साप्ताहिक राशिफल

साप्ताहिक राशिफल
असोज 21 देखि असोज 27 सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– जोस र जागिर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागिर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– प्रारम्भमा बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागिर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागिर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थ ताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

रिया र मिलनको ‘के यो माया हो’ (भिडीयो सहित)

काठमाडौँ

मिलन कडेलाको ‘के यो माया हो’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ । गीतमा मिलनकै सब्द संगीत एरेन्ज र अभिनय समेत रहेको छ । जीवन भट्टराइले निर्देशन गरेको भिडियोमा मिलन कडेलको साथमा अर्जुन अधिकारी र रिया क्षत्री को अभि रहेको छ ।  बुद्द थापाले खिचेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन् ।गीतको छायांकन कुलेखानीमा गरिएको हो ।

 

 

यो पनि पढ्नुहोस्

‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’

काठमाडौँ । भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।

एसआरविएन मिडिया प्रालिले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।

भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नेछन्  । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।

जिल्ला अस्पताललाई ५० शैया बनाउने नारा नारामै सिमित

अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल अर्घाखाँचीमा केही दिनयता बिरामीको संख्या ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी भाइरलका विरामी उपचारका लागि आउने गरेका छन्। १५ शय्याको अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार गरीरहेको छ ।

बेडमा बिरामी राख्ने ठाउँ नभएपछि अस्पतालभित्र बाटो, भुइँ जहाँ खाली हुन्छ त्यही राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका प्रमुख निर्देशक जगतनाथ तिवारीले बताए। उनका अनुसार बिरामीको संख्या बढेपछि व्यवस्थापन गर्न हम्मे परेको छ। कतिपय बिरामी आफैंले ओढ्ने ओछ्याउने ल्याएर अस्पतालका बाटो खाली ठाउँमा सुतेर उपचार गराइ रहेका छन् ।

अस्पतालको आकस्मिकदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिएको छ। वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन, बाढीको फोहर, दुर्गन्ध आदि कारणले भाइरलको प्रकोप फैलिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ । अर्घाखाँची जिल्ला अस्पताललाई ५० शय्यासहित सुविधा सम्पन्न बनाउने नारा केवल नारामै सिमित भएको छ । अधिकांश जनप्रतिनिधिले चुनावका बेला यही नारा लगाएका थिए। आधादर्जन नेता पटक–पटक मन्त्रि पनि बने । तर अस्पतालको भौतिक संरचना जस्ताको तस्तै छ । बेड अभावमा बिरामीलाई भुइमै राखेर उपचार गराउन पर्ने बाध्यता हटेको छैन ।

स्वतन्त्र विद्यार्थि युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा शुभकामना आदान प्रदान

स्वतन्त्र विद्यार्थि युनियन सिद्धार्थ क्याम्पस बुङिचको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आउँदै गरेका महान पर्वहरु विजया दशमि, शुभ दिपावलि तथा छठ पर्वको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको स्ववियु अध्यक्ष सुशिल खत्रिले जानकारि दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवान, सहायक क्याम्पस प्रमुख खेमराज अर्याल, रमेश चन्द भुसाल र बुद्धि बहादुर रोका दिनेश ले चाडवाडको सबैमा शुभकामना ब्यक्त गरेका थिए । त्यस्तै सांसद कमालले क्याम्पसको विकासमा सदैव लाग्ने बताए ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै स्ववियु सभापति सुशिल खत्रिले भर्खरै निर्माण गरिएको क्याम्पसको सभाहल पुर्ण रुपमा निर्माण कार्य सम्पन्न नभएको प्रति ध्यानाकर्षण गराएका छन् । भवनको निर्माणमा पुर्णता दिन सांसद कमालले पहल गर्ने अपेक्षा सम्पुर्ण विद्यार्थिहरुले गरेकाले यसलाई कमालले विशेष रुपमा ध्यान केन्द्रित छिट्टै पुरा गर्ने आशा लिएको बताए ।

स्ववियु सभाति सुशिल खत्रिको अध्यक्षता, सांसद कमालको प्रमुख आतिथ्यता, रुपा कुमारि बुढा कुमारको स्वागत मन्तब्य, दिनेश चौधरिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यार्थि नेता विष्णु घिमिरेले जानकारि दिएका छन् ।

ए !! व्यापारीहरु मूल्य सूची खै ?

रोल्पा – बजारमा दैनिक उपभोग्य बस्तु किन्दा एउटा बस्तुको मूल्य जुनसुकै पसलबाट किन्दा पनि उस्तै हुनुपर्ने हो । तर रोल्पाका पसलहरुमा मूल्य सूची नै नभएपछि कुन सामानलाई कति मूल्य पर्छ भन्नेमा उपभोक्ताहरु अलमलमा छन् ।

जिल्लाको सदरमुकाम लिबाङ बजारका कुनै पनि पसलमा मूल्य सूची नहुँदा उपभोक्ताहरु एउटै सामानलाई पसलैपिच्छे फरक–फरक मूल्यमा किन्न बाध्य छन् । चाड पर्वको समयमा व्यापारीहरुले मनोमानी ढङ्गले दैनिक उपभोग्य सामानको मूल्य तोक्दा आफूहरु मर्कामा परेको उपभोक्ताहरुको गुनासो छ ।

चाड पर्वको समयमा व्यापारीहरुले दैनिक उपभोग्य सामानमा एक्कासी मूल्य वृद्धि गरेको सदरमुकाम लिबाङमा डेरा गरेर बस्दै आएका प्राध्यापक गोकर्ण पुनको गुनासो छ । ‘बजारमा खाना पकाउने ग्यास, नुन, तेल, चामलको मूल्य पसलै पिच्छे फरक छ’ पुनले भने ‘मूल्य सूचि कुनै पसलमा पनि राखिएको छैन् । एकातिर व्यापारीको मनोमानी र अर्काेतिर उपभोक्ताहरुमा सचेतना नहुँदा ठगिने गरेको उहाँको भनाइ छ ।

उपभोक्ता अधिकार मञ्च रोल्पाका संयोजक मोहन परियारले स्थानीय प्रशासनले वार्षिक योजना अनुसार मात्र अनुगमन गर्ने गरेकाले मूल्य वृद्धि र कालो बजारी हुने गरेको बताए । चाड पर्वमा मात्र नभई जुनसुकै बेला पनि अनुगमन गरी कारबाही गर्न सकेमा मात्रै यस्तो समस्या हट्ने उहाँको भनाइ छ ।

स्थानीय प्रशासनले अनुगमनका क्रममा मूल्य सूची राख्न निर्देशन दिने गरेको भएता पनि व्यापारीहरुले भने निर्देशन पालना गरेको पाईँदैन । पटक पटक निर्देशन गर्दा पनि अटेर गर्ने व्यापारीहरुलाई अब भने कारबाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी अनुषा कोइरालाले बताउनुभयो । ‘हामीले पनि अनुगमनका क्रममा मूल्य सूची नराखेको पाएका छौं’ सहायक प्रजिअ कोइरालाले भन्नुभयो ‘निर्देशन पालना नगर्ने व्यापारीहरुलाई अब कारबाहीको दायरामा ल्याउने सोँचीरहेका छौं ।’

चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । यो समयमा बजारका कुनै पनि पसलमा मूल्य सूची नहुनु भनेको उपभोक्ता ठगिनु भएकोले उपभोक्ताहरु आफैँमा पनि चनाखो बन्नुपर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

असोज १९, २०७५

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं –  नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।

साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।

दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ । पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।

पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गर्नुभयो भन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहनुभएका चालक कार्की भन्नुहुन्छ, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।”

असोज १९, २०७५

बलात्कारको आरोपपछि रोनाल्डो टिमबाट बाहिर

एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।

उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ ।

रोनाल्डोले स्वीकारेनन् आरोप

रोनाल्डोमाथि अमेरिकाकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । पीडित महिलाका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासमा उनीमाथि बलात्कार गरेका हुन् । तर रोनाल्डोले यो आरोपको बुधबार इन्कार गरिदिएका छन् ।

उनले ट्वीटमा लेखेका थिए, ‘म आफूमाथि लागेको बलात्कारको आरोपलार्इ इन्कार गर्छु । यो घृणित अपराध हो र यसको समाजमा कुनै स्थान छैन, म पनि यही कुरामा विश्वास राख्छु ।’

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णय स्वयम् रोनाल्डो र पोर्चुगल फुटबल फेडरेशनबीचको वार्तापछि लिइएको हो । ‘हामीले वार्तापछि तत्कालका लागि रोनाल्डोलार्इ पोर्चुगलको राष्ट्रिय टिममा उपस्थित नगराउने निर्णय लिएका छौँ ।’

रोनाल्डो समकालिन विश्व फुटबल जगतमा अर्जेन्टिनाका लियोनेल मेसीसँगै विश्वकै महानतम् खेलाडीको सूचीमा दरिन्छन् । उनले पोर्चुगलका लागि १५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् ।

उपत्यकासहित देशका केही ठाउँमा चिसो बढ्यो

उपत्यकासहित देशका केही ठाउँमा चिसो बढेको छ । गएको एक हप्ता यता तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले घटेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सुवास रिमालका अनुसार तापक्रम अब विस्तारै घट्दै जाने छ । अहिले बिहान र बेलुकी चिसो हुन थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज १५ डिग्री सेल्सियसमा झरेको छ । हिजो १६ डिग्री सेल्सियस थियो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस थियो ।

मौसमविद्का अनुसार सामान्यतया अंग्रेजी महिनाको अक्टोबरदेखि जाडो सुरु हुन्छ । पश्चिमी क्षेत्रबाट यो वर्षको मनसुन सकिसकेको छ भने मध्य र पूर्वमा मनसुनी गतिविधि बाँकी नै छ ।

आज हिमाली केही भेगमा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । यस्तै, आज देशका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको उनले बताए ।

आजदेखि बुटवलमा प्रदर्शनी, नौ तले धरहरा मुख्य आर्कषण

तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आज शुक्रबारदेखि बुटवलमा शुरु हँुदैछ । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको औद्योगिक प्रदर्शनी असोज २८ गतेसम्म बुटवल मण्डपमा हुन लागेको हो ।
प्रदर्शनीको एक भव्य कार्यक्रमका बीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दिनको ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक प्रविण पाठकले जानकारी दिए ।
बिहान साढे ८ बजे प्रदर्शनी स्थल बुटवल मण्डपबाट सचेतना मुलक झाँकी सहितको ¥याली निकालिने छ । ¥याली बुटवल नगरपरिक्रमापछि प्रदर्शनी स्थलमा समापन हुने प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचालले जानकारी दिए । औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।
प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढि स्टल रहेको प्रदर्शनीका संरक्षक तथा पूर्व अध्यक्ष खिम नारायण पराजुलीले बताए । स्टलको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदर्शनी स्थल पुरै सिसिटिभीको निगरानीमा रहेको छ भने चौबिसै घण्टा आन्तरिक सुरक्षा गार्ड खटाइएको छ ।
प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहराको उद्घाटन पछि सर्वसाधारणको लागि खुल्ला गरिने मेलाका अर्का संरक्षक तथा निवर्तमान अध्यक्ष खेम श्रीसले बताए । करिब २२ लाख रूपैयाँ खर्च गरे भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ ।
प्रदर्शनीलाई सांस्कृतिक मय बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक एवं संघका उपाध्यक्ष सिताराम रसाईलीले जानकारी दिए । राष्ट्रिय कलाकारहरू वद्री पगेनी, शिव परियार, सनुप पौडेल, एन्जीला रेगमी सुजता पाण्डे लगायतको बेजोड प्रस्तुती रहने उनले बताए । त्यसैगरी प्रदर्शनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता हुनेछ ।
‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने आयोजकले जनाएका छन् ।

कपिलवस्तुका दर्जनौँ गाउँमा खानेपानिको अभाव

भूमिगत पानीको मुहान सुकेपछि कपिलवस्तुका दर्जनौँ गाउबस्ती काकाकुल बनेका छन् । चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांश स्थानमा रहेका भूमिगत जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको हाहाकार भएको हो । पछिल्लो समय चुरे क्षेत्रसँग जोडिएको जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा समस्या देखिएको हो। सो क्षेत्रका एक दर्जनभन्दा बढी गाउँबस्तीका ६०० घरधुरीका परिवारलाई खानेपानीको अभाव देखिएको छ । जिल्लाको बाणगंगा नगरपालिकाको कोपवा, सुठौली, भगलापुर र सोही नगरपालिकाको मोतिपुर, भलवाड, जिनुवा लगायतका स्थानमा रहेका भूमिगत जलका स्रोतका रूपमा रहेका धारा र आर्टिजन बोरिङ सुक्ने क्रम बढेको छ।

बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाको सिमानामा रहेको बाणगंगा नदीमा पानीकोे मात्रा घटेको र अर्टिजन बोरिङका कारण पानीका मुहान धारा, नल सुकेका छन्। बाणगंगा नगरपालिका–५ कोपवाको मनरापुरमा १० वर्षअघि बाह्रैमास आउने गरेको आर्टिजन बोरिङ सुकेको स्थानीय बलराम घिमिरेले बताए। जिल्लाको बुद्धभूमि नगरपालिका–१० पिपरहवामा रहेको तिलौराकोट इँटा उद्योग (सोनी) इँटा उद्योग नजिक लगाइएको अर्टिजन बोरका कारणले एक सय बढी ह्याण्ड पम्प सुकेका छन्। गत शनिबारदेखि देखिएको यो समस्याले देउपुरा, लोहरौला, गजरैया, पोखरहवा, झलवा र नयाँ बस्तीका करिब २०० घरधुरीका मानिस पीडित बनेका छन्। अहिले सबै ह्याण्डपम्प सुकेर पानी आउन छोडेको छ । गत वर्ष पनि यस्तै समस्या देखिएपछि गाउँलेहरुले विरोध जनाएका थिए । यो वर्ष पनि उही समस्या दोहोरिएर गर्मीको समयमा पानी खान समेत नपाएको ७८ वर्षीय केदार केवटले बताए ।

गत शनिबारदेख भूमिगत पानीका मुहान सुकेर पानी नआउँदा आफ्नो दिनचर्यामा समस्या भएको लोहरौलाका फूलचन्द केवटले बताए । खेतमा लगाएको बालीनाली सबै गर्मीले ढडेर सुक्न लागेको दुखेसो संगीता तेलीको भनाइ छ । पानीको मुहान सुक्दा स्थानीयले दैनिक खाना पकाउन, सरसफाइ गर्न गाईभैँसीलाई खुवाउन समेत नपाएको बताएका छन् । अहिले उनिहरूले गाउँ नजिकैको घोरही नालाको, खोल्साको पानी उपभोग गर्दा समुदायमा सरूवा रोग लाग्न सक्ने त्रास भएको स्थानीय बहराइची केवट बताउँछन् । उता इँटा भट्टाले गत वर्ष ४०० भन्दा बढी फिटमा लगाएको अर्टिजन बोरमा ८० फिटभन्दा तल परेका सबै लेयरहरुमा जाली राख्दै गएकोले यस्तो समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ। पानी नहुँदा गाउँमा सय हेक्टर बढीमा लगाएको तरकारी बाली सुक्न थालेको छ। जिल्लाकै तरकारीको नमुना पकेट क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पानीको अभाव भएपछि कृषकहरू चिन्तित छन्।

यता डिप बोरिङले समस्या नपारेको तिलौराकोट इँटा उद्योग (सोनी ईटा)का सञ्चालक महबुव मियाँले बताए । पिपरहवाका कृषकको उपभोक्ता समूह बनाएर उनले इँटा उद्योगका लागि डिप बोरिङ गाडेका हुन्। माथिल्लो भागमा पाइने पानीको सतह धेरै शक्ति भएको मोटरबाट तानिएपछि अन्यत्र छेउछाउका छापाकल (धारा) सुक्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख युद्धप्रसाद गुप्ताले बताए। समस्या समाधानका लागि त्यहाँ गाडिएको डिप बोरिङ थोरै समय मात्र चलाउन सकिने उनले बताए। कतिपय सिँचाइ प्रयोजनकै लागि अनियन्त्रित रूपमा डिप बोरिङ जडान गर्न थालिएपछि सो समस्या बढदै गएको हो। पछिल्लो केही वर्षयता चुरे क्षेत्रको अत्यधिक दोहनले समेत भूमिगत जलको सतह घटदै जाँदा धारामा पानी नआउने समस्या देखिएको सिमसार विज्ञ कमलसिंह थापा बताउँछन् ।

प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता हुने

सनराईज सामाजिक विकास मञ्चको आयोजनामा यहि कार्तिक ८ गतेदेखि २० गते सम्म प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित मायाँदेवि रंगशालामा खेल हुने कार्यक्रम संयोजक माधव पौडेलले जानकारि दिए । प्रतियोगितामा प्रथमम पुरस्कार रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र, द्धितीय पुरस्कार रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र, तृतीय पुरस्कार रु १५ हजार शिल्ड तथा प्रमाणपत्र र सानत्वना पुरस्कार रु ५०० शिल्ड तथा प्रमाण पत्र रहेको छ । प्रतियोगितामा कात्तिक ५ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शूल्क रु ४०००  (चार हजार रुपैयाँ )निर्धारण गरिएको छ ।

कपिलवस्तुमा एक युवती बलात्कृत 

कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा एक युवती बलतकार भएकी छन । छिमेकीको नलकामा हात मुख धुन जाँदा गाउकै ब्यक्तिबाट बलात्कृत भएकी हुन । राती करिब ९ बजकोे समयमा २० वर्षे युवतीलाई मुख छोपेर घर पछाडि खेतमा लगेर बलात्कार गरेको पिडित बालिकाले बताएकी छिन । मुख धुन बाहिर निस्किएको समयमा स्थानिय वर्ष ५१ का जयफ उल्ला गद्दीले मुख छोपेर लगेको र वर्ष २१ का रहेमान गद्दीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय चन्द्रौटामा दर्ता गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । अभियुक्त दुबै जना फरार रहेकोले खोजी कार्यलाई तिब्र पारिएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका निमित्त प्रहरी निरक्षक ग्यानेन्द्र सिंह चौधरीले बताउनु भएको छ ।

वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानिको अध्यक्षमा पुनः शाह

वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समिति वाणगंगा १ उप्टहवा कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र विक्रम शाहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा झलक बहादुर मल्ल, सचिवमा कृष्ण बहादुर शाहि, सहसचिवमा चिरञ्जिवि पन्त, कोषाध्यक्षमा रममायाँ राना लगायत अन्य सदस्यहरु रहेका छन् । सर्वसहमतिले कार्यसमिति चयन भएको हो ।

कपिलवस्तुको बाणगंगामा अवैध काठ सहीत काठ तस्कर प्रकाउ

कपिलवस्तुको बाणगंगा नगरपालिकामा गस्तीका क्रममा काठ तस्करहरु प्रकाउ परेका छन । बाणगंगा नगरपालिकाको वडा नः १ मा रहेको श्रृङगीघाट सामुदायिक बनबाट काठ तस्कहरु काठ तस्करी गर्दै गर्दा प्रकाउ परेका हुन ।  राती करिव २ बजेको समयमा सामुदायिक बन उपभोतmा समुहको गस्ती टोलीले बाणगंगा नदिको बिनारबाट सालको चिरान काठ अवैध रुपमा बोकी ल्याई रहेको अवस्थामा दुई जना प्रकाउ परेका हुन प्रकाउ पर्नेमा बाणगंगा नगरपालिका वडा नः ३ का राम दुलारे थारु र वडा नः ४ का राजेश थारु ५८ क्युफिट सहित उनीहरुको प्रकाउ परेका हुन । थप कार्बाहीका लागी जिल्ला बन कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

९० प्वाइन्ट रगत संकलन

नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिको नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रम संयोजक विष्णु गिरीले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ९० प्वाइन्ट रगत संकलन भएको समितिले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा सभापति प्रेमलाल उदास, नेपाल किसान टे«क्टर समितिका अध्यक्ष मधु अर्यालले बोल्दै रक्तदान गर्दा कमजोर भईन्छ भन्ने भ्रम रहेको र उक्त भ्रमलाई चिर्न वार्षिक रुपमै समितिले रक्तादान कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई रक्तदान पश्चात फलफूल, जुस तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

अटो ब्यवसायीहरुबिच परिचयात्मक कार्यक्रम

कपिलवस्तुको बाणगंगा नगरपालिकाको बैरीयामा अटो ब्यवसायीहरुबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा अटो टेड्रसको अयोजनामा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा टिभिएसको अटो रिक्सा खरिदमा हुने फाइदाका बिषयमा जानकारी गराइएको थियो । पाच लाख पैसठ्ठी हजार मुल्य रहेको टिभिएस अटो रिक्सा खरिद गर्दा २५ लाखको आकस्मीक बिमा, ५ लाखको स्वास्थ्य विमा र आधीकारिक वर्कशपमा बिमा रकमको लागी खर्च रकम तिर्न नपर्ने तथा अटो खरिदमा ३२ इन्चको एलइडि टिभि , फ्रिज या १७ हजार पाच सय रुपैया छुट पाउने योजना समेत रहेको जगदम्बा मोर्टसका क्षेत्रीय अफिसर कमल कृष्ण जैशीले बताए । बाणगंगा नगरपालिका भित्र रहेको करिव  सय बढि अटो रिक्सा ब्वसायीहरुको सहभागिता रहेको कार्यक्रममा बाणगंगा अटो टेड्रसका प्रमुख उमानाथ पौडेल, सञ्चालक मनोज पौडेल, मोहन न्यौपाने,बसन्त खनाल, जगदम्बा मोर्टसका क्षेत्रीय ब्यवस्थापक सागर दाहाल , न्यु लुम्बिनि ई रिक्सा समितिका केशव आर्चाय लगायतले आआफनो धारणा राखेका थिए । सहभागि अटो रिक्सा ब्यवसायीले टिभिएसको अटो रिक्सा बलियो हुनुका साथै सजिलै मोटर पार्टस पाइने हुदा मन परेको बनाएका थिए ।

दिगो विकासमा ध्यान दिन आवश्यक ः अत्तहर कमाल

प्रतििनधि सभा सांसद अतहर कमाल मुसलवानले भौतिक संरचना निर्माण गर्दा दिगो विकासमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानि तथा सरसफाई उपभोक्ता समिति वाणगंगा १ उप्टहवा कपिलवस्तुको चौथो साधारण सवा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै उनले भौतिक संरचनाले दिर्घकालिन उपलब्धी दिने खालका उपायहरु खोज्न अति आवश्यक रहेकोमा जोड लिएका हुन् । उनले यस क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानि लगायतको विकासका पुर्वाधारको अनुगमन गरि सर्वसाधारणहरुलाई सहज बनाउँने जिम्मा अव नेतृत्वकर्ताको भएको उल्लेख गरे । कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थीले बोल्दै नगरपालिकालाई बिकासको गतिमा लैजान बिशेष योजना बनाउन आवश्यक रहेको बताउदै प्राचिन कपिलवस्तुको चिनारी देखिने गरि राजमार्ग र पर्यटकीय स्थल छेउछाउका घरहरुमा सोही अनुसार रङरोगन गरेर पहिचा र सुुन्दरता बढाउन सकिने बताए । त्यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले नगर भित्र शुद्ध खानेपानी सबै घरमा पु¥याउने योजना रहेको बताउदै खानेपानी समितिहरु सगं सहकार्य गरी कुनैपनि समयमा पानी अभाव हुन नदिन बिशेष योजना बनाउन आवश्यक रहेको बताए । सफा पानी सफा बानी सहयोग पु¥याउने भुपु सैनिकको खानेपानी भन्ने नारा दिइएको सो कार्यक्रमा समाजसेवि द्रोणराज सुवेदी, नन्दकिशोर शुुक्ला, वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी पन्त, हर्टबिट एफएमका अध्यक्ष कृष्ण भट्टराई, गजेहडा बजार समितिका अध्यक्ष गोविन्द ज्ञवाली लगायतले आआफनो धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र विक्रम शाहले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समस्या तथा चुनौतिहरको वारेमा सपष्ट पारेका थिए । उनले नगरपालिका सडक विभागद्धारा सडक विस्तार तथा सुधारका क्रममा खानेपानि जस्तो संवेदनशिल कुरालाई महत्व नदिई समन्वय नगरि बाटोहरु चौडा पार्ने कामले समस्या भएको, निरनतर रुपमा पानिको गुणस्तर कायम गर्न उच्चकोटिको पान िजााच ल्याव नहुनु, संस्थामा दक्ष जनशक्तिको अभाव हुनु जस्ता चुनौति भईरहेको बताए । सफा पानी पिऊ निरोगी बनौँ भन्ने मुल नारका साथ विक्रम संवत २०६२ सालमा स्थापना गरिएको उक्त खानेपानि उपभोक्ता समितिले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगति प्रतिवेदन समेत सार्वजनिक गरेको छ । अहिलेसम्म १ हजार ९ सय ८० घरधुरिले धारा जडान गरिसकेको सचिव कृष्ण बहादुर शाहिले बताए । अधिवेशनले राजेन्द्र विक्रम शाहको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा झलक बहादुर मल्ल, सचिवमा कृष्ण बहादुर शाहि, सहसचिवमा चिरञ्जिवि पन्त, कोषाध्यक्षमा रममायाँ राना लगायत अन्य सदस्यहरु रहेका छन् ।

-कपिलवस्तु जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ उद्घाटन,

असौज – १८  जिनुवा  – स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी वाणगंगा ९ जिनुवाको खेल मैदानमा अाज देखि जिल्ला स्तरीय प्रथम भलवाड कप २०७५ को उद्घाटन, भएको छ ।

उद्घाटन समारोहमा क्लवका अध्यक्ष दुर्गा थापाको अध्यक्षता , प्रदेश नम्बर ५ प्रतिनिधि सभा संसाद विष्णु पंन्थीको प्रमुख अाथितियता , वाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारु , उपमेयर चक्रमणी अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेस्मी मगर , वाणगंगा वडा नम्बर ९ का अध्यक्ष धुव्र बेल्वासे , वडा नम्बर ७ का अध्यक्ष , वाणगंगा नगरपालिका ११ का अध्यक्ष वाणगंगा नगरपालिकाका वडा नम्बर ९ का सदस्यहरु, सव डिभिजन सहकारी नेपाल केन्द्रीय सदस्य कुमार मधु बेल्वासे , थारु कल्यणकारी सभाका केन्द्रीय सदस्य जञ्जीर  प्रसार थारु लगायतको विशिष्ट आतिथ्यता रहेको थियो  ! , वाणगंगा ९ भित्रका सामुदायिक वनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो।

-नव प्रभात सहकारी संस्थाका अध्यक्ष भुवनेश्वर पौडेल , बुटवल टुटेका पत्रकार अशोक पौडेल , पत्रकार बाबुराम रायमाझी , वैखरी खबरका जिल्ला संवाददाता नबराज बेल्वासे , नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य नारायण खनाल , वाणगंगा ९ नेपाली काङ्ग्रेसका प्रतिनिधि दिनानाथ अार्चाय , नेकपा वडा ९ प्रतिनिधि विन्द्र गुरुङ लगायतको अाथितियता रहेको थियो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकासका अध्यक्ष छवि रेस्मी मगरले कपिलवस्तु खेलकुद क्षेत्रमा प्रदेश नम्बर ५ कै उत्कृष्ट क्षेत्र रहेको बताउनु भयो !

कार्यक्रम प्रमुख अथिति विष्णु पंन्थीले खेलकुद र खेल प्रेमिहरूका लागि कपिलवस्तु जिल्ला एक नम्बर अगाडि रहेको बताउनु भयो कार्यक्रममा बोल्दै मेयर थारुले अाफु नगरपालिका बाट सक्दो सहयोग गर्न कुरा बताउनु भएको थियो । खेललाई पानसमा बर्ति बारेल र प्रमुख अथितिले मुख्य रेफ्रि प्रदिप अाचार्यलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम क्लवका सदस्य मेघराज बिकको स्वागत मन्तव्य तथा क्लवका सह – सचिव लेखनाथ पौडेलको सञ्चालन रहेको थियो । अाज उद्घाटन खेलमा अायोजक जिनुवा र बुद्ध युवा क्लव बैजरपुर विच खेल भएको थियो ।

जसमा अायोजक जिनुवना 0 को बिरूद ६ गोलले विजय भयो । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने छ । दोस्रो दिन १९ गतेको खेल पहिलो खेल पहिलो खेल चन्द्र सुर्य युवा क्लव वर्दहवा र वाणगंगा वेयरफ्यर सोसाईटी जितपुर दोस्रो खेल सनराईज युवा क्लव र साहरा युवा क्लव विच हुने अायोजकले बताएको छ !

– नवराज बेल्वासे वैखरी कपिलबस्तु

नेपाल आइडलको गाला राउण्डमा पुग्न सफल पवन गिरी को हुन?

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिव वर्षमा अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टु मा सहभागी भएका छन् ।

गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् । संगित सिक्ने मन हुदाँ हुँदै पनि उनले सिक्न सकेनन् । सानैदेखी गायक बन्ने सपना बोकेका उनलाई अहिले एपीवानमा संचालन भईरहेका नेपाल आईडल उनको क्षमता देखाउने फोरम बनेको छ । उनी उत्कृष्ठ 11 अर्थात गाला राउण्डमा पर्न सफल भएका छन् ।

उनी विशेष गरि बेस्टन ज्याज टाईपको गीत गाउन रुचाउँछन् । पर्याप्त मात्रामा संगित सिक्नको लागी नसकेपनि पछिल्लो दुई वर्ष यता उनी संगितसंग आवद्ध हुन थालेका छन् । उनी कहिलेकाही आफ्नो चाहाना पुरा गर्न तथा पकेट खर्च जुटाउनका लागी आफुले चिनेका साथीहरुसंग कहिलेकाही ठमेलका क्लबहरुमा गएर गित गाउने गर्दछन् ।

https://www.youtube.com/watch?v=G3u4PHjA5Bw

उनका बाबु भिम बहादुर गिरी आरआर क्याम्पसमा पालेको काम गर्दछन् । पालेको काम गरेर जिविको पार्जन गर्ने गिरी परिवारले पवनलाई उनको ईच्छा अनुसार परिवारले संगित सिकाउन सकेनन् । पवन अहिले आफै खर्च जुर्टार संगित सिक्न थालेका छन् । उनले आफ्नो क्षमता नेपाल आईडलमा प्रस्तुत गरिरहेका छन् । बच्चा देखीको गायक बन्ने सपना पुरा गर्न उनी नेपाल आईडलमा सहभागी भएका छन् । उनी नेपाल आईडल जितेर आफ्नो सपना पुरा गर्न चाहान्छन् । उनले सबैलाई नेपाल आईडलमा आफ्नो प्रस्तुतीलाई हेरेर भोट गरि सहयोग गरिदिन समेत आग्रह गरे ।

जिल्ला स्तरीय फुटबल उद्घाटन खेलमा अायोजक भिड्ने

नवराज बेल्वासे ,
विजया दशमि २०७५ को अवसरमा अायोजित जिल्ला स्तरीय नक अाउट प्रतियोगिता २०७५ को उद्घाटन खेलमा अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी A र बुद्ध युवा क्लव बैजलपुर भिड्ने अायोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने अायोजक क्लवका अध्यक्ष दुर्गा थापाले वैखरी अनलाईन खबरलाई जानकारी गराउनु भयो ।

यो पनि पढ्नुहोस्
जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि

नवराज बेल्वासे
असोज ९
*********
विजया दशमी २०७५ को अवसरमा जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाइटी  क्लवले जिल्ला स्तरीय नक अाउट फुटवल प्रतियोगिता यहि असोज १८ गते देखि वाणगंगा ९ जिनुवाको खेल मैदानमा अायोजना गर्न लागेको छ ।

युवाहरुलाई खेलकुदमा थप शसक्त बनाउन र आपसी भाईचारा मजबुद बनाउन प्रतयोगिता अायोजना गर्न लागेको अायोजकले बताएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ६१००० , र दोस्रो पुरस्कार ३१००० नगद सहित सिल्ड , मेडल र प्रमाण पत्र रहने अायोजक क्लवका अध्यक्ष दुर्गा थापाले वैखरी अनलाईन लाई जानकारी गराउनु भयो ।

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ ।

उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।

यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः

व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ ।

कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ ।

यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः

तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ ।

यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ ।

त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः

दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् ।

अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।

यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः

संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।

धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः

यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः

अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।

घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुकबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः

फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

जन्मदिनः ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

रिलेसनशीप स्टेटसः यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

क्रेडिट कार्ड डिटेल्सः क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

आफ्नो बसलाई नजोड्नुहोस्ः यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

छुट्टिको जानकारी नदिनुहोस्ः याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

परिवारको तस्बिर नराख्नुहोस्ः यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ । अरुको लागि सेयर गर्न नभुल्नु होला !

कपिलवस्तुको शिवराजमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

कपिलवस्तुको शिवराजमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु भएको छ । दुर्घटनामा हुदा एक जना घाइते भएका छन । पुर्व बाट पश्चिम जाँदै गरेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल तिर्व गतिको कारण अनियन्त्रित भइ लु १ ख ६७ ३२ नम्बरको टिप्पर सँग ठोकिँदा मोटरसाइकल चालकको घटना स्तलमै ज्यान गएको हो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार गम्भिर घाइते भएका छन । उनलाई उपचारको लागी बुटवल रिफर गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।  मृतकको सनाखत भएको छैन ।

 

 

सिल्भर जातका माछा मर्दा किसानमा चिन्ता

केही दिनदेखि सिल्भर जातका माछा धमाधम मर्न थालेपछि रूपन्देहीका मत्स्यपालक किसान चिन्तित बनेका छन् । छपिया, गैडहवा, सूर्यपुरा कम्हरीया लगायतका गाउँमा पोखरीमा पालिएका सिल्भर जातका माछा दिनहँुजसो मरिरहेका छन् । करिब दुई सातादेखि लगातार माछा मरेपनि कति मरे र के कारणले मरे भन्ने पत्ता लाग्न सकेको छैन । रूपन्देहीको सबैभन्दा ठूलो ८३ बिगाहाको गैडहवा तालमा पालिएका माछा मरेका छन् । गैडहवा गाउँपालिकाले ठेक्कामा लगाएको तालमा करिब ७० हजार सिल्भर जातका माछा मरेको माछा पालक किसान तथा ठेकेदार शैलेन्द्र कुमार पासीले बताए ।
भदौ २५ गतेदेखि २९ गतेसम्म ६० हजार माछा मरेकोमा अहिले ३ दिनदेखि फेरी माछा मर्न लागेको उनले बताए ।छपियाको आरसीएएस कृषि फर्मका सञ्चालक रमेशचन्द्र मुराउले ७ बिगाहामा पालेका बिभिन्न जातका माछा मध्ये सिल्भर जातका माछा नै मरेका छन् । १० दिनमा २० क्युण्टल माछा मरेको उनले बताए । सबै माछाको जिब्रो क’हीएको र पखेटा कमजोर भएको उनले बताए ।
छपियाकै रामु शाहनीको नर्सरीमा पनि सिल्भर जातकै माछा मरेका छन् । ४ कठ्ठाको नर्सरीमा एक सातामा करिव २ सय सिल्भर जातका माछा मरेको शाहनीले बताए ।
गैडहवा, छपिया तथा अन्य स्थानमा कृषि प्राबिधिकहरूको टोली गएर निरीक्षण पनि गरिसकेको छ तर कारण पत्ता लगाउन सकेको छैन । प्राबिधिक टोलीले अज्ञात रोगले माछा मरेको निष्कर्ष निकालेर केन्द्रमा पठाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण मत्स्य परियोजना जोनका अधिकृत रमेश जैसवाल रूपन्देहीका माछा पालेका प्राय सबै क्षेत्रमा धेरै थोरै माछा मरेको तर सबैले खवर नगरेकाले यत्तिनै माछा मरे भन्न नसकिने बताए । बिभिन्न पोखरी र माछा मरेको अवस्था हेर्दा यस्तो खालको समस्या अहिलेसम्म नदेखिएकोले अज्ञात भनेर आफूहरूले भनेको उनले बताए ।
पानीका कारणले समस्या हो कि भन्दै किसानहरूले मत्स्य बिकास केन्द्रमा पानी परीक्षण समेत गराए तर पहिचान हुन सकेन । केन्द्रकी मत्स्य बिकास अधिकृत रुचि श्रीवास्तवले शुक्ष्म परिक्षणका लागि केन्द्रमा उपकरण नभएपनि सामान्य परिक्षणमा पानीमा त्यत्ति खराबी नदेखिएको बताइन् ।
अधिकाशं किसानले माछाको बिमा समेत गरेका छैनन् । बिमा गरेका किसानलाई पनि बिमा कम्पनीहरूले रकम उपलब्ध गराउन खासै चासो देखाउदैनन । गैडहवा तालको पाछाको बिमा गराएका शैलेन्द्रलाई अहिले फेरी मर्न लागेका माछा जोगाउने कि बिमा कम्पनीमा जाने भन्ने अन्यौल छ । उनले बिमा गरेको हिमालयन ईन्सुरेन्सले गाउपालिका, इलाका प्रहरी कार्यालय, प्रधानमन्त्रि कृषि आधुनिकीकरण मत्स्य परियोजना जोन, मत्स्य बिकास केन्द्र लगायतको ल्याव रिपोट, सिफारिस र मुचुल्का समेत पेश गर्दा वेवास्ता गरेको बताए । रूपन्देहीमा १ हजार १ सय २० हेक्टर क्षेत्रफलमा बार्षिक ५ हजार ५ सय मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । रूपन्देहीमा रहु, नैनी, कमन, सिल्भर, बिगहेड लगायतका जातका माछा किसानले पाल्दै आएका छन ।

फरकफरक कर्म गरेर मृत्यु संस्कार


सर्लाहीको हरिपुरमा एकै घरका दाजुभाइले फरक-फरक शैलीमा बुवाको काजकिरिया गरेका छन्।

दुई दाजुभाईले तेह्राै‌‌‌ दिनको दिन (मंगलबार) दुई अलग ठाउँमा फरकफरक कर्म गरेर मृत्यु संस्कार गरेका हुन्।

बुवाको मृत्यु हुँदा परम्परागत रुपमा मृत्यु संस्कार गर्न अस्वीकार गरेका हरिपुर–२ का नेकपाका नेता ध्रुव कार्कीले तेह्रौ‌ दिनको दिन मन्त्रीको उपस्थितिमा बुवाको श्रद्धाञ्जली सभा गरेका छन्। श्रद्धाञ्जली सभा नेकपा सर्लाही र महोत्तरीको बर्दिबासमा रहेको आधारशिला परिवारको संयुक्त आयोजनामा भएको हो।

उनका भाई विष्णु कार्की, आमा कृष्णमाया कार्की लगायतले भने हिन्दू धर्म संस्कारअनुसार पण्डित बोलाएर परम्परागत रुपमा तेह्राै‌‌ दिनमा गरिने गाई दान, शैया दान लगायतका कर्म गरेर जुठो फुकाएका छन्।

दुई दाजुभाईले फरक–फरक शैलीमा मृत्यु संस्कार गरेपछि स्थानीयबासी पनि आफूले इच्छ्याएको कार्यक्रममा सहभागी भएका छन्। दाजुभार्इका घर करिब चार सय मिटरको फरकमा छन्। यी दाजुभाईले आ–फ्नो घरमा मृत्यु संस्कारका कर्मलाई फरकफरक ढंगले पूरा गरेकाे विषयले अहिले सर्लाहीमा व्यापक चर्चा पाएको छ।

श्रद्धाञ्जली सभामा नेकपाका स्थायी समिति सदस्य तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, विश्वनाथ साह, पेशल खतिवडा, श्रवण यादव लगायतको उपस्थिति थियो।

रोचक पक्ष के छ भने, हिन्दु धर्मसंस्कारका अनुयायीहरु श्रद्धाञ्जली सभा भइरहेको ध्रुव कार्कीको घरमा गएनन्। मन्त्री पोखरेलसहितका नेता, श्रद्धाञ्जली सभाका आयोजक, नेकपाका नेता कार्यकर्ता र श्रद्धाञ्जली कार्यक्रममा सहभागी धेरै स्थानीय भने परम्परागत रुपमा मृत्यु संस्कार चलिरहेको विष्णु कार्कीको घरमा गएका थिए।

परम्परागत रूपमा बुबाको काजकिरिया नगरेको भन्दै नेता कार्कीलाई आफन्तले नै सामाजिक बहिष्कार गर्ने धम्की दिएका थिए। कार्कीलाई बरिष्कारको धम्की दिने आफन्त भने श्रद्धाञ्जली सभामा उपस्थित भएनन्।कार्की तत्कालीन माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य हुन्। कार्कीका बुबा नारायणबहादुर कार्कीको ५ असोजमा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो।

स्थानीय बागमती नदीमा दाहसंस्कारमा सहभागी दार्इ ध्रुवले त्यसपछिका मृत्यु संस्कारका कुनै पनि कर्म गर्न अस्वकार गरेका थिए। बाबुको मृत्यु संस्कार नगरेको भनेर कतिपय कार्की दाजुभाइले नै उनलाई सामाजिक बहिष्कार गर्ने धम्की समेत दिएका थिए।

 

उनीहरूले मुडुला कार्कीको कुलायन व्यवस्थापन समितिबाट कार्कीलाई निष्कासन गर्नसमेत पहल गरिरहेका छन्। तर मुडुला कार्कीको कुलायन व्यवस्थापन समिति सर्लाहीका सचिव भरत कार्की भने श्रद्धाञ्जली सभामा उपस्थिति जनाए।

श्रद्धाञ्जली सभामा सहभाभागी भएका मन्त्री पोखरेलले ध्रुव कार्कीले बुबाको मृत्यु संस्कार परम्परागत रूपमा नगरेर समाज परिवर्तनको लागि सकारात्मक योगदान गरेको भन्दै प्रशंसा गरे।

‘ध्रबजीले परम्परागत रुपमा गरिने मृत्यु संस्कार नगरेर नयाँ पुस्तालाई बैज्ञानिक संस्कार अवलम्बन गर्न उत्प्रेरित गर्नुभएको छ’, उनले भने, ‘बोझिला, रूढिवादमा आधारित संस्कार छोड्दै जानुपर्छ । उहाँले हिम्मतका साथ जे निर्णय गर्नुभयो, त्यसको सराहना गर्नुपर्छ।’

कार्यक्रममा नेकपा केन्द्रीय सल्लाहकार समितिका सदस्य पेशल खतिवडाले मृत्यु संस्कारको सुरुआत र त्यसपछि मृत्यु संस्कारमा हुँदै आएका परिवर्तनको विषयमा सविस्तार व्याख्या गरेका थिए।

‘वर्षौं अघि मृत्यु संस्कार १३ वर्षसम्म चल्थ्यो। १३ वर्षको संस्कार बोझिलो भएपछि त्यो १३ महिनामा झर्यो,’ नेता खतिवडाले भने, ‘अहिले तेह्र दिनमा किरियाकर्म र एक वर्षमा बरखी सकिन्छ। हिन्दु धर्मका पुरोहितहरु यसलाई तीन वा पाँच दिनमा झार्ने विषयमा बहस गरिरहेका छन्।’

उनले समयको परिवर्तनसँगै संस्कारहरु पनि परिवर्तन हुँदै जाने बताए। कार्यक्रममा नेता कार्कीले आफूलाई परम्परागत मृत्यु संस्कारमा विश्वास नभएकाले काजकिरियामा सहभागी नभएको बताए ।

‘मलाई परम्परागत रूपमा चल्दै आएको मृत्यु संस्कारमा विश्वास छैन,’ कार्कीले भने, ‘आफूलाई विश्वास नभएको संस्कार जबर्जस्ती गर्ने कुरो पनि भएन । यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो।’

प्रकाशित १७ असोज २०७५, बुधबार |

भ्रम छर्ने काम भयो ः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कतिपय राजनीतिक दलहरुले अझै पनि अधिकारको लडाई टुंगिएको छैन भनेर जनतालाई उत्तेजित बनाउने काम गरिरहेको बताएका छन् ।

संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताए ।

प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै दलको नाम नलिई अझै पनि अधिकारको लडाई बाँकी छ भन्दै हिंड्नु गलत निश्कर्ष भएको दावी गरे ।

संविधानमा केही कमी भए संविधानबाटै समाधान गर्न सकिने तर्क गर्दै संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पारे ।

संविधानसभाबाटै राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याएर असम्भवलाई सम्भव बनाएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले हरेक समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिए । शान्ति सुरक्षाको विषय वहुआयामिक रहेको भन्दै उनले अपराध नियन्त्रणलाई मात्र नबुझ्न आग्रह गरे ।

दशैं बोनस: काम १२ महिना, तलब २२ महिनाको,


चाडपर्व खर्च’ वापतको यो रकम वहालवाला कर्मचारीले त पाउँछन् नै, यो सुविधाको हकदार पेन्सनवाला कर्मचारी पनि हुन्। त्यसबाहेक अस्थायी तथा करारका कर्मचारीपनि यो सुविधाबाट लाभान्वित हुनेछन्। सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा निजामती कर्मचारी ८६ हजार छन् भने सैनिकको संख्या करिब ९० हजार छ। यसैगरी सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्।

सरकारको ढुकुटीको ‘चेक’ काट्ने कार्यालय हो, महालेखा नियन्त्रकको कार्यालय। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाका अनुसार, एक बर्षमा १२ महिनामात्र हुने भएपनि १ महिनाको तलब–सुविधा ‘चाडपर्व खर्च’ का लागि भनेर छुट्ट्याएकाले १३ महिनाको हिसावकिताव गरिएको हो।

चालू आवमा ‘चाडपर्व खर्च’ का लागि लागिमात्रै १३ अर्ब रुपैयाँ छुट्याइएको छ। यो रकम सरकारले दशैँ अघि सरकारले कर्मचारीलाई दिइसकेकाे छ।

सरकारले चालू आर्थिक वर्षमा सरकारी कर्मचारीका लागि खर्च भनेर ८४ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ।

चालू आर्थिक वर्षको लागि ल्याइएको बजेट अन्तर्गत ‘चालू खर्च’ शीर्षकमा छुट्याइएको उक्त खर्चमा प्रति कर्मचारीका लागि १३ महिनाको सेवा सुविधाको हिसाव गरिएको छ।

पेन्सनवाला, अस्थायी र करार सेवाका सरकारी कर्मचारी ठ्याक्कै कति संख्यामा छन्, यसको आधिकारिक तथ्याङ्क नभए पनि सरकारले थप एक महिनाको तलब सुविधा उनीहरुलाई पनि दिँदै आएको छ। नेपालमा बहालवाला र पेन्सनवाला शिक्षकको कूल संख्या २ लाख ५० छ। उनीहरुले पनि १३ महिनाको तलव सुविधा प्राप्त गर्छन्।

कुनै कार्यालयमा काम सुरु गरेको ६ महिना अवधि पुगेको छ भने उसले यो सुविधा प्राप्त गर्ने नियममा उल्लेख छ। चालू आवको लागि प्रस्तुत बजेट भाषणमा भने कर्मचारीको तलब सुविधा पुनरावलोकन र अध्ययनका लागि आयोग गठन गर्ने उल्लेख थियो।

सो बजेटमा कर्मचारीको मासिक महँगीभत्ता भने बढाएर दुई हजार रुपैयाँ बनाइएको थियो। निजामती एवम् स्वास्थ्य सेवाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकले पाउँदै आएको पोसाक सुविधाबापत पाउने रकम बढाएर १० हजार रुपैयाँ बनाइएको छ।

देवकोटाका अनुसार सरकारले योभन्दा बाहेक कुनै शीर्षकमा सुलभ सुविधा भुक्तानी गर्ने गर्छ। कुनै कार्यालयसँग बजेट छ भने आवस्यकता अनुसार थप सुविधा दिन सक्ने कानुनी व्यवस्थापनि छ। तर तलब सुविधा तथा बोनसका रुपमा भने दिन पाइँदैन। काम विशेषमा दिइने भत्ता तथा विभिन्न बैठकमा दिइने भत्ताबाहेक थप सुविधा सरकारी कोषबाट दिने प्रावधान छैन।

निजी कम्पनीमा अाकर्षक दशैँ बाेनस

नेपालमै रहेका धेरै निजी कम्पनीहरुले कर्मचारीहरुलाई आफ्नो क्षमताअनुसार आकर्षक सुविधा दिने गरेका छन्। दुरसञ्चार सेवा प्रदायक ‘एनसेल’ नेपालको बढी कर तिर्ने निजी क्षेत्रकाे टेलिकम्युनिकेशन कम्पनी कम्पनी हो। चालू वर्षकाे उसकाे अायव्यय प्रतिवेदनअनुसार १ करोड ६४ लाख ग्राहक एनसेलसँग छन्।

एनसेलले आफ्ना कर्मचारीलाई सेवा सुविधा पनि अन्य कम्पनीभन्दा अाकर्षक दिने गरेकाे छ। कम्पनीका बरिष्ठ कर्मचारीका अनुसार आफ्ना कर्मचारीलाई एनसेलले दुर्इ महिनाकाे खाइपाइ अाएकाे तलब बराबर दशैँ भत्ता उपलब्ध गराउने गरेकाे छ।

उसले आफ्ना कर्मचारीलाई ‘प्रोत्साहन भत्ता’ का रुपमा वर्षमा २ देखि ४ पटक विशेष बाेनस प्रदान गर्ने गरेको छ। यस हिसाबले एनसेलमा कार्यरत कर्मचारीले बर्षमा २०-२२ महिना बराबरको तलब पाउने गरेका छन्। त्यसबाहेक राम्रो काम गर्ने कर्मचारीलाई छुट्टै रकम दिइने गरेकाे छ।

एनसेलले उच्च कर्मचारीलाई मासिक १० लाख रुपैयाँसम्म दिने गरेको छ। मासिक १ लाख देखि ३ लाखसम्म तलब पाउने कर्मचारीको संख्या एनसेलमा धेरै छ। नेपाल टोलिकमले भने आफ्ना कर्मचारीलाई हरेक वर्ष बोनस वितरण गर्ने गरेको छ। सञ्चालक समितिको निर्णयअनुसार नाफाको प्रतिसत अनुसार कर्मचारीहरुले बोनस रकम पाउने गरेका छन्।

दशैँको हकमा भने टेलिकमले १ महिना बराबरको रकम आफ्ना कर्मचारीलाई उपब्ध गराउने गर्दछ। त्यस्तै वाणिज्य बैंकहरुले पनि कर्मचारीलाई दशैँ बाेनस प्रदान गर्ने गर्छन्। स्टाण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, नविल बैंक कर्मचारीलार्इ राम्राे बाेनस दिनेमा अग्रपंक्तिमा छन्। यी बैंकका कर्मचारीले अार्थिक वर्षकाे अन्त्यमा साउनमा बाेनस पाएका थिए। अहिले फेरि दशैँ भत्ता पाउँदैछन्।

बोटलर्स नेपाल, युनिलिभर, सूर्य टाेबाकाे, सिप्रदी ट्रेडिङ, गोर्खा ब्रुअरी लगायतले पनि कर्मचारीलार्इ दशैँमा अाकर्षक बाेनस प्रदान गर्दछन्। सरकारी सेवाको तुलनामा उपरोक्त कम्पनीका कर्मचारीको तलब स्केल तथा दशैँ बाेनस उच्च छ।

प्रकाशित १७ असोज २०७५, बुधबार |

डीभीको आवेदन अाजबाट ।

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

र, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । दूतावासका अनुसार,  मुख्य आवेदकले अयोग्य पति–पत्‍नी वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे अयाेग्य ठहरिने छ ।

तपाईंले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा छनोट भए–नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

टिभिएसको दश करोडको रोड शो कार्यक्रम जितपुरमा

कपिलवस्तुको जितपुरमा वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले टिभिएसको दश करोडको रोड शो कार्यक्रम जितपुरमा गरेको छ । हालै वाणगंगा अटो ट्रेडर्स प्रा.लि.ले वाणगंगा नगरपालिका १ बैरिया स्थित आफनो सोरुमबाट विक्री वितरण शुरु गर्न थालेको छ । टिभिएस व्राण्डका स्कुटी, मोटरसाईकल र अटो किङ्ग छोटो समयमा धेरैले रुचाएकाले अधिकतम रुपमा बिक्री भएको सञ्चालक मोहन न्यौपानेले बताए । रोड शो जिल्लाको जितपुर, तौलीहवा, गोरुसिङ्गे, चन्द्रौटामा गरिने प्रालीका निर्देशक उमानाथ पौडेलले बताए ।

प्रत्येक मोटरसाइकलको खरिदमा न्युनतम ७ हजार छुट, लक्की ड्रबाट प्रत्येक दिन दश जनालाई १० हजार र एक जनालाई एकलाई पर्ने गरेको बताउदै दशैलाई केन्द्रीत गरी एक करोडको रोड कार्यक्रम सञ्चालन भएको पौडेलले बताए । टिभिएस ब्राण्ड नेपालमा पछिल्लो समयमा सबैभन्दा बढि रुचाइएको ब्राण्डका रुपमा लिइएको छ ।

वडा नः २ मा “म सफा गर्छु मेरो नगर” अभियान

कपिलवस्तुको बाणगंगा नगरपालिमा जारी “म सफा गर्छु मेरो नगर” अभियान जारी रहेको छ । नगरपालिकाको वडा नः २ मा अभियान जारी रहेको हो । वडा नः २ मा रहेका करिव तीन सय बढि घरबाट एक जनाका दरले कोठी खोला देखि पिपरासम्म सरसफाई गरिएको छ । बाणगंगा नगरपालिकामा हालसम्मकै सबैभन्दा ठुलो सरसरफाई अभियानका रुपमा लिइएको “म सफा गर्छु मेरो नगर” प्रभावकारी बनाउन स्थानियकै सहभागितामामा यो अभियान सफल पार्न लागेको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए ।
वडा समिति र वडा भित्र रहेका टोल बिकास समितिको सक्रियतामा वडा भित्र पर्ने पिपरा बजारको सरसफाइसगै राजमार्गको दुवै तर्फ रहेका अनावश्यक रुख काट्ने काम अभियानका क्रममा भएको प्रवतmा पौडेलले बताए ।