त्रिभुवन विश्वविद्यालको प्रश्नपत्र आउट गर्ने अनेरास्ववियुका २ नेता पक्राउ

काठमाडौं, १४ असोज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बिएससी–सिएसआइटी विषयको प्रवेश परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का अनेरास्ववियुका नेता कमलराज जोशी र प्रवीण अधिकारी रहेका छन् ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिविआइले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर प्रश्नपत्र आउट गरेका थिए । पैसा दिने विद्यार्थीलाई उनीहरूले पश्नपत्र उपलब्ध गराएका थिए ।

यो पनि पढ्नुहोस

शिक्षकको हत्या गरेको आरोपमा ४ जना पक्राउ

नुवाकोट– दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।

शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो ।

पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

‘प्रयोग’- सुजाता देवकोटा

‘प्रयोग’- सुजाता देवकोटा

पक्कि घर, मोटर बाटो, घरघरमा खाने पानी, सफा चट्ट परेका लुगा लगाएका सुकिला मान्छेहरु देख्दा मलाई पनि रहर लाग्थ्यो कि कुनै दिन म पनि चितवन आउने छु । भनिन्छ नि केही कुरा भित्री आत्मा देखि नै चाहाना भयो भने पूरा हुन्छ रे । ठ्याक्कै त्यस्तै भयो । मलाई बाबाले बाँकी अध्ययनको लागि चितवन पठाउने हुनु भयो। कुनै दिन जुम्ला लाई पनि चितवन जस्तै बनाउने अठोटका साथ आमालाई सम्झाउदै बाबा संगै चितवनको यात्रामा निस्किएँ । मलाई छोडेर बाबा पुनः जुम्ला जानू भयो। कुनै बेला चितवन आउन झगडा गर्ने म आज उडेर बाबा भन्दा पनि पहिले म जुम्ला पुगौं कि जस्तो भयो। फेरि जुम्लालाई पनि सुकिलो बनाउने सपना सम्झिएँ र आफुलाइ सम्हाले । मैले के पढ्ने अझै निधो गर्न सकि सकेको भने थिइन तर बाबाले नर्सिङ को तयारी कक्षामा भर्ना गर्दिनु भएको कारण सरासर क्लास लिन जान थाले। छिट्टै मेरो एउटा मिल्ने साथी भइ। उ मोबाइलमा खुब झुन्डिन्थि। म भने आधुनिक यन्त्र संग खासै अभ्यस्त थिइन । म सोच्थें पढ्न आएको मान्छे पढाइमा फोकस् नगरेर के के गर्छे यो केटी ?

किताब पढे कम्सेकम intrance मा पास त भइन्छ। सदा झै उ आज पनि मोबाइलमा झुन्डिरही, गाली गरें – कति मोबाइल चलाउँछेस् , पढ् पनि । बल्ल उसले देखाइ उ पढ्दै नै रहिछ । मैले खासै ध्यान दिइन तर intrance मा current issue लाई फोकस् गरेर प्रश्न आयो , मैले उत्तर मिलाउन सकिन । एकदमै पछुतो लाग्यो । त्यसपछि मैले बिस्तारै social apps हरु प्रयोग गर्न थालें । सुरुसुरुमा खासै interest लागेन, facebook भन्दा youtube मा जनावरहरु र ठूलाठूला सफल व्यवसायी हरुलाइ घन्टौ सम्म अध्ययन गर्थे। विस्तारै फेसबुकमा संगै पढेका साथीहरुको request आउन थाल्यो र अन्य थुप्रै नचिनेका मान्छेहरु पनि । केटाकेटी बेला न हो, सायद फेसबुकमा साथी धेरै बनाउनु थ्यो। मलाई मैले नचिनेका मान्छेहरुको पनि यदि मलाई bio मन पर्यो भने ती request हरु accept गर्थें । यतिकैमा फेसबुक मार्फत मेरो केटी साथी संग चिनजान भयो उ चितवन कि नै रहिछ । उस्को bio पनि खुब मन पर्यो । उस्ले बिस्तारै आफ्नो जागिर बारे बताउन थाली , हाम्रो भेटघाट पनि हुन थालेको थियो ।

हामी प्राय जसो साँझ तिर संगै घुम्न निस्किन्थ्यौं। एकदिन उसले मलाई आफ्नो घर बोलाइ, त्यस दिन उसको जन्मदिन रहेछ । म उसको घर गएँ । उ घरमा एक्लै बस्थी । त्यो साँझ हामीले खुब रमाइलो गर्यौ। रमाइलो गर्दा गर्दै कुन बेला निदाएछु पत्तो भएन । म बिउँझदा मेरो शरीरका हरेक अङ्गहरु दुखिरहेका थिए। जबर्जस्ति आँखा खोलें। जताततै रगतका टाटाहरु देखें । म उठ्न खोजें उठ्न सकिन । मेरो पेट तिर, ढाड तिर कतै एकदमै दुखेको थियो, घडी , मोबाइल केही पनि भेटिन । घिस्रिएर ढोका सम्म पुगें, ढोका खुलेन । बल गर्न सक्ने शक्ति शरीरमा थिएन। कोही आउला भनेर झ्यालबाट हेरेर बसिरहें । सायद भाग्य भन्नू पर्छ, कोही हिडेर यतै आउँदै थियो । मेले तन्नाको टुक्रो च्याते र डल्लो बनाएर उसको अगाडि फालें । अपरिचित व्यक्तिले मलाई देख्यो र मैले बचाउन आग्रह गरें । पत्रपत्रिकामा म हराएको सुचना निस्कि सकेको रहेछ । उसलाई, केही सुराक मिले पछि मलाई खोज्न पठाइएको रहेछ । बाबाआमा हस्पिटल आउनु भयो , मलाई त्यहीँबाट सिधै हस्पिटल लगिएको थियो । त्यहाँ पुगे पछि थाहा भयो मेरो किड्नी हराएको रहेछ ।

( मैले सामाजिक सञ्जालको प्रयोग उचित तरिकाले नगर्दा कसैले मलाइनै गलत तरिकाले प्रयोग गरिदियो )

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको वेब्साइट ” ह्याक “

त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टको वेब्साइट ” ह्याक ” भएको छ ।उक्त वेबसाईट इन्डोनेशियान ह्याकर ले ह्याक गरेको छन र जानकारी आफ्नो फेसबूक पेजबाट नि जानकारी दियिएका छन  | वेब्साइट हाल ह्याकरहरुले HACKED BY TYPICAL IDIOTभन्ने सुचना राखेका  छन् ।

यस भन्दा पहिला त्रिभुवन विश्वबिद्यालय, बाणिज्यशास्त्र संकायको आधिकारिक वेबसाइट ‘ह्याक’ भएको  थियो । साइटमा  ह्याकरहरुले ‘ह्याक्ड बाइ डार्क थन्डर’ (नोट : त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टको वेब्साइट ” ह्याक ” गर्ने  अलग ह्याकर हो )भन्ने सुचना राखेका थियो ।  उक्त वेवसाइटमा त्रिभुवन विश्वबिद्यालय बाणिज्यशास्त्र संकायको परीक्षा तालिका, नतिजा सम्बन्धि सम्पूर्ण जानकारी जानकारी राख्ने गरिएको थियो । सोहि ह्याकरको समूहले केहि दिन अगाडी पूर्वाञ्चल विश्वबिद्यालयको वेबसाइट ह्याक समेत गरेका थिए ।

करिब एक महिना अगाडी पोखरा बिश्वबिद्यालयको सर्भर ह्याक गरि टिमभ्युअर सफ्टवेर मार्फत गोप्य डाटा चोरी गरिएको थियो । यसरी बारम्बार बिभिन्न बिश्वबिद्यालयका वेबसाइट ‘ह्याक’ हुनुले बिश्वबिद्धालयले प्राबिधिक सुरक्षाका लागि आवश्यक पर्ने उपाय अबलम्बन नगरेको बुझ्न सकिन्छ  ।

किन वेबसाइट ह्याक हुन्छन् ?

वेबसाइट बनाउने बेला सुरक्षाका सामान्य उपायसमेत नअपनाइएकाले बारम्बार ‘ह्याक’ हुने समस्या आएको विज्ञहरू बताउँछन् । साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने कम्पनी ‘रिगो टेक्नोलोजी’ का प्रमुख प्राविधिक अधिकृत विजय लिम्बूका अनुसार वेबसाइटमा मात्रै नभएर ती वेबसाइट होस्ट गरिएका सर्भरमा पनि समस्या देखिएको बताउँछन् ।

‘यसले एक वेबसाइटमा छिरेर अर्को बेवसाइट पनि प्रभावित पार्न ह्याकरलाई सजिलो हुन्छ,’ उनी भन्छन्, ‘धेरै जसो वेबसाइटमा सुरक्षाका सामान्य नियम पनि पालना भएको देखिन्न ।’ नेपाली वेबसाइट ह्याक भएको यो पहिलो घटना भने होइन । साइबर सुरक्षासम्बन्धी काम गर्ने अर्को कम्पनी ‘थ्रेटनिक्स’  ले गरेको अनुसन्धान अनुसार २०१७ मा मात्रै ५ सय ९५ भन्दा बढी  वेबसाइट ह्याक भएको उल्लेख छ । विश्वप्रसिद्ध पत्रिका “फोर्ब्स” ले केहि महिना अगाडी प्रकाशित गरेको रिपोर्टमा प्रत्येक दिन बिश्वभर ३० हजार वेबसाइट ह्याक हुने गरेको बताइएको छ ।

विश्व मुटु दिवस: कपिलवस्तुमा साइकल यात्रा

विश्व मुटु दिवसको अवसरमा कपिलवस्तुमा बृहत साइकल यात्रा गरिएको छ । साइकिलिङले मुटु स्वस्थ राख्न मद्दत र्पुयाउने भएकाले शनिबार जिल्लामा १६ किलोमिटर लामो साइकल यात्राको आयोजना गरिएको हो । साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक रहेको यात्रामा सहभागी प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताए । ’साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं’ भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलवस्तुले उक्त साइकल यात्राको आयोजना गरेका थिए ।

साइकिलिङ सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादन समेत हुने डा. लोकेन्द्र नारायण मण्डलले बताए । यसले मानिसको शक्ति, सन्तुलन र समन्वय बढाउने हुँदा साइकल चलाउन आवश्यक रहेको उनको भनाइ छ । साईकल र्यालिमा कपिलवस्तुका प्रजिअ पोख्रेल, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरीक्षक मनोज यादव लगायत १३० जनाको सहभागिता रहेको थियो । सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । चिकित्सकहरूका अनुसार धुम्रपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटे(तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

नव प्रभात युवा क्लवको पाँचौ साधारण सभा सम्पन्न

नव प्रभात युवा क्लव वाणगंगा ४ कपिलवस्तुको पाँचौ साधराण सभा ठाकुरापुरको चण्डेश्वर दुर्गा मन्दिरमा सम्पन्न भएको छ । कार्यक्रममार्फत क्लवको भवन पनि उद्घाटन गरिएको छ । वाणगंगा नगरका उपमेयर चक्रपाणि अर्यालले रिवन काटेर भवनको उद्घाटन गरेका हुन् ।

विक्रम संवत २०७० सालमा स्थापना भएको उक्त क्लवले गाउँमा सोलार जडान, वल्व उपलब्ध गराई गाउँलाई उज्यालो बनाउँने, पाक्षिक रुपमा सरसफाई कार्यक्रम तथा अन्य उल्लेखनिय कार्यहरु गर्दै आएको छ । साधराणसभामा क्लवका कोषाध्यक्ष दिपक पोख्रेलले क्लवको वार्षिक आयव्य र भावि योजना प्रस्तुत गरे । कार्यक्रममा क्लवका सदस्यहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वाणगांगका उपमेयर चक्रपाणि अर्यालले क्लवले समाजलाई रुपान्तरण गर्नका लागि विभिन्न समााजिक कार्यहरु गरेको बताए । साथै उनले क्लवलाई नगरबाट गर्न सकिने सहयोग गर्ने बताए । त्यस्तै वडाअध्यक्ष गणेश बहादुर क्षेत्रीले क्लव कानुनि रुपमा दर्ता गराई वडा भित्र उल्लेखनिय कार्यहरु गरेको बताए । उनले क्लवलाई वडाबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

क्लवका उपाध्यक्ष विमल मल्लको अध्यक्षता, वाणगंगा नगरका उपमेयर अर्यालको प्रमुख आतिथ्यता, वडा अध्यक्ष गाणेश क्षेत्री, वडा सदस्यहरु अनिता नेपालि, ईन्दिरा पन्त, समाजसेवि कृष्ण प्रसाद भट्राई र मदन शाहि लगायतको आतिथ्यता रहेको थियो भने क्लवका अध्यक्ष मिलन चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लवका सल्लाहकार गोविन्द पौडेलले जानकारि दिए ।

आशिर्वाद -नवीन प्यासी

आशिर्वाद -नवीन प्यासी

-आँसुले बाटो छेक्नु अगावै
गइहाल्नू, एकैछिन पनि नउभिनू

जाँदाजाँदै बाटोहरुमा
आदिवासी ढुङ्गाहरु भेटिन सक्छन्
जथाभावी नकुल्चनू
ती मध्य कुनैकुनै देउराली हुन सक्छन्
जोसँग हिसाबकिताब हुनसक्छ
कसम खाएर पनि फर्कि नआउनेहरुको,
पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरु हुनसक्छन्
जो धेरै पहिले
दुश्मनको निधारमा बजारिएका थिए होलान्,
जोगाउँदै-जोगाउँदै जानू

जाँदाजाँदै बाटोहरुमा
खडेरीलाई छिचोलेर फुलेका फूलहरु हुन सक्छन्
नटिप्नू मन पर्यो भन्दैमा,
ती मध्य कुनैकुनै भाइटिका कुरिरहेका सयपत्रीहरु हुनसक्छन्,
कठ्याङ्ग्रिदो जाडो पार गरेर फुलेका
कसैको चुल्ठो कुरिरहेका गुराँसहरु हुन सक्छन्,
बरु मुस्कुराउँदै-मुस्कुराउँदै जानू

कुहिरो पठाएर मौसमले तिमीलाई छल गर्न सक्छ
नआत्तिनू रत्तिभर पनि,
अँध्यारो पठाएर समयले तिमीलाई छल गर्न सक्छ
नडराउनू रत्तिभर पनि,
बरु पर्खनू, भोलि बिहान उदाउने घामलाई
जसले तिमीलाई गन्तव्य देखाउने छ

जाँदाजाँदै बाटोहरुमा
तिमीले चढ्नै नसक्ने उकालीहरु आउन सक्छन्,
तिमीले तर्नै नसक्ने नदीहरु आउन सक्छन्,
हताश नहुनू, धैर्य गर्नू
उकालीहरुमा सिँढीहरु भेटिन सक्छ,
नदीहरुमा डुङ्गाहरु भेटिन सक्छ

जाँदाजाँदै धेरै टाढा पुगेपनि
आफूले छाडेर आएको बाटो नबिर्सनू

एकदिन
तिमी सपनाको शहर पुग्नेछौ
जहाँ मान्छेहरु मान्छेजस्ता हुने छैनन्,
मान्छेको संवेदना बिक्रीमा राखिएको हुनेछ,
इश्वरहरुको थुप्रै कंकालहरु भेट्नेछौ
जसले डर सृजना गरिरहन्छ निर्दोष मष्तिष्कहरुमा

नवजात शिशुहरुलाई झाडीमा छाडेर हिँडेको
आमाहरु भेट्नेछौ,
नावालिक छोरीको लागि ग्राहक खोज्दै हिँडेको
जंड्याहा बाहरु भेट्नेछौ

तेतिबेला हाम्रो याद आउन सक्छ तिमीलाई
यदी याद आयो भने
तेता कतै धर्मशाला जानू अलिकति मुस्कान बोकेर जानू
र आफैंलाई सम्झाउनू –
मेरा आपा र आमा घरमै छन्/ हाँसीखुसी नै छन् ।
उनीहरुको आँखामा आँसु देखिन सक्छ,
देखियो भने यदि सम्झनू, संवेदना अझै मरि सकेको छैन

“मैले छोएको आकाश”-सविता भण्डारी

“मैले छोएको आकाश”
-सविता भण्डारी

म जन्मिएको दिन
मेरी आमाको शरीरबाट रगत पोखिएपछि हो
माटोले रङ पाएको।
त्यही माटोलाई छोएर उडेका
घामका किरणले चुमेपछि हो
लालीगुराँसले मुस्कुराउन जानेको।

त्यही गुराँसको मुस्कानले नै पोतिएको हो
मेरो देशको झण्डामा रातो रङ,
जहाँ मेरा आँखाका नीलिमाले घेरिएका छन्
सिङ्गो चन्द्र-सूर्य।

बोधिवृक्षको छहारीमा ध्यानस्थ भई
मैले शान्ति जपेर नै हो,
साधारण वृक्ष पनि पवित्र बनेको।

म शान्तिदूत
यो माटोका प्रत्येक कणहरूमा शान्तिको पदचापहरू छोड्दै
हिँडिरहेथेँ उन्मुक्त यात्रा,
तर त्यी पदचापहरूमा मेरा निर्जीव मूर्ति ठड्याई
उडाइयो मेरो सजीव आत्मा परेवाका पखेटामा बाँधेर
आकाशतिर।

बादलको साम्राज्य भन्दा माथि
मैले छोएको आकाशमा
मेरा सपनाका आकृतिहरू सजिएका पाउँछु
बादलका थुम्काहरूमा।
र, यही आकाशबाट
जब हरेक पल्ट नियाल्छु धर्ती
देख्ने गर्छु बन्दुक बोकेर गुम्बा छिर्दै गरेको कोही।

ए महामानव,
के तिमी आविष्कार गर्न सक्छौ त्यस्तो मिसाइल?
जसले खसाउन सकोस् मैले ओच्छ्याइराखेको बादल

पुछियोस् बारुदको धुवाँ र रगतको टाटा
आमाको मुहारबाट।

बेहुली घाम-तारा पराजुली

बेहुली घाम-तारा पराजुली

अँध्यारोको आदिम जङ्गलबाट
निस्कनै लागेको छ घाम
अब एकै छिनपछि
म्याद सकिने छ सदस्यतापत्रको
काटिने छ फाइलको एउटा अङ्क
र झिकिने छ सधैंका लागि त्यहाँबाट मेरो नाम।

बेफुर्सद छ समय समय यसबेला
उज्यालोको काखमा खेलिरहेछन् घरका अवयव
कौसी आँगन र बार्दली सिँगारिएका छन्
कागजका नाटकीय लवजले
मौन छन् मैले रोपेका अजम्बरी फुलहरु
रङ्गीन घडा संगै प्रवेशमार्गमा विराजमान छ डेकोरेटर गेट
अनाम हावासँगै फरफराइरहेको छ रहस्यमय व्यानर
लेखिएको छ शुभविवाह-२०७३।

शहरको कुनै डिपार्टमेन्ट स्टोरमा
विज्ञापनका लागि राखिएको जिनिस झैँ
अनावश्यक सिँगारिएका छन् तमाम अवयबहरु
शृङ्गारको सगरमाथाले किचिएकी छु म
आरोग्य अनुष्ठान भइरहेको छ मेरा सामु।

यस अनुष्ठानमा मुर्खहरुले पनि पढाईरहेछन् मलाई
इतिहासै नहुनेले इतिहास घोकाए
घरभित्र चुलाका नित्य गीत सुनाए
घर बाहिरको त्रासदी सुनाए
सियोको टुप्पोमा निदाएर
ढुक्कसँग सपना देख्न भने
संस्कारको मैलो मजेत्रो ओढाएर
उद्गारका पृष्ठ पृष्ठ घोकाएर
तर्नै पर्ने जीवनको साँघुरी देखाए।

मैले ताप्दै गरेको करेसाको शीतल
ममताले जोगाएका गुलाबका पत्रहरु
रहरले छरेका प्रेमका गीत
दु:खले जिलाएको सपनाको वारि
मैले छाडेका मधुर वाणी
सबै सबै बिर्सन विस्मृतिको भूगोल दिए।

बिदाको बेला मन दर्हो बनाउन केही अ्मुक शव्द दिए
हेरें बाबुको अनुहार
आँखाबाट बग्दै झरेको कुलेसो
आमाका अनुहारमा लस्करै हिंडेको देखें
हुलका हुल स्नेहका बरियात
भक्कानिएर आफैँलाई सम्झाउँदै बुझाउँदै थिए दाजुहरु
चिसा हातहरुले
आँखाबाट झरेका बलेसी पुछ्दै थिए बहिनीहरु।

यी सबै दृश्यहरु घाँटीमै अड्किएर रोइरहें म
मेरा ओठबाट झरेका दु:खका गीत सुनेर
न चराहरु चिर्विराउन छाडे
तालमा खसेका आँसुका थोपाहरुले
न कुनै तरङ्ग उठाए
फेरिएन पानीको रङ्ग
निर्वासित पैतालाले बालुवामा कुनै सङ्गीत सुनाएनन्
बगिरह्यो पानी
आफ्नै सुरमा चलिरह्यो हावा
आफ्नै लयमा
पौडी रह्यो शून्यमा कपास जस्तो समय।

हिंडिरह्यो घाम आफ्नै छाया खेलाउंदै
जब पुगें जीवनको दोस्रो बन्दरगाह
छाडियो पा…..रि……. कतै सनातन पृथ्वी
छाडिएयो एउटा सुन्दर अतित।

अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू निर्वासित भएको छ भर्खरै
एउटा बेहुली घाम।

बेलबारी मोरङ

अन्तराल-मनोज बिश्वकर्मा

अन्तराल ( Interval )
************
– मनोज बिश्वकर्मा

तिम्रो अाखाँलाई देखेपछि
मैले महसुस गरको थिएँ
आफ्नो आखाँबाट टुक्रिएका किरणहरू !

तिम्रो पैतलालाई हेरेपछि
मैले थाहा पाएको थिए
आफुले कुल्चिएको माटोको मूल्य !

तिम्रो ओठबाट
त्यसरी नखसेको भएँ तुईन
म हिड्न सक्ने थिईन
ताकेर जीवनको किनारा !

तिम्रो गर्धनमा नटासिएको भएँ
घाम जून जस्ता दुई बिन्दुली
मैले नियाल्न सक्ने थिईन जीवनको अर्थ !

तिमीलाई नभेटेको भए
तिम्ले त सिर्फ एउटा मुर्खको थप अनुहार हेर्नु पर्ने थिएन
तर मैले त छुनै पाउने थिईन
जीवनको समुद्र
उचाल्नै सक्ने थिईन
मरूभूमीमा गाडिएका आफ्नो पाईताला !

तिमी हिड्नु तिम्रो जीवनको हाईवेमा
र हामी भेट्टिनु
हिड्दा हिड्दै
तिम्रो पदचाप मेटिनु मबाट
तिमी त्यसरी नमेट्टिएको
मैले कैले लेख्न सिक्ने थिईन आफैलाई !

तर म बुझ्न सक्दिन
प्रत्येक पटक
जब मेरो हत्केलाको रेखाले भुल्छ तिम्रो ठेगाना
किन दुख्छ हाम्रो मुटु ?

दुरीको भिडहरूमा
जब तिमीलाई सम्झिन्छु
किन पुग्छ तिमीसम्म बाडुँली ?

कस्सम म बुझ्नै सक्दिन
जब तिमीलाई सम्झिन्छु
प्रत्येक पटक
किन रसाउँछ बादलहरूको आखाँ ?

किन लाग्छ
जब पत्ताको हत्केला छुट्छ रूखको हागाँबाट
म आफै च्यातिए जस्तो
तिम्रो हृदयको किताबबाट ?

सत्य सानु !
म बुझ्नै सक्दिन
जब खोज्दै हिड्छु तिमीलाई
किन खस्छ धरती आफ्नै पैतला मुनीबाट ?

सम्झना–सफल सुरज

सम्झना

सोच्दछु
अचेल लुकि छिपी पल्टाउँछौ कि पल्टाउँदैनौ होला
कसैले नदेख्ने गरि अल्मारीमा
तिमीले लुकाएर राखेको
शिरिषको फूलको मध्य पाना?
र हेर्छौ कि हेर्दिनौ होला
सुकेर दह्रो भएको गुलाफको फूल
जसमा तिमीले भन्ने गरेको
“मेरो आधा प्राण” अड्डिएको छ?
या कतै मिल्काइसक्यौ कि
मेरो आधा प्राण तिमीले कुनै कण्टेनरमा ?

तिमी भन्ने गर्थ्यौ कि
तिम्रा आँखा भित्र
मलाई युगौँ युग सजाएर राख्नेछौ
तर अचेल
कतै तिम्रा आँखाभित्र राखिएको मैले
बिझाएको त छैन तिम्रै आँखा भित्र कसिङ्गर बनी ?
त्यसो भएमा बिन्ती कसैलाई
फुक्न लगाऊ तिम्रा आँखा र
उडाइदेऊ मलाई तिमीबाट धेरै पर ।।

तिम्रा स्मृतिको आँगनमा
सम्झनाको आगमन हुँदा
म आउँछु कि आउँदिन होला
तिम्रो नाम बोलाउँदै?
थाहा छैन
तर
वर्षायामको धमिलो खोला झैँ
धमिला मेरा आँखा अघि
जब मध्यरातमा
देखापर्छ कुनै धमिलो आकृती
तब हठात यी ओठले बर्बराउँछन् तिम्रो नाम ।।

सम्झनाको किनारामा
मैले तिम्रो नाम फूलाएको वर्षौँ बितिसकेछन् ।

-सफल सुरज

नवलपरासीमा बस दुर्घटना हुँदा दुईको मृत्‍यु

शनिबार विहान पूर्वी नवलरासीको कावासोती १६ डण्डामा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यू भएको छ भने ३२ जना घाईते भएका छन् । शनिबार विहान ३ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ७७१९ नं. को ट्रक र पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ७ ख ५६२९ नं.को यात्रुबाहक बस आपसमा ठक्कर खादा बसमा सवार र चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ बर्षका सुरज वि.क. र बसमा सवार कपिलबस्तु बाणगंगा गाउपालिका २ बस्ने २४ बर्षका लक्ष्मण थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्य ११ जनाको अवस्था गम्भिर रहेकोले उपचारका लागि चितवनको भरतपुर पठाईएको छ भने ५ जनाको मध्यविन्दु सामुदायिक स्मृती अस्पताल डण्डा र १६ जनाको कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ । भने सवरी साधन घटनास्थलबाट हटाउने कार्य भई रहेको र एक तर्फी सवारी सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

जैवावैराठमा टुकी निभ्यो ।

कपिलवस्तु मानव बस्ती बसेको १४ औं पुस्ता सम्म आइपुगेको कपिलवस्तु जिल्लाको विकट गाउँ विजयनगरको जवाबैराठ गाउँमा पुर्खा देखि बाल्दै आएको ढिकरी (टुकी) गाउँवासीले निभाएका छन । भारतीय सिमावर्ती क्षेत्र संग जोडिएको जंगल भित्र रहेको गाउँमा टुकी बत्ती निभाउदैं गर्दा भने गाउँबासीमा खुसियाली छाएको छ । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्षले टुकि बत्ती निभाएर विजुली बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै गर्दा गाउँबासी निकै हर्षित देखिएका थिए । बर्षौ देखिको अध्यारोलाई चिर्दै गाउँमा विजुली पुग्दा स्थानीयहरु खुसी भएका छन ।

बर्षौ देखी अध्यारो बस्दै आएकी गाउँकै चमेलिया थारुले गाउमाँ विजुलि बत्ती आउला र विजुली बत्ती बालौला भन्ने आसाको त्यान्द्रो मात्रै लिए थिइन । “धेरै ठूला ठूला मान्छेहरु यो गाउँ धुम्न आउथे , सबैले विजुली ल्याउन पहल गर्छम भन्थे, हामीलाई आसा देखाउथे तर बत्ती बर्षौ सम्म आएन, हामीले हाम्रौ पालामा विजुली बालौला भन्ने आसा पनि मर्न लागि सकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साच्चै खुसी लागेको लागेको छ” कार्यक्रमका आएका पाहुनाहरुलाई माला र खादाँ ओढाइ दिदै गरेकी उनले भनिन । गाउँमा विजुली बत्ती नहुदाँ कुटानी पिसानीका लागी ५ किलो मिटर टाडाको अर्को गाउँमा जानु पर्ने , विद्यालय जाने केटाकेटीले टुकीको भरमा गृहकार्य गर्नु पर्ने, समस्या अब नहुने भन्दै जवावैराठ विद्युत उपभोक्ता समितिका अध्यक्ष जग्दीश चौधरीले खुसी व्यक्त गरे ।

गाउँमा विजुली बत्ती ल्याउन आफुहरुले धेरै समय देखि पहल गरेको भए पनि जगंलको विचबाट विद्युत्तिय तार तान्न वन नदिने केहि रुखहरु हटाउनु पर्ने जस्ता समस्याले गाउँ बर्षौ देखि अध्यारोमा रहेको थियो । वन संगको सहकार्य र स्थानिय तहका जन प्रतिनिधीको पहलमा गाउँमा विद्युत्त ल्याउन सफल भएको समितिका अध्यक्ष चौधरीले बताए ।“गाउँमा सबैको हातमा मोबाइल थियो तर चार्ज गर्ने समस्या अब त्यो समस्या रहेन ” चौधरीले भने । ‘दुर्गम गाउँमा बिजुली बल्ला भनेर पत्यार नै लागेको थिएन आफ्नै आखाँ विजुली बत्ती बलेको देखे पछि भन्ने हाम्रो गाउँमा पनि विजुली वत्ती आयो भन्दै ६० बर्षिय बुधराम चौधरीले खुसी मनाए । धेरै युवाहरुलाई विहेवारीका लागि केटी माग्न जादाँ गाउँमा विजुली बत्ती पुगेको छैन भन्दा छोरी चेली नै नदिने गरेको विगतको तितो सत्य सम्झदै , गाउँमा वत्ती बलेपछि भने जीवन कै सबै भन्दा खुसीको क्षण भएको शिवा चौधरीले बताइन ।

अब यो ढिकरी टुकी बाल्नु पर्दै घरको भित्ता कालो पनि हुदैन, उनले खुशी व्यक्त गरिन । थारु समुदायको बाहुल्यता रहेको सो बस्तीमा शुक्रबार विजयनगर गाउँपालिका प्रमुख गोपाल थापाले मट्टितेलको टुकी बत्ती निभाएर विजुली बत्ती बालेर शुक्रबार उद्घाटन गरेका हुन ।चुनावको बेला मुख्य ऐजेण्डा वनाएर हिडेको स्मरण गर्दै गाउपालिकाका अध्यक्ष थापाले गाउँमा बत्ती बालेर आफ्नो वाचा पुरा गरेको वताए । कुल २८ लाखको लागतमा विजुली बत्ती बाल्न सफल भएको विद्युत्त प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगन्जाले बताए । २८ लाख मध्ये गाउँपालिकाको १० लाख र प्राधिकरणको १८ लाख लागतमा विद्युत लाइन विस्तार गरिएको अगन्जाले बताए । गाउँमा विद्युत्तको समस्या समधान भए पनि मोवाइल नेटवर्क नआउदाँ संचारको समस्या भने ज्यूकात्यूँ रहेको स्थानियले बताएका छन ।

कपिलवस्तुको जितपुरमा सवारी दुर्घटना हुदा एकको मृत्यु

कपिलवस्तुको चारनम्बर जितपुरमा शुत्ररबार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन । लु ३७ प नम्बरको मोटरसाईकल र  लु १ ख ६७९२ नं। ट्रक एक अापसमा ठाेक्कीदा  रुपन्देही सालझण्डीका निश्छल थापाको ज्यान गएको छ । अर्का घाइते मोहन थापाको उपचार बुटवलमा हुन नसकेपछि काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसीले जानकारी दिनुभयो । उनीहरु दुवै जना नवप्रभात माध्यमिक विद्यालय सालझण्डीमा कक्षा १० मा अध्ययरत रहेको बताइएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

४ महिनामा १ करोड बढीको अबैध मालसामान बरामद

हिन्दुहरुको महान चाड दशै तिहार नजिकिएसंगै प्रहरीले कपिलवस्तु संग जोडिएका नाकाहरुमा चोरी तस्कारी नियन्त्रका लागि बिशोष निग्रानी थालेको छ । प्रहरीले नाकामा सक्रियता बढाएसंगै तस्कारीमा न्युनीकरण आएको प्रहरीले जनाएको छ । प्रहरीले कडाई गरे पछि भन्सार राजस्वमा बृद्धि भएको छ । यस्तै अबैध मालसामान समेत बरामद हुनेक्रम पनि बढेको प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले चार महिनाको अवधिमा १ करोड बढीको अबैध मालसामान बरामद गरेको छ ।

भारतकोबाट निकासी गरिरहेको अवस्थामा पक्राउ गरी सो मुल्य बराबरको मालसामान भन्सार चलान गरेको हो । जिल्ला प्रहरी कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकार सम्मेलन गरी प्रहरी सो तथ्यांक सार्बजनिक गरेको हो । प्रहरीका अनुसार भन्सार छली गरी ल्याईएका लत्ताकपडा, ईलेक्ट्रोक्सि सामान, किरानाका सामान लगायतका बरामद गरिएको हो । प्रहरी निरिक्षक गोबिन्द रावलले जिल्लामा प्रहरी उपरिक्षक मनोज कुमार यादव आए सँगै सो मुल्यका सामाग्री र चौपाया भंसार बुझाईएको जनाए ।

यस बर्षको जेठ देखी अहिले सम्म ९० लाख ९१ हजार २ सय ३ रुपैयाका भंसार छलीका सामाग्री र २२ लाख ४० हजार मुल्यका अबैध रुपमा भित्राईएका चौपाया भंसार बुझाईएको जनाईएको हो । सो सगै सिमा क्षेत्रबाट भित्रिएका ८ लाख ८८ हजार ५ सय मुल्यका चल्ला र कुखुरा बरामद गरि नष्ट गरिएको, २ लाख ७२ हजार १ सय ७ रुपैया बराबदको काठ बरामद गरि वन कार्यालयमा बुझाईएको र ३७ हजार ३ सय ७० बराबरको अबैध मदिरा बरामद गरि नष्ट गरिएको रावलले जनाए ।

सोही अबधीमा मोटरसाईकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ गरि २ थान स्कुटी सहित २९ मोटरसाईकल बरामद गरिएको, लागु पदार्थ सहित २५ व्यक्तिलाई नियन्त्रणमा लिईएको तथा बिभिन्न मुद्दाका १५ फरार प्रतिबादी नियन्त्रणमा लिईएको उनले जनाए । बिशेषगरी कृष्णनगर नाका, सुठौली, चाकरचौडा लगयतका एक दर्जन नाकाहरुमा निग्रानी बढाईएको उनले बताए ।

नेपाल प्रहरी सहितका सुरक्षा निकायको सक्रियताकै कारण कृष्णनगर भंसारलाई गत आर्थिक बर्षमा दिर्ईएको भंसार लक्ष्यको डेढ गुणा बढि भंसार राजश्व संकलन भएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले दावी गरे । जिल्लामा ६३ किलो मिटर खुल्ला सिमा रहेको अवस्थामा सबै अवस्थामा प्रहरी पुग्न नसक्ने भएकाले नागरिकस्तरको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

वाणगंगा नगरपालिका स्वास्थ्य शाखाद्धारा डेङ्गु रोकथाम सम्बन्धि अभिमुखिकरण

वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग रोकथाम सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । डेङ्गु रोगको निश्चित औषधि, खोप तथा सुई नभएकाले यसको रोकथाम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा वाणगंगा नगरपालिकामा ४ जनामा डेङ्गुको संक्रणमण देखिएको नगर स्वास्थ्य प्रमुख कृष्ण घिमिरेले जानकारि दिए । नगरपालिकाका वडा नं.१, २ र ४ मा सबै भन्दा यसको संक्रमण देखिएको छ । नेपालमा भने आर्थिक वर्ष २०७३÷७५ मा १ हजार ५ सय २७ जनामा संक्रमण देखिएको र आर्थिक वर्ष २०७४÷७५ मा ७५ जना संक्रणमित भेटिएका छन् ।

औपचारिक कार्यक्रम पछि शाखाका कार्यक्रम संयोजक कमल ज्ञवालि र नगर स्वास्थ्य प्रमुख कृष्ण घिमिरेले प्राविधिक विधि प्रयोग गरि डेङ्गु रोग भाईरसबाट सर्ने भएकाले यसको रोकथामका लागि विशेष ध्यान दिन समेत आग्रह गरेका थिए । अभिमुखिकरण कार्यक्रममा यो रोग खासगरि एडिन ईजिप्ट पोथि लामखुट्टेको टोकाईबाट सर्ने भएकाले यसको टोकाईबाट बच्नको लागि शरिर ढाक्ने खालका कपडा लगाउँने, पानि जम्ने ठाउँमा सफा गर्ने, खाल्डा खुल्डिमा यसको संक्रमण हुने भएकाले ध्यान दिनुपर्ने बताईएको छ ।

यो लामखुट्टेको संक्रमण खासगरि गाडिको टायर, धेरै दिनसम्म प्रयोग नभएको तर सफा पानिमा पनि रहने बताईएको छ । त्यसैले नगरपालिकाको उच्च जोखिममा परेका वडा नं. १, २ र ४ मा भोलिदेखि १५ गते सम्म डेङगुरोग रोगका लामखुट्टको वासस्थान तथा लार्भा नष्ट तथा सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पिपरा देखि वाणगंगा नदि र चारनम्बर वजारदेखि गजेहडा तिनकुने चोकसम्म महिला स्वास्थ्यसेवीका र सुरक्षा कर्मिको टोलिद्धारा सचेतना अभियान सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा वाणगंग नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारु, उपमेयर चक्रपाणि अर्याल र प्रशासकिय अधिकृत तुल्सिराम मरासिनिले सबै जनामा चेतना भयो भने यो रोगलाई नगरबाट नै उन्मुलन गर्न सकिने बताए ।

त्यस्तै वडा नं.१, २ र ४ का वडाअध्यक्षले पनि वडाबाट डेङ्गु एक खतरनाक रोग भएकाले यसको संक्रमणनै हुन नदिनका लागि वडाबाट गरिने पहल गर्ने बताए । महिला संवयंसेविहरुले पनि यसको रोकथाममा आफुहरु केन्द्रित रहने र सचेतना फैलाउँने बताएका छन् ।

कार्यदल र सेवा प्रदायकबिच अभिमुखिकरण

कृष्णनगर नगरपालिका कृष्णनगर शिवराज नगरपालिका चन्द्रौटा र शुद्धोधन गाउँपालिका लवनिका महिला र वालवालिकाको क्षेत्रमा काम गर्ने जिम्मेवार कर्मचारि तथा सामाजिक विकास अन्र्तगतका कार्यदल र सेवा प्रदायक संस्थाबिच एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वाल संरक्षण र लैगिंक हिंसा सम्बन्धि ३० जना सहभागिहरुको लागि अभिमुखिकरण गरिएको हो ।  वाल संरक्षण सुनिश्चित गर्न र पद्धति सुदृढिकरण गर्नका लागि महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारिहरुको वाल संरक्षण क्षेत्रमा क्षमता अभिवृद्धि गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिका र गाउँपालिकाले वाल संरक्षण निति र कार्ययोजना बनाएर ब्यबस्थित रुपमा संरक्षण कार्यलाई सुनिश्चित गर्न सकोस भन्ने उद्देश्य रहेको छ ।  कार्यक्रममा युनिसेफका प्रदेश ५ का वाल अधिकृत र श्याम राज घिमिरे र प्रदेश ४ का वाल अधिकृत राजु खनालले वालवालिकामा लगानि किन गर्ने र कार्यक्रमको भावि योजनाका बारेमा सहजिकरण गरेका थिए ।

त्यस्तै प्रशिक्षक पोमनारायण पौडेल र अधिवक्ता ओम प्रकाश अर्यालले जिल्लामा वालवालिकाका सवालका समाधानमा सरोकारवालको भुमिका र महिला तथा वालवालिकामा हुने हिंसा सम्बन्धि हुने कानुनि उपचारका साथै न्यायिक समितिको काम कर्तब्य र अधिकारका बारेमा सहजिकरण गरेका संस्थाका टिम लिडर दिनेश पौडेलले जानकारि दिए ।

सो स्थानिय तहमा वाल संरक्षण तथा लैगिंक हिंसा सम्बनिध अभिमुखिकरणमा ज्ञानु पौडेलको अध्यक्षता तथा नमुना एकिकृत विकास परिषद का कार्यक्रम संयोजक अमृता अधिकारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नमुना एकिकृत विकास परिषदको आयोजना र युनिसेफ फिल्ड अफिस रुपन्देहिको सहयोगमा अभिमुखिकरण कार्यक्रम जिल्लाको तौलिहवामा सम्पन्न भएको हो ।

स्ववियु सिद्धार्थ क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम

स्वतन्त्र विद्यार्थि युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सवारि दुर्घट्ना बढेको भन्दै त्यसको न्युनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोना गरिएको हो । उक्त सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रहरि नायव निरिक्षक माधव प्रसाद पन्थिले सहि तरिकाले ट्राफिक नियम पालना नगरेकाले सवारि दुर्घट्ना बढेको बताए ।

सडकमा राखिएका साङ्ेतिक चिन्हरुको पालना कसरि गर्ने, चालकहरुले दिने सङ्केतको ख्याल कसरि गर्ने, सर्वसाधारणहरले बाटो काट्दा ख्याल गर्नुपर्ने कुराहरुको वारेमा स्पष्ट पारेका थिए । विद्यार्थिहरुले ट्राफिक सम्बन्धिका नियमहरुबारे विभिन्न जिज्ञासाहरु राखेका थिए । स्ववियु सभापति सुशिल खत्रिको अध्यक्षता, क्याम्पस प्रमुख वालाराम ज्ञवालिको प्रमुख आतिथ्यता तथा दिनेश चौधरिको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ४०० जना विद्यार्थिहरुको सहभागिता रहेको विद्यार्थि नेता विष्णु घिमिरले वैखरिलाई जानकारि दिए ।

साप्ताहिक राशिफल,असोज १४ देखि असोज २० सम्म

साप्ताहिक राशिफल
असोज १४ देखि असोज २० सम्म

मेष – चु, चे, चो, ला, लिई, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा बोलीको प्रभावले बोलीको प्रभाव देखिनेछ तर धेरै बोल्ने बानीले भने विवाद निम्त्याउन सक्छ। नयाँ अवसरहरू जुट्नेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। साताको मध्यबाट भने प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। साताको अन्त्यदेखि आफन्तहरूको सहयोग प्राप्त हुनेछ भने धेरै काम हरू पनि सहज हुनेछन्। बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मिहिनेतले भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। जोस पराक्रम बढ्नुको साथै नेत्रित्वदायिक भूमिका थपिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम हुनेछन्। प्रारम्भको दिनमा नयाँ सोच एवं जिम्मेवारीले सताउन सक्छ भने केही मनमा चिन्ताहरू पनि बढ्न सक्छन्। व्यक्तित्व विकाशको लागि शुभ समय रहेको छ भने साताको मध्ये देखि जोस जागर हरू पनि बढ्दै जानेछन्। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। आँटले लक्ष्यमा पुर्‍याउन सक्छ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने हुनेछ। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्‍याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। साताको अन्तिमतिर भने लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। एकाग्रतामा भने कमी आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केही तनावमय गराउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डी, डु, डे, डो (Cancer)
– साताको प्रारम्भ भने उत्साहवर्द्धक नै रहनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। सोमवारपछि आयस्रोत कमजोर हुनेछ भने खर्चको मात्रा बढ्नेछ। चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साताको मध्यदेखि भने समय राम्रै रहला। बौद्धिक व्यक्तिहरू सँग भेटघाट रहला। मान सम्मान को योग रहेको छ भने अन्त्यतिर प्रशस्त धन लाभ पनि हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने अवसर मिल्नेछ। मध्येदेखि पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। व्यापार व्यवसाय वा कार्यालयको कामले केही अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। पराक्रम र जोस जागर बढ्नेछ भने दिगो कामको थालनी पनि हुनेछ, अनावश्यक विवाद मा भने समय खेर नाफाल्नुहोला। तर्क शक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

कन्या – टो, प, पी, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। जिम्मेवारी प्राप्त भए पनि अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले सङ्घर्षको पथमा हिँडाउन सक्छ। केही अप्रत्याशित उपहारहरू प्राप्त हुनेछन्। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। परिस्थिति सङ्घर्षमाया रहे पनि दिगो काममा हात हाल्न भने सकिनेछ। सप्ताहान्तमा यात्रा हुन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ती, तु, ते (Libra)
– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ भने केही चुनौती हरू पनि देखिनेछन्। कार्यहरूमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। रमाइलो यात्राका बिचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साताको मध्यदेखि स्थितिमा सुधार आउनेछ। सानो अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि भने सजग रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यी, यु (Scorpio)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। साताको मध्यदेखि भने अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।

धनु – ये, यो, भ, भी, भु, ध, फा, ढ, भे (Sagittarius)
– आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न होला। सतर्कता अपनाउनुहोला। साझेदारीबाट केही अप्ठ्यारो महसुस हुन् सक्नेछ। रमाइलो यात्रा गर्ने असवर प्राप्त हुनेछ। रमाइलो परिस्थितिलाई वादविवादले असर पुर्‍याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। परिबन्धले समस्या उब्जाए पनि सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्।

मकर – भो, ज, जी, खि, खु, खे, खो, गा, गि (Capricorn)
– आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। सप्ताहको मध्ये देखि यात्राको प्रक्रियामा समय र धन खर्च हुन सक्छ तर पनि व्यापार र उद्योगमा भने केही लाभ नै हुनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मिहिनेतले चिताएको काम बन्नेछ। साताको अन्त्य तिर भने पेट को समस्याले सताउन सक्छ, खानपिनमा ध्यान पुर्‍याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सी, सु, से, सो, द (Aquarius)
– अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्‍याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। दिगो फाइदा हुने काम सुरु होला। बिहीबारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। जोगिएर काममा जुट्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– जोस र जागर बढ्नेछ भने ठुलै काममा हिम्मत दिलाउनेछ। ठुलै काममा हिम्मत दिलाउनेछ। धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ भने कुनै मांगलिक कार्य वा समारोहमा सहभागी हुने अवसर जुट्नेछन्। आफ़न्तसगको भेटघाटले मन आनन्द तुल्याउनेछ। जोस जागर सहित नयाँ कार्यको सुरुवात हुनेछ। व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त गर्न सकिन्छ। केही अवसरहरू पनि जुट्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। वादविबादाले भने समय नष्ट गर्न सक्छ, बोलीमा नियन्त्रण राख्नुहोला।

युवा ज्योतिषी राजकुमार आचार्य
ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
पोखरा-१७ बिरौटा
9846514305

दिनमा कति घन्टा सुत्ने ?

स्वस्थ सुत्ने विषयको प्रसङ्ग आउँछ, हरेकको दिमागमा एउटा प्रश्न आउँछ । कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । कतिपय मान्छे ६ घण्टा सुत्नु सबै भन्दा राम्रो हुन्छ भन्छन् भने कतिपय ८ घण्टा । अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेसनले हालै गरेको एक अध्यनले मानिसको उमेर अनुसार निद्राको जरुरत फरक फरक हुने देखाएको छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्न समय सुत्नुपर्छः

नवजात शिशु (तीन महिनासम्मको) हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

१देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ

स्कुल जाने उमेर नपुगेका भएका बालबालिका (तीनदेखि पाँच वर्ष) दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।

स्कुल जाने बालबालिका (६ देखि १३ वर्ष उमेर) का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।

किशोरकिशोरी (१४ देखि १७ वर्ष ) किशोर किशोरी हरेक दिन ८देखि १० घन्टा सुत्नुपर्छ ।

१८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।

२६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।

६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।

गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ

कपिलवस्तुमा १ करोड बढीको अबैध मालसामान बरामद

हिन्दुहरुको महान चाड दशै तिहार नजिकिएसंगै प्रहरीले चोरी तस्कारी नियन्त्रकालागि नाकाहरुका बिशोष निग्रानी थालेको छ । प्रहरीले नाकामा सििक्रयता बढाएसंगै तस्कारीमा न्युनीकरण आएको प्रहरीले जनाएको छ । प्रहरीले कडाई गरे पछि भन्सार राजूस्वमा बृद्धि भएको छ । यस्तै अबैध मालसामान समेत बरामद हुनेक्रम पनि बढेका प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले चार महिनाकमो अवधिमा १ करोड बढीको अबैध मालसामान बरामद गरेका छ । भारतकोबाट निकासी गरीरहेको अवस्थामा पक्राउ गरी सो मुल्य बराबरको मालसामान भन्सार चलान गरेको हो । जिल्ला प्रहरी कार्यालयद्धारा तौलिहवामा आयोजित पत्रकार सम्मेन गरी प्रहरी सो तथ्यांक सार्बजनिक गरहेको । प्रहरी अनुसार भन्सार छली गरी ल्याईएका लत्ताकपडा, ईलेक्ट्रोक्सि सामान, केरानाका सामान लगायतका बरामद गरिएको हो । प्रहरी निरिक्षक गोबिन्द रावलले जिल्लामा प्रहरी उपरिक्षक मनोज कुमार यादव आए सगै सो मुल्यका सामाग्री र चौपाया भंसार बुझाईएको जनाए ।

यस बर्षको जेठ देखी अहिले सम्म ९० लाख ९१ हजार २ सय ३ रुपैयाका भंसार छलीका सामाग्री र २२ लाख ४० हजार मुल्यका अबैध रुपमा भित्राईएका चौपाया भंसार बुझाईएको जनाईएको हो । सो सगै सिमा क्षेत्रबाट भित्रिएका ८ लाख ८८ हजार ५ सय मुल्यका चल्ला र कुखुरा बरामद गरि नष्ट गरिएको, २ लाख ७२ हजार १ सय ७ रुपैया बराबदको काठ बरामद गरि वन कार्यालयमा बुझाईएको र ३७ हजार ३ सय ७० बराबरको अबैध मदिरा बरामद गरि नष्ट गरिएको रावलले जनाए । सोही अबधीमा मोटरसाईकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ गरि २ थान स्कुटी सहित २९ मोटरसाईकल बरामद गरिएको, लागु पदार्थ सहित २५ व्यक्तिलाई नियन्त्रणमा लिईएको तथा बिभिन्न मुद्दाका १५ फरार प्रतिबादी नियन्त्रणमा लिईएको उनले जनाए । ‘ प्रहरीले ६३ किलो मिटरको सीमा नाकामा बिशेष अभियान चलाएको छ ’ प्रहरी उपरिक्षक मनोज यादवले भने ‘ जसले गर्दा भन्सारको राजस्ूव समेत बढेको छ ’ । सीमा नाकामा निग्रानीकालागि १३ वटा प्रहरी चौकी छन ।

सबै चौकीहरुलाई तस्कारी नियन्त्रणकालागि कडा निर्देशन दिईएको उनले बताए । बिशेषगरी कृष्णनगर नाका, सुठौली, चाकरचौडा लगयतका एक दर्जन नाकाहरुमा निग्रानी बढाईएको उनले बताए । नेपाल प्रहरी सहितका सुरक्षा निकायको सक्रियताकै कारण कृष्णनगर भंसारलाई गत आर्थिक बर्षमा दिर्ईएको भंसार लक्ष्यको डेढ गुणा बढि भंसार राजश्व संकलन भएको प्रहरी उपरिक्षक मनोज कुमार यादवले दावी गरे । जिल्लामा ६३ किलो मिटर खुल्ला सिमा रहेको अवस्थामा सबै अवस्थामा प्रहरी पुग्न नसक्ने भएकाले नागरिकस्तरको पनि सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

दुध बेचेर फेरीएको जिन्दगी

२०६८ सालमा कपिलवस्तुको चार नः जितपुरमा शितल डेरी खोली दुध बोक्ने काम सुरु गरेका दिनेश कुमार मरासिनि अहिले पाएको सफलता सोचेका पनि थिएनन । त्यतीबेला डेरी खोल्दा सय, दुई सय लिटर दुध भए त कति राम्रो हुन्थ्यो भनी सोच्ने गर्थे । २०६९ सालतिर सापकोटा मिष्ठान्न भण्डारको नामबाट जिल्लाको चार नम्बर तौलीहवा रोडमा मिठाइ पसल सञ्चालन गरे । सञ्चालन डेरी खोलेपछि उनी सुरुमा ५ लिटर दुध लिन ८ किलोमिटर साइकलमा चढेर नन्दनगर राजपुर भडसडवा पुग्ने गरेको कुरा हिजा जस्तै लाग्ने गरेको उनी बताउँछन । उनले अहिले दैनिक ५०० लिटर बढि दुध जम्मा गरी बेच्ने गरेका छन । बाणगंगा नगरपालिकाको नन्दनगर, राजपुर ,जितपुर, पिपरा, गोवडिहवा , ठाकुरापुर, गजेहडा, झुगा, बुङची क्षेत्रबाट उनले अहिले दुध जम्मा गरी बेच्ने काम गरेका छन । मिठाई पसल पनि रहेकोले बाकी सबै दुध मिठाइ बनाउन प्रयोग हुने र कहिलेकाही त मिठाइ बनाउन अन्य डेरीबाट दुघ मगाउनु पर्ने उनी बताउछन । उनले घरघर गइ ल्याएको दुध लिन बिहान पाच बजेबाट पसलमै भिड लाग्ने गरेको छ ।

दैनिक बिहान ४ बजे उठेर उनी करिव ७÷८ किलोमिटर टाढासम्म दुध लिन जाने गर्छन । सुरुका बर्ष साइकलमा दुध बोक्ने उनी मोटरसाइकलमा तथा अटोरिक्साको प्रयोग गरि दुध बोक्ने गरेका छन । यसमा पाएको सफलताकै कारण उनले चार जना कामदार समेत बिभिन्न ठाउबाट दुध ल्याउन राखेका छन । हाल चारजना सहित बाणगंगाका बिभिन्न क्षेत्रबाट बिहान चारबजेदेखि १० बजेसम्म दैनिक ६ घण्टा घरघर गई दुध ल्याउने गरेका छन । घरघरबाट त्यसरी ल्याइने करिव २ सय लिटर दुध बाटोमै बिक्रि हुने गरेका उनी बताउछन । घामपानी नभनी यसरी दैनिक ६ घण्टा दुध घरघर गई ल्याउने र बेच्ने काम गाह्रो रहेको बताउदै यही बसेर मासिक सबै खर्च कटाएर ५० हजार बचत हुने गरेको उनी बताउछन । बिहान दैनिक साइकल लिएर त्यती टाढासम्म गएको अस्ती जस्तै लाग्ने गरेको बताउदै आफुले यसलाई कहिल्यै भुल्न नसक्ने बताइएको छ । उनी कहाँ कामदार दुध उठाउने चार जना अन्य तीन जना पसलमा गरी जम्मा जम्मी सात जनाले रोजगारी समेत पाएका छन । उनी कहाँ काम गर्ने सात जनामध्य तीन जना भारतका कामदार रहेका छन । दिर्घकालिन समयसम्म काम गर्न नसक्ने भएकाले भारतबाट कामदार ल्याउनु परेको उनी बताउछन । नेपाली कामदार पाइएता पनि टिक्नै नसक्ने भएकाले आफुले भारतबाटनै कामदार ल्याउने गरेको बताउछन । आफु र कामदार भई घरघर गई दुध ल्याइदिदा यस क्षेत्रकका कृषकलाई समेत सहज भएको छ । यसरी घरघर आई दुध लिएर जादा आफुलाई निकै सहज भएको बाणगंगा ४ ठाकुरापुर निवासि प्रदिप पौडेलले बताए । पहिला पहिला ७÷८ किलोमिटर हिडेर डेरीमा लाइन लागेर दुध बेच्ने गरेको बताउदै घरमै आइ दुध लिएर जाने पनि जमाना आउला भनेर आफुले नसोचेको उनले बताए । उनका एक श्रीमति र दुई छोरी रहेका छन । छोरीहरु मध्य एक कक्षा ११ र एकले स्नातक तह द्धितिय बर्ष अध्ययन गदै छन । सुरुका दिनहरु निकै गाह्रो भएको बताउने उनले अहिले कामदार राख्न सक्ने अवस्था आएकाले पनि सहज हुने गरेको उनले बताए । घरघरमै गई दुध ल्याउदा कृषकहरुलाई समेत निकै सहज हुने गरेको उनको बुझाई छ । कृषकहरुले नापेर दुध दिई सकेपछि घरमै राखीएको डायरीमा के कति दुध दिएको भनी लेख्ने कृषकलाई चाहीदा पैसा घरमै दिने गरेको उनले बताए ।

कपिलवस्तुमा बसपार्क बन्ने आशमा सार्वजनिक शौचालय बर्षौदेखि प्रयोगबिहिन

कपिलवस्तुको बाणगंगा चार नम्बर जितपुरमा रहेको सार्वजनिक शौचालय उपयुतm स्थानमा नहुदा प्रयोगबिहिन भएको छ । चार नम्बर जितपुरको सडक छेउमा हुनु पर्ने सार्वजनिक शौचालय सडक भन्दा करिव १ किलोमिटर पश्चिम पुर्व बुद्धरगंशाला क्षेत्रमा भएकाले प्रयोगमा नआएको हो । बि.स. २०६९ सालमा सिद्धार्थ नगर बिकास समितिको पहल र बाणगंगा गाउ बिकास समितिद्धारा निर्मित उतm सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउने प्रति खासै कसैको ध्यान जान नसकेको हो । यस बिषयमा समितिमा छलफल गरी फेरी एक पटक सम्बन्धीतसबै निकाय तथा सरोकारवालासग बसेर छलफल गरी बसपार्क बनाउन तर्फ पहल गर्ने सिद्धार्थ बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताएका छन । उतm स्थानमा सो समयमा बस पार्क बनाउने उदेश्यले सिद्धार्थ नगर बिकास समितिद्धारा सार्वजनिक शौचालय बनाएर कामको सुरुवात भएको थियो । पछि यस बिषयमा अन्य क्षेत्रबाट कसैले चासो नदेखाएपछि यो काम अगाडी नबढेको सिद्धार्थ नगर बिकास समितका महासचिव अमित पौडेलले बताए । बसपार्क बन्ने भयो भनेर सो समय यस क्षेत्रका सर्वसाधारण समेत खुशी भएका थिए । त्यसपछि जितपुर बजारमा आएका सर्वसाधारण यात्रुलाई उतm सार्वजनिक शौचालयमा गई शौच गरी फर्किदा करिव २० मिनेट भन्दा बढि समय लाग्ने गरेको स्थानिय हर्क बहादुर क्षेत्रीले बताए । बाणगंगा नगरपालिकामा बसपार्क नहुनु र भएको सार्वजनिक शौचालय पनि प्रयोगमा नआउनु बाणगंगा नगर बासीको प्रतिष्ठाको बिषय भएको उनले बताए ।

बालगृहमा सुलभ शौचालय

अनाथ र असहाय बालकलाई संरक्षकत्व प्रदान गर्दै आएको कपिलवस्तु बाल गृहमा सुलभ शौचालय निर्माण कार्य सम्पन्न भएको छ । बाल गृहका आश्रित बालकका लागी वास परियोजना, कपिलवस्तु नगरपालिका र कपिलवस्तु बाल गृहको लगानीमा बालमैत्री तथा अपाङ्गतामैत्री सुलभ शौचालय निर्माण पुरा भएको हो ।
शौचालय निर्माणमा वास परियोजनाको २ लाख ९५ हजार २ सय ४७, कपिलवस्तु नगरपालिकाको ३ लाख ५२ हजार ८ सय ६० र नेपाल बाल संगठनको २ लाख ६३ हजार ७ सय २० गरि कुल ११ लाख ११ हजार ८ सय २८ रूपैयाँमा सुलभ शौचालय निर्माण सम्पन्न भएको हो । एक कार्यक्रमका बिच कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले रिबन काटेर सुलभ शौचालयको उद्घाटन गरिन । सरसफाई र स्वाच्छतालाई ध्यानमा राख्दै कपिलवस्तु नगर क्षेत्रलाई स्वच्छ र सरसफाई युक्त बनाउन आफुहरू प्रतिबद्ध रहेको बताईन । खुला दिशा मुक्त अभियानलाई सफल पार्न ढिलाई गर्न नहुने बताउदै अभियान सफल पार्न उनले नगरका वडा अध्यक्षहरूलाई ध्यानाकर्षण गराइन् । शौचालय निर्माणमा आफूहरू केहि पछि रहेका अवस्थामा अब नगरकै प्रतिष्ठामा प्रश्न चिन्ह खडा भएकाले स्वच्छता र सरसफाई अभियानलाई आफूहरूले द्रुत रूपमा अघि बढाउने कपिलवस्तु नगरपालिका–२ का वडा अध्यक्ष रामभजन कलवारले बताए । बाल गृहमा बालमैत्री तथा अपाङ्गतामैत्री सुलभ शौचालय निर्माणले संस्थागत सरसफाईलाई प्रोत्साहन गरेको बाल संगठनकी सदस्य ईन्दिरा भट्टराईले बताईन । सरकारको सरसफाई गुरुयोजनामा एक घर एक शौचालय सगै संस्थागत शौचालयको व्यवस्थालाई अंगिकार गरेको बासका जिल्ला सल्लाहकार बिपीन पौडेलले बताए ।

पूर्वाधारको निरीक्षण गर्दै प्रदेश पदाधिकारी

मंसिर २१ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको काम तिब्र गतिमा भैरहेको छ । नेपालगंजसहित पाँच नम्बर प्रदेशका विभिन्न स्थानहरूमा आयोजना हुने प्रतियोगिताको लागि स्थानीय आयोजकलाई छोटो समयमा धेरै र गुणस्तरीय पूर्वाधार निर्माण गर्नुपर्ने चुनौती आइपरेको छ । दाङ्ग, बाँके, बर्दिया, रूपन्देही, कपिलबस्तुमा प्रतियोगिताहरू संचालन गर्ने गरि पूर्वाधारको काम भैरहेको प्रदेश नं. ५, खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बताए । आवश्यक पूर्वाधार निर्माणको कामसंगै गुणस्तरलाई समेत ध्यान दिएको उनले बताए । ‘बजेटको कामलाई प्रभावकारी र दिगो बनाउन निरन्तर अनुगमन गरिरहेका छौं,’ उनले भने । सबै कामहरू तिव्र गतिमा भैरहेको उनले बताए । प्रतियोगितामा कुल ३५ खेलहरू हुने छन् । रूपन्देहीमा लन टेनिस कोर्ट, बडिबिल्डिङ्ग र तेक्वाण्डो प्रतियोगिता हुने पक्का भएको उनले बताए । लन टेनिस कोर्ट निमार्ण गर्न ७० लाख, कञ्चन गाउँपालिकाको झुमावार खेलमैदानमा १५ लाख र भैरहवाको खेलकुद कवर्ड हल मर्मत गर्न ९ लाख बजेट खर्च भैरहेको उनले बताए ।
ईन्जिनियर कार्म बहादुर शाहीले पूर्वाधारको करीब ५० प्रतिशत काम पुरा भएको बताए । ‘नेपालगन्ज रंगशालामा पौडी पोखरी निर्माण सकिएको छ,’– उनले भने । यसैगरि सुटिङ्ग रेन्ज र भारोत्तोलन एकेडमीको काम अन्तिम चरणमा रहेको उनले दाबी गरे । कोहलपुर क्रिकेट खेल मैदान बर्दिया गुलरियास्थित कवर्ड हल र खेल मैदान, बाकेको कारकादोमा जुडो, सितापुरमा भलिबल स्टेडियमको काम तिव्र गतिमा भैरहेको उनले बताए ।
‘आठौको लागि श्रोत सुनिश्चितता अन्तर्गत १२ करोड ४१ लाख ७९ हजार बजेट आएको हो,’– उनले भने । देशभरका १२ जिल्लाका २९ स्थानमा पूर्वाधार निमार्णमा यो बजेट खर्च भैरहेको उनले बताए । काठमाडौं, झापा, रूपन्देही, कास्की, मकवानपुर, कञ्चनपुर, नुवाकोट, बाँके, बर्दिया, पाल्पा, दाङ्ग र कपिलबस्तु जिल्लामा पूर्वाधार बनिरहेको छ ।
पाँच नम्बर प्रदेशको राजधानी रूपन्देहीमा समेत धेरै खेलहरू हुने सम्भावना रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले बताए । ‘हामीले १२ खेल आयोजना गर्ने प्रस्ताव गरेका छौं,’– उनले भने । क्रिकेट, बक्सिङ्ग, मार्शल आर्ट, लन टेनिससहितको १२ खेल आयोजनाका लागि सक्षम रहेको जानकारी दिएको भन्दै उनले रूपन्देहीमा पूर्वाधारको समस्या नहुनेसमेत दाबी गरे । अधिकांश ईन्डोर खेलहरू भएकाले अधिकांश खेलहरू गर्न सकिने उनले दाबी गरे । आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट हात्तिको छावा छनौट भएको छ । युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीले मस्कट सार्वजनिक गरेका हुन् ।

बलात्कारका मुद्दा फास्ट ट्र्याकबाट सुनुवाई हुदै

१२ असोज, काठमाडौं । बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अगाडि बढाउन थालिएको छ ।‘फास्ट ट्र्याक कोर्ट’ बनाउन छुट्टै ऐन चाहिने भएकाले महान्यायाधिवक्ता अग्नि खरेलले छिटो न्या दिलाउन निर्देशन दिएका हुन् । खरेलको निर्देशनमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ‘फास्ट ट्र्याक कोर्ट’मा जस्तै मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

बलात्कार तथा जघन्य अपराधका पीडितलाई तत्काल न्याय दिन तथा दोषी उम्किन नदिन निरन्तर सुनुवाइमा जाने निर्णय भएको सरकारी वकिलको कार्यालय काठमाडौंका अध्यक्ष सूर्यराज दाहालले बताए ।

शुक्रबारै बलात्कारका दुई मुद्दा जिल्ला अदालत काठमाडौंमा लगिएको उनले बताए ।

महान्यायाधिवक्ता खरेलको निर्देशनपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश, सरकारी वकिल र प्रहरी अधिकारीहरुको बैठक बसेको थियो । मुख्य जिल्ला न्यायाधीश रमेशराज पोखरेल, सरकारी वकिल कार्यालका अध्यक्ष दाहाल, मुद्दाको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान व्यूरोका डिआइजी नारायण खड्का र प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाबीच छलफल भएपछि द्रूत न्यायको अभ्यास थालिएको हो ।

अब बलात्कार तथा जघन्य अपराधको मुद्दा अदालतमा पेश गर्दा साक्षी पनि सँगै पेश गर्ने र बकपत्र पनि लिइने दाहालले बताए ।

जबरजस्ती करणी, भेदभाव तथा अपमानजन्य व्यवहार, गर्भ संरक्षण, व्यक्ति बेपत्ता पार्ने कार्य र अपरहण तथा शरीर बन्धक पार्ने कसूरविरुद्धका मुद्दामा निरन्तर सुनुवाईको व्यवस्था गर्न महान्यायाधिवक्ता खरेलले निर्देशन दिएका छन् ।

ओली र प्रचण्डले धोका दिएको भन्दै माधव नेपालले बोलाए स्थायी कमिटी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै स्थायी कमिटी सदस्यहरुको राय संकलन गर्ने भएका छन् ।

पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुबै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अश्वीकार गरेका छन् ।

नेपालले शुक्रबार अपरान्ह बानेश्वरमा स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् । आफूसँग भएको सहमति विपरीत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट एकलौटी निर्णय गरेको भन्दै नेपालले सो निर्णय कार्यान्वयन गर्न नहुने अडान राखेका छन् ।

नेपाल अफ्रिका भ्रमणमा रहेका बेला ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन भएका थिए । सो निर्णय परिपत्रमार्फत कार्यान्वयनमा समेत पठाइसकिएको छ ।

नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् । आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो ।

नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई आन्तरिक छलफलका लागि बोलाएको केन्द्रीय सदस्य विष्णु रिजालले पुष्टि गरे ।

सचिवालयको निर्णयमा आपत्ति

नेपालले आफू विदेश जानुअघि दुबै अध्यक्षसँग सल्लाह गर्दा प्रदेश कमिटीबारे सचिवालयले प्रस्ताव तयार गर्ने र स्थायी कमिटीबाट प्रदेश कमिटी गठन गर्ने सहमति भएको बताएका छन् ।

सचिवालयबाट निर्णय हुँदा चीनमा रहेका नारायणकाजी श्रेष्ठले विदेश जानुअघि प्रदेश कमिटीका बारेमा निर्णय गर्ने हो भने आफ्नो विदेश भ्रमण रोक्ने जानकारी दुवै अध्यक्षलाई गराएका थिए । तर, श्रेष्ठलाई अहिले निर्णय नहुने अध्यक्षद्वयले बताएका थिए ।

दुवै अध्यक्षबाट धोकापूर्ण ढंगले काम भएको भन्दै नेपालले स्थायी कमिटी सदस्यहरुसँग आफ्नो असहमति राख्न लागेको नेकपाका एक नेताले बताए । स्थायी कमिटीको अधिकार खोसेर विधान विपरीत सचिवालयमार्फत दुई अध्यक्षले आफूखुसी गर्न थालेको आरोप नेपालको छ ।

डा. गोविन्द केसीले मागे शिक्षामन्त्रीको राजीनामा

चिकित्सक डा. गोविन्द केसीले शिक्षामन्त्री गरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी उनले आफ्नो १५ औं अनशनका क्रममा प्रधानमन्त्रीसँग भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकमा अवरोध गरेको भन्दै शिक्षामन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्री नै प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैरजिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय हुन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

डा. केसीले चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा पनि विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले आफूसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनले बताएका छन् । जनप्रतिनिधिले जनताका लागि बनाउनुपर्ने वृहत्तर जनहितका नीति नियम बनाउन अझै पनि आफूले लडेर बनाउन बाध्य गर्नुपर्ने अवस्था लज्जाजनक भएको केसीको भनाइ छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ

रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए ।
छात्र परियारको प्रमाणपत्रमा जन्म मिति फरक परेकामा नसच्याइएपछि भेरी कम्प्युटरका सञ्चालन पुनलाई नयाँ बनाइदिन उनले आग्रह गरेका थिए ।

सञ्चालक पुनले नयाँ बनाइएको प्रमाणपत्रको रकम लिई आफ्नो कम्प्युटरमा नयाँ प्रमाणपत्र बनाइ प्रधानाध्यापकको सहीसमेत आफै गरेको पाइएको उनले बताए ।

अभियुक्त दुबैलाई कानून बमोजिम कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यहाँ यस्ता किर्ते प्रमाणपत्र बनाउनेको बिगबिगी बढेकाले प्रहरीले निगरानी गर्दै आएको छ ।

नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा

‘रेबिज बारे जनचेतना फैलाऔँ, अमूल्य जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी रेबिज विरुद्धको दिवस मनाइँदै छ । रेबिजले मानिसमा पार्ने प्रभावका बारेमा जनचेतना अभिवृद्धि गर्न, जोखिममा रहेकाहरूलाई रोकथामका बारेमा सूचना, सल्लाह र सेवा प्रदान गर्न तथा रोग नियन्त्रणका लागि आवश्यक वकालत गर्दै रेबिजविरुद्धको दिवस मनाइँदैछ ।

विश्वमा हरेक वर्ष रेबिजले ५९ हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालबालिका पर्छन् । विश्वभरीमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेका छ ।

रेबिजमा नेपालको अवस्था 

विशेषगरी नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको  समस्या बढी देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोथ नियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा रहेका छन् । यस्तै एक चौथाइ मध्ययम जोखिममा रहेको जनाएको छ ।  महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै २६ हजार ३ सय १२ जनालाई कुकुरले टोकेको थियो । यस्तै २ हजार २ सय २ जनालाई अन्य जनावरले टोकेको थियो ।

२८ हजार ५ सय १४ जनालाई रेबिज लाग्नसक्ने अशङ्का गरिए पनि २ लाख ८१ हजार ७ सय १८ भायल रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य सेवा विभाग जनाएको छ ।

कसरी लाग्छ  रेबिज ?

रेबिज लाइसा नामक स्नायुमा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा हुने रोग हो । यो भाइरसबाट सङ्क्रमित जनावरको र्यालबाट घाउको बटो हुँदै शरीरभित्र छिरेर नसाको माध्यमले मस्तिष्कसम्म पुग्दछ । यो भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउने, घोचे, पोले जस्तो हुने र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा नसाहरू सुनिन्ने हुन्छ । यो रोगबाट प्रभावित व्यक्तिका क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या आई मूत्यु हुन्छ ।

रोकथाम 

रेबिज रोग लागेपछि उपचारको कुनै पनि विकल्प छैन । रेबिज लागेपछि मानिसको मृत्यु निश्चित छ ।  सावधानी अपनाइयो भने यसलाई शतप्रतिशत रोकथाम गर्न सकिन्छ ।

एकै परिवारका चार दृष्टिविहिन : अँध्यारो जीवन, उज्यालो भविश्य

रुपन्देहीमा एउटा यस्तो टोल छ, जसमा करिब ३५ घरपरिवार बसोवास गर्छन् ।  टोलमा रहेको एक घरमा बाहेक अरु सबै घरमा सपाङ्ग छन् ।  तर, एउटा घरका चारजना सदस्य भने दृष्टिविहिन छन् ।

टोलमा ६ घरका सदस्यले स्नातकमाथि पढेका छन्  बाँकी सबै घरमा बढीमा माध्यामिक तहसम्म पढेका सदस्य छन् । टोलका एकै परिवारका चारजना दृष्टिबिहिनहरु पनि उच्च शिक्षाको उकालो लाग्दैछन् ।

रुपन्देहीको मायादेवी गाउँपालिका–४ रमवापुरको बस्छन् उनीहरु । भैरहवा हुँदै जानुपर्छ दृष्टि विहिनहरुको घरमा । भैरहवाबाट ११ किलोमिटर हिडेपछि वेथाडी टोल आउँछ । त्यहाँबाट पनि ५ किलोमिटर अघि बढ्दा रिल्यान्स कम्पनीको फ्याक्ट्री आउँछ । त्यही नजिकै छ– चारजना दृष्टि विहिनहरुको घर ।

परिवारका सदस्यहरु विभिन्न शहरमा अध्ययनमा भएकोले उनीहरु चारैजनाको एकै साथ तस्वीर खिच्न सकिँदैन । दशैं, तिहारजस्ता पर्वमा भने उनीहरुको जमघट हुन्छ ।  ६० बर्षीय गोपी बानियाँको घर हो त्यो । उनले दृष्टिविहिन मालती बानियाँलाई विवाह गरेका थिए । मालती सानो छँदा आँखा देख्थिन् । तर, केही बर्ष नपुग्दै उनी पूर्णरुपमा दृष्टिविहिन भईन् ।