कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा,


रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

रक्सौल-काठमाडौँ विद्युतीय रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी भारतको जम्मु-कस्मीरमा रेलमार्ग निर्माण गर्ने कम्पनीले पाएको छ।

१५ भदौमा नेपाल-भारतका अधिकारीहरुबीच भएको यस सम्बन्धी समझदारी पत्रमा पूर्व सम्भाव्यता अध्ययन कोंकण रेलवे कर्पाेरेसन लिमिटेड गर्ने उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतीय राजदूत मन्जितसिँह पुरीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

रक्सौल-काठमाडौँ विद्युतीय रेल भारत सरकारको सहयोगमा निर्माण हुने सहमति प्रधानमन्त्री ओलीको चैत्र अन्तिम साता भएको भारत भ्रमणको क्रममा भएको थियो।

भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मा उसैले दिएको हो।

कोंकण भारतमा रेलमार्ग निर्माणका लागि ख्यातिप्राप्त कम्पनी हो। भारतको हिमाली क्षेत्रमा पर्ने कास्मीर-बरमुल्लासम्मको रेलमार्ग यही कम्पनीले बनाइरहेको छ।

चीन हुँदै आउने लेक पाइकु (केरुङ)-काठमाडौँ रेलमार्ग जस्तै भारत हुँदै ल्याउन लागिएको रक्सौल–काठमाडौँ रेलमार्गमा पनि अत्याधिक सुरुङ र पुल हुने प्रारम्भिक अनुमान छ। यसै आधारमा कोंकणलाई पूर्व सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको हो।

किनभने, जम्मु-कास्मीर-बरमुल्ला रेलमार्ग निर्माणको जिम्मेवारी पाएको कोंकणले रेलमार्गमा पर्ने १४ किमी लामो सुरुङ बनाएको छ भने चेनब नदीमा निकै अग्लो पुलपनि निर्माण गरेको छ।

‘चेनब नदीमा निर्मित रेलवे पुल ३ सय ५९ मिटर अग्लो छ’ स्रोतले भन्यो, ‘सुरुङ र पुल जस्ता अप्ठेरा निर्माणको अनुभव भएकाले पनि कोंकण छानिएको हो।’

यसबाहेक मुम्बईदेखि केरलासम्म करिव ८ सय किलोमिटर लामो रेलमार्गपनि कोंकणले नै निर्माण गरेको हो। सो रेलमार्गमा ९१ वटा सुरुङ छन्, जसको कूल लम्बाई ८० किमी छ।

चीनबााट काठमाडौँ जोड्ने रेलमार्ग जस्तो जटिल भूबनोटमा बन्दैछ, उस्तै जटिल भूबनोट रहेकाले रक्सौल-काठमाडौँ रेलमार्गलाई पनि चुनौतिपूर्ण मानिएको छ।

‘तर, ठूल्ठूला सुरुङ र पुलयुक्त रेलमार्ग निर्माणको अनुभव भएकाले पूर्व सम्भाव्यता अध्ययनका लागि पनि कोंकण नै छनोटमा परेको छ’ स्रोतले भन्यो, ‘सम्भवत रेलमार्गको डिपिआर बनेपछि पनि उसैले निर्माणको जिम्मा पाउनेछ।’

चलचित्र प्रसादको ‘लै लै…’ गीत,चर्चामा

 

चलचित्र प्रसादको ‘लै लै…’ गीतको लिरिकल भिडियो छोटो समयमा लोकप्रिय भएको छ । यो भिडियोलाई युट्युवमा रिलिज गरिएको तीन दिनमा ४ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।
आगामी २१ मँसिरबाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र प्रसादको यो लिरिकल भिडियोमा अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई दर्जी दम्पत्तिको भूमिकामा प्रस्तुत गरिएको छ । लोकलयमा आधारित यो गीतले जातीय विभेदको बिरुद्ध चेतना जगाएको छ ।

चलचित्रको गीत ‘लै लै…’लाई केतन क्षत्रीले गाएका हुन् । चलचित्र गायनमा नयाँ हुन केतन । उनले गीतलाई पूर्ण न्याय गरेका छन् । गीतको रचनाकार गणेश शाही र संगीतकार सुवास भुषाल हुन् । उदयराज पौडेलको संगीत संयोजन पनि लोभलाग्दो छ । गीत निकै माधुर्य र मौलिक भावको बनेको छ ।

सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । यो चलचित्रले विपन्न परिवारका निःसन्तान दम्पत्तिले सन्तानको लागि गरेको संघर्षको कथा उठाएको यसका निर्देशक दिनेश राउतले बताएका छन् । प्रसादमा विपिन, नम्रतासँगै निश्चल बस्नेत मुख्य भूमिकामा छन् ।

कपिलवस्तुमा जघन्य २ घट्नामा प्रहरीले अनुसन्धान समेत थालेन्

जिल्ला अदालत कपिलवस्तुले बलात्कारको घटनामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई समान ११–११ वर्षको कैद सजाय सुनाइएको हो । २०७३ सालमा जिल्लाको मायादेवी गाउपालिका एक पकडीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न सबै दोषी ठहर भएका छन् । धरौटीमा रिहा भएकालाई समेत दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो। मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरिएकोे छ।
भारत घर भई आफ्नो मामा घर पकडी बस्ने २० वर्षीया युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै सामूहिक बलात्कार भएको थियो। बलात्कार पश्चात युवतिको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो । सोही आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। घटना के थियो ? बलात्कारमा परेकी २० बर्षीया उक्त युवतीको पकडी गाविस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम संम्बन्ध थियो। उनैले डेटिङका लागि युवतीलाई मर्थी खोलामा लगेका थिए। सोहि समयमा बब्लुले आफ्ना साथीहरुलाई बोलाएर बलात्कार गरेका थिए। घटनाबारे युवतीले डर र त्रासका कारण कसैलाई भनेकी थिइनन् । ती युवाहरुले युवती माथि गरको क्रियाकलापको भिडियो सार्वजनिक गरे पछि घटनाको रहस्य खुलेको थियो।

यता कपिलवस्तुमा भएका दुई जघन्य अपराधका घट्नामा भने प्रहरी चुकेको छ । जिल्लाको बाणगंगा नगरपालिका ६ र १० की दुई युवतीको बलत्कार पछि हत्या भएको लामो समय वित्दा समेत प्रहरीले कुनै कदम चालेको छैन् । ५ वर्ष वित्दा पनि हत्यारा पत्ता नलाग्दा परिवारमा निरासा हत्या भएको ५ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् ।
कपिलवस्तुको वाणगंगा १२ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात  हत्या भएको थियो ।२०६८असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
मृत्युको वारेमा इलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलत्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम चालको छैन् ।हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएकोे स्थानिय संचारकर्मी संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् । त्येती मात्र होईन वाणगगा ४ भावपुर कि २७ वर्षिया युवती गंगा पौडेल को पनी हत्या भएको ४ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् । उनको २०७१ श्रावण २ गते तिजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किदा घर नजिकैको जंगलमा निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन । उनको पनी बलत्कार पछी हत्या भएको अनुसन्धानले बताएको भएतापनी प्रहरीले पोष्ट मार्टम रिर्पोट समेत नदिएको बताउदै प्रहरीले घट्ना प्रती आलटाल गर्दै घर परिवारमै आरोप लगाउदै उक्कन खोजेको मृतकका ससुरा ससिधर पौडेलले मलिन स्वरमा बताए । यि दुवै जघन्य अपराधका बारेमा कपिलवस्तुका प्रहरी मनोज कुमार यादवलले घट्नाको बारेमा जानकारी लिन खोज्दा अफिस टाईममा आउनुस जानकारी दिन्छु अहिले थाहा छैन भन्दै ठाडो जबाफ दिए ।

पत्रकारको प्रश्नमा नै जिल्लाको प्रहरी प्रमुख जस्तो जिम्मेवार जवाफमा यसरी प्रस्तुत भएपछी ति निरिह परिवारले कसरी न्याय पाउलान ? अपराधका बारे प्रहरीलाई नै जानकारी दिदा प्रहरीको यस्तो प्रतिकृयाले प्रहरी संगठन नै बदनाम हुदै गएको छ । यि दुवै घट्नामा प्रहरी सुस्ताएको स्थानिय र घर परिवार का सदस्यहरुको गुनासो छ् । घट्ना का बारेमा नयाँ प्रहरी प्रमुख जिल्लामा आए लगत्तै पत्रकार सम्मेलन र विभिन्न घट्नाका अवसरमा पत्रकारहरुले समेत पट्क पट्क जानकारी गराउदा समेत हालसम्म पनी घट्नाका दोषी पत्ता लगाउने र कानुनी दाएरामा ल्याउर्ने तर्फ कुनै उल्लेख काम गरेको पाईएको छैन् । घट्नाका बारेमा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले पनी दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउदै प्रहरीले त्यती मात्र नभएर विभिन्न हत्या काण्डका अपराधिको अनुसन्धानमा ठिला सुस्ती गरेको र यदी अनुसन्धान र प्रहरीलाई आफुहरुको साथ चाहिएमा जतिबेला पनी तयार रहेको जनाउदै पिद नै नताति कडो कसरी तात्छ भन्दै प्रहरीको आलोचना गरे । घट्ना का दोषीलाई यथासिग्र पत्ता लगाई कार्वाहि गरे पिडितले न्याय पाउने बताए । साथै उनले हत्या र घरेलु हिसाका दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाई कार्वाहि गर्नुपर्ने नागरिक समाजको जोडदार माग रहेको बताए । यता बैदीलीकि शिवरानीको विषयमा तत्कालिन इलाका प्रहरी कार्यालय गोरुसिंगेका एक प्रहरी नायव निरिक्षक केहि महिना अगाडी दर्पणकर्मीसंगको भेटमा कुराकानी गर्दै तत्कालिन समयमा घट्नाका बारे
आफुहरुले अनुुशन्धान गरेको र दोषिका नजिक नजिक पुगेको हुदांँ अनुशन्धान टिम नै बनाई आफुलाई जिम्मेवारी दिएमा सत्यतथ्य पत्ता लगाईछाड्ने बताए । साभार ः लुम्बिनि दर्पण

कोइराला परिवारबाटै अबको सभापति ः काँग्रेस महामन्त्री कोइराला

काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाटै आउने दाबी गरेका छन् ।‘कोइराला परिवारको नेपाली काँग्रेसमा ठुलो लगानी छ । त्यसैले अवको महाधिबेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारले दावी गर्नु स्वभाविक हो’ महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा भने, ‘मभन्दा शेखर दा सिनियर हुनहुन्छ । हामी सल्लाह गर्छौ ।  सुजता दिदीसँग पनि सल्लाह गरेर तीनमध्ये एक सभापति हुन्छौँ ।’

कार्यकर्ताको माया र चाहना अनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको उनको भनाई थियो । ‘शेखर दा, म र सुजतामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । हाम्रो परिवारको पार्टीमा धेरै ठुलो लगानी छ । अनि कार्यकर्ताको पनि कोइराला परिवारबाटै सभापति छानियोस् भन्ने चाहाना छ’ महामन्त्री कोइरालाको जिकिर थियो ।

मुहान युवा क्लवको आयोजनामा असोज१५ बाट फुटवल प्रतियोगिता

मुहान युवा क्लवको आयोजनामा जिल्लास्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ राजापानीमा यही असोज १५ देखि २७ गतेसम्म जिल्लास्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो ।े खेलमा जिल्ला भित्रका १६ समुहको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले एकाउन्न हजार शिल्ड, मेडल र प्रमाणपत्र त्यस्तै द्धित्तिय हुनेले पैत्तिस हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने क्लवका अध्यक्ष प्रकाश सेनले बताए । साथै सो अवसरमा आठौं राष्ट्रीय खेलकुद प्रतियोगितामा फुटवल खेलका लागी जिल्ला खेलाडी समेत छनोट हुने फुटवल सघंका अध्यक्ष राम सेनले बताए । आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता मंसिर १८ गतेबाट नेपालगञ्जमा हुने भएकाले फुटवल खेलाडीलाई सहभागि हुन उनले आग्रह समेत गरेका छन ।

धेरै सुन्न र थोरै बोल्न अाेलीलाई माधव नेपालको सुझाव

वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् ।अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।

उनले सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको गुनासो गरे । नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सञ्चालनका लागि पर्याप्त छलफल नहुने गरेको उनको भनाई थियो ।सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको भन्दै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिलाए । दुई पार्टीबिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेपालले एकता कमजोर नहुने दावी गरे । आफु ७० बर्षसम्म सकृय राजनीति गर्ने नेपालको भनाई थियो ।

बुटवलमा २ वटा केबलकार सञ्चालन हुने (भिडियो सहित )


बुटवलको पर्यटकीय क्षेत्र मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि पाल्पाको नुवाकोटसम्म र बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म दुई स्थानमा केबलकार सञ्चालन हुने भएको छ ।

बुटवल–नुवाकोट केबलकारका लागि सिद्धार्थ केबलकार प्रालिले डिपीआरसमेत सम्पन्न गरिसकेको छ भने केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले स्वीकृतिसमेत दिइसकेको छ ।

गायिका लम्साल कोलगेट ईमेज लोक कलाकार सिजन टु मा छनोट

ईमेज च्यानलद्धारा आयोजित कोलगेट ईमेज लोक कलाकार सिजन टु मा दोस्रो चरणको लागि कलाकार वर्षा लम्साल छनोट भएकी छिन् । कपिलवस्तु जिल्लाबाट ७ जनाको सहभागिता रहेको थियो त्यसमध्ये लोक तथा दोहोरी गायिका लम्साल छनोट भएकी हुन् । उनी जिल्लाकोे पहिचान राख्न सफल भएकी हुन् । १७ वर्षको सानै उमेरदेखि सांगितीक क्षेत्रमा लागेकी लम्सालले २ वटा गीत बजारमा ल्याईसकेकी छिन् भने एउटा गीतमा अभिनय समेत गरिसकेकी छिन् । उनि लोकदोहोरी एल्वम (परेविले) २०७३ सँगै सांगितिक क्षेत्रमा प्रवेश गरेकि हुन । लोक तथा आधुनिक गायक दिपक भण्डारी र वर्षा लमसालको स्वरमा सजिएको (परेविले) भन्ने गित अहिले स्थानिय तहमा निकै चर्चामा आएको छ । सामाजिक संञ्जालमा पनि निकै चर्चा कमाउन सफल गित (परेविले)जिल्लाका मेला महोत्सव तताएको छ ।

(परेवीले गुण अन्तै सार्यो की) भन्ने उक्त गितको म्युजिक भिडियोको निर्देशन लघु गौतमले गरेका छन् । म्युजिक भिडियोमा अभिनय सुमन,दीक्षा र सुनिल ले गरेका छन । उक्त गितमा स्वरकि धनि वर्षा लमसाल भने कलाकारीता क्षेत्रमा नयाँ नौलो नै भन्नु पर्दछ ।
(परेविले) एल्वमको सफलता सँगै गायिका लम्सालले २०७४ सालको तिज गित एल्वम (चट्ट मायालु) पनि बजारमा ल्याएकि हुन् । जुन गितबाट आफूले सोचे भन्दा बढि सफलता प्राप्त गर्न सफल भएको उनि बताउछिन् । विधान कार्किको लय, शिव खनाल र बर्षाको कर्ण्प्रिय श्वरमा सझिएको उक्त गितमा शब्द खनालल भरेका हुन भने राजु महोत्रा र पार्वती राईले अभिनय गरेका छन् । सांगितिक क्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दो रहेको छ ।

पछिल्लो समय हाम्रो देश मा आफनो मौलिक पननै विर्सने गरी गितहरु गाउन थालिएका छन् । लोक गितमा हिन्दी, अंगे्रजि मिसाउन लागिएको छ । जसले गर्दा नेपाली कला संस्कृति लोप हुने खतरा देखिन्छ । पैसाको आडमा चर्चा कमाउने गितकारहरु पनि अहिले प्रशस्त देख्न पाईन्छ । सानै उमेरमा चर्चा कमाउन सफल बर्षा ठुलो कलाकार बन्ने सपना बोकेर हिनेकि छिन । अग्रज कलाकारको साथ र सहयोग पाए अवश्य अगाडि बढ्न सक्ने उनि बताउँछिन ।

पाएक पार्ने ठाउँमा प्रदेशको राजधानी हुने : उपसभामुख चौधरी

प्रदेश ५ का उपसभामुख कृष्णी चौधरीले सवै जिल्लालाई पाएक पार्ने ठाउँमा प्रदेशको राजधानी हुने दावी गरेकी छिन् । प्रदेश सरकारले स्थायी राजधानी र नामकारण गर्नको लागी १५ सदस्य विशेष समिति गठन गरि त्यो समितिले काम अघि वढाएको वताईन्  ।कपिलवस्तुका पत्रकारसग कुरा गर्दे उपसभामुख चौधरीले यस्तो वताएकी हुन् ।
कपिलवस्तुको एक एतिहासिक स्थल रहेको भन्दै पर्यटकहरुलाई आर्कषण
गराउनुपर्नेमा जोड दिईन् ।
वालवालिका, महिला, अपांगहरुको लागी विशेष पहल गरी स्थापित गराउने वताईन् । चौधरीले शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी सगपनि भेट गरिन् ।
स्थानिय तहका समस्याको वारेमा उपप्रमुख चौधरीले उपसभामुखलाई जानकारी गराएकी छिन् । संघिय प्रदेश तथा स्थानियतहले बनाउने ऐनको वारेमा पनि छलफल भएको छ ।

नेपाल लाईफ ईन्स्योरेन्स जितपुर उपशाखाद्धारा जीवन विमा अभिकर्ता तालिम

नेपाल लाईफ ईन्स्योरेन्स ४ नं. जितपुर उपशाखाद्धारा आयोजित जीवन विमा अभिकर्ता तालिम सम्पन्न भएको छ । हिजो देखि सञ्चालन गरिएको उक्त तालिम आज समापन गरिएको हो । कम्पनिले सञ्चालन गरेको तालिममा कम्पनिका सिनियर एजेन्सि म्यानेजर धातानन्द भुसाल र उपशाखा प्रमुख अर्जुन भुसालले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनिका सिनियर एजेन्सि म्यानेजर धातानन्द भुसालले नेपालमा भएका जीवन विमा कम्पनि मध्ये नेपाल लाईफ ईन्स्योरेन्समा सर्वाधिक चुक्तापुँजि र सर्वाधिक बोनसदर भएकाले नयाँ प्रशिक्षित अभिकर्ताहरुलाई वजारमा वीमा व्यावसाय गर्न सहज हुँने बताए । साथै कम्पनिले जीवन विमा अभिकर्ता तालिममा ईच्छुक र आवश्यक शैक्षिक योगयता भएका वेरोजगार युवा युवतीलाई तालिममा सहभागि गराई अर्थिक आयआर्जन गर्न सकिने विषयको जानकरि गराउँदै समाजमा रहेका हरेक सक्षम ब्यक्ति तथा परिवारसरलाई विमाको महत्व तथा आवश्यकता वारे अवगत गराई सर्वोत्तम बचत र आर्थिक सुरक्षाका प्रत्याभुति कम्पनिले प्रदान गरेको स्पष्ट पारे ।
तालिममा कम्पनिका एजेन्सि म्यानेजर, व्यावसाय संयोजक, अभिकर्ता र २५ जना नर्याँ प्रशिक्षार्थि अभिकर्ताहरको सहभासगता रहेको थियो ।

किन बदल्छन गायक नवीन के भट्टराईले   प्रत्येक महिना एउटा सिम कार्ड

असोज ०६।अग्लो कद । लजालु स्वभाव । शीरदेखि पाउसम्म म्याचिङ ड्रेस । शीरमा कहिल्यै नछुट्ने क्याप । उनको चिनारी यति मात्रै होइन । कुनै बेला पप संगीतमा एकछत्र राज गरेका उनले अहिले पनि उतिकै माया पाएका छन्  । कारण– उनी दिलदेखि नै गाउँछन्, रमाउँछन् ।

 

गायक नवीन के भट्टराई । जो सानो समूहमा बस्न रुचाउँछन् । गीत गाउने सोख र इच्छा चाहना थियो, तर पैसा थिएन । अनुकूल समयमा गितार बजाउनु, गीत गाउनु, साथीभाइलाई सुनाउनु । यसैगरी दिन बित्दै गयो । धेरैजसो त उनी आफ्नो अभिन्न मित्र गितारसँगै लुकामारी खेल्नै रमाउँथे ।

 

गीत रेकर्ड गराउने ठूलो रहर थियो । तर बाधा उही पैसा । यो बाधाको पहाडलाई छिचोल्न मामा कृष्ण बनेर आए । २०५२ सलातिरको कुरा, हो – मामाले गीतको एल्बम निकाल्न सहयोग गर्दै बाधाको पहाड फोडे । भट्टराई आफ्नो रहरले बाटो र लय पाउँदा दंग परे । त्यही बेला गीत रेकर्ड गर्दा २५ सय रुपैयाँ जति खर्च भयो ।

 

उनी भए फुरुंग । उनको खुशी एक दुई दिनमै हलक्कै फैलियो ।  ‘आँखामा तिमीलाई पाउँछु म धेरै धेरै…’ बोलको गीत सबैको मुखैमा झुण्डियो ।

 

गीत निकै चल्यो । एकान्त रुचाउने उनलाई थाहै थिएन की गीत चल्दा गायकले नि पैसा कमाउँछन्  ।  यो गीत पछि उनलाई गीत गाउन कार्यक्रमबाट निम्तो नै आउन थाल्यो ।

 

सबै जना हेर्न बस्थे, तर स्वभावले ह्याण्डल गर्न सकिएन

कलेजबाट घर फर्किदा हिँड्दै । चिया पसल, होटल रेष्टुराँ, शैलुन उनी हिड्ने बाटोमै पर्थ्यो । त्यहाँ हुने सबैको आँखामा भट्टराईले आफैँलाई पाउँथे । ‘आँखामा तिमीलाई पाउँछु म धेरै धेरै…’ सुन्दै उनीलाई पर्खिरहेका हुन्थे, हेरिरहेका हुन्थे, उनीहरु ।

 

तर भट्टराईलाई कसैको आँखामा मात्रै बसिरहन सकस हुन्थ्यो । उनी सकेसम्म लुकेर नदेखिने गरी ओहोरदोहोर गर्दथे । भिड होइन सानो समूहमा उनको मन बस्थ्यो ।

 

काठमाडौंको डिल्लीबजार घर । स्कुल हुँदा गायनलाई घर र साथीभाई माझ नै सीमित राखे । जब स्कुले जीवन सकियो, उनमा संगीतको आवेग बढ्यो । बुढानीलकण्ठमा स्कुले जीवन बिताएका उनी काठमाडौं युनिभर्सिटी भक्तपुरमा उच्च शिक्षाका लागि पुगे । युनिभर्सिटीसँगै गायन यात्रले पनि गति पायो ।  यो यात्रामा बुवाको भरपुर साथ थियो ।]

 

उनी डिल्लीबजारदेखि हिँड्दै रत्नपार्क पुग्थे । अनि रत्पार्कबाट गाडीमा काठमाडौं युनिभर्सिटी, भक्तपुर । फेरि भक्तपुरदेखि रत्नपार्कसम्म उही यात्रा । अनि उही बाटो हिँड्दै डिल्लीबजार घर । ‘थिएन नि म सँग बाइक, लुखुर लुखुर हिडेर जान्थे’, उनी सम्झन्छन् ।

१० वर्षसम्म गाह्राे भयो, हरेक महिना नम्बर परिवर्तन

रहरै रहरमा निक्लियो एल्बम ‘रहरै रहरमा’ । बजारमा ‘रहरै रहरमा’ गएसँगै भिडले नियाल्न थालेपछि भट्टराई प्रफुल्लित त भए । तर उनी भिडमा रुमल्लिन चाहेनन् ।  प्रायः मान्छेको चहलपहल कम हुने समयमा नै उनी घर वरपर निस्कन्थ्ये । भिड उनको पछि लागिरह्यो । उनी एक्लै दौडिरहे । उनी भन्छन्, ‘त्यस्तो बेला मलाई यस्तो प्रेसर भयो, कुनै एउटा प्वाइन्टमा पुग्दा त मैले आफूलाई मेसिन नै सम्झे ।

 

यति धेरै फोन आउथ्यो राति – बिहान । म वाक्क भइसकेको थिए । मैले यो भिड र चमकलाई ह्याण्डल नै गर्न सकिन । मान्छे थाक्छ नि ।’

भट्टराईको घर नजिकै एक जना दिदीको पसल थियो । दिदी सँधै भन्नु हुन्थ्यो, ‘ओहो नवीन तिम्रो त हरेक महिना नम्बर चेन्ज गर्नुपर्दछ है ।’  यो पाटो रमाइलो पनि हो । कति मान्छेको लक्ष्य नै यही नाम दामको होस् भन्ने हुन्छ, तर मेरो चाहना यो सब भन्दा नि आनन्दले गीत नै गाउँ र गीतबाटै शेयर गरौँ भन्ने नै हो । म भिडको पछि लाग्नै चाहिन ।’

स्वभावकै कारण केही मिडियाले त प्रतिबन्ध नै लगाए

धेरैको मनमा बसेका पप गायक नविन भट्टराई केही मिडियाले भने प्रतिबन्ध नै लगाए । उनकै शब्दमा भन्नु पर्दा उनी खास मिडियाबाट टाढा बस्न रुचाउँथे । यो स्वभावले केही कार्यक्रम प्रस्तोता वाक्क भएका थिए । केही वर्ष त उनलाई उनीहरुले निषेध नै गरे । ‘मेरो स्वभाव नै त्यस्तै थियो मिडियामा धेरै नजाने, त्यो कुरा मिडियाले बुझेनन् ।’

 

४ वर्षपछि कमब्याक

सुरुमा द स्टिल ह्विल्स ब्यान्डमा आबद्ध भट्टराई अहिले सोलो गाउँछन् । २०४८ सालतिर लाइभ शोमा अंग्रेजी गीत गाएर सुरु भएको थियो सांगीतिक यात्रा । बुढानीलकण्ठको पढाईले उनीलाई अंगे्रजी गीतप्रति लगाव बढेको थियो । लोकप्रिय बनौँला, सबैले वाहवाह गर्लान् भनेर उनले गितार समाएको पटक्कै होइन । रहर थियो सोख थियो अनि भित्री चाहना थियो ।

 

यसैले पनि उनी आफ्नो गीतको पहिलो हरफ आफैँ लेख्छन्, कम्पोज गर्छन् । उनका गीतमा अन्तरा प्राय: हुँदैनन । ‘मान्छे छक्क पर्थे, आबुई अन्तरा नै नभएको गीत भन्थे ।’ उनले भने । कुनै बेला अरुले हाँसीमज्जाक गरे नि यो उनको आफ्नोपन हो ।

२०४९ सालको कुरा हो । उनले पहिलो पटक विशेष औपचारिक कार्यक्रममा गाउने निम्तो पाए । यसरी विशिष्ट अतिथि (राजा वीरेन्द्र शाह) सामू गीत गाउने जर्मको जुर्ला भन्ने आशा नै थिएन उनलाई । उनको गायनको सबैले चर्चा गरे । त्यति मात्रै होइन खाममा उनले ५ हजार रुपैयाँ पनि पाए । ‘कस्तो अचम्म गीत गाएर नि पैसा पाइदो रैछ’ उनी एकै पटक फ्ल्यासब्याकमा पुगे ।

नवीनको आफ्नै शैली छ । त्यसैले त उनले ४  वर्षपछि कमब्याक गर्दा सबै गीत टेपमा नै रेकर्ड गराए । १० वर्षसम्म थन्किएको टेपको धुलो पुछ्दै गीत भरे–‘अनिदो भईं रातमा…।’ आधुनिक उपकरण भन्दा उनलाई त्यही पुरानो टेपले मन छोयो ।

संगीतमा केही नयाँ गर्नकै लागि भनेर उनले ‘ग्याप’ राखे । ४ वर्षसम्म एल्बम र गीत रेकर्ड नगराए पनि उनी विभिन्न सांगीतिक कार्यक्रम, महोत्सवमा भने व्यस्त हुन्थे ।  तर अरु सांगीतिक ब्याण्डसँग उनको ‘केमेस्ट्री’ उति नजम्ने, आफ्नै ब्याण्ड लैजान आयोजकको खर्च बढ्ने । लाइभ  कन्सर्ट र लोडसेडिङ लगायत कारण बाधक बन्यो, रोकियो चार वर्ष ।

राम्रो श्रोता

२०३१ साल काठमाडौंको डिल्लीबजारमा जन्मिएका भट्टराईलाई सानैदेखि पप संगीत सुन्न खुबै रुची थियो । उत्कृष्ट गीत प्रस्तुत गर्न खप्पिस गायक भट्टराई राम्रो श्रोता हुन् । गीत सुनेर नै उनले गाउन सिके । संगीतका विभिन्न पाटोका बारेमा ज्ञान बटुले । पछि त उनले संगतिको औपचारिक शिक्षा नै लिए ।

 

भट्टराईको छोरा श्लोक पनि संगीतमा रुची राख्छन् । तर उनको अगाडि हिम्मतै गर्दैनन् गाउने । अहिले बुवा साथमा हुनुहुन्न, तर भट्टराई आफूले गायनमा बुवाको साथ पाए जस्तै साथ छोरालाई दिन चाहन्छन् । छोरा श्लोक नवीन के भट्टराईसँग उति खुल्दैनन, जति आमा र हजुरआमासँग खुल्छन् ।

छोराले नि संगीतिक क्षेत्रमा केही गरोस् भन्ने चाहना छ, नवीन के भट्टराईलाई  । प्रायः पश्चिमी गीत सुन्ने भट्टराई श्लोकलाई पनि यस्तै गीत सुनाउँछन् ।

भट्टराईको दैनिकी हिजो आज पनि पहिले जस्तै छ । परिवेश मात्रै फेरिएको छ । उनी पहिले जस्तै पश्चिमी गीत सुन्न र गाउन रुचाउँछन्, त्यही बिट अनुसार गितार बजाउँछन् ।

बिहान उठेदेखि नसुतेसम्म गितारमा नै रमाउने उनी केही दिन घरमा भएनन् भने छिमेकीको खोजीको पात्र बन्छन् । गितार र भट्टराईको गज्जबको कनेक्सनकै कारण सँधै गितारको आवाजले झर्को मान्ने छिमेकी पनि सुनसान हुँदा चासो देखाउँछन्, ‘होइन, नवीन कहाँ गएछ …?’

कपिलवस्तु मा चित्तल मार्ने दुईजना पक्राउ

६ असोज, २०७५ । संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुले जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ ।

पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताउनु भयो ।

चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरु अहिले जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि थुनामा रहेका छन् ।

ज्युँदै बच्चालाई मृत्यु घोषणा गरी पोष्टमार्टम कक्षमा

असोज ०६ । अस्पातालले ज्युँदै बच्चालाई मृत्यु भएको घोषणा गरी पोष्टमार्टम कक्षमा राखेको पाइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ज्युँदो बच्चालाई मृत घोषणा गरी पोष्टमार्टम कक्षमा लगेपछि शनिबार अस्पतालमा प्रदर्शन र तोडफोड भएको छ ।

 

गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका लागि आएका एकजना बच्चालाई ज्युँदै अवस्थामा मृत्यु भएको घोषणा गरेर पोष्टमार्टम कक्षमा राखेपछि अस्पतालमा आफन्तजनहरुले प्रदर्शन र तोडफोड गरेका हुन् ।

 

सप्तरीको रुपनी गाउँपालिका ६ निवासी अशोक साहका १८ महिने छोरा अरब साह सर्पदंशको घटनामा परेपछि गएराति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । तर अस्पतालले मृतक घोषणा गरी पोष्टमार्टमा राखेको र शनिबार बिहान गाउँले महिलाहरु आएर बच्चालाई हेर्न जाँदा आँखा खुलेको र थुक निस्किरहेको देखेपछि आफन्त र स्थानीयवासीले अस्पतालमा प्रदर्शन र तोडफोड गरेको अस्पताल श्रोतले जनाएको छ ।

 

उनीहरुको प्रदर्शनका कारण बिहानैदेखि अस्पतालको अवस्था तनावग्रस्त भएको छ । अस्पतालको आकस्मिक कक्षको सेवा समेत प्रभावित हुँदा बिरामीहरु दोहरो मारमा परेका छन् ।

 

यसैबीच जिउँदो फेला परेका बच्चालाई तत्कालै एम्बुलेन्सबाट उपचारका लागि सर्पदंश उपचार केन्द्र चोहर्बा सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता अस्पतालको अवस्था तनावग्रस्त बनेपछि अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दशैँका विभिन्न साइत सार्वजनिक, !!!

असोज ६। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

 

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्ऽ गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्राइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

 

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

 

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनु भयो।

विजयादशमीकै दिन बिहान ८।३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।

 

कात्तिक ७ गते बुधबार कोजाग्रत पूणिर्मा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

 

असोज ६। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्ऽ गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

 

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्राइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

 

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनु भयो।

विजयादशमीकै दिन बिहान ८।३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।

 

कात्तिक ७ गते बुधबार कोजाग्रत पूणिर्मा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

 

असोज ६। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

 

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्ऽ गौतमले जानकारी दिए । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्राइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

 

असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ ।

 

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा गौतमले बताउनु भयो।

विजयादशमीकै दिन बिहान ८।३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।

 

कात्तिक ७ गते बुधबार कोजाग्रत पूणिर्मा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

‘छक्का पन्जा-३’को रिलिज डेट संगै ट्रेलर सार्बजनिक,

‘छक्का पन्जा-३’को रिलिज डेट संगै ट्रेलर सार्बजनिक, हेर्नुस् यस्तो छ मज्जाको ट्रेलर

असोज ७ गते नेपाल बन्दको आव्हान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम घोषणा गरेको छ ।

गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको माग गर्दै उक्त बन्दको कार्यक्रम घोषणा गरेको नेकपाकाे उपत्यका विशेष ब्युरोले जनाएको छ ।

ब्युरो इन्चार्ज प्रज्वलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको भन्दै घोर विरोध तथा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ ।

यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’

गायक पाण्डेले गित सङगितमा झन झन चर्चा कमाउदै  

दिनेस पान्डे ले सल्ला सुस्सायो स्याङलयाङ डाडैमा गित बाट सङ्गीत छेत्र को यात्रा सुरु गरेका हुन।उनको पहिलो गित नै अत्यधिक मन पराइएपछी उन को मनोबल बड्यो।फल्स्वरुप उनको यो यात्रा मन्मोहक हुँदै अगि बड्यो।बिगत ५ बर्ष देखि अलि सक्रिय रहेका पान्डे लोक गित को जगेर्ना मा जोड दिन्छ्न।कहिले मायाले खान दिन्न बरिलै,कहिले रात्री बस हुदै गायन क्षेत्रको कला ले पोतिएका छन ।

उनले कम गित निकाल्ने ,तर गित लाइ मार्मिकता,सुमुधुर तथा गाउले स्वर,बिसयबस्तु,शब्द,सृजना,लय आदि को राम्रो श्रृङ्गार बाट सिगार्ने गर्छ्न जसले गित सफल बनेरै छाड्छ।आफुले गाएका प्रय:गित मा उनको आफ्नै शब्द सङकलन हुन्छ।

लोक गित मा पछिल्लो समयमा देखियेका बिकृती बारे भने उनी सारै दुखी रहेको बताउछ्न र लोक सस्कृती को जगेर्ना का निम्ति अग्रज तथा नया पिडि लाई आहबान समेत गरेका छ्न ।
गायन बिधाबाट अर्घाखाची जुकेना लाई चिनाउन उनले गरेका योगदान पनि ठुलै छ।

बालिकाहरु पुन पढ्न पाएपछि खुसी हुँदै

विभिन्न समस्याका कारण विद्यालय छोडेका कपिलवस्तुको महाराजगन्ज नगरपालिका ८ कजरहवाका बालिकाहरु पुन पढ्न पाएपछि खुसी हुँदै आफ्नो अनुभव सुनाउदै ।। अहिले कपिलवस्तुका ५ सय बालिकालाई उडान कार्यक्रम अन्तरगत पुन भर्ना गरि शिक्षा दिइदै छ

तस्वीर सनिउल्ला धोबी कपिलवस्तु असोज ६ ।

साप्ताहिक राशिफल असोज ०७ देखि असोज १३  सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा  व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्।  प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ।  काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरु आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ।   साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
 – कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
–   धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ।  सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ।  जोस र जागर बढ्नेछ।  संयमता भने अपनौनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
 – प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ।  मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्।   कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।  जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।  सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।  जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।  सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ।  धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
 – प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।   तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।  ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला।  यात्रा गर्ने अवसर जुर्न सक्छ।
 –  धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला।   ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ। 

प्रदेश नं ५ को समुन्नत बिकासको लागि हाम्रो पहल :प्रवाक्त अकरम ।।

अकरम पठान अहिले संघीय समाजवादी फोरम नेपालका एक उदाउदा नेताको रुपमा परिचित भएका छन । सलिन अनी भद्र स्वाभावका अकरम अहिले तराई मधेश र पहाडको विकासका लागि अहोरात्र खटेका छन । कपिलवस्तुको कृष्णनगरमा घर भएका अकरमलाई पाटीले समेत विश्वास गरी महत्वपुर्ण जिम्मेवारी दिएको छ । उनी अहीले संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता हुन । समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान विगत दुई दशक देखी नेपाली राजनितिमा सक्रिय हुनुन्छ । अकरम पठानले गरेको राजनितिक सर्घषका बारेमा  सनिउल्ला धोबीले गरेको कुराकानी ।

१) अकरम जी तपाईको पाटीले संविधानको विरोध किन गर्नुभएको हो ?

सर्व प्रथम त प्रश्नाको लागि धन्याबाद दिन चाहान्छु । हेर्नुस संविधान कुनै व्याक्ति वा कुनै पाटीले ल्याएको होइन । संविधान एक लिखित दस्तावेज हो । लिखित दस्तावेज समय अनुसार परिर्वतन गर्नु पर्छ । यो संविधान संशोधनको पक्षमा हामी उभिएका छौ । अहिले सरकारले संविधान संशोधन गर्न आश्वासन समेत दिएको छ । हामीले संविधानको विरोध भन्दा संशोधन गर्न सरकरालाई दवाव दिएका छौ यसरी बुझ्नुस । मधेश र मधेशीको बालिदानबाट प्राप्त उपलब्धी हासिल गर्नका लागि हामी हरपल लागि पारेका छौ । हाम्रो पाटीको केन्द्रिय रुलिगं अनुसार संविधान जारी भएको असोज ३ गतेलाई हामीले विरोधको रुपमा मनाएका छौ । संविधान ल्याउनमा सबै नेपालीले अहम भुमीका खेलेको तपाईलाई थाहै छ ।

२) अनी किन मन्त्री पद खाएको त ?

हेर्नुस बाच्चा जब सम्म रुदैन तब सम्म दुध खाना पाउदैन । बाच्चालाई दुध खाने अधिकार हो तर उ दुख खानाका लागि रुनु पर्छ । त्यसैले हामीले सरकार बाहीरा बसेर धेरै सर्घष गर्यौ । सरकारले हाम्रो कुनै सुनुवाई गरेन । त्यसैले मधेश अन्दोलनलाई सार्थक बनाउनाका लागि पाटी अध्यक्षको नेतृत्वमा हामी मधेशी सगै सम्पुर्ण नेपालीको उन्मुक्तीको लागि सरकारमा गएका हौ ।

३) कपिलवस्तु सहित देशै भरी भएको मधेश अन्दोलनको समयमा तपाई अग्रपंक्तीमा उभिएर अन्दोलन गर्नु भयो के उपलब्धी पाउनु भयो ?

हो म कपिलवस्तुमा आफ्नो पाटीको अन्दोलनको अगुवाई गरेको थिए । अन्दोलनमा यस क्षेत्रका सांसद अभिषेक प्रताप शाहको पनि महत्वपुर्ण सहभागिता रहेको थियो । उहा अहिले नेपाली काग्रेसमा गइसक्नु भएको छ । त्यस्तै मगंल गुप्ता चाचा, अन्य पाटीका नेता कार्यकर्ताहरुको योगदानले यो अन्दोलन हामीले गरेका थियौ । यो अन्दोलन मेरो मात्र अन्दोलन होइन यो अन्दोलनले सबैको साथ र सहकार्यले सम्भाव भएको हो । पहिचान, संघीयता र समानुपातिक समावेशीकरण सहितको अधिकार सम्पन्न स्वायत प्रदेश निर्माणको लागि मधेश अन्दोलन भएको तपाईहरुलाई थाहै होला । विगतमा भएका अन्दोलन मधेशी आदीवासी जनजाती, थारु, महिला, दलित, मुस्लीम, पिछाडवर्गको उत्थानको लागि भएको एक ऐतिहासिक अन्दोलन हो । अन्दोलनको उपलब्धी नै हो की आज नेपालीहरु आफ्नो शिर उच्च गरेर हिडना पाएका छन ।

४) तपाई संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ को प्रवक्ता हुनुन्छ प्रदेश विकासको लागि के पहल गरको छ तपाईको पाटीले ?

हेर्नुस हामीले फ्रि मा आफ्नो प्रचार गर्न चाहेका छैनौ जे गर्छौ जनतालाई छर्लगं थाहा छ । हाम्रो पाटीका अध्यक्ष उपेन्द्र यादव उप प्रधान तथा स्वास्थ्य मन्त्री र सचिव मोहम्मद इतियाक राइनले शहरी विकास मन्त्रालय सम्हालि रहनु भएको छ । प्रदेशको विकासका लागि विभिन्न गतिविधी गरीरहेको यहालाई अवगत नै छ होला । अहीले स्वास्थ्य क्षेत्रमा भएको सुधार एक उपलब्धीको रुपमा लिन सकिन्छ । कसैले नगर्ने कार्य हाम्रो पाटीका नेताहरुले गरि रहेका छन । हाम्रो प्रदेशमा १२ वटा जिल्ला छन सबै जिल्ला अस्पातालको अवास्था एकदमै सुधार भएको छ । औषधीको आभाव हुन दिएको छैनौ । विभिन्न खाले रोगको निशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रीले गर्नु भएको । प्रत्येक क्षेत्रमा २५ शैयाको अस्पाताल निर्माण कार्य गर्नको लागि प्रक्रिया अगाडी बढेको छ । सनि जी हाम्रो पाटीको विरोध मात्र भएको छ हामीले धेरै नै काम गरेका छौ अहिले । यस्तै शहरी विकास मन्त्री मोहम्मद इतियाक राइनले हरेक स्थानिय तहामा सोच भन्दा राम्रो योजनाका साथ काम गरिरहनु भएकै छ । यहाले ग्रामिण क्षेत्रको विकासका लागि शहरी विकास मन्त्रालयबाट एक मुष्ट निर्माणको कार्य प्ररम्भ गर्नु भएकै छ । हरेक नगरपालिका गाउपालिकामा शहरी विकास मन्त्रालयको भवन विकास शाखाले प्रोफाइल निर्माण कार्य गरी रहेको छ ।

५) अकरक जी तपाई प्रदेश प्रवक्ता हुनुन्छ कपिलवस्तु विकासको लागि के छ तपाईको एजेण्डा ?

सनी जि कपिलवस्तुका मेरो जन्म भुमी हो । मैले कपिलवस्तु सगै यस प्रदेशको १२ वाटै जिल्लाको विकासको गती अघी बढाएको छु । यहाको समुन्त विकासका लागि मैले धेरै नै योजना बनाएको छु । अब यहाको विकासको योजनाले गती लिनेछ छ ।

६) योजना मात्र बनाएर भएन ?

सुन्नुस हाम्रो एजेण्डा भनेको हिमाल पहाड र तराईलाई समृद्ध बनाउने हो । हामीले अहिले पाटीको सिद्धान्तलाई भवानात्मक एकतासग जोडेर विकासको लहर चलाएका छौ र सफल पनि भएका छौ । पहाडमा भित्रि पहाड लोकमार्ग त्यसै गरी सबै वडा वडाका मोटरबाटो पुर्याउनको लागि हाम्रो पाटीले विशेष काम गरी रहेको छ । त्यस्तै तराईमा पनि विशेष काम गरीरहेको छ । तराईमा स्वास्थ्य, शिक्षा, कृषि, भौतिक सरंचना निर्माण, सडक बाटो बत्ती लगायतका क्षेत्रमा तिब्र गतीले काम भैइ नै रहेको छ । अहिले स्थानिय तहले समेत विकासको पक्षमा रहेको छ । कपिलवस्तुको हकमा हुलाकी रोड, सुराही सिचाई योजना, बाणगंगा सिचाई योजना, कृषि खेती योग्य जमीनको एकीकरण, बल्क निर्माण, कृष्णनगर भन्सार नाका विस्तार, मार्यादपुर नाका प्रवाहन सम्झौता, स्वास्थ्यको क्षेत्रमा अस्पाताल निर्माण, कृषिको लागि सहुलियत मल वितरणको कार्य मेरो र मेरो पाटीलको पहलले गरिरहेका छौ ।

६) अन्त्यमा के भन्न चाहानु हुन्छ ?

अन्त्यमा तपाईलाई धन्यावाद सनि जी अमुल्य समय दिनु भयो । केही प्रश्न सोध्नु भयो । राजनितिक मुल्य मन्यतालाई आत्मासात गर्दै आइरहेको एक सर्घषशिल नेता हु एक दिन पक्कै पनि यहाको सर्वपक्षिय विकास हुन्छु भनेर लागेको छु । संघीय समाजवादी फोरम नेपाल पाटी समग्र नेपाल विकासको एजेण्डा बोकेको पाटी हो यस्को सिद्धान्तले नै नेपालको सर्वपक्षिय विकास हुन्छ । हाम्रो पाटीले पाएको दुई स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय मार्फत मैले प्रदेश नं ५ को लागि विशेष योजना योजना ल्याएको छु । अन्त्यमा तपाईलाई फेरी पनि धन्यावाद ।

नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह(इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरु आएका छन् ।

प्रदेश १
इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काफ्ले
सचिवः सुरेश बहादुर राई

प्रदेश २
इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३
इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः नारायण दाहाल
सहइन्चार्जः हितबहादुर तामाङ
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५
इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश
इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७
इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी

यातायात मजदुर र सरकारबीच सहमति

मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति पछि यातायात मजदुर गाडी चलाउन तयार भएका छन् । सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ ।

दोस्रो बुँदामा ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो ।

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्ध गम्भिर घाईते

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आज विहान जङ्गली भालुको आक्रमणमा ७० वर्षीय एक वृद्ध घम्भिर घाईते भएका छन् । शितगंगा नगरपालिका वडा नं १० काठेखोला निवासी मान बहादुर नेपाली गम्भिर घाइते भएका हुन । विहानको करिब ४ बजे तिर आफ्नै कोदो बारीमा कोदो खान लागी रहेको भालुलाई आफ्नै गोरु सम्झी धपाउन जाँदा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा, पेट र गुप्ताङमा समेत गहिरो चोट लागेको बताईएको छ । उनलाई थप उपचारका लागी बुटवल पठाइएको शितगंगा १ं० का वडाध्यक्ष हिम्मत पोख्रेलले जानकारी दिएका छन् ।

स्ववियु वाणगंगा बहुमुखि क्याम्पसद्धारा विद्यार्थी सम्मान ।

कपिलवस्तु जिल्लामै पहिलो पटक आजोजना भएको मिस्टर एण्ड मिस कपिलवस्तुमा टप फाईबमा पर्न सफल विद्यार्थिहरुलाई सम्मान गरिएको छ । स्वतन्त्र विद्यार्थि युनियन वाणगंगा बहुमुखि क्याम्पसले सोही विद्यालयका विद्यार्थी नर्मता गुरुङ र संगम बुढा मगरलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख डिवि रेश्मी मगरले आफनो विद्यालय प्रतिभाको खानी भएको बताउदै आफ्नो क्याम्पसबाट परेको हुदा खुसि व्यक्त गर्दै विद्याथीलाईे शुभकामना दिएका थिए । बाणगगां माविका प्रचार्य कुलराज पौडेलले पढार्ई संगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि हुन जरुरी रहेको बताए ।

त्यस्तै स्ववियु सभापति माधव पौडेलले विद्यार्थिहरुका समस्या समाधानमा स्ववियु सधै लागि पर्ने बताउँदै बधाई ज्ञापन गरे । कार्यक्रम स्ववियु सभापति माधम पौडेलको अध्यक्षता, शान्ता भुषालको स्वागत, र भगवती न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

नयाँ शक्ति पार्टी कपिलवस्तुद्धारा वैकल्पिक जिल्ला सरकारको घोषणा

नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको सम्पन्न विस्तारित वैठकले नयाँ वैकल्पिक जिल्ला सरकार कपिलवस्तुको घोषणा गरेको छ । नेपाली समाजको बदलिदो नयाँ राजनैतिक अभिभारा पुरा गर्ने उद्देश्यका साथ नयाँ शक्ति पार्टी नेपालको संघिय परिषदको चौथो लुम्बिनी विस्तारित वैठकले स्थानिय तह देखि केन्द्रिय निकाय सम्म वैकल्पिक सरकार र सदनको समेत अभ्यास गर्ने योजना अघि सारेको जनाएको छ । गठित वैकल्पिक जिल्ला सरकारको प्रमूखमा इलियास मुसलमान सहित उप प्रमूख गिता तिवारी , सदस्यमा पदम सोमै मगर, इन्दा्रवाति चौधरी, पुरन चौधरी, अब्दुल मोविन मुसलमान, मो.इशाक मुसलमान, रामनिवास पुरी लगाएत १७ सदस्यीय समितिको घोषणा गरेको छ ।
सरकारले नयाँ शक्ति पार्टी नेपाले अबलम्बन गरेको पाँच स को राजनैतिक कार्यदिशाको मुल्य मान्यतालाई स्थापित गर्दै मुलुकको आर्थिक समृद्धि मार्फत समुन्नत समाजवाद सम्म पुग्ने ध्यय प्राप्तिका निम्त अगाडि बढ्ने जनाएको छ ।त्यस्तै सरकारले स्थानिय तहको विकास शुसासन र समृद्धिको निम्ति वैकल्पिक सरकार कार्यविधि तयार गरी अविलम्ब लागु गर्ने पनि दावी गरेको छ । गठित वैकल्पिक सरकारले पार्टीले विजय हासिल गरेका स्थानिय तहहरुमा वैकल्पिक राजनैतिक धारको गुण चरित्र र विशेषता प्रर्वदन गर्न नमुना विकास गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गर्ने पनि जनाएको छ ।
त्यस्तै जिल्लाका सबै सरकारी निकायहरुमा नियमित निगरानी गर्नूका साथै समाजमा हुने भ्रष्टाचार, हत्या, हिंसा बलात्कार र सामाजिक विकृति र विसंगतिका विरुद्ध पनि सामाजिक जन परिचालनका लागि हस्तक्षपकारी भुमिका खेल्ने पनि जनाएको छ ।

कपिलवस्तुमा मुर्हरम नजिकिएसंगै तहाजियाको विक्रि बढ्दो

कपिलवस्तुमा मुस्लिमहरुको महान पर्व मुर्हरम नजिकिएसंगै तहाजियाको बिक्री समेत बढेको छ । अहिले जिल्लाको दक्षिणीभेगमा तहाजिया (कागजको मन्दिर) को विक्रि बढेको हो । रंगीबिरंगी र बासँले मन्दिरको आकारमा बनाइने तहाजिया खरिद गर्न यतिखेर श्रद्धालुहरुको बजारमा निक्कै भीड देखिन्छ । अहिले बजारमा २ मिटर लामो देखि १० मिटर अग्लो सम्म तहाजिया विक्रिमा राखिएको छ । आफुले मागेको भाकल पुगेमा श्रद्धालु भक्तजनहरुले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने गरि मुहर्रमका दिन करबला (चिहान) मा पुजाआजा गरि विर्सजन गरिने धर्मगुरुहरु बताउँछन् ।

बजारमा यतिखेर २ सय देखि ५ हजार सम्मका तहाजिया विक्रीमा राखिएको छ । तहाजिया विक्रि गर्न बसेका कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका व्यापारी अब्बुल हसनले यो बर्ष २ लाख बढिको तहाजिया विक्रि गरेको बताए । मुहर्रम पर्व बाजा गाजा तथा रंगीचङ्गी हुने हुदा हिन्दु धर्मावलम्बीहरुले समेत यस पर्वलाई अंगाल्दै जादा तहाजियाको कारोबारमा समेत पं्रत्येक वर्ष थप विक्रि बढ्दै गइरहेको छ । ९० प्रतिशत हिन्दुधर्मावलम्वी र १० प्रतिशत मुस्लिम धर्मावलम्वीहरले मनाउँने गर्छन् ।

त्यस्तै कपिलवस्तु ९ बन्डौलिकी गुञ्जेश्वरी देवी यादवले विगत १० वर्ष देखि ताहजिया वावालाई मान्दै आएको बताउँछिन् । आफुले मागेको कुरा पुरा भएको हुँदा वषैनि उनले तहाजिया वावाको पुजा गरि करबला (चिहान) मा लगि सेलाउँने गरेको बताईन् । छोराको लागि भाकल गरेकी कपिलवस्तु नगरपालिका डेरवाकी सजिवन पासिले भाकल पछि छोरा जन्मिएको र त्यस पछि पाचँ पर्ष सम्म पुजा गरिरहेको बताईन् ।

त्यस्तै वडा नं १ का कार्यवाहक अध्यक्ष विष्णु प्रसाद वारिले अहिले ताहजिया मुहर्रम पर्वलाई हिन्दुहरुले पनि मनाउँदै आएको र जसले गर्दा सद्भाव बढेको बताए । जिल्लाका मैनिहवा, महुवरिया, पकडि, लवनि, ईमिलिया, भडसुडवा, कृष्णनगर, चन्द्रौटा र बहादुरगञ्ज लगायतका स्थानबाट ताहजिया निर्माण गरि विक्रि हुने गरेको ईस्लाम व्यावसायिक संघले बताएको छ ।

चालकहरुको आन्दोलन फिर्ता

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलन फिर्ता लिएको छ । सरकारले भाद्र १ गतेबाट लागू हुनेगरी ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै समितिले सुरु गरेको आन्दोलन सर्वसाधारणको मागलाई मध्यनजर गर्दै आजदेखि आन्दोलन फिर्ता लिइएको बताइएको छ । सवारी चालकहरुले गरेको बन्दका कारण आज पनि कपिलवस्तु लगायत प्रदेश ५ का सर्वसाधारणहरु मारमा परेका थिए ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै ३ दिनदेखि चालकहरु संघर्षमा उत्रिएका थिए । बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चल्न नसकेपछि यात्रुलाई गन्तब्यमा पुग्न निकै सास्ती भईरहेको छ । चाडबाडको समयमा गाडी बन्द गरिँदा दशैँका लागि भारतमा रोजगारी गरेर घर फर्किने यात्रु ३ दिनदेखि सिमाक्षेत्रमै अलपत्र पर्ने गरेका छन् । दुर्घटनामा चालकहरुलाई आजीवन काराबास गर्ने लगायतका निर्णय आफुहरुलाई मान्य नभएकोले आन्दोलनमा गर्नु परेको चालकहरुको भनाइ छ ।

ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेको प्रति उनीहरुको असन्तुष्टि छ । दुर्घटना चालकको लापरवाहीले नभई भईपरि आउने समस्या र प्राविधिक कारणले हुने गरेको उनीहरुको भनाइ रहेको छ

ओलीको ‘आश्चर्यजनक’ कदम


बिम्स्टेक सम्मेलन क्रममा काठमाडौंमा ओली र मोदी

बिम्स्टेक सम्मेलन क्रममा काठमाडौंमा ओली र मोदी
तस्बिर सौजन्यः भारतीय दूतावास
बुझ्दै जाँदा बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुने निर्णय कहीँकतै भएकै रहेनछ। औपचारिक निर्णय नगरेरै रक्षा मन्त्रालय तहबाट भारतमा सैनिक पठाउने काम भइसक्दा पनि प्रधानमन्त्री ओलीलाई थाहै रहेनछ।

नेपालमा आयोजित बिम्स्टेकको चौथो शिखर सम्मेलनको जति चर्चा भयो, त्यसभन्दा बढी चर्चा भारतको पुणेमा आयोजित संयुक्त सैन्य अभ्यासको भइरहेको छ। काठमाडौंमा बिम्स्टेक (बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास) शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सातै राष्ट्रका सैनिकहरुलाई भारतमा आयोजित संयुक्त सैन्य अभ्यासमा स्वागत गर्ने’ घोषणा गर्दा धेरैका कान ठाढा भएका थिए। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजना गर्न अनिच्छुक भारतले त्यसको विकल्पका रुपमा बिम्स्टेकलाई अघि बढाउन चाहेको विश्लेषण भइरहेको बेला संयुक्त सैनिक अभ्यासको घोषणा गर्नु उसको दीर्घकालीन रणनीतिको एउटा अंग थियो। अझ त्यसलाई बिम्स्टेकको मुख्य निर्णयझैँ गरी प्रचार गर्दा स्वयम् बिम्स्टेक ओझेलमा परेको छ।

उत्तर र दक्षिणतिर दुई विशाल छिमेकीको बीचमा रहेको नेपाल बिम्स्टेक सैन्य अभ्यासमा भाग लिन तयार हुनुलाई सहज रुपमा लिइएको थिएन। तर, ‘भारतले प्रस्ताव राखिसकेपछि त्यो सहजै कार्यान्वयन हुन्छ’ भनेर अनुमान गर्नेहरुको पनि कमी थिएन। सत्तारुढ नेकपाभित्रका केही नेताहरुले बिम्स्टेक सैन्य अभ्यासमा नेपाल सहभागी हुने कुराको विरोध गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसका मुख्य नेताहरुले मौनता साँध्दै सरकारलाई प्रश्न गर्नकै लागि केही कनिष्ट नेताहरुलाई संसद्मा उभ्याए। तथापि, त्यसरी आलोचना गर्नेहरुका मनमा पनि ‘नेपालले उक्त प्रस्ताव अस्वीकार गर्न सक्दैन र पुणे सैनिक अभ्यासमा भाग लिन्छ’ भन्ने नै परेको देखिएको थियो। सरकारका तालुकवाला मन्त्रीका अभिव्यक्ति पनि संयुक्त सैन्य अभ्यासको औचित्य पुष्टि गर्नमै खर्च भइरहेका थिए। यतिसम्म कि, रक्षा मन्त्रालयले त तीनजना सैनिक अधिकारीलाई सैन्य अभ्यासको तयारीका लागि ‘एड्भान्स टीम’ का रुपमा पुणे पठाइसकेको थियो।

यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिने घोषणा गर्नु धेरैका लागि अनपेक्षित र आश्चर्यजक घटना थियो। सँगसँगै अर्को आश्चर्य के भयो भने बुझ्दै जाँदा संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुने औपचारिक निर्णय कहीँकतैबाट भएकै रहेनछ। औपचारिक निर्णय नगरेरै रक्षा मन्त्रालय तहबाट भारतमा सैनिक पठाउने काम भइसक्दा पनि प्रधानमन्त्री ओलीलाई त्यस विषयमा थाहै रहेनछ। यति गम्भीर र रणनीतिक विषयमा प्रधानमन्त्रीलाई रक्षा मन्त्रालयले गुमराहमा राख्नु आफैँमा आश्चर्यको कुरा त छँदैछ, प्रधानमन्त्रीलाई नजिकैबाट कति जटिल घेराबन्दीमा पारिएको छ भन्ने एउटा उदाहरणका रुपमा पनि यसलाई लिनु पर्ने भएको छ।

जेसुकै होस्, आफ्नै मन्त्रीसमेत संलग्न घेराबन्दीलाई तोडेर प्रधानमन्त्री ओलीले ‘बोल्ड’ निर्णय लिएका छन्। भारतीय पक्ष र अरु कतिपय विश्लेषकहरुले ‘अन्तिम घडीमा आएर प्रधानमन्त्री ओलीले बिम्स्टेक सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिए’ भनेर आलोचना गरिरहेका छन्। तर यसमा पनि धेरै समय खर्च गरिहनु आवश्यक छैन। किनभने, प्रधानमन्त्री ओलीले जतिबेला यसको वास्तविकता थाहा पाए, त्यतिबेला नै निर्णय लिएका हुन्। अन्तिम घडीसम्म गुमराहमा राखिएको अवस्थामा पहिला नै यस्तो निर्णयको अपेक्षा गर्न सकिन्न। यस प्रकरणबाट प्रधानमन्त्री स्वयम्ले सिक्नुपर्ने पाठ चाहिँ आफ्ना निकायहरु सही रुपमा चलिरहेका छन् कि छैनन्, जंगी अड्डादेखि रक्षा मन्त्रालयसम्म विदेशीले कसरी सञ्जाल बिछ्याएका छन् भनेर पहिचान गर्नु हो।

बाहिरबाट हेर्दा एउटा सामान्य सैनिक अभ्यासमा नेपालको सहभागिता हुनु वा नहुनुलाई त्यति ठूलो विषय नमान्न पनि सकिएला। तर, यसबीचमा यस क्षेत्रमा भारतले अघि बढाएको रणनीति र नेपाल–भारत सम्बन्धका आयामहरुलाई केलाउने हो भने बिम्स्टेक सैन्य अभ्यासमा सहभागी नहुने प्रधानमन्त्री ओलीको निर्णय असाधारण छ।

बिम्स्टेकमा आवद्ध सात देशका राष्ट्र र सरकार प्रमुख काठमाडौंमा

दक्षिण एसियामा भारत र पाकिस्तान आणविक शक्ति सम्पन्न राष्ट्र हुन्। सन् १९४७ मा बेलायती उपनिवेशको अन्त्यसँगै विभाजित भएर दुई मुलुक बनेका यिनीहरुबीचको परम्परागत दुश्मनी संसारभर प्रसिद्ध नै छ। दिल्लीको सत्तामा आउने नेताहरु सुरुमा इश्लामावादसँग मित्रताको हात बढाएर केही कदम चालेजस्तो गर्छन् तर जब चुनाव नजिक आउन थाल्छ, तब पाकिस्तानलाई एक्लो बनाएर र थप आक्रामक रुपमा उभिन थालिहल्छन्। आठ महिनापछि हुने लोकसभाको निर्वाचनलाई ध्यानमा राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पाकिस्तानलाई झन् एक्ल्याउने’ मूल मर्मका साथ ऊ सदस्य रहेको सार्कको शिखर सम्मेलन हुन नदिने, ऊ सदस्य नरहेको बिम्स्टेकको शिखर सम्मेलन आयोजना गर्न सघाउने र बिम्स्टेकका सातै राष्ट्रका सैनिकहरुको संयुक्त अभ्यास भारतमा गर्ने योजना ल्याएका हुन्। अर्को छिमेकी चीनलाई पनि यसबाट केही सन्देश दिन खोजिएको हुन सक्छ। भलै, यस्ता कुराले चीनलाई खासै छुँदैन।

तर काठमाडौंको कदमले दिल्लीको यो रणनीतिमा ठेस लागेको छ। भारतीय सरकारी अधिकारी, सञ्चारमाध्यम र विश्लेषकहरुका कुरा सुन्दा पुणे सैनिक अभ्यास कति सुझबुझ र योजनाका साथ ल्याइएको थियो भनेर बुझ्न सकिन्छ। त्यसमा नेपालले सहभागिता नजाएपछि उत्पन्न आक्रोश र बेचैनीले भारतीय योजनामा ठूलै धक्का लागेको जस्तो देखिन्छ। सधैँ झैँ एकतर्फी रुपमा विश्लेषण गर्दै भारतीय विज्ञहरुले ‘नेपालले फेरि निहुँ खोजेको’ रुपमा यसलाई चित्रित गर्न खोजिरहेका छन्। कतिपय विज्ञहरुले त ‘भारतले फेरि एउटा नजिकको मित्रलाई आफ्नो फोल्डबाट गुमाएको’ रुपमा पनि यस घटनालाई चित्रित गरिरहेका छन्।

नेपाल–भारत सम्बन्धका आयामबाट हेर्दा समेत प्रधानमन्त्री ओलीले जोखिम मोलेर यस्तो निर्णय लिएका हुन् भन्ने प्रष्ट हुन्छ। कुनै पूर्वसल्लाह नगरी, औपचारिक रुपमा थाहै नदिई, संयुक्त सैनिक अभ्यासले यस क्षेत्रमा के असर पार्छ भन्नेबारे छलफल नै नगरी एकाएक बिम्स्टेकको मञ्चबाट भारतीय प्रधानमन्त्री मोदीले गरेको घोषणालाई प्रधानमन्त्री ओलीले सहज रुपमा लिन्छन् होला भन्ने अनुमान नै गलत थियो। खुलेर कुरा गर्दा र चित्त बुझाउन सक्दा खुल्ला दिलका साथ अँगालो हाल्न तयार हुने ओली आफुलाई उपेक्षा गरिएको महसुस हुनासाथ कुन रुपमा प्रस्तुत हुन्छन् भन्ने अनुभव दिल्लीले यसअघि नै गरिसकेको हुनुपर्ने हो।

निर्वाचनबाट नेपालमा नयाँ सरकार आएपछि भएका उच्चस्तरका भ्रमण र उच्च राजनीतिक नेतृत्वबीच भएका सौहाद्र्ध भेटवार्ताहरुलाई पनि यस प्रकरणले फिक्का सावित गरिदिएको छ। ‘भारतले घोषणा गरेपछि नेपालले त मानिहाल्छ नि’ भन्ने परम्परागत मानसिकता बदल्न प्रधानमन्त्री ओलीको यो कदमले ठूलो काम गरेको छ।

नेपाल र भारतको मित्रताका आयाम र गहिराइबारे राम्रोसँग व्याख्या गर्न सक्ने नेता हुन् ओली। भारतका संवेदनशीलताहरु राम्ररी बुझेका नेपाली नेताहरुमध्ये उनलाई एक नम्बरमै राख्न सकिन्छ। ०४६ सालपछि भारतबारे लगातार एउटै अडानमा रहेका कारण आलोचना खेप्दा पनि उनको विश्लेषणमा कुनै बदलाव देखिँदैन। तर, जब भारतले नेपालका आन्तरिक मामिलामा हात हाल्ने र ससाना कुरामा पनि सूँढ घुसाउने काम ग¥यो, त्यसविरुद्ध एक नम्बरमा उभिने नेता पनि ओली नै बनेका छन्। पछिल्ला दिनमा भारतले नेपालमा र सत्तारुढ नेकपाभित्र केही कचमच गर्न खोजेको हो कि भन्ने संकेतहरु देखा परेका छन्। एउटा नेताविरुद्ध अर्को नेता उभ्याउने र त्यसलाई आफ्नो ‘ट्याग’ लगाइदिएर नेपाली राजनीतिलाई विभाजित गर्ने दिल्लीको विगतको अभ्याससँग परिचित ओलीबाट त्यसलाई रोक्न समेत केही कदम अपेक्षित छ। त्यस सन्दर्भसँग पनि कुनै न कुनै रुपमा घटनाक्रमहरु जोडिएका छैनन् भन्न सकिन्न।

भारतका लागि नेपाल सन्दर्भमा टाउको दुखाइको एउटा विषय यही बेलामा चीनसँग आयोजित नेपालको संयुक्त सैन्य अभ्यास बनेको छ। तर, यो नियमित र पूर्वनिर्धारित अभ्यास हो, जुन अभ्यास भारतसँग पनि हुँदै आएको छ। भारत र चीन दुबै देशका सैनिकहरुसँग नेपालले त्यस्ता अभ्यास गर्दै आएको पृष्ठभूमिमा यसलाई बढाइचढाइ रुपमा प्रस्तुत गर्दा स्वयम् भारतलाई पनि फाइदा हुँदैन।

ठ्याक्कै यही बेला चीनसँग पारवहनसम्बन्धी प्रोटोकलमा नेपालले हस्ताक्षर गरेको छ। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा भएको सम्झौतालाई पूर्ण रुपमा औपचारिकता दिँदै चिनियाँ बन्दरगाहहरु प्रयोग गर्ने भूपरिवेष्ठित नेपालको अधिकारलाई पहिलो पटक सुरक्षित गरिएको छ। भौगोलिक दुरीका हिसाबले टाढा भए पनि अधिकारका हिसाबले नेपालका लागि यो दूरगामी महत्वको विषय हो। भोलिका दिनमा अरु देशका सामानहरु चिनियाँ बन्दरगाह भएर नआए पनि चीनकै सामग्रीहरु मात्रै पनि उत्तरतिरबाटै ल्याउँदा र हामीले पनि त्यसरी नै पठाउन सक्दा हाम्रा लागि व्यापार सहजीकरण हुनेछ। साथै, नेपालको पारवहनमा पूर्णतः भारतमाथि भइरहेको निर्भरता पनि कम भएर जानेछ।

बिम्स्टेक सैन्य अभ्यासमा सहभागी नहुने निर्णय लिएर प्रधानमन्त्री ओलीले समग्रमा नेपालको विदेश नीतिलाई सन्तुलित बनाउने र दुई ठूला मुलुकका बीचमा स्वतन्त्र, स्वाभिमानी र दृढ भएर उभिने काममा असाधारण योगदान गरेका छन्। छिमेकीलाई आफ्नो थान्कोमा बस्न र आफ्ना रणनीतिहरु अघि बढाउँदा नेपालका संवेदनशीलतालाई ख्याल गर्न यो एउटा बलियो सन्देश हो।

फाष्टट्र्याकमा सेनाको योजना

काठमाडौँ-  निजगढ द्रुतमार्गमा ४ अर्ब ३३ करोड लागतका तीनवटा आधुनिक सुरुङमार्ग (टनेल) बनाउने प्रस्ताव अघि सारेको छ।

सेनाले महादेव डाँडा, धेद्रे र लेनडाँडामा तीनवटा सुरुङमार्गको प्रस्ताव अघि सारेको हो।

आयोजनाका प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँडले महादेव डाँडामा ३-३ किलोमिटर (टनेल १), धेद्रे मा १.३७ किलोमिटर (टनेल २) र लेनडाँडामा १.४ किलोमिटर (टनेल ३) का टनेल बनाउने प्रस्ताव अघि सारेको बताए।

उनका अनुसार, टनेल निर्माणका कारण पूर्व अनुमानित लागत बढेपनि यसले दीर्घकालमा परियोजनालाई नै फलदायी हुनेछ। ‘टनेल निर्माणले १९ वटा साना-मझौला-ठुला पुलको सख्या घट्नेछ’ उपरथी खाँडले भने, ‘यस्तै ३.४५ किलोमिटर सडकको लम्बाई घटनुका साथै यात्रामा पाँच मिनेट समयको समेत बचत हुनेछ।’

सरकारले २१ बैशाख २०७४ मा मन्त्रिपरिषदबाट निर्णय गरेर राष्ट्रिय गौरबको आयोजनामध्येको एक काठमाडौँ–निजगढ द्रुतमार्ग बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनाले सोही वर्ष साउन २७ मा कामको औपचारिक जिम्मा पाएको हो।

काठमाडौँलाई पूर्व तराई/मधेशसँग जोडने ७६.३ किलोमिटर लामो चारलेनको सडक हाल निर्माणाधिन अवस्थामा छ। यो द्रुतमार्गले ललितपुरको ७.९, काठमाडौँ ४, मकवानपुर ५६.७ र बाराको ७.६ किलोमिटर छुनेछ।

सेनाले बिहीबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गरेर हालसम्मको प्रगति र भावी रणनीतिकका बिषयमा जानकारी गराएको हो। उसका अनुसार, सन २००८ मा एशियाली विकास बैँकले बनाएको सम्भाब्यता अध्ययनकै आधारमा काम भइरहेको छ।

द्रुतमार्ग आयोजनाले २९ भदौमा कोरियाली कम्पनी सुसुङ्गलाई बिस्तृत परियोजना प्रतिवेदन बनाउन परामर्शदाताका रुपमा छनौट गरेको थियो। परामर्श दाताले ४ महिनामा प्रतिवेदन दिएपछि सेनाले सोही अनुसार काम अघि बढाउने छ।

उपरथी खाँडले सेनाले तोकिएको ४ वर्षमै द्रुतमार्ग सरकारलाई हस्तानान्तरण गर्ने योजनासहित काम गरिरहेको बताए। उनका अनुसार, अहिले सेनाका १२ सय जना अधिकृत र जवान परियोजनामा खटिएका छन्।

‘हाम्रो लक्ष्य तोकेकै समयमा काम पुरा गरेर बुझाउने हो, सोही अनुसार काम भइरहेको छ’ उनले भने, ‘अहिलेसम्म हामी समय तालिका अनुसार अघि बढेका छौं।’

यसबीच, सेनाले परियोजनाका लागि सडकमा पर्ने २० हजार रुख कटान र १० वटा परियोजना क्याम्पमध्ये ८ वटा निर्माण गरिसकेको छ।

घुस लिएको आरोपमा दुई कर्मचारी पक्राउ

वीगञ्ज — अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अख्तियारले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका दुई जना कर्मचारीलाई बिहीबार दिउँसो सवा १ बजे घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह रहेका छन्। उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।
वीरगन्ज महानगरपालिका-१४ मा रहेको फुर्काउन इन्टरनेसनल एकेडेमी बोर्डिङलाई लाइसेन्स दिलाएवापत सञ्चालक एक्बाल हैदरसँग दुई कर्मचारीले १ लाख घुस मागेका थिए । साहले हैदरसँग पैसा लिन आफ्नो भन्जालाई पठाएका थिए । अख्तियारले पैसा लिँदालिँदै भान्जा अरुण साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका साहसँग अख्तियारले बयान लिँदा मन्जुर र शशीभुषणको नाम पोलेपछि उनीहरु दुवैलाई पक्राउ गरेको थियो ।

सुरुमा ५ लाखबाट पैसाको बार्गेनिङ चलेको पनि १ लाख दिने सहमति भएको स्रोतले बताएको छ ।