मायादेवीमा लोटा खोस्ने कार्यक्रम चर्पी निर्माणका लागी प्रभावकारी बन्दै

कपिलवस्तुको मायादेवी गाउँपालिकालाई तोकिएको समय भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागी अहिले सो स्थानमा खुला दिसा गर्न बाहिर जाने व्यक्तिहरुको लोटा खोस्ने कार्यक्रममा तिब्रता ल्याइएको छ । करिब ४ बर्षदेखी संचालन भएको सो सरसफाई अभियान अन्र्तगत छलफल, अन्र्तक्रिया, प्रचार प्रसार घरदैलो, र्याली, अनुगमन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

मायादेवी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सके पनि वार्ड नं १ पकडी अझै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन । एक हप्ता देखी वार्ड नं १ का वडाध्यक्ष हरिगोविन्द चौधरीको अगुवाईमा संचालन गरिएको सो कार्यक्रममा प्रदेश साँसद शुष्मा यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, उपाध्यक्ष गिता तिवारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वास संयोजक थानेश्वर अधिकारी, वडा सचिव शिवगुलाव कलवार, वास सहजकर्ता श्याम कुमार बिश्वकर्मा, सरसरसफाई अभियानकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । करिव १२ सय घरधुरी रहेको सो वार्डमा करिब ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको छ ।

समाचारको प्रभाव : कपिलवस्तुका २ वटा मेडिकल पसल बन्द

कपिलवस्तुमा अनुगमनको अभावमा स्वास्थ्य जस्तो विषयमा गम्भिर लार्परवाहि समाचार विभिन्न मिडियामा प्रशारण भएपछी आज अनुगमन भएको छ । जिल्लाका वाणगंगा नगरपालिकाको वडा नं ६ मा भारतिय नागरिकद्धारा खोलिएको र प्रतिबन्धीत औषधी बेचविखन गर्ने गरि २ वटा औषधी पसल बन्द गरिएको हो ।

बाणगंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिष्मराज भुषालको नेतृत्वमा गएको अनुगमन टोलीले ति पसलहरुबाट नेपालमा विक्रि गर्न प्रतिबन्ध लगाईएका औषधी फेला पारेको र उनिहरुसंग मेडिकल खोल्ने अनुमतीका कुनै कागजात, प्रमाण नभएको हुदा बन्द गरेको बताईएको छ । टोलीले वडा नं ५ र ६ मा संचालन भएका ५ वटा औषधी पसलमा अनुगमन गरेको हो । अनुगमन गरिएका अन्य मेडिकलहरुमा प्रतिबन्धित औषधी नभेटिएको र दर्ता नभएका र नविकरण नभएका मेडिकलहरुलाई १ हप्ताभित्र कानुनी दायरामा आउन अल्टिमेटम दिएको छ । साथै मानव जिवनमा गम्भिर असर पार्ने यस्ता औषधी र दर्ता नभएका पसलहरु अन्य क्षेत्रमा रहेत रहेको हुँदा अब निरन्तर अनुगमन हुने बताईएको छ ।

टोलीमा वडा नं ६ का वडा अध्यक्ष सुकदेव थारु, वाणगंगा नगरपालिका स्वास्थ्य शाखा का संयोजक कृष्ण प्रसाद घिमिरे, सह संयोजक कपिल ज्ञवाली, नेपाल पत्रकार महासँघ कपिलवस्तु शाखाका सह सचिव मोहन बेल्वासे, रामु पौडेल इलाका प्रहरी कार्यालय कोपवाका प्रहरीहरु लगाएतको उपस्थिती रहेको थियो । लामो समयपछी स्वास्थ्य क्षेत्रमा अनुगमन भएकोप्रति खुसी व्यक्त गर्दै स्थानियले फे्रस हाउस र बधशालाहरु पनी खुल्ला रुपमा भएको हुदा त्यसको पनी अनुगमन हुनुपर्ने बताए । यता टोलीका संयोजक भुषालले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा समयमै सचेत गराई जनताको ज्यू धन सुरक्षित गर्न मिडियाले महत्वपुर्ण कदम चालेको भन्दै संचारकर्मी र संचारमाध्यमहरुप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

प्रदेश ५ मा नदीजन्य पदार्थको अवैध उत्खनन्,

प्रदेश ५ का विभिन्न जिल्लामा बालुवाको चोरी निकासी भइरहेको पाइएको छ । १२ जिल्ला पर्ने यो प्रदेशका तराईका जिल्लाहरूमा नदी तथा  खोलाबाट बालुवा तस्करहरूले सेटिङ मिलाएर पछिल्लो एक महिना तस्कारीलाई तीव्र पारेको सरोकारवालाको गुनासो छ । यसरी नदीजन्य पदार्थको अवैध उत्खनन र तस्कारी भइरहे पनि अनुगमनकारी निकाय भने मौन देखिएको छ । रूपन्देही, कपिलवस्तु, बाँके र दाङका कुनै पनि स्थानीय निकायले नदीजन्य पदार्थ निकासीको ठेक्का लगाउन सकेको छैन । प्रदेश सरकारले ऐन नियम र कार्यविधि बनाउन ढिलाए गरेपछि नदीजन्य पदार्थको निकासीको ठेक्कामा ढिलाइ भएको स्थानीय निकायको दाबी छ । तर प्रदेश सरकारले भने आफूहरूले कार्यविधि दिइसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउने जिम्मेवारी स्थानीय तहकै भएको स्पष्ट पारेको छ ।

तर प्रदेश र स्थानीय तहको फरक फरक दाबी गर्दैगर्दा तस्करी मौलाएको छ भने उपभोक्ता मारमा परेका छन् । नदीजन्य पदार्थको निकासीमा ठेक्कामा ढिलाइ बालुवाको अभाव हुन पुगी कालो बजारीसमेत मौलाएको उपभोक्ताहरू बताउँछन् । उनीहरूका अनुसार बालुवा गिट्टीको मूल्यमा उच्च वृद्धि भएको छ । तस्करहरूले यही मौकाको फाइदा उठाउँदै प्रहरीसँग लाइन मिलाएर अवैध कारोवार गर्दै आएका हुन् । अहिले कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो नदी वाणगङ्गाका विभिन्न नाकाहरूबाट बालुवा तस्कारी तीव्र भएको छ ।

वाणगङ्गा नदीअन्तर्गत श्रीङ्गीघाट क्षेत्र, वाणगङ्गा पुलदेखि तलको क्षेत्र, लक्ष्मणघाट र कोपवा क्षेत्रबाट रातिको समयमा बालुवाको तस्करी हुँदै आएको छ ।  यस्तै रामघाट, पटखाहवा, बिजगौरीको पुल छेउ, सगराहवा, जर्लेया र  तिलौरी नाकाबाट समेत अवैध निकासी बढेको छ ।  स्थानीय ट्याक्टर व्यवसायी तथा प्रहरीको मिलेमतोमा बालुवाको अवैध चोरी निकासी भइरहेको स्थानीयबासीहरू बताउँछन् ।

कपिलवस्तुका  पत्रकारका अनुसार ट्याक्टरहरूले रातबार नदीबाट बालुवा, मिस्कट र ढुङ्गा चोरी निकासी गर्छन् । नदीजन्य पदार्थ चोरी निकासी गर्ने गिरोहले प्रहरीलाई दैनिक रूपमा रकम बुझाउने समेत गरेका छन् ।

स्थानीयवासी माधव अधिकारीले नदीजन्य पदार्थ चोरी निकासीका लागि स्थानीय दिनेश मल्ल, रामु पुन, प्रकाश पाण्डे, कृष्ण पाण्डे, मधु विसी र सन्तोष विकले प्रहरीलाई रकम बुझाउने गरेको दाबी  गरे ।

‘राति ११ बजेदेखि खोलामा ट्याक्टरको ताँती लाग्छ, जनताले थाहा पाउँछन् तर प्रहरी मौन बस्छ’, बनगाईका रामु अधिकारीले भने ।

कतिपय ट्याक्टरले त रुपन्देहीको हर्रैया, सालझण्डीसम्म चोरीका बालुवा रातारात पठाउने गरेको अधिकारीको भनाइ छ । वाणगङ्गा नगरपालिकाले नदीजन्य पदार्थ निकासी ठेक्कामा ढिलाइ गरेकै कारण चोरी बढेको नगरवासीको आरोप छ ।

असोज–कात्तिकमै ठेक्का गर्नुपर्नेमा नगरपालिकाले अहिलेसम्म ठेक्काको सूचनासम्म ननिकालेको भन्दै स्थानीय रुष्ट बनेका छन् ।

दैनिक लाखौँ रुपैयाँ राजस्व उठ्ने नदीजन्य पदार्थ चोरी नियन्त्रण र ठेक्कामा नगरपालिकाले उदासिनता देखाएको स्थानीय डिला क्षेत्रीको भनाइ छ । वाणगङ्गा नगरपालिका राजस्व प्रमुख शान्ताराज आचार्यले नगरपालिकाले नदीजन्य पर्दाथको ठेक्का प्रक्रिया सुरु गरेको बताए ।

प्रदेश ५ को नवलपरासीका सुनौल नगरपालिकाले मात्र खोलाको ठेक्का लगाएको छ । अन्य ठाउँमा भने नलगाइएको  नेपाल खानी तथा क्रसर उद्योग महासङ्घका प्रदेश ५ का संयोजनक गोपाल ज्ञवालीले बताए ।

कहाँ–कहाँ बालुवा तस्करी ?
अहिले नलवपरासीदेखि बाँके  जिल्लासम्म तस्करी भइरहेको छ । कपिलवस्तुको वाणगङ्गा, दाङ जिल्लाको राप्ती र बगईबाट तस्करी बढी हुने गरेको छ ।  यता रुपन्देहीको तिनाउ र दानबाट पनि तस्करी भइरहेको जानकारहरूको भनाइ छ ।

यस्तै साना ठूला सबै खोलानालमा पनि तस्कर उस्तै छ । पटक पटक  नदीजन्य पदार्थको चोरीनिकासी रोक्न माग गर्दा पनि स्थानीय निकाय र प्रहरीले ध्यान नदिएपछि बाँकेका स्थानीय त अख्तियारसम्म  पुगेका थिए ।

यस्तै दाङको कालाकाटो  क्षेत्रमा रहेका क्रसरहरूले राप्ती नदीबाट उत्खनन गरेका छन् ।

गडहवा गाउँपालिकामा पर्ने खोलाहरूबाट पनि तस्करी उस्तै छ । गाउँपालिका अध्यक्ष सहजराम यादवले ईआईए रिपोर्ट नआउँदासम्म ठेक्का नगाउन नमिल्ने भएकाले बार्ड कार्यालयमार्फत राजस्व तिरेर चाहिने सामान निकासी गर्न निर्देशन दिएको बताए ।

दाङका क्रियाशील पत्रकार दशरथ घिमिरेले क्रसर उद्योगहरू सङ्गठित र राजनीतिक पहुँचका आधारमा नदीजन्य पदार्थ चोरीनिकासी भइरहेको बताए ।

उनले भने, ‘कतिपय क्रसरमा नेताहरूको लगानी पनि छ । त्यसमाथि केही प्रहरी र स्थानीय तहका जनप्रनिधिसमेतको मिलेमतोमा तस्करी मौलाएको देखिन्छ ।’

के भन्छन् क्रसर उद्योगी ?
नेपाल खानी तथा क्रसर उद्योग महासङ्घ प्रदेश ५ संयोजक गोपाल ज्ञावलीका अनुसार विगतका वर्षहरूमा असार, साउन र भदौ महिनामा खोला नालाहरूमा सरकारले निकासीका लागि ठेक्का रोक्ने गरेको थियो ।

यो वर्ष प्रदेश सरकारले कार्यविधि बनाउनका लागि असोज १ गतेसम्म म्याद थपिएको थियो । तर प्रदेश सरकारले असोज १५ गते स्थानीय तहलाई कार्यविधि बनाइदिएको छ ।

प्रदेश ५ को सुनौल नगरपालिका बाहेका अन्य नगरपालिकाले अहिलेसम्म खोलानाला ठेक्का लागएका छैनन् । तसर्थ बजारमा नदीजन्य पदार्थको अभाव छ । क्रसरमा स्टक रहेको बालुवा पनि गिट्टीसँगै सकिएपछि बजारमा अभाव हुन पुगेको उनको भनाइ छ ।

यस्तो बेला भाउ धेरै पाउने लोभमा चलखेल हुने गर्छ । बालुवामा चलखेल गर्न प्रहरी,  स्थानीय  निकाय र बालुवा तस्करबीचको मिलेमतोविना सम्भव नहुने जानकारहरू बताउँछन् ।

लामो समयसम्म  ठेक्का नलाउँदा सेटिङमा  चोरीनिकासी थप बढ्न सक्छ ।  तर  प्रदेश ५ मा धेरै स्थानीय तह अझै टेन्डर खोल्ने मुडमा देखिँदैन । कार्यविधि प्रदेश सरकारबाट पाएपछि पनि ढिलाइ गरिनुमा स्थानीय निकायकै नियतमा प्रश्न उठेको कतिपयको भनाइ छ ।

‘प्रदेश सरकारले वाच गर्छ’
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले यो विषयमा प्रदेश सरकारलाई दोष लगाउनु गलत भएको दाबी गरे ।

प्रदेश सरकारले असोजमा कार्यविधि बनाएर स्थानीय तहलाई दिइसकेको अवस्थामा यसमा प्रदेश सरकारको कुनै दोष नहुने उनको दाबी छ ।

कार्यविधिमा घाटगढी अथार्त खोलाबाट निकालेको नदीजन्य पदार्थ एकीकृत गरेर मापन गर्ने अनि क्रसरमा पठाउनुपर्ने उल्लेख छ ।

पहिलाजस्तो सीधै निकालेर क्रसरमा पठाउन बन्देज लगाइएको छ ।

यस्तै वातावरणीय प्रभाव मूल्याङ्कनविना ठेक्का लगाउन नपाइने उल्लेख छ ।

कार्यविधिको पालना गर्ने जिम्मेवारी स्थानीय तहको भएको र त्यसमा स्थानीय तहले नै ढिलाइ गरेको उल्लेख गर्दै मुख्यमन्त्रीका सल्लाहकार केसीले भने, ‘ढिलाइ स्थानीय तहले गर्ने अनि  प्रदेश सरकारलाई दोष दिएर उम्कन मिल्दैन । स्थानीय तहले विगतमा जस्तो मनपरी गर्न पाउँदैन, न ठेकेदारले नै । कतै सेटिङ मिलाएर गलत ढङ्गले निकासी गरिन्छ भने अब प्रदेश सरकारले वाच गर्छ ।’

कारवाहीको पाटो
बाँकेमा गत मङ्गलबार अवैध रूपमा बालुवा उत्खनन् गरेको अभियोगमा सुनिता ट्रेडर्स एन्ड सप्लायर्सविरुद्ध डिभिजन वन कार्यालय बाँकेले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अवैध रूपमा बालुवा उत्खनन् गरेको अभियोगमा राप्ती नदी किनारबाट ३९ वटा ट्रेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थियो ।

प्रहरीले राप्ती नदीबाट अवैध रूपमा बालुवा उत्खनन् गरेको भन्दै ३२ वटा बालुवा भरिएका, ५ वटा खाली र एउटा ट्रली नभएको ट्याक्टरलाई आवश्यक कारवाहीका लागि भन्दै वन कार्यालयलाई पत्राचार गरेको थियो ।

सप्लायर्सले आफ्नै खानीबाट बालुवा निकासी गरेको दाबी गरे पनि प्रहरीले राप्ती नदीबाट अवैध उत्खनन् गरेको पत्राचार गरेपछि मुद्दा प्रक्रियामा गएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

चालकहरूलाई जमानतमा रिहा गरिए पनि ट्याक्टर भने वन कार्यालयमै राखिएको छ । वन कार्यालयले वन ऐन २०४९ अनुसार बिगो बराबरको जरिवाना गर्ने व्यवस्था छ ।

कारबाही नै गरिए पनि प्रति ट्याक्टर ६० रुपैयाँ जरिवाना गर्ने प्रावधान छ ।

कपिलवस्तु नदीबाट बालुवा चोर्ने २७ वटा ट्याक्टरलाई कारवाही गरिएको बताउँदै वाणगङ्गा नगरपालिकाका राजस्व प्रमुख शान्ताराज आचार्यले जनशक्ति अभावले चुहावट नियन्त्रण गर्न नसकिएको बताए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र केसीले आफू आएलगत्तै ३० भन्दा बढी ट्याक्टर पक्राउ गरेको र नियमित गस्ती भइरहेको दाबी  गरे ।

अनौठो विश्वविद्यालय जहाँ प्रेम सम्बन्ध राख्न सिकाइन्छ

बेइजिङ / २१औँ शताब्दीमा ‘डेटिङ’ अर्थात प्रेम सम्बन्धमा रहनु कठिन पनि हुन सक्छ । व्यस्त कार्यतालिका माझ ‘डेटिङ एप’ को मद्दतले आफूले खोजेको साथी फेला पार्नु कहिलेकाहीँ त टाउको दुःखाइसमेत बन्छ । तर, महिलाको तुलनामा पुरुषको जनसंख्या धेरै बढी रहेको चीनजस्तो देशमा त यो थप चुनौतीपूर्ण छ । चीनको एक सन्तान नीतिका कारण महिला र पुरूषको संख्यामा यस्तो ठूलो असन्तुलन देखिएको हो ।

सन् २०१६ को एउटा तथ्यांकले चीनमा महिलाभन्दा पुरूषको जनसंख्या करिब ३ करोड ३६ लाखले बढी रहेको देखाएको थियो । त्यही भएर एउटा डेटिङ विद्यालयले चीनका युवाहरूलाई कसरी आफ्ना सम्भावित मायालुहरूलाई खुसी बनाउने भन्ने बारे सिकाइरहेको छ ।त्यसका लागि शृंखलाबद्ध रूपमा अनलाइन र प्रत्यक्ष कक्षाहरू नै सञ्चालन गर्ने गरिएको छ ।

वार्तालाप सहितका कक्षादेखि नृत्य सिकाउनेसम्मका विषयहरूलाई उक्त विद्यालयले समावेश गरेको छ । अलिक लजाउने स्वभावबाट आत्मविश्वासी बन्न मोटो रकम तिर्न त्यहाँ जाने विद्यार्थीहरूले सहमति जनाएका छन् । एक÷एक जना व्यक्तिको तहमा पनि प्रशिक्षण दिइने उक्त विद्यालयले त्यसको शुल्क ४ हजार ५ सय डलर तोकेको छ ।

बेइजिङमा यस्तो खालको ‘लभ एनर्जी’ नामक विद्यालय यी स्वीले चलाउँछन् । ‘म्याजिक कार्ड’ उपनाम भएका उनी भन्छन, ‘डेटिङ एउटा उत्कृष्ट नृत्यजस्तै हो । कहिलेकाहीँ आफ्नो साथीलाई आफूतर्फ तान्नुपर्छ त कहिले अलिकति पर धकेल्नुपर्छ तर निरन्तर उसप्रति संवेदनशील भइराख्नुपर्छ ।’

प्रेम सम्बन्ध राख्न सिकाउने त्यस्ता कक्षाहरू प्रतिको आकर्षण चीनमा बढिरहेको छ । अनलाइनमार्फत त्यससम्बन्धी कक्षाहरू लिन प्रतिमहिना ३० डलर शुल्क तिर्नुपर्ने बताइन्छ । ‘म्याजिक कार्ड’ का अनुसार उनका कक्षामा आउने ग्राहकको उमेर २३ देखि ३३ वर्षको बीचमा देखिन्छ । सबैभन्दा कम उमेरका विद्यार्थी १९ वर्षका छन् भने एक जना ५९ वर्षका वयस्क पनि डेटिङ कला सिक्न विद्यालयमा भर्ना भएका छन् ।एजेन्सी

यशोदा फुड्स प्रा.ली द्वारा छात्रवृत्ति वितरण

यशोदा फुड्स प्रा.ली ले रुपन्देही जिल्लाको पर्रोहा मा वि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।पर्रोहा मा वि को आयोजना र यशोदा फुड्स को प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कक्षा दश मा अध्ययन गर्ने जेनीसरा मिदुन लाई पांच हजार नगद सहित करेन्ट चाउचाउ एक कार्टुन कम्पनीको लोगो भयको टि सर्ट कपी र कलम एक एक थान पुरस्कार प्रदान गरिएको थियो। उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्न र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ चाउचाउ खाने तरिका पनि सिकाउने गर्दै आइरहेको कुरा यशोदा फुड्स कि जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयको थियो।

सभापति को स्थान बाट विद्यालयका प्रधानाध्यापक बल बहादुर के सीज्युले उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिका ले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै प्रायोजक यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। प्रमुख अतिथि वडा नम्बर चारका वडा अध्यक्ष धन बहादुर कार्की ज्युले आफ्ना भनाईहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको कुरा स्रहानी भयको भन्दै आभार प्रकट गर्नु भएको थियो। उक्त कार्यक्रम सहायक प्रधानाध्यापक चुडामणी भट्टराई ज्युले स्वागत र शिव लाल गौतमज्युको संचालनमा सम्पन्न भएको थियो

सितगंगा सेवा समाज द्धारा शैक्षिक तथा खेलकुद सामग्री वितरण

वैखरि अर्घाखाँची, मंसिर १२
अर्घाखाँचीको शितगंगा नगरपालिका १ स्थित सुवर्णखालमा कम्प्युटर, खेलकुद तथा शैक्षिक सामग्री वितरण सहितको विविध कार्यक्रम सम्पन्न भएको छ । सितगंगा सेवा समाजको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । शितगंगाको विभिन्न वाडबाट विभिन्न कारणले प्रदेश पसेका युवाहरुद्धारा “सु–शासन,समृद्धिमा ऐक्यबद्धता,समाज सुधार हाम्रो प्रतिवद्धता” भन्ने नारालाई आत्मसात गर्दै गठन भएको थियो ।

एक कार्यक्रमका बिच शितगंगा सेवा समाजले शितगंगा १ मन्द्रे स्थित मन्द्रे माविलाई डेल ब्रान्डको ३ थान कम्प्युटर, ३ थान मनिटर, ३ थान युपियस, १ थान डबलफिस भलिबल, २ थान कृकेट ब्याट, ५ थान कृकेट बल, ३ स्किपिङ डोरी र
१२ जना अति विपन्न जेहेन्दार दलित विद्यार्थीलाई कपी, कलम, ज्यामिती बक्स वितरण गरेको थियो । त्यस्तै शितगंगा १ सुवर्णखाल स्थित महेन्द्र आधारभुत विद्यालयलाई डेल ब्रान्डको २ थान कम्प्युटर, २ थान मनिटर, २ थान युपियस, १ थान डबलफिस भलिबल, २ थान कृकेट ब्याट, ५ थान कृकेट बल, ३ स्किपिङ डोरी र ११ जना अति विपन्न, जेहेन्दार, दलित, अपाङ्ग विद्यार्थीलाई कपी, कलम, ज्यामिती बक्स वितरणका साथै हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा दातालाई सम्मान स्वरुप कदर पत्रले सम्मान गरिएको थियो । सोही अवसरमा शितगंगा निवासी क्यान्सर पिडित पदम मिश्रलाई कार्यक्रम स्थलबाट संकलन गरी रु। १४३२० र संस्थाको तर्फबाट रु ४३३०४र उपचार्थ रकम पिडितका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै संस्थाले गरेका कामको विवरण विजय कुमार विकले राख्नु भएको थियो भने संयोजकत्वको भूमिका शेषकान्त अधिकारीले निर्वाह गरेका थिए । कार्यक्रममा विभिन्न राजनीति दलका विशिष्ट व्यक्ती, यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सहयोग दाताहरु, सोही विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुको उलेख्यनिय उपस्थित रहेको थियो ।

त्यस्तै कार्यक्रममा सितगंगा सेवा समाजको तर्फबाट पदाधिकारीहरुमा संरक्षक भिम खनाल, उपाध्यक्ष मान बहादुर सिन्जापती, संगठन प्रमुख विष्णु क्षेत्री, प्रचार प्रमुख चन्द्र चुदाली, शितगंगा संयोजक झनक केसी, मन्द्रे मावि संयोजक शेषकान्त अधिकारी लगाएतको कार्यक्रममा उपस्थित रहेको थियो ।

कार्यक्रम सितगगां सेवा समाजका वरिष्ट उपाध्यक्ष मिन पोख्रेलको अध्यक्षता, शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, शिक्षा शाखा अधिकृत माधव बन्जाडेको विशिष्ट आतिथ्यता र संस्थाका महासचिव घनश्याम खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सहसचिव राजु अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

‘अमित बराल जिताऔ अभियान’ सुरु

नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रुपन्देहीमा ‘अमित बराल जिताऔ अभियान सुरु’ भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल सिजन २ का प्रतिस्पर्धी बरालको ‘भोटिङ’ प्रचार प्रसार सँगै सहयोग जुटाउनका लागि सैनामैनाका विभिन्न संघ संस्थाको आयोजनामा मंगलबारदेखी अमित बराल जिताऔ अभियान सुरु भएको हो ।

बराल जिताऔ अभियान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले अमित सैनामैनाको मात्र नभई राष्ट्रकै एक गहना भएको बताउनुभयो । उत्कृष्ट ६ मा पर्न सफल अमितको कला र प्रतिभाको उच्च सम्मान गर्दै सबैले भोट गरी सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले नगरपालिकाले अमितलाई जिताउन सहयोग गरेको बताउँदै अमितको पुर्ण सफलताको कामना गर्नुभयो । कार्यक्रममा रिजन चेयरपर्सन तथा लायन्स क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष तिलब के.सीले अमितलाई नेपाल आईडल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । बरालको सहयोगार्थ स्वरुप सबैले आ आफ्नो क्षेत्रबाट भोटिङ र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी लायन्स क्लव अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माले अमित देशको पहिचान भएको बताउनुभयो । सैनामैना संस्थागत विद्यालय संगठनका अध्यक्ष समेत रहेका शर्माले भन्नुभयो– ‘जब सम्म अमितलाई जिताउँदैनौ,तब सम्म अमित बराल जिताऔ अभियान रोकिन्न ।’ कार्यक्रममा नेकपाका जिल्ला सदस्य नर बहादुर घर्ती,नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी लगायतले बोल्दै अमित बराललाई जिताउन आफुहरुले सक्दो पहल गरिरहेको बताउनुभयो ।

साथै प्रदेश ५ कै एक मात्र प्रतिस्पर्धी रहेको हुदा अमित नेपाल आईडलको दाबेदार भएको बताउँदै सम्पुर्णलाई भोटका लागि अपिल गर्नुभएको छ । सैनामैना २ कालिकाचोकमा रहेको ग्लोबल पार्टी प्यालेसमा भएको कार्यक्रममा लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सीले कार्यक्रम माथि प्रकाश पार्दै नेपाल आईडलमा सबै प्रतिस्पर्धाीको प्रस्तुति उत्कृष्ट रहेको तर बराललाई सर्वोत्कृष्ट गराउन प्रचार प्रसारमा कमी नहोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उक्त कार्यक्रममा नेपाल आईडलको टप ‘सिक्स’मा पुग्न सफल बरालको जिबनी र उहाँको नेपाल आइडलको हाल सम्मको यात्रा सम्मिलित सानो बृतचित्र प्रदर्शन गरिएको थियो । यसैबिच बराललाई जिताउन सहयोग स्वरुप लायन्स क्लव अफ सैनामैना, रोटरी क्लब अफ सैनामैना ,सैनामैना जेसिज ,आम समुह स्थानिय समाजसेवी व्यक्तित्व लगायतले आर्थिक सहयोग गरेका छन् ।

कार्यक्रम लायन्स क्लव अफ सैनामैनाका अध्यक्ष चित्र बहादुर के.सी र रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,अमित बरालका बुवा जिवन बराल,आमा सीता बराल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने,प्रभात आवसीय बोडङ स्कुलका प्राचार्य अनन्तराम शर्मा,सैनामैना मेमोरियलका प्राचार्य जे.बी क्षेत्री,हिमाल बोडिङ स्कुलका प्रिन्सिपल हेमराज भट्टराई,जन्मुक्ति पार्टीका नगर संयोजक टम बहादुर सोमै,राप्रपाका नगर संयोजक ईश्वरी घिमीरे,नेकपा सैनामैनाका सेक्रेटरी प्रेम चन्द्र भुसाल लगायतको आतिथ्यतामा भएको हो ।

सैनामैना जेसिजका निवर्तमान अध्यक्ष नन्दु थापा क्षेत्रीको स्वागत, रोट्रयाक्ट क्लव अफ सैनामैनाका सल्लाहकार सुरज थापा मगरको धन्यवाद ज्ञापन तथा लायन्स क्लव अफ सैनामैनाका सचिव दिपक अधिकारीको संचालनमा सम्पन्न कार्यक्रम लायन्स क्लव अफ सैनामैना, रोटरी क्लव अफ सैनामैना, लायन्स क्ल्व अफ सैनामैना मलमला, लायन्स क्लव अफ सैनामैना सालझण्डी, सैनामैना जेसिज, लियो क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ सैनामैना, सैनामैना संस्थागत विद्यालय संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यस्तै अमित बराललाई जिताउन सैनामैनाका राजनितीक दलले ऐक्यबद्धता जनाएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै सैनामैनाका सम्पुर्ण राजनितिक दलका प्रमुखद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल आईडलमा प्रतिस्पर्धा गरिरहेका सैनामैनाका प्रतिभा अमित बराललाई सैनामैनाबासीले भोट गरी सहयोग गर्न अपिल गरेका छन् ।

शृङ्खलालाई ‘Miss world ‘ बनाउन भाेट गर्ने ४ सजिला माध्यम

काठमाडौँ। मिस नेपाल २०१८ शृङ्खला खतिवडा अहिले चीनमा छिन्। सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुनको लागि मिस नेपाल २०१८ खतिवडा त्यहाँ पुगेकी हुन्। त्यहाँ रहँदा उनले देशको पहिचान झल्किने प्रस्तुति दिनुको साथै प्रतिष्पर्धाका बिभिन्न चरणहरूमा पनि सहभागी भइरहेकी छिन्।

उनले त्यहाँ अन्य देशका सुन्दरीलाई नेपाली भाषा सिकाउने, नेपाली गीत गाउन लगाउने जस्तो काम पनि गरेकी छिन्। त्यसो त यस वर्ष शृङ्खलाबाट धेरै नेपालीले आस पनि गरेका छन् यस वर्ष उनले मिस वर्ल्डको उपाधि जितुन् भनेर। हालसालै उनी भोटिङमा टप एक नम्बरमा आइपुगेकी छिन्।

मिस वर्डको लागि भोट गर्ने ४ तरिका सबैले सेयर गरेर जानकारी गराअौ #Missworld2018

1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)

2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ ( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)

3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90 ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)

– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो

नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाबारे धेरैले सामाजिक सञ्जालमा चासो व्यक्त गरेका छन्।नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा पनि भएको छ।प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ।

https://www.facebook.com/waikhari

मिसवर्ल्डभोट वेब्साइट, भोट एप, फ्यान पेज र फेसबुकमार्फत् प्रतियोगीलाई समर्थन गर्ने सुविधा छ।शृङ्खला पेसाले आर्किटेक्ट हुन्।शृङ्खलाका बुवा विरोध खतिवडा सङ्घीय संसद्‌मा र आमा मुनु सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन्।चीनमा हुँदै गरेको प्रतियोगितामा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन्।उनीहरूलाई २० वटा समूहमा बाँडिएको छ।

१० औं कपिलवस्तु महोत्सवको उद्घाटन पुष्पकमल दाहाल ‘प्रचण्ड ‘द्वारा हुने (अन्र्तवार्ता सहित)

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनमा कपिलवस्तुको चार नम्बर स्थित जितपुर स्थित बुद्ध रंगशालामा मसिंर १८ देखि पौष १ गते सम्म सञ्चालन हुँने १० औँ कपिलवस्तु महोत्सवमा केन्द्रित रहेर आयोजक समितिका संयोजक, निर्देशक, स्थल तथा स्टल संयोजक र कोषाध्यक्षसंग वैखरी अनलाईन राष्ट्रिय पत्रिका टिमले गरेको अन्तर्वार्ताको संक्षेप ।
महोत्सव संयोजक उमानाथ पौडेल
वैखरी : १० औँ कपिलवस्तु महोत्सवको उद्घाटन निश्चित रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नै हुन्छ त ?
पौडेल : प्रचण्ड आउँने निश्चित नै हो । सबै समन्वयको काम भईसकेको छ । अरु महोत्सव भन्दा १० अ‍ैाँ कपिलवस्तु महोत्सव भिन्न रहेकाले राजनेताद्धारा उद्घाटन गर्ने निश्चित छ ।

वैखरी : महोत्सवको उद्देश्यका सम्बन्धमा ?

पौडेल : नाफाको लागि भन्दा पनि कपिलवस्तु जिल्लाका धार्मिक, पर्यटकिय, सास्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका हौँ ।

वैखरी : विगतका महोत्सव भन्दा यस बर्षको महोत्सवमा फरक आकर्षक रुपमा के रहेको छ ?

पौडेल : जिल्लाका धार्मिक स्थलहरुको प्रचार प्रसार गर्नका लागि फोटो प्रदर्शनि, वडा स्तरिय कृषि प्रदर्शनि, कृषकहरुका वालि तथा माटो निशुल्क रुपमा प्रविधियुक्त ल्यावबाट परिक्षण गरिने, विभिन्न कृषि सम्बन्धि नयाँ तथा आधुनिक सामाग्रिहरु जस्तै धान काट्ने, धान झाँट्ने, आँप टिप्ने, आदिको प्रदर्शनी आदि रहेका छन् ।

वैखरी: अन्य आकर्षकको रुपमा केके छन् ?

पौडेल : जिल्ला वाहिरका ईच्छुक ब्यक्तिहरुलाई जिल्ला भित्रका पर्यटकिय तथा धार्मिक स्थलहरुमा अवलोकनका लागि यातायातको समेत ब्यबस्था, विभिन्न नयाँ तथा सकारात्मक सन्देष प्रवाह गर्ने नयाँ खालको स्टललाई निशुल्क दिईने, ड्रोन क्यामेरा मार्फत जितपुर चोक लगायत महोत्सवको सम्पुर्ण अवस्थाको निगरानिको ब्यबस्था गरेका छौँ ।

वैखरी : महोत्सवबाट कति दर्शकहरुको सहभागि गराउँने र कतिको कारोवार गराउँने लक्ष्य रहेको छ ?
पौडेल : यस बर्षको महोत्सवको स्थान अनि स्तर निकै ठुलो हुँने अपेक्षा राखेका छौँ । त्यसैले विगतका वर्षहरुमा अहिले २५ देखि ५० प्रतिशत सम्म कारोवारमा वृद्धि हुने अपेक्षा राखेका छौँ ।

निर्देशक रुक बहादुर भुषाल
वैखरी : जुन महोत्सवको लागि ३० वटा उपसमिति गठन गरिएको छ ती उपसमितिका संयोजकहरुले के कति मात्रामा तयारि गरिरहनुभएको छ ?
भुषाल : सम्पुर्ण उपसमितिका संयोजकहरुले नै लक्ष्यउन्मुख काम गरिरहनुभएको छ म उहाँहरु प्रति सकारात्मक  छु ।

वैखरी : १० औँ कपिलवस्तु महोत्सवले खास के कुरामा जोड दिएको छ ?
भुषाल : यस वर्षको महोत्सवले विज्ञान प्रविधि, जातिय तथा धार्मिक संस्कृति झल्काउँने खालका समाग्रिहरु, कृषि, पर्यटन, ब्यापारिक सशक्तिकरणलाई मुख्य जोड दिईएको छ ।

स्टल संयोजक हुमानाथ पौडेल
वैखरी : महोत्सवमा कति ओटा स्टल दर्ता भए ? निर्माण कार्यको अवस्था के छ ?
पौडेल : अहिलेसम्म १ सय ३५ वटा स्टलहरु दर्ता भईसकेका छन् ।

वैखरी : स्टल दर्तामा के कस्ता नियमहरु अवलम्बन गरिएको छ त ?
पौडेल : उद्योग वाणिज्य संघमा आवद्ध ब्यापारिहरुलाई स्टल बुकिङमा २० प्रतिशत र स्थानिय ब्यापारिहरुलाई १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

कोषाध्यक्ष मोहन न्यौपाने
वैखरी : विभिन्न प्रायोजकले गरेको प्रयोजन तथा अन्य आर्थिक कारोवारको लेखाजोखा के कसरि राख्नुभएको छ ?
न्यौपाने : हामिले महोत्सवको लागि भएका सम्पुर्ण आर्थिक कारोवारको पारदर्शि रुपमा लेखाजोखा राखिरहेका छौँ ।

वैखरी : जिल्ला भित्र तथा बाहिरका महोत्सवलाई आयोजकले नै एउटा नाफा कमाउँने स्थलको रुपमा लिन्छन यो महोत्सवमा त्यसको के कस्तो निगरानि छ ?
न्यौपाने : १० औँ कपिलवस्तु महोत्सवमा भएको आयव्याय सञ्चारकर्मिको माझमा पारदर्शिता पुर्वक महोत्सव सकिएको केहि समयमै सार्वजनिक गरिने प्रतिवद्धता ब्यक्त गर्दछु ।

अब सबै श्रमिकलाई पेन्सन

काठमाडौं,११ मंसिर-निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योग्दानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ ।यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट बृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटन तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागु गरिएको हो, श्रममन्त्री गोकर्ण विष्टले भने, श्रमजीवी बर्ग नयाँ युगमा प्रवेश गर्नेछ ।

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योग्दान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भईसकेको छ ।, आजको कान्तिपुरदैनिकमा मुख्य खबर रहेको छ ।

यो पनि पढ्नुहोस् – मन्त्रीलाई गुहार्दा पनि पार लागेन

काठमाडौं ११ मंसिर –सोल्टीमोडको वैदेशिक रोजगार कार्यालयमा सरोजा महतराको काम बनेन । कार्यालयले वैदेशिक रोजगार विभागमा जानु भन्यो । त्यसपछि उनी हतारिँदै ट्याक्सी चढिन् । कालिमाटी, टेकु हुँदै विभागको कार्यालय बुद्धनगरतर्फ ट्याक्सी हुँइकियो । उनी पटकपटक घडी हेर्थिन् । अनि पटकपटक कालो सलले आँशु पुछ्थिन् ।

चार वर्षदेखि दुबईमा काम गर्दै आएकी इलामकी सरोजा १५ दिनअघि घर आएकी थिइन् । उनी नेपाल बस्दाबस्दै वैदेशिक रोजगार विभागले नयाँ नियम जारी गर्‍यो ।

कात्तिक २७ गते विभागद्धारा जारी सुचनामा भनिएको छ, ‘…वैदेशिक रोजगारमा पठाउँदा सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भई आएपछि मात्र वैदेशिक रोजगार ऐन २०६४’ बमोजिम श्रम स्विकृति प्रदान गरिने भएको हुँदा सोहीबमोजिम कागजात पेश गर्नु\गराउनु हुन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विभागको नयाँ नियम थाहा पाउने वित्तिकै सरोजा आत्तिँदै श्रम कार्यालय पुगिन् । आइतबार राती साढे ११ बजे उनको फ्लाइट थियो । तर, लाइन देखेपछि सातो गयो । एकहप्तामा पनि काम नबन्ने देखेपछि उनको होस हवास उड्यो । त्यसपछि सुरु भयो उनको तनाव ।

विभागको कार्यालय अगाडि रोकियो, ट्याक्सी । त्यहाँ पुग्दा अपरान्ह्रको १२ः १५ बजेको थियो । फाराम लिएर निर्देशकको कोठा खोज्दै तेस्रो तला उक्लिइन् । ढोकामै भेटिएकी एक महिला कर्मचारीलाई हतारहतार समस्या पोखिन् । विभागबाट काम नहुने संकेत पाउने बित्तिकै सरोजाको आँखा भरियो । महिला कर्मचारीले उनलाई निर्देशकलाई भेट्न सुझाव दिइन् । हतासिँदै सरोजा निर्देशक भोलानाथ गुरागाईंको कोठातिर लम्किइन् ।

भित्र मिटिङको सुरसार थियो । सरोजाले फटाफट आफ्नो समस्या पोखिन् । ‘तपाइको जस्तो समस्या लिएर आउनेहरु धेरै छन्,’ निर्देशक गुरागाईंले सहानुभूति देखाउँदै भने, ‘यही विषयमा हामी छलफल गर्न लागेका छौं ।’

‘लौन सर आजै दुबई उडिनँ भने कम्पनीले काममा आउनु पर्दैन भनेको छ । मेरो जागिर नै जान्छ’, सरोजाले आँसु झार्दै भनिन् । निर्देशक गुरागाईं मिटिङका लागि तल्लो कोठातिर लागे।

विभागमा काम नबन्ने सम्भावना बढ्दै थियो । सरोजा पटकपटक घडी हेर्दै छटपटाउँथिइन् ।

दिउँसो डेढ बजे । हतास, छटपटी र चिन्तामा थिइन् उनी । उनले अन्तिम विकल्प रोजिन् । धेरैतिर फोन घुमाएर श्रममन्त्री गोकर्ण विष्टको नम्बर पत्ता लगाइन् । मन्त्रीसँग सिधै कुरा गरिन्। अन्नपूर्णपोष्टबाट

सरोजाः सर, मेरो आज राति साँडे ११ बजे दुबईका लागि फ्लाइट छ । श्रम स्वीकृति पाइनँ ।

श्रममन्त्री: तपाईंको बारेमा ताहाचल कार्यालयमा खबर गरेर एक छिनमा फोन गर्छु ।

(मन्त्रीको फोन आउँदैन । सरोजा आफैले ५ मिनेटपछि फोन गरिन् ।)

श्रममन्त्री: उता फोन लागेन । ५ मिनेटपछि कल गर्छु ।

(तेस्रो पटक मन्त्री आफैले फोन गर्छन्)

श्रममन्त्री: तपाईंको कम्पनी परिवर्तन भएको रहेछ । प्रकाशित सूचनामाथि छलफल हुँदैछ । एक हप्ताको लागि फ्लाइट ‘डिले’ गर्नुस् ।

सरोजा: आज राती ११ः३० को फ्लाइट छ । कम्पनीले भोली आउने भए कहिल्यै नआइज भनिसक्यो । त्यसैले साह्रै अप्ठ्यारो परेर तपाइलाई कल गरेको ।

श्रममन्त्री– तपाई श्रम स्विकृति कार्यालय जानुस्, त्यहीँबाट काम हुन्छ ।

विभागको केही क्षण अघि चलेको मिटिङ सकियो । निर्देशक गुरागाइँले सरोजालाई मन्त्रालयमै जान सुझाए । सरोजा ट्याक्सी चढेर फेरि हतार हतार मन्त्रालयतिर लागिन् ।

दिउसो पौने तिन बजे । सिंहदरबारस्थित श्रम तथा रोजगार मन्त्रालयको दोस्रो तला । मन्त्रीको कार्यकक्ष पुग्दा मन्त्री थिएनन् । विभागका महानिर्देशक दिलीपकुमार चापागाई पनि मन्त्री कुरिरहेका थिए ।

सरोजाले महानिर्देशक चापागाईसँग समस्या राखिन् । उनले भने, ‘हामी छलफल गर्दैछौं । तत्काल यो विषयमा केही भन्न सक्ने अवस्था छैन ।’ महानिर्देशकले फेरि श्रम कार्यालय नै जान सुझाव दिए । उनले भने, ‘मैले कुरा गरिदिएको छु । त्यहीँ जानू ।’

सार्वनजिक यातायात चढेर सरोजा फेरि सोल्टीमोडस्थित वैदेशिक रोजगार कार्यालय पुगिन् । त्यसबेला ४ः३० बजिसकेको थियो । उनी निकै निरास भइसकेकी थिइन् । महानिर्देशक चापागाईंको सल्लाहबमोजिम उनी कार्यालयका कर्मचारी तिर्थ कट्टेललाई भेट्न पुगिन् । तर कट्टेलले असम्भव हुने बताए । उनले भने, ‘तपाईंलाई सहयोग गरेर फस्नु छैन ।’

सरोजाले फेरि आँशु झारिन् ।

साँझको ४ः५० बजिसकेको थियो । कार्यालयको चक्कर काट्न थालेको करिब ७ घन्टा बितिसकेको थियो । उनी कार्यालय परिसरमा भेटिएका प्रत्येक कर्मचारीलाई समस्या पोख्थिन् । अनि निरास हुन्थिन् । कतै फोन गर्थिन्, अनि आँखा पुछ्थिइन् ।

जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडौं,११ मंसिर— वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए ।क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो ।सिन्धुलीपाल्चोक बाह्रबिसे थापाउँकी रोशनी रसाईली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिईन् ।बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाईली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको प्रत्यक्षदर्शी नेपाली युवतीले जानकारी दिईन् । शवको प्रकृति हेदा कसैले हत्या गरेर झुन्ड्याएको जस्तो लाग्छ । ती प्रत्यक्षदर्शी नेपाली महिलाले बताईन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

कमाउन साउदी पुगेकै दिन जेल !

काठमाडौं,११ मंसिर-बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो ।सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि ।वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ । उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् ।यस्तै अप्ठेरोले गर्दा बैदेशिक रोजगारीको सपना त्यागेका ३७ बर्षीया बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो ।किनकी स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए । अनि २०६३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए ।

आजको नागरिक दैनिकमा यो खबर छ । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेको बेला शुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरिमा पुर्याएको छ ।
कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन् ।उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ ।साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल करिब २३ लाख रुपैयाँ को जोहो गर्नुपर्ने भएको छ ।

दशौँ कपिलवस्तु महोत्सवको तयारी तिब्र गतिमा

कपिलवस्तुको वाणगंगा नगरपालिकामा मंसिर १८ बाट सुरु हुने १० औँ कपिलवस्तु महोत्सव सुरु हुन अब ८ दिन मात्रै बाकिँ रहेको छ । पछिल्लो समय विभिन्न संघ सस्थाहरुको आयोजनामा हुने महोत्सवहरु एउटा विशेष उत्साह र पर्वको रुपमा समेत लिइन थालेको छ । जिल्ला भित्रका कृषि उपजहरु देखि स्थानिय स्तरका स्रोत साधन र महत्वपूण पर्यटकीय स्थलहरुको प्रवद्धन र संरक्षणका लागि यस्ता मेला महोत्सवहरुले विशेष टेवा पु¥याउने अपेक्षा सबैको रहेको हुन्छ ।

यस वर्ष कपिलवस्तु उद्योग वाणिज्य संघ जितपुरले महोत्सवलाई फरक किसिमले थप नयाँ पन दिने गरी तयारी तिव्रताका साथ अगाडि बढाइएको जनाएको छ । अहिले सम्म महोत्सव आयोजनाका लागि ७५ प्रतिशत काम सम्पन्न पनि भइ सकेको आयोजक समितिका संयोजक उमानाथ पौडेलले बताउँनुभयो । कृषि र पर्यटनमा आधारीत उद्योग व्यापार, समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार भन्ने मुल नाराका साथ मंसिर १८ देखी बुद्ध रंगशालामा आयोजना हुन लागेको कपिलवस्तु महोत्सवको लागि अहिले विभिन्न विषयगत समिति तथा उपसमितिहरु गठन गरी महोत्सवलाई अघिल्ला वर्षहरुको तुलनामा भिन्न बनाउने उद्येश्यका साथ काम भइरहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा राखिने स्टल बुकिङ्को काम पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै महोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ जिल्ला भर नै प्रचार प्रसारलाई तिव्रताका साथ काम भइरहेको छ । विशेषत महोत्सवको सफलताका लागि आयोजनाको अन्तरिक काम सँगै बाह्यि काम करिब अन्तिम चरणमा पुगेको बताइएको छ । यस वर्षको महोत्सवमा करिब २ लाख दर्शकले मेला अवलोकन गर्ने अयोजकले अपेक्षा लिएको छ ।

गोली हानी हत्या गरिएका चौधरीको अन्त्येष्टि

शुक्रवार राति गोली हानी हत्या गरिएका राजावाबु भनिने दीपेन्द्र चौधरीको आइतबार अन्येष्टि गरिएको छ । अन्येष्टि पूर्व दिउँसो शवयात्रा निकालिएको थियो । शवयात्रामा हजारौ जनताहरु सहभागी थिए । मोतिभारीबाट निकालिएको शवयात्राले गाउँको परिक्रमा गरी बिठुवामा रहेको स्थानीय सन्तघाट नदीमा दाहसंस्कार गरिएको छ । दाहसंसकार अघि नेकपाका नेता बलराम अधिकारी, बावुराम खनाल बिजय जैसवाल लगायतका नेताले पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

जिल्लाको शुद्धोदन गाउँपालिका– ४ मोभिभारीका युवा नेता राजावाबुको हत्यामा ७ जना बिरुद्ध किटानी जाहेरी परेको छ । मृतक बुवा रामरक्षा चौधरीले आइतवार इलाका प्रहरी कार्यालय पकडीमा किटानी जाहेरी दिएका हुन् । दर्ता भएको जाहेरीमा तत्कालिन गाबिस प्रधान रमाकान्त पाण्डेयका छोरा र आफन्त गरी ४ जना तथा ३ जना छिमेकी रहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए ।

त्यस मध्ये दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई घटनाको दिन राती नै नियन्त्रणमा लिइएको उनले बताए । घटनाका मुख्य अभियुक्त भने बन्टी भनिने अजित पाण्डे सहीत अन्य ५ जना भने फरार रहेका छन । उनको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मलेसियाले भन्यो — ‘कामदार पुरानै संयन्त्रबाट’

काठमाडौं,१० मंसिर-श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयनगर्ने पक्षमा देखिएको छ ।श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापुर्वक अगाडि बढ्ने बताए ।समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ, उनले भने टुग्याउनुपर्ने विषयबारे नेपाली दुतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको उनले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु

काठमाडौं,१० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ।हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ।

फर्किदैनन् भारत पुगेका बाघ

बर्दिया,१० मंसिर– वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् ।नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए ।

लियो क्लव अफ कपिलवस्तुद्धारा दृष्टी विहिनलाई न्यानो कपडा वितरण

लियो क्लव अफ कपिलवस्तु द्धारा दृष्टी विहिनलाई न्यानो कपडा वितरण गरीएको छ । आज लियो क्लव अफ कपिलवस्तुको पहिलो वार्षिक उत्सवको अवसरमा देउसि भैलो खेली संकलीत रकम बाट दृष्टी विहीनका लागी न्यानो कपडा वितरण गरीएको हो । कार्यक्रम ओदारी मा.वि मा सम्पन्न भएको हो ।

राज्य र स्थानीय निकायको दृष्टी नपरेका क्षेत्रहरुमा लायन्स क्लव कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुले संयुक्त र एकल रुपमा पनि समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको लायन्स क्लवका अध्यक्ष कृष्ण केसी र कार्यक्रमका प्रमुख आतिथी सोमनाथ अर्यालको भनाइ रहेको थियो । साथै आयोजक संस्था लियो क्लव अफ कपिलवस्तुलाइ विद्यालयका प्राधानाध्यापक शुभाखर भुषालले संस्थाले गरेको मानवीय सेवा र योगदान प्रती हार्दिक आभार प्रकट गर्दै समाज सेवाको क्षेत्रमा अझ योगदान दिन सकोस भनि शुभेक्षा प्रकट गरेका थिए ।

कार्यक्रम लियो क्लव अफ कपिलवस्तुका कार्यवाहक अध्यक्ष हरी ढुङगानाको अध्यक्षता, वडा नम्वर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, ओदारी मा.वीका प्रधानाध्यापक शुभाखर भुषाल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कृष्ण केसीको विशिष्ट आतिथ्यता, वर्ष २०१८ जेसिसका सचिव बाबुराम अर्याल, सिद्धार्थ क्याम्पस का स्ववियुृ सभापति शुशिल खत्रीको आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लव कपिलवस्तुका सचिव धातानन्द भुषालको स्वागत मन्तव्य र लियो सदस्य पाण्डव भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

के हो चिनियाँ युवतीहरुको सुन्दरताको रहस्य ? यस्तो छ घरेलु विधि

काठमाडौँ-चिनियाँ युवतीहरु आफ्नो चम्किलो, बेदाग अनि नरम छालाको लागि चिनिन्छन्। वास्तवमा यस्तो छालाको पछाडी लुकेको छ उनीहरुको घरेलु तथा पारम्परिक तरिका। यसमा सबैभन्दा राम्रो कुरा यो हो कि यी उपाय हामीले पनि अपनाउन सक्छौ।

के हो चिनियाँहरुको सुन्दरताको रहस्य ?

चिनियाँ युवतीहरु चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्छन्। यसको लागि पालिस नगरिएको चामललाई एउटा भाँडोमा राखेर भिजाउँनुस। केही समयमा माथी सेतो तह देखिन्छ। त्यसपश्चात पानी मात्र छानेर त्यसलाई फ्रिजमा राख्नुस्। यो पानी ३-४ दिनसम्म प्रयोग गर्न सकिन्छ। कपास (रुई)को मद्धतले यो अनुहारमा लगाउनुस्। ३-४ दिन पश्चात फेरि यसरी नै नयाँ पानी बनाएर फ्रिजमा राख्नुस्।

जवान देखिन ग्रिन टि : चिनियाँ युवती ग्रिन-टीको सहयोग लिन्छन्। हरेक दिन बिहान कप ग्रिन टि पिउँनाले पेट स्वस्थ्य हुनुको साथै नियमित प्रयोगले जवान देखिन मद्दत गर्छ।

सफा अनुहारको लागि : सफा अनुहारको लागि चिनियाँ युवतीहरु पुदिना प्रयोग गर्छन्। पुदिनाको पात पिसेर अनुहारमा लगाएर सुकेपछि धुन सकिन्छ।

चाउरीबाट बच्न : अनुहारलाई चाउरीपनबाट बचाउन चिनियाँ युवतीहरु अण्डा प्रयोग गर्छन्। अण्डाको सेतो भाग अनुहारमा लगाउनुस् अनि २० मिनेट पश्चात चिसो पानीले धुनुस्। अण्डामा हुने एस्ट्रिजेन्टले छाला कसिलो बनाउन मद्धत गर्छ। यसको साथै चिनियाँहरु मसाजमा विश्वास गर्छन्। मसाजले रक्त सञ्चार बढ्छ र कोषहरुको ‘रिजेनेरेशन’ बढ्छ जसको कारण आँखा सुन्निएको जस्तो हुन कम हुन्छ।एजेन्सी ।

यो पनि पढ्नुहोस्-  प्रभावकारी बन्दै पञ्चकर्म आयुर्वेद
कञ्चनपुर, ९ मङ्सिर- शुक्लाफाँटा नगरपालिका– १० मा रहेको झलारी आयुर्वेद औषधालयले सञ्चान गरेको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी बन्दै गएको छ । बाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि मध्यनजर गर्दै औषधालयले सञ्चालन गरेको पञ्चकर्म आयुर्वेदिक चिकित्सा लिने बिरामीको सङ्ख्या बढ्न थालेको हो ।

पञ्चकर्म सेवा सञ्चालन गरिएपछि औषधालयबाट एक वर्षको अवधिमै तीन हजार २६३ जना बिरामीले सेवा लिएको औषधालयका कविराज तारादत्त पाण्डेयले बताए। जसमध्ये पुरुष एक हजार १५२ र महिला दुई हजार १११ जनाले सेवा लिएका छन् । चालु आवको असारदेखि हालसम्म महिला र पुरुष गरी पञ्चकर्म सेवा लिने बिरामीको सङ्ख्या एक हजार ७०० रहेको छ ।

“पञ्चकर्म सेवा नहुँदा मुश्किलले वर्षमा सयजना बिरामी पनि औषधालयमा पुग्दैन्थे”, उनले भने, “पञ्चकर्म सेवा सञ्चालनपछि बिरामीको चाप निकै बढेको छ ।” पञ्चकर्म चिकित्सामा रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले मालिस गरी शरीलाई पीडाबाटमुक्ति दिलाइ शरीरलाई स्फुर्ति गराइने वैद्य दिवाकर जोशीले बताए।

“रोगीको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घण्टाका दरले सात देखि १४ दिनसम्म उपचार गरिन्छ”, उनले भने, “स्नेहनपछि रोगीलाई नाडी स्वेदन अन्तर्गत नलिको रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त बाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पुर्याइन्छ। ” औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निष्कने बाष्प स्वेदन यन्त्र ९बाष्प बाकस० मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त बाष्प प्रवेश गराई उपचार गरिने व्यवस्था गरिएको उनले बताए।

यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान कम गर्न सहायक हुने बताइएको छ । पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनका लागि र आवश्यक सामग्री खरीद गर्न नगरपालिकाको वडा कार्यालयले रु एक लाख ५० हजार रकम उपलब्ध गराएको छ ।

औषधालयले बाष्प बाकस र अन्य सामग्री खरीद गरेको छ । औषालयले शिरोधारा सेवासमेत सञ्चालन गर्न लागेको छ । बिरामीलाई प्राकृतिक रुपमा उपचार गर्ने सेवा औषधालयले सञ्चालन गरे पनि भौतिक पूर्वाधारको अभाव रहेको छ । कोठा अभावमा एउटै कोठामा पञ्चकर्म र औषधि वितरण गर्ने कक्ष राख्नुपरेको छ ।

पञ्चकर्म सेवा सञ्चालन गर्न र योगा गराउनका लागि रु ११ लाखको लागत अनुमान तयार गरी आयुर्वेदिक विभागमा पठाए पनि हालसम्म यसबारे सुनवाइ हुन नसकेको वैद्य जोशीले जानकारी दिए। औषधालयको अवस्था बारे प्रदेशसभा सदस्य लालबहादुर खड्काले निरीक्षण गरेर आवश्यक बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

औषधालय व्यवस्थापन समितिका पदाधिकारीले भत्ताको रकम जोगाएर औषधालयका लागि रु २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्रि यन्त्र र रु १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरीद गरेर बिरामीलाई सेवा दिएका छन् । औषधालयले बाथ, अनिन्द्रा, ग्याष्ट्रिक, दम खोकी, लिकोरिया, जोर्नी दुख्ने, कमलपित्त र छालाको समस्या लिएर आउने बिरामीको रोग यकिन गरी निःशुल्क उपचार गर्दै आएको छ ।

चूर्ण १२ प्रकारको, बटी १७ प्रकारको र एक प्रकारको तेल औषधालयबाट बिरामीलाई निःशुल्क दिइन्छ । सुत्केरी आमाका लागि दुग्धवद्र्धक सतावरी चूर्ण र सुत्केरी पछि मालिस गर्ने तेल समेत उपलव्ध गराइन्छ । वृद्धवृद्धाका लागि थकान कमगर्ने अश्वगन्धा निःशुल्क प्रदान गरिने व्यवस्थाले महिला र वृद्धबृद्धाको आकर्षण बढेको छ । रासस

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा सांसद पंन्थीको जोड

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न न्युन विधाथी भएका विद्यालयहरु मर्ज गर्नुपर्ने मा प्रदेश सांसद विष्णु पंन्थी ले जोड दिएका छन् । महेन्द्र माध्यामिक विद्यालय कोपवाको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेलालाई संवोधन गर्दै सांसद पंन्थीले विधालयहरुले स साना अनुदानको भरमा विना योजना विधालयका संरचनाहरु निर्माण गर्दा दिर्घकालिन नभएको भन्दै एउटै योजनाबाट धेरै फाईदाहुने खालका संरचनामा जोड दिनुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुषालले स्थानिय निकायहरु सामुदायिक विद्यालयहरुको साधन स्रोत संपन्न बनाउन योजनाबद्ध भएर लाग्ने भन्दै विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षकहरु नै जिम्मेवार बन्नुपर्ने बताए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य कामता प्रसाद चौधरीले आर्थिक वर्ष ०७५  ०७६ को कुल १ करोड २४ लाख ५६ हजार ६ सय ५१ बराबरको आय व्याय विवरण सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

वार्षिकोत्सवमा विधालयको स्वर्ण महोत्सवको अवसरमा स्थापना भएको अक्षयकोषदाताहरुद्धारा विभिन्न विदाका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष दधिराम आचार्य, वागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारु, माउण्ट एभरेष्ट वचत तथा क्रण सहकारीका अध्यक्ष युवराज पोख्रेल लगाएतले लगाएतले शुभकामना मन्तव्य व्यतm गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिरन्जीवि गिरीको अध्यक्षता शिक्षक वासुदेव अर्याल को स्वागत मन्तव्य र सहायक प्रध्यानध्यापक तनुश्री भण्डारीको कार्यक्रममा सम्पन्न भएको थियो ।

जहाजमा चढ्न नदिएपछि निर्मलाका बुवा विमानस्थलमै अलपत्र

काठमाडौं ९ मंसिर-जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्‍याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।

छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो । त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे ।

‘एयरलाइन्सका कर्मचारीले जहाजमा चढ्न दिएनन्, अन्त जान कुनै साधन पाइएन,’ यज्ञराजलाई उपचारका लागि लैजान लागेका उनका भिनाजु गजाधर भट्टले भने, ‘टिकट काटेर पनि जहाजमा चढ्न दिएनन् ।’ उनले अनुमति दिए आफ्नै खर्चमा गाडीको व्यवस्था गरेर भारततिर लैजान तयार रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यज्ञराजलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लैजान ४ जनाको टिकटको व्यवस्था गरेको थियो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी, भिनाजु गजाधर र भाइ ईश्वर जोशीका लागि टिकट काटिएको थियो । तर साँझ अबेरसम्म पनि प्रशासनले कुनै व्यवस्था नगर्दा उनीहरू विमानस्थलमै अलपत्र परेका थिए ।

‘एम्बुलेन्सबाट भए पनि उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दै छौं,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘विमानस्थलमा यज्ञराजको अवस्था झन् बिग्रिएकाले कर्मचारीले जहाजमा चढ्न नदिएको जानकारी आएको छ ।’ उनले धनगढीबाटै एम्बुलेन्स खोजेर पठाउने विषयमा छलफल भइरहेको बताए ।

कात्तिक २५ गतेदेखि छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै यज्ञराज अनिश्चितकालीन धर्नामा थिए । धर्ना बसेको तेस्रो दिनदेखि नै उनलाई न्यून रक्तचापसँगै ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो । महाकाली अञ्चल अस्पतालका चिकित्सकहरूले चेकजाँच गरेर औषधि दिएपछि केही निको भएको थियो ।

केही दिनयता उनी जथाभावी बोल्ने, कतिबेला हाँस्ने, कतिबेला रुने, भेट्न आउनेलाई गालीगलौज गर्ने र हातपात नै गर्ने अवस्थामा पुगेका थिए । शुक्रबार उनी महेन्द्रनगर बजारमा गालीगलौच गर्दै हिँडिरहेका थिए । उनलाई प्रहरीको सहयोगमा बजारबाट धर्नास्थल पुर्‍याइएको थियो । कान्तिपुरबाट

निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

काठमाडौं ९ मंसिर– प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् ।

साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम थपको अनुमति (सम्बन्धन) दिन पत्र पठाएका छन् । ‘विश्वविद्यालयहरूको स्वायत्तता कायम राख्दै यसभन्दा अगाडि विश्वविद्यालयहरूले गर्दै आएको विषय र कार्यक्रम थपसम्बन्धी प्रक्रिया यथावत् राख्न प्रधानमन्त्रीज्यूको निर्देशन भएकाले सोहीअनुसार गराउनुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ । त्यसैअनुसार त्रिविले १ सय १६ कलेजलाई विषय थप्न अनुमति दिएको छ ।

बीसीए र बीबीएम विषयमा सम्बन्धन पाउने अधिकांश राजधानीका महँगा र नाम चलेका ठूला कलेज छन् । तीमध्ये ९६ वटाले सम्बन्धनपत्र लिइसकेका छन् ।

स्रोतका अनुसार सम्बन्धन पाउने कलेजमध्ये कतिपयमा नेकपाका नेताको लगानी छ भने कतिपयमा नेतानिकट व्यक्ति सञ्चालक छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालको दबाबमा प्रधानमन्त्रीले निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको दाबी छ । ‘मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म सम्बन्धन रोक्ने निर्णय गर्‍यो,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘आफ्नै निर्णयविपरीत प्रधानमन्त्रीले विषयगत सम्बन्धन दिन आदेश दिनुभयो ।’ सम्बन्धन दिने कुरामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको समेत मिलेमतो रहेको त्रिवि उच्च स्रोतले उल्लेख गरेको छ । कान्तिपुरबाट

साप्ताहिक राशिफल

साप्ताहिक राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- प्रारम्भमा आयआर्जन बढ्नेछ भने सोच अनुरूप  फाइदा हुने कामको  सुरुवात  हुनेछ। नया अवसरहरु जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।  प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ। धैर्यता एवं जोस र जागरले  काममा सफलता दिलाउनेछ। तर मंगलवारदेखि सहयोगका लागी कोही नभेटिना सक्छंन् ।  काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारा परिस्थिति समेत स्वत: सुल्झनेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि  आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने  धेरै काम हरु  पनि सहज हुनेछन्।  बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक  भूमिका थपिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) प्रारम्भमा बोलीको प्रभाव   देखिनेछ तर  धेरै बोल्ने बानीले भने  विवाद निम्त्याउन सक्छ। नया अवसरहरु जुट्नेछन्।   प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दु:ख दिन सक्छन्।तर पानी  आफुलाई  फाइदा हुने कामको अवसर मिलन सक्छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ भने  मिहिनेत तथा  लगनषीलताले सम्मानित स्थान दिलाउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ।  प्रारम्भको दिनमा नया सोच एवं जिम्मेवारीले पनि  व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरु पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि  राम्रो साथ दिनेछन्।  सप्ताह को अन्त्येतिर  केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। घरेलु समस्यामा अलि सावधान रहनुहोला।  चुनौतीको  सामना गैर्न  सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)-  प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने हिम्मत  जुट्नेछ। प्रतिष्ठित एवं जिम्मेवारी कामहरूले अरुलाई सजिलै  प्रभावित पार्न सकिनेछ। मित्रहरूको सहयोग मिलनाले  हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर  भने  लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।  एकाग्रतामा भने  कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।  सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अचानकको  परिस्थितिले  केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउ र मनमा उत्पन्न होने शंकाले  अप्ठ्याराे पर्न सक्छ, सजग रहनु होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- साताको प्रारम्भ भने  उत्साहवर्द्धक नै  रहनेछ।  कर्मयोगले समाजमा स्थापित गराउन सक्छ भने केहि  खर्च बढ्नाले अर्थ अभावको महसूस गराउन  सक्छ। रोकिएका कामहरुमा पनि  दोहोर्याएर प्रयत्न गर्नुपर्ने अवस्था सिर्जना हूँन  सक्छ । आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला।  सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ।  चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरु सग भेटघाट रहला। मानसम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धनलाभ पनि हुनेछ। प्रतिस्पर्धी एवं आलोचना गर्ने हरुले  पनि प्रशंसा गर्न थाल्नेछन् भने आवश्यक सहयोग को लागि पनि तैयार रहनेछन्। लाभप्रद कामको जिम्मेवारी हात लग्न सक्छ। सप्ताहको अन्त्येतिर  धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)  – सुरुमा आयआर्जन बढ्नुका साथै लाभ  हुने काम आरम्भ  गर्ने अवसर मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ।  मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी भईएला।  मंगलवारदेखि  खर्च बढ्नाले आर्थिक अभावको साथसाथै मानसिक अशान्तिको  महसूस  हुनेछ।  टाढा रहेका  साथीभाइसँगको भेटघाट होने एवं  लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछतर  मनग्गे आम्दानी भने  हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक बिबाद मा  भने समय खेर नाफाल्नुहोला। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहको अन्त्येतिर  चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।  अन्त्यतिर परिस्थिति अनुकूल बन्नुका साथै मिहिनेत गर्दा नाम र दाम हातपार्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय भने रहेको छ। हिम्मतले  कार्यमा  सफलता दिलाउनेछ भने अधूरा कामहरू पानी निरंतर गैर्न सकिएला।  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मनग्गे आम्दानी हुनाले अप्थ्यारोपण एवं अकस्मात्  आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। सप्ताहको मध्यातिर  खर्च बढ्नुका साथै आर्थिक अभावले सताउने हुनसक्छ भने एउटै कामलाई दोहोर्याएर  गर्नुपर्नेछ परिस्थिति सिर्जना हुन  सक्छ  । यसैगरी  परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ भने  अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति संघर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा  यात्रा हुन सक्छ।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- प्रारम्भमा अरूका निम्ति  लागिपरे  पनि पछि आफैंलाई फाइदा हुनेछ।  हिम्मतले सफलता मिलाउनेछ भने   प्रतिष्ठित जिम्मेवारी हातपार्न पनि सफल भइनेछ। यसैगरी अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने  केही चुनौती हरु  पनि देखिनेछन्। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।  सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने  सजग रहनुहोला। बुधबार भन्दा पछि  सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। विशिष्ट व्यक्तिसँग  भेट हुने  अवसर जुट्नेछ। अथाह प्रयास एवं जिम्मेवारी बहन गर्नाले समाजमा  इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछभने  व्यवसाय तरफ पानी  विभिन्न अवसरहरु  जुट्नाले प्रशस्त लाभ मिल्नेछ।  सप्ताहको अंतिम तीर  जिम्मेवारी पूरा गर्न  केहि  चुनौती देखापर्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। परिवारमा  अस्वस्थताका साथसाथै  कामको बोझ बढ्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ भने  केही चुनौतीहरु पानी थापिनिछन्। अरूको काममा उपयोग भइनेछ, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। नया अवसर जुतनाले उत्साह जाग्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। केहि  अभावको कारण  आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनुका साथसाथै  विवादास्पद जिम्मेवारी पनि  वहन गर्नुपर्ने स्थिति आउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- सुरुमा रमाइला तथा मनोरन्जनात्मक गतिविधिमा उपस्थित हुनुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग को   भेटघाटले मनमा हर्ष  हुनेछ भने आतिथ्यपूर्ण सम्मान पनि प्राप्त हुनेछ।  संयोगबस आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।  मंगलवारदेखि परिस्थिति असहज बन्नाले अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केहि अप्ठ्यारो महसुस हुन् सक्नेछ।  रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्याउने  देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।  टाढिएका साथीभाइ नजिकिनाले उत्साह जाग्नेछ। शुभचिन्तकहरूको पनि सहयोग जुट्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) -प्रारम्भमा  आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हुनेछ।  पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि  यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि  व्यापार र उद्योगमा भने  केहि लाभ नै  हुनेछ। सम्मानयोग्य  कामले धन र मानसमेत दिलाउनेछ। ब्यवस्थित तथा  कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ  नया योजनाहरु पानी लिएर अगाडी बढ़ने हिम्मत जुट्नेछ। प्रशस्त  फाइदा हुने काम हातलागी हुनेछ। पारिवारिक भेटघाटले मनमाँ  एवं आनंद महसूस  हुनेछ। बुधवार-बिहीवारतिर केहि अप्ठ्यारो परिस्थिति  तथा अवरोध सिर्जना हुनसक्ने संभाव्यता देखिन्छ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्याउनुहोला।  साताको अन्त्यतिर भने चोटपटक लाग्ने, पेटमा समस्या आउने  , झुटा आरोप र चुनौती आइलाग्ने आदि हुनसक्छ, विशेष विचार गर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नो समाजमा एवं कार्यक्षेत्रमा  राम्रै प्रभाव जमाउन सकिनेछ। आत्मविश्वासले अड्किएको कामले पून  सकेला ।  अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ साथै अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै रोकिएका काम बन्नाले आर्थिक पक्ष मजबूत हूँ सक्छन्। प्रत्स्पर्धीहरुलाई पछि  पॉर्न  सफल भइनेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्।  साताको अन्त्यतिर  प्रियजनसँग रमाइलो भेटघाट हुने अवसर मिल्नेछ। केहि व्यावहारिक परिश्थितिका कारण  केही समस्या  देखापर्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- जोस र जागर बढ्नेछ भने  ठूलै काममा हिम्मत दिलाउनेछ।    धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउले  उपलब्धिका लागि केहि बिलम्ब हूँ सक्छ। केहि काम वा कार्यालयको कामलाई संसोधन गर्नुपर्ने हुनसक्छ। मिहिनेत तथा बुद्धिको सहायताले  सफलता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। व्यापार तथा  उद्योगबाट  लाभ मिल्नेछ भने साझेदांरीको काम बाट पनि नया कुरा सिकने अवसर मिल्नेछ।  राम्रो नतिजाका लागि धैर्यता एवं साथ  काम लिनुहोला। मिहिनेत गर्दा चिताएको काम पूरा हुनेछ। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नया कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केहि अवसरहरु पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नस्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

गोलिकाण्ड अपडेट : २ जना पक्राउ, लबनी क्षेत्रको स्थिति तनावग्रस्त

सामान्य बिवाद पछि कपिलवस्तुको सुद्धोदन गाउपालिका– ४ मोतिभारीमा युवा नेता राजा बावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरिएको छ । प्रदेश नम्बर ५ अन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट स्वतन्त्र उम्मेदवा समेत रहेका उनलाई अज्ञात समुहले अन्धाधुन्द गोली प्रहार गरेका हुन् । लवनी– हथिहवा सडक खण्ड अन्र्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । राती ९ः४० बजे ३० बर्षिया चौधरी माथी गोली प्रहार भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ । स्थानीय स्तरमा निकै लोकप्रिय मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित भिडले हत्या आरोप लागेका बन्टी भनिने अजित पाण्डेको मोतिभारी स्थित घर कम्पाइन मेशिन र लबनी स्थित प्रमिला पेट्रोल पम्पमा आगजनी र तोडफोड गरेका छन् । लाठीचार्जबाट एकजना घाइते भएका छन घटना साम्य पार्न भन्दै पुगेको सुरक्षा निकायको टोलीलाई अवस्था नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।

मृतक चौधरीका आफन्त तथा शुभचिन्तकको आक्रोशित भिड नियन्त्रण गर्न भन्दै प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्जबाट स्थानीय एकजना घाइते भएका छन् । मेडिकल कलेज भैरहवाको प्रारम्भिक स्वास्थ्य रिर्पोटका अनुसार चौधरीमाथि ६ राउण्ड गोली प्रहार भएको देखिएको छ । जसमा ५ गोली टाउकोमा मात्र प्रहार भएको छ । चौधरीको शव अहिले मेडिकल कलेज भैरहवाबाट कपिलवस्तु ल्याइएको छ ।

आरोपी अजित तत्कालीन लवनी गाबिसका पुर्व प्रधान हुन । राजाबाबु शुक्रबार उक्त घटना घट्नुपुर्व मोतिभारी स्थित घरमै थिए । राती ९ बजे सामान किन्न पसल गएका मृतक दिपेन्द्रका भाई जितेन्द्र चौधरीसंग स्थानीय अजित पाण्डे (बन्टी) को अभिराम मदिरा पसलमा विवाद भएको थियो । विवादपछि जितेन्द्रले दाजु राजाबाबुलाई फोन गरि बोलाएका थिए । बाटोमा निस्किएका दिपेन्द्र र अजितबीच पुनः बिबाद भयो । बिवादपश्चात अजितले दिपेन्द्रमाथी सिधै गोली प्रहार गरेका मृतक दिपेन्द्रका भाई जितेन्द्रले बताए । सामान्य बिबादमा पनि अजितले आफ्नो दाजुमाथी गोली प्रहार गरेपछि आफु त्यहाबाट भागेको भाई जितेन्द्रले बताए ।

यसबारे सयममै प्रहरीलाई जानकारी गराएको तर चासो नदिदा हत्यारा भाग्न सफल भएका उनले बताए । मृत्यु भएका राजा बाबु लाई उपचारका लागि भैरहवा स्थित मेडीकल कलेजमा  लगिएको थियो । डाक्टरहरुले उनलाई तत्कालै मृत घोषित गरेका थिए । उनको शवलाई बिहान १० बजेतरि लबनी ल्याई  उनका आफन्त तथा आक्रेोसित स्थानीयले लवनीमा प्रहरी प्रशासन बिरुद्ध चर्को नारा लगाउदै प्रर्दशन गरेका थिए । सिदार्थ राजमार्गको लबनी सडक खण्ड विहानै देखि बन्द छ । मृतक चौधरीको शव सडकमै राखेर उनका सर्मथकहरु आन्दोलित छन् । हत्यारा पक्राउ नपर्दा सम्म शव नउठाउने भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । प्रहरीले तोडफोड र आगजनी गर्ने समूहलाई नियन्त्रण गर्न ८ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । लबनी र मोतिभारी क्षेत्रको अवस्था अझै तनावपूर्ण छ ।

लवनी र मोतिभारीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता डिएसपी रबी रावलले घटनास्थलबाट बरामद यूपी ५५ टी २३५ नम्बरको भारतीय मोटरसाइकल धनी दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई राती नै नियन्त्रणमा लिइएको बताए । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले घटनास्थल प्रहरी नियन्त्रणमा भएको र आन्दोलनरत पक्ष संग बार्ता भइरहेको बताए । ‘ घटना दुखद छ, २ जना पक्राउ गरेका छौ, संलग्न केहिको खोजी भइरहेको छ, सडक खुलाउन पहल हुदैछ’ उनले भने । मृतक दिपेन्द्र स्थानीय निकायको निर्वाचनमा फोरक लोकतान्त्रिकबाट गाउपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए । कुल १३ सय ६८ मत पाएका उनी भिनो मतले पराजित भएका थिए । मृतकको श्रीमति तथा पााच बर्षिया र ३ बर्षे छोरा छन ।

यसै बिच आफ्ना युवा नेताको हत्या प्रति नेपाल कम्यूनिष्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा सचिव विष्णु शाहले राजाबाबु चौधरीको मृत्युले पार्टीलाई अपूरणीय क्षती भएको भन्दै उनले हत्यामा संलग्नलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । हेर्दा व्यक्तिगत देखिएपछि हत्या राजनितिक प्रतिशोधबाट गरिएको उनले दाबी गरे । उनले मृतक चौधरीलाई शहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ती र अपराधीलाई जुनसुकै स्थानबाट पक्राउ गर्न विज्ञप्ती मार्फत माग गरेका छन् ।

निर्दोष जीवनको मैयाँ -सुरेन्द्र अस्तफल

निर्दोष जीवनको मैयाँ -सुरेन्द्र अस्तफल
शम्भु गिरी अभागी हुँदै निर्दोष जीवन बनेका ,गजलकार हुँदै गायक र नायक बनेका पहिले कविडाँडाका अहिंले गैँडाडाँडामा बस्ने व्यक्ति हुन् निर्दोष जीवन । शम्भु गिरीको पछाडि अभागी जोडेर गजल लेख्ने उनी एकाएक गायक,नायक र कथाकार बन्दा निर्दोष जीवनको रूपमा चिनिएँ । अहिले मसँग उनको मैयाँ कथासङ्ग्रह छ ।

मैयाँ अर्थात् राजकन्या,राजकुमारी,मैयाँसाहेब । छोरी चेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द । सारीको सप्को दाहिने हातले उचालेर कटाक्ष गरेको आवरण।

निर्दोष जीवनले भर्खरै कथाख्यान भन्दै सार्वजनिक गरेको १९ वटा कथाहरूको सङ्ग्रह हो – मैयाँ । eureka को प्रकाशन हो मैयाँ ।रामलाल जोशी ,नीलम कार्की निहारिका,धनराज गिरी र लेखराम सापकाेटाका कथासम्बन्धी कम र कथाकारलाई माया गरेर लेखिएका हरफहरू पृष्ठभूमिका रूपमा रहेका छन् : मैयाँभित्र ।

मैयाँभित्रका कथाका की यस्ता छन्-

मलाई बाँच्न देऊ (५पृष्ठ) -गर्भपतन गराउने संस्कृतिमा केन्द्रित,सन्तानप्रति पुरुषको व्यामोह,बच्चा र आमाको संवादमा स्वैरकाल्पनिक संवाद, आमा र छोरा दुबैको मृत्यु, कारुणिक कथा।

यस्तो पनि(११)- सपनाको माध्यमबाट दुर्घटित प्रेमको चित्रण,प्रगतिचेतनातर्फ उन्मुख , निम्नवर्गीय जीवनको चित्रण ।

आँखाको कसिङ्गर (५)- पारिवारिक विखण्डन र त्यसको प्रभाव,कमाइ नहुँदा आँखाको कसिङ्गर बन्नु पर्ने यथार्थको प्रकटन।

भाग्यरेखा (७)- प्रेममा त्याग र समर्पण हुने भावको प्रकटन, विधवा भएकी प्रेमिकालाई जीवनसाथी बनाउन स्वीकार गरिएको , प्रगतिशील विचार ।

मैयाँ (८)-आर्थिक र पारिवारिक समस्याले जीवन बेच्न बाध्य केही प्रतिनिधि पात्रहरूको जीवन भोगाइ, पैसा कमाउने धन्दामा लाग्दा प्राणघातक रोग एड्सबाट पीडित हुनु परेको ।

कमाइ(४)- जीवन धान्न सोझो तरिका असफल भएपछि चोरीधन्दामा लाग्नुपरेको अवस्थाको चित्रण ।

शिक्षाको दियो(८)- नारीशिक्षामाथि प्रकाश पारिएको कथा।

नखाएको विष ४/
– नखाएको विषले पिरोलेको सन्दर्भ, रक्याहा बाबुका कारण छोरा जेल जानुपरेको अपत्यारिलो प्रसङ्ग ।

पाठ(७)- वरपीपल साँची राखी खाएको प्रेम कसम एकतर्फी रूपमा तोडिएको , प्रेम सस्तो र समयानुसार बदलिँदो जिनिस बनेको प्रसङ्ग ।

नजर(६)-केटौले जोस र त्यसको परिणति,फिल्मी शैलीको कथा ।

सन्तान सुख(५)-सन्तानप्रतिको आमाबाबुको अतिशय भावुकता, आमाबाबुलाई वृद्धाश्रममा ठेगान लगाउने आधुनिक छोराछोरीको चित्रण ।

पछुतो(४)-कुलतको परिणाम। कृतज्ञ हुनु पर्ने व्यक्ति कृतघ्न बनेको चित्रण ।

धर्म(४)-कर्मअनुसार फलप्राप्ति हुने सन्देश।

प्रेम र विश्वास(४)- अन्तर्जातीय प्रेमविवाह र त्यसमा पनि अन्तर्घात भएको चित्रण ।

अधुरो सपना (३)-बस दुर्घटनाको कारण सम्भावना बोकेको इच्छाको मृत्यु ।

मर्नुअघिको भेट(४)-छोराछोरीको भावना विपरीत जबरजस्ती विवाह गर्दा हुने परिणति,विधवा विवाहको पक्षपोषण।

घमण्ड(३)-छोरीलाई हेला गर्ने प्रवृतिको विरोध,छोरीले अभिभावकत्व ग्रहण गरेको चित्रण ।

शङ्कामा मित्रता(४)- अनावश्यक शङ्काले लङ्का डढाउने सङ्केत ।

समग्रमा मैयाँ कथामा निर्दोष जीवन
– अति सरलताका साथ छाएका छन् ।
– वर्णनात्मकतामा विश्वास गर्छन्।
– प्रेमलाई सिरानी हाल्छन् ।
– सामान्य पाठकदेखि सबैले बुझ्ने लेख्छन्
– नारी उत्पीडन र अन्तर्जातीय कुरा गर्छन् ।
– सामाजिक जीवनका मसिनामसिना पक्ष खोतल्छन् ।
– कतै कथाको बिट मार्न हतार गर्छन् भने कतै राजमार्गझै दौडिन्छन् ।
– परिवेश,द्वन्द्व,कौतुहलतालाई महत्व नदिई घटनाको विवरणमा जोड दिन्छन् ।

मन परेका हरफहरू– आमा ,नरुनु न ! तपाईँ रुँदा मलाई पनि रुन मन लाग्छ ।(मलाई बाँच्न देऊ,पृ१५)
– [ ] मन त्यसै हुरीले उडाएर लगेको पात जस्तो भएको थियो ।उनको सिउँदोको राजमार्गमा अरु कसैले सिन्दुर हालेको थियो ।(भाग्यरेखा,पृ.३८,३९)
– [ ] बाउ मरे सुरा र आमा मरे टुहुरा भनेझैँ भई मैयाँ । (पृ.४२)
– [ ] डाँडामाथिको घामजून बनिसकेका थिए, बाआमा ।(पाठ,पृ.७०)

सकस र संकटमा रहेका पौडेल देउवासँग मिल्न सक्लान् ?

काठमाडौं,८ मंसिर -सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने । ००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे । गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो ।यसबीचमा कोइराला परिवारका तीन सदस्यबीच मेल थिएन, टकराव थियो । तर, अहिले कोइराला परिवारका तीन सदस्य शशांक, सुजाता र शेखरबीच एकता भएको छ । यसले कांग्रेसमा ठूलै तरंग ल्याएको छ । फेरि पनि कांग्रेसमा कोइराला बिरासत फर्कने त होइन भन्ने अनुमान गर्न थालिएको छ । काठमाडौंमा रमेश सापकोटा र विराटनगरबाट गणेश लम्सालको रिपोर्ट :
भट्टराईको कार्यकाल १९ वर्ष
कांग्रेसमा कोइराला परिवारलाई लामो समय चुनौती दिनेमा कृष्णप्रसाद भट्टराई मात्र रहे । ०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएपछि भट्टराई कार्यवाहक सभापति बने । ०३९ सालमा बिपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक र ०४८ सालमा निर्वाचित सभापति भएर भट्टराईले ०५३ सालसम्म गरी १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराईले कांग्रेस चलाउँदा पनि कोइरालाहरूको सद्भावबाट उनी टाढा थिएनन् ।  सुवर्णलाई दुई वर्ष
कांग्रेसमा कोइराला परिवारबाहेक नेतृत्व गर्न पाउनेमा सुवर्णशमशेर पनि पर्छन् । उनले ०१२ देखि ०१४ सम्म गरी दुई वर्ष नेतृत्व गरे ।

२० वर्षपछि देउवाको कब्जा
७० वर्षमा कोइराला परिवारकै नेता वरिपरि कांग्रेसको राजनीति घुम्यो । ०३४ देखि ०५३ सम्मको १९ वर्ष भट्टराईले चलाए । फेरि २० वर्ष कांग्रेसको राजनीति कोइरालाहरूकै वरिपरि घुमिरह्यो । तर, ०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाको उदय भयो । ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनकै गृहमन्त्री भएका देउवा २०५२, २०५८, २०६१ र २०७४ गरी चारपटकसम्म प्रधानमन्त्री भएर आफूलाई उदाउँदो नेताका रूपमा उभ्याउन सफल भए ।                                                                                                              कोइरालाहरू किन मिल्न बाध्य भए ?
सुशील कोइरालाको निधनपछि कोइरालाहरूले रामचन्द्र पौडेललाई सभापतिमा अघि सारे । तर, उनले देउवालाई चुनौती दिन सकेनन् । फेरि पनि पौडेलले देउवालाई चुनौती दिन नसक्ने निष्कर्ष कोइराला परिवारले निकालिसकेको छ । यसकारण पनि १४औँ महाधिवेशन आउँन तीन वर्षअगाडिदेखि नै कोइरालाहरू गुमेको राजनीतिक बिरासत फर्काउन लागिपरेका छन् । जसरी पनि बिरासत फर्काउने अभियानमा बिपीपुत्र एवं महामन्त्री डा. शशांक, डा. शेखर र सुजाता कोइरालाबीचको भेट बाक्लिँदै गएको छ । पूर्वसंस्थापनका नेताहरूलाई एकजुट गरेर महागठबन्धन बनाउने अभियानमा उनीहरू सक्रिय छन् । आफूहरूमध्येबाटै सभापतिमा उठ्ने तयारी यी नेताहरूको छ ।                                                  महाधिवेशन आउन तीन वर्षअघिदेखि निरन्तर भेटदेखि एउटै माला सम्म
बिपीपुत्र शशांक, केशव–नोनापुत्र शेखर गिरिजापुत्री सुजाता कोइरालाले पछिल्लो एक वर्षयता झन्डै आधा दर्जनपटक सँगसँगै खाना खाने, भेटघाट गर्ने, राजनीतिक कुराकानी गर्दै एकताको सन्देश दिँदै आएका छन् । यसअघि परिवार भेटघाटका विषय बाहिर नल्याउने उनीहरूले भेटघाटलाई बाक्लो मात्र बनाएका छैनन्, पूर्वसंस्थापनका नेतासँगको भेटलाई समेत जोडेका छन् । गत २ भदौमा विराटनगर पुग्दा शशांकले १४औँ महाधिवेशनमा कोइरालाहरूकै दाबी रहने प्रस्ट्याए । ‘कोइराला परिवारका बारेमा मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् ।

हामीबीच समझदारी छैन भन्दै प्रश्न उठाउँदै आएका छन्, यो निरर्थक र निराधार कुरा हो,’ शशांकले भनेका थिए, ‘अब हामीबीच नेतृत्वको कुरामा राम्रो समझदारी छ । उपयुक्त समयमा हामी उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।’ शेखरले भने नेतृत्वका बारेमा बोलेनन् । तर, उनले देशभर घुम्ने, भेटघाट गर्ने, राष्ट्रिय मुद्दामा धारणा सार्वजनिक गर्ने, सरकारको आलोचना गर्ने, पार्टी र नेतृत्वको आलोचना गर्नेमा समय खर्चिंदै आएका छन् । सभापति शेरबहादुर देउवासँग मात्र होइन, नेता रामचन्द्र पौडेलको भूमिकाप्रति शेखर सन्तुष्ट छैनन् ।

तीन कोइरालालाई प्रकाशले मिलाएको चर्चा
कोइराला परिवारबाट पार्टीको बिरासत गुमेपछि यसलाई फर्काउनका लागि बिपीकै जेठापुत्र प्रकाशले शशांक, शेखर र सुजातालाई एक ठाउँमा उभिनका लागि आग्रह गरेको बुझिएको छ । गत साउनमा प्रकाशले तीन नेतालाई आफ्नै निवासमा खाना खुवाउँदै मिलेर जान सुझाएका थिए । राजावादी अभियानमा रहे पनि उनी कोइराला परिवारका जेठा सदस्य हुन् । वेलावेलामा यी नेताहरू पारिवारिक जमघट गर्ने गर्छन् ।

कोइरालामाथि पूर्वसंस्थापनका नेताहरूको संशय कायमै
नेतृत्व र केन्द्रका अरू पदका लागि पूर्वसंस्थापनका नेताहरूले कसैले तत्काल दाबी नगर्ने भन्ने सहमति गरे पनि तीन कोइरालासँग पूर्वसंस्थापनका नेताहरूमा भने संशय देखिन्छ । कोइरालाहरूको निरन्तरको सक्रियता वेलावेला कोइराला परिवारबाटै नेतृत्वका लागि दाबी रहने शशांक र शेखरको टिप्पणीले पौडेल, सिंह, सिटौला, महत, केसीसहितका पूर्वसंस्थापनका नेताहरूमा संशय देखिन्छ ।

पूर्वसंस्थापनबाट देउवालाई कति चुनौती ?
गिरिजादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको, विधि र विधानको पालना नभएको भन्दै देउवाले राजनीति मात्र गरेनन्, यही नाराले १३औँ महाधिवेशनबाट नेतृत्वसमेत हत्याए । तर, महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीभित्र राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ ।सभापतिका रूपमा केन्द्रीय समितिमा देउवाको प्रभाव घटेको छैन । तर, केही प्रभावशाली केन्द्रीय सदस्यले साथ छोड्नु, भ्रातृसंस्थाहरू निरन्तर कमजोर हुँदै जानु, आफैँले मनोनीत गरेका केन्द्रीय सदस्यहरू असन्तुष्ट हुनु, गत तीनवटै निर्वाचन परिणाममा कांग्रेस कमजोर देखिनुले भने पार्टीको तल्लो तहसम्म देउवा बलिया छैनन् भन्ने सन्देश दिन्छ । यी सबै नतिजालाई ख्याल गर्दै तलबाटै चुनिएर आउने महाधिवेशन प्रतिनिधि निर्णायक हुँदा केन्द्रमा बहुमत देखिँदा पनि १४औँ महाधिवेशनमा देउवा कमजोर बन्न सक्छन् ।१३औँ महाधिवेशनमा जिताउन भूमिका खेलेका कृष्ण सिटौला, अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारीले देउवाको साथ छाडेका छन् । यिनीहरूले छोड्नु पनि देउवाका लागि अर्को ठूलो चुनौती हो । यद्यपि, विजयकुमार गच्छदारलाई उपसभापति बनाएर आफ्नै खेमामा टिकाउने, आफ्नो पक्षमा अनुशासन कायम राख्ने र पूर्वसंस्थापन पक्षलाई फाइदा नपुग्ने गरी पदाधिकारी थप नगर्दा भने देउवालाई फाइदा हुन सक्नेछ ।

सकस र संकटमा रहेका पौडेल देउवासँग मिल्न सक्लान् ?
नेता पौडेल उमेरमा देउवाभन्दा पनि जेठा छन् । उनले अहिलेसम्म देशको प्रधानमन्त्री हुने र कांग्रेसको ‘फस्र्ट म्यान’ हुने अवसर पाएका छैनन् । १३औँ महाधिवेशनको मुखैमा सुशील कोइरालाको निधन भएपछि पौडेलले सभापतिका देउवासँग लड्ने अवसर त पाए, तर दोस्रो चरणसम्म पुगेको निर्वाचनमा सिटौला पक्षले देउवालाई समर्थन गर्दा उनी पराजित हुन पुगे । पौडेल अहिले ७४ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म उनी ७७ वर्ष पुग्नेछन् । यसकारण उनलाई सभापतिमा उठ्न अबको महाधिवेशन अन्तिम हुनेछ ।

कोइरालाहरू नै अघि सर्दा पौडेलसामु समर्थन गरेर जाने, जति भोट आए पनि सभापतिमा भिड्ने वा देउवासँग मिलेर आफ्नो शक्ति देखाउने विकल्प मात्र हुनेछ । जसरी पनि एकपटक पार्टी सभापति हुने आकांक्षा पूरा गर्न पौडेललाई कोइराला परिवारकै धापको जरुरी पर्ने देखिन्छ, कोइरालाहरूले एकपटक मौका दिए । तर, फेरि दिँदा उनले देउवालाई पराजित गर्न नसक्ने बुझाइ उनीहरूको छ ।

यसर्थ, कोइरालाहरू साथ छाडेर अघि बढ्दा नेता कार्यकर्ताको सद्भाव भएका, तर संगठनमा पकड नभएका पौडेलसामु देउवासँग मिल्नुको अर्को राम्रो विकल्प हुनेछैन । कोइरालाहरूले पौडेललाई साथ नदिँदा देउवासामु पनि पौडेललाई भावी राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीमै कार्यवाहक सभापति दिने आश्वासनमा आफूसँग राख्ने विकल्प पनि छ । तर, यो विकल्पलाई देउवा पक्षकै नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतसहितले नरुचाउन सक्छन् ।

कम छैनन् सिटौला
कृष्ण सिटौलाले साथ छोड्दा १३औँ महाधिवेशनमा कोइराला बिरासत गुमेपछि यसपटक फेरि पनि सिटौला पनि निर्णायक हुने देखिन्छन् । उनीसँग पनि गगन थापा, प्रदीप पौडेल, उमाकान्त चौधरीसहितका प्रभावशाली नेताहरूको पनि साथ छ । पूर्वसंस्थापनबाट सभापति जो नेता अघि बढ्दा पनि सिटौलालाई चित्त बुझाउनैपर्ने अवस्था छ । सिटौलाले पनि सभापतिको उम्मेदवारभन्दा अर्को विकल्प देखेका छैनन् ।

यी पनि छन्
सभापतिका लागि अरू दाबेदारमा उपसभापति भइसकेका गणेशमानपुत्र प्रकाशमान सिंह र सभापतिका उम्मेदवार भइसकेका कृष्णप्रसाद सिटौला पनि छन् । यसअघि सधैँ कोइरालाहरूलाई साथ दिँदै आएको भन्दै सिंह अबको महाधिवेशनमा आफैँ सभापतिमा उम्मेदवारी दिने मनस्थितिमा छन् । यस्तोमा १४औँ महाधिवेशनमा उनी पनि जितहारमा भूमिका खेल्ने नेतामा पर्छन् । खासगरी काठमाडौं, चितवन, गुल्मी, इलाम जिल्लाका सभापतिहरू सिंहको पक्षमा छन् ।

कोइरालाहरू उठ्दा सिंहले जित्ने गरी मत ल्याउन सक्दैनन् । तर, नजिते पनि पहिले सिटौलाले जस्तै जितहारमा भूमिका खेल्न सक्छन् । सिंह आजकाल देउवाविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुने गरेका छन् । यस्तो हुँदा उनी देउवासँग मिल्न जाने सम्भावना कम छ । तर, सभापतिमा दाबी भइरहँदा उनलाई पौडेल वा कोइरालाहरूले कसरी साथ लिन सक्छन् भन्नेले पनि समीकरणमा फरक पार्छ । सिंह मात्र होइन, देउवालाई परास्त गर्न अर्जुननरसिंह केसी, डा. रामशरण महतलाई पनि मिलाउनुपर्ने हुन्छ । सभापतिका लागि यी दुई नेताले पनि दाबेदारी दिनेछन् ।

परिवारको कुरा गर्ने समय होइन यो
डा. प्रकाशशरण महत सहमहामन्त्री
निर्वाचनबाट हामी कमजोर बनेपछि अब सबैको ध्यान पार्टीलाई बलियो बनाउन केन्द्रित हुनुपर्छ । सरकारको गलत क्रियाकलापविरुद्ध आवाज उठाउन केन्द्रित हुनुपर्छ । पार्टी बलियो भए हामी सबै बलिया हुन्छौँ । त्यसैले, कोही व्यक्ति बलियो बन्नुपर्छ भन्नेतिर होइन, पार्टीलाई बलियो बनाउनेतर्फ हामी केन्द्रित हुनुपर्छ । महाधिवेशन आएपछि पक्ष र विपक्षमा खुल्ने, अभियान थाल्ने स्वाभाविक हो । तर, अहिले नै हाम्रो परिवार राम्रो छ, यो राम्रो, ऊ राम्रो छ भनेर भन्ने वेला होइन ।

मै उम्मेदवार हुँ भन्ने वेला होइन
अर्जुननरसिंह केसी
केन्द्रीय सदस्य
पार्टीका जिम्मेवार साथीहरूबीच समन्वय र एकता हुनु अत्यन्त सकारात्मक हो । नेताहरूबीच हुने यस्ता छलफलले बृहत् एकताको निम्ति बल पु-याउँछन् । कोइरालाहरूले पनि पारिवारिक भेट गर्नु, दृष्टिकोण बनाउनुलाई म स्वाभाविक नै मान्छु । अहिलेकोे नेतृत्वबाट पार्टीले गति लिन सक्दैन भन्नेमा हामी एकमत छौँ । सुजाताको ‘लन्च मिटिङ’मै मैले व्यक्तिकेन्द्रितभन्दा पनि जटिलता र चुनौतीलाई चिर्ने पार्टी निर्माण गर्ने विषयलाई प्रमुख एजेन्डा बनाएर जाउँ भनेको छु । जिल्ला र प्रदेशको अधिवेशनपछि नेतृत्वको विषयमा घोषणा गर्दै सामूहिक नेतृत्वमा जानुपर्छ भन्दै आएको छु । तर, अहिले नै कुनै नेताले मै उम्मेदवार हुँ भनेर घोषणा गर्नु ठीक होइन ।

शशांकको काठमाडौं बसाइ र सुजाताको जिपी फाउन्डेसनले आकर्षण घटायो
बिपीपुत्र शशांक काठमाडाैं बस्ने र सुजाताले निवासलाई छेकेर अग्लो तीनतले जिपी फाउन्डेसनको भवन बनाएपछि कोइराला निवासको रौनक झन् घट्यो । एकातिर राजनीतिमा एकता नहुनु र अर्कोतिर कोइराला परिसरमै कोइरालाहरूको दुई बिरासत देखापर्नुले कार्यकर्ताहरू कोइराला निवास जानै हच्किन थाले । कोइराला निवासलाई निकै नजिकबाट देखे बुझेका विराटनगरका अग्रज पत्रकार अनन्त न्यौपानेका अनुसार पहिले कसलाई भेट्न जाने भन्नेमा समेत कार्यकर्तालाई सकस पर्न थालेको थियो । ‘गुटमा लाग्यो वा असहयोगी रहेछ भन्ने आरोप लाग्ला भनेर कार्यकर्ताहरू शेखर र सुजातालाई भेट्नुपर्दा लुकीलुकी जानुपर्ने बाध्यतामा समेत थिए,’ न्यौपाने भन्छन् ।

 शशांकले आफ्नो भागको जग्गा बेचे, शेखरले संरक्षण गरे
गिरिजाप्रसाद र नोनाको निधनपछि सुनसान बन्न पुगेको कोइराला निवासको कुल नौ कट्ठा जग्गामध्ये शशांकले आफ्नो भागमा परेको सबै जग्गा बिक्री गरिसकेका छन् । सुजाताले आफ्नो भागमा परेको चार कट्ठा जग्गामा जिपी फाउन्डेसनको नाममा तीनतले भवन निर्माण गरेकी छिन् । बाँकी रहेको जग्गामा उनले जिपी संग्रहालय बनाउने योजना बनाएकी छिन् । विराटनगर आउँदा उनी त्यही घरमा बस्ने गर्छिन् । आफ्नो भागमा परेको कोइराला निवास डा. शेखरले संरक्षण गरेका छन् । विराटनगर आउँदा शेखर आफ्नो भागमा परेको पुख्र्याैली निवासमै बस्ने गर्छन् । २ मंसिरमा जिपी कोइराला फाउन्डेसनको भवन परिसरमा तीन कोइराला (शंशाक, शेखर र सुजाता)ले एउटै माला लगाएर मञ्चबाट एक भएको सन्देश दिएका थिए । तीनैजनाले दिउँसोको खाना शेखरको घरमा गरेका थिए । साँझको डिनर सुजाता र शेखरले कार्यकर्ताहरूसहित आफ्नो घरमा आयोजना गरेकी थिइन् ।

कोइराला परिवारबाट को ?
गत २ भदौमा शशांकले ‘१४औँ महाधिवेशनमा सभापतिको प्रत्यासी हुँ’ भनेका थिए । तर, शेखरले जस्तो उनले सभापति देउवा, पौडेलविरुद्ध कडा अभिव्यक्ति दिने गरेका छैनन् । देश दौडाहामा उनको निरन्तरता हेर्दा प्रमुख दाबेदार उनी नै लाग्छन् । कसैलाई पनि नचिढ्याइकन नेतृत्वमा अघि बढ्ने रणनीति शशांकको देखिने उनीनिकट नेता बताउँछन् । शेखरको तुलनामा देश दौडाहामा उनी कम जान्छन् । तर, पनि उनलाई नजिकबाट चिन्नेहरू पहिलेको निष्क्रियतालाई हेर्दा अहिलेको उनको दौडाहा र जनसम्पर्क धेरै रहेको बताउँछन् । ‘शशांकको शालीनता र शेखरको सक्रियता एकै ठाउँमा हुने हो भने महाधिवेशनमा जित्न गाह्रो छैन,’ कांग्रेस युवा नेता गुरु घिमिरे भन्छन्, ‘उहाँहरू आफू कसरी मिल्नुहुन्छ र अरूलाई मिलाउन लाग्नुहुन्छ भन्ने विषयले नेतृत्व र नतिजामा फरक पार्छ ।’

कति सक्रिय छिन् सुजाता ?
गिरिजापुत्री सुजाता अस्वस्थतापछि घरमै आराम गरी बढी समय बिताउँछिन् । उनले दुई नेतालाई मिलेर अघि बढ्न आग्रह गर्दै आएकी छिन् । उनको धेरैजसो समय आफ्नै निवासमा भेटघाटमा बित्ने गरेको छ । सुजाताले पूर्वसंस्थापनपक्षीय नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीलाई आफ्नै निवासमा बोलाउँदै एक भएर देउवाविरुद्ध उत्रिनुपर्ने सन्देश दिइसकेकी छिन् । आफूसहितका सात नेताको जमघटअघि उनले कृष्णप्रसाद सिटौला र प्रकाशमानलाई छुट्टाछुट्टै बोलाएर देउवाविरुद्ध गठबन्धन गर्नुपर्ने सन्देश दिएका थिइन् ।

सभापतिको उम्मेदवार शशांक कि शेखर
कांग्रेसमा पछिल्ला दुई वर्षयता देशभर कोही नेता डुलेका छन् भने ती शेखर नै हुन् । उनको निरन्तरको सक्रियताले सभापतिमा सबैभन्दा ठूलो दाबी शेखरको देखिन्छ । तर, सार्वजनिक रूपमा उनले मुख खोलेका छैनन् । तर, यसको ठीकविपरीत ‘सबै मिल्नुपर्छ, गुटबन्दीभन्दा माथि उठ्नुपर्छ’ भन्दै शशांकले पनि आफू सबैको नेता बन्न खोजेको संकेत दिएका छन् । केही दिनअघि नवलपुरकोे शाश्वतधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै शशांकले कुनै पनि गुट र उपगुटमा नलाग्ने बताए । १४औँ महाधिवेशनबाट कांग्रेसमा गुटबन्दीको अन्त्य हुने उनको भनाइ थियो ।

‘सुजातालाई सन्चो छैन शेखर दाइ र ममध्ये एक सभापतिमा अघि बढ्छौँ’
सुजातालाई स्वास्थ्यले साथ नदिएको भन्दै उनले परिवारको सल्लाहमा एकजना सभापतिमा अघि बढ्ने प्रस्ट्याए । ‘अझै अढाई वर्ष बाँकी छ । हामी सबैको राय लिन्छौँ । परिवारसँग छलफल गर्छौं,’ शशांकले भनेका थिए, ‘सुजातालाई स्वास्थ्यले साथ दिएको छैन । शेखर दाइ र म छौँ । हामी सल्लाह गरेर अघि बढ्छौँ ।’

भित्री रूपमा शेखरको दाबी
शेखरले सक्रियता बढाए पनि सभापतिका लागि सार्वजनिक रूपमा दाबी गरेका छैनन् । तर, उनले शशांकसमक्ष सभापतिका लागि दाबी गरिसकेका छन् । उनको दाबीमा शशांकले कुनै प्रतिक्रिया नदिएको कांग्रेस स्रोत बताउँछ ।

तत्काल कसैले मुख नखोल्ने
यी तीन कोइरालाले प्रस्ट रूपमा नेतृत्वमा दाबी गरेर बाहिर मुख नखोल्नुका पछाडि पूर्वसंस्थापनलाई एक ठाउँमा ल्याउनुपर्ने रणनीति र चुनौतीलाई पनि कारण मानिन्छ । अहिले तत्काल दाबेदार बाहिर आउँदा आफू पक्षका नेताको दूरी बढ्ने, सभापति देउवा पक्षधरलाई रणनीति बनाउन सहज हुने बुझाइ उनीहरूको छ । यसकारण महाधिवेशनसम्म पूर्वसंस्थापक्षका नेताहरूले सभापतिका लागि दाबेदारी नगर्ने सहमति उनीहरूले गरेका छन् । तर, कोइरालाहरूसँग भएको यो सहमतिबाट प्रकाशमान, सिटौला, महत, केसीसहितका नेताहरू आश्वस्त हुन सकिरहेका छैनन् ।सभापतिदेखि उपसभापति, महामन्त्रीसहितका पदाधिकारी लागि दाबेदार नै धेरै हुनु, देउवा पक्षजस्तो संगठित नहुनुजस्ता चुनौतीले पूर्वसंस्थापन घेरिएको छ । तर, पनि देउवाविरुद्ध गठबन्धन गर्न २८ मंसिरदेखि ३ पुससम्म हुने महासमिति बैठकलाई भने पूर्वसंस्थापनले प्रयोग गर्न सक्नेछ ।

कोइराला निवासमा ९ वर्षपछि चहलपहल
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद र नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष नोना कोइरालाको निधनपछि सुनसान बन्न पुगेको विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवासमा चहलपहल सुरु भएको छ । परिवारिक कलहले गर्दा अंशबन्डा भएर संग्रहालय बन्न नसकेको कोइराला निवास नौ वर्षसम्म सुनसान बन्न पुगेको थियो । तर, २ मंसिरमा कोइराला परिवारका तीन सदस्य डा. शशांक, सुजाता र डा. शेखरहरूले एक भएको सन्देश दिएपछि बिरानो बनेको कोइराला निवासमा फेरि रौनक फर्कने आशा कांग्रेस कार्यकर्तामा जागेको हो ।

निजी स्वार्थले तीन नेताबीच टकराव
७ चैत ०६६ मा ८७ वर्षीय नेता गिरिजाप्रसाद कोइरालाको मृत्यु भएपछि कोइराला परिवारको बिरासतसँगै कांग्रेसको नेतृत्व गर्ने सम्भावना बोकेका दोस्रो पुस्ताका तीन नेताबाट कोइराला निवासले उत्तराधिकारीको आश लिएको थियो । तर, निजी स्वार्थले गर्दा उनीहरूबीच एकता हुन नसक्दा चुनौती बनिरहेको थियो । बिपीपुत्र शशांक, नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता कोइरालाको आ–आफ्नो महत्वाकांक्षाले गर्दा मनमुटाव बढेको थियो ।

उनीहरू अलग–अलग भएकै कारण गिरिजाप्रसादको मृत्युपछि कोइराला निवासलाई ऐतिहासिक संग्रहालय बनाउनुपर्ने आमकार्यकर्ताको चाहना त्यत्तिकै अलपत्र परेको थियो । कोइराला परिसरमा रहेको नौ कठ्ठा जग्गा आ–आफ्नो अंशमा पारेर तीन कोइरालाले बिक्री गरेका थिए । एकातिर कांग्रेसको बिरासत थामेको कोइराला निवासमा चामत्कारिक नेता नभएको र अर्कोतिर संग्रहालय बनाउने कुरामा समेत दाजुभाइ र बहिनीबीच कुरा नमिलेपछि कार्यकर्ताहरू निराश हुन पुग्दा कोइराला निवास नौ वर्षसम्म बिरानो हुन पुगेको थियो । नेतृ नोना र गिरिजाप्रसाद हुँदासम्म सधैं कार्यकर्ताहरूले खचाखच हुने कोइराला निवासमा कार्यकर्ताको चहलपहल शून्य भएपछि बिरानो बनेको थियो ।

तर, शेखरको प्रयत्न जारी
कोइराला निवासमा चहलपहल बढाएर पहिलेझैँ बिरासत फर्काउन नोनापुत्र डा. शेखर कोइरालाको प्रयत्न भने जारी रह्यो । उनी विराटनगर आउँदा गिरिजाप्रसादलेझैँ पत्रकारहरूलाई बोलाउने, चियापान गराउने, बरन्डामा बसेर पत्रकार सम्मेलन आयोजना गर्ने, कार्यकर्ता भेटभाट गर्ने गरिरहे । शेखरपछि सुजाता र शशांकले पनि एक–दुईपटक कोइराला निवासको बरन्डामा पत्रकार भेटघाट कार्यक्रम राखे । तर, कांग्रेस पार्टी र सरकारी सत्तामा उनीहरूको पहुँच गुमेकाले गर्दा कोइराला निवासमा चहलपहल फर्कन सकेन । धेरैमा मूल घरमै बसेर, मोरङमै निर्वाचन लडेर कांग्रेस राजनीतिमा सक्रिय भइरहेका डा. शेखरले आफ्नो शक्ति बढाएर पुनः निवासको चहलपहल फर्काउँछन् भन्ने कार्यकर्तामा विश्वास थियो । तर, उनी प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि कार्यकर्ताको आश निराशमा फेरियो ।नयाँ पत्रिका

नवलपरासीमा सवारी दुर्घटना ,दुई जनाको मृत्‍यु

कावासोती, ८ मङ्सिर- पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दि“दा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकाको बाटोमै र अर्कोको अस्पताल पुर्याए पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए।

यो पनि पढ्नुहोस्- राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?

काठमाडौं,८ मंसिर –कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यसमितिलाई समय दिन आग्रह गरे।

पौडेल पुनः जिल्ला जान लागेको थाहा पाएपछि उनीहरूले महासमिति बैठक तयारीका लागि काठमाडौंमै बसिदिन आग्रह गरेका हुन्।

पौडेलले जिल्लामा कार्यक्रम रहेको जनाउ दिएपछि सभापति देउवा र पदाधिकारीलाई बैठक कसरी बोलाउने भनेर सकस परेको थियो। पौडेल सकारात्मक भएपछि भने नेतृत्वले आगामी आइतबारका लागि बैठक बोलाएको छ।

सभापतिले गत वैशाख २१ मा बहुमतका आधारमा पार्टी पदाधिकारी मनोनयन गरेपछि पौडेल असन्तुष्ट बनेका थिए। उनले उक्त निर्णयविरुद्ध देशभरका नेता तथा कार्यकर्तासमक्ष पुगेर सल्लाह गर्ने बताएका थिए। उनी वैशाख अन्तिमदेखि जिल्ला धाइरहेका छन्।

निर्वाचनमा पराजयपछि कांग्रेस नेताहरूको जिल्ला दौडाहा बाक्लिएको छ। नेतृत्वविरोधी खेमा जिल्लामा सक्रिय हुन थालेपछि सभापतिनिकट पनि जिल्ला धाउन लागेका हुन्।

उपसभापति निधि र सहमहामन्त्री डा। प्रकाशशरण महत महासमिति भेलामा पेस गर्ने प्रतिवेदन तयारीका लागि सातै प्रदेशका सदरमुकाम पुगेका छन्। निधिको नेतृत्वमा राजनीतिक र महतको नेतृत्वमा आर्थिक प्रतिवेदन तयार भइरहेको छ।

यसलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माको भनाइ छ। ‘केन्द्रीय नेताहरूको जिल्ला दौडाहालाई अन्यथा लिनुहुँदैन’, उनी भन्छन्, ‘यसले गर्दा तल्लो तहसम्म पार्टी बलियो हुनेछ।’

स्थानीय, प्रदेश र संघ तीनै तहमा प्रतिपक्षमा पुगेकाले भूमिका फेरिएको उनको भनाइ छ। जिल्ला जानेमा सबैभन्दा अगाडि देखिएका छन्, डा.शेखर कोइराला। उनी तीन तहको निर्वाचनपश्चात् ५६ भन्दा बढी जिल्ला पुगेका छन्।

बाँकी २१ जिल्ला पनि जाने योजना रहेको उनी सुनाउँछन्। उनी शुक्रबार नेपालगन्जतिर लागे। उनी आइतबार त्यहाँ सम्बोधन गरेर काठमाडौं फर्किने योजनामा छन्। उनले यसअघि पूर्वका मोरङलगायत जिल्ला घुमेका थिए।

४० भन्दा बढी जिल्ला पुगिसकेका नेता कृष्णप्रसाद सिटौला शुक्रबार इलाम पुगेका छन्। उनी शनिबार काठमाडौं फर्किंदै छन्। उनी अघिल्लो साता सुर्खेत पुगेका थिए। ‘काठमाडौंमा खासै काम हुँदैन। जिल्लाका साथीहरूले बोलाउनुहुन्छ’, उनी भन्छन्, ‘त्यही भएर बढी समय जिल्लातिर देखिएको हुँ।’अन्नपूर्ण पोस्ट

कपिलवस्तुमा लुकेको पुर्णिमा मेला

कपिलवस्तुको बुद्धभुमि ८ चरिगवामा पुर्णिमा मेला लागेको छ । सदाका वर्षजस्तै यसवर्षपनि मेला लागेको हो । परापुर्वकालमा भगवान रामले स्थानिय गुडरुड.गवा नदिमा स्नान गरि बनवास बसेको दिन आज भएको धार्मिक किम्बदन्ती रहेको र त्यसैदिन देखि मेला सुरु भएको बताईएको छ । मेलाभर्नका लागि स्थानिय गाउलेहरुले नगद र चामल स्थानिय शिव मन्दिरमा चढाउने प्रचलन रहेको छ ।

मेला भर्न कपिलवस्तुका विभिन्न स्थानका साथै भारतका उत्तर प्रदेशका विभिन्न ठाँउबाट १० हजार बढी श्रद्धालु भतmजन आएको र १५ लाख बढीको कारोबार भएको मेला व्यवस्थापन समितीका अध्यक्ष हरि राम यादव ले जानकारी दिए ।

कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या

कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको हो ।

शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले गएराति उनलाई गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्‍याउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए । घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली प्रहार भएको स्थानमा गोलीका ३–४ खोका भेटिएको जनाउँदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पाँचौं चन्द्रौटा महोत्सवमा पतञ्जली योग शिविर संचालन

महोत्सवमा पतञ्जली योग शिविर संचालन भएको छ । मंसिर ७ गते विहान ६ बजेदेखि दुई घण्टे पतञ्जली योग शिविर संचालन भएको हो । योग शिविर उद्घाटन गर्दै पतञ्जली योग समिति प्रदेश ५ का प्रभारी (प्रमुख) सहायक प्राध्यापक प्रेम शाहले योगलाई जीवनशैली एवं जीवन पद्धति भएको बताएका छन् । जन्मिदा मानिस निरोगी भएर नै जन्मन्छ तर जीवन जिउने शैलीका कारण विभिन्न रोगको सिकार हुनुपरेको योग समिति प्रदेश प्रमुख शाहले उल्लेख गरे । उनले भने – “रोगी मानिसका लागि योग चिकित्सा पद्धति हो भने निरोगी मानिसका लागि साधना पद्धति हो ।” योग संकल्प, पुरुषार्थ, निरन्तरता र एकाग्रताले मात्र सम्भव भएको बताउँदै पहिलो सोंच नै सफलताको एकाग्रता भएको उनले बताए ।

योग शिविर उद्घाटन समारोहमा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वास्थ्य नै धन भएकोमा जोड दिए । स्वस्थ बन्न हरेक चिजको खाँचो परेझै जीवनलाई सरल, स्वच्छ, स्वस्थ बनाउन तथा समाज र राष्ट्रको सेवा गर्ने सन्दर्भमा योग अत्यन्त महत्वपूर्ण पाटो भएको नगरप्रमुख अधिकारीले उदृत गरे ।

यसैगरी योग शिविर उद्घाटनमा पतञ्जली योग समिति प्रदेश ५ का उपाध्यक्ष सहप्रभारी शारदा पोख्रेलले पाँच औंला मुखमा हाल्न सक्दासम्म योग साधना गर्नुपर्नेमा जोड दिइन् । जीवनमा हरेक कुरा गरेर पनि शरीरका लागि केही पनि छट्यााँउन नसक्नु ठूलो कमजोरी भएको उनले बताइन् । यसैगरी योग समिति कपिलवस्तुका अध्यक्ष कृष्णमुरारी ज्ञवालीले मानिस स्वस्थ र निरोगी रहन योग साधना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा योग समिति प्रदेश ५ कोषाध्यक्ष मधुमालती अधिकारी, पतञ्जली योग समिति दाङका महासचिव विष्णु प्रसाद पुरी, कपिलवस्तुका संचार प्रभारी कृष्ण प्रसाद भट्टराई लगायत रोटरी क्लब अफ कपिलवस्तु, रोट्रयाक, इन्ट्याकका पदाधिकारी, शिवगढी इंगलिस स्कूलका बालबालिका, शिक्षकहरुको सहभागिता रहेको थियो । शिविरमा ख्यातीप्राप्त प्रशिक्षकहरुद्वारा पतञ्जली योग सिकाउने आयोजक संस्था रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेले बताएका छन् । योग शिविर रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष तोयानाथ गैरेको अध्यक्षता, योग समिति प्रदेश ५ का प्रमुख प्रेम शाहको प्रमुख आतिथ्यता र शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अर्जुन पौडेलले स्वागत गरेका थिए । योग शिविर मंसिर १० गतेसम्म चल्ने बताइएको छ ।

हिलवर्ट बोर्डिङ स्कुल नमुना बन्दै, प्लास्टिक मुक्त क्षेत्र घोषणा

हिलवर्ट ईङलिस बोर्डिङ स्कुल वाणगंगा २ पिपरा वाणगंगा नगरपालिकामै पहिलो पटक प्लास्टिक मुक्त क्षेत्र घोषणा भएको छ । व्रिटेनको ८ औँ पोजेक्टर अन्तर्गत प्रदुषणको समाधान शिर्षक अन्तर्गत उत्प्रेरणा तथा प्लास्टिक मुक्त कार्यक्रमको आयोजना गरि विद्यालय क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाअध्यक्ष विष्णु पौडेलले सम्पुर्ण विद्यार्थिहरुलाई सफथ खुवाई मुक्त क्षेत्र घोषणा गरिएको हो ।

उक्त प्रतिवद्धता पत्रमा मैले विद्यालय वरिपरि प्लास्टिक तथा प्लास्टिक जन्य बस्तुहरु प्रयोग गर्ने तथा गराउँने छैन उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रवक्ता विष्णु पौडेलले हिलवर्ट बोर्डिङ स्कुल नगरपालिकामै उदाहरणिय सस्था बनेको बताए । उनले नगरपालकाले गर्ने काम एउटा स्कुलले गरेकाले यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले उक्त लक्ष्यलाई सफल पार्न वडा नं. २ तथा नगरपालिकाले नै सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । यस कार्यले सिङगो नगरपालिकालाई नै दवाव बढेकाले नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई पनि प्लास्टिक मुक्त घोषणा गर्ने मार्गदर्शक बन्न सफल भएकोमा स्कुललाई सफलताको शुभकामना समेत दिएका थिए । साथै उनले नगरपालिकाको सरसफाई अयिानलाई समेत विशेष सहयोग पु¥याउँने विश्वास ब्यक्त गरे ।

स्कुलका प्रिन्सिपल सुरेन्द्रराज पाण्डेले विद्यार्थिहरुले स्कुलमा मात्र नभई आफ्नो घरमा पनि प्लास्टिक जन्य बस्तुहरुको उचित ब्यबस्थापन गरि समाजमा यसका असरहरुको बारेमा सचेत गराउँन आग्रह गरेका थिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका सदस्य बाबुराम रायमाझिले घोषणा गरेर मात्र नभई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थिहरुले प्लास्टिकले वातावरणमा पार्ने असर, ब्यबस्थापन गर्ने उपायहरुको बारेमा विभिन्न जानकारि मुलक दृश्य प्रस्तुत गरि स्पष्ट पारेका थिए । स् प्रिन्सिपल पाण्डेको अध्यक्षता, शिक्षक शिक्षिका, विद्यार्थिहरु, पत्रकारको उपस्थिती रहेको थियो भने कक्षा ९ का छात्र हिमाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रामघाटमा श्रद्धालु भक्तजनहरुको ओईरो

कार्तिक शुक्ल पुर्णिमा कपिलवस्तुका विभिन्न स्थानमा पुजाआजा गरि मनाईएको छ । धार्मिक र प्राचिन महत्व बोकेको प्राचिन भागि।थी बाणगंगा नदीको रामघाटमा शुक्रवार श्रद्धालु भक्तजनहरुको ओराईरो लागेको थियो । कपिलवस्तु नगरपालिका– ३ रामघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन् । रामघाट मेला ब्यवस्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा समेत बढेको छ । कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ । बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दाैनामा शक्रवार लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए् ।

प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको श्रद्धालु भक्तजनहरु बताउँछन । मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका थिए । रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आएका थिए । मेलाका लागि बिहीवार राति देखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए । भक्तजनहरुले रात भरी जाग्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए ।

यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए । यो त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अजुैनले बाण हानेर पानी निकालेका थिए । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन । । गौदान पुजा गराउन यशोधरा गाउपालिकाको भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए ।

भक्तजनहरु रातभर भजन किर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । यही अवसरमा कपिलवस्तुका बिद्यलायहरुमा समेत सथनयि बिदा दिईएको थियो । मेलामा हुन सक्ने बिभिन्न घटनाहरुलाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो ।

कपिलवस्तुको बाणगंगामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तको बाणगंगा नगरपालिकामा ट्रयाक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं. १ बुङचि स्थित महेन्द्र राजमार्गमा भएको दुर्घट्नामा परि जुम्ला जिल्ला गुठिचौर गाउँपािलका ५ का बर्ष २० का बिशाल गिरिको मृत्यु भएको प्रहरिले जनाएको छ । पश्चिमबाट पूर्ब तर्फ जादै गरेको लु २ त ५१ ७७ नंम्बरको ट्याक्टरले सोहि दिशा तर्फ जादै गरेको भे ७ प १०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घट्नामा परि घाईते भएका गिरिको बुटवलमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ । ट्याक्टर र मोटरसाकल ईलाका प्रहरि कार्यालय पिपराले नियन्त्रणमा लिएको छ, ट्याक्टर चालक फरार रहेकाले खोज तलास कार्य भै रहेको र अन्य अनुसन्धान कार्य भै रहेको कपिलवस्तु प्रहरिले जनाएको छ ।