तिनाउ किनारमा सामाजिक कक्षा-रामचन्द्र श्रेष्ठ

सर’ – मलाई यो शब्द सुन्दा कुरीकुरी लाग्छ । हैट ! म पनि सर । सर अर्थात् गुरु । गुरुमा गुरुत्व हुनुपर्छ । गुरुसँग तान्ने क्षमता हुनुपर्छ । गुरुसँग जीवनदृष्टि दिने चेत हुनुपर्छ । तर, म !

सर’ – मलाई यो शब्द सुन्दा कुरीकुरी लाग्छ । हैट ! म पनि सर । सर अर्थात् गुरु । गुरुमा गुरुत्व हुनुपर्छ । गुरुसँग तान्ने क्षमता हुनुपर्छ । गुरुसँग जीवनदृष्टि दिने चेत हुनुपर्छ । तर, म !

 

बुटवल राजमार्ग चौराहा । यो चोकमा पूर्व-पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग भेट हुन्छन् । त्यहाँबाट उत्तर लागेपछि पुष्पलाल पार्कनेरको चोकमा पुगेर पूर्व-पश्चिम राजमार्ग पश्चिम लाग्छ । सिद्धार्थ राजमार्ग उत्तर लाग्छ, पोखरा पुग्न । तस्विरः लेखक

कक्षाकोठामा चक, डस्टर, ब्ल्याकबोर्ड र केही नक्साचित्रको सहारामा सामाजिक शिक्षा पढाउँदा पढाउँदा दिक्क लागेपछि ‘सोशल टिचर’ रामचन्द्र श्रेष्ठले विदाको दिनमा खुला आकाश मुनि बिना कापीकिताब, चक, डस्टर पढाउने निधो गर्छन् । पाल्पाको चुरे क्षेत्रबाट बग्दै बुटवलको मैदानसम्म आउने तिनाउको तिरमा लगेर उनले सामाजिक कक्षा पढाउँछन्, गफ गरेरै । घुमाएरै । कविता र गीत सुनाएरै, सुनेरै । एक शिक्षकको निकै रमाइलो अनुभूतीः

बिहानी चिसो बतासले केश सुम्सुम्याइरहँदा म राजमार्ग चौराहा पुगिसकेको थिएँ । देख्छु ‘ब्ल्याक फरेस्ट’को पेटीमा समी लगायतको एउटा टोली आइसकेको छ ।

“सर, हामी त ६ बजे नै आएको ।”, पुग्नासाथ उनीहरू भन्छन् । अर्थात्, एक घण्टादेखि यहीं छन् ।

मनमा एक धर्सो आनन्दानुभूति बहेर आउँछ । मैले कक्षामा यिनीहरू नै आउँदैनन् होला भन्ने सोचेको थिएँ । म कति हलुका तरिकाले लिँदोरहेछु ! लाज लागेर आयो। धत्, म पनि । मान्छेलाई अनुहारको भावभंगिमा हेरेर सबै बुझिंदैन । भन्छन् नि, ‘यु क्यान्ट जज अ बुक बाइ इट्स कभर ।’

मान्छे त झन् मान्छे हो । यहीं समीलाई हेर । उसको अनुहारमा मैले भावनाका ससाना छालको कुनै संकेत पाउँदिन । कक्षामा पनि अरूलाई चित्त बुझेको नबुझेको अनुहारबाटै अनुमान लगाइरहँदा उसको अनुहारमा म खासै केही देख्दिन् । कस्तो शान्त अनुहार । निर्दोष मुहार । पढाउन शुरु गरेकै केही दिनमा म यो शान्त अनुहार देखेर चित खाएको थिएँ । सोचेको थिएँ, यस्तो पनि हुन्छ मान्छेको अनुहार ? शान्त, निश्चल तलाउ जस्तो । कुनै डाँडामा कसैले नदेखिसकेको शान्त तलाउ जस्तो।

एकछिनपछि केटाहरू आउँछन् । कसै–कसैको हातमा सेल्फी स्टीक पनि छ । एकछिन पछि फेरि अर्को टोली आउँछ । ओहो हेर्दा हेर्दै ठूलै टोली बन्छ । सरोजले सुटुक्क सोध्छ, “दाई यी सबै तपाईंकै स्टुडेण्ट हुन् ?”

गर्वका साथ भन्छु म, “के अरुका हुन्छन् त ?”

तर, आज मलाई ‘सर’ बनिरहन मन लागेको हुँदैन । मलाई साथी बन्न मन लागेको हुन्छ । उमेरको केही अन्तरालको फरक त हो । उमेरकै हिसाब गर्ने हो भने त्यस हिसाबले दाई हुन मन लागेको हुन्छ । दुरीको लामो क्षितिज मेट्न मन लागेको हुन्छ । जहाँ अनुभुतिका सारा कथा पोख्ने वातावरण बनोस् ।

‘सर’ – मलाई यो शब्द सुन्दा कुरीकुरी लाग्छ । हैट ! म पनि सर । सर अर्थात् गुरु । गुरुमा गुरुत्व हुनुपर्छ । गुरुसँग तान्ने क्षमता हुनुपर्छ । गुरुसँग जीवनदृष्टि दिने चेत हुनुपर्छ । तर, म !

लाज लागेर आउँछ । खोक्ने निहुँमा मुख छोप्न मन लागेर आउँछ । आफैसँग आफै भाग्न मन लागेर आउँछ ।

माइक्रो आउँछ । केटाहरूको टोली सरोजसँग पठाइदिन्छु । केटीहरूको टोली बाँकी हुन्छ । कताकता भोक जागेजस्तो लाग्छ । एक प्याकेट बिस्कुट ल्याउँछु । बाँड्न भन्छु । उनीहरू दकस मान्छन् म कर गर्छु । थाहा छ, बढ्ने उमेरका केटीहरूलाई असाध्यै भोक लाग्छ । तर, रहर लुकाउने बानी भएकाले ढाँटी दिन्छन् त कसको के लाग्छ र बाबै ! फेरि माइक्रो आउँछ । हामी चढिदिन्छौ । कण्डक्टर यात्रुको भीडले मख्ख हुन्छ । अनुहार उज्यालिन्छ ।

गोलपार्कमा सबै जोडिन्छौ फेरि । अनि लाग्छौ सिद्धबाबातर्फ । सिद्धबाबाको छेड्को पारेर तिनाउको पानीले स्पर्शित बतास आउँछ । हामीलाई चिस्याउँछ । टिसर्टमात्र लगाएका केही शरीरलाई चिमोटेर जान्छ । म आफ्नो विन्डचिटरको लोभ देखाउँछु । सिद्धबाबाको नजिक पुग्न थालेपछि संरक्षित बिरुवा देखिनथाल्छन् । ती बिरुवालाई जोगाएर राखिएको बारमा तिनको वैज्ञानिक नाम पनि अंकित गरिएको छ । म त्यो देखाउन थाल्छु । कसैले फोटो पनि खिच्न भ्याइहाल्छन् । सिसौ, पीपल, वर, राजवृक्ष, गुलमोहर आदि आदि ।

आइन्स्टाइनले अर्को एउटा सत्य भन्न छुटाए । ध्वनी पनि मर्दैन । समयका पलहरू पनि मर्दैनन् । मान्छेको न्यानो हृदयमा ती सुन्दरतम् (कुनै कुनै क्रुरतम् पनि) क्षणहरू कैद भएका हुन्छन् । समय-सन्दर्भले तिनको सुसुप्ततालाई बिथोलिदिन्छ ।  फेरि ब्युँझिएर आउँछन् ति । छाल उर्लिन्छ बाबै छाल ! कसले भन्छ छातीको छाल समुद्रको भन्दा कम शक्तिशाली हुन्छ ?

संसारभर वनस्पतिशास्त्रको अध्ययनमा एकरूपता ल्याउन वैज्ञानिकहरूले यी नाम दिन्छन् । नाम दिने तरिका ल्याटिनीकरण गरिदिनु हो । जीवहरूको नाममा दुईवटा शब्द हुन्छन्, अघिल्लो जिनस र पछिल्लो स्पेसिस । मान्छेको नाम र थर भएजस्तो । बिरुवामा थर अगाडि हुन्छ नाम पछाडि । मार्केन्सिया नेपालेन्सिस् । मार्केन्सिया अल्गीको एउटा थर, नेपालेन्सिस् नेपालमा मात्र पाइने । अलि माथि झुम्सा परको भूतखोलामा यो जिउँदो मार्केन्सिया पाइन्छ ।

सिद्धबाबा नजिक पुग्ने बेलामा भजनको संगीतले मन आल्हादित गराउँछ । म धर्ममा आस्था राख्दिनँ । ढुंगाको ईश्वरप्रति आशा यसैयसै मरेर आउँछ । तर, जब आस्थाले ओतप्रोत भएर गाएको भजन सुन्छु मेरो ओठ चलमलाउन थाल्छ । हृदय नाँच्न थाल्छ । बाल्यकालको त्यो प्रातः फेरि ब्युँझिएर आउँछ । सन्धिखर्कमा बिहानै मन्दिरको माइकमा बज्ने ‘जय अम्बे जय अम्बे जय जय अम्बे जय अम्बे’को स्वर कताकता छातीभित्रै घन्किन थाल्छ । आइन्स्टाइन भन्थे प्रकाश मर्दैन । त्यो अन्तरिक्षमा नै हुन्छ । यदि हामीसँग टाइम मेसिन हुँदो हो त, त्यो प्रकाशको गतिभन्दा ज्यादा कुद्दो हो त पुराना दिन फेरि हेर्न सकिन्थ्यो । भेट्न सकिन्थ्यो । लाग्छ, आइन्स्टाइनले अर्को एउटा सत्य भन्न छुटाए । ध्वनी पनि मर्दैन । समयका पलहरू पनि मर्दैनन् । मान्छेको न्यानो हृदयमा ती सुन्दरतम् (कुनै कुनै क्रुरतम् पनि) क्षणहरू कैद भएका हुन्छन् । समय-सन्दर्भले तिनको सुसुप्ततालाई बिथोलिदिन्छ ।  फेरि ब्युँझिएर आउँछन् ति । छाल उर्लिन्छ बाबै छाल ! कसले भन्छ छातीको छाल समुद्रको भन्दा कम शक्तिशाली हुन्छ ?

बिरुवाहरूको वैज्ञानिक नाम थाहा पाउने हेतुले हामी केही अल्मलिन्छौ । कोही अलि कता कता पुग्छन् । केटाहरू यस्तोमा अगाडि हुन्छन् । किशोरावस्थाका केटाहरूमा एउटा बेग्लै जोश हुन्छ । तिनीहरूलाई संसारमा असम्भव केही लाग्दैन । जून पनि यहीँ भुँइमा झार्न तयार हुन्छन् ती । ताराको खेती नै गर्न तयार हुन्छन् । ‘कर्णाली ब्लुज’मा एक ठाउँमा बुद्धिसागरले यस्तै प्रसंगको चर्चा गरेकाछन् । यहीँ जोशमा नै केटाहरूले आठवटा हाँस चोरेको त्यो प्रसंग सम्झँदा पनि हाँसो लाग्छ ।

चुरे पहाडलाई बिचबाट काट्दै बगेको तिनाउ नदी । तस्विरमा देखिने बाटो बुटवलबाट पाल्पा जाने सडकखण्ड हो । फोटोः फेसबुकबाट ।

एलिनाले सिद्धबाबाका हरेक मुर्तिहरूमा सिक्का चढाउँदैछिन् । म उनलाई हेर्छु । उनी मुस्काउँछिन् । आस्थाले मानिसमा विश्वास जगाइदिन्छ । मान्छेलाई ढुंगाको मुर्तिले केही दिंदैन । तर, ढुंगाको मुर्ति पुजा गर्ने आस्थाले उसमा शक्ति जागृत गराइदिन्छ । त्यो शक्ति उसको अवचेतन मनमा पहिल्यै हुन्छ । तर, सुसुप्त । आस्थाले त्यसलाई ब्युँझाउँछ । गहिरो आस्थाले शक्ति दिन्छ । तर, मानिसले ढुंगामाथिको आस्थालाई त्यागेर ज्ञानप्रतिको आस्थाप्रति मोह जगाउनुपर्छ । ढुंगासँग ढोंग गाँसिएको हुन्छ । सबैभन्दा धेरै ढोंगी धर्मात्मी भनिने पुजारीहरू नै हुन्छन् ।

म मनमनै कल्पिन्छु – त्यतिबेला यी पहाड साना हुँदा हुन् । त्यो रामापिथेकस घुम्दै घुम्दै आएको थियो होला । त्यो यहीँ मर्यो होला कि भीरबाट हाम्फाल्दा त्यसको दाँत झर्यो होला । त्यसलाई पात्र बनाएर कथा लेख्ने हो भने कस्तो होला !

हामी सिद्धबाबाको माथिल्लो मुख्य मन्दिरमा पुग्छौ । केही छुट्छन् तिनलाई बोलाउन म फेरि ओर्लन्छु । फेरि दौड्दै सिढि उक्लन्छु । पुराना दिन ताजा भएर आउँछन् । यहीँ ठाउँमा बसेर मैले पाल्पाको यो ठाडो खोला उर्लेको देखेको छु । बर्खामा यो खहरे त्यतिसाह्रो उर्लेला भन्ने कहिल्यै लाग्थेन । अहिले हेर्दा पनि लाग्दैन । तर, खहरे त खहरे नै हो । लेखनाथ पौड्यालले लेखेका छन्— ‘छोटो बढेपछि भारी फुर्ति ढाँचा लडाउँछ, उर्लदों खहरे हेर कत्तिको गडगडाउँछ ।’ हुन त बुढाले छोटो बढेपछि भनेर आफ्नो सामन्ती चिन्तन देखाएका हुन् ।

हामी सिद्धबाबामा मस्त हुन्छौ । पारी पहाडको धर्साहरू देखाएर म भनिरहेको हुन्छु- “हेर यो सेडिमेन्टेड रक (पत्रे चट्टान) हो । यस्तो चट्टानमा फोसिल (जिवाशेस) पाउने सम्भावना हुन्छ ।  यहाँ ११ लाख वर्ष पुरानो रामापिथेकसको दाँत भेटिएको थियो ।”

अनि म मनमनै कल्पिन्छु – त्यतिबेला यी पहाड साना हुँदा हुन् । त्यो रामापिथेकस घुम्दै घुम्दै आएको थियो होला । त्यो यहीँ मरर्यो होला कि भीरबाट हाम्फाल्दा त्यसको दाँत झर्यो होला । त्यसलाई पात्र बनाएर कथा लेख्ने हो भने कस्तो होला ! मोहन मैनालीले १ करोड वर्ष अघिको नेपालको कल्पना गरेर लेख लेखेका थिए । उनले त्यतिबेलाको वातावरण, जलवायुको चर्चा गरेका थिए । उनको लेख हचुवा गफ नभएर वैज्ञानिक तथ्यमा आधारित थियो । उसो त मिजासिलो स्वभावका मैनालीका प्रायः लेख तथ्यपरक नै हुन्छन् । एक कार्यक्रममा उनको पहिलो यात्रा वृत्तान्त ‘उपल्लो थलो’बारे मैले पनि टिप्पणी गरेको थिएँ । दोस्रो यात्रा वृत्तान्त‘मान्ठा डराएको जुग’बारे कार्यक्रम हुँदा म मुस्ताङ थिएँ । तर, केही दिनपछि मैनालीसँग भेट भएको थियो । तिनको निरन्तर लगाव र विषयबारे गहिरो ज्ञान राख्ने स्वभाव लोभ लाग्दो छ । मान्छे भने कुनै घमण्ड नभएका मिजासिला । नरम । स्वर पनि मसिनो । हँसिलो ।

ओहो ! यिनीहरू एकपटक पनि नदी किनार पुगेका छैनन् ? खोलाको सुस्साहट सुनेका छैनन् ? नदीको संगितले आल्हादित भएका छैनन् ? हर्मन हेस्सेको सिद्धार्थ त ‘नदी’को संगीतले नै निर्वाण प्राप्त गरेको थियो । यिनीहरूले नदीको गीत सुन्ने अवसर पाएका छैनन् । साँच्चै माया लागेर आउँछ । रहरको माया । चाहनाको माया ।

केही केटाहरू नदी किनारमा गएर आएछन् । केटीहरू पनि लोभ गर्छन् । मलाई अनुरोध गर्छन् । म भन्छु, “हुँदैन । त्यहाँ तिमीहरू पानीमा खेल्न थाल्छौ । रिस्क हुन्छ ।”

मास्टरगिरी देखाइहाल्छु । तर, कविता र अंकिताले भन्छन्— “सर हामी अहिलेसम्म रिभरब्यांक गएकै छैनौ । जाऔँ न प्लिज ।”

उनीहरूको अनुहार हेर्छु आशाको कत्रो लहर फैलिरहेछ । माया लागेर आउँछ । भक्तराजको गीत जस्तै – ‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहरजस्तो फेरि भएर आउँछ ।’

यहाँ त सपना होइन रहरको कुरो हुन्छ । नदी किनार जाने रहर । नदीमा बगीरहेको चिसो पानीसँग खेल्ने रहर । बालुवामा एकपल्ट टेक्ने रहर । ओहो ! यिनीहरू एकपटक पनि नदी किनार पुगेका छैनन् ? खोलाको सुस्साहट सुनेका छैनन् ? नदीको संगितले आल्हादित भएका छैनन् ? हर्मन हेस्सेको सिद्धार्थ त ‘नदी’को संगीतले नै निर्वाण प्राप्त गरेको थियो । यिनीहरूले नदीको गीत सुन्ने अवसर पाएका छैनन् । साँच्चै माया लागेर आउँछ । रहरको माया । चाहनाको माया ।

चिया र समोसा खान थाल्छौ । आआफ्नो खल्तीबाट पैसा निकाल्छौ । केशवले हिसाब गर्न थाल्छन् । समूहमा व्यवस्थापनको आफ्नै उत्तम भूमिका हुन्छ । चिया खाँदै गर्दा सामूहिक कविता लेख्न थाल्छौ । म शुरु गर्छु – शितल हावाले उडाइरहेछ मेरो मन ।

अर्कोले थप्छ – कहाँ गएर रोकिन्छ थाहा छैन

फेरि अर्को –
नदीको चिसो पानी छलछल बगिरहेछ
हरियाली वन जंगलमा उडिरहेछ मन
हराभरा, सुन्दर, शान्त ठाउँमा हरायो मेरो मन……..

हुर्रे !

ओर्लन्छौँ तल । हिँड्छौँ बुटवल पावर हाउसको सुरङतिर । बाटोमा केहीलाई गीत गाउन अनुरोध गर्छु । रमाइलोको लागि ‘सिमसिमे पानीमा’ गाउँछौ ।

तिनाउ नदीमा बनाइएको बाँधबाट छोडिएको पानीले बनाएको सुन्दर दृश्य । यो परियोजनामा नेपालमै पहिलोपटक सुरूङबाट पानी लगेर जलविद्युत निकाल्ने प्रविधि अपनाइएको थियो। तस्विरः लेखक स्वयम्

गीतको चर्चा चल्छ । कोहीकोहीले कुनै कुनै नारायणगोपालको गीत पनि कोट्याउँछन् । फेरि हरेक पुराना सुगम संगीतलाई नारायणगोपाल भन्ने दोष पनि उत्तिकै छ । जबकि नारायणगोपालका गीतहरू साह्रै कम छन् । उनी निकै रोजेर, शब्द हेरेर गीत गाउँथे । केहीले नयाँ गीतहरू सुनाउँछन् । तर, म प्रायः नयाँ गीतमा दम देख्दिनँ । सीधा सीधा प्रस्तुतीले गीतको मर्म मारिरहेको हुन्छ । भावनाका उत्ताल छाललाई विम्बको गहिराईले मात्र व्यक्त गर्न सकिन्छ ।

पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो
मलाई लाग्यो रमाइलो, तिमी र म घुम्न जाउँ न
घामले मलाई सताउँला काली मलाई बनाउला
तिमी पिरतीको छाता ओडाउन 

धत् यस्तो पनि गीत हुन्छ ? न भावनाको कुनै वेग छ । न शब्दको आकर्षक प्रस्तुती । न विषयको प्रष्टता । फेरि काली भन्ने शब्दले सौन्दर्यले गलत परिभाषा दिइरहेछ । के काला मानिस राम्रा होइनन् ? को हो राम्रो ? सुन्दरताको मापन छालाको रंग हो ? हरे, सोचाईको संकीर्णता । टीठ लागेर आउँछ । भक्तराजको शैलीमा ‘हजार बिचराहरूमाथि दया जागेर आउँछ ।’

जीर्ण झोलुंगे पुलको कारण पावर हाउसलाई वारीबाटै हेर्छौ । म बताउँछु नर्वेका अड हफ्टनबारे। अनि नेपालको पहिलो सुरुङवाला यो पावर हाउसबारे ।

नविनाले कतिबेला क्लिक गर्छिन् थाहै पाउँदिन । अनि मुस्काउँदै भन्छिन्— “मैले सर सोचिबसेको फोटो खिचें ।” जवाफमा म पनि मुस्काइदिन्छु । मुस्कान जस्तो पवित्र संवाद अरु के पो छ र !

फर्कदाँ हामी सिद्धबाबाबाट खोला किनारमा पुग्छौ । किनारमा पुग्नु के थियो सबै छितरिन थाल्छन् । तराई ओर्लेको शान्त लहरसँग कोही जिस्किन थाल्छन् । कोही बालुवा खेलाउँदै सेल्फी र फोटो खिच्न थाल्छन् । देख्छु सबैजना प्रकृतिसँग खेल्न मस्त छन् । तटनेरको ढुंगामा म सोचिबस्छु – ‘एकछिनलाई भए पनि यिनीहरू प्रदुषणमुक्त छन् । वातावरणको प्रदूषण । समाजको प्रदूषण । भविष्यको चिन्ताको प्रदूषण । एउटा जिन्दगी गुजार्ने प्रदूषण । एकछिनलाई नै सही यहाँ यिनीहरू प्रदुषणबाट मुक्त छन् । र त खुसी छन् । बहिरहेको मन्द बतासजस्तै वर्तमानको यो सानो पलमा यिनीहरू बहिरहेछन् ।’

अनायास मेरो मानसपटलमा कुमार नगरकोटीको कविता ‘आमा ! म जन्मु कि नजन्मूँ ?’को तीव्र स्मरण हुन्छ । कवितामा गर्भमै रहेको शिशुले सोधिरहेछ— ‘आमा, तिमीले पढ्ने पुस्तकहरू किन यति प्रदूषित छन् ? मलाई गर्भमै प्रदूषित पार्दै छन्, ती बकवासहरूले । तिमीले लिने श्वास– जो म ग्रहण गरिरहेछु– त्यसमा किन यति धेरै विराग र विकारहरू छन् ?’

कतै कतै अनुच्छेद भएको यो कविताको एउटा हरफ यस्तो छ-

‘म
आरोपित भइसकेको छु
यो अन्तरिक्षजस्तो
तिम्रो पवित्र पाठेघरमा’

यो कविता पढ्दा मेरो हृदय हल्लिएको थियो । साँच्चै, कति फोहोर छ यो वातावरण । प्राकृतिक र सामाजिक दुवै । अनि जन्मनु अघि नै हामी शिशुलाई आरोपित गरिरहेका हुन्छौ ।

नविनाले कतिबेला क्लिक गर्छिन् थाहै पाउँदिन । अनि मुस्काउँदै भन्छिन्— “मैले सर सोचिबसेको फोटो खिचें ।” जवाफमा म पनि मुस्काइदिन्छु । मुस्कान जस्तो पवित्र संवाद अरु के पो छ र !

मलाई थाहा छैन, किन हामीले यस्तो मानविय भावना विकसित गराउने पाठ्यक्रम खोजेनौ ? किनभने सामूहिकताको भावनाले बजारलाई अवरोध गर्छ । एक्लो मानिस बजारको राम्रो हतियार हो मजदूरको हिसाबमा पनि र ग्राहकको हिसाबमा पनि ।

नदी तटमा एउटा ठूलो ढुंगा छ । केही केटाहरू त्यसमा चढिदिन्छन् । केही केटीहरू चढ्न खोज्छन् । म हेरिरहेछु । चढ्न चाहने केटीहरूलाई केटाहरूले साथ दिदैछन् । हात दिदैछन् । तल बगरमा पनि ढुंगा छन् । लडेभने चोट लाग्छ । एक मन भन्छ रोकुँ यिनीहरूलाई । अर्को मनले सोच्छ, “होइन, ठीकै छ । चुनौतीको एउटा ढुंगा स्वीकार्छन् त ठीकै छ । फेरि चुनौती पार गर्न साथ र सहयोगको यो हात आफैमा के शिक्षा होइन र ? साथ साथको हातले नै चुनौती पार गरिन्छ । जिन्दगी चुनौतीको असंख्य शृंखला हो । जहाँ तिमी एक्लै सामना गर्ने चेष्टा गर्छौ भने गाह्रो पर्छ साथले सजिलो गराउँछ । तिमी समूहमा बाँच । समूहमा शक्ति हुन्छ । यसरी सामुहिक भावना जागृत गराउने पाठ कुन किताबको कति पेजमा छ ? मलाई थाहा छैन, किन हामीले यस्तो मानविय भावना विकसित गराउने पाठ्यक्रम खोजेनौ ? किनभने सामूहिकताको भावनाले बजारलाई अवरोध गर्छ । एक्लो मानिस बजारको राम्रो हतियार हो मजदूरको हिसाबमा पनि र ग्राहकको हिसाबमा पनि । त्यसैले सबैथोकलाई बिक्रीको वस्तु बनाइदिने यो समयमा व्यक्तिवाद नै बजारको आवश्यकता हो । तर, मान्छेको मान्छेपनलाई जोगाउने हो भने हामी यो सामुहिकतातर्फ लम्कनै पर्छ । म्याक्सिम गोर्कीले ‘द डिशीन्ट्रीग्रेशन अफ परसनालिटी’मा व्यक्तिवादको चर्को विरोध गरेर मानव जातिलाई गौरवमय सामूहिकतातर्फ लम्कन अनुरोध गरेकाछन् ।”

देख्दादेख्दै केही केटीहरू ढुंगामा चढिसक्छन् । ढुंगामाथिबाट तलको नदी, बालुवाको थुप्रो र हावाको सुम्सुमाहट महसुस गर्दा तिनीहरूलाई कति आनन्द लागेको होला ! बगरको ढुंगाबाट म सोचिबस्छु । महिला स्वतन्त्रताको वकालत गर्ने तसलिमाको नाम लिएर भन्न मन लाग्छ्, “तसलिमा समुद्रको किनारमा लैजाउ अनि खोलिदेउ बुर्काका बन्धन ! पानी छोएर आउने हावा जस्तो नरम संसारमा हुन्न अरु केही…” तर, विचरा तसलिमा आफै भूमिगत हुन बाध्यछिन् । मुक्तिको चाहना राख्नेहरू लुकिबस्नु परेको छ । हातमा हतियार हुनेहरू खुल्ला हिडिंरहेछन् । संसार उल्टो छ । पुरै उल्टो । कहिलेकाँही पृथ्वी सुल्टो घुम्दैन ?

बगरबाट बाटोमा निस्कनासाथ फोटो खिच्न शुरु हुन्छ । कृतिले आफू र मेरो फोटो क्लिक गर्छिन् । साँच्चै गजबको कैद हुन्छ । क्यामेरा सुक्ष्म क्षणको प्रकाशलाई कैद गर्छ । जीवनका अनेक पलहरूमध्ये यस्तो अति क्षणिक सुक्ष्म पल क्यामेरा कैद गरिदिन्छ । मान्छेको हाउभाउ । उसका आँखा र उसको ओठ, उसको नाक र कपाल, उसको अनुहारमा लहरिरहेको तरंग कैद गर्छ क्यामेराले । डिजिटल क्यामेरा आउनुभन्दा पहिला रिलवाला क्यामेरा थियो । सिमित रिल र धुलाईको खर्चले गर्दा क्यामेराको महत्त्व धेरै थियो । रहर लागेपछि मान्छे नुवाई धुवाई गरेर, चिटिक्क परेर, राम्रो लुगा लगाएर, स्टुडियोमा गएर फोटो खिच्थ्यो । त्यो बेला फोटोको महत्त्व नै अर्को थियो । स्कुलका अन्तिम दिनहरूमा साथीको अटोमा फोटो टाँस्न कञ्जुस्याईं हुन्थ्यो । बिदाईको दिन खिचिएको फोटो अहिले पनि उत्तिकै प्यारो लाग्छ । ती दिन नै अर्कै थिए । शायद आजको यो दिन यिनीहरूको लागि पनि अर्कै लाग्नेछ पछि । यी फोटो हेर्दा पुरानो याद बल्झेर आउनेछ । फर्केर फेरि यो पल एकछिनलाई भए पनि छुन मन लाग्नेछ । काश ! समय मुठ्ठीमा अठ्याउन मिल्दो हो त !

रुखमा स्पीकर छ । भजन घन्किरहेछ । पुराना शास्त्रीय तालका भजन सुनेपछि मेरो मन अनन्तको अनुभुति सयर गर्न थाल्छ । कता–कता अध्याँरो सुरुङतिर बाटो लागेजस्तो लाग्छ । हृदय तरंगित हुन्छ । मन उफ्रिन थाल्छ । नाँचु–नाँचु लाग्छ । तर, नाँच्न भनेपछि खुट्टा हल्लाउन पनि आउँदैन । एकपटक कवि अजम्बरध्वज खातीले भन्नुभएको थियो— ‘मलाई बुढेसकालमा पनि नाँच्न मन लाग्छ । शरीरले साथ पो दिन्न तर मन नाचिहाल्छ ।’

आफूलाई नाच्न नआएपछि म सोधिदिन्छु, “यहाँ कोही छ नाँच्ने ?”

सौगात नाचिहाल्छ । फेरि भावनाको नाम आउँछ । ताली पिट्दै हामी उक्साउँछौ । एकछिन बाटो हाम्रोलागि मेहफिल बनिदिन्छ ।
“क्या मज्जा आयो ।”, हामी सबै भन्छौ ।

मनमा बज्छ एउटा पुरानो धुन –  ओ जवानी भी क्या जवानी जिसका कोई कहानी ना हो…।

पारी बुटवल एउटा म्युजियम हो । समाज अध्ययनको । कलाको । पुरानो वैभवको । इतिहासको ।

पारी बुटवल (पुरानो बुटवल)मा रहेको घ्यु खार्ने भाँडा । अहिलेको बुटवल बजार नबन्दै र पूर्व-पश्चिम राजमार्ग नबन्दै बटौली  गण्डक र राप्ती वारीको बजार थियो । पहाडबाट टिनको डब्बाहरूमा घ्यु बोकेर ल्याइन्थ्यो । यस्तै ठूला भाँडामा ती घ्यु खारेर पुनः बिक्रि गरिन्थ्यो । पहाडी गाउँबाट घ्यु बेच्न आउनेहरू बटौली बजारबाट नून, चुरा, पोते, कपडा आदि किनि घर फिर्थे । तस्विरः निर्मल श्रेष्ठ, पाल्पा ।

सिद्धबाबाबाट ओर्लेर पुल्चोकको झोलुंगे पुल तरेर हामी पुरानो बुटवल छिर्छौ । शुरुमै एउटा मन्दिरले हाम्रो स्वागत गर्छ । पुरानो बुटवल हिंड्दा मलाई कुनै आदिम गल्ली हिडेंजस्तो लाग्छ । नगरकोटीको लेखनीमा पटक–पटक दोहोरिने तान्त्रिक गल्लीमा हिडेंजस्तो लाग्छ । हामी पुरानो बुटवलको वैभवको कुरा गर्छौँ, इतिहासको कुरा गर्छौँ, नुन लिनआउने, घिउ बेच्ने पसलको कुरा गर्छौ । कोही जिस्किन्छ— यहीँ हो त्यो पसल । हो त, यहाँका पुराना घरमा अझै पनि ढिक छ । एउटा रुख देखिन्छ । त्यस रुख फेदको ढुंगाको शिलाले उसको जन्ममिति वि.सं. १९८३ बताइरहेछ । तर, रुख हुर्कँदै गर्दा जराले छेकिएकाले र केही अक्षर मेटिएकाले शिलाको सबै शब्द पढ्न सकिँदैन ।

एकजनाको प्रश्न आउँछ, “सर, सबैभन्दा पुरानो घर कुन हो ?”

धत् कैयौं पटक पुरानो बुटवल हिंड्दा ममा कहिल्यै यो प्रश्न पलाएन । मलाई खुशी लाग्यो । प्रश्न पलाएकोमा । इमान्दार भएर भन्छु – “थाहा छैन ।”  सोचें, बुटवल उपमहानगरपालिकाको कार्यालयलाई थाहा होला ? शंका लाग्छ । सबैभन्दा पुरानो घरलाई त संरक्षण गरिनुपर्ने इतिहासको रूपमा । अभिलेखको रूपमा । शायद अझै बाँकी होला र ? फेरि शंका पलाउँछ ।

‘परोपकार भवन’ नजिक पुगेपछि एउटा झ्याल देखिन्छ आकर्षक बुट्टा सहितको । निकै कलात्मक । सं झ्याल जस्तो । मलाई झ्यालको कलाबारे त्यति ज्ञान त छैन । एउटा किताब छ चन्द्र बहादुर जोशीको ‘काठमाडौं उपत्यकाका कलात्मक झ्यालहरू’ । त्यो किताबको पाना पल्टाउँदा सं झ्यालजस्तै लाग्छ । सुनेको छु एकजना विदेशी विद्वानले काठमाडौं उपत्यकाका झ्याल र यस्तै कलाबारे दश वर्ष अनुसन्धान गरेर ठूलै किताब लेखेका छन् रे । त्यो किताबको मूल्य नै ४५ सय पर्छ रे । त्यो सौरभकोमा छ रे । शायद यो बाहेक यस्तो कलात्मक झ्याल यहाँ अरु छैन । फोटो फेरि खिचिन्छ ।

परोपकार भवनको छेउमा बिहार छ । पारी बुटवल छोड्ने बेलामा, तिनाउ पुल निस्कने मुखमै मस्जिद छ । हामी विविधतायुक्त समाजको कुरा गर्छौँ । सद्भावको कुरा गर्छौ । एकअर्काका धर्म र आस्थाको सम्मानको कुरा गर्छौ । सहिष्णुताको कुरा गर्छौ । नेपाली समाजको अनेकतामा एकता किताबी पानाले भन्दा शायद यो सानो भ्रमणले महसुस गराउँला । पारी बुटवल (पुरानो बुटवल) एउटा म्युजियम हो । समाज अध्ययनको । कलाको । पुरानो वैभवको । इतिहासको ।

पारी बुटवलबाट हामी जितगढी किल्ला पुग्छौ । म आफुले थाहा पाएसम्मको किल्लाको इतिहास बताउँछु । विमल शाक्यसरले राख्नुभएको जानकारी उल्लेखित फ्लेक्स पढ्न लगाउँछु । उजीरसिंहको कुरा गर्छौ । त्यतिबेलाको लडाईंको कुरा गर्छौ । सुगौली सन्धिको कुरा गर्छौ । पराधिनताप्रति आक्रोशित हुन्छौँ । आखिर विद्रोह पनि त अनुभुति हो । त्यो अनुभुति सामाजिक, ऐतिहासिक र राजनैतिक चेतले निर्माण हुन्छ । परिवर्तन यथास्थितिप्रतिको असन्तुष्टीले शुरु हुन्छ । यथास्थितिका बन्धनप्रति विद्रोह पलाएपछि नयाँ दिनको उद्घाटन हुन्छ ।

इतिहासचेत नयाँ पुस्ताको लागि निकै आवश्यक छ । किनकि यसले पुरानो गौरवसँग नयाँ भावनालाई जोड्छ । किनकि यसले विगतका दोषलाई मेट्ने प्रयास गराउँछ । के अफिम युद्धको इतिहास थाहा नभएको भए चिनियाँ विद्यार्थीले मई चारको आन्दोलन गर्थे ? के संघर्षका पुराना इतिहास थाहा नभएको भए महात्मा गान्धी कोर्ट, पाइण्ट, टाई फ्याँकेर धोती लगाउँथे ? गान्धीको त्यो विद्रोही भावना इतिहासचेतको उपज हो । तत्कालीन घटना अन्य भए पनि ।

जितगढी किल्ला पछि हाम्रो छोटो पैदल यात्रा टुंगिन्छ । हामी ट्रेकिंग समाप्त गर्छौँ, त्यो पनि बुटवल शहरमा । केटाहरूको टोली फूलबारी घुम्न जान्छ । केटीहरूको टोली ट्राफिकचोक पुग्छ । थकित भएर घर आइपुग्छु । बायाँ खुट्टा दुख्न शुरु गर्छ । पैदल यात्राको परिणाम ।

निर्मला हत्यामा त्रुटि भएकै हो, छिट्टै अपराधी सार्वजनिक गर्छौ : महानिरिक्षक खनाल

सोलुखुम्बु । प्रहरी महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताए ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने उनले बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषी पत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु

चितवन । भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए ।

यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका विरामीलाई देखिने गरेको उनले बताए । सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखी समस्या देखिएको र तत्काल आइसियूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए । वच्चा भने शकुसल रहेको डा। अधिकारीले बताए । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

‘ओलीको बोली उल्टो’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन्। चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उनले जे बोल्यो त्यही पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’ चीनले गरेको विकासबारे जानकारी गराराउने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

ग्वाङझाउ प्रान्तबाट छुट्टिएको ३० वर्षमै हाइनानले उच्चस्तरको विकास गरेको उनले बताए । शासकीय पद्धतिले पनि विकासमा असर पार्ने उनको भनाइ थियो । ‘हाम्रो सिस्टम फरक छ, केही गर्न खोज्यो के–के प्रक्रिया मिलाउनुपर्छ, अध्ययन गर्नुपर्छ’, मुन्यमन्त्री गुरुङले भने, ‘तर कतिपय मामिलामा हामी अगाडि पनि छौं, विकासका लागि संघ र प्रदेशबीच सहकार्य चाहिँदोरहेछ, आफ्नो विशेषतामा आधारित रहेर विकास गर्नुपर्दोरहेछ भन्ने हामीले चीनबाट सिकेर आयौं।’

तीन दशकमै हाइनान प्रान्त ‘प्याराडाइज’ (स्वर्ग) जस्तो बन्नुको पछाडि त्यहाँका शासकको दीर्घकालीन सोच, जनतामा अपनत्वको भावना र शासन प्रणाली नै मुख्य रहेको आफूले पाएको उनले बताए। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

बलात्कार मुद्दामा चिकित्सकको राय बाझियो

काठमाडौं १७ असोज-१२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखि पठाइएको छ ।

जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ तर, जिल्ला अस्पतालका डा. राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ अञ्चल अस्पतालका चिकित्सकद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिन समेत ढिलाइ गरेको प्रहरी स्रोतले बतायो ९ भदौमा परीक्षण गरेका चिकित्सकले एघार दिनपछि २० भदौमा जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन दिएका थिए ।

यो प्रतिवेदनप्रति अविश्वास गर्दै घटना भएको १६ दिनपछि पुनः स्वास्थ्य परीक्षण गरिएको थियो डा.सिंहले गरेको स्वास्थ्य परीक्षणमा बलात्कृत भएको उल्लेख छ दुवै स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको उचाई र तौल समेत फरक फरक उल्लेख छ ।

अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.कुलदिप पण्डितले स्वास्थ्य परीक्षण गर्दा जे पाइयो त्यहीं प्रतिवेदन दिएको बताए चिकित्सकको प्रतिवेदन फरक फरक पर्दा कसलाई विश्वानीय मान्ने प्रहरी समेत अन्यौलमा परेको थियो ।

अनुसन्धान कार्य नै प्रभावित हुने गरी प्रतिवेदन आएपछि धनुषा प्रहरीले अञ्चल अस्पतालका चिकित्सकले अनुसन्धान कार्यलाई प्रभावित हुनेगरी रिपोर्ट दिएको भनी जिल्ला प्रहरी कार्यालयले धनुषाले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो । अन्नपूर्णपोष्टबाट

दशकपछि तिमीसँग भेट हुँदा-शायन

दशकपछि तिमीसँग भेट हुँदा……..

प्रिय मान्छे, समयले फेरि हामीलाई ठोक्यायो । एउटा कालखण्ड अवधिपछिको यो जम्काभेट सुखद र प्रितिकर भयो । तर, प्रिय मान्छे यी सबै शब्दहरु केवल औपचारिक न हुन् । जब तिमीले बितेका पलहरुको स्मृति गरिरहेकी थियौ, तिम्रो ओठमा छचल्किरहेका ती कम्पनहरु, आँखामा छिनछिनमा देखिने र ओझेल पर्ने चमक, ओठमा कतिबेला देखापर्ने मुस्कान र कतिबेला देखापर्ने विशाद, अनि मेरो अपलक हेराई, के त्यतिबेला हामीमा खेलिरहेका भावनाहरु शब्दमा अभिव्यक्त हुनसक्छन् ? शब्दहरु टुहुरा छन् किनभने तिनले मान्छेका भावनाको असीम गहिराई अभिव्यक्त गर्न असमर्थ छन् ।

प्रिय मान्छे, तिमीले एकदमै ठीक भनेकी हौ— केही साझा अनुभुतिहरु भएकैले हामी फेरि समयको एउटा अन्तरालपछि ठोक्कियौ । अब त हामीलाई बितेका प्रतिपल कुनै रोमाञ्चक चलचित्रका दृश्य बनिसकेको छ । ओहो ! हामी त कस्तो समयमा बाँचेछौ । बेलाबेलामा मलाई लाग्छ हामी एउटा कथाकालमा बाँचेका थियौ । हामी जे गर्यौ त्यो कथा बनेछ । समयका पानामा त्यो आख्यान बनेछ । नजानी नजानी हामी पात्र बनेछौ । जीवन कथामा बदलिएछ र हामी आज संघारमा उभिएर त्यो कथा पाठ गरिरहेछौं । परिधिमा बसेर रंगमञ्चका दृश्यहरु नियाल्नु अनि बेलाबेलामा अञ्जान बनेर रंगमञ्चमा छिरिदिनु……..जीवन घाम बनेछ, छाया बनेछ, जीवन आगो बनेछ, पानी बनेछ । बतास जस्तै बहकिने उरन्ठ्यालो यो जीवन । मलाई जीवन चिन्नुछ ।

प्रिय मान्छे मलाई जीवन खोज्नुछ । म भौतारिरहेछु । थाहा छैन कता बेत्ताल उडिरहेछु । फेरि जब समयले तिमीसँग क्षणिक पलको लागि ठोक्काइदियो भावनाका उत्ताल ज्वारहरुले म निष्लोट भएँ । म भावनामा बाँच्छु । कथित व्यवहारिक बन्ने अभिनयमा निर्जीव जीवन मलाई स्वीकार्य छैन । म आवेगमा बाँच्न चाहन्छु । म असन्तुष्टिमा बाँच्न चाहन्छु । म जीवनका उतारचढावहरुलाई बोध गर्न चाहन्छु । म अनुभुतिहरुमा जिउँदो हुन्छु । व्यवहारका नाममा सनातनी जीवनचर्या मेरो निर्जीवता हो । आत्माको हत्या हो । हामी कुनै संयोगले भेटिएका थियौ । त्यसपछि केही पलहरु हाम्रा साझा भएर बिते । नजानी नजानी एउटा दुरीको अन्तरमा पनि हामी एउटै टाइम स्पेशमा बाँचेछौ । नजानी नजानी अनुभुतिहरु सेयर भएछन् । नजानी नजानी बोध हुन थालेछ । फेरि समयको एउटा क्षणमा हामीबीच दुरी पलायो । हामी आ–आफ्ना बाटोका पथिक बनेछौ । ती दिनहरु संघर्षका दिनहरु थिए । दुःख र कष्टका पलहरु थिए । तर त्यतिबेला हामी स्वतन्त्रता सहित स्वच्छ थियौं । त्यहि पवित्र स्वच्छन्दताले हामीलाई अत्मिक यात्राको सहयात्री बनायो । हामीमा भविष्यको अतिशय चिन्ता थिएन न त वर्तमानको तनाव । हामीले कष्टहरुलाई आत्मसात गर्यौ र त्यहिं अभावहरुलाई इन्जोय गर्यौ । दहीमा पाउरोटीका टुक्राहरु डोबेर खाँदा पनि, खल्लो नुन राखेको चिया पिउँदा पनि, उही लुगामा पानी र पसिनाले भिज्दा पनि हामीलाई अभावको पीडा हुन्थेन । जब पीरहरु इन्जोय गरिन्छन् भने पीरहरु पीडा कसरी पो बन्छन् र ? त्यो हामी आफैले रोजेको दिनहरु थिए अनि गुनासो कोसँग ? बिलौना कोसँग ? तर ती विगत त आज सम्झिल्याउँदा कथाका घटनामा बदलिएछन्, रंगमञ्चका दृश्यमा फेरिएछन् । के सोचेका थियौ र हामी हाम्रै महाआख्यानको रचना गरिरहेका थियौं ! हरेक मान्छे एउटा बेग्लै उपन्यास बोकेर हिंड्दोरहेछ ।

हरेक मान्छे आफुमा पात्रहरुको चलखेल बोकेर बाँच्दोरहेछ । फरक यति हो वर्तमानमा बाँच्ने अभिनय गर्दागर्दा कलाका ती उच्चताहरु विस्मृतिको भीरमा पोखिदाँरहेछन् । आज हामी निकै फ्र्यान्क भएर भावनाहरु साटफेर गर्यौ । अहिले हाम्रा आ–आफ्ना स्फेयरहरु छन् । ती स्फेयरहरुको गहिराईमा विगतको छायाँ त होलान् तर वर्तमानमा ती एकअर्कामा ओभरल्याप छैनन् । म्याग्नेटिक फिल्ड जस्तै तिनका प्रभाव घेरामा भने कतै न कतै टक्करहरु होलान् । त्यसैले हामी स्वतन्त्र थियौ अनुभुतिको साटफेरको लागि । हामीले हिच्किचाहट, औपचारिकता र संस्कारका कथित सीमाहरु भत्कायौ र बितेका दिनहरुको कथाहरु साटफेर गर्यौ । तिम्रो सामु आफ्नो बेइमानी स्वीकार्नुको आनन्द मलाई अब शायदै मिल्ला । मान्छेले दोषहरु बिसाउन पनि बिसौनी चाँहिदो रहेछ । जब तिमीले भन्यौ— म यस्तै यस्तै सुन्न चाहन्थे । अनि मैले महसुस गरे कि तिमी अनुभुतिको भारी बिसाउन आएकी छौ । यस्तो अनुभुति जुन तिम्रो मनको पातालमा संमुद्र जस्तै चुपचाप बगिरहेको थियो । छातीको ज्वारभाटा मच्चिरहेको थियो । म पनि त फरक थिएन । भावनाका उत्ताल छालहरुलाई सम्हालिदिन फेरि तिमी आयौं ।

नेपथ्यबाट एउटा धुन बज्यो । म संगीत तरंगको पछि पछि स्वप्नलोकमा यात्रा गरेछु । मलाई आफ्नै बेत्ताल छालहरुसँग बरालिनु थियो, मलाई आफ्नै आवेगसँग मात्तिनु थियो । मलाई जीवनका यी आवरणहरु च्यतिदिनु थियो । तिमी बिसौनी भएर आयौ । मेरो मनको गह्रौ भारी फ्याकेर अहिले म लापत्ता छु । तिम्रो बिसौनी म बन्न सकें कि सकेंन मलाई थाहा छैन । भारी त तिम्रो पनि ठूलै थियो । भनेको थिएनि, मान्छेको मन पत्र–पत्रले बनेको हँुदोरहेछ । बन्दोकोभी जस्तो । जति पत्र उप्कायो अर्को बाँकी रहने । हरेक पत्र स्मृतिको एउटा विशेष घटनाको अभिलेख हुँदोरहेछ । हामी पुराना पत्रहरुलाई नयाँ आवरणले ढाकेर जीवन बाँचेको अभिनय गर्दारहेछौ । कुनै क्षण कुनै कारणहरुले दबिएका ती मनका पत्रहरुलाई उजिल्लाउँदा रहेछन् अनि स्मृतिको अतिशय गहिराईमा मान्छे चुर्लुम्म डुब्दोरहेछ । समय नदी जस्तो बग्दो रहेछ स्मृतिहरु किनारका चट्टानजस्तै स्थिर हुँदारहेछन् । र, हरेक चट्टानहरु बग्ने पानीहरुका उतारचढावका साक्षी रहेछन् । हामीले आफ्ना यात्राका चट्टानहरुमा खोपिएका अक्षरहरु पढ्न सिकें जीवन कति कोमल हुन्थ्यो होला ।

प्रिय मान्छे, अनुभुतिहरुको पछि पछि पुतली जस्तै उड्न पाएँ मान्छेको जीवन कति घमाइलो हुँदो हो तर मान्छे त आफैले निर्माण गरेका व्यवहारका अनेक तामझाम र बोझहरुको कैदी बनेको छ । मान्छेले व्यवहारिकताको ठूलो जेलखाना बनाएर आफ्नो हृदयलाई कैद गरेको छ । बाटोभरि हृदयविहिन मानिसका रुखा आवाजहरु सुन्नुपर्दा मेरो कोमल भावनाहरु कति पटक छियाछिया हुँन्छ होला ? आज तिमी आयौं, आफ्नै मनको छटपटीले तिमीलाई धकेलेछ । तिमी गयौं तर एक्लै होइन । मैले मेरो अनुभुतिहरुको ठूलो भारी बोकाएर पठाएको छु । तिमीले भारी कति बोझिलो ठान्यौ फर्केर हेर्ने इच्छा हुँदाहुँदै पनि टाउको मोड्न सकिनँ । जीवन कहिलेकाँही विवशताको बन्दी लाग्छ । यसपटक मनसम्मै छोइने गरेर आयौ तर तिम्रो स्फेयर मेरो स्फेयरभन्दा केही दुरीको अन्तरालमा सुरक्षित छ । म चाहन्छु त्यो सुरक्षित नै रहोस् तथापि त्यसका तरंगहरुले मेरो स्फेयरलाई स्पर्श गर्न नछोडोस् ।

शायन

डण्डिफोरबाट कसरि बच्न सकिन्छ?जानि राखौँँ

युवा अवस्थामा डण्डिफोरको समस्याले धेरैलाई पिरोल्ने गर्छ । हुन त डण्डिफोरले बुढापाकालाई पनि छाड्दैन तर, यसले विषेशगरी युवावस्थाका युवायुवतीले बढी पिरोल्ने गर्छ । कसै–कसैको अनुहारमा थोरै डण्डिफोर आउँछ भने कसै–कसैको पुरा अनुहार नै ढाक्ने गरी आउँछ । गर्मी मौसममा त  झनै  बढी डण्डिफोर आउँने हुन्छ । डण्डिफोर भएको अनुहार हेर्दा नै फोेहोरी नराम्रो देखिने हुन्छ । यसले अनुहारको सुन्दरतालाई बिगार्नुका साथै आत्मविश्वासमा समेत कमी ल्याउँछ । यि समस्याबाट छुट्कारा पाउँन केही उपायहरु तल दिएका छन्:-

खानामा परिवर्तन : 
आफूले खाने खानामा विषेश ध्यान दिनु नै डण्डिफोरबाट बच्ने प्रमुख उपाय हो । आफूले खाने खानामा ब्लड सुगर बढाउने खालका खानेकुरा खानुपर्छ । यी खानेकुरामा इन्सुलिनको मात्रा बढि हुने हुनाले यसले स्वास्थ्य समस्या पैदा गर्नेगर्छ ।

अनुहार सफा राख्ने :
अनुहार सँधै सफा राख्नुपर्छ । गर्मीमा विषेश ध्यान दिनु जरूरी हुन्छ । यो मौसममा पसिना धेरै आउँछ । अनुहारमा लगाइएको मेकअप राती सुत्नेबेलामा फ्याक्नुपर्छ । अल्कोहलयुक्त रिमुभर प्रयोग गर्नु राम्रो हुन्छ ।

अनुहारलाई बारम्बार नछुने  :  
दिनभरी कुनै न कुनै बहानाले अनुहारमा हात लगाउनु हुँदैन । यो अनुहसारमा डण्डिफर आउने खास कारण हो । फोहोर हातले अनुहार छुनबाट बच्नुपर्छ । पहिलेदेखी नै रहेको डण्डिफोरलाई आफै सन्चो हुन दिनुपर्छ ।

मोस्चराइजरको प्रयोग  : 
चिल्लो छालामा डण्डिफोर आउनु आमसमस्या हो । तर, सुखा छालाका लागि पनि मोस्चराइजरको प्रयोग गर्नु आवश्यक हुन्छ ।

पर्याप्त पानी पिउने  : 
दिनमा कम्तिमा ६/८ गिलास पानी पिउने गर्नुपर्छ । पानीले शरिरलाई डिटक्सिडाइज गर्न मद्धत गर्छ । यसले रक्तसञ्चारलाई नियमित गर्न मद्धत गर्छ । यसले डण्डिफोरको समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

लेजर ट्रिटमेन्ट  : 
यी सबै उपायहरू अपनाउँदा पनि डण्डिफोरबाट छुटकारा पाउन सकिएन भने लेजर ट्रिटमेन्टको सहारा लिन सकिन्छ ।

विद्यार्थीको कान फुटाउने शिक्षक रिहाइको माग गर्दै विद्यालय बन्द

भबिश्वर पाण्डे  – कावासोती १६, असोज । नवलपुरको पहाडी क्षेत्र बुलिङ्टार गाउँपालिकाको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम कुमार श्रेष्ठको रिहाइको माग गर्दै बुलिङटार क्षेत्रका सबै विद्यालयको पठन पाठन ठप्प पारिएको छ । विद्यालयमा ढिला आएको भन्दै कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्की नेपालीलाई कानको जाली फुट्ने गरी कुट्ने प्रधानाध्यापक श्रेष्ठको रिहाइको माग गर्दै नेपाल शिक्षक सङ्घ बुलिङटारले आजदेखि विद्यालयको पठन पाठन ठप्प पारेको हो ।

नेपाल शिक्षक सङ्घले आज देखि १८ गते सम्म विद्यालयको पठन पाठन ठप्प पारेर आन्दोलनमा उत्रिएपछि विद्यालय जाने विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ । गत असोज २ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमानलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कानको जाली फुटाइदिएका थिए ।

पीडित खुमानका बुवा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालय नवलपुरमा असोज ५ गते किटानी जाहेरी दिएपछि आरोपित प्रधानाध्यापक श्रेष्ठलाई प्रहरीले असोज ११ गते पक्राउ गरी म्याद थप गरेको छ । नवलपरासी प्रहरीले पीडितको उजुरीका आधारमा असोज ११ गते श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको हो ।

अदालतबाट ८ दिनको म्याद थप गराएर श्रेष्ठमाथि कुटपिट एवं अंगभंग गर्ने महलमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी मुद्दा शाखाका प्रहरी नायव निरीक्षक टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

घाइते खुमानको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भरतपुर अस्पतालका नाक, कान घाँटी रोग विज्ञषेश डा. रमेश भण्डारीका अनुसार प्रधानाध्यापकको कुटाइबाट खुमानको कानको जालीमा क्षति पुगेको छ । उनको सुन्ने क्षमतामा समेत कमी आएको डा. भण्डारीको भनाइ छ ।

घरबाट झन्डै डेढ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका खुमानसहितका १० विद्यार्थीलाई प्रधानाध्यापक श्रेष्ठले १५ मिनेट ढिला आएको भन्दै लाइन लगाएर कुटेका थिए ।

यसअघि नेपाल शिक्षक महासङ्घ नवलपुरले प्रद्यानध्यापक श्रेठलाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको थियो ।

अर्घाखाँचीमा दुर्घट्ना : एकै गाँउका १५ घाइते ७ को अवस्था गम्भीर

गोरूसिङगे सन्धिखर्क सडक खण्डको अर्घाखाँचीको सितगंगा नगरपालिका –२ भुवनपाटा फलाचौरको मोडमा मलामी बोकेर फर्कदै गरेको जीप मंगलबार बिहान दुर्घटना हुदाँ एकै गाँउका १३ जना घाइते भएका छन् । नवलपरासी जिल्लाको त्रिवेणीमा सवको अन्यष्टी गरि अर्घाखाँचीको मालारानी गाउँपालीका हंसपुर – ६ तर्फ जादै गरेको लु १ ज २३६९ नम्वरको सवारी जिप दुर्घटना हुदा अर्घाखाँची मालारानी ६ हंशपुर रतनमारेका ४३ बर्षिय नर बहादुर पुन ,सोहि ठाँउका ५४ बर्षिय टिका बहादुर पुन, ३५ बर्षिय ज्ञान बहादुर पुन, ४२ बर्षिय यज्ञ बहादुर पुन,२४ बर्षिय भबिश पुन, २८ बर्षिय बालकृष्ण शाह, २९ बर्षिय अर्जुन पुन, २३ बर्षिय नारायण अधिकारी घाईते भएका छन् । यस्तै मालारानी ५ का २३ बर्षिय बिशाल बस्नेत, ४५ बर्षिय शिव बहादुर घर्तिमगर, ४८ बर्षिय उदय पुन, ४८ बर्षिय बम बहादुर पुन र २७ बर्षिय सुरेश पुन घाईते भएका छन् । घाईते मध्ये बाल कृष्ण शाह , बिशाल बस्नेत, बम बहादुर पुन, यज्ञ बहादुर पुन, उदय पुन, टिकाराम पुन र नर बहादुर पुनको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

उनिहरूको बुटवल अन्चल अस्पतालमा उपचार भैरहेको छ । लामो समय अनिन्द्रा रहेका चालक रातको समयमा गाडि चलाउदा सुतेपछी गाडि दुर्घटना भएको घाईतेले बताए । सडक बाट जिप करिब २ सय ५० मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटना भएको थाहा पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडा बाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानिय बासीन्दा घटनास्थलमा पुगेर उद्दार गरेका थिए ।

यस्तै सोहि दुर्घटनामा आफन्त परेको थाहा पाएपछी अर्घाखाँची मालारानी ६ बाट घटना स्थलमा उद्दार गर्न आउदै गरेको लु ३९ प ६४३ नम्बरको मोटरसाईकल बिपरित दिशा बाट जादै गरेको बा २ झ २१३६ नम्बरको स्कारपियो पिकअप सँग घटनास्थल नजिकै एक आपसमा ठोक्किदा सोहि अर्घाखाँची मालारानी ६ का ३६ बर्षिय मोटरसाईकल चालक हिरा सिंह घर्तिमगर र सोहि ठाँउका पछाडी सवार गरेका हुम बहदुर पुन (बले) गम्भिर घाईते भएका छन् । घाईते मध्ये हुम बहादुर पुनलाई थप उपचारका लागी बुटवल लगिएको छ भने चालक हिरा सिङको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

नयाँ विचार र सोँचभएका युवा पुस्ता अगाडि आउन आवस्यक : संयोजक खनाल

नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले नयाँ समृद्धिको युगको नेतृत्व गर्न नयाँ सोच र विचार सहितको पार्टीको गठन भएको नयाँ विचार सहितका युवाहरु अगाडि आउन आवस्यक रहेको जनाएको छ ।  कपिलवस्तुको बाणगङ्गा नगरपालिका बडा नम्बर ९ जिनुवा स्थित सुद्धोदन जनजिबन मा विमा नयाँ शक्ति बिद्यार्थी युनियनको प्रथम भेलामा नयाँ शक्ति पार्टी नेपाल केन्द्रिय परिषद सदस्य तथा जिल्ला संयोजक नारायण खनालले यस्तो बताएका हुन् ।

सम्पन्न भेलाले विद्यालयको कक्षा ११मा अध्ययनरत विद्यार्थी आश्विन कार्कीको अध्यक्षता मा ६१ सदस्यीय क्याम्पस मुल इकाई समितिको निर्वाचन गरेको छ । कार्कीको अध्यक्षतामा सम्पन्न भएको भेलाले नयाँ शक्ति विद्यार्थी युनियनको उपाध्यक्षमा कमला अधिकारी र अनिल पाण्डे, सचिव कल्पना घर्ती मगर, सहसचिव कृष्ण खनाल, कोषाध्यक्ष प्रभा भुशाल सहितको ६१ सदस्यीय क्याम्पस मूल इकाई समितिको गठन गरेको जनाएको छ ।

नयाँ शक्ति पार्टी नेपालका संघिय परिषद सदस्य चोपलाल राहुल मगर, ५ नम्बर प्रदेश नयाँ शक्ति विद्यार्र्थी युनियन प्रमुख भुवन पौडेल लगाएतको उपस्थिति रहेको भेलामा क्याम्पस युनियन अध्यक्ष अश्विन कार्कीको अध्यक्षता, नयाँ शक्ति पार्टी नेपाल जिल्ला संयोजक नारायण खनालको प्रमुख आतिथ्यता र सचिव कल्पना घर्तिमगरको संचालनमा सम्पन्न भएको छ ।

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

यो पनि पढ्नुहोस्

यी चार महिनामा जन्मने महिला हुनेगर्छन् लक्ष्मीको रुप ! हेर्नुहोस् कुन-कुन हुन् ती चार शुभ महिना !

फरक-फरक महिनामा जन्मने व्यक्तिको छुट्टै-छुट्टै भाग्य हुने गर्छ भने व्यवहार पनि रहने गर्छ। कुनै व्यक्ति यति धेरै भाग्यशाली हुने गर्छन् की जे काममा पनि सफलता हुने गर्छन्। हिन्दु धर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनिने गरिन्छ भने सौभाग्यको पनि प्रतीकको रुपमा लिने गरिन्छ। आज हामी यस लेखमा केहि चार महिनामा जन्मने महिला अथवा युवतीहरुको बारेमा चर्चा गर्ने छौ। यी महिनामा जन्मने महिलाहरु धेरै भाग्यशालि हुने गर्छन्।

 

फेब्रुअरीको महिना-यस महिनामा जन्म लिने महिलाहरु प्राय विनम्र हुने गर्छन् भने बुद्धिमान पनि हुने गर्छन्। यस महिनामा जन्म लिने महिलाहरुको विवाह पनि भाग्य पनि चम्कने गर्छ। साथै ग्रह चालले पनि जहिले साथ दिने हुँदा परिवारलाई धेरै फाइदा मिल्ने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई लक्ष्मीको रुप मानिने गरिन्छ।

अप्रिलको महिना-यस महिना जन्म लिने महिलाहरुको ग्रह स्थिति धेरै राम्रो अवस्थामा रहने गर्छ। जसका कारण आफ्नो लक्ष्यमा धेरै छिटो पुग्ने गर्छन्। साथै भाग्यले पनि जहिले साथ् दिने हुँदा सजिलै प्रगति गर्ने गर्छन्। विवाह पछि पनि यस महिना जन्म हुने महिलाहरुले आफ्नो पतिको लागि पनि धेरै शुभ हुने गर्छन्।

जूनको महिना-शास्त्रका अनुसार यस महिना बच्चाको जन्म हुनुलाई खासै राम्रो मानिने गरिंदैन। तर यस महिना जन्म लिने महिलाहरुलाई भने जहिले पनि भाग्यको साथ मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरु जुझारू र कर्मठ हुने गर्छन्। आफ्नो मिहिनेतमा विश्वास गर्ने हुँदा पनि यस प्रकारका महिलाहरुलाई भाग्यको साथ् मिल्ने गर्छ।

सेप्टेम्बरको महिना-यस महिना जन्म लिने महिलाहरुको कुण्डलीमा चन्द्र बुध र शुक्र ग्रहको साथ हुने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई भाग्यको साथ जसको अवस्थामा पनि मिल्ने गर्छ। आफुले चाहेको सम्पूर्ण चाहना पुरा गर्नको लागि खासै मिहिनेत नगरी मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरुको विवाह धेरै धनि व्यक्तिसँग हुने गर्छ।

दुधमा बेसार मिसाएर खानुका अचुक फाइदा-जानिराखौ

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्ः

 

१.दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ।

२.बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ।

३.दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन्। विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ।

४.बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ।

५. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

६. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।

७. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।

१०.दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ।

११.महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ।

१२.चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ।

विश्वकै गरिब पूर्वराष्ट्रपति

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकालाई विश्वकै सबैभन्दा गरिब पूर्वराष्ट्रपति मानिन्छ ।राष्ट्रपति पद छाडिसकेपछि उनी सन् २०१५ यता उरुग्वेको सांसद रहँदै आएका थिए । तर आफ्नो कार्यकाल पुरा हुनु अघि नै उनले हालै सांसद पदबाट राजीनामा दिएका छन् ।८३ वर्षीय मुजिकाले लामो यात्राका कारण आफू थकित भएको जनाउँदै सांसद पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा पत्रमा आफ्नो दिमागले काम गरेसम्म एकता र विचारको युद्धबाट भने राजीनामा नदिने उल्लेख गरेका छन् ।

सादगीपूर्ण जीवन बिताउँदै आएका उनले राष्ट्रपति पदमा रहँदा सरकारी निवासमा बस्न अस्वीकार गरेका थिए । राष्ट्रपति रहँदादेखि नै उनी राजधानीको बाहिरी क्षेत्रमा रहेको एउटा फार्म हाउसमा बस्दै आएका छन् । सोही फार्म हाउसमा बसेर उब्जाएका कृषिउपजले उनको गुजारा चल्दै आएको छ ।

उनले राष्ट्रपतिकालमा आफ्नो अधिकांश पारिश्रमिक दान गरेका थिए ।उनी पूर्वविद्रोही नेता हुन् । विद्रोहको आरोपमा उनलाई सन् १९७० मा गिरफ्तार गरिएको थियो । ९० को दशकमा उरुग्वेमा लोकतन्त्र स्थापनासँगै उनी रिहा भए । (एजेन्सी)

आज अन्तर्राष्ट्रिय अहिंसा दिवस

अक्टोबर २ अर्थात् आज अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्ती । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।दिवसका अवसरमा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठाले राजधानीमा ‘२१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । गाष्ठीमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरी, नेकपाका केन्द्रीय सदस्य घनश्याम भुषाल, भारतीय जनता पार्टीका नेता तरुण विजय, भारतीय कांग्रेसका नेता चन्दनकुमार र नेपालका लागि भारतीय राजदूत मंजितसिंह पुरीले संबोधन गर्ने आयोजकले जनाएको छ ।नेपालमा पनि अहिंसात्मक आन्दोलनका रुपहरु देखिएका छन् । पछिल्लो समय काठमाडौको माईतीघर मण्डलामा भेला हुने र प्रदर्शन गर्ने तथा प्लेकार्डहरु देखाउने चलन छ । यसलाई अहिंसात्मक आन्दोलन भन्ने गरिएको छ ।

सरकार चलाउन नेकपा असफल भयो ः झलनाथ खनाल

नेकपाले नेतृत्व गरिरहेको सरकारले पनि सात महिना पार गरिसक्यो । यो अवधिमा सरकारले जुन गति लिएर काम गर्ला, अगाडि बढ्ला भन्ने अनुमान थियो त्यो अनुरुप अगाडि बढ्न सकेको छैन ।

के कारणले सरकार अगाडि बढ्न सकिरहेको छैन ? के कारणले देशमा आत्मविश्वास बढाउन सकिरहेको छैन ? के कारणले विकास र निर्माणमा एउटा लहर ल्याउन सकिएको छैन ? के कारणले शान्ति सुरक्षा दह्रो हुन सकिरहेको छैन ? किन अपराधीहरु जताततै उम्किरहेका छन् ? यी प्रश्नको जवाफ पार्टी कमिटीभित्रै छलफल गरेर हामी समिक्षा गर्न चाहन्छौँ ।

आजभन्दा झण्डै २०÷२२ वर्षअघि मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतको थियो । वरिपरि विभिन्न ढंगका शक्तिबाट घेरिएको थियो । अहिलेको जस्तो दुई तिहाइको पनि थिएन । त्यो सरकारले जम्मा–जम्मी ९ महिना सरकार सञ्चालन गर्यो । सरकार सञ्चालन गरेको ३ महिना पुग्दा नपुग्दै सरकारको पक्षमा राष्ट्रव्यापी रुपमा लहर पैदा भएको थियो त्योबेला ।

के कारणले पैदा भएको थियो भन्दा त्यो सरकराले अगाडि सारेको नीतिहरुको कारणले, कार्यक्रमहरुको कारणले, प्रतिबद्धताको कारणले, दृष्टिकोणहरुको कारणले ।

तर अहिले बनेको जुन सरकार छ यो झण्डै मनमोहनको सरकार जतिको आयु पार गर्न थालिसकेको छ । तर अझै त्यो खालको लहर आउन सकेन । यो साँच्चै नै ठूलो प्रश्न हो । हामी यो बारेमा पार्टीमै छलफल गर्न चाहन्छौँ ।

हामीले लोकतन्त्र, राष्ट्रियतालाई सुव्यवस्थित गर्नका लागि, सामाजिक, आर्थिक रुपान्तरण गर्नका लागि धेरै काम गर्न बाँकी छ ।

सरकार सञ्चालन गर्न नेकपा असफल

दुर्भाग्यको कुरा के हो भने, अहिले नेकपाले सरकार सञ्चालन गर्न सकिरहेको छैन ।

केन्द्रमा, प्रान्तमा तथा सयौं स्थानीय सरकार सञ्चालन गर्न नेकपा झण्डै झण्डै असफल जस्तै बनेको छ । केन्द्र सरकार आफ्नै ढंगले चलेको छ । प्रदेश र स्थानीय सरकार पनि आ–आफ्नै ढंगले चलेका छन् ।
सरकारमा नेकपाका कार्यकर्ताहरु चाहिँ छन्, तर त्यहाँ पार्टी कमिटीले निर्णय गरेर यसरी काम गर्नुहोस् भन्ने निर्देशन दिन सकेको छैन ।

केन्द्र सरकारमा पनि मन्त्री बनाउने सवालमा होस् वा विभिन्न संवैधानिक पदमा नियुक्ति गर्ने कुरामा होस् कुनै पनि काम पार्टी कमिटीको निर्णयबाट भएको छैन । आफ्नै ढंगले, मनोमानी ढंगले चलिरहेको छ ।
त्यसैले अब नेकपाको नेतृत्वलाई राम्ररी पुनस्र्थापित गर्नुपर्ने बेला आएको छ । यसरी हिँड्ने हो भने त हामी समाजवादको दिशातर्फ अगाडि बढ्न साह्रै गाह्रो छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता खनालसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारीत)

अपहरणकारी कपिलवस्तु प्रहरीको नियन्त्रणमा

बैङ्कबाट रकम झिकेर फर्कदै गरेका एक बृद्धलाई अपहरण गर्न खोजेका दुई व्यक्तिलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका ७१ बर्षीय कृष्ण बहादुर थापा राष्ट्रिय बाणिज्य बैङ्क तौलिहवा शाखाबाट रकम झिकेर फर्कदै गर्दा अपहरणकारीको कब्जामा परेका थिए ।
अपहरणमा संलग्न शिवराज नगरपालिका ४ चनईका अमिन फकिर र उनका सहयोगी सोही स्थानका अब्दुल मुस्ताक मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
छोरा अमर प्रहरी भएकाले पेन्सनको सुबिधा पाउदै आएका थापाले बैङ्कबाट २७ हजार रूपैयाँ झिकेर बाहिर निस्किएपछि अपहरणमा संलग्न दुबैले गन्तब्य बारे सोधेका थिए । आफू भलवाड फर्किने बताएपछि बृद्ध व्यक्ति भएकाले जितपुर सम्म पु¥याईदिने भन्दै थापालाई अमिन फकिरले फकाएका थिए । थापाले मोटरसाईकलमा जितपुर नजाने भने पछि तौलिहवा बसपार्क सम्म पु¥याईदिने भन्दै फकिरले थापालाई आफ्नो लु १२ प ५०५४ नम्बरको मोटरसाईकलमा बसालेका थिए ।
बसपार्क पु¥याउनु पर्नेमा चौकबजार हुदै गौढीचौक पु¥याएपछि थापा अतालिए । मोटरसाईकलमा सवार बृद्ध अतालिएको देखिए पछि गौढीचौकमा डयुटीमा खटिएको प्रहरीले दिएको सुचनाका आधारमा सादा पोशाकका प्रहरीले २ किलोमिटरको दुरी रहेको कपिलवस्तु नगरपालिका ३ महिना सम्म सो मोटरसाईकलको पिछा गरेको थियो । प्रहरीले महितामा मोटरसाईकल रोकि सोधपुछ गर्दा बृद्ध थापालाई फकिरले अपहरण गर्न खोजेको खुल्न आएपछि तत्कालै प्रहरीको टोलीले मोटरसाईकल सहित अपहरणमा संलग्न फकिरलाई नियन्त्रणमा लिएको खुल्न आएको छ । नियन्त्रणमा लिईएका दुबैलाई मुलुकी अपराध संहिता ऐन २०७४ को अपहरण उद्योगको महलको मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द रावलले जानकारी दिए ।

कपिलवस्तुकी फुलमतिले पाइन ७१ बर्षमा नागरिकता

७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिक भइन् फुलमती थारु । हातमा नागरिकता परेसँगै शिवराज नगरपालिका ५, नवडिहवा निवासी फुलमती थारु नेपाली नागरिक बनेकी हुन् ।
ढल्किँदो उमेरमा पहिलो पटक हातमा नागरिकता पाएकी फुलमतीमा खुशीको सीमै छैन । पहिलो धोको पूरा भएको बताउँदै उनी भन्छिन्– “सबभन्दा पहिले ६ सन्तानको जन्म सिफारिस बनाउँछु, त्यसपछि नागरिकता बनाइदिन्छु, अनि सँगसँगै भत्ताको लागि पनि फाराम भर्छु ।”
उनको नागरिकता नबनेकै कारण उनका ३ छोरा र ३ छोरी हालसम्म पनि नागरिकता विहीन छन् । नानानतिनाहरूको अहिलेसम्म जन्मदर्ता बनेको छैन । उनको तीन छोरीहरूको विवाह भई नानानतिनाहरू समेत छन् । यता जेठी छोरी ४५ वर्षकी भइन् तर आमाको नागरिकता नहुँदा अहिलेसम्म नागरिकताबाट बन्चित छिन् । जेठो छोरा भुर्रा ४० वर्षका भए । उनका दुई छोरा छोरी छन् तर उनीको पनि नागरिकता छैन भने साना बालबालिकाको जन्मदर्ता समेत बनेको छैन । उनको कान्छो छोरा सुनिल २४ वर्षका भए । नागरिकता नबनेसम्म विवाह नै नगर्ने संकल्प गरेका सुनिल आमाको नागरिकता बनाउन आफैं दौडधुप गरे । सबै प्रमाण जुटाई बल्ल आमाको नागरिकता बनाउन सफल भएकोमा उनी निकै खुशी छन् ।
फुलमतीका पति छोटु थारु २० वर्षअघि बेपत्ता भए । उनको पनि नागरिकता थिएन । जसले गर्दा नागरिकता बनाउन फुलमतीलाई निकै संघर्ष गर्नुप¥यो । जेठाजु टिट्राको मृत्यु भएको वर्षौं भयो । जीवनमा अनेकौं चुनौतिको सामना गर्दै छोराछोरी हुर्काएकी फुलमती आफैं नागरिकता विहीन हुँदा छोराछोरी समेत हालसम्म गैर नागरिक बनेर बस्नुप¥यो । बल्ल नागरिकता पाएकी फुलमतीको पहिलो इच्छा नै छोराछोरीको नागरिकता बनाउनु रहेको बताउँछिन् । फुलमतीको नागरिकता बनाउन महिला अधिकारकर्मी कमला भुसाल र स्थानीय छिमेकी पार्वती कँडेलको महत्वपूर्ण भूमिका रहेको थियो । भने प्रमाण पूरा भए नागरिकता बनाइदिने हौसला प्रदान गरेका थिए इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जगदीश अर्यालले ।
यसैबीच इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट चालु आर्थिक वर्ष २०७५ को दुई महिनामा ८४२ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्  भने असोज ११ गतेसम्म १२४ जनाले बंशजको आधारमा नागरिकता पाएका छन् । साउन र भदौ दुई महिनामा १०५ जनालाई बैवाहिक अंगीकृत नागरिकता प्रदान कार्यालयले असोजको ११ सम्म १४ जना थपिएको शाखा अधिकृत जगदीश अर्यालले बताए । प्रशासनबाट साउन १ गतदेखि असोज ११ गतेसम्म प्रतिलिपि नागरिकता ९४७ वटा वितरण भएको शाखा अधिकृत जगदीश अर्यालले बताए । यस्तै नाबालक परिचय पत्र ९ जनालाई दिएको उनको भनाई छ । यसैबीच भदौ १५ बाट शुरु भएको द्रुत राहदानी सेवाबाट हालसम्म १३ जना लाभान्वित भएको शाखा अधिकृत अर्यालले जानकारी दिए ।

तिमीलाई मागेको त्यों मन्दिर हेरि रोएँ-मनको साथी

तिमीलाई मागेको त्यों मन्दिर हेरि रोएँ,
अन्जुलीमा थापेको त्यों अबिर हेरि रोएँ,

आलिंगन को पबित्रता, सम्हालेर राखें,
कलकलाउदो बैश भाँच्ने समीर हेरि रोएँ,

गगनचुम्बी महलबाट रुमाल खस्यो तल,
औकात भन्दा फरक मेरो जागीर हेरि रोएँ

अभावमा बगे गह: तिम्रो सम्झनामा,
हामीबीच नमिल्दो त्यों तक्दिर हेरि रोएँ,

मनको साथी “प्रेम पाण्डे”
भलवाड ८ कपिलवस्तु हाल: काठमाण्डौ

कपिलबस्तुमा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु 

प्रदेश साँसद बिष्णु पन्थीले खेलकुद युवाहरुलाई सहि मार्गमा हिडाउने अचुक माध्यम भएको बताउनु भएको छ । युवा क्लबहरुले खेलकुद क्षेत्रमा प्राथमिकता दिए नेपालले आगामी दिनमा खेलकुद मार्फत अझै प्रगती गर्न सक्ने धारणा राख्नु भयो । सुन्दर हराभरा नगर निर्माणमा युवाको अभियान, दुव्र्यवसनी रहित समाजको परिकल्पना हाम्रो पहिचान भन्ने मुख्य नारा सहित आजदेखी वाणगंगा ४ झुँगामा मुहान क्लबले सुरु भएको जिल्ला स्तरिय खुल्ला नकआउट फुटबल प्रतियोगिताको समुद्धघाटन सत्रमा बोल्दै साँसद पन्थीले यस्तो बताउनुभएको हो ।कार्यक्रममा वोल्दै बाणगँगा नगरपालिकाका उपमेयर चक्र अर्यालले नगरपालिकाका तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै नगरपालिकाले खेलकुद क्षेत्रमा बजेट छुटईसकेको स्मरण गर्दै आयोजकलाई ३९ हजार छुट्टाईएको समेत जानकारी गराउनु भएको थियो ।

खेलको उद्धघाटन सत्रमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छबी रेश्मी मगर, कोषादक्ष पदम सेन फुटबल सँघ कपिलबस्तु अध्यक्ष राम सेन, सर्बेन्द्रदेब खनाल, सुरक्षा निकायका प्रतिनिधी, स्थानिय समाजसेबी, बुद्धीजिबी, खेल प्रेमी, क्बका अध्यक्षहरु, दर्शक, पत्रकार लगायतको सहभागीता रहेको थियो । जिल्लाका १६ वटा टिमको शहभागिता रहेको प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, द्धितिय हुनेले नगद ३५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । वडा नं. ४ का वडा अध्यक्ष गणेश क्षत्रीको शुभकामना मन्तव्य, चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन असोक पौडेलले गर्नुभएको थियो । प्रतियेगितामा मुख्य रेफ्री रोसन लामा लगायत राष्ट्रिय तहका रेफ्रीहरुद्धारा खेल संचालन गरिने छ । प्रदेश साँसद बिष्णु पन्थीले मुख्य रेफ्रि लाई बल हस्तानान्तरण गर्दै खेलको उद्धघाटन गर्नुभएको थियो ।

यसैविच आज भएकोे पहिलो खेलमा आयोजक मुहान क्लब बि लाई ४ ( १ ले पराजित गर्दै मोतिपुर युवा क्लब ले जीत हात पारेको छ । उद्घाटन खेलमा मोतिपुर युवा क्लब, र मुहान युवा क्लब बिच खेल भएको थियो । त्यसैगरी भोली ग्रुप ए अन्तर्गत शान्ती समाज र बन्कट्टी क्लब , ग्रुप बि अन्र्तगत जनप्रेमी र सिउटी क्लब बिच खेल हुने आयोजकले जनाएको छ । खेल दिउसो ३ बजेदेखी देखी सुरु हुने मुहान युवा क्लबका अध्यक्ष प्रकाश सेनले बताउनुभयो ।

बर्षा नहुँदा कपिलवस्तुका कृषकहरु चिन्तित, पसाउन लागको धान डढ्न थाल्यो

सप्रीरहेको धान बालीलाई आवश्यक भएको बेल बर्षा नहुदा कपिलवस्तु कृषकहरु चिन्तित बनेका छन् । चर्को घामले धान बाली डढ्न थालेको कृषकहरु बताउँछन । लामो समय देखि पानी नपर्दा धानको बाली सुक्न थाले पछि जिल्लाका कृषकहरु चिन्तित बनेका हुन् । धानको दाना पसाउने बेलामा समेत बर्षा नभए पछि उनीहरु चिन्तामा डुबेका हुन् ।

सिचाई सुबिधा अभावका कारण आकाशे पानीमा भरपर्दै आएका कृषकहरु सप्रीरहेको धानलाई चाहिने बेलामा समेत बर्षा नभए पछि ईन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । चर्को अभावले खेतमा रसायनिक मल समेत हाल्न नपाएर मारमा परेका उनीहरु पानी नपरे पछि झन पीडित बनेका छन् । कृष्णनगरको नगरपालिको भगवानपुरका कृषक प्रभाकरमणी त्रिपाठीले दाना पसाउने बेलामा पानी नपार धान सुक्दै गएको दुःखेसो पाखे ।

लामो समय देखि बर्षा नभए पछि खेतमा रहेको धान ढड्न थाले पछि उनी अहिले निकै चिन्तित बनेका छन् । घरमा रहेका धान चामल बेचेर बल्लतल्ल पैसाको जोहो गरी गत साउनमा ४ बिघा खेतमा धान रोपेका थिए । जिल्लामा मल नपाए पछि सरसापट लिइ भारतबाट मल किनेर खेतमा मल छरेका कृषक त्रिपाठी लगानी र परिश्रम खेर जाने अवस्थामा पुगेको बताउछन् । नेपाल किशान संघका जिल्ला अध्यक्ष चर्तुभजीमणि त्रिपाठीले धानलाई आवश्यक परेको बेला पानी नपरे पछि जिल्लाका कृषकहरु मारमा परेको बताए ।

लामो समय देखि बर्षा नहुदा पसाउन लागेको धान खेतमा पानी नहँुदा सप्रीरहेको धानको गाना र पसाईरहेको बाला सुक्न लागेको बताए । । नहर र कुलोको सुबिधा भएका केही कृषकले मात्र खेतमा सिंचाई गर्न पाएका छन् । अहिले अधिकांस कृषकहरुले पानी नपरे पछि पम्पसेटले सिंचाई गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रका प्राबिधिक अहमद खाँले एक हप्ता भित्र पानी नपरे धान उत्पादनमा धेरै असर पुग्ने बताए । कपिलवस्तु जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । २० हजार भन्दा कम हेक्टरमा मात्र सिंचाई सुविधा रहेको छ । अहिले बर्षा नहुदा गहँु बालीलाई समेत असर गर्ने कृषि प्राबिधिकहरु बताउँछन ।

२४० लिटर अबैध मट्टितेल बरामद

कपिलवस्तुको इलाका प्रहरी कार्यलय गणेशपुरले भारतवाट अवैध रुपमा ल्याउदै गरेको २ सय ४० लिटर मट्टितेल बरामद गरेको छ । नौरगियाको वाटो हुदैँ नेपाल भित्राउदै गर्दा प्रहरीले सो मट्टितेल बरामद गरेको हो ।

साइकल वाट ल्याउदै गर्दा प्रहरी देखपछी साईकल छाडेर मानिस भने फरार रहेको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेलले वताए । साइकल प्रहरीको नियन्त्रणमा रहेको र वरामद तेल भन्सार कार्यलय कृष्णनगर पठाएको निरिक्षक पौडेलले वताए ।

वाणगंगामा ‘म सफा गर्छु मेरो नगर’ अयिान सुरु

वाणगंगा नगरपालिकाले आज देखि ‘म सफा गर्छु मेरो नगर’ अभियानको बृहत शुभारम्भ गरेको छ । वाणगंगा नगरपालिका वडा नं. २ मा पर्ने कपिलवस्तु रुपन्देही सीमानाकाको कोठी नदीबाट आज विहान ८ बजे देखि व्यापक जन सहभागिताको बिच अभियानको शुभारम्भ भएको नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले बताए । वाणगंगा नगरपालिकाको मुख्य समस्याको रुपमा फोहोर मैला व्यवस्थापनका लागि डम्पिङ साइडको उचित स्थान निर्धारण गर्न नसकिरहेको बताउदै नगर प्रवक्त पौडेलले डम्पिङ साइडको पनि नगरपालिकाले छिटै व्यवस्थापन गर्ने बताए ।

नगरपालिकाले आजदेखि स्ुरु गरेको यो अभियानले मूख्य गरी वाणगंगा नगरपालिका भित्रका मुख्य सडक क्षेत्रको व्यापक सरसफाईलाई जोड दिएको छ । म सफा गर्छू मेरो नगर अभियानको शुभारम्भमा प्रदेश सांसद विष्णु पन्थी, मेयर मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी लगायत जनप्रतिनिधि, सरोकारवाला र स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको थियो ।

यता वाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्ययक्ष विष्णु गिरीले नगरपालिकाको योजना भन्दा पहिले नै वडा नम्बर ७ ले सरसफाईका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको बताउदै वडाले सबै सरसपmाईका सुचक समेत निर्धारण गरी कार्यक्रम संचालनमा ल्याएको बताएका छन् ।

बसको ठक्कर बाट कपिलवस्तुमा रिक्सा चालकको मृत्यु

बसको ठक्करबाट कपिलवस्तुको कृष्णनगरमा एक रिक्सा चालकको मृत्यु भएको छ । बसपार्कमा बा ३ ख ३४४९ नम्बरको बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा कृष्णनगर नगरपालिका–१, सेमरा निवासी ४५ बर्षिय सुरेश रैदासको मृत्यु भएको हो । बसले पछाडिबाट ठक्कर दिंदा रिक्सासहित रैदास दुर्गा मन्दिरको पर्खालमा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

बसको लापरबाहीले रैदासको मृत्यु भएपछि आक्रोशित स्थानीयले चक्का जाम गरेका थिए । मृतकको परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउने प्रहरीको आश्वासनपछि चक्का जाम खोलिएको थियो । मृतक रैदासको शवलाई पोष्टमार्टमको लागि शिबराज अस्पताल पठाइएको प्रहरी निरीक्षक सूर्य बोगटीले जानकारी दिए । रैदासलाई ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक भने घटनापछि फरार भएको प्रहरी निरीक्षक बोगटीले बताएका छन् ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुमा ज्येष्ठ नागरिक सम्मानित

२८ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुमा ४० जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको छ । कपिलवस्तु नगरपालिकाले ३० र बुद्धुभमी नगरपालिकाले १० ज्येष्ठ नागरिकलाई छुट्टा छुट्टैठाउमा गरिएको कार्यक्रममा सम्मानित गरिएको हो । सो अवसरमा बुद्धुभुमी नगरपालिकाको गोरुसिग्ेमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले दोसल्लाले बृद्धबृद्धाहरुलाई सम्मान गर्दै ज्येष्ठ नागरिकहरुलकालागि सरकारले ठोस सेवा सुबिधा उपलब्ध गराउनु पर्ने बताए । उनले जीवीत ईतिहासका रुपमा रहेको बृद्धबृद्धाहरुका लािग राज्यले छुट्टै कार्यक्रम ल्याउनु पर्ने बताए ।

सो अवसरमा बुद्धुभुमी नगरपालिकाका मेयर केवश श्रेष्ठले ज्येष्ठ नागरिकहरुलार्ई घर परिवार र समाजले सम्मान गर्नु पर्ने बताए । उनले नगरपालिकाले ज्ेष्ठ नागरिकको सुबिधाका लागि बिभिन्न कार्यक्रमहरु गर्ने बताए । प्रजिअ अर्जूृन प्रसाद पोख्रेलले ज्ेष्ठ नागरिकको राज्यको गहना भएकोले उनीहरुको सुबिधाका लागि सबैले पहल गर्नु पर्ने बताए ।

नेत्र प्रसाद उपाध्याको अध्यक्षतमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या लगायतले मन्त्यब दिनु भएको थियो । यस्तै कपिलवस्तु नगरपालिकामा ८८ बर्षिय बयोबृद्ध तेज कुमार बौद्धाचार्यले नगरपालिकामा रहेका ८५ देखि ९६ बर्ष उमेरका नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । सो अवसरमा बौद्धाचार्यले ज्ेष्ठ नागरिकहरुका लागि राज्यले कुनै ठोस कार्यक्रम नल्याएको गुनासो गरे ।

ज्येष्ठ नागरिको उपचार लगायतको सेवामा सरकारले बिशेष कदम चाल्नु पर्ने बताए । रमेश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश गैरे, ठाकुर प्रसाद गैरे, पशुपतिमणि त्रिपाठी, बनारसी बर्मा लगतयले मन्तब्य दिएका थिए ।

द भ्वाइस अफ नेपाल मा नयाँ ट्यालेण्टेड भ्वाइसहरु,

नेपाली सङ्गीतको इतिहासमा द भ्वाइस अफ नेपालले नयाँ ट्यालेण्टेड भ्वाइसहरुका स्वर्णिम पलहरु सृजना गर्दै अघि बढेको छ भन्दा अत्यूक्ति नहोला, द भ्वाइस अफ नेपालमा आफ्नो प्रतिभा प्रस्तुत गर्न देशका कुना कन्दराहरुदेखि विदेशबाट पाहुना आवाजहरुले ब्लाइण्ड अडिशनमा अाफ्नो सहभागीता जनाए ।

 

ब्लाइण्ड अडिशनको समापनसङ्गै अब नेपालीजनको प्रिय अनि लोकप्रीय TVS Apache “द भ्वाइस अफ नेपाल” रियालिटी शो मा ब्याटल राउण्डको शुरुवात भएको छ। सेलिब्रेटी कोचहहरुले आफूले ब्लाइण्ड अडिशनबाट रोजेका १२ उत्कृष्ट ट्यालेन्टहरुलाई निखारेर आआफ्नो समूहको योद्धाका रुपमा ब्याटल राउण्डमा प्रस्तुत गर्ने कामको प्रारम्भ गरीसकेका छन् ।

कहिले सारङ्गीको तार त कहिले गितारको कड, कहिले सुदूरपश्चिम त कहिले सूर्योदयको पूर्वबाट, द भ्वाइस अफ नेपालले रङ्गीविरङ्गी फुलहरुले उनीएको एउटा सुन्दर मालाको भूमीका निर्वाह गर्दै बिभिन्न आवाजलाई आफ्नो सिरिजमा समाहित गरिसकेको छ ।

अब हेर्न बाँकी छ अर्को सातासम्मको अवस्था; आँउदा दिनमा कुन कोचको टिममा के हुने हो ? कुन भाग्यमानी कोचले बनाउन सफल हुनेछ पहिलो द भ्वाइस अफ नेपाल ?

 

“स्टीलमार्फत एउटा कोचको रोजाइमा नपरेका ट्यालेन्टलार्इ अन्य कोचले अाफ्नो टिममा राख्न सक्दछन् । यस संयन्त्रलाई Steal भनिन्छ, अग्रेजी Steal शब्दको नेपाली सहज रुपान्तरण हुन्छ चोर्नु । एउटा कोचले आफ्नो ब्याटल राउण्डमा १२ मध्ये केवल ६ जना मात्र आवाज लिएर जान्छन् र यसरी ६ जनालाई कोचले छनौट गर्न नसक्दा तिनै छनौट नभएका ६ जनामध्येका अन्य कोचले २ जना छान्न सक्दछन् ।”

चारैजना कोचहरुको ट्यालेन्ट फकाउने तरिका चैं साह्रै रोचक थियो ब्लाइण्ड अडिसनमा जहाँ प्रमोदको क्यारिकेचर सरप्राइजिङ थियो भने अभयाको बजर थिच्ने तरिका, द ग्रेट दीप श्रेष्ठको ओज अनि सनुपले छनौटका लागी भ्वाइसमा खोज्ने तत्वहरुमा डिटेलको निकै चर्चा रह्यो । यीनै तवरहरुकाबिच पहिलो र दोश्रो ब्याटल सक्किएको छ । ब्याटल राउण्डबाट रोजीएका ट्यालेण्ट सिधै LIVE राउण्डमा प्रवेश गर्नेछन र सोही राउण्डबाट प्रारम्भ हुनेछ पब्लिक Voting भोटिङ राउण्ड । ब्याटल राउण्डबाट को को बाहिरीए अनि को को भए त स्टिल ? सबै कोचको ड्रिम टिममा को को प्रतिस्पर्धि बाँकी छन हेर्नुहोस् ताजा सूचीः

कोच अभयाको ड्रिम टिम
अनु शाक्य (SELECTED)
सृजय थपलिया
आश्रा कुँवर
रितेश रसाईली
सानिध्य थापा (STEAL कोच सनुप)
सुवास गन्धर्व
कुशल आचार्य (SELECTED)
श्रेया राई
सन्तोष घले (OUT)
सलिना रामुदामु
बिवेक लामा
जोबन भुजु

कोच सनुपको ड्रिम टिम
अप्सरा घिमीरे
आशिष गुभाजु
सन्तोष राना
राजेश बालकोटी
सप्तक दुतराज
बिद्या तिवारी (SELECTED)
निशान दाहाल
दिपक सापकोटा
शैलु आर एल सिंह
रित राना मगर (STEAL कोच अभाया)
सुनन्द ढकाल
अकिंत बाबु अधिकारी

कोच प्रमोदको ड्रिम टिम
सीडी बिजय अधिकारी
तेजेन्द्र गन्धर्व
स्वेच्छा ठकुरी (STEAL कोच दीप)
सुरज तामाङ (SELECTED)
बर्ता गन्धर्व
राजु पन्त
सुगमा गौतम
अनिश श्रेष्ठ
रुपेश पराजुली (OUT)
सुरेखा क्षेत्री (SELECTED)
सुशिल गड्तौला
योगेन्द्र उपाध्याय

कोच दिपको ड्रिम टिम
एनी श्रेष्ठ
बिवेक परियार
नवराज सापकोटा
विवेक वाइबा लामा (SELECTED)
जनक ताम्राकार (OUT)
सन्दिप परियार
दिनेश न्यौपाने
सुजाता थापा
राजु तामाङ (SELECTED)
अकिंत अमारु श्रेष्ठ
दिपेश लामा (OUT)
राहुल विश्वास

कोचहरुले आआफ्नो ड्रिम टिमा सदस्यहरुलार्इ सङ्गीत र गायनको कोच गर्ने, सिकाउने अनि उनीहरुको आवाजलाई थप निखार्ने काम अहोरात्र गरिनै रहेकाछन् । आवश्यक सम्पूर्ण सहयोग र मार्गदर्शन दिएर कोचहरुले आआफ्ना ड्रिम टिमका १२ वटै आवाजलाई व्याटल राउण्डमा अोरालेका हुन् । यसरी आफ्नो समूहका ट्यालेन्टहरुको बिचमा नै साङ्गीतिक ब्याटल गराएर उत्कृष्ट ठहरिएका ६ वटा ट्यालेन्टलाई LIVE राउण्डमा लिएर गईन्छ । तर LIVE राउण्डमा ६ जना मात्र नभई हरेक कोचसंग ८ जना ट्यालेन्ट रहन्छन किनभनें द भ्वाईस सिररिजमा कोचहरुको एउटा बिशेष अधिकार रहन्छ, त्यो हो स्टील ।

के हो त स्टील ?
स्टीलमार्फत एउटा कोचको रोजाइमा नपरेका ट्यालेन्टलार्इ अन्य कोचले अाफ्नो टिममा राख्न सक्दछन् । यस संयन्त्रलाई Steal भनिन्छ, अग्रेजी Steal शब्दको नेपाली सहज रुपान्तरण हुन्छ चोर्नु । एउटा कोचले आफ्नो ब्याटल राउण्डमा १२ मध्ये केवल ६ जना मात्र आवाज लिएर जान्छन् र यसरी ६ जनालाई कोचले छनौट गर्न नसक्दा तिनै छनौट नभएका ६ जनामध्येका अन्य कोचले २ जना छान्न सक्दछन् । यसै छनौटको बिशेष अधिकार जहाँ ट्यालेन्टले एउटा टिमबाट छनौट नभएपनि आफ्नो साङ्गीतिक दक्षताका लागि अर्को कोचसमक्ष सम्भावना बाँड्न सक्दछन्, यसैलाई स्टील भनिन्छ । एउटा कोचको समूहमा भएको या हुनसक्ने छनौटकोे कुनै एउटा चुकलाई यस स्टील पद्धतिले सम्बोधन गर्ने गर्दछ । यो चाँही ट्यालेन्ट मेरो टिममा भइदिए त… भन्ने कोचहरुको थकथकीलाई स्टीलले एउटा मौका दिन्छ ।

द भ्वाईस एउटा समस्त रुपमा सङ्गीत अनि साधकको साझा चौतारी हो, यहाँ ब्लाइण्ड अडिशनबाट छानिएका ट्यालेन्टहरुलाई कोचहरुले गीत अनि सङ्गीतको गुण त सिकाउँछन नै साथै ब्याटल राउण्डमा थपिएका कोचका सहयोगीहरुले स्टेज अनुशासन, माईक प्लेसमेन्ट लगायत अन्य थुप्रै कुराहरु पनि सिकाउनु यसको विशेषता हो ।

नेपाली साङ्गीतिक नक्षत्रमा हामीले एउटा नयाँ आवाज पाउँदैछौं अनि हामी यस एतिहासिक रियालिटि शोको साक्षी भएर नेपाली सङ्गीतको स्वादार्पण गरीरहेका छौं ।

हरेक साता शनिबार र आईतबार कान्तिपुर टिभीमा राती ९ बजेपछि र हाम्रो पात्रो मोबाईल एप्समा त्यसै दिन राती १० बजे पछि अनि भ्वाइस अफ नेपालको यूट्यूब च्यानलमा प्रशारण भएका ताजा सिरिजहरु हेर्न सकिनेछ ।

टिका ग्रहणको शुभ साइत बिहान ०९:५१ बजे ।

 

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको संझना बिर्सना सल लल ल… शायद ! विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला अावश्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हाैसलाको एकमुष्ठ उपहार हो दशैं । यस बर्षको दशैंको प्रमुख टिकाको यस विशेष दिनमा स्वागत छ ।

यस पावन पर्वको मुख्य टिका ग्रहणको शुभ साइत बिहान ०९:५१ बजे ।

नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

घरतर्फ टिका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरु टिका थापेपछी नयाँ, बास्नादार नोटहरु हात हातमा लिएर हिंड्दछन् । ति नोटहरुमा लतपतिएको अक्षताको रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाइलार्इ ?

फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा मासुका विभिन्न मिठा परिकारहरू पक्कै पनि बनेका होलान् । गज्जबको पारिवारीक माहोलमा रमाइरहेकाहरु देखि परिवार अनि देशलाई सम्झेर परदेशमा टिको थाप्ने तयारी गरिरहनुभएको तपाई सबैलाई विजयादशमीको दशाैं दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज शहरदेखि असहज अन्कन्टार वस्ति समेत आज विहानैदेखि एउटा फरक रौनकमा सजिएर ब्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो-दैलो कूदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरि, सबैलाई दशैंको उर्जायूक्त रङ्गले छोएको छ ।

यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलार्इ बाैद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बाैद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

घरको मूल टिका लगाएर सुसुराली, मामाघर या ठूल बा, दाजू अनि अन्य मान्यजनकोमा पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिंडेका दृष्यले पनि हामी नेपाली पारीवारिक साैहार्दता र सामिप्यतामा कति विश्वास राख्छाैं भन्ने कुरालार्इ प्रस्ट पार्दछ ।

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशाैं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालार्इ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन्ः

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ:


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात्ः ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

यी शुभाशिषहरुमा व्याख्या भए झै हामीले सकारात्मक बाटो पछ्याउँदै उत्तरोत्तर प्रगति गर्नसकाैं । सत्य बोल्न, सत्कर्म गर्न, आदर-सम्मान गर्न कहिले नचुकौं, सम्पूर्णमा विजयादशमीको टिका, जमरा र आशिषले जीवनमा उर्जा भरोस्, सफलताका अायामहरू थपिंदै जाउन् ।

असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक यस पावन पर्व विजयादशमीको हार्दिक बधाई तथा अनेकानेक शुभकामना । सबैको शुभ होस्, मङ्गल होस् । क्रोध, लोभ, अन्याय-अत्याचार, अहंकार, दण्डहिनता, क्रुरता, भ्रष्टाचार तथा भोक र सोकले ब्याप्त अनेक रावण रूपको अन्त्य गर्न सकियोस् !

ढ्याक्क जमेको दहीको चाइलालाई चामलमा हालेर अनि अबिर हालेर मुछेर अक्षता बनाईयो त ? टीकाको दिनमा बनेका हरेक दैलो अनि संघार भित्रका अक्षताहरुमा लक्षिन बसोस्, आशिष दिने मुखमा सरस्वती बसुन् अनि तपाँई सबैका अनुहारमा हर्षका धागाहरु बसुन्, अनेकानेक शुभकामना !!

नेपालको भूमि सम्बन्धी तथ्याङ्ग नै बेठिक छ , यसको पुनः नापी गर्नु पर्दछ – मेटमणि चौधरी  ,प्रतिनिधि सभा सदस्य, दाङ

नेपालको भुगोल बि.स. १९३० सालमा अर्थात आजभन्दा १४५ बर्षभन्दा अगाडी नापि भएको हो । तत्कालिन समयमा कुलो, काठको पुल, बरको रुख, नदी आदि लाई केन्द्र मानेर बन्कसी, बाबियो,फलामको चेनको प्रयोग गरी नापि गरीएको थियो । आजपनि हामी त्यही नापजोखलाई नै आधिकारिक मान्दै आएका छौँ ।

– अब्यवस्थित बसोबासीहरु ६२ जिल्लाको ११४ गाबिसको ७४० स्थानमा ९४८७१ हेक्टर जमिनमा १२१२३४ घरधुरी, गुठी जमिन २.०३ प्रतिशत अर्थात ४४०९९० विगहा, गरीबी निवारण मन्त्रालयको तथ्याङ्गअनुसार २९ लाख २४ हजार ९ सय ६४ बिगहा जमिनमा मोही रहेको छ । नदीको क्षेत्रफल ७.०६ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, हिँउ चट्टान १७ प्रतिशत र कृषि योग्य जमिन १६ प्रतिशत मात्रै रहेको छ ।

‘शुरुको नापीमै नेपालको क्षेत्रफल र सगरमाथा घटाएर नापीएको छ, नेपालको क्षेत्रफल १४७८३९ बर्ग किमि हो’
मेटमणि चौधरी दाङ जिल्ला क्षेत्र नं १ बाट निर्वाचीत प्रतिनिधि सभाको सदस्य हुन । सामान्य किसान परिवारमा जन्मेका मेटमणि नेकपाको केन्द्रिय सदस्यको भूमिका पनि छन् । अर्थ क्षेत्रमा राम्रो ज्ञान राख्नुको साथै भूमिको क्षेत्रमा पनि अब्बल छन् । उनि भन्छन्– नेपालको भूगोलको क्षेत्रफलमा ६८५ स्क्वाइर कि.मि. बढेको छ । अब देखि नेपालको क्षेत्रफल १४७८३९ भएको छ । सबै बिषयमा राम्रो दखल राख्ने मेटमणि राजनिति शास्त्रमा त्रिभुवन बिश्वबिद्यालयबाट बिद्यबारिधी गरिरहेका छन ।

मेटमणि चौधरी
 प्रतिनिधि सभा सदस्य, दाङ जिल्ला क्षेत्र नं १

मेटमणि चौधरी भन्छन् – नेपालको क्षेत्रफल ६८५ स्क्वाइर कि.मी ले बढ्यो । यसैले भुगोलको नापी जि.आइ.एस बिधिबाट गर्नुपर्दछ ।

समृद्ध नेपाल निर्माणको लागि पहिलो प्राथमिकताको सूचिमा राख्नु पर्ने क्षेत्र कुन हो ?
भूमि क्षेत्र नै हो । यसको ब्यवस्थापन गर्न सक्ने हो भने सुखी नेपाली बनाउने नेपाल सरकारको नारा कार्यान्वयन हुने दिशातर्फ अगाडी बढछ ।

किन?
भूमि सम्बन्धी तथ्याङ्ग नै बेठिक छ । बैज्ञानिक तथ्याङ्ग हुनुपरयो । यसको लागि पुनः नापी गर्नु पर्दछ ।

तथ्याङ्ग नै बेठीक भएको कुरा कसरी भनिरहनु भएको छ ?
नेपालको भुगोल बि.स. १९३० सालमा अर्थात आजभन्दा १४५ बर्षभन्दा अगाडी नापि भएको हो । तत्कालिन समयमा कुलो, काठको पुल, बरको रुख, नदी आदि लाई केन्द्र मानेर बन्कसी, बाबियो,फलामको चेनको प्रयोग गरी नापि गरीएको थियो । आजपनि हामी त्यही नापजोखलाई नै आधिकारिक मान्दै आएका छौँ ।

अब तपाई आफै अनुमान गर्नुस, त्यसमा कति सत्यता होला भनेर ?
उसो भए, तपाई भन्नुस, नेपालको क्षेत्रफल अब कति हो?

८८ बर्षदेखि हामिले भन्ने गरेको नेपालको कुल क्षेत्रफल १,४७,१८१ बर्ग स्क्वाइर कि.मि. हो तर आज म तपाइको पत्रिका मार्फत भन्दैछु । नेपालको कुल क्षेत्रफल १,४७,८८१बर्ग स्क्वाइर कि.मि. वरिपरि हो । यति मात्रै होइन नेपालको लम्बाई , चौडाई र सगरमाथाको उचाइमा पनि फरक तथ्याङ्ग आउन सक्छ । मेरो बिचारमा……..

ढुक्काको साथ भन्दै हुनुहुन्छ, यसको आधार के हो?

अहिले संसारभरिका देशहरुले जमिनको नापि गर्नलाई नयाँ प्रबिधिलाई प्रयोगमा ल्याएका छन् त्यो हो–GIS(geographic information system) भौगोलिक सुचना प्रबिधि । यो कम्प्यूटर प्रणालीमा आधारित छ । यसले पृथ्बीको सतहलाई capturing,storing,checking and displaying गर्दछ ।

अब के गर्ने?

सबै खाले जमिनको पहिचान गर्नु परयो । जस्तै– व्यक्तिगत जमिन, ऐलानि, पर्टी, मोही, अमानत,जङ्गलले ओगटेको, कित्ताकाट गरेको तर नाममा नापि नभएको, नदी र खोलाको जमिन, अब्यवस्थित जमिन, सरकारी, संघ संस्थाको रगुठीको नाममा रहेको जमिनको तथ्याङ्ग हुनु परयो ।अनि मात्र सही निकासको पहिचान गर्न सकिन्छ ।

तपाई भूमि बिज्ञ हो ?
होइन, तर भूमि बिषयमा चासो राख्ने भएकोले अलि अलि ज्ञान चाँही छ ।

उसो भए नेपालको भूमिको अवस्थाको बारेमा बताइदिनुस न ।

मैले अघि नै भनिसकेको छु । नेपालको भूमिको सवालमा निश्चीत र बैज्ञानिक रेकर्ड छैन् । मेरो खोज र बिज्ञहरुका पछिल्लो अनुसन्धानलाई आधार मानेर भन्ने हो भनेअब्यवस्थित बसोबासीहरु६२ जिल्लाको ११४ गाबिसको ७४० स्थानमा ९४८७१ हेक्टर जमिनमा १२१२३४ घरधुरी, गुठी जमिन २.०३ प्रतिशत अर्थात ४४०९९० विगहा, गरीबी निवारण मन्त्रालयको तथ्याङ्गअनुसार २९ लाख २४ हजार ९ सय ६४ बिगहा जमिनमा मोही रहेको छ । नदीको क्षेत्रफल ७.०६ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, हिँउ चट्टान १७ प्रतिशत र कृषि योग्य जमिन १६ प्रतिशत मात्रै रहेको छ । तर अहिलेसम्म दर्तावाल जमिन, कित्ताकाट गरेको तर दर्ता नभएको जमिन, अमानत, सरकारी र संघ संस्थाको नाममा रहेको जमिनको क्षेत्रफल उपलब्ध हुन सकेको छैन् । यसको तथ्याङ्ग पनि उपलब्ध हुनु जरुरी देखिन्छ ।

यसको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

अब्यवस्थित बसोबासी, सुकुमबासीहरु जग्गाको स्वामित्व पाउने गरी कानुन बन्नुपर्दछ ।गुठी जमिनलाई रैकर गर्नुपर्दछ । संघ संस्थाहरुका जमिन किसानहरुका नाममा गर्नुपर्दछ । मोही जमिनलाई आधा किसानहरुलाई दिने कानुनलाई कार्यान्वयन गर्नुपर्दछ । नदीले ओग्टेको जमिनलाई दुबै साइडमा तटबन्धन गरी नयाँ जमिन निर्माण गर्नुपर्दछ, घाँसे मैदान, हिँउले ढाँकीएको जमिनलाई थप उपयोगको लागि योजना बनाँउनुपर्दछ । भूमिको व्यवस्थापन गर्ने हो भने नेपालमा कुनै पनि जनताहरु जमिन बिहिन हुनु पर्दैन् । सबैको आफनो स्वामित्वमा घरबास हुन्छ । सबैले आफनो लागि घरको जोहो गर्न सक्छन् । नेपाल सरकारले जनताहरुलाई आवास प्रदान गर्नेको लागि घर निर्माण गर्ने कुरामा टाउको दुखाई रहनु पर्ने कुनै जरुरी पर्दैन् ।

तपाइले भने जस्तो गुठी, संघ संस्थाको जमिन बाँडन मिल्छ ?

किन नमिल्नु ? मिल्छ नि । जसरी किसानहरुले जोतभाग गरेका जमिन गुठीको भयो । सामाजिक संघ संस्थाहरुका भयो । त्यसरी नै गुठी, संघ संस्था र जमिन्दारहरुका जमिन किसानहरुका नाममा आँउछ । युरोपका सामन्तहरुले किसानहरुलाई गरीब बनाउनको लागि घरमा आगो लगाइदिन्थे । सेना र पुलिसको सहयोग लिएर किसानहरुका जमिनमा तार लगाएर आफनो बनाँउथिए र जनतहरुलाई गरीब बनाएर आफनो खेतको श्रमिक बन्नको लागि बाध्य पार्थे । यसरी नै नेपालमा पनि जनताहरु आफनो श्रमको पुरा मुल्य नपाँउन, धनि नबनुन र आफनो घरबारको लागि पनि जमिन नहोस भन्ने सोँचको साथ किसानहरुले जोतभोग गरेको जमिनलाई गुठी र संघ संस्थाहरुका नाममा भयो । अहिले कम्युनिष्टहरुका सरकार छ । यसैले अब जमिनको स्वामित्व किसानहरुका नाममा आँउछ ।

यसो गर्दा गुठी र सामाजिक संघ संस्था र जमिन्दारहरुमाथि अन्याय हुँदैन् ?

कसरी हुन्छ ? अन्याय हुँदैन । बरु अन्यायमा पर्नु भएका जनताहरुमाथि पूर्ण रुपमा न्याय हुन्छ । अझ म भन्छु – किसानहरुले जोतभाग गरेका जमिनलाई कानुन बनाएर आफनो नाममा लिई किसानहरुलाई दास बनाउने गुठी र संघ संस्थाका मालिकहरु सँग हिसाव किताव गरेर अहिले सम्म तिरेका सम्पूर्ण अधिया अनाज असुल उपर गर्नु पर्दछ ।

होइन, गुठी र संस्थाको स्वामित्वमा भएका जमिन कसरी बाँडन् मिल्छ ?

जमिन गुठी र संस्थाहरुका स्वामित्वको हो भनेर कसरी भन्नु हुन्छ ! के त्यो जमिन गुठी मालिकाका पुर्खाहरुले आकाशबाट बोकेर ल्याई पृथ्बीमा राखेका हुन र ! कि समुन्द्र मुनिबाट माटो ल्याएर यहाँ राखेका हुन ? दुबै गरेनन् भने, कसरी हुन्छ गुठी र संस्थाहरुका जमिन ? खासमा जमिन कसैको पेवा हुँदैन । जमिन त सरकारको हुन्छ । जसले जोतन् सक्छ उसैले भोग गर्न पाउने अधिकार राख्नु पर्दछ । यसैले आवश्यकताको आधारमा सरकारले व्यवस्थापन गर्न सक्छ ।

ल ठिक छ रे ! तपाइहरु जमिन किसानहरुलाई दिनु भयो, के यतिले मात्रै भूमिको व्यवस्थापन हुन सक्छ ?

हुँदैन । सबैको लागि घर बनाउने निश्चित जमिनको व्यवस्थापन गरिसकेपछि बाँकी जमिन सबै सरकारको स्वामित्वमा हुन्छ । खेतीयोग्य जमिनको पहिचान गरी किसानहरुलाई लिजमा जमिन उपलब्ध गराउनु पर्दछ । लिज ब्यक्तिगत, सामुहिक र सहकारी माध्यमबाट पनि हुन सक्छ । खेती सामुहिक आधुनिक कृषि उपकरणलाई प्रयोगमा ल्याउनुपर्दछ । कृषिलाई सरकारी अनुदान उपलब्ध गराएर उत्पादन ठुलो परिणममा गर्नलाई प्रोत्साहीत गर्नु पर्दछ । यसो गर्न सकियो भने मात्रै कम उत्पादन लागतमा बढी उत्पादन गर्न सकिन्छ । यस अवस्थामा मात्रै हामी छिमेकी मुलुक भारत र चिनसंग प्रतिस्पर्धामा आँउन सक्छौ । अझ राम्रो गर्न सक्यो भने छिमेकी मुलुकहरुमा कृषि उत्पादनलाई निकासी गरी बैदेशिक मुँद्रा आर्जन गर्ने बाटो खुल्छ र मुलुक समृद्ध बन्दै सुखी नेपाली बन्ने बाटो खुल्छ ।
यसैगरी सबै खाले जमिनहरुलाई पूर्ण रुपमा उपयोग गर्नको लागि सबै जमिनहरुको पहिचान गर्नु पर्दछ । अझै पनि पहिचान हुन नसकेको जमिनहरु छन्, ति जमिनहरुका पहिचान गर्नुपर्दछ ।

भूमिको उचित व्यवस्थापन हुँदा जनताहरुलाई प्रत्यक्ष लाभ के हुन्छ ?

निकै महत्वपूर्ण प्रश्न गर्नु भयो ।भूमिकोउचित व्यवस्थापन गर्दा ६२ जिल्लाको ११४ गाबिसको ७४० स्थानमा रहेको ९४८७१ हेक्टर अर्थात १४२३०६.५ बिगहा जमिनमा रहेका अब्यवस्थित १,२१,२,३४ घरधुरीले जग्गाको स्वामित्व ग्रहण गर्दछन् । यो भनेको करीब ६,०६,१,७० जना वरिपरिको ब्यवस्थापन हो । यसैगरी ४,४०,९,९० बिगहा गुठी जमिनको अधिया शर्तमा व्यवस्थापन गर्ने हो भने २,२०,४,९५ बिगहा जमिनको ब्यवस्थापन हो । यो भनेको करीब ११ लाख २ हजार ४ सय ७५ जनालाई जमिनको स्वामित्व प्रदान गर्ने कुरा हो । नेपालमा २९ लाख २४ हजार ९ सय ६४ बिगहा मोही किसानहरुको संख्या छ । यसको पनि ।अधिया शर्तको आधारमा ब्यवस्थापन गर्ने हो भने ७,३१,२,४१ बिगहा जमिनको ब्यवस्थापन हो । यसको ब्यवस्थापनले ३६ लाख ५६ हजार २ सय ५ जनाको आफनै नाममा जमिनको लालपुर्जा बन्दछ । यसैगरी सुकुमबासी, नापी भएको तर नाममा नआएको, अमानतको जमिन, खोला, नदीको नाममा कित्ता काट जमिनको रेकर्ड आएको छैन तर पनि यो संख्या भनेको करीब ५० लाख को हाराहारीको अवस्थामा होला । यो संख्याको ब्यवस्थापन गर्न सक्ने हो भने नेपालमा जग्गा नहुने घरबार बिहिनभनेर कोही पनि रहनु पर्दैन । कार्य समृद्ध नेपाल अनि सुखि नेपाली बनाउने नाराको पहिलो जग हो । जगलाई बलियो बनाएर जानुपर्दछ ।

सामाजिक संघ संस्था, बिश्वबिद्यालय , सरकारी जमिन र रैकर बाहेकको जमिनको व्यवस्थापन बिषयमा पनिके योजना छ ?

उपरोक्त सबै जमिनलाई सरकारीकरण गर्नुपर्दछ । पुनः नापी गरी सबै जमिनको पहिचान गरी स्थानिय सरकारलाई सो जमिनलाई ध्यानमा राखेर ःबकतभच उबिल बनाउनको लागि निति बन्नुपर्दछ । अनि सो जमिनको अधिकतम उपयोगिताको लागि कार्यक्रम बनाएर सरकार अगाडी बढनुपर्दछ । खास गरेर ःबकतभच उबिल अन्र्तगत अब बसाल्नु पर्ने नयाँ बस्तीको बारेमा नेपाल सरकारले कार्यबिधि बनाउनुपर्दछ । नयाँ बस्ती स्मार्ट एबं सबै खाले सेवा सुबिधाले पूर्ण हुनुपर्दछ । कम्तीमा १ हजार घर, सबै घरको डिजाइन २ वटा बेड रुम, १ गेष्ट रुम, १ किचन १ कुर्ने रुम र १ हल भएको ट्वाइलेट र बाथरुम त हुने नै भयो । बस्तीको लागि स्कुल, खानेपानी, स्वास्थ्य चौकी, सुबिधासम्पन्न पार्क, खेलमैदान, ब्यामघर, मनोरञ्जन घर,सार्बजनिक कार्यको लागि हलहरु समेत अनिवार्य शर्तको रुपमा रहनुपर्दछ । खासगरेर सबै घरलाई एबथष्लन नगभकत ज्यगकभ को रुपमा बिकास गर्नुपर्दछ ।यसो गर्न सकेमा नेपालको सबै स्मार्ट गाँउ घरहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिन्छ ।

भनिन्छ नि, नेपालमा ४० प्रतिशत भन्दा कम जङ्गल गराउन पाँइदैन् तर तपाइले जङ्गलको जमिनलाई जनताहरुलाई स्वामित्व प्रदान गर्ने कुरा गरीरहनु भएको छ ?

४० प्रतिशत भन्दा कम जङ्गल बनाउनु हुन्न भन्ने भनाइमा कुनै बैज्ञानिक तर्क र तथ्य छैन् । जङ्गलको नाममा छ तर रुखै छैन् । सुख्खा डाँडाहरु छन् । यसले जङ्गल भए नभएको खास अर्थ राख्दैन् । अर्थ त, जङ्गलमा रहेको रुखहरुले कति अक्सिजन फाल्यो र कति कार्बन बिर्सजन गर्दछ त्यो महत्वपूर्ण कुरा हो । यसैले अक्सिजन धेरै फाल्न सक्ने र कार्बन बिर्सजन गर्न सक्ने क्षमता भएको रुखहरु रोप्ने कुरामा नेपाल सरकारको ध्यान जानुपर्दछ ।

नेपालको जमिनलाई बढी उययोगी र प्रभावकारी बनाउनको लागि के गर्नुपर्दछ जस्तो लाग्दछ?

नेपालमा १६ प्रतिशत मात्रै रहेको कृषियोग्य जमिनको पनि पूर्ण रुपमा उपयोग हुन सकेको छैन् । जमिनको पहिचान गरी सो जमिनलाई निश्चीत बालीबिरुवाको मात्रै स्थानको रुपमा बिकास गर्नुपर्दछ । हरेक जमिनलाई जिबिका उपार्जन गर्ने दृष्ट्रिकोणले मात्रै नभएर आय आर्जन र निर्यात गर्ने उद्धेश्यको साथ उत्पादनमा ध्यान दिनुपर्दछ । यसैगरी सुख्खा र डाँडा मात्रै रहेको जमिनमा जङ्गली जनावरले मन पराउने घाँस, रुख रोप्ने कार्यमा ध्यान दिनुपर्दछ । रुखै रुख भएको जङ्गललाई बढी अक्सिजन फाल्न सक्ने र कार्बन लिन सक्ने रुखहरु रोप्नुपर्दछ । नदी र खोलाले कटान गरेको जमिनलाई ब्यवस्थित गरी नयाँ जमिन निकाली सो जमिनलाई पनि उत्पादन कार्यमा प्रयोग गर्नुपर्दछ ।

रुख रोप्ने कुराले नेपालको समृद्धिमा केभूमिका खेल्न सक्छ ?

मानिसको जिवनमा रुखको निकै महत्वपूर्ण भूमिका हुने गर्दछ । मानिस लगायत कुनै पनि जिवित प्राणी अक्सिजन बेगर एक छन पनि बाँच्न सक्दैन्न त्यो रुखबाट मात्रै प्राप्त हुने गर्दछ भने बढ्ढो औद्योगिक बिकासको कारणले उत्पन्न भएको कार्बनको उत्र्सजन गरी बाताबरणलाई सफा राख्न सक्न सक्छ ।सबैभन्दा महत्वपूर्ण कुरा कार्बन उत्र्सजन गरेबाफत प्राप्त हुने क्षतिपूर्तिक रकम नेपालको लागि नियमित स्रोत हुन सक्छ ।सन् २०२४ सम्ममा तराइका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रति मेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्वबैँकसंग रहेको छ । विश्व बैक अन्र्तगतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले बनजङ्गलबाट सञ्चित प्रदान गरेपछि नेपालले सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित गरेको छ ।

अन्तमा केही भन्नु छ ?

नेपालमा भूमिको ब्यवस्थापन मात्रै पनि गर्न सक्ने हो भने कोही पनि गरीबीको चपेटामा रहनु पर्दैन र जङ्गलको रुखमा ध्यान दिन सक्ने हो भने नेपालको आम्दानी डलरमा हुन्छ । समृद्धि प्रतिदिन नजिक नजिक आउन थाल्दछ । यसैले दुबै बिषयमा नेपाल सरकार ध्यान दिनु पर्दछ ।

भद्रगोल बाग्दुला: मुखदर्शक नगरपालिका

सलिम अन्सारी, प्युठान
जिल्लामा निजी प्रयोजनले सडक अतिक्रमण गर्ने क्रम रोकिएको छैन। ब्याबसायीले प्युठान भालुबाङ खण्डको बाग्दुला पुलचोक बजार क्षेत्रमा सडक अतिक्रमण गरि ब्याबसाय गरिरहेका छन । यहाँ जनज्योती सामुदायिक बिकास केन्द्रले सटर निर्माण गरि भाडामा लगाएको छ । त्यसैमा व्यापारीले जस्तापाताको टहरा थपेर व्यापार गर्दै आएका हुन । बहाने जाने सडक छेउमा पनि अस्थायी टहरा खडा गरि व्यापार गरेपछी सडक सांघुरिदै गएको छ। सडकको दुबैतर्फ किराना एवं तरकारी फलफुलका पसलले आउजाउमा समस्या छ । राष्ट्रीय राजमार्गमा सडक छेउबाट २५ र सहायक मार्गमा १५ मिटर छाड्नुपर्छ । सडक क्षेत्र छोडेर मात्र ब्याक्तिगत प्रयोजनले उपयोग गर्न पाईन्छ१ कतिपय क्षेत्रमा सडक मिचेर घरटहरा बनाईएको छ ।स्थानीय प्युठान नगरपालिका र सडक डिभिजनले समेत यस्को अनुगमन तथा नियन्त्रण प्रयास नगरेको सरोकारवालाको आरोप छ।

गिज्याउदै बिजुलीको तार

जिल्लाको मद्य्यक्षेत्रमा बिद्युतका तारहरु समेत अनियन्त्रीत अबस्थामा रहेको देखिएको छ। बिधुतका तारहरु जथाभावी झुण्डिएको स्थानिय बताउँछन। पोलमा बिजुली देखि इन्टरनेट सम्मका तारहरु गज्याङगुजुङ पारिएको छ । घर घरमा बिजुली इन्टरनेट र केबुलको तार माकुराको जालो जस्तै झुण्डिएकाले कतिबेला के हुने हो केही भन्न नसकिने स्थानिय बताउँछन । उनिहरुका अनुसार यस्तो भद्रगोल देख्दा देख्दै पनि प्युठान नगरपालिका भने मुखदर्शक बनिरहेको छ ।पोल ढलेर घर घरमा लगिएका तार सर्ट भएर आगजनी हुन गयो भने यस्को जिम्मेवारी कस्ले लिने हो? स्थानिय भन्छन सम्वन्धित पक्षको ध्यान जान जरुरी छ।

जनप्रतिनिधीलाई टेर्दैनन्

स्थानीय व्यापारीले बाग्दुला चोकको दुबैतर्फका टहरामा सामान राखेर बिक्री गर्दै आएका छन् ।  प्युठान नगरपालिकाले दोश्रो नगरसभाबाट बजार क्षेत्रका ती सडक मिचेर बनाईएका घर टहरा भत्काउने निर्णय नै गरेको छ । तर प्रभावकारी हुन सकेको छैन ।व्यवसायी र घरधनीहरुलाई नगरपलिकाले पटकपटक मौखिक र लिखित रुपमै घर अगाडीका अस्थायी टहरा हटाइदिन आग्रह गरिरहेको छ । नगरपालिकाले गरेको आग्रहलाई व्यापारीले टेरेका छैन्न । संरचना हटाउन ब्यापारीहरुले अबरोध गरे पछि प्युठान नगरपालिका हच्किएको छ । नया बजार जुम्रीका धेरैजसो टहरा हटाईएपनी बिजुवार बाग्दुला क्षेत्रका टहरा हटाउन लाग्दा स्थानीयले अबरोध गरेका थिए। जिल्ला ट्राफिक प्रमुख छबिलाल ढकालले नगरपालिकासित समन्वय गरी राजमार्गको दुबै क्षेत्र खाली गरिने बताए । ‘नियम मिचेर सडकमा पसल थाप्न पाइँदैन,’ उनले भने, ‘जनप्रतिनिधिसित छलफल गरी हटाउछौं ।’ जिल्लाको राजमार्ग क्षेत्रमा तत्कालै अनुगमन थालिने उनले जनाए । अस्थायी टहरा हटाउने अभियान पूर्ण रुपमा कार्यन्वयन गरेरै छाड्ने प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले बताएका छन् । बाग्दुला क्षेत्रमा केही चुनौती देखिएको उनले सुनाए । ‘सव्जीमण्डी संचालन गर्ने योजनामा छौँ’,उनले भने,‘त्यसपछि समाधान हुने छ ।’ बाग्दुलाका तरकारी व्यवसायीलाई सव्जीमण्डीमा व्यवस्थापन गर्ने सोँच बनाएको उनले जानकारी दिए । सव्जीमण्डी संचालनका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सडकमा पार्किङ मस्ती

सडकमै हुने पार्किङ् पनि सडकको अर्को समस्या बनेको छ। नगरपालिका र ट्राफिक प्रहरी यसलाई व्यबस्थित गर्न चुकेका छन । जिल्लाको ब्यस्त बजार बाग्दुला, बिजुवार अस्तव्यस्त बन्दै गएको छ । गाउँगाउँमा पुग्ने बस, जिपहरु बाग्दुलाबाटै छुट्ने गर्छन् । अव्यवस्थित बजार र सडकमै बसपार्कले गर्दा सर्वसाधरणले सास्ती पाएका छन् । चोकमै सवारी साधनसमेत रोकिन्छन् । यसले दुर्घटना निम्त्याउने ट्राफिकको भनाइ छ ।दैनिक सवारी चाप बढ्दै गर्दा पार्किङको प्रबन्ध गर्न सरकारले चुकेको छ ।गाडी किन्नेलाई पनि पार्किङ्स्थलको जोहो गर्नु नै छैन किन कि सडकमा निर्वाद पार्किङ गर्न पाईएको छ ।

के भन्छन ब्यापारीहरु?
उता व्यापारीहरुले भने सडक डिभिजन कार्यालयले सडकको दुबैतीर १५ मिटर सडक निर्माण गर्न काम अघि बढाए अस्थायी टहरा छोड्न तयार रहेको बताएका छन । सडकले आफ्नो क्षेत्र कायम गरे हामि अन्यत्र जान्छौं बर्षौ देखि भाडाको सटरमा बस्दै आएका व्यापारी राजन केसीले भने आफ्नो ब्यावसाय गरेर बसेका छौं कसरी हट्नु ? यदि हामीलाई यहाबाट हट्नुपरे व्यापार गर्न बैकल्पिक स्थान चाहिन्छ। उनले भने। सडक मिचेर बनाईएका टहरामा किराना,फलफुल र तरकारी पसल थापिरहेकाहरुले प्रतिमहिना ५५ सय देखि ९ हजार सम्म भाडा तिरेर व्यापार गर्दै आएको सुनाए। बर्षौ द्खि व्यापार गर्दै आएका ब्याबसायीहरुले आफुहरुको रोजीरोटी नगरपालिकाले खोस्न खोजेको आरोप लगाएका छन।

दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

काठमाडौं १५ असोज – सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए।

उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ।

दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ। यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैंपेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिन्छ। हाल शिक्षक करिब डेढ लाख छन् भने पेन्सनधारी करिब एक लाख जना छन्। त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन्। स्थानीय तहतर्फ झण्डै आठ हजार कार्यरत छन्।

चाडवाड शीर्षकमा कति खर्च हुन्छ भन्ने एकीकृत तथ्यांक नभएको अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख निर्मलहरि अधिकारी बताउँछन्। यद्यपि, बजेटमा चाडपर्वका लागि १३ महिनाको तलबका रूपमा यसलाई समेटिएको उनले बताए। सो भत्ता सरकारी कार्यालयका सबै कर्मचारी, शिक्षकले पाउने अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन्। अघिल्लो महिना करारको अवधि निरन्तर ६ महिनासम्म पुगेका कर्मचारीलाई समेत चाडपर्व खर्च दिने व्यवस्था गरिएको छ। उनले भनिन्, ‘एक वर्षमा ६ महिनाको करार अवधि पुगेको छ भने पनि चाडपर्व दिने व्यवस्था छ।’

दसैंतिहार मात्र नभई अन्य चाडको हकमा पनि उक्त भत्ता लिन पाइने पौडेलले जानकारी दिइन्। उनका अनुसार हिन्दु धर्मावलम्बी बाहेकका कर्मचारीहरुले पनि आ–आफ्नो मुख्य चाडपर्वका अवसरमा भत्ता लिन पाइने उनको भनाइ छ। ‘यो दसैंलाई मात्र नभई सबै चाडपर्वका लागि दिइने खर्च हो,’ उनले भनिन्, ‘कर्मचारीले वर्षमा १३ महिनाको तलब पाउने हो।

सामान्यतयाः हिन्दूहरूको चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ। तर ईद, क्रिसमसलगायत चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा उक्त भत्ता लिन पाउने व्यवस्था छ।’ संघीय संसद्‌मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब सुविधा पुनरवलोकन र अध्ययन गर्न एउटा आयोग गठन गर्ने घोषणा गरेका थिए।
कान्तिपुरबाट

जन्म समय अनुसार मान्छेको भाग्य र स्वभावहरु हेर्नुहोस् आफ्नो भाग्य-स्वभाव…..

ज्योतिषशास्त्रमा मानिस वा कुनै घटनाको सम्बन्धमा फलादेश गर्दा विभिन्न कुराहरूलाई आधार मानेर गर्ने गरिन्छ । यसमध्ये यहाँ एक दिनको समय अर्थात् २४ घण्टाभित्र जन्म भएको मानिसहरूको फलादेश गर्दा समय विभाजनको आधारमा मानिसको स्वभाव, भाग्य, पेसा, व्यवसाय, आयु र पारिवारिक अवस्था आदिको सम्बन्धमा केही उल्लेख गरिन्छ ।

 

यसमा सूर्यको स्थान र अवस्थालाई आधार मानेर फलादेश गरिन्छ । जुन यस प्रकार छन्-
बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरूको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टिपरेमा सकारात्मक फलहरू प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।

बिहान ८-१० बजे -यस समय अवधिभित्र जन्म भएका मानिसहरू प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरू प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन्।

बिहान १०-१२,-यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरूले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरू बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।

दिन १२-२,-यस समय अवधिमा जन्म भएका मानसहरू प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरूको ३० वर्षो उमेरपछि भाग्योदय हुनेछ ।

दिन २-४,-यस समय अवधिमा जन्म भएका मानिसहरू दर्ीघायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरूलाई आफन्तहरूबाट निकै दुःख पाउने हुन्छन् ।

दिन ४-६,-यो समय अवधिमा जन्म भएका मानिसहरू कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्षउमेरपछि मात्र हुनेछ ।

साँझ ६-८,-यस अवधिमा जन्म भएकाहरू दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाहीँ बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।

रात्रि ८-१०,-यो समय अवधिमा जन्म भएका मानिसहरू प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ । रात्रि १०-१२, यस समय अवधिका मानिसहरू बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरूले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।

रात्रि १२-२, यस समय अवधिका मानिसहरू झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरूले बाबुको माया र पैतृक सम्पत्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२-३२ वर्षो उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निर्माण गर्छन् ।

बिहान २-४,यस अवधिमा जन्मेकाहरू साहसी, पराक्रमी, तेजस्वी र मिठासपूर्णबोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय२०-२५वर्षो उमेरमा हुनेछ ।

बिहान ४-६,यस समय अवधिमा जन्म भएका मानिसहरू प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरूलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् । ज्योतिष विद्यामा शास्त्रमा सम्वत्सर, ऋतु, अयन, मास, बार, तथि, नक्षेत्रअनुसार जन्म फलादेश गर्न सकिन्छ । त्यस्तै माथि उल्लेखित विधिमा एक दिनको समय विभाजनको आधारमा समष्टिगत फलादेश गरिएको हो ।

होसियार भुलेर पनि सेवन नगर्नुस यी ५ ब्यक्तिले लसुन नत्र ज्यान पनि जान सक्छ….

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ।

तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

लसुनको सेवन गर्न नहुने ५ किसिमका मानिसहरूः

१. कलेजोको समस्या भएको व्यक्ति

ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

 

२. झाडापखाला लागेको व्यक्ति

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ ९क्ष्लतभकतष्लब िःगअयकब िज्थउभचझष्ब० भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

३. सर्जरी गर्न लागेको व्यक्ति

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

४. कम रक्तचाप भएको व्यक्ति

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

५. आँखा रोग भएको व्यक्ति

आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्। साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

अब कारमा चढेर उड्ने दिन आयो ! यो उड्ने कारको मुल्य कति ?

काठमाडौँ — वैज्ञानिक तथा प्राविधिकहरुले १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारेका छन् । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् ।

एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ। ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो। कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ।

सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो। त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ। टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ। बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ।
यसमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्नेगरि काम भईरहेको छ। यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ। आपातकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्नेछ। यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्नेछ। त्यसपछि ढुक्क भएर बसे हुन्छ, आफैं गन्तव्यमा पुगिने छ। रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

अमेरिकास्थित फेडरल एभिएसन एड्मिनिस्ट्रेसनद्वारा दुई वर्षअघि नै यो कारले एउटा हलुका ‘स्पोर्ट एयरक्राप्ट’ का रुपमा मान्यता प्राप्त गरिसकेको छ। यसले राष्ट्रिय राजमार्ग गुड्ने गरी ट्राफिक सुरक्षा मापदण्ड समेत पुरा गरिसकेको छ। तर उपभोक्ताहरुले यसका लागि कार चालकको अनुमति मात्रै हैन, विमान चालकको लाइसेन्स पनि लिनु पर्नेछ। साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ। यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ। यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ। यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ।

‘टिएफ–एक्स’ नाम दिइएको यो कारमा चारजनासम्म अटाउन सक्ने गरी बनाउने योजना कम्पनीको छ। यो कारको विशेषताबारे कम्पनीले भनेको छ, ‘टीएफ–एक्सलाई उडान भर्न र अवतरण गर्न कुनै विमानस्थलको आवश्यकता पर्दैन, यो सबै खालको सडक र राजमार्गमा गुड्न सक्छ। यसले डोर–टू–डोर पारवहनको सुविधा समेत दिन सक्छ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) क्रिस ज्यारानले जुलाईमा भनेका थिए, ‘यो नयाँ प्रविधिको विकासले धेरै खालको यन्त्रहरु तथा त्यसलाई उन्नत बनाउन सहयोग पुगेको छ। धेरै पटकको परिक्षणपछि परिमार्जित गर्दै बजारमा ल्याउने तयारी गरेका हौं।’ उपभोक्ताहरुले खरिद गरेर आ–आफ्नो घरमा लग्ने बेलासम्म यसलाई थप उन्नत र सुरक्षित बनाउने योजना आफूहरुको रहेको ज्यारानले बताए।

‘टिएफ–एक्स’ले स्वचालित रुपमा अन्य एयर ट्राफिक, खराब मौसम र प्रतिबन्धित तथा टावर–नियन्त्रित एयरस्पेसबाट आफूलाई सुरक्षित राख्न सक्षम छ। यो बाहनमा जडान गरिएको ब्याट्री यसको इन्जिनबाट रिचार्ज हुने या विद्युतिय कार चार्जिङ स्टेशनमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ। ‘द टाइम’ अखबारका अनुसार उत्पादक कम्पनीले गत नोभेम्बरमा चिनिया कार कम्पनी गीलीसंग आर्थिक र प्राविधिक सहयोग मागेको थियो। चिनियाँ कम्पनीले यसमा लगानी, प्राविधिक सहयोग र जनशक्ति दश गुणा बढाएको थियो, दुई सय इन्जिनियर्सले यसमा काम गरेका थिए। बेलायती अनलाईन खबर ‘मिरर’ का अनुसार स्वचालित भएपनि खरिदकर्ताले सडक तथा हलुका विमान चालकको अनुमति पत्र चाहि लिनै पर्नेछ। कम्पनीले निकट भविष्यमा कार्गो र यात्रु सेवाका लागि टिएफ–२ ल्याउने तयारी पनि गरेको जनाएको छ।

(एजेन्सीको सहयोगमा)

बुहारीले गम्भीर आरोप लगाएपछि ससुराले काटे लिंग, सासुले विष पिएर ज्यान फालिन्

एजेन्सी । बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ५४ वर्षीय ससुराले आफ्नो लिंग नै काटिदिएका छन्। १२ वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका भारतको राजस्थान निवासी ससुराले बुहारीले त्यस्तो आरोप लगाएपछि सुरुमा विष खाएर आत्मा हत्याको प्रयास गरेका थिए।

गत बुधबार गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। भारतको राजस्थानमा गत २७ अगष्टका दिन बुहारीले प्रहरीमा बलात्कारको उजुरी गरेपछि सासु ससुरा दुबैले विष खाएका थिए। लगत्तै सासुको ज्यान गयो भने ससुराको अवस्था गम्भीर छ। उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।
प्रहरीमा परेको उजुरीमा ति महिलाले आफ्नो श्रीमान, ससुरा, सासु, जेठानीमाथि दुस्कर्म गरी आफुँमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन्। यो उजुरी र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस
बलात्कारबाट जोगिनका लागि ‘रेप प्रुफ पेन्टी’, यस्ता छन् बिशेषता, मूल्य कति ?
एजेन्सी / अहिले नेपालसहित विश्वभर नै बलात्कारका घटना बढिरहेका छन । बलात्कारका घटनामा महिला आफै पनि स्वयंम सुरक्षित हुनुपर्ने भएको छ ।
यस्तै बलात्कारका घटनामा कमी ल्याउनका लागि छिमेकी राष्ट्र भारतमा एक छाज्ञाले बलात्कारबाट बचाउन सहयोगगर्ने नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ । उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले विश्वभर चर्चा चुलिएको छ ।

बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन । उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसिमको रहेको छ। पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाटमात्र खुलाउन सकिने छ ।

त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लगाउन सकिने छ भने पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनि रेकर्ड गर्न सक्ने समेत जनाईएको छ । उत्तर प्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकि छन। उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ ।

जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ । पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ । एक महिना लामो प्रयासपछि करिव पाँच लाख भारुको लागतमा यो पेन्टीको अविष्कार गरिएको हो ।