क्षेत्रीय खाध्य तथा गुण नियन्त्रक कार्यालय भैरहवाले कपिलवस्तुको चन्द्रौटामा रहेको निसा फुड प्रोडकमा छापा मारेको छ । वलवीर र छोटाभिम नामक चिप्स उत्पादन गर्दै आएको प्रोडकमा कार्यालयले छापा मारेको हो ।
उधोगले गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकोले १२ हजार पिस वलविर र छोटाभिम चिप्स नष्ट गरिएको खाध्य अनुसन्धान अधिकृत निरज कटुवालले जानकारी दिनुभयो । उजुरीको आधारमा उधोगमा छापा मार्दा गुणस्तरहीन सामान उत्पादन गरेको पाईएकाले उधोगले उत्पादन गरेको करिव ५० हजार वरावरको चिप्स नष्ट गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जग्दीस अर्यालले वताउनुभयो ।
उधोग संचालकलाई गुणस्तरिय समान उत्पादन गरि विक्री वितरण गर्न कार्यालयले चेतावनी समेत दिएको छ । खाध्य तथा गुण नियन्त्रक कार्यालय भैरहवा , वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रसासन कार्यालय चन्द्रौटा शिवराज नगरपालीकाको कार्यपालीका सदस्य सान्ता सेन लगाएतको टोलीले उधोगमा छापा मारि सामान नष्ट गरेको हो ।
कपिलवस्तुको चार नः जितपुरबाट मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ सुरु भएको छ । केनभस म्यानुवल प्लेयर्सको आयोजनामा शनिबारबाट कपिलवस्तुमा मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ सुरु भएको हो । यस प्रतियोगितामा फेस अफ लुम्बिनि २०७५ का बिजेता बिनेश पौडेल, मिस क्युन लुम्बिनि २०७५ की बिजेता बिदुशी खाण ठकुरी, सिद्धार्थ नगर बिकास समतिका अध्यक्ष बिष्णु थापा, सामुदायिक रेडीयो बाणगंगाका अध्यक्ष दुर्गा केसि निर्णायकको भुमिकामा रहेका छन । पहिलो अडिसन अन्र्तगत २० जना मिस एण्ड मिस्टर कपिलवस्तुको उपाधिका लागी सहभागी भएको केनभस म्यानुवल प्लेयर्सका निर्देशक बिशु खाणले जानकारी दिए । सुन्दरतासगै युवा युवतिमा भएको भित्रि क्षमतालाई बाहिर ल्याउनका लागी पहिलो चुनौती र अवसरका बिचमा यो कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनकी सर्जनेत एट आम्स सुश्मा खाणले बताइन । कार्यक्रममा रोट्रीयन नन्द किशोर शुक्ला, टोप नारायण भण्डारी, कपिलवस्तु जेसिजका प्रदीप पौडेल, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन , कपिलवस्तु चेम्बर अफ कमर्स, सिद्धार्थ नगर बिकास समिति, बाणगंगा वेलफेयर सोसाइटी, कपिलवस्तु जेसिज र रोट्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउन सहयोगी सस्थाका रुपमा रहेका छन ।
अाफ्नो जन्मदिनको खुसियालिमा वाणगंगा नगरपालिका वडा नम्बर ८ मा एक सामाजिक सेवाभावको सुरुवात गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मी निवासी कमल आचार्य र उनकी छोरी सृष्टि आचार्यले सोहि वडामा अवस्थित जनसेवा निमावि उदयपुर मोर्मीमा अध्ययनरत वालवालिकाहरुका लागि शुक्रबार शैक्षिक सामग्री प्रदान गरि जन्मोत्सवलाई खुसियालीका साथ मनाएका छन् । अर्थिक रुपमा विपन्न सामु्दायीक विद्यालयमा अध्ययन गर्ने करिब २ सय विद्यार्थीहरुका लागि आज शैक्षिक सामग्री प्रदान गर्दै सामाजिक सेवा भावको कार्यको थालनि गरेका हुन् । सम्पन्न कार्यक्रम मार्फत विद्यालयको कक्षा १ र २ मा अध्ययन गर्ने सबै विद्यार्थीहरुको लागि एक एक थान पोशाक सहित कापि र कलम प्रदान गर्नूभएको थिायो । भने कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुको अध्ययनमा सहजताका लागि भन्दै विभिन्न शैक्षिक सामाग्री प्रदान गरिएको हो । वाणगंग नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास सस्थाका कार्यकारी संयोजक दुर्गा प्रसाद अर्यालको प्रमूख आतिथ्ता रहेको थियो । कार्यक्रममा जन्मदिनको अवसरमा स्रहानिय कार्यको सुरुवात सँगै सामाजिका कार्यत्रको थालनि गरेको भन्दै विद्यालयका प्रअ ज्ञानप्रसाद पाण्डे, पत्रकारअशोक पौडेल लगाएतले जन्मदिन पर्ने कमल आचार्य र उहाकी छोरी सृष्टि आचार्यलाई शुभकामना तथा धन्यवाद ज्ञापन गरेका थिए । सामुदायीक विद्यालयमा अध्ययन गर्ने वालवालिकाहरुको शैक्षिक उन्नयनका लागि उनले गरेका कार्यले समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको बताए ।
वासिङटन – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गर्नुभएको छ । विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भन्नुभयो, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन महिनामा अन्तरिक सैन्य बल निर्माण गर्न आदेश दिनुभएको थियो । अन्तरिक्षका जोखिमसँग जुध्न र उपग्रहीय कक्षमा अमेरिकी प्रभाव स्थापित गर्न यस्तो सैनिक बल आवश्यक रहेको उहाँको भनाई छ ।तर यो सैनिक विभाग गठनमा अमेरिकी कङ्ग्रेसको समेत स्वीकृति आवश्यक पर्दछ । सैन्य बलको लागि आवश्यक स्रोत र प्रशासनिक बन्दोबस्त गर्न समस्या हुने अमेरिकी सांसदहरु र प्रतिरक्षा अधिकारीहरुले बताउँदै आएका छन् ।तर उपराष्ट्रपति पेन्स यो अभियानलाई यथार्थमा रुपान्तरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ, र यो विभाग सन् २०२० सम्ममा गठन भइसक्नेछ । यही वर्ष ट्रम्पको पहिलो कार्यकाल समाप्त हुनेछ ।“हाम्रो सैन्यबलको इतिहासमा नयाँ अध्याय लेख्ने समय आइसकेको छ, हाम्रा नागरिक र हाम्रो मुलुकमा नयाँ पुस्ताका सुरक्षा खतरासँग जुध्न र त्यसलाई परास्त गर्न अहिल्यै तयारी थाल्नुको विकल्प छैन,” पेन्सले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आयोजित समारोहमा भन्नुभयो ।
“अमेरिकी अन्तरिक्ष सैन्यबल स्थापना गर्ने समय आइसकेको छ,” उहाँले भन्नुभयो । उहाँले अर्को पाँच वर्षका लागि अमेरिकी अन्तरिक्ष सुरक्षा प्रणालीका लागि थप ८ अर्ब अमेरिकी डलर आवश्यक रहेकोल त्यसलाई पारित गर्न कङ्ग्रेस समक्ष राष्ट्रपति ट्रम्पले आग्रह गरिसक्नु भएको पनि जानकारी दिनुभयो ।पेन्सको भाषण सकिएलगत्तै ट्रम्पले ट्वीट गर्दैै भन्नुभयो, “स्पेश फोर्स अब गठन भयो ।”अमेरिकी अन्तरिक्ष सैन्यबलको निर्माणले राष्ट्रिय सुरक्षामा अन्तरिक्षको भूमिकाको बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ. केन्नेडीले अमेरिकाले चन्द्रमामा किन मानव पठाउँदैछ भन्ने बारेमा व्याख्यान दिँदै गर्दा उहाँले भन्नुभएको थियो, “आजसम्म अन्तरिक्षमा कुनै किसिमको विवाद, पक्षपात, राष्ट्रिय द्वन्द्व केही छैन ।”तर ५६ वर्षपछि, आधुनिक युद्धकौशलका हरेक पक्षका बारेमा अन्तरिक्षले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अन्तरिक्ष केन्द्रमा उडिरहेका सेन्सर र भूउपग्रहको व्यापक सञ्जालकै भरमा धेरै सैनिक प्रविधिहरुले काम गरिरहेका छन् ।
पेन्सले रसिया र चीनसँग जुध्नका लागि पनि स्वतन्त्र अन्तरिक्ष सैन्यबल आवश्यक रहेको बताउनुभयो जसले विपक्षी भूउपग्रीय क्षमतालाई निस्तेज बनाउन आक्रामक ढङ्गबाट काम गरिरहेका छन् ।“चीन र रसियाले अन्तरिक केन्द्रमा उच्च प्रविधियुक्त कृयाकलापहरु जारी राखेका छन् जसले हाम्रा भूउपग्रहको नजिकसम्म पुगेर अवाञ्छित कृयाकलाप गर्न थालेको पाइएको छ । यसबाट हाम्रो अन्तरिक्ष प्रणालीमै नयाँ खतरा निम्त्याउन थालिसकेको छ,” पेन्सले भन्नुभयो ।अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन् : नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स ।डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिनुभयो । हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भन्नुभयो, “यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।”पेन्सका अनुसार, अमेरिकी स्पेश कमान्डभित्र हालका कतिपय सैनिक विभागमा कार्यरत सैनिकलाई स्थानान्तरण गरिनेछ ।
रातको अन्तिम प्रहरले विहानीतर्फको उडान भर्दै थियो । बाहिर आकाशले एकतमासले इन्द्रावती वर्षाइरहेको थियो । झरी परेको समयमा सिरक ओढेर सुत्नुको आनन्द बेग्लै हुन्छ । म चिर-निद्रामा मस्त थिएँ, शेषनागमा आसीन ‘कमलनयन’ जस्तै ।
“ढक् ढक् ढक्” बाहिरबाट कसैले ढोकामा मुड्की बजारेको झैं सुनेँ । झसङ्गिँदै जागेँ । सोचेँ, हावा रिसाएर मेरै कोठामा बज्रिन आयो । त्यही सोचेर पुनः निदाउनेतर्फ लागेँ । करिब तीन मिनेटपश्चात् पुनः ढोकामा “ढक् ढक्” को आवाज आयो । त्यसपटक पनि सोचेँ, हावाकै ठक्कर हुनुपर्छ ।
फेरि निदाउन तर्फ लागेँ ।
एकैछिनपश्चात् पुनः ढोका बेस्सरी करायो । खङ्ग्रङ्ग्र हुँदै उठेँ । मनमा डरले परेड खेल्न थाल्यो । यति राती को ढोका ढक्ढक्याउन आयो भनेर मनमा त्रासको सञ्चार हुन थाल्यो । घाँटी सुक्यो । निधारबाट पसिनाले हाम हाल्न थाल्यो ।
बाहिरबाट पुनः चौथोपटक ढोका ढक्ढक्याएको आवाज आयो । मनमा अनौठो डरले गहिरो किला गाड्दै गयो ।
“ढोकामा को हो?” डरैडरै तीन शब्द रुद्रघण्टीबाट माथि उक्लिए ।
कुनै प्रतिक्रिया आएन । पुनः ढोका “ढक् ढक् ! ढक् ढक् !!” गरिरह्यो ।
जे पर्ला पर्ला भनेर ढोका उघार्न गएँ ।
जब बिस्तारै ढोकाको चुकल तल झारेर ढोका खोलेँ, “आमा !” भन्दै म चिच्याएँ । पुनः ढोका लगाउन खोजेँ, हात नै चलेनन् । प्यारालाइसिस भएको बिरामी जस्तै मेरो शरीर नै अचल भएको अनुभूति भयो ।
ढोकामा पारदर्शी/सेतो छायांँ उभिएको थियो ।
म पुनः “भूऽऽऽत” भन्दै चिच्याउन थालेँ ।
त्यो सेतो छायाँ बिस्तारै भित्र प्रवेश गर्यो ।
म डरले झन्झन् अतालिएँ । जसै छायाँ भित्र प्रवेश गर्यो, ढोका आफैं बन्द भयो ।
मलाई एकतर्फ सपना देखिरहेको भान हुन थाल्यो भने अर्कोतर्फ कुनै डरलाग्दो फिल्म “Horror Movie” हेरिरहेको भान हुन थाल्यो । तर त्यो पल ती दुवै थिएन । मैले सामना गरिरहेको त्यो क्षण वास्तविक घटना थियो ।
………
“नडराऊ कवि ! म भूतात्मा केही होइन ।”
छायाँबाट एक्कासी उपर्युक्त आवाज आयो । त्यो आवाज स्त्रिलिंगी थियो । म झन् झसङ्गिएँ । यो आत्मालाई मेरो नाम कसरी थाहा भयो? मैले तनिक पनि अड्कल काट्न सकिनँ । म द्विविधाको भूमरीमा रुमल्लिएँ ।
छायाँ:- “मलाई आत्मा या भूत केही नसम्झ कवि ! म तिम्रै अनुज्ञा हुँ ।”
म (डरैडरै):- अनुज्ञा ? को अनुज्ञा ?
अनुज्ञा:- कवि ! तिमीलाई पो तनिक पनि याद छैन किन्तु मलाई सबैथोक याद छ ।
म:- तिम्रो कुरालाई विश्वास गर्ने आधार के छ?
अनुज्ञा:- मैले हजारौँ वर्षदेखि तिम्रै प्रतीक्षा गरेर बसेकी थिएँ । पूर्वजन्ममा तिम्रो र मेरो अमर प्रेम कहानी अधुरो रह्यो । पूर्वजन्ममा म तिम्री हुन सकेकी थिइनँ । तिमीले बाध्यतावश मलाई त्यागेर अर्कीसङ्ग विवाह गरेका थियौ । त्यसपछि………………।
उसका कुराले मलाई थप द्विविधातिर घचेट्यो । उसले के भन्दैछे, मेरो बोधो मस्तिष्कले भेउ पाउन सकेन ।
म:- त्यसपछि ?
अनुज्ञा:- त्यसपछि मैले आत्महत्या गरेँ । आत्महत्या गर्नुपूर्व एउटा प्रण गरेकी थिएँ, “अर्को जन्ममा जसरी पनि म तिम्रै हुनेछु ।”
उसका कुरामा मलाई खासै विश्वास लागिरहेको थिएन । तर उसका कुरामा सत्यताको अंश अवश्य थियो ।
म:- अनि यो जन्ममा चाहिँ तिमी आत्मा बनेर सताउन आएकी मलाई ? जाऊ तिमी । मलाई एक्लै छोडिदेऊ ।
अनुज्ञा:- कवि ! तिमी किन डराएको? म तिमीलाई तर्साउन र सताउन आएकी होइन । म त अब उपरान्त तिम्रै समीपमा रहन आएकी हुँ ।
म (डरले काँप्दै):- मसङ्गै रहन रे? तिमी आत्मा मसङ्ग बस्ने?
अनुज्ञा:- हो कवि ! अब म सधैंको लागि तिमीसङ्ग बस्ने हो ।
म:- म तिमी आत्मासङ्ग बस्न चाहन्नँ । तिमी जाऊ अब यहाँबाट ।
अनुज्ञा:- न आत्तेऊ कवि तिमी ! म तिमीबाट टाढा जान होइन, यो जुनीमा सङ्गै बस्न आएकी हुंँ ।
तिमीलाई एउटा रहस्यमय कुरा गर्छु, ध्यान दिएर सुन ।
म (आश्चर्य मान्दै):- के कुरा?
अनुज्ञा:- पल्लो घरमा बस्ने, जसलाई तिमी काकी भन्छौँ, भगवती काकी गर्भस्थ हुनुहुन्छ । त्यो तिमीलाई थाहै छ । म वहाँकै गर्भमा प्रवेश गर्छु । जुन कन्या जन्मिने छिन्, त्यो म नै हुनेछु ।
म:- कस्तो कपोकल्पित कुरा गरेकी तिमी ! तिमी, आत्मा, ती काकीको गर्भमा प्रवेश गर्ने? किन नचाहिने कुरा गरेर मलाई हैरान बनाइरहेकी छौ?
अनुज्ञा:- कवि ! म जे भनिरहेकी छु, त्यसमा तनिक पनि असत्यता छैन । अब केही दिनमा काकीले शिशुलाई जन्म दिनुहुनेछ । म आजै पूर्णिमाको रात पारेर वहाँको गर्भमा प्रवेश गर्नेछु । र, सुन्दर कन्याको रूपमा जन्म लिनेछु ।
म:- ल मैले मानेँ कि तिमीले जन्म लियौ रे ! त्यसपछि तिमी त बच्ची हुन्छ्यौ । अनि के गर्नू?
अनुज्ञा:- हो म बच्ची नै भएर जन्मन्छु । तर म छिट्टै यौवनावस्थामा पुग्नेछु ।
म:- छिट्टै यौनवास्थामा? कसरी? तिमी यौनवास्थामा पुगुञ्जेल त मलाई प्रौढावस्थाले अङ्गालिसक्दछ ।
अनुज्ञा:- कवि ! म जन्मेपछिको प्रथम पूर्णिमाको रातमा तिमीले विशेष कार्य गर्नुपर्नेछ । त्यसपछि म यौनवास्थामा पुग्नेछु, तत्क्षण ।
म (थप आश्चर्यचकित हुंँदै):- कसरी सम्भव हुन्छ यस्तो?
अनुज्ञा:- कवि ! तिमीलाई महाभारतको थोरै अंश सुनाउँछु, त्यसपछि तिमी स्वयंले बुझ्नेछौ ।
तिमीलाई थाहा छ, शिवजीको तपस्या भङ्ग गरेपछि शिवजीको तेस्रो नेत्र खुल्दा कामदेव भस्म भएका थिए । पुनः शिवजीकै वरदानस्वरूप कामदेवले द्वापर युगमा श्रीकृष्ण र रुक्मिणीको गर्भबाट “प्रद्युम्न” को रूपमा जन्म लिए, यसको प्रयोजन असुर राज शम्ब्रसुरको वध गर्नु थियो ।
तर श्रीकृष्णकै लीला बमोजिम प्रद्युम्नलाई जन्मसाथ माता भानुमतीले हुर्काइन् । सानो बालक प्रद्युम्नलाई भानुमतीले तत्काल युवावस्थामा परिणत गराएकी थिइन् ।
म:- हो माता भानुमतीले “रसायन विद्या” को प्रयोग गरेर प्रद्युम्नलाई केही समयमै युवावस्थामा परिणत गराएकी थिइन् । त्यो कालचक्रको विरुद्धमा थियो ।
अनुज्ञा:- हो, म तिमीलाई त्यही रसायन विद्याको बारेमा स्मरण गराउन गइरहेकी थिएँ । अब तिमीले त्यही रसायन विद्याको प्रयोग गरेर मलाई पनि प्रद्युम्नलाई जस्तै छिट्टै यौवनावस्थामा परिणत गराउने छौ ।
म:- तर मलाई त्यो रसायन विद्या ज्ञात छैन । कसरी प्रयोग गरूँ?
अनुज्ञा:- त्यसका लागि तिमी धन्दा नमान । त्यो विद्या मैले सिकेकी छु । तर विडम्बना ! म स्वयंले त्यो विद्या प्रयोग गरेर आफैंलाई साकार रूपमा प्रकट गराउन सक्दिनँ ।
अब तिमी सुत ! तिमी जसै निदाउनेछौ, सपनामा तिमीलाई म त्यो विद्याबारे जानकारी गराउनेछु ।
(त्यसपछि म सुतेँ । उनी सपनामा आएर मलाई रसायन विद्या सिकाइन् । उनी पल्तिर भगवती काकीको गर्भमा प्रवेश गर्न गइन् ।)
……………
अर्को पूर्णिमाको रात उनको जन्म भयो । उनको अनुहार दिव्य थियो । पूर्णिमाको रातमा जन्मेकी उनको अनुहारमा कान्ति चम्किँदै थियो ।
अद्वितीय कन्याको जन्म भएपछि उनको दर्शन गर्न छिमेकीहरूको घुइँचो बढ्दै गयो ।
म भने पुनः अर्को पूर्णिमाको प्रतीक्षामा थिएँ । रसायन विद्याको प्रयोग गरी उनलाई शिशुबाट सुकुमारी कन्या बनाउनु थियो । पुनर्जन्ममा उनको नाम अनुज्ञा भएकाले यो जन्ममा पनि घुमाउरो पारामा यिनको नाम अनुज्ञा राख्नुपर्ने जिकिर गरेँ मैले, काकीसङ्ग ।
…………
मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो ।
पूर्णिमाको रातले धरतीमा अवतरण गर्यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।
मेरो प्रतीक्षाको घडीको आयु समाप्त भयो । पूर्णिमाको रातले धरतीमा अवतरण गर्यो । हृदयमा खुसीले ढल पिटिरहेको थियो । अनुज्ञालाई रसायन विद्याको प्रयोग गरी यौवनावस्थामा परिणत गर्ने अन्तिम तयारीमा जुट्दै थिएँ ।
म त्यस रात पल्तिर काकी कहाँ नै थिएँ ।
“काकी हजुरकी सुपुत्री दिव्य कन्या हुन् ।” काकीलाई बारम्बार यही भनेर मख्ख बनाइरहन्थेंँ ।
“बाबु ! एकैछिन अनुज्ञालाई हेर है । म शौचालय गएर आउँछु ।” ‘के खोज्छस् काना, आँखो’ भने झैं काकीको शौचालय गमनले मेरो योजनालाई थप सहजता प्रदान गर्यो ।
काकी शौचालय गइन् । अन्य सदस्यहरू भान्सातिर व्यस्त थिए । काकीको कोठामा अब सानी अनुज्ञा र म मात्रै भयौं । अनुज्ञाको बालरूप धीत मरुन्जेल हेरेँ । सोचेँ, यति सानैमा त यति सुन्दर छिन् भने अझ यौवनवस्थामा झन् कति सुन्दर होलिन्? आहा……… ।
म विलम्ब नगरी रसायन विद्याको मन्त्र जप्न थालेँ ।
मन्त्र जप्दै जाँदा योगशक्तिले एउटा भरी घडा उत्पन्न भयो । उक्त घडामा रासायनिक जल थियो । उक्त रासायनिक जलले उनको शरीर स्नान गराउनु थियो । म पुनः विलम्ब नगरी त्यो घडाको रासायनिक जल उनमा खन्याइदिएँ, बिस्तारै बिस्तारै । जसै घडाबाट उक्त जल उनमा पर्दै गयो, उनको शरीरको कद बिस्तारै बढ्दै गयो ।
घडाको जलको समाप्तिसङ्गै उनी यौवनावस्थामा प्रकट भइन् ।
आहा ! कुनै पौराणिक कथामा पढेको उर्वशी-अप्सराभन्दा पनि सुन्दर प्रतीत हुने कन्याको रूपमा प्रकट भइन्, अनुज्ञा ।
उनको शरीर कान्तिमय थियो ।
चट्ट मिलेको जिउडाल !
धपधप बलिरहेको अनुहार !
गहिरा आँखा !
गुराँस फुलाइरहेका लालुपाते ओठ !
शृङ्गारै-शृङ्गारले सजिएकी !
वाह अनुज्ञा ! म एक टकले उनलाई हेरिरहेँ ।
यो जन्ममा अनुज्ञा मेरै लागि प्रकट भएर आइन् ।
मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– सुरुमा घरेलु समस्या देखा पर्न सक्छन्। केही अप्ठ्यारो परिस्थितिका कारण काम रोकिने सम्भावना छ। भौतिक साधनको कमीले पनि केही अप्ठ्यारो पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरू बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र सङ्कट आउँ सक्छ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। गीत सङ्गीत लगायतका मनोरन्जनामा मन जानेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको सङ्गतले बुद्धि भ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जाँगर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोही नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बिचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बिच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र सँगै समय बिताउने मौका हरू आउँन सक्छन्। पराक्रम र धैर्यताले कामहरूमा बढोत्तरी हुनेछ। ठुला सोचहरूको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको विकास हुनेछ भने नयाँ कुराको खोजी गर्न मन प्रेरित हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबिच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तीका कारण अवसरहरू हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।
कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हात पार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नयाँ परिवेश वा समारोह मा सहभागी हुने अवसरहरू आउनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनु पर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमी आउन्न सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
-प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। कर्मयोगीले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हात पार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बिच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरू तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जाँगर बढ्नेछ। संयमता भने अपनौनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धन लाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिनु सक्छन्। माल मत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्य बाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।
कपिलबस्तुको बाणगंगा नगरपालिकामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाणगंगा नगरपालिका वडा नं.२ गोर्बडिहयामा अर्घाखाँची घर भएका ३१ बर्षका गणेश थापा मृत भेटिएका हुन् । उनि किशोर थापाको घरमा बस्ने घर नजिकै रहेको टहरोमा मृत अबस्था फेला परेको प्रहरिले जानकारि दिएको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट टोली गई बुझ्दा अर्घाखाँची घर भई किशोर थापाको घरमा बिगत २५ बर्षदेखी आमा सँगै आई काम गर्दै आएका मृतक थापा बिहिबार खाना खाई घर नजिकै रहेको छाप्रोमा सुत्न गएकोमा आज मृत भेटिएका हुन् । घरधनिले मृत अबस्थामा देखेको, मृतकले नजिकै बान्ता र दिसा समेत गरेको र दाईने खुट्टाको पैतलाको माथितिर सर्पले टोकेको जस्तो घाउ देखिएको अवस्थामा शव फेला परको हो । शव पोष्ट मार्टम पश्चात घर धनी किशोर थापालाई बुझाईएको र अन्य अनुसन्धान कार्य भै रहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारि दिएको छ ।
एसइइएको पुनर्योगको नतिजाबाट जनताकी कृति खनाल जिल्ला प्रथम भएकी छन । कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको जनता उच्च माध्यमिक बिद्यालयकी खनाल पुनर्योगको नतिजाबाट जिल्ला प्रथम भएकी हुन । यस अघि आएको एसइईको नतिजामा उनी छात्रा तफृ मात्र जिल्ला प्रथम भएको र पुनर्योगपछि ३.९५ नतिजा ल्याउदै उनी जिल्ला प्रथम भएको बिद्यालयका प्रार्चाय रमेश पन्थीले जानकारी दिएका छन । सामुदायिक तर्फ अग्रेजी माध्ययमबाट अध्यापन हुने जनता मावि जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।
धेरै तातो खाए वा पिएमा जिब्रो पिल्सिन्छ(जल्छ) । तातोले पिल्सिएको जिब्रो निको हुन केही दिन लाग्छ, त्यसबेलासम्म तपाईले जे खाए पनि स्वाद थाहा पाउनुहुन्न । यदि तपाई पनि यस्तो समस्यामा परिरहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् ।
– जिब्रो जलेमा जिब्रोलाई बाहिर राखेर मुखबाट श्वास लिनुहोस् । यसो गर्दा भित्र चिसो हावा जान्छ र तपाईलाई आराम मिल्छ ।
– बरफको टुक्रालाई तत्काल मुखमा राख्नाले जलेको जिब्रोबाट राहत मिल्छ । यसबाहेक तपाईले तातो पानीले ३० सेकेन्डसम्म कुल्ला गर्न पनि सक्नुहुन्छ ।
– दुध तथा दही खाएमा पनि आराम मिल्छ ।यदि तपाईले फ्रिजमा दही राख्नुभएको छ भने, त्यसलाई तातोले पिल्सिएको जिब्रोमा राख्नुहोस् ।
– जलेको जिब्रोलाई ठिक गर्न चिनी एक असरदार उपाय हो । यसका लागि जलेको वा पिल्सिएको जिबोमा चिनी राख्नुहोस् । यदि मिल्छ भने चिनीको ठाउँमा मह पनि राख्न सक्नुहुन्छ ।
– यस्तै, औषधी पसलमा पाइने भिटामिन ईको क्याप्सुललाई खोलेर त्यसको तेललाई जलेको जिब्रोमा राख्न सकिन्छ ।
– तत्काल राहतका लागि तपाई ध्युकुमारीको जेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यद्यपी, तपाईलाई तितो लाग्न सक्छ, तर यसले जलेको ठाउँलाई चाँडै ठिक गरिदिन्छ ।
– यसबाहेक तपाई जिब्रो जलेमा टमाटर, साइट्रिक फल, सिरका तथा बढी नुनिलो पदार्थ खानबाट बच्नुहोस् ।
काठमाडौं २५ साउन-गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सूचीमा परेका छन् ।
०७० मा संकलन गरिएको उक्त तथ्यांकमा शंका लागेका करिब ३ हजार कर्मचारीलाई भने सूचीबाट हटाइएको थियो । अधिकृत वा सोसरह कर्मचारीको तलबबराबरलाई आधार मानेर केही कर्मचारीलाई सूचीबाट हटाइएको हो । त्यतिवेला करिब ३ हजार कर्मचारीको नाम गरिबको सूचीबाट हटाइए पनि अरू कर्मचारीको सूची हटाउने जोखिम लिन नसकिएको बोर्डका कर्मचारीले बताए । यस्तो सूचीमा शिक्षक तथा अन्य स्थानीय कर्मचारी बढी छन् ।
तथ्यांक संकलन सकिएका २६ जिल्लामै गरिब परिचयपत्रको विवाद देखिएको छ । धनीको हातमा गरिब परिचयपत्र पुगेको र गरिबहरू छुटेको भन्दै गुनासा आइरहेका छन् । बोर्डका एक कर्मचारीले भने, ‘केही जिल्लाका स्थानीय तहले त परिचयपत्र वितरण गर्न नसक्ने जानकारी बोर्डलाई दिएका छन् ।’
काठमाडौं र जिल्ला सदरमुकाम तथा बजारमै घर भएकाहरू गरिबको परिचयपत्र पाउने सूचीमा अटाएपछि विवाद सुरु भएको हो । धनीको हातमा परिचयपत्र पुगेको गुनासो आइरहेको तर त्यसमा अध्ययन भइनसकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए । ‘तथ्यांक संकलन ०७० मा भएको हो, त्यसैले त्यतिवेला गलत टिपाइएको हुन सक्छ वा यसबीचमा धनी भएको हुन सक्छ,’ सचिव मैनाली नयाँ पत्रिकासँग भने ।
साउनभरि वितरण गर्ने समय भएकाले कुन–कुन जिल्ला र स्थानीय तहमा वितरण गरिएन भन्ने यकिन तथ्यांक भने बोर्डमा आएको छैन । बोर्डका निर्देशक रामहरि गैरेका अनुसार हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु र बाग्लुङ जिल्लामा भने परिचयपत्र वितरण कार्य सकिएको छ ।
गरिबी निवारण मन्त्रालयले साउनभित्र स्थानीय तहलाई परिचयपत्र वितरण गर्ने जिम्मा दिएको छ । स्थलगत अध्ययनका क्रममा भरिएको फारमका आधारमा अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनिएको हो । तर, बोर्डका कर्मचारी त्यतिवेला फारम भर्ने व्यक्ति र आफ्नो विवरण दिने व्यक्तिका कारणले पनि धनी र गरिबबीच समस्या देखिएको बताउँछन् ।
कार्यक्रम नै अन्योलमा
एकातिर परिचयपत्र वितरणमा स्थानीय तहबाट विवाद आइरहेको छ । अर्कोतिर गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्ड सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । यो अवस्थामा अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयभित्रै कुनै संयन्त्र बनाएर नयाँ निर्णय लिने तयारीमा सरकार छ । धेरै विवाद आएकाले कार्यक्रम नै खारेज गर्ने तहबाट पनि छलफल सुरु भएको छ ।
सचिव मैनालीले बोर्ड नरहने निर्णय सरकारले गरिसकेको बताए । तर, विकल्पमा अर्को कुनै निकाय भने खडा गरिएको छैन । त्यसो त बोर्डका कर्मचारी अरुणकुमार गुप्ताले खारेजीको हल्ला भए पनि आधिकारिक पत्र नआएको बताए ।
अहिले मन्त्रालयसँग बोर्डले गर्ने २६ जिल्लाका गरिब परिचयपत्र वितरण गर्ने र बाँकी रहेका ५१ जिल्लामा पहिचानका लागि अध्ययन गर्ने कार्यक्रम छ । यसका लागि ६३ करोड बजेट छ । तर, सचिव मैनाली यो कार्यक्रमका लागि करिब ४ अर्ब बजेट चाहिने बताउँछन् । नयाँपत्रिकाबाट
साउन २५ शुक्रबार ,साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो ।
त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।, आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।
एजेन्सी। फिल्म ‘बाहुबली: द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो। अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन्।
अनुष्का शेट्टी
कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म ‘सुपर’बाट करिअर सुरु गरेकी थिइन। ३५ वर्षिया अनुष्काले ‘बाहुबली’ समेत विक्रमकुडु (२००६), ‘डन’ (२००७), ‘किंग’ (२००८), ‘शौर्यम’ (२००८), ‘बिल्ला’ (२००९), अरुंधति (२००९), ‘रगडा’ (२०१०), ‘वेदम’ (२०१०), ‘रुद्रमादेवी’ (२०१५), ‘सिंघम-2’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन्।
नगमा
नगमाको जन्म सन् १९७४ डिसेम्बर २५ मा भएको थियो। उनले साउथका साथै बलिउडका फिल्महरुमा पनि काम गरेकी छिन्। ‘बागी’ (१९९०), ‘बेवफा सनम’ (१९९१), ‘यलगार’ (१९९२), ‘किङ्ग अंकल'(१९९२), ‘ये तेरा घर ये मेरा घर’ (२००१) सहित कयौं हिन्दी फिल्ममा काम गरेकी छिन्।
उनले ‘पेद्दिन्ति अल्लुदु’ (१९९१), ‘अल्लरी अल्लुडु’ (१९९३), ‘अरविंधन’ (१९९७), ‘अल्लारी रामुडु’ (२००७) जस्ता साउथका फिल्ममा अभिनय गरेकी छिन्।
नमिता
सन् १९८१ मे १० मा जन्मेकी नमिता साउथमा निकै चर्चित नायिका मध्येकी एक हुन। उनले ‘जैमिनी’ (२००२), ‘चाणक्य’ (२००५), ‘व्यापारी’ (२००७), ‘थी’ (२००८), ‘इलाइगन’ (२०११) लगायत कयौं फिल्ममा अभिनय गरेकी छिन्।
तृषा कृष्णन
तृषाको जन्म सन् १९८३ मे ४ मा भएको थियो। उनले वर्षम’ (२००४), ‘जी’ (२००५), ‘आरू’ (२००५), ‘कृष्णा’ (२००८), ‘भीमा’ (२००८), ‘समर’ (२०१३) सहित कयौं साउथका फिल्ममा काम गरेकी छिन्। त्यस्तै उनलाई बलिउडको ‘खट्टा मिठा’ (२०१०)मा पनि देख्न सकिन्छ।
श्रीया सरन
श्रीयाको जन्म सन् १९८२ सेप्टेम्बर ११ मा भएको थियो। उनले बलिउडका फिल्म ‘मिसन इस्तान्बुल’ (२००८), दृश्यम (२०१५)मा अभिनय गरेकी छिन्। उनलाई साउथका ‘संतोषम’ (२००२), ‘टैगोर’ (२००३), ‘शिवाजी: द बॉस’ (२००७) ‘कंदस्वामी’ (२००९) सहित कयौं फिल्ममा देख्न सकिन्छ।
नयनतारा
नयनताराको जनम सन् १९८४ नोभेम्बर १८ मा भएको थियो। मनसिनक्कारे’ (२००३), ‘रप्पकल’ (२००५), ‘गजनी’ (२००५), ‘योगी’ (२००७), ‘बिल्ला’ (२००७) सहित उनले कयौं साउथ इन्डियन फिल्ममा काम गरिसकेकी छिन्।
प्रियमणि
प्रियमणिको जन्म सन् १९८४ जुन २ मा भएको थियो। उनी साउथकी नामी नायिका हुन। उनले ‘द्रोणा’ (२००८), ‘राज’ (2010), ‘चण्डी’ (२०१३) ‘साध्यम’ (२००९) जस्ता फिल्ममा काम गरिसकेकी छिन्।
श्रुति हासन
श्रुतिको जन्म सन् १९८६ जनवरी २८ मा भएको थियो। श्रुतिले बलिउड फिल्म ‘लक’ (2009), ‘दिल तो बच्चा है जी’ ( 2011), ‘डी डे’ (2013), ‘वेलकम ब्याक’ (२०१५) जस्ता फिल्ममा अभियन गरेकी छिन्।
उनलाई ‘अनगनगा ओ धीरुदु’ (२०११), ‘ओ माय फ्रेन्ड’ (२०११), ‘येवदु’ (२०१३), ‘बलुपू’ (२०१३) सहित कयौं साउथ इन्डियन फिल्ममा देख्न सकिन्छ।
काजल अग्रवाल
सन् १९८५ जुन १९ मा जन्मेकी काजल अग्रवाल साउथमा चर्चा पाएपछि बलिउड तर्फ मोडिएकी थिइन। ‘स्पेशल 26’ (२०१३) और ‘सिंघम’ (२०१०) जस्ता बलिउडका फिल्ममा अभिनय गरेकी काजल साउथकी निकै चर्चित नायिका हुन। उनले ‘मगधीरा’ (२०१०), ‘थुप्पाकी’ (२०१२), ‘चन्दामामा’ (२००७) जस्ता साउथका फिल्ममा काम गरेकी छिन्।
हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।
किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।, आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।
अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता फेरि संसदीय समितिमा प्रवेश गरेको छ। तत्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले छानबिन गरी कारबाही गर्न तालुक मन्त्रालय र अख्तियारलाई दिएको निर्देशन परिणाममुखी नभएपछि सांसदहरूले निगमको जग्गा खरिद गर्दा भएको अनियमितताका विषयमा विभागीय मन्त्रीसँग जबाफ मागेका हुन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसद रामवीर मानन्धरले निगमको जग्गा खरिदमा भएको अनियमितताबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएका थिए।
मानन्धर यसअघिको संसदीय समितिमा निगमको जग्गा खरिद अनियमितता छानबिन समिति सदस्य थिए। तत्कालीन संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खरिदमा संलग्न अधिकारीमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो। आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
ऐतिहासिक तथा प्राचिन महत्व बोकेको कपिलवस्तुको बाणगंगा नदी र कोठीपुल क्षेत्र अन्र्तगत राजमार्गको पुल आसपासको क्षेत्र दुर्गन्धीत भएको छ । प्राचिन भागिरथी नदीको नामबाट समेत परिचित नदी आसपासका क्षेत्रमा बाणगँगा नगरपालीकाले जथाभावी फोहर फाल्दा दुर्गन्धीत बनेको छ । फोहोरब्यवस्थापनका हकमा जिल्लाकै सबैभन्दा कमजोर नगरपालिकाका रुपमा हाल आएर जिल्ला भरनै बाणगंगा नगरपालिका चिनिएको छ । फोहोर ब्यवस्थापनका हकमा बाणगंगा नगरपालिकाले स्थानिय निकायको निर्वाचनपछि पछिल्लो एक बर्षको अवधिमा फोहोर निषेधित क्षेत्रको बोर्ड लगाउनु बाहेक कुनै पनि काम नगर्दा यहाँका निर्वाचित मेयर, उपमेयर तथा वडा अध्यक्षको कार्यशैलीप्रति स्थानिय आजित भएका छन । फोहोर ब्यवस्थापनमा कमजोर मानिएको कृष्णनगर बजार क्षेत्र र तौलीहवा बजार क्षेत्र भन्दा पनि बाणगंगा पुल र कोठी खोला क्षेत्रमा फोहोरको मात्रा अध्याधिक बढेपछि वातावराणनै प्रदुषण भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले बताए । उद्योग बाणिज्य सघंले सरसफाई अभियान चाल्दा नगरपालिकासगं सहयोग र सहकार्यको कुरा गर्दा हाम्रो यसका लागी छुट्टै समिति र रकम भएकाले नगरपालिका आफैले सरसफाइ गर्ने कुरा नगर प्रमुख मगंल प्रसाद थारुले गरेको र हालसम्म नगरपालिकाले सरसफाइ र फोहोर ब्यवस्थापनका लागी कुनै चासो नदेखाउदा दुख लागेको उनले बताए । गरपालिकाले यसको जिम्मा लिन नसके उद्योग बाणिज्य सघं आफैले नया योजनाका साथ नगरपालिकालाई पुर्णसरसफाई युतm बनाउन तयार समेत रहेको उनले बताए ।
बाणगँगा पुल नजिक यत्रतत्र फोहर फाल्दा बर्षाको पानीले बगाएर फोहरमैला लग्ने हुँदा नदी दुर्गन्धीत भएको शिवमन्दीर सामुदायिक बन उपभोतmा समुहका अध्यक्ष यमलाल गिरिले बताए । नगरपालिकाको असक्षमताका कारण फोहोर जति हावाले उडाएर बन भित्र लैजादा बन समेत फोहोर भएको उनको भनाई छ । जिल्लाका प्राचिन ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने दायित्वसगै नगर सफा गर्ने नगरपालीकाको भएको बताउँदै नगरप्रमुख मँगल प्रसाद थारुले स्थायी रुपमा डम्पिङ साइडको खोजीमा लागी परेको बताउँदै उक्त स्थानबाट फोहर तत्काल हटाउने बताए । उनले गतबर्ष फोहोर ब्यवस्थापनका हकमा यही बाक्य प्रयोग गरेको भएता पनि कुनै काम गर्न नसकेको जितपुरका स्थानिय बासिको आरोप रहेको छ । लामो समयसम्म फोहर नहटाउँदा राजमार्गमा आवतजावत गर्ने सयौ यात्रुले समेत दुर्गन्धको पिडा भोग्दै आएका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले नगरको फोहोर ब्यवस्थित गर्न चासो नदेखाउदा नगरबासीले हैरानी खेप्नु परेको छ । जिल्लाकै स्वच्छ नगरपालिका भनी नगरपालिकाका प्रमुख देखि कर्मचारीले भन्दै आएतापनि एउटा फोहोर फाल्ने डम्पीङ साइड(फोहोर फाल्ने क्षेत्र) बनाउने तर्फ नगरपालिकाले चासो नदेखाउदा नगरपलिका दिनप्रतिदिन दुर्घधित बन्दै गएको हो । नगरपालिकाको पहलमा नगरपालिका भित्र कुनै पनि फोहोर ब्यवस्थापनका लागी डम्पीङ साइड निमार्ण गर्न नसक्नु सम्पुर्ण नगरबासीका लागी लज्जाको बिषय भएको बाणगंगा नगरपालिका पिपराका मुराउ थारुले बताए । जिल्लाकै सबैभन्दा स्वच्छ र शिक्षित नागरिकहरुको बसोबास भएको क्षेत्र भनी सुनीने कुरा अहिले आएर हासो उठ्ने बिषय बनेको उनले बताए । सडक छेउमा फोहोर फाल्ने भएकाले हावाहुरी चल्दा गन्धले त्यस क्षेत्रमा हिडनै नसकिने अवस्था रहेको बाणगंगा बोडगाउ झलक थापाले बताए । “ठुलो हावाहुरी चल्नुपर्छ फोहोरको गन्धले हिडनै सकिदैन ” उनले बताए । यसमा नगरपालिकाले चासो नदेखाएकै कारण फोहोर बाणगंगा पुल आसपास देखि सडकमै फोहोरका बोरा र डब्वा फेला पर्ने उनले बताए ।
नयाँदिल्ली / नोपलको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । समाचारमा लेखिएको छ, वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ ।
वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरुमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए । उनका अनुसार, बढ्दो व्यापार घाटा, वैदेशिक लगानी तथा सन्धीमा भएका भन्साररहित सुविधा विषयमा बैठक केन्द्रित थियो ।
नोपली उत्पादन भन्साररहित सुविधामा भारत निकासी गर्दा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्ने हालको व्यवस्थालाई कम्तीमा २५ प्रतिशतमा झार्नुपर्ने नेपली पक्षको माग थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण कार्य तिव्र रुपमा अगाडि बढाएको छ । नगरपालिका भित्र ११ सय ८६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत रहेका छन् । जसमध्ये ४६६ जना अति गरिव, ३५९ जना मध्यम र ३६१ जना सामान्य गरिवको सुचिमा सुचिकृत रहेका छन् । सबै भन्दा धेरै वडा नं. १० मा २ सय ६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत छन् । त्यस्तै सबै भन्दा कम वडा नं. १ मा २३ घरपरिवार गरिवीमा सुचिकृत छन् ।
आज वाणगंगा नगरपालिका वडा नम्बर ८ का १ सय ३ घरपरिवार मध्ये ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको छ । २१ अति, २३ मध्यम र २४ सामान्य गरि ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् । वडा नं. ९ मा ५ घरपरिवारले अस्वीकार गरेका छन् । २ अति, २ मध्यम र १ सामान्य गरि ५ घरपरिवारले परिचय पत्र लिन अस्वीकार गरेका हुन् ।
वडा नं ९.को वडा कार्यालय भलवाडमा कार्यक्रम सम्पन्न भएको थियो । वडाबाट परिचय पत्र वितरण गर्न नसकिएका घरपरिवारलाई यहि साउँन २९ गते पछि नगरपालिकाबाट वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, दिपा केसि, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच भोलि र २७ गते वडा नं. १० मा गरिवी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् ।
प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्रो अधिवेशन सकिएको छ । वैशाख ३१ गते सुरू भएको दोस्रो अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ । दोस्रो अधिवेशनको अन्तिम बैठकले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि १५ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा सबैभन्दा बढी अर्घाखाँचीबाट चेतनारायण आचार्य, निर्मला क्षेत्री र कल्पना पाण्डे, रुपन्देहीबाट तुल्सी चौधरी र रमा अर्याल, कपिलवस्तुबाट विष्णु पन्थी र सहशराम यादव, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य,दाङबाट सरस्वती गौतम, गुल्मीबाट दिनेश पन्थी, बर्दियाबाट भुवनेश्वर चौधरी, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जिसी, बाँकेबाट बाबुराम गौतम रहेका छन्। समितिमा नवलपरासी (पश्चिम) र रुकुम (पूर्व) बाट प्रतिनिधित्व छैन । समितिलाई प्रदेश सभाले ३ महिनाभित्र प्रतिवेदन तयार पारेर पेश गर्न समयसीमा तोकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नामाकरण गर्ने भए पनि कुनै पनि स्थानका लागि दुई तिहाई नपुग्ने भएपछि सहमतिका माध्यमबाट राजधानी र नामाकरण टुंगाउनुपर्ने बाध्यता छ । प्रदेश राजधानीका लागि बुटवल, कपिलवस्तु र दाङको दाबेदारी छ । नामका बारेमा भने लुम्बिनीमा सहमति जुट्ने संभावना छ भने कतिपयले बुद्धभूमि राख्नुपर्ने अनौपचारिक प्रस्तावहरू राख्ने गरेका छन् ।
कपिलवस्तुमै पहिलो पटक आधुनिक शिक्षा प्रणालीलाई अपनाउदै ब्यवस्थापन संकायमा उत्कृष्ठ बिद्यार्थी उत्पादन गर्ने उदेश्यका साथ कपिलवस्तुको बाणगंगामा १ बैरीयामा सयपत्रि क्याम्पस सञ्चालनमा आएको छ । सयपत्रि क्याम्पसमा ब्यवस्थापन सकांयमा यस क्षेत्रका क्याम्पसमा बिगत एक दशक बढि प्रध्यापकका रुपमा संलग्न भइ अनुभव लिई सक्नु भएका शिक्षकबाट अध्यापन हुने क्याम्पसका अध्यक्ष कृष्ण केसिले बताए ।
सयपत्रि क्याम्पसले यसै बर्षबाट प्रथम बर्षका लागी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लामै पहिलो वाताअनुकुलित (एसि) कक्षा कोठाहरुका साथै प्रोजेक्टरबाट अध्यापन गराउने क्याम्पस भएकाले पनि बिद्यार्थीहरुको पहिलो रोजाई हुने क्याम्पसका प्रवन्ध निर्देशक सुरेन्द्र घिमिरेले बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न हालको समयमा आधुनिक शिक्षा प्रणालीलाई अपनाउदै शताब्दी सुहाउदो शिक्षा प्रणाली कपिलवस्तुमा सुरु गरिएको कार्यक्रम संयोजक कुशल पौडेलले बताए ।
श्रीमानको चरम यातनाका कारण कपिलस्तुको यशोधरा गाउपालिका– २ की एक महिलाले नाबालक छोरा सहीत आत्म हत्या गरकी छिन् । श्रीमानको यातना सहन नसके पछि बाध्य भई गोरीको गणेशपुरकी ३० बर्षिया सकुन्तला यादवले शरीरमा आफनो लगाई आफना २ संतान सहीत आत्महत्या गरेकी हुन । नाबालक छोरा छोरीलाई आफनो शरीरमा बाधेर शरीरमा मट्टीतेल खनाएर सकुन्तलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनामा सकुन्ता र उनका ५ बर्षे छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरिक्ष रबि रावलले बताए । २ बर्षे छोरी आर्या भने बच्न सफल भएकी छिन । घटनामा उनी सामान्य घाईते भएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्ष रावलले बताए । गुपचुप रहेको यो घटना भारतको उत्तरप्रदेश सिद्धार्थनगर जिल्लाको मिश्रौलिया ग्रामका सुकुन्तालाकी बुवा राज किशोर यादवले बुधवार प्रहरीमा आफनै ज्वाई ३५ बर्षे राम किशुन यादव बिरुद्ध किटानी जाहेरी दिए पछि बाहिर आएको हो । घटना गत साउन ६ गते राति ११ बजेतिर भएको प्रहरीले जनाएको छ । राज किशोरले आफनी छोरी, नाीतलाई आगो लगाएर मारको भन्दै ज्वाई राम किशनु बिरुद्ध किटानी दिएका छन । सकुन्तलाको कम्मर देखि माथीको भा जलेको र आर्यनको कम्मत तलको भाग जलेको थियो । गंभीर घाईते भएका दुबैलाई उपचारकालागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगएिको थियो । सकुन्तालको उपचारकोक्रममा साउन ८ गते मृत्यृ भएको प्रहरीले जनाएको छ ।
बालक आर्यनको भने साउन २२ गते उपचारकोक्रममा पाल्पा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले आरोपी राम किशुनलाई पाल्पाबाट पक्राउ गरी ल्याएको छ । सकुन्तालाका बुवा राज किशोरले ज्वाई, सहीत संम्धी संबन्धिनी मिलेर छोरालाई बर्षो देखि यातना कुटपटि गर्दै आएको बताए । सकुन्तालको ७ बर्ष अघि बिवाह भएको थियो । ‘ बिवाह भएको केही महिना पछि नै छोरीलाई ज्वाइले दिनहु कुटपटि गर्ने गर्थे ’ छोरीको मृत्युले निकै दुःखी भएका उनले भने ‘ आखिर ज्वाई र उसका परिवार मिलेर छोरी र नीतलाई जलाएर मारी छाडे ’ । ज्वाई र उनकी भाउजु पार्वती अहिर बिच अनैतिक संबन्ध रहेको र त्यसै बिषयमा छोरी र ज्वाईको दिनहुजासो झगडा हुने गरको राज किशोरले बताए । ‘ अनैतिक संबन्धकै कारण छोरीलाई ज्वाईले हत्या गरेको उनको आरोप छ । उनको ज्वाई सहीत घटनामा संलग्न सबैलाई कडा कारबाहकिो माग गरे । राम किशुनले सकुन्तालाई तेस्रो श्रीमितिकोरुपमा विवाह गरेको प्रहरीको अनुसंधानबाट खुलेका छ । सकुन्तालसंग बिवाह गर्न अघि नौ बर्ष पहिले कपिलवस्तु नगरपालिका– ३ महिताकी एक महिलासंग रामकिशुनले बिवाह गरेका थिए । केही महिना मै उनले पनि बिष सेवन गरी आत्महत्या गरेकी थिईन । त्यो घटना पनि आत्महत्या नभई हत्या नै रहेको गणेशपुरका गाउलेहरु बताउछन । यधपि सो घटनालाई आत्महत्या कायम गरी फाईल बन्द गरिएको थियो । त्यसका केही महिना मै फेरी राम किशुनले कपिलवस्तु नगरपालिका– ४ पिपरीकी एक महिलासंग पुनः दोस्रो बिवाह गरेका थिए । उनलाई पनि कुटपटि र यातना दिन थाले पछि दुई महिना मै घर छाडेर माईती गएकी थिईन । त्यस पछि उनी कहिले त्यहा फर्केर गईनन । प्रहरी उपरिक्षक मनोज कुमार यादवले घटना आत्महत्या वा हत्या त्यो अनुसंधानको बिषय रहेको बताए । उनले ओरोपी राम किशुनको घटनामा संलग्नता रहेको बताए । ओरोपी र उनकी भाउजु बिच अनैतिक संबन्ध रहेको र त्यही बिषयमा श्रीमान र श्रीमिति बिच दिनहु झगडा हुने गरेको प्रारंभिक अनुसंधानबाट खुलेको उनले बताए । कत्तब्र्य ज्यान संबन्धी मुद्दामा राम किशनुलाई अदालतबाट म्याद थपेर अनुसंधान प्रकृया अघि बढाईएको छ । घटनाको सुक्ष्म अनुसंधान भईरहेको उनले बताए । घटना लगत्तै राम किशुनका बुवा बाहाउ यादव, आमा पार्वती, भाउजु घिरौनी फरार छन । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । २ बर्षे आर्या भने राज किशोरको घरमा रहेकी छिन । घिरौनीका श्रीमान बिष्णु रोजगारीका लागि मलेसियामा रहेका छन् ।
१. पानीः महिनामा दुई पल्ट कडा वा पाँच पल्ट सामान्य टाउको दुख्ने मानिस सहभागी गराएर एउटा अनुसन्धान गरियो। सहभागीहरूलाई पर्याप्त निदाउन र तनाव व्यवस्थापन गर्न पनि सिकाइयो। दुई समूहमध्ये एउटा समूहलाई अनुसन्धान अवधिभर उनीहरूले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउन भनियो।
तीन महिनामा बढी पानी पिउने समूहका सहभागीको माइग्रेनमा उल्लेख्य सुधार भएको पाइयो। समूहका ४७ प्रतिशतले टाउको दुखाइ निकै कम भएको अनुभव सुनाए। जबकि बढी पानी नपिउने समूहका सहभागीमध्ये २५ प्रतिशतले मात्र टाउको दुखाइमा सुधार भएको बताए। टाउको दुखाइको अवधि र ‘फ्रिक्वेन्सी’मा भने फरक परेन।
तर, अलिकति बढी पानी खाँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस्। पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस्।
२. क्याफिनः क्याफिनले दुखाइ कम गर्न सक्छ। ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो।
सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्ने थिए। कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर (इबुप्रोफिन वा प्यारासिटामोल) सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो।
दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो। सहभागीमध्ये सबैभन्दा बढी क्याफिन (दैनिक ५४० मिलिग्राम) सेवन गर्नेहरूलाई माइग्रेन लगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो।
तर जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन (दैनिक २४० मिलिग्राम) सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो। यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो।
अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन (दैनिक १२५ मिलिग्राम) सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्न सक्ने तथ्य पत्ता लगाए। ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुन सक्ने अनुसन्धानकर्ताले बताए।
निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ । आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्न सक्छ र यो खासगरी बुढापाकालाई हुन्छ। हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ।
३. धेरै उपवास नबस्ने : केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्ने गर्छ। खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्ने गर्छ। डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो।
दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन (लो एनर्जी डाइटिङ) गर्दा टाउको दुख्न सक्छ।
यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुन सक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ (जस्तै चिया, कफी, पानी आदि) जानकारी लिने।
अर्को एउटा ‘थर्टिफोर पिपल विद न्यु–अनसेट माइग्रेन’ अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाइ सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो। अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरियो। यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ।
४. मध्यपान नगर्नुहाेस : अल्कोहल (मध्यपान) का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो। तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ।
अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ। यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ।
कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु (मेटाबोलिज्म) परेपछि ह्याङओभर हुनेगर्छ।
अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेन समेत निम्त्याउन सक्छ।
अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै हुन्। र, तपाईं अल्कोहलप्रति धेरै संवदेनशील हुनुहुन्छ भने सेवन नगर्नु नै उत्तम विकल्प हो।
५. फोलेटयुक्त भोजनको मात्रा : हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो। त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने चेतावनी दिएकी छिन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘‘मलाईमात्रै होईन, देशैभरिका उपप्रमुखहरुलाई अधिकारविहीन बनाईएको छ । अब अधिकार प्राप्तिको लागि मेरो नेतृत्वमा संघर्ष समिति बनाउँछु।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भनिन्,‘संविधानले दिएको अधिकार हामीले उपयोग गर्न पाउनुपर्छ । अब अधिकारविहीन उप–प्रमुखको काम छैन । देशैभरिबाट उपप्रमुखहरुले मलाई फोनमा समेत गुनासो पोख्नुभएको छ । मैले त अधिकार पाएको छैन । त्यसैले अब म संघर्ष समिति बनाएर अघि बढ्ने पक्षमा छु, उनले अधिकारविहीन उपप्रमुख राख्नुभन्दा खारेज गर्न उत्तम हुने सुझाव दिईन् । अधिकार नपाएकोमा आक्रोश पोख्दै खड्गीले अघि थपिन्,‘अहिले देशभैरि उपप्रमुख अधिकांश महिला साथीहरु हुनुहुन्छ । उहाँहरुले पनि मैलेजस्तै अधिकार पाउनुभएको छैन । अधिकार नपाए यो पद नै खारेज गरे हुन्छ । मैले यो मेरो लागि भनेको होईन । भोलि आउने उपमेयरको लागि पनि अधिकार हुनुपर्छ भनेको हुँ।’
उपप्रमुख खड्गीले मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु पुरिने समेत जिकिर गरिन् । उनले थपिन्,‘मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो । म सँग त अधिकार छैन् ।’ रानीपोखरी र धरहराको पूनर्निर्माणमा सम्पदा जोगाउनको लागि आफूले अडान लिएको पनि उनको दाबी थियो ।
समग्र काठमाडौंको विकासको लागि पञ्च वर्षीय गुरुयोजना आवश्यक रहेको पनि उनले बताईन् । उनले भनिन्,‘अहिले त हाम्रो एक वर्षको समय विभिन्न नियम, कानून र ऐन बनाउँदैमा बित्यो । हुन त हामीले भोट माँग्दा घर–घरमा सिंहदरबार पुर्याउँछौं भनेका थियौं, तर अहिले खोई त सिहंदरबार भनेर स्थानीयहरुले सोध्न थाल्नुभएको छ ।’
अहिलेपनि सरकारको मानसिकता स्थानीय तहलाई दिएको अधिकार कटौती गर्ने खालको देखिएको उनको गुनासो छ । उनले भनिन्,‘हाम्रो माग भनेको नै स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने नै हो । यतातिर सरकारको ध्यान जाओस्।’
स्थानीय जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुनुपर्ने कुरा स्विकार्दै उनले आफूहरु जनभावना अनुसार नै काम गर्न निरन्तर सक्रिय रहेको जिकिर गरिन् । काठमाडौंको विकासको लागि अहिले विभिन्न सरकारी निकायबीच समन्वयको अभाव रहेको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘साँच्चै काठमाडौंको विकास गर्ने हो भने विद्युत, खानेपानी, ढल व्यवस्थापन, टेलिकम र सडकलाई काठमाडौं महानगरपालिका मातहत ल्याउनुपर्छ ।’
काठमाडौंको फोहोर व्यवस्थापनको लागि आफूहरुले नयाँ वैकल्पिक स्थानको समेत पहिचान गरिसकेको खड्गीले जनाईन् । उनले भनिन्,‘यसअघि काठमाडौंको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्नेगरि ४ वर्षको लागि सम्झौता गरिएको थियो । तर, अहिले उक्त सम्झौता भएको १४ वर्ष वितिसक्यो । धन्न त्यहाँका जनताले यतिका वर्षसम्म फोहोर व्यवस्थापन गर्न दिए । म त स्वयम् त्यहाँ पुगेर आएकी छु । सरकारले यो विषयमा हेलचेक्र्याँई गरेको छ ।’
पछिल्लो केही दिन यता काठमाडौंको फोहोर उठ्न नसक्नुको मुख्य कारण पनि अहिले सिसडोलले फोहोरको भार थाम्न नसक्नु नै रहेको उनले सुनाईन् । उनले थपिन्,‘फोहोरको थुप्रो पानी परेको कारणले बाटोसम्म आईपुगेको छ । अब सिसडोलबाट यसलाई अन्यत्र सार्नुपर्छ ।’
सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहर बनाउनेगरि नयाँ समझदारी हुन लागेको जनाउँदै उनले भनिन्,‘फोहोर व्यवस्थापनको लागि कामनपाले नयाँ ठाउँ पहिचान गरेको छ । बनचरी डाँडामा फोहोर व्यवस्थापन गर्न सकिन्छ, मैले स्थलगत् अध्ययन र अवलोकन समेत गरेर आएँ । अब सरकार र लगानी बोर्डबीच फोहोरलाई मोहोर बनाउनगेरि समझदारी हुँदैछ ।’
काठमाडौंमा धुलो र धुवाँ हुनुको प्रमुख कारण मेलम्ची खानेपानी आयोजना नै रहेको उनको भनाई छ । उनले भनिन्,‘मेलम्चीको कारण अहिले काठमाडौंका सडकहरुको अवस्था अस्तव्यस्त छ । जताततै खनेर छोडिएको छ । चाँडोभन्दा चाँडो काम सम्पन्न हुनुपर्छ ।’
फरक प्रसँगमा उनले स्वीकृति नलिई नक्शा पासविपरित निर्माणधिन अवस्थामा रहेका घरहरुको निर्माण कार्य सम्पन्न गर्नको लागि भर्खरै नगर परिषदको निर्णयले फुकुवा गरेको पनि जनाईन् । उनले भनिन्,‘एकपटकलाई हामीले जरिवाना लिएर काम अघि बढाउन फुकुवा गरेका छौं । अब त्यस्तो नक्शा पास विपरित घर बनाउन पाईँदैन्।’
काठमाडौं । एसिया कप छनोटको लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको नेतृत्वमा रहेको टोलीले १९ सदस्यीय टोलीको छनोट गरेको हो ।
साउन २९ गतेबाट बन्द प्रशिक्षण सुरु हुनेछ । सो बन्द प्रशिक्षणबाट एसिया कप खेल्ने १५ जना खेलाडीहरु छानिनेछन् । दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर टोलीबाट बाहिरिएका छन् । उनलाई अझै चार साता आराम गर्नुपर्ने भएकोले उनी यो टोलीको प्ररम्भिक छनोटमा नअटाएका हुन् ।
घोषणा गरिएअनुसारको नेपाली प्रारम्भिक टोलीमा पारस खड्काले कप्तानी गर्ने भएका छन् । टोलीका अन्य सदस्यहरुमा अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी रहेका छन् ।
मलेसियामा आगामी भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ l
पत्रकार तथा यस हर्टविट एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश पौडेलको स्वास्थ्य उपचारका लागि विभिन्न संघ सस्थाहरुले आथिक सहयोग गरेका छन् । आज प्याब्सन वाणगंगा नगर समितिको आयोजनामा गरिएको एक कार्यक्रममा जम्मा २ लाख ३१ हजार रकम सहयोग गरिएको छ । जसमध्ये प्याब्सन वाणगंगा नगर समितिले १ लाख ८१ हजार ९ सय १० रकम सहयोग गरेको छ । त्यस्तै सिद्धार्थ क्याम्पसले २३ हजार, वाणगंगा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्यालले १० हजार १ सय, होराईजन आवासिय माविका पा्रचार्य तथा रोटरि क्लव अफ मिडटाउँनका अध्यक्ष वासुदेव घिमिरले ब्यक्तिगत ५ हजार, कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेनले ब्यक्तिगत ५ हजार ५ सय १ तथा कमल क्षेत्री आईएम आईले ५ हजार ५ सय ५५ रकम सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सांसद विष्णु पन्थिले चार नम्बर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको खाँचो रहेको औल्याउँनुभयो । उहाँले त्यहि अस्पतालको निर्माणमा आफुु लागि परेको जिकिर गर्नुभयो ।
पत्रकार तथा हर्टविट एफ एमका स्टेशन म्यानेजर पौडेलले सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नुभयो । प्याब्सन वाणगंगा नगर समितिका अध्यक्ष रोमाकान्त घिमिरेको अध्यक्षता, पदेश सांसद विष्णु पन्थिको प्रमुख आतिथ्यता, ब्यावसनका केन्द्रिय सदस्य सर्वेन्द्र देव खनाल, ब्याब्सन प्रदेश ५ का सहसचिव केशव सापकोटा, नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका पुर्व अध्यक्ष भेषराज पाण्डे, सिद्धार्थ क्याम्पस प्रमुख वालाराम ज्ञवालि वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्याल लगायतको विशिष्ठ आतिथ्यता, कमल क्षत्री, हर्टविट एफ एमका अध्यक्ष कृष्ण प्रसाद भट्राईको आतिथ्यता रहेको थियो । भुपु सैनिक ईङलिस वोर्डिङ स्कुलका प्रिन्सिपल राज कुमार क्षेत्रीको स्वागत मन्तब्य तथा प्याब्सन वाणगंगा नगर समितिका सचिव राजु अधिकारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कुनै पनि संस्था/धर्म/राष्ट्र लाई खुकुलो र शक्तिहीन बनाउन त्यसको आधिकारिक एवं उच्च पदमा अनधिकृत व्यक्ति रहनुको महत्त्वपूर्ण हात रहन्छ । सृष्टिको सुरुवातदेखि चल्दै आएको सनातन धर्म यो प्रहारबाट मुक्त छैन । हिन्दू धर्मको सर्वोच्च पद मानिने शङ्कराचार्य पदमा नेपालकी चेली स्वामी हेमानन्दगिरि अभिषिक्त भएको खबरले यस्तै सङ्केत दिएको छ ।
यस लेखमा शङ्कराचार्य गद्दी “ज्योतिर्मठ” र त्यसमा अभिषिक्त भनिएकी स्वामी हेमानन्द गिरिको कुनै पनि साइनो नरहेको कुराको स्पष्टीकरण दिन खोजिएको छ ।
शङ्कराचार्य कस्तो पद हो ?
विद्वानहरूका अनुसार करिब ७८८इसवीय संवतमा भारतको केरलप्रदेश जन्म लिएका भगवत्पाद शङ्कराचार्यलाई सनातन धर्मको संरक्षण गर्नका लागि भगवान शिवले लिएको मानवअवतार मानिन्छ । वैदिक धर्मको उजागर गर्दै , यसमा उत्पन्न अनेक सम्प्रदाय र उनीहरूले फैलाएको विकृतिलाई नाश गर्न उद्यत शङ्कराचार्य वेदान्तदर्शनका परमज्ञाता थिए ।
अाठ वर्षमा ४ वेदको समग्र अध्ययन , बाह्र वर्षमा सबै शास्त्रको अध्ययन , १६ वर्षमा ब्रह्मसूत्र उपनिषद् गीता आदिको भाष्यलेखन गरी ३२ वर्षमा उनको शरीर पूरा भएको थियोे । शास्त्रार्थको माध्यमले पूरा भारतवर्षमाथि विजय गरी वेद-वेदान्तको पुन: प्रचार गर्ने शङ्कराचार्यले आफ्नो अन्तिम समयमा आफ्ना चार शिष्यहरूलाई चारवटा क्षेत्रमा रहेर धर्मरक्षा शास्त्ररक्षाको आदेश दिएर छाडेको र ती चारवटा पदमा रहने संन्यासीलाई पनि शङ्कराचार्य भन्ने गरेको पाइन्छ ।
हिन्दुधर्मको मूल वेद हो । वेदको मूल तत्त्व वेदान्त हो । त्यस वेदान्तको अध्ययन गरेर अध्यापन गरेर सुयोग्य बनेका वीतराग संन्यासी नै यस पदमा रहने व्यवस्था छ ।
ज्योतिर्मठको शङ्कराचार्य ?
आदि शंकराचार्यले वैदिक सनातन धर्मको संरक्षण र प्रचार प्रसारका लागि चार मठ चार वेदको हिसाबले स्थापना गरेका थिए ।
ती यस प्रकार छन् :
१)पूर्व गोवर्धन मठ(पुरी) प्रथम मठाधीश : स्वामी पद्मपादाचार्य वर्तमान मठाधीश: स्वामी निश्चलानन्द सरस्वती वेद=ऋग्वेद। महावाक्य= प्रज्ञानं ब्रह्म।
२)पश्चिम शारदामठ (द्वारिका) प्रथम मठाधीश: स्वामी हस्तामलकाचार्य वर्तमानमा : स्वामी स्वरूपानन्द सरस्वती वेद = सामवेद।महावाक्य=तत्त्वमसि।
३)उत्तर ज्योतिर्मठ(जोशीमठ बदरिकाश्रम) प्रथम मठाधीश: स्वामी तोटकाचार्य। वेद=अथर्ववेद। महावाक्य=अयमात्मा ब्रह्म। वर्तमान मठाधीश: स्वामी स्वरूपानन्द सरस्वती
४) दक्षिण वेदान्त ज्ञानमठ श्रृगेंरी(रामेश्वरम्) प्रथम मठाधीश: स्वामी सुरेश्वराचार्य। वेद=यजुर्वेद। महावाक्य= अहं ब्रह्मास्मि। वर्तमान मठाधीश :स्वामी भारतीकृष्ण तीर्थ महाराज।
यहाँ स्वामी हेमानन्द गिरिको नाम कहाँनेर छ ? पाठकले नजर लगाउन सक्छन् । हल्लाको सुरुवात शङ्कराचार्यको पदमा आसीन व्यक्तिले आफुपछिको उत्तराधिकारी कुनै सुयोग्य शिष्यलाई नियुक्त गर्ने प्रावधान छ । केही गरी नियुक्त नगर्दै शङ्कराचार्यको निधन भएको खण्डमा चाहिँ त्यो नियुक्तिका लागि अधिकार विद्वान् हरूमा सुम्पिइन्छ । उत्तराखण्डमा अवस्थित ज्योतिर्मठको शङ्कराचार्यको पदका लागि स्वामी वासुदेवानन्द सरस्वती र स्वामी स्वरूपानन्द सरस्वती दुवैले दाबी गरेपछि इलाहवाद हाइकोर्टले दुवैको दाबी खारेज गर्यो र ३ महिनाभित्रमा नयाँ शङ्कराचार्य चुन्न आदेश दियो । अखिल भारत धर्म महामण्डल र काशी विद्वत्परिषद् का विद्वान् मिलेर शङ्कराचार्य चुन्नका लागि न्यायालयले आदेश दियो । त्यस बीचमा शङ्कराचार्य पदका लागि थुप्रैले आवेदन दिए । आवेदन दिने हजारौं मान्छेहरूमध्ये एक हेमानन्द गिरि पनि थिइन् । यत्ति कुरालाई बढाएर यति चाँडै नेपालभरि व्यापक गरियो कि ठूलाठूला मिडियाले पनि बिना खोजखबर उनलाई शङ्कराचार्यकै रूपमा उपस्थित गरायो ।
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् । हेमानन्दगिरिलाई शङ्कराचार्य कसले बनायो ? हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो
नेपालका ठुलाठुला मिडियाका सुप्रसिद्ध कार्यक्रममा अन्तर्वार्ता लिइयो । उनी रातारात चर्चाको शिखरमा पुगिन् ।
हेमानन्द गिरिलाई शङ्कराचार्य कसले बनायो ?
हेमानन्द गिरि ज्योतिर्मठको शङ्कराचार्य बनेको हल्ला मिडियाले प्रचारप्रसार गरिरहँदा उता ज्योतिर्मठमा स्वामी स्वरूपानन्दको अभिषेक भएको कुरा भारतीय मिडियाले बजाउन थालेपछि अवस्था गडबड हुन गयो । कहानीले अर्को मोड लियो । त्यसको केही समयमै काशी-विद्वत्परिषद् का विद्वान्हरूले उनलाई शङ्कराचार्य घोषणा गरेको समाचार पढ्न पाइयो । बनारस प्राचीन कालदेखि नै विद्या र धर्मको केन्द्र रहँदै आएको हो । यहाँका विद्वानहरूको “श्रीकाशीविद्वत्परिषद्” नामक संस्था विश्वभरकै हिन्दुहरूको निम्ति निर्णायक संस्था मानिन्छ । यो संस्थाका अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षसँगको प्रत्यक्ष भेटपछि थाहा भयो कि त्यो संस्थाका विद्वान्हरूलाई आउने जाने हवाइ सुविधा एवं “दिव्य-दक्षिणा”का नाममा बोलाइएको भए पनि शङ्कराचार्य पद कसैले चाहेर दिन नमिल्ने भएको हुनाले संस्थागत रूपमै अस्वीकार गरिएको थियोे । उनलाई शङ्कराचार्य पद दिने संस्था “अखिल-भारतीय-विद्वत्-परिषद् ” रहेछ । उक्त संस्थाले गरेको सम्मान संस्कृतभाषामा छ । परम विद्वान्हरूद्वारा प्रदत्त दुई वाक्यको उक्त सम्मान पत्रमा आधा दर्जनभन्दा धेरै अशुद्धि छैनन् । उक्त सम्मान-पत्रमा नेपाल राष्ट्रमा महान् धर्मकार्य गरेकी महामण्डलेश्वर हेमानन्दगिरिलाई “पशुपति मठ”को शङ्कराचार्य घोषणा गरिएको रहेछ । नेपाल-भारत-श्रीलंका-भुटान कहीं नभएको पशुपतिमठको शङ्कराचार्य गद्दीको स्वामित्व उनलाई कसरी मिल्यो ? अस्तित्वमै नरहेको मठमा कसले कुन उद्देश्यले कहाँबाट प्रेरित भएर अभिषिक्त गर्यो? अनुसन्धान जरुरी छ ।
हेमानन्द गिरी – तस्बिर वेव
पशुपति मन्दिर आसपासका कुनै मठमा यस “काल्पनिक “पदको दुष्प्रभाव नपर्ला भन्न सकिन्न । यसमा जनसमुदाय सचेत हुनु जरुरी छ ।
हेमानन्द-गिरि शङ्कराचार्य हुन् ?
हेमा ढुङ्गानाको धार्मिक अनुवाद हेमानन्दगिरि यस अनुवादमा उल्था हुनुअगाडिका जीवनबारेमा थुप्रै खुलासाहरू बजारमा आइरहेका छन् । ती सबैलाई विश्वास गर्ने यथेष्ट आधार छैन । तर हेमानन्दगिरि शङ्कराचार्यका चारै पीठमध्ये कुनैमा अभिषिक्त नभएको र हुँदै नभएको मठमा नेपाल नदेखेका एकाध भारतीय “विद्वान्”हरूले भन्दैमा शङ्कराचार्य भन्न नसकिने हुँदा उनी शङ्कराचार्य होइनन् भन्न निर्धक्क सकिन्छ । यसबाहेक उनको महामण्डलेश्वर आदि पदवीका बारेमा चाहिँ लेखक अनभिज्ञ छ। नेपालमा उनी शङ्कराचार्य बनेको हल्लाले भारतका विद्वान्हरूले स्पष्ट शब्दमा निर्णायक जवाफ दिएका छन् । हालै नेपालमा पशुपति परिसरकै शङ्कराचार्य मठमा आयोजित राष्ट्रिय विद्वत्सम्मेलनले पनि उनको शङ्कराचार्य पदको खण्डन गरेको छ ।
“काशी पण्डित सभा ” एवं काशी-विद्वत्परिषद्” दुवै संस्थाले यसको भर्त्सना गरेका छन् । विना अध्ययन समाचार छाप्ने बानी परेका नेपाली मिडियामा भने अझै पनि ” बाह्रसय पचास वर्षको इतिहासमा पहिलो नेपाली महिला शङ्कराचार्य: नेपालका लागि गौरव” भन्दै समाचार छापिरहेका छन् ।
(विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ सगै कपिलवस्तुका का मनबहादुर श्रेष्ठ पनि प्रकाउ परेका छन । जिल्ला अदालत काठमाडौंले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका(१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्डसहित तीन जना पक्राउ परेका हुन् । प्रकाण्डसँगै पक्राउ पर्नेमा कपिलबस्तु, बाणगंगा ४ का मनबहादुर श्रेष्ठ र कालिकोटको कालिका गाउँपालिका(६ का हरिचन्द्र आचार्य छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अर्घाखाँची जिल्लाको वांगला कोटफेरामा यात्रु बाहक जिप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७० नम्वरको जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो । मथुराबेशिमा यात्रुलाई र्पुयाई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बर्षौ देखि सडकको अवस्थाका कारण अहिले आएर सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन । बर्षायामका समय सडक भत्कने, भासीने तथा हिलो हुदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका हुन । बिशेष गरी पक्की सडकमा खाल्टा पर्नुका साथै ग्राभेल मात्र गबरीएका र गाउघर भित्रका सडक ठुला ठुला खाडल सहित हिलोमय छन । महेन्द्र लोकमार्ग अन्र्तगत कपिलवस्तुको पुर्वी सिमाना कोठीखोला देखि पश्चिमि सिमाना धानखोलासम्म भत्कीएको सडक एक महिना अगाडी मात्र टालीएकोमा सबै ठाउमा भत्कनुका साथै बिभिन्न ठाउमा सडक भासीएको छ । जसका कारण सवारी दुर्घटना बढने सम्भावना बढेको छ । जिल्लाको कोठीखोला क्षेत्र, बैरीया, जितपुर चार नम्बर, बनगाई, गोरुसिङे, इमिलिया, डुमरा, चन्द्रौटा क्षेत्रको लोकमार्गमै पक्की सडक भत्कीएको छ । टालेका सडक सोही ठाउबाट सडक सधै भत्कीदा सर्वसाधारण अच्चममा परेका छन ।
महेन्द्र लोक मार्ग अन्र्तगत कोइली बनगाई पुल क्षेत्र र गोरुसिङे क्षेत्रको जगंलमा सडक भासीएको छ । साथै ग्राभेल गरीएका तथा कच्ची सडक हिलोले गर्दा गाउघरका सर्वसाधारण समेत हैरानी खेपेका छन । हिलो हुदा साइकल, मोटरसाइकल चलाउन समेत सर्वसाधारणलाई अफ्ठ्यारो भएको छ । चार चक्के गाडी भने हिलोमा फस्ने गरेको छ । ग्राभेल सडकमा समेत पानी जम्दा खाल्टो पर्ने र त्यो पछि गएर ग्राफेल नगरेको जस्तै देखिने चार नः जितपुरमा रहेको माछापुच्छ्रे होटेलका सञ्चालक शोभाखर पराजुलीले बताए । गाउघरमा बर्घाको समयमा अझ टे«क्टरले बाटोमा खाल्टा बनाउने भत्काउछ तर बनाउदैन्न, त्यसको समस्या पनि सर्वसाधारणले भोग्नु परेको उनले बताए । सडकमा परेका खाडल समयमै नपुर्दा पछि गएर ठुला खाडल बन्ने हुदा ठुलो सवारी दुर्घटनाको जोखिम समेत रहेको छ । बाणगंगा नगरपालिका अन्र्तगत पटना, कोपवा, भलवाड, नन्दनगर, राजपुर, पिपराका भित्रि ग्राभेल बाटो खाडल सहित हिलोमय हुने गरेका छन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा नदीजन्य पदार्थको चोरी बढदै गएको छ । प्रहरीले चोरी नियन्त्रणका लागी बिशेष अभियान समेत थालेको छ । जसअन्र्तगत २ महिनाको अवधिमा मात्र ९ वटा ट्रेक्टरलाई रातको समयमा नदीजन्य पदार्थको चोरी गर्दै गर्दा प्रक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जसअन्र्तगत सोमबार रातको समयमा चोरी गर्दै गर्दा २ वटा ट्रेक्टर प्रक्राउ गरी कारबाहीका लागी पठाइएको इर्लाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसिले जानकारी दिए । पानी परेको मौसम बाहेकको समय नदीबाट ढुङगा गिट्टी बालुवा चोरी गर्ने गरेको पाइए पछि चोरी नियन्त्रणका लागी बिशेष योजना बनाई काम गरेको प्रहरी निरिक्षक केसिले बताए । नदीजन्य पदार्थकको नियन्त्रणका लागी थप जनशतिm माग गरी चोरी निकासि हुने ठाउमा चौबिसै घण्टा निगरानि गर्न आफुले पहल थालेको उनको भनाई छ । जसका लागी नदीजन्य पदार्थ चोरी भएको खबर दिन सर्वसाधारणलाई आग्रह समेत गरे । त्यसरी नदीजन्य पदार्थको चोरी निकासि गर्नेलाई जिल्ला समन्वय समितिले पहिलो पटकको लागी दश हजार र त्यसपछिको लागी १५ हजार जरिवाना काटदै आएको अव नगरपालिकाले पनि बारम्बार चोरी गर्नेलाई जरिवाना बढाउदै लैजाने निति ल्याउन आवश्यक रहेको उनको भनाई छ । यसैबिच चोरी निकासिका घटनामा बृद्धि भएपछि सोमबार बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालको नेतृत्वमा वडा नः २, ४, ८, र ११ का वडा अध्यक्ष सहितको टोलीले समेत चोरी निकासि हुने क्षेत्रको अनुगमन गरेको छ । चोरी निकासि नियन्त्रणका लागी नगरपालिकाले पनि बिशेष योजना बनाउने उपमेयर चक्र अर्यालले बताए ।
२०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् । झण्डै ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।