तातोपानीमा बन्दरगाह निर्माण तीव्र,

लार्चा (सिन्धुपाल्चोक) — चिनियाँ ठेकेदारले बाह्रबिसे तातोपानीको लार्चामा सुक्खा बन्दरगाहको निर्माणलाई तीव्रता दिएको छ । भूकम्पपछि रोकिएको निर्माणले तीव्रता पाएको हो । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामा पूरा गर्ने लक्ष्य राखेर निर्माण अघि बढाएको छ ।

अहिले बन्दरगाहको बिल्डिङ, रङरोगन, कम्पाउन्डलगायतको काम गरिरहेको छ । ‘बन्दरगाहको झन्डै ६० प्रतिशत काम सकिएको छ,’ सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालले भने । उनले बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ, बन्दरगाह जोड्ने पुलको निर्माण थालेको जानकारी दिए ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको तातोपानी लार्चास्थित सुक्खा बन्दरगाहको संरचनाको निर्माण तीव्र । चिनियाँ रेलवे कन्ट्रक्सन ग्रुप (सीआरसीसी) ले आठ महिनामै काम सक्ने लक्ष्यका साथ बन्दरगाहको कार्य गरिरहेको छ ।

ठेकेदार कम्पनीका अनुसार ७ एक्साभेटर, १० वटा टिपरलगायत अत्याधुनिक उपरकणद्वारा प्रयोग गरेर बन्दरगाहको निर्माण भइरहेको छ । नेपाली र चिनियाँका ४५ कामदार दैनिक काममा छन् । बन्दरगाहको एक वर्षमै हस्तान्तरण गर्ने योजना बनाएको उनले जनाए । बन्दरगाहको मुख्य कार्यालय, भन्सार यार्ड, क्वाटरलगायतका प्रमुख संरचना क्षतिग्रस्त छन् । पहिलेको संरचनालाई सम्भार गर्दै थप पुनर्निर्माणको कार्यलाई गति दिइएको छ ।

भूकम्पले क्षतिग्रस्त कोदारी राजमार्ग सीआरसीसीले चाँडै बन्दरगाह सकेर सडक स्तरोन्नति गर्नका लागि कार्ययोजना बनाएको छ । गत भदौ १७ मा भाइस सेक्रेटरी जनरल अफ गभर्मेन्ट अफ टिबेट अटोनमस रिजनकी छुङलीउसहितको टोलीले बन्दरगाहको कार्य र सडक निरीक्षण गरेको थियो । छुङलीउले चाँडै र राम्रोसँग बन्दरगाहको कार्यलाई सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । भोलिपल्ट बसेको बैठकले भौतिक संरचना पूर्ण रूपमा तयार भए नाका खुल्ने आश्वासन चीनले दिएको थियो । बन्दरगाहको कार्य सकिने अवस्थामा पुगे पनि अन्य संरचनाको अवस्था भने जीर्ण छ ।

‘नाका खोल्न बन्दरगाह बनाइएको हो कि भन्ने लागेको छ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले भने, ‘सरकारले सडक निर्माणमा जोड दिनुपर्‍यो । खण्डहरमा परिणत भइसकेको बन्दरगाह चीनले बनाउन थालेपछि नाका खोल्ने संकेत देखेर उत्साहित भएको उनले सुनाए ।

चीनको आर्थिक सहयोगमा २०६९ पुसबाट निर्माण सुरु भएको बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । यसको लागत १ अर्ब २० करोडको रहेको छ । निर्माण थालेको २ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखे पनि जुरे पहिरो, भूकम्प र बाढीले रोक्दै आएको थियो । राजमार्गबाट बन्दरगाह जोड्न भोटेकोसीमा बनाइएको पक्की पुलको निर्माण अन्तिम चरणमा पुग्न लाग्दा २०७१ मा बाढीले बगाएको थियो । पुन: साउन १७ मा आएको जुरे पहिरो र ०७२ को भूकम्पले बन्दरगाहको निर्माण पूरा ठप्प बनाएको थियो ।

 

‘बाह्रबिसे–तातोपानी सडक खण्डअन्तर्गतको लिपिङदेखि बन्दरगाह जोड्ने सडक, पुल र अन्य संरचनालाई व्यवस्थित नगरे नाका सञ्चालन हुन सक्दैन,’ श्रेष्ठले भने । सीआरसीसी लागिपरेको छ । बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोस्ट, बैंक र आवासको निर्माण र मर्मत भइरहेके छ । प्रस्तावअनुरूप गोदाम घरमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । यस्तै सय टन सामग्री एकैपल्ट तौलिने यन्त्र बन्दरगाहमा राखिनेछ ।

गोली हानेर अध्यक्षको हत्या

सुनसरी — भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुईजनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थानस्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिँडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। बाटो छेक्ने प्रहरी माथि पनि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएकाछन्। घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएकाहुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन।

मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारकालागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

हत्यारा समात्न जिल्ला प्रशासनले सिमाना सिल गर्ने बताए पनि उनीहरु भारततिर भागिसकेको बताइएको छ।

‘ए’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको खेल ‘ड्र’अनुसार उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुनेछ । तेह्र चरणसम्म खेलाइने लिगका सबै ९१ खेलको तालिका सार्वजनिक गरिएको हो । गोलाप्रथाद्वारा सार्वजनिक गरिएको तालिकामा पहिलो राउन्डमा सातओटा खेल हुनेछन् ।

खेलतालिकाअनुसार असोज १४ गते ब्रिगेड ब्वाइज क्लबले मनाङ–मर्स्याङ्दी क्लबसँग तथा मच्छिन्द्र क्लबले च्यासल युथ क्लबसँग खेल्नेछन् । असोज १५ गते फ्रेन्ड्स क्लबले थ्रीस्टार क्लबसँग तथा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछन् । असोज १६ गते हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरीसँग तथा सरस्वती युथ क्लबले संकटा युथ क्लबसँग खेल्ने भएका छन् । दोस्रो चरणका खेलहरु असोज १९ गतेदेखि हुनेछन् ।

यो पटक लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौं हुने टोलीले सात लाख र छैटौं हुने टिमले पाँच लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले’ टिमले एक लाख पाउँदा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार दिनेछ भने ‘म्यान अफ दी म्याच’ले १० हजार रुपैयाँ पाउनेछन् ।

पाँच नम्बर प्रदेशको मुकाम बुटवलमा संविधान दिवसको अवसरमा प्रभातफेरि

पाँच नम्बर प्रदेशको मुकाम बुटवलमा संविधान दिवसको अवसरमा प्रभातफेरि गरिएको छ । पाँच नम्बर प्रदेश सरकारको आयोजनामा भएको प्रभातफेरिमा बुटवल उपमहानगरसहितका कार्यालयले समन्वय गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दरबार मार्गबाट सुुरु भएको प्रभातफेरिले बुटवल नगर परिक्रमा गरेको थियो । प्रभातफेरिमा पाँच नम्बर प्रदेशका सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बुटवल उपमहानगरसहितका विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए ।

प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा हुने विशेष समारोहमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संम्बोधन गरेका थिए ।
संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साँझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो ।

सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को विरोधमा चालकहरु आन्दोलित

सरकारले संसोधित गरेको सवारी तथा यातायात व्यावस्था ऐन २०४९ को बर्तमान संसोधित अवस्थामा केही व्याववस्थाहरु चालक र पचिालकहरुको हित विपरित भएकाले कपिलवस्तु लगाएत देशा भर का सवारी चालक हरु आन्दोलिंत भएका छन् । कपिलवस्तुका करिब एक हजार चालकहरुले सोमबार बाट शान्तिपुर्ण आन्दोलन गरिरहेका छन् । वर्तमान ऐनको ६३ देखि ७३ सम्म को अवस्था अनुसार परिचालक को लागी पनि अनुमति पत्र लिनुपर्ने व्यावस्था गरेको छ । तर बर्तमान संसोधित अवस्थामा पचिालकको अनिवार्य अनुमति पत्र चाहिने भएकाले गाडीमा सहचालक नै नपाइने जसले गर्दा संवन्धित निकायले चालकलाई सजायको दायरामा ल्याउने गरेकाले यो व्यवस्था तुरुन्त खारेज गर्न आवस्यक देखिएको ,चालकहरुले बताएका छन् ।

यस्तै उक्त ऐनमा सवारी चालक को कारणले गर्दा कसैको अङ्ग भङ्ग भएमा ३ वर्ष देखि १० वर्ष सम्मको कैद हुने उल्लेख रहेको छ । मानिस मरेमा हुने सजाय र अंग भंग भएमा हुने सजाय बराबर हुनु किमार्थ न्याय संगत नभएकाले ज्यान मारेको सजायको आधा सजाय हुन आवस्यक रहेको ,सडक का वरपर सार्वजनिक जग्गा छैनन् यस्ता ठाउंमा पार्किङ गर्दा ट्राफिकले सजाय दिने गरेकाले निश्चित समयको लागी पार्किङ गर्ने स्थानहरु करिब किलोमिटरको फरकमा छुट्याउने व्यावस्था गरियोस र सवारी दुर्घटना पश्चात प्रहरी प्रसाशन बाहेक अर्को एक निश्पक्ष छानविनका लागी खटाइयोस, बिना कारण जेल बसिरहेका चालकहरुको बारेमा पनि पुन छानविन गरियोस लगाएत का मागहरु प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमान्डौ ,गृह मन्त्रालय, भौतिक पुर्वधार तथा यातायात मन्त्रालय सिहंदरबार काठमान्डौ, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय काठमान्डौ र जिल्ला प्रसाशन कार्यलय कपिलवस्तुको तौलिहवामा विज्ञप्ती मार्फत जारी गरेका छन् ।

तेस्रो दिन पनि शान्तिपुर्ण आन्दोलन गरेको र आज सवारी चलाएका चालकलाई स्वागत गरि सम्झाएर गन्तब्य तर्फ फकाइएको साथै प्यावसन बोडिङ स्कुलका चालकले समेत एकेबद्धता जनाएकाले भोली रातो पेलेडका निजी सवारी साधन समेत रोक्ने र शिवराज नगरपालिका क्षेत्रमा ¥याली निकाल्ने नेपाल स्वतन्त्र सवारी चालक संर्घष समिति कपिलबस्तु ले जानाकारी दिएको छ ।

नेकपा क्रान्तिकारि माओवादि कपिलबस्तुद्धारा प्रेस विज्ञप्ति जारि सरकारको विरोध

नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारि माओवादि जिल्ला समिति कपिलबस्तुले आज एक प्रेस विज्ञप्ति जारि गर्दै संविधान दिवसलाई कालो दिनको रुपमा मनाएको घोष्णा गरेको छ । संविधानमासभा २ बाट जारि संविधानमा उल्लेखित गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक, र समावेशि जस्ता विषयहरु हेर्दा सकारात्मक देखिय पनि सारमा वर्तमान संविधान पुरानै वुर्जुवा संसदिय व्यवस्थाो प्रतिनिधित्व र हित गर्ने भएको हुँदा जसले सम्पुर्ण उत्पििडित वर्ग, जाति, क्षेत्र र लिङगका मुद्धाहरुलाई सम्वोधन गर्न नसकेको निश्कर्ष सहित वर्तमान सरकार जारि भएको दिलाई कालोदिनको रुपमा मनाउँने घोषणा गरिएको विज्ञप्तिमा उललेख गरिएको छ ।

वर्तमान सरकारले आफुलाई वाम र कम्युनिष्ट बनाउँने सरकराले भारतिय शाषक वर्ग संग आत्मसमर्पण गर्दै नेपाल राष्ट र नेपालि जनता प्रति देखाएको रवैया असमान सन्धि सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिवद्धताको जनाउँनु, मोदि भ्रमणको वेला भएका क्रियाकलापहरु पनि अमानविय भएको बताएको छ । महगिंको चपेटा, जथावाभि कर वृद्धि, कालावजारि, कमिसनखोर तथा हत्याहिंसा, वलात्कार जस्ता घट्नाको नियन्त्रण गर्नुको सट्टा संरक्षण गर्दै आएको र त्यसको विरुद्ध वोल्नेलाई धम्क्याउँने जस्ता कुराहरुको भत्र्सना गरिएको समेत विज्ञप्तिमा जारि छ ।

त्यस काणले वर्तमान प्रतिगामि र प्रतिक्रियावादि संसदिय व्यवस्थाका विरुद्धको संघर्षलाई अगाडि बढाउँदै नयाँ जनवादि क्रान्तिको दिशामा गम्भीर रुपमा लाग्न सम्पुर्ण क्रान्तिकारि नेता, कार्यकर्ता र जनतामा समेत हार्दिक अपिल गर्दछौ जिल्ला ईन्चार्ज समिर केसिद्धारा हस्ताक्षरित नेकपा क्रान्तिकारि माओवादि कपिलवस्तु जिल्ला समितिले प्रेस विज्ञप्ति जारि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँने घोषणा गरेको हो ।

शिवराज ९ बालमैत्री वडा घोषणा

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९ शिवगढी बालमैत्री वडा घोषणा भएको छ । साविक शिवगढी गाविस रहदा नै बालमैत्री स्थानीय शासन अवलम्वन गरी बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति, २०६८ र बलामैत्री स्थानिय शासन कार्यान्वयन कार्यविधि, २०६८ ले निर्दिष्ट गरेका सुचकहरु र अन्य सुचकहरुलाई प्रभावकारी रुपमा अभियान संचालन गरीएको वडाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वडा बालमैत्री स्थानीय शासन सेवा प्रवाह सम्वन्धि २७ र संस्थागत विकाश सम्वन्धि १२ वटा सुचकहरु गरी कुल ३९ वटा सुचक पुरा गरी बालमैत्री वडा घोषणा गरीएको वडा अध्यक्ष चुर वहादुर खड्काले वताए । वाड वाट बालबालिका क्षेत्रमा १५ प्रतिशत वजेट विनियोजन गरी बाल भेला वाट माग र वाल अधिकारको क्षेत्रमा वडाले लगानी गरेका अध्यक्ष खड्काको भनाई रहेको छ ।

कार्यक्रममा वोल्दै प्रदेश न ५ का भौतीक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले शिवराज नगरपालिकाका वडा न ९ का आम नागरिकहरुलाई प्रदेश समृद्धको लागी बालवालिका मैत्री वडा घोषणा गरेकोमा धन्यवाद दिए । कपिलवस्तु एक पर्यटकिय स्थल रहेको भन्दै पर्यटन विकाशको लागी प्रदेश तह वाटै गुरुयोजना निमार्ण हुने जनाए । मन्त्री चौधरीले प्रदेशले पहिलो प्राथकिमता कृषीलाई दिएको जनाए । कृषिलाई आधुनिकिरण गरी वैदेशिक रोजगारीमा पलाएन भएका युवालाई देशमै आत्मनिर्भर बनाउने दावि गरे ।सविधान दिवशको अवशरमा आयोजित उक्त कार्यक्रममा मन्त्री चौधरीले वालमैत्री हुनुपनि सविधानमा उल्लेख भएको कुरा पुरा गरेको वताए ।

बालमैत्री स्थानिय शासनका सुचकहरुले दिगोपन पाउनुपर्ने भन्दै सफल वडाको रुपमा स्थापित गरेकोमा धन्यवाद दिए ।
वडालाई पुर्ण खोप वडा घोषणा,शत प्रतिशत विद्यार्थी घोषणा,पुर्ण सरसफाई उन्मुख घोषणा,बाल मैत्री स्थानीय शासनका सुचक पुरा गरि भौगलिक विकटता रहेको ठाउ भएपनि विकास र सचेतमा अग्र स्थानमा रहेको भन्दै वोल्ने वक्ताहरुलाई वडाको प्रशंसा गरे ।
प्रदेश सांसद तथा सामाजिक विकाश समितिका सभापती दिर्घनारायाण पाण्डेले बालमैत्री घोषणा गरेपनि सुचकहरुलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा वोल्दै जिल्ला समन्वयन समिति कपिलवस्तुका सभापती नारायण खनाल, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले वडा न ९ वालमैत्री वडा घोषण भई ठुलो सफलता पाएको वताए ।

काग्रेसद्धारा संविधान दिवसको अवसरमा अन्तरक्रिया

नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा नः १ ले संविधान दिवसका अवसरमा अन्तरक्रिया कार्यत्रम सम्पन्न गरेको छ । नेपालीको ठुलो त्याग र बलिदानी पछि शुसिल कोइरालाको नेतृत्वमा बनेको संविधान पुर्ण कार्यन्वयन आवश्यक रहेकोमा सो अवसरमा बोल्ने बतmाले जोड दिएका थिए । बहुमतको आडमा सरकाले जनताको भावना विपरित काम गरेको बताउदै त्यस्ता कदम नसच्चिए नेपाली काग्रेस सडकमा आउने समेत उनीहरुले बताए । सो अवसरमा नेपाली काग्रेसका महासमिति सदस्य दुर्गा सेन, पुर्व महासमिति सदस्य दोलकराम घिमिरे, नेपाल नागरिक समाजका जिल्ला अध्यक्ष युवराज केसि, काग्रेस नेता कृष्ण गुरुङ, दयाराम पौडेल वडा अध्यक्ष मनिराम शर्मा, सचिव झलक मल्ल लगायतले आआफनो धारणा राखेका थिए ।

 बलात्कारमा संलग्न पाँचलाई ११ वर्ष कैद 

जिल्ला अदालत कपिलवस्तुले बलात्कारको घटनामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवाना तोकेको छ। सोमबार जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई समान ११–११ वर्षको कैद सजाय सुनाइएको हो। २०७३ जिल्लाको मायादेवी गाउपालिका एक पकडीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न सबै दोषी ठहर भएका छन्। धरौटीमा रिहा भएकालाई समेत दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको हो। मायादेवी गाउँपालिका पकडी पिर्चुखीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा दोषी ठहर गरिएकोे छ।

भारत घर भई आफ्नो मामा घर पकडी बस्ने २० वर्षीया युवतीको फुपुको घर बाँसखोर विमिहा जाने क्रममा २०७३ साल माघ २६ गते पिर्चुखी स्थित मर्थी खोला नजिकै सामूहिक बलात्कार भएको थियो। बलात्कार पश्चात युवतिको नग्न भिडियो समेत बनाई सामाजिक संजालमा हालिएको थियो। सोही आधार तथा प्रमाण अनुसार प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरि मुद्दा दायर गरेको थियो। घटना के थियो ? बलात्कारमा परेकी २० बर्षीया उक्त युवतीको पकडी गाविस– ४ पिचुर्खीका २० वर्षे बब्लु भन्ने अब्दुल रसिदसँग प्रेम संम्बन्ध थियो। उनैले डेटिङका लागि युवतीलाई मर्थी खोलामा लगेका थिए। सोहि समयमा बब्लुले आफ्ना साथीहरुलाई बोलाएर बलात्कार गरेका थिए। घटनाबारे युवतीले डर र त्रासका कारण कसैलाई भनेकी थिइनन्। ती युवाहरुले युवती माथि गरको क्रियाकलापको भिडियो सार्वजनिक गरे पछि घटनाको रहस्य खुलेको थियो।

रुपन्देही मा सुविधा सम्पन्न बस सञ्चालनमा

काठमाडौं । अशोक लेल्याण्ड कम्पनीका सुविधासम्पन्न बसहरु रुपन्देहीमा लुम्बिनी मेट्रो सिटीले सञ्चालनमा ल्याएको छ । एसी, सीसीटीभी, डिजिटल डिस्प्ले तथा यात्रुमैत्री सुविधा भएका बस सञ्चालनमा आएको हो ।

कम्पनीका अध्यक्ष धनबहादुर अधिकारीले सबैभन्दा धेरै यात्रु राख्न मिल्ने बस सञ्चालन गर्ने सरकारको नीतिअनुसार उक्त बस सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई ४५ प्रतिशत, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र अपांगलाई निःशुल्क बसयात्रा गराइनेछ ।

भाडाको हकमा सरकारले तोकेअनुसार एसी डिलक्सको भाडा विनियोजन गरिने उनको भनाइ छ । सोमबार साँचो हस्तान्तरण कार्यक्रममा आईएमई मोटर्सका प्रमुख अधिकृत सुरज भट्टराईले अशोक लेल्याण्डको माग नेपालमा बढेको बताए ।

एक करोड चुक्ता पुँजीबाट सुरु भएको प्रालिले पहिलो चरणमा बुटवलबाट बेलहिया, लुम्बिनी बर्दघाट, तौलिहवा र कृष्णनगरका लागि बसहरु सञ्चालनमा आउनेछन् ।

असोजभित्र १० वटा र मंसिरसम्म कम्पनीले ३० वटा बस ल्याई प्रदेश ५ का १२ वटै जिल्लादेखि काठमाडौं, पोखरा, विराटनगर र काँकडभिट्टासम्म सेवा विस्तार गरिने बताइएको छ ।

समिति र चालकको मिलेमतोमा अघोषित सार्बजनिक यातायात बन्द

कसैको सार्बजनिक आब्हान बिना नै आज सार्बजनिक सवारी साधन चलेका छैनन । बुटवल सहित यस क्षेत्रका बिभिन्न बस पार्कबाट सार्बजनिक बस छुटेका छैनन । बस समितिहरुले पनि क्यु प्रकाशित गरेका छैनन ।बन्दको आब्हान बिना नै सडकमा सार्बजनिक सवारी साधन नचलेपछी सर्बसाधारण भने अप्ठारोमा परेका छन ।बस मात्रै होइन टक समेत चलेका छैनन ।कुनै पार्टी तथा सस्थाले बन्द आब्हान नगरेको अवस्थामा किन सार्बजनिक सवारी चलेनन भन्ने सम्वन्धमा यस क्षेत्रका बस तथा टक समितिका पदाधिकारीहरुले चालक नआएकाले गाडी नचलेका बताएका छन । चालकहरुले पनि औपचारिक रुपमा बन्द गरेको भनेका छैनन । तर गाडी नचलाउने घोषणा वा आब्हान गर्दा पक्राउ परिने डरले चालकहरु र बस तथा टक समितिहरुले बिना घोषणा नै गाडी नचलाएको बुझिएको छ ।
सरकारले सिण्डिकेट खारेजीको घोषणा गरेर खाता रोक्का गरेपछी सरकारसंग रुष्ट बनेका व्यवसायीलाई अहिले अनौपचारिक रुपमा चालकहरुले समेत साथ दिएका छन । हालै सवारी ऐन संशोधन भएपछी चालकहरु त्यसको बिरोधमा उत्रिएका छन ।संशोधित सवारी ऐनमा सवारी दुर्घटनामा चालकको लापवाही पाइए कडा कारवाही गर्ने व्यवस्था छ ।सार्बजनिक सवारी नचलेको सम्वन्धमा संघिय टाफिक प्रहरी कार्यालय बुटवलले चालकहरुले अनौपचारिक रुपमा बन्द गरेको भन्ने सुनिएको तर आधिकारिक जानकारी नभएको बताएको छ ।पश्चिम नेपाल बस व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले चालक आएर गाडी चलाएका समितिले काउण्टरबाट क्यु दिने बताउनु भयो ।घिमिरेले क्यु दिने बताएपनि समितिले नियमित रुपमा प्रकाशित गर्ने क्यु हिजोदेखि नै प्रकाशित गरेको छैन ।किन यस्तो भयो भन्ने सम्वन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले यातायात व्यवसायी समितिले चालकलाई देखाउने गरेको र चालकहरुको संगठन नभएकाले यसका बारेमा अध्ययन गरीरहेको बताउनु भयो । उहाले पुर्ण सुरक्षा दिन्छौ चलाउनुस भनेर आग्रह गरेका छौ केही बेर हेर्छौ अध्ययन गर्छौ तर अन्यौलमा राखिरहदैनौ भन्नुभयो ।

स्वाइन फ्लूबाट यसरी बचौं

खरीबोट

काठमाडौँ ।  स्वाइन फ्लू एक खतरनाक भाइरस हो । यो सुँगुरको कारण फैलिने गर्छ । यो सबैभन्दा पहिला मेक्सिकोको बेराक्रुज क्षेत्रको सुँगुर फार्ममा देखिएको थियो । मुख्यतया एच१एन१, एच१एन२, एच३एन२ र एच३एन१ गरी चार प्रकारका भाइरसबाट यो रोग लाग्न सक्छ । यी सबैमध्ये एच१एन१ भाइरस सबैभन्दा खतरनाक छ । यसको सङ्क्रमण करीब दुई सय देशमा देखिएको छ । यो भाइरस सुँगुरमा पाइने जीनजस्तो भएका कारण यसलाई स्वाइन फ्लू नाम दिइएको हो ।

स्वाइन इन्फ्लुएन्जा एक सङ्क्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो । यसले सामान्यतया सुङ्गुरलाई बढी प्रभावित तुल्याउँछ । यस रोगबाट सङ्क्रमित सुङ्गुरको सम्पर्कमा आएका मानिसलाई यो रोग लाग्न सक्छ । र, उक्त सङ्क्रमित मानिसको सम्पर्कमा आएका अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ ।

यो भाइरसबाट सङ्क्रमित व्यक्तिलाई ज्वरो आउने, थकाइ लाग्ने, भोक कम लाग्ने, खोकी लाग्ने, घाँटी खसखसाउने हुन्छ । कसैलाई उल्टी हुने र पखाला लाग्ने पनि हुन सक्छ । यो रोगबाट ग्रस्त कतिपय मानिस पूर्ण रूपमा ठीक भएका छन् भने कतिपयको यसले ज्यानै पनि लिएको छ । त्यसैले यसबाट बच्न सतर्कता अपनाउनु अत्यन्त जरुरी छ ।

स्वाइन फ्लू साधारण अन्य मौसमी रुघाखोकी जसरी नै फैलिन्छ । विशेष गरी यो हावा र पानीको माध्यमले सर्छ । यसबाट सङ्क्रमित व्यक्तिले प्रयोग गरेको वस्तुको प्रयोगबाट पनि यो सर्न सक्छ । यसको सङ्क्रमणबाट बच्न इन्जेक्सन र नोज स्पे्र उपलब्ध छ । चिकित्सकको सल्लाह लिएर यसको प्रयोग गर्न सकिन्छ ।

यसको उपचारको लागि एन्टीभाइरल औषधि उपलब्ध छ । यसले रोगबाट हुन सक्ने खतरालाई घटाइदिन्छ । यदि प्रारम्भिक अवस्थामा नै यसको पहिचान हुन सके यसको उपचार सम्भव छ । नेपालको सन्दर्भमा यसको सङ्क्रमण भेटिए नेपाल सरकारले यसको उपचारको लागि विशेष प्रबन्ध गरेको छ ।

यसबाट बच्न सङ्क्रमित व्यक्तिको सम्पर्कबाट बच्नु र आफू अनि आफ्नो वरिपरिको वातावरण स्वच्छ राख्नु नै सबैभन्दा राम्रो उपाय हो ।
यसबाट बच्न अपनाउन सकिने उपाय :

धेरै मानिसको भीडमा नबस्ने

रुघाखोकी लागेको व्यक्तिसँग टाढै बस्ने

हात नमिलाउने, अङ्गालो नमार्ने 

सङ्क्रमित क्षेत्रमा जानुपरे विशेष सतर्कता अपनाउने

सङ्क्रमित व्यक्तिको यथाशीघ्र उपचार गर्ने 

नियमित साबुन पानीले हातमुख धुने 

खोकी लाग्दा अथवा हाच्छ्युँ आउँदा सफा कपडा अथवा टिस्युले मुख, नाक छोप्ने 

प्रयोग गरिएको टिस्यु जथाभावी नफाल्ने  

आफू बस्ने ठाउँको कुनाकाप्चा र वरिपरि सफा राख्ने  

बाहिर निस्किँदा मास्क लगाउने 

सुङ्गुरको मासु खाँदा पनि यो रोग सर्न सक्छ भनेर कतिपयको जिज्ञासा हुन सक्छ । स्वस्थ सुङ्गुर छ भने त्यसको मासु राम्ररी पकाएर खान सकिन्छ । तर, मासु काट्दा, पकाउँदा स्वच्छता अपनाउनु अत्यन्त आवश्यक छ । विशेष गरी नेपालका वधशाला र मासुपसल त्यति स्वच्छ रहेको पाइँदैन । त्यसैले वधशाला, मासुपसल आदि हरेक क्षेत्रमा स्वच्छता अपनाउनै पर्छ ।

यदि कोही इन्फ्लुएन्जा ए(एच१एन१) बाट सङ्क्रमित छन् भने अन्य व्यक्तिसँग सम्पर्क गर्नमा कमी गर्नुपर्छ । घरबाहिर हिँडडुल गर्नेभन्दा पनि चिकित्सकको निगरानीमा रहनु सबैभन्दा राम्रो हुन्छ ।

यसरी अन्य प्राणीबाट मानिसमा सर्ने गरेका बर्डफ्लु, स्वाइनफ्लु, हङकङ फ्लू आदिका कारण कतिपय मानिसको मृत्यु नै भएको सन्दर्भमा बढ्दो जलवायु परिवर्तन र प्रदूषणका कारण मानिसमा पनि केही विशेष भाइरस उत्पन्न हुन सक्ने र यसले विश्वभर महामारी फैलाउन सक्ने आशङ्का चिकित्सकहरूले गरिरहेका छन् र विश्व स्वास्थ्य सङ्गठनले यसमा विशेष ध्यान दिइरहेको छ ।

चितवनमा दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

खरीबोट

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको हो । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये चितवनका ५०, नवलपरासीका ३७, गोर्खाका २२ र अन्य जिल्लाका ३६ जना रहेका छन् । चितवनमा शहरी क्षेत्रका सङ्क्रमित बढिरहेको उनले बताए ।

गत आर्थिक वर्षको साउन र भदौमा जिल्लामा १८४ जनामा सो रोगको सङ्क्रमण भएको थियो । गत आवमा दुई हजार २३७ जनाको रगत परीक्षण गरिएकामा ४१० जनामा सङ्क्रमण भेटिएको थियो । आँखाले देख्न नसकिने मुसाको कानमा हुने ‘माइट’ नामक जीवाणुको टोकाइबाट यसको सङ्क्रमण हुने गर्दछ । जिल्लामा नौ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ । पाँच सय ६१ जनाको रगत परीक्षण गरिएकोमा सो सङ्ख्यामा डेंगु भेटिएको हो । केसीका अनुसार चितवनका चार, नवलपरासी र गोर्खाका दुई÷दुई तथा रुपन्देहीका एक जना सङ्क्रमित भएका छन् । डेंगुको सङ्क्रमण हुनेमा भरतपुर महानगरपालिकाका तीन र माडीका एक रहेको उनले बताए ।

गत आवमा जिल्लामा एक हजार ४५३ को रगत परीक्षण गरिएकामा ५९ जनामा डेंगुको सङ्क्रमण भेटिएको थियो । उनीहरुमध्ये ३३ चितवनका थिए । सो वर्ष भदौ मसान्तसम्ममा आठ जनामा डेंगु भेटिएको थियो । डेंगु रोज सङ्क्रमित ‘एडिस’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

यस्तो गाउँ, जहाँ बस्न एपेन्डिक्सको अपरेसन गर्नैपर्छ !

खरीबोट

काठमाडौँ । संसारको कुनै पनि स्थानमा बस्न केही शर्त पालना गर्नैपर्ने हुन्छ । केही कानूनी जिम्मेवारीहरू हुन्छन् । जस्तै, नेपाली नागरिकसँग नेपाली नागरिकता हुनै पर्छ । अन्य मुलुकबाट आएका व्यक्तिसँग पनि पासपोर्ट र भिसा हुनु आवश्यक छ ।

तर, अन्तार्कटिकामा एक यस्तो बस्ती छ, जहाँ लामो समयसम्म बस्ने व्यक्तिले एपेन्डिक्सको अपरेशन गर्नु प्रमुख शर्त हो । अन्तार्कटिका धेरै चिसो महाद्वीप हो । तर, यस्तो बिरानो द्वीपमा पनि केही बस्तीहरू आवाद भएका छन् । त्यस्तै, भिलास लास एस्टे«लास नामक एक बस्तीमा खोजअनुसन्धान गर्ने उद्देश्यले वैज्ञानिकहरू बसोबास गर्छन् ।

त्यस्तै, यस बस्तीमा चिलीका वायुसेना र थल सेनाका जवानहरू पनि रहन्छन् । प्रायः सैनिकहरू यहाँ आउनेजाने गरिरहन्छन् । तर, कतिपय वैज्ञानिक र सैनिकहरू आफ्नो परिवारसहित यहाँ लामो समयसम्म रहन्छन् । यहाँको वस्तीमा करीब सयजना मानिसहरू बस्छन् ।

यहाँ कुनै सानो सहरमा हुने जति पनि सुविधा छैन । तथापि, आवश्यकताअनुसार जनरल स्टोर, बैंक, स्कुल, सानो हुलाक घर र अस्पताल बनाइएको छ । विद्यालयमा बालबालिकालाई आधारभूत शिक्षा त दिइन्छ, तर अस्पतालमा अत्यन्त साधारण उपचार मात्र मिल्छ । अन्तार्कटिकामा एक ठूलो अस्पताल त छ, तर त्यो अस्पताल यो बस्तीबाट हजार किलोमिटर टाढा छ ।

अस्पतालसम्म पुग्न बाटोमा ठूलाठूला बर्फका पहाडहरूलाई छिचोलेर अगाडि बढ्नुपर्छ । त्यहाँ कुनै ठूलो रोगको स्पेशलिष्ट छैनन् । त्यहाँ सीमित डाक्टर छन्, ती पनि ठूला सर्जन होइनन् । त्यसैले भइपरी आउने समस्याबाट बच्न एपेन्डिक्सको अपरेशन गर्नु यहाँका मानिसको पहिलो शर्त नै मानिएको छ ।

यहाँका मानिसको जीवन अचम्म लाग्दो छ । त्योभन्दा अचम्म यो ठाउँ छ । दिशाको सङ्केत गर्ने चिह्नहरू देखेर नै यो ठाउँ कति अनकण्टार र घना बस्तीबाट कति टाढा रहेछ भन्ने थाहा हुन्छ । यहाँ आवश्यक सामान हवाई जहाजबाट ल्याइन्छ । नजिकैको क्षेत्रामा जान ४डब्ल्यूडी ट्रक र राफ्टिङ बोटको आवश्यकता पर्छ । यस क्षेत्रको औसत तापक्रम वर्षभर माइनस २.३ डिग्री सेल्सियस रहन्छ । यो अन्तार्कटिकाको अन्य क्षेत्रको तुलनामा धेरै गर्मी हो ।

बर्फको ढिक्काबाट बनाइएका केही घरहरू पनि यहाँ छन् । घरभित्रको सजावट पनि राम्रो छ । घरको भित्तामा वैज्ञानिकहरूको तस्वीर टाँगिएको देख्न सकिन्छ । ती तस्वीरहरूमध्ये एक तस्वीर स्टिफन हकिङ्सको पनि छ ।

यहाँका मानिसहरूले ठण्डीबाट आफूलाई जोगाउनु ठूलो चुनौती हो । जाडो मौसममा यहाँको तापक्रम माइनस ४७ डिग्रीसम्म पुग्छ । यस्तोमा कयौं दिन घरभित्रै कैद भएर रहनुपर्ने पनि हुन सक्छ । यहाँ बस्ने मानिसहरू यदि परिवारसहित बसेका छन् भने आवश्यक मेडिकल सुविधा नभएकाले आफ्नी पत्नी गर्भवती नहोऊन् भनी ध्यान दिन अनुरोध गरिन्छ ।

यहाँ पेन्गुइनलाई मानिससँग कुनै डर छैन, उनीहरू मानिसको वरिपरि आनन्दले घुमिरहन्छन् । तर, तापक्रम धेरै कम भएमा समुद्रमा पनि बर्फ जम्छ र तिनीहरूको पनि मृत्यु हुन्छ । यहाँ रहेको सैन्य क्याम्पबाट केही पर अग्लो ठाउँमा एक ट्रिनिटी नामक रूसी चर्च पनि छ । यसलाई एक रुसी पादरीले बनाएको मानिन्छ ।

विलास लास एस्ट्रेलास संसारको त्यस्तो भाग हो जहाँ अन्य कुनै ग्रहमा रहेजस्तो अनुभव गर्न सकिन्छ । यहाँ रहन धेरै चुनौतीको सामना गर्नुपर्छ । तर, यहाँ बस्ने मानिसहरूसँग जस्तो अनुभव हुन्छ, त्यो संसारको सायदै अरु कोहीसँग होला ।
बीबीसीबाट भावानूदित

विवादै विवादको घेरामा फसेको नेपाल प्रहरी,

 काठमाडौं । यसरी आपराधिक घटना दिनानुदिन बढ्दै जानुले पक्कै राम्रो सन्देश त दिएको छैन । तथापि, यदि प्रहरीले देशको सुरक्षा नगर्ने हो भने अरु कसले गर्ने ? यो जिम्मा प्रहरीकै हो । त्यसैले प्रहरीलाई इमानदार भई कार्य गर्न जनताले दबाब दिनै पर्छ । दबाब दिएको खण्डमा गल्तीहरू सच्चिएका उदाहरण पनि प्रशस्त छन् ।

बलात्कार फेरि अर्को काण्डमा मुछिएको छ, ‘सौरभको हत्या अथवा आत्महत्या’ । प्रहरीले पोस्टमार्टमबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सौरभ उप्रेतीले आत्महत्या गरेको प्रमाणित भएको बताएको छ ।

यता, सौरभका परिवारले भने यो आत्महत्या नभई हत्या हो भनी जिकिर गर्दै छन् । ‘करीब छ फिट अग्लो मान्छे साढे दुई फिटको टेबुलमा झुण्डिएर आफ्नै घाँटी थिचेर नाककानबाट रगत चुहाउँदै कसरी आत्महत्या गर्न सक्छ ?’ परिवारका एक सदस्यको प्रश्न हो यो । त्यस्तै, प्रहरीले प्रमाणहरू नष्ट गरी अपराधीलाई उम्काउन खोजेको भनी आन्दोलनको घोषणासमेत भइसकेको अवस्था छ ।

यो घटना त्यति बेलाको हो जति बेला नेपाल प्रहरीले अन्यायमा परेका आम जनताका लागि न्याय दिलाउनुको सट्टा आफ्नो स्वार्थ पूरा गर्न अपराधीको सहयोग गरिरहेको र आफै अपराधी बनिरहेको भनी चर्को विरोध भइरहेको छ ।

यता निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने अपराधीको २ महिनासम्म पनि पत्ता लगाउन नसकेको र प्रहरीले नै अपराधीलाई लुकाउन सबुतप्रमाण मेटाएको भनी आरोप खेपिरहेको छ । त्यस्तै, अपराधीको खोजीका लागि दबाब स्वरूप गरिएको आन्दोलनमा गोलीप्रहार गरी एक किशोरको मृत्यु भयो । यसले प्रहरी आफ्नो गल्तीलाई ढाकछोप गर्न कुनै पनि हदसम्म जान सक्छ भनी स्पष्ट बनाएको छ । उक्त घटनामा प्रहरीको संलग्नता रहेको भनी ५ प्रहरीलाई निलम्बन गर्नु केही हदसम्म सकारात्मक पक्ष नै होला, तर

यसले जनताको यो आशङ्कालाई अझ बलियो बनाएको छ । यस्तो अवस्थामा प्रहरीलाई जनताले रक्षक नभई भक्षकको रूपमा हेरिरहेका छन् ।

३३ किलो सुन तस्करीमा प्रहरी संलग्न भएको प्रमाण भेटिएको भनी केही प्रहरीले मुद्दासमेत खेपिरहेका छन् । निशानको अपहरणपछि हत्या हुनु र अपराधीको इन्काउण्टर गरी पीडितले न्याय पाउने बाटो बन्द हुनुमा प्रहरीको लापरवाही देखिनुले प्रहरीले जनतालाई न्याय दिलाउन सक्दैन भनी आम नेपाली जनताको भरोसा प्रहरीबाट उठिरहेको छ ।

यदि प्रहरीबाट जनताको भरोसा उठ्यो भने जनताले कसरी सुरक्षाको अनुभूति गर्न सक्लान् ?

भन्न त आईजीपी सर्वेन्द्र खनालले नेपालमा पछिल्लो समयमा आपराधिक घटनामा कमी हुँदै गएको भनेका थिए । तथापि, प्रहरी निरीह बन्दै गएको अवस्थामा देशमा आपराधिक घटना झन् बढ्दै गएको पछिल्ला तथ्याङ्कले पुष्टि गररहेका छन् ।

विगत दुई महिनामा निर्मलाको हत्याकाण्डपछि नै देशभर करीब २३० जनाको बतात्कारका घटना सार्वजनिक भएका छन् ।

त्यस्तै, दोलखाकी मायालाई उनकै साथीले बतात्कारपछि कुटपिट गरेका कारण उनी आईसीयूमा पुग्छिन् । प्रहरीले ती बलात्कारीलाई एक दिन जेलमा राखी भोलिपल्टै छोडिदिन्छ । पछि प्रहरीको विरोध भएपछि प्रहरीले पुनः ती व्यक्तिलाई पक्राउ गरी जेल चलान गर्छ । उक्त घटनामा प्रहरीले ती व्यक्तिलाई उम्काउन सेटिङ मिलाएको भनी अपराधी स्वयम्ले आफ्ना बुबासँग फोनमा कुरा गरेको भोइस रेकर्ड सार्वजनिक भएको छ । यसले प्रहरीलाई जनताको पीरमर्काले पटक्कै नछुने रहेछ भनी सिद्ध गरेको छ । आफ्नो इज्जत, जागीर जाने अवस्थामा मात्र काम गरिटोपल्ने प्रहरीको बानी हो भन्ने कुरा यस घटनाबाट जनताले बुझेका छन् ।

त्यस्तै, प्रकाण्ड प्रकरणमा पनि प्रहरी र अदालतबीच समात्ने र छोड्ने जुहारी चलेबाट अदालत र प्रहरी दुवैको मनसाय ठीक देखिएको छैन । एकले बलियो प्रमाण भेटिएको भनी समात्छ र अर्कोले सबुत प्रमाण नपुगेको भनी छोड्छ । यसले पनि कस्तो प्रमाणलाई बलियो र कस्तोलाई कमजोर मान्ने भन्ने प्रहरी र अदालत दुवैलाई थाहा नभएको अथवा भित्र कुनै दाउपेच चलिरहेको जनताले आशङ्का गरिरहेका छन् ।

प्रहरीमा केही बदनाम भएका व्यक्ति छन् भने कतिपय इमानदार कहलिएका व्यक्ति पनि छन् जसले जनताको हित चाहन्छन् । त्यसैले आशाको दियो निभाइहाल्नु भने हुँदैन । जो इमानदार छन्, तिनलाई प्रोत्साहन गर्दै र जो यस्ता आपराधिक गतिविधिमा संलग्न तथा बेइमान देखिएका छन् तिनलाई कानूनको दायरामा ल्याउन दबाब जनताले दिनैपर्छ ।

जनता जागरुक भएको अवस्थामा कुनै पनि देशमा कुनै पनि कालखण्डमा परिवर्तन आएकै छ र सुशासन कायम भएकै छ, चाहे देशभर रक्तपात नै किन नमच्चिएको होस् ।

त्यस्तै, जो नेता कहलिएका छन्, तिनको काम प्रसिद्धि कमाएर कार्यक्रमको शोभा बढाउनुमात्र होइन ।

जनताको भावना, पीरमर्का माथिसम्म पुर्याउनु तिनीहरूको प्रमुख कर्तव्य हो । जो जनताको लागि बोल्छ, जो जनताको लागि बाँच्छ, त्यो नै सच्चा नेता हो । आउरेबाउरे, धुपौरे नेता त जति पनि हुन्छन् । तिनले एकदुई दिन पार्टीमा गई मिठो त खान पाउलान्, तर जनताको मनमा राज गर्न कदापि सक्नेछैनन् । यदि जनताको मनमा राज गर्नु छ भने पार्टी, सरकार आदिको डरबाट निस्किएर जनताको लागि आवाज उठाउनैपर्छ, स्वार्थत्याग गर्नैपर्छ ।

यसैले नै देशमा सुशासनको लागि बलियो आधारस्तम्भ खडा गर्छ ।

अर्को कुरा, प्रहरीले गरेका यस्ता अशोभनीय, अवाञ्छनीय कुकृत्यको पर्दाफास भइरहेको अवस्थामा अब प्रहरी स्वयम् सचेत हुनु जरुरी देखिएको छ । जनचेतनाको विकास भइरहेको अवस्थामा, जनता एकजुट भई सडकमा उत्रिएको अवस्थामा कोही पनि गलत धारणा भएको व्यक्ति उम्किन पाउने अवस्था अब रहेको छैन । सञ्चार माध्यममा भएको तीव्रतर विकासले पनि यस्ता कुकृत्यलाई लुकाउन किमार्थ सकिँदैन ।

त्यसैले प्रहरीले आफ्नो छविलाई सफा बनाई जनताको मन जित्न हरतरहको प्रयास गर्नुपर्ने देखिन्छ ।

प्रहरी प्रशासन सरकारको अधीनमा हुने भएकाले प्रहरीलाई मार्गनिर्देश गर्ने काम सरकारको हो । तर, सरकार तथा उच्चपदस्थ व्यक्तिले जनताको भावना, पीरमर्का नबुझेको गुनासो बढिरहेको अवस्थामा सरकारले सही मार्गनिर्देश गर्छ भन्नेमा पनि जनता शङ्कामा नै छन् ।

दुई महिना बितिसक्दा पनि उच्चपदस्थ व्यक्ति कोही केही नबोल्ने, सरकारको विरोध गर्नेमाथि अरिङ्गाल जसरी जाइलाग्नू भनी स्वयम् प्रमले आदेश दिने जस्ता गतिविधिले देशमा अन्यायको विरुद्धमा आवाज उठाउन पाइँदैन भन्ने तानाशाही सोच मौलाउँदै गएको देखिन्छ । यसरी देशमा सुशासन कायम नभई यसले झन् जटिलता थपिदिएको छ ।

यसरी ३३ किलो सुनकाण्ड, भक्तपुर इन्काउन्टर, निर्मला हत्या प्रकरण, दिन दिनै भइरहेका हत्या बलात्कारका घटनाले प्रहरी चुक्दै गएको छ भने ‘सत्य सेवा सुरक्षणम’ को मन्त्र बोकेको प्रहरीको साख दिन दिनै खस्किदै गएको छ।

देशमा सुशासन चाहने हो भने जनता, नेता, सरकार, प्रहरी आदि सबै पक्षले निःस्वार्थ भई आफ्नो जिम्मेवारी वहन गर्नैपर्छ । तब मात्र देशमा सुशासन कायम हुन सक्छ । अन्यथा नेपाल पनि गृहद्वन्द्वमा फस्न कुनै बेर लाग्दैन । आज लिइएको तुच्छ व्यक्तिगत स्वार्थले यदि देश भग्नावशेषमा परिणत भयो भने भावी सन्तानको भविश्य अन्धकार हुने निश्चित छ।

टुँडिखेलमा विशेष कार्यक्रम ,आज संविधान दिवस,

 

काठमाडौँ। नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ ।

यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी. प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ । सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।

सर्वसाधारणलाई कुर्सी व्यवस्था 

चौथो संविधान दिवस मनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने गरी तयारीको काम भएको कामपाले जनाएको छ ।

यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बसेर हेर्ने व्यवस्थापनको काम गर्दैआएको कामपाले यस पटकदेखि सर्वसाधारणको लागि पनि व्यवस्थापन गरेको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार सर्वसाधारणका लागि बस्नका लागि कुसी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । सर्वसाधारणका लागि तीन हजार र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिसकिएको ढकालले जानकारी दिए ।

बुधबार मनाइने संविधान दिवसका लागि कामपाले केही स्थानमा वृक्षरोपण, सरसफाइ, मञ्च सजावटजस्ता काम पनि गरेको छ । त्यसैगरी समारोहमा पुष्पवृष्टि गरिनाका साथै विकासे र सांस्कृतिक झाँकी प्रदर्शन गरिने कामपाले बताएको छ । कार्यक्रम अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ हुनेछ । काठमाडौँ उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेशागत समूहको प्रदर्शनका लागि कामपाले सहकार्य गरेको छ ।

संविधान दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना ब्यक्त

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाउँदैछ । यसै दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा सरसफाइ, प्रभातफेरी, खेलकुद, प्रवचन गोष्ठी, साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी गरिनाका साथै असोज २, ३ र ४ गते दीपावली गरिने छ । सरकारले संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ३३ सदस्यीय मूल समारोह समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कामपाको संयोजकत्वमा मञ्च सजावट व्यवस्था उपसमिति गठन गरेको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।”
संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

नेपालको संविधान जारी भएपश्चात् संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभएको छ ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनुभएका नेपालीलाई राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गर्नुभएको छ । “असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,” उहाँले सन्देशमा भन्नुभएको छ, “त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।”

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।

संविधानले ३५ भाग, ३०८ धारा र नौ अनुसूचीमा लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिको मौलिक, आधुनिक र प्रगतिशील पक्षहरुलाई अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताउनुभएको छ ।

संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उहाँले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको छ भन्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ, त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।”

समृद्धिको लक्ष्य हासिल गर्न शुरु भएको यात्रालाई गन्तव्यमा पु¥याउन संविधानको ३१ वटा धारामा उल्लिखित मौलिक हकलाई कार्यान्वन गर्न आवश्यक कानूनी प्रबन्ध सरकारले गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जीउने अभिलाषा पूरा हुने स्पष्ट पार्नुभएको छ ।

“मलाई विश्वास छ, हाम्रो संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्नेछ । राष्ट्रियताको रक्षा र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउनेछ । विश्वका सबै मुलुकसँग हार्दिक सम्बन्ध विस्तार गर्नेछ । नेपालीले सबै मुलुकसँग विकासमा साझेदारी र अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक तथा सिर्जनात्मक भूमिका खेल्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

 

शिवराज नगरपालिका पुर्ण भर्ना घोषणा

कपिलवस्तुको शिवराज नगरपालिका मंगलवार एक कार्यक्रमका विच पुर्ण भर्ना नगरपालिका घोषणा भएको छ । शिवराज नगरपालिका भित्र रहेका ५ वर्ष देखी १२ वर्ष उमेर सम्मका वालिका वालिकाहरुलाई विद्यालयमा भर्ना गराई पुर्ण भर्ना घोषणा गरिएको छ । नगरमा रहेका ६२ वटा सामुदायिक विद्यालय र २६ वटा सस्थागत विद्यालयहरुमा विद्यार्थी भर्ना भएको वताइएको छ । लामो समयदेखी घरदैलो अभियानलाई निरन्तर दिएर नगरका विभिन्न विद्यालयमा वाकि रहेका ५१ जना विद्यार्थीहरुलाई भर्ना गराई पुर्ण भर्ना घोषणा गर्न सफल भएको नगरपालिकाका शिक्षा साखा प्रमुख पुर्ण विकले वताए ।

 

 

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिकालाई समृद्ध बनाउने एउटा सफलता भएको वताए । शिक्षा मुख्य आवश्यक्ता रहेको जनाउदै सम्पुर्ण नगरवासी साक्षर हुनुपर्ने जिकिर गरे ।भर्ना घोषणा भएपनि अभियान भने जारी रहने अधिकारीले वताए । प्रमुख अधिकारीले पुर्ण भर्ना घोषणा गर्दै विद्यालय वाहिर देखेका वालवालिकालाई सवैले सचेत गराउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकामा रहेका ११ वटा वडामा रहेका ६ हजार ७ सय ७० छात्रा र ६ हजार ६ सय ५५ छात्र विद्यालयमा भर्ना भएको वताइएको छ ।

१२ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिए !

काठमाडाैं । हामीले हेर्ने धेरै मुलधारका चलचित्रमा देखाइने सेक्स सिन झुठा हुन्छन् । तर, विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रीनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् ।

यी १२ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिएः जानी राखौ :-
१. ९ संगस् :
९ संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

२.लभ :
गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

३.एनाटोमी अफ हेल :
चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

४.इन द रेलम अफ सेन्सेस :
इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।

५.पोला एक्स :
धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

६.सर्टबस :
सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक फरक यौनिक विविधता भएका मानिसहरुको बारेमा रहेको छ ।

७.लभ एक्चुअल्ली सक्स :
लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।

८.स्कार्लेट दिभा :
स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।

९.थ्रो द लुकिङ ग्लास :
यो चलचित्र आजभन्दा करिब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।

१०.पिंक फ्लेमिंगोस् :
पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको सुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृष्यहरु ।

११.स्वीट मुभी :
यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।

१२. गाण्डु :
निकै विवादित बनेको यो भारतीय चलचित्र कलाकारहरुले साँचैको सेक्स गरेको चलचित्रहरुको सूचीमा परेको छ । एक जना संगीत प्रेमी युवा गाण्डुको कथामा बनाइएको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेको देखाइएको छ । यो भारतमा प्रतिबन्धित चलचित्र हो ।

एजेन्सी

कपिलवस्तुकी युवतिको बलात्कार पछि हत्या भएको ७ वर्ष वितिसक्दा पनि जिल्लावासि नै अनविज्ञ ।

कन्चनपुरकि निर्मला पंन्तको बलत्कार पछि हत्या भएको दुई महिनम पुग्न लाग्दा समेत पनि हत्यारा पत्ता नलागेको भन्दै कपिलवस्तुका साथै देशभर आन्दोलन र विभिन्न विरोधका कार्यक्रमहरु भैरहेका छन् । संसददेखि राष्ट्पति कार्यालय सम्म पनी यसले चर्चा पाएको छ । तर कन्चनपुरकि निर्मला पन्तका हत्यारालाई यथाशिग्र पत्ता लगाई कार्बाहि गर्न माग उठिरहेको बेला कपिलवस्तुमा बलत्कार पछि हत्या भएकी चेलीको बारेमा भने कपिलवस्तुबासी नै अनविज्ञ रहेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ६ बैदौलीकि शिवरानी चौधरीको बलत्कार पछि हत्या भएको ७ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् । कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते हत्या भएको थियो । २०६८असोज १३ गते साझ गांउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् । मृत्युको वारेमा इलाका प्रहरी कार्यलय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलत्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम चालेको छैन् । यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् ।

हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीले बताए । यसबारेमा प्रहरी समक्ष पट्क पट्क लिखित र मौखिक जानकारी गराउदा समेत व्यवास्था भएपछी घरपरिवार मात्र होईन स्थानिय समेत चित्तित छन् । प्रहरी संगठनमा नेतृत्व परिवर्तन र गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेका छन् । हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएको गुनासो स्थानिय संचारकर्मि संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् ।

दशौँ कपिलवस्तु महोत्सव मंसिर १८ देखि पुुस १ सम्म हुने

दशौँ कपिलवस्तु महोत्सव यही मंसिर १८ गतेदेखि पुस १ गतेसम्म हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा हुने दशौ कपिलवस्तु महोत्सवको बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । कृषी र पर्यटनमा आधारित उद्योग ब्यापार, समृद्ध र सुखी कपिलवस्तु निमार्णको आधार भन्ने नाराका साथ दशौ कपिलवस्तु महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक उमानाथ पौडेलले जानकारी दिए । साथै उनले महोत्सवको गुणस्तरको लागि घाटा पनि व्योहोर्न तयार रहेको बताए । दशौ कपिलवस्तु महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने, पर्यटन प्रवद्धनमा जोड दिइने अध्यक्ष पौडेलले बताए ।

कपिलवस्तुको चार नः जितपुरमा रहेको बुुद्धरगंशालामा आयोजना हुने महोत्सवलई सफल पार्नका लागी २८ वटा विभिन्न उपसमिति समेत निमार्ण गरिएको छ भने १५१ सदस्य मुल समारोह समिति गठन गरिएको महोत्सवका निर्देशक रुक बहादुर भुसालले जानकारी दिए । महोत्सवमा तिन सय बढि स्टल रहनुका साथै स्थानिय तथा राष्ट्रीय कलाकारको बेजोड प्रस्तुती सहित सास्कृतिक कार्यक्रममा नयापनका साथ सफल हुने कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए । पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग बाणिज्य सघका महासचिव लक्ष्मण अधिकारी, पत्रकार हरी अधिकारी, मोहन बेल्बासे, भेषराज पाण्डे, अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।

अाखिर कहाँ गए त खनाल ?

नवराज बेल्वासे,कपिलवस्तु असोज ३                                                                                                                            कपिलवस्तु वाणगंगा ९ जिनुवाका एक युवा भदौ ३१ गते बाट सम्पर्क बिहिन भएका छन् ।  घरबाट घाँस ल्याउछु भन्दै हिँडेका ३२ बर्षका शोभाखर खनाल एकाएक संपर्क विहिन भएका हुन   घरबाट निस्कनु भन्दा पहिले तिजमा माईत गएकी श्रीमतीसँग फोनमा कुरा भएको थियो । संपर्क विहिन भएका खनाललाई  स्थानीय लगायत  , सशस्त्र प्रहरी , मानव अधिकार कर्मी , नेपाल प्रहरी लगायतको टोलीले खोजी कार्य तिब्र पारे पनि हाल सम्म केही पत्ता लाग्न सकेको छैन l

घरबाट निस्किदा उनले हरियो टिसर्ट , चश्मा अनि खैरो पाईन्ट लगाएका थिए ।परिवारका सदस्य संपर्क विहिन भए पछी परिवार लगायत सबै तिर चिन्ता छाएको छ l

खगेन्द्र अटलका तीन गजल

गजल 1

रोजाइको यौटा असर बाको इज्जतमा पुग्यो।                                                                                                 अर्को दुस्मन बनेर आफ्नै रगत रगतमा पुग्यो

आफुलाइ चिनेन,आमाबा चिनेन,आफन्त चिनेन।                                                                                          जबदेखी कान्छो भाइ पैसाको संगतमा पुग्यो।

अक्सर मनमा ओहोरदोहोर गरिरहने मेरो मान्छे ।                                                                                        अचेल आउनै छोड्यो अरुकै हिरासतमा पुग्यो।

म भुइँतलामै अटल रहे ,दुनियाँको बाटो बनि                                                                                                  मेरो मित्र झण्डा बन्यो अग्लो छतमा पुग्यो।

गजल 2

सोचाइ फरकफरक उज्याला बिचार संग खेल्छ।
यो जिन्दगी भने अक्सर अन्धकार संग खेल्छ।

बिमारले मलाई कुरुप बनाउदै लग्यो यहाँ।
श्रीमती घरमा थरीथरीका शृङ्गार संग खेल्छ।

तिमी हौ दुनियाँको मनसंग खेलेर खुशी नहुने ।
बिचार गर नदि त सधै एउटै किनार संग खेल्छ।

मर्ने रहरले च्यापेझै लाग्यो अटललाई पनि।
जानिजानी पिरति जस्तो हतियार संग खेल्छ।

गजल 3

भोक खाएर बाचिनेरैछ भोको पेट छ, म के गरु।
यहिबेला तिम्रो सम्झनाले गला रेट्छ, म के गरु।

तिम्रो जिन्दगिको आगनमा आएर बस्न सक्दैन।
सिउदोमा रातो सिन्दुरको मुलगेट छ, म के गरु।

बाझो जमिनको जस्तै भैसक्यो हालत मेरोपनि।
हेर्नुहोस सग्लो ज्यान छ रित्तो पाकेट छ म के गरु।

देशको काखमा आमाको साथमा बाच्ने रहर हुँदोहो।
चुल्हो तातो बनाउन मरुभुमिमा मरिमेट्छ ,म के गरु।

खगेन्द्र अटल

महिनावारी भएको समयमा शौचालय प्रयोग गर्न निषेध !

बझाङ- बझाङ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको भएपनि महिनावारी भएका महिलाले भने अझै शौचालय प्रयोग पाउँदैनन्। स्थानीय जनताको अन्धविश्वासका कारण महिनावारी भएका महिलाले शौचालय प्रयाेग गर्न नपाएका हुन्। महिनावारी भएका महिलाले प्रयाेग गरेको शौचालय अशुद्ध हुने भन्दै उनीहरुलाई शौचालय प्रयाेग गर्न सामाजिक कुरीतिले अझसम्म रोकेकाे छ।

सबै घरमा शौचालय भएपनि महिनावारी भएको बेला ५ दिनसम्म शौचालय प्रयोग नगर्ने महिलाको संख्या धेरै रहेको पाईएको छ।

साविकका स्याडी र देउलेक गाविसका अधिकांश महिलाले महिनावारीका बेला शौचालय प्रयोग नगर्ने गरेको यहाँका स्थानीय बासिन्दाले बताएका छन्। घरमा एउटा मात्र शौचालय हुन्छ। छाउपडी (महिनावारी भएका महिला)ले प्रयोग गरेको शौचालय घरका अन्यले प्रयोग गर्दा छोइन्छ भन्ने मान्यताका कारण यस्तो बेलामा प्रयोग गर्न नदिइएको हाे। महिनावारी हुँदा अधिकांश महिनावारीका समयमा कान्ला र झाडीतिर दिशा जाने गरेका छन्।

महिनावारी भएका महिलाले टेकेको चिसो (ओसिलो) पाइलामा अरुले टेकेमा पनि छोइने र शौचालयमा पानी प्रयोग गर्नु पर्ने भएकोले शौचालय प्रयोग नगर्ने गरेको देउलेककी महिला स्वयंसेविका सरस्वती खड्काले बताइन्। ‘जति सम्झाए पनि यहाँका स्थानीयले नमान्ने ररुढीबादी परम्परामा विश्वास गर्ने भएकाले स्थानीयलाई कुरा बुझाउन समस्या भएको छ’ उनले भनिन्।

महिनावारी भएको महिलाले छोएका गाइभैंसी बिग्रिने, देउता रिसाएर घरमा अनिष्ट हुने अन्धविश्वासका कारण शौचालय प्रयोग गर्न नदिने गरेको उनले बताइन्।

ज्योतिषीय मान्यता अनुसार धन एवं विद्याको उपाय: गणेश भगवानको आराधना

भगवान गणेश मंगलकारी हुनुहुन्छ, सुखकर्ता एवं दुखहर्ता हुनुहुन्छ, जसको कृपाबाट बिघ्नको पनि नाश हुन्छ र मनुष्यको कल्याण हुन्छ। केवल धार्मिक गुणको प्रतीक मात्र नभई भगवान  श्रीगणशको पूजाको ज्योतिषीय महत्व पनि छ।
मंगलमूर्ती भगवान गणेश विद्या र बुद्धिको देवता हुनुहुन्छ अर्थात ग्रहमा बुध देवता र केतु ग्रह पनि उहाँकै कृपा  पाएर शुभ फल दिन्छन्। अत: कुंडली मा बुध एवं केतुबाट शुभ फल प्राप्ति गर्नका लागी विशेष रूप बाट  गणेश भगवानको आराधना गरनु पर्दछ।
खास गरी विद्यार्थी वर्ग, शिक्षक, पत्रकार, वक्ता, संचालक, लेखक आदि को लागि भगवान गणेश ईष्ट मानिनुभएको छ किनभने  उहाँको  कृपाबाट नै बुधबाट  शुभ प्रभाव  मिल्नेगर्छ र  जातक यस्तै सम्बन्धित  क्षेत्रमा निकै सफलता हासिल गर्दछ।
यदि तपाईंको  वाणी मा  कुनै  दोष छ, तर्कशक्ति कमजोर छ, ज्ञानको  कमी छ, विवेकद्वरा  काम गर्न सकिरहेको छैन, जे बोल्नुहुन्छ त्यो अनुचित भैदिन्छ वा बोलीको कुनै प्रभावी  नै भैरहेको छैन, लेख्न वा रचना गर्न चाहदा पनि  लेखनमा  प्रखरता आईरहेको छैन भने तपाईंले भगवान गणेशको  आराधना गर्दा यससम्बन्धी उचित सुधारहरु हुँदै जानेछन्।
खास गरि भावान गणेशद्वारा प्रमुख शासकिय ग्रह भनेको मंगल हो र मंगलले शुभतालाई दर्शाउछ त्यसैले पनि भगवान गणेशलाई मंगलमुर्ति  भनिने गरिछ। जुनसुकै शुभ कार्यको अगाडि भगवान गणेशको नाम स्मरण गरिने गरिन्छ अर्थात यसको मतलब यो हो कि संपूर्ण शुभ कार्य एवं प्रतिष्ठाको अधिष्ठाता गणेश जी नै हुनुहुन्छ। मंगलबार भगवान गणेशको व्रत एवं पूजा हुने गर्छ जसको फलस्वरूप संतान सुख मिल्ने, अंगारक दोष या आर्थिक अभाव कम हुने आदि गर्छ भने मंगलबारको दिनमा चतुर्थी तिथि पर्दा अझ विशेष मान्न सकिन्छ। लक्ष्मी र सरास्वती सँगसँगै गणेश जीको पनि प्रतिमा कुनै तस्वीर या मंदिरमा देख्न पाईन्छ भने पुराणिय मान्यता अनुसार गणेश भगवानलाई शक्ति या प्रकृतिको रूपमा पनि प्रस्तुत गरिएको छ। धनलक्ष्मी र सरास्वती दुवैको एक रुप मंगलमुर्ती हुनुन्छ र सम्पूर्ण जगतको मंगलको कामना गर्नुहुन्छ त्यसैले गणेश जीको आरधाना गर्दा धन अर्थात शुक्र ग्रह एवं विद्या एवं वाणी अर्थात बुध ग्रह दुवै शुभ हुने गर्छ र जीवनमा शुभ प्रभाव पारीरहन्छ।
कुण्डलीमा बुधको  शुभतालाई बढाएर आफ्नो  विद्या, बु र  वाणीलाई  निखार गर्न  सकिन्छ  यसको  साथ साथै आफ्नो  लेखन क्षमतालाई पनि प्रभावकारी बनाउन सकिन्छ । यही कारणले  नै  कला को  क्षेत्र मा  सबसे अधिक माता  सरस्वती र भगवान गणशको पूजा हुने गर्छ।

कञ्चनपुरमा अपहरण गरी ९ महिने शिशु बलात्कृत

गत बुधबार आमाको काखबाटै अपहरणमा परेकी अबोध बालिका बलात्कृत भएकी छन् । सुतेको बेला आमाको काखबाट अपहरणमा परेपछि ७ घण्टा पछि धानबारीबाट बालिकालाई ‘सकुसल’ फेला पारेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए । दिनभर तीजको रौनक भएपछि बेलुका आमा मस्त निन्द्रामा परेपछि ती अबोध बालिका अपहरणमा परेकी थिइन्। राती नै चौतर्फी हल्ला भएपछि १ बजेदेखि नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले बिहान पौने ८ बजेतिर धानबारीमा फेला परेको थियो ।

बालिकाको योनीमा घाउ देखिएपछि बलात्कृत भएकी स्थानीयले जनाएको छ । अपहरण तथा बलात्कारीको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बालिकाको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा र्पुयाएकी बालिकाको उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको छ । सेती अञ्चल अस्पतालका डा. राज्य खड्काले बालिकाको योनीमा गहिरो चोट लागेको हुँदा धनगढीमा उपचार सम्भव नहुँदा काठमाडौँ रेफर गरेको बताएका छन् ।

पेट्रोल र डिजेलको भाउ फेरि बढ्यो

नेपाल आयल निगमले सोमबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बडाएकाे हाे । त्यस्तै  डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।अब काठमाडौंमा पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

भोलीको बन्द हल्ला मात्रै

भोलीको बन्द हल्ला मात्रै

भोली असोज २ गते नेपाल बन्द रहेको भन्दै बजारमा हल्ला चले पछी बिप्लब नेत्रित्वको नेकपाका नेताहरुले असोज २ गते मंगलबार कुनै पनि प्रकारको बन्दको कार्यक्रम नरहेको स्पस्ट पारेका छन .l

यातायात मजदुर संगठनको बन्द समेत हल्ला मात्र यस्तै यातायात मजदुर हरुले समेत असोज २ गते बाट गर्ने भनेको यातायात बन्दको कुनै आधार नरहेको र बन्दको कुनै कार्यक्रम नरहेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिब नवराज घिमिरेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ l विज्ञप्तीमा  लेखिएको छ केही ब्यक्तिहरुको नाममा पर्चा जारी गर्दै असोज २ गते देखी यातायात बन्द भन्ने केही दिन देखिको गलत हल्ला प्रती संगठनको ध्यानाकर्षण भएको छ l

उदयपुरमा जीप दुर्घटना : दुई अष्ट्रेलियन नागरिकको मृत्यु, ७ घाईते

उदयपुरको कटारी नगरपालिका १४ घुर्मीमा जीप दुर्घटनामा परि दुई विदेशी नागरिकको मृत्यु भएको छ । सोमबार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको ना.१ ज ८९६९ नम्बरको सुमो उदयपुरको घुर्मीबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्दाजी ७० वर्षका अस्ट्रेलियन नागरिक हुसे कान्त र उनकै श्रीमान् वर्ष ७७ का हुसेक रुडालको उपचारको क्रममा मृत्यु भएको र अन्य सात जना घाइते भएको घुर्मी प्रहरी जनाएको छ ।

जीप अनियन्त्रित भई अन्दाजी सय मिटर तल खस्दा काठमाडौं वागेश्वरीका २१ वर्षिय मनोज रोका, सोलुखुम्बु नेले २ बस्ने १४ वर्षिय सुजन बस्नेत, सोही बस्ने ४५ वर्षिय ईन्द्र बस्नेत, सोही बस्ने ३१ वर्षिय सरस्वती बस्नेत, बारा कलैया न.पा. १९ बस्ने २८ अर्जुन कुमार पाण्डे, ओखलढुङ्गा सिरिचौर ७ बस्ने बर्ष २८ को लोक ब. तामाङ (चालक) गम्भिर घाइते भएका छन् । यस्तै सोलुखुम्वु च्याल्सा बस्ने बर्ष ५९ की याङ्छी शर्पा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीले जानकारी दिए ।

लोकतन्त्रको रक्षा र पार्टीलाई मजबुत बनाउन कांग्रेस एक हुनुपर्नेःसभापति आचार्य

पुर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले लोकतन्त्रको रक्षाकालागि बर्तमान अवस्थामा कांग्रेस एकबद्ध हुनु पर्ने बताएका छन । दुई तिहाईको दम्भ देखाएर कम्निष्ठ सरकारले कांग्रेसलाई दबाउन खोजको बेला त्यस बिरुद्ध सशक्त प्रतिकार नर्ग कांग्रेसहरु एक ढिक्का हुनु पर्ने उनले बताएका छन । कपिलवस्तुको तौलिहवामा पार्टीको साबिक ३ नम्बर क्षेत्रीय कार्य समितिले राखेको कार्यकर्ता भेला कार्यक्रममा उनले कांग्रेस अब झन बलियो भएर आउने दाबी गरे । शान्ति सुरक्षाका बर्तमान सरकार असफल भएको र करका कारण जनता त्रसित भएकोले अब आउने ५ ब र्ष पछि फेरी कांग्रेस कै सरकार बन्ने उनले दाबी गरे ।

क्षेत्रीय सभापति गिरीजेश कुमार पाण्डेयको अध्यक्षता दिनेश पाण्डेयको संचालनमा भएको कार्यक्रममा पार्टी पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, खेमराज पौडेल, रामभजन कलवार, प्रकाश गैरे, माधव पराजुली, परमात्मा पाठक, देबी बर्मा राजशे वाली, गोपीकृष्ण शर्मा, श्याम नारायण पाण्डेय लगातयले मन्तब्य दिएका थिए ।