविवाद भएको पाइन्छ । अनुरुद्धले प्रव्रजित हुने निश्चयका साथ आमासँग अनुमति मागे तर सोझै नपाएको देखिन्छ । तर भद्दीय (भद्रीय) शाक्य प्रव्रजित नहुने विश्वासका साथ उनी भएमा मात्र प्रव्रजित हुन पाउने सर्त अघि सारेको देखिन्छ । राजघरानाका सदस्य र उच्च पदस्थ सरकारी कर्मचारी भद्दीयका साथै सुप्रबुद्धका पुत्र देवदत्त, अमृतोधनका छोरा आनन्द, भगु शाक्यकुमार र किम्बिल समेत प्रव्रजित हुने निश्चय गरी कौशल राज्यको सीमासम्म पुगेको देखिन्छ । उनीहरूमा राजकीय वस्त्राआभुषण त्याग गरी गरिबलाई दिने सल्लाह अनुरूप उपालि नामक तल्लो जातको गरिब हजामलाई वस्त्रमा पोका पारी दिएको पाइन्छ । उपालीले त्यो पोका खोल्दा वस्त्राभुषण देखी राजकुमारहरूले त सम्पूर्ण भौतिक सम्पत्ति त्याग गरेको स्मरण गरी सोही मार्ग अनुसरण गर्ने मनसाय राखी उनीहरूको पछि लागेको भनिएको छ । बुद्ध रहेको अनुप्रिया नगर वनमा पुगी पहिले उपालिको प्रव्रज्या भयो भने त्यसपछि अरू छ शाक्य युवाहरूले प्रव्रज्या ग्रहण गरेको देखिन्छ । त्यसै गरी निगण्ठ नाटपुत्रका उपस्थापक तथा शिष्य रहेका शाक्यमुनिका काका वप्प शाक्य बुद्ध कपिलवस्तुमा रहेको समयमा महामौद्गल्यानसँग कुराकानी गरिरहँदा आई धर्मोपदेश सुनी उपासकत्व ग्रहण गरे । पछि स्रोतापन्न भए ।

बौद्ध सङ्घमा महिलाको प्रवेश

बौद्ध सङ्घको इतिहासलाई सिंहावलोकन गर्दा महिला प्रवेशको रोचक प्रसँग भेटिन्छ । बुद्धले पहिले त महिलाको सङ्घमा प्रवेशलाई रोक लगाएको तर आफ्नी सानी आमा तथा आफूलाई बाल्यकालमा पालन पोषण गर्ने महामाया प्रजापतिको दृढ प्रतिज्ञा र आनन्दको विशेष आग्रहमा महिलाका लागि केही थप विशेष नियमहरू बनाई सङ्घमा प्रवेश दिएका थिए ।

कष्टकर पिडादायी पैदल यात्रा, सडकपेटीको बास, भिक्षा टन गर्दे कपिलवस्तुदेखि बैशाली  सम्मको प्रन्ध्र दिवसीय यात्रा पश्चात् महाप्रजापति गौतमी एकाउन्न सदस्यीय महिला टोलीको नेतृत्व गर्दे गौतम बुद्ध विहार गरेको कुटीद्वारमा देखा परिन् । उनको अवस्था हेर्न लायक थियो । खुट्टाहरू लामो यात्राको कारण सुन्निएको थियो भने खुट्टाहरूबाट रगत बगिरहेको थियो । उनीहरू सबैले कपाल मुण्डन गरेका थिए भने राम्रा वस्त्र आभुषाणादिबाट मुक्त भई गैरिक चीवर धारण गरेका थिए । यस्तो अवस्था देखी सरोवरबाट सबेरै पानी ल्याउन गएका आनन्दले महाप्रजापतिलाई पहिचान गरी आउनाको कारण सोधे भने महाप्रजापतिले प्रव्रज्या ग्रहण गर्ने तीव्र इच्छा अभिव्यक्त गरिन् । आनन्दले आफूले लागे पुगेसम्म सहयोग गर्ने आश्वासन दिए ।

वस्त्र धारण गरिरहेका बुद्धको कुटीमा आनन्द प्रवेश गरी महाप्रजापतिको सम्पूर्ण अवस्थाको वृतान्त सुनाए र तथागतले मौन रही श्रवण गरेको पाइन्छ । आनन्दले बुद्धलाई महिलाहरूले धर्ममार्गमा लीन भई अर्हत्वसम्मका फल प्राप्त गर्न सक्छन् वा सक्दैनन् भनी सोधेको प्रश्नमा बुद्धबाट निश्चय नै प्राप्त गर्न सक्ने उत्तर आयो । त्यसपछि बुद्धलाई आनन्दले महिलालाई सङ्घमा प्रवेश दिन पहलपूर्ण आग्रह गरेको देखिन्छ । बुद्धले मान्य सारिपुत्र, मौद्गल्यायन, भद्दिय र महाकाश्यपलाई सल्लाहका लागि डाक्न पठाए । आपसमा विचार विमर्श पश्चात् महिलाहरूलाई पनि केही थप नियमहरू बनाई सङ्घमा प्रवेश दिएमा विरोधको सामना गर्न नपर्ने निर्णय भयो । महिलाहरूको प्रवेशका लागि निर्मित थप आठ नियमहरू जसलाई …अष्टगुरुधर्म’ भनिन्छ, ती निम्नानुसार प्रस्तुत छन्–
(क) प्रत्येक भिक्षुणीले आफ्नो तुलनामा कम उमेर र साधना समय भएको भिक्षुलाई समेत वन्दना, सम्मान र सत्कार गर्नुपर्ने ।
(ख) भिक्षुणीहरू वर्षावास बस्दा उनीहरूको सल्लाह र निर्देशनका निमित्त उपयुक्त दुरीमा भिक्षु सङ्घ हुनुपर्ने ।
(ग) प्रत्येक महिनामा दुई–पटक भिक्षुणीहरूले भिक्षुसङ्घको पर्यषण (प्रार्थना) गर्नुपर्ने ।
(घ) वर्षावास पछि भिक्षुणीहरूले दुवै सङ्घमा (भिक्षु र भिक्षुणी) प्रवारणा (याचना) गर्नुपर्ने ।
(ङ) गुरु धर्म प्राप्त भिक्षुणीहरूले दुवै सङ्घमा पक्षमानता लिनुपर्ने ।
(च) भिक्षुणीहरूले पूर्ण उपसम्पदाका लागि दुई वर्षको परीक्षण काल पुरा गर्नुपर्ने ।
(छ) भिक्षुणीहरूले भिक्षुहरू समक्ष आक्रोश प्रकट गर्न वा भिक्षुहरूको व्यवहारका सम्बन्धमा कुनै प्रकारको टीकाटिप्पणी गर्न नपाइने ।
(ज) भिक्षुहरूले भिक्षुणीहरूको सम्बन्धमा टीकाटिप्पणी र प्रश्नहरू गर्न पाउने ।
यी माथिका …अष्टगुरूधर्म’लाई स्वीकार गरेमा प्रव्रज्या दिने खबर आनन्द मार्फत गौतम बुद्धले महाप्रजापति समक्ष पठाए, जसलाई महाप्रजापति लगायत एकाउन्न जनाले सहर्ष स्वीकार गरेपछि प्रथम पटक महाप्रजापति सहितका महिलाहरूले महिला बौद्ध सङ्घ खडा गरी नयाँ इतिहास रच्न सफल भएको भेटिन्छ ।

सबै किसिमका विभेदहरूको विरुद्ध बिगुल फुक्दै हिँड्ने बुद्धले महिलाहरूको प्रवेशलाई किन अस्वीकार गरी करपूर्वक स्वीकार्र्नुपरेको थियो र तथागतको शासनमा स्त्री जातिलाई प्रव्रज्या प्राप्त नभएको भए श्रेष्ठ ब्र≈मचर्यशासन हजार वर्षसम्म चिरस्थायी हुने थियो भन्दै अब सङ्घको आयु महिला प्रवेशले अचिरस्थायी हुने भो भनी चिन्ता गरेको सन्दर्भ स्मरणीय छ । राजमहलको सुखलाई त्यागी यशोधरा पनि शाक्य र कोलिय महिलाहरूको भीड लिई प्रव्रजित भइन् । यशोधराको प्रव्रज्याका सम्बन्धमा विवाद देखिन्छ कतै महाप्रजापति गौतमीसँगै र कतै उनीभन्दा पछि प्रव्रज्या भएको उल्लेख भेटिन्छ । त्यसै गरी अम्बपाली नामक नगरबधूको निमन्त्रणलाई पनि गौतम बुद्धले स्वीकार गरी उनलाई धर्मलाभको अवसर दिनु भई उनी समेत सङ्घमा सामेल भएको देखिन्छ । धनी, गरिब, दुःखी, गणिका, नगर बधू लगायत अनेक तरहका महिलाहरूको समूहले सङ्घमा प्रवेश गरेको पाइन्छ ।

बौद्ध सङ्घमा विविध वर्गको प्रवेश

बुद्ध सङ्घमा श्रावस्तीको अनाथपिण्डक, कोशलराज प्रसेनजित र महारानी मल्लिका साथै बिम्बिसार साथै उनका पुत्र अभय राजकुमार, राजगृहका राज वैद्य जीवक जस्ता थुप्रै विशिष्ट व्यक्तिहरू मात्र नभएर समाजमा अछुत, तल्लो वर्ग, दुःखी, व्यभिचारी भनिएका वर्गको समेत प्रवेश पाई विविधताले स्थान पायो र यसले समाजमा अद्भुत नमुना मात्र प्रस्तुत गरेन समाजका तथाकथित संभ्रान्त र धर्मका ठेकेदारहरूलाई चुनौती समेत दिएको पाइन्छ । त्यस समयको नीचमा पनि नीच भनिएका अछुत चण्डालको हातबाट पानी खाएका आनन्दप्रति माया प्रेम गर्न खोज्ने प्रकृति नामक केटी देखि लिएर सडक बढारिरहेको तल्लो पोडे वर्गको सुनित नामको व्यक्ति पनि सङ्घमा सामेल भई प्रव्रज्या ग्रहण गरेको पाइन्छ । यसरी थुप्रै अस्पृश्य भनिएका शोषित–पीडित र समाजबाट सताइएकाहरूले सङ्घमा प्रवेश पाएको देखिन्छ । त्यसै गरी धनी व्यापारीकी पत्नी किसा गौतमी छोरा मरेको सन्तापबाट पागल सरह भई लास बोकी बुद्ध कहाँ गइन् । बुद्धबाट कोही मृत्युविहिन घरबाट एक मुठी तोरी ल्याउन सकेमा बचाइदिने आश्वासन पाई हिँडेकी उनले मृत्यु नभएको घर फेला नपारी त्रिरत्नमा शरणगत भइन् । त्यसै गरी धनाढ्य व्यापारीकी छोरी पटाचारा नोकरसँग प्रेमालाप गरी दूर देशमा भागिन् । माइत आउन लाग्दा बाटामा ठुलो प्रलय भई दुई छोरा र पतिको मृत्युबाट पागल भएकी उनी पनि बुद्धको शरणमा गई प्रव्रज्या ग्रहण गरिन् । त्यसै गरी थुप्रै गणिकाहरू पनि बुद्धको शरणगत भई आफूलाई अहोभाग्यशाली बनाए । कोशल जनपदको डाँकु अङ्गुलिमाललाई प्रव्रज्या दिई भिक्षुमा रूपान्तरण गरियो साथै राज गृह पर्वतमा रहने ५०० डाँकुहरूको समूहलाई परिवार सहित उपासक बनाइयो । राज गृह नजिक निवास गर्ने जनावर मारेर सिकार गर्ने १२२ मानिसहरूको समूहले पनि उपासकत्व ग्रहण गरेको देखिन्छ । यसरी बुद्धको सङ्घ विविध सामाजिक वर्गको समस्थान भएको अनुकरणीय र नवीन संस्थाकोको रूपमा देखा पर्‍यो ।

अन्त्यमा.

समग्रमा बौद्ध धर्म र सङ्घको विस्तारमा कपिलवस्तुको अहम् भूमिका रहेको पाइन्छ । गौतम बुद्धको सारनाथमा भएको प्रथम धर्मचक्रप्रर्वतनमा सम्मिलित पाँच भिक्षुहरू कपिलवस्तुका ब्रा≈मणहरू थिए भने प्रथम प्रव्रजित महिला सिद्धार्थ गौतमलाई पालन–पोषण गर्ने माता प्रजापति गौतमी पनि कपिलवस्तुकै थिइन् । प्रथम श्रामणेर बन्ने राहुल पनि कपिलवस्तु कै थिए । साथै, बौद्ध साहित्य त्रिपिटकलाई सङ्ग्रह गर्नका लागि भएको प्रथम सङ्गायनामा सूत्रपिटक आनन्द र विनयपिटक उपालिबाट सङ्ग्रह गर्नमा महत्वपूर्ण योगदान पुग्नुले कपिलवस्तुको गरिमालाई उच्च बनाएको देखिन्छ । थुप्रै कपिलवस्तुका मानिसहरूले बुद्धको देशनालाई अघि बढाए । तसर्थ बुद्ध, धर्म र सङ्घको प्रसँग उठाउँदा कपिलवस्तुलाई सदा स्मरण गर्नु पर्दछ । इतिहासको गरिमालाई कपिलवस्तुले कायम गर्न नसकेको प्रसँग लाई बुझी कपिलवस्तुलाई पुनः ऐतिहासिक कपिलवस्तु र बौद्ध धर्मको यत्र–तत्र–सर्वत्र चर्चा परिचर्चा हुने कपिलवस्तुका रूपमा विकास गर्नु आवश्यक हुन गएको छ ।
भवतु सब्ब मंगलम्

 

त्यसपछि मैले पिउन छाडिदिएँ-गणेश पौडेल

त्यसपछि मैले पिउन छाडिदिएँ

– गणेश पौडेल

मैले कहिल्यै सोचेको थिईन
उसले पनि मैलेजस्तै पिउन थालीभने के होला?

बरू,
म सोच्थें
ऊ मेरि श्रीमती
ऊ मेरो घरकी पाहुना
के फरक पर्छ र उसलाई मैले पिएर आउँदा?
मैले आफ्नै पिएको छु।

एकदिन उसले पनि मैलेजस्तै पिएर आई।

उसले पिउन थालेपछि
मेरा बुढा बुबा-आमाको मुखमा माढ पर्नै छाड्यो
छोरा-छोरीले मझेरीको माटो खोस्रिएर पेट भर्न थाले
माली गाईले ढुङ्ग्रोमै लात्ती बजार्यो
खंडपलमा गौंथलीले गुँढ लगाएनन्
छरेका अानाजहरू टुसाउनै जानेनन्
फुल्न बिर्सिए बगौंचाका गुलावहरूले प्रेम
घरका भित्तामा अरिङ्गाल र माकुराले साम्राज्य जमाए

उसले पिउन थालेपछि
फुङ्ग उढ्यो मेरो जिन्दगीको रंग
हिमपहिरोले भत्काई लग्यो मेरो ईज्जतको सगरमाथा
खुशीको उमङ्गमा बादल लाग्यो
न फुले ओठमा गोदावरी
न मुस्कुरायो शीरमा चन्द्रमा

उसले पिउन थालेपछि
म म रहिन
मेरो घर घरजस्तो रहेन

उसले पिउन थालेपछि
मैले बुझेें
यो घर मेरो होईन रहेछ
यो संसार मेरो होईन रहेछ

बरू,
म उसको रहेंछु
मेरो संसार ऊ रहिछे
त्यसपछि मैले पिउन छाडिदिएँ।

युनाईटेट कपिलवस्तु र नव प्रतिभाको विजय सुरुवात

युनाईटेट कपिलवस्तु र नव प्रतिभाको विजय सुरुवात
**************************
विजया दशमी २०७५ को अवसरमा अायोजित जिल्ला स्तरीय नकअाउट प्रथम भलवाड कप २०७५ फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा युनाईटेट कपिलवस्तु जितपुर र नव प्रतिभाको विजय सुरुवात भएको छ । चौथो दिनको पहिलो खेलमा नव प्रतिभा युवा क्लव तेनहुवा र सगरमाथा युवा क्लव उक्टहवा विचको खेल ० को विरुद्ध १ गोलले नव प्रतिभा विजय भएको हो । सगरमाथाको ७ अोटा प्रहार नव प्रतिभाको गोल रक्षकले रोके पछि सगरमाथा खेलमा स्तब्ध भएको थियो । यसै बिच अाजको दोस्रो खेलमा युनाईटेड कपिलवस्तु जितपुर र अल स्टार मोर्मी बिचको खेलमा युनाईटेड कपिलवस्तु ० को विरूद ५ गोलले बिजय भएको हो । पहिलो हाफ बराबरी खेलेको अल स्टार दोस्रो हाफमा डिफेन्सको कमजोरीका गोल खान पुगेको थियो । यसै बिच प्रतियोगिताको पाचौं दिन दुई खेल हुने अायोजकले जनाएको छ । असोज २२ गतेको पहिलो खेल वाणगंगा स्पोर्ट्स एण्ड वेयरफर सोसाइटी जितपुर र चन्द्र सुर्य युवा क्लव वर्दहवा बिच १ बजे हुनेछ भने दोस्रो खेल ३:३० बजे अायोजक B र जन प्रिय युवा क्लव पिपरा बिच हुने अायोजकले जनाएको छ ।

सुमधुर गित “कुशुम” को अपार सफलता पछी लेख कार्की को अर्को कोशेली “गुँडैको चरी “

 

असौज -२२  – समय -समय मा  थोरै तर असाध्यै मीठा गित  पस्किनु हुने  लेख कार्की ले  दशै को यो बिशेष मौकामा “गुँडैको चरी “ बोलको गित  सार्बजनिक गर्नुभएको छ ! यो भन्दा पहिले ‘एकलाई शून्य दश’ र ‘कुशुम’ सार्वजनिक भएका छन   !

गीतकार, लेख कार्कीको आधुनिक गित “गुँडैको चरी  महेस तिवारीको कर्णप्रिय  आवाज र संगीतकार डी आर अटुको संगीतमा  सजिएको गित  विन्ध्यवासिनी  प्रा.लि.को आधिकारिक युट्यूब च्यानल मार्फत  बजारमा आएको हो l

डि .अार. अटुकाे कर्णप्रिय संगीत रहेकाे याे गीतमा गायक महेश तिवारीले मिठाे स्वर दिएका छन । बिन्दाबाशिनी म्युजिक प्रा लिले बजारमा ल्याएकाे यस एल्बमकाे निर्देशन काजिस श्रेष्टले गरेका छन भने कलाकार पुष्प खडका र बर्षा सिवाकाेटीकाे अभिनय रहेकाे छ ।

मीठा मीठा गजल, गीत लेख्नुहुने लेख जी लाइ यो  हाम्रो पनि  हार्दिक शुभ कामना !!

अत्तहर कमालद्धारा जितपुरमा म सफा गर्छु मेरो नगर अभियानको श्रृखला २ को शुभारम्भ

कपिलवस्तुको बाणगंगामा सुरु गरिएको म सफा गर्छु मेरो नगर अभियानको श्रृखला २ को जितपुरबाट शुभारम्भ गरिएको छ । वडा नः १ र ४ मा बृहत सरसफाइ अभियानको सुरुवात प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले शुभारम्भ गरेका छन । अभियानको सुरुवात गर्दै कमालले जिल्लाको बिकासको केन्द्रको रुपमा चार नः जितपुर चिनिएको यस अभियानले समग्र जिल्लालाईनै सरसरफाईप्रति सचेत गराउनेमा आफु बिश्वस्त रहेको बताउदै जिल्ला भरनै यस किसिमको अभियान चलाउनका लागी आफुले पहल गर्ने बताए । त्यस्तै प्रदेश सभा सदस्य माला गोतामेले बिकासको पुर्वाधार स्वास्थ्य भएकाले यस बृहत सरसफाइ अभियानले उचीत पुर्वाधारको बिकास र बिस्तार भएको महशुस आफुले गरेको बताइन । कर्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उपमेयर चक्र अर्याल, वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले आआफनो धारणा राखेका थिए ।

वडामा रहेका टोल बिकास समिति, कपिलवस्तुु उद्योग बाणिज्य सघका अध्यक्ष उमानाथ पौडेल, सिद्धार्थ नगर बिकास समितिका अध्यक्ष बिष्णु थापा, नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनि, बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, समाजसेवि दोलकराम घिमिरे, दोलब बहादुर पछाई, रुक बहादुर भुसाल, टोप नारायण बेल्बासे लगायत यस क्षेत्रका करिव एक दर्जन बढि सघंसस्थाको बृहत सरसरफाइ अभियानमा सहभागिता रहेको थियो । सो अवसरमा होराइजन उच्च मावि र सिद्धार्थ माविका बिद्यार्थीहरुले सरसफाइ गरौसम्बन्धी ¥याली निकालेका थिए ।

 

आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार नयाँ नोट साट्न पाइने

काठमाडौ २१ असोज-नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए ।

‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले बताए । राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ ।राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए ।

राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो ।बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।

राष्ट्र बैंकका अनुसार नोट साट्दा थान मात्र साटिनेछ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउनेछन् । -राजधानी दैनिकबाट

बौद्धका डिएसपी राई घुससहित अख्तियारको फन्दामा

काठमाडौं, असोज २० । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख (डीएसपी) श्यामकुमार राई एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शनिबार उनकै कार्यकक्षबाट पक्राउ गरेको जनाइएको छ ।

बौद्ध वृत सम्हालेदेखिदै त्यस क्षेत्रका व्यापारी–व्यवसायीमाथि घुस आतङ्क मच्चाएको आरोप खेपिरहेका राईविरुद्ध यसअघि प्रहरी हेडक्वार्टरमा उजुरीसमेत परेको थियो तर यस विषयमा कुनै कारवाही भएको थिएन । यद्यपि उनलाई उजुरीका सन्दर्भमा हेडक्वार्टरले पटक–पटक सचेत भने गराउँदै आएको थियो ।

हेडक्वार्टरको सल्लाहलाई वेवास्ता गर्दै आफ्नो गलत कामलाई निरन्तरता दिईरहेका राई अन्ततः रङ्गेहात पक्राउ परे । त्यतिमात्र होइन गतसाता एउटा प्रहरी बिटको उद्घाटनमा गृहमन्त्री रामबहादुर थापा लगेको फूर्ति लडाउँदै गरेका डीएसपी राई उनैले संरक्षण गरेका दुई जुवाडे शुक्रबार राती तीन तलाबाट लडे । उक्त घटनाले तनावमै रहेका राई शनिबार साँझ आफैं पक्राउ परे ।

शुक्रबारको उक्त घटनामा घाइते भएकाहरुको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको खालमा राईले थाहा नपाई उनीमाथिको निकाय काठमाडौं प्रहरी पसिरले एक्कासी छापा मारेको थियो । दुई जुवाडे भाग्दा घरबाट हाम फालेका थिए ।

घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेन्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा ठेगाना नखुलेका ४१ वर्षीय सरोज घले र सोमलाल तामाङको मृत्यु भएको हो ।

प्रहरीले जुवाखालबाट एक महिलासहित २३ जनालाई पक्राउ गर्नाका साथै  चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए । उक्त स्थानबाट केही खुकुरी र मोटरसाइकलका साथै जुवा खेलाउन प्रयोग गरिने केही सामग्रीसमेत बरामद गरिएको छ ।

नेत्र ज्योति संघ कपिलवस्तुको सभापतिमा शर्मा निर्वाचित

नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको निर्वाचन सम्पन्न भएको छ । जसमा सभापती पदमा रमेश शर्मा सभापती पदमा निर्वाचित भएका छन । सदस्यहरुमा जनार्दन पराजुली, मनोज श्रीवास्तव,प्रेम मोहन सिंह, ध्यानेन्द्र मणी त्रिपाठी, गोपाल भण्डारी, बिरेन्द्र कुमार बर्मा, बलराम घिमिरे, राजेश उपाध्याय, कृष्ण कुमार केसी सदस्य पदमा निर्वाचित भएका छन ।

सलमान खानका यी ११ गर्लफ्रेण्ड, कसैलाई कुटे, कसैलाई छोडे…

बलिउडका सुपरस्टार सलमान खान प्रेममा निकै दुर्भाग्यशाली मानिन्छन्। उनका जिन्दगीमा निकै राम्रा केटीहरु आए तर ती लामो समय भने टिक्न सकेनन् । त्यसैहोला जिन्दगीले ५ दशक छुने लाग्दा सलमान हालसम्म अविवाहित नै छन्, उनका दुइ भाइ अरबाज र सोहेल खान समेत विवाहित हुन्। बलिउडका दुइ खान सुपरस्टार शाहरुख र अमिर पनि विवाहित हुन् । तर सलमानको भने विवाह गर्ने दिन अहिले सम्म आएन।

झन रोमानियाकी नायीका लुलियासंग केही दिन अघी मात्रै उनको ब्रेक अप भएपछि त सलमान ११ औं पटक प्रेम सम्वन्ध जोगाउन सफल भएको चर्चा बलिउडमा छ । सलमानको जिवनमा एश्वर्या राय देखी क्याट्रिना कैफ सम्म आएका थिए र समयक्रममा ती सवैले आफ्नो बाटो तताए सलमानलाई एक्लै छोडेर।

१.संगिता बिजलानी

सलमान र संगिताबिच नब्बेको दशकमा अफेयर थियो तर सम्वन्ध भने लामो समय सम्म रहन सकेन। उनिहरुले विवाह गर्ने समेत फैसला गरेका थिए ।

२. सोमी अली

लमान र सोमी अली पाँच वर्षसम्म एका अर्कासंग रहे। सोमी अली सलमानको व्यवहारबाट निकै पिडित बनेकी थिइन्। एकपटक त पार्टीमा सलमानले सोमीलाई रक्सी नै खन्याइदिएका थिए। त्यसपछी यी दुइबिचको सम्वन्ध टुट्न समय लागेन ।

३.महक छल

बिग बोसको पाँचौ सिजनका प्रतियोगी महक छलसंग पनि सलमानको नाम जोडियो। महकले सलमानको चलचित्र ‘वान्टेड’मा पनि काम गरेकी थिइन। तर यो सम्वन्ध पनि लामो समय चल्न सकेन् ।

४.एश्वर्या राय

सलमान र एश्वर्या रायको प्रेम सम्वन्ध बलिउड तरंगित पारेको थियो। उनिहरु छुट्दा पनि हंगामा गरेर छुटे। सन १९९८ बाट शुरु भएको सम्वन्ध धेरै लामो समयसम्म तग्न भने सकेन । सलमानले सलमानलाई भौतिक दुर्व्यवहार पनि गर्ने गरेको मिडियामा आएको थियो। हाल एश्वर्याले नायक अभिशेख बच्चनसंग विवाह गरेर एक छोरीको आमा समेत बनिसकेकी छिन् ।

५.क्याट्रिना कैफ

सलमानको क्याट्रिनासंगको सम्वन्ध पनि बलिउडमा चर्चित बन्यो। तर क्याट्रिना पनि सलमानको हुन सकिन्। वास्तवमा क्याट्रिनाको सफलता बनाउन पनि सलमानको ठुलो भुमिका छ । क्याट्रिना हाल रणबिर कपुरसंग छिन् ।

६.सना खान

सलमानलाई नायीका सना खानसंग पनि केही समय जोडियो। सलमानको आउँदो चलचित्र मेंटलमा पनि सना खानलाई नायीकाको रुपमा देख्न पाइन्छ।

७.लुलिया

सलमान र रोमानियन नायीका लुलियाको सम्वन्ध पनि लामो चल्न सकेन्। भारत आएको बेला उनिसंग सलमानको भेट भएको थियो। सञ्चारमाध्यमा लुलिया विवाहित भएको खवर आउन थालेपछी सलमान उनिसंग पनि टाढिए ।

८.स्नेहा उलाल

एश्वर्यसंग ब्रेकअपले सलमान निकै चिन्तित देखिएका थिए ।सलमानले एश्वर्या जस्तै देखिने केटी स्नेहा उलाललाई खोजेर निकालेका थिए। उनले स्नेहालाइ चलचित्र ‘लक्की’मा नायीकाको रुपमा खेलाएका पनि थिए। सलमान र स्नेहाको सम्वन्ध पनि तग्न भेन सकेन।

९. जरिन खान

सलमानलाई केही समय नायीका जरिन खानसंग जोडेर हेरियो। जरिनाको खास खुरा के थियो भने उनको अनुहार क्याट्रिनासंग मिल्छ। तर सलमान र जरिनपनि संगै रहन भने सकेनन् । सलमान र जरिनले ‘बीर’मा संगै काम गरेका थिए।

१०. डेजी शाह

सलमानको डेजीसंग अफेयर रहेको पनि चर्चा थियो केही समय अघि सलमान र डेजीलाई संगै देखिएको चर्चा चलेको थियो। तर हाल भने चर्चा सेलाएको छ।

११.अली आर्टर

म्यारी गोल्डकी नायीका अली आर्टरसंग पनि सलमानको अफेयर रहेको थियो। सन २००६ मा चलचित्र म्यारीगोल्ड शुटिङ हुँदा उनिहरु निकै नजिक थिए। तर लामो समयसम्म भने यो सम्वन्ध पनि टिक्न सकेनन् ।

एजेन्सी

ल्याम्पपोस्ट – चन्द्र गुरूङ

ल्याम्पपोस्ट
*********
चन्द्र गुरूङ

एउटा ल्याम्पपोस्ट
उभिएको छ गल्लीेको चुपचाप कुनामा
ऊ हेरिरहन्छ–
खाली सडकमा खेलिरहेका बच्चाहरुको खुसी
चोकमा गफ गरिरहेका भरियाहरु
पल्लोघरको बराण्डामा गृहिणीहरूको गन्थन
चियापसलमा साथीभाइको भेटघाटको उल्लास ।

ल्याम्पपोस्टमाथि अल्झेको छ
कतैबाट चुँडिएर आएको बेवारिस चंगा
जो फरफराउँछ आफ्नो दुर्भाग्य
त्यहाँ एउटा बेरोजगार चरीको गुँड छ
एउटा रंग खुइलिएको खामो छ
शिशिरयाममा पातहरु झरी गएको रुखझैँ
उजाड उभिन्छ बूढो ल्याम्पपोस्ट ।

ल्याम्पपोस्टमुनि
एउटा बौलाहा पीरव्यथाका जुम्राहरु गन्दै बस्छ
एउटा भिखारी अँध्यारो ओढ्दै सुत्छ
एउटा कुकुर घाउहरु सुमसुम्याउँदै रुन्छ
मध्यरातसम्म फतफताइरहन्छ एउटा जँड्याहा
सरकारमाथिको आक्रोश ।

यही बाटो हुँदै
हुल्याहाहरू ल्याम्पपोस्टको बल्बमाथि
ढुङ्गा बर्साउँदै जान्छन्
फुटेको आँखा जस्तो फ्युज्ड चिम बोकेर
युद्धमा घाइते सिपाहीझैँ झोक्रिन्छ ल्याम्पपोस्ट ।

वरिपरि चराचुरुङ्गी चिरबिराउँदैनन्
अलपत्र छ अनिकालमा छोडी गएको घरजस्तै
भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै
न नयाँ बल्ब फेरिएकाछन्
न नयाँ रंगरोगन गरिएको छ
ठडिएको छ बूढो ल्याम्पपोष्ट झैँ
असंख्य मनमुटुहरुमा यो देश ।

विकासको लागि हतारिनु हुँदैन : रायमाझी

प्रतिनिधि सभा सदश्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अव देश विकासको बाटोमा लाग्ने बताएका छन् ।
शनिवार शितगंगा नगरपालिकाको वाड नम्बर ११को दोबाटो विद्युतियकरण उत्घाटन कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन् ।
पूर्व पश्चिमको मुख्य हाइटेन्सन लाईन मुनि, महेन्द्र राजमार्गले छोएको गाउँ भएर पनि अहिलेसम्म विद्युतको उज्यालोबाट बन्चित बस्नु परेकोमा मलाई चिन्ता लागेको थियो अव यहाका समस्या समधान भएको छ उनले भने । यो ठाउँमा आफु दिनमा पनि रातमा पनि हिडेको र यो ठाउँमा आफुहरू बसेको कुरा सम्झदै यो साविकको सिद्धाराको आफुलाई विशेष माया भएको बताए । कार्यक्रम दोबाटो विद्युतियकरण उपभोक्ता समितिका अध्यक्ष गोकुल परियारको अध्यक्षता र गणेश बेल्बासेको संचालनमा भएको थियो ।

सिद्धार्थ बचत तथा ऋण सहकारिको २० औँ साधारणसभा

सिद्धार्थ बचत तथा ऋण सहकारि संस्था वाणगंगा ४ कपिलवस्तुको २० औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुर्व अध्यक्ष सुर्यकुमारि शाहिको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा ईन्दिरा भट्राइ, सचिवमा दीना सुवेदी (कमाल) सहसचिवमा शंकर दर्नाल, कोषाध्यक्षमा प्रकाश घिमिरे चयन भएका छन् ।

जिल्ला बचत संघ कपिलवबस्तुका अध्यक्ष तथा वाणगंगा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष गुणानिधि भुसालको प्रमुख आतिथ्यता, जिल्ला सहकारि संघका उपाध्यक्ष तेज प्रसाद आचार्यको विशिष्ठ आतिथ्यता, सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक पुर्व अध्यक्ष तथा समाजसेवि सागर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष सरितादेवी ढकालले मन्तब्य राखेकी थिईन् ।

दीना सुवेदी (कमाल) काे सञ्चालन  निर्वाचन मण्डलको सहजिकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका निर्देशक तथा सहकारिका सल्लाहकार पोमनारायण पौडेलले गरेका थिए ।

मुहान र न्यु युगमाको विजय सुरुवात

मुहान र न्यु युगमाको विजय सुरुवात
नवराज बेल्वासे
*******************
जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी द्वारा अायोजित जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ को अाज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा मुहान F.C झुगा ० को विरुद्ध २ गोलले विजय भएको छ । नव प्रभाव युवा क्लवले खेल अाफ्नो नियन्त्रणमा लिन नसक्दा हार बेहोर्न पुग्यो भने दोस्रो खेलमा न्यु युगमा युवा क्लव ० का विरुद्ध १ गोलले विजय भएको छ । पहिलो हाफ बराबरी खेलेको नव दुर्गा युवा क्लव दोस्रो हाफको पहिलो मिनेटमै गोल खान पुगेको थियो । दोस्रो हाफमा निकै दवावमा रहेको नव दुर्गा गोल फर्काउन नसक्दा हार बेहोर्न पुग्यो । यसै विच प्रतियोगिताको चौथो दिन २१ गते २ खेल हुने अायोजकले जनाएको छ । पहिलो खेल नव प्रतिभा युवा क्लव र सगरमाथा युवा क्लव विच दिउँसो १:३० बजे हुनेछ भने दोस्रो खेल कपिलवस्तु U.K र अल स्टार युवा क्लव मोर्मी विच ३:३० बजे हुने अायोजकले वैखरी अनलाइन लाई जानकारी गराएको छ ।

चाडवाड नजिकिएसँगै सरसफाईले निरन्तरता पाउँदै

दशै नजिकिए सँगै गाँउदेखि शहर सम्म सरसफाई अभियानले निरन्तरता पाएको छ । पहाडी जिल्लाहरुमा बाटो खन्ने चटारो भैरहदा कपिलवस्तुका विभिन्न टोलहरुमा सरसफाईले निरन्तरता पाएको हो । यसै विच आज जिल्लाको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा प्रगति टोल विकास संस्थाको आयोजनामा सरसफाई गरिएको छ । संस्थाका अध्यक्ष रिषिराम आचार्य र वडा अध्यक्ष सुकदेव थारुको नेतृत्वमा सरफाई गरिएको हो । सरसफाई कार्यक्रममा भग्लापुर गाँउका २ सय बढीको सहभागिता रहेको थियो ।

सैबिच वाणगंगा नगरपालिका वडा नं. ४ अन्तर्गत ठाकुरापुर टोल विकास समिति र नव प्रभात युवा क्लवद्धारा पनि सरसफाई गरिएको छ । टोल विकास समिती संयोजक कमल पराजुलिको नेतृत्वमा वडा नं.४ का विभिन्न सार्वजनिक तथा अन्य ठाउँहरुमा सरसफाई गरिएको हो । बाटो वरिपरिका अनावश्यक रुखहरुm झाडिलाई सफा गरि ब्यबस्थापन गरिएको हो । त्यस्तै विद्युत पोललाई छोएका विभिन्न विरुवाहरु पनि काटि सफा गरिएको युवा क्लवका गोविन्द पौडेलले जानकारि दिए ।
आर्थिक बर्ष सकिएको दुई महिना मै वडाले निकासा सहितको काम सम्पन्न गरेको हो । वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले राजापुर गाउँको साप्टे टोलमा बाटो ग्राभेल गरेर निकासा लिइसकेको बताएका छन् । वडाले यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरी दुई लाखको योजना बनाएको थियो । उक्त काम भदौको पहिलो साता सम्पन्न गरेर असोज १७ गते नै निकासी लिइसकेको वडा अध्यक्ष पौडेलले बताए ।

यो बर्षको योजना सम्पन्न गरेर निकासा ल्याउनेमा वडा नं. २ नगरकै पहिलो भएको उहाले दाबी गरे । यस्तै मनकामना संस्कृत विद्यापिठ नन्दनगरका लागि छुट्याइएको ४ लाख बजेटको काम पनि संचालन हुने तयारीमा रहेको उनले बताए । योजनाको सम्झौता भईसकेको र लागत योजना पनि भएकोले काम तत्काल शुचारु हुने उहाको भनाई छ । अरु विकास निर्माणका काम पनि तत्कालै शुचारु हुने वडा कार्यालयले जनाएको छ ।

यसैबि भोलि वाणगंगा नगरपालिका वडा नं. ४ मा वृहत सरसफाई कार्यक्रम गर्ने भएको छ । नगरपालिकाको सोहि अभियान अनुसार वडा नं. ४ चार नम्बर चोकमा सरसफाई गरिने वडाअध्यक्ष गणेश क्षेत्रीले जानकारि दिए ।

बुद्धुभुमी नगरपालिका पुर्ण साक्षर घोषणा

कपिलवस्तुको बुद्धुभुभी नगरपालिकालाई शनिवार पुर्ण साक्षर नगर घोषणा गरिएको छ । सारक्षरता घोषणाकालागि सबै मापदण्ड पुरा गरिए पछि नगरपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको हो । नगरपालिकाद्धारा भृकुटी मा वि मा बुढ्ढीमा आयोजित कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९८ प्रतिशत बढी नागरिक साक्षर भएको प्रतिबेदन सार्बजनकि गर्दै नगरपालिकालाई साक्षर घोषणा गरेका थिए ।

२०७० साल देखि नगर पालिकामा साक्षर घोषणा कालागि अभियान चलाईएको थियो । स्थानीय सरकार र सामाजिक संस्था र विद्यालयहरुको पहलमा साक्षरता कक्षाहरु संचालन गरि नागरिकहरुलाई साक्षर गराइएको थियो । नगरपालिकाका सबै १० वटै वडा पुर्ण साक्षर भए पछि नगरपालिकालाई साक्षर घोषण गरिएको हो । नगरपालिकामा रहेका महिला र पुरुष गर िकुल ११ हजार ८३ जना अर्थात ९८ दशमलव शुन्य ५ प्रतिशत साक्षर भएका छन । साक्षर हुन २ सय ९४ जना बाकी छन ।

सो अवसरमा प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले बुद्धभुमी नगरपालिका पुर्ण साक्षर भएकोमा बधाई दिदै जिल्लालाई र्नै चाडो साक्षर घाषणा गर्नु पर्ने बताए । उनले गुणस्तीय शिक्षालाई जोड दिदै शिक्षाका उज्यालोबाट घर घरमा पुरयाउनु पर्ने बताए । सो अवसरमा नगरपालिकालाई साक्षर घोषणाकालागि योगदान दिन्े आधा दर्जा सस्था र बिभिन्न ब्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रदेश नम्बर ५ का सामाजिक विकास समितका संयोजक दीर्घ नारायण पाण्डेय, प्रदेश सदस्य माला गोतामे, ५ नम्बर प्रदेशका शिक्षा निर्देशनालयका प्रमुख जीत बहादुर शाह, जिल्ला समन्वय सतिकिा प्रमुख नारायण खनाल, महारागंज नगरपालिकाका मेयर अब्दुल कलाम खा, यशोधरा गाउंपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेय, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले मन्तब्य दिएका थिए । स्रोत व्यात्ति खेमराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा स्थनीय कला संस्कृति हरुको प्रदर्शन गरिएको थियो ।

मधुमेह रोगीका लागी अमृत सरह हुन यी १० चिज

मधुमेह अर्थात यसलाइ नेपाली समाजमा सूगर रोग पनि भन्ने गरिन्छ । सूगरका रोगीको रगतमा चिनीको मात्रा बढि हुने भएकाले रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । कार्बोहाइड्रेड र प्रोटिनलाइ सन्तुलित गराउनका लागि सूगरका रोगीहरुलाई डाक्टरहरुले खानेकुराको लिमिट नै तोकिदिएका हुन्छन । रोगीको तौल र हाइट अनुसार आहारा नै तोकिएको हुन्छ । उनीहरुलाई यति क्यालोरी सम्मको मात्र खाना खाने भनेर चार्ट नै दिएको हुन्छ । तर कयौ सूगरका रोगीहरुले डाक्टरले दिएको खानेकुराको लिमिटेसनमा आफू रहन नसकेको र उनिहरुको दैनिक जीवन धान्न अपुग भएको गुनासो गर्ने गर्दछन । यस्तो अवस्थामा उनीहरुले सूगरको रोगीले सेवन गर्नहुने खानेकुरा लगायत सूगर कम गर्ने खालका खानेकुरा खोजेर खानु आवश्यक हुन्छ । यहाँ हामीले केही खानेकुराहरुका बारेमा जानकारि दिने प्रयास गरेका छौ जसले सूगरका रोगीको स्वास्थ्यमा फाइदा पुराउनुका साथै सूगरको समेत कन्ट्रोल गर्दछ ।
१ स्याउःभनिन्छ, दिनको एउटा स्याउले डाक्टरबाट टाढा राख्दछ – विशेषगरि कार्डियोलोजिष्ट । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ ।डाक्टरहरुले सूगररोगीलाइ दिने गरेका खानेकुराको चार्टमा पनि स्याउ अनिवार्य राखिएको हुन्छ ।यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हवार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्य स्थिती जाँच गर्दा हप्तामा पाँच वा सो भन्दा बढि स्याउ खाने मानिसहरुमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ ।

 

२ कुरिलोःकुरिलो स्वादको दृष्टिकोणले मात्र हेर्ने हो भने पनि धेरैजसो मानिसहरुको मनपर्ने तरकारी हो । के तपाईंलाई थाहा छ, कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर ।सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्युट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।

३ एभोकार्ड : नास्पाती जस्तो देखिने फल एभोकार्ड स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरु प्रचुर मात्रामा पाइने गर्दछ ।
एकेडेमी अफ न्युट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ ।यसका साथै एभोक्याडो र मधुमेह बिच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

४ सिमीःसिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ ।
अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ ।

५ निलो बयरःनिलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ । फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ,’ नेशनल डाइबिटिज एजुकेसन प्रोग्रामकी जोओने एम।ग्यालिभेन बताउँछिन् ।ताजा अनुसन्धानले निलो बयरमा क्यान्सरविरोधी तत्व पनि पाइने ग्यालिभेन बताएकी छिन् ।

६ब्रोकाउली : ब्रोकाउलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

७ गाजर : गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।

८ माछाःसन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास ९असामान्य मुटुको धड्कन० को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

९ लसुनःखानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।

१० प्याजः प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ ।प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ ।

प्रदेशको विकासमा साहित्यकारको अहम भुमिका : मुख्यमन्त्रि पोख्रेल

वैखरी असोज २० कपिलबस्तु

५ नं. प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेशको संवृद्धिको लागि साहित्यकार र लेखकहरूको अहम भूमिका रहने बताएका छन् । लुम्बिनी वाङमय प्रतिष्ठान नेपालले सातौँ वार्षिक उत्सवको अवसर पारि आयोजना गरेको प्रदेश समिति गठन, कार्यालय उद्घाटन, स्रष्टा सम्मान, कृति विमोचन तथा रचना वाचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कपिलवस्तु एक प्राचीन इतिहास बोकेको जिल्ला भएको र यसलाई अझै पनि प्रदेश सरकारले पर्याप्त विकास गर्न नसकिएको बताए । वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा आयोजना गरिएको उक्त कार्यक्रममा उनले प्रतिष्ठानको नव निर्मित भवनको उद्घाटन गर्दै दबिएका तथा लुकेका साहित्कारहरुको खोजी गरी उनीहरूका भावनालाई उजागर गर्ने जिम्मा प्रदेश सरकारको भएको जिकिर गरे । त्यस्तै पोख्रेलले इतिहास बोकेको कपिलधाममा एक स्रष्टा बराबर एक वृक्षारोपण गरेर उक्त स्थानलाई प्रदेशकै नमुना बनाउन आग्रह गरे । उनले वृक्ष लगाएको व्यक्तिको नाम शिलालेखमा लेख्ने र लगाएपछि हुर्कने सम्मको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलमानले कपिलवस्तु जिल्ला र कपिलधामलाई अगाडि बढाउन धर्म र संस्कृतिले विशेष भूमिका खेल्ने बताए । उनले जुन धर्म, संस्कृतिको पालना गरे पनि सबै नेपालीहरू एक भएको समेत बताए । कमालले प्रदेश तथा जिल्लाको विकासको बारेमा पहल गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले कपिलवस्तु जिल्ला सँग सँगै कपिल धाम र प्रदेशको लागि आफू सदैव लागि पर्ने बताए ।

त्यस्तै प्रदेश सांसद विष्णु पन्थीले निर्वाचनको वेला जुन राजनीतिक पार्टीको पक्षमा रहे पनि अव भने सम्पूर्णको ध्यान विकास र संवृद्धिमा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले व्यक्तिलाई शत्रु मान्नु भन्दा बेरोजगारी, पछौटेपन, गरिबीलाई शत्रु मानेर अगाडि बढ्यो भने प्रदेश संवृद्ध बन्ने बताए । प्रदेशको विकासका लागि सांसद पन्थीले मुख्यमन्त्री सामु विभिन्न विकासका पूर्वाधारहरूको बारेमा अवगत गराएका थिए । पन्थीले कार्यालयको भवन निर्माणमा मात्र केन्द्रित नभएर कला, संस्कृतिको संरक्षणमा लाग्न साहित्यकार र लेखकहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । भौतिक विकास सँगसँगै साहित्य र कलाको पनि उत्तिकै महत्त्व भएको उनको भनाई छ ।

स्रष्टा सम्मान

साहित्य तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएकाे भन्दै ३ जना वरिष्ठ व्यक्तित्वहरू भेरीका सनत रेग्मी, लुम्बिनीका बुँद राणा र राप्तीका नारायणप्रसाद शर्मा (नारायण गुरु) लाई कदरपत्र सहित दोसल्ला अाेढाई सम्मान ।

कृति विमोचन

३ जना स्रष्टाका कृतिहरू विमोचन- ऋषि अाजादकाे समीक्षा सङ्ग्रह,योग प्राकृतिक चिकित्सक ध्रुव ज्ञवालीको योग साधनाको प्रयोग र बाल स्रष्टा जोशिका कँडेलद्वारा रचित प्रेरणा कविता सङ्ग्रहको विमोचन ।

लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रतिष्ठान स्थापनाकाल देखि हालसम्मको गतिविधिको बारेमा स्पष्ट पारेका थिए ।  उच्च अदालत तुल्सिपुर बुटवल इजलासका न्यायाधीश वामदेव ज्ञवाली, वालकृष्ण ज्ञवाली, कपिलधामका अध्यक्ष शङ्कर प्रसाद आचार्य लगायतले मन्तव्य दिएका थिए । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, जिल्ला प्रहरी प्रमुख मनोज कुमार यादव, कपिलधामका अध्यक्ष शङ्कर आचार्य, वाणगंगा नगरपालिकाका जनप्रतिनिधिहरू, १२ वटै जिल्लाका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका सचिव ऋषि आजादको स्वागत तथा सदस्य रुद्र ज्ञवालीको सञ्चालन रहेको थियो ।

कक्षा ११को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए ।

नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।

२४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

९२ हजार ५ सय ९३ले जिपिए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जिपिए १.२१ देखि १.६० ल्याएका छन् ।

आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् । आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षा रद्ध गरिएको छ

दु:खको कथा ! बृद्ध दम्पतीको कष्टपुर्ण जिन्दगी ।

वैखरी ! कपिलवस्तु असोज २० – न समाउने हांगो न टेक्ने जमिन , न दु:खमा साथ दिने इष्टमित्र न खुशीमा रमाउने छिमेकी ।

देशै भरी जेष्ठ नागरिक दिवस मनाइरहदा र जेष्ठनागरिकहरु अभिनन्दित भै रहदा कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ५ वैकुण्ठपुरका ८६ वर्षीय यन बहादुर क्षेत्रीलाइ आफ्नी ८८ वर्षीय श्रीमतीको रेखदेख र स्याहारसुसार गर्दै ठिक्क छ । उमेरले चार बीस कटेका बृद्ध दम्पती जस्को दैनिकी तपाइँ हामीले सोचे जस्तो सामान्य भने छैन ।

बाणगंगा नदिको छेउमा स्थानीय गाउँलेहरुको सहयोगमा बनेको सानो झुपडी जस्ले चैत मासको हुरी र बर्खा यामको झरीको ‘कहर’ बाट केही हद सम्म राहत प्रदान गरेको छ । स्थानीयहरुकै सहयोग बाट प्युने पानीका निमित्त चापाकल गाडिएको छ तर साझ बिहानको गर्जो टार्न भने सहयोगीहरुको बाटो हेर्न पर्ने अवस्था छ ।

८६ वर्षका यन बहादुर क्षेत्रीको शारीरिक अशक्तता त छ नै त्यस माथी आफ्नी ८८ वर्षीय दृष्टिविहिन श्रीमतीको स्याहारसुसार र रेखदेख गर्दा अझ धेरै कष्टमा छन उनी । बैँस छदा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका बृद्ध र नि-सन्तान दम्पती उमेर घर्किए संगै समस्यामा परेको स्थानीय कृष्ण पोख्रेल बताउछन् । बृद्ध दम्पतीको स्वास्थोपचार र दैनिकी सहज बनाउन सरोकार वाला पक्षले ध्यान दिन आवश्यक रहेको स्थानीय सुनिल भट्टराई बताउछन् ।

उन्ले स्थानीय निकाय र संघ सस्थाहरुलाइ बृद्ध दम्पतीको दु:ख मा साथ दिन आग्रह समेत गरेका छन् । डाडा माथिका घाम जस्तै बनेका बृद्ध दम्पतीलाई सामाजिक अपनत्व हुने गरि साथ र सहयोगको आवश्यक रहेको छ ।

प्रश्नहरूको चंगुल-रमेशचन्द्र अधिकारी

प्रश्नहरूको चंगुल-रमेशचन्द्र अधिकारी

प्रश्नै प्रश्नले कुजिएर
थला परेको छ जीवन यतिबेला ।
सम्झिरहेछु त्यसबेला
तिमीले फुलाईदिएको रातो सपना
अटेसमटेस थियोे मेरा आँखाभरी ।
रुखहरु ,
अध्याराहरु ,
रातहरु,
झाडीहरु,
खोलाका बगरहरु ,
कासबारी ,सुनसान ,एकान्त सबैतिर
भेटिन्थे कसिला मुठ्ठीहरु अनि
मुठ्ठीहरु भन्दा कठोर लाग्ने
संगिन निशानीहरु ,
जहाँ ताकिन्थ्यो
विद्रोहको ज्वाला लप्किरहने आँखाहरु
अनि ढालिन्थ्यो छिनभरमै
आफ्नै जस्ता लाग्ने सपना ।
त्यतिबेला
सोधेको थिएन बगरको ढुङ्गोले
कहिल्यै मलाई मेरो परिचय अनि
मेरा गोडाहरुले टेक्नुपर्ने गन्तव्य ,
हावाका झोक्काहरु कैयन पटक
ठोक्किएर गए परेलीहरुमा
तर प्रश्न गरेनन् कहिल्यै
रहरहरु बोकेर डुलिरहेका अाँखाहरु बारेमा ।
जिन्दगी बैशको रुख बनेका बखत पनि
फक्रन दिएनौ तिमीले
रातो गुलाफ मन भरिने गरि
र त सर्लङ्गै काँडाघारी मात्र बनिरह्यो जुनी ।
तिमीले सुनाएको क्रान्तिको कथामा
खलपात्रहरुको अनुहार भने
कस्तो हुन्छ भनेर
चिनाएनौ कहिल्यै ।
जान्नु छ मलाई
म कुन वर्गमा पर्छु आज ?
सपना बनेर उदाउने जुन
कुन पथ भएर अस्ताउँछ ?
खोलाहरु क्रान्तिकारी हुन् / होइनन् ?
पहाडहरु यथास्थितिवादी नै हुन् त ?
हावा वेगले बहेको / छिचोलेको
अग्रगामी छलाङ मारेको हो / होइन ?
आदि ईत्यादी ।
अझ महत्त्वपूर्ण
यो शरीर भित्र अड्किएको गोलीले
किन ऐठन पारिरहन्छ ?
किन बिथोलिरहन्छ
तिमीले फुलाईदिएको सपनालाई बारम्बार ?
मगजमा डुब्दै तैरिदै गर्ने तिमीलाई
मेरो अन्तिम प्रश्न
तिम्रो बुझाईमा अब म सर्वहारा रहे कि ?
मेरो सोँच सामन्तवादी ?

प्रतिकुलतामै फूले फूलहरू-सुमिना ‘अभिलाषी’

प्रतिकुलतामै फूले फूलहरू …..

मधेसको उर्वर जमिन बिना पनि
बाँझिएको रुखो पाखाभरी
पाहाडको भौगोलिक
बिकटता नभनि
आफै उमृएर

सौन्दर्यताको प्रयाय बन्दै
रक्त रंजित आकारमा
सधै किन फूल्छ
लाली गुराँस !

न घामको स्पर्श
न दिनको साया
न छुन्छ कुनै उज्यालोले कुनै दिशाबाट

र पनि एकलास बिच
कतै रातको सन्नाटामा
मगमगाउने सुभाष छर्दै
सेताम्य आकारमा
किन फूल्छ पारिजात !

नकारात्मकतामा हुर्किन नसक्ने भए
सकारात्मकता
क्रुरतामा जन्मिन नसक्ने भए
कोमलता

प्रेमको प्रतीक बनेर
जगडिएका क्रूर काँडाहरूको बिचमा
सन्तुष्टिको मीठो हाँसो
मुस्कुराएरै
किन फकृन्छ गुलाव !

हिलोको बिचमा हुर्किएर
फोहोरमै किन फूल्छ कमल

हरेक चैते हुरिको प्रकोपपछी
बतासले झारेर
भुइभरी भए पनि कोपिला
फेरि चट्टानको बिचमा
आफै उमृएर चाँदी जस्तै
किन मुस्कुराउछ सुनाखरी !

आफू संगै हुर्किएको
गलत प्रवृतिलाइ
जन्मजात स्वभावमा
नामाकरण गर्नेहरू हो

आफू भित्र जिवित
बिकृत मानसिकतालाई
पारिवारिक विशेषता
र सामाजिक परिवेशमा
आक्षेपित गर्नेहरू हो

म एउटा प्रश्न गर्न चाहन्छु
कृपया भन्नुहोस्
यदि परिवेशले मात्रै
स्वभाव र नियत निर्धारण गर्छ भने

हिलोको कमल जस्तै
त्यो युगमा
हिरण्यकशिपुको पुत्र बनेर प्रल्हाद
अनि रावणको देशमा पनि
किन जन्मिए बिभिषण !!

सुमिना ‘अभिलाषी’
रुपन्देही बुटवल !

कुरुप समय -उषा शेरचन

कुरुप समय
उषा शेरचन

बिन्ती नदेखाउ भो
हेर्न सक्तिन म
यस्ता हृदयविदारक तस्बिरहरु
जसले आमाको कोमल हृदयलाई
पगाल्छ मात्रै

बिन्ती नसुनाउ भो
सुन्न सक्तिन म
यस्ता मानवताहीन खबरहरु
जसले आमाकोे कोमल हृदयलाई
चुँडाल्छ मात्रै

रगत र मासुले नभइ
ढुङ्गा र माटोले बनेको
ओ! नरभक्षीहरु

सोच र विवेकले नभइ
फलामले बनेको
ओ! संवेदनहीन रोर्बटहरु

नबर्षाउ त्यसरी आगोका बर्षाहरु
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरु
कलिला फूलहरु माथि

कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने
ओ ! पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परिक्षा ?

आमाका कोखहरूका खिल्ली उडाउने
ओ! दानवहरु
कति घोट्छौँ यसरी मानवताको गला ?

आमा हुनुको अनन्त
पीडा पनि कति खप्नु अब ?
मानव हुनुको असीमित
लज्जाबोध पनि कति गर्नु अब?

बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा
बरु सन्तान जन्माउनै अस्विकार गर्छु म
यो निष्ठुरी समयमा

अनि नारी बिनाको यो संसारमा
चाहे राज गर वा राजनीति
चाहे सत्ता खोस वा सिमाना

ओ ! कुरुप समय
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रुर गतिविधिहरु

ओ! कुरुप समय
सक्छौ भने
समाप्त पार शक्तिका
यस्ता नृशंस खेलहरु

यदि
सक्तैनौँ भने
कि त बन्द गरिदेउ
आमाका धड्कनहरु
वा
सिलाई देउ
आमाका पाठेघरहरु !
सिलाई देउ
आमाका पाठेघरहरू !!

29th August 2018
Fayetteville, North Carolina

यात्रा – मनोज मुस्किल

यात्रा
– मनोज मुस्किल

कहिलेकाहीँ
नचाहँदा नचाहँदै
आफ्नै आँखा अघि यसरी पनि छुटोस कुनै यात्रा

आकाशमा माथि माथि उडिरहेको चङ्गा उतै
छुटोजस्तो हावामा
अँध्यारो स्टेसनको कुनै पुरानो बेन्चमा हिँड्नुअघि नै उधृएर छुटेजस्तो धागो
गिलासमा छाडेर छाप ओठहरुको
छुटेजस्तो कुनै चिया पसल
छाडेर प्वाँख जमिनमै
छुटेजस्तो उडानमा चराहरू

आँसुहरूको यात्रामा आँखा छुटेजस्तो
चोटहरुको यात्रामा खत छुटेजस्तो
नदिहरूको यात्रामा किनारा छुटेजस्तो

छुट्दै जाउन
भबिस्य खोजी हिड्ने दोबाटाहरू
हृदय जोडिदिने पुलहरू
प्रेम चिहाइरहने मोडहरू
सन्नाटा भुकिरहेने गल्लीहरू
बर्षौँदेखि आफ्नै छाया पर्खिरहेका रुखहरू
सबै सबै छुट्दै छुट्दै जाउन

कहिलेकाहीँ
नचाहँदा नचाहँदै
आफ्नै आँखा अघि यसरी पनि छुटोस कुनै यात्रा

र भेट होस तिमीसँग

तर तिमी सायद त्यो यात्रा हौ
जो बारम्बार छुटिरहन्छ म बाट